Category: कर्पोरेट प्रेस

  • म्याङ्गो राइड मुसहर बस्तीमा, २०० झुल र शैक्षिक साम्रगी वितरण

    म्याङ्गो राइड मुसहर बस्तीमा, २०० झुल र शैक्षिक साम्रगी वितरण

    सिरहा । द हिमालयन मोटरसाइकल एक्सपेरियन्स, रेन्बो भोलेन्टियर क्लब र हन्ड्रेडस ग्रुपले सिरहाकाे मुसहर बस्तीमा झुल र शैक्षिक साम्रगी वितरण गरेका छन् ।

    ८औं म्याङ्गो राइडको अवसरमा द हिमालयन मोटरसाइकल एक्सपेरियन्स , रेन्बो भोलेन्टियर क्लब र हन्ड्रेडस ग्रुपले संयुक्त रुपमा मुसहर बस्तीमा २०० वटा झुल र सिरहाको श्री माध्यामिक विद्यालय महादेवा पोर्ताहामा २०० जना विधार्थीलाइ शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

    स्थानीय उत्पादन गरिएको आँपको प्रवर्द्धन गर्ने उद्देश्यले सुरुवात गरेको म्याङ्गो राइडको ८औं राइडको उद्घाटन प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले गरेका थिए ।

  • नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला 

    नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला 

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा दुई अत्याधुनिक ट्याब्लेट शाओमी प्याड७ र रेड्मी प्याड२ को प्रि बुकिङ खुल्ला गरेको छ । शक्तिशाली प्रोसेसर, उच्च गुणस्तरको डिस्प्ले, लामो ब्याट्री आयु र नवीनतम शाओमी हाइपरओएस प्रणालीसहित आएका यी ट्याब्लेटहरूले नेपाली प्रयोगकर्ताहरूका लागि मनोरञ्जन, अध्ययन र अन्य काममा पनि नयाँ प्रविधिको अनुभव दिलाउने अपेक्षा गरिएको छ ।

    उक्त सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भने, “यी ट्याब्लेटहरूले नेपाली उपभोक्ताहरूका लागि अत्याधुनिक प्रविधि ल्याउने शाओमीको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छन् । शाओमी प्याड ७ उत्कृष्ट प्रदर्शन खोज्ने उपभोक्ताका लागि लक्षित गरिएको छ भने रेड्मी प्याड २ प्रिमियम ट्याब्लेट अनुभव सबैका लागि सुलभ बनाउने प्रयास हो ।”

    शाओमी प्याड ७:  प्रिमियम प्रदर्शन र डिजाइनको संयोजन

    शाओमी प्याड ७ मा ३.२के रिजोल्युसन सहितको १४४ हर्जको हाई–रिफ्रेस रेट भएको डिस्प्ले दिइएको छ, जसले स्क्रोलिङ र मल्टिमिडिया अनुभवलाई सरल र सहज बनाउँछ । स्न्यापड्रागन® ७+ जेन ३ प्रोसेसरसहित यो ट्याब्लेट ४एनएम प्रविधिमा निर्मित भएको हो, जसले गहन कामहरूमा समेत उत्कृष्ट प्रदर्शन दिन्छ ।

    ८८५० एमएएच क्षमताको ब्याट्रीलाई ४५वाटको फास्ट चार्जिङ प्रविधिद्वारा १०३ मिनेटमै पूर्ण चार्ज गर्न सकिन्छ । डेस्कटप जस्तै मल्टीटास्किङ अनुभव दिन सक्ने हाइपरओएस प्रणाली यसमा समावेश छ । १३ मेगापिक्सेल ब्याक र ८मेगापिक्सेल फ्रन्ट क्यामेराले उच्च गुणस्तरको फोटोग्राफी अनुभव प्रदान गर्छ ।

    रेड्मी प्याड २: सबैका लागि पहुँचयोग्य ट्याब्लेट

    ११ इन्चको २.५के डिस्प्ले, ९० हट्र्ज रिफ्रेस रेट र हेलिओ जी १०० –अल्ट्रा प्रोसेसरसहित रेड्मी प्याड २ अध्ययन, मनोरञ्जन र सामान्य कामका लागि उत्तम विकल्प हो । यो ट्याब्लेट ६ एनएम प्रविधिमा निर्मित शक्तिशाली प्रोसेसरसहित आएको छ जसले भरपर्दो कार्यसम्पादन प्रदान गर्छ ।
    यसमा रहेको ९००० एमएएच ब्याट्रीले दिनभरको कामलाई सहज बनाउँछ । स्टोरेज विकल्पका रूपमा ६ जिबी + १२८ जिबी देखि सुरु भई ८ जिबी + २५६ जिबी सम्म उपलब्ध छ । ग्राफाइट ग्रे, मिन्ट ग्रिन र ल्याभेन्डर पर्पल रङमा आकर्षक मेटल युनिबडी डिजाइनमा बजारमा आएको छ ।

    थप विशेषताहरू
    दुबै ट्याब्लेटमा चारवटा स्पिकर छन् जसमा डल्बी एटमस प्रविधिको रहेको छ, जसले सिनेम्याटिक साउन्ड अनुभव प्रदान गर्छ । टीयुभी रेहिइनल्याण्ड प्रमाणीकरण पाएको स्क्रिनले आँखाको सुरक्षालाई ख्याल राखेको छ ।

    मूल्य र उपलब्धता

    शाओमी प्याड ७ ग्रे, ग्रिन र ब्लु रङमा उपलब्ध छ । ८जिबी+ १२८जिबी, र ८जिबी, + २५६जिबी, स्टोरेज भेरियन्टमा प्राप्त गर्न सकिन्छ । त्यस्तै रेड्मी प्याड २ ग्राफाइट ग्रे, मिन्ट ग्रिन र ल्याभेन्डर पर्पल रङमा ६जिबी+ १२८जिबी र ८जिबी+२५६ जिबी स्टोरेज उपलब्ध छ ।

    ६ जीबी, १२८ जीबी स्टोरेज भएको रेडमी प्याड २ को मूल्य रु. २४,९९९ र ८ जीबी  २५६ जीबी स्टोरेजको लागि रु. २९,९९९  तोकिएको छ । त्यसैगरी, ८ जीबी १२८ जीबी स्टोरेज भएको शाओमी प्याड ७ को मूल्य रु. ४४,९९९ र ८ जीबी, २५६ जीबी स्टोरेजको लागि रु. ४९,९९९ निर्धारण गरिएको छ ।

    प्रि—बुकिङ अफर

    शाओमी प्याड ७ र रेडमी प्याड २ को प्रि बुकिङ जुन १७ देखि २० सम्म खुला रहने छ । त्यस समयमा विशेष अफरहरू उपलब्ध छन् ।
    यो समयमा प्याड ७ खरिद गर्नेहरूले रु.७,९९९ बजारमूल्य रहेको किबोर्ड वा फोकस पेन केवल रु.५,९९९ मा प्राप्त गर्न सक्नेछन् भने रेडमी प्याड २ खरिद गर्नेहरूले निःशुल्क रेडमी बड्स ५ए प्राप्त गर्नेछन् ।

    शाओमीका अनुसार, यी दुवै ट्याब्लेटहरू नेपालभरिका सबै एमआई स्टोरहरू, शाओमीका आधिकारिक बिक्रेता र दराज तथा हुकुट स्टोरमा पनि समेत उपलब्ध छन् ।

  • सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा विशेष छुट

    सिटिजन्स बैंकका ग्राहकलाई टिका रिर्सोटमा विशेष छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लेकसाईड पोखरा स्थित टिका रिर्सोट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले टिका रिर्सोटमा २० प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ०४ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

    एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ ।

    बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसको लागि ग्राहकहरुले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सक्नेछन् ।

    यसरी ग्राहकहरूले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा इच्छुक ग्राहकहरूले अनलाईन पोर्टलको लिंक https://auctionassistance.nicasiabank.com बाटै विस्तृत विवरणहरूको जानकारी लिई लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

  • सिटिजन्स बैंक र द सोल्टी होटल एण्ड रिर्सोटबीच समझदारी

    सिटिजन्स बैंक र द सोल्टी होटल एण्ड रिर्सोटबीच समझदारी

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित द सोल्टी होटल एण्ड रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले द सोल्टी होटल एण्ड रिर्सोटको सम्पूर्ण आउटलेटमा १० प्रतिशत आकर्षक छुट पाउनेछन् । यो सुविधा प्राप्त गर्न ग्राहकहरूले सोल्टी हेरिटेज क्लबमा पहिलो पटक आफ्नो नाम दर्ता भने गराउनुपर्नेछ ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ३ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ

  • एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केबलकारमा छुट 

    एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केबलकारमा छुट 

    काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले जारी गर्दै आएको एससीटी-यूपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १०% छुट हुने भएको छ ।

    समुन्द्री तहबाट १८४१ फिट माथि नवलपुर जिल्लाको गैँडाकोटमा अवस्थित यस मन्दिरमा दर्शन गर्न आउने आगन्तुकहरूको यात्रा अझ सहज र सुलभ हुने अपेक्षा गर्दै एससीटी र मौलाकाली केवल कारले यस अफर ल्याएको हो ।  अफर अन्तर्गत ग्राहकहरूले आफ्नो SCT–UPI कार्डबाट POS मेसिन मार्फत टिकट खरिद गर्दा १०% छुट हुनेछ ।

    एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT–UPI कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT–UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT–UPI  कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।

  • इनड्राइभको ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न

    इनड्राइभको ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न

    काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्वान सर्भिस प्लेटफर्म इनड्राइभले काठमाडौंमा आफ्नो ‘राइड्स फर गोल्स‘  क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियानको प्रमुख उद्देश्य पब्लिक विद्यालयका खेलमैदानहरूको पुनर्निर्माण तथा स्तरोन्नति गर्नु र विद्यार्थीरूलाई खेलकुद गतिविधिमा सक्रिय रुपमा सहभागी गराउँदै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पुर्‍याउनु हो ।

    यस क्याम्पेन मार्फत विद्यालयका खेल मैदानलाई आधुनिक र सुरक्षित बनाउन सहयोग गरिएको हो, जसले विद्यार्थीहरूलाई खेलकुदप्रति रुचि बढाउने, टीमवर्कको भावना विकास गर्ने र स्वास्थ्य जीवनशैली अपनाउन उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

    अंग्रेजी ‘मे‘ महिनाभरि सञ्चालन गरिएको यस अभियानको माध्यमबाट, प्रत्येक तेस्रो राइडको भाडाको १० प्रतिशत रकम ,चयन गरिएका पब्लिक प्राइमरी विद्यालयहरूको खेलमैदान मर्मत तथा आवश्यक खेलकुद सामग्रीहरू उपलब्ध गराउन खर्च गरिएको थियो ।

    यस अभियानले विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यले निम्न महत्त्वपूर्ण कार्यहरूमा प्रत्यक्ष सहयोग पुर्‍याएको छ ः

    ● विद्यालयका खेलमैदानहरूको पूर्वाधार मर्मत तथा संवर्द्धन गरियो, जसले गर्दा बालबालिकाहरूका लागि सुरक्षित, सफा र रमाइलो खेल तथा मनोरञ्जनको वातावरण निर्माण भएको छ ।

    ● बालबालिकाहरूलाई सानै उमेरदेखि खेलकुदमा संलग्न गराउने र शारीरिक गतिविधिप्रति रुचि बढाउने हेतुले बास्केटबल, फुटसल, ब्याडमिन्टन र्याकेट लगायतका स्पोट्र्स किटहरू वितरण गरियो ।

    “इनड्राइभमा हामी दृढ विश्वास गर्छौं कि मोबिलिटी केवल यात्राको सुविधा मात्र होइन, समुदाय सशक्तीकरण र समावेशी विकासतर्फको मार्ग पनि हो,” इनड्राइभ एपीएसी कम्युनिकेसन लिड पावित नन्दा आनन्दले भनिन्, ‘राइड्स फर गोल्स’ अभियानले विद्यालयका बालबालिकालाई स्वस्थ र सकारात्मक वातावरणमा खेल्न सहयोग गरेर उनीहरूको सम्पूर्ण विकासलाई प्रत्यक्ष समर्थन पुर्‍याउँछ । हामीलाई टिमवर्क, आत्मविश्वास, र नेतृत्व जस्ता सीपहरू विकास गर्न सक्ने ठाउँ निर्माणमा योगदान गर्न पाउनुमा अत्यन्त गर्व छ ।”

    इनड्राइभ एसिया प्यासिफिक क्षेत्रका रिजनल डाइरेक्टर मार्क टोलीले पनि यस अभियानप्रति आफ्नो उत्साह व्यक्त गर्दै भनेः “राइड्स फर गोल्स’ एउटा प्रेरणादायी उदाहरण हो—जहाँ राइड गर्ने जस्तो दैनिक साधारण क्रियाकलाप—समाजमा सार्थक परिवर्तन ल्याउने शक्तिशाली माध्यम बन्न सक्छ । हामी सधैं यस्तो परियोजनामा संलग्न रहन्छौं, जसले दिगो मूल्य सिर्जना गर्छ र सामुदायिक स्तरमा सकारात्मक प्रभाव पार्छ । यो पहल खेलको माध्यमबाट प्रत्येक बालबालिकालाई अवसर, रमाइलो, र विकासको पहुँच सुनिश्चित गर्ने दिशातर्फको एक महत्त्वपूर्ण कदम हो ।”

    ‘राइड्स फर गोल्स’ इनड्राइभकोे उद्देश्यसँग गहिरोसँग जोडिएको छ, जसले सामाजिक समानता प्रवर्द्धन गर्ने र सेवायुक्त तथा विकासशील क्षेत्रहरूमा सकारात्मक योगदान दिने लक्ष्य राखेको छ । यसका क्याम्पेन मार्फत इनड्राइभले स्कुल बालबालिकाको भौतिक तथा मानसिक विकासमा जोड दिएको छ र समुदायको भविष्य निर्माणमा पनि आफ्नो सक्रिय भूमिका पुष्टि गरेको छ ।

  • एनसेल ‘सधैँ अन करोडपति’ योजनाः १ करोड पुरस्कार, अरु के के छन् ?

    एनसेल ‘सधैँ अन करोडपति’ योजनाः १ करोड पुरस्कार, अरु के के छन् ?

    काठमाडौं । अब एनसेलको सधैँ अनले ग्राहकहरुलाई सम्पर्कमा रही रहन र सुलभ शुल्कमा अनलाइन रहनमात्र सक्षम बनाउँदैन । एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘सधैँ अन करोडपति’ योजना संचालनमा ल्याएको छ, जसअन्तर्गत ग्राहकहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने सुनौलो मौका पाउनेछन् ।

    यो योजना यत्तिमा मात्रै सीमित छैन । हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगर पुरस्कार जित्नेछन् । यो साप्ताहिक नगद पुरस्कार १२ हप्ता सम्म जारी रहनेछ । त्यसको साथै, यो योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न सेवा बोनसस्वरुप प्राप्त गर्दछन्, जसले गर्दा यो योजना सबैका लागि हात खालि नजाने योजना बनेको छ ।

    ‘सधैँ अन करोडपति’ योजना आज (आइतबार, असार १)देखि लागू भएको छ र यो १२ हप्तासम्म सञ्चालन हुनेछ । यो योजनामा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा—जस्तै नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक लिनु पर्दछ । यो योजना आइतबारदेखि शनिबारसम्मको साप्ताहिक चक्रअनुसार संचालन हुनेछ ।

    “यो मनसुनमा, एक दशकभन्दा लामो समयपछि हामीले यो यति ठूलो योजना सञ्चालनमा ल्याएका छौं । सबैलाई सधैं सहज, सुलभ सेवामार्फत जोडी राख्ने हाम्रो प्रतिबद्धता बमोजिम, हामी हाम्रो ‘सधैं अन’ पहल अन्तर्गत यो योजना सञ्चालन गर्न पाएकोमा धेरै उत्साहित छौं । १ करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था रहेकोले योजना विषेश बनेको छ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने ।

    ग्राहकहरूले *१२३# डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, अथवा एनसेल एप, एनसेल वेबसाइटमार्फत एनसेल सेवाहरु लिन सक्छन् । त्यसैगरी एनसेल रिचार्ज तथा प्याक खरिद समर्थन गर्ने नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सकिन्छ ।

    हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन् । यदि ग्राहकहरुले ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्छन् भने, उनीहरूले ५ वटा टिकट प्राप्त गर्नेछन् । यसको मतलब प्याकको मूल्य जति बढी भयो जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ । ग्राहकहरुलाई सेवा खरिद पश्चात उनीहरुले पाएको आफ्नो टिकट हेर्न सकिने लिङ्क तुरुन्तै एसएमएसमार्फत पठाइनेछ । एनसेल एपमार्फत, *९९९९# डायल गरेर, वा चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी ९९९९ मा एसएमएस पठाएर आफुले पाएका टिकटहरू हेर्न सक्ने व्यवस्था गरिएको छ ।

    यस योजनाको अर्को विशेषता भनेको रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका प्राप्त गर्ने हो । उदाहरणका लागि, सामान्य रूपमा ९९ रुपैयाँको सेवा वा प्याक खरिद गर्दा १ वटा टिकट प्राप्त हुन्छ, तर यदि त्यो सेवा रिन्यूअल वा रोमिङ हो भने ग्राहकले २ वटा टिकटहरु प्राप्त गर्दछन् ।

    कुनैपनि नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन् । पोस्टपेड प्रयोगकर्ताहरूले मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन् । हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमा जारी हुन्छन् ।

    यस योजना अवधिभर प्रत्येक आइतबार साँझ ६:३० देखि ७:०० बजेको समयामा एनसेल यूट्युव च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत प्रसारण हुने कार्यक्रममार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिनेछन् । नगद पुरस्कार हस्तान्तरण प्रक्रियाका लागि एनसेलले विजेताहरूलाई सिधैं सम्पर्क गर्नेछ ।

    थप जानकारीका लागि ग्राहकहरूले ९९९९ डायल गर्न सक्छन् वा नजिकको एनसेल सेन्टरमा जान सक्छन् । यसैगरी एनसेलको वेबसाइटमा गई वा एनसेल एप डाउनलोड/लगइन गरी यस सम्बन्धी जानकारी लिन सकिन्छ ।

  • आइएमईको २५औँ वार्षिकोत्सवः  थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न गभर्नर डा. पौडेलको आग्रह

    आइएमईको २५औँ वार्षिकोत्सवः  थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न गभर्नर डा. पौडेलको आग्रह

