Category: कर्पोरेट प्रेस

  • साङ्ग्रिला मोटर्सले सुरु गर्‍याे नयाँ लिपमोटर सी१० प्रिमियम इलेक्ट्रिक एसयुभीको डेलिभरी

    साङ्ग्रिला मोटर्सले सुरु गर्‍याे नयाँ लिपमोटर सी१० प्रिमियम इलेक्ट्रिक एसयुभीको डेलिभरी

    काठमाडौं । साङ्ग्रिला मोटर्स प्रालीले नाडा अटो शोमा भव्य रुपमा सार्वजनिक गरेको नयाँ लिपमोटर सी१० प्रिमियम इलेक्ट्रिक एसयुभीको डेलिभरी कार्तिक २५ देखि सुरु गरेको छ।

    नेपाली ग्राहकहरुले अब लामो प्रतिक्षापछि यो प्रिमियम एसयुभीको अनुभव लिन सक्नेछन्। साङ्ग्रिला मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै, डेलिभरी प्रक्रिया छिटो, सहज, र व्यवस्थित बनाउन विशेष ध्यान दिएको छ।

    लक्जरी प्रदर्शन र वातावरणीय जिम्मेवारीलाई समेटेर डिजाइन गरिएको लिपमोटर सी१० ले विद्युतीय सवारी साधनमा नयाँ अध्यायको सुरुवात गरेको छ। लिप मोटर्सले यसमा ६९।९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ। उक्त ब्याट्रीले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेष्टले प्रमाणित गरेको छ। गाडीमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ।

    यसका साथै अत्याधुनिक सुरक्षा सुविधाहरुले यो गाडीलाई थप सुरक्षित बनाएको छ। एकदमै प्रिमियम यस गाडीमा भएको स्पेस, एड्भान्स इंटेरियर र स्मार्ट प्रविधिले आराम, स्टाइल र सुविधालाई नयाँ स्तरमा पुर्‍याएको छ। अद्यावधिक हुन तथा गाडीको बारेमा थप जानकारी लिनका लागि साङ्ग्रिला मोटर्सलाई सिधै सम्पर्क गर्न सकिनेछ ।

  • फुडमाण्डुको १४ औँ वार्षिकोत्सवको अवसरमा फुडमाण्डु वानमार्टको शुभारम्भ

    फुडमाण्डुको १४ औँ वार्षिकोत्सवको अवसरमा फुडमाण्डु वानमार्टको शुभारम्भ

    काठमाडौं । नेपालकै पहिलो र लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १४ औँ वार्षिकोत्सव मनाउँदै फुडमाण्डु वानमार्ट सार्वजनिक गरेको छ ।

    सन् २०१० मा स्थापना भएदेखि फुडमाण्डुले अनलाइन फुड डेलिभरी सेवा सुरु गरेर ग्राहक वर्गलाई आफ्नो मनपर्ने रेस्टुरेन्टको खाना सजिलै घरमै पुर्‍याउँदै आएको छ । अहिले फुडमाण्डु काठमाडौं, पोखरा र चितवनमा पूर्ण रूपमा स्थापित भइसकेको छ ।

    फुडमाण्डु वानमार्टको सुरुवातसँगै अब फुडमाण्डुले ग्राहकहरुलाई ग्रोसरी लगायत दैनिक आवश्यक वस्तुहरू पनि घरमै डेलिभरी गर्नेछ । अब ग्राहकहरूले फुडमाण्डु एपबाट ७०० भन्दा बढी उच्च गुणस्तरीय वस्तुहरूको तुरुन्तै र भरपर्दो डेलिभरी पाउनेछन् ।

    हालको लागि यो सेवा गैरीधाराबाट ३ किलोमिटरको दायरा भित्र पर्ने महाराजगन्ज, धुम्बाराही, बालुवाटार र मैतीदेवी जस्ता क्षेत्रहरूमा उपलब्ध छ भने छिटै नै यो सेवा काठमाडौं उपत्यकाभरी विस्तार गरिने कम्पनीले जनाएको छ ।

    फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले यस अवसरमा बोल्दै भने, “फुडमाण्डुले ग्राहकवर्गको आवश्यकता अनुसार सेवालाई विकास गर्दै आएको छ । फुडमाण्डु वानमार्टको माध्यमबाट हामी ग्राहकलाई दैनिक आवश्यक पर्ने हरेक दिनको किनमेललाई पनि मनपर्ने खाना अर्डर गरेजस्तै सहज बनाउन चाहन्छौं ।”

    साथै १४ औँ वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले ʻफ्यान्टास्टिक १४’ नामक सेल्स क्याम्पेनको सुरुवात गर्दै ७०% सम्मको छुट प्रदान गर्ने भएको छ । यस क्याम्पेनमा ग्राहकहरूलाई फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाई वान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज – फोर्टिन मेगा अफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफरहरू उपलब्ध हुनेछन् । यी सबै अफरहरू फुडमाण्डुको १४ वर्षको यात्राको उत्सव मनाउन र ग्राहकहरूलाई आभार व्यक्त गर्न तयार गरिएको हो ।

    आगामी दिनमा पनि ग्राहकहरूको सन्तुष्टिलाई अझै माथि उठाउन र ग्राहक–केन्द्रित अभियानहरू ल्याउँदै अघि बढ्न फुडमाण्डु प्रतिबद्ध रहेको छ ।

  • चीनको चांगान कम्पनीको दिपल इभी रुपन्देहीमा लन्च

    चीनको चांगान कम्पनीको दिपल इभी रुपन्देहीमा लन्च

    रुपन्देही । विश्वकै उत्कृष्ट चारपांग्रे सवारी उत्पादक गर्दै आएको चाइनाको चांगान कम्पनीको दिपल इभी रुपन्देहीमा लन्च गरिएको छ ।

    नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि र यस क्षेत्रको आधिकारिक बिक्रेता जेनस मोटर्सले ईभीको नयाँ अप्सनका रूपमा डिपलका दुई मोडल चारपाग्रे सवारी आइतबार औपचारिक रूपमा लन्च गरिएको हो ।

    बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले डिपल एल जिरो सेभेन र डिपल एसजिरो सेभन दुई सवारी लन्च गर्दै बजारमा ईभी सवारीको क्रेज बढ्दो रहेको बताए ।

    ईभी गाडीको विश्वासनीयतालाई कायम राख्ने गरी बिक्रेताहरू सेवा दिनुपर्ने उनले सुझाव दिए । स्थानीय पालिका ईभीको सेवाप्रति सजग रहेको भन्दै चार्जिङ स्टेसनमा जोड दिएको उनले बताए । आम उपभोक्ताको माग र चाहनाअनुसार सेवामा ध्यान दिनुपर्ने भन्दै स्थानीय सरकार सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

    कार्यक्रममा जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले संसारमा नै सबैभन्दा धेरै फिचर भएको सवारीका रूपमा चानगन कम्पनी पहिचान बनाएको दाबी गर्दै १६० वर्ष लामो इतिहास बोकेको कम्पनी भएको बताए ।

    दिपलमा वेलकम सिट, सनफलावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउटडोर स्पिकर लगायतका कारमा १५ भन्दा बढी फिचरहरू रहेको उनले दाबी गरे ।

    अहिलेसम्मकै बढी ५४० किलोमिटर माइलेज यसमा रहेको छ । कार्तिक २७ गते बुटवलमा लुम्बिनी प्रदेशकै ठूलो एक्सचेन्ज एण्ड टेष्ट ड्राइभ क्याम्पको आयोजना क्लब डेनेभोमा राखिएको उनले बताए ।

    कार्यक्रममा डिप्पलको अनुभव शेयर गर्दै उद्योगी विकास पाण्डेले ६ महिनाको अवधिमा नेपालका बाटाहरूमा यो उपयुक्त लागेको बताए ।

    यसअघि चलाएका सवारीभन्दा फरक अनुभूति पाएको उनले बताए । इन्धन सवारी छोडेर ईभीमा आउँदा धेरै बलियो सोच बनाउनुपर्ने भन्दै यसको आकर्षक मोडलकै कारण चढेको बताए ।

    कार्यक्रममा एमएडब्लु ग्रुपका डिलर हेड सुरेन्द्र केसीले नेपालमा ईभी कारको माग बढ्दो रहेको बताए । नेपालमा हाल कुल सवारीमध्ये ८० प्रतिशतभन्दा बढी ईभी गाडी भित्रिएको उनले दाबी गरे ।

    नेपालमा सवारी भित्राउँदा बिक्रीपछिको सेवामा जोड दिन जरुरी रहेको भन्दै उपभोक्ताबाट खरिद गर्दासमेत यसमा विशेष ध्यान दिन उनले सुझाव दिए । एमएडब्लु ग्रुप नेपालकै दोस्रो बढी सवारी भित्राउने र गुणस्तरीयताका रूपमा पहिचान बनाएको उनले दाबी गरे ।

    ६ महिनाअघि काठमाडौंमा लन्च भएको यो गाडी ६ सय गाडी बिक्री भएको छ । विश्वका ६ देशका १० शहरमा यो कम्पनीको उत्पादन लिइरहेको छ ।

    कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्यालले हरित क्रान्तिको कुरा गरिरहँदा समयसापेक्ष यो सवारी भएको बताए । विद्युतीय उर्जा अबको समयको माग अनुसार बिस्तारै बढेको भन्दै उनले नयाँ पुस्तामा ईभी सवारी आकर्षक भएको बताए ।

    राष्ट्रिय अर्थतन्त्रलाई समेत उकास्न यो नयाँ प्रविधि उपयोगी हुनेमा उनले आशा व्यक्त गरे । कार्यक्रममा सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले अटो क्षेत्रमा नयाँ व्यवसायी भित्रँदा आशा र ऊर्जा जागेको बताए ।

  • नेपाल बैंक र दराजबिच भुक्तानी सेवा सम्झौता

    नेपाल बैंक र दराजबिच भुक्तानी सेवा सम्झौता

    काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन ई-कमर्स प्लेटफर्म दराज केयमु प्रालिबिच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न ई-कमर्स प्लेट फर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट हुने र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँ बराबरकोे छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

    छुट प्राप्त गर्न नेपाल बैंकको शाखाहरूमा सम्पर्क गरी ग्राहकहरूले आफ्नो कार्डमा ई-कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई-कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिनसमेत आग्रह गरेको छ ।

    यो योजना कात्तिक २६ देखि मंसिर ७ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

