Category: कर्पोरेट प्रेस

  • नेपाल–चीन अटोमोबाइल व्यापार र सहकार्य प्रवर्द्धनका लागि नाडा र सीसीपीआईटी अटोबीच सम्झौता

    नेपाल–चीन अटोमोबाइल व्यापार र सहकार्य प्रवर्द्धनका लागि नाडा र सीसीपीआईटी अटोबीच सम्झौता

    काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा० र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब–काउन्सिल (सीसीपीआईटी–अटो) ले महत्त्वपूर्ण सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

    नाडा र सीसीपीआईटी–अटोबीच नेपाल र चीनको अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन यो सम्झौता गरेका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलको औपचारिक चीन भ्रमणको क्रममा नाडाको प्रतिनिधित्व गर्दे नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेतीसमेतले सहभागिता जनाएका थिए ।

    दुई देशका व्यापारिक प्रतिनिधि मण्डलबीच विभिन्न विषयमा छलफल भएको र सोही क्रममा नाडा र सीसीपीआईटी–अटोबीच आर्थिक सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल पनि भएको बताइएको छ ।

    उक्त सम्झौताले नेपाल र चीनबीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने नाडाको विश्वास छ । व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालतजस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य यो सम्झौताले राखेको छ ।

    नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुची राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

    यस्तै, सम्झौता पत्रमा सीसीपीआईटी–अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदानप्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिने विषय पनि रहेको नाडाले जानकारी दिएको छ।

    नाडाका अनुसार यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ । जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिने पनि बताइएको छ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।

    यो सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम रहेको नाडाको भनाइ छ ।

  • होटल सब्रिना आईपीओ ल्याउन तयारीमा

    होटल सब्रिना आईपीओ ल्याउन तयारीमा

    काठमाडौं । होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको सोमबार बसेको ६औँ साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको संस्थापक तथा अध्यक्ष निराजन थापाले जानकारी दिए ।

    ९० करोड अधिकृत पुँजी र ५३ करोड रुपैयाँ जारी पुँजी रहेको यस होटलको चुक्तापुँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ । कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

    यसका लागि गत असार अन्तिममा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरेको थियो ।

    अबको केही दिनमै नियामक निकाय धितोपत्र बोर्डमा आईपीओ निष्काशनको प्रक्रियामा जाने तयारी भएको कम्पनीको अध्यक्ष निराजन थापाको भनाइ छ ।

    काठमाडौंको बुढानिलकण्ठ गणेश चौकमा रहेको होटेल सब्रिनाले आफ्नो क्षमता विस्तार गर्दै पाँच तारे स्तरमा स्तरोन्नति गर्नका लागि आईपीओ आवश्यक भएको जनाएको छ । साथै, कम्पनीमाथि भएको केही कर्जालाई चुक्ता गर्ने लगायतको लक्ष्य राखिएको अध्यक्ष थापा बताउँछन् । अपार्टमेन्ट सहित ६० वटा कोठामा सेवा सञ्चालन गर्दै आइरहेको यस होटलले अब कोठा समेत थप गर्दैछ ।

    होटल सब्रिना सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एण्ड ब्लगर्स एशोसिएशन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो ।

  • निरजमान सैंजु एनसीएचएलको डेपुटी सीइओमा नियुक्त

    निरजमान सैंजु एनसीएचएलको डेपुटी सीइओमा नियुक्त

    काठमाडौं । निरज मान सैंजु नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका डेपुटी सीइओमा नियुक्त भएका छन् ।

    सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंकहरु लगायतमा १५ वर्षभन्दा लामो अनुभव रहेको छ । भने, उनले एमबीएस तथा एमबीए गरी डबल मास्टर्सडिग्री गरेका छन् ।

    एनसीएचएलले आफ्नो १२६ भन्दा बढि कर्मचारी मार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई एनएचसीएल, आरपीएस, कनेक्ट आइपीएस, कर्पोरेट पे, नेपाल पे क्युआर र इएफटी लगात सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

    साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायत १०० भन्दा बढि इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् ।

  • एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक (भिडिओ)

    एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक (भिडिओ)

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स टीमको मुख्य प्रायोजक एनसेल बनेको छ ।

    एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवम् प्रबन्ध निर्देशक जब्बर काइमोभ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीबीच आज एक समारोहबीच सम्झौता भयो ।

    एनसेल एनपीएलको पावर्ड बाईसमेत हो । सम्झौता कार्यक्रममा काइमोभ, जीसी, टीमका ब्रान्ड एम्बेसडर राजेश हमाल, कप्तान रोहितकुमार पौडेललगायत खेलाडीको उपस्थिति थियो । उनीहरूले लुम्बिनी लायन्सले एनपीएलमा प्रयोग गर्ने जर्सीसमेत सार्वजनिक गरे ।

    एनसेलका सीईओ काइमोभले लुम्बिनी लायन्ससँग सहकार्य गर्न पाउँदा गौरव महसुस गरेको बताए । उनले टीमलाई सफलताको‌ शुभकामना दिए ।

    यस सहकार्यबारे बोल्दै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सीले भने, ‘एनसेलजस्तो अन्तर्राष्ट्रिय स्तरको एवम् नेपालकै अग्रणी निजी दूरसञ्चार सेवा प्रदायकसँग मुख्य प्रायोजकको रूपमा जोडिन पाउँदा हामी अत्यन्त आभारी छौँ । यो सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौँ । एनसेल जस्तो प्रतिष्ठित ब्रान्डको समर्थनले हाम्रो टोलीलाई अझ सशक्त बनाउनेछ र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।’

    यस क्रिकेट महोत्सवलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउन्डेसनले हालै मात्र एनपीएल हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई चार वटा एजुकेशनल किट प्रदान गर्ने घोषणा गरेको थियो । एनसेलले लामो समयदेखि नेपाली समुदायको विकास र सशक्तीकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

    लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजकको रूपमा यो सहकार्यले नेपाली खेलकुदको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने, नेपाली क्रिकेटको विकास गर्ने र युवा प्रतिभाको प्रोत्साहनमा ठोस योगदान पुर्‍याउने विश्वास लिइएको एनसेलले जनाएको छ ।

    यो एनपीएलमा लुम्बिनी लायन्सको पहिलो खेल बुधबार हुँदैछ ।

  • क्रिकेटको उमङ्गसँगै एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याकहरु

    क्रिकेटको उमङ्गसँगै एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याकहरु

    काठमाडौं ।  अत्यन्तै व्यग्रताका साथ प्रतिक्षा गरिएकोे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पार्वड बाई एनसेल  हिजाेदेखि सुरु भएकाे छ ।  एनपीएलका खेलहरूलाई अझ रोमाञ्चक बनाउनका लागि, एनसेलले सधैँ अन, डेटा र भ्वाइसमातीन वटा आकर्षक एनपीएल फ्यान प्याकहरु संचालनमा ल्याएको छ ।

    यी अफरहरू अन्तर्गत ग्राहकहरूले अनलिमिटेड यूट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत खेलको मजालिन सक्नेछन् । यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ । यी प्याकहरु लिने ग्राहकले एनपीएलका खेलहरु प्रत्यक्ष मैदानमा नै हेर्न टिकट लगायत अन्य आकर्षक उपहार जित्नको लागि पनि योग्य हुनेछन् ।

    सधै अन प्याकअन्तर्गत ग्राहकहरूले रु. ३९९ देखि रु. १४९९ सम्मको कुनै पनिप्याकको खरिदमा ग्राहकले यूट्युबमा प्याकअवधिभर अनलिमिटेड पहुँच पाउँछन् । यससँगै ग्राहकहरूले अतिरिक्त डेटा शुल्कको बारेमा चिन्ता नगरी एनपीएलका रोमाञ्चक खेलहरू अनलाइनमार्फत कुनै पनि समयमा जहाँ भएपनि हेर्न सक्नेछन् ।

    त्यसैगरी डेटा सेवाआवश्यक भएका ग्राहकहरूका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ । ग्राहकहरूले रु. ५० मा १ दिनको समयसिमा रहेको अनलिमिटेड डेटाप्याकलिन सक्छन् । रु. १२५ (३ दिन), रु. १९९ (७दिन) र रु. ९९९ (२८ दिन) समयावधिरहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलहरूको मजा अनलाइनमार्फत लिन सकिन्छ।

    भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । ७दिनको लागि रु. १४९ र २८ दिनको लागि रु. ४९९ माअनलिमिटेड भ्वाइस सेवालिन सकिन्छ । माथि उल्लेखित सधैँ अन, अनलिमिटेड डेटा प्याकहरू, र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहकहरु एनपीएल खेलहरु मैदानमा नै हेर्नका लागिटिकट जित्नयोग्यहुनेछन् ।

    यी प्याकहरू किनेपछि ग्राहकहरूले एसएमएस मार्फत एनसेलएपमा रहेको ‘स्पिन द ह्वील’माजाने लिंकप्राप्त गर्छन् । एपमागई ह्वील घुमाउँदा ग्राहकहरूले एनपीएल खेलको टिकट, १ जीबी डेटा, रु. ५० क्यासब्याक (१ दिनको समयसिमा), रु. १०० क्यासब्याक (१ दिनको समयसिमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसिमा) पाउँन सक्छन् ।

    त्यसैगरी, एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमाहानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री वितरण गर्नेछ । यस सामाजिक पहलको उद्देश्य विद्यार्थीहरूको जीवनमा शैक्षिकअवसर र उज्जवल भविष्यका लागि अवसरहरू बढाउनु हो ।

    नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलको लागि सहकार्य गरेको छ । यस साझेदारी अन्तर्गत सिद्धार्थ बैंक नेपालप्रिमियर लिगको पार्वड बाई पार्टनरको रुपमा एनसेल रहेको छ । यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीयक्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

    यो सहकार्य एनसेलको ‘हामीतपाईंकै लागि’थिम र नेपालमाक्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । क्रिकेट भारतीयउपमहाद्वीपकै सबैभन्दा बढी लोकप्रिय खेलकुदमध्ये एक हो ।

