Author: Manila

  • साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल, भारतसँग २–०ले पराजित

    साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल, भारतसँग २–०ले पराजित

    काठमाडौं । भारतसँग २–० गोलको नतिजामा पराजित हुँदै साविक उपविजेता नेपाल साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएको छ ।
    भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा त्यहि लय कायम राख्न सकेन । खेलको ६२औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो गोल गरेपछि निरन्तर नेपालमाथि दबाव बनाएको भारतका  महेश नोरिमले ७०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
    त्यहि अग्रतालाई खेलको निर्धारितसमय सम्म कायम राख्दै भारतले नेपालमाथि शानदार जित निकाल्यो । पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको भारत नेपाललाई हराएसँगै ६ जोडेको छ ।
    पहिलो खेलमा कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको नेपाललाई साफ च्याम्पियनसिपमा सेमिफाइनल सम्भावना बचाउन आजको खेलमा भारतलाई हराउनै पर्ने दबावमा थियो । तर, भारतसँगको हारसँगै नेपालले सानत्वना जितको खोजितमा मंगलबार पाकिस्तानसँग खेल्नेछ ।
    पाकिस्तानपनि लगातार दुई हार बेहोर्दै एक खेल अगावै समूह चरणबाट बाहिरिसकेको छ ।  नेपाल सामूह ‘ए’ बाट बाहिरिने दोस्रो टिम हो । अब समूह बिजेता बन्न मंगलबार भारत र आमन्त्रित टिम कुवेतबीच मंगलबार प्रतिस्पर्धा हुनेछ ।
  • नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरी

    नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरी

    काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत जारि समूह चरणको दोस्रो खेलमा नेपाल र भारतले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

    भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा जारि खेलको पहिलो हाफमा दुवै टिमले गोलगर्ने अवसरहरु सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् ।

    पहिलो खेलमा कुवेतसँग ३–१ गोलको नतिजामा पराजित भएको नेपाललाई साफ च्याम्पियनसिपमा सेमिफाइनल सम्भावना बचाउन आजको खेलमा भारतलाई हराउनै पर्ने दबावमा छ ।

    आजको खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनिसले नेपाली टिममा कुवेतसँग खेलेको सुरुआती ११ मा तीन परिवर्तन गरेका छन् ।

    नवयुग श्रेष्ठ, पुजन उपरकोटी र बिमल पाण्डेलाई बेन्चमा राख्दै बिमल घर्ती मगर, देवेन्द्र तामाङ र आयुष घलानले सुरुआती ११ मा स्थान पाएका छन् ।
    नेपालको सुरुआती ११ः किरण कुमार लिम्बु, अनन्त तामाङ, लकेन लिम्बु, एरिक बिष्ट, बिमल घर्ती मगर, आयुष घलान, अन्जन बिष्ट, देवेन्द्र तामाङ, सनिश श्रेष्ठ, मनिस डाँगी र रोहित चन्द

  • रेफ्रीमाथि खनिदै ए डिभिजन लिग क्लबहरु

    रेफ्रीमाथि खनिदै ए डिभिजन लिग क्लबहरु

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग समापन नजिक पुग्दा लिग विजेता र रेलिगशेनबाट जोगिन संघर्षरत टिमबीचको लडाई रोचक देखिएको छ । सबै क्लबहरु दबाबमा रहेकाले त्यसको मार रेफ्रीमाथि परेको छ ।

    आईतबार च्यासल रंगशालामा उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको मच्छिन्द्र फुटबल क्लबले नेपाल पुलिस क्लबसँग २-१ गोलको हार बेहोरेपछि रेफ्री प्रञ्जल क्षेत्रीले पेनाल्टी नदिएको भन्दै विवादमा उत्रिएको थियो । मच्छिन्द्रका आषिश श्रेष्ठ रेफ्री क्षेत्रीमाथि हातपात गर्न गएसँगै रातो कार्डको दर्शन गर्दै बाहिरिएका थिए ।

    त्यसपछि रेफ्री माथिको आक्रोश खेल हेर्न आएका दर्शकमाथि पोख्दै मछिन्द्रका टिम म्यान्जर अनिल श्रेष्ठ भनाभनमा उत्रिएका थिए।

    खेलपछि मच्छिन्द्रका प्रशिक्षक किशोर कुमार केसीले रेफ्रीले गलत निर्णय दिएका कारण खेल हारेको र विवाद समेत उत्पन्न भएको बताए ।

    त्यसपछि साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङ मस्र्याङदी क्लब र फ्रेन्ड्स क्लबबीचको खेलमा पनि पेनाल्टीको निर्णय विवादित बन्दा रेफ्री कविन व्यञ्जनकारमाथि हातपातको प्रयास भयो ।

    खेलको ८६औं मिनेटमा मनाङका चेतन थारुले उत्तम राईमाथि फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो । अमित तामाङले पेनाल्टीको सदुपयोग गरेसँगै मनाङले फ्रेन्ड्ससँग को बराबरी खेलेको थियो ।
    सो पेनाल्टीको निर्णयपछि नै पटक पटक फोर्थ अफिसियसँग विवाद गर्न पुगेका मनाङका अध्यक्ष विजय घले १० मिनेटको इन्जुरी मिनेट थप हुँदा थप आक्रोशित बनेका थिए ।

    उनी पटक पटक म्याच अफिसियलमाथि विवाद गर्न पुग्दा लिग निर्देशक सञ्जिव मिश्र र एन्फाका उपाध्यक्ष विराटजंग शाहीले सम्झाएका थिए । तर उनले त्यहीबाट प्यारापिटमा रहेका मनाङका पदाधिकारीलाई मैदानमा ओर्लन आग्रह गरेका थिए ।

    खेल सकिए लगत्तै अपशब्द प्रयोग गर्दै घले व्यञ्नकारमाथि हात हाल्न पुगेका थिए । व्यञ्जनकारसहित रेफ्रीको टोलीलाई जोगाउन सुरक्षा गार्ड हम्मे परेको थियो ।
    विवाद त्यतीमा रोकिएन, मनाङका एक पदाधिकारीले फ्रेन्ड्स क्लबका खेलाडीलाई लक्षित गर्दै प्लेयर बक्समा कुर्सी प्रहार गरेका थिए । प्रहरीले ती पदाधिकारीलाई नियन्त्रणमा लिने प्रयास गरे पनि केही क्षणमा छोडेको थियो ।

  • विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा

    विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा

    काठमाडौं । आगामी महिना जिम्बावेमा हुने विश्वकप छनोटका लागि मुख्य प्रशिक्षक मोन्टी देसाइले नेपाली राष्टिय क्रिकेट टीमको घोषणा गरेका छन् ।

    आइतबार नेपाल क्रिकेट संघ क्यानले १६ सदसीय विश्वकप छनोट खेल्ने टिमको घोषणा गरेको हो ।

    गत चैत्रमा घरेलु मैदानमा सम्पन्न लिग २ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल शिर्ष तीनमा अटाउँदै साझै विश्वकप छनोटमा स्थान बनाएको थियो ।

    जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने विश्वकप छनोटको तयारिका लागि नेपाली टिम केहिदिनमा दक्षिण अफ्रिका तयारिका लागि जाँदैछ । र, उतैबाट विश्वकप खेल्न प्रस्थान गर्नेछ ।

    आईसीसीले गत मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह ’ए’ मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वे विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

    यस्तै, जुन २० मा नेपालले अमेरिकासंग, जुन २२ मा वेस्ट इन्डिजसंग र जुन २४ मा नेदरल्यान्ड्ससंग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

