Author: Rita Raut

  • नेपाल टेलिकमको साधारण सभा- ओटीटीले परम्परागत सेवामा चुनौती, राजश्वमा गिरावट

    नेपाल टेलिकमको साधारण सभा- ओटीटीले परम्परागत सेवामा चुनौती, राजश्वमा गिरावट

    काठमाडौं । नेपाल टेलिकमले ओभर द टप (ओटीटी)ले परम्परागत सेवामा चुनौती थपिएको जनाएकाे छ । टेलिकमका प्रवक्ता हरि ढकालले ओटीटीले परम्परागत सेवालाई थप चुनौती दिएकोले प्रविधिमा आएको परिवर्तन कम्पनीबाट प्रवाह हुने सेवामा पनि तादात्म्यता मिलाउनु आवश्यक रहेको बताए ।

    ‘विश्वभर नै भ्वाइस सेवाको माग तथा प्राप्त हुने राजस्वमा गिरावटको साथै ओटीटी जस्ता सेवाले परम्परागत सेवालाई थप चुनौती दिएकोले प्रविधिमा आएको परिवर्तन कम्पनीबाट प्रवाह हुने सेवामा पनि तादात्म्यता मिलाउन प्रयासरत छौँ’, उनले भने ।

    दूरसञ्चारको प्रतिस्पर्धात्मक बजार अनुरूप समय सापेक्ष कम्पनीमा कार्यरत जनशक्तिलाई मानव पुँजीका रूपमा स–सम्मान पहिचान गर्ने विश्वव्यापी मान्यतालाई अनुसरण गरी कर्मचारीकै अगुवाइमा कम्पनीको भावी कार्यदिशा पहिल्याउने प्रयास गरिएको समेत उनले जानकारी दिए । सरोकारवाला र विज्ञहरूसँग व्यापक छलफल र अन्तरक्रिया गरी सन् २०३० सम्मको कम्पनीको स्वरूप र कार्यदिशालाई स्पष्ट गरिसकिएकोले कार्यान्वयनको लागि आवश्यक रणनीति निर्माण कार्यलाई प्राथमिकता दिइएको उनको दाबी छ ।

    आइतबार भएको सत्रौँ वार्षिक साधारण सभा ढकालले दिएको जानकारी अनुसार परम्परागत प्रविधिमा आधारित टेलिफोन सेवालाई आधुनिक एफटीटीएच प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यमा प्राथमिकता केन्द्रित गरिएको छ । देशैभर यसका लागि आवश्यक कार्य भइरहेको छ ।

    २जी प्रविधिमा आधारित भ्वाइस सेवा प्रयोग गर्ने ग्राहकहरूको संख्यालाई मध्यनजर गरी यसको गुणस्तरमा वृद्धि र सुधार गर्नुका साथै फोरजी सेवालाई सम्पूर्ण ग्राहकहरूको माझमा पुर्‍याउने कार्यलाई टेलिकमले निरन्तरता दिएको छ । फाइभजी सेवाको व्यावसायिक सञ्चालनको लागि अध्ययन भइरहेको समेत ढकालले जानकारी थिए ।

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको साधारण सभाले आर्थिक वर्ष २०८०।८१ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    साधारण सभामा करिब ९१.६२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

    सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखा परीक्षण समितिको सिफारिस बमोजिम आव २०८१/८२ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र प्रकाश जंग थापालाई लेखा परीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

    सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले प्रतिवेदन प्रस्तुत गर्दै यस क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धी वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रूपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने बताइन् ।

    विद्युतीय सुशासनको क्षेत्रमा सदा झैँ थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरूलाई परिलक्षित गरिरहेको उनले जानकारी दिइन् ।

    समीक्षा अवधिमा कम्पनीको २ करोड ३० लाखभन्दा बढी ग्राहक पुगेको उनको दाबी छ । आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल ४२ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरी ६ अर्ब २३ करोड मुनाफा आर्जन गर्न गरेको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कबापत आफ्नो कूल आयमध्ये ४१ अर्ब ५९ करोड राजस्वको रूपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएको छ ।

    सातै प्रदेशका ७७ जिल्लाका कुल ७४३ स्थानीय तहमा अत्याधुनिक दूरसञ्चार फोरजी/एलटीई सेवाको पहुँच विस्तार भई ७७ वटै जिल्लामा उच्च गतिको एफटीटीएच सेवा समेत विस्तार भएको छ ।  अति विकट र दुर्गममा रहेका बाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा बिस्तार गर्ने कार्यलाई निरन्तरता दिइएका उनले जानकारी दिएकी छिन् ।

     

  • प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह 

    प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह 

    काठमाडौं । एनआईसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

    ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एपमा रहेको PAN Updateविकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

    यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण ई–टीडीएस सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने बैंकले जनाएको छ ।

     

  • लक्ष्मी सनराइज बैंकको साधारण सभा सम्पन्न, बोनस शेयर पारित

    लक्ष्मी सनराइज बैंकको साधारण सभा सम्पन्न, बोनस शेयर पारित

    काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा बैंकको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

    साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रूपैयाँ पुगेको छ ।

    साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

    आर्थिक वर्ष २०८०/८१ मा ३ खर्ब ३३ अर्ब निक्षेप र २ खर्ब ५८ अर्ब कर्जा पुर्‍याएको छ । यस बैंकको वासलातको आकार ३ खर्ब ९५ अर्ब रहेको छ । सो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न गरेको छ ।

     

  • कुश्मामा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आउने

    कुश्मामा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आउने

    काठमाडौं । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो मेगाट्रोल सञ्चालनमा आउने भएको छ । दुई सय ५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२ सय २८ मिटर छ । यसमा एकैपटकमा तीन जनासम्म खेल्न सकिन्छ ।

    द क्लिफका अध्यक्ष राजु कार्कीका अनुसार एक्लै वा जोडीसँगै पनि खेल्न सकिन्छ । मेगाट्रोलको गति प्रतिघण्टा १ सय ४० किलोमिटरको हुनेछ । द क्लिफले विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, स्वीङ, स्काइ साइकलिङलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधासम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेकामा अब पर्यटकलाई मेगाट्रोल पनि उपलब्ध गराउन लागेको अध्यक्ष कार्कीले जनाए ।

    कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै यसको अनुभव लिन सकिने उनले बताए । ‘मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जीपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिन्छ । एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल करिब दुई सातामा सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौँ’, उनले भने ।

     

  • काठमाडौं महानगरपालिकाका ७१ जना ‘सिटी भोलेन्टियर’ ग्र्याजुएट 

    काठमाडौं महानगरपालिकाका ७१ जना ‘सिटी भोलेन्टियर’ ग्र्याजुएट 

    काठमाडौं । काठमाडौं महानगरपालिकाको बालबालिका तथा वातावरण उप–समूह अन्तर्गतका ७१ जना महानगर स्वयंसेवक (सिटी भोलेन्टियर) ग्र्याजुएट भएका छन् । शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई सम्मान गरिएको हो ।

    वातावरण जनस्वास्थ्य संस्थाका प्रोजेक्ट अफिसर सुजित श्रेष्ठका अनुसार गत वैशाखदेखि काठमाडौं महानगरपालिकाको स्वर्णिम योजना अन्तर्गत बालबालिका र वातावरणका लागि एक सय जना स्वयंसेवक जसलाई छोटकरीमा ‘बाबा’ नाम दिएर खटाइएको थियो । महानगरका सामुदायिक विद्यालयहरूमा हरेक शुक्रबार बुक फ्री फ्राइडेका लागि यी स्वयंसेवक खटिने गर्थे  । उनीहरूले वातावरण सम्बन्धी विभिन्न क्रियाकलापहरू गराउने गर्दथे ।

    ‘सिटी भोलेन्टियर गएको वैशाखदेखि दशैं अगाडीसम्म खटिएका थिए । सयको हाराहारीमा खटिएका सिटी भोलेन्टियरहरु मध्ये आज ७१ जना ग्र्याजुएट भएका हुन्’, उनले भने ।

    सिटी भोलेन्टियरमा खटिएकामध्ये उत्कृष्ट भिडियो बनाउनेहरूलाई समेत सम्मान गरिएको छ । जसमा ममता खत्री, अमिता महर्जन र सुमन श्रेष्ठ सम्मानित भएका हुन् ।

    सिटी भोलेन्टियरमा खटिएकी सरिता महतोले यस क्षेत्रमा आफू लागेर निकै परिवर्तन गर्न पाएको अनुभव सुनाएकी थिइन् । फरक क्षमता भएका विद्यार्थीहरूमा आफू सिटी भोलेन्टियर भएर खट्दा छुट्टै खुशी मिलेको समेत उनले बताइन् ।

    त्यस्तै, बाँसबारी माध्यमिक विद्यालयकी प्रधानाध्यापक नारायणी तिमिल्सिनाले सिटी भोलेन्टियरले आफ्नो विद्यालयमा निकै परिवर्तन ल्याएको भन्दै प्रशंसा गरिन् । उनले भनिन्, ‘यो कार्यक्रमले निकै परिवर्तन ल्याएको छ । अबका दिनमा पनि सिटी भोलेन्टियरको कार्यक्रम निरन्तर होस भन्ने माग राख्दछु । यो कार्यक्रमलाई निरन्तरता दिँदा विद्यालय सुन्दर बन्नेछ ।’

    यो कार्यक्रमले बालबालिकाहरूमा धेरै परिवर्तन ल्याएको समेत उनले जानकारी दिइन् ।

    काठमाडौं महानगरपालिकाहरूकी उपमेयर सुनिता डङ्गोलले महानगरपालिकाले थुप्रै काम गर्ने परिकल्पना गरेको मध्ये सिटी भोलेन्टियर पनि एक रहेको बताइन् । उनले भनिन्, ‘सिटी भोलेन्टियर भएर सिकेको कुरा अन्य ठाउँमा बुझिन्न । यसले व्यक्तिगत सिकाइमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । समाज बुझ्ने मौका पाउनु भएको छ । बालबालिकाहरुसंग काम गर्ने मौका पाउनु भएको छ । यसले आगामी दिनमा चाल्ने पाइलाहरूलाई थप प्रेरणा मिल्नेछ ।’

    वातावरणको क्षेत्रमा सिटी भोलेन्टियरको योगदान महत्त्वपूर्ण रहेको उनले बताइन् । सामुदायिक विद्यालयलाई सफा सुन्दर र हराभरा बनाउन गरेको सिटी भोलेन्टियरको योगदान उच्च रहेको भन्दै उनले प्रशंसा गरिन् ।

     

  • कति छ आज सुनको मूल्य ? 

    कति छ आज सुनको मूल्य ? 

    काठमाडौं । आइतबारका लागि नेपाली बजारमा सुनको मूल्य सार्वजनिक भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य सार्वजनिक गरेको हो ।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

     

  • कर्णाली डेभलपमेन्ट बैंकमा सर्वसाधारणको दुई अर्ब बन्धक, कहिले खुल्छ कारोबार ?    

    कर्णाली डेभलपमेन्ट बैंकमा सर्वसाधारणको दुई अर्ब बन्धक, कहिले खुल्छ कारोबार ?    

    काठमाडौं । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकमा सर्वसाधारणको अर्बौँ रुपैयाँ बराबरको शेयर बन्धक भएको छ । यस बैंकको पब्लिक शेयर लगानीकर्ताको करिब दुई अर्ब रुपैयाँ बराबरको शेयर बन्धक भएको हो ।

    कर्णाली डेभलपमेन्ट बैंकको ५० लाख २८ हजार ३ सय कित्ता शेयर नेप्सेमा सूचीकृत छ । जसमा २५ लाख ६४ हजार ४३३ कित्ता संस्थापक शेयर हो भने बाँकी २४ लाख ६३ हजार ८६७ कित्ता सर्वसाधारणको हो ।

    पुष ११ गतेदेखि यस बैंकको शेयर कारोबार रोक्का छ । पुस १० गते सार्वजनिक बिदा भएकोले यस बैंकको शेयर कारोबार मंगलबारसम्म मात्रै भएको थियो । अन्तिम दिनको कारोबार प्रतिकित्ता ८१० रुपैयाँमा भएको थियो । सोही रकमलाई आधार मान्ने हो भने यस बैंकका सर्वसाधारण लगानीकर्ताहरूको एक अर्ब ९९ करोड ५७ लाख ३२ हजार २७० रुपैयाँ बराबरको शेयर बन्धक भएको हो ।

    जानाजान फसे लगानीकर्ता

    नेपाल राष्ट्र बैंकले मङ्सिर ११ गते मंगलबार कर्णाली डेभलपमेन्ट बैंक समस्यामा रहेको घोषणा गर्‍यो । त्यसको भोलिपल्ट बुधबार यस बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यो दिन बैंकको शेयरमूल्य १० प्रतिशतले बढाएर प्रतिकित्ता ८४५ रुपैयाँ पुर्‍याइयो । जुन दिन २० करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    बैंक समस्यामा रहेकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने भन्दै राष्ट्र बैंकले कारबाही गरेको थियो । त्यसबेला निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएको थियो ।

    राष्ट्र बैंकले समस्यामा रहेको जानकारी दिएको एक महिनापछि (पुस १० गते) यस बैंकलाई समस्याग्रस्त घोषणा गर्‍यो । र, बैंकको व्यवस्थापन राष्ट्र बैंकले नियन्त्रणमा लियो । यो बीचमा २० दिन कारोबार भएको थियो । यी २० कारोबार दिनमा यस बैंकको एक अर्ब ६७ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    शेयर लगानीकर्ता संघका सल्लाहकार समेत रहेका लगानीकर्ता छोटेलाल रौनियारका अनुसार समस्यामा रहेको कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्नु भनेको स्वाभाविक प्रवृत्ति होइन । यस्तो खालको वृद्धिले कम्पनीको शेयरमूल्य बढाएर अन्य लगानीकर्ताहरूलाई आकर्षित गराउँदा सोझा लगानीकर्ता फस्ने देखिन्छ । समस्याग्रस्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्नुले नेपाली पुँजी बजार विकृतिपूर्ण रहेको देखाएको उनको तर्क छ ।

    नेपाली शेयर लगानीकर्ताहरू अर्काको लहलहैमा लागेर शेयर किनबेच गर्ने गरेको बताउँदै उनी अगाडी भन्छन्, ‘शेयर बजारमा एउटा समूह छ । उनीहरू लो क्यापको शेयर किन्छन् । भाउ उचालिदिन्छन् । यस्तो अवस्थामा साना लगानीकर्ताहरू फस्ने गरेका छन् । कम्पनीको अवस्था राम्रो छैन है भन्दाभन्दै लगानीकर्ताहरू त्यो कम्पनीको शेयर किन्छन् ।’

    कर्णाली डेभलपमेन्ट बैंकमा लगानीकर्ताहरू जानाजान फसेको समेत उनको भनाई छ । ‘समस्यामा रहेको जानकारी हुँदाहुँदै लगानीकर्ताहरूले यस बैंकको शेयर खरिद गर्नु भनेको जानाजान फस्नु हो । कर्णालीमा पनि लगानीकर्ताहरू जानाजान फसेका हुन्’, उनले अगाडी भने, ‘लगानीकर्ताहरूमा शेयर शिक्षाको कमी छ । उनीहरू हरियो भएको बेलामा किन्न जान्छन् र रातो भएपछि बेचेर भाग्न खोज्छन् । कर्णालीमा पनि हरियो देखेर लगानीकर्ता होमिएका हुन् ।’

    गुहार माग्दै लगानीकर्ता, कहिले खुल्छ कारोबार ?

