Category: कर्पोरेट प्रेस

  • हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा एन आई सी एशिया बैंकका ग्राहकलाई १० प्रतिशत छुट दिइने

    हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा एन आई सी एशिया बैंकका ग्राहकलाई १० प्रतिशत छुट दिइने

    काठमाडौं । एन आई सी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा. लि.बीच बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।

    बैंकका ग्राहकहरुलाई देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुमा सेवा लिएपछि डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट दिइने विज्ञप्तीमा उल्लेख गरिएको छ।

    ग्राहकहरुले नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ्ग, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ्ग, नारायणघाटस्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुबाट उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन्।

    सुविधाको उपभोग गर्ने ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने पनि विज्ञप्तीमा भनिएको छ।

  • इलेक्ट्रिक पिकअप रिदरा आरडी ६ आकर्षक सुविधासहित बजारमा उपलब्ध

    इलेक्ट्रिक पिकअप रिदरा आरडी ६ आकर्षक सुविधासहित बजारमा उपलब्ध

    काठमाडौं । नेपाल -CG मोटर्सले Geely Auto Group सँगको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप Riddara RD6 का लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ। अब ग्राहकहरूले मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमै यो अत्याधुनिक EV पिकअप आफ्नो बनाउन सक्नेछन्। यस अफरमार्फत, CG मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो, र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बनाएको छ।

    Riddara RD6 2WD मा ६३ kWh क्षमताको ब्याट्री, २०० kW पावर, र ३८५ Nm टर्क दिने सिंगल इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३७७ किमी (NEDC) को ड्राइभिङ रेन्ज प्रदान गर्छ। Geely को MAP प्लेटफर्ममा आधारित यो पिकअपमा Independent Suspension जडान गरिएको छ, जसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ।

    यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र V2L (Vehicle-to-Load) प्रविधि जडान गरिएको छ, जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ। साथै, Comfort, Economy, Off-road जस्ता ३ ड्राइभ मोड, 360 Degree क्यामेरा, म्याट्रिक्स LED हेडलाइट, र ६६% हाई स्ट्रेन्थ स्टीलले बनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन्।

    यस विशेष योजनाअन्तर्गत ग्राहकहरूले:

    ✅ आकर्षक Cashback अफर

    ✅ निःशुल्क एसेसोरीहरू

    ✅ रु. ३ लाखसम्मको एक्सचेन्ज टप-अप बोनस पाउनेछन्।

    सुलभ चार्जिङ र सेवाका लागि:

    CG मोटर्सले २६०+ चार्जिङ स्टेसनहरू र २०+ सेवा केन्द्रहरू नेपालको विभिन्न भू-भागमा संचालनमा ल्याएको छ, जसले Riddara RD6 मालिकहरूलाई जहाँ भए पनि सुविधा र पहुँच सुनिश्चित गर्छ।

    चीनका अग्रणी अटोमोबाइल कम्पनीमध्ये एक Geely द्वारा निर्माण गरिएको Riddara RD6 अहिले चीनमै EV पिकअप सेग्मेन्टको अगुवा ब्रान्डको रूपमा स्थापित भइसकेको छ। अब नेपालमा पनि व्यक्तिगत तथा व्यवसायिक प्रयोगका लागि यो एक स्मार्ट, टिकाउ, र भविष्यमुखी विकल्प बनेको छ।

  • पार्वती बनिन् एनसेल करोडपति

    पार्वती बनिन् एनसेल करोडपति

    काठमाडौं ।  ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ भन्ने सोचमा विश्वास गर्ने धादिङ, गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले शुक्रबार खुसी हुँदै भनिन्, “अब भने साँच्चै हाम्रो पनि दिन आयो !”

    कार्कीले यही असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधंैैैै अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेपछिको उनको प्रतिक्रिया सुन्दा लाग्थ्यो, उनले जीवनमा ठूलो संघर्ष गरेकी छन्, धेरै गुमाएकी छन् । उनले झण्डै आठ वर्षअघि एनसेलको सीम किनेकी थिइन् र असारको तेस्रो साता रु ९९ को ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा स्वतः सहभागी भएकी थिइन् ।

    विसं २०७२ सालको भूँइचालोमा धन्सारमा सुतिरहेको एक महिना दुई दिनको कान्छो छोरा गुमाइन । भूँइचालोले छोरासँगै निर्माण सकेर घरपूजा गर्ने तरखरमा रहेको घर पनि ढलायो । त्यसपछि अझ बढी आर्थिक अवस्थाले पिसोलिएकी उनले ऋण गरेर श्रीमानलाई वैदेशिक रोजगारीमा पठाएकी थिइन् । गाउँमा खेती किसानी गर्ने कार्की महिला स्वास्थ्य स्वयंसेविका पनि हुन् । उनका श्रीमान अहिले बहराइनमा छन् भने छोरा काठमाडौंमा प्लस टुमा अध्ययनरत छन् ।

    एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले एनलेलको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्कीलाई बम्पर उपहारअन्तर्गतको एक करोड रुपैयाँ हस्तान्तरण गरे । बम्पर पुरस्कार बुझ्दै कार्कीले आफूले जीवनमा कहिल्यै नसोचेको उपहार प्राप्त गरेको बताइन् ।

    “मैले जीवनमा कैयौँ दुखहरु भोगेकी छु, तर कहिल्यै हार नमानी कर्म गर्दै परिवारलाई अगाडि बढाउँदै आएकी थिएँ, मेरो सोच र मैले गरेको संघर्षको परिणाम स्वरुप यो पुरस्कार प्राप्त भएको हो भन्ने लाग्छ, यसका लागि म एनसेल परिवारलाई विशेष धन्यवाद दिन्छु”, उनले भनिन् । श्रीमानलाई विदेश नफापेपछि उनले केही समय काठमाडौँमा व्यापार पनि गरिन् । तर केही महिनामै लाखौँ रुपैयाँ घाटा भएपछि कार्कीले श्रीमानलाई फेरि विदेश पठाइकी थिइन् ।

    “अहिले पनि श्रीमान विदेश जाँदाको र अरु ऋण बाँकी छ, श्रीमानको स्वास्थ्य पनि राम्रो छैन । अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन, नेपालमै श्रीमान–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ । छोरोको शिक्षामा लगानी गर्छौ”, उनले सुनाइन् ।

    एनसेलले ल्याएको उक्त योजनामा कार्कीले बम्पर नगद पुरस्कार जितेकी हुन् भने अन्य ५० जना भाग्यशाली ग्राहकहरुले साप्ताहिक पुरस्कार स्वरुप जनही एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन बमोजिम १२ हप्ताका लागि सञ्चालनमा ल्याएको यो योजना पाँचौ हप्ताको बिचमा नै साउन १ गतेबाट बन्द गरेको थियो ।

    “सधैं अन करोडपति अभियानअन्तर्गत यो बम्पर पुरस्कार प्रदान गर्दै हाम्रो प्रतिबद्धता पूरा गर्न पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ,” एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले भने । “सम्पूर्ण एनसेल परिवारको तर्फबाट म पार्वती कार्कीलाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको कथा आशाको कथा हो । यसले हाम्रो वचनप्रति रहेको अटल प्रतिबद्धतालाई पनि प्रतिबिम्बित गर्दछ । उहाँको यात्रामा भागिदार हुन पाउँदा हामी हर्षित छौं । उहाँले यो पुरस्कार रकमलाई आफ्नै व्यवसाय सुरु गर्ने सपना साकार पार्न प्रयोग गर्नुहुनेछ भन्नेमा म विश्वस्त छु । उहाँको श्रीमान् फर्किएपछि हामी धादिङ जाने योजनामा छौं।”

    उपभोक्ताहरुको हितलाई ध्यानमा राखी सञ्चालन अवधिभित्रमा यस योजनामा सहभागिता जनाएका ग्राहकवर्गहरुलाई कम्पनीले प्रतिवद्धता जनाए बमोजिम विजेता घोषणा गरी पुरस्कृत गरेको हो । कार्कीसहित ३६ जनालाई नगद पुरस्कार हस्तान्तरण गरिसकिएको र बाँकी १५ जना एक लाख रुपैयाँ जित्ने ग्राहकहरुलाई पनि प्रमाणिकरणको प्रक्रिया पुर्‍याइ पुरस्कार प्रदान गरिने एनसेलले जनाएको छ ।

  • साइमेक्स इन्क. प्रा. लि. को बीवाइडी सिलायन सेभेन सार्वजनिक

    साइमेक्स इन्क. प्रा. लि. को बीवाइडी सिलायन सेभेन सार्वजनिक

    काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्क. प्रा. लि.ले बहुप्रतीक्षित बीवाईडी सिलायन ७ (सेभेन) सार्वजनिक गरेको छ। सिलायन ७ देशको प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा एक नयाँ साहसी प्रतिस्पर्धीको रूपमा आएको छ। श्रावण ०८, २०८२ मा आयोजित एक विशेष कार्यक्रममार्फत गरिएको सार्वजनिक कार्यक्रममा बीवाईडीले नेपालमा यातायातको भविष्यलाई पुनः परिभाषित गर्ने आफ्नो प्रतिबद्धताप्रति अर्को महत्त्वपूर्ण कदम चालेको सङ्केत गरेको छ।

    कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत महामहिम चेन सोङको विशेष उपस्थिति रहेको थियो। उनले दिगो विकासको क्षेत्रमा चीन र नेपालको बढ्दो सहकार्यलाई उल्लेख गर्दै प्रशंसा गरे। साथै, उनले बीवाईडी सिलायन ७ जस्ता प्रविधि सम्पन्न विद्युतीय सवारीसाधनहरूको प्रवेशले नेपालको विद्युतीय रूपान्तरणलाई अझ गति दिने विश्वास व्यक्त गरे ।

    “बीवाईडी सिलायन ७ मा नवीनतम विद्युतीय प्रविधि, प्रिमियम स्तरको कम्फर्ट, र नेपालको लागि तयार पारिएको इन्जिनियरिङबाट संयोजन गरिएको छ। १०० किलोवाट भेरियन्ट र आकर्षक प्रारम्भिक मूल्यसहित हामी नेपाली बजारमा अर्को एक महत्त्वपूर्ण मोडेल प्रस्तुत गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं,” साइमेक्स इन्क. प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने। “दिगो यातायातको माग बढ्दै गर्दा, सिलायन ७ ले सार्थकता र आकर्षण दुबैका साथ विद्युतीय सवारीप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ।”

    बीवाईडी सिलायन सेभेन : नेपालको लागि नयाँ पीढीको विद्युतीय एसयूभी

    बीवाईडी सिलायन ७ अब नेपालमा १०० किलोवाटको रियर-व्हील ड्राइभ कन्फिगरेसनमा उपलब्ध भएको छ, जुन उच्च प्रदर्शन, आकर्षक डिजाइन, र लामो दुरी क्षमताको लागि इन्जिनियरिङ गरिएको छ। यो मोडेल बीवाईडीको ओसियन सिरिजको हिस्सा हो।