  • मिड सेग्मेन्टमा रेकर्ड ब्रेक: सुरक्षा अपडेटसहित लन्च भयो सामसङ ग्यालेक्सी ए१६ फाइभजी

    मिड सेग्मेन्टमा रेकर्ड ब्रेक: सुरक्षा अपडेटसहित लन्च भयो सामसङ ग्यालेक्सी ए१६ फाइभजी

    काठमाडौं । सामसङले ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर ‘Key Island’ सहितको प्रिमियम ग्यालेक्सी ए-सिरिज डिजाइन, IP54 रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टमको साथमा नयाँ किफायती मिडरेन्ज स्मार्टफोन ग्यालेक्सी ए१६ फाइभजी ल्याएको छ ।

    नयाँ ग्यालेक्सी ए१६ फाइभजी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो, जहाँ उपभोक्ताहरू इभेन्टमा उपकरणको प्रत्यक्ष अनुभव गर्न पाउँदा धेरै उत्साहित थिए । थुप्रै प्रशंसकहरू र प्राविधिक उत्साहीहरूका लागि एक केन्द्रको रूपमा रहेको ओटाकु जात्रा ग्यालेक्सी ए१६ फाइभजीका रोमाञ्चक सुविधाहरु प्रदर्शन गर्न उत्तम ठाउँ थियो । यस जीवन्त कार्यक्रममा सहभागी भएर सामसङले नेपाली उपभोक्ताहरूका लागि नवीन अनुभव ल्याउँदै जीवन्त, प्राविधिक ज्ञान भएका समुदायसँग संलग्न रहन जारी राखेको छ ।

    ग्यालेक्सी ए१६ फाइभजी लोकप्रिय गायक वाङ्देन शेर्पासँग नोभेम्बर ९ मा सिल्भर ओक बैंक्वेटमा ओटाकु जात्रामा सार्वजनिक गरिएको थियो । सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘आफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर ग्यालेक्सी ए१६ फाइभजी ले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्ताहरूलाई लामो समयसम्म नवीनतम सुविधाहरूको आनन्द लिन सक्षम बनाउँदै मिड-रेन्ज स्मार्टफोनहरूमा अतुलनीय अनुभव प्रदान गर्न तयार छ ।’

    सामसङले ग्यालेक्सी ए१६ फाइभजी लाई ग्यालेक्सी ए-सिरिजको सबैभन्दा पातलो मिड-रेन्ज उपकरणको रूपमा प्रस्तुत गरेको छ, जसको मोटाइ मात्र ७.९ एमएम रहेको छ । यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई आरामसँग सजिलै समात्न सक्छन् । ग्यालेक्सी ए१६ फाइभजीले प्रिमियम फिनिस र विशिष्ट की आइल्याण्ड (Key Island) फ्रेमको साथ ग्लास्टिक ब्याक प्यानलको सुविधा दिन्छ, जहाँ साइड माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्का रूपमा उठाइएको फ्रेममा राखिएका छन् ।

    स्थायित्वका लागि निर्मित ग्यालेक्सी ए१६ फाइभजीले IP54 रेटिङ पनि राख्छ, जसले दैनिक सुरक्षाको लागि भरपर्दो रुपमा धूलो र पानी प्रतिरोध प्रदान गर्दछ । शक्तिशाली ५० एमपी प्राथमिक क्यामेरा, ५ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेराले सुसज्जित ग्यालेक्सी ए१६ फाइभजीले क्रीस्प र विस्तृत तस्बिरहरू खिच्छ । जबकि १३ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलको स्तरलाई बढाउँछ । फोनमा ६.७ इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्लेको साथमा ९० हर्ज रिफ्रेस रेट एवं माइक्रो एसडीमार्फत १ टीबीसम्म विस्तार गर्न सकिने स्टोरेज रहेको छ ।

    हुडअन्तर्गत ग्यालेक्सी ए१६ फाइभजी मिडियाटेक डी६३००द्वारा सञ्चालित छ, जसले गेमिङ, स्ट्रिमिङ र सामग्री साझेदारीको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्ने कम्पनीको दाबी छ । शक्तिशाली ५ हजार एमएएच ब्याट्रीको साथ यसले प्रयोगकर्तालाई कनेक्टेड राख्न दिनभरि पावर दिने बताइएको छ ।

    ग्यालेक्सी ए१६ फाइभजीसँग ६ वर्षको अपरेटिङ सिस्टम अपडेट र ६ वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्दै दीर्घकालीन सुरक्षा र पर्फमेन्स प्रदान गर्न प्रतिबद्ध छ । EALS+ सर्टिफिकेशनमार्फत मानसिक शान्ति प्रदान गर्दै Samsung Knox Vault सँग सुरक्षा एक उच्च प्राथमिकता हो । यसका थप सुविधाहरूमा परिस्कृत कनेक्टीभिटीको लागि गुगल मिट र क्वीक शेयरको साथ सहज अनुभव समावेश छन् ।

    कालो, हल्का हरियो र सुनौला रङ्गमा उपलब्ध ग्यालेक्सी ए१६ फाइभजीको 6/128 GB भेरियन्टको मूल्य रु.२८,९९९, 8/128 GB भेरियन्टको रु.३०,९९९ र 8/256 GB भेरियन्टको रु. ३४,९९९ मूल्य रहेको छ । ग्यालेक्सी ए१६ फाइभजीको प्रत्येक खरिदमा २५ वाटको एड्याप्टर निःशुल्क आउँछ । यी उत्पादनहरु १२ नोभेम्बरदेखि बजारमा उपलब्ध हुनेछ ।

    यो मोडल सबै अधिकृत सामसङ स्टोरहरूमा इन्स्टा फाइनान्स सेवामार्फत खरिद गर्न सकिन्छ, जिरो प्रतिशत थप ब्याज र स्विफ्ट प्रोसेसिङको साथ झन्झटरहित ईएमआई विकल्पहरू प्रदान गर्दै एक घण्टाभित्र तपाईंको उपकरण तपाईंको हातमा पाउन सकिने कम्पनीले जनाएको छ ।

  • स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबीच स्मार्ट क्यूआर मार्फत भुक्तानीका लागि सम्झौता

    स्मार्टच्वाईस टेक्नोलोजिज र स्मार्टकार्ड नेपालबीच स्मार्ट क्यूआर मार्फत भुक्तानीका लागि सम्झौता

    काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपालबीच “स्मार्ट क्यूआर” मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

    यस सम्झौता पश्चात माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् ।

    क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इ।एम।भि। स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो ।

    स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडको कार्यलयमा आयोजित कार्यक्रममाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र माईपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरे ।

    स्मार्ट क्युआर मार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालैे फस्र्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात माईपे वालेटका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।

     

  • सिटिजन्स बैंक र लेमन ट्री प्रिमियरबीच विशेष छुट दिने समझदारी

    सिटिजन्स बैंक र लेमन ट्री प्रिमियरबीच विशेष छुट दिने समझदारी

    काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुढानीलकण्ठ, काठमाडौंस्थित लेमन ट्री प्रिमियरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले लेमन ट्री प्रिमियरमा २०% सम्मको आकर्षक छुट पाउने छन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरु बाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा

    नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा

    काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी मल्टिपल टीभी जडान गर्ने व्यवस्था गरेको छ । यस व्यवस्थाअन्तर्गत ४ वटा वा सोभन्दा बढी टीभी जडान गर्न सकिने टेलिकमले जनाएको छ ।

    मल्टिपल टीभी जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्ने पनि टेलिकमले जनाएको छ ।

    टेलिकमका अनुसार ४ देखि १० वटा टीभी जडान गर्ने ग्राहकहरुले प्रतिसेट टप बक्स २ हजार ९३८ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् । ११ वटाभन्दा बढी टीभी जडान गर्ने ग्राहकहरुले प्रतिसेट टप बक्स २ हजार ८२५ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् ।

    यस सेवासम्बन्धी आवश्यक जानकारीका लागि १९८ कल गरेर वा नजिकैको कम्पनीको कार्यालयहरुमा सम्पर्क गर्न सकिने टेलिकमले जनाएको छ ।

  • ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर

    ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ ।

    उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग “ग्लोबल स्मार्ट प्लस” प्रयोगकर्ताहरुले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित ५०० क्यासब्याक पाउनेछन् ।

    बैंकका ग्राहकहरु तथा ग्राहक परिवारका सदस्यहरुले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा÷काट्दा “ँीथ्थ्भ्त्क्ष्” प्रोमो कोड प्रयोग गरी रु. ५०० क्यासब्याक पाउनेछन । ग्राहकहरुले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्नेछन । यो क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने छ ।

    ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • बाल्ट्रा नेपालको कौसल्टारमा नयाँ रिटेल आउटलेटको उद्घाटन

    बाल्ट्रा नेपालको कौसल्टारमा नयाँ रिटेल आउटलेटको उद्घाटन

    काठमाडौं । घरेलु उपकरण ब्रान्ड बाल्ट्राले कौसल्टार, मध्यपुर ठिमी नगरपालिका, भक्तपुरमा १३ कात्तिक २०८१ मा नयाँ बाल्ट्रा रिटेल आउटलेटको भव्य उद्घाटन गरेको छ ।

    सन् १९९४ देखि नेपाली घर–घरमा विश्वास जित्दै आएको बाल्ट्राको यो काठमाडौँमा तेस्रो रिटेल आउटलेट हो । अन्य दुई आउटलेटहरू काठमाडौँको टेकु र इन्द्रचोकमा रहेका छन् ।

    नयाँ स्टोरमा विशेष उत्पादनहरूको संग्रहले ग्राहकलाई नयाँ अनुभव दिलाउनेछ ।

    “हामी कौसल्टारमा हाम्रो उत्कृष्टता र गुणस्तरलाई दर्शाउने आकर्षक घरेलु इलेक्ट्रोनिक्स उपकरणहरू प्रस्तुत गरि ग्राहकवर्गसँग जोडिन पाउँदा गर्व गर्दछौँ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस स्टोरको माध्यमबाट हामी ग्राहकहरूसँग अझ नजिकको सम्बन्ध बनाउन चाहन्छौं, जहाँ उहाँहरूले आफ्ना आवश्यकता र रुचि अनुसारका इलेक्ट्रोनिक्स सामग्री सहजै अनुभव गर्न सक्नुहुनेछ । हाम्रो विभिन्न घरेलु इलेक्ट्रोनिक्स उपकरणहरू अनुभव गरि तपाईंको दैनिकीलाई अझ सरल र सहज बनाउनुहोस् । जहाँ बाल्ट्रा छ, त्यहाँ माया छ, सजिलो पनि छ, बचत पनि छ ।”

