Category: कर्पोरेट प्रेस

  • डिजिटल भुक्तानी सहज बनाउन एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’

    डिजिटल भुक्तानी सहज बनाउन एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा मिति २०८२ साल जेठ २० गतेदेखि आफ्ना ग्राहकवर्गको लागि इबिएल भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो ।

    यस बैंकका ग्राहकहरूले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्नेछन् । सो सेवामार्फत न्यूनतम रु ५० हजारदेखि अधिकतम रु ५ लाखसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यू आर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन, तथा कार्ड व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन् ।

    यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् । साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने लचिलो सुविधा प्रदान गरिएको बैंकद्वारा जानकारी गराइएको छ ।

  • माईडीया मासिक लक्की ड्रको विजेता सार्वजनिक

    माईडीया मासिक लक्की ड्रको विजेता सार्वजनिक

    काठमाडौं । Midea होम अप्लायन्सेसद्वारा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सार्वजनिक गरिएको ‘New Era of Smart Living’ योजना अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम १२ जेठ २०८२ मा फेसबुक लाइभमार्फत सम्पन्न गरिएको छ । कार्यक्रमको प्रत्यक्ष प्रसारण Midea नेपालको सामाजिक सञ्जालमार्फत गरिएको थियो।

    यस लक्की ड्र कार्यक्रम अन्तर्गत बलराम कार्की, काठमाडौं निवासी, मासिक उपहारको रूपमा ८ केजी Midea वाशिङ मेसिन जित्न सफल भएका छन्। उनले चौधरी समूह अन्तर्गतको आधिकारिक Midea डिलरबाट Midea उत्पादन खरिद गरी योजनामा सहभागिता जनाएका थिए । खरिदपछि गरिएको QR कोड स्क्यानद्वारा दर्ता प्रणालीले उनलाई स्वतः मासिक लक्की ड्रका लागि योग्य बनाएको थियो।

    Midea एक विश्व प्रसिद्ध उपभोक्ता उपकरण ब्रान्ड हो जसले विश्वभरका करिब २०० भन्दा बढी देशमा आफ्ना उत्पादनहरू आपूर्ति गर्दै आएको छ। नेपालमा Mideaले सबै किसिमका स्मार्ट होम उपकरणहरू उपलब्ध गराउँदै आएको छ, जसमा रेफ्रिजेरेटर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, इन्डक्सन कुकटप, राइस कुकर, डिशवाशर, भ्याकुम क्लिनर, वाटर प्युरीफायर, रुम हिटर लगायतका उपकरणहरू समावेश छन्। Mideaका उत्पादनहरू विश्वस्त गुणस्तर, नवीन डिजाइन र उर्जासक्षम प्रविधिमा आधारित छन्, जसले नेपाली उपभोक्ताको दैनिक जीवनलाई सहज बनाउँछ।

    CG Electronics, नेपालकै अग्रणी इलेक्ट्रोनिक्स कम्पनी मध्ये एक हो, जसले Midea होम अप्लायन्सेसको आधिकारिक वितरकको रूपमा काम गर्दै आएको छ। चौधरी समूह अन्तर्गत सञ्चालित यस संस्थाले देशव्यापी रूपमा डिलर नेटवर्कमार्फत मिडिया उत्पादनहरू उपलब्ध गराउँदै आइरहेको छ।

  • क्रम्प्टन ‘नयाँ वर्ष को ठूलो हर्ष’ अभियान अन्तर्गत मासिक लक्की ड्र सम्पन्न

    क्रम्प्टन ‘नयाँ वर्ष को ठूलो हर्ष’ अभियान अन्तर्गत मासिक लक्की ड्र सम्पन्न

    काठमाडौं । सिजी इलेकट्रोनिक्सद्वारा सञ्चालन गरिएको Crompton “नयाँ वर्षको ठूलो हर्ष” नामक उपभोक्ता क्याम्पेन अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

    उक्त कार्यक्रम ११ जेठ २०८२ मा Crompton को आधिकारिक फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको थियो, जसमा देशभरबाट सहभागी भएका उपभोक्ताहरूको विवरण समावेश गरिएको थियो।

    यस महिनाको लक्की ड्रबाट रूपा अकोलिया विजेता घोषित भएकी छन्। उनले Crompton ब्रान्डको उत्पादन चौधरी समूह अन्तर्गतको आधिकारिक डिलरमार्फत खरिद गरी, QR कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरेकी थिइन् । त्यसपछि कम्प्युटराइज्ड र्यान्डम प्रणालीबाट गरिएको ड्रमा उनले Midea 10 केजी Washing Machine जित्न सफल भएकी हुन्।

    Crompton Greaves Consumer Electricals Limited ८५ वर्षभन्दा बढीको इतिहास बोकेको, भारतकै नम्बर १ पङ्खा ब्रान्ड हो। यसले घरायसी प्रयोगका लागि पङ्खा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर, इन्डक्सन र अन्य धेरै उपकरणहरू उत्पादन गर्दै आएको छ। टिकाउ, उर्जासक्षम र प्रयोगमैत्री डिजाइन Crompton का प्रमुख विशेषता हुन्।

    CG Electronics, चौधरी समूह अन्तर्गतको प्रमुख उपभोक्ता इलेकट्रोनिक्स कम्पनी हो। यसले नेपालभर आफ्नो शोरूम तथा अधिकृत डिलर नेटवर्कमार्फत Crompton लगायतका अन्तर्राष्ट्रिय ब्रान्डहरू वितरण गर्दै आएको छ।

    अब तपाईं पनि Crompton उत्पादन खरिद गरी QR कोड स्क्यान गर्नुहोस्, र Crompton “नयाँ वर्षको ठूलो हर्ष” योजनामा सहभागी भएर भाग्यशाली विजेता बन्ने अवसर प्राप्त गर्नुहोस्। सर्तहरू लागू हुनेछन् ।

  • ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

    ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण गरेको छ ।

    बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरूमा १००० वटा फलफूलको बिरुवाहरू रोपण गरेको हो । उक्त वृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रधानाध्यापक, विद्यालयका प्रतिनिधिहरू र विद्यार्थी सहित स्थानीयहरूको उपस्थिति रहेको थियो ।

    साथै, बैंकले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडाहरुमा १५०० वटा बाँसका बिरुवाहरू रोपण गरेको छ । बैंकले सञ्चालन गरेको उक्त वृक्षारोपण कार्यक्रममा खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख, नेपाली आर्मी र नेपाल प्रहरीका जिल्ला नेतृत्व तथा प्रतिनिधिहरू र स्थानीय व्यक्तिहरूको ठूलो उपस्थिति रहेको थियो ।

    बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा यस आर्थिक वर्षमा मुलुकभर १८ हजार बिरुवा रोपण गर्ने लक्ष्यका साथ विभिन्न स्थानमा वृक्षारोपण गरिरहेको छ ।

    बैंकले विश्व वातावरण दिवसको अवसर पारेर ७ वटै प्रदेशहरूको विभिन्न स्थानहरूमा वृक्षारोपण गरिरहेको छ । साथै, उक्त वृक्षारोपणले जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरूको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको वेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ ।

  • क्यानडामा मनाइयो सगरमाथा दिवस

    क्यानडामा मनाइयो सगरमाथा दिवस

    काठमाडौं । क्यानडा स्थित क्यालगरी शहरमा मे २८ मा सगरमाथा दिवस विशेष कार्यक्रम आयोजना सम्पन्न भएको छ । अल्बर्टा नेपाल च्यामबर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरी स्थित नेपाली सामुदायिक संस्था एन सी एस सी एवं गैर आवासीय नेपाली संघ क्यानडाको समेत संयोजन गरी उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रमको अध्यक्षता च्यामबरका अध्यक्ष समीर पाण्डेले गरेका थिए भने कार्यक्रमको सञ्चालन च्यामबरका सचिव किरण खरेलले गरेका थिए ।

    कार्यक्रमका मुख्य अतिथि डेभ रोड़्नी तथा मींग्मा तेन्जींग शेर्पा रहेका थिए । २ पटक सगरमाथा आरोहण गरिसकेका रोड़्नी अल्बर्टा नेपाल च्यामबर अफ कमर्सका विशेष सल्लाहकार समेत हुन् । रोड्नी अल्बर्टा प्रान्तको पटक-पटक निर्वाचित सांसद र प्रान्तीय मन्त्रीको भूमिका समेत निर्वाह गरी सकेका छन् ।

    कार्यक्रममा रोड्नीले आफू सगरमाथा आरोहण गर्दाको अनुभवसहीतको प्रस्तुति दिएका थिए । कार्यक्रमका अर्का आकर्षणको रूपमा उपस्थित मींग्मा शेर्पा सगरमाथा आरोही छन्  । उनले कार्यक्रममा हिमालय क्षेत्रको महत्त्व र आरोहणका बारेमा विचार राखेका थिए ।

    नेपाल र क्यानडा दुवै देशका राष्ट्रिय गानबाट कार्यक्रमको शुभारम्भ भएको थियो भने नेपालको साङ्गीतिक प्रस्तुति पनि पस्किइएको थियो। कार्यक्रमका अतिथिहरुलाई च्यामबरका सञ्चालक ध्रुव राईले खादा पहिराएका थिए भने च्यामबरका अध्यक्ष समीर पाण्डेले खादा सहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा क्यानडा स्थित नेपाली राजदूत महामहिम भरतराज पौडेलले पठाएको शुभकामना सन्देश भिडियो मार्फत प्रस्तुत गरिएको थियो। त्यसै गरी नेपाल टुरिजम बोर्डका तर्फबाट लक्ष्मण गौतम, ट्रकिंग एजेन्सी अफ नेपाल (टान) का तर्फबाट रामचन्द्र सेढांई तथा त्रिभुवन विश्व विद्यालय पर्यटन तथा आतिथ्य सत्कार विभागबाट डा. पशुपति न्यौपानेबाट प्राप्त शुभकामना सन्देशहरु भिडियो मार्फत प्रस्तुत गरिएको थियो।

    नेपाल स्थित यी तिनै संस्था तथा निकाय र अल्बर्टा नेपाल च्यामबर अफ कमर्स बिच सहकार्यका लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ र नेपाल स्थित यी संस्थाहरू र अल्बर्टा च्यामबर मिलेर नेपालको पर्यटन प्रवर्द्धन कार्यमा सहकार्यको सुरुवात भइसकेको छ।

    कार्यक्रममा क्यालगरी स्थित नेवा: समाज , तामङ समाज, मगर समाज तथा सिनियर सोसाइटी अफ क्यालगरी (टस) का प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

    कार्यक्रममा च्यामबरका अध्यक्षले पाहुनाहरूलाई स्वागत गरेका थिए । एन सी एसीका अध्यक्ष प्रकाश बस्याल , गैर आवासीय नेपाली संघका अध्यक्ष माधव दुलालले मन्तव्य राखेका थिए । नेपाली मेला २०२५ का संयोजक श्रीकान्त अर्यालले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए। च्यामबरका उपाध्यक्ष दिवस ढकालले नेपाल स्थित हिमालय क्षेत्र र विशेष गरी सगरमाथाको ऐतिहासिक महत्त्व सहितको प्रस्तुतीकरण गरेका थिए ।

