Category: कर्पोरेट प्रेस

  • प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी बैंकको अनुरोध

    प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी बैंकको अनुरोध

    काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको ‘PAN update’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन् । साथै, ग्राहक हरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

    यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई E-TDS रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण (E-TDS) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ ।

    ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंक सम्पूर्ण ग्राहकहरुमा जानकारी गराउँदछ ।

    साथै, यसअघि बैंकलाई प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन हुन अनुरोध छ ।

     

  • भारतमा आउटरिचले जित्यो १३ अवार्ड

    भारतमा आउटरिचले जित्यो १३ अवार्ड

    काठमाडौं । आउटरीच नेपालले आफ्ना एक्टिभेशन तथा डिजिटल पार्टनरहरू, लेमन र डिजिटलीइनसँग मिलेर, यसपटक पनि फ्लेम अवाड्र्स साउथ ईस्ट एशिया २०२५ मा १३ प्रतिष्ठित पुरस्कार जित्न सफल भएको छ । यो कार्यक्रम अगष्ट ८ मा भारतको नयाँ दिल्लीस्थित ताज विवान्ता, द्वारकामा सम्पन्न भएको हो ।

    यी अवार्डहरुमा युनिलिभरका लागि ७ अवार्ड, सामसुङका लागि २ अवार्ड, एनसेलका लागि २ अवार्ड, माउण्टेन ड्युका लागि १ अवार्ड र शिखर इन्स्योरेन्सका लागि १ अवार्ड प्राप्त गरेको छ । ती पुरस्कारमध्ये ३ स्वर्ण, ५ रजत र ५ काँस्य अवार्ड हुन् ।

    फ्लेम अवाड्र्सको आयोजना रुरल मार्केटिङ एसोसियसन अफ इण्डिया (RMAI) ले गरेको हो । व्यवहार परिवर्तन, सञ्चार, क्षेत्रीय तथा समावेशी मार्केटिङमा उत्कृष्ट हुनेलार्ई सम्मान गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्ने गरिएको छ । यस वर्षको अवार्डमा नेपालसहित भारत, बंगलादेश र थाइल्याण्डबाट सहभागिता रहेको थियो । यो पटक फ्लेम अवार्डको इतिहासमै सबैभन्दा धेरै आवेदन परेको थियो ।

    पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्न निर्णायक प्रक्रिया अन्स्र्ट एण्ड यङ (EY) द्वारा आधिकारिक रूपमा अडिट गरिएको थियो । निर्णायक मण्डलको सह–अध्यक्षता बिस्लेइन्टरनेशनलका CEO एन्जेलो जर्ज र सिडवक्र्स इन्टरनेशनल लि. का प्रबन्ध निर्देशक तथा CEO डा. वेङ्कट्राम वसन्तवाडाले गरेका थिए, जसमा भारतका २० भन्दा बढी वरिष्ठ उद्योग विशेषज्ञहरू र भियतनाम, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, नेपाल, इन्डोनेसिया र सिङ्गापुरका १५ भन्दा बढी ख्यातिप्राप्त दक्षिण पूर्व एशियाली निर्णायकहरू सहभागी थिए ।

    यस उपलब्धि बारेमा आउटरीचका संस्थापक उजय शाक्यले Linkedin मा लेखेका छन् — क्लाइन्ट पार्टनरहरूको निरन्तर सहकार्य र विश्वास गरेकोमा धन्यवाद दिदैं टिमकोे समर्पण र सिर्जनशिलताका कारण यी अवार्ड जित्न सफल भएको बताए । मेरो टिमकोे समर्पण, सिर्जनशीलता र जोशले मलाई हरेक दिन प्रेरणा दिन्छ ।”
    अवार्डकाका अतिरिक्त, श्री शाक्यलाई RMAI को नेपाल च्याप्टरको नेतृत्व गर्ने जिम्मेवारी पनि दिइएको छ ।

     

  • टिभिएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ सार्वजनिक

    टिभिएस रोनिन २२५ को २०२५ संस्करण ‘मिडनाइट ब्लु’ सार्वजनिक

    काठमाडौँ । नेपालका लागि टिभिएस मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले NAIMA २०२५ मा टिभिएस रोनिन २२५ को २०२५ संस्करण आकर्षक ‘मिडनाइट ब्लु’ रङ्गमा सार्वजनिक गरेको छ। यो नयाँ संस्करणले प्रिमियम डिजाइन, बहु प्रयोगी प्रदर्शन, र आधुनिक राइडर-केंद्रित सुविधाका कारण मोटरसाइकल प्रेमीहरूको ध्यान तानेको छ।

    हल बी को स्टल एल३ए मा प्रदर्शन गरिएको यस मोटरसाइकलले अत्याधुनिक प्रविधि, उत्कृष्ट इन्जिनियरिङ् र बहु प्रदर्शन क्षमताको संयोजन गर्दै सहरभित्रको दैनिक यात्रा देखि एड्भेन्चर यात्रा, दुबैमा उपयुक्त बनाएको छ।

    सवारीको हरेक मोडका लागि तयार

    यस मोटरसाइकलको मुटुमा रहेको परिष्कृत इन्जिनले स्मुथ टर्क डेलिभरी र थ्रोटलमा उत्कृष्ट रेस्पोन्स दिन्छ। अर्बन र रेन  राइडिङ मोड बिच सहज रूपमा स्विच गर्न मिल्ने यस मोटरसाइकलले विभिन्न सडक र मौसम अवस्थामै पनि विश्वस्त नियन्त्रण दिन्छ।

    प्रिमियम विशेषताहरू

    2025 संस्करणमा निम्न उन्नत सुविधा उपलब्ध छन्:

    1. SmartXonnect™ ब्लुटुथ जडान, स्मार्टफोनसँग सजिलै जोडिने र नेभिगेसन सहायता दिने
    2. डुअल-च्यानल एबीएस मोडहरू — ब्रेकिङमा थप सुरक्षाका लागि
    3. अपसाइड डाउन (युएसडी) फ्रन्ट फोर्क — राम्रो ह्यान्डलिङ र स्थिरता प्रदान गर्ने
    4. एड्जस्टेबल लिभरहरू — चालकको सुविधाअनुसार मिलाउन सकिने
    5. विशेष राइडिङ मोडहरू — अर्बन र रेन, फरक अवस्थाका लागि अनुकूल

    रङमै फरक पहिचान

    रोनिन २२५ को मिडनाइट ब्लु रङले यसलाई थप आकर्षक बनाएको छ। स्टाइल र परफर्मेन्सलाई बराबरी महत्त्व दिने राइडरहरूका लागि यो एकदमै उपयुक्त मोटरसाइकल बन्न सक्छ।

    प्रारम्भिक मूल्य र विक्रेता प्रतिबद्धता

    रु ४,५९,९०० को प्रारम्भिक मूल्यमा उपलब्ध, यो नयाँ संस्करणले नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल प्रदान गर्ने जगदम्बा मोटर्सको प्रतिबद्धतालाई झल्काउँछ। कम्पनीको बलियो डिलर सञ्जाल, उत्कृष्ट बिक्री-पछिको सेवा, र ग्राहक-मैत्री नीतिले यसलाई अझ भरोसायोग्य बनाएको छ।

    डिजाइन, प्रविधि र मूल्यको सन्तुलनले सुसज्जित टिभीएस रोनिन २२५ २०२५ संस्करणले अबको प्रिमियम मोटरसाइकल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने तयारी गरेको छ।

  • चन्द्रागिरी भालेश्वर मन्दिरमा भोलि महाआरती, केवलकार टिकट ४०० रुपैँया मात्र

    चन्द्रागिरी भालेश्वर मन्दिरमा भोलि महाआरती, केवलकार टिकट ४०० रुपैँया मात्र

    काठमाडौ‌ं । भोलि २६ गते साउने अन्तिम सोमबारको अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती आयोजना हुने भएको छ।

    साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्द्रागिरी हिल्स लिमिटेडले उक्त भक्तिमय उत्सव तथा महाआरती आयोजना गर्न लागेको जनाएको छ ।

    कार्यक्रम अन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय वातावरणमा विशेष भजन–कीर्तन सञ्चालन हुनेछ। साँझ ६ः३० बजेपछि विशेष महाआरती सम्पन्न हुनेछ, जसमा भक्तजनहरूलाई सहभागी हुन आमन्त्रण गरिएको छ।

    चन्द्रागिरी हिल्सले महाआरतीमा सहभागी हुन आउने भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै विशेष टिकट अफर सार्वजनिक गरेको छ। सो अवसरमा केबलकार टिकटमा सोमबार दिइने २५ प्रतिशत छुटका साथै साँझ ४ बजेपछि टिकट मात्र ४०० मा उपलब्ध हुने जनाएको छ ।

    यसअघि साउन महिनाका तीनवटै सोमबार चन्द्रागिरी भालेश्वर मन्दिर परिसरमा विशेष कार्यक्रम तथा महाआरती सम्पन्न भइसकेको छ । भक्तजनहरूको उत्साहजनक सहभागिता भएकाले भक्ति तथा श्रद्धा अझै गरिमामय बनाउने उद्देश्यले अन्तिम सोमबारको दिनलाई विशेष भक्तिमय उत्सवका रूपमा मनाउन लागिएको चन्द्रागिरी हिल्सले जनाएको छ ।

  • करिश्माकी छोरी कविता व्यवसायमा,  पार्टी भेन्यूमा लगानी

    करिश्माकी छोरी कविता व्यवसायमा, पार्टी भेन्यूमा लगानी

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर व्यवसायी बनेकी छन् । उनको समेत लगानीमा काठमाडौंमा एउटा शानदार पार्टी भेन्यू सञ्चालनमा आएको छ ।

    काठमाडौंको भैंसेपार्टीमा स्थापना गरिएको ‘ट्रपिकल आइल्यान्ड रिसेप्सन एन्ड क्याफे’ को भव्य उद्घाटन गरियो । उद्घाटन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थिति थियो । यस्तै, करिश्मा निकट केही कलाकारहरू तथा चलचित्र पत्रकार प्रकाश सुबेदी पनि गएका थिए । सबैले पार्टी भेन्यूको तारिफ गरेर कवितालाई शुभकामना दिए ।

    स्रोतका अनुसार यो पार्टी प्यालेसमा कविता र उनका दुईजना साथीहरूको लगानी रहेको छ । लगानीको कुल रकम खुलाइएको छैन ।

    आमा करिश्माका अनुसार कविताको रुचि पहिल्यैदेखि आतिथ्य व्यवसायमा थियो ।

    उनले भनिन्, ‘कविताले साइकोलोजी पढे पनि उसको पहिल्यैबाट हस्पिटालिटीमा रुचि रहेछ । त्यसमा हामीले पुरा साथ र सहयोग गरेका छौँ ।’

    कवितालाई बुवा आमाले बुढानीलकण्ठमा एउटा घर गिफ्ट गरेका थिए । अहिले उनले सो घर बेचेर पार्टी भेन्यूमा लगानी गरेको बुझिएको छ । करिश्माको गोदावरीमै दुई वटा घर छन् ।

    एउटा घर पति विनोद मानन्धरको पहिल्यै थियो भने अर्को शानदार बंगला केही समयअघि बनाएकी हुन् । यसअघि केबी स्टुडियो रहेको जग्गामा बंगला निर्माण गरिएको हो । अब पुरानो घरमा पनि करिश्मा दम्पतीले पार्टी भेन्यू जस्तो बनाउने तयारी गरेका छन् ।

    करिश्माकी छोरी कविताले अमेरिकामा अध्ययन गरेपश्चात् चलचित्रमा करिअर बनाउन खोजेकी थिइन् । तर, कविताको डेब्यू फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ ले अपेक्षित सफलता नपाएपछि उनको फिल्मी करिअर अगाडि बढ्न सकेन ।

    करिश्मा स्वयम्ले छोरीलाई नायिका बनाएर ‘बनबास’ नामक चलचित्र निर्माण गर्ने योजना पनि बनाएकी थिइन् । तर उनको योजना पनि अधुरो रह्यो । अहिले आएर कविताले व्यवसायतिर आफ्नो आफ्नो भाग्य आजमाउन गर्न खोजेकी छन् ।