    नेपालले छ्नोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्ने भएको छ ।

    नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरन इमिरेट्स (यूएई) संग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ ।

    प्रतियोगिताम कुल १० टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूह ’ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ’बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।

    प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्सम स्थान बनाउनेछ्न् । प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन् ।

    विश्वकप खेल्ने नेपाली टिमः

    रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो

  • रियल मड्रिडलाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा

    रियल मड्रिडलाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा

    काठमाडौं ।साबिक विजेता  रियल मड्रिडलाई ४-० गोलको नतिजामा पराजित गर्दै इङलिस क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनल पुगेको छ ।

    बुधबार राती सिटीको घरेलु मैदान इथियाडमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा ४-० र बेर्नाब्यूमा भएको पहिलो लेगमा १-१ को नतिजा निकालेको सिटी समग्रमा ५-१ को जितसहित फाइनल पुगेको हो ।

    खेलको २३औं मिनेटमा वर्नादो सिल्भाको गोलमा सिटीले अग्रता लिएको थियो । सुरुवातदेखि भम्रणकरी टिममाथि हावि भएको सिटीका लागि ३७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका सिल्भाले अग्रता दोब्बर पारे ।

    पहिलो हाफमा २-०ले पछि परेको रियल दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेपनि सफल हुन सकेन । म्यनुयल अकान्जीले ७६औं मिनेटमा गोल गर्दा सिटीले ३-० को अग्रता बनायो ।
    सब्सिट्युट खेलाडी जुलियन अल्भारेजले खेलको इन्जिुरी समयमा गोल गर्दा सिटीले सर्वाधिक १४ पटककाे च्याम्पियन मड्रिड माथि  ४-०ले जित शुनिस्चित गर्याे।

    जितसँगै सिटीले इस्तानबुलमा हुने फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ । फाइनल जुलाइ ११ मा टर्कीको इस्तानबुल स्थित अटार्टुक ओलम्पिक स्टेडियममा हुनेछ ।
    इन्टर सेमिफाइनलमा एसी मिलानलाई समग्रमा ३-० ले पराजित गर्दै १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । भने, सिटी यो सहित दोस्रो पटक फाइनल पुगेको हो । सन् २०२०\२०२१ मा चेल्सीसँग १-० गोलको नतिजामा पराजित हुँदै सिटी उपाधिबाट बञ्चित भएको थियो ।

    अघिल्लाे सिजन फाइनलमा लिभरपुललाई १-० गाेलकाे नतिजामा परािजत गर्दै रियलले सर्वाधिक १४औं पटक च्याम्पियन्स लिग जितेको थियो ।

     

  • लिभरपुलमाथि रियलको सानदार पुनरागमन जित

    लिभरपुलमाथि रियलको सानदार पुनरागमन जित

    काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत लेग वान मा स्पेनिस क्लब रियल मड्रिडले इङलिस क्लब लिभरपुलविरुद्ध सानदार पुनरागमन जित निकालेको छ ।

    मंगलबार राति एनफिल्डमा सम्पन्न खेलको चौथो मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मोहमद सलाहले १४औं मिनेटमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

    त्यसको ६ मिनेट नबित्दै रियलका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याएका थिए । भिनिसियसको गोलसँगै खेलमा पकड बनाएको रियलका लागि भिनिसियलेनै ३६औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

    पहिलो हाफ रोमाञ्चक बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पाउना टिम लिभरपुलमाथि हाबि भएको थियो ।
    इडर मिलिटाओले ४७औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसको आठ मिनेट नबित्दै करिम बेन्जिमाले गोल गर्दै रियललाई ४–२ को अग्रता दिलाएका थिए । बेन्जिमाले ६७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता फराकिलो पारे ।
    त्यसपछि निर्धारित समयसम्म थप गोल हुन नसक्दा रियलले लिभरपुलमाथी ५–२ गोलको नतिजमा जित निकालेको हो ।

    पराजित भएसँगै लिभरपुल च्याम्पियन्स लिग इतिहासमा घरेलु मैदानमा पाँच गोल खाने पहिलो टिम बनेको छ । भने, रियल २ गोल खाएपछि पुनरागमन गर्दै तीन गोल मार्जिनले जित्ने पहिलो टिम बनेको छ । दोस्रो लेग मार्च १६मा रियलको घरेलु मैदानमा हुनेछ ।
    यस्तै, बुधबारनै सम्पन्न अर्को खेलमा नापोलीले फ्राङकफर्टलाई २–० गोलको नतिजमा पराजित गरेको छ ।

  • दोस्रो मैत्रीपूर्ण खेलमा पनि भारतसँग नेपालको बराबरी

    दोस्रो मैत्रीपूर्ण खेलमा पनि भारतसँग नेपालको बराबरी

    काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि नेपाली महिला फुटबल टिमले भारतसँग गोलरहित बराबरी खेलेको छ ।
    जवाहरलाल नेहरु स्टेडियम चेन्नाईमा सम्पन्न खेलमा दुवै टिमले गोल गर्ने थुप्रै अवसर सृजना गरे पनि त्यसलाई स्कोरमा परिणत गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

    दुई मैत्रीपूर्ण खेलका लागि भारत भ्रमणमा रहेको नेपालले पहिलो खेलमा र २–२ गोलको बराबरी खेलेको थियो ।
    यो मैत्रीपूर्ण खेल दुवै टिमले ओलम्पिक छनाेटको तयारीका रुपमा खेलेका थिए ।

    अन्तिमपटक काठमाडौंमा आयोजित महिला साफ च्याम्पियनसीपमा आमनेसामने भएपछि पहिलोपटक नेपाल र भारतबीच प्रतिस्पर्धा भएको हो ।

    घरेलु मैदानमा आयोजित साफमा नेपालले सेमिफाइनलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।

  • सन्दीपको तेस्रो विकेट, नामिबिया दबावमा

    सन्दीपको तेस्रो विकेट, नामिबिया दबावमा

    काठमाडौं। जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नामिबिया विरुद्धको दोस्रो खेलमा नेपालले चौथो सफलता प्राप्त गरेको छ ।
    सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिएपछि नेपालविरुद्ध नामिबिया दवावमा रहेको छ ।यसअघि नामिबियाका दुई ओपनर लो–हान्द्रे लोउरेन्स र कार्ल ब्रिकेनस्टकलाई आउट गराउँदै सन्दीपले आउट गराउँदा नेपालले बलिङमा राम्रो सुरुआत गरेको थियो ।

    तेस्रो नम्बरमा क्रिजमा आएका माइकल भान लिङ्गेनलाई दिपेन्द्रसिंह ऐरिले रनआउट गराउँदा नेपालले तेस्रो सफलता पाएको थियो । कप्तान इरास्मसलाई सन्दीपले बोल्डआउट गराउँदा नामिबिया ३० ओभरको समाप्तिमा ११४/’४ को अवस्थामा छ ।

  • पहिलो मैत्रिपूर्ण खेलमा नेपाल र भारतको रोमाञ्चक बराबरी

    पहिलो मैत्रिपूर्ण खेलमा नेपाल र भारतको रोमाञ्चक बराबरी

    काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपाल र भारतिय महिला फुटबल टिमले २–२ गोलको बराबरी खेलेका छन् ।
    जवारलाल नेहेरु स्टेडयम चेन्नाईमा सम्पन्न खेलमा दुई गोलले पछि परेको नेपालले तीन मिनेटको अन्तरालमा दुई गोल गर्दा खेल रोमाञ्चक बराबरी भएको हो ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा सब्सिट्युट खेलाडी सौम्याले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।
    कप्तान इन्दुमति काथिरेसानले ६८औं मिनेटमा भारतको अग्रता दोब्बर पारेकी थिइन् ।

