Category: कर्पोरेट प्रेस

  • दराजको सातौँ सेलर सम्मिट सम्पन्न

    दराजको सातौँ सेलर सम्मिट सम्पन्न

    काठमाडौ‌ं‌ । दराज नेपालद्वारा ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर सम्मिट भव्यताका साथ सम्पन्न गरेको छ । साउन ३० गते ‘ह्याप्पि सेलिंग’ भन्ने नारा सहित आयोजना गरिएको यस कार्यक्रममा देशभरिबाट ४७० जना विक्रेताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

    सुरुवाती चरणमा विक्रेताको सशक्तीकरणको उद्देश्यका साथ आयोजना गरिएको सेलर सम्मिटलाई यस वर्ष अझ परिस्कृत गर्दै थप सुदृढताका साथ अघि बढाइएको छ ।  यस वर्षको कार्यक्रम अन्तर्गत दराजले विक्रेताको अनुभवलाई सहज, पहिचानलाई एकीकृत, संलग्नतालाई थप गहिरो, योगदानलाई अझ व्यापक मान्यता दिने र व्यापारलाई अझ सबल बनाउने उद्देश्यका साथ आवश्यक श्रोतहरु प्रदान गर्ने व्यवस्था गरिएको थियो ।

    “दराजको सफलताको प्रमुख आधार नै हाम्रा विक्रेताहरूको समर्पण र लगनशीलता हो । हामी स्थानीय साना तथा मझौला उद्यम (एसएमई) व्यवसायलाई अझ सक्षम बनाउन, लाखौं उपभोक्तासम्मको पहुँच दिलाउन र उहाँहरूलाई आवश्यक डिजिटल उपकरण उपलब्ध गराउन सदैव प्रतिबद्ध छौं । ‘‘ह्याप्पि सेलिंग’ ’ मार्फत हामी हाम्रा विक्रेताहरूको विश्वसनीय सहयात्री बन्ने प्रतिवद्धतालाई पुनः पुष्टि गर्न चाहान्छौँ । ”, दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले आफ्नो कि नोट प्रस्तुति दिँदै विशेष प्राथमिकताका साथ भनिन् ।

    कार्यक्रममा दराज नेपालको नेतृत्व टोलीले पनि विक्रेताहरूसँगको सहकार्यले कसरी कम्पनीको वृद्धि र नेपालमा ई–कमर्सको विस्तारमा उल्लेखनीय भूमिका खेलेको छ भन्ने बारे आफ्ना अमूल्य दृष्टिकोणहरू पनि साझा गरेका थिए ।

    कार्यक्रमको सन्ध्याकालीन सत्रको मुख्य आकर्षणका रूपमा २२ जना उत्कृष्ट विक्रेता तथा एफिलिएटहरूलाई सम्मानित गर्नु पनि रहेको थियो । कम्पनीका अनुसार उनीहरूको लगनशीलता, नवीनता र ग्राहकलाई सदैव पहिलो प्राथमिकता दिने दृष्टिकोणले गर्दा नै उनीहरू दराजमा सफलतापूर्वक व्यापार गर्न सकिन्छ भन्ने कुराको जीवन्त तथा उत्कृष्ट उदाहरणका रूपमा स्थापित गर्न सफल बनेका छन् ।

    यस वर्षको दराज सेलर सम्मिटमा पुरस्कार जित्न सफल विजेताहरू को सुची यस प्रकार रहेको छ:

    • सेलर अफ द ईयर २०२५: वान प्लस
    • मनबाटै नेपाली अवार्ड: त्रीकाया
    • टप एसएमई सेलर अवार्ड: स्मार्ट च्वाइस एनपी
    • टप ईमर्जिंग सेलर अवार्ड: ग्लेन नेपाल
    • दराज राइजिंग एफिलिएट अफ द ईयर: श्रृष्टि सुनुवार
    • टप सेलर अफ द ईयर , एफएमसीजी: र्‍होटो
    • फ्ल्याश सेल हिरो, एफएमसीजी: अस्टाबेरी
    • क्याम्पेन हिरो, एफएमसीजी: अवीबी
    • मोस्ट ईन्गेजिंग कन्टेन्ट क्रिएटर अफ द ईयर: सुक्शिता घिमिरे
    • टप सेलर अफ द ईयर, ईलेक्ट्रोनिक्स: अल्टिमा लाइफस्टाइल
    • फ्ल्याश सेल हिरो, ईलेक्ट्रोनिक्स: ग्रिन लाईफ एक्स्पेरियन्स
    • क्याम्पेन हिरो, ईलेक्ट्रोनिक्स: बिग डिजिटल
    • दराज एफिलिएट अफ द ईयर: एकता तन्डुकार
    • टप सेलर अफ द ईयर, लाईफस्टाइल: साम प्रोफाइल न्यूट्रिशन नेपाल
    • फ्ल्याश सेल हिरो, लाईफस्टाइल: जेम्स स्टोर नेपाल
    • क्याम्पेन हिरो, लाईफस्टाइल: आफ्नो पसल
    • दराज एक्स्प्रेस सेलर अफ द ईयर: अग्र्यानिक अनलाईन प्रा.लि.
    • टप सेलर अफ द ईयर, फेशन: ब्राण्डहाउस
    • फ्ल्याश सेल हिरो, फेशन: शप मी
    • क्याम्पेन हिरो, फेशन: भ्यान्स
    • दराज मार्केटिंग सोल्युशन च्याम्पियन: सेटाफिल
    • दराज कस्टमर च्वाइस अवार्ड: ई मेला

    दराज नेपालले यस अवसरलाई विक्रेताको उपलब्धि मात्र नभई, भविष्यका सहकार्य र साझा सफलताका लागि नयाँ अध्यायको सुरुवातको रूपमा समेत प्रस्तुत गरेको देखिन्छ । कम्पनीले आगामी दिनमा पनि आफ्ना विक्रेताहरूको दिगो वृद्धिमा सशक्त बनाउँदै नेपालको ई–कमर्स उद्योगलाई अझ सबल बनाउन निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता जाहेर गरेको छ ।

  • भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन

    भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन

    काठमाडौं । डेल्टा अटोकर्प प्रा.लि. ले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन गरेको छ। डेल्टा अटोकर्प प्रा.लि भेष्पा अप्रिलिया, नेपालको लागि आधिकारिक बिक्रेता हो। जसले ग्राहकहरुलाई उत्कृष्ट बिक्री पछिको सेवा प्रदान गर्दै आएको छ। यो नयाँ सर्भिस सेन्टर पिपलबोट, बौद्ध, काठमाडौंमा अवस्थित छ र भेष्पा अप्रिलियाको सबै स्कुटरहरूको लागि पूर्ण-सुविधा सम्पन्न सेवा प्रदान गर्न तयार छ।

    कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रा ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्धता छौं। यो नयाँ सर्भिस सेन्टरले भेष्पा अप्रिलियाका ग्राहकहरुलाई सहज र भरपर्दो सेवा सुनिश्चित गर्नेछ।”

    नयाँ सेन्टरमा अत्याधुनिक उपकरणहरू र अनुभवी प्राविधिकहरू उपलब्ध छन्, जसले स्कुटरहरूको मर्मत र सेवालाई प्रभावकारी बनाउनेछन्। ग्राहकहरुले अब स्पेयर पार्ट्स, सर्भिस र मर्मतका लागि एउटै छानामुनि सुविधा पाउनेछन्।

    कम्पनीका निर्देशक विजय महतोले भने नयाँ सर्भिस सेन्टरले ग्राहकहरुलाई बिक्री पछिको सेवाको दायरा फराकिलो बनाउनेछ। भेष्पा अप्रिलियाका ग्राहकहरुले अब आफ्नो स्कुटरको मर्मतका लागि सहजै सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्नेछन्। कम्पनीले ग्राहकहरुको सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ र यो नयाँ सेन्टरले ग्राहकहरुलाई थप सुविधा प्रदान गर्नेछ जानकारी गराए ।

  • नाडा अटो शोमा टाटा मोटर्सका नयाँ ईभी मोडलसंगै आकर्षक अफर सार्वजनिक  

    नाडा अटो शोमा टाटा मोटर्सका नयाँ ईभी मोडलसंगै आकर्षक अफर सार्वजनिक  

    काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटिमण्डपमा शुरु भएको नाडा अटो शोमा टाटा मोटर्सका नयाँ ईभी मोडलसंगै आकर्षक अफर सार्वजनिक गरिएको छ । टाटा मोटर्सले आफ्नो विद्युतीय सवारीसाधनहरूको नवीनतम शृङ्खला प्रस्तुत गर्दै प्रदर्शनीलाई विद्युतीय बनाएको हो ।

    सिप्रदी ट्रेडिङ प्रालिसँगको साझेदारीमा टाटाले टियागो इभीको नयाँ ‘एरिजोन ब्लू’ रङ्ग पहिलो पटक सार्वजनिक गरेको छ । यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख इभी मोडलहरूमा कर्भ इभी, नेक्सन के३ इभी, पञ्च इभी र टियोगो इभी रहेका छन् । यी मोडलहरूले बोल्ड डिजाइन, उत्कृष्ट लूक्स र भविष्य–मैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको दाबी छ ।

    यस अवसरमा टाटाले विभिन्न अफरहरू ल्याएको छ । जसमा सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क, आकर्षक डिस्काउन्ट, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क अटोप्लस इन्स्योरेनस, निःशुल्क एसेसिरिज र एक वर्षको ट्याक्स  रहेका छन् ।

    त्यस्तै, टाटाले घरमै निःशुल्क चार्जिङ स्टेशन इन्स्टलेसन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट समेत अफरमा राखिएको छ । यसरी, अफर र नयाँ मोडलहरूको संयोजनले नेपालमा विद्युतीय सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीले जनाएको छ ।

    टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालका अनुसार टाटाले यस पटक प्रस्तुत गरेको नवीन इभी पोर्टफोलियोले नेपालमा मोबिलिटीको भविष्यलाई अझ दिगो र आधुनिक बनाउनेछ ।

    त्यस्तै, सिप्रदी ट्रेडिङ प्रालिका सिईओ राजन बाबु श्रेष्ठले यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्त्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै सम्पूर्ण ग्राहकलाई उपयुक्त मोडल र बजेटअनुसारको विकल्प उपलब्ध हुने बताए ।

    टाटाले यसै अटो शोमा नयाँ सफारी पनि सार्वजनिक गरेको छ, जसमा अडास, मेमोरी सिट, ड्युल–जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन् । यसको मूल्य एक करोड २१ लाख ९९ हजार रुपैयाँबाट शुरु हुने कम्पनीले जनाएको छ ।

     

  • प्रोटोन मलेसिया र जगदम्बा मोटर्सबीच साझेदारी, विद्युतीय सवारीको भविष्य थप बलियो बनाइने  

    प्रोटोन मलेसिया र जगदम्बा मोटर्सबीच साझेदारी, विद्युतीय सवारीको भविष्य थप बलियो बनाइने  

