Author: Shyamkrishna Dahal

  • टेकु अस्पतालमा एक वर्षपछि कोभिडबाहेकका बिरामीको उपचार शुरू

    टेकु अस्पतालमा एक वर्षपछि कोभिडबाहेकका बिरामीको उपचार शुरू

    काठमाडौं । देशको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल अस्पतालमा झण्डै एक वर्षपछि कोभिडबाहेकका बिरामी पनि भर्ना लिन थालिएको छ ।

    कोरोना भाइरस संक्रमण दर घटेसँगै पूर्ववत्‌रुपमा ननकोभिड सेवा शुरू गरिएको अस्पतालका निर्देशक सागरकुमार राजभण्डारीले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आइतबारबाट सेवा थालिए पनि भर्ना हुने बिरामी न्यून छन् । नेपालमा माघ १० मा कोरोनाको पहिलो केस भेटिएको थियो । जोखिमलाई ध्यान दिँदै अस्पतालले कोरोनाबाहेकका बिरामीको उपचार बन्द गरेको थियो ।

    अधिकांस संक्रमित होम आइसोलेसनमा बस्‍ने र गम्भीर प्रकृतिका मात्र अस्पताल आउने भएकोले कोभिडका बिरामी न्यून संख्यामा भर्ना हुन थालेको अस्पतालले जनाएको छ । उपचारार्थ वार्डमा भर्ना भएका संक्रमितलाई भने अर्को कोठामा स्थानान्तरण गरिएको छ ।

    टेकु अस्पतालमा एचआईभी, क्षयरोगलगायतका सरुवा रोगका बिरामीहरू भर्ना गरेर उपचार गरिँदै आइएको छ ।

  • वागमती प्रदेशसभामा डोरमणि र अष्टलक्ष्मी दुवैले बोल्ने

    वागमती प्रदेशसभामा डोरमणि र अष्टलक्ष्मी दुवैले बोल्ने

    काठमाडौं । प्रदेश १ मा नेकपा विभाजनको असरले प्रदेशसभा बैठकमै मुठभेडको सम्भावना बढिरहेका बेला सोही प्रकृति झेलिरहेको वागमतीको प्रदेशसभा बैठक भने सहज रुपमा अघि बढाउन दलहरु सहमत भएका छन् ।

    आज बस्न लागेको प्रदेशसभा बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने बाहेक अरु कार्यसूची राखिएको छैन । नेकपा संसदीय दलका प्रमुख सचेतक केशव पाण्डेका अनुसार दल विभाजन नभएकै रुपमा आजको बैठकमा प्रस्तुत हुने तयारी छ ।

    उनका अनुसार आजको बैठकमा नेकपा संसदीय दलको नेता तथा मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेलले सम्बोधन गर्नेछन् । त्यस्तै विगतदेखिनै नेकपाको तर्फबाट बोल्ने परम्परा कायम राख्दै अष्टलक्ष्मी शाक्यले शुभकामना दिने कार्यक्रम छ ।

    सबै दलका नेताहरुले शुभकामना मन्तव्य दिने र अविश्वास प्रस्ताव पेश गर्ने पक्षले चाहेमा विहीवारको बैठकमा सो प्रस्ताव टेबुल हुने बताइएको छ । अविश्वास प्रस्तावको व्यहोरामै त्रुटी रहेको भन्दै पाण्डेले सो प्रस्ताव पेश नहुने सम्भावना पनि उत्तिकै रहेको बताए ।

    नेकपा विभाजन लगत्तै वागमतीका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड माधव पक्षले अविश्वास प्रस्ताव दर्ता गराएको छ । सो पक्षले पौडेललाई दलको नेताबाट हटाएको घोषणा गर्दै अष्टलक्ष्मी शाक्यलाई नेता चयन गरेको छ ।

  • निर्माण सामग्रीको भाउ वृद्धिप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

    निर्माण सामग्रीको भाउ वृद्धिप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

    काठमाडौं । निर्माण व्यवसायी महासंघ वागमती प्रदेश समितिले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिप्रति मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण गराएको छ ।

    महासंघका अध्यक्ष सुबित श्रेष्ठको टोलीले मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । कोरोना महामारीको विषम परिस्थितिमा फलामजन्य निर्माण सामग्रीमा अन्तर्राष्ट्रिय बजारमा बढेको अनुपातभन्दा बढी देखाई एकतर्फी रूपमा कार्टेलिङ गरी महंगो बनाइएको श्रेष्ठले बताए ।

    उनका अनुसार देशभर नदीजन्य र खानीजन्य निर्माण सामग्रीको उत्खनन र बिक्री वितरणमा गृहमन्त्रालयले गरेको नियन्त्रणले व्यवसायीहरूलाई मर्का परेको छ ।

    ‘सीमित व्यवसायीको मिलेमतोबाट निर्माण सामग्रीहरुमा अत्यधिकरूपले मूल्यवृद्धि गरेकोतर्फ यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

    केही महिनाको बीचमा फलामजन्य निर्माण सामग्रीहरूमा प्रति केजी २० रूपैयाँभन्दा बढी मूल्य बढेको छ । त्यस्तै अन्य सामग्रीहरू ४९ प्रतिशतभन्दा महंगिएको छ । नदी र खानीजन्य समग्रीहरूको स्रोत दरको मूल्य दोब्बर बढेको महासंघले जनाएको छ ।

    लकडाउनका कारण रोकिएका निर्माणको कामलाई पुन: म्याद थपका लागि सहज वातावरण बनाउन पनि निर्माण व्यवसायीले माग गरेका छन् ।

  • लगनखेल मालपोतका नासु र लेखापढी व्यवसायी घुससहित पक्राउ

    लगनखेल मालपोतका नासु र लेखापढी व्यवसायी घुससहित पक्राउ

    काठमाडौं । मालपोत कार्यालय लगनखेल, ललितपुरका एक नायब सुब्बा र लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन् ।

    जग्गा हालसाविकको क्रममा ट्रालय चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनी जग्गा मिलाउन नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्‍यवसायी रमेशलाल श्रेष्ठले ४० हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार पक्राउ गरेको हो ।

    अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार लगनखेल बसपार्क नजिकबाट नियन्त्रणमा लिइएका दुवैजनामाथि अनुसन्धान थालिएको छ ।

  • संयुक्त संसदीय अनुगमन समिति बनाउँदै सकियो गण्डकीको विशेष अधिवेशन

    संयुक्त संसदीय अनुगमन समिति बनाउँदै सकियो गण्डकीको विशेष अधिवेशन

    पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन संयुक्त संसदीय अनुगमन समिति गठन गर्दै मंगलबार सकिएको छ । सर्वदलीय सहमतिमा सभामा प्रस्तुत साझा संकल्प प्रस्ताव कोभिड-१९, महंगी नियन्त्रण आदि नियन्त्रण गर्न ९ सदस्यीय समिति गठन गरेको हो ।

    समितिमा विभाजित नेकपा ओली समूहका मायानाथ अधिकारी, मित्रकुमारी गुरुङ सुवेदी र रोशन गाहामगर, प्रचण्ड–माधव समूहका आशा कोइराला, चन्द्रबहादुर बुढा, राजमोका खिमविक्रम शाही, जसपाकी धनमाया लामा पोखरेल, कांग्रेसका मणिभद्र शर्मा र सरिता गुरुङसहितको संसदीय समिति गठन भएको हो ।

    प्रदेश सभा नियमावलीको नियम १५२ अनुसार संसदीय अनुगमन समिति गठन गर्न सक्ने उल्लेख छ । समितको कार्यकाल ३ महिनाको हुनेछ भने समितिले नै निर्धारण गर्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिएका छन् ।

    प्रतिनिधि सभा विघटनपछि विभाजित बनेको सत्तारुढ दल नेकपा विवादका कारण अन्य प्रदेशमा सभा बस्न सकेको छैन । तर, गण्डकी प्रदेशमा भने विपक्षी दलहरूकै आग्रह र मागमा विशेष अधिवेशन डाकिएको थियो । जसमा कोभिड नियन्त्रणबारे १३ बुँदे साझा संकल्प प्रस्ताव पेश भएको थियो ।

    सर्वदलीय सहमतिमा विशेष अधिवेशनको पाँचौं बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरलेले प्रस्ताव पेश गरेका थिए । प्रस्तावको समर्थकमा जनता समाजवादी पार्टीका सांसद हरिशरण आचार्य, नेकपा संसदीय दलका प्रमुख सचेतक मायानाथ अधिकारी, नेकपा सांसद गायत्री गुरुङ र राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा थिए ।

    संसद गफ गर्ने थलो होइन : मुख्यमन्त्री

    सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदलाई गफ गर्ने थलो नबनाउन आग्रह गरेका छन् । अधिवेशनमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले भने, ‘जनताका समस्या समाधान गर्ने थलो हो । यहाँ क्रियटिभ छलफल हुन जरुरी छ । सरकार र सबै सांसद मिलेर प्रदेशलाई भिन्न बनाऔं ।’

    कोरोना महामारी नियन्त्रणमा प्रदेशले उल्लेख्य काम गर्दागर्दै विपक्षी पार्टीभन्दा पनि आफ्नै पार्टीबाट विरोध आएको मुख्यमन्त्री गुरुङको गुनासो थियो । ‘पार्टीभित्रै बाट बढी विरो आयो । जहिले यो भएन, त्यो भएन भनियो । तर, यत्रो महामारी हुँदा पनि त्योबारे छलफल कहिल्यै भएन,’ उनले भने ।

    अन्य प्रदेशमा आर्थिक वृद्धिदर ऋणात्मक हुँदा भने गण्डकीको धेरै आर्थिक वृद्धिदर रहेको दाबी मुख्यमन्त्री गुरुङ थियो । उनले भने ‘प्रदेशमा केही महंगी बढेको भएपनि आर्थिक वृद्धिदरमा हामी नै अघि छौं ।’ उनले आर्थिक वृद्धिदर बढाउने र गरिबीको रेखा घटाउने गरी काम गरिरहेको सुनाए ।

    हालै नेपालमा पनि देखा परेको नयाँ प्रजातिको कोरोना भाइरस फैलिन नदिन प्रदेशले संघीय सरकारसँग समन्वय गरी अघि बढ्ने बताएका छन् । उनले प्रदेशका जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको सघन कक्ष बनाउन लागेको भएपनि जनशक्ति अभावका कारण काम अघि बढ्न नसकेको दु:खेसो पोखे । उनले भने, ‘प्रदेशका सबै जिल्लामा भेन्टिलेटरसहितको सघन उपचार केन्द्र बनाउन लागेका छौं । तर, जनशक्ति अभावले कामै शुरू गर्न सकेका छैनौं ।’

  • गण्डकी सरकारको १ अर्बको ‘व्यवसाय जीवन रक्षा कर्जा’, यस्तो छ ऋणको व्यवस्था

    गण्डकी सरकारको १ अर्बको ‘व्यवसाय जीवन रक्षा कर्जा’, यस्तो छ ऋणको व्यवस्था

    पोखरा । गण्डकी प्रदेश सरकारले कोरोना महामारीबाट धराशायी बनेका व्यवसायलाई पुनर्जीवन दिन ‘व्यवसाय जीवन रक्षा कर्जा’ को राहत प्याकेज ल्याएको छ । कोभिड-१९ को जोखिमलाई ध्यान दिँदै गत चैत ११ देखि देशव्यापी लागू गरिएको लकडाउनको बीचमा संकटग्रस्त साना तथा मझौला व्यवसायलाई यसले मल्हम लगाउने विश्वास गरिएको छ ।

    बस, कृषि, पर्यटन व्यवसायी, मजदुरलगायतका प्रदेश सरकारसमक्ष आर्थिक सहायता माग गरेका थिए । साना उद्यमी तथा साना व्यवसायीलाई आर्थिक सहायता गर्ने गरी गण्डकी प्रदेशले चालु आर्थिक वर्षमा एक अर्बको वार्षिक कोष खडा गर्ने घोषणा गरेको थियो ।

    कोरोना प्रभावित साना उद्यमी र व्यवसायीलाई सस्तो व्याजदरमा ऋण प्रवाह गर्ने साथै व्यवसायीलाई पलायन हुन नदिने उद्देश्यले स्थापना गरिएको सो कोषले मंगलबार मात्र मूर्त रूप पाएको छ । गण्डकी प्रदेश सरकारले मंगलबार पोखरामा एक कार्यक्रम आयोजना गरी उक्त कोष कार्यान्वयन सम्झौता गरेको हो ।

    कोष खडा गरी व्यवसायीलाई शून्य ब्याजदरमा ऋण दिन प्रदेश सरकारले नेपाल राष्ट्र बैंकसँग सहकार्य सम्झौता गरेको छ । सम्झौता कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना महामारीले सबैभन्दा बढी साना व्यवसायी र मजदुर वर्ग चपेटामा परेकाले उनीहरुलाई सहयोग गर्न कोष खडा गरिएको सुनाए ।

    ‘योबीचमा पर्यटन, कृषि, सेवा तथा साना उद्यम क्षेत्रमा एकदमै गाह्रो भयो । लामो समय लकडाउनले गर्दा व्यवसायबाटै पलायन हुनुपर्ने बाध्यता भयो,’ मुख्यमन्त्री गुरुङले भने, ‘ती व्यवसायी र उद्यमीको जीवन रक्षाका लागि नै यो कोष आएको हो । प्रदेशले आफ्नो जनताको भलो चिताएरै काम गरेको हो ।’

    सम्झौता पत्रमा बैंकका पोखरा निर्देशक ईश्वरीप्रसाद भट्टराई र गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव इन्दु घिमिरेले सम्झौता गरेका छन् । नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा प्रदेश सरकारले उक्त कोषको सहयोगमा व्यवसायीलाई कर्जा सुविधा ल्याएको हो ।

    कोभिड प्रभावित व्यवसायीलाई उकास्न बैंकबाट लिएको कर्जाको ब्याव व्यवसायीले तिर्नुपर्ने छैन, प्रदेश सरकारले नै कोषबाट तिरिदिने छ । ‘ऋणीहरूबाट बैंकहरुले सेवा शुल्क, कर्जा सुरक्षण शुल्कलगायत कुनै पनि शुल्क लिन पाइने छैन’, ’सम्झौता गर्दै घिमिरेले भनिन्, ‘यसले कोभिड १९ ले कृषि, पर्यटन, उत्पादन तथा सेवा क्षेत्रका व्यवसायीलाई पारेको प्रभाव न्यूनिकरण गर्न एकदमै सहयोग गर्नेछ ।’

    कोभिड प्रभावित साना तथा मझौला व्यवसायीलाई लक्षित गरी ल्याइएको कर्जा सुविधामा ५० हजारदेखि १५ लाख रुपैयाँसम्म शून्य ब्याजदरमा ऋण लिन पाइने छ । कर्जाका लागि ३० दिने सूचना निकालिने र आवेदन प्राप्त भएको १५ दिनमा कोभिड प्रभावबारे अध्ययन गरिने घिमिरे बताइन् । ’त्यसपछि मात्रै बैंकले ऋण दिने वा नदिने निर्क्योल गर्न सक्छ,’ उनले भनिन् ।

    व्यवसाय जीवन रक्षा कर्जा ३ वर्षका लागि हुनेछ । कर्जा लिएको शुरूको महिनाबाटै सावाँ तिर्नुपर्दा व्यवसायीलाई झनै समस्यामा पार्ने भएकाले कर्जा लिएको ६ महिनापछिमात्रै तिर्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंक पोखराका निर्देशक भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार प्रदेशसँग ३ वर्षका लागि सम्झौता गरिएको छ ।

    भट्टराईले कोभिड प्रभावित साना व्यवसायीको जीवनस्तर उकास्न गण्डकी प्रदेशले मौलिक काम गरेको बताए । ‘प्रदेशस्तरीय योजना भए पनि एकदमै नौलो र मौलिक कामको शुरूआत हो । अन्य प्रदेशमा यस्तो कार्यक्रम छैन,’ उनले भने ।

    प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले कोरोना कारण अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले करिब २७ अर्ब रुपैयाँ घाटा व्यहोरेको जानकारी दिए । ‘त्यो घाटालाई रिकभर गर्न पनि कोष ल्याउन जरुरी थियो । यसले लक्षित वर्गको स्तर उकास्न र घाटा न्यूनीकरण गर्न काम गर्नेछ,’ उनले भने ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण नेपालीले यो कोष र योजनाले प्रदेश सरकारलाई चिनाउने बताए । ऋण लिँदा झन्झट नभएर अझै सहज बनाउनुपर्ने उनको सुझाव छ ।

    कर्जा प्रक्रिया सरल बनाउन सामूहिक वा व्यक्तिगत जमानी, व्यवसायमा रहेको मौज्दात उपकरण, सवारीसाधन वा जग्गाजमीन धितो राख्न सकिनेछ । गण्डकी प्रदेशमा भएका १८ वटा वाणिज्य बैंकका ४८० वटा शाखामध्ये जुनसुकै शाखाबाट पनि निवेदन दिन सकिने प्रदेशले जनाएको छ ।

  • ओलीले मलाई र प्रचण्डलाई जेलमा कोच्ने योजना बनाएका थिए

    ओलीले मलाई र प्रचण्डलाई जेलमा कोच्ने योजना बनाएका थिए

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले २०७१ सालमा केपी ओली अध्यक्ष भएपछि एमालेको ओरालो यात्रा शुरू भएको बताएका छन् ।

    सम्पादहरुसँगको अन्तरक्रियामा नेपालले भने- ‘हाम्रो त बिजोग भो । ओलीबाट धेरै पीडा पाइयो । मनको बह कसलाई कह भनेर बसेका थियौं ।’ ओलीले पार्टी एकताको प्रस्ताव ल्याउँदा राहत महसुस गरे पनि पुन: विधि मिच्न थालेको उनको दु:खेसो थियो ।

    ‘ केपीले बैठकमा एकताको प्रस्ताव ल्याएपछि ओलीको पेलान र प्रवृतिबाट मुक्ति पाइने भयो भनेर ठूलो राहत महसुस भयो । तर, एकतापछि फेरि विधि मिच्न थालियो। अस्पतालमा बैठक बोलाइयो, बालकोटमा बैठक बोलाउने काम भो अहिले हामी ओलीबाट मुक्त भएका छौँ’, नेपालले भने ।

    नेपालले भने- ‘ओलीले पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने योजना बनाएको थिए । ललिता निवास प्रकरण त्यहीँको योजनाबाट थियो ।’

  • प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज ५ जनाको बहस

    प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज ५ जनाको बहस

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार ५ जनाले बहस गरेका छन् । रिट निवेदकहरुका तर्फबाट अधिवक्ताहरू शिवकुमार यादव, शेरबहादुर ढुंगाना, हर्कबहादुर रावल, रुद्र शर्मा र चन्द्रकान्त ज्ञवालीले बहस गरेका हुन् । ज्ञवालीको बहस जारी रहँदै मुद्धा हेर्दाहेर्दैमा राखेर भोलिका लागि सुनुवाइ तोकिएको छ । भोलि पनि ज्ञवालीले बहस गर्नेछन् ।

    निवेदकका तर्फबाट बहसकर्ताहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गरेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद जोगाउन संविधान नै धरापमा पारेकोले प्रतिनिधिसभा विघटन बदर गर्नुपर्ने धारणा राखेका छन् ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रीट दर्ता भएका थिए ।

  • ओली पक्षद्वारा वागमती प्रदेश कमिटी पुनर्गठन, अध्यक्षमा पोखरेल, सचिव लोहनी चयन

    ओली पक्षद्वारा वागमती प्रदेश कमिटी पुनर्गठन, अध्यक्षमा पोखरेल, सचिव लोहनी चयन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले वागमती प्रदेश कमिटीको अध्यक्षबाट नारायण दाहाललाई कारबाही गरेको छ ।

    ओलीपक्षीय प्रदेश कमिटीको मंगलवारको बैठकले दाहाललाई अध्यक्षबाट हटाएर साबिक कमिटीका सचिव आनन्द पोखरेललाई प्रदेश कमिटीको अध्यक्ष चयन गरेको छ ।

    प्रदेशको संयोजन गरिरहेका नेता ईश्वर पोखरेलले अध्यक्षमा आनन्द पोखरेल र प्रदेश कमिटी सचिवमा खेम लोहनीको नाम प्रस्ताव गरेका थिए ।
    पूर्वमन्त्री पोखरेल दोलखाबाट २ पटक सांसद भइसकेका नेता हुन् भने खेम लोहनी विघटित प्रतिनिधिसभामा धादिङबाट निर्वाचित भएका थिए । उनी २०५४ सालमा धादिङ जिल्ला विकास समिति सभापति भएका थिए ।

    २१९ सदस्यीय प्रदेश कमिटीका बहुमत सदस्यहरु उपस्थित रहेको बैठकले नयाँ नेतृत्व चयन गरेको पोखरेलले नेपालप्रेसलाई बताए । इन्जार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहाल प्रचण्ड माधव पक्षमा लागेपछि अ‍ोली पक्षले कमिटी पुनर्गठन गरेको हो । दाहाल अर्का अध्यक्ष प्रचण्डका भाइ हुन् ।

  • अविश्‍वास प्रस्ताव सामनाको रणनीति बनाउन ओलीपक्षीय संसदीय दलको बैठक जारी

    अविश्‍वास प्रस्ताव सामनाको रणनीति बनाउन ओलीपक्षीय संसदीय दलको बैठक जारी

    विराटनगर । नेकपा ओलीपक्षीय संसदीय दलको बैठक फनपार्कमा बसेको छ । दलका नेता एवं मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले भोलि प्रदेश सभाको बैठकमा अविश्‍वासको प्रस्तावको सामना गर्न रणनीति बनाउने बताइएको छ ।

    प्रदेश सभाको हिउँदे अधिवेशन भोलि २ बजेदेखि शुरू हुँदैछ ।

    प्रचण्ड-माधव पक्षका सांसदहरूले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता गराएका छन् । आफ्नो पक्षमा ४२ सांसद रहेको बताएपनि शुरूमा अविश्‍वासको प्रस्तावमा ३७ सांसदले हस्ताक्षर गरेका थिए । तीमध्ये ५ जना सांसदले हस्ताक्षर फिर्ता लिएर मुख्यमन्त्री राईलाई साथ दिएका छन् । राई नेतृत्वको सरकारको कित्तामा आएका प्रदेश सभा सदस्यहरूमा जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, कला घले र बसन्तीदेवी यादव छन् ।

    संसदीय दलका नेता शेरधन राईले १६ सांसदलाई कारबाही गरेसँगै उनीहरूलाई प्रदेश सभा बैठकमा प्रवेश रोक लगाउने तयारीमा रहेको प्रमुख सचेतक बुद्विकुमारराज भण्डारीले जानकारी दिए ।

    पार्टी विभाजन भइनसकेको अवस्थामा दलको नेता शेरधन राईनै भएकाले दलको नेताको हैसियतमा उनीहरूलाई कारबाही गरिएकाले उनीहरूले अब प्रदेश सभाको काम कारबाहीमा सहभागी हुन नपाउने उनको दाबी छ ।

    दुवै समूहले एक-अर्कालाई गरेको कारबाही अवैधानिक भएको दाबी गर्दै प्रदेश सभाको भोलिको बैठकमा सहभागी हुने पक्षमा प्रचण्ड-माधव पक्ष रहेका छन् भने ओली पक्षले कारबाही गरेका सांसदलाई प्रवेश नदिने तयारीमा छन् । जसका कारण भोलिको प्रदेश सभा बैठक मुडभेठतर्फ जाने सम्भावना बढेको छ ।

  • ओली-प्रचण्ड नेतृत्वको नेकपाविरुद्धको मुद्दा सुनुवाइ आज पनि स्थगित

    ओली-प्रचण्ड नेतृत्वको नेकपाविरुद्धको मुद्दा सुनुवाइ आज पनि स्थगित

    काठमाडौं । नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता आफ्नो रहेको दाबी गर्दै ऋषि कट्टेलले दायर गरेको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।

    न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाई महान्यायाधिवक्ता कार्यालयले नभ्याउने भनेपछि स्थगित भएको हो ।

    कट्टेलको मुद्दा २ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन छ । तीन साताअघि तोकिएको सुनुवाई कट्टेलका वकीललाई मातृशोक परेका कारण स्थगित भएको थियो ।

    नेकपा अध्यक्ष कट्टेल २०७५ मंसिरमा केपी ओली र प्रचण्ड नेतृत्वको नेकपाको दर्ता खारेज माग गर्दै अदालत गएका थिए ।

    आयोगमा दर्ता रहेको आफ्नो दल कायमै रहदा निर्वाचन आयोगले ओली प्रचण्ड नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि उनी अदालत गएका थिए ।

    निर्वाचन आयोगमा नेकपा दल कट्टेलको नाममा दर्ता छ । सो नाम जुधेपछि सत्तारुढ नेकपाले कोष्टमा नेकपा थपेर दर्ता गरेको थियो ।

  • ओलीले भारतसँग मिलेर प्रतिगमन गरेको प्रचण्डको आरोप

    ओलीले भारतसँग मिलेर प्रतिगमन गरेको प्रचण्डको आरोप

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।

    आफूनिकट पत्रकार भेलालाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भारतको नाम नलिई भने- ‘हिजो जसको विरुद्ध राष्ट्रवाद देखाउनुभएको थियो, आज त्यहीसँग मिलेर प्रतिगमन गर्नुभयो । उहाँको राष्ट्रवाद खोक्रो साबित भयो ।’

    अर्को प्रसंगमा प्रचण्डले ओलीले पूर्वएमालेलाई विश्वासमा लिन नसकेको तर अहिले आएर आफूले एमालेभित्र खेलेको आरोप लगाइरहेको बताए । केही समयअघिमात्र मिलेको प्रचण्डले कसरी पूर्व एमालेलाई विश्वासमा लिने अवस्था आयो भन्ने ओलीले सोच्नुपर्ने बताए ।

    ‘कठोर हुनुपर्‍यो भने म भित्तामा पुर्‍याउन पनि सक्छु। अहिले तयार पनि भएको छु। केपी ओलि,अब तपाईं सिद्धिनुभयो । अब उहाँको हातमा केही छैन। अब अन्तै छ। उहाँको समय धेरै छैन’, उनले भने ।

  • प्रदेशसभा बैठकमा रोक्न खोजिए दुर्भाग्य हुने प्रचण्ड-माधव पक्षको चेतावनी

    प्रदेशसभा बैठकमा रोक्न खोजिए दुर्भाग्य हुने प्रचण्ड-माधव पक्षको चेतावनी

    काठमाडौं । प्रदेश १ को प्रचण्ड-माधव नेपाल पक्षधर संसदीय दलले मुख्यमन्त्री शेरधन राईले आफूहरुमाथि गरेको कारवाही अवैधानिक भएको र प्रदेशसभा बैठकमा प्रवेशबाट रोक्न खोजिए दुर्भाग्य हुने चेतावनी दिएको छ ।

    विराटनगरमा जारी बैठककै बीचमा पत्रकारसँग कुरा गर्दै प्रदेशसभा सदस्य तथा नेकपा नेता राजेन्द्रकुमार राईले बलजफ्ती गर्न खोजिए सभामुखले मर्यादापालक लगाएर रोक्ने वा संसद बैठक स्थगित गर्नुपर्ने बताए ।

    राईले भने, ‘हामीहरु एकले अर्कोलाई गरेको कारबाही सभामुखले मान्नुभएको छैन । बैठक चलाउने उहाँको दायित्व हो । हामीलाई निलम्बन गरेर बैठकमा प्रवेश गर्न नदिनेसम्मको कुरा आएको छ । यस्तो भयो भने दुर्भाग्य हुन्छ ।’

    दलका नेता मुख्यमन्त्री राईले भीम आचार्य, राजेन्द्र राई, इन्द्र आङ्वोसहित १६जना सांसदलाई निलम्बन गरेको सूचना प्रदेशसभा सचिवालयमा दिएका छन् । विधान अनुसार निलम्बित सांसदलाई ३ महिनासम्म बैठकमा सहभागी हुनबाट रोकिने दाबी राई पक्षको छ ।

    नेकपाका ६७ सांसदमध्ये आचार्य पक्षको बैठकमा आज ३३ जना सहभागी भएका छन् । प्रदेशसभाको बैठक भोलिबाट बस्दैछ ।

  • प्रचण्डको प्रष्‍टीकरण – हिंसालाई प्रोत्साहन गर्न आक्रामक हुनु भनेको होइन

    प्रचण्डको प्रष्‍टीकरण – हिंसालाई प्रोत्साहन गर्न आक्रामक हुनु भनेको होइन

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनविरुद्ध लडाइँ गर्नुपर्ने बेला फेरि आएको बताएका छन् ।

    प्रचण्ड-माधवपक्षीय पत्रकार भेलालाई सम्बोधन गर्दै दाहालले यो प्रतिनिधि सभाको मात्रै विघटन नभएर, संविधानको पनि विघटन भएको जिकिर गरे । उनले भने, ‘प्रधानमन्त्रीको विघटनको भाषामा राजाको गन्ध ह्वास्‍सै आएको छ । ओलीको हरेक भाषामा राजतन्त्रको आभास मिल्छ ।’

    ‘मैले बोलेको कुराको बेला-बेला अपभ्रंश पनि हुने गरेको छ । हेर्दाहेर्दै आफ्नै पार्टीको, आफैँले प्रस्ताव गरेको प्रधानमन्त्रीले संविधानको बच्चाको हत्या भएको छ । मैले कुनै हिंसाको प्रोत्साहन गर्न विद्यार्थीलाई आक्रमक हुन भनेको होइन । केपी ओलीको कदमप्रति हाम्रो आक्रोश छ । हामी बन्दुक होइन मतपत्रको भाषाबाट देश निर्माण गर्ने हो’, प्रचण्डले भने ।

    प्रज्ञा भवनमा २ दिनअघि विद्यार्थी भेलामा उनले आफूलाई यसपटक किन-किन टाउको चिलाएको भन्दै आन्दोलन आक्रामक बनाउन निर्देशन दिएका थिए ।

    प्रचण्डले आफू हिजो जनयुद्ध गर्दा पनि मर्न तयार भएर हिँडेको र फेरि पनि मर्न तयार रहेको बताएँदै भेजिटेरियन (शाकाहरी) खालको आन्दोलनले काम नहुने दाबी गरेका थिए ।

  • प्रदेश-२ लुम्बिनीसँग ७७ रनले पराजित

    प्रदेश-२ लुम्बिनीसँग ७७ रनले पराजित

    काठमाडौं । अनिल खरेलको चार विकेट प्रेरणामा लुम्बिनी प्रदेशले मंगलबार प्रदेश नम्बर २ लाई ७७ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले २५७ रनको योगफल तयार गरेको थियो । २५८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको प्रदेश २ ले ४२.४ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्रै बनाउन सक्यो ।

    लुम्बिनीको कसिलो बलिङसामु टिक्न नसकेको प्रदेश दुईका लागि ओपनर सुधिर चौधरीले सर्वाधिक ७५ बलमा ३ चौका र १ छक्कासहित ४२ रन जोडे । त्यस्तै, मेहबुब आलमले ३१, हरिकृष्ण साहले २२, र दिव्यान्शु मल्लिक ९ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । तर, आठौं नम्बरमा ब्याटिङ गर्न आएका बिबेक यादवले ४९ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाएका थिए ।

    लुम्बिनीका लागि अनिलले १० ओभरमा २९ रन खर्चेर २ मेडनसहित सर्वाधिक ४ विकेट लिए । त्यस्तै दिपेन्द्र रावतले २ तथा बिक्रम भूसाल, अमित तामाङ, कृष्ण कार्कीले १/१ विकेट लिए ।

    यसअघि सन्दीप रजाली र सौरभ खनालको अर्धशतक मद्दतमा लुम्बिनी प्रदेशले २५७ रनको योगफल बनाएको थियो ।

    लुम्बिनीका लागि ओपनरद्वय सन्दीप सुनार ११ र सुशान्त थापा ६ रन बनाएर पेभिलियन फर्के पनि मध्यक्रमका ब्याट्सम्यान सन्दीप र सौरभले ९५ रनको साझेदारी गर्दै टोलीलाई सम्मान जन योगफलतर्फ डोर्‍याएका थिए ।

    लुम्बिनीका लागि १०७ बलको सामना गरेका सन्दीपले ११ चौकासहित ८३ रनको महत्त्वपूर्ण इनिङ खेले । त्यस्तै, सौरभले ६४ बलमा ५ चौका र ३ छक्कासहित ५६ रनको अर्धशतकीय इनिङ खेले । बिक्रम भुसाल ३६, कप्तान कृष्ण कार्की १० रनमा आउट हुँदा अमित तामाङ ११ र दिपेन्द्र रावत शून्यमा अविजित रहे ।

    बलिङतर्फ प्रदेश २ का लागि १० ओभरमा ४८ रन खचिएका हरिकृष्ण साहले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, दिव्यान्सु मल्लिकले २ तथा सइफुल्लाह अनसारी, कुमार थापा र विशाल शुस्लिङले १/१ विकेट लिए ।

    जितसँगै समूह ‘बी’मा रहेको लुम्बिनी २ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

  • आफूपक्षीय पत्रकारलाई माधव नेपालको निर्देशन – ओलीले मेरो हुर्मत लिए, सबै फेहरिस्त लेखिदिनुस्

    आफूपक्षीय पत्रकारलाई माधव नेपालको निर्देशन – ओलीले मेरो हुर्मत लिए, सबै फेहरिस्त लेखिदिनुस्

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव) पक्षका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सर्वोच्च स्थानमा बसेकाबाट नै उपलब्धि मास्ने काम भएको टिप्पणी गरेका छन् ।

    ‘केपी ओली ऐजरु हो। तपाईंहरू खोजी पत्रकारिता गर्नु हुन्छ । केपी ओलीको झुठो कुरामाथि पनि खोजी गर्नुहोस् ‘, आफूपक्षीय पत्रकारहरूको भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘यही सरकारबाट प्रेसको घाँटी निमोठ्ने काम गरियो । केपी ओलिका सबै गलत फेहरिस्त ल्याउनुहोस् । उनी जहिले पनि असहयोगी नेता हो । मेरो हुर्मत लिने काम गर्नु भएको छ ।’

    ‘हामी सबैको साझा उद्देश्‍य परिवर्तनको रक्षा हो । यो यात्रामा तपाईंहरूको भूमिका महत्त्वपूर्ण छ । संचारका सबै माध्यमबाट सकारात्मक भूमिका खेल्नुहोस् । अहिले साइबर सेना बनेको छ रे । तपाईंहरु त्यसविरुद्ध लाग्नुहोस । त्यस्ले केही गर्न सक्दैन । त्यो झुसिल कीरा मात्रै हो’, नेपालले भने ।

    उनले थपे– ओलीले प्रचण्ड र मलाई भर्‍याङ बनाउनु भो। उहाँ एकै दिन एउटा पद तीन जनालाई दिन सक्ने मान्छे । उहाँ झुठको पुलिन्दा हो। केपी ओलि एमाले हो ? ओरिजिन एमाले भन्ने हो भने माधव नेपाल हो। अब त्यता फर्किने बेला होइन । ओली प्रतिगमनका प्रतीक हुन् ।

     

  • स्वास्थ्यकर्मी र सफाइ कर्मचारीसमेत ५ लाखलाई दिने तयारी गर्दै मन्त्रालय

    स्वास्थ्यकर्मी र सफाइ कर्मचारीसमेत ५ लाखलाई दिने तयारी गर्दै मन्त्रालय

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन लगत लिने काम शुरू गरेको छ ।

    सरकारले ५ दिनअघि कोभिड-१९ विरुद्धको भ्याक्सिन नेपालमा आपतकालीनरूपमा प्रयोग गर्ने निर्णय गरेको थियो । आपतकालीन प्रयोगका लागि भारतीय कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई प्रयोगमा ल्याउने औषधि व्यवस्था विभागले प्रेस वक्तव्यमार्फत सार्वजनिक गरिसकेको छ ।

    आजै मात्र भारतीय केन्द्रीय स्वास्थ्य समितिले भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । त्यो खोप एक साताभित्रै आपूर्तिको व्यवस्था मिलाइने भारतीय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पहिलो चरणमा स्वास्थ्यकर्मी र अस्पतालमा कार्यरत सफाइ कर्मचारीहरूलाई खोप लगाउने तयारी भइरहेको बताए । उनले नेपालप्रेससँग भने, ‘हामी अहिले धमाधम त्यस्ता कर्मचारीको विवरण संकलन गरिरहेका छौं । नेपालमा खोप भित्र्याएको एकसाताभित्र लगाउन शुरू गर्छौं ।’

    गौतमका अनुसार करिब ३ लाख स्वास्थ्यकर्मी र २ लाखको संख्यामा रहेका सफाइ कर्मचारीहरूलाई प्रारम्भिक चरणमा भ्याक्सिन लगाउन मन्त्रालयले तयारी गरिरहेको छ । सँगसँगै खोपले पुगेको खण्डमा वृद्ध, बालबालिका, दीर्घरोगीलगायत जोखिममा रहेका समुदायसमेत गरी पहिलै चरणमा ३ प्रतिशत जनसंख्या लाभान्वित हुने उनले जानकारी दिए ।

    भ्याक्सिन भण्डारणको पूर्वतयारी तीब्र

    मन्त्रालयले भ्याक्सिन भण्डारण गर्न करिब ८ करोड लगानीमा सातवटै प्रदेशमा कोल्ड चेन (चिस्यान केन्द्र) निर्माण कार्य भइरहेको  मन्त्रालयअन्तर्गतको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए । धेरै भ्याक्सिन राख्‍न भने त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा रहेको कोल्ड चेन प्रयोगको तयारी गरिएको छ ।

    कोरोना भ्याक्सिन नेपाल भित्र्याउन ४ वटा मापदण्ड अनिवार्य गरिएको थियो । ती मापदण्डमा खोप सुरक्षित र प्रभावकारी हुनुपर्ने, खोपको पर्याप्त उपलब्धता हुनुपर्ने, नेपालका परिवेश अनुसार उपयुक्त कोल्ड चेन भण्डारण र कम लागतको थियो ।

  • प्रचण्ड-माधव पक्षका सांसदहरूको बैठक : अविश्‍वास प्रस्तावमा हस्ताक्षर गरेका ४ जना अनुपस्थित

    प्रचण्ड-माधव पक्षका सांसदहरूको बैठक : अविश्‍वास प्रस्तावमा हस्ताक्षर गरेका ४ जना अनुपस्थित

    विराटनगर । नेकपा प्रचण्ड-माधव पक्षका सांसदहरूको बैठक शुरू भएको छ । होटल एसियाटिकमा जारी बैठकमा ३३ सांसद उपस्थित छन् । प्रचण्ड-माधव पक्षका दलका नेता भीम आचार्यको अध्यक्षमा बसेको बैठकमा नेकपाका नेताहरू प्रदेशका सचिव हिमाल राई , प्रदेश कार्यलय सचिव टंक गिरी र सह-ईन्चार्ज सावित्री काफ्ले सहभागी छन् । बैठकमा नेकपा संसदीय दलका उपनेता टंक आङबो अनुपस्थित छन् ।

    समूहमा रहेको भनिएका आङबोसहित सांसद तुलसीप्रसाद न्यौपाने, टंक आङबो, गुलेफुन मिँया अनुपस्थित छन् । प्रस्तावमा हस्ताक्षर नगरेका राजन राई र बलबहादुर साम्सुहाङ भने सहभागी छन्।

    प्रचण्ड-माधव समूहका ३७ संसदले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्‍वास प्रस्ताव प्रदेश सभामा दर्ता गराएका छन् । प्रस्तावमा हस्ताक्षरकर्तामध्ये ५ सांसदले मुख्यमन्त्री राईलाई सघाउने भन्दै प्रचण्ड माधव समूहको क्याम्प परिवर्तन गरिसकेका छन् ।

    प्रदेश सभाको हिउँदे अधिवेशन बुधबारबाट शुरु हुँदैछ । प्रदेशसभामा अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारलाई कुनै पनि हालतमा विघटन हुन नदिने दाबी गर्दै आएका छन् ।

  • नेकपानिकट पत्रकार पनि विभाजित, दुवै पक्षले बोलाए अलग-अलग भेला

    नेकपानिकट पत्रकार पनि विभाजित, दुवै पक्षले बोलाए अलग-अलग भेला

    काठमाडौं । नेकपा विभाजनसँगै त्यस पार्टीसँग नजिक रहेका पत्रकारहरु पनि औपचारिक रुपमा विभाजित भएका छन् । नेकपासम्बद्ध प्रेस संगठनका अलग-अलग भेला आयोजनासँगै पत्रकारहरुको विभाजन भएको हो ।

    प्रचण्ड-माधव नेपाल पक्षधर पत्रकारहरुको भेला आज काठमाडौंको प्रज्ञा भवनमा भइरहेको छ । भेलालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने संगठनका नेता राजेश राईले बताए ।

    भेलाअघि प्रचण्ड-माधव पक्षधर पत्रकारहरुको र्‍याली भृकुटीमण्डपबाट शुरु भएर प्रज्ञा भवन पुगेको थियो । भेलाका सहभागीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र प्रतिगामी भन्दै नारा लगाएका थिए ।

    भेलामा देशभरका संगठनका नेताहरु सहभागी भएका छन् । केपी ओली पक्षले पनि माघ ८ गते राष्ट्रिय भेला बोलाएको छ । संगठनका संयोजक महेश्वर दाहाल प्रचण्ड-माधव पक्षमा छन् भने सहसंयोजक गणेश बस्नेत ओली पक्षमा छन् ।

    प्रचण्ड-माधव पक्षका पत्रकारहरूको विरोध प्रदर्शनका तस्बिरहरू –

     

  • सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णय लिन कांग्रेस संसदीय दलको बैठक जारी

    सरकारलाई समर्थन गर्ने वा नगर्ने निर्णय लिन कांग्रेस संसदीय दलको बैठक जारी

    विराटनगर । प्रदेश १ कांग्रेस संसदीय दलको बैठक शुरु भएको छ । प्रदेश सभा संसदीय दलको हलमा जारी बैठकले नेकपाको ओली वा प्रचण्ड-माधव समूहमध्ये कुन पक्षलाई सघाउने बारेमा तय गर्नेछ।

    कुल ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपाका ६७ जना सांसद छन्। तर अहिलेपनि कांग्रेसको साथ नभई नेकपाको दुवै पक्ष अविश्वासको प्रस्ताव पास या फेला गराउन नसक्ने अवस्थामा छन् ।

    प्रदेश सभामा २१ सिट रहेको कांग्रेसले कसलाई समर्थन गर्ने भन्ने कांग्रेसले अहिलेसम्म आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन । कांग्रेसले अविश्वास प्रस्तावको मतदानमा तटस्थ बस्यो भने प्रस्ताव फेल हुनेछ । तर, त्यसपछि एक महिनाभित्र राईले विश्वासको मत लिनु पर्नेछ ।

    प्रस्ताव बहुमतले पास या फेल गर्न ४७ मत आवश्‍क पर्छ पर्छ । प्रस्ताव पास या फेल गर्ने बारे नेकपाका दुवै समुह अल्पमतमा छन् । नेकपा दल विभाजन नभएपनि सांसद दुवै समूहमा विभाजित भएकाले दुवै बहुमत पुग्ने अवस्था छैन ।

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड-माधव पक्षका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । तत्कालीन समयमा आफ्ना पक्षमा ४२ सांसद रहेको दाबी गदै आएको थियो । तर, ५ सांसदको कित्ता परिवर्तन र तटस्थ रहेका भनिएका केही सांसद पनि राईकै पक्षमा उभिने भएपछि भीम आचार्यको पक्षमा अब ३२ सांसदमात्र छन् ।

    यो पनि पढ्नुहोस् – दलभित्र अल्पमतमा पुगेका राई बहुमततिर, सरकार जोगाउन कांग्रेसको साथ खोज्दै

     

  • को हुन् जी न्यूजले सगरमाथाको नाममा चर्चामा ल्याएका राधानाथ सिकदर ?

    को हुन् जी न्यूजले सगरमाथाको नाममा चर्चामा ल्याएका राधानाथ सिकदर ?

    इटहरी । २०६० कात्तिक ३ गते बीबीसी विश्व सेवाको अनलाइनमा एक समाचार प्रकाशित भएको थियो । ‘दि म्यान हु डिस्कभर्ड एभरेष्‍ट’ अर्थात ‘जसले सगरमाथा पत्ता लगाए’ शीर्षक त्यस फिचरमा भारतीय विद्वान राधानाथ सिकदरको चर्चा गरिएको छ ।

    ४ वर्षको प्रयासपछि तत्कालीन समयमा ‘पिक फिप्टिन्थ’ अर्थात पन्ध्रौं चुली भनिने सगरमाथाको उचाइ सिकदरले पत्ता लगाएको फिचरमा उल्लेख गरिएको छ ।

    भनिएको छ, ‘सन १८५२ को एक दिन बेलायतशासित भारतका एक युवाले पहाडी क्षेत्र उत्तरी देहरादुनमा रहेको आफ्नो कार्यालयका हाकिमलाई भने- सर मैले संसारको सबैभन्दा अग्लो हिमाल पत्ता लगाएको छु ।’

    तर, १७ वर्षपछि भर्खरै जी न्यूजले आफ्नो युट्युब च्यानलमा अपलोड गरेको भिडियोमा विश्‍वको सर्वोच्‍च शिखरको नाम ‘माउन्ट सिकदर’ हुनुपर्ने उल्लेख गरेपछि व्यापक विरोध भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको अन्तर्वार्तापछि सगरमाथा क्षेत्रको कालापत्थर पुगेर जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले पुस २८ मा सगरमाथामा भारतीय दाबासहित माउन्ट एभरेष्‍टको नामाकरण ‘माउन्ट सिकदर’ बताएका थिए । चौधरीकै आह्वानमा सामाजिक सञ्‍जालमा ‘इन्डिया फर माउन्ट सिकदर’ अभियानसमेत चलाइयो ।

    यता नेपालमा भने कालापानी, लिपुलेक र लिम्पियाधुराको जमिन कब्जा गरेको भारतले सगरमाथामा पनि ‘कब्जा’ गर्न खोज्यो भनेर तीब्र विरोध भयो । विरोध बढेसँगै सगरमाथा नेपालको भएको र नेपालबाट कसैले लान नसक्ने भन्दै पुस २९ गते अपलोड गरिएको सामग्रीमा बोली फेरे ।

    यद्यपी, नेपालमा ‘सगरमाथा’ र चीनमा ‘झोमोलोङ्मा’ जस्ता आफ्ना-आफ्ना नामहरू भएपनि भारतमा भने ‘माउन्ट एभरेष्‍ट’ नै भनिने बताउँदै चौधरीले अब भने ‘माउन्ट सिकदर’ भन्नुपर्ने तर्कलाई जारी राखेका छन् । प्रष्‍टीकरण आएपनि बिनाअनुमति सगरमाथा राष्ट्रिय निकुन्ज प्रवेश गरेर टेलिभिजन रिपोर्टिङ गरेको विवाद भने अहिले सम्म छ ।

    एक महिनाअघिदेखि कै अभियान

    सगरमाथा क्षेत्रमा पुगेर चौधरीले निर्माण गरेको भिडियो सामग्रीपछि मात्रै नेपालीमाझ ‘नोटिस’ भएको सगरमाथाको नाम फेर्ने जी न्यूजको अभियान धेरै पहिलेदेखिकै हो । २०७७ मंसिर १६ मै युट्युबमा अपलोड भएको एक सामग्रीमा उक्त अभियान शुरू भएको देखिन्छ । च्यानलले ‘एभरेष्‍टका नाउ माउन्ट सिकदर क्यूँ नही ?’ शीर्षकमा ११ मिनेट १६ सेकेन्डको सामग्री पस्किएको थियो । सोही अभियानको विस्तारि स्वरूपमा सगरमाथा क्षेत्रको रिपोर्टिङलाई लिन सकिन्छ ।

    को हुन् सिकदर ?

    सगरमाथासँग जोडिएर भारतीयमाझ आउने सिकदर भारतका प्रसिद्ध गणितिज्ञ हुन् । नेपालसँगै जोडिएको पश्चिम बंगालको कलकत्तामा जन्मिएका सिकदरको पूरा नाम राधानाथ सिकदर हो । सन् १८१३ को अक्टोबरमा बेलायतशासित भारतमा जन्मिएका सिकदर बेलायतले संचालन गरेको दक्षिण एसियाली क्षेत्रको ग्रेट ट्रिगोनोमेट्रिकल सर्वेका ‘कम्प्युटर’ थिए । त्यो समयमा अहिलेको जस्तो हिसाब गर्ने यन्त्र कम्प्युटर नभएकोले हिसाब गर्ने मान्छेलाइनै कम्प्युटर चन्ने चलन थियो ।

    ग्रेट ट्रिगोनोमेट्रिकल सर्वेले सन् १८६५ मा तत्कालिन पिक फिप्टिन्थलाई माउन्ट एभरेष्‍ट भनेर नामाकरण गरेको थियो । इस्ट इन्डिया कम्पनीले संचालन गरेको सर्वे अफ इन्डियाका तत्कालीन प्रमुख एन्ड्रु वटले आफ्नै पदका पूर्वसहकर्मी जर्ज एभरेष्‍टको नाममा उक्त नाम राखेका थिए । दि गार्जियनले सन् २०११ को जुलाइ २१ मा लेखेको रिपोर्ट अनुसार जर्ज एभरेष्‍ट आफैं आफ्नो नाममा हिमालको नामाकरण भएकोमा असन्तुष्ट थिए ।

    एभरेष्‍ट आफैं असन्तुष्ट भएको, नेपाल तथा चीनको आफ्ना-आफ्ना नाम भएको र सिकदरले उचाइ पत्ता लगाएकोजस्ता तर्क गर्दै केही भारतीयहरू माउन्ट एभरेष्‍टलाई माउन्ट सिकदर बनाउन भारत लाग्नुपर्ने अभियानमा छन् । जी न्यूज यसैको अभियानमा सक्रिय छ ।

    सन १८७० को मे १७ मा मृत्यू भएका सिकदरलाई बेलायतको उपनिवेशबाट मुक्त भएपछि भारतले धेरै सम्मान दिएको छ । भारत सरकारले सिकदरको नाममा सन् २००४ को जुन २८ बाट हुलाक टिकट संचालनमा ल्याएको छ ।

    पश्चिम बंगाल सरकारले सन २०१३ बाट राधानाध सिकदर-तेन्जिङ नोर्गे अवार्डको स्थापना गरेको छ । नेपालमा जन्मेर सगरमा आरोहण गरेका तेन्जिङ पछि भारतीय नागरिक भएका थिए । बेलायती आरोहणदलबाट सगरमाथाको पहिलो आरोहण एडभन्ड हिलारीसँगै गरेका तेन्जिङसँगै जोडेर पश्चिम बंगालले सिकदरको ब्रान्ड गरिरहेको छ ।

    माओ पनि माउन्ट एभरेष्‍टसँग असहमत थिए, यस्तो थियो नयाँ बीपीसँग प्रस्ताव गरेको नाम

    जसरी अहिले जी न्यूजलगायतका केही भारतीयहरू माउन्ट एभरेष्‍ट नामसँग सहमत छैनन् । ठीक त्यसैगरी चीनका महान नेता माओ पनि माउन्ट एभरेष्‍ट नामसँग असहमत थिए । उनले आफ्नो असहमति तत्कालीन नेपालका प्रधानमन्त्री बीपी कोइरालासँग राखेका थिए । माओले राखेको प्रस्तावमा बीपी पनि सहमत भएका थिए ।

    २०१६ चैत ५ (सन १९६० मार्च १८) जतिबेला सगरमाथा विवादको बारेमा पहिलो माओ र बीपीबीच उच्चस्तरीय छलफल भएको थियो । उक्त छलफलमै माउन्ट एभरेष्‍टलाई नाम फेर्ने प्रस्ताव माओले गरेको माओको पुस्तक ‘अन डिप्लोमेसि’ मा समेत उल्लेख छ । सन् १९९८ मा छापिएको उक्त पुस्तकमा उल्लेख भए अनुसार माओसँग बीपीले राखेका सगरमाथाको विवाद र नयाँ नामबारेको कुराकानी यस्तो थियो –

    बीपी त्यहाँ अर्को प्रश्न छ । एक भावनात्मक प्रश्न । हामी यसलाई सगरमाथा भन्छौं । तपाईं झोमोलोङ्मा भन्नु हुन्छ । पश्चिमाहरं माउन्ट एभरेष्ट भन्छन । यो क्षेत्र सधै नेपालको भू-भाग भित्र पर्छ । तर, प्रधानमन्त्री चाउएनलाइले यो चीनभित्र पर्छ भन्नुभयो ।

    माओः यसमा तपाईंले असहज मान्नु हुँदैन ।

    बीपी : यो भावनात्मक प्रश्न हो ।

    माओः यसलाई आधा-आधा गरेर समाधान गर्न सकिन्छ । दक्षिणि भाग तपाईंको । उत्तरी भाग हाम्रो ।

    बीपी : अनि चुचुरो चाहिँ के गर्नु ?

    माओः त्यो पनि आधा-आधा । यसो गरे कसो हुन्छ ? यदि यो समाधान गर्न सकिँदैन भने पछिको लागी सार्न सकिन्छ । हिमाल धेरै अग्लो छ र यसले हाम्रो सीमा सुरक्षा गर्न सक्छ । हामी दुवैले पनि कुनै घाटा बेहोर्नु पर्दैन । यदि सबै सगरमाथा तपाईंलाई दिए भावनात्मक रूपमा हामीलाई दुःख हुन्छ । सबै हामीलाई दिए भावनात्मक रूपमा तपाईंलाई दुःख हुन्छ । हामीले सीमारेखा चुचुरोमा राख्न सक्छौं । हिमालको नाम नयाँ राखौँ । माउन्ट एभरेष्‍ट त पश्चिमाहरूले दिएको नाम हो । यसलाइ सगरमाथा पनि नभनौं । चोमोलोङ्मा पनि नभनौं । यसलाइ नेपाल-चीन मैत्री हिमाल भनौं ।

    बीपी : ठिकै छ ।

  • महामारीको जटिलतालाई चिर्दै खेल क्षेत्र पूर्ववत् अवस्थामा फर्किनुपर्छ : खेलकुदमन्त्री

    महामारीको जटिलतालाई चिर्दै खेल क्षेत्र पूर्ववत् अवस्थामा फर्किनुपर्छ : खेलकुदमन्त्री

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री दावा तामाङले अखिल नेपाल फुटबल संघ (एन्फा) को १३औं साधारण सभाले देश-विदेशमा पर्वको रौनक सिर्जना गरोस् भन्ने कामना गरेका छन् ।

    मंगलबार सानेपामा शुरू भएको एन्फाको १३औं साधारणसभालाई सम्बोधन गर्दै तामाङले फुटबलको क्षेत्रमा यो कार्यक्रमले हर्षको वातावरण पैदा गरेर खेलाडीमा खुशी ल्याउन सकोस् भनी कामना गरे ।

    “यो साधारण सभाले गाउँदेखि ठाउँसम्म, देशदेखि विदेशसम्म फुटबलको क्षेत्रमा एउटा पर्वको माहोल बनाएर सकारात्मक तरङ्ग पैदा गर्न सफल होस्, ” उनले भने, “जुन तरङ्गले खेलाडीसँगै यो क्षेत्रलाई नै हर्षित बनाओस् ।”

    कोरोना भाइरसको महामारीले सिर्जना भएको समस्या र जटिलतालाई खेलक्षेत्रले चिर्दै पूर्ववत् स्थानमा फर्किनुपर्ने बताए । “कोभिडले नेपाल मात्रै नभएर विश्वमा नै समस्या उत्पन्न भएको छ, अब त्यो समस्या र जटिलतालाई खेल क्षेत्रबाट चिर्दै पूर्ववत् स्थानमा पुगेर अझ अगाडि बढ्नुपर्छ ।”

    कोरोना भाइरस संक्रमको जोखिमकै कारण लामो समयदेखि रोकिएको खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ता पनि छिट्टै उपलब्ध गराउनका लागि पहल भएको उनले बताए ।

  • मधेस आन्दोलनका घाइतेले एक वर्षसम्म चेक साट्न पाएनन्

    मधेस आन्दोलनका घाइतेले एक वर्षसम्म चेक साट्न पाएनन्

    जनकपुरधाम । मधेस आन्दोलनका क्रममा घाइते भएकाहरूलाई थप उपचार गर्न प्रदेश सरकारले गत वर्ष नै चेक दिए पनि रकम भने अझै पाएका छैनन् । उनीहरूको अवस्था अनुसार रकम सहयोग गरिएको छ । चेक पाएकाहरूको बैंक खाता र नागरिकता नहुँदा रकम भुक्तानी हुन नसकेको हो ।

    प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव चेक नसाटिएका १०/१२ जना रहेकोले उनीहरूलाई नयाँ चेक उपलब्ध गराउन लागिएको छ ।

    आन्दोलनका सहिद परिवारलाई भने बलिदानी दिवसको अवसर पारेर प्रदेश २ सरकारले आर्थिक सहयोग र सम्मान गरेको छ ।

    सोमबार जनकपुरमा एक कार्यक्रम गरेर ६० सहिद परिवारलाई २५ हजारका दरले राहतस्वरूप रकम दिइयो। प्रमुख अतिथि जसपा बरिष्ठ नेता राजेन्द्र महतोले उनीहरूलाई सम्मानसँगै सहयोग रकम हस्तान्तरण गरे ।

    आन्दोलनताका गरिएको प्रतिबद्धता अनुरूप प्रदेश सरकारले सहिद परिवारहरूका लागि सहयोगलाई निरन्तरता दिनुपर्ने महतोले बताए ।

    कार्यक्रममा जसपा नेता अनिल झा, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह सहभागी थिए । उनीहरुले सहिदको सपना पूरा नभएसम्म संघर्ष जारी राख्ने  प्रतिबद्धता जनाएका छन् ।

     

  • सिमकोटका विद्यालय माघ १५ देखि खुल्ने

    सिमकोटका विद्यालय माघ १५ देखि खुल्ने

    सिमकोट । कोरोना महामारीको जोखिमका कारण बन्द रहेका हुम्ला सिमकोट गाउँपालिकाभित्रका विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएको छ ।

    आइतबार बसेको कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन् । ती सबै विद्यालयले सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्ने निर्णय भएको सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।

    गाउँपालिकाले निजी तथा सामुदायिक ती विद्यालयका लागि स्यानिटाइजर उपलब्ध गराउने भएको छ भने विद्यार्थीले आफ्नै खर्चमा मास्क लगाएर विद्यालय उपस्थित हुनुपर्ने छ । राससबाट

  • सांसद झोवा कामीको संघर्ष र साहसको कथा

    सांसद झोवा कामीको संघर्ष र साहसको कथा

    सुर्खेत । कर्णाली प्रदेशसभाकी सांसद झुवा कामीको जीवन संघर्ष र सहसको कथा रोचक मात्रै छैन, उत्प्रेरक पनि छ । ४० सदस्य रहेको प्रदेशसभामा एक मात्र भोटे भाषा बोल्ने सांसद् छिन्, झोवा कामी । उनी समानुपातिकतर्फबाट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै कर्णाली प्रदेश सभामा पुगेकी हुन् ।

    अहिले कर्णाली प्रदेशसभामा उनले गरेका भाषण सबैको चासो र चर्चाको विषय बन्‍न थालेको छ । उनले सदनमा उठाएका कुरालाई सञ्चारमाध्यमले पनि उत्तिकै प्राथमिकता दिन्छन् । उनका यसअघिका कतिपय अभिव्यक्ति सामाजिक सञ्‍जालमा भाइरल बनेका छन् ।

    समानुपातिक सांसद भन्‍नासाथ हेयभावले हेर्ने हाम्रो समाजलाई सदनमा झोवाको दरिलो र गर्विलो उपस्थितिले जवाफ दिएको छ ।

    झोवाले सदनमा गरेको सम्बोधनलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतले शेयर गरिसकेका छन् ।

    काँक्रा चोरेर खाइयो

    साविकको मुगु जिल्ला माँग्री गाविसमा भएको थियो झोवाको जन्म । हालको मुगुकार्मारौंङ्ग गाउँपालिका वडा नम्बर ७ मा पर्छ उनको जन्मघर । जुन ठाउँ मुगु सदरमुकामदेखि सात घण्टाको पैदल यात्राबाट मात्र पुगिन्छ ।

    ‘बाल्यकालमा गोठालो जाने गर्थेँ । गाई, बाच्छी, १५ वटा थिए । झोवा जातको चौँरीगाई हेराउन जान्थ्यौँ । बुवा- आमा दिदी र म मात्रै थियौँ । दिदी विवाह गरेर गईन ।

    उनी चाहिँ श्रीमानसँगै माइतमा बसिन्, नेपाल प्रेससँग बाल्यकाल अनुभव सुनाउँदै उनले भनिन्, ‘नौ वर्षको उमेरमा जंगलमा घाँस काट्न जाँदा भीरबाट लडेर चोट लागेको थियो । टाउकोमा दाग छ । सानोमा दुई-चार जना साथी मिलेर काँक्रा चोर्ने र खाने गर्थ्यौँ । राति चोर्न जान्थ्यौँ । कसैले पनि हामीले काँक्रा चोरेर खाएको थाहा पाएनन् ।’

    जबर्जस्ती गराइयो विवाह

    १९ वर्षको हुँदा विवाह बन्धनमा बाँधिएकी गरेकी झोवा आफ्‍नो इच्छाविपरीत विवाह गराइएको बताउँछिन् । दिदीले विवाह गरेपछि उनका बुवा-आमाले घरज्वाइँ खोजेर विवाह गराइदिए ।

    ‘त्यो विवाह मैले चाहेर गरेकी होइन । मेरो बाबु-आमाले अर्काकोमा भागेर (विवाह) जान्छ कि भनेर घर ज्वाइँ ल्याउनुभयो । त्यसअगाडि दिदी गइसक्नु भएको थियो । भाइ नभएका कारण मेरो जबर्जस्ती विवाह भयो । म रुदैं थिएँ तर पनि बाध्य भएँ । मलाई समाजले एक दिन विवाह गर्नेपर्छ भनेर फकाए’, उनले भनिन् । उनले २० वर्षकै उमेरमा पहिलो सन्तान जन्माइन् ।

    खस आर्य देखे भाग्ने चलन

    ‘हाम्रो चलन के थियो भने खस आर्यहरू घरगाउँमा देख्नासाथ हामी लुक्थ्यौँ । गाउँमा हामी भोटे भाषा नै प्रयोग गर्‍थ्यौँ । हामीमध्ये कोहीले लामा भाषामा पढ्थे । हामीलाई कसैले पढ्न भनेन । पढ्ने कि काम गर्ने भन्ने हुन्थ्यो ।

    त्यो समयमा छोरीलाई पढाउन हुँदैन भन्ने मान्यता सबैमा थियो’, उनले सुनाइन्, ‘२०५८ सालमा गमगढीमा आयौं । ५९ सालमा माओवादीको चहल-पहल गाउँमा धेरै थियो । मेरो पुर्खा नै नेपाली कांग्रेसमा थियो । मलाई त्यहाँका स्थानीय दाजुभाईले वडा सभापति बनाएछन् । म वडासभापति भएको खबर माओवादीले सुनिसकेका थिए । सभापति बनाएपछि मलाई घरमै कसैले जानै दिएनन् । मेरो घर माओवादीले लुटयो । यार्सागुम्वा लिए । मलाई गमगढीमै मार्न भनेर आए ।’

    उतिवेला तत्कालीन गाविसको ८ नम्बर वडाको सभापति भएकै कारण मलाई माओवादीले लखेटेका थिए । देशमा संकटकाल थियो । यो नै मेरा लागि राजनीतिको आरम्भ थियो भन्ने अहिले लाग्छ । उतिवेला गमगढी जान पनि नसकिने, गाउँ पनि जान नसकिने अवस्था थियो । जंगलै जंगलको यात्रा गरेर म गमगढी आएँ ।

    गमगढीमै कोठा भाडामा लिएर बस्यौँ । शुरूमा धेरै दुःख पायौँ । दुनियाँको भारी बोक्ने होटल खोलेर भाँडा माझ्‍ने काम गर्‍यौँ । जिल्लामा आइसकेपछि राजनीति धेरै भएन । म गमगढीमा जिल्ला कार्य समितिमा दुईजनाको प्रतिस्पर्धा भयो । सोरु गाउँपालिकाका तुल्सी नेपालीले ७६ मैले ७७ मत ल्याएँ । म एक मतले विजयी भएँ । धेरै खुशी भएँ । एक मतले विजय पाउँदा आफूले गर्व गरेँ । सबै खुशी पनि भए ।

    राजीनामा दिने सोच आयो

    उनी समानुपातिक संसद भइसकेपछि पहिलो पटक सुर्खेत आइन् । ‘सुर्खेत आइसकेपछि दुःख पाइयो । पढाइ थिएन । भाषा आउँदैन थियो । पाँच वर्ष कहिले जाला भनेर लाग्थ्यो । पहिलो अधिवेशनमा मैले एक शब्द पनि बोल्न सकिन । पत्रकारले समाचार नै लेखे । आफैँलाई हिनताबोध पनि भयो । मेरो बेइज्जती भएको ठानेर सदनमा बोल्न दबाब पर्‍यो’, झोवा भन्छिन्, ‘ सभामुख राजबहादुर शाही र मेरो दलका नेता जीवन बहादुर शाहीले बारम्बार सदनमा बोल्न भन्थे । राति बोल्छु भनेर जान्थेँ तर हलमा जाँदा पसिना छुट्थ्यो । एक मनले राजीनामा दिने सोच आयो तर कोर्चुग लामाले हिम्मत दिनुभयो । दोश्रो अधिवेशनमा मैले बोलेँ ।’

    तर, त्यही बोलीले आफूलाई चर्चामा ल्याएकोमा दंग पर्दै उनी स्मरण गर्छिन् । ‘जब मैले बोलेँ, सबैतिर फैलियो खुशी लाग्यो । आफ्ना गाउँका जनताले भोगेको कुरा टक्कर लिएरै डर नमानी राख्‍ने गर्छु । मेरो बारेमा समाचार नआएको भए सायद म राजीनामा नै दिन्थेँ होला । त्यो समाचारले मलाई थप कुरा गर्न, बोल्न, दबाब त दियो नै, सबैले बोल्छन् मैले किन नबोल्नु, विग्रे विग्रोस भनेर मैले सदनमा सुरुमा दुइ मिनेट मात्रै सुरुमा बोलें । गाउँमा सिँचाइ नभएको, बाटोघाटो नबनेको कुरा उठाएँ । त्यसपछि मलाई सयौंको फोन आएको थियो । त्यो फोनले साहस थपियो ।

    विकास गर्न सकिएन

    ‘हामी जनजाती, दलित, विपन्न व्यक्तिलाई राज्यले अवसर दियो । दलले हामीलाई छान्यो । गाउँबाट तालीगाली दुवै पाउँछु’ उनी भन्छिन्, ‘जनताको चित्त बुझाउन पाएको भए, विकास गर्न पाएको भए मन खुशी हुन्थ्यो । साधन र स्रोत थोरै छ । जनताको इच्छा पूरा हुँदैन ।’

  • सक्‍नेजति विदेश गए, अशक्तलाई खानलाउनै धाैधाै

    सक्‍नेजति विदेश गए, अशक्तलाई खानलाउनै धाैधाै

    मोरङ (पथरी) । पूर्वी नेपालका विभिन्न शिविरमा रहेका १ लाखभन्दा बढी भुटार्नी शरणार्थी पुन:स्थापना कार्यक्रममार्फत तेश्रो मुलुक पुगेका छन् ।

    पुन:स्थापना कार्यक्रममार्फत अमेरिका, क्यानडा, बेलायत, नेदरल्यान्ड्स, डेनमार्कलगायतका मुलुकमा उनीहरू परिवारसँगै बस्दै आएका छन् । तर, परिवारका सदस्य तेस्रो मुलुक गएपछि सहाराविहीन बनेका एकल महिला, वृद्धवृद्धा र बालबालिकाको दैनिक जीवन शिविरभित्र कष्टकर बनेको छ । झापा र मोरङका विभिन्न शिविरका भुटानी शरणार्थीलाई खान र लाउनै समस्या हुन थालेको छ ।

    दातृ निकायले उपलब्ध गराउँदै आएको खाद्यान्न र लत्ताकपडालगायतका सामग्री दिन छाडेको र आफन्तले पनि कुनै भरथेक नगरेपछि साहाराविहीन बनेका एकल महिला, वृद्धवद्धा र बालबालिका थप पीडित बनेका हुन् । राष्ट्रसंघीय शरणार्थी आयोगमार्फत पुन:स्थापना कार्यक्रमअन्तर्गत एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुन:स्र्थापना कार्यक्रममा गइसकेपछि स्वदेश फिर्तीकै माग राखेर शिविरमा बसिरहेका धेरै भुटानी शरणार्थीमा खानलाउन नै समस्या हुन थालेको छ ।

    झापा र मोरङस्थित ७ वटा शिविरमा रहेका भुटानी शरणार्थीको तेस्रो मुलुक पुन:स्र्थापना कार्यक्रम सकिएसँगै शिविरमा बाँकी रहेका भुटानी शरणार्थीको समस्याको एकमाथि अर्को चाङ थपिएको छ ।

    मोरङको पथरी-शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले शिविरमा रहनेमा अधिकांश वृद्धवृद्धा, अशक्त र अपांग रहेकाले आवश्यक खाद्यान्‍न, लत्ताकपडालगायतका सामग्री नहुँदा उनीहरुको जीवन कष्टकर बनेको बताए । राईका अनुसार कतैबाट सहयोग नपाएपछि जोखिममा परेका ती समुदायलाई जीवन चलाउन नै सकस परेको छ ।

    शिविरभित्र अहिले वृद्धवृद्धा, अपांगता भएका र एकल महिला गरी १ सय २० जना रहेको उनले बताए । सहाराविहीन बालबालिका २४ जना छन् ।

    ‘शिविरमा धेरै वृद्धवृद्धा, अशक्त र अपांग छन्’, उनले भने,‘सहाराविहीन उनीहरुलाई दैनिकी चलाउन नै समस्या छ । बस्नलाई छाप्रो त छ तर चुल्होमा पकाउने ग्याँस, दाउरादेखि खाद्यान्‍न र शरीर ढाक्ने कपडाको अभाव छ । छिमेकीको सहारामा बाँच्नुपरिरहेको छ ।

    शरणार्थी तेस्रो मुलुक गएपछि हाल विश्व खाद्य कार्यक्रमले रासन वितरण रोकेका छ । यूएनएचसीआरले वृद्धवृद्धा, अशक्त र एकल महिलाका लागि भने तीन/तीन महीनामा सामान्य घर खर्चका लागि बैंक खातामा केही रकम पठाइदिन्छ ।

    सुनसान शिविर

    भुटानी शरणार्थीहरुको चापले कुनै बेला बाक्लो चहलपहल देखिने झापा र मोरङका शिविर हिजोआज सुनसान छ । अधिकांश तेस्रो मुलुक गएका छन् । विभिन्न कारण तेस्रो देश जान नपाएकाहरू मात्र अहिले शिविरमा बसिरहेका छन् ।

    थोरै संख्यामा झापा र मोरङका यी शिविरहरु रहेका उनीहरुको कारण अहिले प्राय सुनसान छन् । शिविर क्षेत्रमा रुख रोपेर यसलाई जंगलमा रुपान्तरण गरिएका छन । झापाको गरामनीस्थित भुटानी शरणार्थी शिविरमा वृक्षारोपण गर्न उमारिएका बिरुवा र बीउ उमारिएको छ ।

    झापाको बेलडाँगी, गोलधाप र खुदुनाबारीका शिविरहरूमा करिब १ लाख भुटानी शरणार्थीहरुको बसोबास थियो । मोरङको पथरीमा १५ हजारभन्दा बढी शरणार्थीहरू थिए ।

    सन् १९९१ मा भारतको भूमि हुँदै नेपाल पसेका शरणार्थीहरुलाई भुटान फर्काउन नेपाल सरकारले पटक-पकट भुटानसँग वार्ता ग-यो । तर, उनीहरुलाई स्वदेश फर्काउन भुटान सरकार तयार भएन । त्यसपछि करिब ८० प्रतिशतभन्दा बढी शरणार्थीहरू अमेरिकालगायतका तेस्रो मुलुकमा सारिएका छन् ।

    झापाका विर्तामोड, दमक र मोरङ पथरी बजार शरणार्थीका कारण आर्थिक हिसाबले पनि फस्टाएका थिए । छेऊछाऊका बस्तीमा श्रम बजार निकै फस्टाएको थियो । तर, अहिले झापा र मोरङमा यो चहलपहल लगभग सकिएको छ । खाली रहेका शिविरहरूमा रुख रोपिएको छ । शिविरहरू प्रायः जंगलसँग जोडिएकाले यसलाई सामुदायिक वनमा परिणत गरिएका छन् ।

    एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक गए

    नेपालका विभिन्न ७ वटा शिविरमा रहेको भुटानी शरणर्थीमध्ये एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुगेका छन् । तेस्रो मुलुक पुन:स्र्थापना कार्यक्रमअन्तर्गत १ लाख ६ हजार ३ सय ६८ मध्ये अमेरिकामा ९० हजार ३ सय ५८, क्यानडामा ६ हजार ७ सय ५९, बेलायतमा ३ सय ५८, नेदरल्यान्ड्समा ३ सय २९, डेनमार्कमा ८ सय ७५, नर्वेमा ५ सय ७०, अस्ट्रेलियामा ६ हजार ६१ र न्युजिल्यान्डमा १ हजार ५८ भुटानी शरणार्थी पुनस्र्थापित भएका छन् ।

    शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय यूएनएचसीआरको अनुमानमा तेस्रो मुलुक पुन:स्र्थापना कार्यक्रम सकिएपछि करिब २ हजार भुटानी शरणार्थी भुटान फर्कन चाहन्छन् र बाँकी नेपालमै बस्न रुचाउने अनुमान यूएनएचसीआरको छ ।

    यूएनएचसीआरका अनुसार अहिले मोरङको शनिश्चरे र झापाको बेल्डाँगी शिविरमा गरी १२ हजार ६ सय १४ भुटानी शरणार्थी रहेका छन् ।

    नेपालमै बस्न पाउने विकल्पको माग

    बेलगाँडी र पथरी शनिश्चरेमा रहेका भुटानी शरणर्थीले नेपालमै बस्न पाउने विकल्पको माग अघि सार्न थालेका छन् । पथरी शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले पुनर्बास कार्याक्रमअन्तर्गत तेस्रो मुलुक नगएका र पुनर्वास कार्यक्रम रोकिसकेकाले भुटान फर्कने आशासमेत नरहेको हुँदा उनीहरु नेपालमै बस्न चाहेका बताए ।

    ‘लामो समयदेखि बस्दै आएका शरणार्थीहरूले भुटान फर्कन चाहेको भए पनि पूरा हुन सकेको छैन’, उनले भने, ‘स्वदेश फर्कने आशा जीवित रहेन, हामीले धेरै शरणार्थीसँग कुरा गर्दा नेपालमै बस्न पाउने विकल्पको माग अघि आएको हो’।

  • प्रचण्ड-माधवका कार्यालय सचिव भन्छन्- बालुवाटारको गेटमा पत्र बुझाएर फर्कियौं

    प्रचण्ड-माधवका कार्यालय सचिव भन्छन्- बालुवाटारको गेटमा पत्र बुझाएर फर्कियौं

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्कासन किन नगर्ने भन्दै मागेको स्पष्टीकरणको पत्र बालुवाटारको गेटमा बुझाएको छ ।

    पेरिसडाँडा केन्द्रीय कार्यालयका सचिव तथा प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य श्रीराम ढकालका अनुसार नेताहरु सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र उनी गएर प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा पत्र छाडेका हुन् ।

    ढकालले नेपालप्रेससँग भने- स्पष्टीकरण माग्ने पत्र लिएर हामी तीनजना गएका हौं । भित्र प्रवेश गर्न नपाएपछि गेटमा सुरक्षाकर्मीलाई बुझाएर फर्कियौं । भित्र सुरक्षाकर्मीले सोधेरै पत्र बुझेका हुन् ।

    पत्रमा ओलीलाई ‘साधारण सदस्यबाट समेत किन कारवाही नगर्ने ?’ भनेर सोधिएको उनले बताए । माधव नेपालले सोमवारै ओलीलाई पार्टीबाट निष्‍कासन गर्ने अन्तिम पत्र काटिएको बताएका थिए ।

    यसैबीच प्रधानमन्त्रीको सचिवालयले भने ‘कथित पत्र’ लिएर कोही नआएको र बालुवाटारमा स्पष्टीकरणको पत्र बुझाइएको भन्ने दाबी हास्यास्पद रहेको जनाएको छ । प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले त्यस्ता कुनै पत्र प्राप्त नभएको बताए ।

     

  • कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ ।

    पुस २७ गतेबाट सारेर माघ ६ गते (भोलि) का लागि तय गरिएको बैठक फेरि एक साता सरेको हो । अब कांग्रेस केन्द्रीय समितिको बैठक माघ १३ गते बस्नेछ ।

    पुस ७ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा प्रतिनिधिसभा विघटनपछि पार्टीले लिनुपर्ने रणनीतिका बारेमा छलफल जारी छ ।
    केन्द्रीय समितिमा छलफल जारी रहँदै कांग्रेसले संसद विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक कदमको संज्ञा दिदैं दोस्रो चरणको आन्दोलल गरिरहेको छ ।
    आन्दोलतअन्तर्गत माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन हुँदैछ ।
  • पूर्व मुख्यसचिव रेग्मी राजदूतमा नियुक्त

    पूर्व मुख्यसचिव रेग्मी राजदूतमा नियुक्त

    काठमाडौं । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भएका छन् ।

    संविधानको धारा २८२ बमोजिम रेग्मीलाई बेलायतको राजदूतमा नियुक्त गरिएको राष्‍ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका रेग्मीलाई सोही दिनको मन्त्रिपरिषद्को बैठकले राजदूत नियुक्तिको लागि राष्‍ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

  • अविश्‍वास प्रस्तावबाट ३ सांसद बाहिरिए, संसदीय दलमा शेरधनको बहुमत

    अविश्‍वास प्रस्तावबाट ३ सांसद बाहिरिए, संसदीय दलमा शेरधनको बहुमत

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्‍वासको प्रस्तावमा हस्ताक्षर गरेकामध्ये तीन सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

    प्रदेश सांसद जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिएका हुन् । प्रदेश सभा सचिवालयमा सामूहिक निवेदन गर्दै उनीहरूले नेकपाको सरकारविरुद्ध नेकपाकै सांसदहरूले अविश्‍वास प्रस्ताव दर्ता गर्न उपयुक्त नठानेको भन्दै उक्त प्रस्तावको हस्ताक्षर फिर्ता लिएको घोषणा गरेका छन् ।

    जसमायाले प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी थिइन् ।

    यसअघिनै बसन्ती यादव र कला घलेले हस्ताक्षर फिर्ता गरिसकेका छन् । शेरधनविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने ५ जना सांसदले फिर्ता लिएपछि अब नेकपा प्रदेशसभा संसदीय दलमा मुख्यमन्त्री राई बहुमतमा पुगेका छन् ।

    भीम आचार्यलाई मुख्यमन्त्री बनाउन माग गर्दै नेकपाका प्रदेश १ का ६६ मध्ये ३७ सांसदले हस्ताक्षर गरेका थिए । सभामुखसहित प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । अब अविश्वास प्रस्तावको पक्षमा ३२ सांसद रहेका छन् भने विपक्षमा ३४ सांसद पुगेका छन् ।

    तर, दुवै पक्षले अविश्‍वासको प्रस्ताव पारित गराउन वा सरकारको समर्थनका लागि कांग्रेसको साथ लिनुपर्ने भएको छ।

  • राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

    राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेश भएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक समारोहमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको प्रतिवेदन पेश गरेका हुन् ।

    सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुरागाईँलगायत सहभागी थिए ।

  • केपी ओलीविरुद्ध आम हड्ताल गर्ने प्रचण्डको चेतावनी (भिडियो)

    केपी ओलीविरुद्ध आम हड्ताल गर्ने प्रचण्डको चेतावनी (भिडियो)

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली विरुद्ध आम हड्ताल गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

    अखिल नेपाल महिला संघको बैठकलाई सोमवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले माघ १६ गतेको विशाल शक्ति प्रदर्शनपछि आम हड्तालतिर जानुपर्ने अवस्था आउन सक्ने बताए ।

    प्रचण्डले भने–हामी आन्दोलन बढाउँदै जान्छौं । आम हड्तालतिर जानु पर्ने अवस्था आउन सक्छ । त्यहाँसम्म पुग्दा हामीले ब्याटल जितिसक्छौं र जसरी पनि हामीले यो ब्याटल जित्नैपर्छ ।

    ओलीप्रति आक्रामक रुपमा प्रस्तुत भएका प्रचण्डले आफूहरु सिंह भएकाले ओलीविरुद्ध गर्जिनुपर्ने बताए । उनले प्रधानमन्त्रीलाई भेडाको संज्ञा दिए ।

    प्रचण्डले भने– हामी पनि कता कता केपी ओली जस्ता भेडाको संगत गर्दा गर्दै भेडा जस्ता पो भयौं । हामी सिंहका सन्तान हौं, जुरुक्क उठेर गर्जियौं भने केपी ओली जस्ता भेडाहरु बाँकी रहँदैनन् ।

    यो पनि पढ्नुहोस्

    ओली भर्सेस प्रचण्ड-माधवको दोहोरी ब्याटल, दर्शक दीर्घामा देउवा-पौडेल जुहारी (भिडियो रिपोर्ट)

  • काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी (फोटो फिचर)

    काठमाडौंको सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी (फोटो फिचर)

    काठमाडौं । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा भीषण आगलागी भएको छ ।

    अपरान्ह शुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन । अहिलेसम्म केही अपार्टमेन्टका भागहरु जलेर नष्ट भइसकेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    दमकल पुगेर सुरक्षाकर्मी सहित आगो नियन्त्रणमा लिने प्रयास भइरहेको कालिमाटी प्रहरीले जनाएको छ ।

            

     

     

  • माधव नेपालले भने- ओलीलाई तह लाउन सकिएन, आज अन्तिम स्पष्टीकरण (भिडियोसहित)

    माधव नेपालले भने- ओलीलाई तह लाउन सकिएन, आज अन्तिम स्पष्टीकरण (भिडियोसहित)

    काठमाडौं । प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेकपाले आज प्रधानमन्त्री तथा विभाजित पार्टीका अध्यक्षा केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्कासन गर्न अन्तिम स्पष्टीकरण माग्ने भएको छ ।

    विभाजित समूहका अध्यक्ष माधव नेपालले सोमवार महिला संघको बैठकलाई सम्बोधन गर्दै आज अन्तिम स्पष्टिकरण पठाइने र त्यसपछि सदस्य पनि नरहने गरी निष्कासन हुने बताए ।

    नेपालले भने- ‘आजै अन्तिम स्पष्टीकरणपत्र पठाउँदैछौं । तपाईं सुध्रिनुभएन,पार्टीको विधान पालना गर्नुभएन,अनुशासन उल्लंघन गर्नुभयो । अध्यक्षबाट हटाएर केन्द्रीय सदस्यसम्म त राखेको थियौं अब झनै मैमत्त हुँदै जानुभयो । जे पायो त्यही बोलिरहनुभएको छ । अब तपाईंलाई तह लगाउने कुनै उपाय रहेन ।’

    नेपालले ओलीलाई पार्टीको बहुमतले पनि तह लगाउन नसकेको र संविधानले पनि बाँध्‍न नसकेको भन्दै तानाशाहीको चरम सिमा नाघेको बताए । ओली सुध्रिने कुनै सम्भावना नरहेको भन्दै उनले मैमत्तकारी प्रवृतिको वाहक बनेको आरोप लगाए ।

    नेपालले भने-अब कम्युनिस्ट पार्टीले भन्नुपर्छ कस्तो कुपुत्र जन्माइयो केपी ओली ।

  • सभामुखको तर्फबाट बहस गरेका अधिवक्ता भन्छन्- ओलीको स्वार्थका लागि संसद ‘भिक्टिम’ हुनुहुँदैन

    सभामुखको तर्फबाट बहस गरेका अधिवक्ता भन्छन्- ओलीको स्वार्थका लागि संसद ‘भिक्टिम’ हुनुहुँदैन

    काठमाडौं। अधिवक्ता दिनमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थका लागि जननिर्वाचित संसद ‘भिक्टिम’ हुन नहुने टिप्पणी गरेका छन्।

    सोमबार सर्वोच्च अदालतमा संसद विघटनविरुद्धको रिटका पक्षमा बहस गर्दै अधिवक्ता पोखरेलले पार्टीभित्रको समस्या समाधान गर्न नसकेपछि संसद भंग गर्न नमिल्ने बताए।

    ‘आफू सरकार चलाउन सकिन भन्दैमा अर्को सरकार आउने बाटो नै बन्द गर्ने उद्देश्य प्रधानमन्त्रीमा देखियो श्रीमान्,’ सभामुख अग्निप्रसाद सापकोटको तर्फबाट बहसमा भाग लिँदै उनले भने, ‘यो राजनीतिक होइन संविधान उल्लंघनको सवाल हो।’

    उनले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको समेत जिकिर गरे।