    कार्यक्रमको प्राविधिक संयोजन च्यामबरका सञ्चालक विक्रम अधिकारीले गरेका थिए भने व्यवस्थापकीय जिम्मेवारीको भूमिका च्यामबरका कोषाध्यक्ष अनन्त आचार्यले निभाएका थिए ।

    एन सी एस सीका सचिव घनेन्द्र न्यौपानेले आमन्त्रित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

  • सिटिजन्स बैंकका ग्राहकलाई डाएमण्ड हिल रिर्सोटमा विशेष छुट

    सिटिजन्स बैंकका ग्राहकलाई डाएमण्ड हिल रिर्सोटमा विशेष छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पनौती, काभ्रेपलान्चोक स्थित डाएमण्ड हिल रिर्सोट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले डाएमण्ड हिल रिर्सोटमा १५ प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड ‘ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९७ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • ७६९ किलोमिटर यात्रासहित सकियो हिमालयन राइडर्सको रूकुम यात्रा

    ७६९ किलोमिटर यात्रासहित सकियो हिमालयन राइडर्सको रूकुम यात्रा

    भरतपुर । हिमालयन राइडर्सले भरतपुरदेखि चितवनसम्मको मोटरसाइकल यात्रा सम्पन्न गरेको छ । ‘एक्स्प्लोर रुकुम’ नारासहित यही जेठ १४ देखि १७ गतेसम्म ७ सय ६९ किलोमिटर मोटर साइकल यात्रा गरेको हो ।

    सेन्ट्रल कलेजको परिसर भरतपुरबाट सुरु भएको यात्री मुग्लिङ, पोखरा, कुश्मा, बागलुङ, गल्कोट, रुद्रवेणी, बुर्तिवाङ, पाटिहाल्ने, लुगुम, महतगाउँ, रुकुमकोट, तकसेरा, पाल्पाको रानीमहल अवलोकन पश्चात् कालीगण्डकी करिडोर, गैँडाकोट हुँदै नारायणी नदि किनारमा पुगेर सम्पन्न भएको हो ।
    सहभागी २४ यात्रीले विभिन्न स्थानको ऐतिहासिक, पर्यटकीय, धार्मिक तथा वस्तुस्थितिबारे जानकारी लिएका छन् । नयाँ ठाउँको अवलोकन गर्दै आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न मोटरसाइकल यात्रा गरिएको कार्यक्रम संयोजक अमृत जोशीले जानकारी दिए ।

    यात्राले सहभागीलाई आफ्नो देशको भौगोलिक अवस्थाबारे जानकारी गराउनुका साथै व्यवसायमा ऊर्जा थपिएको र यो यात्रा सोँचेभन्दा राम्रोसंग सम्पन्न भएको सह–संयोजक मोहन केसीले जानकारी दिए ।

    ‘यात्रा अवधीभर सहभागीले नयाँ कुराको ज्ञान हासिल गर्नुभएको छ’ उनले भने,–’नयाँ गन्तव्यमा यात्रा गर्दै त्यहाँको बारेमा जानकारी लिन पाउँदा सहभागीहरु सन्तुष्ट हुनुहुन्छ, यस्ता कार्यक्रमलाई आगामी दिनमा अगाडि बढाउँदै जानेछौँ’ ।

    संयोजक श्रेष्ठले यात्रा सफल बनाउन विभिन्न स्थानबाट सहजीकरण गर्ने व्यक्ति, संघ संस्था, जनप्रतिनिधि, अटोमोबाइल व्यवसायी लगायत सबैलाई धन्यवाद दिदै आगामी दिनमा यस्तै साथ र सहयोगको अपेक्षा गरिएको बताए ।

    रूकुम लगायत नेपालका हिमाली क्षेत्रले पर्यटनका लागि अथाह सम्भावना बोकेकाले ती क्षेत्रहरूको प्रचार–प्रसार जरूरी रहेको बताए ।

  • एनसेलले सुरु गर्‍यो ‘लीग अफ क्रिएटर्स’: देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने राष्ट्रव्यापी अभियान

    एनसेलले सुरु गर्‍यो ‘लीग अफ क्रिएटर्स’: देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने राष्ट्रव्यापी अभियान

    काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा ‘लीग अफ क्रिएटर्स’ अभियानको सुरुवात गरेको छ। यसले नेपालभरि फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल सामग्री निर्माताहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्य लिइएको छ।

    Create. Compete. Conquer. भन्ने उत्साहजनक नारासहित सुरु भएको यस अभियानको प्रतियोगिताले डिजिटल कन्टेन्ट क्रिएटर्स बन्न चाहनेहरूलाई ‘माइ नेटवर्क, माइ कनेक्टिभिटी’ भन्ने विषयवस्तुमा आधारित रही आफ्ना सामग्री प्रस्तुत गर्न प्लेटफर्म प्रदान गर्दछ। प्रतियोगितामार्फत सहभागीहरुले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् र साथै पुरस्कारका रुपमा एनसेलसँग १० लाख रुपैयाँबराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउनेछन्।

    सहभागी प्रतियोगिहरुलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा, एकता तण्डुकारजस्ता सम्बन्धित क्षेत्रका अग्रणी व्यक्तित्वहरू र चर्चित क्रिएटर्सहरूले मार्गदर्शन गर्नेछन्।

    “यो केवल प्रतियोगिता मात्र होइन, यो एक सिर्जनात्मक विकास यात्रा हो, जसमा मेन्टरशिप, कार्यशालाहरू, वास्तविक अनुभव लिदै सिक्ने मौका, चुनौतीपूर्ण चरणहरू र रोमाञ्चक पुरस्कारहरू रहेका छन्।

    यस अभियानमार्फत, हामी नयाँ पुस्ताका हाम्रा नेपाली डिजिटल सामग्री निर्माताहरूलाई सिक्ने, अघि बढ्ने र प्रभावशाली सामग्रीमार्फत परिवर्तन ल्याउन प्रेरणा दिँदै सशक्त बनाउने प्लेटफर्म दिन चाहन्छौं। नेपालको डिजिटल इकोसिस्टमको हिस्सा भएका नाताले, हामी प्रतिभाको विकास र रूपान्तरणमा सक्रिय भूमिका खेल्न प्रतिबद्धता छौं,” एनसेलका मार्केटिङ कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक पुनम सिंहले भनिन्।

    प्रतियोगिताका लागि हिजो शुक्रबार (जेठ १८, २०८२)बाट दर्ता खुला गरिएको छ। यो प्रतियोगितामा पहिला अनुभव भएका वा नभएका सबै १६ वर्ष माथिका नेपाली डिजिटल सामग्री निर्माता अर्थात क्रिएटर्सले सहभागिता जनाउन सक्छन्।

    सहभागीहरूले आफ्नो नेटवर्क र कनेक्टिभिटीप्रतिको व्यक्तिगत वा भावनात्मक बुझाइ झल्किने ३० देखि ९० सेकेन्डको भर्टिकल भिडियो तयार गरी टिकटक र इन्स्टाग्राम दुवैमा पोष्ट गर्नु पर्दछ। यसरी पोष्ट गर्दा क्याप्सनमा एनसेललाई @Ncell ट्याग गर्दै तोकिएको आफ्नो मेन्टर जस्तै #TeamSanjog र #NcellLeagueOfCreators2025 ह्यासट्याग लेखिएको हुनुपर्दछ। भिडियो पोष्ट गर्ने अन्तिम म्याद जेठ २७, २०८२ रहेको छ।

    देशभरिबाट प्राप्त हुने भिडियोहरूबाट उत्कृष्ट ५० जना क्रिएटर्सलाई मेन्टरहरूले छान्नेछन्, जसले विशेष प्रशिक्षण र मेन्टरशिप प्राप्त गर्नेछन्। यसरी छानिने ५० जना क्रिएटर्स ५ जना मेन्टरको नेतृत्वमा रहने समूहहरूमा विभाजन गरिनेछन् र प्रत्येक समूह एनसेल आइकनमा आयोजना हुने कार्यशालामा सहभागी हुनेछन्। यो अभियानमा च्यालेन्ज राउन्ड पनि समावेश रहेको छ जसमा सहभागिहरुले आफूलाई प्रदान गरिएको सिर्जनात्मक ब्रिफिङ बमोजिम सामग्री तयार पार्नु पर्ने हुन्छ र विज्ञ निर्णायकहरू त्यसको मूल्याङ्कन गर्नेछन्।

    ‘लीग अफ क्रिएटर्स’ को ग्रान्ड फिनाले असार १४, २०८२ मा आयोजना गरिनेछ र विजेताको घोषणा गरिनेछ। उत्कृष्ट प्रतिभाहरूलाई मनोरञ्जनात्मक कार्यक्रममाझ सम्मान गरिनेछ। मुख्य विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षका लागि ब्रान्ड डिल प्राप्त गर्नेछ। यस्तै, नेपालका शीर्ष क्रिएटर्सहरूसँग विशेष प्रशिक्षण, देशव्यापी पहिचान र नेटवर्किङका अवसरहरू यस प्रतियोगिताका थप आकर्षणहरू हुन्।

    साथै एनसेल र अमेरिकी दूतावासका सम्बन्धित प्रतिनिधिहरूले सहभागी क्रिएटर्सहरूको सामग्रीको मूल्यांकन गर्नेछन्।

  • ‘सीप मेला’ मा मा इग्नाइट लर्निङ ल्याबको युवालक्षित हस्पिटालिटी तालिम

    ‘सीप मेला’ मा मा इग्नाइट लर्निङ ल्याबको युवालक्षित हस्पिटालिटी तालिम

    काठमाडौं । काठमाडौं महानगरपालिकाको आयोजनामा टुँडिखेलमा जारी ‘सीप मेला २०८२’ मा इग्नाइट लर्निङ ल्याबले हस्पिटालिटी क्षेत्रमा रुचि राख्ने युवाहरूलाई लक्षित गरी व्यावसायिक तालिमहरू नि:शुल्करूपमा दिइरहेको छ ।

    अग्नि टेक्निकल इन्स्टिच्युटअन्तर्गत सञ्चालित इग्नाइट लर्निङ ल्याबले ‘स्किल-अप विथ इग्नाइट, स्केल-अप योर फ्युचर’ भन्ने नारासहित लक्जरी हस्पिटालिटी, फुड एन्ड बेभरेज, र बार ट्रेनिङजस्ता कोर्समार्फत युवालाई व्यावसायिक सीप विकासमा सहयोग पुर्‍याइरहेको छ।

    यी तालिमहरू अन्तर्गत ‘फुड एन्ड बेभेरेज सर्भिस’, ‘सर्भिस एटिक्वेट एन्ड डाइनिङ एक्स्पेरियन्स’, ‘मेनु तथा टेबल म्यानेजमेन्ट’, ‘रेस्टुरेन्ट अपरेसन’, ‘मिक्सोलोजी तथा ड्रिङ्क क्राफ्टिङ’, ‘बार सेटअप र इन्भेन्टरी कन्ट्रोल’, र ‘रियल-टाइम गेस्ट सर्भिस ड्रिल’ जस्ता विधा समावेश गरिएको छ ।

