Category: कर्पोरेट प्रेस

  • पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्नसक्छ बजाज पल्सर १५० सिसि फेला

    पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्नसक्छ बजाज पल्सर १५० सिसि फेला

    काठमाडौं । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स को नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि. हो। नेपालको सवारीसाधन बजारमा टाटा जेन्युइन पार्ट्स व्यवसायिक सवारी प्रयोगकर्ताहरूको विश्वसनीय छनोट रहँदै आएको छ।

    यही विश्वासलाई अझ मजबुत बनाउन, यसपालीको दसैं, तिहार एवं छठ पर्वको अवसरमा सिप्रदी अटोपार्ट्सले ग्राहकहरूका लागि विशेष “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक आकर्षक लक्की ड्र योजना सार्वजनिक गरेको छ।

    यस विशेष अफरमा सहभागी भएका ग्राहकहरूले बम्पर उपहारसहित थुप्रै शानदार पुरस्कार जित्ने अद्वितीय अवसर पाउनेछन्।

    लक्की ड्रमार्फत पाउन सकिने पुरस्कारहरू:

    – रु. १,००,००० माथिको खरिदमा १५० सिसिको बजाज पल्सर (बम्पर उपहार)

    – रु. ७५,००० माथिको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर

    – रु. २५,००० माथिको खरिदमा स्मार्ट टिभी

    – रु. ५,००० माथिको खरिदमा स्मार्टफोन

    यसबाहेक, हरेक खरिदमा रु. १,००० सम्मका क्यासब्याक कुपनहरू ग्यारेन्टीका साथ प्राप्त गर्न सकिनेछ।

    सक्कली पार्ट्स प्रयोगको महत्व :

    टाटा जेन्युइन पार्ट्सले गाडीको इन्जिन, ब्रेक, क्लच लगायतका अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्छ। यसले मर्मत खर्च कम गर्नुका साथै गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउन मद्दत गर्दछ।

     

  •  रियलमीको नोट ७० सार्वजनिक, एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा

     रियलमीको नोट ७० सार्वजनिक, एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा

    काठमाडौं । रियलमीको नोट ७० मोडल नेपाली बजारमा सार्वजनीक भएको छ। यस रियलमी नोट ७० मा ६३००mAh को शक्तिशाली ब्याट्री रहेको छ। मिलिटरी-ग्रेडको मजबुती र स्मार्ट फिचरहरू रहेको यस रियलमी नोट ७० ले युवाहरूको मन जित्ने विश्वास गरिएको छ।

    एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चलाउन सकिने सुविधा यसमा रहेको कम्पनीले जानकारी दिएको छ । यसमा १५W को फास्ट चार्जिङ र ६W रिभर्स चार्जिङ सुविधा पनि भएकोले डाउनटाइम कम रहेको छ।

    टिकाउपनका लागि नोट ७० मा मिलिटरी-ग्रेड मजबुती र आर्मरशेल प्रोटेक्सन रहेकोले यो फोन एकदम मजबूत भएको कम्पनीले जानकारी दिएको छ। १.८ मिटरसम्म बाट खस्दा पनि फोन सुरक्षित रहने कम्पनीले जानकारी दिएको छ। यसमा सोनिक वेभ इजेक्सन टेक्नोलोजी र IP५४ डस्ट एण्ड वाटर रेजिस्टेन्स पनि रहेको छ, जसले यसलाई आफ्नो वर्गको सबैभन्दा टिकाउ स्मार्टफोन बनाउँछ।

    डिजाइनमा पनि आकर्षक रहेको यस रियलमी नोट ७० मा ७.९४mm को अल्ट्रा-स्लिम बडी र २०१ ग्राम हलुका फ्रेम समावेश गरिएको छ, जसले शैली र टिकाउपनको सन्तुलन प्रदान गर्छ। ९०Hz को आइ कम्फर्ट डिस्प्लेले लामो समयसम्म प्रयोग गर्दा पनि आँखामा थकान कम गर्दै  स्मूथ भिजुअल अनुभव दिन्छ।

    फोटोग्राफी प्रेमीका लागि १३MP AI क्यामेरा ले स्पष्ट फोटो खिच्न सहयोग गर्छ। युनिसोक T७२५० अक्टा-कोर चिपसेटले स्मूथ मल्टीटास्किङ र प्रदर्शन सुनिश्चित गर्छ भने, एआइ स्मार्ट एक्सपिरियन्स प्रयोगकर्ताको व्यवहार अनुसार इन्टरफेसलाई व्यक्तिगत र प्रभावकारी बनाउँछ।

    मनोरञ्जनको लागि नोट ७० मा ३००% अल्ट्रा बूम स्पिकर राखिएको छ जसले भिडियो, संगीत र गेमिङ अनुभवलाई अझ रमाइलो बनाउँछ।

    पल्स लाइट फीचरले एक अलर्टमै नोटिफिकेसन हेर्न मिल्छ। नोटिफिकेशन हेर्ने तरिका नै बदल्छ—स्मार्ट र स्टाइलिश प्रकाशले प्रत्येक अलर्ट एक नजरमै देखाउन सहयोग पुर्‍याउँछ।

    रियलमीको नोट ७० २ वटा स्टोरेज भेरियन्टमा बीच गोल्ड र अब्सिडियन ब्ल्याक जस्तोआकर्षक रंगमा नेपालभर उपलब्ध छ। ४जीबी+६४जीबीको मूल्य रु. १३,९९९ र ४जीबी+१२८जीबी को मूल्य रु. १४,९९९रहेको छ।

    शक्तिशाली ब्याट्री, मिलिटरी-ग्रेड मजबुती र स्मार्ट फीचरहरूको साथ, नोट ७० एंट्री-लेवल स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापना गर्न तयार छ।

     

  • सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

    सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८१र८२ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।
    बैंकको कोशी प्रदेशका १९, मधेश प्रदेशका १६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ तथा सुदूरपश्चिम प्रदेशका ९ शाखाहरु मार्पmत विभिन्न उमेर समुहका व्यक्तिहरु, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु र अन्य समुहका गरि विभिन्न वर्गलाई वित्तिय साक्षरताका विभिन्न कार्यक्रमहरुको आयोजना गरी करिब १० औं हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ ।
    कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ ।
    यसबाट बंैकिङ्ग प्रणाली मजवुत हुने र  सर्वसाधारणमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा  स्वस्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एंव असाएहरुको लागि संचालित संस्थाहरुमा सहयोगहरु गरिसकेका छ ।
    विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन रCRN नम्बर सेवा लिन सकिने सुबिधा पनि  ल्याएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख १२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
  • सीजी इलेक्ट्रोनिक्सको चाडपर्व विशेष योजना सार्वजनिक

    सीजी इलेक्ट्रोनिक्सको चाडपर्व विशेष योजना सार्वजनिक

    काठमाडौं । दशैं, तिहार र छठपर्वको अवसरमा सीजी इलेक्ट्रोनिक्सले विशेष चाडपर्व योजना ‘भित्र्याऔँ खुशी र समृद्धि #Level Up With CG’ सार्वजनिक गरेको छ ।

    यस अभियान अन्तर्गत ग्राहकहरूले अत्याधुनिक CG तथा CG Meridia Signature Series का उत्पादनहरूमा रु. १,८१,९०० सम्मको आकर्षक क्यासब्याक, विशेष उपहारहरू तथा बहुपक्षीय सुविधा प्राप्त गर्न सक्नेछन्।

    अफरहरू:

    • माइक्रोवेभ ओभन – निःशुल्क कुकिङ किट
    • सेमी अटोमेटिक / टप लोड वाशिङ मेसिन – एरियल ३ केजी निःशुल्क
    • फ्रन्ट लोड वाशिङ मेसिन – एरियल ६ केजी निःशुल्क
    • डिस्वाशर – निःशुल्क डिस्वाशर वाशिङ ट्याब्लेट
    • एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन सेवा

    थप सुविधा:

    • ९ महिनाको NetTV सब्सक्रिप्सन निःशुल्क ४३ इन्च र त्यसभन्दा माथिका CG र CG Meridia टिभीको खरिदमा
    • CG X-Elex– पुराना उपकरणको उचित मूल्यमा एक्सचेन्ज सुविधा
    • सजिलै 0% EMI सुविधा नागरिकता भएमा ( शर्तहरू लागु हुने)

     कम्पनी प्रतिनिधिको भनाइ अनुसार:

    “दशैं र तिहार नेपालीहरूको मात्र पर्व होइन, खुशी र समृद्धिको पहिचान हो। यसै भावनालाई आत्मसात गर्दै ‘Level Up With CG’ अभियान सुरु गरिएको हो, जसले नेपाली परिवारको जीवनस्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको छ।”

    सीजी इलेक्ट्रोनिक्स देशभर २० वटा आधुनिक शोरुमहरू, २५ वटा आफ्नै सेवा केन्द्रहरू तथा १५ वटा फ्रेन्चाइज सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।

    यो अफर २०८२ साल भदौ १८ गतेदेखि नेपालभरिका सबै सीजी शोरुम तथा अधिकृत विक्रेताहरूमा सीमित समयको लागि उपलब्ध हुनेछ।

     

  • स्मार्ट च्वाईस टेक्नोलोजिजको थ्रीडीएस एसीएस सेवा सुरु

    स्मार्ट च्वाईस टेक्नोलोजिजको थ्रीडीएस एसीएस सेवा सुरु

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले 3DS Access Control Server (ACS) सेवा सफलतापूर्वक सुरुवात गरेको छ । ACS विश्वव्यापी 3D Secure प्रोटोकलको महत्वपूर्ण अंग हो, जसले कार्डबाहकहरूलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रियालाई सहज बनाउँछ र ठगीविरुद्ध उच्च स्तरको सुरक्षा सुनिश्चित गर्छ ।

    Global IME Bank नेपालमा SCT को 3DS ACS सेवामा आबद्ध हुने पहिलो बैंक बनेको छ । त्यससँगै, NMB Bank लाई पनि यो सेवा प्रदान भइसकेको छ, जसले यस सेवाको पहुँच अझ विस्तार गरेको छ । यी सहकार्यहरुमार्फत Global IME Bank र NMB Bank का कार्डबाहकहरूले अब अनलाइन कारोबार गर्दा अझ सुरक्षित र सहज प्रमाणीकरण सुविधा पाउनेछन् ।