    समाजको माझ सधैं सँगै रहि एनसेल फाउन्डेसन प्रभावकारी परियोजानाहरु मार्फत समुदायको विकासमा योगदानपुर्याउन प्रतिबद्घ छ ।

  • होटल पौवाको प्रोमो कोड प्रयोग गरे यति एयरलाइन्समा छुट

    होटल पौवाको प्रोमो कोड प्रयोग गरे यति एयरलाइन्समा छुट

    काठमाडौ । देशका मुख्य शहरमा नेपाली हस्पिटालिटीसहितको सेवा दिँदै आएको होटल पौवाले यति एयरलाइन्ससँगको सहकार्यमा प्रोमो कोड प्रयोग गरी हवाई यात्रा गर्दा छुटको अफर ल्याएको छ ।

    होटल पौवालाई यति एयरलाइन्सले प्रदान गरेको प्रोमो कोडबाट हरेक नेपालीले हवाई भाडामा ३ सय रुपैयाँ छुट प्राप्त गर्ने छन् ।

    यति एयरलाइन्समा हवाई यात्राका लागि टिकट खरिद गर्दा पौवाको थ्त्एब्ग्ध्ब्घण्ण् कोड समाविष्ट गरेर टिकट काट्दा साबिक भाडामा ३ सय रुपैयाँ छुट प्राप्त हुने होटल पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।

    अब यति एयरलाइन्सको वेबसाईटबाट सिधै टिकट काट्दा आउने प्रोमो कोडको स्थानमा पौवाको कोड प्रयोग गर्दा साबिक भाडामा ३ सय रुपैयाँ छुट हुने भण्डारीले बताए ।

    नेपाली स्वादका लागि छुट्टै पहिचान बनाएको पौवा ग्रुपलाई यतीले प्रदान गरेको प्रोमो कोडका लागि ब्राण्ड प्रमुख भण्डारीले धन्यवाद दिए ।

    ‘जहाबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा बिस्तारलाई समेत तिब्रता दिँदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच बिस्तार गरेको छ ।

    हालसम्म देशभरीका १५ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ । छिमेकी प्रदेश कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् ।

    यसैगरी बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगन्जमा शाखा बिस्तार गरी शिघ्र संचालनको तयारीमा रहेको छ ।

    ‘स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली आतिथ्यको न्यानोपन दिनु हाम्रो दायित्व हो । यसका लागि हामीले हाम्रा खानामा लगातार परिमार्जन गरिरहेका छौं,’ ब्राण्डिङ प्रमुख भण्डारीले भने, ‘नेपाली रैथाने खानालाई स्वदेशी र विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तराष्ट्रियकरण गर्ने अभियानमा हामी एक कदम अघि बढ्दैछौं ।’

  • नेपाल टेलिकमले ल्यायो ‘एनटी क्रिकेट धमाका प्याक’, एनपीएलका लागि टियुमा स्मल सेल समेत जडान

    नेपाल टेलिकमले ल्यायो ‘एनटी क्रिकेट धमाका प्याक’, एनपीएलका लागि टियुमा स्मल सेल समेत जडान

    काठमाडौं । मनेपाल टेलिकमले मंसिर १५ गतेदेखि योजना हुन गइरहेको नेपाल प्रिमियर लिग ९एनपीएल० लाई मध्यनजर गर्दै ‘एनटी क्रिकेट धमाका प्याक’ सार्वजनिक गरेको छ।

    मंसिर १३ गते लाजिम्पाटस्थित होटल र्याडिसनमा नेपाल टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रुपमा उक्त एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गरेका हुन् ।

    यस योजना अन्तर्गत प्रिपेड तथा पोष्टपेड मोबाइल प्रयोगकर्ताका लागि रु ६९९ मा ३०० जीबी डाटा उपलब्ध हुनेछ । जसमा प्रतिदिन १० जीबी डाटा प्रयोग गर्न सकिने र १० जीबीको लिमिट पूरा भए बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।

    यसैगरी ४९९ मा प्रतिदिन ५ जीबीका दरले १५० जीबी डाटा उपलब्ध हुनेछ, जसमा ५ जीबीको लिमिट पूरा भए बाँकी समय २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । पोष्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टल समेत समावेश गरिएका धमाका प्याकहरुको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको छ ।

    मङ्सिर १४ गतेदेखि आगामी पुस ६ गतेसम्म लागू हुने एनटी क्रिकेट धमाका प्याकहरु मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत खरिद गर्न सकिनेछ ।

    कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले सम्पूर्ण खेलप्रेमीको खेलप्रतिको लगावलाई सम्बोधन गर्ने प्रयास स्वरूप सबैले नेपाल प्रिमियर लिगका खेलहरु सस्तो दरमा आफ्नै डिभाइसमा सहज तवरले हेर्न सकुन् भन्ने उद्देश्यले धमाका प्याक सार्वजनिक गरिएको बताइन् ।

    यसका साथै नेपाल प्रिमियर लिग सम्पन्न हुने किर्तिपुरस्थित क्रिकेट मैदानमा हुनसक्ने क्रिकेटप्रेमी दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी अविछिन्न दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनीले मैदान वरिपरि स्मल सेल लगायतका उपकरणका साथसाथै क्रिकेट एसोसियन अफ नेपाल (क्यान) को अनुरोधमा मिडिया सेन्टरसञ्चालनका लागि १ जीबीपीएस गतिका २ थान ‘एफटीटीएच’निःशूल्क जडान कार्य समेत सम्पन्न गरेको छ ।

  • हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य: एनपीएल सिजनमा क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली

    हाइलाइफ फुड्स र लुम्बिनी लायन्सबीच सहकार्य: एनपीएल सिजनमा क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली

    काठमाडाैं ।  नेपालकै एफएमजिसीमा अग्रणी ब्रान्ड हाइलाइफफुड्सले नेपालप्रिमियर लिग (एनपीएल)को लागि लुम्बिनी लायन्ससँग जर्सीमा सहकार्य गरेको छ।

    क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली भन्ने मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्सप्रति समर्थन जनाउँदै सहकार्य गरेको हो । हरेक खेलाडीहरु स्वस्थ राख्नुको साथै हरेक नेपालीहरुलाई स्वस्थ जीवनशैली बाच्नको लागि हाइलाइफका विभिन्न ब्रान्डहरुले हरेक नेपालीको घर–घरमा हरेक दिन सहयोग पुर्याउँदै आएको छ ।

    क्रिकेटमार्फत सम्पूर्ण युवाहरुलाई फिटनेश र टिमवर्कप्रति जागरुक गराउनुको साथै उक्त टिमलाई समर्थन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटलाई अघि बढाउन यस कम्पनीको सदैव सहयोग रहनेछ। हाइलाइफका विभिन्न खाद्य वस्तुहरुमार्फत नेपाली पुस्ता र हरेक क्षेत्रका समुदायहरुलाई जोड्न समेत यस कम्पनीको ब्राण्डहरुको विशेष भूमिका रहेको छ।

    खाजा होस् या खाना हरेकको भान्छामा यसका उत्पादनहरु प्रयोग भइनै रहेका छन् । व्यस्त र आधुनिक जीवनशैली अनुसार ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै गुणस्तरीय उत्पादन र प्याकेजिङलाई प्राथमिकता दिनु नै यस कम्पनीको विशषेता हो ।

    हाइलाइफले चिउरा, सोयाविन मस्यौरा, कर्नफ्लेक्स, ओट्स लगायतका खाद्यहरु उत्पादन तथा आयात गरि बजारीकरण समेत गर्दै आएको छ । अन्य २ कम्पनीहरुका उत्पादनहरुलाई समेत हाइलाइफको माध्यमबाट बजारीकरण गर्ने गरिएको छ।

    उपभोक्तालाई दिएको गुणस्तरीय सेवाका कारण मागले थेग्न सक्ने अवस्था नहुँदा अन्यकम्पनीका गुणस्तरीय उत्पादनहरुलाई समेत बजार पुर्याउन यसले सहयोग गर्ने गरेको छ। हरेक नेपालीका भान्छामा आवश्यक हरेक वस्तु उपलब्ध गराउने योजनाअनुसार कम्पनी छिट्टै अचार तथा खाने तेल समेत उत्पादनगर्ने योजनामा छ ।

    नेपाली उत्पादनलाई कमसल र तल्लो स्तरको मान्ने नेपाली उपभोक्ताको मानसिकतालाई आफूहरुले परिवर्तन गर्न सफलभएको कम्पनीको दाबी छ । यसैगरी, गुणस्तरीय खाने तेलका लागि उद्योग सञ्चालनमा ल्याउने तयारी रहेको छ ।

    कम्पनीले हालविभिन्न १५ वटा विधाका८३ बढी खाद्य वस्तु उत्पादनगर्दै आएको छ । कम्पनीले उत्पादनगर्ने सबै खाद्यान्नहरुमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन गरिएको र उत्पादितवस्तु नेपालका सबै सहरहरुका साथै विदेशमाहङकङ, मकाउ लगायतका देशहरुमा विक्री वितरण हुँदै आइरहेको भने अष्ट्रेलिया र अमेरिकामा समेत निर्यात गर्ने प्रक्रियामा रहेको छ ।

  • नेपाल बैंक लिमिटेड र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता

    नेपाल बैंक लिमिटेड र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकका कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाडौंको डिल्लीबजार स्थित  सिद्धि पोली प्याथ ल्याब प्रालिद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

    नेपाल बैंक लिमिटेड र काठमाडौंको डिल्लीबजार स्थित सिद्धि पोली प्याथ ल्याबबीच १२ गते भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू एवं ग्राहकहरूलाई सिद्धि पोली प्याथ ल्याब प्रालिद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।

    उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याब प्रालिको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका थिए ।

    उक्त सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट प्रदान गरिने biochemistry, hematology, endocrinology, microbiology, infectious disease, hepatitis, HIV, TORCH panels, serology, oncology, ECG, ECHO test, Digital X-ray, Ultrasound जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने बैंकले जनाएको छ ।

