Category: कर्पोरेट प्रेस

  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाट बजार’ सञ्चालनमा 

    ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाट बजार’ सञ्चालनमा 

     

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको छ । आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले बैंकले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको हो ।

    उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरूले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौंको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाट बजार सञ्चालन गर्ने जनाएको छ । उक्त बजारको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले गरेका हुन् ।

    प्रमुख कार्यकारी अधिकृत रेग्मीले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजारमा पहुँच विस्तार गर्नु हाट बजारको प्रमुख उद्देश्य रहेको बताए ।

    हाट बजारले अर्ग्यानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए ।

    ‘यो हाम्रो सानो तथा सिम्बोलिक अभियान हो । यसैगरी, हाम्रा अर्ग्यानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ । हाम्रो अर्थतन्त्रको आधार यिनै लघु, साना तथा मझौला उद्यम नै हुन् । यसका साथै, आफ्ना ऋणीले उत्पादन गरेका वस्तु खपत गर्ने तथा ती उत्पादनलाई प्रवर्द्धन गर्नु बैंकको पनि दायित्व हो’, सीईओ रेग्मीले भने ।

    हाट बजारमा विषादी रहित कृषि उपज, रैथाने बाली तथा सो अनुरूपका बालीका उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवा लगायतका सामाग्रीहरू प्रदर्शन तथा बिक्रीका लागि राखिने उनले जानकारी दिए ।

     

  • आइएमई पे ‘डिजिटल सर्भिसेज आईसीटी पुरस्कार २०२४’ बाट सम्मानित

    आइएमई पे ‘डिजिटल सर्भिसेज आईसीटी पुरस्कार २०२४’ बाट सम्मानित

    काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’आईसीटी अवार्ड २०२४ को डिजिटल सर्भिसेज विधाबाट सम्मानित भएको छ । पुष ५ गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको आइसिटि अवार्ड कार्यक्रममा ‘आइएमई पे’ डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२४ बाट सम्मानित भएको हो । अवार्डले नेपालको टेक्नोलोजी क्षेत्रमा उत्कृष्टता र नवीनता ल्याउन पहल गर्ने कम्पनीहरूलाई सम्मानित गर्दछ ।

    आफ्नो नवीन र प्रयोगकर्ता–मैत्री प्लेटफर्म मार्फत आइएमई पेले डिजिटल भुक्तानी लगायतका विभिन्न बित्तिय सेवाहरु प्रयोग गर्ने तरिकामा उत्साहजनक परिवर्तन ल्याएको छ । यो प्रतिष्ठित अवार्डले नेपालको डिजिटल वित्तीय परिदृश्यमा आईएमई पेको महत्वपूर्ण योगदानलाई सम्मान गरेको छ ।

    ‘डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२४ बाट सम्मानित हुन पाउँदा हामी निकै गौरवान्वित भएको छौँ । यो पुरस्कार आइएमई पेमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको परिश्रम, समर्पण र हाम्रा साझेदारहरूको विश्वास र सहयोगको परिणाम हो, आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

    यो अवार्डले नेपालमा डिजिटल वित्तीय सेवा क्षेत्रमा अग्रणीको रूपमा आइएमई पेको स्थानलाई अझ बलियो बनाउँछ । आइएमई पे वित्तीय समावेशीकरण र प्रविधिको प्रयोगले देश भरका व्यक्ति र व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध रहेको छ ।

     

  • क्लोजअप बन्यो भ्वाइस अफ नेपाल सिजन ६ को मुख्य प्रायोजक

    क्लोजअप बन्यो भ्वाइस अफ नेपाल सिजन ६ को मुख्य प्रायोजक

    काठमाडौं । युनिलिभर नेपालको लोकप्रिय ब्राण्ड क्लोजअप (Closeup)ले यसपटक भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने सम्झौता गरेको छ ।

    आत्मविश्वास र ताजापनको प्रतिक मानिने क्लोजअपले नेपाली संगीत क्षेत्रको एउटा ठुलो मञ्च भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको हो ।

    भ्वाइस अफ नेपाल, आफ्नो सुरुवात कालनै नयाँ र फ्रेश गायक/गायिकाहरुको प्रतिभा उजागर गर्दै उनीहरुलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउने उद्देश्यले अग्रसर हुँदै आएको छ र यसको लोकप्रियता दिनप्रतिदिन बढ्दै गईरहेको छ ।

    क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगिहरुमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको छ ।

    यसै समारोहकाबीच युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जीत भन्छन् – क्लोजअप सधैं आफ्ना उपभोक्तालाई आत्मविश्वास र ताजापनको महसुस गराउन समर्पित छ ।

    भ्वाइस अफ नेपालसँगको सहकार्यले यस सन्देशलाई अझ व्यापक बनाउँदै नेपाली संगीतप्रेमीहरुको मन मुटुमा स्थान बनाउने हाम्रो प्रयास हो ।

    भ्वाइस अफ नेपालको आयोजक टोलीले पनि क्लोजअपसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै भन्छन् – यो साझेदारीले आयोजक र प्रतियोगी दुवैलाई थप प्रेरणा र हौसला प्रदान गर्नेछ ।

  • पुस ६ गतेदेखि पठाओ सुपरफेस्ट हुँदै, आइफोन १६ देखि एक रुपैयाँमै चिकेन बिर्यानीसम्मको अफर   

    पुस ६ गतेदेखि पठाओ सुपरफेस्ट हुँदै, आइफोन १६ देखि एक रुपैयाँमै चिकेन बिर्यानीसम्मको अफर   

    काठमाडौं । नेपालको अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले यही पुस ६ गतेदेखि २६ गतेसम्म पठाओ सुपरफेस्ट आयोजना गर्ने भएको छ ।

    ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नारासहित आयोजित सुपरफेस्टमा गत वर्ष मिस्टर हुलहुल मात्रै आएकामा यस वर्षको सुपरफेस्टमा एलियन जोडी नै आएको थिममा पठाओले प्रचार गरेको छ । एलियनहरू पठाओको सुपरफेस्टको छुट र अफर देखेर ब्रह्माण्डबाटै आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको हो ।

    कम्पनीका अनुसार सुपरफेस्टमा पठाओ फुडमा मात्रै नभई राइडमा समेत सेवाग्राहीले ८० प्रतिशतसम्म छुट पाउनुका साथै विभिन्न आकर्षक अफर पनि प्राप्त गर्नेछन् । साथै यस वर्षको पठाओ सुपरफेस्टमा सेवाग्राहीले प्रत्येक राइड वा फूड अर्डरका आधारमा सो बराबरको प्वाइन्ट्स प्राप्त गर्न सक्ने तथा पठाओ एप भित्रै पोइन्ट्सको डिल सेक्सनमा गएर रिडिम गरी राइडको प्रोमो कोडहरू पाउन सकिने पठाओ नेपालका निर्देशक सुरक्षा हमालले जानकारी दिइन्।

    सुपरफेस्टमा  केचप किन्दा पिज्जा फ्रि, बर्गर किन्दा अर्को बर्गर फ्री, चिकेन बिरयानीमा चिकेन सेकुवा फ्रि, रु एकमा दुई क्रन्ची चिकेन बर्गररबीबीक्यू चिकेन विङ्ग्सरचिकन राइस बउलरमिट लभर्स पिज्जारचिकन बिर्यानी लगायतका अफरहरू उपलब्ध गराइएको छ । कम्पनीले सुपरफेस्ट सुरु हुनुअघि काठमाडौं उपत्यकाको विभिन्न स्थानमा पठाओ एलियनको भेषमा मिस्टर हुलहुल र मिसेस हुलहुल घुम्न पठाएको थियो । कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ । जुन गत वर्ष नेपालमै पहिलो पटक पठाओले प्रयोग गरेको हो ।

    मिस्टर हुलहुल र मिसेस हुलहुलको जोडीलाई सबैमाझ परिचित गराउनका लागि कम्पनीले टिकटकमा भिडियो प्रतिस्पर्धा समेत गरिरहेको जनाएको छ । सुपरफेस्ट अवधिमा उनीहरूसँग भिडियो बनाएर टिकटकमा राखिने भिडियोमध्येबाट सबैभन्दा बढी लाइक, सेयर र भ्यूजका आधारमा एक जनालाई रु १० हजार नगद उपहार प्रदान गरिनेछ ।

    यी अफरहरू हरेक दिन बिहान १० बजेदेखि राति ९ बजेसम्म उपलब्ध हुनेछन् । साथै फ्लास सेल्स तथा रेष्टुरेन्ट अर्डरमा ८० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । सुपरफेस्टमा एक किलोमिटरको दूरीसम्म निःशुल्क डेलिभरी प्रदान गरिनेछ । कस्टमरले प्रत्येक फूड अर्डरमा स्योरसट प्राइजको स्क्रयाच कार्ड पाउनेछन् ।

