Author: Matrika Poudel

  • तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्लेको प्रारम्भिक अग्रता

    तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्लेको प्रारम्भिक अग्रता

    काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा रास्वपाका स्वर्णिम वाग्लेले प्रारम्भिक अग्रता लिएका छन् । मतगणनाको प्रारम्भिक जानकारी अनुसार.८४६.ले मतसहित अग्रता लिएका हुन् ।

    नेपाली कांग्रेसका गोविन्द भट्टराई ५५१ मत सहित दोस्रो स्थानमा छन् भने एमालेका सर्बेन्द्र खनालले ३२९ मत पाएका छन् । यो प्रारम्भिक मतगणनाको नतिजा हो । ् ।

    तनहुँ क्षेत्र नम्बर १ को मतगणना मध्यरातमा शुरु भएको छ । भानु नगरपालिकाको वडा नम्बर १० बाट गणना शुरु भएको हो । जनजागृती मावि क र क तथा सरस्वती आधारभूत विद्यालय र चोक मावि क र ख मतदान केन्द्रका बाकस खोलेर गणना शुरु भएको छ ।

  • तनहुँ १ मा मतगणना शुरु,भानु नगरपालिका वडा नम्बर १० बाट गन्न थालियो

    तनहुँ १ मा मतगणना शुरु,भानु नगरपालिका वडा नम्बर १० बाट गन्न थालियो

    काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को मतगणना मध्यरातमा शुरु भएको छ । भानु नगरपालिकाको वडा नम्बर १० बाट गणना शुरु भएको हो ।

    जनजागृती मावि क र क तथा सरस्वती आधारभूत विद्यालय र चोक मावि क र ख मतदान केन्द्रका बाकस खोलेर गणना शुरु भएको छ ।

    सर्वदलीय बैठकमा राति पौने १२ बजेबाट मतगणना शुरु गर्ने सहमति भएको थियो । सो क्षेत्रमा कांग्रेसका गोविन्द भट्टराई,एमालेका सर्बेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा छ । मत गणनाको अपडेट मध्यरातमै आउनेछ ।

  • तनहुँ १ मा मतगणना शुरु हुँदै,पहिलो अपडेट मध्यरातमै आउँने

    तनहुँ १ मा मतगणना शुरु हुँदै,पहिलो अपडेट मध्यरातमै आउँने

    काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को मतगणना अब केही बेरमा शुरु हुने भएको छ । सर्वदलीय बैठकमा राति पौने १२ बजेबाट मतगणना शुरु गर्ने सहमति भएको हो ।

    मतदान केन्द्रबाट मतपेटिका आइसकेपछि बसेको सर्वदलीय बैठकले राति ११.४५ बाट मतगणना थाल्ने सहमति गरेको राससका तनहुँ प्रतिनिधि कृष्ण न्यौपानेले जानकारी दिएका छन् ।

    सो क्षेत्रमा कांग्रेसका गोविन्द भट्टराई,एमालेका सर्बेन्द्र खनाल र रास्वपाका स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा छ । मत गणनाको अपडेट मध्यरातमै आउनेछ ।

  • कांग्रेसको धाँधली रोक्न भन्दै स्वर्णिमले भेटे सर्बेन्द्र,एमालेले दिदैँछ रास्वपालाई ‘बुथ एजेन्ट’ ?

    कांग्रेसको धाँधली रोक्न भन्दै स्वर्णिमले भेटे सर्बेन्द्र,एमालेले दिदैँछ रास्वपालाई ‘बुथ एजेन्ट’ ?

    पोखरा । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सत्ता गठबन्धनले बुथ कब्जा र धाँधलीको तयारी गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा एमालेसँग छलफल गरेको छ ।

    कांग्रेसबाट कब्जा हुन सक्ने सम्भावित बुथमा संयुक्त प्रतिकार गर्नेबारे छलफल भएको रास्वपाका जिल्ला सहसंयोजक सुर्यमणी पौडेलले नेपाल प्रेसलाई बताए । उनले कतिपय बुथमा रास्वपाका कार्यकर्ता नभएको तर भोट हाल्न तयार भएका कांग्रेस कार्यकर्ता खुलेर बुथ प्रतिनिधि बन्न नसकेपछि एमालेसँग सहयोग मागिएको उनले बताए ।

    पौडेलले भने–म जिल्ला सहसंयोजक पनि भएको र विगतमा एमालेनिकट भएका कारण एमालेका साथीहरुसँग छलफल गरेको हो । विशेषगरी एक दुईवटा बुथमा हाम्रा साथीहरुलाई धम्क्याएर गठबन्धनले घेराबन्दी पारेपछि एमालेसँग एजेन्ट सहकार्य गरौं भनेको हो ।

    स्रोतका अनुसार शनिवार रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेले दमौलीस्थित एमाले कार्यलयमा एमालेका उम्मेदवार सर्बेन्द्र खनालसहित नेताहरुसँग बुथ सुरक्षामा सहकार्य र आफ्ना कार्यकर्ता नभएका ठाउँमा एमालेबाट बुथ एजेन्ट दिन सल्लाह गरेका छन् । केही बुथमा एमालेकै कार्यकर्ता रास्वपाको प्रतिनिधि बन्नेछन् ।

    पौडेलले भने–दमौलीकै एउटा बुथको लागि त्यो कुरा भएको हो । कांग्रेसका जिल्लास्तरीय नेताहरु नै हामीसँग छन् तर खुलेर एजेन्ट बस्न सक्ने अवस्था छैन । त्यसैले मत र बुथ जोगाउँन एमालेसँग छलफल भएको हो । एमालेका सबै वडा र टोलमा कार्यकर्ता छन्,हाम्रा मतदाता मात्र छन् ।

    एमाले नेताहरुले भने रास्वपाका एजेन्टहरु कांग्रेसको घेराबन्दीमा परेपछि एमालेले केही ठाउँमा एजेन्ट पैंचो दिने सहमति भएको बताएका छन् । उनीहरुले एमाले चुनाव जित्ने अवस्थामा रहेको भन्दै बुथ सुरक्षाका लागि रास्वपाको आग्रहलाई अन्यथा नलिइएको बताए ।

    यता रास्वपाका नेता पौडेलले कांग्रेसले शनिवार साँझसम्म पनि ठाउँ ठाउँमा प्रहरीकै संरक्षणमा सारी र पैसा बाँडेको आरोप लगाएका छन् ।

  • गायक टंक तिमिल्सेनाको गीत मेरी चम्पा करोड क्लबमा (भिडियो)

    गायक टंक तिमिल्सेनाको गीत मेरी चम्पा करोड क्लबमा (भिडियो)

    काठमाडौं । युवा गायक टंक तिमिल्सेनाको गीत करोड क्लबमा पुगेका छ । समाचार तयार पार्दासम्म उक्त गीत युट्युवमा १ करोड ३० लाख भन्दा बढीले हेरिसकेका छन् । नयाँ प्याटर्नमा गाइएको गीत २ महिना अघि अर्थात गत पुष २९ गते गायक तिमिल्सेनाकै युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

    लिरिक्स र संगीत पनि गायक तिमिल्सेनाकै रहेको गीतको म्यूजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् । गीतमा नृत्य तथा अभिनय गायक तिमिल्सेनासँगै, निर्देशक चौहान र सुस्मा मगरको रहेको छ । राजाराम सिम्खडा सहायक निर्देशन रहेको गीत छायांकन प्रकाश खड्का, सम्पादन मिलन विश्वकर्मा र सारंगी हेमन्त कान्छा रसाइलीको रहेको छ ।

    गीतका शब्द
    सोर्गैकि अप्सरा आज भूइमा झरी
    लजाउदै लजाउदै मेरै छेउमा सरि

    झपक्कै मिल्याको जिउडाल चरी हैकी परि
    च्याप्प समाई काख मा राखु लाग्दो घरि घरि ,

    पिपल पाते ओठ माथि ूमेरी चम्पा, पुक्क पुक्क गाला
    हात समाई साथ छोड्न्या छैन मेरी चम्पा, गया परान जाला

    गाजलु बिर्सेउकि बिर्सेउ कालो टिका
    ति सोझा परेली भाछन फिका फिका

    लाज झिक्कै लग्याको रैछ नजर अन्तै गयो
    झ्याप्प मलाई छोयो ज्यानले कसो कसो भयो,

    कुक्क कुक्क बडुल्किमा मेरी चम्पा, सौराइ लागि तेरी
    एउटै चिन्ता लाग्दो मलाई मेरी चम्पा, कैल होल्ली मेरी

    त्यो मलिन मुहारमा आउन लाछ पिम्पल
    यस्तै हो चाहियको मलाई सिम्पल सिम्पल

    छम छम बजाई हातका चुडी लुटेउमेरो मन
    लुकी लुकी सपनीमा कैले आउछौ भन

    सुस्त सुस्त बोलि उनको, मेरी चम्पा छम छम हातका चुडी
    एति राम्री अप्सरालाई मेरी चम्पा, भन्न पाइयोस बुडी

