Category: टापनटिपन

  • नक्कली पुलिस थाना बनाएर ८ महिनासम्म ठगी धन्दा !

    नक्कली पुलिस थाना बनाएर ८ महिनासम्म ठगी धन्दा !

    काठमाडौं । भारतको बिहारमा ठगहरुको गिरोहले एउटा घर भाडामा लिएर ८ महिनासम्म नक्कल्ली पुलिस थाना संचालन गरी सयौंलाई ठगी गरेको घटना सार्वजनिक भएको छ ।

    भारतीय संचार माध्यमहरुका अनुसार ठगहरुले संचालनमा ल्याएको उक्त नक्कली पुलिस थाना वास्तविक पुलिस थानाबाट मात्र ५ सय मिटरको दुरीमा रहेको थियो ।

    ठगहरुको समुहले उक्त थानामा सेवा लिन आउने हरुबाट पैसा उठाउने, जागिरको आश्वासन दिने लगायतका कामहरु गर्दै आएको बताइएको छ । आम मानिसहरुलाई शंका नहोस् भनेर उनीहरुले फर्जी कागजी प्रकृयासमेत गर्दै आउने गरेका थिए भने अत्यन्तै दुर्लभ ठाउँका केही मानिसहरुलाई दैनिक ५ सय भारु दिएर नक्कली पुलिससमेत बनाएका थिए ।

    एकजना सक्कली पुलिसले २ जना नक्कली पुलिसलाई स्थानीय बजारमा पाइने बन्दुक बोकेर हिँडेको देखेपछि यो घटना सार्वजनिक भएको हो । हाल उक्त थानाबाट दुई महिलासहित ६ जना प्रहरीको नियन्त्रणमा रहेका छन् ।

  • रुसमा १० बच्चा जन्माउने आमालाई १ अर्ब पुरस्कार !

    रुसमा १० बच्चा जन्माउने आमालाई १ अर्ब पुरस्कार !

    काठमाडौं । रुसको जनसंख्यामा उल्लेखनीय मात्रामा कमी आउन थालेसँगै रुसी राष्ट्रपति भ्लादीमिर पुटिनले काइदाको योजना अगाडि सारेका छन् ।

    ‘मदर हिरोइन’ नामक उक्त योजनाअनुसार रुसमा १० जना भन्दा बढी सन्तान प्राप्त गर्ने महिलालाई १ अरब रुबेल अर्थात झण्डै २१ लाख रुपैयाँ प्रदान गरिने छ । यति मात्र नभएर सो महिलाहरुलाई ’मदर हिरोइन’ नामक अवार्डद्वारा सम्मानसमेत गरिने जनाइएको छ ।

    पुटिनले अगस्ट १५ मा यो योजना घोषणा गरेका हुन् । जसअनुसार १० औं बच्चा एक वर्षको भएपछि (१० औं बच्चाको पहिलो जन्मदिनमा) आमाको खातामा एकैपटक पूरा रकम स्थानान्तरण गरिने बताइएको छ ।

    आमाले कारणबश बच्चा गुमाएमा वा कुनै कारणले बच्चाको मृत्यु भएमा पनि आमालाई पूरा रकम दिइने पुटिनको भनाई छ । रुसले यस किसिमको योजना दोस्रो विश्व युद्दताका पनि ल्याएको थियो भने सोभियत संघ भंग भएसँगै सन् १९९१ मा यो योजना बन्द समेत गरिएको थियो ।

  • क्याटफिसदेखि डिटीआरसम्म ‘डेट’मा जानु अघि बुझ्नै पर्ने १० शब्दावली

    क्याटफिसदेखि डिटीआरसम्म ‘डेट’मा जानु अघि बुझ्नै पर्ने १० शब्दावली

    काठमाडौं । वर्तमान समयमा युवा पुस्ताहरुमा चर्चित शब्दावली हो ‘डेट’ । कुनै पनि किसिमको प्रेम सम्बन्ध वा अन्य सम्बन्धमा जानु पुर्व दुई व्यक्तिहरुले एक आर्कालाई बुझ्नका निमित्त सँगै व्यतित गर्ने समयलाई नै सामान्य तय डेटिङ् भनेर बुझ्ने गरिन्छ ।

    कुनै पनि व्यक्तिलाई डेट गर्नु पुर्व र डेट गरिसकेपछि मानिसहरुमा विभिन्न किसिमका सोचाइ तथा भोगाइहरु आउन सक्छन् । ति सोचाइ र भोगाईहरुलाई व्यक्त गर्नका निमित्त पनि विभिन्न शब्दावलीहरु प्रयोग हुने गर्छन् । ति शब्दावली विभिन्न अवस्था सोचाइ र भोगाइ लाई व्यक्त गर्नका निमित्त प्रयोग हुन्छन् । आउनुहोस् यस्तै केही शब्दावलीहरुको बारेमा चर्चा गरौँ ।

    १. क्याटफिसिङ: कुनै पनि व्यक्तीले सम्बन्ध सुरु गर्नका निमित्त नितान्त फरक पहिचान बनाउछ भने त्यसलाई ‘क्याटफिसिङ’ गरेको भनिन्छ । क्याटफिसिङ सकारात्मक र नकरात्मक दुबै किसिमको हुन सक्छ ।

    २. घोस्टिङ: डेट गरिरहेकाहरुमा यो अत्यन्तै धेरै प्रयोग हुने शब्द हो । कोही व्यक्तिले अचानाक केही कुरा नगरी तपाईंसँग सम्पर्कमा आउन छोड्छ भने त्यसलाई घोस्टिङ भनिन्छ ।

    ३: बेन्चिङ: कुनै व्यक्तिलाई पूर्ण रुपमा बेवास्ता नगर्ने तर खासै महत्व पनि नदिनुलाई बेन्चिङ भनिन्छ । उदाहरणको लागि सामाजिक संजालमा एकदम नजिक हुने तर वास्तविक जीवनमा भने भेट्न नखोज्ने किसिमको प्रवृतिलाई बेन्चिङ भनिन्छ ।

    ४.ग्यासलाइटिङ: कसैले यदी तपाईले भोगेका वा व्यक्त गरेका भावनाहरु यथार्थ भन्दा टाढाका कुरा हुन वा सही हैनन् भनेर तपाईंलाई मनाउन खोज्छ भने त्यसलाई ग्यासलाइटिङ भनिन्छ । मनोविद्हरुले यसलाई इमोसनल एब्युज ‘भावनात्मक दुर्व्यवहार’ भन्ने गर्छन् ।

    ५. ब्रेडक्रम्बिङ:  तपाईंप्रती कसैले रुची राख्दै छ जस्तो लागेको छ तर वास्तवमा उक्त मान्छेको त्यस्तो कुनै पनि अभिप्राय छैन भने त्यो व्यक्तिले तपाईलाई ब्रेड क्रम्बिङ् गर्दै छ ।

    ६. सिचुएसनसिप:  यदि दुई व्यक्तिहरु प्रगाढ किसिमको प्रेम सम्बन्धमा छन् तर त्यसलाई स्वीकार गरिरहेका छैनन् भने त्यसलाई सिचुएसनसिप भनिन्छ ।

    ७. लभ बम्बिङ: तपाईं कोही व्यक्तिलाई डेट गर्दै हुनुहुन्छ र तपाईंले डेट गरिरहेको व्यक्तिबाट अत्याधिक मात्रामा उपहार , फूल , चक्लेट लगायतका वस्तुहरु प्राप्त गरिरहनु भएको छ भने त्यसलाई लभ बम्बिङ भनिन्छ ।

    ८. जोम्बिज : तपाई कोहीबाट ‘घोस्टेड’ हुनु भयो र तपाईंले सो कुरालाई ग्रहण गरेर अगाडि पनि बढिसक्नु भयो तर अचानक तपाईंलाई घोस्ट गरेको व्यक्ति तपाईंको सम्पर्कमा आयो त्यसलाई भनिन्छ जोम्बिज ।

    ९. रोचिङ: तपाईं कसैलाई डेट गर्दै हुनुहुन्छ । तपाईले डेट गरेको व्यक्ति सो समयमा तपाईंलाई मात्र डेट गरिरहेको छ भन्ने तपाईको मान्यता छ तर तपाईंले अचानक थाह पाउनु भयो कि त्यो व्यक्ति अरु कोहीसँग पनि डेटमा जादै छ भने त्यसलाई रोचिङ भन्ने गरिन्छ ।

    १०. डिटीआर : डिटीआर भन्नाले ‘डिफाइन द रिलेसनसिप’ भन्ने बुझिन्छ । सम्बन्ध कता जादै छ ? के हुँदै छ ? अब के गर्ने लगायताका प्रश्न को उत्तर खोज्नका निमित्त दुई व्यक्तिहरुले छलफल गर्ने निर्णय गर्छन् भने त्यसलाई डिटीआर भनिन्छ ।

  • समुद्री किनारबाट हराएकी प्रिया खोज्न हेलिकोप्टर प्रयोग, भेटिइन् प्रेमीको घरमा

    समुद्री किनारबाट हराएकी प्रिया खोज्न हेलिकोप्टर प्रयोग, भेटिइन् प्रेमीको घरमा

    नयाँ दिल्ली । छिमेकी मुलुक भारतको भिसाखापटनममा गत सोमबार एक विवाहित जोडी राधा कृष्ण समुद्री किनार घुम्न गएका थिए ।

    दोस्रो वैवाहिक वर्षगाठको अवसर पारेर घुम्न गएको उक्त जोडी समुद्री किनारमानै रहँदा खेरी श्रीमान अपला रेड्डी एक फोन कलमा व्यस्त हुन थाले उनकी श्रीमती रापिरेड्डी साई प्रिया समुद्री किनारको छेउमानै थिइन् ।

    जब अपला फोन कल सक्काएर फर्किए उनकी श्रीमती सोही ठाउँमा थिइनन् । श्रीमतीलाई कही कतै नदेखे पस्चात अपलाले आतिदै प्रहरीलाई सम्पर्क गरे आफूसँग छुट्टिनु अगाडि साई प्रिया समुद्री लहरको नजिक तिर जाँदै गरेको बताए । अपलाले दिएको विवरण अनुसार समुद्री लहरले बगाएको आशंकामा प्रहरीले उनको खोजी कार्यलाई व्यापक बनायो ।

    भारतिय नव सेना र कोस्ट गार्डको संयुक्त प्रयासमा हेल्कप्टर समेत परिचालन गरी उक्त खोजी कार्य गरिएको भारतिय संचार माध्यम हिन्दूले जनाएको छ ।

    मिडिया रिपोर्टमा उल्लेख भए अनुसार उक्त सर्च अप्रेशनमा लगभग एक करोड खर्च भएको थियो । समुद्री किनारमा साइ प्रियालाई खोजिरहेको प्रहरीले अन्तत गत बुधबार साइ प्रियालाई बेङ्गलुरुमा भेट्टायो तर कुनै समुद्री किनारमा नभई उनको प्रेमी घरमा ।

    मिडिया रिपोर्टका अनुसार साई प्रियाको स्कुल पढ्दा देखीनै बेङ्गलुरुमा बस्दै आएका ति व्यक्तीसँग प्रेम सम्बन्ध रहेको खुलेको छ । राधा कृष्ण समुद्री किनाराबाट बेङ्गलुरु उनी एकली पुगिन् वा उनका प्रेमी उनलाई लिन आएका थिए भन्ने विषय भने हाल सम्म सार्वजनिक गरिएको छैन ।

  • दुर्लभ चुच्चे ह्वेल समुद्री किनारमै देखिन थाले, वैज्ञानिकहरू चिन्तित

    दुर्लभ चुच्चे ह्वेल समुद्री किनारमै देखिन थाले, वैज्ञानिकहरू चिन्तित

    काठमाडौं । विशेषगरी गहिरो समुन्द्रमा पाइने धेरै अनौठो र विरलै देखिने चुच्चे ह्वेलहरू नेदरल्यान्ड्सको किनारको छेउमा भेटिएका छन् । एसओएस डल्फिन फाउन्डेसनका अनुसार जुलाई १९ मा नेदरल्यान्ड्सको समुद्री तटमा तीनवटा चुच्चे ह्वेल फेला परेका थिए । ती ह्वेलहरूलाई समुद्री किनारबाट टाढा राख्न आवश्यक रहेको विवरणहरूमा जनाइएको छ ।

