Category: वित्त प्रेस

  • शेयर कारोबारमा ‘टी प्लस टू’ लागू

    शेयर कारोबारमा ‘टी प्लस टू’ लागू

    काठमाडौं । आजदेखि शेयर कारोबारमा ‘टी प्लस टू’ लागू भएको छ । सीडीएस एन्ड क्लियरिङले माघ ११ गतेदेखि ‘टी प्लस टु’ लागू गर्न निर्देशन दिएसँगै आजदेखि नयाँ व्यवस्था लागू भएको हो ।

    ‘टी प्लस टू’ लागू भएपछि शेयर कारोबार गरेको अर्को दुई दिनभित्र कारोबार राफसाफ गर्नुपर्नेछ । यो प्रणाली लागू भएपछि शेयर खरिदकर्ताले छिटो रकम भुक्तानी गर्नुपर्नेछ भने खरिद गरेको शेयर लगानीकर्ताको खातामा छिट्टै नै आउने छ ।

    यसअघि ‘टी प्लस थ्री’ को राफसाफ चक्र कायम थियो । नेपाल धितोपत्र बोर्डले अनुमतिपछि सीडीएस एन्ड क्लियरिङले माघ ११ गते ‘टी प्लस टू’ मा झार्न सरोकारवालालाई निर्देशन दिएको हो ।

  • लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धनको कार्यक्रम बनाउन सातै प्रदेश तयार

    लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन प्रवर्द्धनको कार्यक्रम बनाउन सातै प्रदेश तयार

    रुपन्देही । लुम्बिनीको विकास र प्रवर्द्धनका लागि सातवटै प्रदेश सरकारले प्रतिवद्धता जनाएका छन् ।

    तीन वर्षको कामको समीक्षा गर्न शुक्रबार लुम्बिनी प्रदेश मुकाममा जुटेका कानुनमन्त्री मन्त्री तथा सचिवहरूले शनिबार लुम्बिनीको अध्ययन भ्रमणपश्चात यस्तो प्रतिवद्धता गरेका हुन् । सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री, मन्त्रालयका सचिव तथा महान्यायाधीवक्ताहरुलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमणि शाक्यले स्वागत गर्दै बुद्ध जन्मस्थल लुम्बिनीको बारेमा जानकारी गराए ।

    आन्तरिक मामिला तथा कानुनमन्त्रीहरू लुम्बिनीका कुलप्रसाद के.सी, गण्डकीका हरिबहादुर चुमान, प्रदेश १ का हिक्मतकुमार कार्की, कर्णालीका नरेश भण्डारीले सहकार्य र एकताको प्रतिबद्धता ब्यक्त गरेका छन् ।

    कार्यक्रममा सहभागी भएका प्रदेश मन्त्री र सचिवहरूले संघीय सरकार मातहत रहेको लुम्बिनीको विकास र उत्थानका लागि प्रदेश सरकारहरू सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । उनीहरुले लुम्बिनीलाई केन्द्रमा राखेर सातै प्रदेशका पर्यटकीय क्षेत्रको विकास गर्नेगरी कार्यक्रमसमेत बनाउन तयार रहेको जानकारी गराए ।

    लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनी गुरुयोजना र बुद्धिज्मको बारेमा जानकारी दिए । प्रदेशका मन्त्री, सचिव र महान्याधिवक्ताहरुले अध्ययन अवलोकन भ्रमण गरेको कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।

  • शेयर बजार ५० अंकले बढ्यो, ९ अर्ब बढीको कारोबार

    शेयर बजार ५० अंकले बढ्यो, ९ अर्ब बढीको कारोबार

    काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार ५० दशमलव २० अंकले बढेर २४२४ दशमलव ८४ बिन्दुमा पुगेको छ । जुन अहिलेसम्मकै उच्च बिन्दु हो ।

    आज एकैदिन ९ अर्ब ३७ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बिहीबार ७ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

     

  • चिकित्सा शिक्षामा शुल्क नबढाउन प्रधानमन्त्री ओलीको निर्देशन

    चिकित्सा शिक्षामा शुल्क नबढाउन प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षामा शुल्क नबढाउन निर्देशन दिएका छन् ।  शुक्रबार भएको बैठकमा  चिकित्सा शिक्षा आयोगका शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।

    बैठकमा  आयोगले शैक्षिकसत्र २०७७–०७८ मा एमबिबिएस कार्यक्रमको लागि ८ लाख रुपिया बढाउनुपर्ने प्रस्ताब पेश गरेको थियो ।

    आयोग शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउदै ४० लाख २३ हजार २ सय ५० रुपियाबाट वृद्धी गरी ४८ लाख रुपिया सिफारिस गरेको थियो ।
    आयोगको अध्यक्ष समेत रहेका प्रम ओलीले योवर्ष शुल्क नबढाउन निर्देशन दिएका हुन् । ‘कोरोनाले अर्थतन्त्र धरासायी बनिरहेको वेला शुल्कवृद्धी गर्नु हुदैन,’ प्रधानमन्त्री ओलीले भने,  अहिले शुल्क बढाउने कुरा नगर्नुस, स्थगित गर्नुहोस  ।’

    प्रम ओलीले कार्यदललाई निर्देशन दिंदै भने बरु शुल्क घटाउने विषयमा कुरा गर्नुस , बढाउनु हुदैन । लगत्तै आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले गलत शन्देश जाने भएकोले यो अवस्थामा शुल्क नबढाउन सुझाव दिए ।

    सिफारिस समितिले १७ विषय मध्ये अधिकांसमा बढाउने सिफारिस गरेको थियो । बिडिएस, एमडिएमएस, एमडिएस साइन्स,एमडि आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजी मा शुल्क बढाउन सिफारिस गरेको थियो ।

    बैठकमा  बिडिएसमा करिब एक लाखरुपिया बढाउन सिफारिस गरेको थियो । एमडिएमएस क्लिनिकल, र एमडिएस क्लिनिकलमा यथावत राख्न सिफारिस गरेको थियो । बैठकले यो विषयमा कुनै निर्णय गर्न नसकेपनि तत्कालको अवस्था विश्लेषण गरी शुल्क निर्धारण गर्न मन्त्री श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ ।

    कार्यदलमा सहअध्यक्ष एवं स्वाथ्यमन्त्री हृदयश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वाथ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा.उषा झा, आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुईटेल रहेका छन् ।

    सो समितिले सिफारिस गरेको आधारमा शुल्क निर्धारण हुनेछ । तर ८ लाख रुपिया बढाउने विषयमा कसैको सहमति रहेको छैन । आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले यस्तो अवस्थामा शुल्क बढाउन नहुने बताए ।

    बैठकमा उनले शुल्क बढाउने विषयमा छलफल भएतापनि अहिले निर्णय गर्न नसकिने उल्लेख गरे । उनले समितिको बैठकले गरेको निर्णय कार्यान्वयन हुने बताए ।

    बैठकले शुल्क निर्धारण सगै सबै निर्णय एकैपटक स्विकृत गर्नेगरी बैठक सकिएको छ । बैठकमा सहअध्यक्ष सहित अधिकांसले अन्य विषयका कुनै प्रतिक्रिया नजनाएपनि शुल्क बढाउन नहुने धारणा राखेका थिए । अध्यक्ष एवं प्रधानमन्त्री ओलीको धारणा र निर्देशनलाई सबैले समर्थन गरेका थिए ।

    भत्ता नलिऔ : प्रम
    प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले आयोगको बैठक भत्ता नलिन आग्रह गरे । बैठकमा सम्बोधन गरेर बाहिरिनेक्रममा भत्ताको विषय उठान भएपछि प्रम ओलीले सबैको महत्वपुर्ण विषयमा कुनैपनि किसिमको भत्ता लिन नहुने बताए । यस्तो बैठकको भत्ता कसैले नलिऔ– आयोगका अध्यक्ष समेत रहेका प्रम ओलीले सबैलाई भने ।
    अध्यक्षको भनाईलाई सबैले सहमति जनाएपछि पाचौ बैठकमा कसैलाईपनि भत्ता उपलब्ध गराइएको थिएन ।

  • सगरमाथा आधार शिविरमा हाइकिङ कसरी गर्ने : यस्ता छन् पदयात्रा टिप्स

    सगरमाथा आधार शिविरमा हाइकिङ कसरी गर्ने : यस्ता छन् पदयात्रा टिप्स

    काठमाडौं । कोभिड–१९ को महामारीबीचमा पनि सगरमाथा पदयात्रा सुरक्षित छ भन्ने सन्देश प्रतिष्ठित ट्राभल म्यागजिन ‘लोन्ली प्लानेट’ ले दिएको छ ।

    कोभिड संकटले विदेशी पर्यटक नेपाल नआइरहेको समयमा विश्वको सर्वाधिक पढिने ट्राभल म्यागजिन लोन्ली प्लानेटले सगरमाथा आधारशिविरमा कसरी पदयात्रा गर्ने भन्ने बारेमा लामो लेख लेखेको छ ।

    लेखले विश्वका पदयात्री तथा नेपाल घुम्न आउने पर्यटकलाई आकर्षित मात्र गरेको छैन, कोरोनाभाइसरका कारण धरासायी बनेको नेपालको पर्यटन क्षेत्रलाई माथि उठाउन समेत मद्दत पुगेको छ । म्यागजिनले आफ्नो लेखमा सगरमाथा आधारशिविरको पदयात्रा कसरी र कहिले गर्ने बारेमा सम्पूर्ण जानकारी दिएको छ ।

    कोभिड–१९ को महामारीका कारण नेपालले गत वर्षको चैत्रदेखि भदौ ६ महिनासम्म स्वदेशी तथा विदेशीलाई पर्यटकीय क्षेत्रको भ्रमणमा रोक लगाएसँगै नेपाल आउने विदेशी पर्यटकको संख्या शून्यमा झरेको छ । म्यागजिनले सगरमाथा आधारशिविर पदयात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।

    सगरमाथा आधारशिविरको पदयात्रा एउटा सामान्य यात्रा मात्र नभएर जीवनकै सबैभन्दा सुन्दर क्षण हुनसक्ने म्यागजिनले आफ्नो लेखमा उल्लेख गरेको छ । म्यागजिनले लेखमा नेपालको संस्कृति तथा मौलिकतालाई उच्च प्राथमिकतामा राख्दै सगरमाथा आधारशिविरको सुन्दर वर्णन गरेको छ ।

    सगरमाथाको आरोहण तथा पदयात्राका लागि आधारशिविर जान चाहने जो–कोहीले त्यहाँको स्थानीय संस्कृति, गुम्बा, स्तूपा तथा मणि ढुङ्गाहरूको अवलोकन गर्ने मौका पाउनेछन् ।

    त्यस्तै म्यागजिनले यहाँको धर्म, संस्कृति तथा प्राकृतिक सौन्दर्यको खुलेर प्रशंसा गरेको छ । हिमाली उच्च क्षेत्रमा जाँदा लेक लाग्ने चुनौती भए पनि यो पदयात्रा सुन्दर र आनन्दमय हुनेछ ।लोन्ली प्लानेट म्यागजिनले सगरमाथाको आधारशिविरमा कसरी पदयात्रा गर्ने भन्ने बारेमा टिप्स पनि दिएको छ ।

    कसरी सगरमाथा पदयात्रामा जाने ?
    म्यागजिनका अनुसार पदयात्राका लागि नेपाल आउन चाहनेका लागि सबैभन्दा उत्तम समय स्प्रिङ र अटोम सिजन हुन् ।

    २०२१ को स्प्रिङ सिजनका लागि नेपाल भ्रमण गर्नेले नेपालका ट्रेकिङ एजेन्सीसँग सम्पर्क गर्न सुझाएको छ । अहिले कोरोनाभाइरसका कारण नेपालमा विदेशी पर्यटकलाई सहज प्रवेश अनुमति छैन । त्यसैले यो समयमा नेपाल भ्रमण गर्न चाहनेले नेपालस्थित ट्रेकिङ एजेन्सीबाट विशेष अनुमति लिन सक्नेछन् ।

    आधारशिविरको यात्रा कहिले गर्ने ?
    सगरमाथा आधारशिविरको यात्रा स्प्रिङ सिजन मार्चदेखि मेसम्म र अटम सिजन सेप्टेम्बरदेखि डिसेम्बरसम्म जान सकिने म्यागजिनले सुझाव दिएको छ । नेपालमा हिमाल चढ्नका लागि यी दुई सिजन मुख्य हुन् ।

    म्यागजिनका अनुसार स्प्रिङ सिजन पानी पर्ने मौसम अगाडि पर्ने भएकाले यो सिजन पदयात्राका लागि निकै आनन्ददायी हुनेछ । यस सिजनमा पदयात्रा गर्दा लालीगुराँसले पहाडका डाँडाकाँडा ढकमक्क ढाकेको सुन्दर दृश्य देख्न सकिन्छ । सेप्टेम्बरदेखि डिसेम्बरसम्मको अटम सिजनका लागि शून्य तापक्रम भए पनि पदयात्रा गर्न सकिनेछ । यस सिजनमा केही पदयात्री मात्र सगरमाथा आधारशिविरमा जाने गरेका छन् ।

