Category: टापनटिपन

  • आफ्नै लिङ्ग काटेर हेटौँडा अस्पताल पुगे एक युवक

    आफ्नै लिङ्ग काटेर हेटौँडा अस्पताल पुगे एक युवक

    हेटौँडा । मकवानपुरको हेटौँडा स्थित होटलमा बसेका एक जना युवकले आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन् ।

    हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका हुन् ।

    मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका उनले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अंग काटेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    संवेदनशील अंग काटेर उपचारको लागि उनी आफै हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको राति १२ बजे चितवन रिफर गरिदिएको छ ।

    प्रहरीलाई बयानको क्रममा उनले आफैले आफ्नो लिंग काटेको बताएका छन् । उनको अवस्था हाल मध्यम रहेको प्रहरीको भनाई रहेको छ ।

  • मान्छेसँग अनुहार मिल्ने कुकुरले इन्टरनेटमा मच्चायो तहल्का

    मान्छेसँग अनुहार मिल्ने कुकुरले इन्टरनेटमा मच्चायो तहल्का

    न्युयोर्क ।  ‘मानव अनुहार’ भएको कुकुरको तस्बिर सार्वजनिक भएको छ । जुन निकै अचम्मको कुरा हो । यी तस्बिरहरू अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् ।

    ‘मानव अनुहार’ भएको यो कुकुरको नाम  ‘योगी’  हो। ऊ शिह पू जातको कुकुर हो।

    मिररको रिपोर्ट अनुसार यो कुकुरको तस्बिर फेसबुक र ट्विटरजस्ता प्लेटफर्ममा भाइरल भइरहेको छ। पोस्ट भएपछि  ‘मानव अनुहार’ भएको यो कुकुरको तस्बिरले इन्टरनेटमा आतंक मच्चाएको छ । ‘मानव अनुहार’ भएको यो कुकुरको तस्बिरलाई लिएर नेटिजन्सले आश्चर्य व्यक्त गरेका छन् ।

    एक प्रयोगकर्ताले क्याप्सनमा लेखेका छन्, ‘यो मानिसको अनुहार जस्तो देखिन्छ, मलाइ जस्तै धेरैलाई यस्तै लाग्छ होला ।’

    अर्का प्रयोगकर्ताले भने, ‘मैले कुकुरमा देखेको यो कुकुरको सबैभन्दा धेरै मानिसजस्तै आँखा छ।’

    केही समयमै यो तस्बिर ट्विटरमा देखा पर्‍यो, जहाँ मानिसहरूले यो कुकुरलाई मन पराउन थाले।

    तर, अहिलेको डिजिटल युगमा तस्बिरमा सम्पादन गर्न निकै सजिलो छ तर यो शंकालाई लिएर ‘मिरर अनलाइन’ले यस कुकुरका मालिक चान्टल देसजार्डिनसँग कुरा गरेको छ ।

    चान्टल देसजार्डिन्सले तस्बिरमा कुनै किसिमको छेडछाड नगरिएको बताइन् । तस्बिर सम्पादन गरिएको छैन। तिनीहरू उनीहरू कुकुरहरू हुन्।

    चान्टल देसजार्डिन्स भन्छिन्, ‘उनी आफ्नो कुकुरलाई फरक नजरले हेर्दैनन्। तिनीहरूका लागि साधारण कुकुर जस्तै छन् ।

  • १६ हजार अमेरिकी डलर खर्चेर कुकुर बने जापानी युवा (भिडिओ)

    १६ हजार अमेरिकी डलर खर्चेर कुकुर बने जापानी युवा (भिडिओ)

    काठमाडौं । जापानका एक युवाले कुकुर बन्न १६ हजार हाराहारी अमेरिकि डलर खर्च गरेका छन् ।

    टोको नाम भएका ती युवाले बाल्यावस्था बाटै कुकुर हुन चाहेको सपना पुरा गरेको बताएका छन्।

    कुकुरको पोसाक किन्न उनले १६ हजार डलर खर्च गरेर उनी कुकुर बनेर पार्कमा पनि पुगेका थिए ।

    पार्कमा उनलाई देखेर अरू कुकुरहरू आत्तिएका र अचम्मित भएका थिए। ती जापानी युवाको समाचार अहिले विश्व भरि फैलिएको छ ।

  • क्यालफोर्नियाको सडकमा देखिइन् निर्वस्त्र महिला, चलाइन् अन्धाधुन्ध गोली

    क्यालफोर्नियाको सडकमा देखिइन् निर्वस्त्र महिला, चलाइन् अन्धाधुन्ध गोली

    काठमाडौं । क्यालिफोर्नियाको व्यस्त सडकमा बेलुकी करिब साढे चार बजे एक निर्वस्त्र महिला देखा परिन् । सान फ्रान्सिस्को बे ब्रिजमाथि मानिसहरु हतारिँदै आआफ्नो कामममा हिँडरहेका थिए ।

    निर्वस्त्र महिलाको हातमा बन्दुक थयो । उनले अन्धाधुन्ध गोली चलाउन थालिन् । कसैले ९११ मा प्रहरीलाई खबर गर्यो ।

    तत्कालै क्यालिफोर्निया हाइवे पेट्रोलबाट प्रहरी आएर महिलालाई नियन्त्रणमा लिए । प्रहरीहरु आउँदा ती महिलाले आफ्नै सवारीसाधनलाई सडकमा तेस्र्याएर बाटो ब्लक गरिरहेकी थिइन् । प्रहरीले ती महिला मानसिक समस्या रहेको अनुमान गरेको छ । उनले आफ्नो कारबाट निस्किएर हावामा तथा गाडीमा रहेका मानिसहरुमाथि ह्याण्ड गन चलाएकी थिइन् ।

    प्रहरीले बुलेटिनमा भनेको छ, ‘हामीले उनलाई निर्वस्त्र अवस्थामा भेट्यौं । उनी आफ्नो बायाँ कुम समातेर उभिएकी थिइन् । प्रहरीले निशस्त्रीकरणको प्रविधि अपनाए र महिलालाई आफ्नो बन्दुक खसालेर आत्मसमर्पण गर्न लगाए ।

    महिलाको हर्कतले सान फ्रान्सिस्को बे ब्रिजमा निकैबेरसम्म आवागमनमा अवरोध पुगेको थियो । बेलुकी करिब पौने ६ बजे मात्रै पुलको आवागमन सुचारु भयो ।

    प्रहरीका अनुसार महिलाको गोली प्रहारबाट धेरैवटा सवारीसाधनमा क्षति पुगेको छ । तर, मानिसहरुलाई चोटपटक लागेको छैन । महिलालाई पक्राउ गरी एम्बुलेन्सबाट अस्पताल लगिएको छ । उनको पहिचान भएको छैन । अहिले उनलाई अस्पतालको मानसिक वार्डमा राखिएको प्रहरीले जनाएको छ । स्वास्थ्य परीक्षण पूरा भएपछि उनलाई हिरासतमा राखेर अनुसन्धान गरिने छ ।

    घटनाको भिडिओ एकजना ड्राइभरले मोबाइलमा कैद गरेका थिए । भिडिओमा महिलाले कम्तिमा दुईपटक फायर गरेको देखिन्छ । एउटा गोली आकाशतिर गएको छ भने अर्को नजिकै आइरहेको कारको झ्यालमा लागेको छ ।

     

  • इन्डोनेसियामा १८ लाख रुपैयाँ खर्च गरेर कुकुरको विवाह !

    इन्डोनेसियामा १८ लाख रुपैयाँ खर्च गरेर कुकुरको विवाह !

    जाकर्ता । इन्डोनेसियामा दुई महिलाले आफ्नो कुकुरहरूको निकै भव्य ढंगले विवाह गरिदिएका छन् । सो घटनाको व्यापक आलोचना भए पछि दुवैले माफीसमेत माग्न बाध्य भएको समाचार बाहिर आएको छ ।

    इन्डोनेसियाको राजधानी जकार्ताको एउटा मल अलास्का मालामुट दुई कुकुरहरूको विवाह गराइएको थियो ।

    दुई कुकुरको परम्परागत जाभानीज पहिरन लगाएका आफ्ना मालिक र आफन्तहरूको उपस्थितिमा सो विवाह भएको थियो। कुकुरको विवाहमा करिब १८ लाख रुपैयाँ खर्च भएको थियो ।

    ती कुकुरको बिहेको खबरले सामाजिक सञ्जालमा हंगामा मच्चायो, जाभानीज संस्कृति अनुसार कुकुरसँग विवाह गरेकोमा सामाजिक सञ्जालमा मानिसहरू आक्रोशित भएका थिए।

    त्यसपछि मालिकले अगाडि आएर माफी मागेको थियो । लुना कुकुरकी मालिक्नी इन्दिरा रत्न सारीले बुधवार इन्डोनेसियाली जनतासँग माफी मागेकी छिन् ।

    संसारको चौथो सबैभन्दा धेरै जनसंख्या भएको देशमा धनको दिखावटी प्रदर्शनलाई तिरस्कार गरिएको छ।

    विश्व बैंकले इन्डोनेसियाका २७ करोड मानिसमध्ये एक दशांश अझै गरिबीको रेखामुनि रहेको बताएको छ ।

  • सामाजिक सञ्जाल: क्रिस्दा रोड्रिगेजको मार्मिक सन्देशमा सोनाली बेन्द्रेको फोटो भाइरल

    सामाजिक सञ्जाल: क्रिस्दा रोड्रिगेजको मार्मिक सन्देशमा सोनाली बेन्द्रेको फोटो भाइरल

    काठमाडौं । तपाईंले केही दिनदेखि सामाजिक सञ्जालमा एउटा पोस्ट हेर्नुभएको होला, जहाँ एक क्यान्सर पीडितले लेखेका केही प्रेरणादायी शब्दहरु छन् । जीवनमा पैसाभन्दा माया ठूलो हो भन्ने भाव पोखिएको मार्मिक पोस्टले जो कसैको मन छुन्छ ।

    नेपालीमा अनुवाद गरेर भाइरल बनाइएको पोस्ट यस्तो छ:

    १) मसँग मेरो ग्यारेजमा, संसारकै महँगोमध्येको कार थन्किएको छ । तर, म भने ह्विलचेयरमा अस्पतालको रुममा यताउता गराइएकी हुन्छु ।

    २) मेरो घर मूल्यवान कपडा, गहना, जुत्ता आदिले भरिभराउ छ । तर, म भने अस्पतालले उपलब्ध गराएको सामान्य कपडाको एउटा गाउनमा लपेटिएकी छु ।

    ३) मसँग प्रशस्त बैंक ब्यालेन्स छ । रोगले थालिएको यो अवस्थामा त्यो पैसाको कुनै काम आएको छैन ।

    ४) मेरो घर कुनै सुविधा सम्पन्न पाँचतारे होटलभन्दा कम छैन । तर, म अस्पतालको दुई वटा साना रुमको क्षेत्रभित्र सीमित भएर करिब करिब जीवनको अन्तिम श्वास फेरिरहेकी छु ।

    ५) एउटा शहरको पाँचतारे होटलबाट अर्काे शहरको पाँचतारे होटलमा मिटिङ एवं लन्च-डिनरको लागि ओहोरदोहोर गर्ने म, यतिखेर अस्पतालको एउटा ल्याबबाट अर्को ल्याबसम्म नर्स र सहयोगीको सहारामा ओहोरदोहोर गराइएकी हुन्छु ।

    ६) जीवनमा मैले सयौं शुभचिन्तक, प्रशंसक वा मानिसलाई सिग्नेचर दिएँ । तर, आज डाक्टरको प्रेस्क्रिप्शन र अस्पतालको रेकर्ड नै मेरो लागि सिग्नेचर भएको छ ।

    ७) मेरो कपाल मिलाउन मात्र मसँग ७ जना बार्बर कार्यरत थिए । तर, आज मेरो टाउकोमा कपालको एउटा पनि रौं बाँकी छैन ।

