Category: कर्पोरेट प्रेस

  • नाडाको सुझावहरुलाई मनन गरिदिन सरकारलाई आग्रह

    नाडाको सुझावहरुलाई मनन गरिदिन सरकारलाई आग्रह

    काठमाडौं । सरकारले हालै अध्यादेश मार्फत देशको विकासलाई अघि बढाउने र अर्थतन्त्रलाई गतिशील बनाउनेमा बाधक देखिएका विभिन्न ऐनका बुँदाहरुमा परिवर्तन गरेको छ।

    खासगरी कालो बजार नियन्त्रण ऐनमा व्यवसायीहरुले २० प्रतिशत भन्दा बढी मुनाफा कमाउन नपाउने व्यवस्था हटाइएको छ।
    जसको लागि नेपालको नीजि क्षेत्रले दशकौंपछि सरकारलाई सुझावहरु दिँदै आएको थियो।

    अहिले सरकारले त्यसको आवश्यकता, उदार र खुल्लाबजार अर्थतन्त्रको मूलमर्मलाई महशुस गर्दै त्यसका बाधाहरुलाई हटाएको छ। त्यो निश्चय नै सराहनीय छ।

    खस्कदै गएको नेपालको अटोमोबाइल व्यवसाय र देशको समग्र अर्थतन्त्रमा सुधार ल्याउन र उपयुक्त व्यवसायिक वातावरण निर्माण गर्न नाडाले पटक पटक सरकारलाई विभिन्न सुझावहरु दिँदै आएको छ। यसै सन्दर्भमा नाडाले अर्थ मन्त्रालयलाई २२ बुँदे सुझावहरु दिएको छ।

    यसै क्रममा नाडाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा एजेन्सी संशोधन र एकीकरणका सम्बन्धमा पनि ४ बुँदे सुझावहरु दिएको छ।
    त्यस्तै गरी नाडाले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति सम्बन्धि ६ बुँदे सुझावहरु समेत दिएको छ।

     यस्ता छन् नाडाकाे सुझावहरु 

    अहिले सरकारले प्रोटोकल फर मुभमेण्ट अफ कार्गो विद रिफरेन्स टु द मोटर भेहिकल्स एग्रीमेन्ट फर द रेगुलेशन अफ प्यासनजर, पर्सोनल एण्ड कार्गो भेहिकल ट्राफिक बिट्विन बङ्गलादेश, भुटान, इन्डिया र नेपाल ९ख्क्ष्द्यक्ष्ल्० को प्रारूपका विषयमा छलफल चलाउँदै आएको सन्दर्भमा यी चार देशहरु बीच खुला यातायात प्रणाली सञ्चालनमा ल्याउनु निश्चय नै स्वागत योग्य विषय हो।

    तर, यस विषयमा सरकारले सम्झौता गर्दा नेपालमा पर्ने केही व्यवहारिक पक्षहरु बारे विशेष ध्यान दिनु पर्ने देखिन्छ।

    नेपालमा कुनै पनि यातायातका साधनहरुको म्यानुफ्याक्चरिङ्ग नहुने, नेपालमा आयात गरिने झण्डै ८० प्रतिशत यातायातका साधनहरु भारतबाट आयात हुने र त्यसमा २५० देखि ३५० प्रतिशतसम्म महशुल लाग्ने सन्दर्भमा भारतको तुलनामा नेपालमा यातायातका साधनहरु ज्यादै महँगो पर्ने भएकोले उक्त सम्झौताअनुसार नेपालमा भारतीय नम्बर प्लेटका सवारी र ढुवानीका साधनहरु मात्र प्रयोगमा आउने देखिन्छ।

    यसबाट नेपालमा यातायातका साधनहरु पैठारी गरेर व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरु लगायत अटोमोबाइल व्यवसायसँग सम्बन्धित वा आश्रित अन्य कुनै पनि व्यवसायीहरुले आफ्नो व्यवसाय नै छोड्नु पर्ने अवस्था आउनुका साथै सरकारले यसतर्फ गम्भीरतापूर्वक मनन गरी अघि बढ्नु पर्ने आवश्यकता देखिन्छ।

  • यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जी.पी. शाह नियुक्त

    यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जी.पी. शाह नियुक्त

    काठमाडौं । नेपालको खाद्य बजारकै अग्रणी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी, यशोदा फूड्स प्रा.लि.ले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जी.पी. शाहलाई नियुक्त गरेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एकसय करोड भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूवेत, यूएई, जापान, यूके, ईटली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापुर, न्यूजिल्यान्ड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।

    शुक्रबार, काठमाडौँको सोल्टीमोडस्थित हायात सेन्ट्रिकमा एक भव्य सम्मान समारोहको आयोजना गर्दै यशोदा फूड्सले उक्त घोषणा गरेको थियो ।

    समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यावसायिक साझेदारहरू र मिडिया प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो ।

    कार्यक्रममा यशोदा फूड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले खादा र फूलको गुच्छासहित जीपी शाहलाई ग्लोबल कार्यकारी निर्देशक रुपमा सम्मान गर्दै स्वागत गरेका थिए ।

    ग्लोबल कार्यकारी निर्देशकको पदमा जीपी शाहको नियुक्तिसँगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाई छ । उनले आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा कम्पनीले विज्ञप्तिमार्फत विश्वास व्यक्त गरेको छ ।

    ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा, उनले नवीनतम योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

    ग्लोबल कार्यकारी निर्देशकका रुपमा नियुक्त शाह व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार बृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्राण्ड बिल्डिंग, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा बृद्धि, संस्थागत विकास र टिम बिल्डिङका लागि ख्यातिप्राप्त व्यक्ति हुन् ।

    उनको अनुभव तथा विशेषज्ञता प्रडक्शन, ईञ्जिनियरिंग, प्रडक्ट डेभलपमेन्ट, अपरेशन्स, प्रोजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिंग, अन्तर्राष्ट्रिय बजार बिस्तार र ३५ भन्दा बढी देशहरुमा मार्केटिंग तथा एडभरटाइजिंग लगायत रहेका छन् ।

    ‘यशोदा फूड्ससँग अनुबन्धित हुँदै सफलताको नयाँ रोमाञ्चक यात्राको साझेदार हुन पाउनु मेरो लागि ठूलो सम्मान तथा गौरवको विषय हो । गुणस्तर र नवप्रबद्र्धनका सवालमा सदैव अग्रणी रहँदै आएको यस कम्पनीसँग आफ्नो यात्रा अगाडि बढाउन पाउँदा म निकै उत्साहित छु ।’ समारोहमा आफ्नो मन्तब्य राख्दै शाहले भने, ‘कम्पनीको भिजनलाई आत्मसात गर्दै, कम्पनीलाई थप सफलता र उचाईँमा पुर्याउने म मेरो हार्दिक प्रतिवद्धता व्यक्त गर्दछु ।’

  • चितवन महोत्सवमा स्काईवेलका पाँच इभी बिक्री, पायो बेस्ट स्टल अवार्ड  

    चितवन महोत्सवमा स्काईवेलका पाँच इभी बिक्री, पायो बेस्ट स्टल अवार्ड  

    काठमाडौं । चितवन महोत्सवमा स्काईवेलका पाँच वटा विद्युतीय गाडी बिक्री भएका छन् । जि मोटर्स प्रालिले मेलाबाट स्काईवेलको १.१५ करोड माथिको प्रिमियम इभी ईटी ५ डेलिभरी गरेको हो ।

    जि मोटर्सका बिजनेस हेड युग प्रसाद रिमालले स्काईवेलको प्रिमियम इभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारस मणि गेलालले जानकारी दिए । चितवन महोत्सवमा जि मोटर्स स्काईवेल अटो तर्फको बेस्ट स्टल अवार्ड पनि प्राप्त गरेको उनले जानकारी दिएका छन् ।

    ‘यो माया एवम् ग्राहक सद्भावले हामी उत्साहित भएका छौँ । छिट्टै हाम्रा ग्राहकहरूको सुविधालाई ध्यान दिई सेल्स शोरुम एवम् सर्भिसको पूर्ण सुविधा उपलब्ध गराउने प्रतिबद्धता गर्दछौँ’, उनले भने ।

    जि मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले चितवन महोत्सवमा उपलब्ध इभीमा स्काईवेल कै प्रिमियम र लङ्ग रेन्ज रोज्नुको कारण नेपालको बाटोमा १९७ यमयम ग्राउन्ड किल्यरेन्स भएको, सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप त्यो पनि इभीमै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएको दाबी गरे ।

    आगामी दिनमा हाम्रो यस प्रालिले चितवन क्षेत्रको बजारलाई मुख्य बजारको रूपमा लिएर अगाडी बढ्ने र सेल्स, शोरुम, सर्वेश र पार्ट चितवनका ग्राहकलाई सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता समेत उनले जनाए ।

    उनका अनुसार हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि५–६२० किमी प्रिमियम विद्युतीय यसयुभि बिक्री–वितरण भइसकेका छन् । चितवन महोत्सवमा ५ भन्दा बढी बुकिङ रहेको छ । ईटि५, बिई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम यसयुभि बिक्रीका लागी उपलब्ध रहेका छन् ।

    स्काईवेल ६५ भन्दा बढी देशहरूमा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो । नेपाली ग्राहकले स्काईवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई सबै किसिमका भू-भागमा यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

     

  • कुमारी बैंकका ग्राहकले लुम्बिनी मेडिकल कलेजमा विशेष छुट पाउने

    कुमारी बैंकका ग्राहकले लुम्बिनी मेडिकल कलेजमा विशेष छुट पाउने

    काठमाडौं । लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचार गर्ने कुमारी बैंकका ग्राहकहरुलाई विशेष छुट पाइने भएको छ । लुम्बिनी मेडिकल कलेज पाल्पा र कुमारी बैंकबीच यस्तो सम्झौता भएको हो ।

    यस सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई ओ.पी.डी. टिकट तथा सामान्य बेड शुल्कमा २५%, आईसीयु, शल्यक्रिया तथा एक्स–रे/यु.एस.जी.मा १०%, र ल्याब टेस्टमा ५% सम्म छुट प्रदान गरिनेछ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

