Category: कर्पोरेट प्रेस

  • लक्ष्मी सनराइज बैंकको साधारण सभा सम्पन्न, बोनस शेयर पारित

    लक्ष्मी सनराइज बैंकको साधारण सभा सम्पन्न, बोनस शेयर पारित

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा बैंकको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

    साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रूपैयाँ पुगेको छ ।

    साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

    आर्थिक वर्ष २०८०/८१ मा ३ खर्ब ३३ अर्ब निक्षेप र २ खर्ब ५८ अर्ब कर्जा पुर्‍याएको छ । यस बैंकको वासलातको आकार ३ खर्ब ९५ अर्ब रहेको छ । सो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न गरेको छ ।

     

  • कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

    कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

    विराटनगर । युएसएड (USAID) सँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

    विराटनगर महानगरपालिका, मोरङ्गको समन्वयमा उक्त कार्यक्रम गरिएको हो । वित्तीय ज्ञान, सिप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमा उद्यमशीलता प्रवरद्धन तथा विकास हुने विश्वास सहित कुमारी बैंकले यस अभियानमा सर्वसाधारणको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडिओहरू, सचेतनामूलक सन्देश विकास गरी नियमितरूपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

    उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रवर्द्धन तथा विकासमा टेवा पुर्‍याउँदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरूपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईमार्फत अत्यधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

  • केनेल क्लबको आयोजनामा तेस्रो ‘बाइरो ब्रिड च्याम्पियनसिप डग शो’ माघ ५ मा हुने

    केनेल क्लबको आयोजनामा तेस्रो ‘बाइरो ब्रिड च्याम्पियनसिप डग शो’ माघ ५ मा हुने

    काठमाडौँ । नेपालमा तेस्रो पटक कुकुर नस्ल सुधार र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम गुणस्तरीय कुकुर उत्पादन गर्ने उद्देश्यले केनेल क्लब अफ नेपालले बाइरो च्याम्पियनसीप डग शो’आयोजना गर्ने भएको छ।

    क्लबका सचिव विवेश श्रेष्ठले आउँदो माघ ५ गते ललितपुरको जाउलाखेल फुटबल ग्राउन्डमा उक्त शोको आयोजना हुने बताएका छन् । यो पहलले उच्च गुणस्तरका कुकुरहरूको उत्पादन, नस्ल सुधार, र कुकुर पालकहरूको प्रोत्साहनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् ।

    श्रेष्ठका अनुसार यस पटकको च्याम्पियनसिप शोमा पहिलो र दोस्रो शोको तुलनामा सहभागी कुकुरहरूको संख्या बढ्ने अनुमान गरिएको छ। अघिल्लो दुई शोमा ३५ जातका कुकुरहरूले प्रतिस्पर्धा गरेका थिए, जसमा १५३ उच्च गुणस्तरका कुकुरहरूले भाग लिएका थिए।

    यस पटकको प्रतियोगितामा हस्की, जर्मन शेफर्ड, गोल्डेन रिट्रिबर, पग, ल्याब्रोडर, डालमेशियन, सेन्ट बनोर्ड, इंग्लिश ककर स्पानियल, नियपोलिटन मास्टिफ, डोबर्मन, बिगल, पोमेरिनियन जस्ता थुप्रै प्रजातिका कुकुरले सहभागी हुने आयोजकले जनाएको छ भने कुकुरका लागि अनिवार्य रूपमा भ्याक्सिन लगाइएको हुनुपर्नेछ।

    साथै, कुकुरको स्वास्थ्य अवस्था दक्ष पशु चिकित्सकद्वारा परीक्षण गरिनेछ, र केवल तीन महिनाभन्दा माथिका उमेरका कुकुरहरूलाई मात्र शोमा सहभागी गराइने आयोजकले जनाएको छ । यसमा एक मात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त जज सञ्जय गुरुङ रहेका छन् ।

    सहभागी कुकुरहरूले पहिले आफ्नो जातभित्र प्रतिस्पर्धा गर्ने र जसमा उत्कृष्ट ठहरिएका कुकुरहरूले अर्को चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् र त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त जजहरूको टोलीले उत्कृष्ट कुकुरको छनोट गर्ने क्लबका सचिव श्रेष्ठले जानकारी दिए ।

    कुकुरको नस्ल सुधार गर्ने र उन्नत जातको कुकुर उत्पादन गर्न सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सचिव श्रेष्ठले बताए । ‘डग शो’ बाट कुकुर च्याम्पियन भएपछि वर्ल्ड केनल युनियनमा आबद्ध भएका सबै देशमा उक्त कुकुरले प्रतिस्पर्धा गर्न पाउँछ र साथै उसको बच्चासमेत च्याम्पियनको उपाधिले चिनिन्छ । त्यस्तो च्याम्पियनको बच्चा अन्य कुकुर भन्दा महँगोमा बिक्री हुन्छ ।

    उक्त शोले कुकुरहरूको पुर्खा, रोग प्रतिरोध क्षमता, र उत्पादन क्षमताको रेकर्ड राख्ने उद्देश्यले ब्रिड क्लबको स्थापना गरेको छ। यसले नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि कुकुर नस्ल सुधार र पशु व्यवस्थापनको क्षेत्रमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    विश्वव्यापी रूपमा कुकुर च्याम्पियनसिप शोको परम्परा सन् १७७३ बाट सुरु भएको मानिन्छ। नेपालमा यस प्रकारका शोहरूको निरन्तर आयोजना हुनु देशको कुकुर नस्ल सुधारमा मात्र नभई पशुपालन व्यवसायलाई प्रोत्साहित गर्न पनि महत्त्वपूर्ण मानिएको छ।

    यो च्याम्पियनसिप शोले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न र भविष्यमा गुणस्तरीय नस्लका कुकुरहरूको उत्पादनमा मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ।

  • एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको वीरेन्द्र आदर्श विद्यालयको पुस्तकालय उद्घाटन

    एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको वीरेन्द्र आदर्श विद्यालयको पुस्तकालय उद्घाटन

    काठमाडौ‌ं। एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको चितवनको श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवनमा पुस्तकालय समुद्घाटन गरिएको छ ।

    विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा पुस्तकालय भवन निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन पुस १९ गते समुद्घाटन गरिएको छ ।

    उक्त पुस्तकालय समुद्घाटन समारोहमा सोही नगरपालिका, वडा नम्बर ७ की वडा अध्यक्ष सुमिता डल्लाकोटी, एनआई सी एशिया बैंक बागमती प्रदेश (१, २, ४ र ५) का प्रमुख दिलिप डाँगी र बागमती प्रदेश, २ का उपप्रमुख रामकृष्ण काफ्ले तथा सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

    उक्त पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका झन्डै एक हजार ५०विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरु उक्त पुस्तकालयबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

    यसअघि बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित सियारी गाउँपालिका–४ छपिया अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुल, मधेश प्रदेशको सिराहा जिल्ला स्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँजिल्ला स्थित बन्दिपुर गाउँपालिका–१ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालय,  सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ति गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको समुद्घाटन भइसकेका छन् ।

    त्यसैगरी, मधेश प्रदेशको पर्सा जिल्लास्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाका लागि सम्बन्धित विद्यालयहरूलाई हस्तान्तरण गरिसकेको छ ।

    बैंकले यी पुस्तकालय भवनहरू निर्माणका लागि भनेर कुल रु २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो । यी पुस्तकालय भवनहरू निर्माणपछि उक्त विद्यालयहरूमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराइ विद्यार्थीहरूलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरूमा पहुँच भई उनीहरूको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

  • ग्लोबल आइएमई बैंकले वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गर्ने

    ग्लोबल आइएमई बैंकले वार्षिकोत्सवको अवसरमा १८ हजार वृक्षारोपण गर्ने

    काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चालु आर्थिक वर्षमा १८ हजार वृक्षारोपण गर्ने घोषणा गरेको छ ।

    ग्लोबल आइएमई बैंक पुस १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । बैंकले चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ/संस्थासँगको सहकार्यमा १८ हजार वृक्षारोपण गर्नेछ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपण गरी उक्त अभियानको शुभारम्भ गरेका हुन् ।

    उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले वृक्षारोपण कार्यक्रम चालु आर्थिक वर्षभर सञ्चालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवाहरू रोपण गर्ने जानकारी दिए ।

    “रुखबिरुवा प्रकृति संरक्षणको महत्वपूर्ण पाटो हो । बृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली जोगाई राख्न, पहिरो रोक्न, पानीको श्रोत जोगाउन सहयोग पु-याउँछ,” उनले भने ।

    कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललगायत उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको छ ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ ।
    बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • केएनपी नेरोलेकद्वारा सडक सुरक्षामा सहयोग

    केएनपी नेरोलेकद्वारा सडक सुरक्षामा सहयोग

    काठमाडौं । केएनपी नेरोलेक पेन्ट्सले काठमाडौंको फर्पिङमा ट्राफिक प्रभागलाई सडक सुरक्षाको लागी चाहिने आवश्यक सामग्री प्रदान गरेको छ ।

    सडक दुर्घटनाहरू बढ्दै जाँदा, नेरोलेकले नो हर्न प्लीज, नो स्टपिङ, स्पीड लिमिट र नो पार्किङजस्ता महत्वपूर्ण सडक साइनबोर्डहरू प्रदान गरेको छ ।

    यी साइनबोर्डहरूले ट्राफिक उल्लंघनका घटनाहरू घटाउनका साथै पैदलयात्री र चालकहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

    जापानको सर्वोत्कृष्ट पेन्ट कम्पनि केएनपी नेरोलेकले समाजको भलाइमा योगदान पुर्‍याउन नयाँ लक्ष्य राखेको छ। सडक सुरक्षा सुनिश्चित गर्न अनि यात्री र चालकहरूको लागि सुरक्षित सडक सुनिश्चित गर्न निरन्तर प्रतिबद्ध रहेको केएनपी नेरोलेकले जनाएको छ ।

  • लक्ष्मी सनराइज बैंकको अगुवाइमा बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावरबीच लगानी सम्झौता

    लक्ष्मी सनराइज बैंकको अगुवाइमा बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावरबीच लगानी सम्झौता

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा सह-वित्तीयकरणमा सहभागी बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिबीच सो कम्पनीले लमजुङ जिल्लास्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी- १ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ ।

    सो आयोजनाको कुल लागत २१.४० अर्ब रुपैयाँ रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । अपर मर्स्याङ्दी हाइड्रोपावर- १ ले २०७५ साल पौष १० मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमतिपत्र लिएको थियो ।

    साथै २०८१ पौष ९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौतासमेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्धकको रुपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् । सो परियोजना निर्माण गर्न लक्ष्मी सनराइज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक र संस्थापकहरुको लगानी रहनेछ ।

    लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्मलोन) प्रतिबद्धता ७ अर्ब रुपैया रहेको छ । सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरुमध्ये सह-अगुवा ग्लोबलआइएमई बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्बसमेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ ।

    सो आयोजना सन् २०२९ जुनभित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारणलाइनमा जडान हुँदा यो ठूला स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एकको रुपमा रहने विश्वास लिइएको छ ।

  • नेपाल लाइफको रक्षाकवच म्यादी जीवन बीमा योजना सार्वजनिक

    नेपाल लाइफको रक्षाकवच म्यादी जीवन बीमा योजना सार्वजनिक

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षाकवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ एक विशेष समारोहबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् ।

    एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षाकवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा भएको कम्पनीले जनाएको छ । यसको न्यूनतम बीमाङ्क रकम ५ लाख र अधिकतम बीमाङ्क रकम एक करोड रुपैयाँ रहेको छ ।

