Category: कर्पोरेट प्रेस

  • पूर्वमौद्रिक नीति छलफल : निजी क्षेत्रका अगुवादेखि गभर्नरसम्मले के भने ?

    पूर्वमौद्रिक नीति छलफल : निजी क्षेत्रका अगुवादेखि गभर्नरसम्मले के भने ?

    काठमाडौँ । नेपाल व्यवस्थापन संघको आयोजनामा प्रि–मनिटरी पोलीसी डिस्कसन (पूर्व मौद्रिक नीति छलफल), नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधिहरू, बैंकर्स, व्यवसायी, विज्ञ लगायत महत्वपूर्ण व्यक्तिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहन ओझाले आगामी मौद्रिक नीतिले अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गरी अर्थतन्त्र चलायमान बनाउने अपेक्षा रहेको बताए ।

    कार्यक्रममा विशेष मन्तव्य राख्दै नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलले अहिले आर्थिक परिसूचकहरू सकारात्मक रहेकोले अर्थतन्त्रलाई गति प्रदान गर्न सकिने बताए । ‘अहिले बैंकमा पर्याप्त निक्षेप छ । विदेशी मुद्रा सञ्चिति १८ अर्ब अमेरिकी डलर भन्दा धेरै छ । मुद्रास्फिति र ब्याजदर न्यून छ,’ उनले भने, ‘अर्थतन्त्रलाई अगाडि बढाउने इच्छाशक्ति पनि छ । पूर्वाधार पनि बनिरहेको छ । तर जसले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनुपर्ने हो उनीहरू तयार भैरहेका छैनन् ।’

    गभर्नर पौडेलले अर्थतन्त्रको बलियो जग निर्माण गर्न कृषि, ऊर्जा, साना मझौला उद्यमका लागि निर्देशित कर्जा नीति लिइएको भएपनि त्यसमा खराब कर्जा बढ्नु चिन्ताजनक रहेको बताए । उनले अवसर र सम्पत्तिको केन्द्रीकरण भए त्यसले अस्थिरता ल्याउने भएकाले समतामूलक समाज निर्माणमा जोड दिनुपर्ने बताए ।

    कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा आफ्नो धारण राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बजारलाई प्रतिस्पर्धी बनाउन आधार दर खारेज गर्नुपर्ने, काउन्टर साइक्लीकल बफर तत्काललाई कार्यान्वयन नगर्ने, तथा निर्देशिक कर्जा सम्बन्धी प्रावधानहरूलाई पुनर्विचार गर्नुपर्ने बताए । उनले कार्यशील पुँजी निर्देशिका ‘वन साइज फिट्स अल’को अवधारणा लागू गर्न नहुने उल्लेख गरे ।

    त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अपाध्यक्ष हेमराज ढकालले कार्यशील पुँजीको आवश्यकता झनै बढिरहेको समयमा कार्यशील पुँजीमा सीमा तोक्ने कार्यले अर्थतन्त्रमा माग सिर्जना गर्न नसक्ने भन्दै कार्यशील पुँजीसम्बन्धी निर्देशिका क्षेत्र विशेष र आवश्यकतामा आधारित अध्ययनबाट निर्देशित हुनुपर्ने बताए ।

    नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले ऋण—मूल्य अनुपातमा पटक—पटक गरिने परिवर्तनले सबै सवारी साधन एवं घरजग्गा लगायतका व्यवसायलाई प्रभावित पारेको भन्दै नेपाल राष्ट्र बैंकले सुक्ष्म बन्दोबस्तीमा नलागी बैंक तथा वित्तीय संस्थाले नै ऋणीको आवश्यकता हेरेर सहुलियत कार्यान्वयन गर्ने जिम्मेवारी दिनुपर्ने बताए । मल्होत्राले राष्ट्र बैंकले २०७७÷७८ मा २७ प्रतिशत कर्जा वृद्धि हुने गरी विभिन्न सहुलियत प्रदान गरेको र लगत्तैको आर्थिक वर्षबाट कसिलो मौद्रिक नीति लिदाँ अर्थतन्त्र सुस्त भएको धारणा राखे ।

    नेपाल व्यवस्थापन संघले हरेक वर्ष विभिन्न क्षेत्रका सरोकारवाला र नीति निर्माताको सहभागितामा प्रि–मनिटरी पोलीसी डिस्कसन आयोजना गर्दै आएको छ ।

  • साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, भित्रियो १५ खर्ब ३२ अर्ब 

    साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, भित्रियो १५ खर्ब ३२ अर्ब 

    काठमाडौं । विप्रेषण (रेमिट्यान्स) आप्रवाह साढे १५ प्रतिशतले बढेको छ । चालू  आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।

    एक महिनामै रेमिट्यान्स एक खर्बभन्दा बढी भित्रिएको छ । २०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड रहेको थियो ।

    चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।

    यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर)  १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रहेको थियो ।

    चालू आवको ११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो ।

     

  • डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै

    डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै

    काठमाडौं । डिशहोमले नेपालको इन्टरनेट र टिभी क्षेत्रका ग्राहकहरूको अनुभवलाई नयाँ आयाम दिने उद्देश्यका साथ, आफ्नो ग्राहक सेवा एप, “माइ डिशहोम एप” मार्फत चाँडै ग्राहक भर्चुअल प्रिभिलेज कार्ड नामक विशेष सेवा उपलब्ध गराउने भएको छ ।

    यो सुविधा नेपालकै इन्टरनेट र टिभी क्षेत्रमा पहिलो पटक ल्याउन लागिएको हो, जसले कनेक्टिभिटी मात्र होइन, ग्राहकको दैनिक जीवनशैलीमा थप लाभ प्रदान गर्ने उद्देश्य राख्दछ ।

    डिशहोम ग्राहक प्रिभिलेज कार्ड पूरै भर्चुअल कार्ड हो, जुन एक्टिभ सदस्यता भएका ग्राहकहरूको माइ डिशहोम एपमा स्वचालित रूपमा देखिनेछ । यस कार्डमार्फत ग्राहकहरूले २५% सम्म छुट पाउन सक्नेछन्, जुन विभिन्न साझेदार सेवाहरूमा लागू हुनेछ ।

    होटल, क्याफे, रेस्टुरेन्ट, अस्पताल, शैक्षिक संस्था, स्किनकेयर तथा वेलनेस सेन्टर, फिटनेस क्लब, मोबाईल एक्सेसोरिज, इलेक्ट्रोनिक्स आउटलेट, होम अप्लायन्सेस, सपिङ मल, अटोमोबाइल शोरूम लगायतका विविध क्षेत्रमा डिशहोमले सहकार्य गर्दैछ, जसले ग्राहकहरूलाई दैनिक जीवनमा थप सुविधाजनक बनाउनुको साथै आर्थिक छुट पनि प्रदान गर्नेछ ।

    “डिशहोमले उत्कृष्ट डिजिटल मनोरञ्जन र इन्टरनेट सेवामात्र होइन, ग्राहकको दैनिक जीवनशैलीमा पनि अर्थपूर्ण योगदान दिन चाहन्छ,” डिशहोमका प्रमुख कार्यकारी अधिकृत- तारा मानन्धरले  बताए । “यो भर्चुअल प्रिभिलेज कार्डमार्फत हामी आफ्ना ग्राहकहरूलाई थप लाभ दिने डिजिटल जीवनशैली ईकोसिस्टम तयार गर्दैछौं ।”

    यो कार्ड केवल ग्राहकको सदस्यता सक्रिय अवस्थामा मात्र एपमा देखिनेछ, जसले यसलाई सुरक्षित र विशेष बनाउँछ। सेवा सुरु भएपछि ग्राहकहरूले “माइ डिशहोम एप” बाट डिजिटल कार्ड देखाएर सहभागी आउटलेटहरूमा छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

    डिशहोमले नवीनताको नेतृत्व गर्दै आइरहेको छ र यो नयाँ पहलले नेपालको डिजिटल जीवनशैली परिवर्तन को यात्रामा कम्पनीको अग्रणी भूमिकालाई थप सुदृढ बनाउनेछ ।

    ग्राहकहरूलाई प्ले स्टोर वा एप स्टोर बाट माइ डिशहोम एप डाउनलोड वा अपडेट गर्न आग्रह गरिन्छ, ताकि उनीहरूले चाँडै आउने यो सुविधाको लाभ लिन तयार रहुन् ।

  • आकर्षक अफरसहित दराजद्वारा ७.७, ‘ह्वाट द फ्ल्यास’ सेलको घोषणा

    आकर्षक अफरसहित दराजद्वारा ७.७, ‘ह्वाट द फ्ल्यास’ सेलको घोषणा

    काठमाडौं । नेपालकै अग्रणी अनलाइन शपिंग प्लेटफर्म दराज नेपालले आफ्नो बहु—प्रतीक्षित ७.७, “ह्वाट द फ्ल्यास” सेलको घोषणा गरेको छ । ७०% सम्मको छूट, निःशुल्क डेलिभरी, र रु. ६० लाख बराबरका भौचरहरू सहित यो अभियान असार २३ (जुलाई ७) देखि असार २७ (जुलाई ११) सम्म चल्ने जानकारी दिइएको छ । सेल मार्फत नेपाली उपभोक्ताहरूलाई धमाकेदार किनमेल अनुभव प्रदान गर्ने लक्ष्य दराज नेपालले लिएको छ ।
    यस वर्षको ७.७ सेलमा स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको आकर्षक संयोजन देख्न पाइनेछ । जारा , एचएण्डएम, एचआरएक्स र यूएस पोलो लगायतका सात प्रतिष्ठित ब्रान्डले दराजमा आफ्नो कलेक्सन प्रस्तुत गर्नुका साथै प्रत्येकले ७—७ ओटा विशेष उत्पादनहरू केवल रु. ७७७ मा उपलब्ध गराउनेछन् । मामाअर्थ, भ्यान्स, कन्भर्स, नाइकी लगायतका सय भन्दा बढी अग्रणी एफएमसीजी तथा फेसन ब्रान्डहरूले फ्ल्याट ५०% छुट उपलब्ध गराउने छन् । यसबाहेक उपभोक्ताहरुका लागि रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ, फास्टेस्ट फिंगर फ्ल्यास सेल मार्फत छानिएका उत्पादनहरु रु. ७, रु. ७७, रु. ७७७, र रु. ७,७७७ मा पाइने अफरहरू पनि उपलब्ध हुनेछन् ।
    ७.७ सेलको उद्देश्य केवल छुटमा मात्र सिमित नभई नेपाली उपभोक्ताका लागि उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्नु पनि हो । सेलले स्वास्थ्य र सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत थप विभिन्न श्रेणीमा अत्याधुनिक अफरहरूका साथ उपभोक्ताहरूलाई रोमाञ्चित बनाउने कम्पनीले आशा लिएको छ ।
    दराजले ग्राहकहरूका लागि बेस्ट प्राइस ग्यारेन्टिड (बीजीपी) सुविधा पनि प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्तर्गत यदि कुनै ग्राहकले त्यही उत्पादन नेपालमा रहेको अरु कुनै अनलाइन प्लेटफर्ममा यसमा निर्धारित भन्खा सस्तो मूल्यमा पाउँछन् भने, दराजले तिनलई मूल्य अन्तरको दोब्बर रकम फिर्ता पुरस्कार स्वरुप प्रदान गर्नेछ । तर, यसका लागि सर्तहरू भने लागू हुनेछन् ।
    यस सेल अन्तर्गत, रु. ४९९ वा सोभन्दा बढी खर्च गरेपछि छानिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सकिनेछ । ग्राहकहरूले यस सुविधाको उपयोगार्थ, दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी भौचर संकलन गर्नुपर्ने हुन्छ ।
  • हिमालयन बैंकले एफपीओ जारी गर्ने, सेबोनले दियो अनुमति 