  • ११.११ अभियानका लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

    ११.११ अभियानका लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता

    काठमाडाैं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि बीच बैंकका कार्डबाहक ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना नोभेम्बर ११ (कार्तिक २५ गते) देखि लागू हुने बैंकले जनाएको छ।

    सम्झौता अनुसार सिटिजन्स बैंकमा खाता रहेका ग्राहकले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

    माथि उल्लिेखित पूर्वभुक्तानी छुटहरु अभियानको अवधिमा सीमित अवधिका लागिमात्र लागू हुने बैंकले जनाएको छ।

    सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ७२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

  • ब्रान्ड विस्तार गर्दै ह्यात होटल्स कर्पोरेसन, ‘ह्यात रेजेन्सी लुम्बिनी’ सञ्चालनमा ल्याउँदै

    ब्रान्ड विस्तार गर्दै ह्यात होटल्स कर्पोरेसन, ‘ह्यात रेजेन्सी लुम्बिनी’ सञ्चालनमा ल्याउँदै

    काठमाडौं । हयात होटल्स कर्पोरेसनले नेपालमा आफ्नो ब्राण्ड विस्तारलाई तीब्रता दिन थालेको छ । हयातले गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले लुम्बिनीमा संचालनमा ल्याउन लागेको हयात रेजेन्सी लुम्बिनीसँग सम्झौता गरेको छ ।

    हयात होटल्स कर्पोरेसनले आफ्नो ब्राण्ड विस्तारलाई प्राथमिकता दिएको हो । यो सम्झौतासँगै ‘ह्यात रेजेन्सी लुम्बिनी’ नेपालमा हयात होटल्स कर्पोरेसनको चौथो ह्यात ब्राण्ड बनेको छ ।

    कुल १७५ कोठा रहेको यो होटेल गोल्यान समूह अन्तर्गतको दोस्रो होटलको रूपमा संचालमा रहनेछ ।यसअघि काठमाडौँ सोल्टीमोडमा हयात प्यालेस होटेल ह्यातको होटेल चेनसँग आवद्ध रही संचालनमा रहेको छ।

    यो सम्झौताले दक्षिणपश्चिम एसियाका लागि ह्यातको विस्तार योजनामा नेपाल महत्वपूर्ण स्थानमा रहेको प्रष्टयाएको हो। हयात रिजेन्सी लुम्बिनी सन् २०२८ सम्ममा पूर्णरुपमा संचालनमा ल्याउने गरी गोल्याण ग्रुपले निर्माण कार्यलाई तीब्रता दिएको छ ।

    रूपन्देहीको दानव नदीको मनमोहक किनारमा निर्माणाधिन ‘ह्यात रेजेन्सी लुम्बिनी’ धेरै नै भ्रमण गरिने तीर्थस्थल मायादेवी मन्दिर र अन्य प्रमुख आकर्षणका केन्द्रबिन्दुबाट छोटो दूरीमा अवस्थित छ ।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा तथा बुटवल शहर र नेपाल भारतसीमाको नजिक रहने भएकाले विश्वभरका व्यवसायिक र मनोरञ्जनका यात्रुहरूलाई सहज रुपमा पहुँच पुर्‍याउनका निम्ती महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।

    ह्यातका भारत र दक्षिण पश्चिम एशियाका विकासका उपाध्यक्ष ध्रुवा राठौरले भने,  “लुम्बिनीको प्राचिन सांस्कृतिक र आध्यात्मिक , यसलाई समृद्ध तुल्याउनका निम्ती ह्यातले जमाएको विरासतले विश्वभरका यात्रु लगायत र स्थानीयहरूको लागि पनि एक आकर्षक गन्तव्यको रूपमा
    रहन्छ । यसले हयातको संसारभरका महानुभाव, ग्राहक र संचालकलाई मनपर्ने गन्तव्य रुपमा हाम्रो ब्रान्डको दायरालाई सोचविचार गर्दै विस्तार गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ । नेपाल दक्षिण पश्चिम एशिया क्षेत्रमा ह्यातको विकासका लागि बनाइएका रणनीतिहरुमा महत्वपूर्ण
    भूमिका निर्वाह गर्नका लागि हामी हयात रेजेन्सी ब्रान्डसँग लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य प्रदान गर्न गोल्यान ग्रुपसँग निरन्तर सहकार्यको अपेक्षा गर्दछौँ। ”

    ह्यात रेजेन्सी होटल एण्ड रिजोर्टस मानव समुदायका भावनालाई एकै साथ प्रोत्साहित गर्ने गरी डिजाइन गरिएका छन् । आगामी दिनमा नेपालमा स्थापित हुने ह्यात ब्राण्डका होटलहरु आधुनिक डिजाइन र परम्परागत नेपाली पनको मिश्रण सहितका हुने गोल्याण ग्रुपको भनाइ छ

    “ह्यातसँगको हाम्रो सहकार्यलाई लुम्बिनीमा पहिलो हयात रेजेन्सी ब्रान्डको होटलको उद्घाटन गर्न पाउँदा अत्यन्तै खुशी छौं,” गोल्यान ग्रुपका व्यवस्थापकीय निर्देशक अक्षय गोल्यान भने, “गोल्यान हयात रेजेन्सी लुम्बिनीको हाम्रो रणनीति विश्वस्तरीय गन्तव्य सिर्जना गर्नु हो जसले
    नेपालको आतिथ्य अनुभवलाई उचाइमा पुर्‍याउँछ र लुम्बिनीको सांस्कृतिक धरोहरको सम्मान र प्रवर्द्धन गर्दछ । हामी विश्वास गर्छौं कि यो होटल लुम्बिनी क्षेत्रको एक महत्वपूर्ण चिन्ह बन्नेछ र नेपालको पर्यटन उद्योग विकासमा प्रमुख योगदान गर्नेछ ।”

    लुम्बिनीमा विस्तार हुन लागेको ह्यात रिजेन्सी होटलले लुम्बिनी क्षेत्रको सांस्कृतिक धरोहरलाई समर्थन गर्नको लागि ध्यानपूर्वक डिजाइन गरिएको छ । कुल  ११ एकड( ९८७.५ रोपनी) क्षेत्रफलमा फैलिएको लुम्बिनी ह्यात रिजेन्सीमा १७५ अतिथि कोठाहरू, सुविधाजनक भोजनका विकल्पहरू, कार्यक्रम र बैठक स्थलहरूसमेत अत्याधुनिक फिटनेस केन्द्र, स्वास्थ्य स्पा, बाहिरी पोखरी लगायतका अन्य मनोरञ्जनका सुविधाहरू रहने छन् ।

    हयातको वर्तमान पोर्टफोलियोमा भारत र दक्षिण पश्चिम एशियामा ५२ होटलमा समावेश छ, जसमा ५० भारतमा र  नेपालमा २ रहेकोमा अन्दाज, अलिला, ह्यात, हायात रिजेन्सी, हायात सेन्ट्रिक, प्लेस पार्क ह्यात लगायतका नौ वटा ब्राण्डहरु रहेका छन् ।

    हयातको विश्वभर ७८ देशमा १३ सय ५० भन्दा बढी होटेल रहेका छन् भने दक्षिण एसियामा ५ सय भन्दा बढी होटेल रहेका छन्। नेपालमा सबैभन्दा पुरानो हयात रिजेन्सी २४ वर्षअघि खुलेको थियो । दोस्रो होटेल हयात मेरियट होटेल संचालमा छ भने पछिल्लो छोटो समयमा गोल्याण ग्रुप अन्तर्गत हयात प्यालेसपछि लुम्बिनीमा संचालनमा ल्याउने तयारी अगाडि बढेको हो ।

  • प्रधानमन्त्री राहत तथा उद्धार कोषमा टेलिकमको एक करोड २ लाख सहयोग

    प्रधानमन्त्री राहत तथा उद्धार कोषमा टेलिकमको एक करोड २ लाख सहयोग

    काठमाडौं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड २ लाख ७० हजार २१४ रूपैयाँ रकम जम्मा गरेको छ ।

    नेपाल टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तर्फबाट बाढीपहिरो तथा डुबान पीडितलाई राहत वितरणमा सहयोग पुगोस् भनी उक्त रकम जम्मा गरिएको टेलिकमले जनाएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मिति सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल तथा नेपाल टेलिकमका प्रमुख अधिकृतसमेतको उपस्थितिमा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोषमा रकम जम्मा गरेको जानकारी पत्र हस्तान्तरण गरिन् ।

    उक्त अवसरमा प्रम ओलीले नेपाल टेलिकम राष्ट्रको सम्पत्ति रहेको उल्लेख गर्दै संस्थाको साख उच्च राख्दै जनतालाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने गरी अगाडी बढ्न निर्देशन दिए ।

  • नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनको निरन्तरता

    नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनको निरन्तरता

    काठमाडौं ।  नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ ।

    २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंगको सम्झौता अवधि पुनः १ वर्ष अवधि थप गरिएको छ ।

    कार्तिक १२ गते नेपाल बैक लिमिटेड, प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र डा. महाविर पुनबीच उक्त ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

    उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपाल बैंक जस्तो नेपालको बैकिंङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी व्यक्त गरे।

    त्यसैगरी प्रमुख कार्यकारी अधिकृत श्री तिलक राज पाण्डेयले डा. महावीर पुन जस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडरको रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए ।

    साथै डा. पुनले नेपाल बैंक छनौट गरेकाेमा उनीप्रति हार्दिक आभार समेत व्यक्त  गरे ।

  • मिथिला संस्कृतिको संरक्षणमा एनसेलको पहल- तस्बिरमा हेर्नुहोस् जनकपुरको भूमिलोक महोत्सव

    मिथिला संस्कृतिको संरक्षणमा एनसेलको पहल- तस्बिरमा हेर्नुहोस् जनकपुरको भूमिलोक महोत्सव

    काठमाडाैं । भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा मिथिला भेगका विविध लोक संगीत संस्कृतिको संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यसहित आयोजना गरेको भूमिलोक उत्सव सफलतापूर्वक सम्पन्न भएको छ ।

    शनिवार सम्पन्न यस महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको थियो भने स्थानीय मान्यगण, देशी, विदेशी अतिथिहरू एवं हजारौं जनकपुरबासीहरूको सहभागिता रहेको थियो ।