    कम्पनीका अनुसार यस योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्नेछ । बीमा अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुनेछ । बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ । यस योजनामा ऐच्छिक सुविधा पनि न्यूनतम ५ वर्षदेखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिनेछ ।

    यस योजनाअन्तर्गत बीमा अवधिभित्र जुनसुकै समयमा बीमितकोे मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी गरिने र बीमा लेख स्वतः अन्त्य हुने नेपाल लाइफले जनाएको छ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको विचार व्यक्त गरे । जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको उनको भनाइ छ ।

    यो पोलिसीलाई मूल पोलिसीमा गाभेर बीमितलाई दिन सकिए सानो रकममा ठूलो जोखिम बहन हुने बताउँदै उनले सम्पूर्ण अभिकर्तालाई सहजताका साथ यसलाई बजारीकरण गर्न आग्रह गरे ।

    ‘कोर प्रोडक्टसँगै गाभेर बजारमा पस्किइएको यो योजना एकदमै प्रभावकारी र उत्तम रहेको र नेपाली बीमा उद्योगमा यो योजना कोसेढुङ्गा सावित हुनेमा म विश्वस्त छु’, उनले भने, ‘यस योजनाको उद्देश्यलाई मूर्तता प्रदान गर्न समस्त अभिकर्ता तथा कर्मचारीहरूलाई अग्रसरताका साथ अगाडि लम्कन आग्रह गर्छु ।’

    यस कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले थोरै बीमा शुल्कमा धेरै जोखिम बहन हुने बताए । यस बीमा योजना छुट्टै बीमालेखको रुपमा पनि लिनुका साथै अन्य ६ वटा योजनामा पूरक करार सुविधाको रुपमा पनि लिन सकिने हुँदा यसको फाइदा उठाउन उनले सबैमा आग्रह गरे ।

    कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यो योजना उकृष्ट रहेको र यसले बीमाको दायरा बढाई हरेक आयस्रोत भएका वर्गमा बीमाको पहुँच पुर्‍याउन सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई दत्तचित्त भई लाग्न अनुरोध गरे ।

    नेपाल लाइफ जीवन बीमा क्षेत्रको एक अग्रणी संस्था भएकाले आर्थिक जोखिमलाई कम बीमा शुल्कमा बीमितलाई आवश्यक पूर्ण सुरक्षा प्रदान गर्न यो योजना ल्याइएको उनको भनाइ छ । यस किसिमको योजनाले बीमा लेखको विविधीकरण गर्दै संस्थालाई स्थायित्व प्रदान गर्र्न महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

    तालिम विभागका प्रमुख रोजेश बस्नेतले यो योजनासँग आधारित प्रस्तुति दिएका थिए । उनले यो योजनाका मुख्य विशेषता र यसका फाइदाका विषयहरू स्पष्ट पारे ।

    उनले नेपाल लाइफ रक्षाकवचमात्र लिँदा कुन कुन पूरक करार जोड्न मिल्छ भन्ने उदाहरणसहित प्रस्तुतीकरण दिएका थिए । यसका साथै यो योजना अन्य बचतसहितको सावधिक र आजीवन जीवन बीमा योजनामा जोडेर लिँदा के कस्ता सुविधा थप प्राप्त हुन्छ भन्ने पनि उदाहरणसहित प्रस्तुतीकरण गरेका थिए ।

  • स्मार्ट च्वाइस टेक्नोलोजिज र हाम्रो पेबिच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन सम्झौता

    स्मार्ट च्वाइस टेक्नोलोजिज र हाम्रो पेबिच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालन सम्झौता

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रालि)बिच ‘स्मार्ट क्यूआर’मार्फत भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता भएको छ ।

    सम्झौतापश्चात हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् ।

    क्यूआर कोडका लागि प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड ईएमभी स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्डअन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो ।

    लेनदेन सेवा प्रालिको कार्यालयमा आयोजित कार्यक्रममा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र हाम्रो पेका प्रमुख कार्यकारी अधिकृत शिशिर पोख्रेलले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    स्मार्ट क्यूआरमार्फत हुने कारोबारबापतको रकम मर्चेन्टको खातामा तत्कालै फर्छ्योट हुने भएकाले यस सेवाको सुरुवातपश्चात हाम्रो पेका प्रयोगकर्तालगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास गरिएको छ ।

  • नेपाल बैंकका कर्मचारी र ग्राहकलाई क्रिष्टल डायग्नोस्टिकमा विशेष छुट

    नेपाल बैंकका कर्मचारी र ग्राहकलाई क्रिष्टल डायग्नोस्टिकमा विशेष छुट

    काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकका लागि सिनामंगलस्थित क्रिष्टल डायग्नोस्टिक प्रालिमा उपचार गर्दा विशेष छुट हुने भएको छ ।

    शुक्रबार उक्त छुटसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजी ल्यावको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

    बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र क्रिष्टल डायग्नोस्टिक प्रालिको तर्फबाट प्रबन्ध निर्देशक रवीन्द्र केसीले उक्त सम्झौतामा हस्ताक्षर गरे ।

    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने Generat pathotogy test, Molecular Test, Outsourcing Test, USG, ECHO, ECG, X-Ray, PFT, Endoscopy, Colonoscopy, RT-PCR Test लगायतका सेवाबाट लाभान्वित हुन सक्ने बताइएको छ ।

  • शाइन रेसुंगा बैंकको अध्यक्षमा पुनः पौडेल निर्वाचित

    शाइन रेसुंगा बैंकको अध्यक्षमा पुनः पौडेल निर्वाचित

    रुपन्देही । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको मणिग्राममा सम्पन्न साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

    ८ अर्ब अधिकृत पुँजी तथा जारी र चुक्ता पुँजी समान ४ अर्ब ७३ करोड ३६ लाख रहेकोमा बोनस शेयर वितरणपश्चात चुक्ता पुँजी ४ अर्ब ८७ करोड पुग्नेछ ।

    साधारणसभाले संस्थापक शेयरधनीबाट थानेश्वर पौडेल, इन्जिनियर सुरज उप्रेती र वीरेन्द्र भुसाल तथा सर्वसाधारण शेयरधनीबाट वीरेन्द्र विष्ट, नम्रता भण्डारी र डा. हिमाल भट्टराईलाई सञ्चालक निर्वाचित गरेको छ । स्वतन्त्र सञ्चालकमा प्राध्यापक गोपाल पाण्डे यसअघि नै निर्वाचित भएका थिए ।

    सभापश्चात बसेको सञ्चालक समितिको बैठकले बैंकको अध्यक्षमा पुनः थानेश्वर पौडेललाई निर्वाचित गरेको कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

    सञ्चालक समितिमा डा. हिमाल भट्टराई र वीरेन्द्र भुसाल नयाँ हुन् । बाँकी यसअघिकै सञ्चालक समितिमा रहेका हुन् ।

    नवनिर्वाचित अध्यक्ष पौडेलले बैंकले शहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुँच बढाउने उद्देश्यले पहाडी जिल्लामा प्राथमिकताका साथ शाखाहरु विस्तार गरेको र डिजिटल बैंकिङलाई थप प्राथमिकता दिएर अगाडि बढ्ने बताए ।

    बुटवलमा केन्द्रीय कार्यालय भएको शाइन रेसुंगा लुम्बिनी प्रदेशको एकमात्र राष्ट्रियस्तरको विकास बैंक हो । बैंकका ८८ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर, १६ वटा एटीएम मेशिन सञ्चालनमा छन् । ७ लाख ५ हजार ५८ जना बचतकर्ता रहेको बैंकले १७ हजार १३५ जनालाई विभिन्न प्रकृतिका कर्जा प्रवाह गरेको छ ।

    बैंकमा ७३८ जना कर्मचारी कार्यरत छन् । बैंकको पछिल्लो वित्तीय विवरणअनुसार कुल निक्षेप ६७ अर्ब १७ करोड ९५ लाख, कर्जा तथा सापट ५५ अर्ब ९२ करोड १० लाख र प्रतिशेयर आम्दानी १४.४८ रहेको छ । बैंकको पुँजीकोष अनुपात १२.५६ प्रतिशत छ ।

    बैंकले गत वर्ष इमर्जिङ एसिया बैंकिङ अवार्डअन्तर्गत नेपालबाट बेस्ट बैंकसहित तीन उपाधि र नेपालमा दुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ ।

  • ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवमा ७ सय ५७ जनाले गरे रक्तदान

    ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवमा ७ सय ५७ जनाले गरे रक्तदान

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।

    ग्लोबल आईएमई बैंक बिहीबारदेखि स्थापनाको १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथ-साथै निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो ।

    यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको जनकपुर शाखा, बाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको मिलनचोक बुटवल शाखा र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

    कार्यक्रममा ७५७ रक्तदाताहरूले रक्तदान गरेका छन् । यसैगरी, ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको छ ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।
    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ ।

    २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

    वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए ।

    “अहिलेको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर राख्दै हामीले हाम्रा सेवालाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक छ । तर, डिजिटल तथा प्रविधिमैत्री गर्दा सुरक्षाको पनि त्यतिकै ख्याल राख्न जरुरी हुन्छ । सुरक्षालाई न्यूनतम शर्त बनाएर डिजिटल प्रविधिलाई अंगिकार गर्ने हो,” उनले भने ।

    बैंकले आफ्नो स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको उनले बताए ।

    नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिहरुको परिपालन गर्दै जाँदा बैंक अहिलेको अवस्थामा आइपुगेको बताउँदै मिहिनेत र लगनशिलताले मात्र लक्ष्य प्राप्त हुने उनले बताए ।

    सम्पूर्ण कर्मचारीहरुको अथक मिहिनेत र लगनशिलताका कारण बैंक अहिलेको अवस्थासम्म आइपुगेको बताउँदै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पु¥याएको विशेष योगदानप्रति सबै कर्मचारीहरुलाई धन्यवाद प्रकट गरे ।

    यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आफ्नो सेवालाई नविनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए ।

    रेग्मीले बैंकले आगामि वर्षहरुमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    १६६ कर्मचारीलाई सम्मान

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा गरेका १६६ कर्मचारीहरुलाई सम्मान गरेको छ ।

    बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच बैंकका अध्यक्ष ढकालले १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरेका हुन् ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • सिटी एक्सप्रेसको ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’का विजेता बने ढकाल

    सिटी एक्सप्रेसको ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’का विजेता बने ढकाल

    काठमाडौं ।  सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ । यस योजनाका विजेता निराजन ढकाल बनेका छन् ।

    निराजन ढकालले कोरियाबाट ४१ हजार ९०९ रुपैयाँ रेमिट्यान्स पठाएका थिए । त्यसको १८ गुणा गरेर सात लाख चौवन्न हजार तीन सय बैसठ्ठी रुपैयाँ उनले जित्न सफल भएका छन् । कलाकार तथा सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक÷प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विजेता छनौट गरिएको हो ।

    सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखी मङ्सिर ३० गते सम्म चल्ने गरी दशैं, तिहार र छठलाई लक्षित गर्दै यो योजना घोषणा गरेको थियो ।

     

  • नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

    नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

    काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र भिभान्ता होटलबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो ।

    नबिल बैंकको तर्फबाट फुलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटलको तर्फबाट महाप्रबन्धक रवि निश्चलले समझदारीमा हस्ताक्षर गरेका छन् ।

    समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, एटीएम कार्ड तथा बैंकबाट पैसा ट्रान्सफर गर्दा १० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खाना, पेय पदार्थ तथा स्पा सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ ।

    नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने भिभान्ता होटल आतिथ्य सेवा (हस्पिटालिटी) उद्योगमा विशिष्ट सेवा दिने परिचित संस्था हो । भिभान्ता होटलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले जनाएको छ । ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको नबिलको भनाइ छ ।

    नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

  • टेलिकमद्वारा भारतमा सस्तो कल गर्न एक्सेस कोड महसुल र पल्स दर परिमार्जन

    टेलिकमद्वारा भारतमा सस्तो कल गर्न एक्सेस कोड महसुल र पल्स दर परिमार्जन

    काठमाडौं । नेपाल टेलिकमले सस्तो दरमा भारतमा कल गर्न एक्सेस कोड १४२४ को महसुल दर तथा पल्स दर परिमार्जन गरेको छ ।

    टेलिकमका अनुसार विगतदेखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागू गरेका विभिन्न विकल्पहरु मध्ये Access Code १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको हो ।

    नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मिति २०८१/०९/१५ गते राति १२:०० बजेदेखि लागू हुनेगरी Access Code १४२४ को महसुल दर करबाहेक प्रति मिनेट ३.७६ कायम गरिएको हो ।

    यसका साथै Access Code १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर (Retails Pulse Duration) ६० सेकेण्ड निर्धारण गरिएको छ ।

  • नेपाल टेलिकमले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत के के गर्‍यो?