    त्यसपछि लगातार दवावमा परेको नेपालका लागि निर्धारित समयको अन्तिम मिनेटमा साबित्रा भण्डारीले पेनाल्टिमा गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याएकी थिइन् । खेलको इन्जुरी समयमा साबित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई हारबाट जोगाइन् ।
    दोस्रो मैत्रिपूर्ण खेलमा भारत र नेपाल सनिबार प्रतिस्पर्धा गर्नेछन् ।

     

  • नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

    नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

    काठमाडौं । नेपाल र भारत महिला फुटबल टीमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बारबरी खेलेका छन् ।

    जवारलाल नेहेरु स्टेडियम चेन्नाईमा जारी खेलको पहिलो हाफमा दुवै टीमले गोल गर्ने अवसरहरु पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता लिन चुके ।

    पछिल्लो समय भदौमा काठमाडौंमा आयोजना गरिएको महिला साफ च्याम्पियनसीपमा आमने सामने भएका भारत र नेपाल ६ महिना पछि एक अर्काविरुद्ध खेल्दैछन् ।

    महिला साफको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलको नतिजामा पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।
    आजको खेलमा भारत नेपालसँग घरेलु मैदानमा हारको बदला लिने रणनितिसहित मैदान उत्रिएको छ भने नेपाल लगातार भारतमाथि जित निकाल्ने लक्ष्यमा छ ।

    यस खेललाई ओलम्पिक छनोटको तयारिका रुपमा लिइएको छ । दोस्रो मैत्रीपूर्ण खेलमा भारत र नेपाल शनिबार प्रतिस्पर्धा गर्नेछन् ।

     

  • क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

    क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

    मंगलबार पोखरामा बसेको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

    किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सन्दीप केही दिनअघिमात्र धरौटीमा रिहा भएका थिए ।

    क्यानले सन्दीपलाई गत भदौ २३ मा निलम्बन गरेको थियो ।

  • एकदिवसीय श्रृंखलाकालागि नेपाली क्रिकेट टिमको प्रशिक्षण सुरु (तस्बिरहरु)

    एकदिवसीय श्रृंखलाकालागि नेपाली क्रिकेट टिमको प्रशिक्षण सुरु (तस्बिरहरु)

    काठमाडौं । आगामी महिना घरेलु मैदानमा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय श्रंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले आजदेखी औपचारिक रुपमा प्रशिक्षण सुरु गरेको छ ।

    प्रतियोगिता सुरुहुन करिब २ साता मात्रै बाँकी रहँदा प्रतियोगिता खेल्ने अन्तिम टिम सार्वजानिक भइसक्नुपर्नेमा मुख्य प्रशिक्षक नियुक्तीमा ढिलाई भएपछि नेपाली टिमको प्रशिक्षण सुरु हुन सकेको थिएन । नेपाल क्रिकेट संघ (क्यान)ले केहिदिन अघिमात्रै प्ररम्भिक चरणको प्रशिक्षणमा २८ खेलाडीलाई डाकेको थियो ।

    औपचारिक रुपमा नभएपनि क्यानको अनुरोधमा भारतिय प्रशिक्षक मोन्टि देसाईले आजदेखी नेपाली टिमको प्रशिक्षण सम्हालेका छन् । क्यानले केहिदिन अघिनै उनको नाम सिफारिस गरेपनि राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले स्विकृती भने नदिइसकेको क्यानका कार्यबहाक सचिव प्रशान्तविक्रम मल्लले बताएका थिए ।

     

    प्रतियोगिता सुरु हुन धेरै समय नभएकाले मोन्टिलाई तत्कालका लागि क्यानले आफै जिम्मेवारी लिएर बोलाएको उनले बताए । यदी राखेपले क्यानको प्रस्ताव नस्विकारे उनी फर्किनु सम्भावना पनि रहेको मल्लले जानकारी दिए ।

    मोन्टिले यसअघि सन् २०१७ मा नेपालले यू–१९ एसियाकप खेल्दा ब्याटिङ सल्लाहकारको रुपमा नेपाली टिमसँग जोडिएका थिए । त्यतीबेला नेपाली टिमको प्रदर्शनपनि राम्रो रहेको थियो भने भारतलाई पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको थियो ।

    यसअघि, उनले वेस्टइन्डिजको ब्याटिङ प्रशिक्षण सम्हालेका थिए । वेस्टइन्डिजसँग तीन वर्षको सम्झौता सकिएसँगै देशाई कतैपनि अनुबन्ध थिएनन् र नेपाल आउने उनको सम्भावना बलियो दखिएको थियो । समग्रमा नेपाली टिमा ब्याटिङकै बढी समस्या रहने भएकाले यसबेला उनी टिमकालागि राम्रो प्रशिक्षक हुन सक्छन् । र उनीबाट राम्रो नतिजाको पनि अपेक्षा गर्न सकिन्छ ।

    प्ररम्भिक बन्द प्रशिक्षणमा डाकीएका २८ खेलाडी
    कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुलसन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंसी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महत्तो, कमलसिंह ऐरी, सिद्दान्त लोहनी, अर्जुन साउद, अविनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भिम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल शाह, विक्रम शोव, भुवन कार्की, अंकीत सुवेदी ।

    तस्विरहरुः

  • हालान्डको ह्याट्रिकमा सिटीको जित

    हालान्डको ह्याट्रिकमा सिटीको जित

    काठमाडौं । एर्लिङ हालान्डको ह्याट्रिक प्रेरित उल्भ्सलाई ३–० गोलको नतिजामा पराजित गर्दै म्यान्चेस्टर सिटीले इङलिस प्रिमियर लिगमा तीन अंक जोडेको छ ।

    इतिहाद स्टेडियममा आईतबार राति सम्पन्न खेलको ४०औं मिनेटमा हालान्डले गोल गर्दै युनाइटडलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफ १–० गोलको नतिजामा सकिएको खेलको ५०औं मिनेटमा हालान्डले पेनाल्टि मार्फत गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।
    त्यसको चार मिनेट नबित्दै हालान्डले ह्याट्रिक पुरा गर्दै सिटीको अग्रता ३–० बनाएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

    जर्मन क्लब बुरोसिया डर्टमन्डबाट सिटी आएका हालान्डले प्रिमियर लिगमा डेब्यू सिजन १८ खेल खेल्द ३ असिस्ट र २५ गोल गरेका छन ।

    जितसँगै सिटी २० खेलमा १४ जित तीन बराबरी र तीन हारको नतिजासहित ४५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित उल्भ्स १७ अंकसहित तालिकाको १७औं स्थानमा छ । शिर्ष स्थानमा ४८ अंकसहित आर्सनल रहेको छ ।

  • यू–१९ क्रिकेट विश्वकप छनोटका लागि नेपाली टिम घोषणा

    यू–१९ क्रिकेट विश्वकप छनोटका लागि नेपाली टिम घोषणा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा गरेको छ ।

    आईतबार क्यानले विश्वकप छनाट खेल्ने अन्तिम १४ खेलाडीको नाम घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडी मध्य अन्तिम १४ र ४ वैकल्पिक खेलाडीको नाम क्यानले सर्वजानिक गरेको छ ।

