Author: Matrika Poudel

  • कपनको धोबिखोलामा भेटियो बेवारिसे शव (तस्बिरहरु)

    कपनको धोबिखोलामा भेटियो बेवारिसे शव (तस्बिरहरु)

    काठमाडौं । कपनस्थित धोबिखोलाको ढलाने पुलमुनि एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहान साढे ८ बजेतिर स्थानीयले खोलामा शव देखिएपछि प्रहरीलाई खबर गरेका थिए ।

    धोबिखोला कोरिडोरको बाटो गोपीकृष्ण हलबाट अगाडि बढ्ने क्रममा निलो पुल पुग्नुअघि नवनिर्मित ढलाने पुलमुनि खोलामा बेवारिसे शव भेटिएको कपन प्रहरी वृत्तकी प्रहरी निरीक्षक कृष्णा बस्यालले नेपाल प्रेसलाई जानकारी दिइन् ।

    शवको सनाखत भइ नसकेको र अहिले हराएका व्यक्तिका परिवारका सदस्यहरु सम्पर्कमा आइरहेको बस्यालले बताइन् । घटनास्थलमा अपराध महाशाखाको टोली पुगेको छ ।

    तस्बिरहरु : उमेश कार्की

  • अब आमाहरुले बलात्कार नगर्ने पुरुष जन्माउन सक्दैनन् ?

    अब आमाहरुले बलात्कार नगर्ने पुरुष जन्माउन सक्दैनन् ?

    मौनव्रतको समय भएर केही दिन सामाजिक सञ्जालका सूचनाहरुबाट बाहिर थिएँ । यसै समयमा आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा भएको क्रूर यौन हिंसासम्बन्धी भिडियो भाइरल भएको रहेछ । म भने सूचनाबाट बाहिर नै थिएँ । यस्तो घटनामा तपाईं किन नबोल्नु भएको भनेर धेरैले म्यासेज गर्नुभएको रहेछ, मैले पछि थाहा पाएँ । मसँग जिज्ञासा राख्ने शतप्रतिशत पुरुष हुनुहुन्छ । एकजनाले त स्त्रीहरु किन बलत्कारी नभएका होलान् भनेर प्रश्न गर्नु भएको रहेछ ।

    सुस्मितामाथि भएको हृदयविदारक अमानवीय र पाशविक घटनाको वर्णन सुन्दा स्तब्ध बनायो । उनलाई सुन्दा हुने मानसिक आघात नै यति डरलाग्दो छ भने भोग्नेलाई कस्तो भयो होला ? यस प्रकरणमा मुद्दा अदालतमा जाने प्रक्रिया सुरु भएकाले अपराधीलाई हदैसम्मको कानूनी कारबाहीको माग गर्नुबाहेक नागरिकको तहबाट हामी केही गर्न सक्दैनौं ।

    यस्ता पाशविक घटना किन बारम्बार भइरहन्छन् ? किन मानिसभित्र पशुवत चरित्र हुर्कँदै गएको छ ? यस्तो क्रूर हिंसा भोग्दा पनि किन पीडितले त्यसबेलै यसलाई सार्वजनिक गर्न सक्दैनन् ? यस्ता प्रश्नहरुमा सामाजिक बहस चलाइनु पर्दछ । पीडित सुस्मिताले आठ वर्षसम्म एकपछि अर्काे पुरुषबाट भएको बलात्कार र दुव्र्यवहार लुकाएर, बारम्बार आत्महत्याको प्रयास गर्दै, चरम अवसादको शिकार भएर पीडा आफूभित्रै दबाएर किन बस्नु पर्यो ? बलात्कारी पाण्डे समाजको प्रतिष्ठित तहमा शानसँग कसरी बस्न सके ? यस्तो क्रूर अपराधमा अपराधीलाई आठ वर्षसम्म सुरक्षा कसरी प्राप्त भयो ? यी प्रश्नहरुको निरुपण भएन भने एउटा अपराधीले सजाय पाउँदैमा समाजबाट यस्ता क्रूर अपराधहरु कम हुने छैनन् । तसर्थ यस आलेखमा किन पुरुषमा पशुवत चरित्र हुर्कियो र स्त्रीहरुमा त्यो किन छैन भन्नेबारे चर्चा गरौं ।

    भारतको विहार प्रान्तमा भर्खरैको एउटा घटना छ । जहाँ आफ्नी १६ वर्षकी छोरीलाई बाबुले सात वर्षदेखि करणी गर्दै आएको कुरा छ । बाबूले गरेको अत्याचारबारे प्रहरीमा उजुरी दिन पुगेकी छोरीले भनेकी छन्– मैले पढ्ने स्कूलमै शिक्षक रहेका बाउको यो हर्कत बाहिर भनौं भने इज्जत जाने र दुनियाँले मलाई नै दोषी देखाउने डरले म नबोली बसें । तर सहनुको सीमा पार भएपछि मैले मात्रै लुकाएर नहुने रहेछ, यो अत्याचारलाई अब म सार्वजनिक गर्छु भन्ने हिम्मत आयो ।

    अति भएपछि उनले आँट गरेर भिडियो बनाइन् र प्रहरीमा गइन् । घटनाबारे उनकी आमाले भनेकी छन्– म पनि सानैमा बलत्कृत भएकी थिएँ । मैलेजस्तै छोरीले जीवनभर आफैंलाई दोषी बनाएर मरिमरि जिउँन नपरोस् भनेर घटना बाहिर ल्याउन सहयोग गरेकी हुँ ।

    सुस्मितामाथि भएको हृदयविदारक अमानवीय र पाशविक घटनाको वर्णन सुन्दा स्तब्ध बनायो । उनलाई सुन्दा हुने मानसिक आघात नै यति डरलाग्दो छ भने भोग्नेलाई कस्तो भयो होला ? यस प्रकरणमा मुद्दा अदालतमा जाने प्रक्रिया सुरु भएकाले अपराधीलाई हदैसम्मको कानूनी कारबाहीको माग गर्नुबाहेक नागरिकको तहबाट हामी केही गर्न सक्दैनौं ।

    अर्थात्, असुरक्षाका कारण कयौं यस्ता घटना जुनसुकै समाजमा भित्रभित्रै गुम्सिएका छन् । तिनलाई बाहिर ल्याउन ठूलै हिम्मत गर्नु पर्छ । बलात्कारको पीडा सहनभन्दा बढी हुन्छ घटना सार्वजनिक गर्दाको पीडा । हेर्दाहेर्दै देवताजस्तो देखाइएको मान्छेको लुकेको राक्षसी अनुहार बाहिर ल्याउँदा उसले पुर्याउनसक्ने क्षति र प्रहार कति हुन्छ, हामी सुस्मिताको भिडियो हेरेरै महसुस गर्न सक्छौं ।

    आज सुस्मिता एउटी देखिइन् । तर यस्ता घटना घरभित्रै र बाहिर कति लुकेका छन् । कोट्याएर हेर्ने हो भने बलात्कृत सुस्मिताहरु यो समाजभित्र कति छन्, जो समाजले उल्टो आरोप लगाउने डरले हिंसा खप्दै आफैंलाई दोषी ठहर्याउँदै हिनताबोधमा जीवन काटिरहेका छन् । समाजले बलात्कारका घटनालाई यसरी अनुमोदन गरिदिएको छ कि स्त्रीहरु बलात्कृत हुनु र पुरुषले बलत्कार गर्नु स्वाभाविक हो ।

    किन पुरुष मात्रै बालात्कारी हुन्छ ?

    आखिर पुरुष र स्त्रीमा लैंगिक अंगको भिन्नता लिङ्ग र योनिको मात्र हो त ? जसले बलात्कार गर्न पुरुषलाई सजिलो बनाएको होस् । किन पुरुष मात्र बलत्कारी भयो र स्त्री बलत्कारी भएनन् ? यसको चुरो बुझ्न उच्च सम्मानका साथ चलिरहेको मातृसतात्मक समाजमा लिएर जान्छु । जहाँ म केही समय अघि मात्र (चैत १०–२६) पुगेकी थिएँ ।

    भारतको मेघालय राज्य जहाँ खासी जातिको बसोवास छ । खासी समाज मातृसतात्मक समाज हो । जुन समाजमा छोराहरु विवाह गरेर बुहारीका घरमा जान्छन् भने छोरीहरुले विवाह गरेर ज्वाईं ल्याउँछन् । ज्वाईं ल्याउने मात्र होइन, आमाको अंश पनि छोरीहरुमा बाँडिन्छ र वंश पनि आमाको थरबाट चल्छ । जसरी हाम्रो समाजका स्त्रीविना सम्पत्ति, बाउको थर पनि छोडेर पुरुषको घरमा पुग्छन् र उसैको सम्पत्तिमा अनि थर पनि उसैको राखेर बस्छन्, त्यसैगरी यहाँका छोराहरु जन्मघरबाट विवाह गरेर श्रीमतीको घरमा जान्छन् । यहाँका स्त्रीहरु पुरुषको खटनमा रहेजस्तै त्यहाँ घरमूली स्त्रीको खटनमा रहन्छन् ।

    सन्तानलाई जन्म दिने आमाले नेतृत्व पाउँदा प्राकृतिक व्यवस्था अनुकुलको सामाजिक व्यवस्था भएर हुनसक्छ, त्यहाँ बलत्कारका घटना एकदमै न्यून छन् । २९ लाख जनसंख्या भएको मेघालयमा १३ लाख खासी जातिको जनसंख्या छ ।

    जहाँ जबरजस्ती करणी हुने घटनाको संख्या न्यून छ । त्यहाँ यहाँजस्तो पुरुषले बलत्कार गर्नसक्ने हिम्मत राख्दैन । अनि स्त्रीहरु पनि उच्च मनोबलका साथ आफ्ना कुरा राख्नसक्ने छन् । अर्को कुरा, त्यस्ता हिंसाका घटनामा समाजमा तत्काल उजुरी हुन्छ र समाजले नै उसलाई कारबाही गर्छ । यद्यपि अहिले बलत्कारका घटनाका उजुरी बढ्न थालेको बताइएको छ ।

    यो तथ्यलाई यहाँ गएर  हेर्न सकिन्छ । मेघालयका पितृसतात्मक समाजमा रहेकाहरु भन्छन्– अलि अघिसम्म त केटी जिस्काउने या बलात्कार गर्ने पुरुषहरुलाई उनीहरु कतिबेला हत्या गरेर फ्याँक्थे पत्तो हुँदैनथ्यो । अर्थात् उनीहरु प्रशासनलाई नै थाहा नदिइ समाजका समस्या सुल्झाउँथे ।

    त्यसकारण पुरुषहरु स्त्रीलाई जबरजस्त गर्न डराउँथे । खासी समाजमा जबरजस्त करणी गर्ने त कल्पना पनि गर्न सक्दैनथे । तर आज भने त्यस्तो छैन । त्यहाँ पनि अरु समाजको प्रभाव परेको छ । त्यहाँ परिवारको प्रमुख आमा नै हुने हुनाले र पुरुषहरुमा म ठूलो हुँ भन्ने अहं, उचो नभएको र स्त्रीहरुमा पनि कमजोर हौं भन्ने भाव नहुने हुँदा बलत्कारका घटना न्यून रहेको छ ।

    यहाँनेर हामी हाम्रो समाजलाई त्यस समाजसँग दाँजेर हेर्न सक्छौं । परिवारको प्रमुख, बच्चाको अभिभावकदेखि सम्पत्तिको पनि मालिक भएका शक्तिशाली स्त्रीहरु बलत्कारी किन भएनन् ? शक्ति नभएर होला ? बलात्कार गर्ने अंग नभएर होला ? शारीरिक सम्बन्धमा निचो स्थानमा रहनपर्ने कारणले होला ? यो जरुर हो कि यौन आसनमा स्त्रीहरु रिसेप्टिभ अथवा लिने तहमा हुन्छन् । तर पुरुषमा भन्दा स्त्रीमा अधिक यौनाकांक्षा (मनुस्मृति) हुन्छ । उसले पुरुषलाई अनेक तरिकाले औषधि खुवाएर प्रयोग गर्न सक्थी । तर स्त्रीहरुले यसो गरेनन् ।

    सन्तानलाई जन्म दिने आमाले नेतृत्व पाउँदा प्राकृतिक व्यवस्था अनुकुलको सामाजिक व्यवस्था भएर हुनसक्छ, त्यहाँ बलत्कारका घटना एकदमै न्यून छन् । २९ लाख जनसंख्या भएको मेघालयमा १३ लाख खासी जातिको जनसंख्या छ ।

    किनकि स्त्रीहरु शक्तिमै रहे पनि आक्रामक हुँदैनन् । आक्रमकता स्त्रीको प्राकृतिक गुण होइन । एकदमै न्यून पुरुषहरु मात्र स्त्रैण गुण भएका प्रेमिल पनि हुन्छन् भने कतिपय स्त्रीहरु पनि पौरुष्य गुण भएका हुन्छन् । अधिकांश स्त्रीहरु आफू ठूलो ठानिन अरुलाई दबाएर, किचेर, थिचेर आफूले जितेको महसुस गर्ने खालका हुँदैनन् । उनीहरुमा शान्त, विनयशील, प्रेमिल र समभावमा रहने गुण प्रकृतिले छोडेको हुन्छ ।