    खुद्रा मूल्य: रू. ७४.९९ लाख

    प्रारम्भिक अर्ली बर्ड मूल्य: रू. ७२.९९ लाख (सीमित अवधिका लागि)

    प्रारम्भिक चरणमा बुकिङ गर्नुहुने ग्राहकहरूले विशेष वारेन्टी प्याकेजको सुविधा पनि पाउनुहुनेछ :

    • ब्लेड ब्याट्री: १० वर्ष / २,००,००० किलोमिटर

    • इलेक्ट्रिक मोटर: १० वर्ष / १,८७,५०० किलोमिटर

    • पूरै सवारीसाधन (LVB साथ): ७ वर्ष / १,५०,००० किलोमिटर

    (*सर्तहरु लागू हुनेछ)

    नवीनतम प्रविधि र विशेषताहरू:

    सेल-टु-बडी (CTB) इन्टीग्रेशनसहितको ब्लेड ब्याट्री

    बीवाईडीको अत्याधुनिक ई-प्ल्याटफर्म ३.० मा निर्मित, सिलायन ७ ले क्रान्तिकारी ब्लेड ब्याट्रीमा जडित छ, जुन विश्वव्यापी रूपमा यसको सुरक्षा, टिकाउपन, र नयाँ प्रविधिका लागि चर्चित छ। सेल-टु-बडी (CTB) इन्टीग्रेशन मार्फत, ब्याट्री सवारीसाधनको संरचनाको अभिन्न भाग बन्छ, जसले इन्टीरियर र गाडीको सन्तुलन राम्रो बनाउँछ।

    • ब्याट्री क्षमता: ७१.८ kWh

    • WLTP रेन्ज: ४४० किलोमिटर

    विश्वकै सबैभन्दा छिटो उत्पादन हुने ईभी मोटर

    सिलायन ७ मा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, जुन ३८० न्युटन मिटर टर्क उत्पादन गर्न सक्षम छ र विश्व कीर्तिमान राख्ने २३,००० आरपीएममा घुम्ने क्षमता राख्छ। यो उच्च गति मोटरले तिब्र एक्सेलेरेसन सुनिश्चित गर्दै बीवाईडीको इलेक्ट्रिक पावरट्रेन नवप्रवर्तनमा नेतृत्वलाई मजबुत बनाउँछ।

    डाइनामिक सस्पेन्सन र आरामदायी यात्रा

    डबल विशबोन फ्रन्ट सस्पेन्सन र मल्टि-लिंक रियर सस्पेन्सन भएको यो सवारीसाधनको सबै कुनामा फ्रिक्वेन्सी सेलेक्टिभ ड्याम्पिङ (FSD) शक अब्जोर्बरहरू छन्। यस्तो प्रणालीले ड्राइभिङको समयमा सटीक नियन्त्रण प्रदान गर्दा नेपालका विविध सडक अवस्थामा उत्कृष्ट कम्फर्ट सुनिश्चित गर्छ।

    नयाँ डिजाइन र ओसियन-प्रेरित सौन्दर्यको संगम

    बीवाईडीका ग्लोबल डिजाइन निर्देशक वोल्फग्याङ एगरको नेतृत्वमा तयार पारिएको सिलायन ७ आफ्नो स्पोर्टी बनावट, दुई तहको वेस्टलाइन, र कुप शैलीको फास्टब्याक रूफलाइनको लागि परिचित छ।

    प्रमुख डिजाइन विशेषताहरूः

    • सिग्नेचर ‘X फेस’ फ्रन्ट फसिया

    • U-आकारका एलईडी हेडल्याम्पहरू

    • छाल जस्तै बनावट

    • पछाडिको पूरै भाग ओगट्ने एलईडी लाइट बार

    आधुनिक चालकका लागि प्रविधिमैत्री इन्टेरियर

    सिलायन ७ को केबिन प्रिमियम कम्फर्ट र डिजिटल नवप्रवर्तनको उत्कृष्ट संयोजन हो। प्रमुख इन्टेरियर विशेषताहरु:

    • १५.६ इन्चको घुमाउन मिल्ने टचस्क्रिन डिस्प्ले

    • १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर

    • एन्ड्रोइड अटो र एप्पल कारप्ले इन्ट्रीग्रेशन

    • इन्टेलिजेन्ट भ्वाइस कमाण्ड र क्लाइमेट कन्ट्रोल

    सवारीका मुख्य विशेषताहरू

    स्पेसिफिकेसन     विवरण

    मोटर      १०० किलोवाट / ३८० एनएम

    शीर्ष गति              १६० किलोमिटर प्रति घण्टा

    ब्याट्री     ७१.८ kWh ब्लेड ब्याट्री

    रेन्ज       ४४० किमि (WLTP)

    प्ल्याटफर्म            ई-प्ल्याटफर्म ३.० + CTB

    सस्पेन्सन             डबल विशबोन (अगाडि), मल्टि-लिंक (पछाडि), FSD ड्याम्परहरू

    डिस्प्ले   १५.६” घुमाउन मिल्ने टचस्क्रिन

    वारेन्टी   १० वर्ष / २,००,००० किमिसम्म (प्रारम्भिक अफर अन्तर्गत)

    बीवाईडी सिलायन ७ सार्वजनिक भएसँगै, साइमेक्स इन्क.ले नेपालमा विद्युतीय सवारीमा रूपान्तरणलाई तीव्र बनाउन आफ्नो अभियानलाई निरन्तरता दिइरहेको छ। नेपालको बजारमा साइमेक्सले ल्याएको छैठौं बीवाईडी मोडेलको रूपमा, सिलायन ७ ले अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट, र उद्देश्यपूर्ण डिजाइनको संयोजन गर्दै नेपालको ईभी बजारमा आफुलाई एक प्रमुख फ्ल्यागशिपको रूपमा स्थापित गरेको छ।

     

  • चौधरी ग्रुप र बिकाजी फुड्सबीच रणनीतिक साझेदारी, नेपालमा बिकाजीका प्रिमियम स्न्याक्स उत्पादन हुने

    चौधरी ग्रुप र बिकाजी फुड्सबीच रणनीतिक साझेदारी, नेपालमा बिकाजीका प्रिमियम स्न्याक्स उत्पादन हुने

    काठमाडौं । नेपालको स्न्याक्स बजारलाई नयाँ स्तरमा पुर्‍याउने उद्देश्यसहित चौधरी ग्रुपले भारतको अग्रणी स्न्याक्स ब्रान्ड बिकाजी फुड्ससँग रणनीतिक साझेदारी गरेको छ ।

    चौधरी ग्रुप र बिकाजी फुड्स इन्टरनेशनल लिमिटेडबीच भएको ५०–५० प्रतिशत साझेदारीमा आधारित यो सम्झौतामार्फत भुजिया, नमकिन, पापड र प्याकेज्ड मिठाईजस्ता प्रिमियम गुणस्तरका बिकाजीका परिकारहरू नेपालमै उत्पादन हुनेछन्।

    नेपालमै अत्याधुनिक उत्पादन फ्याक्ट्री स्थापना गर्न दुवै कम्पनीले पूँजी संयुक्त रूपमा लगानी गर्ने भएकाले उत्पादन छिट्टै सुरु हुने र बजारमा उपलब्ध हुने दुवै कम्पनीहरूले विश्वास लिएका छन् ।

    सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले यस साझेदारीले चौधरी ग्रुपको नेपालमा विश्वस्तरीय नयाँ ब्राण्ड विस्तार गर्ने योजनामा थप मद्दत पुगेको बताए । “यसले रोजगारी सिर्जना गर्ने, आपूर्ति शृङ्खलालाई सुदृढ बनाउने र खाद्य उद्योगलाई गतिशील बनाउन मद्दत गर्नेछ। हामी भारतका विविध स्वादलाई नेपालीहरूको दैनिक जीवनको सहज हिस्सा बनाउने लक्ष्यमा छौँ,” चौधरीले भने ।

    त्यस्तै, बिकाजी फुड्स इन्टरनेशनलका प्रबन्ध निर्देशक दीपक अग्रवालका अनुसार नेपाल एक रणनीतिक बजार हो र यो सम्झौता बिकाजीको विश्वव्यापी विस्तार यात्रामा महत्वपूर्ण उपलब्धि समेत हो । सीजीको बलियो बजार नेतृत्व र गहिरो स्थानीय बुझाइको संयोजनले हामीलाई नेपाली उपभोक्ताका लागि गुणस्तरीय र सुलभ उत्पादन पुर्‍याउन सक्षम बनाउनेछ। व्यापारभन्दा बाहिर पनि यो साझेदारीले समुदाय सशक्तीकरण, आपूर्ति शृङ्खला मजबुत बनाउने र नेपालकै खाद्य प्रणालीलाई उन्नत बनाउने लक्ष्य राखेको छ,” उनले भने ।

    नेपालको एफएमसीजी बजार अहिले तीव्र गतिमा विस्तार भइरहेको छ। करिब ३ करोड जनसंख्या र शहरी उपभोक्तामाझ मागको वृद्धिसँगै, एफएमसीजीको बजार वार्षिक २० प्रतिशतको दरले वृद्धि भइरहेको छ । नेपालमा एफएमसीजीको बजार १ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ।

    बिकाजीको भरोसायोग्य ब्रान्ड र उत्पादनको उत्कृष्टता तथा सीजीको स्थानीय दक्षता, राष्ट्रव्यापी वितरण नेटवर्क र उपभोक्ता बुझाइको संयोजनले यो साझेदारीलाई दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    रणनीतिक साझेदारी अन्तर्गत चौधरी ग्रुपको नेतृत्वमा नेपालमै अत्याधुनिक उत्पादन तथा प्याकेजिङ्ग इकाई स्थापना गरिनेछ। यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ, स्थानीय उद्यमशीलता र आपूर्ति शृङ्खला सुदृढ बनाउनेछ, स्वच्छ, सुलभ र नेपाली संस्कृतिसँग मेल खाने उत्पादन उपभोक्तासम्म पुर्‍याउनेछ र नेपाललाई क्षेत्रीय खाद्य निर्यातमा बलियो मुलुकका रूपमा स्थापित गर्नेछ। दुवै कम्पनीले नवप्रवर्तन प्रवर्द्धन, समुदाय सशक्तीकरण र नेपालकै आर्थिक तथा औद्योगिक वृद्धिमा योगदान पुर्‍याउने साझा अडान व्यक्त गरेका छन्।

    चौधरी ग्रुप हाल ३५ देशमा २०० भन्दा बढी कम्पनी सञ्चालनमा गरिरहेको नेपालको पहिलो बहुराष्ट्रिय कम्पनी हो। एफएमसीजी, आतिथ्य, शिक्षा, पूर्वाधार, अटोमोबाइल तथा वित्तीय क्षेत्रमा सक्रिय चौधरी ग्रुप विश्वव्यापी रूपमा मुख्यतः ‘वाईवाई’ नूडल्सका लागि परिचित छ ।