    आगामी महिना युनाइटेड अरब इमिरेट्स(यूएई) मा हुने छनोट खेलका लागि नेपाली टिमको कप्तान भने टुंगो लागि सकेको छैन ।

    नेपाली टीमः

    आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, दिपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्रे,दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा

    वैकल्पिक खेलाडीहरुः

    प्रज्वल थापा, तुल बहादुर थापा,निर्मल थापा, राजेश यादव

  • रियाद अल स्टार्सविरुद्ध पीएसजीको जित, मेसी र रोनाल्डो दुवैले गरे गोल

    रियाद अल स्टार्सविरुद्ध पीएसजीको जित, मेसी र रोनाल्डो दुवैले गरे गोल

    काठमाडौं । मैत्रिपूर्ण खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले साउदी अरबको रियाद अल स्टार्स ११ लाई ५–४ गोलको नतिजामा पराजित गरेको छ ।

    सम्भवत सक्रिय खेल जिवनमा अन्तिम पटक एकअर्का विरुद्ध खेलेका लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो दुवैले यस खेलमा गोल गरे । रोनाल्डोले दुई गोल गरे भने मेसीको नाममा एक गोल रहयो । मेसीले खेलको दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

    खेलको ३१औं मिनेटमा पीएसजीका गोलकिपर किलोर नाभासले रियाद ११ का कप्तान रोनाल्डोलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि पाएकाे पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले ३४औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

    लेफ्ट ब्याक जुवान बर्नाटले ३९औं मिनेटमा रातोकार्ड पाएपछि पीएसजी १० खेलाडीमा सिमित भएको थियो । किलियन एम्बाप्पेको क्रसमा गोल गर्दै मार्किन्योसले खेलको ४२औं मिनेटमा पुनः पीएसजीलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफको इन्जुरी समयमा नेइमार पेनाल्टीमा चुक्दा पीएसजीले अगता फराकिलो पार्ने अवसर खेर फालेको थियो । पहिलो हाफको इन्जुरी समयमै रोनाल्डोले पुनः बराबरी गोल फर्काउँदै खेललाइ २–२ को स्थितिमा ल्याएका थिए ।

    सर्जियो रामोसले ५३औं मिनेटमा गोल गदै पीएसजीलाई ३–२ को अग्रता दिलाए । त्यसको तीन मिनेट नबित्दै रियाद ११ का हेयोन सो जाङले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए ।

    एम्बाप्पेले ६०औं मिनेटमा पेनाल्टी मार्फत पीएसजीका लागि चौथो गोल गरे । हुगो इकिटिकीले ७८औं मिनेटमा गोल गर्दै पीएसजीको अग्रता ५–३ बनाएका थिए ।

    रियाद ११ का एन्डर्सन टालिस्काले खेलको इन्जुरी समयमा गोल गर्दै खेललाई ५–४ को स्थितीमा ल्याएका थिए ।

    त्यसपछि थप गोल हुन सकेन । पीएसजीले लिएको अग्रतालाई बचाई राख्यो र ५–४ को नतिजामा जित निकाल्यो ।

  • के अर्जेन्टिनाले मेसीको फोटो राखेर नाेट निस्काशन गरेकाे हो?

    के अर्जेन्टिनाले मेसीको फोटो राखेर नाेट निस्काशन गरेकाे हो?

    काठमाडौं । विश्वकप विजेता कप्तान लियोनल मेसीको फोटो अर्जेन्टिनी नोटमा छापिएको तस्बिर अहिले समाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

    गत आईतबार अर्जेन्टिनाले कतारमा सम्पन्न विश्वकप २०२२ फाइनलमा फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्वकप उपाधि जितेको थियो । त्यहि खुसियालीमा मेसीको फोटो नोटमा छापिएको भन्ने चर्चा सामाजिक सञ्जालमा भईरहेको छ ।
    तर, के साच्चै मेसीको फोटो अर्जेन्टिनी नोटमा छापीएको हो त?

    सन् १९७८ मा पहिलो विश्वकप उपाधि जित्दा अर्जेन्टिना केन्द्रीय बैंकले विश्वकप जितेको सम्झनामा व्यावसायिक सिक्का सार्वजानिक गरेको थियो ।

    तेस्रो विश्वकप जितेको अर्जेन्टिना फुटबल टिमका लागि पनि केन्द्रिय बैंकले एक हजार ‘पेसो’ नोटमा मेसीको फोटो राख्नेबारे केन्द्रीय बैंकले तयारी मात्रै गरिरहेको अन्तर्राष्ट्रिय मिडियाले जानकारी गराएका छन् ।

    एल फिनान्सिरो पत्रिकाका अनुसार दक्षिण अमेरिकी देशका वित्तिय परिचालक र निकायका अधिकारीहरु यतिबेला आफ्नो राष्ट्रको ऐतिहासिक विश्वकप उपाधि यादगार बनाउन विभिन्न विकल्पहरु खोजिरहेका छन् ।
    त्यसैमा उनीहरुले ल्याएको एउटा विचार मेसीको फोटो नोटमा राख्ने हो । त्यसबाहेक नोटमा फोटो राख्ने भन्ने पक्का भने भइसकेको छैन ।

  • एम्बाप्पेले जिते ‘गोल्डेन बुट’

    एम्बाप्पेले जिते ‘गोल्डेन बुट’

    काठमाडौं । कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका फ्रान्सका किलियन एम्बाप्पेले ‘गोल्डेन बुट’ जितेका छन् ।

    उनले फाइनल खेलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रि गरेसँगै गोल्डने बुट जित्ने पक्का भएको थियो । उपाधि चुम्न असफल भएपनि एम्बाप्पे सन् १९६६ पछि फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

    समूह चरण अन्तर्गत अस्ट्रेलियाविरुद्ध पहिलो गोल गरेका एम्बाप्पेले प्रतियोगिताभरि कुल आठ गोल गरे ।

    यससँगै दुई विश्वकपमा एम्बाप्पेले १२ गोल गरेका छन् ।

  • गोल्डेन बल मेस्सीलाई, विश्वकपमा दुईपटक सर्वोत्कृष्ट हुने पहिलो खेलाडी

    गोल्डेन बल मेस्सीलाई, विश्वकपमा दुईपटक सर्वोत्कृष्ट हुने पहिलो खेलाडी

    दोहा। कतार विश्वकपको सर्वोत्कृष्ट खेलाडी अर्जेन्टिनाका लियोनल मेस्सी भएका छन्। उनले गोल्डेन बल पाए। विश्वकपमा दुईपटक गोल्डेन बल पाउने उनी पहिलो खेलाडी बनेका छन्। यसअघि सन् २०१४ को विश्वकपमा पनि उनले गोल्डेन बल पाएका थिए।

     

  • विश्वकपको ‘गोल्डेन गल्भ’ मार्टिनेजलाई

    विश्वकपको ‘गोल्डेन गल्भ’ मार्टिनेजलाई

    काठमाडौं । विश्वकप विजेता अर्जेन्टिनाको गोलकिपर इमिलियानो मार्टिनेजले कतार विश्वकप २०२२ कोे ‘गोल्डेन ग्लभ’ जितेका छन् ।
    मार्टिनेजको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले फाइनल सम्मको यात्रा तय गर्दै उपाधि उचालेको थियो । पेनाल्टि सुटआउटमा पुगेको फाइनलमा अर्जेन्टिनालाई जित दिलाउन मार्टिनेजकै प्रदर्शन निर्णायक बन्यो ।
    सर्वोत्कृष्ट गोलकिपर बनेका मार्टिनेजले जारि विश्वकपमा तीन क्लिन सिट राखे ।