    हिमालयन बैंकले एफपीओ जारी गर्ने, सेबोनले दियो अनुमति 

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हिमालयन बैंकलाई एफपीओ बिक्री गर्न अनुमति दिएको हो ।

    सेबोनले बैंकलाई १ अब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँ दरमा एफपीओ बिक्री गर्ने भएको छ ।

    बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।

  • एससीटीले ल्यायो स्मार्ट जुलाई अफर: बिगमार्टमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा छुट !

    एससीटीले ल्यायो स्मार्ट जुलाई अफर: बिगमार्टमा एससीटी-यूपीआई कार्डबाट भुक्तानी गर्दा छुट !

    काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा SCT-UPI कार्ड प्रयोगकर्ताहरूका लागि Smart july अफर ल्याएको छ ।

    जुलाई १, २०२५ देखि सुरु भएको यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा SCT-UPI कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु १०० हुने गरी छुट प्राप्त गर्नेछन् । यो छुट पाउँन SCT-UPI कार्ड प्रयोग गरी POS मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ । SCT ले यस अघि बिगमार्टमै SCT Smart Wednesday अफर दिँदै आएको थियो जसमा SCT-UPI कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार SCT-UPI कार्डबाट भुक्तानी गर्दा १०% छुट पाउनु हुन्थ्यो । सो अफर अगस्टको पहिलो बुधबार देखि पूर्ण सुचारु हुनेछ । यो छुट SCT को सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका SCT-UPI कार्ड प्रयोगकर्ताहरूले पाउनु हुनेछ ।

    एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ । यस अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT-UPI कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UPI कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।

  • एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

    एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

    काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच विश्वका विभिन्न देशहरुबाट नेपालमा आएका अलीपे+ नेटवर्क प्रयोग गर्ने पर्यटकहरुले नेपालपे क्युआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने गरी सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अलीपे+ मा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ्ग एप मार्फत यस बैंकले उपलब्ध गराएको नेपालपे क्युआर मर्चेन्टहरुमा सोझै भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध भएको छ ।

    उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानूले हस्ताक्षर गरेका छन् ।

    अलिपे+ नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी लगायतका देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरु आवद्ध रहेका छन् । यस सम्झौतापछि यस बैंकमा जोडिएका मर्चेन्टहरुले अलिपे+ नेटवर्कमा जोडिएका मुलुकहरुका पर्यटकहरुले नेपालपे क्युआर मार्फत गर्ने भुक्तानी सहजै प्राप्त गर्न सक्नेछन् । बैंक र एनसीएचएलबीच भएको यस सम्झौताले मुलुकको अन्तरदेशीय क्युआर भुक्तानीमा समेत प्रवद्र्धन गरी नेपालमा आउने पर्यटकहरुका लागि सहजै भुक्तानी गर्ने सेवा उपलब्ध गराएको छ ।

  • एभरेष्ट बैंकको १३३औँ शाखा बर्दिबासमा विस्तार

    एभरेष्ट बैंकको १३३औँ शाखा बर्दिबासमा विस्तार

    काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा मिति २०८२ साल असार १९ गते मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबास नगरपालिका वडा नं १ मा आफ्नो १३३औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । यस शाखाको उद्घाटनसँगै महोत्तरी बासीले अत्याधुनिक, सरल र सहज बैँकिङ्ग सुविधा लिन सक्ने विश्वास बैंकले गरेको छ ।
    बर्दिबास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा बर्दिबास नगरपालिका वडा नं १ का वडा अध्यक्ष भोला खड्का, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख पुष्प राज उप्रेती, बैंकका अन्य कर्मचारीहरू लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो ।
    बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
    पन्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका र देशै भरी १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, १६८ ATM  छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नयाँ दिल्ली लगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ.।
  • माईडीयाको ‘ब्लू स्माइल’ सिरिज माइक्रो ओभन सार्वजनिक

    माईडीयाको ‘ब्लू स्माइल’ सिरिज माइक्रो ओभन सार्वजनिक

    काठमाडौं । विश्वस्तरको घरेलु उपकरण निर्माता Midea ले नेपालमा आफ्नो नयाँ Blue Smile Series Microwave Oven को सार्वजनिक घोषणा गरेको छ। यो सिरिजमा प्रयोग गरिएको Inverter Quattro Technology ले खाना समान रूपमा तताउने, ऊर्जा–दक्ष र भरपर्दो कुकिङ अनुभव सुनिश्चित गर्दछ। साथै, यसमा दिइएको 10 Years Warranty on Magnetron ले दीर्घकालीन भरपर्दो प्रदर्शनको ग्यारेन्टी प्रदान गर्दछ।

    Blue Smile Series दुई भिन्न मोडेलहरूमा उपलब्ध छ, जसले उपभोक्ताको विभिन्न आवश्यकताअनुसार रोज्न सक्ने सुविधा दिन्छ। यसको डिजाइन स्मार्ट र स्टाइलिश छ, जुन नेपाली भान्सासँग सजिलै मेल खान्छ।

    प्रमुख विशेषताहरू:

    • Inverter Quattro Technology – Even heating & energy efficiency
    • 10 Years Warranty on Magnetron – Long-term reliability
    • Smart, Modern Design – User-friendly & elegant

    “Every Kitchen Deserves a Blue Smile”

    यस नयाँ सिरिजसँगै सुरु गरिएको यो अभियानले हरेक नेपाली भान्सामा खुसी, सहजता, र स्मार्ट टेक्नोलोजी ल्याउने उद्देश्य बोकेको छ।

    Midea एक अग्रणी विश्वव्यापी घरेलु उपकरण निर्माता हो, जसका उत्पादनहरू २०० भन्दा बढी देशहरूमा उपलब्ध छन्। Midea ले नवीन प्रविधिमार्फत उपभोक्ताको जीवनलाई अझ सहज बनाउने लक्ष्य लिएको छ।

    CG Electronics नेपालमा उपभोग्य इलेक्ट्रोनिक्स व्यापारको एक प्रतिष्ठित कम्पनी हो, जसले Midea उत्पादनहरू नेपालको बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीले विश्वस्तरीय सेवा र गुणस्तरीय उत्पादनमार्फत नेपाली उपभोक्तामा विश्वास निर्माण गर्दै आएको छ।

  • टाटाको ७.७ डिल्स लाइक नेभर विफोर – स्किमको लागि विशेष अवसर कुर्नु नपर्ने

    टाटाको ७.७ डिल्स लाइक नेभर विफोर – स्किमको लागि विशेष अवसर कुर्नु नपर्ने

    काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले यही असार १९ देखि २३ गते जुलाई ३ देखि ७ जुलाई सम्म ७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम आयोजना गर्दै छ । यस कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त नयाँ टियागो.इभी, पन्च.इभी, नेक्सन के ३.इभी, र कभ.ईभी एक्सचेन्ज तथा खरिद गर्न सकिनेछ ।

    ‘७.७ डिल्स लाइक नेभर विफोर’ कार्यक्रम अन्र्तरगत ग्राहकहरुलाई लक्षित गर्दै हरेक टाटा गाडीको खरिदमा जोडीका लागि थाइल्याण्ड भ्रमण, साथै एक वर्षको अटोप्लस बीमा, दुई आर्थिक वर्षसम्मको सवारीकर (AVT), एसेसोरिज, वारेन्टी अवधिभर चार्जिङ सेवा, चार्जिङ बक्ससहित जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन । सो अवसरमा ग्राहकहरुले नेपालभर रहेका टाटा मोटर्सको शोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरु अवलोकन तथा हरेक टेस्ट ड्राइभ, बुकिङ, र गाडी मूल्यांकन गर्दा ग्राहकहरूलाई आकर्षक उपहारहरू प्रदान गरिनेछ । एक जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरूप Iphone16 जित्ने अवसर समेत पाउनेछन ।

    पाँच दिनसम्म सीमित यस कार्यक्रमको अवधिमा टाटा मोटर्सको देशभर रहेका अधिकारिक शोरूमहरूमा यो कार्यक्रम संचालनमा हुने छ ।
    सिप्रदी ट्रेडिङले विद्युतीय यात्रालाई सहज, सुरक्षित र लाभदायक बनाउने प्रतिबद्धताका साथ, “७.७ डिल्स लाइक नेभर विफोर” लाई उपभोक्तामैत्री र मूल्यवर्धित अवसरका रूपमा प्रस्तुत गरेको हो ।

    इच्छुक ग्राहकहरूलाई यो अफर असार १९ देखि २३ (३ जुलाई देखि ७ जुलाई) सम्म मात्र उपलब्ध हुने भएकाले समयमै नजिकको शोरूममा सम्पर्क गर्न आग्रह गरिएको छ ।

  • ग्लोबल आइएमई क्यापिटलले ‘समुन्नत योजना–२’ म्युचुअल फन्ड निष्कासन गर्दै  

    ग्लोबल आइएमई क्यापिटलले ‘समुन्नत योजना–२’ म्युचुअल फन्ड निष्कासन गर्दै  

    काठमाडौं ।  ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना –२’ को इकाई सार्वजनिक निष्कासनमा ल्याउने भएको छ । क्यापिटलले यही असार २२ गतेदेखि म्युचुअल फन्डको बिक्री खुल्ला गर्ने भएको हो ।