    गायक तिमिल्सैनाको करोड क्लबमा प्रवेश गरेको यो तेस्रो गीत हो । करोड क्लवमा पुगेका विभिन्न गीतमा उनले ६ वर्ष अघि सार्वजनिक भएको सम्झना भण्डारी र उनको स्वर रहेको चल्यो बतास बोलको गीत युट्युवमा अहिलेसम्म सबैभन्दा बढी २ करोड ६४ लाख २५ हजार भन्दा बढीले हेरिसकेका छन् ।

    सबैभन्दा पहिले करोड क्लवमा प्रवेश गरेको ७ वर्ष अघि सार्वजनिक भएको रजनी लामा र तिमिल्सेनाको मिठो बोलीले बोलको गीत १ करोड १२ लाख २६ हजार भन्दा बढीले युट्युवमा हेरेका छन् ।

  • राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक, मतपत्रमा उम्मेदवारको फोटो पनि राखिने

    राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक, मतपत्रमा उम्मेदवारको फोटो पनि राखिने

    काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको लागि नमुना मतपत्र सार्वजनिक गरेको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि आयोगले बिहीबार उम्मेदवारको फोटोसहितको मतपत्रको नमुना सार्वजनिक गरेको हो।

    संघीय संसदका सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र राखेको छ । मतपत्रमा राष्ट्रपति उम्मेदवारको फोटो पनि राखिएको निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन् । पौडेललाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत आठ दलले समर्थन रहेको छ भने नेम्वाङलाई भने अहिलेसम्म कसले समर्थन गर्छ भन्ने खुलेको छैन ।

    संघीय संसदका सदस्यका लागि मतपत्र

    प्रदेश सभा सदस्यका लागि मतपत्र

  • सूचना प्रविधि विज्ञ गुरुङको संयोजकत्वमा साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन

    सूचना प्रविधि विज्ञ गुरुङको संयोजकत्वमा साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन

    काठमाडौं । साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार पार्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव नेत्रप्रसाद सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए ।

    सूचना प्रविधि विज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा रहेको कार्यदल सदस्यमा विज्ञ बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम छन् । कार्यदल सदस्यमा नेपाल प्रहरी र नेपाली सेनाका विज्ञ पनि सदस्य सदस्य रहेका छन् भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन् ।

    मन्त्रालयमा एक कार्यक्रम गरी कार्यदललाई जिम्मेवारी प्रदान गरिएको छ । कार्यदललाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पछिल्लो समय लगातार साइबर सुरक्षामाथि खतरा उत्पन्न हुन थालेपछि मन्त्रालय कानुन र नीति निर्माणमा जुटेको उल्लेख गर्दै त्यसको तयारीका लागि कार्यदललाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको बताइन् ।

    संसारमा निर्माणमा भएको सबै प्रविधिको नेपालमा प्रयोग गरिए पनि यसको उचित प्रयोग, व्यवस्थापन र नियमनमा नीति नबनाउँदा समस्या आएकाले साइबर सुरक्षा अहिले राज्यको प्राथमिकतामा रहेको मन्त्री शर्माले बताए । साइबर सुरक्षाको क्षेत्रमा नीति निर्माण गरी बजेट तर्जुमा गरेर कार्यान्वयनमा लैजान सकिए नेपालको साइबर सुरक्षाको सवालमा महत्त्वपूर्ण काम हुने भएकाले सरकारले यसमा ध्यान केन्द्रित गरेको पनि मन्त्री शर्माले बताइन् ।

    यो सामान्य अध्ययन मात्र नभएर नेपाल सरकारको नीति कार्यक्रम र बजेटमै समावेश गर्ने सुझाव तयार पार्ने अध्ययन भएकाले कार्यदलको महत्त्वपूर्ण जिम्मेवारी रहने प्रवक्ता सुवेदीले बताए । उनका अनुसार आगामी बजेटमै समावेश गर्ने गरी कार्यक्रम बनाउनुपर्ने भएकाले कार्यदललाई एक महिनाको समयावधि तोकिएको हो ।

  • २८ जना उपसचिवको सरुवा तथा पदस्थापन, २५ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (सूचीसहित)

    २८ जना उपसचिवको सरुवा तथा पदस्थापन, २५ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (सूचीसहित)

    काठमाडौं । सरकारले २८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव पदमा बढुवा नियुक्ति भएका कर्मचारीलाई सरुवा तथा पदस्थापन गरेको हो ।

    बढुवा नियुक्त भएका उपसचिवमध्ये २५ जनालाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, दुई जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र एक जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएको छ ।

    स्थानीय तहमा पदस्थापन गरिएका उपसचिवलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ बमोजिम कामकाज गर्न खटाइएको हो भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएका दुई जनालाई कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९ को उपदफा ९ र अख्तियारमा पठाइएका उपसचिव रामबहादुर तामाङलाई निजामती सेवा ऐन, २०४९ को दफा ५ को उपदफा १ बमोजिम पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

  • थप दुई सहसचिवको सरुवा, सामान्य प्रशासनको प्रशासन महाशाखा प्रमुख बने कमल भट्टराई

    थप दुई सहसचिवको सरुवा, सामान्य प्रशासनको प्रशासन महाशाखा प्रमुख बने कमल भट्टराई

    काठमाडौँ । सरकारले थप दुई सहसचिवको सरुवा गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका दुई सहसचिवको सरुवा गरेको हो ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार अर्थ मन्त्रालयका सहसचिव कमल भट्टराईको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उक्त मन्त्रालयमा कार्यरत सहसचिव रघुराम विष्टको अर्थ मन्त्रालयमा सरुवा भएको हो ।

    सहसचिव भट्टराई सरुवा भएपछि २ दिन अघि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । भट्टराईको टुंगो लागे पनि बिष्टको भने टुंगो लागेको थिएन । सुरुमा बिष्टको सहरी विकास मन्त्रालयको प्रशासन महाशाखा प्रमुखमा जाने गरी प्रस्ताव मन्त्रिपरिषद्मा गए पनि सहरी विकास मन्त्रालयका प्रशासन महाशाखा प्रमुख प्रदिप परियारको अन्य निकायमा सरुवा हुन नसकेपछि रोकिएको थियो । उक्त मन्त्रालयमा सरुवा हुन नसकेपछि बिष्टको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

    सोमबार बसेकै मन्त्रिपरिषद् बैठकले २६ जना सहसचिवको सरुवा गरेको थियो ।

  • समलिङ्गी विवाहलाई मान्यता दिनेगरी कानून निर्माण गर्न सम्बन्धित निकायको ध्यनाकर्षण

    समलिङ्गी विवाहलाई मान्यता दिनेगरी कानून निर्माण गर्न सम्बन्धित निकायको ध्यनाकर्षण

    काठमाडौं । समलिङ्गी विवाह सम्बन्धी सर्वोच्च अदालतले दिएका आदेश कार्यान्वयन गर्न र त्यस अनुसारको कानुन निर्माण गरी वैवाहिक समानतालाई कानुनी मान्यता दिलाउन यौनिक तथा लैंगिक अल्पसंख्यको क्षेत्रमा काम गर्दै आएका संस्थाले सरकारको ध्यानाकर्षण गराएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको क्षेत्रमा काम गर्दै आएको मितिनी नेपाल र महिला तथा कानून विकास मञ्चले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालको संविधान प्रत्याभूत गरकेको समानताको हकको सुरक्षा गरी कानून निर्माण गर्न ध्यानाकर्षण गराएका हुन् ।

    नेपालको कानुन, ऐन, नियमावली, अनुसूची, निर्देशिका आदिमा प्रयोग भएका लोग्ने स्वास्नी, पति पत्नी, महिला पुरुष, स्वास्नी मानिस, लोग्ने मानिस, बालिकाजस्ता शब्दको सट्टा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समेट्ने शब्द प्रयोग गर्न पनि आग्रह गरिएको संस्थाका कार्यकारी निर्देशक सरिता केसीले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । प्रयोग हुदै आएका शब्दको सट्टा व्यक्ति, दम्पत्ति, जीवनसाथी नाबालिग जस्ता शब्द प्रयोग गर्ने गरी ती कानुन, ऐन, नियमावली, अनुसूची, निर्देशिका आदिमा आवश्यक संशोधन गर्न विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।

    मुलुकी देवानी संहिता, २०७४ को सो दफालाई संशोधन गरी लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई बिना कुनै भेदभाव विवाह गर्ने अधिकार सुनिश्चित हुनेगरी आदेश जारी गरिपाउ भन्दै मितिनी नेपाल र महिला तथा कानून विकास मञ्चले संयुक्त रुपमा सर्वोच्च अदालतमा मुद्धा दायर गरिसकेका छन् । अदालतले एक साताको समय दिएर सरकारलाई कारण देखाउ आदेश जारी गरिसकेको मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार यो विषय अत्यन्त संवेदनशील, विवाहको विषयसँग सम्बन्धित मुद्दा भएको र यथासिघ्र निर्णयमा पुग्नुपर्ने भएकाले प्रस्तुत रिट निवेदनलाई पेशी प्राथमिकता अग्राधिकारमा राखी सुनुवाई गर्न पनि माग गरिएको छ ।

