Category: वित्त प्रेस

  • काठमाडौंमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर ऋण दिएका छन् : सीईओ शर्मा

    काठमाडौंमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर ऋण दिएका छन् : सीईओ शर्मा

    काठमाडौं । भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरुबाट अटोमोबाइलमा क्षेत्रमा २६ अर्ब ५० करोड रूपैयाँ लगानी भएको बताएका छन् ।

    काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

    काठमाडौंमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर कर्जा प्रवाह गरेको उनको भनाइ छ । हायर पर्चेज कम्पनीहरूलाई कर्जा प्रवाहमा सहजीकरण गरिदिन आग्रह पनि गरे ।

    नेपालमा स्थापित कम्पनीले बिक्री गर्ने गाडीमा ऋण दिदाँ समस्या कम आउने गरेको पनि उनले बताए । अहिले विद्युतीय गाडीको माग बढी भएकाले त्यसका लागि कर्जाको माग बढी हुने गरेको उनको भनाइ थियो ।

    अटो क्षेत्रमा कर्जा प्रवाह गर्दा विक्री पछिको सेवा र नेपालमा भएको सर्भिस लगायतका बिषयलाई पनि केन्द्रमा राखिने गरिन्छ । यसैगरी हायर पर्चेज क्षेत्रमा खराव कर्जाको समस्या न्यून रहेको उनको भनाइ छ ।

     

  • व्यक्तिगत र व्यावसायिक गाडीमा फरक एलटीपी रेसियो लगाउन सकिन्छ : कार्यकारी निर्देशक पौडेल

    व्यक्तिगत र व्यावसायिक गाडीमा फरक एलटीपी रेसियो लगाउन सकिन्छ : कार्यकारी निर्देशक पौडेल

    काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रूपैयाँभन्दा धेरै कर्जा प्रवाह भएको बताएका छन् ।

    काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरताः अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

    बैंक तथा वित्तिय संस्थाले मात्रै नभई हायर पर्चेज कम्पनीहरूले पनि यस क्षेत्रमा लगानी गर्ने गरेको उनले बताए ।

    ‘हामीले यो क्षेत्रलाई अनुत्पादक भनेका छैनौ । हायर पर्चेज कम्पनीलाई लाइसेन्स दिनुले पनि एटोमोवाईल्स क्षेत्रलाई प्राथमिकतामा राखेको पुष्टी गर्छ,’ उनले भने । २०७० यता हायर पर्चेज कम्पनी मार्फत अटो क्षेत्रमा कर्जा प्रवाह गरिरहेको उल्लेख गरे । १० वटा हायर प्रचेज कम्पनीले २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको उनको भनाइ रहेको छ ।

    ‘अटो क्षेत्र अनुत्पादक क्षेत्र होइन । सरकारले अनुत्पादक क्षेत्र मानेको भए विशिष्टिकृत कम्पनी स्थापना गर्दैनथ्यो । कुनैपनि व्यक्तिले गाडी खरिद गर्दा ४० प्रतिशत नगद बुझाउँछ र ६० प्रतिशत ऋण पाउँछन् । विदेशमा समेत ६० देखी ८० प्रतिशतसम्म लोन टु पर्चेज (एलटिपी) रेसियो लगाएका छन्’, उनले भने, ‘नेपालमा व्यक्तिगत र व्यवसायीक गाडीमा फरक एलटिपी लगाउन सकिन्छ । व्यक्तिगत गाडी खरिद गर्न जाँदा ब्याजदर कम छ । तर, सार्वजनिक यातायातमा बढी जोखिम रहेको हुन्छ । त्यसैले बैंकहरुले निजी गाडीको तुलनामा सार्वजनिक यातायातमा बढी व्याज लगाउँछन् ।’

    उत्पादनमुलक उद्योगले २ करोड रूपैेयाँसम्म कर्जा लिदाँ आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम थपेर व्याजदर लिने गरेको छ ।

  • त्रिशक्ति सेक्युरिटिजले बुटवलबाट थाल्यो सेवा

    त्रिशक्ति सेक्युरिटिजले बुटवलबाट थाल्यो सेवा

    रूपन्देही । नागरिकलाई पुँजीबजारमा उत्प्रेरित गर्ने उदेश्यले त्रिशक्ति सेक्युरिटिज लिमिटेडले बुटवलबाट सेवा थालेको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जल कसजु, नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम र नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले संयुक्त रुपमा वुटवल शाखाको उद्घाटन गरेका हुन्।

    लगानीकर्तालाई छिटोछरितो, सहज र प्रभावकारी सेवा प्रदान गर्दै, ग्राहक सेवा विस्तार गरी अघि बढ्ने योजना रहेको कम्पनीले जनाएको छ ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जल कसजुले पुँजीबजार देशको अर्थतन्त्रको ऐना रहेको र जनतामा भएको पैसा पुँजीबजारमा आउँदा ठूला परियोजना निर्माणमा लगानी गर्ने वातावरण बन्ने अवस्था रहेको बताए।

    नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले उत्पादन र पूर्वाधारका क्षेत्रमा लगानी गर्न चाहिने रकम पुँजीबजारवाट आउने वातावरण बन्दै गरेको र लगानीको सुरक्षाका साथै व्यवस्थित र दिगो पुँजीबजारको निर्माणमा लाग्नुपर्ने बताए ।

    नेपाल चेम्वर्स अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले नेपालको पुँजीबजार सकारात्मकतर्फ जाँदा लगानीको वातावरण बन्ने र पुँजी परिचालन हुने राम्रो पक्ष रहेको बताए ।

    कार्यक्रममा त्रिशक्ति सेक्युरिटीजका संस्थापक अध्यक्ष टंकप्रसाद गौतम र प्रबन्ध निर्देशक गोविन्द प्रसाद दाहालले आर्थिक केन्द्रको रुपमा विकास भइरहेको बुटवल क्षेत्र मोफसलको पुँजीबजारको हव बन्नसक्ने सम्भावना देखेर बुटवलमा शाखा कार्यलय सञ्चालन गरेको र लगानीकर्तालाई पुँजीबजार सम्वन्धी उत्कृट सेवा दिने प्रतिवद्वता व्यक्त गरे ।

    त्रिशक्ति सेक्युरिटिजले केन्द्रीय कार्यालय पुतलीसडक, शाखा कार्यालयहरु पोखरा, महेन्द्रनगर, हेटौंडा, ललितपुर, बनेपाबाट डिम्याट,टिएमएस्लगाएत शेयर कारोबार सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको संचालक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

  • मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन हस्तान्तरणको तयारी

    मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन हस्तान्तरणको तयारी

    हेटौंँडा ।  मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन नेपाल आयल निगमलाई हस्तान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । पाइप लाइन विस्तारको सम्पूर्ण काम सकिएर अहिले सोही पाइप लाइनबाट मोतिहारीदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पदार्थको आयात भइरहेको छ ।

    ‘पाइप लाइनबाट नियमित रुपमा पेट्रोलियम पदार्थ आयात भइरहेको छ’ नेपाल आयाल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले भने,‘पाइन लाइनबाट ल्याइएको पेट्रोेलियम पदार्थको परीक्षण काम पनि भइरहेको छ, त्यसका लागि भारतीय आयल निगमको प्राविधिक टोली फिल्डमै खटिरहेका छन्  ।’

    पाइप लाइनमा कुनै समस्या देखिएको खण्डमा तत्कालै मर्मत सम्भार भइरहेको छ, परीक्षणको कामसमेत सकिएकाले छिट्टै पाइप लाइन हस्तान्तरण गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

    दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा पाइप लाइनको उद्घाटन गर्ने वा कसरी हस्तान्तरण गर्ने विषयमा दुवै पक्षबीच छलफल भइरहेको प्रमुख आचार्यले बताए। यस्तै बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अघि बढाइने भएको छ ।

    अमलेखगञ्जबाट लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट डिपिआर निर्माणको काम अन्तिम चरणमा पुगेकाले अबको केही दिनभित्रै पाइप लाइन निर्माणको कामले तिव्रता लिने नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख आचार्यले बताए ।

    ‘डिपिआर निर्माणको काम अन्तिम चरणमा पुगेर पाइप लाइनको काम अघि बढाउन चितवनमा कार्यालयसमेत स्थापना भइसकेको छ’, प्रमुख आचार्यले भने, ‘अबको केही दिनभित्रै माटो सम्याउने कार्य पनि सुरु हुन्छ ।” सुरु भएको तीन वर्षभित्र काम सकिने लक्ष्य रहेको उनको भनाइ छ ।

    भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइप लाइनको काम सकिएर पाइप लाइनबाटै पेट्रोलियम पदार्थको आयात सुरु भएपछि अमलेखगञ्जबाट लोथरसम्म पाइप लाइनको काम सुरु गर्न लागिएको हो ।

    चितवनको लोथरमा कुल २३ बिघा १२ कठ्ठा जग्गामा ग्रिनफिल्डसहितको एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्नसक्ने टनेल निर्माण गरिने प्रमुख आचार्यले बताए। नेपाल–भारतबीच ‘जिटुजी’ सम्झौता मार्फत निर्माण हुन लागेको अमलेखगञ्ज–लोथर पाइप लाइन विस्तारको काम भारतीय आयल निगमले गर्नेछ ।

    यसैबीच अमलेखगञ्जस्थित आयल निगमको पेट्रोलियम पदार्थ लोडिङ गर्ने बईमा समस्या देखिएपछि भारतीय प्राविधिक टोलीले मर्मत गर्ने भएको छ ।

     

  • तीज नजिकिँदै गर्दा कति पुग्यो सुनको मूल्य ?

    तीज नजिकिँदै गर्दा कति पुग्यो सुनको मूल्य ?

    काठमाडौ‌ं ।  नेपाली  हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज नजिकिँदै छ ।  हरितालिका तीजको अवसर पारेर महिलाहरुले सुनको गहना बनाउन जोड दिन्छन् । तर अहिले सुनको मूल्य आकाशिएर  २ लाख हाराहारी पुगेको  छ । सुनको मूल्य तोलाकै २ लाख पुग्न लागेकाले याे पटक तीज लक्षित सुनकाे व्यापार बढ्ने देखिँदैन ।

    आज नेपाली बजारमा  बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९४ हजार ८०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार २९० मा खरिदबिक्री भइरहेको छ ।

    बुधबार एक तोला सुन रु एक लाख ९३ हजार ५०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २५५ मा क्रयविक्रय भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

     

  • राष्ट्रिय सहकारी बैंकले ल्यायो सुधारको रिपोर्ट, वित्तीय सूचक सबल बन्दै  

    राष्ट्रिय सहकारी बैंकले ल्यायो सुधारको रिपोर्ट, वित्तीय सूचक सबल बन्दै  

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सुधारको रिपोर्ट ल्याएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरणमा अधिकांश सूचक सबल बन्दै गएको देखिएको हो ।

    वित्तीय विवरण अनुसार बैंकले नोक्सानीमा उल्लेख्य सुधार गरेको छ । गत आर्थिक वर्षसम्म बैंकको नोक्सानी ४ करोड ८१ लाख ६१ हजार ७२४ रुपैयाँ रहेको छ । जबकि उक्त नोक्सानी अघिल्लो आवमा १ अर्ब ६६ करोड ६७ लाख ९९ हजार ९६४ रुपैयाँ थियो ।

    यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ५७ करोड १९ लाख रुपैयाँ गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी १ अर्ब १५ करोड ९१ लाख रुपैयाँ भएको थियो । यस्तै, बैंकले खुद शुल्क तथा कमिशन आम्दानी ३ करोड ७० लाख गर्दा खुद ब्याज, शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६० करोड ८९ लाख गरेको छ ।

    बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड ५५ लाख ४७ हजार रुपैयाँ ऋणात्मक छ । अघिल्लो आवमा यस्तो मुनाफा ३ अर्ब ३९ करोड ६५ लाख ऋणात्मक छ । बैंकको प्रति शेयर खुद सम्पत्ति मूल्य १०७ रुपैयाँ १२ पैसा रहेको छ ।

    चुक्ता पुँजी २ अर्ब ८९ करोड १५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ५४ करोड १४ लाख रुपैयाँ छ ।

    गत आर्थिक वर्षमा बैंकले ४७ अर्ब ५ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ४ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा भने ३०.३७ प्रतिशत छ ।

     