  • सिटिजन्स बैंकले कमायो १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा 

    सिटिजन्स बैंकले कमायो १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा 

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २.०८ प्रतिशत कम हो । अघिल्लो आवमा यस बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

    बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा ७७ करोड ५४ लाख रुपैयाँ रहेको छ । यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ २५ पैसा रहेको छ ।

    त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी १९ पैसा घटेर ८ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै, बैंकको खराब कर्जा ४.९४ प्रतिशत रहेको छ ।

    यस बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ८ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ । गत आवसम्ममा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको  छ भने १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

     

  • माइडियाको एआई प्रविधियुक्त एयर प्यूरीफायर सार्वजनिक

    माइडियाको एआई प्रविधियुक्त एयर प्यूरीफायर सार्वजनिक

    काठमाडौं । वायु प्रदूषणका चुनौतीहरू दिनदिनै गम्भीर बन्दै गइरहेको नेपाली सन्दर्भमा, विश्वस्तरीय होम एप्लायन्स ब्रान्ड माइडिया (Midea) ले दुई अत्याधुनिक Air Purifier — KJ500G-F11 र KJ400G-Z1 Pro — नेपाली बजारमा सार्वजनिक गरेको छ। यी मोडेलहरू स्वचालित प्रविधि र उच्च प्रभावकारी शुद्धिकरण क्षमतासहित नेपालका घर, अफिस र व्यवसायिक स्थानहरूका लागि आदर्श समाधान हुन्।

    नेपालव्यापी वायु प्रदूषण समाधान

    नेपालका विभिन्न भौगोलिक र मौसमीय अवस्थालाई लक्षित गर्दै यी मोडेलहरू विशेष प्रविधिसहित तयार गरिएको छ:

    • तराई: आर्द्रताजनित फफूंदी, धुलो र पराग हटाउने क्षमता।
    • पहाड: जाडो मौसमको कुहिरो र घरायसी धुवाँ (मौला, उइँठो) शुद्ध गर्ने।
    • शहर: सवारी साधन र निर्माण कार्यबाट उत्पन्न विषालु कण (PM2.5) नियन्त्रण।

    उत्पादन विशेषताहरू

    KJ500G-F11 (ठूला क्षेत्रका लागि):

    • Clean Air Delivery Rate (CADR): 450m³/hr
    • कभरेज क्षमता: ६६ m² सम्म
    • AI मोड (स्वचालित प्रदर्शन नियन्त्रण): यस यन्त्रमा रहेको स्मार्ट सेन्सिङ प्रणालीले वरपरको प्रदूषण स्तरको मूल्याङ्कन गरी स्वतः आफ्नो कार्यक्षमता समायोजन गर्छ। आवश्यक हावा गुणस्तर प्राप्त भएपछि, उपकरण ऊर्जा बचत र फिल्टरको दीर्घायु सुनिश्चित गर्दै सन्तुलित मोड मा चल्ने गर्छ।
    • H13 HEPA फिल्टर: PM 2.5, पराग, धुलो लगायत सूक्ष्म कणहरू हटाउने उच्च-स्तरीय फिल्टर।
    • Plasma Sterilization प्रविधि: हानिकारक ब्याक्टेरिया र भाइरस नष्ट गर्ने उन्नत प्रणाली।

    KJ400G-Z1 Pro (सानो क्षेत्रका लागि)

    • Clean Air Delivery Rate (CADR): 380m³/hr
    • कभरेज क्षमता: ५५ m² सम्म
    • H13 HEPA फिल्टर: घर तथा अफिस प्रयोगका लागि उच्च दक्षता भएको शुद्धिकरण प्रणाली।
    • Ion Filtration Function: नकारात्मक आयनको प्रयोगमार्फत हावा शुद्ध पार्दै धुलो, गन्ध, र सूक्ष्म प्रदूषकहरू हटाउने क्षमता।

    CG इलेक्ट्रोनिक्स नेपालकै अग्रणी इलेक्ट्रोनिक्स कम्पनी हो, जसले विश्वस्तरीय ब्रान्ड र नवीनतम प्रविधिहरू नेपाली ग्राहकसम्म पुर्‍याउने उद्देश्य राखेको छ। कम्पनीले गृह उपकरण, उपभोक्ता इलेक्ट्रोनिक्समा काम गर्दै आएको छ। ४ दशकभन्दा लामो अनुभवसहित, CG इलेक्ट्रोनिक्सले विश्वसनीयता, गुणस्तर र उत्कृष्ट ग्राहक सेवामा आफ्नो नाम बनाएको छ।

  • टेलिकमले गोसाइँकुण्डमा ल्यायो टूजी बीटीएस

    टेलिकमले गोसाइँकुण्डमा ल्यायो टूजी बीटीएस

    काठमाडौं । नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवा जिल्लाको चन्दनबारीमा  2G BTS सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार ३०० मिटरको उचाइमा रहेको सो स्थानमा सेवा सञ्चालन गरेको हो ।

    नेपाल टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित गोसाइँकुण्ड जाने तिर्थालु तथा पदयात्रीहरुको सुविधालाई विशेष ध्यानमा राखेर धुन्चेदेखि गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा 2G BTS सञ्चालनमा ल्याएकोे हो । गोसाइँकुण्ड जाने दर्शनार्थी तथा पर्यटकले धुन्चेदेखि देउराली, चन्दनबारी, लौरीविनायक र ४ हजार २०० मिटरमा अवस्थित गोसाइँकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच पुगेको छ । साथै नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रमा पुग्ने सेवाग्राहीहरुको सुविधाका लागि द्धन् नेटवर्क समेत विस्तार गर्ने योजना समेत गरेको छ ।

    प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । सो क्षेत्रमा सेवा सञ्चालन आए पश्चात दर्शनार्थी तथा पर्यटक लगायत सो क्षेत्रमा बसोबास गर्ने वासिन्दाले समेत सेवाबाट लाभान्वित हुनेछन् ।

    दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको छ ।

  • एससीटी युनीयनपेका ग्राहकलाई सोल्टी होटलमा विशेष छुट

    एससीटी युनीयनपेका ग्राहकलाई सोल्टी होटलमा विशेष छुट

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र नेपालकै प्रथम ५ तारे होटेल ग्रुप द सोल्टी होटल्स एण्ड रिजोट्र्स (Soaltee Hotels and Resorts) को सोल्टी हेरिटेज क्लब बिच SCT-UnionPay कार्डका ग्राहकहरूलाई सोल्टी हेरिटेज क्लबको सिल्भर मेम्बरशिप प्रदान गर्न सम्झौता सम्पन्न भएको छ ।
    यस सम्झौता पश्चात यहि अगस्ट ५, २०२५ देखि नेपाल भरका सम्पूर्ण द सोल्टी होटल्स एण्ड रिजोट्र्स अन्तर्गतका होटल तथा रिसोर्टहरूमा SCT-UnionPay कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा सोल्टी हेरिटेज क्लबको सिल्भर मेम्बरशिप अन्तर्गत प्राप्त हुने सम्पूर्ण छुट तथा सुबिधाहरू पाउनु हुनेछ । यस छुटमा फुड एंड बेभेरेजमा १०% छुट, विशेष रुम महशुल दर साथै birthday र anniversary मा २०% विशेष छुट हुनेछ । यस छुट पाउन कार्ड ग्राहकहरूले सोल्टी हेरिटेज क्लबको सदस्यता भने लिनु पर्ने हुन्छ । सो सदस्यता लिन निः शुल्क रहेको छ र ग्राहकहरूले सोल्टीको अधिकारिक वेबसाइट तथा सोल्टी हेरिटेज क्लबको मोबाइल एप्लिकेशनबाट सजिलै लिन सक्नु हुनेछ ।
    एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UnionPay कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । SCT-UnionPay कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर SCT-UnionPay  कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।
  • एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस् २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

    एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस् २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

    काठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ प्राप्त गरेको हो ।

    नबिल बैंकले अपनाएको अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा र ग्राहक तथा सरोकारवालाप्रति देखाएको प्रतिबद्धताका कारण उक्त अवार्ड प्राप्त गरेको जनाएको छ ।
    साइबर सेक्युरिटी इनोभेसन अवार्ड बैंकले डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाएको रणनीतिका कारण प्राप्त गरेको हो । यसैगरी, बैंकले मुलुकका महत्वपूर्ण पूर्वाधार तथा विकास आयोजनाहरूमा वित्तीय साझेदारी गरेका कारण नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर अवार्ड प्राप्त गरेको हो ।

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने, “यी अवार्डहरू हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रम र नवप्रवर्तनप्रतिको समर्पणको प्रतिफल हुन् । हामीलाई विश्वास गर्ने हाम्रा ग्राहक, साझेदार र सरोकारवालाप्रति हामी अत्यन्त आभारी छौं ।” उनले भविष्यमा पनि स्मार्ट र सुरक्षित बैंकिङ सेवामार्फत नेपाली बैंकिङलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

    नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

  • दराजद्वारा डिल्स हेरेको हेर्‍यै अभियानको घोषणा

    दराजद्वारा डिल्स हेरेको हेर्‍यै अभियानको घोषणा

    काठमाडौं । दराज नेपालले बहुप्रतिक्षित सेल, डिल्स हेरेको हे¥यैको घोषणा गरेको छ । श्रावण २३ गतेदेखि २९ गते (अगस्ट ८ देखि १४, २०२५) सम्म सञ्चालन हुने यस विशेष किनमेल महोत्सवमा ग्राहकहरूले ६० प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी र १ करोड १० लाख रुपैयाँ बराबरको भौचर लगायत अफरहरुका माध्यमबाट अत्यधिक लाभ उठाउन सक्नेछन् ।

    डिल्स हेरेको हेर्‍यै अभियानको एक प्रमुख आकर्षणका रुपमा रहने फ्ल्याश सेलमा सेटाफिल, अस्टावल्फ, नाइक, ब्लेस अनलाइन लगायतका प्रतिष्ठित ब्रान्डका उत्पादनहरू अत्यन्तै न्यून मूल्यमा उपलब्ध हुनेछन् । यसरी उपलब्ध गरिएका अफरहरू दैनिकरुपमा नविकरण हुने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेक्शनमा नियमित अवलोकन गर्न दराजले अनुरोध गरेको छ । डिल्स हेरेको हेर्‍यै, भन्ने नाराका साथ यस पटकको सेलले नेपाली उपभोक्तालाई नयाँ उमंग र अप्रत्याशित अफरको स्वाद दिलाउनेमा कम्पनी विश्वस्त रहेको छ ।

    दराजले ग्राहकहरूको भरोसा जित्ने उद्देश्यका साथ बेस्ट प्राइस ग्यारेन्टि (बीजीपी) कार्यक्रम पनि यस अभियानमा समावेश गरेको छ । यस योजना अन्तर्गत, यदि ग्राहकले कुनै उत्पादन नेपालभित्रका अन्य अनलाइन प्लेटफर्महरूमा यसमा प्रस्तुत गरिको मूल्यका तुलनामा अझ सस्तो मूल्यमा पाउँछन् र लागु गरिएका सर्तहरू पूरा भएमा उत्पादनको मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ । यो पारदर्शिता र प्रतिबद्धता दराजको ग्राहक–केन्द्रित सेवाका लागि एक प्रखर उदाहरण हो ।

    ८.८ सेलको अर्को प्रमुख सुविधाका रुपमा छानिएका उत्पादनहरूमा निःशुल्क होम डेलिभरी सुविधा पनि रहेको छ । ग्राहकहरूले न्यूनतम ४९९ रुपैयाँको खरिद गरेपछि छानिएका विक्रेताबाट घरमै निःशुल्क डेलिभरीको सुविधा पाउन सक्नु हुनेछ । यसका लागि भौचर प्राप्त गर्न दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी सम्बन्धित पेजमा गएर संकलन गर्न सकिनेछ ।