    यो योजना प्रारम्भमा १ अर्ब २० करोडको कोष आकारबाट सुरु गरिने भएको छ । यदि माग उच्च भएमा २५ प्रतिशतले वृद्धि गर्दै अधिकतम १ अर्ब ५० करोडसम्म विस्तार गरिने तयारी रहेको छ ।

    योजना पूर्ण रूपमा म्युचुअल फन्ड नियमावली २०६७ अनुसार सञ्चालनमा ल्याइएको छ । यस योजनाले इक्विटी तथा निश्चित आम्दानीयुक्त साधनहरूमा लगानी गरी सन्तुलित रूपमा जोखिम व्यवस्थापन गर्दै लगानीकर्तालाई दीर्घकालीन लाभ दिने उद्देश्य राखिएको छ ।

    यो बन्दमुखी योजना हो । फन्डको नाम ग्लोबल आइएमई म्युचुअल फन्ड राखिएको छ भने योजनाको नाम ग्लोबल आइएमई समुन्नत योजना –२ राखिएको छ ।  यसको प्रति इकाई मूल्य १० रुपैयाँ पर्नेछ । सर्वसाधारणमा निष्कासन गरिने इकाईहरू १२ करोड रहेको छ । न्यूनतम लगानी १०० इकाईदेखि अधिकतम लगानी योजनाको १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाई गर्न सकिन्छ ।

    योजना अवधि इकाई बाँडफाँट मितिदेखि १० वर्ष राखिएको छ । प्राप्त मुनाफाबाट वितरण बाँकी रकम पुनः लगानी गरिने  लाभांश नीति राखिएको छ भने यो नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीबद्ध हुनेछ ।

    प्रारम्भिक लगानीमा १५ प्रतिशत फन्ड प्रायोजक र व्यवस्थापकको हुनेछ । व्यवस्थापन शुल्क नेट सम्पत्ति मूल्यको १.५० प्रतिशत र डिपोजिटरी शुल्क नेट सम्पत्ति मूल्यको ०.२० प्रतिशत रहने भएको छ ।

    क्यापिटलले यस योजनाको वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस अनुसार यस योजनाका इकाईधनीहरुले १० वर्षमा कुल २२४.९६ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् ।

    यस योजनाको अनुमानित आन्तरिक प्रतिफल दर १६.८८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । क्यापिटलले यस योजनाका इकाईधनीहरुलाई पहिलो ९ वर्षसम्म ८ प्रतिशत देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने सक्ने प्रक्षेपण गरेको छ ।

    ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गत हाल २ योजनाहरू सञ्चालनमा छन् । जसमध्ये समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरेको छ भने १०.१६ प्रतिशत फन्ड पुनरखरिद प्रतिफल दिएको छ ।

    यस योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यस योजनाको इकाईमा लगानी गर्नको लागि, लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

     

  • इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याएकी गोमालाई मीनबहादुरले एमबीबीएससम्म पढाइदिने

    इँटाभट्टामा काम गर्दै ४ जीपीए ल्याएकी गोमालाई मीनबहादुरले एमबीबीएससम्म पढाइदिने

    काठमाडौं । इँटाभट्टाको खलामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्मको पढाइदिने भएका छन् ।

    बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमबीबीएस पढाउने वाचासहित एक लाख रूपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्र दिए ।

    गोमालाई सेन्ट जेभियर्स कलेज, माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि गुरुङले आफ्नै खर्चमा गराउने प्रतिबद्धता जनाएका छन् । यसपछि एमबीबीएससम्मको अध्ययन खर्च समेत व्यहोर्ने वचन दिएका छन् ।

    यसअघि पनि गुरुङले विभिन्न विकट जिल्लाका धेरै विद्यार्थीहरूलाई पाटन विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइरहेका छन् । त्यही सूचीमा गोमा पनि थपिएकी हुन् ।

    गोमाले चाँगुनारायण नगरपालिका-८ स्थित सुडालको एक इँटाभट्टामा काम गर्दै आएकी थिइन् । उनी बिहान बेलुका इँटा सुकाउने काम थिइन् । कामको साथमा स्कुल पनि पढिरहेकी गोमा ४ जीपीए ल्याएपछि चर्चामा आएकी थिइन् ।

    उनले आफूलाई डाक्टर बन्ने चाहना भएको, तर आर्थिक अवस्था कमजोर रहेको समाचार बाहिरिएपछि गुरुङ दम्पतीले सहयोग गरेका हुन् ।

  • एमजी विन्डसर इभी नेपाली बजारमा भित्रियो, मूल्य कति पर्छ ?

    एमजी विन्डसर इभी नेपाली बजारमा भित्रियो, मूल्य कति पर्छ ?

    काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्सले एमजी विन्डसर इभी नेपाली बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै फयाँ गाडी नेपाली बजारमा ल्याएको जनकारी दिएको हो ।

    कम्पनीका अनुसार भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको छ। विन्डसर इभीले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम फिचरहरू उपलब्ध गराउने जनाईएको छ ।

    यस गाडीमा १३५ड्ढ रेक्लाइन हुने एरो लाउन्ज सिटहरू, ६०४ लिटरको ठुलो बुट स्पेस, र १५।६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ । विन्डसर इभीमा शक्तिशाली मोटर पावर रहेको छ । यसको ३८ किलोवाट ब्याट्रीले ३३२ किमीको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

    प्रिमियम अपिल बढाउन यसमा लेदरेट सिटहरू र स्मार्ट फ्लश डोर ह्यान्डल पनि राखिएका छन्। सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग राखिएको छ । साथै यो आईपी ७८ रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेस्टहरू पार गरेको छ। १८६ मिमि ग्राउन्ड क्लियरेन्सले रहेको छ ।

    ग्राहकहरूको मनोबल र भरोसा बढाउन, विन्डसर इभीमा ८ वर्षको ब्याट्री वारेन्टी रहेको छ। साथै, नेपालभर फैलिएको एमजीको डिलर नेटवर्कले बिक्री र सर्भिसमा उत्कृष्ट सेवा दिने कम्पनीको दाबी छ ।

    एमजी मोटर्स नेपालका प्रवक्ता सुनील बहादुर क्षेत्रीले एमजी विन्डसर इभीले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको बताए । यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्ने उनले दाबी गरे ।

    नेपालमा उपलब्ध अन्य एमजी गाडीहरूमा एमजी ४ इभी, एमजी कोमेट इभी, एमजी जेडएस इभी, र एमजी एस ५ इभी छन्। जसको मूल्य ३७ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रूपैयाँसम्म रहेको छ ।

     

  • स्मार्ट च्वाईस टेक्नोलोजिज र सांग्रिला डेभलपमेन्ट बैंक बिच एससीटी-यूपीआई कार्ड जारी गर्न सम्झौता

    स्मार्ट च्वाईस टेक्नोलोजिज र सांग्रिला डेभलपमेन्ट बैंक बिच एससीटी-यूपीआई कार्ड जारी गर्न सम्झौता

    काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र नेपाल राष्ट्र बैंकको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबिच SCT-UPI कार्ड जारी गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

    असार १२, २०८२ मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको कार्यलयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौता पत्र आदानप्रदान गरेका छन् । यस सम्झौता पश्चात सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि SCT-UPI कार्ड लिन सक्ने छन् ।

    एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UPI कार्ड जारी गर्दै आइरहेको छ । SCT ले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत SCT-UPI कार्ड र VISAकार्ड जारी गर्ने तथा UnionPay, VISA, RuPay, MasterCard तथा Discover कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।

    विगत दुई दशक देखि नेपाल भरि सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिदैं आएको SCT नेपालकै पहिलो डोमेसटिक कार्ड स्किम हो । SCT ले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई Smart QR, Smart Pay – IBFT (अन्तर बैंक भुक्तानी सेवा), Smart Banking मोबाइल बैंकिङ्ग लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

  • कुमारी बैंकका बचत खातामा बीमा सुविधा रोकिँदै

    कुमारी बैंकका बचत खातामा बीमा सुविधा रोकिँदै

    काठमाडौं । कुमारी बैंकले विभिन्न बचत खाताहरूमा प्रदान गर्दै आएको बीमा सुविधा रोक्ने भएको छ । बैंकले आफ्ना केही विशेष बचत खातामा दिँदै आएको बीमा सुविधा आगामी आर्थिक वर्षको श्रावण ३१ गतेपछि स्थगित गर्ने भएको हो ।

    बैंकले लामो समयदेखि परिवार सुरक्षा बचत खाता, कुमारी प्रिमियम तलब खाता, कुमारी रेमिट प्रिमियम खातालगायत विभिन्न खातामा बीमा सुविधा प्रदान गर्दै आएको थियो । यी खाताहरूमा ७ लाखदेखि २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गर्दै आएको थियो ।  यी खाताहरूमा भने बीमा सुविधा यथावत् राख्ने भएको छ ।

    त्यसबाहेक अन्य खाताहरूमा २०८२ श्रावण ३१ गतेपछि बीमा सुविधा कायम नहुने भएको छ । यस्तै यही असार १७ गतेपछि खोलिएका नयाँ खातामा बीमा सुविधा समावेश नगरिने समेत बैंकले जनाएको छ ।

    तर, यसअघि बीमा सुविधामा समावेश भइसकेका ग्राहकहरूले आगामी साउन ३१ गतेसम्मको स्वास्थ्य उपचारको बिल बैंक समक्ष दाबी गर्न सक्ने बैंकले जनाएको छ ।

     

  • स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

    स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

    काठमाडौं। विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । लाइकासँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन रहेको छ । घटाइएको नयाँ मूल्यले नेपाली प्रविधि प्रेमीहरूलाई अझ सजिलो हुने भएको छ ।

    शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले भने, “शाओमी १४टी नवीनता र उत्कृष्ट प्रविधिको प्रतीक हो । लाइका क्यामेरा र आधुनिक एआई सुविधाले यो फोनलाई नेपाली बजारमा लोकप्रिय बनाइसकेको छ । अहिलेको मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता रहेको छ ।”

    मुख्य विशेषताहरूः

    लाइका ट्रिपल क्यामेरा – ५०ःएमपी मुख्य, १२ःएमपी अल्ट्रा–वाइड र ५०ःएमपी टेलिफोटो लेन्सबाट प्रोफेशनल फोटो र ४के भिडियो खिच्न सकिने क्षमता । मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर – शक्तिशाली ४ नानोमिटर चिप र एलपीडीडीआर ५एक्स र्‍यामले छिटो र सहज प्रयोग अनुभव दिलाउनेछ ।