    काठमाडौं । प्रोटोन मलेसिया र जगदम्बा मोटर्सबीच साझेदारी गरिएको छ । नेपालको विद्युतीय सवारीको भविष्यप्रति संयुक्त प्रतिबद्धता जनाउँदै आपसी साझेदारीलाई सशक्त र विस्तार गरेका हुन् ।

    मलेसियामा नै विकास गरिएको पहिलो इलेक्ट्रिक गाडी प्रोटोन इमास ७ को ऐतिहासिक शुभारम्भमार्फत आफ्नो सहकार्यलाई थप बलियो बनाएका छन् । सन् २०१८ को नोभेम्बरबाट शुरु भएको यस साझेदारीले प्रोटोनको विश्वव्यापी पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

    प्रोटोन र गीलीबीचको सहकार्यमा विकास गरिएको प्रोटोन इमास ७ ले विश्वस्तरीय इलेक्ट्रिक सवारी प्रविधि र डिजाइनलाई क्षेत्रीय बजारका आवश्यकता अनुसारको बुझाइसँग संयोजन गरेको छ । प्रोटोन इमास ७ को नेपालमा औपचारिक शुभारम्भ प्रोटोनका प्रमुख कार्यकारी अधिकृत डा. ली चुनरोङको उपस्थितिमा काठमाडौंमा भएको हो ।

    प्रोटोन इन्टरनेशनल कर्पोरेशन एसडीएन बिएचडीका प्रमुख कार्यकारी अधिकृत  एडमन्ड लिम मेङ थोङका अनुसार यस वर्ष मार्चमा मलेसियामा निर्मित पहिलो इलेक्ट्रिक गाडी नेपालमा सफलतापूर्वक भित्र्याएको छ ।

    जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले प्रोटोनसँग साझेदारी मात्र नभएर यो दिगो यातायातको भविष्यतर्फ नेपाललाई अघि बढाउने साझा दृष्टिकोण रहेको बताए ।

     

  • सुजुकीको इ-भितारा सार्वजनिक, दशैं तिहार सुजुकी पर्वोत्सव अफर

    सुजुकीको इ-भितारा सार्वजनिक, दशैं तिहार सुजुकी पर्वोत्सव अफर

    काठमाडौँ । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै नै प्रतिक्षा गरिएको इभि इ– भितारा नाडा अटो शो २०८२ मा प्रदर्शनी गरेको छ । साथै सो अटो शोमा दशैं तिहार भरीका लागी लक्षित हुने गरि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि सार्वजनिक गरेको छ ।

    यो योजना अन्तर्गत ग्राहकले छ लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, छ वर्षको लागि निः शुल्क पी.यम.एस पाट्र्स, दुई लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र एक्सेसरिजहरु पाउन सक्नेछन् । कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ, भने १० भाग्यशाली ग्राहकले एक एक तोला सुन जित्न सक्नेछन् । साथै अल्टो र सेलेरियो गाडीमा पनि १ वर्षका लागि शून्य ब्याजदर सुविधा उपलब्ध हुनेछ । यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ ।

    सुजुकीले आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै, नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रामा नयाँ युगको सुरुवात गरेको छ । विश्वस्तरीय डिजाइन, प्रगतिशील इलेक्ट्रिक मोबिलिटी प्रविधि, र भरपर्दो Suzuki DNA को उत्कृष्ट सम्मिश्रणको इ– भितारा, नेपालको बाटो, भौगोलिक विविधता र जीवनशैलीका मागअनुसार परिष्कृत र अनुकूलन गरिएको छ, जसले नेपाली उपभोक्तालाई सुरक्षित, भरपर्दो र भविष्यमुखी ड्राइभिङ अनुभव प्रदान गर्नेछ ।

    ईभी उत्कृष्टताको लागि निर्मित

    • ड्ड सुजुकीको पहिलो मास–प्रोडक्सन ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV) नयाँ HEARTECT–e प्लेटफर्ममा आधारित छ । जसले उत्कृष्ट पर्फर्मेन्स, आराम्दाई यात्रा र सुरक्षा प्रदान गर्छ ।
    • २,७०० मि.मि. ह्वीलबेस र ५.२ मि. टर्निङ रेडियस
    • अधिक स्पेस र आराम्दाई यात्राको लागि फ्ल्याट–फ्लोर डिजाइन
    • ‘Emotional Versatile Cruiser’ अवधारणा आधारित दमदार एसयूभी स्टाइलिङ,
    •  १८–इन्च एयरोडाइनामिक अलोय ह्वील्ससहित।
    • स्मार्ट ३–इन–१ इलेक्ट्रिक ड्राइभ युनिट र ४९/६१ kWh ब्याट्री विकल्प, ५०० किमी+ रेन्ज
    •  चरम तापक्रममा पनि स्थिर प्रदर्शन दिने थर्मल म्यानेजमेन्ट सिस्टम।

    भविष्यवादी डिजाइन, प्रिमियम अनुभव

    •  डिजिटल ककपिट र प्रिमियम फ्लोटिङ कन्सोल
    • १०–वे पावर एडजस्टेबल ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट्स
    • प्यानोरामिक सनरुफ र मल्टिकोलर एम्बिएन्ट लाइटिङ
    • १०.१” टचस्क्रिन, १०.२५” डिजिटल डिस्प्ले र Infinity by Harman साउन्ड

    उन्नत प्रविधि र सुरक्षा

    • –३०°C देखि +६०°C सम्म परीक्षण गरिएको विश्वसनीयता
    • ५०% भन्दा बढी हाई–टेन्साइल स्टिल संरचना
    • Level @ ADAS, ७ एयरब्याग, सबै पाङ्ग्रामा डिस्क ब्रेक
    • एडाप्टिभ ग्रिल शटर – अझ लामो ड्राइभिङ रेन्ज

    कम्पनीका अनुसार, भारतमा उत्पादन हुने यो ईभी १०० भन्दा बढी देशहरूमा बिक्री गरिनेछ। सुजुकीले लञ्चसँगै सन् २०३० भित्र ६ नयाँ ईभी सार्वजनिक गर्ने योजना बनाएको छ। ईभी मात्र नभई, कम्पनीले विभिन्न बजारहरूको आवश्यकता अनुसार ग्रीन मोबिलिटी समाधान प्रस्तुत गर्नेछ, जसमा BEV (ब्याट्री इलेक्ट्रिक), HEV (हाइब्रिड), CNG र बायोफ्युल्स प्रविधिहरूको संयोजन समावेश हुनेछ ।

  • ‘एससीटी युनियन पे’ कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

    ‘एससीटी युनियन पे’ कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले जारी गर्दै आएको SCT-UnionPay कार्डबाट अब नेपालमा सञ्चालन हुँदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने भएको छ ।
    कार्डबाट वालेट लोड गर्न मिल्ने सुबिधा रहेको सबै मोबाइल वालेटहरू, जस्तै इसेवा, खल्ती, हाम्रो पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो SCT-UnionPay कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुबिधा जारी भएको छ ।
    नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवे (EPG) मा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनहरूबाट ग्राहकहरूले यो सुविधा लिन सक्नेछन् । यस सुविधाले ग्राहकहरूलाई आफ्नो SCT-UnionPay कार्डबाट POS मा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ-कमर्स भुक्तानी, एरलाइन टिकट खरिद, आदि पनि गर्न अझ सरल हुनेछ ।
    एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UnionPay कार्ड जारी गर्दै आइरहेको छ । SCT-UnionPay डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले सजिलै SCT का उल्लेखित सदस्य बैंक तथा वित्तीय संस्थाबाट  प्राप्त गर्न सक्नेछन् ।
  • साइमेक्स इंकले लन्च गर्‍यो बीवाईडी एट्टो २

    साइमेक्स इंकले लन्च गर्‍यो बीवाईडी एट्टो २

    काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंकले गौरवपूर्ण रुपमा अल–न्यु बीवाईडी एट्टो २ सार्वजनिक गरेको छ । नेपालकै सबैको पहुँचयोग्य अर्थात सबैले किन्न सक्ने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रुपमा रहेको सो ईभीलाई नाडा अटो शो २०२५ मा भव्य समारोहका बीच सार्वजनिक गरिएको हो ।

    उक्त अनावरण समारोह सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एमबेसडर हरिबंश आचार्य तथा ब्रान्ड इन्डोर्सर अस्मी श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

    बीवाईडी एट्टो २ ले सहज र सबैका लागि उपयुक्त मूल्यमा उपलब्ध हुने र सडकमा एसयूभीका साथ उपस्थित हुन चाहने युवा व्यवसायी र परिवारको जीवनशैलीलाई लक्षित गरी कम्प्याक्ट डिजाइन, सहज ह्याण्डलिङ र एसयूभीको व्यवहारिकता संयोजन गरेको छ । यसमा बीवाईडीको प्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि तथा प्रिमियम कम्फर्ट फिचर उपलब्ध छ, जसले गर्दा यो गाडीले कम्प्याक्ट एसयूभी प्याकेजमा पनि ठूलो कारको अनुभूति दिलाउँछ ।

    बीवाईडी एट्टो २ हाल नेपालमा ४३ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसमा ७ किलोवाटको वाल–माउन्टेड चार्जर समेत समावेश छ ।

    कम्प्याक्ट आकारमा दमदार एसयूभी डिजाइन

    कम्प्याक्ट र भर्सटाइल डिजाइनमा उपलब्ध बीवाईडी एट्टो २ मा दमदार एसयूभीको सुविधा उपलब्ध छ । ४,३१० एमएम लम्बाइ, १,८३० एमएम चौडाई, १,६७५ एमएम उचाई र २,६२० एमएम ह्विलबेस सहित २०० एमएम ग्राउन्ड क्लियरेन्स भएकोले यो शहर तथा शहरोन्मुख सबै नेपाली सडकका लागि उपयुक्त छ ।

    बीवाईडी एट्टो २ मा ५१.१३ किलोवाटको क्रान्तिकारी ब्लेड ब्याट्री छ, जसले सिंगल चार्जमा डब्लुएलटीपी अनुसार ३४५ किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ। यसमा भएको १०० किलोवाटको परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले २९० एनएम टर्क उत्पादन गर्छ र ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै लिन्छ ।

    यसमा भएको डायनामिक एक्स्टेरियर डिजाइनमा फुल एलईडी हेडलाइट, एलईडी डे टाइम रनिङ लाइट, फ्लोटिङ रूफलाइन र एलईडी टेललाइट बार समावेश छ। यसकारण नै यो गाडी सडकमा बोल्ड  र युथफुल देखिन्छ । पछाडि पुरै फैलिएको लाइट बारको माथि रहेको आकर्षक रूफ स्पोइलर अंग्रेजी नम्बर ८ जस्तै देखिन्छ र ‘मोबियस इन्फिनिटी रिङ’ ले असीमित शुभकामनाको प्रतीकको झलक दिन्छ ।