    नेपाल टेलिकमले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत के के गर्‍यो?

    काठमाडाैं ।  नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरु सञ्चालन गरेको छ।

    कम्पनीका अनुसार व्यावसायिक क्रियाकलापहरु सञ्चालन गर्दा कम्पनीले सदैव सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता व्यक्त गर्दै आएको छ।

    कम्पनीले विगतका आर्थिक वर्षहरुदेखि नै सामाजिक उत्तरदायित्वका पुराना कार्यक्रमहरुलाई निरन्तरता दिनुका साथै थप नयाँ कार्यहरु समेत गर्दै आएको छ।

    समग्रमा हाल कम्पनीले गरेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका मुख्य कार्यहरु निम्न छन् :

    हरियाली संरक्षण तथा वृक्षरोपण

    नेपाल टेलिकमले काठमाडौँको माइतीघर देखि तिनकुनेसम्मको सडक खण्डमा हरियाली संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

    यसअन्तर्गत मौसमी फूलका बिरुवाहरु रोप्ने, रुखहरु तथा दुबो रोप्ने, गोडमेल गर्ने र काँटछाँट गर्ने लगायतका सुन्दरता अभिवृद्धि गर्ने क्रियाकलापहरु सञ्चालन गरिएका थिए।

    विद्यालयमा विभिन्न भौतिक तथा शैक्षिक सामग्री वितरण

    नेपाल टेलिकमले निरन्तर रुपमा नेपाल भरिका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा फर्निचर, कम्प्युटर, झोला, ट्रयाकसुट लगायतका विभिन्न भौतिक तथा शैक्षिक सामग्रीहरु उपलब्ध गराएको छ।

    साथै देशभरका २० जिल्लाका १र१ सरकारी र सामुदायिक विद्यालयमा महिला स्वास्थ्यमा सहयोग पुग्ने गरी महिला स्वास्थ्य सामग्री सानिटरी प्याड भेन्डिङ मेसिन उपलब्ध गराइएको छ।

    वातावरण सरसफाइ

    धार्मिक मठ मन्दिर, पुरातात्विक एवम् पर्यटकीय स्थल, बसपार्क, सार्वजनिक पार्क तथा बगैंचा लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरुमा आवश्यकता बमोजिम डस्टवीन वितरण गरिएको छ।

    वृद्धाश्रम, बाल आश्रम लगायतका संरक्षणस्थलमा सहयोग
    सातवटै प्रदेशका वृद्धाश्रम, बाल आश्रम, फरक क्षमता भएका व्यक्तिहरुलाई संरक्षण गर्ने संस्था तथा सामुदायिक केन्द्रहरुमा भोजन एवम् न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ।

    अस्पतालमा बेड कम चेयर वितरण

    नेपाल टेलिकमले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पताल लगायत अन्य सरकारी तथा सामुदायिक अस्पतालमा आउने बिरामीका कुरुवाहरुले आराम गर्न सहज होस् भन्ने उद्देश्यले बेड कम चेयर उपलब्ध गराएको छ।

    विद्यालयमा इन्टरनेट सेवा

    नेपाल टेलिकमले विद्यालयहरुमा पटनपाठन कार्य सहज होस् र विद्यार्थीले इन्टरनेटको सहज प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले एफटीटीएच सेवा पुगेका देशभरका विभिन्न १०० सरकारी तथा सामुदायिक विद्यालयहरुमा ५० एमबीपीएस गतिको एफटीटीएच इन्टरनेट १ वर्ष सम्मका लागि निःशुल्क उपलब्ध गराएको छ।

    त्यसैगरी एफटीटीएच सेवा नपुगेका ७ वटै प्रदेशका विभिन्न ५० ओटा सरकारी तथा सामुदायिक विद्यालयहरुमा १ वर्षसम्मका लागि नमस्ते वाइफाइ (डब्लुबीबी) राउटरसहितको फोरजी इन्टरनेट प्याकेज निःशुल्क उपलब्ध गराएको छ।

    एसईई तयारी गरिरहेका विद्यार्थीलाई सहयोग

    नेपाल टेलिकमले आउँदै गरेको एसईई परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट निस्शुल्क रुपमा पढ्न पाउने व्यवस्था मिलाएको छ।

    अन्य कार्यक्रमहरु

    -फरक क्षमता भएका व्यक्तिहरुलाई छुट्टै प्याकेज सहितको नि:शुल्क प्रिपेड सिमकार्ड वितरण

    -नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका संस्थाहरुको सिफारिसमा विभिन्न पर्व, अवसर तथा विपत्तिको समयमा निस्शूल्क कलर रिङ्गटोनको प्रसारण कार्य

    -गणतन्त्र दिवस, संविधान दिवस लगायतका पर्व, अभियान, सम्मेलन तथा प्राकृतिक विपद्का समयमा सूचना तथा अन्य जानकारी मूलक सन्देशहरु निस्शुल्क बल्क एसएमएसमार्फत प्रवाह

    -गत वर्षको जाजरकोट भूकम्पबाट प्रभावित जनसमुदायको लागि ब्ल्याङ्केट, टेन्ट लगायतका राहत सामग्री उपलब्ध गराइएको छ।

    -गत असोजको पहिरो तथा डुबान पीडितहरुलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग।

  • ग्लोबल आइएमई बैंकले विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम संचालन गर्दै

    ग्लोबल आइएमई बैंकले विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम संचालन गर्दै

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ ।

    बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ ।

    १८औं वार्षिकत्सवको अवसरमा बैंकले प्रत्येक प्रदेशको विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्दैछ ।

    उक्त सचेतना कार्यक्रममा बैंकले आधारभुत बैंकिङ्ग सेवा, डिजिटल/नविनतम बैंकिङ्ग सेवाहरु, बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायहरु लगायत विभिन्न बैंकिङ्ग शिक्षाको बारेमा जानकारी प्रदान गर्नेछ ।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • हिमालयन बैंकको नयाँ बानेश्वर शाखा काेटेश्वर स्थानान्तरण

    हिमालयन बैंकको नयाँ बानेश्वर शाखा काेटेश्वर स्थानान्तरण

    काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकसँग मर्ज गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरेको छ ।

    नयाँ बानेश्वरमा भएको शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर, काठमाडौंबाट १४ गते देखि कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी संचालनमा ल्याएको छ ।

    उक्त शाखाको शुभारम्भ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका थिए ।

    हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८२ एटीएम ८,००० भन्दा बढी POS Terminals र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

  • ग्लोबल आईएमई बैंक १९ औँ वर्षमा: यस्ता छन् १८ वर्षे यात्रा र आगामी योजना

    ग्लोबल आईएमई बैंक १९ औँ वर्षमा: यस्ता छन् १८ वर्षे यात्रा र आगामी योजना

    ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ । व्यावसायिक रूपमा सञ्चालनमा आएको यस बैंक यही पुस १८ गते १८ वर्ष पूरा हुँदैछ ।

    वि.सं २०६३ सालमा १८ औँ वाणिज्य बैंककारुपमा ग्लोबल आइएमई बैंक स्थापित भएको थियो । त्यसबेला बैंकको १ अर्ब ५० करोड चुक्ता पुँजी थियो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर तथा प्राप्ति गरेको यस बैंक नेपालकै नम्बर वान बैंक बन्न सफल भएको छ ।

    यो १८ वर्षे यात्रामा दिनानुदिन अब्बल बैंक बन्ने बाटोमा अघि बढिरहेको छ ।  बैंकको ग्राहक सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । मर्जर तथा व्यवसायको निरन्तर विस्तारले बैंकको ग्राहक सङ्ख्यामा वृद्धि हुँदै गएको हो । हाल यस बैंकको निक्षेप ग्राहक सङ्ख्या करिब ५० लाखभन्दा बढी पुगेको छ ।

    बैंकले ३५४ वटा शाखा, ६८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन काउन्टर, २३७ वटा शाखारहित बैंकिङ्ग सेवा दिइरहेको छ । यससँगै ३८४ वटा एटिएम, विदेशस्थित भारतको नयाँ दिल्ली, संयुक्त अधिराज्य र अष्ट्रेलियामा समेत गरी ३ स्थानमा प्रतिनिधि कार्यालय समेत सञ्चालनमा रहेको छ ।

    बैंकले (शाखा, एटिएम, एक्सटेन्सन काउण्टर, सेवा केन्द्र, विदेशस्थित प्रतिनिधि कार्यालय समेत) करिब ११०० सेवा केन्द्रमार्फत ५० लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

    यो बैंक आधुनिक समाज प्रविधि उन्मुख रहेको छ । बैकको सेवालाई चुस्त, दुरुस्त एवम् पारदर्शी बनाउँदै सेवा प्रदायक र सेवाग्राही दुवैको समय र पैसा बचत गरी मानव संशाधनको लागत समेत घटाउँदै लैजाने नीति लिएको छ । सोही बमोजिम बैंकले प्रविधिमा आधारित र स्वचालित नयाँ सफ्टवेयर जडान गरि काम गरिरहेको छ ।

    कर्मचारीको प्रत्यक्ष संलग्नता बिना नै नगद कारोबार हुने ‘क्यास डिपोजिट मेसिन’ एवम् ‘आउटवार्ड चेक एसेप्ट’ गरी क्लियरिङमा पठाउने चेक डिपोजिटसहितको  डिजिटल युनिभर्स कमलादी लगायत अन्य विभिन्न शाखाहरूमा सञ्चालन गरिरहेको छ ।

    बैंकले हाल १८ घण्टा सेवा दिइरहेको छ । आगामी दिनमा यो सेवालाई २४ सै घण्टामा विस्तार गर्ने बैंकको योजना रहेको छ । जवाफदेही र उत्तरदायी बैंकिङ्ग समाधानको लागि आर्टिफिसियल इन्टलिजेन्स प्रयोगमा ल्याएको छ । बैंकको सञ्चालन दक्षता अभिवृद्धिको साथै दोहोरिने कार्य न्यूनीकरणको लागि रोबोटिक प्रक्रिया स्वचालन (आरपीए)को प्रयोग गरिएको छ ।

    मोबाइल बैंकिङ फिचर्सलाई अभिवृद्धि गरि थप सहज बनाइएको छ । कोर बैंकिङ सिस्टमलाई फाइनान्स भर्सन १० मा अपग्रेड गरिएको छ ।  नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनको लागि बैंकले ग्राहकको सूचना व्यवस्थापन, आवश्यक रिर्पोटिङका साथै शङकास्पद कारोबारको पहिचान तथा रिपोर्टिङ स्वचालित गर्दै आएको छ ।

