Category: कर्पोरेट प्रेस

  • नयाँ वर्ष लक्षित जम्वो इको भेहिकलको विशेष अफर- नगद छुट, बम्पर सेवा र उपहार

    नयाँ वर्ष लक्षित जम्वो इको भेहिकलको विशेष अफर- नगद छुट, बम्पर सेवा र उपहार

    काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा जम्बो इको भेहिकलले आकर्षक योजना ल्याएको छ ।

    कम्पनीले ‘जम्वो इको भेहिकलको धमाका’ अन्तर्गत ग्राहकहरूलाई ५० हजारसम्मको नगद छुटका साथै विभिन्न उपहार योजना सार्वजनिक गरेको हो ।

    इलेक्ट्रिक स्कुटर खरिद गर्दा ग्राहकको सुरक्षालाई प्राथमिकतामा राख्दै कम्पनीले दुर्घटना बीमा तथा आईएसआई मापदण्ड अनुसारको हेलमेटसमेत निःशुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै स्कुटर खरिदलाई थप सहज र सरल बनाउन कम्पनीले स्पोट फाइनान्सको सुविधा पनि उपलब्ध गराएको छ ।

    काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरलाई केन्द्रित गरी लोकन्थलीमा जम्वो इको भेहिकलको मल्टी ब्राण्ड शोरुम सञ्चालनमा छ । उक्त शोरुमबाट लेवनिङ, एम.डि.के.ए., ग्यारो, पियोर ईभीलगायतका प्रतिष्ठित ब्राण्डका इलेक्ट्रिक स्कुटरहरू एकै स्थानबाट उपलब्ध छन् ।

    साथै, स्कुटर वा बाइक चलाउन आवश्यक पर्ने लाइसेन्स नभएका ग्राहकका लागि कम्पनीले विभिन्न मोडेलका इलेक्ट्रिक साइकलहरू पनि सहज मूल्यमा बिह्री हुँदै आएको छ ।

    शोरुमले स्कुटर तथा साइकल बिक्रीमात्र नभई बिक्रीपछिको सेवामा पनि विशेष ध्यान दिँदै आएको छ । सर्भिस, ब्याट्री, मोटर, चार्जर लगायतका स्पेयर पार्ट्सहरू पनि उचित मूल्यमा एउटै छानामुनि उपलब्ध गराइएको छ । ग्राहकको सुविधाका लागि होम सर्भिसको व्यवस्था गरिएको पनि कम्पनीका प्रतिनिधिले जनाएका छन्।

    हाल कम्पनीले ३५० वाटदेखि ३००० वाट मोटर र ७२ भोल्ट क्षमतासम्मका इलेक्ट्रिक स्कुटर तथा ई-साइकलहरू बिक्री वितरण गरिरहेको छ, जसको मूल्य ६० हजारदेखि ३ लाख २० हजारसम्म छ । यी सबै मोडेलमा नयाँ वर्षको विशेष छुट तथा योजनाहरू लागू हुनेछन् ।

  • ‘नाडा अटो संवाद २०८१’- अटोमोबाइल उद्योगको छलाङमा कोसेढुंगा भएको व्यवसायीको भनाइ

    ‘नाडा अटो संवाद २०८१’- अटोमोबाइल उद्योगको छलाङमा कोसेढुंगा भएको व्यवसायीको भनाइ

    काठमाडौं । नेपालमा अटोमोबाइल उद्योगको भविष्यलाई नयाँ दिशा दिने उद्देश्यले पहिलोपटक आयोजित ‘नाडा अटो संवाद २०८१’ सम्पन्न भएको छ । कार्यक्रमले देशको गतिशीलता अवधारणामा क्रान्तिकारी परिवर्तनको आवश्यकता र सम्भावनालाई उजागर गरेको नाडा अटोमोबाइल्सन एशोसिएसन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेती बताउँछन् ।

    उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय, एडीबी नेपालका निर्देशकलगायत विशेषज्ञहरू प्यानलमा सहभागी थिए ।

    प्यानलगत छलफल निम्न विषयमा केन्द्रित थियो

    १. अघिल्लो ५० वर्षको यात्रा र आगामी बाटो

    इन्धनचालित सवारीसाधनबाट विद्युतीय सवारीमा नेपालले गरेको प्रगतिको चर्चा गर्दै, नीति असंगतिका कारण उत्पन्न चुनौतीहरूबारे छलफल गरिएको छ । हालैको लोन टु भ्याल्यू (LTV)नीति परिवर्तनले उद्योगको स्थायित्वमा असर पारेको कुरामा जोड दिइएको थियो ।

    २. सवारीसाधन विलासिता होइन, आवश्यकता:

    सवारीलाई केवल धनीको विलासिता हैन, सर्वसाधारणको आवश्यकताको रूपमा प्रस्तुत गरिएको थियो । मध्यम तथा निम्न आय भएका वर्गका लागि यातायात पहुँचयोग्य बनाउन पूर्वाधार विकास, स्थानीय उत्पादन र उपभोक्तामैत्री वित्तीय नीतिको आवश्यकतामा कार्यक्रममा जोड दिइएको थियो ।

    ३. आर्थिक विकासको लागि दिगो गतिशीलता:

    देशको आर्थिक समृद्धिका लागि दिगो र पर्यावरणमैत्री यातायातको महत्वमा चर्चासँगै कार्यक्रममा विद्युतीय सवारीसाधन र हरित ऊर्जाको प्रयोगले आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादनमा टेवा पुर्‍याउने विश्वास जनाइएको थियो ।

    ४. भिजन २०५०- गतिशीलताको भविष्य:

    नेपालको भूगोल अनुसार स्मार्ट सिटी, स्वचालित गाडी, र वैकल्पिक ऊर्जामा आधारित यातायात प्रणालीको सम्भावनामा चर्चा गरिएको थियो । त्यस्तै दीर्घकालीन नीतिगत स्थिरता र सरकारी प्रतिबद्धता बिना यो सपना अधुरो हुने चेतावनी दिइएको छ ।

    यो संवादले नेपाली समाजमा कारप्रतिको दृष्टिकोणलाई ‘विलासिता’ बाट ‘आवश्यकता’ मा रूपान्तरण गर्ने स्पष्ट सन्देश दिएको महासचिव उप्रेतीको भनाइ छ । यसले गतिशीलतालाई आर्थिक समृद्धि, रोजगारी सिर्जना, र राष्ट्रिय विकाससँग जोडिएको मौलिक अधिकारको रूपमा पुनः परिभाषित गरेको उनले बताए ।

  • टीसीएलले सुरु गर्‍यो नयाँ वर्ष अभियान

    टीसीएलले सुरु गर्‍यो नयाँ वर्ष अभियान

    काठमाडौं । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएल, आधिकारिक  Worldwide Olympic Partner र विश्वकै नं. १ Ultra Large Screen TV ब्रान्डले “NEW YEAR NEW VISION” अभियानसहित नयाँ वर्ष २०८२ को अभियान सुरु गरेको छ।

    टीसीएलले नेपाली परिवारलाई अत्याधुनिक मनोरञ्जन अनुभव प्रदान गर्न नवीन अफरहरू ल्याएको छ:

    • ठूलो बचत: रु. २,००,०८२/- सम्मको क्यासब्याक र निश्चित उपहार
    • 98″/85″/75″ LED टिभीमा साउन्ड बार
    • वाशिङ मेशिनमा ६ के.जी. Ariel Matic डिटरजेन्ट
    • फ्रिजमा मिक्सर ग्राइन्डर
    • वाटर डिस्पेन्सर / साउन्ड बारमा ठूलो छुट

    निःशुल्क एक्सचेन्ज: पुरानो साटेर नयाँ टीसीएल मोडेल लिनुहोस।

    0% ब्याज  EMI: अहिले किन्‍नुहोस्, पछि तिर्नुहोस्—सहज किस्ताबन्दी।

    TCL विश्वकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड र शीर्ष ग्लोबल टिभी निर्माताको रूपमा, टीसीएलले विश्वस्तरीय प्रविधि र “Inspire Greatness” को सन्देशसहित नवप्रवर्तन र ग्राहक मूल्य प्रदान गर्दछ ।

    सीजी इलेक्ट्रोनिक्स, CG Corp Global को एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन एक प्रमुख नाम हो। उपभोक्ता अनुभवलाई सुदृढ पार्दै, प्रौद्योगिकी उन्नतिमा ध्यान केन्द्रित गर्दै र बलियो वितरण नेटवर्क मार्फत बजार पहुँच विस्तार गर्दै आएको छ। यो योजना चैत्र २६ गतेदेखि नेपालभरि लागू गरेको छ।

  • भारतका कृषिमन्त्रीसहितको टोलीले गरे चन्द्रागिरि हिल्सको भ्रमण

    भारतका कृषिमन्त्रीसहितको टोलीले गरे चन्द्रागिरि हिल्सको भ्रमण

    काठमाडौं । भारत सरकारका कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहान सहित भारतीय राजदूत महामहिम नवीन श्री वास्तव र विशिष्ट पाहुनाहरूले चन्द्रागिरि हिल्सको भ्रमण गरेका छन् । मन्त्री चौहान सहितका विशिष्ट पाहुनाहरूलाई चन्द्रागिरि हिल्स अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानले स्वागत गरे ।

    भ्रमणको क्रममा मन्त्री चौहानले  पर्यटकहरूका लागी चन्द्रागिरि हिल्स  उत्कृष्ट  गन्तव्य  बन्न पुगेको भनी  प्रशंसा गरे । मन्त्री चौहानसहितको भ्रमण टोलीले  हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो र शान्त मौसम तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य हेर्दै केबलकार चढ्नु अत्यन्तै स्मरणीय अनुभव भएको बताए ।

    भ्रमणका क्रममा मन्त्री चौहानले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको  चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा  परिवारसहित विशेष पूजा–अर्चना गरे । उनले सो आध्यात्मिक अनुभवलाई शान्तिपूर्ण र जीवन्त स्मृति हुने भनी वर्णन गरे ।

    “मनमोहक दृश्य, शान्तिपूर्ण वातावरण तथा धार्मिक महत्त्व बोकेको चन्द्रागिरि हिल्स पर्यटनको एक उत्कृष्ट गन्तव्य रहेको मन्त्री चौहानको भनाइ छ। यहाँको वातावरण, संस्कृति, र प्राकृतिक सुन्दरताले सवैलाई लोभ्याउने पनि मन्त्री चौहानले उल्लेख गरे ।

    चन्द्रागिरि हिल्स व्यवस्थापनले  भारतका  कृषि तथा किसान कल्याण मन्त्री चौहानको  भ्रमणले नेपालको  समग्र पर्यटन  सहित धार्मिक पर्यटन प्रवर्द्धनमा थप सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।

  • नेपाल बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेस्नल हस्पिटलमा विशेष छुट

    नेपाल बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेस्नल हस्पिटलमा विशेष छुट

    काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई भक्तपुरको कौशलटारमा रहेको भक्तपुर इन्टरनेस्नल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको ५ प्रतिशत देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

    सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख श्री विश्वराज भण्डारी र भक्तपुर इन्टरनेस्नल हस्पिटल को तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामजी कुमार श्रेष्ठले हस्ताक्षर गरे । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने OPD, Gyno & fertility, Diagnostic and Nutrition & Medical facility along with Endoscopy, Colonoscopy, ECG, EEG, Pulmonary Function Test, FNAC/Biopsy, X-ray, Ultrasound, Doppler, Liver Health, Heart Health, Kidney health, Brain or Neuro Health and Urology, General Physical Checkup, ECHO, Nuclear Cardiology Test, Dental, Minor & Major Operation, जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

     

