Category: टापनटिपन

  • ७७ वर्षीय वृद्धसँगको प्रेममा २० वर्षे युवती : डेटिङ एपबाट सुरु भएको चिनजान बिहेसम्म !

    ७७ वर्षीय वृद्धसँगको प्रेममा २० वर्षे युवती : डेटिङ एपबाट सुरु भएको चिनजान बिहेसम्म !

    लन्डन । प्रेममा उमेरले फरक पार्दैन । यो कुरालाई २० वर्षीया किशोरी विद्यार्थीले सावित गरेकी छिन् । म्यानमारबाट आएकी यी विद्यार्थी इङ्गल्याण्डका ७७ वर्षीय वृद्धसँग प्रेममा परेकी छन् र दुवैजना सकेसम्म चाँडो घर बसाउन चाहन्छन् । अचम्मको कुरा त यो छ कि उनीहरु अहिलेसम्म आमुनेसामुन्ने भेट भएका छैनन् । उनीहरुले एक अर्कालाई अलाईनमा मात्र देखेका छन् ।

    डेली स्टारको एक अध्ययन अनुसार म्यानमारकी जो महज २० वर्षकी भएपनि इङ्ल्याण्डको बाथ सहरमा बसेका ८८ वर्षीय डेविडलाई दिल दिएर बसेकी छिन् ।

    उनीहरुलाई यस्तो लाग्छ कि दुवैजना एक अर्काको लागि बनेका हौं त्यसैले उनीहरु छिटो विवाह गर्न चाहन्छन् । जो हाल अध्ययनरत विद्यार्थी हुन् भने डेविड संगीतकार हुन् । अहिले म्यानमारको अवस्था सामान्य नभएकाले डेविड चाहेर पनि त्यहाँ जान पाउँदैनन् ।

    जो भने इङ्गल्याण्ड जानको लागि पासपोर्ट र भिजाको प्रतिक्षा गरिरहेकी छिन् उनी यो काम सकिएलगतै डेविडलाई भेट्न जाने र विवाह गर्ने तयारीमा छिन् ।

    जो र डेविड करिब १८ महिनाअघि डेटिङ साईटमा भेटेका थिए, त्यसबेलादेखि दुवैले लगातार एकअर्कासँग कुरा गरिरहेका छन् ।

    तर, दुवै एकपटक पनि आमनेसामने हुन सकेनन् । दुबैको प्रेमकथाको सुरुवात पनि कम अनौठो थिएन । जो यस्तो व्यक्तिको खोजि गरिरहेकी थिइन् जसले उनको पढाईमा आर्थिक सहयोग गर्न सकोस् र डविड भने फ्लर्ट गर्ने कसैको खोजीमा थिए ।

    डेविडले भने, ‘म मनको कुरा मात्र सुन्छु , दुई व्यक्तिमा भावना र प्रेम हुँदा विश्लेषण किन ? म सधै हृदयदेखि सधै जवान छु र मेरा धेरै युवा साथिहरु छन् ।’

    जोले आफ्नो डेटिङ प्रोफाइलमा बेलायतका मानिसहरूलाई आकर्षित गर्न आफ्नो स्थान म्यानमारको सट्टा बेलायत राखेकी थिइन् । उनले भनिन्, ‘मैले यो केवल मानिसहरूले मेरो प्रोफाइल देखून् भनेर राखेको हो र मैले आफैं डेभिडलाई सत्य भनें । किनभने मेरो मन शुद्ध छ । म मेरा आमाबाबुसँग बस्दिन, त्यसैले म मेरो पढाइमा आर्थिक रूपमा कसैले मद्दत गरोस भन्ने चाहन्छु । यस उद्देश्यका लागि मैले प्रोफाइल बनाएको हो । यद्यपि, मैले डेविडमा साँचो प्रेम पाएको छु ।’

    डेविड र जोलाई लाग्छ कि उमेरको अन्तर धेरै भएपनि हामी एकअर्काबिचको सम्बन्ध बलियो छ, जसको कारण उनीहरूले आफ्नो बाँकी जीवनसँगै बिताउन सक्षम हुनेछन् ।

    डेविडले भिसा पाएलगत्तै इङ्ल्यान्ड आउने र विवाह गर्ने बताए । संसारले हाम्रो बारेमा के सोच्दछ हामीलाई वास्ता छैन । हामी एकअर्कालाई धेरै माया गर्छौं र यो प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गर्न चाहन्छौं ।

  • महिलाको सौन्दर्य बढाउन जहाँ गालामा ५० थप्पड हानिन्छ !

    महिलाको सौन्दर्य बढाउन जहाँ गालामा ५० थप्पड हानिन्छ !

    सोल । संसारभरका महिला या पुरुष आफ्नो सुन्दरता बढाउनको सबैखाले उपायहरू प्रयोग गर्छन् । के तपाईलाई थाहा छ सुन्दरता बढाउनको लागि एउटा अनौठो उपचार प्रचलित छ । जहाँ थप्पड हानेर मानिसको सौन्दर्य बढाइन्छ । यसलाई स्लेप थेरापी भनिन्छ । यो दक्षिण कोरियामा धेरै लोकप्रिय छ ।

    दक्षिण कोरियाका महिलाहरूले सयौं वर्षदेखि स्लेप थेरापी गर्दै आएका छन् । यसमा महिलाहरूले आफ्नो सौन्दर्य बढाउनका लागि हरेक दिन आफ्नो गालामा ५० थप्पड लगाउँछन् । यो थेरापीले छालाको सौन्दर्य बढाउने विश्वास गरिन्छ । जसले गर्दा महिलाहरु धेरै सुन्दर हुन्छन् ।

    स्लेप थेरापीको अर्थ कसैलाई दुख्ने गरी थप्पड हान्ने भन्ने होइन । यो धेरै सहज तरिकाले र हल्का हातले गालामा थप्पड लगाइन्छ । महिलाहरूले यो उपचार आफ्नै हातले पनि गर्न सक्छन् । तपाँईले थेरापी गर्दा दुबै गालाहरुलाई आफ्नो हातले हल्कासँग पिट्नु पर्छ ।

    दक्षिण कोरियामा यो थेरापी प्राचिनकालदेखि नै प्रचलनमा रहे पनि बिस्तारै यो थेरापी विश्वभर फैलिरहेको छ ।

    यस थेरापीको माध्यमबाट गालामा हल्का थप्पड लगाउँदा अनुहारको प्रत्येक भागमा रगतको प्रवाह बढ्छ भन्ने दक्षिण कोरियाका मानिसहरूको विश्वास छ । यसले छाला सफा गर्न मद्दत गर्छ । थप्पडको कारण अनुहारमा ताजा रगत बग्छ । जसले गर्दा अनुहारमा चमक आउँछ । तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि दक्षिण कोरियाका महिलाहरू हरेक दिन यो थेरापी गर्ने गर्छन् ।

    कोरियन महिलाहरूले बाल्यकालदेखि नै यो थेरापी गर्दे आएकाले उनीहरुको उमेर बढ्दै गएपनि छालाको चमक भने कायमै रहन्छ ।

    महिलाबाहेक दक्षिण अफ्रिकाका पुरुषहरूले पनि यो थेरापी गर्ने गर्छन् । यो थेरापीलाई सही तरिकाले प्रयोग गर्न सके छालालाई लामो समयसम्म जवान राख्न सकिन्छ भन्ने कोरियालीहरुको विश्वास छ । यसै कारण यसलाई ‘एन्टी एजिङ थेरापी’ पनि भनिन्छ ।

     

  • मुकुन्देले भेटे इन्दिरा ! विहे गर्न चन्दा आह्वान

    मुकुन्देले भेटे इन्दिरा ! विहे गर्न चन्दा आह्वान

    काठमाडौं । आफूलाई ‘दार्शनिक’ का रुपमा चिनाउने ‘भाइरलम्यान’ मुकुन्द घिमिरे उर्फ मुकुन्देले जोडी भेटेका छन् । झापाकी इन्दिरा संग्रौलासँग उनको लगनगाँठो कसिन लागेको हो ।

    मुकुन्देले इन्दिरासँग आफ्नो ‘सरप्राइज ईंगेजमेन्ट’ भएको भन्दै सामाजिक सञ्जालमा हिजो तस्विर पोष्ट गरेका थिए । त्यससँगै उनी प्रशस्त बधाइ खाइरहेका छन् । उनको विवाहलाई लिएर नानाथरि ट्रोल पनि बनिरहेका छन् । विगतमा उनले आफूलाई ‘उँची उँची, सलक्क परेका छोराछोरी पाउने’ केटी चाहिएको भन्दै अन्तरवार्ता दिने गरेका थिए ।

    संयोगले मुकुन्दले ‘इन्दिरा’ नाम गरेकी दुलही भेट्टाएका छन् । ‘मुकुन्द–इन्दिरा’ बालकृष्ण समको चर्चित नाटक हो । मुकुन्देले यसलाई ‘आठौं आश्चर्य’ बताएका छन् ।

    मुकुन्द र इन्दिराको विवाह यही मंसिरमै हुने भएको छ । ईंगेजमेन्टपछि सार्वजनिक भएको एक अन्तरवर्तामा मुकुन्देले ‘मंसिर २७ गते घिमिरे परिवारमा संग्रौलाबाकी छोरी भित्र्याउने मोटामोटी सहमति भएको’ जानकारी दिएका छन् ।

    उमेरले ४० काटेपछि मुकुन्देले जोडी भेटेका हुन् । उनीहरुको प्रेम विवाह हुन लागेको हो । प्रेम प्रस्ताव मुकुन्दले राखेका थिए ।

    उमेरले ३० काटेकी इन्दिराले त्रिभुवन विश्वविद्यालयबाट इकोनोमिक्समा मास्टर्ससम्मको अध्ययन गरेकी छन् । उनी चितवनमा रोजगारी गर्छिन् । मुकुन्देको विचार र निर्दोषिताबाट आफू आकर्षित भएको इन्दिराले बताएकी छन् ।

    ढिला गरी विवाह गर्न लागेको बारे मुकुन्देले भनेका छन्, ‘हतारमा विहे गरेर फुर्सदमा पछुताउने भन्दा फस्र्ट एन्ड लास्ट भन्ने हिसाबले गर्न लागेको हो । समाजले मेरो विहेलाई अप्रत्याशित सुखद घटनाको रुपमा लिएको छ ।’

    यसैबीच मुकुन्देले आफ्नो विहेका लागि आर्थिक संकलन सुरु गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘देशविदेशमा अभियान चलाएर विहेको खर्च जुटाइदिने र छोराको शीर उठाइदिने’ अपेक्षा गरेका छन् ।

    उनले आफ्नो इसेवा अकाउन्ट र बैंक अकाउन्टसमेत सार्वजनिक गरेका छन् । तर, कमेन्टहरु हेर्दा उनको विवाहका लागि खासै सहयोग उठ्ला जस्तो देखिँदैन ।

  • तपाईलाई बुढ्यौलीतिर धकेलिरहेका पाँच खराब बानी!

    तपाईलाई बुढ्यौलीतिर धकेलिरहेका पाँच खराब बानी!