    कर्णाली डेभलपमेन्ट बैंकमा लगानी गरेका लगानीकर्ता हारगुहार गर्न थालेका छन् । यस बैंकका केही शेयर लगानीकर्ताहरूले शेयर कारोबार खुल्नु पर्ने माग राखेका छन् । उनीहरूले शेयर कारोबार रोक्का गर्नुको कारण खुलाउन समेत माग गरेका छन् ।

    बैंकको शेयर कारोबार फुकुवा हुनुपर्ने माग गर्दै आएका छन् केही लगानीकर्ताहरूले  रोक्का गर्नु पर्ने कारण खुलाउन माग राख्दै धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।

    दिपेन भण्डारी, सन्तोष भण्डारी, यादव थापा र लक्ष्मण महतराले सेबोनमा दिएको निवेदनमा भनिएको छ, ‘कर्णाली डेभलपमेण्ट बैंक लिमिटेडको धितोपत्र कारोबार स्थगन गर्नको लागी कुन कानूनको आधारमा नेप्सेलाई पत्राचार गरिएको हो ? नेपाल धितोपत्र बोर्डलाई कुन कानुनले दिएको अधिकार प्रयोग गरिएको हो ? भन्ने सम्बन्धमा हामी निवेदक लगायतका आम लगानीकर्ता जान्न र बुझ्न उत्सुक भएको तथा संविधान प्रदत्त सम्पत्तिको अधिकारमा कानुन विपरीत कोही कसैबाट बन्देज नलागोस् र बन्देज लागेमा संविधान तथा कानुनले प्रदान गरेको अधिकार प्रयोग गर्न समेत सचेत भएकाले यो सूचना माग गरेका छौँ ।’

    नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हितलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मको लागि यस कम्पनीको कारोबार रोक्का गर्न नेप्सेलाई पत्राचार गरिएको थियो । सोही अनुसार नेप्सेले रोक्का गरेको छ । यस सम्बन्धमा थप अध्ययन गर रायसहित प्रतिवेदन पेश गर्न नेप्सेलाई सेबोनमा पत्राचार समेत गरेको छ ।

    कर्णाली डेभलपमेन्ट बैंकको शेयर कति समयसम्म बन्धक हुने हो भन्ने टुंगो छैन । नेप्सेका सूचना अधिकारी मुरहरी पराजुलीले अर्को व्यवस्था नभएसम्मका लागि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का हुने जानकारी दिए ।

    उनले भने, ‘अर्को व्यवस्था नभएसम्म यस बैंकको शेयर कारोबार रोक्का हुन्छ । बैंकको अवस्था सुधार भएपछि बैंकका शेयरधनीलाई हस्तान्तरण भएपछि मात्रै यस बैंकको कारोबार खुल्छ ।’ यस आधारमा बैंकको शेयर कारोबार लामो समयसम्म बन्धक हुने देखिन्छ ।

    व्यवस्थापन राष्ट्र बैंकको हातमा 

    नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन आफ्नो हातमा लिएको छ । पुष १० गते यस बैंकको सञ्चालक समिति खारेज गर्दै व्यवस्थापनको जिम्मा राष्ट्र बैंकले लिएको हो ।

    बैंक सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ । उनीहरूले बैंकको तोकिएको जिम्मेवारी सम्हाल्न थालिसकेका छन् । अर्को व्यवस्था नभएसम्मका लागि यस बैंकको व्यवस्थापन उनीहरूले नै गर्नेछन् ।

    राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारण सभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ ।

    व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    कर्णाली बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी  नियन्त्रणमा लिइएको राष्ट्र बैंकले जनाएको छ  ।

    राष्ट्र बैंकले तोकेबमोजिमको न्यूनतम पुँजी कोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा उक्त संस्थालाई ‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४’को विनियम ३ बमोजिम मिति २०८१ मङ्सिर ११ देखि लागु हुनेगरी शीघ्र सुधारात्मक कारबाही गरेको थियो ।

  • बचत तथा ऋणको सीमाले आत्तिए सहकारीकर्मी, महासंघदेखि विभागसम्म हारगुहार 

    बचत तथा ऋणको सीमाले आत्तिए सहकारीकर्मी, महासंघदेखि विभागसम्म हारगुहार 

    काठमाडौं । सरकारले अध्यादेश मार्फत सहकारीमा व्यक्तिगत बचत तथा ऋणको सीमा तोकेपछि सहकारीकर्मीहरू आत्तिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेसँगै उनीहरूले बचत तथा ऋणको सीमाबारे आपत्ति जनाएका हुन् ।

    उक्त अध्यादेशको दफा ५२ मा व्यक्तिगत बचत तथा ऋणको सीमा तोकिएको छ । उक्त दफाको (क), (ख) र (ग) मा भनिएको छ, ‘एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा पचास लाख रूपैयाँसम्म, एक जिल्लाभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा पच्चिस लाख रूपैयाँसम्म र बढीमा एक जिल्लाभित्र कार्यक्षेत्र रहेको बचत ता ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा दश लाख रूपैयाँसम्म ।’

    तर, यो दफा प्रारम्भ हुँदाको बखत कायम रहेको व्यक्तिगत बचतलाई यो दफा प्रारम्भ भएको मितिले दुई वर्षभित्र यस दफा बमोजिमको सीमाभित्र ल्याउनु पर्ने समेत अध्यादेशमा उल्लेख गरिएको छ ।

    अध्यादेशले ऋणको सीमा समेत तोकेको छ । सहकारी संस्थाको प्राथमिक पुँजी कोषको पन्ध्र प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न नमिल्ने अध्यादेशमा उल्लेख छ ।

    यो व्यवस्थाबारे राष्ट्रिय सहकारी महासंघले आपत्ति जनाएको छ । महासंघले विज्ञप्ति जारी गर्दै बचत तथा ऋणको सीमाले सहकारी क्षेत्रलाई सङ्कुचित एवं क्षयीकरण गर्ने भएकोले उक्त बुँदाहरू संशोधन गर्न माग राखेको छ ।

    बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूमा कार्यक्षेत्रका आधारमा व्यक्तिगत बचतको सीमा निर्धारण गर्दा संस्थाको सेवा दायरा र सदस्यहरूको वित्तीय पहुँचलाई प्रतिकूल असर गर्ने महासंघले जनाएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने संस्थाका सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी निर्वाचित वा बहाल रहन नसक्ने व्यवस्थाले संस्थाको गतिशीलतामा अवरोध सिर्जना गर्ने महासंघको तर्क छ ।

    बागमती प्रदेश सहकारी संघले पनि अध्यादेशका केही बुँदाहरू आपत्तिजनक रहेको जनाएको छ । बचत तथा ऋणको सीमा, संस्थाको वर्गीकरण, सञ्चालक पदको कार्यविधिलगायत विषयमा विरोध जनाएको हो । अध्यादेशमा भएका यी विषयहरूले सहकारी क्षेत्रलाई थप कमजोर बनाउने भन्दै संघले आपत्ति जनाएको हो ।

    अध्यादेशमा भएको व्यवस्था संशोधन गर्न जिल्ला सहकारी संघ काठमाडौंले विभिन्न निकाय गुहारेको छ । संघले सहकारी विभागदेखि राष्ट्रिय सहकारी महासंघ र बागमती प्रदेश सहकारी संघलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

    कार्यक्षेत्र अनुसार बचतको सीमा तोकिनु, सदस्यले प्राप्त गर्ने लाभांश दरमा संकुचन ल्याउनु, सञ्चालकहरूको कार्यकालको समयावधि तोकिनु जस्ता व्यवस्थाले सहकारीमा गम्भीर नकारात्मक प्रभाव पार्ने संघको तर्क छ ।

  • सिटी एक्सप्रेसको ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’का विजेता बने ढकाल

    सिटी एक्सप्रेसको ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’का विजेता बने ढकाल

    काठमाडौं ।  सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ । यस योजनाका विजेता निराजन ढकाल बनेका छन् ।

    निराजन ढकालले कोरियाबाट ४१ हजार ९०९ रुपैयाँ रेमिट्यान्स पठाएका थिए । त्यसको १८ गुणा गरेर सात लाख चौवन्न हजार तीन सय बैसठ्ठी रुपैयाँ उनले जित्न सफल भएका छन् । कलाकार तथा सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक÷प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विजेता छनौट गरिएको हो ।

    सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखी मङ्सिर ३० गते सम्म चल्ने गरी दशैं, तिहार र छठलाई लक्षित गर्दै यो योजना घोषणा गरेको थियो ।

     

  • बाढी पहिरोको बीमा दाबी भुक्तानीमा ढिलाइ

    बाढी पहिरोको बीमा दाबी भुक्तानीमा ढिलाइ

    काठमाडौं । गत असोज दोस्रो साता आएको बाढी पहिराेले पुर्‍याएको क्षतिको बीमा दाबी भुक्तानीमा ढिलाइ भएको पाइएको छ । हालसम्म बाढी पहिरोको कारण बीमा कम्पनीमा १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँभन्दा बढीको दाबी परेको छ, तर भुक्तानी भने एक अर्ब ५२ करोड १८ लाख रुपैयाँ बराबरको मात्रै भएको छ ।

    नेपाल बीमा प्राधिकरणका अनुसार यही पुस ११ गतेसम्म १८ वटा बीमा कम्पनीमा तीन हजार ६७६ जनाले दाबी पेश गरेका थिए । जसमा एक हजार ७२० जनाले मात्रै दाबी भुक्तानी पाएका छन् ।

    सबैभन्दा बढी दाबी भुक्तानी शिखर इन्स्योरेन्सले गरेको छ । पुस ११ गतेसम्म यस कम्पनीले २४७ जनालाई ३० करोड ३५ लाख १९ हजार भुक्तानी गरेको छ । यस अवधिमा शिखरमा ५११ जनाले दुई अर्ब ६३ करोड एक लाख रुपैयाँको दाबी पेश गरेका थिए ।

    त्यस्तै दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडमा १८३ जनाले एक अर्ब ३७ करोड ६१ लाख रुपैयाँ बराबरको दाबी पेश गरेका थिए, तर हालसम्म ५ करोड ३ लाख रुपैयाँ बराबरको मात्रै भुक्तानी भएको छ । यो भुक्तानी १४७ जनाले मात्रै पाएका हुन् ।

    यसैगरी यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ३५ करोड ७८ लाख दाबी परेकोमा २० करोड ४३ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । यसका साथै यस अवधिमा शिखर इन्स्योरेन्सले ३१ करोड ३८ लाख बराबरको भुक्तानी भएको बीमा प्राधिकरणले जनाएको छ ।

  • पर्यटन प्रवर्द्धनमा बन्दीपुरको पाइला- २ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारी

    पर्यटन प्रवर्द्धनमा बन्दीपुरको पाइला- २ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको तयारी

    काठमाडौं । बन्दीपुर गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष मनाउने घोषणा गरेको छ । पहाडकी रानी उपनामले परिचित पर्यटकीय गन्तव्य बन्दीपुर पर्यटन प्रवर्द्धन गर्न कस्सिएको हो ।

    पर्यटन प्रवर्द्धनमार्फत बन्दीपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ आयोजना गर्न लागिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । यससँगै समृद्ध एवं सु-संस्कृतयुक्त बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको सङ्ख्या बढाउन पनि बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको उनले जानकारी दिए ।

    अध्यक्ष थापाका अनुसार पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउन बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउन लागेको छ । बन्दीपुरका युवाहरूलाई स्वरोजगारबाट रोजगार सिर्जना गरि त्यही व्यवसाय गर्ने वातावरण निर्माण गर्ने, बन्दीपुरका उत्पादनहरूलाई सोही ठाउँमा उपभोग तथा बिक्री वितरण गर्ने र विदेश पलायन हुनबाट युवालाई रोक्ने पनि भ्रमण वर्षले मद्दत पुर्‍याउने उनको भनाई छ ।

    भ्रमण वर्षलाई सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ जनाको भ्रमण वर्ष सचिवालय समेत गठन गरिसकेको छ । सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व रहेको छ ।

    दुई लाख पर्यटक भित्र्याउने लक्ष्य 

    बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । पर्यटकको सङ्ख्यालाई दोब्बर बनाउने योजना सुनाउँदै संयोजक वैश गुरुङले भने, ‘भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटकको सङ्ख्या दोब्बर बनाउने गरी योजना बनाएका छौँ । भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक बास बस्ने योजना बनाएका छौँ ।’

    भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटकलाई बन्दीपुर घुमाउने लक्ष्य रहेको समेत उनले सुनाए ।

    भ्रमण वर्ष सफल पार्न कूल चार करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ । यो खर्च पर्यटक प्रवर्द्धन, पूर्वाधार निर्माण, पर्यटकीय गतिविधि, तालिमहरू, रैथाने बालीका परिकार बनाउन सिकाउने, आफ्नै उत्पादन गराउन खर्च गरिने उनले जानकारी दिए ।

    बन्दीपुर गाउँपालिकाको मुख्य आम्दानी पनि पर्यटन नै हो । विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्‍याउने समेत लक्ष्य लिएको अध्यक्ष थापाले जानकारी दिए ।

    बसाइ लम्ब्याउन पदमार्गको विकास 

    बसाइ पनि लम्ब्याउनु पर्ने आवश्यक रहेको बताउँदै अध्यक्ष थापाले भने, ‘अहिले बन्दीपुरमा आन्तरिक पर्यटकको बसाई वान नाइट स्टे मात्रै रहेको छ । त्यसलाई तीन दिन पुर्‍याउने लक्ष्य छ । भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ ।’

    अहिले विदेशी पर्यटकहरूको बसाइ सरदर एक हप्ता रहेको छ । विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्‍याइने भ्रमण वर्षको लक्ष्य छ ।

    पर्यटकको बसाइ लम्ब्याउनका लागि पर्यटकीय स्थल र पदमार्गको विकास गरिएको छ । बिमलनगर–सिद्धगुफा–गुम्बा–बन्दीपुर, मुग्लिङ–लाब्दि–छिम्केश्वरी–हिलेखर्क–धारगाउँ–बन्दीपुर, बन्दीपुर–रामकोट–रुम्सी–सेरेटार–बन्दीपुर पदमार्ग विकास गरिएको छ । यी सबै पदमार्ग एक दिनको हो । छिम्केश्वरी–मनकामना, गोरखा दरबार–लिपकोट–भानुजन्मस्थान–बन्दीपुर पदमार्गको पनि विकास गरिएको छ । यो पदमार्ग दुई दिनको हो ।

    ‘आसपासमा पालिकाहरुको पर्यटकीय गन्तव्य र पदमार्गको विकास गरेर पर्यटकको बसाइ लम्ब्याउने हाम्रो रणनीति छ’, उनले भने ।

    दैनिक १७ सय पर्यटक राख्ने क्षमता 

    गुरुङका अनुसार हाल बन्दीपुरमा ७५ होटल छन् । यसबाहेक चार वटा होमस्टे (घरबास)का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय जना अट्ने क्षमता छ ।

    ‘भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त होमस्टे सर्किटको प्रवर्द्धन गरिनेछ । विद्यमान पर्यटकीय केन्द्र र उपजहरूका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिनेछ’, उनले भने ।

    भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेन्टमा थप लगानी बढाउनु साथै बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उनको भनाइ छ ।

    उनका अनुसार भ्रमण वर्षमार्फत सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको प्याकेज तयार गरिने तयारी छ । सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटकीय सर्किटको प्रवर्द्धन गरिनेछ । पर्यटकको उमेर र रुचिअनुसारको प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔँ गाउँमै रमाऔँ’ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता पनि बढाइने लक्ष्य रहेको छ ।

    बन्दीपुर नै भ्रमण किन ? 