    सेवाग्राहीले स्क्रयाच कार्डमा अल्टिमा लाइफस्टाइलको प्रडक्टमा रु ३५० को छुट, डोल्पो गियर्सको ठमेल आउटलेटबाट सामान किन्दा २० प्रतिशत छुट, ट्राङ्क्युलिटी स्पाको ठमेलस्थित शाखामा सेवा लिँदा ४० प्रतिशत छुट, धुलिखेलको जिपलाइनमा भिडियो बाहेक ४० प्रतिशत छुट, इना सेन्टरमा सामान किन्दा ११ सय रुपैयाँको छुट, मिशिसा कस्मेटिक्समा १५ प्रतिशत छुट पाउन सक्नेछन् ।

    साथै यति एयरलाइन्सको फ्लाइट बुकिङमा रु ५ सय छुट, माक्कुसेको सामान किन्दा १० देखि १५ प्रतिशतसम्म छुट, वन्डरल्याण्डमा रु पाँच सय बराबरको दुई खेलमा प्रवेशको सुविधा, कोदाली भेन्चर्सका प्रडक्ट खरिदमा छुट र स्पर्सका प्रडक्टमा रु २०० छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

    सुपरफेस्ट अवधिमा हरेक साता भाग्यशाली विजेताहरूले मिशिसा कस्मेटिक्स, अल्टिमा लाइफ स्टाइल, इना सेन्टर र माक्कुसेका तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् । साथै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले आइफोन १६ पाउनेछन् ।

    अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओले ‘पठाओ सुपरफेस्ट २०२४’ आयोजना गरेको हो । गत वर्षहरूमा आयोजना गरिएका पठाओ सुपरफेस्ट भव्यरुपमा सफल भएपछि कम्पनीले यस वर्ष पनि सुपरफेस्ट आयोजना गर्न लागेको हो । गत वर्ष पठाओ हिरोहरूले औसत दैनिक ९०० रुपैयाँ कमाउँदै आएकोमा सुपरफेस्ट अवधिमा दैनिक १ हजार ४ सय रुपैयाँ कमाएको निर्देशक हमालले जानकारी दिइन् ।

  • सिटिजन्स बैंकका ग्राहकले एसएम डेन्टल एण्ड स्किन केयरमा २५ प्रतिशतसम्म छुट पाउने

    सिटिजन्स बैंकका ग्राहकले एसएम डेन्टल एण्ड स्किन केयरमा २५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाटस्थित एसएम डेन्टल एण्ड स्किन केयर प्रालिबीच समझदारी भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिन समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एसएम डेन्टल एण्ड स्किन केयरमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन् ।

    यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

  • सिटिजन्स बैंकको घर कर्जा योजना: स्थिर ब्याजदरदेखि छुटसम्मको सुविधा

    सिटिजन्स बैंकको घर कर्जा योजना: स्थिर ब्याजदरदेखि छुटसम्मको सुविधा

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको वाणिज्य बैंक हो, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड । यस बैंकले देशभरका ६० जिल्लाबाट सेवा बैंकिङ सेवा दिइरहेको छ । बैंकले आफ्ना १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको यस आफ्ना ग्राहकहरूका लागि विभिन्न योजनाहरू ल्याउने गरेको छ । पछिल्लो समय सिटिजन्स बैंकले नयाँ योजना सार्वजनिक गरेको छ ।

    बैंकले ७ वर्षको लागि स्थिर रहने गरी ७।९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना सार्वजनिक गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नारासहित यो योजना सार्वजनिक गरेको हो ।

    बैंकको उपभोक्ता बैंकिङ इकाई प्रमुख धिरजराज जोशीका अनुसार सिटिजन्स घर कर्जा योजनाअन्तर्गत कायम रहेको ब्याजदर ७ वर्षसम्म स्थिर रहनेछ । ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधारदरमा १ प्रतिशत प्रिमियम दर थपी ब्याजदर कायम गरिनेछ । यो सुविधा बैंकको जुनसुकै शाखाबाट पनि लिन सकिन्छ ।

    यस आकर्षक योजनामा सहभागी हुन ग्राहकहरूले आफ्नो पायक पर्ने नजिकको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयबाट सुविधा उपभोग गर्न सक्ने समेत उनले जानकारी दिए ।

    अधिकतम २ करोडसम्मको कर्जा उपभोग गर्न सकिने यस घर कर्जा योजनामा ग्राहकहरूलाई निःशुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्ड जारी गरिने सुविधा रहेको छ । पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा पनि ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।

  • धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ हुने

    धनगढीमा ‘बजाज माइलेज च्याम्पियन’ हुने

    काठमाडौं । कैलालीको धनगढीमा आगामी पुष ५ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ ।

    बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो । धनगढीको चटकपुर चोक अन्तगर्त ट्रक व्यवसाय भवनमा आगामी शुक्रबार यो कार्यक्रम गरिने कम्पनीले जनाएको छ ।

    यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरु बिच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्ने विश्वास आयोजकको रहेको छ ।

    कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरुले सहभागीता जनाउँन सक्नेछन । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले तोकिएको इन्धन मात्रामा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्ने कम्पनीको दाबी छ ।

    बजाजका मोटरसाइकलहरु मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल अत्याधिक लोकप्रिय छ । यो मोटरसाइकलको बिशेषता, माइलेजबारे जानकारी दिन यस च्याम्पियनको आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रबिन खत्रीले बताएका छन् ।

    प्लाटिना मोटरसाइकलको किफायति बारेमा उक्त कार्यक्रमबाट आम जनमानसमा जानकारी हुने कम्पनीको बिश्वास रहेको छ । च्याम्पियनमा आम ग्राहकवर्गलाई पनि सहभागी हुनका लागि अनुरोध गरिएको छ । माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।

     

  • एनआईसी एशिया बैंकको सहयोगमा बाला सुन्दरी विद्यालयको पुस्तकालय उद्घाटन

    एनआईसी एशिया बैंकको सहयोगमा बाला सुन्दरी विद्यालयको पुस्तकालय उद्घाटन

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये मधेश प्रदेशको सिराहा जिल्ला स्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको छ ।

    विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन यही २०८१ मार्ग २७ गते समुद्घाटन गरिएको छ ।

    उक्त पुस्तकालय समुद्घाटन समारोहमा सोही गाउँपालिकाका अध्यक्ष श्री उग्र नारायण यादवज्यू र बैंकका तर्फबाट यस बैंकका मधेश प्रदेश—६ का प्रमुख श्री शंकर ढकालज्यू र सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । यस पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका ११ सय भन्दा धेरै विद्यार्थी तथा शिक्षकरशिक्षिकाहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

    यसअघि बैंकले गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ती गाउँपालिका–२ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको समुद्घाटन भइसकेका छन् ।

    त्यसैगरी, मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित सियारी गाउँपालिका–४ मा अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुल र बाग्मति प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका–७ मा अवस्थित श्री विरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरिसकेको छ ।

    बैंकले यी पुस्तकालय भवनहरु निर्माणका लागि भनेर कुल २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो । यी पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरुलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

  • सिटी एक्सप्रेस मनि ट्रान्सफर र दुबईको जोयालुकास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

    सिटी एक्सप्रेस मनि ट्रान्सफर र दुबईको जोयालुकास एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं । दुबईको ख्याति प्राप्त जोयालुकास एक्सचेन्जर सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।

    दुबईमा रहेका नेपालीहरुले जोयालुकास एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछ ।

    नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिन्छ ।

    यस सम्झौताका आधारमा बैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहज र गुणस्तरिय बिप्रेषण सेवा प्रदान हुने बिश्वास लिन सकिन्छ ।

    सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

    हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ ।

     

  • एनसेल उत्कृष्ट करदाताका रुपमा सम्मानित

    एनसेल उत्कृष्ट करदाताका रुपमा सम्मानित

    काठमाडौं । एनसेल सबैभन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ।

    गत आर्थिक वर्षमा संस्थागततर्फ सबभन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले मंगलबार एनसेललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो।

    प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रूपमा ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित एक विषेश कार्यक्रम माझ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई उक्त सम्मान पत्र प्रदान गरेका थिए।

    सबैभन्दा बढी कर तिरी ललितपुर महानगरपालिकाको विकास र समृद्धिमा योगदान पुर्‍याएकोले उच्च कदर गर्दै एनसेललाई यो सम्मान पत्र प्रदान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ।