    इग्नाइटले प्रशिक्षार्थीहरूलाई दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा प्रत्यक्ष डेमोमार्फत तालिम दिने व्यवस्था गरेको छ। नि:शुल्क मेन्टरिङ सेवा र तालिमपछि इन्टर्नसिप प्लेसमेन्टको ग्यारेन्टीसमेत दिइएको कम्पनीले जनाएको छ।

    जेठ ७ गतेदेखि जारी सीप मेला ३० दिनसम्म सञ्चालन हुनेछ । अहिलेसम्म १६ सयभन्दा बढी प्रशिक्षार्थीले इग्नाइट लर्निङ ल्याबको तालिममा सहभागिता जनाएका छन् ।

  • ‘डिशहोम ईन्टरनेट’ को ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी

    ‘डिशहोम ईन्टरनेट’ को ब्रान्ड एम्बेसेडरमा दिव्या रायमाझी

    काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम ईन्टरनेटले प्रतिभाशाली तथा उदाउँदी नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडर नियुक्त गरेको छ।

    ब्रान्ड एम्बेसेडर सम्झौता कार्यक्रम हालै DishHome को कर्पोरेट कार्यालय, भैंसेपाटी मा सम्पन्न भएको हो। उक्त सम्झौतामा डिशहोम ईन्टरनेटको तर्फबाट मुख्य बजार अधिकृत ( CMO ) संजय प्रसाद राजभण्डारी र दिव्या रायमाझीले हस्ताक्षर गरे।

    चलचित्र क्षेत्रको नयाँ पुस्ताबाट उदाउँदै गरेकी रायमाझीको ताजगीपूर्ण छवि, युवामाझको लोकप्रियता र डिजिटल यात्राप्रतिको सरोकारलाई डिशहोम ईन्टरनेटले आफ्नो ब्रान्ड दृष्टिकोणसँग आत्मसाथ  गरेको हो।

    हामी डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नगरी, यो पुस्ताको प्रेरणासँग पनि जोड्ने प्रयासमा छौं। दिव्या रायमाझी युवाको आवाज, आत्मविश्वास डिजिटल भविष्यको प्रतीक हुन्। उनीसँगको सहकार्यले हामीलाई नयाँ पुस्तासँग अझ सशक्त रुपमा जोड्न मद्दत पुर्‍याउनेछ।

    त्यस्तै, दिव्या रायमाझीले प्रतिक्रिया दिँदै भनिन् :

    डिशहोम ईन्टरनेट जस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि गौरवको विषय हो। यो सहकार्य केवल एउटा ब्रान्डसँगको सम्बन्ध मात्र होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात पनि हो।

    डिशहोम ईन्टरनेटले हाल ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरुलाई उच्चगतिको इन्टरनेट सेवा दिइरहेको छ र ‘माई डिशहोम मोबाइल एप मार्फत ग्राहक सेवालाई थप स्मार्ट र सहज बनाएको छ।

    यस सहकार्यमार्फत डिशहोम ईन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध अझ सुदृढ गर्ने, र डिजिटल कनेक्टिभिटीलाई जनस्तरसम्म पुर्‍याउने दीर्घकालीन लक्ष्यलाई मजबुत बनाउने उद्देश्य लिएको छ।

     

  • सिटिजन्स् बैंक र सारंग हेल्थ केयर प्रा.ली. बीच समझदारी

    सिटिजन्स् बैंक र सारंग हेल्थ केयर प्रा.ली. बीच समझदारी

    काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र ललितपुर, स्थित सारंग हेल्थ केयर प्रा.ली. बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सारंग हेल्थ केयर प्रा.ली. मा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९६ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • प्राइम सेरामिक्सलाई नेपाल विद्युत प्राधिकरणबाट अति महत्वपूर्ण उपभोक्ताको सम्मान

    प्राइम सेरामिक्सलाई नेपाल विद्युत प्राधिकरणबाट अति महत्वपूर्ण उपभोक्ताको सम्मान

    रौतहट । नेपाल प्राइम सेरामिक्स प्रा. लि.ले हालै नेपाल विद्युत प्राधिकरण, मधेश प्रादेशिक कार्यालय जनकपुरद्वारा प्रदान गरिएको “अत्यन्त महत्वपूर्ण उपभोक्ता (Very Important Consumer)” को रूपमा सम्मान प्राप्त गरेको छ।

    वि.सं. २०७९ मा प्राइम सेरामिक्सले उच्च विद्युत खपतसहित नियमित रूपमा महसुल भुक्तानी गर्दै आउनुका साथै उद्योग क्षेत्रको बृहत् योगदानका आधारमा प्रदेशका उत्कृष्ट १० उपभोक्ताहरूमा पर्न सफल भएको हो। यस उपलब्धिको कदर स्वरूप नेपाल विद्युत प्राधिकरणले सम्मान–पत्र प्रदान गरेको छ।

    उक्त सम्मान-पत्र प्राइम सेरामिक्सको उत्पादन क्षमताको प्रमाण मात्र नभई, उद्योगले राष्ट्रिय विकास र आत्मनिर्भर नेपाल निर्माणमा पुर्‍याएको योगदानको पनि प्रमाण हो। देशकै एक मात्र भित्ते तथा फ्लोर टायल्स निर्माण गर्ने उद्योगको रूपमा प्राइम सेरामिक्सले ‘Made in Nepal’ अभियानलाई सशक्त बनाउँदै आएको छ।

    सम्मान ग्रहण गर्दै प्राइम सेरामिक्सका उपाध्यक्ष शेखर मॊडुलाले भने, “यस सम्मानले हामीलाई अझ प्रेरित बनाएको छ। हामी सधैं गुणस्तरीय उत्पादन, समयमै सेवा र राष्ट्रनिर्माणप्रतिको प्रतिवद्धतामा अडिग छौं।”

    प्राइम सेरामिक्सले आगामी दिनहरूमा पनि दिगो विकास, स्वदेशी उत्पादन र उपभोक्ता सन्तुष्टिलाई प्राथमिकता दिँदै अझ सशक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

     

  • नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक सामुदायिक र ह्याम्स अस्पतालमा विशेष छुट

    नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक सामुदायिक र ह्याम्स अस्पतालमा विशेष छुट

    काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र HAMS अस्पतालको उपचार सेवामा विशेष छुट प्रदान गरिने भएको छ ।

    HAMS अस्पतालद्वारा सञ्चालित भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक शिक्षण अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता हस्ताक्षर गरिएको हो ।

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १२ प्रतिशतसम्म छुट दिइने छ ।

    सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाशकुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक भुवन जोशीले हस्ताक्षर गरे ।

  • कुमारी बैंकको एटीएम तथा पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने

    कुमारी बैंकको एटीएम तथा पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा मास्टर कार्ड स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ, यो सुविधा नेपाल भर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ ।

    यो सुविधाबाट मास्टर कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएम मार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीहरुलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ । बैंकले आफ्नो सेवाको दायरालाई बिस्तार गर्दै, डिजिटल नेपालको अभियानमा विद्युतीय कारोबार मार्फत थप योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले अनवरत रुपमा विद्युतीय कारोबार मार्फत बैंकिङ सेवालाई बढी प्राथमिकता दिई आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि विद्युतीय कारोबारलाई प्रथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

  • ग्लोबल आईएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा

    ग्लोबल आईएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा

    काठमाडौं । डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आईएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ । बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो ।
    यससँगै अन्तर्राष्ट्रिय अनलाइन किनमेल तथा सेवा सदस्यता जस्ता कार्यका लागि आवश्यक अमेरिकी डलर आफ्नै मोबाइलबाट सेवाग्राही आफैंले तुरुन्तै कार्डमा लोड गर्न सक्ने भएका छन् । भिसा ब्रान्डको यो कार्ड अन्तर्राष्ट्रिय कारोबारका लागि मान्य हुने बैंकले जनाएको छ ।
    रियल टाइम लोड सुविधा उपलब्ध भएसँगै डलर कार्डमा रकम लोड गर्न शाखामा गइरहनुपर्ने झन्झट अन्त्य भएको छ । मोबाइल एपबाट तुरुन्तै रकम लोड गर्न सकिने भएकाले अनलाइन किनमेल, अन्तर्राष्ट्रिय सब्स्क्रिप्सनहरू र अन्य डिजिटल सेवाहरूको भुक्तानी सहजै गर्न सकिन्छ । यसले समय, ऊर्जा र लागतमा बचत गर्नुका साथै विश्वव्यापी अनलाइन कारोबारमा सहज पहुँच प्रदान गर्ने बैंकको विश्वास छ ।
    भर्चुअल कार्ड जारी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्छ भने नवीकरण शुल्क वार्षिक तीन सय रुपैयाँ तोकिएको छ । मोबाइल बैंकिङमार्फत टप-अप गर्दा भने कुनै शुल्क लाग्दैन ।
    ई-कम डलर कार्डमार्फत वार्षिक अधिकतम ५ सय डलरसम्म कारोबार गर्न सकिनेछ । सेवा लिन ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एप प्रयोग गरी सजिलै अनलाइन आवेदन दिन सक्नेछन् ।
    ‘ग्लोबल स्मार्ट प्लस’ एपले बैंकिङ सेवालाई छिटो, सुरक्षित र प्रयोगमैत्री बनाउँदै आएको छ । यस एपमार्फत खाताको व्यवस्थापन, रकम ट्रान्सफर, बिल भुक्तानी, क्यूआर पेमेन्ट, वालेट लोडलगायतका सेवा सहज रूपमा उपलब्ध छन् । अब यसमा थपिएको रियल टाइम डलर कार्ड टप-अप सुविधा विशेष आकर्षणको रूपमा रहने बैंकको विश्वास छ । ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको वेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ ।
    ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
  • सिटिजन्स् बैंक र गोल्डेन हस्पिटल प्रा.ली. बीच समझदारी

    सिटिजन्स् बैंक र गोल्डेन हस्पिटल प्रा.ली. बीच समझदारी

    काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र बिराटनगर, स्थित गोल्डेन हस्पिटल प्रा.ली.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले गोल्डेन हस्पिटलमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९१ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • इनड्राइभको ‘राइड टु सपोर्ट‘ अभियान