    यसअघि २०१८ विश्वकपको गोल्डेन ग्लभ बेल्जियमका गोलकिपर कोर्टुवाले पाएका थिए ।

  • विश्वकप फाइनल: मेसीकाे गाेलमा अर्जेन्टिनालाई अग्रता

    विश्वकप फाइनल: मेसीकाे गाेलमा अर्जेन्टिनालाई अग्रता

    कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनलमा फ्रान्सविरुद्ध लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका छन् ।

    लुसेल रंगशालमा जारि खेलकोे २३औं मिनेटमा मेसीले पेनाल्टि मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

    खेलको २०औं मिनेटमा फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टि पाएको थियो । उक्त पेनाल्टिको सदुपयोग गर्दै अर्जेन्टिनाका कप्तानले सुन्दर गोल गरे ।

  • विश्वकपमा मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया

    विश्वकपमा मोरक्कोलाई हराउँदै तेस्रो बन्यो क्रोएसिया

    काठमाडौं । मोरक्कोलाई २–१ गोलको नतिजमा पराजित गर्दै क्रोएसिया कतारमा जारी फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ ।

    खलिफा रंगशालामा सम्पन्न तेस्रो स्थानको प्लेअफमा मोरक्कोलाई हराएसँगै साविक उपविजेता क्रोएसियाले विश्वकप २०२२ का कास्य पदक जितेको हो ।

    क्रोएसियालाई जित दिलाउन जोस्को भार्डियोल र मिस्लाभ ओर्सिचले गोल गरे । मोरक्कोका असरर्फ दारीले एक गोल गरे ।

    खेलको सातौं मिनेटमा भार्डियोलले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको दुई मिनेट नबित्दै मोरक्कोका दारीले बराबरी गोल फर्काए ।

    पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा ओर्सिचले गोल गर्दै क्रोएसियाको अग्रता २–१ बनाएका थिए । सोहि अग्रतालाई खेलको अन्त्यसम्म कायम राख्दै क्रोएसियाले सानदार जित निकाल्यो ।

    क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० गोलको नतिजमा पराजित भएको थियो । मोरक्को भने, साविक विजेता फ्रान्ससँग २–० गोलको नतिजमा पराजित हुँदै तेस्रो स्थानका लागि क्रोएसियासँगको भेट पक्का गरेको थियो ।

    सन् १९८६ मा अन्तिम १६ सम्म पुगेको मोरक्कोले जारि विश्वकपमा पहिलो पटक सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेर इतिहास रचेको थियो । सन् २०१८ मा दास्रो भएको क्रोएसियाले त्यसअघि समूह चरण पार गर्न सकेको थिएन ।

  • अर्जेन्टिना कि फ्रान्स, कसले जित्ला तेस्रो पटक विश्वकप?

    अर्जेन्टिना कि फ्रान्स, कसले जित्ला तेस्रो पटक विश्वकप?

    काठमाडौं । कतारमा जारि फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र साविक विजेता फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

    बुधबार राती अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स लगातार दोस्रो पटक विश्वकप फाइनल प्रवेश गर्यो । यसअघि मंगलबार राति साविक उपविजेता क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको थियो । माेरक्काेलाई हराउँदै फ्रान्स फाईनल पुगेसँगै अर्जेन्टिनासँगकाे भेट पक्का भएकाे हाे ।

    समान दुई पटक विश्वकप जितेका यी टिम तेस्रो उपाधिको खोजिमा फाइनलमा भिड्नेछन् । यदी फाइनलमा अर्जेन्टिनालाई हराउनसके फान्स सन् २००२ मा ब्राजिल पछि लगातार दुई विश्वकप उपाधि जित्ने राष्ट्र बन्नेछ ।

    यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्पकप उपाधि जितेको थियो । त्यसयता दुई पटक फाइनल र तीन पटक क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

    यस्तै, सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको फ्रान्सले २०१८ मा दोस्रो उपाधि जितेको थियो ।

    समूह‘सी’ मा रहेको अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरबसँग २–१ को हार बेहोर्दै खराब सुरुआत गरेको थियो । दोस्रो खेलमा पोल्यान्ड र तेस्रो खेलमा मेक्सिकोलाई क्रमशः २–० गोलको नतिजमा पराजित गर्दै अर्जेन्टिना समूह विजेताको हैसियतले अन्तिम १६ प्रवेश गरेको थियो ।

    अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ को नतिजमा हराउँदै क्वार्टरफाइनल पुगेको अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध नाटकीय जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई हराएसँगै अर्जेन्टिना८ वर्षपछि फाइनल पुगेको हो । यसअघि सन् २०१४ को विश्वकपमा फाइनल पुगेको अर्जेन्टिनाले जर्मनीसँग १–० को हार बेहोरेको थियो ।

    यस्तै, समूह ‘डी’ को फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलको नतिजमा पराजित गर्दै सानदार सुरुआत गरेको थियो । दोस्रो खेलमा डेनमार्कलाई हराउँदै एक खेल अगावै अन्तिम १६ पुगेको फ्रान्स समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १–० गोलको नतिजमा पराजित भएको थियो ।

    समूह विजेतको रुपमा नकआउट चरण प्रवेश गरेको फ्रान्सले अन्तिम १६ मा पोल्यान्ड क्वार्टरफाइनलमा इङल्यान्डलाई र सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फाइनल सम्मको यात्रा तय गर्यो ।

    यसअघि विश्वकपमा तीन पटक आमनेसामने हुँदा फ्रान्सले दुई खेल जितेको छ भने, अर्जेन्टिनाले एक खेलमा जित निकालेको छ ।
    अन्तिम पटक २०१८ को विश्वपकमा अर्जेन्टिना फ्रान्ससँग ४–३ गोलको नतिजमा पराजित भएको थियो ।

    अर्जेन्टिना र फ्रान्सबीचकाे खेल आइतबार नेपाली समयअनुसार राती ८:४५ बजे लुसाइल रंगशालामा हुनेछ ।

  • विश्वकपः फ्रान्स लगातार दोस्रो पटक फाइनलमा, मोरक्को बाहिरियो

    विश्वकपः फ्रान्स लगातार दोस्रो पटक फाइनलमा, मोरक्को बाहिरियो

    काठमाडौं । अफ्रिकन राष्ट्र मोरक्कोलाई २–० गोलको नतिजमा पराजित गर्दै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल प्रवेश गरेको छ ।

    अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेजको र रानदाल कोलो मुआनीले गोल गरे ।

    खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

    पहिलो हाफमा लिएको १–० गोलको अग्रता मुआनीले ७९औं मिनेटमा दोब्बर पारे ।
    मुआनीले मैदान प्रवेश गरेको एक मिनेट नबित्दै फ्रान्सका लागि विजयी गोल गरे ।

    ओसुमाने डेम्बेलेको स्थानमा मैैदान प्रवेश गरेका मुआनीले ‘फस्ट चट’ मै गाल गरेका थिए ।
    मुआनीको गाल विश्वकप इतिहासमा सब्सिट्युट खेलाडीले गरेको दोस्रो छिटो गोल हो । यसअघि सन् १९६२ मा ब्राजिलका सेलेकोले गरेका थिए ।

    पहिलो पटक सेमिफाइनल सम्म पुगेको मोरक्कोले निर्धारित समयसम्म गोल गर्ने कहि अवसर पाएपनि फिनिसिङमा चुकेको थियो ।