  • लुम्बिनी स्वास्थ्य मन्त्रालयको बेरुजु फर्छ्यौट अभियान : ५० लाख असुली

    लुम्बिनी स्वास्थ्य मन्त्रालयको बेरुजु फर्छ्यौट अभियान : ५० लाख असुली

    दाङ । स्वास्थ्य मन्त्रालय लुम्बिनीले विभिन्न अस्पताल र स्वास्थ्य संस्थाबाट करिब ५० लाख रूपैयाँ बेरुजु असुली गरेको छ । मन्त्रालयले बेरुजु फर्छ्यौट अभियानमार्फत सञ्चालन गरेर सेवाप्रदायक र सेवाग्राहीसँग ४९ लाख ६१ हजार ६७ रूपैयाँ रकम असुली गरेको हो ।

    बेरुजु संकलन अभियान प्रभावकारी देखिएको लुम्बिनीका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताए । अभियानले प्रदेशभरि स्वास्थ्य सेवाको प्रवाह र समुचित व्यवस्थापनलाई सघाउ पुग्ने उनको विश्वास छ ।

    ‘बेरुजु रकम संकलन गर्न सम्बन्धित स्वास्थ्य संस्था र कार्यालयलाई कडा निर्देशन दिएका छौं । यो अभियानले प्रदेशमा स्वास्थ्य सेवाको पारदर्शीता र दिगो व्यवस्थापनमा टेवा पुर्‍याउने विश्वास लिएका छौं’, सारुले भने ।

    यो अभियानले स्वास्थ्य सेवाको विश्वसनीयता र सेवा प्रवाहलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने सचिव दुर्गालक्ष्मी श्रेष्ठ बताउँछिन् ।

    मन्त्रालयले सबै नागरिक र स्वास्थ्य सेवाका उपभोक्ताहरूलाई अनावश्यक बेरुजु नराख्न, सही समयमा तिर्न र जिम्मेवारी बोध गर्न भनेको छ ।

  • नाडा अटो शोमा बैंकहरूको प्रतिस्पर्धा : ६ प्रतिशत ब्याजमै गाडी घर लैजाने अफर

    नाडा अटो शोमा बैंकहरूको प्रतिस्पर्धा : ६ प्रतिशत ब्याजमै गाडी घर लैजाने अफर

    काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’  शुरु भएको छ । भदौ ८ गतेसम्म चल्ने उक्त शोमा दुई पाङ्ग्रे सवारीदेखि उड्ने ट्याक्सीसम्म प्रदर्शन गरिएको छ ।

    नाडा अटो शोलाई लक्षित गर्दै ‘अटो लोन’ दिनका लागि आठ वटा बैंकहरुले प्रदर्शनीस्थलमै स्टल राखेका छन् । नबिल बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई, एनएमबि, लक्ष्मी सनराइज, कृषि विकास, सानिमा र नेपाल एसबिआइ बैंकले स्टल राखेका हुन् ।

    ‘अटो लोन स्किम’ मा प्रतिस्पर्धा गर्दै बैंकहरु सहभागी भएका छन् । बैंकहरुले ६ प्रतिशतदेखि ८ प्रतिशतसम्मको ब्याजदरमा ‘अटो लोन’ दिने भएका छन् । कर्जाको अवधिदेखि ब्याजदरसम्ममा बैंकहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।

    नाडा अटो शोमा सहभागिता जनाएको एनएमबि बैंकले अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले मात्र ७.१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी कर्जा उपभोग गर्न सक्छन् । बैंकले नाडा अटो शोमा स्टल राखेर यसबारे यस अफरबारे जानकारी दिइरहेको छ ।

    त्यस्तै, ग्लोबल आईएमई बैंकले नाडा अटो शोलाई लक्षित गर्दै विभिन्न अफरसहित गाडी कर्जाको सुविधा ल्याएको छ । बैंकले सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिई ०.५ प्रतिशत झारेको छ । यस बैंकले ६.९९ प्रतिशत ब्याजदरमा गाडी कर्जा दिइरहेको छ ।

    नाडा अटो शो मा गाडी कर्जा प्रवाह गर्नका लागि अर्को बैंक नबिलले पनि आफ्नो स्टल राखेको छ । यस बैंकले गाडी किन्न चाहने ग्राहकहरूलाई ६.७४ प्रतिशत ब्याजदरमै सवारी कर्जा दिइरहेको नबिल बैंकको भाटभटेनी ब्राञ्चमा कार्यरत विनोद शर्माले जानकारी दिए ।

    उनले भने, ‘नाडा अटो शोमा हामीले बेसरेट प्लस १ प्रतिशतको अफर लिएका आएका छौँ । बेसरेट ५.७५ छ । त्यसमा १ प्रतिशत थप गर्दा हामीले ६.७४ प्रतिशत ब्याजदरमा कर्जा दिइरहेका छाैँ । अवधि सात वर्षसम्मको लागि राखेका छौँ ।’

    उनका अनुसार यस बैंकले दिने गाडी कर्जामा नाडा अटो शो बाहेक अन्य समयमा भने थप महँगो थियो । यसअघि बैंकले ७.५ प्रतिशत ब्याजदर रहेको थियो । अटो शोलाई लक्षित गरेर ब्याजदर घटाएको शर्माले जानकारी दिए । नबिलले ७ वर्षका लागि गाडीको मूल्यको ६० प्रतिशत फाइनान्सिङ गरिदिने समेत उनले बताए ।

    नबिल बैंककै छेउमा अर्को बैंकले पनि स्टल राखेको छ । जुन बैंक हो– हिमालयन । यस बैंकले पनि विशेष अफरसहित गाडी कर्जा प्रवाह गरिरहेको छ ।

    गाडी किन्ने चाहाना भएर पनि पैसाको अभाव भएकाहरूलाई लक्षित गरेर यस बैंकले अटो लोन ल्याएको हिमालयन बैंकका सिनियर अफिसर सन्दीप श्रेष्ठले जानकारी दिए । उनले भने, ‘कतिपयलाई गाडी किन्ने चाहाना हुँदाहुँदै पनि पैसाको अभाव हुनसक्छ । उनीहरूका लागि लक्षित गरेर हामीले स्टल राख्दै गाडी कर्जाको सुविधा दिइरहेका छाैँ । गाडी बाहेक अन्य कर्जाको विषयमा पनि जानकारी दिँदैछौँ ।’

    श्रेष्ठका अनुसार यस बैंकले ७.५ प्रतिशत ब्याजमा गाडी कर्जा दिइरहेको छ । अन्य बैंकहरुले ७ वर्षको लागि कर्जा दिइरहेका बेला हिमालयन बैंकले भने आठ वर्षको गाडी कर्जा दिइरहेको छ । गाडीको मूल्यमा ६० प्रतिशत  फाइनान्सिङको व्यवस्था गरिएको छ ।

    हिमालयन बैंकबाट उपभोक्ताले गाडी कर्जा लिनुपर्ने कारण बताउँदै श्रेष्ठ अगाडी भन्छन्, ‘हामी ग्राहकहरूलाई इएमआईको दबाब कम गर्छौँ । ०.५ प्रतिशत छुट पनि दिइरहेका छौँ । हामी सबै प्रकारका गाडीहरूका लागि कर्जा दिन्छौँ ।’

    लक्ष्मी सनराइज बैंकले पनि सात वर्षसम्मको निश्चित ब्याजदरमा अटो लाने प्रवाह गरिरहेको छ । यस बैंकले नाडा अटो शोलाई नै लक्षित गर्दै गाडी कर्जामा छुटको अफर ल्याएको छ ।

    लक्ष्मी सनराइज बैंकको हाडिगाउँ शाखाको रिलेसनसिप म्यानेजर रञ्जना खत्रीका अनुसार यस बैंकले ७ वर्षका लागि फिक्स्ड रेटमा ७.९९ प्रतिशत ब्याजदरमा गाडी कजाइ दिइरहेको छ । यो योजना आगामी मंसिर १४ गतेसम्म यो अफर लागू हुनेछ । अटो शो बाहेक बैंकका सबै शाखाहरुमा यस योजनाको फाइदा लिन सकिने समेत उनले जानकारी दिइन् ।

    नेपाल एसबिआइ बैंकले नाडा अटो शोमा तीन थरी गाडी कर्जा योजना राखेको छ । यस बैंकले फिक्स्ड रेटमा तीन वर्षका लागि ७.९९ प्रतिशत, पाँच वर्षका लागि ८.४९ प्रतिशत र ७ वर्षका लागि ८.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

    सरकारी स्वामित्वको बैंकले पनि नाडा अटो शोमा स्टल राख्दै गाडी कर्जामा अफल दिइरहेको छ । कृषि विकास बैंकले दुई थरीको अटो लोन योजना राखेको छ । जसमा व्यक्तिगत विद्युतीय गाडीमा मूल्यको ६० प्रतिशत र व्यावसायिक गाडीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।

    उक्त योजना अनुसार बैंकले ६.२३ प्रतिशतमा गाडी कर्जा दिइरहेको छ । जसमा फिक्स्ड रेटमा आधार दर ४ प्रतिशत थप प्रिमियमको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    सानिमा बैंकले पनि दुई थरी योजना राखेको छ । गाडी कर्जामा ७ वर्षका लागि फिक्स्ड ब्याजदर ८.१५ प्रतिशत तोकेको छ भने ५ वर्षको ७.१५ प्रतिशत कायम गरेको छ ।

    यी हुन् गाडी कर्जाका लागि आवश्यक कागजात

    बैंक तथा वित्तीय संस्थाबाट गाडी कर्जा लिन इच्छुकहरूले अनिवार्य रूपमा विभिन्न कागजातहरू पेश गर्नुपर्ने हुन्छ । आवेदक र जमानीकर्ताको पासपोर्ट साइज फोटो र नागरिकता प्रमाणपत्र सबैभन्दा पहिला आवश्यक हुन्छ । यस्तै, पछिल्ला एक वर्षको  बैंक खाता विवरण (स्टेटमेन्ट) समेत बुझाउनुपर्नेछ ।

    सवारी साधन कर्जाका लागि कोटेसन अनिवार्य गरिएको छ भने पुरानो सवारी साधनमा ऋण लिन चाहनेले बैंकको अधिकृत मूल्यांकनकर्ताबाट मूल्याङ्कन प्रतिवेदन, सवारीको फोटो, ब्लुबुकको प्रतिलिपि, र यातायात विभागबाट आय विवरणसहितका कागजात पेश गर्नुपर्नेछ ।

    त्यसैगरी, जग्गा वा अपार्टमेन्ट धितो राख्नेहरूले स्वामित्व प्रमाणपत्र (लालपुर्जा), आयस्रोत देखाउने कागजात, व्यवसाय दर्ता प्रमाणपत्र, प्यान/भ्याट नम्बर समेत बुझाउनुपर्ने व्यवस्था छ ।

    कर्जा लिने संस्थागत आवेदकले भने प्रबन्ध पत्र, नियमावली, सञ्चालक समितिको निर्णय, स्वामित्व/शेयरधनीको विवरण, साझेदारी सम्झौता र पछिल्ला दुई वर्षको लेखापरीक्षण प्रतिवेदन तथा तीन वर्षको अनुमानित आर्थिक प्रतिवेदन अनिवार्य गर्ने व्यवस्था गरिएको छ ।

    आवश्यकताअनुसार व्यक्तिगत प्यान प्रमाणपत्र, आवेदकको एकघर परिवारको नाता प्रमाणपत्र र बैंकले माग गर्ने अन्य कागजात पनि पेस गर्नुपर्छ ।

  • नाडा अटो शोमा गाडी किन्दा स्कुटर फ्री- लन्च भए नयाँ ८ गाडी, कुनको मूल्य कति ?

    नाडा अटो शोमा गाडी किन्दा स्कुटर फ्री- लन्च भए नयाँ ८ गाडी, कुनको मूल्य कति ?