    गहिरो समुद्री ह्वेलहरूलाई उत्तरी सागरको सतही पानीमा बाँच्न गाह्रो हुने भन्दै पछिल्लो पटक देखिएको दृश्य चिन्ताजनक भएको फाउन्डेसनले जनाएको छ ।

    चुच्चे ह्वेल असामान्य र अस्पष्ट २४ प्रजातिहरुको एक विविध समूह हो । तिनीहरू लम्बाइमा ४२ फिटसम्मका हुन सक्छन् । समुद्री जनावरहरूमा असामान्य मानिने चुचे ह्वेल समुद्रमा शिकार गर्न ठूलो गहिराइमा डुबुल्की मार्छन् ।

    तिनीहरू लगभग ९ हजार फिटको गहिराइमा डुब्न सक्छन् र चार घण्टाभन्दा बढीको लागि आफ्नो सास रोक्न सक्छन् । लन्डनको सेटासियन स्ट्रान्डिङ इन्भेस्टिगेसन प्रोग्राम (सीएसआईपी) को जुलोजिकल सोसाइटीका परियोजना प्रबन्धक रोब डेभिलका अनुसार धेरै चुच्चे ह्वेलहरू शिकारी र मानव सृजित प्लास्टिक प्रदूषणका कारण मरेर किनारमा पुग्छन् ।

  • नवविवाहिता जोडीको अनौठो प्रतिज्ञा, महिनामा एउटामात्रै ‘पिज्जा’ खाने लिखित सम्झौता

    नवविवाहिता जोडीको अनौठो प्रतिज्ञा, महिनामा एउटामात्रै ‘पिज्जा’ खाने लिखित सम्झौता

    काठमाडौं । सामान्यतया नवविवाहिता जोडीले के-कस्ता कुराको प्रतिज्ञा गर्ला ? सुखदुःखमा सधैं एक-अर्कालाई साथ दिने, भावना र मर्मलाई बुझ्न प्रयास गर्ने, सम्मान गर्ने र कुरा नलुकाउने आदि ।

    तर, भारतको आसामका एक नवविवाहिता जोडीले भने आफ्नो विवाहमा एउटा अनौठो लिखित सम्झौता गरेको छ । जसका कारण उनीहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

    उनीहरुले गरेको अनौठो सम्झौता हो, महिनामा एउटामात्रै ‘पिज्जा’ खाने । उनीहरुले उक्त सम्झौतामा हस्ताक्षर गर्दै गरेको भिडिओ सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेका छन् । त्यसपछि उनीहरु एकाएक भाइरल भएका हुन् ।

    उक्त भिडिओ चार करोड ५० लाख पटक हेरिएको छ । २४ वर्षीय दुलही शान्ति प्रसादलाई पिज्जा अत्यन्तै मनपर्ने भएकाले उक्त सम्झौता गरिएको बताइएको छ ।

    सन् २०१८ देखि प्रेम सम्बन्धमा रहेका शान्ति र मिन्टुले हरेक ‘डेट’ मा पिज्जा नै खाने गरेको मिडिया रिपोर्टमा उल्लेख छ । जतिबेला पनि पिज्जामात्रै खाने भनेपछि मिन्टुले बेला-बेलामा जतिवेलै पिज्जा खुवाउन नसक्ने गुनासोसमेत गर्दै आएका थिए ।

    यो लिखित सम्झौता गर्ने ‘आइडिया’ पनि उनैको हो । तर, यस सम्झौता धेरै दिनसम्म नटिक्ने मिन्टु आफै बताउँछन् ।

  • जब रिपोटिङ गर्दा गर्दै पत्रकारलाई रिस उठ्यो (भिडिओ)

    जब रिपोटिङ गर्दा गर्दै पत्रकारलाई रिस उठ्यो (भिडिओ)

    काठमाडौं । पाकिस्तानकी एक महिला पत्रकारले इदको दिनमा गरिरहेको भिडियो रिपोटिङ यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

    उक्त भिडिओमा उनले एक जना व्यक्तीलाई थप्पड हनेको देख्न सकिन्छ । इदको दिनको स्थलगत भिडिओ रिपोटिङ गर्ने गएकी महिला पत्रकारको क्यामरा अगाडी आएर रिपोटिङमा बाधा पु¥याएपछि आक्रोशित बनेकी पत्रकारले क्यामराकै अगाडी थप्पड हानिदिएकी हुन् ।

    पाकिस्तानका पत्रकारहरुले रिपोर्टिङको क्रममा आफ्नो होस गुमाएको यो पहिलो पटक भने होइन । यसअघि पनि पाकिस्तानका का एक जना पत्रकार चान्द नवाबको भिडिओ पनि सामाजिक संजालमा व्यापक भाइरल बनेको थियो ।

    चान्द नवाबको भिडिओ त्यो हदसम्म भाइरल भएको थियो कि बलिउड सुपरस्टार सलमान खानको फ्लिम ‘बजरंगी भाइजान मा उनको चरित्रलाई एक मुख्य पात्रकै रुपमा चित्रण गरिएको थियो ।

  • खाने होइन सुन छर्केकाे फ्रेन्च फ्राइज ?

    खाने होइन सुन छर्केकाे फ्रेन्च फ्राइज ?

    न्यूयोर्क । फास्टफुडको राजा भनिने ‘फ्रेन्च फ्राइज’को नाम जिब्रोमा आउँदा सबैको मुखमा पानी आउन थाल्छ । आलुबाट बनेको यो परिकारलाई अमेरिकाको एक रेष्टुरेन्टले विशेष बनाएको छ ।

    न्युयोर्कको एक रेष्टुरेन्टमा ‘क्रेम डे ला क्रेम पोम्मे फ्राइट्स’ नामको फ्रेन्च फ्राइज विश्वकै महँगो फ्रेन्च फ्राइज हो । यहाँ फ्रेन्च फ्राइज एक प्लेटको मूल्य २०० डलर पर्छ । मूल्यका कारण यो फ्रेन्च फ्राइजले सन् २०२१ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ ।

    सुन छर्केर बनाइन्छ फ्रेन्च फ्राइज

    गिनिज बुक वर्ल्ड रेकर्डको रिपोर्टअनुसार न्यूयोर्कको सेरेन्डिप्टी ३ रेष्टुरेन्टमा काम गर्ने शेफद्वय जो र फ्रेडरिकले विश्वकै सबैभन्दा महँगो फ्रेन्च फ्राइज बनाएका छन् ।

    यो बनाउन उच्च गुणस्तरको आलु प्रयोग गरिन्छ । त्यस्तै भिन्टेज २००६ शैम्पेन, जे ले ब्ल्याङ्क फ्रेन्च शैम्पेन भिनेगर, ट्रफल नून, ट्रफल तेल, विशेष चीज, बटरका साथै २३ क्यारेटको खाद्य सुनको डस्टिङ पनि हालिन्छ । यसमा जर्सी गाईको ग्रास फेड क्रीम प्रयोग गरिन्छ । यस्ता विशेष र महँगो सामग्री प्रयोग गरेर फ्रेन्च फ्राइज तयार हुन्छ । यो फ्रेन्च फ्राइज मोर्ने सससँग सर्भ गरिन्छ ।

    यो परिकार महँगो भएकाले त्यसलाई सर्भ गर्ने विधि पनि उत्तिकै विशेष छ । यो साधारण प्लेटमा सर्भ गरिँदैन, बेकाराट क्रिस्टल अरेबेस्क प्लेटमा सर्भ गरिन्छ ।

    न्युयोर्कको यो प्रसिद्ध रेष्टुरेन्टले विगतमा पनि यस्ता धेरै परिकार बनाएको छ, जसले नयाँ कीर्तिमान बनाएर विश्वलाई चकित पारेको छ । सेरेनडिप्टी ३ रेष्टुरेन्टमा ‘फ्रोजेन हौटे चोकोलेट आइसक्रिम सुन्दए’ नामको आइसक्रिम बनाइएको थियो । जसको मूल्य उनले २५ हजार डलर अर्थात करिब ३१ लाख नेपाली रुपैयाँ रहेको छ ।

    यस्तै विश्वको सबैभन्दा प्रसिद्ध अर्गानिक लुइसको पिज्जा जुन तीन दिन लगाएर बनाइएको थियो। अमेरिकामा पाइने यो पिज्जाको टपिङ निकै विशेष छ । प्रसिद्ध अर्गानिक बफेलो मोजारेला चीज यसको टपिङमा प्रयोग गरिन्छ । यसमा प्रयोग हुने जडीबुटी पनि निकै महँगो र विशेष छन् । यो पिज्जाको मूल्य १२ हजार अमेरिकी डलर अर्थात करिब १५ लाख नेपाली रुपैयाँ रहेको छ ।

  • महिला प्रेग्नेन्ट हो वा होइन अब भ्यागुताले पत्ता लगाउने !

    महिला प्रेग्नेन्ट हो वा होइन अब भ्यागुताले पत्ता लगाउने !

    काठमाडौं । वर्तमान समयमा कुनै पनि महिला गर्भवती छन् वा छैनन् भन्ने पत्ता लगाउने अनेकौँ विधि तथा माध्यमहरूको विकास भइसकेको छ ।

    विज्ञान तथा प्रविधिको विकाससँगै स्वास्थ्य क्षेत्रमा भएका अनेकन् खोजको कारण हाल गर्भधारणको निधो गर्न गाह्रो छैन । तर यस किसिमका प्रविधिको विकास भई नसक्दा महिलाहरूले आफू गर्भवती छु वा छैन भन्ने कुरा कसरी परीक्षण गर्थे होला ? यसको उत्तर हो भ्यागुता मार्फत । हो ! सुन्दा धेरैलाई अचम्म लाग्छ तर सन् १९३० को दशकमा गर्भ परीक्षण गर्नका निमित्त भ्यागुताको प्रयोग हुने गर्थ्यो वा भनौँ भ्यागुताले भन्थ्यो कुनै पनि महिला गर्भवती छन् वा छैनन् ।

    जर्मनीका सोधकर्ता स्लेमर अस्चिम र ब्रनहार्ड जोन्डेकले सर्वप्रथम यो गर्भ परीक्षणको यो माध्यम पत्ता लगाएका थिए । ए जी विधि भनेर नामकरण गरिएको उक्त परीक्षण विधिमा महिलाको पिसाबलाई सुई मार्फत पोथी अफ्रिकन क्लड भ्यागुतामा पुर्‍याइन्थ्यो । यस्तो गरेको ८ देखि १२ घण्टामा उक्त भ्यागुताले अण्डा पारेको अवस्थामा महिला गर्भवती मानिन्थ्यो । उक्त परीक्षण सोही प्रजातिको भाले भ्यागुतामा पनि प्रभावकारी मानिन्थ्यो फरक यति हो भाले भ्यागुताले सोही समयमा वीर्य उत्पादन गर्नुपर्थ्यो ।

    गर्भवती महिलाको पिसाबमा पाइने एचसीजी नामक हर्मोनको कारण भ्यागुतामा सो असर देखा पर्ने हुँदा यो परीक्षण वैज्ञानिक हिसाबले प्रभावकारी नै मानिन्छ । यो परीक्षणका लागि भ्यागुता भन्दा पहिला मुसाको प्रयोग हुने गर्थ्यो जसमा महिलाको पिसाबलाई मुसामा पुराए पश्चात मुसाको अण्डाशय फुलेको छ कि छैन भन्ने परीक्षण हुन्थ्यो ।

    मुसा हुँदै भ्यागुतामा आएको यो विधिपछि खरायोमा पनि अपनाउँदा खरायोमा गरिएको परीक्षण ९८ प्रतिशत प्रभावकारी भएको पत्ता लागेको थियो ।

    वर्तमान समयमा पनि पिसाब मार्फत गरिने अधिकांश गर्भ जाँचमा एचसीजी हर्मोन कै परीक्षण हुन्छ ।

  • जब चाइनिज आकाश रगताम्मे देखियो

    जब चाइनिज आकाश रगताम्मे देखियो

    काठमाडौं । अहिले छिमेकी मुलुक चीनमा एक भिडिओ भाइरल भएको छ ।

    साउथ चाइना मर्निङ्ग पोष्टको उक्त भिडिओमा चीनको पुर्वी जेजीआङ प्रान्तको आकाश रगताम्मे देखिएको छ । भिडिओमा केही मानिसहरूले यस किसिमको घटना पहिला कहिल्यै नदेखिएको र उक्त घटनाले केही अनिष्टको संकेत गरेको भनेर चिन्ता जनाएका छन् ।

    आकाशको रंग नै यसरी अस्वाभाविक रूपमा रातो देखिएपश्चात यो भिडिओले चर्चा पाएको हो । यसको कारणबारे कौतुहलता पनि त्यतिकै बढेको छ । विज्ञका अनुसार आकाशको रंग यसरी अस्वाभाविक रूपमा रातो देखिनु कारण भने सो क्षेत्रमा पार्क गरिएको एक मछुवारा डुंगाबाट निस्किएको प्रकाश हो ।

    उक्त दिन बाक्लो तुवाँलोका कारण डुंगाबाट निस्किएको प्रकाश परावर्तन (रिफ्ल्याक्ट) हुँदा आकाशको रंग रातो देखिएको उनीहरूको भनाइ छ ।

  • कम्पनीले २८६ गुणा बढी तलब हालेपछि….