    SCT ले सुरु गरिएको ACS सेवा नेपालमा डिजिटल भुक्तानी क्षेत्रमा नयाँ प्रगतिका रुपमा स्थापित भएको छ । यसले अनलाइन कारोबार गर्दा रियल–टाइम प्रमाणीकरणठगी रोकथाममा सहयोग प्रदान गर्ने भएकाले अनलाइन किनमेल, टिकटिङ, र अन्य भुक्तानी अनुभवलाई अझ सुरक्षित र विश्वासिलो बनाउने छ । यसले ग्राहकको डिजिटल च्यानलमा विश्वास बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रादायक संस्थाहरूको सुरक्षाका मापदण्डसँग नजिक ल्याउँदै, नगदविहीन अर्थतन्त्रतर्फको यात्रालाई पनि टेवा पुर्‍याउने छ  ।

     

  • काठमाडौंको कलंकीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

    काठमाडौंको कलंकीमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

    काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमाडौंमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। काठमाडौं कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो।

    बुधबार आयोजित औपचारिक समारोहमा टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि. का सन्चालक प्रज्ज्वल अधिकारीज्यु र लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवालज्यु र आशुतोश खेतानज्युले संयुक्त रूपमा “एम्पोरियो” श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन गरे।

    उद्घाटन समारोहमा बोल्दै निर्देशक अभिनभ चुरिवालज्युले लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए। लेमिनार टायल्सका अर्का निर्देशक आशुतोश खेतानज्युले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्स भन्दा बढि रहेको बताए।

    बर्दियाको गुलरियामा १२।५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ।

    कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ। यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन्।

     

  • एलएस अटोमा चाडपर्व लक्षित ‘फेस्टिभ अफर’ सार्वजनिक, ८ लाखसम्म छुट पाइने 

    एलएस अटोमा चाडपर्व लक्षित ‘फेस्टिभ अफर’ सार्वजनिक, ८ लाखसम्म छुट पाइने 

    काठमाडौं । एलएस अटोको नेपाली आधिकारिक आयातकर्ता कम्पनी ब्लू कर्पोरेशनले चाडपर्व लक्षित गर्दै ‘फेस्टिभ अफर’ ल्याएको छ । नजिकिँदै गरेको दशैंतिहार लक्षित गर्दै ल्याएको यो अफरमा रहेर गाडी किन्दा न्यूनतम डाउन पेमेन्टको सुविधादेखि उपहार तथा नगदमा छुट दिइने भएको हो ।

    विभिन्न छुट र बोनसको समावेशसहित गाडीको खरिदमा कुल ८ लाख रुपैयाँसम्मको लाभ लिन सक्ने गरी फेस्टिभ अफर आएको कम्पनीका महाप्रबन्धक नविन फुयाँलले जानकारी दिए । कम्पनीले बिक्री गर्दै आएको ‘एलईभी–०१’ गाडी ग्राहकहरूले यो अफर अन्तर्गत केवल २० प्रतिशतको डाउन पेमेन्टमा घर लैजान सक्नेछन् ।

    साथै कम्पनीका महाप्रबन्धक नविन फुयाँलले भने दशैंतिहारमा गाडी खरिद गर्ने सोच बनाएका ग्राहकहरूका लागि निकै उपयुक्त यो अफर रहेको बताए । उनका अनुसार यस अफर अन्तर्गत गाडी किन्ने ग्राहकका जोडिले निःशुल्क ५ रात ६ दिनको सिङ्गापुर र मलेसिया घुम्ने अवसर प्राप्त गर्नेछन् ।

    यस्तै, फेस्टिभ अफरमा कम्पनीले १ लाखको नगद छुट, १ लाख रुपियाँको एक्सचेञ्ज बोनस, निःशुल्क बीमा सुविधाको पनि प्रदान गरेको छ । कम्पनीका अनुसार यही अफर भित्र गाडी किन्दा १० किलो क्षमताको वाशिङ मेसिन निःशुल्क दिइने बताइएको छ ।

    कम्पनीले यो अफर सीमित समयको लागि मात्र रहेको जानकारी दिँदै इच्छुक ग्राहकहरूलाई नजिकको शोरुमा सम्पर्क गरी यसको लाभ लिन सकिने बताएको छ । नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल गाडी एलईभी–०१ हो । दमदार प्रर्फर्मेन्सले सुसज्जित यो गाडीमा ६७.१२ किलोवाट आवरको ब्याट्री क्षमता छ । ५०० किलोमिटर भन्दा बढी एक पटकको फुल चार्जमा कुदाउन सकिने यो गाडीको ग्राउन्ड क्लियरेन्स २१० मिमि रहेको छ ।

    ‘गाडीको खरिद गर्ने ग्राहकलाई सहजीकरणको उद्देश्य राखी यो अफर सार्वजनिक गरेका हौँ, यो अफरको लाभ लिन सक्ने अवसर नेपालीहरूको महान् चाडले जुराई सकेको छ, ‘महाप्रबन्धक फुयाँलले भने, ‘दशैंतिहारले मात्रै होइन, यस पटक एलएस अटोको गाडी खरिदमा राखिएको अफरमा हर्ष पाउनु हुनेछ ।’

  • सीआरबीटी सेवा अनिश्चतकालका लागि बन्द

    सीआरबीटी सेवा अनिश्चतकालका लागि बन्द

    काठमाडौं । नेपाल टेलिकमको ‘कलर रिङ ब्याक टोन’ सीआरबीटी  सेवामा अनिश्चतकालका लागि बन्द भएको छ ।

    नेपाल टेलिकमले सुचना जारी गर्दै प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएको र अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहने जनाएको छ ।

    यथाशीघ्र समस्या समाधानका लागि प्रयास भैरहेको समेत टेलिकमले जनाएको छ ।

     

  • एससीटी युनियन पे कार्डवाहकलाई लबिम मलमा पार्किङ छुट

    एससीटी युनियन पे कार्डवाहकलाई लबिम मलमा पार्किङ छुट

    काठमाडौं । एससीटी युनियन पे कार्डवाहकहरुका लागि ललितपुर पुल्चोकस्थित लबिम मलमा प्रतिघण्टा १ रुपैयाँमा पार्किङ सुविधा सुरु भएको छ ।

    स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र लबिम मलबीच यस सुविधा सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार एससीटी युनियन पे कार्डवाहकले लबिम मलको अन्डरग्राउन्ड पार्किङमा ५ घण्टासम्म प्रतिघण्टा १ रुपैयाँका दरले पार्किङ सुविधा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

    यो सुविधा लिन ग्राहकले पार्किङ शुल्क एससीटी युनियन पे कार्डबाट लबिम मलको पार्किङ रहेको पीओएस मेसिनमा भुक्तानी गर्नुपर्ने छ । एससीटीका अनुसार मंगलबारदेखि सुरु भएको यो सुविधा सेप्टेम्बरभरि लागु हुनेछ ।

  • सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी !

    सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी !

    काठमाडौँ । दशैंलाई लक्षित गर्दै सामसङ नेपालले नयाँ अफर ‘दिनदिनै दशैं’ सार्वजनिक गरेको छ। अफरअन्तर्गत सेप्टेम्बर १ देखि २८ सम्म नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने उपभोक्ताले दैनिक उपहार जित्ने अवसर पाउने भएका छन्।

    यस योजनाअनुसार प्रत्येक दिन एक भाग्यशाली विजेताले भाटभटेनी शपिङ भौचर रु। १ लाख प्राप्त गर्नेछन् भने अन्य १० जनाले रु. १० हजारका शपिङ भौचर जित्नेछन्। यसरी दैनिक ११ जना विजेताले दशैंको तयारीलाई अझ रमाइलो बनाउन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।

    ग्राहकले आफ्नो नयाँ सामसङ मोबाइल वा ट्याबलेटको सिरियल नम्बर  *#06#  डायल गरी थाहा पाएर “Samsung <space> Serial No.” लेखी ३५००१ मा SMS पठाउनुपर्नेछ। SMS पठाएपछि दर्ता भएको जानकारी तुरुन्तै प्राप्त हुनेछ। विजेताको घोषणा सामसङको आधिकारिक फेसबुक पेजमार्फत हुने कम्पनीले जनाएको छ।

    एमएक्स सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “दिनदिनै दशैं अफरमार्फत सामसङले ग्राहकलाई हरेक चाडपर्वमा अमूल्य अनुभव दिने परम्परालाई निरन्तरता दिएको छ।” सामसङका अनुसार यो अफर नेपालभरका आधिकारिक विक्रेता र ई–कमर्स प्लेटफर्ममार्फत उपलब्ध हुनेछ।

    यो अफर सामसङका आधिकारिक विक्रेता र ईकमर्स प्लेटफर्ममार्फत नेपालभर उपलब्ध छ। यस अभियानमार्फत सामसङले आफ्ना ग्राहकलाई हरेक चाडपर्वमा अमूल्य अनुभव दिलाउने परम्परा निरन्तरता दिएको छ।

  • सिटिजन्स बैंकको ‘सेमिनार अन् कोशी लिडरसिप’: इन्स्पाएरिङ्ख पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ कार्यक्रम सम्पन्न

    सिटिजन्स बैंकको ‘सेमिनार अन् कोशी लिडरसिप’: इन्स्पाएरिङ्ख पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ कार्यक्रम सम्पन्न

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेृशमा आयोजित ‘सेमिनार अन् कोशी लिडरसिप’ : इन्स्पाएरिङ्ख पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ कार्यक्रम भव्यताका सम्पन्न गरेको छ ।

    सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको हो ।

    सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएको छ । हालै मधेस र बागमती प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको र त्यसैको निरन्तरता स्वरूप कोशी प्रदेशमा त्यसै किसिमको सेमिनार गरिएको र अरु प्रदेशहरूमा पनि यसै गरी क्रमशः आयोजना गरिन बैंकले जानकारी दिएको छ ।

    कोशी केन्द्रित भएको यो कार्यक्रम जस्तै अन्य प्रदेशमा पनि प्रदेश स्तरमा कार्यक्रम गरिने योजना बैंकले जनाएको छ ।

  • सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटेलमा २० प्रतिशत छुट

    सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटेलमा २० प्रतिशत छुट

    काठमाडौं । सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेल प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    सम्झौता अनुसार पोखरा स्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

  • एलजी नेपालको ‘खुशीको ४० वर्ष’ विशेष दशैँ-तिहार अफर

    एलजी नेपालको ‘खुशीको ४० वर्ष’ विशेष दशैँ-तिहार अफर

    काठमाडौं ।  एलजी ले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै “खुशीको ४० वर्ष” नामक दशैँ–तिहार विशेष अभियान सार्वजनिक गरेको छ। दशैँ–तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको हो।

    नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यो अभियानअन्तर्गत, उपभोक्ताले ४०% सम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउनेछन्।