    इनड्राइभको ‘राइड टु सपोर्ट‘ अभियान

    काठमाडौं । विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म, इनड्राइभले नेपालमा ‘राइड टु सपोर्ट’ अभियान सुरु गरेको छ । यो अभियान स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउने उद्देश्यले प्राथमिक विद्यालयहरूमा खेलकुद संरचना र सुविधा सुधारमा केन्द्रित रहेको छ ।
    समुदाय–सञ्चालित यो पहल अन्तर्गत, इनड्राइभले मे महिनाभरि नेपालभर सञ्चालित प्रत्येक तेस्रो राइडबाट सङ्कलित भाडाको १० प्रतिशत रकम स्थानीय प्राथमिक विद्यालयहरूमा खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरणमा खर्च गर्नेछ । यस पहलमार्फत बास्केटबल, ब्याडमिन्टन, र फुटसलजस्ता खेलहरूका लागि आवश्यक किटहरू प्रदान गरिनेछ, जसले विद्यार्थीहरूको शारीरिक विकास र सामाजिक सहभागिता अभिवृद्धि गर्न मद्दत गर्नेछ ।
    इनड्राइभको यो अभियानले स्थानीय स्तरमा सकारात्मक परिवर्तन ल्याउन र बालबालिकाहरूको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ, जसले समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । इनड्राइभको ‘राइड टु सपोर्ट‘ अभियान केवल यात्राको सेवा मात्र नभई, समाजमा सकारात्मक परिवर्तन ल्याउने दृढ सङ्कल्पको हो । यो अभियान अन्याय र असमानतालाई चुनौती दिने कम्पनीको अटुट प्रतिबद्धताको प्रमाण हो, जुन सबै समुदायहरूमा समावेशी विकास र सशक्तीकरणको भावना फैलाउन केन्द्रित छ ।
    यस अभियानअन्तर्गत, प्रत्येक तेस्रो राइडका साथ प्रयोगकर्ताहरूले आफूलाई मात्र गन्तव्यमा पुर्‍याउने होइन, बरु समाजलाई अघि बढाउने एउटा सशक्त कदम पनि चालिरहेका हुन्छन् । उनीहरूको सानो योगदानले स्थानीय विद्यालयहरूका खेलमैदानहरू सुधार गर्ने कार्यमा सहयोग पुग्छ, जसले बालबालिकाहरूलाई खेलकुदको माध्यमबाट आत्मविश्वास, अनुशासन र नेतृत्व सीप विकास गर्न प्रेरित गर्दछ । ‘राइड टु सपोर्ट‘ अभियानमार्फत इनड्राइभले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै, बालबालिका र युवापुस्तालाई उज्ज्वल भविष्यतर्फ उत्सुक गराउने प्रयास गरिरहेको छ । यस अभियानले यात्रालाई मात्र होइन, समावेशी विकासको दिशामा अगाडि बढ्ने यात्रा बनाएको छ ।
    इनड्राइभकी एपीएसी कम्युनिकेसन लीड (APAC Communication Lead) पावित नन्द आनन्दले भनिन्, ‘हामी दृढतापूर्वक विश्वास गर्छौं कि ‘राइड टु सपोर्ट‘ जस्ता उद्देश्य–केन्द्रित पहलहरूले समुदायलाई सकारात्मक रूपमा परिचालन गर्न सहयोग पुर्‍याउँछ । यस्ता पहलहरू मार्फत हामी हाम्रो सामाजिक प्रभावलाई अझ सशक्त बनाउँदै लैजान सक्छौं। यसले अरूलाई पनि सामाजिक न्याय र समानताको यात्रामा सहभागी हुन उत्प्रेरित गर्छ । हरेक राइड केवल गन्तव्यसम्मको यात्रा मात्र होइन, यो एक सामाजिक परिवर्तनतर्फको सार्थक पाइला हो । मे महिनामा गरिएको प्रत्येक राइडले विद्यार्थीहरूका लागि सुरक्षित, रमाइलो र आवश्यक संरचनासहितको स्थान निर्माणमा सहयोग पुर्‍याउनेछ, जहाँ उनीहरूले खेल्न, सिक्न र आत्मविश्वासका साथ बढ्न सकुन् ।‘
    अभियान अन्तर्गत सङ्कलित रकम प्राथमिक विद्यालयहरूको खेल मैदान मर्मत तथा आवश्यक खेलकुद सामग्रीहरूको आपूर्तिमा प्रयोग गरिनेछ । यसले विद्यालयमा अध्ययनरत बालबालिकालाई सुरक्षित, समावेशी र गुणस्तरीय खेलकुद पूर्वाधारमा सहज पहुँच सुनिश्चित गर्नेछ । यस किसिमको पहलले सामाजिक असमानता विरुद्ध आवाज उठाउने र सेवाबाट वञ्चित समुदायका बालबालिकालाई समान अवसर प्रदान गर्ने इनड्राइभको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ ।
    इनड्राइभले सबै प्रयोगकर्तालाई ‘राइड टु सपोर्ट‘ अभियानमा सहभागी भई समाजमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गर्दछ । तपाईंको एउटा सानो राइडले पनि नेपालका बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । आउनुहोस्, सँगै मिलेर निष्पक्ष र सम्भावनायुक्त भविष्यको बाटो निर्माण गरौँ ।
  • सिटिजन्स बैंक र हिल्टन काठमाण्डौं होटल बीच समझदारी

    सिटिजन्स बैंक र हिल्टन काठमाण्डौं होटल बीच समझदारी

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नक्साल, काठमाडौँ स्थित हिल्टन काठमाण्डौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिल्टन काठमाण्डौंमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड ‘(भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९१ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

     

     

  • इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान प्रारम्भ

    इमामी लिमिटेडद्वारा नेपालमा ‘नवरत्न बीट मसाज २०२५’ अभियान प्रारम्भ

    काठमाडौं । भारतको पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्ना उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान – ‘नवरत्न बीट मसाज २०२५’ को शुभारम्भ गरेको छ । अभियान जेष्ठ ११ बाट सुरु भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

    यो नयाँ ७० दिने अभियानले पूर्वी तथा पश्चिमी नेपालका २४ जिल्लाहरू ओगट्ने छ । यस अभियान अन्तर्गत ३०० भन्दा बढी ब्रान्डेड सैलुनहरू र ६० वटा मोबाइल स्टलमार्फत निःशुल्क २–मिनेटको नवरत्न हेड मसाज प्रदान गरिनेछ । यसबाट हजारौं उपभोक्ताहरूले दैनिक रूपमा नौ आयुर्वेदिक जडिबुटीहरूको शक्तिशाली मिश्रणबाट बनेको नवरत्न तेलको शीतलता र तनाव कम गर्ने फाइदाहरू अनुभव गर्न सक्नेछन् ।

    अभियानमा खटिएका दुई समर्पित टोलीले दैनिक १०० किलोमिटरभन्दा बढी यात्रा गर्नेछन् । उनीहरूले अन्तरक्रियात्मक स्टलहरू, सवारी साधनको ब्रान्डिङ, सार्वजनिक घोषणाहरू, र २–मिनेट च्यालेन्ज, कूल कूल पर्फमेन्स जस्ता विभिन्न खेलहरू मार्फत उपभोक्ताहरूलाई प्रत्यक्ष अनुभव प्रदान गर्नेछन् ।

    यस अभियानले प्रत्यक्ष संलग्नतामार्फत ६०,००० भन्दा बढी उपभोक्ताहरूसम्म पुग्ने अपेक्षा गरिएको छ, जसमा १२,००० भन्दा बढी वेट स्याम्पलिङ (मसाज) र ३०,००० भन्दा बढी ड्राई स्याम्पलिङ (स्यासे वितरण) समावेश छन् ।

    नवरत्न तेलका ब्रान्ड म्यानेजर विकास तिवारीले अभियानबारे आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘नवरत्न बीट मसाज २०२५ मार्फत उपभोक्ताहरूलाई राहत र ताजगी केवल दुई मिनेट टाढा छ भन्ने कुरा स्मरण गराउन चाहन्छौं । यो अभियानले ब्रान्डलाई हाम्रा प्रयोगकर्ताहरूसँग नजिक ल्याउनेछ , जसले गर्दा उनीहरूले नवरत्न तेलले प्रदान गर्ने प्राकृतिक र प्रभावकारी शीतलतालाई साँच्चिकै महसुस गर्न सक्नेछन् । हामी विश्वास गर्छौं कि उपभोक्ताको प्रत्यक्ष अनुभवले नवरत्न तेललाई हरेक नेपाली घरपरिवारमा एक विश्वसनीय वेल्नेस सहयात्रीको रूपमा अझ स्थापित गर्नेछ ।’
    ७० दिने यस अभियानले उपभोक्तालाई प्रत्यक्ष संलग्न गराएर २ मिनेटमै टाउको दुखेको, शरीर दुखेको र तनावबाट शीतलताको राहत दिनेछ ।

  • स्ट्यान्डर्ड चार्टर्ड बैंकले छैटौं पटक पायो ‘थ्री ए’ रेटिङ

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले छैटौं पटक पायो ‘थ्री ए’ रेटिङ

    काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडलाई क्रेडिट रेटिङ संस्था, आइसीआरए नेपालले छैटौंपटक पनि ‘[ICRANP-IR] AAA’ रेटिङ पुनः पुष्टि गरेको छ। यो रेटिङ वित्तीय दायित्वहरू समयमै पुरा गर्न अत्यन्त उच्च सुरक्षाको सूचक हो, जसमा लगानीकर्ताको जोखिम न्यूनतम मानिन्छ।

    आइसीआरए नेपालले जारी गरेको विश्लेषणमा बैंकको पूँजी स्थिति, जोखिम व्यवस्थापन क्षमता तथा सम्पत्ति गुणस्तरमा देखिएको मजबुती रिटिङ पुनः पुष्टि गर्ने मुख्य कारणहरू हुन्। चालु वर्षको मध्य अप्रिलसम्म बैंकको पूँजी पर्याप्तता अनुपात (CRAR) १७.४४ प्रतिशत र टियर–१ पूँजी १५.१५ प्रतिशत रहेको छ, जुन नियामक निकाय नेपाल राष्ट्र बैंकको न्यूनतम मापदण्ड ११ र ८.५ प्रतिशतभन्दा उच्च हो।

    बैंकको नन–पर्फर्मिङ लोन (NPL) १.४४ प्रतिशत मात्र रहेको छ, जुन ‘क’ वर्गको बैंक औसत ५.०५ प्रतिशतभन्दा निकै न्यून छ। यस्ता संकेतहरूले बैंकको उधार प्रणाली, जोखिम नियन्त्रण अभ्यास र प्रतिस्पर्धी ब्याजदर प्रस्ताव गर्ने क्षमतामा मजबुती देखिएको उल्लेख गरिएको छ।

    बैंकका सीईओ तथा हेड अफ कभरेज गोरख राणा भन्छन्, “छैटौं पटक पनि AAA रेटिङ प्राप्त गर्नु हाम्रो सेवाप्रतिको निरन्तर प्रतिबद्धता र विश्वसनीयताको प्रतिविम्ब हो। यसमा ग्राहक, लगानीकर्ता र हाम्रा समर्पित कर्मचारीहरूको योगदान अमूल्य छ।”

    स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा झण्डै ७० प्रतिशत स्वामित्व स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको रहेको छ। बैंक नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छ र हाल देशभर सबैभन्दा कम लागतमा निक्षेप संकलन गर्न सफल संस्थाका रूपमा स्थापित छ।

  • सिटिजन्स बैंक र लोमस डिजिटल प्रा.लि.बीच समझदारी

    सिटिजन्स बैंक र लोमस डिजिटल प्रा.लि.बीच समझदारी

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र उत्तर ढोका, काठमाडौँ स्थित लोमस डिजिटल प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई ध्जष्चउियय िएचयमगअतक र प्ष्तअजभल ब्ष्म एचयमगअतक मा आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोन पे क्रेडिट कार्ड ”(भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट १८ लाख ९१ हजार भन्दा बढी ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

  • एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, यस्ता छन् विशेषता

    एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, यस्ता छन् विशेषता

    काठमाडौं । टेलिटक प्रा.लि.ले एचएमडीको नवीनतम स्मार्टफोन ‘एचएमडी क्रेस्ट म्याक्स फाइभजी (HMD Crest Max 5G)’ नेपाली बजारमा सार्वजनिक गरेको छ। अत्याधुनिक प्रविधियुक्त यस स्मार्टफोनमा उत्कृष्ट प्रदर्शन, उन्नत क्यामरा प्रणाली, र सजिलै मर्मत गर्न मिल्ने प्रयोगकर्ता-अनुकूल डिजाइन समावेश गरिएको छ।

    एचएमडीले विकास गरेको यो डिभाइस विशेषगरी दिगो प्रविधि र दीर्घकालीन प्रयोगका लागि तयार पारिएको हो, जसले नेपाली उपभोक्ताहरूलाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

    टेलिटकका अनुसार, एचएमडी क्रेस्ट म्याक्स फाइभजी नवीनतम प्रविधिसँग सुसज्जित हुनुका साथै नेपाली बजारको आवश्यकता र चाहनालाई मध्यनजर गरी तयार पारिएको हो। स्मार्टफोनको डिजाइन, प्रदर्शन र मर्मतको सहजता यसलाई नेपाली उपभोक्ताका लागि एक उत्कृष्ट विकल्प बनाउनेछ।

    मुख्य विशेषताहरू:

    • अत्याधुनिक क्यामरा प्रणाली: HMD Crest Max 5G स्मार्टफोन ट्रिपल रियर क्यामरा सेटअपले सुसज्जित छ, जसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा, ५ मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्स, र २ मेगापिक्सेलको म्याक्रो सेन्सर समावेश छन्। यी क्यामराहरूले विभिन्न कोणबाट स्पष्ट र विस्तृत तस्वीर खिच्न सक्षम बनाउँछन्। अगाडिको ५० मेगापिक्सेल हाई-रेजोल्युशन फ्रन्ट क्यामराले उत्कृष्ट सेल्फी र भिडियो कल अनुभव प्रदान गर्छ, जसले सामाजिक सञ्जालमा सामग्री सिर्जनालाई थप सशक्त बनाउँछ।
    • उच्चगुणस्तरीय डिस्प्ले: यो स्मार्टफोनमा ६.६७ इन्चको Full HD+ OLED डिस्प्ले छ, जसले जीवन्त रङहरू, गहिरो ब्ल्याक लेभल र उत्कृष्ट कन्ट्रास्ट प्रदान गर्छ। चाहे तपाईँ भिडियो हेर्नुहोस्, गेम खेल्नुहोस् वा सामाजिक सञ्जाल ब्राउज गर्नुहोस्—यसको डिस्प्लेले सधैं आकर्षक भिजुअल अनुभव दिन्छ।
    • उत्कृष्ट कार्यसम्पादन क्षमता: यो डिभाइस यूनिसक T760 5G प्रोसेसरद्वारा संचालित छ र यसमा Android 14 अपरेटिङ सिस्टम प्रयोग गरिएको छ। ८ जीबी र्याम र २५६ जीबी स्टोरेजले मल्टिटास्किङ तथा भारी एप्स चलाउन सहज बनाउँछ। माइक्रोएसडी कार्डद्वारा स्टोरेज थप विस्तार गर्न सकिने सुविधा पनि छ, जसले प्रयोगकर्तालाई लचिलोपन दिन्छ।
    • लामो समय टिक्ने शक्तिशाली ब्याट्री: HMD Crest Max 5G मा ५,००० एमएएच क्षमताको ब्याट्री छ, जुन ३३W फास्ट चार्जिङ सपोर्टसहित आउँछ। C-to-C केबलद्वारा चार्ज गर्न सकिने यो ब्याट्री ८०० चार्जिङ साइकलसम्म टिक्न सक्ने गरी डिजाइन गरिएको छ, जसले प्रयोगकर्तालाई बारम्बार चार्ज गर्नुपर्ने झन्झटबाट मुक्त बनाउँछ।
    • सजिलो मर्मत सम्भाव्यता (Repairability): “Repairability 1.0” को अवधारणा ल्याउँदै HMD Global ले वातावरणीय दिगोपनमा जोड दिएको छ। प्रयोगकर्ताहरूले डिभाइसको ब्याक कभर, ब्याट्री, डिस्प्ले वा चार्जिङ पोर्ट जस्ता भागहरू आफैंले सजिलै फेर्न सक्ने व्यवस्था गरिएको छ। यसले न केवल उपकरणको आयु बढाउँछ, तर इलेक्ट्रोनिक फोहोर घटाउनेतर्फ पनि महत्वपूर्ण योगदान पुर्‍याउँछ।
    • समग्र मूल्य प्रस्ताव: HMD Crest Max 5G ले नवप्रविधि, सशक्त प्रदर्शन, आकर्षक डिजाइन, र वातावरणमैत्री विशेषताहरूको संयोजनमार्फत प्रयोगकर्ताहरूलाई भरपर्दो र दीगो स्मार्टफोन अनुभव प्रदान गर्छ। यो स्मार्टफोन विशेषगरी ती प्रयोगकर्ताका लागि उपयुक्त छ जो स्टाइल, कार्यसम्पादन र जिम्मेवार प्रविधिको सन्तुलन खोजिरहेका छन्।

    एचएमडी ग्लोबलका भारत तथा एशिया-प्रशान्त क्षेत्रका उपाध्यक्ष रवि कुँवरले भने:

    “एचएमडी क्रेस्ट म्याक्स ५ जीको प्रस्तुतिसँगै हामी हाम्रो पहिलो स्मार्टफोन मात्रै सार्वजनिक गरिरहेका छैनौं, हामी नयाँ सोच, नवप्रवर्तन र मानव-केंद्रित प्रविधिको युगको थालनी गर्दैछौं। यो लन्च हामीले अपनाउन चाहेको दृष्टिकोणको प्रतिबिम्ब हो—जहाँ रचनात्मकता, दिगोपन र उत्कृष्ट प्रयोगकर्ता अनुभवलाई प्रविधिको मुटुमा राखिन्छ।

    एचएमडी क्रेस्ट म्याक्स ५जी हाम्रो दर्शनअनुसार डिजाइन गरिएको स्मार्टफोन हो, जसले संसारभरका स्टाइलप्रेमी र प्रविधिमैत्री प्रयोगकर्ताहरूलाई आकर्षित गर्नेछ। यसको परिष्कृत डिजाइन, अत्याधुनिक प्रविधि, र वातावरणमैत्री सोचका साथ, यो फोन नयाँ पुस्ताका लागि उत्तम संयोजन हो।

    आजका जेनेरेशन जेड उपभोक्ताहरू न केवल स्मार्ट र फास्ट डिभाइस खोज्छन्, उनीहरू मूल्य, डिजाइन र ब्राण्डको उद्देश्यप्रति पनि सचेत छन्। एचएमडीमा, हामी यस्तो प्रविधि निर्माणमा विश्वास गर्छौं जसले प्रयोगकर्ताको आवश्यकतालाई मात्र होइन, भविष्यलाई पनि ध्यानमा राख्छ। क्रेस्ट म्याक्स ५जी हाम्रो लक्ष्यतर्फको एक ठोस कदम हो—जहाँ प्रविधि केवल प्रयोगको कुरा होइन, एक जिम्मेवार र दिगो भविष्य निर्माणको साझेदार पनि हो।

    हाम्रो प्रतिबद्धता भनेको हरेक बजारमा उपभोक्ताहरूका आवश्यकतालाई बुझ्नु, र उनीहरूको जीवनशैलीमा थप सहजता, कनेक्टिभिटी र विश्वास ल्याउने समाधान उपलब्ध गराउनु हो। एचएमडी क्रेस्ट म्याक्स ५जीले त्यो यात्राको नयाँ अध्याय सुरु गरेको छ।”

    उपलब्धता:

    एचएमडी क्रेस्ट म्याक्स ५जी अब आकर्षक डीप पर्पल रङमा नेपाली बजारमा उपलब्ध छ। यस स्मार्टफोनको ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य नेपाली रुपैयाँ २२,९९९ निर्धारण गरिएको छ। ग्राहकहरूले यो उपकरणलाई देशभरका आधिकारिक खुद्रा विक्रेताहरू मार्फत सजिलै प्राप्त गर्न सक्नेछन्। साथै, सुविधाजनक अनलाइन शपिङ प्लेटफर्महरूबाट पनि यो मोडेल खरिद गर्न सकिनेछ।

     

  • अग्नि ग्रुपले नेपालमा ल्यायो श्रेणीमै उत्कृष्ट १.७ टन भार क्षमता भएको महिन्द्रा बोलेरो पिक-अप (भिडिओ)

    अग्नि ग्रुपले नेपालमा ल्यायो श्रेणीमै उत्कृष्ट १.७ टन भार क्षमता भएको महिन्द्रा बोलेरो पिक-अप (भिडिओ)

    काठमाडौं । महिन्द्राको युटिलिटि गाडीहरूको आधिकारिक वितरक अग्नि इन्करपोरेटेड प्राइभेट लिमिटेडले नेपालमै पहिलो श्रेणीमा उत्कृष्ट १.७ टन भार क्षमता भएको नयाँ महिन्द्रा बोलेरो पिक-अप फ्ल्याटबेड 1.7T सार्वजनिक गरेको छ ।

    काठमाडौँ (गैरीधारा), पोखरा, विरगञ्ज, चितवन, र विराटनगरको महिन्द्रा सोरुमहरूमा २०८२ जेठ ११ गते आइतबार, औपचारिक सार्वजनिकिकरण समारोह (लन्च इभेन्ट) मार्फत एकैसाथ नयाँ पिक-अप सार्वजनिक गरिएको हो । नेपालको व्यावसायिक सवारीको क्षेत्रमा एक महत्त्वपूर्ण उपलब्धिको रूपमा रहेको यस समारोहमा अग्नि ग्रुपका विशेष अतिथिहरू, मिडिया प्रतिनिधि तथा ग्राहक वर्गको उत्साहजनक सहभागिता रह्यो ।

    महिन्द्रा बोलेरो 1.7Tले उत्कृष्ट ड्युरेबिलिटि (टिकाउपन) र पर्फमेन्सको लागि नेपाललगायत विश्व बजारमा परिचित रहेको बोलेरो ब्रान्डको विरासतलाई निरन्तरता दिएको छ । नयाँ 1.7T भेरियन्ट, नेपालमा अझ बलियो र अझ बढी क्षमतायुक्त युटिलिटि गाडीको बढ्दो मागलाई ध्यानमा राख्दै निर्माण गरिएको पिक-अप हो । महिन्द्रा बोलेरो पिक-अप 1.7Tले नेपालमा व्यावसायिक तथा युटिलिटि सवारीको क्षेत्रमा एक नयाँ स्तर निर्धारण गरेको छ भने हरेक व्यवसायीहरूलाई हरेक किसिमको रोडमा साथ दिने प्रतिबद्धता गरेको छ ।