    १४४ हर्ज एमोलेड डिस्प्ले: ६.६७ इन्चको स्क्रिन, १.५के रिजोल्युसन र एचडिआर१०+ सपोर्ट । स्मार्ट फोटो मोड, दृश्य पहिचान र ब्याट्री बचतका लागि आधुनिक एआई उपकरणसमेत भएको । छोटो समयमा चार्ज र लामो ब्याकअपसहित ६७ वाट हाइपरचार्ज र ५००० मेघाहर्जको ब्याट्री, पानी र धूलो प्रतिरोधी तथा आईपी ६८ प्रमाणित सुरक्षा भएको ।

    नयाँ मूल्य (१२ जिबी + ५१२ जिबी) :
    अघिल्लो मूल्य  रु ६४,९९९/- घटाएपछिको नयाँ मूल्यरु ५९,९९९/-

    शाओमी १४टी स्मार्टफोन नेपालभरका शाओमी स्टोर र आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सकिन्छ । उच्चस्तरीय क्यामेरा, शक्तिशाली प्रदर्शन र किफायती मूल्यका कारण शाओमी १४टी स्मार्टफोन उत्कृष्ट बन्न पुगेको छ ।
    यो टाइटन ब्ल्याक, ग्रे र ब्लू तीन आकर्षक रङमा उपलब्ध छ ।

    विस्तृत जानकारीका लागि नजिकका शाओमी स्टोरहरुमा सम्पर्क गर्नु सक्नेछ ।

  • माइलेज च्याम्पियन सम्पन्न, चन्देश्वर सिंह विजयी

    माइलेज च्याम्पियन सम्पन्न, चन्देश्वर सिंह विजयी

    महोत्तरी । रामजानकी अटो बर्दिबासले बिर्ता फुटबल मैदान, गौशालामा ‘माइलिज च्याम्पियर्न’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । मोटरसाइकलको माइलेज प्रतिस्पर्धामा कुल ६५ सहभागीहरूले आ–आफ्नो दक्षता प्रस्तुत गरेका थिए ।

    यस प्रतिस्पर्धामा चन्देश्वर सिंहले ८९ किलोमिटरको उत्कृष्ट माइलेज हासिल गरी ‘विजेता’ बन्न सफल भए । त्यस्तै, शत्रुधन महतो ८३ किलोमिटर माइलजेसहित “पहिलो उपविजेता” बने भने ८० किलोमिटर माइलेजसहित ‘दोस्रो उपविजेता’को उपाधि गोपाल महतोले प्राप्त गरे ।

    कार्यक्रमले मोटरसाइकल प्रयोगकर्ताहरूमा इन्धनको उचित उपयोग र माइलेज वृद्धि गर्ने प्रविधि र सीपप्रति रुचि बढाएको आयोजकहरूले जनाएका छन् । उक्त कार्यक्रममा सहभागीहरूलाई स-धन्यवाद प्रमाणपत्र/सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

    माइलिज च्याम्पियन सफल रुपमा सम्पन्न भएको जानकारी गराउँदै प्लाटिना मोटरसाइकलको किफायति बारेमा आम जनमानसमा जानकारी हुने कम्पनीको बिश्वास रहेको छ । रामजानकी अटो बर्दिबासले आगामी दिनमा पनि यस्ता प्रेरणादायक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

  • बीटीएल इन्डिया र लिम्बिक एड्भर्टाइजिङबीच साझेदारी

    बीटीएल इन्डिया र लिम्बिक एड्भर्टाइजिङबीच साझेदारी

    काठमाडौं । नेपालको विज्ञापन क्षेत्रका लागि ऐतिहासिक मानिने उपलब्धिमा, भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड बीटीएल (BTL) ले नेपालको लिम्बिक एड्भर्टाइजिङसँग आधिकारिक रूपमा रणनीतिक साझेदारी गरेको छ। बजाज ट्युब्स (प्रा.) लिमिटेड जस्तो प्रतिष्ठित भारतीय व्यावसायिक समूहअन्तर्गतको बीटीएलले दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रमको क्रममा द सोल्टी होटल काठमाडौंमा सम्झौता पत्र (MoU) मा हस्ताक्षर गरेको हो।

    उक्त दुईदिने कार्यक्रममा ब्रान्डको रणनीति, बजार प्रवेश योजना, तथा दीर्घकालीन सहकार्यका विषयमा गहन छलफलहरू भएका थिए। यो सम्झौता अन्तर्गत लिम्बिक एड्भर्टाइजिङ अब नेपालमा बीटीएलको आधिकारिक ब्रान्ड कन्सल्टिङ तथा विज्ञापन साझेदार हुनेछ—जसले ठूलो भारतीय समूहले सीधै नेपाली एजेन्सीलाई आफ्नो सम्पूर्ण मार्केटिङ जिम्मेवारी दिएको उदाहरण बनाएको छ।

    सम्झौता कार्यक्रममा बजाज ट्युब्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवीन बजाज र प्रमुख सञ्चालन अधिकृत प्रिन्स बजाज नेपाल आई लिम्बिक एड्भर्टाइजिङको प्रबन्ध निर्देशक प्रज्ञा शर्मासँग सम्झौतामा हस्ताक्षर गरेका थिए ।

    ुहाम्रो उद्देश्य बीटीएलका प्रविधिमैत्री उत्पादनहरूलाई नेपाली घरघरमा पुर्‍याउनु हो। यसका लागि हामीले रणनीतिक दृष्टिकोण राख्ने लिम्बिकलाई विश्वास गरेका छौं,ुनवीन बजाजले भने ।

    अब लिम्बिक एड्भर्टाइजिङले ब्रान्डको रणनीतिक पोजिसनिङ, विज्ञापन अभियान, influencer मार्केटिङ , POS Branding, र  Brand Consulting को नेतृत्व गर्नेछ।

    “यति प्रतिष्ठित भारतीय समूहबाट सिधै विश्वास प्राप्त गर्नु हाम्रो लागि ठूलो अवसर र जिम्मेवारी हो। उपभोक्ताले उत्पादनको मूल्य बुझून् भन्ने उद्देश्यसहित हामी रणनीति र रचनात्मकतालाई सन्तुलनमा राखेर काम गरिरहेका छौं। प्राप्त रचनात्मक स्वतन्त्रता र स्पष्ट दिशाको आधारमा हामी नेपालमा बीटीएलका लागि फरक र प्रभावशाली अभियानहरू ल्याउँदैछौं।”,प्रज्ञा शर्मा, प्रबन्ध निर्देशक, लिम्बिकले भने ।

    बीटीएलका उत्पादनहरू—जसमा टेलिभिजन, एयर कन्डिशनर, र डीप फ्रिजरहरू आदि छन्—दिगोपन, गुणस्तर र किफायती मूल्यका आधारमा निर्माण गरिएका छन्। अब लिम्बिकको नेतृत्वमा, बीटीएल नेपालमा आफ्नो उपस्थिति बलियो बनाउँदै, विद्यमान ब्रान्डहरूलाई चुनौती दिने नयाँ विकल्पका रूपमा अघि बढ्न लक्ष्य लिएको छ।

     

  • एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बरहरु उपलब्ध गराउने

    एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बरहरु उपलब्ध गराउने

    काठमाडौं । एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि अब नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । साउनको दोस्रो साताभित्रै नयाँ सिमहरु वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्ञको नम्बरहरु वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेञ्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीहरुका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरु अपुग भएकोले नयाँ नम्बर रेञ्ज प्रदान गरिएको हो ।

    यो नयाँ नम्बर रेञ्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेशनल नम्बरिङ् अलोकेशन प्लान)को नियम अनुरुप जारी भएको हो । दूरसञ्चार सेवाहरु बाहेक विभिन्न महत्वपूर्ण कामहरु जस्तै वान टाइम पासवर्ड (ओटीपी) लिन, मोबाइल एप र वेबमा आधारित सेवाहरूका लागि साइन अप गर्नलगायत विभिन्न डिजिटल कारोबार गर्दा मोबाइल नम्बरको ठूलो आवश्यकता रहन्छ ।

    एनसेलले विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी तथा गैर सरकारी संस्था, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरुलाई यो नयाँ नम्बर रेञ्जलाई हाल सञ्चालनमा रहेका अन्य रेञ्ज सरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्ट्रिगेट/अपडेट गर्न अनुरोध गरेको छ ।

  • सामसङको ग्यालेक्सी बड्स कोर सार्वजनिक, किफायती मूल्यमा प्रिमियम साउन्ड र ग्यालेक्सी एआई 

    सामसङको ग्यालेक्सी बड्स कोर सार्वजनिक, किफायती मूल्यमा प्रिमियम साउन्ड र ग्यालेक्सी एआई 

    काठमाडौं ।  नेपालको अग्रणी प्रविधि ब्रान्ड सामसङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन, Galaxy Buds Core, नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ। जुलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन्, जसले प्रिमियम फिचरहरू जस्तै उत्क्रिष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन (ANC), र ग्यालेक्सी एआईको इन्टरप्रिटर मात्र रु ७,३९९ को किफायती मूल्यमा उपलब्ध गराएको छ ।

    कालो र सेतो रंगमा उपलब्ध Galaxy Buds Core नेपालभर सामसङका आधिकारिक बिक्रेताहरू बाट बिक्री हुनेछ।

    कम्प्याक्ट । शक्तिशाली । स्मार्ट।

    Galaxy Buds Coreले डायनामिक ड्राइभरहरूको प्रयोग गरी deep immersive साउन्ड तथा शक्तिशाली bass प्रदान गर्दछ । ANC र कल न्वाइज रिडक्सनको साथमा, प्रयोगकर्ताहरूले धेरै हल्ला भएको ठाउँमा पनि स्पष्ट सँग कुरा गर्न सक्छन् । तीनवटा माइक प्रणालीले उत्कृष्ट भोकल स्पष्टता सुनिश्चित गर्छ, जसले यी इयरबड्सलाई फोन कल, संगीत, वा मिटिङका लागि एक्दम उपयुक्त बनाउँछ।

    प्रत्येक इयरबडमा सुरक्षित र सहज विङटिप्स छन्, जसले कठिन गतिविधिहरूको क्रममा पनि आरामदायी महसुस गराउँछ।