    स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो उपकरण, वेयरेबल्स, फर्निचर, घर सजावट लगायतका उत्पादनहरूमा उपलब्ध अफरहरूले यो सेललाई विविधता र मूल्य–दुबैका हिसाबले अतुलनीय बनाएको छ । ग्राहकहरूले यस अवसरमा आफ्नो रोजाइका सामानहरूमा मात्र नभई अत्यावश्यक सामग्रीहरूमा पनि उल्लेखनीय बचत गर्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

    दराजको ८.८ डिल्स हेरेको हे¥यै, अभियान केवल अफर र छुटमा सिमित छैन । यो उत्कृष्ट सेवा, सहज भुक्तानी, छरितो डेलिभरी र भरपर्दो रिटर्न प्रणालीका माध्यमबाट सम्पूर्ण किनमेल अनुभवलाई अझ समृद्ध बनाउने प्रयत्न हो । नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको ई–कमर्स अनुभव प्रदान गर्ने दराजको प्रतिबद्धताले यो सेललाई विशेष बनाएको कम्पनीको भनाइ छ ।

    दराज ८.८ डिल्स हेरेको हेर्‍यै अभियानका बारेमा थप जानकारीका लागि www.daraz.com.np मा भ्रमण गर्न, Daraz Nepal को फेसबुक पेज वा Daraz एप ब्राउज गर्न कम्पनीले अनुरोध गरेको छ ।

  • सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

    सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

    काठमाडौं । एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान र आगामी वर्षको योजना तर्जुमा तथा उत्साहको कार्यक्रम सानिमा रिलायन्स ब्राभो एनुअल कन्क्लेभ २०८२ सम्पन्न भएको छ ।

    कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले गत वर्ष आ.व.मा ७०० करोडको बीमाशुल्क संकलन गर्न सफल भएकोमा सबै कर्मचारीलाई बधाई दिदै सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताहरुको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताएका छन् । कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले हामीलाई प्रतिस्पर्धात्मक बजारमा अग्र स्थानमा स्थापित गराउन मद्दत पुराउने बताए ।

    यस्तै, कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले असम्भव शब्द भित्र सम्भव लुकेको हुनाले एकजुट प्रयास, सकारात्मक सोच र निरन्तर मेहनतले सम्भव बनाउन सकिने बारे कुराको प्रकाश पारे। साथै कम्पनीले लिएको यस वर्ष लक्ष्य प्राप्तिको लागि कार्य योजना सहित काम गर्नको लागि निर्देशन दिए ।

    गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृस्ट कार्य तथा लक्ष्य हासिल गरेका क्षेत्रीय प्रबन्धक, एरिय म्यानेजर शाखा, उपशाखा प्रमुख , मार्केटिङ अफिसर लगायत कस्टमर सर्भिस एक्जुकेटिभहरुलाई सम्मानित गरिएको थियो । तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतले कम्पनीमा नयाँ र आकर्षक बीमालेखहरु मार्फत ग्राहक सङ्ख्या विस्तार गरिने बताए भने नायव प्रमुख कार्यकारी अधिकृतले कम्पनीको गत आर्थिक वर्षको डेटा प्रस्तुत गर्दै यस वर्ष कम्पनीलाई नयाँ उचाईमा पुराउन सबैले अहोरात्र खटिएर काम गर्नुपर्ने बताए ।

    कार्यक्रममा उत्कृष्ट शाखा प्रबन्धक तथा क्षेत्रीय प्रबन्धकहरूले आफ्नो कार्यनुभव साटासाट गरेका थिए। कार्यक्रमलाई ज्ञानबर्द्धक बनाउनको लागि प्रख्यात स्पिकर मान्सी अग्रवाललाई आमन्त्रित गरिएको थियो । उनले असल नेतृत्वमा हुनु पर्ने गुणहरूको आवश्यकता र महत्त्वको बारेमा चर्चा गरेकी थिइन।

    प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरू, एरिय म्यानेजरहरु, तथा उत्कृस्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसर लगायत कस्टमर सर्भिस एक्जुकेटिभहरुहरुको सहभागिता पोखराको एक होटेलमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

  • महिन्द्राको ‘एक्सयुभि थ्रि–एक्स–ओ’ नेपाली बजारमा–५५ भन्दा बढी सुरक्षात्मक विशेषता 

    महिन्द्राको ‘एक्सयुभि थ्रि–एक्स–ओ’ नेपाली बजारमा–५५ भन्दा बढी सुरक्षात्मक विशेषता 

    काठमाडौं ।  महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपाली बजारको लागि नयाँ कम्प्याक्ट एसयुभि ‘एक्सयुभि थ्रि–एक्स–ओ’ ल्याएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवसर पारेर महिन्द्राले उक्त गाडी नेपाल भित्र्याएको हो ।

    आकर्षक तथा अलग डिजाइन, अत्याधुनिक प्रविधि, उच्चस्तरको (‘स्पिरिटेड’) परफर्मेन्स, र विश्वस्तरीय सुरक्षाको संयोजनको रूपमा आएको  ‘सेगमेन्ट डिसरप्टर’, ‘एक्सयुभि थ्रि–एक्स–ओ’ले कम्प्याक्ट–एसयुभिको सेग्मेन्टमा नयाँ मापदण्ड तथा परिभाषा बनाएको छ । ‘एक्सयुभि थ्रि–एक्स–ओ’का यी सुविधा र विशेषताले गर्दा यसले आफ्नो ‘तपाईँले चाहेको सबै र अझै धेरै’ भन्ने स्लोगनलाई साँच्चिकै प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

    ‘एक्सयुभि थ्रि–एक्स–ओ’ नेपालमा पाँच वटा पेट्रोल भेरियन्टमा उपलब्ध हुनेछ । जसको मूल्य ४४ लाख ९० हजार रुपैयाँदेखि सुरू हुनेछ । सम्पूर्ण भेरियन्टको लागि बुकिङ सुरू भएको छ भने नेपालमा महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपमार्फत नाइमामा डेलिभरी गरिएको छ ।

    महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडका अटोमोटिभ डिभिजन अन्तर्गत इन्टरनेसनल अपरेसन्सका प्रमुख सचिन अरोलकरका अनुसार यसको आकर्षक र अलग डिजाइन, प्रिमियम सुविधाहरू र उच्चस्तरको सुरक्षात्मक विशेषताहरूले गर्दा ‘एक्सयुभि थ्रि–एक्स–ओ’ले आधुनिक ग्राहकहरूको आकांक्षा (एस्पिरेसन)लाई प्रतिबिम्बित गर्नेछ । यसको सेगमेन्टमा ग्राहकहरूलाई हरेक पक्ष, हरेक शैली, गुणस्तर तथा मूल्यमा कुनै सम्झौता नगरी नयाँ मापदण्ड कायम गर्नेमा कम्पनी विश्वस्त रहेका छ ।

    अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले यो गाडी नेपाली उपभोक्ताको रोजाइमा पर्ने बताए । उनले अगाडी भने, ‘हामी नेपाली ग्राहकहरूको लागि ल्याएको ‘एक्सयुभि थ्रि–एक्स–ओ’ यस्तो एसयुभि हो, जसले डिजाइनमा कुनै सम्झौता नगरी सुरक्षामा उच्च मापदण्ड कायम गर्छ र सुविधाहरूले भरिपूर्ण रहेको छ ।’

    उनका अनुसार ‘एक्सयुभि थ्रि–एक्स–ओ’ले स्पोर्टी र बोल्ड डिजाइन सहितको एथलेटिक सिलुएट (बनोट) प्रस्तुत गर्छ । अगाडी रहेको फ्रन्ट ग्रिल र अलग हेडलाइट डिजाइन प्रमुख आकर्षणको विन्दु रहेको छ । पछाडि फैलिएको ‘इन्फिनिटि एलइडि टेल ल्याम्प’, प्रिमियम लेदरेट सिटहरू, सौम्य इन्टेरियर र ‘प्यानोरामिक स्काइरुफ’ले यसलाई झन् आकर्षक बनाएको छ ।

    इन्टेरियरमा, ‘एक्सयुभि थ्रि–एक्स–ओ’ले कम्प्याक्ट एसयुभिको परिभाषा नै फेरिदिएको छ । १०.२५ इन्चको ‘ड्युअल हाइ–रिजोलुसन स्क्रिन’, हार्मन कार्डन अडियो सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, र ६५ वाटको युएसबि–सि फास्ट चार्जरसहितका विशेषताहरू यसमा उपलब्ध छन् । यो गाडी विश्वस्तरको मापदण्ड पूरा गर्न डिजाइन, डेभलभमेन्ट तथा इन्जिनियरिङ गरिएको छ ।

    महिन्द्राको एम–स्टालियन १.२ लिटर टर्बो–पेट्रोल इन्जिनबाट सञ्चालित ‘एक्सयुभि थ्रि–एक्स–ओ’ ले ८२ किलोवाट पावर र २०० न्युटनमिटर टर्क उत्पन्न गर्दछ । यो एसयुभिले हरेक भू–भागमा सहज, आरामदायी, रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ । ‘जिप, ज्याप, जुम’ आदि ड्राइभिङ मोडहरूले सहरी वा हाइवेका लामो यात्राहरूमा आराम तथा सहजता प्रदान गर्दछ ।

    सबै भेरियन्टमा ६ वटा एअरब्याग र इएसपि स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् । साथै, यसमा लेभल २ एडास, ब्लाइन्ड भ्यु मनिटर, र ३६० डिग्रि सराउन्ड भ्यु क्यामरा जस्ता अत्याधुनिक सुरक्षात्मक विशेषताहरू उपलब्ध रहेका छन् ।

  • नाइमा एक्स्पोमा गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने, कति पर्छ ब्याज ?

    नाइमा एक्स्पोमा गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने, कति पर्छ ब्याज ?

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा गाडी किन्न चाहानेहरुलाई एभरेष्ट बैंकले कर्जा दिने भएको छ । एक्स्पोमा एभरेष्ट बैंकले एउटा स्टल नै राखेर ‘विशेष गाडी कर्जा योजना’ अघि सारेको हो ।

    बैंकका अनुसार एक्स्पोमा गाडी किन्ने ग्राहकलाई एभरेष्ट बैंकले ६.५२ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । गाडी खरिद गर्न चाहने ग्राहकको लागि बैंकले बेसरेटमा १.२५ प्रतिशत प्रिमियम थपेर कर्जा दिने भएको जनाएको छ । हाल यस बैंकको बेसरेट ५.२७ प्रतिशत छ ।

    एभरेष्ट बैंकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई यस योजना अन्तर्गत कार, भ्यान, जिप, तथा स्पोट्र्स युटिलिटी भेइकल (एसयूभी) जस्ता निजी प्रयोगका सवारी खरिद गर्न कर्जा दिनेछ ।

    कर्जाका लागि योग्य हुन ऋणी, निजको श्रीमान वा श्रीमती वा एकाघर परिवारका सदस्यहरूको कुल मासिक आम्दानी (स्वरोजगार, तलब, व्यवसाय तथा अन्य) मासिक किस्ता रकमको कम्तीमा दुई गुणा हुनुपर्नेछ । साथै, ऋणीको उमेर ६५ वर्षभन्दा बढी हुन नहुने प्रावधान तोकिएको छ ।

    ग्राहकको आवश्यकता अनुसार खुद मासिक आम्दानीको ३० गुणासम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । कर्जा भुक्तानीका लागि बैंकले बढीमा ७ वर्षसम्मको समयावधि प्रदान गर्नेछ ।

    बैंकले प्राकृतिक व्यक्तिको निजी प्रयोजनका लागि गाडीको खरिद मूल्यको कम्तीमा ४० प्रतिशतसम्म र विद्युतीय सवारी साधनको हकमा पनि खरिद मूल्यको ४० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने जानकारी दिएको छ ।

