Category: कर्पोरेट प्रेस

  • पन्ड्स स्किन इन्स्टिट्युटले ल्यायो सौन्दर्य र विज्ञानको नयाँ युग

    पन्ड्स स्किन इन्स्टिट्युटले ल्यायो सौन्दर्य र विज्ञानको नयाँ युग

    काठमाडौं । पन्ड्सले बजारमा आफूलाई पुनः प्रस्तुत गर्दै उपभोक्ताको व्यक्तिगत छाला सम्बन्धित समस्याहरूको समाधानका लागि शक्तिशाली तत्वहरू र फराकिलो प्रदक्तहरूका साथ समाधान प्रस्तुत गरेको छ । महिलाहरूलाई नवीनतम विज्ञानको साथ उत्कृष्ट त्वचा सम्बन्धी चमत्कारी परिणाम दिने उद्देश्यबाट प्रेरित यस ब्रान्डले नयाँ ट्यागलाइन ‘मिराकल्स ह्याप्पेन्स’ प्रस्तुत गरेको छ ।

    पन्ड्स स्किन इन्स्टिट्युटले विज्ञानमा आधारित फोर्मुलाले उपभोक्तामा आशा र त्वचामा वास्तविक परिवर्तन ल्याउने लक्ष्य राखी पन्ड्स ब्रान्डकोे दृश्य पहिचानलाई परिवर्तन गर्दै पन्ड्सबाट पन्ड्स स्किन इन्स्टिट्युटमा नाम परिवर्तन गरेको छ, जसले ब्रान्डको आधारभूत विषयवस्तुः अनुसन्धान, विज्ञान र विशेषज्ञतालाई उजागर गर्दछ ।

    पन्ड्स स्किन इन्स्टिट्युटले आफ्ना फोर्मुलामा तीन प्रमुख इन्ग्रीडीएन्टहरू प्रस्तुत गरेको छ – निआसिनामाइड, हायल्यूरोनिक एसिड र सक्रिय चारकोल, जुन यसको फेसवाश र फेस मोइस्चुराइजरहरु जस्ता प्रमुख प्रदक्तहरूमा पाइन्छ, र प्रत्येक इन्ग्रीडीएन्ट त्वचाको विशेष समस्यामा लक्षित छ। ब्रान्डले नयाँ र नवप्रवर्तन प्रदक्तहरूको माध्यमबाट नेपालमा विश्वव्यापी गुणस्तर अनुसार उपभोक्तालाई उत्तम समाधान दिन चाहन्छ ।

    पन्ड्स स्किन इन्स्टिट्युटको ब्राइट ब्युटी सिरम क्रिममा निआसिनामाइड मुख्य इन्ग्रीडीएन्टको रूपमा पाइन्छ, जुन छालाका तहहरूमा गहिरो प्रवेश गर्छ (एपिडर्मिस भित्र), ९६% स्पट रिडक्सन (स्पट रिडक्सनका लागि गरिएको क्लिनिकल अध्ययनको आधारमा) र चम्किलो त्वचा प्रदान गर्छ ।
    नयाँ प्रस्तुत गरिएको पन्ड्स सुपरलाइट जेलमा हायल्यूरोनिक एसिड मुख्य इन्ग्रीडीएन्टको रूपमा पाइन्छ, जसले २००% तत्काल हाइड्रेसन (२०१९मा गरिएको क्लिनिकल अध्ययनका आधारमा) प्रदान गर्दछ, जसले छालालाई अघिल्लो भन्दा नयाँ र हाइड्रेसनयुक्त राख्छ। डिटक्स रेंजको फेसवाश, जसमा सक्रिय चारकोल १०ह प्रभावकारी(एड्सोप्र्शनद्वारा) हुन्छ, र साना प्रदूषणका कणहरू बाहिर ल्याउँछ, जसले छालालाई चम्किलो बनाउँछ ।

    उत्पत्ति देखि नै बलियो आधारहरू रहेको यस ब्रान्डले १७५ वर्षभन्दा बढी समयदेखि विश्वभरमा आफ्नो उपस्थिति कायम राखेको छ र पन्ड्स अहिले ६० भन्दा बढी देशहरूमा पुगेको छ। पन्ड्सले विज्ञानमा विश्वव्यापी अग्रणी भूमिका खेल्दै आएको छ ।

    ऐतिहासिक रूपमा हेर्दा, पन्ड्सले पहिलो वेनिशिंग (छालाले सोस्ने प्रकारको) क्रिमको आविष्कार गरेको थियो। पन्ड्स सधैँ त्वचा विशेषज्ञको रूपमा रहेको छ र यसको यस साहसिक दाबीलाई प्रमाणित गर्न सशक्त प्रमाणहरू छन्, जुन ७०० वैज्ञानिक र अनुसन्धानकर्ताहरू र ५ ग्लोबल आर एन्ड डी अर्थात अनुसन्धात्मक सेन्टरहरूको मद्दतले सम्भव भएको हो । पन्ड्स सधैँ प्रतिष्ठित सौन्दर्य ब्रान्डको रूपमा रहेको छ। छोटोमा भन्नुपर्दा, पन्ड्स सधैँ वैज्ञानिक नवप्रवर्तनमार्फत उत्कृष्ट त्वचा प्राप्त गर्न प्रेरित गर्दै आएको छ ।

    युनिलिभर नेपाल लिमिटेडका मुख्य कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक, अम्लन मुखर्जीले भने, “हाम्रो ब्रान्ड पन्ड्स स्किन इन्स्टिट्युट उपभोक्तासँग समकालीन र सान्दर्भिक रहन चाहन्छ, उनीहरूको आवश्यकताहरू र चासोहरूको बुझाइ राख्न चाहन्छ र उनीहरूसँगै अघि बढ्न चाहन्छ। उपभोक्ताहरू हाम्रो ब्रान्डको मुटुमा छन्, त्यसैले हामी उनीहरूलाई निरन्तर बुझ्दै जान चाहन्छौँ जसले गर्दा हामी उनीहरूको आवश्यकताहरू पूरा गर्न नयाँ उत्पादनहरू प्रस्तुत गर्न सक्छौँ। यहाँ नै पन्ड्स स्किन इन्स्टिट्युटको भूमिका छ, जसका प्रदक्तहरू विज्ञानद्वारा समर्थित छन् र नेपाली उपभोक्ताहरूको त्वचा सहेत समाधानका लागि चमत्कारी परिणाम दिन सक्षम छन्, र म यो कार्यक्रम मार्फत यी प्रदक्तहरू नेपाली बजारमा प्रस्तुत गर्न पाउँदा खुसी छु ।”

    पन्ड्सले १६ चैत्र, २०७८ मा हायत रिजेन्सीमा एक कार्यक्रम आयोजना गरेको थियो । यो कुनै साधारण बैठकभन्दा भिन्न थियो, कार्यक्रममा इन्ग्रीडीएन्टहरूको कार्यप्रणालीको व्यावहारिक उदाहरण प्रस्तुत गरियो, साथै प्रत्येक त्वचा प्रकारको लागि इन्ग्रीडीएन्टहरूको महत्व र पन्ड्स कसरी उपभोक्ताका आवश्यकताहरू अनुसार आफुलाई पुनः आकार गर्दै छ भन्ने बारे एक प्यानल बनाइ छलफल गरियो । प्यानलमा अक्ष्यता वैद्य (स्किनकेयर अनुसन्धान र विकास प्रमुख, पन्ड्स भारत बियु), डा. श्रुजना श्रेष्ठ (सल्लाहकार तथा छाला रोग विशेषज्ञ, लेजर र एस्थेटिक चिकित्सक), गीताञ्जली कार्की (स्किनकेयर प्रेमी, मेकअप आर्टिस्ट र फिटनेस कोच) र रुची श्रेष्ठ (विज्ञापन प्रबन्धक – युनिलिभर नेपाल) रहेका थिए ।

  • थाइल्याण्ड भ्रमण र बिमस्टेक सम्मेलनमा सहभागिताबारे प्रधानमन्त्रीले गरे परामर्श

    थाइल्याण्ड भ्रमण र बिमस्टेक सम्मेलनमा सहभागिताबारे प्रधानमन्त्रीले गरे परामर्श

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागितबारे आइतबार पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुसँग परामर्श छलफल भएको छ ।

    प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राख्नुभएको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन र सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा भ्रमणलाई मुलुकको अधिकतम् हितमा उपयोग गर्न सुझाव दिइएको छ ।

    नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक थाइल्याण्ड भ्रमण हुन लागेकाले पनि यसलाई थप महत्वका रुपमा लिएर मुलुकका लागि विविध क्षेत्रमा लाभ हासिल गर्न सुझाव दिइएको छ ।

    छलफलमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्ति र क्षेत्रीय सहकार्यका लागि प्रयासरत रहने स्पष्ट गर्दै अरुको हितप्रति संवदेशनशील हुँदै नेपालको हितका लागि भ्रमणलाई उपयोग गर्ने जानकारी गराए ।

    उनले यतिबेला दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र असम्लग्न राष्ट्रहरुको अभियानलाई पनि सक्रिय बनाउनुपर्नेमा जोड दिँदै बिमस्टेक सम्म्ेलनमा राष्ट्रिय हितलाई कसरी महत्व दिन सकिन्छ भन्नेबारे प्राप्त सुझावलाई मनन् गरिने बताए ।

    प्रधानमन्त्री ओली यही चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको छ ।

    प्रधानमन्त्री ओलीबाट समकक्षी प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा)को मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो ।

    छलफलमा पूर्व प्रधानमन्त्रीहरु डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, पूर्व परराष्ट्रमन्त्रीहरु उपेन्द्र यादव, ईश्वर पोखरेल, रघुवीर महासेठ, डा भेषबहादुर थापा, रमेशनाथ पाण्डे, डा प्रकाशचन्द्र लोहनी, डा प्रकाशशरण महत, नारायणप्रकाश साउद, डा विमला राई पौड्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

    थाइल्याण्डको औपचारिक भ्रमण तथा विस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमणलाई नेपाल सरकार, मन्त्रिपरिषद्को यही चैत ११ गतेको बैठकले स्वीकृत गरिसकेको छ ।

     

  • दराज नेपालद्वारा ‘नव वर्ष उत्सव’ २०८२को घोषणा

    दराज नेपालद्वारा ‘नव वर्ष उत्सव’ २०८२को घोषणा

    काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित ४.४, नव वर्ष उत्सवको घोषणा गरेको छ ।