    आमा बन्नुपर्ने भएका कारण स्त्रीहरुमा प्रोजेष्टोरन नामको हार्मोन अधिक पैदा हुन्छ । जुन हार्मोनको कारण उनीहरु विनयशील हुन्छन् । स्त्रीहरु त वेश्या नै हुँदा पनि जतिलाई शरीर पस्कन्छन्, समभावमा पस्कन्छन् । तर प्रेममा पनि पुरुष चाहिँ आक्रामक हुन्छ । त्यसैले पुरुष वैश्य(वेश्याको पुरुष) पनि हुन सकेनन् ।

    आखिर पुरुष किन यति आक्रामक हिंस्रक छन् र स्त्रीहरु यस्तो हिंसामा पनि शान्त किन छन् ? यो पाटो खोज्नु पर्छ । यसबारे मैले पहिले नै लेखेकी छु । खासमा स्त्रीहरु नौ महिनासम्म पेटमा बच्चा राखेर प्रसव पीडा खपेर अर्को मान्छेको जन्म दिनमा नै आफूलाई पूर्ण भएको महसुस गर्छन् । त्यसैले स्त्रीहरु विवाहमा बाँधिनुलाई आमा बनेर प्रकृतिको आस्वादन लिनुसँग गाँस्छन् ।

    त्यसैले विवाह गर्दा पुरुषहरु जति खुसी देखिन्छन्, स्त्रीहरु देखिँदैनन् । किनभने स्त्रीलाई सन्तान जन्माउनमा नै परमानन्द प्राप्त हुन्छ, त्यो अरु केहीले दिन सक्दैन । तर प्रकृतिले पुरुषहरुलाई शुक्रकिट दान मात्र गर्ने झिनो काम सुम्पेको छ । त्यो काम ऊ विवाह गरेर कानून त प्राप्त गर्छ र विवाहको क्षण ऊ खुसीमा हुन्छ । तर शुक्रकिट दानले मात्र पुरुष प्रकृतिको आस्वादन गर्न नपाएर अपुरो महसुस गरिरहेको हुन्छ र स्त्रीमा प्रकृतिले दिएको शक्तिप्रति उ इश्र्याले भरिएको हुन्छ । त्यसको ऊ तत्कालको तत्काल यौन सम्बन्ध राखेर आक्रमक भएर प्यास मेट्न चाहन्छ । त्यसैले यौन आसन पाउनु नै उसको विवाहको लक्ष्य हुन्छ ।

    पुरुष बाहुबल देखाउने ठाउँकै खोजीमा हुन्छ । ‘सक्ने छु’ भन्ने देखाउन ऊ कविता, गीत बनाउँछ । अनेक आविष्कार गर्छ अनि जीवनभर पदमा पुगेर, पैसा जम्मा गरेर आफू ‘अग्लो हुँ’ भन्ने भ्रममा पारिरहन्छ । तर त्यतिले पनि उसलाई स्त्रीको त्यो पूर्णतासम्म पुर्याउन सकेको हुँदैन । त्यसैले नवरचना गर्न नसके पनि मेटाउन त सक्छु भन्ने भाव उसले भित्रभित्रै तयार गरिरहेको हुन्छ । त्यसैको प्रकट एक रुप हो बलात्कार ।

    स्त्रीलाई निचो देखाउने पुरुषप्रधान सामाजिक मान्यता पनि त्यसैका उपज हुन् । स्त्रीहरु आफूलाई श्रेष्ठ देखाउन कहिल्यै लागेनन् । एक से एक विद्वान भनाइएका पुरुषहरु स्त्रीलाई निचो देखाउनमा नै केन्द्रित छन् ।

    रुसो (सन् १७१२–१७७८) त्यसैको एक उदाहरण हुन् । उनले भनेका छन्– स्त्रीको पूरा शिक्षा पुरुषको सम्बन्धमा हुनुपर्छ । प्लेटो, अरस्तु, मनु धेरै यस्ता विद्वान भनाइएकाहरुको नाम दिन सकिन्छ, जो स्त्रीलाई निचो देखाएर विद्वान कहलिएका छन् । मान्छे आफूलाई उचो प्रमाणित गर्न किन लाग्छ भने उ आफू निचो छु भन्ने जान्दछ । स्त्रीलाई निचो देखाउन गरेका सामाजिक प्रबन्धले नै यो देखाउँछ । अनि त्यतिले पनि चित्त नबुझेर ऊ बलात्कार गर्छ ।

    आखिर पुरुष किन यति आक्रामक हिंस्रक छन् र स्त्रीहरु यस्तो हिंसामा पनि शान्त किन छन् ? यो पाटो खोज्नु पर्छ । यसबारे मैले पहिले नै लेखेकी छु । खासमा स्त्रीहरु नौ महिनासम्म पेटमा बच्चा राखेर प्रसव पीडा खपेर अर्को मान्छेको जन्म दिनमा नै आफूलाई पूर्ण भएको महसुस गर्छन् । त्यसैले स्त्रीहरु विवाहमा बाँधिनुलाई आमा बनेर प्रकृतिको आस्वादन लिनुसँग गाँस्छन् ।

    यस्तो दमित मानसिकता बोकेको पुरुषले आफ्नो नेतृत्वको समाजमा हिटलर, विन लादेन आदिआदि जन्माइरहेको छ । हिरोसिमामा बम खसाल्न जाने अपराधी (६ र ९ अगष्ट, १९४५) पुस्ता तयार गरिरहेको छ । युरोपदेखि एसियासम्म मान्छे काट्दै आउने सिकन्दरलाई ‘जो जीता ऊ सिकन्दर’ भनेर युद्धलाई ‘ऊ ठूलो हुँ’ भनेर देखाउने साधन मानिरहेको छ । तर फेरि उसको ठूलो हुँ भन्ने अहम् स्त्रेण गुणमा आएर टकराएर झरिरहेको छ ।

    किनकि पुरुषले जुनसुकै हालतमा प्राप्त गरेको पद, प्रतिष्ठा सबै स्त्रीको योनिमाथि विजय पाउनको लागि हुन्छ । पुरुष आफू नजिक आएका हरेक एक स्त्रीलाई धम्क्याएर, लोभ देखाएर, लठ्याएर, साथी बनेर जसरी हुन्छ स्त्रीको योनिमा प्रवेश गर्ने बाटो खोजिरहेको हुन्छ । आमा, छोरी, श्रीमती त योनिसँग सम्बन्धित हुने नै भए । अरु तेस्रो कुनै स्त्री नजिक भए पनि उसलाई पनि योनिसँग जोड्न लागि पर्छ ।

    समाजमा सुरुदेखि आजसम्म ‘देखिस् तँ माथि मैले विजय प्राप्त गरेँ’ भन्ने एउटै भाव पुरुषले बोकेर हिँडेको छ । यो प्रवृत्ति पुरुषले समाज विकासको लामो अन्तरालमा तयार गरेको हो । त्यसैले अहिले समाज छैन, मात्र पुरुषबाट शासित मान्छेहरु छन् । समाज त त्यो दिन मात्र बन्छ, जुन दिन इजाजतविना पुरुष स्त्रीको शरीरमा हात लगाउन नसक्ने बन्छ ।

    पुरुष आफू वरपर आएका हरेक स्त्रीहरुको यौनमाथि आफूले जितेको देखाउन लागि परिरहन्छ र अन्त्यमा स्त्रीलाई बुझ्ने चेष्टा गर्दागर्दै बुझ्न नपाइ मर्छ । यो एक ठाउँको एक–दुई पुरुषको नभएर मानव सभ्यतामा जन्मिएको हरेक पुरुषको मनोविज्ञान हो । अनि यसरी सधैं योनिको वरपर रहेको पुरुष श्रीमतीसँगको सम्बन्धमा पनि सयमा ९९ पटक बलत्कार नै गरिरहेको हुन्छ । यो कुरामा पुरुष स्त्री दुवै जानकार छन् । तर बाहिर बोलिँदैन ।

    पुरुषले गर्ने यौन हिंसा खपेर यस समाजमा स्त्रीहरु कसरी जिइरहेका छन् भनेर एकजना इरानी चित्रकारले बनाएको चित्रले बताउँछ । चित्रकार राउफ हगिगिले स्त्रीको शरीर बनाएर शरीरबाट योनि र स्तन फुकालेर पुरुषलाई जिम्मा लगाएको देखाइएको छ । त्यो चित्रले स्त्रीले ‘मेरा यी दुई अंग लैजाऊ र मलाई शान्त बस्न देऊ’ भनेको भाव छ ।

    यसको मतलव आज स्त्रीहरु अशान्त र बेचैन हुने कारण योनि र स्तनमाथि पुरुषको लगातारको आक्रमण हो । अन्य केही कारण छैन । अत्याचार कतिसम्म भने आफैं वेश्यालय खोलेर बसेको छ अनि समाज बिग्रिएको दोष स्त्रीमा लगाउँछ । खासमा चरित्रहीन स्त्री हुन्थी भने पुरुष वेश्यालय हुन्थे । स्त्रीहरुको एउटा दोष केमा छ भने पुरुषहरुले जे–जे अत्याचार गरेपनि सहेर बसे ।

    खासमा समाजमा बाँचेको यो सामूहिकता पनि स्त्रीहरुको धैर्यका कारण थियो र छ । किनकि स्त्रीहरु नियममा नै छन् । वैदिक कालदेखि आजसम्म भौतिकताबाट छुट्ने यम, नियम, प्राणायम, प्रत्याहार, धारणा, ध्यान, समाधि (पातञ्जलयोगसूत्रम्) जति पनि तरिका बताइए ती सबै पुरुषका लागि थियो । ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास (सुश्रुत संहिता, सुत्रस्थान, शरीरास्थान) जीवनमा पालना गर्नुपर्ने शील सबै पुरुषका लािग थियो । तर उनीहरुले नै पालना नगरेका कारण आज समाजमा हत्या हिंसा, बलत्कार र युद्धमा लत्पतिएको छ ।

    हामी सबैलाई एउटा कुरा जरुर लागेको हुन पर्छ कि कृष्ण, बुद्ध, महावीरपछि यति लामो समयसम्म पनि सर्वमान्य व्यक्ति किन जन्मन सकेन् भनेर ? किनभने जुन समाजमा आमा हिंसामा छ, त्यो समाजमा उल्लासमा र परमात्मा बोध गर्ने सन्तान जन्मने कल्पना नगरे पनि हुन्छ । सदियौंदेखि पुरुषले आफ्नो तुष्टिका लागि बनाएका एकलौटी नियममा घिसारिंदा घिसारिंदै पक्षघात भएको समाजलाई स्त्रीहरुले लिएर हिंड्नु परेको छ । यस्तो समाजमा आमाहरुले कसरी जन्माउन् कृष्ण, कसरी जन्माउन् बुद्ध, कसरी जन्माउन् महावीर ? दुषित मनोभाव बोकेर हिंडेका मानिस बस्ने समाजबाट सभ्य मान्छे निस्कने अपेक्षा गर्न सकिंदैन ।

    यस्तो दुर्गन्धविरुद्ध बोलौं र बोल्नेलाई सहयोग गरौं । ढाकछोप गर्यौं भने हाम्रा ज्ञान ग्रन्थमा सीमित हुनेछन् र समाज यसैगरी हिंसाले जकडिएर फेरि पनि हिंसा नै उमार्ने मानिस जन्मनेछ । स्त्रीहरु बलात्कृत हुन तयार भएरै बस्नुपर्ने छ । आउनुस् फेरि कृष्ण जन्माउने, फेरि बुद्ध जन्माउने, फेरि महावीर जन्माउने समाज बनाउन आमाहरुलाई प्रफुल्लित बनाउँ ।

  • सिसडोलमा फोहोर फाल्न दिएनन् स्थानीयले, काठमाडौंमा भएको सहमति नमान्ने

    सिसडोलमा फोहोर फाल्न दिएनन् स्थानीयले, काठमाडौंमा भएको सहमति नमान्ने

    काठमाडौं । हिजो काठमाडौंमा भएको सहमति नमान्ने भन्दै नुवाकोट सिसडोलका स्थानीयले फोहोर फाल्न रोकेका छन् । सहमतिअनुसार आज बिहान काठमाडौंबाट डम्पिङका लागि लगिएको फोहोरका गाडीलाई स्थानीयले रोकेका हुन् ।

    हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा भएको जनप्रतिनिधिहरुबीचको वार्तामा काठमाडौं महानगर, ललितपुर, ककनी, धुलिबेसी र गोकर्णेश्वरका जनप्रतिनिधिबीच आजदेखि फोहोर उठाउने सहमति भएको थियो ।

    वार्तामा स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पूरा गर्ने काठमाडौं महानगरले प्रतिबद्धता जनाएको थियो ।

    शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धतासहितको सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्नेछ ।

  • नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा पराजुली, सदस्यमा को-को परे ?

    नेकपा एसको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा पराजुली, सदस्यमा को-को परे ?