    काठमाडौं । प्रत्येक मानिसका शरीरलाई हानी पुर्‍याउने केही न केही खराब बानीहरू हुन्छन् । त्यस्ता केही खराब बानीले हाम्रो स्वास्थ्यसँगै ‘एजिङ प्रोसेस’लाई पनि छिटो बनाइदिन्छन् । यदि हामीले आफ्नो जीवनशैलीमा ध्यान पुर्‍याउने हो भने एजिङ प्रोसेसलाई सुस्त बनाउन छिटै हुने बुढापाबाट जोगिन सकिन्छ ।

    पब्लिक हेल्थ न्यू मेक्सिको स्टेट युनिभर्सिटीका प्रोफेसर डा. जगदिश खुबचन्दानीले आम मानिसमा हुने पाँच खराब बानीको बारेमा बताएका छन्, जसले चाँडै बुढापा निम्त्याउँछन् ।

    तनाव: कुनै पनि कुरालाई लिएर धेरै चिन्ता लिने मानिस छिट्टै बुढो हुने विज्ञले बताएका छन् । अनावश्यक धेरै चिन्ता दिमागी वा शारिरीक बिरामीको कारणसमेत बन्न सक्ने डा. जगदिशको भनाई छ । त्यसैले लामो समयसम्म जवान रहन चाहनुहुन्छ भने तनाव लिन छाडिदिनुहोस् ।

    अनिदो: पर्‍यात निन्द्रा नपुर्‍याउनु पनि एक ठूलो समस्या हो । र, यसको सम्बन्ध तनावसँग पनि हुन्छ । पर्‍याप्त निन्द्राले हामीलाई तनावमुक्त रहन मद्दत गर्छ । र, यसले एजिङ प्रोसेसलाई पनि सुस्त गराउँछ । यद्यपि, धेरै मानिसले यसलाई गम्भीरतापूर्वक लिँदैनन् । युवाहरूमा यो समस्या अझ विकराल देखिन्छ, जसो असर भविष्यमा पर्न सक्छ ।

    खराब डाइट: तीव्र गतिमा उमेर बढ्नु वा बुढो हुँदै जानुमा खराब डाइट पनि ठूलो कारण हो । डा. जगदिशका अनुसार सोडा, प्रोसेस्ड फुड र फ्याटी खानेकुराहरू हाम्रो आहारको हिस्सा बनेका छन्, जो तीव्र एजिङ प्रोसेसका कारक बन्छन् ।

    एक्टिभ नहुनु: व्यायाम नगर्नु र दैनिक जीवनचर्यामा पनि शरीरलाई छरितो नबनाउनुको असर सोझै हाम्रो स्वास्थ्यमा पर्छ । यसबाट युवा पुस्ता झनै ग्रसित छ । विज्ञ मानिस एक्टिभ नहुँदा चाँडै रोगले आक्रमण गर्ने र बुढापा पनि तीव्र गतिमा बढ्ने बताउँछन् ।

    धुम्रपान/मद्यपान: तनाव र एन्जाइटीबाट बच्न धेरैले अल्कोहल, तम्बाकु वा ड्रग्सको सहारा लिएका हुन्छन् । यसको प्रयोग युवा पुस्तामा झनै बढ्दो छ ।

    यसको धेरै प्रयोगबाट मानिसको मृत्यु पनि हुनसक्छ । तर, त्यसअघि यसको लगातार प्रयोगबाट मानिस छिटै बुढो हुन थाल्छ । यसले दिमागी र शारिरीक समस्या बढाउँदै मानिसको एजिङ प्रोसेसलाई अझै तीव्र बनाउँछ ।

  • नेमेवीको भाइरल पप गीत ‘फ्रजाइल’माथि चीनले लगायो प्रतिबन्ध

    नेमेवीको भाइरल पप गीत ‘फ्रजाइल’माथि चीनले लगायो प्रतिबन्ध

    बेइजिङ । चिनियाँ सरकारले नेमेवीको पप गीत ‘फ्रेजाइल’लाई प्रतिबन्ध लगाएको छ । बेइजिङको मजाक बनाइएको यो गीत भाइरल भएको थियो । मजाककै कारण चीनले भने गीतमाथि प्रतिबन्ध लगाएको हो ।

    फ्रजाइल गीतमा चीनको राजधानीकै मजाक बनाइएपछि युवा देशभक्तले यसको चर्को विरोध र आलोचना गरेका थिए ।

    गीतमा ‘रि-एजुकेसन’, ‘कटन’, ‘इन्सेपरेबल रिलेशनसिप’ जस्ता शब्दहरू प्रयोग भएका छन् । जसले सिन्झियाङदेखि ताइवानसम्मको चीनको सार्वभौमिकतामाथि आँच पुर्‍याएको भन्दै चीनले प्रतिबन्ध लगाएको हो ।

    बीबीसीका अनुसार गीतलाई मुख्य भूमी चीनमा प्रतिबन्ध लगाइए पनि यो भिडिओ भने ताइवान, हङकङ, मलेसिया र सिंगापुरमा भाइरल नै छ ।

    अक्टोबर १५ मा युट्युबमा सार्वजनिक भएको गीत फ्रजाइल यो समाचार तयार पार्दासम्म ३ करोड २८ लाख ५२ हजारभन्दा धेरै पटक हेरिएको छ ।

    भिडिओलाई ८ लाखभन्दा धेरैले लाइक गरेका छन् भने २५ हजारले डिस्लाइक गरेका छन् ।

  • १८ वर्षीया छोरीसँग भाडा लिने आमालाई गाल‍ीको ओइरो

    १८ वर्षीया छोरीसँग भाडा लिने आमालाई गाल‍ीको ओइरो

    काठमाडौं । न्युजिल्यान्डकी एक महिलाले आफ्नी १८ वर्षीया छोरीसँग भाडा लिएको लिने गरेको भिडिओ सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएसँगै ती महिलाले तथानाम गाली खाएकी छन् । यद्यपि, पूर्ण सत्य नजानीकनै सामाजिक सञ्जालमा आएको एउटा भिडिओ क्लिप हेरेरै गाली गर्नु असान्दर्भीक सावित भएको छ ।

    केट क्लार्क नाक गरेकी ती महिला उनकी १८ वर्षीया छोरी लतिशा र पति डेजासँग न्युजिल्यान्डमा बस्छिन् । उनले केही दिनअघि एक भिडिओ टिकटकमा सार्वजनिक गरेकी थिइन् । जसमा उनीहरू पेनलाई ग्लासमा हाल्ने खेल खेलिरहेका थिए ।

    जसको पेन ग्लासमा पस्छ, ऊ विजेता हुने र उसले भनेको हार्नेले मान्नुपर्ने नियम थियो । र, त्यो खेलको नियममा हार्नेले घरको भाडा तिर्नुपर्ने नियम थियो । सोही भिडिओको क्लिप सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ती महिलाप्रति तथानाम गालीको ‌ओइरो लागेको थियो ।

    अत्यधिक गाली सहनु परेपछि ती महिलाले पूर्ण सत्यसहित खेल खेलिरहेको बेलाको त्यो भिडिओ खिचिएको खुलाउँदै सत्य बाहिर ल्याएकी छन् । यद्यपि, उनले त्यसअघि नै विश्वभरबाट गाली खानु परेको थियो ।

  • अमेरिकी गायिकाको घिनलाग्दो हर्कतः स्टेजमै फ्यानमाथि मुत्रविसर्जन !

    अमेरिकी गायिकाको घिनलाग्दो हर्कतः स्टेजमै फ्यानमाथि मुत्रविसर्जन !

    स्टेजमा गीत गाउँदा गायक–गायिकाले फ्यानहरुलाई फ्लाइङ किस दिएकोदेखि लुगा फुकालेर फ्याकेसम्मका दृष्यहरु त हामीले देखेकै हौं । तर, एक अमेरिकी गायिकाले भने स्टेजमा सोच्नै नसकिने निकृष्ट हर्कत गरेकी छन्, जुन अहिले विश्वव्यापी चर्चाको विषय बनेको छ ।

    ‘ब्रास एगेन्स्ट’ ब्रान्डकी गायिका युरिस्टाले गत साता एक महोत्सवमा गाउने क्रममा आफ्ना एक प्रशंसकमाथि पिशाब फेरिदिइन् । त्यो कुनै दुर्घटनावश वा आवेशमा भएको घटना थिएन । उनले पुरा होसहवासमा यो घिनलाग्दो कर्म गरेकी थिइन् । अझै अचम्मको कुरा त के भने, जोमाथि गायिकाले पिशाब फेरिन, ती फ्यानले कत्ति पनि माइन्ड गरेनन् । उनी त बरु पुलकित थिए, मानौं उनका लागि यो एउटा दुर्लभ अवसर थियो ।

    भाइरल भएको भिडियो फुटेजमा देख्न सकिन्छ, युरिस्टाले गाउँदै गर्दा अगाडिको पंतिमा रहेका एकजना पुरुषलाई औंल्याएर ‘गोल्डेन सावर’ लिन भन्दै स्टेजमा बोलाउँछिन् । ती पुरुष पनि उत्साहित बन्दै स्टेजमा उक्लिन्छन् र गायिकाले भनेजसरी स्टेजमा उत्तानो पर्छन् । त्यसपछि सोफियाले पुरुषको शरीरलाई आफ्नो दुई खुट्टाको बीचमा पार्छिन् र आफ्नो ट्राउजर फुकाल्छिन् । अनि गीत गाउँदै पुरुषको अनुहारमै पर्नेगरी छललल पिशाब फेर्छिन् । दर्शकले हुटिङ गर्दै उनको हौसला बढाउँछन् । गायिकाको मुत्रग्रहणपछि भलाद्मी पुरुष विजयी भावमा नाच्दै उठेको र दर्शकसामु हात हल्लाएको देखिन्छ ।

    तर, यो भिडियो सामाजिक सञ्जालमा आउनासाथ निकै आलोचित भयो । चौतर्फी आलोचनापछि सोफियाले इन्टाग्रामममा क्षमायाचना गरेकी छन् । आफूले सीमाबाहिर गएर सो हर्कत गरेको स्वीकार्दै उनले आइन्दा यस्तो नदोहो¥याउने प्रतिवद्धता जनाएकी छन् ।

    ३६ वर्षिया गायिका सोफिया लेस्बियन हुन् । उनी आफ्नी गर्लफ्रेन्ड जेससँग लिभिङ टुगेदरमा बस्दै आएकी छन् । उनीहरुबीच ईंगेजमेन्ट पनि भइसकेको छ ।

    भिडियाे यहाँबाट हेर्नुहाेस्

  • टिकटकमा ‘परफेक्ट’ जोडी: सम्बन्ध टुट्न लागेपछि श्रीमतीको हत्या

    टिकटकमा ‘परफेक्ट’ जोडी: सम्बन्ध टुट्न लागेपछि श्रीमतीको हत्या

    काठमाडौं । अली र एना अबुलाबन टिकटकका लोकप्रिय जोडी थिए । र, सामाजिक सञ्जालमा उनीहरू आपसमा एकदमै खुशी देखिन्थे । उनीहरू र ५ वर्षीया छोरी सँग-सँगै नाच्ने, हृदयस्पर्शी क्षणहरू डकुमेन्टेड गरेर सामाजिक सञ्जाल विशेष गरी टिकटकमा लोकप्रिय थिए ।

    समर्थकरूले पनि उनीहरूको जोडीलाई ‘नाटकरहित’ उत्कृष्ट जोडीको संज्ञा दिएका थिए । र, त्यो क्रम अक्टोबर २१ सम्म निरन्तर चलेको थियो, जबसम्म एना मृत फेला परिनन् ।

    २९ वर्षीय अली भने गत महिना दुई जनाको हत्याको अभियोगमा सान डिएगो सेन्ट्रल जेलम चलान भएका थिए । अली अनलाइनमा देखिने व्यक्तित्वभन्दा विलकुल फरक रहेको र एकदमै जासुसी स्वभावका भएको बताएको छन् ।

    @anamacewindu When your partner is your best friend #GetCrocd #fyp #GoForTheHandful ♬ Lento – Julieta Venegas

    उनीविरुद्घ मुद्दा चलाउने व्यक्तिले टिकटक स्टार अलीले सम्बन्ध विच्छेद गर्ने योजनामा रहेकी आफ्नी श्रीमतीलाई एकदमै दबाएर राखेको र उनको जासुसी गर्न छोरीको ट्याबलेटमा अडियो सुन्ने स्पाइ डिभाइसमेत इन्स्टल गरेको बताएका थिए ।