    बिकाजी फुड्स इन्टरनेशनल लिमिटेड १९९३ मा स्थापना भई बिकानेरमा मुख्यालय रहेको भारतको तेस्रो ठूलो एफएमसीजी ब्रान्ड हो। भुजिया, नमकिन, मिठाई, पापड र फ्रोजन फुड्सजस्ता उत्पादनमा यसको पोर्टफोलियो छ, जसका परिकारहरू २५ भन्दा बढी देशमा निर्यात हुन्छन् र भारतसहित विश्वभर लाखौं उपभोक्तालाई सेवा पुर्‍याइरहेको छ।

  • सिटिजन्स बैंक र ई–स्पोट नेपालबीच समझदारी

    सिटिजन्स बैंक र ई–स्पोट नेपालबीच समझदारी

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नागपोखरी, काठमाडौं स्थित ई–स्पोट नेपालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले ई–स्पोट नेपालको सम्पूर्ण आउटलेटमा ५ प्रतिशत इभी चार्जिङ्ग र ५ प्रतिशत फुडमा गरी १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड”भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख १९ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • विद्यार्थीहरुलक्षित एनसेलले ल्याएको ‘सधैं अन रिन्युअल’ प्लानहरु संचालन, फेसबुक, टिकटक र युट्युव अनलिमिटेड

    विद्यार्थीहरुलक्षित एनसेलले ल्याएको ‘सधैं अन रिन्युअल’ प्लानहरु संचालन, फेसबुक, टिकटक र युट्युव अनलिमिटेड

    काठमाडौं । एनसेलले विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको ‘सधैं अन रिन्युअल’ प्लानहरु संचालनमा ल्याएको छ । २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका लगायत सबै विद्यार्थीहरूलाई लक्षित यो स्टार्टर प्लान अफरले सुलभ दरमा मनोरञ्जनका साथै दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गर्दछ ।

    कर सहित रु.३९९ र सो भन्दा माथिका मासिक शुल्कमा उपलब्ध हुने यी प्लानहरुमा अनलिमिटेड फेसबुक, अनलिमिटेड टिकटक, अनलिमिटेड युट्युब, लाइन्सगेट प्लेमा निःशुल्क प्रिमियम सामग्रीको पहुँच, अनलिमिटेड नाइट डेटा र प्याकमा समावेश अन्य सेवाहरू पाइन्छ।

    उदाहरणका लागि रु. ३९९ को सधैं अन रिन्युअल प्लानमा विद्यार्थीहरूले ३० दिनको लागि ३९९ मिनेट अल नेपाल कल टक टाइम, ८ जीबी डेटा र ३९ वटा अल नेपाल एसएमएस बन्डल भएको सेवाहरु पाउँछन् । त्यसैगरी यदि विद्यार्थीहरुले रु. ५९९ को सधैं अन रिन्युअल लिएमा उनीहरुले ५९९ मिनेट अल नेपाल टक टाइम, २० जीबी डेटा र ५९ वटा अल नेपाल एसएमएस सेवाहरु पाउँछन्।

    यो योजना अन्तर्गतको सिम वा ई–सिम लिन विद्यार्थीहरूले आफ्नो पासपोर्ट साइजको फोटो, विद्यार्थी परिचयपत्र र आफ्नो वा आमाबुवाको नागरिकताको प्रतिलिपिसहित नजिकको कुनै पनि एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा जान सक्छन् ।

    विद्यार्थीहरूलाई सुलभ मूल्यमा सेवाका साथै मनोरञ्जनका लागि विभिन्न सुविधा सहित यो अफर ल्याउन पाएकोमा कम्पनी खुशी रहेको एनसेलले जनाएको छ । ‘सधैं अन रिन्युअल’ अन्तर्गतको यो स्टार्टर प्लानले विद्यार्थीहरूलाई आफ्नो डिजिटल यात्रा आफ्नै सिमबाट सुरु गर्न सहयोग गर्ने, उनीहरूलाई सधैं अन राख्ने र साथीभाइ, परिवारका सदस्यहरुसँग सम्पर्कमा रहि रहन ठूलो भुमिका खेल्ने विश्वास एनसेलले लिएको छ ।

     

  • अग्निग्रुपले नयाँ गाडी ‘महिन्द्रा बोलेरो नियो एसयुभि’ र ‘महिन्द्रा जिओ इभि पिक-अप’ गर्यो सार्वजनिक

    अग्निग्रुपले नयाँ गाडी ‘महिन्द्रा बोलेरो नियो एसयुभि’ र ‘महिन्द्रा जिओ इभि पिक-अप’ गर्यो सार्वजनिक

    काठमाडौं । अग्नि ग्रुपले अग्नि लजिस्टिक्स प्राइभेट लिमिटेडले ‘महिन्द्रा बोलेरो नियो एसयुभि’ र ‘महिन्द्रा जिओ इभि पिक-अप ’ नामक दुई नयाँ गाडी सार्वजनिक गरेको छ । दुई वटा नयाँ गाडीसँगै अग्निग्रुपले डेलिभरि भ्यान पनि सार्वजनिक गरेको छ ।

    बुधबार हेटौँडामा आयोजना गरेको ‘लजिस्टिक्स उद्घाटन तथा प्रोडक्ट लन्च समारोह’ कार्यक्रममा नयाँ ‘लजिस्टिक्स सेन्टर’ सुरू गरेपछि अग्नि इन्कर्पोरेटेड प्रा.लि.मार्फत अग्निग्रुपले महिन्द्राका २ नयाँ गाडीहरू महिन्द्रा बोलेरो नियो एसयुभि र महिन्द्रा जियो इभिलाई एकैसाथ सार्वजनिक गरेको छ।

    उक्त समारोहमा बागमती प्रदेशका मुख्यसचिव भुपाल बराल, अग्निग्रुपकाअध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्निग्रुपका प्रबन्धनि र्देशक सुसन श्रेष्ठ, अग्निग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, अग्निग्रुपका उपाध्यक्ष वेदासताषा श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्राका ‘नेपाल, भुटान र बंगलादेश’ का लागि क्षेत्रीय प्रबन्धक चैतन्य कागलकरद्वारा अग्नि ग्रुपका विशेष पदाधीकारीहरू,महिन्द्रा एण्ड महिन्द्राका विशेष पदाधीकारीहरू, नेपालका लजिस्टिक्स विशेषज्ञहरू, मिडिया तथा व्यावसायिक ग्राहकहरु कार्यक्रममा सहभागी थिए ।

    उक्त कार्यक्रमलाई बागमती प्रदेशका मुख्यसचिव बराल र अग्निग्रुपका अध्यक्ष श्रेष्ठद्वारा ताम्रपत्र अनावरण गरी लजिस्टिक्स सेन्टरको उद्घाटन गरिएको हो ।

    अग्नि लजिस्टिक्स जस्ता नयाँ लजिस्टिक्स सेन्टरहरू खुल्नु नेपालमा पूर्वाधार क्षेत्रको विकासको लागि एक महत्त्वपूर्ण उपलब्धी हो । देशको व्यवसाय क्षेत्रमा प्रविधि र पूर्वाधारको कमिलाई मध्यनजर गर्दै, अग्नि लजिस्टिक्सले भरपर्दो थ्रिपिएल सेवामार्फत व्यवसायलाई अझ क्षमतावान र चलायमान बनाउने भूमिका खेल्न प्रतिबद्ध रहेको छ ।

    त्यसैगरी वर्षौँदेखि व्यावसायिक सवारी तथा अटोमोटिभ क्षेत्रमा नेपाली ग्राहकहरूको विश्वास जित्न सफल अग्नि इन्कर्पोरेटेड, ग्राहकहरूको आवश्यक्तालाई मध्यनजर गर्दै अझै नयाँ र भरपर्दो सवारी साधनहरू सजिलै उपलब्ध गराउन प्रतिबद्ध रहेको छ ।

  • डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जना भाग्यशाली विजेताका लागि वर्षभरि सित्तैमा इन्टरनेट

    डिशहोमको ‘खुशीको बोनस’ : हरेक हप्ता १४ जना भाग्यशाली विजेताका लागि वर्षभरि सित्तैमा इन्टरनेट

    काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि एक विशेष योजना ‘खुशीको बोनस, ३६५ दिन नै बोनस’ सार्वजनिक गरेको छ।

    ‘अफर अन्तर्गत, वार्षिक नयाँ इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू हरेक हप्ता हुने लक्की ड्रमा सहभागी हुने छन्, जसबाट कुल १४ जना भाग्यशाली विजेता छनोट गरिने छन्।,’ ‘विज्ञेप्तीमा उल्लेख गरिए अनुसार, ‘विजेतामध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहक हुने छन्, जसले ३६५ दिनको इन्टरनेट बोनस जित्ने अवसर पाउने छन्।’

    डिशहोमले यो योजना ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउन र उनीहरूको निरन्तर समर्थन प्रतिकृतज्ञता प्रकट गर्न ल्याएको हो। विजेताको घोषणा हरेक हप्ता साँझ ५ बजेडिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडिच्यानलमा गरिने विज्ञप्तीमा भनिएको छ ।

    डिशहोम सधैँ ग्राहकलाई उत्कृष्ट सेवा र थप मूल्य प्रदान गर्ने प्रतिबद्धता साथ अघि बढ्दै आएको छ। ‘३६५ दिन बोनस’ योजना यसैको प्रमाण हो, जसले इन्टरनेट सेवाको मूल्य मात्र होइन, अनुभवलाई समेत समृद्ध बनाउने छ।

    वाईफाई जडान नजिकको डिशहोम डिलर वा ०१-५९७०३६५ मा सम्पर्क गर्न सकिन्छ भने रिचार्जका लागि खल्ती ईसेवा वा माई डिशहोम एप प्रयोग गर्न सकिन्छ ।

    डिशहोमसँग भ्याटसहित १०० एमबिपिएसको- प्रतिवर्ष रू. ८ हजार ५०० सय , २०० एमबिपिएको- प्रतिवर्ष रू. ११ हजार ५०० सय  र ३०० एमबिपिएसको -प्रतिवर्ष रू. १३ हजार ५ सय ५० सम्मको अफर व्याकेज छ ।

    नयाँ वाईफाई जडानको लागी भ्याटसहित थप रु. ११३० र लाग्ने विज्ञप्तीमा भनिएको छ ।

  • एनआई सी एशिया बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसबीच सहकार्य, डिजिटल भुक्तानीमा ग्राहकलाई १५ छुट

    एनआई सी एशिया बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसबीच सहकार्य, डिजिटल भुक्तानीमा ग्राहकलाई १५ छुट

    काठमाडौं । आँखा उपचारमा एनआई सी एशिया बैंक र एएसजीआई केयर एण्ड हेल्थ सर्भिसबीच सहकार्य भएको छ।

    बैंकका ग्राहकहरुलाई आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको हो। सम्पन्नभएको छ । बैंकका ग्राहकहरुले एएसजीआई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवापछि डिजिटल भुक्तानीगर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।

    बैंकका ग्राहकहरुले (Surgery Procedures)  मा  १५ प्रतिशत वा बढीमा १० हजारसम्म र  ( Minor Investigation/Optical/lens) मा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकहरुले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधाउपभोग गर्न सक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    उक्त सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वामो बैंक (यद्यबलप) एपमार्फत भुक्तानीगर्नुपर्ने छ । बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप एएसजीआई केयर एण्ड हेल्थ सर्भिससँग सहकार्य गरेको छ । बैंकका ग्राहकहरुको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

     

  • नबिल बैंकको ऋणपत्र बिक्री खुला, ब्याजदर कति ?