    काठमाडौं । मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो २०२५ सुरु भएको छ । यो शोमा बाइक, विद्युतीय र पेट्रोलियम गाडी लगायत राखिएको छ । शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

    नाडा शोमा विषेश छुट तथा नयाँ गाडी लन्च हुने गरेको छ । यस वर्षको शोमा विभिन्न ब्राण्डको ६ वटा नयाँ गाडी लन्च गरिएको छ । भने, पहिले नै लन्च भएका गाडीहरु पनि नाडा अटो शो राखिने गरिन्छ ।

    नयाँ लन्च भएका गाडी किन्ने ग्राहकले विद्युतीय स्कुटर नै फ्रीमा पाउने छन् । कम्पनी अनुसार गाडी किन्नेले एक तोला सुन र आइफोन समेत पाउने छन् । भने, शोमा गाडी किन्दा कम्पनी अनुसार फरक फरक छुट दिइएको छ । नडा शोमा लन्च गरेका गाडीमा छुट दिएर नै मूल्य सार्वजनिक गरिएको छ ।

    एमएडब्लु दुईवटा नयाँ गाडी लन्च गर्यो

    नाडा अटो शोमा एमएडब्लु वृद्धिले दुईवटा नयाँ विद्युतीय कार सार्वजनिक गरेको छ । जसमा नामी भिगो ई–२ र नामी भिगो ई–२ प्लस आज लन्च गरेको हो । शोमा कम्पनीले भिगो ई–२ को भेरियन्ट अनुसार मूल्य ३७ लाख ९९ देखि ४३ लाख ९९ हजार रुपैयासम्म रहेको छ । नामी भिगो ई–२ को मूल्य ३८ लाख ९९ हजार हो । तर, शोको अफरमा ३७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

    यी गाडीमा फास्ट चार्जिङ प्रविधि रहेको कम्पनीले बताएको छ । भने, ब्याट्री फास्ट चार्च हुन्छ । गाडीमा १९० एमएमको ग्राउन्ड क्लियरेन्स छ ।

    बीवाइडी एटो २ सार्वजनिक

    काठमाडौं । नेपालमा बीवाइडी गाडी आयात गरेर विक्री गर्ने कम्पनी साइमेक्स इन्कले नाडा अटो शो एटो टू सार्वजनिक गरेको छ । शोमा यो गाडी सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रहेको छ ।

    एटो २ मा १०० किलोवाट क्षमताको मोटर रहेको कम्पनीले बताएको छ । फुल चार्जमा यसले ३४५ किलोमिटर दिने छ ।

    नाडा अटो शोमा सो गाडी किन्दा १० वर्षको वारेन्टी कम्पनीले दिने छ ।

    सिजीको एक्स्पेङको एक्स ९ लन्च

    नाडा अटो शोमा सिजी मोटर्सले एक्स्पेङ एक्स ९ कार सार्वजनिक गरेको छ । यसको मूल्य शोमा २ करोड २० लाख रुपैयाँ कम्पनीले तोकेको छ । सो गाडाीमा २३५ किलोवाटको मोटर क्षमता रहेको रहेको कम्पनीले बताएको छ ।

    डीसी चार्जरबाट २० मिनेटमा ८० प्रतिशत हुन्छ । फुल चार्जबाटा ५०० किलोमिटरको रेन्ज रहेको कम्पनीको दाबी छ ।

    एलआरआरको जीली ग्यालेक्स एक्स ५ प्रो र जेवाई एयर अल्ट्रा लन्च

    एलआरआर मोटरले जीली ग्यालेक्स एक्स ५ प्रो र जेवाई एयर अटो शोमा सार्वजनिक गरेको छ । जेवाई एयरको मूल्य शोमा ५४ लाख ९९ हजार तोकेको छ । यसको मूल्य बजार मूल्य ५८ लाख भएपनि शोमा छुट दिएर ५५ लाख तोकिएको कम्पनीले बताएको छ । मोटर पावर १६० किलोबाट र रेन्ज ४३० रहेको कम्पनीले बताएको छ ।

    त्यस्तै, जिली ग्यालेक्सी एक्स ५ म्याक्सको मूल्य शोमा ६४ लाख ९९ हजार तोकिएको छ । जसको बजार मूल्य ६८ लाख हुने भएपनि शोमा छुट दिएको कम्पनीले बतायो ।

    होअन कार लन्च, गाडी किन्छ स्कुटर फ्री

    होअन ब्राण्डका गाडी नेपालमा आधिकारिक वितरक होनगन ट्रेड प्रालिले आकर्षक अफरसहित नयाँ गाडी नाडा अटो शोमा राखेको छ । कम्पनीले २१ लाख रुपैयाँमै विद्युतीय गाडी बिक्रीमा ल्याएको छ ।

    उक्त गाडी किन्दा एउटा विद्युतीय स्कुटर फ्रीमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत गाडी र स्कुटर दुवै विद्युतीय भएकाले वातावरण मैत्री मात्र नभई ग्राहकलाई दैनिक प्रयोगमा समेत सहज हुने कम्पनीले जनाएको छ ।

    ग्राहकले २१ लाख रुपैयाँमै दुई–दुई सवारी साधन (कार र स्कुटर) पाउने भएकाले यो अफरलाई प्रतिस्पर्धात्मक रुपमा हेरिएको छ ।

    ह्याचब्याक लुमिन कार लन्च, मूल्य कति ?

    चांगानको नयाँ इलेक्ट्रिक ह्याचब्याक लुमिन कार सार्वजनिक भएको छ । सो गाडीमा ३५ किलोवटा मोटर रहेको कम्पनीले बताएको छ । एक पटकको चार्जले ३०१ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।

    कम्पनीले सो गाडीको मूल्य २२ लाख ९९ लाख रुपैयाँ तोकिएको छ ।

  • इटालीको भेन्टिना हिमनदी तीव्ररूपमा पग्लिँदै, अब टाढाबाट मात्र निगरानी सम्भव

    इटालीको भेन्टिना हिमनदी तीव्ररूपमा पग्लिँदै, अब टाढाबाट मात्र निगरानी सम्भव

    काठमाडौं । इटालीको भेन्टिना हिमनदी जलवायु परिवर्तनका कारण यति धेरै पग्लिएको छ कि भूगर्भविद्हरूले अब विगत एक सय ३० वर्षजस्तै प्रत्यक्ष रूपमा मापन गर्न सक्दैनन् । भेन्टिना हिमनदी उत्तरी लोम्बार्डीको सबैभन्दा ठूलो हिमनदीमध्ये एक हो ।

    यस वर्षको तातो गर्मीपछि भूगर्भविद्हरूले हरेक वर्ष हिमनदीको फिर्ता मापन गर्न प्रयोग हुने आधारविन्दु (स्ट्याक) अब चट्टान र भग्नावशेषमुनि गाडिएको पत्ता लगाएका छन् । यसले भविष्यमा प्रत्यक्ष भ्रमणलाई जोखिमपूर्ण बनाएको छ ।

    लोम्बार्डी ग्लेसियोलोजिकल सर्भिसले सोमबार अब हिमनदीको सङ्कुचन ट्र्याक गर्न ड्रोन इमेजरी र रिमोट सेन्सिङ प्रयोग गरिने बताएको छ ।

    भूगर्भविद्हरूका अनुसार सन् १८९५ मा पहिलो मापन विन्दु राखिएदेखि भेन्टिना हिमनदीले एक दशमलव सात किलोमिटर (एक माइल) लम्बाइ गुमाइसकेको छ । हालका वर्षमा पग्लने गति झन् बढेको छ, विगत १० वर्षमै चार सय ३१ मिटर ९चार सय ७१ गज० हराएको छ, जसको आधा सन् २०२१ पछि मात्र भएको हो ।

    यो ग्लोबल वार्मिङका कारण युरोपभरका हिमनदीहरू तीव्र रूपमा पग्लिरहेको प्रमाण हो र यसले वातावरणीय र सामाजिक प्रभाव ल्याएको छ ।‘सन् १९८० को दशकसम्म हामी अझै सामान्य चक्र वा सीमित फिर्ताको आशा गर्न सक्थ्यौँ, तर पछिल्ला ४० वर्षमा निकै ठूलो परिवर्तन भएको छ’, लोम्बार्डी ग्लेसियोलोजिकल सर्भिसकी सदस्य एन्ड्रिया टोफालेट्टीले भनिन्।

    इटालीका हिमनदीहरू आल्प्स, डोलोमाइट्स र एपेनिन्समा पाइन्छन् । तर जाडोमा पर्याप्त हिमपात नहुनु र गर्मीमा असामान्य तापक्रम बढ्नुका कारण ती वर्षौंदेखि घटिरहेका छन् । सामान्यतया गर्मीमा केही पग्लिएर खोलाहरू र नदीलाई पानी दिन्थे, तर अहिले तातो गर्मीले जाडोको हिउँलाई पनि टिक्न नसक्ने बनाएको छ ।

    “हिमनदीलाई स्थिर राख्न जाडोपछि सतहमा बाँकी हिउँ आवश्यक हुन्छ । तर यो अब कम र दुर्लभ हुँदै गएको छ”, टोफालेट्टीले भने ।

    लोम्बार्डी सेवाका अनुसार, आल्प्सलाई जलवायु परिवर्तनको ‘हटस्पट’ मानिन्छ । यहाँ तापक्रम वृद्धि विश्व औसतको दोब्बर छ र यसको परिणामस्वरूप अल्पाइन हिमनदीहरूको ६४ प्रतिशतभन्दा बढी भाग हराइसकेको छ ।

    यसै वर्ष फेब्रुअरीमा जर्नल ‘नेचर’ ले प्रकाशित गरेको अध्ययनअनुसार, सन् २००० देखि सन् २०११ सम्म विश्वका हिमनदीहरूले हरेक वर्ष करिब दुई खर्ब ५५ अर्ब टन बरफ गुमाएका थिए । तर अर्को दशकमा यो दर बढेर हरेक वर्ष लगभग तीन खर्ब ४६ अर्ब टन पुगेको छ ।

    रासस/ एजेन्सी

     

  • भृकुटीमण्डपमा ‘नाडा अटो शो’ शुरु, दुई पाङ्ग्रे सवारीदेखि उड्ने ट्याक्सीसम्म प्रदर्शन

    भृकुटीमण्डपमा ‘नाडा अटो शो’ शुरु, दुई पाङ्ग्रे सवारीदेखि उड्ने ट्याक्सीसम्म प्रदर्शन

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’ शुरु भएको छ । मंगलबारदेखि शुरु भएको भदौ ८ गतेसम्म उक्त अटो शो आयोजना हुने भएको हो ।

    १७ औं नाडा अटो शोको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री शर्माले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै देशले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष करण चौधरीका अनुसार नाडा अटो शो ‘गो फर मोर’ भन्ने नारासहित आयोजना भएको छ । यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितकी तन्त्रलाई एकै छानामुनी ल्याएको छ ।

    स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारखुट्टे रोबोटहरू (यूनिट्री रोबट्स) र भविष्यको सहरी हवाई मोबिलिटीको पहिलो झलक (दीपल ईभिटोल युएभी) प्रदर्शनी गरिने आयोजकले जनाएको छ । यसका अतिरिक्त १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यवसायीक सवारी साधन ब्रान्डहरू र ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू प्रदर्शनीमा राखिएको छ ।

    त्यस्तै, नाडा अटो शोमा ३५ वटा कम्पनीहरू (लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू) सहभागी हुने भएका छन् । एक लाखभन्दा बढी आगन्तुकको अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

    उनका अनुसार शोमा सुविधाजनक जोन विभाजनदेखि मिडिया डेस्कसम्म स्थापना गरिएको छ । स्वदेशमै निर्माण भएका सवारी तथा पार्टपुर्जाको प्रदर्शनी गरिएको छ । दैनिक भाग्यशाली विजेता घोषणा गरिने भएको छ । जसलाई एक वर्षसम्म निःशुल्क लुब्रिकेन्ट सेवा दिइने भएको छ ।

  • नेप्से परिसूचक बढ्दा कारोबार रकम घट्यो

    नेप्से परिसूचक बढ्दा कारोबार रकम घट्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६ दशमलव ५१ अङ्कले बढेर दुई हजार ७७६ दशमलव ९० को विन्दुमा कायम भएको छ ।

    आज ३१६ कम्पनीको एक करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर ६१ हजार ७८४ पटक खरिदबिक्री हुँदा  पाँच अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आज सबै समूहको उपसूचक बढेको छ । बैङ्किङ शून्य दशमलव ४०, विकास बैङ्क शून्य दशमलव २०, वित्त शून्य दशमलव ०२, होटल तथा पर्यटन शून्य दशमलव ०५, जलविद्युत् शून्य दशमलव १६ र लगानी समूह शून्य दशमलव २१ प्रतिशतले बढेको छ ।

    त्यसैगरी जीवन बिमा शून्य दशमलव २५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४६, लघुवित्त शून्य दशमलव १२, म्युचुअल फन्ड शून्य दशमलव २९, निर्जीवन बिमा शून्य दशमलव ११, व्यापार शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव ०९ प्रतिशतले बढेको छ ।

    आजको कारोबारमा सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव १४ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको रु ३१ करोड ७२ लाख ३७ हजार ८७२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डको पाँच लाख ४३ हजार छ सय कित्ता खरिदबिक्री भएको छ ।

  • नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने-नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन

    नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने-नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं नाडा अटो शोको आज उद्घाटन गरेका छन् ।

    भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।

    उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए ।

    ‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन’, उनले भने, ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान दिनुहोस् ।’

  • असोज १ देखि इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य

    असोज १ देखि इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्न अनुरोध गरेको छ ।

    विभागले आज एक सूचना जारी गर्दै असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नविकरण गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनुरोध गरेको हो ।

    गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको निर्णयानुसार, सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूले असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नविकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो ।

