Category: कांग्रेस महाधिवेशन विशेष

  • कांग्रेस उपसभापतिको मतगणना – धनराजको अग्रता रोकियो, गच्छदार अघि बढे

    कांग्रेस उपसभापतिको मतगणना – धनराजको अग्रता रोकियो, गच्छदार अघि बढे

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापतिको मतगणना जारी रहेको छ ।

    पछिल्लो ३५५८ मतगणना हुँदा पूर्ण बहादुर खड्काले अग्रता बढाउँदै लगेका छन् । उनले पुर्ण बहादुर खड्का १६३४ मत प्राप्त गरेका छन् ।

    यस्तै सुरुवाती अग्रता बनाएका धनराज गुरुङलाई विजयकुमार गच्छदारले उछिनेका छन् । गच्छदारले १४४३ मत ल्याउँदा  धनराज गुरुङ्गले १४३७ मत ल्याएका छन् । उनी भन्दा पछाडि डा. चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन् ।

    यस्तै सुजाता काेइरालाकाे ४३८, महेश आचार्यकाे ४१३  र दिब्या शाह ११७ मत आएकाे छ ।

  • कांग्रेस अपडेट : २८०० मतगणना सकियो, यस्तो छ अवस्था

    कांग्रेस अपडेट : २८०० मतगणना सकियो, यस्तो छ अवस्था

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापति पदको मत गणना भइरहेको छ ।

    पार्टी कार्यालय सानेपामा जारी गणनामा पूर्णबहादुर खड्काले अग्रता लिइरहेका छन् । उनले १३२१ मत ल्याएका छन् । यस्तै विजय गच्छदारले १२१३ मत प्राप्त गरेका छन् ।

    यसैगरी चन्द्र भण्डारीले १११५ र धनराज गुरुङले १२६७ मत ल्याएका छन् ।

  • कांग्रेस अपडेट : पूर्णबहादुर र धनराज, गच्छदार र भण्डारीको उछिनपाछिन

    कांग्रेस अपडेट : पूर्णबहादुर र धनराज, गच्छदार र भण्डारीको उछिनपाछिन

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत उपसभापतिका लागि भएको मतदानको गणना जारी रहेको छ । अहिलेसम्म १९ सय मत गणना सकिएको छ ।

    जसमा पूर्णबहादुर खड्काले अग्रता लिएका छन् । उनले ९०८ मत प्राप्त गर्दै धनराजलाई उछिनेका हुन् ।

    धनराजको ८८८ मत आएको छ ।

    तेस्रो र चौथो स्थानमा क्रमसः चन्द्र भण्डारी र गच्छदार रहेका छन् । उनीहरुबीच एक मतको मात्रै अन्तर रहेको छ ।

    भण्डारीले ७९९ र गच्छदारले ७९८ भोट ल्याएका छन् ।

  • अग्रता पछि उत्साहित बन्दै धनराज पुगे मतगणनास्थलमा

    अग्रता पछि उत्साहित बन्दै धनराज पुगे मतगणनास्थलमा

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा अहिले उपसभापतिको मतगणना जारी रहेको छ ।

    जारी गणनामा धनराज गुरुङले अग्रता लिएका छन् । अग्रता बढ्दै गएपछि उनी अहिले मतगणनास्थल पुगेका छन् ।

    १३ सय मतगणना हुँदा धनराज गुरुङले फेरि अग्रता लिएका छन् । सुरुवाती अग्रता लिएका गुरुङ ९ सय मत गन्दा दोस्रोमा पुगेका थिए ।

    अहिले उनले ५४३ मत प्राप्त गरेका छन् ।

    यस्तै पूर्णबहादुर खड्काले ५०१, विजयकुमार गच्छदारले ४५४ मत ल्याएका छन् । चन्द्र भण्डारीको ४७२ मत आएको छ ।

    सुजाता कोइरालाले १३८, महेश आचार्यले १२३ र दिव्यश्वरी शाहले ३५ मत ल्याएका छन् ।

  • देउवालाई टेलिफोनबाटै ओलीको बधाई : दुई नेताबीच चल्यो यस्तो ठट्टा

    देउवालाई टेलिफोनबाटै ओलीको बधाई : दुई नेताबीच चल्यो यस्तो ठट्टा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापतिमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिएका छन् ।

    बुधबार साँझ एमाले अध्यक्ष ओलीले देउवालाई कांग्रेस सभापतिमा दोस्रो पटक निर्वाचित भएकोमा बधाई दिएको बालुवाटार स्रोतले जनाएको छ ।

    टेलिफोन सम्वादमा सभापति देउवाले ओलीको शुभकामनाका लागि धन्यवाद भन्दै एमाले र कांग्रेस सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताएका थिए ।

    लोकतन्त्र र संविधान रक्षाको लागि कांग्रेस र एमालेबीच राम्रो सम्बन्ध हुनुपर्नेमा देउवाको जोड थियो ।

    जवाफमा ओलीले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा एमाले र कांग्रेस सहयात्री भएकाले मिलेर जान आफूलाई आपत्ति नरहेको बताएका थिए ।

    ओलीले टेलिफोन गरेर बधाई दिँदा दुई नेताबीच केहीबेर हाँसो ठट्टा समेत चलेको थियो ।

    दुई नेताबीचको टेलिफोन सम्वाद सुनिरहेका सहयोगीहरुका अनुसार देउवाले ओलीलाई भने – मत आफैले टेलिफोन गरेर तपाईसँग बधाई माग्नुपर्ने होकी जस्तो भइसकेको थियो । तपाईले फोन गर्नुभयो धन्यवाद ।

    जवाफमा ओलीले भने – बधाई दिन पाउने पहिलो अधिकार कांग्रेसजनकै भएकाले पहिलो उनीहरुले बधाई दिईसकुन भनेर मैले आज फोन गरेको हो ।

  • कांग्रेस उपसभापतिमा चारजनाको टक्कर, पछि परे महेश र सुजाता

    कांग्रेस उपसभापतिमा चारजनाको टक्कर, पछि परे महेश र सुजाता

    काठमाडौं । कांग्रेस उपसभापतिको निर्वाचनमा चार उम्मेवारहरुबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । उनीहरु देउवा र शेखर कोइराला प्यानलका छन् ।

    मतगणनाको सुरुमा शेखर प्यानलका धनराज गुरुङले लिड गरेका थिए । देउवा प्यानलका पूर्णबहादुर खड्का उनको आसपासमा छन् । उनीहरुबीच पहिलो स्थानमा उछिनपाछिन भइरहेको छ ।

    यस्तै देउवा प्यानलका विजय गच्छेदार र शेखर प्यानलका डा. चन्द्र भण्डारी पनि धेरै पछाडि छैनन् । मतगणनाको अन्त्यसम्ममा यीनै चार नेतामध्ये दुई जना उपसभापति बन्ने निश्चित देखिएको छ ।

    उपसभापतिको दौडमा महेश आचार्य र सुजाता कोइराला भने पछाडि परेका छन् । कुनै गुटमा नसमेटिएका पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यस्तै, प्रकाशमान सिंहको प्यानलबाट लडेकी सुजाताले पनि उल्लेख्य भोट ल्याउन सकेकी छैनन् । आचार्य र कोइराला लगभग प्रतिस्पर्धाबाट बाहिरिएका छन् । विमलेन्द्र निधीको प्यानलबाट उठेकी दिवेश्वरी शाहको मत पनि नगण्य छ ।

  • कांग्रेस अपडेट : १३०० मत गन्दा धनराज अगाडी, पछिपछि तीनजना

    कांग्रेस अपडेट : १३०० मत गन्दा धनराज अगाडी, पछिपछि तीनजना

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापतिको मत गणना जारी रहेको छ ।

    १३ सय मतगणना हुँदा धनराज गुरुङले फेरि अग्रता लिएका छन् । सुरुवाती अग्रता लिएका गुरुङ ९ सय मत गन्दा दोस्रोमा पुगेका थिए ।

    अहिले उनले ५४३ मत प्राप्त गरेका छन् ।

    यस्तै पूर्णबहादुर खड्काले ५०१, विजयकुमार गच्छदारले ४५४ मत ल्याएका छन् । चन्द्र भण्डारीको ४७२ मत आएको छ ।

    सुजाता कोइराला १३८
    महेश आचार्य १२३
    दिव्यश्वरी शाह ३५

  • कांग्रेस अपडेट : उपसभापतिमा ४ जनाकाे टक्कर, पूर्णबहादुरले लिए अग्रता

    कांग्रेस अपडेट : उपसभापतिमा ४ जनाकाे टक्कर, पूर्णबहादुरले लिए अग्रता

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापतिको मतगणना जारी रहेको छ ।

    ९ सय मतगणना हुँदा पूर्ण बहादुर खड्काले अग्रता लिएका छन् । उनले ३९५ मत प्राप्त गरेका छन् ।

    यसअघि अग्रता बनाइरहेका धनराज गुरुङ अहिले दोस्रोमा झरेका छन् । उनले ३९२ मत ल्याएका छन् ।

    यस्तै विजय कुमार गच्छदारले ३५५ मत प्राप्त गरेका छन् । चन्द्र भण्डारीले ३५१ मत ल्याएका छन् ।

     

  • कांग्रेस महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि

    कांग्रेस महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि

    काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु गरिने भएको छ ।

    कांग्रेस निर्वाचन समितिका अनुसार बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएकोमा बिहीबार बिहानबाट महामन्त्रीको मतगणना सुरु गरिने छ ।

    कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा ६ नेता प्रतिस्पर्धामा छन् । विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल, डाक्टर प्रकाशशरण महत, मीनेन्द्र रिजाल र राजाराम कार्की महामन्त्रीको प्रतिस्पर्धामा छन्।

    उपसभापतिको मतगणना भने कांग्रेस केन्द्रीय कार्यालयमा जारी छ । तीन ठाउँमा मतगणना भइरहेकाले राति ढीलामा १ बजेसम्ममा नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।

  • कांग्रेस अपडेट : गुरुङको अग्रता कायम, खड्का र गच्छदार बराबरी

    कांग्रेस अपडेट : गुरुङको अग्रता कायम, खड्का र गच्छदार बराबरी

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदको लागि भएको निर्वाचनको ६ सय मत गणना सकिएको छ ।

    पछिल्लो विवरण अनुसा धनराज गुरुङ २५८ मतका साथ पहिलो स्थानमा रहेका छन् ।

    यस्तै पूर्णबहादुर खड्का र विजय कुमार गच्छदारले समान २४६ मत ल्याएर गुरुङलाई पच्छ्याइरहेका छन् ।

    डा चन्द्र भण्डारीले २१५ मत पाएका छन् ।

  • कांग्रेस निर्वाचन : उपसभापतिमा गुरुङ र खड्काको अग्रता, गच्छदारले पच्छ्याउँदै

    कांग्रेस निर्वाचन : उपसभापतिमा गुरुङ र खड्काको अग्रता, गच्छदारले पच्छ्याउँदै

    काठमाडौं । नेपाली कांग्रेस उपसभापतिको मतगणना जारी रहेको छ ।

    पार्टी कार्यालय सानेपामा जारी गणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् । उनीहरुलाई विजयकुमार गच्छदारले पच्छ्याइरहेका छन् ।

    अहिलेसम्म सार्वजनिक परिणाम अनुसार गुरुङले १३१, खड्काले १२८ मत ल्याएका छन् । उनीहरुलाई पच्छ्याइरहेका गच्छदारले १२२ मत ल्याएका छन् ।

    यस्तै, चन्द्र भण्डारीले ९५ मत, सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ मत ल्याएका छन् । यस्तै दिव्येश्वरी शाहले ६ मत पाएका छन् ।

  • कांग्रेस निर्वाचन : उपसभापतिको मतगणना शुरु

    कांग्रेस निर्वाचन : उपसभापतिको मतगणना शुरु

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदको मतगणना शुरु भएको छ ।

    गणना सानेपामा जारी रहेको छ ।

    दुई जना उपसभापतिका लागि सातजना चुनावी प्रतिस्पर्धामा छन् । महेश आचार्य, विजयकुमार गच्छदार, डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का र सुजाता कोइराला उपसभापतिको उम्मेदवार रहेका छन् ।

    उपसभापतिको सकिएपछि महामन्त्रीको गणना थाल्ने निर्वाचन समितिले जनाएको छ ।

    यसअघि आज विहान सम्पन्न सभापतिको मतगणनामा शेरबहादुर देउवाले शेखर कोइरालालाई पराजित गरेका थिए ।

  • शेखर पक्षका उम्मेदवार बजगाईंलाई सरकारी पक्षले किन दियो सास्ती ?

    शेखर पक्षका उम्मेदवार बजगाईंलाई सरकारी पक्षले किन दियो सास्ती ?

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य पदका उम्मेदवार राजेन्द्र बजगाईंलाई सादा पोशाकका प्रहरी लगाएर दुःख दिने काम भएको आरोप कांग्रेस नेताहरुले लगाएका छन् ।

    सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाद्वारा आयोजित धन्यवाद सभामा युवा नेता गुरुराज घिमिरेले सरकारले सुनियोजित रुपमा आफूपक्षीय नेताहरुलाई दुःख दिएको आरोप लगाएका हुन् । बजगाईं कोइराला नेतृत्वको प्यानलबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार रहेका थिए ।

    पर्यटन व्यवसायीसमेत रहेका बजगाईंलाई राजनीतिक प्रतिशोधका आधारमा दुःख दिइएको भन्दै कोइराला पक्षले आपत्ति जनाएको हो । ‘हाम्रो टिमको केन्द्रीय सदस्यको उम्मेदवार राजेन्द्र बजगाईंलाई १५ दिनदेखि सादा पोशाकका प्रहरीले पिछा गरेर दुःख दिइरहेका छन् । सत्ताले विभिन्न ढंगबाट दु:ख दिइरहेको छ । यसमा हाम्रो आपत्ति छ’, घिमिरेले भने ।

    बजगाईंले महाधिवेशन निर्वाचनको प्रचारका क्रममा रहँदा शंकास्पद व्यक्तिहरुले आफ्नो पिछा गरेको, प्रहरीले पटक-पटक गाडी रोकेर खानतलासीका नाममा दुःख दिएको र मनोवैज्ञानिक रुपमा त्रसित बनाउन खोजेको आरोप लगाए ।

    ‘राजनीतिक आवद्धताकै कारण सत्ताका मान्छेहरुले मलाई ह्यारेस गरेका छन् । मेरो गल्ती र कैफियत नहुँदासमेत दुःख दिने नियत राखेर सरकारी मान्छेले प्रयत्न गरेका छन्’, उनले नेपाल प्रेससँग भने ।

  • शेखर कोइरालाले भने- गुटबन्दी गर्दैनौं, भागबण्डा चाहिँदैन (भिडिओ)

    शेखर कोइरालाले भने- गुटबन्दी गर्दैनौं, भागबण्डा चाहिँदैन (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भागबण्डा र गुटबन्दीको राजनीति नगर्ने उद्घोष गरेका छन् । महाधिवेशनबाट सभापतिमा निर्वाचित हुन नसकेपनि गुटबन्दी गरेर भाग खोज्ने काम आफूबाट नहुने प्रष्ट पारेका छन् ।

    ‘हामी भागबण्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौं । हामी राम्रो काम गर्दै जान्छौं । कार्यकर्ताको घरदैलोमा पुगिरहन्छौं । यस्तो अवस्था बन्छ कि हाम्रोबारेमा सोच्न नेतृत्व बाध्य हुनेछ’, कोइरालाले भने ।

    उनले सभापतिमा निर्वाचित भएकोमा शेरबहादुर देउवालाई शुभकामना दिँदै चार वर्षको कार्यकालमा विगतका कमजोरी नगर्न सुझावसमेत दिएका छन् । ‘शेरबहादुरजीलाई म चार वर्षको लागि शुभकामना दिन्छु । विधानअनुसार सभापतिको कार्यकाल पनि ४ वर्ष नै हो’, कोइरालाले भने ।

    उनले पार्टीभित्र बेथिति र विसंगति दोहोरिए सशक्त प्रतिवाद हुनेपनि उल्लेख गरे । ‘सभापति नजितेपनि हाम्रो राजनीतिक एजेण्डा ओझेलमा परेको छैन । पार्टीमा फेरी बेथिति भयो भने हामी सशक्तरूपले प्रस्तुत हुनेछौ’, उनले भने ।

    कोइरालाले निर्वाचनमा सहयोग गर्न नसक्ने नेताहरुसँग कुनै गुनासो नरहेको बताए । ‘हो मैले चुनाव हारेको छु । कतिपय नेताले सहयोग गर्नसक्नुभएन । यसमा मेरो कुनै गुनासो पनि छैन, कुण्ठा पनि छैन । निर्वाचनमा हारजित सामान्य हो । मैले हारेपनि पार्टीभित्र युवापुस्ताका लागि अवसरको ढोका खोल्न सफल भएका छौ’, कोइरालाले भने ।

    उनले सभापतिमा पराजित भएपनि कांग्रेस रुपान्तरणको अभियान नरोकिने बताए । ‘म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणको लागि लागिसकेको छु । निरन्तर रुपमा म तपाईहरुको घरदैलोमा आइपुग्छु । मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु गर्छु’, उनले भने ।

  • शेखरजीले प्रशंसनीय मत ल्याउनुभयो : डा. महत

    शेखरजीले प्रशंसनीय मत ल्याउनुभयो : डा. महत

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित हुन नसकेपनि डा.शेखर कोइरालाले प्राप्त गरेको मत प्रशंसनीय रहेको बताएका छन् ।

    कोइराला समूहले आयोजना गरेको धन्यवाद सभामा बोल्दै महतले नेतृत्व परिवर्तनको पक्षमा उभिनुपर्ने नेताहरुले अन्तिम अवस्थामा असहयोग गरेकै कारण जित हासिल हुन नसकेको बताए । ‘शेखरजीले जति मत ल्याउनुभएको छ त्यो प्रशंसनीय छ । राम्रो मत ल्याउन नसकेका साथीहरुले शेरबहादुरजीलाई सहयोग गरेकाले मात्रै उहाँले जित्न सक्नुभएन’ महतले भने ।

    उनले निर्वाचनको तीतोमिठो बिर्सेर बृहत्तर पार्टी एकताका पक्षमा सबैजना उभिनुपर्ने महतले बताए । निर्वाचित सभापतिले पार्टीभित्र क्षमता र योगदानका आधारमा अवसर दिनुपर्ने महतको भनाई छ ।

    ‘पार्टीभित्र क्षमताका आधारमा अवसर दिने हो भने गुटबन्दी गर्नै पर्दैन । पार्टी एकताका लागि निर्वाचित सभापतिले अग्रसरता लिनुपर्नेछ’, महतले भने ।

  • गगन थापा भन्छन्ः शेखर कोइरालाले ४० प्रतिशत भाग खोज्नु हुँदैन (भिडिओ)

    गगन थापा भन्छन्ः शेखर कोइरालाले ४० प्रतिशत भाग खोज्नु हुँदैन (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा महामन्त्रीका प्रत्याशी गगनकुमार थापाले सभापतिको निर्वाचनमा पराजित भएपछि शेखर कोइरालाले संस्थापनसँग ४० भागबण्डा खोज्नु नहुने बताएका छन् । पार्टीमा अब गुटलाई विर्सेर विधिको आधारमा निर्णय लिनुपर्नेमा उनलेव जोड दिए ।

    चुनावपछि कांग्रेस प्रतिनिधहरुलाई धन्यवाद दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा थापाले आफ्नो प्यानलबाट पराजित सभापति कोइरालालाई आफूलाई भोट दिनेहरुको जिम्मेवारी लिन आग्रह गरे ।

    उनलेव भने, ‘उहाँले अबका ५ वर्ष ४० प्रतिशत मतदाताको जिम्मेवारी बोकेर हिँड्नुपर्छ । तर, ४० प्रतिशत भाग चाहिन्छ भनेर भाग शान्ति गर्ने होइन । पार्टीको पालना गर्दा ४० प्रतिशत आफैं प्राप्त हुन्ज्छ, माग्नु पर्दैन ।’

    गगनले मध्यरातसमम नेतृत्व परिवर्तनको वकालत गर्नेहरु विहान भएपछि कसरी बदलिए भन्ने प्रश्न समेत गरे ।

    उनले भने, ‘मध्यरातसम्म यो नेतृत्व दोहोरियो भने बर्बाद हुन्छ भन्नेहरु ६ घन्टापछि यो नेतृत्व नआए बर्बाद हुन्छ भन्ने अवस्थामा कसरी पुगे ?’

  • कांग्रेसमा संख्याको भाग खोज्दैनौं, विचारको प्रतिनिधित्व हुनुपर्छ: मिनेन्द्र रिजाल (भिडिओ)

    कांग्रेसमा संख्याको भाग खोज्दैनौं, विचारको प्रतिनिधित्व हुनुपर्छ: मिनेन्द्र रिजाल (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार डा. मिनेन्द्र रिजालले शेखर कोइराला समूहले अब कांग्रेसभित्र संख्यामा भाग नखोज्ने तर विचारको प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।

    महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन बुधवार आयोजित भेलालाई सम्बोधन गर्दै रक्षामन्त्री समेत रहेका रिजालले शेखर कोइरालाको काँधमा कांग्रेस पुनर्जागरण र परिवर्तनको जिम्मेवारी आएको बताए ।

    रिजालले भने- हामी संख्यामा भाग खोज्दैनौं,तर हाम्रो विचारको प्रतिनिधित्व हुनुपर्छ । अहिले हाम्रो विजय भएको छ,त्यो पनि सन्देशसहितको बिजय भएको छ । महाधिवेशनले कांग्रेस पुनर्जागरणको जिम्मेवारी शेखर कोइरालालाई परिवर्तनको जिम्मा दिएको छ ।

  • कांग्रेस महाधिवेशनः उपसभापतिको मतगणना केहीबेरमै, महामन्त्रीको भोलि

    कांग्रेस महाधिवेशनः उपसभापतिको मतगणना केहीबेरमै, महामन्त्रीको भोलि

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिको मत गणना आजै शुरु हुने भएको छ।

    कांग्रेको केन्द्रीय निर्वाचन समितिको सदस्य सीताराम केसीले उपसभापतिको १ घण्टापछि र महामन्त्रीको भोेलिदेखि मत गणना शुरु हुने जानकारी दिए ।

    सभापतिको मत परिणाम भने आइसकेको छ । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन्।

  • कांग्रेसमा फेरि ६०/४० को समीकरण, रोकिएला त भागबण्डा ?

    कांग्रेसमा फेरि ६०/४० को समीकरण, रोकिएला त भागबण्डा ?

    काठमाडौं । नेपाली कांग्रेसमा नेताहरूको गुट अदलबदल तीब्र भए पनि आन्तरिक शक्ति समीकरण यथावत देखिएको छ । २०६४ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) बीच एकीकरण भयो । एकीकरणलाई लागि तय गरिएको फर्मुला थियो, ६०/४० ।

    केन्द्रदेखि तल्लो संरचनासम्म कोइरालाले ६० प्रतिशत र देउवाले ४० प्रतिशत पद बाँडफाँड गरेर एकताप्रक्रियालाई टुंग्याएका थिए । त्यसयता संसदीय निर्वाचनको टिकटदेखि पार्टीका हरेक निर्णयमा तत्कालीन संस्थापन पक्षले ६० र देउवा पक्षले ४० प्रतिशत भाग लिएका थिए । पार्टी एकतापछि २०६७ सालमा सम्पन्न १२ औं महाधिवेशनले ६०/४० को समीकरण अन्त्य गर्ने विश्वास लिइएको थियो । यद्यपि महाधिवेशनको परिणामले समीकरण बदल्न सकेन ।

    शेखरले परिणामलाई सहजरूपमा स्वीकार गर्ने, गुटबन्दी नगर्ने र विधानअनुसार पार्टी चलाउन सहयोग गर्ने बताएका छन् । यद्यपि राजनीतिक रुपमा ६०/४० को समीकरण कांग्रेसभित्र अझ संगठित हुने देखिएको छ । पहिलो चरणमा खसेको मतको विश्लेषण गर्दा पदाधिकारीतर्फ मिश्रित परिणाम आउने देखिन्छ । देउवासँग सुविधाजनक बहुमत हुने भएपनि पार्टीलाई एकताबद्ध सञ्चालन गर्न कोइराला पक्षसँग शक्ति बाँडफाँडको विकल्प देखिदैन ।

    सुशिल कोइराला सभापतिमा निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी शेरबहादुर देउवाले ४२ प्रतिशत मत ल्याए । त्यसपश्चात पार्टीका हरेक संरचनामा कोइरालाले देउवालाई ४० प्रतिशत हिस्सा दिए । पदाधिकारी नियुक्तिमै देउवाले भाग खोजेपछि सुशिलले पनि ६०/४० को शक्ति समीकरणलाई निरन्तरता दिए ।

    पार्टीभित्र एकता कायम गर्नका निम्तिपनि संस्थापन र गैरसंस्थापन पक्षबीचको शक्ति बाँडफाँडलाई कांग्रेसले संस्थागत गर्‍यो । १३ औं महाधिवेशनले पनि यस अवस्थाको अन्त्य गर्न सकेन । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भए र निकटतम प्रतिस्पर्धी थिए रामचन्द्र पौडेल । महाधिवेशनपछि भागबण्डाको राजनीति अन्त्य हुने दाबी त गरियो तर व्यवहारमा लागू भएन । संसदको टिकटदेखि नेविसंघको पदाधिकारीसम्म पौडेलले भाग लिए । आजपर्यन्त कांग्रेसमा ६०/४० को राजनीतिक समीकरण र भागबण्डा टुटेको छैन । १४ औं महाधिवेशनको परिणामले पनि यसैलाई निरन्तरता दिने देखिन्छ ।

    १४ औं महाधिवेशनको अन्तिम नतिजामा देउवाले डा. शेखर कोइरालालाई पराजित गरे । कुल खसेको ४ हजार ६ सय २३ मध्ये देउवाले २ हजार ७ सय ३३ मत प्राप्त गरे । जुन खसेको मतको ५९ दशमलव ११ प्रतिशत हो । कोइरालाले १ हजार ८ सय ५५ मत प्राप्त गरे । जुन खसेको मतको ४० दशमलव १२ मत हो । यो आधारमा सभापति देउवाले करिब ६० प्रतिशत पार्टी जनमतसहित दोस्रो कार्यकालको सुरूआत गर्नेछन् । अर्कोतिर ४० प्रतिशत मतसहित कोइराला पार्टीभित्र प्रतिपक्षको कित्तामा हुनेछन् ।

    कांग्रेसवृत्तमा ६०/४० भन्नाले भागबण्डाको विम्वको रुपमा बुझ्ने गरिन्छ । महाधिवेशनको मैदानमा सबैजसो नेताहरूले भागबण्डा र गुटबन्दी अन्त्य गर्ने घोषणा गरेका थिए । त्यसको व्यवहारिक कार्यान्वयन कसरी होला ? कांग्रेसवृत्तमा चासोकै विषय छ ।

    शेखरले परिणामलाई सहजरूपमा स्वीकार गर्ने, गुटबन्दी नगर्ने र विधानअनुसार पार्टी चलाउन सहयोग गर्ने बताएका छन् । यद्यपि राजनीतिक रुपमा ६०-४० को समीकरण कांग्रेसभित्र अझ संगठित हुने देखिएको छ । पहिलो चरणमा खसेको मतको विश्लेषण गर्दा पदाधिकारीतर्फ मिश्रित परिणाम आउने देखिन्छ । देउवासँग सुविधाजनक बहुमत हुने भएपनि पार्टीलाई एकताबद्ध सञ्चालन गर्न कोइराला पक्षसँग शक्ति बाँडफाँडको विकल्प देखिदैन ।

    पदाधिकारी र केन्द्रीय सदस्यतर्फको अन्तिम मत परिणाम आउन बाँकी रहेका कारण कांग्रेसको केन्द्रीय समितिको शक्ति समीकरण निश्चित भइसकेको छैन । यद्यपि १ सय ६७ सदस्यीय केन्द्रीय समितिमा ३३ जना सभापतिले नै मनोनीत गर्ने हुँदा देउवा आरामदायी बहुमतमै रहनेछन् । पहिलो कार्यकालमा बहुमतभन्दा अधिकतम सहमतिका आधारमा निर्णय लिने अभ्यास सभापति देउवाले गरेका थिए ।

    पदाधिकारी र केन्द्रीय सदस्यतर्फको अन्तिम मत परिणाम आउन बाँकी रहेका कारण कांग्रेसको केन्द्रीय समितिको शक्ति समीकरण निश्चित भइसकेको छैन । यद्यपि १ सय ६७ सदस्यीय केन्द्रीय समितिमा ३३ जना सभापतिले नै मनोनीत गर्ने हुँदा देउवा आरामदायी बहुमतमै रहनेछन् ।

    दोस्रो कार्यकालका लागि निर्वाचित हुन देउवाले प्रकाशमान सिंह, विमलेन्द्र निधि, सुजाता कोइराला लगायतका नेताहरूको प्रत्यक्ष सहयोग लिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता डा.शशांक कोइरालाको मौनतापनि देउवा जितको मुख्य कारक बनेका छन् । दोस्रो कार्यकालमा आफूलाई स्वीकार गरेका नयाँ पुराना नेताहरूको व्यवस्थापनका साथै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मतसहित स्थापित शेखर समूहलाई साथमा लिनुपर्ने देखिन्छ ।

    कांग्रेसवृत्तमा ६०/४० भन्नाले भागबण्डाको विम्ब रुपमा बुझ्ने गरिन्छ । महाधिवेशनको मैदानमा सबैजसो नेताहरूले भागबण्डा र गुटबन्दी अन्त्य गर्ने घोषणा गरेका थिए । त्यसको व्यवहारिक कार्यान्वयन कसरी होला ? कांग्रेसवृत्तमा चासोकै विषय छ ।

  • फेसबुकमा कमेन्ट अफ गरेर सिंहले दिए देउवालाई बधाई

    फेसबुकमा कमेन्ट अफ गरेर सिंहले दिए देउवालाई बधाई

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाईज्ञापन गरेका छन् । आफ्नोसमेत समर्थनमा देउवा निर्वाचित भएपछि सिंहले फेसबुकमार्फत बधाई दिएका हुन् ।

    सिंहले राखेको बधाई पोष्टमा कमेन्ट गर्न नमिल्ने बनाइएको छ । संस्थापनइतर नेता सिंहले देउवालाई समर्थन गर्ने क्रममा अवाञ्छित लेनदेन गरेको भन्दै आलोचना भएको थियो । सम्भवत: नकारात्मक प्रतिक्रियाको सामना गर्नुपर्ने डरले उनले कमेन्ट अफ गरेका हुन् ।

    सिंहलाई उपप्रधानमन्त्री बनाउने सम्झौता गरेर देउवाले उनको समर्थन हासिल गरेको समाचार सञ्चारमाध्यममा आएका थिए ।

  • देउवालाई बधाई दिँदै गगनले भने- रुपान्तरणका मुद्दामा सहकार्य हुनेछ

    देउवालाई बधाई दिँदै गगनले भने- रुपान्तरणका मुद्दामा सहकार्य हुनेछ

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी रुपान्तरणका मुद्दामा नवनिर्वाचित सभापति शेरबहादुर देउवासँग सहकार्य हुने बताएका छन् ।

    १४ औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएकोमा देउवालाई बधाई दिँदै थापाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरूआत गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

    सभापतिमा पराजित डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट महामन्त्रीको उम्मेदवार रहेका थापाले आम कार्यकर्तामा रहेको एकताको अपेक्षालाई आत्मसात गर्नसमेत सभापति देउवालाई आग्रह गरेका छन् ।

  • कांग्रेसलाई एकताबद्ध बनाउन ध्यान पुगोस् भन्दै देउवालाई पौडेलको शुभकामना

    कांग्रेसलाई एकताबद्ध बनाउन ध्यान पुगोस् भन्दै देउवालाई पौडेलको शुभकामना

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् ।

    शुभकामना वक्तव्य जारी गर्दै पौडेलले पार्टीमा एकताबद्ध र सुदृढ कांग्रेसमा जोड दिएका छन् ।

    ‘सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस्’, पौडेलले भनेका छन् ।

    लोकतन्त्र र संविधानमा चुनौती रहेको उल्लेख गर्दै पौडेलले लेखेका छन्, ‘राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौ । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थीरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो ।’

  • सभापतिपछि चासो पदाधिकारीकोः क्रस प्यानल नतिजाको आशा

    सभापतिपछि चासो पदाधिकारीकोः क्रस प्यानल नतिजाको आशा

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिको छिनोफानो भएसँगै अब सबैको ध्यान पदाधिकारीतर्फ केन्द्रित भएको छ । कांग्रेसका १४ पदाधिकारी तथा १३४ केन्द्रीय सदस्यका लागि प्रतिनिधिहरुले दुई दिन अगाडि नै ट्यांकीमा भोट खसालिसकेको भए पनि गणना भने आज बेलुकीबाट सुरु हुँदैछ ।

    सभापतिको पहिलो चरणको चुनाव र पदाधिकारीको चुनाव एकैसाथ भएको थियो । तर, पहिलो चरणमा कसैले पनि बहुमत ल्याउन नसकेपछि सभापति निर्वाचन दोस्रो चरणमा भयो । पदाधिकारीको मतगणनामा भने त्यस्तो झमेला हुनेछैन ।

    कांग्रेसमा पदाधिकारीको दौड पनि उत्तिकै रोमाञ्चक देखिन्छ । देउवाले सभापतिमा सहज जित हात पारे पनि पदाधिकारी र केन्द्रीय सदस्यमा सिंगै उनको प्यानल निर्वाचित हुन सक्ने स्थिति छैन । शेरबहादुर देउवा र शेखर कोइरालाले सिंगै प्यानल खडा गरेर चुनाव लडेका थिए भने प्रकाशमान सिंह र विमलेन्द्र निधिले उपसभापति र महामन्त्रीमा मात्रै आफ्ना उम्मेदवार उठाएका थिए ।

    कांग्रेसमा २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचनमार्फत छानिँदैछन् । यसमा मिश्रित नतिजा आउन सक्ने अनुमान गरिएको छ ।

    उपसभापतिमा देउवाको प्यानलबाट विजय गच्छेदार र पूर्णबहादुर खड्का उम्मेदवार छन् । उनीहरु कांग्रेसका पुराना हस्तीहरु हुन् । कांग्रेस छोडेर मधेस केन्द्रित पार्टीमा लागेका गच्छदारले पुनरागमन गरेर मनोनित उपसभापति बनेका थिए । खड्का भने १३ औं महाधिवेशनपछि महामन्त्री मनोनित भएका थिए । उनी देउवाका पुराना विश्वासपात्र हुन् ।

    यता, शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा खडा डा. चन्द्र भण्डारी र धनराज गुरुङ । उनीहरु दुवै पार्टीमा राम्रो छवि भएका नेता हुन् । अर्कोतर्फ कोइराला परिवारकी हस्ती सुजाता कोइरालाले पारिवारिक विद्रोह गर्दै प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा लडेकी छन् । उनी पनि बलियो दावेदार मानिन्छन् । यसप्रकार पार्टीका दुई उपसभापतिमा ५ नेताहरुको टकराव हुने देखिन्छ ।

    महामन्त्रीको प्रतिस्पर्धा अझै रोचक छ । कांग्रेसका तीन प्रभावशाली युवा नेताहरु फरक–फरक गुटबाट महामन्त्रीमा भिड्दैछन् । संस्थापन समूहले कृष्ण सिटौलाको सिफारिसमा प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएको छ । यस्तै, विश्वप्रकाशले शर्माले संस्थापन समूहबाट टिकट नपाएपछि प्रकाशमानको समूह रोजे । अर्का लोकप्रिय युवा नेता गगन थापा शेखर कोइरालाको प्यानलबाट उठेका छन् ।

    यस्तै, देउवा प्यानलबाट डा. प्रकाशशरण महत र शेखर प्यानलका डा. मिनेन्द्र रिजाल पनि उत्तिकै बलिया दावेदार हुन् । यसरी महामन्त्रीमा पनि पाँच जनाबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ ।

    कांग्रेसको निर्वाचनलाई लिएर फ्याक्ट्स रिसर्च एन्ड एनालाइसीसले गरेको एक्जिट पोललाई विश्वास गर्ने हो भने महामन्त्रीको दौडमा गगन र विश्वप्रकाश अरुभन्दा अगाडि छन् । यही एक्जिट पोलले सभापतिमा गरेको प्रक्षेपण निकै हदसम्म सही सावित भएकाले पदाधिकारीको प्रक्षेपणलाई पनि नजरअन्दाज गर्न सकिन्न ।

    सर्वेक्षणअनुसार महामन्त्रीमा गगन ४५ प्रतिशत मतका साथ पहिलो र विश्वप्रकाश २९ मतका साथ दोस्रो स्थानमा आउने छन् । प्रदीप, प्रकाशरण र मिनेन्द्र क्रमश तेस्रो, चौथो र पाचौं हुने प्रक्षेपण गरिएको छ ।

    महाधिवेशनमा सहभागी २१४८ प्रतिनिधिहरुमाथि सो सर्वेक्षण गरिएको फ्याक्ट्स नेपालको दावी छ ।

  • नवनिर्वाचित कांग्रेस सभापति देउवालाई नेताहरुको बधाई

    नवनिर्वाचित कांग्रेस सभापति देउवालाई नेताहरुको बधाई

    काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई नेताहरुले बधाई दिइरहेका छन् ।

    जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सामाजिक सन्जाल ट्वीटरमार्फत बधाई दिँदै गणतन्त्र बलियो बनाउन, प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन् र अग्रगमनकारी शक्तिबीच थप एकता हुने अपेक्षासमेत गरेका छन् ।

    नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि ट्वीटरमार्फत बधाई दिएका छन् । नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले समाजिक सन्जालमार्फत नै देउवालाई शुभकामना दिएका छन् ।

    गए राति मध्यरात सम्पन्न मतगणनाअनुसार निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालालाई हराउँदै देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

     

     

  • कांग्रेस पदाधिकारीको मतगणना आज साँझदेखि सुरु गरिने

    कांग्रेस पदाधिकारीको मतगणना आज साँझदेखि सुरु गरिने

    काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना आज बुधबारबाट सुरु हुने भएको छ ।

    कांग्रेस निर्वाचन समिति प्रमुख गोपालकृष्ण घिमिरेले आज साँझबाट मतगणना हुने जानकारी दिए । ‘अहोरात्र खटेर मतपरीणाम सार्वजनिक हुनेछ,’ उनले भने ।

    पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ । सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो ।

    सभापतिमा भने शेरबहादुर देउवा पुनः विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् ।

    पहिलो चरणको निर्वाचनमा पाँच जनामध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको निर्वाचन भएको थियो । सभापतिको मतपरिणाम सार्वजनिक भएसँगै निर्वाचन समितिले अन्य पदाधिकारीको मतगणनाको सुरु गर्न लागेको हो ।

    १४ पदाधिकारीमा सभापतिबाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि चुनाव भएको थियो । कांग्रेस महाधिवेशन गत शुक्रबारबाट सुरु भएको हो ।

  • देउवालाई जितका लागि २९८ मत आवश्यक

    देउवालाई जितका लागि २९८ मत आवश्यक

    काठमाडौं । नेपाली कांग्रेस नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको मतदानको अहिले गणना जारी रहेको छ ।

    पछिल्लो विवरण अनुसार ३३१८ मत गणना भएका छन् । जसमा शेरबहादुर देउवाले १९८४ मत प्राप्त गरेका छन् । डा शेखर कोइरालाले १३०९ मत प्राप्त गरेका छन् । अहिलेसम्म २५ मत बदर भएको छ ।

    सभापतिमा विजयी हुन देउवालाई अब २५६ मत मात्रै आवश्यक छ । कुल ४५६२ मत खसेको थियो । जसअनुसार सभापतिमा विजयी हुन २२८२ मत आवश्यक हुन्छ ।

  • २५ सय मत गन्दा देउवाको अग्रता विजयोन्मुख, शेखरले मत बढाए

    २५ सय मत गन्दा देउवाको अग्रता विजयोन्मुख, शेखरले मत बढाए

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा आधा मत गन्दा शेरवहादुर देउवा फराकिलो अग्रतासहित विजय उन्मुख बनेका छन् ।

    अहिलेसम्म कुल २४९९ मतगणना हुँदा देउवाको पक्षमा १४८२ मत खसेको छ ।

    डा. शेखर कोइरालाका पक्षमा ९९७ मत खसेको छ ।

    पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि देउवा र डा। शेखर कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणमा विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरुङ तीनै जना उम्मेदवारले देउवालाई समर्थन गरेका थिए ।

  • १ हजार मतगणना हुँदा शेखर ४०१, देउवाको कति ?

    १ हजार मतगणना हुँदा शेखर ४०१, देउवाको कति ?

    काठमाडौं । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको मतदानको गणना जारी रहेको छ ।

    एक हजार मत गणना हुँदा शेरबहादुर देउवाले ५९० मत प्राप्त गरेका छन् । शेखर कोइरालाले ४०१ मत ल्याएका छन् ।

  • कांग्रेस सभापति निर्वाचन – देउवाको अग्रता फराकिलो बन्दै, यस्तो छ पछिल्लो रुझान्

    कांग्रेस सभापति निर्वाचन – देउवाको अग्रता फराकिलो बन्दै, यस्तो छ पछिल्लो रुझान्

    काठमाडौं। नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरवहादुर देउवाले सुरुदेखि नै अग्रता लिएका छन् ।

    मतगणनाको पछिल्लो विवरण अनुसार १६०० मतगणना हुँदा शेरबहादुर देउवाले ९४०* मत प्राप्त गरेका छन् । शेखर कोइरालाले ६४८* मत ल्याएका छन् ।

    पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणमा विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरुङ तीनै जना उम्मेदवारले देउवालाई समर्थन गरेका थिए ।

    *अपडेट

  • ३०० मत गणना : देउवा १७४, शेखर १२४

    ३०० मत गणना : देउवा १७४, शेखर १२४

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचन अन्तरगत अहिले गणना जारी रहेको छ ।

    ३ सय मत गणना हुँदा शेरबहादुर देउवाले १७४ र शेखर कोइरालालले १२४ मत प्राप्त गरेका छन् ।

    दोस्रो चरणमा खसेको कुल मतसंख्याका आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।

    यसअघि पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका थिए । कोइरालाले १७२९ मत ल्याएका थिए ।

    पहिलो चरणको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । त्यसपछि बढी मत ल्याउन दुईजना प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।

    प्रकाशनमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गरेका छन् ।

  • २०० मत गणना : देउवा ११५, शेखर कति ?

    २०० मत गणना : देउवा ११५, शेखर कति ?

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचन अन्तरगत अहिले गणना जारी रहेको छ ।

    १९९ मत गणना हुँदा शेरबहादुर देउवाले ११५ र शेखर कोइरालालले ८४ मत प्राप्त गरेका छन् ।

    दोस्रो चरणमा खसेको कुल मतसंख्याका आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।

    यसअघि पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका थिए । कोइरालाले १७२९ मत ल्याएका थिए ।

    पहिलो चरणको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । त्यसपछि बढी मत ल्याउन दुईजना प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।

    प्रकाशनमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गरेका छन् ।

  • कांग्रेस निर्वाचन : एक सय मत गन्दा देउवाको अग्रता

    कांग्रेस निर्वाचन : एक सय मत गन्दा देउवाको अग्रता

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको मतदानको गणना जारी रहेको छ ।

    जारी मतगणनामा अहिलेसम्म एकसय मत गणना हुँदा शेरबहादुर देउवाले अग्रता लिएका छन् ।

    देउवाले ५७ मत ल्याउँदा शेखरले ४२ मत ल्याएका छन् ।

    दोस्रो चरणमा खसेको कुल मतसंख्याका आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।

    यसअघि पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका थिए । कोइरालाले १७२९ मत ल्याएका थिए ।

    पहिलो चरणको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन सकेनन् । त्यसपछि बढी मत ल्याउन दुईजना प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।

    प्रकाशनमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गरेका छन् ।

  • कांग्रेस सभापतिको मतगणना सुरु

    कांग्रेस सभापतिको मतगणना सुरु

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको निर्वाचनको मतगणना सुरु भएको छ ।

    राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो ।

    पहिलो चरणमा सभापतिका कुनै पनि दावेदारले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन भएको हो ।

    दोस्रो चरणको निर्वाचनमा ४५६२ मत खसेको छ । जुन पहिलो चरणभन्दा कम हो ।

    पहिलो चरणमा पाँच जना सभापतिका लागि निर्वाचनमा होमिएपनि कसैको बहुमत आउन सकेन् । दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाको प्रतिस्पर्धा रहेको छ । पहिलो चरणमा सभापतिका लागि लडेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई समर्थन गरेका छन् ।

  • कांग्रेस निर्वाचन : गणनास्थलसम्म यसरी पुर्‍याइयो मतपेटिका (तस्बिरहरु)

    कांग्रेस निर्वाचन : गणनास्थलसम्म यसरी पुर्‍याइयो मतपेटिका (तस्बिरहरु)

    काठमाडौं । नेपाली कांग्रेसेको नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान सम्पन्न भएको छ । अहिले मतपेटिकाहरु राष्ट्रिय सभागृहमा राखिएको छ । अबको केही बेरपछि गणना हुने निर्वाचन समितिले जनाउको छ ।

    दोस्रो चरणमा भएको मतदानमा ४५६२ मत खसेको छ । पहिलो चरणमा भने ४६८१ मत खसेको थियो ।

    पहिलो चरणमा कुनै पनि सभापतिका आकांक्षीले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणमा पनि कुल मतादतामध्ये ६४ जना अनुपस्थित रहेका थिए ।

    दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाको प्रतिस्पर्धा छ । देउवालाई प्रकाशमान सिंह र विमलेन्द्र निधिले समर्थन गरेका छन् ।

  • देउवालाई अझै पनि जित्छु भन्ने ‘कन्फिडेन्स’ छैन : गगन थापा

    देउवालाई अझै पनि जित्छु भन्ने ‘कन्फिडेन्स’ छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस सभापतिमा निर्वाचित हुने ‘कन्फिडेन्स’ शेरबहादुर देउवालाई समेत नभएको बताएका छन् ।

    राष्ट्रिय सभागृहमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले तीन जना सभापतिका प्रत्यासीको समर्थन हुँदा पनि जित्ने विश्वास नभएको बताएका हुन् ।

    मनमा डर भएकै कारण देउवा दिनभरी मतदानस्थलमा बसेर मत मागेको पनि उनले बताए ।

    उनले भने — सभापतिका लागि देउवा आफै पनि कन्फिडेन्ट हुनुहुन्न । दिनभरी उभिएर एक एकलाई हात जोडेर मत माग्नुभयो । प्रधानमन्त्री दिनभरी त्यहाँ बस्नुभयो । सबैलाई हात जोडेर बस्नुभयो । मलाई स्वतन्त्र विद्यार्थीको सदस्यको चुनाव लडे जस्तै लाग्यो ।

    उनले देउवालाई समर्थन गर्ने सभापतिका आकांक्षीहरुले पार्टी र जनताहरुलाई पनि जवाफ दिनुपर्ने बताए । एकदिन अगाडीसम्म कुनैपनि हालतमा नेतृत्व परिवर्तन गर्छु भन्नेहरु एक्कासी त्यही नेतृत्व ठिक छ भन्ने अवस्थामा कसरी पुगे यो कुराको जवाफ उहाँहरुले दिनुपर्छ — थापाले भने ।