    मुख्य आकर्षण

    • फ्रन्ट लोड वाशिङ मेसिन (११ के.जि. सम्म) – ६ के.जि. एरियल म्याटिक उपहार
    • फ्रन्ट लोड वाशिङ मेसिन (१३ के.जि.+) – इन्डक्सन चुलो उपहार
    • टप लोड / ट्विन टब वाशिङ मेसिन – ३ लि. एरियल लिक्विड उपहार
    • डिशवाशर – २ प्याक डिशवाशिङ ट्याब्लेट उपहार
    • साइड-बाइ-साइड फ्रिज – माइक्रोवेभ ओभन उपहार
    • डबल डोर फ्रिज (३०८ लि. सम्म) – प्रेशर कुकर उपहार
    • डबल डोर फ्रिज (३४० लि.+) – मिक्सर ग्राइन्डर उपहार
    • माइक्रोवेभ ओभन – कुकिङ किट उपहार
    • एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन

    अतिरिक्त सुविधा

    • 0% EMI (अन-द-स्पट, नो-कस्ट) – सजिलो किस्ताबन्दी खरिद
    • ३२” वा सोभन्दा ठूलो टिभी किन्दा – ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन

    यो विशेष अफर भाद्र १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागू हुनेछ।

    एलजी नेपालबारे

    नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षको विश्वास बोकेको एलजी नेपाल गुणस्तर र नवीनताको पर्याय हो। घरायसी उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोलुसन लगायतका अत्याधुनिक प्रविधिसहित एलजीले उपभोक्ताको जीवनलाई सहज र आधुनिक बनाउन निरन्तर योगदान दिँदै आएको छ।

  • जोरपाटीमा कजारियाको शोरूम उद्धघाटन

    जोरपाटीमा कजारियाको शोरूम उद्धघाटन

    काठमाडौं । टाइल ब्रान्ड कजारियाले काठमाडौंको जोरपाटीमा एक अत्याधुनिक शोरूम स्थापना गरेर नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाएको छ । जिएनएस ट्रेडर्स द्वारा सञ्चालित यस नयाँ सुविधाले उच्च गुणस्तरका टाइलको बढ्दो मागलाई पूरा गर्न तथा ग्राहकहरूलाई एक उन्नत र उत्तम डिजाइन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
    यस उद्धघाटन समारोहमा प्रमुख अतिथिको रुपमा संघीय सांसद सदस्य सन्तोष चालिसे थिए भने कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको उपस्थिति थियो । यस अवसरमा मुख्य अतिथिले रिबन काटेर सुरुवात गरे ।

    सन्तोष चालिसेले भने , “यो सुरुवात केवल एउटा व्यवसायिक उद्घघाटन मात्र होइन, यो आधुनिक र सुसज्जित काठमाडौंको हाम्रो दृष्टिकोणतर्फ एक ठुलो कदम हो । कजारियाको उपस्थिति यहाको स्थानीय बजार र हाम्रा जनताप्रति राखिएको विश्वासलाई प्रतिबिम्बित गर्दछ ।’

    यस्तै हिमांशु अग्रवालले कम्पनीले नवप्रवर्तन र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएको बताए । उनले भने “काठमाडौंमा नयाँ शोरूम खोल्दै, हामी उत्कृष्ट डिजाइन, टिकाउपन र केहि नयाँ ग्राहकहरूसम्म ल्याउँदैछौं। कजरिया सधैं गुणस्तरको लागि चिनिएको छ, र यो नयाँ शोरूम त्यसैको प्रमाण हो। हामी नेपालजस्तो विकासोन्मुख देशको यात्रामा सहभागी हुन पाउँदा खुशी छौं र यहाँका ग्राहकहरूसँग लामो सम्बन्ध बनाउने आशा राखेका छौं ।’

    काठमाडौंको जोरपाटीमा अवस्थित, यस नयाँ शोरूममा उच्च गुणस्तरका टाइलहरूको व्यापक संग्रह प्रदर्शित गरिएको छ, जसले ग्राहकहरूलाई पहुँच र सुविधा दुवै प्रदान गर्दछ । यो विस्तारले गुणस्तर र डिजाइनप्रतिको काजरियाको निरन्तर प्रतिबद्धता झल्काउँछ र नेपालको निर्माण तथा आन्तरिक डिजाइन क्षेत्रमा यसको स्थानलाई अझ सुदृढ बनाउँछ ।

    यस शोरूमको सुरुवातले नेपालभर उच्च गुणस्तरका टाइलहरू सहज रूपमा उपलब्ध गराउने कजारियाको मिशनलाई अगाडि बढाउँदै एक महत्वपूर्ण उपलब्धिको रूपमा चिन्हित गरेको छ ।

    कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।

    नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६० x १२० सेमी, ६० x ६० सेमी, १९.५ x १२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४० x ४० सेमी) र सिरामिक वाल टाइल्स (३० x ६० सेमी, ३० x ४५ सेमी) उपलब्ध गराउँछ। यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ। गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।

     

  • हुन्डाई क्रेटाको १०औँ  वार्षिकोत्सव सम्पन्न

    हुन्डाई क्रेटाको १०औँ  वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । नेपालमा हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., ले  सेप्टेम्बर २०२५ मा हुन्डाई क्रेटाको १०औँ  वार्षिकोत्सव सम्पन्न भएको छ।

    नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको छ।

    क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट performance मार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको छ। वर्षौंदेखि यसका विभिन्न मोडल तथा अपग्रेडहरू सार्वजनिक भएका छन् जसले हरेक चोटि performance र style मा नयाँ मापदण्ड स्थापना गरेको छ। क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरण मैत्री यात्रालाई एक साथ अगाडि बढाएको छ। अहिलेसम्मको यात्रामा, क्रेटाले नेपालका सडकहरूमा हजारौँ परिवारलाई भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको छ।

    यस महत्त्वपूर्ण अवसरमा, हुन्डाई नेपाल, क्रेटाको सफलताको लागि सम्पूर्ण ग्राहकवर्ग, डिलर तथा साझेदारहरूलाई हार्दिक आभार व्यक्त गर्दछ। आगामी दिनहरुमा पनि आधुनिक प्रविधि र प्रतिबद्धताका साथ, हुन्डाईले नेपालमा समृद्ध जीवन र दिगो यात्राको भविष्य निर्माणमा साथ रहने लक्ष्य राखेको छ।

     

  • सिटी एक्सप्रेसको दशैं तिहार योजना सार्वजनिक

    सिटी एक्सप्रेसको दशैं तिहार योजना सार्वजनिक

    काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८२ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ९ हप्ता सम्म चल्ने गरी “यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ , हरेक हप्ता १ लाख” उपहार योजना घोषणा गरेको छ । उक्त कार्यक्रममा र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो ।

    सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक हप्ता १ जनालाई रु १ लाख र हरेक दिन सबैलाई सिटी पे बाट क्याश ब्याक पाउने योजनामा रहेको छ ।

    कम्पनीका अनुसार यस “यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ , हरेक हप्ता १ लाख” अफर भाद्र १६ देखी कार्तिक १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

    सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १९ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

  • डिशहोमका ग्राहकलाई ‘मेलुङ थकाली’ मा विशेष छुट

    डिशहोमका ग्राहकलाई ‘मेलुङ थकाली’ मा विशेष छुट

     काठमाडौं ।  डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै चर्चित थकाली “मेलुङ थकाली” सँग साझेदारी गरेको छ। यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १०% छुट पाउनेछन्।

    मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वोर्, बौद्ध र बालुवाटारमा रहेको छ र अरु थप शाखाहरु पनि बिस्तारको क्रममा रहेका छन्। यस नेपालकै चर्चित थकाली ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुटसहित खान सक्ने सुविधा दिनेछ।

    अफर विवरण:

    • थकाली परिकारमा १०% छुट
    • केवल माइ डिशहोम एप मार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध

    छुट लिनका लागि:
    १. माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।
    २. आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गर्नुहोस्।
    ३. होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्नुहोस्।
    ४. मेलुङ थकालीमा यो कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।

    यस साझेदारीलाई औपचारिकता दिने क्रममा मेलुङ थकालीका सह-संस्थापक बसन्त लामा, डिशहोमका चिफ न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर, सबिन महर्जन बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

    “यो साझेदारीले नेपालको मनपर्ने थकाली गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,” डिशहोमका सीईओ तारा मानन्धरले बताए । “

    डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।

  • नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

    नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

    काठमाडौँ । नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने भएको छ ।

    बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईँ र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

    सम्झौतापछि अब बैंकको एपमार्फत ग्राहकले चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दाबढी देश र क्षेत्रका लागि डाटा ई–सिम लिन सक्नेछन् । बैंकका अनुसार विभिन्न देश र क्षेत्रमा भ्रमणमा जाने, विद्यार्थी तथा वैदेशिक रोजगारीमा जानेले बैंकको एपबाटै सम्बन्धित देशको अन्तर्राष्ट्रिय डाटा प्लान खरिद गर्न सक्नेछन् ।

    विदेश जाने बित्तिकै इन्टरनेटको समस्या हुने, सिम खरिदका लागि केवाइसी फारम भर्नुपर्ने र विदेशी मुद्रा बुझाउनुपर्ने बाध्यतालाई मध्यनजर गरी यो सम्झौता गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बाजगाइँले बताए । साथै उनले एपबाटै सजिलै आफू अनुकुलको डाटा प्याकेज खरिद गर्न सकिने जानकारी दिए ।

    यसका साथसाथै एनबैंक एपबाटै अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि लिन सकिनेछ । बैंकका अनुसार संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने उक्त अनुमतिपत्र १९० भन्दा बढी देशका लागि मान्य हुन्छ।

    बैंकका ग्राहकले यसका लागि एपमार्फत १० मिनेटभित्रै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यो अनुमति पत्र लिनका लागि आफ्नो सवारी चालक अनुमतिपत्र अपलोड गर्नुपर्नेछ । यो माध्यमबाट अनुमति लिँदा परीक्षा दिन पर्दैन भने २४ घण्टामा विद्युतीय अनुमतिपत्र उपलब्ध हुन्छ । यसलाई डिजिटल वा फिजिकल कार्ड दुवै स्वरूपमा प्राप्त गर्न सकिने जनाइएको छ ।

    निम्बजका निर्देशक तिमिल्सिनाले यो सेवाले विद्यार्थी, वैदेशिक रोजगारमा जाने तथा अन्तर्राष्ट्रिय यात्रुहरूलाई सीमापार आवागमनलाई सहज र तनावमुक्त बनाउने विश्वार व्यक्त गरे ।

    निम्बज एक अग्रणी सुपरएप हो जसमा च्याट तथा भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, किनमेल, ओटिटि मूभी, डिजिटल वालेट, क्विज, गेम तथा अन्य सुविधाहरू एकै प्लेटफर्ममा एकीकृत गरिएको छ ।

    नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

  • सीजी मोबाइलले ‘एआई प्लस स्मार्टफोन’ नेपालमा लञ्च गर्ने, यस्ता छन् मोडलहरु

    सीजी मोबाइलले ‘एआई प्लस स्मार्टफोन’ नेपालमा लञ्च गर्ने, यस्ता छन् मोडलहरु

    काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोबाइलले भारतको नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसँगको सहकार्यमा एआई प्लस स्मार्टफोन ब्रान्ड नेपालमा ल्याउने भएको छ।

    भारतमा भर्खरै सुरु गरिएको यस ब्रान्डलाई पूर्व रियलमी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा हाल नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसका संस्थापक एवं प्रमुख कार्यकारी माधव शेटले नेतृत्व गरिरहेका छन्। एआई प्लस स्मार्टफोनमा चल्ने नेक्स्टक्वान्टम ओएसलाई भारतको पहिलो सार्वभौम मोबाइल सञ्चालन प्रणाली मानिन्छ ।

    यस सहकार्यबाट नेपाली उपभोक्ताले किफायती मूल्यमा उच्च प्रदर्शन गर्ने, आकर्षक डिजाइनयुक्त र विशेष रुपमा डाटा सुरक्षित राख्ने स्मार्टफोनको अनुभव पाउनेछन्।

    चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, “हामी नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसँगको सहकार्यबाट नेपालमा एआई प्लस स्मार्टफोन ल्याउन पाउँदा अत्यन्त उत्साहित छौं। यो ब्रान्डले नवीनता, विश्वास र प्रयोगकर्ताको सशक्तिकरणलाई प्राथमिकता दिन्छ। नेपाली उपभोक्ताले अब विश्वस्तरीय सुरक्षा र उत्कृष्ट प्रदर्शन गर्ने स्मार्टफोन रोज्न सक्नेछन्।”

    नेपालमा उपलब्ध हुने मोडलहरूः
    एआई प्लस पल्स
    – ६.७ इन्च एचडी प्लस डिस्प्ले, ९० हर्ज रिफ्रेस रेट
    – टी ६१५ चिपसेट
    – विस्तारयोग्य मेमोरी – १ टेराबाइटसम्म
    – ५० मेगापिक्सेल डुअल एआई क्यामेरा
    – ५००० एमएएच ब्याट्री
    – साइड फिङ्गरप्रिन्ट सेन्सर
    – रङस् नीलो, कालो, हरियो, बैजनी, गुलाबी

    एआई प्लस नोभा फाइभ जी
    – ६।७ इन्च एचडी प्लस डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट
    – टी८२०० चिपसेट
    – विस्तारयोग्य मेमोरी – १ टेराबाइटसम्म
    – ५० मेगापिक्सेल डुअल एआई क्यामेरा
    – ५००० एमएएच ब्याट्री
    – साइड फिङ्गरप्रिन्ट सेन्सर
    – रङस् नीलो, कालो, हरियो, बैजनी, गुलाबी

    यी दुवै स्मार्टफोनमा नेक्स्टक्वान्टम ओएस प्रयोग गरिएको छ, जसले प्रयोगकर्ताको व्यक्तिगत डाटा सुरक्षित बनाउछ।

    नेपाली बजारमा यसको महत्व थप विशिष्ट छ। अहिले उपभोक्ताहरू स्टाइल, लुक्स र डाटा सुरक्षाको संयोजन भएको स्मार्टफोन खोजिरहेका छन्। एआई प्लस स्मार्टफोनले किफायती मूल्यमै उच्चस्तरीय गोपनीयता, सुरक्षा र स्मार्ट सुविधाहरू उपलब्ध गराउनेछ, जसले विशेषगरी युवापुस्ता, व्यवसायिक वर्ग र परिवारलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

    एआई प्लस स्मार्टफोनका प्रमुख कार्यकारी तथा नेक्स्टक्वान्टम सिफ्ट टेक्नोलोजीसका संस्थापक माधव शेटले भने, “एआई प्लस केवल स्मार्टफोन मात्र होइन, यो प्रयोगकर्तालाई आफ्नै डिजिटल जीवनमाथि नियन्त्रण दिने माध्यम हो। सीजी मोबाइलसँगको सहकार्यमार्फत नेपालमा यो मोबाइल लञ्च गर्न पाउँदा हामी उत्साहीत र्छौं।”

    एआई प्लस स्मार्टफोन श्रृंखला चाँडै नै नेपालभरका सीजी मोबाइलको खुद्रा बिक्री नेटवर्क तथा अग्रणी अनलाइन बजारमार्फत उपलब्ध हुनेछ। मूल्य र विशेष अफरहरूको जानकारी निकट भविष्यमा सार्वजनिक गरिनेछ।

     

  • सिटिजन्स बैंकद्वारा गण्डकी, कर्णाली र सुदूरपश्चिममा ‘इन्स्पायरिङ लिडरसिप सेमिनार’ सम्पन्न

    सिटिजन्स बैंकद्वारा गण्डकी, कर्णाली र सुदूरपश्चिममा ‘इन्स्पायरिङ लिडरसिप सेमिनार’ सम्पन्न

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश अवस्थीत शाखाहरूका लागी आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “इन्स्पाएरिङ्ख लिडरसिप् एण्ड पर्फरमेन्स सेमिनार: अचिभिङ बजेट गोल्श एण्ड अपेरेसनल सक्सेस् इन् गण्डकी, कर्णाली एण्ड सुदूरपश्चिम” कार्यक्रम आयोजना गरेको छ ।

    सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,नायव प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरmका उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा गत आर्थिक बर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ । हालै मधेश, बागमती र कोशी प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो, त्यसैको निरन्तरता स्वरूप गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा काठमाडौंलाई केन्द्र बनाएर त्यसै किसिमको सेमिनार गरिएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।

    समिक्षा अवधिभरमा बैंककोे कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०/८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पुर्याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो । खुद व्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर (ROA).५५ प्रतिशत र पुँजी प्रतिफल दर (ROE) ५.८१ प्रतिशत कायम भएको छ ।

    “विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ३१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

     

  • दशैं, तिहारको अवसरमा डेल्टा अटोकर्पले ल्यायो ‘डबल या तेब्बर बबाल !’ आकर्षक फेस्टिभ अफर

    दशैं, तिहारको अवसरमा डेल्टा अटोकर्पले ल्यायो ‘डबल या तेब्बर बबाल !’ आकर्षक फेस्टिभ अफर

    काठमाडौं । दशैं, तिहार तथा छठ पर्वको अवसरमा भेस्पा – एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि.ले “डबल या तेब्बर बबाल” फेस्टिभ अफर सार्वजनिक गरेको छ ।

    नेपालीहरूको महान पर्वलाई अझ रोचक र उत्साहपूर्ण बनाउन ल्याइएको यो अफर अन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटर खरिद गर्ने हरेक ग्राहकले आकर्षक स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । कार्डमा दिइएको त्तच् कोड स्क्यान गरी स्क्र्याच मार्फत प्राप्त रकमलाई दोब्बर वा तेब्बर सम्म बढाउन सकिनेछ ।

    यस अफर अन्तर्गत, हरेक हप्ताको लक्की ड्र मार्फत ग्राहकहरूले ४ रात ५ दिनको रोमाञ्चक थाइल्याण्ड भ्रमण जित्ने अवसर पाउनेछन्। त्यति मात्र नभई, अफरको बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली ग्राहकले १० लाख नगद जित्ने विशेष अवसर पनि प्राप्त गर्नेछन् ।

    त्यसैगरी, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ४० हजार मूल्याङ्कन प्राप्त गर्न सकिनेछ । साथै, स्क्र्याच कार्डमार्फत बजार मूल्याङ्कनभन्दा थप १ लाख ५० हजारसम्म पाउन सकिनेछ । फाइनान्स सुविधाहरू पनि उत्तिकै आकर्षक छन् । ४ दशमलव ९९ प्रतिशत मात्र ब्याजदरमा सुविधा, शून्य सेवा शुल्कसहित उपलब्ध छ । यो अफर नेपालभरका सबै आधिकारिक भेस्पा – एप्रिलिया शोरूमहरूमा उपलब्ध हुनेछ ।

    योजनाबारे बोल्दै डेल्टा अटोकर्प प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, “डेल्टा अटोकर्प सधैं आफ्ना ग्राहकहरूका लागि आकर्षक र फाइदाजनक योजना ल्याउन प्रतिबद्ध छ । यस वर्ष दशैं, तिहार र छठ पर्वको उल्लासलाई अझ रोचक बनाउन हामीले ‘डबल या ट्रिपल बबाल’ अफर सार्वजनिक गरेका छौं । हामी विश्वास गर्छौं, यो अफरले ग्राहकहरूको उत्सवलाई थप विशेष बनाउनेछ र उनीहरूले यस योजनाबाट भरपुर लाभ लिन सक्नेछन् ।”

     

  • विशेष अफरका साथ एननेटले ल्यायो इन्टरनेट र आइपीटीभी सेवा

    विशेष अफरका साथ एननेटले ल्यायो इन्टरनेट र आइपीटीभी सेवा

    काठमाडौं । दूरसञ्चार प्राधिकरणबाट अनुमतिप्राप्त इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी एननेट (पर्पल) ले नेपालभरका रिटेल र इन्टरप्राइज ग्राहकका लागि अत्याधुनिक एफटीटीआर प्रविधिबाट वाइ–फाइ सिक्स राउटरका साथै आईपी भी ६ प्रविधिबाट सेवा सुरुआत गरेको छ ।

    आईपी भी ६ प्रविधि अहिले र आगामी भविष्यमा चलाउने महत्वपूर्ण प्रविधि मानिएको छ । यसलाई दूरसञ्चार प्राधिकरण (एनटीए) ले पनि अनिवार्य गरिसकेको छ ।

    कम्पनीले सुरु गरेको सेवा क्रमिक रूपमा देशका सम्पूर्ण शहर, पहाडी, दुर्गम तथा हिमाली क्षेत्रका रिटेल र इन्टरप्राइज प्रयोगकर्ता, शिक्षा, स्वास्थ्य, वित्तीय संस्था, होटल, सरकारी कार्यालय, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय संस्था (एनजीओ, आईएनजीओ) हरूलाई लक्षित गरी उच्चस्तरीय इन्टरनेट र आईपीटीभी सेवामा विस्तार गर्ने जनाएको छ ।

