Author: Shyamkrishna Dahal

  • पीपएम कप सेमिफाइनलः वाग्मतीविरुद्ध राजेशको अर्धशतक

    पीपएम कप सेमिफाइनलः वाग्मतीविरुद्ध राजेशको अर्धशतक

    काठमाडौं । त्रिभुवन आर्मी क्लबका राजेश पुलामी मगरले प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा वाग्मतीविरुद्ध अर्धशतक बनाएका छन् ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न आएका राजेशले ७० बलमा ३ चौका र २ छक्कासहित ५० रन पूरा गरेका हुन् ।

    टप अर्डर नचलेको आर्मीलाई सम्मानीत योगफलतर्फ डोर्‍याउन प्रयासरत राजेश र बिक्रम शोबले ८८ रनको साझेदारी गरिसकेका छन् । अहिले बिक्रम ३३ तथा राजेश ५२ रन बनाएर खेलिरहेका छन् भने आर्मीले ४४ ओभरको समाप्तीमा ६ विकेट गुमाएर १९४ रन बनाएको छ ।

  • अदालतको अवहेलनासम्बन्धी सबै मुद्दामा सुनुवाइ हुँदै

    अदालतको अवहेलनासम्बन्धी सबै मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौं । अदालतको अवहेलनासम्बन्धी सबै रिटहरूमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेका बेला बाहिर दिइएका अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशहरूविरुद्ध अवहेलना मुद्दा चलाउन माग गर्दै पेश भएका निवेदनमाथि न्यायाधीश मनोज शर्माको इजलासमा सुनुवाइ हुनेछ ।

    प्रधानमन्त्रीले बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सन्दर्भमा व्यक्त गरेका धारणाले अदालतको अवहेलना भएको भन्दै कन्चनकृष्ण न्यौपानेले निवेदन पेश गरेका थिए ।

    यस्तै प्रकृतिका चारवटा निवेदन पेश भएकामा चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्धका पनि छन् । सर्वोच्च अदालतका चार पूर्वन्यायाधीश मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले केही दिनअघि विज्ञप्ति जारी गरेर प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका थिए ।

    त्यस्तै पूर्वसभामुख दमननाथ ढुंगानाले पनि विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा चलाउन माग गरिएको छ ।

  • नेपालमा भ्रष्टाचार झन बढ्यो : ट्रान्सपरेन्सी इन्टरनेशनल

    नेपालमा भ्रष्टाचार झन बढ्यो : ट्रान्सपरेन्सी इन्टरनेशनल

    काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्ट्राचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३३ अंकसहित ११७ औं स्थानमा उक्लिएको छ।

    सो संस्थाले बुधबार सार्वजनिक गरेको ‘करप्सन पर्सेप्सन इन्डेक्स-२०२०’ अनुसार नेपाल भ्रष्टाचारमा ३३ अंकसहित ११७औँ स्थानमा पुगेको हो ।

    यसअघि सन् २०१९ को प्रतिवेदनमा नेपाल ३४ अंक सहित ११३ औं स्थानमा थियो।

    १ सय ८० वटा देश समेटिएको उक्त प्रतिवेदनले विश्वभर भ्रष्टाचार नियन्त्रणका लागि एकदमै न्यूनस्तरमा कदम चाल्ने गरिएको भन्दै चिन्ता जनाएको छ। यस्तै नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको देखाएको छ ।

    राजनीति, न्यायमा पहुँच, वित्तीय अनुशासनसहित ६ वटा मापदण्डमा गरिएका अनुसन्धानका आधारमा प्राप्त अंकहरूको औसत निकालेर उक्त सूचकांक तयार पारिने बताइन्छ।

    ट्रान्सपरेन्सी इन्टनेशनल नेपालका महासचिव मुकुन्द बहादुर प्रधानले भने, “अहिलेसम्म नेपालले प्राप्त गरेको अंक ले के देखाउछ भने नेपालमा हाल सम्मसुधार हुन सकेको छैन । भ्रष्टाचारलाई न्यूनीकरण गर्न सरकार र जनता जिम्मेवार हुनुपर्छ । अझै पनि हाम्रो अवस्था भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा एकदमै नाजुक छ।”

    ट्रान्सपरेन्सी इन्टरनेशनलले ४० भन्दा कम अंक ल्याउने देशलाई एकदमै भ्रष्ट देशको सूचीमा राख्ने गर्छ।

    सीपीईको २०२० मा ५० दुईतिहाई मुलुकले ५० भन्दा कम अंक स्कोर पाएका छन् र यस वर्षको औसत स्कोर ४३ रहेको छ ।

    विश्व बैक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट, भीडीइएस समेत गरी ६ वटा संस्था द्वारा गरिएको सर्वेक्षणका आधारमा सीपीआई २०२० मा नेपाललाई १०० अंकमा ३३ अंक ११७ औ स्थानमा रहेको छ ।

    किन बढ्यो भ्रष्टचार ?

    नेपालका लागि ६ संस्थाका सर्वेक्षणले सरकारको भ्रष्टचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टचार र अधिकारको दुरुप्रयोग रहनु, सार्वजजिक पदाधिकारी माथि कारबाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहँुचमा कमी हुनु जस्ता कायमै रहेको छ ।

    डेनमार्क र न्युजिल्यान्डमा सबैभन्दा कम भ्रष्टाचार, सार्कमा भुटान

    सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको पहिलो श्रेणीमा डेनमार्क र न्युजिल्यान्ड छन् । ती देशले ८८ अंक पाएका छन् । त्यस्तै, सबैभन्दा बढी भ्रष्टाचार हुनेमा साउथ सुडान र सोमालिया छ । उसले ९ अंक प्राप्त गरेको छ ।

    दक्षिण एसियामा भने सबैभन्दा कम भुटान र बढी भ्रष्टाचार अफगानिस्तानमा हुने देखाएको छ ।

    सन् २०२० को सूचकांकमा दक्षिण एशियाली मुलुकहरू मध्ये भुटान ६७ अंक सहित २४ औं स्थानमा रहेको छ।

    भारत ८६ औं, श्रीलंका ३८ औं र माल्दिभ्स ४३ औं स्थानमा रहेका छन्। १२४ औं स्थानमा पाकिस्तान रहेको छ भने बंगलादेश १४६ औं स्थानमा छ। ‍अफ्गानिस्तानले जम्मा १९ अंक प्राप्त गरेको छ र १ सय ८३ वटा देशमध्ये १४७ औं स्थानमा रहेको छ।

  • भीडको मनोविज्ञान र दुरुपयोगको जोखिम

    भीडको मनोविज्ञान र दुरुपयोगको जोखिम

    ‘भीड’ भन्ने बित्तिकै यसले आँखा देख्दैन र कसैको भाषा बुझ्दैन भन्ने आम बुझाइ छ । हाम्रो जस्तो चेतनाको स्तर र विकासका पूर्वाधारका हिसाबले पछौटे समाजमा भीड केवल सडक तताउन र सीमित राजनीतिक उद्देश्य पूर्तिहेतु प्रयोग गरिंदै आएको यथार्थ पनि हो । तर, पश्चिमा मुलुकहरूमा भने भीडकोे सर्वाङ्गीण महत्वबारे अठारौं शताब्दीयता निकै गहन रूपमा अध्ययन भएको पाइन्छ ।

    अठारौं शताब्दीको अन्त्यतिर भएको सफल फ्रान्सेली क्रान्ति होस् या ‘ग्रेट रिभोलुसन’ नाम दिइएको बेलायती क्रान्ति, जारसत्ता निर्मूल पार्न गरिएको रूसी क्रान्ति होस् या चेग्वेभारा-क्यास्ट्रोको ल्याटिन अमेरिकी क्रान्ति । २००७, २०४६ वा २०६२/६३ को नेपालकै जनआन्दोलन किन नहोस्, हरेक क्रान्ति वा आन्दोलनको सफलता भनेको भीडको बलमा नै टिकेको थियो र हुन्छ ।

    जब भीडको सङ्केत बुझ्न शासन चुक्छ र भीडको सन्देशको बेवास्ता गर्दै यसलाई भड्काउने कार्यमा सत्ताको दुरुपयोग गर्छ, तब त्यो शासकको पतन निश्चित छ । कुनै शासकको शक्ति, न कुनै तानाशाहको क्रूरता वा कुनै सत्ताको समीकरणले उक्त भीडको सामु टिक्ने सामर्थ्य राख्दैन र यसको एकीकृत शक्तिलाई नष्ट गर्न सक्दैन । सोझो अर्थमा, भीडको तागतलाई रोक्न सक्ने अर्को तागत कहीं कोहीसँग हुन्न ।

    हाम्रा सडकमा पनि यस्तै भीड देखिन थालेको छ र भीडको ध्वनिको गुञ्जन ठूलो बन्दै गरेको अवस्था छ । यसरी जम्मा हुँदै गरेको भीडलाई एकातिरबाट सत्ताइतर शक्ति अगुल्टो ठोसेर ज्वालामुखीमा रूपान्तरण गर्न दत्तचित्त भएर लागेको छ । अर्कातिर सत्ता र शक्तिमा भएकाहरू खिसीटिउरीमा उत्रिएका छन् । यसरी भीडलाई गिज्याउनु अन्ततः सत्ताका निम्ति प्रत्युत्पादक बन्छ भन्ने तथ्यलाई सत्ताधारी र तिनका आसेपासेहरूले नजरअन्दाज गरेको देखिन्छ ।

    शासक जति-जति क्रूर बन्दै जान्छ, भीड त्यति त्यति कठोर बन्दै जाने उदाहरणका रुपमा इजिप्टको क्रान्तिलाई लिन सकिन्छ । राज्यको कठोरताका कारण कसरी भीडले आफूलाई राज्यबाट टाढा ठान्छ र राज्यविरुद्ध विद्रोह छेड्छ भन्ने बुझ्न वर्षौंदेखि चल्दै आएको सिरियाको गृहयुद्धलाई हेरे पुग्छ ।

    एक ३० वर्षीय युवा सडक व्यापारी मुहामद बाउअजीले आफूउपर नगरपालिकाका कर्मचारीहरूले गरेको असभ्य व्यवहार र आफ्नो गरिखाने पेशालाई खिल्ली उडाएको विरुद्धमा आत्मदाह गरेपछि त्यसले उत्पन्न गरेको प्रदर्शनको ज्वारभाटाले सन् २०११ मा गोरा अफ्रिकीहरूको बाहुल्य रहेको ट्युनिसियाले कल्पनाभन्दा बाहिरको नतिजा बेहोर्नुपर्‍यो । एक युवाले गरेको आत्मदाहको ज्वालामुखी यसरी भीडका रूपमा विस्फोट भयो कि यसले ट्युनिसियाली सरकार नै ढालिदियो । यति मात्र हैन, यो विरोध संक्रमणका रूपमा अधिकांश अरब राष्ट्र र कतिपय अफ्रिकी मुलुकहरूमा समेत फैलिई ‘जस्मिन क्रान्ति’ हुँदै ‘अरब स्प्रिङ’ का नामले प्रख्यात भयो । यसले कर्णेल गद्दाफी, होस्नी मुबारक, अली सलेह जस्ता शासक र तानाशाहहरूको अप्रत्यासित अन्त्य समेत गर्‍यो ।

    मानव र भीडको सम्बन्धका बारेका दार्शनिक रुसो भन्छन्- मानवउपरको खास अध्ययन तबसम्म पूरा हुँदैन जबसम्म भीडको अध्ययन गरिंदैन । भीडको अध्ययनविनाको मानवबारे बुझाइ अधुरो र अपूरो हुन्छ । भीड मनोविज्ञानका पिता भनेर चिनिने फ्रान्सेली मनोवैज्ञानिक ले बोनको भनाइमा जबसम्म मानिसको अध्ययन भीडका रूपमा गरिंदैन, तबसम्म इतिहास र मानवीयताको समग्र अध्ययन भएको मान्न सकिंदैन ।

    ले बोन भन्छन्- कोही पनि व्यक्ति एकल रूपमा भन्दा भीडमा रहँदा आफूले अँगालेको सिद्धान्त र बुझाइ स्थापित गराउन मृत्युको चुनौती सहर्ष स्वीकार्छ । यस अर्थमा हाम्रोतिर रहेको प्रचलित सर्वमान्य नेता गणेशमान सिंहको ‘काठमाडौंका जनता भेडा रहेछन्’ भन्ने भनाइले पनि सार्थकता पाउँछ । सो भनाइको एउटा आशय के पनि हो भने भीडको भाषा, जात, धर्म आदि केही हुँदैन । छोटकरीमा भन्दा भीड सत्ता एउटा सत्ताविरोधी समूह हो ।

    भीडलाई एक साझा विचारधाराले बाँधेको हुन्छ, तर यस्तो विचारधारा सतही मात्र हुन्छ । यद्यपि यही सतही विचारधारा बोक्ने भीडको एक पात्र कुनै अदृश्य शक्तिसँग एकाकार हुन पुग्छ, जसले आफूखुशी चल्न थाल्छ । अधिकांश प्रदर्शनकारीहरू प्रदर्शनको मूल मर्म नबुझिकनै भीडको एक हिस्सा भइसकेका हुन्छन् । भीडको सुखदुःखलाई आफ्नो सुखदुःखका रूपमा अंगीकार गरिसकेका हुन्छन् । त्यसैले होला, मानिस प्राकृतिक रूपमा नै आन्दोलनकारी हुन्छ भनेर जर्मन इतिहासकार रोजेन्स्टक हसीले दावा गरेको छ ।

    पङ्तिकार स्वयम् जानी-नजानी २०६२-६३ को जनआन्दोलनको कुनै न कुनै रूपको साक्षी र भागीदार हो । कोही पनि व्यक्ति कसरी भीडको हिस्सा हुन पुग्छ र कसरी भीडको आवाजले विस्तारै उसको आवाजको प्रतिनिधित्व गर्दछ भन्ने पङ्तिकार आफैंले महसूस गरेको छ । यस विषयमा अधिकांश संरचनावादीहरूको एकमत पाइन्छ । उनीहरूको बुझाइमा भीड एउटा निश्चित उद्देश्यतर्फ उद्यत रहे तापनि भीडको माग भने समयक्रमसँगै बदलिंदै जाने र यसको अन्तिम माग शुरुका मागभन्दा बिल्कुल अलग रहने प्रचुर सम्भावना रहन्छ । त्यसैले कतिपय अवस्थामा अधिकांश भीडका सदस्यहरू आफूलाई जानकारीमा नभएको माग प्रदर्शन वा विरोधका दौरान आएको भनी सोही नयाँ परिवर्तनका विरुद्ध पुनः विरोधका लागि जम्मा भएका उदाहरण पनि छन् ।

    फ्रान्सेली क्रान्तिको सफलतापश्चात् एड्मण्ड बर्कले आफू फ्रान्सेली जनतालाई बधाई दिन चाहेनन् । क्रान्तिपश्चातको परिवर्तन चाँडै पश्चात्तापमा परिणत हुनसक्ने र मानिसको उत्साह सजिलै पीडामा रूपान्तरण हुने अत्यधिक सम्भावना रहने हुँदा सो बधाईले भोलि आम सर्वसाधारणलाई चिमोट्छ भन्ने उनको तर्क रहेको थियो । नेपालको परिवेशमा पनि २०६२-६३ ले जन्माएको र संस्थागत हुने क्रममा रहेको संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता आज सडकमा विरोधको विषय बन्दै गएको छ । आम चुलो-चौतारोको बहसको विषय हुन पुगेको छ । यसले बर्कको तर्कलाई थप पुष्टि गरेको गर्छ ।

    यसका अलावा शासकले बुझ्न नचाहने सत्य के पनि हो भने भीड जति दबाउन खोजिन्छ, त्यति नै भीडमा बढी टाउका थपिंदै जान्छन् । कतिपय विद्वान्हरू त जबसम्म सत्ताले भीड नियन्त्रणका नाममा दमनको नीति लिंदैन, तबसम्म सडकमा उभार नआउने बताउँछन् । जब भीडउपर शक्ति प्रयोग गरिन्छ त्यसपछि भीड अझ नियन्त्रणबाहिर जाने उनीहरूको तर्क छ । २०६२-६३ को जनआन्दोलनको सम्झना गर्दा पनि जब कलंकी, गोंगबुलगायतका क्षेत्रमा केही आन्दोलनकारीले सहादत प्राप्त गरे, अनि बल्ल भीडको आकारमा उल्लेख्य वृद्धि भएको थियो ।

    भीडलाई एक साझा विचारधाराले बाँधेको हुन्छ, तर यस्तो विचारधारा सतही मात्र हुन्छ । यद्यपि यही सतही विचारधारा बोक्ने भीडको एक पात्र कुनै अदृश्य शक्तिसँग एकाकार हुन पुग्छ, जसले आफूखुशी चल्न थाल्छ । अधिकांश प्रदर्शनकारीहरू प्रदर्शनको मूल मर्म नबुझिकनै भीडको एक हिस्सा भइसकेका हुन्छन् ।

    शासक जति-जति क्रूर बन्दै जान्छ, भीड त्यति त्यति कठोर बन्दै जाने उदाहरणका रुपमा इजिप्टको क्रान्तिलाई लिन सकिन्छ । राज्यको कठोरताका कारण कसरी भीडले आफूलाई राज्यबाट टाढा ठान्छ र राज्यविरुद्ध विद्रोह छेड्छ भन्ने बुझ्न वर्षौंदेखि चल्दै आएको सिरियाको गृहयुद्धलाई हेरे पुग्छ ।

    त्यसो भए के भीडले सधैं परिवर्तन ल्याउँछ त भन्ने प्रश्न गहन बन्न पुग्छ । भीडले सधैं सत्ता वा शासक परिवर्तन गराउँछ नै भन्ने हैन । कतिपय अवस्थामा भीडका केही भावना समेटेर सामान्य सुधारका प्रतिबद्धतासहित भीड साम्य पार्न सकिन्छ । तर यदि भीडलाई अराजक जत्थाका रूपमा मात्र लिने, भीडउपर केवल खिसीटिउरी गर्ने र भीडको भावना विपरीतका कार्य सत्ताले गर्दै जाने हो भने सोही भीड क्रान्तिको औजार बन्न पुग्छ ।

    ‘मानिस किन विद्रोह गर्दछन् ?’(ह्वाई मेन रिबेल ?) नामक पुस्तकमा अमेरिकी लेखक तथा राजनीतिशास्त्रका प्राध्यापक टेड गुर दावा गर्छन् कि निराशाले मानिसलाई आक्रामक बनाउँछ । साथै, जति-जति मानिसले आफ्नो अवस्थाको तुलना अरूसँग गर्छन् र आफूलाई दयनीय अवस्थामा पाउँछन्, त्यति त्यति उभित्र विद्रोही चरित्र हावी हुँदै जाने गर्छ ।

    भीडको एउटा क्रूर सत्य के पनि हो भने यसलाई सजिलै दुरुपयोग गर्न सकिन्छ । सडकमा पोखिएको भीडलाई दुरुपयोग गर्न देशभित्रका आन्तरिक शक्तिहरू मात्र नभई बाह्य ताकतहरूले प्रयत्न गर्ने दृष्टान्त विश्वभर भएका क्रान्तिमा देखिन्छ । अधिकांश सडक आन्दोलनदेखि ठूलाठूला गृहयुद्ध र जातीय नरसंहारमा विदेशीको हात रहेको बारेमा प्रशस्त पुस्तकहरू प्रकाशित भइसकेका छन् । चाहे नेपालको माओवादी द्वन्द्वको परिदृश्य होस् या अफगानिस्तानको दशकौं लामो हिंसा, चाहे रुवाण्डाको हुतु-तुत्सी द्वन्द्व होस् या युक्रेनको अरेन्ज क्रान्ति, हरेकका पछाडि वैदेशिक शक्तिहरूको स्वार्थको टकरावले कत्रो भूमिका खेलेको छ भन्ने बारे कैयन् लेख रचना सार्वजनिक भएका छन् ।

    भीडलाई वैदेशिक शक्तिले कुन रूपमा प्रयोग गर्न सक्छन् भन्ने बुझ्न अमेरिकी समाजशास्त्री थेडा स्कोकपोल र बेलायती इतिहासविद् एरिक हब्सबनको भनाइ अति पेचिलो छ । उनीहरूका अनुसार सडकमा देखिने भीड खतरनाक र महत्वपूर्ण भए पनि खास अर्थमा त्यो भीडको निर्देशक, संरक्षक र उत्पादक को हो भन्नेले विशेष महत्व राख्छ । यस्ता तत्वहरूमा आन्तरिकसँगै बाह्य शक्ति हुनसक्ने उनीहरूको स्पष्ट संकेत छ ।

    यस्तो अवस्थामा राजनीतिक दलहरूको दलगत स्वार्थ, औंलामा गन्न सकिने केही नेताहरूको पदलोलुपता, स्वेच्छाचारिता, परिवारवाद, नाता-कृपावाद आदि अराजक र अनैतिक दुर्गुणहरू राज्यको चरित्र जस्तो देखिन गएको तितो यथार्थ छ । आम नागरिक भने न्यूनतम सेवा-सुविधा र अधिकारबाट बञ्चित हुँदै जाने चक्र चलिरहे अहिले सडकमा देखिएको भीड भोलि सत्ता र शासकका लागि भारी पर्न सक्छ ।

    राज्य उसको प्राथमिकताबाट भड्किएर भीरको बाटो कुदिरहेको यो अराजक बेथितिमा जनताले सडकलाई आफ्नो डेरा बनाउने मनसाय बनाए आजको भीड भोलिको क्रान्तिको बिगुल बन्नेमा कुनै शंका छैन । त्यसैले इतिहासबाट पाठ सिकेर भीडको भाषा, मनोविज्ञान र सन्देशलाई आत्मसात् गर्नुको विकल्प छैन । नत्र इतिहासले कसैलाई कुर्दैन र कोही व्यक्ति आफू नभए सबै सखाप हुन्छ भन्ने भ्रमको पर्दा चिरिन अधिक समय कुर्नु पर्दैन ।

  • प्रदेशका अविश्वास प्रस्तावमा कांग्रेसको अलमल, निर्णय तलबाट गर्ने कि माथिबाट ?

    प्रदेशका अविश्वास प्रस्तावमा कांग्रेसको अलमल, निर्णय तलबाट गर्ने कि माथिबाट ?

    काठमाडौं । बागमती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्री विरुद्ध प्रस्तुत भएका अविश्वास प्रस्तावलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझै अनिर्णित छ । प्रस्तावको पक्ष वा विपक्षमा कता उभिने भन्ने मात्रै नभएर निर्णय प्रक्रियाकै विषयमा पार्टीभित्र एकमत छैन ।

    मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावबारे माथि (केन्द्र) बाट निर्णय लिने वा तल (प्रदेशसभा संसदीय दल) बाट निर्णय लिने भन्नेमा कांग्रेसमा सहमति जुट्न नसकेको हो ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेशसभा संसदीय दललाई नै निर्णयको अधिकार दिन गरेको प्रस्ताव वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ । पौडेल पक्षले प्रदेश सरकारको विषय राष्ट्रिय राजनीतिसँग जोडिएको भन्दै केन्द्रले नै नीतिगत निष्कर्ष दिनुपर्ने अडान लिएको छ ।

    माघ ९ गते आफ्नै निवासमा बसेको बागमती प्रदेशका नेताहरुसँगको बैठकमा सभापति देउवाले प्रदेशको अनुकूलता अनुसार निर्णय गर्ने अधिकार प्रदेशसभा संसदीय दललाई दिनु नै लोकतान्त्रिक हुने धारणा राखेका थिए । सोही बैठकमा उपस्थित वरिष्ठ नेता पौडेलले असहमति जनाएपछि निर्णय प्रक्रियाबारे सहमति जुटेको छैन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा प्रदेशको विषयमा पार्टीभित्र छलफल जारी रहेको भन्दै उचित समयमा निर्णय लिने बताउँछन् ।

    ‘पार्टी सभापति र वरिष्ठ नेता दुवैजनाले सम्बन्धित प्रदेशका नेताहरु र पार्टीका पदाधिकारीसँग परामर्श गरिसक्नुभएको छ । नेतृत्व तहमा अहिलेसम्म भएको सहमति भनेको उचित समयमा उचित निर्णय दिने भन्ने नै हो,’ शर्माले भने । तलबाट निर्णय लिने वा माथिबाट निर्णय लिने भन्ने विषय कांग्रेसको आन्तरिक विषय रहेको भन्दै प्रवक्ता शर्माले संसदीय प्रक्रिया सुरु भइसकेपछि कांग्रेस सर्वसम्मत निर्णयका साथ प्रस्तुत हुने बताए ।

    सभापति देउवाले अविश्वास प्रस्तावलाई सफल वा असफल बनाउने बारे मुख खोलिसकेका छैनन् । पौडेल पक्ष भने अविश्वास प्रस्ताव पारित गराउनुपर्ने पक्षमा उभिएको छ । प्रदेश १ का केन्द्रीय नेताहरुसँगको छलफलका क्रममा सभापति देउवाले दुवै प्रदेशको अवस्था हेरेर उपयुक्त निर्णय लिने बताएका थिए ।

    सहकार्यका लागि प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रस्ताव आएको प्रसंग कोट्याएर सभापति देउवाले पार्टीलाई हित हुनेगरी निर्णय लिनुपर्ने बताउँदै आएका छन् । निर्णय प्रक्रिया शुरू नहुँदासम्म कांग्रेसको पोजिसन क्लियर गर्न नहुनेमा दुवै पक्ष एक भए पनि प्रक्रियाका विषयमा जारी विवादले अन्यौल भने बढाएको छ ।

    ‘नेताहरूले कि त निर्णय गर भनेर हामीलाई जिम्मा दिनुपर्‍यो कि त पार्टीको लाइन यो हो भनेर भन्न सक्नुपर्याे । अहिले त अल्मलाउने काम मात्रै भयो,’ प्रदेश १ का एक सांसदले नेपालप्रेससँग भने ।

    सभापति देउवा सके दुईवटै प्रदेशमा नभए बागमती प्रदेशमा मुख्यमन्त्री कांग्रेसले लिनुपर्ने पक्षमा छन् । दुवै प्रदेशमा सरकारको नेतृत्व दावी गर्नेमा विवाद नभए पनि पौडेल पक्षले नेकपाको ओली पक्षसँग मिल्न नहुने बताउँदै आएको छ । आफ्नै समूहका केही नेताहरुले संसद विघटन गर्ने पक्षसंग सहकार्य गर्दा नकरात्मक सन्देश जाने बताएपछि देउवाले अन्तिममा मात्रै निर्णय लिने रणनीति अंगीकार गरेका हुन् ।

    ‘सभापतिजीले प्रदेशसभा संसदीय दललाई नै निर्णय गर्न दिउँ भन्नुभएको छ । यसो गर्दा आफू अनुकूल निर्णय गराउन सकिन्छ भन्ने उहाँलाई लागेको हुनसक्छ’, प्रदेश १ बाट प्रतिनिधित्व गर्ने देउवा निकट केन्द्रीय सदस्यले भने ।

    प्रदेशस्तरमा कांग्रेसको पार्टी संरचना तयार भइसकेको छैन । पार्टीको संरचना नभएकै कारण केन्द्रले नै निर्णय गर्दा उपयुक्त हुने पौडेल पक्षको भनाइ छ ।

    ‘मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव राष्ट्रिय राजनीतिसँग जोडिन्छ । हाम्रो प्रदेश समिति पनि नभएकोले केन्द्रले नै सैद्धान्तिक निर्णय गर्नुपर्छ । त्यसका आधारमा औपचारिक निर्णय सम्बन्धित सभाले गरिहाल्छन्’, कांग्रेस नेता गुरुराज घिमिरेले भने ।

  • देशलाई अस्तव्यस्त बनाउने चलखेलविरुद्ध ताजा जनादेशमा जाने निर्णय : अर्थमन्त्री

    देशलाई अस्तव्यस्त बनाउने चलखेलविरुद्ध ताजा जनादेशमा जाने निर्णय : अर्थमन्त्री

    रुपन्देही । नेकपा ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले विकासको गतिमा अगाडि बढेको सरकारलाई असफल बनाउनेगरी र देशलाई अस्तव्यस्त बनाउने चलखेल गरेकाले सरकारले ताजा जनादेशमा जाने निर्णय गरेको बताएका छन् ।

    आफ्नै दलभित्रका नेताहरुको असहयोग भएका कारण प्रतिनिधिसभा विघटन भएको उनको भनाइ थियो ।

    बुधबार बुटवलमा बेलहिया बुटवल सडकअन्तर्गतको राजमार्ग चौराह-चिडियाखोला सडक विस्तार आयोजनाको शुभारम्भ गर्दै अर्थमन्त्री पौडेलले जनताको चाहना, राष्ट्रको चाहनाविपरीत गतिविधि गर्नेलाई नेपाली जनताले सजाय दिने बताए ।

    उनले भने, ‘आफ्नै दलभित्रैबाट अत्यन्तै अनपेक्षित गतिविधि भए, जुन अहिलेसम्म कल्पना गरिएको थिएन, प्रतिपक्षले समेत सरकारको काममा औंला ठडाउन नसकेको समयमा दलभित्रका साथीहरुको स्वार्थका कारण यस्तो समस्या आइलाग्यो ।’

    निर्धारित समयमा चुनाव हुने बताउँदै अर्थमन्त्री पौडेलले त्यसको तयारीका लागि लाग्न सबैलाई आग्रह गरे । उनले भने, ‘चुनाव निर्धारित मितिमै हुन्छ तपाईंहरू तयारीमा लाग्नुहोस्, सरकार तयारीमा लागिसक्यो ।’ चुनावबाट भाग्ने अधिकार राजनीतिक दललाई नभएको पौडेलले बताए ।

    सडक बिस्तार आयोजनालाई जतिसक्यो छिटो सम्पन्न गर्न निर्देशन दिदै उनले गुणस्तरमा ध्यान दिन आग्रह गरेका थिए । उनले विकासका काममा साझेदारी गर्न सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।

    कुल साढे ३ किलोमिटर सडकको ठेक्का द कन्चनजंगघा बिरुवा जेभीले पाएको छ । यो आयोजनाको ४७ करोड २७ लाख लागत लाग्ने आयोजना प्रमुख जयलाल मरासिनीले बताए । २०७९ बैशाख ३१ गतेसम्म निर्माण सम्पन्न गर्ने समय रहेकोमा सोभन्दा पहिले नै निर्माण सक्ने ठेकेदार सुविध श्रेष्ठले प्रतिवद्धता गरेका छन् ।

  • पहिलो दिन ९ हजार ८४ जनालाई कोरोना खोप, १० घन्टासम्म ‘साइड इफेक्ट’ कसैलाई छैन

    पहिलो दिन ९ हजार ८४ जनालाई कोरोना खोप, १० घन्टासम्म ‘साइड इफेक्ट’ कसैलाई छैन

    काठमाडौं । कोभिड–१९ खोप अभियानअन्तर्गत पहिलो दिन खोप लगाएका कसैलाई पनि १० घन्टासम्म साइड इफेक्ट नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका छन् ।

    प्रदेश १ मा १२५५, प्रदेश २ मा ७२६, बागमतीमा २६ हजार ९४, गण्डकीमा १८ सय ४३, लुम्बिनीमा ७३३ जनाले खोप लगाएका छन् । त्यस्तै कर्णालीमा ७५१ जना र सुदूर पश्चिममा १,०८२ जनाले खोप लगाएका छन् ।

    आज सबैभन्दा बढी बाग्मती प्रदेशमा खोप लगाइएको छ भने सबैभन्दा कम प्रदेश २ मा लगाइएको छ । यस्तै काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, पाटन अस्पताल प्रसुती गृह अस्पतालमा रहेको खोप केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थलगत भ्रमण गरी खोप लगाउने व्याक्ति र सेवा प्रदायकलाई हौसला दिए ।

    आजदेखि देशैभर फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, तथा सरसफाईकर्मीहरुले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाउन सुरु भएको छ ।

    देशभरबाट ४ लाख २० हजार जनाले ‘कोभसिल्ड’को खोप लगाउँदैछन् । नेपालबाट पहिलो खोप लगाएको टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारीले कोरोना खोपले कुनै पनि असर नदेखिएकाले खोप सुरक्षित भएको बताए ।

    उनी भन्छन्, ‘खोप लगाउँदैमा भाइसरले आक्रामण नगर्ने भन्ने होइन । खोपले भाइरसलाई मार्ने नभइ भाइरस शरीरभित्र प्रवेश गर्न नदिनु हो । र, खोप लगाएको १४ दिनमा एन्टीबडी बनाउन शुरु गर्छ । यसले शरीरलाई प्रोटेक्सन गर्छ ।’

    ‘कोभिसिल्ड’ खोप लगाएपछि केही गतिविधि गर्न नहुने डा। भण्डारी बताउँछन् । उनका अनुसार खोप लगाइसकेकाहरुले मध्यपान गर्न हुँदैन र जनस्वास्थ्यको मापदण्ड पालना पर्छ ।

    अन्यथा भाइरसको असर देखिन सक्छ । भ्याक्सिन लगाएर समुदायलाई भने सुरक्षित बनाउन मद्दत पुग्छ । पहिलो चरणको खोप लगाएको ४ हप्तापछि दोस्रो खोप लगाउनुपर्ने हुन्छ ।

    उनी भन्छन्, ‘१८ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, एलर्जी हुने व्यक्तिले खोप लगाउँदा मात्रै यसको असर देखिने हो । त्यस्ता व्यक्तिहरुको हकमा भने खोपले शतप्रतिशत काम गर्दैन । नेपालमा खोपले ७५ प्रतिशत काम गर्छ ।

  • अख्तियारको छापापछि जनकपुर यातायातमा लाइसेन्सको परीक्षा स्थगित

    अख्तियारको छापापछि जनकपुर यातायातमा लाइसेन्सको परीक्षा स्थगित

    जनकपुरधाम । सवारी चालक अनुमति पत्र वितरणमा रकम लेनदेन बढ्न थालेपछि जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

    आयोगको टोलीले कार्यालय सहयोगी र एक बिचौलियालाई पक्राउ गरेपछि कार्यालयले लाइसेन्स परीक्षा स्थगित गरेको छ ।

    कार्यालयका निमित्त प्रमुख विरेन्द्र साहले सूचना निकालेर ०७७ माघ १४ देखि १६ सम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरु स्थगित गरिएको जनाएका छन् । कार्यालयको कार्यव्यस्तताको कारणले अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा भनिएको छ ।

    मंगलवार साँझ अख्तियार बर्दिबासको टोलीले कार्यालयमा छापा मारेर घुस रकमसहित कार्यालय सहयोगी भागेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई पक्राउ गरेको थियो । अख्तियारका प्रवक्ता मनिराज ज्ञवालीका अनुसार कार्यालय सहयोगीलाई बिचौलियाबाट छैठौं तहका कर्मचारी तेजेन्द्र भनिने अनिल गिरीले घुस लिन भनेका थिए ।

    कार्यालय सहयोगी २ लाख २३ हजार ८२० रुपैया र दलाल भगत ५० हजार रुपैयासहित पक्राउ परेपनि कर्मचारी गिरी फरार छन् । उनी बुधवार कार्यालयमा समेत उपस्थित भएका छैनन् । अख्तियारको टोली आएको सुइँको पाउनेवित्तिकै उनी भागेका थिए ।

    अपरान्ह ४ बजे कार्यालय प्रवेश गरेको अख्तियार टोली राति १० बजे फर्केको थियो । घुस रकमसहित पक्राउ परेका कार्यालय सहयोगी र बिचौलियालाई अनुसन्धान तथा कारबाहीका लागि अख्यिारको हिरासतमा राखिएको छ ।

  • माइतीघरमा आजबाट प्रचण्ड-माधव पक्षको धर्ना (भिडियो)

    माइतीघरमा आजबाट प्रचण्ड-माधव पक्षको धर्ना (भिडियो)

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षले बुधबार माइतीघरमा धर्ना दिएको छ ।

    धर्नामा विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्यहरू सहभागी थिए । नेकपा प्रचण्ड-माधव पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधिसभा सदस्य पम्फा भुसालले असंवैधानिकरुपमा संसद विघटन गरी देशलाई प्रतिगमनतर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको बताइन् ।

    संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनको भनाइ थियो । विघटित प्रतिनिधिसभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा धर्ना बस्नुपर्ने आवश्यकता रहेको बताए ।

    ‘संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेका हौं’, गजुरलेलले भने । नेकपा प्रचण्ड(माधव पक्षले प्रतिनिधि सभा विघटनको बिरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । बुधबारदेखि शुरु भएको धर्ना शनिबारबाहेक माघ २१ सम्म प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ ।

  • पूर्वबाललडाकुसँग प्रधानमन्त्रीको फोन संवादः आफूलाई अयोग्य नभन्नुस् है ! (अडियोसहित)

    पूर्वबाललडाकुसँग प्रधानमन्त्रीको फोन संवादः आफूलाई अयोग्य नभन्नुस् है ! (अडियोसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिष्करणमा परेका माओवादीका पूर्वलडाकुसित पछिल्ला दिनमा आत्मीयता बढाइरहेका छन् । खासगरी, पार्टी विभाजनपछि उनले दिएका अभिव्यक्तिमा माओवादी पूर्वलडाकु तथा जनयुद्धका घाइते-बेपत्ताका परिवारजनप्रति बारम्बार सहानुभूति प्रकट भएको छ ।

    प्रधानमन्त्रीको यो सहानुभूतिले पूर्वलडाकुहरु पनि वशीभूत देखिन्छन् । गत १० माघमा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष छलफल गरेर तत्कालीन माओवादीका लडाकुहरुको संगठन पूर्वजनमुक्ति सेना र बहिर्गमित बाल सैनिकको संगठनले ओली समूहमा समाहित हुन अनौपचारिक सहमति जनाएका थिए ।

    यसैबीच, प्रधानमन्त्री ओली र एक पूर्वबाललडाकुबीच हालै भएको टेलिफोन संवाद नेपाल प्रेसलाई प्राप्त भएको छ । पूर्वबाललडाकुका प्रवक्ता तथा उपाध्यक्ष राजन थापाले प्रधानमन्त्रीलाई फोन गरेर आफ्ना भनाइ राखेका थिए । संवादका क्रममा प्रधानमन्त्रीले पूर्वबाललडाकुले आफूलाई ‘अयोग्य’ नठान्न आग्रह गरे । थापाले चाहिँ ओलीकै शब्द सापटी लिएर तत्कालीन माओवादीका सुप्रिमो प्रचण्डले जनयुद्धलाई ‘कुहिएको फर्सी’ मा परिणत गरेको गुनासो गरेका छन् ।

    प्रधानमन्त्रीसँग थापाले गरेको कुराकानी जस्ताको तस्तैः

    प्रमः  हेल्लो ।

    थापाः  प्रधानमन्त्रीज्यू नमस्कार ।

    प्रमः  नमस्कार ।

    थापाः प्रधानमन्त्रीज्यू, म पूर्वबाललडाकु तथा अयोग्य लडाकु भन्ने छ नि, त्यसको प्रवक्ता तथा उपाध्यक्ष राजन थापा बोल्दैछु । प्रधानमन्त्रीज्यूले अहिले जे निर्णय लिनुभयो नि, त्यसमा एकदमै सकारात्मक छौं ।

    प्रमः  धन्यवाद ।

    थापाः  प्रधानमन्त्रीज्यूले जे निर्णय गर्नुभएको छ, देशको हितको निम्ति छ । पछिल्लो समय बहिर्गमित जनमुक्ती सेना, अयोग्य लडाकु गरी कुल ४ हजार ८ जना छौं । त्यो जनमुक्ति सेनालाई पनि हामीले के जानकारी गराएका छौं भने…

    प्रमः  (बीचमा रोक्दै) एउटा शब्दमा तपाईं भ्रममा नपर्नुस है धेरै । ‘अयोग्य लडाकु’ भनेको लडाकु बन्नका निम्ति अयोग्य भनेको होइन । लडाकु भनेर जे उनीहरुले पेश गरे, त्यो क्याटेगोरीमा मिलेन, त्यो लडाकु भनेर पेश गरेकोमा साँचो नठहरिएको मात्रै हो ।

    थापाः  हजुर, हजुर प्रधानमन्त्रीज्यू । अनि, २०७३/७४ को बजेटमा हजुर प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री हुनुहुन्थ्यो । त्यतिबेला पनि यो समूहलाई केही व्यवस्थापन गर्नुपर्छ भनेर ८४ करोड विनियोजन गर्नुभएको थियो । फेरि प्रधानमन्त्री कार्यालय र सरकारलाई विपक्षी बनाएर रिट पर्‍यो । त्यो रिट अहिले पनि चलिरहेको छ । त्यसकारण अहिले हामी समग्र ४ हजार मात्र नभएर परिवार र आफन्तसमेत गरी ३२ हजारसम्मको स्थिति आउन सक्छ ।

    हामीले साथीहरुलाई पनि के स्पष्ट बनाएका छौं भने, प्रचण्डले हिजो गद्दार गरे । उहाँले जनयुद्धलाई कुहिएको फर्सीमा परिणत गर्नुभएको छ अहिले । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वको सरकारले कमसेकम देशको हितको निम्ति, जनयुद्धका घाइते र सहिद परिवारको निम्ति राम्रो खालको योजना र सोच बनाउनुभएको छ । प्रचण्डले भने सत्ताको लागि र कुर्सीका लागि मात्र काम गरेको साथीहरुले बुझ्नुभएको छ र आम जनताले पनि त्यही बुझ्नुभएको कुराहरु छ । त्यसैले गर्दा कमसेकम जुन सर्वोच्चमा अड्केर बसेको छ, त्यो विषयलाई पोजिटिभ ढंगले किनारा लगाउने काम गर्नपाए उचित हुन्थ्यो …

    प्रमः  ठीक छ, अरु थप कुराहरु पछि गरौंला । अहिले मिटिङमा छु । मिटिङकै बीचमा धेरै कल आएको भएर उठाएको हो । पछि कल ब्याक गर्छु । राजु के अरे ?

    थापाः  राजन थापा ।

    प्रमः  ए हुन्छ ल ।

    सुन्नुस् अडियो

  • बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कुनको नाफा कति ?

    बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कुनको नाफा कति ?

    काठमाडौं । बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । सनराइज बैंक, सानिमा बैंक, प्रभु बैंक, नेपाल बैंकले विवरण सार्वजनिक गरेका हुन् ।

    कुन बैंकको विवरण कस्तो ?

    सनराइज बैंक

    सनराइज बैंकले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको यस त्रैमाससम्मको नाफा ०.५३ प्रतिशतले बढेर ९४ करोड ९४ लाख रूपैयाँ पुगेको छ ।

    गत वर्षको यसै अवधिमा बैंकको नाफा ९४ करोड ४३ लाख रूपैयाँ थियो । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख रूपैयाँ रहेको छ । यता बैंकको खुद ब्याज आम्दानी ११.३१ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन नाफा भने ०.८३ प्रतिशत बढेर १ अर्ब ३५ करोड रूपैयाँ पुगेको छ ।

    नेपाल बैंक

    सरकारी स्वामित्वको नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले नाफा ०.१ प्रतिशतले मात्र घटेको जनाएको छ । बैंकले चालु वर्षको साउनदेखि पुस मसान्तसम्म एक अर्ब ३५ करोड ४ लाख नाफा गरेको छ । अघिल्लो वर्ष यही अवधिमा नाफा १९ लाखले बढी थियो । बैंकले चालु वर्षको ६ महिनामध्ये पछिल्लो तीन महिना (कात्तिकदेखि पुससम्म) ५५ करोड ४ लाख रूपैयाँ नाफा गरेको छ ।

    बैंकले एक वर्षको अवधिमा ऋण एक खर्ब ३ अर्बबाट बढाएर एक खर्ब १६ अर्ब पुर्‍याएको छ । निक्षेप पनि एक खर्ब ४१ अर्बबाट १ खर्ब ४८ अर्ब पु¥याएको छ। बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९९ करोडबाट २ अर्ब ७७ करोडमा झरेको छ । खासगरी ब्याज खर्च बढ्दा खुद ब्याज आम्दानी घटेको हो ।

    सानिमा बैंक

    सानिमा बैंकको सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिसम्ममा बैंकले १ अर्ब ६ करोड २७ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७.३८ प्रतिशत कम हो ।

    गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपियाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेपछि बैंकको खुद नाफा घटेको हो । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८९ करोड २६ लाख रूपैयाँ रहेको छ ।

    प्रभु बैंक

    प्रभु बैंकले ३९.८७ प्रतिशतले खुद नाफा बढाएको छ । बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब ५१ करोड रूपैयाँ भएको जनाएको छ । बैंकले चालु वर्षको पछिल्लो तीन महिना (कात्तिकदेखि पुससम्म) ६६ करोड ८६ लाख रूपैयाँ नाफा गरेको छ । खुद ब्याज आम्दानी पनि बढेको छ ।

    अघिल्लो वर्ष २ अर्ब ४५ करोड रूपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष २ अर्ब ६९ करोड रूपैयाँ पुगेको छ । बैंकले व्यापार वृद्धि पनि ९९ अर्ब ३९ करोडबाट बढाएर एक खर्ब २६ अर्ब रूपैयाँ पुर्‍याएको छ ।

  • वामदेवको दाबी- नेकपा मिल्दा अमेरिकामा पनि कम्युनिष्‍ट उठ्दै थिए

    वामदेवको दाबी- नेकपा मिल्दा अमेरिकामा पनि कम्युनिष्‍ट उठ्दै थिए

    काठमाडौं । विभाजित नेकपाका दुवै पक्षलाई मिलाउन राष्ट्रिय अभियान घोषणा गरेका नेता वामदेव गौतमले नेकपा विभाजनले विश्वभरका कम्युनिष्‍टहरुलाई रुवाएको टिप्पणी गरेका छन् । गौतमले नेकपा एकताले अमेरिकामा समेत प्रभाव पार्न लागेका बेला विभाजनले सबैलाई रुवाएको बताएका हुन् ।

    एकता अभियान घोषणा सभामा गौतमले भने, ‘आज चीनको कम्युनिष्‍ट पार्टी रोएको छ, भियतनामको कम्युनिष्‍ट पार्टी रोएको छ । हाम्रो एकताले अमेरिका जस्तो कम्युनिष्‍टलाई घृणा गर्ने ठाउँमा पनि पार्टी उठ्न लागेको थियो । तर उहाँहरुले सारा मान्छेलाई रुवाएर आफू हाँसिरहनुभएको छ ।’

    गौतमले नेकपा विभाजनमा केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै दोषी रहेको भन्दै दुई अध्यक्ष राख्नु पनि पार्टी विभाजनको कारक बनेको बताए । उनले दुई अध्यक्ष भएपछि पार्टीमा दुईवटा केन्द्र बनेको र उनीहरु नमिल्नासाथ पार्टी फुटेको बताए ।

    गौतमले आज सँगै बसेर चीया पनि खान नसक्ने गरि अभिव्यक्ति आइरहेको भन्दै गालिगलौजप्रति आपत्ति जनाएका छन् । प्रचण्डले गत वर्ष मंसीर ४ गते कार्यकारी अध्यक्ष पाएर प्रधानमन्त्रीको आधा कार्यकाल छाडेकै दिनदेखि पार्टी विभाजनको आधार बनेको उनले बताए ।

    गौतमले भने, ‘उहाँहरु फुटेर शक्ति आर्जन हुन्छ भन्नेमा लाग्नुभयो । फुटाउनकै निम्ति अविश्वास प्रस्ताव ल्याउनुभयो, पार्टी फुटे फुट्छ भने भनेर प्रतिनिधिसभा भंग गर्नुभयो ।’

  • हिसाब निकाल्दै वामदेवले भने – फुटेर चुनावमा गए नेकपाले हार्ने निश्‍चित

    हिसाब निकाल्दै वामदेवले भने – फुटेर चुनावमा गए नेकपाले हार्ने निश्‍चित

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले फुटेर निर्वाचनमा जाँदा नेकपा पराजित हुने निश्चित रहेको बताएका छन् ।

    उनले नेकपा एकता अभियानको औपचारिक घोषणा गर्ने क्रममा अघिल्लो चुनावी नतिजाको आँकडा प्रस्तुत गर्दै विभाजित नेकपाले चुनाव जित्न नसक्ने भविष्यवाणी गरे ।

    वामदेवको भनाइ यस्तो थियो- 

    गत चुनावमा हामी पार्र्टी एकता गएर गएका थियौं । नेकपाको पक्षमा लहर आएको थियो । त्यस्तो अवस्थामा दुर्ई पार्टी मिलेर ल्याएको मत जम्मा ४३ लाख हो । नेपाली कांग्रेसले ल्याएको ३० लाख हो । अब अहिलेसम्म ५-७ लाख मतदाता बढे होला । विभाजित अवस्थामा हाम्रो पक्षमा लहरमा आउने छैन । त्यसैले दुईतर्फ भोट बाँडिदा २१-२१ लाख लाख हुन्छ । २२ लाख मात्रै अर्को पार्टीले मत प्राप्त गर्यो भने हामीलाई पछार्छ ।

    कांग्रेसले पहिल्यै ३० लाख ल्याएकोमा अब झन् बढ्न सक्छ । त्यसैले नेकपा पराजित हुने भन्दा अर्को विकल्पै छैन । दुई चार ठाउँमा जिन्त सकिएला । फुटेर गइयो भने हार्ने निश्चित छ । अर्को पार्टी सरकारमा पुग्ने पक्का छ । अहिले दुवै पक्षले चुनाव जित्छौं भनेका छौं । त्यसलाई सिद्धान्तले गलत सावित गर्छ । निर्वाचन निर्माणका निम्ति हो, ध्वंसका निम्ति होइन ।’

  • वामदेवको एकता अभियानमा को-को लागे ?

    वामदेवको एकता अभियानमा को-को लागे ?

    काठमाडौं । विभाजनपूर्वको नेकपाका उपाध्यक्ष वामदेव गौतमले आजबाट औपचारिक घोषणा गरेको पार्टी एकता राष्ट्रिय अभियानमा साबिक केन्द्रीय कमिटीका एकजना बाहेक अन्य नेता सामेल नभए पनि केही जनप्रतिनिधि सहभागी भएका छन् ।

    वामदेवको एकता अभियानमा किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन,उपमेयर शरस्वती खड्का सहितका विभिन्न जिल्लाका जनप्रतिनिधि सहभागी रहेको बताइएको छ ।

    वामदेवको अभियानमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति हिरावहादुर महर्जन पनि जोडिएका छन् । अभियानको संयोजक गौतम र सहसंयोजक केन्द्रीय सदस्य हरि पराजुली तथा सचिव बाबुराम थापा छन् ।

    एकता अभियान केन्द्रदेखि प्रत्येक स्थानीय तह र वडासम्म लैजाने गरी एकता समन्वय समिति गठन गरिएको छ । वामदेवको एकता अभियान लामो जाने र उनी तत्काल दुवै नेकपामा सामेल नहुने देखिएको छ ।

    अभियानको केन्द्रीय समन्वय समितिको बैठक ६ महिना र प्रदेश समन्वय समितिको बैठक ३ महिनामा बस्ने भनिएको छ । यसले पनि तत्काल गौतम समूह दुवै पक्षमा नखुल्ने देखिएको हो ।

    अभियान घोषणासभालाई सम्बोधन गर्दै पराजुलीले यसैगरि दुवै पक्ष गएमा आउने चुनावमा दुवैलाई बहिस्कार गर्न मतदातालाई आह्वान गर्ने चेतावनी दिए ।

     

  • माया ज्ञवाली प्रचण्ड-माधव समूह छाडेर वामदेवतिर

    माया ज्ञवाली प्रचण्ड-माधव समूह छाडेर वामदेवतिर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी नेकपा सांसद माया ज्ञवाली प्रचण्ड-माधव पक्ष छाडेर वामदेव गौतमको एकता अभियानमा सामेल भएकी छन् ।

    नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीसँगै दासढुंगा दुर्घटनामा निधन भएका संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी ज्ञवाली प्रतिनिधिसभामा तत्कालीन एमालेबाट समानुपातिक सांसद थिइन् ।

    मञ्‍चमा बसेकी ज्ञवाली (बीचमा)

    वामदेव गौतमको एकता अभियान घोषणासभामा उनी वामदेव पत्नी तुलसा थापासँगै मञ्चमा बसेकी छन् । थापा पनि समानुपातिक सांसद हुन् । उनले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी थिइनन् ।

    अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका विघटित प्रतिनिधिसभाका सदस्यमध्ये भैरववहादुर सिंह र यज्ञ बोगटी केपी ओली पक्षमा लागिसकेका छन् भने प्रभु साह मन्त्रीनै भइसकेका छन् । लालबाबु पण्डितले आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

  • प्रदेश २ का कानूनमन्त्री यादवले लगाए कोरोना खोप

    प्रदेश २ का कानूनमन्त्री यादवले लगाए कोरोना खोप

    जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    जनकपुरस्थित प्रादेशिक अस्पतालमा आयोजित एक समारोहबीच मन्त्री यादवले खोप लगाएर प्रदेशमा अभियानको शुरूआत गरे । आजदेखि शुरू भएको देशव्यापी अभियानअन्तर्गत पहिलो चरणमा कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालकलगायतलाई खोप दिन थालिएको छ ।

    यादव पहिलो चरणको खोप अभियानको लक्षित समूहभन्दा बाहिरका खोप लगाउने पहिलो व्यक्ति हुन ।

    मन्त्री यादवले खोप लगाउँदा कुनै साइड इफेक्ट नगर्ने सन्देश दिन पनि आफैबाट खोप अभियान शुरूआत गरेको बताए । उनका अनुसार आजदेखि प्रदेश २ को वीरगञ्ज र राजविराजबाट पनि खोप लगाउन सुरु गरिएको छ ।

    वीरगञ्‍जमा मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले खोप अभियानको शुभारम्भ गर्ने छन् । उनीहरूले भने खोप नलगाउने बताइएको छ ।

  • चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता

    चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता

    काठमाडौं । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा चलाउन माग गर्दै परेका निवेदन दर्ता भएका छन् ।

    मंगलवार रित नपुगेर दर्ता नभएको निवेदनसमेत बुधवार अदालत खुलेलगत्तै दर्ता भएका हुन् ।

    अधिवक्ता लोचन भट्टराई समेतले पूर्व प्रधानन्यायाधीशहरू मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीमाथि अदालतको अवहेलना मुद्दा चलाउन माग गर्दै निवेदन पेश गरेका थिए ।

    चार पूर्वप्रधानन्यायाधीशले केही दिनअघि संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ भइरहेका बेला त्यसलाई प्रभावित पार्ने गरी अदालतलाई दबाब दिन विज्ञप्ति निकालेको आरोप लगाइएको छ ।

    उनीहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको र यसलाई अदालतले बदर गर्नुपर्ने आशयको वक्तव्य दिएका थिए । अदालतमा विचाराधीन मुद्दामा पूर्वप्रधानन्यायाधीशहरुले सडकबाट दबाब दिएकोमा आलोचना समेत भएको थियो ।

  • उत्साहका साथ शुरू भयो नेपालमा कोरोनाविरुद्धको खोप अभियान

    उत्साहका साथ शुरू भयो नेपालमा कोरोनाविरुद्धको खोप अभियान

    काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोनाविरुद्धको खोप अभियान नेपालमा आजबाट शुरू भएको छ ।

    खोप अभियान शुरू भएपछि आशासँगै उत्साह छाएको छ । नेपालमा कोरोना संक्रमणको पहिलो केस गत वर्षको माघ १० गते भेटिएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा बिहान १० बजेर २३ मिनेटमा खोप अभियानको औपचारिक शुभारम्भ गरेका हुन् ।

    प्रधानमन्त्रीले खोप अभियानको आरम्भ गरेलगत्तै देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालकलगायतलाई खोप दिन थालिएको छ ।

    आज एकै दिन १२ हजार जनाले खोप लगाउने शुभारम्भ समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

    नेपाल दक्षिण एशियामा कोभिड विरुद्ध खोप अभियान चलाउने भारतपछि दोस्रो मुलुक भएको छ । भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    

     

     

     

  • डेढ महिनादेखि गाउँपालिका ठप्प, जनप्रतिनिधिको हानथापले गाउँसभा अनिश्चित

    डेढ महिनादेखि गाउँपालिका ठप्प, जनप्रतिनिधिको हानथापले गाउँसभा अनिश्चित

    जनकपुरधाम । जनप्रतिनिधिहरूको प्रतिष्ठाको लडाइँले धनुषाको धनौजी गाउँपालिका डेढ महिनादेखि ठप्प छ । चालु आर्थिक वर्षको करिब ६ महिना बित्न लाग्दा कुनै पनि विकास निर्माणको काम शुरू हुन सकेका छैन । तलब नपाएपछि कर्मचारीहरु कार्यालय आउनै छाडेका छन् ।

    प्रमुख प्रशासकीय अधिकृत कन्हैयाकुमार मिश्रले आर्थिक वर्ष २०७७/७८ को शुरूदेखि नै तलब नपाएपछि कार्यालय जान छाडेको बताए । उनले भने, ‘करिब ४०/४५ दिनदेखि अत्यावश्यक बाहेक सबै काम ठप्प छ । कुनै पनि कर्मचारी कार्यालय आउन मानेका छैनन् ।’ तलब निकासा नभएसम्म कार्यालय ठप्प रहने उनको भनाइ छ ।

    अधिकृत मिश्रले कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले तलब निकासा नदिएको बताए । ‘कोलेनिकाले तलब रोकेको छ’, उनले भने, ‘बहुमत जनप्रतिनिधिले तलब रोक्न निवेदन दिएको कुरा कोष प्रमुखले भन्नुभएको छ ।’ गाउँसभा नभएसम्म तलब निकासा नदिन बहुमत जनप्रतिनिधिले कोलेनिकामा निवेदन दिएको मिश्रले जानकारी दिए ।

    ‘५औं गाउँसभा सम्पन्न भइसकेको छ’, उनले भने, ‘तर त्यो गाउँसभामा सबै नीति तथा कार्यक्रम पेश नभएपछि स्वीकृत हुन सकेन । त्यसैले ६ औं गाउँसभा गर्नुपर्छ । जनप्रतिनिधिबीचको विवादका कारण सहमति बनेको छैन ।’ छैटौं गाउँसभा नहुँदा गाउँपालिकाको सबै कामकाज प्रभावित भएको उनले बताए ।

    स्रोतका अनुसार जनप्रतिनिधिबीच आ-आफ्नो क्षेत्रमा धेरै बजेट लैजाने होडबाजीका कारण गाउँपालिकामा विवाद बढेको हो । ‘मेयरले आफ्नो पक्षको वडाध्यक्षलाई प्राथमिकता दिनेगरेको भन्दै एक-अर्कामा नै विवाद छ’, स्रोतले भन्यो

    शिक्षक र स्वास्थ्यकर्मी पनि आन्दोलित

    तलब नपाएपछि शिक्षक र स्वास्थ्यकर्मी पनि आन्दोलित बनेका छन् । आर्थिक वर्ष २०७७/७८ शुरू भएदेखि तलब नपाएको धनौजी गाउँपालिका ४ स्थित राप्राविका प्रधानाध्यापक अनिलकुमार साहले बताए । उनले भने, ‘महिनौ दिनदेखि आन्दोलन जारी राखेका छौं । तर तलब पाएका छैन ।’

    गाउँसभा नभएको बहाना बनाएर तलबबाट वञ्चित गरेको प्रधानाध्यापक साहले बताए । मंगलवार कोष तथा लेखा नियन्त्रक कार्यालय जनकपुर आइपुगेका उनले भने, ‘यहाँको हाकिम साहेवले केही जनप्रतिनिधिले तलब निकासा नगर्न निवेदन दिएको भन्नुभयो ।’

    अधिकृत मिश्रले ५ औं गाउँसभा सम्पन्न भइसकेको दाबी गरेपनि बहुमत जनप्रतिनिधि ५ औं गाउँसभा गर्नुपर्ने माग गरेको र गाउँसभा नभएसम्म तलब निकासा नगर्न कोलेनिकामा निवेदन दिएको प्रधानाध्यापक साहले बताए । तलबका लागि गाउँपालिका प्रमुखले पटक-पटक आश्वासन दिएपनि नपाएकाले परिवार चलाउन गार्‍हो भएको उनको गुनासो छ ।

    गाउँपालिकामा ६ आधारभूत र २ मावि गरी ८ सामुदायिक विद्यालय छन् । कोरोना महामारीका कारण गत चैत दोस्रो सातादेखि बन्द भएका यहाँका विद्यालयहरू अझै संचालन भएको छैन । गाउँपालिका ठप्प भएपछि विद्यालय सञ्चालनबारे निर्णय नभएको बताइएको छ ।

    विद्यालयमा गत आर्थिक वर्षको पाठ्यपुस्तक, छात्रवृत्ति, एसआईपी, मसलन्द, बुक कर्नर, लेखा परीक्षणलगायतका शीर्षकका बजेटसमेत निकासा हुन नसकेको शिक्षकहरु बताउँछन् । उधारो पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीहरुलाई उपलब्ध गराएको प्रधानाध्यापक साहले बताए ।

    गाउँपालिकामा ४ स्वास्थ्य चौकी र एक सामुदायिक क्लिनिक छन् । यी स्वास्थ्य संस्थामा कार्यरत ६५ स्वास्थ्यकर्मीले पनि तलब नपाएको गुनासो गरेका छन् । सि.अहेब उमेर साहले जनप्रतिनिधिको लापरबाहीले स्वास्थ्य संस्था लथालिङ्ग बनेको बताए ।

    गाउँपालिका प्रमुख नै उदासीन

    गाउँपालिका कार्यालय डेढ महिनादेखि ठप्प रहेपनि समाधानतर्फ उदासीन रहेको भन्दै प्रमुख बद्रीनारायण सिंह आलोचना बढेको छ । कुनै मतलव छैन । गाउँसभा नहुँदा कर्मचारीहरू तलबविहीन भएको स्वीकार्दै सिंहले गाउँसभा गर्ने सहमति बनिसकेको बताए । तर मितिबारे केही बोलेनन् ।

    गाउँपालिकाकी उपप्रमुख रामवती मण्डल गाउँसभा नहुनुमा सबै जतप्रतिनिधिको गल्ती देखाउँन नहुने बताउँछिन् ।

    ‘गाउँसभा अब कहिले गर्ने कुरा गाउँपालिका प्रमुखलाई नै थाहा होला,’ उनले नेपालप्रेससँग भनिन्, ‘विवाद किन भएको कुरा मलाई थाहा छैन । तर सबै आ-आफ्नै अडानमा छन् । गाउँपालिका प्रमुखलाई पनि कुनै मतलब छैन । अनि कसरी सहमति बन्छ ।’

    कर्मचारी नआएपछि कुनै काम हुँदैन, त्यसैले आफू पनि कार्यालय जान छाडेको छु- उनले सुनाइन् ।

  • काठमाडौंमा प्रचण्ड-माधव पक्षको सिठ्ठी जुलुस

    काठमाडौंमा प्रचण्ड-माधव पक्षको सिठ्ठी जुलुस

    काठमाडौं । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले काठमाडौंमा सिठ्ठी जुलुस निकालेको छ ।

    लैनचौरबाट निकालिएको जुलुशले असन, इन्द्र चोक हुँदै वसन्तपुर पुगेको थियो ।

    संसद विघटनविरुद्ध आन्दोलनरत सो पक्षले सोमबार संघर्षका नयाँ कार्यक्रम सार्वजनिक गरेको थियो ।

    केन्द्रीय संघर्ष समितिले मंगलबारदेखि माघ २८ गतेसम्मको १५ दिने विरोधको कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रममा सिठ्ठी जुलुसदेखि धर्ना, र्‍याली, विरोध प्रदर्शन र सभा रहेका छन् । माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन गरिने भनिएको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
  • गोकुल बास्कोटाको टिप्पणी : भैंसीपूजाको समर्थन गर्नेले पशुपति पूजाको विरोध गर्नु के अनौठो ?

    गोकुल बास्कोटाको टिप्पणी : भैंसीपूजाको समर्थन गर्नेले पशुपति पूजाको विरोध गर्नु के अनौठो ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेको विषयले सामाजिक सञ्जाल तातिरहेको छ ।

    उनको समर्थन र आलोचनाको क्रम जारी रहँदा ओलीनिकट पूर्वमन्त्री गोकुल बास्कोटाले मुख खोलेका छन् ।

    बास्कोटाले एउटा ट्वीटमार्फत प्रधानमन्त्रीको बचाउ गर्नुका साथै विभाजित नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाललाई कटाक्ष पनि गर्न भ्याएका छन् ।

    ‘भैंसीपूजाकाे समर्थन गर्नेहरूले पशुपतिमा प्रमले पूजा गर्दा विराेध गर्नु के अनाैठाे भाे र ? धार्मिक स्वतन्त्रता छ भन्नेहरुले कसलाई साेधेर पूजा गर्न जानुपर्ने हाे। यस्ताे कुरा पनि नागरिक अधिकारमाथिकाे अतिक्रमण हैन र ?’, उनले लेखेका छन् ।

     

  • देउवा र पौडेलबीच आन्दोलन गर्ने सहमतिपछि कांग्रेस बैठक शुरू

    देउवा र पौडेलबीच आन्दोलन गर्ने सहमतिपछि कांग्रेस बैठक शुरू

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको बैठक भर्खर शुरू भएको छ । दिउँसो १ बजे बोलाइएको केन्द्रीय कमिटी बैठक प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने/नगर्ने भन्नेबारे सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको फरक रायका कारण ढिला शुरू भएको हो ।

    आन्दोलनबारे सहमति भएपछि बैठक शुरू भएको हो । देउवा र पौडेलबीच माघ १९ मा भ्रातृ संस्था, २४ गते शुभेच्छुक संस्थाले आन्दोलन गर्ने सहमति भएको छ । त्यस्तै २७ गते जिल्लास्तरमा विरोध कार्यक्रम गर्ने सहमति भएको छ ।

    बैठक शुरू हुनुअघि देउवा र पौडेल दुवै गुटको आन्तरिक छलफलमा जुटेका थिए । देउवाले सहमति जुटाएर बैठक बसाउने भनेपछि पौडेल पक्ष उनको चेम्बरमा छिरेका थिए ।

  • गंगामायाका छोरालाई अदालतमा तोडफोड र ज्यान मुद्दामा सफाइ

    गंगामायाका छोरालाई अदालतमा तोडफोड र ज्यान मुद्दामा सफाइ

    काठमाडौं । छोराका हत्यारालाई कारवाही माग गर्दै अनसनकै क्रममा ज्यान गुमाएका गोरखाका नन्दप्रसाद अधिकारी र अहिले पनि अनसनमै रहेकी गंगामायाका छोरा नुरप्रसादले २ वर्षपछि अदालतमा तोडफोड र ज्यान मार्ने उद्योगको मुद्दाबाट सफाइ पाएका छन् ।

    जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उनलाई उच्च अदालतमा तोडफोड तथा ज्यान मार्ने प्रयास गरेको अभियोगबाट सफाइ दिएको हो ।

    एउटा निजी मुद्दाका वादीको तर्फबाट बिचौलीयाका रुपमा गएका नुरप्रसादले अदालतबाट आफ्नो पक्षमा फैसला नआएपछि २०७५ असोजमा उच्च अदालत पाटनभित्र तोडफोड र हातपात गरेका थिए ।
    उच्च अदालतमा तोडफोड गर्दै अधिकृत रोशन बस्नेतलाई कुर्सी उचालेर आक्रमण गरेपछि उनी पक्राउ परेका थिए । ललितपुरकी विन्दू घतानीको जग्गा सम्बन्धी मुद्दामा अदालतले उनको पक्षमा फैसला नगरेपछि उनी तोडफोडसहित आक्रमणमा उत्रिएका थिए ।

    गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीलाई तत्कालीन माओवादीले युद्धकालमा हत्या गरेका थिए । छोराका हत्यारामाथि कारवाहीको माग गर्दै अनसन बसेका नन्दप्रसादको निधन भइसकेको छ । आमा गंगामाया अनसनमै छिन् ।

  • ‘प्रचण्ड मेरा ४० वर्षदेखिका साथी, ओलीले २०६३ मा मात्रै देखेका हुन्’

    ‘प्रचण्ड मेरा ४० वर्षदेखिका साथी, ओलीले २०६३ मा मात्रै देखेका हुन्’

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रचण्डसँग आफ्नो ४० वर्षदेखिकै सहकार्य रहेको बताएका छन् ।

    मंगलबार पाँचथरमा आयोजित सभामा बोल्दै नेपालले भने, ‘ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता मात्र भएको भन्नुभएछ । १५ वर्ष पार्टी हाँकेको मान्छेलाई मामुली कार्यकर्ता भन्ने ?’

    ‘प्रचण्डसँग ४० वर्ष पहिले मेरो भेट भएको थियो । म काठमाडौंको पार्टीको जिम्मेवार थिएँ । प्रचण्ड काठमाडौंको जिम्मेवार हुनुन्थ्यो । दुवैजना फरक-फरक पार्टीको तर्फबाट पञ्‍चायतविरोधी आन्दोलनमा जुटेका थियौं । केपीले प्रचण्डलाई देखेको पनि २०६३ सालमा हो, नेपालले भने, ‘होइन एक/दुई वर्ष पहिले हो भन्नु होला त्योभन्दा अलि अघि दिल्लीमा भेटेको त्यो पनि मैले नै लिएर गएको हो ।’

    सुन्नुभएको होला भारतको सिलगुढी, लखनउ वार्ता यी सबै वार्तामा हाम्रो लामो सम्बन्ध भएको हो । यो सम्पूर्ण परिवर्तनको अगुवाइ गर्ने व्यक्ति आफूहरू भएको दाबी गर्दै नेपालले भने, ‘शान्तिप्रक्रियाको १२ बुँदे सहमतिमा हामीले नै सही गरेका छौं । त्यो कागज हेर्नुस् त अहिले एकातिर प्रचण्ड कामरेडको सही छ अर्कातिर मेरो र गिरिजाप्रसादको सही छ ‘, उनको भनाइ छ ।

    ‘हेक्का होस् ६२/६३ सालको गणतन्त्रको आँधिबेहेरी सिर्जना गर्ने मान्छे यो माधव नेपाल हो । केपी जी त गणतन्त्र विरोधी । बयलगाडा चढेर वासिङटन जानुपर्छ भन्ने मान्छे । त्यसो हुनाले सायद कतिपय मान्छेले उहाँको चुनाव चिन्ह बयलगाडा नै ठीक हो भन्छन्’ नेपालले भने, ‘आँखा नलाउनु होला यो सूर्य चिन्ह हामीतिरै रहन्छ । बाहिर फैलिएका हल्लामा नपर्नु होला । सूर्य जता जान्छ हामी त्यतै जान्छु भन्नेलाई भन्दिनुस् सूर्य यतै छ जता नेपाल कम्युनिष्ट पार्टी छ ।’

  • प्रधानमन्त्रीसहित पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखविरूद्ध अवहेलना मुद्दा

    प्रधानमन्त्रीसहित पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखविरूद्ध अवहेलना मुद्दा

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाई भइरहेका बेला बाहिर दिइएका अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशहरूविरुद्ध अवहेलना मुद्दा चलाउन माग गर्दै पेश भएका निवेदन सर्वोच्च अदालतमा दर्ता भएका छन् ।

    दुई दिनदेखि सर्वोच्चमा पेश भएका निवेदन मंगलवार दर्ता प्रक्रियामा गएका हुन् । प्रधानमन्त्रीले बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सन्दर्भमा व्यक्त गरेका धारणाले अदालतको अवहेलना भएको भन्दै कन्चनकृष्ण न्यौपानेले निवेदन पेश गरेका थिए ।

    यस्तै प्रकृतिका चारवटा निवेदन पेश भएकामा चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्धका पनि छन् । कुमार शर्माले पेश गरेको अवहेलना सम्बन्धी निवेदन पनि दर्तामा गएको छ ।

    सर्बोच्च अदालतका चार पूर्व न्यायाधीश मीनवहादुर रायमाझी,कल्याण श्रेष्ठ,अनुपराज शर्मा र सुशीला कार्कीले केही दिनअघि विज्ञप्ति जारी गरेर प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका थिए ।

    त्यस्तै पूर्व सभामुख दमननाथ ढुंगानाले पनि विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा चलाउन माग गरिएको छ ।

  • ओली र प्रचण्डलाई निर्वाचन आयोगले पठायो पत्र (पत्रसहित)

    ओली र प्रचण्डलाई निर्वाचन आयोगले पठायो पत्र (पत्रसहित)

    काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई आइतवारको बैठकको निर्णय पठाउँदै विद्यमान ऐन र नेकपाको विधान अनुसार केपी ओली र प्रचण्ड अध्यक्ष तथा विष्णु पौडेल महासचिव रहेको पार्टीनै कायम रहेको औपचारिक जानकारी दिएको छ ।

    आयोगले ११ पेज लामो निर्णय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अलग अलग पठाएको छ । आयोगले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रचण्ड पक्षको निर्णय र विधान संशोधन तथा केन्द्रीय समिति विस्तार गर्ने अ‍ोली पक्षको निर्णयलाई अश्वीकार गरेको छ ।

    आयोगले दुवै पक्षबाट विवरण परिवर्तन, संशोधन वा हेरफेरका लागि लेखी आएका कागजपत्र कानुनसम्मत नभएको भन्दै नेकपाको कुनै विवरण परिवर्तन संशोधन वा हेरफेर हुन नसक्ने जनाएको छ ।

    आयोगले दुई अध्यक्षमध्ये केपी शर्मा ओलीको नाम पहिलो नम्बरमा र पुष्पकमल दाहाल प्रचण्डको नाम दोस्रो नम्बरमा लेख्ने गरेको समेत पेश भएका कागजातबाट देखिएको जनाएको छ । २०७६ सालमा भएको तीनै तहको उपचुनावमा पार्टीको प्रमुख पदाधिकारीको हैसियतमा ओलीले उम्मेदवारको औपचारिक मनोनयनपत्रमा हस्ताक्षर गरेको कुरा समेत आयोगले स्मरण गराएको छ ।

    ओलीनै प्रमुख पदाधिकारी भएको विवरण २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन नहुँदासम्म पार्टीमा कुनै फरक मत उत्पन्न भई सोको जानकारी आयोगमा कुनै पक्षले गराएको समेत नदेखिएको निर्णयमा उल्लेख छ ।

    त्यस्तै केपी ओलीलाई अध्यक्षबाट हटाएको भनिएको बैठकको वैधानिकतामाथि पनि निर्वाचन आयोगले प्रश्न उठाएको छ । नेकपाको अन्तरिम विधान २०७५ को धारा १८ मा अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिब्यूरो, स्थायी कमिटी लगायतका बैठक बोलाउने र कार्यसूची तयार गर्ने व्यवस्था भएको र त्यस्तो बैठक बोलाउने अधिकार विधानतः अध्यक्षको परामर्शमा महासचिवलाई भएको आयोगको निर्णयमा उल्लेख छ ।

    सो विधान बमोजिम बैठक बोलाएर बसेको भन्ने कुरा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आयोगमा पठाएको माइन्युटको प्रतिलिपिबाट नदेखिएको आयोगको निर्णयमा उल्लेख छ । ओलीलाई अध्यक्ष पदबाट हटाउँदा सो पार्टीका विधानको धारा ६१ (क) अनुसार प्रमाणित भई अनुशासनको कारवाही गरेको भन्ने कुरा नखुलेको आयोगले जनाएको छ ।

    आयोगले पठाएको निर्णय हेर्नुस्

  • राष्ट्रिय महिला लिग : वालिङसँग बराबरीमा रोकियो पुलिस

    राष्ट्रिय महिला लिग : वालिङसँग बराबरीमा रोकियो पुलिस

    काठमाडौं । उपाधि दाबेदार नेपाल पुलिस क्लब राष्ट्रिय महिला लिगमा मंगलबार वालिङ नगरपालिकासँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको १३औं मिनेटमा वालिङको रक्षापंक्तिले गरेको गल्तीको फाइदा उठाउँदै रेखा पौडेलले पुलिसका लागि गोल गरेकी थिइन् ।

    वालिङको रक्षापंक्तिमाथि हाबी बनेको पुलिसले पहिलो हाफमा १-०को अग्रता लिएको थियो ।

    निरन्तर प्रयासरत वालिङका लागि ५२औं मिनेटमा अफ्रिकन खेलाडी मेथो ईल्युडी रुथले बराबरी गोल फर्काइन् । बाँकी समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल बराबरीमा रोकिएको हो ।

    पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग बराबरीमा रोकिएको पुलिसले दोस्रो खेलमा चौदण्डिगढी नगरपालिकालाई ६-० ले पराजित गरेको थियो ।

    पहिलो खेलमा विराटनगरसँग १-१ गोलको बराबरीमा रोकिएको वालिङ दोस्रो खेलमा आर्मीसँग ७-० ले पराजित भएको थियो ।

  • रामचन्द्र पौडेलको टिप्पणी – तानाशाह अन्तिम घडीमा नागरिकमाथि दमनमा उत्रन्छ

    रामचन्द्र पौडेलको टिप्पणी – तानाशाह अन्तिम घडीमा नागरिकमाथि दमनमा उत्रन्छ

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार निर्लज्जरूपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।

    पौडेलले सामाजिक संजालमा हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री केपी ओली आफ्नो विरोधीलाई अपमानित गर्ने तम्सिए झैं नै तम्सिने बताएका छन् । उनले सवै प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम घडीमा सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार गरे झै दमनमा उत्रने गरेको इतिहास रहेको उल्लेख गरेका छन् ।

    वरिष्ठ नेता पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिमनसँग डटेर लड्नका लागि ऊर्जा प्रदान गर्ने बताएका छन् । प्रतिगमनविरुद्धका सवै आन्दोलनमा आफ्नो साथ र समर्थन रहने उनको प्रतिवद्धता छ ।

  • कांग्रेस केन्द्रीय कार्यालयअघि नेविसंघको प्रदर्शन

    कांग्रेस केन्द्रीय कार्यालयअघि नेविसंघको प्रदर्शन

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाअघि नेविसंघले प्रदर्शन गरेको छ ।

    विधानसम्मत पूर्णता दिन माग गर्दै नेविसंघले प्रदर्शन गरेको हो । आज तय गरिएको केन्द्रीय समिति बैठकको लागि नेताहरू सानेपा आउनेक्रम जारी छ ।

    नेविसंघ हाल अपूर्ण छ । ६ महिनामा महाधिवेशन गर्नुपर्ने जिम्मेवारीसहित राजीव ढुंगानाको नेतृत्वमा नेविसंघ गठन गरिएको थियो । तर, एक वर्ष सकिन केन्द्रीय समितिले नै पूर्णता पाएको छैन । अधिवेशन गर्ने तयारी पनि छैन ।

    नेताहरूको ध्यानाकर्षणका लागि प्रदर्शन गरिएको नेविसंघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले बताए ।

  • भन्सार चुहावट नियन्त्रणमा निजी क्षेत्रको सहयोग जरुरी : अर्थमन्त्री

    भन्सार चुहावट नियन्त्रणमा निजी क्षेत्रको सहयोग जरुरी : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् ।

    ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलबार भन्सार विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले न्यून बिजकीकरण र चुहावट न्यूनीकरणका लागि निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने बताएका हुन् । यस्तै निजी क्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले समाधान गर्न सहयोग गर्नुपर्ने पनि उनको भनाइ थियो ।

    निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै दुईमध्ये एक नहुँदा भन्सार प्रणाली नै नरहने पौडेलले बताए । भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया अगाडि बढाउँदै प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड दिए ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कुनैपनि वस्तुको भन्सार मूल्याङ्कन र वर्गीकरणको समस्या छिटो समाधान हुनुपर्ने माग गरे । यस्तै तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा दुई तहको फरक हुने व्यवस्था गर्नसमेत उनको माग थियो । गोल्छाले भन्सार प्रणालीलाई सुधार गर्न पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिनसमेत आग्रह गरे ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार संगठनको सिद्धान्त अनुसार भन्सार प्रशासनले वस्तुको कारोबार मूल्यलाई परिवर्तन गर्न नपाउने बताए । त्यसैले कारोबार मूल्यमा नै भन्सार पास गर्ने व्यवस्था मिलाउन उनको माग छ ।

    भन्सार प्रशासनले व्यवसायीहरुलाई विश्वास गर्न नसक्दा बस्तुको मूल्याङ्कन र वर्गीकरणमा समस्या हुने गरेको भन्दै श्रेष्ठले भ्याटको दर, आयकरको दर लगायतका करदका दरहरु घटाउन समेत माग गरे ।

  • शम्भु थापाको जिकिर – प्रधानमन्त्रीले संविधानबाहिरको अधिकार प्रयोग गर्नुभयो

    शम्भु थापाको जिकिर – प्रधानमन्त्रीले संविधानबाहिरको अधिकार प्रयोग गर्नुभयो

    काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसदले प्रधानमन्त्री दिन नसकेको अवस्थाबाहेक प्रतिनिधिसभा विघटनको व्यवस्था नभएको बताएका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा चलिरहेको सुनुवाइमा बहस गर्दै थापाले भने, ‘उहाँलाई अविश्वासको प्रस्ताव नै छैन । धारा ९३ मा अधिवेशनको आह्वान र अन्त्य मात्रै छ । पहिले यही धारामा आह्वान, अन्त्य र विघटन हुने व्यवस्था थियो ।

    ‘प्रधानमन्त्रीले प्रतिनिधिसभामाथि रिभेन्ज लिनुभयो । प्रधानमन्त्रीले संविधानभन्दा बाहिरको अधिकार प्रयोग गर्नुभयो । कहाँको अधिकार हो त्यो देखाइदिनुपर्‍यो । ‘

    थापाको बहस हिजोदेखि जारी छ ।

  • मंगलबार सुनको भाउ ४ सय बढ्यो

    मंगलबार सुनको भाउ ४ सय बढ्यो

    काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय बढेको छ । मंगलबार छापावाल सुन ९२ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार ९२ हजार ४ सयमा कारोबार भएको थियो ।

    यस्तै तेजाबी सुन पनि ४ सय बढेर ९२ हजार ३ सय निर्धारण गरिएको छ ।

    आज चाँदीको मूल्य तोलामा ५ रूपैयाँ घटेको छ । सोमबार १ हजार २६० मा कारोबार भएको चाँदी आज १ हजार २५५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • प्रचण्डलाई ओलीको जवाफ- सिङ भाँचिएको तिल्केले हिंसा मच्चाउने धाक नदिए हुन्छ (भिडियो)

    प्रचण्डलाई ओलीको जवाफ- सिङ भाँचिएको तिल्केले हिंसा मच्चाउने धाक नदिए हुन्छ (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रतिनिधिसभा पुनःस्थापना नभए शान्ति प्रक्रिया डिरेल हुने भनी दिएको अभिव्यक्तिलाई ‘सिङ फुक्लिसकेको तिल्के गोरुको फाँ फू’ जस्तै भनेका छन् ।

    दाङको लालमटीयामा सोमवार आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डमा अशान्ति मच्चाउने क्षमता र दम नरहेको दाबी गरे । उनले अहिलेको धम्की तिल्के गोरुले बहरसँग सिंगौरी नखेल्दासम्मको फाँ फू जस्तै हो भने ।

    ओलीले भने, ‘धेरै फुर्तिफार्ति गर्ने तिल्के गोरु एक दिन वहरसँग जुधेपछि सिङ भाँचिएर हिडे जस्तै यी तिल्केहरु पनि त्यस्तै हुन् । यिनले फाँ फू गर्छन् तर यियनका सिङ फुक्लिसके । यिनीहरूसँग अशान्ति मच्चाउने क्षमता पनि छैन,दम पनि छैन । यिनीहरूले केही गर्न सक्दैनन्, धाक धक्कु नलाए हुन्छ । तिघ्रा नठटाए हुन्छ, खुट्टा भ्याट भ्याट नगरे हुन्छ ।

    आफूले अशान्ति र अराजकता नचाहेको भन्ने तर अदालतले फैसला आफू अनुकुल गरेन भने नत्र…भन्ने खालका भाषा प्रचण्डले प्रयोग गरेको भन्दै ओलीले अब अशान्ति मच्चाउने धम्कीको अर्थ नरहेको बताए ।

    ओलीले भने- अदालतप्रति भरोसा छ पनि भन्ने अनि हाम्रो पक्षमा फैसला गरेन भने नत्र..के भन्या ? शाकहारी आन्दोलनले भएन भनेर के भनेको ? बाघ जस्तै झम्ट भनेर नेपाली जनतालाई धम्क्याउन खोजेको ? म भन्न चाहान्छु एउटा जमाना हुन्छ कुनै पनि चीजको । तिल्के गोरुको सिङ भाँचिएको कथा मैले त्यसै भनेको होइन ।

    सरकारले राम्रा काम गर्न खोज्दा खुट्टा समातेर चल्नै नदिएपछि अति भएर प्रतिनिधिसभा विघटन गरिएको ओलीको दावी छ । उनले आउने चुनावले त्यस्ता तत्वहरूलाई झुक्किएर पनि सांसद जिताउन नहुने बताए ।

    विभाजित नेकपाका अध्यक्ष प्रचण्डले शुक्रवार रत्नपार्कमा आयोजित आमसभामामा अदालतले प्रतिनिधिसभा पुन:स्थापना नगरे शान्ति प्रक्रिया डिरेल हुन सक्ने बताएका थिए । उनले यद्यपी आफू अशान्ति मच्चाउने र हिंसा निम्त्याउने पक्षमा नरहेको पनि बताएका थिए ।

  • ढुक्क हुँदै माधव नेपालले भने- घुमिफिरी मै अध्यक्ष हुन्छु (भिडियो)

    ढुक्क हुँदै माधव नेपालले भने- घुमिफिरी मै अध्यक्ष हुन्छु (भिडियो)

    काठमाडौं । पार्टी विभाजनसम्बन्धी निर्वाचन आयोगको आइतबारको निर्णयपछि नेकपाका दुवै पक्षले आ-आफ्नो अनुकूलतमा व्याख्या गरिरहेका छन् ।

    ओली पक्षले आफूहरूको जित भइरहेको बताएको छ भने प्रचण्ड-माधव पक्षले पनि आफूहरूको पक्षमा निर्णय भएको व्याख्या गरेको छ ।

    सोमबार पेरिसडाँडास्थित कार्यालयमा ओजित एक कार्यक्रमा प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपाल आयोगको निर्णयप्रति उत्साहित देखिए । ठट्यौली शैलीमा प्रस्तुत भएका उनले आयोगले आफूलाई अध्यक्ष नमानेको भए पनि जित आफ्नै भएको दाबी गरे ।

    ‘निर्वाचन आयोगले पत्रमा लेखेको छ, ४४१ लाई आधार मान्छौं,’ नेपालले भने, ‘त्यो ४५ लाई आधार मान्छौं । दुई अध्यक्षलाई मान्छौं पनि भनेको छ । (हाँस्दै) माधव नेपाललाई मान्दिन पनि भनेको छ । तर, केही भएको छैन । कमरेड प्रचण्डलाई मान्छु भनेपछि उहाँको आधिकारिता रह्यो ।’

    आयोगले नेकपाका दुवै समूहले गरेका पछिल्ला गवितिवधिलाई बैधता नदिएको भए पनि उनले केन्द्रीय कमिटीले अध्यक्ष पदबाट ओलीलाई हटाउने निर्णय नै लागू हुने तर्क गरे ।

    नेपालले भने, ‘केपी ओलीलाई त हामीले हटाइसकेका छौं, केपी ओली समाप्त । केन्द्रीय कमिटीले अध्यक्ष पदबाट निकालिसकेपछि (निर्वाचन आयोगले) अधिकार छ भनेर लेखेको छ । के लेखेको छ भने अनुशासनको कारबाही गर्ने त्यही पुरानो लागू हुनेछ ।’

    दुई अध्यक्ष हुने व्यवस्था पार्टीमा रहेको भन्दै नेपालले घुमिफिरी आफू पुनः अध्यक्ष हुने तर्क उनले गरे। ‘दुई अध्यक्ष हुनेछ भनेर लेखेको हुनाले घुमिफिरी म त आउने नै भएँ (हलमा हाँसो),’ उनको भनाइ थियो, ‘केपी ओलीजी केही चान्स छैन तपाईंको ।’