    कर्जा स्वीकृतिका लागि बैंकले केही आवश्यक कागजातहरू अनिवार्य गरेको छ । सम्पत्ति सम्बन्धी कागजातहरूमा तलबको प्रमाणपत्र, तलब खाताको बैंक स्टेटमेन्ट, फर्म रजिस्ट्रेसन र प्यानरभ्याट प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, र कम्तीमा ६ महिनाको बैंक कारोबार विवरण समावेश छन् । २५ लाख रुपैयाँभन्दा माथिको गाडी कर्जाका लागि व्यक्तिगत प्यान प्रमाणपत्र आवश्यक पर्नेछ ।

    त्यसैगरी, अन्य कागजातहरूमा ऋणी र जमानी बस्नेको नागरिकता, राष्ट्रिय परिचय पत्र, गाडीको कोटेसन, फोटो, र विगत ६ महिनाको बैंक खाता विवरण बुझाउनुपर्नेछ । बैंकले आवश्यक ठानेमा अन्य थप कागजातहरू पनि माग गर्न सक्नेछ ।

    बैंकको नियम अनुसार तेस्रो पक्षसहितको बीमा अनिवार्य गरिएको छ । यस बैंकको गाडी कर्जा सेवा नाइमा एक्स्पोभर अर्थात् साउन २५ गतेसम्म उपलब्ध हुने बैंकले जनाएको छ ।

  • बजाज चेतक बन्यो नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ईभी स्कुटर

    बजाज चेतक बन्यो नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ईभी स्कुटर

    काठमाडौं । बजाज चेतकको ईभी स्कुटर नेपालको कोरला सीमासम्म पुग्ने पहिलो ‘टु ह्विलस्र्स’ सवारी बनेको छ । ४ हजार ६ सय ६० मिटरको उचाइमा रहेको कोरलामा ईभी स्कुटर पुगेपछि बजाज चेतकले ‘लाइफप्रुफ’ ब्राण्डको पहिचानलाई थप बलियो बनाएको बताएको छ ।

    उक्त यात्रा नेपालको कठिन भौगोलिक क्षेत्रहरूमा चेतकको ‘हाइअल्टिच्युड एन्ड्युरेन्स’ परीक्षण अन्तर्गत गरिएको थियो । ‘हाइअल्टिच्युड एन्ड्युरेन्स’ परीक्षणमा सफल हुदैँ कोरलामा ईभी पुगेपछि नेपालको ईभी इतिहासमा एक ऐतिहासिक उपलब्धि भएको हो । चेतक ईभीको साहसी प्रयासले नेपालमा ईभीको भविष्यमा नयाँ सम्भावनाहरूको ढोका खोलेको छ ।

    सो उपलब्धिले शहरीदेखि पहाडी भूभागसम्म वास्तविक जीवनको यात्रा गर्नमा ईभी स्कुटले सक्षम रुपमा साथ दिने सवारीका रुपमा हेरिएको छ । बजाज चेटक एक उन्नत इलेक्ट्रिक स्कुटर हो । जुन शहरी सडकदेखि कठिन भौगोलिक क्षेत्रसम्म सहज यात्रा गर्न डिजाइन गरिएको छ ।

    कठिन वातावरणका लागि निर्माण गरिएको क्ष्एटठ प्रमाणित सम्पूर्ण मेटल बडी, १५३ किमी प्रमाणित रेंज, स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीसहित, धुलो र पानी प्रतिरोध क्षमता, किलेस सञ्चालन, र कनसोल प्रविधिसहितको विशेषता रहेको इभी स्कुटरले विद्युतीय मोबिलिटीप्रतिको दूरदर्शिता झल्काउँछ ।

  • नयाँ प्रविधि, प्रतिस्पर्धी मूल्यबीच बढ्दै शाओमी टिभीको पहुँच

    नयाँ प्रविधि, प्रतिस्पर्धी मूल्यबीच बढ्दै शाओमी टिभीको पहुँच

    काठमाडौं । पछिल्ला केही वर्षयता इलेक्ट्रोनिक्स बजारमा नेपालका उपभोक्तामा उल्लेखनीय परिवर्तन देखिएको छ । प्रविधिमा चासो राख्ने मात्र होइन, आम उपभोक्तासमेत अहिले स्मार्ट टिभी, होम अडियो र इन्टरनेट जडित उपकरणतर्फ आकर्षित भएका छन् । यस परिवर्तनको केन्द्रमा रहेका ब्रान्डहरूमध्ये शाओमी (Xiaomi) एक शक्तिसाली नाम बनेको छ ।

    चीनमा स्थापना भएको शाओमी कम्पनीले नवीनता, सहज प्रयोग र किफायती मूल्यलाई आधार मानेर विश्वव्यापी बजारमा आफ्नो पहिचान बनाएको हो । नेपालको सन्दर्भमा हेर्ने हो भने, शाओमीले स्मार्टफोनबाट सुरु गरेको उपस्थिति अहिले स्मार्ट टिभी सेग्मेन्टमा समेत प्रभावशाली बन्दै गएको छ ।

    प्रविधि, पहुँच र डिजाइनको सन्तुलनः शाओमीका टिभीहरू नेपाली बजारमा उपलब्ध अन्य ब्रान्डहरूसँग तुलना गर्दा, मूल्य र गुणस्तरको हिसाबले सन्तुलित देखिन्छन् । साना कोठाका लागि HD र Full HD टिभी, अनि ठूला मनोरञ्जन कक्ष वा लिभिङ रूमका लागि 4K QLED टिभीहरू सबै खालका उपभोक्तालाई लक्षित गरी बजारमा ल्याइएको छ । यी सबै मोडेलमा गुगल टिभी, क्रोमकास्ट, गुगल असिस्टेन्ट जस्ता अत्याधुनिक स्मार्ट फिचरहरू छन्, जसले प्रयोगकर्ताको अनुभवलाई अझ सहज र समृद्ध बनाउँछ ।

    मूल्यअनुसार मोडेलहरूः
    Xiaomi TV A Pro 32 HD (रू. २९,९९९): साना कोठा, छात्रावास वा एकल बसोबासमा रहेका व्यक्तिका लागि उपयुक्त । ३२ इन्चको HD डिस्प्ले, गुगल टिभी र आकर्षक बेजेलरहित डिजाइनसहित सुरु हुने यो मोडेल शाओमीको बजेट–अनुकूल शुरुवाती विकल्प हो ।

    Xiaomi TV A 43 FHD (रू. ४९,९९९): थप स्पष्टता र स्मार्ट फिचर खोज्ने उपभोक्ताका लागि । Full HD  डिस्प्ले, फार–फिल्ड माइक्रोफोन र साउन्ड सिस्टमले यो मोडेललाई मध्य–स्तरको प्रभावशाली टिभी बनाएको छ ।

    Xiaomi TV A Pro 43 (2025) (रू. ५४,९९९): 4K QLEDप्रविधिसहित सानो साइजमा उच्च दृश्य अनुभव चाहनेहरूको रोजाइ । स्टोरेज, RAM र अपरेटिङ सिस्टमको संयोजनले यो मोडेललाई ‘पावरफुल मिनी होम थियटर’ को रूपमा प्रस्तुत गर्दछ ।

    Xiaomi TV A 55 (रू. ७९,९९९): परिवारका लागि उपयुक्त मध्यम आकारको 4K  टिभी, जसमा Dolby Audio, Chromecast,16 GB ROM जस्ता सुविधा छन् । ठूलो स्क्रिन, शक्तिशाली अडियो र सहज इन्टरफेसले यसलाई होम इन्टरटेनमेन्टको केन्द्र बनाउँछ ।

    Xiaomi TV A Pro 65 : (रू. १,१४,९९९) ठूला कोठा वा भेला हुने ठाउँका लागि लक्षित ६५ इन्चको 4K डिस्प्ले, १६GB स्टोरेज, DTS र Dolby साउन्ड सपोर्टसहित शाओमीको उच्च श्रेणीको विकल्प ।

    Xiaomi TV A Pro 65 (2025) (रू. १,१९,९९९): डिजाइनप्रेमी र उच्च प्रदर्शन चाहनेहरूका लागि । QLED प्यानल, अल्ट्रा हाई रेजोल्युसन, बेजेलरहित मेटल फ्रेम र साउन्ड सिस्टमले यो मोडेललाई सौन्दर्य र कार्यदक्षताको संयोजन बनाएको छ ।

    नेपाली बजारमा स्मार्ट टिभीको माग तीव्र गतिमा बढ्दै गएको छ । सस्तो र सजिलो इन्टरनेट पहुँच, डिजिटल प्लेटफर्महरूको बढ्दो प्रयोग (जस्तै युट्युब, नेटफ्लिक्स, एमएक्स प्लेयर आदि) र युवा पुस्ताको प्रविधिप्रतिको रुचिले स्मार्ट टिभीलाई ‘लक्जरी’ बाट ‘आवश्यकता’ तर्फ तानीरहेको छ । यस्तै परिवेशमा शाओमीजस्ता ब्रान्डले प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय टिभी उपलब्ध गराउँदै उपभोक्ताको मन जितेका छन् ।

    शाओमीसँग प्रतिस्पर्धा गर्ने अन्य ब्रान्डहरू:  जस्तै Samsung, LG, TCL आदि सँग तुलना गर्दा, मूल्य र फिचरको अनुपातमा शाओमी अग्रपंक्तिमा देखिन्छ । यदि स्थानीय सेवा प्रणाली, बिक्री पछिको सेवा (after–sales service) र ब्रान्ड सुदृढीकरणमा ध्यान दिइयो भने प्रीमियम सेग्मेन्टमा यो अझ बलियो रूपमा उभिन सक्ने सम्भावना छ।
    प्रत्येक मोडेलले प्रयोगकर्ता अनुकूलता, प्रविधिको समायोजन र मूल्य सन्तुलन प्रस्तुत गर्छ । स्मार्ट टिभी रोजाइमा शाओमीले विश्वव्यापी मात्र होइन, नेपाली बजारमा समेत आक्रामक उपस्थिति देखाइरहेको छ, जसले उपभोक्ताका लागि नयाँ विकल्पहरू सिर्जना गरिरहेको छ ।

    यदि तपाईं घरको लागि स्मार्ट टिभी खरिद गर्ने सोचमा हुनुहुन्छ भने, शाओमीका यी मोडेलहरू तपाईंको आवश्यकताअनुसार छनोट गर्न मिल्ने उत्कृष्ट विकल्प बन्न सक्छन् ।

  • सामसङ ग्यालेक्सी जेड फोल्ड७ र फ्लिप७ को प्रि-अर्डर अफर 

    सामसङ ग्यालेक्सी जेड फोल्ड७ र फ्लिप७ को प्रि-अर्डर अफर 

    काठमाडौं । सामसङको ग्लोबल इभेन्ट ग्यालेक्सी अन्प्याकड मार्फत सार्वजनिक गरिएका नयाँ फोल्डेबल स्मार्टफोनहरू अब नेपालमा पनि प्रि–अर्डरका लागि उपलब्ध भएका छन् । सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर २०८२ साउन २२ देखि २९ गते सम्म खुला रहने घोषणा गरेको छ ।

    सामसङको अहिलेसम्मकै सबभन्दा पातलो र हलुका फोल्ड, ग्यालेक्सी जेड पक फोल्ड७ मा अत्याधुनिक डिजाइन, दमदार क्यामेरा र ग्यालेक्सी एआईको स्मार्ट फिचर्सहरु समावेश छन् । ठुलो डिस्प्ले, फ्लेक्स मोड, मल्टिटास्किंग, र ब्याट्रीमा सुधारले यो जेड फोल्ड सिरिजलाई अझ उपयोगी बनाएको छ । नयाँ संस्करणमा अझ राम्रो हिन्ज, तेज प्रोसेसर, उज्यालो स्क्रिन, र २०० मेगापिक्सेल एआई इन्ह्यान्स्ड क्यामेरा प्रणाली समावेश गरिएको छ ।

