Author: Shyamkrishna Dahal

  • प्रचण्ड-माधव पक्षीय नेकपा संसदीय दलको बैठक बस्दै

    प्रचण्ड-माधव पक्षीय नेकपा संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) को संसदीय दलको बैठक बस्ने भएको छ। बैठक दिउँसो एक बजे सिंहरदबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

    प्रमुख सचेतक देव गुरुङले बैठकमा ओलीपक्षीय सांसदहरूलाई पनि आमन्त्रित गरिएको बताए ।

    विभाजित नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षले पनि शनिबारका लागि संसदीय दलको बैठक डाकेको छ। शनिबार दिउँसो सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बोलाइएको बैठकमा प्रचण्ड-माधव पक्षलाई समेत बोलाइएको छ।

    सबै सांसदहरुलाई एसएमएसमार्फत आमन्त्रण गरिएको प्रमुख सेचतक विशाल भट्टराईले जानकारी दिए।

    संघीय संसदमा सग्लो नेकपाका १७४ सांसद छन् ।

  • के हो ४८ वर्षअघिको सुखानी काण्ड ?

    के हो ४८ वर्षअघिको सुखानी काण्ड ?

    विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको झापा विद्रोहका अगुवा मारिएको स्थान सुखानीमा श्रदाञ्जली सभामा सहभागी हुने कार्यक्रम स्थगित भएको छ ।

    झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सुखानीमा आयोजित श्रदाञ्जली सभामा प्रधानमन्त्री आउने कार्यक्रम स्थगित भएपछि सो कार्यक्रममा १ का प्रमुख सोमनाथ अधिकारी प्यासी सहभागी हुने कार्यक्रम तय भएको बताए।

    विर्तामोडमा तय गरिएको जनसभा पनि स्थगित गरिएको छ ।

    सरकारसँगको वार्ता सफलतापछि विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा अवतरण गरेसँगै आज काठमाडौंमा विप्लवसहितको सार्वजनिक कार्यक्रम तय भएकोले ओली उपस्थित नहुने भएका हुन् ।

    के हो सुखानी काण्ड ?

    २०२७ सालमा केपी ओली, सीपी मैनाली लगायतको नेतृत्वमा झापा क्रान्ति शुरु भएको थियो ।

    तत्कालीन पञ्चायती दमनको विरुद्ध मोर्चाबन्दी गरेको आरोपमा क्रान्तिमा सहभागी कम्युनिष्‍ट योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन सत्ताले जेल सार्ने बहानामा इलाम र झापाको सिमानामा पर्ने सुखानीको जंगलमा लगेर हत्या गरेको थियो । सोही घटना ‘सुखानी काण्ड’ को नामले चर्चित छ ।

    कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्‍याउने झापा विद्रोहसँगै ढलेका उनीहरूलाई सरकारले २०७२ फागुन १८ गते शहीद घोषणा गर्‍यो ।

    सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले सहादत गरेको नमुना सामुदायिक वन क्षेत्रभित्र पाँच शहीदको पूर्णकदको शालिक निर्माण गरेको छ ।

    इलाम र झापाको सिमानामा पर्ने घटनास्थललाई शहीद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ ।

    यो वर्ष यीनै पाँच शहीदको अर्ध कदको शालिक स्थापना गरिएको छ । पाँचजना योद्धाहरुको हत्या गरिएको स्थललाई शहीद स्मारकको नाम दिएर संरक्षण गरी राखिएको छ । हत्या गरिएकै ठाउँमा अहिले शहीदकै संख्याका पाँच रुख छन् । सुखानी दानाबारी इलाम र झापाको सिमानामा पर्छ ।

    २०७१ मा झापाको तत्कालीन शनि-अर्जुन नगरपालिका क्षेत्रभित्र सालघारीमा शहीद पार्कको निर्माण गरिएको छ ।

    प्रचण्ड र डा. बाबुराम भट्टराईले समेत झापा विद्रोहलाई तत्कालीन १० वर्षे जनयुद्धको प्रेरणाको स्रोत भएको बताउने गरेका थिए ।

  • विप्लवपछिका नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा

    विप्लवपछिका नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा

    काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला सरकारकासँगको सहमति बमोजिम शुक्रवार काभ्रेबाट रिहा भएका छन् । उनलाई माथिको निर्देशन बमोजिम काभ्रे प्रहरीले रिहा गरेको हो ।

    शुक्रबार ११ औं दिनमा बास्तोला काभ्रे प्रहरीको हिरासतबाट रिहा भएका हुन् । बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर प्रहरीले पठाएको छ ।

    यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्‍याइएको  थियो ।

    बिहीबार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरुलाई रिहा गर्न सर्कुलर गरेको थियो ।

  • काठमाडौंमा विप्लवको पहिलो भेट प्रधानमन्त्रीसँग, बालुवाटारमा हुने भो इन्ट्री

    काठमाडौंमा विप्लवको पहिलो भेट प्रधानमन्त्रीसँग, बालुवाटारमा हुने भो इन्ट्री

    काठमाडौं । सरकारले प्रतिबन्ध फुकुवा गरेको भूमिगत नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आज सार्वजनिक हुँदैछन् । राष्ट्रियसभाबाट सार्वजनिक हुनुअघि विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने भएका छन् ।

    सरकारसँगको वार्ता सफलतापछि शान्तिपूर्ण राजनीतिमा अवतरण गर्न पाएका विप्लवले आज राष्ट्रियसभागृहमा प्रधामन्त्रीसँगै एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । त्यहाँ सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेकपाको तर्फबाट विप्लवले सहमतिमा हस्ताक्षर समेत गर्ने कार्यक्रम छ ।

    स्रोतका अनुसार उनी काठमाडौं आउनासाथ सीधै प्रधानमन्त्री निवास बालुवाटार जानेछन् । त्यहाँ प्रधानमन्त्रीसँग उनले भावी रणनीतिबारे छलफल गर्नेछन् । विप्लवले ओलीलाई देशभक्त नेता भन्ने गरेको र राष्ट्रियताको आन्दोलनमा सहकार्य गर्न सकिने बताएको स्रोतको भनाइ छ ।

    त्यसैले बालुवाटारमा दुई नेताबीच राजनीतिक विषयमा छलफल हुनेछ । यसअघि तत्कालीन विद्रोही माओवादीका नेताहरू प्रचण्ड र बाबुराम भट्टराईलाई पनि शान्ति वार्ताको सफलतापछि कास्कीको सिकलेसबाट हेलिकोप्टरमा सीधै बालुवाटार लगिएको थियो । विप्लव र प्रधानमन्त्री ओलीबीच छलफलपछि सभागृहबाट सहमतिका विषय सार्वजनिक हुनेछन् ।

    सरकारी वार्ता टोली र विप्लवको वार्ता टोलीबीच बालुवाटारमै वार्ता भए पनि प्रधानमन्त्रीसँग भने भेट भएको थिएन ।

  • तीन वर्षपछि सार्वजनिक समारोहमा विप्लवको ‘कमब्याक’

    तीन वर्षपछि सार्वजनिक समारोहमा विप्लवको ‘कमब्याक’

    काठमाडौं । दुई दिन लामो वार्तापछि सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार बिहान तीनबुँदे सहमति भएको छ ।

    आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा गर्ने तथा सरकारले प्रतिबन्ध हटाउने सहमति बनेसँगै सो समूहका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ लामो समयपछि भोलि सार्वजनिक हुने तयारीमा छन् ।

    वार्ता सफलरूपमा टुंगिएपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को संयुक्त हस्ताक्षरमा जारी प्रेस नोटमा सहमतिको विस्तृत विवरण सार्वजनिक गर्न भोलि दिउँसो २ बजे तय गरिएको विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विप्लवले सम्बोधन गर्ने भएका छन् ।

    श्रृंखलावद्ध विस्फोट र टेलिफोन टावरमा आगजनीपछि ‘हिंसात्मक गतिविधि’मा सरकारले दुई वर्षअघि २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो ।

    संयोग नै मान्नुपर्छ प्रतिबन्ध लगाउने निर्णयताका सरकारको नेतृत्वमा रहेका केपी शर्मा ओली आफैंले दुई वर्षपछि वार्ताको माध्यमबाट विप्लव समूहलाई ‘सेफल्याण्डिङ’ गराएका छन् । सँगै प्रतिबन्धपश्चात विप्लवमाथिको सुरक्षा कारबाहीमा प्रमुख सुरक्षा अंगको कमाण्ड सम्हालेका गृहमन्त्री रामबहादुर थापा बादल नै सरकारी वार्ता टोलीको नेतृत्वमा बसे ।

    विप्लव समूहले घोषितरूपमा हिंसात्मक युद्ध नगरे पनि भित्रभित्रै दोस्रो ‘जनयुद्ध’ हुन लागेको टिप्पणी भइरहेको थियो । तर, उक्त समूहका गतिविधि र संगठनात्मक संरचना माओवादीको जस्तै थिए । माओवादीले झैं भयानक खालका आक्रमणहरू नगरेको भए पनि हिंसाको बीउ विप्लव माओवादीले रोपिसकेको थियो ।

    राजनीतिको मूलधारबाट बहकिएर सशस्त्र संघर्ष गरिरहेको विप्लवलाई मूलधारमा ल्याउन सरकारले रातारात गरेको पहलले पर्याप्त लचकतासहित संवादको टेबलमा बस्ने हो भने कुनै पनि समस्याको समाधान असम्भव छैन भन्ने पुनः एकपटक स्थापित भएको छ ।

    नेत्रविक्रम चन्द २०२४ साल फागुन ११ मा रोल्पाको केवरी भन्ने ठाउँमा चित्रबहादुर र खुसीमाया घर्तिका कान्छो सन्तानका रूपमा जन्मिएका हुन् । माओवादी जनयुद्धमा भूमिगत नाम ‘विप्लव’राखेका उनी आजसम्म यही नामबाट चर्चित छन् ।

    मध्यमवर्गीय परिवारमा जन्मिएका चन्दका तीन दिदी र दुई दाजु छन् । त्यस्तै, सात भाइ बाजेमध्ये ६ भाइ लाहुरे थिए । सुभद्रा मल्लसँग वैवाहिक सम्बन्धमा गाँसिएका विप्लव दम्पतीका दुई छोरा र एक छोरी छन् ।

    रोल्पामै बाल्यकाल बिताएका विप्लवले लिवाङको बालकल्याण माध्यमिक विद्यालयबाट १९ वर्ष हुँदा एसएलसी पास गरेका थिए । विप्लवलाई नजिकबाट चिन्नेहरू विद्यालय तहदेखि नै उनीमा राजनीतिक चेत भएको बताउँछन् ।

    २०५२ फागुन १ मा माओवादीले जनयुद्ध शुरू गर्दा उनी विद्यार्थी उपाध्यक्ष थिए । उनले त्यतिखेर बुढाहरूले छिटो युद्ध शुरू नगर्ने भए युवाहरू तयार रहेको भन्दै दबाबसमेत दिन्थे ।

    विद्यार्थी राजनीतिसँगै ललितपुर सेक्रेटरीको जिम्मेवारी लिएका विप्लवलाई २०५४ सालताका पार्टीले कर्णाली उपक्षेत्रीय ब्यूरो इन्चार्जमा खटायो । त्यहाँबाट विप्लवको सक्रिय राजनीतिक यात्रा शुरू भयो ।

    २०५५ भदौको चौथो विस्तारित बैठकबाट उनी माओवादीको केन्द्रीय सदस्य बने । त्यसको चार वर्षपछि पोलिटब्यूरो सदस्य बनेका उनी २०६१ सालमा रुकुम-रोल्पा आधार इलाकाको ब्यूरो इन्चार्ज भए ।

    भूमिगत कालमा विप्लवसँग निकटमा रहेर काम गरेका हाल लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका कुलप्रसाद केसी सबै कुरा आफैंमा केन्द्रीकरण गर्न खोज्ने र आफूलाई लागेको काममा दृढ भएर लागि पर्ने स्वभावको रूपमा विप्लवलाई सम्झन्छन् ।

    जिम्मेवारी कुशलतापूर्वक निभाएको र दृढ भएर लागेको प्रशंसा हुन थालेपछि अध्यक्ष प्रचण्डले केही समय विप्लवलाई विश्वास पात्र बनाएका थिए । तर, नेतृत्वमा भएको कमजोरी बैठक, भेलामा खरो र स्पष्टका साथ राख्न थालेपछि विप्लवमाथि प्रचण्डले दूरी बढाउँदै लगे । जनयुद्धलाई रोकेर शान्तिप्रक्रियामा आउने नेतृत्वको निर्णयप्रति अन्तरविरोधमा रहेका विप्लव प्रचण्डसँगको सम्बन्धमा अन्तत: माओवादी शान्तिप्रक्रियामा आएपछि दरार निम्तियो ।