    फ्रान्स सन् २००२ मा ब्राजिल पछि लगातार दोस्रो पटक फाइनल पुग्ने पहिलो टिम बनेको छ । यस्तै, सन् १९९० मा जर्मनी पछि लगातार फाइनल पुग्ने पहिलो युरोपियन राष्ट्र बन्यो ।

    यससँगै फ्रान्स सन् १९९८ पछि चौथो पटक विश्वकप फाइनल पुगेको हो । त्यसयता २००६, २०१८ मा फाइनल पुगेको थियो ।

    विश्वकप उपाधिका लागि फ्रान्सले आईतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । मोरक्कोले तेस्रो स्थानका लागि सनिबार क्रोएसियासँग खेल्नेछ।

    समूह चरणमा अपराजित रहँदै नकआउट चरण पुगेको मोरक्कोले अन्तिम १६ मा स्पेन र क्वार्टरफाइनलमा पोर्चुगललाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

    यसअघिका पाँच भेटमा फ्रान्स मोरक्कोसँग कहिले पनि पराजित भएको थएिन ।

    लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान बनाएकाे फ्रान्स समूह चरणकाे अन्तिम खेलमा ट्यूनिसियासँग पराजित भएपनि समूह विजेताकाे हैसियतले नकआउट चरण पुगेकाे थियाे । अन्तिम १६ मा पाेल्यान्ड र क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएकाे थियाे ।

  • विश्वकप सेमिफाइनल: पहिलो हाफमा मोरक्कोविरुद्ध फ्रान्सलाई १–० को अग्रता

    विश्वकप सेमिफाइनल: पहिलो हाफमा मोरक्कोविरुद्ध फ्रान्सलाई १–० को अग्रता

    काठमाडौं । थियो हर्नान्डेजको गोलमा कतारमा जारी फिफा विश्वकप २०२२ सेमिफाइनल अन्तर्गत मोरक्कोविरुद्धको खेलको पहिलो हाफमा साविक विजेता फ्रान्सले १–० गोलको अग्रता लिएको छ ।

    पहिलो पटक सेमिफाइनल सम्म पुगेको मोरक्कोले केहि अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।

    समूह चरणमा अपराजित रहँदै नकआउट चरण पुगेको मोरक्कोले अन्तिम १६ मा स्पेन र क्वार्टरफाइनलमा पोर्चुगललाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

    लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान बनाएकाे फ्रान्स समूह चरणकाे अन्तिम खेलमा ट्यूनिसियासँग पराजित भएपनि समूह विजेताकाे हैसियतले नकआउट चरण पुगेकाे थियाे । अन्तिम १६ मा पाेल्यान्ड र क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएकाे थियाे ।

    यसअघिका पाँच भेटमा फ्रान्स मोरक्कोसँग कहिले पनि पराजित भएको छैन । पहिलोे पटक फ्रान्सलाई हराउँदै विश्वकपको फाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्ने लक्ष्यमा मोरक्को रहेको छ ।

    याे खेलकाे विजेताले फाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।

  • विश्वकपः इङल्यान्डलाई हराउँदै साविक विजेता फ्रान्स सेमिफाइनलमा

    विश्वकपः इङल्यान्डलाई हराउँदै साविक विजेता फ्रान्स सेमिफाइनलमा

    काठमाडौं । इङल्यान्डलाई २–१ गोलकाे नतिजामा पराजित गर्दै साविक विजेता फ्रान्स कतारमा जारि फिफा विश्वकप २०२२ को सेमिफाइनल प्रवेश गरेको छ ।

    अल बायट रंगशालामा सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन अउरेलिन चोआमेनी र आलिभर जिरुडले गोल गरे ।

    खेलको १७औं मिनेटमा चोआमेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा लिएको अग्रता बचाउन नसक्दा ह्यारि केनले ५४औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल फर्काए ।

    चोआमेनीले वेलिङघामलाई फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीलाई सदुपयोग गर्दै केनले बराबरी गोल फर्काएका थिए ।

    जिरुडले ७८औं मिनेटमा एनटोनी ग्रिजमेनको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

    कप्तान केन ८४औं मिनेटमा पेनाल्टिमा चुक्दा इङल्यान्ले खेलमा फर्किने मौका खेर फालेको थियो ।

    फ्रान्सले सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ । यसअघि मोरक्को पोर्चुगललाई १–० गोलको नतिजमा पराजित गर्दै अन्तिम ४ मा पुगेको थियो ।

    यससँगै विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । अर्को सेमिफाइनलमा अर्जेज्टिना र साविक उपविजेता क्रोएसिया प्रतिस्पर्धा गर्नेछन् ।

    रुसमा भएको विश्वकप २०१८मा तेस्रो स्थानको प्लेअफमा बेल्जियमसँग २–० गोलको नतिजामा पराजित भएको थियो । भने, २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । फ्रान्स लगातार दोस्रो पटक अन्तिम ४ मा पुगेको हो ।

  • विश्वकपः पहिलो हाफमा फ्रान्स इङल्यान्डविरुद्ध १–० ले अघि

    विश्वकपः पहिलो हाफमा फ्रान्स इङल्यान्डविरुद्ध १–० ले अघि

    काठमाडौं । अउरेलिन चोआमेनीको गोलमा साविक विजेता फ्रान्सले कतारमा जारि फिफा विश्वकप २०२२ क्वार्टरफाइनल अन्तर्गत इङल्यान्डविरुद्धको खेलमा पहिलो हाफमा १–० गोलको अग्रता लिएको छ ।
    अल बायट रंगशालामा जारी खेलको १७औं मिनेटमा टुआमेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

    इङल्यान्डले केहि अवसर पाएपनि फिनिसिङमा चुक्दा बराबरी गोल फर्काउन सकेन ।

    यो खेलको विजेताले सेमिफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

     

  • माेरक्काेले रच्याे इतिहास, पाेर्चुगललाई हराउँदै सेमिफाइनलमा

    माेरक्काेले रच्याे इतिहास, पाेर्चुगललाई हराउँदै सेमिफाइनलमा


    काठमाडौं । योसुफ–एन नेसेरिको निर्णायक गोलमा पोर्चुगललाई हराउँदै मोरक्को कतारमा जारि फिफा विश्वकप २०२२ को सेमिफाइनल प्रवेश गरेको छ

    अल थुमामा रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलको ४२औं मिनेटमा योसुफले गोल गर्दै मोरक्को लाई अग्रता दिलाएका थिए ।

    सोहि अग्रता खेलको अन्तिम समयसम्म कायम राख्दै पाेर्चुगलमाथि सानदार जित निकालेकाे मोरक्को विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्यो ।

    सन् २००६ पछि पहिलो पटक क्वार्टरफाइनल पुगेको पोर्चुगलले गोल गर्ने थुप्रै अवसर पाएपनि फिनिसिङमा चुक्दा खेल बराबरी गर्ने अवसर खेर फाल्यो ।

    समूह चरणमा अपराजित रहँदै समूह विजेताको हैसियतले अन्तिम १८ पुगेको मोरक्को अन्तिम १६ मा स्पेनलाई पेनाल्टि सुटआउटमा हराउँदै क्वार्टरफाइनल पुगेको थियो ।

    यस्तै, पोर्चुगल समूह चरणमा लगातार पहिलो र दोस्रो खेल जित्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो । समूह चरणको अन्तिम खेलमा पोर्चुगल दक्षिण कोरियासँग हारेको थियो ।