    मधेश प्रदेशबाट झण्डै लोप हुनलागेका लोक सङ्गीत तथा बाजाहरुको प्रस्तुतिदेखि भारतका विख्यात गायिका डा. रञ्जना झाको समूहको शास्त्रीय मैथिली लोक संगीत समेत समेटिएको थियो । यस विविधताले भरिपूर्ण कार्यक्रमले सबैखाले दर्शकहरुको मन जित्न सफल भएको थियो ।

    भूमि महोत्सवको यस वर्षको संस्करणको मुख्य प्रायोजक एनसेल फाउन्डेसन रहेको थियो । व्यावसायिक सामाजिक जिम्मेवारी पहल अन्तर्गत नेपालीकला र सांस्कृतिक सम्पदा संरक्षण र प्रवद्र्धन गर्न एनसेलले यो हातेमालो गरेको थियो ।

    यस कार्यक्रममा मिथिला संस्कृतिका धरोहरका रूपमा रहेका तर हाललोप हुने जोखिममा रहेका पमरिया, रसनचौकी र झरी–झरी नाचलगायतका प्रस्तुतिहरु समेटिएको थियो जसले गर्दा महोत्सवले दर्शकसँग कसिलो साइनो गाँस्नमात्रै सफल भएन बरु उनीहरुले गहिरो अपनत्व पनि महसुस गरे ।

    राष्ट्रियस्तरमा ख्याती कमाएका कलाकारहरू सुशान्त घिमिरे र राग, झुमालिम्बु, फ्याटकाउली, आशिष एण्ड अभिषेक, रूपेश झा आदिले सांगीतिक प्रस्तुति गरेको यस कार्यक्रममा काठमाडौंका नृत्य परम्पराको झल्कोसहित सुदन मुनिकारले भैरव काली नाच तथा सुबिमा श्रेष्ठको समूहले कत्थक नाच पनि प्रस्तुत गरेका थिए ।

    दशैंका बेलामिथिला–मधेश क्षेत्रमागाइने झिझिया नृत्यमा स्थानीय हिमाली स्कुलका विद्यार्थीहरूले निकै नै मनमोहक प्रस्तुति गरेका थिए । हालै राष्ट्रिय टेलिभिजनको एउटा प्रतिष्ठित कार्यक्रममाआफ्नो विशेष प्रयोगात्मक प्रस्तुतिले ख्याती कमाएका स्थानीययुवा –यापर सन्तोष झाका मैथिली –यापले युवा पुस्तामाझ थप उर्जा तथा उत्साह बढाएको थियो ।

    “सम्पूर्ण प्रायोजकतथा सहयोगी संघ संस्था एवं स्वयंसेवक साथीहरूको अमूल्य सहयोग बिना भूमि महोत्सव सम्भव हुने थिएन । त्यसका लागि म सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि मुख्य प्रायोजकको रूपमा हामीसँग सहकार्य गरेकोमा एनसेल फाउन्डेसनलाई विशेष धन्यवाद।”भूमिलोक महोत्सवकी कार्यकारी निर्देशक चन्द्रेशा पाण्डेले भनिन् ।

    भूमि फाउण्डेशनका अध्यक्ष रश्मि रञ्जन झाले जनकपुर सहरले यस कार्यक्रमप्रति देखाएको आत्मियता, स्वामित्वभाव र सहयोगले आउँदा वर्षहरुमा अझै धेरै उत्साहका साथ यस्ता कार्यक्रमआयोजना गर्ने हौसला बढाएकोबताए ।

    मधेशको समृद्ध साङ्गीतिक एवं सांस्कृतिक विरासतलाई संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यसहित सुरुवात गरिएको यस लोक महोत्सवले जनकपुरका नागरिकका लागि एक मौलिक सांस्कृतिक अनुभव सिर्जना गर्न मद्दत पुर्याएको छ ।

    ‘यस भेगमा आयोजना हुने सर्वाधिक कार्यक्रमहरुमा भारत बाहेकका अन्य देशका पर्यटकहरुको उपस्थिति प्रायजसो न्यून नै रहने गरेको बेला यस भूमिलोक उत्सवमा यूरोप, अमेरिका, चीनलगायतका झन्डै १० देखि १२ देशका पर्यटकहरुको उत्साहजनक उपस्थिति देखिएको’, कार्यक्रम संयोजक सुमित मिश्रले बताए ।

    भूमि महोत्सवलाई एनसेल फाउन्डेसनका साथै, मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, बीपी कोईराला भारत–नेपाल फाउण्डेशन भारतीय दूतावास, स्विस विकास तथा सहयोग संस्था, स्विस दूतावास, माया आर्ट फाउण्डेशन, जनकपुर नगरपालिका, युनेस्को काठमाडौं, सामाजिक फिड, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक,सांग्रिला प्रकाशन तथा जावलाखेल ग्रुपअफ इन्डस्ट्रिजले पनिभूमि फाउण्डेशनमार्फत यस वर्षको भूमिलोक महोत्सवलाई सहयोग तथा सहायता उपलब्ध गराएका थिए ।

    त्यस्तै फोटो.सर्कल, सूर्य नेपाल, मिथिलाकल्चरल भिलेज, शेफ सन्तोष शाहको मिथिलाथाली, रेडमड कफीजनकपुर, जनकपुर कम्युनिटी कलेज, मसला कटेज रेस्टुरेन्ट एन्ड लाउन्ज, मिथिला सिरीज, डिजाइन हाउस अल मिडिया सोलुसन, अप्पन टेलिभिजन, कलर्स एफएम जनकपुर, जनकनन्दनी एफएम ९५.५, मिथिलाञ्चल एफएम, एरे इन्टरनेशनल स्कूल, मालाकलर प्रिन्टिङ प्रेस, तथा भरत ग्राफिक डिजाईनले पनि सहयोग तथा सहायता उपलब्ध गराएका थिए ।

  • ग्लोबल आईएमई बैंक र इन्स्टेन्ट क्यासबीच रेमिटेन्स सम्झौता- युएईबाट सजिलै पैसा पठाउन सकिने

    ग्लोबल आईएमई बैंक र इन्स्टेन्ट क्यासबीच रेमिटेन्स सम्झौता- युएईबाट सजिलै पैसा पठाउन सकिने

    काठमाडौं । ग्लोबल आईएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिटमार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स सम्झौता भएको छ ।

    यस सम्झौता अनुसार देशबाहिर रहेका नेपालीले आफ्नो तथा परिवारको ग्लोबल आईएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रूपमा रेमिटेन्स पठाउन सक्ने छन् ।

    युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आइरहेको छ । यसरी युएई तथा विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत् पठाएको पैसा ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु वा नेपालभरका आईएमई लिमिटेडको ५० हजारभन्दा बढी एजेन्टहरूबाट भुक्तानी लिन सकिनेछ ।

    ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक रहेको ग्लोबल आईएमईको ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • एनसेलद्वारा बल्खु क्षेत्रका बाढी प्रभावित ५ सय बालबालिकालाई शैक्षिक सामग्री सहयोग

    एनसेलद्वारा बल्खु क्षेत्रका बाढी प्रभावित ५ सय बालबालिकालाई शैक्षिक सामग्री सहयोग

    काठमाडौं । एनसेल फाउन्डेसनले बाढीका कारण डुबानमा परि प्रभावित भएका बागमती नदी, बल्खु क्षेत्र आसपासका ५०० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत विपद् प्रतिकार्य योजना अनुरुप कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा यो सहयोग प्रदान गरेको हो ।

    गत असोज ११ र १२ को झरीले निम्त्याएको बाढीले गर्दा नदी किनारको बल्खु क्षेत्र डुबानमा परेको थियो । यसले गर्दा सो क्षेत्रका विद्यार्थीहरुले आफ्नो किताब, कापीलगायत आफ्ना शैक्षिक सामाग्र गुमाएका थिए ।

    सीएसआर अन्तर्गत विपद् तयारी तथा प्रतिकार्यलाई प्राथमिकतामा राख्दै आएको एनसेलले जनाएको छ । यसै अनुरूप एनसेल फाउन्डेसनले बाढीपहिरोले असर गरेको काभ्रेको पनौती, रोशी र सर्लाहीको चक्रघट्टाका पीडित परिवारहरुलाई राहत वितरण गरेको छ ।

    फाउन्डेसनले रोशी गाउँपालिकाका वडा ७, ८ र ११ का २१५ परिवारलाई राहत वितरण गरेको छ । यसैगरी पनौती नगरपालिकाका प्रभावित वडा ७ र ८ का ७० परिवारले राहत सहयोग प्राप्त गरेका छन् । बाढी प्रभावित चक्रघट्टा गाउँपालिका वडा ४ का ५० परिवारलाई पनि फाउन्डेसनले राहत वितरण गरेको छ ।

    यसअघि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्‍याएका वडा ४, ७, ८, १० र १३ का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको थियो । यसरी फाउन्डेसनले हालसम्म ५३० भन्दा बढि घरपरिवारलाई राहत सामग्री वितरण गरिसकेको छ ।

    ‘विगतमा पनि बाढी, पहिरो, भुईचालो, कोभिड जस्ता विपद्मा प्रतिकार्य स्वरुप हामीले यथासक्य सहयोग र साथ दिएका छौं,’ एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स एण्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन्’ ‘यस्तो संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो र हामी आफ्नो कर्तव्य पालना गर्न प्रतिबद्ध छौं ।’

    एनसेल फाउन्डेसनका यी पहलहरुले संकटको समयमा सहानुभूति र एकताको महत्वलाई पुनः पुष्टि गरेको कम्पनीको विस्वास छ । वितरण गरिएका राहत सामग्रीमा खाद्यान्नका सामग्री, हाईजिन किट, ब्याल्ङ्केटलगायतका सामान रहेका थिए ।

    फाउन्डेसनले गोदावरीमा कर्मयोग फाउन्डेसनसँगको सहकार्य र अन्य स्थानका हकमा भोलेन्टिर कर्प नेपालको सहकार्यमा एनसेलका कर्मचारीहरू सहित प्रभावित वडाहरुमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरुलाई राहत सामग्री वितरण गरेको हो ।

    एनसेलले सीएसआर परियोजनाहरु सञ्चालन गर्न आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा गत महिना एनसेल फाउन्डेसनको घोषणा गरेको हो । कम्पनीले सीएसआर अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्यलगायतका क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको छ ।