  • एनसेलको घोषणा: एनपीएलको प्रत्येक चौकामा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री

    एनसेलको घोषणा: एनपीएलको प्रत्येक चौकामा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री

    काठमाडौं । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौकावापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चार वटा शैक्षिक सामग्री प्रदान गर्नेछ ।

    यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ । शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउने एनसेलको विश्वास छ । फाउन्डेसनका अनुसार विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान प्रदान गर्नेछ ।

    ‘क्रिकेट एक यस्तो खेल हो, जसले एकताबद्ध बनाउँछ र प्रेरणा पनि दिन्छ । यस पहलमार्फत हामी क्रिकेटप्रतिको चाख र यसको शक्ति प्रयोग गरी ग्रामीण र दुर्गम विपन्न क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न चाहन्छौं । शिक्षा दिगो विकासको मुख्य आधार हो । यो पहलले हाम्रो भावी पुस्तालाई सक्षम बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्छ’, एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन् ।

    एनपीएल नेपालको एक प्रमुख क्रिकेट प्रतियोगिता हो र शिक्षाको महत्व दर्शाउँदै यो सत्कार्यलाई प्रवर्द्धन गर्ने उपयुक्त प्लेटफर्म हो । क्रिकेट नेपालका समुदायहरूसँग गहिरो सम्बन्ध राख्नेमध्येको एक खेल भएकाले यो पहलले खेलमा रोमाञ्चकता थप्नुका साथै सहयोग र स्रोत बढी आवश्यक भएकाहरुसम्म आवश्यक सहयोग पुर्‍याउँछ ।

    यी शैक्षिक सामग्रीहरूको वितरण क्रिकेट एसोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा गरिने उनले बताइन् ।

    क्यानले एनपीएलका लागि एनसेलसँग साझेदारी सम्झौता गरिसकेको छ । यस साझेदारीअन्तर्गत एनसेल, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ‘पावर्ड बाई’ पार्टनरको रूपमा रहेको छ । यसले नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभाहरुको निर्माणमा गर्न सहयोग पुर्‍याउनेछ ।

    यो साझेदारी एनसेलको ‘हामी तपाईंकै लागि’ भन्ने आफ्नो थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धताअनुरुप रहेको छ । क्रिकेट दक्षिण एसियाली उपमहाद्वीपका सबैभन्दा लोकप्रिय खेलकुदहरूमध्ये एक हो । एनसेल फाउन्डेसनले महत्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहलमार्फत समुदायहरूको समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धतामा दृढ रहेको जनाएको छ ।

  • जाडो यामको तयारी ब्लाक्क एण्ड डेक्करसँग: आरामदायी मौसमका लागि आधुनिक समाधानहरू

    जाडो यामको तयारी ब्लाक्क एण्ड डेक्करसँग: आरामदायी मौसमका लागि आधुनिक समाधानहरू

    काठमाडाैं ।  ११४ वर्षको लामो इतिहास बोकेको विश्वबिख्यात अमेरिकी नम्बर १ ब्रान्ड ब्लाक्क एण्ड डेक्करले यो जाडोको आधुनिक समाधान स्वरुप उपयोगी विभिन्न आधुनिक उपकरणहरू आकर्षक छुट सहित बजारमा ल्याएको छ।

    जाडो महिनामा घरायसी कार्य सहज र जनजीवन आरामदायी बनाउने उपायलाई मध्यनजरमा राखेर प्रिमियम ब्रान्ड ब्लाक्क एण्ड डेक्करले ओ.एफ.आर हिटर, पि.टि.सि हिटर, फ्यान हिटर, एअर ह्युमिडिफायर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओ.टि.जि ओभन, इलेक्ट्रिक प्रेसर कूकर, कफी मेकर र कित्ली जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू आकर्षक मूल्यमा बजारमा ल्याएको छ ।

    अन्तरराष्ट्रिय प्रिमियम ब्रान्ड ब्लाक्क एण्ड डेक्करका उत्पादनहरु आधुनिक डिजाईनका टिकाउ र भरपर्दो रहेको र यी उत्पादनहरुको प्रयोगले उपभोक्ताहरुको जनजीवन सहज हुनेमा कम्पनी विश्वस्त छ ।

    ब्लाक्क एण्ड डेक्करले प्रविधिको क्षेत्रमा नवीनता र आयाम थप्दै आफ्नो सुरुवाती दिनहरूदेखि नै नेपाली बजारमा सर्वाधिक लोकप्रियता बटुल्दै आइरहेको कम्पनीले दाबी गरेको छ। ब्लाक्क एण्ड डेक्करका हरेक उत्पादनहरुमा २४ महिनाको वारेन्टी रहेको छ।

    नेपालको लागि ब्लाक्क एण्ड डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

    प्रवर्द्धनात्मक सामग्री

  • एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा

    एनपीएल २०२४ मात्र डिशहोम गो एप र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा

    काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ।

    यो साझेदारी अन्तर्गत, डिशहोमले नेपालका क्रिकेटप्रेमीहरूलाई एनपीएल २०२४ का सबै म्याचहरू प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक यूट्यूब च्यानलमा प्रशारण गर्नेछ ।

    कम्पनीको यो पहलले नेपालका सबै क्रिकेट प्रेमीहरूले सहज रुपमा एनपीएल २०२४ का सम्पुर्ण खेलहरु नेपालभित्र जुनसुकै स्थानबाट सहज रुपमा हेर्न सकिनेछ ।

    डिश मिडिया नेटवर्क लिमिटेड नेपाली क्रिकेटको विकासका लागि सहयोग र प्रेरणा प्रदान गर्न सँधै तत्पर रहेको डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बताए ।

    एनपीएल २०२४ को डिजिटल स्ट्रिमिङअधिकारको प्राप्ति ठूलो उपलब्धि भएको र यो साझेदारीले नेपाली क्रिकेटलाई नयाँ उच्चाईमा पुर्‍याउन मद्दत गर्नका साथै देशभरिका क्रिकेट प्रेमीहरूलाई एकै स्थानमा जोड्ने विश्वास कम्पनीले लिएको मानन्धरले बताए।

    एनपीएल२ ०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी ८ फ्रेनचाइज टिमहरूले राउन्ड–रोबिन फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । कुल ३२ खेलहरूको रोमाञ्चक यात्रा, त्रिवि क्रिकेट मैदानमा सम्पन्न हुनेछ ।

    डिशहोमसँगको यो साझेदारी, नेपालमा क्रिकेटको नयाँयुगको सुरुआतहो र नेपालीक्रिकेटको भविष्य उज्जवल बनाउनको लागि सशक्त कदम पनि हो । साथै, यस साझेदारीले डिशहोमलाई नेपाली क्रिकेटको उत्साह र समर्थन अझ सशक्त बनाउन नयाँ मार्गदर्शन प्रदान गरेको छ ।

    एनपीएल को पहिलो सिजन १५ मङ्सिरदेखि ६ पौष २०८१ सम्म(३० नाेभेम्वरदेखि २१ डिसेम्बर २०२४)हुँदैछ ।

    डिशहोम, नेपालको अग्रणी टेलिभिजन र इन्टरनेट सेवा, तथा डाटा सेन्टर सेवा प्रदायक कम्पनी, सधैं नेपाली खेलकुद र क्रिकेटको विकासमा साझेदार बन्न प्रतिबद्ध रहँदैआएको छ ।

  • जाडो मौसमलाई लक्षित गर्दै सीजीले ल्यायाे नयाँ विन्टर प्रोडक्ट्सहरु

    जाडो मौसमलाई लक्षित गर्दै सीजीले ल्यायाे नयाँ विन्टर प्रोडक्ट्सहरु

    काठमाडौं । ‘जाडोको पल न्यानो हरपल’ भन्ने नाराका साथ जाडो यामलाई लक्षित गर्दै नेपालकै सबैभन्दा ठुलो र नं. १ ब्राण्ड सीजीले आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ ।

    जाडो बढेसँगै आफु र आफ्नो परिवारजनलाई न्यानो अनुभूति गराई रहन सीजीको हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, ए.सि. इत्यादि प्रोडक्टहरु बजारमा सर्वत्र उपलब्ध गराइएको छ ।

    जाडो मौसममा तातो पानी पिउन सीजी र सीजी मेरिडियाको वाटर डिस्पेन्सरका साथै वाटर हिटर ल्याएकाे छ भने पानी तातो राख्नलाई थर्मस तथा भ्याकुम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ ।

    त्यसैगरी सीजीलेओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरि जाडोमा पनि तातो रहन सहज बनेको छ ।

    साथै, मोटरमा १० वर्षको वारेन्टि भएको सीजीको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन र धोएको कपडा छिटै सुकाउन मद्दत पुर्‍याउने भएको छ ।

    सीजी र सीजी मेरिडियाको गिजरको प्रयोग गरि तातो पानीले नुहाउँदा आनन्द महसुस हुनका साथै एसीको प्रयोग गरि न्यानो रहन पनि सहज हुने भएको छ ।

    सीजीले आफना विन्टर प्रोडक्ट्सहरु वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्याँस गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टी दिँदै आएको छ ।

    जाडोमा न्यनोपनको अनुभूति गर्न, एवम् चिसाे मौसमबाट बच्न  आफ्नो नजिकैको सीजी स्टोरमा गएर अथवा घरै बसिबसि सीजीको वोइबसाइट बाट सीजीका नयाँ विन्टर प्रोडक्ट्सहरु खरिद गर्नसक्नेछ ।

  • सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव

    सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव

    काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ ।

    २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो ।

    नबिल बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म नबिल एसएसई कार्यक्रमबाट ८२० भन्दा बढी व्यक्तिहरूले उद्यमशीलता सम्बन्धी प्रशिक्षण प्राप्त गरिसकेका छन् । त्यस्तै, ११७ नयाँ उद्यमहरूको स्थापना भएको छ । यस कार्यक्रमबाट १२ सय रोजगारी सिर्जना गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।