    इन्टेलिजेन्ट फिचर सहितको प्रिमियम क्याबिन

    बीवाईडी एट्टो २ को भित्रतिर रहेको सिन्थेटिक लेदर अपहोल्स्ट्री, भेन्टिलेटेड फ्रन्ट सिट, ६–वे पावर ड्राइभर सिट र ४–वे पावर प्यासेन्जर सिटले स्टाइल र व्यावहारिकताको संयोजन गराएको छ ।  फ्ल्याट ईभी फ्लोर डिजाइन र ६०/४० तरिकाले स्प्लिट गर्न सकिने रियर सिटले अतिरिक्त सामान राख्न मिल्ने गरी कार्गो फ्लेक्जिबिलिटीको सुविधा दिन्छ ।

    बीवाईडी एट्टो २ मा उपलब्ध १२.८ इन्चको इन्टेलिजेन्ट रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटो, ८.८ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, भ्वाइस असिस्टेन्ट र वायरलेस स्मार्टफोन चार्जिङ जस्ता फिचरले प्रविधि अनुभवलाई केन्द्रमा राखेको छ ।

    ब्लेड ब्याट्री र सेलटुबडी प्रविधि

    नयाँ बीवाईडी एट्टो २ बीवाईडीको विश्वप्रसिद्ध ब्लेड ब्याट्री तथा एड्भान्स्ड सेल–टु–बडी (सीटीबी) निर्माण प्रविधिका साथ आउँछ, जसले सुधारिएको स्पेस, एफिसियन्सी, बडी रिजिडिटी र प्यासेन्जर सेफ्टीका लागि ब्याट्री प्याकलाई सिधै च्यासिसमा एकीकृत गर्छ ।

    कोबाल्ट र निकेलमुक्त ब्लेड ब्याट्रीमा लिथियम आइरन फस्फेट (एलएफपी) रसायनको प्रयोग हुन्छ र यो लामो समय सम्म टिकाउ, दीर्घकाल सम्म प्रयोग गर्न सकिने र उच्च तापक्रममा पनि उपयुक्त हुन्छ । यी सबैका लागि यो ब्याट्रीले उद्योगकै कडा नेल पेनेट्रेसन टेस्ट सफलतापूर्वक पास गरिसकेको छ।

    लेभल २ एडास सहितको एड्भान्स्ड सेफ्टी

    बीवाईडी एट्टो २ मा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध छ, जसमा निम्न फिचर समावेश छन्ः

    एडेप्टिभ क्रुज कन्ट्रोल (एसीसी)

    लेन डिपार्चर वार्निङ र असिस्ट (एलडीडब्लु एन्ड एलडीए)

    ट्राफिक जाम असिस्ट (टीजेए)

    अटो इमर्जेन्सी ब्रेकिङ (एईबी)

    इन्टेलिजेन्ट स्पिड लिमिट कन्ट्रोल (आईएसएलसी)

    राडार सेन्सर सहितको ३६० डिग्री भ्यु मोनिटर

     

    यस वाहेक ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), ट्रयाक्सन कन्ट्रोल (टीसीएस), हिल डिसेन्ट कन्ट्रोल (एचडीसी) र आईसोफिक्स एङ्कर लगायतले पुरै सुरक्षा सुनिश्चित गर्छन् ।

    नाडा ग्राहकका लागि लन्च अफर

    साइमेक्स इंकले बीवाईडी एट्टो २ को एक भेरिएन्ट मात्र उपलब्ध गराएको छ र यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, जसमा ७ किलोवाटको वाल चार्जर पनि समावेश छ । यस वाहेक नाडा अटो शो २०२५ मा बुकिङ गर्ने ग्राहकहरूले निम्न विशेष फाइदा समेत प्राप्त गर्नेछन्ः

    निःशुल्क १ वर्षको अटो प्लस इन्सुरेन्स

    निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर

    १० वर्षको विस्तारित वारेन्टी

    निःशुल्क एसेसरिज प्याकेज

    निःशुल्क १० वर्ष सम्म बीवाईडी एप कनक्टिभिटी

    नेपालमा ईभी विकासप्रति प्रतिबद्धता

    साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भन्नुभयो, ‘बीवाईडी एट्टो २ ले सबै नेपाली ग्राहकलाई इलेक्ट्रिक एसयुभी अझै पहुँचयोग्य बनाउने एक माइलस्टोनको प्रतिनिधित्व गर्छ । यसमा भएको व्यवहारिकता, सुरक्षा र अत्याधुनिक प्रविधिका कारण ग्राहकले इन्ट्री–लेभल एसयूभीबाट गर्ने अपेक्षा पुरा गर्ने कुरामा हामी विश्वस्त छौ ।’

    साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भन्नुभयो, ‘बीवाईडी एट्टो २ सँगै हामीले अझै बढी नेपालीका बिचमा एसयूभीको स्वामित्व पु¥याउन सक्षम हुने अपेक्षा गरेका छौ र नेपालको ईभी रुपान्तरणतर्फको नेतृत्वलाई आगामी दिनमा समेत निरन्तरता दिने गरी उत्साहित बनेका छौ ।

    कलर र उपलब्धता

    बीवाईडी एट्टो २ चार आकर्षक कलर अप्सन ब्रिज ग्रीन, हार्बर ग्रे, कसमस ब्ल्याक र स्की ह्वाइटमा उपलब्ध छ, जसको भित्री इन्टेरियरमा ब्ल्याक फिनिस रहेको छ । अब देशभरका बीवाईडी शोरुमहरुमा यसको बुकिङ समेत खुला गरिएको छ ।

  • गोरखा ब्रुअरीलाई ‘व्यावसायिक  सुरक्षा पुरस्कार सम्मान’

    गोरखा ब्रुअरीलाई ‘व्यावसायिक  सुरक्षा पुरस्कार सम्मान’

    काठमाडौं । गोरखा ब्रुअरी प्रा. लि. ले कार्यस्थल सुरक्षा र कर्मचारी कल्याणप्रति देखाएको उत्कृष्ट प्रतिबद्धताका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यावसायिक सुरक्षा विभागबाटप्रान्त नं. ४ व्यावसायिक सुरक्षा पुरस्कारप्राप्त गरेको छ।

     यो सम्मान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले प्रदान गरेका हुन् । पुरस्कारमार्फत गोरखा ब्रुअरीले आफ्ना उत्पादन र सञ्चालन प्रक्रियामा उच्चतम स्तरको सुरक्षा मापदण्ड कायम गर्न गरेको निरन्तर प्रयासलाई मान्यता दिइएको छ ।

     गोरखा ब्रुअरीका पीपल एण्ड कल्चर निर्देशक दिपेश मान श्रेष्ठले भने, सुरक्षा हाम्रो पहिलो र सधैं प्राथमिकता हुनेछ। यो सम्मानले हाम्रो सम्पूर्ण टिमको निरन्तर परिश्रमलाई प्रतिबिम्बित गरेको छ, जसले सुरक्षित, स्वस्थ र उत्पादक कार्य वातावरण सुनिश्चित गर्छ। हाम्रो शून्य-दुर्घटना संस्कृतिको लक्ष्य मात्र होइन, यो हाम्रो दैनिक कार्यशैली हो।”

     यो सम्मानले कम्पनीले विगतदेखि प्राथमिकतामा राख्दै आएको सुरक्षा संस्कृति, नियमित तालिम, निवारक उपायहरू, र राष्ट्रिय श्रम सुरक्षा नियमावलीप्रति गरिएको दृढ पालना उजागर गर्छ। यसले नेपालकै ब्रुअरी उद्योगका लागि नयाँ मानक स्थापित गरेको छ।

  • डिजिटल युगका लागि रेडमी स्मार्टवाच

    डिजिटल युगका लागि रेडमी स्मार्टवाच

    काठमाडौँ । आजको डिजिटल जीवनशैलीमा स्मार्टवाच केवल समय बताउने घडी मात्र रहेन, बरु स्वास्थ्य, फिटनेस र सञ्चारका लागि आवश्यक साथी बनेको छ । सुरुमा स्मार्टफोनका केही सुविधा हातमै ल्याउने उद्देश्यले सुरु भएको प्रविधि अहिले विश्वमै सबैभन्दा छिटो बढ्ने प्रविधि बनेको छ । यसले हाम्रो दैनिकीमा सहजता थप्नुका साथै प्रविधिसँगको सम्बन्धलाई अझ घनिष्ट बनाइदिएको छ ।

    नेपालको सन्दर्भमा हेर्दा, पछिल्ला वर्षहरूमा स्मार्ट उपकरणप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । विशेषगरी विद्यार्थी र व्यवसायिक वर्गबीच स्मार्टवाचलाई समय व्यवस्थापन मात्र नभई जीवनशैलीलाई अझै राम्रो बनाउने साधनका रूपमा अपनाउन थालिएको छ । किफायती मूल्यमा राम्रो सुविधा पाइने भएकाले यसको माग पनि दिनप्रतिदिन बढ्दै गएको छ ।

    यस्तै मागलाई ध्यानमा राख्दै शाओमीको सह–ब्रान्ड रेडमीले रेडमी वाच ५ एक्टिभ र रेडमी वाच ५ लाइट (जीएनएसएससहित) बजारमा ल्याएको छ । यी दुबै मोडलहरूले लामो समय टिक्ने ब्याट्री, बलियो संरचना र स्वास्थ्य तथा फिटनेस निगरानीका विस्तृत सुविधा प्रदान गर्छन् ।

    रेडमी वाच ५ एक्टिभ रु. ४,९९९ मा उपलब्ध छ, जसमा २ इन्चको उज्यालो डिस्प्ले छ, जसले सूर्यको प्रत्यक्ष प्रकाशमा पनि स्पष्ट देखिन्छ । यसमा १८ दिनसम्म टिक्ने ब्याट्री क्षमता छ, जसले गर्दा लामो यात्रामा निस्किनेहरूका लागि निकै उपयोगी छ । थप रूपमा, यसमा भ्वाइस कमाण्डमार्फत चल्ने एलेक्सा सुविधा, १४० भन्दा बढी खेल मोडहरू र धातुको मजबुत संरचना जस्ता विशेषताले यसलाई विश्वसनीय बनाएको छ ।

    त्यस्तै, रेडमी वाच ५ लाइट भने प्रिमियम मोडलका रूपमा रु. ७,४९९ मा उपलब्ध छ । यसमा रहेको जीएनएसएस प्रविधिले पाँचवटा स्याटेलाइट नेटवर्कसँग एकैपटक जोडिन सक्ने भएकाले स्थान ट्र्याकिङ अझै सटीक हुन्छ । १.९६ इन्चको एमोलेड डिस्प्ले, डुअल–माइक्रोफोन सेटअप, ५एटीएम पानी प्रतिरोध र १५० भन्दा बढी वर्कआउट मोडहरूले यसलाई फिटनेसप्रेमी र साहसिक यात्रुहरूका लागि उत्कृष्ट विकल्प बनाउँछ ।

    यी दुई मोडलले स्मार्टवाच बजारका प्रायः देखिने समस्याहरूलाई समाधान गर्ने प्रयास गरेका छन् । लामो समय टिक्ने ब्याट्रीले बारम्बार चार्ज गर्ने झन्झट हटाउँछ, उन्नत जीपीएस वा जीएनएसएस प्रणालीले सहरी वा ग्रामीण दुबै क्षेत्रमा भरपर्दो नेभिगेसन दिन्छ, र बलियो संरचनाले लामो समयसम्म प्रयोग गर्न सकिने विश्वास दिलाउँछ ।