    ६३ बिएचपिको पावर र १९५ न्युटन मिटरको टर्क दिने २.५ लिटरको ‘एमटु-डिआइ-सिआर’ डिजेल इन्जिन रहेको नयाँ महिन्द्रा बोलेरो पिक-अप 1.7T, उत्कृष्ट पर्फमेन्स र युटिलिटिका लागि विभिन्न विशेषताहरूले भरिपूर्ण रहेको छ । यसमा ९ फिट लामो कार्गोबेड, बलियो डबल बेयरिङ एक्जिल, र ९ पाता भएको स्प्रिङ सस्पेन्सनले गर्दा यसले भारी लोडमा पनि अटल पर्फमेन्स सुनिश्चित गर्दछ । साथै श्रेणीमा उत्कृष्ट माइलेजले गर्दा उत्कृष्ट पर्फमेन्ससँगै राम्रो इन्धन-कुशलता (फ्युल-इफिसियन्सि) पनि सुनिश्चित गर्दछ । यसका साथै इन्टेरियरमा आराम र सहजताको लागि फराकिलो को-ड्राइभर सिट, ड्राइभरको लागि रिक्लाइनर सिट र हेडरेस्ट आदि विशेषताहरू समावेश रहेका छन् ।

    महिन्द्रा बोलेरो पिक-अप 1.7T, नेपाली ग्राहकहरूका लागि रू. २५,६५,००० (१५ लाख ६५ हजार) को विशेष लन्च मूल्यमा उपलब्ध रहेको छ । अग्नि ग्रुपले ग्राहकहरूको लागि नयाँ पिक-अप खरिद गर्न अझ सजिलो बनाउँदै अग्नि ग्रुप अन्तर्गतकै कम्पनि अग्नि हायर पर्चेजमार्फत सहज वित्तीय सुविधाहरू उपलब्ध गराएको छ । यसअन्तर्गत ७०% सम्म फाइनान्सिङ (सर्तहरू लागू), १ दिनमै छिटो कर्जा निर्णय, ९.९९% को प्रतिस्पर्धात्मक ब्याजदर (२०८२ असार महिनाको अन्त्यअघि खरिद वा बुकिङ गर्नेहरूको लागि), शून्य प्रोसेसिङ शुल्क तथा सहज कागजात प्रक्रिया आदिको लाभ लिई सजिलै पिक-अप खरिद गर्न सकिनेछ । वित्तीय सुविधामा स्वरोजगार (सेल्फ-इम्प्लोयड) नेपालीहरूलाई विशेष प्राथमिकता दिइनेछ । त्यसैगरी, अग्नि ग्रुप अन्तर्गतको कम्पनि अग्नि आस्था प्रालिमार्फत ग्राहकले उत्कृष्ट मूल्याङ्कनसहित र झञ्झटमुक्त प्रक्रियामा आफ्नो पुरानो गाडीसँग नयाँ महिन्द्रा बोलेरो पिक-अप 1.7T एक्सचेन्ज गर्न सक्नेछन् ।

    महिन्द्रा बोलेरो पिकअप, व्यावसायिक सवारी अन्तर्गत नेपालकै बेस्ट-सेलिङ पिक-अप (नम्बर एक पिक-अप)को रूपमा स्थापित छ । वर्षौँदेखि नेपाली ग्राहकहरूको विश्वास जित्न सफल, अग्नि ग्रुपले, अधिक भार क्षमता, बलियो गुणस्तर, र लागतप्रभावी रहेको नयाँ 1.7T भेरियन्ट सार्वजनिक गर्दै व्यावसायिक सवारीको क्षेत्रमा एक नयाँ मापदण्ड तय गरेको छ ।

  • शौर्य सिमेन्टको आर्थिक सहयोगमा विद्यालय र स्वास्थ्य केन्द्र उद्घाटन, साथै शैक्षिक सामग्री हस्तान्तरण

    शौर्य सिमेन्टको आर्थिक सहयोगमा विद्यालय र स्वास्थ्य केन्द्र उद्घाटन, साथै शैक्षिक सामग्री हस्तान्तरण

    कटारी, उदयपुर । शौर्य सिमेन्ट इ. लि. को आर्थिक सहयोगमा उदयपुर जिल्लाको कटारी नगरपालिका–७, मर्जेतपुर स्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका–८, आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।

    विद्यालय भवन उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठ ले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सशक्त बनाउने शौर्य सिमेन्टको यस्तो प्रयासलाई सराहना गरे। उनले भने, शौर्य सिमेन्टको  सामाजिक उत्तरदायित्वले विद्यालयको संरचना बनेको बताउँदै अब संरचना जस्तै  शैक्षिक गुणस्तर सुधार्न  आवश्यक रहेको भन्दै त्यसका लागि अभिभावकको सक्रियता  जरुरी रहेको बताए । उहाँको गरिमामय उपस्थिति, प्रेरणादायी मन्तव्य र सक्रिय सहभागिताले कार्यक्रमलाई थप सफल र प्रभावकारी बनाएको थियो।

    उक्त कार्यक्रममा सहभागी शौर्य सिमेन्टका सिनियर भाइस प्रेसिडेन्ट राजन झाले सामाजिक उत्तरदायित्वलाई स्थानीय तहसँग सहकार्य गरेर अघि बढाइएको जनाउँदै भने, “देशको समृद्धिका लागि आर्थिक र राजनीतिक क्षेत्र दुवै सबल हुनुपर्छ”। उनले कम्पनीले निर्माण क्षेत्रमा हुने असर न्यूनीकरणका लागि इन्जिनियरको टोली खटाएर अध्ययन र समाधानको प्रयास गरिरहेको पनि बताए।

    त्यस अवसरमा वडाध्यक्ष तथा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक सुविन ढुंगानाले विद्यालय र सामुदायिक विकासमा सहयोग गरेकोमा धन्यवाद दिँदै खानी क्षेत्र नजिकको नदी उचाइ र सम्भावित जोखिमप्रति पनि शौर्यलाई सजग रहन आग्रह गरे।

    विद्यालयका प्रधानाध्यापक जयबहादुर तामाङले कम्पनीले २०५६ सालदेखि विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विद्यालय परिवारको तर्फबाट सम्मान गरेका थिए। “शिक्षक व्यवस्थापनदेखि भौतिक सामग्रीसम्ममा सहयोग पाएका छौं,” उनले भने।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर मगरले पनि उद्योगको निरन्तर सहयोगप्रति आभार प्रकट गरे। कार्यक्रममा उद्योगले विद्यार्थीहरूलाई खेल तथा शैक्षिक सामग्री वितरण गर्नुका साथै सहभागी अतिथिलाई मायाको चिनो प्रदान गरेको उद्योगका ब्रान्ड प्रबन्धक अनुज महतले जानकारी दिए।

    यसै दिन वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको प्राथमिक स्वास्थ्य केन्द्र भवन पनि हस्तान्तरण गरिएको हो। नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले भवन हस्तान्तरणसँगै सेवा विस्तार सुरु हुने जानकारी दिए।

    कार्यक्रममा मेयर श्रेष्ठले स्वास्थ्य पहुँचका लागि यो भवन महत्वपूर्ण हुने बताए। वडाध्यक्ष नविन्द्र तामाङले वडाको भूगोल ठूलो भएकाले यस्तो केन्द्रले सेवा वितरणमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै, अब वडालाई एम्बुलेन्सको आवश्यकता रहेको समेत औंल्याए।

    शौर्य सिमेन्टद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो योगदानले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरूको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। नगरप्रमुख श्रेष्ठज्यूको समर्थनले यो योगदानलाई अझ प्रभावशाली र उदाहरणीय बनाएको थियो।

    शौर्य सिमेन्टले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा समुदाय हितका विविध सामाजिक कार्यहरूमा निरन्तर सहकार्य र योगदान गर्दै जाने दृढ प्रतिबद्धता व्यक्त गरेको छ, जसबाट समाजका थप व्यक्तिहरू लाभान्वित हुने विश्वास लिइएको छ।

  • प्रभु बैंकका ग्राहक र कर्मचारीलाई इला कम्फर्ट होटल एण्ड रिसोर्टमा छुट

    प्रभु बैंकका ग्राहक र कर्मचारीलाई इला कम्फर्ट होटल एण्ड रिसोर्टमा छुट

    पोखरा । प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका-२ आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच व्यवसायिक साझेदारी सुरू भएको छ ।

    रिसोर्टका तर्फबाट महा-प्रबन्धक बुद्धिप्रसाद तिवारी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत (एनबीसीओ) राजु रानाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिड/क्रेडिट कार्ड तथा बैंकको अन्य विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा रिसोर्टले आवासमा १५ प्रतिशत साथै खाना तथा मनोरञ्जनलगायतका सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध बागलुङमा कालिका मन्दिर, पन्चकोट, शालिग्राम संग्राहलयलगायतका ठाउँ अवलोकनका लागि आवतजावत बाक्लिएको छ । इला कम्फर्ट होटल एण्ड रिसोट आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण मानिन्छ ।

  • पल्सर एन १२५ नेपालगञ्जमा सांगीतिक कार्यक्रमसहित लन्च गरिँदै

    पल्सर एन १२५ नेपालगञ्जमा सांगीतिक कार्यक्रमसहित लन्च गरिँदै

    काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले नेपालगञ्जमा पल्सर एन १२५को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ ।

    बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ । यस पटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै नयाँ पल्सर एन१३५ को लन्च संगीतमय साँझमार्फत गरिँदैछ।

    जेठ ११ गते साँझ ६:३० बजेदेखि नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको पूर्वतर्फ हुन गइरहेको यस कार्यक्रममा प्रवेश निःशुल्क हुने कम्पनीले जनाएको छ । कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र चक्र बमको लाइभ प्रस्तुति रहनेछ ।

    कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो । यसमा १२४.५८ सीसी एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ केडब्ल्यू पावर र ११ एनएम टर्क उत्पादन गर्दछ । यो १२५ सीसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो ।

    हंसराज हुलास चन्द एन्ड कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसेले भने, ‘एन१२५ लाई नेपालगञ्जमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ।’

  • राजविराजको रुपनी रोडमा बजाजको बबाल ग्रान्ड एक्सचेन्ज मेला

    राजविराजको रुपनी रोडमा बजाजको बबाल ग्रान्ड एक्सचेन्ज मेला

    काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं विक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले राजविराजको रुपनीमा बजाज ग्रान्ड एक्सचेन्ज मेला योजना ल्याएको छ । जुनसुकै मोडल र जुनसुकै ब्रान्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटासाटको आकर्षक योजना आइतबार शुरू हुने भएको हो । यो योजना जेठ १६ गतेसम्म चल्नेछ ।

    राजविराजको रुपनी रोड (नेपाल टेलिकमको टावर नजिकै) आयोजना हुने मेलामा ग्राहकहरूले मात्र नेपाली नागरिकताको आधारमा बजाजका बाइकहरु फाइनान्स गर्न सक्नेछन् ।

    शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुटसहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

    झण्डै ७० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रमअन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथै यस योजनाअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु तत्काल उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

    ग्राहकहरूलाई अझ राम्रो सेवा दिने उद्देश्यले यो योजना नेपालभर लागु गरिएको र ग्राहकको मागअनुरुप राजविराजको रुपनी रोडमा पनि केवल नागरिकताको आधारमा जुनसुकै ब्रान्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटासाटको आकर्षक योजना ल्याइएको हंसराज हुलास चन्द एन्ड कम्पनीका मार्केटिङ हेड अमितराज चालिसेले बताए ।

  • ‘प्रिमियम हस्पिटालिटी आउटलेट’ मा फरक पहिचान बनाउँदै आरजी क्रिएसन्स

    ‘प्रिमियम हस्पिटालिटी आउटलेट’ मा फरक पहिचान बनाउँदै आरजी क्रिएसन्स

    काठमाडौं । नेपालको हस्पिटालिटी तथा नाइट क्लब क्षेत्रको एक चिरपरिचित नाम आरजी क्रिएसन्सले ‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा फरक पहिचान बनाउँदै आएको छ । कम्पनीको मुख्य कार्यालय काठमाडौंको बालुवाटारमा रहेको छ भने चीनको ग्वाङ्दोङ प्रान्तको सेन्जेन सहरमा ‘लिंक वर्ल्ड टेक’ नामक साझेदार कम्पनी पनि सञ्चालनमा छ ।

    विगत १५ वर्षदेखि आरजी क्रिएसन्सले काठमाडौं उपत्यका, देशका प्रमुख शहरहरू तथा विदेशसम्म फैलँदै होटल, इभेन्ट भेन्यु, नाइट क्लब, डिस्को, क्यासिनो, ब्यांक्वेट, लाउञ्ज, क्याफे, बार, पब आदि हस्पिटालिटीसम्बन्धी प्रोजेक्टहरूको अवधारणा, निर्माण र सञ्चालन गर्दै आएको छ। यस क्रममा कम्पनीले लगानीकर्ताको सोच र बजेट अनुसार न्यूनतम लागतमा उच्चस्तरीय डिजाइन तथा निर्माण गरी छुट्टै मापदण्ड कायम गरेको छ।

    कम्पनीका कार्यकारी अध्यक्ष राम गिरी भन्छन्, ‘हामी नाइट क्लब तथा इभेन्ट भेन्यु निर्माण गर्दा लागत न्यून गर्न, सुरक्षित बनाउने र भव्य तथा आकर्षक देखाउने कुरामा विशेष ध्यान दिन्छौँ। विश्वमा प्रचलित नयाँ ट्रेन्डहरूलाई कस्टमाइज गरी लागू गर्ने हाम्रो नीति हो ।’

    आरजी क्रिएसन्सले प्रोजेक्टको अवधारणा, डिजाइनदेखि सञ्चालनसम्मको सम्पूर्ण सेवा एकै थलोबाट प्रदान गर्छ ।

    ‘हामीले प्रयोग गर्ने सामग्री, डिजाइन र कन्सेप्ट पूर्ण रूपमा कस्टमाइज गरिन्छ । सकेसम्म अरूले प्रयोग नगरेका सामग्रीको खोजी गरेर काम गर्छौँ,’ अध्यक्ष गिरीले बताए ।

    आरजी क्रिएसन्समा स्ट्रक्चर, इन्टेरियर, आर्किटेक्चर, लाइट, साउण्ड, रंग संयोजनलगायतका क्षेत्रमा दक्ष विशेषज्ञ इन्जिनियरहरू कार्यरत छन् । साथै कम्पनीले कर्मचारीहरूलाई विदेशमा तालिमका लागि समेत पठाउने व्यवस्था मिलाएको छ ।

    ‘लिजेण्ड नेपाल’ : अन्तर्राष्ट्रिय मापदण्डको नयाँ प्रयास

    काठमाडौंको लाजिम्पाटमा तीन रोपनी क्षेत्रफलमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय स्तरको नाइट क्लब ‘लिजेण्ड नेपाल’ आरजी क्रिएसन्सको अर्को बेंचमार्क प्रोजेक्ट हो। लण्डनमा उच्च शिक्षा प्राप्त युवा उद्यमी रमेश कार्कीले बेलायतमा प्राप्त अनुभवका आधारमा नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको क्लब सञ्चालन गर्ने सोच बनाएका थिए।

    ‘विदेशी कन्सल्ट्यान्टहरूसँग धेरै छलफल गरेँ तर सन्तुष्ट हुन सकिन। अन्ततः आरजी क्रिएसन्सले दिएको डिजाइन र कन्सेप्टले मन जित्यो,’ कार्कीले बताए।

    आरजी क्रिएसन्सका अनुसार ‘लिजेण्ड नेपाल’ मा विश्वस्तरीय साउण्ड सिस्टम, साउण्ड प्रुफ टेक्नोलोजी, एलईडी स्क्रिन, लाइटिङ सिस्टम, हाइड्रोलिक मेसिनसहित ३०० भन्दा बढी अत्याधुनिक सामग्रीहरू प्रयोग गरिनेछन् ।

    कम्पनीकी निर्देशक सुमित्रा पौडेल उप्रेती आरजी क्रिएसन्स नाफाभन्दा पनि लगानीकर्तालाई न्यूनतम लागतमा उच्चस्तरीय प्रोजेक्ट कसरी उपलब्ध गराउने भन्ने सोचमा केन्द्रित रहेको बताउँछिन् ।

    दर्जनौं प्रोजेक्टको सफल हस्तान्तरण

    आरजी क्रिएसन्सले काठमाडौं उपत्यकामा रामबाग महल, म्याजेस्टिक ग्रान्ड, हर्षबाटिका, ताज रिसेप्सन, ताज प्यालेस, बौद्ध हेरिटेज, इम्पेरियल ब्यांक्वेट, रोयल इम्पायर बुटिक होटल लगायतका प्रोजेक्ट निर्माण गरी सफलतापूर्वक हस्तान्तरण गरिसकेको छ। त्यस्तै धरान, इटहरी, पोखरा लगायतका शहरहरू तथा विदेशमा समेत हस्पिटालिटी प्रोजेक्टहरू निर्माण भइरहेको छ।

    यसैबीच कम्पनीले काठमाडौंको दरबारमार्गस्थित डेजाभु डिस्को, भिक्टोरी लाउञ्ज, ठमेलस्थित फूल मुन क्याफे, फेसेस लाउञ्ज, रकर्स म्याजिक जस्ता चर्चित रात्रिकालिन व्यवसायहरू पनि निर्माण गरिसकेको छ ।

  • सुर्खेतको ‘आवाज नेपाल’ सिटिजन्स बैंकको सहयोग

    सुर्खेतको ‘आवाज नेपाल’ सिटिजन्स बैंकको सहयोग

    सुर्खेत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सुर्खेतस्थित आवाज नेपाललाई सरसफाइ तथा उपभोग्य सामग्री सहयोग प्रदान गरेको छ। एकल महिला, बालबालिका, द्वन्द्व प्रभावित तथा घरेलु हिंसाबाट पीडित व्यक्तिहरूको सशक्तिकरणमा समर्पित आवाज नेपाललाई प्रदान गरिएको यो सहयोग करिब दुई महिनासम्मका लागि पुग्ने उल्लेख गरिएको छ।

    आवाज नेपाल हाल करिब ४० जना महिला तथा बालबालिकाहरूको हेरचाह गर्दै आइरहेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले संस्थामा आयोजित एक विशेष समारोहका क्रममा सामग्री हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पोखरेलले यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने बैंकको निरन्तर प्रयासमा गर्व महसुस भएको बताउनुभयो। साथै उहाँले आवाज नेपालजस्ता संस्थाहरूले एकल महिला र बालबालिकाको अधिकारको संरक्षणमा उदाहरणीय भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो।

    सिटिजन्स बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू निरन्तर गर्दै आएको छ र आगामी दिनहरूमा पनि यस्ता क्रियाकलापलाई अझ सशक्त बनाउने योजना रहेको जनाएको छ।

    हालै मात्र ‘बैंक अफ द इयर २०२४’ को प्रतिष्ठित उपाधि जितेको सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। यसका साथै मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन, रिचार्ज नम्बर सेवा, तथा क्रस बैंक टेलर सुविधा पनि प्रदान गर्दै आइरहेको छ।

    देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखा रहित बैंकिङ इकाइमार्फत सिटिजन्स बैंकले १८ लाख ९१ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।

  • टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स सम्पन्न 

    टोस्टमास्टर इन्टरनेसनल डिस्ट्रिक्ट ४१ को वार्षिक कन्फरेन्स सम्पन्न 

    दिल्ली । नेपाल र उत्तर भारत सम्मिलित डिस्ट्रिक्ट ४१ को वार्षिक तीन दिने सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा गुरगाउँ, मेरिडियन, दिल्ली एनसिआरबाट  डिस्ट्रिक्ट ४१ का टोस्टमास्टर्सहरु भेला भएका थिए ।
    डिस्ट्रिक्ट ४१ द्वारा आयोजित सम्मेलनमा तीन सयभन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो । नेपालकी मुनाल प्रधानले डिस्ट्रिक्ट डाइरेक्टरका रूपमा सो सम्मेलनको अध्यक्षता गरेकी थिइन ।
    उक्त सम्मेलनमा सन् २०२५ जुलाईदेखि २०२६ का लागि टोस्ट मास्टर्स डिस्ट्रिक्ट ४१ का लिडरहरूको चयन गरियो । सम्मेलनले क्लब ग्रोथ डाइरेक्टरमा नेपालकी दीप्ति आचार्यलाई निर्वाचित गर्‍यो । त्यस्तै डिस्ट्रिक्ट डाइरेक्टरमा भारतका गौरव चौधरी र कार्यक्रम गुणस्तर डाइरेक्टरको रूपमा श्वेतांक शर्मा निर्वाचित भए ।
    उक्त सम्मेलनमा टेबल टपिक्स र अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिताहरू पनि आयोजना गरिएको थियो ।
    टेबल टपिक्स वक्तृत्वकलामा नेपालकी सम्पदा रेग्मी प्रथम, साहिल बराल दोस्रो र देवांश तेस्रो भए । त्यसै गरी अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा, नेपालकी संस्कृति आचार्य प्रथम, श्रेया जैन द्वितीय र प्रसन्न श्रेष्ठ तृतीय भए ।
    त्यस्तै कार्यक्रममा सन् १९९९ विश्व पब्लिक स्पिकिंग च्याम्पियन क्रेग भ्यालेन्टाइनले वक्तृत्वकला सम्बन्धित तालिम दिए भने प्राध्यापक डा. नीरज पाण्डेले “नेतृत्वको जीवनमा महत्त्व” तथा “प्रभावकारी प्रस्तुति“ सम्बन्धित विषयमा  बोलेका थिए ।
    प्रेरणादायी मन्तव्यहरू, उच्च क्षमताका प्रतियोगिताहरू र नयाँ नेतृत्व चयनका साथ टोस्ट मास्टर्सका सञ्चारसम्बन्धी मूल्यहरूको उच्च सम्मान गर्दै सम्मेलन  सम्पन्न भयो ।
    नेपालबाट विजयी भएकी संस्कृति आचार्यले अब क्षेत्रीय प्रतिस्पर्धामा भाग लिनेछिन् र सो प्रतिस्पर्धामा विजयी भएमा उनी विश्व वक्तृत्वकलाको फाइनलमा पुग्ने छिन् ।
  • सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

    सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समय देखी निरन्तर रुपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको लागी काम गर्दै आएको सुदूरपश्चिम प्रदेशको धनगढी अवस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ ।

    विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ६५ जना महिला र उनका बालबालिकाहरू लाई सहयोग गरिरहेकोे सो संस्थालाई बैंकले करिब २ महिना सम्म लाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको छ ।

    संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप महिलाहरू र उनका बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

    समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको कुरा व्यक्त गरे । संस्था तथा त्यहाँ रहेका बालबालिकाहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँले यस्ता संस्थाहरुले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको हेरचाहको लागि समाजमा उदाहरण बसाइरहेको कुरा पनि व्यक्त गरे ।

    संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ”(भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९१ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • एआईओएन भीको ब्रान्ड एन्डोर्सरमा वर्षा राउत

    एआईओएन भीको ब्रान्ड एन्डोर्सरमा वर्षा राउत

    काठमाडौं । नेपालमा AION इलेक्ट्रिक सवारीहरूको आधिकारिक बिक्रेता सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई “e:xtraordinary AION V” को आधिकारिक ब्रान्ड एन्डोर्सरको रूपमा नियुक्त गरेको घोषणा गर्दै, उक्त गाडी हस्तान्तरण गरेको छ।

    नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित वर्षा राउत अब AION V परिवारको हिस्सा बन्न पुगेकी छन्। उनीजस्तै बहुआयामिक क्षमता बोकेको AION V ले समेत इभी सेग्मेन्टमा नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायक अनुभवमार्फत नयाँ मापदण्डहरू स्थापित गर्दै आएको छ।

    सीजी मोटर्सका जीएम-सेल्स, सुशील क्षेत्रीका अनुसार – “हामी वर्षा राउतलाई AION V को ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं। उहाँको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिलिटीप्रतिको प्रतिबद्धता AION V को पहिचानसँग पूर्ण रूपमा मेल खान्छ। हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाषित गर्ने आशा राख्छौं।”

    कहिले छायांकनमा व्यस्त, कहिले आकस्मिक घुमघाममा, त कहिले शान्त शहर यात्रामा – वर्षा राउतको द्रुत गतिमा अघि बढ्ने जीवनशैलीलाई AION V ले सम्पूर्ण रूपमा समर्थन गर्छ। यस गाडीको ८-प्वाइन्ट मसाज सिट, इनबिल्ट फ्रिज र हिटर, प्यानोरामिक सनरूफ जस्ता फिचरहरूले प्रत्येक यात्रा विशेष, लक्जरी र सन्तुलित बनाउँछ।

    AION V मा रहेको ७५.३ kWh क्षमताको ब्याट्री तथा ६५० किमीको रेन्जले लामो यात्रामा पनि पूर्ण आत्मविश्वास प्रदान गर्छ, जसले रेंज एङ्जायटीलाई पूर्ण रूपमा हटाउँछ। दूरदर्शी, महत्वाकांक्षी र सचेत चालकहरूका लागि निर्माण गरिएको यो गाडीले प्रदर्शन, सुरक्षा र दिगो प्रविधिलाई एकैसाथ प्रस्तुत गर्छ।

    वर्षा राउत भन्छिन् – “AION V केवल गाडी होइन – यो त एक अनुभव हो। यसको लक्जरी, स्मार्टनेस र व्यवहारिकता मेरो जीवनशैलीसँग गहिरो रूपमा मेल खान्छ। मसाज सिट, हिटिङ–कुलिङ, इनबिल्ट रेफ्रिजरेटर जस्ता फिचरहरूले यो गाडीलाई अरू सबैभन्दा फरक बनाएको छ। यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा म गर्व महसुस गर्दैछु – जुन नेपाललाई सफा, स्मार्ट तथा हरित भविष्यतर्फ लैजान प्रतिबद्ध छ।”

    चौधरी ग्रुप अन्तर्गतको CG Motors नवीन प्रविधि र विश्वव्यापी साझेदारमार्फत दिगो मोबिलिटी समाधान प्रदान गर्न समर्पित छ। नेपालमा AION Evs को एकमात्र आधिकारिक बिक्रेताको रूपमा CG Motors ले देशलाई सफा र सशक्त भविष्यतर्फ अग्रसर गरिरहेको छ। २० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरहरू र २६० भन्दा बढी चार्जिङ स्टेशनहरूमार्फत CG Motors ले आफ्नो ग्राहकहरू र सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र भरपर्दो सेवा प्रदान गर्दै आएको छ ।

     

  • भोटाहिटीस्थित नवर्निमित फल्चा र मन्दिर उद्घाटन

    भोटाहिटीस्थित नवर्निमित फल्चा र मन्दिर उद्घाटन

    काठमाडौं । काठमाडौंको भोटाहिटीमा निर्माण भएको सिद्धि विनायक गणेश ‘ख्वायाँ गणेश’ मन्दिरको उद्घाटन मुख्य अतिथि वडा अध्यक्ष योगेश कुमार खड्गीले उद्घाटन गरेका छन् । भोटाहिटी समाज सेवा र काठमाडौं महानगरपालिका वडा नं. २७ बिच मितेरी सम्बन्ध रहेको छ ।

    सोही सम्बन्धको कारण भोटाहिटी समाज सेवाको आयोजनामा काठमाडौं महानगरपालिका वडा नं. २७ को समन्वयमा वि.सं. १९९० को भूकम्पले ध्वस्त पारेको ऐतिहासिक फल्चा पुनर्निर्माण पश्चात विशेष पूजा तथा उद्घाटन समारोह भव्य रूपमा उद्घाटन गरिएको थियो ।

    यो मन्दिर र फल्चा पुरातत्व हिसाबले काठमाडौंको प्रमुख स्थल मानिन्छ । स्थानीय अजर श्रेष्ठले जानकारी गराए । मन्दिर काठमाडौँकै शैलीमा निकै कलात्मक र पौराणिक बनेकोमा आफूलाई निकै आनन्द लागेको वडा अध्यक्ष खड्गीले बताए। उनले भोटाहिटी समाज सेवा र काठमाडौं महानगरपालिका वडा नं. २७ बिच मितेरी सम्बन्ध गाँसिएको बताए । आगामी दिनमा पनि आर्थिक तथा सामाजिक क्षेत्रमा वडाले सहयोगलाई निरन्तरता दिने खड्गीले बताए ।

    भोटाहिटी समाज सेवाका अध्यक्ष तीर्थ नारायण मुनिकारले भोटाहिटी धार्मिक द्दष्टिकोणले स्थापित भएकाले आफूहरूले पहिलो सहयोग धार्मिक क्षेत्रमै प्रयोग गरेको बताए साथै समस्त अतिथिहरू, नागरिकहरू र सहयोगदाताहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै भोटाहिटी सांस्कृतिक र संरचनाले पर्यटकीय आर्कषण बढाउने र अध्ययन समेत हुने अपेक्षा रहेको बताए ।

    श्री सिद्धि विनायक गणेश मन्दिर उद्घाटनमा वडा अध्यक्ष योगेश कुमार खड्गी लगायत वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राई, सम्पदा विभागका वरिष्ठ इन्जिनियर रवीन्द्र रिजाल, नगर प्रहरी उपरीक्षक मनोज लामिछाने, नगर प्रहरी निरीक्षक लगायत अन्य सम्माननीय सहभागी भोटाहिटी समाज सेवाका पदाधिकारी, समाजसेवी, स्थानीय अगुवा, सहयोगदाताहरू उपस्थित भएको थियो ।

  • पल्सर N125 लहानमा साङ्गीतिक कार्यक्रमसहित लन्च हुँदै

    पल्सर N125 लहानमा साङ्गीतिक कार्यक्रमसहित लन्च हुँदै

    काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले  लहानमा पल्सर N125 को बहु प्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ।

    बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यस पटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर N125 को लन्च सङ्गीतमय साँझ मार्फत गरिँदैछ।

    जेठ ७ गते साँझ ६:३० बजेदेखि चौधरी होटल, लहानमा हुन गइरहेको यस कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र मानियाको लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको सञ्चालन एम्सी अनु मानन्धरले गर्नेछन् ।

    कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर N125 हो, जसमा १२४.५८cc एयर-कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले ८.८२ kW पावर र ११ Nm टर्क उत्पादन गर्दछ। यो १२५cc सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।

    हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. का मार्केटिङ प्रमुख अमितराज चालिसेले भने “N125 लाई लहानमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ” बताए।

  • एनसेलले साप्ताहिक ९९ रुपैयाँमा अनलिमिटेड कलसहित ल्यायो रिन्यूअल प्याकहरू

    एनसेलले साप्ताहिक ९९ रुपैयाँमा अनलिमिटेड कलसहित ल्यायो रिन्यूअल प्याकहरू

    काठमाडौं । सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै, एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि तीनवटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू सञ्चालनमा ल्याएको छ । एक हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू सञ्चालनमा ल्याईएका हुन् ।

    आज (मंगलबार, ज्येष्ठ ६) देखि यी प्याकहरु लागू भएका छन् । भ्वाइस प्याक अन्तर्गत, ग्राहकहरूले सात दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरहरुमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने अल नेपाल कल भ्वाइस प्याक कर सहित मात्र रु ९९ मा लिन सक्छन् । हप्ताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले रु ९९ मा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ अल नेपाल एसएमएस समावेश भएको सधैं अन प्याक लिन सक्छन् । यसैगरी डेटामात्र चाहने ग्राहकले रु १५० मा १० जीबी उच्च गतिको मोबाइल डेटा सात दिनसम्म प्रयोग गर्न सक्छन् ।

    यी प्याकहरूको प्रमुख विशेषता भनेको हरेक हप्ता प्याक आफै रिन्यु हुने व्यवस्था हो । जसले ग्राहकलाई बारम्बार प्याकहरु लिनपर्ने झन्झटबाट मुक्त बनाउँछ । ग्राहकहरूले *१२३*९# डायल गरी, एनसेल एपमार्फत वा एनसेलका आधिकारिक खुद्रा विक्रेताहरूमार्फत यी प्याकहरू लिन सक्छन् ।

    ग्राहकहरुले आफ्नो आवश्यकताअनुसार सजिलै सेवाहरु रोजी झन्झटरहित रूपमा प्रयोग गर्न सकिने बनाउँदै नयाँ प्याकहरु संचालनमा ल्याउन पाउँदा कम्पनी उत्साहित भएको एनसेलले जनाएको छ । सेवाहरु निर्वाध रूपमा प्रयोग गर्न, प्रत्येक ७ दिनको रिन्यूअल अर्थात नविकरणको समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनु पर्ने कम्पनीले जनाएको छ ।