  • केएनपी कारखानाको जापानी राजदूतद्वारा अवलोकन

    केएनपी कारखानाको जापानी राजदूतद्वारा अवलोकन

    काठमाडौं ।  नेपालका लागि जापानका राजदूत महामहिम मेएडा टोरूज्यूले आफ्नो हालैको वीरगन्ज महानगरपालिका भ्रमणका क्रममा  केएनपी जापान प्रा. लि. को कारखानाको अवलोकन गरेका छन् । उनलाई केएनपी जापान प्रा. लि. का निर्देशक अशोक कुमार वैद्य र कारखानाका प्रबन्धक प्रवीण जाधव लगायत कारखानाका कर्मचारीहरु द्वारा स्वागत गरिनुका साथै सम्पूर्ण कारखाना अवलोकन गराइएको थियो।

    राजदूतले जापान, भारत र नेपालबिचको संयुक्त साझेदारीमा सञ्चालन रहेको यस बहुराष्ट्रिय संयुक्त लगानीका उद्योगको कार्य प्रणाली तथा गुणस्तरप्रति प्रसन्नता व्यक्त गरे । उनले यस्तो सहयोगात्मक प्रयासले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

    राजदूत मेएडा टोरूज्यूले यस्ता बहुदेशीय लगानीका उद्योगहरूको प्रतिस्पर्धात्मक अवस्था विकसित गर्न अस्वस्थ्यकर समस्याहरूको समाधान नेपाल सरकारले तदारूकता साथ गर्ने कुरामा आशा व्यक्त गरे । उनले हाल नेपालमा सञ्चालनमा रहेका जापानी उद्योगहरूको अनुभवका आधारमा थप लगानीको सम्भावना बढ्ने बताए ।

    यस अघि पनि दुईजना जापानी राजदूतहरूको अवलोकन भ्रमण केएनपी जापान प्रा लिमा भएको थियो।

  • सिटिजन्स बैंकका ग्राहकलाई मोर्डन डायग्नोस्टिक सेन्टरमा आकर्षक छुट

    सिटिजन्स बैंकका ग्राहकलाई मोर्डन डायग्नोस्टिक सेन्टरमा आकर्षक छुट

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल स्थित मोर्डन डायग्नोस्टिक सेन्टर नेपालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मोर्डन डायग्नोस्टिक सेन्टर नेपालमा २०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअलक्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • माइडियाको आकर्षक अफर र लक्की ड्र घोषणा

    माइडियाको आकर्षक अफर र लक्की ड्र घोषणा

    काठमाडौं । विश्वव्यापी घरेलु उपकरण निर्माता Midea ले नेपालमा आफ्नो अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ‘New Era of Smart Living’ अभियान सुरु गरेको घोषणा गरेको छ। यो अभियानले ग्राहकहरूलाई अपराजेय अफरहरू, लक्कीड्रहरू र क्यासब्याक प्रदान गर्दछ, जसले स्मार्ट जीवनलाई अझ पहुँचयोग्य बनाउँछ।

    यो अभियानको हिस्साको रूपमा, Midea ले सुविधा र जीवनशैलीलाई उकास्ने नवीन उत्पादनहरूको श्रृंखला प्रस्तुत गर्दैछ। ग्राहकहरूले बम्पर लक्की ड्रमा भाग लिई Midea ५१९ लिटर मल्टि-डोर रेफ्रिजेरेटर जित्ने अवसर प्राप्त गर्न सक्छन्, मासिक लक्की ड्रमा Midea ८ किलो वाशिङ मेसिन, र सुनिश्चित पुरस्कारको रूपमा वाशिङ मेसिन र डीडी रेफ्रिजेरेटर Midea राइस कुकर पाउन सक्छन्। थप पुरस्कारहरूमा Side-by-Side/Multi-Door रेफ्रिजेरेटरमा इन्डक्सन कुकर, ग्रिल/कन्भेक्सन Microwave Oven मा खाना पकाउने किट, र Dishwasher मा २ Dishwasher ट्याब्लेटहरू समावेश छन्। साथै, ग्राहकहरूले आफ्नो खरिदमा ३७,७०० नेरु सम्मको क्यासब्याकको मजा लिन सक्छन्।

    भाग लिनको लागि, ग्राहकहरूले अभियान सामग्रीमा दिइएको क्यूआर कोड स्क्यान गरी, आफ्नो खरिद दर्ता गर्नुपर्नेछ र यी उत्कृष्ट पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्न सक्छन्।

    आजै Midea सँग स्मार्ट जीवनको भविष्यलाई अँगाल्नुहोस्!

    Midea विश्वव्यापी रूपमा अग्रणी घरेलु उपकरण निर्माता हो, जसले नवीन र उच्च गुणस्तरका उत्पादनहरू मार्फत दैनिक जीवनलाई सुधार गर्छ। २०० भन्दा बढी देशहरूमा उपस्थित Midea ले स्मार्ट होम समाधानहरूलाई पुनःपरिभाषित गरिरहेको छ।

    चौधरी समूहको एक हिस्सा, सीजी इलेक्ट्रोनिक्स नेपालमा Midea उत्पादनहरूको अधिकृत वितरक हो, जसले गुणस्तर र ग्राहक सन्तुष्टिमा ध्यान दिँदै उपभोक्ता इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ।

     यो योजना चैत्र २७ गते देखि नेपाल अधिकृतजारी सीमित अवधिका लागि लागु गरेको छ।

     

  • क्रिएक्स्टिना रोक्का र एन्हर्ब नेचुरलका उपहार योजना सार्वजनिक

    क्रिएक्स्टिना रोक्का र एन्हर्ब नेचुरलका उपहार योजना सार्वजनिक

    काठमाडौं । सौन्दर्य र गुणस्तरको प्रतीक क्रिएक्स्टिना रोक्का र एन्हर्बले नयाँ वर्षको सुरुवात’New Year, New Attitude’उपहार योजना सार्वजनिक गरेको छ ।’New Year, New Attitude’अन्तर्गत तीन–तीन जना गरी जम्मा ६ जना भाग्यशाली विजेताले आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।
    ChriXtina Rocca  इटालिमा उत्पादित यूरोपियन सौन्दर्य ब्रान्ड हो भने Anherb Natural भारतमा उत्पादित सौन्दर्य ब्रान्ड हो जस अन्र्तगत ChriXtina Rocca ले उच्च गुणस्तरीय, Chrixtina Rocca lipstick, Chriztina Rocca lip gloss, Chriztina Rocca Volume Mascara, Chriztina Rocca Lengthening Mascara, Chriztina Rocca Lip Oil  आदि प्रोडकहरु उत्पादन गर्दछ भने Anherb Natural  ले Anherb Sun cream SPF 50, Anherb After Sun Cleanser, Anherb After Sun Recovery Gel, Anherb Face Mask, Anherb Face Scrub   आदि जस्ता व्यूटी प्रोडकहरु उत्पादन तथा बिक्री वितरण गर्दै आईरहेको छ । आधुनिक सौन्दर्य प्रवृत्ति र कालजयी आकर्षणलाई ध्यानमा राख्दै, यो ब्रान्डले आत्मविश्वास र व्यक्तिगत सौन्दर्यलाई अझ उजागर गर्न प्रेरणा दिन्छ ।

    यस उपहार योजनामा सहभागि हुन इच्छुक हुनेहरुले, ChriXtina Rocca र Anherb Natural को Facebook Page वा Instagram Page लाई Like, Followगर्नुपर्ने हुन्छ । साथै ChriXtina Rocca तथा Anherb को Facebook Page वा Instagram Page मा Post गरिएको post लाई तपाईको story मा share गरी ४ जना साथीलाई ट्याग गर्नु पर्ने हुन्छ, जसले सौन्दर्य सामग्री मन पराउँछन् । विजेताको छनौट योजना समाप्ती पश्चात लक्की–ड्र मार्फत गरिनेछ ।

     

  • नयाँ वर्षमा एलिका ब्रान्डका उत्पादनहरूमा ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ अफर

    नयाँ वर्षमा एलिका ब्रान्डका उत्पादनहरूमा ‘लाइट अप विथ न्यू कुकिङ एक्सपेरियन्स’ अफर

    काठमाडौं । नयाँ वर्षमा सिजी इलेकट्रोनिक्स अन्तर्गत एलिका ब्रान्डले “LIGHT UP WITH  NEW Cooking Experience” नामक विशेष अभियानको शुभारम्भ गरेको छ । यस अभियानमार्फत ग्राहकहरूले एलिका ब्रान्डका अत्याधुनिक किचन उपकरणहरूमा विशेष छुट र उपहारहरू प्राप्त गर्ने अवसर पाउनेछन्।

    उक्त अभियानको उद्देश्य ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु हो । एलिका का उत्पादनहरू नवीनतम प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत, उत्कृष्ट प्रदर्शन र दीर्घकालीन टिकाउपनको सुनिश्चितता प्रदान गर्छन् ।

    यस अभियान अन्तर्गत, ग्राहकहरूले एलिका का किचन उपकरणहरू जस्तै कुकटप/हब, कुकिङ रेन्ज, बिल्ट-इन ओभन/माइक्रोवेभ, र चिम्नी खरिद गर्दा निःशुल्क CG Electric Kettle प्राप्त गर्न सक्नेछन्। यो अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र आनन्ददायी बनाउनेछ ।

    ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, 0% EMI, र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ। साथै, पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने सुविधा पनि प्रदान गरिएको छ। क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले यी अफरहरूको फाइदा उठाउन सक्छन् ।

    सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। एलिका जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिनिधित्व गर्दै, सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको छ ।

  • एलओडी क्लब विश्वकै ४४ औँ स्थानमा उक्ल्यो

    एलओडी क्लब विश्वकै ४४ औँ स्थानमा उक्ल्यो

    काठमाडौं । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्वकै उत्कृष्ट क्लबमध्ये ४४ औँ स्थानमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औँ स्थानमा परेको हो ।

    म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी थिए। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ।

    एलओडी डिजे म्याग टप सयको छनौट भएर ४४ औँ स्थानमा पर्न सफल भएकोले राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले बताए। उनकाअनुसार यस पटक पनि मुलुकका पाँच सय क्लब सहभागी थिए।

    ‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय हो,’ कुँवरले भने, ‘टप १०० को ४४ भित्र एलओडी छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ।’

    सय वटा उत्कृष्ट क्लबमा एलओडी पर्दा विश्वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको भनाइ छ। विश्वको सय उत्कृष्ट क्लबमा पार्न लागि सबै जनाको साथ सहयोग रहेको बताउँदै कुँवरले रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए।

    मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ। टप १०० मा क्लब परेकाले स्वदेशी तथा विदेशीहरू पर्यटक आउन सक्ने उनले बताए।

    कुँवरका अनुसार क्लबका लागि अब थप नयाँ चुनौती बनेको छ । ४४ औँ स्थानमा परेसँगै क्लबलाई आकर्षक बनाउँदै लगिने उनले प्रस्ट पारे ।

  • स्वास्थ्य, शुद्धता र प्रविधिको सन्देशसहित केन्टको नयाँ वर्ष अफर सार्वजनिक

    स्वास्थ्य, शुद्धता र प्रविधिको सन्देशसहित केन्टको नयाँ वर्ष अफर सार्वजनिक

    काठमाडौं । सिजी इलेकट्रोनिक्स अन्तर्गत केन्ट ब्रान्डले  नयाँ वर्ष २०८२ को अवसरमा ‘Start a new year with PROMISE OF 100% PURE WATER’ अभियानको शुभारम्भ गरेको घोषणा गरेको छ। यस अभियानले ग्राहकहरूलाई KENT Mineral RO Water Purifier मा आकर्षक अफर र विशेष उपहारहरू प्रदान गर्दै, नयाँ वर्षलाई स्वस्थ र स्वच्छ बनाउने लक्ष्य राख्दछ।

    KENT का उत्पादनहरू अत्याधुनिक प्रविधिमा आधारित छन्, जसले शुद्ध पानीको आपूर्ति, ऊर्जा बचत, र दीर्घकालिक टिकाउपनको ग्यारेन्टी प्रदान गर्छ।