    सोही अनुसार सबै सवारीधनीहरूले सम्बन्धित यातायात कार्यालयमा गई हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। विभागले जारी सूचना मार्फत सबैलाई जानकारी गराउँदै आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।

    सूचनामा विभागले भनेको छ, “सबै सवारीधनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयमा गई High Security Embossed Number Plate जडान गर्नु हुन यो सूचना मार्फत जानकारी गराइन्छ।”

  • बैतडीमा सरकारी सुविधा लिन उद्योग दर्ता, नपाउँदा बन्द

    बैतडीमा सरकारी सुविधा लिन उद्योग दर्ता, नपाउँदा बन्द

    बैतडी । जिल्लामा उद्योग दर्ताको क्रम बर्सेनि घट्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालयको गत तीन वर्षको तथ्याङ्क हेर्दा यहाँ उद्योग दर्ताको क्रम घट्दै गएको देखिएको हो ।

    गएका तीन वर्षमा यहाँ सात सय ५३ दर्ता हुने उद्योगमा साना र मझौला उद्योग छन् । तर प्रत्येक वर्ष घट्दो क्रममा रहेका छन् । दर्ता भएका उद्योगमा कृषि, वन, आटामिल, मसला, अचारलगायतका छन् ।

    आर्थिक वर्ष २०७९/८० मा यहाँ चार सय २७ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मणकुमार साउदले बताउनुभयो । तथ्याङ्कानुसार आव २०८०/८१ मा उक्त सङ्ख्याबाट घटेर एक सय ९१ उद्योगमात्र दर्ता भएको देखिएको छ ।

    त्यसैगरी, आव २०८१/८२ मा पनि अघिल्लो वर्षको तुलनामा उद्योग दर्ता क्रम घटेको छ । गत आवमा यहाँ एक सय ३५ मात्र उद्योग दर्ता भएका देखिएका छन् । गएको तीन वर्षमा यहाँ वाणिज्यतर्फ तीन सय ९९ सय फर्म दर्ता भएका छन् । वाणिज्यतर्फ आव २०७९/८० मा एक सय ६३, २०८०/८१ मा एक सय ७३ र गत २०८१ र८२ मा ६३ फर्म दर्ता भएका छन् ।

    घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका उद्योग नवीकरण पनि हुने गरेका छन् । दर्ता भएका उद्योग पाँच वर्षमा नवीकरण गर्नुपर्ने सूचना अधिकारी साउदले बताउनुभयो । आव २०७९/८० मा दुई सय ५१, आव २०८०/८१ मा दुई सय चार र गत आव २०८१/८२ मा तीन सय ९३ उद्योग नवीकरण भएका उनले बताए ।

    तीन वर्षको अवधिमा वाणिज्यतर्फका एक हजार १२२ व्यवसाय नवीकरण भएका छन् । जिल्लामा उद्योग र व्यवसाय दर्ता खारेज पनि बढ्दो क्रममा छ । गएका तीन वर्षमा यहाँ दुई सय दुई उद्योग र व्यवसाय खारेज भएका छन् ।

    युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायत कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको खारेज बढेको र दर्ता हुने सङ्ख्या घटेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख हेमराज भट्टले बताए ।

    सरकारी सेवा सुविधा र अनुदानका लागि मात्र पनि उद्योग दर्ता हुने गरेका र पछि अनुदान र सुविधा नपाउँदा खारेज गर्ने गरेका उनले बताए ।

    त्यसैगरी, गएको तीन वर्षको अवधिमा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, खारेजलगायत शीर्षकबाट रु ७७ लाख छ हजार ७७८ राजस्व सङ्कलन भएको छ ।

  • स्थापनाको ६ महिनापछि सहकारी नियमन प्राधिकरणले पायो पूर्णता, दुई सदस्यले गरे शपथ ग्रहण

    स्थापनाको ६ महिनापछि सहकारी नियमन प्राधिकरणले पायो पूर्णता, दुई सदस्यले गरे शपथ ग्रहण

    काठमाडौं । स्थापनाको ६ महिनापछि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको बोर्डले पूर्णता पाएको छ । सोमबार नवनियुक्त दुई सदस्यले पद तथा गोपनीयताको शपथ लिएसँगै प्राधिकरणले पूर्णता पाएको हो ।

    २०८१ माघ १४ गते स्थापना भएको प्राधिकरणको अध्यक्ष डा. खगराज शर्मा रहेका छन् । उनलाई प्राधिकरणको अध्यक्षमा गएको असार ३१ गते नियुक्त गरिएको थियो । त्यसबाहेक सदस्यमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल र सदस्यमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव मदन कोइराला रहेका छन् ।

    सहकारी विज्ञ सदस्यमा डा. रमेश चौलागाई र चार्टर्ड एकाउन्टेन्टको तफएबाट सदस्यमा सी.ए महेश खनाल नियुक्त भएका छन् । सोमबार उनीहरूलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

    अब प्राधिकरणले पूर्ण क्षमताका साथ काम गर्न थाल्ने प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले बताए । ‘विभागले निकालेको तथ्यांक हेर्दा पनि करिब ३३ हजार सहकारी छन् भनेका छौँ । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरू ७५ प्रतिशत छन् भन्ने पनि विभिन्न भनाइ छन् । सुरुवातमा हामी दर्ता गर्दै छौँ र त्यो आधारमा यकिन सङ्ख्या आउला’, उनले भने,  ‘यी सबै सहकारीमा गएर स्थलगत अनुगमन गर्न थाल्ने हो भने यो कति सम्भव होला ? यो पनि विश्लेषण गर्नुपर्ने अवस्था छ । त्यसैले हामीले आवश्यक डकुमेन्टहरू र वित्तीय अवस्था सबै कुरालाई सिस्टममा इन्ट्री गराएर हेर्छौँ ।’

    अध्यक्ष शर्माले क्षेत्राधिकारभित्र पर्ने सहकारीमा नियमन र सुपरिवेक्षण गर्ने जानकारी दिए । अध्यक्ष शर्माले भने, ‘ऐनले ३० प्रतिशतभन्दा बढी बचत तथा ऋणको कारोबार गरेका सहकारीहरू हाम्रो क्षेत्राधिकार भित्र पर्छन् । प्राधिकरणको विशुद्ध रूपमा बचत तथा ऋणको कारोबार गरिरहेका सहकारीहरूको नियमन र सुपरिवेक्षण गर्ने नै काम हो ।’

    करिब एक वर्षमा खास नतिजा दिनेगरि काम अगाडी बढेको उनले जानकारी दिए ।

     

  • यो पटकको नाडा अटो शो प्रदर्शनीमात्र होइन, भविष्यको अनुभव पनि हो : करण चौधरी (भिडिओ)

    यो पटकको नाडा अटो शो प्रदर्शनीमात्र होइन, भविष्यको अनुभव पनि हो : करण चौधरी (भिडिओ)

    नेपालको अटो मोबाइल बजार परिवर्तनको चरणमा छ । विद्युतीय सवारीसाधनको बढ्दो आकर्षण, पेट्रोल–डिजेल गाडीको भविष्यबारे उठ्ने प्रश्न, ‘मेड इन नेपाल’ एसेम्बल उद्योगको सम्भावना र नीतिगत चुनौतीहरूसँगै यस क्षेत्र चर्चामा रहँदै आएको छ । मुलुकको कुल राजस्वमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको अटो मोबाइल क्षेत्रको वर्तमान अवस्था, चुनौती र केही दिनपछि हुन लागेको नाडा अटो शोबारे हामीले नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, सोह कुराकानीको सम्पादित अंशः

    –नेपालको अटो मोबाइल बजारको वर्तमान अवस्था कस्तो छ ?

    अटो मोबाइल क्षेत्र अहिले साँच्ची नै उकासिने क्रममा छ । कोभिड र आर्थिक महामारीको कारणले जुन घटेको थियो र जुन तल्लो धरातलमा पुगेको थियो, त्यसबाट बिस्तारै उकासिने क्रममा छ । यो भनेको नेपालको लागि राम्रो, सूर्यको उज्यालो किरण आएको भन्ने कुरा हामी व्याख्या पनि गर्छौँ । कठिनाइहरू छ, आउँदो दिनमा समस्याहरू छ, त्यो समस्या जसरी टुङ्गिँदै जान्छ, यो कठिनाइहरू पनि कम हुँदै भविष्य उज्यालो रहन्छ भन्ने आश छ ।

    –नेपालमा पछिल्लो केही वर्षयता विद्युतीय सवारीको आयात र प्रयोग बढ्दो छ । पेट्रोल/डिजेल गाडीको भविष्य सकिएको हो ?

    सुरुवातमा यहाँलाई याद गर्नुहुन्छ होला, पहिला डिजेल एकदम बिगबिगी थियो,  त्यसपछि पेट्रोल आयो । त्यसको मतलब कहिल्यै डिजेल विस्थापित भएको हो त ? त्यसैले पेट्रोल, डिजेलले आफ्नो ठाउँ जहिले पनि लिन्छ । ईभी आएको छ । ईभीलाई पनि पछि गएर फ्युल सेलले विस्थापित गर्छ कि ?

    सबैको आ–आफ्नो स्थान हुन्छ । सबै चिजको आ-आफ्नो रुचि हुन्छ । हरेक व्यवसायीहरूले जब बिक्री गर्दाखेरि उपभोक्ताले आ–आफ्नो रुचिअनुसार गाडी किन्छ । तर स्थान चाहिँ सबैको हुन्छ ।

    –नेपालमा सवारी साधनलाई विलासिताको वस्तुको रूपमा हेरिन्छ, सोहीअनुसार सरकारले पनि नीतिगत व्यवस्थामा हेरफेर गर्ने गरिन्छ । यसमा नाडाको धारणा के हो ?

    यो अटो क्षेत्र भनेको उत्पादनमूलक क्षेत्र हो, प्रोडक्टिभ सेक्टर हो भनेर हामीले भन्दै आएको कारण के भनेपछि अटो मोबाइल सेक्टर भनेको मोबिलिटी हो । मोबिलिटी भनेको एउटा देशको मेरुदण्ड हो । आज हामीले मोबिलिटी बिनाको परिकल्पना गर्‍यौँ भने यातायातलाई कसरी परिकल्पना गर्ने ? एक एक ठाउँदेखि अर्को ठाउँसम्म जनमानस कसरी पुग्ने ? आज जनमानसको पहुँचमा पुर्‍याउनको लागि आवश्यकता भन्ने कुरा त मान्छेले महसुस गर्ने हो ।

    यातायातको साधन नहुने भएको भए टाइम पनि लाग्थ्यो, कष्ट पनि हुन्थ्यो । यही चिजलाई हामीले सहजीकरण गर्ने यातायातबाट हो । यो चिज नै सरकारले बुझ्नुपर्ने छ कि आज हामीलाई कुनै ठाउँमा जुन समय अमूल्य छ भन्छौँ, त्यो समयमा पुग्नको लागि हामीले आज फोकस गर्ने हो भनेपछि टाइमलाई बचाउने हो । त्यो हाम्रो आवश्यकता मान्नुपर्छ । त्यस कारण यातायात भन्ने ठूलो आवश्यकता नै हो ।

    हामीले यस पटकको बजेट हर्षोल्लासका साथ मनाएका थियौँ । किनभने पहिलो पटक यो पालिको बजेटमा कहीँ न केही रूपमा छेडखानी नभएको अटो मोबाइल क्षेत्र हो । अरुबेला जहिले पनि बजेट आउँदा नीतिगत परिवर्तन हुन्थ्यो । यो पटक परिवर्तन नभएकोले नभएको भएर हामीले सरकारलाई धन्यवाद पनि दियौँ ।

    आउँदो अरू नीतिहरूमा पनि त्यही हिसाबले हामीलाई हेरोस् भन्ने हाम्रो जहिले आश थियो । बजेटमा त्यो भयो, त्यसपछि आएको मौद्रिक नीतिमा अपेक्षाअनुसार भएन । तर यो पनि आउँदो त्रैमासिकको समीक्षामा सच्चिन्छ भन्ने ठूलो आशा छ ।

    –नेपालमा सवारी साधन एसेम्बल गर्ने उद्योगहरूको अवस्था र भविष्य कस्तो देख्नुहुन्छ ?