    अझै भन्नुपर्दा, रेडमीका यी स्मार्टवाचहरू केवल प्रविधि प्रदर्शनका लागि मात्र नभई व्यावहारिक प्रयोगका लागि डिजाइन गरिएका छन् । सक्रिय जीवनशैली, स्वास्थ्य सचेतना र पेशागत आवश्यकता पूरा गर्ने गरी बनाइएका यी उपकरणहरूले नेपाल जस्ता मुलुकमा बढ्दो स्मार्ट प्रविधि संस्कृतिलाई अझ मजबुत बनाउने संकेत दिन्छन् ।

     

  • एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेटामा विशेष छुट

    एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेटामा विशेष छुट

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा स्काइ ब्रोडब्याण्ड प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा रु.१५०० छुट प्राप्त गर्न सक्नेछन् ।

    यस बैंकका ग्राहकहरुले स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा रु.१५०० छुट प्राप्त गर्नु सक्नेछन् ।

    यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (Mobank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ । स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

  • शिखर इन्स्यारेन्सबाट नयाँ स्वास्थ्य बीमा ‘शिखर स्वास्थ्य सुरक्षा’ को सुरुवात

    शिखर इन्स्यारेन्सबाट नयाँ स्वास्थ्य बीमा ‘शिखर स्वास्थ्य सुरक्षा’ को सुरुवात

    काठमाडौं । शिखर इन्स्योरेन्सबाट नयाँ स्वास्थ्य बीमा योजना “शिखर स्वास्थ्य सुरक्षा” को सुरुवात भएको छ । मिति २०८२ भाद्र २ गते मेडिसिटि अस्पतालमा एक कार्यक्रमको आयोजना गरी शिखर स्वास्थ्य सुरक्षा बीमाको औपचारिक सुभारम्भ गरिएको हो ।

    व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यहरुको बीमा गर्न मिल्ने यस स्वास्थ्य बीमा योजनामा रु.२० लाख सम्मको स्वास्थ्य बीमा गर्न सकिनेछ । हाल नेपालको स्वास्थ्य बीमाको क्षेत्रमा सिमित रकमसम्मको मात्र बीमा सेवा प्राप्त भइरहेको परिप्रेक्षमा शिखर स्वास्थ्य सुरक्षामार्फत रु. २० लाख सम्मको बीमा गर्न सकिने भएकोले हालको बढदो स्वास्थ्य उपचार खर्चको लागि उत्तम विकल्पको रुपमा रहन जाने हाम्रो विश्वास रहेको छ ।

    यस स्वास्थ्य बीमामा शिखर इन्स्योरेन्ससंग आवद्ध रहेका नेपालका प्रतिष्ठित अस्पतालहरुमा भर्ना भई उपचार गराउँदा नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेछ भने बीमा कं रकमको १० प्रतिशत रकम (अधिकतम रु.१ लाख सम्म) को बहिरंग उपचारको समेत बीमा दाबी प्राप्त गर्न सकिनेछ । नगदरहित स्वास्थ्य उपचार सेवा अन्तर्गत बिमितले अस्पताल भर्ना भई उपचार गराउँदा बीमा को रकम बराबरसम्मको उपचारको लागि बिमितले अस्पतालमा बिल भुक्तानी गर्नु पर्ने छैन, शिखर इन्स्योेरेन्सबाट सजिलै तथा सिधै अस्पताललाई नै बीमा दाबी भुक्तानी गरिनेछ । नगदरहित उपचार सेवा प्राप्त गर्न सकिने भएकोले शिखर स्वास्थ्य सुरक्षामार्फत बिमितले झन्झट रहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछ ।

    शिखर स्वास्थ्य सुरक्षामा अस्पताल भर्ना भई गरिने उपचारको लागि ३० दिन सम्मको प्री हस्पिटलाइजेसन र ६० दिन सम्मको पोष्ट हस्पिटलाइजेसन खर्चको समेत बीमा दाबी पाइन्छ । अस्पताल भर्ना नभई गर्न सकिने उपचार अन्तर्गत १५० भन्दा बढी डे केयर उपचारको समेत बीमा सुरक्षण प्राप्त हुन्छ । साथै, भर्खर जन्मेका नवजात शिशुको समेत अस्पताल भर्ना भई गरिने उपचारको बीमा सुरक्षण प्राप्त गर्न सकिन्छ ।

    यसका साथै शिखर स्वास्थ्य सुरक्षा बीमा अन्तगर्त दाबी नपरेको अवस्थामा बीमालेख नविकरण गर्दा नो क्लेम बोनस समेत प्राप्त हुने भएकोले दिर्घकालिन रुपमै यस बीमा योजनाबाट बिमित महानुभावहरुले लाभ प्राप्त गर्न सकिन्छ ।

    यस बीमा सेवा नेपालमा बस्ने नेपालीको साथै नेपालमा बस्ने विदेशी नागरीकहरुले समेत प्राप्त गर्न सकिनेछ ।

  • टीसीएलको वासर ड्रायर सार्वजनिक

    टीसीएलको वासर ड्रायर सार्वजनिक

    काठमाडौं ।  – TCL Electronics ले आफ्नो अत्याधुनिक C7110WDG फ्रन्ट लोड वासर र ड्रायर नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो सबै-इन-वन (all-in-one) उपकरणले उत्कृष्ट धुलाई क्षमता, स्वच्छता र सुविधा प्रदान गर्दै घरायसी लुगा धुने प्रविधिमा नयाँ मापदण्ड स्थापित गरेको छ।

    आधुनिक जीवनशैलीको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको TCL C7110WDG ले १० केजी धुलाई र ७ केजी सुकाउने क्षमताको साथमा धेरै स्मार्ट विशेषताहरू समेटेको छ, जसले सहज लुगा धुने अनुभव प्रदान गर्दछ।

    प्रमुख विशेषताहरू:

    • स्मार्ट डीडी मोटर (Smart DD Motor): C7110WDG को मुख्य भागमा यसको डाइरेक्ट-ड्राइभ इन्भर्टर मोटर रहेको छ। यो उन्नत प्रविधिले शान्त र अत्यधिक ऊर्जा-दक्ष प्रदर्शन सुनिश्चित गर्नुका साथै १० वर्षको वारेन्टीसहित उत्कृष्ट टिकाउपन प्रदान गर्दछ।
    • हनीकम्ब ड्रम (Honeycomb Drum): विशेष रूपमा डिजाइन गरिएको यो ड्रमको अद्वितीय हनीकम्ब संरचनाले कपडालाई क्षति हुनबाट जोगाउँछ, जसले गर्दा तपाईंका लुगाहरू पटक-पटक धुँदा पनि नयाँझैँ रहन्छन्।
    • दाग हटाउने (Stains Removal): यस मेसिनले सामान्य र हटाउन कठिन दागहरूलाई प्रभावकारी रूपमा सफा गर्न विशेष समाधानहरू प्रदान गर्दछ।
    • एयर वास (Air Wash): यो नवीन प्रविधिले तातो हावा प्रयोग गरी पानी र डिटर्जेंटबिनै कपडालाई ताजा राख्ने, चाउरिन कम गर्ने र गन्ध हटाउने काम गर्दछ, जुन हल्का लगाएका कपडाहरूको लागि उपयुक्त छ।
    • स्टीम वास (Steam Wash): यो मेसिनले सामान्य धुलाईभन्दा माथि उठेर काम गर्छ। यसमा रहेको स्टीम वास प्रणालीले बाफ प्रयोग गरी कपडाको भित्री भागसम्म पुगी ९९.९% सम्मका ब्याक्टेरिया र एलर्जी कारकहरूलाई हटाएर पूर्ण रूपमा स्वच्छ र स्वस्थ धुलाई सुनिश्चित गर्दछ।
    • एन्टीमाइट्स (Anti-mites): स्वास्थ्यप्रति सचेत परिवारहरूको लागि यो एक महत्त्वपूर्ण सुविधा हो। यसको एन्टी-माइट्स चक्रले उच्च तापक्रमको प्रयोग गरी ओछ्यानका कपडाहरू र अन्य सामानहरूबाट माइटहरूलाई प्रभावकारी रूपमा हटाउँछ।
    • रङ्गीन स्क्रिन (Color Screen): यो मेसिनमा स्पष्ट आइकनसहितको रङ्गीन र सहज स्क्रिन रहेको छ, जसले गर्दा प्रोग्रामहरू र सेटिङहरू छनोट गर्न र अनुकूल बनाउन निकै सजिलो हुन्छ।

    TCL C7110WDG ले नेपालमा स्मार्ट, भरपर्दो र स्वास्थ्य–केन्द्रित घरायसी उपकरणको नयाँ स्तर प्रस्तुत गर्दै, यी प्रमुख विशेषताहरूमार्फत दैनिक कामलाई सहज बनाउँछ। यसले कपडाको उत्कृष्ट हेरचाहसँगै परिवारको स्वास्थ्यलाई पनि प्राथमिकता दिँदै अद्वितीय धुलाई अनुभव प्रदान गर्छ।

    TCL विश्वकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड र शीर्ष ग्लोबल टिभी निर्माताको रूपमा, TCL ले विश्वस्तरीय प्रविधि र “Inspire Greatness” को सन्देशसहित नवप्रवर्तन र ग्राहक मूल्य प्रदान गर्दछ ।

    सीजी इलेक्ट्रोनिक्स, CG Corp Global को एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन एक प्रमुख नाम हो। उपभोक्ता अनुभवलाई सुदृढ पार्दै, प्रौद्योगिकी उन्नतिमा ध्यान केन्द्रित गर्दै र बलियो वितरण नेटवर्क मार्फत बजार पहुँच विस्तार गर्दै आएको छ।

  • ह्युन्डाई नेपालद्वारा ‘दशैं-तिहार, १० गुणा उपहार’ अफरको घोषणा

    ह्युन्डाई नेपालद्वारा ‘दशैं-तिहार, १० गुणा उपहार’ अफरको घोषणा

    काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले सधै झैँ यस वर्ष पनि दशैं–तिहारको अवसरमा विशेष अफर “दशैं–तिहार, १० गुणा उपहार” घोषणा गरेको छ।

    नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठको उत्सवलाई रोचक एवं हर्साेउल्लास बनाउन ह्युन्डाईले “दशैं–तिहार, १० गुणा उपहार”  अफर घोषणा गरेको छ।

    यस अफर अन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन्। साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउनेछन्। यसका साथै, ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन्। प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध हुनेछ।

    हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा दिइनेछ, जसले ब्रान्डको गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ।

    यस दशैं–तिहारमा, Hyundai नेपालले सबै अटोप्रेमीहरू र सम्भावित ग्राहकहरूलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर “दशैं–तिहार, १० गुणा उपहार” अफरको फाइदा लिन हार्दिक निमन्त्रणा गर्दछ। यो अफर भदौ २, २०८२ देखि सुरु हुनेछ।