    कम्पनीले नेपालीहरूको महान चाड, दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आकर्षक अफर ल्याएको छ । इन्ट्रोडक्टरी अफरअन्तर्गत रिटेल ग्राहकलाई ९ सय ९९ रुपैयाँ मासिक डिस्काउन्टमा ३ महिनासम्म बोनस परियोजना ल्याएको छ भने सानो तथा मध्यम उद्योग (एसएमई प्याकेज) लिने ग्राहकलाई पनि १० प्रतिशत छुटसहित ३ महिनासम्मको अफर प्रदान गरिएको छ ।

    व्यक्तिगत प्रयोगकर्ताको रोजाइलाई ध्यानमा राखी विभिन्न किसिमका प्याकेजहरू पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो नारा ‘एननेट सँगसँगै’ राख्दै नारा अनुसार नै सबै खाले ग्राहकहरूलाई समयमै नवीनतम प्रविधियुक्त सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

  • नेपाल बैंक र कोटबारी होटेल प्रा.लि. बिच सम्झौता 

    नेपाल बैंक र कोटबारी होटेल प्रा.लि. बिच सम्झौता 

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका नगरपालिका ०७, स्थित रहेको रिसोर्ट कोटबारी होटेल प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई कोटबारी होटेल प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

    सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र कोटबारी होटेल प्रा.लि. को तर्फबाट महाप्रबन्धक श्री आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका हुन् ।

     

     

     

     

     

     

     

     

  • दशैं, तिहारका लागि इनड्राइभले ल्यायो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकहरुलाई सुनौलो अवसर

    दशैं, तिहारका लागि इनड्राइभले ल्यायो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकहरुलाई सुनौलो अवसर

    काठमाडौं । नेपाल–विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा दशैं तिहारका लागि “प्लेटिनम ड्राइभर्स गिभअवे” क्याम्पेन सुरुवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो ।

    इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् ।

    प्लेटिनम ड्राइभर्स गिभअवे दुई रोमाञ्चक चरणहरुमा आयोजना हुँदैछ । एउटा प्रति च्यालेन्ज, जो भाद्र ९ देखि भाद्र १५ गते सम्म सञ्चालनमा भने अर्काे च्यालेन्ज थ्री विक्स, जुन यहि भाद्र १६ गतेदेखि असोज ५ गते सम्म सञ्चालन हुनेछ ।

    जो चालकहरूले यी समय अवधिमा प्लेटिनम स्ट्याटस कायम गर्छन तिनिहरु विक्ली प्राइजका लागि योग्य हुनेछन् । जो चालकहरुले सबै चरणहरुमा प्लेटिनम स्ट्याटस कायम गर्छन तिनिहरु ग्राण्ड प्राइजका लागि योग्य हुनेछन् । ड्राइभर्सले जतिधेरै राइड पुरा गर्नेछन् त्यतिनै धेरै पुरस्कार जित्ने संभावना बढ्नेछ । विजेताहरुलाई टाटा एक्सप्रेस–टी इभी (क्याब ड्राइभर ग्रान्ड प्राइज) र टीभीएस रेइडर मोटरसाइकल (बाइक राइडर ग्रान्ड प्राइज) पुरस्कारको व्यवस्था छ भने साप्ताहिक बिजेताहका लागि स्मार्टफोनहरु, स्मार्टवाचहरु, र इयरबड्स प्रदान गरिने छ ।

    इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन म्यानेजर सुनिता जीमी राईले क्याम्पेन प्रति आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, “प्रतिज्ञा गरेअनुसार, हामी ठूलो र राम्रो अभियान लिएर फर्किएका छौं । हाम्रा चालकहरू इनड्राइभ परिवारको केन्द्रमा रहेका छन्, र हामी उनीहरूको समर्पण र कडा परिश्रमलाई सम्मान गर्ने मौका कहिल्यै गुमाउँदैनौं, त्यसैले हामी तपाईंलाई दशैं र तिहारको अवसर पारेर मेगा गिभअवे ल्याउन पाउँदा उत्साहित छौं । अविश्वसनीय मेगा गिफ्ट ह्याम्परहरू जित्ने मौकाको लागि अहिले नै राइड सुरु गर्नुहोस् । आउनुहोस्, यो चाडवाडको मौसमलाई सँगसँगै मिलेर अझ उत्सवमय बनाऔं ।”

     

  • बीवाईडीको याङवाङ यु९ ट्रयाक एडिसनद्वारा ४७२.४१ किमी प्रतिघण्टाको ग्लोबल रेकर्ड

    बीवाईडीको याङवाङ यु९ ट्रयाक एडिसनद्वारा ४७२.४१ किमी प्रतिघण्टाको ग्लोबल रेकर्ड

    काठमाडौं । बीवाईडीको प्रिमियम सब–ब्रान्ड याङवाङले ग्लोबल इलेक्ट्रिक भेइकल (ईभी) मा सबैभन्दा तीव्र गतिको ईभी रेकर्ड कायम गरेको छ ।

    जर्मनीको एटीपी अटोमोटिभ टेस्टिङ पापेनबर्ग टेस्ट ट्रयाकमा ४७२.४१ किलोमिटर प्रतिघण्टाको गतिका साथ सो रेकर्ड कायम भएको हो ।
    याङवाङको सबैभन्दा नयाँ मोडल यु९ ट्रयाक एडिसन सुपर कारले गत अगस्ट ८ मा विश्वकै सबैभन्दा तीव्र गतिको ईभीको रुपमा सो रेकर्ड कायम गरेको हो ।

    जर्मनीका व्यावसायिक ड्राइभर मार्क बासेङले गाडी चलाएर सो रेकर्ड कायम गरेका हुन् । यो भन्दा पहिले गत वर्ष पनि उनले यस्तै ग्लोबल ईभी स्पिड रेकर्ड कायम गरेका थिए । उनले गत वर्ष नै जितेको सोचे पनि नयाँ प्रविधिका कारण उही ट्रयाकमा नयाँ रेकर्ड कायम गर्न सफल भएको र आफ्नै रेकर्ड तोडेकोमा खुसी व्यक्त गरे ।

    याङवाङ यु९ हाल चीनमा बिक्री भइरहेको छ । अहिले रेकर्ड ब्रेक गरेको याङवाङ यु९ ट्रयाक एडिसन त्यसैको सुधारिएको भर्सन हो । यसमा पनि यु९ मा प्रयोग गरिएको ई४ प्लेटफर्म र डिसस–एक्स कोर टेक्निकल आर्किटेक्चर प्रयोग गरिएको छ । यसमा विश्वकै पहिलो १२०० भोल्टको अल्ट्रा–हाई–भोल्टेज भेइकल प्लेटफर्म फिचर उपलब्ध छ र एक्स्ट्रिम कन्डिसनमा पनि सहजताका लागि थर्मल म्यानेजमेन्ट सिस्टमसँग पेयर गरिएको छ ।

    याङवाङ यु९ ट्रयाक एडिसनमा भएको ई४ प्लेटफर्ममा विश्वकै पहिलो विशेष प्रकारको मोटर सिस्टम प्रयोग गरिएको छ, जसमा ३०,००० हजार आरपीएमको हाई–पर्फमेन्स मोटर रहेको छ, जसले प्रतिमोटर ५ सय ५५ किलोवाटको पिक पावर डेलिभर गर्छ । यी सबैबाट ३,००० हजार पीएसको कम्बाइन्ड सिस्टम आउटपुट हुन्छ । यसका कारण गाडीको पावर टु वेट रेसियो पनि प्रतिटन १२ सय १७ पीएस हुन जान्छ ।

    यी वाहेक ई४ प्लेटफर्मको क्वाड–मोटर इन्डेपेन्डेन्ट टर्क–भेक्टरिङ सिस्टमले लगातार रुपमा सडकको मोनिटर गरिरहेको हुन्छ, जसले गर्दा स्पिड, पोस्चर आदिको निगरानी गरी ह्विल स्लिप हुन वा ट्रयाक्सन लस हुनबाट बचाउछ ।

    डिसस–एक्स इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टमले सस्पेन्सनलाई जस्तोसुकै कर्नरिङ र एक्सिलरेसनको समयमा पनि सहजता ल्याउन सघाउछ । यसले टायर र रोडको समन्वय मिलाएर ड्राइभरलाई समेत कम्फर्ट र कन्फिडेन्स ल्याउन सघाउछ ।

    याङवाङ यु९ मै प्रयोग भएको एरोडाइनामिक डिजाइन यु९ ट्रयाक एडिसनमा पनि प्रयोग गरिएको छ । त्यसैगरी यसमा अझै सुधारिएको अप्सनल कार्बन–फाइबर फ्रन्ट स्प्लिटर प्रयोग गरिएको छ । अल्ट्रा–हाई स्पिडमा समेत चलाउन सहज हुने गरी यसमा पुरै साइन्टिफिक डिजाइन र टेक्नोलोजी प्रयोग गरिएको छ । यसमा प्रयोग भएको टायर पनि विशेष किसिमको छ । यसका लागि ट्रयाकमा केन्द्रित सेमी–स्लिक टायर प्रयोग गरिएको छ ।

    यसरी पहिले नै उपलब्ध विशेष प्राविधिक दक्षता र थप सुधारका कारण याङवाङ यु९ ट्रयाक एडिसनले सो उपलब्धि हासिल गर्न सफल भएको हो । यी सबैका कारण यो ग्लोबल अटोमोटिभ इन्डष्ट्रिकै टपमा पर्न सफल भएको हो ।

     

     

  • करेन्ट पोइन्टको तेस्रो शाखा शंखमूलमा सञ्चालन

    करेन्ट पोइन्टको तेस्रो शाखा शंखमूलमा सञ्चालन

    काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमूलस्थित बिग मार्ट नजिकै सञ्चालनमा ल्याएको छ ।

    बुटवल र काठमाडौंको अनामनगरमा रहेका आउटलेटहरूको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै, नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दर खाने दिनको शुभ अवसर पारी यसोदा फुड्सले यो नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो।

    करेन्ट पोइन्टको यो नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन्। विशेषगरी, यहाँ ग्राहकहरूले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स र चिज पकेट जस्ता बिल्कुलै नयाँ र आकर्षक परिकारहरूको स्वाद लिन पाउनेछन् । साथै, ग्राहकहरूले आफ्नो रुचि अनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन्। विशेष गरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र डेलीस्यस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । करेन्टका पारखीहरूले अब शंखमूलमा रहेको करेन्ट पोइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्पटा नुडल्सको मजा लिन सक्नेछन् ।

    समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष श्री चुन्न प्रसाद पौडेलले बुटवल र अनामनगरमा करेन्ट पोइन्टले पाएको अपार माया र सफलताले आफूहरुलाई काठमाडौंमा थप विस्तारका लागि उत्साहित बनाएको बताए । उनले भने, “काठमाडौंका नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि शंखमूललाई पनि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो। हामी आशा गर्दछौं, हाम्रो यो नयाँ यात्राले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अझ नयाँ उचाइमा पूरा गर्नेछ ।’’