    कम्पनीले २८६ गुणा बढी तलब हालेपछि….

    काठमाडौं । कम्पनीले आफ्ना एक कर्मचारीलाई भूलवस २८६ महिनाको तलब एकैपटक हाल्दिएको छ । आफ्नो खातमा उक्त रकम आएको जानकारी पाएपछि ती कर्मचारीले कम्पनीबाटै राजीनामा दिएका छन् ।

    सुरुमा ती कामदारले बढी आएको उक्त रकम फिर्ता गर्ने वाचा गरेका थिए । तर, पछि ती कर्मचारी एक वकिलका साथ कम्पनीमा आए र राजीनामा दिएर हिँडे ।

    यो घटना हो, चिलीको कन्सोर्सियो इन्डस्टेरियल डे अलिमेटोस नामक कम्पनीको । उक्त कम्पनी चिलीका ठूला कम्पनीमध्ये एक रहेको बताइन्छ ।

    मिडिया रिपोर्टका अनुसार ती कामदारको मासिक तलब पाँच लाख पेसो अर्थात नेपाली रुपैयाँ लगभग ५० हजार थियो । उनले एकै पटकमा साढे १६ करोड पेसो अर्थात २ करोड बढी नेपाली रुपैयाँ पाएका थिए ।

    अहिले कम्पनीले उनीविरुद्ध कानुनी प्रक्रियालाई अगाडि बढाएको बताइएको छ ।

  • ५७ लाख पर्ने संसारकै महंगो सिरानी, के छन् विशेषता ?

    ५७ लाख पर्ने संसारकै महंगो सिरानी, के छन् विशेषता ?

    काठमाडौं । तपाईं हामीले दैनिक प्रयोग गर्ने सिरानीको मूल्य कति होला ? धेरै भए पनि हजारको लाइनमा हामीले दैनिक प्रयोग गर्न सकिने सिरानी सजिलै प्राप्त गर्न सक्छौ ।

    यस्तोमा हामीलाई कसैले एउटा सिरानीको मूल्य ५७ लाख पर्छ भनेर सुनायो भने त्यो हाम्रा लागि अपाच्य लाग्न सक्छ तर यो साँचो हो । नेदरल्याण्डका एक जना फिजियो थेरापिस्ट थिज्स भेनन्डर हिल्स्टले तयार पारेको एक विशेष सिरानीको मूल्य नेपाली ५७ लाखको हाराहारी पर्छ ।

    उक्त सिरानीमा हिरा मोती र २४ क्यारेट सुन जडित रहेको बताइएको छ भने सो सिरानीमा प्रयोग हुने ‘फ्याब्रिक्स’ पनि सबै भन्दा उच्च गुणस्तरको रहेको बताइन्छ । यो सिरानीसँगै प्रत्येक खरिदकर्ताले एक ‘थ्री–डी’ स्क्यानर प्राप्त गर्छन् जसले प्रयोगकर्ताको घाँटी, टाउको र काँधहरूको मापन गर्छ ।

    त्यसपछि, परिष्कृत रोबोटिक मेसिन मिलमार्फत यो सिरानी डच मेमोरी फोमले भरिन्छ जुन प्रयोगकर्ताको टाउकाको आकार अनुरूप हुन्छ। यो सिरानीलाई एक विशेष किसिमको बक्समा प्याक गरेर मात्र ग्राहक कहाँ पुर्याउने गरिन्छ । सिरानीका डिजाइनर हिल्स्टका अनुसार यो सिरानी इन्सोमेनिया (निन्द्रा नलाग्ने रोग) का बिरामीको लागी प्रभावकारी हुन्छ ।

  • चुराेटमा निकोटिनको मात्रा घटाउँदै अमेरिका

    चुराेटमा निकोटिनको मात्रा घटाउँदै अमेरिका

    काठमाडाैं । अमेरिकाले चुराेटमा निकोटिनलाई ‘गैरकुलत’ तहमा घटाउने नयाँ नीति घोषणा गर्ने तयारी गरेको छ । यसका लागि सरकारले उत्पादकहरूसँग छलफल गरिरहेको छ ।

    चुरोटमा सरकारको कदमले सुर्ती उद्योगलाई ठूलो धक्का पुग्ने अनुमान गरिएको छ । यो नीति सफल भएमा यसै शताब्दीको अन्त्यसम्ममा लाखौं जीवन बचाउन सकिने र यसले भविष्यलाई एउटा आकार दिनेछ, जहाँ चुरोट अब लत र दुर्बल रोगहरूको लागि जिम्मेवार हुनेछैन ।

    निकोटिन यस्तो रसायन हो, जसले लाखौंलाई सुर्तीजन्य उत्पादनहरूमा जोड्छ । सुर्तीजन्य पदार्थमा हुने अन्य हजारौं रसायन र यसको धूवाँले क्यान्सर, मुटुरोग, मस्तिष्कघात, फोक्सोको रोग, मधुमेहलगायतका रोगहरू निम्त्याउने गर्छ ।

    यद्यपि युरोपको तुलनामा अमेरिकामा धूमपान कम प्रचलित र घट्दै गए पनि रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो देशमा प्रतिवर्ष ४ लाख ८० हजार मृत्युमा जिम्मेवार छ । सीडीसीको तथ्यांकअनुसार सबै अमेरिकी वयस्कहरूको लगभग १३ दशमलब ७ प्रतिशतले चुरोट पिउँछन् । चुरोटमा निकोटिनको मात्रा घटाउने सवाल अमेरिकी अधिकारीहरूबीच वर्षौंदेखि चर्चाको विषय बनेको छ ।

    सीडीसीका अनुसार धूमपानको कुल आर्थिक लागत प्रतिवर्ष ३ सय अर्ब डलरभन्दा बढी छ ।

  • ३० वर्ष नाघेका जापानी पुरुष र महिला किन विवाह गर्न चाहँदैनन् ?

    ३० वर्ष नाघेका जापानी पुरुष र महिला किन विवाह गर्न चाहँदैनन् ?

    काठमाडौं । सरकारी सर्वेक्षणअनुसार जापानमा ३० वर्ष नाघेका चारमध्ये एकजनाले आर्थिक बोझ, स्वतन्त्रता गुम्ने र घरको कामसँग सम्बन्धित समस्याका कारण विवाह गर्न चाहँदैनन् । सर्वेक्षणले गत वर्ष जापानमा विवाहको संख्या ५ लाख १४ हजारमा झरेको देखाएको छ, जुन सन् १९४० को दशकमा दोस्रो विश्वयुद्धको अन्त्यपछिको सबैभन्दा कम हो ।

    दोस्रो विश्वयुद्धपछि जापानमा बेबी बूम भएको थियो यद्यपि, यो १९४७ देखि १९४९ सम्म मात्र दुई वर्षसम्म चलेको थियो । दोस्रो बेबी बूम सन् १९७१ देखि १९७४ सम्म चलेको थियो, यद्यपि जापानको जनसंख्या चिन्ताजनक रूपमा घट्दै गएको छ ।

    सन् २०१९ मा देशको जनसंख्या २ लाख ७६ हजारले घटेको एक प्रतिवेदनले जनाएको छ । सरकारले २० र ६० वर्ष उमेर समूहका २० हजार व्यक्तिको नमूना प्रतिक्रियापछि यो अध्ययन गरेको हो ।

    ५४ प्रतिशत पुरुष र ६२ प्रतिशत महिलाले ३० वर्षको उमेरमा विवाह गरेको सर्वेक्षणले देखाएको छ । यी निष्कर्षहरू लैंगिक समानतासम्बन्धी सरकारको श्वेतपत्रको अंश हुन् ।

    पुरुषभन्दा बढी महिलाले घरको काम, बाल हेरचाहमा संलग्न हुन नचाहनु र समग्रमा आफ्नो स्वतन्त्रता गुमाउन नचाहेका कारण उनीहरू बैबाहिक बन्धनमा गाँसिन नचाहेको प्राप्त विवरणहरूमा जनाइएको छ । पुरुषहरूले आर्थिक क्षमताको अभाव र जागिरको असुरक्षा नै विवाह नगर्नुको प्रमुख कारण रहेको बताए ।

    जापानले धेरै वर्षदेखि वृद्धावस्थासँग लडिरहेको छ । राष्ट्रसंघको एक प्रतिवेदनअनुसार जापान विश्वमै सबैभन्दा बढी वृद्ध बद्धा जनसंख्या भएको देश हो । सन् २०५० सम्म यो अग्रता कायम रहनेछ ।

  • लुगा लगाउन अल्छी लाग्दा एक जर्मन मोडेलले शरीरभरि खोपाइन् ट्याटु

    लुगा लगाउन अल्छी लाग्दा एक जर्मन मोडेलले शरीरभरि खोपाइन् ट्याटु

    बार्लिन । जर्मनीकी एक मोडलले आफ्नो शरीरभरि ट्याटु खोपाएकी छन् । उनको शरीरमा कुनै ठाउँ बाँकी छैन, जहाँ ट्याटु खोपिएको छैन । मोडलले धेरै लुगा लगाउन अल्छी भएका कारण ट्याटु खोपाएको बताएकी छन् । उनको पूरै शरीर रंगीन ट्याटुले भरिएको छ ।

    ५० वर्षीया मोडल केस्ट्रिन ट्रिस्टनले पाँच वर्षअघिबाट शरीरमा ट्याटु खोपाउन थालेकी थिइन् । बढी कपडा लगाउन दिक्क लागेकाले पूरै शरीरमा ट्याटुले खोपाएको उनले बताएकी छन् । अहिले उनलाई आफ्नो शरीर ढाक्न थोरै लुगा भए पनि चल्छ । जसले आफूलाई निकै सहज महसुस भएको केस्ट्रिन बताउँछिन् ।

    केस्ट्रिनले आफ्नो शरीरमा सयौं ट्याटुहरू खोपाइसकेकी छन् । उनको शरीरमामा विभिन्न जनावर र चरा, फूल र पुतलीका ट्याटु छन् । केस्ट्रिनको ट्याटुको रंग पनि फरक छ ।

    यति धेरै ट्याटु बनाएर पनि केस्ट्रिनलाई ट्याटु खोपाउने रहर पुगेको छैन । उनी आफ्नो शरीरमा थप ट्याटु बनाउन चाहन्छिन् । तर, शरीरमा कतै पनि ठाउँ खाली नहुँदा उनी बिलखबन्दमा छिन् ।