    के गाइड आवश्यक छ ?
    सगरमाथा आधारशिविर जानका लागि गाइड चाहिन्छ नै भन्ने छैन । आफै पनि त्यहाँ रहेका सांकेतिक चिन्न पहिल्याउँदै जान सकिन्छ । यदि हामीले गाइड लिएर आधारशिविर गयौं भने यसका धेरै फाइदा छन् । दैनिक २०/३० डलर रुपैयाँ तिर्दा तालीमप्राप्त गाइड लैजान सकिन्छ । गाइडले तपाईंलाई स्थानीय संस्कृति र प्रकृतिका बारेमा राम्ररी व्याख्या गर्नेछन्, जसले तपाईंको यात्रा झन् सरल र आनन्दमयी बनाउनेछ ।

    साथै यात्रामा भरिया पनि लैजान सकिन्छ । भरियाका लागि दैनिक १०/२० डलर रुपैयाँ तिर्नुपर्ने हुन्छ । ट्रेकिङ कम्पनीमार्फत जाने हो भने कम्पनीले तपाईंलाई पदयात्राका लागि चाहिने सबै प्रकारका आधारभूत सामग्रीको व्यवस्थापन गर्नेछन् ।

    लुक्लासम्म जानका लागि हेलिकप्टर, त्यसपछिको यात्राका लागि खाना, बस्न, भरिया, गाइड तथा इन्स्योरेन्सको समेत व्यवस्था गर्नेछन् । तालीमप्राप्त गाइड तपाईंको साथमा हुँदा हिमाली उच्च भेगमा लेक लाग्ने, अक्सिजनको कमी आदि भएमा उनीहरूले गन्तव्यलाई सुरक्षित राख्न मद्दत गर्नेछन् । आधारशिविर पदयात्राका लागि नेपालका ट्रेकिङ एजेन्सीमा दर्ता भएका ट्रेकिङ एजेन्सीसँग पहिल्यै बुक गर्न पनि सक्नुहुन्छ ।

    पदयात्राको तयारी कसरी गर्ने ?
    सगरमाथा आधारशिविर पुगेर त्यहाँको सौन्दर्यले तपाईंलाई जति मोहित पार्छ, त्यति नै यो कठिन पनि छ । हिमाली क्षेत्र त्यो पनि सगरमाथा जस्तो उच्च ठाउँको पदयात्रा गर्न तपाईं शारीरिक र मानसिक रूपमा तन्दुरुस्त हुनुपर्छ ।

    तपाईं हिमाली क्षेत्रको पदयात्रा गर्न पूर्ण रूपमा तयारी नभए पनि हाइकिङको अनुभव छ भने यसले पनि काम गर्छ । तर, पदयात्राका लागि तपाईं शारीरिक रूपमा तालीमप्राप्त हुनुपर्छ ।

    सगरमाथा आधारशिविरमा पदयात्रा गर्दाको आनन्द अर्कै छ । हिंड्दा–हिंड्दा तपार्इंका घुँडा तथा पैताला दुख्छन् । तर, त्यहाँको सौन्दर्यले तपाईंको पीडालाई क्षणभरमा नै बिर्साइदिन्छ ।

    म्यागजिनले पदयात्राका लागि सुझाव दिंदै अगाडि भन्छ, तपाईंले आधारशिविरको पदयात्रा गर्नुअघि हिंड्ने, कुद्ने, भर्‍याङ चढ्ने, हाइकिङ तथा अन्य अभ्यास गर्नुभए हुन्छ ।

    यसले तपाईंको मसल्सलाई पदयात्रा गर्नका लागि तयार गर्छ । साथै, उच्च ठाउँमा जाँदा लेक लाग्ने समस्याबाट बच्नका लागि पनि यसले सहयोग गर्छ ।

    
    

    हिमाली क्षेत्रमा जाँदा श्वासप्रश्वासको समस्या हुनेगर्छ । त्यसका लागि योग, स्वीमिङ तथा अन्य अभ्यास गर्न सकिन्छ । कसैलाई पनि थाहा हुँदैन कि उच्च ठाउँमा जाँदा कस्ता समस्या आउने गर्छन् भनेर । त्यसैले पदयात्रामा निस्कनुअघि तपाईंले यस्तो अभ्यास गरेमा धेरै सहयोग पुग्नेछ । सगरमाथा जस्तो ठाउँमा पदयात्रामा निस्कँदा धेरै कठिन हुने भएकाले तपाईंले आफूलाई पूर्ण तयारी गर्नुपर्छ ।

    आधारशिविर जाँदा के लैजाने ?
    आधारशिविर जाँदा विशेषगरी हलुका १०/१५ केजी सामान लैजान सकिन्छ । त्यहाँ जाँदा तपाईंले बाक्लो लुगा लैजानुपर्छ । थर्मकोट, थर्म अण्डरवेयर, केही जोडी पाइन्ट पनि । दुई/तीन जोडी बाक्लो टी–सर्ट, स्वेटर, ज्याकेट र लामो स्लीभ टी–सर्ट लैजान बिर्सनुहुँदैन ।

    साथै पदयात्रामा रेनकोट र डाउन ज्याकेट पनि लैजान नभुल्नुहोस् । हलुका किसिमका जुत्ता, ट्रेकिङ मोजा, स्यान्डल, आदि सबै त्यहाँका चिया घरमा पनि पाइने भएकाले त्यहाँ पनि किन्न सक्नुहुन्छ ।

    साथै पन्जा, ऊनी टोपी, हेड ल्याम्प, हिमाली क्षेत्रमा लगाउने सनग्लासलगायत सामान लैजानुपर्छ । राम्रो स्लीपिङ व्याग पनि लैजानुपर्ने हुन्छ । स्लीपिङ ब्याग तपाईंले काठमाडौंबाट भाडामा पनि लैजान सक्नुहुन्छ ।

    यात्रामा जाँदा लैजाने साना–साना सामान जस्तोस ट्वाइलेट पेपर, चिविष्टिक, टावेल, टिस्यू पेपर, ड्राई स्याम्पू लैजानुपर्छ । साथै, तपाईंले छुटाउनै नहुने फष्ट एड किट पनि हो । पदयात्राको बेला पखाला लाग्ने, छाती दुख्ने आदि समस्या हुनसक्छ यसका लागि तपाईंले औषधि बोक्नुपर्ने हुन्छ । साथै पदयात्राका लागि जानुअघि नेपालका डाक्टरलाई पनि भेट्न सक्नुहुन्छ । यात्रामा चाहिने अन्य सामग्रीमा ब्यान्डेज, स्यानिटाइजर पनि हुन् ।

    साथै पानी बोतल, खाना खानका लागि नेपाली पैसा, पदयात्रा जानुअघि तपाईंले काठमाडौंको एटीएमबाट पैसा लैजान सक्नुहुनेछ । पदयात्राका क्रममा लामो दूरीमा भए पनि एटीएम बुथ रहेका छन् । त्यसैले एटीएम बोक्नु पनि राम्रो हुन्छ ।

    यात्रामा स्वस्थ र सुरक्षित रहनुहोला
    यात्रा गर्नका लागि तपाईंले समय लिनुहोस्, विशेषगरी हिमाली क्षेत्रको पदयात्राका लागि । हिमाली क्षेत्रको यात्रा गर्दा जति आनन्द र सौन्दर्य हुन्छ त्यति नै सुरक्षित पनि रहनुपर्छ ।

    हिमाली क्षेत्रमा जाँदा जो–कोहीलाई लेक लाग्न सक्छ । जो एकदमै फिट छ त्यो पनि बिरामी पर्न सक्छ । लेक लागेका केही लक्षणहरूमा टाउको दुखाइ, रिंगटा लाग्ने, निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, सास फेर्न गाह्रो हुने, अक्सिजन लिन कठिनाइ हुने गर्छ । यसका लागि पदयात्रामा जानुभन्दा पहिला तपाईंले डाक्टरको सल्लाह लिन आवश्यक छ । डाक्टरको सल्लाह अनुसारका औषधि पनि बोक्नुपर्ने हुन्छ ।

    सावधान रहनुहोस्
    सगरमाथा आधारशिविर जाँदा तपाईं एक्लै पनि जान सक्नुहुन्छ । त्यहाँ दिएको पदयात्राको संकेतलाई पछ्याएर तपाईं पदयात्रा गर्न सक्नुहुन्छ । त्यहाँ कसरी जाने, कताबाट जाने ठाउँको बारेमा संकेत दिएको छ ।

    तर, कुनै ठाउँमा तपाईं झुक्किन सक्नुहुन्छ । साथै साँघुरा गल्लीहरूमा गधा, याकलगायतका जनावर पनि आउने–जाने गर्छन् । ती जनावर बाटोमा आउँदा तिनीहरूको घाँटीमा झुण्ड्याइएको घण्टीको आवाज सुन्नुपर्छ । ती जनावर आएको समयमा साँघुरा गल्लीमा छेउ लागेर उभिनुपर्छ । साथै यात्राभरि भरियासँग सँगै हिंड्नुपर्छ । म्याराथन जसरी एक्लै दौड्नु हुँदैन । साँघुरा गल्लीमा उभिएर बाटो काट्नु ट्राफिक जाम नभएर यो एउटा सम्मान पनि हो ।

    शाकाहारी बन्नुहोस्
    नेपालको सगरमाथा राष्ट्रिय निकुञ्जमा कुनै पनि जनावरलाई मार्न पाइँदैन । त्यसैले त्यहाँ मासुको परिकार खानको लागि लुक्लाबाट भरियालाई बोकाएर मासु लगिएको हुन्छ ।

    लुक्लाबाट लगिएको मासु बासी हुने भएकाले नखानु नै सबैभन्दा राम्रो हो । सगरमाथा शिविरको पदयात्रा गर्दा स्वस्थकर दालभात खानु अति उत्तम हो । नेपालीले खाने दालभात स्वादिष्ट हुनुका साथै ताजा र शक्तिवद्र्धक हुन्छ । तपाईंले दालभात खाएमा त्यसले २४ घण्टा शक्ति दिनेछ ।

    शरीर ढाक्नुहोस्
    उच्च ठाउँमा जाँदा सूर्यको विकिरणले तपाईंको खुला शरीरलाई क्षति पुर्‍याउँछ । त्यसैले आफ्नो शरीरलाई पूर्ण रूपमा ढाक्नु होस् । यसका लागि तपाईंले सनस्क्रिन क्रिम, लामो स्लिप टप्स, लामो पेन्ट लगाउनुपर्ने हुन्छ ।

  • थपिँदै आशाको उज्यालो, प्रदेश सरकारको निर्ब्याजी ऋण सुविधाले व्यवसायी उत्साहित

    थपिँदै आशाको उज्यालो, प्रदेश सरकारको निर्ब्याजी ऋण सुविधाले व्यवसायी उत्साहित

    पोखरा । कोरोना भाइरस महामारी फेलिन नदिन नेपाल सरकारले चैतको ११ गतेबाट लकडाउन घोषणा गर्यो । करिब ९ महिना लामो लकडाउनले प्राय सबै क्षेत्र बन्द भए । आर्थिक क्रियाकलपसमेत ठप्पप्रायः भयो ।

    कोरोना महामारी र लकडाउनले प्रत्यक्ष रुपमा सबैभन्दा बढी क्षति पर्यटन उद्योगले व्यहोर्यो । चैतको दोस्रो साताबाट लकडाउन भएपनि पर्यटन क्षेत्रमा भने असर अघिबाटै देखिँदै आएको थियो ।

    चीनको बुहान सुरु भएको कोरोनाको विश्वयात्राले विदेशी पर्यटक नेपाल भित्रिन छाडेपछि नै नेपाली पर्यटन बजारमा त्यसको प्रभाव देखिन थालेको थियो । पर्यटनमा लगानी गरेका नयाँ तथा पुराना लगानीकर्ताका अर्बौंको लगानी डुब्ने जोखिममा पुग्यो ।

    कोरोना महामारीको समयमा पर्यटनको ‘राजधानी’ दाबी गरिएको पोखराको लेकसाइड क्षेत्रसमेत सुनसान बन्यो । आन्तरिक तथा बाह्य पर्यटकले सधैं भरिभराउ हुने उक्त क्षेत्र खाली हुन पुग्यो । यस वर्ष अघिल्ला वर्षहरु झैं मेलामहोत्सव पनि सञ्चालन हुन पाएनन् ।

    लामो समयको लकडाउन मंसिरमा अन्त्य भएसँगै पोखरेली पर्यटन बजारमा केही चहलपहल सुरु हुन थालेको छ । विदेशी पर्यटकको उपस्थिति हुन नसके पनि आन्तरिक पर्यटकको चहलपहल सुरु भइसकेकाले व्यवसायी खुसी छन् । लामो समय शिथिल बनेको पर्यटन क्षेत्रमा केही चलायमान हुन थालेपछि पर्यटन व्यवसायी आशावादी बनेका हुन् ।

    लकडाउन खुलेसँगै पोखरामा आन्तरिक पर्यटनको घुइँचो बढ्न थालेपछि आफूहरु पनि हौसिएको व्यवसायीको भनाइ छ । ‘अझै पनि कोभिड महामारी अन्त्य हुन सकेको छैन । नेपालमा लकडाउन खुले पनि धेरै देशले खुला गरेको छैन,’ पश्चिमाञ्चल होटल व्यवसायी संघ (हान) अध्यक्ष विकल तुलाचन भन्छन्, ‘तर, यस्तोबेला पनि आन्तरिक पर्यटनको उपस्थितिले केही सकारात्मक आश भने दिइरहेको छ ।’