    उक्त उद्घाटन समारोहमा यसोदा फुड्सका ग्लोबल सि.इ.ओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा मिडियालाई विस्तृत जानकारी दिएका थिए । सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रा. लि. नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ। कम्पनीले ’करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ ।

    ‘करेन्ट’ बाहेक, कम्पनीले चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ । स्थानीय नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा प्रस्तुत गर्नु यसोदा फुड्सको मुख्य विशेषता हो । आफ्ना उत्पादनहरू नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै कम्पनीले नेपाली उत्पादनलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

  • ‘केपीआई हेल्मेट’को ब्राण्ड एम्बास्डर बने पारस खड्का 

    ‘केपीआई हेल्मेट’को ब्राण्ड एम्बास्डर बने पारस खड्का 

    काठमाडौं । नेपालमै उत्पादन हुने ‘केपीआई हेल्मेट’ले नेपाली क्रिकेटको चर्चित नाम पारस खड्कालाई आफ्नो आधिकारिक ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’मा विशेष कार्यक्रम गर्दै ‘केपीआई हेल्मेट’को ब्राण्ड एम्बास्डरमा नेपाल क्रिकेट संघका सचिव खड्कालाई नियुक्त गरिएको हो ।

    आइतबार खड्कालाई ब्राण्ड एम्बास्डर नियुक्त गर्दै कोहिनूर मेटल उद्योग र खड्काबिच सम्झौता भएको छ । सम्झौता पत्रका ब्राण्ड एम्बास्डर बनेका खड्का र उद्योगका अध्यक्ष रामप्रसाद बस्यालले हस्ताक्षर गरेका छन् ।

    ब्राण्ड एम्बास्डर नियुक्त भएपछि खड्काले नेपालमै बनेको ब्राण्डलाई समर्थन गर्न पाउनु गर्वको कुरा रहेको बताए । उनले सुरक्षा सबैभन्दा महत्त्वपूर्ण विषय रहेको र  नेपाली उत्पादनलाई प्रोत्साहन गर्नु दायित्व पनि रहेको उनको भनाई थियो ।

    कोहिनूर मेटल उद्योगका अनुसार ‘केपीआई हेल्मेट’ हाल १३ मोडलका हेल्मेट उत्पादन गर्दै आएको छ । अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड प्राप्त यी हेल्मेटलाई नेपाली बजारमै सहज मूल्यमा उपलब्ध गराइएको छ ।

    ‘केपीआई हेल्मेट’ले आगामी दिनमा निर्यातमा पनि ध्यान दिने र नेपाली सांस्कृतिक चिनारी झल्किने ‘हेरिटेज एडिसन’ जस्ता विशेष मोडलहरू थप बजारमा ल्याउने जनाएको छ ।

    यो पनि– बुवाको सपना, छोराको दृढता र अथक संघर्षले नेपालमै जन्मिएको ‘केपीआई हेल्मेट’ (भिडिओ)
     

     

  • ब्रेक हान्दा आफैँ चार्ज हुने विद्युतीय भ्यान नेपालमा, प्रति किलोमिटर खर्च साढे दुई रूपैयाँमात्र (भिडिओ)

    ब्रेक हान्दा आफैँ चार्ज हुने विद्युतीय भ्यान नेपालमा, प्रति किलोमिटर खर्च साढे दुई रूपैयाँमात्र (भिडिओ)

    काठमाडौं । एभरग्रिन इनर्जी एण्ड इन्भेस्टमेन्ट प्रालिले १४ सिटर इलेक्ट्रिक भ्यान नेपाल बजार भित्र्याएको छ । वुलिङ कम्पनीको उक्त भ्यान काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ मा सार्वजनिक गरिएको हो । ६ दिन चलेर शो आजदेखि सकिएको छ ।

    कम्पनीका अनुसार भ्यान ४२ युनिट विद्युत खपतमा फुल चार्ज हुन्छ । हालको दरअनुसार जम्मा ६३० रुपैयाँमा करिब ३०० किलोमिटर यात्रा गर्न सकिन्छ ।  यात्रुसहित हिसाब गर्दा प्रति किलोमिटर लागत २ रुपैयाँ ५२ पैसा मात्रै पर्ने कम्पनीले जनाएको छ ।

    नाडा अटो शोमा प्रदर्शनी गरिएको यस भ्यान हालसम्म १२८ वटा बुकिङ भइसकेको छ । विशेषगरी स्कुल, ट्राभल तथा टुर कम्पनी, होटल व्यवसायी र व्यक्तिगत लक्जरी प्रयोगकर्तासम्मले बुकिङ गरिसकेका छन् । उद्घाटनको दिनमै सोल्टी होटलले पनि अर्डर गरेको कम्पनीले जनाएको छ ।

    भ्यानको बजार मूल्य ५० लाख रुपैयाँ तोकिएको छ । तर, नाडा अटो शोमा विशेष अफरअन्तर्गत ४१ लाख ९८ हजार रुपैयाँमै बिक्रीमा राखिएको छ । खरिदकर्तालाई ३.५ किलोवाट वा ७ किलोवाट क्षमताको चार्जर, पहिलो वर्षको बिमा र सडक कर लागत निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

    भ्यानमा वुलिङ रेड नम्बर वान ब्याट्री टेक्नोलोजी प्रयोग भएको छ । जसले करिब ३०० किलोमिटर रेन्ज दिन्छ । यसमा ६० किलोवाट फास्ट चार्जिङ सुविधा, ब्याट्री तापक्रम नियन्त्रण प्रणाली र करिब ४ हजार चार्जिङ साइकलको क्षमता रहेको दाबी गरिएको छ । अन्य विद्युतीय गाडीमा करिब २ हजार चार्जिङ साइकल रहने गरेको छ ।

    गाडीको संरचना ‘सिंगल सेल बडी’ प्रविधिबाट बनेको छ । यस प्रविधिले दुर्घटना हुँदा क्षति न्यून पार्ने र ब्याट्रीलाई सुरक्षित राख्ने बताइएको छ । ब्याट्री फ्लोरभन्दा माथि राखिएको हुँदा दुर्घटनाको अवस्थामा पनि उच्च सुरक्षा हुने कम्पनीको भनाइ छ ।

    एभरग्रिन इनर्जीले हालसम्म ८० भन्दा बढी स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको र आगामी महिनाभित्रै १३० भन्दा बढी पुर्याउने योजना कम्पनीको छ ।

    यस भ्यानबारे विस्तृतमा एभरग्रिन इनर्जी एण्ड इन्भेस्टमेन्टका निर्देशक सन्तोष प्रसाईंसँग नेपालप्रेसले कुराकानी गरेको छः

    यो वुलिङ भन्ने कम्पनी हो ।  वुलिङ कम्पनी चीनको नम्बर वान मिनी कमर्सियल ईभी बिक्रेता कम्पनी हो ।

    हाम्रो यो नाडा भरिमा विशेष छुट दिएका छौं । यो गाडी हामीले पहिलो चोटि लन्च गरेको हो । ६ दिन चलेको शोमा १२८ वटा गाडी बिक्री भएको छ ।

    – पहिलो पटक  नेपाल भित्रिएको यो गाडीमा विशेष अफरहरु के दिनु भएको छ ?

    यो गाडीको ५० लाख एमआरपीको हो । नाडामा ८ लाखभन्दा धेरै छुट दिएका छौं । नाडामा यसको मूल्य ४१ लाख ९८ हजार रुपैयाँमा तोकिएको थियो । नाडामा बुक गर्नेहरुले सोही मूल्यमा गाडी लिन सक्ने छन् । ग्राहकले गाडी खरिद गर्दा ७ किलोवाटको चार्जर, इन्स्योरेन्स र रोड ट्याक्स लगायतका सेवा पनि थप गरेका छौं ।

    – अरु विद्युतीय भ्यानभन्दा यो गाडीमा के कुराले भिन्न छ ? ग्राहकले किन रोज्ने ?

    अरु भ्यानभन्दा हाम्रो भ्यानको कम्प्यारिजनमा एकदमै युनिक छ । पहिलो कुरो त गाडी आफैमा यो वुलिङको गाडी हो । जसमा चाहिँ वुलिङ रेड नम्बर वान ब्याट्री टेक्नोलोजी भन्ने ब्याट्री टेक्नोलोजी प्रयोग गरेको छ । यो एउटा विशेष हो । जसको एफीसीयन्सी हाइ छ । कम्पनीले ३०२ किलोमिटरको रेन्ज दिन्छ भनेको छ ।

    यो गाडीमा फ्युल इन्टेलिजेन्ट टेम्परेचर कन्ट्रोल सिस्टम रहेको छ । हाम्रो १४ सिटर गाडीमा सिंगल सेल बडी रहेको छ । बजारमा हेर्ने हो भने १४ सिटर गाडीमा सिंगल सेल छैन ।

    –  ब्रेक हान्दा आफैँ चार्ज गर्छ ?

    हो, ब्रेक हान्दा गाडी आफैँ चार्ज हुन्छ ।  त्यो चार्ज गर्दा जुन इनर्जी पैदा गर्छ, त्यो इनर्जीबाट चाहिँ ३० प्रतिशत चार्ज हुन्छ । ब्रेक हान्दा पावर जेनेरेट गर्छ र त्यो व्याट्रीमा जम्मा हुन्छ । नेपालमा यो पहिलो एउटा यस्तो भ्यान हो । यो गाडी चाहिँ हामीले लिएर आउने हुँदाखेरि हामीले यहाँ बाटो यस्तो छ सबैथोक भइसकेपछि हामीले चाइनाबाट इन्जिनियरहरू लिएर आयौँ। हामीले यहाँको बाटोहरू टुर गर्यौँ। टुरका क्रममा उहाँले भन्नुभयो की यहाँको बाटो अलि बम्पी रहेछ । यहाँ चाइनाको जस्तो स्मूथ बाटो रहेनछ ।

    पातलो ब्याट्री टेक्नोलोजी प्रयोग भएको छ । यो गाडीको ग्राउण्ड क्लियरेन्स नेपालको सडक अवस्था अनुसार उत्कृष्ट छ । यसमा ब्याट्री तल्लो बडीभन्दा माथि जडानगरिएको छ । नेपालमा आएको अन्य गाडीहरुमा ब्याट्री बडीभन्दा तल झुण्डिएको देखिन्छ । तर हाम्रो गाडीमा त्यस्तो समस्या छैन ।

    गाडीको फिचर्स र युएसपीको कुरा गर्ने हो भने हाम्रो गाडीमा अल्ट्रा फास्ट चार्जिङ प्रणाली उपलब्ध छ । गाडीको बाहिरबाट हेर्दाखेरि लुक्स नै अट्र्याक्टिभ छ । अर्को १४ सिटर सेग्मेन्टमा सबैभन्दा धेरै लेग स्पेस भएको गाडी हो । जस्तै कस्टमर त्यहाँ भित्र बस्नुभयो, प्यासेन्जर त्यहाँ भित्र बस्नुभयो भनेदेखि उहाँलाई गाडीको सिट फोल्डिङ गर्दा पनि खुट्टामा गाडीको सिट ठोकिँदैन  ।

    –एकचोटि तपाईँको यो फास्ट चार्जिङ गर्दा अथवा चार्जरले गर्दा कति समय लाग्छ ? एकचोटि चार्ज गर्दा कति युनिट तान्छ ?