  • डिशहोमले आफ्ना ग्राहकलाई बर्गर हाउसमा १०% छुट दिने

    डिशहोमले आफ्ना ग्राहकलाई बर्गर हाउसमा १०% छुट दिने

    काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत , “द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन” सँग साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब देशभरका १५८ वटै आउटलेटहरूमा फूड एण्ड बेभरेजमा १०% छुट पाउनेछन्।

    द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आफ्नो स्वादिलो बर्गर, क्रन्ची फ्राइड चिकेन र विभिन्न फास्ट–फूड परिकारका लागि प्रसिद्ध छ। नेपालभरका आउटलेटहरूमा फैलिएको यस ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई जुनसुकै स्थानमा पनि आफ्नो मनपर्ने परिकार छुटसहित खान सक्ने सुविधा दिनेछ।

    अफर विवरण:

    • फूड एण्ड बेभरेजमा १०% छुट
    • नेपालभरका सबै द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आउटलेटहरूमा मान्य
    • केवल माइ डिशहोम एप मार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध

     छुट लिनका लागि:
    १. माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।
    २. आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गर्नुहोस्।
    ३. होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्नुहोस्।
    ४. जुनसुकै द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन आउटलेटमा यो कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।

    “यो साझेदारीले नेपालको मनपर्ने फास्ट–फूड गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,” डिशहोमका सीईओ तारा मानन्धरले बताए। “

    डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।

     

  • एन आई सी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

    एन आई सी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

    काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरेको छ ।

    बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसको लागि ग्राहक महानुभावहरुले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.comभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सकिने छ ।

    यसरी ग्राहक महानुभावहरूले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।

    बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा इच्छुक ग्राहक महानुभावहरूले अनलाईन पोर्टलको लिंक बाटै विस्तृत विवरणहरूको जानकारी  लिन सकिने छ ।

  • ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

    ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ ।

    सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।

    युरो मनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैंक तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।

    यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेश्रो पटक बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेस्ट बैंक अवार्ड प्राप्त गरेको थियो ।

    यस अघि ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२ र २०२४ मा बेष्ट बैंकको रुपमा सम्मानित भएको थियो ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • इन्डोनेसियाको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन

    इन्डोनेसियाको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन

    काठमाडौँ । गणतन्त्र इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौँमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ। नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो।

    इन्डोनेसियाको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपाल तथा गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्याउन आफूले प्रयास गरिरहेको बताए ।

    उहाँले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकोले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुत बनाउनुपर्ने कुरामा जोड दिए ।

    नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालका लागि इन्डोनेसियाको राजदूतको आवासीय कार्यालय बङ्गलादेशको राजधानी ढाकामा रहेको छ।

    इन्डोनेसिया आसियान राष्ट्रहरू मध्येको ठुलो अर्थतन्त्र भएको मुलुक हो । नेपाल र इन्डोनेसिया बिचको व्यापारको परिमाण पनि ठुलो रहेको छ। दुई देशबीच पर्यटनलगायत आयात निर्यात व्यापारका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन् ।

    झन्डोत्तोलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्य दूत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

  • पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

    पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

    पोखरा । नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रा. लि. ले पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै पोखरामा नयाँ बीवाईडी शोरूम सञ्चालनमा ल्याएको छ । यसका साथै गण्डकी प्रदेशमा बीवाईडीको नवीनतम इलेक्ट्रिक सवारी साधन ‘बीवाईडी सिलायन ७’ लाई सार्वजनिक गरिएको छ ।

    बुद्धचोक, पोखरामा अवस्थित नयाँ शोरूमलाई बीवाईडीको नवीनतम कर्पोरेट आइडेन्टिटी र भिजुअल आइडेन्टिटी मापदण्ड अनुसार पूर्ण रूपमा अपडेट गरिएको छ ।

    यसले कुल १२ हजार ८ सय ४५ वर्ग फिट क्षेत्रमा व्यापक थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा प्रदान गर्दछ, जसले ग्राहकहरूलाई एकै स्थानमा सबै सेवा प्राप्त गर्ने अनुभव उपलब्ध गराउँछ । शोरूमको ठीक पछाडि निर्माण भैरहेको अत्याधुनिक सर्भिस सेन्टरले बिक्री पछिको सेवा प्रणालीलाई थप प्रभाबकारी बनाउनेछ, जसले बीवाईडीको विश्वव्यापी सेवा उत्कृष्टता मापदण्डसँग पूर्ण रूपमा मेल खाने सुनिश्चित गर्दछ।

    साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘पोखरा हाम्रो दीर्घकालीन व्यापार नीतिको प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम गुणस्तरका उत्पादनहरूको सुरुवात गरेर हामी ग्राहकहरूलाई उत्कृष्ट सेवा दिने हाम्रो प्रतिबद्धता पुनःदोहोर्याउँदै छौं । बीवाईडी सिलायन ७ ले हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो यातायाततर्फको रूपान्तरणलाई अगाडि बढाउने हाम्रो मिशनको प्रतिनिधित्व गर्छ ।’

    पोखरामा रहेका सम्पूर्ण बीवाईडी सर्भिसमा संलग्न कर्मचारीहरुले बीवाईडी हेडक्वाटरका प्रतिनिधिहरुबाट तालिमप्राप्त गरी आधिकारिक प्रमाणपत्र हासिल गरिसकेका छन्, जसले ग्राहकहरूलाई प्रत्येक चरणमा उत्कृष्ट सेवा प्रदान गर्ने भने इमेक्सले पोखरामा आफ्नो संचालनलाई मात्र नभई गण्डकी प्रदेशका ग्राहकहरूलाई नवीनतम इलेक्ट्रिक सवारी साधनहरू नजिक पुर्याउँदै नेपालको इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा बीवाईडीको नेतृत्वलाई अझ बलियो बनाएको छ ।

    कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर नराज आचार्यको मुख्य अतिथिको रूपमा उपस्थित थिए भने अटोमोबाइल क्षेत्रका प्रमुख सरोकारवाला, सञ्चारकर्मीहरु र बीवाईडीका प्रशंसकहरूको पनि सहभागिता थियो ।

     

     

  • फर्स्ट माइक्रोफाइनान्सद्वारा मेडिकल सामाग्री हस्तान्तरण

    फर्स्ट माइक्रोफाइनान्सद्वारा मेडिकल सामाग्री हस्तान्तरण

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुरस्थित नेपाल हृदय रोग निवारण प्रतिष्ठानलाई १ थान इसीजी मेसिन हस्तान्तरण गरेको छ । प्रतिष्ठानकै भवनमा उक्त मेसिन हस्तान्तरण गरिएको हो ।

    मेसिन हस्तान्तरण कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपाने, संस्थाका प्रमुख कार्यकारी अधिकृत नुमनाथ पौडेल लगायत सहभागी भएका थिए ।

    कार्यक्रममा बोल्दै पौडेलले फस्र्ट माइक्रोफाइनान्सले वित्तीय पहुँचसँगै शिक्षा, स्वास्थ्य र सामुदायिक विकास क्षेत्रमा सातै प्रदेशमा निरन्तर योगदान पुराउँदै आएको उल्लेख गरे । इसीजी मेसिनको प्रयोगबाट हृदय रोगबाट पीडित बिरामीहरूले समयमै परीक्षण तथा उपचार पाउने सहयोग हुने छ ।

    प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेले इसीजी मेसिनको उपलब्धताले हृदय रोग परीक्षण गर्न सरल हुने र बिरामी उपचारमा सहजता आउने विश्वास व्यक्त गरे ।

  • काठमाडौं आइपुग्यो फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स, ‘नाडा अटो शो’मा राखिने

    काठमाडौं आइपुग्यो फ्लाइङ ट्याक्सी र युनिट्री रोबोट्स, ‘नाडा अटो शो’मा राखिने

    काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले घोषणा गरेको भविष्यको मोबिलिटी प्रतीक डिपाल फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स अब काठमाडौं आइपुगेका छन् । तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् तथा चुनौतीहरूलाई पार गर्दै उक्त ट्याक्सी र रोबट्स काठमाडौं ल्याइएको नाडाले जनाएको छ ।

    नाडाका अनुसार यी अति उच्च प्रविधिहरू पहिलो पटक नेपालमा सार्वजनिक प्रदर्शनको ल्याइएको छ । यस क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।

    १७औँ संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण रहेको नाडाको तर्क छ । यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्ने समेत जनाइएको छ ।

    यही भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा नाडा अटो शो हुँदैछ । उक्त शो भदौ ८ गतेसम्म चल्नेछ । शोमा विभिन्न ब्राण्डका सवारी साधनहरूले सहभागिता जनाउँदै छन् ।

     

  • कुमारी बैंकका ग्राहकले इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने 

    कुमारी बैंकका ग्राहकले इन्द्रप्रस्थ अपोलो हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउने 

    काठमाडौं । कुमारी बैंक लिमिटेड र इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकाल कर्पाेरेशन लिमिटेड) नयाँ दिल्लीबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरूलाई हस्पिटलबाट प्रदान गरिने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

    उक्त सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई सेवा सुविधामा अधिकतम १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ ।

    कुमारी बैंक स्वास्थ्य सेवा प्रवाहमा विशेष प्राथमिकता दिँदै, देशभर रहेका ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकलाई सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

     

  • एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

    एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

    काठमाडौं ।  एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स (Annapurna Neurological Institute & Allied Sciences) र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    यस बैंकका ग्राहकहरुले In house Pathology, Outsourcing Test, Radiology, Ambulance, General Bed Charge, ICU र Surgery Charge सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

    उक्त अस्पतालसँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

  • स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडको २४औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडको २४औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेडको २४औं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

    संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, तथा यस संस्थाका सदस्य बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कर्मचारीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    वार्षिकोत्सवमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले संस्थाले बिगतमा गरेका उपलब्धिहरू र भावी योजनाहरू बारे प्रष्ट पार्दै संस्थाले दिदैँ आएका कार्ड सेवा, मोबाइल बैंकिङ्ग सेवा, अन्तर बैंक भुक्तानी सेवा, क्युआर भुक्तानी सेवा, र मर्चेन्ट व्यवस्थापन सेवामा हालसम्मका उपलब्धिहरू तथा भविष्यका रणनीतिहरू प्रस्तुत गरेका थिए ।

    वार्षिकोत्सवमा संस्थाले हालै निर्माण गरेको नविनतम सेवाहरूका बारेमा संस्थाका चिफ इनोभेशन तथा डेभलपमेन्ट अफिसर रजिम अलि मियाले प्रत्यक्ष प्रदर्शन गरेका हुन् । साथै स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरूका लागि निर्माण गरेको नविनतम प्रबिधि हो । जसबाट बैंक तथा वित्तीय संस्थाहरूले एटीएम व्यवस्थापन, कार्ड व्यवस्थापन, विवाद व्यवस्थापन, सतर्कता व्यवस्थापन, प्रयोगकर्ता व्यवस्थापन लगायातका विभिन्न सेवाहरू एकै ठाँउबाट प्राप्त गर्न सक्नेछन् ।

  • लक्ष्मी सनराइज बैंकले डिबेञ्चर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

    लक्ष्मी सनराइज बैंकले डिबेञ्चर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिबेञ्चर निष्काशन गर्ने भएको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड र लक्ष्मी सनराइज बैंक लिमिटेड बिच “७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२” नामक ऋणपत्र सार्वजनिक निष्काशनका लागि सम्झौता भएको छ ।

    निष्काशन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टि सेवा प्रदान गर्न आज सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । लक्ष्मी सनराइज बैंकले ३० लाख कित्ताको प्रति डिबेञ्चर अंकित मूल्य एक हजार रुपैयाँका दरले हुन आउने रकम तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ । जसका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ ।

    सम्झौता समारोहमा निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे« क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी लक्ष्मी सनराइज बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत पियूष राज अर्यालद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

  • ‘एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ निष्काशन गरिँदै, किन गर्ने लगानी ?