    त्यसै डिभाइसको माध्यमबाट एनालाई अर्को पुरुषसँग भेटको अवस्थामा फेला पारी गोली हानी हत्या गरेको उनको परिवारले दाबी गरेको थियो ।

    यो घटनापछि उनीहरूका समर्थकहरूलाई विश्वास मान्ने गाह्रो भएको थियो । किनभने, उनीहरूको सामाजिक सञ्जालमा झल्किने जीवनशैलीमा त्यस्तो आशंका हुने कुनै स्थान देखिँदैन थियो ।

  • ग्लुमी सन्डे: ६२ वर्ष प्रतिबन्धितमा परेको आत्महत्या दुरुत्साहित गीत

    ग्लुमी सन्डे: ६२ वर्ष प्रतिबन्धितमा परेको आत्महत्या दुरुत्साहित गीत

    काठमाडौं । जब कुनै व्यक्ति प्रेममा हुन्छ, उसलाई रोमान्टिक गीतहरु सुन्न मन पर्छ । र, जब कसैको दिल टुट्छ तब त्यो व्यक्तिले ‘स्याड सङ्ग’ मन पराउँछ । कतिपय गीत यस्ता हुन्छन्, जो मानिसले आफू अनुचित वातावरण अनुसार बारम्बार सुन्न चाहन्छन् । कतिपय यस्ता गीत हुन्छन् जुन सुन्दा मानिस कुनै कारण बिना नै दु:खी हुन्छ ।

    कुनै यस्तो गीत छ जुन सुनेर मानिस आत्महत्या गर्दथे, यो गीतलाई विश्वमा ‘द हंगेरियन सुसाइड’ गीतको उपाधिसमेत दिइएको छ । यो गीत सुन्दा यति धेरै डर थियो कि यो गीतलाई ६२ वर्षसम्म प्रतिबन्ध लगाइएको थियो । त्यो गीत संगीतकार रेजसो सेरेजको- ग्लुमी सन्डे थियो ।

    यो गीतको संगीतकार रेजसो हंगेरियन नागरिक थिए ।उनले सन् १९३३ मा ‘ग्लुमी सन्डे’ वा ‘स्याड सन्डे’ को नाम दिएर उक्त गीत निर्माण गरेका थिए । उनले यो गीतलाई प्रेमसँग जोडेर बनाएका थिए । यो गीतमा यति धेरै पीडा थियो की गीत सुन्ने मानिस रुने गर्थे ।

    १७ वर्षीया किशोरीले पानीमा हाम फालेर गरिन् आत्महत्या

    गीतमा यति धेरै पीडादायी थियो कि यो गीत सुनेरै धेरैले आत्महत्या गरे । बर्लिनमा ‘ग्लुमी सन्डे’ गीत सुनेपछि आत्महत्याको पहिलो घटना सार्वजनिक भएको थियो । अर्का एक किशोर गीत सुनेर यति दु:खी भए कि उनले आफूमाथि गोलि चलाएका थिए । यस्तै न्यूयोर्कमा एक वृद्धले गीत सुनेर ७ तलाबाट हाम फालेका थिए । हंगेरीमा १७ वर्षीय किशोरीले गीत सुनेपछि पानीमा हाम फालेर आत्महत्या गरेकी थिइन् । १९४१ मा गीतलाई प्रतिबन्ध लगाइएको थियो ।

    यो गीत सुनेर लगातार आत्महत्याको घटना सुनिन थाल्यो । त्यसपछि ६२ वर्षसम्म गीतलाई प्रतिबन्ध लगाइएको थियो । यो गीत सुनेपछि पनि कसैले आत्महत्या नगरोस् भनेर फेरि रचना गरियो तर यसपछि पनि आत्महत्याको क्रम रोकिएको छैन । अन्तत: यो गीत सन् १९४१ मा प्रतिबन्ध लगाइयो । तर, गीतमाथिको प्रतिबन्ध सन् २००२ मा हटाइयो । यो गीत अहिले पनि युट्युबमा छ तर यो गीत सुनेपछि मान्छेहरूले किन आत्महत्या गर्थे भन्ने पता लागेको छैन ।

    दिल टुटेपछि बनाइएको थियो गीत

    यो गीत लेख्ने रेजसो सेरेसको प्रेमिका थिइन् । उनी आफ्नो प्रेमीकालाई धेरै माया गर्थे । अर्कोतर्फ उनी आफ्नो करियर बनाउन सघंर्ष गरिरहेका थिए, तर सफल हुन सकेनन् । उनी राम्रो पियानो बजाएर करियर बनाउन चाहन्थे ।

    तर, उनका हरप्रयासहरू असफल भइरहेका थिए । त्यसपछि प्रेमिकाले उनलाई घोका दिइन् । उनले प्रेमीकाबाट घोका पाएपछि उनको मन टुटेको थियो । एक दिन सेरेसले आफ्नी प्रेमिकाको सम्झनामा एउटा गीत लेखेका थिए ।

    जुन बिस्तारै यति लोकप्रिय भयो कि यो प्रेममा टुटेका मानिसहरूको मनपर्ने गीत बन्यो । यससँगै गीत सुनेपछि आत्महत्याको शिलशिला पनि सुरु भएको थियो ।

  • दुनियाँकै पहिलो ‘युनिसेक्स’ कन्डम बन्यो, महिला-पुरुष दुवैले प्रयोग गर्न मिल्ने

    दुनियाँकै पहिलो ‘युनिसेक्स’ कन्डम बन्यो, महिला-पुरुष दुवैले प्रयोग गर्न मिल्ने

    काठमाडौं । दुनियाँको पहिलो ‘युनिसेक्स’ कन्डम बनेर तयार भएको छ । यो कन्डमको प्रयोग महिला वा पुरुष दुवैले गर्न सक्नेछन् । मलेसियाका एक डाक्टरले बनाएको यो कन्डम मेडिकल ग्रेड मटेरियलको प्रयोग गरेर बनाइएको छ । जसको प्रयोग सामान्य अवस्थामा घाउ वा चोटपटकको ड्रेसिङका क्रममा गरिन्छ ।

    यो युनिसेक्स कन्डमको नाम वान्डालिफ युनिसेक्स कन्डम राखिएको छ । मेडिकल सप्लायर्स मलेसियन कम्पनी ट्वीन क्याटलिस्टका गाइनोक्लोजिस्टले यसको प्रयोगबाट जन्मदरमा नियन्त्रणसँगै योन स्वास्थ्यको पनि सुरक्षा गर्न सकिने बताएको छ ।

    गाइनोक्लोजिस्ट जान ताङ इङ्गले यो कन्डम पनि अन्य सामान्य कन्डमहरू जस्तै भएको र यसमा टाँसिने कभर भएकाले प्रयोग पनि सहज हुने बताएका छन् । यो कन्डम पुरुषको लिङ्ग र महिलाको योनीमा टाँसेर सहजै प्रयोग गर्न सकिने उनले बताएका छन् ।

    यो कन्डमको एकटा बट्टामा २ कन्डम हुने र यसको मुल्य १४.९९ रिङ्गेट राखिएको कम्पनीले बताएको छ ।

  • पोर्न वेबसाइटमा अनलाइन कक्षा होस्ट गर्छन् यी शिक्षक

    पोर्न वेबसाइटमा अनलाइन कक्षा होस्ट गर्छन् यी शिक्षक

    ताइपेय । कोभिड महामारीको समयमा अधिकांश शिक्षकले घरबाटै विद्यार्थी पढाए । महामारीसँगै कतिपय शिक्षकले घरबाट पढाउदा विभिन्न बोझ सामना गरे भने केहीले यसलाई अवसरको रुपमा पनि उपयोग गरे ।

    ताइवानका एक शिक्षक भने परम्परागत शैलीभन्दा एक कदमअगाडि बढेका छन् जसका कारण उनी भाइरल बनेका छन् । गणितका शिक्षक चाङशुले पोर्न वेबसाईटमै अनलाइन कक्षा होस्ट गरेर चर्चामा आएका हुन् ।

    चाङशुम्याथ६६६ मा कक्षा सञ्चालन गर्ने उनको पोर्नहवमा एउटा प्रमाणित एकाउन्ट छ । उनले २०० ओटा भिडियो सेयर गरेका छन्, जुन यौनजन्य सामाग्रीभन्दा पूर्ण रुपमा फरक छ ।

    रिपोर्टअनुसार चाङशुले गणितमा स्नातकोत्तर गरेका छन् । उनले १५ वर्षदेखि अनलाईन र भौतिक कक्षा लिँदै आएका छन् । सुरुमा उनले विद्यार्थीलाई सिकाएको भिडियो क्लिप युट्युबमा अपलोड गरेका थिए । तर, उनले खासै राम्रो ‘रेसपोन्स’ पाएनन् । गत वर्ष उनले अलि फरक गर्ने निधो गरे । उनले पोर्न वेबसाईटमा एकाउन्ट खोले र आफूलो पढाएको भिडियो धमाधम अपलोड गरे ।

    चाङशुले एकाउन्टमा एउटा सन्देश लेखेका छन् , ‘मिहिनेत गरेर खेल, परिश्रम गरेर पढ । ’ सबै भिडियोमा उनी खैरो हुडी र चस्मामा देखिन्छन् । हरियो बोर्डमा हिसाब गरेको र बिभिन्न विधिबारे व्याख्या गरेका देखिन्छन् ।

    आफ्नो अस्वभाविक निर्णयबारे चाङ्शु भन्छन्, ‘पोर्न साइटमा राखिएका भिडियो धेरैले हेर्ने भएकोले मैले नयाँ जुक्ति अप्नाएको हुँ । मैले धेरै भिडियो अपलोड गरे भने प्रशस्त मानिसले हेर्छन् ।’

    अहिले उनको आम्दानी पनि राम्रो भएको छ । उनले प्रति वर्ष २ लाख ५० हजार डलर कमाउछन् । जसका कारण उनले आफ्नो बिल तिर्न र केही कर्मचारीलाई तलब दिन पुग्छ । चााङुशुका अनुसार उनको पोर्नहब च्यानलमा करिब ६० प्रतिशतभन्दा बढी दर्शकहरु गणित पढ्न भन्दा पनि हाँस्नकै लागि आउछन् । उनी भन्छन्, ‘मानिसहरुलाई मेरो भिडियोमा रुची नलाग्न सक्छ । तर, पोर्न साईटमा पनि गणित शिक्षकले राम्रो पढाउछन भन्ने धेरैलाई थाहा हुन थालेको छ ।’ –एजेन्सी

     

  • उडानमा पाइलटको घोषणा सुनेर लाजले ‘पानी-पानी’ भइन् प्रेमिका

    उडानमा पाइलटको घोषणा सुनेर लाजले ‘पानी-पानी’ भइन् प्रेमिका

    काठमाडौं । आफ्नै प्रेमी पाइलटले विमानमा घरेको घोषणा सुनेर उडानमा रहेकी एक युवती लाजले भुतुक्कै भएको भिडियो अहिले चर्चित छ । इन्टरनेटमा भाइरल यो भिडियोलाई अहिलेसम्म एक करोडभन्दा धेरै पटक हेरिसकिएको छ ।

    पाइलट प्रेमीले विमानमा पहिलो पटक चढेकी आफ्नी गर्ल्फ्रेन्डको बारेमा गरेको घोषणाले उनलाई अन्य यात्रु समक्ष लज्जित हुनु परेको थियो ।

    यो भिडियोलाई टिकटकमा सेयर गर्दै हना नामकी एक युवतीले लेखेकी छन्, ‘जब तपाईं पहिलो पटक आफ्नो ब्याइफ्रेन्डको विमानमा उडान भर्नुहुन्छ…’

    विमानमा बसेका यात्रुलाई जरुरी सूचना दिनुअघि पाइलटले भनेका थिए- ‘हामीसँग एक जना विशेष व्यक्तिले यात्रा गर्दै छन्, जो मेरी प्रेमिका हुन्, उनको नाम हना हो र उनी सीट नम्बर २’सी’मा बसेकी छन् । त्यसैले, तपाईहरूको यात्रा समाप्त भएपछि मेरो एक काम गरिदिनु होला ।’