    मितिनी नेपालले आफ्नो पहलमा सन् २०१२ मा सर्वोच्च अदालतले समलिङ्गी सम्बन्धलाई कानुनी मान्यता प्रदान गरी संगै बस्न आदेश दिए पनि यो सम्बन्धबारे अझै पनि कुनै कानुनी प्रमाण नहुँदा समुदायले विभिन्न समस्या भोग्दै आईरहेका जनाएको छ । मुलुकी देवानी संहिता, २०७४ को विवाहसम्बन्धी व्यवस्थाको दफा ६७ मा महिला र पुरुषबीच मात्र विवाह गर्न पाइने उल्लेख छ । यसले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिलाई विवाह गर्ने स्वतन्त्रताबाट वञ्चित गरेको जनाइएको छ ।

    यसैसन्दर्भमा मितिनी नेपाल र महिला, कानून तथा विकास मञ्चले संयुक्त रुपमा नेपाल सरकार, कानून मन्त्रालय र संघीय संसदलाई विपक्षी बनाई २०२२ डिसेम्बर ५ तारिखका दिन नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि वैवाहिक समानताको माग गर्दै सर्वोच्च अदालतमा संयुक्त रुपमा रिट निवेदन दायर गरेको छ । संवैधानिक इजलासको पहिलो सुनुवाई पनि जनवरी ४, २०२३ मा भएको थियो । जसमा सम्मानित सर्वोच्च अदालतले कारण देखाउ आदेश माग गरेको छ ।

    वैवाहिक समानताका लागि सुरु गरिएको यो अभियानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्दै आइरहेका विभिन्न चुनौती तथा असमानतालाई पनि सम्बोधन गर्ने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अपेक्षा छ ।

    नेपालको संविधानको धारा १८ ले समानताको हकको प्रत्याभूति गरेको छ  । जसमा उत्पत्ति, धर्म, जाति, लिङ्ग, आर्थिक स्थिति, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा राज्यले नागरिकलाई भेदभाव गर्न नहुने उल्लेख छ । अन्य सामाजिक वा सांस्कृतिक रुपले पिछडिएका वर्ग तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक लगायत नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न निषेध गरिएको मानिने छैन । तर यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले अझैसम्म पनि वैवाहिक समानताको अधिकार प्राप्त गर्न सकेको छैन ।

  • ‘गल्ली’ म्यूजिक भिडियोमा एस कुमार र रेस्मा घिमिरेको ५ वर्षे मार्मिक प्रेमकहानी (भिडियो)

    ‘गल्ली’ म्यूजिक भिडियोमा एस कुमार र रेस्मा घिमिरेको ५ वर्षे मार्मिक प्रेमकहानी (भिडियो)

    काठमाडौं । ‘यो यस्तै छ अरुलाई सहयोग गर्छ तर, आफु सहयोग कहिल्यै लिन मान्दैन । सरी रेस्मा, मैले यो साथीको बारेमा भन्ने मौका नै पाइन । हिजो मात्रै ५ वर्ष जेल सजाय काटेर आएको कैदी हो यो । जसको दोषी म नै हो । सायद त्यो दिन म मात्तिएर झगडा सुरु नगरेको भए, यसको हातबाट त्यो मान्छे मर्ने थिएन होला । यो जेल गएदेखि यसको आफन्त, परिवार सबैले छोडे । यो सँग सबैले नाता तोडे । यसको प्रेमिकाले पनि यसलाई छोड्यो । सबै भएर पनि उ आज एक्लो छ ।’

    गायक एस कुमारले भर्खरै मात्र सार्वजनिक गरेका ‘गल्ली’ नामको म्यूजिक भिडियोको अन्तिम सम्बाद हो यो । एउटा प्रेमीकाले आफुलाई प्रेम गर्ने मान्छेले अर्कैले गरेको गल्तीको दोषका कारण ५ वर्ष जेल सजाय भोग्नुपरेको कथा एस कुमारको ‘गल्ली’ नामको म्यूजिक भिडियोमा समेटिएको छ । १० मिनेटको गीत हेर्दा पनि साढे ३ घण्टाको कथानक चलचित्र हेरेझै महशुस हुन्छ ।

    गायक एस कुमारको स्वरसँगै गायिका मेचु धिमालको जादुमय स्वरसँगै गायक एस कुमार, मोडल रेस्मा घिमिरे, उषा बराईली र मोडल राजेश घतानीको अभिनय पनि म्यूजिक भिडियो सकिएको थाहा नै नहुने गरी निदेृशक निकेश खड्काले कथामा अभिनय बुनेका छन् ।

    गायक एस कुमारकै अफिसियल यूट्व च्यानल एस कुमार अफिसियलबाट सार्वजनिक भएको हो । गीतमा सङ्गीत तथा शब्द रचना गायक स्वयं एस कुमारकै रहेको छ । हरि हुमागाईं छायांकन गरेको म्यूजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् ।

    यस्तो छ गीतको कथा
    एस कुमार र रेस्मा घिमिरेको एकदमै गहिरो प्रेम चलिरहेको छ । उनीहरु एक आपसमा भेटघाट गर्ने गरिरहेका हुन्छ्न । उनीहरु सँगै घुमघाम गरिरहेका बेला एकाएक एसकुमारलाई उनको यूएसमा रहेको साथीले नेपाल आएको मौकामा पार्टीमा बोलाउछन् । ती साथी हुन्छन् राजेश घतानी । एस कुमार र राजेश रेस्टुरेन्टमा पार्टी मनाउछन् । रेस्टुरेन्टमा मदिरा सेवन गरेर मात्तिएका राजेशका कारण झगडा हुन्छ । झगडाले ठुलो रुप लिएपछि एस कुमारको चोटबाट एक जनाको मृत्यु हुन्छ । त्यसपछि गायक एस कुमार जेल जान्छन् । एस कुमार जेल परेको बेला रेस्मा जेलमा आएर एस कुमारलाई हत्याराको आरोप लगाउँदै उनीसँगको सम्बन्धबाट टाढिन्छन् ।

    ५ वर्षपछि एस कुमार जेल मुक्त भएर घर आउँछन् । आमाले उनलाई स्विकार गरे पनि बाबुले एसकुमारलाई थर्काउदैँ भन्छन्, यो मेरो घर हो, कुनै कैदी बस्ने जेल होइन । त्यसपछि उनी आफ्नो एकजना नजिकको साथीको घरमा जान्छन् । घरमा जादाँ एसकुमारले आफ्नी पूर्व प्रेमिका रेस्मालाई देखेर अचम्मित हुन्छन् । एस कुमारकी पूर्व प्रेमीकालाई नै उनका साथीले बिहे गरेका रहेछन् । एक रात त्यतै बितारु एस कुमार पछिल्लो दिन निस्कीदैँ गर्दा एसकुमारले विहेको गिफ्ट केहि दिन नपाएको भन्दै आफ्नो प्रिय चिनो प्रिय साथीलाई भन्दै आफ्नै हातमा बाधेको घडी साथीको हातमा बाधिदिन्छन् । उनको साथीले यो तिमीलाई नै काम लाग्छ भन्दा एस कुमारले भन्छन्, समयले ठगेको मान्छेलाई यो घडीको के काम । यो घडी तिमीलाई नै गिफ्ट भयो । उक्त घडी रेस्माले पहिले एसकुमारलाई गिफ्ट गरेको घडी हुन्छ ।

    त्यसपछि रेस्माका श्रीमान जो एस कुमारकै साथी हुन्, उनले चेकबुक एस कुमारको हातमा थपाउछन् । एसकुमारले चेकबुक खोलेर हेर्दा ५० लाखको हुन्छ । एस कुमारले चेक साथीलाई नै थमाउदैँ भन्छन्, मलाई चाहिएको खुसी यो पैसाले किन्न सकिने भए म यसलाई राख्थे होला ।

    त्यसपछि जव एस कुमार घरबाट बाहिरिन्छन्, रेस्मालाई उनका श्रीमानले एस कुमारको बारेमा सबै बेलिबिस्तार सुनाउदैँ आफ्नो कारणले एस कुमार जेल जानु परेको सुनाउछन् ।

    यो यस्तै छ अरुलाई सहयोग गर्छ तर, आफु सहयोग कहिल्यै लिन मान्दैन । सरी रेस्मा, मैले यो साथीको बारेमा भन्ने मौका नै पाइन । हिजो मात्रै ५ वर्ष जेल सजाय काटेर आएको कैदी हो यो । जसको दोषी म नै हो । सायद त्यो दिन म मात्तिएर झगडा सुरु नगरेको भए, यसको हातबाट त्यो मान्छे मर्ने थिएन होला । यो जेल गएदेखि यसको आफन्त, परिवार सबैले छोडे । यो सँग सबैले नाता तोडे । यसको प्रेमिकाले पनि यसलाई छोड्यो । सबै भएर पनि उ आज एक्लो छ ।