    म नेपाल अवश्य पनि उत्पादनमै जोड गरेको देख्न चाहन्छु । अहिले एसेम्बल्ड भइरहेको छ, जो जडानमा पर्छ । जडान हुनु सुरुवात हो, तर त्यो उत्पादन भयो भने त्यो जस्तो राम्रो केही पनि हुँदैन ।

    एउटा चिज खुसी लाग्छ कि, अहिले कम्पोनेन्ट उद्योगहरू, टायर, ट्युब, ब्याट्री, लुब्रिकेन्ट्स नेपालमै उत्पादन हुन थालेका छन् । यो नेपालको लागि गौरव हो । भविष्यमा यही चिज प्रयोग गरेर जुन जडान गरिने दुईपांग्रे, चार पाङ्ग्रे, व्यावसायिक सवारीसाधन, ट्रक, यो भएको खण्डमा अवश्य पनि नेपाल एउटा उत्पादन मुलुकतिर जानेवाला छ जस्तो लाग्छ ।

    नेपालमै बढीभन्दा बढी गाडी बन्न थाल्यो भने अवश्य सस्तो पनि हुँदै जान्छ । बढी उत्पादन गर्न अथवा जडान गर्नको लागि सबैभन्दा ठूलो समस्या आउने भनेको नीतिगत स्थिरता हो । दीर्घकालीन नीति आएको खण्डमा अवश्य पनि धेरै कम्पनीहरूले यहाँ एसेम्बल प्लान्ट लगाउनेछन् । त्यो लगाएको खण्डमा हामी कुनै दिन एउटा समृद्ध नेपालतिर उन्मुख हुनेछौँ ।

    अहिलेको मुख्य समस्या भनेकै दीर्घकालीन नीति हो । कुन बेला बजेट अथवा कुनै आधारबाट परिवर्तन हुन्छ भन्ने सोच हो । यत्रो लगानी गरेर हामीले एउटा ठूलो सेट अप क्रिएट गरेको हुन्छ । त्यो सेट अप नै आजको परिप्रेक्ष्यमा हल्लिने स्थिति आइदिन्छ । त्यो चिज प्रफिटेबल भएन भने कुनै पनि व्यवसायीले च्यारिटी मात्रको लागि त बिजनेस गर्दैन ।

    मेक इन नेपाल, मेड इन नेपाल हाम्रो परम धर्म हो भन्छु । नेपालमा उत्पादन भएको, नेपाल जनशक्तिले उत्पादन गरेको चिज हाम्रो लागि गौरवको विषय हो । नाडाले यो चिजलाई जहिले पनि प्राथमिकतामा राखेको छ । हाम्रो बजेटको सल्लाह–सुझावहरूमा पनि यो चिजलाई नै प्राथमिकता राखेर अगाडि दिने गरेका छौँ ।

    –देशको कुल राजस्वमा उल्लेख्य योगदान पुर्‍याउँदै आएको यस क्षेत्रलाई राज्यले उपेक्षा किन गर्छ ?

    पहिला–पहिला प्राथमिकतामा नदिएको भनेर सोच्थेँ । यो पालि दिएको छ । भविष्यमा पनि अवश्य पनि दिन्छ भन्ने आश छ ।

    –हालै ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ सम्पन्न भयो । त्यसको एक सातापछि नाडा अटो शो हुँदैछ । एउटै प्रकृतिका दुई फरक संस्थाहरूले आयोजना गर्ने प्रदर्शनीले बजारमा कस्तो प्रभाव पार्छ ?

    त्यस्तो धेरै एसोसिएसनहरू छन् । त्यस्तो धेरै प्रदर्शनीहरू भएका छन् । आजसम्म नाडा अटो शोलाई कहिल्यै असर गरेन, अब के पनि गर्दैन ।

    –भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शो २०२५ को तयारी कसरी गरिरहनु भएको छ ?

    नाडा अटो शोको तयारी तीव्र रूपले अगाडि बढिरहेको छ । मेहनत हामीले गर्न सक्ने जति गरेका छौँ । अब मेहनतको फल शुरु भएपछि थाहा हुनेछ ।

    हाम्रो प्रदर्शनी गर्ने सयभन्दा बढी प्रदर्शनी स्टलहरू अलरेडी छन् । अझ पनि धेरै जनाले अटाउनुपर्‍यो, अटाइदिनुपर्‍यो भन्ने उहाँहरूको इच्छा छँदैछ । त्यो हामीलाई कसरी समेट्ने, त्यतातिर हामी उन्मुख छौँ ।

    यो पालि एक लाख अवलोकनकर्ता आउनुहुन्छ भन्ने आश गरेको थिएँ । तर, एक लाखभन्दा बढी नै जान्छ भन्ने मैले तथ्याङ्कले देखिरहेको छु । यो भएको खण्डमा अलि–अलि असहज हुन्छ । तर म त्योभन्दा कयौँ सहज बनाउने कारण भित्र्याएर दिन्छु । यहाँहरूलाई खुसी बनाउन नाडा अटो शोले केही न केही रूपबाट मौका दिने नै छ ।

    नाडा अटो शोले जहिले पनि अवलोकनकर्ताहरू, उपभोक्ताहरूलाई एक रुपैयाँदेखि लिएर करोडौँसम्मको सामान त्यहाँ प्रदर्शनी गर्ने गरेको छ र बेच्ने गरेको छ । यो चिजले हामीलाई एउटा खुसी पनि दिलाउँछ कि हामी सानोभन्दा सानो र ठूलोभन्दा ठूलो सबैलाई समेट्ने गरेका छौँ । यही चिज नै हाम्रो विशेषता हो र यही चिज नाडाको गौरव हो ।

    –लामो समयदेखि नाडा अटो शो हुँदै आएको छ । गएका वर्षहरूमा पनि भए, यस पटकको शो के कारणले फरक हुँदैछ ?

    यो पालि फरक रुचि भनेको हामीले फ्युचर, टेक्नोलोजी र कल्चरलाई एउटा मिश्रण गर्न खोजेका छौँ । फ्युचरको हिसाबले रोबोटिक्स, टेक्नोलोजीको हिसाबले अनम्यान्ड एरियल भेहिकल र हाम्रो नेपाली कल्चरलाई कसरी समावेश गर्ने भनेर अगाडि बढेका छौँ । यो चिज यो पालि मुख्य आकर्षण हुनेछ ।

    तर ‘एट द एन्ड अफ द डे’ नाडा अटो शो भनेको व्यावसायिक थलो हो । हामीले बढीभन्दा बढी अटो मोबाइल एक्जिबिटरहरूको उपभोक्ताहरूलाई रिझाउनुपर्छ । बढीभन्दा बढी गाडी बुकिङ गर्नुपर्छ, बाइक बुकिङ गर्नुपर्छ, हाम्रो सवारीसाधनहरू बुकिङ हुनुपर्छ र त्यो भएको खण्डमा अवश्य पनि नाडा खुसी हुनेछ । हाम्रो उपभोक्ता खुसी हुनेछ । र, प्रदर्शनीकर्ताहरू पनि खुसी हुनेछन् ।

    –यस पटकको अटो शोमा उड्ने ट्याक्सी र रोबोट्स जस्ता भविष्यमुखी प्रविधिहरू पहिलो पटक प्रदर्शन गरिँदैछ । यी प्रविधिहरूले नेपाली बजार र उपभोक्ताका लागि के अर्थ राख्छन् ? यसको नेपालमा प्रयोग गर्ने सकिने सम्भावना कतिको देख्नुहुन्छ ?

    प्रदर्शनीमा उड्ने ट्याक्सी राखिँदैछ । हामीले यसमा गर्नुपर्ने भनेको नीति प्रवर्धन हो । यसको नीति बनाउनुपर्ने छ, अहिलेसम्म छैन । यो नीति बनेको खण्डमा मास ट्रान्सपोर्ट सहज हुनेछ । मास ट्रान्सपोर्ट सहज भएको खण्डमा एक टाइम यस्तो आउनेछ– हामी यहाँबाट हेटौंडा २० मिनेटमा गएर इन्टरभ्यू सकाएर फेरि २० मिनेटमा चढेर आउन पनि सक्नेछौँ ।

    सबैभन्दा ठूलो यसको सम्भावना भनेको सेक्युरिटी, इमर्जेन्सीहरूमा हो । हाम्रोमा जुन तरिकाले अहिले बाढी–पहिरो गइरहेको हुन्छ, यो टाइममा राहत वितरण पनि एउटा पार्ट छ भनेपछि उद्धार पनि छ । यो चिजलाई हामीले गर्न सक्यौँ भने पहिलो सम्भावना त्यहाँबाट आउँछ । दोस्रो सम्भावना हामी पब्लिक ट्रान्सपोर्टको रूपमा आउन थाल्यो भने दुबईले त २०२६ मा पब्लिक ट्रान्सपोर्टमा ल्याउँदैछ । हामीले पनि फ्युचरमा ल्याउन सक्छौँ कि ?

    –नाडा अटो शोलाई केवल प्रदर्शनीमात्र नभएर अटो व्यवसायीहरूको चाडको रूपमा लिइन्छ । यो वर्षको शोबाट व्यवसायी र अवलोकनकर्ताले के–कस्ता लाभ लिन सक्छन् ?

    हाम्रो लागि नाडा अटो शो भनेकै चाड हो, अटो व्यवसायीहरूको चाड हो । अटो व्यवसायीहरूको दसैँ हो । यो दसैँभन्दा अगाडि पर्ने भएको भएर नै हाम्रो लागि यो हर्षोल्लास हो । हामी त्यसरी नै मनाउँछौँ र त्यसरी नै हामी उपभोक्तालाई मनाउनको लागि रिझाउँछौँ ।

    उपभोक्ताले व्यवसायीले दिएको स्किमबाट लाभ लिन सक्नुहुनेछ भने व्यवसायीले त्यो उपभोक्तालाई रिझाएर बढीभन्दा बढी गाडी बेच्नुभएको लाभ लिनुहुनेछ ।

    अहिले कम्पोनेन्ट उद्योगहरू, टायर, ट्युब, ब्याट्री, लुब्रिकेन्ट्स नेपालमै उत्पादन हुन थालेका छन् । यो नेपालको लागि गौरव हो । भविष्यमा यही चिज प्रयोग गरेर जुन जडान गरिने दुईपांग्रे, चार पाङ्ग्रे, व्यावसायिक सवारीसाधन, ट्रक, यो भएको खण्डमा अवश्य पनि नेपाल एउटा उत्पादन मुलुकतिर जानेवाला छ जस्तो लाग्छ ।

    कुनै न कुनै रूपबाट हाम्रो उपभोक्तालाई रिझाउने हाम्रो बानी नै हो, हाम्रो धर्म नै हो । तर, हरेक जनाले आ–आफ्नो हिसाबले सोचेका छन् । नाडा अटो शो भव्य हुँदाखेरि उहाँहरूले विभिन्न हतकण्डा अपनाएर कस्टमर त रिझाउनु नै हुनेछ ।

    सय वटाभन्दा बढी प्रदर्शक, प्रदर्शनकर्ताहरू छन् । त्यसमा धेरै जना नयाँ ब्रान्डहरू पनि हुनुहुन्छ ।

    –यो अटो शोले सुस्ताएको अटो मोबाइल बजारलाई कतिसम्म चलायमान बनाउन सक्छ ?

    हाम्रो ५० वर्ष, ४९ वर्षको इतिहास यही नै रहेको छ । र आउँदो सयौँ शताब्दीहरूको हाम्रो सोच यही नै रहनेछ ।

    अब पछाडि फर्किने समय छैन, अब अगाडि नै फर्किने हो । यो अगाडि फर्किने क्रममा राम्रो नै हुन्छ भन्ने हामीले आशा लिएका छौँ र लक्षण पनि त्यस्तै छ ।

    –अटो शोमा सहभागी हुन चाहने अवलोकनकर्ता, व्यवसायी र सरकारलाई के सन्देश दिन चाहनुहुन्छ ?