    यस अभियान अन्तर्गत, ग्राहकहरूले KENT Mineral RO Water Purifier खरिद गर्दा निःशुल्क CG Electric Kettle प्राप्त गर्ने अवसर पाउनेछन्। यो विशेष अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र स्वस्थ बनाउन योगदान पुर्याउनेछ। साथै, KENT का वाटर प्युरिफायरहरूले अत्याधुनिक मल्टिपल प्युरिफिकेशन प्रोसेस, शून्य पानीको बर्बादी, १००% शुद्ध पानी, आवश्यक मिनरल्सलाई कायम राख्ने प्रविधि, र UV LED टेक्नोलोजी जस्ता विशेषताहरू प्रदान गर्दछ, जसले पानीको गुणस्तर र प्रयोगकर्ताको स्वास्थ्यमा उच्च स्तरको सुरक्षा सुनिश्चित गर्दछ।

    ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले १२ महिनाको वारेन्टी, निःशुल्क डेलिभरी, ०% EMI, र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ। क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले यी अफरहरूको फाइदा उठाउन सक्छन्।

    सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। KENT जस्ता अन्तर्राष्ट्रिय ब्राण्डहरूको प्रतिनिधित्व गर्दै, सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको छ।

  • बिमाको आधारमा इ-कर्जा: खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने

    बिमाको आधारमा इ-कर्जा: खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने

    काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ ले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताहरूले बिना धितो, इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिन सक्ने भएका छन्, त्यो पनि घरैबाट, बिना लाइन बसेर, तुरुन्तै आफ्नो खल्ती खाता मै।

    बिमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती खाता खोलिएको नम्बर मिलेमा, प्रयोगकर्ताहरू यो इ-कर्जाको लागि योग्य हुने साझेदारहरू बताउँछन्। कागजी पक्रियाको झन्झट, लाइन बस्नुपर्ने  झन्झट र अन्य समय खपत हुने पक्रियालाई पार गर्दै तुरुन्तै केही समयमै Rs . 50,000 सम्मको कर्जा रकम खल्तीमा प्राप्त हुने व्यवस्था मिलाइएको हो। सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रणालीमा खल्ती प्रत्यक्ष रूपमा जडान भएकाले कर्जाको योग्यता र विवरण खल्ती एपबाटै मापन हुने सुविधा रहेको छ।

    खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने “डिजिटल माध्यमको प्रयोगबाट वित्तीय पहुँचलाई अझ सरल बनाउने उद्देश्यका साथ खल्तीले यो सहकार्यमा यो सुविधा ल्याएको हो। तत्कालै आर्थिक आवश्यकता परेका बखत सहज ढंगले उपयोग गर्न सकिने यस ई-कर्जा सेवाबाट धेरै ग्राहक लाभान्वित हुनुहुने कुरामा हामी विश्वास छौँ।”

  • स्काईवेलका ग्राहकलाई कम्पनीले युरोप घुमाउने

    स्काईवेलका ग्राहकलाई कम्पनीले युरोप घुमाउने

    काठमाडौं । अब तपाई पनि युरोपमा स्काईवेल ड्राइभ गर्न जाने होइन त रु नेपाली बजारमा पाइने लकजरी एसयुभी स्काईवेल ड्राइभ गर्ने ग्राहकलाई स्काईवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ ।

    स्काईवेल ड्राइभ–२०२५ नेपाल टु युरोप क्याम्पेनमा सहभागी भई स्काईवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यस अफर अन्तर्गत युरोप भ्रमणको अवसर प्राप्त गर्नेछन् । स्काईवेल विई ११ तथा स्काईवेल ईटी ५ खरिद गर्दा खरिदकर्ता जोडीलाई नै युरोप भ्रमणमा लगिनेछ ।

    स्काईवेल युरोपियन बजारमा लोकप्रिय ब्रान्ड हो । युरोपेली सुरक्षा मापदण्ड अनुसार बनेको स्काईवेल विई ११ ले सिएनक्याप क्र्यास टेस्टमा फाईभ स्टार सेफ्टी रेटिन् समेत प्राप्त गर्न सफल भइसकेको छ । त्यसै गरी चीनमा निर्मित ईभीमा ईयु सर्टिफिकेट प्राप्त गर्ने पहिलो प्रडक्ट पनि हो ।

    आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेका स्काईवेल नेपालमा उपलब्ध पहिलो र एक मात्र रियल इभी एसयुभी रहेको कम्पनीको दाबि रहेको छ । काठमाडौंबाट नेपालको कुनै पनि गन्तव्यमा सिङ्गल चार्जमा सजिलै पुग्न सकिने स्काईवेलले दिने ६२० किलोमिटरको रेन्जले स्काईवेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको हो ।

    हाईअर स्पिड र लक जरी दुवै अपरिहार्य मानिने नेपालमा आउने चाइनिज इभी विरलै पाइन्छन् । जसमा स्काईवेलले भने बाजी मारेको छ । युरोपेली मुलुकहरूमा स्काईवेलले राम्रो सफलता हात पारेको छ । यो दावी गरिरहँदा यसलाई यथार्थमा पुष्टि गर्ने र ग्राहकलाई आफ्ना सवारी साधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपिरियन्स गराउने उद्देश्यका साथ स्काईवेलको आयातकर्ता जि मोटर्स प्रालीले यो विशेष योजना ल्याएको हो ।

    स्काईवेल ड्राइभ–२०२५ नेपाल टु युरोप योजना अन्तर्गत स्काईवेलका जुनसुकै एसयुभी खरिदकर्ता कप्लसले युरोपमै गएर स्काईवेल ड्राइभको मौका प्राप्त गर्ने छन् । त्यति मात्र होइन सन् २०२५ मोडेलको जुनसुकै भेरीयन्ट टेष्ट ड्राइभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन पाउने छन् ।

    यसका लागि आफूले स्काईवेल टेस्ट ड्राइभ गर्दाको अनुभव कुनै पनि सोसल मिडियामा शेयर गरी ह्यासट्याग टेस्टड्राईभ स्काईवेल, ह्यासट्याग स्काईवेल ड्राइभ नेपाल टु युरोप लेखे पुग्छ । यसरी टेस्ट ड्राईभमा सहभागी हुने ग्राहक मध्ये २ जना विजेताले समेत युरोप भ्रमणको अवसर र युरोपमै स्काईवेल ड्राइभको मौका प्राप्त गर्ने छन् ।

    स्काईवेलको ईटी ५ लङ् रेन्ज भेरियन्ट हो जसको विक्री मूल्य १ करोड १५ लाख रहेको छ । भने स्काईलेलको विई ११–४१० किमी ७९ लाख ९० हजारर विई ११–५२० किमी ८९ लाख ९० हजार पर्न जान्छ । स्काईवेलका यी दुवै मोडल फुल साइज एसयुभी हुन् । १९० एमएम ग्राउन्ड क्लियरेन्स रहेका अत्याधुनिक सुविधा र फिचरका साथमा आउने यी दुवै एसयुभीमा उपलब्ध लक्जिरीका कारण बिजनेस क्लास एसयुभी पनि भनेर चिनिँदै आएको छ ।

    स्काईवेलले भक्तपुरको राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । भने नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरमा विक्री कक्षहरू सञ्चालन आइसकेका छन् ।

  • सेन्साइ ब्राण्डले ‘एक्स-पल्स’ दिने आकर्षक नयाँ वर्ष योजना

    सेन्साइ ब्राण्डले ‘एक्स-पल्स’ दिने आकर्षक नयाँ वर्ष योजना

    काठमाडौं । सिजी इलेकट्रोनिक्स अन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई X-Pulse सेन्सेइ किन्नेलाई’ अभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत सेन्सेइ ब्रान्डका घरायसी सामानहरुको खरिदमा आकर्षक क्यासब्याक र स्योर सट उपहारहरूका साथै बम्पर लक्की ड्रमा हिरो एक्स पल्स बाईक पाउन सकिनेछ । सेन्सेइका उत्पादनहरू जापानी इन्जिनियरिङ र नवीन प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत गर्ने, उच्च प्रदर्शन गर्ने, र टिकाउ हुने वाचा गर्छन्।

    यस अभियान अन्तर्गत, ग्राहकहरूले सेन्सेइका घरायसी उपकरणहरू खरिद गर्दा २५% सम्म क्यासब्याक र स्योर सट उपहारहरू जस्तै LED TV 50″ र माथिमा Mi Air Pod, सेमी-अटोमेटिक वाशिङ मेसिनमा २ किलो Ariel, र फ्रन्ट-लोड वाशिङ मेसिनमा ६ किलो Ariel प्राप्त गर्न सक्नेछन्। यो अवसरले ग्राहकहरूको नयाँ वर्षलाई अझ स्मरणीय बनाउनेछ ।

    लक्की ड्रमा सहभागी हुन विज्ञापनमा दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिनेछ ।

    ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि 0% EMI (किस्ता) भुक्तानीको सुविधा उपलब्ध गराएको छ। क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले अफरहरूको फाइदा उठाउन सक्नेछन् ।

    सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। सेन्सेइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिनिधित्व गर्दै, सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको छ।

     

  • बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

    बजाजको नयाँ वर्षको अफर ‘खुसीको मिटर’ सार्वजनिक

    काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नयाँ र रोमाञ्चक क्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ । यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ जसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत रु. १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु जित्ने अवसर पाउनेछन् ।
    बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम ल्याएको छ जसअन्तर्गत जो कोही पनि सहभागी भई घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरु जित्न सक्नेछन् । उक्त उपहार प्राप्त गर्न भने विजेताले कुनै पनि बजाज मोटरसाइकलको टेस्ट राइड गर्नुपर्नेछ ।

    तर मुख्य आकर्षण भने अझै बाँकी नै रहेको छ । क्याम्पेनको अवधिमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरूका लागि अर्को चरणको गेम पनि शोरूममा नै खेल्न पाउनेछन् । यो इन–स्टोर डिजिटल अनुभवमा ग्राहकले स्क्रिनमा देखिएको ‘खुसीको मिटर’ रोकेर रु. १ लाखसम्मको नगद पुरस्कार जित्न सक्नेछन् ।

    ‘खुसीको मिटर’ केवल एक प्रचारको लागि अफर मात्र नभइ यो टेक्नोलोजीको माध्यमबाट मोटरसाइकल किन्ने यात्रालाई अझ रमाइलो, इन्टरेक्टिभ र लाभदायक बनाउने हाम्रो प्रयास हो, बजाजको आधिकारिक वितरक गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले आफ्नो विचार राख्दै भने । ‘नयाँ वर्षको सुरुवातमा ग्राहकलाई नयाँ सवारी मात्र नभइ किन्ने अघि र पछि पनि जित्ने अवसर दिन हामी उत्साहित छौं ।’

    यो क्याम्पेन हाल नेपालभरका सबै आधिकारिक बजाज शोरूमहरूमा र बजाजका डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ ।

  • मिराया वेलनेस रिसोर्टमा नयाँ वर्ष अफर, स्वाद, संगीत र संस्कृतिको सम्मिश्रण

    मिराया वेलनेस रिसोर्टमा नयाँ वर्ष अफर, स्वाद, संगीत र संस्कृतिको सम्मिश्रण

    काठमाडौं । नेपाली नयाँ वर्ष २०८२ लाई विशेष र स्मरणीय बनाउने उद्देश्यका साथ मिराया वेलनेस एण्ड गल्फ रिसोर्टले सांस्कृतिक कार्यक्रम तथा विशेष अफरसहितको छुट प्याकेज घोषणा गरेको छ। चैत्र ३१, आइतबार साँझ देवचुलीस्थित मिरायामा विशेष अफर सहितको ‘नयाँ वर्ष सांस्कृतिक साँझु’ कार्यक्रम आयोजना हुने होटलले जनाएको छ । मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सीजी हस्पिटालिटी अन्तर्गत नवलपरासीमा सञ्चालनमा रहेको आतिथ्य गन्तव्य हो ।