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गरेका छन् ।

    शुक्रबार ललितपुरमा आयोजित आइएमईको २५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गभर्नर पौडेलले प्रविधि विकास र उद्यम विस्तारमा राष्ट्र बैंकले सहजीकरण गर्न तयार रहेको बताए ।

    द्वन्द्वले देश अप्ठेरो समयमा रहेको बेलासमेत जोखिम मोलेर आइएमई स्थापना भएको स्मरण गर्दै उनले देशलाई अहिले पनि जोखिम लिनसक्ने धेरै उद्यमीहरू खाँचो रहेको उल्लेख गरे ।

    सो अवसरमा आइएमईका संस्थापक अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई ग्रुपको सफलतामा तीन वटा आधार रहेको प्रस्ट्याए ।

    अध्यक्ष ढकालले आइएमई ग्रुपका कम्पनीहरुले नाफामात्रै कमाउने कुरामा ध्यान नदिएर आममानिसले खोजेको सेवा, सरकारले राखेको प्राथमिकता र व्यवसायको रूपमा अघि बढाउन सकिने तीन मूल सिद्धान्तमा केन्द्रित बनेर सफलता हासिल गर्न सम्भव भएको बताए ।

    यिनै तीन वटा मुख्य व्यावसायिक सिद्धान्तमा टेकेर आइएमई ग्रुपले रेमिट्यान्सबाट बैंकिङ, बीमा, पर्यटन, सूचना प्रविधि, जलविद्युतलगायतका क्षेत्रमा लगानी विस्तारमार्फत हजारौँ गुणस्तरीय रोजगारी सृजना गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरिरहेको अध्यक्ष ढकालले उल्लेख गरे ।

    त्यस्तै आइएमईका सहसंस्थापक तथा अध्यक्ष हेमराज ढकालले उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आइएमईले आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।

    अध्यक्ष ढकालले युवाहरूले सूचना प्रविधि क्षेत्रमा नेपालमै बसेर विदेशमा सेवा निर्यातबाट कमाएको रकम सहजै भित्र्याउन डिजिटल रेमिटेन्स पूर्वाधार विस्तारमा प्रोत्साहन गर्न राष्ट्र बैंकको सहयोगको अपेक्षा गरेको पनि बताए ।

    विदेशमा काम गर्न जाने क्रममा युवाहरूले महँगो ब्याज तिरेर ऋण लिन बाध्य हुनुपरिरहेको अवस्थाको अन्त्य गर्न आइएमईमार्फत नै सानो कर्जा दिन सकिने व्यवस्था मिलाउन पनि उनले आग्रह गरे ।

    आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई मुख्य कार्यदिशा बनाई आइएमई सेवा प्रदान गरिरहेको बताए ।

    प्रविधिमा भएको विकासलाई आत्मसात गर्दै थप विविधीकृत सेवाहरूको माध्यमबाट आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे ।

    उक्त समारोहमा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तरकम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।

    आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध कम्पनीले सेवा शुभारम्भको २५ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब-एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आएको छ ।

  • माथिल्लो मेवा जलविद्युतमा लगानी गर्दै ग्लोबल आईएमई बैंक

    माथिल्लो मेवा जलविद्युतमा लगानी गर्दै ग्लोबल आईएमई बैंक

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजर सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवद्र्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।

    उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ ।

    ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रा.लि.का प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका थिए ।

    ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समय सिमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि भई निर्यात प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    ताप्लेजुङ्ग जिल्लाको माथिल्लो मेवा खोलामा निमार्ण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ । यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्ष भित्र सम्पन्न हुनेछ ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • निफ्राको हरित ऊर्जा ऋणपत्र बाँडफाँट

    निफ्राको हरित ऊर्जा ऋणपत्र बाँडफाँट

    काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रही नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ( निफ्रा ) द्वारा निष्कासित “निफ्रा ग्रीन इनर्जी बोन्ड ६ % – २०८८/८९” नामको हरित ऊर्जा ऋणपत्रको बाँडफाँट गरिएको छ ।

    ५ अर्ब रकम बराबरको यस हरित ऋणपत्रका लागि ३.८ गुणा भन्दा बढी आवेदन परेको थियो । कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याई निष्कासन गरिएको थियो ।

    एनआइएमबी एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले भने, ‘नेपालको पहिलो हरित उर्जा ऋणपत्रको सार्वजनिक निष्काशनलाई सफलतापूर्वक सम्पन्न गर्न पाउनु हाम्रो लागि निकै गर्वको कुरा हो । यो पहल नवीनता र दूरदर्शितामा आधारित हाम्रो सिद्धान्तको स्वाभाविक विस्तार हो ।’

    आगामी दिनमा अझै यस्ता अर्थपूर्ण परियोजना ल्याउने उनले विश्वास दिलाए ।

    ७ वर्षको अवधि रहि वार्षिक ६ प्रतिशत ब्याजदर भएको यस ऋणपत्र नेपालमै पहिलो पटक सार्वजनिक रूपमा जारी गरिएको हरित ऊर्जा ऋणपत्र रहेको छ ।

  • सी.जी. मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ-रोड ट्रयाक राइडिङ्गको अद्भुत अनुभव प्रदान गर्ने लक्ष्य

    सी.जी. मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’, अफ-रोड ट्रयाक राइडिङ्गको अद्भुत अनुभव प्रदान गर्ने लक्ष्य

     

    काठमाडौं । सी.जी. हिरो मोटोकर्पले पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित “डर्ट टेम्पल” मा ३ सय भन्दा बढी राईडरहरुको सहभागितामा साथ भव्य रुपमा “एक्सट्रयाक” इभेन्ट सम्पन्न गरे पश्चात दोस्रो संस्करण पर्यटनको मुटु पोखरामा यही मिति २०८२ जेष्ठ ३१ गते शनिवारको दिन आयोजना गर्ने भएको छ । उक्त इभेन्टमा मोटरसाइकल प्रेमी राईडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राईडिङ्गको अविष्मरणिय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ ।

    इभेन्टमा सहभागीहरूले हिरोको एडभेन्चर श्रेणीका मोटरसाइकल विशेषतः हिरो एक्सपल्स २०० फोरभि र एक्सपल्स २०० फोरभि प्रो, विशेष रुपमा डिजाइन गरी तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रुपमा चलाएर आफ्नो अफरोड राईडको स्किलको समेत परीक्षण गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चितकाका साथै व्यावसायिक मार्सलहरूको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागीहरूले आफ्ना अफरोड राइडिङ्ग कलाको टेस्ट गर्नुका साथै थप राइडिङ्ग टिप्स पनि प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् ।

    पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने बहुप्रतिक्षित “एक्सट्रयाक इभेन्ट” बिहान १० बजेबाट शुरु हुनेछ । यस इभेन्टमा सहभागिता जनाउन चाहनु हुने इच्छुक महानुभावहरूले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेज गई निःशुल्क रुपमा रजिस्ट्रेसन गरी आफ्नो सिट सुरक्षित गर्न सक्नु हुनेछ । सहभागिताका लागि इच्छुक राईडरहरुले चालक अनुमति पत्रका साथ सेप्टी गियरहरु आफ्नो साथमामा लिएर आउनु पर्नेछ ।

    इभेन्टमा सहभागी तथा अनुभवी राईडरहरुका लागि हिरो मोटोकर्प नेपालका तर्फबाट मोटरसाइकल उपलब्ध गराइनेछ । साथै कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको कम्पनीले बत्ताएको छ ।

    उक्त इभेन्टको मुख्य उद्देश्य मोटरसाइकल प्रेमी युवा पुस्ताहरूमा मोटरसाइकल संस्कृतिको प्रवर्द्धन गर्नुका साथै सी.जी. हिरो मोटोकर्पले बजारमा उपलब्ध गराउँदै आएका अत्याधुनिक प्रविधिमा सुसज्जित मोटसाईलहरुको प्रत्यक्ष अनुभव प्रदान गर्नु पनि हो ।

     

  • नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सबिना मास्के

    नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सबिना मास्के

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सबिना मास्के भएकी छन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८2/०2/२8 को (माननीय मन्त्रीस्तर) निर्णय बमोजिम मिति २०८2/०2/२8, च.नं. संस्थान/३१७८ को नियुक्ति पत्रबाट उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो ।

    यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् भने आज (२०८२ जेठ २८ गते) देखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी हुन् ।

    नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बी.ई. गरेकी छन् । उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नुभई २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिनुभएको थियो भने उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थइन् ।

    पदभार ग्रहण गर्दै नेपाल टेलिकमका नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

  • कुमारी बैंक र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरबीच सम्झौता

    कुमारी बैंक र भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरबीच सम्झौता

    काठमाडौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाण्डौं स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.(गुर्जुधारा ट्रायल सेन्टर) का बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
    यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलो भर्‍यााङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परीक्षा (Trial)  सञ्चालन गराउँदै आएको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि. (गुर्जुधारा ट्रायल सेन्टर) मा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्सहरूमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।
    विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूको सुविधाको लागि विभिन्न क्षेत्रका व्यवसायीहरूसँग समन्वयन गरी छुट तथा किस्ताबन्दीका सुविधाहरू उपलब्ध गराउँदै आएको छ । बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
  • सिटिजन्स बैंकद्वारा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा वृक्षारोपण 

    सिटिजन्स बैंकद्वारा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा वृक्षारोपण 