    ‘एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ निष्काशन गरिँदै, किन गर्ने लगानी ?

    काठमाडौं । एनआईसी एसिया क्यापिटलले ‘एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ ल्याउने भएको छ । क्यापिटलले यही साउन २९ गतेदेखि निष्काशन गर्न लागेको यो योजना दोस्रो खुल्लामुखी योजना हो ।

    ‘एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ हाल नेपालमा सञ्चालित खुलामुखी म्युचुअल फण्डहरु मध्ये पहिलो पटक ‘मिनी एसआइपी’ तथा (सिस्टमेटिक ट्रान्सफर प्लान) जस्ता विशेषताहरू समावेश गरिएका छन् । यस योजनाको संकलित रकम मध्ये अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचिकृत कम्पनीहरू मध्ये भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरू छनौट गरी लगानी गरिने जनाइएको छ ।

    यस योजनामा संकलित रकम लगानी गर्दा २० देखि ७५ प्रतिशतसम्म प्राथमिक शेयर निष्काशन गरेका कम्पनी र धितोपत्रको दोस्रो बजारमा सूचिकृत कम्पनीहरूमा, योजना आकारको बढीमा १५ प्रतिशत रकम स्थिर आय हुने उपकरणहरूमा तथा १५ प्रतिशत रकम माग तथा अल्प सूचनामा आय हुने उपकरणहरूमा लगानी गरिने जनाइएको छ ।

    एनआईसी एसिया क्यापिटलले हाल सञ्चालन गरिरहेका म्युचुअल फण्ड योजनाहरूको नियमित रूपमा उचित प्रतिफल वितरण गर्न सफल भएको छ । यस योजनामा व्यवस्थित तथा नियमित रूपमा लगानी गरी उचित प्रतिफल चाहने व्यक्तिहरूका लागि लगानीको लागि उपयुक्त विकल्प रहेको क्यापिटलले जनाएको छ ।

    यसका मुख्य विशेषताहरूमा लगानीकर्ताहरूले नियमित रूपमा निश्चित समयसम्म लगानी गरी पावर अफ कम्पाउण्डिङको लाभ लिन सकिनेछ । नेपालमै पहिलो पटक मिनी एसआइपी पाँच सय रुपैयाँ गर्न मिल्ने सुविधा रहेको छ । एनआईसी एसिया क्यापिटलबाट सञ्चालित अर्को खुलामुखी योजनामा यस योजनामा गरिएको लगानी स्थानान्तरण गर्न सकिने छ ।

    एकमुष्ट रकम लगानी गरी वा एसआइपी गरिएको रकम निश्चित समय पश्चात् आफ्नो आवश्यकता अनुसार नियमित रूपमा निकाल्न मिल्ने सुविधा रहेको छ भने लगानी योग्य रकम भएको समयमा आफ्नो क्षमता अनुसार थप रकम लगानी गर्न मिल्ने सुविधा छ ।

    याे योजनाको रकम लगानी गर्दा मुद्रा बजार उपकरण तथा धितोपत्र बजारमा लगानीको अवसर हेरी लगानी विविधीकरण गरिने हुँदा योजनाको इकाईधनीहरुलाई उचित प्रतिफल प्राप्त गर्न सक्ने एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

  • क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ

    क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ

    काठमाडौं । नेपालमा सौन्दर्य, व्यक्तिगत स्याहार र घरेलु ब्रान्डहरूको विश्वासिलो अगुवा युनिलिभर नेपालले आज लाखौँ फुटबलप्रेमीहरूलाई इङ्लिस प्रिमियर लिग (इपिएल) सामु नजिक ल्याउने रोमाञ्चक सहकार्यको घोषणा गरेको छ । यो साझेदारी युनिलिभरको विश्वव्यापी फुटबलप्रतिको प्रतिबद्धता र उपभोक्तासँग विश्वस्तरीय अनुभवमार्फत अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यको प्रतिबिम्ब हो ।

    युनिलिभरले विश्वभर फुटबलसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ । यसको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर रहने छ, जसमा सन् २०२६ को फिफा वल्र्ड कप समेत समावेश छ। साथै, यसले UEFA European Championship २०२४ र आउँदो ] UEFA European Women’s Championship  २०२५ जस्ता ठुला प्रतियोगिताहरूमा पनि सक्रिय भूमिका खेलेको छ। यस्ता सहकार्यहरूले खेलकुदको शक्ति समुदायलाई एकताबद्ध गर्न र आत्मविश्वास जगाउन महत्वपूर्ण भूमिका खेल्छ भन्ने युनिलिभरको विश्वासलाई प्रतिबिम्बित गर्दछ।

    यस सहकार्यको केन्द्रमा युनिलिभरको प्रमुख हेयर केयर ब्रान्ड क्लियर रहनेछ। फुटबल जगतका आइकन क्रिस्टियानो रोनाल्डो र एरलिङ हालान्डसँगको सहकार्यमार्फत क्लियरले विश्वव्यापी रूपमा आत्मविश्वास र प्रदर्शनको सन्देश फैलाउँदै आएको छ। इपीएलसँगको यो साझेदारीमार्फत अब नेपाली दर्शकहरूले पनि क्लियरको शक्तिलाई कान्तिपुर मिडिया ग्रुपका टेलिभिजन तथा डिजिटल प्लेटफर्महरूमा प्रत्यक्ष महसुस गर्न सक्नेछन्।

    युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले भने, ‘फुटबल केवल एक खेल मात्र नभई एक साझा भावना हो, जसले सीमाना नाघेर मानिसहरूलाई जोड्छ। कान्तिपुर म्याक्ससँगको यस सहकार्यमार्फत हामी नेपाली दर्शकहरूका लागि इङ्लिस प्रिमियर लिगको रोमाञ्च ल्याउन पाउँदा गर्व गर्छौं। यससँगै, आत्मविश्वास र प्रदर्शनप्रतिको क्लियरको प्रतिबद्धता पनि थप प्रस्ट हुन्छ। देशभर १० मध्ये ८ घरधुरीमा युनिलिभर नेपालका उत्पादनहरू रहेका छन्, र हामी फुटबलप्रेमीहरूको यो जोशलाई साथ दिन इपिएल हेर्न सकिने समर्पित प्लेटफर्म प्रदान गर्न पाउँदा अत्यन्तै खुशी छौं।’

    कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वरले भने, ‘युनिलिभर नेपाल र क्लियरसँग मिलेर हामी नेपाली दर्शकहरूका लागि विश्व स्तरीय फुटबल मनोरञ्जन ल्याउन पाउँदा उत्साहित छौँ। यो साझेदारी हाम्रो उच्चस्तरीय कन्टेन्ट उत्पादनप्रतिको प्रतिबद्धता र खेल प्रेमी दर्शकका लागि अविस्मरणीय अनुभव सिर्जना गर्ने उद्देश्यको प्रमाण हो।’

  • डिशहोमका ग्राहकलाई पोखराको लेक साइड रिट्रिटमा विशेष सुविधा 

    डिशहोमका ग्राहकलाई पोखराको लेक साइड रिट्रिटमा विशेष सुविधा 

    काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटी  द्वारा व्यवस्थापित) सँग नयाँ साझेदारी घोषणा गरेको छ ।  जसअन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले विशेष छुटको सुविधा पाउनेछन् ।

    यस साझेदारीमार्फत ग्राहकहरूले पाउने सुविधा:

    • आवासमा १५% छुट
    • फुड एण्ड बेभरेजमा १५% छुट

    यो छुट प्राप्त गर्न, ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिट, पोखरामा देखाउनुपर्छ।

    पोखराको प्रसिद्ध लेकसाइडको मुटुमा अवस्थित लेक साइड रिट्रिट ले आधुनिक सुविधा, शान्त वातावरण र IME Hospitality को ख्यातिप्राप्त अतिथिसत्कारको उत्कृष्ट मिश्रण प्रदान गर्दछ। आरामदायी बिदा वा विशेष खाने अनुभवका लागि, अब डिशहोम ग्राहकहरूले हरेक पटक यहाँ भ्रमण गर्दा थप मूल्य र बचतको आनन्द लिन सक्नेछन्।

    भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिका:

    1. माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।
    2. दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्नुहोस्।
    3. होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गर्नुहोस्।
    4. लेक साइड रिट्रिट, पोखरा भ्रमण गरी आफ्नो भर्चुअल प्रिभिलेज कार्ड देखाएर छुट पाउनुहोस्।

    यो साझेदारी डिशहोमको केवल इन्टरनेट वा टेलिभिजन सेवामात्र नभई, आफ्ना ग्राहकहरूलाई जीवनशैलीका फाइदा, बचत र विशेष अनुभव प्रदान गर्ने निरन्तर प्रतिबद्धताको एक हिस्सा हो।

  • इलेक्ट्रिक स्कुटर याडिया भीलक्समा विशेष अफर

    इलेक्ट्रिक स्कुटर याडिया भीलक्समा विशेष अफर

    काठमाडौं । याडिया, इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्डको नेपालका लागि एकमात्र आधिकारिक वितरक कुजु नेपाल प्रा. लि. ले उच्च प्रदर्शनयुक्त याडिया Velax मा विशेष सीमित स्टक अफर घोषणा गरेको छ। अब यसको मूल्य अघिल्लो रु. २,८५,००० बाट घटाएर रु. २,४५,००० गरिएको छ।

    यो अफरले लगातार ८ वर्षसम्म विश्वव्यापी रूपमा नं. १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड बनेको याडियाको महत्वपूर्ण उपलब्धि र विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्रीको उत्सव मनाउँछ।

    याडिया Velax ती सवारहरूको लागि बनाइएको हो जसले प्रदर्शन र भरपर्दोपन दुवै खोज्छन्। ३२००W मोटर र १७२ N·m टर्क सहित, यसले ६२ किमी/घण्टा को उच्चतम गति हासिल गर्छ र एक पटकको चार्जमा १०० किमी सम्मको दूरी तय गर्न सक्छ। यसको ३०Ah / ७२V  LFP (Lithium Iron Phosphate) ब्याट्रीले उच्च सुरक्षा, थर्मल स्थिरता, र लामो जीवनचक्र प्रदान गर्छ, साथै जहाँसुकै सजिलै चार्ज गर्न सकिने सुविधा दिन्छ।