    ८) म प्राइभेट जेटमा विश्व भ्रमण गर्न सक्ने हैसियत भएकी मानिस हुँ । तर, आज उपचाररत अस्पतालको गेटसम्म पुग्न पनि मलाई अरु कसैको सहायता चाहिन्छ ।

    ९) रोजेको स्वादिष्ट भोजनमा रमाउने म । तर, आज दिनमा २ वटा ट्याब्लेट र साँझमा थोरै नुनिलो पानीमात्र मेरो निम्ति खाना भएको छ ।

    १०) आज मेरो लागि बैंक ब्यालेन्स, सानदार घर, महँगो कार, गहना, लत्ताकपडा, व्यापार-आम्दानी, नामको प्रख्याती, नातेदार साथीभाइ आदि केही कोही काम लाग्दैनन् ।

    तर, मलाई अझै पनि मेरो परिवार, परिवारका सदस्यको प्रेम प्रार्थना, प्यारो लाग्छ । र, सबैभन्दा प्यारो मेरा लागि मृत्यु भएको छ र त्यो पनि छिटो मृत्यु अझै धेरै प्यारो हुनेछ ।

    स्वास्थ्यभन्दा ठूलो सम्पत्ति होइन रहेछ ।

    मुस्कुराउन नछोडौं । सक्रिय जीवनमै भएको सकेको दान गरौं । जीवनमा कहिल्यै कसैको चित्त दुःखाउने भूल कदापि नगरौं । म सबैसँग माफी माग्छु ।

    भवतु सब्ब मंगलम् ।

    यो सन्देशमूलक पोस्ट हो, डेमोनिकन रिपब्लिककी इन्टाग्राम ब्लगर तथा फेसन डिजाइनर किरजायदा (क्रिस्दा) रोड्रिगेजको । चार वर्षअघि क्यान्सरका कारण मृत्यु भएकी रोड्रिगेजले अस्पतालको शय्याबाट भिडिओ सन्देश दिएकी थिइन् । सोही सन्देशको भावलाई अक्षरमा उतारेर सामाजिक सञ्जालमा फैलाइएको थियो, जुन अहिले नेपालमा धेरैले शेयर गरिरेहका छन् ।

    तर, सन्देशसँगै भाइरल भइरहेको तस्विर भने रोड्रिगेजको होइन । तस्विरमा भएकी युवती हुन् भारतीय अभिनेत्री सोनाली बेन्द्रे । ९० को दशकका बलिउड चलचित्र हेर्नेहरु धेरैले उनलाई चिन्छन् ।

    सोनाली पनि एक क्यान्सर सर्भाइभर हुन् । उनलाई सन् २०१८ मा चौंथो स्टेजको क्यान्सर पहिचान भएको थियो । भारतीय रियालिटी शोमा जज गर्दैगर्दा क्यान्सर देखिएपछि उनी अमेरिकामा उपचारका लागि गएकी थिइन् । करिब एक वर्ष किमोथेरापी र सर्जरीपछि उनी क्यान्सरमुक्त भएकी छन् । अहिले उनी पहिले जस्तै सक्रिय जीवन बाँचिरहेकी छन् ।

    सोनालीले सन् १९९४ मा ‘आग’ बाट बलिउडमा डेव्यु गरेकी हुन् । उनलाई सन् १९९६ मा रिलिज भएको ‘दिलजले’ ले पहिलो सफलताको स्वाद दिलायो । त्यसपछि उनले ‘मेजर साब’, ‘सरफरोस’, ‘हम साथ साथ है’, ‘हमारा दिल आपके पास है’ जस्ता हिट फिल्महरुमा काम गरिन् । उनले ‘इन्डियाज बेस्ट ड्रामेवाज’, ‘हिन्दूस्तान के हुनरवाज’, ‘इन्डियाज गट ट्यालेन्ट’ र ‘इन्डियन आइडल’ जस्ता रियालिटी शोहरुमा जजको भूमिका निर्वाह गरेकी थिइन् । उनी अहिले आफ्नो कलाकारिता सँगसँगै क्यान्सरको विषयमा जनचेतना फैलाउनसमेत सक्रिय छिन् ।

    अब कुरा गरौं किरजायदा रोड्रिगेजको । सन् २०१९ मा उनको क्यान्सरका कारण निधन भएको थियो, जतिबेला उनी ४० वर्षकी थिइन् । पेटको क्यान्सर (स्टेज फोर) देखिएको एक वर्षमा रोड्रिगेज अस्ताइन् ।

    उपचारका क्रममा उनले आफ्ना सबै अनुभूतिहरु इन्टामार्फत शेयर गर्ने गर्थिन् । अस्पतालकै बेडबाट उनले फेसनसम्बन्धी टिप्सहरु पनि दिन्थिन् । तर, जब उनलाई आफ्नो मृत्युको आभास भयो, सबै उपचार प्रक्रिया बन्द गर्न लगाइन् ।

    उनले इन्स्टामा आफू अब मृत्युको लागि तयार भएको भन्दै फ्यानहरुका नाममा पोस्ट गरेकी थिइन् ।

    ‘अब किमो र रेडियसन बन्द गरिने छ किनकि यसले मैले आशा गरेअनुसार काम गरिरहेको छैन । मैले यी उपचारहरु बन्द गर्ने निर्णय लिएँ, ताकि म आफ्नो बाँकी समय साथी र परिवारसँग बिताउन सकूँ, सकेसम्म पीडारहित भएर ।’

    सन् २०१८ को सेप्टेम्बर ९ मा किरजायदाको इन्स्टाबाट नै उनको निधनबारे जानकारी दिइएको थियो ।

  • बाढीपीडित महिलाले सांसदलाई थप्पड हानेपछि…

    बाढीपीडित महिलाले सांसदलाई थप्पड हानेपछि…

    नयाँ दिल्ली । हरियाणाको कैथल जिल्लाका एक जना बाढीपीडित महिलाले बुधबार जननायक जनता पार्टी (जेजेए) का सांसद ईश्वर सिंहलाई थप्पड हानेकी छन् ।

    सांसद सिंह कैथलको गुहला क्षेत्रमा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका बेला एक जना बाढीपीडित महिलाले ‘तिमी अहिले किन आयौरु’ भन्दै भीडबाट निस्केर थप्पड हानेकी हुन् । पानीको सुमचित व्यवस्था नहुँदा बाढी आएकामा क्रुद्ध उनले सांसदलाई पिटेकी हुन् ।

    उक्त घटनाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा महिला र अन्य स्थानीयले ‘तिमी अहिले किन आयौ ?’ भनेको सुनिन्छ । सांसद सिंहलाई उनका निजी सुरक्षा अधिकारीहरूले उद्धार गरेका थिए । घटनापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले महिलालाई माफ गरिदिएको र उनीविरुद्ध कुनै कानुनी कारबाही नगर्ने बताए ।

    हरियाणामा अविरल वर्षाका कारण आएको बाढीका कारण १० जनाको ज्यान गएको छ र मुख्यमन्त्री मनोहर लाल खट्टरले बुधबार ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन्।मुख्यमन्त्रीले बाढीमा परी ज्यान गुमाएकाका परिवारलाई रु चार लाख राहतस्वरुप प्रदान गरिने घोषणा पनि गरेका छन् ।

    विगत चार दिनदेखि हरियाणामा मात्र नभई हिमाचल प्रदेश, उत्तराखण्ड र पञ्जाबमा लगातारको वर्षाले राज्यका केही जिल्लामा जनजीवन अस्तव्यस्त भएको छ । हालसम्म ९१ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् । हिमाचलको सिप्तीमा अलपत्र परेका तीन सय पर्यटकको उद्धारको प्रयास भइरहेको छ । प्रतिकूल मौसमका कारण हेलिकप्टर अवतरण गर्न कठिनाई भएको छ ।

  • चीन : सार्वजनिक शौचालयमा पिसाब फेर्दा मूत्र परीक्षणको रिपोर्ट

    चीन : सार्वजनिक शौचालयमा पिसाब फेर्दा मूत्र परीक्षणको रिपोर्ट

    बेइजिङ । चीन आफ्नो आधुनिकताका लागि विश्वभर प्रसिद्ध छ। तपाईँले यहाँ यस्ता आविष्कारहरू र अनौठो चीजहरू देख्नु हुनेछ, जुन तपाईँले अरू कतै विरलै देख्नुहुनेछ। यदि यो अन्य कतै देखेको छ भने मान्नुहोस् यो चीनमा धेरै पहिले तयार भएको हुनुपर्छ।

    आजकल यस्तै एउटा आविष्कारले मानिसहरूको ध्यान तानिरहेको छ । चिनियाँ युरिनल अर्थात् हाईटेक युरिनल चर्चामा छ, जसमा पिसाब गरेपछि सजिलै जाँच गर्न सकिन्छ। यसको प्रयोगको लागि त्यहाँ मूल्य तिर्नुपर्छ।

    अडिटी सेन्ट्रल न्युज वेबसाइटको रिपोर्ट अनुसार बेइजिङ लगायत चीनका अन्य सहरहरूमा (चाइना युरिन टेस्ट इन युरिनल) सार्वजनिक ठाउँका बाथरुममा विशेष युरिनल (शुल्क तिरेर युरिनले पिसाब परीक्षण) स्थापना भइरहेका छन् । यी पिसाबहरू मल वा घुम्न जाने ठाउँहरूमा पनि जडान गरिएको छ। यिनीहरूको विशेषता यो हो कि यसमा पिसाब गर्दा कसैले चाहेमा आफ्नो पिसाब पनि परीक्षण गर्न सक्छ । हाइटेक युरिनलमा डिजिटल डिस्प्ले र बिल्ट-इन भुक्तानी विधि छ।

    युरिनलमा लुकेका सेन्सरहरू पनि छन्, जसबाट क्याल्सियम, ग्लुकोज, प्रोटिन, किटोन बडी, एस्कर्बेट आदि परीक्षण गर्न सकिन्छ। स्क्रिनमा देखाइएको जानकारीले सुझाव दिन्छ कि विकासकर्ताले मूत्र परीक्षण प्रविधिको लागि केही पेटेन्टहरू प्राप्त गरेको छ तर परिणामहरूको शुद्धता विवादको विषय हो।

    बास्टिल पोष्टका अनुसार, यी उच्च(टेक मूत्रालयहरू सञ्चालन गर्ने कम्पनीका लागि ग्राहक सेवाले दाबी गर्दछ कि तिनीहरूको उपकरणले अस्पताल परीक्षण इकाईहरूको रूपमा परीक्षणको सिद्धान्त प्रयोग गर्दछ।

  • मृत घोषणा गरेको पाँच घण्टापछि बौरिदा…

    मृत घोषणा गरेको पाँच घण्टापछि बौरिदा…

    काठमाडौं । चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् ।
    इक्वेडोरको बाबहोयो सहरकी सेवानिवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी अन्त्येष्टिका निम्ति समाधिस्थल लैजान उनका छोरासहित मलामीले कफिन उठाउँदा उनले  भित्रबाट ढकढक्याएकी अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क सिएनएनले जनाएको छ ।
    इक्वेडरको स्वास्थ्य मन्त्रालयले ती महिलालाई हृदयाघात भएको बताएको छ । चिकित्सकले उनलाई मृत घोषणा गरेको विषयमा अनुसन्धान गर्ने जनाउँदै त्यस निम्ति प्राविधिक समिति गठन गरिएको एक विज्ञप्ति निकालेर बताएको छ ।
    स्वास्थ्य मन्त्रालयको विज्ञप्तिअनुसार मोन्टोयालाई बाबाहोयोको मार्टिन इकाजा अस्पताको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो र पछि उनलाई मृत घोषणा गरिएको थियो ।
    रासस
  • मरेको मान्छे बचाउने दाबी गर्दै विजय शाहीको ‘कमब्याक’

    मरेको मान्छे बचाउने दाबी गर्दै विजय शाहीको ‘कमब्याक’

    काठमाडौं । अद्भूत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका युवक विजय शाही केही समयदेखि गुमनाम थिए । अहिले फेरि उनी अर्को झनै अपत्यारिलो कुरा गर्दै ‘कमब्याक’ भएका छन् ।

    आज बिहान टिकटकमा एक घण्टाभन्दा बढी समय लाइभ बसेर शाहीले ‘मरेको मान्छे बचाउन सक्ने’ गफ हाँके । आफूसँग २१ जनाको टीम रहेको भन्दै उनले मरेको चरा बचाएर देखाइसकेको दाबी गरे ।

    ‘हामीले पूर्वमन्त्रीज्यूकै अगाडि मरेको चरा बचाइदिएका छौं । पूर्वमन्त्रीज्यू आफैंले चरा मार्नुभयो, त्यसलाई हाम्रो टीमले फेरि ज्यूँदो बनाइदियो,’ शाहीले भने ।

    चरामा गरिएको परीक्षण सफल भएपछि अब मान्छेमा गर्न लागेको उनको भनाइ छ । यसका लागि भर्खरै मरेको ताजा लास खोज्न अस्पताल जान लागेको उनले बताए ।

    शाहीको दाबीअनुसार उनको टीमले चारवटा कारणले अकालमा मरेका मान्छेलाई बचाउन सक्छन् । पहिलो, सर्पले टोकेको, दोस्रो पानीमा डुबेको, तेस्रो हृदयघात भएको र चौथो निसास्सिएर मरेको ।

    ‘यदि यस्ता घटनाहरू तपाईंका वरिपरी भएका छन् भने तुरुन्त यो नम्बरमा फोन गर्नुस्, हामी दौडेर आइहाल्छौं,’ फोन नम्बर पनि सार्वजनिक गर्दै उनले भने ।

    मृत्यु भएको आठ घन्टाभित्र आफूहरूले भेट्टाए बचाउन सक्ने उनको दाबी छ । कालगतिले वा वृद्धावस्थाले मरेकाहरूलाई भने बचाउन नसक्ने शाहीले बताए ।

    ‘जो कालगतिले मर्नुभएको छ, उहाँहरूको लासलाई हामी छुँदा पनि छुँदैनौं, हामीले बचाउने भनेको अकालमा मरेकाहरुलाई मात्र हो,’ उनले भने ।

    स्वास्थ्यविदहरू समेत रहेको आफ्नो टीमले मरेको प्राणीलाई फेरि ज्यूँदो बनाउन सक्ने केमिकल विकास गरेको शाहीले बताए । प्रधानमन्त्री कार्यालयदेखि स्वास्थ्य मन्त्रालयसम्मलाई जानकारी दिएर आफूहरू यो अनुसन्धानमा लागेको भन्दै उनले आफ्नो काममा साथ र हौसला दिन सबैलाई अपिल गरे ।

    शाहीले गरेको दाबीलाई भने धेरैले मजाकमा उडाइरहेका छन् । फेसबुक लाइभमा उनलाई अत्यधिक नकारात्मक कमेन्ट र गालीगलौज भइरहेका थिए । तर, शाही निर्धक्क भएर भन्दै थिए, ‘तपाईंहरू गाली गर्दै गर्नुस्, म मरेको मान्छे बचाएर देखाउँछु ।’

    यसअघि शाही कुनै पनि पुस्तक एकैछिन पल्टाएको भरमा कन्ठाग्र पार्न सक्ने दाबी गरेर चर्चामा आएका थिए । सुरूमा सबैको प्रशंसा पाए पनि बिस्तारै उनको क्षमतामाथि धेरै प्रश्नहरु उठे । उनलाई ठगको संज्ञासमेत दिइयो । त्यसपछि उनी गुमनाम भए । बीचमा एकपटक उनको मृत्यु भएको हल्ला फैलियो । सामाजिक सञ्जालमा धेरैले श्रद्धाञ्जली पनि दिए । तर, प्रहरीले शाहीलाई उनकै घरमा सकुशल फेला पारेको थियो । शाही आफैंले आफ्नो मृत्युको प्रचार गरेको दाबी गरिएको छ ।

    केहीसमयअघि उनको ह्वीलचेयरमा बसेको तस्वीर र भिडिओ सार्वजनिक भएको थियो । उनले आफू एकाएक अशक्त भएको बताएका थिए । यस विषयमा आज उनले आफूलाई नशाको रोग लागेको र अहिले ठीक भएको जानकारी दिएका छन् ।

  • छाेराछाेरीको हत्या आरोपमा जेल बसिरहेकी महिलालाई विज्ञानको नयाँ खोजले भन्याे- उनी निर्दाेष छिन् !

    छाेराछाेरीको हत्या आरोपमा जेल बसिरहेकी महिलालाई विज्ञानको नयाँ खोजले भन्याे- उनी निर्दाेष छिन् !

    काठमाडौं । कल्पना गर्नुहोस्, तपाईं एक आमाले चार सन्तानलाई जन्म दिनुभयो । दश वर्षको अन्तरालमा कुनै प्राकृतिक कारणले ती चारै वटा सन्तानको शिशु अवस्थामै मृत्‍यु भयो । यद्यपि तपाईं स्वयंलाई ती शिशुहरुको हत्यारा ठहर गर्दै २३ वर्षको जेल सजाय सुनाइयो र आफू निर्दोष रहँदारहँदै अदालतको फैसलाअनुसार तपाईंले २० वर्ष जेलमा बिताउन बाध्य हुनुभयो भने तपाईंको अवस्था कस्तो होला ? त्यसमाथि सजाय पूरा हुन ३ वर्षमात्रै बाँकी हुँदा तपाईं निर्दोष प्रमाणित हुनुभयो भने झन् कस्तो अनुभूति होला ?

    कल्पनामात्रै गर्दा पनि कुनै आङ सिरिङ हुने र सुन्नेलाई कुनै सिनेमाको कहानी जस्तो लाग्ने यो घटना भने सत्य हो । यो घटना कुनै समय कुख्यात सिरियल किलरको रुपमा चित्रण गरिएकी अस्ट्रेलियाकी क्याथलिन फोलबिगको हो ।

    सन् २००३ मा क्याथलिनलाई अदालतले नाबालिग छोराहरु कालेब र प्याट्रिक तथा छोरीहरु सारा र लौराको हत्या गरेको ठहर गर्दै २३ वर्ष जेल सजाय तोकिएको थियो । त्यसको २० वर्षपछि वैज्ञानिकहरुले ती शिशुहरुको प्राकृतिक कारणले मृत्‍यु भएको ठहर गरेसँगै क्याथलिनलाई रिहा गर्ने फैसला भएको छ ।

    क्याथलिनले सुरुदेखि नै आफू निर्दोष रहेको बताउँदै आएकी थिइन् । यसअघिका अपिलहरुमा क्याथलिनको दाबीलाई आधार मान्ने पर्याप्त आधार नभएको ठहर गरिएको थियो ।

    हालै गरिएको एक अनुसन्धानले ‘जिन म्युटेसन’ (जीन उत्परिवर्तन)को कारणले ती शिशुहरुको मृत्‍यु भएको तर्क अगाडि सा¥यो । उक्त खोजपछि एनएसडब्लुका गभर्नरले सोमबार क्याथलिनलाई पूर्ण क्षमामा हस्ताक्षर गर्दै तुरन्त जेलमुक्त गर्न आदेश दिएका छन् ।

    गभर्नरले उनलाई जेल मुक्त गर्ने आदेश जारी गरे तापनि उनी हालसम्म निर्दोष प्रमाणित भने भएकी छैनन् । यसका लागि उनी पुनरावेदन अदालत जान पर्ने हुन्छ । अदालतमा उनले आफ्ना शिशुहरुको मृत्‍यु प्राकृतिक थियो भन्ने प्रमाणित गर्न सकेको खण्डमा उनले राज्य संयन्त्रबाट ठूलो आर्थिक क्षतिपूर्ति प्राप्त गर्न सक्ने जनाइएको छ ।

    सन् १९९२ मा लिन्डी चेम्बरलेनको नामक महिलाको पनि यसै प्रकृतिको घटना घटेको थियो । सो समयमा उनले १.३ मिलियन अमेरिकी डलर क्षतिपूर्ति पाएकी थिइन् । लिन्डीलाई पनि अदालतले आफ्नी छोरीको हत्या गरेको आरोपमा सजाय सुनाएको थियो ।

  • मार्क जुकरवर्गकै फेसबुक एकाउण्ट ह्याक

    मार्क जुकरवर्गकै फेसबुक एकाउण्ट ह्याक

    काठमाडौं । बहुचर्चित सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरवर्गको फेसबुक एकाउण्ट ह्याक भएको छ ।

    फेसबुकले शुक्रबार राति स्वयम सो कुरा पुष्टी गरेको हो । फेसबुकको एक फिचरमा रहेको बगका कारण अपरिचित ह्याकरले फेसबुकको दुरुप्रयोग गरेको जनाइएको छ ।

    यसका कारण प्रत्यक्ष रुपमा ५० मिलियन र अप्रत्यक्ष रुपमा थप ४० मिलियन एकाउण्टमा ह्याकरको अनाधिकृत पहुँच पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

    ह्याक भएका यी ५० मिलियन एकाउण्ट मध्ये एक फेसबुकका संस्थापक मार्क जुकवर्गको हो । यस्तै फेसबुकको चिफ अपरेटिङ अफिसर सेरेल सेन्डनवर्गको पनि फेसबुक एकाउण्ट ह्याक भएको थियो ।

    फेसबुक सिस्टममा रहेका तीन वटा फ्लजका कारण ह्याकरले फेसबुक एकाउण्ट ह्याक गर्न सफल भएको देखिन्छ । यद्यपी सो कमजोरी बारे थप विवरण भने सार्वजनिक गरिएको छैन । अनुसन्धानमा संलग्न अधिकृतलाई उध्रदत गर्दै न्युयोर्क टाइम्सले जनाएको छ ।

    मार्क जुकरबर्गको एकाउण्ट २०१७ मा फेसबुक कोडमा आएको भ्यू एज बगका कारण ह्याक भएको बताइएको छ । फेसबुकका इन्जिनियरहरूले सेप्टेम्बर २५मा सो बग पत्ता लगाएका थिए। हाल सो बगलाई ठीक गरिएको छ भने र फेसबुकले प्रभावितहरूको लागि सुरक्षा टोकन रिसेट गरेको छ।

    ह्याकर स्वयमले आइतबार जुकरवर्गको फेसबुक एकाउण्टनै डिलिट गरिदिने र यो ह्याक समबन्धी सबै विवरण लाइभमा आएर सार्वजनिक गरिदिने धम्की दिए पस्चात यो घटना सार्वजनिक भएको हो ।

    हाल ह्याक भएका सबै एकाउण्ट रिकभर भइसकेका छन् ।

    (उक्त घटना २०१८ काे हाे ।)

  • प्रथम रजस्वालाको ‘दाग’ देखेर दाईद्वारा बहिनीको हत्या

    प्रथम रजस्वालाको ‘दाग’ देखेर दाईद्वारा बहिनीको हत्या

    काठमाडौं । १२ वर्षीय बहिनीको हत्या गरेको अभियोगमा भारतको थानेबाट ३० वर्षीय एक युवक पक्राउ गरेका छन् ।

    भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार सेक्युरेटी गार्डको रुपमा कार्यरत ति युवाले आफ्नी बहिनीको प्रथम राजस्वलाको दाग कपडामा देखेपछि बहिनीले कसैसँग शारीरिक सम्बन्ध कायम गरेको शंकामा बहिनीको हत्या गरेका हुन् ।

    ‘राजस्वला हुँदाको दागलाई शाररिक संपर्कको रुपमा बुझेको कारण हत्या गरिएको देखिएको छ । यस् विषयमा थप अनुसन्धान भईरहेको छ’, प्रहरीलाई उदृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

    मृतक बालिका उल्लासनगरमा आफ्ना दाई र भाउजुसँग बस्दै आएको जनाइएको छ । घटनाको केही दिन अगाडिदेखि पीडित बालिकाको प्रथम राजस्वला सुरु भएको र उनका दाईले कपडामा सो दाग देखेपपछि बहिनीले शारीरिक सम्बन्ध राखेको शंका गर्दै बहिनीलाई प्रश्न गरेका थिए ।

    यद्यपी पहिलो पटक राजस्वला भोगिरहेकी उनकी बहिनीले दाजुको प्रश्नको उत्तर भने दिन सकिनन् । दाईले बहिनीको मुख तथा शरीरका अन्य भागमा तातो चिम्टाले यातना दिन सुरु गरे ।

    यातनापछि बालिकालाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । पीडक दाईलाई हाल भारतीय दण्ड संहिताको धारा ३०२ अन्तर्गत हत्याको मुद्दा दर्ता गरिएको रिपोर्टमा उल्लेख छ ।

     

  • तौल बढेर हैरान हुनुहुन्छ ? यी आठ वटा खाना खानुहोस्, जसले तौल घटाउन सहयोग गर्छ

    तौल बढेर हैरान हुनुहुन्छ ? यी आठ वटा खाना खानुहोस्, जसले तौल घटाउन सहयोग गर्छ

    काठमाडौं । तौल बढाउन जति सजिलो हुन्छ, त्यति नै कम गर्नका लागि हाम्रो पसिना बग्दछ । तौल घटाउन निकै गाह्रो हुन्छ किनभने डाइटमा धेरै खानपिनका सामग्रीहरू प्रतिबन्धहरू गरिएका हुन्छन्, जसका कारण मानिसले आफ्नो मन पर्ने चीजहरूबाट टाढा रहनुपर्छ।

    यदि तपाई अझै पनि तौल घटाउने सोचमा हुनुहुन्छ र तपाईँको स्वस्थ आहारको बारेमा अन्योलमा हुनुहुन्छ भने आज हामी तपाईँलाई यी टिप्सहरू दिएर सहयोग गर्नेछौँ ।

    यो कुरा सत्य छ कि तौल घटाउन खोज्दा धेरै चीजहरू जस्तै जङ्क फूडलाई पुरै बेवास्ता गर्नुपर्छ र कडा आहारको पालना गर्नुपर्छ। तर हामी तपाईँलाई भनौँ कि तपाईँले आफ्नो आहारमा वजन घटाउने यी व्यञ्जनहरू समावेश गरेर छिटो तौल घटाउन सक्नुहुन्छ, किनकि यी सबै व्यञ्जनहरूमा क्यालोरी धेरै कम हुन्छ र फाइबरमा उच्च हुन्छ र यसमा प्रोटिनको मात्रा पनि धेरै हुन्छ।

    इडली साम्बर

    दक्षिण भारतीय परिकार इडली साम्बर एक हल्का डिश हो जसमा क्यालोरी धेरै कम हुन्छ र यसमा प्रयोग गरिने दालमा प्रोटिन पाइन्छ। यसका साथसाथै दालमा तरकारी थपिन्छ जसमा फाइबर प्रशस्त हुन्छ ।

    स्प्राउट्स सलाद

    अंकुरित दाल, काकडी, टमाटर र प्याजबाट बनेको सलाद एक पौष्टिक र भरिने विकल्प हो जुन प्रोटिन र फाइबर धेरै मात्रामा पाइन्छ । र धेरै कम क्यालोरी हुन्छ।

    दाल

    लगभग सबै प्रकारका दालहरू प्रोटिन र फाइबरको ठूलो स्रोत हुन्। तपाईँ आफ्नो आहारमा राजमा, चावल, दाल खिचडी जस्ता चीजहरू समावेश गर्न सक्नुहुन्छ। एक कचौरा दाल, प्याज, लसुन र मसलाले बनेको दालले तपाईँलाई पेट भरिएको महसुस गराउन सक्छ र तौल घटाउन पनि मद्दत गर्न सक्छ।

    तन्दुरी चिकन

    तन्दुरी चिकन एक लोकप्रिय परिकार हो, जसलाई दही र मसलामा मैरिनेट गरिन्छ र त्यसपछि ग्रिल गरिन्छ। यसमा कम क्यालोरी, प्रोटिन र स्वादले भरिपूर्ण हुन्छ।

    पालक पनिर

    पालक पनिर एक पालक र पनिर डिश हो जुन भिटामिन, खनिज र प्रोटिनले भरपुर हुन्छ। तर यसमा कम फ्याट पनिर प्रयोग गर्नुहोस् र यसलाई स्वस्थ विकल्प बनाउन तेलको मात्रा घटाउनु होस्।

    तरकारी करी

    फूलगोभी, गाजर र मटर जस्ता तरकारीहरूबाट बनेको करी स्वादिष्ट र पोषक तत्त्वले भरिपूर्ण खाना हुन सक्छ, वजन घटाउनको लागि उपयुक्त मानिन्छ ।

    राइता

    राइता दहीबाट बनाइन्छ, जसलाई डिप वा साइड डिशको रूपमा प्रयोग गर्न सकिन्छ। यसमा क्यालोरी कम हुन्छ र प्रोटिनको मात्रा धेरै हुन्छ र काकडी टमाटर र प्याज जस्ता तरकारीबाट बनाउन सकिन्छ।

    मसाला अमलेट

    अण्डा, प्याज, टमाटर र मसलाले बनेको अमलेट एक पौष्टिक र पेट भरिने खाजा हो, जसमा प्रोटिनको मात्रा धेरै हुन्छ र कम क्यालोरी हुन्छ।

  • परमेश्वर भेट्न भोकै बसेका ८३ जनाको मृत्यु

    परमेश्वर भेट्न भोकै बसेका ८३ जनाको मृत्यु

    काठमाडौं । केन्यामा परमेश्वर साक्षात्कार हुने विश्वासले भेट्न भोकभोकै बसेका ८३ जनाको मृत्यु भएको छ । पछिल्लो भोकै बसेका थप १० जनाको शव फेला परेको त्याहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

    चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन् । निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासन दिएका पल म्याकेन्जी न्थेन्गे नेतृत्वको समूह शाकाहोला जङ्गलमा रहेको सूचनाका आधारमा सुरक्षाकर्मी त्यहाँ पुगेका थिए । उनीहरूले आरोपीको खोजीमा दिनभर जङ्गलमा बिताएका थिए ।

    आज तीन जना बालबालिकाको शवसहित १० जनाका शव भेटिएका हुन् । मृतक बालबालिकाले उनीहरूले श्वेतवस्त्र लगाएका पाइएको छ । भोकै बसेमा भगवान् भेटिने अन्धविश्वासको पराकाष्ठाले केन्यालीलाई अब यस्ता धार्मिक अन्धविश्वासविरुद्ध आन्दोलन गर्न प्रेरित गरेको छ भने राष्ट्रपति विलियम रुटोले दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    गुडन्युज चर्चका केही अनुयायीले शाकोला जङ्गलमा अझै पनि भगवान्सँग साक्षात्कार गर्ने लालसमा केही मानिस अझै रहेका बताउँदै तिनीहरूलाई पत्ता लगाएर शीघ्र उद्धार नगरेमा उनीहरू पनि माटोमा मिल्ने बताएका छन् । प्रहरीका अनुसार सोमबार २९ जनालाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ ।

    यसैबीच, मालिन्दी अस्पतालका अधिकारीले मृतकको सङ्ख्या बढदै जाँदा शवहरू सुरक्षित रूपमा राख्न सकिने अवस्था नरहेको बताउँदै पहिलेदेखि नै भरिएका मुर्दाघरमा चरम स्थान अभाव भएको गुनासो गरेका छन् । उनीहरूले शवलाई सड्नबाट जोगाउन चिस्यान यन्त्र आवश्यक परेको भन्दै केन्या रेडक्रससँग हारगुहार गरेका छन् ।

  • काँक्रोका फाइदा : तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

    काँक्रोका फाइदा : तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

    काठमाडौं । गर्मीमा काँक्रो खाने हो भने तौल घटाउन सकिन्छ । काँक्रोलाई आहारको रूपमा समावेश गर्ने बानी बसाल्न सकिएमा बिस्तारै शरीरको तौल घटाउन सकिन्छ ।

    शरीरलाई शीतलता दिनको लागि होस् वा पेटको विकारलाई निको पार्न पनि काँक्रो निकै फाइदाजनक हुन्छ । शरीरलाई शीतलता र ताजगी प्रदान गर्नुका साथै काँक्रोका धेरै फाइदाहरू छन्।

    काँक्रोमा एन्टिडायबेटिक र एन्टिअक्सिडेन्टहरू प्रशस्त छन् र यसमा भिटामिन सी, भिटामिन के र अन्य पोषक तत्त्वहरू पनि पाइन्छ जसले स्वास्थ्यलाई स्वस्थ राख्छ र तौल घटाउन पनि गर्दछ ।

    काँक्रो एक कम क्यालोरी खाना हो, जसमा शून्य बोसो हुन्छ । त्यसैले तौल घटाउने आहारमा काँक्रोलाई समावेश गर्न सकिन्छ।

    कब्जियत जस्ता पेटको समस्यालाई हटाउन काँक्रो निकै फाइदाजनक हुन्छ । काँक्रोमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा पानीको मात्रा पनि उच्च हुन्छ जसले कब्जियतबाट छुटकारा पाउन मद्दत गर्छ।

  • पटनाको रेल स्टेशनमा ‘ब्ल्यू फिल्म’ चलेपछि…..

    पटनाको रेल स्टेशनमा ‘ब्ल्यू फिल्म’ चलेपछि…..

    काठमाडौं । घटना आइतबार बिहानको हो । छिमेकी मुलुक भारतको पटनास्थित एक रेलवे स्टेशनको प्ल्याटफर्म नम्बर १० मा रेलको बारे जानकारी दिन जडित टीभी हेर्न यात्रु तँछाडमछाड गरिरहेका थिए । तर, टीभीले रेलबारे जानकारी दिइरहेको थिएन । टीभीमा ‘नीलो’ (ब्ल्यू) चलचित्र प्रसारण भइरहेको थियो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार ९ः५६ मा सुरु भएको उक्त प्रसारण झन्डै ३ मिनेटसम्म बन्द भएन । उक्त घटनापछि स्टेशनका उक्त टीभीलगायतका सूचना पाटी व्यवस्थापन गर्दै आएको मेसर्स एम दत्ता स्टुडियो कम्पनी प्रालिविरुद्ध उजुरी दर्ता गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    दानापुर आरपीएफका वरिष्ठ कमाण्डेन्ट प्रकाशकुमार पाण्डालाई उद्धृत गर्दै इन्डिया टुडेले रेलवे जन्क्सनमा रेलको आगमन र प्रस्थानबारे जानकारी दिने ठेक्का पाएको उक्त कम्पनीको कण्ट्र्याक्ट तत्काल रद्द गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ । घटनाबारे थप विवरण अनुसन्धानपछि मात्र आउने जनाइएको छ ।

  • जनकपुरधामको मेयर साह महामूर्ख घोषित, ऋषि धमला बने पटमूर्ख

    जनकपुरधामको मेयर साह महामूर्ख घोषित, ऋषि धमला बने पटमूर्ख

    जनकपुरधाम । मिथिला नाट्यकला परिषद् (मिनाप)ले जनकपुरधामका मेयर मनोज साहलाई ‘महामूर्ख’ घोषणा गरेको छ ।

    मिनापले जनकपुरधामस्थित जानकी मन्दिरमा होलीको अवसरमा आयोजना गरेको महामूर्ख सम्मेलनमा मेयर साहलाई ‘महामूर्ख’ घोषणा गरिएको हो । होलीमा हसिठट्टा र व्यंग्य गर्ने परम्परा अनुसार मेयर साहलाई ’महामूर्ख’घोषणा गर्दै सम्मान गरिएको छ ।

    आयोजकले पत्रकार ऋषि धमलालाई ‘पटमूर्ख’को उपाधि दियो । पटमूर्खको उपाधि ग्रहण गर्न पत्रकार धमला काठमाडौंबाट जनकपुरधाम आएका थिए ।

    यस्तै, पूर्व डिई रत्नेश्वर लाल कर्णलाई डपौर शंख, महोत्तरीको मटिहानीका मेयर हरि मण्डललाई बैशाख नन्दन, नेतृ बिभा ठाकुरलाई गंधपसारैन, जनकपुरधामकै अरूणलाल कर्णलाई खबसुरता र प्रधानाध्यापक संजय झालाई लोढाशंख घोषणा गर्दै प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

    यस्तै, रेखा झालाई मनटुटिया, वन कार्यालयका कर्मचारी लालबाबु यादवलाई हराशंख, यूवा व्यावसायी बलराम साहलाई बज्रसोटा, पत्रकार बिरेन्द्र रमणलाई शोटानन्द, किरण झा रश्मीलाई टुनमुसरी र मोनाष्टीक ई. बोर्डिंग स्कूललाई डा. सोनु कुमार साहलाई बज्रकिट घोषणा गर्दै प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

  • शर्मिला वाइवाले ‘विष खाएको’ घटना शंकास्पद, वीर अस्पताल भन्छ- परीक्षणमा भेटिएन

    शर्मिला वाइवाले ‘विष खाएको’ घटना शंकास्पद, वीर अस्पताल भन्छ- परीक्षणमा भेटिएन

    काठमाडौं । सामाजिक सञ्जालकी भाइरल शर्मिला वाइवाले विष सेवन गरेको भनिएको घटना शंकास्पद देखिएको छ । वीर अस्पतालका अनुसार उनको शारीरिक परीक्षणमा विष सेवनको पुष्टि हुन सकेको छैन ।

    प्रहरीका अनुसार हिजो राति करिब १ बजेतिर वाइवाले विष सेवन गरेको भन्दै वीर पुर्याइएको थियो । उनलाई ‘अब्जर्भेसन’ का लागि आइसीयूमा राखिएको भए पनि अवस्था सामान्य रहेको अस्पताल स्रोतले बतायो ।
    ‘यहाँ ल्याउँदा होसमै हुनुहुन्थ्यो । सबै प्यारामिटरहरु सामान्य नै थिए । विष सेवन गरेको भनिएकाले अब्जरभेसनका लागि मात्रै आइसीयूमा राखेका हौं,’ स्रोतले भन्यो ।

    वाइवाको रगत टिचिङ अस्पताल लगेर परीक्षण गरिएको थियो । तर, त्यसमा विषको मात्रा नदेखिएको बुझिएको छ । कहिलेकाहीँ विषको असर ढिला देखिने भएकाले अहिल्यै निष्कर्षमा पुगिनसकिएको स्रोत बताउँछ ।

    ‘उहाँको स्वासप्रस्वास, ब्लड प्रेसर, धड्कन, मानसिक अवस्था सबै सामान्य र स्थिर छ । ब्लड रिपोर्टमा विष खाएको देखिँदैन । तर, कहिलेकाहीँ ढिला असर हुन सक्छ भनेर मात्रै कुरिएको हो,’ स्रोतले भन्यो, ‘मुखमा हालेर थुकेको वा नखाइकन खाएको अभिनय गरेको पनि हुन सक्छ ।’

    बानियाटारमा दुई बहिनी र एक बच्चासहित बस्दै आएकी शर्मिलाले हिजो राति विष खाएको भन्दै सुरुमा ग्राण्डी अस्पताल पुर्याइएको बताइन्छ । युट्यूबका भाइरल म्यान जयकिशन बस्नेतले ग्राण्डीबाट आफूले शर्मिलालाई वीर पुर्याएको बताएका छन् । रमाइलो के भने उनले ग्राण्डी अस्पतालदेखि वीर अस्पतालसम्मको भिडियो खिच्दै हिँडेका थिए ।

    त्यसलाई भ्लग बनाएर उनले युट्यूब च्यानलमा पोष्ट गरेका छन् । उक्त भ्लगमा जयकिशनले डाक्टरलाई उद्वृत गर्दै वाइवाको अवस्था ‘असाध्यै नाजुक रहेको’ र ‘जे पनि हुन सक्ने’ बताएका छन् । उनले वाइवालाई यो अवस्थामा पुर्याउनेहरुविरुद्ध आत्महत्या दूरुत्साहनको मुद्दा हाल्नसक्ने चेतावनी पनि दिएका छन् ।

    अस्पताल स्रोतले भने अब केही घन्टा अब्जरभेसनमा राखेर वाइवालाई डिस्चार्ज गरिने बताएको छ । वाइवाका एक निकटस्थका अनुसार केही समयदेखि उनी डिप्रेसनमा छिन् । वाइवाले केही दिनअघि पत्रकार ऋषि धमलासँग आफूलाई जोडेर अन्तरवार्ताहरु दिएकी थिइन् । त्यसमा उनलाई अत्यधिक नकारात्मक कमेन्टहरु आएका थिए ।

    अस्ति उनी अभिनेता पल शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेकी थिइन् । पललाई भेट्न नपाएको भन्दै उनले क्यामरा अगाडि रुवाबासीसमेत गरेकी थिइन् । विमानस्थलमै उनको गायक राजेशपायल राईसँग चर्काचर्की परेको थियो । राईले उनलाई ‘ऋषि धमलालाई किन फसाउँन खोजेको ? भनेर सोधेपछि वाइवा बिच्किएकी थिइन् ।

    आफूलाई अभियन्ता बताउने वाइवा सामाजिक सञ्जालमा मनपरी बोलेर भाइरल भएकी हुन् ।

  • चीनले बनायो ‘रिमोट किसिङ डिभाइस’ (भिडिओ)

    चीनले बनायो ‘रिमोट किसिङ डिभाइस’ (भिडिओ)

    काठमाडौं । चीनको चाअङ्जो विश्वविद्यालयले ‘लङ डिस्ट्यान्स रिलेशनशिप’ मा रहेका जोडीहरुलाई मध्यनजर गर्दै वास्तविक चुम्बनको अनुभूति गर्न सकिने डिभाइस निर्माण गरेको छ ।

    रिमोट किसिङ डिभाइस नाम दिइएको उक्त उपकरणमा सिलिकोन ओठ, प्रेसर सेन्सर र एक्चुएटरहरू जडान गरिएको जनाइएको छ ।

    ग्लोबल टाइम्सको रिपोर्टअनुसार यस डिभाइसले ओठको दबाब, चाल र तापक्रमलाई नक्कल गर्न सक्ने भएको हुँदा प्रयोगकर्ताले वास्तविक चुम्बनको अनुभूति गर्न सक्छन् । यस डिभाइसलाई चीनमा ‘वास्तविक’ शारीरिक घनिष्ठता साझा गर्ने तरिकाको रूपमा विज्ञापन गरिएको छ ।

    यो डिभाइस प्रयोग गर्न प्रयोगकर्ताहरूले मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ । तत्पश्चात चुम्बन पठाउन आफ्नो फोनको चार्जिङ पोर्टमा उपकरण घुसाएर जोडीहरूले भिडियो कन्फरेन्स सुरु गर्न सक्छन् र एपमार्फत आफ्ना साझेदारहरूसँग साझेदारी गरेपछि एकअर्कालाई आफ्नो स्मुचका प्रतिलिपिहरू पठाउन सकिन्छ ।

    उक्त डिभाइसले चीनमा मिश्रित प्रतिक्रिया पाएको छ ।

  • चीनले बनायो ‘सुपर काउ’, क्यानेडियन होल्स्टेनभन्दा ५० प्रतिशत बढी दूध दिने

    चीनले बनायो ‘सुपर काउ’, क्यानेडियन होल्स्टेनभन्दा ५० प्रतिशत बढी दूध दिने

    काठमाडौं । हामीले सामान्य कम्प्युटरभन्दा अत्यन्तै प्रभावशाली सुपर कम्प्युटरको बारेमा सुन्दै आएका छौं । सुपर कार, सुपर बाइक वा सुपर सोल्जरलगायतका शब्दहरु हाम्रा लागि नयाँ होइनन् ।

    तर, सुपर काउ अर्थात सुपर गाई भने धेरैका लागि नयाँ र असामान्य लाग्नसक्छ । चीनको नर्थवेस्ट ए एन्ड एफ युनिभर्सिटीका वैज्ञानिकहरू क्यानेडियन होल्स्टेन गाईको तुलनामा ५० प्रतिशत बढी दूध उत्पादन गर्न सक्ने तीन ‘सुपर गाई’लाई सफलतापूर्वक क्लोन गरेका छन् ।

    होल्स्टेन गाईहरूबाट टिस्यु नमुना लिएर ‘सोमेटिक सेल न्यूक्लियर ट्रान्सफर मेथड’को प्रयोग गरी उक्त क्लोन गरिएको अन्तर्राष्टि«य सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । उक्त विधिबाट गत महिना लिंगवु शहरमा ५६.७ किलोग्राम तौल भएको र ७६ सेन्टिमिटर अग्लो रहेको पहिलो बाछो जन्माइएको रिपोर्टमा उल्लेख छ ।

    यसरी जन्माइएका बाछाहरूले प्रतिवर्ष लगभग १८ टन तथा जीवनकालमा १०० टन दूध दिन सक्ने वैज्ञानिकहरुको भनाइ छ । तुलनात्मक रूपमा क्यानेडियन होल्स्टेन गाईले ३०५ दिनमा लगभग १२ टन दूधमात्र उत्पादन गर्ने तथ्याकंले बताउँछ ।

    चीनको यो उपलब्धिका कारण चीनको डेरी क्षेत्रमा ठूलो परिवर्तन आउने तथा विदेशी नस्लका गाईको आयात तुलनात्मक ढगंबाट कमी आउने विश्वास लिइएको छ ।

  • ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि युवक बेहोस

    ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि युवक बेहोस

    काठमाडौं । भारतको बिहारमा ५०० युवतीको बीचमा एक्लै बस्नु परेपछि एक युवक बेहोस् भएका छन् । रिपोर्टका अनुसार ‘इन्टरमेडियट’ तहको परिक्षा दिन परिक्षा सेन्टरमा पुगेका मनिष शंकर परिक्षा हलमा ५०० जना युवतीको बीचमा आफू मात्र एक्लो केटा मान्छे रहेको थाह पाएसँगै बेहोस् भएका हुन् ।

    मनिष शंकर अल्लाम इकबाल कलेजका विद्यार्थी हुन् भने उनको केन्द्र बिहार शरीफको ब्रिलियन्ट कन्भेन्ट स्कूलमा परेको थियो । परीक्षा केन्द्रमा पुग्दा सबै केटीहरूलाई देखेर उनको अवस्था बिग्रिएको र उनी बेहोस भएको बताइएको छ ।

    ‘परीक्षा केन्द्रमा आफूलाई एक्लै पाएपछि उनी आत्तिए । यस केन्द्रका सबै केटीहरूमध्ये उ एक मात्र केटा रहेछ र यो देखेर उसलाई चक्कर लाग्यो । मनिषकी काकीलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन् । यस घटनासँग सम्बन्धित एक भिडिओ हाल भारतीय सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

     

  • चोरको पत्र पढेर भावुक बने पसले, प्रहरी बोलाए तर मुद्दा दर्ता गराएनन्

    चोरको पत्र पढेर भावुक बने पसले, प्रहरी बोलाए तर मुद्दा दर्ता गराएनन्

    काठमाडौं । गत जनावरी २३ गते भारतको राजस्थानमा रहेको एक मिठाई पसलमा चोरी भयो । भारतीय सञ्चारमाध्यम लल्लनटपका अनुसार सो पसलबाट चोरले करिब ७ हजार भारु नगद र केही मिठाईको चोरी गरेका थिए ।

    रातको समयमा भएको उक्त चोरीबारे पसलका मालिकलाई भोलिपल्ट मात्र थाह भयो । उनले आफ्नो पसलमा चोरी भएको भनेर प्रहरीलाई समेत बोलाए । यद्यपि प्रहरीको आगमन पश्चात् उनले आफ्नै पसलमा एक पत्र भेटे । उक्त पत्र अरू कसैले नभई चोरले लेखेको थियो ।

    चोरको पत्र पढिसकेपछि पसले भावुक बने र अन्ततः प्रहरीलाई आफूले कुनै ‘कम्प्लेन’ नगर्ने जानकारी गराएर फिर्ता पठाई दिए । उक्त पत्रमा चोरले आफूले किन उक्त चोरी गरे भन्ने विषयमा कुरा गर्दै आफूलाई पसलेको अतिथि भनेर समेत सम्बोधित गरेको छ ।

    यस्तो छ चोरले लेखेको पत्र :

    नमस्कार महोदय, म राम्रो मन भएको मान्छे हुँ। म तपाईँको पसलमा चोरी गर्न होइन तर आफ्नो इच्छा पूरा गर्न पसेको हुँ। मैले तपाईँको पसलको माथिबाट तीनवटा इँटा निकालेर भित्र पसेँ, त्यो पनि खानका लागि मात्र । मैले हिजो देखी केही खाएको थिएन त्यसैले म चोरी गर्न नभई आफ्नो भोक मेटाउन मात्र यहाँ पसेको हुँ ।

    मलाई थाह छ तपाई पनि गरिब हुनुहुन्छ त्यसैले सान्त्वना दिनका लागि यो पत्र लेख्दै छु । यहाँ छिर्दै गर्दा मेरो खुट्टामा अलिकति चोट लागेको छ सोही कारण यो चोटको भरपाई पनि तपाईँले नै गर्न पर्ने हुन्छ त्यसैले मैले तपाईँको केही नगद पनि लिएर जाँदै छु ।

    मैले तपाईँको पसलको धेरै केही खाएको छैन। दुई टुक्रा सेतो मिठाई र दुई टुक्रा आगरा पेठा मात्र खाएको छु । ‘सेव’ भने मैले भेटाउन सकिन ।

    र एउटा अन्तिम कुरा, पुलिसलाई खबर नगर्नुहोला । किनकि पुलिस आएर पनि केही गर्न सक्दैन, उल्टो पैसा लिनेछन्।

    पुलिसको ‘बा’ सँग पनि मलाई समात्ने हिम्मत छैन। तिनीहरूले म जीवनभरि तपाईँप्रति आभारी रहनेछु, तपाईँले मेरो धेरै सेवा गर्नुभयो।

    तपाईँको अतिथि

  • ‘मरेको मान्छे बचाउने’ गफ दिएर भाइरल बनेका मणिरत्न ‘सम्पर्कविहीन’, भिडियो युट्युबबाट हटाइयो

    ‘मरेको मान्छे बचाउने’ गफ दिएर भाइरल बनेका मणिरत्न ‘सम्पर्कविहीन’, भिडियो युट्युबबाट हटाइयो

    काठमाडौं । संसारमा कुनै पनि जीवित प्राणीको एकपटक मृत्यु भइसकेपछि फेरि बौरिनसक्ने कल्पना विज्ञानले गरेको छैन । तर, यस्तै अकल्पनीय दाबी गर्दै एक युवक यतिवेला सामाजिक सञ्जालमा चर्चित बनेका छन् ।

    चितवन घर भएका मणिरत्न सापकाेटाले एक युट्युब च्यानललाई अन्तर्वार्ता दिएर आफू मरेको मान्छे ब्युँताउने अनुसन्धानमा रहेको दाबी गरेका थिए । सो अन्तर्वार्ता वीर अस्पतालको गेट अगाडि रातको समयमा लिइएको थियो ।

    अन्तर्वार्तामा उनले भनेका छन्, ‘अकालमै मरेका मान्छेहरुलाई बचाउन सक्ने केमिकल मैले बनाएको छु । यसकै परीक्षणका निम्ति भर्खर मृत्यु भएका व्यक्तिको शवको खोजीमा वीर अस्पताल आएको हुँ । अन्य अस्पतालमा पनि हामीले ताजा लाशहरु खोजिरहेका छौं ।’

    आफ्नो टीमले बनाएको केमिकल केही बट्टाइ र मुसामा सफल परीक्षण गरेको सापकाेटाको दाबी थियो । मानिसमा भने परीक्षण गर्न बाँकी रहेको उनले बताएका छन् । कालगतिले वा वृद्धावस्थाले मरेकाहरुलाई बचाउन नसक्ने, तर झुण्डिएर, हृदयघात भएर वा अन्य आकस्मिक कारणले शरीरमा गम्भीर चोट नलागिकन मृत्यु भएकाहरुलाई बचाउन सक्ने सापकाेटाको भनाइ छ ।

    युट्युबमा झण्डै साढे पाँच लाख फलोअर्स भएको रातोपर्दा टीभीमा यो ‘एक्स्क्लुसिभ’ अन्तर्वार्ता प्रशारण भएको थियो । मरेको मान्छे बचाउने अविश्वसनीय दाबी गरिएपछि अन्तर्वार्ता भाइरल भइहाल्यो । यद्यपि, धेरैले उनको दाबीमा अपत्यार गरे । उनलाई अर्को ‘विजय शाही’ को उपमा पनि दिइयो । कतिपयले चाहिं संसारमा केही पनि असम्भव नहुने भन्दै उनलाई प्रयास जारी राख्न हौस्याए ।

    अन्तर्वार्तामा सापकाेटाका तीन वटा मोबाइल नम्बर पनि सार्वजनिक गरिएका थिए । उनले कतै कसैको अकाल मृत्यु भएमा तुरुन्तै आफूलाई खबर गर्न भन्दै हेलिकोप्टर चढेर भए पनि आउने बताएका थिए । तर, अन्तर्वार्ता आएसँगै सापकाेटा ‘सम्पर्कविहीन’ बनेका छन् । अन्तर्वार्तामा दिइएका तीनवटै नम्बरमा फोन लाग्दैन ।

    अहिले उक्त अन्तर्वार्ता रातोपर्दा टीभीले युट्युबबाट हटाएको छ । आफ्नो नाम सागर बताउने उक्त युट्युब च्यानलका सञ्चालकले युवक नै सम्पर्कविहीन बनेपछि भिडियो हटाएको जानकारी दिए ।

    ‘उहाँलाई हामीले हिजो दिनभर फोन ट्राइ गर्‍यौं । तर, सम्पर्क हुन सकेन । त्यसैले भिडियो हटाएका छौं’, उनले भने ।

    मरेको मान्छे बचाउने जस्तो हावादारी कुरा गर्नेको अन्तर्वार्ता किन लिएको भन्ने प्रश्नमा उनले बट्टाइ र मुसामा परीक्षण गरेको भिडियो नै देखाएपछि आफूहरु प्रभावित भएको बताए ।

    ‘उहाँले हामीलाई मोबाइलमा भिडियो देखाउनुभएको थियो । त्यसमा धेरै मानिसहरुको बीचमा मरेको बट्टाइ र मुसामाथि केमिकल परीक्षण गरिएको छ । केमिकलको प्रयोग भए पनि दुइटै जीव बाँचेको भिडिओमा देखिन्छ’, उनले भने ।

    उनले ती युवा आफैं सम्पर्कमा आएपछि उनको बारेमा सोधखोज गरेको उल्लेख गरे ।

    ‘चितवनमा फार्मेसी सञ्चालन गर्नुहुँदो रहेछ । औषधि उपचारको सामान्य ज्ञान पनि भएकाले विश्वास गर्न कर लाग्यो’, उनले भने ।

  • मानव मस्तिष्कको विकल्प भनिएको ‘च्याट जीपीटी’ के हो ?

    मानव मस्तिष्कको विकल्प भनिएको ‘च्याट जीपीटी’ के हो ?

    काठमाडौं । वर्तमान समयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच ‘च्याट जीपीटी’ को बारेमा निकै चर्चा हुने गरेको छ । च्याट जीपीटीका धेरै प्रयोगकर्ताले यसलाई मानव मस्तिष्कको विकल्पको रुपमा समेत परिभाषित गर्न थालेका छन् । मानव मस्तिष्कको विकल्पकै रुपमा स्थापित हुन सक्ने ल्याकत राख्ने भनेर दाबी गरिएको ‘च्याट जीपीटी’ वास्तवमा के हो ? के कस्ता ठाउँमा यसको प्रयोग भइरहेको छ ? च्याट जीपीटीका सबल र दुर्बल पक्षहरु के के हुन् ? लगायतका प्रश्न हाल धेरैका लागि चासोको विषय बनेको छ ।

    सामान्यतया च्याट जीपीटी एक ‘च्याट बट’ हो । जसले मानवसँग अन्तरक्रिया गर्नसक्छ । यसो भनिरहँदा धेरै मानिसहरुमा यस किसिमको प्ल्याटफर्म त पहिलादेखि नै सञ्चालनमा छन् हैन र ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । जसको उत्तर हो भन्ने नै हुन्छ ।

    हामीले प्रयोग गर्दै आएका सिरी, एलेक्सा, गुगल एसिस्टेन्टलगायतले पनि मानवसँग अन्तरक्रिया गरेर प्रश्नअनुरुपको उत्तर दिने काम गर्छ । यद्यपि च्याट जीपीटी यी ‘प्ल्याटफर्म’ भन्दा फरक छ । च्याट जीपीटी हालसम्मको सबैभन्दा सशक्त ल्यांग्वेज मोडल हो । किनकि यो प्ल्याटफर्म हालसम्मकै सबैभन्दा धेरै डाटाहरुमा ट्रेन्ड गरिएको छ ।

    गत नोभेम्बर ३० मा सार्वजनिक भएको यस प्ल्याटफर्मको प्रयोग हाल धेरै प्रयोजनको लागि गरिन थालेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको रिपोर्टका अनुसार हाल यो प्ल्याटफर्म कतै मानसिक रोगीलाई ‘इमोशनल सपोर्ट’ दिन प्रयोग गर्न थालिएको छ भने कतै टिन्डर म्याचसँग वार्तालाप गर्न प्रयोग गर्न थालिएको छ ।

    यतिमात्र नभएर केही विद्यार्थीहरुले यसलाई आफ्नो रिसर्च पेपर लेखाउन पनि प्रयोग गर्दै आएका छन् । एलन मस्क सहसंस्थापक रहेको ओपन एआई नामक कम्पनीद्वारा निर्मित यस न्याचुरल ल्यांग्वेज प्रोसेसन सफ्टवेयरको हालसम्म १० लाखभन्दा बढी प्रयोगकर्ता रहेका छन् । १७५ अर्बभन्दा बढी विभिन्न मापदण्डको प्रयोग गरेर तयार पारिएको यस ‘प्ल्याटफर्म’ले मानवहरुको जस्तै उत्तर दिनसक्छ ।

    यस प्ल्याटफर्ममा प्रयोग भएका धेरै मापदण्ड एआई राइटिङ तथा एसईओ टुल्समा पनि प्रयोग हुन्छन् । यद्यपि यो प्ल्याटफर्म खास हुनुको कारण भने ‘रिइन्कोफोर्स्मेन्ट लर्निङ’ भन्ने विधि हो । यो विधिलाई सामान्य भाषामा बुझ्नुपर्दा मानवहरुको प्रतिक्रियाको आधारमा यस प्ल्याटफर्मले केही कुरा ग्रहण गर्नसक्छ ।

    रिइन्कोफोर्स्मेन्ट लर्निङ विधिका कारण मानवसँगको अन्तरक्रियाको आधारमा यो प्ल्याटफर्म झन् विकसित र प्रभावकारी हुँदै जानसक्छ । उदाहरणका लागि साना बालबालिकाले जुन रुपमा भाषा सिक्दै जान्छन् सोही किसिमको क्षमता यस प्ल्याटफर्ममा पनि हुन्छ । सोही कारण च्याट जीपीटीले दिने उत्तर हरेक पटक भिन्नभिन्न हुने गर्छ ।

    वर्तमान समयमा यस प्ल्याटफर्मलाई लिएर केही विवाद पनि भएको छ । विशेष गरेर दक्षिणपन्थीहरुले यो प्ल्याटफर्मले वामपन्थी विचारधारालाई बढी प्रोत्साहन गरेको दाबी गरिरहेका छन् । यस्तै रंग विभेद, जातीय विभेदलगायतका संवेदनशील विषयमा यो प्ल्याटफर्म प्रभावकारी नरहेको पनि बताइन्छ । जसका कारण यो प्ल्याटफर्म पूर्ण रुपमा निष्पक्ष छ भनेर किटान गर्न सकिने अवस्था भने छैन ।

  • कीर्तिमानी अण्डाको फण्डा : किन भयो इन्स्टाग्राममा भाइरल ?

    कीर्तिमानी अण्डाको फण्डा : किन भयो इन्स्टाग्राममा भाइरल ?

    काठमाडौं । सामाजिक संजाल प्रयोगकर्ताले कस्ता कनटेन्ट मन पराउँछन् ? कस्ता तस्बिर मन पराउँछन ? वर्तमान डिजिटलाइज्ड विश्वमा यो प्रश्नको उत्तर त्यति सहजै दिन सक्ने अवस्था छैन ।

    कुनै सेलिब्रेटी तथा पब्लिक फिगरले पोस्ट गरेको तस्बिरमा लाखौँ करडौ लाइक आउने कुरालाई सामान्य रुपमा पचाउन सकिएला तर फगत एउटा अण्डालाई चर्चित सामाजिक संजाल इन्स्टाग्राममा ५ करोडभन्दा माथिले मन पराएका छन् भन्ने हो भने त्यति धेरै मन पराइएको अण्डाको पछाडीको फण्डा के होला भन्ने सबैलाई कौतुहलता जाग्न सक्छ ।

    हिजोसम्म मात्र पनि इन्स्टाग्राममा सर्वाधिक मन पराइएको तस्विरको ताज सोही अण्डाले पहिरिएको थियो । महान फुटबल खेलाडी लियोनल मेस्सीले विश्वकपको उपाधि उचालिरहेको तस्विर इन्स्टामा अपलोड नभएको भए अण्डाले सो ताज पहिरीरहन्थ्यो होला पनि ।

    एउटा सामान्य अण्डाले विश्वका यति धेरै मानिसलाई इन्स्टाग्रामको लाईक बटन थिच्न कसरी लालायित बनायो त भन्ने पछाडीको पृष्‍ठभूिम पनि रोचक छ । वास्तवमा यो अण्डाको फण्डा अर्थात रोचक कथाको सुरुवात हुन्छ सन् २०१९ को जनावरी देखि २०१९ को जानवरी ४ मा पहिलोपटक ‘वर्ल्ड रेकर्ड एग’ नामक इन्स्टाग्राम ह्याण्डलबाट यो अण्डाको तस्बिर पहिलोपटक अपलोड भएको थियो ।

    जसको क्यापसनमा लेखिएको थियो, ‘हामी सबै मिलेर एउटा विश्व रेकर्ड बनाउँ, यो तस्बिरलाई सर्वाधिक लाइक गरौँ, काइली जेनरको हालसम्मको रेकर्डलाई तोडेर ।’ सो समयसम्म विश्व चर्चित मोडल काइली जेनरले आफू आमा बनेको भन्ने सार्वजनिक गरेको तस्बिर इन्स्टाग्राममा सबै भन्दा लाइक गरिएको तस्बिर थियो ।

    काइलीको फोटोमा सो समयमा १ करोड ८० लाख लाइक आएको थियो । विश्व चर्चित मोडलको तस्विरको रेकर्ड एउटा सामान्य अण्डाले तोड्ला भन्ने कसैले परिकल्पना पनि गरेका थिएनन् यधप्पी अपलोड भएको केही दिनमानै अण्डाको फोटोले काइलीको रेकर्ड तोड्यो र ३ वर्ष सम्म सो रेकर्ड कायम राख्न सफल पनि भयो ।

    उक्त इन्स्टाग्राम ह्याण्डलमा अण्डाको बाहेक अरु कुनै तस्विर आज सम्म अपलोड गरिएको छैन भने यो रिपोर्ट तयार पार्दा सम्म उक्त तस्विरमा ५ करोड ७७ लाख ८४ हजार ५ सय ७५ लाइक आएको छ । अण्डालाई सर्वाधिक मन पराइएको तस्विरको रुपमा स्थापित गराउने फण्डा सोच्ने व्यक्ती हुन् क्रिस गोडफ्रे ।

    उनले सन् २०२० मा सो ह्याण्डलमा एउटा फुटेको अण्डाको भिडिओ स्टोरी सेयर गर्दै लेखेका थिए । यो समाजिक संजालको चर्चाले मलाई धेरै ’प्रेसर’ दियो तपाईंलाई पनि त्यस्तै लाग्छ भने जानुहोस् कोहीसँग कुरा गर्नुहोस् ।’ उनको भिडिओ स्टोरीको सो क्यापसनले मानसिक स्वास्थ्यको आवस्यकता बारे प्रतिकातम्क सन्देश दिएको बुझ्न सकिन्छ ।

  • जर्मनीबाट आशिका तामाङले भनिन्: तारा बराललाई ब्रान्डेड जुत्ता किनिदिन्छु

    जर्मनीबाट आशिका तामाङले भनिन्: तारा बराललाई ब्रान्डेड जुत्ता किनिदिन्छु

    काठमाडौं । अभियन्ता तारा बरालले हिजो सर्वोच्च अदालतमा प्रधानन्यायाधीस चोलेन्द्रशमशेर जबरालाई छेक्न बसेका वकिलहरुमाथि जुत्ता प्रहार गरिन् । प्रधानन्यायाधीशको समर्थनमा नाराबाजी गर्दै उनले आफूले लगाएको एउटा जुत्ता फुकालेर वकिलहरुको समूहलाई ताकेर हानेकी थिइन् ।

    आफूले प्रहार गरेको जुत्ता बरालले फिर्ता पाइनन् । पाउmन् पनि कसरी, उनलाई प्रहरीले झ्यापझुप पारेर भ्यानमा राखिहाल्यो । उनले हानेको जुत्ता प्रहरीले सर्वोच्चको पर्खालभित्र मिल्काइदिए । एउटा जुत्ता लगाएर बराल प्रहरी चौकी गइन् ।

    हिजोको घटनाबाट भाइरल भएकी बराल अहिले मिडियाहरुमा अन्तर्वार्ता दिन व्यस्त छिन् । एउटा अन्तर्वार्तामा उनले आफूले लगाएको एउटा जुत्ता हिजो वकिलहरुलाई हानेपछि हराएको र अर्को त्यस्तै राम्रो जुत्ता किन्ने क्षमता नभएको बताएकी थिइन् । आफू विगतमा आमरण अनशन बस्दा त्यो महंगो जुत्ता उपहार पाएको उनको भनाइ छ । आफूले फ्याकेको जुत्ता अधिवक्ता दिनेश त्रिपाठीले लगेको उनले दावी गरिन् ।

    उनको सो अन्तरवार्ता जर्मनीमा रहेकी अभियन्ता आशिका तामाङले युट्युवमा हेरिन् । उनले सामाजिक सञ्जालमा बरालप्रति सहानुभूति जनाउँदै उनका लागि ब्राण्डेड जुत्ता किनिदिने बताएकी छन् ।

    फेसबुकमा स्टाटस लेख्दै तामाङले भनेकी छन्, ‘व्यक्तिगत रुपमा त चिन्दिनँ उहाँलाई तर, उहाँ मेरो सम्पर्कमा आउनुभो र खुट्टाको साइज पठाउनुभो भने जर्मनी ब्रान्डको दह्रो खालको जुत्ता हजुरलाई किनिदिनेछु ।’

    आशिका तामाङ सामाजिक सञ्जालमा धेरैले पछ्याउने अभियन्ता हुन् । फेसबुकमा उनका झण्डै ९ लाख फलोअर्स छन् । लामो समयदेखि जर्मनीमा बसोबास गर्दै आएकी उनले आशिका फाउन्डेसनमार्फत नेपालमा विभिन्न सामाजिक काममा योगदान दिँदै आएकी छन् ।

  • ‘साल्ट बे’ को रेस्टुरेन्टबाट जबरजस्ती निकालिए पशु अधिकारकर्मी (भिडिओ)

    ‘साल्ट बे’ को रेस्टुरेन्टबाट जबरजस्ती निकालिए पशु अधिकारकर्मी (भिडिओ)

    काठमाडौं । स्टेक सजाउन प्रयोग गरिएको असाधारण शैलीका कारण विश्व प्रख्यात भएका टर्किश सेफ नुसरत गोक्से उर्फ ‘साल्ट बे’ को लण्डनस्थित नुसरत एट रेस्टुरेण्टबाट पशु अधिकारकर्मीलाई जबरजस्ती बाहिर निकालिएको छ ।

    पशु तथा जलवायु न्याय समूह ‘एनिमल रिबेलियन’ का सदस्यहरूले रेस्टुरेण्टमा छिरेर पशु हत्याको विरोध गरे पश्चात् रेस्टुरेन्टका कर्मचारीले उनीहरूलाई जबरजस्ती बाहिर निकालेका हुन् ।

    उक्त समूहले घटनाको भिडिओ सामाजिक सञ्जालमा शेयर गरेको छ । जसमा कर्मचारीले आन्दोलनकारीलाई बाहिर निकालेको देख्न सकिन्छ ।

    ‘हाम्रा सदस्यहरूलाई लन्डनको नुसर—एट रेस्टुरेन्टबाट बाहिर निकालियो । यो रेस्टुरेन्ट मासु र मांसाहारी परिकारका लागि प्रसिद्ध छ । मानिसहरूलाई यस प्रकारको खाना खुवाउनु पशु शोषण हो । यो वातावरणका लागि पनि खतरा हो । यो दिगो खाद्य प्रणाली होइन।’ सेयर गरिएको भिडिओमा लेखिएको छ ।

  • राहुल गान्धीको कार्यक्रममा जब बज्यो- सयौं थुंगा फूलका हामी …(भिडिओसहित)

    राहुल गान्धीको कार्यक्रममा जब बज्यो- सयौं थुंगा फूलका हामी …(भिडिओसहित)

    काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी सहभागी एउटा कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि रोचक परिदृश्य देखिएको छ । घटना बुधबारको हो ।

    कांग्रेसको ‘भारत जोडो यात्रा’ का क्रममा महाराष्ट्रको एउटा गाउँमा आयोजित कार्यक्रममा गान्धी सहभागी भएका थिए । कार्यक्रम सुरु हुनुअघि गान्धीले राष्ट्र गीत बजाउन निर्देशन दिन्छन् । लगत्तै नेपालको राष्ट्रिय गीत ‘सयौं थुंगा फूलका हामी…..’ को धुन घन्किन थाल्छ । केही सेकेन्डमै रोकिन्छ र फेरि बज्न थाल्छ ।

    नेपालको राष्ट्रिय गीतको प्रारम्भिक धुन बजिरहँदा राहुल गान्धीलगायत कसैले पनि मेसो पाउँदैनन् र गम्भीर मुद्रामा उभिन्छन् । ‘सयौं थुंगा फूलका हामी…’ घन्किन थालेपछि करिब १० सेकेन्डमा मात्रै गान्धीको दिमाग खुल्छ । त्यसपछि नेपालको रोकेर आफ्नो देशको राष्ट्रगान बजाउन फेरि निर्देशन दिन्छन् । त्यसबीचमा सहभागीहरु निकै असमञ्जस्य देखिन्छन् ।

    उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । विदेशको राष्ट्रगान बजाएर पनि थाहा नपाएको भन्दै राहुल गान्धीलाई भारतीयहरुले ट्रोल गरिरहेका छन् ।

  • जब मालिकलाई श्रद्धाञ्जली दिन पुग्यो बाँदर (भिडिओ)

    जब मालिकलाई श्रद्धाञ्जली दिन पुग्यो बाँदर (भिडिओ)

    काठमाडौं । मानिस र जनावर बिचको सम्बन्ध कुन हदसम्म घनिष्ठ हुन सक्ला ? के जनावर र मानिस बिच भावनात्मक सम्बन्ध हुन सम्भव छ ?

    चेतनशिल प्राणी भएको हुनाले मानिस कुनै वस्तु वा प्राणीसँग भावनात्मक रूपमा नजिक हुने कुरालाई सहजै ग्रहण गर्न सकिएला तर हाल एक बाँदरले आफ्नो मालिक प्रति देखाएको भावनात्मक ‘जेस्चर’ ले इन्टरनेटलाई भावुक बनाएको छ । घटना पूर्वी श्रीलङ्काको हो, जहाँ एक बाँदर आफूलाई नियमित रूपमा खान दिने एक व्यक्तिको शवको नजिक पुगेर उनलाई श्रद्धाञ्जली व्यक्त गरिरहेको भिडिओ सार्वजनिक भएको छ ।

    अस्ल सि सि नामक ट्विटर ह्याणडलबाट सार्वजनिक भएको ४५ सेकेण्ड लामो भिडिओमा बाँदरले शवको नजिक पुगेर हातले अनुहार सुमसुम्याइ रहेको र शव माथिको मालालाई हटाउन खोजेको देखिन्छ ।

     

  • जब खसीको मासु पकाउने विषयमा श्रीमानश्रीमतीकाे झगडामा छिमेकीको मृत्‍यु भयाे

    काठमाडौं । सानातिना कुरामा पनि कहिलेकाहीं घर झगडा हुनुलाई सामान्य नै मानिन्छ । तर, घरमा खसीको मासु पकाउने वा नपकाउने विषयमा भएको झगडाले कसैको ज्यान नै लियो भन्दा धेरैलाई अपत्यारिलो लाग्नसक्छ ।

    यस्तै असामान्य घटना घट्यो भारतको मध्य प्रदेशको भोपालमा । भारतीय सञ्चारमाध्यमका अनुसार घटना गत मंगलबारको हो । भोपालका पप्पु अइरवार कामबाट फर्किने क्रममा घरमा खसीको मासु बोकेर आएका थिए । तर, उनकी पत्नीले मंगलबारको दिन मासु खान नहुने बताइन् । उनले उक्त मासु नपकाउने अड्डी कसिन् ।

    ल्याएको मासु नपकाउने भनेपछि श्रीमान र श्रीमतीबीच भनाभन भयो । भनाभन श्रीमानश्रीमतीको घर झगडामा परिणत भयो । झगडाले चर्को रुप लिएपछि आइपुग्छन् छिमेकी बिल्लु । उनी के कारणले झगडा भएको भनी बुझ्ने आएका थिए । उनले श्रीमानश्रीमतीको झगडा साम्य पार्ने प्रयास पनि गरे । बिल्लु उनीहरुलाई शान्त पार्न सफल पनि हुन्छन् र आफ्नो घर लाग्छन् ।

    तर, आफूहरुको निजी कुरामा हस्तक्षेप गरेको भन्दै पप्पु बिल्लुको घर जान्छन् । बिल्लुमाथि निर्घात कुटपिट गर्छन् । कुटपिटकै कारण बिल्लुको मृत्‍यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • जब एक युवाले गुदद्वारबाट बोतल छिराएर ३ सातासम्म शरीरमा राखे

    जब एक युवाले गुदद्वारबाट बोतल छिराएर ३ सातासम्म शरीरमा राखे

    काठमाडौं । सुन्दापढ्दा अचम्म लाग्ने भारतको पश्चिमबंगालको एक अपत्यारिलो घटना सार्वजनिक भएको छ ।

    पश्चिमबंगाल निवासी २७ वर्षीय युवाले गुदद्वारबाट ८ इन्च लामो डिओडोरेन्ट बोतल छिराएर ३ हप्तासम्म आफ्नै शरीरमा राखेका छन् ।

    स्वास्थ्यमा जटिलता देखिन थालेपछि उनले चिकित्सकको सहयोग लिने निर्णय गरे । एक्स-रे गरी हेर्दा शरीरभित्र ८ इन्च लामो बोतलले चिकित्सकलाई नै आश्चर्यचकिन बनायो । अन्तत: करिब साढे दुई घण्टाको शल्यक्रियापश्चात उक्त बोतल निकालिएको छ । चिकिस्तक टोलीले बोतसहित खिचाएको तस्बिर हाल भारतीय मिडियामा भाइरल बनेको छ ।

  • कण्डमको लत : ‘नसा’ प्राप्त गर्ने अनौठो काइदा, स्वास्थ्यमा यस्ता छन् बेफाइदा

    कण्डमको लत : ‘नसा’ प्राप्त गर्ने अनौठो काइदा, स्वास्थ्यमा यस्ता छन् बेफाइदा

    काठमाडौं । सामान्यतय कुनै पनि ठाउँमा कण्डमको माग बढ्नुलाई मानिसहरु यौनजन्य रोग, अनावश्यक गर्भ आदिको बारेमा बढि सचेत हुन थालेछन् भनेर लिन सकिन्छ । यद्यपी भारतको पश्चिम बेङ्गोलको हकमा भने यो लागु हुँदैन ।

    ‘टाइम्स अफ इण्डिया’ को एक रिपोर्टअनुसार पछिल्लो समय पश्चिम बेङ्गोलको दुर्गापुरमा कण्डमको माग अत्याधिक बढेको छ तर उक्त कण्डम गर्भनिरोधकको रुपमा प्रयोग नभई लागु औषध जसरी प्रयोग भइरहेको छ । मिडिया रिपोर्टका अनुसार उक्त प्रायोजनका लागि कण्डम किन्नेहरु अधिकांश विद्यार्थी रहेका छन् ।

    ‘पहिला दिनको ३–४ गोटा कण्डम बिक्री हुन्थ्यो अहिले कैंयौं प्याकेट बिक्री हुन्छ’, दुर्गापुरका एक व्यपारीलाई उदृत गर्दै टिओआईले लेखेको छ । दुर्गापुरका दुर्गापुर सिटी सेन्टर, विधाननगर, बेनाचिती , मुचिपारा, सी जोन, ए जोनलगायतका क्षेत्रमा ‘फ्लेभर्ड’ (बास्नायुक्त) कण्डमको माग ह्वात्तै बढेको हो ।

    कण्डमलाई तातो पानीमा लामो समयसम्म भिजाउँदा यसका ‘अर्ग्यानिक मोलिक्युल ब्रेक’ भई ‘अल्कोहोलिक कम्पाउन्ड’ बन्ने हुँदा सो पानी पिएमा मानिसलाई नसा लाग्ने जानाकारहरु बताउँछन् । कण्डमलाई सुगन्धित बनाउन प्रयोग गरिने पदार्थले गर्दा त्यस्तो नसा लाग्ने बताइन्छ । उक्त फ्लेभर र डेनड्राइडको मादक तत्व एउटै हो ।

    स्वास्थ्यमा कस्तो असर गर्छ ?

    नियमित रूपमा यसको प्रयोग गर्नाले छाती दुख्ने, काँप्ने, चिसो लाग्ने, ज्वरो आउने र टाउको दुख्ने जस्ता विभिन्न जटिलताहरू देखा पर्न सक्छन् । यसबाहेक यसले मानसिक स्वास्थ्यमा ठूलो समस्या पार्न सक्ने चिकित्सकहरु बताउँछन् ।

     

  • मदन भण्डारीको काखमा को हुन् यी चेली ? हेर्नुस् सालिकसँग खिचिएका विश्वका रमाइला तस्बिर

    मदन भण्डारीको काखमा को हुन् यी चेली ? हेर्नुस् सालिकसँग खिचिएका विश्वका रमाइला तस्बिर

    काठमाडौं । अहिले एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल छ, जहाँ एक महिला जननेता मदन भण्डारीको सालिकसँग देखिएकी छन् । महापुरुषहरूको सालिकमा फोटोसेसन गर्नु कुनै नौलो कुरा होइन । तर, महिला जुन आसनमा छिन्, त्यसलाई लिएर रमाइला टिकाटिप्पणी भइरहेका छन् ।

    कोटेश्वरको महादेवस्थानमा बनेको छ मदन भण्डारी पार्क । सोही पार्कभित्र मदन भण्डारी उपरखुट्टी लगाएर बसिरहेको सालिक छ । सारी-चोलोमा सजिएकी र हातमा ब्यागसमेत बोकेकी महिलाले सोही सालिकको काखमा आरामसँग बसेको पोज दिएकाे देखिन्छ । उनी को हुन् र तस्बिर वास्तविक हाे हाेइन भन्ने खुलेकाे छैन ।

    नेपाल सरकारको तीन करोड २२ लाख रूपैयाँको लागतमा मदन भण्डारी वाटिका निर्माण भएको थियो । २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो बाटिकाको उद्घाटन गरेका थिए । गत जेठ २८ गते ओलीपत्नी राधिका र काठमाडौंकी उपमेयर सुनिता डंगोलसहित सो वाटिका अवलोकनमा पुगेका थिए । उनले केहीबेर त्यहाँ क्यारेमबोर्डसमेत खेलेका थिए ।

    यही मदन भण्डारी बाटिकाभित्र पुगेर ती महिलाले फोटोसेसन गरेकी हुन् । धेरैले उनको फोटोलाई अमर्यादित भन्दै आलोचना गरेका छन् । कसैले चाहिँ रमाइलोरूपमा लिएका छन् । यो फोटो फोटोसप गरिएको हुनसक्ने पनि आशंका कतिपयकाे छ ।

    सालिकसँग फोटोसेसन

    सालिकसँग रमाइलो फोटोसेसन गर्ने ट्रेन्ड संसारभरि नै व्याप्त छ । यस्ता केही तस्बिरहरूले तपाईंलाई पेट मिचिमिची हँसाउँछन् । केही तस्बिरले चाहिँ विवाद पनि निम्त्याउने गरेका छ्न् ।

    हेर्नुस् इन्टरनेटमा भेटिने केही भाइरल तस्बिरः

     

  • टिकटक बन्द गराउन बन्यो संघर्ष समिति ! प्रजिअलाई धमाधम ज्ञापनपत्र बुझाइँदै

    टिकटक बन्द गराउन बन्यो संघर्ष समिति ! प्रजिअलाई धमाधम ज्ञापनपत्र बुझाइँदै

    काठमाडौं । लोकप्रिय सर्ट भिडियो एप टिकटक बन्द गराउनुपर्ने भन्दै युवाहरुको एउटा समूह सक्रिय बनेको छ । उनीहरुले ‘टिकटक बन्द संघर्ष समिति’ नै गठन गरेर दवाव सुरु गरेका छन् ।

    समितिले आज रौतहट जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझायो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई समेत बोधार्थ पठाइएको ज्ञापनपत्रमा टिकटकले गर्दा दिनहुँ घरपरिवारमा झैंझगडा बढेको दाबी गरिएको छ । टिकटकका कारणले आत्महत्या बढेको, अश्लिलताले सीमा पार गरेको तथा धर्मसंस्कृति धरापमा परेको आरोप पनि लगाइएको छ ।

    ज्ञापनपत्रमा भनिएको छ, ‘टिकटकमा अहिले कलाको आडमा युवायुवती अश्लिलता फैलाइरहेका छन् । नेपालमा आर्केस्ट्रा नाच बन्द भएता पनि टिकटक भन्दै आर्केस्ट्रा नाच नाच्दैछन् ।’

    युवायुवतीहरुले धर्म संस्कृतिको ख्याल नगरी टिकटकमा दिनभरि ‘नंगा नाच’ नाचिरहेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

    ‘आफ्नो धर्म र संस्कृति जोगाउन तथा देशको उज्जवल भविष्यको लागि नेपालमा टिकटक बन्द गराइदिन अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।
    उक्त ज्ञापनपत्रमा टिकटक बन्द संघर्ष समिति रौतहटका कथित अध्यक्ष सचिन पटेलले हस्ताक्षर गरेका छन् ।

    यसअघि गत शुक्रबार टिकटक बन्द संघर्ष समिति महोत्तरीको नामबाट यही व्यहोराको ज्ञापनपत्र महोत्तरीका प्रजिअ र प्रहरी प्रमुखलाई बुझाइएको थियो ।