    नयाँ फोल्ड र फ्लिप दुवैमा जेमिनी लाइभ फिचर पनि उपलब्ध छ, जसले ठुलो स्क्रिनमा स्क्रीन सेयरिङ र रियल टाइम सपोर्ट सम्भव बनाउँछ। साथै क्यामेरा मार्फत कुनै पनि वस्तुलाई देखाएर न्याचुरल, संवादात्मक प्रश्न सोधी प्रयोगकर्ताले तुरुन्त जवाफ पाउनेछन् ।

    ग्यालेक्सी जेड फ्लिप७ अब झनै पातलो, टिकाउ, र पोर्टेबल बनेको छ । अबको फ्लेक्सविन्डो अझ ठुलो र प्रयोग गर्न सजिलो छ । यसमा प्रिमियम क्यामेरा, राम्रो स्ट्याबिलाइजेसन, सटीक रङ, र लामो ब्याट्री लाइफ उपलब्ध छन ।

    जेमिनी एआईको मद्दतले यात्रा वा व्यस्त दिनमा लेख्न, अनुवाद गर्न र काम मिलाउन सहज बनाउँछ । साथै, क्रिएटिभ प्रयोगकर्ताहरूका लागि एकदम उपयोगी नयाँ स्केच तु इमेज फिचरको साथ प्रयोगकर्ताले बनाएको स्केचलाई तुरुन्तै आकर्षक भिजुअलमा रूपान्तरण गर्न सकिन्छ ।

    सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भने, “ग्यालेक्सी जेड सिरिजले प्रविधिमा मात्रै होइन, मानिसहरूले स्मार्टफोन प्रयोग गर्ने तरिकामा पनि नवीनता ल्याएको छ । पावरफुल मल्टिटास्किङ, झनै इमर्सिभ डिस्प्ले र बलियो टिकाउपनका साथ यी फोल्डेबलहरूले प्रयोगकर्तालाई बढी गर्न, आफूलाई व्यक्त गर्न र मोबाइल अनुभवलाई अझ लचिलो बनाउन सहयोग गर्छन्। हामी नेपाली ग्राहकहरूले यसलाई कसरी अपनाउनुहुन्छ भन्ने कुरामा उत्साहित छौँ ।”

    ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को २५६जीबी भेरियन्टहरू नेपालमा साउन २२ देखि २९, २०८२ सम्म प्रि–अर्डरका लागि उपलब्ध हुनेछन ्।

  • हुन्डाई नेपालको विशेष अफर सार्वजनिक, ८ लाखसम्म नगद छुट पाइने

    हुन्डाई नेपालको विशेष अफर सार्वजनिक, ८ लाखसम्म नगद छुट पाइने

    काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विशेष अफर सार्वजनिक गरेको छ । ‘हुन्डाई असम अगस्ट’ योजना सार्वजनिक गरिएको हो ।

    यस योजना अन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्नेछन् । यो योजना काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा मोबिलिटी एक्स्पो २०८२ सँगै शुरु भएको हो ।

    यस योजना अन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन् । यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध छ ।

    यस योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको छ । विजेता जोडीको  तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ । नाइमा मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन् ।

    त्यस्तै, नाइमा एक्स्पोको स्टल नं. ४ मा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनौट हुने व्यवस्था गरिएको छ । दैनिक उपहारहरूमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ ।

     

  • केयीको ‘बबाल अफर’ घोषणा, एक्स थ्री प्रो ईभीमा छुट

    केयीको ‘बबाल अफर’ घोषणा, एक्स थ्री प्रो ईभीमा छुट

    काठमाडौं । केयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई-मोबिलिटीले केयी ‘बाबल अफर’ को घोषणा गरेको छ। यो सीमित समयको प्रमोसनले केयी एक्स थ्री प्रो ईभी मा आकर्षक डिलहरू ल्याएको छ।

    यस विशेष अफरले ठूलो छुट र रोमाञ्चक फाइदाहरू ल्याएको छ। यस सीमित-अवधि अफर अन्तर्गत,  केयी एक्स थ्री प्रो ईभीको मूल सुरुवात मूल्य रु ४८.९६ लाख भन्दा कम, रु ३९.९६ लाख को अतुलनीय मूल्यमा उपलब्ध छ। यसका साथै ग्राहकले स्पेयर टायर, ७.३ किलोवाट चार्जर, ६ वर्षको सर्भिस र ८ वर्षको वारेन्टी पनि पाउनेछन्। यो ठूलो छुट र अफरले एक्स थ्री प्रो ईभ लाई यस सेगमेन्टमा सबैभन्दा राम्रो मूल्यको इलेक्ट्रिक एसयूभी बनाएको छ।

    यो विशेष मूल्य नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को समयमा मात्र सीमित अवधिका लागि उपलब्ध छ। काठमाण्डौको भृकुटीमण्डपस्थित हल ए मा रहेको केयीको स्टल नम्बर ए२ (तपाईं प्रवेश गर्ने बित्तिकै दायाँपट्टिको पहिलो स्टल) मा गएर एक्स थ्री प्रो ईभी को अनुभव लिन सकिन्छ।

    एक्स थ्री प्रो ईभी किन रोज्ने?

    यस सेगमेन्टमा सबैभन्दा उत्कृष्ट मूल्यको एसयूभी
    • १२०/९९ किलोवाट मोटर
    • उन्नत सुविधाहरू सहितको स्लिक, प्रिमियम डिजाइन
    • लक्जरी र फराकिलो इन्टेरियर
    • उत्कृष्ट ड्राइभिङ कम्फर्ट
    • सुरक्षित, ध्यान भंग नहुने गरी ड्राइभिङका लागि फिजिकल बटन
    • १८३ मिलिमिटर ग्राउन्ड क्लियरेन्स
    • प्यानोरामिक मूनरुफ
    • अटो होल्ड
    • लिथियम आइरन फस्फेट ब्याट्री
    • ७.३ किलोवाट चार्जर र स्पेयर ह्वील
    • स्पेयर पार्ट्स किफायती छन्

    केयी एक्स थ्री प्रो ‘बाबल अफर’ नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा भृकुटीमण्डपको हल ए मा रहेको केयीको स्टल नम्बर ए२ (प्रवेश गर्ने बित्तिकै पहिलो स्टल) र देशभरका प्रमुख सहरहरू जस्तै नक्साल, थापाथली, बिर्तामोड, नेपालगन्ज, धनगढी, दाङ, भैरहवा, हेटौंडा, भरतपुर, पोखरा, विराटनगर, र वीरगन्ज मा रहेका आधिकारिक केयी शोरूमहरू मा उपलब्ध हुनेछ।

     

  • काठमाडौंको भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु (फोटोफिचर) 

    काठमाडौंको भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु (फोटोफिचर) 

    काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ सुरु भएको छ । नेपाल अटो मोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा भृकुटीमण्डपमा नाइमा नेपाल मोबिलिटी एक्स्पो भएको हो ।

    उक्त एक्स्पो उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका हुन् । एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिएको छ ।

    नाइमाका अध्यक्ष रितु सिंह वैद्यका अनुसार एक्स्पोमा ५० भन्दा बढी ब्रान्डहरू सहभागी भएका छन् । प्रदर्शनीमा १५ वटा दुई पाङ्गे, १५ वटा चार पाङ्गे, र ५ वटा कर्मसियल गाडीहरू सार्वजनिक गरिएको छ ।

    एक्स्पोको मुख्य प्रायोजकमा एभरेष्ट बैंक लिमिटेड र नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । प्रदर्शनीका आगन्तुकहरूलाई प्रायोजक कम्पनीहरूले पनि विशेष प्रावधानको व्यवस्था गरिएको छ । राईड पार्टनर पठाओले प्रदर्शनलाई लक्षित गरेर भृकुटीमण्डप गन्तव्य भएका राईडहरुमा ३० प्रतिशतसम्मको छुट दिएको छ ।

    साउन २५ गतेसम्म चल्ने उक्त एस्क्स्पोको पाँचौँ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने प्यानल डिस्कसन गरिने आयोजकले जनाएको छ ।प्रदर्शनीको पहिलो दिन अनिल केशरी शाहले २ बजेदेखि ५ बजेसम्म “मोबिलिटी हिजो, आज, भोलि” विषयमा ज्ञानवर्धक सत्र सञ्चालन गर्ने भएका छन् ।

    अन्य दिनको सत्रहरूमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, शि क्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, र भारतको इन्स्टिच्युट अफ रोड ट्राफिक एजुकेसन जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूका दक्ष तथा विज्ञ व्यक्तित्वहरूको उपस्थिति रहने छ ।

    प्रदर्शनीको टिकट खल्ती बाई आईएमईमा उपलब्ध छ । नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विक्री भएका टिकटहरूको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रका विषयमा छात्रवृत्ति तथा फेलोसिपहरू प्रदान गरिएको आयोजकले जनाएको छ ।

     

     

  • ४५ वर्षदेखि ‘मार्केट लिडर’ वाइवाइ, बजार हिस्सा ६० प्रतिशत

    ४५ वर्षदेखि ‘मार्केट लिडर’ वाइवाइ, बजार हिस्सा ६० प्रतिशत

    काठमाडौं । नेपाली बजारमा विगत ४५ वर्षदेखि निरन्तर वर्चस्व कायम राख्दै आएको वाइवाइ चाउचाउले हरेक वर्ष उच्च वृद्धिदर हासिल गर्दै आएको छ । आफ्नो उच्च वृद्धिदर कायम राख्दै गत आर्थिक वर्ष ०८१/०८२ मा  वाइवाइले १५ प्रतिशत वृद्धिदर हासिल गर्दै नेपालली चाउचाउ बजारको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्न सफल भएको यसको उत्पादक कम्पनी सीजी फूड्सले जनाएको छ । २० रुपैयाँ मूल्य श्रेणीमा मात्र वाइवाइको हिस्सा झण्डै ७० प्रतिशत पुगेको कम्पनीले जनाएको छ।

    विश्वभर वार्षिक रूपमा करिब ४ अर्ब प्याकेट वाइवाइ चाउचाउ उत्पादन हुँदै आएको छ । सीजी फुड्सका अनुसार कम्पनीले नेपालमा मात्रै करीब एक अर्ब प्याकेट चाउचाउ उत्पादन गर्दै आएको छ ।

    वाइवाइका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रदीप पुडासैनीका अनुसार कम्पनीले बजारको विविधतासँगै नयाँ स्वाद र श्रेणीका उत्पादनहरू प्रस्तुत गर्दै आएको छ। उनका अनुसार नयाँ पुस्ताको स्वाद र प्राथमिकता अनुसार ब्रान्डले लगातार नविन संस्करणहरू बजारमा ल्याइरहेको छ। र, हालै आएको ‘वाइवाइ क्वीक हट एन्ड स्पाइसी’ र ‘वाइवाइ क्वीक स्पाइसी चिज’ ले समेत बजारमा युवाहरुको मन जित्न सफल भएको ।

    “ग्राहकको भरोसा, हाम्रो इतिहास र गुणस्तरको निष्ठाले हामीलाई जहिल्यै अग्रणी बनाइराख्न सहयोग गरेको छ,” पुडासैनीले भने, “हामी हरेक सेग्मेंटमा अगाडि छौं। अब स्पाइसी सेग्मेंटमा पनि हामी नै अगाडि हुने लक्ष लिएका छौं । ”

    ४५ वर्षअघि उत्पादन सुरु भएको वाइवाइ हाल नेपालसँगै भारत, बंगलादेश, सर्बिया, काजाकिस्तान, अफ्रीका, लगायतका देशहरूमा पनि उत्पादन हुँदै आएको छ र ४० भन्दा बढी देशहरुमा उपलब्ध छ । यसले वाइवाइलाई नेपालको पहिलो र एक मात्र विश्वव्यापी ब्रान्डको रूपमा स्थापित गराएको छ।

    वाइवाइका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रदीप पुडासैनी
    वाइवाइका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रदीप पुडासैनी

    विशेषगरी प्रवासी नेपाली समुदायमा वाइवाइको लोकप्रियता अत्यधिक छ। घरतिरको स्वाद भनेर चिनिने वाइवाइ नेपाली उपभोक्तामाझ मात्र होइन, विदेशी बजारमा पनि नेपाली स्वादको प्रतिनिधिको रूपमा प्रस्तुत हुँदै आएको छ।