    नाडा अटो शो एउटा अटोको लागि मात्र होइन, सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूको लागि हो । यसमा सानो बच्चा बालकदेखि लिएर ठूला–ठूला अग्रज वृद्धहरू पनि सहभागी हुने मौका हो । सानो बालकको लागि हामीले खेलौनाको जस्तो रोबोट डग राखेका छौँ भनेपछि ठूला–ठूला वृद्धहरूको लागि आफ्नो जमानाको गाडी पनि प्रदर्शनी गरेका छौँ । सबैको लागि केही न केही नाडा अटो शोमा छ । आउनुहोस्, अवश्य पनि हेर्नुहोस्, म यहाँलाई स्वागत गर्न तयार छु ।

  • सहकारी नियमन प्राधिकरण पूर्ण स्वायत्त हुन्छ: मन्त्री अधिकारी

    सहकारी नियमन प्राधिकरण पूर्ण स्वायत्त हुन्छ: मन्त्री अधिकारी

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी नियमन प्राधिकरणलाई पूर्ण स्वायत्त निकायका रूपमा अगाडि बढाइने स्पष्ट पारेका छन् । सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

    उनका अनुसार राष्ट्र बैंक सहकारी क्षेत्रको आफ्नै निकाय नभई सहयोग र सपोर्ट मात्र गर्ने हो भने सहकारी नियमन, समाधान र सञ्चालनका लागि सरकारकै मातहतका स्वायत्त निकायहरूलाई जिम्मेवारी दिइएको हो । ‘राष्ट्र बैंकले सहयोग मात्र गर्ने हो । सहकारीको क्षेत्रमा काम गर्ने हाम्रा आफ्नै निकायहरू छन् । विभाग छ, प्राधिकरण छ । स्वायत्त प्राधिकरण बनेको हुनाले त्यसकै आधारमा नियम विधि बनाएर अघि बढ्छौँ ।’

    सहकारी नियमन प्राधिकरण, कर्जा असुली न्यायाधिकरण र समस्याग्रस्त सहकारी समाधान समिति तीन वटा निकायलाई सञ्चालनमा ल्याइएको मन्त्री अधिकारीले जानकारी दिए । सहकारी बोर्डलाई प्राधिकरण भित्र गाभिएको र विभाग तथा प्रशिक्षण केन्द्रलाई पनि एकीकृत गर्ने गरी छलफल भइरहेको उनले जानकारी दिए ।

    समस्याग्रस्त सहकारीको अवस्थाबारे उनले हालसम्म ६,७०० जनालाई पूर्ण भुक्तानी र ५६ हजारभन्दा बढीलाई आंशिक भुक्तानी दिइसकिएको उल्लेख गरे । २४ वटा सहकारी समस्याग्रस्त घोषणा भइसकेको र केहीको समाधान भइसकेको उनले बताए ।

    अन्य समस्यामा रहेका सहकारीहरूको समेत खोजी तथा पहिचान गरि तिनीहरूको समस्या समाधान गर्न मन्त्रालय लागि परेको उनले जानकारी दिए । सहकारीलाई राष्ट्रको आर्थिक मेरुदण्डका रूपमा सुदृढ बनाउन प्राधिकरणलाई सक्रिय र प्रभावकारी ढङ्गले अघि बढाइने मन्त्री अधिकारीको भनाइ छ ।

     

  • बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा दर्ता अनिवार्य, भदौभित्रै प्रक्रिया थालिँदै 

    बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा दर्ता अनिवार्य, भदौभित्रै प्रक्रिया थालिँदै 

    काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीलाई प्राधिकरणमा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गर्ने तयारी थालेको छ । प्राधिकरणले यही भदौदेखि नै दर्ता प्रक्रिया थाल्ने भएको हो ।

    जसका लागि मापदण्ड तर्जुमा गरि कार्यान्वयनको चरणमा रहेको प्राधिकरणका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक शेषनारायण पौडेलले जानकारी दिए । उनले भने, ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता मापदण्ड, २०८२ तर्जुमा भई कार्यान्वयनको तयारीमा रहेको छ । सहकारी दर्ताको लागि एक अलग्गै दर्ता सफ्टवेयरको निर्माण भई लन्च गर्ने तयारी भइरहेको छ । २०८२ भाद्र महिना भित्रमा दर्ता प्रक्रियाको थालनी गरिने योजना रहेको छ ।’

    सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पौडेलले दिएको जानकारी  अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियमाकीय मापदण्ड, २०८२ जारी भई कार्यान्वयनको चरणमा रहेको छ ।

    यही भदौ महिनामा नै ऐनको व्यवस्था अनुसारको मुख्य कारोबार गर्ने सहकारी संघ संस्थाको प्राधिकरणमा दर्ताका लागि दर्ता मापदण्ड जारी गरिनेछ । सहकारी संस्थाहरूलाई अनलाइनबाट नै दर्ता गरिने तयारी रहेको छ ।

    छिटै नै सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षण कार्यविधि र आवश्यक प्रविधिको तयार गरी समस्या उन्मुख सहकारी संस्थाहरूलाई स्थलगत र अन्य सहकारी संघसंस्थाहरूलाई गैर स्थलगत नियमन प्रारम्भ गरिने समेत प्राधिकरणको तयारी रहेको छ ।

    प्राधिकरणले नियम बमोजिम कुनै विषयमा पालना नगर्ने नगराउने बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई पाँच लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने समेत जनाएको छ ।

     

  • भैरहवा भन्सारमा राजश्व संकलनमा सुधारका संकेत, चार वर्षपछि उठ्यो लक्ष्यभन्दा बढी राजश्व

    भैरहवा भन्सारमा राजश्व संकलनमा सुधारका संकेत, चार वर्षपछि उठ्यो लक्ष्यभन्दा बढी राजश्व

    रुपन्देही । भैरहवा भन्सार कार्यालयले यो आर्थिक वर्षको पहिलो महिनामै लक्ष्यभन्दा २ प्रतिशत बढी राजस्व संकलन गरेर केही वर्षयता घटिरहेको राजश्व लक्ष्यमा सुधार देखाएको छ ।

    देशकै दोस्रो ठूलो भन्सार नाकामा राजश्व संकलनमा सुधार आएपछि व्यवसायीहरु खुसी देखिएका छन् । यो कार्यालयले ४ वर्षदेखि वार्षिक राजश्व लक्ष्य पार गर्न सकिरहेको थिएन ।

    भन्सार कार्यालयको तथ्यांकहनुसार आव २०८२–८३ को पहिलो महिनामा ८ अर्ब ८४ करोड ८५ लाख लक्ष्य रहेकोमा ९ अर्ब २ करोड ७२ लाख अर्थात् १ सय २ प्रतिशत राजस्व संकलन भएको छ । व्यवसायीहरूका अनुसार सरकारले ल्याएको केही नीतिगत सुधार र बजेटमा राखिएका सुधारले यस्तो अवस्था आएको आंकलन गरेका छन् ।

    २०७८ पुस ५ गतेबाट लागू भएको अनिवार्य प्रतित पत्र (एलसी) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै आयातमा कमी हुँदै आएको थियो । देशका अधिकांश भन्सार कार्यालयबाट करिब ८४ प्रतिशत राजस्व असुली भइरहँदा यहाँ भने पहिलो महिनामा लक्ष्य पार भएको हो ।

    गत वर्षको यही महिनाभन्दा अहिले २३ प्रतिशत बढी राजस्व संकलन भएको हो । भन्सार कार्यालयका अनुसार लगत्तै चाडपर्व आएकाले धेरै गाडी तथा कपडाहरु आयात भएका छन् भने धेरै मोटरसाइकल पनि आयात भएका छन् ।

    मधेश आन्दोलन र नाकाबन्दीका बेला सहज मानिएको यो भन्सार नाका राज्यको लागि ठूलो योगदान गरेको थियो । बिस्तारै अन्य नाका सहज हुँदा सामानहरू पनि डाइभर्ट भएको छ । यहाँबाट लक्ष्य पार नहुनुको मुख्य कारण नै बाटोको समस्या रहेको भन्सारको बुझाई छ । पुल भाँचिदा र सडक निर्माणको कार्यले गर्दा पनि केही अवरोध भएको हो । राजस्वमा मुख्य योगदान दिने वस्तु आयत घट्दा राजस्व लक्ष्य प्रभावित हुने गरेको छ ।

    भन्सार विभागले आर्थिक वर्ष २०८२–०८३ मा भने १ खर्ब १३ अर्ब ६६ करोड ६८ लाख १९ हजारको लक्ष्य तोकेको छ । वार्षिक लक्ष्यको आधारमा अहिलेको संकलनले ७ दशमलव ९५ प्रतिशत योगदान गरेको छ । २०८१ असोज मा ८ अर्ब ७८ करोड १६ लाख लक्ष्यमा ८ अर्ब ८१ करोड ५१ लाख अर्थात १ सय दशमलव ३९ प्रतिशत राजस्व संकलन गरेको थियो, त्यसपछि अहिले लक्ष्य पार भएको छ ।

    कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१–८२ का लागि एक खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार राजस्व संकलन लक्ष्य दिएकोमा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार रुपैयाँ अर्थात् ८७ दशमलव ०७ प्रतिशत राजस्व संकलन गरेको थियो । राजस्व लक्ष्य पूरा नभए पनि अघिल्लो वर्षभन्दा १४ अर्ब ३५ करोड अर्थात १७ दशमलव ७५ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

    कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन भए पनि त्यसयता यो अनुपात घट्दै गएको थियो । आर्थिक वर्ष २०७८–०७९ मा लक्ष्यको ९१ प्रतिशत, २०७९–८० लक्ष्यको ४९ प्रतिशत, आर्थिक वर्ष २०८०–०८१ मा लक्ष्यको ६३ प्रतिशत, आर्थिक वर्ष २०८१–०८२ मा लक्ष्यको ८७ प्रतिशत मात्रै राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

    राजस्व संकलनमा योगदान दिने मुख्य वस्तुको आयात नै खुम्चिँदा पछिल्ला आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संलकन गर्न नसकेको उनको भनाइ छ । कार्यालयले २०७८ मंसिरसम्म लक्ष्यअनुरूप सफलता हासिल गर्दै गए पनि पुस ५ गतेबाट लागू भएको प्रावधानले आयातमा कमी हँुदै आएको चौधरीको भनाइ छ ।

    ‘केही नीतिगत सुधार पनि भए, चाडपर्व पनि नजिक आइसकेका छन्, कपडा र गाडीहरूको आयात बढी देखिएको छ, औद्योगिक कच्चा पदार्थहरूको पनि आयात बढेको छ । चार वर्षयता लक्ष्य पार गर्न सकेका थिएनौँ, यो महिनामा पार भएको छ’ उनले नेपाल प्रेससँग भने ।

    भन्सार एजेन्ट संघका अध्यक्ष मधु पन्थीका अनुसार देशभरका भन्सार कार्यालयबाट सरदर ८४ प्रतिशत राजश्व असुली भएकोको अवस्थामा भैरहवा भन्सारद्वारा लक्ष्यको १०२ प्रतिशत राजश्व असुली निकै राम्रो पक्ष हो ।

    ‘भैरहवा भन्सारको श्रावणको राजस्व लक्ष्य ८ अर्ब ८४ करोड ८५ लाखमा ९ अर्ब २ करोड ७२ लाख असुली जुन गत वर्षको २३ प्रतिशतले बढी बढी असुली भएको छ’ उनले भने ‘यसले यहाँको व्यापारमा सुधारको संकेत, व्यवसायीमा आत्मविश्वास बढ्नु, ब्याज घट्दो अवस्था, सरकारद्वारा नीतिगत लचकता, भारबहनको नाममा प्रशासनको सहजता खादी यसको सहजताका कारण हुन्’ उनले भने ।

  • नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त

    नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पौडेललाई बैंकको सीईओमा नियुक्त गरेको हो ।

    बैंकका उप प्रबन्धक कृष्ण दवाडीका अनुसार पौडेलेले आइतबारदेखि नै सीईओकाे कार्यभार सम्हालेका छन् । नवनियुक्त सीईओ पौडेल भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं. २ तिवारी भञ्ज्याङ निवासी हुन् ।

    यसअघि बैंकका सीईओ रहेका विष्णु रेग्मीले स्वास्थ्यको कारण देखाई पदबाट राजीनामा दिएका थिए ।

     

  • चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

    चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पुर्‍याएको जनाएको हो ।

    सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनका लागि आयात गर्दा प्रतिपटक तीन लाख अमेरिकी डलर बराबरको सुविधा प्राप्त हुँदै आएको थियो ।

    राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रतिपटक अब पाँच लाख अमेरिकी डलर बराबरको वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्ने भएको हो ।

    यसैगरी अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्मको सुविधा प्रदान गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

    केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार, निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतितपत्र वा विदेशबाट खरिद आदेश बराबरको कागजात पेस गर्नुपर्नेछ ।

    सटही सुविधा दिने वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन भने गर्नुपर्नेछ ।

    वाणिज्य बैंक बाहेक बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चाँदी व्यवसायीसँग लिनुपर्ने व्यवस्था गरिएको छ ।

  • मधेसको राजस्व सङ्कलनमा प्रगति

    मधेसको राजस्व सङ्कलनमा प्रगति

    महोत्तरी । मधेसमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को राजस्व सङ्कलन रु पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार भएको छ । यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो ।

    सात वर्ष पहिले आव २०७५/७६ मा रु दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार राजस्व सङ्कलन भएको थियो । सात वर्षअघिको यो रकमभन्दा गत आव २०८१/८२ को सङ्कलन दोब्बर बढी भएको हो ।