    ७०% सम्म छुट सहितको आश्चर्यजनक फ्ल्याश सेल, १ करोड बराबरको भौचर तथा निःशुल्क डेलिभरी सुविधा सहित, ४.४ सेल अप्रिल ४ (चैत २२, २०८१) बाट सुरु भई अप्रिल १३ (चैत ३१, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । सेलले नेपाली ग्राहकहरूलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

    उत्सव अवधि भर, ग्राहकहरूले हरेक दिन फ्ल्याश सेलमार्फत विभिन्न क्याटेगरी तथा सेटाफिल, मसलब्लेज, एईवीबी, ह्रोटो, माइक्रोलाइफ, एक्स—एज, ब्ल्याकशार्क लगायत साझेदार ब्रान्डहरू मार्फत७०% सम्मको छुटमा उत्पादनहरू किन्न पाउनेछ ।

    सिमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफरहरू हरेक दिन अपडेट गरिने भएकाले ग्राहकहरूलाई दराज एपको फ्ल्याश सेल सेक्शन विशेषरुपमा नियाल्दै मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

    ४.४ सेल अवधि भर डिजिटल पूर्वभुक्तानीमा दराजले उपभोक्ताहरुका लागि रु. ७५० सम्मको छुट सुविा उपलब्ध गराउने छ । यसका लागि दराजले नबिल बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, तथा गरिमा विकास बैंक गरीनौ ओटा बैंकहरूसँग सहकार्य गरेको छ ।

    किनमेलका लागि यी बैंकहरूको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले अधिकतम १५% (रु. ७५० सम्म) छुटपनि प्राप्त गर्न सक्नुहुनेछ । त्यसैगरी, डेबिट कार्ड प्रयोग गर्नुहुने ग्राहकहरूले १०% (रु. ५०० सम्म) छुट प्राप्त गर्न सक्नुहुनेछ ।

    यसैगरी, ग्राहकहरूका लागि रु. ४४, रु. ४४४, र रु. ४,४४४ को आकर्षक डिलहरू पनि उपलब्ध हुने दराजले विज्ञप्ति मार्फत जानकारी दिएको छ । साथै, रु. ९९, रु. ३९९, रु. ९९९, र रु. १,९९९ को छुट श्रेणीमा पनि विभिन्न उत्पादनहरू खरिद गर्न पाउनेछ ।

    ४.४ नव वर्ष उत्सवको अवधि भर, कम्तीमा रु. ५,००० बराबरको किनमेल गर्ने एक भाग्यशाली ग्राहकले रु. २९,९९९ बराबरको वानप्लस नर्ड सीईएस लाइट जित्ने अवसर पाउनुहुनेछ । त्यस्त गरी, चारजना भाग्यशाली ग्राहकहरूले रु. १०,३०० बराबरको यासुदा पर्सनल एयर कुलर जित्ने अवसर प्राप्त गर्नुहुने कम्पनीले जानकारी दिएको छ ।

    ४.४ नव बर्ष उत्सवका अवसरमा ‘एड टु कार्ट एण्ड विन’ योजनाअन्तर्गत सेटाफिल, याजी, जीसीजी आइवेयर र उकुलेलेका रु. ५,००० बराबरका गिफ्ट ह्याम्परहरू तीनजना भाग्यशाली ग्राहकहरूले जित्नु हुनेछन् भने, एकजना ग्राहकले रु. १२,००० बराबरको ग्लेन एयर फ्रायर प्राप्त गर्नेछ।

    यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले चैत १७ देखि चैत २१ (मार्च ३० – अप्रिल ३) भित्र रु. १०,००० बराबरका सामानहरू कार्टमा राख्नुपर्नेछ। त्यस्तै, रु. १,००,००० भन्दा बढीको किनमेल गर्ने ग्राहकहरूले रु. १०,००० सम्मको विशेष छुट भौचर प्राप्त गर्न सक्नेछ । यो अवसर अप्रिल ४ को मध्यरातदेखि उपलब्ध हुने कम्पनीले बताएको छ।

     

  • एनसेल एनएसएल सिजन ३ सुरु

    एनसेल एनएसएल सिजन ३ सुरु

    काठमाडौं । नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३’ भव्य उद्घाटन समारोहका साथ शनिबारबाट शुरु भएको छ । पहिलो दिनको ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसीबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

    खेल शुरु हुनु भन्दा पहिला हाल एकमदै चर्चामा रहेका गायक थापाले आफ्नो सांगितीक प्रस्तुती राख्दै दशरथ रंगशालामा उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

    शनिबार भएकाे खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एफसी दुवैले २–२ गोल गरेका थिए । यो खेलको ‘एनसेल भ्यालुयबल प्लेयर अफ द म्याच’ काठमाडौं रेजर्स एफसीका भिनसेन्ट कोजिएलो भएका छन् । यो सिजन भरी खेलिने प्रत्येक खेलमा ‘एनसेल भ्यालुयबल प्लेयर अफ द म्याच’ पाउने खेलाडीलाई एनसेलले रु ३०,००० नगद पुरस्कार र रु ५,००० हजारको रिचार्ज भौचर प्रदान पनि गर्दछ ।

    आज (आइतबार)को खेल साँझ ६ बजे बुटबल लुम्बिनी एफसी र झापा एफसीबीच हुने तालिका रहेको छ ।

    एनसेल प्रमुख प्रायोजक रहेको यो सिजनमा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरू उपाधी जित्नको लागि कडा प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता फुटबल प्रेमीहरूका लागि उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ ।

    हालै मात्र एनसेलले ललितपुर सिटी एफसीसँग सहकार्य गर्दै ‘पावर्ड बाई’ प्रायोजकको रुपमा सम्झौता पनि गरेको थियो । खेलकुद तथा युवा प्रतिभाको विकासमा एनसेल सधैं प्रतिवद्ध रहँदै आएको छ । एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ ।

    ‘हाम्रा सहकार्यहरुले खेलकुद क्षेत्रप्रति एनसेलको गहिरो सम्मान र आकर्षणलाई प्रतिबिम्बित गर्दछ । आफ्नो थिम ‘हामी तपाईंकै लागि’मा आधारित रही हामी यस सिजनमार्फत नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्न चाहन्छौं र देशलाई गर्व गराउने अवसरहरुको सिर्जना गर्न चाहन्छौं । सबैको प्रिय खेल भएकोले यसको विकासका लागि सहकार्य गर्न पाएकोमा धेरै खुसी छौं । यो सिजनमा अझै उत्साह थप्न र रोमाञ्चक बनाउन हामी केही दिनमा नै ग्राहकका लागि विषेश अफर पनि ल्याउने तयारीमा रहेका छौं,’एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

    यो सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवद्र्धन गर्दै नेपाली फुटबलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्नेछ । साथै, यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । यो सिजन अवधिभर कुल ३४ खेलहरु खेलिने छन् र वैशाख १३ मा फाइनल खेलसहित यो सिजनको समापन हुनेछ ।

    एनएसएलसँगको एनसेलको सहकार्य नेपाली खेल प्रतिभाको प्रवद्र्धन मात्र नभई खेललाई मन पराउने दर्शक र फ्यानहरूलाई पनि लक्षित छ जसको कारण यस्ता प्रतियोगिताहरू सफल हुने गर्दछन् ।

  • एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

    एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

    काठमाडौं । यही शनिबारदेखि सुरु हुन गईरहेको बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा सहभागी रहेको ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई’ प्रायोजकको रुपमा साथ दिने भएको छ ।

    यस सम्बन्धमा बिहीबार एनसेल र ललितपुर सिटी एफसीले सम्झौता गरेका छन् । ललितपुर सिटी एफसीले एनसेल एनएसएलको आफ्नो पहिलो खेल शनिबार साँझ ६ बजे काठमाडौं रेजर्स एफसीसँग खेल्दैछ ।

    यो साझेदारीले ललितपुर सिटी एफसीलाई थप उत्साह र हौषला प्रदान गरेको छ । यस सिजनमा ललितपुर सिटी एफसी बाहेक काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र एफसी चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

    “एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको विकासमा सधैं प्रतिवद्ध रहेको स्पष्ट पार्दछ । सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आवद्ध हुन पाएकोमा खुसी छौं,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

    एनसेल एनएसएल सिजन ३ ले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ । शनिबारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रुपमा पहिला नै आवद्ध भई सकेको छ ।

    एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ । कम्पनीले फुटबल, क्रिकेट, भलिबल, गल्फलगायतका खेलहरु र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहेर एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि पनि सहयोग गर्दै आएको छ ।

  • नेपाल लाइफले सगरमाथामा फोहोर संकलन गर्ने, राउण्ड टेबल नेपालसँग सहकार्य

    नेपाल लाइफले सगरमाथामा फोहोर संकलन गर्ने, राउण्ड टेबल नेपालसँग सहकार्य

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सगरमाथामा थुप्रिएका फोहोर सङ्कलन गर्न प्रोजेक्ट केयर अभियान अन्तर्गत राउन्ड टेबल नेपालसँग सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । आज काठमाडौंको ग्लोबल कलेजमा आयोजित एक विशेष समारोहकाबीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    सो कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्लन गरेर कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवाल, निवर्तमान अध्यक्ष नितेश कुमार अग्रवाल तथा यस योजनाको प्राविधिक साझेदारको रुपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले संयुक्त रुपमा गरेका हुन् ।

    नेपाल लाइफले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गर्न राउण्ड टेबल नेपाल तथा प्राविधिक पार्टनर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) सँग सहकार्य गरेको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले सगरमाथा नेपाल मात्र नभई विश्वकै गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए ।

    राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालले सगरमाथा क्षेत्रमा यसपटक ५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको छ भने आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना बनाइएको कुरा बताए । साथै उनले राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

    राउण्ड टेबल नेपालका निर्वतमान अध्यक्ष नितेश कुमार अग्रवालले सगरमाथा विश्वकै आकर्षण भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र रहेको बताए । उनले नेपाल सरकार तथा अन्तर्राष्ट्रिय जगतले पनि सफाइ प्रयास जारी राखे तापनि प्रभावकारी हुन नसकेको भन्दै यस अभियानले ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । यस क्रममा कुहिने फोहोरलाई आधार शिविर भन्दा तल पुर्ने र नकुहिने फोहोरलाई ३० किलोको झोला बनाई काठमाडौं ल्याइने बताए । साना प्रयासहरूले नै ठूलो प्रभाव पार्ने भन्दै अग्रवालले नेपाल लाइफलाई अभियानमा सहभागी भएकोमा धन्यवाद दिए ।

    सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रतिनिधि छिरिङ शेर्पाले यो अभियान ढिलो भए पनि सुरु हुनु सकारात्मक रहेको बताए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा सगरमाथाको फोहोरबारे नकारात्मक समाचारहरू आउन थालेको उल्लेख गर्दै, यो अभियानले समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान दिने बताए । नेपाल सरकारले आधार शिविरभन्दा माथि जाने प्रत्येक आरोहीले कम्तीमा १ किलो फोहोर ल्याउनु पर्ने नियम बनाए तापनि यो समस्याको पूर्ण समाधान हुन सकेको बताए ।

    सगरमाथा, संसारको सबैभन्दा अग्लो हिमाल, हरेक वर्ष हजारौँ पर्वतारोहीहरूलाई आकर्षित गर्ने गरेको तर, मानव गतिविधिको वृद्धिसँगै सगरमाथा फोहोरको डंगुर बन्दै गएको कुरा यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले बताए । त्यागिएका टेन्टहरू, अक्सिजन सिलिन्डरहरू, खानेकुरा प्याकेजिङ, मानव फोहोर र पर्वतारोहण उपकरणहरू हिमालमा छोडिएको कारण यो “विश्वकै सबैभन्दा अग्लो फोहोर थलो” नबनोस् भन्ने अभिप्रायका साथ यो सहकार्य गरिएको बताए ।

    सो कार्यक्रममा नेपाल लाइफका कर्मचारीहरू, राउन्ड टेबल नेपालका पदाधिकारीहरू तथा विभिन्न संचार माध्यमहरूबाट सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशव्यापी रुपमा विभिन् कार्यक्रम गर्दै आएको छ ।

  • वाडा अटो शोमा बीवाईडी ईभी किन्दा विशेष अफर

    वाडा अटो शोमा बीवाईडी ईभी किन्दा विशेष अफर

    काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ । पोखरा प्रदर्शनी केन्द्रमा फागुन १४ देखि प्रारम्भ भएर आगामी फागुन १७ सम्म चल्ने उक्त अटो शोमा बीवाईडीले दिगो यातायात समाधानको मिसनका साथ बीवाईडी डल्फिन, एट्टो ३ र एम६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ ।

    १. बीवाईडी डल्फिन – सुरक्षित तथा स्मार्ट फेमिली कारको रुपमा परिचित बीवाईडी डल्फिनमा एड्भान्स्ड सेफ्टी, इनोभेटिभ टेक्नोलोजी र स्मुथ तथा सिटी–फ्रेन्ड्ली ड्राइभिङ एक्सपेरियन्स लगायतका विभिन्न फिचर भएर पनि अफोर्डेबल समेत रहेको छ ।

    २. बीवाईडी एट्टो ३ – नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभीको रुपमा परिचित बीवाईडी एट्टो ३ नेपालका नम्बर १ एसयूभी समेत बनेको छ । सिटी ड्राइभिङ र लामो दुरीको यात्रा दुवैका लागि डिजाइन गरिएको बीवाईडी एट्टो ३ स्पोर्टी एस्थेटिक्स, पावरफुल पर्फमेन्स र एड्भान्स्ड टेक्नोलोजीयुक्त छ ।

    ३. बीवाईडी एम६ – नेपालको पहिलो प्रिमियम ७–सिटर इलेक्ट्रिक एमपीभीको रुपमा परिचित बीवाईडी एम६ स्पेसियस र लक्जरी मल्टी–परपोज भेइकल अर्थात एमपीभी हो । शून्य उत्सर्जनयुक्त ड्राइभिङको फाइदा र प्रिमियम कम्फर्ट खोज्ने परिवारका लागि यो उपयुक्त विकल्प हो ।

    आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारी साधन किन्ने ग्राहकका लागि बीवाईडीले सीमित समयका लागि एक्सक्लुसिभ अफर* समेत ल्याएको छ । सो अफर अन्तर्गत निम्न सुविधा पाउन सकिने छ :

    • २० प्रतिशत डाउन पेमेन्ट
    • १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी
    • १ वर्ष फ्रि इन्स्योरेन्स
    • १ वर्ष रोड ट्याक्स कभरेज
    • आकर्षक नगद छुट
    • फ्रि एसेसरिज
    • फ्रि होम चार्जर
  • टिसीएलले विश्वव्यापी टिभी सिप्मेन्टमा टप १ को उपलब्धि हासिल गर्‍यो

    टिसीएलले विश्वव्यापी टिभी सिप्मेन्टमा टप १ को उपलब्धि हासिल गर्‍यो

    काठमाडौं ।  टिसीएल इलेक्ट्रोनिक्स, एक अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड र विश्वको शीर्ष २ टिभी ब्रान्डले, बजार अनुसन्धान कम्पनी ओम्डियाबाट तीनवटा ग्लोबल टप १ र्याङ्किङ प्राप्त गरेको छ। यसले कम्पनीले अल्ट्रा-लार्ज टिभी, मिनी एलईडी टिभी, र गुगल टिभी क्षेत्रमा आफ्नो अग्रणी भूमिका कायम राखेको देखाएको छ।

    ओम्डियाको तथ्याङ्क अनुसार, टिसीएलले २०२४ मा ८५-इन्च र त्यो भन्दा ठूलो आकारका टिभीको विश्वव्यापी सिप्मेन्टमा २२.१% बजार सहभागिता लिएर प्रथम स्थान हात पारेको छ। साथै, मिनी एलईडी टिभी सिप्मेन्टमा २८.८% सहभागिता र गुगल टिभीमा २०२१ देखि २०२४ सम्म लगातार पहिलो स्थान कायम गर्न सफल भएको छ।

    यस उपलब्धिले गत केही वर्षदेखि ठूलो पर्दा र मिनी एलईडी टिभी प्रतिको बढ्दो मागसँग मेल खाएको छ। घरमा बिताउने समय बढेपछि, धेरै परिवारहरूले आफ्नो मनोरञ्जन अनुभवलाई उच्चस्तरमा पुर्याउन ठूलो र स्पष्ट टिभी चयन गरिरहेका छन्। ओम्डियाको अनुमान अनुसार, ८०-इन्च र त्यो भन्दा ठूला टिभीको वार्षिक सिप्मेन्ट २०२५ मा ३५% ले वृद्धि हुनेछ, जसले डिस्प्ले बजारको ७% ओगट्नेछ। यो सङ्ख्या २०३० सम्ममा ११% पुग्ने अनुमान छ। त्यस्तै, मिनी एलईडी टिभी सिप्मेन्ट २०२५ मा ९३ लाख युनिट पुग्नेछ, जसले प्रिमियम डिस्प्ले प्रविधिप्रति उपभोक्ताको रुचि देखाउँछ।

    अविस्मरणीय दृश्य अनुभवको माग पूरा गर्न टिसीएलले मिनी एलईडी प्रविधि युक्त अल्ट्रा-लार्ज टिभीको पोर्टफोलियो विस्तार गरिरहेको छ। यस क्षेत्रमा अग्रणी रहेको टिसीएलले २०१९ मा विश्वको पहिलो मिनी एलईडी टिभी सुरु गरेर यसको बृहत् उत्पादन गर्ने पहिलो कम्पनी बनेको थियो। यसपछि, टिसीएलले आफ्नै प्रविधि र एल्गोरिदमहरू विकसित गर्दै मिनी एलईडीलाई अगाडि बढाएको छ। अत्याधिक चमक, कन्ट्रास्ट, रङ्ग गमुट, र लामो सेवा अवधि जस्ता विशेषताहरूले टिसीएलको मिनी एलईडीले ठूलो पर्दामा अतुलनीय दृश्य गुणस्तर प्रदान गर्दै घरायसी मनोरञ्जनलाई नयाँ आयाम दिएको छ।

    प्रविधि बाहेक, गुगल जस्ता साझेदारहरूसँगको सहकार्यले पनि टिसीएलको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको छ। गुगल टिभीको स्मार्ट सुविधाहरूलाई आफ्नो उन्नत डिस्प्लेसँग एकीकृत गरेर टिसीएलले विश्वभरका उपभोक्ताहरूलाई स्मार्ट र स्वस्थ जीवनशैली प्रदान गरिरहेको छ।

  • सिटिटेकको गेटपे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य

    सिटिटेकको गेटपे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य

    काठमाडौं । सिटिटेक ग्रुप प्रा.लि. ले नेपालको पहिलो एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर ‘गेटपे’ लाई नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) सँगको सहकार्यमा, माछापुच्छ्रे बैंक लिमिटेड (MBL) मा सफल भुक्तानी व्यवस्थापन शुभारम्भ गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

    सिटिटेक ग्रुप डिजिटल भुक्तानी प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने संस्थाको रुपमा आफ्नो पहिचान स्थापित गरेको छ । यस संस्थाले हाल सम्म फिन (finPRO) तथा फिन-पस (finPOS) जस्तो नवीनतम सफ्टवेयर ल्याएर नेपालमा पहिले नै आफ्नो वर्चस्व कायम गरिसकेको छ। हाल सञ्चालनमा आएको गेटपे बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत भुक्तानी प्रणाली मार्फत भुक्तानी संरचना सरल बनाउने, व्यवसायी व्यवस्थापन गर्ने र नयाँ भुक्तानी माध्यमहरूलाई छोटो समयमा एकीकृत गर्न सक्षम बनाउने प्लेटफर्म हो। व्यवसायीहरूका लागि यो प्लेटफर्मले सबै कारोबारहरूको एकै स्थानबाट अनुगमन गर्ने, सुविधा दिने तथा फरक भुक्तानी प्रणालीहरूलाई एकीकृत प्रणालीमा समायोजन गर्नेछ ।

    आधुनिक प्रविधि मार्फत वास्तविक समयमै कारोबार पूरा गर्ने क्षमताले गेटपेलाई अधिक कार्यकुशल, लागत-प्रभावी र डिजिटल मैत्री साधन बनाएको छ। एकै पटकमा धेरै भुक्तानी माध्यममा गेट्पेको पहुँच स्थापना हुने हुँदा जटिल भुक्तानी प्रणाली सहज हुनेछ। यो प्लेटफर्मले फरक भुक्तानी गर्ने माध्यमहरूलाई लागत-प्रभावी र भरपर्दो च्यानलमार्फत गतिशील रूपमा पठाउने सुविधा प्रदान गर्छ, जसले प्रयोगकर्तालाई छिटो, सजिलो र सहज भुक्तानीको अनुभव प्रदान गर्दछ। यसको नौलो प्रविधि संरचनाले बैंकहरूलाई नयाँ भुक्तानी माध्यमहरु एकीकृत गर्न र बदलिँदो बजारको माग अनुसार सेवा प्रदान गर्न मद्दत गर्दछ।