    केस्ट्रिनले ट्याटुले भरिएको आफ्नो शरीरको तस्बिर सामाजिक सञ्जालमा राखेकी छन् । उनका लाखौं फलोअर छन् । ती तस्बिरबाट केस्ट्रिनले करोडौं कमाउने गरेको बताइन्छ । आफ्नो उमेर ढल्के पनि ट्याटुले आफूलाई सुन्दर बनाएको उनी विश्वास गर्छिन् ।

  • भारतमा अस्पातलले दिएन छोराको शव, शव बुझ्ने पैसाको लागि भिख माग्दै बा-आमा

    भारतमा अस्पातलले दिएन छोराको शव, शव बुझ्ने पैसाको लागि भिख माग्दै बा-आमा

    काठमाडौं । भारतका सामाजिक संजालमा हाल एउटा भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा एक दम्पत्ती भिख मागिरहेको देख्न सकिन्छ ।

    बिहारको समस्तिपुरमा खिचिएको उक्त भिडिओमा देखाइएका दम्पत्तीहरु छोराको शव बुझ्नको लागि भिख मागिरहेको जनाइएको छ । उनिहरुका अनुसार अस्पातलका कर्मचारीले छोराको शव बुझ्नका निमित्त चर्को घुस मागे पस्चात उनीहरु त्यस्तो अव्स्थामा आएका हुन् ।

    भिडिओमा देखिएका दम्पत्ती महेश ठाकुर र उनकी पत्नीले संचार माध्यम एएनआईलाई जानाकारी गराए अनुसार उनका छोरा केही दिन अगाडी देखी बेपत्ता भएका थिए भने यसै साता एक व्यक्तीले उनको छोराको मृत्‍यु भइसकेको र उनको शव सहरको सदर अस्पतालमा रहेको जानकारी गराएका थिए ।

    शव बुझ्न जादाँ अस्पातलका एक कर्मचारीले शव दिनका लागि ५० हजार भारतीय रुपैयाँ घुस मागेको ठाकुरको आरोप छ। उनिहरुलाई आफ्नो छोराको मृत्‍युको कारण समेत थाहा नभएको मिडिया रिपोर्टमा उल्लेख छ । उक्त भिडिओ सामाजिक संजालमा भाइरल भएसँगै आम मानिसले चर्को आलोचना गरिरहेका छन् भने अस्पातलले यस् विषयमा छानिबिन गरी दोषीलाई कारवाही गर्ने जनाएको छ ।

  • किशोर मारेको अभियोगमा साँढे हिरासतमा !

    किशोर मारेको अभियोगमा साँढे हिरासतमा !

    काठमाडौं । दक्षिण सुडानमा एक १२ वर्षीय किशोरलाई मारेको अभियोगमा प्रहरीले साँढे र मालिकलाई हिरासतमा लिएको छ ।
    इन्डिपेन्डेन्टका अनुसार गत साता साँझको समयमा फार्मबाट फर्किने क्रममा साँढेले बालकलाई हानेको थियो । साँढेको सिङको चोटले बालकको घटनास्थलमै मृत्यु भएको थियो ।

    प्रहरी प्रवक्ता मेजर एलियाह माबोरले भने, ‘साँढे अहिले रुम्बेक सेन्ट्रल काउन्टीको प्रहरी चौकीमा हिरासतमा छ । किशोरको शव पोस्टमार्टमपछि अस्पतालबाट अन्तिम संस्कारका लागि घर पठाइएको छ । ’

    सोही राज्यमा भेडाले ४५ वर्षीया महिलाको हत्या गरेको एक महिना नपुग्दै पछिल्लो घटना भएको हो । भेडाको आक्रमणमा गम्भीर महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । पछि भेडालाई थुनामा राखिएको थियो ।

    भेडाको गिरफ्तारीबारे बोल्दै माबोरले भनेका थिए, ‘मालिक निर्दोष छ । तर, अपराध गर्ने भेडा पक्राउका लागि योग्य छ ।’

  • निकारागुआमा ‘बेबी बम्प’ प्रतियोगिता, ठूलो भुँडी हुनेलाई अवार्ड

    निकारागुआमा ‘बेबी बम्प’ प्रतियोगिता, ठूलो भुँडी हुनेलाई अवार्ड

    न्यूयोर्क । मध्य अमेरिकी देश निकारागुआमा ‘बेबी बम्प प्रतियोगिता’ आयोजना गरिएको छ । प्रतियोगितामा १९ जना गर्भवती महिलाको सहभागिता रहेको थियो । जजहरूले सबैको बेबी बम्प नापेर ५७ सेन्टिमिटर पेट भएका महिलालाई विजेता घोषित गरेका थिए । विजेतालाई ‘बिगेस्ट बेबी बम्प’ अवार्डसँगै उपहार र पुरस्कार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

    यो प्रतियोगिता ९ महिनाकी गर्भवती लेका रेबेकाले जितेकी हुन् । रेबेकाको बेबी बम्प ५७ सेमि अर्थात २२ इन्च थियो । रेबेकालाई अवार्डसँगै फ्रिज, बेबी प्रोडक्ट र ५ हजार कर्डोबास (करिब ११ हजार नेपाली रुपैयाँ) प्रदान गरिएको थियो ।

    रोयटर्सको रिपोर्टका अनुसार रेबेकाले भनिन्, ‘एकजना साथीले मेरो ठूलो बेबी बम्प देखेर मलाई यो खेलमा सहभागी हुन सल्लाह दिएका थिए ।’

    यो प्रतियोगिता निकारागुआको राजधानी मनागुवामा भएको थियो । यो प्रतियाेगिता एक स्थानीय रेडियो च्यानलले निकारागुआको राष्ट्रिय आमा दिवसको अवसरमा आयोजना गरेको हो । सबैको महिलाकाे बेबी बम्प होसियारीपूर्वक नापेपछि जजहरूले रेबेकालाई विजेता घोषित गरेका हुन् । दोस्रो र तेस्रो हुने महिलाहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

    हाल सामाजिक सञ्जालमा महिलाहरुले यो अवधारणाले निकै चर्चा कमाइरहेको छ । मानिसहरूले यसलाई मातृत्व मनाउने उत्कृष्ट तरिका भएको बताइरहेका छन् ।

  • छोरीको बिहे गर्न नदिएको झोकमा श्रीमतीको हत्या

    छोरीको बिहे गर्न नदिएको झोकमा श्रीमतीको हत्या

    काठमाडौं । पाकिस्तानका एक नागरिकले नाबालिग छोरीको विवाह गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् ।

    पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन्न खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् ।

    श्रीमती बबली जिस्कानीले छोरीको विवाह गर्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ ।

    बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भाञ्जी हुमेरालाई एक लाख रुपैयाँमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन गरेको प्रयासको विरोध गर्दा दिदी बबलीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बताएका छन् । यसअघि पनि भिनाजु जुल्फिकारले आफ्नी दुई छोरीलाई बेचेको उनले प्रहरीलाई जानकारी दिएका छन् ।

    बबली जसकानीका भाइ मुनव्वरले दिएको उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको हो । हत्याको छानबिन शीघ्र सुरु हुने प्रहरीले जनाएको छ । सेहवान अस्पतालमा पोष्टमार्टमपछि बबली जसकानीको शव आफन्तलाई बुझाइएको छ ।

  • जब भेडालाई तीन वर्षको जेल सजाय सुनाइयाे…

    जब भेडालाई तीन वर्षको जेल सजाय सुनाइयाे…

    काठमाडौं । जनावरहरुलाई हानी पुर्याएको भन्दै मानिसहरुले सजाय पाएको केस त सुन्दै आएका छौं तर मानिसलाई हानी पुर्याएको भनेर कुनै जनावरलाई सजाय दिइएको विरलै सुनेका होला तर हालै मात्र दक्षिण सुडानमा एक भेडालाई महिलाको मृत्‍युको कारण ठहर गर्दै ३ वर्ष जेल सजाय सुनाइएको छ ।

    अन्तर्राष्टिय संचार माध्यमहरुले जानाकारी गराए अनुसार दक्षिण सुडानको रुबेक इस्ट नामक क्षेत्रमा एक भेडाले ४० वर्षिया महिला एन्डियु चेपिङ नामक महिलालाई शिरले हमला गरेको थियो ।

    भेडाको हमलाबाट गम्भीर घाइते भएकी एन्डियुको उपचारको क्रममा मृत्‍यु समेत भयो । सोही घटनामा दोषी ठहर गर्दै अदालतले भेडालाई ३ वर्षको जेल सजाय सुनाएको हो । अदालतका अनुसार अब उक्त भेडालाई ३ वर्ष सम्म मिलिट्री क्याम्पमा राखिने छ ।

    भेडा मालिकलाई भने अदालतले दोषी ठहर गरेको छैन तर मृतकको परिवारलाई ५ वटा गाई दिने निर्णय भने सुनाएको छ । अदालतको यो आदेशलाई दक्षिण सुडानमा रगत क्षतिपूर्ति पनि भनिन्छ। दक्षिण सुडानको कानुन बमोजिम भेडाले सजाय काटेर आएपछि सो भेडा पीडित परिवारलाई दिइनेछ ।

  • खोटाङमा बाजी, बालेनले चुनाव जिते २८ किलोको खसी दिने !

    खोटाङमा बाजी, बालेनले चुनाव जिते २८ किलोको खसी दिने !

    काठमाडौं महानगरको चुनावी रौनक यतिबेला देशको दुरदराजसम्म पुगेको छ । हालसम्मको मतगणनामा अग्रता लिइरहेका बालेन साहले चुनाव जित्छन् कि जित्दैनन् भनेर कौतुहल बोकिरहेका छन् देशभरका जनता ।

    यही मेसोमा खोटाङका दुई युवाले बालेनका नाममा बाजी नै ठोकेका छन् । दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–५ बस्ने विजय फुयाल र सो वडामा बस्ने रमेश खड्काले बाजी ठोकेको लिखित कागज सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    कागजअनुसार बालेनले चुनाव जितेको खण्डमा रमेशले विजयलाई २८ किलोको खसी दिनेछन् । बालेनले चुनाव हारेमा विजयले २८ किलोको खसी बराबरको रकम भुक्तानी गर्ने कागजमा उल्लेख गरिएको छ ।

    तीनजनाको रोहबरमा भएको भनिएको कागजमा दुवै बाजीकर्ताले औठाछाप र सही गरेका छन् ।

    कागज गरिएको मिति भने उल्लेख छैन । साथै सामाजिक सञ्जालमा भेटिएको यो कागजको आधिकारिकता पनि पुष्टि भएको छैन ।

  • मतदानस्थलको भिडन्त भन्दै टेलिश्रृंखला ‘उकुसमुकुस’ को तस्बिर भाइरल

    मतदानस्थलको भिडन्त भन्दै टेलिश्रृंखला ‘उकुसमुकुस’ को तस्बिर भाइरल

    काठमाडौं । स्थानीय निर्वाचनका लागि देशभर मतदान जारी रहँदा विभिन्न स्थानमा विवाद र मुठभेड भएका समाचारहरू पनि आइरहेका छन् । यसलाई लिएर सामाजिक सञ्जालमा कतिपय भ्रामक पोस्टहरू भाइरल भइरहेका पाइएको छ ।

    नेपाल टेलिभिजनकी पूर्व समाचारबाचिका रमा सिंहले ‘कोभन्दा को कम…काभ्रे’ भन्दै आज एउटा तस्बिर फेसबुकमा सेयर गरिन् । उक्त तस्बिरमा सारी लगाएकी एक महिलाले पुरुषलाई जोडदार रूपमा फ्लाइङ किक हानेको देखिन्छ । रमा सिंहको यो पोष्टलाई १२६ जनाले सेयर गरेका छन् । सबैले यसलाई सत्य घटना ठानेर पत्याएका पनि छन् ।