  • केई एक्स-३ प्रो अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

    केई एक्स-३ प्रो अब ९९ किलोवाटमा उपलब्ध, सुरुवाती मूल्य ४३ लाख ९६ हजार

    काठमाडौं । केई मोटर्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटीले ९९ किलोवाट मोटर पावरमा केई एक्स–३ प्रो ईभी नेपालमा उपलब्ध गराएको छ । अझै बढी पर्फमेन्स र दक्षतायुक्त एक्स–३ प्रो को सुरुवाती मूल्य ४३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो अफर केहि अवधिको लागी मात्र लागु हुनेछ । कम्प्याक्ट एसयूभी सेगमेन्टमा यो सबैभन्दा अफोर्डेबल एसयूभी हुनेछ ।

    एक्स–३ प्रो एक इलेक्ट्रिक सवारी साधन मात्र नभएर अत्याधुनिक प्रविधि, स्लिक डिजाइन र अतुलनीय पर्फमेन्सको संगम समेत हो । यसमा ५३.६ किलोवाट आवर क्षमतायुक्त सीएटीएल (क्याटल) को लिथियम आइरन फस्फेट ब्याट्री छ, जसले २६० एनएम सम्मको उच्चतम टर्क प्रदान गर्छ ।

    यसले सिंगल चार्जमा ३७० किलोमिटर (NEDC) सम्मको रेन्ज दिन्छ । यसको ब्याट्रीलाई फुल चार्ज गर्न ५ देखि ७ घण्टा लाग्छ । यसलाई घरैमा ७ किलोवाटको एसी चार्जर प्रयोग गरी ८ घण्टामा चार्ज गर्न सकिन्छ । त्यसैगरी डीसी फास्ट चार्जिङको सहयोगबाट ३० देखि ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

    एक्स–३ प्रो ईभीको लम्बाई ४४४३ एमएम, चौडाई १८३१ एमएम र उचाई १६४६ एमएम छ भने यसको ह्विलबेस २६३२ एमएम छ । यी सबैका कारण पाँच सिट क्षमताको यो गाडीमा पर्याप्त इन्टेरियर स्पेस छ ।

    केई एक्स–३ प्रोको फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन छ । यसको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ ।

    विभिन्न पाँच कलर अप्सनमा केई एक्स–३ प्रो ईभी उपलब्ध हुनेछ । नेपालभरि बलियो उपस्थितीसँग, केई नेपालले भाटभटेनी नक्सल, धनगढी, नेपालगञ्ज, दाङ, भैरहवा, भरतपुर, हेटौडा, दमक र बिरतामोडमा स्थित नौ वटा शोरूम सञ्चालन गर्दै आएको छ ।

    यीवीन केई अटोमोवाइल कम्पनी लिमिटेड (केई अटो) चेरी अटोमोवाइल कम्पनीको लगानीमा स्थापना भएको हो । सन् २०१४ मा स्थापना भएको केई अटोमोवाइलसँग आफ्नै आरएण्डडी र मुख्य टेक्नोलोजी रहेको छ ।

    कम्पनीले प्रयोग गर्ने हाई पर्फमेन्स, मल्टीसेन्स, एक्पान्डेवल एण्ड मोडूलर प्लेटफर्म रहेको छ । पेट्रोलियम इन्जिन र ईभी दुबैमा काम गर्दै आएको कम्पनीसँग सेडान, एसयूभी र एमपीभी छन् । यसको मुख्यालय चीनको सिचुवान प्रान्तमा रहेको यीवीन सिटीमा रहेको छ ।

  • डिशहोमले ल्यायो इन्टरनेट जडानमा ३ महिना बोनससहित निःशुल्क फाइभ जी राउटर अफर

    डिशहोमले ल्यायो इन्टरनेट जडानमा ३ महिना बोनससहित निःशुल्क फाइभ जी राउटर अफर

    काठमाडौं । डिशहोमले आफ्ना सबै इन्टरनेट ग्राहकहरूलाई लक्षित गर्दै आफ्नो वार्षिक इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ ।

    कम्पनीले सबै इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनससहित निःशुल्क राउटरको अफर ल्याएको छ ।

    यसै अवसरमा आफ्नो नयाँ तथा पुराना ग्राहकहरूको लागि यो अफर सार्वजनिक गरिएको हो । पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्ने डिशहोमले जनाएको छ ।

    कम्पनीका अनुसार नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिशहोमको आधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन् ।

    थप जानकारीका लागि डिशहोम इन्टरनेटको ग्राहक सेवा नम्बर ०१(५९७०३६५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

  • कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता

    कुमारी बैंक र वात्सल्य नेचुरल आईभीएफबीच सम्झौता

    काठमाडौं । कुमारी बैंक लिमिटेड रनक्शाल,काठमाडाैंस्थित वात्सल्य नेचुरल आईभिएफ प्रा.लि.बीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई वात्सलय नेचुरल आईभीएफको देशभरि रहेका शाखाहरुबाट विशेष छुट प्रदानगर्ने सम्झौता भएको छ ।

    यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई वात्सल्य आईभीएफ प्याकेजमा १० हजारको छुट प्रदान गरिनेछ ।

    साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

    वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै अएको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवादिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदानगर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ५.८६ प्रतिशत पुग्यो 

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ५.८६ प्रतिशत पुग्यो 

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ५ प्रतिशत नाघेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यस बैंकको खराब कर्जा अनुपात ५.८६ प्रतिशत पुगेको हो । जबकी गत आवको सोही अवधिमा यस बैंकको खराब कर्जा अनुपात ४.७५ प्रतिशत रहेको थियो ।

    तर, बैंकले नाफा भने बढाएको छ । यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आवको तुलनामा ५७.१८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा १ अर्ब ८० करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    विगत दुई वर्षयता वितरणयोग्य घाटामा रहेकाले यस बैंकले लाभांश वितरण गर्न सकेको थिएन । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा पनि बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ ऋणात्मक छ ।

    यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशतले घटेर ७ अर्ब ३६ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ । खुद फी तथा कमिसन आम्दानी ३२.८० प्रतिशतले बढेर १ अर्ब ५७ लाख रुपैयाँ पुगेको छ ।

     

     

  • नेटालाई ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त- अन्तर्राष्ट्रिय बिक्री दोब्बर पार्ने लक्ष्य

    नेटालाई ८१८ मिलियन अमेरिकी डलर लगानी प्राप्त- अन्तर्राष्ट्रिय बिक्री दोब्बर पार्ने लक्ष्य

    काठमाडौं । चिनियाँ कार निर्माता नेटा कम्पनीले ६ अर्ब युआन (८१८.८ मिलियन अमेरिकी डलर) लगानी प्राप्त गरेको छ । यो बाह्य लगानीका कारण कम्पनीले पहिले रोकिएका उत्पादन पुनः सुरू गरेको हो ।

    २०२५ मा, नेटा मुख्य रूपमा अन्तर्राष्ट्रिय बजारमा केन्द्रित भई बिक्रीलाई दोब्बर पार्ने योजनामा छन् । नेटाको घरेलु बिक्री २०२४ को अन्त्यतिर घटेको देखिएको थियो । चाइना ईभी डाटा ट्र्याकरका अनुसार नेटाले जनवरीदेखि डिसेम्बरसम्म ६१ हजार ५९२ युनिट बिक्री गरेको थियो । जसमा ४०.२% को वार्षिक गिरावट देखिएको थियो । यद्यपि, नेटाका अध्यक्ष फाङ युनझोउले २०२५ मा सकल नाफा सकारात्मक हुने र कम्पनी २०२६ सम्म नाफामा आउने दाबी गरेका छन् ।

    नेटाले ठूलो बाह्य लगानी प्राप्त गर्‍यो

    DoNews रिपोर्ट अनुसार, नेटाले करिब ६ अर्ब युआन लगानी प्राप्त गरेको छ । रिपोर्टका अनुसार, राज्य-स्वामित्वका सम्पत्ति र विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक CATL ले यो लगानीमा सहभागिता जनाएका छन्। २०२३ को जनवरीमा, नेटा CATL को Bedrock च्यासिस प्रयोग गर्न सम्झौता गर्ने पहिलो कम्पनी बनेको थियो । नेटाको L Crossover CATL को Freevoy ब्याट्री (सोडियम मिसिएको) प्रयोग गर्ने पहिलो मोडेलहरू मध्ये एक हो ।

    यसले नेटा र CATL बीच लामो साझेदारी रहेको देखाउँछ।कम्पनीका एक कर्मचारीका अनुसार, कम्पनीले सञ्चालन सुनिश्चित गर्न आन्तरिक समायोजन पूरा गरिसकेको छ । अटोमोबाइल उत्पादन र बिक्रीपछिका पार्ट्स आपूर्ति कायम राख्न कम्पनीको मुख्य ध्यान केन्द्रित छ। हाल नेटाले चीनभित्र डिलरशिप नेटवर्कमा ध्यान केन्द्रित गरिरहेको छ ।

    नेटाको अन्तर्राष्ट्रिय बजारमा ध्यान

    २०२५ जनवरी १७ मा, नेटाले दोस्रो अन्तर्राष्ट्रिय डिलर र लगानीकर्ता सम्मेलन आयोजना गरेको थियो । २०२५ मा, कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ध्यान केन्द्रित गर्दै बिक्री दोब्बर पार्ने लक्ष्य राखेको छ । गत वर्ष, नेटाले अन्तर्राष्ट्रिय देशहरूमा ३०,००० युनिट गाडी बेचेको थियो । अहिलेको लक्ष्य भनेको ६०,००० युनिट बिक्री हो । नेटाले यसअघि दुईदेखि तीन वर्षभित्र आधा बिक्री घरेलु बजार र आधा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने योजना साझा गरेको थियो ।