    माछापुच्छ्रे बैंकले गेटपेलाई आफ्नो दैनिक सञ्चालनमा सफलतापूर्वक समावेश गरिसकेको छ । यस प्लेटफर्मद्वारा बैंकका सम्पूर्ण भुक्तानी प्रणाली सहज गर्ने अभिन्न अंग बनेको छ। माछापुच्छ्रे बैंकको डिजिटल बैंकिङ टिम अनुसार, ‘गेटपेको माध्यमबाट हामीले व्यवसायीसँग सम्बन्धित सम्पूर्ण कारोबार र भुक्तानीहरू एकै ठाउँबाट हेर्न सक्ने सुविधा पाएका छौं, जसले बैंकको कार्यकुशलता अभिवृद्धि गर्नुका साथै ग्राहकलाई प्रदान गरिने सेवा अझ सरल र सबल बनाएको छ।’

    नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रतिनिधि अनुसार यस साझेदारीमा सहभागी हुन पाएकोमा उत्साहित भएको र गेटपेले बलियो एकीकृत भुक्तानी पूर्वाधार निर्माण गरी नेपाललाई अन्तर्राष्ट्रिय फिनटेक बजारमा एउटा कोशे ढुङ्गा साबित गर्न सक्ने विश्वास लिएको जानकारी गराउँछन् ।
    साथै यस कार्यक्रम बारे सिटिटेकका प्रमुख कार्यकारी अधिकृत साजन शर्माले जानकारी गराए , ‘नेपाली बैंकहरूलाई एकीकृत भुक्तानी प्रणालीलाई सशक्त बनाउने नवीनतम प्रविधि प्रदान गर्ने दिशामा ऐतिहासिक नयाँ पाइला चालेका छौ। अबका दिनहरुमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुको भुक्तानी व्यवस्थापन तथा सञ्चालनमा हाम्रो संस्थाको तर्फबाट अझै उलेख्य योगदान हुने विश्वास दिलाउँछौँ ।’

  • एसईई दिएकालाई टेलिकमकाे अफर – २० रुपैयाँमै सिमकार्ड

    एसईई दिएकालाई टेलिकमकाे अफर – २० रुपैयाँमै सिमकार्ड

    काठमाडौं । नेपाल टेलिकमले  २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८१ उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरुलाई रु. २० मा सिमकार्ड उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज (Bonus On Recharge) पनि उपलब्ध हुनेछ । एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुनेछ ।

    उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट उपलब्ध हुनेछ । सिमकार्ड Activate गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफरहरु उपभोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरुले सिमकार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने रु. ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् । यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन-नेट भ्वाइस सेवा, १० वटा अन-नेट एसएमएस र ५०० एमबी डाटा समेत अफर अन्तर्गत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने resource सोही दिनका लागि मात्र कायम रहनेछ ।

    नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र )Admit Card) वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी  परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ।साथै सिमकार्ड Activate गर्नका लागि स्वयंले *1414# डायल गर्नुपर्नेछ । सो पश्चात् अफर प्राप्त गर्नका लागि *1600# डायल गरी निर्देशन Follow गर्नुपर्नेछ :

    • *1600# डायल गर्दा प्राप्त निर्देशन अनुसार SEE Symbol Number (Without Alphabet) टाइप गरी Send गर्ने।
    • Date Of Birth (DOB) टाइप गरी Send गर्ने, (DOB) टाइप गर्दा YYYYMMDD (BS) format (eg: 20610101) मा टाइप गर्नुपर्नेछ।

    यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न  र ५० वटा अन-नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ ।

  • कालिकोटको सदरमुकाम देखि मुगुको सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार 

    कालिकोटको सदरमुकाम देखि मुगुको सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार 

    काठमाडौं । नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक All-dielectric self-supporting (ADSS) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ ।

    देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान एवम् लक्ष्य अन्तर्गत नेपाल टेलिकमले विस्तार गरेको यस सूचना महामार्गले कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको छ।

    Microwave Radio Link मार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट (FTTH) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरुका साथै NtTV ब्रान्डको टेलिभिजन सेवा समेत मिति २०८१/१२/०८ गतेबाट अप्टिकल फाइबर मार्फत सञ्चालनमा ल्याइएको छ । यसलाई नेपालको दूरसञ्चार क्षेत्रमा कोसेढुङ्गाको रुपमा लिन सकिन्छ ।

    सेवा विस्तारसँगै उक्त क्षेत्रका सेवाग्राहीहरुले हाल सञ्चालनमा रहेका सेवाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव गर्नुहुनेछ । यसका साथै दूरसञ्चार सेवाको लागि आवश्यक पर्ने Transmission route को वैकल्पिक मार्ग समेत स्थापना भई अटुट सेवा प्रवाहको प्रत्याभूति हुनेछ।

    नेपाल टेलिकम देशको भौगोलिक चुनौतीलाई आत्मसात् गर्दै हरेक नेपालीलाई दूरसञ्चार सेवाद्वारा जोड्नका लागि सदैव प्रतिबद्ध छ ।

  • सिटी एक्सप्रेसको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

    सिटी एक्सप्रेसको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले काठमाडौं कमलादीस्थित आफ्नै कार्यलय भवनमा  ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

    कोरियाबाट निराजन ढकालले जि मनि ट्रान्स मार्फत यहाँ सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिटान्स पठाउदा ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा’ योजना अन्तर्गत आफुले पठाएको रकमको १८ गुणा गरी रु ७,५४,३६२ जित्न सफल भएका थिए र सोही रकम उन्की आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो ।

    सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत १६२० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप ) , २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टि भी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन ) जित्न सफल भईसकेका छन् ।

    सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । हरेक बर्ष नयाँ नयाँ बिषय वस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस बर्ष भने आर्थिक सम्बृद्धीको बिषय वस्तुमा क्यालेन्डर तयार पारेको छ ।

    सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुत्तानी पनि गर्न सकिन्छ ।

  • ग्लोबल आईएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

    ग्लोबल आईएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सातवटै प्रदेशहरुमा संचालन गरेको हो ।

    बैंकले ग्लोेबल मनि विक २०२५ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा ६ हजार भन्दा बढी विद्यार्थी तथा युवा–युवतीहरुको सहभागिता रहेको थियो ।

    यसका साथै, नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरुले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आईएमई बैंकका कर्मचारीहरु वित्तीय सचेतना अभिवृद्धि व्यानर सहित सहभागि भएका थिए ।

    ग्लोबल आईएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवद्र्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

    कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

    ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक-फरक विधामा सम्मानित भएको छ ।

    ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

    बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

  • सिटिजन्स बैंकका ग्राहकलाई द मल्ल होटलमा विशेष छुट

    सिटिजन्स बैंकका ग्राहकलाई द मल्ल होटलमा विशेष छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लेखनाथ मार्ग, काठमाडौं स्थित द मल्ल होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले द मल्ल होटलमा १५℅ आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअलक्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • एभरेष्ट बैंकले सम्पन्न गर्‍याे ‘ग्लोबल मनी वीक २०२५’ कार्यक्रम

    एभरेष्ट बैंकले सम्पन्न गर्‍याे ‘ग्लोबल मनी वीक २०२५’ कार्यक्रम

    काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरुजस्तै यसवर्ष पनी एभरेष्ट बैंकले मिति २०८१र१२र०४ देखी सप्ताहव्यापी अभियान अन्तर्गत Global Money Week – 2025 को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

    उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहररुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरुबीच वित्तीय साक्षरता सन्देश दिन सफल भएको छ । उक्त कार्यक्रममा केही विद्यार्थीहरुलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराइएको छ ।

    Think before you follow, wise money tomorrow भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

    पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका र देशैभरी १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ ATM छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र SMS बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नयाँ दिल्ली लगाएत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ.।

  • एनसेल एनएसएलको अवसरमा मैत्रिपूर्ण फुटबल खेल आयोजना

    एनसेल एनएसएलको अवसरमा मैत्रिपूर्ण फुटबल खेल आयोजना

    काठमाडौं । एनसेलले यही शनिबार (चैत्र १५)बाट सुरु हुने बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा एक मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ । तीन टिमको सहभागिता रहेको यो मैत्रिपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भएको छ ।

    सेभेन ए साइड फुटबल मैदानमा खेलिएको यस खेलमा पहिलो खेल एनसेल टिम र पुर्व राष्ट्रिय खेलाडी तथा भेटरान फुटबलर अनिल गुरुङको नेतृत्व रहेको कलाकार तथा मोडलहरुको टिमबीच भएको थियो । यसमा एनसेल टिमले अनिल गुरुङको टिमलाई २–१ का साथ १ गोलको अन्तरले हराएको थियो ।

    एनसेल एनएसएलको अवसरमा आयोजित यो प्रतियोगिताको फाइनल खेल नेपाल खेदकुद पत्रकार संघको टिम र एनसेल टिमबीच भएको थियो । यस फाइनल खेलमा नेपाल खेदकुद पत्रकार संघको टिमले २–० ले जित हासिल गरेको थियो ।

    शनिबारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रुपमा आवद्ध रहेको छ । यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    “एनएसएलसँग एनसेलको यो सहकार्यले खेलकुद क्षेत्रको विकासप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ । यो सहकार्य एनसेलको थिम ‘हामी तपाईंकै लागि’मा आधारित छ र सबैले मन पराउने फुटबल खेलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

    एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ । यो साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तरको योगदानलाई स्पष्ट पारेको छ ।

    एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । कम्पनीले फुटबल, क्रिकेट, भलिबल, गल्फलगायतका खेलहरु र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहेर एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि पनि सहयोग गर्दै आएको छ ।

    एनसेल एनएसएल सिजन ३ दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुनेछ । विभिन्न सात क्लबका उत्कृष्ट खेलाडीहरूलाई एकै मञ्चमा ल्याउने यो एक ठूलो फुटबल प्रतियोगिता हो । प्रत्येक सिजनले नेपाली फुटबललाई थप उचाइमा पुर्‍याउँदै यस खेलप्रति झनै गहिरो सम्बन्ध निर्माण गर्न यस प्रतियोगिताले योगदान पु¥याउँदै आईरहेको छ ।

