Author: Shyamkrishna Dahal

  • जेनजीको आह्वान : लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोड अस्वीकार्य, वार्तामा बस्न तयार

    जेनजीको आह्वान : लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोड अस्वीकार्य, वार्तामा बस्न तयार

    काठमाडौं । जेनजी आन्दोलनका कार्यक्रम संयोजकले आन्दोलनका क्रममा केही तत्त्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

    कार्यक्रम संयोजक पुरुषोत्तम यादवले जारीगरेको विज्ञप्तिमा जेनजीले आफ्नो आन्दोलनको नाममा हुने लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको हो । साथै भोलि बुधवार सम्बन्धित पक्षहरूसँग वार्ताको चरणमा प्रवेश गर्ने जानकारी पनि दिएका छन् ।
    ‘ हामी अहिले हाम्रो उद्देश्य नयाँ नेपाल निर्माणको नजिक पुगेका छौँ। तर, प्राप्त सूचनाअनुसार अझै पनि केही तत्त्वहरूले हाम्रो आन्दोलनको नाममा लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने, र यसलाई असफल बनाउन खोज्ने प्रयास गरिरहेका छन् भन्ने बुझिन आएको छ ’ कार्यक्रम संयोजक यादवले जारीगरेको विज्ञप्तिमा भनिएको छ।

    May be an image of text

     

    जेनजी ले आफ्नो स्पष्ट नीति रहेको र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनु र लुटपाट गर्नु आफ्नो आन्दोलनको हिस्सा कहिल्यै नहुने जनाएको छ । कार्यक्रम संयोजक यादवले जेनजीका साथीहरू तथा आम राष्ट्रवादी साथीहरूलाई यस्ता कार्यहरू आफ्नो आन्दोलनसँग सम्बन्धित नभएको भन्दै सचेत रहन अनुरोध गरेका छन्।

    उनले आफ्नो वरिपरिको समाजमा पनि सचेतना फैलाउन सहयोग गर्न आग्रह गरेका छन् ।

    विज्ञप्तिमा आन्दोलन शान्तिपूर्ण, अनुशासित र सकारात्मक बाटोबाटै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। जेनजीका अनुसार आन्दोलनमा सहभागी धेरै साथीहरू अहिले घर फर्किसकेका छन्।

  • बानेश्वर क्षेत्रमा अराजकता मच्चाउने समूहलाई नेपाली सेनाले नियन्त्रणमा लियो,घुँडा टेकायो

    बानेश्वर क्षेत्रमा अराजकता मच्चाउने समूहलाई नेपाली सेनाले नियन्त्रणमा लियो,घुँडा टेकायो

    काठमाडौं । बानेश्वर क्षेत्रमा अराजकता मच्चाउने समूहलाई नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको छ ।

    आजराति १० बजेदेखि नेपाली सेनाले सुरक्षा व्यवस्थाको जिम्मा लिएको छ। त्यसैक्रममा अराजकता मच्चाइरहेको भन्दै केही युवाहरूलाई नियन्त्रण लिएर घुँडा टेकाएको हो ।

    अवस्था सामान्य पर्न सेना परिचालन गरिएको भन्दै नेपाल सेनाले जनता र प्रदर्शनकारीलाई सहयोगका लागि अपिल समेत गरेको छ ।

  • स्थिति नियन्त्रणमा लिन सेना परिचालन

    स्थिति नियन्त्रणमा लिन सेना परिचालन

    काठमाडौँ । काठमाडौँमा सडकहरूमा नेपाली सेनाले चहलपहल बढाएको छ ।

    नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको थियो । तनाव साम्य नभएर १० बजेदेखि सक्रिय हुने विज्ञप्तिमार्फत जानकारी दिएको थियो। सोही अनुसार अहिले नेपाली सेनाले उपस्थिति बढाइरहेको छ ।

    काठमाडौँमा संवेदनशील क्षेत्रहरूमा हतियारसहित सेनाले सुरक्षा दिइरहेको छ । केही अराजक तत्त्वले पशुपतिनाथ मन्दिरको मूलद्वारा आगजनी प्रयास गरेपछि केही बेरअघि नेपाली सेनाले स्थिति नियन्त्रणमा लिएको थियो ।

    अवस्था सामान्य पर्न सेना परिचालन गरिएको भन्दै नेपाल सेनाले जनता र प्रदर्शनकारीलाई सहयोगका लागि अपिल समेत गरेको छ ।

  • जिल्ला प्रहरी कार्यालय कास्की प्रदर्शनकारीको नियन्त्रणमा

    जिल्ला प्रहरी कार्यालय कास्की प्रदर्शनकारीको नियन्त्रणमा

    पोखरा  । पोखरामा जेनजीको प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय कास्की नियन्त्रणमा लिएको छ ।