    ‘ललितपुर महानगरपालिकाले हाम्रो योगदानलाई कदर गर्दै प्रदान गर्नु भएको यो सम्मानका लागि हामी कृतज्ञ छौं। एक ठूलो करदाताका रूपमा हामीले प्रत्येक वर्ष सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षक अन्तर्गत राजस्वमा ठूलै योगदान गछौं र यसरी देशको अर्थतन्त्र र विकासमा प्रत्यक्ष, अप्रत्क्षरूपमा योगदान गर्न पाउँदा हामी गौरवान्भित छौं र यो कार्यले निरन्तरता पाउने कुरामा म विस्वश्त छु,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।

    यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको विभिन्न सम्मान पाइसकेको बताइएको छ।

    एनसेलले स्थापनाकालदेखि गत आव २०८०/८१ सम्म सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरूमा ३ सय अर्ब रुपैयाँभन्दा बढी तिरेको विज्ञप्तीमा उल्लेख छ ।

    गत आवमा मात्रै कम्पनीले २०.३० अर्ब रुपैयाँ कर तथा शुल्क सरकारलाई दाखिला गरेको थियो । कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत २ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरेको उल्लेख छ ।

  • रियलमी सी ६३ को नयाँ भेरिएन्ट, १ मिनेट चार्जमा १ घण्टा कल

    रियलमी सी ६३ को नयाँ भेरिएन्ट, १ मिनेट चार्जमा १ घण्टा कल

    काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सी ६३ को ४+६४ भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सी ६३ मा ६.७४ को एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेका छन् ।

    फास्टेस्ट एभर ४५ वाट सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम मोबाइल बडी र भिगन फिनिसका साथ आएको रियलमी सी ६३को ४+६४ जीबी भेरिएन्टले बजारमा नयाँ बेन्चमार्क सेट गर्ने विश्वास कम्पनीले लिएको छ ।

    यसबारे बोल्दै रियलमीका हेड अफ स्ट्राटेजी एण्ड रिसर्च मुनिस गिरीले भने, ‘हामी नेपाली बजारमा रियलमी सी ६३ को यो भेरिएन्ट ल्याउन पाउँदा निकै उत्साहित छौं । यो स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । ग्राहकको चाहनालाई मध्यनजर गर्दै हामीले सी ६३ को ४+६४ जीबी भेरियन्ट झनै किफायती मूल्यमा ल्याएका छौं ।’

    फास्ट चार्जिङ र शक्तिशाली ब्याट्री

    ४५ वाटको सुपरभोक चार्जर रहेको रियलमी सी ६३ छिट्टै चार्ज गर्न सकिन्छ । साथमा ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यस स्मार्टफोनलाई १ चार्जमा दिनभर आरामले प्रयोग गर्न सकिन्छ । ३८ दिनको स्ट्यान्ड बाइ टाइम भएको रियलमी सी ६३ लाई १ मिनेट चार्ज गर्दा एक घण्टासम्म कुरा गर्न सकिने दाबी कम्पनीले गरेको छ ।
    ३८ प्रकारका चार्ज प्रोटेक्सन र स्मार्ट चार्ज टेक्नोलोजीको साथ रियलमी सी ६३ ले केवल छिटो चार्जिङमात्र होइन, उच्च सुरक्षा पनि सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

    विश्वका उत्कृष्ट चार्जिङ स्ट्यान्डर्ड पूरा गरेको यस स्मार्टफोनले गेमिङ, स्ट्रिमिङ वा कामका लागि दिनभरि भरपर्दो पावर उपलब्ध गराउँछ ।

    आकर्षक डिजाइन र उच्चतम अडियो

    ७.७४ मिलिमिटर चौडाइ भएको रियलमी सी ६३ जेड ग्रीन र लेदर ब्लू रंगमा डिजाइन गरिएको छ । केवल १९१ ग्राम तौल भएको यो फोन चलाउन पनि उत्तिकै सहज छ । वान–माइक नोइज क्यान्सलेशन र सुपर लिनियर मोनो स्पिकरहरू पनि भएको हुँदा यसको अडियो क्वालिटी पनि राम्रो रहेको छ । साथमा म्याजिक ग्लोइङ डिजाइनले भिजुअल रिपलइफेक्ट पनि प्रदान गर्दछ ।

    टिकाउ एवम् उत्कृष्ट प्रदर्शन

    रियलमी सी ६३ लाई दीर्घकालीन प्रयोगको लागि विशेष रूपमा डिजाइन गरिएको छ । यसले रियलमी ल्याबबाट ४८ महिनाको फ्लुएन्सी प्रमाणपत्र प्राप्त गरेको छ, जसले ४ वर्षसम्म विनाकुनै रोकावट र ल्याग-फ्री प्रदर्शन सुनिश्चित गर्दछ । यो स्मार्टफोन अक्टा–कोर चिपसेटद्वारा निर्माण भएको छ, जसमा ४+४ जीबीको डाइनामिक ¥याम र १२८ जीबीसम्मकोे स्टोरेज अप्सन रहेको छ । जुन ग्राहकको लागि अधिकतम हुन्छ ।

    रियलमी सी ६३ मा एआई बुस्ट प्रविधि रहेको छ, जसले गेमिङ र मल्टिटास्किङलाई थप प्रभावकारी बनाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार स्मूथ बुस्ट प्रविधिले एपहरू छिटो लन्च गर्न र सहज रूपमा स्विच गर्न मद्दत गर्दछ । गेम बुस्टले गेमिङको स्थिरतामा १० प्रतिशत सुधार गर्दै फ्रेम रेटलाई अझ स्थिर बनाउँछ ।

    मूल्य र उपलब्धता

    रियलमी सी ६३ को ४+६४ जीबी स्टोरेज भेरिएन्ट १४ हजार ४९९ रुपैयाँमा जेड ग्रीन र लेदर ब्लू रंगमा नेपालभर उपलब्ध रहेको छ ।

    सबैभन्दा छिटो चार्जिङ हुने क्षमता, सबैभन्दा स्लिम डिजाइन, सबैभन्दा स्मूथ टच र लामो समय टिक्ने उत्कृष्ट प्रदर्शनको साथ रियलमी सी ६३ स्मार्टफोनको बजारमा एक गेम चेन्जर हो ।

  • आइएमई पे एपबाट आइल्स टेस्टको शुल्क भुक्तानीमा २ हजार छुट

    आइएमई पे एपबाट आइल्स टेस्टको शुल्क भुक्तानीमा २ हजार छुट

    काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आइल्स टेस्टको शुल्क भुक्तानीमा १ हजार छुट सुविधा सार्वजनिक गरेको थियो । सो सुविधालाई अझ परिस्कृत गर्दै सेवाग्राहीमाझ प्रवर्द्धन गर्न आइएमई पेले आइल्स टेस्ट शुल्कमा फ्ल्याट २ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

    सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा यही पुस ५ गतेसम्म प्राप्त गर्न सक्नेछन् । पहिले सार्वजनिक भएको अफरअनुसार १ हजार रुपैयाँ छुट सुविधा निरन्तर चलिरहनेछ ।

    यो नयाँ सेवामार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एपमार्फत आफ्नो आइल्स परिक्षा शुल्क सहजै तिर्न सक्ने आइएमई पेले जनाएको छ । प्रयोगकर्ताहरुले आइल्सको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आइल्स, यूके ४को एकेडेमिक टेस्ट र जनरल ट्रेनिङ टेस्ट, लाइफ स्किल ए १/ए२, बी१ को निम्ति भुक्तानी गर्न सक्नेछन् ।

    आइएमई पे एपबाट आइल्स टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरुले एपको होमपेजमा ‘वाट्स निउ’ भागमा ‘आइल्स टेस्ट बुकिङ’मा गई सोधिएको विवरण भरेर गर्न सक्नेछन् ।

  • सिटिजन्स बैंकको ७.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक

    सिटिजन्स बैंकको ७.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक

    काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ ७ वर्षको लागि स्थिर रहने गरी ७.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना सार्वजनिक गरेको छ ।

    यस योजनाअन्तर्गत कायम रहेको व्याजदर ७ वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ । ७ वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधारदरमा १ प्रतिशत प्रिमियम दर थपी ब्याजदर कायम गरिनेछ ।

    यस आकर्षक योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो पायक पर्ने नजिकको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयबाट सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

    अधिकतम २ करोडसम्मको कर्जा उपभोग गर्न सकिने यस घर कर्जा योजनामा ग्राहकहरुलाई निःशुल्क भिसा क्रेडिट कार्ड र सिटिजन्स फोनपे क्रेडिट कार्ड जारी गरिने सुविधा रहेको छ । बैंकका अनुसार पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा पनि ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।

    सिटिजन्स बैंकले देशका ६० जिल्लामा फैलिएका आफ्ना १९७ शाखा, १६२ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