  • हुन्डाईको क्रेटा ईभी र मेड इन नेपाल क्रेटा आईसीई सार्वजनिक

    हुन्डाईको क्रेटा ईभी र मेड इन नेपाल क्रेटा आईसीई सार्वजनिक

    काठमाडौं । लक्ष्मी इन्टरकन्टि नेन्टल प्रा.लि.हुन्डाई गाडीको आधिकारिक वितरक क्रेटा EV र क्रेटा ICE (मेड इन नेपाल) को सार्वजनिक कार्यक्रम २४ मार्च २०२५ मा सोल्टी होटेलमामा सम्पन्न गर्यो। ‘CHOOSE YOUR FUTURE’ को थिमसहित हुन्डाईले नेपालले ग्राहकहरुको आवश्यकता र गतिशीलता अनुसार क्रेटा Electric र ICE दुबै मोडेल उपलब्ध गरेको छ । क्रेटा EV को प्रारम्भिक मूल्य रु. ५१,९६,००० र क्रेटा ICE (मेड इन नेपाल) को प्रारम्भिक मूल्य रु. ५३,९६,००० राखिएको छ । २०२५ मा आयात गरिने ICE मोडलहरूको मूल्यमा तुलना गर्दा ९ लाख सम्म कम रहेको छ । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते यङ को विशेष उपस्थिति रहेको थियो ।

    हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो । गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकवर्गलाई सुहाउने भएकोले १०००० भन्दा धेरै ग्राहकहरुको रोजाइ र यात्रा को साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ ।

    हुन्डाई नेपाल ले ecosystem development मा पनि अगाडि बढ्दै नयाँ पहिचानको चारजिङ नेटवर्क ‘Re-Lax’ मार्फत DC चारजर नेटवर्क निर्माण गरिरहेको छ । जसमा repair shops पनि समाहित हुनेछन्, जसले चारजिङ convenience लाई अझ प्रभावकारी बनाउनेछ । साथै, ब्याट्री recycling र residual value management को लागि Attero India सँग सहकार्य गर्दै sustainability मा ध्यान दिइएको छ, जसको फाइदा ग्राहकले पाउनेछन् ।

    क्रेटा EV का मुख्य विशेषताहरू

    • २००mm ground clearance र १७ डिग्री भन्दा बढी breakover angle (segment मा सबैभन्दा उच्च ), जसले mild off-road मा सहज ड्राइभिङ अनुभव प्रदान गर्छ ।
    • ११kW AC charging—(segment मा मात्र उपलब्ध) जसले household wall-mounted charger बाट मात्र ४ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
    • Spare tire availability, जब कि धेरै प्रतिस्पर्धी ब्रान्डहरूले केवल repair kit मात्र उपलब्ध गराउँछन्।
    • Advanced safety features, जस्तै ADAS, ६ airbags, र360 degree camera, जसले अधिकतम safety र convenience सुनिश्चित गर्दछ ।                                                                                                                                                                                                हुन्डाई नेपाल ले क्रेटा EV का लागि ८ वर्षको ब्याट्री वारेन्टी र क्रेटा ICE का लागि ३ वर्षको vehicle वारेन्टी उपलब्ध गराउँदै ग्राहकलाई long-term reliability प्रदान गर्नेछ । बिगत एक दशक भन्दा बढी समय देखि नेपालमा हुन्डाई गाडीहरु उपलब्ध गराईरहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले उत्कृष्ट सेवा र ग्राहक को सन्तुष्टिलाई प्राथमिकता राखदै आएको छ । प्रिमियम तथा गुणस्तरीय सवारी, उच्च रीसेल भ्यालु र उत्कृष्ट बिक्री पछी को सेवा ले गर्दा नै हुन्डाई नेपाली उपभोक्ताहरूको शीर्ष रोजाईमा रहदै आएको छ ।
  • कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित

    कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित

    काठमाडौं । भिसाले सञ्चालन गरेको ‘Dashain Campaign 2024’ अन्तर्गत कुमारी बैंकका ग्राहकहरु मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरी विजेता बन्न सफल भएका छन् । त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता भएका छन् ।
     भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा विजेता छानिएको थियो । विजेताहरूले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन् ।
    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ । बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
  • नौ लाख सस्तोमा आयो हुन्डाईको क्रेटा (भिडिओ)

    नौ लाख सस्तोमा आयो हुन्डाईको क्रेटा (भिडिओ)

    काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी र क्रेटा आइसीइ (मेड इन नेपाल) सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

    ‘चुज युओर थीम’सहित हुन्डाईले नेपालले ग्राहकहरूको आवश्यकता र गतिशीलता अनुसार क्रेटा इलेक्ट्रिक र आइसीई दुबै मोडेल उपलब्ध गरेको छ । क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार रुपैयाँ र क्रेटा आइसीइ (मेड इन नेपाल) को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार रुपैयाँ राखिएको छ ।

    कम्पनीको सेल्स हेड दिवाकर रेग्मीका अनुसार २०२५ मा आयात गरिने आईसीइ मोडलहरूको मूल्यमा तुलना गर्दा ९ लाखसम्म कम रहेको छ । हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो ।

    गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मजाले गुड्न सक्ने र प्राय हरेक उमेरका ग्राहकलाई सुहाउने भएकोले १० हजारभन्दा धेरै ग्राहकहरूको रोजाइ र यात्राको साथी बन्न मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ ।

    क्रेटा इभीका मुख्य विशेषताहरूमा २०० एमएम ग्राउण्ड क्लियरेन्स र १७ डिग्रीभन्दा बढी ब्रेकओभर एंगल (सेग्मेन्ट मा सबैभन्दा उच्च) छ । जसले सहज ड्राइभिङ अनुभव प्रदान गर्छ । हुन्डाई नेपालले क्रेटा ईभीका लागि ८ वर्षको ब्याट्री वारेन्टी र क्रेटा आईसीईका लागि ३ वर्षको भेहिकल वारेन्टी उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

  • सिजी मोटर्सले नेपाली बजारमा ल्यायो इलेक्ट्रिक पिकअप ‘रिडारा’, मूल्य कति पर्छ ? 

    सिजी मोटर्सले नेपाली बजारमा ल्यायो इलेक्ट्रिक पिकअप ‘रिडारा’, मूल्य कति पर्छ ? 

    काठमाडौं । नेपालको पहिला शतप्रतिशत विद्युतीय पिकअप ‘रिडारा’ नेपाली बजारमा सार्वजनिक गरिएको छ । सोमबार एक कार्यक्रममा आयोजना गर्दै उक्त पिकअप सार्वजनिक गरिएको हो ।

    नेपालमा ‘रिडारा’ को आधिकारिक वितरक सिजी मोटर्स रहेको छ । यससँगै सिजी मोटर्सले नेपालको दिगो तथा विद्युतीय यातायातको दिशामा ऐतिहासिक कदम रहेको दाबी गरेको छ । अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको ‘रिडारा’ले ईभी पिकअप सेग्मेन्टमा नयाँस्तर स्थापित गर्ने कम्पनीले जनाएको छ ।

    ‘रिडारा’मा ४२४ किलोमिटरको उत्कृष्ट रेञ्ज,  र ७३ किलोवाट क्षमताको ब्याट्रि रहेको छ । जुन कार्यक्षमता र वातावरणमैत्री प्रविधिको अद्वितीय संयोजन हो । नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै ‘रिडारा’  मा ७ फरक–फरक ड्राइभिङ मोडहरू उपलब्ध छन् । जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ ।

    ‘रिडारा’ अहिले प्रारम्भिक मूल्य ७९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ । जसले यसको उत्कृष्ट विशेषताहरू र वातावरणमैत्री प्रविधिलाई अझ मूल्यवान बनाउनले कम्पनीले जनाएको छ ।

  • सिटिजन्स बैंकको अगुवाइमा नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजनामा वित्त व्यवस्थापन

    सिटिजन्स बैंकको अगुवाइमा नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजनामा वित्त व्यवस्थापन

    काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा माछापुच्छ्रे बैंकसहित दुई बैंकले ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना आउने भएको छ ।

    प्रवर्द्धक कम्पनी उपाय वयरहाउजिङ प्रालि एवं लगानीकर्ता बैंकहरुबीच आइतबार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा व्यवस्थापन भएको छ । उक्त परियोजना बाग्मती प्रदेशको काभ्रेस्थित बनेपा नगरपालिकाको नासिकास्थान सांगामा निर्माण हुनेछ ।

    परियोजनाको अनुमानित लागत करिब रु. १ अर्ब २० करोड ७ लाखमध्ये बैंकहरुले ८५ करोड बराबरको आवधिक कर्जा (निर्माण अवधिको ब्याजबाहेक) बढीमा ८०ः२० को ऋण स्वपुँजी रहने गरी लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंकबाट ६० करोड (आवधिक कर्जा रु. ५० करोड, बैंक ग्यारेन्टी सुविधा रु ५ करोड र क्यास क्रेडिड कर्जा रु ५ करोड) र माछापुच्छ्रे बैंकबाट रु. ३५ करोड (आवधिक कर्जा) लगानी हुनेछ ।

    बाँकी स्वपुँजी प्रवर्द्धकहरुबाट जुटाइनेछ । परियोजना आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरी भण्डारण सेवा प्रदान गर्ने लक्ष्य राखिएकोे छ ।

    सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्सले स्थापनाकालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाइ, सहअगुवाइ तथा अन्य बैंकहरुसँगको सहवित्तीयकरण कर्जामार्फत जलविद्युत, हरित ऊर्जा, अस्पताल, उत्पादन तथा अन्य क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको जानकारी दिए ।

    प्रवर्द्धक कम्पनी उपाय वयरहाउजिङ प्रालिका अध्यक्ष सुमन रायमाझीले आगामी दुई वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी तेस्रो पक्ष भण्डारण सेवा, प्याकेजिङ सेवा, कार्यालय सामग्रीको आपूर्ति तथा प्रबन्ध सेवा, लेबलिङ सेवा, ढुवानी सेवा तथा अन्य सम्पूर्ण सेवा प्रदान गरिने बताए ।

    विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि पाउन सफल बैंकले केही समयअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ ।

    सिटिजन्स बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

  • सकियो लक्ष्मी ल्युब आयलको च्यानल मिट

    सकियो लक्ष्मी ल्युब आयलको च्यानल मिट

    काठमाडौं । टोटल इनर्जिजको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ल्युब आयल प्रालिले आफ्नो रिटेलर मिट २०२५ सफलतापूर्वक सम्पन्न गरेको छ ।