    कम्पनीले देशभर विभिन्न सामाजिक कार्यमा २ अर्बभन्दा बढी योगदान गरेर प्रत्यक्ष, अप्रत्यक्ष रुपमा १ करोड ३० लाख भन्दाबढिलाई लाभ प्रदान गरिसकेको छ ।

  • दराजद्वारा १८ उत्कृष्ट विक्रेता सम्मानित

    दराजद्वारा १८ उत्कृष्ट विक्रेता सम्मानित

    काठमाडौं । नेपालकै अग्रणी अनलाइन बजार, दराज नेपालले ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा विक्रेता सम्मेलन सम्पन्न गरेको छ ।

    ‘ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिंग ग्रोथ’ नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममार्फत दराज नेपालले दराज प्लाटफर्मको मेरुदण्डका रुपमा रहेका आफ्ना लगनशील विक्रेताहरूलाई प्रोत्साहनका लागि सम्मान गरिएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानले परिवर्तनशील डिजिटल युगसँग अनुकूल हुनु वर्तमान आवश्यकता रहेकोमा जोड दिए ।

    दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजको आजको दिनको सफलतामा विक्रेताहरूको मुख्य भूमिका रहेको बताए ।

    ‘विक्रेताहरुको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले पाएको यो सफलताको प्रमुख कारण हो ‘, कुँवरले भने ।

    कार्यक्रममा दराज नेपालका चिफ लजिस्टिक्स अफिसर, सन्तोष विष्ट, चिफ कमर्शियल अफिसर प्रवीण रुक्शान र मार्केटप्लेस प्रमुख प्रशान्त बुर्लाकोटीले ई-कमर्समा विक्रेता पारिस्थितिको तन्त्र (ईको सिस्टम) को महत्व उजागर गर्दै दराज प्लाटफर्मको प्रगतिमा उल्लेख्य भूमिका रहेका सहायक रणनीतिहरू बारेमा जानकारी गराए ।

    कार्यक्रममा दराज प्लेटफर्ममा उत्कृष्टता प्राप्त गरेका १८ विक्रेताहरूलाई सम्मान गरिएको थियो ।

    दराज सेलर समिट क्याटगरि अवार्डका विजेताहरु :

    1. सेलर अफ दि ईयर २०२४ : मसलब्लेज (प्रोटिन नेपाल) र सेटाफिल
    2. कस्टमर च्वाइस अवार्ड : म्हिचा
    3. मनैदेखि नेपाली अवार्ड : नेपाल टि एक्स्चेन्ज
    4. दराज स्पेशल रिकग्निशन अवार्ड : आर एन ईलेक्ट्रोनिक्स
    5. टप न्यू एसएमई सेलर : ईकमर्स बजार
    6. टप ईमर्जिंग सेलर : एभरस्को
    7. टप सेलर- एफएमसीजी क्याटेगरी : बिराट हेल्थकेयर ईन्डस्ट्रिज
    8. फ्ल्याश सेल हिरो – एफएमसीजी क्याटेगरी :ज्यासमिन हाइजिन प्रडक्ट्स
    9. क्याम्पेन हिरो – एफएमसीजी क्याटेगरी : एयविबी
    10. टप सेलर – फेशन क्याटेगरी : शुज स्पट
    11. फ्ल्याश सेल हिरो – फेशन क्याटेगरी : ई-स्टोर्स
    12. क्याम्पेन हिरो- फेशन क्याटेगरी : फ्यानसेरा
    13. टप सेलर- ईलेक्ट्रोनिक्स क्याटेगरी : वानप्लस
    14. फ्ल्याश सेल हिरो-ईलेक्टोनिक्स क्याटेगरी : उक्स-एज
    15. क्याम्पेन हिरो – ईलेक्टोनिक्स क्याटेगरी : बोट ( टेलिटक )
    16. टप सेलर – लाईफस्टाइल क्याटेगरी : ई-मेला
    17. फ्ल्याश सेल हिरो- लाईफस्टाइल क्याटेगरी : एसपीएन‘स्
    18. क्याम्पेन हिरो – लाईफस्टाइल क्याटेगरी : कामाख्या डेकोर

    दराज ग्रुपबारे

    पाकिस्तान, बङ्गलादेश, श्रीलंका, नेपाल र म्यान्मारमा सञ्चालनमा रहेको दराज, सन् २०१५ मा स्थापित दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । ६ लाख ५० हजार भन्दा बढी सक्रिय विक्रेताहरूलाई उच्चस्तरीय बजार प्रविधिहरू प्रदान गर्दै, ५० करोड जनसंख्या रहेको यस क्षेत्रमा उपभोक्ता वर्गसम्म सहज पहुँच पुर्‍याउन सघाइरहेको कम्पनीले जनाएको छ ।

    दराज एक्स्प्रेस र दराज पे मार्फत, दराजले आफ्ना बजारहरूमा अत्यन्त प्रभावकारी र डिजिटलाइज्ड ढुवानी तथा भुक्तानी पूर्वाधार संचालन गरिरहेको छ । सन् २०३० सम्ममा ५ करोड उपभोक्ता र व्यवसायलाई सेवा उपलब्ध गराउँदै दक्षिण एसियाकै प्रमुख ई-कमर्स प्लेटफर्म बन्ने उद्देश्य रहेको पनि दराजका अधिकारी बताउँछन् ।

  • सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

    सिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रवलजङ्ग पाण्डेको अध्यक्षतमा काठमाडौंको अमृतभोगस्थान कालिकास्थान, डिल्लीबजारमा साधारण सभा सम्पन्न भएको हो ।

    साधारणसभाबाट आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गरिएको छ । लेखापरीक्षण प्रतिवेदनसहित २०८१ असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, ८०/८१ को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत (Consolidated) वित्तीय विवरण पनि स्वीकृत गरिएको बैंकले जनाएको छ ।

    साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४,२००,९७४,००६/- को ४ प्रतिशतले हुने ५६,८०,३८,९६०/२३ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने २,९८,९६,७८७/३८ सहित जम्मा ५९,७९,३५,७४७/६१ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरिएको बैंकले जनाएको छ ।

    सभाका अध्यक्षले शेयरधनीहरूबाट प्राप्त सुझावअनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझबढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालना (Corporate Governance and Compliance) को स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिवद्ध रहेको जानकारी गराए ।

    शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षको सहयोगप्रति उनले धन्यवादसँगै आगामी दिनमा सहयोगको निरन्तरताको विश्वास व्यक्त गरे ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाल लाइफ पाठशालाको सुरूवात

    नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाल लाइफ पाठशालाको सुरूवात

    काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को अनावरण गरेको छ ।

    काठमाडौंमा आयोजित विशेष समारोहबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त प्लयाटफर्ममा लग इन गरी लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) को अनावरण गरेका हुन् ।

    कार्यक्रममा नेपाल लाइफका उच्च पदस्थ अधिकारी, पेशागत बीमा अभिकर्ता संघ नेपालका प्रतिनिधि तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका प्रतिनिधि उपस्थित थिए ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले उपस्थित सबैलाई स्वागत गर्दै नेपालको जनसङ्ख्यामा युवा जनशक्तिको हिस्सा दक्षिण एसियामा नै सबैभन्दा बढी भएको र यो ऊर्जावान शक्तिलाई उद्यमशीलतामा लगाउन सके देशको आर्थिक विकास सहजै हुने बताए ।

    भूमण्डलीकरणको कारणले विश्व एउटा डिजिटल डिभाइसमा समेटिन पुगेको र यसको प्रयोग गर्दै आर्थिक स्वतन्त्रता प्राप्त गर्न सबै युवालाई उनको आग्रह थियो । नेपाल लाइफले ल्याएको यस प्लाटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने र यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा अतुलनीय भूमिका निर्वाह गर्ने पनि उनले पराजुलीले बताए ।

    नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य दृश्यहरू निर्माण गरी सञ्चालनमा ल्याइएको र आगामी दिनमा कर्मचारीको सीप ज्ञान अभिवृद्धिका निम्ति पनि मा थालनी गर्ने उनले सुनाए ।

    कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लाटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको बताए । अब बीमा अभिकर्ता बन्ने दृढ इच्छाशक्ति भएको खण्डमा भौतिक तालिम नै लिन कुर्ननपर्ने र आफ्नो अनुकूल समयमा तालिम लिई बीमालाई नेपालीको घरघरमा पुर्‍याउन सकिने उनको भनाइ छ ।

    कार्यक्रममा तालिम विभागका प्रमुख रोजेश बस्नेतले उक्त उक्त प्लाटफर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाको बारेमा आफ्नो प्रस्तुतिकरण दिएका थिए । सूचना प्रविधि विभागका प्रमुख शरदचन्द्र प्याकुरेलले डाइनामिक क्यूआरको प्रयोग र उपयोगितामाथि प्रष्ट्याए ।

    पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लयाटफर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताए ।

    बीमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष नारायण दाहालले प्रविधिमैत्री प्लाटफर्मको अनावरण समारोहमा आफू सामेल हुन पाएकोमा खुसी जनाए ।

    समापन मन्तव्यको क्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यस प्रविधिको निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सामेल रहनुभएका सबै पदाधिकारीलाई धन्यवाद दिँदै ।

    इनोभेशनलाई केन्द्रबिन्दुमा राखेर कम्पनीको प्रक्रियालाई सहज सरल चुस्त र दुरुस्त बनाउन कम्पनी सदैव तयार रहेको र सोपथमा लम्की पनि रहेको उनको भनाइ थियो । प्रविधिको अभावमा अभिकर्ता तथा ग्राहकहरूले भोग्नुपरेको पिर मार्कालाई समाधान गर्न कम्पनी अहोरात्र लागिरहेको कयालले बताए ।

  • एलजीसँग खुशीको बहार: सामान खरिदमा ४० प्रतिशतसम्मको क्यासब्याक र पक्का उपहार

    एलजीसँग खुशीको बहार: सामान खरिदमा ४० प्रतिशतसम्मको क्यासब्याक र पक्का उपहार

    काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले दशैँ तिहारलाई लक्षित गर्दै ” एलजीसँग खुशीको पल” नामक योजना अघि सारेको छ । यस योजनाअन्तर्गत ग्राहकले एलजीका घरायसी सामान खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्ने कम्पनीले जनाएको छ ।

    एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ४० प्रतिशतसम्मको क्याश ब्याक प्राप्त गर्न सकिनेछ ।