    घरेलु बजारमा भइरहेको कडा मूल्य प्रतिस्पर्धाबाट बच्न कम्पनीले अन्तर्राष्ट्रिय बजारलाई अवसरको रूपमा लिएको छ । हाल नेटाले दक्षिणपूर्व एशिया तथा मध्य र दक्षिण अमेरिकाका करिब ४० देशहरूमा १८० भन्दा बढी बिक्री च्यानल बिस्तार गरेको छ ।

  • हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    हिमालयन बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    काठमाडौं । हिमालयन बैंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकहरूलाई बुद्ध एयरको हवाई टिकटमा छुट प्रदान गर्ने सम्झौता भएको छ । दुई पक्षबीच भएको सम्झौताअनुसार बुद्ध एयरले बैंकका ग्राहकहरूलाई हवाई टिकटमा ८ प्रतिशतसम्म छुट दिनेछ ।

    हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गले उक्त छुट प्राप्त गर्न कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

    बैंकका कार्डबाहक तथा ग्राहकहरूले अन्य स्थानमा प्राप्त गर्न सक्ने छुटको जानकारी यहाँबाट हेर्न सकिने बैंकले जनाएको छ ।

  • सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

    सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदैछन् ।

    प्रशिक्षण छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थान (Insurance Institute of India III) मा माघ ७ गते देखि ९ गते सम्म संचालन हुने छ । भारतीय बीमा संस्थान बीमा शिक्षा र तालिममा समर्पित भारतको एक प्रमुख राष्ट्रिय संस्था हो ।

    यस संस्थानले व्यावसायिक प्रमाणपत्रहरू प्रदान गर्ने र विभिन्न परीक्षाहरू सञ्चालन गर्दछ । यसले भारत र भारत बाहिरका बीमा क्षेत्रमा आबद्ध व्यक्तिहरुको सीप र ज्ञान बढाउन महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

    यस ३ दिने कार्यक्रममा बिमामा आबद्ध कर्मचारीहरूको लागि अपरिहार्य व्यवहारिक ज्ञान तथा सीप वृद्धि विकास गर्ने खालका प्रशिक्षण सामग्रीहरू समावेश गरिएका छन् । जस अन्तर्गत बजार प्रवद्र्धन तथा बिक्री, वितरण माध्यम व्यवस्थापन, संचार कौशलता, व्यवहारिक अन्तरक्रिया र परामर्शका विषयहरू रहेका छन् ।

    सहभागीहरू प्रस्थान गर्नु अगाडी बिदाई कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डेले प्रशिक्षणका लागि छनौट हुन सफल कर्मचारीहरूलाई बधाई दिदै यस प्रकारका अन्तर्राष्ट्रिय तालिमले कर्मचारीहरूको वृद्धि विकासमा उल्लेखनीय योगदान पुर्याउने हुँदा कार्यक्रममा सिकाइएका ज्ञानलाई उचित ढङ्गले ग्रहण गर्दै यसलाई व्यक्तिगत र कम्पनीको व्यवसाय विकासमा उपयोग गर्नुपर्ने बताए ।

    साथै आफूले सिकेका ज्ञानबद्र्धक कुराहरू अन्य कर्मचारीहरूसंग साटासाट गर्न निर्देश दिए । प्रशिक्षणमा सहभागी हुन कम्पनीका शाखा प्रबन्धक, एरिया म्यानेजर, क्षेत्रीय प्रबन्धक, र प्रदेश प्रमुखहरू सहभागी भएका छन् ।

  • नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड, २०२५ सम्पन्न

    नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड, २०२५ सम्पन्न

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८१ साल माघ ५ गते द सोल्टी काठमाडौंमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड, २०२५ भव्यतापूर्वक सम्पन्न गरेको छ । सन् २०२४ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२५ ’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मानित गरिएको छ ।

    पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक शक्ति कुमार गोल्याण र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

    स्वागत मन्तब्य व्यक्त गर्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले सम्मानित हुने सबैलाई बधाई दिदै आगामी वर्ष झन् बढी संख्यामा ःम्च्त् हरुलाई सम्मान गर्न कम्पनी लालायित रहेको बताए । आगामी दिनमा थप उर्जाका साथ बीमालाई नेपालीको घर दैलोसम्म पुर्‍याउन कुनै कसर बाँकी नराखी युद्धस्तरमा सम्पूर्ण अभिकर्ताहरु एक जुट भई लाग्न आग्रह गरे ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मन्तव्य व्यक्त गर्दै कम्पनीले भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए । नेपाल लाइफले बीमा बजारको करिव एक तिहाइ हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरेका छन् ।

    पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको साथै उहाँहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।

    अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्वलाई मनन गर्दै आम नेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजना सहित अघि लम्कन आग्रह गरे ।

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी क्वालिफाई हुन सफल भई कार्यक्रममा सामेल भएका अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे ।

    विश्व अर्थतन्त्रमा आएका आर्थिक मन्दीका प्रभाव नेपालमा पनि परेको र यस कठिन समयका बावजुद पनि सफल भएका सबै अभिकर्ताहरूको उनले मुक्तकण्ठले प्रशंसा गरे ।

    एमडीआरटी हुन सफल माधव भण्डारीले नेपाल लाइफको सहयोग, मार्गदर्शन, उत्प्रेरणाले नै गर्दा ऋइत् बन्न सफल भएको र यस यात्रामा सहयोग गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरे ।

    पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनीले आयोजना गरेको भव्य र सभ्य कार्यक्रमका लागि कम्पनी व्यवस्थापनलाई धन्यवाद ज्ञापन गर्नुभयो र सम्पूर्ण क्वालिफाइड एमडीआरटीहरुलाई धन्यवाद तथा बधाई ज्ञापन गरे ।

    पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा अब्बल र सक्षम अभिकर्ता रहेको बताए ।

    कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले सहभागी सबै एमडीआरटी क्वालिफायरहरूलाई कार्यक्रम नयाँ कुराहरू सिक्ने अवसर र प्राप्त भएको सम्मानका कारण आगामी दिनहरुमा काम गर्न थप ऊर्जा प्राप्त गर्नुहुने विश्वास व्यक्त गरे ।

    नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै कम्पनीले विभिन्न रूपान्तरणकारी कार्यहरू गर्दै आएको र आगामी दिनमा पनि यसको निरन्तरता दिने बताए ।

  • दोस्रो त्रैमाससम्म नबिल बैंकले कमायो तीन अर्ब नाफा 

    दोस्रो त्रैमाससम्म नबिल बैंकले कमायो तीन अर्ब नाफा 

    काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा नबिल बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा  गत आवको सोहि अवधिको तुलनामा १.२८ प्रतिशत बढी हो । गत आवको यस अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो  ।

    बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५ पैसा रहेको छ ।

    बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ८९ करोड ५९ लाख रहेको छ भने खुद शुल्क तथा कमिसन आम्दानी  १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ । यसका साथै बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ छ ।

     

  • कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ? 

    कुमारी बैंकको वित्तीय विवरण सार्वजनिक, कस्तो छ अवस्था ? 

    काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.२० प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    बैंकले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब ४७ करोड रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ १० पैसामा रहेको छ भने नेटवर्थ १३३ रुपैयाँ ५१ पैसा रहेको छ ।

    त्यस्तै, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी ८५.०६ प्रतिशत घटेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ६.९६ प्रतिशत रहेको छ ।

     

  • एनएमबि बैंकले कमायो २ अर्ब ३५ लाख नाफा  

    एनएमबि बैंकले कमायो २ अर्ब ३५ लाख नाफा  

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले पुस मसान्तसम्ममा २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

    बैंकको उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.६१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको सञ्चालन मुनाफा ५१.४२ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८२ पैसा रहेको छ । बैंकका प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ १० पैसा रहेको छ ।

    चालू आवको पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १३.७२ प्रतिशत बढेको छ भने बैंकको इम्पेरमेन्ट चार्ज ३४ करोड ४७ लाख रुपैयाँ छ । बैंकको खराब कर्जा ३.९३ प्रतिशत रहेको छ ।

     

  • ग्लोबल आइएमई बैंकको नाफा साढे ४९ प्रतिशत बढ्यो, कमायो तीन अर्ब बढी

    ग्लोबल आइएमई बैंकको नाफा साढे ४९ प्रतिशत बढ्यो, कमायो तीन अर्ब बढी

    काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा साढे ४९ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा ४९.५१ प्रतिशत बढेको हो ।

    बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ ।

    त्यस्तै, बैंकले यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.०९ प्रतिशत घटेको छ । बैंकको जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ ।

  • सिद्धार्थ बैंकको खुद नाफामा वृद्धि

    सिद्धार्थ बैंकको खुद नाफामा वृद्धि

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ५३ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ ।

    बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो गत आर्थिक वर्षको तुलनामा ५३।३६ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा इम्पेरमेन्ट चार्ज २ अर्ब २६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

    त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ६१ पैसा रहेको छ भने बैंकको खुद ब्याज आम्दानी ०।३० प्रतिशत बढेको छ ।

    खुद फी तथा कमिसन आम्दानी १८।६८ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी ४।४० प्रतिशत बढेको छ ।

  • आइएमई पेमा उडान मेला- आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक

    आइएमई पेमा उडान मेला- आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यासब्याक

    काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आन्तरिक हवाई टिकटमा सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने उद्देश्यसहित “उडान मेला” योजना सार्वजनिक गरेको छ । माघ २ गतेबाट सुरू भएको यस अफरमार्फत आईएमई पेका सेवाग्राहीले आन्तरिक हवाई टिकटमा ३ सय रूपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

    योजनामा नियमित ग्राहकहरूले “SAVE100” प्रोमोकोड राखेर १ सय रूपैयाँ क्यास ब्याक र पहिलो पटक आईएमई पेबाट टिकट खरिद गर्नेले “FIRSTFLY” प्रोमोकोड राखेर ३ सय क्यासब्याकको लाभ उठाउन सक्ने बताइएको छ । हवाई टिकट खरिद गर्ने बेला आईएमई पे एपमा “Have Promocode?” सोधिएको ठाउँमा यी प्रोमोकोडहरू राख्नुपर्ने छ ।