  • ललितपुरको बालकुमारीमा सञ्चालनमा आयो उत्कृष्ट ब्याङ्क्वेट हर्ष बाटिका

    ललितपुरको बालकुमारीमा सञ्चालनमा आयो उत्कृष्ट ब्याङ्क्वेट हर्ष बाटिका

    ललितपुर । हस्पिटालिटी क्षेत्रमा अब्बल सेवा प्रदान गर्ने उद्देश्यसहित ललितपुरको बालकुमारीमा हर्ष बाटिका सञ्चालनमा आएको छ । ३६ हजार वर्ग स्क्वायर फिट इनडोर हल भएको हर्ष बाटिका सम्भवतः काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको ब्याङ्क्वेट हो ।
    हर्ष बाटिकाको गार्डेन एरियाको क्षेत्रफल १२ हजार वर्ग स्क्वायर फिट रहेको ब्याङ्क्वेटका सञ्चालक सुरज कार्कीले जानकारी दिए ।

    ग्राउन्ड फ्लोर र फर्स्ट फ्लोर गरी दुई वटा विशाल पार्टी हल रहेको हर्ष बाटिकालाई युनिक थिममा निकै आकर्षक ढंगले डिजाइन गरिएको छ । ११ रोपनी क्षेत्रफलमा फैलिएको हर्ष बाटिका पुग्नेहरू यसको भव्यता देखेर निकै हर्षित एवं रोमाञ्चित हुने गरेको सञ्चालक कार्की बताउँछन् ।

    हर्ष बाटिकामा आयोजित विवाह पार्टीमा भेटिएका विशाल डाँगीले ब्याङ्क्वेटको भव्यता र यसको सर्भिस पाँच तारे होटलस्तरको भएको प्रतिक्रिया दिए ।

    त्यस्तै एक रिसेप्सन पार्टीका होस्ट शम्भु कार्कीले हर्ष बाटिका आकर्षक र सेवा सुविधा पनि स्तरीय भएका कारण आफूले अन्यत्र एड्भान्स दिएर बुक गरिसकेको पार्टी पनि यहाँ गरेको बताए ।

    ‘हर्ष बाटिकाको लुक हेर्दा भव्यमात्र होइन, यहाँका खानाका परिकारहरूको स्वाद पनि दिव्य रहेको, हाइजिन मेन्टेन गरिएको पाएँ’, उनले भने, ‘पार्टीमा सहभागी गेस्टहरूले पनि हर्ष बाटिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।’

    हर्ष बाटिका कोटेश्वरबाट बालकुमारी जाँदा पुल तर्नेबित्तिकै चक्रपथबाट १०० मिटरको हनुमन्ते खोला कोरिडोरमा रहेको छ । यहाँ पर्याप्त पार्किङको सुविधा रहेको छ ।

    सञ्चालक कार्कीका अनुसार यहाँ २०० वटा चार पाङ्ग्रे सवारीसाधन र २०० मोटरसाइकल पार्क गर्न सकिने पार्किङस्थल रहेको छ ।

    बाटिकाका प्रबन्ध निर्देशक विकल श्रेष्ठ भन्छन्, ‘हर्ष बाटिकाको कन्सेप्ट र डिजाइनका लागि निकै अनुभव टीमलाई जिम्मा दिएका कारण यसको भव्यता सम्भव भएको हो । हामीले धेरै अध्ययन र सोधखोज गरेपछि नेपालमा उत्कृष्ट र युनिक ब्याङ्क्वेट डिजाइन तथा निर्माण गर्दै आएको आरजी क्रियसन नेपाललाई यसको निर्माण गर्न सुम्पेका थियौं ।’

    कम्पनीसँग भएको सम्झौताअनुसारको समयभन्दा अगाडि नै निर्माण कम्पनीले ब्याङ्क्वेट निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको उनको भनाइ छ ।

    ‘लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवम् विविध भेराइटीका खानाका कारण हर्ष बाटिकाले दिने सर्भिस कुनै पाँचतारे होटलभन्दा कम छैन’, सञ्चालक कार्कीले दाबी गरे ।

    हर्ष बाटिकाको डिजाइन तथा निर्माण गरेको कम्पनी आरजी क्रियसन नेपालका अध्यक्ष राम गिरी आफूले निर्माण गर्ने हरेक ब्याङ्क्वेट ‘मास्टर पिस’हुने गरी नै गर्ने गरिएको बताउँछन् ।

    ‘म कुनै पनि निर्माणलाई भव्य, आकर्षक र सुन्दर बनाउन चाहिने कन्टेन्ट के के हुन् सक्छन्, तिनको पर्याप्त रिसर्च गरेरमात्र अप्लाई गर्छु’, अध्यक्ष गिरीले भने, ‘जसका कारण आरजी क्रियसनले डेभलप गरेका प्रोजेक्टहरू अन्यको भन्दा भिन्न हुन्छन् ।’

    आरजी क्रियसनले काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरमा दर्जनौं ब्याङ्क्वेट तथा हस्पिटालिटीसँग सम्बन्धित प्रोजेक्ट निर्माण गरिसकेको उनले बताए ।

    ब्याङक्वेट भन्नेबित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ, तर हर्ष बाटिकाले गोष्ठी, सेमिनारसँगै विभिन्न तालिम तथा इभेन्टहरूका लागि पनि सेवा उपलब्ध गराउने प्रवन्ध निर्देशक श्रेष्ठ बताउँछन् ।

    उनका अनुसार करिब तीन हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी ब्याङ्क्वेट तयार गरिएको छ । ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर तीनखालको खानाको मेनु तय गरिएको छ । आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिने उनले बताए ।

    विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज ब्याङ्क्वेटमा उपलब्ध रहेको सञ्चालक कार्कीले जानकारी दिए ।

  • इसेवा महा–उत्सव बम्पर उपहार विजेता घोषणाः रवि बम्जनले जिते नामी कार

    इसेवा महा–उत्सव बम्पर उपहार विजेता घोषणाः रवि बम्जनले जिते नामी कार

    काठमाडौं । इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हर्सौल्लास प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा गरेको छ ।

    साेमबार फेसबुक मार्फत लाइभ लक्की ड्र मा मकवानपुर निवासी रवि बम्जनले नामी को इलेक्ट्रिक कार जित्न सफल भएका छन् ।

    पुल्चोक, ललितपुर स्थित एलिस कन्फरेन्समा आज एक औपचारिक कार्यक्रमको आयोजना गरी बम्पर उपहार विजेताको घोषणा गरिएको हो । इसेवाका कार्यकारी अधिकृतहरु, प्रेस प्रतिनिधि, सेलिब्रिटीहरू र कन्टेन्ट क्रियटरहरूको उपस्थितिमा फेसबुक लाइभ मार्फत इसेवा महा–उत्सवको बम्पर उपहार विजेता छनौट गरेको हो ।

    सदिक्षा श्रेष्ठद्वारा उद्घोषित कार्यक्रम इसेवाका ब्राण्ड प्रवद्र्धकको रुपमा रहेका नेपाली क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल, राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, तथा हाँस्यव्यङ्य कलाकार सुमन कार्कीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

    २०८१ साल आश्विन १ देखि कार्तिक ३० गते सम्म चलेको इसेवा महा–उत्सव नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्ताहरुमा थप उत्साह प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

    यस महा–उत्सवमा दैनिक फ्ल्यास सेल, रील प्रतियोगिता देखि ६५ इन्चको टिभी, आइफाेन  १६, आइफाेन  १६ प्राे जस्ता मेगा उपहारहरुका साथै बम्परमा नामीकाे इलेक्ट्रिक कार जित्ने मौका पनि समावेश थियो ।

    इसेवा महा–उत्सवमा सहभागी भई नामी कार जित्नका लागि इसेवा मार्फत आश्विन १ देखि कार्तिक ३० भित्र कुनै पनि कारोबार गर्नुपर्ने थियो भने यसैगरी, रु। १०० को खेल खेल्ने प्रयोगकर्ताहरूलाई आइफाेन १६ प्राे जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदि जस्ता घरायसी बिल भुक्तानी गर्दा ६५ इन्चको टिभी जित्न मौका थियो ।

    इसेवा महा–उत्सवको अधिकांश विजेताहरूको घोषणा इसेवाको फेसबुक पेजमा फेसबुक लाइभ मार्फत भइसेको छ भने बाँकी पुरस्कार विजेताहरु पनि फेसबुक लाइभ मार्फत नै चयन गरिनेछ ।

    सरोज कुमार पाण्डे र अविन गुरूअचार्यले १०० को खेलमा ष्एजयलभ ज्ञट जित्न सफल भएका थिए भने अनिल चालिसे, दिपक महतो र अनिल सिंहले इसेवा टिकटक प्रतियोगितामा सहभागी भई क्रमशः रु। ५०,०००, रु। २५,००० र रु। १५,००० हात पारेका थिए ।