    व्यावसायिक सेवा सञ्जालको विस्तारले छरिएर रहेको पुँजी संकलन गरी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेको छ । यसको अतिरिक्त नियमित र सेवा सम्झौता मार्फत तीन हजार ८ सय जनाभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

    धेरै विप्रेषण भित्र्याउनेदेखि अन्तर्राष्ट्रिय अवार्डसम्म प्राप्त 

    यो बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, सन २०२२ मा ‘युरोमनी अवार्ड, द बेस्ट बैंक इन नेपाल’, बेष्ट इम्प्लोयर जस्ता अवार्डहरू प्राप्त गरिसकेको छ ।

    युरोमनी म्यागेजिनले प्रत्येक वर्ष वित्तीय क्षेत्रका विशेषज्ञहरूबाट गहिरो अध्ययन तथा विश्लेषण गरी/गराई तोकिएको मापदण्ड पुरा गर्ने बैंकहरुलाई विविध विधामा अन्तर्राष्ट्रियस्तरको युरोमनी अवार्ड प्रदान गर्दै आएको छ । २०२४ मा नेपालबाट ग्लोबल आइएमई बैंकले यस्तो अवार्ड पाएको छ ।

    ग्लोबल आइएमई बैंक लिमिटेड ‘ग्लोबल फाइनान्स, बेष्ट बैंक अवार्ड २०२४’बाट समेत सम्मानित भएको छ । ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक समेत हो ।

    नेपाल राष्ट्र बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सो सम्मान प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै २१ दशमलव १ प्रतिशत विप्रेषण (रेमिट्यान्स) भित्र्याएको यस बैंक सम्मानित भएको छ ।

    राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रुपमा आन्तरिक राजश्व विभागले ग्लोबल आइएमई बैकले सम्मान पाएको छ । बैंकले सरकारलाई संस्थागत आयकर र श्रोतमा कर कट्टी गरी ६ अर्बभन्दा बढीको योगदान गरेको छ ।

    सञ्चालन नतिजा र कारोबार समीक्षा

    आर्थिक वर्ष २०८०/८१ मा बैंकको कारोबार समीक्षा गर्ने हो भने २०८० आषाढ मसान्तको तुलनामा २०८१ आषाढ मसान्तमा बैंकको पुँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ । तर, कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन ।

    कर दाखिला गर्नुपर्ने विवाद अदालतसम्म पुग्दा जगेडा कोषको रकममा प्रभाव परेको बैंकको दाबी छ । एफपीओ जारी गर्दा तथा हकप्रद शेयर जारी पश्चात् लिलाम गरी बिक्री गरिएका शेयरबाट संकलन गरिएको शेयर प्रिमियमको रकम र निकायहरू एक आपसमा गाभिँदा, शेयर स्वापको कारण गाभिनु पूर्वको पुँजी र गाभिए पश्चात् कायम भएको पुँजीको भिन्नताको रकम (पुँजीगत जगेडा कोष)बाट आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई वितरित लाभांश रकमलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल गर्नुपर्ने विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो ।

    पुँजीगत जगेडा रकम र शेयर प्रिमियमको रकम समेतमा एकमुष्ठ एव अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३८१ रुपैयाँ थप रकम करको रूपमा सरकारलाई बुझाउन परेकोले जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको बैंकले जनाएको छ ।

    आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा ८८६.७३ करोड रुपैयाँ र कर पछिको मुनाफा ६१३.७४ करोड रुपैयाँ भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा बैंकको खुद व्याज आम्दानी गत वर्षभन्दा २५ करोड रुपैयाँले कमी भएको छ । फि शुल्क तथा सञ्चालन आम्दानीमा भने ११२.७७ रुपैयाँ करोडले वृद्धि भएको छ ।

    सञ्चालन खर्च तर्फ पनि १०८.४६ करोड रुपैयाँले वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको खुद मुनाफामा ५५.६९ करोडले कमी आएको छ ।

    कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षा अनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्षमा पनि बैंकको खुद मुनाफामा संकुचन आएको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीका अनुसार यस आर्थिक वर्षमा बैंकको कुल कर्जा ४.३८ प्रतिशत तथा निक्षेपमा १४.९२ प्रतिशतले बढोत्तरी भएको छ । निक्षेपका दरहरूमा उल्लेखनीय रुपमा कमी आएपनि निक्षेपको आकार बढ्दा र कर्जाको न्यून बढोत्तरीले खुद ब्याज आम्दानीमा प्रत्यक्ष असर पुर्‍याएको छ ।

    गत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि कर्जा असुलीमा केही समस्या देखिएकोले थप कर्जा नोक्सानीको व्यवस्था गर्नु परेको कारण सञ्चालन मुनाफामा कमी आएको उनको दाबी छ ।

    चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा बैंकको निक्षेपमा २४.५१ अर्ब रुपैयाँले वृद्धि भई ५२९.३८ अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी तर्फ पनि २७.८६ अर्ब रुपैयाँले वृद्धि भई ४१८.६३ अर्ब रुपैयाँ पुगेको छ ।

    चालु आवको पहिलो त्रैमाससम्ममा बैंकले १५१ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको निष्क्रिय कर्जा ४.६७ प्रतिशत कायम भएकोले कर्जा असुलीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडी बढ्नु पर्ने अवस्था रहेको सीईओ रेग्मीको भनाई छ ।

    लाभांश इतिहास

    यस बैंकले आर्थिक वर्ष २०६८/६९ देखि लाभांश वितरण गर्दै आएको छ । यस आवमा १३ प्रतिशत लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०६९/७० मा लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    त्यस्तै, आर्थिक वर्ष २०७०/७१ मा २५ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई २३ प्रतिशत, आव २०७२/७३ मा १६ प्रतिशत, आव २०७३/७४ मा २० प्रतिशत र आव २०७४/७५ मा १६ प्रतिशत लाभांश वितरण गरेको छ ।

    बैंकले सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको थियो । यस आवमा  बैंकले लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । जसमा १२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

    बैंकले आर्थिक वर्ष २०७६/७७ मा लगानीकर्तालाई १६ प्रतिशत लाभांश वितरण गरेको थियो भने आव २०७७/७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७८/७९ मा १३.६० प्रतिशत लाभांश वितरण गरेको यस बैंकले आव २०७९/८० मा ९ प्रतिशत दिएको थियो ।

    बैंकले आर्थिक वर्ष २०८०/८१ मा बैंकले ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/०८१ समग्र बैंकिङ तथा वित्तीय क्षेत्रका लागि उत्साहप्रद नरहेका कारण कम लाभांश वितरण गर्नु परेको बैंकको दाबी छ ।

    आगामी योजना 

    ग्राहकहरूलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, शेयरधनीहरुलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रणी बैंकको रुपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरू सञ्चालन गरिने सीईओ रेग्मीले जानकारी दिएका छन् ।

    उनका अनुसार यस बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्द्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरू समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्‍याउने लक्ष्य लिएको छ । डिजिटल सेवामा बैंक केन्द्रित हुनेछ । बैंकले आगामी दिनमा यी रणनीति/कार्ययोजनाहरु अवलम्बन गर्दै जानेछ:

    1.  “सबैको लागि बैंक” भन्ने नारालाई व्यवहारमा नै रूपान्तरण गर्नका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयहरू मार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अगाडी बढ्ने लक्ष्य सफलता उन्मुख रहेको छ । हाल यस बैंकले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा कार्यालयहरू, शाखा रहित बैंकिङ्ग सेवा, एटिएम, एक्सटेन्सन र अन्य काउन्टरहरु समेत जम्मा १,१०० सेवा केन्द्र मार्फत करिब ५० लाख ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । मुलुकभर अझैपनि ठुलो सङ्ख्यामा बैंकिङ पहुँच बाहिर रहेका जनतालाई बैंकिङ सेवा प्रदान गर्दै लैजाने नीति प्राथमिकतामा रहेको छ ।
    2.  आगामी समयमा बैंकले दिगो व्यावसायिक वृद्धिका लागि आफ्नो वार्षिक व्यावसायिक कार्य योजना अनुरूपका रणनीतिहरू कार्यान्वयन गर्दै जानेछ । यसका लागि बैकले निक्षेप तर्फ क्यास डिपोजिट र कर्जा प्रवाह तर्फ एमएमई/रिटेल/एकएसएमई/प्रायोरिटी सेक्टर ल्याण्डिङलाई प्राथमिकता प्रदान गर्ने तथा शुल्कमा आधारित आम्दानीमा समेत जोड दिई कार्यहरू सञ्चालन गर्दै जानेछ । जसबाट शेयरधनीहरुलाई उचित प्रतिफल प्राप्त हुने विश्वास लिएका छौँ ।
    3.  हरित तथा दिगो विकासका लागि कायम गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  लक्ष्यहरूलाई आत्मसाथ गर्दै दिगो, न्यून कार्बन, वृत्ताकार अर्थतन्त्रको दिशामा सहयोगसिद्ध हुने गरी व्यवसाय सञ्चालन र कर्जा प्रवाह गर्ने गतिविधीहरुलाई थप प्रवर्धन गरिनेछ । लैङ्गिक एवं सामाजिक समावेशिता र वातावरणीय सुरक्षा कायम हुने गरी दिगो विकासको लक्ष्यलाई थप टेवा पुर्याउने हेतुले केन्द्रीय स्तरमा बैंकले हरित तथा दिगो बैंकिङ्ग इकाई स्थापना गरी कार्यक्रम अगाडी बढाइरहेकोमा सो कार्यलाई निरन्तरता दिई नेपालको अग्रणी बैंकको रुपमा स्थापित गर्ने गराउने नीति लिइनेछ ।
    4. ड्ड बैंकले थप भ्यालु एडेड सर्भिस/प्रोडक्ट बजारमा पुर्‍याउने कार्य योजना बनाएको छ । निक्षेप तथा कर्जाका विभिन्न प्रोडक्टहरुको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी आवश्यकता अनुरूप थप परिमार्जन गर्ने तथा नयाँ प्रोडक्टको विकास गरी कार्यान्वयन गर्दै जाने योजना बनाएको छ । हालै बैकले प्रविधिमा आधारित ग्लोबल जुनियर एम र फास्ट लोन एजेन्ट शेयर कार्यान्वयनमा ल्याएको छ । बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई प्राथमिकता राखेको छ ।
    5.  बैंकले विगत वर्षहरूमा अन्तर्राष्ट्रिय वित्त निकायहरूबाट वित्तीय संस्थाहरूबाट बाह्य कर्जा लिई लगानीको श्रोतको व्यवस्थापन गर्दै आएको छ । चालु आवमा समेत बैंकको ओपीईसी फण्ड फर इन्टरनेशनल डेभलपमेन्ट बैंक, एसियन डेभलपमेन्ट बैंक, डेभलपमेन्ट फाइनान्स कर्पोरेसन, एशियन इन्फाइन्ट्रक्चर इन्भेष्टमेन्ट बैंक जस्ता निकायहरूबाट आवश्यकता र औचित्यताको आधारमा श्रोतको व्यवस्थापन तथा परिचालन गर्ने योजना रहेको छ । बैंकको व्यावसायिक हितलाई पहिलो प्राथमिकतामा राखी आगामी दिनहरूमा यस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको कारोबार अगाडी बढाइने नीति रहेको छ ।
    6.  घरेलु कच्चा पदार्थमा आधारित साना र मझौला उद्योगको विकासबाट मात्र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने मान्यताबाट यस क्षेत्रको कर्जा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ । त्यस्तै, निक्षेप सङ्कलनको हकमा पनि जनसाधारणकै बचतलाई लक्षित गर्दै आएको र यसलाई नै बैंकको आधारभूत श्रोतको रूपमा महत्त्व दिई आएका छौ । बैंकको यो नीतिलाई आगामी आर्थिक वर्षहरू मा समेत निरन्तरता दिइने छ ।
    7.  मुलुकभर विकासको पूर्वाधार निर्माण सम्बन्धी कार्यहरू निरन्तर रुपमा वृद्धि भइरहेको र पूर्वाधार विकास मुलुकको तीन वटै तहका सरकारहरूको प्राथमिकतामा भएको परिप्रेक्ष्यमा सो अवसरलाई सदुपयोग गर्ने गरी निर्माण व्यवसायीहरूको आवश्यकता र सुविधालाई ध्यानमा राखी आपसी सहकार्यलाई प्राथमिकता दिइने छ ।
    8.  विप्रेषण (रेमिट्यान्स) नेपालको अर्थतन्त्रको मेरुदण्ड हुनुका साथै यस बैंकको व्यवसायको एउटा प्रमुख र भरपर्दो आधार समेत हो । संसारभर विभिन्न राष्ट्रहरूमा रहेका बैंकका आधिकारिक प्रतिनिधिहरूको साथै स्वदेशी र विदेशी व्यावसायिक साझेदारहरूसँगको सहकार्यबाट हालसम्म विश्वका विभिन्न मुलुकबाट उल्लेख्य मात्रामा रेमिट्यान्स भित्र्याउँदै आएका छौँ । आगामी वर्ष यस बैंक मार्फत भित्रिने रेमिट्यान्सलाई थप वृद्धि गर्नका लागि रेमिट्यान्स बजार विस्तार तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने छ ।
    9.  बैंकको व्यावसायिक पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्दै कारोबारको प्रवर्द्धन गर्न अष्ट्रेलिया, भारत तथा संयुक्त अधिराज्यमा प्रतिनिधि कार्यालयहरू सञ्चालनमा रहेको छ । आर्थिक रूपले सम्पन्न एशियाको महत्त्वपूर्ण राष्ट्र दक्षिण कोरियामा पहिलो अन्तर्राष्ट्रिय शाखा खोल्ने प्रयास  जारी रहेको छ । व्यावसायिक अवसरको विश्लेषण गरी नेपाल राष्ट्र बैंक तथा आवश्यक अन्य निकायहरूबाट स्वीकृति प्राप्त भएको अवस्थामा बेलायत, अमेरिका जस्ता विभिन्न सम्भाव्य राष्ट्रहरूमा शाखा कार्यालय खोली कारोबार गर्ने योजना रहेको छ । त्यसैगरि डिजिटल मनि कारोबार इजाजतको लागि समेत प्रयत्न गरिने छ ।
    10.  बैंकले सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आधुनिक प्रविधिमैत्री गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै अगाडी बढ्ने नीति अवलम्बन गरेको छ । सोका लागि बैंकले छुट्टै डिजिटल बैंकिंङ ईकाइ गठन गरी आवश्यक पूर्वाधार समेत खडा गरी कार्यारम्भ गरिसकेको परिप्रेक्ष्यमा प्रविधिको प्रयोगबाट हुने लाभको सूक्ष्म विश्लेषण गर्दै सम्पूर्ण बैंकिङ सेवाहरू डिजिटल बैंकिंङको प्रविधि मार्फत प्रदान गर्दै कारोबारलाई अघि बढाउने नीतिलाई निरन्तरता दिइने छ ।
    11.  बैंकको आन्तरिक काम कारबाही बढी मात्रामा स्वचालित गरी मितव्ययी बनाउँदै लैजाने नीति रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा ग्राहकले खाता खोल्न, डलर कार्ड, क्रेडिट कार्ड, एटिएम कार्ड प्राप्त गर्ने, भुक्तानी गर्ने लगायत कार्डसम्बद्ध सेवाहरू, एलसी/ग्यारेन्टी सुविधा, शेयर कर्जा लगायतको कारोबार अनलाइनबाटै गर्न मिल्ने कस्टुमर सेन्ट्रिक बीपीएम कार्यान्वयनमा ल्याइएको छ । कर्मचारीको प्रत्यक्ष संलग्नता विना नगद तथा चेकको कारोबार गर्न सकिने डिजिटल युनिभर्स सञ्चालनमा आएको छ । प्रविधिमा आधारित यस किसिमको सेवाहरूबाट व्यावसायिक प्रभावकारिता बढाएको विश्वास सहित आगामी दिनहरूमा समेत नयाँ नयाँ प्रविधिमैत्री सेवाहरू थप गर्दै लैजाने नीति लिएका छौँ ।
    12.  कर्मचारीहरू बैंकका मुख्य सम्पत्ति हुन र उनीहरूको ज्ञान र अनुभवलाई बैंकको व्यावसायिक उद्देश्य प्राप्तिसँग जोड्दै कर्मचारीहरूको वृत्ति विकासका लागि वार्षिक तालिम कार्य तालिका तर्जुमा गरी कार्यान्वयन गर्दै आएकोमा यसलाई अझ प्रभावकारी तथा डिजिटल प्रविधिको सहयोगमा सम्पूर्ण कर्मचारी वर्गमा निरन्तर ज्ञान आदान प्रदान गर्ने व्यवस्था मिलाउने छाैँ ।
    13.  बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालनमा कटिबद्ध छ । सङ्घीय सरकार तथा नेपाल राष्ट्र बैंकले अङ्गीकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरूप हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाहरू यस बैंकमा समाहित भएका छन् । यसरी विभिन्न पृष्ठभूमिबाट आएका कर्मचारीहरूको उचित व्यवस्थापन एवम् व्यावसायिक दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिमा टेवा हुने गरी कार्यक्रमलाई निरन्तरता दिइने छ ।
    14.  मुलुकले अवलम्बन गरेको संघीय संरचना बमोजिम ७ वटै प्रदेश कार्यालयहरूको काम, कर्तव्य अधिकार थप गर्दै अधिकार सम्पन्न बनाउँदै लैजाने नीति लिइएको छ ।
    15.  समाजको जिम्मेवार कर्पोरेट सदस्यको हैसियतमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सदैव प्राथमिकतामा राख्दै आएको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण लगायत एवम् विपन्न वर्गको जीवनस्तर उठाउनका लागि सक्दो सहयोगको नीति अवलम्बन गर्नेछ ।
    16.  बैंकले जोखिम व्यवस्थापन तथा अनुपालनालाई अत्यन्तै महत्वको साथ अवलम्बन गर्दै आइरहेको छ । सञ्चालक स्तरीय जोखिम व्यवस्थापन समिति एवं व्यवस्थापन तहको जोखिम व्यवस्थापन समिति गठन गरी बैंकका विभिन्न किसिमका जोखिमहरूको पहिचान तथा न्यूनीकरणका विधिहरू अवलम्बन गर्दै आइरहेको छ । हाल कार्यान्वयनमा रहेका विभिन्न विधि र प्रक्रियाहरूमा थप पुनरावलोकन गरी आवश्यकता अनुसार जोखिम व्यवस्थापन तथा अनुपालनालाई प्रभावकारी बनाइनेछ ।
    17.  बैंकले जोखिम व्यवस्थापन कार्यलाई अझ बढी प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय असल अभ्यासहरूलाई अनुसरण गरी कार्यान्वयन गर्ने गराउने कार्यलाई जोड दिने छ । यसका लागि समीक्षा वर्ष देखिनै  इन्टरनेशनल फाइनान्स कर्पोरेसनको सल्लाहकार सेवाहरू लिई कार्य प्रारम्भ गरिएको छ । यसबाट बैंकको जोखिम व्यवस्थापन कार्य थप प्रभावकारी हुने विश्वास लिएका छाैँ ।
    18.  कर्जाको गुणस्तरमा सुधार गर्ने गराउने, नियमित रुपमा ऋणीको व्यवसायको अनुगमन तथा निरीक्षण कार्यको कार्यान्वयन गर्ने र पूर्व चेतावनीका लक्षण देखिएका कर्जाहरूको समयमानै पहिचान तथा व्यवस्थापन गर्न समीक्षा वर्ष देखिनै केन्द्रीय स्तरमा क्रेडिट मोनिटरिङ युनिट गठन गरी कार्यारम्भ गरिएको छ र यसलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।
  • सिटिजन्स बैंकद्वारा बाजुराको विच्छयाँ माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

    सिटिजन्स बैंकद्वारा बाजुराको विच्छयाँ माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेश बाजुरा जिल्लाको हिमाली गाउँपालिका १ विच्छयाँमा अवस्थित श्री विच्छयाँ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ ।

    विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनीहरुको आर्थिक अवस्था सबल नभएको कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले ती बालबालिकाहरुलाई न्यानो स्वेटर प्रदान गरिएको हो ।

    विद्यालयमा आयोजित एक कार्यक्रमका बीच इी.सी.डी र कक्षा १ देखीकक्षा १० सम्म अध्ययनरत २११ विद्यार्थीहरुलाई बैंकले स्वेटर प्रदान गरेको हो ।

    विकट हिमाली भेगका न्यून आयआर्जन भएका परिवारका विद्यार्थीलाई जाडो महिनामा न्यानो स्वेटर उपलब्ध गराउनाले उनीहरुको पठनपाठनमा सहजता आउने विश्वास बैंकले लिएको छ ।

    आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

  • सबै स्कुटर पाइने ईभी मार्ट

    सबै स्कुटर पाइने ईभी मार्ट

    काठमाडौं । ललितपुरको सातदोबाटोस्थित मेनरोडमा सबै ब्राण्डका (प्रिमियम मोडलहरु) स्कुटरहरु पाइने इभी मार्ट खुलेको छ ।

    श्री अटो इन्कर्पोरेट प्रालिले बजारमा उपलब्ध, राम्रो सर्भिस सेवाहरु भएको ब्राण्डहरुको मात्र बिक्री वितरण गर्ने कम्पनीका डाइरेक्टर रोशनकुमार श्रेष्ठले बताए ।

    अहिले बजारमा भारतीय र चाइनिज गरी लगभग ७०–८० ब्राण्डका कारण उपभोक्ताहरु अन्योलमा परेका छन् ।

    त्यसैले हामीले सर्भिसलाई फोकस गरेर राम्रो तथा छिटो सुविधा दिने उद्देश्यले यो शोरुम खोलेको श्रेष्ठले बताए । इभी मार्टमा विक्री वितरण मात्र हैन, स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकहरुले पनि सम्पर्क गर्न सक्नेछ ।

  • ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

    ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

    काठमाडाैं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।

    बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ । ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

    यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ । यस कार्यक्रम अन्तगर्त बैैंकले प्रत्येक प्रदेशबाट ५ जना जेहेन्दार छात्राहरु छनौट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजार रुपैयाँको दरले छात्रवृत्ति प्रदान गर्नेछ ।

    यो कार्यक्रम अन्तर्गत बैंकले अहिलेसम्म १४० जनालाई उक्त छात्रवृत्ति ब्यवस्था गरी छात्राहरुको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको छ ।
    समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरु आर्थिक रुपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

    यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमका विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ ।
    बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • एभरेष्ट बैंकको दुई नयाँ शाखा सञ्चालन 

    एभरेष्ट बैंकको दुई नयाँ शाखा सञ्चालन 

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

    पाँचथरको फिदिम नगरपालिका वडा नं. १ र ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ४ मा नयाँ शाखा विस्तार गरेको बैंकले जानकारी दिएको छ । यी दुई शाखाको सञ्चालन पश्चात् कोशी प्रदेशमा बैंकको शाखा सङ्ख्या २० पुगेको छ ।

    बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहकहरू रहेका छन् । देशैभर आफ्नो १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

     

  • नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ इनोभेसन क्याम्पस

    नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ इनोभेसन क्याम्पस

    काठमाडौं ।  आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पस (एसआईसी) मार्फत सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तिकरण गर्न जारी राखेको छ।

    त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा कृतिम बौद्धिकता ९एआई० कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ ।

    यसका साथसाथै कार्यक्रमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना विद्यार्थीहरूको पनि स्वागत गरेको छ ।

    सन् २०२२ मा सुरु भएदेखि एसआईसीले युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको लागि आवश्यक सीपहरू प्रदान गरी भविष्यका लागि तयार हुने सामसङको ‘टुगेडर फर टुमरो १ इन्एबलिङ पिपल’को उद्देश्यलाई अघि बढाउन निर्णायक भूमिका खेलेको छ । लगभग पाँच महिनाको दौरानमा सम्पन्न भएको यो एआई पाठ्यक्रम, उन्नत एआई अवधारणाहरू र व्यावहारिक अनुप्रयोगहरूमा केन्द्रित रहेको थियो ।

    प्रमाणपत्र वितरण समारोहमा सामसङ नेपालका प्रमुख इन सु किम, त्रिभुवन विश्वविद्यालयका, पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका क्याम्पस प्रमुख डा. इन्द्रप्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग के।सी र डिन प्रा डा। सुशील बी बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।

    ‘सामसङमा, टुगेडर फर टुमरो, इन्एबलिङ पिपल’ को हाम्रो उद्देश्यले हामीलाई नवप्रवर्तन र शिक्षामार्फत युवाहरूलाई सशक्तिकरण गर्न प्रेरित गर्ने गर्दछ । यी विद्यार्थीहरूको समर्पण देखेर र उनीहरूको उपलब्धिहरू मनाउन पाउँदा हामीलाई गर्व लाग्छ । तिनीहरूले भविष्यमा सिर्जना गर्ने प्रभाव देखेर हामी उत्साहित छौं,’ इन सु किमले भने ।

    कार्यक्रमको पाठ्यक्रमले एआई, आईओटी, बिग डाटा, र कोडिङमा उन्नत प्राविधिक प्रशिक्षण गर्नुको साथै समस्या समाधान र रचनात्मकताजस्ता आवश्यक सफ्ट-स्किलहरूलाई पनि जोड दिन्छ ।

    यस इनिसिएतिभको एक अद्वितीय पक्ष यसको प्र्यक्तिकल एप्लीकेसन खण्ड हो, जहाँ विद्यार्थीहरूले उनीहरूले सिकेका प्रविधिहरू प्रयोग गरेर वास्तविक(विश्व मुद्दाहरूलाई सम्बोधन गर्छन् ।

    आगमन ब्याचको लागि डिजाइन गरिएको कोडिङ र प्रोग्रामिङ पाठ्यक्रमले विद्यार्थीहरूलाई एल्गोरिदम, डेटा संरचना र वास्तविक संसारको प्रोग्रामिङमा आधारभूत र उन्नत ज्ञान प्रदान गर्नेछ ।

    यस पहलको उद्देश्य नेपालमा एक बलियो नवप्रवर्तन इकोसिस्टमको पालनपोषण गर्नु हो ।

    शिक्षा र नवप्रवर्तनप्रति निरन्तर प्रतिबद्धताले सामसङको दिगो, सकारात्मक परिवर्तन सिर्जना गर्ने विश्वासलाई जोड दिन्छ ।

  • विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग

    विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने रानी– बरगाछी सडक सौन्दर्यीकरण परियोजनाका लागि २ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

    विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियान अन्तर्गत रानी– बरगाछी ६ लेन सडकको डिभाइडरमा हरियाली सहित सडक सौन्दर्यकरण परियोजनाका लागि बैंकले सो सहयोग रकम प्रदान गरेको हो ।

    विराटनगर महानगरपालिकामा आयोजित एक कार्यक्रमका बीच मेयर श्री नागेश कोइरालालाई २ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण भएको छ । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित

    ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित

    काठमाडौं । सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याउने बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गरिएको छ । हालै सम्पन्न आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रममा उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ संयुक्तरुपमा शर्मालाई प्रदान गरेका थिए । नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै ३ लाख रूपैयाँ नगद पुरस्कार समेत पाएकी छिन् ।

    नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । सूचना प्रविधि क्षेत्रमा सक्रिय महिलाहरुलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि विगत पाँच वर्षदेखि आइसिटी अवार्ड र एनसेलबीच सहकार्य हुँदै आएको छ । यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशिल महिला हुन् ।

    “सूचना प्रविधिको क्षेत्रमा प्रदान गरिने यो एक महत्वपूर्ण सम्मानका लागि विशेष गरी एनसेल फाउन्डेसनलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । यो अवार्ड मेरोमात्र सम्मान होईन, समाजको परिवर्तनका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रहेर काम गरि रहेका हरेक महिलाको सम्मान हो र यो क्षेत्रमा भविष्य खोज्ने युवाका लागि एक आशा हो,” अवार्ड विजेता शर्माले भनिन् ।

    यस अघि २०२३ मा सुनैना घिमिरे पाण्डे, २०२२ शीला कंसाकार कार्की, २०२१ मा गुणकेशरी प्रधान र २०२० मा तिमिला यमी ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’बाट सम्मानित भएकी थिइन । यो अवार्ड बाहेक एनसेल फाउन्डेसनले सूचना प्रविधिको पाटोमा विशेष गरी शिक्षा, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरु गरेको छ ।

    “महिलाहरुलाई सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन र यस क्षेत्रमा उनीहरुको योगदानको कदर गर्न यो सहकार्यलाई निरन्तरता दिन पाएकोमा हामी खुसी छौं । डिजिटल रुपान्तरणका लागि आ–आफ्नो ठाउँबाट काम गरिरहेका एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४ की विजेता बन्दना शर्मा लगायत सम्मानित भएका उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्वहरु सबैलाई बधाई छ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

    यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा २००६ मा आईटी सपोर्ट अफिसरको रूपमा नेपाल बैंकमा प्रवेश गरेकी थिईन् । नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षा लगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्त्वपूर्ण भूमिका खेलेकी छिन् ।

    पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी शर्माले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एण्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् । शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनि प्रोफेसनल म्यानेजमेन्ट कमिटिमा पनि आवद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् । साथै वित्तीय समावेशीता र स्टेम एजुकेसनमा उनको योगदान रहेको छ ।

  • ‘सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर’ सार्वजनिक

    ‘सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर’ सार्वजनिक

    काठमाडौं । सिद्धार्थ बैंकले नयाँ अफर सार्वजनिक गरेको छ । बैंक्ले आफ्नो वार्षिकव्सवको अवसरमा ‘सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर’ सार्वजनिक गरेको हो ।

    डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकहरुलाई लक्षित गर्दै ‘सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर’ ल्याएको हो । यस अफर सम्बन्धी विस्तृत जानकारी र शर्तहरू बैंकको वेबसाइटमा राखिएको छ ।

    २०५९ साल पौष ९ गते १७ औँ वाणिज्य बैंकको रुपमा स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापना कालको २२ औँ वर्ष पुरा गरेको छ । बैंक संचालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो ।

    बैंकले आफ्नो वार्षिकोत्सवमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको थियो । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथसाथै बैंकमा कार्यरत रहि १५ वर्ष पूरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनीहरुलाई अभिनन्दन गरेको छ ।

    बैंकले देशका काठमाडाैं र धनगढीमा रक्तदान कार्यक्रम समेत गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक र स्थानीयगरि १०२ जना रक्तदाताहरुको सहभागिता रहेको थियो । देशका अन्य बाँकी प्रदेशहरुमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना बनाएको जनाएको छ ।

  • विजनेस रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ को घोषणा, सार्वजनिक भए पाँच जना शार्क

    विजनेस रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ को घोषणा, सार्वजनिक भए पाँच जना शार्क

    काठमाडौं । बिश्व प्रसिद्ध बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ घोषणा भएको छ ।

    नेपालका लागि उत्पादन तथा प्रसारण सर्वाधिकार प्राप्त गरेको हिमालय टेलिभिजनले आगामी केही महिनाभित्र कार्यक्रम प्रसारण गर्ने जनाएको छ ।

    सोमबार काठमाण्डौमा आयोजित घोषणा कार्यक्रममा पहिलो सिजनका लागि पाँच जना शार्कहरु सार्वजनिक गरिएको छ, जसले लगानीका लागि प्रस्ताव लिएर आएका स्टार्टअपहरुमा लगानी गरी उनीहरुको ब्यवसाय विस्तारमा सहयोग पुर्‍याउनेछन् ।

    पहिलो सिजनका लागि आईएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नी ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, बैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह बैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्दम ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति रहेका शार्कका रुपमा अनुवन्ध भएका छन् ।

    कठिन संर्घषमार्फत् ब्यबसायिक जीवनमा सफलता प्राप्त गरेका यी अगुवा ब्यबसायीहरुले उत्कृष्ट सोंच र सम्भावना भएका तर लगानी जुटाउन खोजिरहेकाव्यवसायहरुमा लगानीसँगै  व्यवसायीलाई सफलताका लागि मार्गदर्शनसमेत गर्नेछन् ।

    यस सिजनका लागि अन्य दुई जना शार्क पछि सार्वजनिक गरिने हिमालय टेलिभिजनले जनाएको छ । सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रूपमा सुरु भएको यो शो अहिले विश्वकै सबैभन्दा ठूलो व्यवसायिक रियलिटी टिभी शो बन्न पुगेको छ । ५० भन्दा बढी देशमा प्रसारण हुँदै आएको यो शोलाई सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको छ ।

  • क्रिमसन टेकले जित्यो इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४

    क्रिमसन टेकले जित्यो इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४

    काठमाडौं। क्रिमसन टेक प्रालि इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२४ को विजेता बनेको छ। इनड्राइभ आइसिटी अवार्ड २०२४ अन्तर्गत इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड विधाको विजेता क्रिमसन टेक बनेको हो।

    आइसिटी अवार्डसँग शीर्ष प्रायोजकको रूपमा सहकार्य गर्न पाउँदा गौरवान्वित भएको इनड्राइभले जनाएको छ। आइसिटी अवार्डले सन् २०१६ देखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आएका स्टार्टअप, व्यक्ति र संस्थाहरूलाई प्रोत्साहन तथा सम्मान गर्दै आएको छ।

    इनड्राइभका एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले भनिन्, “इनड्राइभले आईसीटी अवार्ड २०२४ सँग साझेदारी गर्न पाउँदा सम्मानित महशुस गरेको छ। इनड्राइभले आईसीटी क्षेत्रमा स्टार्टअपहरूका लागि पहिचान र सशक्तिकरणको महत्व बुझ्दछ, र अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूका उपलब्धिहरूलाई प्रकाश पार्ने कार्यक्रममा योगदान दिन पाउँदा हामी गर्व गर्छौं साथै हामी इनड्राइभ स्टार्टअप आईसीटी अवार्ड २०२४ को विजेता “क्रिमसन टेक प्रालि” लाई पनि हार्दिक बधाई दिन चाहन्छौं।”