    ‘आगामी विवाहको सिजन र धेरै सार्वजनिक बिदाहरूलाई लक्षित गर्दै उडान मेलाले प्रयोगकर्ताहरूलाई थप किफायती र सहजरूपमा यात्रा गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ’, आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

    आईएमई पे को बारेमा

    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।

    नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली- २०७२ बमोजिम ‘आईएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । आईएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति-व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

    यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

  • सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रीय ग्राण्ड लञ्चिङ

    सीजी मोटर्सद्वारा बिर्तामोडमा हिरोको एक्स्ट्रिम सिरिजको क्षेत्रीय ग्राण्ड लञ्चिङ

    काठमाडौं । सीजी मोटर्सले बिर्तामोडमा एक्स्ट्रिम सिरिज अन्तर्गत दुई नयाँ मोटरसाइकलहरू, एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० फोरभी आरको क्षेत्रीय ग्राण्ड लञ्चिङ गरेको छ ।

    सीजी मोटर्सद्वारा बिर्तामोड स्थित आफ्नो आधिकारिक बिक्रेता, पीटूआर अटो जोनमा एक भव्य कार्यक्रमको आयोजना गर्दै नयाँ मोटरसाइकलहरूको रिजनल लञ्च कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको हो ।

    हिरो मोटोकर्पले एक्स्ट्रिम रेन्ज मार्फत नेपालका आधुनिक राइडरहरूको परिष्कृत माग तथा आवश्यकताहरू पूरा गर्दै शक्तिशाली, आकर्षक र उत्कृष्ट प्रदर्शन–आधारित मोटरसाइकलको चाहना पुरा गर्ने उद्देश्य लिएकोे छ ।

    एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आरले नेपालमा हिरो मोटोकर्पको नयाँ ब्रान्ड पहिचानलाई थप सशक्त बनाउनेमा कम्पनी विश्वस्त छ । एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य रु. ३,८४,९०० र एक्स्ट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि रु. २,८९,९०० र एबीएस भेरियन्टका लागि रु. ३,११,९०० तोकिएको छ ।

    सार्वजनिक यी दुवै मोडेलहरू नवलपरासी स्थित सीजी इन्डस्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस मोटरसाइकलहरू र जुम ११० स्कूटरसँगै असेंम्बल गरिएको कम्पनीले जानकारी दिएको छ ।

    हिरो मोटरसाइकल तथा स्कुटर नेपालको प्रतिष्ठित तथा लोकप्रिय ब्राण्डमा गनिन्छ । कम्पनीले सुपर स्प्लेन्डर र एक्सपल्स २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको बजारमा बलियो पकड जमाएको छ ।

    चौधरी ग्रुप, नेपालको एक प्रतिष्ठित व्यावसायिक समूह, हिरो मोटोकपको नेपालका लागि आधिकारिक वितरक पनि हो । १ सय ६० भन्दा बढी कम्पनी सञ्चालन गर्ने यस समूहसँग, १५,००० भन्दा बढी कर्मचारीहरूको बलियो टिम र १ सय २३ ब्रान्डहरू रहेका छन् ।

    उत्पादनका विशेषताहरू

    एक्स्ट्रिम १६० आर फोरभी 

    एक्स्ट्रिम १६० आर फोरभीले १६० सीसी सेगमेन्टलाई नयाँ उचाइमा पुर्‍याउँदै १६३ सीसी ४–भल्भ बीएस–भीआई इन्जिन प्रदान गर्दछ । यसले ८ हजार ५०० आरपीएममा १६.९ पीएस पावर र ६ हजार ५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्दछ । यो मोटरसाइकलले ०–६० कि.मी./घण्टा मात्र ४.४१ सेकेन्डमा पुग्ने नयाँ स्तर निर्धारण गरेको छ ।

    उच्च गतिका लागि असाधारण क्षमता र उत्कृष्ट प्रदर्शनका साथ, यो आफ्नो श्रेणीकै सबैभन्दा तिब्र गतिको मोटरसाइकल हो । यसलाई अझ उच्च स्तरको बनाउन, ३७ एमएम केवाईबी इनभर्टेड फ्रन्ट फोर्क र ७–स्टेप एडजस्टेबल रियर सस्पेन्शनले  ह्यान्डलिङमा सहजता र स्थिरता प्रदान गर्दछ ।

    केवल १४५ किलो तौल भएको यो मोटरसाइकल सजिलै मोड्न र चलाउन सकिन्छ । यसमा उपलब्ध गरिएको पेटल डिस्क ब्रेकले शहरी सडक र राजमार्गहरूमा समेत कर्नरिङमा सहजता प्रदान गर्दछ ।

    एक्स्ट्रिम १६० आर फोरभीमा मस्कुलर र एरोडायनामिक डिजाइनका साथमा विङलेटहरू सहितको रोबोटिक हेडल्याम्प, अन्डर काउल, र हगर फेन्डर पनि उपलब्ध रहेको छ । यसमा सिंगल वा स्प्लिट सिटको विकल्प उपलब्ध छ । साथै, आरामदायी यात्राका लागि डिजाइन गरिएको इर्गोनोमिक्सले खुट्टाका लागि अतिरिक्त स्थान र झुकाइएको ह्यान्डलबार रहेकाले गर्दा यात्रा अझ सहज हुनेछ ।

    प्रविधिको दृष्टिले, यसमा फुल–एलईडी लाइटिङ प्याकेज, ब्लुटुथ कनेक्टिभिटीसहितको इन्भर्टेड स्पीडोमिटर, गियर पोजिशन इन्डिकेटर, र कल÷एसएमएस अलर्ट लगायत सुविधाहरू पनि उपलब्ध गरिएको छ । यी सुविधाहरूले राइड अनुभवलाई थप सहज र आधुनिक बनाउँछ , जसले गर्दा उच्चतम स्तरको अनुभव खोज्नेहरूका लागि यो मोडेल अति उपयोगी हुनेछ ।

    एक्स्ट्रिम १२५ आर

    एक्स्ट्रिम १२५ आरले १२५ सीसी सेगमेन्टमा नयाँ स्ट्यान्डर्ड स्थापना गर्दै शक्तिशाली स्प्रिन्ट इन्जिन प्रदान गर्दछ । यसले ११.४ बीएचपी पावर उत्पादन गर्दै, ०–६० कि.मी/घण्टा केवल ५.९ सेकेन्डमा पुर्‍याउने क्षमता राख्छ । प्रदर्शन र माइलेजको सन्तुलनका लागि यो उत्कृष्ट मोटरसाइकल हो । यसमा ईबीटी प्रणाली उपलब्ध गरिएको छ , जसले थप सन्तुलित यात्राको अनुभव दिन्छ । साथै, हीरोको आईथ्रीएस प्रणालीले इन्धनको बचत सुनिश्चित गर्नेछ ।

    एक्स्ट्रिम १२५ आरको मस्कुलर र शार्प डिजाइन अन्तर्गत सेगमेन्टमै पहिलो प्रोजेक्टर एलईडी हेडल्याम्प, एलईडी टर्न सिग्नल, र सिग्नेचर एलईडी टेल लाइट समावेश गरिएको छ । सेगमेन्टमै पहिलो पटक स्पोर्टी मफ्लर, ह्वील कभर, र नेगेटिभ एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचरहरूले यसलाई प्रविधिमैत्री र आकर्षक बनाएको छ ।

    यस मोडेलमा दिइएको डायमन्ड फ्रेमले उत्कृष्ट ह्यान्डलिङको सुनिश्चितता प्रदान गर्दछ । १२०÷८० रियर टायर, ३७ एमएम फ्रन्ट सस्पेन्सन, र ७–स्टेप एडजस्टेबल मोनो–शकले स्थिरता र आरामदायी यात्रा प्रदान गर्दछ । फ्ल्याट ह्यान्डलबारले दैनिक तथा रोमाञ्चक यात्रा, दूबै अवस्थामा सहजताको सुनिश्चितता प्रदान गर्नेछ ।

    सुरक्षाका लागि, यसमा सिंगल च्यानल एबीएस, २७६ एमएम फ्रन्ट डिस्क ब्रेक, र हाजार्ड लाइट जस्ता सुविधाहरू समावेश गरिएका छन् । फायरस्टोर्म रेड, कोबाल्ट ब्लु, र स्टालियन ब्ल्याक जस्ता आकर्षक रङका विकल्पहरूमा उपलब्ध एक्स्ट्रिम १२५ आरले उत्कृष्ट प्रदर्शन, अत्याधुनिक विशेषताहरू र उच्च सुरक्षाका साथ नेपालका नयाँ पुस्ताका राइटरहरूको ध्यानाकर्षण गर्नमा कम्पनी विश्वस्त रहेको छ ।

  • चितवन महोत्सवमा स्काईवेलको १ करोडको गाडी डेलिभरी

    चितवन महोत्सवमा स्काईवेलको १ करोडको गाडी डेलिभरी

    काठमाडौं । नेपालमा सबैभन्दा धेरै रेन्ज दिने स्काईवेल ईटी ५ चितवन महोत्सवमा बुकिङसहित डेलिभरी सुरु भएको छ । यो गाडी जी मोटर्स प्रालिले नेपालमा बिक्री वितरण गर्दै आएको छ ।

    चितवन महोत्सव २०८१ मा जी मोटर्स स्काईवेलका सबैभन्दा धेरै रेन्ज दिने विद्युतीय गाडी हो । महोत्सवबाट स्काईवेलको १ करोडमाथिको ६२० किलोमिटर रेन्ज दिन प्रिमियम ईभी ईटी ५ गाडी डेलिभरी भएको छ ।

    जी मोटर्सले हेड युगप्रसाद रिमाललाई स्काईवेलको प्रिमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारशमणि गेलालले बताए ।

    चितवन महोत्सव २०८१ मा उपलब्ध ईभीमा स्काईवेलकै प्रिमियम र लङ्ग रेन्ज रोज्नुको कारण नेपालको बाटोमा १९७ एमएम ग्राउन्ड क्लियरेन्स भएको गाडी हो । यो गाडी सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न रहेको छ । ग्राहकले जीप त्यो पनि ईभीमै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त गाडी भएकाले नै सो गाडी रोजेको प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।