  • अतिरिक्त स्वास्थ्य सचिव बढुवाका लागि ३ चिकित्सकको नाम मन्त्रिपरिषद्मा सिफारिस

    अतिरिक्त स्वास्थ्य सचिव बढुवाका लागि ३ चिकित्सकको नाम मन्त्रिपरिषद्मा सिफारिस

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव अर्थात १२औं तहमा बढुवाका लागि ३ जना चिकित्सकको नाम मन्त्रिपरिषद् बैठकमा प्रस्ताव गरेको छ । स्वास्थ्य मन्त्रालयमा रिक्त रहेको २ पदका लागि बढुवा समितिले सिफारिस गरेको ३ जनाको नाम मन्त्रालयले मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

    मन्त्रालयको १२औँ तहको चार अतिरिक्त सचिवको दरबन्दी रहेकोमा २ पद रिक्त भएपछि पुष ७ गते बढुवा समितिको बैठकले रिक्त पदपूर्तिका लागि मन्त्रालयमा पेश गरेको थियो । मन्त्रालयले प्रस्ताव तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेश गर्ने तयारी गरिरहेका बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकार विघटन भएपछि उक्त प्रस्ताव मन्त्रालयमा नै रोकिएको थियो ।

    पुस ११ गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि बढुवा समितिले विभागिय मन्त्री नतोकिएको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री प्रचण्डबाट पुष २३ गते मन्त्रीस्तरीय निर्णय स्वीकृत गराएपछि उक्त प्रस्ताव स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिष्दमा पठाएको हो । बढुवा समितिले पहिलो नम्बरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.श्रीकृष्ण श्रेष्ठ, दोस्रोमा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा.विकास देवकोटा र तेस्रोमा प्रदेश अस्पताल भद्रपुरका मेडिकल सुपरिटेण्डेन्ट डा.टंक बराकोटीको नाम सिफारिस गरेको छ ।

    सम्भव त अब सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठकले ३ जनामध्येबाट २ जनालाई अतिरिक्त स्वास्थ्य सचिव अर्थात १२औं तहमा बढुवा गर्नेछ । २०७८ मंसिर २ गते १२औं तहमा बढुवा भएका डा.श्यामसुन्दर यादव र डा.गुणराज लोहनीको अनिवार्य अवकास भएपछि २ वटा दरबन्दी रिक्त भएको हो । डा.यादवले गत भदौ १ गते र लोहनीले गत कार्तिक २ गते अवकास पाएका थिए ।

    हाल डा.संगिता मिश्रा र डा.दीपेन्द्ररमण सिंह अतिरिक्त स्वास्थ्य सचिव अर्थात १२औं तहमा मन्त्रालयमा कार्यरत छन् । १२औं तहमा स्वास्थ्य मन्त्रालयमा २, स्वास्थ्य सेवा विभागको महानिर्देशक १ कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकृत एक जना रहने व्यवस्था छ ।

  • निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न डीआईजीपी दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति गठन

    निर्मला हत्या प्रकरणमा अनुसन्धान गर्न डीआईजीपी दुर्गा सिंहको नेतृत्वमा छानबिन समिति गठन

    काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । घटनाको अनुसन्धानका लागि डीआईजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत डीआईजीपी सिंहको नेतृत्वमा छानबिन समिति गठन भएको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) टेकप्रसाद राईले नेपाल प्रेसलाई जानकारी दिए । डीआईजीपी सिंह यसअघि प्रहरी उपरीक्षक (एसपी) हुँदा उक्त घटनाको अनुसन्धानमा खटिएकी थिइन् ।

    प्रवक्ता राईका अनुसार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम गठित समितिमा सीआईबीकै प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक ९इन्सपेक्टर० धीरेन्द्र रोकायासहित चिकित्सक पनि रहेका छन् । उनीहरूलाई उक्त घटनाको अनुसन्धानका लागि नयाँ प्रक्रियाबाट काम गर्न कार्यादेश दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    यसअघि पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा सीआईबी नै खटिएकाले पनि सीआईबीमै कार्यरत सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता राईले बताए । गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिएका थिए ।

    सोही आधारमा आज प्रहरी प्रधान कार्यालयमा भएको निरीक्षण भ्रमणका क्रममा प्रहरीले गृहमन्त्री लामिछानेसमक्ष घटनामा हालसम्म प्रहरीले गरेको अनुसन्धान कार्यबारे ब्रिफिङ गरेको थियो । हालसम्म प्रहरीले गरेका प्रयासबारेमा गृहमन्त्रीलाई अपडेट गराइएको प्रवक्ता राईले जानकारी दिए ।

    सोहि क्रममा गृहमन्त्री लामिछानेले तथ्यका आधारमा अनुसन्धान अघि बढाई निष्कर्षमा पु¥याउन प्रहरीलाई निर्देशन दिएका थिए । विसं २०७५ साल साउनमा पन्तको बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म उक्त घटनामा संलग्न व्यक्ति पत्ता लाग्न सकेको छैन । घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक सयभन्दा बढीको डिएनए परीक्षणसमेत गरिसकेको छ ।

  • अहिलेसम्म प्रदेश सभाका ७१ निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार निर्वाचित (सूचीसहित)

    अहिलेसम्म प्रदेश सभाका ७१ निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार निर्वाचित (सूचीसहित)

    काठमाडौं । प्रदेश सभाका प्रत्यक्षतर्फ ३३० वटा निर्वाचन क्षेत्रमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा अहिलेसम्म नेकपा (एमाले)का ७१ जना उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको प्रदेश सभाको प्रत्यक्षतर्फको नतिजा अनुसार एमालेका ४१ जना उम्मेदवार निर्वाचित भएका हुन् ।

    जसमा अहिलेसम्म प्रदेश एकमा १९ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा १२ जना, लुम्बिनी प्रदेशमा १५ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा २ जना निर्वाचित भएका छन् ।

    गठबन्धन र केहि क्षेत्रमा एकल गरेर नेकपा(एमाले)ले प्रदेश सभाका २८५ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमा प्रदेश एकमा ५२, मधेश प्रदेशमा ३२, बागमती प्रदेशमा ६५, गण्डकी प्रदेशमा ३४, लुम्बिनी प्रदेशका ४७, कर्णाली प्रदेशका २४ र सुदूरपश्चिम प्रदेशका ३० वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवार उठाएको थियो ।

  • अहिलेसम्म प्रदेश सभाका ८८ निर्वाचन क्षेत्रमा काँग्रेस उम्मेदवार निर्वाचित (सूचीसहित)

    अहिलेसम्म प्रदेश सभाका ८८ निर्वाचन क्षेत्रमा काँग्रेस उम्मेदवार निर्वाचित (सूचीसहित)

    काठमाडौं । प्रदेश सभाका प्रत्यक्षतर्फ ३३० वटा निर्वाचन क्षेत्रमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा अहिलेसम्म नेपाली काँग्रेसका ८८ जना उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको प्रदेश सभाको प्रत्यक्षतर्फको नतिजा अनुसार एमालेका ८८ जना उम्मेदवार निर्वाचित भएका हुन् ।

    जसमा अहिलेसम्म प्रदेश एकमा १२ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २१ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना निर्वाचित भएका छन् । गठबन्धन र केहि क्षेत्रमा एकल गरेर नेपाली काँग्रेसले प्रदेश सभाका १७९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

    जसमा प्रदेश एकमा २६, मधेश प्रदेशमा २६, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशका २१, लुम्बिनी प्रदेशका ३४, कर्णाली प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १८ वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवार उठाएको थियो ।

  • अहिलेसम्म प्रदेश सभाका ४१ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित (सूचीसहित)

    अहिलेसम्म प्रदेश सभाका ४१ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित (सूचीसहित)

    काठमाडौं । प्रदेश सभाका प्रत्यक्षतर्फ ३३० वटा निर्वाचन क्षेत्रमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा अहिलेसम्म नेकपा (माओबादी केन्द्र)का ४१ जना उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको प्रदेश सभाको प्रत्यक्षतर्फको नतिजा अनुसार माओवादी केन्द्रका ४१ जना उम्मेदवार निर्वाचित भएका हुन् ।

    जसमा अहिलेसम्म प्रदेश एकमा ६ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना निर्वाचित भएका छन् ।

    सत्तारुढ बाम लोकतान्त्रिक गठबन्धन र केहि क्षेत्रमा एकल गरेर माओवादी केन्द्रले प्रदेश सभाका ११२ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमा बागमती प्रदेशमा सबैभन्दा धेरै २४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा १० वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवार उठाएको थियो ।

    यस्तै प्रदेश नम्बर एकका १९, लुम्बिनी प्रदेशमा १८, मधेश प्रदेशमा १७, गण्डकी प्रदेशका १२, सुदूरपश्चिम प्रदेशका १२ र कर्णाली प्रदेशमा १० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो ।

  • छिपहरमाई गाउँपालिका पर्साका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनालाई स्पष्टीकरण

    छिपहरमाई गाउँपालिका पर्साका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनालाई स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले छिपहरमाई गाउँपालिका पर्साका अध्यक्ष मनोज कुमार र प्रमुख प्रशासकीय अधिकृत सम्भुप्रसाद साहलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । गाउँपालिकाले भदौ २५ गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी रहेको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी आयोगलाई प्राप्त भएको भन्दै स्पष्टीकरण सोधेको हो ।

    निर्वाचन आचारसंहिता, २०७९ लागू रहेको अवस्थामा अगाडि बढाईएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो ? यदि निर्वाचन आचारसंहिता, २०७९ को विपरित हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो ? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ । अन्यथा कानून बमोजिम कारवाही गर्ने आयोगले चेतावनी दिएको छ ।

    निर्वाचन आयोगले फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगलाई जानकारी आएपछि धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेत र मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक कुमार सुवेदी, रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका खिलराज सापकोटा, डडेल्धुरा क्याम्पसका हेमा भट्ट र जनज्योति आधारभूत प्राथमिक विद्यालयका सुनकोशी गाउँपालिका वडा नं ५, सिन्धुलीका भुवन आचार्यलाई पनि स्पष्टीकरण सोधेको छ ।

  • स्थिर समय सुरू हुनु २ घण्टाअघि माधवले गरे यस्तो अपिल

    स्थिर समय सुरू हुनु २ घण्टाअघि माधवले गरे यस्तो अपिल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका छन् । उनले स्थिर समय सुरु हुनु अघि केहि घण्टा अघि बिहीबार साँझएक विज्ञप्ति जारी गर्दै प्रत्यक्षमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेका हुन् ।

    उनले पार्टीले समानुपातिक तर्फमा चुनाव चिन्ह कलममा मतदान गर्न आग्रह गरहेका छन् । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ गठबन्धन र समानुपातिकमा कलम चिन्हमा मतदान गर्न अध्यक्ष नेपालले विज्ञप्तीमार्फत आग्रह गरेका हुन् ।

  • आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न रजिष्ट्रार कार्यालय र क्याम्पसलाई निर्देशन

    आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न रजिष्ट्रार कार्यालय र क्याम्पसलाई निर्देशन

    काठमाडौं । निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सानोठिमी क्याम्पस, भक्तपुरसमेतका क्याम्समा विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन दिएको छ । आयोगले निर्वाचन आचारसंहिता, २०७९ लागु भइसकेपश्चात यस्तो निर्णय गर्ने विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय र उक्त क्याम्पसलाई करार गर्ने प्रक्रिया तत्काल बन्द र बदर गर्न निर्देशन दिएको हो ।

    आयोगले उक्त क्याम्पस प्रमुखलाईसमेत विषयमा स्पष्टीकरण पनि सोधेको छ । गत असोज १२ गतेदेखि आचारसंहिता लागु भइसकेको अवस्थामा आंशिक प्राध्यापकहरूलाई करार गर्ने गरी अगाडि बढाइएका प्रक्रिया आचारसंहिताको प्रतिकूल हुने आयोगको ठहर छ ।

    आचारसंहिताको दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड न मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेको र दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड ङ मा “नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नहुने तर आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग वा शिक्षक सेवा आयोगद्वारा नियमित रुपमा हुने पदपूर्ति सम्बन्धी कारवाही गर्न बाधा पर्ने छैन” भन्ने व्यवस्थाबारे स्मरण पनि गराएको छ ।

    “उल्लिखित सन्दर्भमा यदि त्यस विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया अगाडि बढेको अवस्था भए तत्काल ती प्रक्रिया बदर गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ । साथै यस पत्रमा आवश्यक कारवाही गरी तीन दिनभित्र सोको जानकारी आयोगलाई गराउन समेत अनुरोध छ ।” पत्रमा भनिएको छ ।

    आयोगले उक्त क्याम्पसका प्रमुखलाई करार भर्ना प्रक्रिया स्थगित गरी स्पष्टीकरण पेश गर्न बेग्लै पत्राचार गरेको छ । “आयोगको सहमति नलिइ उक्त प्रक्रिया अगाडि बढाउनुभएको होइन भन्ने आधार प्रमाण के छ ? यदि आंशिक प्राध्यापकलाई करार गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो भने तपाईंलाई निर्वाचन आचारसंहिता, २०७९ को दफा १० को खण्ड ङ को उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ३ बमोजिम कारवाही किन हुनु नपर्ने हो ?” तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उपस्थित भइ स्पष्टीकरण पेश गर्न पत्रमा भनिएको छ ।

  • अध्यादेश ल्याएको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण

    अध्यादेश ल्याएको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र प्रमुख सचिव मुकुन्द्रप्रसाद निरौलालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपछि बागमती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

    आयोगले पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

    पत्रमा भनिएको छ –निर्वाचन आचारसंहिता, २०७९ को दफा ५, नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड ख मा ‘वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने’ भन्ने व्यवस्था छ ।’

    बागमती प्रदेश सरकारले असोज ३० मा ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गरेको थियो । यो निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड ख को प्रतिकूल रहेको पाइएको आयोगले जनाएको छ । आयोगले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई उक्त अध्यादेश राजपत्रमा प्रकाशित नगर्नसमेत निर्देशन दिएको छ ।

    आयोगले मुख्यमन्त्रीलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ– प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भई सकेको अवस्थामा मिति २०७९ असोज १३ मा बागमती प्रदेश सरकारबाट अध्यादेश जारी गर्ने कार्यबाट निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को ख को उल्लंघन भएको देखिएकोले यहाँलाई र मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिम किन कारवाही हुनु नपर्ने हो ? साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड न मा रहेको ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्थाको विपरीत हुनेगरी अध्यादेश ल्याउने गरी भएको निर्णयलाई किन बदर गर्नु नपर्ने हो ? स्पष्ट पार्न भनिएको छ ।

    त्यस्तै प्रमुख सचिवलाई सोधिएको स्पष्टीकरणमा भनिएको छ– निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड न मा रहेको ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ भन्ने व्यवस्थाको विपरीत हुनेगरी अध्यादेश किन ल्याउनु परेको हो ? साथै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा मिति २०७९ असोज १३ मा बागमती प्रदेश सरकारबाट अध्यादेश ल्याउने कार्यबाट निर्वाचन आचारसंहिता, २०७९ को खण्ड दफा ५ को ख को उल्लंघन भएको देखिएकाले यहाँलाई समेत उक्त निर्णयको लागि जिम्मेवार ठहर्याई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिम किन कारवाही हुनु नपर्ने हो ? जवाफ पेश गर्न भनिएको छ।

     

  • डा.तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्चको फैसला बदरको माग गर्दै सर्वोच्चमा निवेदन

    डा.तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्चको फैसला बदरको माग गर्दै सर्वोच्चमा निवेदन

    काठमाडौं । ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्च आदेश बदरको माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ । अदालतले कात्तीक १५ गते डा.कार्कीको उम्मेदवारी कायम गर्न दिएको अन्तरिम आदेश बदर गरीपाउँ भनी शुक्रबार आयोगले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्याधिवक्ता गुरुराज वाग्लेले नेपाल प्रेसलाई जानकारी दिए ।

    लाभको पदमा बसेर कार्कीले उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । मेडिकल काउन्सिलबाट भत्तामात्रै प्राप्त हुने भएकाले त्यस पदबारे निर्क्योलका लागि कार्कीले आयोगमा भदौ २८ गते आयोगमा निवेदन दिएकी थिइन् । आयोगले त्यस निवेदन माथी कुनै पनि सुनुवाइ नगरेर आफूविरूद्धको उजुरीको आधारमा उम्मेदवारी खारेज गरेर अन्याय गरेको भन्दै कार्कीले सर्वोच्च अदालत गुहारेकी थिईन ।

    उम्मेदवार कार्कीले नेपाल मेडिकल काउन्सिल सदस्यको रूपमा बैठक भत्ता लिने गरेको आधारमा लाभको पद भन्न नमिल्ने भन्दै उम्मेदवारी कायमै राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो । मंगलबार न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएको थियो ।

  • सुनसरी १ मा मनाेज मेयाङ्बाेलाई लाैराेकाे समर्थन

    सुनसरी १ मा मनाेज मेयाङ्बाेलाई लाैराेकाे समर्थन

    सुनसरी । लौरो अभियानले स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने क्रम सुरु भएको छ । जस अन्तरगत लौरो अभियार र धरान उपमहानगरपालिकाका पुर्व प्रमुख तथा आगामी निर्वाचनका लागि सुनसरी १ का प्रतिनिधीसभा सदस्यका स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेयाङ्बो बिच एक अर्कालाइ समर्थन र सहयोग गर्ने सहमती भएको हो

    लौरो अभियानका प्रवक्ता रोहन कार्की र स्वतन्त्र उम्मेद्वार मेयाङ्बोले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । प्रत्यक्षतर्फ लौरो अभियानले सुन्सरी एकमा खरायो चिन्हमा भोट दिन अपिल गर्नेछ भने समानुपातिकतर्फ स्वतन्त्र उम्मेदवारले लौरो चिन्हमा भोट अपिल गर्नेसमेत सहमती भएको छ ।

    एमालेले जसपासँगको तालमेलमा अशोक राईलार्इ सीट छाडेपछि धरानका लोकप्रिय नेता मेयाङबोले असन्तुष्टी जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

  • ब्युटिसियनहरुलाई ओरिफ्लेमको सम्मान

    ब्युटिसियनहरुलाई ओरिफ्लेमको सम्मान

    काठमाडौ । स्वेडेन कस्मेटिक्स ब्राण्ड ओरीफ्लेमको नेपाल स्थित आधिकारिक विक्रेता एजी इन्टरनेशनल प्राइभेट लिमिटेडले सौन्दर्यकला व्यवसायी (ब्युटिसियन)हरुलाई सम्मान गरेको छ । ओरीफ्लेमले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा चर्चित व्युटिसियन कमला श्रेष्ठलाई एडभान्स ग्रुपका अध्यक्ष अरुण कुमार कर्णले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

    यसैगरी कार्यक्रममा ओरीफ्लेम मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल, रनर अपहरु र ख्यातिप्राप्त व्युटिसियनहरु सम्मानित भएका थिए । व्युटिसियनहरुलाई यस प्रकारको सम्मानले व्युटिसियनहरु प्रोत्साहित हुने एवं सौन्दर्य व्यवसाय मा उत्साह बढने सम्मानित कमला श्रेष्ठ बताइन् ।
    ओरीफ्लेम अन्तरास्ट्रिय स्तरमा ख्यातिप्राप्त प्राकृतिक सौन्दर्य प्रशाधन हो ।

  • ओमानविरुद्ध नेपाल फिल्डिङमा, एकदिवसीय क्रिकेटमा सुनिलको ‘डेब्यु’

    ओमानविरुद्ध नेपाल फिल्डिङमा, एकदिवसीय क्रिकेटमा सुनिलको ‘डेब्यु’

    ह्युस्टन । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले ओमानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

    अमेरिकाको ह्युस्टनस्थित मौसा क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल फिल्डिङमा आउने भएको हो ।

    नेपाली टिमबाट एकदिवसीय क्रिकेटमा सुनिल धमलाले ‘डेब्यु’ गरेका छन् । शृंखलामा नेपालसहित घरेलु टिम अमेरिका र ओमान सहभागी छन् ।

    लिग २ को छैटौं स्थानमा रहेको नेपालले १२ खेलबाट १२ अंक जोडेको छ । नेपालले लिगका ६ खेलमा जित निकाल्दा ६ नै खेलमा हारको नतिजा आत्मसाथ गरेको छ । लिग २ मा अब नेपालले २६ खेल खेल्न बाँकी छ ।
    यस्तै, तालिकाको शीर्ष स्थानमा रहेको ओमानले ३३ खेलमध्ये १९ मा जित र १२ मा हार र एक खेलमा बराबरीको नतिजासहित ४० अंक जोडेको छ ।

  • भारतका कार्यवाहक राजदूत र प्रधान सेनापतिबीच भेटवार्ता

    भारतका कार्यवाहक राजदूत र प्रधान सेनापतिबीच भेटवार्ता

    काठमाडौं। नेपालका लागि भारतका कार्यवाहक राजदूत सेनापति नाम्ग्या सी खाम्पाले बिहीबार प्रधान सेनापती प्रभुराम शर्मासँग भेटवार्ता गरेकी छिन्।

    सैनिक जङ्गी अड्डामा भएको भेटवार्तामा आपसी हित सम्बन्धमा कुराकानी भएको नेपाली सेनाले जनाएको छ। संयुक्त राज्य अमेरिकी सेनाका प्यासिफिक कमान्डरले नेपाल भ्रमण सुरु गरेको दिन नेपालका लागि भारतीय कार्यबहाक राजदुत खाम्पाले प्रधान सेनापती शर्मालाई भेटेकी हुन्।

  • ससुरालीमा राजेश हमालले मनाए ५८ औं जन्मदिन

    ससुरालीमा राजेश हमालले मनाए ५८ औं जन्मदिन

    काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो ५८ औं जन्मदिन मनाउँदै आफू अभिनित नयाँ म्युजीक भिडियो ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरेका छन् ।

    झक्तपुरको ससुराली रेष्टुरेन्टमा पत्रकार भेटघाट गर्दै गीतको सार्वजनिक गरिएको हो । सोहि कार्यक्रममा अभिनेता हमालको जन्मदिनको उपलक्ष्यमा म्युजीक भिडियो टिमको तर्फबाट केक काटियो ।

    कार्यक्रममा ससुराली रेष्टुरेन्टको तर्फबाट पोष्टरमा अभिनेता हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो । त्यसै प्रसंगमा सञ्चारकर्मिले आज तपाईको कतिऔं जन्मदिन भन्ने प्रश्नमा हमालले ठट्टा गर्दै भने, ‘म जब १८ बर्ष पुगेको थिएँ त्यो समयदेखी उमेर गन्न छाडिदिएँ । त्यसैले १८ लेखिएको होला ।’

    जन्मदिनकै अवसरमा ‘गुन्द्रुक तिउन’ गीतको सार्वजनिक गर्न पाएकोमा खुसी ब्यक्त गर्दै हमालले भने, ‘नेपाली मौलिक लोकगीतमा अभिनय गर्ने अवसर पाएँ त्यसका लागी टिमप्रति आभार ब्यक्त गर्छु ।’

    राजु परियार र करुणा राईको स्वर रहेको गीतमा शब्द र संगीत गोविन्द पराजुलीको रहेको छ । यस्तै गीतको भिडियोमा अभिनेता हमालसँगै गायिका करुणा आफैले अभिनय गरेकी छिन् । भिडियोको निर्देशन देवेन्द्र पाण्डेयले गरेका हुन् ।

    गायिका करुणाले आफूले ‘गुन्द्रुक तिउन’ सहित अभिनेता हमालसँग तीनवटा भिडिओमा काम गर्न पाएको बताइन् । उनले आफ्नो सानैदेखीको चाहाना पुरा भएको भन्दै खुसी ब्यक्त गरिन् । ‘मैले कहिल्यै सोचेकी पनि थिइन राजेश दाईसँग यसरी भिडिओमा काम गर्न पाउँछु । यो मेरोलागी ठुलो अवसर हो ।’

  • काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार बञ्जरे डाँडाका स्थानीय वासिन्दासँग छलफल हुँदै

    काठमाडौंको फोहोर व्यवस्थापनबारे शुक्रबार बञ्जरे डाँडाका स्थानीय वासिन्दासँग छलफल हुँदै

    काठमाडौं । काठमाडौं उपत्यकाको थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा शुक्रबार बञ्चरे डाडाका स्थानीय वासिन्दासँग छलफल हुने भएको छ । छलफलमा शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिसँगै बञ्चरे डाडाका स्थानीय वासिन्दा पनि सहभागी हुने शहरी विकास मन्त्रालयले जनाएको हो ।

    स्थानीय वासिन्दा, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिसहितको सर्वपक्षीय छलफल हुन लागेको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीका प्रेस संयोजक विष्णु परियारले नेपाल प्रेसलाई जानकारी दिए । परियारका अनुसार छलफलमा मन्त्री रामकुमारी झाँक्रीसहित मन्त्रालयका सचिव, बञ्चरे डाडा ल्याडफिड साइट आयोजना निर्देशक पनि छलफलमा सहभागि हुनेछन् ।

    यसअघि गत सोमबार शहरी विकास मन्त्री झाँक्रीसहित काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, काठमाडौं उपत्यकाका स्थानीय तहका जनप्रतिनिधि र बञ्चरेडाँडा क्षेत्रमा पर्ने धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिबीच फोहोर व्यवस्थापन गर्न दिने सहमति भएको थियो । तर उक्त सहमतिमा बञ्चरे डाडाका स्थानीय वासिन्दाले चित्त नबुझाएपछि फोहोर बोकेर गएका ट्रकमाथी अबरोध भएको थियो ।

    फोहोर बोकेको गाडीलार्इ अवरोध गरेको आरोपमा प्रहरीले बञ्चरेडाँडा क्षेत्रका केही स्थानीय वासिन्दालाई बुधबार पक्राउ गरेको थियो । पक्राउ परेकाहरु बिहीबार रिहा भएका छन् ।

  • लुम्बिनीमा मिडिया विद्येयक कानुन समितिमा पठाइयो

    लुम्बिनीमा मिडिया विद्येयक कानुन समितिमा पठाइयो

    रुपन्देही । लुम्बिनी प्रदेश सभाको दशौं अधिवेशनको सातौं बैठकमा लामो समयदेखि दर्ता भएर पनि छलफल हुन नसकेका २ विधेयक छलफलका लागि अगाडि बढेका छन् ।

    विहीबार बसेको बैठकले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सञ्चार माध्यम व्यवस्था गर्न बनेको विधेयक दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको हो ।

    विधेयक समितिमा पठाइयोस् भनी सभामा निर्णायार्थ प्रस्तुत गर्दा २ वटै विधेयक माथि दफाबार छलफलका लागि सर्वसहमतिले स्वीकृत भएको थियो । समितिमा पठाउनुअघि विधेयकलाई प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री तिलकराम शर्माले दुई वटै विधेयकलाई दफाबार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभामा पेश गरेका थिए ।

    अब यी दुई वटै विधेयक समितिमा छलफल भएपछि मात्र सभामा पेश हुनेछ । त्यस्तै सरकारले बुधबार ल्याएको आर्थिक बर्ष ०७९/८० को नीति तथा कार्यक्रममाथिको छलफल शुक्रबारदेखि सुरु हुने भएको छ । सभामुख पूर्णबहादुर घर्तीले बुधबार आएको नीति तथा कार्यक्रममा संशोधन पेश गर्न चाहने दल वा सांसदलाई शुक्रबार विहान ११ बजेसम्म संशोधन सचिवालयमा दर्ता गर्न समय दिएका छन् ।

  • भारतमा अस्पातलले दिएन छोराको शव, शव बुझ्ने पैसाको लागि भिख माग्दै बा-आमा

    भारतमा अस्पातलले दिएन छोराको शव, शव बुझ्ने पैसाको लागि भिख माग्दै बा-आमा

    काठमाडौं । भारतका सामाजिक संजालमा हाल एउटा भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा एक दम्पत्ती भिख मागिरहेको देख्न सकिन्छ ।

    बिहारको समस्तिपुरमा खिचिएको उक्त भिडिओमा देखाइएका दम्पत्तीहरु छोराको शव बुझ्नको लागि भिख मागिरहेको जनाइएको छ । उनिहरुका अनुसार अस्पातलका कर्मचारीले छोराको शव बुझ्नका निमित्त चर्को घुस मागे पस्चात उनीहरु त्यस्तो अव्स्थामा आएका हुन् ।

    भिडिओमा देखिएका दम्पत्ती महेश ठाकुर र उनकी पत्नीले संचार माध्यम एएनआईलाई जानाकारी गराए अनुसार उनका छोरा केही दिन अगाडी देखी बेपत्ता भएका थिए भने यसै साता एक व्यक्तीले उनको छोराको मृत्‍यु भइसकेको र उनको शव सहरको सदर अस्पतालमा रहेको जानकारी गराएका थिए ।

    शव बुझ्न जादाँ अस्पातलका एक कर्मचारीले शव दिनका लागि ५० हजार भारतीय रुपैयाँ घुस मागेको ठाकुरको आरोप छ। उनिहरुलाई आफ्नो छोराको मृत्‍युको कारण समेत थाहा नभएको मिडिया रिपोर्टमा उल्लेख छ । उक्त भिडिओ सामाजिक संजालमा भाइरल भएसँगै आम मानिसले चर्को आलोचना गरिरहेका छन् भने अस्पातलले यस् विषयमा छानिबिन गरी दोषीलाई कारवाही गर्ने जनाएको छ ।

  • अछाममा किशोरको हत्या आरोपमा नगरप्रमुख अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

    अछाममा किशोरको हत्या आरोपमा नगरप्रमुख अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

    काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थानमा मृत अवस्थामा भेटिएका १७ वर्षका किशोरको हत्या आरोपमा किटानी जाहेरी दर्ता भएको छ । कक्षा १० मा अध्ययनरत बिनोद शाही जेठ २१ मा मृत अवस्थामा फेला परेपछि उनको हत्याको आरोपमा पीडितले पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।

    प्रहरीले जाहेरी दर्ता गरेपछि पीडितले शव बुझेका सुदूरपश्चिम प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार मृतक शाहीको शवको जिल्ला अस्पताल मंगलसेनमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्ट आउन भने आउन बाँकी रहेको प्रवक्ता रावलले बताए । घटनास्थमा पुगेको प्रहरी प्रधान कार्यालय मातहत रहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शंकास्पद ५ जनालाई पक्राउ गरेकोमा ३ जनालाई छाडिएको छ । घटनामा संलग्न नदेखिएपछि ३ जनालाई छोडिएको एसएसपी रावलले जानकारी दिए ।

    किशोरको मृत्युबारे अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्यूरोका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली घटनास्थलमा रहेको छ । जेठ २१ गते बिनोद पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किमी तल जंगलमा मृत अफस्थामा फेला परेका थिए । जेठ २१ मा आक्रोशित समुहले ईलाका प्रहरी कार्यालय विनायकमा तोडफोड गरेका थिए । स्थानीयले प्रहरीको गाडी तोडफोड गर्नुका साथै पञ्चदेवल बिनायक नगरपालिकामा तालाबन्दीसमेत गरेका छन् ।

    बल बहादुर शाहीको छोरा १७ वर्षीय मृतक शाहीको मोबाइल शवभन्दा माथी मध्यपहाडी लोकमार्गमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक शाहीले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा फेला परेको थियो । मृतक शाही जेठ १७ मा राति हराएका थिए । पिडित पक्षले घटनामा भर्खरै निर्वाचित नगरप्रमुख अम्बिका चलाउनेको मुख्य हात रहेको जिकिर गर्दै किटानी जाहेरी दर्ता गराएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

  • दलहरुको स्वार्थको शिकार बनेको उपसभामुखको पद, साढे २ वर्षदेखि रिक्त

    दलहरुको स्वार्थको शिकार बनेको उपसभामुखको पद, साढे २ वर्षदेखि रिक्त

    काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखको पद रिक्त रहेको साढे २ वर्ष बितिसक्दा पनि उपसभामुखको निर्वाचन गर्नतर्फ राजनीतिक दल उदासीन देखिएका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि सभामुख पदको निर्वाचनअघि तत्कालीन उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले पनि राजीनामा दिएकी थिइन् । सभामुखको निर्वाचन भएर तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित भए तर उपसभामुखको निर्वाचन भने अहिलेसम्म हुन सकेन । एउटै पार्टीबाट सभामुख र उपसभामुख बनाउन नहुने संवैधानिक प्रावधानका कारण त्यतिबेला नेकपा उपसभामुख निर्वाचन गर्न उदासीन देखियो भने अहिले कुनैपनि दलको चासो रिक्त उपसभामुख पदतर्फ रहेको देखिदैन ।

    २०७४ सालको संसदीय निर्वाचन लगत्तै सभामुखमा नेकपा माओवादी केन्द्रका महरा र उपसभामुखमा नेकपा एमालेकी तुम्बाहाम्फे निर्वाचित भएका थिए । एमाले–माओवादी एकतापश्चात सभामुख र उपसभामुख दुवै एकै पार्टीबाट भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाउँदै आएको थियो । महराले सभामुख छोडेपछि सभामुख जोगाउन नेकपाले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन लगायो । सभामुखमा सापकोटा निर्वाचित भएपछि उपसभामुखको निर्वाचन गराउनुपर्ने थियो तर आफ्नो पार्टीबाट उम्मेदवारी दिन नमिल्ने भएपछि नेकपाले त्यसमा चासो दिएन । प्रतिपक्षमा हुँदा उपसभामुख निर्वाचनको माग गर्ने कांग्रेसपनि सत्तामा पुगेको ११ महिना भइसकेको छ । कांग्रेसले पनि पछिल्लो समय उपसभामुखबारे चासो राख्न छाडेको छ ।

    दलहरुको आ–आफ्नै दाउ

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले रिक्त उपसभामुखबारे खासै धारणा दिएको पाइदैन । सत्तारुढ गठबन्धनको आरामदायी बहुमत रहेकाले उपसभामुखबारे एमालेले चासो नराखेको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराई उपसभामुखबारे एमालेको चासो कम व्यक्त भएको स्वीकार गर्छन् । ‘संसदमा एमालेको बहुमत छैन । उपसभामुखको निर्वाचन होस् भन्ने हाम्रो चाहना छ तर त्यसको कार्यान्वयन गर्ने दायित्व सभामुखको हो । सत्ता गठबन्धनको दाउ जसरी हुन्छ एमालेलाई किनारामा पार्ने हो । त्यसैले हामीले उपसभामुख चाहियो भनेका छैनौं । आन्तरिक रुपमा चासो भएपनि बलियो ढंगले धारणा राखेका पनि छैनौं’, भट्टराईले नेपाल प्रेससँग भने । संसदको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दललाई नदिइएकोमा भने उनले आपत्ति जनाए । ‘हामी सत्तामा हुँदा लेख समिति प्रतिपक्षीलाई छोडेका थियौं तर कांग्रेस सत्तामा पुगेको वर्षदिनसम्म लेखा समितिको सभापति छाडेको छैन’, उनले भने ।

    सत्तारुढ दल कांग्रेसकी सचेतक पूष्पा भूसाल बजेट अधिवेशन सकिएपछि उपसभामुख निर्वाचनबारे छलफल हुने बताउँछिन् । कांग्रेसले विगतदेखि नै उपसभामुखबारे कुरा उठाएको दावी गर्दै भूसालले सभामुखले छिट्टै निर्णय लिने आशा व्यक्त गरिन् । ‘हामीले त पहिलेदेखि भनेकै छौं । अब बजेट अधिवेशनपछि हुन्छ कि भन्ने आशा छ । गठबन्धन सरकारले पनि यसबारे सोच्ला नि’, भूसालले भनिन् ।

    सत्तारुढ नेकपा माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ उपसभामुखको निर्वाचन गर्न सबै दलको नेतृत्व तयार हुनुपर्ने बताउँछन् । माओवादीले चाहेर मात्रै उपसभामुखको निर्वाचन नहुने उनको भनाई छ । ‘उपसभामुखको निर्वाचन गराउने कुरा सत्ता वा प्रतिपक्षको कुरै होइन । यसमा त सबै दल तयार हुनुपर्यो नि । प्रमुख प्रतिपक्ष पनि तयार हुनुपर्यो । एउटा पार्टीले मात्रै भनेर भएन, सबै दलका शीर्ष नेताहरु सहमत हुनुपर्छ’, गुरुङले भने । उनले उपसभामुख निर्वाचन ढिलो हुनुमा एमालेको संसद अवरोध मुख्य कारण भएको दावी समेत गरे ।

    कसरी हुन्छ उपसभामुख चयन ?

    प्रतिनिधि सभा नियमावली २०७५ को नियम ८ मा उपसभामुखको निर्वाचन सम्बन्धी व्यवस्था गरिएको छ । जसको उपनियम १ मा उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने भनिएको छ ।

    त्यस सम्बन्धी सुचना प्रतिनिधि सभाका सचिवले प्रकाशन गर्नेछ । उपसभामुखको निर्वाचन सम्बन्धी प्रक्रियामा प्रकाशित कार्यक्रममा निर्धारित समय भित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना संसदका महासचिव वा उनको अनुपस्थितमा सचिवलाई दिनुपर्ने व्यवस्था छ ।

    प्रस्तावको सूचना प्रस्तावक सदस्यले बैठकमा प्रस्तुत गरेपछि समर्थक सदस्यले समर्थन गर्नेछ । त्यस्तो प्रस्तावकको एक मात्र सूचना प्राप्त भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ । तोकिएको समयमा एक भन्दा बढी प्रस्तावकको सूचना प्राप्त भएमा दर्ता क्रमअनुसार प्रस्तावक सदस्यले प्रस्ताव गर्ने र समर्थक सदस्यले समर्थन गर्ने क्रम सकिएपछि प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ र त्यसपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछ ।

    एक भन्दा बढी प्रस्तावकको सूचना प्राप्त भई उपनियम ४ बमोजिम निर्णयार्थ प्रस्तुत भएकोमा जुन प्रसताव प्रधिनिधि सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन्छ, सो प्रस्तावमा प्रस्तावित सदस्य उपसभामुख पदमा निर्वाचित भएको मानिनेछ र बाँकी प्रस्तावलाई निर्णयार्थ प्स्तुत गरिने छैन । प्रस्तावमाथी सभाको निर्णय दस्तखतसहितको मत विभाजनद्वारा हुनेछ । संवैधानिक परिषद्को सदस्य पनि उपसभामुख रहने संवैधानिक व्यवस्था रहेको छ ।

  • भरतपुरमा बन्यो ८ करोडको ट्रायल सेन्टर

    भरतपुरमा बन्यो ८ करोडको ट्रायल सेन्टर

    भरतपुर । भरतपुरमा सुविधा सम्पन्न सवारीचालक प्रशिक्षण केन्द्र (ट्रायल सेन्टर) निर्माण भएको छ । करिब ८ करोड लगानीमा महालक्ष्मी ट्रायल सेन्टर प्रालिले प्रशिक्षण केन्द्र निर्माण गरेको हो ।

    भरतपुर महानगरपालिका– ८ स्थित तीनतले चोकमा २ विघा ३ कट्ठा जग्गामा प्रशिक्षण केन्द्र बनाइएको छ । अध्यक्ष डम्बरबहादुर थापाले भरतपुरमा नेपालकै सबैभन्दा ठूलो प्रशिक्षण केन्द्र निर्माण भएको दाबी गरेका छन् ।

    ‘दैनिक एक हजार चालकलाई प्रशिक्षण दिन मिल्ने पूर्वाधार बनाएका छौं’, उनले भने, ‘टाढाबाट आउने प्रशिक्षार्थीहरुका लागि आवासीय सुविधा पनि छ ।’

    यहाँ नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका– २०७४ को मापदण्ड अनुसारको संरचना बनाइएको छ । चितवनका पाँचसहित १५ जना युवा उद्यमीहरुको लगानीमा प्रशिक्षण केन्द्र बनेको हो ।

    यहाँ मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, हेवी सवारी, हेभी इक्यूपमेण्टहरु चलाउने सीप सिकाइने छ । यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि एक हजार ५ सय जनालाई प्रयोयात्मक परीक्षा तथा लिखित परीक्षा लिन सकिने क्षमताको रहेको छ ।

    आर्किटेक्ट इञ्जिनियर सुजन नेपालले दैनिक ३ हजार जनाले ट्रायल परीक्षा दिन मिल्ने गरी प्रशिक्षण केन्द्र बनेको बताए ।

  • मेयर बालेन्द्रको सन्देश: कुहिने र नकुहिने फोहोर नछुट्याए महानगरले संकलन गर्दैन

    मेयर बालेन्द्रको सन्देश: कुहिने र नकुहिने फोहोर नछुट्याए महानगरले संकलन गर्दैन

    काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साहले कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै घरबाट निकाल्न नगरबासीलाई आग्रह गरेका छन् । यसरी नछुट्याइएका फोहोर महानगरले संकलन नगर्ने उनको भनाइ छ ।

    हिजो काठमाडौंको फोहोर विसर्जनबारे भएको सहमतिपछि सामाजिक सञ्जालमार्फत साहले यस्तो आग्रह गरेका हुन् । फोहोर उठ्नु मात्रै समाधान नहुने भन्दै उनले अझै धेरै कुरा गर्न बाँकी रहेको बताएका छन् ।

    ‘हामी फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न चाहन्छौं, जसको समाधान यहाँको फोहोर अन्त कतै फ्यालेर वा थुपारेर हुँदैन,’ उनले भनेका छन् ।

    आफ्ना कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने छुट्याउन साहको आग्रह छ ।

    उनी भन्छन्, ‘कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन ।’

    अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुनसक्ने भए पनि अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तिमा दुई अलग–अलग भाँडोमा राख्न उनले सुझाएका छन् ।

    उनले थप भनेका छन्–

    महानगरले पनि पहिलेका कमजोरी वा गल्तीहरु दोहोर्याउने छैन । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोसिस गर्नेछ । हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ती गर्ने छैन भने तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन ।

    यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्नसक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ ।

  • मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु

    मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु

    हेटौंडा । मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

    सोमबार साँझ ६ बजे परेको चट्याङ लागेर जिल्लाको मनहरी गाउँपालिका– ६ हिलादमारकी स्थानीय ३७ वर्षीया जमुनामाया मुक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

    घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मुक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • भोजपुरमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु, परिवारका पाँचजना बिरामी

    काठमाडौं । जंगली च्याउ खाँदा भाेजपुरमा एक बालिकाको ज्यान गएको छ भने एकै परिवारका पाँचजना बिरामी भएका छन् । जंगली च्याउ खाँदा हतुवागढी– ३ का आशकुमार राईकी पाँच वर्षीया छोरी कृति राईको मृत्यु भएको हो ।

    आशकुमारसँगै उनकी श्रीमती धनकुमारी र छोरीहरु योगिता, सुमित्रा र सृष्टिको बिरामी भएका छन् । उनीहरुको स्वस्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी नितेषकुमार सिंहले जानकारी दिए ।

    उनीहरुले २१ गते बिहान र साँझ जंगली च्याउको तरकारी खाएका थिए ।