    नेपालको प्रिमियर इको(वेलनेस र गल्फ रिट्रिट गन्तव्यको रूपमा परिचित मिराया, सीजी शाश्वत धामको शान्त र सुन्दर परिवेशमा अवस्थित छ । हरियाली जंगल, पवित्र प्रकृति र आत्मिक उन्नतिको अद्भुत सम्मिश्रण भएको मिरायामा नयाँ वर्षको साँझ नेपाली मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्दै थारू समुदायको सांस्कृतिक जीवन्तता प्रस्तुत गरिनेछ। उक्त सांस्कृतिक साँझमा थारू समुदायको परम्परागत संगीत, रंगीन नृत्य र सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछन्। थारू संस्कृति र परम्परालाई नजिकबाट अनुभूति गराउने यो कार्यक्रम उन्नति कल्चर भिलेजको सहकार्यमा आयोजना हुँदैछ। अतिथिहरूलाई डिनरअघि स्वादिला स्न्याक्स र आकर्षक सांस्कृतिक प्रस्तुति मार्फत स्वागत गरिनेछ भने साँझको मुख्य आकर्षणको रूपमा थारू परिकार र बीबीक्यू सहितको बफे डिनरको व्यवस्था गरिएको छ। स्वाद, संगीत र संस्कृतिको सम्मिश्रणले नयाँ वर्षको सुरुआतलाई थप रमणीय बनाउनेछ।

    मिरायाले यस विशेष साँझलाई अझ रोमाञ्चक बनाउन नयाँ वर्ष लक्षित प्याकेज पनि सार्वजनिक गरेको छ। प्रति व्यक्ति रू ९,९९९ दरमा (कम्तीमा दुई जना) को लागि यो प्याकेज उपलब्ध हुनेछ, जसमा सांस्कृतिक कार्यक्रम, डिनरअघि स्न्याक्स, बफे डिनर, एक रातको लक्जरी बसोबास र भोलिपल्टको ब्रेकफास्ट समावेश गरिएको छ। ४ देखि १२ वर्षका बालबालिकाका लागि यो प्याकेज रू ४,००० मा उपलब्ध छ भने ४ वर्षमुनिका बालबालिकाले आमाबुबासँग कोठा साझा गरेमा निःशुल्क बस्न सक्ने सुविधा पनि दिइएको छ। डिनर मात्रको दर प्रति व्यक्ति रू ६,५०० नेट तोकिएको छ, जुन सांस्कृतिक प्रस्तुति र बफे डिनरसहितको हो। ४–१२ वर्षका बालबालिकाका लागि डिनर मात्रको रू. ३,००० निर्धारण गरिएको छ।

    यो अफर आइतबारको रात एक दिनका लागि मात्र मान्य हुने र प्याकेजमा समावेश सेवाहरूमा आगन्तुकहरूले ५० प्रतिशतसम्मको बचत गर्न सक्ने होटलले जनाएको छ। स्थान सीमित भएकाले इच्छुक अतिथिहरूलाई अग्रिम बुकिङ गर्न आयोजकले अनुरोध गरेका छन्।

    मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट केवल एक आवासीय गन्तव्य मात्र नभई रूपान्तरणात्मक जीवनशैलीको अनुभव हो, जहाँ वेलनेस, आध्यात्मिक उन्नति, संस्कृति, खेलकुद र साहसिक क्रियाकलापहरू एकै साथ समेटिएका छन्। प्राकृतिक हरियाली र शान्त परिवेशबीच अवस्थित मिरायामा वेलनेस, योग र ध्यान, आयुर्वेदिक थेरापी, जंगल वाक, साइकलिङ, बर्ड वाचिङ, र आध्यात्मिक ध्यानमार्फत शरीर, मन र आत्माको सन्तुलन कायम गरिने अनुभव प्राप्त गर्न सकिन्छ।

    मिरायाले प्रत्येक आगन्तुकलाई आन्तरिक शान्ति र बाह्य जीवनशैलीबीचमा आधारित जीवन अनुभव गराउने उद्देश्य लिएको छ। यसले इको-कन्सस जीवनशैली, आत्मिक पुनर्जागरण र सांस्कृतिक समावेशजस्ता पक्षहरूलाई एकैसाथ आत्मसात गर्दै जीवनको उद्देश्यपूर्ण यात्रातर्फ डोर्‍याउने प्रयास गर्दछ।

    नयाँ वर्षलाई संगीत, संस्कृति, स्वाद र शान्तिको अनुपम संगममा मनाउन चाहने जोडीहरू, परिवारहरू वा साथीहरूको समूहका लागि मिराया वेलनेस एण्ड गोल्फ रिसोर्टको यो विशेष सांझ एक प्रेरणादायी र अविस्मरणीय अनुभव बन्ने होटलले विश्वास लिएको छ।

  • नयाँ वर्षमा सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्न जाने अवसर

    नयाँ वर्षमा सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्न जाने अवसर

    काठमाडौं ।  सीजी एसडिएले नयाँ वर्षमा लेभल अप अभियान अन्तर्गत  लेभल अप! वीथ सीजी, लाईफ हुन्छ इजी’ नामक उपभोक्ता योजना घोषणा गरेको छ। साना घरायसी उपकरण (SDA) प्रवर्द्धन गर्न लक्षित यो अभियानले ग्राहकहरूलाई रोमाञ्चक पुरस्कार जित्ने अवसर प्रदान गर्नेछ।

    कम्पनीका अनुसार, यो योजना २२ चैत्रदेखि लागू गरिएको छ। योजनामा सहभागी हुन ग्राहकहरूले सीजी SDA उत्पादनहरू खरिद गरी क्यूआर कोड स्क्यान गरेर आवश्यक विवरण भर्नुपर्नेछ।

     योजनाका मुख्य आकर्षणहरू:

    • साप्ताहिक पुरस्कारहरू: ग्राहकहरूले अभियान अवधिभर हरेक हप्ता आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।
    • बम्पर पुरस्कार: अभियानको अन्त्यमा, सहभागीहरूले थाईल्याण्ड भ्रमण र CG Meghauli Seraiको विलासी यात्रा जित्ने अवसर पाउनेछन्।

    कम्पनीका प्रतिनिधिहरूले जानकारी गराएअनुसार, यो योजना सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ।

    सीजी, नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सधैं उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै ग्राहकहरूको विश्वास जित्न सफल रहँदै आएको छ। आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर रहँदै, यो योजना नयाँ वर्षलाई विशेष र उत्साहजनक बनाउन तयार गरिएको हो।

    नयाँ वर्ष २०८२को स्वागतलाई थप उल्लासमय बनाउँदै, ‘Level Up! with CG Life Huncha Easy’ उपभोक्ता योजना सीजीको प्रतिबद्धता र ग्राहक-केन्द्रित दृष्टिकोणको प्रमाण हो।

  • इनड्राइभको ‘राइड एण्ड विन’ प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन सम्पन्न

    इनड्राइभको ‘राइड एण्ड विन’ प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन सम्पन्न

    काठमाडौं ।  विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म इनड्राइभले आफ्नो बहुप्रतिक्षित ‘राइड एण्ड विन’ प्लाटिनम ड्राइभर गिभअवे क्याम्पेन नेपालमा सम्पन्न गरेको छ ।

    ड्राइभर–पार्टनरहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले सुरु गरिएको यो क्याम्पेन १० मार्च २०२५ मा सुरु भएको थियो, जसमा नेपालभरीका इनड्राइभ ड्राइभरहरूको उत्साहजनक सहभागिता देखिएको थियो ।

    प्लाटिनम ड्राइभर गिभअवे अन्तर्गत ड्राइभरहरूले १० मार्चदेखि १६ मार्चसम्म ३५ राइड पूरा गरेपछि प्लाटिनम स्तरमा पुग्नुपर्ने थियो ।

    त्यसपछि १७ मार्चदेखि २३ मार्चसम्म तिनीहरूले गरेका राइडहरूको आधारमा विजेता छनोट गरिएको थियो । यस अवधिमा धेरै राइड गर्ने ड्राइभरहरू जित्ने अवसरमा अगाडि थिए ।

    यो घोषणा मार्च २६ मा बेलुका ७ः०० बजे इन्स्टाग्राममा प्रत्यक्ष प्रसारणमार्फत गरिएको थियो, जहाँ विजेताहरूको आधिकारिक रूपमा घोषणा गरियो ।

    जसमा राजु योञ्जनले  १५० सिसिको बजाज पल्सर जितेका छन् भने विवेक खत्री, सुरेन्द्र डंगौरा र विशाल तामाङले सामसङ ग्यालेक्सी ए५५ फाइभजी जितेका छन् ।

    यसैगरी, सुमन बास्केट, सुमन तामाङ, जगत नगरकोटी, सन्तोष नगरकोटीले एमआई ३२ इन्च एचडी स्मार्ट एलइडी टिभी जितेका छन् भने दिपक मिश्र, महेश ओली, मनोज चेपाङ, प्रदीप कुमार मानन्धर, नारायण थापा मगर, दिनेश कुमार, रामचन्द्र पौडेल, मनोज थारु, रमेश मगर, प्रसाद न्यौपानेले अल्टिमा नोभा प्रो स्मार्टवाच जितेका छन् ।

    त्यस्तै, नीरज कुश्वार, किरण राई, एमडी जोहेर रेईन, श्याम बहादुर बस्नेत, प्रतीक बिष्ट, उज्ज्वल तामाङ, तिर्थकुमार राई, राम पाख्रिन कुमार, सुरज गुरुङ, राजकुमार आलेले अल्टिमा बूस्ट २०के प्रो २०००० एमएएच पावरब्यांक जितेका छन् ।

    यसैगरी, दिनेश साउद, दिपक कुमार चौधरी, देवप्रसाद शेरचन, राजकुमार थापा, दिनेश बलायर, दिलकुमार कुस्ले, बैकुण्ठ पराजुली, सुमन मुक्तान, कृष्ण बहादुर भुजेल, नवीन शाहले अल्टिमा एटम १९२ ब्लूटूथ इयरबड्स जितेका छन् ।

    यो गिभअवे क्याम्पेनले ड्राइभरहरूको सहभागिता प्रोत्साहन गर्ने, ब्रान्डप्रति विश्वास बढाउने, र इनड्राइभको ड्राइभर समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ ।

    स्मार्टफोन, स्मार्टवाच, पावर बैंक जस्ता प्रविधिमैत्री पुरस्कारमार्फत यो क्याम्पेनले ड्राइभरहरूको अनुभवलाई थप समृद्ध बनाउने प्रयास गरेको छ ।

    इनड्राइभ नेपालका ड्राइभर अपरेशन्स स्पेसलिस्ट, सुनिता जिमी राईले आगामी योजनाहरू प्रति उत्साह व्यक्त गर्दै भनिन्, ‘यो सुरुवात मात्र हो । हामी हाम्रो ड्राइभर पार्टनरहरूका लागि अझ रोचक र पुरस्कारयुक्त क्याम्पेनहरू ल्याउने प्रतिवद्धता लिएका छौँ । हाम्रो उद्देश्य भनेको ड्राइभर कम्युनिटीलाई अझैँ शसक्त बनाउँदै थप आर्जनको अवसर सिर्जना गर्नु हो ।’

  • बेकोको ‘अनबक्स् ह्याप्पिनेस’ उपहारको साथमा नयाँ वर्षको दोब्बर खुशीयाली

    बेकोको ‘अनबक्स् ह्याप्पिनेस’ उपहारको साथमा नयाँ वर्षको दोब्बर खुशीयाली

    काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारेर अन्तर्राष्ट्रिय होम एप्लायन्स ब्राण्ड बेकोले ‘अनबक्स् ह्याप्पिनेस’ नारासहित विशेष उपहार योजना सार्वजनिक गरेको छ । यूरोपको नम्बर १ ब्राण्ड तथा चौधरी ग्रुप (CG)अन्तर्गतको लोकप्रिय ब्राण्ड बेकोले ग्राहकहरूको उत्साहलाई अझ बढाउन आकर्षक उपहार तथा छुट योजनासहित यो अफर ल्याएको हो ।