    नबिल बैंकको ऋणपत्र बिक्री खुला, ब्याजदर कति ?

    काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ८ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गरेको हो ।

    बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिने भएको छ । बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने भएको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ ।

    प्रतिऋणपत्र अंकित मूल्य एक हजार तोकिएको छ । यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा ११ लाख ४० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

    यस ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । ऋणपत्र साउन ९ गतेसम्म निष्काशनमा रहने भएको छ । यदि यो अवधिसम्म बिक्री नभएमा ढिलोमा साउन २० गतेसम्म खुल्ला रहने बैंकले जनाएको छ ।

     

  • एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश, दुर्गम ठाउँका ग्राहाकलाई सुविधा दिइने

    एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश, दुर्गम ठाउँका ग्राहाकलाई सुविधा दिइने

    काठमाडौं । सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक ‘एनआई सी एशिया बैंक’ २८ औँ वर्षमा प्रवेश गरेको छ ।

    २८ वर्षको दौरानमा ग्राहाकहरुको अगाध स्नेह एवं भरोसा पाएको बैंकले जनाएको छ । नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएका छौँ त्यसको सम्पूर्ण श्रेय ग्राहाकहरुलाई नै जाने बैंकले विज्ञप्तीमा उल्लेख गरेको छ ।

    यस्तै आगामी दिनहरुमा पनि अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट बैंकले गरेको छ ।

    डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले बैंक भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखाकार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालबाट लाखौं ग्राहकमहानुभावहरुमाझ गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएको छ ।

    देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथावित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखाविस्तार गरी निर्वाध रुपमा बैंकिङ्ग सेवा देशको कुनाकुनामा पुर्‍याउन बैंक सफल भएको विज्ञप्तीमा भनिएको छ ।

     

     

  • होण्डा मोटर कम्पनीले ‘ग्लोबल होण्डा ब्राण्ड’ नेपालमा भित्र्यायो

    होण्डा मोटर कम्पनीले ‘ग्लोबल होण्डा ब्राण्ड’ नेपालमा भित्र्यायो

    काठमाडौं । होण्डा मोटर कम्पनीको आधिकारीक बितरक स्याकार ट्रेनिङ कम्पनी प्रा.लि.ले नेपालमा प्रो होण्डा जेनुईन ईन्जिन आयललाई नयाँ ‘ग्लोबल होण्डा ब्राण्ड’ भित्र्याएको छ । उक्त ब्राण्ड नेपालमा भित्र्याइएसँगै बिक्री वितरण पनि शुरु भइसकेको छ ।

    होण्डा मोटर कम्पनीले मोटर साईकल र अन्य पावर प्रडक्ट्स उत्पादनहरुका लागि विकसित आधुनिक र विश्वस्तरीय ‘यो ईन्जिन आयल ब्राण्ड’ को उद्देश्य होण्डाका सबै प्रयोगकर्ताहरुलाई आफ्नो सवारी तथा पावर प्रडक्ट्सका लागि गुणस्तरीय जेनुईन ईन्जिन आयल सुबिधा पुर्‍याउनु रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    ‘प्रो होण्डा आयल सवारीको इन्जिन लामो समयसम्म टिक्न र वातावरणमा प्रदुषण कम गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले तयार गरिएको छ । यसको नयाँ प्रविधिले इन्जिनभित्रको घर्षणलाई कम गर्छ, जसले गर्दा गाडीमा पेट्रोल कम खपत हुने र मर्मत गर्न लाग्ने खर्चमा पनि कमी आउँछ,’ विज्ञप्तीमा भनिएको छ, ‘यति मात्र होइन, यसमा खिया लाग्न नदिने विशेष गुण भएकाले यसले इन्जिनका पाटपुर्जाहरूलाई खियाबाट जोगाउँछ र समग्रमा इन्जिनको आयु अझ बढाउँछ ।’

    स्याकार ट्रेडिङ कम्पनीका अनुसार, ‘प्रो होण्डा आयल वातावरणमैत्री हुनुका साथै आर्थिक भार पनि कम गर्ने भएकाले सवारी धनीहरूका लागि यसको प्रयोग गर्नु अत्यन्तै लाभदायक हुनेछ । इन्जिनलाई सुरक्षित राख्नुका साथै प्रो होण्डा आयलले इन्जिनको कार्यक्षमता समेत बढाउने कुरामा कम्पनी विश्वस्त रहेको छ । प्रो होण्डा आयल विभिन्न गुणस्तरीय भेरियन्टहरूमा उपलब्ध छन् । यसमा १० डब्लु ३० एमए नेपाल १ लिटर, त्यसपछि १० डब्लु ३० एमबी नेपाल ०.८ लिटर, त्यसैगरी ५ डब्लु ३० एमए नेपाल ०.६ लिटर, साथै ५ डब्लु ३० एमबी नेपाल १ लिटर, र अन्तमा होण्डा हाई पर्फमेन्स इन्जिन आयल एसएई १० डब्लु ३० रहेका छन् ।

    नयाँ र गुणस्तरीय उत्पादनको लन्च संगै होण्डाले नेपालका सवारी साधन धनीहरुलाई उत्कृष्ट आयलको अनुभब प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई गरेको छ । नेपाली बजारमा सवारी साधनको ईन्जिनमा सुधार ल्याउने र ग्राहकहरुको बिश्वास जित्ने अपेक्षा “प्रो होण्डा आयल” ले गरेको छ ।

    स्याकार ट्रेनिङ कम्पनी प्राइभेट लिमिटेड नेपालमा होण्डा मोटर कम्पनीको बिगत ५५ बर्ष भन्दा अघि देखि आधिकारीक बितरक रुपमा रहेको छ । यसले देशभरि होण्डाका उच्च गुणस्तरका उत्पादनहरु र उत्कृष्ट बिक्री पश्चात सेवाहरु प्रदान गर्दै आएको छ, जसले नेपाली ग्राहकहरु माझ होण्डाको लोकप्रियतालाई निरन्तर बढाएको छ ।

     

  • डिशहोम र ल्यानिजहबबीचको सहकार्य, हाईफ्युचर ग्याजेटहरूमा ५० % सम्मको विशेष छुट

    डिशहोम र ल्यानिजहबबीचको सहकार्य, हाईफ्युचर ग्याजेटहरूमा ५० % सम्मको विशेष छुट

    काठमाडौं । आफ्ना ग्राहकहरूलाई प्रविधिमैत्री जीवनशैलीमा अझ नजिक ल्याउने लक्ष्य सहित डिशहोमले ल्यानिजहबसँग सहकार्य गरेको छ ।

    सहकार्यपछि ल्यानिजहबले डिशहोमका ग्राहकहरुका लागि विश्वप्रसिद्ध हाईफ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५० प्रतिशत सम्मको भारी छुट दिने भएको छ ।

    उक्त सहकार्यपछि अब ग्राहकहरूले डिशहोमका सेवा लिएर उच्चगुणस्तरका ग्याजेटहरू अर्धमूल्यमा प्राप्त गर्न सक्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    यो विशेष छुट पाउनको लागि ग्राहकहरूले डिशहोम इन्टरनेट वा टिभी सेवा ३/६/१२/२४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्ने छ। त्यसपछि डिशहोमका ग्राहकहरुले उच्चगुणस्तरका ग्याजेटहरू अर्धमूल्यमा प्राप्त गर्न सक्नेछन् ।

    छुटमा हाईफ्युचरका स्मार्ट ग्याजेटहरू अनलक खरिद गर्न सक्नेछन्। सोनिक एयरएयरबड रु. १,७४९ (बजार खुद्रा मूल्य रु. ३,४९९) मा खरिद गर्न सकिन्छ भने जोन-स्मार्ट वाच रु. २,७४९ (बजार खुद्रा मूल्य रु. ५,४९९) मा र भोकल स्पिकर रु ४,४९९ (बजार खुद्रा मूल्य रु. ८,९९९) मा खरिद गर्न सकिन्छ ।

    डिशहोमले केवल इन्टरनेटर टिभी सेवा मात्रै होइन, ग्राहकको दैनिक जीवनशैलीलाई स्मार्ट र सजिलो बनाउन प्रिमियम एक्सेसोरीहरू पनिल्याउँदै आएकोछ। यो अफर पनि लागू भएको छ।

    ग्राहकहरूले डिशहोमको वेबसाइट मार्फत सजिलै यी प्रोडक्टहरू खरिद गर्न सक्नेछन्। डिशहोमका अनुसार, “ल्यानिजहबसँगको सहकार्यमार्फत हामीले विश्वस्तरीय हाईफ्युचर उत्पादनहरू नेपालीग्राहकहरू कालागिकिफायती मूल्यमा उपलब्ध गराउन पाएका छौं।यो केवल अफर होइन, डिजिटल जीवनशैलीलाई आत्मसात गर्ने एउटा अवसर हो।”

    यो योजना नयाँ तथा पुराना दुवै ग्राहकहरूका लागि लागू हुनेछ, जसले डिश होम अनुभवलाई अझ समृद्ध बनाउनेछ। यससँगै, सबै हाई फ्युचर उत्पादनहरूमा अतिरिक्त १५ प्रतिशत छुट पाउनको लागि प्रोमोकोड ( CHILLFI15 ) प्रयोग सकिन्छ ।

  • ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ सम्पन्न

    ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ सम्पन्न

    काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा श्रावण ३ गते कुपण्डोलस्थित होटल हिमालयमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१’ सम्पन्न भएको छ । सो सम्मान गायनतर्फ वरिष्ठ गायिका चन्द्रकला शाह र संगीततर्फ वरिष्ठ संगीतकार शीला बहादुर मोक्तानलाई जनही नगद पुरस्कार रु १००,०० सहित प्रदान गरिएको छ ।

    कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ दिवंगत कलाकार घनश्याम गौतमलाई प्रदान गरिएको छ । कलाकार गौतमकी धर्मपत्नी यूगज्योति क्रियाशिलले उक्त सम्मान ग्रहण गरिन् । २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा कृयाशिल स्वास्थ्योपचार गराइरहेका संगीतकर्र्मीलाई प्रदान गर्दै आएको छ। भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए ।