    “नबिल एसएसईले नवीन सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्दै देशभित्र नै उद्यम गरी रोजगारी सिर्जना गर्न सफल भएकोमा हामी खुसी छौँ,” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । सामाजिक तथा आर्थिक रूपान्तरणमा नबिल एसएसईले गतिशील बनाएको भन्दै उनले भने, “तीन वर्षको दौरानमा देशमा सयौँ मानिसहरूका लागि रोजगारी सिर्जना भएको छ भने यसले दीर्घकालीन सामाजिक परिवर्तनमा सहयोग हुनेमा हामी विश्वस्त छौँ ।”

    स्थापनाकालदेखि हालसम्म, नबिल एसएसईले देशभरका १२ शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आफ्ना कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (सोमटियू) सँगको सहकार्यमा सञ्चालित फेलोसिप कार्यक्रमले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई उत्कृष्ट प्लेटफर्म प्रदान गर्दै आएको छ ।

    सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन बेस्ड आवासीय तालिम प्राप्त गर्छन्, जसमा एक वर्षसम्मको मेन्टरसिप पनि उपलब्ध गराइएको छ । यस कार्यक्रमले अहिलेसम्म ५६ सामाजिक उद्यमीलाई तालिम दिइसकेको छ, जसबाट पहिलो तीन समूहका ४५ उद्यम सञ्चालन भई सयौंको रोजगारी सिर्जना गर्न सफल भएको नबिल बैंकले जनाएको छ ।नबिल एसएसई अन्तर्गत हालै सुरु भएको चौथो ब्याचमा २० जना नयाँ उद्यमीहरूले आफ्नो उद्यमशीलता यात्रा प्रारम्भ गरेका छन्।

    तीन महिनाको अवधिमा सञ्चालन हुने नबिल एसएसई सर्टिफिकेट कोर्सले प्रशिक्षार्थीलाई सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्दै आएको छ ।यस कोर्सका सहभागीहरूमध्य ७२ जनाले आफ्नो उद्यम स्थापित गरी दिगो सामाजिक परिवर्तनका लागि काम गर्दै आएका छन् ।

    नबिल एसएसईले सामाजिक उद्यमीहरूलाई महत्वपूर्ण सामाजिक समस्याहरू समाधान गर्न सक्षम बनाउँदै, दीर्घकालीन उद्यम स्थापना गर्न प्रेरित गरिरहेको छ । यसले सामाजिक उद्यमका लागि अवधारणा निर्माण, त्यसलाई लगानीयोग्य बनाउने, र साना उद्यमीहरूलाई सशक्त बनाउने कार्यलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ ।

    तेस्रो वार्षिक उत्सव मनाउँदै, नबिल एसएसईले चौथो वर्षमा प्रवेश गर्दा सामाजिक उद्यमशीलतालाई अझ विस्तार गर्ने र नेपालका समुदायहरूको उत्थानमा निरन्तर योगदान दिने लक्ष्य राखेको छ ।

     

  • भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने

    भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने

    काठमाडौं । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि र रिन्यु होल्डिङ्स प्रालिबीच भाटभटेनीका विभिन्न सुपरमार्केटहरूको छत तथा खाली स्थानलाई उपयोग गरेर १२.७५० मेगावाट बराबरको सौर्य ऊर्जा उत्पादन तथा सहकार्य गर्न सम्झौता भएको छ ।

    सम्झौतापत्रमा भाटभटेनीको तर्फबाट सञ्चालक सावित्री गुरुङ र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    रिन्यु होल्डिङ्सले सोलर, हाइड्रोलगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ ।

    भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरिसकेको छ । अबको ५ वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लिएको भाटभटेनीले जनाएको छ, जहाँ सबै संरचनामा नवीकरणीय ऊर्जा प्रयोगमा जोड दिइनेछ ।

    यस सम्झौताले नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धन र दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने र कार्बन उत्सर्जनलाई पनि कम गर्ने विश्वास गरिएको छ ।

    रिन्यु होल्डिङ्स र भाटभटेनी सुपरमार्केट दुवै संस्थाले भविष्यमा पनि आपसी सहकार्य र राष्ट्रिय ऊर्जा लक्ष्यमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • सिप्रदी र म्याक लुब्रिकेन्टस्को सम्बन्धको प्रतीक ‘म्याक स्टार नाईट’ कार्यक्रम सम्पन्न

    सिप्रदी र म्याक लुब्रिकेन्टस्को सम्बन्धको प्रतीक ‘म्याक स्टार नाईट’ कार्यक्रम सम्पन्न

    काठमाडौं । सिप्रदी ट्रेडिङ्ग एवं भारत पेट्रोलियम कोर्पोरसन लिमिटेड्ले संयुक्त रुपमा “म्याक स्टार नाइट्” कार्यक्रम राजधानीको सोल्टी होटेलमा गत मंगलवार आयोजना गरेको थियो ।

    कार्यक्रम मा सिप्रदी को तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन आधिकृत राजेश प्रसाद गिरी , उपाध्यक्ष सौरव राज थपलिया लगायत भारत पेट्रोलियम बाट कार्यकारी निर्देशक शुभान्कर सेन, रणनीति तथा अन्तराष्ट्रिय विभागका उपमहाप्रबन्धक राहुल दोङ्रे, पूर्व क्षेत्रिय प्रमुख रविकान्त गोविन्दु, प्राविधिक सेवा कार्यकारी हिमांग्शु सिंघल लगायात अधिकारीहरुको उपस्थिति थियो। म्याक स्टार नाइट मा डिलरहरुको अतिरिक्त उपस्थितिमा म्याक सिप्रदी स्टार एप एवम रुबी प्लस गृज को उद्घाटन गरियो ।

    म्याक सिप्रदीका श्रेष्ठ १० ओटा डिलरहरुलाई विभिन्न विधामा सम्मानित गरिएको थियो। त्यस्तै, म्याक सिप्रदीका १० वटा डिलरहरुलाई उत्कृष्ट कार्यगरे बापत विभिन्न विधामा सम्मानित गरिएको थियो।

    सम्मानित डिलरहरु सप्तकोशी बियरिङ्ग, डाइनयामिक ट्रेडिंग , फोर बी सप्लायर्स, खेतान ट्रेडिंग, मनकामना अटो मोबाइल्स, बंगलामुखी मोटर ट्रेडर्स, अस्त्र ईन्टरनेशनल, भवानी ट्रेड लिंक, नेक्स्ट जेनेरेसन अटोमोटिभ र श्री कामना सप्लायर्स रहेका छन् ।

  • सिटिजन्स बैंक र होटल ली हिमालयबीच समझदारी

    सिटिजन्स बैंक र होटल ली हिमालयबीच समझदारी

    काठमाडाै‌ं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौंस्थित होटल ली हिमालयबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल ली हिमालयमा १५% सम्मको आकर्षक छुट पाउने छन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरु बाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

     

  • सिटिजन्स बैंकको ‘स्मार्ट हब’- मेसिनबाटै पैसा जम्मा, २४ घण्टै बैंकिङ सेवा

    सिटिजन्स बैंकको ‘स्मार्ट हब’- मेसिनबाटै पैसा जम्मा, २४ घण्टै बैंकिङ सेवा

    काठमाडौं । कोरोना महामारीपछि नेपालमा डिजिटल कारोबारले फड्को मारिरहेको छ । नगदमा कारोबार गर्नेहरू विस्तारै घट्दै गएका छन् । डिजिटल कारोबार गर्ने नेपालीहरूको संख्या दिनप्रतिदिन बढ्दो छ ।

    अबको युग डिजिटल युग भनेर नै सिटिजन्स बैंकले त्यसमै केन्द्रित भएर काम गरिरहेको छ । डिजिटल कारोबारलाई विशेष प्राथमिकता दिनुपर्छ र आफ्ना ग्राहकहरूलाई डिजिटलरूपमा अभ्यस्त बनाउनु पर्छ भन्ने हाम्रो लक्ष्य छ ।

    सिटिजन्स बैंकले पछिल्लो समय डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ । कागजरहित सेवामा केन्द्रित भएर सिटिजन्स बैंक अगाडी बढिरहेको छ । वित्तीय कारोबारलाई डिजिटलाइजेसन गर्न बैंकले विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । गएको असोज महिनालाई बैंकले ‘डिजिटल मन्थ’ घोषणा गरेर मनायो ।

    सोही अवसरमा बैंकको केन्द्रीय कार्यालयमा ‘स्मार्ट हब’ सेवा समेत सञ्चालन गरिएको छ । डिजिटलरूपमा बैंकिङ सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट ग्राहकलाई दिन यो हब सञ्चालन गरिएको हो । डिजिटल कारोबार गर्न ग्राहकलाई सिकाउन पनि यो हब सञ्चालनमा ल्याइएको हो । ‘स्मार्ट हब’ बाट बैंकका कर्मचारीहरूको उपस्थिति बिना मेसिन मार्फत ग्राहकले सेवा लिन सक्छन् ।

    ‘स्मार्ट हब’ बाट ग्राहकहरूले नगद निकाल्नेदेखि चेक जम्मा गर्ने, बैंक खाताको विवरण हेर्ने, स्टेटमेन्ट प्रिन्ट गर्नेदेखि नगद जम्मा गर्नेसम्मको सेवा लिन सक्नेछन् । बैंकका ग्राहकहरूले यहाँ भएका मेसिन मार्फत सबै कारोबार गर्न सक्छन् । बैंकको केन्द्रीय कार्यालयमा रहेको ‘स्मार्ट हब’ मा दुईवटा एटीएम मेसिन रहेको छ । यो मेसिनबाट पैसा निकाल्नका लागि एटीएम कार्ड नभए पनि हुन्छ । ग्राहकले कार्डरहित सेवा समेत लिन सक्नेछन् । त्यसबाहेक मोबाइल बैंकिङबाट रिक्वेस्ट पठाएर पनि नगद निकाल्न सकिन्छ ।

    यस हबमा अर्को क्यास डिपोजिट मेसिन पनि राखिएको छ । यस मेसिनले नगद लिने काम गर्छ । मेसिनमार्फत पाँच सय र हजार रूपैयाँ दरका पैसा जम्मा गर्न सकिन्छ ।