    त्यसपछि पाइलट ब्वाइफ्रेन्डले आग्रह गर्दै भने, ‘फिस्ट बम्प, हाइ फाइव वा आफ्नो स्न्याक्स, पानीको बोतल दिनुहोस् । धन्यावाद् । हामीसँग यात्रा गर्नु भएकोमा र मास्क लगाउनु भएकोमा धेरै धन्यावाद् । हामी छिटै टेक-अफ गर्नेछौं ।’

    @hannalamaster59My dads’ reply to this video was “at least he didn’t propose!!!!” but I wish he would’ve 😉 ##pilot ##boyfriend♬ original sound – Hanna LaMaster

    यो रोमाञ्चक भिडियोको क्याप्सनमा ती युवतीले लेखेकी छिन्- ‘यो भिडियोलाई रिप्लाई गर्दै मेरा बुबाले भन्नुभयो- कम्तिमा उसले पर्पोज त गरेन । तर, मेरो इच्छा उसले पर्पोज गरोस् भन्ने थियो ।’

    करोडभन्दा धेरै पटक हेरिएको यो भिडियोप्रति सामाजिक सञ्जालमा अनेक-अनेक प्रतिक्रिया आइरहेका छन् ।

    दी वासिङ्टन न्युजडेबाट
  • डिभोर्सको सेलिब्रेसन निकोल किड्म्यानको ‘आइकोनिक आउटफिट’मा

    डिभोर्सको सेलिब्रेसन निकोल किड्म्यानको ‘आइकोनिक आउटफिट’मा

    काठमाडौं । निकोल किड्म्यान अवार्ड विनिङ एक्ट्रेस मात्रै नभएर सम्बन्ध विच्छेदलाई उत्सवको रूपमा मनाउने महिलाहरूकी रोल मोडेल पनि हुन् । टम क्रुजसँग सन् २००१ मा डिभोर्स गरेर वकिलको कार्यालयबाट निस्किँदा खुशी भएको तस्वीरको चर्चा अहिलेसम्म पनि हुने गरेको छ ।

    लस एन्जलसकी एक निमात्री लिज मौपिनले पनि किड्म्यानको नक्कल गर्दै डिभोर्सलाई उनकै आइकोनिक आउटफिटमा सेलिब्रेट गरेकी छन् ।

    ‘मैले केही वर्षअघि त्यो (किड्म्यानको) तस्वीर देखेकी थिएँ । र, मलाई एकदमै मन परेको थियो,’ लिजले भनिन्, ‘सबै कुराबाट मुक्त भएपछि निकोल कति खुशी र कति आनन्दित थिइन्, त्यो तस्वीरमा देख्न सकिन्छ ।’

    https://twitter.com/LizMaupin/status/1432186046851137537

    लिजले किड्म्याको झैँ डिभोर्स सेलिब्रेट गर्नका लागि धेरै हप्ता लगाएर उस्तै ब्लाउज खोज्नु परेको बताएकी छन् ।

    ‘यो कठिन थियो । मैले केही हप्ता रिसर्च गरेँ । तर त्यो प्रिन्ट भएको ब्लाउज कहीँ पाइएन,’ लिज भन्छिन्, ‘रेडिटमा समेत मानिसहरूले त्यो ब्लाउज खोजिरहेका थिए ।’

    गत साता उनको डिभोर्स भएपछि उनले निकोलको तस्वीर प्रिन्ट गरेर फ्रेमिङसमेत गरेकी थिइन् । र आफ्ना ३० केटी साथीहरूलाई डिभोर्स पार्टीमा बोलाएर सरप्राइज दिएकी थिइन् ।

  • ७७ वर्षिया वृद्धाको आँट : बेलायतबाट दौडेर काठमाडौं आउँदै

    ७७ वर्षिया वृद्धाको आँट : बेलायतबाट दौडेर काठमाडौं आउँदै

    काठमाडौं । बेलायतकी ७७ वर्षिया एक महिलाले इङ्ल्यान्डको ब्राइटनदेखि काठमाडौंसम्मको दौड यात्रा सुरु गरेकी छिन् । जुन २५ देखि सुरु भएको उनको दौड यात्रा उत्तरी इङल्यान्डसम्म आइपुगेको जीआई मिडियाले जनाएको छ ।

    रोसी स्वालो पोप नाम गरेकी ती महिलाले ब्राइटनदेखि काठमाडौंसम्मको ८ हजार ५०० किलोमिटर दूरी तय गर्ने लक्ष्य लिएकी छिन् । तीन पाङ्ग्रे एक कार्टलाई कम्मरमा बाँधेर उनले दौड थालेकी हुन् । सो कार्टमा हिउँका ढिक्काहरु राखिएको छ ।

    उनले यसअघि पनि काठमाडौंसम्मको दौड सुरु गरेपछि कोभिड–१९ महामारीले गर्दा टर्कीसम्म आएर रोकिएको थियो । नेदरल्यान्ड, नर्वे, रुस, चीन र तिब्बत हुँदै उनी काठमाडौंसम्म आइपुग्ने छिन् ।

    दुर्गम नेपालका बासिन्दाको जीवनस्तर सुधार्ने च्यारिटी अभियानका लागि रोसीले चुनौतिपूर्ण दौड थालेकी हुन् । यसका लागि ५ हजार पाउन्ड राशी संकलन गर्ने उनको योजना छ ।

  • रेष्टुरेन्टमा काम गर्छिन् अमेरिकी राष्ट्रपति ओबामाकी कान्छी छोरी

    रेष्टुरेन्टमा काम गर्छिन् अमेरिकी राष्ट्रपति ओबामाकी कान्छी छोरी

    न्यूयोर्क । तपाईंलाई लाग्ला, राष्ट्रको उच्च ओहोदामा रहेकाको परिवारको जीवन सुखी र भव्य हुन्छ । तर, त्यस्तो होइन । केही यस्ता अपवाद हुन्छन् जसले राजनीति व्यापार होइन, सेवा हो भन्ने सन्देश दिन्छ । जस्तै हेरौं न : अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी सासालाई ।

    अमेरिकी राजनीतिको एक शक्तिशाली जोडी ओबामा दम्पत्ति उत्तिकै केयरिङ अभिभावक पनि हुन् । यसकारण मिसेल र बाराकले आफ्ना छोरीहरुलाई गर्ने व्यवहारलाई पनि निकै चासोका साथ हेर्ने गरिन्छ ।

     

    बाराककी कान्छी छोरी १५ वर्षिया सासा ओबामा अहिले एक अमेरिकी रेष्टुरेन्टमा काम गर्छिन् । स्कुलबाट समर बिदा भएपछि उनी खर्च जुटाउन काममा लागेकी हुन् । उनी अहिले म्यासाचुसेट्स राज्यको एक रेष्टुरेन्टमा क्यासिअरको काम गर्दैछिन् ।

    स्थानीय मार्था भिनेयार्ड रेष्टुरेन्टमा सासा ग्राहकको अर्डर लिन्छिन्, क्यासलाई रजिस्टर गर्छिन् र लन्चका लागि अन्य स्टाफलाई सघाउँछिन् । रेष्टुरेन्टमा उनले काम गर्दै गरेका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल भैरहेका छन् ।

    त्यहाँको एक चर्चित अखबार बोस्टन हेराल्डका अनुसार अमेरिकी खुफिया एजेन्सीका ६ जना सुरक्षाकर्मीहरु सासाले काम गर्ने रेष्टुरेन्टबाहिर उनको काम समाप्तीको पर्खाइमा हुन्छन् । सासाले अहिले चारघण्टा काम गर्ने गरेकी छिन् ।

     

  • खोकीको उपचार गराउन गएकी युवतीको मुटु गलत ठाउँमा भेटियो

    खोकीको उपचार गराउन गएकी युवतीको मुटु गलत ठाउँमा भेटियो

    काठमाडौं । अमेरिकाकी एक युवती पछिल्लो दुई महिनादेखि खोकीसँग जुधिरहेकी थिइन् । उनी डाक्टरसामु यो समस्या लिएर पुगिन् र डाक्टरले उनको उपचार सुरु गरे । उपचारका दौरान उनको मुटु गलत स्थानमा छ भन्ने पत्ता लाग्यो ।

    र, क्लेयरले टिकटक भिडियोमार्फत् आफ्नो कहानी सुनाएकी छन् । सिकागोमा बस्दै आएकी १९ वर्षीया क्लेयर म्याकको जुनमा हाथ काटिएको थियो । र, उनी टिटनासको सुई लगाउन डाक्टरसामु गएकी थिइन् । त्यो बेलासम्म उनलाई दुई महिनादेखि खोकीले पनि सताइरहेको थियो । र, अस्पताल पुगेका बेला त्यसको पनि उपचारका लागि उनले सोधेकी थिइन् ।

    सोही क्रममा उनको मुटु गलत स्थानमा रहेको पत्ता लागेको थियो । क्लेयरले भिडियोमा आफू विद्यार्थी भएको र नाइट लाइफमा पार्ट-टाइम काम गर्दै आएको बताएकी छन् । गत महिना कोरोना गाइडलाइन्स अनुसार सिकागो खुल्न सुरु हुँदै गर्दा उनलाई रुघा लागेको थियो । र, औषधी खाँदा पनि ठीक भइरहेको थिएन ।

    उनको छातीमा इन्फेक्सनको आशंका गरेर एक्सरे गरिएको थियो । जब एक्स-रेको रिपोर्ट आयो, डाक्टर आश्चर्यमा परेका थिए । क्लेयरले आफ्नो भिडियोमा भनेअनुसार रिपोर्ट हेरेर डाक्टरले आफूलाई गलत ठाउँमा मुटु भएको बताएका थिए ।

  • के साँच्चै ‘हट लेमन’ पिउँदा तौल घट्छ ?

    के साँच्चै ‘हट लेमन’ पिउँदा तौल घट्छ ?

    काठमाडौं । तातो पानीमा केही थोपा कागती हालेर ‘हट लेमन’ भन्दै पिउनुलाई शरिरको तौल घटाउने अचुक उपायका रूपमा लिने ट्रेन्ड बढ्दै छ । हामीलाई दैनिक जीवनमा भेट हुने धेरैले हट लेमन तौल घटाउने उत्तम उपाय भन्दै सुझाइरहेका हुन्छन् ।

    तर, साँच्चै यसले तौल घटाउँछ त ?