    टोटल इनर्जिज इन्डियाका प्रमुख कार्यकारी अधिकृत विकेन नजारियनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका वरिष्ठ प्रबन्धक (निर्यात) पर्बिनकुमार, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, कार्यकारी निर्देशक निराकर श्रेष्ठ, निर्देशकहरु अनुकूल श्रेष्ठ, सुलभ श्रेष्ठ, अनुभव श्रेष्ठ र सेल्स हेड सुबोध थापालगायतको उपस्थिति थियो ।

    नेपालमा टोटल इनर्जिज ब्रान्डको विकासका लागि नयाँ योजना, रणनीति र प्रगतिका बारेमा जानकारी गराउँदै डिलर र रिटेलरहरुसँगको सम्बन्धलाई सुदृढ बनाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको लक्ष्मी ल्युबले जनाएको छ । कम्पनीका अनुसार देशभरका २०० भन्दा बढी डिलर र रिटेलरहरु सहभागी उक्त कार्यक्रम लक्ष्मी ल्युब आयलको हालसम्मकै सबैभन्दा ठूलो डिलर कार्यक्रम हो ।

    कार्यक्रमको शुभारम्भ गर्दै लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले व्यवसायको सफलतामा डिलर तथा रिटेलरहरुको महत्वपूर्ण भूमिका रहने धारणा राख्दै टोटल इनर्जिजसँगको सहकार्यलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

    टोटल इनर्जिज मार्केटिङ इन्डियाका प्रमखु कार्यकारी अधिकृत विकेन नजारियनले टोटल इनर्जिजलाई विश्वको चौथो ठूलो लुब्रिकेन्ट कम्पनी बनाउने प्रमुख आधारबारे जानकारी गराए ।

    उनले कम्पनीको नवीनता, गुणस्तर र पर्यावरणीय उत्तरदायित्वप्रतिको अटल प्रतिबद्धताको चर्चा गर्दै ग्राहकहरुलाई कसरी अत्याधुनिक प्रविधि र दिगो प्रयोगको माध्यमबाट उत्कृष्ट उत्पादनहरु प्रदान गरिरहेकोबारे प्रकाश पारे ।

    पर्बिनकुमार र सुबोध थापाले २०२४ मा भएका विविध गतिविधि तथा नेपालमा बजार विस्तारको योजना र रणनीतिका बारेमा प्रस्तुति दिएको कार्यक्रममा २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने साझेदारहरुलाई सम्मान गरिएको थियो ।

    काठमाडौं जोरपाटीस्थित शंकर यमुना अटो पार्ट्सलाई गत वर्षको उत्कृष्ट डिलरको अवार्ड प्रदान गरिएको थियो । चन्द्रागिरीस्थित चन्द्रागिरी अटो क्लिनिकले उत्कृष्ट रिटेलर र किसान ट्रेडिङ कन्सर्नले उत्कृष्ट ओईएम/फ्लिट अवार्ड हात पारे । उनीहरुलाई लक्ष्मी ग्रुपका अध्यक्षलगायतले अवार्ड हस्तान्तरण गरे ।

    कार्यक्रमा सहभागी सम्पूर्ण डिलर तथा रिटेलरहरुलाई उनीहरुले ब्रान्डको प्रवर्द्धन गर्न निरन्तर गरेको योगदानस्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम अवधिभर उनीहरुले लक्ष्मी ल्युब आयलसँगको सहकार्यका अनुभवहरु साझा गर्दै कम्पनीको समर्थन, समयमै आपूर्ति र उत्पादनको गुणस्तरप्रतिको प्रतिबद्धताबारे छलफल गरे ।

  • श्री केश बन्यो औषधि व्यवस्था विभागमा सूचीकृत हुने पहिलो हेयर ओएल

    श्री केश बन्यो औषधि व्यवस्था विभागमा सूचीकृत हुने पहिलो हेयर ओएल

    काठमाडौं । श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधि व्यवस्था विभागमा सूचीकृत भएको छ ।

    सप्तऋषि ओएल एन्ड कस्मेटिक्स इन्डस्ट्रीद्वारा उत्पादित श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल आधिकारिक रुपमा औषधि व्यवस्था विभागमा सूचीकृत भएको हो ।

    श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएलले विभागमा आवश्यक सर्त पुरा गरेर सूचिकृत हुनका लागि निवेदन दिएको थियो । उक्त निवेदनलाई आयोगको फागुन २५ गते बसेको बैठकले आयोगमा दर्ता गरेको हो ।

    यो सँगै श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधी व्यवस्थापन विभागमा दर्ता हुने पहिलो हेयर ओएल बनेको छ ।

    २०८१ असार २३ गतेको विभागीय निर्णयअनुसार गत साउन १७ गते औषधि व्यवस्था विभागले जडीबुटीजन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगको लागि प्रचलनमा रहेका उत्पादनहरूको सूचिकृत हुनका लागि सूचना जारी गरेको थियो । सोही अनुसार श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल विभागमा सूचिकृत भएको हो ।

    श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल मात्रै होइन, अब नेपालमा बनेका जडीबुटीजन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगका लागि प्रचलनमा रहेका उत्पादनहरू अनिवार्य रुपमा औषधि व्यवस्था विभागमा दर्ता हुनु पर्नेछ ।

    विभागमा दर्ता हुन आउने कुनै पनि जडीबुटीजन्य सुगन्धित तेलहरूले उत्पादन गर्ने वस्तुको फर्मुला वा कम्पोजिसनको आधार पेस गर्नुपर्ने विभागले मापदण्ड तोकेको छ ।

    यसका साथै मूल्य घोषणा पेस गर्नुपर्ने र उत्पादनले जनस्वास्थ्यमा हानी, नोक्सानी नहुने प्रत्याभूति सहितको कबुलियतनामा पेस गर्नु पर्ने लगायतका न्यूनतम मापदण्डहरू पनि पुरा गर्नुपर्ने विभागले जनाएको छ ।

    बजारमा विना मापदण्डका जडीबुटीजन्य सुगन्धित तेलहरू भन्दै बिक्री वितरण गरेपछि सरकारले यसको नियमन र नियन्त्रणका लागि मापदण्ड नै बनाएको हो । विभागले अव्यवस्थित बजारलाई व्यवस्थापन र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएको छ ।

    नेपालमा पछिल्लो केही वर्षदेखि सप्तऋषि ओएल एन्ड कस्मेटिक्स इन्डस्ट्रीले विभिन्न आयुर्वेदिक सामाग्रीहरू उत्पादन गरिरहेको छ । मानव स्वास्थ्यमा हानी नपुग्ने जडीबुटीजन्य उत्पादनलाई यस कम्पनीले प्राथमिकता दिएको छ ।

    छोटो समयमै देश विदेशमा श्री केशले आफ्नो ब्रान्ड स्थापित गराइसकेको छ । नेपालमा मात्रै नभएर विदेशमा पनि सप्तऋषि ओएल एन्ड कस्मेटिक्स इन्डस्ट्रीले उत्पादन गरेको श्री केश हेयर ओएलको माग बढ्दो छ ।

    नेपालमै आफ्नो कम्पनी स्थापना गरेर नेपालकै जडीबुटीको प्रयोग गरेर बनाइएका श्री केशका विभिन्न उत्पादन सेवाग्राहीको पहिलो रोजाइमा पर्ने गरेका छन् ।

    यति मात्रै होइन, सप्तऋषि ओएल एन्ड कस्मेटिक्स इन्डस्ट्रीले नेपालमा आफ्नो कम्पनी विस्तार गरेसँगै सयौँलाई रोजगारी पनि दिएको छ ।

  • नयाँ स्मार्टफोन ‘आइटेल  ए ८०’ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता  

    नयाँ स्मार्टफोन ‘आइटेल  ए ८०’ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता  

    काठमाडौं । आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ। ‘क्या दामी छ !’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हर्ट्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरू छन्।

    आइटेल ए ८० लाई विशेष गरी विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरूको आवश्यकता अनुसार डिजाइन गरिएको बताइएको छ। फोनमा ६.७ इन्चको एचडीं डट(इन डिस्प्ले छ । जसले उत्कृष्ट भिजुअल अनुभव प्रदान गर्छ। ५००० एमएएच ब्याट्री ले लामो समय टिक्ने क्षमता दिन्छ। यूनिसोक टी ६०३ अक्टाकोर प्रोसेसर सहित ८ जीबी र्याम (४ जीबी ४ जीबी मेमोरी फ्युजन) र १२८ जीबी स्टोरेज रहेकोले सहज रूपमा मल्टिटास्किङ गर्न सकिन्छ।

    फोटोग्राफीका लागि १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा उपलब्ध छन्। साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र फेस अनलक जस्ता सुरक्षा सुविधाहरू पनि छन्। यसमा फोरजी भिओएलटीई, जिपिएस, वाइफाइ २.४, ब्लुटुथ ५, एफएम र टाइपसी कनेक्टिभिटी रहेका छन्। फोन एन्ड्रोइड १४ गो एडिसन मा सञ्चालन हुन्छ, जसले नयाँ अनुभव प्रदान गर्छ।

    आइटेल ए ८० स्यान्डस्टोन ब्ल्याक, ग्लेशियर ह्वाइट र वेभ ब्लू गरी तीन रङ्गमा उपलब्ध छ। कम्पनीले फोनमा १०० दिनको रिप्लेसमेन्ट वारेन्टी पनि प्रदान गर्ने जनाएको छ। नेपालभरका ५० भन्दा बढी सेवा केन्द्रहरू मार्फत उपलब्ध हुने आइटेल ए ८० को मूल्य १२ हजार ९९० रुपैयाँ तोकिएको छ।

     

  • एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’- भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक

    एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’- भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक

    काठमाडौं । आफ्ना ग्राहकहरुका आवश्यकता पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने एनसेलले ‘सधैं अन १७९९ रोमिङ’ प्याक ल्याएको छ । एनसेलका अनुसार यो एक सम्पूर्ण प्याकेज हो, जसले नेपालभर निर्बाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्दछ ।

    २८ दिनसम्म मान्य रहने यस प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल-नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड यूट्युब, बीमा सुविधा र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन्, जसले यात्रुलाई चिन्तामुक्त यात्राको अनुभव लिन मद्दत गर्ने एनसेलले विश्वास गरेको छ । यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान विनाकुनै अवरोध र अतिरिक्त खर्च निर्वाध रुपमा सेवा उपलब्ध हुनेछ ।