    काठमाडौं । ‘बिट द प्लास्टिक ’भन्ने मूल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल जेठ २८ गते बुधवारको दिन लुम्बिनी  प्रदेशको वनबाटिका तिलोत्तमा नगरपालिकामा र कर्णाली प्रदेशको भाइराम सामुदायिक वन, बिरेन्द्रनगरमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
    विश्व वातावरण दिवस २०२५ को अवसरमा लुम्बिनी  प्रदेशमा करिब १०५ विभिन्न प्रजातिका बिरुवा र कर्णाली प्रदेशमा १०० भन्दा बढी बिरुवा रोपेर बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरूमा  स्वस्थ शिविर सञ्चालन, सामुदायिक विद्यालय एंव मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेका छ ।
    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’  (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
  • प्रबन्धक मानन्धर तोकिए नेपाल टेलिकमको प्रवक्ता

    प्रबन्धक मानन्धर तोकिए नेपाल टेलिकमको प्रवक्ता

    काठमाडौं । नेपाल टेलिकमले प्रबन्धक रवीन्द्र मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको छ ।

    टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको जनाएको हो ।

    कम्पनीसम्बन्धमा कुनै जानकारी लिन परे प्रवक्ता मानन्धरसँग लिन सकिने टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रले जानकारी दिए । उनका अनुसार प्रवक्ता नियुक्त मानन्धरको सम्पर्क नम्बर ०१४२१०२०४ (कार्यालय) र ९८५१३७१४१५ (मोबाइल) तथा इमेल ठेगाना nt.spokesperson@ntc.net.np रहेको छ ।

  • बीएमडब्लूको स्पोर्ट्स एक्टिभिटी भेइकल, अब नेपालमा

    बीएमडब्लूको स्पोर्ट्स एक्टिभिटी भेइकल, अब नेपालमा

    काठमाडौं । नेपालमा BMW गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ BMW iX2 SAV (स्पोर्ट्स एक्टिभिटी भेइकल) भित्राएको छ। नयाँ BMW iX2 ले नेपालमा विद्युतीय सवारी र दिगो यात्राप्रति BMW को प्रतिबद्धता दर्शाउँछ । आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यस मोडलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकहरुलाई उत्कृष्ट विकल्प प्रदान गर्दछ।

    BMW ले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै BMW iX2 eDrive20 सार्वजनिक गरेको हो । यस गाडीले अधिकतम १५० kW / २०४ hp (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४३० देखि ४७५ किलोमिटरसम्म (WLTP प्रारम्भिक अनुमान अनुसार) रहेको छ। कम उर्जा खपत (प्रति १०० किमी १७.२ देखि १५.४ kWh) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट SAV सेग्मेन्टमा उत्कृष्ट रोजाई प्रदान गर्दछ ।

    सन्तुलित पावर र शून्य उत्सर्जन

    अन्य BMW इलेक्ट्रिक गाडीहरूजस्तै, नयाँ BMW iX2 मा पनि पाँचौ पुस्ताको BMW eDrive प्रविधि प्रयोग गरिएको छ । यसले २५० Nm टर्क उत्पादन गर्छ र ८.६ सेकेन्डमा ० देखि १०० किमी/घण्टाको गतिमा पुग्न सक्छ । यसको अधिकतम गति १७० किमी / घण्टा रहेको छ । ब्याट्रीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखी गाडीको फ्लोरमा राखिएको हाई भोल्टेज ब्याट्रीले ६६.५ kWh उर्जा प्रदान गर्दछ । यसमा रहेको आधुनिक मोटरले कम उर्जा खपत गरी अन्य गाडीहरूभन्दा धेरै दूरीसम्म चल्न सक्षम बनाउँछ ।

    BMW iX2 मा चार्जिङको लागि प्रशस्त विकल्पहरु रहेका छन् । यसमा रहेको Combined Charging Unit ले ११ kW सम्मको AC चार्जिङ सपोर्ट गर्दछ। छिटो चार्जिङको लागि १३० kW सम्मको DC चार्जिङ पनि उपलब्ध छ। स्मार्ट थर्मल प्रि-कन्डिसनिङ’ र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङ स्पिड र ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्छ ।
    BMW iX2 मा लक्जरी इन्टेरियर फिचरहरू समावेश छन्, जस्तै मोका रङको Vernasca लेदर सिट, प्यानोरामिक ग्लास रूफ, २- जोन अटोमेटिक एसी, र १२ – स्पिकरको Harman Kardon साउन्ड सिस्टम |

    डाइनामिक ब्रेक कन्ट्रोल र अटो होल्ड सहित अत्याधुनिक सुरक्षा प्रणाली

    BMW iX2 को सुरक्षा र सहायक प्रणालीहरू पनि अत्याधुनिक छन् । सुरक्षित यात्राको लागि यसमा सवारी चालक र यात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल (DBC), अटो होल्ड फड्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक र इन्टेग्रेटेड ब्रेकिङ सिस्टम राखिएको छ । साथै ड्राइभ अफ असिस्टेन्ट र अटेन्टिभनेस असिस्टेन्टले सहरको ट्राफिक र लामो यात्रा दुवैलाई सुरक्षित, सहज र तनाव रहित बनाउँछ ।
    काठमाडौं, तीनकुनेमा रहेको आफ्नो अत्याधुनिक शो-रूमबाट लक्ष्मी प्रिमियम मोटर्सले हाल BMW X1, X2, X3, ×4, X7, iX1 (ब्याट्री इलेक्ट्रिक ), iX3 (ब्याट्री इलेक्ट्रिक ), 5 Series (प्लग-इन हाइब्रिड ), X5(प्लग-इन हाइब्रिड ) र 7 Series जस्ता मोडलहरू उपलब्ध गराइरहेको छ । नयाँ BMW iX2 को आगमनसँगै नेपालमा प्रिमियम इलेक्ट्रिक गाडीको क्षेत्रमा BMW ले आफ्नो उपस्थिति अझ बलियो बनाउनुको साथै डिजाइन, प्रविधि र वातावरणीय जिम्मेवारीको नयाँ उदाहरण प्रस्तुत गरेको छ ।

    थप जानकारी वा टेस्ट ड्राइभ बुक गर्नका लागि लक्ष्मी प्रिमियम मोटर्स, तीनकुने काठमाडौंमा सम्पर्क गर्नुहोस् वा BMW Nepal को फेसबुक र इन्स्टाग्राम फलो गर्नुहोस्।

  • लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार बिरुवा वृक्षारोपण गरिँदै

    लक्ष्मी सनराइजको कार्बन उत्सर्जन रिपोर्ट सार्वजनिक, १० हजार बिरुवा वृक्षारोपण गरिँदै

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ (२०२३/२४) को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको छ । जिम्मेवार बैंकिङको विश्वव्यापी अभ्यासहरू अपनाउने पहल अन्तर्गत यो प्रतिवेदन बैंकको दिगोपन सम्बन्धी वृहत् कार्यदिशाको एक पाटो हो ।
    कार्बन अकाउन्टिङ फाइनान्सियल (PCAF) पद्धतिको अनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ। मूल्याङ्कन गरिएका पोर्टफोलियोहरूबाट सो आर्थिक वर्षमा कुल उत्सर्जन २०२,०१३.४२ टन CO₂ बराबर(tCO₂e) रहेको  थियो।
    पोर्टफोलियो अनुसार उत्सर्जन निम्न अनुसार रहेका छन्:
    • व्यापार कर्जा (Business Loans): १९०,२९३.४२ tCO₂e
    • परियोजना वित्त (Project Finance) – (जलविद्युत बाहेक): ७०५ .५६ tCO₂e
    • गाडी कर्जा (Motor Vehicle Loans): १,५२८.९८ tCO₂e
    • घर कर्जा (Mortgage Loan): ९,४८५.४६ tCO₂e
    त्यस्तै बैंकको जलविद्युत परियोजनाहरूमा लगानीहरुले अनुमानित २०,३४७.११ tCO₂e बराबरको कार्बन उत्सर्जन रोक्न योगदान पुर्‍याउँदै बैंकको स्वच्छ र नवीकरणीय ऊर्जा समाधानहरूको प्रतिको प्रतिबद्धतालाई थप जोड दिएको छ ।
    सन् २०४५ सम्ममा नेपालको नेट शून्य उत्सर्जन (Net Zero Emission) लक्ष्य अनुरूप, बैंकले ग्रीन फाइनान्स, ऊर्जा-सदुपयोगी कर्जाहरु तथा वातावरणीय जोखिम व्यवस्थापनजस्ता प्रयासहरु विस्तार गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना कार्य सञ्चालन र ग्राहक सेवासम्बन्धी प्रणाली तथा अभ्यासहरूमा थ्रीआर दृष्टिकोण (3R – Reduce, Reuse, Recycle) लाई प्रोत्साहन गर्दै आएको छ।
    यही योजना अन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १०,००० रूख रोप्ने साहसी पहल “मिसन १०००० (Mission 10K)” पनि सञ्चालन गरेको छ। यस अन्तर्गत हालसम्म लगभग ७,५०० रूखहरू रोपिई सकिएको छ । यसले जलवायु प्रति बैंकको प्रतिबद्धतालाई वास्तविक, मापनयोग्य कार्यमा बदल्नु पर्ने बैंकको विश्वासलाई थप सुदृढ पारेको छ।
    यसलाई निरन्तरता दिँदै भविष्यमा बैंकले आफ्नो कार्बन उत्सर्जनको मापनमा थप पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्न  थप कर्जाका वर्गहरू पनि समावेश गर्ने लक्ष्य राखेको छ। यी कार्यहरू लक्ष्मी सनराइज बैंकको दिगोपन रणनीतिको अभिन्न अङ्ग बन्न गएको छ।
    रिपोर्ट हेर्नका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ: https://www.laxmisunrise.com/pcaf-partnership-for-carbon-accounting-financials-report-2023-2024/
  • इनड्राइभले काठमाडौंमा आफ्नो कार्यालय उद्घाटन गर्‍यो