    तुलाचनका अनुसार लकडाउन खुलेपछि पनि छोटो समयमै यसरी आन्तरिक पर्यटकको चहलपहल सुरु होला भन्नेमा व्यवसायीको शंका थियो । ‘व्यापार, व्यवसाय, उद्योग सबै बन्द थियो । विदेशी पर्यटक आउलान् भन्ने अवस्थै रहेन,’ तुलाचनले नेपाल प्रेससँग भने, ‘तर अघिल्ला वर्षहरु जति नभएपनि छोटो समयमै पोखरामा आन्तरिक पर्यटकको उपस्थिति बढ्यो ।’

    अघिल्लो वर्षको जनवरीतिर होटलमा ८० प्रतिशतसम्म अकुपेन्सी हुने भएपनि यो वर्ष ३० प्रतिशतसम्म मात्रै पुगेको तुलाचनको भनाइ थियो । ‘पर्यटकको बहाव भनेको जनवरीसम्म धेरै हुन्छ । त्यसपछि विस्तारै जाडो पनि बढ्ने, टे«किङ रुट पनि बन्द हुन थाल्ने भएकाले पर्यटक घट्न थाल्थे,’ उनले भने । चालु महिनामा २० प्रतिशतसम्ममात्रै होटल अकुपेन्सी रहेको उनले जानकारी दिए ।

    ट्रेकिङमा छैन रौनक, चिन्तामा व्यवसायी

    आन्तरिक पर्यटकको आगमनले होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई केही राहत दिएपनि ट्रेकिङ व्यवसायीलाई भने खुुसी दिन सकेको छैन । पदयात्राका लागि विदेशी पर्यटककै भर पर्नु परेकाले पनि व्यवसायी सन्तुष्ट हुन नसकेका हुन् ।

    ‘हाम्रो व्यवसाय भनेको विदेशी पर्यटकले नै धान्दै आएको हो । नेपालीहरुबाट पदयात्राको बानी नपर्दासम्म उनीहरुकै भर पर्ने अवस्था छ,’ ट्रेकिङ एजेन्सिस एसोसियसन नेपाल (टान) गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण बराल भन्छन्, ‘अहिलेको स्थिति हेर्दा सबैभन्दा बढी प्रभावित हामी नै हुने भयौं ।’

    पर्यटन वर्ष २०२० लाई लक्षित गरेर ठूलो लगानी गरेको र हाल लगानी नै डुब्ने खतरामा आफूहरु पुगेको ट्रेकिङ एजेन्सिस एसोसियसन नेपाल (टान) गण्डकी प्रदेश हध्यक्ष लक्ष्मण बरालले सुनाए । कोरोना कहका कारण थला परेको ट्रेकिङ व्यवसाय २०२२ सम्म उठ्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘पर्यटन वर्षका लागि हामीले ठूलै लगानी गरेका थियौं । त्यो अनुसार नै हाम्रो अपेक्षा थियो, योजना थियो । तर, कोभिड महामारीले सुरु नहुँदै पलायन हुनुपर्ने अवस्था आयो,’ उनले भने ।

    सरकारले पर्यटनका लागि पहिले हिमाल आरोहण र पदयात्रालाई खुल्ला गर्ने भनेता पनि त्यसअनुरुप स्पष्ट नीति नबनाइदिँदा ईच्छुक पर्यटक पनि अलमलमा रहेको बरालको गुनासो छ । ‘अहिले पनि धेरै विदेशी पर्यटक नेपा पदयात्रामा आउन रुचि देखाइरहेका छन् । तर, नेपालका तर्फबाटै स्पष्ट विधान नबनाइँदा आउन सकेका छैनन्,’ उनले भने ।

    बरालले पदयात्रा व्यवसायीलाई पलायन हुन नदिन सरकारले समयमै सहज वातावरण बनाउनुपर्ने धारणा राखे । सहयोगको लागि सरकारको मुख ताकेर बस्न सक्ने स्थितिमा नरहेको र बरु व्यवसाय नै चलायमान बनाउन स्पष्ट योजनाको पर्खाइमा रहेको उनी बताउँछन् । नेपाल प्रेससँग उनले भने, ‘सधैं सरकारसँग हात थापेर पनि हुँदैन । व्यवसायीलाई बचाउन पोलिसी मेकिङ तहबाटै केही योजना आउन जरुरी छ ।’

    ‘प्रदेश सरकारको ‘निर्ब्याजी ऋण’ले उत्साहित छौं’

    व्यवसायीको जीवन रक्षा गर्ने भन्दै गण्डकी प्रदेश सरकारले निब्र्याजी ऋणको व्यवस्था गरेको छ । साना तथा मझौला व्यवसायीलाई लक्ष्य गरी नेपाल राष्ट्रबैंकको सहकार्यमा प्रदेश सरकारले ५० हजारदेखि १५ लाख रुपैयाँसम्मको निब्र्याजी ऋणको व्यवस्था गरेको हो ।

    ३ वर्षे अवधिसहितको उक्त निब्यार्जी कर्जा व्यवस्थाले आफूहरुमा उत्साह थपेको पर्यटन व्यवसायीले बताएका छन् । ‘संघ सरकारले सधैं ठूला व्यवसायीलाईमात्रै हे¥यो । पर्यटन व्यवसाय भनेको साना, मझौला, ठूला सबैको उत्तिक्कै महत्व हुन्छ,’ पोखरा पर्यटन परिषद् निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले भने, ‘यस्तोबेला प्रदेश सरकारले अभिभावकीय भूमिका निभाएको छ । हामी उत्साहित छौं ।’

    प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमै उल्लेख गरी १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषको स्थापना गरेको थियो । प्रदेशले मंगलबारबाट उक्त कोष कार्यान्वयन सुरुआत गरेको छ ।

    कोरोना महामारी प्रभावका कारण पोखराको जति पर्यटक क्षमता छ, त्यसको आधा पर्यटक पनि नआइरहेको समयमा निब्र्याजी ऋण व्यवस्थाले व्यवसायीलाई पलायन हुनबाट रोक्ने आशा पोखरेलको छ । उनले भने, ‘केही आन्तरिक पर्यटकको फाटफुट आगमन हुँदैछ । यतिले पनि हामी कन्फिडेन्ट हुन सक्ने अवस्था छैन । यस्तोबेला सहयोगका लागि प्रदेश सरकारसँग गुहार मागेका थियौं । सरकारले हाम्रो भावना बुझेको छ ।’

    पश्चिमाञ्चल होटल व्यवसायी संघ अध्यक्ष विकल तुलाचन पर्यटकीय होटल व्यवसायका लागि कोष थोरै रकम भएपनि त्यसले सकारात्मक प्रभाव पार्ने बताउँछन् । ‘१ वर्ष त हामी पूरा थलियौं । उठ्न अझै २, ३ वर्ष लाग्छ । यस्तोबेला कोष रकम थोरै हो । तर, पनि नहुनुभन्दा हुनु राम्रो कुरा हो,’ उनले भने ।

  • भाउ बढाउने तेल उद्योगमाथि सरकारको कारबाही, घट्ला त महंगी ?

    भाउ बढाउने तेल उद्योगमाथि सरकारको कारबाही, घट्ला त महंगी ?

    काठमाडौं । दुई महीनादेखि खाने तेलको मूल्य अत्यधिक बढेपछि सरकारले कारवाही शुरु गरेको छ । बिनाकारण तेल उद्योगहरुले एकलौटी मूल्य वृद्धि गरेपछि सरकारले तेल उत्पादन गर्ने दुईओटा उद्योगलाई मंगलबार कारवाही गरेको हो ।

    करीब दुई महिनादेखि खानेतेलको मूल्य प्रतिलिटर १० देखि ५० रुपैयाँसम्म वृद्धि भएको छ । बजारमा खाने तेलको मूल्य अत्यधिक बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले केही समय अघि तेलको मूल्य बढाउनुको कारण पेस गर्न उद्योगलाई पत्र काटेको थियो ।
    तर, उद्योगले खाने तेलको मूल्य बढाउनुको कारण अझैसम्म विभागलाई पेश गर्न सकेका छैनन् । नेपालमा अहिले १७ ओटा उद्योगले खाने तेल उत्पादन गर्दै आएका छन् । ती सबै उद्योगबाट उत्पादित खानेतेलको मूल्यमा वृद्धि भएको छ ।

    मूल्य वृद्धिका कारण उपभोक्ताको गुनासो बढेसँगै विभागले उद्योगहरुमा अनुगमन थालेको छ । अनुगमनका क्रममा विभागले मंगलबार बारा जिल्लामा सञ्चालित दुई उद्योगले खानेतेलको मूल्यमा वृद्धि गरेको पाएको थियो ।

    विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि तेल उत्पादक उद्योगलाई कारवाही गरिएको छ ।

    विभागले बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई पनि केही दिन अघि कारवाही गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार ती उद्योगलाई तीन\तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

    त्यस्तै विभागले काठमाडौंको नार्गाजुन नगरपालिकाको श्री भण्डारी स्टोरले बढी मूल्य लिएर तेल विक्री गरेको पाइएपछि उक्त स्टोरलाई दुई लाख ५० हजार जरिवना गरिएको सुवेदीले बताए ।

    उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले विभागले अहिले गरिरहेको अनुगमन न्यून भएको बताएका छन् । उनका अनुसार अहिले विभागले कारवाही गरेको जस्तो मात्रै गरेको छ । ‘दुई ओटा तेल उद्योगलाई कारवाही गरेर तेलको मूल्य घट्छ,’ उनले भने ।

    बानियाँका अनुसार अहिले सरकारले प्रत्येक जिल्ला प्रशासनलाई अनुगमन गर्ने अधिकार दिएको छ । सबै जिल्लामा अनुगमन गर्ने हो भने मात्रै उद्योगले मनलाग्दी तरिकाले तेलमा गरेको मूल्य वृद्धि घट्ला नभए घट्दैन ।

    खुद्रा व्यापारसंघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार दुई महिना अघि बजारमा भटमासमको तेलको मूल्य प्रतिलिटर एक सय ६५ रुपैयाँ थियो । हाल सो तेलको मूल्य वृद्धि भई दुई सय १० रुपैयाँ पुगेको छ ।

    त्यस्तै सनफ्लावर तेलको मूल्य एक महिना अघि प्रति लिटर एक सय ८५ रुपैयाँबाट वृद्धि भई हाल दुई सय २० रुपैयाँ पुगेको छ । तोरीको तेलमा भने दुई सय ५० रुपैयाँबाट बढेर हाल दुई सय ६० रुपैयाँ पुगेको छ ।

    श्रष्ठका अनुसार विभागले उद्योगलाई कारवाही गरे पनि उनीहरुले तेलको मूल्य भने घटाएका छैनन् ।

     

  • लुम्बिनी चीनी मिललाई स्थानीयको चेतावनीः प्रदूषण नहुने गरी मात्रै उद्योग चलाऊ, नत्र आन्दोलन गर्छौ

    लुम्बिनी चीनी मिललाई स्थानीयको चेतावनीः प्रदूषण नहुने गरी मात्रै उद्योग चलाऊ, नत्र आन्दोलन गर्छौ

    रुपन्देही । पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिल पुनः संचालनमा आउने भएपछि स्थानीयले प्रदूषण नियन्त्रण गर्नुपर्ने लगाएतका विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालयनमा ज्ञापनपत्र बुझाएका छन् ।

    विगतमा चिनी मिलका कारण बढेको प्रदूषणले आक्रान्त स्थानीयले प्रदूषण नियन्त्रणका लागि दवाव दिन संघर्ष समिति नै बनाएका स्थानीयले प्रशासनलाई ज्ञापनपत्र बुझाएका हुन् ।

    चिनि मिलले वातावरणीय र सामाजिक दायित्व पूूरा नगरी पुनः उद्योग संचालनको तयारी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख सागरमणि पाठकलाई ज्ञापन पत्र बुुझाएको हो ।

    २०६३ सालमा लुम्बिनी चिनी मिल र तत्कालीन सात राजनितिक दल र स्थानीय सरोकारवालाबीच भएको समझदारीको वास्ता नगरी पुनः संचालन गरेकोप्रति गम्भीर ध्यनाकार्षण भएको संघर्ष समितिले जनाएको छ ।

    संघर्ष समितिका अनुसार चिनी मिलले प्रदूषण नियन्त्रण नगरेको, चिनी मिलबाट प्रत्यक्ष असर पर्ने क्षेत्रहरुमा समाजिक दायित्व पूरा नगरेको र किसानको भुक्तानी गर्नुपर्ने रकम भुत्तानी नगरेको भन्दै संघर्षका कार्यक्रमअन्तरगत ज्ञापनपत्र बुझाएको हो ।

    संघर्ष समितिका संयोजक कृष्ण के.सीले उद्योगको मापदण्ड पूरा गरेर वातावरणीय प्रदूषण नियन्त्रणका उपाय अवलम्वन र उखु कृषकहरुको रकमसमेत भुत्तानी गर्ने सुनिश्चतता हुनुपर्ने माग रहेको बताए ।

    यथास्थितिमा चिनी मिल सञ्चालन गरे संघर्षका जुनसुकै कार्यक्रमहरु संचालन गर्ने संघर्षसमितिका सचिव जिवन पौडेलले बताए । यता लुम्बिनी चिनी मिलले भने नयाँ व्यवस्थापनका साथ प्रदूषण नियन्त्रणमा संवेदनशील भएरै उद्योग संचालनको तयारी गरेको जनाएको छ ।

  • चन्द्रागिरीको आईपीओ आज बाँडफाँड, कतिले पाए ?

    चन्द्रागिरीको आईपीओ आज बाँडफाँड, कतिले पाए ?