    “देशबाहिर गएका लाखौं नेपालीका लागि वाइवाइ केवल एक खानेकुरा होइन- त्यो घरको स्वाद हो। विदेशमा रहेका नेपालीहरुलाई वाइवाइ घरको तृष्णा मेटाउने माध्यम समेत बनेको छ । यो हाम्रो लागि गर्वको विषय हो,” पुडासैनीले भने, “बिदाको दिनको पिकनिक होस् वा होस्टलको मध्यरातको भोक, लामो यात्रा होस् वा स्क्कुल जादाको क्षण- वाइवाइ सधैं नेपालीहरुको साथीको रुपमा रहेको छ ।”

    पकाएर, सुप बनाएर, चटपटे बनाएर, साँधेर वा काँचै पनि खाजाको रुपमा खान मिल्ने भएकाले वाइवाइ ‘सजिलो र सुपथ’ खाजाका रुपमा परिचित छ ।

    कम्पनीका अनुसार वाइवाइको लोकप्रियताको सुत्र भनेकै गुणस्तरको निरन्तरता, उपभोक्ताको मनोविज्ञान बुझ्ने क्षमता र यसले बोकेको गौरबपूर्ण इतिहास हो । “वाइवाइ स्वाद र गुणस्तरमा उपभोक्ताको मन जित्दै ग्लोबल ब्राण्ड बनेको हो,” पुडासैनीले थपे।

    हाल विश्व चाउचाउ बजारको करिब ४ प्रतिसत हिस्सा ओगट्दै आएको वाइवाइले सन् २०२८ सम्म भारतीय बजारमा ३५ प्रतिशत हिस्सा ओगट्ने, उच्च सम्भावना भएका थप देशहरुमा उद्योग स्थापना गर्ने र ग्लोवल मार्केटमा वार्षिक ५ अर्ब प्याकेट चउचाउ उत्पादन तथा बिक्री गर्ने लक्ष्य लिएको छ ।

  • एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट

    एनआईसी एशिया बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा १० प्रतिशत छुट

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहहरुलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका छन् ।

    यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (Mobank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ । फ्रन्टलाइन हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

     

  • ‘नाडा अटो शो’लाई लक्षित गर्दै नेपाली बजारमा भित्रियो जिलीको ईएक्स ५ इभी

    ‘नाडा अटो शो’लाई लक्षित गर्दै नेपाली बजारमा भित्रियो जिलीको ईएक्स ५ इभी

    काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) का नयाँ मोडलहरू भित्रिने क्रम जारी छ । नयाँ नयाँ मोडलहरू भित्रिरहँदा ग्राहकहरूका लागि पनि विकल्पहरू थपिँदै गएका छन् भने ब्राण्डहरूबिचको प्रतिस्पर्धा समेत तीव्र बन्दै गएको छ ।

    यसैबिच चीनको पहिलो निजी स्वामित्वको र सबैभन्दा ठूलोमध्येको एक जिली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स ५ सिरिज नेपाल भित्रिएको छ । एलआरआर मोटर्सले विशेषगरी नाडा अटो सो २०२५ लाई लक्षित गरी जिलीका २ मोडल जिली ईएक्स ५ प्रो र जिली ईएक्स ५ म्याक्स भित्राएको हो ।

    नेपाली ईभी बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्य मोडलको भन्दा यी मोडलहरूको अति नै बढी प्रतिस्पर्धात्मक लाभ रहेको देखिन्छ । यी मोडलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन् ।

    यी दुवै मोडलमा ६०.२ किलोवाट/घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ ।

    गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रिले एट (आठ वटा) निडल परिक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत यस ब्याट्रिको आयू ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ । जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रिको क्षमताभन्दा धेरै अधिक रहेको कम्पनीको दाबी छ ।

    आधिकारीक आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरुको ब्याट्रिमा आठ वर्ष वा २ लाख किमिसम्म वारेन्टि समेत दिएको जनाएको छ । यी दुवै मोडलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी/घण्टाको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्ने कम्पनीले जनाएको छ ।

    यसमा सिएलटिसी परीक्षण अनुसार ५३० किमी र डब्लुएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको कम्पनीले जनाएको छ । जुन नेपालको भौगोलिक बनावटका लागि पर्याप्त मानिएको छ । यी मोडलहरूमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश छन् ।

    यी गाडीको मूल्य नेपाली बजारका ५८ लाख नेपाली रुपैयाँदेखि ६८ लाख रुपैयाँसम्म तोकिएको छ । नेपाली उपाभोक्ताको अवस्था र रुचीलाई मध्यनजर गर्दै कम्पनीले नाडा अटो शोको क्रममा मूल्यमा केहि विशेष लाभ प्रदान गर्ने जनाएको छ ।

  • साउने सोमबार पशुपति आउजाउ गर्ने भक्तजनलाई निःशुल्क बस सेवा

    साउने सोमबार पशुपति आउजाउ गर्ने भक्तजनलाई निःशुल्क बस सेवा

    काठमाडौं । श्रावण महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनहरुलाई निःशुल्क बस सेवा सञ्चालन गरिएको छ । गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले पशुपति विकास कोषसँगको सहकार्यमा मयुर यातायातको बस मार्फत पहिलो र दोस्रो सोमबार बिहान ४ बजेदेखि १० बजेसम्म निःशुल्क बस सेवा प्रदान गरिएको हो । अब आउने तेस्रो सोमबार श्रावण १९ गते र चौथो सोमबार श्रावण २६ गतेका दिन उक्त बस सेवा बिहान ५ बजे देखि सञ्चालन हुनेछ ।

    पहिलो नम्बरको रुट बल्खुबाट सुरु भई एकान्तकुना, सातदोबाटो, कोटेश्वर, तिनकुने, एयरपोर्ट हुँदै पशुपतिनाथ मन्दिरसम्म पुग्ने छ र दोस्रो नम्बरको रुट बल्खुबाट सुरु भई नयाँ बसपार्क, कलंकी, स्वयम्भु, नारायणगोपाल चोक, चाबहिल हुँदै पशुपतिनाथ मन्दिरसम्म सेवा उपलब्ध हुनेछ।

    बस सेवा पूर्ण रूपमा निःशुल्क रहेको हुँदा सबै भक्तजनलाई बिहान ५ बजेदेखि उपरोक्त रुटमा सञ्चालन हुने बस सेवा प्रयोग गरी लाभ लिनु हुन अनुरोध गर्दछौँ।

    साउन महिनामा पशुपतिनाथ मन्दिरमा श्रद्धालुहरूको अत्यधिक भीड हुने भएकाले भीड व्यवस्थापन र भक्तजनको सुविधाका लागि यस सेवाबाट सहज र सुरक्षित रूपमा मन्दिर दर्शन गर्न सकुन भन्ने उद्देश्यले पशुपति विकास कोषसँगको सहकार्यमा, मयुर यातायात बसद्वारा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको प्रायोजनमा सञ्चालन गरिएको छ।

  • जिलीको ईएक्स ५ ईभी भित्रियो- नेपाली ईभी बजारमा ‘गेम चेन्जर’ को अपेक्षा

    जिलीको ईएक्स ५ ईभी भित्रियो- नेपाली ईभी बजारमा ‘गेम चेन्जर’ को अपेक्षा

    काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) का नयाँ मोडलहरू भित्रिने क्रम जारी छ । नयाँ नयाँ मोडलहरू भित्रिरहँदा ग्राहकहरूका लागि पनि विकल्पहरू थपिँदै गएका छन् भने ब्राण्डहरूबिचको प्रतिस्पर्धा समेत तीव्र बन्दै गएको छ ।

    यसैबिच हालै चीनको पहिलो निजी स्वामित्वको र सबैभन्दा ठूलोमध्येको एक जिली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली EX5 सिरिज नेपाल भित्रिएको छ ।

    एलआरआर मोटर्सले विशेषगरी नाडा अटो सो २०२५ लाई लक्षित गरी जिलीका २ मोडल जिली EX5 प्रो र जिली EX5 म्याक्स भित्राएसँगै उत्पादनको छोटो समयभित्रै विश्वब्यापीरुपमा चर्चा बटुल्न सफल गाडीहरुमाथि नेपाली उपभोक्ताको पहुँच सुनिश्चित भएको हो । उसोत नेपाली बजारमा प्रवेश गर्नुअघि नै नेपाली अटोमोबिल पारखीहरुले यि गाडीहरुबारे खोजीनिती गर्न थालिसकेका थिए ।

    नेपाली ईभी बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्य मोडलको भन्दा यी मोडलहरूको अति नै बढी प्रतिस्पर्धात्मक लाभ रहेको देखिन्छ । यी मोडलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन् ।

    यी दुवै मोडलमा ६०.२ किलोवाट/घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ ।

    गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रिले एट (आठ वटा) निडल परिक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणीत यस ब्याट्रिको आयू ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमि अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रिको क्षमताभन्दा धेरै अधिक हो । साथै आधिकारीक आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरुको ब्याट्रिमा आठ वर्ष वा २ लाख किमिसम्म वारेण्टि समेत दिएको जनाएको छ ।

    यी दुवै मोडलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी÷घण्टाको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ ।
    यसमा सिएलटिसी परीक्षण अनुसार ५३० किमी र डब्लुएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको कम्पनीले जनाएको छ, जुन नेपालको भौगोलिक बनावटका लागि पर्याप्त मानिएको छ ।

    आकर्षक डिजाइन र इन्टेरियर

    जिली EMAX5 श्रृखलाको बाह्य डिजाइन आधुनिक एरोडायनामिक प्रोफाइलमा आधारित छ, जसमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल समावेश छन् ।
    आन्तरिक भागमा १५.४ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ तथा पाँच तहको सिट प्रविधि रहेको छ ।

    EMAX5 मा थप रूपमा हेडअप डिस्प्ले, हीटिंग, भेन्टिलेटेड र मसाजिङ्ग क्षमतायुक्त आरामदायी सिटको साथै flyme को साउण्ड सिस्टम समेत उपलब्ध छन्, जसले उपभोक्तालाई लक्जरी अनुभव दिन्छ ।

    अत्याधुनिक प्रविधि र आकर्षक मूल्य

    यी मोडलहरूमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश छन् ।
    साथै, जिलीले आफ्नै विकसितflyme अटो ओएस–स्मार्ट ककपिट अपरेटिङ सिस्टम) प्रयोग गरेको छ, जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा दिन्छ ।
    EMAX5 प्रो र EMAX5 म्याक्स दुबैमा इन्टिग्रेटेड स्मार्ट युआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ ।

    नेपाली बजारका लागि EMAX5 प्रो को मूल्य ५८ लाख नेपाली रुपैयाँ तोकिएको छ भने EMAX5 म्याक्सको ६८ लाख रुपैयाँ तोकिएको छ । तथापी, नेपाली उपाभोक्ताको अवस्था र रुचीलाई मध्यनजर गर्दै कम्पनीले नाडा अटो शोको क्रममा मूल्यमा केहि विशेष लाभ प्रदान गर्ने जनाएको छ ।

    आकर्षक मूल्य, लामो रेन्ज, अत्याधुनिक प्रविधि र लक्जरी इन्टेरियरका कारण यी मोडलहरू नेपाली उपभोक्तामाझ लोकप्रिय हुने कम्पनीको विश्वास छ ।
    नेपाली बजारमा सो मूल्य रेन्जमा भित्रिएका गाडीहरूमा जिलीका यी दुई मोडलले उपभोक्ताको ध्यान खिच्नेछ । प्रतिस्पर्धी ब्राण्डहरुले कायम गरेको मूल्यको तुलनामा जिली धेरै सस्तो हुने कम्पनीको दाबी छ ।

  • प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो बेस्ट ब्रान्ड्स अवार्ड

    प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा जित्यो बेस्ट ब्रान्ड्स अवार्ड