    काठमाडौं । नेकपा एसले विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली चयन भएका छन् ।

    कमिटीको सदस्यहरुमा ३३ जनाको नाम सिफारिस गरिएको अनेरास्ववियूले जनाएको छ ।

    सिफारिस भएकाहरु

    १. सुदेश पराजुली, अध्यक्ष
    २. उत्तर खड्का
    ३. प्रकाश शाही
    ४. मनोज चन्द
    ५. हर्क बम
    ६. डा. निश्चल गुप्ता
    ७. मनिषा कार्की
    ८. लक्ष्मी क्षेत्री विसी
    ९. अनु आँकुरा
    १०. प्रदिप थापा
    ११. देवीराम जैसी
    १२. अम्मर पुन
    १३. अञ्जलिका श्रेष्ठ
    १४. प्रविण विष्ट
    १५. ओम अधिकारी
    १६. किरण पौडेल
    १७. न्यूसन लामिछाने
    १८. सन्तोष शेर्पा
    १९. आकाश खनाल
    २०. मुकेश कुँवर
    २१. प्रकाश श्रेष्ठ
    २२. आशिष थपलिया
    २३. गौरव थापा
    २४. सुदिप घिमिरे
    २५. अविचल पाण्डे
    २६. शोभा बम ठकुरी
    २७. टुपेन्द्र प्रसाई
    २८. तर्क शाही
    २९. मनोज शाही
    ३०. प्रदिप खनाल
    ३१. सरु रिजाल
    ३२. नरेश न्यौपाने
    ३३. सुमन पौडेल

    उनीहरुको सपथग्रहण भोलि हुनेछ ।

  • यसरी सम्भव भयो जेल परेका दिवेशको ‘एआईजी-यात्रा’

    यसरी सम्भव भयो जेल परेका दिवेशको ‘एआईजी-यात्रा’

    काठमाडौं । उनकै ब्याचीहरुले समेत दिवेश लोहनीलाई संगठनको नेतृत्व हाँक्नेसक्ने प्रहरी अधिकृतका रुपमा हेरेका थिए । तर तत्कालीन अपराध महाशाखाको नेतृत्व सम्हाल्दा उनले आफ्नो क्षेत्रभन्दा बाहिर गएर गरेको एउटा अप्रेसन लोहनीका लागि अभिशाप बन्यो ।

    ३३ केजी सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा लोहनी जेल नै पुगे । उनी र अन्य बहालवाला ६ जना प्रहरी अधिकारीसहित ७७ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो– सुन तस्करी, अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा ।

    जिल्ला अदालतले दिवेश लोहनीसहितका प्रहरी अधिकारीलाई पुर्पक्षका लागि कारागार चलाउने आदेश दियो । उनीहरु पाँच महिनाभन्दा बढी कारागार बसे ।

    उच्च अदालत विराटनगरले भने जिल्लाको आदेश उल्टाउँदै उनीहरुला साधारण तारेखमा छाड्ने निर्णय गरेको थियो । २०७५ भदौमा जेलबाट छुटेका उनै दिवेशलाई सोमबार सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक–एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । गत वर्ष उनले आरोपबाट सफाइ पाएका थिए ।

    जिल्ला अदालतले फैसला गर्नुअघि नै लोहनी एसएसपीबाट डीआईजीमा बढुवा भइसकेका थिए । साधारण तारेखमा छुटेको अवस्थामा लोहनीलाई अन्याय हुने भन्दै उनलाई बढुवामा छुटाइएन ।
    तर आफ्नो ब्याचको तेस्रो लटमा मात्र डीआईजी बने । डीआईजी बढुवामा पछाडि परेर पनि उनले एआईजी बन्ने मौका पाए ।

    नेपाल प्रहरीमा एआईजी र आईजिपी दुवै विशिष्ट श्रेणी पद हुन् ।

    के थियो लोहनीविरुद्ध लागेको आरोप ?

    २०७४ माघ अन्तिम साता दुबईबाट तस्करी गरी भित्रिएको ३३ केजी सुन बेपत्ता बनाएको भन्दै चुणामणि उप्रेती ‘गोरे’ समूहले भरिया सनम शाक्यको हत्या गरेको थियो, मोरङमा ।

    महाशाखाका एक प्रहरीसँग राम्रो सम्बन्ध रहेका गोरेले ती अधिकारीलाई शव व्यवस्थापनका लागि प्रस्ताव गरेपछि लोहनीको निर्देशनमा अनुसन्धान टोली मोरङ पुगेको थियो । महाशाखाले गोप्य राखेको उक्त अप्रेसनमा प्रहरीले गाडीभित्र सनमको शव भेटिएको भन्दै पत्रकार सम्मेलन नै गरेको थियो ।

    पत्रकार सम्मेलनमा गोरेको संलग्नताबारे केही जानकारी गराइएको थिएन । तर केही समयमा गोरेलाई जोगाउन खोजेको भन्दै समाचारहरु आउन थालेपछि महाशाखा दबाबमा परेको थियो । गोरेलाई जोगाउन खोजेको आरोप महाशाखामाथि लाग्यो । महाशाखाले भने गोरेलाई पक्राउ गर्ने योजनासहित त्यहाँ पुगेको तर असफल भएपछि उनको नाम बाहिर नल्याएको र उनको खोजी गरिरहेको स्पष्ट पारेको थियो।

    त्यतिबेला लोहनीले आफू उपत्यकाको क्षेत्राधिकारभन्दा बाहिर जाँदा माथिल्ला कार्यालय प्रमुखलाई जानकारी गराएको बताएपनि ती कसैले उनलाई साथ दिएनन् ।

    घटना चर्कँदै गएपछि सरकारले चैतमा सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गर्यो । समितिमा लोहनीकै ब्याचीसमेत रहेका एसएसपी वसन्त लामा पनि थिए ।

    उक्त समिति सनम हत्या र प्रहरीको भूमिकामा मात्र केन्द्रित भएन । उसले त्रिभुवन विमानस्थलबाट हुने गरेका सुन तस्करीको व्यापक अनुसन्धान हुनेसमेत बतायो । सोहीक्रममा विभिन्न समयमा विमानस्थलमा काम गरेका प्रहरी अधिकारीहरु पनि छानिबनमा तानिए । समितिले अन्तत मोरङमा अप्रेसनमा पुगेको महाशाखाको टोली र लोहनीविरुद्ध पनि मुद्दा चलाउनुपर्ने निष्कर्ष निकाल्यो ।

    काम देखाउन मोरङसम्म अप्रेसन गर्न खोजेका लोहनीले अपहरण र कर्तव्य ज्यानजस्तो गम्भीर कसुरको आरोप सामना गर्नुपर्ने अवस्था बन्यो । छानबिन समितिमा रहेका तत्कालीन एसएसपी लामाले मुद्दा चलाउन खोजेर जानीजानी लोहनीलाई फसाएको आरोप आफ्नो करियरभर व्यहोरिरहे । लामाले उमेर हदका कारण गत जेठ ८ गते अवकाश पाइसकेका छन् ।

    लोहनीले वर्तमान आईजिपी धिरजप्रताप सिंहसँगै नेपाल प्रहरीमा सेवा सुरु गरेका हुन्, २०४९ चैतमा । निवर्तमान आईजिपी शैलेश थापा तथा लोहनी र सिंहहरु एउटै मितिमा एसपीबाट एसएसपीमा बढुवा भएका थिए । थापासँगै लोहनीको इन्सपेक्टर ब्याचका ६ जना एसएसपी भएका थिए ।

    लोहनीको टोलीबाट डिआईजी बन्ने पहिलो व्यक्ति विश्वराज पोखरेल बने । वर्तमान आईजिपी सिंहसहित सहकुल थापाहरु २०७६ चैतमा मात्र डीआईजी भए । लोहनीको डीआईजी बन्नेपालो २०७७ पुसमा मात्र आएको थियो ।

    लोहनी एसएसपी रहेकै बेला नेपाल प्रहरीमा एआईजीको दरबन्दी प्राविधिकसहित चार बनाइयो । विभिन्न मितिमा एक–एक वटा थपेर जनपदतर्फ एआईजीको संख्या पाँच पुग्यो ।

    गत चैतमा सरकारले एआईजीका दरबन्दी तीनवटा थप्ने निर्णय गरेपछि त्यो संख्या आठ पुगेको थियो । ३० वर्षे सेवा अवधिका कारण निवर्तमान आईजिपी थापासँगै जागिर सुरु गरेकाहरुले एकसाथ अवकाश पाएपछि लोहनी एआईजी बन्नसक्ने अवस्था देखिएको थियो ।

    त्यसो त लोहनीसँगै प्रहरी निरीक्षकबाट जागिर सुरु गरेकाहरुमध्ये अब तीनजना डीआईजी र दुईजना एसएसपी छन् । ती तीनजना डीआईजी गत महिना मात्र एसएसपीबाट बढुवा भएका थिए ।

  • जिसस दैलेख: प्रमुखमा कांग्रेसका शाहीको बागी उम्मेदवारी, एमालेले सघाउनेबारे छलफल

    जिसस दैलेख: प्रमुखमा कांग्रेसका शाहीको बागी उम्मेदवारी, एमालेले सघाउनेबारे छलफल

    सुर्खेत । जिसस दैलेखको निर्वाचनमा प्रमुख पदका लागि गठबन्धनबाट बागी उम्मेदवारी परेको छ । सत्ताघटक तीन दलबीच चुनावी तालमेल भएको दैलेखमा नेपाली कांग्रेसका तर्फबाट जिल्ला उसभापति नमराज शाहीले बागी उम्मेदवारी दिएका हुन् । जिससमा एकलौटी जित्ने आश गरेको गठबन्धनलाई शाहीको उम्मेदवारीले गम्भीर धक्क दिएको छ ।

    यसपटक उनले जिल्ला समन्वय समितिको प्रमुख बन्नकै लागि वडा सदस्यमा उम्मेदवारी दिएका थिए । कांग्रेस एक्लै चुनाव लड्नुपर्नेमा जोड दिँदै आएका शाहीले पार्टी भित्रैबाट घात भएका कारण बागी उम्मेदवारी दिनुपरेको बताएका छन् ।

    शाहीलाई एमालेले समर्थन गर्नेगरी छलफल भइरहेको नेताहरुले बताएका छन् ।

    २०५८ सालदेखि २०६१ सालसम्म माओवादी द्वन्द्वका कारण घरबार छोडका उपसभापति शाही इमान्दार नेताको रुपमा चिनिँदै आएका छन् ।

  • विश्वकपका फाइनलिस्टबीच भिडन्त, क्रोएसियाले रोक्यो फ्रान्सलाई बराबरीमा

    विश्वकपका फाइनलिस्टबीच भिडन्त, क्रोएसियाले रोक्यो फ्रान्सलाई बराबरीमा

    पेरिस । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा गत विश्वकपका फाइनलिस्टहरु फ्रान्स र क्रोएसियाबीच बराबरी भएको छ।

    ५२ औँ मिनेटमा फ्रान्सले अग्रता लिएपनि क्रोएसियाले खेल बराबरीमा ल्याएको थियो। आन्द्रेया क्रेमारिचले ८३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

    गत विश्वकपमा क्रोएसियालाई हराएर फ्रान्सले उपाधि जितेको थियो। फ्रान्स नेसन्स लिगको साविक विजेता पनि हो।

    तर यसपटक नेसन्स लिगमा फ्रान्सले दुई खेलबाट एक अंक मात्र जोडेको छ। पहिलो खेलमा डेनमार्कसँग १–० गोलले पराजति भएको थियो। डेनमार्कसँग खेलेका १० जना खेलाडीलाई क्रोएसियाविरुद्ध स्टार्टिङ इलेभेनमा समावेश गरिएको थिएन।

  • कर्णाली सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

    कर्णाली सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

    सुर्खेत । कर्णाली प्रदेश सरकारले आज प्रदेशसभामा आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम ल्याउँदै छ । नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा वाचन गर्नेछन् ।

    प्रदेश सभामा आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको बताइएको छ । नीति तथा कार्यक्रम चुनावलक्षित हुने आँकलन पनि गरिएको छ ।

  • ब्राजिलले जापानलाई हरायो, नेयमारको एक गोल निर्णायक

    ब्राजिलले जापानलाई हरायो, नेयमारको एक गोल निर्णायक

    काठमाडौं । स्टार खेलाडी नेयमारको निर्णायक गोलप्रेरित ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली प्रतिस्पर्धी जापानलाई १–० ले पराजित गरेको छ ।

    सोमबार टोक्योस्थित जापान नेसनल स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलको जितमा नेयमारले ७७औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

    यसै वर्ष कतारमा हुने विश्वकपअघि दुई देशले मैत्रीपूर्ण खेल खेलेका हुन् । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा जापानले अर्को दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पाराग्वेमाथि ४–१ को सहज जित निकालेको थियो ।

    ब्राजिलले पनि पहिलो खेलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई ५–१ ले पराजित गरेको थियो ।

    जापानले हालसम्म ब्राजिललाई हराउन सकेको छैन । यी दुई टीमबीच भएको पछिल्लो १३ खेलमा ब्राजिलले ११ खेलमा जित निकाल्दा दुई खेल बराबरीमा सकिएको थियो ।

  • ट्रकको ठक्करबाट नेकपा एसका नेताको मृत्यु भएपछि स्थानीय आन्दोलित

    ट्रकको ठक्करबाट नेकपा एसका नेताको मृत्यु भएपछि स्थानीय आन्दोलित

    जनकपुरधाम । ट्रकको ठक्करबाट नेकपा एकीकृत समाजवादीका एक नेताको मृत्यु भएपछि सप्तरीका स्थानीयले सोमबार अबेरसम्म पूर्व–पश्चिम राजमार्ग अबरूद्ध गरेका छन् ।

    दुर्घटनामा नेकपा एसका नेता रामनारायण चौधरीको मृत्यु भएको हो । सप्तरीको खडक नगरपालिका– ५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स १०प ४६११ नम्बरको स्कुटरलाई ना ६ ख ६३९९ नम्बरको ट्रकले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

    वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एसबाट चौधरी सुरुंगा नगरपालिकाको मेयरमा चुनाव लडेका थिए ।

    घटनापछि आक्रोशित स्थानीयले खरचुहियामा टायर बालेर आन्दोलन गरेका थिए । आज बिहान अवस्था सामान्य छ ।

    प्रहरीले ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको जनाएको छ ।

  • आजदेखि काठमाडौंमा थुप्रिएको फोहोर उठाइने

    आजदेखि काठमाडौंमा थुप्रिएको फोहोर उठाइने

    काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र थुप्रिएको फोहोर आजदेखि उठाउने भएको छ ।

    सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा हिजो भएको जनप्रतिनिधिहरुबीचको वार्तामा सहमति जुटेपछि आजदेखि फोहोर उठ्ने भएको हो ।

    वार्तामा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल सहभागी थिए । यसैगरी ललितपुर, ककनी, धुलिबेसी, गोकर्णेश्वरका जनप्रतिनिधिको सहभागिता थियो ।

    आज ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको उपमेयर डंगोलले जानकारी दिइन् । स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पूरा गर्ने महानगरले प्रतिबद्धता जनाएको छ ।

    शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धतासहितको सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । उक्त सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्नेछ ।

    उपत्यकामा उत्पादन हुने फोहोरलाई साउन १ गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने पनि महानगरपालिकाको प्रतिवद्धता छ । वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने पनि सहमतिपत्रमा उल्लेख छ ।

  • पार्टीले फिर्ता बोलाएकोबारे नेकपा एसका मन्त्रीहरु बेखबर

    पार्टीले फिर्ता बोलाएकोबारे नेकपा एसका मन्त्रीहरु बेखबर

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पार्टीको तर्फबाट सरकारमा सहभागीलाई फिर्ता बोलाउन गरेको निर्णयबारे मन्त्रीहरु नै बेखबर रहेको पाइएको छ । पार्टीको सचिवसमेत रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूहरुसँग सल्लाह नै नगरी पार्टीले उक्त निर्णय गरेको बताइन् । ‘आधिकारिक जानकारी थिएन, सञ्चारमाध्यमबाट पार्टीको निर्णयबारे सुनेको हुँ’, उनले भनिन् ।

    पार्टीका केन्द्रीय सदस्यसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पनि पार्टी निर्णयबारे आफू बेखबर रहेको बताए । ‘हामीलाई त्यस्तो कुनै जानकारी थिएन, सञ्चारमाध्यमबाट थाहा पाएँ’, उनले भने ।

    नेकपा (समाजवादी)कै केन्द्रीय सदस्य रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पनि आफुलाई मन्त्रीबाट फिर्ता बोलाएको बारेमा आधिकारिक जानकारी नआएको बताए ।

    उनले नेपाल प्रेससँग भने, ‘आधिकारिक रुपमा जानकारी नआए पनि पार्टीको बैठकले फिर्ता बोलाएको र अरु साथीहरुलाई सिफारिस गरेको भन्ने सुनियो । सुरुमा नै ६ महिनाका लागि भनेर हामीहरुलाई मन्त्रीमा पठाइएको हो । २ महिना थपेर ८ महिनासम्म काम गर्ने मौका पार्टीले दियो । यसमा मेरो कुनै पनि गुनासो र चित्त दुखाई छैन । मन्त्री बनाउने र हटाउने जिम्मेवारी पार्टीलाई छ । त्यसैले मैले मन्त्रालय सम्हालेपछी गरेका काम प्रती म एकदमै खुसी छु । पार्टीको निर्णय अनुसार छाती फुलाएर बाहिरिन तयार छु ।’

    बाँकी मन्त्रीले पनि फिर्ता बोलाएको बारेमा आफूहरुलाई आधिकारिक जानकारी नभएको बताएका छन् । नेकपा एसले हिजो सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गर्ने निर्णय गरेको थियो । नयाँ मन्त्रीहरुको आजै सपथग्रहण कार्यक्रम राखिएको छ ।

  • भुसालको बचाउ गर्दै भीम रावलले भने- पार्टी उल्टो बाटो हिँड्दा झन् पराजय हुन्छ

    भुसालको बचाउ गर्दै भीम रावलले भने- पार्टी उल्टो बाटो हिँड्दा झन् पराजय हुन्छ

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पछिल्लो समय पार्टीभित्र बढ्दो विवादबारे प्रतिक्रिया दिँदै भनेका छन्– विगतको संस्थागतरुपमै समीक्षा गरौं, नत्र आगामी चुनावमा झन् ठूलो पराजय भोग्न बाध्य हुनेछौं ।

    पार्टी अनुशासन आयोगले नेता घनश्याम भुसाललाई कारबाही सिफारिस गरेपछि उत्पन्न विवादप्रति लक्षित गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    ‘देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाइ राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो । यसका लागि आगामी चुनाव जित्नु पर्छ’, उनले भनेका छन्, ‘कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ।यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ।’

    भुसालले एक टेलिभिजन अन्तरवार्तामा पार्टी अध्यक्ष ओलीको ‘म’वादका कारण स्थानीय चुनावमा पराजय व्यहोर्नुपरेको बताएका थिए । भुसालको भनाइ पार्टीको मर्मविपरीत भएको भन्दै अनुशासन आयोगले कारबाही सिफारिस गरेको थियो । रावल र भुसाल एकै समूहका हुन् ।

    त्यस्तै उनले अर्को प्रसंगमा भाग पुर्याउन पालैपालो मन्त्री बनाउनु घातक भएको टिप्पणी गरेका छन् । नेकपा एसले भाग पुर्याउन ६ महिनामै मन्त्री फेर्न लागेकोबारे उनले भनेका छन्– अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निर्वस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो। देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ।

  • १२ जिल्लामा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    १२ जिल्लामा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूवर्नानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीनालाहरूमा बहाव बढ्ने सम्भावना छ ।

    देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहान सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • आजको संसदमा बजेटबारे मन्त्रालयगत छलफल, २६ र २७ गते मन्त्रीले जवाफ दिने

    आजको संसदमा बजेटबारे मन्त्रालयगत छलफल, २६ र २७ गते मन्त्रीले जवाफ दिने

    काठमाडौं । प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदैछ । बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

    बजेटबारेको सैद्धान्तिक छलफल भएपछि मन्त्रालयगत छलफल हुने भएको हो ।

    संसद् सचिवालयका अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, शहरी विकाससँगै भूमि, व्यवस्था र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेठमाथि छलफल हुने कार्यसूची छ ।

    सचिवालयले मन्त्रालयगत छलफलपछि विभागीय मन्त्रीहरूलाई जवाफ दिन दुई दिनको समय उपलब्ध गराउने भएको छ । जवाफ दिने दिन यही २६ र २७ जेठ तोकिएको छ । मन्त्रीहरूको जवाफपछि बजेट पारित हुनेछ ।

    अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ मा संसद्मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

  • नेकपा एसका नयाँ मन्त्रीको सपथ आज

    नेकपा एसका नयाँ मन्त्रीको सपथ आज

    काठमाडौं । नेकपा एसले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गर्दैछन् । नवनियुक्त मन्त्रीहरु जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिरा केसीले आज सपथग्रहण गर्न लागेका हुन् ।

    नेकपा एसले एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएर उनीहरुको नाम सिफारिस गरेको थियो ।

    स्वास्थ्य राज्मन्त्री भवानी खापुङको भने स्वास्थ्यमन्त्रीमा बढुवा हुने भएको छ । पार्टी सिफरिसअनुसार श्रेष्ठलाई पर्यटन, चौधरीलाई सहरी विकास, कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ ।

    नेकपा एसले नयाँ मन्त्रीको नाम हिजै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको छ ।

  • बाँदरमुढे घटनाको १७ वर्ष, पीडित भन्छन्- चुनाव जितेपछि प्रचण्डले वाचा भुले

    बाँदरमुढे घटनाको १७ वर्ष, पीडित भन्छन्- चुनाव जितेपछि प्रचण्डले वाचा भुले

    चितवन । बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ ।

    पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन् । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आश्वासन मात्रै दिएको पीडितको गुनासो छ । माडी प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ ।

    तत्कालीन विद्रोही माओवादीले २३ जेठ २०६२ मा माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ४२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश माडीका स्थायी बासिन्दा थिए । नेपाली सेनाका तीन जवानको पनि पनि उक्त घटनामा मृत्यु भएको थियो ।

    विद्रोही माओवादीका कमाण्डर स्वंयम प्रचण्ड दुईपटक प्रधानमन्त्री भइसक्दा पनि पीडितले राहत महसुस गर्न पाएका छैनन् । विस्फोटमा एउटा घरका तीन जनासम्म परेका थिए ।

    १५० यात्रु बोकेर माडीको बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबहाक बसमा माओवादीले बम विस्फोट गराउँदा घटनास्थलमा ३९ र उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो । सामान्य घाइते भइ घरमा उपचार गराएका घाइतेको रेकर्डबाहेक ७५ जना घाइते भएका थिए ।

    मृतकहरुको सम्झनामा आज घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरिएको छ । एड्भोकेसी फोरमको सहकार्यमा बाँदरमुढे घटना पीडित समितिले घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरेको हो । दोषीलाई कारबाही गरी पीडितको अधिकार सुनिश्चित गर्न पीडितले माग गरेका छन् ।

    घटना भएको १७ वर्ष भइसक्दा पनि पीडा घट्नेभन्दा बढ्दै गएकी पीडित यमकला चुवाई बताउँछिन् । घटना हुँदा उनको पेटमा ८ महिनाको गर्भ थियो । घटना भएको एक महिनापछि उनले छोरीलाई भरतपुर अस्पतालमा जन्म दिइन् । तर छोरीको मुटुको धड्कन असामान्य भएपछि उनले छोरीलाई अस्पतालमा सात महिनासम्म राखिन् ।

    ‘घटनापछि छोरीलाई जन्म त दिएँ र मुटुको धड्कनले राम्रोसँग काम नगरेकाले अस्पतालको आइसियूमा सात महिनासम्म राखेँ’, उनी भन्छिन्, ‘मेरो आँखामा छर्रा लागेको थियो । अहिलेसम्म पनि आँखा राम्रोसँग देख्न सक्दिन । दाहिने खुट्टा भाँचिएर रड राखेको छ ।’

    उनको हातका औँला काटिएको छ । अहिले ऋण लिएर आफ्नो र छोरीको उपचार गर्दै आएको उनी बताउँछन् । उनका तीन छोरी, एक छोरा र श्रीमान छन् । बम विस्फोटमा पर्दा गर्भमा रहेकी छोरी अहिले १७ वर्षको पुग्न लागिन् । उनी कक्षा ११ मा पढ्दै छिन् ।

    अर्का दुई छोरी १८ वर्ष नाघिसके । स्नातक तहमा पढ्छन् । १८ वर्ष नाघेपछि दुई छोरीलाई सरकारले दिँदै आएको पढाई खर्च बापतको रकम रोकिएको उनले बताइन् ।

    ‘१८ वर्ष पुग्दासम्मको लागि सरकारले छोराछोरीलाई पढाई खर्च दिएको थियो । १८ वर्ष नाघेपछि नदिने रहेछ’, उनी भन्छिन्, ‘दुई छोरी १८ वर्षभन्दा बढिका भए । १३ र १४ कक्षामा पढ्दै छन् । उनीहरुलाई दिँदै आएको पढाइ खर्च रोकिएको छ ।’

    घरमा कमाउने मान्छे कोही नभएको भन्दै उनले ठूलो कक्षामा पढ्न थालेका छोरीहरुको पढाई खर्च जुटाउन समस्या भएको बताइन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पीडितलाई सँधै झुटो आश्वासन दिएर भोट माग्ने गरेको उनी बताउँछिन् ।

    औषधिमा महिनामा दुई देखि सात हजार रुपैयाँसम्म खर्च भइरहेको उनले बताइन् । छोरीको लागि मात्रै महिनामा करिब पाँच हजार रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ ।

    ‘घटनाले छोरी मानसिक रुपमा कमजोर छन् । उनले पनि महिनामा पाँच हजार जतिको औषधि खाइरहेकी छन्’, उनले भनिन्, ‘झन् पछि–पछि पीडा बल्झिँदै गएको छ ।’

    बम बिस्फोटमा श्रीमति र एक छोरा गुमाएका तत्कालीन कल्याणपुर गाविस–५ का निर्मल सापकोटाको पनि पीडा उस्तै छ । बाँदरमुढे घटनाबारे कसैले सम्झाइ दिँदा अहिले पनि मन भक्कानिएर आउने उनी बताउँछन् ।

    ‘मैले पाँच वर्षको छोरो र श्रीमती गुमाएँ’, उनी भन्छन्, ‘घटनाबारे कसैले सम्झाइदियो भने अहिले पनि मन भक्कानिन्छ ।’

    २०७४ को प्रतिनिधिसभाको निर्वाचनका बेला पीडित परिवारका एक सदस्यलाई रोजगारीको सुनिश्चितता गर्ने र प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने प्रचण्डको आश्वासन थियो । त्यसका लागि अमिक शेरचनको संयोजकत्वमा समिति बनाएपछि चुनाव जितेपछि प्रचण्डले सबै भुलेको उनी बताउँछन् ।