    कसैले पाँच सय र हजार रूपैयाँका नोटहरू बैंकमा लिएर आएका छन् भने उनीहरू काउन्टरमा जानु पर्दैन । यो मेसिनमा गएर आफ्नो मोबाइल नम्बर हाल्नु पर्छ, एउटा ओटीपी आउँछ । ओटीपी हालिसकेपछि आफ्नो अकाउन्ट नम्बर हाल्नुपर्छ । त्यसपछि मेसिनले त्यहाँ पैसा राखिदिनु भन्छ । उक्त पैसा मेसिनले गणना गरेर जम्मा गरिदिन्छ । र, जम्मा गरेको नगदबारे जानकारी समेत उक्त मेसिनले नै दिन्छ ।

    अहिले यस मेसिनमार्फत पाँच सय र हजाररूपैयाँ दरका नोटमात्रै जम्मा गर्न मिल्छ । अब विस्तारै ५, १०, ५०, १०० दरका नोटको पनि सोही मेसिनमार्फत जम्मा गर्न मिल्ने बैंकले तयारी गरिरहेको छ ।

    ‘स्मार्ट हब’ बाट चेकको समेत कारोबार हुन्छ । चेक डिपोजिट गर्नका लागि स्मार्ट हबमा एउटा मेसिन राखिएको छ । बैंकहरूको चेक डिपोजिट गर्नु परेमा समेत त्यसका लागि यस हबबाट नै सेवा लिन सकिन्छ ।

    चेक डिपोजिट मेसिन केन्द्रीय कार्यालयबाहेक कलंकी, नयाँ बजार, वीरगञ्ज, विराटनगर र बुटवलमा समेत राखिएको छ ।

    ‘स्मार्ट हब’ सञ्चालन गरेपछि ग्राहकहरूले समेत राम्रो प्रतिक्रिया दिइरहेका छन् । अब नयाँ अकाउन्ट खोल्न मिल्ने, मोबाइल बैंकिङको पीन बिर्सिएमा त्यहीँबाट नयाँ पिन लिन सकिने, कारोबारसम्बन्धी समस्या केही आएमा स्मार्ट हबबाट नै सेवा लिन सकिने व्यवस्था बैंकले थप गर्न लागेको छ ।

    ‘स्मार्ट हब’ सञ्चालनमा आएदेखि ग्राहकले मात्रै होइन बैंकका कर्मचारीहरूलाई समेत सहज भइरहेको छ । सिटिजन्स बैंकले भरसक मोबाइलबाट नै सम्पूर्ण कारोबार गरुन् भन्ने हो । यदि आउनु नै परेमा ग्राहकले छिटो छरितोरूपमा स्मार्ट हबमार्फत सेवा लिन सक्नेछन् ।

    ‘स्मार्ट हब’ बाट जुनसुकै समयमा ग्राहकले सेवा लिन सक्नेछन् । बैंकिङ कारोबार गर्न १० देखि ५ सम्मको मात्रै समय हो भन्ने धेरैलाई लागिरहेको हुन्छ । तर, ‘स्मार्ट हब’ ले कार्यालय समयबाहेक पनि बैंकिङ सेवा दिन्छ । २४ सै घण्टा स्मार्ट हबमार्फत बैंकिङ सेवा लिन सकिन्छ ।

    मेसिनले गर्ने काम र मानिसले गर्ने काममा फरक हुन्छ । स्मार्ट हबमा सम्पूर्ण काम मेसिनले गर्ने भएकाले छिटो पनि हुने भयो । काउन्टरमा गएर लाइन बस्नु पनि परेन । ‘स्मार्ट हब’मा धेरै फाइदा रहेकाले यसमार्फत ग्राहकहरूले सेवा लिन सकिन्छ ।

    (सिटिजन्स बैंकका डिपोजिट मार्केटिङ विभागका प्रमुख थापासँग नेपाल प्रेसकर्मी रिता राउतले गरेको कुराकानीमा आधारित)

  • प्लाष्ट नेपालको आयोजनामा भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने

    प्लाष्ट नेपालको आयोजनामा भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने

    काठमाडौँ । प्लाष्ट नेपाल फाउण्डेशनको आयोजनामा मंसिर १३ देखि १५ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक प्रर्दशनी हुने भएको छ ।

    प्लाष्टिकको वहुआयामिक उपयोगमा भैरहेको विश्वव्यापि विस्तारवाट नेपाल समेत लाभान्वित भैरहेको सन्दर्भमा हुन लागेको यस मेला/प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न प्लाष्टिक जन्य वस्तुहरुका उत्पादकहरु साथै प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु, उत्पादनमा प्रयोग गरिने विभिन्न मेशिन–औजार–उपकरणहरु लगायत नविनतम प्रविधि समेतको प्रदर्शनी गरिने कार्यक्रम रहेको प्लाष्ट नेपाल फाउण्डेशनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

    यस मेलामा नेपाल, भारत, बंगलादेश, चीन लगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपुर्तिकर्ता र मेशिन उपकरण आपूर्तिकर्ता तथा मिडिया/सेवा प्रदायकहरुको सहभागिता हुनेछ भने मेलाको सह आयोजक भारतको कम्प्लाष्ट रहेको छ ।

    मेलाले नेपालमा प्लाष्टिक जन्य वस्तुको उत्पादन र उपयोग तथा उपयोग पछिको व्यवस्थापन समेतका विषयमा प्रचार प्रसार गरि जनचेतना जगाउने तथा विश्व वजारमा गरिएका नविनतम प्रविधिको विकासलाई नेपाली वजारमा समेत भित्र्याउने विषयमा यस मेलाले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

  • दरबारमार्गमा बन्दैछ २५ तले अन्नपूर्ण स्क्वायर

    दरबारमार्गमा बन्दैछ २५ तले अन्नपूर्ण स्क्वायर

    काठमाडौं । दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण प्रारम्भ भएको छ ।

    यसअघि होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा निर्माण थालेको हो ।

    सोमबार एक विशेष समारोहका बीच भूमि पुजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए ।

    उनी भाटभटेनी सुपरमार्केटका अध्यक्ष पनि हुन् । “भारतको आर्किटेक्चर कम्पनीले यसको डिजाइन गरेको छ,” उनले भने, “दुई चरणमा काम सम्पन्न गर्ने योजना बनाएका छौँ । २०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।”

    अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ । जहाँ होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठा अपार्टमेन्ट हुनेछ । भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ ।

    कम्तिमा पनि ६ अर्ब रूपैयाँको लगानीमा निर्माण थालिएको होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ ।

    “सुन्दर नेपालको सुन्दरताको प्रतीक निर्माण गर्ने लक्ष्य राखेर काम अघि बढाएका छौँ,” अध्यक्ष गुरूङले भने, “२०८५ वैशाख १ गतेबाट होटल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अहिले पुरानो संरचना भत्काइरहेका छौँ । नगरपालिकाले जति छिटो अनुमति दिन्छ हामीले त्यति नै छिटो निर्माण पनि थाल्नेछौँ ।”

    साढे तीन सय कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गर्न लागिएको भए पनि मूल्य भने ‘रिजनेवल’ हुने उनले बताए ।

    “होटल र आर्केड निर्माण हुन्छ । होटल अलग्गै र आर्केड अलग्गै हुन्छ,” गुरूङले भने, “साढे तीन सय कोठासहितको होटल निर्माण हुन्छ । बैंक्वेट हल २५ सय, २ हजार र १५ सय क्षमताका तीनवटा हुनेछ । धेरै राम्रा कोठा हुनेछन् तर महंगा होइनन् । मूल्य रिजनेबल हुन्छ ।”
    आर्केड डेढ वर्षमा र होटल साढे दुई वर्षमा निर्माण सकिने पनि उनले बताए ।

    “नेपालमा पनि केही हुन सक्छ भन्ने सन्देश जाओस् भनेर निर्माण थालेका हौँ,” उनले भने, “तीनवटा समूह मिलेर निर्माण थालेका हौँ । व्यवस्थापन आईटीसीको वेलकम ब्रान्डलाई दिएका छौँ । सबै व्यवस्थापन उहाँहरुले हेर्नुहुनेछ ।”

    गुरूङलाई बढी कर तिर्नेको सूचीमा राख्दै सरकारले शनिबार विशेष सम्मान पनि गरेको थियो ।

    “हाम्रा (भाटभटेनी) दुईवटा लक्ष्य छन्, एउटा हो– रोजगारी सिर्जना गर्दै जाने र राज्य कोषमा अत्यधिक भन्दा अत्यधिक कर तिर्दै जाने ।”
    त्यसपछि मात्रै मुलुक समृद्ध बन्ने उनको धारणा छ ।

    “राजश्व चाहिँ देशमा जरुरी छ । सबै व्यवसायी दत्तचित्त भएर लागे भने सम्भव पनि छ,” उनले भने, “देश बनेन भने हामी बन्न सक्दैनौँ । देश सम्पन्न भएन भने हामी सम्पन्न हुँदैनौँ । देश सम्पन्न हुनका लागि राजश्व बढ्नैपर्छ ।”

  • एनसेल बन्यो एनपीएल को ‘पावर्ड बाई’ प्रायोजन

    एनसेल बन्यो एनपीएल को ‘पावर्ड बाई’ प्रायोजन

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को लागि एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ । प्रायोजनसम्बन्धी यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुऱ्याउने विश्वास लिइएको एनसेलले जनाएको छ ।

    एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध भएको छ । यसका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

    यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको एनसेलले जनाएको छ ।

    जाब्बोरले भने, ‘यू-१९ महिला क्रिकेट टोलीले पहिलो पटक आइसीसी महिला यू-१९ टी-२० विश्वकपका लागि छनोट भएको उल्लेखनीय उपलब्धि लगत्तै हामी नेपाल प्रिमियर लिगका लागि क्यानसँग ‘पावर्ड बाई एनसेल’ साझेदारी घोषणा गर्न पाउँदा अत्यन्त खुशी छौं । यसले नेपालको क्रिकेट खेलाडीहरूलाई उत्कृष्ट अनुभव र आफ्नो अपार प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । यो हामीमा रहेको खेलकुद क्षेत्र प्रतिको उच्च सम्मान र आकर्षणको प्रमाण हो । क्रिकेट र खेलकुदप्रतिको हाम्रो प्रतिबद्धता प्रशंसनीय छ, र हामी खेलकुदको विकास, युवा सशक्तीकरण, र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्ने अपेक्षा गर्छौ । यो सहकार्यले वृद्धि विकास, नवप्रवर्तन, र उत्कृष्टताप्रतिको आपसी समर्पणको भावना झल्काउँछ र नेपालको क्रिकेट यात्रामा एक महत्वपूर्ण उपलब्धि हो ।’

    यो साझेदारी नेपालमा खेल प्रतिभा प्रवर्द्धन गर्नका लागि मात्र नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि भएको उनले बताए ।

    एनसेलले आफ्ना ग्राहकका लागि लाइभ स्क्रिनिङ् मार्फत एनपीएलका खेल आफू जहाँ भएपनि हेर्न सकिने सुविधा प्रदान गर्नेछ । यसका साथै एनसेलले खेल मैदानमा विभिन्न गतिविधिहरू आयोजना गर्दै यो प्रतियोगिताभरी ग्राहकका लागि विभिन्न योजना ल्याउने तयारी गरेको छ ।

    मंसिर १५ गते देखि पौष ६ गतेसम्म नेपालमा सञ्चालन हुने यो प्रतियोगितामा आठ टिमका १६० खेलाडीहरूले कुल ३२ रोमाञ्चक खेलमा समावेश हुनेछन् ।

    ‘एनपीएलको लक्ष्य भनेको क्रिकेट र हाम्रा खेलाडीहरूको विकासमा सहयोग गर्नु हो । त्यसैगरी, हामी एनपीएललाई विश्वकै प्रतिष्ठित क्रिकेट लिगमध्ये एकको रूपमा स्थापना गर्न पनि चाहन्छौं र यस दीर्घकालीन लक्ष्य पछ्याउदै गर्दा खेलकुदको विकास र प्रवर्द्धनलाई निरन्तर समर्थन र साथ दिइरहेको एनसेलसँग यो सहकार्यका गर्न पाएकोमा हामी एनसेलप्रति आभारी छौं,’ खड्काले भने ।

    एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेलले आफ्नो स्थापना कालदेखिनै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्वपूर्ण योगदान गर्दै आएको बताएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।

    यस अघि एनसेलले त्रिकोणत्मक टी–२० आई सिरिज २०२४, आईसीसी लिग २, र नेपाल–क्यानडा एकदिवसीय सिरिजलाई पनि सहयोग गरेको थियो । एनसेलले बिर्तामोड गोल्ड कप र झापा गोल्ड कप लगायतका विभिन्न फुटबल प्रतियोगिताहरूलाई पनि सहयोग प्रदान गरेको थियो ।

    यसैगरी, खेलकुदको विकासमा आफ्नो प्रतिबद्धता अनुरुप एनसेलले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहकार्य गरी ए डिभिजन, यू–१६ फुटबल, महिला राष्ट्रिय च्याम्पियनसिप, र महिला राष्ट्रिय टोलीका कार्यक्रमहरूमा सहयोग गरेको थियो । २०१४ मा क्यानको प्राविधिक सहयोगमा, एनसेलले पहिलो पटक घरेलु क्रिकेट प्रतियोगिता—एनसेल नेपाल प्रिमियर लिगको आयोजना पनि गरेको थियो ।

    आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सिएसआर) अन्तर्गत, एनसेलले गत वर्षदेखि राष्ट्रिय प्यारालिम्पिक समिति (एनपीसी) नेपालसँग सहकार्य गर्दै राष्ट्रिय पारा खेलाडीहरुलाई सहयोग र समर्थन गर्दै आएको छ ।

    गत भदौमा पारा–ताइक्वान्डो खेलाडी पालेशा गोवर्धनले पेरिस प्यारालिम्पिक्स २०२४ मा ऐतिहासिक जित हासिल गरेपछि, एनसेल फाउन्डेसनले उनलाई रु १० लाख रुपैयाँ पुरस्कार बाट सम्मान गरेको थियो । र अन्य प्यारालिम्पिक टोलीका सदस्यहरूलाई पनि एनसेल फाउन्डेसनले नगद पुरस्कारसहित सम्मान गरेको थियो ।

    एनसेल र एनपीसी नेपालको यस साझेदारीमार्फत, एनसेलले राष्ट्रिय पारा खेलाडीहरूको समग्र तालिम, प्रशिक्षण र विकासमा सहयोग जारी राखेको छ । त्यसैगरी, आफ्नो सामाजिक पहल अन्तर्गतनै एनसेलले खेलकुदको विकासलाई समर्थन गर्दै लैनचौर मैदानलाई बहुउद्देश्यीय खेल मैदानको रूपमा पुनःर्निर्माण पनि गरेको छ ।

    साथै, एनसेलले वार्षिक रुपमा एनसेल कर्पोरेट गल्फ प्रतियोगिता पनि आयोजना गदै आएको छ । त्यसै मध्येको एक प्रतियोगिता दुई हप्ता अघि सम्पन्न भएका थियो । खेलकुदको महत्वलाई आत्मसाथ गर्दै, एनसेलले यस क्षेत्रको विकास र वृद्धिलाई प्राथमिकतामा राखेको छ ।

  • नगर प्रमुख शर्माद्वारा सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ शाखा उद्घाटन

    नगर प्रमुख शर्माद्वारा सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ शाखा उद्घाटन

    काठमाडौं । सैनामैना नगरपालिकाको नगर प्रमुख फणेन्द्र प्रसाद शर्माद्वारा मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ शाखा उद्घाटन गरेका छन् ।सैनामैना नगरपालिकाको मुर्गिया क्षेत्रमा डिशहोमको इन्टरनेट सेवाको नयाँ शाखाको उद्घाटन गरिएको हो ।

    कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिशहोमका कर्मचारीहरु तथा अन्य उल्लेखनीय ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।

    नवउद्घाटित सेवा केन्द्रले सैनामैना नगरपालिकाका ग्राहकहरूलाई डिशहोमका विविध सेवाहरू उपलब्ध गराउनेछ। ग्राहकहरूले यहाँबाट इन्टरनेटको नयाँ जडान, रिचार्ज, र टिभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्नेछन् ।

    यस सेवा केन्द्रमार्फत अब सैनामैना क्षेत्रका स्थानीय ग्राहकहरूको आवश्यकता समाधान गर्न र गुणस्तरीय सेवा सुविधाहरू थप प्रभावकारी रूपमा प्रदान गर्न सहयोग गरिनेछ ।

    डिशहोमको यो नयाँ शाखाले सैनामैना नगरपालिकाका नागरिकहरूलाई डिजिटल सेवासम्बन्धी सहज पहुँच पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

     

  • शिखर इन्स्योरेन्सको २० औं वार्षिक उत्सव सम्पन्न, ११ जना कर्मचारीलाई सुनको सिक्का

    शिखर इन्स्योरेन्सको २० औं वार्षिक उत्सव सम्पन्न, ११ जना कर्मचारीलाई सुनको सिक्का

    काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनीको २०औं वार्षिक उत्सव समारोह विविध कार्यक्रमसहित भव्य रुपमा सम्पन्न भएको छ ।

    कम्पनीले वार्षिकोत्सवको अवसरमा २० वर्ष भन्दा बढी समयदेखि कार्यरत ११ जना कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्ष भन्दा बढी समयदेखि कार्य गर्ने ३४ जना कर्मचारीहरुलाई १०० ग्राम चाँदीको सिक्का सहित सम्मान गरेको छ ।

    कम्पनीले विगतमा पनि हरेक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा सेवा प्रदान गर्ने कर्मचारीहरुलाई चाँदीको सिक्का सहित सम्मान प्रदान गर्दै आइरहेको छ।

    कम्पनीले आफ्नो २० वर्षको समयमा विभिन्न ऐतिहासिक सफलता हासिल गरेको छ । जसमा नेपाली निर्जीवन बीमा क्षेत्रमा १०० करोडदेखि ५०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी बन्न सफल भएको छ।बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा शिखर इन्स्योरेन्सले ओगटेको छ । यस अवधिमा कम्पनीले २० अर्ब रुपैयाँभन्दा बढीको दावी भुक्तानी गरेको छ ।

    कम्पनीले विभिन्न विपद् आएको समयमा पनि दावी भुक्तानीमा अग्रसर रहदै आएको छ । साथै, २० वर्षको अवधिमा एक लाख भन्दा बढी दावी भुक्तानी दिएको छ ।

    साथै, कम्पनीले २० वर्षको समयमा आफ्ना शेयरधनीहरुलाई २९५ प्रतिशतको लाभांस प्रदान गरेको इतिहास छ । मर्जर विना २ अर्ब ५० करोडको चुक्ता पुँजी पुर्‍याउने पहिलो बीमा कम्पनी पनि शिखर इन्स्योरेन्स बनेको छ ।

    बीमा क्षेत्रमा १ सयभन्दा बढी शाखा संजाल विस्तर गर्ने र ६०० भन्दा अधिका मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी समेत बनेको छ।

    शिखर इन्स्योरेन्स २० वर्षको समयमा ६ पटक सम्म नेपालको बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी तथा बेष्ट इन्स्योरेन्स कम्पनीका रुपमा सम्मानित भएको छ।

    त्यस्तै, मानव संसाधनको विकासका लागि कर्पोरेट एक्सेलेन्स अवार्ड बाट सम्मानित, बीमा क्षेत्रमा सबैभन्दा बढी कर भुक्तानी गरेकोले आन्तरीक राजश्व विभागबाट सम्मानित, कृषि तथा बाली बीमाको बीमा दाबी भुक्तानीका लागि नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीका रुपमा सम्मानित र नेपाल पुनर्बीमा कम्पनीबाट सबै भन्दा बढी नाफामुलक पुनर्बीमा गरेकोमा सम्मानित भएको छ।