    चर्चित फेसबुक ग्रुप ‘राजसंस्था पुनर्स्थापना संघर्ष समिति’ मा पुकार अर्याल नाम गरेका व्यक्तिले पनि ‘दोलखाको मतदानस्थलमा कांग्रेस भर्सेस माओवादी’ भन्दै यही तस्बिर सेयर गरेका छन् ।

    यस्तै, फेसबुक पेज ‘ग्यालेक्सी फोर के टिभी–रवि लामिछाने’ मा रमेश भट्ट नाम गरेका व्यक्तिले ‘जब मतदानस्थलमै फाइट परेपछि एक महिलाले देखाइन् आफ्नो शक्ति’ भन्दै सेयर गरेको यही तस्बिरलाई २४ सयभन्दा बढीले लाइक गरेका छन् भने ९५ सेयर भएको छ ।

    यो तस्बिर अरू पनि थुप्रै ग्रुप र पेजहरूमा सेयर भइरहेको छ । तर, यो तस्बिरमा देखिएको दृश्य कुनै मतगणना स्थलको होइन । न त वास्तविक नै हो । खासमा ‘उकुसमुकुस’ नामक टेलिशृंखलाको ११ औँ भागबाट यो स्क्रिन सट लिइएको हो ।

    माग्ने बुढाको युट्युब च्यानल आमा अग्नि कुमारीबाट प्रशारण हुने गरेको यो सिरियल केही समयदेखि बन्द छ । पछिल्लो एपिसोड जनवरी २९ मा प्रशारण भएको थियो । उक्त एपिसोडले ५४ लाख भन्दा बढी भ्युज पाएको थियो । त्यसैको एक दृश्य स्क्रिन सट गरिएको हो ।

    तस्बिरमा किक हान्ने साहसी भनिएकी महिला वेदना राई र कुटाई खाने व्यक्ति दीपेन्द्र प्रसाईँ हुन् ।

    नेपाल प्रेससँग कुराकानी गर्दै दीपेन्द्रले सामाजिक सञ्जालमा आफ्नो तस्बिर त्यसरी प्रयोग भएको देखेर आश्चर्यचकित भएको प्रतिक्रिया दिए ।

  • चाक्सीबारीमा सिर्जना सिंहको कुकुरले टोकेर पुण्य गौतम घाइते, कसैले ‘सरी’ सम्म नभनेको गुनासो

    चाक्सीबारीमा सिर्जना सिंहको कुकुरले टोकेर पुण्य गौतम घाइते, कसैले ‘सरी’ सम्म नभनेको गुनासो

    काठमाडौं । नेकपा एसका नेतासमेत रहेका सामाजिक सञ्जालका भाइरल म्यान पुण्य गौतम गत बिहिबार प्रकाशमान सिंह र सिर्जना सिंहलाई भेट्न चाक्सीबारीस्थित उनीहरुको निजी बंगलामा पुगे । राजनीतिक प्रयोजनले त्यहाँ पुगेका उनी शरीर र मनमा गहिरो चोट लिएर फर्किनुपर्यो ।

    सिंह निवासको कम्पाउण्डमा गौतमलाई घरमा पालिएको कुकुरले आक्रमण गरेको थियो । गौतमका अनुसार ‘बाघझै अजंगका’ दुई कुकुर घरको कम्पाउन्डमा यत्तिकै खुल्ला छोडिएका थिए । आफूलाई आक्रमण गर्दा घरका मानिसहरु मुकदर्शक भएर हेरिरहेको र कसैले ‘सरी’ सम्म नभनेको उनको गुनासो छ ।

    काठमाडौं महानगरमा सत्तारुढ गठवन्धनका तर्फबाट कांग्रेसकी सिर्जनाले मेयरको उम्मेदवारी दिएकी छन् भने उपमेयरमा नेकपा एसका उम्मेदवार छन् । नेकपा एसका सल्लाहकार गौतमले महानगरको चुनावी रणनीतिबारे छलफल गर्न र गणेशमान सिंहको आत्मकथा ‘मेरो कथाका पानाहरु’ को दोस्रो र तेस्रो भाग त्यहाँ छ कि भनेर दुई साथीहरुसहित सिंह निवासमा पुगेका जानकारी दिए ।

    सिंह दम्पत्तिसँग समय लिएरै गएको भए पनि पुण्यलाई घरभित्र प्रवेश नगराइकन कम्पाउण्डमै राखिएको थियो । कम्पाउण्डमा प्रकाशमानका छोरा प्रभासमान सिंह थिए । प्रकाशमान घरभित्रै थिए भने सिर्जना घरबाहिर निस्किएकी थिइन् ।

    गौतमले सुनाए, ‘हामीलाई बैठक कोठामा नलगिकन कम्पाउन्डमै रहेको कुर्सीमा राखियो । त्यहाँ दुईवटा अजंगका कुकुर देखेपछि मलाई सुरुमै डर लागेर तिनीहरुलाई बाँध्न भनेको थिएँ । तर कसैले वास्ता गरेनन् ।’

    कुराकानीकै दौरान पुण्यको फोन आएपछि उनी कुर्सीबाट उठेका थिए । फोनमा कुरा गरिरहँदा अचानक पछाडिबाट एउटा कुकुरले झम्टिएको उनले सुनाए ।

    ‘सुरुमा मलाई खुट्टामा क्वाप्पै टोक्यो । धन्न मैले जिन्स पाइन्टभित्र ट्राउजर लगाएको थिएँ र ठूलो घाउ भएन,’ उनले भने ।

    एकपटक टोकिसकेपछि आफू आत्तिएर कराउँदासमेत कसैले कुकुरलाई नसमातेको उनले बताए । गौतमका अनुसार उनीहरु उल्टै हँसिमजाक गरिरहेका थिए । पहिलोपटक टोक्दा पनि कसैले नरोकेपछि कुकुरले थप आक्रमण गरेको थियो ।

    ‘खुट्टामा टोक्नेवित्तिकै मैले यसलाई समाइहाल्नु भनेँ, तर उहाँहरु हाँसेर बस्नुभयो र केही गर्दैन भन्नुभयो । अनि एक पाइला सर्नासाथ फेरि झ्याप्पै आएर मेरो तिघ्रामा चढ्यो र पाखुरामा गहिरोसँग टोक्यो । मैले प्रतिकार गर्न खोजेको भए झनै नराम्रोसित घाइते बनाउने रहेछ ।’

    पुण्यका अनुसार उनलाई टोकिसकेपछि एकजनाले मजाक गर्दै भनेका थिए, ‘यो कुकुरले ७२ जनालाई पहिल्यै टोकिसकेको छ । तपाईं ७३ नम्बरमा पर्नुभयो ।’ यसो भन्ने व्यक्ति भने उनले चिनेनन् ।

    पुण्यलाई कुकुरले टोकेपछि हल्लाखल्ला सुनेर प्रकाशमान घरबाट बाहिर निस्किएका थिए । तर, उनले गौतमप्रति खासै सहानुभूति दर्शाएनन् ।

    ‘बाहिर आएर ल के कुरा हो गरौं न भन्नुभो । मैले तपाईंको कुकुरले भर्खर मलाई टोक्यो, एकदमै पीडा भइरहेको भनेर सुनाएँ । कहाँ छ अस्पताल भनेर पनि सोधेँ । तर, उहाँले कुनै महत्व नदिइकन ‘ए अँ अँ’ मात्रै भन्नुभयो । जबकि मेरो कोटबाहिरै रगत देखिएको थियो,’ उनले भने ।

    कुकुरको टोकाइले घाइते भएपछि उपचारका लागि गौतम गणेशमान सिंह मेमोरियल अस्पताल पुगे । तर, त्यहाँ पनि राम्रो व्यवहार नभएको उनले बताए ।

    ‘म गणेशमानजीको स्मृतिमा खोलिएको अस्पतालमा म गएँ । उहाँहरुले त मच्छडले टोकेर आएजस्तो व्यवहार देखाउनुभयो,’ गौतमले भने, ‘प्रकाशमान सिंहको घरको कुकुरले टोकेको भनेर जानकारी गराउँदासमेत गतिलो रेस्पोन्स गरेनन् ।’

    उनलाई पाँचवटा रेविजको र एउटा टिटानसको सुई लगाउन भनियो । एउटा सुईको पाँच सय पर्ने बताइयो ।

    त्यसपछि गौतमले टेकु अस्पतालमा तीनवटा सुई लगाउँदा हुन्छ, यहाँ किन पाँचवटा भन्ने प्रश्न गरेका थिए । त्यसपछि उनलाई भनियो– त्यसो भए टेकु नै जानु ।

    उनी पनि घाउ बोकेर टेकुतिर लागे । टेकु अस्पतालमा उनले टिटानस र रेविजको पहिलो डोज लगाएका छन् । रेविजको थप दुई डोज लगाउन बाँकी छ ।

    कुकुरले टोकेको घाउ दुखेर खपिनसक्नु भएको पुण्यले सुनाए ।

    ‘हिजो राति त हनहनी जरो आएर झिम्मिकै निदाउन सकिनँ,’ उनले भने ।

    घरको कुकुरले अतिथिलाई टोकेर घाइते बनाएपछि अस्पताल पुर्याएर उपचार गरिदिनु घरबेटीको कर्तव्य हो । तर, आफूलाई उपचार त परको कुरा सामान्य क्षमायाचनाको औपचारिकतासमेत पुरा नगरिएकोमा पुण्य दुखी छन् ।

    ‘न त्यहाँ कसैले सरी भन्यो, न एक कल फोन गरेर कसैले केही सोध्यो,’ गौतमले भने, ‘त्यत्रा महामानव गणेशमान सिंहको निवासभित्र न्यूनतम मानवीय संवेदनासमेत नभएका यस्ता दयाहिन मानिसहरु देखेर मलाई आश्चर्य लागेको छ ।’
    आफूले माथि र तल तीनवटा लुगा लगाएको भएर घाउचोट कम भएको उनले बताए ।

    ‘पाखुरा नांगो भएको भए मासु नै लुछेर लैजाने रहेछ,’ गौतमले भने ।

    उनले सिंह दम्पत्तिविरुद्ध प्रहरीमा केस गर्ने विचारसमेत गरिरहेका छन् ।

    ‘उहाँहरुले यति अमावनीयता देखाउनुभयो कि मलाई त कतै केस गरौं कि भन्ने भइरहेको छ,’ उनले भने, ‘घरमा बोलाएका गेष्टलाई कुकुरले टोक्दा उहाँहरु मनोरञ्जन लिएर मान्छे गनेर बसिरहनु भएको छ । भोलि अरुलाई पनि यस्तो नहोस भनेर पुलिसमा जाने विचार गर्दैछु ।’

    प्रकाशमानको घरमा पालिएका कुकुर विदेशी नश्लका हुनसक्ने पुण्यको अनुमान छ ।

    ‘अहिले काठमाडौंको भीआइपीको घरमा ब्वाँसोसँग क्रस गरिएको कुकुर पालिन्छ । यस्ता कुकुरमा कतिबेला कुकुरको र कतिबेला ब्वाँसोको स्वभाव आउँछ थाहा हुँदैन । उहाँहरुले पालेको कुकुर पनि नेपालीजस्तो थिएन । सायद यस्तै क्रस कुकुर हुनुपर्छ,’ उनले भने ।

    आफूलाई सिर्जना सिंहको कुकुरले टोकेको जानकारी दिँदै पुण्य गौतमले राखेको टिकटक भिडिओ :

    @punyagautam_official_99

    #punyagautam #punyagautamofficial #trendingvideo #viralvideos #tiktoknepal #srijanasingh #prakashmansingh

    ♬ original sound – Punya Raj Gautam

  • समयमै ब्रेकफास्ट नदिएको भन्दै ससुराले बुहारीलाई हाने गोली

    समयमै ब्रेकफास्ट नदिएको भन्दै ससुराले बुहारीलाई हाने गोली

    काठमाडौं । भारतको मुम्बईस्थित थाने सहरमा बुहारीले समयमै ब्रेकफास्ट (बिहानको खाजा) नदिएको निहुँमा एक वृद्धले बुहारीलाई गोली हानेका छ्न् ।