    ‘पीडितका छोराछोरीलाई स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने भन्ने थियो । घटनास्थलमा स्मारक बनाउने प्रतिबद्धता जनाएका थिए । प्रचण्डले भनेका कुरा सबै आश्वासनमा मात्रै सीमित भएका छन्’, उनी भन्छन्, ‘बरु नगरपालिकाले दिन्छु भनेको एक लाख रुपैयाँ विभिन्न चरणमा गरेर पीडितलाई दिएको छ ।’

    बाँदरमुढे घटना पीडित समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले राज्यले पीडितको मागलाई सम्बोधन गर्न नसकेको बताउँछन् । उनी आफै पनि बम विस्फोटमा परेर घाइते भएका छन् । काम विशेषले भरतपुर आउँदै गरेका उनी चढेको बस पौने ८ बजे बम विस्फोटमा परेको थियो ।

    बम विस्फोटको घटनामा परेर घाइते भएका उनको मेरुदण्ड र देव्रे खुट्टा भाँचिएको थियो । खुट्टामा स्टिल हालेपछि अलिअलि हिँड्न सकिएको उनी बताउँछन् । उनीजस्ता थुप्रै घाइतेको अवस्था अहिले पनि नाजुक छ ।

    ‘धेरै घाइतेहरु उपचार नै गर्न नसकेर रोइरहनुभएको छ’, उनी भन्छन्, ‘कमसेकम राज्यले पीडितलाई परिचय पत्र दिएर राज्यबाट सहुलियत पाउने व्यवस्था गरिदिएको भए पीडितलाई धेरै राहत हुने थियो ।’

    बम विस्फोटको घटनामा परेका घाइतेहरु एकोहोरिएर टोलाउने र मानसिक रुपमा पनि कमजोर भएको उनी बताउँछन् ।

    ‘केहि घाइतेले अहिले पनि मानसिक रोगको औषधि खानुभएको छ । हात खुट्टा भाँचिएकाले औषधी मलम गर्ने र अर्थोको चेक गराउने गर्नुभाछ’, उनी भन्छन्, ‘उपचार मंहगो हुँदा पीडितहरु झन् पीडामा हुनुहुन्छ । घाइतेले काम गरेर कमाउन सक्दैन, न राज्यले नै उनीहरुलाई हेरेको छ ।’

    घाइते जीवन लिएर बाँचेकामा पीडितमा हिनताबोध हुन थालेको उनी बताउँछन् । ‘प्रचण्डले पीडितहरुलाई राखेर थुप्रै आश्वासन दिनुभयो तर न्यायको बाटोमा कतै लाग्नुभएन । व्यक्तिलाई किन्न सकिन्छ कि भन्ने बाटोमा लाग्नुभयो’, उनी भन्छन्, ‘घटना निरुपण गर्न उहाँ लाग्नुभएन ।’

    २०७४ को निर्वाचनमा केहि पीडितलाई राखेर एक घर एक रोजगार दिने र घाइतेलाई औषधि उपचार व्यवस्था गर्ने भनेर प्रचण्डले आश्वासन दिएका तर त्यो पुरा नभएको उनले बताए ।

  • कर्णाली: जिससमा तीन दलबीच भागबण्डा, कांग्रेसले पाँच जिल्लाको प्रमुख पाउने

    कर्णाली: जिससमा तीन दलबीच भागबण्डा, कांग्रेसले पाँच जिल्लाको प्रमुख पाउने

    सुर्खेत । सत्तागठबन्धनले कर्णालीका १० जिल्लाको जिल्ला समन्वय समिति गठनमा भागबण्डा गरेका छन् । कांग्रेसले पाँच, माओवादीले चार र नेकपा एसले एक जिल्लाको जिसस प्रमुख पाउनेगरी भागबण्डामा सहमति भएको हो ।

    यद्यपि, सुर्खेतको जिसस प्रमुख कसले लिने भन्नेबारे सहमति भइनसकेको बताइएको छ । सुर्खेतमा एमाले र माओवादीबीच तालमेल हुने चर्चा पनि छ । दुई दिन लगातार बसेको प्रदेश संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।

    माओवादीले कर्णालीका ३२ स्थानीय तहमा एक्लै जित हात पार्ने स्थिति भए पनि विविध कारणले परिणाम आफ्नो पक्षमा नआएको निष्कर्ष निकालेको छ ।

  • भारतीय र्‍यापर बादशाहको प्रशंसा पाएका एकदेवको संगीत साधना (भिडिओसहित)

    भारतीय र्‍यापर बादशाहको प्रशंसा पाएका एकदेवको संगीत साधना (भिडिओसहित)

    गत वर्ष गायक एकदेव लिम्बूले एक गीत ल्याए, ‘शिरफूल २’ । गीत युट्युबमा सार्वजनिक भएपछि लिम्बूलाई चर्चित भारतीय र्‍यापर बादशाहले इन्स्टाग्राममा डिएम गरे, ‘यो लभ शिरफूल–२ । ह्वाट अ स्टिक भाइव’ ।

    अचानक बादशाहको म्यासेज आउँदा लिम्बू अचम्मित भए । उनले साथीहरुलाई बादशाहको म्यासेजबारे बताए । लगत्तै फेसबुक पेज रुटिन अफ नेपाल बन्दले लेख्यो, ‘चर्चित भारतीय र्‍यापर बादशाहले नेपाली गीत शिरफूल २ लाई एप्रिसियट गरेका छन् । साथै गायक एकदेव लिम्बूलाई इन्स्टाग्राममा डिएम गरेका छन् ।’

    अन्तर्राष्ट्रिय कलाकारले नेपाली प्रतिभालाई रिकग्नाइज गर्नु खुसीको कुरा भनेर लेखेको छ । साथै सम्भव भएसम्म लिम्बूसँग सहकार्य गर्ने पनि बताएको छ । गायक लिम्बू एकदम कम गीत गाउने गायकमा पर्छन् । बढीमा वर्षमा तीन-चारवटा गीत ल्याउँछन् । तर, उनका प्रायः गीतले दर्शक-स्रोताको मन जितिरहेकै हुन्छ । ‘तिम्रो मुटुमा’ ‘आँखामा आउने सपनी’, ‘शिरफूल’ लगायत गीतले करोडौं भ्युज पाएका छन्, युट्युबमा ।

    लिम्बूका जति गीत चलेका छन्, त्यति नै मौन र शान्त छन् उनी । मिडियामा कमैमात्र आउन चाहने लिम्बू आफ्नै गीतको तयारीमा प्रायःजसो समय बिताइरहेका हुन्छन् । गीतको कम्पोज, शब्द लेखनदेखि भिडियो निर्माण र एडिटिङमा आफै नबसे चित्तै बुझाउँदैनन् । यसैले पनि आफूले गीतहरु कम ल्याउने गरेको उनी बताउँछन् ।

    ‘सिउँदो’ गीतबाट चर्चामा आएका लिम्बूका समकालीन गायकगायिका प्रायःजसो व्यस्त हुन्छन् । एउटा गीत चल्नासाथ उनीहरुलाई गीत रेकर्ड गराउन भ्याइनभ्याइ हुन्छ । दिनमै आधा दर्जन गीतहरु रेकर्ड गराइरहेका हुन्छन् ।

    भनिन्छ, यस क्षेत्रमा चल्ने अथवा चम्कने भनेको एकपटक हो । चम्किएकै समयमा आफूलाई बेच्न सक्नुपर्छ । कमाउने बेला पनि चलेकै बेला हो । त्यसैले पनि एकपटक चलिसकेपछि गायकगायिका लगातार गीतहरु गाइरहेका हुन्छन् । ‘आफैले कुन गीत गाएँ’ भन्ने थाहा नपाउने गरी गाइरहेका हुन्छन् । एकदेव लिम्बूको सवालमा भने यो फर्मुलाले काम गरिरहेको छैन ।

    उनी भन्छन्, ‘हाम्रो क्षेत्रमा दुई खालका कलाकार छन् । एक खालकाले अरुको कम्पोज र शब्दमा गाउनुहुन्छ । तर, हामी भने सकेसम्म आफ्नै कम्पोज, शब्दमा आफ्नै युट्युब च्यानलका लागि निकाल्ने कोसिस गर्छौं । त्यही भएर पनि गीतहरु कम गाइँदोरहेछ ।’

    लिम्बूका जति गीत चलेका छन्, त्यति नै मौन र शान्त छन् उनी । मिडियामा कमै मात्रामा आउन चाहने लिम्बू आफ्नै गीतको तयारीमा प्रायःजसो समय बिताइरहेका हुन्छन् । गीतको कम्पोज, शब्द लेखनदेखि भिडियो निर्माण र एडिटिङमा आफै नबसे चित्तै बुझाउँदैनन् । यसैले पनि आफूले गीतहरु कम ल्याउने गरेको उनी बताउँछन् ।

    लिम्बू थप्छन्, ‘मैले पनि चाहेको भए अरुले जसरी गाउन सक्थेँ होला । तर, मलाई थोरै गीत आओस् भन्ने नै लाग्छ । सकेसम्म आफ्नै च्यानलमा काम गरौं भन्ने लाग्छ । थोरै चिज सुन्न पनि मज्जा आउँछ । त्यही भएर थोरै चिज निकाल्छु, राम्रो निकाल्छु भन्ने हो ।’

    अब चाँडै नै लिम्बू अस्ट्रेलिया टुरमा जाँदैछन् । नेपालमा पनि कन्सर्टहरु गरिरहेका छन् । तर, पैसा छापिहाल्न र छिट्टै पाखा लागिहाल्ने सोच छैन लिम्बूको । विस्तारै समयको गतिअनुसार नै अगाडि बढ्ने उनी बताउँछन् । भन्छन्, ‘पैसा सबैलाई चाहिन्छ । तर, चलेकै बेला सबै खाउँ, काम गरिहालौं, सबै भ्याउँ भन्ने लाग्दैन । उसो त म त्यस्तो चलिसकेको पनि छैन । भर्खरै त करियर सुरु गरेको छु ।’

    लिम्बूलाई लाग्छ, अत्यधिक कलाकार डिप्रेसन, एनजाइटीको सिकार हुनुको कारण पनि यस्तैयस्तै परिदृश्य र चिन्तन हो । कुनै पनि कलाकार सधैँ चलिरहँदैन । सबैको समय हुन्छ ।

    लिम्बू सुनाउँछन्, ‘मेरो गीत पनि केही समय सुन्नुहुनेछ दर्शक-स्रोताले । अलि पछि नयाँ पुस्ता आउनेछ, नयाँ टेस्ट आउनेछ । त्यहीअनुसारका नयाँ गीत आउनेछन् । त्यसका लागि तयार भएर बस्नुपर्छ ।’

    आफू भोलिका दिनमा आइपर्ने हरेक अफ्ठ्यारालाई स्वीकार्न तयार भइसकेको बताउँछन् । उनको भनाइ छ, ‘भोलिका दिनमा आउने खराब समय पनि स्वीकार्छु । त्यो देखिआएकै हो । भोगिसकिएको पनि हो । जतिबेलासम्म मलाई अडियन्सले सुन्नुहुनेछ, त्यतिबेलासम्म काम गरिरहन्छु । तर, मौका आएको बेला धेरै पैसा छापौं भन्ने चाहिँ लाग्दैन ।’

    लिम्बूलाई लाग्छ, अत्यधिक कलाकार डिप्रेसन, एनजाइटीको सिकार हुनुको कारण पनि यस्तैयस्तै परिदृश्य र चिन्तन हो । कुनै पनि कलाकार सधैँ चलिरहँदैन । सबैको समय हुन्छ ।

    लिम्बूलाई गीत ल्याउनै धेरै समय लाग्छ । एक वर्षमा चारवटा गीतलाई पनि धेरै मान्छन् उनी । शब्द, कम्पोज, भिडियोदेखि सम्पादनसम्म खटिनुपर्ने भएकाले पनि समय लागेको उनको भनाइ छ ।

    लिम्बुको सांगितिक यात्राको एउटा बिन्दु थिए, गायक यशकुमार । उनैले ‘सिउँदो’ गीत लिम्बूलाई गाउन दिएका थिए । लिम्बू स्वयं पनि आफ्नो सांगीतिक यात्राको महत्वपूर्ण मान्छे मान्छन् यशकुमारलाई ।

    लिम्बूलाई गीत संगीतको दुनियाँमा आइपुग्ने वातावरण घरमै बनेको थियो । उनका बुवा पनि अलअलि गाउँथे । अलि पछि लिम्बूका बहिनी तथा गायिका सुनिता थोगिम गीत रेकर्ड गराउन काठमाडौं आएकी थिइन् । त्यसपछि आफूलाई पनि गीत रेकर्ड गराउने रहर पलाएको उनी बताउँछन् ।

    त्यसपछि काठमाडौं छिरेका लिम्बूले पुतलीसडक र अनामनगरमा कति जुत्ता घिसारे, यकिन हिसाब छैन । कति कम्पोजरले गीत देला कि भन्ने आशमा हिँडे, त्यसको पनि हिसाब छैन । अहिले त पुतलीसडक-अनामनगरतिर खासै हिँड्दैनन् पनि ।