  • सिद्धार्थ बैंक बन्याे नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक

    सिद्धार्थ बैंक बन्याे नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक

    काठमाडाैं । क्रिकेट संघ नेपाल (क्यान)द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म ९५ वर्ष०को मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक लिमिटेड(SBL) आवद्ध भएको छ ।

    क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारीहरु, बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संचालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्षहरु र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो ।

    सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुर स्थित टी।यू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।

    नेपालको क्रिकेट जगतलाई थप उचाइमा पुर्याउने उद्देश्यकासाथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको धारणा बैंकका अध्यक्ष मनोज कुमार केडियाले व्यक्त गरेका थिए । यसका साथै, बैंकका प्रमुख कार्यकारी अधिकृतले मन्तव्य प्रस्तुत गर्दै बैंकको यस समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पुर्याइ देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउन मद्दत पुग्ने धारणा व्यक्त गरेका थिए।

    पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मुख्य प्रायोजकको रुपमा जोडिएको हो ।

    यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीहरूमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पुर्याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

  • सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर देशीय भुक्तानी सम्बन्धी सम्झौता

    सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर देशीय भुक्तानी सम्बन्धी सम्झौता

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलिप्लेप्लस नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल पे मर्चेन्ट अन्तर देशीय भुक्तानी गर्नका लागि मिति २०८१/०८/०२ आइतबारका दिन सम्झौता भएको छ ।

    सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरमा अलिपेप्लस नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ ।

    चाइना, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मकाउ, थाईल्याण्ड, साउथ कोरिया तथा इटाली लगायतका देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

    एनसीएचएलले अलिप्लेप्लससँग इन्टरनेशनल पेमेन्ट पार्टनरका रूपमा आबद्ध भई दुई नेटवर्क बीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ । यसै पहल अनुरूप सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको हो ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • मंसिर २५ गते लाभांश प्रस्ताव पारित गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक

    मंसिर २५ गते लाभांश प्रस्ताव पारित गर्दै स्ट्याण्डर्ड चार्टर्ड बैंक

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले यही मंसिर २५ गते लाभांश पारित गर्ने भएको छ ।

    बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्ने भएको हो ।

    बैंकले ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद (करसहित) गरी कूल २५.५० प्रतिशत लाभांश वितरण गर्न लागेको छ ।

    उक्त लाभांश प्रस्तावसहित बैंकले काठमाडौंको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बैंकको ३८ औँ वार्षिक साधारण सभा हुने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

    बैंकले मंसिर ६ गते एक दिनका लागि बुकक्लेज गर्ने भएको छ । मंसिर ५ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश पाउन योग्य हुनेछन् ।

    त्यस्तै, सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखा परीक्षक नियुक्त गर्ने, वार्षिक प्रतिवेदनलगायतका प्रस्तावहरू पनि पारित गर्ने भएको छ ।

  • एनएमबी बैंकको ‘कृषि कर्जा’- एपबाटै विनाधितो २ लाखसम्म लिन सकिने

    एनएमबी बैंकको ‘कृषि कर्जा’- एपबाटै विनाधितो २ लाखसम्म लिन सकिने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहित गरिरहेको बेला एनएमबी बैंकले पनि कृषिमा लगानी वृद्धि गरिरहेको छ ।

    बैंकले युवा, महिला र उद्यमीलाई कृषिमा नेपाललाई आत्मनिर्भर बनाउने र नेपाली कृषि उपजको विदेश निर्यात गर्ने उद्देश्य लिएर कृषि क्षेत्रमा लगानी गरिरहेको छ । बैंकले कृषिको उत्पादन, प्रोसेसिङ र मार्केटिङमा लगानी गरिरहेको छ ।

    एनएमबी बैंकले कृषकलाई लक्षित गरेर एनएमब खेती कर्जा लाएको छ । जसमा कृषि गर्न चाहेर पनि लगानी र धितो नभएका व्यक्तिहरूलाई २ लाखसम्मको एनएमबी खेती कर्जा प्रदान गरिरहेको छ ।

    यो लोन लिन चाहनेले खेती एपमा गएर एनएमबी खेतीकर्जाबाट आवेदन दिन सक्ने छन् । एपमा गएपछि एपले मागे अनुसारको प्रक्रिया पुरा गरेर एनएमबी खेती कर्जा लिन सकिने छ । यो कर्जा लिनका लागि बैंकमा जानु पर्दैन । एनएमबी खेती कर्जा लिन चाहनेले आफू बसेको ठाउँबाट नै खेती एपमार्फत लोन पाउने छन् । बैंकमा गएर लिखित रूपमा फर्म भर्न पर्दैन भने कर्जा सिधै खातामा आउने छ ।

    एनएमबी बैंकले कृषिमा २२ अर्बभन्दा धेरै लगानी गरेको बैंकका कृषि अधिकृत कृष्णप्रसाद भट्टले बताए ।

    उनले भने, ‘बैंकले कृषिमा कसरी देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भनेर लगानी गरिरहेको छ । एनएमबी खेती कर्जा, महिला कृषि कर्जा र युवा कृषि कर्जा दिइरहेको छ । बैकले अदुवा, अलैँची, धान, मकैं, किबी, केरा, तरकारी लगायतको कृषिजन्य उत्पादनको लागि कृषिलोन दिइरहेको छ । बैंकले चिया, डेरी, मौरी पालन र पशुपालनमा पनि कृषि कर्जा दिइरहेको छ । बैंकमा नै नआई एनएमब खेती कर्जा २ लाख दिइरहेको छ ।’

    एनएमबी बैंकले राष्ट्र बैंकले तोकेको सीमा अनुसार नै कृषिमा लगानी गरिरहेको छ । राष्ट्र बैंकले २०८३ को असारसम्म १३ र २०८४ को असारसम्म १५ प्रतिशत लगानी कृषिमा गर्न भनेको छ । सोही अनुसार बैंकले कृषिमा लगानीको तयारी गरिरहेको छ ।

    एनएमबी बैंकले कृषिमा लोन लिने र कृषि गर्नेहरूको लागि कृषि हेल्प डेक्स पनि राखेको छ । डेक्समा कृषि अध्ययन गरेको कर्मचारीहरू राखिएको हुन्छ । कृषि गर्नेहरूका लागि सूचना, ज्ञान र परामर्श दिने काम बैंकले गर्दै आएको छ । एनएमबी बैंककको कल सेन्टरमा फोन गरेर पनि कृषि लोन र कृषिका विषयमा बुझ्न सकिन्छ ।

    बैंकले युवा, महिला र साना तथा मझौला कृषि गर्नेहरूका लागि कृषि कर्जा दिइरहेको छ । विदेशबाट नेपालमा आएर कृषि गर्न चाहने युवाहरूका लागि पनि बैंकले कृषि लोन दिइरहेको छ । विदेशबाट नेपाल आएर कृषि गर्न चाहने नेपालीले १५ लाखसम्म कृषिकर्जा पाउने छन् ।

    बैंकले ७ वाटै प्रदेशमा उत्पादन हुने नगदे बाली, आत्मनिर्भरका लागि सहयोग पुग्ने बाली र निर्यात गर्न सकिने कृषिको उत्पादनमा विशेष जोड दिने तयारी गरेको छ । प्रदेश अनुसारको उत्पादनमा कृषि कर्जा कसरी दिन सकिन्छ र उत्पादन कसरी वृद्धि गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको छ ।

    बैंकले ६ सयभन्दा धेरैलाई विना धितो २ लाख एनएमबी खेती कर्जा दिएको छ । भने, कृषि उद्यम गरिरहेका २ हजारभन्दा बढी कृषकलाई २२ अर्बभन्दा धेरै कृषि कर्जा दिएको छ । जसमा सौलियतपूर्ण कर्जा ९ सयभन्दा बढी कृषकलाई ३ अर्ब ५ करोडभन्दा धेरै कर्जा रहेको छ ।

    एनएमबी बैंकको देशभर २ सय १ वटा शाखा रहेको छ । प्रत्येक शाखाबाट कृषकले कृषि कर्जा पाइरहेका छन् । भने, एनएमब बैंकबाट कृषि कर्जा लिएर मौरी पालन गरेका, तरकारी खेती गरेका र पशुपालन गरेका कृषकहरू केन्द्र र प्रदेश सरकारबाट सम्मानित भइरहेका छन् ।

    –प्रवर्द्धनात्मक सामग्री

  • नबिल बैंक आठौं पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

    नबिल बैंक आठौं पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

    काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिलले बैंक, वित्तीय संस्था र बीमा कारोबार क्षेत्रतर्फ अहिलेसम्म आठ पटक यो सम्मान प्राप्त गर्ने सफलता पाएको छ ।

    यो वर्ष पनि आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

    शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरेका हुन् । उक्त कार्यक्रममा नबिल बैंकको तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान लिएका छन् ।

    नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थाहरूसहित विभिन्न विधाबाट सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्दै आएको छ । यसअघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो ।

    नबिल नेपालको एक अग्रणी बैंक हो । बैंकले जिम्मेवार संस्थाको रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरिका २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

    नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिलले नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रूपमा काम गर्दै आएको छ ।

  • नेपाल बैंक ८८औं वर्षमा प्रवेश, २५ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा

    नेपाल बैंक ८८औं वर्षमा प्रवेश, २५ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८८औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको बैंक २०८१ साल कार्तिक ३० गते आफ्नो ८७औं वर्ष पूरा गरी ८८औं वर्षमा प्रवेश गरेको छ ।

    यसै अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोह नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा ८८औं वार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।

    उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले गरेका थिए ।

    नेपाल बैंकले देशभर २२९ शाखा, २०५ एटीएम मेसिनका साथै ६० वटा एक्टेन्सन काउन्टरमार्फत करिब २५ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा पुर्‍याइरहेको छ । बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी  रुपमा अगाडि बढिरहेको छ ।