    जी मोटर्सले आगामी दिनमा चितवन क्षेत्रको बजारलाई मुख्य बजारको रुपमा लिएर अगाडि बढ्ने बताएको छ । चाँडै सेल्स, शोरुम्, सर्भिस र पट्र्स चितवनका ग्राहकलाई सहज रुपमा उपलब्ध गराउने कम्पनीले बताएको छ ।

    बिक्री गरेका १५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ ।

    हाल नेपालमा १४० वटाभन्दा बढी स्काईवेलका ईटी ५ बिक्री गरिसकेको छ । चितवन महोत्सवमा ५ वटाभन्दा बढी गाडी बुकिङ रहेको कम्पनीले बताएको छ । ईटी ५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमि रेन्ज दिने प्रिमियम यसयूभी बिक्रीका लागि उपलब्ध रहेका छन् ।

    नेपाली ग्राहकले युरोपियन बजारमा अत्यधिक रुचाएको स्काईवेलका प्रिमियम गाडी गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै भूभागमा सहजै यात्रा गर्न सकिनेछ ।

    स्काईवेल जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्डलगायतका ६० भन्दा धेरै देशमा बिक्री हुँदै आएको छ । नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो ।

  • भाटभटेनी क्लब मेम्बर्सलाई २२ करोडको गिफ्ट भौचर

    भाटभटेनी क्लब मेम्बर्सलाई २२ करोडको गिफ्ट भौचर

    काठमाडौं । भाटभटेनी सुपर स्टोर्सले आफ्ना नियमित ग्राहकहरूलाई यो वर्ष २२ करोड भन्दा बढी रुपैयाँ बराबरको गिफ्ट भौचर उपहारको घोषणा गरेको छ । यस्तो उपहार प्राप्त गर्ने व्यक्तिले आफूले पाएको गिफ्ट भौचर बराबरको सामग्री देशभर फैलिएको २७ वटा भाटभटेनी स्टोर्समा जहाँबाट पनि खरिद गर्न सक्नेछन् ।

    यो उपहार भाटभटेनी क्लबका सदस्यता प्राप्त गर्ने मध्येका एक लाख नौ हजार ग्राहकहरूले प्राप्त गर्नेछन् ।

    भाटभटेनी क्लबमा सदस्य रहेका लाखौँ ग्राहकमध्ये एक लाख नौ हजार ५२९ जनाले गिफ्ट भौचर प्राप्त गरेको सीओओ पानु पौडेलले जानकारी दिए ।

    कम्तीमा १३ सयदेखि २ लाखसम्मको गिफ्ट भौचर ती सदस्यले प्राप्त गरिसकेका छन् । यसरी बाँडिने गिफ्ट भौचर कूल २२ करोड ५२ लाख ४९ हजार ३२४ रुपैयाँ बराबर हुनेछ ।

    सीओओ पौडेलका अनुसार गिफ्ट भौचर बाँड्ने कार्य २०८१ माघ ६ गते देखि फागुन ९ गतेसम्म रहने छ ।

    भाटभटेनी सुपर स्टोर्सले आफ्ना ग्राहकहरूका लागि धेरै प्रकारको सुविधाका प्याकेज बेला बेलामा घोषणा गर्दै आएको छ । चाड–बाड र पर्वहरूमा पनि सधैं विशेष छूट दिँदै आएको पनि पौडेलले बताएका छन् ।

    ग्राहकको सुविधा बाहेक पनि भाटभटेनी सुपर स्टोर्सका अध्यक्ष मीन बहादुर गुरुङले सामाजिक सेवामा ठूलो योगदान दिँदै आएका छन् ।

    गएको असोज महिनामा काठमाडौं र देशका अन्य क्षेत्रमा आएको बाढी पीडितको सहयोगका लागि उनले प्रधानमन्त्री केपी शर्मा ओली मार्फत एक करोड ११ लाख ११ हजार १११ सहयोग गरेका थिए ।

    त्यस्तै नेकपा ९एमाले०को कार्यालय सो बाढीको डुबानमा परे पश्चात् गुरुङले करिब १० रोपनी जग्गा एमाले कार्यालय बनाउन सहयोग गर्ने र त्यसमा भवन पनि बनाइदिने घोषणा गरेका छन् । त्यसअघि डा. भगवान् कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल (कियोच) लाई ४१ करोड रुपैयाँ सहयोग गरेका छन् ।

    त्यस बाहेक पनि जाजरकोटको भूकम्पको बेलामा सहयोग गर्ने, टिचिङ अस्पतालको इमर्जेन्सी भवन बनाइदिने, दुर्गम क्षेत्रका जेहन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा डाक्टर पढाउने जस्ता अनेक सामाजिक कार्यमा मीन बहादुर गुरुङको देन रहेको छ ।

  • नेपाल एसबीआई बैंकको प्रबन्ध सञ्चालक तथा सीईओमा तिवारी नियुक्त 

    नेपाल एसबीआई बैंकको प्रबन्ध सञ्चालक तथा सीईओमा तिवारी नियुक्त 

    काठमाडौं । नेपाल एसबीआई बैंकको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामकुमार तिवारी नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    उक्त पदका तिवारीले बिहीबारदेखि नै पदभार सम्हाल्न थालेका छन् ।

    यसअघि बैंकको सीईओमा दिपक कुमार दे थिए । उनी बुधबार कार्यभारबाट मुक्त भएका छन् ।

     

  • राइड सेयरिङ एप ‘सजिलो’मा जोडिए क्याप्टेन विजय लामा

    राइड सेयरिङ एप ‘सजिलो’मा जोडिए क्याप्टेन विजय लामा

    काठमाडौं । क्याप्टेन विजय लामा राइड सेयरिङ एप ‘सजिलो’मा जोडिएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै सजिलो नेपाली राइड–सेयरिङ एपका सिइओ अमिर लामाले सह–संस्थापककोरुपमा क्याप्टेन लामा ‘सजिलो’मा भित्रिएको जानकारी दिएका हुन् ।

    सजिलो राइड २०८१ वैशाख १ गतेदेखि बजारमा आएको हो । चार वर्ष बजारको अध्ययन गरिसकेपछि हामी नेपाली बजारमा आएकोले यो राइड शेयरिङ एप अन्य भन्दा सुरक्षित रहेको उनले दाबी गरे ।   खाली सवारी कुदाई रहनु भन्दा जो काेहिले पनि राइड शेयररिङ मार्फत काम गर्ने वातावरण बनाउने सजिलोले भूमिका निर्वाह गर्ने उनले बताए ।

    हाल कमिसन बिना नै सञ्चालन गरिरहेको सजिलोले अब भने कमिसन लिने भएको छ । सीईओ लामाका अनुसार फागुन १ गतेदेखि कमिसन लिने भएको छ । बाइकमा १० प्रतिशत, क्यापमा ५ प्रतिशत र हात्ती गाडीलाई ५ प्रतिशत कमिसन लिने तयारी रहेको छ । उक्त कमिसन बापतको १० प्रतिशत कोषमा राख्ने समेत तयारी भइरहेको छ । सजिलोले आगामी दिनमा फुड, पार्सल डेलिभरीको सेवा दिने तयारी गरिरहेको छ । यस्तो सेवा ६ महिनाभित्र सञ्चालन गर्ने उनले जानकारी दिए ।

    अब ‘सजिलो’ले नयाँ उचाइमा पुर्‍याउने समेत उनले प्रतिबद्धता जनाए ।

    सह–संस्थापकको रूपमा सजिलोमा भित्रिएका क्याप्टेन लामाले अब नेपालीहरूले नेपालको राइड शेयररिङ एपलाई साथ सहयोग गर्नुपर्ने उनले आग्रह गरे । लामाले भने, ‘यसमा विशुद्ध नेपालीको लगानी छ । यो नेपाली कम्पनी हो । यसलाई नेपालीहरूले नै साथ सहयोग गर्नु पर्छ । यहाँहरूको सहयोगले नेपाली कम्पनीले नयाँ उचाइ चुम्नेछ ।’

    भोलीका दिनमा हामी अरूमा निर्भर नभएर आफ्नै राइड सेयरिङ सजिलोमा भर पर्ने पर्ने उनले बताए । सजिलोलाई नेपालीहरूले आफ्नो मान्न आग्रह गर्दै उनले भने, ‘सजिलो तपाइ हाम्रो हो । हामीले नै यसलाई माथि लैजाने हो । हामी नेपालीहरू सधैँ एक अर्काका लागि साथ सहयोग गर्नु पर्छ । र, गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’

    त्यस्तै, को– फाउन्डर दिवाकर खनालले अहिले काठमाडौं उपत्यकामा मात्रै सेवा दिइरहेको सजिलोले आगामी दिनमा देशका मुख्य–मुख्य सहरहरूमा सेवा विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिए ।

    ‘सजिलो माध्यमबाट सहज यातायात सेवा दिन खोजिरहेका छौँ । सजिलो राइडलाई नयाँ उचाइमा पुर्‍याउने प्रयत्न गरिरहेका छौँ । छिट्टै नै देशभरका मुख्य–मुख्य सहरहरूमा सेवा विस्तार गर्ने योजनासहित अगाडी बढेका छौँ ।’

     

  • राउटेको स्वास्थ्यमा नबिल बैंकको चासो- गिरीघाटमा १३७ जनाको नि:शुल्क उपचार

    राउटेको स्वास्थ्यमा नबिल बैंकको चासो- गिरीघाटमा १३७ जनाको नि:शुल्क उपचार

    लोपोन्मुख राउटे समुदाय स्वास्थ्य परीक्षणका लागि हत्तपत्त स्वास्थ्य संस्था पुग्दैनन् । जंगलमा फिरन्ते जीवन बिताउने राउटेहरूमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू हुँदै आएका छन् । तर, उनीहरू जडिबुटीमै बढी भर पर्छन् ।

    सोमबार सुर्खेतको वीरेन्द्रनगर–२ को गिरीगाटमा स्वास्थ्य परीक्षण लागि एउटा टोली पुग्यो । त्यस दिन आफू बस्ने ठाउँमा स्वास्थ्य शिविरका लागि टोली आउँदै छ भनेर मुखिया सूर्यनारायण शाहीले सबैलाई जानकारी गराए ।