    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको आईपीओ शुक्रबार बिहान १० बजे गोलाप्रथामार्फत बाँडफाँड भएको हो ।

    बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार १२ लाख १६ हजार ९ सय ५३ जना आवेदकले आवेदन दिएका थिए । आईपीओमा आवेदन दिनेमध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले कम्पनीको शेयर पाएका छन् ।

    आवेदन दिएका मध्ये १० लाख ७१ हजार ५ सय १३ जनाको हात खाली भएको छ । कम्पनीले पुस २४ बाट २८ गतेसम्म सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैयाँ दरले १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

    जसमा ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो । बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणका लागि रहेको थियो ।

  • सुन तोलामा २ सयले घट्यो, आज कतिमा भइरहेको छ कारोबार ?

    सुन तोलामा २ सयले घट्यो, आज कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार सुन तोलामा दुईसयले घट्दै ९२ हजार ९०० रुपैयाँमा कायम भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै तेजावी सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा  कारोबार भइरहेको छ । चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।

    आज चाँदी तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी तोलामा १२७५ रुपैयाँमा कारोबार भएको थियो ।

  • कहाँ जान्छ करोडौं किलो केराउ ?

    कहाँ जान्छ करोडौं किलो केराउ ?

    काठमाडौं । राजश्व विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा करीब २१ करोड केजी केराउ विभिन्न देशबाट नेपाल भित्रिएको छ ।

    कोरोनाका कारण लकडाउन भए पनि केराउ आयात भने रोकिएन । चालु आर्थिक वर्षको पाँच महिनामा २ कारोड ६१ लाख ३४ हजार ८५३ केजी केराउ नेपाल भित्रिएको हो। वर्सेनि करोडौ केजी केराउ नेपाल भित्रिए पनि कहाँ खपत हुन्छ ? सरकारसँग यकिन तथ्यांक छैन ।

    तेस्रो मुलुकबाट ल्याइएको केराउ नेपालमा खपत हुनेभन्दा पनि अवैध रुपमा भारत निकासी हुने बताउँछन् रौतहट जिल्लाका डीएसपी भरत श्रेष्ठ । उनका अनुसार खुला सीमा भएका कारण केराउ अवैध रुपमा भारत निकासा भइरहेको फेला परेको उनले बताए ।

    सीमामा प्रहरीले पटक–पटक अवैद्य रुपमा भारतर्फ लैजाँदै गरेको केराउ बरामद् गरेको छ । केही दिन अघिमात्र प्रहरीले रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा एक ट्रक अवैद्य केराउ बरामद् गरी भन्सार कार्यालयमा बुझाएको थियो ।

    तुलनात्मक रुपमा पछिल्लो समय केराउको अवैध निकासी कम भएको प्रहरीले बताएको छ । ‘अहिले ट्रकका ट्रक अवैध निकासी हुन दिइएको छैन’ डीएसपी श्रेष्ठले भने । सीमाको सबै क्षेत्रमा प्रहरी तैनाथ नभएका कारण निकासी भने नरोकिएको उनको भनाइ छ ।

    भारतमा नेपाली बजारको भन्दा बढी मूल्यमा केराउ बिक्री हुने भएकाले व्यपारीले अवैध ढंगले भारत लैजाने गरेका छन् । आव २०७७÷०८७ क्यानडाबाट मात्र १४ करोड ७१ लाख केजी केराउ नेपाल भित्रिएको छ । त्यस्तै रुसलगायत अन्य देशबाट पनि केराउ भित्रिने गरेको छ ।

    गत मंसिर महिनामा मात्र ६३ लाख ११ हजार ५४३ केजी केराउ नेपाल भित्रिएको छ । कोरोना माहामारीले गर्दा नेपालमा केराउको आयात पछिल्लो वर्षभन्दा केही कम भएको भन्सार विभागका प्रवक्ता शिशीर घिमिरेले बताए ।

    नेपालमा केराउको आयात अत्यधिक भएपनि निकासी नियन्त्रणमा खासै पहल भएको छैन । कुनै पनि वस्तुको आयात देशको खपतभन्दा बढी देखिए अर्थ मन्त्रालयअन्तर्गतका निकायले नियन्त्रण गर्नुपर्छ । तर यसबारे अनुसन्धान मात्र भइरहेको बताउँछन् अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगाल ।

    केराउको अवैध निकासी रोक्न खोज्दा तस्करी र प्रहरीबीच झडपसमेत हुने गरेको छ । गत कात्तिकमा कैलालीको जुगेडाबाट भारततर्फ अवैध रुपमा केराउ लैजाँदै गरेका तस्करलाई पक्राउ गर्न खोज्दा झडप भएको थियो । झडपमा दुई प्रहरीको मृत्यु भएको थियो । तर अचेल जुगेडाबाट केराउको चोरी–निकासी नभएको बताउँछन् कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा ।

    एक साताअघि कैलालीको टीकापुरबाट भारततर्फ लैजाँदै गरेको २० बोरा अवैध केराउ प्रहरीले बरामद् गरेको पनि जबराले जानकारी दिए ।

     

  • पर्यटकको चाप बढ्यो, तारे होटलमा एकै वर्ष १५ अर्ब लगानी

    पर्यटकको चाप बढ्यो, तारे होटलमा एकै वर्ष १५ अर्ब लगानी

    विराटनगर । विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ बाट थलिएको पर्यटन क्षेत्र क्रमश: लयमा फर्किन थालेको छ । संक्रमण दर घटेर जनजीवन सामान्यतर्फ फर्किएसँगै प्रदेश १ का पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकको चहलपहल बाक्लिएको छ ।

    पर्यटन प्रवर्द्धन र विकासका लागि प्रदेश १ मा पहिचान गरिएका २८ वटै गन्तव्यहरुमा पछिल्लो समय आन्तरिक पर्यटकहरू आउने क्रम बढेको छ । सँगसँगै सुस्ताएको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किएको छ भने व्यवसाय पनि फस्टाउन थालेका छन् । महामारीका कारण बन्द भएका मेची-कोशी करिडोरका पर्यटकीय क्षेत्रमा खुलेका होटलहरूमा पर्यटकको चहलपहलसँगै आर्थिक कारोबार पनि बढ्न थालेको छ ।

    आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ का संयोजक भविस श्रेष्ठले कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्र क्रमश: सुधारको पाटोमा फर्किएको बताए ।

    ‘कोरोनाका कारण अन्तर्राष्‍ट्रिय नाका सबै बन्द रहेकाले बाह्य पर्यटक आउने सम्भावना रहँदैन’ श्रेष्ठले भने,‘यस्तो अवस्थामा अन्तरिक पर्यटक घुम्न निस्किने क्रममा बढोत्तरी हुनुलाई सुखद पक्ष मन्न सकिन्छ।’ जसका कारण लामो समयदेखि सुस्ताएको पर्यटन क्षेत्र तङ्ग्रिन मद्दत पुग्छ ।’

    उनका अनुसार मंसिरदेखि भेडेटार, इलामको फिक्कल, कन्याम, कोशी टप्पुलगायतका गन्तब्यमा पर्यटकहरूको चहलपहल बढेको छ । दर्शनका लागि पुग्ने प्रसिद्ध धार्मिकस्थल ताप्लजुङको पाथिभारा, वसन्तपुर, संखुवासभाको गुफापोखरी, तीनजुरे-मिल्केलगायतका प्रदेशका महत्वपूर्ण पर्यटकस्थलमा पनि पर्यटकको चाप छ ।

    काकडभिट्टा, विराटनगरको रानी, इलामको पशुपतिनगर र सुनसरीको कोशी ब्यारेज नाकाबाट भारतीय पर्यटक यस प्रदेशमा भित्रिन्छन् । लकडाउनअघि दैनिक ३ हजार हाराहारीमा भारतीय पर्यटक आउँथे । होटल व्यवसाय क्षेत्रमा मात्र ५० हजारभन्दा बढीले रोजगारी पाएका थिए ।

    ताप्लेजुङको पाथिभारा देवी, खोटाङको हलेंसी महादेव, सुनसरीको बराह क्षेत्र धाम, सप्तरीको छिन्नमस्ता देवी, धरानको दन्तकाली र बुढासुब्बा, झापाको कन्काई देवीलगायतका धार्मिक स्थलहरू यस प्रदेशका पर्यटकीय आकर्षणका केन्द्र हुन् ।

    तेह्रथुमको चिचिलिङ, संखुवासभाको सभापोखरीजस्ता धार्मिक एवं सांस्कृतिक विशेषता बोकेका ३० भन्दा बढी ताल र पोखरी छन् जसले छुट्टै विषेशता बोकेका छन् ।
    पूर्व तराई क्षेत्रमा कोशी टप्पु रामसार क्षेत्रसँगै थुप्रै रामसार क्षेत्रहरु छन् । मोरङमा पनि बेलबारी बेतनाजस्ता सिमसार क्षेत्रहरु छन् । इलामको श्रीअन्तुदेखि धनकुटाको भेडेटार मुलघाटजस्ता रमणीय ठाउँहरु प्राकृतिकरुपमा पर्यटक तान्ने स्थल हुन् ।

    नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएशन प्रदेश १ वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले मेची करिडोरमा रहेको ताप्लेजुङको ठुलोफेदीदेखि इलामको कन्यामसँगै कोशी करिडोर क्षेत्र धनकुटाको भेडेडार, हिले, संखुवासभाका पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकहरुको चहल-पहल बढेको बताए ।

    एशोसिएशनको तथ्यांकअनुसार पछिल्लो ४ महिनामात्र यहाँका गन्तव्यहरू १५ हजार बढी पर्यटकहरूले भ्रमण गरेका छन् ।

    कारोबार पुरानै अवस्थामा फर्कँदै

    संक्रमणको जोखिम कम हुँदै गएपछि व्यवसायीहरूले स्वास्थ्य सुरक्षासम्बन्धी सरकारको मापदण्डलाई पालना गरी होटल सञ्‍चालन गरेका छन् । सँगै होमस्टेहरूमा पनि पर्यटक भरिन थालेका छन् ।

    भेडेटारमा आन्तरिकसँगै भारतबाट पनि ठूलो संख्यामा पर्यटक आउँछन् । तर, आन्तरिक पर्यटकको समेत घुइँचो लाग्ने भेडेटार ८ महिनायता सुनसान थियो । ‘भेडेटारमा दैनिक ५ हजार हाराहारी आन्तरिक र बाह्य पर्यटक आउँथे,’ होटल एशोशिएशन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राई भन्छन, ‘करिब आठ महिना पूरै सुनसान रहेको होटलहरूमा अहिले सामान्य सुधार आएको छ । अब भने केही आशा जनाएको छ।’

    कोशीटप्पुमा पनि पर्यटकहरू बढ्न थालेका छन् । यहाँ हात्ती सफारी र अर्ना हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू आउँछन् । ‘बीचमा ठप्प रहेको पर्यटक आउने क्रम अहिले बिदाको दिन दैनिक १ सयभन्दा बढी पुगेको छ, ‘होटल व्यवसायी सुभाष भुजेल भन्छन् ।

    इलामको पर्यटकीय चहलपहल लकडाउनको बीचमा सुस्ताएको थियो । अहिले कन्याम पर्यटक बढ्न थालेका छन् । आजकाल श्रीअन्तुमा सूर्योदय हेर्न पुग्नेको आन्तरिक र बाह्य पर्यटकको पनि भीड लाग्ने होटल व्यवसायी हरी गुरुङले जानकारी दिए ।

    होटल कन्याम हिल कटेजका सञ्चालक राज गिरी भारतले पूर्वी नेपालको सीमास्थित पशुपतिनगर नाका बन्द गरेपछि पर्यटक आवतजावत प्रभावित भए पनि कन्याममा चहलपलह बढेको बताउँछन् ।

    होटल क्षेत्रमा लगानी बढ्दै

    प्रदेशमा यस वर्ष नयाँ तारे होटलका लागि १५ अर्ब लगानी थपिएको थियो । पाँच वर्षको अन्तरालमा यस क्षेत्रमा २५ अर्ब लगानी भइसकेको छ । पहाडी जिल्लामा ४० भन्दा बढी पर्यटकमैत्री होटल सञ्चालन छन्। कोशी र मेची करिडोरमा खुलेका होटलहरूमा २०० सुविधा सम्पन्न रुम क्षमता छन् । पर्यटकको चाप बढ्दै जाँदा व्यवसायीहरू होटलमा लगानीतर्फ आकर्षित छन् ।

    ५ वर्षमा २ करोडभन्दा बढी लगानीमा होटल निर्माण भएको होटल व्यवसायी महासंघ मेचीका केन्द्रीय सदस्य एवं ताप्लेजुङका होटल व्यवसायी छिरिङ शेर्पाले बताए । शेर्पाका अनुसार राम्रा र सुविधा सम्पन्न होटलले अहिले आफ्नो लगानीको लाभ उठाउन थालिसकेका छन् ।

    तराई र ठूला शहर मात्र नभएर पहाडी जिल्लामा पनि पछिल्लो समय होटल व्यवसायमा लगानी गर्ने क्रम ह्वातै बढेको छ । यसले पूर्वी पहाडी जिल्लाको आर्थिक गतिविधिमा टेवा पुर्‍याउँदै आएको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष टंक दुलालले बताए । होटल व्यवसायलाई स्थानीय पर्यटन प्रवर्द्धनसँग जोडेर लान थालिएकाले स्थानीयस्तरमा आर्थिक उपार्जनको भरपर्दो स्रोत बन्ने क्रममा रहेको उनले बताए ।