    ठुलो सङ्ख्यामा प्रदर्शनकारी प्रवेश गरेसँगै प्रहरी त्यहाँबाट निस्किएको हो ।

    अहिले प्रदर्शनकारी कार्यालयमा आगो लगाएका छन् ।

  • शान्ति कायम गर्न र कानुनी शासन स्थापित गर्न नेपाल प्रहरीको अपिल

    शान्ति कायम गर्न र कानुनी शासन स्थापित गर्न नेपाल प्रहरीको अपिल

    काठमाडौं । नेपाल प्रहरीले भदौ २३ र २४ गते जेनजीको आह्वानमा आयोजित शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा उत्पन्न भएको ‘अत्यन्त अनपेक्षित एवं दुःखद घटना’प्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले मङ्गलवार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै यस घटनामा नागरिक र प्रहरीको दुःखद निधन भएकोमा सबैलाई ‘अत्यन्त मर्माहत’ बनाएको उल्लेख गरिएको छ ।

    विज्ञप्तिमा नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्ररहित र अपराध न्यूनीकरणका लागि जिम्मेवार भई मुलुकप्रति समर्पित हुन सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई अपिल गरिएको छ । प्रदर्शनका क्रममा भएको जनधनको क्षतिलाई ‘अत्यन्त अपूरणीय एवं दुःखद’ भनिएको छ । यस घटनाबाट सिर्जित परिस्थितिलाई थप बिग्रन नदिनका लागि नागरिक–प्रहरीबीच साझेदारीपूर्ण र शान्तिपूर्ण सहकार्यमा जोड दिइएको छ ।

    विज्ञप्तिअनुसार, आन्दोलनका क्रममा घाइते भएकाको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण र कुनै पनि आपराधिक समूहबाट हुने क्षतिलाई रोकी शान्ति पुनर्स्थापना लागि राष्ट्रिय दायित्वमा एकाकार भई कार्य गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । नेपाल प्रहरीले सार्वजनिक शान्ति, अमन चयन, अपराध नियन्त्रण, र अनुसन्धान गरी कानुन कार्यान्वयनको माध्यमबाट कानुनी शासन स्थापित गर्ने कार्यमा सबैले साथ र सहयोग प्रदान गर्न हार्दिक अनुरोध समेत गरेको छ ।

    May be an illustration of text

  • स्थिति नियन्त्रणमा लिन सेनासहित सुरक्षा निकाय परिचालन हुने, देशबासीमा सहयोगको अपील

    स्थिति नियन्त्रणमा लिन सेनासहित सुरक्षा निकाय परिचालन हुने, देशबासीमा सहयोगको अपील

    काठमाडौं । नेपाली सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।

    यस्ता गतिविधि नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण आजै रात १० बजेबाट दृढ रहने भन्दै देशबासीलाई सघाउन अपील गरिएको छ ।

    सोहीअनुसार नेपाली सेना लगायत अन्य सुरक्षा निकाय तैनाथ हुने सेनाको विज्ञप्तिमा उल्लेख छ ।

  • आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको आग्रह

    आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको आग्रह

    काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दिन आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन जेनजी पुस्तालाई आव्हान गरेका छन् ।

    देशबासीका नाममा सम्बोधन गर्दै सिग्देलले नेपालको स्वतन्त्रता सार्वभौमसत्ता भौगोलिक अखण्डता स्वाधीनता र राष्ट्रिय एकताका लागि नेपाली जनताको सुरक्षार्थ नेपाली सेना कटिवद्ध रहेको बताएका छन् ।

    उनले भने, ‘जेनजीको आन्दोलनमा पुगेको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना,शोक सन्तप्त परिवारजनमा समवेदनासहित घाइतेको स्वास्थ्यलाभको कामना गर्दछौं ।’

    ‘हालसम्म धेरै क्षति भएकाले थप क्षति हुन नदिन, शान्ति सुरक्षा र अमनचयन राष्ट्रिय एकता र सद्भाव कायम गर्नु नेपालीको साझा दायित्व हो । सार्वजनिक एवं नागरिकको सम्पत्ति, कुटनीतिक नियोक र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु साझा कर्तव्य हो’, सेनापतिले भनेका छन् ।

     

  • जेनजीलाई बधाई दिँदै गोपाल हमालले भने -तपाईँहरूले भोली  चलाउँदा पनि चाहिन्छ,सार्वजनिक सम्पत्ति जोगाऔँ

    जेनजीलाई बधाई दिँदै गोपाल हमालले भने -तपाईँहरूले भोली चलाउँदा पनि चाहिन्छ,सार्वजनिक सम्पत्ति जोगाऔँ

    कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आन्दोलन सफल भएकोमा जेनजीलाई बधाई दिँदै अब संयमयता अपनाउन अपिल गरेका छन् । स्वतन्त्र उम्मेदवार बनेर जितेका हमालले जेनजीलाई सार्वजनिक सम्पत्तिमा आक्रमण नगर्न सुझाव दिएका छन् ।

    ‘सार्वजनिक सम्पत्ति हामै हुन् । हाम्रै करबाट बनाइएको छ । तपाईँहरूले जितिसक्नु भएको छ बधाई दिन चाहन्छु’ सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले भनेका छन्, ‘अब घुसपैठ हुने सम्भावना हुन्छ । तपाइहरूको भोली चलाउँदा पनि चाहिन्छ यसलाई जोगाउ । अब संयमयता अपनाउ । ’

    हिजो जनको क्षति भएको भन्दै आज धनको क्षति भएको मेयर हमालले टिप्पणी गरेका थिए । उनले आजसम्म जे भयो त्यो भइसकेको भन्दै भोलिदेखि शान्तिपूर्ण ढङ्गले अघि बढ्न आह्वान गरेका छन्।

  • देशबासीका नाममा सम्बोधन गर्दै प्रधान सेनापति सिग्देल (LIVE)

    देशबासीका नाममा सम्बोधन गर्दै प्रधान सेनापति सिग्देल (LIVE)

    काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अहिले राष्ट्रको नाममा सम्बोधन गरिरहेका छन् ।

  • कास्की र तुलसीपुर कारागारबाट निस्के एक हजार भन्दा बढी कैदीबन्दी

    कास्की र तुलसीपुर कारागारबाट निस्के एक हजार भन्दा बढी कैदीबन्दी

    कास्की  ।  जेन–जी प्रदर्शनकारीले कास्की कारागारबाट ९ सय बढी कैदीबन्दी निस्किएका छन् । दिउँसो कारागारको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी साँझ परेसँगै फर्किएको थियो । त्यसपछि जेन–जीका प्रदर्शनकारी कारागार प्रवेश गरेका थिए । त्यहाँबाट ९ सय बढी कैदीबन्दी निस्किएको प्रहरीले जनाएको छ ।
    कास्की कारागारका अनुसार त्यहाँ ९८१ कैदीबन्दी थिए । जेन–जी प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् ।

    त्यस्तै तुलसीपुर कारागारका एक सय २४ कैदी निस्किएका छन् ।बेलुकी पाँच बजेतिर कारागारको मूल गेटको पर्खाल तोडेर उनीहरू निस्किएका हुन् ।

    कारागार भित्र हो–हल्ला गर्दै गेट तोड्न खोजेपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हवाई फायर गरेपनि उनीहरू निस्किएको कारागार प्रमुख कारागारका प्रमुख गिरबहादुर सेजुवालले बताए ।

    एउटा ब्लकमा बसेका कुल एक सय ७९ कैदी बन्दी मध्य एक सय २४ जना जेल तोडेर भागेपनि थप ५५ जना भने आफूहरू नजाने भन्दै कारागार भित्रै बसेको कारागार प्रमुख सेजुवालले बताए ।

     

  • राजेश हमालको अनुरोध – राष्ट्रको सम्पदाको नाश नगरौं

    राजेश हमालको अनुरोध – राष्ट्रको सम्पदाको नाश नगरौं

    काठमाडौं । अभिनेता राजेश हमालले जेनजीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै राष्ट्रको सम्पदाको नाश नगर्न अपील गरेका छन् ।

    हिजोको आन्दोलनमा शहीद भएकाहरूको सम्झना आयोजित कार्यक्रममा सहभागी हुँदै उनले राष्ट्रको संरचना, सम्पदा र पूर्वाधारहरु प्रत्येक नेपालीको भएको बताए ।

    ‘आठ सेप्टेम्बर नेपालको कालो दिन हो । यत्रो पीडादायी घटना सायदै घटेको थियो । हिजो पाँच छ घण्टाको अन्तरालमा १९ देखि २२ वर्षका युवाहरूको विभत्स हत्या भएको छ । जेनजीले उठाएको मुद्दामा हामी सबैले साथ दिइरहेका छौं । साथमा हामीले विनम्रता अनुरोध के गर्नुपर्छ भने राष्ट्रको सम्पदा कुनै नेताको निजी सम्पत्ति होइन । त्यसैले तिनको संरक्षण गरौं । हामी सबैलाई आफ्नो राष्ट्र प्यारो छ ।’

    साथै उनले युवाहरूको आक्रोश ५ वर्षको मात्रै नभएको समेत बताए । वर्षौंदेखिको आक्रोश आज पोखिएको उनले बताए । साथै सामाजिक सञ्जाल ब्याण्ड त बहाना मात्रै भएको हमालको भनाइ छ ।

  • जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ

    जेलबाट निस्किएर रविको अपील: देश जेनजीले चाहेअनुसार चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ

    काठमाडौं । आज आन्दोलनकारीको दबाबमा जेलबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेले एक अपील जारी गरेका छन् ।

    देश अब जेनजीको परिकल्पनाअनुसार चल्ने भन्दै देशको सम्पत्ति जोगाउनुपर्ने बताएका छन् ।

    अपिलको पूर्णपाठ यस्तो छ:

    आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरु प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ । यिनको निजि सम्पति यिनको होईन, देशको ३ पुस्तालाई लुटेर यिनिहरूले जोडेका हुन । यिनको बाँकि सम्पति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनिहरुलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ । तर हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्ति हरु जोगाउन जरुरी छ

    । राष्ट्रीय सुरक्षा संग सरोकार राख्ने प्रहरी , सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरु राष्ट्रका महत्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संबेदनशील दस्तावेजहरु नास हुनसक्छन् । जुन तपाई हाम्रा लागी र यो देशका लागी अत्यन्त क्षतिपूर्ण हुन सक्छन । सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो । यो आन्दोलन बिशुद्द जेन जीको हो । मुलुकको अबको नेतृत्व जेनजीकै माग अनुसार र जेन्जीकै परिकल्पना अनुरुप अघि बड्नु पर्छ भन्नेकुरामा म स्पष्ट छु ।

    र म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु । आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाईको लागी कानुबमोजिमको प्रकिया पुरा गरि पत्र थमाए पछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ । यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भबिष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु । एक सचेत नागरिकका रुपमा अब सबैलाई संयमित हुन म हार्दिक अनुरोध गर्दछु ।

  • सुर्खेतमा गोली लागेर एकजनाको मृत्यु

    सुर्खेतमा गोली लागेर एकजनाको मृत्यु

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जेनजीको आन्दोलनको क्रममा एकजनाको गोली लागेर मृत्यु भएको छ ।

    प्रदर्शनकारील नेताका घर तथा कार्यालय आगजनी गरेपछि प्रहरीसँग झडप भएको थियो । सुरक्षा स्रोतले एकजनाको मृत्यु भएको पुष्टि गरेको छ ।

    मुख्यमन्त्री यामलाल कँडेल र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको घरमा तोडफोडपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रयोग गरेको छ।

    अख्तियारको प्रादेशिक कार्यालय, वीरेन्द्रनगर नगरपालिका लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका गरिएको छ ।

    नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालयहरू पूर्णरूपमा ध्वस्त भएका छन्।

  • विमानस्थलमा प्रवेश गरेका जेनजी भीआईपी कक्ष हेरेर फर्किए

    विमानस्थलमा प्रवेश गरेका जेनजी भीआईपी कक्ष हेरेर फर्किए

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्न खोजेका जेनजी आन्दोलनकारीलाई नेपाली सेनाले फर्काइदिएको छ । विमानस्थल प्रवेश गर्न खोजेका जेनजीका २/३ जना प्रतिनिधिलाई सेनाले भिआईपी कक्षमा लगेर देखाइदिएपछि उनीहरू फर्किएका हुन् ।

    अहिले अवस्था नियन्त्रणमा रहेको छ ।  नेताहरू विदेशिन लागेको हुनसक्ने आशंकामा आन्दोलनकारी प्रवेश गर्न खोजेका थिए । तर, सेनाले भीआईपीहरू नलुकेको देखाइदिएपछि फर्किएका हुन् ।

  • नाउपाका दुई सङ्घीयसहित चार प्रदेश सांसदले त्यागे पद

    नाउपाका दुई सङ्घीयसहित चार प्रदेश सांसदले त्यागे पद

    कैलाली । नागरिक उन्मुक्ति पार्टीका दुई जना प्रतिनिधि सभा र चार जना प्रदेश सभा सदस्यहरूले राजीनामा दिएका छन् ।

    नाउपा अध्यक्ष समेत रहेकी रन्जिता श्रेष्ठ र अरुण चौधरीले पदबाट राजीनामा दिएका छन् भन । लुम्बिनी प्रदेशका संसदीय दलका नेता रहेका धर्म चौधरी, राजकुमार चौधरी, नरमाया ढकाल र निर्मला देखी चौधरीले राजीनामा दिएका हुन् ।

    प्रदेशका चार सांसदहरूको तर्फबाट सामूहिक राजीनामा पत्र सभामुखलाई बुझाइसकेको संसदीय दलका नेता धर्म चौधरीले जानकारी दिए ।

    यता प्रतिनिधि सभामा पनि दुवै जनाले सभामुखलाई जानकारी गराइसकेको बताएका छन् । दुवैले सामाजिक सञ्जालमार्फत पनि राजीनामा दिएको जानकारी गराएका छन् ।