    अन्तिम १६ मा पेनाल्छि सुटआउटमा स्विट्जरल्यान्डलाई पराजित गर्दै पोर्चुगलले क्वार्टरफाइनलमा स्थान सुक्षित गरेको थियो ।

  • पोर्चुगलविरुद्ध पहिलो हाफमा मोरक्को १–० ले अघि

    पोर्चुगलविरुद्ध पहिलो हाफमा मोरक्को १–० ले अघि

    काठमाडौं । योसुफ– एन नेसेरीको गोलमा मोरक्कोले कतारमा जारि फिफा विश्वकप २०२२ क्वार्टरफाइनल अन्तर्गत पोर्चुगलविरुद्धको खेलको पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ ।

    अल थुमामा रंगशालमा जारि खेलको ४२औं मिनेटमा योउसेफले गोल गर्दै मोरक्को लाई अग्रता दिलाएका थिए ।

    समूह चरणमा अपराजित रहँदै समूह विजेताको हैसियतले अन्तिम १८ पुगेको मोरक्को अन्तिम १६ मा स्पेनलाई पेनाल्टि सुटआउटमा हराउँदै क्वार्टरफाइनल पुगेको थियो ।

    यस्तै, पोर्चुगल समूह चरणमा लगातार पहिलो र दोस्रो खेल जित्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो । समूह चरणको अन्तिम खेलमा पोर्चुगल दक्षिण कोरियासँग हारेको थियो ।

    अन्तिम १६ मा पेनाल्छि सुटआउटमा स्विट्जरल्यान्डलाई पराजित गर्दै पोर्चुगलले क्वार्टरफाइनलमा स्थान सुक्षित गरेको थियो ।

    जारि खेलको विजेताले सेमिफाइनलमा आज राती हुने इङल्यान्ड र फ्रान्सबीचको विजेतासँग खेल्नेछ ।

  • मोरक्कोविरुद्ध सुरुआती ११ मा परेनन् रोनाल्डो

    मोरक्कोविरुद्ध सुरुआती ११ मा परेनन् रोनाल्डो

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ क्वार्टरफाइनल अन्तर्गत मोरक्कोविरुद्धको खेलमा रोनाल्डोलाई बाहिर राख्दै पोर्चुगलले सुरुआती ११ सार्वजानिक गरेको छ ।

    अन्तिम १६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको खेलमा पनि रोनाल्डोलाई सुरुआती ११ मा स्थान नदिएका फर्नान्डो सानतोसले आजको खेलमा पनि रोनाल्डोको स्थानमा गोन्सालो रामोसलाई खेलाएका छन् ।

    रामोसले स्विटजरल्यान्डविरुद्ध पोर्चुगलले ६–१ गोलको नतिजमा जित निकालेको खेलमा ह्याट्रिक गरेका थिए । उनी जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

    अल थुमामा रंगशालमा केहिबेरमा सुरु हुने खेलका लागि पोर्चुगलको सुरुआती ११ः
    डिएगो कोस्टा, डिएगो डालट, पेपे, रुबेन डियास, राफेल गुरेरियो, रुबेन नेभिस, ओटाभियो, बु्रनो फर्नान्डेज, बरर्नार्डो सिल्भा, जाओ फेलिक्स र गोन्सालो रामोस

  • लगातार दोस्रो पटक क्वार्टरफाइनलबाट बाहिरियाे ब्राजिल, क्रोएसिया सेमिफाइनलमा

    लगातार दोस्रो पटक क्वार्टरफाइनलबाट बाहिरियाे ब्राजिल, क्रोएसिया सेमिफाइनलमा

    काठमाडौं । साविक उपविजेता क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै ब्राजिल लगातार दोस्रो पटक विश्वपको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

    एजुकेसन सिटी रंगशालामा सम्पन्न कतार विश्वकप २०२२ अन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा पेनाल्टि सुटआउटमा ४–२ गोलको नतिजमा ब्राजिलाई हराउँदै क्राएसिया सेमिफाइनल प्रवेश गरेको हो ।

    खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेइमारको गोलमा लिएको अग्रतालाई ब्राजिलले बचाइराख्न सकेन ।

    क्राएसियाका ब्रुनाे पेटकोभिचले खेलको ११७औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

    उक्त गोलसँगै नाटकिए मोड लिएको खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

    पेनाल्टि सुटआउटमा ब्राजिलका रोड्रिगोले गरेको प्रहार क्रोएसियाका गोल किपर डोमिनिक लिभाकोभिचले सहजै बचाउ गरेका थिए । यस्तै, मार्किनियसले हानेको पेनाल्टी पोलमा क्रसबारमा लागेर बाहिरिएपछि ब्रालिको जित सम्भावना सकिएको थियो । ब्राजिलका क्यासिमिरो र पेड्रोले मात्रै पेनाल्टिमा गोल गर्न सफल भए ।

    यस्तै, क्रोएसियाका निकोला भ्लासिक, लोभ्रो माहेर, लुका मोड्रिच र मिसाल्भ ओरसिर्कले गोल गरे ।

    सन् २०१८ मा ब्राजिल क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो । यस्तै, क्रोएसिया फाइनलमा फ्रान्ससँग हारेको थियो ।

    सेमिफाइनलमा क्रोएसियाले अर्जेन्टिना र नेदरल्ल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ ।

  • नेइमारले बराबरी गरे पेलेको कीर्तिमान

    नेइमारले बराबरी गरे पेलेको कीर्तिमान

    काठमाडौंं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत क्रोएसियाविरुद्धको खेलमा गोल गर्दै नेइमारले ब्राजिल राष्ट्रिय टिमबाट पेलेको कीर्तिमान बराबर गरेका छन् ।

    एजुकेसन सिटी रंगशालामा जारी खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएको खेलको अतिरिक्त समयमा गोल गर्दै नेइमारले पेलेको ७७ अन्तर्राष्ट्रिय गाेलकाे कीर्तिमान बराबर गरेका हुन् ।
    उनले पेलेले ९२ खेल खेल्दै बनाएको ब्राजिलका लागि सर्वाधिक गोल कर्ताको कीर्तिमान १२४ खेलमा बराबरी गरे ।

    अतिरिक्त समयमा नेइमारले गरेको गोलमा जारी खेलमा ब्राजिलले अग्रता लिएको छ ।

    जारि खेलको विजेताले सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ ।

  • विश्वकपः ब्राजिल र क्रोएसियाको पहिलो हाफ बराबरी

    विश्वकपः ब्राजिल र क्रोएसियाको पहिलो हाफ बराबरी

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत पहिलो हाफमा ब्राजिल र साविक उपविजेता क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् ।

    एजुकेसन सिटी रंगशालमा जारी प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा दुवै टिमले गोल गर्ने अवसर पाएपनि फिनिसङमा चुक्दा अग्रता लिन सकेनन् ।

    समूह ‘जी’ मा रहेको ब्राजिलले पहिलो खेलमा सर्बियालाई २–० गोलको नतिजमा हराएको थियो । दोस्रो खेलमा स्विट्जल्यान्डलाई १–० को नतिजमा पराजित गर्दै लगातार दुई जित निकाल्दै अन्तिम १६ प्रवेश गरेको थियो । समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १–० को नतिजमा हारेपनि ब्राजिल समूह विजेताको हैसियतले अन्तिम १६ पुगेको हो ।

    समूह ‘एफ’ को क्राएसियाले पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । यस्तै, दोस्रो खेलमा क्यानाडालाई ४–१ को नतिजमा हराएको थियो । अन्तिम खेलमा बेल्जियमसँग गोलरहित बराबरी खेल्दै समूह उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको थियो ।

    ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियाविरुद्ध ४–१ गोलको सानदार जित निकाल्दै क्वार्टरफाइनलमा क्राएसियासँगकोे भेट पक्का गरेको थियो । क्राएसियाले अन्तिम १६ मा जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टरफाइनल पुगेको थियो ।

    जारी खेलको विजेताले सेमिफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ ।

     

  • रोनाल्डोको स्थानमा खेल्दै कतार विश्वकपमा पहिलो ह्याट्रिक गर्ने गोन्सालो रामोस को हुन् ?