    ग्यालेक्सी एआई इन्टरप्रिटर – तपाईँको कानमा रियल-टाइम अनुवाद

    यसको प्रमुख फिचरहरू मध्ये एक हो Galaxy AI इन्टरप्रिटर, जसले आमने सामने कुराकानीको क्रममा दुईतर्फी रियल-टाइम अनुवाद प्रदान गर्छ। तपाईं आफ्नै भाषामा बोल्नुहोस्, र इयरबड्सले त्यसलाई तुरुन्तै अनुवादित उत्तर प्रदान गर्नेछ ।

    दैनिक जीवनका लागि सुविधा सम्पन्न

    • संगीत, कल, र भ्वाइस असिस्टेन्टका लागि टच कन्ट्रोल
    • उपकरणहरूबीच सजिलै स्विच गर्नको लागि अटो स्विच र मल्टि-डिभाइस कनेक्टिभिटी
    • सामसङ फाइन्ड एप मार्फत फाइन्ड माई इयरबड्स
    • IP54 रेटिंगका साथ पानी र धुलो प्रतिरोधी
    • स्थिर र छिटो कनेक्टिभिटीको लागि ब्लुटुथ ५.४
    • चार्जिङ केससहित ३५ घण्टासम्मको ब्याट्री लाईफ (ANCको साथमा २० घण्टा)

    Galaxy Buds Coreले दैनिक उपयोगिता र नवीनताको मिश्रण गर्दै, उच्चतम् विशेषताहरूलाई किफायती मूल्यमा उपलब्ध गराउँछ।

  • डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

    डिशहोमको रमाइलो टिभीमा नेपाली भाषामा ‘रामायण’ प्रसारण हुने

    काठमाडौं । नेपालको अग्रणी मनोरञ्जन च्यानल डिशहोमको रमाइलो टिभीले बहुप्रशंसित टेलिभिजन सिरिज ‘रामायण’ नेपाली भाषामा प्रसारण गर्ने भएको छ । यो ऐतिहासिक धार्मिक श्रृंखला असार १९ गते देखि हरेक बिहीबार र शुक्रबार बेलुका ८ बजे प्रसारण हुनेछ ।

    ‘रामायण’ भारतीय संस्कृत महाकाव्य रामायणमा आधारित टेलिभिजन श्रृंखला हो, जसलाई प्रसिद्ध निर्माता, निर्देशक तथा लेखक रामानन्द सागरले निर्माण गरेका थिए । यो सिरिज पहिलो पटक सन् १९८७ देखि १९८८ सम्म भारतको डीडी नेसनल च्यानलमा प्रसारित भएको थियो । आशोक कुमार र रामानन्द सागरद्वारा प्रस्तुत गरिएको यस श्रृंखलाको संगीत रविन्द्र जैनले संयोजन गरेका थिए ।

    ‘रामायण’ ले प्रसारणको समयमा भारतमा ८२ प्रतिशत दर्शक संख्या प्राप्त गर्दै इतिहास रचेको थियो । बीबीसीका अनुसार, ‘रामायण’ ६५ करोडभन्दा बढी दर्शकद्वारा हेरिएको श्रृंखला हो । यस श्रृंखलाको पुनःप्रसारण विश्वका १७ देशका २० भन्दा बढी च्यानलहरूमा पनि भएको थियो । ‘रामायण’ ले २०२० मा कोरोना लकडाउनको समयमा पुनः प्रसारण हुँदा एकै दिन ७.७ करोड दर्शक संख्यासहित विश्वको सबैभन्दा धेरै हेरिएको टेलिभिजन कार्यक्रमको कीर्तिमान राखेको थियो ।

    डिशहोमका ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखि डिशहोमले विभिन्न लोकप्रिय कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु प्रसारण गर्ने गरेको छ । यसै क्रममा डिशहोमको ग्राहकहरुले यस ऐतिहासिक र आध्यात्मिक कथा नेपाली भाषामा आफ्नै च्यानल रमाइलो टिभीमा हेर्न पाउनेछन् । हाल रमाइलो टिभी डिशहोमका ग्राहकहरुको लागि मात्र उपलव्ध रहेको छ । आजै डिशहोम जडान गरेर डिशहोमको ग्राहक बनि अन्य कुनै माध्यममा उपलव्ध नरहेको विभिन्न कार्यक्रमहरुको मज्जा लिन सक्नुहुनेछ ।

  • शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनद्वारा स्पोर्टस अवार्ड २०२५ को दोस्रो संस्करण सम्पन्न

    शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनद्वारा स्पोर्टस अवार्ड २०२५ को दोस्रो संस्करण सम्पन्न

    काठमाडौं । शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन (SCSMF)ले आफ्नो वार्षिक ‘SCSMF Sports Award’ को दोस्रो संस्करण आज असार १३ गते काठमाडौंको कमलादीस्थित होटल रोयल सीङ्गीमा एक भव्य समारोहबीच सम्पन्न गरेको छ । नेपाली खेलकुदमा योगदान पु¥याएका स्थापित हस्ती र उदाउँदा प्रतिभालाई सम्मान गर्ने उद्देश्यले स्थापित यो पुरस्कार समारोहमा यस वर्ष पनि एक वरिष्ठ र एक युवा खेलाडीलाई सम्मान गरियो ।
    यस वर्षको ’ नेपाली फुटबलका महान हस्ती तथा पूर्व कप्तान राजुकाजी शाक्यलाई प्रदान गरियो ।

    नेपाली फुटबलमा खेलाडी तथा प्रशिक्षकको रूपमा उनले पुर्या‍एको अतुलनीय र उत्कृष्ट योगदानको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो । शाक्यको नेतृत्वमा नेपालले दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो र उनी नेपाली फुटबलका एक प्रेरणादायी व्यक्तित्व हुन् ।

    त्यसैगरी, ‘SCSMF Sports Award 2025‘ बाट नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई पनि सम्मान गरियो। देशमा भलिबल खेलको विकास र महिला खेलाडीहरूलाई प्रेरणा प्रदान गर्न उनले पुर्या‍एको महत्वपूर्ण योगदानको लागि उनलाई सम्मानित गरिएको हो। शाहीको नेतृत्वमा नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
    पुरस्कार स्वरूप दुवै जनालाई रु २,५०,००० स–सम्मान नगद प्रदान गरियो ।

    शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन स्वर्गीय शरद चन्द्र शाहाको सम्झनामा उनका परिवारजनहरूद्वारा २०२० नोभेम्बर ३० मा स्थापना गरिएको थियो। शरद चन्द्र शाहा नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रुपमा प्रख्यात हन् । Olympic Council of Asia/ एशियाली ओलम्पिक परिषद्को उपाध्यक्ष (Vice President) को रूपमा सेवा गर्ने पहिलो नेपाली व्यक्ति थिए । नेपालमा राष्ट्रिय खेलकुदको सुरुवात र Olympic Movement ल्याउने व्यक्ति स्व. शाहा नै थिए । उनी २०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष (President) रहेका थिए ।

    उनी नेपालको राष्ट्रिय प्रतियोगिता तथा साउथ एशियन गेम्सको योजनाकार पनि थिए । फाउन्डेसनको मुख्य उद्देश्य राष्ट्रको खेलकुद विकास गतिविधिहरूमा सुधारका लागि समर्पित अथवा कुनै पनि किसिमले योगदान पु¥याएका व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहन, सहायता, र पहिचान तथा सम्मान प्रदान गर्नु हो । विगतका दिनहरुमा शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसनद्वारा Nepal Sports For All Commission को सहकार्यमा ‘नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भ’ (The Dawn of a New Era in Nepal Sports) नामक फोटो प्रदर्शनी आयोजना गरिएको थियो। साथै, यस फाउन्डेसनद्वारा २०८० असार २६ गते मंगलबार नवीन अर्यालद्वारा लिखित “नेपाली खेलकुदको वृतान्त“ नामक किताब पनि प्रक्षेपण गरिएको थियो ।

  • ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

    ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

    काठमाडौं । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको छ । चौथौं वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि २१ गतेसम्म बैंकले ‘नबिल ग्रीन विक’ मनाउन लागिएको बैंकले जनाएको छ। नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित कार्यक्रम आयोजना गरिनेछन्।

    साताव्यापी सञ्चालन हुने नबिल ग्रीन विकअन्तर्गत आयोजना हुने वेबिनार शृङ्खलामा नबिल बैंकका विज्ञसहित जिआइजेड नेपाल, सिम्पल इनर्जी प्रालि, विवाइडी, सिजी मोटर्सलगायतका प्रतिनिधिका साथै वातावरण, समाज तथा सुशासनसँग सम्बन्धित विज्ञ तथा कृषि क्षेत्रका जानकारहरु सहभागी हुनेछन्। उक्त कार्यक्रमले सोलार रुफटप सोलुसन, विद्युतीय सवारी साधन र दिगो कृषिका साथै वातावरण, समाज र शासनमा लगानीका विषयमा छलफल तथा ज्ञान आदानप्रदानमार्फत एकअर्कालाई जोड्ने उद्देश्य लिएको छ।

    नबिल बैंकले नेपालको दिगो विकास लक्ष्य (एसडिजी)लाई आत्मसात गर्दै आफ्नो कारोवारमा वातावरण, समाज र सुशासनसँग सम्बन्धित सिद्धान्त अंगिकार गर्दै आएको छ। बैंकको रणनीतिमा दिगोपन एक मुख्य आधार बनेको बैंकको भनाइ छ।

    नबिल बैंकले आफूलाई बैंकिङमा मात्रै सीमित नराखी वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा पनि आफूलाई केन्द्रित गर्दै आएको छ। जसमा कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी लगानीलाई प्रवद्र्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ। बैंकले आर्थिक वृद्धिसँगै दीर्घकालीन सामाजिक र वातावरणीय मूल्य सृजनामा काम गर्दै आएको जनाएको छ।

    दिगो बैकिङका उपलब्धिहरु

    नबिल बैंकले दिगो बैंकिङमार्फत विभिन्न उपलब्धि हासिल गरेको छ। हालसम्म पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सिङको मापदण्डअनुसार ग्रीनहाउस ग्यास उत्सर्जनका क्षेत्रमा नवीकरणीय ऊर्जा लगानीमार्फत ११ हजार १७२ टन उत्सर्जन न्यूनीकरणमा सहयोग पुर्‍याएको छ। साथै २१ जिल्लाका ३७ वटा नदीमा सञ्चालनमा रहेका ३०७० मेगावाट क्षमताका ४३ वटा जलविद्युत् परियोजनामा बैंकले लगानी गरेको छ।