    हाम्रो ४२ किलोवाटको चार्जर रहेको छ । ४२ किलोवाट आवरको ब्याट्री रहको छ ।  ४२ देखि ४५ मिनेटमा फुल चार्ज हुन्छ । यसले एकचोटि चार्ज गर्दा ४२ युनिट तान्छ । २.५२ रुपैयाँको चार्जले १६ जना मान्छे बोकेर १ किलोमिटर यात्रा गर्छ ।

    – गाडीमा वारेन्टी कति हुन्छ? के–के दिनुहुन्छ ?

    हामी एकदमै एक्सटेन्सिभ वारेन्टी दिएका छौँ । मोटरको पाँच वर्षको वारेन्टी छ । ब्याट्रीको छ वर्षको वारेन्टी छ । लाइटको एक वर्षको वारेन्टी छ । अरू पाट्र्सको डेढ वर्षको वारेन्टी छ । बजारमा भएका वारेन्टीको स्ट्रक्चरभन्दा हाम्रो वारेन्टीको स्ट्रक्चर अझै स्ट्रङ पनि छ ।

    – तपाईँको टार्गेट अडियन्स विशेष गरी अब सर्वसाधारण त हुनु नै भइहाल्यो, त्यो बाहेक तपाईँहरूको लेभलले कभर गर्ने चाहिँ को–को हो?

    हाम्रो यो नाडामा पहिलो बुकिङ नै सोल्टी होटेलले गरेको थियो । सोल्टी जस्तो फाइभ स्टार होटेलले अहिलेसम्म ई भी भ्यान लिएको थिएन । किनभने फाइभले सबै चीज फाइभ स्टार दिनुपर्यो । त्यसका लागि हाम्रो भ्यान ठिक लागने लिएको हो ।

    हस्पिटालिटी, होटेलको, टुर एन्ड ट्राभलको र स्कुलको हाम्रो लक्षित वर्ग हो । सार्वजनिक सवारीको रुपमा पनि यो गाडीको उस्तै महत्व हरको छ ।

    तपाईँको यो नाडा अटो शो सकिएपछि तपाईँको गाडी किन्न चाहने ग्राहकहरुले कसरी सम्पर्क गर्ने ?

    नाडा अटो सकिसकेपछि हाम्रा ग्राहकहरूले फेसबुक पेज, हाम्रो टिकटक, वुलिङ फेदी मोटर्सको साइडहरु हेरेर गाडीको बारेमा बुझ्न र किन्न सकिने छ ।

  • टीसीएनलको ग्लोबल ब्रान्ड एम्बेसडरमा ओलम्पिक स्की च्याम्पियन आइलीन गु नियुक्त

    टीसीएनलको ग्लोबल ब्रान्ड एम्बेसडरमा ओलम्पिक स्की च्याम्पियन आइलीन गु नियुक्त

    शेन्जेन । विश्वव्यापी प्रविधि कम्पनी टीसीएलले फ्रीस्टाइल स्कीयर आइलीन गुलाई आफ्नो ग्लोबल ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। १८ वर्षको उमेरमा फ्रीस्टाइल स्कीइङमा सबैभन्दा कान्छी ओलम्पिक च्याम्पियन र एउटै शीतकालीन ओलम्पिक खेलहरूमा तीन पदक जित्ने पहिलो फ्रीस्टाइल स्कीयर बनेपछि गुले टीसीएलको आदर्श वाक्य ‘प्रेरणा महानता’ लाई पूर्ण रूपमा मूर्त रूप दिने विश्वासका साथ उनलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको हो।

    उनलाई ‘टीसीएल फोर हर’ मार्फत नियुक्त गरिएको हो । जसले महिला केन्द्रित कार्यक्रमहरू र शैक्षिक पहलहरूलाई वित्त पोषित गरेको छ । अहिलेसम्म २ हजार भन्दा बढी युवतीहरूलाई सहयोग प्रदान गर्दै आएको छ ।

    उनको नियुक्ति विश्वव्यापी ओलम्पिक साझेदारको रूपमा ओलम्पिक आन्दोलनलाई अगाडि बढाउने टीसीएलको प्रतिबद्धताको एक महत्वपूर्ण अशंका रुपमा हेरिएको छ ।

    आफु टिसीएलका लागि ग्लोबल ब्रान्ड एम्बेसडरको रूपमा यो रोमाञ्चक नयाँ भूमिका लिन पाउँदा रोमाञ्चित भएको आइलीन गुले बताइन्। ‘टीसीएलले जोश र साहस मार्फत संसार परिवर्तन गर्ने अभियानमा साझेदारी गर्छ। जब म ढलानमा पुग्छु, म प्रगतिको खोजीमा आफूलाई जोड दिन्छु। टीसीएलले आफ्नो निडर दृष्टिकोण र साहसी नवप्रवर्तनका साथ उही मनोवृत्ति देखाउँछ,’ उनले भनिन्, ‘ओलम्पिक शीतकालीन खेल मिलानो कोर्टिना २०२६ नजिकिँदै गर्दा म टीसीएलसँग आकांक्षा र विजयको हरेक क्षण मनाउन तत्पर छु।’

    यस्तै, एलीन गुको प्रशंशा गर्दै टीसीएल टेक्नोलोजीका उपाध्यक्ष, ईसीजी निर्देशक र टीसीएल च्यारीटी फाउन्डेसनका अध्यक्ष वेई जुले उनीसँगको सहकार्यलाई अगाडि बढाउन तत्पर रहेको बताए । उनले भने, ‘भावना र जोश असाधारण जीवन प्राप्त गर्न धेरै महिलाहरूलाई सशक्त बनाउने हाम्रो दृष्टिकोणसँग मेल खान्छ। टीसीएलले अर्को वर्षको शीतकालीन ओलम्पिकतर्फ काम गर्दा हाम्रो सहकार्यलाई अगाडि बढाउन तत्पर छ।’

    ओलम्पिक शीतकालीन खेल मिलानो कोर्टिना २०२६ को नेतृत्व गर्दै टीसीएलले खेलकुदमा आफ्नो ३० वर्षको विरासतमा निर्माण गर्नेछ र कार्यक्रममा प्रशंसक र खेलाडी दुवैको अनुभवलाई उकास्न आफ्नो अत्याधुनिक प्रविधिको प्रयोग गर्नेछ। यसको डिजिटल प्रदर्शनले प्रतिस्पर्धा स्थलहरूबाट विश्वभरका अरबौँ दर्शकहरूमा खेलहरूको जाँदु ल्याउनेछ। खेलाडीहरूलाई सहयोग गर्ने पहलहरूमा ओलम्पिक गाउँहरूमा घरेलु उपकरणहरू प्रदान गर्ने र ‘एथलीट मोमेन्ट्स’ प्लेटफर्म समावेश छ, जसले प्रतिस्पर्धीहरूलाई उनीहरूको प्रदर्शन पछि तुरुन्तै प्रियजनहरूसँग जडान गर्न सक्षम बनाउनेछ।

  • सीजी मेरिडिया काराओके क्यूएलईडी टिभी ‘नाडा अटो शो २०२५’ मा प्रदर्शित दर्शकहरुबाट उत्साहजनक प्रतिक्रिया

    सीजी मेरिडिया काराओके क्यूएलईडी टिभी ‘नाडा अटो शो २०२५’ मा प्रदर्शित दर्शकहरुबाट उत्साहजनक प्रतिक्रिया

    काठमाडौं । नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड सीजी इलेक्ट्रोनिक्सले ‘नाडा अटो शो २०२५’ मा सहभागीता जनाउदैँ ५५ इन्चको सीजी मेरिडिया कराओके क्यूएलईडी टेलिभिजन प्रदर्शन गरेको छ ।

    हालै बजारमा उपलब्ध भएको यो टेलिभिजन नेपालकै पहिलो कराओके क्यूएलईडी टेलिभिजन हो, जसले घरमै कराओके अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।
    यस वर्षको नाडा अटो शोमा सीजी इलेक्ट्रोनिक्सले ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपालकै पहिलो इलेक्ट्रोनिक्स कम्पनीको रूपमा अटो शोमा इलेक्ट्रोनिक्स उत्पादन प्रदर्शनी गरेको हो, जुन अटोमोबाइल केन्द्रित प्रदर्शनीमा नयाँ आयाम थप्ने प्रयास हो।

    सीजीको स्टलमा स्थापना गरिएको कराओके अनुभव जोनमा आगन्तुकहरूले उत्साह देखाउदैँ आईरहेका छन् ।

    उक्त टिभीमा ग्रहकहरुले आफ्ना मनपर्ने गीतहरू गाएर कराओके अनुभव गरिरहेका छन् । उत्कृष्ट प्रस्तुति दिने प्रतिभाशाली गायकहरूलाई सीजीद्वारा विशेष उपहारहरू प्रदान गरिने व्यवस्था करोओकेले गरेको छ । दर्शकहरूले टेलिभिजनको ध्वनि, दृश्य गुणस्तर, र इन्टिग्रेटेड कराओके प्रणालीको अत्यधिक प्रशंसा गरिरहेका छन् ।

    ग्राहकहरुको उक्त अनुभवले प्रदर्शनीमा रमाइलो वातावरण सिर्जना गरेको छ, जहाँ दर्शकहरू संगीतमार्फत आत्म अभिव्यक्ति गर्दै सीजीको प्रविधिमा गहिरो चासो देखाइरहेका छन्। धेरैले टेलिभिजनको सजिलो प्रयोग, सिनेमाटिक साउन्ड, र क्यूएलईडी डिस्प्लेलाई घरको मनोरञ्जनको लागि आदर्श विकल्पको रूपमा लिएका छन्।

    टेलिभिजन केवल एक उपकरण होइन । यो परिवार, साथीहरू र समुदायलाई संगीतमार्फत जोड्ने माध्यम हो। सो टिभिलाई प्रदर्शित गर्न पाउँदा हामी उत्साहित भएको इलेक्ट्रोनिक्सका प्रवक्ताले बताएका छन् ।

    सीजी इलेक्ट्रोनिक्स, चौधरी ग्रुपअन्तर्गतको एक प्रमुख इकाई हो, जसले विगत पाँच दशकदेखि नेपाली उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र नवप्रवर्तनयुक्त इलेक्ट्रोनिक्स उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। देशभर फैलिएको सीजी इलेक्ट्रोनिक्स शोरूम नेटवर्क, स्थानीय उत्पादन क्षमताहरू, र ग्राहक सन्तुष्टिमा केन्द्रित सेवाले सीजीलाई नेपालको सबैभन्दा विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा स्थापित गरेको छ।

    सीजी मेरिडिया ब्रान्डले नेपाली बजारमा उच्च गुणस्तरका, विश्वस्तरीय इलेक्ट्रोनिक्स उत्पादनहरू ल्याउने प्रतिबद्धता जनाउँदै आएको छ। यस कराओके क्यूएलईडी टिभीमा प्रयोग गरिएको क्यूएलईडी डिस्प्ले, सिनेमाटिक साउन्ड टेक्नोलोजी, र स्मार्ट प्कराओके इन्टरफेसले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

    प्रमुख विशेषताहरुः

     CG Meridia Karaoke QLED TV को प्रमुख विशेषताहरू

    • ५५” QLED 4K UHD डिस्प्ले (HDR10+, Dolby Vision, Anti-Glare)
    • इन्टिग्रेटेड सिनेमा साउन्डबार र Audio Drum Bass Engine
    • Dual Mic Input, Vocal Effects, र Karaoke Song Library
    • Google TV OS, Game Mode, 120Hz Refresh Rate
    • Dual-band Wi-Fi, Bluetooth 5.0, 3× HDMI, 2× USB पोर्टहरू

     

  • सिटिजन्स बैंकको ‘ईम्पावरिङ्ग लिडरसिप इन् बागमती : अ सेमिनार फर पर्फरमेन्स एण्ड  एक्शिलेन्स’ कार्यक्रम सम्पन्न

    सिटिजन्स बैंकको ‘ईम्पावरिङ्ग लिडरसिप इन् बागमती : अ सेमिनार फर पर्फरमेन्स एण्ड  एक्शिलेन्स’ कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “ईम्पावरिङ्ग लिडरसिप इन् बागमती : अ सेमिनार फर पर्फरमेन्स एण्ड  एक्शिलेन्स” कार्यक्रम आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भएको छ ।

    सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बिच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएको छ । हालै मधेस प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो, त्यसैको निरन्तरता स्वरूप बागमती प्रदेशमा त्यसै किसिमको सेमिनार गरिएको छ र अरु प्रदेशहरूमा पनि यसै गरी क्रमशः आयोजना गरिनेछ ।

    बागमती केन्द्रित भएको यो कार्यक्रम जस्तै अन्य प्रदेशमा पनि प्रदेश स्तरमा कार्यक्रम गरिने योजना बैंकले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।

    समीक्षा अवधिभरमा बैंकको कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०÷८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पुर्‍याएको छ ।

    यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो । खुद व्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर (ROA) ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर (ROE) ५.८१ प्रतिशत कायम भएको छ ।

    “विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुविधा पनि  ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख २९ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

  • इम्बार्क कलेजलाई दिल्लीमा ‘इमर्जिङ बी-स्कूल’ को उपाधी

    इम्बार्क कलेजलाई दिल्लीमा ‘इमर्जिङ बी-स्कूल’ को उपाधी

    काठमाडौं । इम्बार्क कलेजले अन्तर्राष्ट्रिय स्तरमा अर्को ठूलो सफलता हात पारेको छ। अगस्त १९–२०, २०२५ मा भारतको नयाँ दिल्लीस्थित एक होटलमा आयोजित “इलेट्स वर्ल्ड एजुकेशन समिट २०२५” मा इम्बार्क कलेजलाई ‘इमर्जिङ बी–स्कूल’ उपाधिबाट सम्मान गरिएको हो।

    उक्त सम्मानले इम्बार्क कलेजले व्यवसायिक शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान, नवीन शैक्षिक दृष्टिकोण, र छोटो अवधिमा प्राप्त उल्लेखनीय प्रगतिको उच्च मूल्यांकन गरेको छ।

    अन्तर्राष्ट्रिय मञ्चमा इम्बार्क कलेजको पहिचान ‘यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुन पाउँदा हामी अत्यन्त गौरवान्वित छौं,’ इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सीईओ आशिष ठाकुरले बताए।

    ‘यो सम्मानले व्यवसायिक शिक्षाको क्षेत्रमा हाम्रो दृष्टिकोण, प्रतिबद्धता र नवाचारको प्रमाण प्रस्तुत गर्दछ। हामी विद्यार्थीहरुलाई विश्वस्तरको शिक्षा प्रदान गर्दै जिम्मेवार व्यवसायिक नेतृत्व विकास गर्न प्रतिबद्ध छौं,’ ठाकुरले थपे।

    इम्बार्क कलेजः नवीन शिक्षा र व्यावसायिक अभ्यासको संगम, इम्बार्क कलेजले कठोर शैक्षिक मापदण्ड र व्यावहारिक औद्योगिक अनुभवलाई समेट्दै व्यवसायिक शिक्षामा नयाँ उचाइ हासिल गरेको छ।

    कलेजको पाठ्यक्रमले नवीनतम सोच, नैतिक नेतृत्व, र विश्वव्यापी व्यवसायिक क्षमताको विकासमा विशेष ध्यान केन्द्रित गरेको छ।
    यस सम्मानले कलेजलाई थप प्रेरित गर्दै शैक्षिक कार्यक्रमहरूलाई विस्तार गर्न, अग्रणी उद्योगहरू सँग सहकार्य बढाउन र विद्यार्थीहरूलाई अझ सशक्त बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

    इलेट्स वर्ल्ड एजुकेशन समिटः शैक्षिक उत्कृष्टताको अन्तर्राष्ट्रिय मञ्च, वर्ल्ड एजुकेशन समित एक वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसले शिक्षा क्षेत्रका नीति निर्माता, शैक्षिक नेता तथा उद्योग विशेषज्ञहरुलाई एउटै मञ्चमा ल्याएर शिक्षा सम्बन्धी समसामयिक विषयहरूमा छलफल गर्छ। यस सम्मेलनले शैक्षिक उत्कृष्टतामा योगदान पुर्‍याउने संस्थाहरूलाई विभिन्न श्रेणीमा सम्मानित गर्ने गर्दछ।

    इम्बार्क कलेज,रोहेम्प्टन विश्वविद्यालय सगँ शैक्षिक साझेदारीका साथ ललितपुरमा अवस्थित एक व्यवसायिक शिक्षण संस्था हो, जसले जिम्मेवार र सशक्त व्यवसायिक नेतृत्व उत्पादन गर्ने उद्देश्य राखेको छ। नवीन पाठ्यक्रम, अनुभवी प्राध्यापक, र उद्योग सँगको बलियो सहकार्यका माध्यमबाट कलेजले विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने शिक्षा प्रदान गर्दै आइरहेको छ।

  • लक्ष्मी ग्रुपद्वारा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी हुने

    लक्ष्मी ग्रुपद्वारा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी हुने

    काठमाडौं । लक्ष्मी ग्रुपले यही शनिबार र आइतबार बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा भव्य प्रदर्शनी “LAXPERIENCE २०२५” आयोजना गर्ने भएको छ ।

    यस प्रदर्शनीलाई Hyundai, BMW, Kaiyi र Forthing जस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउन छन्। नेपालकै अटो इभेन्टमा पहिलोपटक BMW को सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि अझै रोमाञ्चक बन्नेछ ।

    आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध गराइनेछ । यस प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिनेछ ।

    कार मात्र नभई, आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन् । साथै, नेल आर्ट, मेहेन्दी, नि:शुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई झनै रोचक बनाउनेछन् ।

  • नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित

    नबिल बैंक ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित

    काठमाडौं । नबिल बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो ।

    नबिलले वार्षिक रुपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको बैंकिङ सेवा, प्रविधिको प्रयोग, दिगोपना क्षेत्रमा गरेको पहल लगायतका आधारमा उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ । यो अवार्डलाई बैंकिङ क्षेत्रको मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता र विश्वसनीयताको आधारका रुपमा पनि लिइन्छ ।

    नबिल बैंकले विगत पाँच वर्षदेखि नेपालको दिगो विकास लक्ष्य (एसडिजी)लाई आत्मसात गर्दै आफ्नो कारोवारमा वातावरणीय, समाजिक र सुशासन सम्बन्धित सिद्धान्त अंगिकार गर्दै आएको छ ।

    नबिलले आफ्नो रणनीतिमा दिगोपनलाई एक मुख्य आधार बनाई वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा आफूलाई केन्द्रित गर्दै कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी बैंकिङलाई प्रवद्र्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ । बैंकका यिनै कार्यसम्पादनको उच्च मुल्याङ्कन गर्दै नबिललाई यो अवार्डद्वारा सम्मान गरिएको हो ।

    युरोमनी म्यागजिन बैंकिङ क्षेत्रको लामो अध्ययन र विश्लेषणका आधारमा बैंकलाई सम्मान गरेको हो । यसअघि पनि बैंक सन् २०१०, सन् २०२०, सन् २०२१, सन् २०२२ र सन् २०२४ मा विभिन्न विधामा यूरोमनी अवार्ड फर एक्सिलेन्स अवार्डबाट सम्मानित भइसकेको छ ।

  • सिप्रदी ट्रेडिङले गर्यो ‘एक्सप्रेस–टी इभी’ फ्लिट पार्टनरलाई सम्मान

    सिप्रदी ट्रेडिङले गर्यो ‘एक्सप्रेस–टी इभी’ फ्लिट पार्टनरलाई सम्मान

    काठमाडौं । नेपालमा टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी मोडल ‘एक्सप्रेस–टी इभी’का प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान प्रदान गरेको छ । काठमाडौंको भृकुटिमण्डपमा जारी नाडा अटो शोमा ‘एक्सप्रेस–टी इभी’ फ्लिट पार्टनलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरनलाई सम्मान गरिएको हो । उनीहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि यो सम्मान गरिएको जनाइएको छ ।

    ‘एक्सप्रेस–टी इभी’ विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो । स्वरोजगारी प्रवद्र्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको कम्पनीले जनाएको छ ।

    नाडाअटो शोमा टाटा मोटर्सका नयाँ मोडलहरू अवलोकन गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन सकिने सिप्रदी ट्रेडिङ्गले जनाएको छ ।