Category: कांग्रेस महाधिवेशन विशेष

  • शेखरले भने- कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दियौं

    शेखरले भने- कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दियौं

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पराजित डा. शेखर कोइरालाले पार्टीमा यथास्थिति चाहनेहरूको अपवित्र गठजोडका बाबजुद आफूहरू लडेको र राजनीति जितेको बताएका छन् ।

    आज विज्ञप्तिमार्फत नेता कोइरालाले शेरबहादुर देउवासँगको मात्र प्रतिस्पर्धा नभइ पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्ति र गलत संस्कारको विरुद्धको रुपान्तरण र परिवर्तनको लडाइँमा आफूहरूलाई सहज नभएको बताएका छन् ।

    आफूहरूले कांग्रेस हुनुको गौरव र भावना बुझेको भन्दै शेखरले विज्ञप्तिमा भनेका छन्, ‘कांग्रेसको १४औं महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा छ तर हामीले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश सम्पूर्ण कांग्रेसजनमा मात्र होइन आम नेपालीको घर दैलोमा पुर्‍याएका छौं ।’

    ‘हामी लडिरहेका थियौं पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधानविपरीत हुने निर्णय विरुद्ध’, कोइरालाले भनेका छन्, ‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग ऊर्जावान युवाहरूको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौं ।’

    ‘मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छ । प्रतिनिधि साथीहरूले म प्रति देखाएको विश्वास र भरोसाप्रति म अविचलित रहने प्रण गर्दछु । मेरो उम्मेदवारीले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको छ । मलगायत मेरो टिम विश्वास दिलाउन चाहन्छ, हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौं ।’

    उनले नवनिर्वाचित सभापति देउवालाई बधाई तथा शुभकामनमा दिएका छन् । कांग्रेस परिवर्तनको पक्षमा उभिएका आफूहरू मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने भन्दै कोइरालाले पार्टी रुपान्तरणको एजेण्डामा निरन्तर क्रियाशील रहने बताएका छन् ।

    सभापतिमा पराजित भएपनि पार्टी भित्र र बाहिरका आम लोकतन्त्रवादीहरु बीच कांग्रेसप्रति आकर्षण बढाएको, भरोसा र विश्वासको वृद्धि गराएको उनको दाबी छ ।

    ‘मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ’, शेखरले भनेका छन्, ‘मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छ । प्रतिनिधि साथीहरूले म प्रति देखाएको विश्वास र भरोसाप्रति म अविचलित रहने प्रण गर्दछु । मेरो उम्मेदवारीले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको छ । मलगायत मेरो टिम विश्वास दिलाउन चाहन्छ, हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौं ।’

  • कांग्रेस महाधिवेशन- पाँच सह-महामन्त्रीको मतगणना आज

    कांग्रेस महाधिवेशन- पाँच सह-महामन्त्रीको मतगणना आज

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको आठ सहमहामन्त्री पदको निर्वाचनमध्ये पाँच पदको मतगणना आज हुने भएको छ ।

    महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार राति घोषणा भइसकेको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना हुन लागेको हो ।

    मधेसी समूहको सहमहामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महेन्द्र यादव, शेखर कोइराला समूहबाट रामकृष्ण यादव र विमलेन्द्र निधि समूहबाट रामकृष्ण यादव प्रतिस्पर्धामा छन्।

    खसआर्य समूहको सहमहामन्त्रीमा देउवा समूहबाट किशोरसिंह राठौर, कोइराला समूहबाट देवराज चालिसे उम्मेदवार छन् भने थारु कलस्टरमा देउवा समूहबाट उमाकान्त चौधरी र कोइराला समूहबाट तेजुलाल चौधरी उम्मेदवार छन्।

    मुस्लिम कलस्टरको सहमहामन्त्रीमा देउवा पक्षबाट फरमुल्लाह मन्सुर र कोइराला तथा निधि पक्षबाट शेख वकिल उम्मेदवार छन्।

    पिछडिएको क्षेत्र कलस्टरको सहमहामन्त्रीमा देउवा समूहबाट जीवनबहादुर शाही, कोइराला समूहबाट बद्री पाण्डे र निधि समूहबाट चेतराज बराल उम्मेदवार छन् ।

    नेपाली कांग्रेसका सभापति, उपसभापति र महामन्त्रीकाे मतपरिणाम पनि आइसकेकाे छ । जसमा शेरबहादुर देउवा सभापति, पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापति तथा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन् ।

  • कांग्रेस चुनाव : सह-महामन्त्रीको तीन कलष्टरमा यस्तो आयो परिणाम

    कांग्रेस चुनाव : सह-महामन्त्रीको तीन कलष्टरमा यस्तो आयो परिणाम

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत दलित, महिला र आदिवासी तर्फका सहमहामन्त्रीको नतिजा सार्वजनिक भएको छ ।

    दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । उनले मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन् । उनले २२१५ मत पाएका छन् । मानबहादुरले २१७५ मत मात्र पाए । यस्तै गंगा सुनारको मत २२९ छ ।

    यस्तै कांग्रेस सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्यापय डिना विजयी भएकी छन् । उनी देउवा समूहकी हुन् । कमला पन्तलाई ४२८ पराजित गर्दै डिनाले २५३३ मत ल्याएइन् ।

    यसैगरी आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । उनी देउवा समूहका हुन् । आङ्दाङ्वेले २७११ मत ल्याए ।

    कोइराला समूहका विकाश लामाले १९१३ मत ल्याए ।

  • कांग्रेस निर्वाचन : सहमहामन्त्रीको गणना जारी, यस्तो छ अहिलेसम्मको परिणाम

    कांग्रेस निर्वाचन : सहमहामन्त्रीको गणना जारी, यस्तो छ अहिलेसम्मको परिणाम

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्रीमा भएको निर्वाचन अन्तरगत अहिले मतगणना भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्री अन्तरगत तीन समूहको गणना जारी रहेको छ ।

    दलित, आदिवासी जनजाति र महिला समूह तर्फको महामन्त्री पदको मतगणना जारी छ ।

    अहिलेसम्मको परिणाम अनुसार

    दलिततर्फ १७८० मतगणना भएको छ । जसमा गङ्गा परियार ७०, जीवन परियार ८३१ र मानबहादुर विकले ८३९ मत प्राप्त गरेका छत् ।

    महिलातर्फ १५०४ मतगणना भएको छ । जसमा डिना उपाध्याय ८०३ र कमला पन्तले ६८३ मत प्राप्त गरेका छन् ।

    आदिवासीतर्फ ८९९ मतगणना भएको छ । जसमा भीष्मराज आङ्दम्बे ५१८ र विकास लामा ३५७ मत प्राप्त गरेका छन् ।

    तीनै समूहबाट एक/एक जना विजयी हुनेछन् ।

    कांग्रेस महाधिवेशनमा सभापति, उपसभापति र महामन्त्रीको गणना सम्पन्न भइसकेको छ।

  • तस्बिरमा गगन-विश्वप्रकाशको विजयोत्सव

    तस्बिरमा गगन-विश्वप्रकाशको विजयोत्सव

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् ।

    कांग्रेस महामन्त्रीमा गगनकुमार थापा सर्वाधिक मत ल्याएर विजयी भए । उनीसँगै विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी भए । उनीहरू दुवैजनाले कार्यकर्तासँग खुसी साटेका छन् ।

    निर्वाचन समितिका अनुसार ४६८२ मत गणना हुँदा गगनकुमार थापा ३०२३ मत प्राप्त गरे। १९८४ मत ल्याएर विश्वप्रकाश शर्मा दोस्रो बने । गगन शेखर कोइराला र विश्वप्रकाश प्रकाशमानको प्यानलबाट महामन्त्री लडेका थिए । ४३ मत बदर भएको छ ।

    सभापतिमा विजयी शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरू प्रकाशशरण महतले १५५६ र प्रदीप पौडेलले १३९३ मत ल्याए ।
    उनीहरू दुवैजना देउवाइतरको छुट्टाछुट्टै प्यानलबाट उठेका थिए । नेतृत्व परिवर्तनको वकालत गरिरहेका नेताहरू नै दोस्रो चरणको चुनावमा देउवाका लागि भोट माग्न उभिए । तर, कम्तीमा महामन्त्री पद युवा पुस्तामा सरेको छ ।

     

  • राजीनामापछि रिजालले भने- अब सक्रिय राजनीतिभित्र नरहन पनि सक्छु (भिडिओ)

    राजीनामापछि रिजालले भने- अब सक्रिय राजनीतिभित्र नरहन पनि सक्छु (भिडिओ)

    काठमाडौं । रक्षामन्त्री पदबाट राजीनामा दिएका कांग्रेस नेता डा. मीनेन्द्र रिजालले आफू राजनीतिमै रहने वा नरहने निष्कर्षमा नपुगेको बताएका छन् । राजीनामा निर्णय आफूले भावावेशमा नगरेको उनको भनाइ छ ।

    राजीनामापछि आयोजना गरिएको पत्रकार सम्मेलनमा रिजाललाई पत्रकारले सोधेका थिए, ‘कतै राजनीतिबाटै अलग हुने संकेत गर्न खोज्नुभएको त होइन ?’

    डा. रिजालले जवाफ दिए, ‘मैले त्यस्तो संकेत गरेको होइन । तर, सम्भावना छँदैछैन भन्दिनँ ।’

    अब के गर्ने भन्ने विषयमा गम्भीर रुपमा सोच्ने रिजालले बताए।

    ‘म सावर्जजनिक जीवनमा नै हुनेछु । तर, राजनीतिभित्र हुन्छु वा बाहिर हुन्छु भन्ने थाहा छैन । जहाँ भए पनि तपाईंहरुसँग भेटघाट हुन्छ,’ उनले भने ।

  • कांग्रेसमा विवेकको भोट ! ‘बुढो’ पार्टीलाई दुई तन्नेरीको बलियो काँध

    कांग्रेसमा विवेकको भोट ! ‘बुढो’ पार्टीलाई दुई तन्नेरीको बलियो काँध

    काठमाडौं । नेपाली कांग्रेसका दुई तेजिला युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा एकसाथ पार्टीको महामन्त्रीमा निर्वाचित भएका छन् । उनीहरूको विजयले कांग्रेसभित्र मात्र नभएर नेपाली राजनीतिमै सकारात्मक तरंग पैदा गरेको छ ।

    युवा भएकाले मात्र होइन, क्षमताका कारणले पनि यी दुई नेतालाई ‘कांग्रेसको भविष्य’ का रूपमा हेरिँदै आएको थियो । सभापतिमा भारी मतले जितेको संस्थापन पक्षका उम्मेदवारलाई हराउँदै गगन र विश्वप्रकाशले महामन्त्रीमा बाजी मारेका हुन् । कांग्रेसमा महामन्त्रीलाई सभापतिपछिको प्रभावशाली पद मानिन्छ ।

    गगन र विश्वप्रकाशको जित यस अर्थमा महत्वपूर्ण छ कि उनीहरूले पार्टीभित्र वर्चश्वशाली रहेको संस्थापन पक्षलाई पन्छाउँदै जित हासिल गरेका छन् । गुटबन्दीको रोगले आक्रान्त कांग्रेसमा सभापतिका लागि प्यानलगत प्रतिस्पर्धा भएको थियो । गगन र विश्वप्रकाशले फरक-फरक प्यानलबाट प्रतिस्पर्धा गरेका हुन् ।

    गगन र विश्वप्रकाश पार्टीभित्र मात्र नभएर बाहिर पनि लोकप्रिय युवा नेता हुन् । कांग्रेस प्रतिपक्षमा छँदा गगन थापाले संसदभित्र पार्टीको प्रतिपक्षी इमेजलाई केही हदसम्म रक्षा गरेका थिए । विश्वप्रकाशले प्रवक्ताको हैसियतमा देशमा कांग्रेस भन्ने पार्टी छ भन्ने वोध गरेका थिए । यी दुई नेता नहुँदा हुन् त कांग्रेस कतै पनि उपस्थिति देखाउन नसक्ने रुग्ण पार्टीको हैसियत पुग्थ्यो भन्ने कांग्रेसजनहरू विश्वास गर्छन् ।

    विश्वप्रकाशको जित अझै विशेष यसकारणले छ कि उनले संस्थापन समूहबाट टिकट नपाएपछि प्रकाशमान सिंहको कमजोर प्यानलबाट उम्मेदवारी दिएका थिए । शेरबहादुर देउवाले कृष्ण सिटौलासँग लेनदेन गर्ने क्रममा महामन्त्रीमा प्रदीप पौडेललाई उठाउँदा विश्वप्रकाश कोपभाजनमा परेका थिए । बलियो प्यानलको साथ नहुँदा उनलाई चुनावमा अप्ठेरो पर्न सक्ने आँकलन गरिएको थियो । तर, कांग्रेस कार्यकर्ताले गुट विर्सेर विश्वप्रकाशलाई भोट गरेका छन् ।

    देउवाको शक्तिशाली प्यानलबाट उठेका डा. प्रकाशशरण महत र प्रदीप पौडेल पराजित भए । प्रदीप पनि कांग्रेसका आशा गरिएका नेता हुन् । यद्यपि, उनको महामन्त्री बन्न बेला भएको छैन भन्ने अभिमत कांग्रेसमा देखियो । गुट मिलाएर महामन्त्री पड्काउने उनको रणनीति फेल खाएको छ ।

    यसअघि उपसभापतिको चुनावमा पनि क्रस प्यानल भोटिङ भएको थियो । कांग्रेसका पुराना हस्ति विजय गच्छेदारलाई युवा नेता धनराज गुरुङले कडा प्रतिस्पर्धामा पराजित गरे । यसरी पार्टीका चार महत्वपूर्ण पदमध्ये तीन पद संस्थापनइतर पक्षको पोल्टामा गएको छ । यसको अर्थ सभापति देउवाका लागि आगामी दिनहरू सहज हुने छैनन् ।

    कांग्रेसमा गगन-विश्वप्रकाशको उदयले नेपाली राजनीतिमा लामो समयदेखि चर्चा गर्ने गरिएको पुस्तान्तरणको बहसलाई पनि केही हदसम्म न्याय गरेको छ । सभापतिमा नेतृत्व परिवर्तन हुन सकेन । नेतृत्व परिवर्तनको वकालत गरिरहेका नेताहरू नै दोस्रो चरणको चुनावमा देउवाका लागि भोट माग्न उभिए । तर, कम्तीमा महामन्त्री पद युवा पुस्तामा सरेको छ । यसपाली नभए पनि अर्को महाधिवेशनमा कांग्रेसले युवा नेतृत्व पाउने बाटो खुलेको छ ।

    गगन र विश्वप्रकाश पार्टीभित्र मात्र नभएर बाहिर पनि लोकप्रिय युवा नेता हुन् । कांग्रेस प्रतिपक्षमा छँदा गगन थापाले संसदभित्र पार्टीको प्रतिपक्षी इमेजलाई केही हदसम्म रक्षा गरेका थिए । विश्वप्रकाशले प्रवक्ताको हैसियतमा देशमा कांग्रेस भन्ने पार्टी छ भन्ने वोध गरेका थिए । यी दुई नेता नहुँदा हुन् त कांग्रेस कतै पनि उपस्थिति देखाउन नसक्ने रुग्ण पार्टीको हैसियत पुग्थ्यो भन्ने कांग्रेसजनहरू विश्वास गर्छन् ।

    कांग्रेस अहिले देशको सत्तारुढ पार्टी हो । सभापति शेरबहादुर देउवा स्वयम्ले सरकारको नेतृत्व गरिरहेका छन् । संसदीय प्रजातान्त्रिक प्रणालीमा सरकारलाई सँध पार्टीले दिशानिर्देश गर्नुपर्ने हुन्छ । गगन र विश्वप्रकाशले महामन्त्रीको भूमिकामा रहेर पार्टीलाई सही दिशााम लैजाने मात्र होइन, सरकारलाई सही दिशा निर्देश गर्ने कुरामा पनि भूमिका खेल्न सक्छन् ।

    दुवै नेताको अबको चुनौती भनेको सभापतिसँग तालमेल मिलाएर कांग्रेसलाई देशको प्रमुख पार्टीका रुपमा स्थापित गर्ने हो । अब विभिन्न चुनावहरू नजिकिएका छन् । यो चुनावमा कांग्रेससँग धेरै किसिमका अनुकूलता छन् । कम्युनिष्ट पार्टीहरू फुटेर तितरबितर भएको अवस्थामा कांग्रेसले आगामी निर्वाचनमा बहुमतको आशा लिएको छ ।

    तर, देउवाको अनुहार हेरेर मतदाताले कांग्रेसलाई भोट दिने अवस्था छैन । कांग्रेसले देखाउने अनुहार भनेको गगन-विश्वप्रकाशहरू नै हुन् ।

    राजनीतिमा भाषण गरेजस्तो काम गर्न सजिलो हुँदैन । गगन-विश्वप्रकाशले भाषणबाटै लोकप्रियता आर्जन गरेकोमा दुईमत छैन । अब उनीहरूले आफूलाई व्यवहारमा प्रमाणित गर्नुपर्ने चुनौती छ ।

  • रक्षामन्त्री रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

    रक्षामन्त्री रिजालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

    काठमाडाै‌ं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका थिए ।

    सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर रिजालले राजीनामा पत्र बुझाएका छन् ।

    फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका थिए ।

    शेखर कोइराला प्यानलबाट महामन्त्री लडेका मीनेन्द्रले चौथो स्थानको मत प्राप्त गरेका थिए ।

    ‘नेपाली कांग्रेसको चौधौं राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त संकुचित भएको स्पष्ट छ । यस कुरालाई हृदयंगम गर्दा मैले रक्षा मन्त्री पदमा रही रहनु नैतिक रुपमा उपयुक्त हुन्न’, राजीनामा पत्रमा रिजालले भनेका छन्, ‘तसर्थ रक्षा मन्त्री पदवाट राजीनामा दिएको छु । रक्षा मन्त्रीको जिम्मेवारीमा रही राष्ट्रको सेवा गर्ने अवसर दिनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु ।’

  • कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

    कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

    अन्तिम मतपरिणामअनुसार पहिलो र दोस्रो स्थानमा रहेर उनीहरुले विजय निश्चित गरेका हुन् ।

    निर्वाचन समितिका अनुसार ४६८२ मत गणना हुँदा गगनकुमार थापा ३०२३ मत प्राप्त गरे। १९८४ मत ल्याएर विश्वप्रकाश शर्मा दोस्रो बने । गगन शेखर कोइराला र विश्वप्रकाश प्रकाशमानको प्यानलबाट महामन्त्री लडेका थिए । ४३ मत बदर भएको छ ।

    सभापतिमा विजयी शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरू प्रकाशशरण महतले १५५६ र प्रदीप पौडेलले १३९३ मत प्राप्त गरे ।

  • कांग्रेस अपडेट : जिततर्फ लम्किँदै गगन, विश्वप्रकाश दोस्रोमा कायमै

    कांग्रेस अपडेट : जिततर्फ लम्किँदै गगन, विश्वप्रकाश दोस्रोमा कायमै

    काठमाडौं । कांग्रेस महामन्त्री पदको मतगणना जारी छ । हालसम्म ३४२० मतगणना भइसकेको छ ।

    निर्वाचन समितिका अनुसार ताजा परिणाम यसप्रकार छ:

    गगनकुमार थापा २२२७

    प्रकाश शरण महत ११२७

    प्रदीप पौडेल १०३०

    मीनेन्द्र रिजाल ६०३

    राजाराम कार्की ७७

    विश्व प्रकाश शर्मा १३७६

  • चार बजे पत्रकार सम्मेलन गर्दै रक्षामन्त्री मीनेन्द्र रिजाल

    चार बजे पत्रकार सम्मेलन गर्दै रक्षामन्त्री मीनेन्द्र रिजाल

    काठमाडौं । रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका मीनेन्द्र रिजालले आज चार बजे पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलन रक्षा मन्त्रालयमै आयोजना गरिएको रिजालको सचिवालयले जानकारी दिएको छ ।

    नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका छन् ।

    उनले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। ‘

    अहिले कांग्रेस महामन्त्री पदको मतगणना जारी छ । शेखर कोइरालाको प्यानलबाट उठेका मिनेन्द्र पाँचौ स्थानमा छन् ।

  • कांग्रेस अपडेट : ३२२० मत गन्दा गगन २१०१, विश्वप्रकाश १२८७

    कांग्रेस अपडेट : ३२२० मत गन्दा गगन २१०१, विश्वप्रकाश १२८७

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनअन्तर्गत हालसम्म ३२२० मतगणना सकिएको छ ।

    हालसम्म गगन थापाले अग्रता कायम राख्दै २१०१ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माको १२८७ मत छ । प्रकाशशरण महत १०६१ मतका साथ तेस्रो स्थानमा छन् ।

    ताजा मतपरिणाम यस्तो छ :

    गगन कुमार थापा २१०१
    प्रकाश शरण महत १०६१
    प्रदिप पौडेल ९७१
    मिनेन्द्र रिजाल ५६६
    राजाराम कार्की ७५
    विश्व प्रकाश शर्मा १२८७

  • महामन्त्री मतगणना अपडेट : गगनले २ हजार कटाए, अरुको कति ?

    महामन्त्री मतगणना अपडेट : गगनले २ हजार कटाए, अरुको कति ?

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी छ । अहिलेसम्म ३१२० मत गणना गरिएको छ ।

    निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार हालसम्मको नतिजा यसप्रकार छ :

    गगन थापा २०३७

    प्रदीप पौडेल ९३५

    विश्वप्रकाश शर्मा १२५५

    मीनेन्द्र रिजाल ५४६

    राजाराम कार्की ७५

  • धनराज गुरुङ : देउवाले संसदमा पत्याएनन्, कार्यकर्ताले उपसभापतिमा पत्याए

    धनराज गुरुङ : देउवाले संसदमा पत्याएनन्, कार्यकर्ताले उपसभापतिमा पत्याए

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा २ मतको अन्तरले धनराज गुरुङ विजयी भए । पार्टीभित्र रुपान्तरण र पुस्तान्तरणको अभियान अगाडि बढाएका गुरुङले पाएको सफलता कांग्रेसको आन्तरिक राजनीतिमा चानचुने होइन ।

    उपसभापतिमै विजयी पूर्णबहादुर खड्का कांग्रेसको निवर्तमान महामन्त्री, पूर्वसहमहामन्त्री र पूर्वगृहमन्त्रीसमेत हुन् । तर, गुरुङ निवर्तमान केन्द्रीय सदस्य मात्रै हुन् । संविधानसभामा सदस्य रहेका गुरुङ नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् ।

    विद्यार्थी राजनीतिबाट उदाएका गुरुङ सरल नेता मान्छिन् । सार्वजनिक कार्यक्रमहरूमा जाँदा माला खादा लगाउँदैनन् । जिल्लाका कार्यक्रममा जाँदा महंगा होटलमा बस्दैनन् । कार्यकर्ताकै भान्छाको खान्छन्, तिनकै घर सुत्छन् । संविधानसभाको दुवै कार्यकालमा उनले सक्रियता देखाए । लेखा समितिमा रहँदा भ्रष्टाचार र अनियमितताका फाइलहरू खोल्न लगाए । संसदीय समितिमार्फत गुरुङले राज्यस्रोतको दोहनविरुद्ध निरन्तर खबरदारी गरे ।

    डा. शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका गुरुङले कांग्रेसको आन्तरिक राजनीतिमा अब शेखर पक्षको नेतृत्वसमेत गर्नेछन् । उपसभापतिमा निर्वाचित भएसँगै गुरुङले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालन गर्न भूमिका खेल्ने बताएका छन् ।

    १२ औं महाधिवेशनमा जनजाति तर्फबाट केन्द्रीय सदस्य जितेका गुरुङले १३ औं महाधिवेशनमा आरक्षणमा प्रतिस्पर्धा गरेनन् । एकपटक आरक्षणबाट लडिसकेकोले अघिल्लो महाधिवेशनमा उनी खुलातर्फको केन्द्रीय सदस्यको प्रत्यासी बने । अधिकांशले धनराजको निर्णय प्रत्युत्पादक हुने चेतावनी दिएका थिए तर उनी २५ मध्ये सातौं नम्बरमा रहँदै केन्द्रीय सदस्यमा विजयी भए ।

    २०७४ सालको संसदीय निर्वाचन उनका लागि सुखद भएन । संस्थापनइतर समूहमा सक्रिय गुरुङलाई सभापति देउवाले सांसदको टिकट समेत पत्याएनन् । गृहजिल्ला स्याङ्जामा गोपालमान श्रेष्ठ र राजु थापाले टिकट पाउँदा गुरुङ रोकिए । केन्द्रीय सदस्य भइसकेका उनलाई कांग्रेसले समानुपातिकमा समेत राखेन । युवापुस्तामा लोकप्रिय रहेका गुरुङलाई सभापति देउवाले सांसदको टिकटसमेत नपत्याउँदा धेरैले आश्चर्य मानेका थिए । गुरुङझै टिकट रोकिएका बद्री पाण्डे, सुरेन्द्रराज पाण्डेलगायतका नेताले राष्ट्रियसभामा अवसर पाए तर उनले पाएनन् ।

    तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भयो । स्याङ्जासँगै पोखरामा समेत बसोबास भएका गुरुङलाई उपनिर्वाचन लड्न दबाब आयो । उपनिर्वाचनमा कांग्रेसले गुरुङलाई उम्मेदवार बनाउने चर्चा तीब्र थियो तर त्यसमा पनि उनी रोकिए । सभापति देउवा असहमत देखिएपछि बुढानिलकण्ठबाटै गुरुङले ‘आफू रेसमा नरहेको’ बताएका थिए । बारम्बार रोकिएका गुरुङ अब उपसभापतिका रुपमा कांग्रेस केन्द्रीय कार्यालय प्रवेश गर्नेछन् ।

    कांग्रेसमा दोस्रो वरीयतामा रहने पदमा धनराजको ईन्ट्री सभापति देउवाका लागि ‘स्वभाविक’ हुनेछैन । यद्यपि महाधिवेशन प्रतिनिधिहरुको मन जितेर धनराजले कांग्रेस राजनीतिको केन्द्रमा आफूलाई स्थापित गरिसकेका छन् ।

    डा. शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका गुरुङले कांग्रेसको आन्तरिक राजनीतिमा अब शेखर पक्षको नेतृत्वसमेत गर्नेछन् । उपसभापतिमा निर्वाचित भएसँगै गुरुङले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालन गर्न भूमिका खेल्ने बताएका छन् ।

    महाधिवेशनअघि शेखर समूहले जिते ‘भ्रष्टाचारका सबै फाइल खुल्ने’ अभिव्यक्ति दिएका गुरुङले उपसभापतिका रूपमा निर्वाह गर्ने भूमिका बहुप्रतिक्षित छ ।

  • कांग्रेसको महामन्त्री दौडः सहज जितको बाटोमा गगन, विश्वप्रकाश पनि लम्किँदै

    कांग्रेसको महामन्त्री दौडः सहज जितको बाटोमा गगन, विश्वप्रकाश पनि लम्किँदै

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा जितको यात्रामा देखिएका छन् । आधाभन्दा बढी मतगणना भइसक्दा प्रतिस्पर्धीहरुसँग उनको स्पष्ट अन्तराल छ ।

    शेखर कोइराला प्यानलबाट उठेका गगनले मतगणनाको सुरुदेखि नै अग्रता बनाएका थिए । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । यही रुझान कायम रहेमा उनले सहज जितको स्वाद चाख्नेछन् । अघिल्लो महाधिवेशनमा उनी महामन्त्रीमै पराजित भएका थिए ।

    दोस्रो महामन्त्रीमा विश्वप्रकाश शर्माको दावेदारी बलियो बनेको छ । सुरूआती मतगणनामा दोस्रो स्थानका लागि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको थियो ।

    विश्वप्रकाशसहित संस्थापन पक्षका दुई उम्मेदवार प्रदीप पौडेल र डा. प्रकाशशरण महतबीच तीब्र प्रतिस्पर्धामा थिए । तर, पछिल्लो अवस्थामा विश्वप्रकाशले संस्थापनका उम्मेदवारहरुसँग स्पष्ट अन्तराल कायम राखेका छन् ।

    यदि गगन र विश्वप्रकाश दुवैले जितेमा त्यो संस्थापन समूहका लागि गतिलो धक्का हुनेछ । संस्थापन समूहबाट टिकट नपाएपछि विश्वप्रकाशले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका थिए । कांग्रेस प्रतिनिधिहरुले प्यानल हेरेर भन्दा पनि उम्मेदवार हेरेर क्रस भोटिङ गरेको देखिएको छ ।

    शेखर कोइरालाको प्यानलबाट उठेका डा. मिनेन्द्र रिजालको दावेदारी भने कमजोर बन्दै गएको छ । कांग्रेसमा महामन्त्रीका लागि ४ वटा प्यानलबाट ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये विमलेन्द्र निधिको प्यानलबाट उठेका राजाराम कार्कीले उल्लेख्य मत प्राप्त गर्न सकेका छैनन् ।

  • आधाभन्दा बढी मत गणना सकियो, गगनको १६४८ आउँदा अरुले कति ल्याए ?

    आधाभन्दा बढी मत गणना सकियो, गगनको १६४८ आउँदा अरुले कति ल्याए ?

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री चुनावको मतगणना मध्यबिन्दुमा पुगेको छ । हालसम्म २५२० मत गणना भएकोमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहेका छन् ।

    निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार अहिलेसम्मको मतपरिणाम यस्तो छ:

    गगन थापा १६४८

    प्रदीप पौडेल ७४६

    विश्वप्रकाश शर्मा १०१९

    मिनेन्द्र रिजाल ४३६

    राजाराम कार्की ६४

    प्रकाशशरण महत ८२७

  • रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

    रक्षामन्त्रीबाट राजीनामा दिने मीनेन्द्र रिजालको घोषणा

    काठमाडाै‌ं। रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

    फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका छन् ।

    उनले लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। ‘

    अहिले कांग्रेस महामन्त्री पदको मतगणना जारी छ । शेखर कोइरालाको प्यानलबाट उठेका मिनेन्द्र पाँचौ स्थानमा छन् ।

  • कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशले बढाए अग्रता

    कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशले बढाए अग्रता

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म २१२० मत गणना भइसकेको छ । सुरूदेखि स्पष्ट अग्रता कायम राखिरहेका गगन थापाको १३८५ मत आएको छ । दोस्रोमा रहेका विश्वप्रकाश शर्माले ८५१ मत ल्याएका छन् ।

    देउवा प्यानलका उम्मेदवार प्रदीप पौडेल र प्रकाशशरण महतको क्रमश: ६२१ र ६९८ मत आएको छ ।

    निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार पछिल्लो नतिजा यसप्रकार छ :

    गगन थापा १३८५
    प्रदीप पौडेल ६२१
    विश्वप्रकाश शर्मा ८५१
    मीनेन्द्र रिजाल ३६५
    राजाराम कार्की ५९
    प्रकाशशरण महत ६९८

     

  • कांग्रेस अपडेटः गगन र विश्वप्रकाश अघिअघि, महत र पौडेल पछिपछि

    कांग्रेस अपडेटः गगन र विश्वप्रकाश अघिअघि, महत र पौडेल पछिपछि

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म एक हजार ७ सय ७५ मत गनिसकिएको छ ।

    सानेपास्थित कांग्रेस मुख्यालयमा भइरहेको मतगणनाको पछिल्लो नतिजा यसप्रकार छ

    गगन थापा ११८१
    प्रकाशशरण महत ५९६
    प्रदीप पौडेल ५४०
    मिनेन्द्र रिजाल ३१०
    विश्वप्रकाश शर्मा ७२०

  • कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता, पछि परे देउवा पक्षका दुवै उम्मेदवार

    कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता, पछि परे देउवा पक्षका दुवै उम्मेदवार

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको जारी मतगणनामा गगन थापा र विश्वप्रकाशको अग्रता जारी रहेको छ ।

    १४९५ मतको गणना सकिँदा गगन ९५५ मतका साथ पहिलो स्थानमा छन् । विश्वप्रकाले ६६० मत ल्याएर दोस्रो स्थानमा आफूलाई सुरक्षित राखेका छन् ।

    संस्थापन पक्षका दुई उम्मेदवार प्रदीप पौडेल र प्रकाशशरण महत क्रमश: तेस्रो र चौथो स्थानमा छन् । महतले ४९१ र पौडेलले ४४९ मत ल्याएका छन् ।

    मिनेन्द्र रिजालको २७५ मत आएको छ ।

  • कांग्रेस अपडेट : १२ सय मत गन्दा उकासिए विश्वप्रकाश, खस्किए प्रदीप

    कांग्रेस अपडेट : १२ सय मत गन्दा उकासिए विश्वप्रकाश, खस्किए प्रदीप

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी गणनामा शेखर कोइराला प्यानलका महामन्त्री उम्मेदवार गगन थापाले स्पष्ट अग्रता लिइरहेका छन् । एक हजार दुई सय मतको गणना सकिँदा ७५६ मतका साथ गगन पहिलो स्थानमा छन् ।

    यसैगरी प्रकाशमान सिंह प्यानलबाट महामन्त्री उठेका विश्वप्रकाश शर्माले ४९० मत ल्याउँदै दोस्रो स्थान कायम गरेका छन् । संस्थापन पक्षका दुई उम्मेदवार प्रदीप पौडेल र डा. प्रकाशशरण महतसँग शर्माको कडा टकराव देखिएको छ । पौडेल र महतले क्रमश: ३६९, ३८९ मत ल्याएका छन् ।

    शेखर कोइराला पक्षका दोस्रो उम्मेदवार मिनेन्द्र रिजाल भने प्रतिस्पर्धामा पछि पर्दै गएका छन् । उनले २२३ मत प्राप्त गरेका छन् ।

  • कांग्रेस महामन्त्रीमा गगनको अग्रता कायमै, ९०० मत गन्दा ५५९ ल्याए

    कांग्रेस महामन्त्रीमा गगनको अग्रता कायमै, ९०० मत गन्दा ५५९ ल्याए

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । हालसम्म ९०० मतगणना सकिएको छ । गगनकुमार थापाले ५५९ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले पछ्याइरहेका छन् । दोस्रो स्थानमा रहेका उनको ३५७ मत आएको छ ।

    पछिल्लो नतिजा यसप्रकार छ ।

    गगन थापा – 559
    प्रकाश् सरण महत – 297
    प्रदिप पौडेल – 300
    मिनेन्द्र रिजाल – 153
    विश्व प्रकाश शर्मा – 357

  • कांग्रेस महामन्त्रीको दौडः अघिअघि गगन, दोस्रोमा त्रिपक्षीय प्रतिस्पर्धा

    कांग्रेस महामन्त्रीको दौडः अघिअघि गगन, दोस्रोमा त्रिपक्षीय प्रतिस्पर्धा

    काठमाडौं । नेपाली कांग्रेस महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक रुझान हेर्दा संस्थापनइतर समूहका उम्मेदवार गगन थापा जितको यात्रामा देखिएका छन् ।

    मतगणनाको सुरूदेखि नै ठूलो अन्तरालका साथ गगनले अग्रता लिइरहेका छन् । यही रुझान कायम रहे उनले सहज जित हासिल गर्ने देखिएको छ । निकट प्रतिस्पर्धीभन्दा उनी झण्डै डेढ गुणा बढी मतले अगाडि छन् ।

    दोस्रो स्थानका लागि भने तीब्र प्रतिस्पर्धा देखिएको छ । प्रकाशमान सिंहको प्यानलबाट उठेका विश्वप्रकाश शर्मासित शेरबहादुर देउवा प्यानलका प्रदीप पौडेल र प्रकाशशरण महतले कठिन संघर्ष गरिरहेका छन् ।

    कांग्रेस महामन्त्रीका लागि ६ उम्मेदवार खडा भएका थिए । शेखर कोइरालाको प्यानलबाट उठेका दोस्रो उम्मेदवार डा. मिनेन्द्र रिजाल प्रतिस्पर्धामा पछि परेका छन् । विमलेन्द्र निधिको प्यानलबाट खडा भएका राजाराम कार्कीको उल्लेख्य मत आएको छैन ।

  • ७०० मतगणना सकियो, गगनको ४१८

    ७०० मतगणना सकियो, गगनको ४१८

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

    हालसम्म  मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् ।

    ताजा नतिजा यस्तो छ :

    गगन थापा – 418

    प्रकाश शरण महत – 230

    प्रदीप पौडेल – 236

    मिनेन्द्र रिजाल – 120

    विश्वप्रकाश शर्मा – 274

     

  • कांग्रेस अपडेट : ६०० मत गन्दा गगनको ३८१, पछ्याउँदै विश्वप्रकाश

    कांग्रेस अपडेट : ६०० मत गन्दा गगनको ३८१, पछ्याउँदै विश्वप्रकाश

    काठमाडौं । कांग्रेस महामन्त्री पदको जारी मतगणनाअन्तर्गत हालसम्म ६०० मत गनिसकिएको छ । गगन थापाले अग्रताल कायमै राखेका छन् ।

    पछिल्लो नतिजाअनुसार गगन थापाले ३८१ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले २३१ मत ल्याएका छन् ।

    यस्तो छ अहिलेसम्मको परिणाम :

    गगन थापा – ३८१
    प्रकाशशरण महत – २०१
    प्रदिप पौडेल – २०६
    मिनेन्द्र रिजाल – १०१
    विश्व प्रकाश शर्मा – २३१

  • कांग्रेस अपडेट : अग्रता बढाउँदै गगन, विश्वप्रकाश र प्रदीपको टक्कर

    कांग्रेस अपडेट : अग्रता बढाउँदै गगन, विश्वप्रकाश र प्रदीपको टक्कर

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको जारी मतगणना अनुसार ५०० मतको गणना सकिएको छ ।

    हालसम्मको नतिजा यसप्रकार छ ।

    गगन कुमार थापा ३२५

    प्रकाश शरण महत १६३

    प्रदिप पौडेल १७७

    मिनेन्द्र रिजाल ८६

    राजाराम कार्की १२

    विश्व प्रकाश शर्मा १८५

  • कांग्रेस अपडेट : महामन्त्रीमा गगनको भारी अग्रता, दोस्रोमा उक्लिए प्रदीप

    कांग्रेस अपडेट : महामन्त्रीमा गगनको भारी अग्रता, दोस्रोमा उक्लिए प्रदीप

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

    हालसम्म ३०० मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् । विश्वप्रकाशलाई उछिन्दै प्रदीप पौडेल दोस्रो स्थानमा आएका छन् । अहिलेसम्म संस्थापन पक्षका उम्मेदवार प्रदीप पौडेलको ११० मत छ । विश्वप्रकाशले १०४ मत प्राप्त गरेका छन् ।

    गगन कुमार थापा २००
    प्रकाश शरण महत ९१
    प्रदिप पौडेल ११०
    मिनेन्द्र रिजाल ५५
    राजाराम कार्की ५
    विश्व प्रकाश शर्मा १०४

  • कांग्रेस महामन्त्रीमा गगन थापाको अग्रता

    कांग्रेस महामन्त्रीमा गगन थापाको अग्रता

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापाले अग्रता लिएका छन् । १४ औं महाधिवेशनअन्तर्गत दुई महामन्त्रीका लागि भएको निर्वाचनको जारी मतगणनामा थापाले प्रारम्भिक अग्रता लिएका हुन् ।

    प्रारम्भिक परिणामअनुसार गगनले ७० मत ल्याएका छन् । दोस्रोमा विश्वप्रकाश शर्माले ३४ मत प्राप्त गरेका छन् ।

    संस्थापन पक्षका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल क्रमश: तेस्रो र चौथो स्थानमा छन् । महतले ३१ र पौडेलले २७ मत प्राप्त गरेका छन् ।

    शेखर कोइराला प्यानलबाट उठेका डा. मिनेन्द्र रिजालको २१ मत छ ।

  • कांग्रेस महाधिवेशनः महामन्त्रीको मतगणना सुरू (तस्बिरहरु)

    कांग्रेस महाधिवेशनः महामन्त्रीको मतगणना सुरू (तस्बिरहरु)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत २ जना महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना सुरू भएको छ।

    केन्द्रीय निर्वाचन समितिको बैठकपछि मतगणना थालिएको हो । उपसभापतिको मतगणना भएकै स्थल पार्टी केन्द्रीय कार्यालय सानेपामै  मतगणना जारी छ ।

    दुई महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट डा. प्रकाशशरण महत, प्रदीप पौडेल छन् ।

    डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको प्यानलबाट डा. राजाराम कार्की महामन्त्रीको दौडमा रहेका छन् ।

    यसअघि सम्पन्न मतगणनाबाट सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

  • कांग्रेस महाधिवेशन- महामन्त्रीको मतगणना सुरु हुँदै

    कांग्रेस महाधिवेशन- महामन्त्रीको मतगणना सुरु हुँदै

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत २ जना महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना आज हुँदैछ ।

    केन्द्रीय निर्वाचन समितिले अहिले विहान ८ बजेदेखि महामन्त्रीको मतगणना सुरु गर्ने जनाएको छ । उपसभापतिको मतगणना भएकै स्थल पार्टी केन्द्रीय कार्यालय सानेपामै महामन्त्रीको पनि मतगणना हुन लागेको हो ।

    दुई महामन्त्रीका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट डा. प्रकाशशरण महत , प्रदीप पौडेल, डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको प्यानलबाट डा. राजाराम कार्की महामन्त्रीको दौडमा रहेका छन् ।

    यसअघि सम्पन्न मतगणनाबाट सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।

  • धनराजसँग विजयकुमार गच्छदार २ मतले पराजित, यस्तो छ अन्तिम नतिजा

    धनराजसँग विजयकुमार गच्छदार २ मतले पराजित, यस्तो छ अन्तिम नतिजा

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

    १४ औं महाधिवेशनबाट खड्का र गुरुङले क्रमसः २१२१ र १९०८ मत प्राप्त गरे । उपसभापतिका अर्का आकांक्षी विजय कुमार गच्छदार दुई मतले पराजित भए । उनले १९०६ मत प्राप्त गरे ।

    यस्तै चन्द्र भण्डारीले १५८० मत पाएका छन् ।

    उपसभापतिका अर्का उम्मेदवार सुजाता कोइरालाले ६४४, महेश आचार्यले १५८९ र दिव्या शाहले १३२ मत प्राप्त ग रे ।

  • धनराजसँग झिनो मतान्तरले पराजित भएपछि गच्छदार मतगणनास्थल जाँदै

    धनराजसँग झिनो मतान्तरले पराजित भएपछि गच्छदार मतगणनास्थल जाँदै

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा पूर्ण बहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

    केहीबेरअघि सकिएको मतगणनामा उनीहरु विजयी भएका हुन् । उनीहरुले प्राप्त गरेको मत परिणामको आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन् ।

    गुरुङसँग झिनो मतान्तरले पराजित भएका विजय कुमार गच्छदारले पुनः मतगणनाको माग गरेका छन् ।

    उनी अहिले पुनः मत गणनाको माग गर्दै मतगणनास्थल सानेपा जाँदै गरेको स्रोतले बताएको छ ।

     

  • कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

    कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

    मतगणनाको अन्तिम परिणाम आउँदा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका हुन् ।

    खड्का शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुन् । देउवा कांग्रेस सभापतिमा निर्वाचित भइसकेका छन् ।

    दउवा पक्षका अर्का उम्मेदवार विजयकुमार गच्छदार केही मतअन्तर मात्रै पराजित भएका हुन् । आधिकारिक परिणाम घोषणा हुन भने बाँकी रहेको छ ।

     

  • कांग्रेस अपडेट : पूर्णबहादुर अगाडि, गच्छदारलाई फेरि धनराजले उछिने

    कांग्रेस अपडेट : पूर्णबहादुर अगाडि, गच्छदारलाई फेरि धनराजले उछिने

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत उपसभापतिको प्रतिस्पर्धामा कडा देखिएको छ। अहिलेसम्म ४३५८ मत गणना भएकाे छ ।

    निर्वाचन समितिका अनुसार अहिलेसम्मको परिणाम अनुसार पूर्ण बहादुर खड्का जित नजिक रहेका छन् । यस्तै देउवा पक्षका अर्का उम्मेदवार विजय गच्छदारले १६८९ मत पाएका छन् ।

    धनराज गुरुङले अहिले गच्छदारलाई पच्छ्याएका छन् । उनले १६९३ मत ल्याएका छन् ।

    यस्तै चन्द्र भण्डारीले १४३२ मत ल्याएका छन् ।

  • कांग्रेस उपसभापतिको मतगणना – गच्छदारले अग्रता लिएपछि धनराजले मागे पुनः गणना

    कांग्रेस उपसभापतिको मतगणना – गच्छदारले अग्रता लिएपछि धनराजले मागे पुनः गणना

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापति निर्वाचनको मतगणनामा एक मत तलमाथि भएको भन्दै धनराज गुरुङले पुनः मतगणना माग गरेपछि केहीबेर तनाव भएको छ ।

    उपसभापति उम्मेदवारमध्ये पूर्णवहादुर खड्कापछि धनराजले सुरुदेखि नै अग्रता लिएका थिए ।

    दुइ उपभापति पदका लागि ६ जना प्रतिस्पर्धामा रहेकोमा पछिल्लो गणनामा गच्छदारले १४४३ मत प्राप्त गर्दा धनराजले १४३७ मत पाएका थिए ।

    गच्दारको १४३२ मतमात्र रहेको भन्दै पुनः मतगणना माग गरेपछि केहीबेर लफडा भएपनि बाँकी मत गन्न थालिएको छ ।