    नामी कार जित्न सफल विजेता रवि बम्जनलाई बधाई दिदै इसेवाका प्रमुख रणनीतिक अधिकारी श्री रवि शाक्यले सम्पूर्ण प्रयोगकर्ता, साझेदार, प्रेस, र इसेवा टिमलाई यस महाउत्सवलाई सफल बनाउन सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरे ।

    सोही कार्यक्रमको क्रममा उनले भने , ‘इसेवा महा–उत्सवमा प्रयोगकर्ताहरुको संलग्नता र साझेदारहरुको प्रतिक्रिया अत्याधिक उत्साहजनक रहेकोले हामीलाई थप उर्जा प्रदान गरेको छ । इसेवाको मूल लक्ष्य भनेको नेपाली समाजमा रहेको वित्तीय समस्या र चुनौतीहरूको समाधान गर्नु हो र यसका लागि हामी सधैं नवप्रवर्तनहरूमा काम गर्दै जानेछौं । साथै प्रत्येक नेपालीलाई आफ्नो वित्तीय आवश्यकता पुरा गर्न डिजिटल समाधानको माध्यमबाट प्रोत्साहित गर्न थप प्रेरित गर्न लागि रहनेछौँ । इसेवाको साथ हामी सबै मिलेर एक उज्जवल र सुरक्षित वित्तीय भविष्यतर्फ अघि बढिरहेका छौं, जसले हाम्रो जीवनलाई थप सहज र समृद्ध बनाउनेछ । ‘

     

  • एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

    एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक

    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।

    यस पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी दिने भएको छ ।

    यसको लागि ग्राहकहरुले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    यसरी ग्राहकहरूले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेजसमेत पठाउन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रुपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलाम बिक्रीमा रहेका सम्पत्तिहरु र लिलाम बिक्रीसम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा इच्छुक ग्राहकहरूले अनलाइन पोर्टलको लिंक https://auctionassistance.nicasiabank.com बाटै विस्तृत विवरण जानकारी लिई लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

  • सानिमा रिलायन्स लाइफले विलम्ब शुल्क छुटसहित बीमा लेख नवीकरण गर्ने

    सानिमा रिलायन्स लाइफले विलम्ब शुल्क छुटसहित बीमा लेख नवीकरण गर्ने

    काठमाडौं र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमा लेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुटसहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान पुस १ देखि २४ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

    पुनर्जागरण अभियानअन्तर्गत बीमा लेख अवधिभित्र एक पटकमात्र ब्याज छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनै पनि बीमा लेख व्यतित रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि व्यहोर्नुपर्ने हुनाले यो सुनौलो मौकाको फाइदा लिई बीमा लेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

    हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बीमित र बीमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ ।

  • साइमेक्स इंकद्वारा नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला

    साइमेक्स इंकद्वारा नेपालकै पहिलो प्रिमियम ७ सिटर एमपीभी बीवाईडी एम६ को बुकिङ खुला

    काठमाडौं । बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बहुप्रतीक्षित बीवाईडी एम६ को बुकिङ खुला गरेको छ।

    नेपालकै पहिलो प्रिमियम ७ सिटर इलेक्ट्रिक एमपीभीको रुपमा यो पारिवारिक र व्यापारिक दुवै प्रयोजनका लागि उपयुक्त हुनेछ भने यो अतुलनीय कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने तरिकाले डिजाइन गरिएको छ।

    बीवाईडी एम६ को प्रारम्भिक मूल्य ६० लाख १५ हजार रुपैयाँ हुनेछ। हाल गाडी बुकिङ गर्ने ग्राहकलाई सीमित समयका लागि १ लाख ५० हजार रुपैयाँ नगद छुट समेत उपलब्ध हुनेछ। यो आकर्षक अफरका कारण सुरुमा गाडी किन्न चाहने ग्राहकले नेपालकै सबैभन्दा भर्सटाइल र इको–फ्रेन्ड्ली एमपीभी अविश्वसनीय मूल्यका साथ प्राप्त गर्न सक्ने छन्।

    बीवाईडी एम ६ एउटा क्रान्तिकारी एमपीभी (मल्टी युटिलिटी भेइकल) हो, जसमा नेपाली परिवार र व्यापारिक घरानाको चाहना पुरा गर्ने गरी लक्जरी, फङ्सनालिटी र सस्टेनेबिलिटी उपलब्ध छ।

    बीवाईडी एम६ मा भएका मुख्य विशेषता यस प्रकार छन् :
    १. अतुलनीय कम्फर्ट र स्पेस – यसमा भएका ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटर सम्मको फ्लेक्जिबल लगेज क्यापासिटीको स्टोरेजले एम६ मा गरिने यात्रालाई कम्फर्ट र प्राक्टिकल बनाउँछ।

    २. पावरफुल परफर्मेन्स – यसमा भएको १०० किलोवाट हाई–पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटर ९डब्लुएलटीसी० सम्मको रेन्जका कारण अपहिल ड्राइभ र लङ रुटको यात्रा प्रभावकारी हुन्छ।

    ३. फास्ट चार्जिङ – बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यसबाट ३७।४ मिनेटमै फुल चार्ज गर्न सकिन्छ। यसकारण व्यस्त दैनिकी भएकाहरुका लागि यो परफेक्ट सवारी छ।

    ४. एड्भान्स्ड सेफ्टी – एम६ मा भएका ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र पार्किङ सेन्सर लगायतका एड्भान्स्ड सेफ्टी फिचरका कारण यसमा गरिने प्रत्येक यात्रा सेफ्टी स्ट्यान्डर्ड अनुसार उच्च स्तरीय बन्छ।

    ५. टेक–फरवार्ड डिजाइन – यो गाडीमा रहेका १२।८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ र बीवाईडीको लेभल २ एडास टेक्नोलोजी लगायतका नयाँ स्तरीय प्रविधिले यसलाई अन्य गाडी भन्दा फरक बनाउँछ।

    नेपालको इलेक्ट्रिक मोबिलिटीलाई अर्को फड्कोमार्फत रुपान्तरण गर्ने कार्यमा बीवाईडी एम६ ले प्रतिनिधित्व गरेको छ। कम सञ्चालन खर्च, शून्य उत्सर्जन र बहु–उपयोगी कार्यका कारण परिवारका साथै हस्पिटालिटी र पर्यटन व्यवसायका लागि बीवाईडी एम६ छनोट बन्न सक्छ।

    हाल बीवाईडी एम६ बुकिङ गर्ने ग्राहकले नगद १ लाख ५० हजार छुट पाउने छन्। आगामी डिसेम्बर २४ अर्थात पुस ९ सम्मका लागि उपलब्ध यो अफरमार्फत अविश्वसनीय मूल्यमा प्रिमियम इलेक्ट्रिक एमपीभी प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ।

    नेपालभर रहेका कुनै पनि शोरुम भ्रमण गरी बीवाईडी एम६ को बारेमा जानकारी लिन र यसको समग्र पक्षको बारेमा अनुभव गर्न तथा सस्टेनेबल मोबिलिटीको क्षेत्रमा हुने क्रान्तिको हिस्सा बन्न सबैमा अनुरोध गरेको छ।

  • प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस

    प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस

    काठमाडौं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर संचालनमा ल्याएको छ । यो योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्रदान गर्दछ । शनिबारका दिन मात्र उपलब्ध हुने यो अफरले ग्राहकलाई बिना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्दछ ।

    मंसिर २२ बाट संचालनमा आएको यो अफर पुष १३ सम्म लागू रहनेछ र यो अवधिको हरेक शनिबार ग्राहकहरुले सधैं अनका निश्चित प्याकहरु र अनलिमिटेड डेटा प्याकहरूको खरिदमा बोनस डेटा वा भ्वाइस टक टाइमको फाइदा लिन सक्छन् । प्याकको आधारमा, ग्राहकहरूले १ जीबीदेखि १० जीबी डेटा वा १० देखि १०० मिनेटसम्मको अननेट टक टाइम बोनसको रूपमा प्राप्त गर्दछन् ।

    यो अफरको फाइदा लिनको लागि, ग्राहकहरूले आफ्नो डिभाइसमा एनसेल एप रहेको हुनु पर्दछ । यदि एप नभएको खण्डमा डाउनलोड गरि ग्राहकले आफ्नो एनसेल नम्बर प्रयोग गरेर लग इन वा साइन अप गर्नु पर्दछ ।

    प्रत्येक शनिबार, ग्राहकहरूले एनसेल एपको फ्ल्याश सेल्स सेक्सनमा गई सधैं अन वा अनलिमिटेड डेटा प्याकहरू खरिद गर्न सक्छन् र खरिद पश्चाल तत्काल बोनस डेटा वा टक टाइम प्राप्त गर्न सक्छन् । यो अफर सधैं अनका रु ३९९ देखि रु ९९९ सम्मका प्याकहरु र रु ५०, रु १२५ र रु ९९९ का अनलिमिटेड डेटा प्याकहरुमा उपलब्ध रहेको छन् ।