    डिजाइन र सुविधाको दृष्टिले, Velax मा सजिलो पार्किङ तथा ह्यान्डलिङका लागि रिभर्स मोड, लामो यात्रालाई सहज बनाउन क्रूज कन्ट्रोल, र अतिरिक्त सुरक्षा प्रदान गर्ने फ्रन्ट/रियर डिस्क ब्रेक सिस्टम विथ CBS जस्ता विशेषताहरू छन्। यसमा १७० मिमी ग्राउन्ड क्लिरेन्स छ जसले विभिन्न सडक परिस्थितिमा सजिलै चलाउन मद्दत गर्छ।

    याडियाले Velax मा ब्याट्री र मोटर दुवैका लागि ३ वर्ष / ५०,००० किमी वारेन्टी प्रदान गर्छ, जसले लामो समयसम्मको निश्चिन्तता सुनिश्चित गर्छ

    विशेष अफर – सीमित स्टक मात्र

    नयाँ रु. २,४५,००० मूल्य सीमित स्टकका लागि मात्र लागू हुन्छ। स्टक सकिएपछि Velax पुनः अघिल्लो मूल्यमा फिर्ता हुनेछ।

    याडिया बारेमा

    याडिया १०० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको छ र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी समाधानका साथ ईभी क्रान्तिको नेतृत्व गरिरहेछ। कुजु नेपाल प्रा. लि. २०२० देखि नेपालमा याडियाको आधिकारिक वितरक रहँदै आएको छ।

  • जाम्बोरीले एजुकेशन नेपालले अमेरिकी शिक्षा मेला आयोजना गर्दै

    जाम्बोरीले एजुकेशन नेपालले अमेरिकी शिक्षा मेला आयोजना गर्दै

    काठमाडौं । जाम्बोरी एजुकेशन नेपालले ETS TOEFL सँगको साझेदारीमा आगामी अगस्ट २९, २०२५ शुक्रबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म जाम्बोरी एजुकेशन नेपाल, न्यू प्लाजा रोड, पुतलीसडकमा US Education Fair 2025 आयोजना गर्ने घोषणा गरेको छ ।

    यो व्यापक शिक्षा मेलाले ३०+ अमेरिकी विश्वविद्यालय र कलेजहरूलाई एकसाथ ल्याउनेछ, जसले नेपाली विद्यार्थीहरूलाई अमेरिकी उच्च शिक्षामा अभूतपूर्व पहुँच प्रदान गर्नेछ। यस वर्षको कार्यक्रम नेपालमा सबैभन्दा व्यापक अमेरिकी शिक्षा मेला हुने प्रतिज्ञा गर्दछ, जसमा संयुक्त राज्य अमेरिकाका विभिन्न संस्थानहरूका प्रतिनिधिहरू सहभागी हुनेछन्।

    यस मेलाले विद्यार्थीहरूको फाइदाका लागि डिजाइन गरिएका धेरै मुख्य सुविधाहरू प्रदान गर्नेछ । विद्यार्थीहरूले तत्काल प्रोफाइल मूल्याङ्कन प्राप्त गर्न सक्नेछन्, जसले विश्वविद्यालयका प्रतिनिधिहरूबाट सीधै उनीहरूको शैक्षिक प्रोफाइल र भर्ना सम्भावनाहरूको तत्काल मूल्याङ्कन प्रदान गर्नेछ। समर्पित STEM कार्यक्रम सत्रहरूले विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका कार्यक्रमहरूमा केन्द्रित हुनेछन्, जसले नेपाली विद्यार्थीहरूमा STEM शिक्षाको बढ्दो माग सम्बोधन गर्नेछ। छात्रवृत्ति र आर्थिक सहायताका बारेमा व्यापक जानकारी उपलब्ध हुनेछ, जसले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विभिन्न फन्डिङ अवसरहरू कभर गर्नेछ। थप रूपमा, विद्यार्थीहरूले परीक्षा तयारी सहायतामा पहुँच पाउनेछन्, जसमा आधिकारिक परीक्षण साझेदारहरूको सहयोगमा TOEFL जस्ता मानकीकृत परीक्षाहरूका लागि छुट भाउचरहरू र मार्गदर्शन समावेश छ।

    ३०+ अमेरिकी विश्वविद्यालय र कलेजहरू कार्यक्रममा प्रतिनिधित्व हुनेछन्, जसले विद्यार्थीहरूलाई शैक्षिक कार्यक्रमहरू र अवसरहरूको व्यापक दायरामा पहुँच प्रदान गर्नेछ । जाम्बोरी एजुकेशन नेपालका प्रवक्ताले भने, “यो मेला नेपाली विद्यार्थीहरूका लागि शीर्ष अमेरिकी विश्वविद्यालयहरूका भर्ना प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने महत्वपूर्ण अवसर हो । हामी विशेष गरी तत्काल प्रोफाइल मूल्याङ्कन र केन्द्रित STEM कार्यक्रमको बारेमा उत्साहित छौं, जसले हाम्रा धेरै विद्यार्थीहरूको विशिष्ट चासोलाई सम्बोधन गर्छ।”

    कार्यक्रमलाई परीक्षा तयारीका लागि ETS TOEFL, फन्डिङ साझेदारका रूपमा POWER Financial, र अतिरिक्त शैक्षिक सहायता संस्थाहरू सहित मुख्य साझेदारहरूले समर्थन गरेको छ। इच्छुक विद्यार्थीहरूका लागि कार्यक्रमका विवरणहरू यस प्रकार छन्। मेला अगस्ट २९, २०२५ शुक्रबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म जाम्बोरी एजुकेशन नेपाल, न्यू प्लाजा रोड, पुतलीसडकमा हुनेछ। दर्ता आवश्यक छ तर प्रवेश निःशुल्क छ । विद्यार्थीहरूले प्रचारात्मक सामग्रीमा उपलब्ध QR कोड प्रयोग गरेर दर्ता गर्न सक्छन्।

    संयुक्त राज्य अमेरिकामा स्नातक वा स्नातकोत्तर अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई अग्रिम दर्ता गर्न प्रोत्साहित गरिन्छ। मेलाले नेपालभरबाट सयौं सम्भावित विद्यार्थीहरू र उनीहरूका परिवारहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । थप जानकारी र दर्ताका लागि, विद्यार्थीहरूले प्रचारात्मक सामग्रीमा QR कोड स्क्यान गर्न वा जाम्बोरी एजुकेशन नेपाललाई प्रत्यक्ष सम्पर्क गर्न सक्छन्।

    EDF जाम्बोरी विदेशी शिक्षा मार्गदर्शन, परीक्षा तयारी, र विश्वविद्यालय प्लेसमेन्ट सेवाहरूमा विशेषज्ञता प्राप्त एक अग्रणी शिक्षा परामर्श संस्था हो । व्यवसायमा १५+ वर्षको अनुभव, ५,००० भन्दा बढी विद्यार्थी प्लेसमेन्टको सफल सुविधा, ३+ केन्द्रहरूको सञ्चालन, र विश्वव्यापी २००+ विश्वविद्यालय संस्थानहरूसँग साझेदारी कायम राखेको छ ।

  • एक लाख अवलोकनकर्ता स्वागत गर्दै नेपाल मोविलिटी एक्स्पो २०२५ सम्पन्न

    एक लाख अवलोकनकर्ता स्वागत गर्दै नेपाल मोविलिटी एक्स्पो २०२५ सम्पन्न

    काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज सम्पन्न भएको छ । श्रावण २१ गते सुरु भएको एक्स्पो एक लाख भन्दा धेरै दर्शकहरुले अवलोकन गरेका छन् ।

    सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, स्थानिय तहका जन प्रतिनिधि, उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी, अटोमोबाइल क्षेत्रका अग्रज व्यक्ति, कुटनितिक नियोगका पदाधिकारी, तथा सर्वसाधारणहरुको बाक्लो उपस्थिती रहेको एक्स्पो सोमबार साँझ विशेष कार्यक्रमका साथ सम्पन्न भएको हो ।

    समापन समारोहमा एक्स्पोसँग प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न सम्पूर्णलाई धन्यवाद दिँदै नाइमाका अध्यक्ष, रितु सिंह वैद्यले एक्स्पो अपेक्षा गरेभन्दा बढि सफल भएको बताए ।

    एक्स्पोका प्रायोजक नेशनल इन्श्योरेन्स र एभरेष्ट बैंकका साथै सबै साझेदारहरुको सामुहिक योगदानले एक्स्पो सफल भएको उनले जोड दिए । “यो पछिल्लो ६ दिन एकदम अद्भुत रह्यो । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को समापन कार्यक्रममा उभिँदा, म अत्यन्त उत्साहित छु — तपाईंहरूले यो एक्स्पोलाई साच्चिकै नेपालको सबैभन्दा ठूलो अटो एक्स्पो बनाउनुभयो । एक लाखभन्दा बढी दर्शक, प्रत्येक स्टलमा भएको बिक्री, मोबिलिटी सम्बन्धित प्यानल डिस्कसनमा भएको उत्कृष्ट सहभागिताका साथै तपाईंहरू प्रत्येकले देखाउनुभएको ऊर्जा, विचार, सहकार्य र जोशदेख्दा मलाई नाइमाले नेपालको मोबिलिटी क्षेत्रमा नयाँ आयामको विकाश गरेको अनुभव भएको छ ।” अध्यक्ष वैद्यले भने ।

    नाइमाका कार्यकारी निर्देशक राज कुमार दुलालले नाइमाले एक्स्पोका दौरान पाँच दिनसम्म निरन्तर सिकाईका सत्रहरु संचालन गरि नाइमा सो क्षेत्रको समग्र विकासमा प्रतिवद्घ छ भन्ने संदेश प्रवाह गरेको वताए । यी सत्रहरु सहभागिहरुका लागि निःशूल्क प्रवेश सहित नेपाल पुलिस क्लबमा नेपाल र भारतका लब्धप्रतिष्ठित विज्ञहरुको सहभागीतामा संंचालन गरिएको थियो ।

    नाइमाले भविष्यमा पनि यस्ता कार्यक्रमहरु नियमित रुपमा सरकार, सरोकारवालाहरु, र दातृ निकायहरु तथा उपभोक्ताहरुको सहभागितामा आयोजना गरिने कार्यकारी निर्देशक दुलालले बताए ।

    सवारी साधन मात्रै प्रदर्शनीमा राखिएको नेपालकै सबैभन्दा ठूलो एक्स्पो– नाइमा नेपाल मोविलिटी एक्स्पो २०२५मा पहिलो दिन पन्ध्र हजार, दोश्रो दिन तेह्रहजार पाँच सय, तेश्रो दिन उन्नाइस हजार पाँच सय, चौथो दिन एक्काइस हजार पाँच सय, पाँचौ दिन बाइसहजार, र छैठौँ दिन सातहजार आठ सय दर्शकहरुले अवलोकन गरे । श्रावण २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि खुला रहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी थिए ।

     

  • एसियन थाइ फुड्सको आईपीओका लागि हिमालयन सेक्युरिटीज बैंकर लिमिटेड निष्कासन प्रबन्धक नियुक्त