    राउटेहरूको स्वास्थ्य परीक्षणका लागि टोली आउँदै भन्ने अगाडी नै जानकारी पाएका मुखिया शाहीले सबै राउटेहरूलाई स्वास्थ्य परीक्षण गराउन भनेका थिए । सोही अनुसार उनीहरू शिविरमा जम्मा भए ।

    ‘हामीलाई जाँच गराउन आउनु भयो, हामी खुसी भएका छौँ’, स्वास्थ्य शिविरका लागि राउटे बस्ती पुगेको टोलीसँग राउटेका मुखिया सूर्य नारायण शाहीले भने ।

    नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर  सञ्चालन गरिएको थियो । उक्त शिविरमा उनले आफ्नो समस्या सुनाउँदै अगाडि भने, ‘खोकी लागिरहेको छ । टाउको पनि दुखिरहन्छ । कहिलेकाहीँ खुट्टा पनि दुख्छ ।’

    चिकित्सकले उनको जाँच गराएर । औषधि दिए र उनलाई खाने तरिका सिकाए ।

    निःशुल्क स्वास्थ्य परीक्षणमा सहभागी हुँदै ६४ वर्षीय राम बहादुर शाहीले भने, ‘घरिघरि रिङटा लागिरहन्छ । यस्तो भएको धेरै भइसक्यो । निको भएको छैन ।’

    उपचारका लागि अस्पताल जानु पर्दैन भनेर चिकित्सकको प्रश्नमा उनले भने, ‘यही दबाई मुलो गरिरहेको छु ।’ उनको स्वास्थ्य परीक्षण गरेर चिकित्सकले औषधि दिएका छन् । उनलाई त्यो औषधि कसरी खाने भन्नेबारे पनि सिकाइ दिएका छन् ।

    ज्वरोले ग्रसित भएकी २० वर्षीय हिरा शाहीले पनि शिविरमा परीक्षण गराइन् । अब निको हुन्छु भन्नेमा विश्वास रहेको भन्दै खुसी व्यक्त गरिन् ।

    गिरीघाटमा अस्थायीरुपमा बसोबास गरिरहेका राउटे समुदायका १३७ जना सहभागी भएका थिए । जसमा ५९ महिला र ७८ पुरुष रहेका छन् ।

    शिविरमा सहभागी भएका अधिकांश राउटेहरूमा पाठेघरको समस्या, रुघाखोकी, निमोनिया, छाला रोग, उच्च रक्तचाप लगायतको समस्या देखा परेको छ ।

    कर्णाली प्रदेश अस्पताल सुर्खेतका सर्जन डा. सुजन सापकोटाको नेतृत्वमा चार विशेषज्ञ चिकित्सकको टोलीले राउटे समुदायमा मौसमी रुघाखोकी, निमोनिया, छाला रोग, ग्यास्ट्रिक, तथा महिलाहरूमा पाठेघर र ढाड दुखाइका समस्या परीक्षण गरी औषधि वितरण गरेको थियो । जुका, भिटामिन, र आइरन चक्की जस्ता औषधिहरू पनि उपलब्ध गराइएको थियो ।

    राउटे समुदायमा पोषणको कमी, अस्वस्थ जीवनशैली र सरसफाइको अभावका कारण विभिन्न रोगहरू देखा पर्ने समस्या रहेको कारण यो समाजलाई केन्द्रित गरे शिविर स्वास्थ्य शिविर चलाइएको गरिएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । स्वास्थ्य शिविरले राउटे समुदायका व्यक्तिहरूको स्वास्थ्य जाँच, सरसफाइको महत्वबारे जागरूकता, र स्वास्थ्य सेवामा पहुँच उपलब्ध गराएको उनले बताए ।

    सीईओ ढुंगानाले भने, ‘राउटे समुदायको विशिष्ट सांस्कृतिक मान्यता र जीवनशैलीलाई सम्मान गर्दै, उनीहरूको स्वास्थ्य सुधारका लागि यो शिविर सञ्चालन गरिएको हो । शिविरले स्वास्थ्य सचेतना बढाउने र सेवा पहुँचलाई थप सुदृढ बनाउने छ ।’

    कार्यक्रममा बराहताल गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारीले नेपालकै लोपोन्मुख जातीको बस्तीमा आएर स्वास्थ्य शिविर चलाउनु सराहनीय कार्य रहेको बताए । राउटेहरूको समग्र विकासको लागि गाउँपालिका लगायत समग्र प्रदेश र संघीय सरकारको नै मुख्य जिम्मेवारी रहेको उनले बताए ।

    विपन्न समाजको सामाजिक उन्नयनमा बैंक तथा वित्तीय संस्थाहरूले सहयोग गर्दा अझ सजिलो भएको उनले बताए । उनले नबिल बैंकको यस सहयोगको लागि धन्यावाद दिँदै आगामी दिनमा पनि अझ सहयोगको अपेक्षा गरेको बताए ।

    नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।  भविष्यमा पनि समाजको समग्र सुधारका लागि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने नबिल बैंकले जनाएको छ ।

    तस्बिरः– नबिल बैंक 

  • स्काईवर्थ सपना साकारको विजेता घोषणा: रवि अर्यालले जिते एमजी कमेट ईभी

    स्काईवर्थ सपना साकारको विजेता घोषणा: रवि अर्यालले जिते एमजी कमेट ईभी

    काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लायन्सेस् प्रा.लि.ले ‘स्काईवर्थ सपना साकार’ क्याम्पेनको बम्पर उपहार विजेता घोषणा गरेको छ ।

    आज बुधवार लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित एक विशेष कार्यक्रममा एमजी कमेट ईभी कार विजेता काठमाडौंका रवि अर्याललाई उक्त कारकोसाँचो हस्तान्तरण गरिएको हो । साथै उपहारमा लाग्ने २५ प्रतिशत कर कम्पनी आफैँले व्यहोर्ने पनि जनाइएको छ ।

    स्मार्ट एप्लायन्सेस् प्रा.लि.को ‘स्काईवर्थ सपना साकार’ उपहार योजना २०८१ असोज १ देखि कात्तिक ३० सम्म संचालन गरिएको थियो । जसमा नेपालभरका ग्राहकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

    बम्पर पुरस्कारका अगावै स्काईवर्थले साप्ताहिक लक्की ड्र मार्पmत माइक्रोवेभ प्रदान गरिसकेको छ भने ४०% सम्मको आकर्षक छुटसहित आफ्ना प्रिमियम होम एप्लायन्सहरू पनि ग्राहकहरूलाईउपलब्ध गराएको थियो ।

    यस अवसरमा स्काईवर्थका डेपुटी जेनेरल म्यानेजर अमित बज्राचार्यले भने, ‘हामी रवि अर्यालज्यू लगायत अन्य साप्ताहिक विजेताहरुलाई बधाई दिँदै यस क्याम्पेनलाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण ग्राहकहरूलाई धन्यवाद दिन चाहन्छौं । स्काईवर्थ सधैं गुणस्तर र नवीनतालाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने कुरा पनि हामी तपाईहरुलाई विश्वास दिलाउन चाहन्छौँ।’

    स्काईवर्थले उत्पादनमा नवीनता तथा गुणस्तरमा उत्कृष्टतालाई ध्यानमा राख्दै र ग्राहकको अनुभवलाई सधैं प्राथमिकता दिँदै आएकोले हरेक घरपरिवारमा आफ्नो विश्वास कायम राख्दै आएको छ ।

  • रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक

    रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले एक भव्य कार्यक्रम मार्फत रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ।

    काठमाडौंस्थित अलफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा रेड्मी नोट १४ सिरिजका नयाँ फिचरहरू प्रस्तुत गर्दैकम्पनीले स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने तयारी भएको जनाएको छ। सञ्चारकर्मी र प्राविधिक विशेषज्ञहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई झनै विशेष बनाएको थियो ।

    रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रो+ ५जी गरी ४ मोडेलहरू रहेका छन् ।

    यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकोले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ।सबै नेपाली ग्राहकमा शाओमीको उच्च–गुणस्तरलाईपहुँचयोग्य बनाउने प्रतिबद्धतालाई यसले निरन्तरता दिएको छ ।

    रेड्मी नोट १४ सिरिज सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘शाओमीको मुख्य उद्देश्य भनेको स्मार्टफोनले दिन सक्ने अनुभवलाई जतिसक्दो बढाउने रहेको छ । रेड्मी नोट १४ सिरिज पनि यसबाट अलग छैन । फ्ल्यागशिप–स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसहरुले नेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौँ ।’

    रेड्मी नोट १४ प्रो+५जीः आइकनिक शट्स, टिकाउपन र बोल्ड डिजाइन

    स्टाइलिश डिजाइन र उच्च टिकाउपनः

    रेड्मी नोट १४ प्रो+ ५जीको बोल्ड डिजाइन र उत्कृष्ट टिकाउपना रहेकोकम्पनीले जनाएको छ। यसमा आइपी६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश रहेको छजसले दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमता प्रदान गर्दछ। ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू र मिडनाइट ब्ल्याक रंगमा उपलब्ध यो मोडेलमा कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरिएको छ। यसले डिभाइसलाई थप सुरक्षा प्रदान गर्नुका साथै स्टाइलिस पनि देखाउँदछ।

    स्न्यापड्रागन ७एस जेन ३ को उच्च प्रदर्शनः

    रेड्मी नोट १४ प्रो+ ५जीमा रहेको स्न्यापड्रागन ७एस जेन ३ चिपसेटले उच्च स्पीड र प्रदर्शन सुनिश्चित गर्दछ। ८जीबी+२५६जीबीर १२जीबी+५१२जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडलले मल्टिटास्किङ र गेमिङलाई झनै सहज बनाउँछ।