    भक्तराज आचार्य संगीत प्रतिष्ठानले संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पु¥याउदै आएको छ र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिदंै आएको छ ।
    सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुतmानी पनि गर्न सकिन्छ ।

  • नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

    नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

    काठमाडौं । नबिलबैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमाप्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ (National Best Presented Annual Report Award -NBPA – 2024)द्वारा सम्मानितभएको छ ।

    आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशितवार्षिक प्रतिवेदनकाआधारमा संस्थाको वित्तीयपारदर्शिता, जवाफदेहिता र सुशासनकालागि बैंकिङ क्षेत्रमाअब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।

    आर्थिक वर्ष २०२२/२३ मा पनिनबिल बैंकले गोल्ड अवार्ड हातपारेका थिए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममामाननीयमहालेखापरिक्षक तोयम रायले नबिल बैंककावित्तप्रमुख सन्दिपबाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए ।

    बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा) ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने साफाबिपिए अवार्डका लागि समेत मनोनित हुनेछ ।

    नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवाप्रदानगर्दै आएको छ ।

    नबिलबैंकले नेपाली बैंकिङ क्षेत्रमानवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमाकामगर्दै आएको छ ।

  • राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा ढकाल नियुक्त 

    राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा ढकाल नियुक्त 

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    बैंकका सूचना अधिकारी पवन रेग्मीका अनुसार बिहीबारदेखि लागू हुनेगरि बैंकको अध्यक्षमा ढकाललाई नियुक्त गरिएको हो । अध्यक्षमा ढकालको कार्यकाल चार वर्षको हुनेछ ।

    ढकाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका व्यक्ति हुन् । राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक ढकालले बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरिवेक्षण विभाग र प्रवक्तामा रहेर तीन दशक काम गरेका थिए ।

  • डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न

    डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न

    ललितपुर । मिति २०८२/०३/१४ र २०८२/०३/२१, भैसेपाटीस्थित वन ट्री हिल फुटसलमा डिशहोमले आयोजना गरेको पहिलो डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न भएको छ। व्यावसायिक साझेदार कम्पनीहरूबीच सहकार्य, सद्भाव र स्वस्थ सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित डिशहोम सोलिडारिटी फुटसल कप प्रतियोगितामा १४ कम्पनीलाई प्रतिनिधित्त्व गर्दै १७टिम सहभागी भएका थिए |

    उल्लेखित प्रतियोगिता अन्तर्गत सहभागी १७ टिमलाई चारओटा समूह बीच बिभाजन गरि समूहचरणको खेल खेलाईएको थियो | समूहचरणको खेल समाप्ति पश्चात समूह “A” बाट Aqore Software Pvt. Ltd. र IME Limited, समूह “B” बाट Optinet Solution Pvt. Ltd. र IME Cooperative Pvt. Ltd., समूह “C” बाट Nepal Digital Service Pvt. Ltd. र CG Communication Ltd. र समूह “D” बाट DishHome Internet र Amnil Technology Pvt. Ltd. गरि जम्मा ८ ओटा टिम क्वाटर फाईनलमा स्थान सुरक्षित गर्न सफल भएका थिए | क्वाटर-फाइनलको खेल पश्चात सेमी-फाइनलमा प्रवेश गरेका चार (४) वटा टिम (IME Cooperative, Nepal Digital Service, Optinet Solution, CG Communication) मध्ये Final को यात्रा भने CG र NDS ले तय गरेका थिए |

    ‘स्वास्थ्य, सम्बन्ध र एकताका लागि खेल’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको फाइनल खेलमा CG Communication Ltd (CG) ले नेपाल डिजिटल सर्भिस (NDS) लाई पराजित गर्दै उपाधि हात पार्‍यो।CG Communication का खेलाडी सुशील श्रेष्ठ र सलिन श्रेष्ठले पहिलो हाफमै गोल गर्दै टोलीलाई अग्रता दिलाए, भने दोस्रो हाफमा थप गोल गर्दै जित सुनिश्चित गरे।तेस्रो स्थानका लागि भएको खेलमा Optinet Solution ले IME Cooperative लाई हराउँदै तेस्रो स्थान हासिल गर्‍यो।

    विजेता CG Communication, दोस्रो भएको Nepal Digital Service, र तेस्रो स्थान प्राप्त Optinet Solution ले क्रमशः नगद राशी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए।उत्कृष्ट खेलाडीमा धिरज बास्कोटा (Optinet Solution) बाट र उत्कृष्ट गोलकिपर लोकेन्द्र तामाङ (CG Communication Ltd) बाट चयन भए |

    समापन समारोहमा DishHomeका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले पुरस्कार वितरण गरेका थिए | डिशहोमले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको भन्दै आगामी वर्षहरूमा पनि सहकार्य र सम्बन्ध मजबुत बनाउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गर्ने योजना सार्वजनिक गरेको छ।

     

  • कामना सेवा विकास बैंकको वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?

    कामना सेवा विकास बैंकको वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ?

    काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण हेर्दा यस बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१९ प्रतिशत बढी हो। अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले समीक्षा अवधिसम्ममा कुल ६३ अर्ब ५० करोड निक्षेप सङ्कलन गरी ५२ अर्ब ५५ करोड कर्जा प्रवाह गरेको छ ।

    यस अवधिसम्म बैंकले ९८ करोड ७० लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा रहेको छ।

    बैंकको पुँजी कोष अनुपात १३.२० प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा ३.३८ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ ।

    बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ।

    बैंकले अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्नको लागि नेपाल धितो पत्र बोर्डमा निवेदन दर्ता गरिसकेको छ । धितोपत्र बोर्डको स्वीकृति पश्चात् आवश्यक प्रक्रिया पुरा गरी शेयर जारी गर्ने बैंकले जनाएको छ ।
  • मर्जरसँगै सुरू भयो ‘खल्ती बाइ आईएमई’ को एकीकृत कारोबार (तस्बिरहरू)

    मर्जरसँगै सुरू भयो ‘खल्ती बाइ आईएमई’ को एकीकृत कारोबार (तस्बिरहरू)

    काठमाडौं । डिजिटल भुक्तानी माध्यमका रूपमा रहेका खल्ती र आईएमई वालेट मर्ज भएको छ ।

    काठमाडौंमा आज एक कार्यक्रमका बीच आईएमई पे र खल्ती वालेट मर्ज भएको हो । मर्ज भएसँगै ‘खल्ती बाइ आईएमई’ नाममा एकीकृत कारोबार सुरू भएको छ । यसरी एउटै एपमा समेटिएपछि साबिकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।

    यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आईएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ ।

    यी दुई वालेट मर्जरमा जानु अघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।

    ब्याज दिने एकमात्र वालेटको रूपमा चिनिएको आईएमई पेरेमिटेन्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा रुचाइएको थियो । 

     

  • आईएमई पे र खल्तीको एकीकृत कारोबार- आजदेखि खल्ती बाइ आईएमई

    आईएमई पे र खल्तीको एकीकृत कारोबार- आजदेखि खल्ती बाइ आईएमई

    काठमाडौं । आईएमई पे र खल्ती वालेट मर्ज भई आज बाट ‘खल्ती बाइ आईएमई’ नाममा एकीकृत कारोबार सुरू भएको छ । यसरी एउटै एपमा समेटिएपछि साबिकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।

    यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आईएमई’ लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ । यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने छ ।

    यी दुई वालेट मर्जरमा जानु अघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए ।

    ब्याज दिने एकमात्र वालेटको रूपमा चिनिएको आईएमई पेरेमिटेन्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा रुचाइएको थियो ।

    अब यी दुवै वालेट मर्ज भएर आ-आफ्ना उत्कृष्ट सेवाहरूलाई अझ परिष्कृत, सहज, सरल र सुरक्षितरूपमा प्रदान गर्नेछन् ।

    साबिक आईएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आईएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ । यस प्रक्रियामार्फत आईएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन् । खल्ती प्रयोगकर्ताहरूले चाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्ने छन् ।

    आईएमई पे आईएमई ग्रुपअन्तर्गत सञ्चालन हुँदै आएको थियो । अर्कोतर्फ, चारजना सह-संस्थापकद्वारा स्थापना गरिएको खल्तीमा पछि वल्डलिंक, त्रिवेणी ग्रुपजस्ता कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए ।

    आईएमई डिजिटल सोलुसन्स का अध्यक्ष कृष्णप्रसाद शर्माले आईएमई पे र खल्तीबीचको मर्जरबाट बनेको आईएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास जनाए ।

    खल्तीका अध्यक्ष मनोजकुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको र आईएमई खल्ती लिमिटेडले देशभर वित्तीय पहुँचको नयाँ युग सुरू गर्ने बताए ।

    आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू रहेको जानकारी दिए ।

    दुवै कम्पनीले आज विशेष कार्यक्रम आयोजना गरी मर्जरको औपचारिक घोषणासमेत गर्ने छन् ।

    आईएमई पेले Digital Services ICT Award 2024, HRM Award for Corporate Excellence in the FinTech Category 2023 र Visa Leadership Conclave Nepal 2023 मा Excellence in Fintech Partnership Award प्राप्त गरेको थियो ।

    त्यस्तै, खल्ती ले WITSA Global Innovation & Tech Excellence Awards 2022,२०२३ र २०२४ मा देशकै सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने सेवा प्रदायक (NCHL बाट लगातार २ वर्ष) र नेपाल राष्ट्र बैंक बाट डिजिटल कारोबारमा पुर्‍याएको योगदानको उच्च कदरस्वरूप सम्मान प्राप्त गरेको थियो ।

  • सिटिजन्स बैंकद्वारा सात वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

    सिटिजन्स बैंकद्वारा सात वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

    काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८१/८२ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ ।

    बैंकको कोशी प्रदेशका १९, मधेस प्रदेशका १६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ तथा सुदूरपश्चिम प्रदेशका ९ शाखाहरु मार्फत विभिन्न उमेर समूहका व्यक्तिहरू, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू र अन्य समूहका गरी विभिन्न वर्गलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरूको आयोजना गरी करिब १० औं हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको छ । कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ ।

    यस सँगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ्ग प्रणाली मजबुत हुने र  सर्वसाधारणमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरूमा  स्वस्थ शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं असाहयहरुको लागि सञ्चालित संस्थाहरूमा सहयोगहरू गरिसकेका छ।

    विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोन पे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुविधा पनि  ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख १२ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

  • जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा उपलब्ध

    जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा उपलब्ध

    काठमाडौं । ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले आफ्ना ३ मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजना ल्याएको छ । यो योजनाअनुसार प्रयोगकर्ताहरूले अत्याधुनिक सुविधायुक्त जेडटीई भी७० म्याक्स र प्रिमियम जेडटीई भी७० डिजाइन मोडेलका स्मार्टफोनहरू ६ महिनाको सहज मासिक किस्तामा खरिद गर्न सक्नेछन्। यस किस्ताबन्दी योजना अन्तर्गत इच्छुक खरिदकर्ताले केवल आफ्नो नेपाली नागरिकता प्रमाणपत्रको भरमा नयाँ स्मार्टफोन किन्न सक्नेछन् । यस बाहेक यसमा कुनै जटिल कागजी प्रक्रिया नरहेको र ब्याज पनि नलाग्ने कम्पनिले जानकारी दिएको छ ।