  • प्रधान सेनापतिले केहीबेरमा सम्बोधन गर्दै

    प्रधान सेनापतिले केहीबेरमा सम्बोधन गर्दै

    काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।

    साँझ ७ बजे उनले सम्बोधन गर्दै तयारी छ ।

    सेनाले यसअघि सार्वजनिक अपिलमार्फत विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गरेको थियो ।

  • संयमित हुन र वार्तामा आउन राष्ट्रपतिको आह्वान,समस्या समाधानका लागि आग्रह

    संयमित हुन र वार्तामा आउन राष्ट्रपतिको आह्वान,समस्या समाधानका लागि आग्रह

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृति भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षको सहयोग पाउनेमा विश्वास व्यक्त गरेका छन् ।

    राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवाद मार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र वार्तामा आउन सबै पक्षलाई अपिल गरेका छन् ।

    No description available.

  • बेलबारीका मेयर डीपी राईले एमाले पार्टी र पद दुवै त्यागे

    बेलबारीका मेयर डीपी राईले एमाले पार्टी र पद दुवै त्यागे

    विराटनगर । बेलबारी नगरपालिकाका मेयर डीपी राईले पदबाट राजीनामा दिएका छन् ।

    नगरबासीलाई सम्बोधन गर्दै उनले एमाले र जनप्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको घोषण गरेका हुन् । उनले भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल सुचारु गर्ने मागसहित सुरू भएको जनसरोकारका मागलाई सम्बोधन नगरी विद्यार्थी र नागरिकहरूको ज्यान लिएका कारण राजीनामा दिएको बताएका छन् ।

    यस्तै एमाले केन्द्रीय सदस्य जीवन घिमिरेले पनि पदबाट राजीनामा दिएको बताएका छन् ।

    उनले विज्ञप्ति जारी गर्दै श्रीमान् श्रीमती नै एमाले पार्टीमा नरहेको घोषणा गरेका हुन् । उनी मोरङ इन्चार्ज समेत हुन् । यस्तै घिमिरेकी श्रीमती विमला दाहाल घिमिरे प्रदेश सदस्य थिइन् ।

  • जेनजी प्रदर्शनकारीलाई संयमित रहन नेपाली सेनाको अनुरोध

    जेनजी प्रदर्शनकारीलाई संयमित रहन नेपाली सेनाको अनुरोध

    काठमाडौं । नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिबद्ध रही आएको बताएको छ ।

    सार्वजनिक अनुरोधमार्फ्त सेनाले नेपालमा हाल भइरहेको “जेनजी” आन्दोलनका विकसित घटनाक्रमहरु बारे विश्लेषण गरिरहेको जनाएको छ ।

    जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै मृतक प्रति श्रद्धातञ्जली, शोक सन्तप्त परिवारजनमा समवेदना र सहानुभूति सँगै घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ ।

    ‘नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ । यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ’, सेनाले भनेको छ ।

  • कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

    कैलाली कारागारका सबै कैदीबन्दी निस्किए

    धनगढी । कैलाली कारागार सबै कैदीबन्दी निस्किएका छन् ।
    आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरू निस्किएका हुन् ।
  • घोराहीकी उपमेयरले दिइन् राजीनामा

    घोराहीकी उपमेयरले दिइन् राजीनामा

    दाङ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले पदबाट राजीनामा दिएकी छन् ।

    एमालेबाट निर्वाचित उनले फेसबुकमार्फत राजीनामा घोषणा गरेकी हुन् ।

    उनले जेनजी आन्दोलनका मृतकप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेकी छन् ।

  • निजी र सार्वजनिक सम्पत्ति क्षति नगर्न कुलमानको अपिल

    निजी र सार्वजनिक सम्पत्ति क्षति नगर्न कुलमानको अपिल

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जनजीसहित सबै नेपाली नागरिकहरु संयमित हुने समय आएको बताएका छन् । प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड नगर्न उनको अपिल छ ।

    सामाजिक सञ्जालमा पोस्ट गरेको अपिलमा घिसिङले सरकारको गलत रबैया, गैरजिम्मेवारीपन र असंवेदनशीलताका कारण उत्पन्न परिस्थितिप्रति दुख व्यक्त गरेका छन् ।

    उनले लेखेका छन्, ‘जेन जीको विरोध प्रदर्शन र त्यसपछि विकसित घटनाक्रम पछि प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पति तोडफोड नगर्न सम्पूर्ण आन्दोलनरत पक्षलाई अनुरोध गर्दछु । सार्वजनिक सम्पति तपाईं हाम्रै करबाट निर्माण भएको र पुनःनिर्माणमा पनि हाम्रै पैसा खर्च हुने हुँदा यसतर्फ ध्यान दिई संयमित बन्न अनुरोध गर्दछु । अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो ।’

    जेन जीसहित अन्तरिम चुनावी सरकार गठन गरेर मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यामान संकटबाट निकास दिन आवश्यक रहेकोमा घिसिङको जोड छ ।

  • जेनजीलाई सन्दूक रुइतको अपील- अब संयमित बनौँ

    जेनजीलाई सन्दूक रुइतको अपील- अब संयमित बनौँ

    काठमाडौं । डाक्टर सन्दूक रुइतले आन्दोलनरत जेनजीहरुलाई संयमित हुन आग्रह गरेका छन् ।

    असहिष्णु भ्रष्ट राजनीतिक नेतृत्व पछि हटेकाले सार्वजनिक सम्पत्तिमाथि आगजनी र नष्ट नगर्न उनले अपील गरेका हुन् ।

    अब देश निर्माणमा एकजुट हुनुपर्ने उनको भनाइ छ ।

    उनले भनेका छन्, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिऔँ । संयम बनौँ ।’

  • राजधानी काठमाडौं आन्दोलनकारीको नियन्त्रणमा, सुरक्षा निकाय पन्छिए !

    राजधानी काठमाडौं आन्दोलनकारीको नियन्त्रणमा, सुरक्षा निकाय पन्छिए !

    काठमाडौं । देशको संघीय राजधानी काठमाडौं जेनजी आन्दोलनकारीको नियन्त्रणमा पुगेको छ । सडकदेखि सरकारी भवनहरुमासमेत उनीहरुले कब्जा गरेका छन् ।
    हिजो सुरु भएको जेनजी आन्दोलनमा १९ जना प्रहरीको मारिएपछि आज आन्दोलनले उग्ररुप लिएको हो । काठमाडौंका ठाउँ ठाउँमा आन्दोलनकारीहरु भेला भएर नारा जुलुस, आगजनी र तोडफोड गरेका छन् । नेताहरुको निवास र सरकारी भवनहरु निशानामा परेका छन् ।

    आन्दोलनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी बिट हुँदै अहिले उद्योग प्रतिष्ठानहरुमा समेत आक्रमण सुरु गरेका छन् । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार पूर्णरुपमा आन्दोलनकारीको नियन्त्रणमा छ । आन्दोलनकारीले सिंहदरबारका भवनहरुमा यत्रतत्र आगजनी गरिरहेका छन् ।

    नयाँ वानेश्वरस्थित संसद भवन आगजनीमा ध्वस्त बनेको छ । राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटारभित्र पनि आन्दोलनकारीले आगो लगाइदिएका छन् । सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, सरकारी वकिलको कार्यालयमा पनि आगजनी भइरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा तोडफोड र आगजनी भएको छ । देउवा र उनकी पत्नी आरजुमाथि कुटपिटसमेत गरिएको छ । पूर्वराष्ट्रपति भण्डारीको घरभित्र पनि आगजनी भएको छ ।

    आन्दोलनकारीहरुले आगजनी र तोडफोड गर्दा प्रहरीले कुनै पनि हस्तक्षेप गर्न सकेका छैनन् । अधिकांस स्थानमा प्रहरीले लाचार भएर टुलुटुलु हेरिरहेको देख्नन सकिन्छ ।
    काठमाडौंका सडकमा यत्रतत्र आन्दोलनकारीहरुको भिड छ । सुरक्षाकर्मीहरुको उपस्थिति देखिन्न । हिजो अत्यधिक बल प्रयोग गरेकोप्रति आलोचित भएका सुरक्षाकर्मी आज आत्मसमर्पणको स्थितिमा छन् ।

    जनतासुकै आगजनी हुँदा काठमाडौंको आकाश धुवाँमय भएको छ । दैनिक जनजीवन ठप्प बनेको छ । काठमाडौंवासीहरु कोही आन्दोलन गर्न त कोही रमिता हेर्न घरबाहिर निस्किएका छन् । आगजनी गर्नेहरुमा भने अधिकांस जेनजी पुस्ताका युवायुवती देखिन्छन् ।

  • त्रिभुवन विमानस्थलभित्र छिर्ने प्रयासमा जेनजी आन्दोलनकारी

    त्रिभुवन विमानस्थलभित्र छिर्ने प्रयासमा जेनजी आन्दोलनकारी

    काठमाडौं । जेनजी आन्दोलनकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिर्ने प्रयासमा लागेका छन् ।

    आन्दोलनकारीको एउटा समूह विमानस्थलको गोल्डेनगेटबाट प्रवेश गरेको हो । उनीहरूलाई रोक्ने प्रयास भइरहेको सुरक्षा स्रोतले बतायो ।

    सेनाको सुरक्षा तोडेर उनीहरूभित्र प्रवेश गर्ने कोशीस गरेका छन् । विमानस्थल भने बिहानैदेखि बन्द गरिएको छ ।

  • फेरि बालेनको आग्रह- क्षति तपाईँ हाम्रै हुने हो, अब घर फर्किनुस्

    फेरि बालेनको आग्रह- क्षति तपाईँ हाम्रै हुने हो, अब घर फर्किनुस्

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनरत जेनजीलाई घर फर्किन पुन: आग्रह गरेका छन् ।

    अब देश जेनजीले नै बनाउने भन्दै उनले क्षति हुँदा तपाईँ हाम्रै हुने भन्दै फर्किन अपील गरेका हुन्।

    उनले भनेका छन्, ‘देश तपाइँहरुकै हातमा हो । तपाईं हरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फ़र्कनुहोस् ।’

  • पूर्वराष्ट्रपति भण्डारीको निवासमा आगजनी, भण्डारी सुरक्षित स्थानमा 

    पूर्वराष्ट्रपति भण्डारीको निवासमा आगजनी, भण्डारी सुरक्षित स्थानमा 

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भंगालस्थित निवासमा आगजनी गरेका छन् । पूर्वराष्ट्रपति भने घरबाहिर सुरक्षित स्थानमा रहेको उनका स्वकीय सचिव राजकुमार राईले बताए ।
  • जेनजीको अपीलः नयाँ सरकारको तयारी भइरहेको छ, सार्वजनिक सम्पत्तिमा थप क्षति नपुर्‍याऊँ

    जेनजीको अपीलः नयाँ सरकारको तयारी भइरहेको छ, सार्वजनिक सम्पत्तिमा थप क्षति नपुर्‍याऊँ

    काठमाडौं । जेनजी आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन भन्दै अपील जारी गरेको छ । आन्दोलनको परिणामस्वरूप सरकारले घुँडा टेकिसकेको हुँदा परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको अपीलमा उल्लेख छ ।

    सार्वजनिक अपीलमा भनिएको छ, ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो । त्यसैले आन्दोलनमा संलग्न साथीहरुलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन हार्दिक अनुरोध गर्दछौं ।’

    नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको पनि अपीलमा उल्लेख गरिएको छ ।

    ‘हाम्रो न्यूनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु हो । यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौं ।’

  • घाइते देउवा दम्पतीलाई हेलिकप्टरबाट अस्पताल लैजाने प्रयासमा आन्दोलनकारीको अवरोध

    घाइते देउवा दम्पतीलाई हेलिकप्टरबाट अस्पताल लैजाने प्रयासमा आन्दोलनकारीको अवरोध

    काठमाडौं । जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते शेरबहादुर देउवा दम्पतीलाई सेनाले घरबाट निकाले पनि अस्पताल लैजान सकेको छैन ।

    बूढानीलकण्ठस्थित देउवा निवास पुगेका आन्दोलनकारीले तोडफोड र आगजानी गरेका थिए । सोक्रममा उनीहरू घरभित्रै थिए । प्रदर्शनकारीको कुटाइबाट उनीहरू दुवैजना घाइते छन् ।

    प्रदर्शनकारीको अवरोधका कारण देउवा र आरजुलाई अस्पताल लैजान नसकिएको सुरक्षा अधिकारीले बताएका छन् ।

    उनीहरूलाई घर नजिकै बारीमा सेनाले घेरेर राखेको छ । हेलिकप्टरर अवतरण हुन नसकेपछि सेनाले बल प्रयोग गर्न लागेको छ । हेलिकप्टर आकाशमा उडिरहेको छ ।

  • राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा

    राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षामा सरकारी निवास बालुवाटारबाट निस्केको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।

    अहिले प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू र केही शीर्ष नेता नेपाली सेनाको सुरक्षामा अज्ञात स्थानमा रहेको स्रोतले जनाएको छ ।

    भैंसेपाटी निवासबाट हेलिकप्टरबाट उद्धार गरिएका उपप्रधानमन्त्री विष्णु पौडेलसहित अधिकांश मन्त्रीहरू सेनाकै सुरक्षामा छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादम्पती भने घरमै रहेकाले आगजनीका कारण निस्कन नसकेपछि आन्दोलनकारीको आक्रमणमा परेको सेनाले जनाएको छ ।

    परिस्थितिको विश्लेषण गरेर सुरक्षाका थप कदम चालिने सैनिक प्रवक्ताले बताएका छन् ।

  • प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा पनि लगाए आगो

    प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा पनि लगाए आगो

    काठमाडौं । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवनमा आन्दोलनकारीले आगजनी गरेका छन् ।

    जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन् । यसैक्रममा महाराजगञ्जस्थित शीतल निवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् ।

  • जेनजी अगुवा भन्छन्–यही व्यवस्थामा सर्वपक्षीय नागरिक सरकार,त्यसपछि ताजा जनादेश

    जेनजी अगुवा भन्छन्–यही व्यवस्थामा सर्वपक्षीय नागरिक सरकार,त्यसपछि ताजा जनादेश

    काठमाडौं । जेनजी आन्दोलनका एक अगुवा अभिजित अधिकारीले अब नागरिक अगुवासहितको सर्वपक्षीय सरकार गठन गर्नुपर्ने पक्षमा आफूहरू रहेको बताएका छन् ।

    अहिलेको संसदीय व्यवस्था हटाउने पक्षमा आफूहरू नरहेको भन्दै अबको सरकारमा राजनीतिक दलको पनि प्रतिनिधित्व हुनसक्ने बताए । उनले सरकारको नेतृत्व सुशीला कार्की,कल्याण श्रेष्ठ जस्ता पूर्व प्रधान न्यायाधीश,डा।सन्तुक रुइत वा कसैले गर्न सक्ने नेपाल प्रेससँग बताए ।

    नेपाल प्रेससँग आन्दोलनका अगुवा अभिजित अधिकारीले गरेको कुराकानी यस्तो छ–

    जेनजी अहिले राजनीतिक दलका नेताहरू डिसक्रेडिट भइसक्नुभएको छ । उहाँहरूको औचित्य समाप्त भइसकेको छ । त्यसैले अब बन्ने सरकार चाहिँ सबै पक्षलाई समेटेर गठन हुनुपर्छ भन्ने हाम्रो माग हो । त्यसमा नागरिक समाजका अगुवाहरू समेटिन सक्नुहुन्छ । त्यस्तै राजनीतिक दलको पनि प्रतिनिधित्व हुनसक्छ । अहिलेको संसदीय व्यवस्थालाई हटाउने पक्षमा हामी छैनौँ । यही व्यवस्थामा रहेर नागरिक सरकार गठन होस् भन्ने हाम्रो चाहना हो । त्यो नागरिक सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ लगायतले गर्न सक्नुहुन्छ ।
    यो सरकारको नेतृत्व सन्दुक रुइतजस्ता व्यक्तिले समेत गर्न सक्नुहुन्छ । तर, बङ्गलादेशमा मोहम्मत युनुसजस्ता व्यक्तिलाई सरकारको नेतृत्व दिँदा अहिलेसम्म चुनाव गराउन सक्नुभएको छैन । त्यसैले हामीले चाहेको नागरिक सरकारको नेतृत्व प्रशासन र यो व्यवस्थालाई राम्रोसँग बुझेको व्यक्तिले गरोस् भन्ने हो । अनि त्यो सरकारले फ्रेस इलेक्सन गरोस् । तर, सेनाले टेकओभर गर्नुभएन । सेनाको नेतृत्वमा हामी निर्वाचनमा जान तयार छैनौँ । त्यसो भयो भने फेरि आन्दोलन सुरु हुन्छ । सेनाले सहजीकरण चाहिँ गरिदिन सक्छ । हाम्रो तर्फबाट कसले नेतृत्व गरेर जाने भनेर हामीले निर्णय गरिसकेका छैनौँ । नागरिक सरकारले हामीलाई एड्भाइजरी जसरी राख्नुभयो भने त्यो बेटर हो । हामीलाई राजनीतिमा रुचि पनि छैन । तर, अब नागरिक सरकारले फ्रेस इलेक्सन गर्नुपर्छ । बाँकी कुरा इलेक्सनमै छिनोफानो हुन्छ ।

    अभीजित अधिकारी,

    जेन जी आन्दोलनको अभियन्ता

  • प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले

    प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले

    काठमाडौं । आन्दोलनरत जेन जीहरुले रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट छुटाएका छन्।
    नख्खु कारागारमा पुगेर लामिछानेलाई छुटाएका हुन्।

    प्रदर्शनकारीले लामिछाने जेलबाट छुटाएको भिडिओ रास्वपा केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल फेशबुकमा राखेकी छन्।

    रास्वपाका दिपक बोहोराले लामिछानेलाई जेलबाट निकालेको पुष्टी गरेका छन् । उनले समाजिक सञ्जालमा लेखेका छन् , रवि दाई निस्किनु भयो। टाइगर इज व्याक अगेन ।

  • आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते,आगजनी भएकै घरभित्र थिए

    आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते,आगजनी भएकै घरभित्र थिए

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा देखिएको छ ।उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन सकेको छैन ।

  • बालेनले भने- सेना प्रमुखसँग वार्ता गर्न तयार हौं, त्यसअघि संसद विघटन अनिवार्य

    बालेनले भने- सेना प्रमुखसँग वार्ता गर्न तयार हौं, त्यसअघि संसद विघटन अनिवार्य

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनकारीलाई अब हिंसा र तोडफोड रोक्न र सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका छन् ।

    उनले अब जेनजी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन भन्दै त्यसअघि संसद विघटन अनिवार्य भनेका छन् ।