    इनड्राइभले काठमाडौंमा आफ्नो कार्यालय उद्घाटन गर्‍यो

    काठमाडौं । नेपालको एक अग्रणी राइड–हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ । यो कदम इनड्राइभको स्थानीय ड्राइभर पार्टनर्सहरू प्रति समर्पण, सहर भरि राइडहरूको लागि सेवाको गुणस्तर बढाउने, र कम्युनिटी इनिसिएसनलाई सशक्त बढाउने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्ने एउटा प्रमुख कदम हो ।
    नयाँ कार्यालयले ड्राइभर पार्टनर्सलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरूको लागि केन्द्रको रूपमा काम गर्नेछ । काठमाडौंस्थित नयाँ कार्यालयले ड्राइभर कम्युनिटीको सशक्तीकरण, राइडरहरूको अनुभव सुधार, र स्थानीय स्तरमा सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्य बोकेको छ । यस कार्यालयमार्फत इनड्राइभले अब ड्राइभर सपोर्ट, सीप विकासका लागि तालिम कार्यक्रमहरू, समुदाय तथा सुरक्षा–केन्द्रित अभियानहरू, साथै स्थानीय आवश्यकता अनुसार अनुकूलित मार्केटिङ र साझेदारी कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
    इनड्राइभका एपीएसी रिजनल डाइरेक्टर मार्क टोलीले भने, ‘हामी इनड्राइभमा, काठमाडौँमा हाम्रा ड्राइभर पार्टनर्स र स्थानीय समुदायका लागि अफिस खोल्न पाउँदा अत्यन्तै उत्साहित छौं । यो नयाँ कार्यालय केवल एउटा कार्यस्थान मात्र होइन, यो एक यस्तो समर्पित समर्थन केन्द्र हो जहाँ हाम्रा ड्राइभर पार्टनर्सले आवश्यक सहयोग, मार्गदर्शन, तालिम तथा आत्मबल प्राप्त गर्न सक्छन् । हामी चाहन्छौं कि उनीहरूले यहाँ आएर इनड्राइभको अभिन्न हिस्सा भएको अनुभव गरून् । यो केन्द्र उनीहरूको सफलतालाई अझ सशक्त बनाउने माध्यम हो ।’
    नयाँ कार्यालयमा नियमित प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ जसले चालकहरूलाई व्यावसायिक रूपमा बढ्न र उच्चतम स्तरको सेवा प्रदान गर्न आवश्यक ज्ञान र जानकारीहरू प्रदान गर्नेछ । थप रूपमा, चालकहरूले कुनै समस्याको सामना गरेमा वा टिम मेम्बरसँग व्यक्तिगत रूपमा कुरा गर्न चाहेमा सिधै कार्यालयमा जान सक्नेछन् ।
    नयाँ सुरुवातले नेपाली बजारप्रति इनड्राइभको दृढ र दीर्घकालीन प्रतिबद्धतालाई स्पष्ट रूपमा झल्काउँछ । इनड्राइभले उचित मूल्य निर्धारण र प्रयोगकर्तालाई प्राथमिकतामा राख्ने दृष्टिकोणको कारणले यात्रु र चालक दुवैको लागि द्रूत रूपमा मनपर्ने विकल्प बनेको छ । यही कारणले गर्दा यो प्लेटफर्म छोटो समयमा यात्रुहरू र चालकहरू दुवैको मन जित्न सफल भएको छ । नेपाली बजारमा इनड्राइभ लोकप्रियताको नयाँ स्तरमा पुग्दै गएको छ, जसले स्थानीय आवश्यकतालाई बुझ्ने र समाधान दिने यसको क्षमतालाई प्रमाणित गर्छ। यस प्रयासमार्फत इनड्राइभले नेपालमा दिगो र समावेशी यातायात प्रणाली निर्माणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।
    इनड्राइभ नेपालकी डाइरेक्टर रीता पोखरेलले भनिन्, ‘नेपाल हाम्रो लागि एउटा महत्त्वपूर्ण र प्राथमिक बजार हो। काठमाडौंमा नयाँ कार्यालय स्थापना गर्नु भनेको केवल एक भौतिक संरचना खडा गर्नु मात्र होइन, यो हामीले नेपाली ड्राइभर पार्टनर्ससँग निरन्तर निर्माण गर्दै आएको विश्वास र सहकार्यको प्रतीक हो।’
    ‘हामीले सधैं चालकहरूसँग संवादलाई प्राथमिकता दिएका छौं—उनीहरूको सुझाव, आवश्यकताहरू र चुनौतिहरूलाई ध्यानपूर्वक सुन्दै आएका छौं। आफ्नो कम्युनिटीलाई सुन्ने र बुझ्ने संस्कृतिले इनड्राइभलाई साँच्चिकै आफूहरुको  लागि बनेको प्लेटफर्म भएको मानिसहरूलाई अनुभूति गराएको छ । यो नयाँ कार्यालय हाम्रो प्रतिबद्धताको स्पष्ट प्रमाण हो — यो एक यस्तो स्थान हुनेछ, जहाँ चालकहरूले आवश्यक सहयोग, प्रशिक्षण, र अवसर पाउन सक्नेछन् ।  तर अझ महत्त्वपूर्ण कुरा, यो स्थान उनीहरूले आफ्ना आवाजहरू सुरक्षित रूपमा अभिव्यक्त गर्न, व्यक्तिगत र व्यावसायिक रुपमा दक्षता वृद्धि गर्न, र इनड्राइभको यात्रामा सक्रिय साझेदार बन्न महत्त्वपूर्ण हुनेछ ।’
    काठमाडौंमा यो कार्यालय खोल्न पाउनु हाम्रो लागि गर्वको कुरा हो । हामी यसलाई चालकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने माध्यमका रूपमा हेर्छौं, यसले भविष्यमा अझ बढी समावेशी र दिगो परिवहन प्रणालीको निर्माणमा योगदान पुर्‍याउनेछ ।
    काठमाडौंमा कार्यालय सुरु गर्नु इनड्राइभको सम्मानलाई अझै अगाडि बढाउने एक महत्त्वपूर्ण कदम हो । यसले इनड्राइभलाई चालक–केन्द्रित, पारदर्शी, र समुदाय–सञ्चालित मोबिलिटी प्लेटफर्मको रूपमा थप मजबुत बनाउँछ । इनड्राइभले नेपालमा ल्याएको निष्पक्ष, उचित मूल्य, र प्रयोगकर्तामैत्री मोडेल ल्याएको छ, जसले छोटो समयमा आम जनमानसको विश्वास जित्दै लोकप्रियता हासिल गरेको छ ।
  • उन्नति कल्चरल भिलेजमा समर प्याकेज सार्वजनिक, ‘डेकेशन’ र ‘स्टेकशन’ प्याकेजमा विशेष छुट

    उन्नति कल्चरल भिलेजमा समर प्याकेज सार्वजनिक, ‘डेकेशन’ र ‘स्टेकशन’ प्याकेजमा विशेष छुट

    काठमाडौं ।नवलपरासीमा अवस्थित उन्नति कल्चरल भिलेजले आगामी ३० जून २०२५ सम्मका लागि विशेष ‘डेकेशन’ र ‘स्टेकेशन’ समर भ्याकेसन प्याकेज सार्वजनिक गरेको छ । नेपालको मौलिक थारू संस्कृति, परम्परागत जीवनशैली र दिगो पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित यी प्याकेजहरू सार्वजनिक गरिएको हो।

    शाश्वत धाम नजिकै अवस्थित यो इको-कल्चरल रिट्रीटमा पाहुनाहरूले थारू समुदायको कला, खाना, हस्तकला र कृषि जीवनशैली प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। परिवार, विद्यार्थी, जोडी तथा अन्य यात्रुहरूलाई लक्षित गर्दै उन्नतिले यी प्याकेजहरू ल्याएको हो।

    डेकेशन प्याकेजमा एक दिनमै थारू गाउँको संग्रहालय भ्रमण, माटोको हाँडी बनाउन सिक्ने कार्यशाला, उन्नति परिसरको भ्रमण तथा स्वादिलो खाना उपलब्ध गराइनेछ। आम आगन्तुकहरूलाई यो प्याकेज रु १,४०० मा उपलब्ध हुनेछ भने विद्यार्थीका लागि मात्र रु १,२०० मा उपलब्ध हुनेछ ।

    स्टेकेशन प्याकेजअन्तर्गत परम्परागत शैलीमा निर्माण गरिएका वासस्थानमा रातभरको बास, मौलिक खाना, सांस्कृतिक अनुभव, रूख रोप्ने, बालमैत्री गतिविधि र मिराया वेलनेस एन्ड गोल्फ रिसोर्टका सुविधा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। एक जनाका लागि थारू कोठाको शुल्क प्रति रात रु ५,५०० तोकिएको छ भने दुई जनासम्मका लागि रु ९,००० कायम गरिएको छ । त्यस्तै, चार जनासम्म बस्न मिल्ने दुई कोठे आर्ट रेसिडेन्सीको शुल्क प्रति रात रु १६,००० रहेको छ।