    प्रयोगकर्ताहरूलाई सरल र सहज किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले जगदम्बा हायर पर्चेजसँगको साझेदारीमा जेडटीईले यस विशेष योजना सार्वजनिक गरेको हो। नेपालमा १५,००० देखि २०,००० रूपैयाँका फोनहरुमा पनि किस्ताबन्दी सुविधा ल्याउने जेडटीई दोस्रो ब्रान्ड बनेको छ, जसले सबै नेपालीका लागि नयाँ प्रविधि अझ पहुँचयोग्य बनाउने कम्पनिको उद्धेश्यलाइ सार्थकता प्रदान गरेको छ ।

    यस शुन्य प्रतिशत ब्याजदर किस्ताबन्दि योजना अनुसार १५,९९९ मूल्य रहेको भी७० म्याक्स (६+१२८ जिबी) स्मार्टफोन मोडेल खरिद गर्न चाहनेले रूपैयाँ ६ हजार ४०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १,६०० किस्तामा तिर्न सकिन्छ। यस्तै, १६,९९९ मूल्य रहेको भी७० डिजाइन (८+१२८ जिबी) मोडेलका लागि प्रयोगकर्ताले ६,८०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम ६ महिनासम्म मासिक १,७०० किस्तामा तिर्न सकिन्छ। अलि बढी स्टोरेज क्षमता भएको फोन खोजिरहेका प्रयोगकर्ताका लागि १८,९९९ मूल्यको भी७० डिजाइन (८+२५६ जिबी) स्मार्टफोन मोडेल खरिद गर्दा रूपैयाँ ७,६०० अग्रिम भुक्तानी गरेपछि बाँकी रकम मासिक १,९०० किस्तामा ६ महिनासम्म तिर्न सकिन्छ ।

    यस शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजनामार्फत जेडटीईले अत्याधुनिक प्रविधिलाई अझ पहुँचयोग्य र सर्वसुलभ बनाउने प्रयासलाई थप मजबुत बनाएको छ । नयाँ स्मार्टफोन किन्न चाहने हरेक प्रयोगकर्ताहरूका लागि यो अवसर निकै उपयुक्त र प्रभावकारी सावित हुने विश्वास गरिएको छ ।

  • जीवन बीमामा ऐतिहासिक रेकर्ड- नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन

    जीवन बीमामा ऐतिहासिक रेकर्ड- नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको बताएको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका बीमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी, नियामक निकायहरू तथा यस लक्ष्यलाई मूर्त बनाउन सहयोग गर्ने सरोकार पक्षमाझ आभार जनाएका छन् ।

    यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश गरेको उल्लेख गर्दै पराजुलीले आगामी दिनमा बीमा बजारको वृद्धिमा अझ सहयोग पुग्ने विश्वास लिए ।

    नेपाल लाइफ प्रविधिमैत्री प्रणालीहरूको प्रयोगअधिकतम  गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने खालका इनोभेटिभ प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने ,कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।

  • दराजद्वारा ‘महाबचत बजार’ सेलको घोषणा

    दराजद्वारा ‘महाबचत बजार’ सेलको घोषणा

    काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्ना ग्राहकहरूका लागि “महाबचत बजार” सेलको घोषणा गरेको छ । श्रावण २ देखि श्रावण १५ (जुलाई १८–३१, २०२५) सम्म सञ्चालन हुने यो भव्य सेल अन्तर्गत ग्राहकहरूले आफ्नो खरिदमा सगरमाथाको चुचुरो झैँ उच्च ८०% सम्मको छुट, निःशुल्क डेलिभरी, र २ करोड रुपैयाँ बराबरको भौचर लगायतको लाभ लिन सक्नु हुनेछ ।

    महाबचत बजार सेल अन्तर्गत फ्ल्यास सेलमार्फत ग्राहकहरूले हरेक दिन विभिन्न श्रेणीका उत्पादनहरूमा सबैभन्दा न्यून मूल्यमा आकर्षक अफरहरू प्राप्त गर्न सक्नुहुनेछ । यस अभियानमा सहभागी ब्रान्डहरूबाट प्रदान गरिने छुटहरू मा प्लेटिनम पार्टनरका रूपमा रहेका सिताफिल, किक, एईवीबी, मार्सियो र युनिलिभर मार्फत २५% सम्मको छुट, गोल्ड पार्टनरहरू, र्‍होटो, एंकर र मम्बड्स मार्फत ५०% सम्म छुट प्राप्त गर्न सक्नु हुनेछ । त्यसै गरी, सिल्भर पार्टनरहरू, ब्राण्डहाउस, जीसीजी आईवेयर, न्यानो र अर्कका तर्फबाट ६०% सम्म छुटको पनि व्यवस्था रहेको छ ।

    “महाबचत बजार” सेलको मुख्य आकर्षणका रूपमा रु. ८ देखि ८,८५८ सम्मका मेगा डिलहरू मा रु. ८, रु. ४८, रु. ८४८, र रु. ८,८५८ मा पाइने मेगा डिलहरू पनि समावेश गरिएको छ । साथै, जियासिसको ८ केजी क्षमताको वासिङ मेसिन (रु. ४९,९९९), वान प्लस नोर्ड सीईफाइभ (रु ४८,९९९), अकारिटेक ४३ इन्च स्मार्ट एलईडी टिभी (रु. ३२,९४०), रेडमी नोट १४ फाइभजी (रु. ३०,९९९), भरटेक्स २४ इन्च गेमिङ मोनिटर (रु. १८,९९९) र अकारीटेक ६० लिटर रेफ्रिजिरेटर (रु. १६,९९०) लगायत सीमित स्टकमा मात्र रु. ८,८४८ मा उपलब्ध हुनेछन् ।

    महाबचत बजार सेल अन्तर्गत दुई जना भाग्यमानी ग्राहकले १०,४९९ पर्ने अल्टिमा वेभबारको १२० वाट क्षमताको साउन्डबार केवल रु. ८ मा खरिद गर्न सक्नु हुनेछ । त्यसै गरी, भ्यान्स, अर्क, नाईक, पोसिलो फुड्स, एमडब्ल्यूसी, कन्भर्स, टाईटेक्स, अलेवा लगायत १०० भन्दा बढी ब्रान्डहरूका उत्पादनहरु फ्ल्याट ६०% छुटमा उपलब्ध हुनेछ ।

    बैंक तथा ईसेवाका माध्यमबाट खरिदमा प्रिपेमेन्ट लाभ
    दराजले महाबचत बजारका माध्यमबाट ग्राहकहरुले थप लाभ लिन सकुन् भन्ने सोचका साथ यस सेलका लागि सात बैंकहरूसँग साझेदारी गरी अग्रिम भुक्तानीमा विशेष छुटहरू पनि उपलब्ध गराउने घोषणा गरेको छ । यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि, १५% छुट (रु. ७५० सम्म) र डेबिट कार्ड प्रयोगकर्ताहरूका लागि १०% छुट (रु. ५०० सम्म) उपलब्ध गराइने छ । योजनामा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा बैंक सहभागी रहेका छन् । त्यस्तै, ईसेवा वालेट प्रयोगकर्ताहरूले रश आवर डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन् । यो सुविधा सेल अवधिभर उपलब्ध हुने दराजले जानकारी दिएको छ ।

    महाबचत बजार महोत्सवका अवसरमा दराजले हाई भ्यालु पर्चेजमा हाइ भ्यालु रिवार्ड्स प्रदान गर्ने योजना बनाएको छ । जस अन्तर्गत रु. १ लाख भन्दा बढी खर्च गर्ने ग्राहकले रु. १०,००० छुटको भौचर प्राप्त गर्न सक्नु हुनेछ । श्रावण २ (जुलाई १९) राति १२ बजेबाट सुरु हुने यो अफर सीमित अवधिका लागि मात्र लागू हुने भएकाले लाभ उठाउनका लागि सक्दो चाँडै समावेश हुनका लागि दराजले अनुरोध गरेको छ ।

    बैंक अफर, दैनिक फ्ल्यास सेल, ईसेवा छुट र मेगा डिलहरूका साथमा आयोजना गरिने यो “महाबचत बजार” महोत्सव वर्षकै सबैभन्दा फाइदाजनक किनमेलको अवसर बन्नेमा दराज विश्वस्त रहेको छ ।

    दराज महाबचत बजार सेलबारे थप जानकारीका लागिः
    www.daraz.com.np, दराज एप वा दराज नेपालको फेसबुक पेज हेर्नुहुन अनुरोध गरिन्छ ।

  • एनसेल ‘लीग अफ क्रिएटर्स’: अमनले जिते १० लाखको ब्रान्ड डिल

    एनसेल ‘लीग अफ क्रिएटर्स’: अमनले जिते १० लाखको ब्रान्ड डिल

    काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख बराबरको एक वर्षको ब्रान्ड डिल जितेका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हाषिल गर्दै पुरस्कार स्वरुप यो डिल हात पारेका हुन् ।

    आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हाषिल गर्दै ५ लाखको ब्रान्ड डिल जितिन् भने बागलुङ्गका मनिष रुचेलले तेस्रो स्थान हाषिल गर्दै २ लाख ५० हजारको ब्रान्ड डिल पुरस्कार जितेका छन् । त्यसैगरी बुटवलका प्रशान्त पान्डेले चौथो स्थान हाषिल गरि अपट्रेन्डली पीकका रुपमा रु १ लाखको ब्रान्ड डिल जितेका थिए।

    गत शुक्रबार काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममाँझ विजयी क्रिएटरहरुलाई पुरस्कार प्रदान गरिएको हो । देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने उदेश्य सहित एनसेलले यो प्रतियोगिता आयोजना गरेको हो ।

    “देशमा विभिन्न भागमा फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल कन्टेन्ट क्रिएटरहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्यका साथ आयोजना गरिएको यो प्रतियोगिता सफलता पूर्वक सम्पन्न भयो । एनसेलसँगको ब्रान्ड डिलले पुरस्कृतहरुलाई कन्टेन्ट क्रिएशनमा अझै निखारिएर अगाडि बढ्न ठूलो प्रेरणा मिल्नेछ भन्ने कुराममा म पूर्णरुपमा विश्वस्त छु,” एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने, “साथै यस प्रतियोगितालाई अर्थपूर्ण र प्रभावकारी बनाउन योगदान पुर्‍याउनु हुने सबै मेन्टरहरूप्रति हामी हार्दिक आभारी छौं।,”