    काठमाडौं । प्रिज्मा एड्भर्टाइजिङले ब्रान्डलरेट स्पेशल लिमिटेड एडिसन बेस्ट ब्रान्ड्स अवार्ड २०२५ जितेको छ । प्रिज्माले ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन्स श्रेणीमा सम्मान प्राप्त गरेको हो । यो अवार्डले एजेन्सीको रणनीतिक ब्रान्डिङ र सांस्कृतिक रूपमा प्रभावशाली कथावस्तु निर्माणमा अग्रणी भूमिकाको कदर गरेको छ ।

    यो सम्मान ३१ जुलाई २०२५ मा सिंगापुरको सांग्रीला होटलमा आयोजित समारोहमा प्रदान गरिएको थियो, जहाँ प्रिज्मा एड्भरटाइजिङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले एजेन्सीको तर्फबाट यो सम्मान ग्रहण गरेका थिए ।

    विश्व ब्रान्ड्स फाउन्डेसनद्वारा आयोजित ब्रान्डलरेट अवाड्र्सले विश्वका सबैभन्दा प्रतिष्ठित, प्रभावशाली र प्रभावकारी ब्रान्डहरूलाई सम्मानित गर्छ । आफ्नो २०औँ वर्ष प्रवेश गरेको अवसरमा फाउन्डेसनको लिमिटेड एडिसन वार्षिकोत्सव अवार्डले रचनात्मकता, रणनीति र दीर्घकालीन ब्रान्डको पहिचान, मूल्य र प्रतिष्ठामार्फतै उद्योगलाई पुनर्जनन् गर्ने विश्वव्यापी ब्रान्ड लिडरहरूलाई  सम्मान गर्छ ।

    अन्तर्राष्ट्रियस्तरको मनोनयनहरूको प्रतिस्पर्धात्मक क्षेत्रबाट छनोट भएको प्रिज्माले आफ्नो ब्रान्ड प्रभाव र नवीन रचनात्मक रणनीतिका लागि विशिष्ट पहिचान बनायो । यो मान्यताले नेपालको रचनात्मक उद्योगका लागि महत्वपूर्ण कोसेढुङ्गा हो र प्रिज्मालाई विश्वव्यापी ब्रान्ड नवप्रवर्तकहरूको सम्मानित समूहमा स्थापित गरेको छ ।

    उक्त कार्यक्रममा प्रिज्मा एड्भर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले भने, “ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड हाम्रो टिमको निरन्तर मेहनत, सिर्जनात्मक सोच र नेपाली ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने हाम्रो अठोटको प्रमाण हो । हामी विश्वास गर्छौं कि प्रामाणिकता र साहसमा आधारित विचारहरूले हरेक सीमालाई पार गर्न सक्छन् । यो सम्मानले हामीलाई अझ ठूलो सम्भावनाको खोजी गर्न र हाम्रा दृष्टिकोणहरूलाई विस्तार गर्न थप प्रेरणा मिलेकोे छ ।”

    प्रिज्मा एड्भर्टाइजिङ ब्रान्डलरेट अवाड्र्सबाट मान्यता प्राप्त गर्ने पहिलो नेपाली कम्पनी हो, जुन नेपालका लागि गर्विलो र ऐतिहासिक क्षण हो । यो अवार्डले विगतमा कोका–कोला, नेस्ले, युनिलिभर, सामसङ इलेक्ट्रोनिक्स, टोयोटा, आइबीएम र जिमी चू जस्ता विश्व सम्मानित व्यापार, रचनात्मकता र संस्कृतिका नामहरूलाई सम्मानित गरेको छ । ओगिल्वी मलेसिया, डेन्ट्सु सिङ्गापुर र लियो बर्नेट भियतनाम जस्ता अग्रणी एजेन्सीहरूका साथै क्रिस्टियानो रोनाल्डो, नास डेली र निकोल एन डेभिड जस्ता प्रभावशाली व्यक्तित्वहरू पनि विगतका विजेताहरूमा समावेश छन् ।

    “विश्वस्तरका उत्कृष्ट ब्रान्डहरूबीच उभिन पाउनु हाम्रो लागि र नेपालका लागि गर्वको क्षण हो,” प्रबन्धक शरद शाहीले भन्नुभयो । यो अवार्डले नेपालबाट विश्वसम्म पु¥याउने साहसी र अर्थपूर्ण ब्रान्ड निर्माणमा समर्पित ३५ वर्षको हाम्रो यात्रालाई सम्मान गरेको छ ।

    यो सम्मानले दक्षिण एसियामा प्रिज्मा एड्भर्टाइजिङको सिर्जनात्मक नेतृत्वको स्थानलाई थप बलियो बनाएको छ । यो एजेन्सीले उपभोक्ता वस्तु, दूरसञ्चार, वित्त र प्रविधि क्षेत्रहरूमा वृद्धि, प्रतिभा पोषण र परिणामहरू प्रदान गर्ने ब्रान्ड कथाहरू निर्माण गर्छ ।

     

  • यती एअरलाइन्सको ‘वुमन विथ द विङ्गस’ प्रतियोगिता

    यती एअरलाइन्सको ‘वुमन विथ द विङ्गस’ प्रतियोगिता

    पोखरा । मिस नेपाल २०२५ का सहभागीहरूबीच यती एअरलाइन्सद्वारा प्रायोजित विशेष सबटाइटल ‘वुमन विथ द विङ्गस’ को प्रतियोगिता पोखरामा सम्पन्न भएको छ । आत्मविश्वास, प्रस्तुतिको शैली, विचारशीलता र प्रेरणादायक व्यक्तित्वका आधारमा सम्पन्न प्रतियोगितामा २६ जना प्रतिस्पर्धीले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

    ‘वुमन विथ द विङ्गस’ सबटाइटल आत्मविश्वासी, सक्षम र प्रेरणादायी महिलाको पहिचानका लागि यती एअरलाइन्सले प्रदान गर्ने सम्मान हो । यस उपाधिको माध्यमबाट एअरलाइन्सले महिलाको सशक्तीकरण, नेतृत्व क्षमता र समावेशी भूमिकालाई प्रोत्साहन गर्दै आइरहेको छ ।

    प्रतियोगितामा सहभागी युवतीहरूले व्यक्तिगत अनुभव, सामाजिक सोच र भविष्यप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै सशक्तरूपमा अभिव्यक्ति दिएका थिए ।

    प्रतियोगिताको निर्णायक मण्डलमा यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्ट, द हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्निकार, नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, नटराज ज्वेलर्सका निर्देशक अनुराज सरोगी र स्किन आर्ट्स एस्थेटिककी निर्देशक स्वपनिल शर्मा थिए । जज प्यानलले सहभागीहरूलाई विभिन्न सूचकांकको आधारमा मूल्याङ्कन गर्दै उत्कृष्ट प्रतिस्पर्धीको छनौट गरेका छन् ।

    द हिडन ट्रेजरको आयोजनामा हुने मिस नेपाल प्रतियोगितामा ‘वुमन विथ द विङ्गस’ उपाधि महिलाको नेतृत्व क्षमतालाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको एअरलाइन्सले जनाएको छ ।

    एअरलाइन्सका अनुसार उचाइको प्रतीक बनेर अरूका लागि प्रेरणा दिन सक्ने सामर्थ्य राख्ने आत्मविश्वासी नेपाली युवतीका प्रतिभालाई उजागर गर्दै यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत यसप्रकारको पहल गर्दै आएको छ ।

    प्रतियोगिताको नतिजा आगामी भदौ १४ गते राजधानीमा आयोजना हुने मिस नेपाल २०२५ को ग्राण्ड फिनालेमा सार्वजनिक गरिने बताइएको छ ।

    यती एअरलाइन्सका अनुसार, ‘वुमन विथ द विङ्गस’ उपाधि विजेताले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुने विभिन्न अभियान तथा कार्यक्रमहरूमा प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।

    विजेताले एक वर्षको अवधिमा यती एअरलाइन्सका तर्फबाट महिला सशक्तीकरण, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षणजस्ता विषयमा केन्द्रित कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउनेछिन् ।

  • एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण

    एनएमबि बैंकद्वारा रुपन्देहीको तिलोत्तमा पार्कमा वृक्षारोपण

    काठमाडाैं ।  एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आप, लिचि, कटर लगायत करिब दुइ सय फलफुलका विरुवा रोपिएको हो ।

    एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बिरुवा रोपरे बृक्षारोपण कार्यक्रमको शुरुवात गरेका थिए। उनले एनएमबि बैंक दिगो विकास अन्तरगत वातावरण मैत्री र पर्यावरण संरक्षणको लागि प्राथमिकता राखेर काम गरिरहेको बताए ।

    जलवायु परिवर्तनको असरबाट पर्ने नकारात्मक प्रभावबाट जोगिन एनएमबि बैंकले मुलुकका सातै प्रदेशमा बृक्षारोपण तथा वातावरण सरसफाइका अभियानहरु निरन्तर गरिरहेको बताए।

    उनले हरित अर्थतन्त्र वा ‘ग्रिनोमिक्स’ अर्थात वातावरणमैत्री, दिगो र समावेशी विकासलाई प्राथमिकता दिने गरि एनएमबि बैंकका सम्पूर्ण बैंकिङ्ग कारोबार तथा कर्जा लगानीहरु गरेको बताउदै नेपालको आर्थिक वृद्धिसँगै पर्यावरणको संरक्षण, स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा जलवायु अनुकूललाइ एनएमबि बैंकले आत्मसात् गरेको उल्लेख्य गरे।

    तिलोत्तमा वाड नम्बर ६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकले तिलोत्तमा नगरपालिकाको तिलोत्तमा पार्कलाइ छ्नौट गरि बृक्षारोपण गरेको आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गरे ।

    तिलोत्तमा पार्कका अध्यक्ष दिपक पाठकले तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा पार्कलाइ उत्कृष्ट र सबैको आकर्षणको केन्द्र बनाउने अभियानमा आफुहरु लागेको जानकारी दिए।

    एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

  • एनआईसी एशिया बैंकका ग्राहकहरुलाई लेट मेइनका विभिन्न सेवाहरु र कोरियन प्रोडक्टहरुमा विशेष छुट

    एनआईसी एशिया बैंकका ग्राहकहरुलाई लेट मेइनका विभिन्न सेवाहरु र कोरियन प्रोडक्टहरुमा विशेष छुट

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौं नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइन ९ीभत (Let Mein) मा विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहकहरुले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकहरुले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरु (Hair transplant, Facial, Anti-aging treatment, Scar treatment, Acne treatment, Hyperbaric oxygen therapy) मा १० प्रतिशत र कोरियन उत्पादनहरुमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

    यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ । लेट मेइनसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

  • वान टच सुविधा भएको ‘एमजी आईएम ६’ नेपाली बजारमा सार्वजनिक 

    वान टच सुविधा भएको ‘एमजी आईएम ६’ नेपाली बजारमा सार्वजनिक 

    काठमाडौं । मोरिस गराजेज (एमजी) का नेपालका आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले एमजी आईएम ६ नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी सार्वजनिक गरेको छ । प्यारामाउन्ट मोटर्सले बिहीबार काठमाडौंमा एक कार्यक्रममा आयोजना गर्दै ‘एमजी आईएम ६’ सार्वजनिक गरेको हो ।

    प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले ‘एमजी आईएम ६’ले एआई इन्टेलिजेन्स सञ्चालित इभीको नयाँ युगको संकेत गर्ने बताए । उनले  अत्याधुनिक डिजाइन, बौद्धिक सुविधाहरू र नयाँ प्रविधिले भरिएको ड्राइभिङ अनुभवका साथ ‘एमजी आईएम ६’ले नेपालको इभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको बताए ।

    महाप्रबन्धक क्षेत्रीका अनुसार ‘एमजी आईएम ६’ सम्पूर्ण अधिकृत एमजी डिलरशिपहरूमा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध भएका छन् । लक्जरी, नवप्रवर्तन, र लामो रेञ्जको क्षमताको समिश्रणका साथ, आईएम ६ ले एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटीको प्रतीकका रूपमा उभिएको छ ।