    प्याक सुचारु भएसँगै ग्राहकले बोनस डेटा र टक टाइम प्राप्त गर्दछन् । उदाहरणका लागि रु ३९९ को सधैं अन खरिद गर्ने ग्राहकले प्याकमा पाइने ९८ जीबी डेटा, ३९९ मिनेट टक टाइम र ३९ वटा एसएमएस० सेवा बाहेक थप १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।

    त्यस्तैगरी, अनलिमिटेड डेटा प्याक खरिद गर्ने ग्राहकले पनि बोनस टक टाइम प्राप्त गर्दछन् । जस्तै ३ दिनको समयसिमा रहेको रु १२५ पर्ने अनलिमिटेड डेटा प्याकको खरिदमा ग्राहकले २० मिनेट अननेट टक टाइम बोनस प्राप्त गर्दछन् ।

    यो अफरले बिना कुनै अतिरिक्त शुल्क थप सेवा बोनसका रुपमा प्रदान गर्ने र ग्राहकलाई डिजिटल बन्न सहयोग गर्ने भएकोले यसले विशेष महत्व राख्ने एनसेलले जनाएको छ । सधैं अन प्याक खरिद गर्ने ग्राहकले एनसेल एपको माध्यमबाट आफ्नो बाँकी डेटालाई भ्वाइसमा वा बाँकी भ्वाइसलाई डेटासँग साट्न सक्ने विशेष सुविधा पनि प्रदान गर्दै आएको छ ।

  • ललितपुरकी मियाप्मा राईले रोहोटो मेन्थोलाटम नेपालको ‘कार बोनान्जा’मा जितिन् टाटा टियागो ईभी

    ललितपुरकी मियाप्मा राईले रोहोटो मेन्थोलाटम नेपालको ‘कार बोनान्जा’मा जितिन् टाटा टियागो ईभी

    काठमाडौं । रोहोटो मेन्थोलाटम नेपाल, भाटभटेनी सुपरस्टोर र टाटा मोटर्सको संयुक्त अभियान ‘कार बोनान्जा’का विजेता सार्वजनिक गरिएको छ ।

    काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरस्टोरमा ‘कार बोनान्जा’ अभियानकी विजेता ललितपुरकी मियाप्मा राईलाई टाटा टियागो ईभी कार हस्तान्तरण गरिएको छ ।

    यो अभियान सन् २०२४ को जुन १५ मा सुरु भएको थियो । यसअन्तर्गत देशभरका २७ वटा भाटभटेनी सुपरस्टोरहरूबाट कुनै पनि रोहोटो उत्पादन खरिद गर्ने ग्राहकलाई वातावरणमैत्री टाटा टियागो ईभी कार जित्ने अवसर प्रदान गरिएको थियो ।

    अभियान अवधिभर सामान खरिद गर्ने ग्राहकलाई ५० हजारभन्दा बढी कुपन वितरण गरिएको कम्पनीले बताएको छ ।

    सन् २०२४ को १५ नोभेम्बरमा अभियान सकिएको थियो ।
    भाटभटेनी सुपरस्टोर टंगालमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा रोहोटो मेन्थोलाटम नेपालका अध्यक्ष हिरोफुमी शिरामात्सु, भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङ, रोहितो मेन्थोलाटम नेपालकी प्रबन्ध निर्देशक ट्रान डाङ बिच थाओको उपस्थिति थियो ।

    यस्तै रोहोटो मेन्थोलाटमका निर्देशक ताकानोरी कवाई, ब्रान्ड एम्बेसडर प्रशंसा रायमाझीलगायत साझेदार ब्रान्डका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

    ‘कार बोनान्जा’ अभियानको सफलताले ग्राहक सन्तुष्टि र दिगो विकासप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताएका छन् ।

  • आसिफ शेख ‘आइएमई पे’को ब्रान्ड एम्बेसेडर

    आसिफ शेख ‘आइएमई पे’को ब्रान्ड एम्बेसेडर

    काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एक कार्यक्रमबीच नेपाली क्रिकेटर आसिफ शेखलाई ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ । नेपालको राष्ट्रिय क्रिकेट टीममा दायाँ हाते विकेटकिपर/ब्याट्सम्यान शेखलाई ‘आइएमई पेले ब्रान्ड एम्बेसेडर बनाएको हो ।

    ‘नेपाली क्रिकेटको लागि हाम्रो समर्थन जारी राख्दै हामी विश्वास गर्छौं कि यो साझेदारी खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट कदम हुनेछ । यो साझेदारीले डिजिटल फाइनान्सको सम्भाव्यतालाई नेपाली क्रिकेटको जोशसँग जोड्न महत्वपूर्ण कदम हुनेछ’, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने ।

    आइएमईपेको बारेमा

    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमईपे’ मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्योट विनियमावली २०७२ बमोजिम ‘आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

    आइएमईपे मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् ।यसले व्यक्ति–व्यक्तिबीच हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूसम्ममा क्यूआर स्क्यान गरी भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानी गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आएको छ ।

    यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ ।आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारणलाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।

    २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमईपे विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

  • हिरो मोटोकर्पद्वारा नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक घोषणा

    हिरो मोटोकर्पद्वारा नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक घोषणा

    काठमाडौं। नेपालको दुईपाङ्ग्रे बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्राण्ड, हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाईकहरु सार्वजनिक गर्ने घोषणा गरेको छ।

    हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ। बहुप्रतिक्षित यी दुवै नयाँ बाइकहरु मंसिर २६ मा गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भव्य कार्यक्रम मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ। नयाँ बाइकहरुले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

    सार्वजनिक हुने क्रममा रहेका एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषताहरू, र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन हो। सार्वजनिक हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुई पाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ।

    एक्स्ट्रिम १२५ का मुख्य विशेषताहरू :

    सिंगल च्यानल एबीएस: सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिङ प्रविधि।

    श्रेणीकै सर्वाधिक तीव्र : सर्वाधिक गति र तिव्रताको समायोजन सहितको रोमाञ्चक सवारी।

    फराकिलो रियर टायर: सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको ब्यवस्था।

    एलईडी हेडलाइट्स: सुदृढ दृष्य तथा यात्रामा सुरक्षार्थ नवप्रवर्तनात्मक प्रविधि सहितको एलईडी हेडलाइट्को सुविधा।

    ब्लूटूथ कनेक्टिविटी :चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा।

    एक्स्ट्रिम १६०का मुख्य विशेषता:

    श्रेणीकै सर्वाधिक गति क्षमता: तीव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको यो बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित व्यवस्था गरिएको छ।

    केवाईबी फ्रन्ट यूएसडी सस्पेन्शन : प्रभावकारी फ्रन्ट ब्रेकिंग प्रणालीको व्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्दछ।

    ब्लूटूथ कनेक्टिविटी : चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा।

    सार्वजनिकको तयारीमा रहेको नयाँ सिरिजले हिरो मोटोकर्पको गुणस्तर, नवप्रवर्तन, र उत्कृष्ट सवारी अनुभवप्रतिको प्रतिबद्धतालाई अझ प्रस्ट्याउन सघाउने कम्पनीले विश्वास लिएको छ। शहरका व्यस्त सडक होस् वा फराकिला राजमार्गमा, एक्स्ट्रिम सिरिजले हरेक यात्रालाई उत्कृष्ट बनाउने कम्पनीको दावी छ।


  • सिटिजन्स बैंक र भोकमन्त्र प्रा.लि.बीच समझदारी

    सिटिजन्स बैंक र भोकमन्त्र प्रा.लि.बीच समझदारी

    काठमाडाै‌ं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गोङ्गबु, काठमाडौं स्थित भोकमन्त्र प्रा.लि.बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले भोकमन्त्र प्रा.लि.मा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ूबैंक अफ द ईयर २०२४ू को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ । भौतिक कार्ड विना नै मोवाइलको माध्यमबाट स्क्यान गरि क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता यस भच्र्युअल क्रेडिट कार्डमा रहेको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियन पे कार्ड प्रयोग गर्न सकिने

    कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियन पे कार्ड प्रयोग गर्न सकिने

    काठमाडाैं ।  कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपिआई (युनियनपे इन्टरनेशनल)का कार्डहरु स्वीकार गर्ने भएको छ।

    डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ्गको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ, यो सुविधा नेपालभर कुमारी बैंकका सबै एटीएम तथापीओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ।