    २०० मेगापिक्सेलको प्रो–ग्रेड एआई क्यामेराः

    २०० मेगापिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६–इन–१ पिक्सेल बिनिङ प्रविधि रहेको यस मोडेलमा ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश छ। डायनामिक शट्स, मोसन ट्राकिङ फोकसर डुअल भिडियो मोडजस्ता फिचरले फोटोग्राफी अनुभवलाई अझ क्रिएटिभ बनाउँदछ।
    १२० वाट हाइपरचार्जः

    ५११०एमएएचको उच्च क्षमता रहेको ब्याट्री र १२०वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ जसले गर्दा प्रयोगकर्ताले यो स्मार्टफोन दिनभर प्रयोग गर्न सक्नेछन् ।
    एआई विशेषताहरूः गुगलको सर्कल टु सर्च, गुगल जेमिनी, एआई इन्टरप्रेटर, एआई नोट्स, एआई रेकर्डर, एआई सबटाइटल्स, एआई फिल्म, एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्सर एआई इमेज एक्सपान्सन।

    रेड्मी नोट १४ प्रो ५जीः सुन्दरता र प्रदर्शनको उत्कृष्ट संयोजन

    प्रिमियम डिजाइन र आइपी६८ सुरक्षाः

    स्लिम डिजाइन रहेको रेड्मी नोट १४ प्रो ५जीमा आइपी६८ डस्ट तथा वाटर रेजिस्टेन्स सुविधा उपलब्ध रहेको छ । मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पलर कोरल ग्रिन रंगमा उपलब्ध यस स्मार्टफोनमा स्टाइलिश फिनिस रहेको छ जसले यो मोडल दैनिक प्रयोगलाई अझ आकर्षक रहन्छ।

    मिडियाटेक डाइमेन्सिटी ७३००–अल्ट्राको साथमा उत्कृष्ट प्रदर्शनः
    ४एनएम प्रोसेसमा आधारित मिडियाटेक डाइमेन्सिटी ७३००–अल्ट्रा चिपसेट रहेकोयस स्मार्टफोनले उच्च प्रदर्शन प्रदान गर्दछ । यो मोडल ८जीबी+२५६जीबी, र १२जीबी+५१२जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ।

    २०० मेगापिक्सेलको एआई क्यामेरा प्रणालीः

    ओआईएससहितको २०० मेगापिक्सेलको मुख्य क्यामराले जस्तोसुकै लाइटिङमा पनि उत्कृष्ट फोटो खिच्दछ। ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरार २० मेगापिक्सेलको फ्रन्ट क्यामराले फोटोग्राफीलाई अझ रोमाञ्चक बनाउँदछ। साथमा एआई ब्यूटिफाई, एआई इरेज प्रो र डुअल भिडियो फिचरले फोटोग्राफी अनुभवलाई अझ स्तरीय बनाउँदछ।

    दिगो ब्याट्री र टर्बो चार्जिङः
    ५११०एमएएच ब्याट्री र ४५वाट टर्बो चार्जिङ फिचरसहितको यो स्मार्टफोनले लामो समयसम्म प्रयोग गर्न सकिनेछ ।
    एआई विशेषताहरूः सर्कल टु सर्च, गुगल जेमिनी, एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन ।

    रेड्मी नोट १४ ५जीः आकर्षक फोटोग्राफी, उत्कृष्ट प्रदर्शन 

    स्टाइलिस र टिकाउ डिजाइनः
    आइपी६४ डस्ट र स्प्ल्याश रेजिस्टेन्स सुविधा रहेको रेड्मी नोट १४ ५जी ले दैनिक प्रयोगमा आउन सक्ने चुनौतीहरूलाई सजिलै सामना गर्न सक्ने कम्पनीले बताएको छ। कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग भएको योमोडल मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन रंगमा उपलब्ध रहेकोछ।

    उत्कृष्ट प्रोसेसरः
    मिडियाटेक डाइमेन्सिटी ७०२५–अल्ट्रा चिपसेट रहेको यस स्मार्टफोन मल्टिटास्किङ, गेमिङ र एपहरू प्रयोग गर्न सहज हुनेछ । ८जीबी+२५६जीबी र १२जीबी+५१२जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडेलमा ५११०एमएएचको ब्याट्री र ४५वाटको टर्बो चार्जिङको सुविधा रहेको छ।

    १०८ मेगापिक्सेलको एआई क्यामेराः
    ओआईएससहितको १०८ मेगापिक्सेलको मुख्य क्यामराले उत्कृष्ट डिटेलसहितको तस्बिर खिच्दछ। ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामराले फोटोग्राफी अनुभवलाई अझ रोमाञ्चक बनाउँदछ।
    एआई विशेषताहरूः गुगल जेमिनी थ्रि, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ ।

    रेड्मी नोट १४ः दैनिक प्रयोगका लागि उत्कृष्ट
    स्टाइलिस डिजाइनः

    मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिन रंगमा उपलब्ध रहेको रेड्मी नोट १४ मा आकर्षक र एर्गोनोमिक डिजाइन रहेको छ।८.१६मिलिमिटर मोटाइ र १९६.५ ग्राम तौलले यो मोडल हातमा चलाउन निकै सहज हुन्छ ।

    मिडियाटेक हेलियो जी९९–अल्ट्रा प्रोसेसरः

    ६एनएम प्रोसेसरमा आधारित मिडियाटेक हेलियो जी९९–अल्ट्रा चिपसेटले रेड्मी नोट १४मल्टिटास्किङ र गेमिङका लागि उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यो मोडल ६जीबी+१२८जीबीर ८जीबी+२५६जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ।

    १०८ मेगापिक्सेलको एआई क्यामरा प्रणालीः

    १०८ मेगापिक्सेलको मुख्य क्यामराको साथमा २ मेगापिक्सेलको डेप्थ र २ मेगापिक्सेलको म्याक्रो क्यामरा रहेको यो स्मार्टफोनले डिटेलयुक्त र आकर्षक तस्बिर खिच्दछ। त्यसैगरी २० मेगापिक्सेलको फ्रन्ट क्यामराले उत्कृष्ट सेल्फीहरू खिच्दछ ।

    ५५००एमएएच ब्याट्री र ३३वाट टर्बो चार्जिङः

    ५५००एमएएचको ब्याट्री र ३३वाटको टर्बो चार्जिङ सुविधासहितको रेड्मी नोट १४ लामो समयसम्म चलाउन सकिन्छभने यो चार्ज पनि छिटो हुन्छ ।

    एआई विशेषताहरूः गुगल जेमिनी थ्रि, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ

    मूल्य र उपलब्धताः

    रेड्मी नोट १४ मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिनमा रु.२४,९९९ (६/१२८ जीबी), रु. २७,९९९(८/२५६ जीबी) मा उपलब्ध छ।

    रेड्मी नोट १४ ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिनमा रु. ३०,९९९(८/२५६ जीबी) र रु. ३५,९९९(१२/५१२ जीबी) मा उपलब्ध छ।

    रेड्मी नोट १४प्रो ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल, र कोरल ग्रिनमा रु.३९,९९९ (८/२५६ जीबी), र रु.४४,९९९ (१२/५१२ जीबी) मा उपलब्ध छ।

    रेड्मी नोट १४ प्रो+ ५जी ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू, र मिडनाइट ब्ल्याकमा रु. ४९,९९९ (८/२५६ जीबी), र रु. ५४,९९९ (१२/५१२ जीबी) मा उपलब्ध छ।

     

     

  • सिद्धार्थ बैंकको साधारण सभाः लाभांश पारित, तीन जना संस्थापकमा निर्वाचित

    सिद्धार्थ बैंकको साधारण सभाः लाभांश पारित, तीन जना संस्थापकमा निर्वाचित

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

    साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँ ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने प्रसवत पारित गरेको छ ।

    “एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” सम्बन्धित नियमनकारी निकायको स्विकृती पश्चात् जारी गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गरेको छ ।

    सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखेर बिरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।

    यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिब्ग्स प्रालि) र भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रालि) निर्विरोध निर्वाचित भएका छन् ।

    बैंकको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट सञ्चालक समितिको बैठकले श्री राहुल अग्रवाललाई बैंक सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

  • शिवम् सिमेन्टको ९ प्रतिशत लाभांश प्रस्ताव पारित

    शिवम् सिमेन्टको ९ प्रतिशत लाभांश प्रस्ताव पारित

    काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक साधारण सभाले ९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ ।

    आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाखको ८ .५५ प्रतिशतका दरले हुने ४२ करोड ९८ लाख ८ हजार ५ सय बराबरका १०० दरका ४२,९८,०८५ थान वोनश शेयर र उक्त बोनस शेयर वितरण गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४५ प्रतिशतका दरले हुने २ करोड २६ लाख २१ हजार ५ सय रूपैयाँ नगद लाभांशसहित कुल जम्मा ९ प्रतिशतका दरले लाभांश वितरणको प्रस्ताव पारित गरिएको हो ।

    शिवम् सिमेन्ट्स लि. का सञ्चालक अध्यक्ष गौरव गोयलअध्यक्षतामा राष्ट्रियसभा गृहमा भएको सभाले कम्पनी सञ्चालक समितिको निर्णयको प्रस्ताव बमोजिम वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका विवरण पारित गर्ने, आगामी आ. व. २०८१।०८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने समेतका प्रस्ताव पनि पारित गरेको छ ।

    बोनस शेयर वितरण गरेपश्चात कम्पनीको चुक्ता र जारी पुँजीसमेत वृद्धि भई कम्पनीको जारी तथा चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सय रूपैयाँ कायम गर्ने समेतका विशेष प्रस्ताव पारित गरिएको छ ।

  • सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरूलाई सेतो छडी सहयोग

    सिटिजन्स बैंकद्वारा दृष्टिविहीनहरूलाई सेतो छडी सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकार को निम्ति लामो समयदेखि निरन्तर रूपमा काम गर्दै आएको अपाङ्गता संरक्षण नेपाल संगको सहकार्यमा ९० जना दृष्टिविहीनहरूलाई सेतो छडी प्रदान गरेको छ ।