    उनले भने, ‘कोरोना कहरले बीचमा भित्रिन लागेको ५/७ अर्बको लगानी अनिश्चिततातर्फ धकेलिदिएको छ ।’

    ताप्लेजुङ, इलाम र पाँचथरमा करिव २० वटा पर्यटकलक्षित होटल खुलेका छन् । त्यस्तै कोशी करिडोर क्षेत्रअन्तर्गत धनकुटा, तेह्रथुम, संखुवासभालगायतका जिल्लामा पनि होटलहरू थपिने क्रम बढ्दो छ । त्यसबाहेक हिमालीमार्ग सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमा सुविधासम्पन्न होटलहरू छन् ।

    कोशी करिडोरका कान्जिरोवा, याक, सुरवी, शीतल निवास, होटल लालीगुराँस, भेडेटार भ्यू, होटल मनशान्त, अरुण भ्याली, ग्रिन हेवनलगायतका होटलहरू चिरपरिचित छन् । त्यस्तै मेची करिडोरमा ग्रिन भ्यू, वेलकम, चियावारी कटेज, मेवा खोला रिसोर्ट, स्नोलियो पार्क, सरगम, सुमितजस्ता होटलहरू चलेका छन् । ३५ सयको हाराहारीमा रहेका होटलमध्ये ५०० जति स्टारतहका छन् ।

    ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, सुनसरी, संखुवासभा र खोटाङलगायतका जिल्लाहरुमा मुलुककै पर्यटन व्यवसायका लागि पूर्वको हवका रुपमा लिन सकिने सम्भावना छ ।
    पूर्वी नेपालका यिनै पर्यटकीय गन्तव्यलाई लक्षित गरेर होटल व्यवसायको राम्रो सम्भावना देखिएको छ ।

    ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, सुनसरी, भोजपुर, संखुवासभा र खोटाङलगायतका जिल्लाहरुमा मुलुककै पर्यटन व्यवसायका लागि पूर्वको हवका रूपमा लिन सकिने सम्भावना छ ।

    पूर्वी नेपालका यिनै पर्यटकीय गन्तव्यलाई लक्षित गरेर होटल व्यवसायको सम्भावना पनि उज्वल छ ।

     

  • करीब १६ अंकले बढ्यो शेयर

    करीब १६ अंकले बढ्यो शेयर

    काठमाडौं । बजार खुलेदेखि नै लगातार उत्तारचढाब बेहोरेको नेप्से परिसूचक १५ दशमलव ८७ अंकले वृद्धि भएको छ । शून्य दशमलव ६८ प्रतिशतले बढेको नेप्से २ हजार ३ सय ४२ दशमलव ७७ विन्दुमा रोकिएको छ ।

    आज भएको एक करोड ५९ लाख ८१ हजार ९५२ कित्ताको किनबेचमा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    नेपाल लाइफ इन्स्योरेन्सको आज सबैभन्दा बढी शेयर कारोबार भएको छ । नेपाल लाइफको मात्रै ६१ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    त्यसैगरी प्रभु बैंकको २९ करोड ५२ लाख, त्यतै पुनर्रबीमा कम्पनीको २७ करोड, शिखर इन्स्योरेन्सको २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज दश ओटाभन्दा बढी कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

  • ३१ अंकले बढ्यो नेप्से, कारोबार रकममा नेपाल लाइफको निरन्तर वर्चश्व

    ३१ अंकले बढ्यो नेप्से, कारोबार रकममा नेपाल लाइफको निरन्तर वर्चश्व

    काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसुचक ३१ दशमलव ८७ अंकले वृद्धि भएको छ । आज भएको कारोबारमा नेप्से २,३७४ दशमलव ६४ विन्दुमा रोकिएको छ ।

    आज   एक करोड ८१ लाख ५ हजार ६७१ कित्ताको किनबेचमा ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेपाल लाइफ इन्स्योरेन्सको सार्वधिक कारोबार भएको छ ।

    आज नेपाल लाइफ इन्स्योरेन्सको ५३ करोड ३३ लाख १२ हजार ४२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

  • चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँड हुने, कतिले पाउँदैछन् आइपीओ ?

    चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार बाँडफाँड हुने, कतिले पाउँदैछन् आइपीओ ?

    काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओ शुक्रबार (भोलि) बाँडफाँड हुने भएको छ । शुक्रबार बिहान साढे १० बजे कम्पनीको आईपीओ बाँडफाँड हुने ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

    चन्द्रागिरी हिल्सको आइपीओमा माग भन्दा १७.५३ बढीको आवेदन परेको थियो । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार पुस २८ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको कम्पनीको आईपीओको बाँडफाँड शुक्रबार हुने भएको छ ।
    कम्पनीको शेयरमा उच्च आवेदन परेकोले यस कम्पनीको शेयरमा आवेदन दिएका योग्य आवेदनक मध्ये नै ११ लाख १२ हजार ३३६ जनाको हात खाली हुने भएको छ ।

    कम्पनीको आईपीओमा १२ लाख ५१ हजार ९ सय ३८ जनाको आवेदन परेको छ । कम्पनीले जम्मा १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको हो ।

    ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

    कम्तीमा १० कित्ता प्रतिव्यक्तिलाई वितरण गर्दा उक्त कम्पनीको आईपीओ १ लाख ३९ हजार ६ सय २ जना भाग्यमानी लगानीकर्ताहरुले मात्र पाउनेछन् । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

  • सवारी लाइसेन्समा कोटा प्रणाली हटाइयो, अब सजिलै भर्न पाउलान त सेवाग्राहीले ?

    सवारी लाइसेन्समा कोटा प्रणाली हटाइयो, अब सजिलै भर्न पाउलान त सेवाग्राहीले ?

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम माघ ९ गते शुक्रबारदेखि अनलिमिटेड हुने भएको छ ।

    यातायात व्यवस्था विभागले बिहीबार सूचना जारी गरि सो जानकारी दिएको हो । विभागले हालसम्म अनलाइन फारम भर्दा लिमिटेड कोटा सिष्टम लागू गरेको थियो ।

    कोटा सिष्टम लागू गर्दा सम्पूर्ण सेवाग्राहीले फारम भर्न सकेका थिएनन् । सेवाग्राहीको गुनासोलाई सम्बोधन गर्न कोटा अनलिमिटेड गरिएको विभागको भनाइ छ ।

    कोरोनाका कारण रोकिएको सवारी लाइसेन्स गत पुस १४ गते विभागले पुनः शुरु गरेको थियो ।अनलाइन फारम भर्दा सेवाग्राहीले प्राप्त गर्ने एसएमएस सेवा प्राविधिक कारणले केही समय बन्द गरेको पनि विभागले बताएको छ ।

    यो समयमा सेवाग्राहीले आफ्नो ‘दर्ता नम्बर’ सुरक्षित गरि सम्बन्धित कार्यालयमा तोकिएको मितिमा सम्पर्क गर्न व्यवस्था विभागले आग्रह गरेको छ ।

     

  • अर्थमन्त्री पौडेलको प्रतिबद्धता- सबै नागरिकलाई गुणस्तरीय खोप निःशुल्क दिन्छौं

    अर्थमन्त्री पौडेलको प्रतिबद्धता- सबै नागरिकलाई गुणस्तरीय खोप निःशुल्क दिन्छौं

    काठमाडौं । अर्थमन्त्री तथा विभाजित नेकपाका महासचिव विष्णु पौडेलले कोभिड विरुद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन् । प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई विहीवार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले गुणस्तरीप्य खोप निःशुल्क उपलब्ध गराइने बताए ।

    पौडेलले भने, ‘हिजो हामीले निःशुल्क खोप उपलब्ध गराउँछौ भन्दा केही मान्छे पत्याउदैन थिए । आज हामी राष्ट्रिय अभिभारा र निर्वाचन गराउने दायित्व निर्वाह गरिरहँदा गुणस्तरीय खोप निःशुल्क उपलब्ध गराउने तयारी सरकारले गरेको छ र हामी त्यसबाट पछि हट्दैनौं ।’

    अर्को प्रसंगमा महासचिव पौडेलले वैशाख १७ र २७ गते हुने निर्वाचनमा केपी ओली नेतृत्वको नेकपा बहुमत सहित देशको ठूलो दल बन्ने दाबी गरे । उनले जनतासँग विवेक र विश्लेषण गर्ने क्षमता रहेको भन्दै आउने चुनावमा जनताले ओलीमाथि न्याय गर्ने बताए ।

    प्रचण्ड-माधव पक्ष चुनावी परिणामबाट डराएर निर्वाचनका गतिबिधि नगर्न दबाब दिदै निर्वाचन आयोगमा पुगेको पौडेलले बताए ।

  • बिहीबार ६ सयले उकालो लाग्यो सुनको मूल्य

    बिहीबार ६ सयले उकालो लाग्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सुनको भाउ ६०० ले वृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य  बढेसँगै नेपालमा पनि सुनको मूल्य उकालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाला सुन प्रतितोला ९३ हजार १०० पुगेको छ । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रहेको थियो ।

    त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ६०० भएको छ । चाँदी आज प्रतितोला १,२७५ रुपैयामा किनबेच भएको महासंघले जानकारी दिएको छ ।

  • बीमा समितिले अझै पाएन अध्यक्ष, को-को छन् प्रतिस्पर्धामा ?

    बीमा समितिले अझै पाएन अध्यक्ष, को-को छन् प्रतिस्पर्धामा ?

    काठमाडौं । बीमा समिति नेतृत्‍वविहीन भएको एक महिना वित्न लाग्यो । अझै अध्यक्षको टुंगो लागेको छैन । समितिका अध्यक्ष चिरञ्जीवि चापागाईं कार्यकाल पूरा गरी गत पुस १३ गते पदमुक्त भएका थिए ।

    बीमा क्षेत्रको नियामक निकाय बीमा समिति नेतृत्वविहीन भएपछि बीमा कम्पनीहरूले बीमा समितिबाट लिनुपर्ने स्वीकृतिलगायतका काम रोकिएका छन् ।

    समितिको नयाँ अध्यक्षका लागि अहिले आधा दर्जनभन्दा बढी व्यक्ति दौडधुप गरिरहेका छन् । समितिको अध्यक्ष पदका लागि खुलैरै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, राष्ट्र बैंकका निर्देशक रामशरण खरेल, राष्ट्र बैंकका पूर्वनिर्देशक कल्याणबन्धु अर्याल, नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाईं, आइक्यानका पूर्वअध्यक्ष कृष्ण आचार्यलगायत प्रतिस्पर्धामा रहेका छन् ।

    पूर्वअध्यक्ष चापागाईंले पुनः दोहोरिने इच्छा व्यक्त गरेका थिए । उनी प्रचण्डनिकट हुन् । समितिको अध्यक्ष पदका लागि अर्थमन्त्रीले सीधै मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेर बीमा समितिको अध्यक्ष नियुक्त गर्न सक्ने व्यवस्था छ ।

    यसअघि पनि बीमा समितिको अध्यक्षमा सरकारले धेरै जसो बैंकिङ क्षेत्रमा काम गरेका व्याक्तिलाई नियुक्त गर्दै आएको छ । स्रोतका अनुसार अर्थमन्त्रालयले आकांक्षीबाहिरकालाई नयाँ अध्यक्ष बनाउने सम्भावना धेरै छ ।
    अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदले नियुक्त गर्ने बीमा समिति अध्यक्षको कार्यकाल ४ वर्षको रहेको छ ।

  • शेयर बजारमा सर्वसाधारणको आकर्षण, २६ लाख बढीले डिम्याट खोले

    शेयर बजारमा सर्वसाधारणको आकर्षण, २६ लाख बढीले डिम्याट खोले

    काठमाडौं । मंगलबार ग्लोबल आईएमई बैंकमा शेयर कारोबारका लागि अत्यावश्यक ‘डिम्याट’ खाता खोल्नेको बाक्लो लाइन थियो । लाइनमा उभिएकी थिइन्, उदयपुरकी जमुना दाहाल । व्यवस्थापन संकायमा अध्ययनरत २१ वर्षीया जमुना चिनेजानेका साथीहरुले शेयर कारोबार सुरु गरेको देखेर आफू पनि डिम्याट खोल्न आएकी थइिन् । अहिले उनीजस्ता हजारौं युवाको आकर्षण बनेको छ, शेयर बजार ।

    केही वर्ष अघिसम्म शेयर भर्नका लागि बैंकमा घण्टौं लाइनमा बसेर फारम बुझाउनु पर्ने बाध्यता थियो । साथै, शेयर बाँटफाँटका लागि महिनौ कुर्नुपर्ने समस्याबाट मुक्त भएसँगै सर्वसाधारणको आकर्षण शेयर बजारमा पर्न थालेको हो ।

    अनलाइन माध्यमबाट शेयर कारोबारका लागि छुट्टै खाताको प्रयोग गर्नुपर्छ । त्यसैलाई डिम्याट भनिन्छ । आफ्नो खाता रहेको बैंकबाट डिम्याट खाता खोलेर शेयर कारोबार गर्न पाइन्छ । एक वर्ष अगाडिसम्म करिव १७ लाखले डिम्याट खाता खोलेका थिए । गएको १ वर्षको बीचमा डिम्याट खाता प्रयोग गर्नेको संख्या ८ लाखले बढेको सीडीएस एण्ड क्लियरिङको तथ्यांकले देखाउँछ ।