    यो सुविधाबाट अब युपिआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएम मार्फत रकम झिक्न र पीओएस टर्मिनलमार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीहरुलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले आफ्नो सेवाको दायरालाई व्यापक बनाउँदै, डिजिटल नेपालको अभियानमाथप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५०एक्सटेन्सन काउन्टर तथा५४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनिअझ सरल, सुलभ तथाउत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

  • नेपाल स्वास्थ्य व्यवसायी महासंघकाे महाधिवेशन सम्पन्न

    नेपाल स्वास्थ्य व्यवसायी महासंघकाे महाधिवेशन सम्पन्न

    काठमाडौं ।  वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परिक्षण गर्न स्थापित स्वास्थ्य संस्थाहरुको छाता संगठन नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९ औं महाधिवेशन सोमवार काठमाडौंमा सम्पन्न भएको छ ।

    महाधिवेशनले कैलास खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा १४ सदस्यीय कार्यसमिति चयन गरेको छ। कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्ष गायत्री जिसी, द्धितीय उपाध्यक्ष धनबहादुर गिरी, महासचिव दाताराम काफ्ले, सचिव लिलाम्वर झा, कोषाध्यक्ष रामपुकार तिवारी रहेका छन् ।

    त्यस्तै केन्द्रीय सदस्यहरुमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, वेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल रहेका छन् ।

    महाधिवेशनको बन्द सत्रमा पेश गरिएको प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ । महाधिवेशनले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परिक्षणको गुणस्तरीयलाई सुनिश्चित गर्न गन्तब्य देश मलेसिया र नेपाल सरकारले स्वास्थ्य परिक्षण सम्बन्धी लिइएको नीति, ऐन, नियमवाली र कार्यबिधिलाई पुर्ण रुपमा पालना गर्ने निर्णय गरेको छ ।

    बन्द सत्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा गठित वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि विशेषज्ञ अध्ययन कार्यदलको प्रतिवेदनलाई स्वागत गर्दै यसको कार्यान्वयन गर्न सरकारलाई सुझाब दिएको छ ।

    महाधिवेशनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा गएका श्रमिकलाई हिट स्ट्रेस, मृगौला फेल लगायत रोगबाट जोगाउन सरकारले प्रभावकारी स्वास्थ्य परिक्षणमा ध्यान दिइएको बताए ।

    ‘श्रमिकको गुणस्तरीय स्वास्थ्य परिक्षणलाई सुनिश्चित गर्दै श्रमिकको स्वास्थ विवरणलाई डिजिटलाइज गर्ने योजनामा सरकार छ,’ उनले भने सरकारबाट सुचीकृत भएका स्वास्थ्य संस्थाहरू (सम्बन्धीत देश मार्फत छनौट भएका तथा नभएका)लाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड अनुसार स्तरीकृत गरि सवै देशको लागि एकरुपता वनाउन सरकारले एकद्धार प्रणाली बनाइनेछ ।’

    नवनिर्वाचित अध्यक्ष खड्काले मलेसिया जाने श्रमिकको मेडिकल फिट सम्बन्धी रिपोर्ट शतप्रतिशत गुणस्तरीय वनाउने अभियान जारी रहेको बताए । ‘महासंघको सदस्य बनेको सवै स्वास्थ्य संस्थाहरुले अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई पुर्ण रुपमा अनुशरण गर्दै आइरहेको विदितै छ । समय समयमा सरकारी निकायबाट भइरहेको अनुगमनबाट पनि यसको पुष्टि हुदै आएको हो,’ उनले भने,‘कोही कसैलाई श्रमिकको स्वास्थ्यमा खेलवाड गर्ने छुट छैन । हामी हाम्रो ब्यवसायिक आचारसहितालाई उच्च मनोवलका साथ प्रर्दशन गर्न कुनै कसुर बाँकी राख्दैनौं ।’

    अध्यक्ष खड्काले नेपाल र मलेसियावीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गर्न आफ्ना सदस्य संस्थाहरुले काही कतै कमजोरी नदेखिएको भन्दै प्रंशसा गरे ।

    ‘अहिले मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क रोजगारदाताबाटै पहिलो पहिनाको तलवमा सोधभर्ना भइरहेको छ । मलेसिया र नेपालको स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्दा मेडिकल फेल भएर फर्किने सख्या लगभग छैन । कहिले काही मात्रै देखिन्छ ।’ उनले भने,‘यो अभ्यासलाई अझै सतप्रतिशत बनाउनेछौं । दुई देशबीचको सम्झौतालाई प्रभावकारी बनाउने भुमिका खेल्नेछौं ।’

    महाधिवेशनमा श्रम क्षेत्रमा निरन्तर रिपोटिङ गर्ने सेतोपाटी अनलाइनकी संवाददाता निर्मला घिमिरे, रातोपाटी अनलाइनका संवाददाता कृष्णजंग धामी र मध्यान्ह दैनिकका संवाददाता रेशमराज पौडेललाई ५०र५० हजार रुपैयाँ नगद दिई सम्मान गरिएको थियो ।

    त्यस्तै गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परिक्षण गरेको भन्दै सनराइज डाइनोष्टिकका सञ्चालक बेलबहादुर श्रेष्ठ र चेतना स्वास्थ्य केन्द्रका सञ्चालक चन्द्रमा राईलाई प्रंशसा पत्र हस्तान्तरण गरिएको थियो ।

  • हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह २०२४ सम्पन्न

    हेराल्ड कलेज काठमाडौंको दीक्षान्त समारोह २०२४ सम्पन्न

    काठमाडौं । हेराल्ड कलेज काठमाडौंको वार्षिक दीक्षान्त समारोह होटेल याक एन्ड यतीमा सम्पन्न भएको छ ।

    दीक्षित हुनु हरेक विद्यार्थीको जीवनको एक महत्त्वपूर्ण क्षण हो । यो समारोहले विद्यार्थीहरूको शैक्षिक उपलब्धि माइलस्टोन र नयाँ अध्यायको सुरुवातको सन्देश दिन्छ । यसले विद्यार्थीहरूलाई अभिभावक, संरक्षक, शिक्षक, र साथीहरूको सहयोगको महत्त्व स्मरण गराउँदै, कलेजमा बिताएका अमूल्य क्षणहरूको सम्झना दिलाउने अवसर प्रदान गर्छ ।

    यस वर्ष, कलेजबाट कूल ६२१ विद्यार्थीहरू दीक्षित हुँदै आएका छन् । जसमा ४२८ स्नातक डिग्री प्राप्त गर्ने र १९३ स्नातकोत्तर (मास्टर्स) डिग्री प्राप्त गर्ने विद्यार्थीहरू छन् ।

    वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ ।

    यस वर्षको छात्रवृत्ति हेराल्ड कलेज बिएससी (अनस) कम्प्युटर साइन्सका विद्यार्थी धिरजकुमार साह कानुलाई प्रदान गरिएको छ । उनले एपेक्स कलेजमा एमबिए अध्ययनलाई निरन्तरता दिनेछन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।

    आफ्नो मुख्य मन्तव्यमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानहरुमा रोजगार पाइरहेको बताए ।

    उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी गर्दै यहाँ पढ्ने विद्यार्थीहरू सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे ।

    समारोहमा, हेराल्ड कलेज काठमाडौंको शैक्षिक साझेदारको रूपमा काम गर्ने उल्भरहेम्टन विश्वविद्यालयका एन्जेला स्पेन्सले नेपालमा उत्कृष्ट शिक्षा लिन सफल हेराल्ड कलेज काठमाडौँका सम्पूर्ण टिमलाई धन्यवाद दिइन् ।

  • लक्ष्मी सन्‌राइज बैंकले गर्‍याे ललितपुरमा सेवा विस्तार

    लक्ष्मी सन्‌राइज बैंकले गर्‍याे ललितपुरमा सेवा विस्तार

    काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

    काठमाडौं महानगरपालिका वडा न।२२ स्थित न्युरोडमा रहेका दुई शाखाहरुमध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा न। १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ ।

    स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् ।

    स्थानान्तरण भएसँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ सेवाहरु प्रदान गर्नेछ ।

    हाल लक्ष्मी सन्‌राइज बैंकका ५९ जिल्लामा २५४ शाखा, ३१६ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ एजेन्ट रहेका छन् ।

  • अनामनगरमा सञ्चालनमा आयो सिभिल ब्रेसेस एण्ड डेन्टल केयर

    अनामनगरमा सञ्चालनमा आयो सिभिल ब्रेसेस एण्ड डेन्टल केयर

    काठमाडौं । काठमाडौंको अनामनगरमा बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने र दाँतको सम्पूर्ण उपचारका लागि सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको छ । सिभिल ब्रेसेस एण्ड डेन्टल केयरको प्रतिनिधिसभाका सांसद चन्द्रप्रसाद भण्डारीले उद्घाटन गरेका हुन् ।