    चर्चित भारतीय न्युट्रिसियोनिस्ट किनिता कडाकियाका अनुसार तातो पानीमा भिटामिन ‘सी’को मुख्य स्रोत- कागती हालेर पिउँदा शरिरको बोसो पग्लिन्छ भन्नु मिथ्या बाहेक केही होइन ।

    ‘यदि तौल घटाउन यति सहज हुन्छ भन्ने लाग्छ भने त्यो भ्रम चाँडै तोड्नु राम्रो हुन्छ,’ उनले भनिन् ।

    अमेरिकी स्वास्थ्य समबन्धी अनलाइन- हेल्थलाइनका अनुसार तौल घटाउनका लागि हट लेमन पिउनु र सामान्य पानी पिउनुमा केही फरक छैन । तर, यसलाई हाइक क्यालोरी ड्रिङ्क्सको स्थानमा भने प्रयोग गर्न सकिन्छ । यसले केही हदसम्म तौल घटाउनमा मद्दत गर्न सक्छ ।

    हट लेमन पिउनुको फाइदा तौल घटाउनु नभएर हाइड्रेट रहनका लागि र छालाको सुरक्षाका लागि पनि प्रभावकारी हुने स्वास्थ्यकर्मी बताउँछन् । कागतीमा हुने भिटामिन ‘सी’ले छालामा आउने रिङ्कल तथा सुख्खापन कम गराउँछ र घामबाट छालामा हुने क्षति पनि कम गर्छ ।

     

  • मेहन्दी कसरी लगाउने : यस्ता छन् चिकित्सकको टिप्स

    मेहन्दी कसरी लगाउने : यस्ता छन् चिकित्सकको टिप्स

    काठमाडौंं । हिन्दू महिलाहरुका लागि साउन महीना निकै पवित्र र विशेष मानिन्छ । भगवान शिवको प्रिय महीनाको रुपमा पनि साउनलाई लिइन्छ । राम्रो पति पाउँ भन्नका लागि अविवाहित र पतिको दीर्घायुको कामना गर्दै विवाहितहरु व्रत वस्ने गर्छन् ।

    साउन महिना सुरु भएसँगै महिलाहरु सोमबारको व्रत बस्ने, हरियो पहिरन लगाउने, हातमा मेहेन्दी लगाउने गर्दछन् । युवतीहरुलाई हत्केलामा भरिएको गाढा रङको मेहेन्दीले धेरै सुन्दर र आकर्षक देखिन्छ । मेहेन्दी हेर्दा जति आकर्षक देखिएपनि यसको बेफाइदाहरु पनि छन् । बजारमा पाइने केमिकलयुक्त मेहन्दी लगाउँदा सचेत हुनुपर्ने कुराहरु छन् ।

    चिकित्सकले गाढा मेहेन्दी लगाउँदा यसको साइड-इफेक्टलाई लिएर सचेत हुनुपर्ने बताउँछन् । खासगरि, छालाको एलर्जी हुनेजस्ता असर देखिन सक्ने भन्दै उनीहरुले मेहेन्दी लगाउने बेला ख्याल गर्न समेत आग्रह गरेका छन् । मेहन्दीले कसरी असर पार्छ त ?

    • मेहन्दीमा प्रयोग हुने रसायनले हत्केलाको छालामा एलर्जी हुनुका शरीरका भित्री अंगहरुमा समेत असर पर्न सक्छ ।
    • छाला रोग विषेशज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार प्राकृतिक रुपमा बनस्पतीबाट बनाइएको र कृत्रिम रुपमा बनाइने गरी मेहन्दी दुई किसिमका हुन्छन्। प्राकृतिक रुपमा बनाइने मेहन्दीको रङ रातो र खैरो हुन्छ । प्राकृतिक रुपमा बनाइएको मेहन्दीले छाला वा स्वास्थ्यमा खासै असर गर्दैन ।
    • कृत्रिम रुपमा बनाइएको मेहन्दीलाई बजारमा लैजान उत्पादक कम्पनीहरुले प्राकृतिक मेहन्दीकै नाम दिएका हुनसक्छन् । तर, त्यो मेहन्दी प्राकृतिक रुपमा भन्दा पनि केमिकल मिसाएर बनाइएको हुन्छ । बजारमा पाइने मेहन्दीमा केमिकल मिसाइएको हुन्छ त्यसले असर पर्छ ।
    • बजार पाइने कृत्रिम मेहन्दीमा पारा-फेनाइलेनेदायमाइन नामक रसायन मिसाइएको हुन्छ । जसले मेहन्दीको रङ गाढा बनाइदिन्छ । यस्तो रसयान मिसाइएका मेहन्दी लगाउँदा छालाको भित्री भागसम्म पुगेर लामो समयसम्म हातमा रङ बस्न सक्छ ।
    • कस्मेटिक सामाग्रीको गुणस्तर जाँच गर्ने निकाय नेपालमा नभएकाले बजारमा पाइने मेहन्दी लगाउँदा स्वास्थ्यमा तत्कालिन र दीर्घकालिन असर पर्न सक्ने डा. कर्ण बताउँछन्।

    रसायन मिसिएको मेहन्दी लगाउँदा कस्तो असर पार्छ ?

    • छालामा एलर्जी हुने,
    • हात चिलाउने,
    • सुन्निने तथा फोका उठ्ने,
    • घाउ खटिरा आउने,
    • पानी तथा पिप आउने ।
    • झमझमाउने

    कर्णका अनुसार यस्तो समस्या मेहन्दी लगाउने वित्तिकै तथा मेहन्दी लगाएपछि एकसाता वा १० दिनसम्ममा पनि देखिन सक्छ । मेहन्दी लगाउँदा केमिकलको असरले हुने एलर्जी खतरनाक हुन्छ ।

    केमिकलयुक्त मेहन्दीको निरन्तर प्रयोगले हुने असर :

    •  केमिकलयुक्त मेहन्दी शरीरको छालाबाट शरीरको भित्री अंगमा पुग्छ र त्यो केमिकल मिर्गौलामा पुग्न सक्छ । जसले गर्दा मिर्गौलामा समस्या हुने तथा क्यान्सर हुने जोखिम पनि बढ्छ ।

    मेहन्दी जति गाढा उती हानिकारक :

    महिलाले मेहन्दी जति गाढा भयो त्यति नै बढी माया गर्ने पति पाइने विस्वास राखिन्छ । त्यसैले हरेक महिलाहरु आफ्नो हातमा मेहन्दीको रङ गाढा होस् भन्ने चाहन्छन् । तर स्वास्थ्यका हिसाबले हेर्ने हो भने मेहन्दीको रङ हातमा जति गाढा बस्छ, त्यति नै हानिकारक छ र हुन्छ ।

    मेहन्दीको रङ गाढा भएको होइन, मेहन्दीमा केमिकल मिसाएर गाढा बनाइएको हो, बढी गाढा देखिएका मेहन्दीमा पारा-फेनाइलेनेदायमाइन तथा मट्टितेल तथा पेट्रोलको समेत प्रयोग भएको हुन्छ । यस्तो केमिकलले रङ छालाको भित्रसम्म पुग्छ र मेहन्दी गाढा हुन्छ, तर यसले छालालाई असर गर्छ।

    ‘मेहन्दीको एलर्जी छ वा छैन भनेर परीक्षण गर्न सकिन्छ, त्यसको लागि मेहन्दीको थोरै मात्रा घाटी, काँखी वा शरीरको कुनै भागमा लगाएर २४ घण्टा राख्ने यस्तो गर्दा यदी चिलाएन, पोलेन वा कुनै समस्या देखिएन भने तपाईलाई एलर्जी नहुनसक्छ।

    परीक्षण गरेर गर्दा एलर्जीको समस्या भएमा भने त्यस्तो मेहन्दी लगाउन नहुने डा. कर्णको भनाइ छ।

  • भेटियो पृथ्वीमै तेस्रो ठूलो आकारको बहुमूल्य धातु हीरा

    भेटियो पृथ्वीमै तेस्रो ठूलो आकारको बहुमूल्य धातु हीरा

    काठमाडौं । पृथ्वीकै तेस्रो ठूलो आकारको बहुमूल्य धातु हीरा भेटिएको छ । रोयटर्सका अनुसार ७३ मिलिमिटर लम्बाइ, ५२ एमएम चौडाइ र २७ एमएम पातलो आकारको हीरा बोत्स्वानामा बुधबार भेटिएको हो ।

    १०९८ क्यारेटको उक्त हीरा पृथ्वीमा भेटिएकोमध्ये तेस्रो सबैभन्दा ठूलो रहेको समेत जनाइएको छ ।

    भेटिएको उक्त हीरा बोत्स्वानाको डायमन्ड कम्पनी देब्स्वानाका कार्यकारी अध्यक्ष मोकवे्टसी मासीलाई बुझाइएको छ । हीरा उत्खननको ५० वर्षको इतिहासमा यति ठूलो भेटिएको मासीले जनाएका छन् ।

  • १० बच्चालाई जन्म दिँदै अफ्रिकी महिलाले राखिन् विश्व रेकर्ड

    १० बच्चालाई जन्म दिँदै अफ्रिकी महिलाले राखिन् विश्व रेकर्ड

    प्रिटोरिया । दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटकमा १० वटा बच्चालाई जन्म दिएर विश्व कीर्तिमान राखेकी छिन् ।

    बीबीसीका अनुसार गोसियामी थामराले सात छोरा र तीन छोरीलाई जन्म दिएकी हुन् । ‘म धेरै खुशि छु, भावुक पनि । म धेरै कुरा गर्न सक्दिन’ ती महिलाका पति तेबेहो सोतेत्सीले पत्नीले बच्चा जन्माएपछि सोमबार राती प्रिटोरिया समाचार एन्जेसीसँग भने ।

    ३७ वर्षकी ती महिलाले यसअघि जुम्ल्यहा बच्चा जन्माएकी थिइन् र उनीहरुको उमेर अहिले ६ वर्ष पुगेको छ ।

    सिजेरियन विधिबाट बच्चा जन्माएपछि आफू स्वस्थ रहेको ती महिलाले जनाएकी छिन् । गिनिज विश्व रेकर्डले गोसियामीको उक्त केसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

    यसअघि मोरक्कोमा एकैपटक ८ बच्चा जन्माएकी महिलाको विश्व कीर्तिमान अहिले पनि कायमै छ ।

  • अफिसमा काम गर्दा आफूलाई यसरी राख्नूस फिट्नेस

    अफिसमा काम गर्दा आफूलाई यसरी राख्नूस फिट्नेस

    काठमाडौं । महिलाहरु व्यस्तताको कारण विभिन्न स्वास्थ्य समस्याको सामना गर्दे आइरहेका छन् । उनीहरु घरबाट बहिर अफिसमा होस् वा विभिन्न व्यवसायहरुमा काम गरिरहेका हुन्छन् ।

    काममा व्यस्त हुँदा महिलाहरु स्वास्थ्यको ख्याल राख्ने काममा ध्यान पुर्‍याउन सकिरहेका हुँदैनन् । कतिपय महिलामा मोटोपनको समस्या देखिएको छ ।

    आफूलाई फिट र स्वस्थ राख्नको लागि विभिन्न उपायहरु छन् । तलका उपायलाई दैनिक दिनचर्याका रुपमा आफैले प्रयोग गर्न सकिन्छ । विज्ञहरुले स्वास्थ्यको स्याहारका लागि निम्न टिप्सहरु दिएका छन् :

    • यदि तपाइँको अफिस माथिल्लो तल्लामा छ भने त्यहाँ जानको लागि लिफ्टको प्रयोग नगरी सिँढी चढेर जानु उत्तम हुन्छ यसले तपाइँको फिटनेस कायमै रहन्छ ।
    • अत्याधिक मात्रामा पानी पिउनु पर्छ । काम गर्दा धेरै व्यक्तिहरु चिया-कफि वा चिसो पेय पदार्थ लिने गर्दछन् यसले शरीरलाई हानी गर्दछ । कम्तिमा दिनभर १० गिलास पानी पिउनुपर्छ यसले शरीरमा पानीको मात्रा पुरा गर्दछ । मौसम अनुसार फलफूलको रसहरु पनि लिन सकिन्छ ।
    • सामान्यतया अफिसमा कम्प्युटरमा काम गर्दा एकै ठाँउमा लामो समयसम्म बसिरहनु हुँदैन। बेला-बेलामा कुर्सीबाट उठ्नुहोस र हिँड्नुहोस । अफिसमा अर्को सेक्सनमा बस्ने व्यक्तिलाई कल गर्न पठाउनुको सट्टा आफै जानुहोस र कुरा गर्नुहोस । यसले तपाइँ हिँड्न सक्षम हुनुहुनेछ र स्वास्थ्यको लागि पनि फाइदा हुनेछ ।
    • कतिपय मानिस काममा व्यस्त हुन्छन् । उनीहरुले खानेकुरामा ध्यान दिँदैनन् । खानामा भारी खाना लिनुभन्दा सन्तुलित भोजन लिनु राम्रो हुन्छ । मसलादर खानाको सट्टा आफुलाई प्रोटिन, भिटामिन, कार्बोहाइड्रेट र फाइबरयुक्त खानुपर्दछ । खाजामा रोटी, तरकारी, दही, सलाद आदि लिँदा स्वास्थ्यलाई फाइदा हुन्छ । अफिसमा काम गर्दा भोक लागेको अवस्थामा बदाम, पपकर्न, ड्राईफुड जस्ता खाने कुरा खाँदा राम्रो हुन्छ । घरमा होस वा अफिसमा केही समय छुट्याएर आफुलाई फिट राखेर स्वास्थ्यको हेरचाह गर्न सकिन्छ ।
  • के यौन सम्बन्धले इम्युनिटी पावर बढाउँछ ?