    त्यसैगरी साना तथा मझौला व्यवसायअन्तर्गत विशेष गरी कृषि, विद्युतीय सवारी तथा महिला नेतृत्वमा आधारित उद्यममा लगानी गरी ४६ हजारभन्दा बढीलाई प्रत्यक्ष र अप्रत्यक्ष लाभ पु¥याएको छ। गत आर्थिक वर्षसम्ममा बैंकले कृषि क्षेत्रमा मात्रै ४५.३८ अर्ब रुपैयाँ, जलविद्युत् तथा ऊर्जामा ३१ अर्ब रुपैयाँ र सुक्ष्म, घरेलु तथा साना उद्योगमा २५.०१ अर्ब रुपैयाँ लगानी गरिसकेको छ।

    बैंकका अनुसार विद्युतीय सवारी कर्जामा मात्रै ४२.३६ प्रतिशत लगानी गरेको छ भने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच करोड ४३ लाख लगानी गरेको छ। हाल बैंकका १३ वटा शाखा तथा भवनमा नवीकरण ऊर्जा प्रणाली जडान गरिएको छ भने डिजिटल बैंकिङ प्रवद्र्धनमा सक्रियता देखाउँदै हाल एनबैंकका प्रयोगकर्र्ता १६ लाख आठ हजार ८२६ पुगेको बैंकको भनाइ छ। बैंकले हालसम्म सात हजार ५९० जनालाई वित्तीय साक्षरतासम्बन्धी तालिम प्रदान गरिसकेको छ।

    वुमन इन मोसन, यु म्याटर युअर भ्वाइस म्याटर, नबिल ग्रीन विक, घर त नेपाल र दिगो पाइला जस्ता अभियानमार्फत बैंकले विभिन्न सरोकारवाला समूहलाई लक्षित काम गर्दै आएको छ। साथै सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसइई) कार्यक्रमबाट हालसम्म ९०१ जना प्रशिक्षार्थीले तालिम प्राप्त गरिसकिएका छन् भने १३३ जनाले उद्यम स्थापना गरी एक हजार २०० जनालाई रोजगारी दिइसकेका छन्।

    दिगो बैंकिङअन्तर्गत सन् २०२१ मा बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङको सदस्य भएको थियो। बैंकका अनुसार दिगो बैंकिङको प्रमुख उपलब्धिको शाखारहित बैंकिङ विस्तार रहेको छ। त्यस्तै बैंकले वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई लक्षित गरी नबिल स्किल्ड माइग्रेन्ट इन्टरप्रेनरसिप कर्जा, नबिल दिगो बचत खाता, नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा जस्ता नवीन, सामाजिक र वातावरणमैत्री उत्पादनहरू ल्याएको छ।

    त्यस्तै बैंकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता सुधार, पानी संरक्षण र प्रशोधन, फोहोर व्यवस्थापन तथा फोहोरबाट ऊर्जा उत्पादनलगायतका परियोजनामा लगानी गरेको छ। बैंकको केन्द्रीय कार्यालयमा वर्षाको पानी संकलन प्रणाली स्थापना गरी वार्षिक दुई लाख ६२ हजार ८०४ लिटर पानी संकलन गर्दै आएको छ।

    नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको थियो।
    नबिल बैंक लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैंक हो। बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ। नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ। नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ।

  • ग्लोबल आइएमई बैंकले मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस

    ग्लोबल आइएमई बैंकले मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस

    काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस भव्य रुपमा मनाएको छ ।
    बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो ।

    बैंकले शुक्रबार अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजार २५औं हप्तामा प्रवेश गरेको अवसर पारेर आफ्नो हाटबजारमा विशेष मेला आयोजना गरेको थियो ।

    उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन– भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरुले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँको कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ ।

    अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजारको २५औं हप्ता प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मुलुकको अर्थतन्त्रमा लघु, साना तथा मझौला व्यवसायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै हाटबजारले त्यस्ता उद्यम व्यवसायको प्रवद्र्धनमा विशेष योगदान पुर्‍याउने बताए ।

    उहाँले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याइरहेका लघु, साना तथा मझौला उद्यमहरुको बजारमा पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबिच प्रत्यक्ष सम्बन्ध बनाउन र कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्रदान गर्न सहयोगी भूमिका खेलेको बताए ।

    साथै, उनले हाटबजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गरेको बताए।

    “हामीले सानो तथा सिम्बोलिक अभियानको रुपमा सञ्चालन गरेको हाटबजार आजसम्म आइपुग्दा व्यापक भइसकेको छ । साथै, यो हाटबजारले नेपालको अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान गर्ने र उत्पादकलाई हौसला प्रदान गर्नेछ,” उनले भने।

    हाटबजारमा विषादी रहित कृषि उपज, रैथाने बाली तथा सो अनुरुपका बालीका उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवा लगायतका दुई दर्जन बढी कृषक तथा व्यवसायीहरुका उत्पादनरसामग्रीहरु प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ ।

    आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • सिटिजन्स सदाबहार योजना– ५ लाख इकाईसम्म खरिद गर्न सकिने, १२ प्रतिशतसम्म प्रतिफल   

    सिटिजन्स सदाबहार योजना– ५ लाख इकाईसम्म खरिद गर्न सकिने, १२ प्रतिशतसम्म प्रतिफल   

    काठमाडौं । सिटिजन्स बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडले पूर्ण वित्तीय सवा प्रदान गर्दै आएको छ । यस क्यापिटलले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरू थप्दै ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ । जस अन्तर्गत यस क्यापिटलले नयाँ योजना ल्याएको छ ।

    सिटिजन्स क्यापिटलले शुक्रबारदेखि सामूहिक लगानी कोष सिटिजन्स सदाबहार योजनाको इकाई सार्वजनिक निष्काशनमा ल्याएको छ । योजनाको प्रतिइकाई १० रुपैयाँका दरले पाँच करोड इकाई बिक्रीमा ल्याइएको हो ।

    कुल पाँच करोड इकाइमध्ये ७५ लाख इकाई र कुल बिक्री भएको इकाई सङ्ख्याको कम्तीमा १५ प्रतिशत इकाई सिटिजन्स बैंकलाई सुरक्षित गरी बाँकी चार करोड २५ लाख इकाई सार्वजनिक निष्कासनका लागि छुट्याइएको छ ।

    लगानीकर्ताले न्यूनतम १०० र अधिकतम ५० लाख इकाइको माग गरी  असार १७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म सम्पूर्ण इकाई बिक्री नभएमा २७ असारसम्म म्याद थप हुने सिटिजन्स क्यापिटलले जनाएको छ ।

    सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेका छन् । प्रथम खुलामुखी योजना सञ्चालन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट रकम पचास करोडको व्यवस्थित लगानी योजना (एसआईपी) समेत गर्न सकिने सिटिजन्स सदाबहार योजना सञ्चालन अनुमति प्राप्त भएको थियो ।

    सिटिजन्स क्यापिटल लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठका अनुसार यस योजना सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने खुलामुखी प्रकृतिको योजना हो । यस योजनाको कुल आकार ५० करोड रुपैयाँ रहेको छ ।

    सिटिजन्स सदाबहार योजना खरिद गर्नका लागि आफ्नो मेरो शेयर खाता मार्फत वा सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएको शाखा कार्यालयहरूबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

    यस योजनामा सहभागी हुनका लागि न्यूनतम एक सयदेखि अधिकतम पाँच लाख इकाई खरिद आवेदन दिन सकिने प्रावधान रहेको छ । यस योजनाको प्रथम चरणमा निष्काशित इकाई बाँडफाँड पश्चात् नियामक निकायहरूको नियमानुसार तथा स्वीकृति लिई व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत थप इकाईहरू निष्कासनको व्यवस्था समेत मिलाइएको छ ।

    सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित अन्य योजनाहरू मध्ये प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरका ८ करोड २० लाख इकाईहरू रहेको सिटिजन्स म्युचुअल फण्ड १ नामक ७ वर्षे बन्दमुखी योजना परिपक्व भइसकेको छ । यसको अन्तिम प्रति इकाई खुद सम्पत्ति मूल्य ११.३० रुपैयाँमा प्रचलित कानून बमोजिम कर कट्टी समायोजन गरी इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा गएको जेठ २७ गतेदेखि क्रमानुसार रकम १३ प्रतिशत प्रतिफल समेत जम्मा गर्न सुरु गरिएको कम्पनी सचिव रमेश लुइँटेलले जानकारी दिए ।

    उनका अनुसार सिटिजन्स म्युचुअल फण्ड १ को अवधिभरमा पुँजीगत लाभ तथा विगतका आर्थिक वर्षहरूमा वितरण गरिएको प्रतिफल समेत प्रति इकाई लगानीको औषत वार्षिक प्रतिफल १२ प्रतिशत रहेको छ ।

    सिटिजन्स बैंकको सहायक कम्पनी रहेको यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ ।

  • लक्ष्मी सनराइज बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सुदृढीकरण र दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी

    लक्ष्मी सनराइज बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन सुदृढीकरण र दिगो वित्त प्रवर्द्धनका लागि साझेदारी

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्नो सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकास तर्फ महत्त्वपूर्ण कदम चाल्दै International Finance Corporation (IFC) सँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको छ ।

    यस साझेदारीले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनेका साथसाथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्द्धन गर्ने गरी दुइ मुख्य क्षेत्रहरुमा आफ्नो पहल केन्द्रित गर्नेछ ।

    यस सम्झौता पत्रमा लक्ष्मी सनराइज बैंकका तर्फबट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक (Financial Institutions Group – Upstream and Advisory) मेहदी चेरकाउईले हस्ताक्षर गरेका थिए ।

    यो साझेदारीले लक्ष्मी सनराइज बैंकको दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार  ग्राहकहरूको दीर्घकालीन हितलाइ प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।

  • १९५ जना नेपाली विद्यार्थीलाई ‘एम्बेस्डर अफ पाकिस्तान’ छात्रवृत्ति प्रदान

    १९५ जना नेपाली विद्यार्थीलाई ‘एम्बेस्डर अफ पाकिस्तान’ छात्रवृत्ति प्रदान

    काठमाडौं ।पाकिस्तानी राजदूतावासले १९५ नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

    आज काठमाडौँस्थित र्‍याडिसन होटलमा दूतावासले  १३ औँ वार्षिक छात्रवृत्ति पुरस्कार समारोहको आयोजना गर्दै नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।

    प्रमुख अतिथि सांसद एकनाथ ढकालले ‘पाकिस्तानका एम्बेस्डर छात्रवृत्तिहरू’योग्य नेपाली विद्यार्थीहरूलाई हस्तान्तरण गरे। यी छात्रवृत्तिहरू नेपालभरिका विद्यालयका प्रधानाध्यापकहरूले चयन गरेका उत्कृष्ट र मेधावी विद्यार्थीहरूलाई प्रदान गरिएका हुन्।