    अर्थो–डेन्टिस्ट डा. सीता सापकोटा खरेलले बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको लागि सम्पूर्ण दाँतसम्बन्धी उपचार हुने स्थानको रुपमा सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको बताइन् ।

    उनका अनुसार यहाँ दाँतसम्बन्धी समस्याको भरपर्दो विशेषज्ञबाट उपचार हुनेछ । सिभिल ब्रेसेस एण्ड डेन्टल केयरबाट गुणस्तरीय सेवासँगै उद्घाटनको अवसरमा आउँदो पुस २२ गतेसम्म ३० प्रतिशत छुट पाइनेछ ।

    सञ्चालक डा. सापकोटाले विस्तारै काठमाडौंका अन्य स्थानमा समेत शाखा खेल्ने योजना रहेको बताइन् । यहाँ दैनिक रुपमा दन्त रोग विशेषज्ञबाट दन्त परीक्षण तथा उपचार, गिजा सुन्निएको, स्वास गन्हाउने, गिजाबाट रगत आउने तथा दन्त हर्षको समेत उपचार हुने उनले बताइन् ।

    डेन्टल केयर दाँत सफा गर्न, टल्काउनेदेखि दाँतमा सिमेन्ट भर्ने र दुखेको दाँत तलैबाट निकाल्ने जस्ता सेवा तत्काल प्राप्त गर्न सकिने सञ्चालक डा. सापकोटाले बताइन् ।

  • सेन्सेईको नयाँ वासिङ मेसिन नेपाली बजारमा

    सेन्सेईको नयाँ वासिङ मेसिन नेपाली बजारमा

    काठमाडौं । सेन्सेईले अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ। सीजीले सेन्सेईको फ्रन्ट लोड वासिङ मेसिन बजारमा ल्याएको हो ।

    कम्पनीका अनुसार सेन्सेईको यस वासिङ मेसिनमा कपडा सफा गर्न प्रभावकारी पावर सिस्टम प्रविधि, ऊर्जा बचत गर्न इन्भर्टर, १० वर्षको वारेन्टी, कपडाको दाग हटाउन स्टेन ट्रिटमेन्ट, १५ मिनेटको वासिङ फिचर र ८ किलोको क्षमताजस्ता विशेषता छ ।

    कम्पनीका अनुसार वाशिङ मेसिन साथै सेन्सेई ब्रान्डका चेस्ट फ्रीज़र, शोकेस, कुलर, टि.भी , फ्रिजहरू पनि बजारमा उपलब्ध छन् ।

    सेन्सेईको उक्त वासिङ मेसिन देशभरका आधिकारिक शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

  • भाटभटेनीका ५४ सदस्य थाइल्यान्ड जाँदै

    भाटभटेनीका ५४ सदस्य थाइल्यान्ड जाँदै

    काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले आफ्नो टीमका ५४ सदस्यलाई ६ दिन थाइल्यान्ड पठाउने भएको छ ।

    ‘भाटभटेनी रिट्रिट्स टुर’ नाम दिइएको उक्त यात्राका लागि ५४ सदस्यीय टोली भोलि थाइल्यान्ड जान लागेको हो ।

    थाइल्यान्डमा रहँदा उनीहरुले त्यहाँको जीवन्त संस्कृतिका बारेमा जानकारी लिने र अवलोकन गर्ने भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।

    भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार अध्यक्ष गुरुङले थाइल्यान्ड जाने समूहलाई बिदाइ गर्दै शुभकामना व्यक्त गरेका छन् । ६ दिनको बसाइपछि टोलीका सदस्य नेपाल आएर त्यहाँ देखेका र सिकेका कुराले फाइदा पुग्ने गुरुङले बताएका थिए ।

    यो पहिलो टोली भएकाले अरु टोलीलाई पनि विभिन्न चरणमा थाइल्यान्डसहित अन्य मुलुकमा पनि पठाउने तयारी गरिएको सीओओ पौडेलले जानकारी दिए ।

  • कुमारी बैंकद्वारा कीर्तिपुरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

    कुमारी बैंकद्वारा कीर्तिपुरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

    काठमाडौं । युएसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले महिला सशक्तिकरण केन्द्र कीर्तिपुरसँगको समन्वयमा कीर्तिपुरमा महिला उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

    वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवर्छद्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

    उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरुको प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउँदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

    कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

  • सिटिजन्स बैंकले पायाे ‘बैंक अफ द इयर २०२४’ को अवार्ड

    सिटिजन्स बैंकले पायाे ‘बैंक अफ द इयर २०२४’ को अवार्ड

    काठमाडौं । सिटिजन्स बैंकले सन् २०२४ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ ।

    बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२४ को ‘बैंक अफ दि इयर’ सिटिजन्स बैंकले प्राप्त गरेको हो । सिटिजन्सले पहिलो पटक बैंक अफ द इयर पाएको हो ।

    बिहीबार बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले लण्डनमा आयोजित कार्यक्रममा अवार्ड ग्रहण गरेका हुन् ।

    बैंकले साना तथा लघु उद्यमका साथै प्रविधिमा आधारित रहेर कर्पाेरेट बैंकिङ्ग अभ्यास र उर्जा तथा पुर्वाधार क्षेत्रमा लगानी गर्दै आएको छ । अवार्ड वितरण समारोहमा डेढ सय देशका बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता थियो ।

    अध्यक्ष पाण्डेले वर्तमान आर्थतन्त्रको यस्तो स्थितिमा अवार्ड प्राप्त भएको र यस सम्मानले हौसला प्रदान गरेको बताए । साथै बैंकका सेवालाई गुणस्तरीय बनाउने र उचित प्रतिफल प्रदान गर्न सहयोग पुग्ने उनले बताए ।

  • नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस

    नेपाल टेलिकमको एमपीओएस रिचार्जमा बोनस

    काठमाडौं। नेपाल टेलिकमले मोबाइल प्वान्ट अफ सेल (एमपीओएस) रिचार्जमा बोनस उपलब्ध गराउने घोषणा गरेको छ । यो योजना मङ्सिर १८ देखि आगामी पुस १७ गते सम्म लागु हुनेछ ।

    नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्ज कार्डको अतिरिक्त अन्य विभिन्न वैकल्पिक उपायहरू अपनाउन सकिन्छ । यसका लागि विभिन्न दरका रिचार्ज कार्डका साथै मोबाइल प्वान्ट अफ सेल र नमस्ते पे, ईसेवा, खल्ती, आईएमईपे लगायतका डिजिटल वालेटहरू विकल्पको रूपमा रहेका छन् ।

    Fullscreen capture 1242024 10357 PM

    यसका साथै सहज तवरले अविच्छिन्न रूपमा सञ्चार सेवा उपभोग गर्न ब्यालेन्स सकिएको अवस्थामा समेत प्रिपेड मोबाइल प्रयोगकर्ताहरूको लागि नमस्ते सापटीको सुविधा कम्पनीले उपलब्ध गराएको छ ।

    प्रिपेड मोबाइल प्रयोगकर्ताहरूले Start टाइप गरी १४७७ मा सन्देश पठाएर अथवा *1477# डायल गरी 1 छनौट गरेर सापटी लिन सक्नेछन् ।

     

  • एनपीएलका फ्यानहरूका लागि डिशहोमको इन्टरनेट जडानमा थप ३ महिनाको बोनससहित नि:शुल्क फाइभ-जी राउटर

    एनपीएलका फ्यानहरूका लागि डिशहोमको इन्टरनेट जडानमा थप ३ महिनाको बोनससहित नि:शुल्क फाइभ-जी राउटर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को सुरूवातसँगै डिशहोमले एनपीएलका फ्यानहरूलाई लक्षित गर्दै आफ्नो इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ।

    कम्पनीले २०० एमबीपीएस र ३०० एमबीपीएस वार्षिक इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनस सहित निस्शुल्क राउटरको अफर ल्याएको छ।

    डिशहोमले एनपीएलको डिजिटल स्ट्रिमिङ अधिकार पनि प्राप्त गरेको छ। यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

    पुराना ग्राहकहरूले आफ्नो प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन्।

    नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको अधिकारइक डिलरसँग सम्पर्क गरी यो अफरको फाईदा उठाउन सक्नेछन्।

  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट

    काठमाडाैं ।  ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

    समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर बेद प्रकाश मिश्रले हस्ताक्षर गरेका छन् ।

    समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले सिग्मा ल्याबको इनहाउस टेस्टमा ४० प्रतिशत र आउटसोर्स सेवामा २० प्रतिशत छुट पाउनेछन् ।

    ल्याबसम्बन्धी सेवाको लागि लोकप्रिय रहेको सिग्मा ल्याबले भक्तपुरको राधेराधेबाट उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

    आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।