    एसियन थाइ फुड्सको आईपीओका लागि हिमालयन सेक्युरिटीज बैंकर लिमिटेड निष्कासन प्रबन्धक नियुक्त

    विराटनगर । नुडल्स र स्न्याक्सको अग्रणी निर्माता तथा निर्यातकर्ता एसियन थाइ फुड्स लिमिटेड (ATF) ले आफ्नो आगामी प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) को निष्कासन प्रबन्धकका रूपमा काम गर्न हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडसँग रणनीतिक सम्झौताको घोषणा गरेको छ।

    सम्झौतामा एसियन थाइ फुड्स लिमिटेडका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुभास बहादुर श्रेष्ठले एसियन थाइ फुड्सका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा र निर्देशक आशिष जाजु तथा हिमालयन सेक्युरिटीजका नायब महाप्रबन्धक शंकर राजवाहकको उपस्थितिमा आधिकारिक रूपमा हस्ताक्षर गरे ।

    यो साझेदारीले ATF लाई सार्वजनिक बजारमा प्रवेश गर्न तथा विस्तारका लागि सहयोग पुर्‍याउनेछ। विराटनगर र तौलिहवामा अत्याधुनिक उत्पादन एकाइहरू सहित ATF ले आफ्ना उच्च गुणस्तरका उत्पादनहरू ३० भन्दा बढी देशहरूमा निर्यात गर्दछ। कम्पनीका लोकप्रिय ब्रान्डहरू जस्तै रमपम, 2PM र प्रिती ले आफ्नो प्रामाणिक स्वाद र सुलभताका कारण बलियो पहिचान बनाएका छन्।

    ATF का प्रबन्ध निर्देशक महेश जाजुले भने, ‘हिमालयन सेक्युरिटीज बैंकर लिमिटेडसँगको यो सम्झौताले हाम्रो विकास यात्रामा एउटा रोमाञ्चक अध्यायको सुरुवात गरेको छ। पुँजी बजारमा उहाँहरूको विशेषज्ञताले आईपीओ प्रक्रियालाई सहज बनाउनेछ, जसले हामीलाई नवप्रवर्तन र विश्वव्यापी पहुँचमा थप लगानी गर्न मद्दत गर्नेछ।’

    आईपीओको विस्तृत विवरण, समयरेखा र सेयर बाँडफाँट आउँदो महिनाहरूमा सार्वजनिक गरिनेछ।

  • एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ विमोचन

    एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल ‘संग्रहालय’ विमोचन

    काठमाडौं । एनसेल फाउण्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार संग्रहालयको साझेदारीमा संग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अभ्यास र इतिहासका विभिन्न पक्षहरू समेटिएको अनुसन्धानमूलक जर्नल “संग्रहालय” विमोचन गरिएको छ ।

    नारायणहिटी दरबार संग्रहालयमा आज आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नलको विमोचन गरे । मन्त्री पाण्डेले नेपालको संग्रहालयका विभिन्न आयाम उल्लेख गरी भएको जर्नल प्रकाशन उत्कृष्ट प्रयास भएको उल्लेख गर्दै जर्नल प्रकाशनमा एनसेल फाउण्डेसनको सहयोगले संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिताको प्रशंसा गरे ।

    मन्त्री पाण्डेले हाल संग्रहालयहरुको दर्ता, मापदण्ड तथा व्यवस्थापनका सम्बन्धमा सरकारले नीतिगत तहमा काम गरिरहेको जानकारी दिए । उनले नेपालका संग्रहालय र त्यहाँ राखिएका सामग्रीले नेपालीको गर्व बढाएको बताए ।

    “कला र संस्कृति हाम्रा पहिचान हुन्, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । संस्कृति र सम्पदाको प्रवर्द्धन गर्न आइकम नेपालसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारीअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम गर्न पाएकामा हामी खुसी छौं,”  एनसेलकी कर्पोरट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले
    भनिन् ।  उनले नेपाली कला र सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्वर्द्धन एनसेल फाउण्डेसनको प्राथमिकतामा रहेको उल्लेख गरिन् ।

    त्यस अवसरमा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोइले सांस्कृतिक प्रवर्द्धन, सामुदायिक छलफल र शिक्षाका लागि नेपालका संग्रहालयले भूमिका खेलेको उल्लेख गर्दै संग्रहालय संस्कृतिको थप विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

    इन्टरनेशनल काउन्सिल फर म्युजियम (आइकम) नेपालका अध्यक्ष रमेशप्रसाद दवाडीले आइकमले नेपालमा संग्रहालयको दायरा फराकिलो पार्दै संस्कृति संरक्षणमा काम गर्ने बताए ।

    उक्त जर्नल एनसेल फाउण्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल  शाखा आइकम नेपालले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको एक वर्षे परियोजना “संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवर्द्धन” अन्तर्गत प्रकाशन गरिएको हो ।

    परियोजनामा संग्रहालयको महत्वबारे जनचेतना फैलाउने, संग्रहालयकर्मीलाई तालिम दिने र संग्रहालयसम्बन्धी स्रोत सामग्री निर्माण तथा प्रसार गर्ने मुख्य क्रियालापहरु कार्यान्वयन गरिएको थियो ।

    परियोजनाअन्तर्गत संग्रहालयको आधारभूत मान्यता र अन्तर्राष्ट्रिय अभ्यासका प्रमुख पक्ष समेटेर एक जानकारीमूलक पुस्तिका तयार पारी देशभरका संग्रहालय तथा सम्पदासँग सम्बन्धित संस्थालाई वितरण गरिएको छ ।

    आइकम नेपालका अध्यक्ष दवाडीले परियोजनामार्फत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक सयभन्दा बढी संग्रहालयकर्मीलाई संग्रहालयको आधारभूत मान्यता र अभ्याससम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिए ।

    यो तालिम संग्रहालय, प्रदेश, स्थानीय र संघीय सरकारका सम्बन्धित निकायसँग समन्वय गरी सञ्चालन गरिएकाले तीन वटै तहका सरकार तथा समुदाय र निजी संग्रहालयलाई जोडेर संग्रहालयका आधारभूत विषयमा  छलफल समेत गर्न सहयोग पुर्याएको जनाइएको छ । यसले गर्दा आगामी दिनमा संग्रहालयका वृत्त र विषयवस्तुलाई संग्रहालयकर्मीबीच छलफल गर्ने आधार समेत बनेको त्यस अवसरमा उल्लेख गरियो ।

    तालिममा संग्रहालय सञ्चालनका अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको आवश्यकता र संग्रहालयले गर्न सक्ने र गर्नुपर्ने  विषयमा छलफल गरिएको थियो । परियोजनाअन्तर्गत नेपालको पहिलो संग्रहालय स्थापना भएको समयदेखि हालसम्मको इतिहास र सो अवधिको यात्रा देखाउने श्रव्य–दृश्य वृत्तचित्र  निर्माण पनि सम्पन्न भएको छ । वृत्तचित्रले संग्रहालयको इतिहास र अहिलेको अवस्थालाई समावेश गरेको छ ।

    आइकम नेपालले यो परियोजना नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वय तथा स्थानीय र प्रदेश सरकारहरुको सहकार्यमा कार्यान्वयन गरेको हो । यस पहलले दिगो विकासका लक्ष्य, नेपाल सरकारको संस्कृति तथा संग्रहालयसम्बन्धी राष्ट्रिय नीति र स्थानीय सरकारलाई संविधानले दिएको संग्रहालय सञ्चालनसम्बन्धी अधिकार प्रवर्द्धनमा टेवा पुर्‍याएको सरोकारवालाहरूको धारणा छ ।

    सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यमा सम्पन्न परियोजनाले नेपालमा संग्रहालय र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । कार्यक्रममा सहभागीले यस किसिमका प्रभावकारी परियोजनालाई भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार एनसेल फाउण्डेसन र आइकम नेपालबीचको साझेदारीले निजी क्षेत्रका अन्य संस्थालाई पनि सम्पदा संरक्षण र प्रवर्द्धनमा संलग्न हुन प्रेरित गर्नेछ ।

  • एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोटमा विशेष छुट

    एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोटमा विशेष छुट

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

    यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पोखरामा रहेको माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले यस रिसोर्टमा खाना तथा पेय पदार्थ, स्पा र आवास सेवा लिँदा उक्त छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

    यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (mobank)एपमार्फत भुक्तानी गर्नुपर्ने छ । माउन्टेन ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पासँगको यस सहकार्यले यस बैंकका ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

     

  • एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

    एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटिभी सेवामा विशेष छुट

    काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा रु.२५०० र संस्थागतरुपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरेका छन् ।

    ग्राहकहरुले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा रु.२५०० छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, इन्टरनेटसँगै आईपीटिभीको सेवा लिने नयाँ ग्राहकहरुले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नेछन् । साथै, हाल सेवा लिइरहनु भएका ग्राहकहरुले उक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्नेछन् ।

    उक्त छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले सेवा लिनु पूर्व सिजी कम्युनिकेसन्स लिमिटेडको आधिकारिक टेलिफोन नम्बर, वेबसाइट वा शाखा कार्यालयमा सम्पर्क गरी जानकारी गराउनुपर्ने छ । सिजी कम्युनिकेसन्ससँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

     

     

  • सामसुङले स्मार्टफोन मर्मतका लागि ल्यायो ‘सामसुङ मनसुन क्याम्प’

    सामसुङले स्मार्टफोन मर्मतका लागि ल्यायो ‘सामसुङ मनसुन क्याम्प’

    काठमाडौं । मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति Samsung नेपालले Samsung Monsoon Camp सुरु गरेको छ ।  जुन ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको हो।

    यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४ सम्म सञ्चालन हुनेछ, जसअन्तर्गत Samsung प्रयोगकर्ताहरूले वारंटी भए/नभएको कुराले फरक नपारी, अधिकृत Samsung सेवा केन्द्रमा गएर नुक्सान भएको चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन्। यद्यपि, चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुनेछ, श्रम शुल्क र थप पार्ट्सको लागत ग्राहकले आफैंले व्यहोर्नु पर्नेछ। यो सेवा केवल Samsung का अधिकृत सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुनेछ।

    Samsung नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख (CS) श्री राजन भट्टराई भन्छन्,
    “Samsung नेपालमा हामी हाम्रो ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध छौं। वर्षामा विशेष गरी चार्जिङ पोर्टमा असर गर्ने चिस्यान र पानीका जोखिमहरू बढ्छन्। त्यसैले हामी Monsoon Camp मार्फत समयमै मर्मत सुविधा दिन चाहन्छौं, ताकि हाम्रा प्रयोगकर्ताले आफ्ना फोन प्रयोग गर्न सकून्।”

    Samsung ले सबै प्रयोगकर्तालाई यो सीमित समयको सेवा उपयोग गर्न आग्रह गरेको छ। थप जानकारी तथा नजिकको सेवा केन्द्र पत्ता लगाउनका लागि Samsung Customer Care मा सम्पर्क गर्नुहोस्।