    यस वर्ष कुल १०२ विद्यालयका १९५ विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्। साथै एउटा ल्यापटप पनि एक उत्कृष्ट विद्यार्थीलाई निरन्तर राम्रो शैक्षिक प्रदर्शनको कदर स्वरूप प्रदान गरिएको थियो।

    समारोहमा सम्बोधन गर्दै ढकालले पाकिस्तानलाई त्यसको निरन्तर प्राविधिक सहयोग, विशेषगरी शिक्षा क्षेत्रमा प्राधिकृत गरेकोमा प्रशंसा  गरे। उनले यो सहयोग नेपाल–पाकिस्तानबीचको घनिष्ट मित्रता र साझा दृष्टिकोणको प्रतिबिम्ब भएको बताए। दुबै राष्ट्रबीचका शैक्षिक, सांस्कृतिक र अन्य क्षेत्रहरूमा सम्बन्ध सुदृढ हुनु आवश्यक भएकोमा उनले जोड दिए।

    पाकिस्तानी राजदूत अबरार एच. हाश्मीले पाकिस्तानले भविष्यमा पनि विद्यालयदेखि उच्च माध्यमिक तहसम्मका नेपाली विद्यार्थीहरूको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने र शैक्षिक सहयोग विस्तार गर्ने प्रतिबद्धता दोहोर्याए।

    साथै अध्ययन, खेलकुद र स्वस्थ सामाजिक गतिविधिहरूमा नेपाली युवा वर्गलाई उत्साह प्रदान गर्नु दुई देशबीचको महत्त्वपूर्ण सहयोगात्मक प्रयास भएको बताए।

    पाकिस्तान एम्बेस्डर छात्रवृत्ति कार्यक्रम सन २०१३ देखि नियमितरूपमा सञ्चालन हुँदै आएको हो र बर्षेनी यसमा सहभागिता बढ्दै गएको छ।

  • हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    हुन्डाई नेपालद्वारा धनगढीमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले धनगढी क्षेत्रमा नयाँ क्रेटा EV सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।  यस कार्यक्रममा अहिलेसम्मकै ब्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ। ग्राहक वर्गलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रुपमा स्थापित गरिसकेको छ ।

    कम्पनीको अनुसार, नयाँ क्रेटा EV को आगमनले विद्युतीय सवारी बारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ। धेरैलाई EV खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गर्दछ। तर हुन्डाई नेपालले देशमै क्रेटा ICE, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको र क्रेटा EV तथा ICE, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिद पछिको सेवा सुविधामा अब कुनै पनि समस्या हुने छैन। साथै लक्ष्मी हुन्डाईले EV इकोसिस्टमलाई अझै मजबुत बनाउन RE-Lax चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउँहरुमा RE-Lax DC र AC गरी ६६ चार्जर सुचारु भइसकेको छ। यसले गर्दा ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (ICE) र EV कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ।

    नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। सोही अभियान अन्तर्गत कम्पनीले ११ असारमा दिनेश फोर हुईल्स् प्रा.लि (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा होटल फ्लोरा, छटकपुर, धनगढीमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा EV सार्वजनिक गरेको थियो, जहाँ क्रेटा EV सहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिए।

    यस कार्यक्रममा ग्राहक वर्गको हुन्डाईप्रति उत्साहजनक क्रेज र विश्वास उल्लेखनीय रुपमा देखियो। प्रतिक्रिया र सहभागिता उल्लेखनीय रुपमा रह्यो। कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए।

    लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. अन्तरगत दिनेश फोर हुईल्स् प्रा.लि धनगढी को संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागी भएका सम्पूर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छ। कम्पनीले राष्ट्रको सफा र स्मार्ट भविष्यतर्फको यात्रालाई अगाडि बढाउँदै देशभर रहेका आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई थप बलियो बनाउने अठोट व्यक्त गरेको छ।

  • एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

    एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

    काठमाडौं । एलजी नेपालले आफ्नो विश्वव्यापी नवप्रवर्तनको अभियान “Affectionate Intelligence” लाई नेपालको लागि विशेष प्रदर्शनीमार्फत प्रस्तुत गर्न लागेको छ । सिंगापुर र मलेसियामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अभियान अब नेपालमा पनि सुरु हुँदैछ, जसले भावनात्मक रूपमा मानिसलाई बुझ्ने र ख्याल गर्ने नयाँ युगको Artificial Intelligence को सुरुवात दर्साउँछ।

    दुई दिने यो विशेष प्रदर्शनी कार्यक्रम, असार १३  मा डिलरहरूको लागि र असार  १४ मा सर्वसाधारण का लागि आयोजना हुनेछ। कार्यक्रममा सहभागीहरूले LG  को नयाँ पुस्ताको AI Innovations प्रत्यक्ष रूपमा अनुभव गर्न पाउनेछन् जसले केवल सेवा गर्ने मात्र होइन, बुझ्ने र ख्याल गर्ने उद्देश्य राख्दछ।

    “Affectionate Intelligence” केवल products को प्रदर्शन मात्र नभई, प्रविधि र मानवबिचको सम्बन्धमा क्रान्तिकारी परिवर्तन ल्याउने LG को दृष्टिकोण हो। यसले उत्तरदायित्व, सम्बन्ध र विश्वासलाई केन्द्रमा राख्दै प्रयोगकर्ता मैत्री भविष्यतर्फको यात्रा प्रस्तुत गर्दछ।

    नेपाली बजारमा ४ दशक लामो सफल यात्रालाई सम्मान गर्दै, LG र चौधरी ग्रुपको साझेदारीमा आयोजित यो कार्यक्रम एउटा ऐतिहासिक उपलब्धि हुनेछ ।

    चौधरी ग्रुप का मार्केटिङ प्रमुख गौरव हमाल भन्छन्  :

    यो हाम्रो लागि निकै गर्वको क्षण हो। LG सँग हाम्रो सहकार्य गोल्ड स्टारको समयमा सुरु भएको हो । दशकौँ सम्म फैलिएको हाम्रो सम्बन्धले नेपाली घरघरमा विश्वस्तरीय प्रविधि ल्याएको छ। अब ‘Affectionate Intelligence’ मार्फत हामी त्यस्तो भविष्यमा पाइला टेक्दैछौंजहाँ प्रविधि अझ मानवीयअझ बौद्धिक  अझ प्रभावकारी बन्नेछ।

    LG र CG बिचको सम्बन्धले विश्वास, नवप्रवर्तन र प्रयोगकर्ता मैत्री डिजाइनको आधारमा नेपालमा नेतृत्व कायम गर्दै आएको छ। आगामी प्रदर्शनीले प्रविधिको मानवीय भविष्य कस्तो देखिन्छ भन्ने झलक दिनेछ।

    सर्वसाधारणलाई असार  १४, शनिबार बिहान ११:०० बजेबाट साँझ ५:०० बजेसम्म, ललितपुरको द प्लाजामा आयोजना हुने यो अद्वितीय अनुभवमा सहभागी हुन आमन्त्रण गर्दछौँ ।

  • सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा ‘डिजिटल लोन अगेस्ड फिक्स्ड डिपोजीट’ सुविधा

    सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा ‘डिजिटल लोन अगेस्ड फिक्स्ड डिपोजीट’ सुविधा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको सेवालाई अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने सुविधा ल्याएको छ ।

    ग्राहकहरूलाई सरलीकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेप (Fixed Deposit) को आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहज रूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्नेछन्, यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा रु २ लाख रुपैयाँ सम्म (कम्तीमा रु ५ हजार देखि) ऋण लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । सिटिजन्स बैंकले डिजिटल प्रविधिको उपयोग मार्फत आफ्ना ग्राहकहरूको समय, श्रम र स्रोतको बचत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निरन्तर रुपमा नयाँ–नयाँ डिजिटल सेवा ल्याउने क्रममा यो सेवा पनि थप गरिएको हो ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड  ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोन पे क्रेडिट कार्ड ‘ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टी.एम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ७ हजार भन्दा बढी ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

     

  • आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

    आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

    काठमाडौँ । आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगको उद्घाटन गर्दै सो उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताए ।  मन्त्री भण्डारीले  यो उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्‍याउने भएकाले  सरकारले उत्पादनमुखी लगानीलाई सधैँ प्रोत्साहन दिने उल्लेख गरे ।

    सो समारोहलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्‍याउने गरी नयाँ  उद्योग स्थापना गरेको बताए । यसले  देशभित्र रोजगारी सिर्जना गर्ने र नेपालमै उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिँदा आत्मनिर्भर अर्थतन्त्रतर्फको मार्ग प्रशस्त गर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावनामार्फत नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश यस उद्योगले दिएको पनि अध्यक्ष ढकालको भनाइ थियो।

    आइएमई ग्रुप अन्तर्गत  करिब डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको यो उद्योग रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित छ। यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन्। उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेन्ट फाइवर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्छ ।  यहाँ उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ, र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन्। यी बोर्डहरू लचकदार, अग्नि–प्रतिरोधी, घाम–पानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ छन्।

    फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानल लगायत विभिन्न संरचनामा गरिन्छ। यहाँसम्म कि इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माण समेत गर्न सकिन्छ, जुन १०–१५ दिनमै तयार पार्न सकिने भएकाले यसको माग नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत तीव्र रूपमा बढ्दो छ।

    प्राकृतिक प्रकोप जस्तै, भूकम्प, बाढी वा पहिरोका बेला आपत्कालीन संरचना निर्माणमा समेत यस उद्योगका उत्पादित बोर्डहरू छिटो, सस्तो र दिगो विकल्प बन्ने छन्। प्लास्टर वा रङ्गको झन्झट नहुने भएकाले समय र लागतमा उल्लेखनीय बचत हुनेछ।

    यस उद्योगले स्थानीय रोजगार प्रवर्द्धनमा जोड दिएको छ। हाल करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन्, जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन्। उनीहरूले प्रोसेससङदेखि प्याकिङसम्मका सबै काममा संलग्न छन् । एभरेस्ट फाइबर सिमेन्ट बोर्ड प्रा.ली ले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत निर्माण क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको छ।

  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलमा विशेष छुट

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटलमा विशेष छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

    ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोट प्रालिबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेको छन् ।

    समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटीद्वारा सञ्चालित होटल तथा रिसोर्टहरुमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन् ।

    आइएमई समूहको लगानीमा देशका विभिन्न स्थानहरूमा पर्यटक तथा पाहुनाहरूका लागि होटल तथा रिसोर्टहरु सञ्चालन गरिरहेको छ ।

     

  • नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाद्वारा आयोजित ‘काठमाडौं महानगर सिप मेला २०८२’ मा संस्थागत साझेदारी गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो ।

    महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सिप मेला २०८२’ को मुख्य उद्देश्य सिप नभएकाहरूलाई सिप सिकाउने र आधारभूत सिप भएकाहरूलाई थप दक्ष बनाउने हो । मेलामा रोजगारी र आय वृद्धिको माध्यमबाट काठमाडौँको समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ। मेला अन्तर्गत १० विधामा ३७ पेसासँग सम्बन्धित तालिमहरू पूर्ण रूपमा निःशुल्क प्रदान गरिँदैछन् ।

    सामाजिक उत्तरदायित्वप्रति नेपाल लाइफको समर्पण

    काठमाडौं महानगरपालिकाको यस अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए । उनले भने “जब ‘सिप मेला २०८२’ को प्रस्ताव नेपाल लाइफमा आयो, हामीले यसलाई अवसर मात्र नभई युवालाई सशक्त बनाउन र स्वरोजगारको बाटो देखाउन सकिने महत्त्वपूर्ण अभियानका रूपमा लियौं। यो मेलाले ३० भन्दा बढी विभिन्न तालिमहरूमार्फत युवा जनशक्तिको माग र आपूर्तिको सन्तुलन कायम गर्न सहयोग पुर्‍याउनेछ ।”

    उनले थपे, “हामीले यो प्रस्तावलाई संस्थागत साझेदारको रूपमा स्वीकार गर्‍यौँ, किनभने यसले युवालाई मार्गदर्शन, सिप र सुरक्षा दिने मात्र होइन, उनीहरूको भविष्य निर्माण गर्ने सम्भावनाको ढोका खोल्दछ ।”

    सिप मेला केवल एउटा कार्यक्रम होइन, सामाजिक परिवर्तनको अभियान हो। जहाँ युवाहरूको आत्मनिर्भरता र देशको समृद्धिको सम्भावना समेटिएको छ। हामी गर्व गर्छौँ जब युवाहरू सक्षम बन्छन्, जब उनीहरूले रोजगारी सिर्जना गर्छन्।” नेपाल लाइफको भनाइ छ ।

    सिप मेलामा नेपालभरिका युवाहरू सहभागी छन्। कोही पहिलो पटक अवसर खोज्दै, कोही जीवनलाई नयाँ दिशा दिँदै छन् । मेलाले उनीहरूलाई चाहिएको सिप, अवसर, हौसला र संरचना प्रदान गर्न केन्द्रित छ ।

    काठमाडौं महानगरपालिकाका प्रतिनिधि देवेन्द्र केसीका अनुसार, “‘रोजगार र आयबृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ मेलाले तीन वर्षे योजना अन्तर्गत कार्य गरिरहेको छ, जुन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्दछ। मेलामा निजी क्षेत्रसँगको सहकार्य उल्लेखनीय छ, जसमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहभागिता विशेष प्रशंसनीय छ ।”

    लक्षित वर्ग र तालिम व्यवस्थापन

    सिप मेला विशेष गरी काठमाडौं महानगर क्षेत्रमा बसोबास गरिरहेका स्थायी वा अस्थायी बासिन्दा, करदाताहरू, ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दा, बेरोजगार युवा (महिला–पुरुष), विदेशबाट फर्किएर काम खोज्दै गरेका व्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरिएको हो ।

    तालिमहरू हरेक दिन तीन सिफ्टमा सञ्चालन हुँदै आइरहेका छन्। बिहान ७ बजे सुरु भएको तालिम ११ बजे सकिन्छ । ११ बजे सुरु भएको तालिम ३ बजे सकिन्छ । ३ बजे सुरु भएको तालिम साँझ ७ बजे सकिन्छ । एउटा कक्षामा २५ जनालाई राखिएको छ । सिप मेलामा एक सहभागीले भने, “म यो तालिममा सहभागी हुन पाउँदा निकै खुसी छु। मलाई विश्वास छ, यसले मलाई रोजगारको अवसर दिन्छ र मेरो भविष्य अझ राम्रो बनाउँछ।”

    हाल कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरी ३० लाख भन्दा बढी बीमितहरु रहेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

    भिडियो लिंक  : https://www.facebook.com/share/v/15CZfBv9Yi/

  • प्रभु बैंकका ग्राहकलाई बेगनास लेक फ्रन्ट रेस्टुरेन्टमा विशेष छुट 

    प्रभु बैंकका ग्राहकलाई बेगनास लेक फ्रन्ट रेस्टुरेन्टमा विशेष छुट 

    काठमाडौं । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनास ताल, कास्की स्थित बेगनास लेक फ्रन्ट रेस्टुरेन्ट र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उल्लेखित रेस्टुरेन्टमा पाइने खाना तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले बेगनास तालको रमणीय दृश्य अवलोकनको आनन्दका साथसाथै खाना र आवास सुविधामा १०% छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा  बेगनास लेक फ्रन्ट रेस्टुरेन्टमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा बेगनास लेक फ्रन्ट रेस्टुरेन्टका तर्फबाट प्रोप्राइटर विश्व राज पौडेल तथा प्रभु बैंक लि.का तर्फबाट ताल चोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।

    त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरू, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

  • इन्डस्ट्री फर्स्ट एलएफपी लोक भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक

    इन्डस्ट्री फर्स्ट एलएफपी लोक भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक

    काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले नेपालको इलेक्ट्रिक ह्याचब्याकको स्तरलाई नयाँ परिभाषा दिँदै बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको छ।

    अघिल्लो संस्करणको सफलतामा आधारित यस अपग्रेड गरिएको बीवाईडी डल्फिन २०२५ मा थुप्रै उन्नत विशेषताहरू समावेश गरिएका छन्। सबैभन्दा प्रमुख रूपमा, यसमा ईभी उद्योगमै पहिलो पटक लिथियम आइरन फस्फेट (एलएफपी) लोक भोल्टेज ब्याट्री (एलभीबी) प्रयोग गरिएको छ, जसले परम्परागत लिड–एसिड ब्याट्रीलाई विस्थापित गरेको छ। यो ब्याट्री पारम्परिक ब्याट्रीभन्दा ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने विशेषतायुक्त छ भने यसको आयु १५ वर्ष सम्म हुन सक्ने छ । यसले लोक–भोल्टेज इनर्जी स्टोरेज र विश्वसनीयतामा नयाँ विश्व स्तरीय मापदण्ड निर्धारण गरेको छ। एलएफपी लोक भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध हुनेछ ।

    बीवाईडी डल्फिन २०२५ ले अत्याधुनिक बीवाईडी ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधिलाई निरन्तरता दिएको छ, जसले ३४० किमीको डब्लुएलटीपी रेन्ज प्रदान गर्छ । यसमा डीसी चार्जिङ क्षमता छ र ब्याट्रीलाई ३० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

    २०२५ संस्करणमा थपिएका प्रमुख नयाँ विशेषताहरूः

    •  नेपालका विविध भू–परिस्थितिमा प्रदर्शन सुधार गर्न स्पोर्टी ह्यान्डलिङका लागि ट्युन गरिएको सस्पेन्सन
    •  रातको समयमा अझ राम्रो दृश्यता दिने प्रभावशाली एलईडी हेडलाइट्स
    •  उन्नत कुलिन र हिटिङ कार्यक्षमतासहितको सुधारिएको एसी सिस्टम
    •  मोबाइल फोन एनएफसी की, ब्लुटुथ कि र प्यासेन्जर डोर स्विच जस्ता नयाँ नयाँ विशेष सुविधाहरू

    यस संस्करणमा नयाँ आकर्षक एटलान्टिस ग्रे रंग पनि थपिएको छ, जसले बीवाईडी डल्फिनको आधिकारिक कलर अप्सनलाई तीन अप्सनमा विस्तार गरेको छ । अब सो गाडी एट्लान्टिस ग्रे, अर्बन ग्रे र स्की ह्वाइट कलरमा उपलब्ध हुनेछ ।

    यी सम्पूर्ण प्रविधि र विशेषता थपिएसँगै बीवाईडी डल्फिन २०२५ को मूल्य प्रतिस्पर्धात्मक रुपमा रु. ४१.१५ लाख राखिएको छ, जसमा ७ किलोवाटको होम चार्जर पनि समावेश गरिएको छ।

    साथै, सार्वजनिक कार्यक्रममा बीवाईडी डल्फिनको विश्वव्यापी रूपमा ८ लाख ३० हजार युनिट डेलिभरी पूरा भएको उपलब्धि पनि मनाइएको थियो । जसअन्तर्गत २ हजार ४९०औं युनिट नेपालमा डेलिभर गरिएको हो। यो उपलब्धि नेपालमा इलेक्ट्रिक मोबिलिटीप्रतिको बढ्दो विश्वासको प्रमाण हो। बीवाईडी डल्फिन नेपालकै सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक ह्याचब्याक बनेको छ, र यसको गति अझ तीव्र हुँदै गइरहेको छ। यसले प्रदर्शन, सहजता, र वातावरणमैत्री डिजाइनका कारण ग्राहकहरूलाई आकर्षित गरिरहेको छ।

    सो अवसरमा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले ग्राहक, सहकर्मी र सरोकारवालाहरुलाई धन्यवाद दिँदै भने, ‘हामी टिकाउ मोबिलिटी र ग्राहककेन्द्रित नवप्रवर्तनमा प्रतिबद्ध छौँ। बीवाईडी डल्फिन २०२५ केवल फिचर अपग्रेड मात्र होइन– यो नेपालका लागि हरित भविष्यतर्फको हाम्रो यात्राको निरन्तरता हो ।’

    साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने, ‘बीवाईडी डल्फिन एउटा गाडी मात्र होइन, यो इलेक्ट्रिक जीवनशैलीको वाहक हो। हरेक नयाँ संस्करणमार्फत हामी स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र सुरु देखि सेवा–पश्चातसम्म उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने वातावरण बनाइरहेका छौँ ।’

    बीवाईडी डल्फिन २०२५ हाल बीवाईडीका शोरूमहरू र डिलर नेटवर्कहरूमा टेस्ट ड्राइभ र बुकिङको लागि उपलब्ध छ।