    २०६४ साल साउन १८-२२ मा काठमाडौं बालाजुमा भएको ५औं विस्तारित बैठकमा विप्लव, मोहन वैद्य, सीपी गजुरेललगायतले कांग्रेस नेतृत्वको (गिरिजाप्रसाद कोइराला) सरकारबाट पार्टी फिर्ता हुनुपर्ने भन्दै नेतृत्वको विरोध गरे ।

    २०६९ असार ३ गते प्रचण्ड नेतृत्वको माओवादीमा विभाजन आयो । सोही वर्ष भएको महाधिवेशनले मोहन वैद्य ‘किरण’लाई अध्यक्ष र बादललाई महासचिव बनायो । विप्लव सचिव भए ।

    मूलतः विप्लवकै जोडबलका कारण किरण र बादल प्रचण्डबाट अलग हुने निर्णयमा पुगेका थिए । नेकपा-माओवादीले २०७० को दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्‍यो । यसको मुख्य योजनाकार पनि विप्लव नै थिए ।

    किरणलाई पार्टी संरक्षक बनाएर बादललाई अध्यक्ष र आफू महासचिव बन्ने योजनाले सफलता नपाएका कारणबाट पनि विप्लव असन्तुष्ट थिए । त्यही असन्तुष्टिसँगै नेकपा-माओवादीलाई पनि फुटाएर उनले नेपाल कम्युनिष्ट पार्टी जन्माए र महासचिव बनी आफैंले नेतृत्व लिए ।

    एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिको राजनीतिक मागको लय समातेका उनी तीन वर्षयता सार्वजनिक कार्यक्रममा देखा परेका छैनन् ।

  • संसद सचिवालयमा प्रचण्डको पत्र- ओलीले गरेका निर्णयलाई मान्यता नदेऊ (भिडियो)

    संसद सचिवालयमा प्रचण्डको पत्र- ओलीले गरेका निर्णयलाई मान्यता नदेऊ (भिडियो)

    काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाले संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जानकारी गराएको छ । सो पक्षले दलको नेताको हैसियतमा ओलीले गर्ने कुनै पनि कार्यलाई मान्यता नदिन आग्रह समेत गरेको छ ।

    प्रचण्ड-माधव पक्षका सांसदहरू देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दिनानाथ शर्मालगायत नेता संसद सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट नै हटाएको पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराएका छन् ।

    पत्रमा पार्टीको विधानअनुसार साधारण सदस्य तथा अध्यक्षबाट निष्कासन गरिसकेकाले संसदीय दलको नेताको रूपमा रहन नसक्ने भन्दै ध्यानाकर्षण गराइएको छ । पार्टीको निर्णय सम्बन्धी पत्र दर्ता गराएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै नेता देव गुरुङले संसदीय दलका नेताको सवाल भएकाले ओलीलाई साधारण सदस्य र अध्यक्षबाट हटाएको बारे संसद सचिवालयलाई लिखित जानकारी गराइएको बताए ।

    अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको “जानकारी सम्बन्धी पत्रमा” संसदीय दलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारबाहीलाई अनधिकृत भई मान्य नहुने कुरा जानकारी गराइएको छ ।

  • कांग्रेसले भन्यो- प्रधानमन्त्री पदले हाम्रो ढोका ढक्ढक्यायो, तर अहिले झ्यालबाटै हेर्छौं (भिडियो)

    कांग्रेसले भन्यो- प्रधानमन्त्री पदले हाम्रो ढोका ढक्ढक्यायो, तर अहिले झ्यालबाटै हेर्छौं (भिडियो)

    काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पदले आफ्नो ढोका ढक्ढक्याए पनि अहिले संयमतापूर्वक झ्यालबाटै हेर्ने तर ढोका खोली नहाल्ने भएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी पदाधिकारी बैठकको छलफलका विषय सुनाउँदै प्रवक्ता विश्वप्रकाश शर्माले ढोका अहिले नै नखोलिने बताए ।

    उनले भने, प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढक्ढक्याएको छ । तर कांग्रेसले ढोका खोलेर प्रधानमन्त्री पदलाई ग्रहण गरिसकेको छैन । हामीले संयमतापूर्वक झ्यालबाट हेरिरहेका छौं । यसबारेमा हाम्रो प्रस्तुति के हुन्छ भन्नेबारे छलफल हुँदैछ ।

    बैठकमा पूर्वपदाधिकारी पनि सहभागी छन् । नेकपाको प्रचण्ड-माधव पक्षले कांग्रेसलाई प्रधानमन्त्री प्रस्ताव गरिसकेको छ । बैठकले विप्लव समूहसँग सरकारको वार्ता सकारात्मक रहेको भन्दै त्यसका सहमतिबारे प्रमुख विपक्षीलाई जानकारी नदिएकोमा असन्तुष्टिसमेत जनाएको छ ।

  • नेकपामा एकताको चहलपहल : शंकर पोखरेल र घनश्याम भुसालबीच घनीभूत छलफल

    नेकपामा एकताको चहलपहल : शंकर पोखरेल र घनश्याम भुसालबीच घनीभूत छलफल

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी फेरि एक हुनुपर्ने आवाज बाक्लिएसँगै दुवैतर्फबाट एकताको कसरत हुन थालेको छ । दोस्रो तहका नेताहरू अनौपचारिक छलफल र संवादमा जुटेका छन् ।

    प्रतिनिधिसभाको बैठक शुरू हुने दिन नजिकिएसँगै एकता प्रयासमा दोस्रो तहका नेताहरूको चहलपहल बढेको हो । यसै सिलसिलामा बिहीबार ओली पक्षका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्ड-माधव पक्षका नेता घनश्याम भुसालबीच छलफल भएको छ ।

    सिंहदरबारमा भएको छलफल पार्टी एकतामै केन्द्रित थियो । भुसालले पार्टी एकता जोगाउने सिलसिलामा पहिलेदेखि आफूहरूबीच छलफल चलिरहेको र आज पनि त्यसकै निरन्तरता भएको बताए ।

    एकताको पक्षमा पोखरेल र भुसालबाहेक वामदेव गौतम, विष्णु पौडेल, वर्षमान पुन, योगेश भट्टराईलगायतका नेताहरूसमेत निरन्तर रूपमा लागिरहेका छन् । गौतमले दुवै पक्षका दोस्रो तहका नेतालाई साथमा लिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बाध्य पार्ने बताएका छन् ।

    ओलीपक्षीय नेता महेश बस्नेत पार्टी एकता टुट्न हुँदैन भन्ने भावना दुवै पक्षको ठूलो पङ्क्तिमा भएको बताउँछन् । पहिले गुप्त ढंगले भइरहेका छलफल अहिले खुलारूपमा शुरू भएको उनको भनाइ छ ।

    ‘त्यही कुरामा हामी तीन/चार दिनदेखि गोप्य ढंगले बसिरहेका थियौं’ उनले भने, ‘अब आज-भोलिदेखि चाहिं एक्सपोज भएर बस्ने खालको वातावरण बनिरहेको छ ।’ बस्नेतले अहिले नै पार्टी एक भइहाल्ने अवस्था नआए पनि प्रधानमन्त्री कम्युनिष्टभन्दा बाहिर जान दिन नहुने कोणबाट भने कुरा मिलाउने प्रयत्न भइरहेको बताए ।

    बिहीबार कोरोनाभाइरसविरुद्धको खोप लगाउन बानेश्वरस्थित निजामती अस्पताल पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै दुवै पक्षलाई एकताको निम्ति दबाब दिने बताए ।

    ‘एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भा’छैन’ गौतमले भने, ‘मेरो प्रयत्न चाहिं दुवैतिर रहेका दोस्रो पुस्ताका कमरेडहरूलाई एकताबद्ध गर्ने हो । एकताका पक्षमा नरहेका नेतालाई चारैतिरबाट घेराबन्दी गरेर बाध्य पार्नुपर्छ ।’

  • राजनीतिक संस्कार नभएको आरोप लगाएर ओलीतिर गएका मेयर प्रचण्ड-माधव पक्षमै फर्किए

    राजनीतिक संस्कार नभएको आरोप लगाएर ओलीतिर गएका मेयर प्रचण्ड-माधव पक्षमै फर्किए

    सुर्खेत । कालीकोट रासकोट नगरपालिकाका नगरप्रमुख काशीचन्द्र बरालले आफू प्रचण्ड-माधव पक्षीय नेकपामै फर्किएको घोषणा गरेका छन् ।

    फागुन ४ गते नेपाल प्रेससँग कुरा गर्दै बरालले राजनीतिक संस्कार हराएको प्रचण्ड-माधव पक्षमा नबस्ने भन्दै आफू ओलीतिर लागेको बताएका थिए । उनले भनेका थिए, ‘मैले टिम बदलेको सत्य हो । कहिले घोषणा हुन्छ अहिले भन्दिन । म आफैंले ओली पक्षमा लागेको घोषणा गर्छु । प्रचण्ड पक्षले राजनीतिक संस्कार खत्तम बनाए । त्यही समूहमा रहेर काम गर्न सक्ने वातावरण भएन । अति पेलेपछि विस्फोट हुने रहेछ, भयो ।’

    बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै बरालले आफ्नो विषयमा सञ्‍चारमाध्यमले अर्नगल प्रचार गरेको आरोप लगाएका छन् ।

    यता, ओलीपक्षीय नेकपा कालीकोटका सचिव नेश्नल शाहीले मेयर फर्किएको कुरा सामाजिक सञ्जालबाटै थाहा पाएको बताए । ‘उहाँलाई हामीले ओली समूहमा आउन भनेका थिएनौं । उहाँ आफै राजनीतिक संस्कार ओली समूहमा छ भन्दै आउनु भएको हो । उहाँलाई पार्टीले केन्द्रीय सदस्य पनि बनाइसकेको थियो ’, उनले भने, ‘प्रदेश सभा निर्वाचन क्षेत्र नं. ‘ख’ को अध्यक्ष माग्नु भएको थियो । त्यो अहिले नै हुन नसक्ने देखेपछि जानु भएको हो कि थाहा भएन ।’

    बरालले विज्ञप्तिमा लेखेका छन्, ‘केही संचार माध्यम र सामाजिक सञ्जालमा मेरो नाम, फोटो, कपोलकल्पीत पद जोडेर मेरो औपचारिक धारणा सार्वजनिकजनिक नहुँदै ‘हामी नै आधिकारिक हौं’ भन्दै नानाथरी गरिएका प्रचारबाजीको म घोर भर्त्सना गर्दछु । विगतदेखि अहिलेसम्म आइपुग्दा आम समुदायको भावना, क्रान्तिमा गरेको त्याग, तपस्या, बलिदानी, शहीदका अधुरा सपनाहरू पूरा गर्ने अभिभारा, पार्टी नेतृत्व र कार्यकर्ताको भावनाको उच्च कदर गर्दै अध्यक्षद्वय कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) र कमरेड माधव कुमार नेपालले नेतृत्व गरेको नेकपामै निरन्तर रहिरहेको स्पष्ट पार्न चाहन्छु ।’

     

  • दुई देशका सुरक्षा प्रमुखको छलफलपछि बेलहिया नाका सुचारु

    दुई देशका सुरक्षा प्रमुखको छलफलपछि बेलहिया नाका सुचारु

    रुपन्देही । बुधबार भारतीय बजार सुनौलीतर्फ जाँदै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले महिलामाथि अभद्र व्यवहार गरेपछि बन्द रहेको सीमानाका बेलहिया दुई देशका सुरक्षा प्रमुखको समझदारीपछि खुलेको छ । बेलहियाकी ३९ वर्षीय महिलालाई एसएसबीले चेकजाँचका नाममा कपडा च्यातिदिएपछि बेलहियामा तनाव सिर्जना भएको थियो ।

    एसएसबीको ज्यादतीपछि ठूलो संख्यामा उपस्थित हुँदै नेपाली पक्षले नाका घेराउ गरेका थिए । त्यसपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, प्रहरी प्रमुख प्रविन पोखरेल तथा भारतको महाराजगञ्जका सुरक्षा प्रमुख डीएम र एसपीसहितले छलफल गरेका थिए ।

    छलफलमा महिलामाथि भएको अभद्र व्यवहारका विषयमा आवश्यक अनुसन्धान गर्ने तथा सिमा क्षेत्रमा देखिएका घटनालाई समाधान गर्ने गरी समझदारी भएपछि नाका खुलेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिएका छन् ।