    प्रतियोगितामा सहभागी हुन प्राप्त भएका भिडियोहरू मध्येबाट उत्कृष्ट ५० जना क्रिएटरहरुलाई पाँच जना मेन्टरहरु सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले छानेका थिए । उनीहरुलाई १० र १० जना को समुहमा ५ जना मेन्टरहरुमार्फत विशेष प्रशिक्षण र मेन्टरशिप प्रदान गरिएको थियो । सहभागीहरुले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीतिलगायतका बारेमा प्रशिक्षण पाएका थिए।

    प्रथम पुरस्कार विजेता महर्जन प्रतिमा अधिकारीको टिमका थिए भने दोस्रो विजयी श्रेष्ठ संजोग कोइराला टिमका थिए । त्यसैगरी तेस्रो विजेता रुचेल र चौथो विजेता पाण्डे मिस्टर फूडी नेपाल टिमका थिए । उत्कृष्ट ५० मा पर्न सफल भएका क्रिएटरहरु मध्येबाट निर्णायक मण्डलले फिनालेमा उत्कृष्ट चार क्रिएटरहरु छानेका हुन ।

    निर्णायक मन्डलमा नेपालका लागि अमेरिकी राजदुतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ्, कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की रहेका थिए ।

  • एनआईसी एशिया बैंक र ई.स्टप नेपालबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट दिइने

    एनआईसी एशिया बैंक र ई.स्टप नेपालबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट दिइने

    काठमाडौं । एनआईसी एशिया बैंक र ई.स्टप नेपाल प्रा.लि.बीच बैंकका ग्राहकहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

    सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई ई.स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट दिने भएको छ ।

    ई.स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरुमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

    ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वाप्रिपेड कार्ड प्रयोग गरी वामो बैंक (मो बैंक) एपमार्फत भुक्तानीगर्दा उक्त छुट सुविधा लिन सकिने छ । दीगो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ई.स्टप नेपालसँगको सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमा समेत टेवापुग्ने बैंकले जनाएको छ ।

     

     

     

  • फुडमाण्डु : ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

    फुडमाण्डु : ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता

    काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता गरेको छ ।

    विगत १४ वर्षदेखि (सन् २०१०) नै ग्राहकहरुलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा पुर्याउदैँ आइरहेको फुडमाण्डुले ‘लाइफ अझै बेटर’ भन्ने नयाँ आयाम थपेको छ ।

    गुणस्तरीय खानाको डेलिभरी मार्फत फुडमाण्डुले ग्राहकहरुलाई सरलता र खुशी प्रदान गर्दै आएको छ। उक्त प्रतिबद्धतालाई निरन्तरता दिदै फुडमाण्डुले आफ्नो सेवाहरु मार्फत आफ्ना ग्राहकहरुको ‘लाइफ अझै बेटर’ बनाउने विश्वासलाई दर्शाउँछ ।

    ‘विगत १४ वर्षदेखि हामी हाम्रा ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउन प्रतिबद्ध छौं। हामी केवल खाना डेलिभरी मात्र हैन, सो खानाको मार्फत हाम्रा ग्राहकहरु सम्म सहजता र खुशी पनि पुर्याउँछौं,’ फुडमाण्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, ‘लाइफ अझै बेटर बनाउनु नै सधैं हाम्रो सिद्धान्त रहेको छ। व्यस्त दिनको दिउँसो खाना होस् वा सप्ताहन्तमा प्रियजनहरूसँगको भेला, हामीले हाम्रा ग्राहकहरुको आवश्यकता संधै पुरा गर्दै आएकाछौँ ।’

    फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका हजारौं घरदैलोमा खाना पुर्याउने काम गरिरहेको छ। फुडमाण्डुको १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी छ। यसका साथै फुडमाण्डुले वनमार्ट मार्फत ग्राहकहरूको दैनिक आवश्यकता पर्ने सामानहरुका लागि तुरुन्तै डेलिभरी सेवा पनि दिदै आएको छ ।

     

  • होटल स्मार्टको उद्घाटनमा राजेश हमालदेखि चर्चित सेलिब्रेटीहरुको जमघट

    होटल स्मार्टको उद्घाटनमा राजेश हमालदेखि चर्चित सेलिब्रेटीहरुको जमघट

    काठमाण्डौँ । काठमाडौंको धुम्बाराही चोकमा विभिन्न सेवा सुविधा सहित होटल स्मार्ट सञ्चालनमा आएको छ । सोमबार साँझ उक्त होटलको उद्घाटनका लागि महानायक राजेश हमाल सहित चर्चित सेलिब्रेटीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    महानायक हमालले होटलको मुख्य प्रवेशद्वारको उद्घाटन पानसमा बत्ती बाल्दै रिवन काटेर भव्य तरिकाले शुभारम्भ गरेका थिए भने गायक प्रमोद खरेलले दोस्रो प्रवेशद्वारको उद्घाटन गरे ।

    यस्तै सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे, गायिकाद्वय मिलन नेवार र मेलिना राईले वेलनेस सेन्टर, द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्सन, र सुशील नेपालले रुफ टप बारको उद्घाटन गरेका थिए ।

    उद्घाटनपछि बोल्दै हमालले भने- यदि तपाईँहरूलाई यो होटल मन पर्‍यो भने पक्कै पनि तपाईँहरूलाई मेरो घर पनि मन पर्नेछ किन कि यो होटल जसले बनाउनु भएको हो मेरो नयाँ घर पनि उहाँहरूले बनाउनु भएको हो ।

    यसैगरी प्रकाश सुवेदीले मुख्य हाइवेमै यति धेरै सुविधा सहितको होटल निर्माण हुनु प्रशंसनीय रहेको बताए । गायक प्रमोद खरेलसहित मेलिना राई, मिलन नेवारले द भ्वाईसको स्टुडियो नजिकै रहेका कारण रिफ्रेशमेन्टका लागि पायक पर्ने बताए ।

    करिब ४० करोड रुपैयाँको लागतमा निर्माण भएको होटल स्मार्टमा १७ वटा कोठासहित ६ सय क्षमताको बैंकेट हल, सय क्षमताको रेष्टुरेन्ट, क्याफे, थकाली घर, स्वीमिङ पुल, साउना स्टिम र जाकुजी सहित रूप टप गार्डेन र रेष्टुरेन्ट छ ।

    होटललाई ३५ वर्षीय युवा सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएको हो ।

  • रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

    रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

    काठमाडौं । भारतको प्रतिष्ठित औ‌द्योगिक समूह रिलायन्स इन्डष्ट्रिजले नेपालको प्रतिष्ठित औ‌द्योगिक घराना चौधरी ग्रुप सँगको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ।

    क्याम्पा कोला रिलायन्स इन्डष्ट्रिजको एफएमसीजी विंग रिलायन्स कन्ज्यूमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) द्वारा उत्पादित अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त भारतीय कोल्ड ड्रिंक ब्रान्ड हो ।

    क्याम्पा कोलाले भारतको प्रतिष्ठित आइपिएल जस्ता इभेन्टहरु स्पन्सर गर्दै आएको छ । क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको चौधरी ग्रुपसँगको व्यावसायिक सम्बन्धको विस्तार तथा समग्र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गर्ने रिलायन्सले जनाएको छ ।

    सन् २०२२ मा क्याम्पा कोला ब्रान्ड खरिद गरेर २०२३ मा यसको व्यावसायिक उत्पादन पुनः सुरु गरे पश्चात रिलायन्सले भारतीय विरासत बोकेको यस हेरिटेज ब्राण्डलाई फेरी एकपटक लोकप्रिय कोल्ड ड्रिंक ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ । हाल क्याम्पा कोला भारतको प्रतिस्पर्धी कोल्ड ड्रिंक ब्रान्ड हो ।

    ‘चौधरी ग्रुप जस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा ब्रान्ड ल्याउन पाउदा हामी अत्यन्त उत्साहित छौं, आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले भने, ‘क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो जसले धेरै पुस्तालाई जोड्ने भावनात्मक सन्देश दिन्छ। हामी नेपालमा दीर्घकालीन लगानीको सोच सहित आएका छौं।’

    क्याम्पा कोला गल्फ कोअपरेशन काउन्सिल (जिसिसी) मुलुकहरूमा पहिल्यै स्थापित भइसकेको ब्रान्ड हो। अब नेपालमा पनि चौधरी ग्रुपले यसको स्थानीय उत्पादन र वितरण गर्नेछ । यो ब्रान्डले नेपाली युवाको ‘अडिग आत्मबल र लक्ष्यप्रतिको प्रतिबद्धता’को प्रतिनिधित्व गर्ने विश्वास दुवै कम्पनीहरुले लिएका छन्।

    कम्पनीका अनुसार क्याम्पा पोर्टफोलियो अन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्टर क्याम्पा इनर्जी बेरी किक प्रारम्भिक रूपमा उपलब्ध हुनेछन्। २५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक (सीएसडी) बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज) को उपभोक्ता मूल्य  ३० रहेको छ भने क्याम्पा २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य ४० रहेको छ । रिफ्रेशिङ स्वाद, जोशिलो प्रस्तुति र आकर्षक प्याकेजिङका साथ क्याम्पा कोला नेपाली बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।

    चौधरी ग्रुपका प्रबन्ध निर्सेशक निर्वाण चौधरीले नेपालमा क्याम्पा कोला ल्याउन रिलायन्ससँग सहकार्य गर्नु चौधरी ग्रुप र समग्र देशकालागि गौरवको विषय रहेको बताए । ‘यो साझेदारीले नेपाली उपभोक्तालाई गुणस्तरीय र ऐतिहासिक पेय पदार्थको स्वादमा रम्ने अवसर दिनेछ। हामी हाम्रो वितरण प्रणाली र बजार अनुभवको प्रयोग गरेर क्याम्पा कोलालाई नेपाली बजारमा लोकप्रिय बनाउनेछौं,’ चौधरीले भने ।

  • बुटवलपछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट

    बुटवलपछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट

    काठमाडौं । नेपाली बजारमा हट एन्ड स्पाइसी नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यशोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’को नयाँ शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ ।

    बुटवलमा रहेको करेन्ट पोइन्टको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले शुक्रबारदेखि काठमाडौंको अनामनगरमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।

    सिंहदरबारको विपरीत दिशामा न्यू प्लाजा जाने बाटोमा खोलिएको यस करेन्ट पोइन्टको उद्घाटन अभिनेत्री तथा करेन्ट नुडल्सकी ब्रान्ड एम्बेसडर केकी अधिकारीले गरेकी हुन् । उहाँको उपस्थितिमा ग्राहक तथा शुभचिन्तकहरुको उत्साहजनक भीड लागेको थियो ।

    उक्त अवसरमा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवलमा करेन्ट पोइन्टले पाएको माया र सफलताले आफूहरुलाई काठमाडौंमा शाखा विस्तार गर्न प्रेरित गरेको बताए ।