    नेपालमा अहिलेसम्म कै सबैभन्दा धेरै आईपीओ इन्फ्रास्ट्रकचर बैंकले जारी गरेसँगै डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको हो । माघ ४ गतेमात्र एकै दिन ८१ हजारभन्दा बढीले डिम्याट खाता खोलेका छन् । माघ ६ गते २८ हजार ७५८ जनाले डिम्याट खाता खोलेका थिए । माघ ७ गतेसम्म डिम्याट खाता खोल्नेको संख्या २६ लाख १० हजार ८६२ पुगेको छ ।

    शेयर बजारमा थोरै लगानी गरेर प्रवेश गर्न सकिने भएकाले पनि यसमा सर्वसाधारण आकर्षण भएको नेपाल इन्भेस्टर फोरमका पूर्व अध्यक्ष अम्बिका पौडेलको बुझाई छ । जानकारहरुका अनुसार अनलाइनबाट शेयर कारोबार हुन थालेपछि नै सबैको आकर्षण यसमा बढेको हो ।

    पौलेलले शेयर बजारमा प्रवेश गर्दा कम्पनीको राम्रो विश्लेषण गरेर मात्र लगानी गर्न सुझाव दिए । कोरोनाभाइरसका कारण लकडाउन भएकाले र अन्य व्यापार व्यवसाय पनि चल्न नसकेको कारण साना लगानीकर्ता पनि शेयर बजारमा आकर्षित भएका छन् ।

    ‘अहिले बजार बढेको समयमा नयाँ लगानी कर्ता प्रवेश गर्दा कम्पनीको विश्लेषण गरेर राम्रा कम्पनी छान्न सक्नु पर्छ नत्र आफूले मिहिनेत गरेर कमाएको पैसा एकै क्षणमा गुम्न सक्छ,’ इन्भेस्टर फोरमका पूर्व अध्यक्ष पौडेलले भने ।

    अहिले शेयर बजार बढीरहेकोले पनि ‘बुलिस ट्रेण्ड’ मा शेयर मार्केटमा पस्नेको संख्या अत्यधिक रहने बताउँछन्, नेपाल स्टक एक्सचेन्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउद । ‘बुलिस ट्रेण्ड’ भनेको बजारको वस्तुस्थिति नबुझी एउटाले किनेको देखेर अर्काले किन्ने प्रवृत्ति हो ।

    उनका अनुसार यो समय नयाँ लगानीकर्ताका लागि अत्यन्त जोखिमपूर्ण छ । अहिले नेपालको शेयर बजार अत्यधिक बढेको छ । यो समयमा नयाँ लगानीकर्ताले अर्काले कमायो भन्ने देखेरमात्र शेयरमा लगानी गर्दा जोखिम धेरै हुन्छ ।

    ‘नयाँ लगानीकर्ता यस्तो समयमा प्रवेश नगरेकै राम्रो । बजार घटेको समयमा नयाँ लगानी गर्नु उपयुक्त हुन्छ,’ साउदले थपे, ‘अहिले धेरैको बुझाई शेयर प्रवेश गरेसँगै तुरुन्त पैसा कमाइ हालिन्छ भन्ने छ । तर भोलि बजार घटेको बेलामा निराश हुनु हुँदैन । शेयर बजारमा प्रवेश गर्नसाथ पैसा कमिने मात्र होइन लहै–लहैमा कम्पनी नबुझी किनेमा डुबिन्छ पनि ।’

    सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले चाहिँ दैनिक २० देखि ३० हजार डिम्याट खाता खोल्नेको संख्या बढ्नुलाई सकारात्मक रुपमा लिए । ‘यसले के देखाउँछ भने नेपाली शेयर बजारमा स्थानीय लगानीकर्ताको चासो बढेको छ । ‘शेयर बजारको विकास भनेको नै लगानीकर्ता बजार प्रवेश गरी कारोबारको दायरा बढाउनु हो,’ उनले भने, ‘अहिले देशमा नयाँ नयाँ कम्पनीले आईपीओ खोलेका छन् र नयाँ लगानीकर्तालाई आकर्षित गर्न सफल भएका छन् ।’

    उनले पनि बजारमा हल्ला चलेकै भरमा शेयरमा लगानी गर्न नहुने बताए । ‘शेयर किन्दा दीर्घकालीन लगानी गर्ने सोचका साथ राम्रा कम्पनीको छनोट गर्नुपर्छ । सही समयमा सही निर्णय गर्न सक्नेले नै कमाउने हो,’ न्यौपानेले भने ।

  • उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन

    उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन

    काठमाडौं । उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न राष्ट्रिय मानव आधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ । तराई मधेशका उखु किसानको श्रम तथा सम्पत्तिको अधिकार, उनिहरुले लामो समयदेखि गरिरहेको माग तथा संघर्षका कार्यक्रमलाई नजिकबाट अनुगमन गरिरहेको आयोगले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

    आयोगको प्रदेश कार्यालय जनकपुरले नेपाल सरकार र उखु किसान संघर्ष समितिबिच २०७७ पुस १३ गते भएको सम्झौताको कार्यान्वयन अवस्था सम्बन्धमा धनुषा, सर्लाही, महोत्तरी जिल्लाको हालै स्थलगत अनुगमन पनि गरेको आयोगका प्रवक्ता समेत रहेका सह–सचिव डा. टीकाराम पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    आयोगले अनुगमनका क्रममा संघर्ष समितिका संयोजक, चिनी मिल व्यवस्थापन र स्थानीय उखु किसानसँग छलफल गर्नुका साथै विरोध प्रदर्शनको क्रममा काठमाडौंमा गत पुस १४ गते मृत्यु भएका नारायण राय यादवको सर्लाहीस्थित घरमा पुगी उनको परिवारको आर्थिक, सामाजिक अवस्था तथा उखु किसानले उखुको बक्यौता रकम अझै प्राप्त गरे-नगरेको सम्बन्धमा जानकारी लिएको छ ।

    चिनी उद्योगीले उखु किसानलाई भुक्तानी दिनुपर्ने बक्यौता रकम नेपाल सरकारसँग भएको सम्झौता अनुरूप सम्झौताको २१ दिनभित्र भुक्तानी दिनुपर्नेमा किसानले आंशिक रकम मात्र प्राप्त गरेको आयोगले जनाएको छ । मृतक यादवको परिवार तथा अन्य किसानले अझै पाउन बाँकी रहेको सम्पूर्ण रकम सम्झौता अनुसार तत्काल उपलब्ध गराउन तथा त्यसरी बक्यौता रकम उपलब्ध नगराउने उद्योगीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आयोगले नेपाल सरकारको पुनः ध्यानाकर्षण गराएको प्रवक्ता पोखरेलले बताए । किसानको हक अधिकारको सम्मान र संरक्षण गर्न आयोगले सम्बन्धित सबै पक्षलाई पनि आग्रह गरेको छ ।

  • तातोपानी नाका २० दिनका लागि बन्द

    तातोपानी नाका २० दिनका लागि बन्द

    काठमाडौं । तातोपानी नाका बिहीबारदेखि  बन्द हुने भएको छ । नेपाल र चीनको  सिमानामा रहेको मितेरी पुल मर्मत गर्न २० दिनका लागि नाका बन्द गर्न लागेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

    पुल मर्मतका लागि चिनियाँ पक्षले जनवरी २१ देखि २० सम्म नाका बन्द गर्ने निर्णय गरेसँगै नाका बन्द गरिएको खत्रीले बताए ।

    बाढीले क्षति पुर्‍याएको पुल निर्माण सम्पन्न हुनसाथ नाका सुचारु गरिने खत्रीले जानकारी दिए । केही दिन अघिमात्र आएको बाढीले पुलमा थप क्षति पुर्‍याएको थियो ।

    नाकामा रहेका मालसामानहरु पुल बन्द हुने भएपछि छिटो–छिटो गरी नेपाल प्रवेश गराइएको छ। तातोपानी नाकाबाट दैनिक १८/२० ओटा मालबाहक गाडी नेपाल प्रवेश हुँदै आएको खत्रीले जानकारी दिए ।

  • अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न एकद्वार प्रणाली, राजश्व चुहावट नियन्त्रण हुने

    अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न एकद्वार प्रणाली, राजश्व चुहावट नियन्त्रण हुने

    काठमाडौं । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपालमा राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ ।

    अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने जानकारी दिएको हो ।

    तीनवटा विभागबाट सुरु गरिने कार्यक्रम चरणवद्ध रुपमा विस्तार गरिनेछ, जसमा सरकारी र निजी क्षेत्र रहनेछन् ।

    भन्सार विभागका अनुसार एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहरुमा डिजिटल प्रणालीको सुरुवात हुनेछ । लाइसेन्स वा अनुमतिका लागि निकास तथा पैठारीकर्ताहरु विभाग तथा कार्यालयहरुमा पुगिराख्नु पर्ने छैन । पेपरवर्क हुने छैन ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकद्वार प्रणाली सुरु भएपछि व्यापारका लागि सहजीकरण हुने, अनियमितता र राजश्व चुहावट नियन्त्रण हुने, कार्य सम्पादन छिटो र प्रभावकारी हुने बताए ।

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कार्यान्वयनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्न र अनुगमन प्रणालीमा विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

    कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणालीले सेवा प्रवाहलाई पारदर्शी बनाउने बताउँदै सबै निकायमा पूर्ण रुपमा लागू गर्ने बताईन्।

    राजस्व सचिव रामशरण पुडासैनीले एकद्वार प्रणालीलेले राजस्व परिचालनमा थप सहयोग पुर्याउने बताए । भन्सार विभागका महानिर्देशक सुमन दाहालले व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गरिने जानकारी दिए ।

    अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंछि विकास मन्त्रालयबीचको समन्वय र सहकार्यमा एकद्वार प्रणाली लागू हुनेछ ।

  • नेपालमै बन्ने भयो रासायनिक मल

    नेपालमै बन्ने भयो रासायनिक मल

    काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि  गृहकार्य सुरु भएको छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित अर्थ मन्त्रालयमा बसेको बैठकमा नेपालमा रासायनिक मल कारखाना स्थापनाको तयारी सम्बन्धी छलफल भएको हो ।

    बैठकमा रासायनिक मल कारखाना स्थापनाको प्रविधि र सम्भावित लागत र विश्वमा प्रचलनमा रहेका प्रविधि तथा तरिका प्राकृतिक ग्यास, वाटर इलेक्ट्रोलिसिस र हाइब्रिड मध्येबाट नेपालका लागि उपयुक्त हुने प्रविधि तय गर्नेबारे छलफल भएको छ ।

    अर्थमन्त्री पौडेलले थप छलफल गरी नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी प्रविधि, लगानीको विधि र लागत समेतको प्रस्ताव तयार गर्ने बताए ।

    गत कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको थियो । यसअघि कृषकलाई आवश्यक पर्ने रासायनिक मल भारत चीनलगायतका देशबाट आयात हुने गरेको थियाे ।

    तर कोरोना भाइरसको कारण समयमा मल आउन सकेन् । सरकारले मल ल्याउन दुईवटा कम्पनीलाई ठेक्का दिएको थियो । तर ठेक्का पाएको कम्पनीले मल नल्याएपछि नेपालमै रसायनिक मल कारखाना खोल्ने प्रस्ताव ल्याइएको हो ।

     

     

     

     

  • कोभिडले अर्थतन्त्रमा असर गरेपनि वित्तीय सूचक सकारात्मक:अर्थमन्त्री

    कोभिडले अर्थतन्त्रमा असर गरेपनि वित्तीय सूचक सकारात्मक:अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले देशको आर्थिक क्षेत्रका सूचकहरु सकारात्मक रहेको बताएका छन् । बुधबार कृषि विकास बैंक लिमिटेडको वार्षिकोत्सव बोल्दै अर्थमन्त्री पौडेलले देशको अर्थिक क्षेत्रको सूचकहरु सकारात्मक रहेको बताएका हुन् ।

    कोभिड १९ को कारणले राजस्व परिचालनका केही प्रतिकुलता रहेपनि अन्य क्षेत्रमा आर्थिक सूचकहरु सकारात्मक रहेको उनको भनाइ छ । कोभिड १९ को बावजुद पनि देशको अर्थतन्त्रलाई गतिशीलमा, चलायमान र उत्पादनशील बनाउन प्रयत्नरत रहेको अर्थमन्त्रीको कथन छ ।

    मन्त्री पौडेलले नेपाल कोभिडविरुद्द सहि नीति, सहि योजना र प्रभावकारी कार्यान्वयनका साथ अघि बढेको भन्दै छिटोभन्दा छिटो कोभिडविरुद्दको भ्याक्सिन आयात गरेर आम नागरिकलाई निशुल्क उपलब्ध गराउने जानकारी दिए ।

    पहिले फ्रन्टलाइनबाट शुरु गरेर क्रमशः आम नागरिकमा पुर्‍याउने उनले बताए । मन्त्री पौडेलले मध्यावधि निर्वाचन गर्ने कुरा संविधानले प्रवन्ध गरेको व्यवस्था भएको भन्दै उनले संविधानको कार्यान्वयनले मुलुकलाई गतिशिल ढंगले अघि बढाउन मद्दत गर्ने बताए ।

    कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर माहा प्रसाद अधिकारीले नेपाल सरकारले डिजिटल फ्रेमवर्क लागू गरेको बताए । डजिटल फ्रेमवर्कले वित्तीय क्षेत्रलाई बढीभन्दा बढी विद्युतीय कारोबार होस् भन्ने हिसाबले राष्ट्र बैंक अघि बढेको बताए ।

    कृषिमा आधुनिकीकरण गर्ने धेरै सम्भावना मुलुकमा भएकाले कृषि विकास बैंकले अन्य क्षेत्रमा भन्दा विशेषगरी कृषि क्षेत्रमै लगानी गर्नुपर्ने गभर्नर अधिकारीले बताए ।

    कृषि विकास बैंक लिमिटेडका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बैंकले आगामी दिनमा उच्चमुल्य प्राप्त हुने फलफुलमा कर्जा बिस्तार गर्ने बताए ।

    त्यसैगरी गाई भैंसी फार्ममामा पनि लगानी बिस्तार गर्ने योजना रहेको उनको भनाइ छ । कृषि विकास बैंक लिमिटेडले बुधबार ५४ औँ वार्षिकोत्सव मनाएको हो ।

     

     

  • निर्माण सामग्रीको भाउ वृद्धिप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

    निर्माण सामग्रीको भाउ वृद्धिप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

    काठमाडौं । निर्माण व्यवसायी महासंघ वागमती प्रदेश समितिले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिप्रति मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण गराएको छ ।

    महासंघका अध्यक्ष सुबित श्रेष्ठको टोलीले मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । कोरोना महामारीको विषम परिस्थितिमा फलामजन्य निर्माण सामग्रीमा अन्तर्राष्ट्रिय बजारमा बढेको अनुपातभन्दा बढी देखाई एकतर्फी रूपमा कार्टेलिङ गरी महंगो बनाइएको श्रेष्ठले बताए ।

    उनका अनुसार देशभर नदीजन्य र खानीजन्य निर्माण सामग्रीको उत्खनन र बिक्री वितरणमा गृहमन्त्रालयले गरेको नियन्त्रणले व्यवसायीहरूलाई मर्का परेको छ ।

    ‘सीमित व्यवसायीको मिलेमतोबाट निर्माण सामग्रीहरुमा अत्यधिकरूपले मूल्यवृद्धि गरेकोतर्फ यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

    केही महिनाको बीचमा फलामजन्य निर्माण सामग्रीहरूमा प्रति केजी २० रूपैयाँभन्दा बढी मूल्य बढेको छ । त्यस्तै अन्य सामग्रीहरू ४९ प्रतिशतभन्दा महंगिएको छ । नदी र खानीजन्य समग्रीहरूको स्रोत दरको मूल्य दोब्बर बढेको महासंघले जनाएको छ ।

    लकडाउनका कारण रोकिएका निर्माणको कामलाई पुन: म्याद थपका लागि सहज वातावरण बनाउन पनि निर्माण व्यवसायीले माग गरेका छन् ।

  • खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ ।

    केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

    विभिन्न जिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममा मङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

    विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाइँ बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरिएको बताउँछन् ।

    उनका अनुसार बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप रु तीन÷तीन लाख जरिवाना गरिएको हो ।

    पछिल्लो समय बजारमा खाने तेलको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ । तीन महिनाअघिको तुलनामा हाल तोरीको तेलको मूल्य प्रतिलिटर रु ४०, सनफ्लावर तेल प्रतिलिटर ४० र भटमासको तेल लिटरमा २० भन्दा बढीले मूल्य बढाइएको छ ।

    अनुगमनका क्रममा अस्वभाविक रुपमा बढाइएको खाने तेलको मूल्यवृद्धि सच्याउन निर्देशन दिइएको छ भने निर्देशनका पालना नगरे कानूनअनुसार थप कारवाही हुने जनाइएको छ ।

    मागअनुसार स्वदेशी उत्पादनले नपुग्ने र अन्तर्राष्ट्रिय बजारमा निर्भर हुनुपर्दा पछिल्लो समय खाने तेलको मूल्यमा वृद्धि भएको व्यवसायी बताउँछन् ।

  • काठमाडौं महानगरको प्रगति, ६ महिनामा ६९ पूर्वाधार

    काठमाडौं महानगरको प्रगति, ६ महिनामा ६९ पूर्वाधार

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्षको पहिलो छ महिनामा ६९ पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको जनाएको छ ।

    यस अवधिमा कामपाको अघिकार क्षेत्रभित्र पर्ने २३ किलोमिटर सडक कालेपत्र र ३४ हजार १६५ वर्गमिटर सडक मर्मत गरिएको छ । चार वडा भवन, दुई अन्य भवन र दुई आकाशे पुल निर्माण सम्पन्न गरिएको कामपाले जनाएको छ ।

    त्यसैगरी तीन किलोमिटर सडक ढलान गरिएको छ । नौ सय ७२ मिटर ढल राख्ने र ८६० मिटर ब्लक छाप्ने काम सकिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।

    कामपाभित्र करिब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

    दुई सय एक चालु अवस्थामा र १६५ गएको वर्षबाट दायित्व सरेर आएका गरी ३६६ मध्ये २२५ कार्यान्वयन चरणमा छन् भने ७२ वटा शुरु हुन बाँकी रहेको कामपाले जानकारी दिएको छ । यता सामाजिक विकासतर्फ एक अर्ब ६२ करोडको योजना छन् ।

    सामाजिक सुरक्षासम्बन्धी कामपाले लिएका २३ नीतिका आधारमा विभागले आन्तरिक स्रोतबाट गर्ने गरी ७७, नेपाल सरकारबाट प्राप्त सःशर्त अनुदानबाट २४ र प्रधानमन्त्री रोगजार कार्यक्रमबाट आठ गरी १०९ कार्यक्रम तय गरेको छ । तीमध्ये ६६ कार्यक्रम शुरु गरिसकिएका र ३२ कार्यक्रम कार्यान्वयनको चरणमा छन् ।

    त्यसैगरी आयतर्फ अहिलेसम्म तीन अर्ब १० करोड राजश्व सङ्कलन भएको छ । गएको वर्ष यस अवधिमा चार अर्ब २२ करोड सङ्कलन भएको थियो । लक्ष्यका आधारमा गएको वर्षको पहिलो छ महिनामा ३५ प्रतिशत राजश्व प्राप्त भएको थियो भने यस वर्ष २९ प्रतिशत प्राप्त भएको छ ।

    सङ्कलित रकममध्ये एक अर्ब ७५ करोड अनलाइन प्रणालीबाट प्राप्त भएको हो । कामपाका मुख्य कर शीर्षकहरुमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन करलगायत छन् ।

    कामपाले चालु आवमा १४ अर्ब २६ करोड ६५ लाख बजेट विनियोजन गरेको थियो । कामपा भौतिक पूर्वाधार विभागका लागि चालु आवको विनियोजित बजेट  तीन अर्ब एक करोड ६१ लाख छ हजार छ । रासस

  • गण्डकी सरकारको १ अर्बको ‘व्यवसाय जीवन रक्षा कर्जा’, यस्तो छ ऋणको व्यवस्था

    गण्डकी सरकारको १ अर्बको ‘व्यवसाय जीवन रक्षा कर्जा’, यस्तो छ ऋणको व्यवस्था

    पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना महामारीबाट धराशायी बनेका व्यवसायलाई पुनर्जीवन दिन ‘व्यवसाय जीवन रक्षा कर्जा’ को राहत प्याकेज ल्याएको छ । कोभिड-१९ को जोखिमलाई ध्यान दिँदै गत चैत ११ देखि देशव्यापी लागू गरिएको लकडाउनको बीचमा संकटग्रस्त साना तथा मझौला व्यवसायलाई यसले मल्हम लगाउने विश्वास गरिएको छ ।

    बस, कृषि, पर्यटन व्यवसायी, मजदुरलगायतका प्रदेश सरकारसमक्ष आर्थिक सहायता माग गरेका थिए । साना उद्यमी तथा साना व्यवसायीलाई आर्थिक सहायता गर्ने गरी गण्डकी प्रदेशले चालु आर्थिक वर्षमा एक अर्बको वार्षिक कोष खडा गर्ने घोषणा गरेको थियो ।

    कोरोना प्रभावित साना उद्यमी र व्यवसायीलाई सस्तो व्याजदरमा ऋण प्रवाह गर्ने साथै व्यवसायीलाई पलायन हुन नदिने उद्देश्यले स्थापना गरिएको सो कोषले मंगलबार मात्र मूर्त रूप पाएको छ । गण्डकी प्रदेश सरकारले मंगलबार पोखरामा एक कार्यक्रम आयोजना गरी उक्त कोष कार्यान्वयन सम्झौता गरेको हो ।

    कोष खडा गरी व्यवसायीलाई शून्य ब्याजदरमा ऋण दिन प्रदेश सरकारले नेपाल राष्ट्र बैंकसँग सहकार्य सम्झौता गरेको छ । सम्झौता कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना महामारीले सबैभन्दा बढी साना व्यवसायी र मजदुर वर्ग चपेटामा परेकाले उनीहरुलाई सहयोग गर्न कोष खडा गरिएको सुनाए ।

    ‘योबीचमा पर्यटन, कृषि, सेवा तथा साना उद्यम क्षेत्रमा एकदमै गाह्रो भयो । लामो समय लकडाउनले गर्दा व्यवसायबाटै पलायन हुनुपर्ने बाध्यता भयो,’ मुख्यमन्त्री गुरुङले भने, ‘ती व्यवसायी र उद्यमीको जीवन रक्षाका लागि नै यो कोष आएको हो । प्रदेशले आफ्नो जनताको भलो चिताएरै काम गरेको हो ।’

    सम्झौता पत्रमा बैंकका पोखरा निर्देशक ईश्वरीप्रसाद भट्टराई र गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव इन्दु घिमिरेले सम्झौता गरेका छन् । नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा प्रदेश सरकारले उक्त कोषको सहयोगमा व्यवसायीलाई कर्जा सुविधा ल्याएको हो ।

    कोभिड प्रभावित व्यवसायीलाई उकास्न बैंकबाट लिएको कर्जाको ब्याव व्यवसायीले तिर्नुपर्ने छैन, प्रदेश सरकारले नै कोषबाट तिरिदिने छ । ‘ऋणीहरूबाट बैंकहरुले सेवा शुल्क, कर्जा सुरक्षण शुल्कलगायत कुनै पनि शुल्क लिन पाइने छैन’, ’सम्झौता गर्दै घिमिरेले भनिन्, ‘यसले कोभिड १९ ले कृषि, पर्यटन, उत्पादन तथा सेवा क्षेत्रका व्यवसायीलाई पारेको प्रभाव न्यूनिकरण गर्न एकदमै सहयोग गर्नेछ ।’

    कोभिड प्रभावित साना तथा मझौला व्यवसायीलाई लक्षित गरी ल्याइएको कर्जा सुविधामा ५० हजारदेखि १५ लाख रुपैयाँसम्म शून्य ब्याजदरमा ऋण लिन पाइने छ । कर्जाका लागि ३० दिने सूचना निकालिने र आवेदन प्राप्त भएको १५ दिनमा कोभिड प्रभावबारे अध्ययन गरिने घिमिरे बताइन् । ’त्यसपछि मात्रै बैंकले ऋण दिने वा नदिने निर्क्योल गर्न सक्छ,’ उनले भनिन् ।

    व्यवसाय जीवन रक्षा कर्जा ३ वर्षका लागि हुनेछ । कर्जा लिएको शुरूको महिनाबाटै सावाँ तिर्नुपर्दा व्यवसायीलाई झनै समस्यामा पार्ने भएकाले कर्जा लिएको ६ महिनापछिमात्रै तिर्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार प्रदेशसँग ३ वर्षका लागि सम्झौता गरिएको छ ।

    भट्टराईले कोभिड प्रभावित साना व्यवसायीको जीवनस्तर उकास्न गण्डकी प्रदेशले मौलिक काम गरेको बताए । ‘प्रदेशस्तरीय योजना भए पनि एकदमै नौलो र मौलिक कामको शुरूआत हो । अन्य प्रदेशमा यस्तो कार्यक्रम छैन,’ उनले भने ।

    प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले कोरोना कारण अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले करिब २७ अर्ब रुपैयाँ घाटा व्यहोरेको जानकारी दिए । ‘त्यो घाटालाई रिकभर गर्न पनि कोष ल्याउन जरुरी थियो । यसले लक्षित वर्गको स्तर उकास्न र घाटा न्यूनीकरण गर्न काम गर्नेछ,’ उनले भने ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण नेपालीले यो कोष र योजनाले प्रदेश सरकारलाई चिनाउने बताए । ऋण लिँदा झन्झट नभएर अझै सहज बनाउनुपर्ने उनको सुझाव छ ।

    कर्जा प्रक्रिया सरल बनाउन सामूहिक वा व्यक्तिगत जमानी, व्यवसायमा रहेको मौज्दात उपकरण, सवारीसाधन वा जग्गाजमीन धितो राख्न सकिनेछ । गण्डकी प्रदेशमा भएका १८ वटा वाणिज्य बैंकका ४८० वटा शाखामध्ये जुनसुकै शाखाबाट पनि निवेदन दिन सकिने प्रदेशले जनाएको छ ।

  • बाँझो जमिन धितो राखेर पैसा दिने भूमि बैंकको काम कहाँ पुग्यो ?

    बाँझो जमिन धितो राखेर पैसा दिने भूमि बैंकको काम कहाँ पुग्यो ?