    यस योजनाअन्तर्गत बेकोका रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कन्डिशनर, डिशवाशर र फ्री स्ट्यान्डिङ ओभनजस्ता अत्याधुनिक उपकरण खरिद गर्दा ग्राहकहरूले ४१ हजार ४०० सम्मको बचत र विभिन्न उपहार प्राप्त गर्न सक्नेछन्। साथै, हरेक खरिदमा आकर्षक क्यासब्याक समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

    बेकोको अनुसार, योजनाअन्तर्गत ग्राहकहरूले निम्न सुविधाहरू पाउनेछन्:

    सिंगल डोर रेफ्रिजरेटर खरिदमा क्यासब्याक

    डबल डोर रेफ्रिजरेटर मा क्रम्पटन ड्राई आइरन निःशुल्क

    वाशिङ मेशिन खरिदमा ६ केजी एरियल म्याटिक निःशुल्क

    एयर कन्डिशनर मा निःशुल्क जडान सेवा

    डिशवाशर मा २ प्याकेट डिशवाशर किट निःशुल्क

    फ्री स्ट्यान्डिङ ओभनमा सिजी प्रेसर कुकर उपहार

    उपभोक्ताहरूले यस अफर अन्तर्गत आधुनिक प्रविधियुक्त, उत्कृष्ट गुणस्तरका उत्पादन मात्र होइन, १००% पार्ट्स उपलब्धता तथा सर्भिस ग्यारेन्टी जस्ता सेवाको पनि भरपर्दो अनुभव लिन सक्नेछन् ।

    बेकोले यो योजना चैत्र २४ गतेदेखि नेपालभर सीमित अवधिका लागि लागू गरेको हो । साथै, ग्राहकहरूले सीजी इलेक्सको आधिकारिक वेबसाइट मार्फत आफ्नो पुराना सामान एक्सचेन्ज गर्न सक्ने सुविधा पनि पाउनेछन् । साथै, शून्य प्रतिशत ईएमआई योजनामा सजिलै किस्ताबन्दीमा सामान खरिद गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

    नयाँ वर्षलाई अझ विशेष र यादगार बनाउन चाहने उपभोक्ताहरूका लागि बेकोको यो योजना उपयुक्त अवसर बन्न सक्ने कम्पनीले जनाएको छ ।

  • नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

    नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

    काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिगो बचत खाता’को सुरुआत गरेको छ ।

    नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको सन्दर्भमा बैंकले दिगो विकास तथा दिगो बैंकिङको दृष्टिकोण अनुरूप यस बचत खाता सञ्चालनमा ल्याएको हो । यस योजनाअन्तर्गत सेवाग्राहीले पाउने ब्याजदर बाहेक जम्मा हुने कुल निक्षेपको वार्षिक ०।५ प्रतिशतका दरले हुन आउने रकम बैंकले प्रत्यक्ष रूपमा कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणमा खर्च गर्नेछ ।

    बैंकका अनुसार उक्त रकम कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणका लागि वन पुनःस्थापना तथा वृक्षरोपण, नवीकरणीय ऊर्जा प्रबद्र्धन, फोहोर व्यवस्थापनका लागि पहल, स्वच्छ ऊर्जा तथा सफा पानीसम्बन्धी परियोजना तथा दिगो विकासका लक्ष्य अनुकूल लगायतका कार्यक्रमहरुमा खर्च गरिनेछ । यस योजनाअन्तर्गत नबिल दिगो बचत खातामा अर्धवार्षिक रुपमा औसतमा रु ५० हजार राख्ने ग्राहकका नाममा टोकनस्वरुप एकपटकका लागि वृक्षरोपण गरिनेछ ।

    यसबाट कार्बन उत्सर्जन न्यूनीकरण तथा नियन्त्रण र दिगो विकास लक्ष्य हासिल गर्न प्रत्यक्ष योगदान पुग्नेमा बैंकको विश्वास छ । यस खाता खोल्नका लागि न्यूनतम मौज्दात रु। १०,००० आवश्यक छ । यो विशेष बचत खाता वित्तीय लाभका साथै वातावरण संरक्षणमा प्रत्यक्ष योगदान गर्न चाहने सबै उमेर समूहका व्यक्ति, गैरआवासीय नेपाली ९एनआरएन० र गैर–नाफामुखी संस्थाहरूलाई लक्षित गरिएको छ ।

    त्यसका साथै न्यूनतम मौज्दात कायम राख्ने ग्राहकले डिजिटल बैंकिङ प्रवद्र्धनअन्तर्गत नबिल बैंकका डिजिटल बैंकिङ प्लेटफर्महरू एनबैंक र एनबैंक वेभ आजीवन निःशुल्क प्रयोग गर्न सक्नेछन् । यसबाट कागजरहित बैंकिङ संस्कृति प्रवद्र्धन हुने बैंकले जनाएको छ ।

    त्यसबाहेक यस योजनामा सहभागी हुने ग्राहकलाई पहिलो वर्ष निःशुल्क नबिल डेबिट कार्ड र क्रेडिट कार्ड, वार्षिक लकर शुल्कमा २५ प्रतिशत छुट र योग्य ग्राहकलाई बीमा सुविधा पनि उपलब्ध गराइनेछ ।

     

  • वाइ वाइको नयाँ स्वाद- हट एण्ड स्पाइसी नुडल्स

    वाइ वाइको नयाँ स्वाद- हट एण्ड स्पाइसी नुडल्स

    काठमाडाैं ।  नेपालकै नम्बर १ चाउचाउ ब्रान्ड वाइ वाइले नयाँ स्वादमा ‘वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स नेपाली बजारमा ल्याएको छ। केवल ५० मूल्यमा उपलब्ध यो चाउचाउ प्रिमियम वर्गका साथै पिरो स्वाद मन पराउने उपभोक्ताहरूलाई लक्षित गर्दै प्रस्तुत गरिएको हो।

    विगत चार दशकदेखि वाइ वाइले नेपालमा मात्र नभई, विश्व बजारमा समेत आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। उपभोक्ताको बदलिंदो स्वाद र रोजाइलाई ध्यानमा राख्दै कम्पनीले विभिन्न स्वादका नयाँ विकल्पहरू बजारमा ल्याउँदै आएको छ।

    हालै बजारमा ल्याइएको यो हट एण्ड स्पाइसी नुडल्स पनि उपभोक्ताहरूको पिरो स्वादप्रतिको रुचिलाई मध्यनजर गर्दै तयार गरिएको सीजी फुड्सले जनाएको छ । यस नयाँ उत्पादनले उपभोक्ताको अपेक्षा अनुसारको स्वाद अनुभव गराउनेछ र वाइ वाइलाई झनै लोकप्रिय बनाउन सहयोग पुग्ने कम्पनीले जनाएको छ ।

    वाइ वाइले हालसालै ‘स्पाइसवर्स टिकटक चुनौती’नामक प्रतिस्पर्धा पनि सुरु गरेको छ, जहाँ विशेष प्रविधिमा आधारित फिल्टर प्रयोग गरी भाग लिने सहभागीमध्ये हरेक साता सबै भन्दा धेरै लाइक प्राप्त गर्ने प्रस्तुतिलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

    ‘यस नुडल्सको विकास क्रममा हामीले उपभोक्ताहरूको व्यवहार, इच्छाहरू र उनीहरूले मन पराउने अनुभवहरू बुझ्न प्रयास गर्यौं। विशेषतः १५ देखि २५ वर्ष उमेर समूहका युवाहरू, जो गेम खेल्न, स्ट्रीट फेसन पछ्याउन र डिजिटल कला सिर्जना गर्न मन पराउँछन्, उनीहरूको रुचिलाई समेट्ने प्रयास गरेका छौं। प्याकेजिङ डिजाइनको परीक्षणसमेत प्रविधिमैत्री विधिमार्फत गरिएको हो,’ कम्पनीका मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले बताए।

    वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्सको प्याकेजिङ समेत अन्य ब्रान्डभन्दा भिन्न, आकर्षक र युवा लक्षित रूपमा डिजाइन गरिएको छ। यसमा २५ वर्षभन्दा माथिका ट्रेन्डी तथा स्वादप्रेमी उपभोक्ताहरूको चाहनालाई समेत समेटिएको छ, जो नयाँ स्वादको अनुभव खोजिरहेका हुन्छन् र पिरो स्वादको रोमाञ्चकतालाई मन पराउँछन्।

    ‘पिरोपनको परिभाषा व्यक्ति अनुसार फरक हुन्छ – कसैलाई एकदम तीव्र स्वाद मन पर्छ भने, कसैले सन्तुलित मसला रुचाउँछन्। हामीले यो नुडल्समा पिरो स्वादलाई सन्तुलित ढंगले प्रस्तुत गरेका छौं। हामी विश्वस्त छौं, वाइ वाइको यो नयाँ हट एण्ड स्पाइसी स्वादले नयाँ अनुभव दिनुका साथै हाम्रो ब्रान्डलाई अझ सशक्त बनाउनेछ,’ सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बताए।

     

  • सुर्यज्योति लाइफको डिजिटल कार्ड र ई–कर्जा सेवा विस्तार 

    सुर्यज्योति लाइफको डिजिटल कार्ड र ई–कर्जा सेवा विस्तार 

    काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले थप दुई सेवा विस्तार गरेको छ । कम्पनीले नेपालको बीमा क्षेत्रमा पहिलो पटक सुर्यज्याेति केयर्स डिजिटल कार्ड र सुर्यज्योति ई–कर्जा सेवा शुरू गरेको हो ।

    सोमबार कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै उक्त सेवा शुभारम्भ गरेको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले ई–कर्जा सेवा शुभारम्भ भएसँगै अब जीवन बीमा पोलिसीमा अनलाइन कर्जा लिन सकिने जानकारी दिए ।

    तेस्रो किस्ता तिरिसके र तीन वर्ष पुरा भएका बिमितले अनलाइनबाट ई–कर्जा सेवा पाउने भएका छन् । ५० हजार रुपैयाँसम्म पाइने कर्जाको ब्याजदर कम्पनीले तोके अनुसार हुनेछ । कम्पनीले तोकेको आवश्यक कागजातसहित कर्जाको लागि आवेदन दिएको केही दिनभित्रै कम्पनीले बीमितको बैंक खातामा रकम जम्मा गरिदिने भएको छ ।  यस्तो सेवा नेपालमै पहिलो रहेको सीइओ खत्रीले दाबी गरे ।

    सीईओ खत्रीका अनुसार सुर्यज्योति केयर्स डिजिटल कार्ड बिमीत र अभिकर्ताहरूका लागि ल्याइएको कार्ड हो । यो कार्ड पाँच लाख माथि पोलिसि खरिद गरेका बिमितहरूले प्रयोग गर्न पाउनेछन् । यस कार्ड प्रयोगकर्ताहरूका लागि शुल्क भने ५० रुपैयाँ तोकिएको छ ।

    अल्का अस्पतालमा क्युआर मार्फत भुक्तानी गर्दा विभिन्न छुट समेत पाइने भएको छ । यससँगै देशभरका ४२ वटा अस्पतालबाट सम्झौता अनुसार छुट सेवा पाउने भएका छन् । फिटनेस सेन्टर, सिनेमा हल, सपिङ महललगायत ठाउँहरूमा पनि छुटका लागि सम्झौता गरिएको उनले जानकारी दिए ।

  • सीजीको नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक

    सीजीको नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक

    काठमाडौं । सीजी ले आफ्नो लेभल अप! क्याम्पेन अन्तर्गत नयाँ वर्ष ग्राहक योजना लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ। कम्पनीको अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ र ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन्:

    • क्यासब्याक: रु ६१,८०० सम्म।
    • पक्का उपहारहरू:
      • २.स्पिकर: सीजी मेरिडिया गुगल टीभी (६५-१०० इन्च) को खरिदमा।
      • केजी एरियल पाउडर: सेमी-अटोमेटिक र टप-लोड वासिङ मेसिनको खरिदमा।
      • केजी एरियल पाउडर: फ्रन्ट-लोड वासिङ मेसिनको खरिदमा।
      • मिक्सर ग्राइन्डर: साइड-बाई-साइड र मल्टि-डोर रेफ्रिजेरेटरको खरिदमा।
      • डिशवाशर किट: डिशवाशरको खरिदमा।
      • नि:शुल्क इन्स्टलेसन सेवा: एयर कन्डिसनरको खरिदमा।

    कम्पनीको अनुसार यो योजना अभियान सीजी डिजिटलका आउटलेटहरू र देशभरका च्यानल पार्टनरहरू मार्फत सफलतापूर्वक कार्यान्वयन गरिएको छ। नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा, सीजी ले आधुनिक प्रविधि र नवीनता भित्र्याउने अभियानमा निरन्तर अग्रसर छ।

  • एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरु

    एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरु

    काठमाडौं । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेलले दुई आकर्षक अफरहरू संचालनमा ल्याएको छ । यी अफरहरु अन्तर्गत ग्राहकहरूले सधैं अन रिन्युअल प्याकहरुमा दोब्बर डेटा र साना डेटा प्याकहरूमा बोनस सेवाहरु पाउँछन् ।

    यी दुवै अफरहरू आज बिहीबार (चैत्र २१) बाट लागू भएका छन् र वैशाख १६ सम्म मान्य रहनेछन् ।

    एनएसएल डबल डेटा अफरअन्तर्गत, कर सहित रु.३९९ बाट सुरु हुने सधैं अन रिन्यूअल प्याकहरू ग्राहकहरूले दोब्बर डेटा बोनसका रूपमा प्राप्त गर्दछन् । उदाहरणका लागि, रु। ७९९ को मासिक सधैं अन रिन्यूअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने मुख्य सेवाहरु ३० जीबी डेटा, सबै नेटवर्कमा अनलिमिटेड कल गर्न सकिने सुविधा, र ७९ वटा सबै नेटवर्कमा पठाउन सकिने एसएमएस सेवा बाहेक थप ३० जीबी बोनस डेटा प्राप्त गर्दछन् ।

    यो डबल डेटा बोनस अफर हाल संचालनमा रहेका सबै सधैं अन रिन्यूअल प्याकका प्रयोगकर्ताहरूका साथै यो अफर अवधिभित्र यी प्याकहरू लिने नयाँ ग्राहकहरूलाई लागू हुनेछ । यो अफर ग्राहकहरुका लागि निकै फाइदाजनक रहेको छ, किनभने बोनस डेटा पहिले प्रयोग हुने भएकोले प्याकमा पाइने डेटा लगायतका बाँकी सेवाहरु क्यारीओभर अर्थात थपिएर अर्को महिनामा पाइन्छ ।

    हाल एनसेलले सधैं अन रिन्यूअल योजनाअन्तर्गत डेटा, भ्वाइस, र एसएमएस सेवाहरू बन्डल भएको ६ वटा मासिक रिन्यूअल प्याकहरू प्रदान गरिरहेको छ । प्रत्येक प्याकमा निःशुल्क अनलिमिटेड यूट्यूब डेटा र राति ११ बजे देखि बिहान ७ बजेसम्म अनलिमिटेड इन्टरनेट चलाउन मिल्ने नाइट डेटा पनि समावेश रहेका छन् । कर सहित रु. ७९९, रु. ९९९, र रु. १,४९९ को रिन्यूअल प्याकहरूमा ग्राहकहरूले ३० दिनसम्म मान्य रहने प्रतिदिन रु. १,००० का दरले अधिकतम रु. १०,००० सम्मको अस्पताल भर्ना बीमा सुविधा पनि प्राप्त गर्दछन् ।

    अर्को एनएसएल विशेष अफर एनसेल एपमा मात्र उपलब्ध रहने एनएसएल फ्ल्यास सेल रहेको छ । यस अफरअन्तर्गत, रु. ५० मा २४ घण्टा लागि मान्य ५० अनलिमिटेड डेटा लिने ग्राहकले बोनस स्वरुप २० मिनेट एनसेलबाट अन्य एनसेल नम्बरमा कल गर्न सकिने टक टाइम प्राप्त गर्दछन् । त्यस्तै, रु. १५० मा ७ दिनसम्म मान्य हुने ७ जीबी डबल मजा प्याक किन्दा ग्राहकहरूले बोनसका रुपमा थप २ जीबी डेटा बोनस प्राप्त गर्दछन् ।

    नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल एनएसएलमा थप रोमाञ्चकता थप्दै संचालनमा ल्याईएका यी अफरहरूले ग्राहकहरुलाई ठूलो महत्व राख्ने एनसेलले जनाएको छ । एनसेल यस सिजन ३ मा टाइटल स्पोन्सरका रूपमा आवद्ध रहेको छ । ‘हामी तपाईंकै लागि’ भन्ने आफ्नो थिमलाई प्रतिबिम्बित गर्दै एनसेलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न प्लेटफर्म उपलब्ध गराउने प्रतिबद्धताकासाथ देशमा खेलकुदको विकासमा योगदान पुर्याउने उदेश्य अनुरुप यो सहकार्य गरेको हो

  • एनसेल फाउन्डेसनद्वारा शिक्षामा एनसेल एनएसएलमार्फत सहयोग पुर्‍याउने प्रतिबद्धता

    एनसेल फाउन्डेसनद्वारा शिक्षामा एनसेल एनएसएलमार्फत सहयोग पुर्‍याउने प्रतिबद्धता

    काठमाडौं । हाल जारी रहेको एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तीकरणप्रति आफ्नो प्रतिबद्धता अनुरुप यो सिजनभरि गरिने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता जनाएको छ ।

    यो पहल विषेशगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरुको स्रोतको अभावलाई घटाउँदै, गुणस्तरीय शिक्षाका लागि योगदान पुर्‍याउने फाउन्डेसनको प्रतिबद्धतामा आधारित रहेको छ ।

    मंगलबारसम्म खेलिएका खेलहरू र तीनका नतिजा अनुसार फाउन्डेसनले ११ गोल बापत २७५ शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित भइसकेको छ । यसरी वितरण हुने सामग्रीहरुमा झोला, कापी, सिसाकलम, शार्पनर, इरेजर जस्ता आवश्यक शैक्षिक सामग्रीहरू समावेश हुन्छन् । यसले स्रोतसाधन अभाव भएका समुदायका विद्यार्थीहरूलाई उनीहरुको सिकाइ अनुभव सुधार गर्न योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

    “हाम्रा समुदायहरुको सम्बन्ध फुटबलसँग गहिरो छ र यो पहलले फुटबलको उत्साहलाई विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि अर्थपूर्ण शैक्षिक सहयोगमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ,” एनसेलकी एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विषाशा लक्ष्मी खड्काले भनिन् । “हामी नेपाल सुपर लिगका सबै खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्छौं र यस महत्त्वपूर्ण उद्देश्यका लागि थप गोलहरू हुनेमा उत्साहित छौं।”

    एनसेल फाउन्डेसनले खेललाई शैक्षिक सहयोगसँग जोडेको यो पहिलो पटक होइन । यस अघि नेपाल प्रिमियर लिग (एनपीएल) का दौरान, फाउनडेसनले प्रत्येक १ चौका बराबर ४ वटा शैक्षिक शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित गरेको थियो । त्यसअनुसार, एनपीएलका ६५३ चौकाहरू बापत फाउन्डेसनले कुल २,६१२ शैक्षिक सामग्रीहरू वितरण गर्दैछ । हालसम्म, फाउन्डेसनले नेपालभरिका ४२ सरकारी विद्यालयका विद्यार्थीहरूलाई ५,००० भन्दा बढी शैक्षिक सामग्रीहरू वितरण गरिसकेको छ।

    एनएसएलको समापनपछि, एनसेल फाउन्डेसनले सम्बन्धित निकायहरू र अन्य सरोकारवालासँगको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गर्नेछ । यो पहलमार्फत फाउन्डेसनले शिक्षा क्षेत्रमा एनसेलको सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ र सकारात्मक सामाजिक परिवर्तन र सामुदायको विकासको लागि शिक्षाको विकास अपरिहार्य रहेको स्पष्ट पार्दछ ।

    एनसेल फाउन्डेसन प्रभावकारी व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का पहलहरुमार्फत देश र जनताको विकासमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको छ। संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्‍याउँदै समावेशी र दिगो नेपालको प्रवर्द्धन गर्नु यसको उद्देश्य रहेको छ । एनसेलको थिम ‘हामी तपाईंकै लागि’ मा आधारित भई फाउन्डेसनले शिक्षा, स्वास्थ्य, वातावरण, विपद् पूर्वतयारी तथा प्रतिकार्यका क्षेत्रमा कार्यहरु र अन्य सामुदायिक विकासका गतिविधिहरू मार्फत स्थानीय आवश्यकता सम्बोधन गर्दे विकासमा हातेमालो गर्दछ ।

  • सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई सहयोग प्रदान

    सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई सहयोग प्रदान

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब डेढ दशक देखि एच .आई. भी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरूप रू दुई लाख प्रदान गरेको छ ।

    बैंकले आफ्नो १८औं वार्षिक उत्सव आउँदो वैशाख ७ गते मनाउँदै छ । सोही उपलक्ष्यमा बैंकले यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । बेबी लाईफ होममा हाल २७ जना एच .आई. भी संक्रमित बालबालिका आश्रित रहेका छन् ।

    विशेष गरी विपन्न समुदायमा जन्मेका एच. आई. भी पोजेटिभ भएका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुँदा सञ्चालनमा केही सहजता होस भन्ने हेतुले बैंकले एक समारोहका बीच रू दुई लाखको चेक संस्थाका सञ्चालक राजकुमार पुन लाई हस्तान्तरण गरेको हो । उक्त रकम बालबालिकाको खानपान, शिक्षा र स्वास्थ्योपचारमा खर्च गर्ने कुरा संस्थाका सञ्चालक राजकुमार पुनले जानकारी दिए ।

    हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि  क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

    विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुविधा पनि  ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा नारी टीभीको सशक्तिकरण कार्यक्रम- १ सय जना लाभान्वित

    ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा नारी टीभीको सशक्तिकरण कार्यक्रम- १ सय जना लाभान्वित

    काठमाडौैं । डिजिटल सेवाहरूले वित्तीयको व्यवस्थापन गर्ने ई–बैंकिंग र व्यक्तिगत वित्तमा महिलाहरूको सशक्तीकरणका निम्त्ति नारी टी भीले चैत्र २० गते राजधानी स्थित दुसित प्रिन्सेसमा डिजिटल वित्तीयका आधारभूत र आवश्यक सीप र संसाधनहरूको विषयमा कार्यक्रम सम्पन्न गरेको छ ।

    ग्लोबल आइएमइ बैंकसँग सहकार्य गर्दै करिब १०० जना महिलाहरुको लागि गरिएको कार्यक्रम नारी टी भीले दोस्रो पटक गरेको हो। वित्तिय व्यवस्थापन , नारी सशक्तीकरण कार्यक्रमका अलावा महिला उद्यमसिलता प्रवर्दनका निमित्त एस अघिपनि कार्यक्रम गरिएको जानकारी नारी टी भीकि अध्यक्ष निकिता पौडेलले दिइन् ।