    भारतीय सञ्चारमाध्यमले जनाएअनुसार गोली प्रहारबाट घाइते बुहारीको उपचार भइरहेको छ । प्रहरीले गोली हान्ने ससुरालाई पक्राउ गरिसकेको छ ।

    प्रहरीले जानकारी गराएअनुसार उक्त घटना बिहीबार बिहान साढे ११ बजे घटेको हो । घटनाको प्रारम्भिक अनुसन्धानमा ब्रेकफास्ट नदिएकै निहुँमा वृद्धले गोली प्रहार गरेको देखिएको छ ।

    उक्त घटनाको अनुसन्धान प्रक्रिया भने हालसम्म पूरा नभइसकेको कारण अहिल्यै निष्कर्षमा भने पुग्न सकिने अवस्था नरहेको प्रहरीको भनाइ छ ।

  • काठमाडौं-४ बाट चुनाव लड्ने मुकुन्देको घोषणा, भन्छन्- गगन थापालाई पालो दिन्छु, एमालेले समर्थन गर्छ

    काठमाडौं-४ बाट चुनाव लड्ने मुकुन्देको घोषणा, भन्छन्- गगन थापालाई पालो दिन्छु, एमालेले समर्थन गर्छ

    काठमाडौं । सामाजिक सञ्जालमा उटपटाङ अभिव्यक्ति दिएर भाइरल बनेका मुकुन्द घिमिरे उर्फ मुकुन्देले नयाँ फण्डा सुरू गरेका छन् । उनले आइतबार फेसबुकमा स्टाटस लेख्दै काठमाडौं क्षेत्र नम्बर ४ बाट संसदीय चुनाव लड्ने तयारी गरेको जनाउ दिए ।

    मुकुन्देले लेखेका छन्, ‘अब मलाई संसदमा पुगेर बोल्न कसैले रोक्न सक्दैन । बेजिल्लाबाट उठ्नलाई गृहजिल्लाको मतदाता नामावलीको प्रमाणितप्रति चाहिने रहेछ । अघिल्ला चुनावहरूमा साथमा नभएको मेरो दस्तावेज अहिले उपलब्ध भएको छ । संघीय संसदका लागि काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवार हुने मेरो तयारी सुरू भयो ।’

    काठमाडौं-४ कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जितेको क्षेत्र हो । चर्चित हस्तीको क्षेत्रबाट चुनाव लड्ने भनेर मुकुन्देले आफूलाई चर्चामा ल्याउन खोजेको धेरैको अनुमान छ । तर, हामीसँगको कुराकानीमा उनले चर्चाको लागि नभएर जित्नका लागि उम्मेदवारी दिन लागेको बताए । विगतमा आफूले प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गर्दा प्राविधिक कारणले रोकिएको तर यसपाली नरोकिने उनको भनाइ छ ।

    चुनाव लड्ने नै हो त ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘लड्नै पर्ने भयो हजुर । पहिला पनि धेरै कोशिस गरेको प्रचण्डविरुद्ध उठ्नलाई । २०७० सालमा किर्तिपुरमा प्रचण्डविरुद्ध लड्ने तयारी गरेको थिउँ । तर अर्को जिल्लाबाट उम्मेदवार दिँदा मतदाता नामावलीसँगै छुट्टै चिठी आउन पर्ने रहेछ सम्बन्धित जिल्लाबाट । त्यो नहुँदा म रोकिएँ । अहिले त्यो पेपर प्राप्त भएको छ । अब कुनै राष्टिय स्तरको खराब मान्छेलाई चुनौती दिनुपर्ने छ ।’

    – अनि गगन थापाकै क्षेत्रमा चाहीँ किन ? उहाँलाई हराउन सक्नुहोला ?

    सबै मिलेर हराउन पर्छ । उहाँलाई पनि पालो दिन पर्यो नि अब । लगातार उहाँको पनि के काम ? दुईचोटि भईसक्यो । अब उहाँलाई पालो दिनुपर्छ । म दिन्छु ।

    – कति भोटले गगन थापालाई जित्ने अनुमान गर्नुभएको छ त ?

    ठ्याक्क त्यस्तो त कहाँ गिन्ती भइसक्या छ र ? त्यतिबेलाका जल्दाबल्दा कृष्णप्रसाद भट्टराईले मदन भण्डारीबाट हार खानु पर्‍याथ्यो । ताप्लेजुङको एउटा मजस्तै उमेरको युवा मदन भण्डारीले दरबारको साह्रै प्यारो प्रधानमन्त्री कृष्णप्रसादलाई हराएका हुन् ।
    गिरिजाले पनि सहयोग गर्‍या थिए त्यसमा पनि भनिथ्यो । त्यस्तै मलाई पनि सो क्षेत्रका जल्दाबल्दालाई हराउनलाई कांग्रेसभित्रकै इमान्दार पक्ष, एमाले भित्रकै मदन भण्डारी पक्षले सहयोग गर्नुपर्छ ।

    – गिरिजाले मदन भण्डारीलाई जिताए, मलाई शेरबहादुरले जिताउँछन् भन्न खोज्नु भएको हो ?

    होइन । देउवाहरु चाहीँ कृष्णप्रसाद लाइन हुन् । यो मैले चुनौती दिन खोजेको सांसद (गगन) समेत कोइराला लाइनले मदन भण्डारीलाई सहयोग गर्या थिए त्यो बेला । कांग्रेस भित्रको कोइराला पक्ष र एमाले भित्रको भण्डारी पक्ष, जुन भनेको अहिलेको सिङ्गो एमालेले मलाई सहयोग गर्छ । शेरबहादुर देउवा त प्रधानमन्त्री भएकाले प्रचार प्रसार गर्न मिल्दैन पनि भन्या छ नयाँ आचारसंहिताले ।
    अनि चुनाव लड्न तपाईंका एजेण्डाहरु के-के हुन् त ?

    एजेण्डा त मेरो उही मुकुन्दल्याण्ड छदै छ नि । त्यसमा मेरो मुख्य लक्ष्य भनेको भोजपुर र काठमाडौंलाई रेलले जोड्ने हो ।

    – अनि तपाई पार्टी खोलेर चुनाव लड्ने कि स्वतन्त्र उठ्ने ?

    पार्टी दर्ता गर्ने प्रोसेस पुगेन हजुर, अब त्यतिन्जेल पुगेछ भने गज्जब हुन्छ । कोरम नपुगेकोले अहिले स्वतन्त्र उठ्न पर्छ ।

    – मुकुन्देले चर्चामा आउनलाई मात्रै यो घोषणा गरेको भनिरहेका छन् नि अरुले त ?

    चर्चाको लागि त ती (गगन) थापाले नै बरु प्रचण्डसँग उठ्छु कि कोसँग उठ्छु भन्दै आएका हुन् । मैले त प्रचण्डसँग नै पहिल्यै उठ्न खोजेको तर त्यही कागज नहुँदा उठ्न पाइनँ । बामदेवसँग उठ्न खोज्दा उनी राष्ट्रियसभाको बाटो भागे । उनीसँग नि उठ्न पाइनँ । पोखरामा उठ्न खोज्दा रविन्द्र अधिकारीकी रोइरहेकी श्रीमतीसँग उठ्न चाहिनँ मैले ।

    अहिले चाहीँ काठमाडौं क्षेत्र न ४ मा ती थापा परे । त्यो क्षेत्र भनेको मदन भण्डारीको क्षेत्र हो, विद्या भण्डारीको क्षेत्र हो । त्यहाँ एउटा पशुपतिनाथ भन्ने अन्तर्राष्ट्रिय धाम पनि छ । क्षेत्र नं. ४ भने पनि नेपालकै १ नम्बर जस्तो लाग्छ । मलाई त्यही भएर त्यो क्षेत्र रोजेको हो ।

  • भारतमा जब नेतालाई दूधले नुहाइयो

    भारतमा जब नेतालाई दूधले नुहाइयो

    काठमाडौं । छिमेकी मुलुक भारतमा एक नेताको भिडिओ सामाजिक संजालमा भाईरल भइरहेको छ । भिडिओमा एक व्यक्तिलाई केही मानिसहरुले दूधले नुहाइदिरहेका छन् ।

    यस्तै किसिमको भिडिओ हामीले बलिउड अभिनेता अनिल कपुरको चलचित्र नायकको एक सिनेमामा देखेका हुन सक्छौँ तर हाल भारतमा भाइरल भइरहेको उक्त भिडिओ चलचित्रको क्लिप नभई आम आदमी पार्टीका एक नेता हाशिव अल हसनको हो ।

    असनले आँफै नाली सफा गरेर निस्केपछी उनका समर्थकहरुले उनलाई दुध खनाएर नुहाईदिएका हुन् । सामाजिक संजालमा उनको त्यस भिडिओलाई चुनाव लक्षित नौट्की भनेर चर्को आलोचना भईरहेको छ भने केहीले उनलाई ‘रियल लाइफ’ नायक भनेर व्यंग्य समेत गरेका छ्न् ।

    भारतको राजधानीमा हाल दिल्ली नगर निगमको चुनाव नजिकिएको छ ।

  • भारतमा मन्दिर बनाउन मुस्लिमले साढे २ करोडको जग्गा दान दिए

    भारतमा मन्दिर बनाउन मुस्लिमले साढे २ करोडको जग्गा दान दिए

    काठमाडौं । हिन्दू–मुस्लिमबीचको तनावले छिमेकी मुलुक भारत बेला बेलामा तातिरहन्छ । यद्यपि सर्वधर्म समभाव र धार्मिक सहिष्णुताको उदाहरण पनि यहाँ थुप्रै छन् ।

    यसैबीच भारतको बिहारका एक मुस्लिमले हिन्दू मन्दिर निर्माण गर्न २ करोड भारु बराबरको जग्गा दान गरेका छन् । एक व्यापारी इस्तियाक अह्मेद खानले बिहार राज्यको पुर्वी चम्परन जिल्लामा विराट रामायण मन्दिर बनाउन जग्गा दान गरे ।

    त्यहाँ विश्वकै ठूलो हिन्दू मन्दिर निर्माण हुन लागेको हो । त्यस क्षेत्र भित्र विभिन्न १८ वटा मन्दिरसहित विश्वकै सबैभन्दा ठूलो शिवलिङ्गसमेत स्थापना गरिने भएको छ ।

    मन्दिर निर्माणको जिम्मा भने स्थानीय महावीर मन्दिर ट्रस्टले लिएको छ ।

  • तीन हजार कर्मचारी हटाएपछि चर्चामा आएको यो कम्पनी

    तीन हजार कर्मचारी हटाएपछि चर्चामा आएको यो कम्पनी

    न्यूयोर्क । २०२२ मार्च ८ मा अमेरिकी कम्पनी बेटर डट कमका तीन हजार कर्मचारीहरूलाई पेरोल एपबाट एउटा म्यासेज आयो । त्यो म्यासेज कम्पनीका सीईओ विशाल गर्गले गरेका थिए ।

    कर्मचारीहरूले म्यासेज हेर्ना साथै उनीहरू छक्क परे। म्यासेजमा उनीहरुलाई कम्पनीबाट निकालिएको सूचना थियो।

    यस्तो गर्नु विशालका लागि नौलो थिएन । डिसेम्बर २०२१ मा, उनले २ मिनेटको जुम बैठकमा ९०० कर्मचारीलाई बर्खास्त गरेका थिए। यसरी ३ महिनामा ३ हजार ९ सय कर्मचारीलाई बर्खास्त गरेपछि फेरि यो कम्पनी चर्चामा छ ।

    बेटर डट कम होम लोन दिने कम्पनी हो। कम्पनीले घर किन्न चाहनेहरूलाई धितो ऋण प्रदान गर्दछ। यसले घर कर्जा र बीमा उत्पादनहरू पनि प्रदान गर्दछ।