    भारत भ्रमणका बेलामा ग्राहकहरुले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्नेछन् । यसबाहेक यस प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा रु. १ लाखसम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेटेको छ ।

    करसहित रु. १ हजार ७९९ शुल्क रहेको यो वान टाइम प्याकले सधैं अनका सेवा, सुविधाहरु, रोमिङ सेवा र बीमा सुविधासहितको ग्राहकलाई आवश्यक सञ्चार सेवा र बीमासहितको सुरक्षा प्रदान गर्ने एनसेलले जनाएको छ ।

    कम्पनीका अनुसार ग्राहकहरूले एस्ट्रिक १२३ एस्ट्रिक ७ एस्ट्रिक ६ ह्यास डायल गरेर सहजै यो प्याक लिन गर्न सक्नेछन् ।

    ‘हामी विशेष गरी प्रायः यात्रा गर्ने हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न प्रतिबद्ध छौं । ‘सधैं अन रोमिङ’ प्याक प्रशस्त डेटा, अनलिमिटेड कल र मनोरञ्जनका लागि विकल्पहरूसहित उनीहरूका सम्पूर्ण सञ्चारको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ’, एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।

    यो सधैं अन रोमिङ सुविधासँगै एनसेलले भारतमा भ्रमण गरी राख्नुपर्ने ग्राहकहरूका लागि उनीहरुको भ्रमणका बेला कनेक्टिभिटीको अनुभवलाई अझ प्रभावकारी बनाउने उद्देश्य राखेको छ । देशभित्रै प्रयोग गर्न उच्च परिमाणका सेवा, सुविधाहरुका साथै थप रोमिङ सुविधासँग समायोजन गरी एनसेलले विदेश यात्रामा पनि सधैं अन रहन र सम्पर्कमा रही रहन सहज बनाउनेछ ।

  • प्रोटोनको विद्युतीय गाडी ‘ई.एमएएस७’ नेपाली बजारमा सार्वजनिक

    प्रोटोनको विद्युतीय गाडी ‘ई.एमएएस७’ नेपाली बजारमा सार्वजनिक

    काठमाडौं । प्रोटोनले विद्युतीय सवारी साधन प्रोटोन ‘ई.एमएएस७’ लाई नेपालमा आधिकारिकरूपमा सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त सावरीसाधन नेपाली बजार भित्रिएको जानकारी गराइएको हो ।

    कम्पनीका अनुसार यो नवप्रवर्तनकारी मोडेलले हरियो र स्मार्ट मोबिलिटीको नयाँ युगको प्रतिनिधित्व गर्दछ । जुन नेपालमा वातावरणमैत्री यातायात समाधानहरूको बढ्दो माग पूरा गर्न तयार छ ।

    प्रोटोन ‘ई.एमएएस७’ दुई भेरियन्ट प्राइम र प्रिमियममा सार्वजनिक गरिएको छ । जसको मूल्य ५६ लाख ९९ हजार देखि सुरु हुन्छ । यो सवारी साधन छ वटा आकर्षक रङ्गमा उपलब्ध छ । जसले ग्राहकहरूलाई आफ्नै शैली अनुसार छनोट गर्ने विकल्प प्रदान गर्छ ।

    प्रोटोन ‘ई.एमएएस७’ दुई ट्रिम लेभलहरू प्राइम र प्रिमियममा उपलब्ध छ र पाँच रङ्गहरूमा आउँछ । प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट छन् । उद्घाटन समारोहमा जगदम्बा मोटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गरिने बताए ।

    नेपालका लागि प्रोटोनको स्थानीय वितरक जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सेवा केन्द्र नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ्ग स्टेशन पूर्वाधार विकासमा पनि लगानी गर्ने कम्पनीले जनाएको छ ।

     

  • सानिमा रिलायन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न

    सानिमा रिलायन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०८०/०८१ को आठौं वार्षिक साधारण सभा मिति २०८१ चैत्र ८ शुक्रबार अनमोल बैंक्वेट, नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षज्यूले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गरी सम्पन्न गरिएको छ ।

    कम्पनीको आठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. ०८०/८१ वार्षिक प्रतिवेदन सहित सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि को आ.व. ०८०/८१ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.४,९५,३०,६५,२२४।– (अक्षरेपी चार अर्ब पन्चानब्बे करोड तीस लाख पैंसाठी हजार दुई सय चौबीस मात्र) को ८ प्रतिशतका दरले हुने रकम रु.३९,६२,४५,२१८।– (अक्षरेपी उनन्चालिस करोड बैसाठी लाख पैंतालिस हजार दुई सय अठार मात्र) बराबरको नगद लाभाशं (बोनस शेयर तथा नगद लाभाशंमा लाग्ने कर सहित) वितरण गर्ने साथै विद्यमान चुक्ता पूँजीको १.२४८९ प्रतिशतका दरले हुने रकम रु.६,१८,५८,८३२।– (अक्षरेपी छ करोड अठार लाख अन्ठाउन्न हजार आठ सय बत्तीस मात्र) बराबरको बोनस शेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गरेको छ ।

    बोनस शेयर तथा नगद लाभाश वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरि रु.५,०१,४९,२४,०५६।– (अक्षरेपी पाँच अर्ब एक करोड उनन्चास लाख चौबीस हजार छपन्न) पु¥याउने र सोहि बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसैगरी आ.व ०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ । यसै गरीे कम्पनीका रजिष्टर्ड कार्यालय का.जि.का.म.न.पा.१०, नयाँ बानेश्वरबाट परिवर्तन गरि का.जि.का.म.न.पा. ०१, नक्साल, काठमाण्डौं कायम गरि सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

    मन्तव्यकै क्रममा कम्पनीका अध्यक्षले यस कम्पनिको मूल्य मान्यता एवंम अवलम्बन गरिएको कुशल व्यवसायीक नीति संस्थागत सुशासनको सफल कार्यान्वयन तथा कम्पनिमा कार्यरत दक्ष जनशक्तिको कार्यदक्षताले सर्वसाधारण सेवाग्राही बीच आफ्नो पृथक पहिचान स्थापित गर्न हामी प्रतिबद्ध रहेको जानकारी गराए ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीले गुणस्तरीय तथा विश्वसनीय व्यवसायको सम्पूर्ण परिसुचकहरुमा निरन्तर वृद्धि गरी आएको छ र आगामी वर्षहरुमा पनि यस कम्पनीलाई गुणस्तरीय तथा दिर्घकालिन व्यवसाय मार्पmत जीवन बीमाक्षेत्रमा अलग पहिचान दिलाउने अथक प्रयास रहेको जानकारी गराए । मर्जरमा आएका चुनौतिहरुलाई धैर्यतापूर्वक व्यवस्थापन गर्दै कम्पनीलाई एक सबल, सक्षम कम्पनीको रुपमा सञ्चालन गर्दै आइरहेको व्यहोरा उल्लेख गरे ।

    कम्पनीको आठौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण शेयरधनी महानुभावहरु, उपस्थित अतिथीगण तथा सम्पूर्ण नियमनकारी निकायहरु कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल बीमा प्राधिकरण, धितोपत्र बोर्ड लगायतलाई धन्यवाद ज्ञापन गरी सभाध्यक्षबाट साधारण सभा समापन भएको छ ।

  • ग्लोबल आईएमई बैंक र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता, ग्लोबलका ग्राहकलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट

    ग्लोबल आईएमई बैंक र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता, ग्लोबलका ग्राहकलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच ग्लोबल आईएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

    उक्त समझदारीमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गरेका हुन् ।
    सहमति अनुसार अस्पतालले बैंकका डेबिट÷क्रेडिट कार्ड एव्म बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्ताहरुलाई अस्पतालको सेवा तथा औषधी उपचारमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेेछ ।

    अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओ.पी.डी. र अपरेशन लगायतका सेवाहरुमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । यस साझेदारी पश्चात् ग्लोबल आइएमई बैंकका ग्राहकहरुले गुणस्तरीय स्वास्थ्य सेवा सुबिधाहरु उचित दरमा प्राप्त गर्ने र अस्पतालले स्वास्थ्य सेवा तथा सुविधाहरु विस्तार गर्न यस सहकार्यले सहयोग पुग्ने अध्यक्ष पोखरेलले बताए ।

    पोखरेलले यो पहलले पहँुचयोग्य स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरा समेत स्पष्ट पारे । यसैगरी, ग्लोबल आईएमई बैंकका लुम्बिनी प्रदेश प्र्रमुख शान्ता शिवाकोटीले लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालसँगको साझेदारीले बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने र बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाको प्रयोगकर्ता वृद्वि हुने विश्वास व्यक्त गरे ।

    ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका विभिन्न समयसान्दर्भिक छुट योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

    ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क÷वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    ग्लोबल आईएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ५० लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

  • नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

    नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

    काठमाडौं । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन् । भाग्यशाली विजेताहरुले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेसनलले बैंकलाई जनाएको छ ।

    बैंकले एक कार्यक्रमको आयोजना गरी पाँच विजेताहरुलाई सम्मान तथा उपहार वितरण गरेको थियो । कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, वरिष्ठ डेपुटी सिइओ मनोजकुमार ज्ञवाली, डेपुटी सिइओ भुपेन्द्र पाण्डे, रिटेल कारोबार प्रमुख निरज शर्माका साथ भिसा कार्ड प्रतिनिधि आशीष चक्रवर्ती लगायतको उपस्थिति थियो ।

    नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । बैंकले आधुनिक बैंकिङ युगको सुरुआत गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ आफ्नो व्यवसाय केन्द्रित गर्दै आएको छ ।

  • सिटिजन्स बैंकको २००औं शाखा खोटाङको दिक्तेलमा

    सिटिजन्स बैंकको २००औं शाखा खोटाङको दिक्तेलमा

    काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप एक नयाँ शाखा कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेल स्थित रुपाकोट मझुवागढी नगरपालिका वार्ड १ मा सञ्चालनमा ल्याएको छ । यो संगै बैंकको २०० वटा शाखाहरु सञ्चालनमा आएका छन् । नयाँ शाखाको सञ्चालन सँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरुको संख्या २८ पुगेको छ । आज मिति २०८१ गते उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोबारको सुरुवात गरिएको छ ।

    कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलज्यूले ग्राहकहरूलाई उत्कृष्ट सेवा सुविधा पुर्‍याउने क्रममा खोटाङ दिक्तेलमा नयाँ शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने कुरा व्यक्त गरे । समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