    “नेपालमा महिलाहरूले वित्तीय स्रोतहरूमा पहुँच र व्यवस्थापनमा अद्वितीय चुनौतीहरूको सामना गरिरहेका छन्। वित्तीय समावेशीकरण मा वृद्धि भए तापनि वित्तीय साक्षरता, डिजिटल बैंकिङ पहुँच र आर्थिक सहभागितामा अन्तर कायमै छ । यस पहलले महिलाहरूलाई उनीहरूको वित्तीय स्वतन्त्रता बढाउनका लागि तालिम, र परामर्श प्रदान गरेर यी खाडलहरूलाई कम गर्न उक्त कार्यक्रम मा ग्लोबल आइएमइ बैंकका
    In Charge Transaction Banking Sales and Business  डिलन शाक्यले डिजिटल साक्षरता र जागरुकताको विषयमा छलफल गराएका थिए । नेपालमा बैंकिङ सुरक्षाको अवस्थाको विषयमा छलफल भयो ।

    मोबाइल बैंकिङबाट घरायसी कार्यहरु बिजुलीको बिल तिर्न देखि व्यवसायहरु कसरी गर्न सकिन्छ ,सुरक्षित तरिकाले कसरी प्रयोग गर्ने लगायतमा सहजीकरण गराए। त्यस्तै ग्लोबल बैंकको सेवा अन्य बैंकको सेवा भन्दा फरक र प्रभावकारी रहेको उल्लेख गरे। मोबाइल एपहरुबाटै लो सकिने सुविधा , जहाजको टिकट लिन सकिने सुविधा रहेको छ । सुरक्षित मोबाइल बैंकिङ सम्बन्धि विभिन्न भिडियो सामग्री प्रस्तुत गरिएको थियो ।

    नेपालमा एउटा बैंकको शाखाले करिब चार हजार सात सय नब्बे जना ग्राहकलाई सेवा प्रदान गरिरहेको बताए । त्यस्तै नेपालको पचासी प्रतिशत नागरिकले मोवाइल बैकिङ सेवाको प्रयोग गरेको बताए। मोवाइल बैकिङबाट के के सेवाहरु लिन सकिन्छ भन्ने विषयमा जानकारी दिए । सहभागीहरुले बैकिङ सुरक्षा सम्बन्धि विभिन्न जिज्ञासा राखेका थिए ।

    साथै कामना सेवा विकास बैंककी राधे राधे साखा प्रमुख गमला बनले वित्तिय अनुशासन र लक्ष्यको विषयमा बताइन्। नेपालको सन्दर्भमा महिलाहरु राम्रो बचतकर्ता भएको बताइन् । घरायसी बजेट कसरी बनाउने ?किन आवश्यक छ ? वित्तिय रुपमा महिलाहरु कसरी साक्षर हुने भन्ने विषयमा छलफल गराइन् । वित्तिय साक्षरता भनेको के हो ? वित्तिय आक्षरता किन आवश्यक छ ? पैसाको उचित व्यवस्थापन ,वित्तिय लक्ष्य निर्धारण गर्ने विषयमा सहजीकरण गराइने । त्यस्तै कार्यक्रममा सहभागी महिलाहरुले वित्तिय क्षेत्रमा भोगेका समस्याहरु राखेका थिए ।

  • दुर्गेश थापाको लाइभ कन्सर्ट हायातमा हुँदै, टिकट खल्ती वा आइएमई पे बाट लिन सकिने

    दुर्गेश थापाको लाइभ कन्सर्ट हायातमा हुँदै, टिकट खल्ती वा आइएमई पे बाट लिन सकिने

    काठमाडौं । ‘दुश्मन हेरेको हेरई’ ‘रातो रातो खुर्सानी पिरो छ’ ‘बिचबिचमा’  र अनेकौँ सुपर हिट गीत दिएका दुर्गेश थापाको काठमाडौँमा पहिलो लाइभ कन्सर्ट हुँदै छ । यही वैशाख १८, २०८२ (मे १, २०२५) , हायात ग्राउन्ड बौद्ध मा हुन गइरहेको उक्त कन्सर्टको टिकट नेपालको अग्रणी डिजिटल वालेट खल्ती र आइएमई पे जुन कुनै प्लेटफर्मबाट लिन सकिन्छ।

    आयोजक ट्राइएङल इन्क सँग साझेदारी गर्दै खल्ती र आइएमई पे’ले प्रयोगकर्ताहरूलाई अनलाइन मार्फत सजिलै टिकट लिन सुविधा उपलब्ध गराएको छ । एक भाइब नै मानिएका थापा आफ्नो ऊर्जा र आकर्षक प्रस्तुति का लागि परिचित छन् जसका कारण हेर्न आउने दर्शकहरूलाई भरपुर मनोरञ्जन हुने कुरामा विश्वस्त रहेको कुरा साझेदारहरू बताउँछन्।

    थापाको साथसाथै उक्त कन्सर्टमा अन्य विभिन्न लोकप्रिय गायक तथा कलाकारहरूको पनि प्रस्तुति रहनेछ।

  • एनआईसी एसिया बैंकको एटिएमबाट एटिएम कार्ड बिना नै इसेवा वालेटको रकम निकाल्न सकिने

    एनआईसी एसिया बैंकको एटिएमबाट एटिएम कार्ड बिना नै इसेवा वालेटको रकम निकाल्न सकिने

    काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरु तथा इसेवा वालेट प्रयोगकर्ताहरुलाई बैंकिङ्ग कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने हेतुले मुलुकभर रहेका यस बैंकका एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम एटिएम कार्ड बिना नै निकाल्न मिल्ने सेवाको सुरुवात गरेको छ । मुलकभर रहेका यस बैंकका ६७० एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम कुनै झन्झट बिनै सामान्य प्रकृयाबाट निकाल्न सकिन्छ ।

    यसको निम्ती सबैभन्दा पहिला इसेवा एप लगिन गरेर Financial Payments अन्तर्गत रहेको ATM Withdrawal मा एनआईसी बैंक छनौट गर्नुपर्छ । अब दिएको निर्देशनअनुसार रु. १०००, रु. २०००, रु. ३०००, रु. ४००० र रु. ५००० रकम छनौट गर्दै रिमार्कस् राखेर अगाडि बढ्नुपर्छ । त्यसपछि इसेवा पिन राखेपछि आफ्नो मोबाइल नम्बरमा इत्ए कोड प्राप्त हुनेछ ।

    अब एनआईसी बैंकको एटिएममा रहेको Cardless Withdrawal अप्सनमा गएर Other Cardless र त्यसपछि इसेवा छनौट गर्नुपर्छ । यसअघि मोबाइल नम्बरमा प्राप्त  OTP कोड राखेर प्रोसिड गरेपछि आफ्नो रकम प्राप्त हुनेछ । हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रुपैयाँसम्म र मासिक बढीमा ५० कारोबारमा २५ हजार रुपैयाँसम्मको रकम निकाल्न सकिने सुविधा यस सेवामा उपलब्ध रहेको छ ।

  • बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

    बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा साइमेक्स इंक सम्मानित

    काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

    कनेक्टेड, इन्स्पायर्ड, युनाइटेड (CONNECTED. INSPIRED. UNITED) थिममा आयोजित सो इभेन्टमा एसिया प्यासिफिक क्षेत्रमा उत्कृष्ट कार्य गरेका पार्टनरहरुलाई उनीहरूको अभुतपूर्व योगदानका लागि सम्मानित गरिएको थियो ।

    नेपालमा दिगो मोबिलिटीलाई अगाडि बढाउन नेतृत्व लिए वापत साइमेक्स इंक विभिन्न प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको छ । साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड (All Brand Top Sales Award), एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड (Asia Pacific Outstanding Strategic Partner Award), २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड (2024 Excellent Partner Award)  र टप २० स्टोर अवार्ड (Top 20 Store Award) प्राप्त गरेको छ ।

    यसका साथै, बिक्री कार्यमा असाधारण उपलब्धिका साथ योगदान गरे वापत धेरै व्यक्तिहरुलाई सम्मानित गरियो । लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरे ।

    नेपालमा बीवाईडीलाई सफल बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने डिलर नेटवर्कको उपलब्धिमा समेत साइमेक्स इंक सहभागी बन्यो । यस अनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वर्ल्ड प्रा.लि. ले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड (2024 Outstanding Marketing Dealer Award) प्राप्त ग-यो । त्यसैगरी चितवनको डिलर युरो अटो ग्रिन प्रा.लि. ले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड (2024 Excellent Partner Award) र वीरगन्जको डिलर निरज अटोमोबाइल्स प्रा.लि. ले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड (2024 Best Sales Growth Dealer Award) प्राप्त गरे ।

    ‘यी प्रतिष्ठित पुरस्कार नेपालमा भएका हाम्रो टिम र डिलर पार्टनरको समर्पण र कडा परिश्रमका प्रतीक हुन् । ईभी क्रान्तिमा हामीले नेतृत्व लिइरहेको अवस्थामा, आगामी दिनमा समेत हाम्रा ग्राहकलाई नवप्रवर्तन र दिगो मोबिलिटी समाधान उपलब्ध गराउने कार्यमा हामी प्रतिबद्ध छौ ।’, साइमेक्स इंक प्रा.लि. का अध्यक्ष अनिल श्रेष्ठले भने ।

    ‘बीवाईडीले मेरो कडा परिश्रमको पहिचान गरेकोमा म अविश्वसनिय रुपमा गर्व र कृतज्ञ महसुस गरेको छु । कार बिक्री गर्नु मात्र होइन, यो एक भिजनलाई ड्राइभ गर्नु, मानिसहरुलाई दिगो भविष्य अंगाल्नका लागि मद्दत गर्नु र वास्तविक रुपमा केही फरक देखाउनु हो । मेरा प्रत्येक रातका योजना, प्रत्येक चुनौती र प्रत्येक कार्यबाट यो अवस्था आइपुगेको छ र यसका लागि मेरा ग्राहक तथा मेरो टिमले मप्रति गर्नुभएको विश्वासका लागि सबैप्रति कृतज्ञ छु ।’, साइमेक्स इंकका सिनियर सेल्स अफिसर निराजन खनालले भने ।

    साइमेक्स इंक आफ्ना ग्राहक, साझेदार र सरोकारवालाहरुलाई उनीहरुको निरन्तर विश्वास र समर्थनको लागि हृदयदेखि कृतज्ञता व्यक्त गर्दछ । यो क्षणमा, हामी नेपाललाई अझै सफा र दिगो भविष्यतिर लैजाने कार्यका साथ अर्को वर्ष समेत अझै सफल हुने अपेक्षा गर्दछौ ।

  • पौवाका सबै शाखामा ‘स्वादउत्सव’ कार्यक्रम आयोजना गरिने 

    पौवाका सबै शाखामा ‘स्वादउत्सव’ कार्यक्रम आयोजना गरिने 

    काठमाडौं  । नेपाली हस्पिटालिटीसहितको सेवा दिनेगरि स्थापना भएको होटल पौवाले स्थापनाको नवौँ वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव कार्यक्रम आयोजना गर्न लागेको छ । यही चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुनेछ ।

    नवौँ वार्षिकोत्सवको खुसीयालीमा देशभरका शाखाहरूमा विभिन्न कार्यक्रमसहित पौवाले स्वादउत्सव मनाउन लागेको हो । यो उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ । उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पुर्‍याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

    पौवाका सेपहरूबिच नै स्वस्थ प्रतिस्पर्धा गराई  बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्नु रहेको ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले बताए । उनले भने, ‘स्वाद उत्सवमा पाहुनाहरूले दिनुहुने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खरता आई क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको छ । यो उत्सवको अर्को महत्त्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत गर्नु हो ।’

    नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित स्वादउत्सव देशभरका शाखाहरूमा एकैसाथ सञ्चालन हुनेछ । उत्सवमा भाग लिनका लागि सबै शाखाबाट २ लाख स्थानीय तथा बाह्य पाहुनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणा पत्र दिइएको छ । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको स्वाद लिन पौवाले आग्रह गरेको छ ।

    ९ वर्षअघि लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो । हालसम्म १८ वटा शाखा पुगेका छन् । जहाँ ७०० भन्दा बढिलाई प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । नेपालगन्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य अतिथि आवास भवन निर्माण भइरहेको छ ।