    हाल यो कम्पनीमा भारत र अमेरिकामा गरी जम्मा ८ हजार कर्मचारी कार्यरत छन् । यसको सीईओ र संस्थापक विशाल गर्ग हुन्।

    सन् २००० मा, विशाल गर्गले आफ्नो हाईस्कूल साथी रजा खानसँग मिलेर विद्यार्थीहरूलाई ऋण दिने निजी ऋण कम्पनी खोलेका थिए। सन् २०१३ मा कम्पनीका साझेदार रजा खान र विशालबीच कम्पनीको आर्थिक स्थितिलाई लिएर विवाद भएपछि विशालले होम ओनरसिप कम्पनी खोले ।

    बेटर डट कमका अनुसार २०२० मा कम्पनीको ऋण मूल्य २४ अर्ब डलर अर्थात् १.८ लाख करोडभन्दा बढी थियो। कम्पनीको ब्रान्ड भ्यालू ४ हजार करोड रुपैयाँ थियो।

    २०२० र २०२१ को सामाजिक मिडिया सूचीमा शीर्ष स्टार्टअपहरू मध्ये यो कम्पनी पहिलो स्थानमा थियो ।

    फोर्ब्स २०२० को रिपोर्ट अनुसार ३ कम्पनीहरू– अमेरिकन एक्सप्रेस भेन्चर्स, गोल्डम्यान साक्स, एली फाइनान्सियलले कम्पनीलाई २५ करोड ४० लाख डलर आर्थिक सहयोग गरेका थिए।

  • प्रेमिकालाई फकाउन मन्दिरमा चोरी…

    प्रेमिकालाई फकाउन मन्दिरमा चोरी…

    दिल्ली । कोलार क्षेत्रको मन्दिरमा चोरी गरेको आरोपमा शाहपुर प्रहरीले एक युवकलाई पक्राउ गर्‍याे । उनी प्रेमिकालाई इम्प्रेस गर्न चन्दा बाकस सफा गर्ने, पैसा खर्च गर्ने काम गर्दथे ।

    उनले मन्दिरमा राखिएको दानपेटीको पैसा चोरी पुजाको घण्टीपनि लिएर गएको त्याहाँको प्रहरीले जनाएको छ ।

    दैनिक भास्करले प्रकाशन गरेको समाचार अनुसार पक्राउ पर्ने १७ वर्षीय युवक हाल १० कक्षाका विद्यार्थी हुन् ।

    उनी गर्लफ्रेन्डलाई खर्च गर्न मन्दिरमा चोरी गर्न थाले । उनी मन्दिरमा दर्शन गर्ने बाहानामा मन्दिर आउने गर्थे र दानपेटीको ताला फोरेर पैसा निकाल्थे । चोरेको पैसा उनी प्रेमिकालाई खर्च गर्थे ।

    उनी छिमेकमा बस्ने केटीसँग प्रेम सम्बन्धमा थिए । उनले घरबाट प्रेमिकाको लागि पर्याप्त पैसा नपाएका कारण उनी चोरी गर्न थाले ।

    शाहपुरा थाना परिसरमा हनुमान मन्दिर छ। फागुन १५ गते बिहान ११ बजे पुजारी पूजा गरेर गएका थिए । उनले मन्दिरको शटर ताला लगाएका थिएनन् । यसैबीच अभियुक्त बालक मन्दिर दर्शन गर्न मन्दिर पुगे र गर्भगृहमा राखिएको दानपेटी काटेर पैसा चोरेका थिए ।

    प्रहरीले प्रहरीले उनलाई ३० देखि ३५ ठाँउको सीसीटीभी फुटेजको आधारमा उनलाई पक्रिएको हो । युवकले भीड नहुँदा गोप्य रुपमा चन्दा पेटीको ताला तोडेर नगद चोरेको स्विकार गरेका छन् ।

  • उनले ३० वर्ष जंगलमा यसकारण बिताए…

    उनले ३० वर्ष जंगलमा यसकारण बिताए…

    सिंगापुर विश्वकै सुविधा सम्पन्न देश मानिन्छ । यहाँ चम्किला महल र आलिसान अर्पाटमेन्टहरुको कुनै अभाव छैन । तर, कसैलाई भने यसले महत्व नै राख्दैन । सिंगापुरका ओह गो सेङ ३० वर्षदेखि जंगलमा गुमनाम बसेका छन् ।

    सेङ आफ्ना परिवारसँगै सुनगेइ तेनगाह गाउँ (क्याम्पोङ्ग)मा हुर्किएका थिए । तर, सन् १९८० को दशकमा अग्ला भवन बनाउन ती क्याम्पोङ्ग ढालिएका थिए । अधिकांशलाई सरकारले नयाँ घर दिएको थियो । तर, सेङ आफ्नो ठाँउ सुरक्षित गर्न असमर्थ भए ।

    उनका भाइले सरकारी फ्ल्याट प्राप्त गरे र सेङलाई त्यही बस्न आग्रह गरे । परिवारलाई बोझ दिन नचाहेको भन्दै अन्ततः उनी त्यहाँबाट बाहिरिए । आफ्नो पुरानो घर ठडिएको स्थान नजिकको जंगलमा गए । काठ र बाँसले अस्थायी आश्रय बनाएर बस्न थाले ।

    उनका आश्रयमा खाना पकाउने खुला आगोको खरानी ढोकासम्म देखिन्छ । उनका सामानका थुप्रा छन् । पालको पछाडिउनी सुत्छन् । पाल नजिकैको बगैंचामा उनी खाना पकाउँथे । रुखहरुको बीचमा लुगाहरु झुन्ड्याइएका छन् र करेसाबारीलाई चोरबाट जोगाउन बार लगाइएको छ ।

    एक्लोपन कहिल्यै समस्या नभएको उनी बताउँछन् । उनी आफ्नो बगैंचाको हेरचाहमा व्यस्त हुन्थे । जंगलमा बस्नुको सबैभन्दा खराब पक्ष मुसा भएको उनी बताउँछन् । उनको आश्रयभित्र पसरे मुसाले लुगामा प्वाल पारिदिन्थे । पाउँदा केही आकस्मिक काम पनि गर्थे ।

    सेङ जंगलमा बसेको समाचार सिंगापुरमा भाइरल नै भएको थियो । उनले दुःख धेरै सामना गर्नुपरेको थियो ।

    सेङले लाइसेन्स बिना व्यापार गरिरहेको खुलासा भएपछि केही अधिकारीहरुले रोकेका थिए । कोरोना महामारीका कारण बजारमा फूल बिक्री गर्ने काम गुमाएपछि उनी आफैले उत्पादन गरेको खुर्सानी र हरियो साग सब्जी बेचेका थिए । उनले तरकारी बेच्ने क्रममा ० दशमवलब ५५ युरोमा ग्राहकसँग विवाद भएपछि ग्राहकले रिपोर्ट गरेको थियो ।

    त्यसैबेला, एक परोपकारी सस्थाका कार्यकर्ता भिभियन प्यान बाटो हिँड्दै थिइन । उनले तरकारी जफत गर्ने अधिकारीहरूले सेङसँग कुरा गरिरहेको देखिन ।

    सेङको समर्थनमा प्यानले प्रहरीसँग भनिन्, ‘त्यो दिन उनी रित्तो हात घर फर्किएको म देख्न चाहन्नथे । कानुनको सन्दर्भमा उनीहरुले सडकमा बिक्री गर्न पाउँदैनन् । ’ सो घटनाको भिडियो खिचेर उनले फेसबुकमा पोस्ट गरिन्, र केही समयमा नै उनको चर्चा हुन थाल्यो ।

    सेङकाे दुर्दशाले अन्ततः एक स्थानीय संसदको ध्यान तान्यो । सांसद सांसद लियाङ सेङ हवाले सेङको कथामा धेरै कुरा लुकेको पत्ता लगाए ।

     

     

  • ‘रेड हार्ट’ इमोजी पठाउनेलाई ५ वर्ष जेल

    ‘रेड हार्ट’ इमोजी पठाउनेलाई ५ वर्ष जेल

    रियाद । भर्चुअल संसारमा भावनालाई शब्दबाट होइन इमोजीमार्फत व्यक्त गर्ने चलन स्थापित भइसकेको छ । अलग–अलग इमोजीले बोक्ने सन्देश अलग हुन्छ । जस्तो कि बुढी औला माथि उठाएको इमोजीले मन पराइएको वा समर्थन गरेको भन्ने बुझिन्छ ।

    त्यस्तै हाँसो, खुसी, चिन्ता, चासो, प्रेम वा घृणा व्यक्त गर्न अलग-अलग इमोजी प्रचलनमा रहेका छन् । ‘रेड हार्ट’ इमोजीको अर्थ प्रेम भन्ने बुझिन्छ । कसैप्रति प्रेस दर्शाउन ‘रेड हार्ट’ इमोजी पठाउने गरिन्छ ।

    तर साउदी अरेबियामा भने ‘रेड हार्ट’ इमोजी पठाउनेले चर्को मूल्य चुकाउनुपर्ने हुनसक्छ । किनकी ‘रेड हार्ट’ इमोजी पठाउनेलाई ५ लाख जरिवाना र २० वर्षसम्म कैद हुने व्यवस्था साउदी साइबर कानूनले गरेको छ ।

    साउदीमा आफ्नो परिवार वा पार्टनरलाई रेड हार्ट इमोजी पठाउँदा कानुन लाग्छ तर म्यासेज प्राप्त गर्नेले प्रहरीमा उजुरी गरेपछि मात्र जेल सजाय हुनेछ ।

    साउदीको साइबर विज्ञका अनुसार, ‘साउदीको कानुनमा रेड हार्ट इमोजी पठाउने व्यक्तिलाई दुईदेखि पाँच वर्षसम्म जेल सजाय हुनेछ । साथै एक लाख साउदी रियाल जरिवाना हुनेछ ।’

    साउदीमा रेड हार्ट इमोजी पठाउनु यौन उत्पीडन जस्तै अपराध हो । यहाँ इमोजी पठाउनुलाई उत्पीडनकारी कानूनको दायरामा राखिएको छ । गल्फ न्यूजले प्रकाशन गरेको समाचार अनुसार, साउदी अरेबियाको एन्टी–फ्राड एसोसिएसनका सदस्य अल मोआताज कुत्बी भन्छन् कि व्हाट्सएपमा रेड हार्ट इमोजी पठाउनु उत्पीडन अपराध हो ।

    अनलाइन च्याटिङका क्रममा प्राप्तकर्ताले तस्विर वा इमोजीसहित मुद्दा दायर गरेमा यो दुव्र्यवहार अपराधको श्रेणीमा पर्ने उनले बताए ।

    उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कुनै पनि दुई व्यक्तिको कुराकानीमा जबरजस्ती हस्तक्षेप नगर्न वा भावनामा चोट पु¥याउने तस्विर वा इमोजी सेयर नगर्न चेतावनी समेत दिएका छन् ।

    रेड हार्ट इमोजीलाई यौन अपराधसँग जोडिएको साउदी अरेबियाको एन्टी हरेसमेन्ट सिस्टमले जानकारी दिएको छ ।

     

  • गर्भवतीसँग टिन्डरमै लभ, भेट्न जाँदा भइन् सुत्केरी

    गर्भवतीसँग टिन्डरमै लभ, भेट्न जाँदा भइन् सुत्केरी

    अष्ट्रेलियामा २० वर्षिय म्याक्सकाे २० वर्षिया एलिजासँग साढे दुई महिनाअघि टिन्डरबाट चिनजान भयो । त्यतीबेला एलिजा ६ महिनाको गर्भावती थिइन् । एलिजाले यो कुराको जानकारी आफ्नो टिन्डर बायोबाट पनि दिएकी थिइन् ।

    उनीहरुको चिनजान भएपछि एक आपसमा कुराकानी गर्न थाले । उनीहरुको भेट तीन पटक मात्र भएको थियो र उनीहरुले चौथो पटक भेट्ने योजना बनाएका थिए ।