    अहिले लिम्बूका साथीहरुको आफ्नै स्टुडियो छ । त्यही गीतहरु रेकर्ड गराउँछन् । तर, सिनेमामा भने अहिलेसम्म गाउन पाएका छैनन् । भन्छन्, ‘सिनेमामा गाउन राम्रो लिंक हुनुपर्छ भन्ने सुनेको छु । म त आफ्नै टीम र सर्कलमा हराइरहेको हुन्छु । वर्षमा तीन-चारवटा गीत ल्याइरहेको छु । यसैले पुग्दो छ मलाई ।’

  • ६४ वर्षपछि विश्वकपमा छनोट भयो वेल्स

    ६४ वर्षपछि विश्वकपमा छनोट भयो वेल्स

    लन्डन । वेल्स यसै वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि छनोट भएको छ।

    शनिबार राति भएको प्ले अफ फाइनलमा युक्रेनलाई १–० गोलले पराजित गर्दै वेल्सले विश्वकपमा स्थान बनाएको हो।

    वेल्सले ६४ वर्षपछि पहिलोपटक विश्वकप खेल्न लागेको हो। यसअघि अन्तिमपटक सन् १९५८ मा विश्वकप खेलेको थियो। त्यसयता छनोट हुन सकेको थिएन। वेल्सको मैदानमा शनिबार राति भएको खेलमा घरेलु टोली युक्रेनबाट भएको आत्मघाती गोलमा अगाडि बढेको हो।

    युक्रेनका कप्तान आन्द्रेय यार्मोलेन्कोबाट आत्मघाती गोल भएको हो। गारेथ बेलले प्रहार गरेको बल रोक्न खोज्दा यार्मोलेन्कोले प्रहार गरेको हेड बल आफ्नै गोलपोष्टमा छिरेको थियो।

    वेल्सले यसअघि एकपटक मात्र विश्वकप खेलेको छ। वेल्सले ५८ वर्षपछि पहिलोपटक सन् २०१६ को युरोकप खेलेको थियो। त्यतिबेला सेमिफाइनलसम्म पुगेको थियो।

    योसँगै कतार विश्वकपमा युरोपबाट छनोट हुने सबै १३ टोलीको टुंगो लागेको छ ।

  • मेस्सीले एकै खेलमा गरे पाँच गोल

    मेस्सीले एकै खेलमा गरे पाँच गोल

    ब्युनोस आयर्स। मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाले शनिबार राति इस्टोनियालाई ५–० गोलले हराएको छ।

    अर्जेन्टिनाको जितमा पाँचवटै गोल लियोनल मेस्सीले गरे। उनले ८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खाता खोलेका थिए।

    ४५ मिनेटमा दोस्रो गोल गरेका उनले ४७ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। मेस्सीले थप गोल ७१ र ७६ औँ मिनेटमा गरेका थिए। यो जितसँगै सिनियर अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाले अपराजित यात्रा ३३ खेलमा पुर्‍याएको छ।

    मेस्सीले अर्जेन्टिनाका लागि एकै खेलमा ५ गोल गरेको यो पहिलोपटक हो। यसअघि क्लबका लागि पनि एकपटक मात्र यस्तो सफलता हात पारेका छन्। सन् २०१२ मा बायर लेभरकुसेनमाथि बार्सिलोनाले हात पारेको ७–१ गोलको जितमा मेस्सीले ५ गोल गरेका थिए। सिनियर अन्तर्राष्ट्रिय फुटबलमा उनको गोल संख्या ८६ पुगेको छ। उनीभन्दा अगाडि रहेका मलेसियाका मोख्तर दहारीले ८९, इरानका अलि दाईले एक सय ९ र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले एक सय १७ गोल गरेका छन्।

    अर्जेन्टिनाले गत साता मात्र इटालीलाई ३–० गोलले हराएर फाइनलिस्सिमाको उपाधि जितेको थियो। युरो कप विजेता र कोपा अमेरिका विजेताबीच प्रतिस्पर्धा गराइएको थियो।

    मेस्सीले हालसम्म विभिन्न ३० फरक देशविरुद्ध गोल गरेका छन्।

  • गायक सञ्जय श्रेष्ठले काठमाडौं-६ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार दिने

    गायक सञ्जय श्रेष्ठले काठमाडौं-६ बाट प्रतिनिधिसभा चुनावमा उम्मेदवार दिने

    काठमाडौं । संसदीय चुनावको मिति घोषणा नहुँदै उम्मेदवारी घोषणाको लहर सुरु भएको छ । पछिल्लोपटक गायक सञ्जय श्रेष्ठले काठमाडौंबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

    कुनै समयमा चर्चित पप गायका श्रेष्ठ अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध छन् । सकभर पार्टीको टिकट लिएर नत्र स्वतन्त्र भए पनि चुनाव लड्ने उनले बताएका छन् ।

    श्रेष्ठले लेखेका छन्, ‘मेरो पार्टीले मलाइ टिकट दिए पनि नदिए पनि मैले आउँदो मङ्सिरताका हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय गरे। अब बाँकि तपाइँहरुको साथ र विश्वास ।’

    गायक श्रेष्ठले २०७० सालको दोस्रो संविधानसभा चुनावमा राप्रपा नेपालको तर्फ काठमाडौं- ६ मै प्रतिस्पर्धा गरेका थिए । तर, उल्लेख्य मत ल्याउन सकेनन् । त्यसपछि राजनीतिमा निस्क्रिय बनेका उनी गत मंसिरमा राप्रपा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा भित्र्याएका थिए ।

    ‘माया मेरी माया…’ बोलका गीतबाट कुनै समय तहल्का पिटेका पपगायक श्रेष्ठ पछिल्लो समय भने संगीतमा सक्रिय छैनन् ।

  • ‘पुष्पा’ का मुख्य खलनायक नीताको चलचित्र ‘ह्रस्व दीर्घ’ मा अनुवन्धित

    ‘पुष्पा’ का मुख्य खलनायक नीताको चलचित्र ‘ह्रस्व दीर्घ’ मा अनुवन्धित

    काठमाडौं । ब्लकबष्टर दक्षिण भारतीय चलचित्र ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मालाई नीता ढुंगानाले निर्माण गर्ने चलचित्र ‘ह्रस्व दीर्घ’ मा अनुवन्धित गरिएको छ । यस चलचित्रमा आवद्ध हुने उनी दोस्रो हाइ प्रोफाइल दक्षिण भारतीय अभिनेता हुन् ।

    हाइ बजेटमा बन्न लागेको फिल्ममा नीताले यसअघि ‘गजनी’ चलचित्रका खलनायक प्रदिप रावतलाई अनुवन्धित गरिसकेकी छन् ।

    सुनील बर्मा पनि जोडिएपछि चलचित्रको स्टारकास्ट दमदार देखिएको छ । सुनीललाई केही दिन अगाडि नै निर्देशक चन्द्र पन्तले विशेष भूमिकाका लागि साइन गराएको बुझिएको छ ।

  • वातावरण दिवसमा अखिलको वृक्षारोपण

    वातावरण दिवसमा अखिलको वृक्षारोपण

    काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंका विभिन्न क्याम्पस परिसरमा वृक्षारोपण गरेको ।

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको वृक्षारोपण कार्यक्रममा अखिल अध्यक्ष सुनिता बराल, महासचिव समिक बढाललगायतका नेताको उपस्थिति थियो । अखिलले टीयू परिसरसँगै बबरमहल र माइतीघरमा पनि वृक्षारोपण गरेको छ ।

    माइती घर र बबरमहलमा पोखरा विश्वविद्यालयको अखिल कमिटीले वृक्षारोपण गरेको हो भने कीर्तिपुरमा टीयू राष्ट्रिय कमिटीले वृक्षारोपण गरेको विद्यार्थी नेता नरेश रोकायाले जानकारी दिए ।

    वातावरण दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम भएका छन् ।

  • बिदाको दिन सडकमा छ्याप्छ्याप्ती सरकारी गाडी (तस्बिरहरू)

    बिदाको दिन सडकमा छ्याप्छ्याप्ती सरकारी गाडी (तस्बिरहरू)

    काठमाडौं । देशमा आर्थिक संकट चुलिएपछि सरकारले प्रशासनिक खर्च घटाउन भन्दै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, आज आइतबार पनि काठमाडौंको सडकमा छ्याप्छ्याप्ती सरकारी सवारीसाधन गुडेको भेटियो ।

    कार्यालय बिदा भएपनि सरकारी कर्मचारीले के प्रयोजनका लागि सरकारी सवारीसाधन प्रयोग गरे ? भन्ने पत्तो छैन । आइतबार कार्यालय समय सुरु नहुँदै सडकमा सरकारी नम्बरप्लेटका गाडी तथा मोटरसाइकल हुँइकिरहेका थिए ।

    खर्च घटाउन शनिबार र आइतबार बिदा दिने सरकारी निर्णयको आलोचना भइरहेको छ । कतिपय कार्यालयले भने सरकारी निर्णय नमान्ने पनि बताइरहेका छन् ।

    हेर्नुहोस्, काठमाडौंका सडकमा आइतबार भेटिएका सरकारी सवारीसाधन

  • दुल्लु नगरले परिचयपपत्र लिन आउने पूर्णअशक्तलाई बाटो खर्च दिने

    दुल्लु नगरले परिचयपपत्र लिन आउने पूर्णअशक्तलाई बाटो खर्च दिने

    सुर्खेत । दैलेखको दुल्लु नगरपालिकाले शारीरिकरुपमा अशक्त तथा अपांगता भएका नागरिकलाई परिचयपत्र लिन आउँदा खाजा तथा यातायात खर्च प्रदान गर्ने भएको छ ।

    दुल्लु नगरपालिकाका उपप्रमुख विना कार्कीका अनुसार नगरपालिकामा रहेका पूर्ण अशक्त (क वर्गको परिचयपत्र पाउने) वडा नम्बर ११, १२ र १३ का नागरिकलाई एकपटकका लागि २,५०० रुपैयाँ नगद दिने निर्णय गरेको हो ।

    त्यस्तै, वडा नम्बर १, २, ३, ६, ९ र १० का लागि २,००० रुपैयाँ तथा वडा नम्बर ४, ५, ७ र ८ का लागि एक हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

    ‘शारीरिक अपांगता भएका ‘क’ वर्गका नागरिकले परिचयपत्र लिन आउँदा सास्ती भोग्नु परेको मैले देखेको छु’, उपप्रमुख कार्कीले भनिन्, ‘यस्तो गर्दा कम्तिमा पूर्णअशक्त भएका नागरिकलाई नजिकको सरकार भएको महसुस हुने र परिचयपत्र लिन आउने क्रम बढ्ने आश छ ।’

  • भुसालमाथिको कारबाहीले एमालेमा खैलाबैला, पार्टीलाई ‘प्रालीकरण’ गरेको आरोप

    भुसालमाथिको कारबाहीले एमालेमा खैलाबैला, पार्टीलाई ‘प्रालीकरण’ गरेको आरोप

    रुपन्देही । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई अनुशासन आयोगले अध्यक्ष केपी ओलीको आलोचना गरेको भन्दै स्पष्टीकरण सोध्न सिफारिस गरेसँगै पार्टीभित्रै खैलाबैला भएको छ।

    भुसालले निर्वाचनपछि एक टेलिभिजन अन्तरवार्तामा अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय व्यहोरेको बताउँदै कार्यशैलीको कडा आलोचना गरेका थिए। बुधबार बसेको अनुशासन आयोगको सचिवालय बैठकले स्थायी कमिटी सदस्य भुसालले पार्टी नीतिविपरीत काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्न सिफारिस गरेसँगै पार्टीभित्र यसको पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

    सार्वजनिक सञ्चारमाध्यममा पार्टी नेतृत्वमाथि प्रश्न उठाउने स्थायी कमिटी सदस्यलाई स्पष्टीकरण सोध्न सिफारिस गरिएको अनुशासन आयोगका अध्यक्ष केशव बडालले पत्रकारहरुलाई बताएका छन्।

    बैठकले निर्वाचन र त्यसपछि पार्टीविरूद्ध गतिविधि गर्ने विभिन्न तहका नेताहरूसँग स्पष्टीकरण सोध्न पार्टीलाई सुझाव दिएको अनुशासन आयोगका एक सचिवालय सदस्यले बताए।

    भुसाल एमालेभित्र पार्टी अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्ने थोरै नेतामा पर्छन्।

    चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनमा अध्यक्ष ओलीको प्रस्तावविपरीत भीम रावल र घनश्याम भुसालले विरोध गरेर नेतृत्व चयनलाई निर्वाचन गराएका थिए । रावल अध्यक्ष र भुसाल उपाध्यक्षको उम्मेदवार बनेका थिए।

    अहिले यो विषयलाई लिएर भुसाल समर्थकहरुले पार्टी ‘प्रालि मोडल’मा गएकाले सामान्य आलोचनालाई पनि अस्वीकार गरेर यो प्रकृया अपनाएको प्रतिक्रया दिएका छन् भने संस्थापन लाइन नजिकका नेताहरुले पार्टी नेतृत्वलाई आन्तरिक रुपमा सुझाव सल्लाह दिनुपर्नेमा बाहिर प्रचार गर्ने काम पार्टी हितविपरीत भएको बताउँदै आएका छन् ।

  • अर्घाखाँची जिससमा एमालेको प्यानलै निर्विरोध, प्रमुखमा चुनिए कोइराला

    अर्घाखाँची जिससमा एमालेको प्यानलै निर्विरोध, प्रमुखमा चुनिए कोइराला

    अर्घाखाँची । जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध चयन भएका छन् ।

    पाँचदलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मतदातामध्ये दुई तिहाई एमालेको पक्षमा भएपछि गठबन्धनबाट उम्मेदवारी दर्ता समेत गरिएन ।

    यससँगै अब जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका नेता जिवनारायण कोइराला निर्विरोध चयन भएका छन् । पाणिनी–५ मैदान निवासी कोइराला नेकपा एमाले प्रदेश कमिटीको सदस्य समेत रहेका छन् ।

    यसैगरी उपप्रमुखमा एमाले नेतृ लक्ष्मी शर्मा ज्ञवाली निर्वाचित भएकी छन् । छत्रदेव–१ चिदीका निवासी ज्ञवाली नेकपाको निरन्तरताको रुपमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट बाट एमाले राजनीतिमा प्रवेश गरेकी हुन् ।

    यसैगरी समन्वय समितिको खु्ल्ला सदस्यमा नेकपा एमालेका युवा नेताहरू पाणिनी–७ का कमल घिमिरे , भुमिकास्थान–८ का झुपलाल खनाल र सन्धिखर्क–७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् ।

    महिला सदस्यमा एमाले नेतृ टुल्कादेबी आचार्य, मालारानी–४,डालकुमारी भण्डारी, शितगंगा–१०,सीता आचार्य, मालारानी–१ चयन भएका छन् । दलित–अल्पसंख्यक सदस्य पदमा मिना बिसी परियार चयन भएका छन् ।

    जिल्लाका ६ वटा पालिका मध्ये ३ वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुईवटा पालिकामा उपप्रमुख जिते सँगै एमालेको जित सुनिश्चित भएको थियो ।
    समन्वय समिति गठनको निम्ति आवश्यक १२ मत मध्ये नेकपा एमालेको आठ, नेपाली कांग्रेसको दुई, राष्ट्रिय जनमोर्चाको एक र नेकपा माओवादी केन्द्रको एकमत रहेको छ ।

    कुनै पदमा पनि उम्मेदवारी नदिएसँगै ५ दलीय गठबन्धन जिल्ला समन्वय समितिबाट बाहिरीएको छ भने नेकपा एमालेले २०५४ सालको बिरासत फिर्ता गरेको छ ।

  • महेन्द्र राजमार्गको चोरमारामा दुई बजेसम्म सवारी चलाउन रोक

    महेन्द्र राजमार्गको चोरमारामा दुई बजेसम्म सवारी चलाउन रोक

    काठमाडौं । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मध्यविन्दु नगरपालिकाको चोरमारामा दिउँसो २ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ ।

    चोरमारा गिरुवारी खोलाको पुल मर्मत भइरहेकाले बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको जनाइएको छ ।

    सडक अवरुद्ध हुने भएकाले यात्रुले त्यसैअनुसार यात्रा तय गर्न पनि आग्रह गरिएको छ ।

  • गृहमन्त्री खाणको निर्देशन: रोहीणी बस दुर्घटनाका घाइतेको उपचारका कुनै कसुर बाँकी नराख्नू

    गृहमन्त्री खाणको निर्देशन: रोहीणी बस दुर्घटनाका घाइतेको उपचारका कुनै कसुर बाँकी नराख्नू

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचार गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेहरूलाई तत्काल अस्पत्ताल पु¥याएर उपचारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

    त्यस्तै उनले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरीटेण्डेन्ट डा।शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गरे ।

    रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रेग्मीका अनुसार बिहान चार बजेर ४५ मिनेट जाँदा रोहीणी गाउँपालिका ३ मा पर्ने भैरहवा परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणाी पुलमा जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नं।बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र ८ पुरुष रहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

    रेग्मीका अनुसार रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा २ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्माको सनाखत भएको छ । बाँकीको सनाखत हुन बाँकी छ । बसमा सवार ३३ जना सबै घाइते छन् ।

    नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक उपाध्यायले प्रारम्भिक अनुसन्धानमा बसका चालक निदाउँदा दुर्घटना भएकोजस्तो देखिएको बताए । घाइतेहरूको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

  • अर्जेन्टिनासँगको पराजयपछि नयाँ खेलाडीलाई अवसर दिएको इटालीले खेल्यो जर्मनीसँग बराबरी

    अर्जेन्टिनासँगको पराजयपछि नयाँ खेलाडीलाई अवसर दिएको इटालीले खेल्यो जर्मनीसँग बराबरी

    लन्डन। नेसन्स लिग फुटबलको आफ्नो पहिलो खेलमा इटालीले जर्मनीसँग १–१ गोलको बराबरी खेलेको छ।

    अर्जेन्टिनासँग ३–० गोलले हारेको केही दिनपछि खेलिएको यस खेलमा इटालीले अधिकांश नयाँ खेलाडीलाई अवसर दिएको थियो।

    त्यसअघि युरोपियन च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच भएको भिडन्तमा अर्जेन्टिनाले शानदार जित हात पारेको थियो। इटाली यसै वर्ष कतारमा हुने विश्वकपमा देखिने छैन। महादेशीय छनोटबाटै बाहिरिएको थियो।

    घरेलु मैदानमा शनिबार राति भएको खेलमा भने इटालीले युवा र नयाँ खेलाडीसहित जोशिलो प्रदर्शन गरेको थियो। ७० औँ मिनेटमा इटालीका लोरेन्जो पेलग्रिनीले गोल गर्दैं अग्रता दिलाएका थिए।

    त्यसका लागि १८ वर्षीय विलफ्राइड नन्टोले पास उपलब्ध गराएका थिए। तर लगत्तै जर्मनीले खेल बराबरीमा ल्याएको थियो। जोसुवा किम्मिचले गोल गरेका थिए। नयाँ प्रशिक्षक हान्सी फ्लिकको प्रशिक्षणमा जर्मनीले १० खेलयता हार व्यहोरेको छैन।

  • बस दुर्घटना अपडेट: मृतक नौमध्ये चारजनाको पहिचान खुल्यो, घाइते १६ को अवस्था गम्भीर

    बस दुर्घटना अपडेट: मृतक नौमध्ये चारजनाको पहिचान खुल्यो, घाइते १६ को अवस्था गम्भीर

    रूपन्देही । रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनाका नौ मृतकमध्ये चारजनाको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको अस्पताल प्रशासनले जनाएको छ । पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।

    जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान साढे ४ बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।

    दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए ।

    घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

  • बालेनकाे बुझाइ- वातावरण संरक्षणमा सिथी नखः पर्वको भूमिका महत्वपूर्ण

    बालेनकाे बुझाइ- वातावरण संरक्षणमा सिथी नखः पर्वको भूमिका महत्वपूर्ण

    काठमाडौं । काठमाडौंका मेयर बालेन साहले वातावरण संरक्षणमा नेवार समुदायले मनाउने सिथी नखः पर्वको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्व वातावरण दिवस र सिथी नखः पर्वका अवसरमा शुभकामना दिँदै मेयर साहले भनेका छन्– सिथी नखः को धार्मिक महत्वमात्रै छैन । सिथि नखः सँगै पानीको शुद्धता र मुहानको सरसफाइका कुरा पनि जोडिएर आउँछन् । पानीको श्रोतहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सामूहिकरुपमा सिथी नखः मनाइने संस्कृति छ ।

    नेवार समुदायले मनाउने पर्व साथी नखः र वातावरण संरक्षणको सवाललाई जोडेर साहले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेखेका छन् । उनले पानीको मुहानलगायत वातावरण संरक्षणका लागि महानगरले प्राथमिकता दिएर बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

    उनको उक्त स्ट्याटस जस्ताको तस्तै

    काठमाडौं जसरी मन्दिरहरुको सहरका रूपमा प्रचलित छ, त्यसरी नै काठमाडौँ पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो । यी सामाजिक सम्पदाहरुको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठुलो महत्व छ ।

    हरेक बर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवास् सभ्यता र संस्कारअनुरूप सिथि नखः पर्व मनाइन्छ ।

    सिथी नखः पर्वको दिन धार्मिकरुपमा भक्तपुरको चास खेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाण्डौँको जैसी देवलमा कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर विशेष पहिरन पहिराउँदै गहना र आभूषण लगाइदिएर खटमा राखी नगर परिक्रमा गराइन्छ । नेवाः समुदायले आफ्नो घरको प्रवेश द्वारमा राख्ने आठ वटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँछ ।

    तर सिथी नखः को धार्मिक महत्वमात्रै छैन । सिथि नखः सँगै पानीको शुद्धता र मुहानको सरसफाइका कुरा पनि जोडिएर आउँछन् । पानीको श्रोतहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सामूहिकरुपमा सिथि नखः मनाइने संस्कृति छ ।

    काठमाडौमा जहाँ खुला र खालि जमिन कम हुँदै गएको छ । सहर घरै–घरले भरिँदै गएका छन् । खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदैछन् । वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि हामीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको छ । यस्तो अव्यवस्थाका कारणले काठमाडौँ अनि काठमाडौंबासीहरूलाई सिथि नखःको महत्त्व अझै बढेर गएको छ ।

    सिथि नखः मा इनार, पोखरी अनि कुवामा पसेर नै सफा गरिन्छ । यसो गर्नाले पानीका तलका सतह जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरू माथि आउने हुन्छ । ती कुराहरू तल्लो तहमा थिग्रिन पनि केही दिन पानीको मुहान प्रयोग नगरीकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दूध, घ्यू, मह, दही लगायतका कुराहरू हालिन्छ । सिथि नखःमा सरसफाइ गरिसकेपछि केही दिनका लागि पानीका मुहान प्रयोग गरिन्न । मुहान नचलाएपछि पानी स्थिर हुन्छ । यसरी पानीका मुहानको सामूहिक सरसफाइ गरिसकेपछि घरघरमा गएर परम्परागत नेवास् खानाहरू बारा, चटामरी, छोयला जस्ता परिकारहरू खाने चलन छ ।

    वातावरण, पर्यावरण अनि जीवन–शैलीको अनुपम सम्मिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको छ । हाम्रा पुराना धेरै संस्कारहरू आफैँमा वैज्ञानिक र परिवर्तनकारी पनि छन् भन्ने सन्देश पनि दिन्छन् ।

    हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रैथाने ज्ञानलाई राज्यले नै अपनत्व लिनु पर्छ भन्ने हाम्रो मान्यता छ । यसैका लागि हामीले आगामी बजेटमा काठमाण्डौमा रहेका सम्पुर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्था छन्, तिनलाई ब्युँताउनको लागि सम्बन्धित शीर्षकमा बजेट विनियोजन गरेर उपयुक्त प्रयासहरु गर्नेछौँ ।

    सिथी नखः पर्व तथा आज नै परेको विश्व वातावरण दिवसको शुभकामना ।

  • शौचालय सार्वजनिक बनाउन चाहनेहरु सात दिनभित्र सम्पर्कमा आउनू: काठमाडौं महानगर

    शौचालय सार्वजनिक बनाउन चाहनेहरु सात दिनभित्र सम्पर्कमा आउनू: काठमाडौं महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरमा सञ्चालित होटल तथा रेस्टुरेन्टका सञ्चालकलाई आफ्नो शौचालय सार्वजनिक बनाउने हो भने सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

    महानगरले एक सूचना जारी गर्दै शौचालय सार्वजनिक बनाउन इन्छुकलाई सम्पर्कमा आउन आग्रह गरेको हो । जेठ १६ गतेको कार्यपालिका बैठकले गरेको निर्णय कार्यान्वयनका लागि महानगरले काठमाडौंका होटल तथा रेन्टुरेन्ट सञ्चालकलाई यस्तो आग्रह गरेको हो ।

    आफ्नो शौचालय सार्जनिक बनाउन चाहनेले बबरमहलस्थिति सार्वजनिक निजी साझेदारी इकाइमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    बालेन साह काठमाडौंको मेयरमा निर्वाचित भएपछि गरिएको उक्त निर्णयले सर्वसाधारण खुसी भएका छन् । तर कतिपय होटल रेन्टुरेन्ट सञ्चालकले आफूहरुसँग कुनै छलफल नगरी भएको निर्णय कार्यान्वयन नहुने बताउँदै आएका छन् ।

  • आकाशगंगाको भीडमा ‘निरस एक्लो पृथ्वी’

    आकाशगंगाको भीडमा ‘निरस एक्लो पृथ्वी’

    आज विश्व वातावरण दिवस संसारभरी एकसाथ मनाइँदै छ । विश्व वातावरण दिवस संयुक्त राष्ट्र संघको वार्षिक कार्यक्रम हो । जनचेतना अभिवृद्धि गर्ने प्रधान साधन हो । संयुक्त राष्ट्र संघअन्तर्गतको वातावरणीय कार्यक्रम (युनेप)सँगको सहकार्यमा हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।

    यसपटकको विश्व वातावरण दिवसको आतिथ्यता स्वीडेनले गर्दैछ । विश्व पर्यावरणप्रति वैश्विकस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले सन् १९७३ बाट मनाउन यो दिवस मनाउन थालिएको हो । हरेक वर्ष फरकफरक विषयवस्तु र नारा दिएर विश्वभर वातावरणीय सचेतना अभिवृद्धि गर्न यो दिवस मनाइन्छ ।

    मात्र एक पृथ्वी (ओन्ली वान अर्थ) यसपालिको विश्व वातावरण दिवसको मूल विषयवस्तु (थिम) हो । ब्रम्हाण्डमा करोडौं आकाशगंगा छन् । आकाशगंगामा करोडौं ग्रहहरु छन् । तर त्यहाँ मात्र एउटा पृथ्वी छ । यो नै सौर्यमण्डलको एकमात्र जीवित ग्रह हो । हुन त वैज्ञानिकहरुले अन्य ग्रहमा पनि जीवन छ कि भनेर खोज अन्वेषण गरिरहेका छन् । अहिलेसम्म पृथ्वीको विकल्प भेटिएको छैन । त्यसैले पृथ्वी रहेमात्र हामी रहन्छौं ।

    यसपटकको थिमले अझ बढी दीगो र हरित जीवनशैलीको सम्भावनालाई हाइलाइट गर्नेछ । प्रकृतिसँग मिलेर दीगो रुपमा जीवनयापन गर्नुपर्छ भन्ने जनचेतना पैmलाइरहेको छ विश्वव्यापी रुपमा । पृथ्वी हामी सबैको एकमात्र र निर्विकल्प साझा घर हो । त्यसैले हामीले यहाँ भएका स्रोतसाधनको संरक्षण र संवद्र्धन गर्नुपर्छ । हाम्रो धरती र जनजीवनलाई सुरक्षित राख्न पर्यावरणलाई सुरक्षित राख्नुपर्दछ ।

    हाम्रो संविधानले हरेक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्छ भनेर मौलिक हकमा उल्लेख गरेको छ । तसर्थ संघीय सरकारको विज्ञान, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकारअन्तर्गतका सरोकारवाला मन्त्रालयहरु र स्थानीय तहमा नीति निर्माण गर्दा यो विषयलाई समेट्न छुटाउनु हुँदैन ।

    संविधान–२०७२ को भाग–३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३० मा स्वच्छ र स्वस्थ वातावरणमा प्रत्येक नागरिकलाइ स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने उल्लेख छ । वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक छ । राष्ट्रको विकास सम्बन्धि कार्यमा वातावरण र विकासबीच समूचित सन्तुलनका लागि आवश्यक कानूनी व्यवस्था गर्ने कुराको ग्यारेण्टी गरेको छ हाम्रो संविधानले ।

    चक्रीय अर्थव्यवस्था आत्मसाथ गरौं

    जनसंख्या वृद्धि विश्वव्यापीरुपमा बढिरहेको छ । यससँगै कच्चा पदार्थको मागमा पनि उल्लेख्य वृद्धि भैरहेको छ । यस्ता कच्चा पदार्थको मात्रा पृथ्वीमा सीमित छ । कच्चा पदार्थको उत्खनन् र दोहनले वातावरणमा दूरगामी नकारात्मक प्रभाव पार्दछ । ऊर्जा खपतमा बढोत्तरी भएर कार्बनडाइ अक्साइडजस्ता हानिकारक ग्यासको उत्सर्जन बढ्ने हुन्छ । हामीले हरेक दिन प्रयोग गर्ने सामग्रीको उत्पादनले कुल कार्बन उत्सर्जनको ४५ प्रतिशत हिस्सा ओगट्छ भन्ने तथ्यांक छ ।

    तसर्थ हरित गृह प्रणालीमा पर्ने नकारात्मक असर कम गर्न युरोपियन युनियन कम्पनीहरुले फोहोर निरोध गर्ने, इको डिजाइन गर्ने र पुनःप्रयोगलाई प्रोत्साहन गर्ने प्रयास थालिसकेका छन् । हामीकहाँ भने सचेतनाको अभावका कारण सस्ता, कमसल गुणस्तर भएका र कम टिकाउ वस्तुहरु विश्व बजारबाट आयात गर्ने होडबाजी चलिरहेको छ । यसो हुँदा कालान्तरमा हाम्रो धरती त्यस्ता हानीकारक सहउत्पादन (बाइप्रडक्ट) डम्पिङ्ख भएर अवस्था वातावरणीय अवस्था भयावह बन्ने खतरा देखिदैछ । भर्खरै नेपालका तारे होटलले एकपटक मात्रै प्रयोग हुने प्लाष्टिक प्रयोग नगर्ने घोषणा गरेक छन् । यो सानो कदम र प्रयासले विश्वमा व्यापक रुपमा पैmलिएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न जागरण पैदा गर्नेछ ।

    चक्रीय अर्थव्यवस्थातिर सचेतनापूर्वक लाग्ने हो भने वातावरणमाथिको नकारात्मक दबाब र प्रभाव कम गर्न सकिन्छ । त्यसो हुँदा कच्चा पदार्थको सप्लाई सुनिश्चित हुन्छ । प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुन्छ । नवप्रवर्तन गर्ने जागरण बढ्छ । आर्थिक वृद्धि दरिलो हुन्छ (कुल ग्रार्हस्थ उत्पादनको झण्डै ०.५ प्रतिशत) र दशौं लाखको संख्यामा नयाँ रोजगार सिर्जना गर्न सकिन्छ । त्यस्तै आम उपभोक्ताले पनि टिकाउ, भरपर्दो र इनोभेटिभ वस्तु खरिद गर्न पाउँछन् जसले गर्दा उनीहरुको जीवन गुणस्तरीय हुन्छ र पछि पैसा पनि बचत हुन्छ ।

    चीनले चक्रीय अर्थव्यवस्थाको दिशामा अग्रसर भएर अर्थतन्त्र बलियो बनाउँदै लगेको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले पञ्चवर्षीय योजनामा चक्रीय अर्थव्यवस्थासँग जोडिएर नीति तयार गर्छ । विश्वमा पहिलोपटक चीनले राष्ट्रिय चक्रीय आर्थिक परियोजना कार्यान्वयनमा ल्याइसकेको छ । ऊर्जा दक्षतामा ध्यान दिइएको छ । आधुनिक चक्रीय अर्थव्यवस्था अनुसन्धान केन्द्रजस्ता संस्था स्थापना गरेर काम गरिरहेको छ ।

    नेपालजस्ता देशका लागि दुईवटा बाटा छन् अगाडि– या त चक्रीय अर्थव्यवस्था जस्ता सुविचारित सुधार लागू गर्ने वा अराजकता र अव्यवस्थाको सामना गर्ने । चक्रीय अर्थव्यवस्थाको प्रवद्र्धनका लागि सचेतना कार्यक्रम गरिनुपर्दछ र यसलाई राष्ट्रिय एजेण्डाको रुपमा महत्व दिनुपर्दछ । संसाधनको दक्षता अभिवृद्धि नभइ चक्रीय अर्थव्यवस्थाको अवधारणा सम्भव हुन्न । त्यसैले यसलाई नीति लक्ष्यको रुपमा प्रमुख स्थान दिनुपर्दछ ।

    विश्व मौसम जोखिम सूचकांकको प्रतिवेदन–२०२०ले नेपाल वातावरणीय संकटका हिसाबले नवौं स्थानमा रहेको बताएको छ । तर हामीमा अभैm उन्नतस्तरको चेतना जागृत हुनसकेको छैन । प्राकृतिकरुपमा स्वच्छ रहेको हाम्रो देशको अर्थतन्त्रलाई विकासका अव्यवस्थित र अल्पकालीन सोंचबाट बिग्रिन नदिई भावी पुस्तालाई हस्तान्तरण गर्न चक्रीय अर्थव्यवस्थाको अवधारणा आत्मसात गर्नु अत्यावश्यक छ ।

    विश्वप्रख्यात लेखक जेयर्ड डायमण्डले किताब ‘कोल्याप्स–हाउ सोसाइटिज चुज टु फेल अर सक्सिड’मा ऐतिहासिक समाजहरुको मिहीन अध्ययन गरेका छन् । प्राचीन मानव जातिले कसरी ठूलाठूला चुनौतीको सामना गरेर अस्तित्व जोगाइ राखे भन्ने तथ्य बताएका छन् । डायमण्ड भन्छन्– प्राचीन मान्छेले नजानेर, नबुझेर वातावरण विनाश गर्थे र त्यसैको दुष्परिणामले आपैm बिनाश हुन्थे । समाज विघटन हुने प्रमुख कारण मध्येको एक हो वन विनाश, प्रदूषण, माटोको ¥हास, र जलवायु परिवर्तन । एक्काइसौं शताब्दीका हामी मानव अब यी ऐतिहासिक तथ्यबाट पाठ सिकेर वातावरणीय विनासको चंगुलमा फस्ने जस्तो मुख्र्याईं गर्नुहुन्न ।

    हरित अर्थतन्त्र प्रवद्र्धन गरौं

    विश्व मौसम जोखिम सूचकाङ्कको प्रतिवेदन–२०२०ले नेपाल वातावरणीय संकटका हिसाबले नवौं स्थानमा रहेको बताएको छ । तर हामीमा उन्नतस्तरको चेतना जागृत हुन सकेको छैन । ‘हरियो वन नेपालको धन’ भन्ने नारा बिर्सिन थालिएको छ आजकाल । प्राकृतिक रुपमा स्वच्छ रहेको हाम्रो देशको अर्थतन्त्रलाई विकासका अव्यवस्थित र अल्पकालीन सोंचबाट बिग्रन नदिई भावी पुस्तालाई हस्तान्तरण गर्न हरित अर्थतन्त्र अवधारणा महत्वपूर्ण हुन्छ ।

    नेपालको दीगो विकासका लागि उपयुक्त माध्यम हो हरित अर्थतन्त्र । पृथ्वीमा बसोबास गर्ने सबै मानव जातिको समृद्धि लागि सन् २०३० सम्ममा प्राप्त गर्ने भनेर तय गरिएको दिगो विकास एजेण्डा–लक्ष्य प्राप्त गर्न पनि हामीले हरित अर्थतन्त्रलाई प्रवद्र्धन गर्नुपर्दछ । अर्गानिक कृषि उत्पादन, पर्यटन उद्यम, जडीबुटी उत्पादन, नविकरणीय ऊर्जा, खोलानालाको सदुपयोग र सम्वद्र्धनमाबाट हामीले सबल र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्छौं ।

    त्यसैले हरित आर्थिक विकासमा टेवा पुग्ने गरी सरकारी नीति निर्माण गरेर विकासका गतिविधि परिचालन गर्नुपर्दछ । हरित अर्थतन्त्रको विकासको प्रचुर सम्भावना छ नेपालमा । भौतिक विकासलाई विनासले छायाँजस्तै सँगसँगै पछ्याइरहको हुन्छ, त्यसैले हरित अर्थतन्त्रको अवधारणालाई विकास नीतिमा अनिवार्य रुपमा जोडेर लैजानुपर्दछ ।

    हाम्रो बैंक तथा वित्तीय प्रणालीको लगानी ‘खैरो क्षेत्र’– जस्तैः व्यवसायिक कृषि, निर्माण र रियल स्टेट (घरजग्गा)मा केन्द्रित छ । यी सबै क्षेत्रमा वातावरणीय खतरा र उच्च जलवायु जोखिम रहन्छ । तसर्थ अब यी क्षेत्रको लगानी हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने व्यवसाय र आयोजनातिर मोड्नुपर्दछ । नेपालको वित्तीय क्षेत्रसँग वातावरणीय हिसाबकिताब गर्ने ज्ञान सीमित छ त्यसैले उनीहरुको लगानी जोखिम समेत बढ्दो छ । यसतिर नियामक निकाय र सरकारले नीतिगत व्यवस्थामाबाट हस्तक्षेप बढाउन ढिलो गर्नुहुन्न ।

    दीगो वन व्यवस्थापन र सो को प्रमाणीकरण, वैकल्पिक ऊर्जा (सौर्य, जलविद्युत, वायु ऊर्जा, वायोग्यास)को प्रयोग, कार्बन अवशोषणका लागि वन जंगलको संरक्षण र बिस्तार, वातावरणीय सेवा भुक्तानी कार्यान्वयन, वातावरणमैत्री पूर्वाधार विकास, हरित रोजगारी, प्राङ्गारिक कृषि खेती प्रवद्र्धन, जीविकोपार्जनका लागि प्राकृतिक स्रोत माथिको निर्भरतालाई कम गर्ने स्वच्छ यातायात प्रविधि एवं पर्या–पर्यटनलाई बढावा दिने गरी विकास नीति तर्जुमा गर्नुपर्दछ । वातावरण मन्त्रालय र राष्ट्रिय योजना आयोगले न्यून कार्बन विकास रणनीति त तर्जुमा गरेका छन् । जलवायु परिवर्तन नीति बनेको छ । तर कार्यान्वयन शून्यप्रायः छ । अब पनि विकासको ढाँचा आर्थिक मात्रै हो भन्ने दृष्टिकोणले जरा गाडेको छ ।

    जलवायु परिवर्तन अर्थात क्लाइमेट चेन्ज अहिले विश्वव्यापी रुपमा चासोको विषय हो । नेपालमा यसप्रतिको चासो र सरोकार अलि कम देखिन्छ । जलवायु परिवर्तनको बिषय वर्तमान विश्वको वास्तविकता हो । यसले पृथ्वीमा तीब्र रुपले नोक्सान पुराइरहेको छ । जलवायु परिवर्तनले निम्त्याइरहेको चुनौतीबारे व्यापक जनचेतना जगाउन सकियो भनेमात्र प्रभावकारी ढंगले यसलाई रोक्न सकिन्छ । विश्व पर्यावरण दिवसको अवसरमा सबैमा एक्लो पृथ्वी जोगाउनुपर्छ भन्ने सचेतना जागोस्, शुभकामना ।