    करिब ९ लाखभन्दा बढी ग्राहकले डिजिटल प्रविधिमार्फत बैंकिङ सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्षयता छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपालभर  बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

  • स्मार्टच्वाईस टेक्नोलोजिज र खल्तीबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

    स्मार्टच्वाईस टेक्नोलोजिज र खल्तीबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड(SCT) र भुक्तानी सेवाप्रदायक संस्था खल्ती प्रा. लि.(Khalti Digital Wallet)बीच “स्मार्ट क्यूआर”मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

    यस सम्झौता पश्चात खल्ती डिजिटल वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् ।

    क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टर अपरेवल क्यूआर कोड हो ।

    खल्ती प्रा. लि. को कार्यलयमा आयोजित कार्यक्रममा SCTका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  मनोज घिमिरे र Khalti Digital Wallet का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री विनय खड्काले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    स्मार्ट क्युआर (SmartQR) मार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालै फस्र्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात खल्ती डिजिटल वालेटका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।

  • इन्फोडेभलपर्स र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी

    इन्फोडेभलपर्स र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी

    काठमाडौं। इन्फोडेभलपर्स प्राली र सांग्रिला डेभलपमेन्ट बैंकबीच व्यवसायीक सेवाका लागि समझदारी भएको छ । इन्फोडेभलपर्सलेको कम्प्रिहेन्सिभ रिकन्सिलेसन सिस्टक (सीआरएस) प्रणाली सांग्रिला डेभलपमेन्ट बैंकमा लागू गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    बैंकले प्रवाह गर्ने सेवाहरू स्वचालिन र सरल बनाउनका लागि सीएसआर सफ्टवेयरले भूमिका खेल्ने भएको छ । यस सम्बन्धी सम्झौतामा इन्फोडेभलपर्स प्रालीका निर्देशक अर्बिन प्रधान र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्वप्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।

    काठमाडौं स्थित बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रमका बीच सम्झौता सम्पन्न भएको हो । सो अवसरमा इन्फोडेभलपर्सको तर्फबाट कर्पोरेट म्यानेजर सुबास पौडेल, म्यानेजर दिलीप दवाडी तथा सांग्रिला डेभलपमेन्ट बैंकका सूचना प्रविधि प्रमुख सन्तोष पंगेनी लगायतको उपस्थिति थियो ।

    सीएसआर सफ्टवेयरले वित्तीय डाटा म्याच सुनिश्चित गरेर सुल्झाउने प्रक्रियालाई सरल बनाउने छ । जुन वित्तीय इंटिग्रिटी कायम राख्नका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । सफ्टवेयरको परिचालनसँगै, सांग्रिला डेभलपमेन्ट बैंक आफ्नो आन्तरिक कार्यक्षमता सुधार्ने, म्यानुअल कार्य घटाउने र वित्तीय व्यवस्थापनमा समग्र दक्षता बढाउने भएको छ ।

    दुबै संस्था बीचको साझेदारी बारेमा प्रतिकृया दिँदै इन्फोडेभलपर्सका कर्पोरेट म्यानेजर पौडेलले भने, ‘हामी सांग्रिला डेभलपमेन्ट बैंकसँग मिलेर काम गर्न पाउँदा खुशी छौं । हाम्रो सीएसआर सफ्टवेयर प्रयोग गर्न सजिलो, एकीकृत, छिटो प्रोसेसिङ, उच्च गुणस्तरिय भएकाले बैंकको कार्यक्षमता प्रभावकारी र थप सहज बनाउन भूमिका खेल्ने विश्वास लिएका छौँ ।’

    सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले भने, ‘हाम्रो वित्तीय कार्यक्षमता र विश्वसनीयता सुधार्ने निरन्तर प्रयासको हिस्साको रूपमा हामीले इन्फोडेभलपर्सको सीएसआर सफ्टवेयर चयन गरेका छौं। यसले हाम्रो हाम्रो वित्तीय रिपोर्टिङको गुणस्तरलाई सुधार्नेछ ।’

    यो सफ्टवेयरको कार्यान्वयनले सांग्रिला डेभलपमेन्ट बैंकका आन्तरिक कार्यहरू सुधार्ने मात्र नभइ बैंकको वित्तीय व्यवस्थापन अभ्यासहरूलाई पनि सुदृढ गर्ने अपेक्षा समेत गरिएको छ । जसले बैंकलाई प्रतिस्पर्धात्मक लाभ प्रदान गर्ने र ग्राहक सेवामा सुधार ल्याउने दुबै पक्षको विश्वास छ ।

  • नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन ‘साफा’ अवार्डबाट सम्मानित

    नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन ‘साफा’ अवार्डबाट सम्मानित

    काठमाडौं । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ। साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो।

    दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२र२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता तथा सुशासनको लागि यो अवार्ड प्रदान गरिएको साफाले जनाएको छ।

    साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ। साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो।

    नबिल बैंक नेपालको एक अग्रणी बैंक हो। नबिलले २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६८ शाखा र ३ सय २० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ।

  • बुटवलमा प्रिमियम र स्मार्ट नामी ईभी गाडी सार्वजनिक

    बुटवलमा प्रिमियम र स्मार्ट नामी ईभी गाडी सार्वजनिक

    रुपन्देही । नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धिले लुम्बिनी प्रदेशअन्तर्गत बुटवलमा प्रिमियम र स्मार्ट ईभी नामी गाडी सार्वजनिक गरेको छ ।

    एक कार्यक्रमबिच तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की र एमएडब्ल्यू वृद्धिका बिजनेश प्रमुख प्रशन्न पन्त तथा डोङफेङ बुटवल इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले संयुक्त रुपमा नामी इभी सार्वजनिक गरेका हुन् ।

    सेग्मेन्टमै सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट मानिएको नामी इृभीले लुम्बिनी प्रदेशको बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

    मेयर खाणले इन्धनको बचत र वातावरणीय प्रदूषण न्यूनीकरण गर्न विद्युतीय सवारीको प्रयोगमा जोड दिनुपर्ने बताए । उनले तिलोत्तमा नगरपालिकाले यस खालका सवारी सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणमा लगानी गर्ने बताए ।

    डोङफेङका लागि बुटवल डिलर इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र खड्गीले लुम्बिनीमा स्मार्ट र इन्टेलिजेन्ट इृभी नामीलाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी भएको बताए । उनले बिक्रीमात्र होइन, बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्व दिने जनाए ।

    सेग्मेन्ट फस्ट फिचरले भरिएको नामी

    नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मिश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सीट, मेमोरी सीट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंङ टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ ।

    नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२।८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्र्युज कन्ट्रोल, अटोडिमिङ फिचरसहितको स्टार लाइट क्रिस्टल एलईडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् ।

    यो ईभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ ।

  • एभरेष्ट बैंक र एनसीएचएलबीच अलिपेमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

    एभरेष्ट बैंक र एनसीएचएलबीच अलिपेमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलिपेको नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपाल पे मर्चेन्टहरुका क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।

    उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन ।

    यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्यूस्आर तथा यसका इन्ट्रोपेरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपेको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ ।

    चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा यसको इन्ट्रोपेरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्ने सम्झौतामा उल्लेख छ ।

    अलिपेको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि अक्वरिङ नेटवर्क, ९ करोडभन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् ।

  • लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल

    लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल

    काठमाडौं । लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई आगामी एनपीएलका लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गरेको छ।

    सोमबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एक पत्रकार सम्मेलनमा यसको घोषणा गरिएको थियो।नेपाली चलचित्र उद्योगमा दशकौं लामो योगदान दिएका राजेश हमाल पर्दामा आफ्नो शक्तिशाली डाइलग डेलिभरी तथा एक्सनले चर्चित छन् भने पर्दा बाहिर पनि आफ्नो बौद्धिकता र व्यक्तित्वले चिरपरिचित छन्।

    ब्राण्ड एम्बेसेडरको रूपमा लुम्बिनी लायन्समा आबद्ध भइ नेपाली खेलकुदमा पनि आफ्नो प्रेरणादायी उपस्थिति जनाएका छन्।

    ब्राण्ड एम्बेसेडरको रुपमा नियुक्त भएपछि हमालले आफ्नो विचार राख्दै भने, ‘लुम्बिनी लायन्ससँगको यस सहकार्यले मलाई अत्यन्त खुसी र गर्व महसुस गराएको छ। लुम्बिनी लायन्सको एनपीएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभई समग्र क्रिकेट खेललाई नै प्रवद्र्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी छ। म यो सहकार्यमार्फत लुम्बिनी लायन्स तथा नेपालीे क्रिकेटको प्रवर्धनमा आफ्नो योगदान दिन पाउँदा अत्यन्त उत्साहित छु।’

    लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले हमाललाई ब्राण्ड एम्बेसेडरको रूपमा स्वागत गर्दै भने, ‘चलचित्र जगतको ‘लायन’लाई लुम्बिनी लायन्समा भित्र्याउन पाउँदा हामी निकै खुसी छौँ। हाम्रो लक्ष्य भनेको लुम्बिनी लायन्सलाई समग्र रुपमा एनपीएलको उत्कृष्ट टिम बनाउने हो र उहाँको आगमनले हाम्रो त्यही लक्ष्यतर्फको पाइलालाई झनै बलियो बनाएको छ। लुम्बिनीलाई एकदमै महत्त्व दिएर हामी अगाडी बढिरहेका छौं र सोही अनुरुप कप्तान, कन्सुल्टेन्त कोच तथा ब्रान्ड एम्बेसेडर साइन गरेका छौँ। म आफै पनि लुम्बिनीमै जन्मेको र क्रिकेट खेलसँग पनि भावना जोडिएकोले मलाई गर्वको महसुस भइरहेको छ।’

    लुम्बिनी लायन्सको यो नयाँ घोषणाले यस प्रान्चाइजका साथै नेपाली खेलकुदमा नै नयाँ उत्साह र ऊर्जा थप्नेछ। नेपाल प्रिमियर लिग ९एनपीएल० आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ।