Category: कांग्रेस महाधिवेशन विशेष

  • मलाई मत नदिनेको पनि सभापति मै हुँ : देउवा (भिडिओ)

    मलाई मत नदिनेको पनि सभापति मै हुँ : देउवा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई मतदान नगर्नेहरुको भावनालाई पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् ।

    केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण समारोहमा बोल्दै सभापति देउवाले आफू सबैको सभापति बनेर काम गर्ने बताए ।

    ‘मलाई भोट हाल्ने वा नहाल्ने सबैको सभापति मै हुँ । सबैको भावनालाई कदर गरेर म पार्टी चलाउँछु । यसमा सबैले सहयोग गर्नुहोला’, देउवाले भने ।

    उनले महाधिवेशनका सबै तीतामिठा क्षण बिर्सेर पार्टीलाई सुदृढ बनाउन सबै सक्रिय हुनुपर्ने बताए ।

    सभापति देउवाले कांग्रेस देशकै सबैभन्दा समावेशी पार्टी बनेको भन्दै तल्लो तहदेखि नै महिला, आदिवासी,जनजाति, दलित , मुस्लि, थारु लगायत सबैलाई नेतृत्वमा अवसर दिइएको देउवाले बताए ।

  • काँग्रेस प्रदेश २ अधिवेशन : महामन्त्रीमा जितको घोषणालाई सच्याएपछि विवाद चर्कियो

    काँग्रेस प्रदेश २ अधिवेशन : महामन्त्रीमा जितको घोषणालाई सच्याएपछि विवाद चर्कियो

    जनकपुरधाम । नेपाली काँग्रेस प्रदेश २ को महामन्त्री पदमा उपेन्द्रकुमार यादव र नरेश यादव निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको थियो  । तर, केहिबेरमै घोषणालाई सच्याएपछि विवाद चर्केको हो ।

    निर्वाचन समितिले महामन्त्रीको मतपरिणाम सार्वजनिक गर्दा उपेन्द्रले ९५९ र नरेशले ७७५ मत ल्याएर विजयी भएको भनेको थियो । तर, पछि नरेशको ठाउँमा बृहस्पति कृष्ण श्रेष्ठलाई विजयी भएको भनेपछि विवाद सृजना भएको छ ।

    बृहस्पतिमा केहि मत जोड्न बाँकी रहेका कारण पहिले मतपरिणाम घोषणामा त्रुटी भएको निर्वाचन समितिको भनाई छ । नरेश रामचन्द्र पौडेल अर्थात् शेखर कोइराला समूहका छन् । पछि विजयी घोषणा गरिएका बृहस्पति शेरबहादुर देउवा समूहका छन् ।

    देउवा समूहले मतपरिणाम सच्याएर धाँधली गरेको बिमलेन्द्र निधी- शेखर कोइराला पक्षको दावी छ । महामन्त्रीमा विवाद भएका कारण उपसभापति, सहमहामन्त्री र महिलातर्फ सहमहामन्त्रीको मतगणना सकेपछि मतपरिणाम औपचारिक रुपमा घोषणा गरेका छैन ।

  • प्रदेश-२ कांग्रेस सभापतिमा देउवा पक्षका कृष्णा राय यादव निर्वाचित

    प्रदेश-२ कांग्रेस सभापतिमा देउवा पक्षका कृष्णा राय यादव निर्वाचित

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश-२ सभापतिमा कृष्णा राय यादव विजयी भएका छन् । उनले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गरे ।

    आज विहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार शेरबहादुर देउवा समूहका कृष्णाले ९९६ मत ल्याएका हुन् । पराजित उम्मेदवा। रामसरोजले ८५५ मत पाए । उनी बिमलेन्द्र निधि र शेखर कोइराला समूहका उम्मेदवार थिए ।

    प्रदेश २ मा कुल १ हजार ९३८ मतदातामध्ये १ हजार ८८१ मत खसेको थियो । शुक्रबार विहान पोने २ बजेबाट सभापतिको मतगनणा सुरु भएको थियो ।

    अन्य पदाधिकारीको मतगणना आजदेखि सुरु हुनेछ ।

    प्रतिनिधि विवादका कारण कांग्रेसले प्रदेश २ को अधिवेशन केन्द्रीय महाधिवेशनभन्दा पछाडि सारेको थियो । मंसिर २४ देखि २६ सम्म काठमाडौंमा आयोजित महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।

  • यस्तो बन्यो कांग्रेसको नयाँ केन्द्रीय समिति, देउवालाई दुई तिहाई (सूचीसहित)

    यस्तो बन्यो कांग्रेसको नयाँ केन्द्रीय समिति, देउवालाई दुई तिहाई (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया टुंगिएको छ । मंसिर २४ गते सुरु भएको महाधिवेशन अन्तर्गत गत मंसिर २७ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।

    सभापति चयनका लागि मंसिर २८ मा भएको दोस्रो चरणको निर्वाचनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए । उनीसँग प्रतिस्पर्धा गरेका डा.शेखर कोइराला निकटतम प्रतिस्पर्धीका रुपमा रहे ।

    त्यस्तै उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । महाधिवेशनबाट सहमहामन्त्रीमा क्रमश: किशोरसिंह राठौंर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय, जीवन परियार, बद्री पाण्डे, उमाकान्त चौधरी र भीष्मराज आङदाम्बे निर्वाचित भएका छन् ।

    महाधिवेशनले पदाधिकारी बाहेक १ सय २१ जना केन्द्रीय सदस्यपनि निर्वाचनबाटै चयन गरेको छ । प्रदेश २ बाट रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भए भने अन्य पदका लागि निर्वाचन भएको थियो । निर्वाचन समितिले आज सबै पदको मतगणना सकिएको जनाएको छ ।

    मतगणनाको परिणामअनुसार केन्द्रीय समितिमा सभापति देउवा पक्षको दुई तिहाई बढी वर्चस्व कायम भएको छ । १३ जना पदाधिकारीमध्ये देउवासहित ८ जना संस्थापन पक्षका छन् । कोइराला पक्षबाट ४ जना पदाधिकारी निर्वाचित भएका छन् भने प्रकाशमान सिंह पक्षबाट १ जना पदाधिकारी निर्वाचित भएका छन् ।

    केन्द्रीय सदस्यतर्फ डा.शशाकं कोइराला, राजेन्द्रकुमार केसी (राजन) र मुक्ताकुमारी यादव एकभन्दा बढी प्यानलबाट निर्वाचित भए ।

    कोइराला सबै प्यानलमा थिए भने केसी शेखर र प्रकाशमान दुवैको प्यानलमा थिए । यादव देउवा, कोइराला र निधिको प्यानलमा थिइन् । यी तीनबाहेक १ सय २१ केन्द्रीय सदस्यमध्ये देउवा प्यानलबाट १ सय १ जना निर्वाचित भएका छन् ।

    कोइराला प्यानलबाट १७ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । कोइराला प्यानलबाट खुल्लामा ९ जनाबाहेक महिला, प्रदेश १, गण्डकी प्रदेश, दलित खुला, मधेशी खुला, जनजाति खुला, खस आर्य पुरुष र खस आर्य महिलातर्फ १–१ जना केन्द्रीय सदस्य निर्वाचित भए ।

    केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ । सभापति देउवा शनिबार नै केन्द्रीय समितिको पहिलो बैठक बोलाउने तयारीमा छन् ।

    कांग्रेस विधान अनुसार सभापतिका निकटतम प्रतिस्पर्धी रहेका डा.शेखर कोइराला स्वतः केन्द्रीय सदस्य हुनेछन् । त्यस्तै सभापति देउवाले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नसक्ने वैधानिक व्यवस्था छ ।

    कांग्रेस केन्द्रीय समिति यस्तो बन्यो, हेर्नुस् पूर्ण सूची-

  • रामचन्द्रको वक्तव्य- राजनीतिबाट विश्राम लिएको होइन, अल्पविराम मात्रै

    रामचन्द्रको वक्तव्य- राजनीतिबाट विश्राम लिएको होइन, अल्पविराम मात्रै

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले राजनीतिबाट विश्राम लिएको नभई केही क्षणको अल्पविराम मात्रै लिएको बताएका छन् ।

    १४ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई वधाई सन्देश जारी गर्दै नेता पौडेलले प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक मार्गको अनुशरण गर्दै आफूले पार्टीभित्र एकताको सन्देश दिने प्रयत्न गरेको बताएका हुन् ।

    महाधिवेशनमा नेतृत्व चयनको प्रक्रियाबाट अलग रहने भन्दै मतदानमा समेत सहभागि नभएका नेता पौडेलले साथीहरुले पार्टीभित्रको चुनाव नलड्न दिएको सुझाव आफूले पालना गरेको उल्लेख गरेका छन् ।

    ‘यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो । मेरो राजनीतिक यात्रा जारी छ र अविच्छिन्न अगाडि बढिरहने मेरो संकल्प रहिरहनेछ’, पौडेलले भनेका छन् ।

    उनले निर्वाचित नेताहरुसँग सबैलाई समेटेर अगाडि बढ्ने तथा पार्टीलाई एकतावद्ध र सुदृढ बनाउने जिम्मेवारी रहेको बतँएका छन् ।

    निर्वाचनमा पराजित भएकाहरुलाई विचलित नहुन आग्रह गर्दै पौडेलले व्यक्तित्वको पहिचान सुखमा नभई दुःख र पराजयको बेला हुने बताएका छन् ।

    यस्तो छ पौडेलको बधाई सन्देश –

     

  • कांग्रेस जनजाति महिला केन्द्रीय सदस्यमा देउवा पक्षको क्लीन स्वीप

    कांग्रेस जनजाति महिला केन्द्रीय सदस्यमा देउवा पक्षको क्लीन स्वीप

    काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति महिलातर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षले क्लीन स्वीप गरेको छ ।

    ७ जना निर्वाचित हुने आदिवासी जनजाति महिलातर्फको केन्द्रीय सदस्यमा देउवा प्यानलका सबै उम्मेदवारहरु विजयी भएका हुन् । यो क्लष्टरमा निवर्तमान केन्द्रीय सदस्य सीता गुरुङले सबैभन्दा धेरै मत पाएकी छिन् ।

    त्यस्तै सरस्वती वजिमय, अञ्जनी श्रेष्ठ, गंगालक्ष्मी अवाल, माया राई , सीताकुमारी राना र सुशीला थिङ पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

    जनजाति महिलातर्फको परिणाम आएसँगै कांग्रेसको सबै पदको मतगणना सकिएको छ ।

  • कांग्रेसको केन्द्रीय सदस्य खसआर्यतर्फ कस–कसले जिते ?

    कांग्रेसको केन्द्रीय सदस्य खसआर्यतर्फ कस–कसले जिते ?

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खसआर्य खुलातर्फ सभापति शेरबहादुर देउवानिकट ६ जना विजयी भएका छन् ।

    खसआर्य केन्द्रीय सदस्यमा ७ जना विजयी हुनेमा डा.शेखर कोइरालाको प्यानलबाट एकजना मात्रै निर्वाचित भएका छन् ।

    निर्वाचित हुनेमा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, गोविन्दकुमार शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी रहेका छन् ।

    उनीहरुमध्ये आचार्यमात्रै कोइराला प्यानलका हुन् ।

  • आदिवासी जनजाति केन्द्रीय सदस्यमा चिनकाजीको सर्वाधिक मत, अरु कसले जिते ?

    आदिवासी जनजाति केन्द्रीय सदस्यमा चिनकाजीको सर्वाधिक मत, अरु कसले जिते ?

    काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यमा चिनकाजी श्रेष्ठ (गोरखा)ले सर्वाधिक मत पाएका छन् । ८ जना निर्वाचित हुने सो क्लष्टरमा श्रेष्ठसहित ७ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् ।

    यो क्लष्टरबाट राज्यमन्त्री उमेश श्रेष्ठ (चितवन), बहादुरसिंह लामा (नुवाकोट), दिलमान पाख्रिन (धादिङ), टेकबहादुर गुरुङ (मनाङ), आङगेलु शेर्पा (सोलुखुम्बु), तारामान गुरुङ .संखुवासभा) र टेकप्रसाद गुरुङ (चितवन) केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

    निर्वाचित ८ जना मध्ये टेकप्रसादमात्रै कोइराला प्यानलका हुन् ।

    आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेका चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठ भने नवौं स्थानमा रहँदै पराजित भएका छन् ।

  • कांग्रेसको कोषाध्यक्षमा विनोद चौधरीको सम्भावना, चर्चामा चित्रलेखा पनि

    कांग्रेसको कोषाध्यक्षमा विनोद चौधरीको सम्भावना, चर्चामा चित्रलेखा पनि

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोषाध्यक्षको जिम्मेवारी कसलाई देलान् ? कांग्रेस वृत्तमा अहिले चासोको विषय छ ।

    कांग्रेस विधानको दफा २१ को ४ मा ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष’ रहने व्यवस्था छ । १३ औं महाधिवेशनमा १ सभापति, १ महामन्त्री र १ कोषाध्यक्षको निर्वाचन हुने व्यवस्था थियो ।

    यसपटक संशोधित विधानअनुसार सभापतिसहित उपसभापति, महामन्त्री र सहमहामन्त्री निर्वाचनबाटै चयन भइसकेका छन् । विधानले दिएको अधिकार प्रयोग गरेर सभापति देउवाले अब निर्वाचित केन्द्रीय सदस्यमध्ये १ जनालाई कोषाध्यक्षको जिम्मेवारी दिनुपर्नेछ ।

    कोषाध्यक्षका लागि अहिले सबैभन्दा बढी चर्चामा छन्, केन्द्रीय सदस्य विनोद चौधरी । नेपालका एकमात्रै डलर अर्बपतिसमेत रहेका चौधरीलाई यसअघि नै देउवाले कोषाध्यक्ष मनोनीत गर्ने वचन दिइसकेको बताइन्छ । अघिल्लो कार्यकालमा प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीलाई देउवाले लगानी, पूर्वाधार र रोजगारसम्बन्धी विशेष समितिको संयोजक बनाएका थिए ।

    कांग्रेस विधानले कोषाध्यक्षलाई पार्टीका निम्ति आवश्यक आर्थिक स्रोत-साधनको व्यवस्था गर्ने, त्यसको संरक्षण सम्वद्र्धन गर्ने तथा सम्पूर्ण आयव्ययको अद्यावधिक अभिलेख राख्ने लगायतका जिम्मेवारी दिएको छ । चौधरीलाई कोषाध्यक्षको जिम्मेवारी दिदा पार्टी सञ्चालन, लेखा प्रणाली व्यवस्थापन र स्रोत जुटाउनसमेत सहज हुने देउवाको बुझाइ छ । तीनवटै तहको निर्वाचन नजिकिएका कारण उद्यमी व्यवसायीसँग सहकार्य गर्नपनि चौधरीलाई जिम्मेवारी दिन उचित हुने देउवाको बुझाइ रहेको निकटस्थहरू बताउँछन् ।

    ‘अहिलेसम्मको अवस्था हेर्दा कोषाध्यक्षमा विनोदजीकै सम्भावना बढी छ । टिमभित्र अधिकांशको सहमति पनि छ’, देउवानिकट एक नेताले भने । चौधरीले मधेशी खुला तर्फबाट देउवा प्यानलको उम्मेदवार रहँदै केन्द्रीय सदस्यमा विजयी भएका हुन् । निवर्तमान महामन्त्री डा. शशांक कोइरालाको साथ समेत चौधरीलाई रहेको छ ।

    देउवा समूहमा कोषाध्यक्षमा चौधरीको विकल्पको रुपमा चित्रलेखा यादवलाई लिइएको छ । उनी सुशिल कोइराला नेतृत्वको कार्यसमितिको कोषाध्यक्ष समेत हुन् । पूर्व पदाधिकारी भएपनि यादव यसपटक प्रदेश २ तर्फको महिला केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । मधेशी महिलालाई पदाधिकारीमा अवसर दिँदा सकरात्मक सन्देश जाने भन्दै कोषाध्यक्षमा चित्रलेखाको नामसमेत चर्चामा रहेको हो ।

  • देउवाको दोस्रो इनिङ तयारी : पहिलो बैठकदेखि मनोनयनसम्म

    देउवाको दोस्रो इनिङ तयारी : पहिलो बैठकदेखि मनोनयनसम्म

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दोस्रो कार्यकाल शुक्रबारदेखि सुरू गर्दैछन् । केन्द्रीय निर्वाचन समितिले विहीबार बेलुकीसम्म मतगणना सम्पन्न गरि शुक्रबार निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ । त्यसपछि सभापति देउवा नेतृत्वको नयाँ कांग्रेस केन्द्रीय समितिले आफ्नो काम थाल्नेछ ।

    पहिलो बैठकको तयारी

    सभापति देउवाले पुस १० गते शनिबार पहिलो बैठक बोलाउने तयारी गरेका छन् । पदभार लगत्तै बोलाइने केन्द्रीय समितिको बैठकबाट महाधिवेशन सफल पार्न सहयोग पुर्‍याउनेलाई धन्यवाद ज्ञापन गरिनेछ । कांग्रेस विधानको दफा २१ को १२ हरेक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ । केन्द्रीय समितिको आकार विगतभन्दा झण्डै दोब्ब भएको छ । सभापति देउवाले तत्कालका लागि पहिलो केन्द्रीय समिति बैठकको तयारी गर्न सचिवालयलाई निर्देशन दिएका छन् ।

    ‘हामीलाई शनिबार नै बस्नेगरी बैठकको तयारी गर्न भन्नुभएको छ । निर्वाचन समितिको काम सकिनेवित्तिकै बैठक आह्वान हुन्छ’, कांग्रेस केन्द्रीय कार्यालयको भनाई छ ।

    मनोनयनमा कसलाई प्राथमिकता ?

    कांग्रेस विधानले सभापति देउवालाई बढीमा ३३ जनासम्म केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । कांग्रेसको विगतको परम्परा हेर्दा केन्द्रीय समितिमा निर्वाचन नलडेका र पराजय व्यहोरेका केही शीर्ष नेताहरुलाई समेट्ने देउवाको तयारी छ ।

    कांग्रेस विधानको दफा २१ को उपदफा १० मा ‘कम्तीमा दश वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनु पर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी तेत्तीस जना सदस्य मनोनीत गर्ने’ उल्लेख छ ।

    महाधिवेशनको प्रतिस्पर्धा अनुसार कांग्रेस केन्द्रीय समितिमा १ पदाधिकारीसहित ४१ महिला निर्वाचित हुँदैछन् । १ सय ६८ सदस्यीय कांग्रेस केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ । त्यसका लागि सभापति देउवाले कम्तीमा १५ जना महिलालाई मनोनीत गर्नैपर्ने अवस्था छ । बाँकी १८ जना केन्द्रीय सदस्यमा पनि समावेशीतालाई ध्यान दिनुपर्ने हुन्छ ।

    सभापति देउवासामु वरिष्ठ नेता रामचन्द्र पौडेल , नेता कृष्णप्रसाद सिटौला, सभापतिमा पराजित प्रत्याशीहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ, उपसभापमिा पराजित विजयकुमार गच्छदार, महेश आचार्य र सुजाता कोइराला, डा. चन्द्र भण्डारी, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत, डा. मिनेन्द्र रिजाल र प्रदीप पौडेललाई मनोनीत गर्नैपर्ने दबाब छ ।

    देउवाले निर्वाचन नलडेरै सहयोग गरेका डा. नारायण खड्का, मीन विश्वकर्मालगायतका नेताहरूलाई पनि केन्द्रीय समितिमा ल्याउनुपर्ने अवस्था छ । सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला भने कांग्रेस विधानकै व्यवस्थाअनुसार स्वत: केन्द्रीय सदस्य हुनेछन् ।

    पहिलो केन्द्रीय समिति बैठकअघि देउवाले सबै नेतालाई मनोनीत गर्नसक्ने सम्भावना कम छ । यद्यपि वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्रीद्वय सिटौला र सिंहलाई पहिलो बैठकअघि नै देउवाले मनोनीत गर्नेछन् । यद्यपि पहिलो बैठकअघि नै आफ्नै टिमबाट पराजित गच्छदार, महत र पौडेललाई केन्द्रीय सदस्य मनोनीत गर्नपनि देउवालाई दबाब छ ।

    हार्नेजति सबै मनोनीत नहुने

    देउवाले अघिल्लो कार्यकालमा पदाधिकारीमा पराजित सबैलाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए । यसपटक भने सबैलाई मनोनीत गर्नसक्ने अवस्थामा देउवा छैनन् । पदाधिकारीमा पराजित नेताहरूको संख्यामात्रै डेढ दर्जन बढी रहेको छ ।

    ‘देउवालाई सभापति बनाउन निर्वाचन छाडेर सक्रिय भएका नेताहरुको संख्या नै एक दर्जन छ । निर्वाचन हारेका सबैलाई समेट्दा वचन दिएका साथीहरू छुट्नुहुन्छ’, देउवा पक्षका एक नेताले भने । ती नेताका अनुसार पार्टीभित्र प्रभाव भएका सिनियर नेताहरुलाई मात्रै मनोनीत गर्ने सम्भावना धेरै छ ।

  • कांग्रेस मतगणना अन्तिम चरणमा, अब दुई क्लष्टरको मात्रै बाँकी

    कांग्रेस मतगणना अन्तिम चरणमा, अब दुई क्लष्टरको मात्रै बाँकी

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अब २ क्लष्टरको मात्रै परिणाम आउन बाँकी छ ।

    केन्द्रीय निर्वाचन समितिका अनुसार आदिवासी जनजाति तर्फ खुला र महिला सदस्यको नतिजा आउन बाँकी छ । त्यस्तै खसआर्य तर्फपनि खुला र महिला सदस्यको नतिजा आउन बाँकी छ । दुवै क्लष्टरका चारवटै समूहको मतगणना जारी रहेको छ ।

    आदिवासी जनजाति केन्द्रीय सदस्य खुलातर्फ ८ जना निर्वाचित हुनेछन् । हालसम्म ३ हजार २ सय मत गन्दा चिनकाजी श्रेष्ठले अग्रता लिएका छन् । उनीबाहेक उमेश श्रेष्ठ, बहादुरसिंह लामा, टेकबहादुर गुरुङ, दिलमान पाख्रिन, आङगेलु शेर्पा, तारामान गुरुङ र टेकप्रसाद गुरुङ शीर्ष आठभित्र समेटिएका छन् ।

    आठमध्ये ७ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलका हुन् । आदिवासी जनजाति महिलातर्फ सीता गुरुङले अग्रता लिइरहेकी छिन् । आदिवासी जनजाति महिलातर्फ ७ जना निर्वाचित हुने व्यवस्था छ ।

    खस आर्य खुलातर्फ हालसम्म करिब ३ हजार ९ सय मत गणना गरिएको छ । ७ जना विजयी हुने यस क्लष्टरमा हालसम्म केशवकुमार बुढाथोकीले अग्रता लिएका छन् ।

    उनीबाहेक गोविन्दबहादुर शाह, मधु आचार्य, भीम पराजुली, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी शीर्ष ७ भित्र रहेका छन् । उनीरुमध्ये मधु आचार्य मात्रै कोइराला प्यानलका हुन् ।

    त्यस्तै खस आर्य महिलातर्फ ६ जना निर्वाचित हुनेछन् । जारी मतगणनामा अहिलेसम्म मञ्जु खाण, नानू बास्तोला, प्रतिमा गौतम, चम्पादेवी खड्का, कान्तिका सेजुवाल र विद्यादेवी तिमल्सिनाले शीर्ष ६ भित्र स्थान बनाएका छन् । ६ जनामध्ये प्रतिमा बाहेक सबै देउवा प्यानलका हुन् ।

  • कांग्रेस प्रदेश २ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान

    कांग्रेस प्रदेश २ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान

    काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार आज बिहान मतदान हुँदैछ । निर्वाचन समितले बुधबार निर्वाचन गर्ने तयारी गरेको भए पनि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर पक्षले बिहीबार बिहान मतदान गर्न माग गरेपछि मतदान बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

    मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो । मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो । निधि पक्षले बुधबार मतदान गर्नु पर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो । जसका कारण झडपको अवस्था बनेको हो ।

    प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र  देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् । रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ । महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ ।

  • दलित महिलातर्फको केन्द्रीय सदस्यमा देउवापक्षको क्लीन स्वीप

    दलित महिलातर्फको केन्द्रीय सदस्यमा देउवापक्षको क्लीन स्वीप

    काठमाडौं । नेपाली कांग्रेसको दलित महिला तर्फको केन्द्रीय सदस्य पदमा सभापति शेरबहादुर देउवा पक्षले क्लीन स्वीप गरेको छ । दलित महिलातर्फ निर्वाचित हुने ४ पदमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी भएका हुन् ।

    लक्ष्मी र सुजाता यसअघि पनि केन्द्रीय सदस्य थिए भने चितवनकी शान्ति र पाल्पाकी रुपाले पहिलो पटक केन्द्रीय समितिमा प्रवेश पाएका हुन् ।

  • दलित खुलातर्फको केन्द्रीय सदस्यमा को-को विजयी भए ?

    दलित खुलातर्फको केन्द्रीय सदस्यमा को-को विजयी भए ?

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा दलित खुलातर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा.शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन् ।

    दलित खुलातर्फ मानबहादुर नेपाली, प्रकाश रसाईली स्नेही, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका हुन् । निर्वाचितमध्ये स्नेही कोइराला प्यानलका हुन् भने अरु सबै देउवा प्यानलका हुन् ।

  • प्रदेश २ को कांग्रेस अधिवेशनमा देउवा र कोइराला पक्षबीच झडप, प्रहरीले गर्‍यो लाठीचार्ज

    प्रदेश २ को कांग्रेस अधिवेशनमा देउवा र कोइराला पक्षबीच झडप, प्रहरीले गर्‍यो लाठीचार्ज

    काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा दुई पक्षबीच झडप भएको छ । शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र शेखर कोइराला-विमलेन्द्र निधि पक्षबीच निर्वाचनको विषयलाई लिएर झडप भएको हो ।

    प्रदेश २ मा कांग्रेसको नेतृत्व लिन संस्थापन पक्षबाट कोइराला-निधि पक्षबाट रामसरोज यादव सभापतिको उम्मेदवार छन् । देउवा पक्षबाट कृष्ण राय यादवले उम्मेदवारी दिएका छन् । कोइराला-निधि समूहले आजको मतदान स्थगित गरेर भोलि मात्र गर्ने प्रस्ताव राखेपछि देउवा समूह आक्रोशित भएको थियो ।

    विवाद बढेर दुई पक्षबीच झडपको रूप लिएपछि प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको छ । कांग्रेस चुनावका लागि अहिलेसम्म मतपत्र समेत छापिएको छैन । चुनाव कहिले हुन्छ भन्ने पनि अनिश्चित बनेको छ ।

  • कांग्रेस चुनाव : खस आर्यतर्फको ‘टप सेभेन’ मा लम्किँदै यी नेता (मतसहित)

    कांग्रेस चुनाव : खस आर्यतर्फको ‘टप सेभेन’ मा लम्किँदै यी नेता (मतसहित)

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य खस-आर्यतर्फको मतगणना जारी छ । सातजना पुरुषतर्फको कोटामा हालसम्म १४१० मतगणना सकिएको छ ।

    अहिलेसम्मको परिणामअनुसार प्राप्त मत परिणाम यस प्रकार छ:

    १. गोबिन्द बहादुर शाह -६०३

    २.केशब कुमार बुढाथोकी -५९३

    ३.भीम पराजुली -५७१

    ४.श्याम कुमार घिमिरे -५३९

    ५.नारायण बहादुर कार्की -५३१

    ६.मधु आचार्य -५२८

    ७.विष्णु कुमार कार्की -५०७

    ८.गेहेन्द्र गिरि -४९१

    ९.हरिबोल भण्डारी -४७३

    १०.कमल बहादुर शाह -४५७

    ११.तारा बहादुर कोइराला -४४०

    १२.मेदनी प्रसाद सिटौला -४२५

    १३.प्रकाश शर्मा पौडेल -३६२

    १४.हरि प्रसाद न्यौपाने -३१८

  • कांग्रेस अधिवेशनः झोला वितरणमा झेला भएको गुनासो

    कांग्रेस अधिवेशनः झोला वितरणमा झेला भएको गुनासो

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ अधिवेशनमा झोला वितरणमा विवाद भएको छ । झोला वितरणमा अधिवेशन आयोजकले लापरबाही गरेको आरोप प्रतिनिधीहरूले लगाएका हुन् ।

    प्रदेश अधिवेशनको आयोजक धनुषा जिल्ला कमिटीले सबै प्रतिनिधिका लागि झोलाको व्यवस्था गरेको थियो । प्रदेश अधिवेशनमा १ हजार ९८० प्रतिनिधि छन् । तर, सिरहा, पर्सा र सर्लाहीका प्रतिनिधिहरूले झोला पाएनन् ।

    प्रतिनिधिसँग इन्ट्री फि दुई हजार लिए पनि झोला नदिएको पर्साका प्रतिनिधि जयमंगल कापरले गुनासो गरे । उनले भने, ‘कसैले २/३ वटासम्म झोला पायो, हामीलाई एउटै दिएनन् । झोला वितरणमा आयोजक मनपरी गरेछन् ।’

    उनले कतिपय प्रतिनिधिले अहिलेसम्म कार्डसमेत नपाएको बताए । आयोजकले प्रतिनिधिका लागि कुनै कुराको व्यवस्थापन नगरेको पनि उनले सुनाए ।

    स्रोतका अनुसार धनुषाका प्रतिनिधिहरूले २/३ वटासम्म झोला लिएका छन् । काँग्रेस धनुषा सभापति महेश शंकर गिरीले २०/२५ जना प्रतिनिधीले २/३ वटासम्म झोला लिएर गएपछि केहिले नपाएको स्वीकारे । यो कसको लापरबाही भन्ने विषयमा उनले केही बोलेनन् ।

    जनकपुरधामको गोपाल धर्मशालामा मतदानको तयारी गरिए पनि अहिलेसम्म निर्वाचन सुरू भएको छैन । ७४ सदस्यीय प्रदेश कमिटीका लागि १८० जना चुनावी मैदानमा छन् ।

  • कांग्रेस निर्वाचन : ९७ पदको नतिजा आउँदा देउवाका ८० प्रतिशत

    कांग्रेस निर्वाचन : ९७ पदको नतिजा आउँदा देउवाका ८० प्रतिशत

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत हालसम्म पदाधिकारीसहित ९७ जनाको परिणाम सार्वजनिक भएको छ ।

    १ सय ३४ पदका लागि भएको निर्वाचनमा ९७ जनाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्षले ८० प्रतिशत पदमा जित हासिल गरेको छ ।

    पदाधिकारीतर्फ सभापति देउवा समूहले १ उपसभापति र ६ सहमहामन्त्री जितेको छ । डा. शेखर कोइराला पक्षले उपसभापति १, महामन्त्री १ र २ सहमहामन्त्री जितेको छ । प्रकाशमान सिंह नेतृत्वको प्यानलबाट महामन्त्रीमा १ जना विजयी भएका छन् ।

    केन्द्रीय सदस्यतर्फ डा. शशांक कोइराला, राजेन्द्रकुमार केसी र मुक्ताकुमारी यादव साझा प्यानलमा परेका थिए । कोइराला सबै समूहमा, केसी प्रकाशमान र शेखरको समूहमा तथा यादव देउवा र शेखर दुवैको समूहमा परेकी थिइन् । यी तीनजनाबाहेक पनि परिणाम आएका ९७ मध्ये ७७ जना देउवा प्यानलका विजयी भएका छन् । त्यस्तै शेखर पक्षबाट उम्मेदवार बनेका १७ जना केन्द्रीय समितिको पदाधिकारी र सदस्यमा निर्वाचित भएका छन् ।

    शेखर समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीमा बद्री पाण्डे र जीवन परियार पदाधिकारीमा विजयी भएका छन् । शेखर पक्षबाट खुल्ला केन्द्रीय सदस्यमा नौ जना विजयी हुँदा प्रदेश १ र गण्डकी प्रदेशबाट १-१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

    खुला महिला र मधेशी खुलातर्फ पनि शेखर पक्षका १-१ जना मात्रै निर्वाचित भएका छन् । त्यसबाहेक सबै क्लष्टरमा देउवा पक्षका उम्मेदवारहरु विजयी भएका छन् ।

  • कांग्रेसको मतगणना आज सकिँदै, ३७ केन्द्रीय सदस्यको छिनोफानो बाँकी

    कांग्रेसको मतगणना आज सकिँदै, ३७ केन्द्रीय सदस्यको छिनोफानो बाँकी

    काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय समितिको लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज बेलुकीसम्म अन्तिम मतपरिणाम सार्वजनिक हुने जनाएको छ ।

    अब खसआर्य खुल्ला र महिला, जनजाति खुल्ला र महिला तथा दलित खुल्ला र महिला तर्फका केन्द्रीय सदस्यहरूको मतगणनामात्रै बाँकी छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ती सबै क्लष्टरको मतगणना भइरहेको छ ।

    कांग्रेस विधानअनुसार खसआर्य खुल्लामा ७ जना, खसआर्य महिलामा ६ जना , आदिवासी जनजाति खुल्लामा ८ जना, आदिवासी जनजाति महिलामा ७ जना, दलित खुलामा ५ जना र दलित महिलामा ४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । जारी मतगणनाको प्रारम्भिक नतिजामा सबै क्लष्टरको अधिकांश पदमा सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारहरुले अग्रता दिएका छन् ।

    कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि मंसिर २७ गते निर्वाचन भएको थियो । हालसम्म पदाधिकारीसहित ९७ जना निर्वाचित भइसकेका छन् ।

  • कांग्रेस प्रदेश २ कमिटीमा पाँचजना निर्विरोध

    कांग्रेस प्रदेश २ कमिटीमा पाँचजना निर्विरोध

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ कमिटीमा विभिन्न क्लस्टरमा पाँच सदस्य निर्विरोध भएका छन् ।

    प्रदेश सदस्यमा खुल्लातर्फ आशाराम चौधरी (सप्तरी) तथा महिला खुलातर्फ विमलादेवी साह (सप्तरी) र उषा देवकोटा (महोत्तरी) निर्विरोध निर्वाचित भएका हुन् ।

    मधेशी महिलातर्फ किरण कुमारी (पर्सा) र सदस्य आदिवासी जनजातितर्फ मनमाया तामाङनी निर्विरोध चयन भएको बुझिएको छ ।

    जनकपुरधामको गोपाल धर्मशालामा अन्य पदका लागि मतदान हुने भएको छ । १ बजेदेखि मतदान सुरू गर्ने तयारी भएपनि अहिलेसम्म सुरसार छैन ।

  • कांग्रेस प्रदेश २ नेतृत्वका लागि मतदानको तयारी (तस्बिरहरू)

    कांग्रेस प्रदेश २ नेतृत्वका लागि मतदानको तयारी (तस्बिरहरू)

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत जनकपुरस्थित गोपाल धर्मशालामा मतदानको तयारी गरिएको छ ।

    मतदानका प्लाष्टिकका डब्बालाई मतपेटिका बनाइएको छ । मतदानस्थलमा सुरक्षार्थ नेपाल र सशस्त्र प्रहरी खटेका छन् । निर्वाचन समितिका अनुसार दिउँसो १ बजेबाट मतदान सुरू हुनेछ ।

    पदाधिकारीसहित ७४ सदस्यीय प्रदेश कमिटीका लागि १८० जनाले उम्मेदवारी दिएका छन् । शेरबहादुर देउवा समूहबाट कृष्णाराय यादव र विमलेन्द्र निधि- शेखर कोइराला समूहबाट रामसरोज यादवले अलग अलग प्यानल बनाएर उम्मेदवारी दिएका हुन् ।

    प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोजलाई जिताउन विमलेन्द्र निधि र शेखर कोइराला समूहका नेताहरू सक्रिय छन् । देउवा समूहका कृष्णाको प्यानललाई जिताउन गृहमन्त्री बालकृष्ण खाण जनकपुरमा खटिरहेका छन् ।

    रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर (रौतहट), र विनोद खनाल (सर्लाही) छन् । महामन्त्रीमा नरेश यादव (सिरहा) र हरेस महतो (सर्लाही) लाई राखिएको छ । सहमहामन्त्रीमा अरविन्द अमात्य (पर्सा), विनोद यादव (महोत्तरी) र निर्मला सुवेदी (बारा) छन् ।

    यस्तै कृष्णाको प्यानलमा उपसभापतिमा वीरेन्द्र सिंह (सर्लाही) र चन्द्रशेखर यादव (बारा) लाई राखिएको छ । यस्तै महामन्त्री उपेन्द्र यादव (सिरहा) र वृहस्पतिकुमार श्रेष्ठ (पर्सा) छन् । सहमहामन्त्रीमा जयनारायण यादव (बारा), परशुराम चौधरी (सप्तरी) र रिता यादव (सप्तरी) भिडेका छन् ।

  • कांग्रेस लुम्बिनी प्रदेशतर्फको खुला केन्द्रीय सदस्यमा केसी र कँडेल विजयी

    कांग्रेस लुम्बिनी प्रदेशतर्फको खुला केन्द्रीय सदस्यमा केसी र कँडेल विजयी

    काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशतर्फको केन्द्रीय सदस्यको मत गणना सकिएको छ ।

    मंगलबार पार्टी कार्यलायमा भएको मतगणना अनुसार दुई जना निर्वाचित हुने व्यवस्था रहेको लुम्बिनीतर्फका खुलातर्फ केन्द्रीय सदस्यमा चन्द्रबहादुर केसी र देवेन्द्रराज कँडेल विजयी भएका छन् ।

    पार्टी कार्यालयमा जारी मतगणनाको मंगलबार राति आएको नतिजा अनुसार लुम्बिनीबाट एक जना महिला केन्द्रीय सदस्यका लागि शिला शर्मा खड्का विजयी भएकी हुन् । उनी कांग्रेसका पूर्व नेता खमबहादुर खड्काकी पत्नी हुन् ।

  • कांग्रेस प्रदेश २ : यस्तो बन्यो देउवा र निधी–कोइराला प्यानल

    कांग्रेस प्रदेश २ : यस्तो बन्यो देउवा र निधी–कोइराला प्यानल

    जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ मा कृष्णा यादव र रामसरोज यादवले अलग—अलग प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् ।

    रामसरोज प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री हुन् । उनलाई विमलेन्द्र निधी र शेखर कोइरालाको समर्थन छ । रामचन्द्र पौडल पक्षका नेताहरु पनि उनको साथमा छन् ।

    रामसरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर (रौतहट), र विनोद खनाल (सर्लाही) छन् । महामन्त्रीमा नरेश यादव (सिरहा) र हरेस महतो (सर्लाही)लाई राखिएको छ । सहमहामन्त्रीमा अरविन्द अमात्य (पर्सा), विनोद यादव (महोत्तरी) र निर्मला सुवेदी (बारा) छन् ।

    रौतहटका कृष्णा यादव सभापति शेरबहादुर देउवाको सहयोगमा सभापतिमा भिडेका छन् । उनलाई जिताउन देउवालाई आफ्ना विश्वासिलो नेता गृहमन्त्री बालकृष्ण खाँडलाई जनकपुरमा सक्रिय पारेका छन् ।

    यादवको प्यानलमा उपसभापतिमा बीरेन्द्र सिंह (सर्लाही) र चन्द्रशेखर यादव (बारा)लाई राखिएको छ । यस्तै महामन्त्री उपेन्द्र यादव (सिरहा) र वृहस्पतिकुमार श्रेष्ठ (पर्सा) छन् । सहमहामन्त्रीमा जयनारायण यादव (बारा), परशुराम चौधरी (सप्तरी) र रीता यादव (सप्तरी) भिडेका छन् ।

  • कर्णालीबाट तीन नेता केन्द्रीय सदस्य निर्वाचित, एक भोटले चुके पूर्वमन्त्री थानी

    कर्णालीबाट तीन नेता केन्द्रीय सदस्य निर्वाचित, एक भोटले चुके पूर्वमन्त्री थानी

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (कर्णाली प्रदेश) को मतपरिणाम सार्वजनिक भएको छ ।

    सार्वजनिक परिणाम अनुसार राजीवविक्रम शाह, कर्णबहादुर बुढा र जानकी सिंह विजयी भएका छन् । शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरे  ।

    पूर्वमन्त्री समेत रहेका ह्दयराम थानी केन्द्रीय सदस्यमा एक मतले पराजित भएका हुन् ।

    एकमतले पराजित पूर्वमन्त्री थानीले २१९९ मत ल्याए ।

    यस्तै जानकी सिंहले २६२४ मत प्राप्त गर्दा मैना कार्कीले १९५५ मत प्राप्त गरिन् ।

  • शशांकलाई उछिन्दै मुक्ताकुमारी यादवलाई सर्वाधिक मत

    शशांकलाई उछिन्दै मुक्ताकुमारी यादवलाई सर्वाधिक मत

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा मुक्ताकुमारी यादवले सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी छन् । उनले ३९६० मत ल्याएकी हुन् । उनी मधेशी महिला समूहतर्फबाट सदस्यमा निर्वाचित भएकी हुन् ।

    यसअघि केन्द्रीय सदस्यमा सर्वाधिक मत शशांक कोइरालाले ल्याएका थिए । तर, कोइरालाले ल्याएको ३८३६ मतभन्दा १२४ मत बढी ल्याइन् ।
    पदाधिकारीको मत परिणाम आउँदा गगनकुमार थापाले सर्वाधिक मत पाएका थिए । उनले ३०२३ मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका थिए ।

    तर, खुला केन्द्रीय सदस्यको परिणाम आउँदा गगनलाई उछिनेर शशांकले ३८३६ मत ल्याए । मधेशी महिला समूहको परिणाम आउँदा शशांकलाई मुक्ताकुमारीले उछिनेर सर्वाधिक मतसहित सदस्यमा निर्वाचित भएकी हुन् ।

  • कांग्रेस महाधिवेशन : निर्वाचनको अन्तिम परिणाम भोलिसम्म आइसक्ने

    कांग्रेस महाधिवेशन : निर्वाचनको अन्तिम परिणाम भोलिसम्म आइसक्ने

    काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३ जना पदाधिकारीको पनि मतपरिणाम आइसकेको छ । हाल वागमती, कर्णाली, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको मतगणना भइरहेको छ । यी प्रदेशको मतगणना अन्तिम चरणमा पुगेकाले आजै बाँकी रहेको थारु, खसआर्य, मुस्लिम, जनजातिलगायत क्लस्टरको मतगणना पनि सुरु गर्न लागिएको समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।

    अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । बुधबारसम्म १३४ पदकै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको उनले बताए । विद्युतीय मतदान प्रक्रियामा पार्टीभित्र सहमति नजुटेकाले मत परिणाम सार्वजनिक गर्न एक साताभन्दा लामो समय लागेको हो ।

    रासस

  • कांग्रेस निर्वाचन : बागमती प्रदेश खुलातर्फ रञ्जित र केसी निर्वाचित

    कांग्रेस निर्वाचन : बागमती प्रदेश खुलातर्फ रञ्जित र केसी निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशतर्फ खुला केन्द्रीय सदस्यमा दुईजना निर्वाचित भएका छन् ।

    निर्वाचित हुनेहरुमा ध्यानगोविन्द रन्जित र राजन केसी रहेका छन् ।

    यस्तै, प्रदेशको महिलातर्फ उर्मिला नेपाल विजयी भएकी छन् ।

    ध्यानगोबिन्द र उर्मिला संस्थापन र राजन इतरसमूहका हुन् ।

  • कांग्रेस केन्द्रीय सदस्यको अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित

    कांग्रेस केन्द्रीय सदस्यको अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनले १६४० मत ल्याएका छन् ।

    उनका निकटतम प्रतिस्पर्धी बाबुकृष्ण सापकोटाले ८८७ मत प्राप्त गरे । समितिका अनुसार अपांगतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणाम अरुण केसीले ३२७, उदयबहादुर लिम्बूले २३२, गोपालबहादुर देउवाले २२९, कुमार कँडेल (गजन)ले १०५, धीरेन्द्रकुमार सिंहले १९८, पुष्करकुमार खड्काले १०२, प्रकाश पन्थले २३९, माधवप्रसाद चम्लागाईँले १९८, वसन्तबहादुर भुजेलले १७१ र शिवहरि नेपाल (वैरागी)ले २९० मत प्राप्त गरे ।

    – रासस

  • कांग्रेसका ९ खुल्ला महिला सदस्यमा देउवा पक्षका ८ जना विजयी, कसको कति मत ? (सूचीसहित)

    कांग्रेसका ९ खुल्ला महिला सदस्यमा देउवा पक्षका ८ जना विजयी, कसको कति मत ? (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यतर्फ ९ मध्ये ८ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् ।  डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट एक जना मात्रै खुला महिलातर्फ केन्द्रीय सदस्य विजयी भएका छन् ।

    अन्तिम मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेकी डा. डिला संग्रौला पन्तले सर्वाधिक मत ल्याएकी छन् । उनले २ हजार ८ सय ८५ मत ल्याइन् ।

    दोस्रो स्थानमा रहेकी कांग्रेस सचेतक पुष्पा भुसालले २ हजा ७ सय १८ मत पाइन् । तेस्रो स्थानमा सभापति देउवाकी पत्नी डा. आरजु राणा परिन् । उनले २ हजार ५ सय ३६ मत ल्याइन् ।

    चौथो स्थानमा अम्बिका बस्नेत , पाँचौ स्थानमा ईश्वरी न्यौपाने, छैटौ स्थानमा सरिता प्रसाइँ, सातौ स्थानमा रमा कोइराला पौडेल, आठौं स्थानमा सुशीला ढकाल आचार्य र नवौं स्थानमा रंगमती शाही निर्वाचित भइन् ।

    निर्वाचित नौ जनामध्ये सरिता प्रसाईँ शेखर पक्षकी हुन् भने अरु सबै देउवा पक्षका हुन् । ९ जना निर्वाचित हुने खुला महिला केन्द्रीय सदस्यतर्फ ३० जना उम्मेदवार रहेका थिए ।

  • कांग्रेसको अल्पसंख्यक कोटामा दोब्बर बढी मतान्तरमा सुनुवार विजयी

    कांग्रेसको अल्पसंख्यक कोटामा दोब्बर बढी मतान्तरमा सुनुवार विजयी

    काठमाडौं । नेपाली कांग्रेसको अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार विजयी भएका छन् ।

    आज सकिएको मतगणनामा उनले प्रतिद्वन्दी टिकाराम लेप्चालाई दोब्बर बढी मतान्तरले पराजित गरेका हुन् ।

    सुनुवारले २१७१ मत प्राप्त गर्दा लेप्चाले ९८९ मत पाए ।

    दुई कार्यकाल ओखलढुंगा कांग्रेसको जिल्ला सभापति भएका सुनुवार २०७४ सालको प्रदेशसभा निर्वाचनमा उम्मेदवार थिए ।

    उनी साबिक खिजीफलाँटे गाविसको अध्यक्ष समेत भएका थिए ।

    सुनुवार समुदायको उल्लेख्य बसोबास रहेको ओखलढुंगामा एमालेबाट यज्ञराज सुनुवार जिल्ला अध्यक्ष, सांसद हुँदै केन्द्रीय सदस्य बनेका छन् ।

    कांग्रेसमा भने सुनुवार समुदायबाट केन्द्रीय समितिमा पुग्ने प्रदीप सुनुवार पहिलो हुन् ।

  • कांग्रेस महिला केन्द्रीय सदस्यतर्फ टप ५ मा लम्किँदै गरेका यी नेता (मतसहित)

    कांग्रेस महिला केन्द्रीय सदस्यतर्फ टप ५ मा लम्किँदै गरेका यी नेता (मतसहित)

    काठमाडौं । नेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना भइरहेको छ । हालसम्म २०६५ मतगणना गरिएको छ ।

    अहिलेसम्मको परिणाममा १२६८ मतका साथ डा. डिला संग्रौलाले अग्रता कायमै राखेकी छन् । ११९६ मतका साथ पुष्पा भुसाल दोस्रो स्थानमा छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा १११६ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।

    त्यस्तै अम्बिका बस्नेत ९९८ मतसहित चौथो स्थानमा रहँदा ईश्वरी न्यौपाने ९८५ मतसहित पाँचौ स्थानमा रहेकी छिन् ।

    खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेछन् ।

    २०६५ मत गणना हुँदा हेर्नुस् कसको कति

    डिला १२६८
    पुष्पा ११९६
    आरजु १११६
    अम्बिका ९९८
    ईश्वरी ९८५
    सरिता ९४९
    रमा ८१३
    शुशिला ७९४
    रङंमती ७८०
    अनिता ७७४

  • खुला महिला केन्द्रीय सदस्यमा १६ सय मत गन्दा आरजु तेस्रो स्थानमा

    खुला महिला केन्द्रीय सदस्यमा १६ सय मत गन्दा आरजु तेस्रो स्थानमा

    काठमाडौं । नेपाली कांग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । हालसम्म १ हजार ६ सय मत गणना भएको छ ।

    अहिलेसम्मको परिणाममा डा.डिला संग्रौलाले अग्रता लिएकी छिन् । उनले १ हजार १४ मत पाउँदा पुष्पा भूसाल ९ सय ७० मतसहित दोस्रो स्थानमा रहेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा ९ सय १ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।

    त्यस्तै अम्बिका बस्नेत ८ सय ११ मतसहित चौथो स्थानमा रहँदा ईश्वरी न्यौपाने ७ सय ८६ मतसहित पाँचौ स्थानमा रहेकी छिन् । त्यस्तै सरिता प्रसाइँ ७ सय ६८ मतसहित छैटौ स्थानमा रहेकी छिन् ।

    खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेछन् ।

  • कांग्रेस महाधिवेशनः लुम्बिनीका वेटिङ मुख्यमन्त्री पार्टीभित्रै पराजित*

    कांग्रेस महाधिवेशनः लुम्बिनीका वेटिङ मुख्यमन्त्री पार्टीभित्रै पराजित*

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा लुम्बिनी प्रदेशका वेटिङ मुख्यमन्त्री वीरेन्द्रप्रसाद कनौडिया केन्द्रीय सदस्यमा पराजित भएका छन् ।

    लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका कनौडिया कांग्रेसको खुला केन्द्रीय सदस्यमा पराजित भएका हुन् । उनले १५१९ मत प्राप्त गरे ।

    साउन अन्तिममा लुम्बिनी प्रदेशमा एमालेविरुद्धको गठबन्धन दलको भागवण्डामा ८ महिनापछि मुख्यमन्त्री बन्ने सहमतिमा परेका कनौडिया पनि देउवा समूहबाट उम्मेदवार थिए ।

    संस्थापन समूहका धेरै नेताहरु निर्वाचित हुँदा पनि कनौडिया पराजित भएका हुन् । लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा संस्थापन समूहभन्दा इतर समूहका धेरै जना निर्वाचित भएका छन् ।

    लामो समय गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव रहेका रूपन्देहीका गोकर्ण पौडेल पनि केन्द्रीय सदस्यमा हारेका छन् ।

    पाल्पाका हरि नेपाल पनि कांग्रेसको केन्द्रीय सदस्य पदमा दोहोरिन सकेनन् । गुल्मीका पूर्वसांसद त्रैलोक्यप्रताप सेनले १३ औं र १४ दुवै महाधिवेशनमा निर्वाचन जित्न सकेनन् ।

    २०५६ सालयता निरन्तर केन्द्रीय सदस्य रहेका रूपन्देही गृहजिल्ला भएका गृहमन्त्री बालकृष्ण खाँण भने खुला केन्द्रीय सदस्यतर्फ तेस्रो बढी मतसहित विजयी भए ।

    त्यस्तै सहमहामन्त्रीमा पहिले नै उम्मेदारी घोषणा गरेका संस्थापनइतर समूहका दाङका दीपक गिरी आफ्नो प्यानलबाट पदाधिकारीमा नपरेपछि कांग्रेसको केन्द्रीय सदस्यमा दोहोरिएका छन् ।

    बर्दियामा वामदेव गौतमलाई हराएर चर्चामा आएका सञ्जयकुमार गौतम, योजना आयोगका पूर्वउपाध्यक्ष प्युठानका डा. गोविन्दराज पोखरेल पहिलोपटक केन्द्रीय सदस्य बनेका छन् । उनीहरु दुवै इतर समूहका हुन् ।

    लुम्बिनी प्रदेशअन्तर्गतकै दाङ जिल्लाका कृष्णकिशोर घिमिरे पनि १७०७ मतका साथ ३५औं नम्बरमा रहेर कांग्रेस केन्द्रीय सदस्य बन्न सफल भएका छन् । उनी देउवाको प्यानलमा थिए ।

    कांग्रेस पदाधिकारीमा संस्थापन समूहबाट बर्दियाका किशोरसिंह राठौर सहमहामन्त्रीमा विजयी भएका छन् । पदाधिकारीमा लुम्बिनीबाट जाने उनी मात्रै परेका छन् ।

    उपसभापतिमा इतर समूहबाट गुल्मीका चन्द्र भण्डारी तथा सहमहामन्त्रीमा संस्थापन समूहबाट अर्घाखाँचीका मानबहादुर विक उम्मेदार भए पनि विजयी हुन सकेनन् ।

    * यसअघि पूर्वमन्त्री सुरेन्द्र हमालको नाम र तस्बिर हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.

  • खुला महिला केन्द्रीय सदस्यमा डिलाको अग्रता, आरजु तेस्रो

    खुला महिला केन्द्रीय सदस्यमा डिलाको अग्रता, आरजु तेस्रो

    नेपाल प्रेस काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला महिला तर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । कांग्रेस विधानअनुसार खुल्ला महिला केन्द्रीय सदस्यमा ९ जना निर्वाचित हुनेछन् ।
    यसतर्फ प्रारम्भिक मतगणना डा.डिला संग्रौलाले अग्रता हासिल गरेकी छिन् । पहिलो ७ सय मत गन्दा डिलाले ४ सय १८ मत ल्याएकी छिन् । त्यस्तै दोस्रो स्थानमा कांग्रेस सचेतक पुष्पा भूसाल रहेकी छिन् । उनले ४ सय मत प्राप्त गरेकी छिन् ।
    तेस्रो स्थानमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा रहेकी छिन् । उनले ३ सय ५६ मत ल्याएकी छिन् । ईश्वरी न्यौपाने ३ सय २४ मतसहित चौथो, अम्बिका बस्नेत ३ सय २२ मतसहित पाँचौ र सरिता प्रसाइँ ३ सय २० मतसहित छैटौ स्थानमा छन् ।
    सातौ स्थानमा रहेकी अनिता देवकोटाले २ सय ७६ मत ल्याउँदौ सातौ स्थानकी रमा कोइरालाको २ सय ७३ मत आएको छ । नवौ स्थानमा सुशिला ढकाल २ सय ६४ मत तथा दशौं स्थानमा उमा दाहाल २ सय ६३ मतसहित प्रतिस्पर्धामा रहेका छन् । आज रातभरीमा खुल्ला महिला केन्द्रीय सदस्यको मतगणना सकिने निर्वाचन समितिले जनाएको छ ।
  • त्रिविका पूर्व उपकुलपति खनियाँ कांग्रेस केन्द्रीय सदस्यमा पराजित

    त्रिविका पूर्व उपकुलपति खनियाँ कांग्रेस केन्द्रीय सदस्यमा पराजित

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रध्यापक डा.तीर्थ खनियाँ कांग्रेस महाधिवेशनमा पराजित भएका छन् । खुल्ला केन्द्रीय सदस्यको उम्मेदवार रहेका खनियाँले १ हजार ४ सय ८२ मत प्राप्त गरेपनि जितका लागि पर्याप्त भएन ।
    उनी डा.शेखर कोइराला नेतृत्वको प्यानलमा  थिए । चितवनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित खनियाँ केन्द्रीय सदस्यमा पराजित भएपनि कांग्रेसको सक्रिय राजनीतिमा भने औपचारिक ढंगले सक्रिय बनेका छन् ।