    मधेसको अर्थ मन्त्रालयले यसलाई उल्लेख्य प्रगति भनेको छ । कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि बढ्नुले यो उल्लेख्य उपलब्धि हासिल भएको प्रदेशका अर्थ मन्त्रालयका सचिव रामकुमार महतो बताउँछन् । “राजस्व सङ्कलनमा यो उल्लेख्य प्रगति हो”, सचिव महतोले भने, “यसले अब राम्रो लिक समातेको छ ।”

    यसअघि आर्थिक वर्ष २०८०/८१ मा प्रदेशमा रु तीन अर्ब पाँच करोड ९२ लाख ३१ हजार राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्ष आगामी वर्षहरुमा राजस्व सङ्कलनमा अझ सुधार हुँदै जाने मन्त्रालयले जनाएको छ । सङ्कलन प्रक्रियालाई वैज्ञानिक रुपमा व्यवस्थित गरिएको हुँदा थप उपलब्धि हासिल हुने सचिव महतोको भनाइ छ ।

  • चाँदी आयातमा भुक्तानीको सीमा बढ्यो, अब ५ लाख डलरसम्म सटही सुविधा

    चाँदी आयातमा भुक्तानीको सीमा बढ्यो, अब ५ लाख डलरसम्म सटही सुविधा

    काठमाडौं । चाँदी आयातमा भुक्तानीको सीमा बढाइएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ संशोधन गर्दै चाँदी आयातमा भुक्तानीको सुविधा बढाएको हो ।

    संशोधित परिपत्र अनुसार अब चाँदी आयात गर्दा प्रति पटक पाँच लाख अमेरिकी डलरसम्म सटही सुविधा हुनेछ । यसअघि यस्तो सुविधा तीन लाख अमेरिकी डलरसम्म थियो ।

    ‘चाँदी व्यवसाय गर्ने उद्योगले चाँदीको गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदी बनाउन औद्योगिक कच्चा पदार्थकोरुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ’, नयाँ व्यवस्थामा उल्लेख छ ।

    अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्त परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

  • विद्युत् प्राधिकरणको कारोबार १ खर्ब ३८ अर्ब, नाफा ९ अर्बभन्दा बढी

    विद्युत् प्राधिकरणको कारोबार १ खर्ब ३८ अर्ब, नाफा ९ अर्बभन्दा बढी

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् बिक्रीसहित १ खर्ब ३८ अर्ब ८७ करोडको कारोबार गरेको छ । भने सो समयमा ९ अर्ब ६ करोड ७० लाख (करअघिको) नाफा कमाएको छ । प्राधिकरणको जारी ४०औँ वार्षिकोत्सव समारोहमा यो तथ्यांक सार्वजनिक गर्ने तयारी छ ।

    अघिल्लो आव २०८०/८१ मा १० अर्ब ५३ करोड नाफा गरेको थियो ।

    यो अवधिमा प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भएको छ । भने कुल सम्पत्ति ६ खर्ब ८७ अर्ब ९१ करोड पुगेको छ । ग्राहक सङ्ख्या अघिल्लो वर्षको तुलनामा यस वर्ष ४.६ प्रतिशत पुगेको छ । विद्युत् चुहावट ०.४७ प्रतिशतले कमी भई १२.२६ प्रतिशतमा आएको छ ।

    आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको प्रणालीमा ४३४ मेगावाट विद्युत् थपिएको छ । जसमा निजी क्षेत्रबाट २८० मेगावाट विद्युत् उत्पादन थप भएको हो ।

    आर्थिक वर्ष २०८१/८२ मा विद्युत् व्यापारको क्षेत्रमा ऐतिहासिक वर्ष प्राधिकरणले जनाएको छ । नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय विद्युत् निर्यातको सम्झौता भएको छ । जसअनुसार बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरूवात भइसकेको छ ।

    प्राधिकरणमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएपछि सार्वजनिक गरेको श्वेतपत्रमा ९ अर्ब ४८ करोड नाफा देखिएको थियो । अहिले थोरै नाफा घटेको देखिन्छ ।

    प्राधिकरणबाट बाहिरिँदा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आव २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रूपैयाँ नाफाको तथ्यांक सार्वजनिक गरेका थिए । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा थियो । भने त्यसपछिका वर्षमा निरन्तर नाफा कमाउँदै आएको छ ।

  • फेदीखोला हाइड्रोपावरले साढे १७ करोड बराबरको शेयर निस्काशन गर्ने

    फेदीखोला हाइड्रोपावरले साढे १७ करोड बराबरको शेयर निस्काशन गर्ने

    काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनीले शेयर निष्कासन गर्ने भएको छ । काठमाडौंमा भएको कम्पनीको साधारण सभाले शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

    कम्पनीको अधिकृत पुँजी ६० करोडमा १० थप गरी ७० करोड पुर्‍याउने योजना छ । जसका लागि २५ प्रतिशत अर्थात् १७ करोड ५० लाख बराबरको सर्वसाधारणको लागि शेयर निस्काशन गर्ने निर्णय गरेको छ । शेयर सम्बन्धी कार्यान्वयनको लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिएको छ ।

    त्यस्तै, सभाले वन्डर्स ईनर्जी प्रालि (खिम्ती घ्वाङ्ग खोला ज.वि.आ. ९ मे.वा.) मा ५ करोड रुपैयाँ लगानी गर्ने प्रतिविद्धतासहित १ करोड र इस्र्टन ईनर्जी प्रालि (ईर्खुवा खोला ज.वि.आ. १५ मे.वा.) मा १५ करोड रुपैयाँ लगानी गर्ने प्रतिविद्धतासहित २ करोड ५० लाख गरेको लगानी पारित गरेको छ । थप लगानी गर्ने समेत निर्णय गर्दै कम्पनीको मुख्य लगानीमा वि.सं. २०९० साल भित्रमा कम्तीमा १०० मे.वा. क्षमताको आयोजना अगाडी बढाउने समेत निर्णय गरेको छ ।

    साथै कम्पनीको नियमावली कम्पनीमा ५ जना सञ्चालकहरू रहनेमा अगामी कार्यकाल ४ वर्षको लागि संस्थापक (क) समूह बाट ३ जना चन्द्र प्रसाद बास्तोला, प्रकाश चन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरेको कम्पनीले जानकारी दिएको छ ।

    कम्पनीले भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नं ६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग) मा निर्माण गरिरहेको आयोजना ४.३ मे.वा. वि.सं. २०८२ पौष अन्तिमसम्ममा सम्पन्न गर्ने गरि काम गरिरहेको छ ।

    आयोजनाको निर्माण सम्पन्न गर्न ९४ करोड लाग्ने अनुमान गरिएको थियो । २०८१ साल श्रावण १५ गतेको बाढीको कारणले ४ करोड लागत वृद्धिभई ९८ करोड लाग्ने भएको छ । जसको ४९ प्रतिशत अर्थात्  ४८ करोड स्वपुँजी शेयर धनीहरूबाट र बाँकी ५१ प्रतिशत अर्थात् ५० करोड राष्ट्रिय वाणिज्य बैकबाट ऋण स्वरूप जुटाइएको छ ।

     

     

  • भदौका लागि वाणिज्य बैंकहरुको ब्याजदर– प्रभुले बढाउँदा ८ बैंकले घटाए, अन्यको स्थिर 

    भदौका लागि वाणिज्य बैंकहरुको ब्याजदर– प्रभुले बढाउँदा ८ बैंकले घटाए, अन्यको स्थिर 

    काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको तुलनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ ।

    बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.५८ प्रतिशत विन्दुमा झरेको छ । जबकि यस्तो ब्याजदर साउन महिनामा ५.६९ प्रतिशत विन्दु रहेको थियो ।

    ब्याजदर बढाउनेमा प्रभु बैंक रहेको छ । घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक,  लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबिआई बैंक रहेका छन् । अन्य बैंकहरुको ब्याजदर भने स्थिर रहेको छ ।

    भदौमा कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.२० प्रतिशत कायम गरेको छ भने संस्थागततर्फ २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । एभरेष्ट बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत दिँदा संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

    कुनको कति छ ब्याजदर ?

     

     

  • चालु आवको पहिलो महिनाः सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

    चालु आवको पहिलो महिनाः सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले ८५ अर्ब १९ करोड आम्दानी गर्दा ४६ अर्ब ३० करोड खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी र दुई दशमलव ३६ प्रतिशत खर्च भएको हो ।

    सरकारले चालु आवमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । साउन मसान्तसम्ममा कर राजस्वबाट रू ८० अर्ब ६७ करोडभन्दा बढी अर्थात् वार्षिक लक्ष्यको छ दशमलव ०९ प्रतिशत र गैरकर राजस्वबाट तीन अर्ब ७९ करोड ५० लाख अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४६ प्रतिशत सङ्कलन भएको विवरणमा उल्लेख छ ।

    यस्तै, वैदेशिक अनुदानबाट रू ४२ करोड १९ लाख र अन्य प्राप्तिबाट ३० करोड ८९ लाख राजस्व सरकारी खातामा जम्मा भएको छ । यस वर्ष रू १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख कर राजस्व, रू एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख गैरकर राजस्व र रू ५३ अर्ब ४४ करोड ६९ लाख वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य छ ।

    चालु आवका लागि रू १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट ल्याइएकामा साउन मसान्तसम्ममा रू ४६ अर्ब ३० करोड ६१ लाख बराबर खर्च भएको छ । चालुतर्फ रू ११ खर्ब ८० अर्ब ९८ करोड बजेट विनियोजन भएकामा हालसम्म एक दशमलव ५६ प्रतिशत अर्थात् रू १८ अर्ब ४७ करोड ९८ लाख बराबर खर्च भएको महालेखाले जनाएको छ ।

    यस्तै, पुँजीगत शीर्षकमा रू चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा शून्य दशमलव १८ प्रतिशत अर्थात् रू ७२ करोड ६३ लाख मात्रै खर्च भएको छ । पहिलो महिनामा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ । चालु आवका लागि वित्तीय व्यवस्था शीर्षकमा रू तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख बराबर विनियोजन भएकामा साउन मसान्तसम्म सात दशमलव २२ प्रतिशत अर्थात् रू २७ अर्ब १० करोड खर्च भएको छ ।

  • यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् ।

    गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु ५१, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, काउली (लोकल) प्रतिकिलो रु २५, बन्दा (तराई) प्रतिकिलो रु २०, काउली स्थानीय प्रतिकिलो रु १२०, काउली (ज्यापु) प्रतिकिलो रु १३०, काउली (तराई) प्रतिकिलो रु ११०, रातो मूला प्रतिकेजी रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ९० र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

    यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (राज्मा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ९०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो रु ८०, भिण्डी प्रतिकिलो रु ७० कायम गरिएको छ ।

    त्यसैगरी, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ४०, रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

    ब्रोकाउली प्रतिकिलो रु २५०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ३८०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु १३००, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ९०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

    समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ४००, आँप (चोसा) प्रतिकिलो रु २२०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४०० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

    यसैगरी, अदुवा प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ७०, खुर्सानी अकबरे प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु १२०, लसुन हरियो प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ । -रासस

  • अर्थ मन्त्रालयका १२ सहसचिवको सरुवा र पदस्थापन, को कहाँ ?

    अर्थ मन्त्रालयका १२ सहसचिवको सरुवा र पदस्थापन, को कहाँ ?

    काठमाडौं । अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । शुक्रवार गरिएको निर्णय अनुसार १२ वना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।

    अर्थ मन्त्रालयमा अनुसार सहसचिव सुमन दाहाललाई बजेट तथा कार्यक्रम महाशाखा पठाइएको छ भने टंकप्रसाद पाण्डेलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा पठाइएको छ ।

    त्यस्तै, भन्सार विभागका महानिर्देशकलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषक महाशाखा तानिएको छ । उनको ठाउँमा मन्त्रालयमा सहसचिव श्याम प्रसाद भण्डारीलाई पठाइएको छ ।

  • नारायणी डेभलपमेन्ट बैंकका सीईओ रेग्मीले दिए राजीनामा 

    नारायणी डेभलपमेन्ट बैंकका सीईओ रेग्मीले दिए राजीनामा 

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विष्णु रेग्मीले पदबाट राजीनामा दिएका छन् । सीईओ रेग्मीले स्वास्थ्यको कारण देखाई पदबाट राजीनामा दिएका हुन् ।

    उनकाे राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत समेत गरिसकेको छ । २०८० भदौ २८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

    समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कृष्ण दवाडीलाई समेत दिने निर्णय गरेको  ।

    पढौँ, यो पनि– १२ वर्षमै थला परेको नारायणी डेभलपमेन्ट बैंक– सुध्रिएन छवि, पुनः समस्याउन्मुख

     

  • ७१ अर्ब नाफा कमाएका वाणिज्य बैंकहरुको लाभांश क्षमता ३८ प्रतिशतसम्म, कस्तो छ खराब कर्जाको अवस्था ?

    ७१ अर्ब नाफा कमाएका वाणिज्य बैंकहरुको लाभांश क्षमता ३८ प्रतिशतसम्म, कस्तो छ खराब कर्जाको अवस्था ?

    काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार बैंकहरुको नाफा ४३ प्रतिशतले बढेको छ ।

    वाणिज्य बैंकहरुले गत आवको साउनदेखि असार मसान्तसम्म ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत सोही अवधिको तुलनामा ४३.३९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले ४९ अर्ब ८७ करोड नाफा कमाएका थिए ।

    बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार १६ वटा बैंकको नाफा बढेको छ भने चार वटाको घटेको छ । नाफा घट्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंक रहेका छन् ।

    गत आवमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले ७ अर्ब १२ करोड कमाएको छ ।

    सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेको छ । यस बैंकले ६ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

    सर्वाधिक नाफा कमाउनेको तेस्रोमा रहेको ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ ।

    गत आवमा प्रभु बैंकले ५ अर्ब ४४ करोड नाफा कमाउँदा एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा कृषि विकास बैंकले ४ अर्ब १५ करोड, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड र प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड खुद नाफा कमाएका छन् ।

    त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड नाफा कमाउँदा नेपाल बैंकले ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड, एनएमबि बैंकले ३ अर्ब २८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब २ करोड, सानिमा बैंकले २ अर्ब ५७ करोड, कुमारी बैंकले २ अर्ब ११ करोड र माछापुच्छ्रे बैंकले २ अर्ब १ करोड खुद नाफा आर्जन गरेका छन् ।

    गत आवमा नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड नाफा कमाउँदा हिमालयन बैंकले १ अर्ब ५१ करोड र सिटिजन्स बैंकले १ अर्ब २९ करोड खुद नाफा आर्जन गरेका छन् । यस अवधिमा एनआईसी एशिया बैंकको गत वर्ष १६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    लाभांश क्षमतामा एभरेष्ट पहिलो, चार बैंक दिन नसक्ने   

    गत आर्थिक वर्षकाे वित्तीय विवरण अनुसार सबैभन्दा बढी लाभांश दिने बैंकको पहिलो नम्बरमा एभरेष्ट रहेको छ । गत आवमा ४ अर्ब ९१ करोड खुद नाफा आर्जन गरेको यस बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । जसमा आधारमा बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत छ ।

    सर्वाधिक लाभांश दिनेमा एभरेष्ट अग्र स्थानमा देखिँदा चार बैंक भने लाभांश दिनै नसक्ने अवस्था रहेका छन् ।  नेपाल बैंक, कुमारी बैंक, हिमालयन बैंक र एनआइसी एशिया बैंक लाभांश दिन नसक्ने अवस्थामा पुगेका हुन् ।

    गत आवमा सर्वाधिक नाफा कमाएको नबिल बैंकको वितरणयोग्य नाफा ४ अर्ब ७७ करोड रहेको छ । यस बैंकको लाभांश क्षमता १७.६४ प्रतिशत रहेको छ ।

    कृषि विकास बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ५५ करोड २० लाख पुगेको छ । बैंकको लाभांश क्षमता १८.४२ प्रतिशत रहेको छ ।

    गत आवमा सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको लाभांश क्षमता १३.२२ प्रतिशत छ । यस्तै, एनएमबी बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड रुपैयाँ हुँदा लाभांश क्षमता १०.४१ प्रतिशत छ ।

    सानिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । बैंकको  २०.४७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिन्छ ।

    माछापुच्छ्रे बैंकको लाभांश क्षमता ९.२३ प्रतिशत छ रहँदा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश वितरण क्षमता ५.२५ प्रतिशत छ ।  नेपाल एसबिआई बैंकको लाभांश क्षमता ११.२९ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.८५ प्रतिशत, ग्लोबल आइएमई बैंकको १४.११ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.३३ प्रतिशत रहेको छ ।

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ३० करोड ३४ लाख रहेको छ । जस अनुसार यस बैंकको लाभांश क्षमता १.९४ प्रतिशत देखिन्छ । नेपाल बैंक लाभांश दिन नसक्ने अवस्थामा रहेका बेला अर्को सरकारी स्वामित्वको बैंक कृषि विकासले भने १८.४२ प्रतिशत लाभांश बाँड्ने देखिन्छ । यस बैंकको वितरणयोग्य रकम २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

    खराब कर्जा ७ प्रतिशत नाघ्यो 

    वाणिज्य बैंकको खराब कर्जा ७ प्रतिशत नाघेको छ । गत आवको वित्तीय विवरण अनुसार हिमालयन बैंकको खराब कर्जा ७.२८ प्रतिशत पुगेको हो ।

    उक्त वित्तीय विवरण अनुसार कुमारी बैंकको खराब कर्जा ६.४२ प्रतिशत हुँदा एनआईसी एशिया बैंकको खराब कर्जा ६.२८ प्रतिशत रहेको छ । नेपाल इन्भेष्टमेन्ट  र प्राइम कमर्सियल बैंकको खराब कर्जा पनि ५ प्रतिशत माथि रहेको छ ।

    अन्य छ बैंकको खराब कर्जा ४ प्रतिशत माथि रहेको छ । जसमा नबिल, ग्लोबल आइएमइ, प्रभु, लक्ष्मी सनराइज, सिटिजन्स र नेपाल बैंक रहेका छन् ।

    एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम रहेको छ । यस बैंकको यस्तो कर्जा अनुपात ०.३८ प्रतिशत मात्रै रहेको छ । यसमा साथै स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.७४ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।

     

  • सन नेपाल लाइफको नाफा ५४ करोड २४ लाख, प्रति शेयर आम्दानी कति ? 

    सन नेपाल लाइफको नाफा ५४ करोड २४ लाख, प्रति शेयर आम्दानी कति ? 

    काठमाडौं । गत आर्थिक वर्षमा सन नेपाल लाइफले ५४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६५ प्रतिशत कम हो । त्यसबेला कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    गत वर्ष कम्पनीले चार अर्ब ५३ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । जसमा कम्पनीले  एक अर्ब ५७ करोड ९९ हजार रुपैयाँ दाबी भुक्तानी दिएको छ ।

    कम्पनीको प्रतिशेयर आम्दानी ११.२२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४.२३५ रुपैयाँ रहेको छ । प्रतिशेयर कूल सम्पत्तिको मूल्य ३६४.६० रुपैयाँ रहेको छ । कम्पनीको पीई अनुपात ४३.७२ रुपैयाँ रहेको छ ।

    कम्पनीको चुक्ता पुँजी पाँच अर्ब ८६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोषको आकार सात अर्ब ६२ करोडबाट १० अर्ब १० करोड रुपैयाँ छ ।

     

  • एक वर्षमा बैंकहरुको नाफा ७१ अर्ब, कुनले कति कमाए ?

    एक वर्षमा बैंकहरुको नाफा ७१ अर्ब, कुनले कति कमाए ?

    काठमाडौं । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले ७१ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । नेपालमा सञ्चालित २० वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म ७१ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत सोही अवधिको तुलनामा ४३.३९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकहरुले ४९ अर्ब ८७ करोड नाफा कमाएका थिए ।

    बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार १६ वटा बैंकको नाफा बढेको छ भने चार वटाको घटेको छ । नाफा घट्नेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंक रहेका छन् । गत आवमा सबैभन्दा बढी नबिल बैंकले खुद नाफा आर्जन गरेको छ । नबिल बैंकले ७ अर्ब १२ करोड कमाएको छ ।

    सबैभन्दा बढी नाफा कमाउनेको दोस्रोमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) रहेको छ । यस बैंकले ६ अर्ब ७५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

    सर्वाधिक नाफा कमाउनेको तेस्रोमा रहेको ग्लोबल आइएमई बैंकले ६ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ ।

    गत आवमा प्रभु बैंकले ५ अर्ब ४४ करोड नाफा कमाउँदा एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा कृषि विकास बैंकले ४ अर्ब १५ करोड, लक्ष्मी सनराइज बैंकले ४ अर्ब ११ करोड र प्राइम कमर्सियल बैंकले ४ अर्ब २ करोड खुद नाफा कमाएका छन् ।

    त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड नाफा कमाउँदा नेपाल बैंकले ३ अर्ब ७७ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड, एनएमबि बैंकले ३ अर्ब २८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब २ करोड, सानिमा बैंकले २ अर्ब ५७ करोड, कुमारी बैंकले २ अर्ब ११ करोड र माछापुच्छ्रे बैंकले २ अर्ब १ करोड खुद नाफा आर्जन गरेका छन् ।

    गत आवमा नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड नाफा कमाउँदा हिमालयन बैंकले १ अर्ब ५१ करोड र सिटिजन्स बैंकले १ अर्ब २९ करोड खुद नाफा आर्जन गरेका छन् । यस अवधिमा एनआईसी एशिया बैंकको गत वर्ष १६ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

  • उद्योग व्यवसाय बन्द हुने दर बढ्यो

    उद्योग व्यवसाय बन्द हुने दर बढ्यो

    म्याग्दी । पछिल्लो तीन वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने दर बढेको छ । आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायीहरू वैकल्पिक पेसा रोज्ने र पलायन हुँदा व्यवसाय दर्ता घटेको र बन्द हुने दर बढेको हो ।

    पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कानुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०८१/८२ मा उद्योग व्यवसाय दर्ता २६ दशमलव ५४ प्रतिशतले घटेको र खारेज हुने दर एक सय सात प्रतिशतले बढेको छ ।

    आव २०८१/८२ मा म्याग्दीमा ७० उद्योग र ८५ व्यवसाय दर्ता हुँदा ४२ उद्योग र ४८ वटा व्यावसायिक फर्म बन्द भएका कार्यालय प्रमुख अमृत कँडेलले बताए । आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका थिए ।

    चौध उद्योग र २९ व्यावसायिक फर्म खारेज भएको आव २०७९/८० मा एक सय एक वटा उद्योग र एक सय १० वटा व्यावसायिक फर्म दर्ता भएका थिए । आव २०७७/७८ मा सात सय ६२, आव २०७८/७९ मा पाँच सय ७० र २०७९/८० मा तीन सय १७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए ।

    आव २०८१/८२ मा दर्ता र खारेज भएका उद्योगको सङ्ख्या थपघट गर्दा उद्योगतर्फ दुई हजार ९१७ र व्यवसायतर्फ दुई हजार ६९० वटा कायम भएको छ । गत वर्ष दर्ता भएका उद्योगमा दुई सय १७ जनालाई रोजगारी सृजना भएको छ । गत वर्ष पाँच सय ३२ उद्योग र छ सय तीन व्यावसायिक फर्मको नवीकरण भएको छ ।

    उद्योग व्यवसाय दर्ता नवीकरणबापत गत आवमा पर्यटन तथा उद्योग कार्यालयले रु ३० लाख २५ हजार ७७४ राजस्व सङ्कलन गरेको छ । आव २०८०/८१ मा रु १७ लाख ३८ हजार ५०० राजस्व सङ्कलन गरेको कार्यालयले प्रदेश सरकारले नीतिमा परिवर्तन गरेका कारण राजस्व बढेको जनाएको छ ।

    म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले घट्दो जनसङ्ख्या, बसाइँसराइ, वैदेशिक रोजगारी, स्थानीय तहमा मात्र दर्ता गरेर आन्तरिक राजस्व कार्यालयबाट पान नम्बर पाइने र कोरोना महामारीपछि आर्थिक मन्दीको असर उद्योग व्यवसाय दर्ता तथा खारेजीमा परेको बताए ।

    “व्यवसाय र उद्योग खारेजी बढ्नु र दर्ता घट्नुलाई कोभिडपछिको आर्थिक मन्दी र वैदेशिक रोजगार मुख्य कारण हुन्”, उनले भने, “वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रिया पूरा गर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनुभन्दा खारेज गर्नेहरू पनि छन् ।”

    फेन्सी, हार्डवयर्स र होटल तथा रेष्टुरेष्टको व्यापार घटे पनि सटर नै बन्द नभएका तथा पर्यटनमूलक होटल व्यवसाय बढेका अध्यक्ष श्रेष्ठको दाबी छ । ग्रामीण क्षेत्रका उद्यमी र व्यवसायीहरूले स्थानीय तहमै दर्ता गरेर पान नम्बर लिन पाउने व्यवस्था भएपछि प्रदेश सरकारअन्तर्गतको पर्यटन तथा उद्योग कार्यालयमा दर्ता नगर्ने र खारेज गर्न थालेका अध्यक्ष श्रेष्ठले बताए ।