    काठमाडौं । सरकारले कृषिमा नयाँपन दिन भूमि बैंकको काम अगाडि बढाएको करिब एक वर्ष भएको छ । सरकारले ३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने प्रक्रिया सुरु गरेको भए पनि अहिलेसम्म टुंगो लागेको छैन ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले ६ महिनाअघि नियमावली बनाएर पठाएको बताए । नियमावली पास भएर नआएकाले कहिलेदेखि बैंक स्थापना हुन्छ भनेर यकिन गर्न नसकिएको जोशीको दाबी छ ।

    उनले भने, ‘सरकारले ३ सयवटा स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भनेपछि मन्त्रालयले इच्छुक पालिकालाई आवेदन पेस गर्न भनेको थियो । तर, २५ वटा मात्रै आवेदन आएको छ । थोरै आएकाले आवेदन कहिले बन्द हुन्छ भन्ने एकिन भएन । हामीले नियमावली बनाएर स्वीकृत गर्न पठाएको ६ महिना भइसकेको छ । तर नियमावली कहिले आउँछ भन्न सक्ने अवस्था छैन ।’

    यस आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं १०५ मा भूमि बैंक स्थापनाको कुरा उठाइएको छ । कोरोनाको कारणले विदेशबाट नेपाल फर्केका र सहरबाट गाँउ फर्केका युवाहरूलाई कृषिमा जोड्न भूमि बैंकको स्थापना र सञ्चालन गर्ने व्यवस्था मिलाइएको थियो । तर भूमि बैंकमा २५ वटा मात्रै आवेदन परेको कृषक र स्थानीय तहको चासो कम देखिएको छ ।

    भूमि बैंक भनेको बाँझो रहेको जग्गा बैंकलाई दिएर पैसा लिने र कृषिमा लाग्नेहरूले सोही बैंकबाट सरकारले तोकेको मूल्य तिरेर जग्गा प्रयोग गर्ने व्यवस्था हो । यसो गर्नाले जमिन्दार र किसानका बीचमा रहेको सम्बन्ध जग्गाको उत्पादकत्व तथा उपयोगितासँग जोड्ने र निजी उत्पादकलाई संस्थागत दायरामा ल्याउने अपेक्षा छ ।

    भूमि बैंक सञ्चालनका लागि जग्गा धनीबाट भाडामा लिएको र सरकारी स्वामित्वमा नरहेको जमिन प्रयोग हुन्छ । यसका लागि कृषि कार्य गर्न चाहने व्यक्तिले सम्बन्धित स्थानीय तहको समन्वयमा भाडामा लिनुपर्ने हुन्छ ।

    भूमि बैंक स्थापना भएपछि परम्परागत रूपमा भन्दा व्यावसायिक रूपमा उपयोग गर्दा जग्गाको उत्पादकत्व बढी हुने र बाँझो रहेको जग्गा पनि प्रयोगमा आउँछ । भूमि बैंकमार्फत् जग्गा प्रयोग हुँदा हिमाल, तराई, पहाडमा भिन्नाभिन्नै हुनेछ ।

    नेपाल कृषिप्रधान देश भनिए पनि खाद्यान्न विदेशबाट आयात हुने गरेको छ । भूमि बैंक स्थापनापछि उत्पादनमा वृद्धि हुने कृषि विज्ञहरू बताउँछन् ।

    सरकारले चालू आवदेखि नै संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा ३ सय पालिकामा भूमि बैंकको स्थापना गर्ने तयारी अनुरुप नै मन्त्रालयले काम अघि बढाएको छ ।

    भूमि बैंक सञ्चालनका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । बैंकमा केन्द्रीय सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २० प्रतिशत र स्थानीय सरकारको ३० प्रतिशत सेयर स्वामित्व रहनेछ ।

  • गृहकार्यबिना कृषिमा विदेशी लगानी नभित्र्याउन विज्ञको सुझाव

    गृहकार्यबिना कृषिमा विदेशी लगानी नभित्र्याउन विज्ञको सुझाव

    काठमाडौं । नेपालको कृषि क्षेत्र विकासको निम्ति विदेशी लगानी आवश्यक रहेपनि प्रशस्त गृहकार्य आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

    मंगलबार काठमाडौँमा आयोजित ‘कृषिमा विदेशी लगानी खुल्ला किन ?’ विषय बहस कार्यक्रममा भाग लिदैँ सरोकारवालाहरुले नेपालको कृषि क्षेत्रको विकासका निम्ति विदेशी लगानी आवश्यक भएतापनि प्रशस्त गृहकार्य बिना भित्राउनु नहुने धारणा व्यक्त गरेका हुन् ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले कृषिमा विदेशी लगानी चाहिएको भएपनि व्यापक गृहकार्यको आवश्यकता रहेको बताए ।

    नेपालको कृषि क्षेत्र व्यवसायिकतातर्फ उन्मुखमात्रै भएको अवस्थामा लगानी चाहिएपनि पर्याप्त छलफल आवश्यक रहेको औँल्याए ।

    कृषिमा विदेशी लगानीको लागि सरकारले निकै समयदेखि प्रयास गरिरहेपनि हाललाई आन्तरिक क्षमता बढाउनको निम्ति भन्दै लगानी भित्राइनसकेको उनको भनाइ छ ।

    उद्योग वाणिज्य महासंघका सदस्य अरनिको राजभण्डारीले कृषिमा विदेशी लगानी भित्राउदै गर्दा नेपालका साना किसान विस्थापित हुनुनहुने धारणा राखे ।

    नेपालमा साना किसानमा आधारित कृषि रहेको भन्दै उनले ती साना किसानलाई रोजगारीको विकल्प हुनुपर्ने बताए । यस निम्ति अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।

    डेरि एशोसियसनका महासचिव प्रल्हाद दाहालले नेपालमा कृषिको लागि लगानी भित्राउन आवश्यक नरहेको बताए ।

    कृषिमा लगानी पहुँचवालाहरुलाई जागिर खाने बाटो मात्रै हुने टिप्पणी गर्दै उनले कृषिमा लगानी भित्राउने भुल नगर्न सरकारलाई सुझाव दिए ।

    गोल्यान समुहका अध्यक्ष पवन गोल्यानले नेपालमा भएको उद्योगहरु विस्थापित नहुनेगरी विदेशी लगानी भित्राउनुपर्नेमा जोड दिए । विदेशी लगानीले नेपाली कृषि क्षेत्रलाई घाटा नहुने उनको भनाई छ ।

    नेपालमा कृषि क्षेत्रको विकासका निम्ति विदेशी लगानी आवश्यक भएपनि कुन क्षेत्रमा आवश्यक हो किटान साथ आउनुपर्ने तथा नेपालका साना किसानहरुको रोजिरोटी गुम्नु नुहुनेमा छलफलमा सहभागीहरुको जोड रहेको थियो ।

  • पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ: अर्थमन्त्री पौडेल

    पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ: अर्थमन्त्री पौडेल

     

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड –१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।

    पर्यटन र होटल व्यवसायका प्रतिनिधिसहित अर्थ मन्त्रालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याएको भन्दै प्रभावकारी कार्यान्वनयमा जोड दिने बताए ।

    छलफलमा पर्यटन र होटल व्यवसायका प्रतिनिधिले  पुनर्कर्जामा प्रति ग्राहक कर्जा सीमा २० करोड रहेकोमा सो रकम भन्दामाथिको आवश्यकता देखिएमा सीमालाई बाध्यकारी नबनाउने व्यवस्था मिलाउन अर्थमन्त्रीलाई आग्रह गरे । उनीहरुले पुनर्कर्जा र व्यावसायिक निरन्तरता कर्जा प्रवाहमा समस्या रहेको समेत बताए ।

    त्यस्तै,बजेट, मौद्रिक नीति लगायतमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या साधानका लागि अग्रसरता लिएर अघि बढ्ने भन्दै अर्थमन्त्री पौडेलले परिस्थितिलाई ध्यान दिइ अघि बढन् र कठिनाइ परे सहजीकरण र सहयोग गर्ने बताए ।

    कोभिड–१९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने विश्वास गर्दै अर्थमन्त्री पौडेलले भने पर्यटन र होटल क्षेत्रमा परेको अप्ठायाराप्रति संवेदनशिल छौं । तपाईँहरु अघि बढ्नुहोस्, सरकार साथमा छु।

    संस्कृति पर्यटन तथा नागरिक उउड्यान मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखा परेका समस्या समाधानका लागि मन्त्रालयले सम्बन्धित क्षेत्रसँग छलफल गरेको जानकारी दिँदै कोभिड–१९ गर्दा सरकारलाई परेको अप्ठारालाई पनि निजी क्षेत्रले बुझिदिन आग्रह गरे ।

    अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले नीतिहरुमा समस्या नभएको स्पष्ट पार्दै कार्यान्वनयका लागि थप पहल गर्ने बताए ।

    पर्यटन तथा होटल व्यवसायीहरुले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि बढिमा दुई वर्षको हुने उल्लेख भएकोमा तीन वर्ष गर्न, चुक्ता गर्ने अवधि अधिकतम ४ वर्ष उल्लेख भएकोमा पाँच वर्षको व्यवस्था गर्न माग गरे ।

    छलफलमा  विद्युत डिमाण्ड शुल्क छुटको व्यवस्था गरिदिन, व्यवसायमा विद्यमान कुनै ऋणका लागि व्यवस्था भैसकेको धितोको भ्यालुमा नै शत प्रतिशत सम्म हुने गरि ऋण प्रवाह गर्न व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

    बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल, होटल एशोसियसन अफ नेपाल, रेष्टुरेन्ट एशोसियसन लगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।

     

     

  • नेपालीको उद्धारमा निगमको  जहाज आज राती मकाउ जाँदै

    काठमाडौं । मकाउमा कार्यरत नेपालीहरुको उद्धारका लागि नेपाल वायुसेवा निगमको  जहाज मंगलबार राती मकाउ जाने भएको छ ।

    कोरोना भाइरसका कारण रोजगार गुमाएका नेपालीको उद्धारमा आज राती ११ः३५ मा जहाज मकाउ जान लागेको नेपाल निगमका प्रवन्ध निर्देशक डिम प्रकाश पौडेलले जानकारी दिए ।

    उनका अनुसार कुनै पनि जहाज सस्तो मूल्यमा मकाउ जान नमानेपछि निगमको  जहाज त्यस क्षेत्रमा जान लागेको हो ।
    कोरोनाका कारण रोजगार गुमाएका नेपालीले आफ्नै पैसामा नेपाल फर्किन लागेका हुन् ।

    निगमको  जहाज  ‘एयर क्राफ्ट ए ३२०’ ले एक सय ४७ जनालाई नेपाल ल्याउने छ । बुधबार विहान ६ बजे मकाउ पुग्ने यएरलायन्स क्याप्टेन दिपुराज ज्वारचनले लैजाने भएका छन् ।

    मकाउमा अवर परेर बसेका अन्य नेपालीलाई पुनः केही समयपछि नेपाल एयरलायन्सले नै नेपाल ल्याउनेमा छलफल भइरहेको प्रवन्ध निर्देशक पौडेले बताए ।

  • पर्यटन वोर्डका सदस्य सिफारिस गर्न समिति गठन

    पर्यटन वोर्डका सदस्य सिफारिस गर्न समिति गठन

    काठमाडौं । नेपाल पर्यटन बोर्डका रिक्त सदस्य चयनका लागि पर्यटन मन्त्रालयले सिफारिस समिति गठन गरेको छ ।

    मन्त्रालयका सहसचिव तारानाथ अधिकारीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा राजेन्द्र सापकोटा र पूर्ण कुँवर मनोनित भएका छन् ।

    पर्यटन व्यवसायमा रहेका सापकोटा र कुँवर दुवैजना पर्यटन वोर्डका पूर्व सदस्य पनि हुन् । सिफारिस समितिले प्रतिस्पर्धाबाट सदस्य चयन गर्नेछ ।

    बोर्डका सदस्य दिपक महत,कृणवहादुर महरा र अवदेशकुमार यादवको कार्यकाल सकिएपछि तीन सदस्य नयाँ नियुक्त गर्न लागिएको हो । समितिले गरेको सिफारिसमध्येबाट पर्यटनमन्त्री भानुभक्त ढकालले तीन सदस्य नियुक्त गर्नेछन् ।

  • नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा माघ २८ गते

    नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा माघ २८ गते

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा माघ २८ गते हुने भएको छ । सभामा ३१ प्रतिशत बोनस सेयर तथा २० प्रतिशत नगद लाभांश आफ्ना सेयर धनीलाई दिने प्रस्ताव गरिने छ ।

    साथै कम्पनीको अहिले रहेको प्रति कित्ता सेयर १०० रुपैयाँलाई प्रबन्धपत्र र नियमावली संशोधन गरी प्रति कित्ता ५० रुपैयाँ बनाउने प्रस्ताव सभामा लैजाने कम्पनीले बताएको छ । परिवर्तन गर्ने प्रस्ताव सम्बन्धित निकायको स्वीकृतिपछि मात्र लागू हुनेछ ।

    यसैगरी साधारण सभा प्रयोजनका लागि सेयरधनीदर्ता पुस्तिका माघ १४ गतेदेखि २८ गतेसम्म बन्द रहनेछ । कम्पनीको सभा बीरगञ्जमा गरिने छ ।

    त्यस्तै कम्पनीमा माघ १३ गतेसम्म सेयर लिएका सेयर धनीले मात्र लाभांश पाउने छन् ।