    म्याक्स पेशाले निजामती कर्मचारी हुन् । उनी कामको सिलसिलामा देशबाहिर गएका थिए । म्याक्सलाई पिक गर्न एलिजा एयरपोर्ट जान लागेकी थिइन् । तर बिचैमा उनी पिडाले छट्पटिन लागिन् । त्यहीँ दिन उनले बच्चालाई जन्म दिइन् र त्यसपछि दुबैको भेट अस्पतालमा भयो। 

    म्याक्स र एलिजाले बच्चाको हेरचाह गरिरहेका छन् र म्याक्सले तिन हप्ताको बिदा समेत लिएका छन् । यो सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । यो देखेर परिवरका सदस्यहरु पनि चिन्तित भएका छन् ।

    यस्तो समयमा दुबै सँगै परिवारको साथ आउनु अचम्मको विषय हो । तर म्याक्स र एलिजा भन्छन् ‘यस्तो परिस्थितिले हाम्रो सम्बन्धलाई झनै बलियो बनाएको छ । दुबैजना मिलेर बच्चा हुर्काउन कटिबद्ध छौं । ’

    अष्ट्रेलियामा यो एक प्रेमको उदाहरण नै बनेको छ । भनिन्छ साँचो प्रेम हर कोही व्यक्तिले सजिलै पाउन सक्दैन तर यहा टिन्डरबाट भेट भएको प्रेमीले प्रेमीकालाई सहयोग गर्न अस्पतालसम्म पुगे । यो कुरा बाहिर आएपछि पनि धेरै मानिसहरु प्रेमी युवकको साहसको तारिफ गरिरहेका छन् ।

  • पर्ल बन्यो नेपालमै पहिलोपटक प्याराग्लाइडिङ गर्ने कुकुर ! (भिडिओसहित)

    पर्ल बन्यो नेपालमै पहिलोपटक प्याराग्लाइडिङ गर्ने कुकुर ! (भिडिओसहित)

    पोखरा । धेरैको रुचि हुन्छ प्याराग्लाइडिङ गर्दै हावामा कावा खाने । कतिपय चाहिँ हावामा बत्तिन डराउँछन् पनि । तर, पोखराको एक कुकुरले चाहिँ प्याराग्लाइडिङ गर्दै चर्चा बटुलेको छ ।

    पर्ल नामक उक्त कुकुरले आफ्नो मालिक सन्तोष गुरुङसँगै प्याराग्लाइडिङ गरेको हो । गुरुङले पर्ललाई आफूसँगै आकाशमा उडाएको तस्बिर सार्वजनिक भएको छ ।

    आफ्नो मालिकसँग साहसिक उडान भर्दै पर्लले नेपालमै पहिलोपटक प्याराग्लाइडिङ गर्ने कुकुरको कीर्तिमान समेत राखेको छ । तस्बिरमा सन्तोष र उनको कुकुरले इन्जोय गरेको देख्न सकिन्छ ।

    मोहन पुनले तीन महिनासम्म तालिम दिएपछि मात्र पर्लले प्याराग्लाइडिङ गर्न सकेको हो । पलको उमेर ७ महिना भयो । एक महिना छँदा सन्तोषले पर्ललाई १ लाख १० हजार रुपैयाँमा किनेका थिए । पर्ललाई स्याहार सुसारमा मात्र सन्तोषले ५० हजार खर्च खर्चन्छन् ।

    तीन महिनाअघि फ्रान्सको कोल डु ग्यालिबायरमा एक कुकुरले प्याराग्लाइडिङ गरेको भिडिओ सार्वजनिक भएको थियो जसलाई पहिलोपटक विश्वमा कुकुरले प्याराग्लाइडिङ गरेको बताइन्छ ।

    पोखराबाट आशिष पुरीको सहयोगमा

     

  • क्वालिटी लाइफ इन्डेक्सः कुन देशमा जीवनयापन सहज ?

    क्वालिटी लाइफ इन्डेक्सः कुन देशमा जीवनयापन सहज ?

    संसारमा धेरै मानिसहरु सहज जीवन बिताउन मात्र होइन मृत्यु पनि सहज होस भन्ने चाहान्छन् । हामी सबै यो चाहान्छौ की एउटा राम्रो जिवन बिताएपछि हाम्रो सास पनि आरामसँग रोकियोस् तर उच्च आय भएका देशका जनताका लागि यो यथार्थ भए पनि न्यून आय भएका देशका जनताका लागि यो सपना मात्रै हो ।

    हालै वैज्ञानिकहरूले क्वालिटी अफ डेथ एन्ड डाइङ इन्डेक्स २०२१ मार्फत यस्तो किन हुन्छ भनेर यसको जवाफ दिएका छन् । यसबारेमा अमेरिकाको ड्युक युनिभर्सिटीका शोधकर्ताहरुले अध्ययन गरेका हुन् । विश्वका ८१ देशलाई जीवनको अन्तिम क्षणको आधारमा ए, बी, सी, डी, ई, एफ ग्रेड दिइएको छ । प्रतिवेदनमा ६ देशले मात्र ‘ए’ ग्रेड पाएका छन् भने २१ देशले ‘एफ’ ग्रेड पाएका छन् ।

    सूचीको शीर्षमा कुन देशहरू छन् ?

    अध्ययनका अनुसार यो सूचकांकमा बेलायत पहिलो स्थानमा छ। यसबाहेक आयरल्यान्ड, ताइवान, कोस्टारिका, दक्षिण कोरिया र अष्ट्रेलियाले पनि ‘ए’ ग्रेड पाएका छन् । रिपोर्टका अनुसार यी देशहरूमा बस्ने मानिसहरूले आफ्नो अन्तिम दिनमा पनि राम्रो शारीरिक र मानसिक स्याहार पाउँछन् ।

    कुन देशमा सबैभन्दा खराब

    पाराग्वेलाई ८१औँ स्थानमा राखिएको छ किनकी यहाँका मानिसहरुले अन्तिमसम्म पनि आरामको सास फेर्न पाउदैनन् । बंगलादेश, लेबनान, हाइटी, ब्राजिल, सेनेगल, पोर्चुगल, दक्षिण अफ्रिका, आर्मेनिया, अर्जेन्टिना, नेपाल, सुडान, मलेसिया, इथियोपिया र इराक पनि ‘एफ’ ग्रेड सूचीमा छन् ।

    यस सूचकाङ्कमा भारत ‘डी’ ग्रेडसहित ५९औँ स्थानमा छ । भारतबाहेक चीन, रुस, ग्रीस, इन्डोनेसिया, चिली, जर्जिया, भियतनाम र मेक्सिकोले पनि ‘डी’ ग्रेड पाएका छन् । अचम्मको कुरा, अमेरिका ‘सी’ ग्रेड हुँदा पनि ४७ औं स्थानमा छ। अमेरिकासँगै कोलम्बिया, म्यानमार, मेक्सिको, थाइल्याण्ड, इजिप्ट, घाना, इजरायल, युगान्डा, डेनमार्क र नाइजेरिया पनि ‘सी’ ग्रेडमा परेका छन् ।

    राम्रो ग्रेड भएका देशहरू

    अनुसन्धानकर्ता स्टीफन कोनर भन्छन्, ‘उच्च आय भएका देशहरूलाई राम्रो ग्रेडमा समावेश गर्नु कुनै संयोग होइन। यहाँका सरकारहरूले अन्य देशको तुलनामा नागरिकको स्वास्थ्यमा बढी खर्च गर्छन्। जुन देशको ग्रेड राम्रो छैन त्यो देशको सरकारले नागरिकको स्वास्थ्यमा बढी ध्यान दिन जरुरी छ । उच्च आय भएका देशको तुलनामा यहाँ उपलब्ध स्वास्थ्य सुविधाको एक तिहाइभन्दा कम छ ।

    अमेरिकाको उदाहरणबाट सिक्नुहोस् – पैसा सबै कुरा होइन

    अनुसन्धानकर्ता कोनर र एरिक फिन्केलस्टेन भन्छन्, ‘धेरैजसो ‘ए’ ग्रेड देशहरुको अर्थतन्त्र बलियो हुन्छ , पैसा नै सबैकुरा होइन ।’ उनले अमेरिकाको उदाहरण दिँदै पैसा भएपनि जीवनको अन्तिम दिन आफ्नो राम्रो हेरचाह हुने ग्यारेन्टी हुँदैन । तपाई जुन समाजमा बस्नुभएको छ त्यो समाजमा अन्तिम हेरचहा कसरी हुन्छ त्यो महत्वपूर्ण हो । विकसित र विकासोन्मुख दुवै मुलुकमा यो अवस्था राम्रो छैन ।

    उनका अनुसार मानिसहरु आफ्नो जीवन जिउन सहज होस भनेर धेरै पैसा खर्च गर्दछन् । त्यसैले जीवनको अन्तिम पलहरु आफ्नो रोजेको ठाउँमा बिताउन चाहान्छन् ।

     

     

  • स्पेनमा आमाबाबुसँग छुट्टिएर बस्नेलाई अनुदान

    स्पेनमा आमाबाबुसँग छुट्टिएर बस्नेलाई अनुदान

    स्पेनमा महँगीसँगै बेरोजगारी दर पनि बढिरहेको छ । रोजगारी भएपछि मात्र अभिभावकबाट छुट्टिने युवाहरू धेरै छन् । छोराछोरीले बाबुआमा नछोड्नुको मुख्य कारण घरभाडा तिर्न नसक्नु हो ।

    यसो गर्दा युवाहरूले आफ्नो परिवार बसाउने बारेमा सोच्न नसक्ने भन्दै स्पेन सरकारका एक मन्त्रीले आमाबाबुसँग छुट्टिएर बस्नेहरूका लागि अनुदान दिन सक्ने संभावना देखाएका छन् ।

    आवासमन्त्री राकेल सान्चेजले यस महिनाको सुरुदेखि नै वार्षिक आम्दानी २४ हजार ३१८ यूरो (२०.५ लाख रुपैयाँ) भन्दा कम भएका ३५ वर्षमुनिका नागरिकलाई आगामी दुई वर्षको लागि अपार्टमेन्टको सरकारी भाडा तिर्न प्रतिमहिना २० हजार रूपैयाँ अनुदान लिन सक्ने बताएका हुन् । उनकाअनुसार यो अनुदानले भाडामा अपार्टमेन्ट नपाउँदा कसैको भविष्य खराब हुने छैन ।

    युरोस्टेटको एक अध्ययनका अनुसार, युवाहरूले आमाबाबुको घर छोडेर आफ्नो घर बसाउने औसत उमेर पोल्याण्डमा सबैभन्दा कम २८ र सबैभन्दा बढी क्रोएसियामा ३२ छ । ३० वर्षको उमेरमा स्पेन यस सूचीको मध्यमा छ । तर, सरकारले दिने अनुदानले अपार्टमेन्ट नपाउने युवाको समस्यामा कुनै असर नपर्ने विज्ञहरू बताउँछन् ।

    स्पेनको सबैभन्दा ठूलो घर जग्गा वेबसाइट आइडियालिस्टाका प्रवक्ता फ्रान्सिस्को इनारेटाले सरकारी अनुदानले साना अपार्टमेन्ट वा घरहरूको माग बढाउँछ र यस्तो अवस्थामा घरको भाउ फेरि बढ्ने चेतावनी दिएको छ ।

    सन् २०२० को तथ्यांकअनुसार २५ देखि २९ वर्ष उमेर समूहका ५५ प्रतिशतभन्दा बढी युवाहरू आफ्ना अभिभावकसँग एउटै घरमा बस्छन् । २०१३ को तथ्यांकसँग तुलनामा यो संख्या ६।५ प्रतिशतले बढेको छ ।

    स्पेनमा २५ वर्ष मुनिका २९ प्रतिशत युवा बेरोजगार छन् । सरकारले न्यून आय भएका वर्गका लागि कोभिड रिकभरी फण्डबाट घर बनाउन १ अर्ब यूरो (८,४४० करोड रूपैयाँ) खर्च गर्ने घोषणा पनि गरेको छ ।