    के यौन सम्बन्धले इम्युनिटी पावर बढाउँछ ?

    ‘सेक्स गर्नुहोस्, रोग प्रतिरोधक क्षमता बढ्छ । ,’

    के तपाईंलाई डाक्टरले यो सल्लाह दिएका छन् । पक्कै दिएका छैनन् । तर एरिजोनाका चिकित्सक फेथ कोट्सले यो सल्लाह दिएका छन् । ती डाक्टरले आफ्नो सल्लाहलाई उनको कक्षमा सीमित गरेनन्, इन्टरनेटमा समेत फैलाए ।

    कोट्सले टिकटकमा एउटा भिडियो बनाए । उनले आफ्नो ६ लाख १८ हजार फलोअर्सबीच यो खुलासा गरेका हुन् । उनका एक प्रशंसकले सोधेका थिए, ‘ओर्गास्मले हामीलाई बिरामी हुनबाट बचाउँछ, यो साँचो हो कि गलत?’

    जवाफमा, कोट्सले भिडियो साझा गरे। यसमा उनी भन्छन्, ‘सत्य ! कम्तिमा हप्तामा एक वा दुई पटक यौन सम्पर्क राख्दा प्रतिरक्षा प्रणालीले ३० प्रतिशत राम्रो काम गर्दछ । यो डाक्टरहरूको सल्लाह हो ।’

    कोट्सले जे भने त्यो भन्ने कुरामात्र पनि होइन । विभिन्न पत्रिकामा यसबारे शोध प्रकाशित भएका छन् । अनुसन्धानमूलक आर्टिकलमा सेक्स वा स्वस्थ यौन सम्बन्धका धेरै फाइदाबारे छन् । कहिलेकाहीँ यसले प्रतिरोध क्षमता बढाउँछ, कहिलेकाहीँ मुटु राम्रो राख्दछ र कहिले तनाव कम गर्दछ र दिमाग राम्रो बनाउँछ ।

    सन् २००४ मा एक अध्ययनले दाबी गर्‍यो कि हप्तामा कम्तिमा दुई पटक सेक्स गरेपछि शरीरमा इम्युनोग्लोबिन ‘ए’ को मात्रा बढ्छ। यो एन्टिबडीको एक प्रकार हो, जसले लार ग्रन्थी, नाक, योनी आदिको म्युकस टिशूबाट प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ। यद्यपि, यो अध्ययन २००४ पछि दोहोरिएको छैन। तर त्यहाँ हृदय अनुसन्धान र यौन सम्बन्धबारे धेरै अनुसन्धान गरिएको छ ।

    जस्तै २०१८ मा अमेरिकी जर्नल अफ कार्डियोलोजीमा एक शोधपत्र प्रकाशित भएको थियो । यसमा भनिएको छ कि हप्तामा दुई पटक भन्दा बढी सेक्स गर्ने पुरुषहरूलाई महिनामा एक पटक मात्र यौन सम्पर्क राख्नेहरूको तुलनामा हृदयघात हुने सम्भावना कम हुन्छ ।

    जसको हृदयमा केही समस्या छ, उनमा कुनै असर छाड्छ कि छाड्दैन भन्ने प्रश्न आफ्नै ठाउँमा छ । अमेरिकन हार्ट एसोसिएसनको सुझावअनुसार सेक्स गर्नु उसको लागि सुरक्षित छ जो कुनै चिन्ताबिना तीनदेखि पाँच मेटाबोलिक इक्विवेलेंट (एमइटी) व्यायाम गर्न सक्छ ।
    शारीरिक श्रमको बेला जति ऊर्जा खर्च हुन्छ उति नै मेटाबोलिक इक्विवेलेटद्वारा त्यसको मापन हुन्छ । उदाहरणको लागि, एक कम असरवाला एरोबिक व्यायाममा ५ एमइटी ऊर्जा खर्च हुन्छ ।

    सन् २०१६मा गरिएको अर्को अनुसन्धानले दाबी गर्‍यो कि नियमित सेक्स गर्ने महिलालाई ह्रदयको समस्या हुने सम्भावना कम हुन्छ । जबकि यस अध्ययनमा एक चेतावनी पनि थियो। अत्यधिक यौन गतिविधिले कहिलेकाहीँ पुरुषहरूमा मुटुको समस्या उत्पन्न गर्न सक्छ। यद्यपि यस तथ्यले केही विगतका अध्ययनहरूको विरोधाभास जनाउँछ । त्यसकारण धेरै व्यक्तिहरूले ‘सुरक्षित’ हुन सल्लाह दिन्छन् कि यदि एक पार्टनरलाई हृदयमा समस्या छ भने डाक्टरसँग परामर्श लिन राम्रो हुन्छ।

    अध्ययनअनुसार वयस्क महिलाहरू जो आफ्नो यौन जीवनबाट सन्तुष्ट छन्, उनीहरूमा उच्च रक्तचापको कम समस्या हुन्छ। तर यो पुरुषहरूका लागि राम्रो समाचार थिएन। यसमा अर्को पक्ष पनि छ। उच्च रक्तचाप औषधि सेवन गर्ने धेरै पुरुषहरूमा कम यौन इच्छा देखिएको छ । यसको पछाडि  उच्च रक्तचाप र औषधिको प्रभाव पनि हुन सक्छ । त्यसकारण उच्च रक्तचापका बिरामीहरूले डाक्टरको सल्लाह लिनुपर्छ ।

    त्यहाँ अन्य कुराहरू पनि छन् जहाँ सेक्सको सकारात्मक योगदान छ । २०१९ को अध्ययनले पत्ता लगायो कि पार्टनरसँगको आत्मीयता शरीरमा पाइने कोर्टिसोल हर्मोनको स्तरलाई सामान्य राख्न मद्दत गर्दछ। कार्टिसोल एक स्टेरोइड हर्मोन हो। जब तनाव बढ्छ, रगतमा यसको स्तर छिटो बढ्छ। यौन रिलिज गर्नाले अक्सिटोसिन, शरीरमा एन्डोरफिन जस्ता हार्मोनहरू ‘राम्रो महसुस गर्दछन्’ जुन तनाव कम गर्न वास्तवमै प्रभावकारी हुन्छ।

    त्यसकारण, रोग प्रतिरोधात्मक क्षमता बढोस् वा नबढोस् सेक्सले तनाब कम गर्न अवश्य मद्दत गर्छ ।

    प्रोलेक्टिन हार्मोन ओर्गेज्मपछि शरीरबाट बाहिर निस्कन्छ, जसले सन्तुष्टिको भावना ल्याउँछ। अक्सीटोसिन, एन्डोरफिनहरूले तनाव कम गर्दछन् र राम्रो निद्रामा पुर्‍याउँछन्  ।

    वैज्ञानिकहरूले सेक्सबारे अर्को अनौठो खोज पनि पत्ता लगाए । उनीहरूले पुरुषहरूको प्रोस्टेट क्यान्सरको सम्बन्धमा यौनको राम्रो गुण पत्ता लगाए । वैज्ञानिकहरूले लामो समयदेखि करिब ३० हजार पुरुषहरूबारे अनुसन्धान गरेका छन् ।

    नतिजाअनुसार एक महिनामा ६-७ पटक वीर्य स्खलन गर्ने पुरुषको तुलनामा २१ पटक विर्य स्खलन गर्ने पुरुषहरुलाई प्रोस्टेट क्यान्सर हुने सम्भावना कम देखाउँदछ ।

    (यो सामग्री नवभारत टाइम्सबाट नेपालीमा अनुवाद गरिएको हो ।)

  • नेपालमा कालो ढुसीको संक्रमण फैलिएको भन्दै सरकारद्वारा एड्भाइजरी जारी

    नेपालमा कालो ढुसीको संक्रमण फैलिएको भन्दै सरकारद्वारा एड्भाइजरी जारी

    काठमाडौं । नेपालमा ‘कालो ढुसी’ को संक्रमण भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन आग्रह गर्दै एड्भाइजरी जारी गरेको छ । भारतमा ‘ब्ल्याक फङ्गस’ भनिने कालो ढुसीबाट हजारौं मानिस संक्रमित भइसकेका छन् । कोभिड निको भएका विरामीहरुमा यो रोग देखिएको छ ।

    मन्त्रालयले रोगका लक्षण, रोकथामका विधि र संक्रमण भए आइसोलेसनमा रहेर गर्नुपर्ने कार्यबारे एड्भाइजरीमा उल्लेख गरेको छ । कोभिड-१९ भएर निको भएका विरामीहरुमा आँखा, नाक र अनुहार विगार्ने जस्ता समस्याहरु देखा परेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा हाल कालो ढुसीको संक्रमण विरलै देखिएपनि संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो रोग घातक भएकाले स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउन जरुरी रहेको जनाइएको छ ।

    कालो ढुसी भएका मानिसहरुमा सामान्य यी देखा पर्ने लक्षणहरु

    • अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने
    • आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने
    • नाकबाट रगत बग्ने, बाक्लो सिँगान आउने
    • ज्वरो आउने
    • आँखाको ढकनी सुनिने, ढकनी झुक्ने, आँखा धमिलो देखिने
    • दाँत दुख्ने वा हल्लिने

    यी मानिसहरुमा उच्च जोखिम हुने सम्भावना हुन्छ

    • कोभिड–१९ उपचारका क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरु
    • चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु
    • मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु

    घरमा आइसोलेसनमा बस्दा अपनाउन सकिने रोकथामका उपायहरु

    • सफा र सुख्खा माक्स प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने
    • नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
    • व्यक्तिगत सरसफाईमा ध्यान दिने
    • घर बाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पन्जाको प्रयोग गर्ने
    • धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने
    • नुुनिलो पानीले नाक सफा गर्ने
    • पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने
    • मधुमेह भएका विरामीले सुगर नियन्त्रणमा राख्ने
    • स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधी प्रयोग गर्ने
  • ३५६ मिटर अग्लो भवन हल्लिँदा चीनमा भागाभाग !

    ३५६ मिटर अग्लो भवन हल्लिँदा चीनमा भागाभाग !

    बेइजिङ । ग्वानजोङ प्रान्तस्थित ३५६ मिटर अग्लो एक गगनचुम्बी भवन हल्लिएपछि स्थानीय बासिन्दा डरले भागेका छन् ।

    जारी भएको भिडियो फुटेजमा उक्त भवन हल्लिएपछि स्थानीय बासिन्दा त्रसित भएर भागेको देख्न सकिन्छ । सेन्जेनस्थित आपतकालिन व्यवस्थापन ब्यूरोले उक्त भवन हल्लिनुको कारणबारे अनुसन्धान गरिरहेको छ ।

    उक्त भवन हल्लिएको क्षणमा सो स्थानमा भूकम्प नगएको समेत ब्यूरोले जनाएको छ । मंगलबार दिउँसो १ बजेतिर भवन हल्लिएपछि स्थानीय बासिन्दा त्रसित भएर भागेको भिडियो सार्वजनिक भएको थियो ।

    घटनापछि उक्त प्लाजालाई खाली गर्दै सिल गरिएको छ । अग्नि नियन्त्रक विभाग र प्रहरीले घटनाको छानविन गरिरहेको छ ।

    चिनियाँ निर्माण कम्पनीका एक इन्जिनियर लु जियानजिनले भूकम्प आएको बेला मात्र भवन हल्लिने तर, भूकम्प नै नगएको बेला भवन हल्लिनु अस्वभाविक भएको बताए ।

    उक्त एसइजी प्लाजा चीनको १०४ औं अग्लो भवन र विश्वमा २१२ औं अग्लो रहेको जनाइएको छ ।

  • निषेधाज्ञामा यसरी गरौं मानसिक स्वास्थ्यको स्याहार

    निषेधाज्ञामा यसरी गरौं मानसिक स्वास्थ्यको स्याहार

    काठमाडौं । अहिले राजधानी काठमाडौंसहितका अधिकांश जिल्लामा कोभिड-१९ महामारी रोकथामका लागि निषेधाज्ञा जारी भएको छ ।

    लामो समय घरमै रहँदा धेरैजनामा मानसिक समस्या देखिने गरेको छ । फुर्सदको समयलाई सदुपयोग गर्न, स्वस्थ र सकारात्मक रहनको लागि स्वास्थ्य मन्त्रालयले नागरिकलाई केही सुझाव पनि दिएको छ ।

    यस्ता छन् स्वास्थ्य मन्त्रालयका सुझाव :
    – नियमितरुपमा शारिरिक व्यायाम, योग तथा ध्यान गर्रौ ।
    – घरायसी काम तथा पारिवारिक छलफलमा सहभागी हौं ।
    – रुचिका खेल खेल्ने, किताब पढ्ने, लेख्ने, रचनात्मक चलचित्र हेर्ने गरौं ।
    – सजिलोसँग पच्ने र पोषणयुक्त खानेकुरा खाऔं ।
    – पर्याप्ता मात्रामा सुतौं ।
    – तनाव व्यवस्थापन गर्न गाह्रो परे मनोचिकित्सक वा मनोविदसँग परामर्श गरौं
    – टाढा भएपनि आफन्त र साथिभाईसँग नियमित सम्पर्कमा रहौं ।
    – सामाजिक सञ्जालको प्रयोग घटाऔं र अधिक समाचार नहेरैं ।
    – दैनिक कार्यतालिका बनाएर आफ्नो दिनचर्यालाई व्यस्त तथा सक्रिय राखौं ।

  • स्पेनमा पहिलोपटक यौन मामिला मन्त्री नियुक्त, घट्दो जन्मदरसँग लड्नुपर्ने कार्यभार

    स्पेनमा पहिलोपटक यौन मामिला मन्त्री नियुक्त, घट्दो जन्मदरसँग लड्नुपर्ने कार्यभार

    मड्रिड । स्पेनले पहिलोपटक यौन मामिला मन्त्री (मिनिस्टर अफ सेक्स) नियुक्त गरेको छ । मुलुकमा सिर्जित जन्मदर कमीको चुनौतिसँग लड्नुपर्ने एजेन्डा लिएर एडेलमिरा बेरेइरा पहिलो ‘मिनिस्टर अफ सेक्स’ नियुक्त भएकी छिन् ।

    सरकारले यो नयाँ मन्त्रालय गठनसँगै जन्मदरमा वृद्धि हुने विश्वास लिएको छ । पछिल्लो समय स्पेन विश्वमै न्यून जन्मदर भएको मुलुक बनेको छ । प्रधानमन्त्री मारियानो रोजयोले बेरेइरालाई मन्त्रालयको जिम्मेवारी सुम्पेकी छिन् । नवनियुक्त मन्त्री बेरेइराको कार्यकाल बढीभन्दा बढी बच्चा जन्माउनुपर्ने योजनाहरुमा केन्द्रित हुनेछ ।

    स्पेनले पछिल्लो समय जनसंख्याको संकटसँग संघर्ष गरिरहेको छ । गतवर्ष जन्मभन्दा मृत्युदर बढी मापन गरिएको थियो ।

    विज्ञहरु स्पेनमा पछिल्लो समय यौनेच्छामा देखिएको अरुचिमा केही कारणलाई जिम्मेवार ठान्छन् । जस्तो –लामो समय काम गर्नु । राती ढिलो समय खाना खाने संस्कृति र मध्यरातमा सुत्ने समस्या ।

    मड्रिडस्थित बिजनेस स्कुलका राफेल पुयोल भन्छन् –उनीहरुले परिवार निर्माण गर्न सहयोग गरिरहेका छैनन् । जब बच्चा जन्मिन्छ, त्यो निकै खराब स्वास्थ्यको हुने गर्छ ।’

    सन् २००८ यता स्पेनको जन्मदरमा १८ प्रतिशतले गिरावट आइसकेको छ । सन्तानविहिन जोडीहरुको संख्या १.५ मिलियन (सन् १९७७) बाट बढेर ४.४ मिलियन (२०१५) पुगेको थियो ।

    औषत स्पेनी महिलाहरु २ वा सोभन्दा बढी बच्चा चाहन्छन् । तर, सन् २०१५ मा १८ देखि ४८ उमेर समूहका महिलाहरुले १.३ प्रतिशत बच्चा जन्माएका थिए । तर, युरोपेली युनियनले चाहिँ १.५८ प्रतिशत आँकडा तय गरेको छ ।

    परिवार नीति हेर्ने स्पेनको एक संस्थाका अनुसार आर्थिक संकटको कारणले पनि स्पेनी महिलाहरु जीवनको उत्तराद्र्धमा बच्चा जन्माउन बाध्य छन् ।

    स्पेनको शिक्षा मन्त्रालयले जन्मदरमा आएको कमीको कारण आथिक असमानता बढ्ने र कल्याणकारी राज्यलाई प्रभावित तुल्याउने बताएको छ । मन्त्री बेरोइराको अबको चुनौति जनसंख्या असन्तुलनविरुद्ध लड्न राष्ट्रिय रणनीति तय गर्नु पनि छ ।

  • बीजेपी प्रवेश गरे ‘भगवान श्रीराम’ !

    बीजेपी प्रवेश गरे ‘भगवान श्रीराम’ !

    दिल्ली । हिन्दू धर्मग्रन्थ रामायणमाथि आधारित भारतीय टिभी सिरिजका अभिनेता अरुण गोविल सत्तारुढ दल बीजेपी प्रवेश गरेका छन् ।

    हिन्दुस्तान्स टाइम्सका अनुसार गोविल विहिबार दिल्लीस्थित पार्टी मुख्यालयमा आयोजित समारोहमा दल प्रवेश गरे । उनले उक्त सिरिजमा भगवान श्रीरामको भूमिका निर्वाह गरेका छन् ।

  • मास्टरसेफ रनरअप सन्तोष शाह काठमाडौंमा, नेपाली रिसोर्टमा खानाको मौलिकता सिकाउने

    मास्टरसेफ रनरअप सन्तोष शाह काठमाडौंमा, नेपाली रिसोर्टमा खानाको मौलिकता सिकाउने

    काठमाडौं । बीबीसी रियालिटी सो मास्टरसेफमा फस्ट रनरअप भएर चर्चा बटुलेका नेपालका सन्तोष शाह आज राती काठमाडौं आउँदैछन् ।

    सरकारको नीतिअनुसार उनी केही साताको लागि होटल क्वारेन्टाइनमा रहने भएका छन् । नेपाली परिकारलाई विश्व्यापी बनाउने सपना बोकेका शाह उक्त सोबाट विश्वभर चर्चित भएका थिए ।

    नेपाली कोदोको खीर बनाएर चर्चा बटुलेका सन्तोषले नेपालमा पनि खानालाई प्रचारप्रसार गर्ने भएका छन् । होटल ब्यवसायी कर्ण शाक्यले शाहलाई आफ्नो पार्क भिलेज रिसोर्टमा निम्तो गरेका छन् ।

    मौलिक नेपाली खाना कसरी बन्छ भनेर शाहलाई आफूले चिनाउने भन्दै शाक्यले तस्विरमा कमेन्ट गरेका छन् । नेपालको घर सिराहा भएका सन्तोष लन्डनको सिनामोन किचरका मुख्य भान्से पनि थिए ।

  • २३ वर्षमा ११ बच्चाकी आमा बनिन् क्रिस्टिना, १०५ बच्चाको लक्ष्य !

    २३ वर्षमा ११ बच्चाकी आमा बनिन् क्रिस्टिना, १०५ बच्चाको लक्ष्य !

    मस्को । रुसकी क्रिस्टिना ओज्टर्क २३ वर्षको उमेरमा ११ बच्चाकी आमा बनेकी छिन् । पहिलो बच्चाको डेलिभरी १७ वर्षको उमेरमा भएको थियो । पछिल्लो १० महिनामा सरोगेसी विधिबाट उनले १० बच्चालाई जन्म दिइन् ।

    क्रिस्टिनाका पति ग्यालिप ओज्टर्कले १०५ बच्चा जन्माउने आफूहरुको लक्ष्य रहेको बताए । क्रिस्टिनालाई कति बच्चा जन्माउने भन्ने कुराको मतलब छैन, उनीहरुको परिवार योजना १० भन्दा बढी बच्चाको लागि पनि हुनेछ ।

    क्रिस्टिना मस्को निवासी हुन् भने उनका पति ग्यालिप ब्यापारी हुन् । सरोगेसीको माध्यमबाट कति बच्चा जन्माउन सकिन्छ भनेर आफूहरुले जान्न चाहेको पनि क्रिस्टिनाले बताइन् । सरोगेसीबाट जन्मिएको उनीहरुको पहिलो बच्चा मुस्तफा थिए ।

    क्रिस्टिनाका अनुसार सबै बच्चाको स्याहारसुसारका लागि अलग अलग डायरी बनाइएको छ । साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म यो प्रक्रिया चल्छ । यी बच्चाको हेरचाहमा खटिने नानी चाहिँ दैनिक बच्चाको स्याहारलाई लिएर डायरीमा नोट उतार्छिन् ।

    क्रिस्टिना सिंगल मदर थिइन् । ६ वर्ष पहिले उनले छोरीलाई जन्म दिइन् । केही वर्षपछि बिदा मनाउन उनी जर्जिया गइन् । यस भ्रमणमा उनको भेट ग्यालिपसँग भयो र प्रेम बस्यो । ग्यालिपका अनुसार क्रिस्टिना हाँसिरहने र लजालु स्वभावकी छिन् ।

  • लामो समय बसेर काम गर्दा ब्लडसुगर बढ्ने खतरा, आराम गर्न यी तीन कसरत गर्नूस

    लामो समय बसेर काम गर्दा ब्लडसुगर बढ्ने खतरा, आराम गर्न यी तीन कसरत गर्नूस

    काठमाडौं । लामो समय एउटै पोजमा रहेर काम गर्दा विभिन्न स्वास्थ्य समस्या आउने एउटा अध्ययनले देखाएको छ । वैज्ञानिकले लामो समय बसेर काम गर्दा ब्लडसुगर (मधुमेह) बढ्ने खतरा औंल्याएका छन् ।

    वैज्ञानिकले काम गर्दा गर्दा केही कसरत पनि गर्नुपर्ने सुझाएका छन् । लामो समय बसेर काम गर्दा मांशपेशीले ग्लुकोज उत्पादन गर्न नसक्ने र ब्लडसुगर बढ्ने बताइएको छ ।

    यस्तो बानीले इन्सुलिनमा असर गर्ने र चनाखो हुनुपर्ने उनीहरुको सुझाव छ । हावर्ड मेडिकल स्कुलका प्रोफेसर हिचम स्कालीले लामो समयसम्म एउटै पोजिसनमा बसेर काम गर्दा माशंपेशीले ग्लुकोज उत्पादन गर्न नसक्ने बताए ।

    ३० देखि ४० मिनेटसम्म शरिरलाई सक्रिय तुल्याउनुपर्ने उनको सुझाव छ । उनका अनुसार दैनिक ३० मिनेटसम्म साइक्लिङ, वाक र पौडीजस्ता कसरत गर्नुपर्छ । एकछिन उभिएर कसरत गर्दा पनि हुन्छ । २० देखि ३० सेकेन्डसम्म उभिएर कसरत गर्दा पनि तरल पदार्थको प्रवाह हुने र शरिरलाई आराम मिल्ने बताइएको छ ।

    यसरी मुभमेन्ट गर्दा कुम, गर्धन, हात र पीठको दर्द निको समेत उनले जनाए । हातलाई सीधा बनाएर जमिनतर्फ राख्न सकिन्छ । औंलालाई हातले पछाडि तान्न सकिन्छ । काँधलाई उठाएर कानको तर्फ ल्याउने अनि केही सेकेन्ड रोक्ने अभ्यास पनि गर्न सकिन्छ ।

    लामो सास तानेर केही सेकेन्ड रोकेर पनि अभ्यास गर्न सकिन्छ ।

  • पोर्न भिडियो बनाएको आरोपमा अभिनेत्री पक्राउ, हिरासतमा राख्न अदालतको आदेश

    पोर्न भिडियो बनाएको आरोपमा अभिनेत्री पक्राउ, हिरासतमा राख्न अदालतको आदेश

    मुम्बई । अश्लिल भिडियो बनाएको आरोप भारतीय अभिनेत्री गहना वशिष्ठ पक्राउ परेकी छिन् । ३२ वर्षे अभिनेत्रीलाई पोर्न भिडियो बनाएर वेबसाइटमा अपलोड गरेको आरोप छ ।

    मुम्बइ प्रहरीले उनलाई १० फेब्रुअरीसम्म हिरासतमा राख्न आदेश दिएको छ । मुम्बइ प्रहरीका अनुसार गहनाले ८७ वटा पोर्न भिडियो बनाएको आरोप लगाएको छ । उनले अपलोड गरेको भिडियोलाई हेर्न २ हजार भारु तिरेर सब्सक्राइब गर्नुपर्ने बनाइएको थियो ।

    उनका सहयोगीले वक्तव्य जारी गर्दै गहनालाई फसाइएको आरोप लगाएका छन् । साथै वक्तव्यमा गहना कुनै पोर्न र्‍याकेटमा संलग्न नभएको समेत दाबी गरिएको छ । प्रहरीका अनुसार गहनाले अन्य अभिनेत्रीलाई लोभ देखाएर पोर्न भिडियो छायांकन गरेको आरोप छ ।

  • नेपाली युवती बैअबु राईले सुरु गरिन् फेसबुक मुख्यालयमा सफ्टवेयर इन्जिनियरको जागिर

    नेपाली युवती बैअबु राईले सुरु गरिन् फेसबुक मुख्यालयमा सफ्टवेयर इन्जिनियरको जागिर

    काठमाडौं । नेपाली युवती बैअबु राई सामाजिक संजाल फेसबुकको मुख्यालयमा बरिष्ठ सफ्टवेयर इन्जिनियरको रुपमा आबद्ध भएकी छिन् ।

    उदयपुरस्थित रौतामाई गाउँपालिका–२ सालथुम्का घर भएकी २९ वर्षिया राई सिलिकन भ्यालीस्थित फेसबुक हेर्डक्वार्टरमा जागिरेको रुपमा प्रवेश गरेकी हुन् ।

    फेसबुकले सिनियर सफ्टवेयर इन्जिनियरलाई तलब बापत वार्षिक १८३२७२ अमेरिकी डलर दिने गर्छ । उदयपुरस्थित गाइघाटको लालीगुराँस आवसिय विद्यालयबाट शिक्षा थालेकी उनले काठमाडौंको बुढानिलकण्ठ स्कुलबाट एसएलसी दिएकी थिइन् ।

    लगत्तै उनले बेलायतको एक प्रतिष्ठित कलेजमा छात्रवृत्तिमा अध्ययन गरिन् । उनले अमेरिकाकै म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा छात्रवृत्तिमै कम्प्युटर साइन्सबाट ग्राजुएट पास गरेकी थिइन् ।

    सन् २०११ को जुनदेखि अगस्टसम्म उनले माइक्रोसफ्टमा एक्सप्लोरर इन्टर्नको रुपमा अनुभव समेत लिएकी थिइन् । छोरीले फेसबुकमा जागिर सुरु गरेपछि आमा शान्त राई र बाबु म्याम्बर राईले खुशि व्यक्त गरेका छन् ।

  • लामो जीवन र निरोगी रहने मंत्र

    लामो जीवन र निरोगी रहने मंत्र

    वैज्ञानिक यतिबेला आयु कसरी लामो बनाउने र स्वस्थ रहने भन्ने कुरामा अनुसन्धान गरिरहेका छन् । आफूलाई स्वस्थ राख्न केही कुरामा ध्यान दिनु जरुरी छ । ग्रीन टी, ड्राइ फुड, तरकारी र केही मिनेटको दौडमा ध्यान दिनुपर्ने हुन्छ । जान्नूस, यी कुरालाई पालना गरेर कसरी जीवनमा खुशि रहन सकिन्छ ?

    ग्रीन टी पिउनेले जीवन लामो हुन्छ
    डायबिटीज रिचर्स एन्ड केयर जर्नलमा अक्टोबरमा प्रकाशित एक शोधअनुसार जसलाई डायबिटीज छ र जो ग्रीन टी अथवा कफी पिउँछन्, उनीहरु उमेरभन्दा बढी समय बाँच्ने सम्भावना हुन्छ । ५ सासम्म ५००० व्यक्तिमाथि यो अनुसन्धान गरिएको हो । डायबिटिज नभएकालाई पनि ग्रीन टी लाभदायक हुने बताइएको छ । कफी र ग्रीन टीमा हुने प्लान्ट कम्पाउन्डले गर्दा शरिरको लागि राम्रो हुन्छ ।

    दौडिनु लाभदायक
    विश्व स्वास्थ्य संगठनले एक सातामा कम्तीमा ७५ मिनेट दौडनुलाई राम्रो मानेको छ । दौडसहित साइक्लिङ, पौडी र एरोबिक गर्न पनि सुझाइएको छ । दैनिक ३५ मिनेट जगिङ गर्न पनि भनिएको छ । ब्रिटिस जर्नल अफ मेडिसिनमा प्रकाशित एक सोधअनुसार दैनिक दौडिनु आवश्यक छ । थोरै भएपनि दौडिनुले मान्छेलाई मृत्यु हुने खतराबाट जोगाउँछ ।

    दैनिक केही मात्रामा ड्राइ फुड
    अक्सफोर्डको इन्टरनेसनल जर्नल अफ एपिडिमियोलोजीमा २०१५ मा छापिएको एक सोधअनुसार दैनिक बदाम, ओखर, पास्ताजस्ता ड्राइफुड खानाले मृत्युको खतरालाई कम गर्छ । यस अध्ययनअनुसार क्यान्सर, स्ट्रोक, सास र मस्तिष्कको बिरामीलाई ड्राइफुड लाभदायक हुन्छ ।

    खानपानमा तरकारी लाभदायक
    जर्नल अफ दी अमेरिकन हार्ट एसोसिएसनमा उल्लेख भएअनुसार रुखविरुवमा आधारित खानालाई आहारमा समेट्दा कार्डियोभास्कुलरबाट हुने मृत्युको जोखिमलाई ३२ प्रतिशतले घटाउन सकिन्छ । हावर्ड मेडिकल स्कुलका कैथरिन डी म्याकम्यान्सका अनुसार रुखविरुवामा आधारित आहारको अर्थ तरकारी र फलफूल मात्र हैन । यसमा ओखर, बिउ, तेल, होलग्रेन, बिन्स पनि पर्छन् ।

  • बिकनीदेखि एप्रोनसम्म : अक्सफोर्डसँग मिलेर भ्याक्सिन आविष्कारमा विश्व सुन्दरी !

    बिकनीदेखि एप्रोनसम्म : अक्सफोर्डसँग मिलेर भ्याक्सिन आविष्कारमा विश्व सुन्दरी !

    कुनैबेला बिकनी लगाएर मिस इङ्ल्यान्डको क्राउन जितेकी क्यारिना टिरेलको भूमिका यसपटक बदलिएको छ । उनी यसपटक सेतो एप्रोन लगाएर कोरोना भाइरसविरुद्धको खोप आविष्कार जुटेकी छन् ।

    चिकित्सक एवं प्राध्यापक समेत रहेकी ३१ वर्षिया टिरेल अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर भ्याक्सिन बनाउन व्यस्त छिन् । यस्तो उदाहरणीय कामबापत उनलाई विश्व सुन्दरी प्रतियोगिताको आयोजक संस्थाले पनि बधाइ दिएको छ ।

    सन् २०१४ मा मिस इङ्ल्यान्डको ताज जितेकी टिरेललाई बेलायतमा सर्वाधिक युवा मस्तिष्कको रुपमा पनि डेली मेल लगायतका संचारमाध्यमले प्रशंसा गरेका छन् । १२ महिनादेखि उनी अक्सफोर्डको टीममा सामेल भएर वैज्ञानिकको रोल निर्वाह गरिरहेकी छन् ।

    क्याम्ब्रिज विश्वविद्यालयबाट मेडिकल डिग्री हासिल गरेकी टिरेलले सय वर्षयताकै ठूलो स्वास्थ्य संकटविरुद्ध काम गर्न पाउँदा खुशि लागेको बताएकी छन् । बेलायती दम्पत्तिबाट स्वीटजरल्यान्डमा जन्मिएकी टिरेलले सुन्दरीले पनि समाजको लागि काम गर्न सक्ने बताइन् ।

    तर, उनको वाल्यकालिन सपना भने मलेरियाजस्ता रोगविरुद्ध काम गर्नु थियो । १५ वर्षकै उमेरदेखि मोडलिङमा लागेकी उनी इङ्ल्यान्डमै चर्चित मोडेल पनि हुन् ।

  • बीबीसी रियालिटी सोमा नेपालका सन्तोष साह फाइनलमा

    बीबीसी रियालिटी सोमा नेपालका सन्तोष साह फाइनलमा

    कोदोको खिर चखाएर नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ यूकेको शीर्ष ४ मा पुग्न सफल भएका छन् । ‘बीबीसी वान’ मा मंगलबार राति प्रसारित फाइनल राउन्डको पहिलो चरणबाट उनी शीर्ष ४ मा पुगेका हुन् ।

    प्रतियोगितामा सन्तोषले कोदोको खीरसँगै आँपको कुल्फी र तराईमा प्रचलित आँपको ‘अमोट’ पनि बनाएका थिए । उनले नेपाली खाना चखाउन यो प्रतियोगितामा भाग लिएका थिए । नेपालमा पाइने मौलिक खानाहरु जजलाई खुवाएर मन जितेका थिए । साथै उनले लोप भइसकेको खानालाई पुन: एकपटक विश्व माझ चिनाएका छन् ।

    सिरहाका सन्तोषले यो प्रतियोगिताको प्रथम चरणदेखि नै नेपाली खानाको परिकार पस्किरहेका छन् । उनले यो फाइनल राउन्डका ६ प्रतियोगीलाई पछि पार्दै शीर्ष ४ स्थान बनाउन सफल भए । उनी दुई दशकदेखि यो पेसामा आवद्ध छन् । यही क्रममा उनले भारत र बेलायतमा  धेरै वर्ष सेफको क्रममा काम गरे ।

    मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल आउँदो बिहीबार बेलुका प्रसारण हुनेछ । ३५ वर्षीय सन्तोष शीर्ष ४ मा पुगेकोमा उनकी आमाले खुसी व्यक्त गरेकी छिन् । आमाले भनेकी छिन्, ‘मलाई मेरो छोरा फाइनलमा पुगेको एकदमै खुसी लागेको छ । तर उनले चाडैँ नै विवाह गरिदिओस भन्ने इच्छा छ मेरो ।’