    नवलपरासीमा अवस्थित उन्नति कल्चरल भिलेज एक सांस्कृतिक रिट्रीट सेन्टर हो, जसले थारू संस्कार र दिगो जीवनशैलीमा आधारित अनुभवहरू प्रदान गर्दछ। १२ वटा वातावरणमैत्री कुटीहरूमा सजिएको यस भिलेजमा थारू कला, हस्तकला, मौलिक खानपान, र समुदायसँगको सम्पर्कको संयोजन पाइन्छ। आगन्तुकहरूले परम्परागत संगीत, लोकनृत्य, कला तथा हस्तकलामार्फत गाउँको जीवनशैलीमा प्रत्यक्ष घुलमिल हुन पाउँछन्। प्रकृतिसँग नजिक रहँदै ध्यान, प्रकृति–सयर र आत्म–चिन्तन गर्न सकिने शान्त वातावरणले उन्नतिलाई संस्कृति, चेतना र रूपान्तरणको दृष्टिले अद्वितीय बनाएको छ।

  • होण्डाद्वारा ३-दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम

    होण्डाद्वारा ३-दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम

    काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता, स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. ले ग्राहक केन्द्रित सेवालाई प्राथमिकता दिँदै विशेष ३ दिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्ने भएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका सहरहरूलाई लक्षित गर्दै यही मिति २०८२ जेष्ठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चलन हुने उक्त क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ।

    क्याम्प अन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल कार्यक्रम अन्तर्गत निःशुल्क एयर ब्याग परिवर्तन गरिनेछ। साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्, जसअन्तर्गत लेबर चार्जमा १०%, पाट्र्समा ७%, ल्युब्रिकेन्टमा ५%, ए.सी. रिफिलमा २०% र डेन्ट–पेन्ट सेवामा १०% छुट प्रदान गरिनेछ। यसैगरी HDS Scan सेवा समेत निःशुल्क उपलब्ध गराइनेछ।

    कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई यस्ता सुविधायुक्त कार्यक्रममार्फत उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। अतः सम्पूर्ण होण्डा ग्राहकहरूलाई यो अवसरको भरपुर लाभ लिन स्याकार ट्रेडिङ्ग कम्पनी हार्दिक अनुरोध गर्दछ।

  • प्रभु बैंकका ग्राहकलाई होटल यार्सामा विशेष छुट 

    प्रभु बैंकका ग्राहकलाई होटल यार्सामा विशेष छुट 

    काठमाडौं । प्रभु बैंक र होटल यार्साबिच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
    होटल यार्सा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।
    यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले होटल कोठामा १५५ छुट र खाना तथा पेय पदार्थमा ५५ छुट पाउनेछन् । यो अफरहरूले ग्राहकहरूलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहयोग गर्नेछ ।
    जिरी स्वच्छ हावा, शीतल मौसम र प्राकृतिक सौन्दर्यका लागि प्रसिद्ध छ । यो स्थान पदयात्राका लागि, पारिवारिक घुमघामका लागि र शान्त वातावरण तथा रोमाञ्च खोज्ने जोकोहीका लागि उपयुक्त गन्तव्य हो ।
  • सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा मधेस प्रदेशमा वृक्षारोपण सम्पन्न  

    सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा मधेस प्रदेशमा वृक्षारोपण सम्पन्न  

    काठमाडौं । ‘बिट द प्लास्टिक ’भन्ने मूल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल जेठ २६ गते सोमबारको दिन मधेस प्रदेशको धनुषामा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
    विश्व वातावरण दिवस २०२५ को अवसर पारेर मधेस प्रदेश, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३, मणि मण्डपमा करिब १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपेर बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरूमा  स्वस्थ शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेका छ ।
    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोन पे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख भन्दा बढी ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।
  • ग्लोबल आईएमई बैंकको हाइकिङमा मच्छेगाउँदेखि चम्पादेवीसम्म डेढ सय केजी प्लाष्टिक फोहोर संकलन

    ग्लोबल आईएमई बैंकको हाइकिङमा मच्छेगाउँदेखि चम्पादेवीसम्म डेढ सय केजी प्लाष्टिक फोहोर संकलन

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्म एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ ।

    विश्व वातावरण दिवसको अवसर पारेर कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा गरिएको हाइकिङको क्रममा करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरिएको थियो ।

    हाइकिङ रुटमा स्थानीय समुदायबाट उत्पादित बाँसको डोको (डस्टबिन) समेत राखिएको छ । संकलित फोहोर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको थियो ।

    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिका प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखाका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वंसेवकहरू उपस्थित थिए ।

    बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादनको प्रवर्द्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासमा योगदान दिँदै आएको बैंकले जनाएको छ । विश्व वातावरण दिवसकै दिन बैंकले देशभर १८ हजार वृक्षारोपण गरेको थियो ।

    ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो ।

    ७७ वटै जिल्लामा शाखा रहेको यो बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटीएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्र छ ।

    बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ  ।

  • सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा वृक्षरोपण

    सिटिजन्स बैंकद्वारा कोशी प्रदेशमा वृक्षरोपण

    काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार कोशी प्रदेशको विराटनगरमा बृहत वृक्षरोपण गरेको छ । विश्व वातावरण दिवस २०२५ को दिन बृहत वृक्षरोपणअन्तर्गत विश्वकर्मा चोक वडा नम्बर ८ मा करिब १०० भन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

    संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरुमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठमन्दिरहमा सहयोग गरेको छ ।

    हालैमात्र विश्वको प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’को उपाधि पाउन सफल बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।

    साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रसबैंक टेलर सुविधा, जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिनेसमेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइबाट १८ लाख ९८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

  • कजारियाले नेपाली बजारमा ल्यायो पहिलो र एकमात्र एचडी पोलिस्ड टायल

    कजारियाले नेपाली बजारमा ल्यायो पहिलो र एकमात्र एचडी पोलिस्ड टायल

    काठमाडौं । नेपाली बजारमा गुणस्तर र नवप्रवर्तनका लागि विश्वासिलो भारतको नं १ टायल कम्पनी कजारियाले आफ्नो सबैभन्दा प्रिमियम उत्पादन एचडी पोलिस्ड टायल (६०X१२० सेमि) सार्वजनिक गरेको छ । नेपालमा पहिलो पटक केवल कजारियामा मात्र उपलब्ध यो विशेष टायलले सौन्दर्य, मजबुती र अत्याधुनिक प्रविधिलाई एकसाथ जोड्दै देशमा लक्जरी फ्लोरिङको नयाँ पहिचान बनाएको कम्पनीको दाबी छ ।

    कजारियाका अनुसार विश्वस्तरीय मापदण्डअनुसार नवीनतम प्रविधिद्वारा निर्मित, एचडी पोलिस्ड टायल विशेषगरी भित्री सतहका लागि डिजाइन गरिएको हो । ऐना जस्तै चम्किलो, उच्च गुणस्तरीय प्रिन्ट, र सुपरस्मूथ फिनिश रहेको यस टायलले जुनसुकै ठाउँलाई अझ आकर्षक र भव्य बनाउने कम्पनीले जनाएको छ ।

    अत्यन्त टिकाउ, घिसावट प्रतिरोधी, न्यून पानी सोस्ने क्षमता भएको यो टाइल ५ तारे होटल, लक्जरी मल, उच्चस्तरीय शोरूम तथा अन्य प्रिमियम इनडोर स्पेसहरूको लागि उत्कृष्ट रोजाइ हो ।

    ‘यो केवल टायल होइन, विलासिताको अनुभव हो । नेपालमा यस्ता उच्च गुणस्तरको उत्पादन पहिलो पटक ल्याउन पाउँदा हामी गर्व गर्छौं । यो टायल शहरी क्षेत्रमा पहिले नै लोकप्रिय बनिसकेको छ र अब हामी नेपालका आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूलाई यस टायलमार्फत गुणस्तरमा नयाँ मापदण्ड प्रदान गर्न उत्साहित छौं’, कजारिया रामेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने ।

    उनले ६०X१२० सेमिको एचडी पोलिस्ड टायल सधैं उत्कृष्टता खोज्नेहरुका लागि बनाइएको बताए ।

    ‘उचित हेरचाहसाथ दशकौँसम्म टिक्ने गरी निर्माण गरिएको यो टायलले केवल ठाउँको सौन्दर्य बढाउनेमात्र होइन, सफाइ र मर्मतमा पनि सजिलो बनाउँछ । प्रिमियम प्रिन्ट र चम्किलो फिनिशसहित प्रत्येक टायलले भुइँलाई अझ आकर्षक र सुन्दर देखिने बनाउँछ’, उनले थपे ।

    ५ स्टार होटल, लक्जरी अपार्टमेन्ट, मल र अन्य व्यवसायिक स्थानहरूबाट बढ्दो मागसँगै, कजारियाको एचडी पोलिस्ड टायल नेपालमा प्रिमियम फ्लोरिङका लागि पहिलो रोजाइ बन्न थालेको छ । यसले कम्पनीलाई नेपाली टायल उद्योगमा विश्वस्तरीय उत्पादनहरूसहित अग्रणी स्थानमा राख्न कजारियाको गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ ।

    कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्डअनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३ हजारभन्दा बढी विशेष डिजाइन विकल्प प्रस्तुत गरेको छ ।

    नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी भरपर्दो डिलरको बढ्दो नेटवर्कको साथ कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बनेको छ । कजारियाले ३०X३० सेमि, ३०X६० सेमि, ३०X४५ सेमि, ६०X६० सेमि, ६०X१२० सेमि र १९.५X१२० सेमि जस्ता विभिन्न साइजमा वाल र फ्लोर टाइल्सको विस्तृत र आकर्षक विकल्पहरु उपलब्ध गराउँदै आएको छ ।

  • हिमालयन बैंकको न्यूरोड शाखा- २ ठमेलमा स्थानान्तरण, आजैदेखि सेवा सुरु

    हिमालयन बैंकको न्यूरोड शाखा- २ ठमेलमा स्थानान्तरण, आजैदेखि सेवा सुरु

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरुमध्ये न्यूरोड शाखा- २ लाई काठमाडौं महानगरपालिका– २७ ठमेलस्थित सञ्चय कोष भवनमा स्थानान्तरण गरेको छ ।

    स्थानान्तरण भएको शाखा ठमेल शाखा नामबाट जेठ २५ गतेदेखि सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा उक्त शाखाको शुभारम्भ गरेका हुन् ।

    हाल बैंकले नेपालभर फैलिएका १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८ हजारभन्दा बढी पीओएस टर्मिनलस् र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकका प्रेस तथा जनसम्पर्क अधिकृत शितल कोइरालाले जानकारी दिए ।

  • इला होटल्स एन्ड रिसोर्ट्सका होटलहरूमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

    इला होटल्स एन्ड रिसोर्ट्सका होटलहरूमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट होटल ग्रुपहरूमा पर्ने इला होटल्स एन्ड रिसोट्र्सबीच एससीटी-यूपीआई कार्डका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको छुट हुने सम्झौता भएको छ ।

    यस सम्झौतापश्चात यही जुन १ देखि डिसेम्बर ३१ सम्म बागलुङस्थित इला कमफर्ट र मौलाकालीस्थित इला होटेल्स एन्ड रिसोर्ट्समा एससीटी-यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एन्ड वेभेरेज बिल तथा रुमको महसुल दरमा १५ प्रतिशत छुट पाउनेछन् ।

    रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत एससीटी-यूपीआई कार्ड जारी गर्दै आएको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको एससीटीले जनाएको छ ।

    एससीटी-यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्न बताइएको छ ।

  • दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

    दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्ट हाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

    दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) दुबईमा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ (एलएलसी) पुनः सञ्चालनमा आएको छ ।

    नयाँ कन्सेप्टसहित नेपालीको पहिलो गेष्टहाउस (पाहुना घर) आठ वर्षदेखि सञ्चालनमा आएको थियो । उक्त रेष्टुरेन्ट तीन महिना बन्द थियो पुनस् सञ्चालनमा आएको हो ।

    दुबईमा दुई दशक भन्दा बढी बसोबास गरिरहेका युवा व्यवसायी राजेन्द्र गुरागाईंले उक्त रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।

    नेपालीहरु बढी भएको बरदुबईमा एलएलसीले नेपाली परिकार पस्किने मात्र नभई नेपालीपनकै झल्को दिनेगरी सञ्चालनमा ल्याइएको व्यवसायी गुरागाईंले जानकारी दिए ।

    सन् २०१८ मार्च २३ देखि सञ्चालनमा रहँदै आएको उक्त रेष्टुरेन्ट ३ महिना दुबई सरकार तथा दुबई नगरपालिकाले आन्तरिक कार्यका लागि भन्दै बन्द गरेको थियो ।

    उनका अनुसार जुन ४, २०२५ मा दुबई सरकार र नगरपालिका तथा दुबई अदालतले विधिवत रूपमा नेपालीकै नाममा अनुमति प्रदान गरिसकेको छ । नयाँ व्यवस्थापन नयाँ सजावटसहित पुनस् सञ्चालनमा ल्याइएको गुरागाईले बताए ।

    नेपाली समुदायको बाहुल्य रहेको बरदुबईमा दुबई सरकारको सम्पदा सूचीमा रहेको भवन भित्र सञ्चालनमा आएको छ । उक्त रेष्टुरेण्टमा नयाँ–नयाँ नेपाली परिकारको स्वाद चाख्न पाइने सञ्चालक गुरागाईंले जानकारी दिए ।

    रेष्टुरेण्ट सम्पूर्ण ग्राहक तथा सेवाग्राहीहरुलाई खुला भइसकेको उनको भनाइ छ ।

  • ग्लोबल आइएमई बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालन

    ग्लोबल आइएमई बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालन

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर विद्युतीय सवारी साधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेशन स्थापना गरेको छ । बैंकको आफ्नो कर्पोरेट कार्यालय कमलादीमा उक्त चार्जिङ स्टेसन स्थापना गरेको हो ।

    आज बिहीबार आयोजित एक विशेष कार्यक्रमकाबिच बैंकका सञ्चालक कृष्ण प्रसाद शर्मा, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले सम्युक्तरुपमा उक्त चार्जिङ स्टेसनको समुद्घाटन गरेका छन् । गाडी चार्ज प्रा.लिसँगको सहकार्यमा बैंकले स्थापना गरेको सिसिटू सिगंल गनको ४० किलोवाट क्षमता रहेको छ ।

    उक्त चार्जिङ स्टेसनमा बैंकमा सेवाको लागि आउने ग्राहक र बैंकको कर्मचारीहरूलाई आफ्नो ई भी गाडी चार्ज गर्न व्यवस्था गरिएको छ । पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोगकर्ता बढेसँगै बैंकमा आउने ग्राहकहरूको सवारी साधनलाई लक्षित गरी बैंकले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो ।

    उक्त कार्यक्रममा बैंकका सञ्चालक शर्माले बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गरी वातावरण अनुकूल ई भी सवारी साधनको प्रवर्द्धनको एक पहलको रूपमा यस चार्जिङ स्टेसनको स्थापना गरेको जानकारी दिए । साथै, बैंकले आफ्नो व्यवसाय विस्तारसँगै वातावरणमैत्री उपायहरू अवलम्बन गरिरहेको समेत उल्लेख गरे ।

    साथै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकप्रति प्रतिबद्ध रहेको बताए । उनले ग्लोबल आइएमई बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा १८ हजार बिरुवा रोपण गरिरहेको बताउँदै बैंकले वातावरण मैत्री प्रोडक्टहरु ल्याएर वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरणमा काम गरिरहेको बताए । उनले ग्लोबल आइएमई बैंकले सञ्चालन गरेको इभि चार्जिङ स्टेसन अन्य बैंक तथा वित्तीय संस्थाहरूले समेत अबलक्बन गर्ने विश्वास व्यक्त गरे ।

    उक्त कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्ज प्रा.लि.को प्रतिनीधीहरुको उपस्थिति रहेको थियो ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको वेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक फरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • दराजले ल्यायो गर्मीको किनमेल लक्षित ६.६ मेगा मिड इयर सेल

    दराजले ल्यायो गर्मीको किनमेल लक्षित ६.६ मेगा मिड इयर सेल

    काठमाडौं । दराज नेपालले ६.६ मेगा मिड इयर सेलको घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८०% सम्मको बृहत छुट, निःशुल्क होम डेलिभरी सुविधा र १ करोड रुपैयाँ बराबरका भौचरहरूको व्यवस्था गरिएको छ ।  यो धमाकेदार सेल जेठ २३ गते देखि जेठ २७ गते सम्म सञ्चालन हुने जानकारी दिइएको छ ।

    ६.६ मेगा मिड इयर सेल मार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरू मा फ्ल्याट ६६% सम्मको आकर्षक छुट पाउन सकिने व्यवस्था गरेको छ । जस अन्तर्गत, प्लेटिनम ब्रान्ड पार्टनर सिताफिल, आइविबी र एंकर मार्फत ११% सम्म छुट, गोल्ड ब्रान्ड नाइकमा ५०% सम्मको छुट र सिल्भर ब्रान्डहरू र्‍होटो र न्यानो डायपर्स मार्फत ४०% सम्मको छुटको व्यवस्था गरिएको छ ।

    ६.६ को विशेष आकर्षणका रुपमा फास्टेस्ट फिंगर फ्ल्यास सेल अभियान रहने जानकारी दिइएको छ । यस मार्फत ग्राहकहरूले मध्यरात, बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे, रु. ६ मा उपलब्ध गरिने अत्यन्तै सीमित अफरहरूमा आफ्नो सहभागिता जनाएर लाभ लिन सक्नु हुनेछ ।

    दराजले यस पटकको सेललाई छुटहरूका लागि अवसरका रुपमा मात्र नभई, शानदार उपहारहरू पनि प्रदान गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले दुई विशेष फिचरहरू, एड टू कार्ट खण्ड वतन र बाई खण्ड विनको व्यवस्था गरेको छ । यस उपहार योजना अन्तर्गत ६ जना भाग्यमानी विजेताहरूको छनोट गरी तिनका लागि आकर्षक पुरस्कारहरु प्रदान गरिने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

    एड टू कार्ट खण्ड वतन अन्तर्गत, रु. १०,००० भन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकहरू मध्ये ५ जना भाग्यशाली विजेताहरुको  छनौट गरिनेछ । छनोटमा परेका भाग्यशाली विजेतालाई रु. ९,००० सम्मका उपहारहरू प्रदान गरिनेछ । त्यसै गरी, बाई खण्ड वतन अन्तर्गत, कम्तीमा रु. ५,००० को सामग्री खरिद गर्ने ग्राहकहरू मध्ये १ जना भाग्यमानी विजेता लाई रु. ५२,५०० बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

    ६.६ सेल मार्फत उपभोक्ताहरुले अझ बढी बचत गर्न सक्नुहोस् भन्ने सोचका साथ कम्पनीले आफ्ना उपभोक्ताहरु लाई  बेस्ट प्राइस ट्याग भएका उत्पादनहरु खोज्न नबिर्सनुहुन अनुरोध पनि गरेको छ  । यसरी बेस्ट प्राइस ट्याग भएका उत्पादनहरु कुनै उपभोक्ताले नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा फेला पारेमा र निर्धारित योग्यताको मापदण्ड पुरा गरेमा ती उपभोक्ताले दराजका तर्फबाट मूल्य अन्तरको दोब्बर रकम फिर्ता पाउन सक्नेछन् । यसका साथै, दराजले अनलाइन  किनमेल अनुभवलाई अझ विश्वासिलो र झन्झटमुक्त बनाउने सोचका साथ सजिलो र पारदर्शी १४ दिनको रिटर्न तथा रिफन्ड प्रक्रिया पनि उपलब्ध गराउँदै आइरहेको छ ।

    १४ दिनको रिटर्न तथा रिफन्ड पोलिसिको लाभ उठाउनका लागि उपभोक्ताले आफ्नो दराज एकाउन्टमा लग इन गर्नुपर्ने हुन्छ । त्यस पश्चात, रिटर्न ÷ रिफन्ड बटन थिचेर रिटर्न प्रक्रिया सुरू गर्नुपर्दछ, फिर्ताको कारण उल्लेख गरी,  रिटर्न शिपमेन्ट टाइप चयन गर्नुपर्ने हुन्छ । लगतै, इच्छाइएको रिटर्न विकल्प चयन गरी रिटर्न तथा रिफन्डको अनुरोध गर्न सक्नु हुनेछ ।  यस प्रक्रियालाई सजिलो बनाउन दराजले ईन्स्ट्रक्शनल भिडियो पनि तयार पारी हेर्न र जानकारी लिनका लागि उपलब्ध गरेको छ ।

    दराजले तपाईंलाई सहज किनमेल अनुभव मात्र होइन, विश्वासिलो सेवा को पनि भरोसा दिन्छ । तसर्थ, निर्धक्क किनमेल गर्नुहोस्, र सामग्री निर्धारित गुणस्तर अनुसार नपरेमा वा मन नपरेमा सजिलै फिर्ता गर्नुहोस् ।

    दराज नेपालको ६.६ सेल सम्बन्धी थप जानकारीका लागिः
    www.daraz.com.np मा भ्रमण गर्नुहोस्
    दराज एप प्रयोग गर्नुहोस् वा
    दराज नेपालको फेसबुक पेज हेर्नुहोस् ।

  • नबिल बैंकलाई ‘द बैंकर्स टेक्नोलोजी अवार्ड, २०२५’ एसिया-प्रशान्त क्षेत्र प्रदान

    नबिल बैंकलाई ‘द बैंकर्स टेक्नोलोजी अवार्ड, २०२५’ एसिया-प्रशान्त क्षेत्र प्रदान

    काठमाडौं। नबिल बैंकलाई एसिया–प्रशान्त क्षेत्रका लागि ‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ प्रदान गरिएको छ। बैंकिङ क्षेत्रमा नवप्रवर्तन, डिजिटल चुस्तता र नेतृत्व क्षमताका आधारमा दिइने यो पुरस्कार अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ।

    विश्वप्रसिद्ध फाइनान्सियल टाइम्स समूहअन्तर्गतको द बैंकर्सले प्रदान गर्ने यो अवार्ड नबिल बैंकले अपनाएको प्रविधिमैत्री सोच, दृष्टिकोण र ग्राहकको अनुभवमा ल्याएको डिजिटल क्रान्तिमा गरेको कामको मूल्यांकनका आधारमा प्रदान गरिएको नबिल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए।

    ‘यो अवार्डले बैंकको सेवालाई अझ प्रविधिमैत्री तथा ग्राहकमैत्री बनाउन प्रोत्साहन मिलेको छ,‘ उनले भने। नबिल बैंकले आफ्नो स्थापनाकाल देखि नै प्रविधिलाई प्राथमिकतामा राखेको बताउँदै उनले भने, ‘नबिलले बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग गर्दै नयाँ आयाम थप्दै सेवाग्राहीलाई सुविधा सम्पन्न सेवा दिँदै आएको छ।‘ बैंकले पछिल्लो समय डिजिटल सेवालाई प्राथमिकतामा राख्दै दिगोपनामा पनि जोड दिएको छ। कागजी प्रक्रियालाई हटाउँदै, डिजिटल माध्यममार्फत सहज, छरितो र पारदर्शी सेवा दिने बैंकको प्रयासलाई उक्त अवार्ड प्रदान गरिएको हो।

    ‘प्रविधिलाई नवप्रवर्तनको शक्ति मानेर हामीले रूपान्तरणमा केन्द्रित रणनीति अपनाएका छौं, आर्टिफिसियल इन्टेलिजेन्स, डाटा एनालिटिक्स र एनबैंक एपमार्फत ग्राहकअनुकूल सेवा प्रवाहमा सुधार गरिरहेका छौं,’ ज्ञवालीले भने । यस अवार्डले बैंकलाई अझ चुस्त र प्रविधि केन्द्रित सेवा प्रदान गर्न प्रेरित गरेको उनको भनाइ छ।

    सन् १९८४ मा स्थापना भएदेखि नै नबिल बैंकले नेपालमा बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगको थालनी गरेको हो । नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङ प्रणाली ल्याएर नबिलले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको बीउ रोपेको थियो। त्यसयता, नेपालकै पहिलो ओपन बैंकिङ इनिसिएटिभदेखि लिएर आजसम्म नबिल बैंकले प्रविधि र नवप्रवर्तनलाई आफ्नो परिचय बनाउँदै आएको छ।

    नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ। नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ।

  • सिटिजन्स् बैंक र लाईफ क्युइस्ट क्लिीनिकल ल्याब बीच समझदारी

    सिटिजन्स् बैंक र लाईफ क्युइस्ट क्लिीनिकल ल्याब बीच समझदारी

    काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र पानीपोखरी, काठमाडौं स्थित लाईफ क्युइस्ट क्लिीनिक ल्याब प्रा.ली.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले लाईफ क्युइस्ट क्लिीनिक ल्याब प्रा.ली मा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९८ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • सिद्धार्थ बैंकका ग्राहकलाई बिराटनगरको गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्म छुट

    सिद्धार्थ बैंकका ग्राहकलाई बिराटनगरको गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्म छुट

    काठमाडौं । सिद्धार्थ बैंक र गोल्डेन हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेड ९दर्ता कार्यालय जनपथ टोल–११, विराटनगर० का प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंक लिमिटेड (केन्द्रीय कार्यालय नक्साल, काठमाडौं) का विराटनगर शाखा प्रबन्धक सूर्य प्रसाद शर्मा बीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

    सम्झौता अनुसार बैंकका ग्राहकहरुले बिराटनगर स्थित गोल्डेन हस्पिटलमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ ।

    फोनः ०१ – ५९७००२०
    ईमेलः customercare@sbl.com.np

    बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।

  • कजारियाको नयाँ शोरूम भैंसेपाटी, ललितपुरमा उद्घाटन

    कजारियाको नयाँ शोरूम भैंसेपाटी, ललितपुरमा उद्घाटन

    काठमाडौं । कजारियाले भैंसेपाटी, ललितपुरमा आफ्नो नयाँ शोरूम उद्घाटन गरेको छ। क्लासिक मार्बल प्रा.लि. द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।

    उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दामोदर खड्काको उपस्थिति रहेको थियो। साथै, कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भुषण तिवारीको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो। यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरे ।

    समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दामोदर खड्काले नयाँ शोरूमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने, “भैंसेपाटीमा कजारियाको यस नयाँ शोरूमको उद्घाटन क्षेत्रीय विकासतर्फको एक महत्वपूर्ण कदम हो । यस रणनीतिक विस्तारले स्थानीय व्यापारिक अवसरहरू बढाउनुका साथै हाम्रा आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई अब उत्कृष्ट गुणस्तरका विश्वस्तरीय टायलहरू आफ्नै शहरमा सहज रूपमा उपलब्ध गराउनेछ।”

    ललितपुर जिल्लाको महत्वपूर्ण क्षेत्र भैंसेपाटीमा रहेको यो नयाँ शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ। यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ।

    प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।

    कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ।

    नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। कजारियाले ३०x३० से.मी., ३०x६० से.मी., ३०x४५ से.मी., ६०x६० से.मी., ६०x१२० से.मी. र १९.५x१२० से.मी. जस्ता विभिन्न साइजमा वाल र फ्लोर टाइल्सको विस्तृत र आकर्षक विकल्पहरु उपलब्ध गराउँछ। प्रत्येक टायलले तपाईंको घर वा टायल लगाएको ठाउँलाई सुन्दर र आकर्षक देखाउन सहयोग गर्ने गरी डिजाइन गरिएको छ। गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ।