Category: टापनटिपन

  • वैज्ञानिकहरूको अनौठो प्रयोग: गीत बजाएर लामखुट्टे मार्दै !

    वैज्ञानिकहरूको अनौठो प्रयोग: गीत बजाएर लामखुट्टे मार्दै !

  • ‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि

    ‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि

    काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा बढी मानसिक रूपमा प्रभावित हुने देखाएको छ ।

    सामान्यतया प्रेमसम्बन्ध टुट्दा महिलालाई बढी पीडा हुन्छ भन्ने धारणालाई यो अनुसन्धानले चुनौती दिएको हो। क्याम्ब्रिज विश्वविद्यालयले लगातार ३ वर्ष लगाएर गरेको अनुसन्धानले ब्रेकअपको पीडा केटीलाईभन्दा केटालाई बढी देखिएको हो ।

    अनुसन्धानका अनुसार, सम्बन्ध विच्छेदपछि पुरुषहरूले आफ्ना भावनाहरू खुलाएर व्यक्त गर्न सक्दैनन्। समाजले उनीहरूलाई “कडा” देखिनुपर्ने दबाब दिने भएकाले भित्रभित्रै पीडाले थिचिने गर्छ।

    अर्कोतर्फ महिलाहरू साथी वा परिवारसँग कुरा गर्ने, समर्थन खोज्ने र भावनात्मक रूपमा निको पार्ने प्रक्रियामा सक्रिय हुन्छन्। उनीहरुले कतिपय अवस्थामा आफ्नो पक्षमा माहौल सिर्जना गरेर केटालाई नै खराब प्रमाणित गर्न पनि सक्ने अध्ययनको निष्कर्ष छ ।

    रिपोर्टमा भनिएको छ– ब्रेकअपपछि पुरुषमा उदासी, तनाव, मादक पदार्थको प्रयोग, तथा आत्मविश्वास ह्रास हुने सम्भावना बढी हुन्छ। लामो समयसम्म यसले उनीहरूको काम, सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यमा नकारात्मक असर पु¥याउन सक्छ ।

    विशेषज्ञहरूका अनुसार, सम्बन्ध टुटेपछि पुरुषलाई पनि भावनात्मक सहयोग, खुला संवाद र मानसिक स्वास्थ्य सेवाको आवश्यकता हुन्छ। तर प्रायः उनीहरू सहायता माग्न लाज मान्छन्, जसले समस्या अझै गम्भीर बनाउँछ।

    अध्ययनको निष्कर्षमा भनिएको छ–पुरुषहरू पनि नाजुक हुन्छन्, उनीहरू पीडा देखाउदैनन् तर गहिरो हुन्छ।”

    बिहेभियरल एण्ड ब्रेन साइन्सेजमा प्रकाशित एक अध्ययनले ब्रेकअपपछि पुरुषहरूले बढी भावनात्मक र मनोवैज्ञानिक पीडा भोग्नेगरेको देखाएको छ ।

    अध्ययनको निष्कर्षमा भनिएको छ– पुरुषहरू एक किसिमले रोमान्टिक सम्बन्धमा बढी निर्भर हुने कुरा पत्ता लगाएको छ। भावनात्मक समर्थन र आत्मीयताको लागि उनीहरू आफ्ना पार्टनरहरूतिर फर्कन्छन्। वास्तवमा, पुरुषहरूको तुलनामा महिलाहरू सम्बन्ध समाप्त हुँदा तुलनात्मक रूपमा कम प्रभावित हुन्छन्, किनकि उनीहरूसँग भर पर्न साथीहरू र परिवारको बलियो समर्थन प्रणाली हुन्छ। धेरैले ब्रेकअपअघि नै ब्याकअप तयार पारसकेका हुन्छन् ।

  • झाँक्री प्रकाश भुजेल एकाएक डाक्टर ! नामअघि थपे डा.

    झाँक्री प्रकाश भुजेल एकाएक डाक्टर ! नामअघि थपे डा.

    काठमाडौं । सामाजिक सञ्जालमा चर्चित झाँक्री प्रकाश भुजेलले एकाएक आफूलाई ‘डाक्टर’ घोषणा गरेका छन् । नपत्याए उनको फेसबुकमा हेर्नुस् ।

    झाँक्रीले केही तस्बिरहरु फेसबुकमा पोस्ट गर्दै हिजो आफ्नो नामअघि डा. थपे । उनले पोस्ट गरेका तस्बिरहरु भारतका विभिन्न संस्थाले दिएका सम्मानहरुसँग सम्बन्धित छन् ।

    त्यसमध्ये ‘इन्स्टिच्युट अफ इन्टरप्रिनरसीप एन्ड म्यानेजमेन्ट स्टडिज’ नामको संस्थाबाट उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको रहेछ । त्यसको प्रमाणपत्र उनले फेसबुकमा हालेका छन् ।

    प्रमाणपत्रमा भुजेललाई ‘परम्परागत उपचार तथा सामाजिक कार्य’ मा मानार्थ विद्यावारिधि उपाधि दिइएको उल्लेख छ । यो उपाधि उनले हिजै पाएका हुन् ।

    यतिमात्र नभएर ‘नरेन्द्र मोदी विचार मञ्च’ नामक संस्थाले भुजेललाई विश्वशक्ति महारत्न अवार्ड समेत दिएको छ । अर्को एउटा संस्थाबाट अन्तर्राष्ट्रिय गौरव अभिमान पुरस्कार उनले पाएका छन् ।

    यो उपाधि पाएर भुजेल निकै पुलकित छन् । यो अवार्ड आफूले मात्र नभएर सिंगो देशले पाएको र अब आफू एकदम जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

    ‘आज जीवनकै अबिस्मरणिय दिन यो शिलालेखमा लेखेर राख्ने छु,’ उनले भनेका छन् । समाजका विभिन्न क्षेत्रमा योगदान दिएकाहरुलाई शैक्षिक संस्थाले मानार्थ विद्यावारिधि दिने चलिआएको अभ्यास हो ।

    तर, मानार्थ विद्यावारिधि उपाधि पाउनेले नामअघि डा. लेख्नु चै नौलो हो । भुजेलले डा. लेखेपछि फेसबुकमा सयौंले बधाइ दिएका छन् । कतिपयले चाहिँ उनले हालेका प्रमाणपत्रहरु सक्कली भएकोमा शंका व्यक्त गरेका छन् ।

  • भारतमा सेक्युरिटी गार्डको काम गर्ने अछामी युवाले बनाएको रिललाई अकल्पनीय भ्यूज, गुगलबाट पनि गुड न्यूज

    भारतमा सेक्युरिटी गार्डको काम गर्ने अछामी युवाले बनाएको रिललाई अकल्पनीय भ्यूज, गुगलबाट पनि गुड न्यूज

    दुई युवाबीचको झगडा छुट्याउन पुगेका सेतो कमीज सुरूवालधारी लुगा लगाएका व्यक्ति हिलोमा पछारिएको एक भिडिओ पछिल्लो केही दिनदेखि अविश्वसनीयरूपमा सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । धेरैले त यसलाई वास्तविक घटना नै सम्झेर रमाउँदै सेयर गरिरहेका छन् । तर, यर्थाथमा यो ‘स्क्रिप्टिेड’ अर्थात स्क्रिप्ट बनाएर सुटिङ गरिएको भिडिओ हो ।

    अछाम भई हाल रोजगारीका सिलसिलामा भारतको राजधानी दिल्लीमा बस्दै आएका दिपक साउदले मनोरञ्जनका लागि भन्दै सामाजिक सञ्जाल फेसबुकमा यो भिडिओ सेयर गरेका थिए । फेसबुक ह्यान्डल नाम दिपक साउद भए पनि उनको वास्तविक नाम हो अछामी दीर्घबहादुर साउद । उनले सेयर गरेको केही घन्टामै अस्वभाविक उछाल लिँदै उक्त भिडियोले करोड भ्युज बटुल्यो । हेर्दाहेर्दै भिडिओको भ्यूज २४ घन्टाभित्र ५ करोड नाघिसकेको थियो ।

    यो भिडियोले भ्यूजमात्रै बटुलेन दीर्घबहादुर साउदको चर्चा चुलिएको छ । उनले पहिलेदेखि नै मनोरञ्जनात्मक रीलहरू बनाउँदै आएका थिए । ती रिलहरुले पनि राम्रै भ्यूज पाउँथे, तर अहिले त अकल्पनीय नै भयो । यो समाचार तयार पार्दासम्म उक्त रीलले ८३ मिलियन अर्थात ८ करोड ७ लाख भ्यूज, १.१ मिलियन अर्थात एक ११ लाख लाइक बटुलेको थियो भने करिब ४१ हजारले सेयर गरेका छन् ।

    उक्त रीलपछि साउदलाई फलो गर्नेको सङ्ख्या पनि ह्वात्तै बढ्यो । यतिमात्रै हैन्, यस रीलमार्फत उनले अर्को ठूलो सफलता पाएका छन् । त्यो हो, फेसबुक रील क्रियट गर्ने लोकप्रिय व्यक्तिको रुपमा गुगलमा नाम आउनु । गुगलले उनलाई ‘पपुलर नेपाली फेसबुक रील्स क्रियटर’ को भनेर देखाउन थालेको छ । उक्त सफलतालाई साउदले शनिबार फेसबुक लाइभ मार्फत सेयर गरेका थिए ।

    सामान्य परिवारमा जन्मेका साउद दिल्लीमा सेक्युरीटीको काम गर्छन् । काम सँगसँगै उनी दर्शकहरूको मनोरञ्जनका लागि भिडिओ कन्टेन्ट पनि बनाइरहेका हुन्छन् ।

    साउद आफ्ना रीलहरू केबल मनोरञ्जनका लागि मात्रै बनाउदैनन् । यसबाट आफ्नो देशप्रेम पोखिरहेका हुन्छन् । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका डाइ हार्ट फ्यान पनि हुन् । देब्रे छातीमा बालेनको तस्बिर अंकित गरेका उनी आफू जिउँदो रहेसम्म बालेनकै फ्यान रहने बताउँछन् ।

    धेरैले सामाजिक सञ्जाललाई टाइमपासका लागि प्रयोग गर्छन् । फेसबुक र टिकटक स्क्रोल गरेरै समय बिताउँछन् । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धाहरू पनि फेसबुक, इन्स्टाग्राम, ट्वीटर, टिकटक, युट्युब, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालमा झुण्डिने गरेका छन् ।

    यी सञ्जालहरूले संसारभरका मानिसहरूलाई एक साथ जोड्नुका साथै सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनामक सामग्रीहरु पनि पेश गर्छन् । यदि सामाजिक सञ्जालको राम्ररी सदुपयोग गर्न सक्ने हो भने यसबाट निकै फाइदा लिन सकिन्छ । तपाईं रातारात लोकप्रिय बन्न सक्नुहुन्छ भने आर्थिक आर्जन पनि गर्न सक्नुहुन्छ ।

    यसैका उदाहरण हुन् दीर्घबहादुर साउद । भारतमा सेक्युरिटी गार्डको काम गर्दागर्दै फुर्सदमा बनाएको भिडिओले आज संसारभर तहल्का मच्चाएको छ । सामाजिक सञ्जालको सही सदुपयोग गरौँ र सफलताको स्वाद चाखौं ।

  • ज्योति मगरको तर्क- विवाह गर्नुभन्दा बरु सार्वजनिक गर्लफेन्ड भएर बस्नु ठिक

    ज्योति मगरको तर्क- विवाह गर्नुभन्दा बरु सार्वजनिक गर्लफेन्ड भएर बस्नु ठिक

    काठमाडौं । आफ्नो उत्तेजक प्रस्तुतिका कारण विवाद र चर्चामा आइरहने गायिका हुन, ज्योति मगर । ज्योति मगर भन्नेबित्तिकै छोटा पहिरन लगाएर दुई अर्थ दिने शब्द प्रयोग गरिएका गीत सार्वजनिक गर्ने गायिका भनेर धेरैले बुझ्थे र आज पनि बुझ्छन् । स्टेज कार्यक्रममा त झन्, ज्योतिको गायकीको भन्दा उनको हाउभाउ र पहिरनको चर्चा बढी हुने गर्छ । ज्योति पनि यिनै कुरामा रमाउने गर्छिन् ।

    उनी बेलाबेला आफुले बोलेका कुराहरुले पनि विवादमा तानिन्छिन् । बजारमा आएका प्राय विषयमा उनी खुलेर आफ्नो धारणा राख्ने गर्छिन् जसले उनलाई थप विवादमा ल्याइरहन्छ । उनको यो स्वभावका कारण कतिले उनलाई मिजासिलि र स्ट्रेट फरवार्डको ट्याग दिने गर्छन भने कतिले उनको आलोचना गर्छन् ।

    ज्योति अविवाहित हुन् । विवाहको विषयमा उनलाई थुप्रै प्रश्नहरु आउने गर्छन् । उनी गएका प्राय अन्तर्वार्ताहरुमा उनलाई विवाहका प्रश्न अनिवार्य सोध्ने गरिन्छ तर उनी केही न केही उत्तर दिएर त्यो प्रश्नलाई नै टारिदिन्छन् ।

    यसैबीच केही दिन अघि ज्योति पत्रकार ऋषि धमलाको कार्यक्रममा अन्तर्वार्ता दिन पुगेकी थिइन् । सो अन्तर्वार्तामा उनले दिएको एक अभिव्यक्ति अहिले चर्चाको विषय बनेको छ । कार्यक्रममा धमलाले ज्योतिलाई आधाभन्दा बढी प्रश्न उनको प्रेमसम्बन्ध र विवाहको बारेमा सोधेका थिए । विवाहको प्रश्नमा ज्योतिले आफू विवाह गर्न तयार भएको तर माहोल नमिलेको प्रतिक्रिया दिइन् ।

    धमलाले ज्योतिलाई सोधे, ‘तपाईसँग विवाह गर्न कोही तयार भएनन् भने के गर्ने ?’

    ज्योतिले भनिन्, ‘खासमा विवाहको लागी प्रस्ताव गर्ने मान्छे धेरै आए तर मलाई चित्त बुज्ने कोही आएनन् । यदि विवाह गर्न कोही तयार भएनन् भने पनि मलाई केही छैन । यति राम्रो जिन्दगी एकजनाको हवाला गरेर के फाइदा । विवाह गर्नुभन्दा बरु सार्वजनिक गर्लफेन्ड भएर भएर बस्नु ठिक ।’

    ज्योतिले अन्तर्वार्तामा आफू रास्ट्रिय प्रेमिका भएर बस्न चाहेको इच्छा व्यक्त गरिन् । कानूनीरुपमा सिंगल भए जति उमेर, जहाँको व्यक्ति र जस्तो जातको भएपनि आफू विवाह गर्न तयार भएको ज्योतिले कार्यक्रममा बताइन् । आफूलाई मनोरञ्जन दिन सक्ने पुरुष हुनुपर्ने ज्योतिको भनाइ छ ।

    यसैबीच धमलाले पुन प्रश्न तेर्स्याए, ‘तपाईलाई कस्तो प्रकारको केटा चाहिएको छ ? पैसा भएको कि नाम भएको ?’

    ज्योतिले जवाफ दिइन्, ‘सबै भएको चाहियो । पैसा, नाम, इज्जत दिने, पारिवारिक, सामाजिक सबै हुनुपर्यो । एउटै केटामा ३२ गुण हुनुपर्यो । त्यहीँ भएर पनि केटा पाइरहेकी छैन । विवाह गरौँ कि भनेर तयार हुन्छु, त्यहीँ बेला अरुको डिभोर्स भएको सुन्छु । त्यसपछि मन मरेर आउछ । विवाह गर्न मन छ तर डर लाग्छ ।’

    कस्तो गुण भएको केटा चाहनुहुन्छ भन्ने प्रश्नमा ज्योतिले भनिन्, ‘यो गुण मेरोमा मात्र हैन, हरेक महिलालाई विवाह गर्ने केटामा हुनुपर्छ। उसले छोरीलाई जस्तो केयर गरोस्, आमालाई जस्तो भरोसा गरोस्, रानीलाईजस्तो सम्मान गरोस् र वेश्यालाईजस्तो संभोग गरोस् ।’

    यी चारै गुण भएको पुरुष नभेटिएकाले आफुले विवाह नगरेको ज्योतिले अन्तर्वार्तामा बताएकी छिन् ।

     

  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भैंसीको बथानले मन्त्रीलाई लखेटेपछि…

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भैंसीको बथानले मन्त्रीलाई लखेटेपछि…

    रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अन्तर्वार्ता दिइरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीसहितको टीमलाई भैंसीको बथानले लखेटेको भिडियो आज सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    सोमबार प्राइम टाइम टेलिभिजनका लागि ऋषि धमलाले उनीसँग अन्तर्वार्ता लिइरहेको समयमा विमानस्थलभित्र चरिरहेको भैंसीको बथान दौडेर आएपछि सबैको भागाभाग भएको दृश्य देख्न सकिन्छ ।

    अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणी क्षेत्र जहाँ पछि अधिग्रहण गरेर अहिले तारबार गरिएको छ, तर समयमै यहाँ निर्माणका काम नहुँदा र विमानस्थल पूर्ण सञ्चालनमा आउन नसक्दा घाँस उम्रेपछि स्थानीयले खोलाको छेउतिरबाट लगेर यहाँ भैसी चराउने गरेका छन् ।

    राज्यमन्त्री चौधरीले अन्तर्वार्ताकै क्रममा यहाँ आवश्यकभन्दा बढी जग्गा बनाइएको विषयमा आशंका बढेको जनाएका छन् ।

  • तीनकुने आन्दोलनका भाइरल राजकुमार ठकुरी : टिकटक लाइभबाटै हराएको सुन उकास्ने सुरमा !

    तीनकुने आन्दोलनका भाइरल राजकुमार ठकुरी : टिकटक लाइभबाटै हराएको सुन उकास्ने सुरमा !

    काठमाडौं । गत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको आन्दोलनका क्रममा भाइरल भएका राजकुमार ठकुरी अहिले टिकटकमा हटकेक बनेका छन् । सितापाइलाका राजकुमारको टिकटक लाइभलाई अहिले तीन/चार हजारले नियमित हेर्ने गरेका छन् ।

    जब उनी टिकटक लाइभमा बस्न सुरु गर्छन्, गिफ्टहरूको ओइरो नै लाग्छ । राजकुमार ‘थ्यांक यु थ्यांक यु’ भनिरहन्छन् । उनी लाइभमा अरूलाई पनि जोड्छन् । गफ गर्छन् । उनको लाइभमा जोडिएका प्रयोगकर्ताले भन्छन्, ‘अब एक सातामा हराएको सुन उकास्नुपर्छ ।’ शुभेच्छुकको यस्तो कुरा सुनेपछि राजकुमार पुलकित हुन्छन् । छातीमा हात राख्दै ‘थ्यांक यु’ भन्छन् ।

    लाइभमा उनलाई छोरी र छोराले साथ दिइरहेको देखिन्छ । छोराछोरीलाई कमेन्टहरू पढिदिन अनुरोध गर्छन् । छोराछोरीले पनि सहयोग गर्छन् ।

    ‘राजा चाहियो’ भन्दै तीनकुनेमा भएको आन्दोलनमा पुगेका राजकुमार घाँटीमा लगाएको सिक्री हराएपछि रुन सुरु गरेका थिए । उनको रोइरहेको भिडियो भाइरल बनेको थियो । तर, भिडियोमा साढे दुई तोलाको सिक्री हराएको भने पनि झण्डै साढे तीन तोलाको सिक्री चाहिँ हराएको राजकुमारको दाबी छ । भाइरल भएपछि केही युट्युब च्यानलतिर पनि अन्तर्वार्ता दिँदै हिँडेका छन् । ५० वर्षीय राजकुमारले जिमहलमा जिम गरिरहेको भिडियो पनि भाइरल भइरहेको छ ।

  • भारतमा ‘हेड मसाज’को मजा लुट्दै गायक एड शीरन

    भारतमा ‘हेड मसाज’को मजा लुट्दै गायक एड शीरन

    काठमाडौं । चर्चित गायक एड शीरनले भारतीय मसाज लिइरहेको भिडियो अहिले भाइरल भइरहेको छ । म्याथम्याटिक्स टुरअन्तर्गत भारत आइपुगेका शीरनले चेन्नाइमा हेड मसाज लिएका थिए ।

    अहिले गायक शीरनको म्याथम्याटिक्स टुर चलिरहेको छ । केही साता पहिला भुटान दशौं हजार दर्शकको सामुन्ने प्रस्तुति दिएका थिए । भुटानमा प्रस्तुति दिने उनी पहिलो अन्तर्राष्ट्रिय स्टार पनि बनेका थिए ।

    गायक शीरन युवा दर्शकमाझ निकै नै लोकप्रिय छन् । उनका ‘पर्फेक्ट’, ‘सेप अफ यु’, ‘थिंकिङ आउट लाउड’ जस्ता गीतहरुले अर्बौं भ्युज पाएका छन् । उनी गायकको अलवा गीतकार तथा गिटारिस्ट समेत हुन् । नेपालमा पनि उनको गीतहरु युवापुस्ताले निकै रुचाउने गरेका छन् ।

  • यजुबेन्द्र चहलको वैवाहिक जीवन भड्खालोमा, अर्कै युवकको अंगालोमा भेटिइन् धनश्री

    यजुबेन्द्र चहलको वैवाहिक जीवन भड्खालोमा, अर्कै युवकको अंगालोमा भेटिइन् धनश्री

    काठमाडौं । भारतीय क्रिकेटर यजुबेन्द्र चहलको वैवाहिक जीवन संकटमा परेको छ । कोरियोग्राफर पत्नी धनश्री बर्मासँग उनको चाँडै डिभोर्स हुनसक्ने वा भइसकेको अड्कलवाजीहरु हुन थालेका छन् । यो जोडीको दाम्पत्य सम्बन्ध सुखद नरहेको चर्चा करिब दुई वर्ष अगाडिबाटै भइरहेको थियो ।

    सन् २०२२ मा धनश्रीले सोसल मिडिया अकाउन्टमा आफ्नो नामबाट ‘चहल’ हटाइदिएपछि उनीहरुबीच सबै ठीकठाक नरहेको संकेत मिलेको हो । अहिले आएर दुवैले इन्स्टाग्रामबाट एक–अर्कालाई अनफलो गरिदिएका छन् ।

    यति मात्र होइन । चहलले आफ्नो इन्स्टा अकाउन्टबाट धनश्रीसँगका सबै तस्विर र भिडिओहरु समेत हटाएका छन् । धनश्रीले भने विवाह र ईंगेजमेन्टका तस्विरहरु हटाएकी छैनन् । केही भारतीय मिडियाले धनश्री र चहल तीन महिनादेखि अलग–अलग बसिरहेको समाचार प्रकाशित गरेका छन् ।

    चहल र धनश्रीको भेट कोरोनाकालमा भएको थियो, जतिबेला चहल धनश्रीसँग डान्स सिक्न पुगेका थिए । डान्स सिक्ने र सिकाउने क्रममा उनीहरु प्रेममा परे । सन् २०२० मा उनीहरुको विहे भयो । तर, चाँडै नै सम्बन्धमा दरार आयो ।

    धनश्री अर्का भारतीय क्रिकेटर श्रेयस ऐयरसित नजिकिएपछि श्रीमानसँग सम्बन्ध बिग्रेको बताउने गरिन्छ । धनश्री र श्रेयसले सँगै डान्स गरेको भिडिओ भाइरल भएको थियो । खासमा श्रेयसकी बहिनी र धनश्री मिल्ने साथी थिए । बहिनीमार्फत नै श्रेयस धनश्रीसँग नजिकिए । उनीहरु धेरै ठाउँमा सँगै भेटिए तर अफेयरमा रहेको पुष्टि भने भएन ।

    यद्यपि, अहिले भने धनश्रीको नाम अर्कै युवकसित जोडिएको छ । ती युवक हुन् कोरियोग्राफर प्रतिक उतेकर । धनश्री र प्रतिकको एउटा तस्विर अहिले व्यापकरुपमा भाइरल भइरहेको छ । तस्विरमा प्रतिकले धनश्रीलाई कसिलो अंगालोमा बेरेका छन् र धनश्री रोमाञ्चित देखिएकी छन् । टिभी लियालिटी शो ‘झलक दिखलाजा’ को एउटा पार्टीमा उनीहरु यसरी एक–अर्कासँग लपेटिएका थिए ।

    धनश्री र प्रतिकबीच कस्तो सम्वन्ध हो भन्ने खुलेको छैन । तर, यही तस्विरका आधारमा उनीहरु अफेयरमा रहेको अड्कल गर्न थालिएको छ । चहलका फ्यानहरुले धनश्रीलाई निकै गालीगलौज गरिरहेका छन् ।

    चहलसँग विहे गरेर नाम कमाएपछि उनलाई लात हानेर हिँडेको आरोप धनश्रीमाथि लगाइएको छ । थुप्रै मानिसहरुले चहल र धनश्री मिल्ने जोडी नै नभएको र उनीहरुको डिभोर्स अवश्यम्भावि भएको दावी पहिल्यैदेखि गरिरहेका थिए ।

  • उत्तर मेसेडोनियामा ६१ वर्षीया महिला बनिन् आमा

    उत्तर मेसेडोनियामा ६१ वर्षीया महिला बनिन् आमा

    स्कोप्जे । उत्तरी म्यासेडोनियामा बच्चा जन्माउने सबैभन्दा वृद्धा ६१ वर्षीया महिला बनेकाे यस बाल्कन मुलुकका स्वास्थ्य अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

    स्कोप्जे युनिभर्सिटी क्लिनिक अफ गाइनेकोलोजी एन्ड अब्स्टेट्रिक्सका निर्देशक इरेना अलेक्सियोस्का पपेस्टिभका अनुसार नाम उल्लेख नगरिएकी नयाँ आमा इन भिट्रो फर्टिलाइजेसन प्राप्तकर्ता थिइन् ।

    ‘६१ वर्षीया बिरामीले बच्चा पेटरको जन्मले चिकित्सा संसारमा अब कुनै सीमा छैन भनेर देखाउँछ’, पपेस्टिभले पत्रकार सम्मेलनमा पत्रकारहरूलाई भने ।

    पपेस्टिभका अनुसार चिकित्सकहरूले उनको गर्भावस्थाको समयमा बिरामीलाई नजिकबाट अनुगमन गरेका थिए । जसमा उनलाई उच्च रक्तचाप र मधुमेह भएको पत्ता लागेको थियो ।

    उनले बिरामीले विगतमा १० अलग-अलग इन विट्रो उपचारहरू गराएकी जानकारी दिए ।

    उत्तर म्यासेडोनियामा इन भिट्रो उपचार प्रयोग गर्ने महिलाका लागि कुनै उमेर सीमा छैन । अधिकारीहरूका अनुसार आमा र नवजात शिशुलाई मङ्गलबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो । बच्चाको बुबाको उमेर ६५ वर्ष भएको बताइएको छ ।

    आधिकारिक तथ्याङ्कअनुसार उत्तर मेसेडोनियाको प्रजनन दर सन् २०२३ मा प्रति महिला १.४८ जन्म थियो ।

    सन् १९९१ मा स्वतन्त्रता घोषणा गरेदेखि उत्तर मेसेडोनियाले स्थगित अर्थतन्त्रका बीचमा आफ्ना धेरै मानिस बसाइ सरेको देखेको छ ।

    मुलुकमा केवल १८ लाख बासिन्दा छन् । यो गत सन् २०२१ मा सञ्चालित अन्तिम जनगणनाका अनुसार करिब दुई दशकमा करिब १० प्रतिशतले घटेको छ । -रासस/एएफपी

  • चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्युँझिएपछि…

    चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्युँझिएपछि…

    जयपुर । बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उनको पोष्ट मोर्टम गरेन, तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको चिकित्सा अधिकारीहरूले शनिबार बताएका छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार रोहितास बिरामी परेपछि उनलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए, तर उनको उपचार नगरिकनै मृत घोषणा गरिएको थियो र उनलाई मृतकहरू राख्ने कक्षमा पठाइयो । परिवारजनले उनको हिन्दू संस्कारअनुसार अन्त्येष्टिको तयारी गरे ।

    भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उनलाई छारे रोग (मिर्गी)को समस्या देखिएको रहेछ ।

    अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भने, ‘एक जना चिकित्सकले पोष्टमार्टम नगरी पोष्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ ।’

    उनका अनुसार चितामा जलाउनुभन्दा केही समयअघि रोहिताशको शरीरमा हलचल सुरु भएपछि मलामीका रूपमा गएका मानिसहरूले उनी जीवित रहेको र सास फेरिरहेको पाएपछि उनलाई पुनः अस्पताल लगिएको थियो ।

    रोहितासलाई दोस्रो पटक अस्पताल लगिएको र उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको पुष्टि भएको थियो ।

    अधिकारीहरूले अस्पतालको सेवा केही समयका लागि बन्द गरेको जनाएका छन् । -रासस/एएफपी

  • दुई बडीगार्ड र म्यानेजरसहित नेपाल आएका डली चायवालाले झापामा चिया पकाए, काठमाडौंमा सेलिब्रिटी भेट्ने योजना

    दुई बडीगार्ड र म्यानेजरसहित नेपाल आएका डली चायवालाले झापामा चिया पकाए, काठमाडौंमा सेलिब्रिटी भेट्ने योजना

    काठमाडौं । स्टाइलिस तरिकाले चिया पकाएर भाइरल भएका भारतीय युवक डली चायवाला अहिले नेपालमा छन् । नेपालको पर्यटन प्रवर्द्धन हुने भन्दै उनलाई ग्लोबल इनोभेसन पार्टनर्स नामक कम्पनीले लाखौँ रकम खर्चेर नेपाल ल्याएका हुन् ।

    भदौ ३१ गते झापा आइपुगेका चायवालालाई त्यहाँको पाँचतारे होटेल मेची क्राउन प्लाजामा राखिएको थियो । झापामा उनले आफ्नो शैलीमा चिया पकाएर पनि देखाए । त्यहाँ घुमफिर पश्चात् आज प्लेन चढाएर काठमाडौं ल्याईंदैछ ।

    काठमाडौंबाट चायवालाले माउन्टेन फ्लाइट गर्ने आयोजक ग्लोबल इनोभेसन्स पार्टनर्सका आरिफ अलीले बताए । अलीले भने, ‘उहाँलाई काठमाडौंबाट माउन्टेन फ्लाइट गराउँदैछौं । साथै काठमाडौंमा सेलिब्रेटीहरुलाई बोलाएर इभेन्ट पनि गर्दैछौं ।’

    को को सेलिब्रिटीहरुलाई बोलाइएको छ भन्ने चाहिँ उनले बताएनन् । आफूले लेखेको ‘फ्रम न्युटन टु नाउ’ भन्ने किताबलाई बिल गेटससम्म पुर्‍याउन डली चायवालाले सहयोग गर्ने आशासमेत आरिफले राखेका रहेछन् ।

    ग्लोबल इनोभेसन पार्टनर्सका म्यानेजिङ डाइरेक्टर दिव्य सापकोटाले धनाढ्य बिल गेट्ससँग डली चायवालाको सीधा सम्पर्क रहेको दाबी गरे ।

    उनले भने, ‘डली सरको अहिले पनि बिल गेट्ससँग सीधा सम्पर्क छ । अरू ठूल्ठूला मान्छेसँग पनि चिनजान छ । त्यही भएर अली सरको किताब ठूल्ठूला मान्छेसम्म कसरी पुर्‍याउने भनेर छलफल गर्न पनि नेपाल आउनुभएको हो ।’

    दुईजना बडीगार्ड र एक जना म्यानेजर सहित नेपाल आइपुगेका डली चायवालालाई कति खर्च गरेर ल्याइएको हो त ? यसबारे भने खुलाउन नमिल्ने आरिफ अलीले बताए । दुवै पक्षबीच पारिश्रमिक नखुलाउने सम्झौता भएको उनको भनाइ छ ।

    बडीगार्ड र म्यानेजरसहित पाँचतारे होटेलमा बस्दा, माउन्टेन फ्लाइट गर्दा राम्रै बजेट खर्च भएको देखिन्छ । सापकोटाले भने, ‘खर्चको रेन्ज चाहिँ महँगै हो ।’

    जी–सेभेनको बैठकमा सहभागी हुन भारत आउँदा बिल गेट्सले डली चायवालाको चिया पिएको भिडियो आफ्नो पेजमा राखेपछि संसारभरका मिडियाले उनको चर्चा गरेका थिए । यसपछि विश्वव्यापी रूपमा चर्चामा आएका डली चायवाला अहिले विभिन्न देशहरू घुमिरहेका छन् । उनको पुरानो पेशा चाहिँ चिया पकाएर बेच्ने नै थियो ।

  • ज्ञानेन्द्र शाहीले ‘इग्नोर’ गरेपछि मञ्चबाटै उठेर हिँडे पुण्य गौतम

    ज्ञानेन्द्र शाहीले ‘इग्नोर’ गरेपछि मञ्चबाटै उठेर हिँडे पुण्य गौतम

    काठमाडौं । सामाजिक सञ्जाल अभियन्ता पुण्य गौतम र सामाजिक सञ्जालबाटै उदाएर नेता बनेका ज्ञानेन्द्र शाहीबीच हिजो एक कार्यक्रममा जम्काभेट भयो । तर, उनीहरू धेरै बेर एउटै फ्रेममा अटाएनन् ।

    ‘आमा’ नामक सांगीतिक एल्बमको एउटा गीत रिलिजका लागि अनामनगरको सिलौटो कटेजमा कार्यक्रम आयोजना गरिएको थियो । त्यसमा विशेष अतिथिका रूपमा निम्त्याइएका थिए, गायक शिव परियार, पुण्य गौतम र ज्ञानेन्द्र शाही । पुण्य पहिल्यै आएका थिए भने शाही अलि ढिला आइपुगे ।

    शाही आउँदा मञ्चमा राखिएको सोफामा पुण्य र शिव परियार सँगै बसिरहेका थिए । ज्ञानेन्द्र शाहीका लागि पुण्य छेउकै सोफा खाली राखिएको थियो ।

    शाही मञ्चमा उक्लिए र शिव परियारले उनीसँग उठेर हात मिलाए । कालो चस्मा लगाएर बसेका पुण्य गौतमले पनि हात लम्काए । शाहीले परियारसँग हात मिलाउँदै गर्दा पुण्यलाई भने पुरै इग्नोर गरे । उनले पुण्यतिर हेर्दा पनि हेरेनन् ।

    लम्काएको हात यत्तिकै फर्काउनुपरेपछि पुण्यलाई झोक चल्यो । ज्ञानेन्द्र छेउको सोफामा बस्नासाथ पुण्य जुरुक्क उठे । शिव परियारलाई हात हल्लाउँदै मञ्चबाट उत्रिए र सरासर बाटो लागे । बाहिरिने क्रममा एक सञ्चारकर्मीले बसौँ न बसौँ भन्दै थिए । पुण्यले आफ्नो अर्को कार्यक्रम भएको भन्दै हिँडे ।

    ज्ञानेन्द्र शाही र पुण्य गौतमबीच लामो समयदेखि शीतयुद्ध चलिरहेको छ । शाही भर्खर उदाएका बेला पुण्य गौतमसँग उनको युट्युबमा जुहारी चल्थ्यो । पछि शाही राजनीतिमा लागेर हाल सांसद समेत बनिसकेका छन् । पुण्यले शाहीको वैवाहिक स्थितिदेखि शैक्षिक योग्यतासम्मका अनेक प्रश्नहरू उठाउने गर्छन् ।

  • जब सुतिरहेको व्यक्तिको नाकभित्र साङ्लो पस्यो

    जब सुतिरहेको व्यक्तिको नाकभित्र साङ्लो पस्यो

    काठमाडौं । चीनको हेनान राज्यका ५८ वर्षीय हाइकोउ नामका व्यक्तिको नाकमा साङ्ला छिरिदिएपछि आपत् आइलागेको छ । सुतिरहेको बेला नाकको प्वालबाट साङ्ला पसेको हाइकोउले पत्तै पाएनन् । साङ्ला नाकभित्र पसेका कारण निकै दिनसम्म नाकभित्र अत्यधिक दुखेपछि उनी डक्टरकहाँ गए ।

    मेडिकल रिपोर्टका अनुसार हाइकोउले नाकबाट सास फेर्दा साससँगै साङ्ला नाकभित्र पसेको थियो । जब उनी ब्युँझिए, उनले नाकभित्र केही चिज घिस्रिरहेको महसुस गरे । घिस्रिरहेको त्यो चिज घाँटीतिर सर्दै गरेको पनि महसुस गरे । तर, यसवेलासम्म उनले आफ्नो नाकमा साङ्ला पसेको अनुमान गरेका थिएनन् ।

    त्यस्तो गम्भीर समस्या होइन कि ठानेर हाइकोऊले बेवास्ता गरे । र आफ्नै दैनिक काम धन्दामा लागे । तर, दोस्रो दिनबाट उनको सास अत्यधिक गनाउन थाल्यो । तीन दिनसम्म पनि उनको सास गनाउने काम रोकिएन । साथै खोक्दा पहेँलो खाकर निस्कन थाल्यो । यसपछि भने उनी डक्टरकहाँ गए ।

    हेनान अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञले नाकको परीक्षण गर्दा त्यस्तो असामान्य चिज केही फेला नपरेको रिपोर्ट निकाले । यद्यपि हाइकोउलाई भने पक्कै केही गडबड छ भन्ने लागिसकेको थियो ।

    हाइकोउले आफ्नो नाकभित्र केही छ भनेर शंका गरेपछि उनलाई स्वासप्रश्वासको विशेषज्ञ डक्टर लीन लिंगकहाँ पठाइयो । त्यहाँ उनको छातीको सिटी स्क्यान गरियो । सिटी स्क्यानको रिपोर्टमा दायाँ फोक्सोको तल्लो भागको पछाडि केही कालो छायाजस्तो देखियो । जहाँ कुनै वस्तु अड्किएको जस्तो देखिन्थ्यो ।

    डक्टर लीनले चिनियाँ अनलाइन सिहुवा डटकमलाई भनेका छन्, ‘मैले अप्रेसनका क्रममा पंखा भएको केही चिज देखेँ । त्यो वस्तु धेरै खकारहरुले बेरिएको थियो । विस्तारै वरिपरिको खाकरलाई हटाएपछि एक जीव देखियो । त्यो जीव साङ्लो थियो । अप्रेसनपछि विरामीले निकै आराम महसुस गरे । विरामीको खोकी र पहेँलो खकार बन्द भएको थियो । यद्यपि विरामीको सास भने गनाइरहेको थियो ।’

  • विराट कोहलीलाई ‘प्रपोज’ हान्ने ईंग्लिस क्रिकेटरले गरिन् समिलिंगी विवाह

    विराट कोहलीलाई ‘प्रपोज’ हान्ने ईंग्लिस क्रिकेटरले गरिन् समिलिंगी विवाह

    काठमाडौं । कुनै समय भारतीय क्रिकेट विराट कोहलीलाई विवाह प्रस्ताव गरेकी ईंग्ल्यान्डकी महिला क्रिकेटर डेनिल वायटले समलिंगी विवाह गरेकी छन् । उनले इन्स्टाग्राममा तस्बिरहरू पोस्ट गर्दै आफ्नो विवाहको खबर सार्वजनिक गरेकी हुन् ।

    डेनिल लामो समयदेखि जर्जी होज नामक युवतीसँग लेस्बियन रिलेसनसीपमा थिइन् । जर्जी पेशाले एक फुटबल एजेन्ट हुन् । उनीहरू गत २२ अगष्टका दिनबाट ‘दम्पती’ बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । डेनिलले विवाहको तस्बिरमा क्याप्सन लेखेकी छन्- मिस्टर एन्ड मिसेज वायट-होज । उक्त क्याप्सले वायट आफू पुरुष वा श्रीमानको भूमिकामा रहने बुझ्न सकिन्छ ।

    डेनिल र जर्जीबीच सन् २०१९ देखि अफेयर सुरु भएको हो । उनीहरूले गत वर्ष साउथ अफ्रिकामा ईंगेजमेन्ट गरेका थिए ।

    ३३ वर्षीया डेनिलको नाम भारतमा निकै प्रख्यात छ । सन् २०१४ मा उनले ट्वीटरबाटै भारतीय क्रिकेट स्टार कोहलीलाई विवाह प्रस्ताव गरेकी थिइन् । त्यस वर्ष वर्ल्ड टी-२० मा कोहलीले दक्षिण अफ्रिकाविरुद्ध ७२ रन बनाएपछि डेनिलले ट्वीटरमा लेखेकी थिइन्- कोहली म्यारी मी । उनको सो ट्वीट तत्कालै भाइरल भएको थियो । भारतीय सञ्चारमाध्यमले ठूला-ठूला हेडलाइन बनाएका थिए ।

    सोही वर्ष भारतीय टीम ईंग्ल्यान्ड भ्रमणमा जाँदा कोहली र डेनिलको इन्काउन्टर भएको थियो । त्यसबेला कोहलीले डेनिललाई आफ्नो एउटा ब्याट उपहारसमेत दिएका थिए ।

    त्यस भेटलाई सम्झिँदै एक अन्तर्वार्तामा डेनिलले भनेकी छिन्, ‘जब हामी भेट्यौं, उनले मलाई भने- तिमीले यसरी ट्वीरमा लेख्नु हुँदैन, हाम्रो देशमा यसलाई सिरियसली लिन्छन् । मैले ओके सरी भनेँ ।’

    डेनिल भारतीय दिग्गज ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुरकरसँग पनि निकै नजिक थिइन् । उनी ईंग्ल्यान्ड महिला टिमकी स्टार अलराउन्डरमा पर्छिन् । उनले सन् २०१० मा भारतविरुद्ध खेल्दै ईंग्ल्यान्डको नेसनल टिमबाट डेब्यू गरेकी थिन् । त्यसयता उनले ११२ एक दिवसीय र १६० टी-२० अन्तर्राष्ट्रिय खेलिसकेकी छन् ।

  • बिरालोको मासु पकाएर बेच्ने एक बंगलादेशी माल्दिभ्समा पक्राउ

    बिरालोको मासु पकाएर बेच्ने एक बंगलादेशी माल्दिभ्समा पक्राउ

    काठमाडौँ । बिरालोको मासु पकाउने तथा बिक्री गर्ने एक बंगलादेशी नागरिक माल्दिभ्समा पक्राउ परेका छन् । माल्दिभ्सको समाचार पोर्टल अटोल टाइम्सका अनुसार ३२ वर्षका आराफाट हुसेन पक्राउ परेका हुन् ।

    राजधानी मालेका विभिन्न भागहरुबाट संकलन गरिएका बिरालो काटेर मासु बनाउँदै बिक्री गरेको आरोपमा उनी पक्राउ परेका हुन् । सैलुनमा भेटिएका आराफाटलाई प्रहरीले मंगलबार बिहान स्थानिय समय अनुसार साढे दश बजे पक्राउ गरेको हो ।

    आराफाट माल्दिभ्समा गैरकानुनी रुपमा बसेको पनि पाइएको आप्रवासनका नियन्त्रक महोमद सम्मानले बताएका छन् । मालेको मेरिब्राउन रेष्टुरेन्ट पछाडी बिरालो पक्राउ गर्दै गरेको अवस्थामा आराफाटलाई कसैले भिडिओमा कैद गरेका थिए ।

    त्यसपछि उनी माल्दिभ्सको सामाजिक संजालमा भाइरल पनि भएका थिए । आराफाटको आफ्नै कोठामा बर्गर बनाएर बेत्दै आएका थिए । उनको कोटा नजिकै बिरालोको चिच्याहट सुनेको धेरैले बताएका थिए ।

  • मिस्टर बिस्टको अस्ट्रेलिया ‘गिभअवे’मा नेपालीले हात पारिन् मस्ट्याङ कार

    मिस्टर बिस्टको अस्ट्रेलिया ‘गिभअवे’मा नेपालीले हात पारिन् मस्ट्याङ कार

    काठमाडौं । मिस्टर बिस्टको ‘गिभअवे’मा एक जना नेपालीले मस्टयाङ कार पाएकी छिन् । गत जुन २७ मा अस्ट्रेलियको सिड्नीमा भएको ‘गिभअवे’मा रस्मीता बस्नेतले मुस्ताङ कार पाएकी हुन् ।

    मिस्टर बिस्टले जुन २३ का दिन अस्ट्रेलिया ‘फेस्टिभल चकलेट बार’ लन्च गरेका थिए । साथै एक ‘गिभअवे’ र कम्पिटिशन’ को घोषणा पनि गरेका थिए । जसमा मिस्टर बिस्टले लन्च गरेको चकलेट बार खरिद गर्दा निश्चित मानिसहरू बिस्टले ‘गिभअवे’ गर्ने गाडीहरूका लागि कम्पिटिशनमा भाग लिन पाउने थिए ।

    उक्त कम्पिटिशनमा नेपालकी रस्मिता बस्नेत पनि परेकी थिइन् । ‘गिभअवे’मा छनोट भएका सबैलाई १० वटा खाली प्वालहरूमा केहि परबाट बल छिराउनु पर्थ्यो । १० खाली प्वालहरूमा १० वटा कारहरूका नाम लेखिएका थिए । छनोट भएका मानिसहरूले जुन खाली ठाउँमा बल छिराउन सफल भए त्यसलाई उक्त कार ‘गिभअवे’ गरिएको थियो ।
    सोहि कम्पिटिशनमा भाग लिएकी रस्मिता बस्नेतले मस्ट्याङ नामक कार उल्लेख भएको प्वालमा बल छिराउन सफल भएकी थिइन् । बस्नेतलाई मिस्टर बिस्टले मस्ट्याङ कार उक्त दिन नै हस्तान्तरण गरिएको भिडियोमा देखाइएको छ ।

    गत साताको बिहिबार सिड्नीको ओपेर हाउमा गरिएको ‘गिभअवे’ मस्ट्याङ आर स्पेस नामक कारको मूल्य १ लाख ५७ हजार ५७० अमेरिक डलर अर्थात् २ करोड ९३ लाख ६० हजार नेपाली रुपैयाँ हुन जान्छ ।

    मिस्टर बिस्ट र उनको टिमले आधिकारिक रूपमा उक्त कार गिभअवेको भिडियो अथवा लिखित घोषणा गरेका छैनन् ।

  • डेनमार्कमा घरेलु चौपायाले पादे कर तिर्नुपर्ने

    डेनमार्कमा घरेलु चौपायाले पादे कर तिर्नुपर्ने

    काठमाडौं । युरोपेली मुलुक डेनमार्कले घरेलु चौपायाको पादको कर लिने भएको छ । चौपायाहरूले उत्पादन गरेको हरित गृह ग्याँसको कर लिने क्रममा यस्तो लागू गर्न लागिएको हो ।

    रुसी विश्व च्यानल आरटीका अनुसार यो नियम सन २०३० बाट लागु हुनेछ । डेनमार्कका करमन्त्री जेप्पे ब्रुसले गाई, सुँगुर, भेडाबाख्रा लगायतमा यस्तो कर लगाउन लागेको बताएका हुन् ।

    कार्बन उत्सर्जन ७० प्रतिशत घटाएर सन १९९० को तहमा पुर्‍याउन यस्तो नियम लागु गर्न लागेको बताइएको छ ।

    सन २०४५ भित्र कार्बन तटस्थ हुनको लागि यस्तो गरिएको मन्त्रीले बताएका छन् ।

  • हाकिम छोरीलाई बुबाको सलाम, अनि भाइरल बन्यो फोटो

    हाकिम छोरीलाई बुबाको सलाम, अनि भाइरल बन्यो फोटो

    हैदरावाद। कुनै पनि पिताको लागि आफ्ना सन्तानको प्रगति र उन्नतिभन्दा ठूलो अरु के हुन सक्छ ? अझ भनिन्छ नि, हरेक पुरुष सबैलाई जित्न चाहान्छ शिवाय आफ्ना सन्तानलाई । सन्तान आफूभन्दा माथिल्लो ओहोदामा पुग्दा कुन पिता खुसी नहोलान् ?

    हैदरावादको एक हृदयस्पर्शी तस्विरले यतिबेला धेरैको ध्यान खिचेको छ। सार्वजनिक उक्त तस्विरमा बुवा र छोरी छन, जहाँ बुवाले छोरीलाई सलाम गर्दै गरेको देख्न सकिन्छ। तस्बिरमा देखिएका पुरुष एन वेंकटेश्वरल जो, प्रहरी उपरीक्षक(एसपी) हुन् ।

    अनि तस्बिरमा देखिएकी महिला एन उमा हाराथी एन वेंकटेश्वरलकी छोरी हुन् । झट्ट हेर्दा तपाईलाई एउटा बुवाले छोरीलाई किन सलाम गर्दैछ भन्ने लाग्न सक्छ। यसको वास्तविक कथा यस्तो छ- सन् २०२२ मा भारतको केन्द्रीय लोकसेवा आयोगको सिभिल सेवा परीक्षामा एयर थ्री प्राप्त गरेकी उमा हाल आई.ए.एस अधिकारीको रूपमा तेलंगाना पुलिस एकेडेमी(टिजिपिए) मा प्रशिक्षण लिइरहेकी छिन्। भारतमा आइएस अफिसर भनेको प्रशासनिक सेवाको उच्च पदस्थ अधिकारी हो ।

    प्रशिक्षणको लागी एकेडेमीमा प्रवेश गर्ने बेला उमालाई पुलिस बलमा विशिष्ट क्यारियर बनाएका उनका बुबा एन वेंकटेश्वरलले सलाम गरेर स्वागत गरेका हन् । एन वेंकटेश्वरलु एसपी सँगसँगै तेलंगाना पुलिस एकेडेमीका उप निर्देशक पनि हुन्।

    वेंकटेश्वरलुलेआफ्नी छोरीलाई सम्मान गर्न वर्दीमै उभिएर सलाम गरेका हुन। आफ्नी छोरीलाई गौरवान्वित बुबाको सलाम एकेडेमीमा धेरैले देखेका थिए। उक्त माहोलको सबैले प्रशंसा गरेका थिए। गर्व र भावनाले भरिएको त्यो क्षण सबैको नजरमा पुग्न धेरै समय लागेन।

  • भर्खरै महिला प्रहरीको थप्पड खाएकी कंगनाले पुरुष म्यानेजरलाई चुप्पा खाएको फोटो भाइरल

    भर्खरै महिला प्रहरीको थप्पड खाएकी कंगनाले पुरुष म्यानेजरलाई चुप्पा खाएको फोटो भाइरल

    काठमाडौं । भारतीय अभिनेत्री/नेतृ कंगना रणवत एक पटक फेरि सामाजिक सञ्जालमा हट केक बनिरहेकी छन् । केही दिनअघि मात्रै एक महिला प्रहरी जवानले उनलाई गालामा चड्कन हानेपछि उनी सामाजिक सञ्जालमा छाएकी हुन् ।

    हालै भएको लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)बाट विजय प्राप्त गरेको रौनकलाई एकाएक चड्कन काण्डले ओझेल पारिदियो । थप्पडको पक्ष र विपक्षमा भारतीयहरु बाँडिएका छन् । भाजपा समर्थकहरुले महिला प्रहरीको विरोध गर्दा अधिकांश भारतीहरुहरुबाट भने उनले स्याबासी पाएकी छन् ।

    भारतीय फिल्मकर्मीहरु पनि कंगनाले थप्पड खाँदा मनमनै प्रफुल्लित छन् । संगीतकार विशाल अडनानीले त खुलेरै खुशी प्रकट गरे । उनले महिला प्रहरीलाई जागिरको अफरसमेत गरेका छन् ।

    यति नै बेला कंगनाका केही तस्विर सामाजिक सञ्जालमा भाइरल गराइएको छ । यी तस्विरमा कंगना एक पुरुषसँग चिप्किएकी छन् । पुरुषको अंगालोमा बेरिएर गालामा म्वाईसमेत खाएका तस्विरहरु हाल्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले नानाथरि कमेन्ट गरिरहेका छन् ।

    यी पुरुष कंगनाका व्वाइफ्रेन्ड भने होइनन् । उनी हुन् कंगनाका म्यानेजर रिजवान सिद्दिकी । साथै भाइरल भएका तस्विर पनि ताजा होइनन् । २-३ वर्ष अगाडिका तस्विरहरु अहिले उत्खनन गरिएको हो ।

    कंगना एक कट्टर हिन्दूवादी र मुस्लिमविरोधी नेतृ हुन् । जबकि उनका म्यानेजर रिजवान मुस्लिम हुन् । अरु बेला मुस्लिमको विरोध गरेर नथाक्ने कंगनाले एक मुस्लिमलाई चाटेको भन्दै उनको ट्रोल भइरहेको छ । राहुल गान्धीको प्यारोडी एकाउन्टमा लेखिएको छ, ‘जब मुल्ले चाटे जायंगे, अन्धभक्त जिजा जिला चिल्लाएंगे ।’

    सन् २०२१ मा नै सामाजिक सञ्जालमा यी तस्विरहरु सार्वजनिक भएका थिए । नानाथरि कमेन्ट आएपछि रिजवानले स्टेटमेन्ट निकाल्दै सबैलाई मुद्दा हाल्ने चेतावनी दिएका थिए । त्यसपछि तस्विर शेयर हुन रोकिएको थियो, तर अहिले कंगनाले थप्पड खाएको मौकामा फेरि ती तस्विरहरु भाइरल भएका छन् ।

  • आईपीएलमा हट केक बनेका रियान पराग युट्युबमा अनन्या र साराको हट भिडिओ खोज्दै

    आईपीएलमा हट केक बनेका रियान पराग युट्युबमा अनन्या र साराको हट भिडिओ खोज्दै

    काठमाडौं । यसपालिको भारतीय प्रेमियर लिगले केही नयाँ स्टारहरु जन्माएको छ, जसमध्ये एक हुन् रियान पराग । राजस्थान रोयल्सबाट खेलेका उनले टीमलाई क्वालिफायरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिए ।

    २२ वर्षीय यी युवा क्रिकेटरले १५ म्याचमा ५२.०९ को औसत तथा १४९.२२ को स्ट्राइक रेटमा ५७३ जोडेका थिए । क्यालिफायरमा भने उनको ब्याट चल्न सकेन । ६ रनमै आउट भए । सनराजर्स हैदरावादसँग पराजित भएपछि राजस्थान रोयल्स फाइनलमा पुग्न चुक्यो ।

    आईपीएल सकिएलगत्तै भने पराग एउटा रोचक प्रसंगमा मुछिएका छन् । यतिबेला उनको ‘युट्युब हिस्ट्री’ सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । आखिर किन त ?

    युट्युब हिस्ट्री भन्नाले युट्युबमा तपाईंले यसअघि जुन शब्दहरु सर्च गर्नुभएको छ, त्यसलाई बुझाउँछ । तपाईंले कुनै पनि भिडियो खोज्न सर्च बक्समा कर्सर राख्नासाथ यसअघि सर्च गरिएका भिडिओहरु देखाउँछ । यही सर्च हिस्ट्रीले परागको पोल खुलेको छ ।

    पराग आफ्नो युट्युबमा गेमिङ सेशनका दौरान लाइभ स्टिम गरिरहेका थिए । यही क्रममा उनले कपिराइट फ्री म्युजिक खोज्न थाले । सर्च बक्समा कर्सर राख्नासाथ सर्च हिस्टी देखायो जसमा परागले ध्यान दिएनन्, तर कैयौंले स्क्रिनसट गर्न भ्याइहाले ।

    सर्च हिस्ट्रीमा सबैभन्दा माथि ‘सारा अली खान हट’ देखिएको छ । अर्थात् उनले भर्खरैमात्र बलिउड अभिनेत्री सारा अली खानको हट भिडियो खोजेका थिए । दशौं क्रममा उनले अभिनेत्री अनन्या पाण्डेको हट भिडियो खोजेको देखिन्छ । संयोगले सारा र अनन्या दुवै बलिउडमा सक्रिय स्टारकिड्स हुन् । अभिनेता सैफ अली खानकी छोरी हुन् सारा । अनन्या भने पुराना अभिनेता चंकी पाण्डेकी छोरी हुन् ।

  • राजतन्त्र फर्किने भविष्यवाणी फ्लप खाएपछि ज्योतिषी अर्जुन क्षेत्री भन्छन्- म भगवान हो र सबै मिलाउन ? (भिडिओ)

    राजतन्त्र फर्किने भविष्यवाणी फ्लप खाएपछि ज्योतिषी अर्जुन क्षेत्री भन्छन्- म भगवान हो र सबै मिलाउन ? (भिडिओ)

    काठमाडौं । २०८० साल सकिनै लाग्दा सामाजिक सञ्जालमा धेरैले भाइरल ज्योतिषी अर्जुन क्षेत्रीको खोजी गरे । ५ वर्ष अगाडि उनले गीतामा हात राखेर ८० सालभित्र नेपालमा राजतन्त्र फर्किने भविष्यवाणी गरेका थिए ।

    एउटा युट्यूब च्यानललाई दिएको अन्तरवार्तामा क्षेत्रीले गरेको भविष्यवाणी नराम्ररी फ्लप भएको छ । राजतन्त्र नफर्केको मात्र होइन कि निकट भविष्यमा फर्किने कुनै छेकछन्दसमेत देखिएन । कतिपय राजावादीहरु क्षेत्रीको अन्तरवार्ता हेरेर आशामा पनि बसेका थिए । उनीहरु निराश भए ।

    क्षेत्रीले राजतन्त्र फर्किने भविष्यवाणी मात्रै गरेका थिएनन्, यदि फर्किएन भने आफूले ज्योतिष पेशाबाट सदाको लागि हात धुने घोषणा समेत गरेका थिए ।

    उनले भनेका थिए, ‘म गीता छोएर भन्छु नेपालमा २०८० सालसम्म राजतन्त्र फर्केन भने म जीवनभरि ज्योतिषको काम नै गर्दिनँ ।’

    क्षेत्री केही समयदेखि गुमनाम छन् । धेरैलाई चासो छ, कतै उनी ज्योतिष विद्याबाट पलायन भएर त हिँडेनन् ? कि ठूलै अवसादमा परेर बाहिर मुख देखाउन नसकेका हुन् ?

    तर, त्यस्तो केही होइन । क्षेत्री अहिले पनि ज्योतिष पेशामा उस्तै सक्रिय छन् र पहिलेझैं बिन्दास छन् । उनी अझै पनि भविष्यबाणी गर्न पछि पर्दैनन्, चाहे मान्छेले आफूलाई विश्वास गर्न किन नछाडुन् ।

    नेपाल प्रेससँग भिडिओ अन्तरवार्ता दिँदै गर्दा क्षेत्रीको अनुहारमा खासै ग्लानीभाव थिएन । भए पनि लुकाउन सफल भइरहेका थिए । आफ्नो बचाउमा उनले थुप्रै अमिल्दा तर्कहरु गर्न खोजे । यद्यपि, अन्त्यमा आफ्नो भविष्यवाणी अधुरो बनेको स्वीकारोक्तिसहित क्षमायाचना पनि गरे ।

    ‘मैले त्यो बेलाको समय परिस्थिति ग्रह दशा सबै हेरेर अन्तरआत्माबाट बोलेको थिएँ’, उनले भने, ‘अलिकिति नमिलेकै हो । त्यसरी ठोकुवा गरेर बोल्नु हुने रहेनछ भन्ने चाहिँ महसुस भएको छ ।’ यद्यपि, देशमा राजतन्त्र फर्किन वातावरण भने २०८० सालमा ह्वात्तै बढेको क्षेत्रीको विश्लेषण छ ।

    ‘राजतन्त्र फर्काउने आन्दोलनमा मानिस मारिनु, दुर्गा प्रसाईंजस्तो कम्युनिष्ट राजा फर्काउन हिँड्नु, राजा आफैंले अब राजसंस्था देशमा चाहिन्छ भनेर बोल्न थाल्नुले मेरो भविष्यवाणी आंशिकरुपमा चाहिँ मिलेकै हो । यद्यपि, राजसंस्था नफर्केको कुरा मैले स्वीकार्नै पर्छ । ममाथि विश्वास गर्नेहरुलाई पक्कै आघात पुगेको छ । त्यसका लागि माफी चाहन्छु’, क्षेत्रीले भने ।

    उनी थप्छन्, ‘जति दिग्गज मान्छे पनि कहिलेकाहीँ चिप्लिन्छ । मेस्सी रोनाल्डोले पनि थुप्रैचोटि गोल मिस गरेका छन् । म पनि भगवान त होइन नि । एउटा भविष्यवाणी नमिल्दैमा म केही होइन भन्ने चाहिँ मिल्दैन ।’

    तर, तपाईंले भन्नुभएको कि २०८० सालमा राजतन्त्र फर्केन भने ज्योतिष पेशामा रहन्न भनेर । गीता छोएर बोलेको कुरा पूरा गर्नुपर्दैन ?

    क्षेत्रीले भने, ‘हो मैले त्यस्तो भनेको थिएँ । अब राजतन्त्र फर्किँदैन भन्ने भएपछि मैले ज्योतिष पेशामा नरहने सोच पनि बनाएको हो । तर, मेरो साथीभाइ, आफन्त र शुभचिन्तकले तैंले छोड्नु हुँदैन भनेर आग्रह गर्नुभयो । उहाँहरुको आग्रह टार्न सकिनँ । त्यसैले यो पेशालाई नै निरन्तरता दिइरहेको छु ।’

    मान्छेले पत्याए पनि नपत्याए पनि क्षेत्रीलाई भविष्य हेराउन आउनेहरुको अहिले पनि कमी छैन । ज्यातिष पेशाबाटै उनले तीनवर्ष अगाडि घर ठड्याएका छन् । उनीसँग निजी गाडीसमेत छ ।

    थप भविष्यवाणी

    ठूलो सेटब्याकपछि पनि ज्योतिष क्षेत्री भविष्यवाणी गर्न डराइरहेका छैनन् । हामीले उनलाई इलामको चुनावमा कस्तो नतिजा आउला भनेर सोध्दा उनले उम्मेदवारको नाम लिन चाहेनन् तर ‘नयाँ शक्ति’ को सम्भावना प्रबल रहेको बताए ।

    पुराना दलले नजित्ने उनको भविष्यवाणी छ । रवि लामिछानेको सन्दर्भमा उनले अबका दिनमा अहिलेको भन्दा कडा आरोपको सामना गर्नुपर्ने बताए । यद्यपि, लामिछाने भविष्यमा प्रधानमन्त्री बन्ने योग रहेको उनको भनाइ छ । सन्दीप लामिछानेको मुद्दाबारे सोध्दा उनले सफाइ पाउन गाह्रो अवस्था रहेको दाबी गरे । प्रचण्ड नेतृत्वको सरकार अब ७ महिना भन्दा नटिक्ने पनि उनको आँकलन छ ।

    राजतन्त्रकै विषयमा भने उनी खुलेर बोल्न डराए । तर अब अझै पनि भदौ असोजसम्म आशा रहेको उनको भनाइ छ । ‘असोजसम्ममा पनि केही भएन भने त्यसपछि त गाह्रो छ’, उनले भने ।

     

     

  • रवीन्द्र जडेजाका बुवा भन्छन्- छोराले बुहारीको कुरामा लागेर हामीसँग सम्बन्ध तोड्यो

    रवीन्द्र जडेजाका बुवा भन्छन्- छोराले बुहारीको कुरामा लागेर हामीसँग सम्बन्ध तोड्यो

    काठमाडौं । भारतीय क्रिकेटर रवीन्द्र जडेजाका बुवा अनिरुद्ध जडेजाले आफ्नो छोरा र बुहारीबाट तिरस्कार सहनुपरेको गुनासो मिडियामा गरेका छन् । छोराबुहारी लामो समयदेखि आफ्नो सम्पर्कमै नरहेको उनको भनाइ छ ।

    रवीन्द्र जडेजाकी पत्नी रिभावाको एउटा तस्विर सार्वजनिक भएको थियो, जसलाई लिएर उनी गर्भवती भएको हुनसक्ने अड्कल गरियो । यसको आधिकारिक पुष्टि गर्न केही मिडिया पर्सनले रवीन्द्रका बुवा अनिरुद्धलाई फोन सम्पर्क गरेका थिए । त्यसको जवाफ दिने क्रममा अनिरुद्धले छोरासँग आफ्नो कुनै सम्पर्क नरहेको बताए ।

    उनले भने, ‘तपाईं साँचो कुरा सुन्न चाहनुहुन्छ ? मेरो रवीन्द्र र उसको पत्नीसँग कुनै सम्बन्ध छैन । हामी उनीहरुलाई बोलाउँदैनौं, उनीहरु हामीलाई बोलाउँदैनन् ।’

    रवीन्द्रको विवाहको दुई-तीन महिनापछि नै सम्बन्धमा दरार सुरु भएको अनिरुद्धको भनाइ छ । उनले आफ्नो छोरालाई क्रिकेटर बनाएकोमा ग्लानीसमेत गरेका छन् । यदि स्टार नभएको भए छोरो आज आफूसँगै हुनसक्ने उनको अनुमान छ ।

    ‘म अहिले जमानगरमा एक्लै बस्छु । रवीन्द्र अर्कै बंगलामा श्रीमतीसँग बस्छ । हामी एउटै शहरमा छौं । तर, ऊ कहिल्यै मलाई भेट्न आउँदैन । थाहा छैन, बुहारीले छोरामाथि के जादु गरेकी छन्, ऊ हामीबाट धेरै टाढा भएको छ’, अनिरुद्धले सुनाए ।

    उनी थप्छन्, ‘रवीन्द्र मेरो छोरा हो भन्ने कुराले नै छाती पोल्छ । सायद मैले उसको बिहे नै नगरिदिएको भए हुन्थ्यो, क्रिकेटर नबनाएको भए हुन्थ्यो । हामीले यस्तो भुक्तमान खेप्नुपर्ने थिएन होला ।’

    ‘बिहेको तीन महिनापछि नै बुहारीले मलाई आफ्नो सबै कुरा उनको नाममा नामसारी गर्न भनिन् । उनले हाम्रो परिवारभित्र दरार पैदा गरिन् । उनी परिवारमा बस्नै चाहन्थिनन् र स्वतन्त्र जीवन बाँच्ने उनको इच्छा थियो । अहिले हाम्रो परिवारको कुनै पनि सदस्यसँग उनीहरु सम्पर्कमा छैनन् । हामीबीच सम्बन्ध छैन, केवल घृणा छ ।’

    ‘हामीले पाँच वर्षदेखि नातिनीको मुख हेर्न पाएका छैनौं । रवीन्द्रका ससुरालीले नै सबै व्यवस्थापन गरेका छन् । उनीहरु सबै कुरामा हस्तक्षेप गर्छन् । रवीन्द्रलाई उनीहरु बैंक जसरी उपयोग गरिरहेका छन् ।’

    अनिरुद्धको अन्तर्वार्ता भाइरल भएपछि रवीन्द्र जडेजामाथि गालीगलौजको वर्षा भयो । त्यसपछि उनले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएका छन् । उनले बुवाको आरोप तथ्यहीन र प्रायोजित भएको दाबी गरेका छन् ।

    ‘यो मेरी पत्नीको इमेज बिगार्ने षड्यन्त्र हो, कुनै पनि कुरा सत्य छैनन्’, रवीन्द्रले लेखेका छन् । भित्री कुराहरु अरु नै भएको र आफूले बाहिर ल्याउन नचाहेको उनको भनाइ छ ।

    यसैबीच हालै एक कार्यक्रममा उपस्थित भएकी रिभावालाई पत्रकारहरुले उनीमाथि लागेको आरोपबारे सोधेका थिए । रिभावाले जवाफ दिन इन्कार गरिन् ।

    ‘यो कार्यक्रम जेसँग सम्बन्धित छ, त्योमात्रै सोध्नुस् । व्यक्तिगत कुराहरु अरु बेला सोध्न सक्नुहुन्छ’, उनले भनिन् ।

    रवीन्द्रकी पत्नी रिभावा राजनीतिकर्मी हुन् । उनी भाजपाबाट गुजरात विधानसभाको सदस्य छिन् । रवीन्द्रका बुवा अनिरुद्ध भने प्राइभेट कम्पनीमा वाचम्यानको काम गर्छन् ।

  • युवराज सफललाई ‘सिध्याइदिने’ धम्कीको अडियो सार्वजनिक, चर्चाका लागि आफैंले बनाएको आरोप

    युवराज सफललाई ‘सिध्याइदिने’ धम्कीको अडियो सार्वजनिक, चर्चाका लागि आफैंले बनाएको आरोप

    काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्ध निरन्तर लागिपरेका ‘अभियन्ता’ युवराज सफललाई ज्यान मार्ने धम्की आएको भन्दै एउटा अडियो सार्वजनिक गरिएको छ । सामाजिक सञ्जालमा हालिएको अडियोमा सफलले एक ‘अपरिचित’ व्यक्तिसित कुरा गरेको सुनिन्छ ।

    अडियो संवाद यस्तो छः

    धम्क्याउने : कि मुद्दा फिर्ता लेउ, कि दुई-चार दिनमा सुट गर्दिन्छु ।’

    सफल : कसले ?

    धम्क्याउने : मैले

    सफल : को हो तिमी अनि रु

    धम्क्याउने : हँ ?

    सफल : को हो रे तिमी अनि ?

    धम्क्याउने : त्यतिबेला थाहा पाउँछौ म को हो भन्ने !

    सफल : के गर्छौं अरे तिमीले साँच्ची ?

    धम्क्याउने : तँलाई म सिध्याइदिन्छु । कन्फर्म ।

    सफल : कसरी सिध्याउँछस् ए भाइ ?

    धम्क्याउने : चार दिनभित्र । पख । भुसडी !

    दुवैले आरामसँग कुरा गरेको सुन्दा संवाद बनावटी हो कि जस्तो पनि लाग्छ । तर, नेपाल प्रेससँग सफलले साँच्चिकै धम्की आएको दाबी गरे ।

    उनले भने, ‘हिजो राति एनटीसीकै नम्बरबाट फोन आएको थियो । मार्ने धम्की दियो । मैले पनि खोजतलास गरेर उसको ह्वाट्सएप पत्ता लगाएँ । अनि प्रहरीलाई पठाइदिएँ । भोलिपल्ट बिहान उसले फेरि फोन गर्‍याे र माफी माग्यो । आफूबाट गल्ती भएको स्वीकार गर्‍याे । ल त भनेर मैले पनि माफी दिएँ । प्रहरीलाई पनि होस् कारबाही नगर्नु भनेको छु ।’

    ती व्यक्ति सरकारी कर्मचारी भएको आफूले पत्ता लगाएको पनि उनले बताए । कुन विषयमा धम्की दिएको भन्ने प्रश्नमा सफलले भने, ‘त्यही रवि लामिछानेविरुद्धको उजुरी फिर्ता लिनुपर्छ भनेर हो नि !’

    यो अडियो सुनेर धेरैले विश्वास भने गरेका छैनन् । चर्चामा आउनका लागि युवराज सफल आफैंले यो अडियो बनाएको हुन सक्ने उनीहरुको आशंका छ ।

  • अन्तरिक्षमा हराएको टमाटर आठ महिनापछि भेटियो

    अन्तरिक्षमा हराएको टमाटर आठ महिनापछि भेटियो

    काठमाडौं । आठ महिना अगाडि अन्तरिक्ष स्टेसनबाट हराएको टमाटर फेला परेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनले दिएको जानकारी अनुसार स्पेस स्टेसनमै फलाइएको उक्त टमाटर भेटिएको हो ।

    अन्तरिक्ष प्रकाशको सहायताले उत्पादन गरिएको रेड रोबिन टमाटर भेटिएको छ । टमाटर साढे दुई सेन्टिमिटर चौडाईको भएको रुसी सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

    गत मार्च २९ मा अन्तरिक्षमा फलाइएको टमाटर अन्तरिक्ष यात्रुहरुले खाएका थिए । तर, अमेरिकी अन्तरिक्ष यात्रु फ्राङ्क रुबिओले पाएको एक टमाटर भने उडेर हराएको थियो । सोहि टमाटर आठ महिनापछि आएर फेला परेको छ ।

    यद्यपि, टमाटर फेला परेपनि फ्राङ्क रुबिओ भने पृथ्वीमा फर्किसकेकाले उनले आफ्नो भागको हराएको टमाटर खान भने नपाउने भएका छन् ।

  • पति-पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली मोडियो

    पति-पत्नीको झगडाले बैङ्कक जाँदै गरेको विमान दिल्ली मोडियो

    काठमाडौं ।  यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ मोडिएको छ ।

    ‘विशेषरूपमा पति–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो’, स्रोतले बताएको छ । दिल्ली विमानस्थलको उड्डयन सुरक्षाले भनेको छ, ‘पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई मोड्नु पर्‍यो ।’

    विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो तर अज्ञात कारणले त्यो अनुरोध पूरा गरिएन । त्यसपछि विमान सुरक्षितरूपमा दिल्ली विमानस्थलमा अवतरण भयो । विमानबाट अनियन्त्रित पुरुषलाई उतारेर विमानस्थलको सुरक्षा निकायलाई बुझाइएको छ । लुफ्थान्सा एयरले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

  • तेलुगु नायिकाको घोषणा: भारतले विश्वकप जिते समुद्री तटमा निर्वस्त्र दौडिनेछु

    तेलुगु नायिकाको घोषणा: भारतले विश्वकप जिते समुद्री तटमा निर्वस्त्र दौडिनेछु

    काठमाडौं । भारतमा जारी विश्वकप क्रिकेट उत्कर्षमा छ । आइतबार विश्वकपको उपाधिका लागि घरेलु टीम भारत र अष्ट्रेलिया भिड्दैछन् ।

    भारतीयहरु अवश्य पनि घरेलु मैदानमा आफ्नो देशले विश्वकप उचालेको हेर्न आतुर छन् । यो आतुरता उनीहरुले आआफ्नै तरिकाले पोखिरहेका छन् । अहिले सामाजिक सञ्जालमा चाहिँ तेलुगु नायिका रेखा बोजको एउटा घोषणा चर्चामा छ ।

    रेखाले इन्टाग्राममार्फत एउटा ठूलो घोषणा गरेकी छन् । उनले लेखेकी छन्, ‘यदि भारतले विश्वकप जित्यो भने म भिसाखापट्नम ‘वीच’ मा निर्वस्त्र भएर दौडिनेछु ।’

    उनको यो ट्विटमा प्रतिक्रियाको बाढी लागेको छ । अधिकांशले भने रेखाको आलोचना गरेका छन् । भाइरल हुन उनले यस्तो स्टन्ट गर्न खोजेको आरोप धेरैको छ ।

    सन् २०११ को विश्वकपमा पनि चर्चित मोडल पुनम पाण्डेले यस्तै घोषणा गरेकी थिइन् । घरेलु मैदानमा हुने विश्वकप भारतले जितेमा आफू नांगो भएर टीमका खेलाडीहरुलाई भेट्न जाने उनको उद्घोष थियो । भारतले विश्वकप जित्यो पनि । तर, पुनमले आफ्नो वाचा पूरा गर्न सकिनन् । समाचारहरुमा आएअनुसार उनी नांगै खेलाडीहरुलाई भेट्ने तयारीमा पनि थिइन् । तर, क्रिकेट बोर्डले त्यसका लागि अनुमति नदिएपछि उनी निराश भइन् ।

    अहिले रेखाले पनि आफ्नो वाचा पूरा गर्न सक्लिन् त भन्ने प्रश्न उठेको छ । कतिले चाहिँ उनले फन्डामात्रै गर्न खोजेकोले नांगिने सम्भावना नरहेको बताइरहेका छन् । उनले आफ्नो बोली पूरा गर्छिन् कि गर्दिनन् भन्ने चाहिँ आइतबारको फाइनलपछि मात्रै थाहा हुनेछ ।

    पश्चिमी देशहरुमा कुनै ठूलो जीतको उत्सव मनाउँदा युवतीहरु नांगै दौडिने प्रचलन रहेको छ, जसलाई ‘स्ट्रिक’ भन्ने गरिन्छ । भारतमा भने यो निकै चुनौतीपूर्ण कार्य हो ।

    रेखा बोज तेलुगु फिल्ममा आफ्नो बोल्डनेसका लागि चर्चित छिन् । उनले मंगलयम, कलाय तस्मै नमः जस्ता फिल्महरुमा अभिनय गरेकी छन् । उनी सामाजिक सञ्जालमा आफ्ना हट फोटोहरु शेयर गर्ने गर्छिन् ।

  • तारा बरालसँग विवाहको लिखित सहमति गरेर पूर्वएआइजी चन्दले कुरा फेरे, सामाजिक सञ्जालमै आरोप-प्रत्यारोप

    तारा बरालसँग विवाहको लिखित सहमति गरेर पूर्वएआइजी चन्दले कुरा फेरे, सामाजिक सञ्जालमै आरोप-प्रत्यारोप

    काठमाडौं । केही दिनअघि पूर्व एआइजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच विवाह गर्ने सहमति भएको एउटा कागज सामाजिक सञ्जालमा भाइरल भयो । कागजमा उनीहरु दुवैले हस्ताक्षरसहित ल्याप्चेसमेत ठोकेका छन् ।

    पूर्व एआइजी चन्दका नजिकका साथी सञ्जय बर्माले उक्त सहमतिको कागज सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । त्यसका आधारमा मिडियाहरुमा चन्द र बरालबीच विवाह भएको समाचार छ्याप्छ्याप्ति भयो । तर, अहिले यो विषयमा उनीहरु दुवैबीच आपसमै आरोप प्रत्यारोप सुरु भएको छ ।

    सहमतिपत्र सार्वजनिक भएको २४ घण्टा नबित्दै पूर्वएआइजी चन्दले फेसबुकमा स्टाटस लेखेर खण्डन गरेको थिए ।

    उनले लेखेका छन्, ‘लामो यात्रापछि फेसबुकमा हेर्ने मौका पाएँ । मैले पनि तारा बराललाई सामाजिक अभियन्ताको रुपमा मात्र चिनेको हुँ । तर मेरो विवाह भएको भनेर मेरो नाम बेच्ने काम भएकोमा दुःख लागेको छ । मेरो कुनै कसैसँग विवाह भएको छैन । यसरी मेरो बदनाम नगरियोस् । सबैको जानकारीका लागि मैले यो पोस्ट गरेको हो ।’

    त्यसयता चन्दले धाराप्रवाह स्टाटस लेखिरहेका छन् । ती स्टाटसहरुमा उनले घुमाउरो तवरबाट तारालाई आरोपित गर्न खोजेको देखिन्छ । यद्यपि, तारासँग सहमति पत्रमा हस्ताक्षर गरेको कुरालाई भने उनले अस्वीकार गर्न सकेका छैनन् ।

    उनको दोस्रो स्टाटस–

    यस्तो गलत प्रचार नगरौं । राम्रो हुँदैन । मेरो घर परिवारलाई पनि गलत नभएको कुरा नलेखि दिनु होला । विवाह भन्ने कुरा त्यो पनि म अवकाशप्राप्त एआइजीले लुकाएर गर्ला त ? कि कुनै अरुसँग विवाह गरेर मेरो नाम र फोटो गल्तिलेजोडेको हो भने सच्याउनु होला ।

    तेस्रो स्टाटस–

    विवाह त मेरो होइन कि मेरो छोराहरुको गर्ने बेला छ । त्यो पनि कुमारी केटी । म अरु पछि पोस्ट गर्ने छु ।

    चौंथो स्टाटस–

    सामाजिक सञ्जालमा लेखेर विवाह गर्ने होइन नि ।

    पाँचौं स्टाटस–

    कसले यो मेरो फोटो तारा बरालसँग टाँसेर पोस्ट गरिरानु भएको छ । प्लिज यस्तो नगरिदिनु होला । अहिले विवाह त पालिकामा, दर्ता गरेर सीडीओमा पनि दर्ता गर्ने होला । त्यो यहाँ पोस्ट गरेर होइन, सबैले बुझिदिनु हुने छ ।

    छैटौं स्टाटस–

    मेरो विवाह भएको पनि छैन र गर्ने योजनामा पनि छैन

    आज लेखेको पछिल्लो स्टाटस अलि लामो छ–

    सञ्जय तारा र त्यो लेख्ने वकिलले लेखेर साक्षीमा मेरो नाम राखेको, जब कि मैले त्यो डकुमेन्ट लेखेको पनि होइन । अनि त्यो कुनै लिगल डकुमेन्ट पनि होइन । मिडियाले तारालाई जे पायो लेखेको बारे खन्डन हुने डकुमेन्ट बनाउने भनेको मात्र थियो ।

    तीन जनाको सहमतिले घरमा बनाएको डकुमेन्ट भ्यालिड होइन । मिडियामा त जे कुरा गर्दा नि भो । भ्यालिड डकुमेन्ट सरकारी कार्यालयमा बन्छ । त्यो सबैलाई थाहा भएको कुरा हो । म बाहिर बाट फर्केपछि सही छलफल हुन्छ । अहिले मिडियामा जे पायो त्यही बोल्नु राम्रो होइन । अनि लेख्ने वकिलले डकुमेन्टमा आफ्नो नाम लेख्दैन पनि भनेको थियो ।
    यो स्टाटसमा तारा बरालले कमेन्ट गरेकी छन् ।

    उनको प्रतिक्रिया यस्तो छ–

    अनर्गल बहाना बनाउँदै मलाई फसाउँदै गरेकोमा बच्चाजस्तो फेसबुकबाट नानाथरी आफ्नै बेइजत गर्ने होइन, कानुनी निकायमा आफैँ उपस्थित हुनुस् सर । यदि यो पोस्ट आफैँ गरेको भए,मलाई फेरि मुद्दाकै सल्लाह गर्ने भनेर बोलाएर म बाँच्दिन भन्दै कागज गराएर, वकिलले म कागज लेख्दिनँ भन्दा हजुरले नै मेरो नाममा लेखिमात्रै दिनुस् भनेर म सिकाउँछु भनेर, नयाँ कपडा खोजेर २ जनाको मात्रै फोटो हाल्ने, प्रेसमिट गर्ने, २/३ जनालाई पब्लिकमा बाढी बगाइदिनुछ अहिल्यै भन्नुभा हैन ? मैले प्रेसमिट गर्न नमानेपछि फेसबुकमा त हालेरै छाड्ने भन्नुभयो, हजुरले हालेको पोस्ट बढी ओभर देखिन्छ भनेर मैले डिलिट गर्न लगाएको सबैले देखेको हैन ? मैले फोटो खिच्न नमानेपछि सञ्जय दाइहरु सहित राखेर खिचेको हैन ? मलाई पटकपटक बोलाएर किन ब्ल्याकमेलिङ सर ? हजुरको इज्जत ठूलो भयो या आफैँ सिद्दिदै हुनुहुन्छ बिचार गर्नुस् ।

    अर्को कमेन्टमा उनले लेखेकी छन्–

    हजुरले यी पोष्ट गरेर आफैँ नाङ्गिनुभाछ सर, आफैँ बोलाएर सल्लाह गरेर कागज गर्नुभाछ, अनि हल्ला नगरौँ प्लिज भन्दा प्रेस मिट नगर्ने भए मिडियामा बोल, हल्ला गरेर शत्रुलाई बाढी ल्याइलिने, बढी खेदो गरे यति देखिपछि हार्टआट्याक हुन्छन् पनि भन्नुभाछ । अनि मिडियाले सोधेकोबेला मैले के भन्ने त ?’

    भएको के हो ?

    केही समयदेखि तारा बराल र पूर्वएआईजी चन्दलाई जोडेर केही युट्यूबरहरुले व्यापक रुपमा कन्टेन्टहरु बनाइरहेका थिए । यसैबीचमा एक युटुयूबरले तारा बराललाई पछ्याउँदै सिनामंगलको एउटा रेस्टुरेन्टभित्र सम्म पुगे ।

    त्यहाँ तारा बराल एआईजी चन्दसँग छलफलमा थिइन् । क्यामरा लिएर पछ्याउँदै आएका युट्यूबर मनोज मानवलाई तारा बरालले मुखमा थुक्नुका साथै पिटपाट पारेर लखेटेकी थिइन् । त्यसको एक–दुई दिनमा तारा बरालविरुद्ध बलराम बोगटी नामका व्यक्तिले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका छिन् ।

    तारा बराल र पूर्व एआइजी सम्बन्धमा थिए वा थिएनन् भन्ने उनीहरुलाई नै थाहा हुने कुरा भयो । तर, पूर्वएआइजी चन्दले नै आफूलाई बोलाएर उक्त यस्तो कागज गराएको बरालको भनाइ छ । चन्दका साथी सञ्जय बर्माको घरमा उक्त सहमति भएको थियो । एकजना वकिलले सहमतिको मस्यौदा गरेका थिए भने बर्मा र उनकी पत्नी साक्षी थिए ।

    सहमतिपत्र सार्वजनिक भएपछि तारा बरालले मिडियामा यसको स्वीकारोक्ति गरेकी छन् । तर, चन्दले भने खण्डन गरेका छन् ।

    ताराले आफूलाई बोलाएर विवाहको सहमतिमा हस्ताक्षर गराएका चन्द अहिले आफैं सम्पर्कविहीन बनेको बताइन् । नेपाल प्रेससँगको कुराकानीमा उनले आफूलाई उल्टै ब्ल्याकमेलिङ र किर्तेमा मुद्दा हालेर जेल हाल्न खोजिएको गुनासो गरेकी छन् ।

    चन्दसँगको सम्बन्ध र विवाहको सहमतिबारे ताराको भनाइ यस्तो छः

    त्यो दिन म कीर्तिपुरतिर थिएँ । चन्द सरको कल आयो । उहाँले मलाई भेट्न बोलाउनुभयो । तिम्रो धेरै बदनामी भयो, सल्लाह गर्न आउ भन्नुभयो । मैले तपाईंसँग एक्लै भेट्दिनँ, नचाहिँदो हल्ला हुन्छ भनेँ । त्यसपछि उहाँको साथी सञ्जय बर्माको घरमा भेट्ने सल्लाह भयो ।

    म पठाओ चढेर उहाँले भनेको ठाउँमा गएँ । पठाओको भाडा पनि उहाँले नै तिर्नुभयो । म पुग्दा उहाँ सञ्जय बर्माको घरको तल्तिर एउटा होटलमा हुनुहुन्थ्यो । मैले होटलमा कुरा नगरौं, रमिता हुन्छ भनेपछि सञ्जय सरकै घरमा लैजानुभयो । त्यहाँ गएपछि सरसल्लाह भयो । उहाँले अब यो बदनामी रोक्नका लागि हामी विवाह गर्दैछौं भनेर मिडियामा भन्दिने प्रस्ताव गर्नुभयो । यसरी लिखित सहमतिमा हस्ताक्षर गरेर बाहिर ल्याइदिएपछि सबैको मुखमा बुझो लाग्छ भन्ने कुरा भयो ।

    उहाँले आफैं कागज लेख्न थाल्नुभएको थियो । तर, म कानून नबुझेको भएर अलिकति डर लाग्यो । मैले आफ्नो मुद्दामा सहयोग गर्ने वकिललाई बोलाएँ । वकिलले सुरुमा त मान्नुभएन । यस्तो कागज गर्न मिल्दैन भनेर पछि हट्नुभयो । तर, उहाँले यो तारा बराल र मेरोबीचको कुरा हो, सबै मेरो नामबाट गर्देउ भन्नुभयो । अनि उहाँले सिकाएअनुसार नै वकिलले सबै लेखेको हो । साक्षी सञ्जय बर्मा हुनुहुन्छ ।

    त्यसपछि उहाँले मिडियामा विवाह गर्न लागेको हो भनेर बोलिदेउ भन्नुभयो । सुरुमा त प्रेसमिट नै गरौं भन्दै हुनुहुन्थ्यो । तर, मैले मानिनँ । त्यसपछि फेसबुकबाट सार्वजनिक गर्ने कुरा भयो । उहाँले आफ्नै फेसबुकमा अपलोड गर्न खोज्नुभएको थियो । तर मैले उत्ताउलो देखिन्छ भनेर उहाँको मोबाइल खोसेर डिलिट गरेँ । त्यसपछि सञ्जय सरको फेसबुकबाट हाल्ने सल्लाह भएको हो ।

    त्यो बेलामा उहाँ पूर्ण होस हवासमा हुनुहुन्थ्यो । एकपटक वान्ता चाहिँ गर्नुभएको थियो । कागज गरिसकेपछि उहाँले रक्सी मगाउनु भयो । मलाई जबरजस्ति अंगाले हालेर फोटो खिच्न खोज्नुभयो । यो फोटो पनि बाहिर ल्याउनुपर्छ भन्दै हुनुहुन्थ्यो । त्यो मैले मानिनँ । फोटो खिच्ने भए चारैजना बसेर खिचौं भनेपछि हामी दुईजना, सञ्जय सर र भाउजु बसेर खिचियो । फोटो खिच्नुअघि पनि यो टेन्सनले हेरिनसक्नुभएको छ, यसलाई अलिकति राम्री बनाइदिनु भाउजु भन्दै हुनुहुन्थ्यो । नयाँ लुगा किन्दिन भनेर निस्किन पनि लाग्नुभएको थियो । तर, सञ्जय सरकाले अहिले पर्दैन भनेर घरमै भएको एउटा ज्याकेट लगाउन दिनुभयो ।

    पछि त्यो फोटो पनि सञ्जय सरकै फेसबुकबाट अपलोड गरियो । मलाई ट्याग गरेर उहाँले अपलोड गर्नुभयो । विवाहको भनेर आएका फोटो चाहीँ सत्य होइन, मेरो त दशैंको फोटो हो, उहाँको कहिलेको हो थाहा भएन ।

    त्यही दिनको राति उहाँले ह्वाट्सएपमा कल गर्नुभएको थियो । अब कानूनीरुपमा तिमी मेरी भयौ भन्नुभयो । अब १०८ जना पण्डित राखेर विहे गर्ने, पब्लिकमा अहिलेसम्म नभएको विहे देखाउने भनेर भन्दै हुनुहुन्थ्यो । एकल पुरुष र एकल महिलाले भव्य विहे गरेर जनतालाई नयाँ सन्देश दिनुपर्छ भन्ने उहाँको कुरा थियो । एक घन्टासम्म मलाई कन्भिन्सड गर्नुभएको हो । तर यति मिठो बोल्दाबोल्दै एक्कासी फोन काटियो । मैले कलब्याक गर्न खोज्दा मोबाइल अफ थियो ।

    त्यहाँदेखि अहिलेसम्म उहाँको मोबाइल अफ नै छ । सञ्जय बर्मा सरलाई सोध्दा उहाँले आफूसँग पनि सम्पर्कमा नरहेको बताउनुभएको छ । उहाँ एकल पुरुष हो । दुईजना छोराहरु छन्, बानेश्वरमा भाडाको कोठामा बस्नुहुन्छ भन्ने सुनेको थिएँ । उहाँले विहेपछि नयाँ फ्ल्याटमा बस्नुपर्छ, खोज्दै गर पनि भन्नुभएको थियो । सञ्जय सरले तारा दिदीका छोराछोरीहरु छन्, उनीहरुको के हुन्छ भन्दा चन्द सरले उनीहरुको केही पनि चिन्ता लिनुपर्दैन भन्नुभयो । एक दर्जन भए पनि म हेर्छु वेवारिसे हुन दिन्न भन्नुभएको थियो ।

    अहिले उहाँको फेसबुकबाट नानाथरि कुराहरु आइरहेका छन् । मैले केही बुझ्न सकेको छैन । उहाँले नै लेख्नुभएको हो कि उहाँको मोबाइल अरु कसैको कब्जामा छ भन्ने पनि थाहा छैन । मेरो सर्वत्र बदनाम भइरहेको छ । उल्टै मैले ब्ल्याकमेलिङ गरेको भनेर आरोप लगाइएको छ । पक्राउ गर्ने तयारी हुँदैछ रे । त्यत्रो पावरफुल व्यक्तिलाई म ब्ल्याकमेलिङ गर्न कसरी सक्छु ?

    (यस विषयमा कुराकानी गर्न नेपाल प्रेसले पूर्वएआइजी चन्दलाई सम्पर्क गर्दा उनको फोन अफ थियो ।)

     

  • क्यामरा बोकेर पिछा गर्ने युट्युबरलाई तारा बरालले थुक्दै पिटिन्, पूर्वएआईजी चन्द साक्षी

    क्यामरा बोकेर पिछा गर्ने युट्युबरलाई तारा बरालले थुक्दै पिटिन्, पूर्वएआईजी चन्द साक्षी

    काठमाडौं । अभियन्ता तारा बरालले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै एक युट्युबरमाथि हातपात गरेकी छन् । ती युट्युबर क्यामरासहित उनलाई पछ्याउँदै एउटा रेस्टुरेन्टको कोठाभित्र पसेका थिए ।

    सिनामंगलस्थित कटिया हाउसकाे एउटा कोठाभित्र तारा बराल पूर्वएआईजी रणबहादुर चन्दसँग छलफल गरिरहेकी थिइन् । कोठाको ढोका बन्द थिएन । यत्तिकैमा मनोज मानव नामक युट्युबर क्यामरासहित कोठाभित्र घुसेर भिडियो खिच्न थाले ।

    उनीहरु कोठाभित्र पसेपछि तारा आक्रामक बन्दै मनोजमाथि जाइलागेकी थिइन् । मद्यपान गरे जस्तो लाग्ने रणबहादुरले पनि उनलाई साथ दिएका थिए ।

    एउटा हातले मोबाइलबाट भिडिओ खिच्दै ताराले मनोजलाई झ्याम झ्याम पिटेकी थिइन् । अनुहारमै पटक पटक थुकिन् पनि । लात्तीले पनि हानिन् । मनोज मानव भने निरीह देखिए । रणबहादुरले ‘मुक्का हानौं ?’ भन्दै धम्की दिए पनि उनले पिटेको भने भिडिओमा देखिएको छैन ।

    घटनापछि ताराले फेसबुक लाइभमा बोल्दै आफूलाई मनोज मानवले आफ्नो चरित्रहत्या गर्न खोजेको बताएकी छन् ।

    ‘एउटा मुद्दाको विषयमा छलफल गर्न एआईजीसा’बले भेट्न बोलाएपछि गएकी थिएँ । उनीहरुले मलाई फसाउन सबै सेटिङ मिलाएका रहेछन् । ८ जना युट्युबर एक्कासि क्यामरा लिएर आए र धमाधम भिडिओ खिच्न थाले । मैले मनोज मानवलाई पिटें’, उनले भनेकी छन् ।

    मनोज मानवले आफ्नो युट्युब च्यानलमा तारा बराल र रणबहादुर चन्दको नाम जोडेर समाचार प्रशारण गरेका थिए । ज्ञानेन्द्र शाहीलाई मुद्दामा फसाउन गरेको प्रस्ताव आफूले अस्वीकार गरेको तथा अर्की एक महिलाको मुद्दामा पनि साथ नदिएपछि आफ्नो चरित्रहत्या गर्न खोजिएको ताराको भनाइ छ ।

    ताराले गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आफूलाई मुद्दामा फसाउन कार्यकर्ता परिचालन गरेको आरोप लगाएकी छन् ।

    ‘सीता दाहालको निधनपछि मैले बोलेका कुराहरुलाई लिएर मलाई मुद्दा हालेर जेलमा सडाउने षडयन्त्र भइरहेको छ । गृहमन्त्रीकै निर्देशनमा माओवादीका मान्छेले मलाई मुद्दा हालेका छन्’, उनले भनेकी छन् ।

    मनोज मानवले भने तारा बराल र रणबहादुर चन्दको समाचार आफूले हालेपछि ताराले धम्क्याइरहेको बताएका छन् ।

    ‘मलाई धेरै किसिमको आरोपप्रत्यारोप भएपछि मैले पनि प्रमाण जुटाउन भिडिओ खिचेको हुँ । आज बिहान तारा बराल र रणबहादुर चन्द एउटा होटलको कोठामा फेला पर्नुभो । उहाँहरुलाई हेर्दा प्रेमीप्रेमिका जस्तो व्यवहार देखिन्थ्यो । एक-अर्काको हातमा चुप्पा खाइरहनुभएको थियो’, उनले अन्य युट्युबरलाई अन्तर्वार्ता दिँदै भनेका छन् ।

    तर, मनोजले भनेको जस्तो दृश्य भिडिओमा देखिँदैन । रणबहादुर र तारा दुई वटा कुर्सीमा बसेर कुराकानी गरेकोमात्र देखिएको छ ।

    ताराले आफूलाई कुटेको र थुकेको मनोजले गुनासो गरेका छन् । थुक अनुहारमा भने नपरेको उनको दाबी छ । तर, भिडिओमा उनको अनुहारमै तीनपटक ताराले थुकेको स्पष्ट देखिन्छ ।

  • कर्मचारीले पिसाब गरेको भिडियो सार्वजनिक भएपछि बियर कम्पनीद्वारा अनुसन्धान सुरु

    कर्मचारीले पिसाब गरेको भिडियो सार्वजनिक भएपछि बियर कम्पनीद्वारा अनुसन्धान सुरु

    यसै साता कारखानाका एक कर्मचारीले कच्चा सामग्रीमा पिसाब गर्दै गरेको भिडियो भाइरल भएपछि चीनको सबैभन्दा ठूलो बियर निर्मातामध्येको एक कम्पनीले उक्त घटनाको अनुसन्धान सुरु भएको जनाएको छ ।
    अनलाइनमा प्रकाशित भएको भिडियो क्लिपमा कथितरूपमा सिङ्ताओ ब्रुअरी कम्पनीको गोदाममा एक पुरुष कर्मचारीलाई अग्लो पर्खाल भएको कन्टेनरमा चढेर कच्चा सामग्रीमा पिसाब गरिररहेको देखाइएको छ ।
    उक्त फुटेज चिनियाँ सामाजिक सञ्जालमा व्यापकरूपमा प्रसार गरिएको छ । यसलाई लोकप्रिय प्लेटफर्म विबोमा लाखौँपटक हेरिएको छ ।
    सिङ्ताओले उक्त घटनालाई लिएर प्रहरीसँग सम्पर्क गरेको र अनुसन्धान जारी रहेको बताएको छ । ‘हाम्रो कम्पनीले बिहीबार सिङ्ताओ ब्रुअरी नम्बर ३ बाट बाहिरिएको प्रासङ्गिक भिडियोलाई धेरै नै महत्व दिएको छ’, बियर निर्माता कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘हामीले चाँडै नै प्रहरीलाई घटनाबारे जानकारी गरायौँ र सार्वजनिक सुरक्षा अङ्गहरू अनुसन्धानमा संलग्न भएका छन्, हाल विचाराधीन माल्टको ब्याचलाई पूरै सील गरिएको छ, कम्पनी आफ्नो व्यवस्थापन प्रक्रियालाई सुदृढ बनाउन र उत्पादनको गुणस्तर सुनिश्चित गर्न निरन्तर अग्रसर छ ।’
    केही सामाजिक मिडिया प्रयोगकर्ताहरूले उक्त भिडियोप्रति आक्रोश व्यक्त गर्दै प्रतिक्रिया दिएका छन् र चीनको सबैभन्दा प्रख्यात पेय ब्रान्डमध्येको एक उक्त कम्पनीको समर्थनमा टिप्पणी गरेका छन् ।
    ‘उक्त व्यक्तिलाई अदालतमा लगेर कम्पनीलाई नोक्सानका लागि क्षतिपूर्ति दिनुपर्छ भन्ने मेरो सुझाव छ’, कम्पनीको प्रतिक्रियामा विबोमा एक जनाले लेखेका छन् । अर्काले लेखेका छन्, ‘यसको गहिरोसँग अनुसन्धान होस्, सधैँ हाम्रो राष्ट्रिय च्याम्पियन ब्रान्डहरूका लागि अगाडि आउनुहोस् ।’
  • लगातार २६ मुद्दा जिताएका वकिल नक्कली परेपछि…

    लगातार २६ मुद्दा जिताएका वकिल नक्कली परेपछि…

    काठमाडौं । उनी विद्यार्थी हुन् । उनले वकिल भएर २६ मुद्दा लडेँ । सबै मुद्दा जिते । अहिले आएर उनी नक्कली वकिल भएको फेला पर्यो । नक्कली वकिल मात्रै होइन, उनले त कानुन पढ्न कहिल्यै पनि शिक्षालय नटेकेको पनि फेला पर्यो । यो घटना हो केन्याको ।

    र त्यी विद्यार्थी हुन् ब्रिएन वेण्डा । उनले केन्याको उच्च अदालतमा लडेका सबै २६ मुद्दा लगातार जित्दासम्म कसैले सुइँको पाइएनन् कि उनी नक्कली हुन् । जब केन्याको कानुन समाजमा उनले लग इन इमेल गलत हाले तब उनमा शंका भएको थियो ।

    शंका भएको पनि गत शुक्रबार मात्रै हो । उनी नक्कली भएको समाचार सबैभन्दा पहिलो फ्याक्ट्स इस्ट अफ्रिकाले प्रकाशन गरेको थियो । अहिले यो समाचार विश्वभर चर्चामा आएको छ ।

    उनी नक्कली भएको औपचारिक पुष्टि भएपनि उनले पनि प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘कानुन स्कुलमा पाइलै नटेकेर २६ मुद्दा जित्नु म प्रतिभाशाली हुनु हो । केन्यामा धेरै व्यवसायिक वकिलहरु छन् जसले एकै मुद्दा जितेका छैनन् ।’ उनले अगाडि थपेका छन्, ‘अदालतले मेरो कानुनी ज्ञान जाँच गरेर बारमा भर्ना गर्नुपर्छ ।’

  • अमेरिकी राष्ट्रपतिको कुकुरले मान्छे टोकेपछि…

    अमेरिकी राष्ट्रपतिको कुकुरले मान्छे टोकेपछि…

    न्यूयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ ह्वाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ ।

    राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई टोकेको यो ११ औं घटना हो । घाइते ती सुरक्षाकर्मीको अस्पतालमा उपचार भइरहेको छ ।

    कमाण्डर वाइडेन परिवारका दुई जर्मन शेफर्डमध्ये कान्छो हो । यसअघि उसले डेलावेयरस्थित राष्ट्रपतिको निवासमा पनि एक जना कर्मचारीलाई उनको हात र तिघ्रामा टोकेपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

    सिक्रेट सर्भिसका प्रवक्ता एन्थोनी गुग्लिएल्मीका अनुसार सोमबार साँझ बर्दिलगाएका गुप्तचर सेवाका एक जना कर्मचारीलाई कमाण्डरले टोकेको हो ।

    गत जुलाईमा ह्वाइट हाउसका अधिकारीहरूले कर्मचारीहरूमाथि निरन्तर हमला हुन थालेपछि कमाण्डरलाई नियन्त्रण गर्ने तालिम र प्रविधिको खोजिभइरहेको बताएका थिए ।

    यसैबीच, कुकुरको टोकाइबाट पीडित ती अधिकारीले सिक्रेट सर्भिस डिभिजन प्रमुख अल्फोन्सो एम डायसनलाई आफ्नो स्वास्थ्यस्थिति प्रतिकूल नरहेको जानकारी दिएका छन् ।

  • पोर्क खाएको भिडिओ टिकटकमा हाल्ने हिन्दू महिलालाई इन्डोनेसियामा दुई वर्ष जेल र २१ लाख जरिवाना

    पोर्क खाएको भिडिओ टिकटकमा हाल्ने हिन्दू महिलालाई इन्डोनेसियामा दुई वर्ष जेल र २१ लाख जरिवाना

    काठमाडौं । इन्डोनेसियाकी टिकटकर लिना लुत्फियावाटिसलाई सुँगुरको मासु खाएको भिडिओ बनाएर टिकटकमा पोस्ट गरेको अभियोगमा कडा सजाय सुनाइएको छ । उनलाई गत साता इन्डोनेसियाको मुस्लिम संस्था ‘उलेमा काउन्सिल’ ले दुई वर्ष जेलका साथै १६,२६९ डलर (करिब साढे २१ लाख रूपैयाँ) जरिवाना तोकेको हो ।

    लिनाले विभिन्न मासुजन्य व्यञ्जनहरूको भिडिओ बनाएर टिकटकमा पोस्ट गर्ने गरेकी थिइन् । यसले नै उनलाई ख्याति दिलाएको थियो । उनले अहिलेसम्म माछा, गँगटा, शंखेकिरा, झिँगेमाछा तथा विभिन्न जनावरका मासुजन्य परिकारको भिडिओ बनाएर हालिसकेकी छन् । तर, सुँगुरको मासु खाएको भिडिओ भने उनका निम्ति महंगो पर्‍यो ।

    इन्डोनेसिया मुस्लिम बाहुल्य मुलुक हो । यहाँको २५ करोड ५० लाख जनसंख्यामा झण्डै ९० प्रतिशत हिस्सा मुस्लिमहरूले ओगटेका छन् । विश्वको सबैभन्दा ठूलो मुस्लिम जनसंख्या भएको मुलुक इन्डोनेसिया नै हो । यहाँ सुँगुर खानमात्र होइन, छुनसमेत बर्जित छ । लिना भने हिन्दू धर्मावलम्वी हुन् । उनले खान सुरू गर्नुभन्दा अगाडि ‘बिस्मिल्लाह’ भनेकी थिइन् ।

    टिकटकमा लाखौं फलोअर्स भएकी लिनाले पोस्ट गरेको भिडिओले इन्डोनेसियामा हंगामा नै मच्चिएको थियो । धर्मनिरपेक्ष प्रजातान्त्रिक मुलुक भए पनि इन्डोनेसियामा ईश्वर निन्दासम्वन्धी कडा कानून छ । त्यसै अन्तरगत उनीमाथि मुद्दा लगाइएको हो । सन् २०१७ मा चुनावी अभियानका क्रममा कुरानको अपमान गरेको आरोपमा यही कानून अन्तरगत जाकार्ताका तत्कालीन गभर्नर बासुकी त्जाहाजा पुर्नामालाई दुई वर्षको जेल सजाय सुनाइएको थियो । त्यतिमात्र होइन, आफ्नो घरनजिकको मस्जिदमा लाउडस्पिकर बजाइएको भनेर गुनासो गरेकी एक बुद्धिष्ट महिलालाई यही कानूनमा टेकेर १८ महिना जेल राखिएको थियो ।

    लिनाले आफ्नो गल्ती स्वीकार्दै कयौंपटक माफीसमेत मागेकी थिइन् ।

    उनले पत्रकारहरुसँग भनिन्, ‘मैले गलत गरिरहेको छु भन्ने थाहा थियो, तर दुई वर्षको जेल सजाय अपेक्षा गरेको थिइनँ ।’

    लिना जाकार्तामा बस्छिन् भने उनको व्यवसायीक कारोबार भारतमा पनि छ । उनी टिकटकमा लिना मुखर्जीको नाममा भिडिओ पोस्ट गर्ने गर्छिन् । पोर्क खाएको भिडिओ भने उनले आफ्नो अफिसियल अकाउन्टबाट नभइ वैकल्पिक अकाउन्टबाट पोस्ट गरेकी थिइन् । भिडिओमा उनले यसअघि दुईपटक सुँगुरको मासु खाएको बताएकी छिन् ।

    पहिलो बाइट लिएपछि उनी भन्छिन्, ‘टिकटकमा भनिएजस्तो स्वादिष्ट रहेनछ । मलाई खासै स्पेसल लागेन ।’

  • पाकिस्तानी महिलाले छैटौँ तलाबाट नवजात शिशु फ्याँकेपछि…

    पाकिस्तानी महिलाले छैटौँ तलाबाट नवजात शिशु फ्याँकेपछि…

    इस्लामाबाद ।  एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन् ।
    कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको प्रहरीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ । यो घटना शनिबार अपराह्नको हो । कराँची प्रहरीले तत्काल अनुसन्धान थालेको छ ।
    प्रहरीले परिचय सार्वजनिक एक जना महिलालाई आफ्नो नवजात शिशुलाई कराँचीको लियाकताबाद क्षेत्रस्थित भवनको छैठौँ तल्लाबाट फ्याँकेको आरोपमा पक्राउ गरेको एआरवाई समाचारमा उल्लेख छ ।
    प्रहरीले पक्राउ परेकी ती महिलासँग सोधपुछ गरिरहेको तथा उनको मानसिकस्थिति शङ्कास्पद रहेको जनाइएको छ । छिमेकीले ती महिला लागूऔषधको दुव्र्यसनमा फसेकी बताएका छन् । प्रहरीले मनोचिकित्सकबाट उनको स्वास्थ्य परीक्षण गरिने एक विज्ञप्ति निकालेर बताएको छ ।
  • ऋषि धमलाको बचाउमा सासू, आक्रोशित हुँदै शर्मिला वाइबालाई के-के भनिन् ?

    ऋषि धमलाको बचाउमा सासू, आक्रोशित हुँदै शर्मिला वाइबालाई के-के भनिन् ?

    काठमाडौं । पत्रकार ऋषि धमलाको बचाउमा उनकी सासूआमा गीता गौतम उत्रिएकी छन् । उनले टिकटक लाइभमा आएर धमलासँग आफ्नो नाम जोडेकी शर्मिला वाइबाविरुद्ध फायर खोलिन् ।

    लामो समयदेखि शर्मिलाले सामाजिक सञ्जालमार्फत धमला र उनकी पत्नी एलिजा गौतमको पारिवारिक जीवनमा असर गर्नेगरी विभिन्न आरोपहरु लगाउँदै आएकी थिइन् । यस विषयमा ऋषि र एलिजाले सार्वजनिक रुपमा कुनै पनि प्रतिक्रिया दिएका छैनन् । तर, शर्मिलाको एकतर्फी हमला जारी रहेपछि आमाले छोरी-ज्वाइँको तर्फबाट कडा जवाफ फर्काएकी हुन् ।

    गीताले आफ्ना छोरी-ज्वाइँको घर बिगार्ने चेष्टा नगर्न चेतावनी दिएकी छन् । ऋषिसँग सम्बन्धमा रहेको पुष्टि गर्न शर्मिलालाई उनको चुनौती छ ।

    गीताका अनुसार उनलाई समेत शर्मिलाले फोन र म्यासेज गरेर दुःख दिने गर्छिन् ।

    ‘मलाई राति १ बजे ‘कल मी’ भन्दै म्यासेज आएको छ, मैले किन त्यसलाई फोन गर्ने ?’, उनले भनिन् ।

    गीताको आक्रोशित अभिव्यक्तिका सम्पादित अंश (गालीगलौजका शब्दहरु केही हटाइएको र केही परिमार्जन गरिएको छ (जस्तै पोइ-लोग्ने):

    सहनुको पनि एउटा सीमा हुन्छ । मान्छेले सकुञ्जेल मात्र खप्छ । सीमा बाहिर गएपछि ढुंगा पनि फुट्छ । खोलामा बाढी उर्लिन्छ । रुख पनि भाँचिन्छ । मैले यो अर्काका लोग्ने ढुक्नेलाई भनेको हो ।

    सधैं अर्काको लोग्ने ढुकेर खाने उपियाँ, उडुसहरुले अब यस्तो गर्न छाडून् । आकाशे खेतीको भरमा कति चल्छ ? दुई–तीन दिन अर्काको लोग्ने नभेट्दा ७० डिग्रीका घामले तातेको बालुवाबाट निस्केका माछा जसरी प्याक-प्याक हुँदै धतुंगाएर दुनियाँभरि बोल्दै हिँड्ने ?

    मन पराएको रे ! मन पराएको थियो भने झ्याइँझ्याइँ बाजा बजाएर भित्र्याउँथ्यो । बाटोमा भेटेको मादल त जसले पनि ट्राइ गर्छ । मनकामनामा झुण्ड्याएको मादल मलाई मन परो भने म पनि एक दुई–चोटि बजाउँछु, हिँड्छु । बोल्नेले मेरो थोपडा कस्तो छ, मेरो हैसियत के हो, म त्योसँग मिल्छु कि मिल्दैन, उसको परिवार कस्तो हो र म कस्ती छु भनेर बट्टे ऐना हेरेर बोल्नुपर्छ ।

    संसारमा मान्छेको जन्म लिएर आइसकेपछि ढुकेरै मात्र खाने ? अर्काकै लोग्नेको मात्र आशा गर्ने ? संसारमा अरु लोग्नेमान्छे जन्मेका छैनन् ? छन् त ! आइमाईलाई श्रीमान नपुग्ने होइन । एउटा लोग्नेमान्छेलाई दुई वटी ल्याउँदा पनि पुग्छ रे ! लोग्ने त पाइन्छ जति पनि । आफूअनुसारको खोज्नुपर्छ । आफू कुन तहको छु र कतिसम्म हैसियतको छु, त्योअनुसार खोज्नुपर्छ । अर्काको पोइलाई आँखा लगाउने, पार्लरमा जाँदा पैसा त्यसैले तिर्नुपर्ने, स्कुटी-गाडी उसैले किन्दिनुपर्ने, बस्ने घर पनि उसैले बनाइदिनुपर्ने ? यस्ताले पनि पृथ्वीमा बाँच्ने हो ? लाजसरम हुँदैन ?

    सधैं सामाजिक सञ्जालमा फ्याउफ्याउ गरेर अर्काको राम्रो चलिरहेको जीवन उथलपुथल गर्न खोज्ने ? अर्काका लोग्ने-स्वास्नीमाथि आइलाग्ने ? कानूनअनुसार आइज न त लु ! तँलाई बिहे गरेर ल्याको रहेछ कि उसलाई बिहे गरेर ल्याएको ? कति कारणले मेरो लोग्ने भन्न सकिस् ? मेरी छोरीलाई १२ फेरा जग्गे घुमाएर डोलीमा हाल्देको हुँ ।

    म मन्दिर गएकी मान्छेलाई बाठी भएर ५० चोटी फोन गरेर, अझ मेरो मोबाइलमा ‘कल मी’ रे ! किन मैले फोन गर्ने ? न आमापट्टिकी न बाउपट्टिकी ? तँ जस्तासँग मेरो काम के हुन्छ हँ ? मैले फोन गर्छु जस्तो लागेको ? १ बजे राति खाने-नखाने कुरा खाँदै यस्तो उस्तो भनेर म्यासेज लेख्ने अधिकार कसले दियो ?

    यही भिडिओमार्फत सुन । एलिजा गौतमले कसैको केही हानि-नोक्सानी गरेको भए ठीक छ, कानूनअनुसार आइज । होइन भने उसको लोग्नेलाई पटक-पटक मेरो पोइ भन्दै मिडियामा आएर बोल्दै गर्दा पनि उसले सहेर बसी । म त जन्म दिने आमा हुँ । म अब खप्न सक्दिनँ । मेरी एउटी छोरीलाई पीडा दिने ? तेरो के खाइदिएकी छे एलिजाले ? लाजसरम छैन अर्काको श्रीमानलाई मेरो पोइ भन्न ?

    मैले पैसा देखेर छोरी दिएँ रे ! तँलाई किन रिस उठ्यो ? मैले छोरी दिन तँलाई सोध्नुपर्ने ? मैले पैसा देखेर दिएँ कि घरपरिवार हेरेर दिएँ कि ? परिवारका सबै मान्छे गएर दुई वर्षसम्म ढुकेर उनीहरुले बिहे गरेर ल्याएका हुन् कि ? तँ बाठी हुने ? ऋषि धमला यस्तो रे, उस्तो रे ? तँ मात्रै जान्दछेस् ?

    मलाई फलानो थोक किन्देको थियो, मलाई यति माया गरेको थियो रे ! माया गरेको थियो भने त झ्याइँझ्याइँ बाजा बजाएर डोलीमा हालेर ल्याइहाल्थ्यो नि ! प्रुफ देखा त, कहिले तँलाई बिहे गरेर राखेको थ्यो । तँलाई बिहे गरेको भए एलिजालाई किन बाजा बजाएर लिन जान्थ्यो ? जेसुकै भनोस् भनेर चुप लागेर बस्दा छाडा भएर बसेकी होइनस् ? तेरा कर्तुत के के छन् र कस्ता छन् हामीलाई थाहा छ । तर, त्योपट्टि हामी लाग्दैनौं ।

    अर्काको परिवारलाई नजरीकरण लगाउन पाउँदिनस् । अर्काको परिवारलाई नजरीकरण लगाउँदा पनि सजाय हुन्छ । नजरीकरण लगाएको सजाय थाहा छ ? मुलुकी ऐन पढेकी छस् ? तेरो जस्तो पैसा देखेर, अरुसँग लिपासो लागेर जीवनै त्यागेर बिजेती भएर हिँड्ने म होइन । म गरिखाने हुँ । मलाई कसैको पैसा चाहिएको छैन । म आफ्नो ठाउँमा स्ट्रङ छु ।

    तेरा म्यासेज मसित सुरक्षित छन् । मेरो इन्टरभ्यू नलिए अफिस घेर्ने रे ? तँ को होस् घेर्ने ? ल घेरेर देखा ? तैंले जे बोल्दा त्यही हुने ? हामीले के गल्ती गरेका रछौं, ल देखा ? तैंले केही बिगार्न सक्दिनस् । कि पाताल भासिनुपर्छ कि त आकाश उड्नुपर्छ । तेरा धम्कीले टेर्नेवाला छौं ? तँलाई लगेर खाँदी पो दिन्छु ।

    यस्ता …लाई सिस्नुपानी लाएर पुच्छरमा हान्दै डाँडा कटाउनुपर्छ ।