    साथै एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर भन्दा माथि) को खरिदमा मिक्सर वा फ्यान हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर सम्म) को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट उपहार पाउन सकिनेछ ।

    त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउनेछन् ।

    “हामी नेपाली उपभोक्ताहरुलाई हाम्रो एलजी उत्पादनहरु मार्फत गुणस्तरीय अनुभव प्रदान गर्न सधैं प्रतिबद्ध छौं,” सिजी इलेक्ट्रोनिक्सका सेल्स हेड पुरुषोत्तम भण्डारीले भने, “यस पर्वको अवसरमा, हामीले एलजीसँग खुशीको पल अभियान मार्फत नेपाली परिवारहरुको खुशीयालीमा थप उत्साह भर्न चाहेका छौं ।”

    साथसाथै शून्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको नयाँ सामान साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।

    कम्पनी यो योजना भदौ २३ गतेदेखि देशभर सीमित अवधिको लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

  • एनसेल कर्पाेरेट गल्फ प्रतियोगिताको उपाधि शेर्पा एडभेञ्चर गियर नेपाललाई

    एनसेल कर्पाेरेट गल्फ प्रतियोगिताको उपाधि शेर्पा एडभेञ्चर गियर नेपाललाई

    काठमाडौं । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले गोकर्ण गल्फ क्लबमा शनिबार आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् ।

    यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि हात पारेको हो । विजेताले दुबईको चार वटा राउन्ड टिकट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन् ।

    यस्तै मुस्ताङ ग्लफ क्लबबाट इन्द्रधरा विष्ट र माधव सिम्खडाले ९ होलमा सिक्स अन्डर पार ३० को स्कोरसहित दोस्रो स्थान बनाए ।

    उपविजेताले कलअवे एआई स्मोक ड्राइभर्स, आईप्याड र गिफ्ट ह्याम्पर पाएका छन् । लिओन मोटर्सका विजय श्रेष्ठ आइनहाउस र फुरसाङले तेस्रो स्थान बनाए भने उनीहरुले कलअवेको गल्फ ब्याग र ह्याम्पर्स प्राप्त गरे ।

    व्यक्तिगततर्फ विजय श्रेष्ठ आइनहाउसले लंगेस्ट ड्राइभतर्फ रेन्जफाइन्डर र गिफ्टह्याम्पर प्राप्त गरेका छन् । यस्तै प्रविण शाही ठकुरीले क्लोजेस्ट टु दि पिन अर्वाडसँगै रेन्जफाइन्डर र ह्याम्पर्स प्राप्त गरे ।

    विजेतालाई एनसेलका प्रमुख कार्यकारी अधिर्कत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार हस्तान्तरण गरेका थिए ।

    एनसेलले प्रतियोगिताकी लागि सङ्कलन गरेको प्रवेश शुल्कको रकमलाई म्याच गरेर दोब्बर बनाउने प्रतिबद्धता जनाएको छ । यो रकम एनसेल फाउन्डेसन मार्फत देशभरका विद्यार्थीहरूलाई एजुकेसनल किट उपलब्ध गराउन प्रयोग गरिनेछ।

    प्रतियोगितामा सहयोगका लागि जाब्बोरले गोकर्ण फरेस्ट रिसोर्ट र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन गरिएको सहयोगको महत्त्वलाई प्रकाश पारे।

    “खेल भन्दा बाहिर समेत महत्व बढाउदै, यो हाम्रो सामूहिक प्रयासको प्रभावले शिक्षा र सामुदायको विकासमा सहयोग पुऱ्याउने विश्वास छ,” जाब्बोरले भने ।

    प्रतियोगितामा कुल ५५ टीमको सहभागित थियो जसमा स्ट्रोक प्ले, फोरबल बेटर बल फर्मेट थियो ।

    एनसेलले यो प्रतियोगिताबाट संकलन गरेको प्रवेश शुल्क एनसेल फाउन्डेसनमार्फत सामाजिक तथा परोपकारी कार्यमा योगदान गर्नेछ । यसका लागि एनसेलले हरेक टीमबाट संकलन गरेको प्रवेश शुल्कको कुल संकलित रकममा थपेर ३० लाख बनाएर सामाजिक कार्यमा खर्च गर्नेछ ।

    यस प्रतियोगितामा महिन्द्रा, अग्नि ग्रुप, मेरियट काठमाडौं, फेयरफिल्ड मेरियट काठमाडौं, फ्लाई दुवई, होलिडेज् बाई फ्लाई दुवई, ह्वावे परनोड रिकार्ड (सिवास रिगल), क्लब हिमालय, रियल फ्रुट जुस, शिखर इन्स्योरेन्स, जेन नेक्स्ट र पेप्सी प्रायोजकका रुपमा रहेका थिए ।

  • लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार

    लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो पोखरामा सेवा विस्तार

    काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले कास्की जिल्लाको पोखरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

    बैंकको पोखरा महानगरपालिका वडा नं। २६ स्थित बुढीबजारमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नं। ६ स्थित हल्लनचोक (लेकसाइड)मा स्थानान्तरण गरिएको छ ।

    स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले सोही महानगरपलिकको वडा नं। २७ स्थित लेखनाथ (तालचोक) शाखा मार्फत सेवा लिन सक्नेछन् ।

    सेवा विस्तारकै क्रममा बैंकले आफ्नो २७औं एक्स्टेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । उक्त काउन्टर पोखरा महानगरपलिका वडा नं। १६ को बाटुलेचौरमा स्थापना भएको हो ।

    साथै ग्राहकहरुको सहजता लागि रौतहट जिल्लाको गौर नगरपलिका वडा नं।३ मा स्थित शाखा कार्यालय सोही वडाको ३० मिटर पूर्व तर्फ स्थानान्तरण भएको छ ।

    स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएका शाखाहरूले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्ने जनाएको छ।

    हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२१ एटिएम, २७ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

     

  • विश्व लगानीकर्ता सप्ताह- २०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण

    विश्व लगानीकर्ता सप्ताह- २०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण

    काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले २ दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

    प्रभु क्यापिटलले आयोजना गरेको उक्त कार्यक्रम धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, भानु चौकमा अध्ययनरत विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरूलाई मिति २०८१ कात्तिक ८ र ९ गते सम्पन्न गरेको छ ।

    दुई कलेजमा करिब ९० जना विद्यार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरूको सहभागिता भएको उक्त कार्यक्रमको प्रशिक्षकका रूपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गरेका थिए ।

    कार्यक्रममा पूँजी बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापन सम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नुपूर्व ध्यान दिनु पर्ने कुराहरू, बजारमा उपलब्ध लगानीका उपकरणहरू तथा लगानी विविधीकरणका जस्ता विषयमा प्रकाश पारिएको थियो ।

    यस्तै लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग-आस्बा, सिआस्बा, मेरो शेयर एपको तथा आईपीओ भर्दा पुर्‍याउनु पर्ने सजगताका बारेमा प्रकाश पारेका थिए । साथै पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको लगानीमा हुने फाइदा तथा जोखिम सम्बन्धी विषयहरू पनि समेटिएका थिए ।

    कार्यक्रमका सहभागी सदस्यहरूले यस्ता कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण, र प्रविधि र डिजिटल सेवाको प्रयोग जस्ता विषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।

    प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय-समयमा शेयर तथा पूँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रमहरू, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताह International Organization of Securities Commission (IOSCO) को आव्हानमा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ ।

  • ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

    काठमाडाैं ।  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ ।

    शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तारण गरे ।

    विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।बैंकका अक्ष्यक्ष ढकालले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताउँदै यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरु, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गमा खुसी साट्दै हार्दिक आभार व्यक्त गरे।

    ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरुलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ ।

    ग्लोबल फाइनान्सले २०२४ को लागि हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।

    ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरु प्रदान गर्दै आइरहेको ग्लोेबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैंक” को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरु प्रदान गर्न प्रोत्साहित गर्नेछ ।

    यस अघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

  • स्काईवर्थको चाडपर्व योजना अन्तर्गत बधाञ्जली ट्रेडलाई सम्मान

    स्काईवर्थको चाडपर्व योजना अन्तर्गत बधाञ्जली ट्रेडलाई सम्मान

    काठमाडौं। केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले हालै सुरू गरेको “स्काईवर्थ सपना साकार” योजना अन्तर्गत आफ्नो डिलर पार्टनर बधाञ्जली ट्रेडलाई उत्कृष्ट सहयोगको लागि सम्मान व्यक्त गरेको छ ।

    काठमाडौंको चन्डोलमा रहेको बधाञ्जली ट्रेडलाई स्काईवर्थले बधाई र सम्मान गरेको छ । जहाँबाट चौथो हप्ताको लक्की ड्र बिजेताले स्काईवर्थ उत्पादन खरिद गरेका थिए साथै उक्त अवसरमा स्मार्ट एप्लाएन्सेस प्रा.लि.का उपमहाप्रबन्धक अमित बज्राचार्यले बधञ्जली ट्रेडका सञ्चालक श्री विकल भट्टराईलाई कदरस्वरुप माइक्रोवेभ ओभन उपहार दिएका थिए।

    उक्त उपहार केएल दुगड ग्रुपले प्रदान गरेको थियो । स्काईवर्थले यस्ता योजनाहरु लगातार गरिरहनेछ । यस्ता योजनाहरुले ग्राहकहरुसंग नजिक रहन महत्वपुर्ण भूमिका हुन्छ ।

    यस फेस्टिभल योजनाले एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको स्वोरुप एमजी कमेट ईभी पेस कार जित्ने अवसर पनि प्रदान गर्दछ, साथै ४०% सम्म छुट र निःशुल्क उपहारहरू पनि प्रदान गर्दछ ।

  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरुमा १५ प्रतिशत छुट पाइने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकहरुलाई उक्त छुट उपलब्ध गराउने समझदारी भएको छ ।

    उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलिप पोखरेल र दुषित थानी हिमालयन रिसोर्टको सेल्स मेनेजर सम्झना प्रसाईले हस्ताक्षर गरेका छन्  ।

    समझदारी अनुसार बैंकका ग्राहकहरुले दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरु खाना तथा पेय पदार्थ, देभराना स्पा, स्वीमिङ्ग पुल, ज्याक्कुजी, स्टिम र सौनाको प्रयोग वापत भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग ए्याप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशत निश्चित छुट पाउनेछन् ।

    आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंक युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

    ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

  • एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग

    एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग

    काठमाडौं।  स्थानीयस्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप, एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्नका लागि आवेदन खुला गरेको छ ।

    एनसेलको १९औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत, समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यन्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानको लागि आवेदन दिन आमन्त्रण छ ।

    गतवर्ष१८औं वार्षिकोत्सवको अवसरमा सुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रम अन्तर्गतका परियोजनाहरु प्रदेशस्तरमा सञ्चालनमा रहेका छन् ।

    यस वर्षको ‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसनस्थानिय समुदायहरूलाई सशक्त बनाउन समर्पित रहेको प्रतिबद्धता पुनः पुष्टि गर्दछ ।यस पहल अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा परियोजनाहरू लागु गरिनेछन् ।

    ‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत सातप्रदेशमा कुल १९ वटा परियोजना छानिने छन् र छनौटमा परेका प्रत्येक एक परियोजनालाई १० लाख अनुदान प्रदान गरिनेछ । यस पहलका लागि कुल योगदान  १ करोड ९० लाखको हुनेछ ।

    एनसेल फाउन्डेसनले गैर–नाफामूलक स्थानिय संघसंस्थाहरूलाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौतीहरू तथा समस्या समाधान गर्न अनुदान अर्थात परियोजना प्रस्ताव पेश गर्न आमन्त्रण गरेको हो ।

    यस पहलले दिगो र दीर्घकालीन विकासलाई प्रोत्साहन गर्ने परियोजनाहरूलाई सहयोग गर्न ठूलो महत्व राख्दछ । एनसेल फाउन्डेसनले स्पष्ट उद्देश्य, समुदायको सक्रिय सहभागिता, र परियोजनाको प्रभाव विस्तार हुने सम्भावना भएका परियोजनाहरूलाई प्राथमिकता दिनेछ ।

    “एनसेल फाउन्डेसनमा हामी अर्थपूर्ण परियोजना मार्फत समुदायको विकास र परिवर्तनमा विश्वास गर्दछौं । हामी सामुदाय स्तरमा काम गरिरहेका संघसंस्थाहरूलाई यस परियोजनाको लागि आवेदन दिन प्रोत्साहन गर्दछौं ।” एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् । “नाइन्टिन फर नाइन्टिन पहल मार्फत, हामी झण्डै दुई दशकदेखि हाम्रो यात्रामा साथदिने हाम्रा समुदायहरूलाईलाभ हुने खालको सामाजिक परियोजनाहरु कार्यन्वयन गर्न प्रतिबद्घ छौ । यो पहलले स्थानिय स्तरमा महत्वपूर्ण र दिगो परिवर्तनहरू ल्याउन मद्दत पुर्याउने विश्वास लिएका छौं ।”

    गतवर्षको ‘एटिन फर एटिन’ पहलले देशभर विभिन्न सामाजिक परियोजनाहरू सञ्चालन गर्न सहयोग गरेको छ । यस वर्षका परियोजनाहरुले समुदायलाई सशक्त बनाउँदै दिगो विकास लक्ष्यका उदेश्यहरु हाषिल गर्न लागि योगदान पुर्याउने उदेश्य राखेको छ ।

    अनुदान अर्थात परियोजना प्रस्तावका लागि आवेदन दिन इच्छुक योग्य संघसंस्थाहरूले एनसेल फाउन्डेसनको वेबसाइट https://www.ncell.com.np/en/foundationमा गई ‘एप्लाई फर ग्रान्ट’मा क्लिक गरेर आवेदन दिन सक्छन् । अनुदान र यसको योग्यता र मापदण्डबारे थप जानकारीका लागि https://www.ncell.com.np/en/foundation/about-grant मा  जान सकिनेछ ।  nellfoundation@ncell.com.np   मा ईमेल गर्न सकिन्छ ।

  • बजाजले ल्यायो मोटरसाइकल साटासाटको आकर्षक योजनाः पुरानो मोटरसाइकल आजै बनाउँ नयाँ

    बजाजले ल्यायो मोटरसाइकल साटासाटको आकर्षक योजनाः पुरानो मोटरसाइकल आजै बनाउँ नयाँ

    काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाईकल साटा–साटको आकर्षक योजना शुरू गरेको छ ।

    यस योजना अन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटा–साट गर्न सकिन्छ ।

    हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि का निर्देशक अभिमन्यु गोल्छाले भने “बजाज बाईकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना शुरु गरेका हौं । साथै हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँ नयाँ योजनाहरु अझ अरू पनि ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्दछौ ।”

    भण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

    यो योजना यही कार्तिक ८ गतेदेखि शुरू भएको छ ।

  • रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी ट्याब्लेट सार्वजनिक

    रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी ट्याब्लेट सार्वजनिक

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू; रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जी सार्वजनिक गरेको छ । रेड्मी प्याड प्रो ५ जी ले १२.१ इन्चको २.५के अल्ट्रा–क्लियर डिस्प्ले र स्न्यापड्र्यागन ७ एस जेन २ प्रोसेसरको साथमा उत्कृष्ट प्रदर्शन ल्याउँछ भने रेड्मी प्याड एसई ८.७ ४जी ले कम्प्याक्ट मनोरञ्जन अनुभव प्रदान गर्दछ।

    लन्चको सन्दर्भमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनास्वीले भने, “शाओमीले प्रयोगकर्ताहरूको विविध आवश्यकता पूरा गर्न लगातार नयाँ उत्पादन ल्याउँदै आएको छ। रेड्मी प्याड प्रो ५जी र रेड्मी प्याड एसई ८.७ ४जीको नेपालमा लन्च गर्नुको मुख्य उद्देश्य भनेको हाम्रा प्रयोगकर्तालाई एड्भान्सड् प्रविधि उपलब्ध गराउनु हो। यदि तपाईँ उच्च प्रदर्शनको खोजीमा हुनुहुन्छ वा साधारण प्रयोगको लागि डिभाइसको खोजीमा हुनुहुन्छ भने यी ट्याब्लेटहरू हजुरको लागि उत्तम हुनसक्नेछ।”

    रेड्मी प्याड प्रो ५जीः उच्च स्तरको प्रदर्शन, बहुप्रयोगी डिजाइन

    रेड्मी प्याड प्रो ५जीले उच्च गुणस्तरको प्रदर्शन र मनोरञ्जनात्मक अनुभव प्रदान गर्दछ। यसको १२.१ इन्चको अल्ट्रा–क्लियर डिस्प्ले १६ः१० एस्पेक्ट रेसियो र २४९ पिपिआईको रिजोल्युसनको साथ आउँछ जसले पढ्दा, गेम खेल्दा वा भिडियो हेर्दा स्पष्ट दृश्य प्रदान गर्छ। १२० हर्ट्जको एडाप्टिभ रिफ्रेस रेट र ६०० निट्सको याच बी यम ब्राइटनेसले हरेक कन्टेन्टलाई स्मूथ बनाउँछ।

    यस ट्याब्लेटमा स्न्यापड्र्यागन ७एस जेन २ प्रोसेसर रहेको छ। १०,००० एमएएच क्षमताको ब्याट्री र ३३वाट फास्ट चार्जिङ सपोर्टले १४.४९ घण्टासम्म एचडी भिडियो प्लेब्याकको सुविधा पनि दिन्छ जसले न्यूनतम विद्युत खपतमा उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ। चारवटा स्टीरियो स्पिकर र डल्बी एटमस सपोर्टले घरमै सिनेमा जस्तो अडियो अनुभव प्रदान गर्दछ।

    वाई–फाई ६ई, डुअल सिम, डुअल ५जी सपोर्ट र शाओमी हाइपरओएसको साथमा यस ट्याब्लेटले क्रस–डिभाइस मल्टिटास्किङ र कनेक्टिभिटीलाई सहज बनाउँछ। यसको मेटालिक फिनिश र कोर्निंग गोरिल्ला ग्लासले स्टाइल र टिकाउपना पनि प्रदान गर्दछ।

    रेड्मी स्मार्ट पेन र रेड्मी प्याड प्रो किबोर्ड जस्ता एक्सेसरीहरूले यस ट्याब्लेटलाई थप प्रोडक्टिभ बनाउन मद्दत गर्दछ।

    रेड्मी प्याड एसई ८.७ ४जीः सानो आकार, शक्तिशाली मनोरञ्जन

    रेड्मी प्याड एसई ८.७ ४जी ८.७ इन्चको एलसीडी डिस्प्ले र हल्का डिजाइनका साथ आउँछ जसले गर्दा यो एक हातले नै सजिलै चलाउन मिल्छ। यसमा ८४.४१% स्क्रिन–टु–बडी रेसियो र ६०० निट्सको ब्राइटनेस रहेको छ जसले उज्यालो घाममा पनि स्पष्ट दृश्य अनुभव प्रदान गर्छ।

    मीडियाटेक हेलियो जि ८५ प्रोसेसरद्वारा सञ्चालित यस ट्याब्लेटले प्रयोगकर्ताको हरेक कार्यलाई स्मूथ बनाउँछ। यसमा ६ जीबीको र्याम र ९० हर्ट्जको रिफ्रेस रेटले वेब ब्राउजिङका साथै गेम र स्ट्रिमिङको अनुभवलाई पनि सहज बनाउँछ। ६,६५० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्टले यस ट्याब्लेटलाई लामो समयसम्म चलाउन सकिन्छ।

    यसको स्कृन टियुभी रेइनल्यान्ड आई कम्फर्ट सर्टिफाइड छ जसले गर्दा यो ट्याब्लेटको लामो प्रयोगमा पनि आँखा थकान कम गराउँछ। १२८जीबी आन्तरिक स्टोरेज र २टीबीको एक्सप्यान्डेबल स्टोरेज सपोर्टले फाइल र मिडियाका लागि पर्याप्त ठाउँ दिन्छ।

    बजार उपलब्धता रेड्मी प्याड प्रो ५जी

    रेड्मी प्याड प्रो ५जी ग्रेफाइट ग्रे र मिन्ट ग्रीन रंगमा तथा उपलब्ध रहेको छ भने ६जीबी + १२८जीबीको मूल्य रु. ३९,९९९ र ८जीबी + २५६जीबीको मूल्य रु ४४,९९९ हो।

    रेड्मी स्मार्ट पेन र रेड्मी प्याड प्रो किबोर्ड

    रेड्मी स्मार्ट पेनको मूल्य रु. ६,४९९ रहेको छ भने रेड्मी प्याड प्रो किबोर्ड पनि रु. ६,४९९ मूल्यमा उपलब्ध रहेको छ।