    उनले इलाका प्रहरी कार्यालय बेलहियामा भएको दुई देशका सुरक्षा प्रमुखको छलफलमा दुई पक्षले आआफ्ना देशमा देखिएका असमझदारी हटाउने सहमति गरिएको बताए । समझदारीपछि अहिले नाका पुर्ण रूपमा सुचारु भएको छ ।

    छानविन गर्न परिवारको माग

    नेपालीमाथि ज्यादती गर्ने भारतीय प्रहरीलाई नेपाली प्रशासनले थप सचेत बनाउनुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने पीडित महिलाका श्रीमानले नेपाल प्रेसलाई बताए ।

    उनले भने, ‘मेरो श्रीमतीको कपडा च्यातेको विषय सामान्य होइन, बर्दी लगाएको प्रहरीले त्यसरी कसैमाथि अन्याय गर्न पाइदैन, यसको गम्भीर अनुसन्धान हुनुपर्छ ।’

  • सुनकोशी-मरिन डाइभर्सन : पाँच जिल्लामा सिंचाइ पुग्ने, चार वर्षभित्र सक्ने लक्ष्य

    सुनकोशी-मरिन डाइभर्सन : पाँच जिल्लामा सिंचाइ पुग्ने, चार वर्षभित्र सक्ने लक्ष्य

    काठमाडौं । राष्ट्रिय योजना आयोगले नेपालको ‘गेम चेन्जर’ परियोजनाका रूपमा २४ वटा परियोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको छ । यीमध्ये अधिकांश निर्माणाधीन आयोजना समस्याग्रस्त छन् । तर, सरकारले शुरू गर्न लागेको राष्ट्रिय गौरवको ‘सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ भने सबै विवाद सल्टाएर शुरू हुन लागेको छ ।

    यो परियोजनाको मुख्य उद्देश्य प्रदेश-२ का पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाई पुर्‍याउनु हो । यस आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको मधेसमा लोकप्रियता हासिल गर्ने राजनीतिक ध्येय पनि देखिन्छ ।

    ‘सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ को वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्ति तथा अधिग्रहण, मुआब्जा वितरण र स्थानीय बासिन्दाको सम्पूर्ण अवरोध समाधान भइसकेको छ । परियोजना शिलान्यास हुनुभन्दा अगाडि नै ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले परियोजनाको सुरुङ निर्माणको ठेक्का करिब साढे १० अर्बमा लगाएको छ ।

    प्रधानमन्त्रीका विकास वित्त व्यवस्थापन सल्लाहकार इन्जिनियर गजेन्द्र थपलियाले भने, ‘यो प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र भिजन बोकेको परियोजना हो । सुनकोशीको बाँध बाँधेर सिन्धुली र रामेछाप जिल्ला हुँदै तराईका पाँच जिल्लामा सिंचाइ गराई देशको आन्तरिक उत्पादन बढाउने विश्वास छ ।’

    यस्तो छ आयोजना

    सिन्धुली र रामेछापहुँदै बग्ने सुनकोशी नदीलाई बाँध बाँधेर तराईका पाँच जिल्लामा सिँचाई तथा ३१ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य यस आयोजनाले लिएको छ । मन्त्रिपरिषद्को निर्णयले २०७६ माघ ६ गते ‘सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ लाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको थियो ।

    सिन्धुली जिल्लास्थित खुर्कोटमा हेडवर्क निर्माण गरी १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेण्डले सुनकोशी नदीको पानी मरिन नदीको किनारमा पुर्‍याउने गुरुयोजनामा उल्लेख छ । खुर्कोटबाट सुरुङमार्फत ल्याएको पानीलाई सिन्धुली जिल्लास्थित कमलामाई नगरपालिका-२, कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइनेछ ।

    त्यसबाट ३१ मेगावाट विद्युत् उत्पादन गरी निस्किएको पानी मरिन नदी हुँदै वागमती नदीमा खसालिनेछ । यसमार्फत वागमती सिंचाइ आयोजनामा करीब १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ गर्ने आयोजनाको मुख्य लक्ष्य हो । यसरी वागमतीको नहरबाट आएको पानीलाई पूर्वी नहरतर्फबाट ७६ हजार ६०० हेक्टर र पश्चिमतर्फ ४५ हजार ४०० हेक्टरमा विभाजन गर्ने योजना छ । हाल वागमती सिँचाइ आयोजनाबाट ४५ हजार हेक्टर जमिनमा मात्रै सिँचाइ गर्न पानी पर्याप्त हुन्छ ।

    खुर्कोटमा हेडवर्क र १३.२ किलोमिटर सुरुङ

    सिन्धुलीको खुर्कोटदेखि लगभग दुई किलोमिटर माथि सुनकोशी नदीमा १५८ मिटर लामो व्यारेज वा ड्याम निर्माण गरिनेछ । त्यस्तै १५० मिटर लामो डिसेन्डिङ्ग बेसिन जसले सुनकोशी नदीबाट आएको पानी छान्ने काम गर्छ ।

    ५.५ मिटर व्यास भएको टनेल इन्ट्री पोर्ट र १३.३ किलोमिटर लामो सुरुङ निर्माण खुर्कोटबाट नै हुनेछ । उक्त सुरुङ निर्माण टनेल बोरिङ मेसिन ‘टीबीआईए’ प्रविधिबाट निर्माण गरिने आयोजनाले जनाएको छ । उक्त प्रविधिबाट सुरुङ खन्दा मेसिनले खन्ने र ब्लास्टिङ गर्नुपर्ने झन्झट नहुनुको साथै काम छिटो हुने आयोजनाले जनाएको छ ।

    त्यस्तै सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा सर्च पण्ड, ३१ मेगावाट क्षमताको विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्ने आयोजनाको लक्ष्य रहेको छ । यस परियोजनाबाट हुने विद्युत् उत्पादन वर्षभरि नै ३१ मेगावाटबाट नघट्ने आयोजनाको विश्वास छ । आयोजनाबाट उत्पादन हुने बिजुली ४२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी नवलपुरमा जोडिने आयोजनाले जनाएको छ ।

    तयारीको अवस्था

    चालु आर्थिक वर्षको बजेटमा आयोजना निर्माणका लागि २ अर्ब ४६ करोड रूपैयाँ विनियोजन भएको छ । यो परियोजना ऊर्जा तथा जलस्रोत मन्त्रालयको सिंचाइ विभागले अगाडि बढाइरहेको छ ।

    यसअघि २०७० असारमा फुलब्राइट सितारा जेबीले उक्त आयोजनाको प्रि-फिजिविलिटी अध्ययन गरेको थियो । सन् १९६७-७२ मा युनएनडीपीको एफएओद्वारा पहिलो पटक तयार पारिएको वागमती सिंचाइ आयोजनाको मास्टर्स प्लान, १९८५ मा जाइकाले तयार पारेको कोशी नदी मास्टर्स प्लान र सन् १९७९/८० मा जर्मनी प्राविधिक सहयोग एजेन्सीले तयार पारेको वागमती सिंचाइको पुनः अध्ययन प्रतिवेदनका आधारमा सो अध्ययन गरिएको हो ।

    २०७३ जेठ ९ गते राष्ट्रिय योजना आयोगले कार्यान्वयनमा स्वीकृति दिएपछि २०७४ असोज २ गते यस आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति दिइएको थियो । २०७५ चैतमा एनईए इन्जिनियरिङ कम्पनीले सुनकोशी मरिन र सुनकोशी कमला डाइभर्सनको तुलनात्मक अध्ययन गरी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले स्वीकृति दिएको थियो ।

    ऊर्जा मन्त्रालयले २०७६ भदौ ९ गते ‘आईटीईसीओ-टीएमएस-आईसीजीएस जेभी’ नामक कम्पनीले तयार पारेको परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन ‘डीएफएसआर’ स्वीकृत गरेको थियो । त्यस्तै उक्त वर्षको भदौ २३ गते आयोजना खरिद गुरुयोजना मन्त्रालयले स्वीकृति गरेको थियो । २०७६ असोज ३० गते राष्ट्रिय योजना आयोगले बहुवर्षीय ठेक्काका लागि स्वीकृति प्रदान गरेको थियो ।

    २०७६ माघ ६ गते नेपाल सरकार मन्त्रिपरिषद्ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा स्वीकृति दिएको थियो । २०७६ माघ १० गते वन मन्त्रालयले आयोजनाको ईआईए प्रतिवेदन स्वीकृत गरेपछि आयोजना निर्माणका लागि तयार भएको हो ।

    एनईए इन्जिनियरिङ कम्पनीसँग आयोजनाको हेडवर्क इन्टेक, डिस्यान्डर, हाइड्रो मेकानिकल, पावर हाउसलगायतका इन्जिनियरिङ सम्बन्धी काम गर्ने सम्झौता भएको छ । नेपाल सरकारले २०७७ साउन १९ गते ‘टनेल वोरिङ मेसिन’ ‘टीबीएम’ प्रविधिबाट सुरुङ निर्माण कार्यविधि स्वीकृत भएपछि यस आयोजनाले उक्त प्रविधिमार्फत आयोजना निर्माणका लागि स्वीकृति पाएको थियो ।

    सुरुङ सम्बन्धी संरचना निर्माणका लागि चालु आर्थिक वर्षको भदौ ३० गते निर्माण पूर्व योग्यता सूचना प्रकाशन गरिएको थियो । पुस २ गते सुरुङ तथा सम्बन्धित संरचना निर्माण कार्यको पूर्व योग्यताबाट छनोट भएका बोलपत्रदातालाई बोलपत्र आह्वानको सूचना प्रकाशन गरिएको थियो भने फागुन १२ गते सुरुङ निर्माण सम्बन्धी बोलपत्र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले स्वीकृति दिइएको थियो ।

    प्रभावित क्षेत्रहरू

    आयोजनाबाट प्रभावित सिन्धुली र रामेछाप जिल्लाका स्थानीय बासिन्दालाई मुआब्जा वितरणको काम लगभग सम्पन्न भएको प्रधानमन्त्रीका विकास वित्त व्यवस्थापन सल्लाहकार थपलियाले बताए । बीपी र मदन भण्डारी राजमार्गका सडकका केही भाग आयोजनाको डिजाइन भित्र पर्ने भएकाले ती सडक खण्डको परिवर्तनका लागि असोज २५ गते मन्त्रिपरिषद्को निर्णयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सार्न निर्देशन दिइएको छ ।

    यो आयोजना चार वर्ष (आर्थिक वर्ष २०७७/७८ मा शुरूआत गरी २०८२/८३) भित्र निर्माण सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ ।

  • प्रदेश १ : सरकारले अविश्‍वासको प्रस्ताव छल्न खोजेको कांग्रेसको आरोप

    प्रदेश १ : सरकारले अविश्‍वासको प्रस्ताव छल्न खोजेको कांग्रेसको आरोप

    विराटनगर । नेपाली कांग्रेस प्रदेश संसदीय दलले सरकार अविश्वासको प्रस्तावलाई छल्न लागिरहेको आरोप लगाएको छ ।

    पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारलाई अविश्वासको प्रस्तावबाट नभाग्न आग्रह गरे । कार्कीले सभामुखको भूमिकाप्रति पनि आशंका गरेको छ ।

    ‘हाम्रो सरकार कहिले सदन स्थगन गरौं भनेर सभामुखलाई पत्र नै काट्छ ? मन्त्री नै सदनबाट भाग्नुहुन्छ ? कहिले सूचना टाँसेर आयु बढाइरहनु भएको छ,’ कार्कीले भने, ‘सदन भनेको जनताको थलो हो । यसलाई कसैको सेटिङमा बन्धक बनाउनु हुँदैन ।’

    आज बस्ने भनिएको प्रदेश १ सभा बैठक एकाएक स्थगित गरी मिति परिवर्तन गरिएपछि यहाँको राजनीतिक माहोल एकाएक तातेको छ ।

    मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल भएपछि बस्न लागेको प्रदेश सभा बैठक अन्तिम समयमा आएर हिजो स्थगित गरिएको थियो । आज दिउँसो १ बजे बोलाइएको बैठक चैत २ गतेसम्मलाई सारिएको छ । केन्द्र राजनीतिमा देखिएको अन्योललाई देखेर पर्ख र हेरको स्थितिमा सभामुख रहेको बताइएको छ ।

    ९ फागुनमा प्रदेश सभामा टेबल भएको अविश्वासको प्रस्तावमाथि आजदेखि छलफल अघि बढाउने तयारी थियो ।

  • सुनकोशी-मरिन डाइभर्सन शिलान्यास गर्दै ओलीले भने – मलाई मधेशविरोधी भन्‍नेलाई जवाफ (भिडियो)

    सुनकोशी-मरिन डाइभर्सन शिलान्यास गर्दै ओलीले भने – मलाई मधेशविरोधी भन्‍नेलाई जवाफ (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी-मरिन डाइभर्सन आयोजनाबाट १ लाख ८५ हजार बिघा सिंचाइ गर्न सकिने र ३१ मेगावाट विद्युत उत्पादन गर्न मिल्ने दुई मुख्य फाइदा देखाएका छन् ।

    आज सिन्धुलीको कुसुमटारमा आयोजनाकाे शिलान्यास गर्दै ओलीले भने, ‘यो महत्वपूर्ण आयोजना हो, यसले जमिनमुनि दबिएको पानीको सतहमा आउने पानीले माटो मलिलो बनाउँछ । पर्यावरणलाई समेत सन्तुलित बनाउँछ ।’

    ‘यो आयोजनाले तराई र पहाडलाई जोड्नुका साथै एउटा ठूलो कुराको जवाफ दिन्छ । केपी ओलीलाई मधेशविरोधी भनेर तराईमा पस्न नदिने भन्थे । तर, केपी ओलीलाई मधेशमा पस्न नदिए पनि तराई मधेशमा पानी पठाइन्छ । मुख्य मन्त्रीज्यूलाई म भन्न चाहन्छु मलाई तराई मधेशमा पस्न नदिएर केही भएन पानी चाहिं पस्न दिनुहोला । तराईमा त्यस्ता जनता छैनन्, मलाई केही छैन अर्को कमला सुनकोशी डाइभर्सनबाट थप १ लाख ७० हजार हेक्टर क्षेत्रफलमा सिंचाइ पुगेपछि तराईवासीहरूले आफैं गेट बनाउनेछन्’, ओलीले भने ।

    उनले भने, ‘हाम्रो यो देशको पानी देशभरि नै पुर्‍याउनुपर्छ ।’ हावाको उदाहरण दिंदै उनले भने, ‘हावालाई छेक्न मिल्दैन । तराई सबै हाम्रो, बारा, पर्सा , सर्लाही र रौतहट पनि हाम्रै हो उनको भनाइ थियो ।’

    आयोजना निर्माणमा एक मिनेट पनि ढिला नगर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

  • आरबीबी-एनभीए महिला तथा पुरुष भलिबल लिग चैत १९ गतेदेखि

    आरबीबी-एनभीए महिला तथा पुरुष भलिबल लिग चैत १९ गतेदेखि

    काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा आगामी चैत १९ देखि आरबीबी-एनभीए महिला तथा पुरुष भलिबल लिग सञ्चालन गरिने भएको छ ।

    प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रोले ७५ हजार प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ टीमले प्रतिस्पर्धा गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले १०/१० हजार पाउँनेछन् ।

    प्रतिभावान र उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टोलीको प्रशिक्षणका लागि छनोट गरिने संघले जनाएको छ ।

     

  • वामदेवको जुक्ति : ओली र प्रचण्डलाई घेराबन्दी गरेर एकता (भिडियो)

    वामदेवको जुक्ति : ओली र प्रचण्डलाई घेराबन्दी गरेर एकता (भिडियो)

    काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको एकताका लागि जुटेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि आफूले नयाँ जुक्ति सोचेको बताएका छन् ।

    बिहीबार कोरोनाभाइरस विरुद्धको खोप लगाउन सिभिल अस्पताल बानेश्वर पुगेका गौतमले पत्रकारहरूसँग नेकपा एकताका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई घेराबन्दी गर्नुपर्ने बताएका हुन् ।

    नेकपाको एकता भन्नु नै ओली र दाहालबीचको सहकार्य रहेको भन्दै नेता गौतमले दोस्रो पुस्ताका नेताहरूको दबाबमा एकता अभियानलाई सफल बनाउनुपर्ने बताए । ‘दुवै पक्षका सेकेण्ड जेनेरेसनका कामरेडहरूलाई एकताबद्ध गर्ने र एकताको पक्षमा तलदेखि नै ठूलो पंक्ति तयार गर्ने काममा म केन्द्रित छु’, गौतमले भने ।

    उनले त्यस्तो पंक्तिले एकताको पक्षमा नहुने नेतालाई भोट नदिने अभियान चलाएर भए पनि एकताको पक्षमा ल्याउने बताए ।

    ‘दुवैजना अध्यक्षलाई एकतामा ल्याउनको निम्ति उहाँहरूको अहिलेको घेराबन्दी तोडेर एकताको पक्षमा रहेको नेपाली जनताको शक्ति, कम्युनिष्ट आन्दोलनप्रति शुभचिन्तक समर्थन गर्ने शक्तिको घेराबन्दीमा ल्याउने काममा म सक्रिय छु’, गौतमले भने ।

  • विष्णु पौडेलको दाबी- माधव नेपालले नेकपा विभाजनको धन्दा चलाएका छन्

    विष्णु पौडेलको दाबी- माधव नेपालले नेकपा विभाजनको धन्दा चलाएका छन्

    बुटवल । अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले पार्टी विभाजनको मूल कारक माधव नेपाल रहेको दाबी गरेका छन् । प्रायः कसैका बारेमा आक्रामक टिप्पणी नगर्ने स्वभावका महासचिव पौडेलले बिहीबार गृहनगर बुटवल पुगेर माधव नेपाल कसम खाएरै नेकपा सिध्याउन लागेको बताएका हुन् ।

    केही पत्रकारहरूसँग नेकपाको पछिल्लो अवस्थाबारे विश्लेषण गर्दै पौडेलले २०५४ सालमा माधव नेपालकै कारण तत्कालीन एमाले विभाजन भएको र यसपटक पनि प्रचण्डले हिम्मत नगरेपछि माधव नेपालले पार्टी फुटाउने संकल्प गरेको बताए । पौडेलले तेस्रो स्थानको पार्टीलाई केपी ओलीले पहिलो बनाएकै दिनदेखि माधवले नेकपा विभाजनको कसम खाएको टिप्पणी गरे ।

    पौडेलले पत्रकारहरूसँग बोलेका भनाइ जस्ताको त्यस्तै पढौं ।

    नेकपा विभाजनको बारेमा पनि यसका अन्तरकथाहरू खोज्नका लागि पत्रकार साथीहरूले धेरै मिहिनेत गरेका छन् । म के स्पष्ट गर्न चाहन्छु भने, कमरेड माधव नेपाल जसले नेपालमा सबैभन्दा बलियो शक्तिशाली पार्टीको नेतृत्व पाउनुभएको थियो ।

    उहाँ दासढुंगा हत्याकाण्डपछि तत्कालीन नेकपा एमालेको मुख्य नेताको जिम्मेवार अर्थात् महासचिवको जिम्मेवारी प्राप्त गर्दा देशको सबैभन्दा बलियो शक्तिशाली पार्टी पाउनुभएको थियो । उहाँले अविच्छिन्‍न १५ वर्ष एमालेको मुख्य नेताको जिम्मेवारीमा रहेर काम गर्नुभयो ।

    उहाँले नेकपा एमालेलाई पहिलोबाट तेस्रो पार्टी बनाउनुभयो । अहिले उहाँलाई तेस्रो पार्टी पहिलो भएको मन परेको छैन । हामीले तेस्रो बनाएको पार्टीलाई केपी ओलीले पहिलो बनाउने ? म यसलाई तेस्रो चौथो पार्टी बनाइदिन्छु भन्ने मनसुवाका साथ लाग्नुभएको छ ।

    नेकपा पहिलो पार्टी बनेको उहाँलाई मन नपरेर विभाजनको धन्दा गर्नुभएको छ । विभाजनकारी गतिविधि संचालन गर्नुभएको छ । तथ्यले के बताउँछ भने कमरेड माधवकुमार नेपालले आफ्नो नेतृत्वकालमा पार्टीलाई तेस्रो स्थानमा धकेल्दिनुभयो । कमरेड केपी ओलीले तेस्रो हैसियतको पार्टीलाई पहिलो हैसियतमा स्थापित गर्दिनुभयो । यो कुरा माधव नेपाललाई पचेन । यसलाई उहाँले तेस्रो, चौथो, पाँचाैं बनाउने धन्दामा लाग्नुभएको हो । उहाँ अहिले आफूलाई भेट्न आउने साथीहरुलाई बडो गर्वका साथ भन्ने गर्नुहुन्छ- ‘प्रचण्डले हिम्मत गरेका थिएनन्, खुट्टा कमाइराखेका थिए, मैले हिम्मत गरें।’

    यो बीचमा विभाजनकारी जे जति गतिवधि भए प्रचण्डले हिम्मत नगरेको, मैले गरेको भन्ने ढंगले आउनुभएको छ । कमरेड माधवकुमार नेपालले राम्रा कामका लागि होइन, नेकपा बलियो बनाउन होइन,नेकपाको सरकार बलियो बनाउनका लागि होइन कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्नका लागि कथित हिम्मत गर्नुभएको कुरा छर्लङ्ग छ ।

    उहाँको ट्रयाक रेकर्ड हेर्ने हो भने २०५४ सालमा उहाँले लचिलो कदम चाल्नुभएको थियो भने एमाले विभाजनबाट रोकिन्थ्यो । उहाँकै नेतृत्वमा त्यतिबेला नेकपा एमाले विभाजित भयो । अहिले फेरि दोस्रो पटक उहाँले यो आन्दोलनलाई विभाजित गर्ने कोसिस गर्नुभएको छ ।

    यसरी के देखियो भने,कमरेड माधवकुमार नेपाललाई यो कम्युनिष्‍ट पार्टीले झण्डै दुई तिहाई ल्याएको पचेन । त्यसैले उहाँले विभाजनको धन्दा चलाउनुभएको छ, कसम खाएर । उहाँले आफूलाई शूरवीर ठानेर प्रचण्डले नगरेको हिम्मत मैले गरेर पार्टी फुटाएँ भनिरहनुभएको छ ।

    अर्को कुरा, यो नेकपा अब के होला त भन्ने विषय छ । कुनै लुकेको कुरा होइन,माधव कमरेड, प्रचण्ड कमरेडहरू आन्दोलनलाई विभाजन गर्न संकल्पका साथ लाग्नुभएको छ । म के देख्छु भने प्रतिनिधिसभाका सांसद र पार्टीका केन्द्रीय सदस्यहरू विभाजनको लागि हस्ताक्षर गरेर आन्दोलनलाई विभाजन गर्न साथ दिन्छन् भन्ने लाग्दैन ।

    नेकपा नेतृत्वको सरकार गिराएर अरु पार्टीलाई सरकारको नेतृत्व सुम्पिने त्यो गलत धन्दाको मतियार हुन्छ्न् भन्ने मलाई लाग्दैन । जहाँसम्म उहाँहरूको कोसिस के रहेको छ भने, अस्ति पुस ५ गते प्रचण्डजीलाई वैकल्पिक प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेर अविश्वास प्रस्ताव दर्ता गर्नुभयो । अहिले त्यो अविश्वास प्रस्ताव उहाँहरुले फिर्ता लिने निर्णय गर्नुभएको छ । अर्थात् प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव उहाँहरूले फिर्ता लिँदै हुनुहुन्छ ।

    अब नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेताहरूलाई प्रधानमन्त्री बनिदिनका लागि अनुरोध गर्दै हिंड्नुभएको छ । अँध्यारा कोठामा बसेर हाम्रो नेतृत्व गरिदिनुस्, हामीलाई अगुवाई गरिदिनुस, हामी पार्टी फुटाएर तपाईंहरूलाई सघाउन कृतसंकल्पित छौं भनेर यो धन्दामा लाग्नुभएको छ ।

    मलाई विश्वास छ अधिकांश सांसदहरू यो नेकपा नेतृत्वको सरकार गिराएर कम्युनिष्‍ट इतर सरकार निर्माण गर्न उहाँहरुले चालेका कमदलाई साथ दिन तयार हुने छैनन् ।

    अर्को पनि एउटा विषय छ, माधव कमरेडलाई त के लाग्दो हो भने हारेका मान्छेले नेतृत्व गर्नुपर्ने, जितेका मान्छेले पनि सरकारको नेतृत्व गर्ने हो ? यस्तो लाग्दो हो । उहाँले त २०६४ सालमा एमालेलाई तेस्रो बनाउनुभयो । आफैं हार्नुभयो । हारेपछि उहाँ संविधान निर्माण गर्ने भनेर संविधानसभामा छिर्नुभयो ।

    संवैधानिक समितिको सभापति भएर छिर्नुभयो संविधान बनाउन भनेर । संवैधानिक समितिको सभापति छाडेर उहाँ प्रधानमन्त्री बन्न पुग्नुभयो । माधव कमरेडलाई लाग्दो हो प्रधानमन्त्री भन्ने पद त हारेकाले पो सम्हाल्ने हो त । केपी ओली जितेको मान्छेले होइन ।

    जनताको विश्वास जितेको, पार्टी र संसदीय दलको विश्वास जितेको व्यक्ति प्रधानमन्त्री बन्ने होइन, हारेको व्यक्तिले पाउनुपर्छ भन्ने उहाँको सिद्धान्त त । त्यसैले जितेको नेतालाई प्रधानमन्त्रीबाट हटाउनका लागि उहाँ बेचैन भएर लाग्नुभएको छ ।

    उहाँलाई जनताबाट अनुमोदित भएको नेताले प्रधानमन्त्री बन्नुहुँदैन भन्ने लाग्छ । सकेसम्म जनताबाट पनि हारेको,नत्र आफ्नो दलमा हारेका मान्छेले प्रधानमन्त्री हुनुपर्ने भन्ने धन्दामा उहाँ लाग्नुभएको छ ।

    अहिले यो नेकपा राष्ट्रिय राजनीतिको नेता शक्ति हो । यही रहन्छ । ओलीले नेतृत्व गरेको नेकपा राष्ट्रिय राजनीतिको नेता शक्ति हो । केपी ओलीलई सरकारबाट हटाउने यस प्रकारका साजिसहरू असफल हुन्छन् । बहुसंख्यक सांसद, संसदीय दलमा मात्रै होइन कमरेड ओलीको पक्ष प्रतिनिधिसभामा पनि बहुमत छ ।

    उहाँलाई हटाउन खोज्ने दाबी निरर्थक छ र असफल हुन्छ । बाँकी दुई वर्षको कार्यकाल कमरेड ओली नेतृत्वको सरकारले निरन्तरता पाउँछ यो अगाडि बढ्छ यो मेरो विश्वास हो ।

    राष्ट्रिय राजनीतिको बारेमा कतिपय मान्छेहरुमा अन्याेल छ । केही मानिसहरु के भन्छन् भने अदालतबाट कसले मान्यता पाउँछ । निर्वाचन आयोगबाट कसले मान्यता पाउँछ भन्छन् । लोकतन्त्रमा कुनै पनि राजनीतिक दललाई मान्यता प्रदान गर्ने अन्तिम अधिकारी जनता हुन् ।

    कुनै पनि राजनीतिक दलको हैसियत प्रदान गर्ने अन्तिम अधिकारी जनता हुन् । हाम्रो विश्वास कमरेड केपी शर्मा ओली अध्यक्ष रहनुभएको नेकपाको विश्वास के हो भने जनताले यो पार्टीलाई मुलुकको बागडोर सम्हाल्ने प्रमुख राजनीतिक पार्टी हो भनेर मान्यता प्रदान गर्नेछन् । हामी निर्वाचनमा जान चाहेका थियौं । प्रतिनिधिसभा पुनःस्थापनाले निर्वाचन केही ढिलोचाँडो भएको हो । निर्वाचनमा त मुलुक जान्छ । हामी नै जनताबाट अनुमोदित हुन्छौं ।

  • नेपालको आर्थिक वृद्धिदर ऋणात्मक

    नेपालको आर्थिक वृद्धिदर ऋणात्मक

    काठमाडौं । गत वर्ष नेपालको आर्थिक वृद्धिदर ऋणात्मक देखिएको छ ।

    आधार वर्ष परिवर्तन गर्दै केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वृद्धिदर ऋणात्मक देखिएको हो । गत वर्ष आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान रहेकोमा आधार वर्ष परिवर्तन गर्दा १.९९ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक देखिएको हो ।

    त्यस्तै चालू आर्थिक बर्षको पहिलो त्रेमासिकमा ४.६ प्रतिशतले ऋणात्मक हुने अनुमान रहेको कार्यक्रममा बताइएको छ ।

    कोरोना महामारीका कारण नकारात्मक भएपनि अर्थतन्त्रमा ‘V’ सेपमा सुधार भएको  केन्द्रिय तथ्याङ्क विभागले बताएको छ । यसले गर्दा आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर सकारात्मक बन्नेमा आशावादी हुन सकिने विभागको दाबी छ । यसअघि सन् २०००/२००१ लाई आधार वर्ष मानिएकोमा अहिले २०१०/२०११ लाई आधार वर्ष मानेर आर्थिक वृद्धिदर सार्वजनिक गरिएको हो ।

    राष्ट्रिय लेखा प्रतिबेदन तयार पार्न बिभागले यो सहित पाँच पटक आधार वर्ष परिवर्तन गरेको हो । अर्थतन्त्रमा भएका परिवर्तनलाई बढी यथार्थपरक बनाउन केन्द्रीय तथ्यांक विभागले आधार बर्ष परिवर्तन गर्ने गर्छ ।

    नेपालमा १० बर्षमा १४ प्रतिशतले कुल गार्हस्थ्य उत्पादन १४ प्रतिशतले बढेको छ। हाल नेपालको कुल गार्हस्थ उत्पादन ३९ खर्ब ४३ अर्ब पुगेको छ । गत वर्षको तुलनामा ५ प्रतिशतले बढेको छ ।

  • नेकपा नफुटेसम्म देशले निकास पाउँदैन : महामन्त्री कोइराला

    नेकपा नफुटेसम्म देशले निकास पाउँदैन : महामन्त्री कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन नभएसम्म मुलुकले निकास नपाउने बताएका छन् ।

    सिभिल अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले नेकपा विवादका कारण मुलुक अनिर्णयको बन्दी बनिरहन नसक्ने बताए ।

    ‘नेकपामा देखिएको विवादको निकास नआउँदा मुलुक नै अनिर्णयमा परेको छ । मुलुकलाई निकास दिन नेकपा फुट्नै पर्छ । नेकपा फुटाउन कांग्रेसले एउटा पक्षलाई साथ दिनैपर्छ’कोइरालाले भने । उनले संसदमा पार्टीले निर्वाह गर्ने भूमिका र भावी सत्ता सहकार्यबारे पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेको बताए ।

    ‘यसबारे पार्टीले निर्णय गर्न बाँकी छ । नेकपा फुट्छ भने हामीले प्रचण्ड माधव पक्षसंग सहकार्य गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत प्रस्ताव हो’, कोइरालाले भने । उनले प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे पार्टी सभापति शेरबहादुर देउवाले नै छलफल गरिरहेको र आज पदाधिकारी बैठकमा त्यसबारे जानकारी गराउने बताए ।

  • विप्लव र सरकारबीच सहमति हुनु स्वागतयोग्य : विष्णु रिजाल

    विप्लव र सरकारबीच सहमति हुनु स्वागतयोग्य : विष्णु रिजाल

    काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई प्रचण्ड-माधव पक्षीय नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले शान्तिपूर्ण राजनीतिमा आउने कुरा सकारात्मक भएको बताएका छन् ।

    ‘विप्लव नेतृत्वको नेकपाले चलाउँदै आएको हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउने गरी नेपाल सरकार र उक्त पार्टीबीच सहमति हुनु स्वागतयोग्य छ,’ ट्वीटरमा रिजालले लेखेका छन्, ‘समाजलाई भयमुक्त र राजनीतिलाई शान्तिपूर्ण तथा प्रतिस्पर्धात्मक बनाउन यस कदमले महत्वपूर्ण योगदान गर्ने विश्वास गर्न सकिन्छ ।’

    यसबाट मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादबाहेक कम्युनिस्टहरूसँग विकल्प छैन भन्ने भनाइ पुष्टि भएको रिजालको टिप्पणी छ । ‘जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादबाहेक कम्युनिष्टहरूसँग विकल्प छैन भन्ने यस घटनाबाट पनि पुनर्पुष्टि भएको छ,’ उनको भनाइ छ, ‘कथित ‘पृथक राज्य’ को माग राख्ने सीके रावत र कथित ‘समग्र युद्ध’ को नारा लगाउने विप्लवलाई शान्तिपूर्ण दायरामा ल्याउन सक्नुलाई उल्लेखनीय मान्नुपर्छ।’

    सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीनबुँदे सहमति भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो ।

  • ओलीलाई अर्को सफलता, सिके राउतपछि विप्लवको ‘सेफल्यान्डिङ’

    ओलीलाई अर्को सफलता, सिके राउतपछि विप्लवको ‘सेफल्यान्डिङ’

    केही समयदेखि हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी अन्ततः शान्तिपूर्ण राजनीतिमा अवतरण हुने भएको छ । राजनीतिक संकटले घेरिएको केपी ओली नेतृत्वको सरकारका लागि यो एउटा स्मरणीय उपलब्धि हो भने नेपाली जनताका निम्ति सुखद आश्चर्य ।

    गर्धनमुनि अविश्वास प्रस्तावको तरवार झुण्डिइरहेको अवस्थामा ओली सरकारले विप्लवसँग वार्ताको पहल गर्दा यो सफल हुने विश्वास कमैलाई थियो । कतिपयले विप्लव समूह यो धरमर अवस्थामा रहेको सरकारसँग वार्ता गर्न तयार भएकोमै प्रश्न उठाए । तर, दुई दिनसम्म तीन चरणमा भएको वार्तापश्चात नै दुई पक्ष सहमतिमा पुगेका छन् । सहमतिका पूर्ण विवरण सार्वजनिक नभए पनि विप्लव समूहले हिंसा त्याग्न तयार भएको दुवै पक्षले प्रेस नोटमार्फत जानकारी दिएका छन् ।

    राजनीतिक उद्देश्यप्रेरित हिंसात्मक अभियान संवादका माध्यमबाट यति छिटो समाधान भएको यो एउटा दुर्लभ नजिर पनि हो । यसका लागि ओली सरकार र विप्लव माओवादी दुवै बधाई र धन्यवादका पात्र छन् । पर्याप्त लचकतासहित संवादको टेबलमा बस्ने हो भने कुनै पनि समस्याको समाधान असम्भव छैन भन्ने पुनः एकपटक स्थापित भएको छ ।

    १० वर्ष लामो माओवादी जनयुद्धको समाधान हुँदा देशले ठूलो ‘हेडेक’ बाट मुक्ति पायो । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम सरकारको मात्रै प्रयासले भएको थिएन । तत्कालीन मुख्य राजनीतिक दलहरू सबैले भूमिका खेलेका थिए । लामो समय लागेको थियो । विप्लव समूहको समाधान भने सरकार एक्लैले गरेको छ । त्यो पनि सरकार स्वयम् अनिश्चितताको भुमरीमा ढुन्मुनाइरहेको अवस्थामा ।

    विप्लव समूहले घोषितरूपमा हिंसात्मक युद्ध गरेका थिएनन् । विगतमा माओवादीले जसरी उसले यसलाई ‘जनयुद्ध’ को नाम दिएको पनि छैन । तर, उक्त समूहका गतिविधि र संगठनात्मक संरचना माओवादीको जस्तै थिए । माओवादीले झैं भयानक खालका आक्रमणहरू नगरेको भए पनि हिंसाको बीउ विप्लव माओवादीले रोपिसकेको थियो । हिंसाको बीउ रोपेपछि त्यसलाई समयमै सम्बोधन भएन भने अन्तताेगत्वा ठूलो रूप लिन्छ नै । माओवादी जनयुद्ध पनि एकैपटक व्यापक भएकाे होइन । गुलेली र थ्रीनट थ्रीबाट शुरू भएको आन्दोलन एसएलआरसम्म पुगेको थियो । शुरूमा राज्यले ख्यालख्याल ठानेको आन्दोलनले पछि राज्यलाई नै हराबरा खेलाइदिएको थियो ।

    १० वर्ष लामो माओवादी जनयुद्धको समाधान हुँदा देशले ठूलो ‘हेडेक’ बाट मुक्ति पायो । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम सरकारको मात्रै प्रयासले भएको थिएन । तत्कालीन मुख्य राजनीतिक दलहरू सबैले भूमिका खेलेका थिए । लामो समय लागेको थियो । विप्लव समूहको समाधान भने सरकार एक्लैले गरेको छ । त्यो पनि सरकार स्वयम् अनिश्चितताको भुमरीमा ढुन्मुनाइरहेको अवस्थामा । राजीनामाका लागि चर्को दबाब खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई एउटा दबाबबाट मुक्त गरेका छन् । भोलि प्रधानमन्त्रीबाट हटे भने पनि यसले उनलाई आत्मसन्तोष मिल्नेछ ।

    राजनीतिको मूलधारबाट बहकिएर अवैध गतिविधि सञ्चालन गरिरहेको समूहलाई ओलीले ‘सेफल्यान्डिङ’ गराएको यो दोस्रो दृष्टान्त हो ।

    तराईमा डा. सीके राउतले लामो समयदेखि देश नै टुक्र्याउने घोषित उद्देश्यसहित विखण्डनकारी गतिविधि सञ्चालन गर्दै आएका थिए । उनले चलाएको अभियानले तराईमा ठूलो मात्रामा मधेशका युवाहरुलाई दिग्भ्रमित गरेको थियो । एक हिसाबले विप्लवभन्दा कैयौं गुणा खतरनाक अभियान थियो सिके राउतको ।

    राष्ट्रियताको दृष्टिकोणले अत्यन्त संवेदनशील यो अभियानलाई ओली सरकारले संवादकै माध्यमबाट अन्त्य गर्न सफल भयो । सीके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने क्रममा सरकारबाट केही प्राविधिक वा प्रक्रियागत गल्तीहरू भएका हुन् । र, पनि सरकार र देशका लागि त्यो महत्वपूर्ण उपलब्धि थियो । आज देशमा विखण्डनकारी अभियानको समूल नष्ट भएको छ । जनताले चैनको सास फेरेका छन् । अहिले आएर विप्लवको पनि समाधान भएको छ । सम्झौतामा भएका विषयहरूप्रति आगामी दिनमा दुवै पक्ष इमानदार हुनुपर्छ । सरकार र विप्लव समूहमध्ये कुनै पक्षले पनि एक-अर्कालाई झुक्याउने वा अल्मल्याउने खेल खेल्नुहुँदैन ।

    देशको राजनीतिप्रति जनतामा डग्मगाएको भरोसालाई यसले थोरै भए पनि पुन:स्थापना गर्ने अपेक्षा गर्न सकिन्छ । र, भविष्यमा निर्माण हुनसक्ने नयाँ सरकारका लागि पनि यो सुखद पक्ष हो ।

    प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल शुरू गरेयता ओली निरन्तर पार्टी भित्र बाहिरको घेराबन्दीमा रहे । सरकारले दुई वर्षको यात्रा पूरा गर्नासाथ उनलाई अपदस्थ गर्ने खेलहरू बारम्बार उनकै दलभित्रबाट खेलिंदै आएका छन् । यसले गर्दा देशमा स्थायी सरकारको अनुभूति हुन पाएन । राजनीतिक स्थिरताको महसूस जनताले गर्न सकेनन् । गल्ती ओलीबाट पनि भयो । न उनले पार्टीभित्रको समस्यालाई सही तरिकाले हल गर्न सके न सरकारका कामकारबाही प्रभावकारी बनाउन । बरु आफैं आजित भएर ओलीले संसद विघटनको असंवैधानिक कदम चाल्न पुगे । सो कदमले देशलाई नयाँ राजनीतिक र संवैधानिक संकटतर्फ धकेल्यो । सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला गरेर ओलीको कदमलाई सच्याएको छ, तर राजनीति अझै पनि अन्याेलपूर्ण नै छ । सरकारको भविष्य संकटमा नै छ ।

    यो सबै राजनीतिक कलहबाट जनता विरक्त भएका बेला विप्लवसँगको सहमतिले एउटा सकारात्मक तरंग प्रवाह भएको छ, जुन देशका लागि अत्यावश्यक थियो । देशको राजनीतिप्रति जनतामा डग्मगाएको भरोसालाई यसले थोरै भए पनि पुन:स्थापना गर्ने अपेक्षा गर्न सकिन्छ । र, भविष्यमा निर्माण हुनसक्ने नयाँ सरकारका लागि पनि यो सुखद पक्ष हो ।

  • ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार

    ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको असंवैधानिक प्रयास गरेको, सुशासन कायम गर्न नसकेको तथा जनमतको सम्मान गर्न नसकेको लगायतका निष्कर्षसहित ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न कांग्रेस तयार भएको हो ।

    यसबारेमा औपचारिक निर्णय लिन सभापति शेरबहादुर देउवाले आजै पदाधिकारी बैठक बोलाएका छन् भने शुक्रबार (भोलि) संसदीय दलको बैठक बस्दैछ ।

    सभापति देउवानिकट एक नेताले अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षसँग सहमति भइसकेको र जनता समाजवादी पार्टीसँग पनि छलफल चलिरहेको जानकारी दिए ।

    ‘वर्तमान सरकारले नैतिकरूपमा वैधता गुमाइसकेकोले संसदीय प्रक्रियाबाटै यसलाई विस्थापन गर्नुपर्छ भन्नेमा सहमति बनेको छ । केही कानूनी परामर्शमा छौं’ ती नेताले भने ।

    प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नेकपा नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सहकार्यको प्रस्ताव गरेका थिए । नेकपा विभाजनको प्रतीक्षा सभापति देउवाले गरेको भए पनि प्रधानमन्त्री ओलीको निरन्तरताले नेकपा विभाजनमा ढिलाइ हुने देखेपछि अविश्वास प्रस्तावमा सहमति जुटेको छ । प्रचण्ड-माधव पक्षले संसदमा दर्ता गरेको अविश्वास प्रस्तावमा प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारका रूपमा प्रचण्डलाई अघि सारिएको छ ।

    अब कांग्रेसको अगुवाईमा नयाँ संयुक्त प्रस्ताव दर्ता हुनेछ । जसमा देउवालाई प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारका रुपमा प्रस्तुत गरिनेछ । देउवालाई भेटेकै दिन नेकपा नेता नेपालले कांग्रेस नेताहरु कृष्ण सिटौला, डा.मिनेन्द्र रिजाल, रमेश लेखकलगायतलाई भेटेका थिए ।

    संयुक्त अविश्वास प्रस्ताव ल्याउने विषयमा सहमति जुटेको सभापति देउवानिकट नेताले पुष्टि गरे पनि कांग्रेसले औपचारिक निर्णय भने गर्न बाँकी छ । यद्यपि पार्टीको बैठक बस्नै बाँकी छ तर भोलीसम्म अविश्वासको प्रस्ताव नयाँ आउछ होला’ ती नेताले नेपाल प्रेससँग भने । संयुक्त अविश्वास प्रस्ताव दर्ता गर्दाका कानूनी प्रश्न र त्यसको समाधानबारे नेताहरू परामर्शमा छन् ।

    प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा कांग्रेस र नेकपा प्रच्ण्ड-माधव पक्षबीच हप्तादिनयता विभिन्न चरणमा वार्ताहरू भएका थिए । कांग्रेसका तर्फबाट कृष्ण सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक तथा नेकपाबाट माधवकुमार नेपाल, जनार्दन शर्मा र वर्षमान पुनलगायतका नेताहरू अनौपचारिक छलफलमा जुट्दै आएका थिए ।

    सहमति नजिक पुगेसँगै कांग्रेसले मंगलबार नै आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न अनौपचारिक सर्कुलर जारी गरेको थियो ।

  • पेरिसडाँडामा अनिवार्य उपस्थित हुन सांसदलाई प्रचण्ड-माधव पक्षको निर्देशन

    पेरिसडाँडामा अनिवार्य उपस्थित हुन सांसदलाई प्रचण्ड-माधव पक्षको निर्देशन

    काठमाडौं । आफ्ना सबै सांसदहरूलाई पेरिसडाँडास्थित पार्टी कार्यालयमा अनिवार्य उपस्थित हुन प्रचण्ड-माधव पक्षीय नेकपाले निर्देशन दिएको छ।

    स्थायी कमिटी सदस्य एवम् सांसद भीम रावलले आफूहरुलाई १२ बजे पार्टी कार्यालयमा अनिवार्य उपस्थित हुन भनिएको जानकारी दिए।

    हिजोको केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी तथा २३ गतेको संसद बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति बनाउन सांसदहरुलाई बोलाइएको बताइएको छ ।

    सरकार परिवर्तनको चर्चासँगै देशको राजनीति तरल रहेका बेला सांसदहरूबीच कित्ता अदलबदल गर्ने क्रम भइरहँदा आफूपक्षीय सांसदहरूलाई एकढिक्का पार्ने प्रयास पनि प्रचण्ड-माधव पक्षले जारी राखेको छ।

  • वार्ता सफल, प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने

    वार्ता सफल, प्रधानमन्त्री र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्ने

    काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएको छ । दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो ।

    सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’  र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गरेका छन् ।

    प्रेस नोटका अनुसार भोलि दिउँसो २ बजे विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने भएका छन् ।

     

     

  • घर बनाउँदै गर्दा रड चिरियो, तीन मुठा दिएर थुमथुम्याउने प्रयासमा कम्पनी

    घर बनाउँदै गर्दा रड चिरियो, तीन मुठा दिएर थुमथुम्याउने प्रयासमा कम्पनी

    काठमाडौं । घर बनाउने क्रममा रड चिरिएपछि चितवन भरतपुर-५ नारायणपुरका कृष्णराज विकलाई यतिखेर दोधारसँगै चिन्ता थपिएको छ । बचेखुचेको तलब र ऋणसमेत लाखौं खर्चेर बनाउन लागेको उनको घरको सपना रडसँगै चर्कियो । पिलर बुन्‍दै जाँदा रड चोइटिएको देखेपछि घर निर्माणलाई थाती राखेका छन् ।

    विकले चितवनको भरतपुर महानगरपालिकाको दीपेन्द्र चोकस्थित उत्सव हार्डवेयरबाट माघ २६ गते लक्ष्मी स्टील प्रालिको रड किनेका थिए । पिलर बुन्न बंग्याउने क्रममा १६ एमएमको रड बांगिएपछि कामदार नै आश्चर्यमा परेको विक बताउँछन् । ठेकेदारले यसरी रड बिग्रिएको आफूलाई थाहा नभएको बताएपछि आफूले हार्डवेयर, लक्ष्मी स्टीलको भरतपुर डिलरदेखि तीनकुने कार्यालयसम्म चहारेको विकले बताए ।

    विकले आफ्नो दु:ख नेपाल प्रेससँग यसरी पोखे

    घर बनाउन डीपीसी गरिसकेको थिएँ । हात्तीपाइले गरेर पिलर बुन्न एल आकारमा बंग्याउँदा कामदारले चोइटिएको देखाए । बलियो घर बनाउन भनेर किनेको फलामको रड नै खराब देखिएपछि ठेकेदार, कामदार र छिमेकी सबै भेला भएर निकै कुरा चल्यो । रड किनेर ल्याएको उत्सव हार्डवेयरमा सम्पर्क गरेँ । चितवनको सेल्सम्यानलाई देखाइदियो । सेल्सम्यानलाई फोन गरेपछि रड कम्पनीका इन्जिनियरसहित केही मान्छे आए । कम्पनीमा आफूले कुरा गर्ने, क्षतिपूर्तिका लागि पहल गर्ने भन्दै उनीहरूले घर बनाउने काम नरोक्न भने । २/४ दिन पर्खिएँ केही भएन । त्यसपछि नम्बर खोजेर काठमाडौंको तीनकुनेमा रडकै कार्यालयका दिवाकर पाण्डे सरलाई फोन गर्दा केही केही रडमा त्यस्तो हुने भएकोले त्यो खासै ठूलो समस्या नभएको बताउनुभयो । उहाँले शुरूमा फिल्डबाट इन्जिनियरले पठाएको रिपोर्टको आधारमा क्षतिपूर्ति दिने भन्नुभयो पछि एउटा रड बिग्रिएर केही हुन्न भन्दै उल्टै थर्काउनुभो । कम्पनीका कर्मचारीले यो कुरा बाहिर नल्याइदिन भने । दुई दिनअघि मात्र अफिसमै गएर भेट्दा ३ मुठा रड दिने र १५ वर्षको लागि घरको बीमा गरिदिने भन्नुभाको छ । तर, रडजस्तो कुरा बाँसजसरी चोइटेको देख्दादेख्दै खै के गर्ने गर्ने !

    कम्पनीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति

    लक्ष्मी स्टील औद्योगिक घराना सौरभ ग्रुपको उत्पादन हो । विकको गुनासोपछि हामीले कम्पनीका जिम्मेवार अधिकारीसँग सम्पर्क गर्‍यौं । रड चिरा परेकोबारे लक्ष्मी स्टील तीनकुने कार्यालयका दिवाकर पाण्डेले एक/दुई वटामा आउने समस्यालाई ‘जेनरलाइज’ गर्न नहुने बताए ।

    ‘पाँच/सात वटा सुन्तलामा कुनै एक/दुई वटा कुहिएको छ भन्दैमा सबै सुन्तला त त्यस्तो हुन्न नि’, आफूलाई मेकानिकल इन्जिनियर बताउने पाण्डेले भने, ‘त्यही पनि हामीले उहाँको माग समाधान गरिदिने भनेका छौं । के क्षतिपूर्ति भन्न खोज्नुभाको हो कृष्णभाइले पनि स्पष्ट भन्दिनुपर्‍यो । अफिसमा पठाइदिनुस् हामी चित्त बुझाएर पठाउँछौं ।’

    कम्पनीको बिक्री विभाग प्रमुख राजन बस्नेत पानीको तापक्रम नमिल्दा कुनै-कुनै रडमा समस्या आउने बताउँछन् ।

    ‘कच्चा पदार्थ सबै भारतबाट आउँछ । तताउँदै पानी हाल्दै पिट्दै जाँदा बाहिरी भाग अलि कडा हुन्छ । कहिलेकाहीं त्यही कडा भाग परेको हो । एउटा रडमा सबैतिर त्यस्तो कमजोर हुन्छ भन्ने हुँदैन, बस्नेतले नेपाल प्रेससँग भने, ‘ फलाम फलामै हो । यो त्यत्ति ठूलो प्रोब्लेम होइन । तर उहाँको लागि यो ठूलो विषय हो । यो जानकारी आउनेबित्तिकै कम्पनी जिम्मेवार भएर लागेको छ । हामीले मान्छे पठाएका छौं । भोलि एकान दुईकान मैदान भयो भने गार्‍हो हुन्छ । उहाँलाई हामी चित्त बुझाउँछौं ।’

  • सुवास नेम्वाङले भने- निर्वाचन आयोगले मान्यता दिएको नेकपाको बैठक बसेको छैन

    सुवास नेम्वाङले भने- निर्वाचन आयोगले मान्यता दिएको नेकपाको बैठक बसेको छैन

    काठमाडौं । नेकपा संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले नेकपाको कुनै बैठक नै नबसेको भन्दै आफू लगायत कतिपय नेताहरुमाथि कारबाही भनी आएको प्रचारबारे अनभिज्ञता प्रकट गरेका छन् ।

    प्रचण्ड-माधव पक्षीय नेकपा केन्द्रीय कमिटी बैठकले नेम्वाङसहित महेश बस्नेत, कर्ण थापा, शान्ता चौधरी, सूर्य थापा, विशाल भट्टराईलगायतका ७ जना नेतालाई केन्द्रीय सदस्यबाट निलम्बनको घोषणा गरेको थियो । प्रचण्ड-माधव पक्षले नेम्वाङलाई दलको नेताबाट राजीनामा गर्न निर्देशन समेत दिएको थियो ।

    सो घोषणाबारे आफू जानकार नभएको भन्दै नेम्वाङले निर्वाचन आयोगले मान्यता दिएको नेकपाको तर्फबाट यसबीचमा कुनै बैठक नै नबसेको बताए । संसदीय दलको आफू निर्वाचित उपनेता रहेको र दलको नेता केपी शर्मा ओलीले बैठक बोलाएको आफूलाई थाहा नभएको नेम्वाङले बताए ।

    नेपाल प्रेससँग कुरा गर्दै नेम्वाङले भने, ‘निर्वाचन आयोगले नेकपाको मुख्य पदाधिकारीका रुपमा प्रथम अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेललाई पदाधिकारी मानेको छ । अध्यक्षको निर्देशनमा महासचिवले बोलाउने बैठक बाहेक अरु चिन्दैनौं भनेर आयोगले भनिसकेको अवस्थामा पार्टीको तर्फबाट कुनै बैठक नै बसेको छैन ।’

    नेम्वाङले संसद सचिवालयलगायत सक्षम (लेजिमेट) निकायबाट आफूहरुलाई कुनै सोधपुछ नभएको भन्दै कथित कारबाहीका निर्णय कसरी कहाँबाट भए भन्ने आफूलाई जानकारी नभएकाले कुनै टिप्पणी गर्न लायक विषय नै नरहेको बताए ।

  • सरकार र विप्लव समूहबीच आजै दोस्रो चरणको वार्ता सम्पन्न

    सरकार र विप्लव समूहबीच आजै दोस्रो चरणको वार्ता सम्पन्न

    काठमाडौं । सरकारले बनाएको वार्ता टोलीले विप्लव समूहको वार्ता टोलीसँग आजै दोस्रो चरणको वार्ता गरेको छ । सरकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले ट्वीटमार्फत सो जानकारी दिएका हुन् ।

    भट्टराईका अनुसार वार्ता विषय केन्द्रित भएको छ ।

    ‘वार्ता विषय केन्द्रित भएको, दुवै पक्ष समान धारणानजिक पुगेको र छिट्टै निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ’, भट्टराईले लेखेका छन् ।

  • नयाँ सरकारबारे प्रचण्ड-माधव पक्षको निर्णय : ओली कदमको विरोध गर्ने सबैसँग सहकार्य

    नयाँ सरकारबारे प्रचण्ड-माधव पक्षको निर्णय : ओली कदमको विरोध गर्ने सबैसँग सहकार्य

    काठमाठौं । प्रचण्ड-माधव पक्षीय नेकपाले नयाँ सरकार गठनका लागि ‘रिजिड’ नभई सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

    बुधबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई विरोध गर्ने सबैसँग गठबन्धन निर्माणका लागि खुला रहने निर्णय गरेको हो ।

    केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी गराउँदै स्थायी कमिटी सदस्य भीम रावलले भने, ‘प्रतिनिधिसभा गठन गर्ने असंवैधानिक कदमको विरोध गर्ने दलहरूसँग सहकार्यका लागि सचिवालय र स्थायी कमिटीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय बैठकले गरेको छ।’

    ‘अब छलफल गरेर मात्र अविश्वासको प्रस्ताव लान्छौं’ प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको सन्दर्भमा रावलले भने, ‘छलफल गर्दा प्रधानमन्त्रीको नाम तोकेर मात्र लैजान्छौं । लोकतन्त्र र संविधान रक्षाका लागि हामी खुला छौं । यसका लागि हामी सरकार नेतृत्वको लागि पनि खुला छौं ।’

    प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड-माधव पक्षले यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरेको छ । यसबारे के भन्ने प्रश्नको जवाफ भने रावलले दिएनन् ।

    निर्वाचन आयोगप्रति खेद प्रकट

    बैठकले पार्टीको आधिकारिकताबारे निर्णय लिन निर्वाचन आयोगले गरेको अलमलप्रति खेद प्रकट गर्ने निर्णय गरेको छ । ‘निर्वाचन आयोगले अत्यधिक बहुमत हुँदासम्म कुनै निर्णय नभएको भन्दै खेद प्रकट गरेको छ’ निर्णयबारे रावलले भने, ‘आजका सबै निर्णयहरू आयोगमा पठाउने र ढिला न्याय दिनु भनेको न्याय नदिएसरह हो यसलाई ख्याल गर्न आयोगलाई सचेत गराएको छ।’

    बैठकले पार्टीको आधिकारिकताबारे अहिलेसम्म निर्वाचन आयोगले गरेका निर्णय माग्न पत्राचार गर्ने निर्णय समेत गरेको छ ।

    तीन महलेमा हस्ताक्षर संकलन

    बैठकमा केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिएको छ । यसअघिको हस्ताक्षर व्यवस्थित नभएकाले यसपालि नागरिकताको प्रतिलिपि र पार्टी सदस्यताको परिचयपत्र समेत राखेर तीनमहले विवरण तयार पारिएको हो ।

    आजको बैठकमा २८० जना केन्द्रीय सदस्यहरुले हस्ताक्षर गरेका छन् । १२ केन्द्रीय सदस्य उपत्यकाबाहिर भएकोले भोलि मात्रै हस्ताक्षर गर्ने बताइएको छ । ४४१ कुल केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड-माधव पक्षले दाबी गर्दै आएको छ ।

    ७ नेतामाथि कारबाही

    बैठकले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई स्थायी कमिटी सदस्यलाई ६ महिनासम्मका लागि निलम्बन गरेको छ । उनलाई तत्कालै उपनेताबाट राजीनामा दिन समेत निर्देशन दिएको छ।

    त्यस्तै प्रधानमन्त्री ओलीले हालै प्रमुख सचेतक नियुक्त भएका विशाल भट्टराई, सचेतक शान्ता चौधरी, केन्द्रीय सदस्यहरु सूर्य थापा, प्रभु साह र कर्ण थापालाई दलको विधानविपरीत काम गरेको भन्दै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

  • प्रधानमन्त्री पद माग्ने पनि छैन, भाग्ने पनि छैन : देउवा

    प्रधानमन्त्री पद माग्ने पनि छैन, भाग्ने पनि छैन : देउवा

    चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवसर आयो भने आफू पछि नहट्ने बताएका छन् ।

    चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारको नेतृत्व गर्ने अवस्था आए कांग्रेसले अग्रसरता लिने बताए । ‘मैले कसैसँग प्रधानमन्त्री मागेको छैन तर जिम्मेवारी लिनुपर्ने भयो भने भाग्नेवाला छैन’, देउवाले भने ।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विभाजित नभएसम्म सरकारको नेतृत्व गर्ने सम्भावना नरहेको भन्दै सभापति देउवाले उपयुक्त समयमा कांग्रेसले उपयुक्त निर्णय लिने बताए ।

  • प्रधानमन्त्री बन्ने चर्चाबीच देउवाले ज्योतिष भेटे

    प्रधानमन्त्री बन्ने चर्चाबीच देउवाले ज्योतिष भेटे

    काठमाडौं । सरकार परिवर्तनको चर्चासँगै भावी प्रधानमन्त्रीका एक दावेदारका रुपमा हेरिएका कांग्रेस सभापति शेरबहादुर देउवाले ज्योतिषी भेटेका छन् । देउवाले तिनै ज्योतिषी भेटेका हुन् जसले उनलाई सातपटक प्रधानमन्त्री बन्ने मीठो भविष्यवाणी गरिदिएका थिए ।

    ज्योतिषी सुरेशचन्द्र रिजालले हिजो बिहान १० बजेतिर बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर भेटेको बताए । देउवालाई उनले अबको तीन महिना सावधानी अपनाउनुपर्ने सुझाव दिएका थिए ।

    नेपाल प्रेससँग रिजालले भने, ‘उहाँसँग मेरो नियमित भेट भइराख्छ । हिजो पनि भेटेको हुँ । फेरि पनि भेट्छु ।’

    देउवा मात्र नभएर प्रधानमन्त्री ओली र प्रचण्डको पनि आफूले सही भविष्यवाणी गरेको दाबी गर्छन् । आफूले ११ महिना अगाडि प्रचण्डलाई केपी शर्मा ओलीबाट खतरा छ भनेर भविष्यवाणी गरेको उनले बताए ।

    पछिल्लो राजनीतिक परिवर्तनको संकेत आफूले नयाँ वर्षको शुरूआती समयदेखि नै गराउँदै आएको रिजालको दाबी छ ।

  • वान् एक्स बेटका नेपाली एजेन्टको खल्ती अकाउन्ट सस्पेन्ड, प्रहरीसँग सहायता लिने तयारीमा राष्ट्र बैंक

    वान् एक्स बेटका नेपाली एजेन्टको खल्ती अकाउन्ट सस्पेन्ड, प्रहरीसँग सहायता लिने तयारीमा राष्ट्र बैंक

    काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले वान् एक्स बेटको अवैध सट्टेबाजी धन्दामा संलग्न नेपाली एजेन्टहरूको अकाउन्ट ‘सस्पेन्ड’गरेको छ ।

    सन् २०१८ देखि नेपालमा अवैध रूपमा सट्टेबाजी धन्दासँगै इलेक्ट्रोनिक कारोबार, राजस्व छली र हुन्डी धन्दा चलाइरहेको वान् एक्स बेटले नेपालमा एजेन्ट बनाएर भुक्तानी कारोबार गरिरहेको थियो ।

    केही समयअघि नेपाल प्रेसमा वान् एक्स बेटको अवैध धन्दाको पर्दाफास भएसँगै साइप्रस बेस्ड रुसी सट्टेबाजी कम्पनी वान् एक्स बेटले आफ्नो वेबसाइटलाई केही समयका लागि नेपालमा बन्द गराएको नाटक गरेको थियो । त्यसअघि उपलब्ध हुँदै आएका इ-सेवा, कनेक्ट आईपीएस, एनआइसी एसिया बैंक, खल्तीलगायतका प्लेटफर्महरू आफ्नो प्लेटफर्मबाट हटाएको थियो ।

    तर, नेपाल प्रेसलाई प्राप्त जानकारी अनुसार वान् एक्स बेटले आफ्ना एजेन्टलाई विभिन्न माध्यमबाट काम गराइरहेको थियो । ‘वान् एक्स बेटले पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा च्यानल बनाएर नेटवर्किङ बिजनेसको स्टाइलमा कारोबार गराइरहेको थियो,’ स्रोतले नेपाल प्रेससँग भन्यो, ‘खल्तीले एजेन्टका अकाउन्ट ब्लक गरेपछि त्यो माध्यम पनि अवरुद्ध भएको छ ।’

    खल्तीले रिमाक्समा वान् एक्स बेट लेखिएका ट्रान्जेक्सन र शंकास्पद ट्रान्जेक्सन हुने गरेका करिब ३०० देखि ५०० वटा अकाउन्ट सस्पेन्ड गरिएको जानकारी दिएको छ ।

    ‘हामीले रिमाक्समा शंकास्पद कुरा उल्लेख भएका र असामान्य तथा शंकास्पद ट्रान्जेक्सन भइरहेका ३०० देखि ५०० को हाराहारीमा अकाउन्टहरू सस्पेन्ड गरेका छौं,’ खल्तीका फाइनान्स हेड अरुण साहले भने, ‘राष्ट्र बैंकले व्यक्तिगत अकाउन्टमा रेस्ट्रिक्सन लगाएको छ । त्यसैले एजेन्टहरूले बिजनेस अकाउन्टसमेत प्रयोग गर्ने गरेको पाइएको छ ।’

    सबै ट्रान्जेक्सको रिमाक्समा वान् एक्स बेटसँगै सम्बन्धित कुरा लेखेको नुहने भएकाले ट्रयाक गर्न पनि कठिनाइ हुने गरेको साहले नेपाल प्रेसलाई बताए । यद्यपि, शंकास्पद कारोबार हुनेबित्तिकै अकाउन्टलाई सस्पेन्ड गरेर नियामक निकाय राष्ट्र बैंकलाई जानकारी गराउँदै आएको उनले बताए ।

    ‘राष्ट्र बैङ्कलाई हामीले नियमित अपडेट गराइरहेका छौं । नेपाल सस्पेक्टेटेड अकाउन्ट ३ देखि ५ सय अकाउन्ट सस्पेन्ड गरेका छौं,’ साहले भने । गत भदौमा पनि शंकास्पद प्रयोगकर्ताको सूची राष्ट्र बैंकलाई बुझाइएको उनले बताएका छन् । तर, त्यसबारे राष्ट्र बैंकले खासै चासो नदिएको देखिएको छ । साहले पनि त्यस विषयमा राष्ट्र बैंकबाट केही फलोअप नआएको प्रतिक्रिया दिएका छन् ।

    यसरी सस्पेन्ड गरिएका खल्ती अकाउन्ट सबै एजेन्टका नरहेको वान् एक्स बेट निकट स्रोतले नेपाल प्रेसलाई जानकारी दिएको छ । ‘नेपालमा त्यति धेरै एजेन्ट नै छैनन, धेरैमा १ सय ५० जना एजेन्ट होलान्,’ स्रोतले भन्यो, ‘एजेन्टको सँगै प्रयोगकर्ताको पनि खल्ती अकाउन्ट बन्द भएको हुन सक्छ ।’

    यसरी दिनहुँ अवैध धन्दामा सघाउ पुर्‍याइरहेका एजेन्टहरूको एकैसाथ अकाउन्ट सस्पेन्ड हुनाले डिपोजिट र विथ्ड्रमा समस्या देखिएकाले वान् एक्स बेट कम्पनीमा पनि खैलाबैला मच्चिएको बताइएको छ ।

    नेपाल राष्ट्र बैंकले पनि खल्तीले आफ्नो प्लेटफर्मको प्रयोग गरेर भइरहेका शंकास्पद ट्रान्जेक्सनको विवरण बुझाएको र त्यसमाथि अध्ययन शुरू भएको पुष्टि गरेको छ ।

    ‘अनलाइन बेटिङ/ग्याम्ब्लिङका लागि प्रयोग भइरहेका र शंकास्पद ट्रान्जेक्सन देखिएका अकाउन्टहरूको रिपोर्ट खल्तीले बुझाएको छ’ नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले भने, ‘यसबारेका अनुसन्धानका लागि अहिले अध्ययन र छलफल भइरहेको छ । यो विषयको अनुसन्धान चाँडै शुरू हुने र आवश्यक परे प्रहरीको पनि सहयोग लिन सकिनेछ ।’

    केही समयअघि सम्म खुलेआम डिजिटल वालेटबाट भुक्तानी र सेलेब्रिटीलाई प्रचारको माध्यम बनाएको वान् एक्स बेटले पछिल्लो समय इ-मेल तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसारलाई गति दिएको थियो । नेपालमा रहेका यसका एजेन्टहरूले प्रयोगकर्ताबाट जम्मा भएको रकमको केही प्रतिशत पैसा कमिसन लिएर हुन्डीमार्फत पठाउने गरेका थिए ।

    यसरी कारोबार गर्दा एजेन्टले कुल कारोबारको ७ देखि ११ प्रतिशतसम्म कमिसन हात पार्दै आएका छन् । नेपालबाट वान् एक्स बेटमा मात्रै दैनिक लाखौं रूपैयाँ बाहिरिरहेको सहजै अनुमान लगाउन सकिन्छ । किनभने, एक एजेन्टले प्रतिदिन कमिसनबाट मात्रै ५ देखि ५० हजारभन्दा धेरैसम्म कमाउने गरेको स्रोतले जानकारी दिएको छ ।

    कम्पनीले अझै नेपाली युवालाई एजेन्ट बन्‍नका लागि प्रस्ताव गरिरहेको छ । फेसबुक, ह्वाट्सएप, भाइबरलगायतका सामाजिक सञ्‍जालको सहायता लिएर कम्पनीले सो प्रस्ताव गरेको हो ।

    याे पनि पढ्नुहाेस्

    सट्टेबाजी सिरिज–१ 

    युट्युब सेलिब्रिटी नै गर्दैछन् अवैध सट्टेबाजी धन्दाको विज्ञापन

    सट्टेबाजी सिरिज–२

    नेपाली युवालक्षित अवैध जालो बुन्दै ‘वान् एक्स बेट’

    सट्टेबाजी सिरिज-३

    वान एक्स बेटको हुण्डी धन्दामा सयौं नेपाली एजेण्ट, यस्तो छ जालो

    सट्टेबाजी सिरिज-४

    वान् एक्स बेटको सट्टेबाजीमा कुन बैंक र डिजिटल वालेटको साथ ?

    सट्टेबाजी सिरिज-५ 

    नेपाल प्रेस समाचार प्रभाव: वान एक्स बेटले हटायो पेमेन्ट प्लेटफर्म, युट्युबरले हटाए विज्ञापन

    सट्टेबाजी सिरिज-६

    वान् एक्स बेटको जालमा कसरी परे बल्छी धुर्वे ? सरकार भन्छ– कारवाही गर्छौं

  • प्रदेश १ : फेरि सारियो प्रदेशसभा बैठक

    प्रदेश १ : फेरि सारियो प्रदेशसभा बैठक

    विराटनगर । भोलिका लागि तय गरिएको प्रदेशसभा बैठक स्थगित गरिएको छ । चैत २ गते बैठकको नयाँ मिति तोकिएको छ ।

    प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सूचना निकालेर विशेष कारण चैत २ गते साढे १२ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराएका छन् ।

    यसअघि फागुन ९ गते बसेको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड-माधव पक्षीय नेकपाका सांसदहरूले पेस गरेको अविश्वास प्रस्ताव टेबुल गरिएको थियो ।

    सत्तापक्षीय सांसदहरूबिनै शुरू भएको त्यस दिनको बैठक फागुन २० सम्मलाई स्थगित गरिएको थियो ।

  • प्रचण्ड-माधव पक्षीय केन्द्रीय समिति बैठक : नेम्वाङसहित ७ नेता ६ महिनालाई निलम्बन

    प्रचण्ड-माधव पक्षीय केन्द्रीय समिति बैठक : नेम्वाङसहित ७ नेता ६ महिनालाई निलम्बन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले ७ जना नेतालाई ६ महिनाका लागि निलम्बन गरेको छ ।

    सो पक्षको केन्द्रीय समितिको बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित केन्द्रीय सदस्यहरू शान्ता चौधरी, विशाल भट्टराई, महेश बस्नेत, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई निलम्बन गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

    निलम्बन गरिएकामध्ये नेम्वाङ नेकपा संसदीय दलको उपनेता, चौधरी सचेतक तथा भट्टराई प्रधानमन्त्री ओलीले हालै नियुक्त गरेका मुख्य सचेतक हुन् ।

  • नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकतासम्बन्धी मुद्दाको फैसला भोलि नहुने

    नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकतासम्बन्धी मुद्दाको फैसला भोलि नहुने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता सम्बन्धी मुद्दाको अन्तिम फैसला भोलि नहुने भएको छ ।

    सर्वोच्चका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा बिहीबार देशभरका अदालत बिदा गर्ने अदालतको पूर्ण बैठकले निर्णय गरेकोले भोलिलाई तोकिएको फैसला पर सरेको हो ।

    फागुन १३ गते सुनुवाइ सकिएसँगै ऋषि कट्टेलले दायर गरेको रिटमाथिको अन्तिम फैसला भोलिलाई तोकिएको थियो । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइपछि निर्णय सुनुवाइको मिति तोकिएको थियो ।

    फैसलाको नयाँ मिति भने तोकिएको छैन ।

    कट्टेलले २०७५ मंसिरमा नेकपा आफ्नो नाममा दर्ता रहेको भन्दै निर्वाचन आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टीलाई आधिकारिकता दिएको विरोधमा रिट दायर गरेका थिए ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । सोही नामको पार्टी त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको दर्ता रहेकाले पछि ब्राकेटमा नेकपा राखिएको थियो ।

    ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको दर्ता खारेज गर्न माग गर्दै कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएकोमा आयोगले उनको दाबी खारेज गरेपछि कट्टेल अदालत गएका थिए । अदालतमा पटक-पटक सुनुवाइ स्थगित हुँदै आएकोमा दुई वर्षपछि फैसला हुन लागेको छ ।

    अदालतले कट्टेलको पार्टीलाई आधिकारिकता दियो भने हाल राजनीतिकरूपमा विभाजित तर कानूनी रुपमा एकै रहेको नेकपाको भविष्य के हुन्छ ? यो प्रश्न पनि उठेको छ ।

  • संसदीय दलको नेताबाट ओली र उपनेताबाट नेम्वाङलाई हटाउने प्रचण्ड-माधव पक्षको निर्णय

    संसदीय दलको नेताबाट ओली र उपनेताबाट नेम्वाङलाई हटाउने प्रचण्ड-माधव पक्षको निर्णय

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाउने प्रस्ताव पारित गरेको छ ।

    पेरिसडाँडामा बसेको सो पक्षको बैठकले संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङलाई समेत हटाउने निर्णय गरेको छ ।

    बैठकले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्यबाट सूर्य थापालाई हटाइएको छ ।

    केन्द्रीय सदस्य एवं पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटालाई केन्द्रीय सदस्यबाट हटाउने विषयमा पनि बैठकमा छलफल भएको छ । तर, निर्णय भने भएको छैन ।

    ‘पार्टी गतिविधिविपरीत कार्य गरेकाले सुवास नेम्वाङ, विशाल भट्टराई, निरु पाल, शान्ता चौधरीलगायतलाई पार्टीबाट निष्काशन गरिएको छ’, नेता वर्षमान पुनले बैठकको निर्णय सुनाउँदै भने ।

  • जंगलको आगो बस्तीमा पस्यो, तीन घर जले

    जंगलको आगो बस्तीमा पस्यो, तीन घर जले

    दाङ । सल्यानको छत्रेश्वरी गाउँपालिका-४ स्थित रैजेखोला चौखेढुंगा वनमा लागेको आगो बस्तीमा पसेको छ ।

    झिम्पे दुदिल्य बस्तीमा आगो सल्केपछि ३ वटा घर जलेका छन् । ददिराम खत्रीका २ घर र मोहलाल शर्माको घर नष्ट भएको वडाध्यक्ष नेवबहादुर खड्काले जानकारी दिए ।

    सुरक्षाकर्मी र स्थानीय जुटेर आगो निभाउने प्रयासमा छन् । भिरालो घाँसेमैदान भएकाले आगो फैलिएको वडाध्यक्ष खड्काले बताए ।