    ‘एमजी आईएम ६’ का मुख्य विशेषता अन्तर्गत चार वटा मुख्य नवप्रवर्तनद्वारा सञ्चालित प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । आईएम डिजिटल च्यासिस, फ्युचररिस्टिक एआई क्याबिन, एड्भान्स इलेक्ट्रिफिकेसन र अल्टिमेट सेफ्टी यसका विशेषताहरू रहेका छन् ।

    यस ‘एमजी आईएम ६’ मा वान टच सुविधा समेत रहेका छन् । ‘एमजी आईएम ६’ले एक टच सुविधाको साथ दैनिक ड्राइभिङमा विशेषस्तरको सहजता ल्याउने प्यारामाउन्ट मोटर्सले जनाएको छ ।

    कम्पनीले दिएको जानकारी अनुसार यस ‘एमजी आईएम ६’ मा क्यामेराको प्रयोग गरेर एक ट्यापमै आफैलाई पार्क गर्दछ । साँघुरो ठाउँहरूमा स्वचालितरुपमा र सुरक्षित तरिकाले बाहिर निस्किन्छ । यसका साथै फूल क्यामेरा सपोर्टको साथ पहिलेको बाटोमा फिर्ता जान मद्दत गर्छ । टाइट कर्बसाइड स्पटहरुमा सहजै स्लाइड गर्ने कम्पनीले जानकारी दिएको छ ।

    ‘एमजी आईएम ६’ ले गाडी बाहिरबाटै आईस्मार्ट एपले जुनसुकै बेला जहाँसुकै पनि कन्टेक्टेड राख्छ । अडाप्टिड क्रुज, कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन चेंज असिस्ट, लेन डिपार्चर वार्निङ लगायत यस ‘एमजी आईएम ६’ मा स्मार्ट सुरक्षा फिचरहरू रहेका छन् ।

    ‘एमजी आईएम ६’ विभिन्न ६ कलरमा उपलब्ध छन् । सम्पूर्ण अधिकृत एमजी शोरूमहरूमा बुकिङ खुल्ला भइसकेको छ । केहि दिनपछि काठमाडौंम आयोजना गर्न लागिएको नाइमा मोबिलिटी एक्स्पोमा पनि यो गाडी राखिने भएको छ । ‘एमजी आईएम ६’को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीको जनाएको छ ।

     

     

  • एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

    एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

    काठमाडौं । नेपाली व्यवसाय जगतलाई सशक्त बनाउने आफनो प्रतिबद्धता बमोजिम एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि ‘बिज सधैं अन’मा मनसुन बिजनेस अफर ल्याएको छ । यो अफरमा ग्राहकहरूले कम खर्चमा पूरै एक वर्ष निश्चिन्त भई सेवाहरु उपयोग गर्न सकिने लगायतका सुविधाहरु रहेका छन् ।

    ग्राहकहरूले बिज सधैं अन ३९९ प्लान वा बिज सधैं अन ६४९ प्लानको १० महिनाको लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने यो अफरको विषेशता हो । यसको अर्थ थप दुई महिनाको सेवा निःशुल्क लिएर एक वर्ष दूरसञ्चार सेवाका लागि ढुक्क हुन सकिन्छ । यो अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडलमा आधारित रहेको छ ।

    बिज सधैं अन ३९९ प्लानमा ग्राहकहरूले हरेक महिना १० जीबी डेटा, ४०० मिनेट जुन सुकै लोकल नेटवर्कमा कल गर्न सकिने टक टाइम र ४०० एसएमएस प्रति महिना पाउँछन् । त्यस्तै, बिज सधैं अन ६४९ प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस पाइन्छ ।

    यो मनसुन अफरमा ग्राहकहरुले बन्डलरकम्बो अफरको पनि फाइदा लिन सक्छन् । यसमा कर्पोरेट ग्राहकहरुले आफ्ना तीन वटा मोबाइल नम्बरहरुमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एक पटकका लागि ६ महिनाको लागि सेवा निःशुल्क पाउँछ । यसैगरी पाँच वटा नम्बरका लागि एक वर्षको सेवा लिँदा दुई वटा नम्बरले ६ महिनाका लागि सेवा निःशुल्क पाउँछ ।

    “उपभोक्ताहरूलाई ‘सधैं अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता बमोजिम बन्डल सेवाहरुका साथ कम खर्चमा ग्राहकहरुलाई वर्षभरी निर्धक्क रुपमा सेवा उपलब्ध गराउन यो अफर ल्याएका छौ । साना, ठूला सबै व्यावसायहरुले अर्थतन्त्रलाई चलायमान बनाउँछ र उनीहरुको व्यवसाय बढाउन हाम्रा सेवाहरुले योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,” एनसेलका चिफ विजनेश अफिसर डिओन एसेन्सिओले भने ।

    यसका साथै एनसेलले क्लाउड र डाटा सेन्टर सेवाहरूमा सीमित अवधिका लागि मनसुन अफर दिएको छ जसमा ग्राहकहरुले विशेष छुट पाउँछन् । इच्छुक ग्राहकहरूले एनसेलको वेबसाइटमा गई कलब्याकका लागि अनुरोध गर्न सक्छन् ।

    बिज सधैं अन ३९९ प्लान र बिज सधैं अन ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकहरुले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्छन् । ग्राहकहरुले बिज सधैं अन प्लानहरुमा मासिक रुपमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एपमा पनि पहुँच पाउँछन् । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयरबजारमा भएको नाफा, नोक्सान ट्र्याक गर्दछ ।

  • एनआईसी एसिया बैंकले ८.१७ प्रतिशत ब्याजदरमा शेयर धितो राखेर कर्जा दिने

    एनआईसी एसिया बैंकले ८.१७ प्रतिशत ब्याजदरमा शेयर धितो राखेर कर्जा दिने

    काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकहरुमाझ गतिशील, सबल, उत्तरदायी एवम् विश्वसनीय बैंकिङ्ग अभ्यासद्वारा ग्राहक केन्द्रित आकर्षक कर्जा योजनाहरू पस्किने क्रममा  एनआईसी एसिया बैंकले प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा शेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘ NIC ASIA ATHOT Loan Against Share ’ को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ ।
    गतिशील बैंकिङ्गको अभ्यास गर्दै आम ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकहरूमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको सेयर बजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा यस शेयर कर्जा योजना सार्वजनिक गरेको हो ।
    ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १८० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत न्यूनतम रू. ५० लाख देखि अधिकतम रू. १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।
    प्रतिस्पर्धी ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको यस कर्जामार्फत ग्राहकहरूलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीति अनुरूप सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चातको ३ कार्यदिन भित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरेको छ । ग्राहक महानुभावहरूको कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरूप बैंकले ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको छ ।
  • कर्मचारी सञ्चय कोषमा आबद्ध भयो सिद्धार्थ बैंक

    कर्मचारी सञ्चय कोषमा आबद्ध भयो सिद्धार्थ बैंक

    काठमाडौं । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारीहरूको सञ्चय कोष रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्ने गरी सम्झौता भएको हो ।

    सम्झौतामा कर्मचारी सञ्चय कोषको तर्फबाट सञ्चयकर्ता सेवा विभागका प्रमुख सागर कुमार सिंह र सिद्धार्थ बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात् बैंकका कर्मचारीहरूले कर्मचारी सञ्चय कोषका अन्य सञ्चयकर्ता सरह कोषबाट प्रदान हुने सुविधाहरू उपयोग गर्न सक्नेछन् ।

    उक्त सम्झौता अनुसार चालू आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीहरूको कोषकट्टी रकम नियमित रूपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ । साथै, बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम एक अर्ब ५८ करोड ३० लाख १८ हजार २१७ रुपैयाँ २० पैसा समेत सञ्चय कोषले व्यवस्थापन गर्नेछ ।

    सिद्धार्थ बैंकमा हाल एक हजार ९५५ जना कर्मचारीहरू कार्यरत छन् । बैंकका कर्मचारीहरूले नियमानुसारको अवधि तथा प्रक्रिया पूरा गरी कोषबाट सहुलियत ब्याजदरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, जग्गा खरिद सापटी र सरल सापटी लगायतका सुविधा उपयोग गर्न सक्नेछन् ।

    कोषले सञ्चयकर्तालाई कुनै व्ययभार नपर्ने गरी कोषको आफ्नै स्रोतबाट सञ्चयकर्ताहरूलाई विभिन्न सामाजिक सुरक्षा सुविधा समेत उपलब्ध गराउँदै आएको छ । जसअनुसार साधारण रोगको उपचारको लागि वार्षिक एक लाखसम्म र कडा रोगको लागि सेवा अवधिभरमा १० लाखसम्म शोधभर्ना प्रदान गर्ने गरिएको छ ।

    दुर्घटना क्षतिपूर्ति बापत २ लाखसम्म तथा काजकिरिया अनुदान ४० हजार निजका हकवालाले प्राप्त गर्ने गरेका छन् । कोषले सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत प्रति प्रसूती बढीमा दुई पटकसम्म ७ हजार ५ सय समेत प्रदान गर्दै आएको छ ।

    कर्मचारी सञ्चय कोषमा हालसम्म ५९१ बैंक तथा वित्तीय संस्थाहरू आबद्ध भएका कोषका प्रवक्ता दामोदर प्रसाद सुवेदीले जानकारी दिए ।

     

  • एनआईसी एशिया बैंकका ग्राहकहरुलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशत छुट

    एनआईसी एशिया बैंकका ग्राहकहरुलाई कान्तिपुर डेन्टलमा १५ प्रतिशत छुट

    काठमाडौं । एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी) प्रा.लि.बीच यस बैंकका ग्राहकहरुलाई दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहकहरुले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरुमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकहरुले जनरल हस्पिटल सेवाहरु (Lab test, Bed Charge, ICU, Post up Bed Charge) मा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरु (Dental filling, Dental Scaling, RCT and Extraction ETC) मा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवा jf (Dental Implants, Veneer, Braces Aligner, Dermatologist) मा ७ प्रतिशत छुट उपभोग गर्न सक्नेछन् ।

    ग्राहकहरुले काठमाडौंस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर÷कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा उक्त छुट प्राप्त गर्न सक्नेछन् भने कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौंस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

    यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ । कान्तिपुर डेन्टलसँगको यस सहकार्यले ग्राहक महानुभावलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

     

  • आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मान

    आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मान

    काठमाडौँ आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ।

    आइएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुई बिचको सहकार्यमा थप ऊर्जा भरेको छ। उक्त अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले भरिएको  आईएमई मोटर्सको दस वर्षे यात्रालाई अझ विशेष र अर्थपूर्ण बनाएको छ।

    यो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता, र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आइएमई मोटर्सले पुराएको उत्कृष्ट योगदानलाई उच्च सम्मान प्रदान गरेको हो।

    आइएमई मोटर्सका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले यो पुरस्कार हाम्रा प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको बताए। हामी भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहने पनि सर्भिस प्रमुख  श्रेष्ठले उल्लेख गरे ।

    आइएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डबाट सम्मानित हुदाँ आइएमई मोटर्सको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतामा थप टेवा पुगेको बताएका छन्  ।  हामीलाई  निरन्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्न  यो अवार्डले थप उत्साह थपेको कार्यकारी निर्देशक  ढकालले उल्लेख गरे ।

    अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले अशोक लेल्यान्ड सँगको साझेदारीको १० वर्षको सफल यात्रा मनाउँदै गर्दा प्राप्त यो सम्मानले सहकार्यको मजबूत र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने साझा प्रतिबद्धतालाई झल्काएको बताए।

    अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा नवप्रवर्तन, सञ्चालन दक्षता, र समग्र योगदानको आधारमा विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ।

    यो सम्मान आइएमई मोटर्सको मात्र नभई सम्पूर्ण नेपाली अटो क्षेत्रका लागि पनि गौरवको विषय हो।