    बन्दीपुर नै भ्रमण किन गर्ने भन्ने प्रश्नमा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ भन्छन्, ‘यो जीवन्त प्राचिन सहर हो । होमस्टेको सर्किटको अनुभव हुन्छ । मनोरम दृश्य, उमेर अनुसारको प्याकेज, प्रकृति र संस्कृतिको खोज अनुसन्धान गर्न, पदमार्गको अनुभव गर्न, भानुभक्तको जन्मस्थल, धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा सहभागी हुन र रैथाने खानको स्वाद चाख्नलाई पनि एक पटक बन्दीपुर पुग्नै पर्छ ।’

    अध्यक्ष गुरुङका अनुसार बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम पनि हो । विसं २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांस्कृतिक सम्पदा र प्राकृतिक मनोरमताले बन्दीपुर प्रसिद्ध छ । बन्दीपुर दमौलीबाट १८ किलोमिटर माथि पर्छ । दमौलीबाट डुम्रे हुँदै आठ किलोमिटर उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृङ्खला देखिन्छ ।

    बन्दीपुरमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकको पनि रोजाइमा पर्छ । बन्दीपुरमा अमेरिका, अष्ट्रेलिया, जापान, इटाली, भारत लगायत देशबाट पर्यटक आउने गरेका छन् । हालसम्म आएका पर्यटक हरू पर्याप्त नभएकाले विश्वभर प्रचार गरे पर्यटकको सङ्ख्या बढाउने तयारी रहेको उनले जानकारी दिए ।

    ‘बन्दीपुरलाई नेपालमा मात्रै नभएर विश्वमै यसलाई चिनाउन सकिन्छ भन्ने सोचसहित हामी अगाडी बढेका छौँ । बन्दीपुरलाई पर्यटन हिसाबले विश्वभर स्थापित गराउन लागेका छौँ । यससँगै हामीले पर्यटकको रुची अनुसार प्याकेज बढाइरहेका छौँ’, उनले भने ।

    विधार्थीहरुलाई छुटसहित घुम्न आकर्षित गर्ने तयारी रहेको समेत उनले जानकारी दिए । ‘हामीले पर्यटकको उमेर अनुसारको प्याकेज तयार पारेका छौँ’, उनले भने, ‘विद्यार्थीहरू भविष्यका पर्यटक हुन्छन् । पर्यटक प्रवर्द्धन गर्ने पनि उनीहरूले नै हो । तर, उनीहरू सधैँ पैसाको हाराकारबाट गुज्रिरहेका हुन्छन् । तसर्थ त्यस्ता विद्यार्थीहरूलाई छुटको पनि व्यवस्था गर्नेछौँ ।’

    वि.सं २०६८ सालबाट बन्दीपुरमा सामुदायिक होमस्टेहरूको प्रचलन आएको पाइन्छ । हाल सञ्चालनमा रहेका होमस्टेमा रैथाने उत्पादनको ब्राण्डिङ गराउन लगाइने जानकारी दिँदै उनले अगाडी भने, ‘एक होमस्टेमा एक उत्पादनको नामबाट ब्राण्डिङ गरिनेछ । मानौँ १२ वटा होमस्टे छ भने उनीहरूलाई एक÷एक वटा ब्राण्डिङ गर्न दिइनेछ ।’

    पर्यटकको सांग्रिलाकारुपमा बन्दीपुरलाई स्थापित गर्ने कार्य अगाडी बढाइएको समेत उनले जानकारी दिए । बन्दीपुरमा मूर्त एवम् अमूर्त सांस्कृतिक सम्पदाहरू छन् । तिनीहरूको लेखाजोखा राम्रोसँग हुन सकेको छैन । अद्यावधि, अभिलेखीकरण हुन सकेको छैन । तसर्थ सांस्कृतिक सम्पदाहरूको अभिलेखीकरण गर्ने, खोज अध्ययन, अनुसन्धान गर्ने र यसलाई अझ व्यवसाय बनाउन जुटेका छौँ’, अध्यक्ष गुरुङले भने ।

    भ्रमण वर्ष अन्तर्गत बन्दीपुर क्षेत्रको पर्यटकीय आकर्षणमा सुधार, मौलिक सडक बत्तीहरू राखिने, पर्यटन व्यवसायमा सुधार, पर्यटन उद्योगहरूको विस्तृत अध्ययन र तथ्याङ्क सङ्कलन गरिने, स्थानीय उत्पादनहरूलाई प्रवर्द्धन गर्ने र उनीहरूको बजार व्यवस्थापन गर्ने तयारी रहेको समेत उनले जानकारी दिए ।

    ‘भ्रमण वर्षको सन्देशसहित कौरा नृत्यको भव्य प्रदर्शन गरिनेछ । नेपालमै आजसम्म ननाचेको ठूलो सङ्ख्यामा बन्दीपुरको टुँडिखेलमा नचाउने योजना रहेको छ’, अध्यक्ष गुरुङले भने ।

    भ्रमण वर्षको अवसरमा जुनसुकै जातजाति, भाषभाषीको संरक्षण र विकास गर्नका लागि अक्षय कोष स्थापना गरिने तयारी रहेको समेत उनले जानकारी दिए ।

    प्राचिन नेवारी सम्पदा संरक्षित क्षेत्रकोरुपमा पनि बन्दीपुर परिचित छ । बन्दिपुर साहसिक खेलहरू प्याराग्लाइडिङ, रक क्लाइम्विङ, र्‍याफ्टिङ र ट्रेकिङ ट्रेल तथा रुटहरू रहेका छन् ।

  • ग्लोबल आईएमई बैंक १९ औँ वर्षमा: यस्ता छन् १८ वर्षे यात्रा र आगामी योजना

    ग्लोबल आईएमई बैंक १९ औँ वर्षमा: यस्ता छन् १८ वर्षे यात्रा र आगामी योजना

    ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ । व्यावसायिक रूपमा सञ्चालनमा आएको यस बैंक यही पुस १८ गते १८ वर्ष पूरा हुँदैछ ।

    वि.सं २०६३ सालमा १८ औँ वाणिज्य बैंककारुपमा ग्लोबल आइएमई बैंक स्थापित भएको थियो । त्यसबेला बैंकको १ अर्ब ५० करोड चुक्ता पुँजी थियो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर तथा प्राप्ति गरेको यस बैंक नेपालकै नम्बर वान बैंक बन्न सफल भएको छ ।

    यो १८ वर्षे यात्रामा दिनानुदिन अब्बल बैंक बन्ने बाटोमा अघि बढिरहेको छ ।  बैंकको ग्राहक सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । मर्जर तथा व्यवसायको निरन्तर विस्तारले बैंकको ग्राहक सङ्ख्यामा वृद्धि हुँदै गएको हो । हाल यस बैंकको निक्षेप ग्राहक सङ्ख्या करिब ५० लाखभन्दा बढी पुगेको छ ।

    बैंकले ३५४ वटा शाखा, ६८ वटा एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन काउन्टर, २३७ वटा शाखारहित बैंकिङ्ग सेवा दिइरहेको छ । यससँगै ३८४ वटा एटिएम, विदेशस्थित भारतको नयाँ दिल्ली, संयुक्त अधिराज्य र अष्ट्रेलियामा समेत गरी ३ स्थानमा प्रतिनिधि कार्यालय समेत सञ्चालनमा रहेको छ ।

    बैंकले (शाखा, एटिएम, एक्सटेन्सन काउण्टर, सेवा केन्द्र, विदेशस्थित प्रतिनिधि कार्यालय समेत) करिब ११०० सेवा केन्द्रमार्फत ५० लाखभन्दा बढी सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

    यो बैंक आधुनिक समाज प्रविधि उन्मुख रहेको छ । बैकको सेवालाई चुस्त, दुरुस्त एवम् पारदर्शी बनाउँदै सेवा प्रदायक र सेवाग्राही दुवैको समय र पैसा बचत गरी मानव संशाधनको लागत समेत घटाउँदै लैजाने नीति लिएको छ । सोही बमोजिम बैंकले प्रविधिमा आधारित र स्वचालित नयाँ सफ्टवेयर जडान गरि काम गरिरहेको छ ।

    कर्मचारीको प्रत्यक्ष संलग्नता बिना नै नगद कारोबार हुने ‘क्यास डिपोजिट मेसिन’ एवम् ‘आउटवार्ड चेक एसेप्ट’ गरी क्लियरिङमा पठाउने चेक डिपोजिटसहितको  डिजिटल युनिभर्स कमलादी लगायत अन्य विभिन्न शाखाहरूमा सञ्चालन गरिरहेको छ ।

    बैंकले हाल १८ घण्टा सेवा दिइरहेको छ । आगामी दिनमा यो सेवालाई २४ सै घण्टामा विस्तार गर्ने बैंकको योजना रहेको छ । जवाफदेही र उत्तरदायी बैंकिङ्ग समाधानको लागि आर्टिफिसियल इन्टलिजेन्स प्रयोगमा ल्याएको छ । बैंकको सञ्चालन दक्षता अभिवृद्धिको साथै दोहोरिने कार्य न्यूनीकरणको लागि रोबोटिक प्रक्रिया स्वचालन (आरपीए)को प्रयोग गरिएको छ ।

    मोबाइल बैंकिङ फिचर्सलाई अभिवृद्धि गरि थप सहज बनाइएको छ । कोर बैंकिङ सिस्टमलाई फाइनान्स भर्सन १० मा अपग्रेड गरिएको छ ।  नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनको लागि बैंकले ग्राहकको सूचना व्यवस्थापन, आवश्यक रिर्पोटिङका साथै शङकास्पद कारोबारको पहिचान तथा रिपोर्टिङ स्वचालित गर्दै आएको छ ।

    व्यावसायिक सेवा सञ्जालको विस्तारले छरिएर रहेको पुँजी संकलन गरी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेको छ । यसको अतिरिक्त नियमित र सेवा सम्झौता मार्फत तीन हजार ८ सय जनाभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

    धेरै विप्रेषण भित्र्याउनेदेखि अन्तर्राष्ट्रिय अवार्डसम्म प्राप्त 

    यो बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, सन २०२२ मा ‘युरोमनी अवार्ड, द बेस्ट बैंक इन नेपाल’, बेष्ट इम्प्लोयर जस्ता अवार्डहरू प्राप्त गरिसकेको छ ।

    युरोमनी म्यागेजिनले प्रत्येक वर्ष वित्तीय क्षेत्रका विशेषज्ञहरूबाट गहिरो अध्ययन तथा विश्लेषण गरी/गराई तोकिएको मापदण्ड पुरा गर्ने बैंकहरुलाई विविध विधामा अन्तर्राष्ट्रियस्तरको युरोमनी अवार्ड प्रदान गर्दै आएको छ । २०२४ मा नेपालबाट ग्लोबल आइएमई बैंकले यस्तो अवार्ड पाएको छ ।

    ग्लोबल आइएमई बैंक लिमिटेड ‘ग्लोबल फाइनान्स, बेष्ट बैंक अवार्ड २०२४’बाट समेत सम्मानित भएको छ । ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक समेत हो ।

    नेपाल राष्ट्र बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सो सम्मान प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै २१ दशमलव १ प्रतिशत विप्रेषण (रेमिट्यान्स) भित्र्याएको यस बैंक सम्मानित भएको छ ।

    राष्ट्रिय कर दिवस २०८० को अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आय कर दाखिला गर्ने बैंकको रुपमा आन्तरिक राजश्व विभागले ग्लोबल आइएमई बैकले सम्मान पाएको छ । बैंकले सरकारलाई संस्थागत आयकर र श्रोतमा कर कट्टी गरी ६ अर्बभन्दा बढीको योगदान गरेको छ ।

    सञ्चालन नतिजा र कारोबार समीक्षा

    आर्थिक वर्ष २०८०/८१ मा बैंकको कारोबार समीक्षा गर्ने हो भने २०८० आषाढ मसान्तको तुलनामा २०८१ आषाढ मसान्तमा बैंकको पुँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ । तर, कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन ।

    कर दाखिला गर्नुपर्ने विवाद अदालतसम्म पुग्दा जगेडा कोषको रकममा प्रभाव परेको बैंकको दाबी छ । एफपीओ जारी गर्दा तथा हकप्रद शेयर जारी पश्चात् लिलाम गरी बिक्री गरिएका शेयरबाट संकलन गरिएको शेयर प्रिमियमको रकम र निकायहरू एक आपसमा गाभिँदा, शेयर स्वापको कारण गाभिनु पूर्वको पुँजी र गाभिए पश्चात् कायम भएको पुँजीको भिन्नताको रकम (पुँजीगत जगेडा कोष)बाट आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई वितरित लाभांश रकमलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल गर्नुपर्ने विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो ।

    पुँजीगत जगेडा रकम र शेयर प्रिमियमको रकम समेतमा एकमुष्ठ एव अर्ब ३२ करोड ३९ लाख ६१ हजार ३८१ रुपैयाँ थप रकम करको रूपमा सरकारलाई बुझाउन परेकोले जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको बैंकले जनाएको छ ।

    आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा ८८६.७३ करोड रुपैयाँ र कर पछिको मुनाफा ६१३.७४ करोड रुपैयाँ भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा बैंकको खुद व्याज आम्दानी गत वर्षभन्दा २५ करोड रुपैयाँले कमी भएको छ । फि शुल्क तथा सञ्चालन आम्दानीमा भने ११२.७७ रुपैयाँ करोडले वृद्धि भएको छ ।

    सञ्चालन खर्च तर्फ पनि १०८.४६ करोड रुपैयाँले वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको खुद मुनाफामा ५५.६९ करोडले कमी आएको छ ।

    कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षा अनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्षमा पनि बैंकको खुद मुनाफामा संकुचन आएको छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीका अनुसार यस आर्थिक वर्षमा बैंकको कुल कर्जा ४.३८ प्रतिशत तथा निक्षेपमा १४.९२ प्रतिशतले बढोत्तरी भएको छ । निक्षेपका दरहरूमा उल्लेखनीय रुपमा कमी आएपनि निक्षेपको आकार बढ्दा र कर्जाको न्यून बढोत्तरीले खुद ब्याज आम्दानीमा प्रत्यक्ष असर पुर्‍याएको छ ।

    गत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि कर्जा असुलीमा केही समस्या देखिएकोले थप कर्जा नोक्सानीको व्यवस्था गर्नु परेको कारण सञ्चालन मुनाफामा कमी आएको उनको दाबी छ ।

    चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा बैंकको निक्षेपमा २४.५१ अर्ब रुपैयाँले वृद्धि भई ५२९.३८ अर्ब रुपैयाँ पुगेको छ । कर्जा लगानी तर्फ पनि २७.८६ अर्ब रुपैयाँले वृद्धि भई ४१८.६३ अर्ब रुपैयाँ पुगेको छ ।

    चालु आवको पहिलो त्रैमाससम्ममा बैंकले १५१ करोड रुपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको निष्क्रिय कर्जा ४.६७ प्रतिशत कायम भएकोले कर्जा असुलीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अगाडी बढ्नु पर्ने अवस्था रहेको सीईओ रेग्मीको भनाई छ ।

    लाभांश इतिहास

    यस बैंकले आर्थिक वर्ष २०६८/६९ देखि लाभांश वितरण गर्दै आएको छ । यस आवमा १३ प्रतिशत लाभांश वितरण गरेको बैंकले आर्थिक वर्ष २०६९/७० मा लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    त्यस्तै, आर्थिक वर्ष २०७०/७१ मा २५ प्रतिशत, आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई २३ प्रतिशत, आव २०७२/७३ मा १६ प्रतिशत, आव २०७३/७४ मा २० प्रतिशत र आव २०७४/७५ मा १६ प्रतिशत लाभांश वितरण गरेको छ ।

    बैंकले सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको थियो । यस आवमा  बैंकले लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । जसमा १२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो ।

    बैंकले आर्थिक वर्ष २०७६/७७ मा लगानीकर्तालाई १६ प्रतिशत लाभांश वितरण गरेको थियो भने आव २०७७/७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७८/७९ मा १३.६० प्रतिशत लाभांश वितरण गरेको यस बैंकले आव २०७९/८० मा ९ प्रतिशत दिएको थियो ।

    बैंकले आर्थिक वर्ष २०८०/८१ मा बैंकले ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/०८१ समग्र बैंकिङ तथा वित्तीय क्षेत्रका लागि उत्साहप्रद नरहेका कारण कम लाभांश वितरण गर्नु परेको बैंकको दाबी छ ।

    आगामी योजना 

    ग्राहकहरूलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, शेयरधनीहरुलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रणी बैंकको रुपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरू सञ्चालन गरिने सीईओ रेग्मीले जानकारी दिएका छन् ।

    उनका अनुसार यस बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्द्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरू समेटी ग्राहकलाई प्रभावकारी सेवा पुर्‍याउने लक्ष्य लिएको छ । डिजिटल सेवामा बैंक केन्द्रित हुनेछ । बैंकले आगामी दिनमा यी रणनीति/कार्ययोजनाहरु अवलम्बन गर्दै जानेछ:

    1.  “सबैको लागि बैंक” भन्ने नारालाई व्यवहारमा नै रूपान्तरण गर्नका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयहरू मार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अगाडी बढ्ने लक्ष्य सफलता उन्मुख रहेको छ । हाल यस बैंकले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा कार्यालयहरू, शाखा रहित बैंकिङ्ग सेवा, एटिएम, एक्सटेन्सन र अन्य काउन्टरहरु समेत जम्मा १,१०० सेवा केन्द्र मार्फत करिब ५० लाख ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । मुलुकभर अझैपनि ठुलो सङ्ख्यामा बैंकिङ पहुँच बाहिर रहेका जनतालाई बैंकिङ सेवा प्रदान गर्दै लैजाने नीति प्राथमिकतामा रहेको छ ।
    2.  आगामी समयमा बैंकले दिगो व्यावसायिक वृद्धिका लागि आफ्नो वार्षिक व्यावसायिक कार्य योजना अनुरूपका रणनीतिहरू कार्यान्वयन गर्दै जानेछ । यसका लागि बैकले निक्षेप तर्फ क्यास डिपोजिट र कर्जा प्रवाह तर्फ एमएमई/रिटेल/एकएसएमई/प्रायोरिटी सेक्टर ल्याण्डिङलाई प्राथमिकता प्रदान गर्ने तथा शुल्कमा आधारित आम्दानीमा समेत जोड दिई कार्यहरू सञ्चालन गर्दै जानेछ । जसबाट शेयरधनीहरुलाई उचित प्रतिफल प्राप्त हुने विश्वास लिएका छौँ ।
    3.  हरित तथा दिगो विकासका लागि कायम गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  लक्ष्यहरूलाई आत्मसाथ गर्दै दिगो, न्यून कार्बन, वृत्ताकार अर्थतन्त्रको दिशामा सहयोगसिद्ध हुने गरी व्यवसाय सञ्चालन र कर्जा प्रवाह गर्ने गतिविधीहरुलाई थप प्रवर्धन गरिनेछ । लैङ्गिक एवं सामाजिक समावेशिता र वातावरणीय सुरक्षा कायम हुने गरी दिगो विकासको लक्ष्यलाई थप टेवा पुर्याउने हेतुले केन्द्रीय स्तरमा बैंकले हरित तथा दिगो बैंकिङ्ग इकाई स्थापना गरी कार्यक्रम अगाडी बढाइरहेकोमा सो कार्यलाई निरन्तरता दिई नेपालको अग्रणी बैंकको रुपमा स्थापित गर्ने गराउने नीति लिइनेछ ।
    4. ड्ड बैंकले थप भ्यालु एडेड सर्भिस/प्रोडक्ट बजारमा पुर्‍याउने कार्य योजना बनाएको छ । निक्षेप तथा कर्जाका विभिन्न प्रोडक्टहरुको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी आवश्यकता अनुरूप थप परिमार्जन गर्ने तथा नयाँ प्रोडक्टको विकास गरी कार्यान्वयन गर्दै जाने योजना बनाएको छ । हालै बैकले प्रविधिमा आधारित ग्लोबल जुनियर एम र फास्ट लोन एजेन्ट शेयर कार्यान्वयनमा ल्याएको छ । बैंकले प्रविधिमा आधारित बैंकिङ सेवालाई प्राथमिकता राखेको छ ।
    5.  बैंकले विगत वर्षहरूमा अन्तर्राष्ट्रिय वित्त निकायहरूबाट वित्तीय संस्थाहरूबाट बाह्य कर्जा लिई लगानीको श्रोतको व्यवस्थापन गर्दै आएको छ । चालु आवमा समेत बैंकको ओपीईसी फण्ड फर इन्टरनेशनल डेभलपमेन्ट बैंक, एसियन डेभलपमेन्ट बैंक, डेभलपमेन्ट फाइनान्स कर्पोरेसन, एशियन इन्फाइन्ट्रक्चर इन्भेष्टमेन्ट बैंक जस्ता निकायहरूबाट आवश्यकता र औचित्यताको आधारमा श्रोतको व्यवस्थापन तथा परिचालन गर्ने योजना रहेको छ । बैंकको व्यावसायिक हितलाई पहिलो प्राथमिकतामा राखी आगामी दिनहरूमा यस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूसँगको कारोबार अगाडी बढाइने नीति रहेको छ ।
    6.  घरेलु कच्चा पदार्थमा आधारित साना र मझौला उद्योगको विकासबाट मात्र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ भन्ने मान्यताबाट यस क्षेत्रको कर्जा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ । त्यस्तै, निक्षेप सङ्कलनको हकमा पनि जनसाधारणकै बचतलाई लक्षित गर्दै आएको र यसलाई नै बैंकको आधारभूत श्रोतको रूपमा महत्त्व दिई आएका छौ । बैंकको यो नीतिलाई आगामी आर्थिक वर्षहरू मा समेत निरन्तरता दिइने छ ।
    7.  मुलुकभर विकासको पूर्वाधार निर्माण सम्बन्धी कार्यहरू निरन्तर रुपमा वृद्धि भइरहेको र पूर्वाधार विकास मुलुकको तीन वटै तहका सरकारहरूको प्राथमिकतामा भएको परिप्रेक्ष्यमा सो अवसरलाई सदुपयोग गर्ने गरी निर्माण व्यवसायीहरूको आवश्यकता र सुविधालाई ध्यानमा राखी आपसी सहकार्यलाई प्राथमिकता दिइने छ ।
    8.  विप्रेषण (रेमिट्यान्स) नेपालको अर्थतन्त्रको मेरुदण्ड हुनुका साथै यस बैंकको व्यवसायको एउटा प्रमुख र भरपर्दो आधार समेत हो । संसारभर विभिन्न राष्ट्रहरूमा रहेका बैंकका आधिकारिक प्रतिनिधिहरूको साथै स्वदेशी र विदेशी व्यावसायिक साझेदारहरूसँगको सहकार्यबाट हालसम्म विश्वका विभिन्न मुलुकबाट उल्लेख्य मात्रामा रेमिट्यान्स भित्र्याउँदै आएका छौँ । आगामी वर्ष यस बैंक मार्फत भित्रिने रेमिट्यान्सलाई थप वृद्धि गर्नका लागि रेमिट्यान्स बजार विस्तार तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने छ ।
    9.  बैंकको व्यावसायिक पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्दै कारोबारको प्रवर्द्धन गर्न अष्ट्रेलिया, भारत तथा संयुक्त अधिराज्यमा प्रतिनिधि कार्यालयहरू सञ्चालनमा रहेको छ । आर्थिक रूपले सम्पन्न एशियाको महत्त्वपूर्ण राष्ट्र दक्षिण कोरियामा पहिलो अन्तर्राष्ट्रिय शाखा खोल्ने प्रयास  जारी रहेको छ । व्यावसायिक अवसरको विश्लेषण गरी नेपाल राष्ट्र बैंक तथा आवश्यक अन्य निकायहरूबाट स्वीकृति प्राप्त भएको अवस्थामा बेलायत, अमेरिका जस्ता विभिन्न सम्भाव्य राष्ट्रहरूमा शाखा कार्यालय खोली कारोबार गर्ने योजना रहेको छ । त्यसैगरि डिजिटल मनि कारोबार इजाजतको लागि समेत प्रयत्न गरिने छ ।
    10.  बैंकले सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आधुनिक प्रविधिमैत्री गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै अगाडी बढ्ने नीति अवलम्बन गरेको छ । सोका लागि बैंकले छुट्टै डिजिटल बैंकिंङ ईकाइ गठन गरी आवश्यक पूर्वाधार समेत खडा गरी कार्यारम्भ गरिसकेको परिप्रेक्ष्यमा प्रविधिको प्रयोगबाट हुने लाभको सूक्ष्म विश्लेषण गर्दै सम्पूर्ण बैंकिङ सेवाहरू डिजिटल बैंकिंङको प्रविधि मार्फत प्रदान गर्दै कारोबारलाई अघि बढाउने नीतिलाई निरन्तरता दिइने छ ।
    11.  बैंकको आन्तरिक काम कारबाही बढी मात्रामा स्वचालित गरी मितव्ययी बनाउँदै लैजाने नीति रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा ग्राहकले खाता खोल्न, डलर कार्ड, क्रेडिट कार्ड, एटिएम कार्ड प्राप्त गर्ने, भुक्तानी गर्ने लगायत कार्डसम्बद्ध सेवाहरू, एलसी/ग्यारेन्टी सुविधा, शेयर कर्जा लगायतको कारोबार अनलाइनबाटै गर्न मिल्ने कस्टुमर सेन्ट्रिक बीपीएम कार्यान्वयनमा ल्याइएको छ । कर्मचारीको प्रत्यक्ष संलग्नता विना नगद तथा चेकको कारोबार गर्न सकिने डिजिटल युनिभर्स सञ्चालनमा आएको छ । प्रविधिमा आधारित यस किसिमको सेवाहरूबाट व्यावसायिक प्रभावकारिता बढाएको विश्वास सहित आगामी दिनहरूमा समेत नयाँ नयाँ प्रविधिमैत्री सेवाहरू थप गर्दै लैजाने नीति लिएका छौँ ।
    12.  कर्मचारीहरू बैंकका मुख्य सम्पत्ति हुन र उनीहरूको ज्ञान र अनुभवलाई बैंकको व्यावसायिक उद्देश्य प्राप्तिसँग जोड्दै कर्मचारीहरूको वृत्ति विकासका लागि वार्षिक तालिम कार्य तालिका तर्जुमा गरी कार्यान्वयन गर्दै आएकोमा यसलाई अझ प्रभावकारी तथा डिजिटल प्रविधिको सहयोगमा सम्पूर्ण कर्मचारी वर्गमा निरन्तर ज्ञान आदान प्रदान गर्ने व्यवस्था मिलाउने छाैँ ।
    13.  बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालनमा कटिबद्ध छ । सङ्घीय सरकार तथा नेपाल राष्ट्र बैंकले अङ्गीकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरूप हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाहरू यस बैंकमा समाहित भएका छन् । यसरी विभिन्न पृष्ठभूमिबाट आएका कर्मचारीहरूको उचित व्यवस्थापन एवम् व्यावसायिक दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिमा टेवा हुने गरी कार्यक्रमलाई निरन्तरता दिइने छ ।
    14.  मुलुकले अवलम्बन गरेको संघीय संरचना बमोजिम ७ वटै प्रदेश कार्यालयहरूको काम, कर्तव्य अधिकार थप गर्दै अधिकार सम्पन्न बनाउँदै लैजाने नीति लिइएको छ ।
    15.  समाजको जिम्मेवार कर्पोरेट सदस्यको हैसियतमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सदैव प्राथमिकतामा राख्दै आएको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण लगायत एवम् विपन्न वर्गको जीवनस्तर उठाउनका लागि सक्दो सहयोगको नीति अवलम्बन गर्नेछ ।
    16.  बैंकले जोखिम व्यवस्थापन तथा अनुपालनालाई अत्यन्तै महत्वको साथ अवलम्बन गर्दै आइरहेको छ । सञ्चालक स्तरीय जोखिम व्यवस्थापन समिति एवं व्यवस्थापन तहको जोखिम व्यवस्थापन समिति गठन गरी बैंकका विभिन्न किसिमका जोखिमहरूको पहिचान तथा न्यूनीकरणका विधिहरू अवलम्बन गर्दै आइरहेको छ । हाल कार्यान्वयनमा रहेका विभिन्न विधि र प्रक्रियाहरूमा थप पुनरावलोकन गरी आवश्यकता अनुसार जोखिम व्यवस्थापन तथा अनुपालनालाई प्रभावकारी बनाइनेछ ।
    17.  बैंकले जोखिम व्यवस्थापन कार्यलाई अझ बढी प्रभावकारी बनाउने र अन्तर्राष्ट्रिय असल अभ्यासहरूलाई अनुसरण गरी कार्यान्वयन गर्ने गराउने कार्यलाई जोड दिने छ । यसका लागि समीक्षा वर्ष देखिनै  इन्टरनेशनल फाइनान्स कर्पोरेसनको सल्लाहकार सेवाहरू लिई कार्य प्रारम्भ गरिएको छ । यसबाट बैंकको जोखिम व्यवस्थापन कार्य थप प्रभावकारी हुने विश्वास लिएका छाैँ ।
    18.  कर्जाको गुणस्तरमा सुधार गर्ने गराउने, नियमित रुपमा ऋणीको व्यवसायको अनुगमन तथा निरीक्षण कार्यको कार्यान्वयन गर्ने र पूर्व चेतावनीका लक्षण देखिएका कर्जाहरूको समयमानै पहिचान तथा व्यवस्थापन गर्न समीक्षा वर्ष देखिनै केन्द्रीय स्तरमा क्रेडिट मोनिटरिङ युनिट गठन गरी कार्यारम्भ गरिएको छ र यसलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।
  • घट्यो सुनको मूल्य, तोलामा कति पर्छ ? 

    घट्यो सुनको मूल्य, तोलामा कति पर्छ ? 

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पाँच सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार २ सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

     

  • हस्पिटालिटी वर्ल्ड क्याम्पसमा खाना महोत्सव (फोटो/भिडिओ)

    हस्पिटालिटी वर्ल्ड क्याम्पसमा खाना महोत्सव (फोटो/भिडिओ)

    काठमाडौं । ललितपुरको एकान्तकुनामा रहेको हस्पिटालिटी वर्ल्ड क्याम्पसले खाना महोत्सव आयोजना गरेको छ । तालिमरत विधार्थीहरुको अग्रसरतामा शनिबार क्याम्पस परिसरमा खाना महोत्सव गरिएको हो ।

    क्याम्पसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित राजका अनुसार महोत्सवमा विद्यार्थीहरूले तयार पारेको विभिन्न प्रकारका खानाहरू राखिएको छ । महोत्सवमा परम्परागत नेवारी खानाका परिकारदेखि विभिन्न अन्तर्राष्ट्रिय व्यञ्जनको ५ स्टलहरू समावेश थिए ।

    उक्त महोत्सवमा आगन्तुकहरूले खानाका परिकारहरू पकाउने कला, खानको परिकारको परीक्षण सम्बन्धमा जानकारी लिनुका साथै पाककला सम्बन्धी वर्कसपहरूमा सहभागी हुने अवसर प्राप्त गरेका थिए । महोत्सवमा सामाजिक प्रभावकर्ता, कलाकार, विभिन्न कलेजका विद्यार्थी लगायत सर्वसाधारण गरी करिब पाँच सय जना उपस्थित भएका थिए ।

    महोत्सवमा विभिन्न परिकारका खानाहरूको स्वादसँगै मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम समेत प्रस्तुत गरियो । विभिन्न मनोरञ्जनात्मक खेलहरूको प्रतियोगिता गराई विजेताहरूलाई पुरस्कार प्रदान गरिएको छ’, उनले भने, ‘अहिलेको शिक्षा एउटा कोठाभित्रको मात्रै होइन । व्यवहारमा पनि कार्यान्वयन गर्नु पनि हो । यही कुरालाई मध्यनजर गर्दै हामीले यो महोत्सवको आयोजना गरिएको हो ।’

    यस क्याम्पसमा पढेका विद्यार्थीहरूले आजसम्म के के सिके भनेर उनीहरूको सिप हेर्नका लागि पनि यो महोत्सव आयोजना गरिएको उनले जानकारी दिए । ‘यस खाना महोत्सव केवल परिकारको उत्सव मात्र होइन, यसले समुदायलाई एकताबद्ध गर्ने माध्यम पनि हो । यस महोत्सवले यस संस्थामा तालिमरत विधार्थीहरुको सिकाइमा थप इँटा थप्ने काम भएको छ । यो कार्यक्रममा सहभागीहरूको हर्षोल्लास देखेर हामी निकै उत्साहित छौँ’, उनले भने ।

    सीईओ राजका अनुसार हस्पिटालिटी वर्ल्ड क्याम्पस देशमा हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति विकास गर्न अन्तर्राष्ट्रिय स्तरको शिक्षा तथा तालिम कार्यक्रम हरू सञ्चालन गर्ने गराउने उद्देश्य लिएर स्थापना भएको संस्था हो । देशको पर्यटन क्षेत्रको विकास र वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई आवश्यक सीप प्रदान गर्न यस संस्थाले हस्पिटालिटी म्यानेजमेन्ट अन्त्रगतका विभिन्न कोर्सहरू कोर्सहरू सञ्चालन गरिरहेको छ ।

     

     

  • एभरेष्ट बैंकको दुई नयाँ शाखा सञ्चालन 

    एभरेष्ट बैंकको दुई नयाँ शाखा सञ्चालन 

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले थप दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

    पाँचथरको फिदिम नगरपालिका वडा नं. १ र ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ४ मा नयाँ शाखा विस्तार गरेको बैंकले जानकारी दिएको छ । यी दुई शाखाको सञ्चालन पश्चात् कोशी प्रदेशमा बैंकको शाखा सङ्ख्या २० पुगेको छ ।

    बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहकहरू रहेका छन् । देशैभर आफ्नो १३१ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, १६७ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

     

  • यी हुन् सहकारी अध्यादेशका मुख्य विषयहरू

    यी हुन् सहकारी अध्यादेशका मुख्य विषयहरू

    काठमाडौं । सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश तयार पारेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐनको संशोधन अध्यादेश पारित गरेको हो । उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ ।

    अध्यादेशका मुख्य विषयहरू:

    • बचत ऋणको कारोबार गर्ने संस्थाको दर्ता स्थानीय तहमा मात्र हुने । र यसको काम गर्ने क्षेत्र स्थानीय तह भित्र सीमित हुने ।
    • हाल कायम भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीको वर्गीकरण संघ, प्रदेश र स्थानीय गरी गर्न सकिने । र प्राधिकरणमा वा तोकिएको निकायमा वर्गीकरण अनुरूप पुन दर्ता गरिने ।
    • एक व्यक्ति एकै पटक एक भन्दा बढी सहकारीको सदस्य हुन नपाउने र भएकोमा एक वर्ष भित्र एउटामा मात्र सदस्यता कायम गर्ने ।
    • सहकारीको कार्यकारी पदमा एउटै व्यक्ति दुई कार्यकाल भन्दा बढी रहन नपाउने ।
    • बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा एउटा व्यक्तिले स्थानीय तहको सहकारीमा बढीमा दश लाख सम्म, प्रदेश तहको सहकारीमा पच्चीस लाख सम्म र संघिय तहको सहकारीमा पचास लाख भन्दा बढी बचत गर्न नपाउने । हाल सो भन्दा बढी जम्मा भएको रहेछ भने दुई वर्ष भित्र सो सीमा भित्र ल्याउने ।
    • दश लाख भन्दा बढी रकम जम्मा गर्दा श्रोत खुलाउनु पर्ने ।
    • हाल बैंक तथा वित्तीय संस्थाको कर्जा सूचना केन्द्रलाई सहकारीको कर्जा सूचना गर्ने गरी अधिकार क्षेत्र विस्तार गरिएको छ । र दश लाख भन्दा बढीको कर्जा कारोबारको सूचना अनिवार्य दिनु पर्ने र जतिसुकै रकमको भए पनि कालोसूचीको सूचना दिनु पर्ने ।
    • बचत तथा ऋणको कारोबार गर्ने प्रत्येक सहकारीले अनिवार्य रूपमा निक्षेप तथा कर्जा सुरक्षण कोषको सदस्यता लिनु पर्ने ।
    • राष्ट्रिय सहकारी नियमन प्राधिकरण वा आयोग गठन गर्ने । यसले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्ने छ । यस नियामकको कार्यकारी अध्यक्ष, सहकारी विज्ञ र एक चार्टर एकान्टेन्ट नेपाल सरकारले नियुक्त गर्ने, र नेपाल राष्ट्र बैंकको निर्देशक र मन्त्रालयको सहसचिव सदस्य हुने ।
    • अध्यक्ष र सदस्यको नियुक्तिको लागी सर्च कमिटी गठन हुने र यसको सिफारिसमा अध्यक्ष र सदस्यको नियुक्ति नेपाल सरकारले गर्ने ।
    • नियामकको मुख्य काम बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरिवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाई कार्यान्वयन गर्ने गराउने, सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड (प्रुडेन्सियल स्ट्याण्डर्डस्) जारी गर्ने, नियमन, अनुगमन र सुपरिवेक्षण गर्ने, गराउने, उजुरी लिने, प्राप्त उजुरी उपर जाँचबुझ गर्ने र सम्बन्धित संस्थालाई निर्देशन दिने, सहकारी संस्थाहरूको परीक्षण (प्रुडेन्सियल अडिट) गर्ने गराउने, उजुरीको कारबाही र किनारा गर्दा जिल्ला अदालतलाई भए सरहको अधिकार प्रयोग गर्ने ।
    • कानुन तथा मापदण्ड पालना नभएको पाइएमा पाँच लाख रुपैयाँ देखि पन्ध्र लाख रुपैयाँसम्म जरिवाना गर्ने र त्यस्तो सहकारी संस्थाको दर्ता खारेज गर्न लेखी पठाउने, तथा संस्थालाई समस्याग्रस्त संस्थाको रूपमा घोषणा गरी आवश्यक कारबाहीका लागि मन्त्रालय समक्ष सिफारिस गर्ने।
    • नियम विपरीत काम गरेमा संस्थाको सञ्चालक वा पदाधिकारी वा व्यवस्थापक वा कर्मचारीले लाई एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न वा अन्य कारबाही गर्न लेखि पठाउन सक्ने ।
    • नियामकले तेस्रो पक्षको जेथा जमानत सम्बन्धमा आवश्यक शर्तहरु तोक्न सक्ने र समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति तथा दायित्व व्यवस्थापन गर्ने प्रयोजनका लागि आवश्यक सेवा लिन व्यवस्थापन समितिले प्रत्येक संस्थाको लागी छुट्टा छुट्टै विज्ञ टोली गठन गर्न सक्नेछ ।

    बचत रकम फिर्ता सम्बन्धी विशेष व्यवस्था: 

    1. प्रचलित कानुनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सहकारी संस्था वा समस्याग्रस्त घोषणा भएको सहकारी संस्थाको सदस्यले जम्मा गरेको पाँच लाख रुपैयाँ सम्मको बचत पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्नु पर्ने । सो भन्दा बढी रकम दामासाहीले फिर्ता हुने ।
    2. बचत रकम फिर्ता गर्ने प्रयोजनको लागि सहकारी संस्था वा व्यवस्थापन समितिले त्यस्तो संस्थाको सम्पत्ति वा ऋण प्रदान गर्दा लिएको धितो सुरक्षण बिक्री गर्न सक्ने।
    3.  ऋणीलाई सहकारी संस्थाको ऋण चुक्ता गर्न समय दिने र नतिरेमा धितो लिलाम गर्ने, धितोमा रहेको तर भाडामा भएको सम्पत्तिको भाडा लिने, बचत फिर्ता गर्ने प्रयोजनको लागी अदालत वा अन्य निकाय मार्फत भएको रोक्का फुकुवाको लागि अनुरोध गरी रोक्का फुकुवा गराउन सक्ने
    • अदालतमा चलेको सहकारी ठगी तथा अपचलनको मुद्दा विचाराधीन भएको वा फैसला भए पनि मिलापत्र हुने ।
    • सहकारी ऐन अन्तरगतको मुद्दा चलाउन हाल ९० दिनको हदम्याद भएकोमा एक वर्ष गर्ने ।

    बचत रकम फिर्ता गर्न समिति गठन गरिने 

    •  कुनै सहकारी संस्थाले आफ्ना सदस्यलाई बचत रकम फिर्ता दिन नसकेको, सञ्चालक समितिले सदस्यको हित विपरीतको काम गरेको वा सञ्चालक समितिका अधिकांश सञ्चालक संस्थामा उपस्थित नभएको वा यस ऐन बमोजिम साधारण सभा नबसेको कारण सदस्यको बचत रकम फिर्ता हुन नसकेको भनी संस्थाका कम्तीमा पन्ध्र प्रतिशत सदस्यहरूले संस्थाको सम्पत्ति जिम्मा लिई सदस्यको बचत रकम फिर्ता गर्ने प्रयोजनको लागि  बचत रकम फिर्ता समिति गठन तथा संस्था सञ्चालन गर्न सम्बन्धित सहकारी हेर्ने निकायमा अनुमतिका लागि निवेदन दिन सक्ने ।
    •  त्यस्तो समिति गठन भएको ६ महिनाभित्र साधारण सभा गरिसक्नु पर्ने र क्रमशः बचत रकम फिर्ता गर्नु पर्ने । बचत रकम फिर्ता गर्ने प्रयोजनको लागि ऋणीबाट असुल गरेको रकम, संस्थाको चल अचल सम्पत्तिबाट प्राप्त आय रकम तथा बचतकर्तालाई फिर्ता गरेको बचत रकमको विवरण छुट्टै तयार गरी सुरक्षितरुपमा अभिलेख राख्नु पर्नेछ र त्यसको विवरण सम्बन्धित सहकारी हेर्ने निकायलाई प्रत्येक तीन महिनामा पेश गर्नु पर्नेछ।
    •  समितिका सदस्यले यस दफा बमोजिम जिम्मेवारी लिनु अगावै यस ऐन विपरीत भएको काम कारबाहीको सम्बन्धमा जबाफदेही हुनु पर्नेछैन र सो सम्बन्धमा निजलाई कुनै कानुनी कारबाही नहुने कुराको ग्यारेन्टी गरिएको ।

     

  • कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

    कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर नियन्त्रणमा लिएको कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार बिहीबारदेखि रोक्का भएको गरिएको हो ।

    नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै  नियन्त्रणमा लिएको थियो । उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ ।

    समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप– निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ । समूहले भोलिदेखि नै उक्त संस्थाको तोकिएको जिम्मेवारी सम्हाल्ने राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारण सभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ ।

    व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    कर्णाली बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी  नियन्त्रणमा लिइएको राष्ट्र बैंकले जनाएको छ  ।

    राष्ट्र बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्या उन्मुख देखिएको हुँदा उक्त संस्थालाई ‘नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४’को विनियम ३ बमोजिम मिति २०८१ मङ्सिर ११ देखि लागु हुनेगरी शीघ्र सुधारात्मक कारबाही गरिएको थियो ।

     

  • छ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

    छ सय रुपैयाँले बढ्यो सुनको मूल्य 

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज छ सय रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

     

  • ‘सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर’ सार्वजनिक

    ‘सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर’ सार्वजनिक

    काठमाडौं । सिद्धार्थ बैंकले नयाँ अफर सार्वजनिक गरेको छ । बैंक्ले आफ्नो वार्षिकव्सवको अवसरमा ‘सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर’ सार्वजनिक गरेको हो ।

    डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकहरुलाई लक्षित गर्दै ‘सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर’ ल्याएको हो । यस अफर सम्बन्धी विस्तृत जानकारी र शर्तहरू बैंकको वेबसाइटमा राखिएको छ ।

    २०५९ साल पौष ९ गते १७ औँ वाणिज्य बैंकको रुपमा स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापना कालको २२ औँ वर्ष पुरा गरेको छ । बैंक संचालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरि वार्षिकोत्सव मनाएको हो ।

    बैंकले आफ्नो वार्षिकोत्सवमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको थियो । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथसाथै बैंकमा कार्यरत रहि १५ वर्ष पूरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनीहरुलाई अभिनन्दन गरेको छ ।

    बैंकले देशका काठमाडाैं र धनगढीमा रक्तदान कार्यक्रम समेत गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, ग्राहक र स्थानीयगरि १०२ जना रक्तदाताहरुको सहभागिता रहेको थियो । देशका अन्य बाँकी प्रदेशहरुमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना बनाएको जनाएको छ ।

  • सिद्धार्थ बैंक २३ औँ वर्षमा : बैंकिङ क्षेत्रमा छुट्टै पहिचान, उच्चस्तरको वित्तीय सेवा प्रदान

    सिद्धार्थ बैंक २३ औँ वर्षमा : बैंकिङ क्षेत्रमा छुट्टै पहिचान, उच्चस्तरको वित्तीय सेवा प्रदान

    बैंकिङ उद्योगमा छुट्टै पहिचान बनाउन सफल वाणिज्य बैंक हो, सिद्धार्थ बैंक । २२ वर्षअघि १७ औँ वाणिज्य बैंककारुपमा स्थापना भएको सिद्धार्थ बैंक आजदेखि २३ औँ वर्षमा प्रवेश गरेको छ । उच्च स्तरको वित्तीय सेवाहरू उपलब्ध गराउने लक्ष्यका साथ सन् २००२ मा सिद्धार्थ बैंकको स्थापना भएको थियो । यस अवधिमा सिद्धार्थ बैंकले बैंकिङ उद्योगमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

    यस बैंक बलियो पूँजी आधार, विवेकपूर्ण व्यवस्थापन र दिगो वृद्धिमा केन्द्रित भएर अगाडि बढिरहेको छ । बैंक स्थापना गर्दा ३५ करोड रुपैयाँ चुक्ता पूँजी थियो । विगतका वर्षहरूमा बैंकले शेयरधनीहरूको प्रतिफल अधिकतम बनाउन आफ्नो पुँजीको कुशल उपयोगमा ध्यान केन्द्रित गरेको छ ।

    बैंकले आफ्नो पूँजी आधारलाई मजबुत बनाउन विभिन्न समयमा हकप्रद शेयर जारी गर्यो । जुन आर्थिक वर्ष २०६३/६४ मा २० प्रतिशत, आर्थिक वर्ष २०६४/६५ मा २० प्रतिशत, आर्थिक वर्ष २०६७/६८ मा ५० प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा २५ प्रतिशत र आव २०७४/७५ मा १० प्रतिशत रहेको छ ।

    हकप्रद र बोनस शेयर गरी हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ । वैधानिक सामान्य सञ्चिति, पूँजी रिडेम्पसन रिजर्भ, एक्सचेन्ज इक्वलाइजेशन रिजर्भ जस्ता विभिन्न सञ्चिति समेत गरि हालसम्म बैंकको कुल नेटवर्थ २८ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।

    हाल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ । यस बैंकले १९६ वटा शाखा, २२८ वटा एटिएम र ७५ वटा शाखारहित बैंकिङ सेवा दिइरहेको छ ।

    मर्जरबिनै अब्बल 

    पछिल्ला वर्षहरूमा वाणिज्य बैंकहरु धमाधम एक आपसमा गाभिए । बैंकका संख्या धेरै भएपनि बैंकिङ पहुँचमा खासै वृद्धि नभएपछि राष्ट्र बैंकले मर्जरको नीति ल्याएको थियो । सोहीअनुसार मर्जर तथा एक्विजिशनमा सामेल भए । मर्जर तथा एक्विजिशन पछि वाणिज्य बैंकको संख्या २० वटामा झर्‍यो । तर, सिद्धार्थ बैंक मर्जरबिना नै आफूलाई बैंकिङ क्षेत्रमा अब्बल सावित गरिरहेको छ ।

    बलियो निक्षेप तथ्यांकका साथ ठूला संस्थाहरू सिर्जना गर्ने बैंक मर्जरको लहरको बाबजुद पनि बैंकले कुनै पनि मर्जर बिना आफूलाई ११ औँ स्थानमा राख्न सफल भएको छ । यो उपलब्धिले नयाँ मर्ज भएका, ठूला बैंकहरूलाई प्रतिस्पर्धा गर्न र चुनौती दिन सक्ने क्षमतालाई प्रकाश पार्छ ।

    व्यवसायको हिसाबले ११ औँ स्थानमा रहेपनि अन्य हिसाबले बैंक सबैभन्दा सबल रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कंडेल दाबी गर्छन् । उनी भन्छन्, ‘मर्जरअघि व्यवसाय आकारको हिसाबले २६ वटा वाणिज्य बैंकमध्ये ५ औँ स्थानमा थियो । अहिले मर्जर पश्चात् हाम्रो बैंक ११ औँ स्थानमा छ । हाल पनि सिद्धार्थ बैंकको बजार हिस्सा घटेको छैन । शेयरधनीहरुले हेर्ने वित्तीय सूचकांकमा उत्कृष्ट हुन सफल भएको छ । जस्तैः अर्निङ पर शेयरमा ५ औँ, रिटर्न वन इक्युटी तथा नेटवर्थ पर शेयरमा ७ औँ स्थानमा रहन सफल भएको छ ।’

    उत्कृष्ट वित्तीय सेवादेखि एनपीएलको प्रायोजकसम्म 

    ‘सम्बन्ध सधैंभरिलाई’ भन्ने नारासहित अगाडी बढेको सिद्धार्थ बैंक नेपालको प्रभावशाली र व्यावसायिक बैंकको रूपमा चिनिन्छ । यो बैंक ग्राहक र ग्राहकहरूसँग सम्बन्धको पोषणमा निहित छ । सेवाहरूमा सुविधाजनक पहुँच सुनिश्चित गर्न यस बैंकले धेरैजसो सेवाहरूमा डिजिटल बैंकिङलाई एकीकृत गरेको छ ।

    अनलाइन बैंकिङ वा सिद्धार्थ बैंक स्मार्ट एप प्रयोग गरेर बैंकको सेवाहरू ग्राहकहरूले संसारको जुनसुकै ठाउँबाट लिन सक्छन् । विस्तारित ग्राहक अनुभवको लागि प्रयोग गरिएको प्रविधि निरन्तर बैंकले सुधार गरिरहेको छ । यी सुविधाहरू र द्रुत सेवाहरू मार्फत आफ्ना ग्राहकहरूको विश्वास कमाउँदै यो बैंक नेपालको सबैभन्दा विश्वसनीय वाणिज्य बैंक बन्न सफल भएको छ ।

    उत्कृष्ट वित्तीय सेवा दिइरहेको यस बैंक भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को समेत मुख्य प्रायोजक बन्यो । क्रिकेट संघ नेपाल (क्यान)ले आयोजना गरेको एनपिएलमा यो बैंक २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजकका रूपमा आबद्ध भएको छ । नेपालको क्रिकेट जगतलाई थप उचाइमा पुर्‍याउन सिद्धार्थ बैंक जोडिएको छ ।

    डिजिटल फस्ट बैंकको रूपमा आफूलाई स्थापित गर्न यस बैंकले जोड दिइरहेको छ । पीओएस टर्मिनल, क्युआर भुक्तानी, अनलाइनबाट खाता खोल्ने सुविधा, भिडियो केवाइसी, डेबिट, क्रेडिट कार्डहरूका लागि आवेदन दिन वा बदल्न र डिम्याट खाताहरू डिजिटलरुपमा खोल्न सकिन्छ ।

    यसबाहेक बैंकले आफूलाई महिला केन्द्रित बैंकको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । यस बैंकले विशिष्ट नारी डेबिट कार्ड सहितको सिद्धार्थ नारी बचत खातालाई पुनर्जीवित गरेको छ । यस कार्ड प्रयोग गरि गरिएको भुक्तानी कारोबारमा महिलाको स्वास्थ्यमा समर्पित साझेदार संस्थालाई प्रत्येक कारोबारबाट ०.१० प्रतिशत पनि योगदान गर्दछ । डेबिट कार्ड, स्ट्यान्डर्ड क्रेडिट कार्ड, र बैंकस्मार्ट एक्सपी पहिलो वर्ष निःशुल्क उपलब्ध गराउँदै यसअन्तर्गत अहिले एउटा अभियान चलिरहेको छ । बैंकले महिलाहरूका लागि डिजाइन गरिएको ‘हाम्रो घर कर्जा’ पनि ल्याएको छ । जसमा घर कर्जाको ब्याजदर अन्य ग्राहकलाई भन्दा ०.५ प्रतिशतले कम रहेको छ ।

    बैंकले भिसा प्लाटिनम क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । जुन भिसाद्वारा जारी गरिने विशिष्ट श्रेणीको कार्ड हो । यो कार्ड प्रयोग गर्ने ग्राहकहरूले पाउने सुविधाहरूमा प्लाटिनम क्रेडिट कार्ड लिने ग्राहकहरूले वार्षिक दुई पटकसम्म विभिन्न देशका एयरपोर्ट लाउन्जमा निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले यस कार्डको प्रयोग गरी ४५० भन्दा बढी युएनओ मर्चेन्टहरुमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

    यो कार्ड प्रायोरिटी बैंकिङ कार्डको रूपमा प्रयोग गर्न सकिनेछ र उक्त कार्ड प्रयोग गर्ने ग्राहकहरूले बैंकिङ्ग सेवामा प्राथमिकता पाउनेछन् । प्लाटिनम क्रेडिट कार्ड नेपाल, भुटान र भारतमा प्रयोग गर्न सकिनेछ । उक्त कार्डका लागि सुरुवाती ३ महिना भित्र आवेदन दिने ग्राहकहरूलाई निःशुल्क अन्तर्राष्ट्रिय ट्राभल कार्ड समावेश गरिएको छ ।

    बैंकले ‘सिद्धार्थ रिवार्ड्स’ योजना पनि सञ्चालन गरिरहेको छ । यस योजनाअन्तर्गत ग्राहकले बैंकको कार्ड प्रयोग गरी गरेको खरिद र मोबाइल बैंकिङबाट गरेको टपअपका आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्न सक्नेछन् । प्राप्त पोइन्टर्स हवाई टिकट, होटेल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदिजस्ता विभिन्न सेवा लिँदा नगदको सट्टा प्रयोग गर्न सक्नेछन् ।

    ४८.७५ प्रतिशतसम्म लाभांश वितरण 

    बैंकको २२ वर्षे यात्रामा बैंकले बम्पर लाभांश समेत वितरण गरेको छ । बैंकले विगतका वर्षहरूमा बोनस शेयर र नगद भुक्तानीको रूपमा लाभांश प्रदान गरेको छ । स्थापनाको सुरुवाती चार वर्ष लाभांश वितरण नगरेको यस बैंकले त्यसयता भने लगानीकर्ताहरूको हात खाली राखेको छैन । आर्थिक वर्ष २०६३/६४ देखि आव २०८०/८१ सम्म आइपुग्दा बैंकले ४ प्रतिशतदेखि ४८.७५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ ।

    आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरिएको लाभांश भने पारित हुन बाँकी रहेको छ । ४ प्रतिशत प्रस्ताव गरिएको लाभांश पारित गर्नका लागि बैंकले यही पुस २८ गते साधारण सभा बोलाएको छ । गत वर्ष पनि बैंकले ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

    पछिल्लो समय लाभांशमा गिरावट आएकोबारे बैंकका सीईओ सुन्दर प्रसाद कंडेल भन्छन्, ‘बैंकले आफ्नो बढ्दो व्यावसायिक आवश्यकताहरू पूरा गर्न पुँजी अभिवृद्धिको औजारको रूपमा ऋणपत्रहरूलाई रणनीतिक रूपमा उपयोग गरेको छ । त्यस्ता ऋणपत्रहरू परिपक्व नभएसम्म डिबेन्चर रिडेम्पसन कोषमा रकम छुट्याउन आवश्यक छ । जसले बैंकको लाभांश वितरण क्षमतालाई अस्थायी रूपमा सीमित गर्दछ ।’

    उनका अनुसार बैंकले आर्थिक वर्ष २०८०/८१ को लागि उपलब्ध वितरण योग्य मुनाफाबाट डिबेन्चर रिडेम्पसन रिजर्भमा १.४६ अर्ब राखेको छ । फलस्वरूप बैंकको लाभांश क्षमता १४.४८ प्रतिशतबाट घटेर ४.१२ प्रतिशतमा झरेको छ । यसरी हेर्दा वाणिज्य बैंकमध्ये लाभांश दिने क्षमताका आधारमा बैंक शीर्ष ५ स्थानमा छ । आगामी दिनमा बैंकको लाभांश क्षमतामा उल्लेख्य वृद्धि हुने उनको दाबी छ ।

    अग्राधिकार शेयर जारी गर्ने तयारी

    प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कंडेलका अनुसार अग्राधिकार शेयर जारी गर्ने तयारी गरेको छ । यही पुस २८ गते हुने साधारण सभामा बैंकले प्रतिकित्ता १ सय रुपैयाँ दरले ३ अर्ब ५० करोड रुपैयाँको ‘एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने प्रस्ताव गर्ने भएको हो ।

    अग्राधिकार शेयर जारी भएपश्चात् बैंकको पुँजी वृद्धि गर्नुपर्ने भएकोले हाल अधिकृत पुँजी १६ अर्ब रुपैयाँलाई वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्‍याइनेछ । हाल कायम जारी पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँलाई वृद्धि गरी १७ अर्ब ५८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँ पुर्‍याइनेछ ।

    सीईओ कंडेलका अनुसार बैंकले ग्राहकको अनुभव र परिचालन दक्षता अभिवृद्धि गर्न एआई जस्ता उदीयमान प्रविधिहरूको लाभ उठाउँदै डिजिटल अन्वेषणमा आफूलाई अग्रणी स्थान बनाउने लक्ष्य राखेको छ । यसले एमएसएमई, रिटेल र कार्डमा आधारित क्षेत्रहरूमा विस्तार गर्दै नयाँ बजार र ग्राहकहरूलाई लक्षित गर्दै आफ्ना प्रस्तावहरूलाई विविधीकरण गर्ने योजना पनि बनाएको छ ।

    नवीकरणीय ऊर्जा, हरित पूर्वाधार र वित्तीय समावेशिता र सामाजिक समानतालाई प्रवर्द्धन गर्ने पहलहरूमा जिम्मेवार लगानीमा ध्यान केन्द्रित गर्दै दिगोपन प्राथमिकता रहेको उनले जानकारी दिए ।

    सेवा उत्कृष्टता आधारशिला बनेको दाबी गर्दै उनले भने, ‘बैंकले बिजनेस प्रोसेस रिसाइकलिङ मार्फत दिगो तथा सरल प्रक्रियाद्वारा ग्राहकको सन्तुष्टि बढाउन खोजेको छ । बैंकले पारदर्शी र उत्तरदायी सुशासनसँग मिल्दोजुल्दो पहलहरू मार्फत ग्राहक, कर्मचारी, शेयरधनी र समुदायका लागि हामी प्रतिबद्ध छौँ ।’

     

  • सिटिजन्स बैंकका ग्राहकले इजी डेन्टलमा १५ प्रतिशतसम्म छुट पाउने

    सिटिजन्स बैंकका ग्राहकले इजी डेन्टलमा १५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महाङ्काल काठमाडौंस्थित इजी डेन्टल प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिनेबारे उक्त समझदारी भएको हो ।

    सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले इजी डेन्टलमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबार बाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुन्े विश्वास बैंकले लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

  • भूकम्प प्रभावितलाई नबिल बैंकले दिएको अस्थायी आवासको राहतः यसो भन्छन् प्रभावित

    भूकम्प प्रभावितलाई नबिल बैंकले दिएको अस्थायी आवासको राहतः यसो भन्छन् प्रभावित

    काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्‍यायो । २०८० साल कात्तिक १७ गते गएको भूकम्पले धेरैलाई घरबारविहीन बनायो ।

    भूकम्पबाट प्रभावित बनेकाहरूलाई नबिल बैंकले एक करोड रुपैयाँको बराबरको सहयोगको घोषणा गरेको थियो । सोही अनुरूप त्रिपालमा बस्न बाध्य भएका भूकम्प प्रभावितहरूका लागि नबिल बैंकले राहत प्रदान गर्न अस्थायी आवास निर्माण गरिदिएको छ ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी आवास निर्माण गरिदिएपछि भूकम्प प्रभावितहरू खुसी भएका छन् । भूकम्प प्रभावित विस्मी विक भन्छिन्, ‘यो घर बनाउने बेलामा एक्लै थिए । ७ जना मिस्त्री लगारएर बनाए । सात लाख ऋण लिएको थिए । त्यसको ब्याजसहित १० लाख तिरे । घरको ऋण तिरिपनि सके पछि घर पनि भत्कियो ।’

    पैसा नभएर घर बनाउने नसकिरहेको बेलामा नबिल बैंकले सित्तैमा अस्थायी टहरा बनाइदिएकोमा उनले खुसी व्यक्त गरिन् । ‘त्यत्रो खर्च गरेर बनाएको घर त भत्क्यो । यो त सित्तैमा दिएको टहरा हो । त्यसमै खुसी छु’, उनले भनिन् ।

    अर्का भूकम्प प्रभावित हस्त बहादुर चनराले यो टहरामा बसेपछि बाच्छौँ भन्ने लागे सुनाए ।

    नबिल बैंकले सहयोग गरेपछि टहरा बनाउन शुरु गरेको सुनाउँदै अर्की प्रभावित सीता चनरा भन्छिन्, ‘बास बनाइदिएर नबिल बैंक भगवान् जस्तै लाग्ने भयो ।’

    भूकम्प प्रभावित बलजित कामीले खुसी हुँदै भने, ‘आफ्नो बस्ने बास बनाउन आर्थिक कमजोर भएपछि नबिल बैंकले सहयोग गरिसकेपछि हामी खुसी हुने भइहाल्यौँ ।’

    टहरा पाएपछि निरुता लामिछानेले सबैभन्दा बढी खुसी पढ्न पाएकोमा लगेको सुनाइन्  ।

    अर्की प्रभावित लीलाकुमारी कामीले भनिन्, ‘बाँस पायौँ, जस्ता पायौँ, हुक पायौँ, सिमेन्ट पायौँ । सहयोग पाएपछि खुसी भइहालिन्छ नी । टहरा नै भएपनि मलाइ उनै राजा ।’

    जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई नबिल बैंकले दिएको अस्थायी आवासको राहत दिएको छ । बैंकले भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास निर्माण गरेर भूकम्प प्रभावितलाई हस्तान्तरण गरेको छ ।

    बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिकाको वडा १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्ला काँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो ।

    उक्त अस्थायी आवास नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई आवास हस्तान्तरण गरिसकेका छन् ।

     

  • अग्रवालको नेतृत्वमा निकासी पैठारी संघमा नयाँ कार्यसमिति

    अग्रवालको नेतृत्वमा निकासी पैठारी संघमा नयाँ कार्यसमिति

    काठमाडौं ।  नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल चयन भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न संघको ४४औँ वार्षिक साधारण सभाबाट आगामी कार्यकालका लागि अग्रवालको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन भएको हो ।

    नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा अनिलकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा गौरव शारदा र महासचिवमा जयन्तकुमार अग्रवाल चुनिएका छन् । त्यसैगरी प्रथम सचिवमा स्वाती रुंगटा अग्रवाल, द्वितीय सचिवमा विष्णुकुमार जोशी र कोषाध्यक्षमा ऋषिराज मोर चुनिएको संघले जानकारी दिएको छ ।

    कार्यसमितिमा आकाश गोल्छा, कुमारबहादुर कार्की, गोविन्दलाल संघई, दिपेश खेतान अग्रवाल, निर्मल पौडेल, प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, वसन्त अग्रवाल, मदन मित्तल, मयंक केडिया, रामचन्द्र खेतान, विमल सिद्धार्थ वैद, सुमितकुमार वंशल र संजय अग्रवाल सर्वसम्मतिबाट चुनिएका छन् ।

    नवनिर्वाचित कार्यसमितिको परामर्शमा अध्यक्ष शिवकुमार अग्रवालले अभिनव चुरिवाल, पंकल जालान, रुपाली सिकारिया र डिल्लीरत्न तुलाधरलाई कार्यसमितिमा मनोनीत गरेका छन् । संघको विधानमा कार्यसमितिमा २० जना सदस्य प्रत्यक्ष निर्वाचनाबाट र चारजना सदस्य अध्यक्षले निर्वाचित कार्यसमितिको परामर्शमा मनोनीत गर्ने प्रावधान छ । निवर्तमान अध्यक्ष र त्यसअघिका अध्यक्ष कार्यसमितिमा पदेन सदस्यका रुपमा रहने व्यवस्था संघको विधानमा छ ।

  • शेयर बजारमा २८.९१ अंकको वृद्धि, कारोबार रकम भने घट्यो 

    शेयर बजारमा २८.९१ अंकको वृद्धि, कारोबार रकम भने घट्यो 

    काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको सुधार भएको छ । आइतबार १३.५३ अंकले घटेको नेप्से आज २८.९१ अंकले बढेर २ हजार ६ सय १२ दशमलब २० विन्दुमा बन्द भएको हो ।

    नेप्सेका अनुसार आज परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । आइतबार ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार नेप्सेमा आज ४ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा १९४ कम्पनीको शेयरमूल्य बढ्दा ४२ को घट्यो भने ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

    दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सुपरमादी हाइड्रोपावर रहेका छन् । यसका साथै आज तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।

    मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । आज जानकी फाइनान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड ८४ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

     

  • ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाट बजार’ सञ्चालनमा 

    ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाट बजार’ सञ्चालनमा 

     

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको छ । आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले बैंकले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको हो ।

    उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरूले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौंको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाट बजार सञ्चालन गर्ने जनाएको छ । उक्त बजारको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले गरेका हुन् ।

    प्रमुख कार्यकारी अधिकृत रेग्मीले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजारमा पहुँच विस्तार गर्नु हाट बजारको प्रमुख उद्देश्य रहेको बताए ।

    हाट बजारले अर्ग्यानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए ।

    ‘यो हाम्रो सानो तथा सिम्बोलिक अभियान हो । यसैगरी, हाम्रा अर्ग्यानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ । हाम्रो अर्थतन्त्रको आधार यिनै लघु, साना तथा मझौला उद्यम नै हुन् । यसका साथै, आफ्ना ऋणीले उत्पादन गरेका वस्तु खपत गर्ने तथा ती उत्पादनलाई प्रवर्द्धन गर्नु बैंकको पनि दायित्व हो’, सीईओ रेग्मीले भने ।

    हाट बजारमा विषादी रहित कृषि उपज, रैथाने बाली तथा सो अनुरूपका बालीका उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवा लगायतका सामाग्रीहरू प्रदर्शन तथा बिक्रीका लागि राखिने उनले जानकारी दिए ।

     

  • नबिल बैंकद्वारा भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण 

    काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ । आइतबार एक विशेष कार्यक्रमकाबीच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई आवास हस्तान्तरण गरेका हुन् ।

    नबिल बैंकका अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताए । उनले प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यो परियोजना अघि बढाएको बताए ।

    नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी आवास निर्माण गरेको हो । बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिकाको वडा १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको वडा १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो । बैंकले अस्थायी आवास बनाउन आवश्यक जस्तापाता, बाँस, सिमेन्ट, रंगरोगन, किल्ला काँटीजस्ता निर्माण सामग्री उपलब्ध गराएको थियो ।

    कार्यक्रममा नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीले भूकम्प प्रभावितलाई सुरक्षित ओत लाग्ने ठाउँ उपलब्ध गराएकोमा नबिल बैंकलाई धन्यवाद दिएका छन् । उनीहरूले निजी क्षेत्रले राज्यको दायित्वमा साथ दिएर सामाजिक उत्तरदायित्व पूरा गरेको कार्य प्रशंसनीय रहेको बताए ।

    २०८० साल कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्‍याएको थियो । नबिल बैंकले प्रभावित क्षेत्रको जनताको सहयोगका लागि एक करोड रुपैयाँको बराबरको सहयोगको घोषणा गरेको थियो । सोही अनुरूप तत्काल राहत सामाग्री वितरण साथै पराकम्पको त्रास, चिसो मौसमको कष्ट तथा घर सम्पत्ति र परिवारका सदस्य गुमाउनु पर्दाको पीडासँगै त्रिपालमा बस्न बाध्य भएका भूकम्प प्रभावितहरूका लागि नबिल बैंकले राहत प्रदान गर्न अस्थायी आवास निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो ।

    नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा विपद् प्रभावितहरूलाई राहत उपलब्ध गराउँदै आएको छ । बैंकले भविष्यमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

     

  • सञ्चालकहरूको शेयर बिक्री सम्बन्धी व्यवस्था अव्यवहारिक : निर्जीवन बीमा व्यवसायी संघ

    सञ्चालकहरूको शेयर बिक्री सम्बन्धी व्यवस्था अव्यवहारिक : निर्जीवन बीमा व्यवसायी संघ

    काठमाडौं । निर्जीवन बीमा व्यवसायी संघले सञ्चालकहरूको शेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक भएको बताएको छ । संघले सञ्चालकहरूको स्वामित्वमा भएको शेयर कम्पनीमा राजीनामा पछि पनि एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति आपत्ति जनाएको हो ।

    नेपाल धितोपत्र बोर्डलाई ध्यानाकर्षण गराउँदै संघले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार सङ्गठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको शेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको जनाएको छ ।

    निर्जीवन बीमा व्यवसायी संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शेयर बिक्रीसम्बन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउँदछौं । कम्पनीमा कायम रहेका सबै शेयरधनी जस्तै सञ्चालकहरू पनि लगानीकर्ता नै रहेको र शेयरधनीहरुको साधारण सभाबाट निर्वाचित भई उनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा शेयर विक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँदछौं ।’

    नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष समेत रहेका संघका अध्यक्ष राजेन्द्र मल्ल, सहितको पदाधिकारी  टोलीले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सो प्रावधान सच्याउनका लागि आग्रह समेत गरेको छ । लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य शेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकहरूको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघका अध्यक्ष मल्लले बताए ।

    सञ्चालकहरूले अन्य शेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट सञ्चालकहरूलाई वञ्चित गर्ने कार्य  न्यायोचित नभएको संघले उल्लेख गरेको छ ।

    कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताए ।

    संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशत सम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौँ, ।’

    सेयर विक्री सम्बन्धी पछिल्लो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानी समेत प्रभावित हुने अध्यक्ष मल्लको भनाई छ ।

  • वित्तीय दुरुपयोग समाधान गर्नेबारे लक्ष्मी सनराइज बैंक र आइएफसीबीच साझेदारी

    वित्तीय दुरुपयोग समाधान गर्नेबारे लक्ष्मी सनराइज बैंक र आइएफसीबीच साझेदारी

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बीच समझदारी भएको छ । एम्पावर फाइनान्स एलायन्स अन्तर्गत सम्झौतामा हस्ताक्षर गरिएको हो ।

    नेपालमा यस प्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरू चाल्नेछ । अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्‍याउनेछ।

    पतिपत्नि, वृद्ध आफन्त वा घरपरिवारका अन्य सदस्यहरूमाथि नियन्त्रण जमाउँदै हुने वित्तीय स्रोतहरूको दुरुपयोग वित्तीय दुरुपयोग हो । यसमा परिवारका सदस्यहरूको बैंक खाता र कर्जा जस्ता वित्तीय साधनहरूको दुरुपयोग जस्तै, आफ्नो बैंक खाता आफ्नो नभई अरूको नियन्त्रणमा हुनु, वित्तीय संस्थाहरूबाट आफ्नो लागि नभई अरूका लागि ऋण लिन बाध्य बनाइनु जस्ता क्रियाकलापहरू पर्दछन् । यसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिट रेटिङ तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको संकट निम्त्याउने जस्ता गम्भीर प्रभाव पार्न पनि सक्छ ।

    एम्पावर फाइनान्स एलायन्स मार्फत आइएफसीले लक्ष्मी सनराइज बैंकलाई सुरक्षित बैंकिङ सेवाहरू विकास गर्न आवश्यक मार्ग निर्देशन दिनेछ । यसले बैंकलाई वित्तीय दुरुपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पुर्‍याउनेछ। यो साझेदारी बैंकिङ क्षेत्रमा वित्तीय दुरुपयोग जस्तो महत्त्वपूर्ण तर प्रायः बेवास्ता गरिने समस्यालाई समाधान गर्ने तर्फ एक महत्त्वपूर्ण कदम रहेको लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बताए ।

  • बैंकिङ क्षेत्रमा घट्दो आकर्षण : खस्किँदै लाभांश, बाहिरिँदै लगानीकर्ता

    बैंकिङ क्षेत्रमा घट्दो आकर्षण : खस्किँदै लाभांश, बाहिरिँदै लगानीकर्ता

    काठमाडौं । वाणिज्य बैंकहरुले वितरण गर्ने लाभांश निरन्तर घट्दै गएको छ । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुको लाभांश दर निरन्तर खुम्चिँदै गएको देखिन्छ ।

    नेपालमा सञ्चालित २० वाणिज्य बैंकमध्ये हालसम्म १४ वटाले लाभांश घोषणा गरिसकेका छन् । गत आर्थिक वर्षको मुनाफाबाट ११ वटा बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने तीन वटाले नदिने भएका छन् ।

    लाभांश घोषणा गरेका बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक अन्य सबै बैंकको लाभांश दर घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा ११.८४ प्रतिशत लाभांश दिएको यस बैंकले आव २०८०/८१ मा त्यसको दोब्बरभन्दा बढी लाभांश दिने घोषणा गरेको छ । यस आवमा बैंकले २५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको यो लाभांश साधारणसभाबाट समेत पारित भइसकेको छ ।

    नबिल बैंकको पछिल्लो पाँच वर्षको लाभांश दर हेर्ने हो भने एक तिहाइले  घटेको छ । आर्थिक वर्ष २०७६/७७ मा यस बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो । आव २०७७/७८ मा ३८ प्रतिशत लाभांश दिएको नबिलको त्यसयता भने निरन्तर लाभांश दर घटिरहेको छ । आव २०७८/७९ मा ३० प्रतिशत लाभांश दिएको उसले २०७९/८० मा ११ प्रतिशत र २०८०/८१ मा १० प्रतिशतमात्रै लाभांश दिने भएको छ ।

    आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा सिद्धार्थ बैंकले १५-१५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयताका तीन आव २०७८/७९, २०७९/८० र २०८०/८१ मा क्रमशः १३.१६, ४.२१ र ४ प्रतिशत लाभांश दिएको छ ।

    पछिल्लो पाँच आर्थिक वर्षमा नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, सिटिजन्स, कृषि विकास बैंक र सानिमा बैंकको पनि लाभांश दर निरन्तर घट्दो छ ।

    निष्क्रिय कर्जा बढ्दा बैंकहरुको नाफामा असर पुगेका कारण लाभांश दर घट्न गएको एक बैंकरले बताए । उनले भने, ‘सोचेअनुसार ऋण उठेको छैन । ऋण नउठ्दा बैंकहरुको नाफा प्रभावित हुन पुग्यो । नाफा नै घटेपछि लाभांश कहाँबाट बढ्नु ?’

    बैंकहरुको लाभांश दर खस्किनुमा तीन वटा कारण रहेको पूर्वबैंकर भुवन दाहाल बताउँछन् । उनी भन्छन्, ‘अहिले आर्थिक गतिविधि सुस्ताएको छ । बैंकहरुको निष्क्रिय कर्जा बढेको छ । अन्तरब्याजदर पनि घटाइएको छ । यी कारणहरूले बैंकहरुको लाभांश दर खस्किएको छ ।’

    भुवन दाहाल ।

    उनका अनुसार ब्याजदरको अन्तरको सीमा पहिले ५ प्रतिशत थियो । अहिले ४ प्रतिशतमा झारिएको छ । यसले गर्दा पनि लाभांशमा असर परेको दाहालको भनाइ छ ।

    बाहिरिँदै लगानीकर्ता  

    पछिल्लो समय दैनिकजसो समाचारमा देखिने हेडलाइन हो, ‘…..बैंकको संस्थापक शेयर बिक्रीमा’ । यस्तो शीर्षकको समाचार पछिल्लो समय दैनिकजसो आउने गर्छ ।

    संस्थापक शेयर बिक्री गर्न बैंकहरुले पत्रपत्रिकामा दैनिकजसो  सूचनाहरू निकालिरहेका छन् । पछिल्लो समय धेरैजसो वाणिज्य बैंकहरुको संस्थापक शेयर बिक्रीमा राखेको देखिन्छ ।

    केही महिनाअघि प्रभु बैंकका ९ जना संस्थापकले एकै पटक आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीमा राखे । नवलकिशोर राजभण्डारी, वीरेन्द्र रावल, प्रवीण अग्रवाल, कुमार पौडेल, अञ्जन श्रेष्ठ, दिनेश अर्याल, गंगाराम महर्जन, तान्या अधिकारी र सन्ध्या थापा क्षेत्रीले शेयर बिक्रीमा राखेका थिए । उनीहरूले आफ्नो स्वामित्वमा रहेको बैंकको ३ लाख ६९ हजार ८५ कित्ता शेयर बिक्रीमा राखेका थिए ।

    केही साताअघि प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनको परिवारले पनि शेयर बिक्रीमा राखेको थियो । उनीहरूले एकै पटक शेयर बिक्री गरेर बाहिरिने तर्खर गरेका हुन् । भट्टचनको परिवारसहित १३ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३४ लाख २५ हजार ६१८ कित्ता शेयर बिक्रीमा राखिएको थियो । मंसिर २६ गते बिक्रीमा राखिएको शेयरमा ३५ दिनभित्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

    कुमारी बैंकको संस्थापक शेयरधनी राधेश्याम सुवालले समेत आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएका थिए । सिद्धार्थ बैंकको लेखा राज्यलक्ष्मी खाणको नाममा रहेको संस्थापक शेयर पनि बिक्रीमा राखिएको थियो ।

    हिमालयन बैंकका ५ जना संस्थापक शेयरधनीले समेत आफ्नो स्वामित्वको शेयर बिक्रीमा ल्याएका थिए । उनीहरूले ४ लाख ८ हजार कित्ता शेयर बिक्रीमा राखेका हुन् । उनीहरूले यो शेयर सर्वसाधारणले समेत खरिद गर्न मिल्नेगरी बिक्रीमा ल्याएका हुन् ।

    प्रभु, कुमारी, सिद्धार्थ, हिमालयन बैंकले मात्रै होइन अन्य वाणिज्य बैंकहरुले पनि धमाधम संस्थापक शेयर बिक्रीमा ल्याइरहेका छन् । सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक र माछापुच्छ्रे बैंकका संस्थापक शेयरधनीले समेत आफ्नो स्वामित्वको शेयर धमाधम बिक्री गर्दै बाहिरिइरहेका छन् ।

    घट्दो आकर्षण 

    विभिन्न कम्पनीको शेयरलाई दुई समूहमा विभाजन गरिएको हुन्छ । पुँजी बजारमा प्रमोटर (संस्थापक) र पब्लिक (सर्वसाधारण) गरी दुई प्रकारका शेयर हुन्छन् ।

    कुनै कम्पनीको शेयर आज खरिद गरेर भोलि नै बिक्री गर्न पाउने शेयर सर्वसाधारणको हो भने सोसरह खरिद बिक्री गर्न नपाइने शेयर संस्थापक हो । संस्थापक शेयर खरिद बिक्री गर्न विभिन्न प्रक्रिया पुर्‍याउनुपर्ने हुन्छ ।

    संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया नै झन्झटिलो रहेको कुमारी बैंकका संस्थापक शेयर लगानीकर्ता किरण साख गुनासो गर्छन् । उनले कुमारी बैंकको आफ्नो स्वामित्वमा रहेको करिब ९० हजार कित्ता शेयर बिक्रीमा राखेको ८ महिनाभन्दा बढी भइसक्यो, तर आजसम्म बिक्री गर्न नपाएको उनले गुनासो गरे ।

    ‘संस्थापक शेयर बिक्री गन यति गाह्रो छ नि । आफूले चाहेको बेलामा बिक्री गरेर बाहिरिन्छु भन्दा समेत पाइँदैन । बिक्री नभएर जबरजस्ती शेयर बोकेर बस्नु पर्ने स्थिति छ । कुमारी बैंकको शेयर बिक्री गर्न खोजेका ८/९ महिना भइसक्यो र पनि बिक्री गर्न सकेको छैन’, उनले भने ।

    किरण साख ।

    उनका अनुसार विभिन्न सीमा र शर्तका कारण प्रमोटर शेयर बिक्री गर्न झन्झटिलो छ । प्रक्रिया पुर्‍याउनै गाह्रो छ । बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताहरूले लामो समयसम्म पब्लिकसरह कारोबार गर्न पाइँदैन ।

    ‘यसै पनि बजारमा प्रमोटर शेयर बिक्री हुँदैन । कसैकसैले खरिद गर्न चाह्यो भने पनि प्रक्रिया पुर्‍याउनै समस्या छ । मैले १०० को शेयर ९२ रुपैयाँमा बिक्रीमा राख्दा समेत बिक्री गर्न सकेको छैन’, साखले गुनासो गरे ।

    प्रमोटर शेयर खरिद बिक्रीको प्रक्रिया सहज छैन, बैंकको प्रतिफल घटेको घट्यै छ, यस्तो अवस्थामा लगानीकर्ताको आकर्षण नबढ्नु स्वाभाविक रहेको उनको भनाइ छ ।

    कुनै समय आकर्षक मानिने वाणिज्य बैंकको शेयरमा पछिल्लो समय लगानीकर्ताहरूको रुचि घटिरहेको छ । बैंकका संस्थापकहरू नै धमाधम शेयर बिक्री गरेर बाहिरिइरहँदा सर्वसाधारण लगानीकर्ताहरूमा पनि वाणिज्य बैंकको शेयरमा आकर्षण घटेको हो ।

    करिब एक दर्जन वाणिज्य बैंकको साधारण शेयर २०० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । संस्थापक शेयर पनि अंकित मूल्यकै  हाराहारीमा कारोबार भइरहेको छ ।

    संस्थापक र सर्वसाधारणको शेयर मूल्यबीचमै पनि ठूलो खाडल छ । कतिपय वाणिज्य बैंकको संस्थापक शेयरको मूल्य साधारण शेयर (आईपीओ) कै मूल्य बराबरमा छ । कुमारी र ग्लोबल आइएमई बैंकको संस्थापक शेयर मूल्य १०० रुपैयाँमा कारोबार भइरहेको छ । जबकि यी बैंकहरुको साधारण शेयर मूल्य प्रतिकित्ता क्रमशः २११ र २२२ रुपैयाँ रहेको छ ।

    नेपाल एसबीआई बैंकको मात्रै संस्थापक समूहको शेयर मूल्य धेरै छ । बाँकी अन्य बैंकको सर्वसाधारण समूहको शेयर मूल्य बढी छ । एभरेस्ट बैंकको संस्थापक र सर्वसाधारण समूहको शेयर मूल्यमा ठूलो अन्तर छ । यस बैंकको सर्वसाधारण शेयर मूल्य प्रतिकित्ता ५९० रुपैयाँ रहेको छ भने संस्थापक प्रतिकित्ता १४५ रुपैयाँमात्रै रहेको छ ।

    संस्थापक शेयर मूल्य एकदमै कम रहेको र प्रतिफल घटिरहेकाले पनि बैंकहरुका संस्थापक लगानीकर्ता बाहिरिन खोजिरहेको साखको भनाइ छ ।

    त्यस्तै बैंकहरुको घट्दो नाफा र खस्किँदो लाभांशदरका कारण वाणिज्य बैंकहरुको शेयरमा आकर्षण घटेको लगानीकर्ता छोटेलाल रौनियारको तर्क छ । उनी भन्छन्, ‘बैंकहरुको नाफा घटिरहेको छ । लाभांशदर पनि खस्किरहेको छ । प्रतिफल घटिरहेकाले वाणिज्य बैंकहरुको शेयरमा लगानीकर्ताहरूको आकर्षण घटेको हो ।’

    छोटेलाल रौनियार ।

    लामो समयसम्म होल्ड गर्दासमेत वाणिज्य बैंकबाट फाइदा लिन नसक्ने अवस्था बनेको उनको भनाइ छ । प्रतिफल कम भएकै कारण संस्थापक शेयर लगानीकर्ताहरू पनि धमाधम बिक्रीमा शेयर राखेर भाग्न खोजिरहेको रौनियारको तर्क छ ।

    ‘बैंकहरुको खराब कर्जा बढिरहेको छ । लामो समय पर्खिंदा पनि प्रतिफल राम्रो पाइँदैन । अन्य कम्पनीहरूमा छोटो समयमै राम्रो प्रतिफल पाउँदा लगानीकर्ताहरूको रोजाइमा वाणिज्य बैंकको शेयर नपरेको हो’, उनले भने ।

  • इन्फमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न

    इन्फमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न

    काठमाडौं । इन्फमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह २०२४ सम्पन्न भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोह आयोजना गरेको कलेजले जनाएको छ ।

    कलेजले आज बिहीबारका दिन दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरूको उल्लासमय उपस्थिति रहेको थियो । समारोहमा बिए (अनर्स) बिजनेस प्रशासनका विषयमा स्नातक तह गर्ने१३ जना र बिएससि (अर्नस) कम्प्युटिङ तह  पुरा गर्ने११७ जना विद्यार्थी गरी जम्मा १३० जना विद्यार्थी दीक्षित भएका थिए । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ ।

    वार्षिक दीक्षान्त समारोहले उत्कृष्ट विद्यार्थीहरूलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप  पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ । यी  विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि र उज्ज्वल भविष्यको सम्भावनालाई मद्दत पुर्‍याउँदै  इनोभेट नेपाल ग्रुपका कलेजहरूमा आफ्नो स्नातकोत्तर शिक्षा जारी राख्नेछन् ।

    यस वर्षको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति आयुष काजी श्रेष्ठलाई प्रदान  गरिएको छ । उनले इस्लिङ्टन कलेजमा एमएससी आइटी र एप्लाइड सेक्युरिटी अध्ययनलाई निरन्तरता दिने छन् । यो अवार्डसँगै इनोभेट नेपाल ग्रुप अन्तर्गतकै कुनै  संस्थामा काम गर्ने अवसर पनि प्राप्त गर्नेछन् । समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष  सुलभ बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

  • पुस ६ गतेदेखि पठाओ सुपरफेस्ट हुँदै, आइफोन १६ देखि एक रुपैयाँमै चिकेन बिर्यानीसम्मको अफर   

    पुस ६ गतेदेखि पठाओ सुपरफेस्ट हुँदै, आइफोन १६ देखि एक रुपैयाँमै चिकेन बिर्यानीसम्मको अफर   

    काठमाडौं । नेपालको अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले यही पुस ६ गतेदेखि २६ गतेसम्म पठाओ सुपरफेस्ट आयोजना गर्ने भएको छ ।

    ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नारासहित आयोजित सुपरफेस्टमा गत वर्ष मिस्टर हुलहुल मात्रै आएकामा यस वर्षको सुपरफेस्टमा एलियन जोडी नै आएको थिममा पठाओले प्रचार गरेको छ । एलियनहरू पठाओको सुपरफेस्टको छुट र अफर देखेर ब्रह्माण्डबाटै आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको हो ।

    कम्पनीका अनुसार सुपरफेस्टमा पठाओ फुडमा मात्रै नभई राइडमा समेत सेवाग्राहीले ८० प्रतिशतसम्म छुट पाउनुका साथै विभिन्न आकर्षक अफर पनि प्राप्त गर्नेछन् । साथै यस वर्षको पठाओ सुपरफेस्टमा सेवाग्राहीले प्रत्येक राइड वा फूड अर्डरका आधारमा सो बराबरको प्वाइन्ट्स प्राप्त गर्न सक्ने तथा पठाओ एप भित्रै पोइन्ट्सको डिल सेक्सनमा गएर रिडिम गरी राइडको प्रोमो कोडहरू पाउन सकिने पठाओ नेपालका निर्देशक सुरक्षा हमालले जानकारी दिइन्।

    सुपरफेस्टमा  केचप किन्दा पिज्जा फ्रि, बर्गर किन्दा अर्को बर्गर फ्री, चिकेन बिरयानीमा चिकेन सेकुवा फ्रि, रु एकमा दुई क्रन्ची चिकेन बर्गररबीबीक्यू चिकेन विङ्ग्सरचिकन राइस बउलरमिट लभर्स पिज्जारचिकन बिर्यानी लगायतका अफरहरू उपलब्ध गराइएको छ । कम्पनीले सुपरफेस्ट सुरु हुनुअघि काठमाडौं उपत्यकाको विभिन्न स्थानमा पठाओ एलियनको भेषमा मिस्टर हुलहुल र मिसेस हुलहुल घुम्न पठाएको थियो । कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ । जुन गत वर्ष नेपालमै पहिलो पटक पठाओले प्रयोग गरेको हो ।

    मिस्टर हुलहुल र मिसेस हुलहुलको जोडीलाई सबैमाझ परिचित गराउनका लागि कम्पनीले टिकटकमा भिडियो प्रतिस्पर्धा समेत गरिरहेको जनाएको छ । सुपरफेस्ट अवधिमा उनीहरूसँग भिडियो बनाएर टिकटकमा राखिने भिडियोमध्येबाट सबैभन्दा बढी लाइक, सेयर र भ्यूजका आधारमा एक जनालाई रु १० हजार नगद उपहार प्रदान गरिनेछ ।

    यी अफरहरू हरेक दिन बिहान १० बजेदेखि राति ९ बजेसम्म उपलब्ध हुनेछन् । साथै फ्लास सेल्स तथा रेष्टुरेन्ट अर्डरमा ८० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । सुपरफेस्टमा एक किलोमिटरको दूरीसम्म निःशुल्क डेलिभरी प्रदान गरिनेछ । कस्टमरले प्रत्येक फूड अर्डरमा स्योरसट प्राइजको स्क्रयाच कार्ड पाउनेछन् ।

    सेवाग्राहीले स्क्रयाच कार्डमा अल्टिमा लाइफस्टाइलको प्रडक्टमा रु ३५० को छुट, डोल्पो गियर्सको ठमेल आउटलेटबाट सामान किन्दा २० प्रतिशत छुट, ट्राङ्क्युलिटी स्पाको ठमेलस्थित शाखामा सेवा लिँदा ४० प्रतिशत छुट, धुलिखेलको जिपलाइनमा भिडियो बाहेक ४० प्रतिशत छुट, इना सेन्टरमा सामान किन्दा ११ सय रुपैयाँको छुट, मिशिसा कस्मेटिक्समा १५ प्रतिशत छुट पाउन सक्नेछन् ।

    साथै यति एयरलाइन्सको फ्लाइट बुकिङमा रु ५ सय छुट, माक्कुसेको सामान किन्दा १० देखि १५ प्रतिशतसम्म छुट, वन्डरल्याण्डमा रु पाँच सय बराबरको दुई खेलमा प्रवेशको सुविधा, कोदाली भेन्चर्सका प्रडक्ट खरिदमा छुट र स्पर्सका प्रडक्टमा रु २०० छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

    सुपरफेस्ट अवधिमा हरेक साता भाग्यशाली विजेताहरूले मिशिसा कस्मेटिक्स, अल्टिमा लाइफ स्टाइल, इना सेन्टर र माक्कुसेका तर्फबाट गिफ्ट ह्याम्पर पाउनेछन् । साथै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले आइफोन १६ पाउनेछन् ।

    अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसरमा पठाओले ‘पठाओ सुपरफेस्ट २०२४’ आयोजना गरेको हो । गत वर्षहरूमा आयोजना गरिएका पठाओ सुपरफेस्ट भव्यरुपमा सफल भएपछि कम्पनीले यस वर्ष पनि सुपरफेस्ट आयोजना गर्न लागेको हो । गत वर्ष पठाओ हिरोहरूले औसत दैनिक ९०० रुपैयाँ कमाउँदै आएकोमा सुपरफेस्ट अवधिमा दैनिक १ हजार ४ सय रुपैयाँ कमाएको निर्देशक हमालले जानकारी दिइन् ।

  • लक्ष्मी ग्रुपले मनायो ५१ औँ वार्षिकोत्सव 

    लक्ष्मी ग्रुपले मनायो ५१ औँ वार्षिकोत्सव 

    काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ५१ औँ वार्षिकोत्सव मनाएको छ । ग्रुपले आफू मातहतका विभिन्न संस्थामार्फत विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम गर्दै शुक्रवार आफ्नो ५१ औँ वार्षिकोत्सव सम्पन्न गरेको हो ।

    ग्रुपअन्तर्गतको कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको सेरेब्रल पल्सी सेन्टरमा ६० जना बढी बालबालिकालाई स्टेसनरी र अन्य सामग्री उपलब्ध गराएको कम्पनीले जनाएको छ । त्यस्तै ग्रुपले रक्तदान कार्यक्रम सञ्चालन गर्याे । जसमा एक सयभन्दा बढी कर्मचारीले सहभागिता जनाएका थिए ।

    लक्ष्मी ग्रुपअन्तर्गतको हुन्डाई काठमाडौंले नक्सालस्थित भाटभटेनी मन्दिर र वरपर सफाइ अभियान सञ्चालन पनि गरेको छ । सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारको रूपमा मिठाइ उत्पादनबाट व्यवसाय शुरू गरेको लक्ष्मी ग्रुप कन्फेक्सनरी, निर्माण सामग्री, गाडी तथा कम्पोनेन्टको बिक्री–वितरण र होम एप्लाएन्सेसलगायत अन्य गुणस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समूह बनेको छ ।

  • अन्ततः औपचारिकरुपमै फुट्यो ज्योति ग्रुप, पद्म ज्योतिले बनाए अलग्गै समूह

    अन्ततः औपचारिकरुपमै फुट्यो ज्योति ग्रुप, पद्म ज्योतिले बनाए अलग्गै समूह

    काठमाडौं । लामो समयको विवादपछि अन्ततः औपचारिकरुपमै ज्योति ग्रुप अलग भएको छ । सय वर्षभन्दा पुरानो यो ग्रुप अन्ततः दुई व्यावसायिक समूहकारुपमा  विभाजन भएको हो ।

    यो समूहमा लामो समयदेखि कलहमा थियो । कम्पनीको नेतृत्व र सम्पत्ति बाँडफाँडको विषयलाई लिएर दाजुभाइ पद्म ज्योति र रूप ज्योतिबिच विवाद भएको हो ।

    आइतबार पद्म ज्योतिले औपचारिकरुपमै अलग भएको जानकारी दिँदै अलग्गै समूह घोषणा गरेका छन् । नयाँ व्यावसायिक समूह पद्म ज्योतिले नयाँ लोगो सहित छुट्टै समूह सार्वजनिक गरेको छ । उनले आफू पद्म ज्योति समूह घोषणा गरेका हुन् ।

    यस समूहको अध्यक्षमा पद्म ज्योति रहनेछन् । उनीसँगै संस्थापक सदस्यमा मिरा ज्योति, निर्देशकमा सौरभ ज्योति, सुह्रद ज्योति, सिर्जना ज्योति र आरती ज्योति रहेका छन् ।

    पद्म ज्योति समूहमा हिमाल स्टिल, भाजुरत्न हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल लगायत छन् ।

     

     

  • नेपालकै ठूलो मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालन, सामान्यदेखि अन्तर्राष्ट्रिय सभा गर्न सकिने  

    नेपालकै ठूलो मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालन, सामान्यदेखि अन्तर्राष्ट्रिय सभा गर्न सकिने  

    काठमाडौं । ललितपुरको झम्सिखेलमा नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा आएको छ । सिजी होल्डिङ्स कम्पनीले अन्तर्राष्ट्रिय स्तरको खाना र सेवासहितको मल्टिभेन्यु सञ्चालनमा ल्याएको हो ।

    एक अर्ब ५० करोड रुपैयाँभन्दा लगानीमा निर्माण भएको ‘द प्लाजा’को व्यवस्थापन सिग्नेचर इभेन्ट्स प्रालिले गरिरहेको छ । प्रालीकी बिक्री तथा मार्केटिङ निर्देशक पुनम थापाका अनुसार ४३ हजार वर्ग फिटमा निर्माण भएको द प्लाजामा तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ ।

    ‘यहाँ जस्तोसुकै इभेन्ट गर्छु भन्दा पनि हुन्छ । विवाहदेखि ठूला ठूला कार्यक्रम गर्न सक्ने व्यवस्था मिलाएका छौँ । प्लाजामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन, विवाह तथा व्रतबन्धलगायत कर्पोरेट बैठक र सानादेखि ठूला कार्यक्रम गर्न सकिन्छ । द प्लाजामा आवश्यकता अनुसार सचिवालय र भिआइपी कक्षको पनि सुविधा छ’, उनले भनिन् ।

    थापाका अनुसार कूल १२ हजार वर्ग फिटको ठूलो हलमा थिएटर सेटअप एकै साथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ छ । ठूलो हललाई आवश्यकताअनुसार दुई र तीन वटा हलमा विभाजन गरेर पनि कार्यक्रम गर्न सकिन्छ ।

    ‘नेपालमा साधारण बैंक्वेट धेरै छन् । तर, यस्तो खालको मल्टीभेन्यु भने छैन । यो नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु हो । यस्तो भेन्यु नेपालमा कतै पनि छैन । स्ट्याण्डर्ड लेभलको भेन्युको पनि आवश्यकता छ भनेर हामीले सञ्चालनमा ल्याएका हौँ’, भेन्युको व्यवस्थापन हेरिरहेका अर्जुनराज गिरीले भने ।

    कार्यक्रमको उच्च स्तरको व्यवस्थापनका लागि द प्लाजाले आवश्यकताअनुसार आधुनिक र उच्च प्रविधिको साउण्ड तथा लाइट, सांस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअलसहितको प्रबन्ध गर्ने गिरीले जानकारी दिएका छन् ।

     

  • पुसका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुनको कति ?   

    पुसका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुनको कति ?   

    काठमाडौं । पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरिएको हो ।

    हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने ३ वटाले घटाएका छन् । बाँकी १४ वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

    ब्याजदर बढाउने बैंकहरुमा कृषि विकास बैंक, एनएमबि बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् भने घटाउनेमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

    कुनको ब्याजदर कति ?