    उनले भने, ‘काठमाडौंका नुडल्स पारखीहरू विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो । हामी आशा गर्छौं, करेन्ट पोइन्टले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अवश्य पूरा गर्नेछ ।’

    त्यस्तै यशोदा फुड्सका ग्लोबल सीईओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा जानकारी दिएका थिए ।

    करेन्ट पोइन्टमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । यहाँ ग्राहकहरूले करेन्ट चाउचाउका विभिन्न नयाँ परिकारहरूको स्वाद लिन पाउनेछन्, जुन उनीहरूले पहिले कहिल्यै चाखेका छैनन् ।

    साथै ग्राहकहरूले आफ्नो रुचिअनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् । विशेषगरी युवा पुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र डेलिसियस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

    सन् २०१७ मा स्थापित यशोदा फुड्स प्रालि नेपालको एक अग्रणी खाद्य तथा पेयपदार्थ उत्पादक कम्पनी हो । कम्पनीले ‘करेन्ट’ ब्रान्डअन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउ उत्पादन गर्छ । ‘करेन्ट’ बाहेक कम्पनीले चिजबल्स, स्टिक्स, पोट्याटो क्राकर्स तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ । कम्पनीले नेपाली उत्पादन २२ भन्दा बढी देशमा निर्यात गर्दै आएको छ ।

  • नयाँ तथा पुराना गाडीको एउटै शोरुम ‘सि–कार’ नक्सालमा खुल्यो

    नयाँ तथा पुराना गाडीको एउटै शोरुम ‘सि–कार’ नक्सालमा खुल्यो

    काठमाडौं । नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सि–कार’ सञ्चालनमा आएको छ । एक औपचारिक समारोहबीच महानायक राजेश हमालले सि–कारको शुभारम्भ गरेका हुन् ।

    सि–कारमा नयाँ तथा सेकेन्ड ह्याण्ड गाडीको सोरुम, एस्सेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेलगायत विभिन्न सुविधा एकै स्थानमा उपलब्ध भएको सि कारका संस्थापक रोशन घिमिरेले बताए ।

    उनका अनुसार पछिल्लो समय विद्युतीय सवारीमा अत्यधिक रुचाइएको विवाइडीको नयाँ शोरुमले ग्राहकलाई सहज हुनेछ । साथै सि–कारमा विभिन्न ब्राण्डका सेकेन्ड ह्यान्ड सवारी साधन पनि उपलब्ध हुनेछन् । ग्राहकले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्नुका साथै एक्सचेञ्जका पनि सुविधा पाउनेछन् ।

    कम्पनीले सवारी खरिदबिक्रीका साथै सि–कार परिसरमा चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याएको छ । जहाँ एकै साथ ६ भन्दा बढी विद्युतीय सवारी चार्ज गर्न सकिनेछ । कम्पनीले यसका लागि द्रुत गतिमा चार्ज हुने सुविधा ल्याएको छ । ग्राहकले सि–कार परिसरमै रहेको इटालियन रेस्टुरेन्टको मज्जा लिन सक्नेछन् । सि–कारमा सवारी साधनका स्पेयर पार्टस् पनि उपलब्ध हुनेछन् ।

    कम्पनीले ग्राहकलाई अधिकतम सेवा दिने उद्देश्यले सेकेन्ड ह्यान्ड सवारी बिक्री गरेको तीन महिनासम्मको प्राविधिक रूपमा सम्पूर्ण जिम्मेवारी लिनेछन् । “ग्राहकहरू अहिले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्दा ढुक्क हुने अवस्था छैन, त्यसैले हामीले तीन महिनाका लागि प्राविधिक रूपमा कुनै समस्या आए समाधानको जिम्मेवारी लिने गरी अफर ल्याएका छौँ”, घिमिरेले भने ।

    साथै कम्पनीले ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले बिलबुक निःशुल्क नवीकरण सुविधा पनि ल्याएको छ । सि–कारमार्फत सवारीको बीमा गर्नेले बिलबुक नवीकरणको पनि सुविधा पाउनेछन् । जसका लागि उनीहरूले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

    कम्पनीले ग्राहकहरूलाई सहज सेवा दिने उद्देश्यले सदस्यता योजना पनि ल्याएको छ । विभिन्न वर्गीकरणका सदस्यता योजनामा सि–कारमा उपलब्ध कुनै पनि सेवा उपयोग गर्दा निश्चित प्वाइन्ट प्राप्त हुन्छ भने विभिन्न सेवामा आकर्षक छुट पनि पाउने कम्पनीको भनाइ छ ।

  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘वेस्ट बैंक अवार्ड’ बाट सम्मानित 

    ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको ‘वेस्ट बैंक अवार्ड’ बाट सम्मानित 

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागेजिनको वेस्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ ।

    यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागेजिनका वेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो ।

    विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरू, सेयर धनी, कर्मचारी तथा सम्पूर्ण ग्राहक वर्गमा खुसी साट्दै हार्दिक आभार व्यक्त गरे।

    ग्लोबल फाइनान्स म्यागेजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो  ।

     

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक र वाणिज्य बैंकहरुलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ ।

    ग्लोबल फाइनान्सले २०२५ को लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक, जापानको एसएमबीसी लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।

    ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी समय सान्दर्भिक नविनतम् सेवाहरू प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैंक” को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरू प्रदान गर्न प्रोत्साहित गर्नेछ ।

    यस अघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इयर २०१४, वेस्ट इन्टरनेट बैंक २०१६, वेस्ट बैंक नेपाल २०२४ र २०२५, वेस्ट बैंक ईएसजी नेपाल २०२४, वेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ ।

  • सिन्धुपाल्चोकको प्रकृति रिसोर्टलाई बेलायतको प्रतिष्ठित ‘ट्राभललाइभ अवार्ड’

    सिन्धुपाल्चोकको प्रकृति रिसोर्टलाई बेलायतको प्रतिष्ठित ‘ट्राभललाइभ अवार्ड’

    काठमाडौं । दिगो पर्यटनमा योगदान गरेको भन्दै प्रकृति रिसोर्ट एन्ड अग्र्यानिक फार्म बेलायतको प्रतिष्ठित ‘ट्राभललाइभ’ प्रमाणीकरण भएको छ ।

    सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका हैबुङ–३ मा रहेको प्रकृति रिसोर्ट एन्ड अग्र्यानिक फार्मलाई वातावरणमैत्री पूर्वाधार विकास, अग्र्यानिक खेती, शून्य फोहोर व्यवस्थापन र सामुदायिक समावेशीकरणमा आधारित भएको भन्दै ट्राभललाइभ प्रमाणीकरण प्रदान गरिएको हो ।

    नेपाल पर्यटन बोर्डमा आज एक कार्यक्रम आयोजना गर्दै रिसोर्टले ग्लोबल सस्टेनेबल टुरिजम काउन्सिल तथा युएनटिओको दिगो विकास लक्ष्यहरुमा आधारित १४३ मापदण्ड पूरा गरेपछि ट्राभललाइभ प्रमाणीकरण प्राप्त गरेको रिसोर्टका प्रबन्ध निर्देशक अरुण श्रेष्ठले जानकारी दिए ।

    रिसोर्टका प्रबन्ध निर्देशक श्रेष्ठले भने, ‘यो उपलब्धिले रिसोर्टको दीर्घकालीन दिगो अभ्यासहरुमा मान्यता दिने र नेपाली पर्यटन उद्योगमा दिगो प्रवृत्तिको विकास गर्न प्रेरणा मिलेको छ ।” उनले ट्राभललाइभको प्रमाणीकरणले नेपालको पर्यटनलाई विश्वबजारमा उत्तरदायी र जलवायु–मैत्री गन्तव्यका रुपमा स्थापित गर्न मद्दत पुर्‍याउने बताए ।

    कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले यस किसिमका अन्तरराष्ट्रिय प्रमाणीकरणले अन्य होटल तथा रिसोर्टलाई पनि प्रेरणा मिलेको उल्लेख गरे । उनले भने, ‘अन्तरराष्ट्रिय सर्टिफिकेसनले गर्दा पर्यटन क्षेत्रमा दिगो अभ्यासलाई प्रोत्साहन गर्दछ । स्थानीय समुदायको सहभागितामा मात्र दिगो पर्यटन सम्भव हुन्छ ।’

    होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले अबको भविष्य नै हरित पर्यटनमा भएकाले यस उपलब्धीले इको–टुरिजममा थप टेवा पुग्ने बताए । कार्यक्रममा दिगो पर्यटन अवधारणा, रणनीति र भावी योजनाबारे समूहगत छलफलसमेत भएको थियो ।रासस

     

  • सिटिजन्स सदाबहार योजना संचालनका लागि इकाई खरिदबिक्रि गर्न सिटिजन्स क्यापिटल लिमिटेडले खोल्यो आवेदन

    सिटिजन्स सदाबहार योजना संचालनका लागि इकाई खरिदबिक्रि गर्न सिटिजन्स क्यापिटल लिमिटेडले खोल्यो आवेदन

    काठमाडौं । सिटिजन्स सदाबहार योजना संचालन गर्नका लागि सिटिजन्स क्यापिटल लिमिटेडले इकाई खरिदविक्रिका लागि आवेदन खुला गरेको छ ।

    पचास करोडको लक्ष्य राखिएको प्रथम खुलामुखी सिटिजन्स सदाबहार योजना संचालन लागि नेपाल धितोपत्र बोर्डबाट संचालन अनुमति प्राप्त गरेर आउदो आषाढ १३ देखि २७ गते बेलुका ५ बजेसम्मका लागि खरिदबिक्रि गर्न आवेदन खुलेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    योजनाको इकाईखरिद गर्नका लागि मेरो शेयर खाता (आफ्नो) मार्फत वासि–आश्वा (C-ASBA) सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका तोकिएको शाखाकार्यालयहरुबाट समेत आवेदन दिन सकिने विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

    उक्त योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम ५००,००० इकाई ( प्रतिइकाई  १० को दरले न्यूनतम रकम  एक हजार र अधिकतम रकम पाँच करोड सम्म) खरिद आवेदनदिन सकिने प्रावधान रहेको छ । यस योजनाको वित्तीयप्रक्षेपण अनसुार औषत वार्षिक प्रतिफल १५ दशमलव १० प्रतिशत हुने अनुमान गरिएको छ ।

    सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ ।

    नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंकको सहायककम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचयकोष तथा प्रतिष्ठित उद्योगीव्यवसायीहरुको सह–लगानी समेत छ ।

    काठमाडौं बाहिरका लगानीकर्ताहरुले पूँजी बजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) को सेवा सिटिजन्स बैंकका देशभरीका सम्पूर्ण शाखाकार्यालयहरुबाट प्रदान गरी इच्छुक लगानीकर्ताहरुलाई संस्थाको विज्ञ तथा अनुभवी व्यवस्थापन समुहबाट सेवा प्रदान गर्दै आएको पनि विज्ञप्ती माफर्त बताइएको छ ।