    मधेश प्रदेश, सप्तरी जिल्लामा पूर्ण दृष्टिविहीनहरुको सहभागितामा अपाङ्गता संरक्षण नेपाल द्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित दृष्टिविहीनहरूलाई बैंकले सो सामग्री हस्तान्तरण गरेको हो । बैंकको यो सानो पहलबाट दृष्टिविहीनहरूको दैनिक कामकाज र आवतजावतमा सहजता प्राप्ति हुने विश्वास बैंकले लिएको छ ।

    संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाईहरूबाट १८ लाख भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

  • नबिल बैंकले पायो सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ः२०२२ प्रमाणपत्र

    नबिल बैंकले पायो सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ः२०२२ प्रमाणपत्र

    काठमाडौं । नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्टले प्रदान गरेको हो ।

    यो उपलब्धिले नबिल बैंकको ग्राहकको डेटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ । आज नबिल बैंकको मुख्य कार्यालयमा आयोजित प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बैंकले आईएसओ प्रमाणपत्र प्राप्त गरेको हो । कार्यक्रममा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    नबिल बैंकले आफ्नो सुरक्षात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेको पुष्टि प्रमाणपत्र प्रदान गर्ने संस्थाले गहन परीक्षण गरेर गरेको हो । नबिल बैंकले आफ्नो सुरक्षा प्रणाली, अभ्यास र नियन्त्रणको विस्तृत मूल्यांकन पछि यो मान्यता प्राप्त गरेको हो ।

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो प्रमाणपत्रले डाटा सुरक्षामा नबिल बैंकको गुणस्तरलाई मान्यता दिएको बताए । उनले भने, ‘हामी ग्राहकहरूको डाटा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छौँ। यो प्रमाणपत्रले सुरक्षात्मक उपायलाई निरन्तर सुधार्न गरिएको हाम्रो प्रयासलाई मान्यता दिइएको छ । यो प्रक्रियालाई हामी निरन्तर सुधार गर्ने प्रतिबद्धता पनि गर्छौँ ।’

    आईएसओ २७००१ः२०२२ प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्ड हो । यो प्रमाणपत्र प्राप्त गर्नु नबिल बैंकको सुरक्षाको उच्च मापदण्ड कायम राख्न गरिएको प्रयासको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले बैंकलाई थप विश्वासिलो बनाउनुका साथै बैंकको ग्राहकप्रति दायित्व झल्काएको छ ।

  • कुमारी बैंकले बोलायो साधारणसभा, छैन लाभांश प्रस्ताव, लगानीकर्ताको हात खाली

    कुमारी बैंकले बोलायो साधारणसभा, छैन लाभांश प्रस्ताव, लगानीकर्ताको हात खाली

    काठमाडौं । कुमारी बैंक लिमिटेडले साधारण सभा बोलाएको छ । बैंकले आउँदो माघ २१ गते सोमबार २४औं वार्षिक साधारण सभा गर्ने भएको हो ।

    बैंकको साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेलमा हुने भएको छ । सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन पारित गर्ने भएको छ ।

    लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/०८१ को वार्षिक आर्थिक विवरण २०८१ आषाढ मसान्तसम्मको वासलात, आव २०८०/०८१ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरू पारित गर्ने भएको छ ।

    यस बैंकको सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेड र केबिएल सेक्यूरिटिजको आव २०६०/०८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्ने भएको छ । त्यस्तै, सभामा आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव गरिएको छ ।

    बैंकको साधारण सभामा लगानीकर्ताहरूका लागि लाभांश प्रस्ताव गरिएको छैन । लाभांश प्रस्तावबिनाको साधारण सभा हुने भएकोले लगानीकर्ताहरूको यस वर्ष हात खाली हुने देखिन्छ ।

  • सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

    सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

    काठमाडौं । सीजी डिजिटलले आफ्ना ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ । सीजी डिजिटलका स्टोरहरूमा LG, CG, Godrej, Midea, र Black+Decker का माइक्रोवेव ओभन किन्दा कुकिङसम्बन्धी व्यावसायिक कक्षामा भाग लिन सक्ने कम्पनीले जनाएको छ ।

    साथै, यस कक्षाको व्यवस्था काठमाडौं उपत्यकासहित अन्य जिल्लामा पनि गरिएको छ, जसले नेपालभरिका ग्राहकहरूलाई कुकिङ कक्षामा सहभागी हुनको लागि अवसर प्रदान गर्नेछ । यसले अझ धेरै व्यक्तिहरूलाई माइक्रोवेव ओभनको प्रभावकारी र सजिलो प्रयोगका बारेमा ज्ञान दिन मद्दत गर्नेछ ।सीजी डिजिटलको अनुभवी, प्रशिक्षित, कुशल सेफबाट यो कक्षा सञ्चालन भइरहेको बताइएको छ ।

    अहिले, इटहरी, विराटनगर, दमक, बिर्तामोड, झापा, काकडभित्ता, चन्द्रगढी, धरान उर्लाबारी र लहानमा सीजी डिजिटललगायत एलजीको डिलरहरूमा यो कुकिङ्ग कक्षा यही पुस २५ गते देखि चलिरहेको छ । कक्षा माघ ११ सम्म सञ्चालन हुनेछ ।

    सीजी डिजिटलका सेफ धन बाहादुर बस्नेतले भने, ‘आधुनिक जीवनशैलीमा खाना पकाउने समय र तरिका परिवर्तन हुँदै गइरहेको छ । यस क्रममा, हामी ग्राहकहरूलाई सही उपकरण र प्रविधिको प्रयोगमा सघाउन चाहन्छौं । यस कुकिङ कक्षाले माइक्रोवेव ओभनको सही प्रयोग र स्वादिष्ट परिकार बनाउनको लागि आवश्यक टिप्स र ट्रिक्स प्रदान गर्नेछ ।’

    प्रत्येक ग्राहकलाई निःशुल्क कुकिङ कक्षामा १० देखि १५ जनाको समूहमा प्रशिक्षित गरिनेछ । कक्षामा विशेष गरी माइक्रोवेव ओभनको माध्यमबाट सजिलो र छिटो परिकार बनाउन सिकाइनेछ भने सुरुमा कक्षामा सिकेर पनि आफुलाई मन परेको ब्राण्ड छानेर खरिद गर्न सकिनेछ!

    सीजी डिजिटलले ग्राहकहरूको लागि यस किसिमका नविनतम सेवा र अफरहरू पुर्‍याएर ग्राहक सन्तुष्टि र विश्वासका लागि आफ्नो प्रतिबद्धता देखाएको छ। ग्राहकहरूले LG, CG, Godrej, Midea, र Black+Decker का माइक्रोवेव ओभनको विभिन्न मोडलहरूमा आकर्षक छुट र विशेष अफरहरू पनि प्राप्त गर्न सक्नेछन् ।

    कम्पनीका अनुसार यो निशुल्क कुकिङ्ग कक्षामा सहभागिता हुन आफ्नो नाम र ठेगानासहित ९८०१९०८९४९ मा सम्पर्क गर्न सक्ने छन् ।

  • नेपाल बैंक र बुद्ध एयरबीच हवाई सेवामा विशेष छुट दिने सम्झौता

    नेपाल बैंक र बुद्ध एयरबीच हवाई सेवामा विशेष छुट दिने सम्झौता

    काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई र कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    सो सम्झौताबमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकका ग्राहकहरुलाई टिकट शुल्कमा ८ प्रतिशत र बैंकका कर्मचारीहरुलाई कार्गो सेवामा ३० प्रतिशत छुट हुने भएकोे छ ।

    सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

    यसबाट नेपाल बैंकका कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले बुद्ध एयरबाट प्रदान गरिने हवाई साथै कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुटसहित प्राप्त हुने सेवावाट लाभान्वित हुन सक्नेछन् ।

  • एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी

    एनसेल बन्यो आइएसओको मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी

    काठमाडौँ । एनसेलले प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९ (पीआइएमएस)को मान्यता पाउन सफल भएको छ । यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।

    एनसेलले भनेको छ, ‘यस उपलब्धिसँगै, एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली ९आइएसएमएस० र गोपनीयता सूचना व्यवस्थापन प्रणाली ९पीआइएमएस० प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ, जसले ग्राहकहरूको सूचना सुरक्षा सुनिश्चित गर्ने एनसेलको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । एनसेलको विश्वसनीयता र सूचना सुरक्षालाई अझ सुदृढ बनाउँदै कम्पनीको डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्ले यी मान्यताहरु प्राप्त गरेका हुन् ।’

    यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु कम्पनीको सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरूको एक प्रमुख कोसेढुङ्गा भएको एनसेलकाे भनाइ छ । ‘

    यसले एनसेल निरन्तर सुधार र उत्कृष्टता प्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको, गुणस्तर र सुरक्षाप्रति सधै समर्पित रहेको स्पष्ट पार्दछ । सीइओका रुपमा, म यो अन्र्तराष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्ड प्राप्त गर्ने परिवर्तनकारी अनुभव साझा गर्न पाएकोमा हर्षित छु । यसले टेलिकम उद्योगमा उत्कृष्टताप्रति हाम्रो प्रतिबद्धतालाई उजागर गर्दछ । हाम्रो टिमको समर्पणमा म अत्यन्त गर्व गर्छु, र नवीन प्रविधि भित्राउन नेतृत्वदायी भूमिका निर्र्वाह गर्दै सूचना सुरक्षा र डेटा गोपनीयताका उच्चतम मापदण्डहरू कायम राख्नेछौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।यी मान्यताहरु ग्राहक डेटा सुरक्षा र डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्मा गोपनीयता सुनिश्चित गर्ने अभ्यासहरुमा एनसेलले उच्चतम मापदण्डहरू पुरा गरेको प्रमाण भएको पनि कम्पनीको भनाइ छ ।

    ग्राहक र साझेदारहरुका डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आइएसओ २७००१ मान्यताले सुनिश्चित गर्दछ ।

    त्यसै गरी, आइएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्र्तराष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको बताइएको छ ।

  • प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह 

    प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह 

    काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

    ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एपमा रहेको PAN Updateविकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

    यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण ई–टीडीएस सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने बैंकले जनाएको छ ।