    आईसीटी अवार्ड उदीयमान प्रतिभाहरूको पहिचान र प्रदर्शन गर्न, उनीहरूलाई उद्योगमा महत्वपूर्ण प्रगति गर्न आवश्यक पर्ने एक्सपोजर र समर्थन प्रदान गर्ने भूमिकाका लागि प्रख्यात रहेको छ। इनड्राइभले प्राविधिक विकासमा स्टार्टअपहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिन्छ र भिजनसहितका आगामी पुस्तालाई समर्थन गर्न समर्पित रहेको छ।

    आईसीटी अवार्ड २०२४ का अध्यक्ष राजन लम्सालले भने, “हामी इनड्राइभलाई आईसीटी अवार्ड २०२४ को “टाइटल पार्टनर“ को रूपमा अनबोर्ड गर्न पाउँदा उत्साहित छौँ । प्रविधिको उन्नतिप्रतिको इनड्राइभको प्रतिबद्धता, आईसीटी सेक्टरमा नवीन स्टार्टअपहरूलाई पहिचान र उत्थान गर्ने लक्ष्य र हाम्रो लक्ष्यसँग पूर्णरूपमा मेल खान्छ।

    इनड्राइभको सहयोगले निस्सन्देह यस वर्षको अवार्डको सफलतामा योगदान पुर्याएको छ, र हामी विश्वव्यापी रूपमा उत्कृष्ट स्टार्टअपहरूको वृद्धि र पहिचानलाई थप प्रोत्साहन दिने सहयोगी प्रयासको लागि तत्पर रहेका छौं, साथै अवार्ड समारोहमा १५ वटा अवार्ड विधाहरू रहेका थिए र सातवटै प्रदेशका लागि विशेष मान्यता अवार्डहरू रहेका थिए।”

  • सिद्धार्थ बैंक २३ औँ वर्षमा : बैंकिङ क्षेत्रमा छुट्टै पहिचान, उच्चस्तरको वित्तीय सेवा प्रदान

    सिद्धार्थ बैंक २३ औँ वर्षमा : बैंकिङ क्षेत्रमा छुट्टै पहिचान, उच्चस्तरको वित्तीय सेवा प्रदान

    बैंकिङ उद्योगमा छुट्टै पहिचान बनाउन सफल वाणिज्य बैंक हो, सिद्धार्थ बैंक । २२ वर्षअघि १७ औँ वाणिज्य बैंककारुपमा स्थापना भएको सिद्धार्थ बैंक आजदेखि २३ औँ वर्षमा प्रवेश गरेको छ । उच्च स्तरको वित्तीय सेवाहरू उपलब्ध गराउने लक्ष्यका साथ सन् २००२ मा सिद्धार्थ बैंकको स्थापना भएको थियो । यस अवधिमा सिद्धार्थ बैंकले बैंकिङ उद्योगमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

    यस बैंक बलियो पूँजी आधार, विवेकपूर्ण व्यवस्थापन र दिगो वृद्धिमा केन्द्रित भएर अगाडि बढिरहेको छ । बैंक स्थापना गर्दा ३५ करोड रुपैयाँ चुक्ता पूँजी थियो । विगतका वर्षहरूमा बैंकले शेयरधनीहरूको प्रतिफल अधिकतम बनाउन आफ्नो पुँजीको कुशल उपयोगमा ध्यान केन्द्रित गरेको छ ।

    बैंकले आफ्नो पूँजी आधारलाई मजबुत बनाउन विभिन्न समयमा हकप्रद शेयर जारी गर्यो । जुन आर्थिक वर्ष २०६३/६४ मा २० प्रतिशत, आर्थिक वर्ष २०६४/६५ मा २० प्रतिशत, आर्थिक वर्ष २०६७/६८ मा ५० प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा २५ प्रतिशत र आव २०७४/७५ मा १० प्रतिशत रहेको छ ।

    हकप्रद र बोनस शेयर गरी हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ । वैधानिक सामान्य सञ्चिति, पूँजी रिडेम्पसन रिजर्भ, एक्सचेन्ज इक्वलाइजेशन रिजर्भ जस्ता विभिन्न सञ्चिति समेत गरि हालसम्म बैंकको कुल नेटवर्थ २८ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

    हाल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । यस बैंकले १९६ वटा शाखा, २२८ वटा एटिएम र ७५ वटा शाखारहित बैंकिङ सेवा दिइरहेको छ ।

    मर्जरबिनै अब्बल 

    पछिल्ला वर्षहरूमा वाणिज्य बैंकहरु धमाधम एक आपसमा गाभिए । बैंकका संख्या धेरै भएपनि बैंकिङ पहुँचमा खासै वृद्धि नभएपछि राष्ट्र बैंकले मर्जरको नीति ल्याएको थियो । सोहीअनुसार मर्जर तथा एक्विजिशनमा सामेल भए । मर्जर तथा एक्विजिशन पछि वाणिज्य बैंकको संख्या २० वटामा झर्‍यो । तर, सिद्धार्थ बैंक मर्जरबिना नै आफूलाई बैंकिङ क्षेत्रमा अब्बल सावित गरिरहेको छ ।

    बलियो निक्षेप तथ्यांकका साथ ठूला संस्थाहरू सिर्जना गर्ने बैंक मर्जरको लहरको बाबजुद पनि बैंकले कुनै पनि मर्जर बिना आफूलाई ११ औँ स्थानमा राख्न सफल भएको छ । यो उपलब्धिले नयाँ मर्ज भएका, ठूला बैंकहरूलाई प्रतिस्पर्धा गर्न र चुनौती दिन सक्ने क्षमतालाई प्रकाश पार्छ ।

    व्यवसायको हिसाबले ११ औँ स्थानमा रहेपनि अन्य हिसाबले बैंक सबैभन्दा सबल रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कंडेल दाबी गर्छन् । उनी भन्छन्, ‘मर्जरअघि व्यवसाय आकारको हिसाबले २६ वटा वाणिज्य बैंकमध्ये ५ औँ स्थानमा थियो । अहिले मर्जर पश्चात् हाम्रो बैंक ११ औँ स्थानमा छ । हाल पनि सिद्धार्थ बैंकको बजार हिस्सा घटेको छैन । शेयरधनीहरुले हेर्ने वित्तीय सूचकांकमा उत्कृष्ट हुन सफल भएको छ । जस्तैः अर्निङ पर शेयरमा ५ औँ, रिटर्न वन इक्युटी तथा नेटवर्थ पर शेयरमा ७ औँ स्थानमा रहन सफल भएको छ ।’

    उत्कृष्ट वित्तीय सेवादेखि एनपीएलको प्रायोजकसम्म 

    ‘सम्बन्ध सधैंभरिलाई’ भन्ने नारासहित अगाडी बढेको सिद्धार्थ बैंक नेपालको प्रभावशाली र व्यावसायिक बैंकको रूपमा चिनिन्छ । यो बैंक ग्राहक र ग्राहकहरूसँग सम्बन्धको पोषणमा निहित छ । सेवाहरूमा सुविधाजनक पहुँच सुनिश्चित गर्न यस बैंकले धेरैजसो सेवाहरूमा डिजिटल बैंकिङलाई एकीकृत गरेको छ ।

    अनलाइन बैंकिङ वा सिद्धार्थ बैंक स्मार्ट एप प्रयोग गरेर बैंकको सेवाहरू ग्राहकहरूले संसारको जुनसुकै ठाउँबाट लिन सक्छन् । विस्तारित ग्राहक अनुभवको लागि प्रयोग गरिएको प्रविधि निरन्तर बैंकले सुधार गरिरहेको छ । यी सुविधाहरू र द्रुत सेवाहरू मार्फत आफ्ना ग्राहकहरूको विश्वास कमाउँदै यो बैंक नेपालको सबैभन्दा विश्वसनीय वाणिज्य बैंक बन्न सफल भएको छ ।

    उत्कृष्ट वित्तीय सेवा दिइरहेको यस बैंक भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को समेत मुख्य प्रायोजक बन्यो । क्रिकेट संघ नेपाल (क्यान)ले आयोजना गरेको एनपिएलमा यो बैंक २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजकका रूपमा आबद्ध भएको छ । नेपालको क्रिकेट जगतलाई थप उचाइमा पुर्‍याउन सिद्धार्थ बैंक जोडिएको छ ।

    डिजिटल फस्ट बैंकको रूपमा आफूलाई स्थापित गर्न यस बैंकले जोड दिइरहेको छ । पीओएस टर्मिनल, क्युआर भुक्तानी, अनलाइनबाट खाता खोल्ने सुविधा, भिडियो केवाइसी, डेबिट, क्रेडिट कार्डहरूका लागि आवेदन दिन वा बदल्न र डिम्याट खाताहरू डिजिटलरुपमा खोल्न सकिन्छ ।

    यसबाहेक बैंकले आफूलाई महिला केन्द्रित बैंकको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । यस बैंकले विशिष्ट नारी डेबिट कार्ड सहितको सिद्धार्थ नारी बचत खातालाई पुनर्जीवित गरेको छ । यस कार्ड प्रयोग गरि गरिएको भुक्तानी कारोबारमा महिलाको स्वास्थ्यमा समर्पित साझेदार संस्थालाई प्रत्येक कारोबारबाट ०.१० प्रतिशत पनि योगदान गर्दछ । डेबिट कार्ड, स्ट्यान्डर्ड क्रेडिट कार्ड, र बैंकस्मार्ट एक्सपी पहिलो वर्ष निःशुल्क उपलब्ध गराउँदै यसअन्तर्गत अहिले एउटा अभियान चलिरहेको छ । बैंकले महिलाहरूका लागि डिजाइन गरिएको ‘हाम्रो घर कर्जा’ पनि ल्याएको छ । जसमा घर कर्जाको ब्याजदर अन्य ग्राहकलाई भन्दा ०.५ प्रतिशतले कम रहेको छ ।

    बैंकले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । जुन भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो । यो कार्ड प्रयोग गर्ने ग्राहकहरूले पाउने सुविधाहरूमा प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वार्षिक दुई पटकसम्म विभिन्न देशका एयरपोर्ट लाउन्जमा निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढी युएनओ मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    यो कार्ड प्रायोरिटी बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिनेछ र उक्त कार्ड प्रयोग गर्ने ग्राहकहरूले बैंकिङ्ग सेवामा प्राथमिकता पाउनेछन् । प्लाटिनम क्रेडिट कार्ड नेपाल, भुटान र भारतमा प्रयोग गर्न सकिनेछ । उक्त कार्डका लागि सुरुवाती ३ महिना भित्र आवेदन दिने ग्राहकहरूलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको छ ।

    बैंकले ‘सिद्धार्थ रिवार्ड्स’ योजना पनि सञ्चालन गरिरहेको छ । यस योजनाअन्तर्गत ग्राहकले बैंकको कार्ड प्रयोग गरी गरेको खरिद र मोबाइल बैंकिङबाट गरेको टपअपका आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्न सक्नेछन् । प्राप्त पोइन्टर्स हवाई टिकट, होटेल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदिजस्ता विभिन्न सेवा लिँदा नगदको सट्टा प्रयोग गर्न सक्नेछन् ।

    ४८.७५ प्रतिशतसम्म लाभांश वितरण 

    बैंकको २२ वर्षे यात्रामा बैंकले बम्पर लाभांश समेत वितरण गरेको छ । बैंकले विगतका वर्षहरूमा बोनस शेयर र नगद भुक्तानीको रूपमा लाभांश प्रदान गरेको छ । स्थापनाको सुरुवाती चार वर्ष लाभांश वितरण नगरेको यस बैंकले त्यसयता भने लगानीकर्ताहरूको हात खाली राखेको छैन । आर्थिक वर्ष २०६३/६४ देखि आव २०८०/८१ सम्म आइपुग्दा बैंकले ४ प्रतिशतदेखि ४८.७५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ ।

    आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरिएको लाभांश भने पारित हुन बाँकी रहेको छ । ४ प्रतिशत प्रस्ताव गरिएको लाभांश पारित गर्नका लागि बैंकले यही पुस २८ गते साधारण सभा बोलाएको छ । गत वर्ष पनि बैंकले ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    पछिल्लो समय लाभांशमा गिरावट आएकोबारे बैंकका सीईओ सुन्दर प्रसाद कंडेल भन्छन्, ‘बैंकले आफ्नो बढ्दो व्यावसायिक आवश्यकताहरू पूरा गर्न पुँजी अभिवृद्धिको औजारको रूपमा ऋणपत्रहरूलाई रणनीतिक रूपमा उपयोग गरेको छ । त्यस्ता ऋणपत्रहरू परिपक्व नभएसम्म डिबेन्चर रिडेम्पसन कोषमा रकम छुट्याउन आवश्यक छ । जसले बैंकको लाभांश वितरण क्षमतालाई अस्थायी रूपमा सीमित गर्दछ ।’

    उनका अनुसार बैंकले आर्थिक वर्ष २०८०/८१ को लागि उपलब्ध वितरण योग्य मुनाफाबाट डिबेन्चर रिडेम्पसन रिजर्भमा १.४६ अर्ब राखेको छ । फलस्वरूप बैंकको लाभांश क्षमता १४.४८ प्रतिशतबाट घटेर ४.१२ प्रतिशतमा झरेको छ । यसरी हेर्दा वाणिज्य बैंकमध्ये लाभांश दिने क्षमताका आधारमा बैंक शीर्ष ५ स्थानमा छ । आगामी दिनमा बैंकको लाभांश क्षमतामा उल्लेख्य वृद्धि हुने उनको दाबी छ ।

    अग्राधिकार शेयर जारी गर्ने तयारी

    प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कंडेलका अनुसार अग्राधिकार शेयर जारी गर्ने तयारी गरेको छ । यही पुस २८ गते हुने साधारण सभामा बैंकले प्रतिकित्ता १ सय रुपैयाँ दरले ३ अर्ब ५० करोड रुपैयाँको ‘एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने प्रस्ताव गर्ने भएको हो ।

    अग्राधिकार शेयर जारी भएपश्चात् बैंकको पुँजी वृद्धि गर्नुपर्ने भएकोले हाल अधिकृत पुँजी १६ अर्ब रुपैयाँलाई वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्‍याइनेछ । हाल कायम जारी पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँलाई वृद्धि गरी १७ अर्ब ५८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँ पुर्‍याइनेछ ।

    सीईओ कंडेलका अनुसार बैंकले ग्राहकको अनुभव र परिचालन दक्षता अभिवृद्धि गर्न एआई जस्ता उदीयमान प्रविधिहरूको लाभ उठाउँदै डिजिटल अन्वेषणमा आफूलाई अग्रणी स्थान बनाउने लक्ष्य राखेको छ । यसले एमएसएमई, रिटेल र कार्डमा आधारित क्षेत्रहरूमा विस्तार गर्दै नयाँ बजार र ग्राहकहरूलाई लक्षित गर्दै आफ्ना प्रस्तावहरूलाई विविधीकरण गर्ने योजना पनि बनाएको छ ।

    नवीकरणीय ऊर्जा, हरित पूर्वाधार र वित्तीय समावेशिता र सामाजिक समानतालाई प्रवर्द्धन गर्ने पहलहरूमा जिम्मेवार लगानीमा ध्यान केन्द्रित गर्दै दिगोपन प्राथमिकता रहेको उनले जानकारी दिए ।

    सेवा उत्कृष्टता आधारशिला बनेको दाबी गर्दै उनले भने, ‘बैंकले बिजनेस प्रोसेस रिसाइकलिङ मार्फत दिगो तथा सरल प्रक्रियाद्वारा ग्राहकको सन्तुष्टि बढाउन खोजेको छ । बैंकले पारदर्शी र उत्तरदायी सुशासनसँग मिल्दोजुल्दो पहलहरू मार्फत ग्राहक, कर्मचारी, शेयरधनी र समुदायका लागि हामी प्रतिबद्ध छौँ ।’

     

  • सिटिजन्स बैंकका ग्राहकले इजी डेन्टलमा १५ प्रतिशतसम्म छुट पाउने

    सिटिजन्स बैंकका ग्राहकले इजी डेन्टलमा १५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महाङ्काल काठमाडौंस्थित इजी डेन्टल प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिनेबारे उक्त समझदारी भएको हो ।

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले इजी डेन्टलमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुन्े विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

  • दराज १.१ न्यू इयर मेगा सेलः आकर्षक छुट र अढाई करोड बराबरका भाउचर

    दराज १.१ न्यू इयर मेगा सेलः आकर्षक छुट र अढाई करोड बराबरका भाउचर

    काठमाडौं । नेपालकै अग्रणी ई-कमर्स प्लेटफर्म दराजले नजिकिँदै गरेको नयाँ वर्षको स्वागतार्थ १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ । १.१ न्यू इयर मेगा सेल पुस १० देखि २१ गतेसम्म चल्ने दराजले जनाएको छ ।

    मेगा सेलमा कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुटसहितको विशेष फ्ल्याश सेल डिलहरू, र २.५ करोड बराबरको भाउचरहरूसमेत उपलब्ध गराउने बताएको छ ।

    दराजको १.१ न्यू इयर मेगा सेलमार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्रीलगायत विभिन्न श्रेणीहरूमा ४ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ ।

    गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको दराज १.१ न्यू इयर मेगा सेल उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको जनाइएको छ । ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्ड हाउस, एन्कर र बोल्टलगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गराएका विशेष छुटहरू पनि प्राप्त गर्नसक्ने जानकारी दराजले दिएको छ ।

    कम्पनीका अनुरार मेगा सेलमार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिलमार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेट बाइज्अन्तर्गत ६९९, ९९९, र १ हजार ९९९ रुपैयाँभित्रको विशेष अफरहरूको मज्जासमेत लिन सकिनेछ ।

    दराजले आफ्ना ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ । १.१ सेलको अवधिभर ग्राहकहरूले दराज एपमा कार्डमार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन् ।

    • पुस ११ (बिहीवार) : एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (रु. ७५० सम्म) को लाभ उठाउन सक्नेछन् ।
    • पुस १२ (शुक्रबार):  एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १० प्रीतशत छुट (रु. ५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।
    • पुस १३ (शनिबार) : हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (रु. ५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (रु. ५०० सम्म) को लाभ उठाउन सक्नेछन् ।

    वर्षको अन्त्यमा सबैका लागि केही न केही आकर्षक छुट बोकेको उत्कृष्ट अनलाइन सेल आउँदै गरेको बताउँदै दराजले उपभोक्तालाई आफ्नो क्यालेन्डरमा २५ डिसेम्बरमा चिन्ह लगाउन अनुरोध गरेको छ ।

  • नक्सालस्थित बाइकर्स क्याफेमा बजाज फाइनान्स मेला

    नक्सालस्थित बाइकर्स क्याफेमा बजाज फाइनान्स मेला

    काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुस १० देखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला गर्ने भएको छ । मेलाले ग्राहकहरूलाई बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने कम्पनीले विश्वास राखेको छ ।

    मेलामा सेवा शुल्क शून्य रहने र अन्य कुनै अतिरिक्त शुल्क नहुने कम्पनीले बताएको छ । त्यसैगरी ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, ३६ महिनासम्मको लचिलो किस्ताबन्दी योजना र १ घण्टाभित्रै ऋण स्वीकृत हुने जस्ता विशेष सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रत्येक खरिदमा ग्राहकहरूले निःशुल्क एक्सेसरीसमेत प्राप्त गर्नेछन् ।

    बजाज मोटरसाइकलका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले ग्राहकहरूको सहजता र खुशीलाई प्राथमिकतामा राख्दै कम्पनीले फाइनान्स मेला गर्न लागेको बताए ।
    बजाज मोटरसाइकलका ग्राहकहरूका लागि यो फाइनान्स मेला एक सुनौलो अवसर हुनेछ । कार्यक्रममा सहभागीभई यीविशेष अफरहरूको लाभ उठाउन ग्राहकहरूलाई कम्पनीले आग्रह गरेको छ ।

     

  • भूकम्प प्रभावितलाई नबिल बैंकले दिएको अस्थायी आवासको राहतः यसो भन्छन् प्रभावित

    भूकम्प प्रभावितलाई नबिल बैंकले दिएको अस्थायी आवासको राहतः यसो भन्छन् प्रभावित

    काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्‍यायो । २०८० साल कात्तिक १७ गते गएको भूकम्पले धेरैलाई घरबारविहीन बनायो ।

    भूकम्पबाट प्रभावित बनेकाहरूलाई नबिल बैंकले एक करोड रुपैयाँको बराबरको सहयोगको घोषणा गरेको थियो । सोही अनुरूप त्रिपालमा बस्न बाध्य भएका भूकम्प प्रभावितहरूका लागि नबिल बैंकले राहत प्रदान गर्न अस्थायी आवास निर्माण गरिदिएको छ ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी आवास निर्माण गरिदिएपछि भूकम्प प्रभावितहरू खुसी भएका छन् । भूकम्प प्रभावित विस्मी विक भन्छिन्, ‘यो घर बनाउने बेलामा एक्लै थिए । ७ जना मिस्त्री लगारएर बनाए । सात लाख ऋण लिएको थिए । त्यसको ब्याजसहित १० लाख तिरे । घरको ऋण तिरिपनि सके पछि घर पनि भत्कियो ।’

    पैसा नभएर घर बनाउने नसकिरहेको बेलामा नबिल बैंकले सित्तैमा अस्थायी टहरा बनाइदिएकोमा उनले खुसी व्यक्त गरिन् । ‘त्यत्रो खर्च गरेर बनाएको घर त भत्क्यो । यो त सित्तैमा दिएको टहरा हो । त्यसमै खुसी छु’, उनले भनिन् ।

    अर्का भूकम्प प्रभावित हस्त बहादुर चनराले यो टहरामा बसेपछि बाच्छौँ भन्ने लागे सुनाए ।

    नबिल बैंकले सहयोग गरेपछि टहरा बनाउन शुरु गरेको सुनाउँदै अर्की प्रभावित सीता चनरा भन्छिन्, ‘बास बनाइदिएर नबिल बैंक भगवान् जस्तै लाग्ने भयो ।’

    भूकम्प प्रभावित बलजित कामीले खुसी हुँदै भने, ‘आफ्नो बस्ने बास बनाउन आर्थिक कमजोर भएपछि नबिल बैंकले सहयोग गरिसकेपछि हामी खुसी हुने भइहाल्यौँ ।’

    टहरा पाएपछि निरुता लामिछानेले सबैभन्दा बढी खुसी पढ्न पाएकोमा लगेको सुनाइन्  ।

    अर्की प्रभावित लीलाकुमारी कामीले भनिन्, ‘बाँस पायौँ, जस्ता पायौँ, हुक पायौँ, सिमेन्ट पायौँ । सहयोग पाएपछि खुसी भइहालिन्छ नी । टहरा नै भएपनि मलाइ उनै राजा ।’

    जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई नबिल बैंकले दिएको अस्थायी आवासको राहत दिएको छ । बैंकले भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास निर्माण गरेर भूकम्प प्रभावितलाई हस्तान्तरण गरेको छ ।

    बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिकाको वडा १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्ला काँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो ।

    उक्त अस्थायी आवास नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई आवास हस्तान्तरण गरिसकेका छन् ।