Category: कर्पोरेट प्रेस

  • शाओमी नेपालको दशैं अफर : दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार

    शाओमी नेपालको दशैं अफर : दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले यो वर्षको दशैंलाई अझ रोमाञ्चक बनाउन नयाँ क्याम्पेन ‘दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ घोषणा गरेको छ ।

    यस क्याम्पेनमा ग्राहकवर्गले कुनै पनि शाओमी वा रेड्मी ब्रान्डका स्मार्टफोन खरिदमा दैनिक पुरस्कार जित्ने मौका पाउनेछन् ।

    यस क्याम्पेन अन्तर्गत हरेक दिन पाँच जना भाग्यशाली विजेताहरूले रेड्मी बड्स ५ ए जित्नेछन् भने चार जना विजेताहरूले रेड्मी वाच ५ एक्टिभ जित्नेछन् । यस क्याम्पेनको मुख्य आकर्षण भनेको हरेक दिन एक जना भाग्यशाली विजेतालाई थाइल्यान्ड ट्रिप रहेको छ ।

    यस रोमाञ्चक अफरमा सहभागी हुनका लागि ग्राहकहरूले असोज १५ देखि असोज २४ सम्मका कुनै पनि शाओमी वा रेड्मी ब्राण्डका स्मार्टफोन खरिद गर्नुपर्नेछ भने खरिदपछि उक्त स्मार्टफोनको आईएमइआई वान नम्बरलाई ३६००० मा एस एम एस पठाउनु पर्नेछ । एसएमएस पठाउँदा MI<Space>IMEI 1 Number टाइप गरी ३६००० मा पठाउनुपर्नेछ ।

    क्याम्पेनबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भनिन्, ‘हामी यस दशैंको उत्सवलाई अझ विशेष बनाउन ‘दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार’ क्याम्पेन ल्याउँदा अत्यन्त उत्साहित छौं ।

    यसले हाम्रा ग्राहकहरूलाई रोमाञ्चक पुरस्कारहरुका साथै थाइल्यान्ड यात्रा गर्ने अवसर पनि प्रदान गर्नेछ ।’ साथै ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा रु. ४००० सम्मको छुट पाउँन सक्ने कम्पनीले बताएको छ । उक्त विशेष अफर भाद्र ३० देखि कात्तिक ३० सम्म लागू हुने छ ।

     

  • एनसेल फाउन्डेशनद्वारा निग्लिहवा, कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

    एनसेल फाउन्डेशनद्वारा निग्लिहवा, कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

    काठमाडौं । एनसेल फाउन्डेशनद्वारा प्रदेशस्तरमा संचालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत सोमबार कपिलवस्तु नगरपालिका, वडा. नं ९, निग्लिहवामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा लगभग ४०० भन्दा बढी स्थानीयहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए ।

    नेपाल हृदयरोग निवारण प्रतिष्ठान र निग्लिहवा स्वास्थ्य चौकीकासँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग तथा स्त्री रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए ।

    बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरु पनि पाएका थिए ।

    यस्ता स्वास्थ्य शिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न मद्दत गर्दछ । एनसेल फाउन्डेशनले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो तेस्रो निःशुल्क स्वास्थ्य शिविर हो ।

    यस अघि कपिलवस्तुको मायादेवी गाउँपालिका र बाणगंगा नगरपालीमा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेल फाउन्डेशनले कपिलवस्तुका अन्य २ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ ।

    ‘नेपालका दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै स्वस्थ नेपाल बनाउने हाम्रो उद्देश्य अनुरुप एनसेल फाउन्डेशनले यो स्वास्थ्य शिविर आयोजना गरेको हो । हामीले समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधैँ प्रतिवद्ध रहेका छौं । यसैअनुरुप हामीहरुले सातै प्रदेशमा विभिन्न स्थानीय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै विभिन्न ग्रासरुट स्तरका सामाजिक विकासका कार्यहरु गर्दै आएका छाैं । हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं’, एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।

    एनसेल फाउन्डेशनले आफ्नो सामाजिक पहल अन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ । एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेशनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरु योजना बनाएको छ ।

    एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ ।

     

     

  • सिप्रदीद्वारा बाढी प्रभावित मेकानिक्सहरुलाई दैनिक उपभोग्य सामग्री सहयोग

    सिप्रदीद्वारा बाढी प्रभावित मेकानिक्सहरुलाई दैनिक उपभोग्य सामग्री सहयोग

    काठमाडौं । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्था तथा सिप्रदी अटोपार्टस् प्रा.लि.द्वारा हालै मात्र निरन्तरको वर्षाको कारणले उपत्यकाको खोला किनारमा ज्याला मजदुरी गर्दै आईरहेका बाढी प्रभावित मेकानिक्सहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु तथा खाद्यान्न सहगोग प्रदान गरेको छ ।

    सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरु र सिप्रदी अटोपार्टस् प्रा.लि.का प्रतिनिधिहरुको उपस्थितिमा २६ घरधुरीलाई सिरक, डस्ना र सिरानि एक एक वटा, १ बोरा चामल, ३ किलो दाल, १ लिटर तेल तथा अन्य खाद्य तथा घरायरी सामाग्रीहरु राहत स्वरुप वितरण गरिएको थियो ।

    यसैगरी मनसुनी वर्षाका कारण आएको बाढीले नेपालका विभिन्न भू–भागमा बसोबास गरिरहेका व्यक्तिहरुको जनजीवन प्रभावित भएको छ भने कैयौँ घरबारबिहीन भएका छन् । सिप्रदियन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुहरु राहत स्वरुप वितरण गर्दै आइरहेको छ ।

     

  • सिप्रदियन सहायताद्वारा काठमाडौँ उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष संचालन

    सिप्रदियन सहायताद्वारा काठमाडौँ उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष संचालन

    काठमाडौं । सिप्रदी ट्रेडिङ्ग र सिप्रदियन सहायता संस्थाले काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरेको छ ।

    सिप्रदीले काठमाडौं महानगर, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभागर नाडाको सहकार्यमा यात्रुको हितलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका १५ प्रमुख स्थानहरुमा यात्रु सहायता कक्षको व्यवस्था गरिएका हो।

    दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरुको संख्या उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँबसपार्क,गौशाला, चापागाउँ, हल्चोक,चावहिल,जावलाखेल वाफल, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, नागढुंगा, जडीबुटी र जगातीमा यात्रु सहायता कक्ष राखिएको छ।

    यात्रुहरुलाई टिकट बुकिङ्गका क्रममाविभिन्न समस्याहरु र अन्योल नपरोस् भनी यो सेवा दिइएको बताइएको छ।

    उपभोक्ता संघ तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार धेरैजसो गुनासो महँगो टिकट मूल्य, टिकट नपाउनेसँग सम्बन्धित हुने भएकाले त्यसलाई न्यूनिकरण गर्ने उद्देश्यले विभन्न रुटमा लागू हुने भाडा नै उल्लेख गरेर सहायता कक्ष निर्माण गरिएको बताइएको छ।

    यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धि सुसुचित गर्नका लागि यात्रु सहायता कक्षले मनिटरिङ गर्ने छ । साथै यसले यात्रुहरुलाई उनीहरुकै सुरक्षाका लागि यो व्यवस्था गरिएको अनुभुति दिलाउने छ ।

  • ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

    ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् ।

    उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गर्नुभएको छ ।

    समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ता हरुले बुद्ध एयरको टिकटको खरिदमा ८ प्रतिशत छुट पाउनेछन् ।

    बैंकका ग्राहकहरु तथा ग्राहकका परिवार सदस्यहरुले बुद्ध एयरको काउन्टरबाट यो छुट पाउनेछन ।

    साथै, सम्पूर्ण आन्तरिक बिमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरबाट टिकट लिएपश्चात् बैंकको ग्लोबल स्मार्ट प्लसमार्पmत क्युआर कोर्ड स्क्यान गरी भुक्तानी गर्दा वा बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहक वा ग्राहकका परिवार सदस्यहरुले ८ प्रतिशतको छुट पाउनेछन् ।

    ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

  • सेवा सुचारु गर्ने प्रयास भइरहेकाे छ: नेपाल टेलिकम

    सेवा सुचारु गर्ने प्रयास भइरहेकाे छ: नेपाल टेलिकम

    काठमाडौं । नेपाल टेलिकमको सेवा अवरुद्ध भएको बारे ग्राहकहरुसँग क्षमा मागेको छ ।

    १० असोजदेखिको अविरल वर्षाका कारण नेपाल भरिका विभिन्न स्थानहरुमा आएको बाढी, पहिरो तथा डुबानका कारणले कतिपय स्थानमा नेपाल टेलिकमका सेवाहरु अवरुद्ध भएको भन्दै एकसूचना जारी गरेर क्षमा मागेको हो ।

    विद्युत आपूर्तिमा रोकावट भई नेपाल टेलिकमका बीटीएस टावरहरु बन्द भएको तथा कतिपय स्थानका ट्रान्समिसन लिङ्कहरु समेत अवरुद्ध भएको अवस्थामा प्रतिकूल मौसमका बाबजुद पनि प्राविधिक परिचालन गरी सेवा पुनर्स्थापित गर्ने प्रयास भइरहेका टेलिकमले जनाएको छ ।

    धेरै स्थानका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भइसकेको छ भने अन्य स्थानमा पनि सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको टेलिकमले जनाएको छ ।

    ‘अप्रत्याशित दैवीप्रकोपका कारणले सिर्जित आपत्तिजनक परिस्थितिमा सेवा अवरुद्ध भई ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति कम्पनी क्षमाप्रार्थी छ ।’ कम्पनीले भनेको छ ।