  • होटल पौवाको चैत २५ देखि २९ गतेसम्म सबै शाखामा ‘स्वाद उत्सव’

    होटल पौवाको चैत २५ देखि २९ गतेसम्म सबै शाखामा ‘स्वाद उत्सव’

    रुपन्देही । होटल पौवाले नवौँ वार्षिकोत्सवको अवसर पारेर देशैभरका शाखाहरूमा स्वाद उत्सव कार्यक्रम आयोजना गर्न लागेको छ ।

    चैत २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वाद उत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने ब्रान्ड म्यानेजर विष्णु भण्डारीले बताए ।

    ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नाराका साथ नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको उनको भनाइ छ । मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पुर्‍याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।

    यसैगरी पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्ने, पाहुनाहरूले दिनुहुने प्रतिक्रियाले सेफहरूको अनुभवमा क्षमता अभिवृद्धि पुग्ने र स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन गर्ने उत्सवको मुख्य योजना रहेको भण्डारी बताउँछन् ।

    उत्सवमा भाग लिनका लागि सबै शाखाबाट २ लाख स्थानीय तथा बाह्य पाहुनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणा पत्र दिइएको उनको भनाइ छ ।

    पौवाले ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर शाखा विस्तार गरिरहेको जनाएको छ । नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको पौवाले सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई विशेष कार्यक्रम गर्दै आएको छ ।

    ९ वर्षअघि लुम्बिनीबाट होटल पौवाको पहिलो यात्रा सुरु भएको थियो । अहिले १८ वटा शाखा पुगेका छन् । यी शाखाबाट ७ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

    नेपालगन्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य अतिथि आवास भवन निर्माण भइरहेको छ ।

    अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भइसकेको छ । सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापनाको तयारी भइरहेको छ । केही समयभित्रै पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्ट तयारी भइरहेको छ ।

    पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ, जसअन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा व्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरी संस्थाले सेवा प्रवाह गरिरहेको छ ।

    नेपाली पहिचान संरक्षण र नेपाली उत्पादनलाई प्रोत्साहन दिएकै कारण धेरै नेपालीको मन जित्न सकेको यसका लगानीकर्ताको भनाइ छ ।

  • महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध, मार्च महिनामा ७ वटा कार्यक्रम सम्पन्न

    महिलाहरुको सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध, मार्च महिनामा ७ वटा कार्यक्रम सम्पन्न

    काठमाडौं । नबिल बैंकले सोमबार काठमाडौँमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

    कार्यक्रमको उद्घाटन बैंकको स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गरेका थिए । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरुको सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर प्रदानका लागि बैंक प्रतिबद्ध रहेको बताएका छन् । उनले बैंकिङ क्षेत्रमा महिलाहरुका लागि केही अप्ठ्याराहरु भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।

    “हामी लैंगिक समानता कायम गर्न प्रतिबद्ध छौँ, लैंगिक समावेशिता कायम भयो भने सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ”, अध्यक्ष पौडेलले भने । पौडेलले विश्वको इतिहास हेर्दा पनि महिलालाई पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरेको उल्लेख गर्दै पछिल्लो समय भने यो परिवर्तन भइरहेको बताए । “अहिले पनि कार्यस्थलहरुमा महिलाविरुद्ध हिंसाका घटना भइरहेका छन्, केही चुनौती पनि छन्, यी समस्याहरु नेपालले पहिचान गरी समाधानको बाटोमा अघि बढिसकेको छ”, उनले भने, “नबिल बैंक पनि महिलाहरुलाई उच्च नेतृत्वमा ल्याउन र निर्णायक भूमिका दिन र अवसर सृजना गर्ने विषयमा सकारात्मक छ ।” उनले आर्थिक विकासमा महिलाको सहभागिताको महत्वलाई बुझ्दै समाजमा लामो समयदेखि रहेको असमानताको अवशेषलाई हटाउनुपर्नेमा जोड दिए ।

    त्यस अवसरमा नबिल बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा महिलाहरुको नेतृत्व बढाउन जरुरी रहेकामा जोड दिए । उनले बैंकिङ क्षेत्रको नेतृत्वमा अझै पनि महिलाहरुको प्रतिनिधित्व कम भएको उल्लेख गर्दै यसप्रकारका कार्यक्रमले महिला सहभागिता बढाउन र उत्प्रेणाका लागि महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

    ज्ञवालीले भने, “बैंकिङ क्षेत्रको व्यवस्थापकीय नेतृत्वमा महिलाहरुको सहभागिता बढाउन जरुरी छ, महिलाहरुको सोच्ने तरिका पुरुषको तुलनामा फरक हुन्छ, उहाँहरु काममा बढी केन्द्रित हुनुका साथै तथ्यपरक समेत गरेको मैले पाएको छु ।” सुशासनको क्षेत्रमा पनि पुरुषको तुलनामा महिलाहरु बढी सक्षम भएको उल्लेख गर्दै ज्ञवालीले बैंकबाट खराब काम गरी निष्कासित हुनेमा महिलाको संख्या नगन्य भएको बताए । कर्मचारीमा महिलाको संख्या उल्लेख्य रुपमा कायम गर्न नबिल बैंक सक्षम भएको उनको भनाइ थियो ।

    “महिलालाई पुरुषसँगै हिँड््न सजिलो छैन, उहाँहरु घरदेखि कार्यालयको काममा व्यस्त हुनुपर्ने र विभिन्न जिम्मेवारीका कारण बीचबाटोमै अल्झनुपर्ने समस्या पनि छ”, उनले भने, “त्यसैले पनि हरेक जसो क्षेत्रमा महिलाहरुको अपेक्षाकृत प्रतिनिधित्व हुन सकेको छैन, त्यसैले समावेशी कार्यस्थल निर्माणका लागि महिलाको सहभागिता बढाउन जरुरी छ ।” आफूहरुले महिलाको कुरा गर्ने भन्दा पनि लैंगिक समानतामा जोड दिएको आएको उनको भनाइ थियो ।

    कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले नबिल बैंकले आयोजना गरेको कार्यक्रम लैंगिक समानता कायमको लक्ष्यप्राप्तिमा महत्वपूर्ण पहल भएको बताइन् । “नबिल बैंकले महिलाको सशक्तीकरणमा लगानी गरी कार्यस्थल समावेशी बनाउनेदेखि मुलुकको वृहत आर्थिक विकासमा समेत ठूलो सहयोग गरेको छ”, उनले भनिन्, “नबिललाई आजका दिनसम्म ल्याउनमा महिलाहरुको ठूलो भूमिका भएको मैले पाएकी छु ।”

    महिलाहरुको सशक्तीकरणमा पुरुषहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले आफ्नो घर, कार्यस्थल तथा समाजमा महिलाहरुको साथ दिन सबैलाई आग्रह गरिन् । “महिलाहरूका लागि खेलकुद, बैंकिङ वा कुनै पनि क्षेत्रमा दिगो भविष्य निर्माण गर्न केवल अवसर मात्र पर्याप्त हुँदैन, यसका लागि संस्कृतिमा पनि परिवर्तन आवश्यक छ, हामीले साना उमेरदेखि नै किशोरीहरूमा लगानी गर्नुपर्छ, तिनीहरूलाई बिना डर संकोच आफ्नो रहरहरु पछ्याउन प्रोत्साहित गर्नुपर्छ”, उनले भनिन् । महिलाहरुको सहभागिताले सीप र विज्ञताका साथै नयाँ दृष्टिकोण, सोच र सहकार्य पनि ठूलो प्रभाव पार्ने उनको भनाइ थियो । उनले पुरुषहरुको बाहुल्य रहेको समाजमा एक्लै हिँड्न नसकिने भन्दै लक्ष्य प्राप्तिका लागि सञ्जाल निर्माण र सहकार्य जरुरी भएको बताइन् ।

    कार्यक्रममा ‘द सि–सिफ्टः नेभिगेटिङ ब्यारियर्स एण्ड क्याटलाइजिङ लिडरसीप’ शीर्षकको समूहगत छलफलका क्रममा वक्ताहरुले महिलाहरुले पनि विभिन्न क्षेत्रको नेतृत्व लिन सक्ने र त्यसका लागि योग्य भएकामा जोड दिए । छलफलका क्रममा पर्यावरण अभियन्ता सिलसिला आचार्य, रोजी कट्टेल र डा। रामजी रामले महिलाको सहभागिता, सशक्तीकरण र अवसर सृजनालगायतका क्षेत्रमा धारणा राखेका थिए भने कान्तिपुरका वरिष्ठ उप–सम्पादक यज्ञ बन्जाडे मध्यस्थकर्ताको भूमिकामा थिए । कार्यक्रममा नबिलका उच्चपदाधिकारीहरुका साथ दुई सयभन्दा बढी महिला तथा पुरुष कर्मचारीहरुको सहभागिता थियो ।

    नबिल बैंकले यसबाहेक पनि महिलाका विषयलाई केन्द्रित गरी मार्च महिनाभर विभिन्न कार्यक्रम आयोजना गरिसकेको छ । बैंकले लैंगिक समानता प्रवद्र्धन, महिला सशक्तीकरण, जनचेनता अभिवृद्धि, व्यक्तिगत क्षमता अभिवृद्धि र सहयोगी समुदाय निर्माणको उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ ।

    बैंकले आयोजना गरेको मार्च इन टु वेलनेस कार्यक्रमबाट काठमाडौँ उपत्यका र बाहिरका गरी ३५ महिला कर्मचारी लाभान्वित भएका थिए भने वेलविइङ अफ वुमन सेसनमार्फत उपत्यकामा कार्यरत १०० महिला कर्मचारीले लाभ लिएका थिए । बैंकले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देशव्यापी वृहत्त ¥याली आयोजना गरेको थियो । जसमा नबिल बैंकका मुलुकभर रहेको विभिन्न शाखामा कार्यरत एक हजार २०० सयभन्दा बढी कर्मचारीको सहभागिता थियो ।

    बैंकले कार्यस्थलमा हुने हिंसाजन्य गतिविधि र रोकथामका उपायका सम्बन्धमा कोशी प्रदेशमा ६८ जना महिला कर्मचारी सम्मिलित कार्यक्रम आयोजना गरेको थियो । साथै मधेस प्रदेशमा सुरक्षित र मर्यादित कार्यस्थल शीर्षकको कार्यक्रम आयोजना गरी ५० जना कर्मचारीलाई अभिवृद्धि गरेको थियो । साथै नबिलले बैंकमा कार्यरत सबै कर्मचारीलाई लक्षित गरी रजस्वलाको विषय र चुनौतीका सम्बन्धमा कार्यक्रम आयोजना गरेको थियो ।

    नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । बैंकले आधुनिक बैंकिङ युगको सुरुआत गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ आफ्नो व्यवसाय केन्द्रित गर्दै आएको छ ।

  • कजारियाको नयाँ सोरुम धनगढीको सहिद चोकमा

    कजारियाको नयाँ सोरुम धनगढीको सहिद चोकमा

    धनगढी । भारतको अग्रणी टाइल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै धनगढीको सहिद चोकमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । गोदावरी टाइल एण्ड मार्बलद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

    उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा विराज भट्टको, विशिष्ट अतिथिको रुपमा चक्र बम र अतिथिको रुपमा धनगढी उद्योग वाणिज्य संघको पधादिकारीको उपस्थिति रहेको थियो । साथै, कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनायो । यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरे ।

    समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने, “धनगढी कजारियाका लागि एक महत्त्वपूर्ण बजार हो, र यो सोरुमले हामीलाई हाम्रो प्रिमियम टाइल्सलाई स्थानीय ग्राहकसम्म पुर्याउन मद्दत गर्नेछ । हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र उच्च गुणस्तरका उत्पादनहरू दिनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने छ ।”

    धनगढीको महत्वपूर्ण क्षेत्रमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ। यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ ।

    प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो सोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।

    रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ ।
    यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।