    सुविधा सम्पन्न यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । डी-म्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ ।

    नयाँ शाखा शुभारम्भ भएको दिनमानै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वार्ड ९ मा सञ्चालनमा रहेको श्री महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्पयूटर र प्रिन्टर सहयोग उपलब्ध गराएको छ । विद्यालयमा आयोजित कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सो सामाग्री हस्तान्तरण गरे । समारोहलाई सम्बोधन गर्दै उनले बैंकको यो सानो सहयोगले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।

    विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोन पे क्रेडिट कार्ड”९भर्चुअल क्रेडिट कार्ड० सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुविधा पनि  ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • ‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफएसीको मुख्य प्रायोजक

    ‘माई सेकेन्ड टिचर नेपाल’ बन्यो नेपाल सुपर लिग क्लब धनगढी एफएसीको मुख्य प्रायोजक

    काठमाडौं। नेपालको प्रसिद्ध डिजिटल लर्निङ प्लेटफर्म ‘माई सेकेन्ड टिचर नेपाल’ आगामी चैत १६ देखि वैशाख १३ सम्म हुने फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजन, २०२५’ का लागि धनगढी एफसीको मुख्य प्रायोजक बनेको छ ।

    बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा यसबारे सम्झौता गरिएको हो । सम्झौतामा माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराई र धनगढी एफसीका अध्यक्ष सुवास शाहीले हस्ताक्षर गरे । यस प्रायोजनमार्फत माईसेकेन्ड टिचर नेपालले शिक्षा र खेलकुदलाई सशक्त रूपमा जोड्ने लक्ष्य राखेको छ।

    सहकार्यबारे जानकारी दिँदै माईसेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले आगामी नेपाल सुपर लिगमा धनगढी एफसीसँग सहकार्यले, नेपालको शिक्षा सँगसँगै खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । ‘माई सेकेन्ड टिचर नपालले प्रविधिको माध्यमबाट नेपालले शिक्षाको रूपान्तरणमा कार्य गर्दै आएको छ ।’ भट्टराईले भने,‘यो सहकार्य प्रविधि र नवप्रवर्तनसहितको शिक्षालाई खेलकुदसँग जोड्ने महत्त्वपूर्ण कदम हो ।’

    यसैगरी धनगढी एफसीका अध्यक्ष सुवास शाहीले माईसेकेन्ड टिचरसँगको सहकार्यप्रति खुसी व्यक्त गर्दै यस सहकार्यले शिक्षालाई खेलकुदसँग जोड्ने नयाँ सम्भावनाको उजागार गरेको विचार व्यक्त गरे । यसबाट फुटबलको व्यवसायीकरणमा सहयोग पुग्ने विश्वास शाहीको छ ।

    माई सेकेन्ड टिचर नेपाल र धनगढी एफसीबिच आगामी दिनमा ग्रासरुटदेखि राष्ट्रिय स्तरसम्म शिक्षा र खेलकुदको विकासमा सहकार्य गरेर अगाडि बढ्ने समझदारी पनि भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

    के हाे  माई सेकेन्ड टिचर?

    माई सेकेन्ड टिचर नेपालको शिक्षा क्षेत्रमा रूपान्तरण ल्याउने उद्देश्यले काम गरिरहेको अनलाइन शिक्षण तथा सिकाइसम्बन्धी प्लेटफर्म हो ।

    माई सेकेन्ड टिचर नेपालमा विभिन्न विषयका समसामयिक अवधारणा, पाठ्यक्रमका विषयवस्तु र दैनिक जीवनका अनुभवहरूलाई शिक्षण पद्धतिसँग जोड्ने शिक्षक विद्यार्थीको रोचक संवादमा आधारित अन्तर्क्रियात्मक भिडियो, ई-बुक लगायतका सिकाइ सामग्रीहरू, प्रत्येक विद्यार्थीको सही मूल्याङ्कन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइगोनोस्टिक रिपोर्ट, जुनसुकै समयमा आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपर जस्ता थुप्रै विशेषताहरू रहेका छन् ।

     

  • सामसङले ल्यायो ग्यालेक्सी स्मार्टफोनको पहिलो पटक प्रि-अर्डर, यस्ता छन् अफरहरू

    सामसङले ल्यायो ग्यालेक्सी स्मार्टफोनको पहिलो पटक प्रि-अर्डर, यस्ता छन् अफरहरू

    काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी A56 5G स्मार्टफोनको प्रि-अर्डर घोषणा गरेको छ। आगामी २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल), उपभोक्ताहरूले नयाँ ग्यालेक्सी A56 5G प्रि-अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नेछन् ।

    ग्यालेक्सी A56 5G ले पहिलो पटक ‘Awesome Intelligence’ सहितको AI अनुभव ल्याएको छ। One UI 7 द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली AI टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्‍याएको छ। साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्दछ।

    सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने “ग्यालेक्सी A श्रृंखलामा सामेल भएको नयाँ Awesome Intelligence ले हाम्रो ‘AI for All’ अभियानलाई अझ मजबुत बनाउँदैछ। हामी सबै प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो अनुभवका साथ रचनात्मकतामा नयाँ सम्भावनाहरू खुला गर्न पाउँदा उत्साहित छौं।”

    विशेष प्रि-अर्डर अफरहरू:

    • NPR 2,000 तिरेर ग्यालेक्सी A56 5G प्रि-अर्डर गर्न सकिनेछ।
    • प्रि-अर्डर गर्ने ग्राहकहरूले NPR 7,999 मूल्य पर्ने ग्यालेक्सी Fit 3, केवल NPR 3,999 मा प्राप्त गर्ने अवसर पाउनेछन्।
    • उपलब्ध भेरियन्टहरू:
      • 12GB RAM + 256GB स्टोरेज – MRP: NPR 70,999
      • 8GB RAM + 256GB स्टोरेज – MRP: NPR 65,999
    • रंगहरू: Awesome Graphite, Awesome Light Gray र Awesome Olive

    साथै, ‘SabkoPhone’ र ‘ArkoStore’ मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी A56 5G मा अपग्रेड गर्ने सुविधा पनि उपलब्ध छ।

    EMI सुविधा:

    सामसङ InstaFinance सेवा अन्तर्गत Hulas Finserve Higher Purchase Ltd. मार्फत देशभरका आधिकारिक सामसङ स्टोरहरूमा 0% ब्याजदरमा सजिलो EMI योजनामा पनि उपलब्ध छ । प्रक्रियाका लागि केवल नागरिकता प्रमाणपत्रको आवश्यकता पर्नेछ ।

    बजारमा उपलब्धता:

    ग्यालेक्सी A56 5G को बजार उपलब्धता २४ मार्च २०२५ बाट सुरु हुनेछ। अब ढिला नगरी प्रि-अर्डर गर्नुहोस् र विशेष अफरको फाइदा लिनुहोस्।

    थप जानकारीका लागि सम्पर्क राख्नुहोला ।

  • नेपाल बैंकको वार्षिक साधारण सभा सम्पन्न

    नेपाल बैंकको वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीको अध्यक्षतामा बैंकको ६५औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गर्दै सम्पन्न भएको हो ।

    त्यस्तै, सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न तीनजना चाटर्ड एकाउन्टेन्टहरू प्रदीपकुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गरेको छ ।

    बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका भने उच्च अदालत पाटनको चैत ५ गतेको अल्पकालीन अन्तरिम आदेशबाट रोकिएको छ ।

  • जेडटीई पुनः नेपाली बजारमा प्रवेश गर्दै

    जेडटीई पुनः नेपाली बजारमा प्रवेश गर्दै

    काठमाडौँ । ग्लोबल टेक जायन्ट जेडटीई नेपालमा पुनः प्रवेश गर्ने तयारी गर्दैछ । अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्स भएका स्मार्टफोनहरूको साथ जेडटीई नेपालमा आउने तयारी गरिरहेको हो ।

    कम्पनीले बजार व्यवस्थापनको लागि शंकर ग्रुपसँग सहकार्य गर्दै आधिकारिक वितरकको रुपमा पनि शंकर ग्रुपलाई नियुक्त गरेको छ ।

    जेडटीई कम्पनीले सन् २००५ मा नेपाल टेलिकमसँग मिलेर नेपालमा नै पहिलो पटक मोबाइल डाटा सेवा ल्याई इतिहास रचिसकेको छ । कम्पनीले सन् २०१६ मा ब्लेड एस् सिक्स, ब्लेड डि टु र ब्लेड डि थ्री जस्ता बजेट–फ्रेन्डली स्मार्टफोनहरूमार्फत नेपाली टेक प्रेमीहरूको मन जित्न सफल भएको थियो ।

    यस पटक जेडटीई ब्लेड र जेडटिइ नुबिया सिरिजअन्तर्गत ५ वटा स्मार्टफोनहरू नेपाली बजारमा ल्याइँदै छन् । जसअन्तर्गत जेडटिइ ब्लेड ए ७५ ले ९० हर्जको डिस्प्ले र एआइ क्यामराको साथ उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।

    त्यस्तै, हाई–स्पीड, दमदार ब्याट्री र प्रो–लेभल फोटोग्राफी सहित नुबिया भि ७० म्याक्स आउँदै छ । साथै जेडटीई ब्लेड ए३५इ, जेडटिइ ब्लेड ए ५५, र नुबिया भि ७० डिजाइन जस्ता शक्तिशाली स्मार्टफोनहरू पनि आकर्षक विशेषतासहित नेपाली बजारमा प्रवेश गर्दैछन् ।

    यी नयाँ स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसर, लामो ब्याट्री लाइफ, र एआइ फिचरहरू समावेश छन् । उत्कृष्ट फोटोग्राफी, सहज मल्टिटास्किङ, र इमर्सिभ गेमिङ अनुभव चाहने प्रयोगकर्ताहरूका लागि जेडटिइका यी नयाँ स्मार्टफोनहरू उपयुक्त विकल्प बन्नेछन् ।

  • ग्लोबल आईएमई बैंकद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने तस्वीर समावेश भित्तेपात्रो सार्वजनिक

    ग्लोबल आईएमई बैंकद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने तस्वीर समावेश भित्तेपात्रो सार्वजनिक

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

    क्यालेण्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्वीरहरु समावेश गरिएको छ ।
    तस्वीरहरुले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्ताहरुलाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्नेछ ।

    क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए।

    विगतका वर्षहरुमा क्यालेण्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने, ‘नेपालको सर्वांगिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।’

    कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो ।

    बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ५० लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।