    रेड्मी प्याड एसई ८.७ ४जी

    रेड्मी प्याड एसई ८.७ ४जी ग्रेफाइट ग्रे, स्काई ब्लू र अरोरा ग्रीनमा उपलब्ध छ भने यसको मूल्य रु. १९,९९९ रहेको छ।
    यी सबै ट्याब्लेटहरू नेपालभरिका सबै एमआई स्टोर तथा शाओमीका आधिकारिक खुद्रा बिक्रेता पसलहरूमा उपलब्ध छन्।

  • टाटाको ‘टियागो इभी धनतेरस एक्सचेन्ज धमाका’, हरेक बुकिङमा सुनको असर्फी र आइफोन १६ प्रो पाउन सकिने

    टाटाको ‘टियागो इभी धनतेरस एक्सचेन्ज धमाका’, हरेक बुकिङमा सुनको असर्फी र आइफोन १६ प्रो पाउन सकिने

    काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टियागो इभि धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्न लागेको छ ।

    धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ ।

    यस वर्षको धनतेरसलाई लक्षित गरेर यही कात्तिक ८, ९ र १० गते टियागो इभि धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरी रहेका शोरुममा आयोजना गर्न लागेको कम्पनिले जनाएको छ ।

    यस मेलामा सहभागी भएर ग्राहकले टियागो इभिको हरेक बुकिङ्गमा सुनको असर्फी वा आइ फोन १६ प्रो प्राप्त गर्न सक्नेछन् । उल्लेखित अफरहरु धनतेरस एक्सचेङ्ग धमाकाको ३ दिनका लागि मात्र लागु हुनेछ । टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने, नम्बर १ ह्याचब्याक हो ।

    टाटा टियोगो इभी आरामदायी तथा क्लच र गियरको झन्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङ्गका लागि सहज र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ ।

  • कुमारी बैंकको ‘तिहार तथा छठ क्यासब्याक अफर’ सञ्चालनमा

    कुमारी बैंकको ‘तिहार तथा छठ क्यासब्याक अफर’ सञ्चालनमा

    काठमाडाैं ।  कुमारी बैंकले आउँदो तिहार, किजा पूजा तथा छठ पर्वका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।

    कार्तिक १४ देखि कार्तिक २२ गते छठ पर्व सम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको हो । भाई टिका तथा किजा पूजाको दिनमा मोबाईल बैकिङ्गबाट रकम ट्रान्सफर गर्ने पहिलो १००० सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रूपैयाँ क्यासब्याक प्रदान गरिने छ ।

    यस्तै, अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले खरिद मुल्यको २५ प्रतिशत वा अधिकतम रु। ५०१ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

    लाभान्वित सेवाग्राहीको संख्या बढाउन विहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरुलाई नदोहोरिने गरि क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ ।

    यसप्रकारको प्रोत्साहनले सेवाग्राहीहरुमा चाडबाडहरुमा हुने वित्तिय कारोबारहरु विद्युतीय भुक्तानीका माध्यमहरुबाट गर्न आकर्षित गरि डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

    कुमारी बैंकको देशभरमा ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु रहेका छन् ।

  • एकै दिनमा ट्रायम्फकाे २०० मोटरसाइकल डेलिभर

    एकै दिनमा ट्रायम्फकाे २०० मोटरसाइकल डेलिभर

    काठमाडाैं । आइतवार ट्रायम्फ नेपालले “Triumph Day: 200 Machines, One Passion” कार्यक्रमको सफल आयोजना गर्दै नेपालकै सबैभन्दा ठूलो प्रिमियम मोटरसाइकल वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    यो ऐतिहासिक दिनमा २०० ट्रायम्फ मोटरसाइकलहरू एकै दिनमा डेलिभर गरिएको छ, जुन गत अगस्टमा लन्चपछि प्रि-बुक गरिएको थियो। यस विशेष कार्यक्रमका साथमा ट्रायम्फ नेपालको मोटरसाइकल बजारमा विधिवत् रुपमा प्रवेश गरेको छ।

    नक्साल, काठमाडाैंस्थित ट्रायम्फ शोरूममा आयोजना गरिएको यस कार्यक्रममा, ट्रायम्फका स्पीड ४०० र स्क्राम्बलर ४०० एक्स मोडेलहरूको भव्य डेलिभरी गरिएको थियो ।

    यी बहुप्रतीक्षित मोडेलहरू गत अगस्ट २७मा NADA अटो शो २०२४ सार्वजनिक गरिएको थियो। ब्रान्डलाई लिएर ग्रहाकहरुमाझ अत्यधिक उत्साह र उत्सुकता देखिएको थियो । त्यस नाडा अटो शो मा बुक गर्ने भाग्यशाली २०० ग्राहकहरूले नेपालमै पहिलो पटक भएको भव्य मोटरसाइकल वितरण कार्यक्रममा भाग लिन पाएका छन् ।

    यस कार्यक्रममा “द जेन्टलम्यान्स क्लब” को घोषणा समेत गरिएको छ, जुन ट्रायम्फ नेपालको आधिकारिक “Community Group” हो। कार्यक्रममा सहभागी सबै ग्राहकहरूलाई क्लबमा दर्ता गराई विशेष सदस्यता कार्ड प्रदान गरिएको थियो । यस क्लबको पहिलो राइड चाँडै घोषणा गरिने बताइएको छ, जहाँ सदस्यहरूले एकसाथ यात्रा गर्न, रमाइलो गर्न र समुदायको लागि कुनै अर्थपूर्ण कार्यमा योगदान पुर्याउन पाउनेछन्।

    ट्रायम्फ नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., ले यो ऐतिहासिक कार्यक्रमको सफलतामा ठूलो गर्व प्रकट गरेको छ।

    ट्रायम्फ ब्रान्डको नेपाली बजारमा प्रवेशको सन्दर्भमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले ब्रान्डको उपस्थितिलाई अझै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “ट्रायम्फलाई नेपालमा भित्र्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौं। यो ब्रान्डले उत्कृष्टता, प्रदर्शन र सान्दर्भिकताको प्रतीक रहेको छ। आगामी दिनहरूमा हामी विभिन्न प्रकारका ट्रायम्फ मोडेलहरू नेपाली मोटरसाइकल प्रेमीहरूको आवश्यकताअनुसार प्रस्तुत गर्ने छौं । हामी ग्राहकहरूको मोटरसाइकलको उचित सेवा र मर्मतसम्भारको लागि उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छौं,” उनले भने ।

    यसैबीच, ट्रायम्फको हालको लञ्चपछि आएको अत्यधिक सकारात्मक प्रतिक्रिया र बुकिङहरूले नेपालको प्रिमियम मोटरसाइकल बजारमा नयाँ बजार स्थापित गरेको छ।

     

  • टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु अब इटहरीमा, के छन् त अफर ?

    टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु अब इटहरीमा, के छन् त अफर ?

    काठमाडौं । नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले कोशी प्रदेशस्थित इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु सार्वजनिक गरेको छ ।

    दशैं–तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा आफ्ना ग्राहक महानुभावहरुको खुसियालीको सारथीकै रुपमा नयाँ मोडेल ल्याइएको जनाइएको छ ।

    टाटाद्वारा सार्वजनिक नयाँ मोडेलका उक्त गाडीहरुको मूल्य फरक–फरक रहेको छ । ग्राहकहरुले एसीइभी फ्ल्याटबेड २१ लाख ९९ हजार रुपैयाँमा पाउन सक्नेछन् भने टाटाकै सिएलभी विद्युतीय गाडीका लागि २२ लाख ७९ हजारमा उपलब्ध गराउन सकिने टाटाको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले जनाएको छ ।

    कम्पनीले पहिलो एक हप्ता भित्र बुकिङ्ग गर्ने ग्राहकलाई यस योजना अन्तर्गत टाटाका माथि उल्लेखित गाडीहरुमा ५० हजारसम्मको विशेष नगद छुटको व्यवस्था समेत गरेको छ । यसका अतिरिक्त ग्राहकहरुले उक्त गाडीहरुको खरिदमा एक वर्षका लागि निःशुल्क विमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ्ग, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैँले नै व्यहोर्ने लगायतका विभिन्न खाले थप सेवा÷सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रममा जानकारी दिएको छ ।

    कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका कोशी प्रदेशका सचिव लाल बहादुर कार्की, उद्योग वाणिज्य संघ, इटहरीका महासचिव पिताम्वर पोख्रेल, नेपाल वितरक महासंघ कोशी प्रदेश महासचिव राजेश खनाल, सिप्रदीका च्यानल पार्टनरहरु लगायत यातायात क्षेत्रसँग आबद्ध रहेका विशिष्ट व्यक्तित्वहरुको समु–उपस्थितिमा सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का सहायक महाप्रबन्धक दिवश बाबु सुबेदीले विद्युतीय गाडीहरुको फाइदा र सञ्चालनका हिसावले अत्यन्तै किफायती, सहज र सुविधायुक्त हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत टाटाका गाडीहरु सुरक्षित देखिएको उल्लेख गरे ।

     

  • ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफइन्ज्ब्रकबीच सहकार्य समझदारी सम्पन्न

    ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफइन्ज्ब्रकबीच सहकार्य समझदारी सम्पन्न

    काठमाडाैं ।  ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफइन्ज्ब्रकबीच स्वीचएसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा Building Energy Efficiency in Nepal(BEEN) प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागि ऊर्जा कुशल प्रविधि तथा अभ्यासहरु प्रवर्धनकोलागि समझदारी सम्पन्न भएको छ ।

    उक्त समझदारीमा बैंककाग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफइन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधि तथा द्यभ्भ्ल्प्रो प्राेजेक्ट प्रमुख डा. ड्यानियलनेयरले हस्ताक्षर गरेका छन् ।

    ग्लोबल आइमई बैंकले दिगो आवास प्रवद्र्धन गर्न “ग्रीनहोम लोन”विशेष कर्जा योजनालागु गर्दै आएको छ । बैंकका अनुसार, यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धिगर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्धन गर्न सहयोग पुर्‍याउनेछ ।

    आफ्ना ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभाभित आएको छ ।

    ग्लोबल आइएमई बैंक युरो मनीअर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतकादुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ख्याति प्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामाशाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखाकार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।

    ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवाप्रदानगर्ने बैंक हो जसले विभिन्न सेवातथा सुविधा सहितका योजनामार्फत आफ्ना समस्त ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।