    रोनाल्डोको स्थानमा खेल्दै कतार विश्वकपमा पहिलो ह्याट्रिक गर्ने गोन्सालो रामोस को हुन् ?

    काठमाडौं । पोर्चुगलका फरवार्ड गोन्सालो रामोस कतारमा जारी फिफा विश्वकप २०२२ मा पहिलो ह्याट्रिक गर्ने खेलाडी बनेका छन् ।

    मंगलबार राति लुसेल रंगशलामा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा रामोसको ह्याट्रिकको मद्दतमा पोर्चुगलले स्विट्जरल्यान्डलाई ६–१ गोलको नतिजमा पराजित गर्दै १६ वर्षपछि क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयाे ।
    कप्तान तथा पोर्चुगलका मुख्य खेलाडी रोनाल्डोलाई बेन्चमा राख्दै मुख्य प्रशिक्षक फर्नान्डो स्यान्तोसले रामोसलाई पहिलोपटक विश्वकपको सुरुआती ११ मा स्थान दिएका थिए ।

    स्यान्तोसले गरेको विश्वासलाई २१ वर्षिय रामोसले आफ्नो जोडदार प्रदर्शनमार्फत जितमा परिणत गरे । स्विट्जरल्यान्डविरुद्ध ह्याट्रिक गरेसँगै रामोस गोल्डेन बुट दौडमा एम्बाप्पेलाई पछ्याउने पाँचौं खेलाडी बनेका छन् । पाँच गोल गरेका एम्बाप्पेका पछि रामोससहित, अर्जेन्टिनाका लियोनल मेसी, ब्राजिलका रिचार्लिसन, फ्रान्सका ओलिभर जिरुड, इङल्यान्डका बुकायो साका र मार्कस रासफोर्डको समान तीन गोल रहेको छ ।

    रामोस पोर्चुगलका लागि विश्वकपको नकआउट चरणमा तीन गोल गर्ने पहिलो खेलाडी बने । पोर्चुगल राष्ट्रिय टिमबाट चार खेल खेलेका उनले अन्तर्राष्ट्रिय गोल संख्या पनि चार पुर्याएका छन् । रामोसबाहेक पोर्चुगलको जितमा पेपे, राफेल जुरेरियो र राफेल लियोले गोल गरे ।

    रामोस को हुन् ?

    डार्विन नुनेजलाई ८० मिलियन युरोमा लिभरपुललाई बेचेपछि बेन्फिकाले उनको स्थानान्तरणमा रामोसलाई पाएकोे थियो । १३ वर्षको उमेरमा रामोसले क्लब सेइक्सल एकेडेमीबाट फुटबल यात्रा सुरु गरेका थिए ।

    रामोस सन् २०१९ मा आयोजना भएको यू–१९ युरोको सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उक्त प्रतियोगितामा पोर्चुगल उपविजेता भएको थियो । त्यसपछि रामोस बेन्फिकाको पहिलो टिममा परेका थिए । जुलाई २०२० मा डिस्पोर्टिभो एभेसको स्थानमा ८५औं मिनेटमा मैदान प्रवेश गरेका रामोसले खेलमा कुनै समय वर्वाद नगरी डेब्यू खेलमै दुई गोल गरेका थिए ।

    उनी सन् १९९८मा मार्क पेमब्रिजपछि बेन्फिकाबाट डेब्यु खेलमा गोल गर्ने पहिलो खेलाडी बने । रामोसले एक सिजनमा बेन्फिकाका चार फरक टिमबाट गोल गरेका छन् । उनले जुनियर, यू–२३, बेन्फिका ‘बी’ र पहिलो टिमबाट एकै सिजन गोल गरे ।

    उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेकै कारण र पोर्चुगलका मुख्य फरवार्ड डिएगो जोता घाइते भएका कारण उनी स्यान्तोसको विश्वकप टिममा स्थान बनाउन सफल भएका थिए ।

     

  • स्विट्जरल्यान्डलाई हराउँदै पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा, रामोसको ह्याट्रिक

    स्विट्जरल्यान्डलाई हराउँदै पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा, रामोसको ह्याट्रिक

    काठमाडौं । गोन्सालो रामोसको ह्याट्रिक प्रेरित स्विजरल्यान्डलाई कतारमा जारी फिफा विश्वकप २०२२ अन्तिम १६ अन्तर्गतको खेलमा ६–१ गोलको नतिजमा पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनल प्रवेश गरेको छ ।

    लुसेल रंगशालमा सम्पन्न प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा स्विट्जरल्यान्डलाई हराउँदै पोर्चुगल १६ वर्षपछि क्वार्टरफाइन प्रवेश गरेको हो।

    खेलको १७औं मिनेटमा रामोसले फेलिक्सको पासमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
    कप्तान क्रिस्टियानो रोनाल्डो बिनै मैदान उत्रिएको पोर्चुगलको अग्रता पेपेले ३३औं मिनेटमा दोब्बर पारे । ब्रुनाे फर्नान्डेजको पासमा हेडरमार्फत सुन्दर गोल गर्दै ३९ वर्षीए पेपेले पहिलो हाफ अगाडी पोर्चुगलको अग्रता २–० बनाएका थिए ।

    स्विट्जरल्यान्ड माथि निरन्तर दबाब बनाएको पोर्चुगलका लागि ५१औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यसको चार मिनेट नबित्दै रामोसको पासमा राफेल जुरेरियोले पोर्चुगलका लागि चौथो गोल गरे ।

    खेलको ५८औं मिनेटमा स्विट्जरल्यान्डका म्यानुयल एकान्जीले एक गोल फर्काएका थिए ।

    रामोसले ६७औं मिनेटमा फिलिक्सकै पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे । उनी जारी विश्वकपमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बने ।

    इन्जुरी समयमा सब्सिट्युट खेलाडी राफेल लियोले गोल गर्दै पोर्चुगलको जित ६–१ ले सुनिश्चित गरेका थिए । लियो खेलको ८७औं मिनेटमा ब्रुनो फर्नान्डेजको स्थानमा मैदान प्रवेश गरेका थिए । जितसँगै पोर्चुगलले क्वार्टरफाइनलमा मोरक्कोसँगको भेट पक्का गरेको छ ।

    माेरक्काे सन् २०१० काे विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलाे पटक विश्वकपकाे क्वार्टरफाइनल पुगेकाे हाे ।

    विश्वकपमा पहिलो पटक आमनेसामने भएका पोर्चुगल र स्विजरल्यान्डको भेट यूईएफए नेसन्स लिगमा दुई पटक भएको छ । दुई मध्य एक खेल पोर्चुगलले र एक खेल स्विट्जरल्यान्डले जितेका छन् ।

    सन् १९९६ को विश्वकपमा तेस्रो भएको पोर्चुगल २००६ मा जर्मनीमा आयोजना भएको विश्वकपमा चौथो भएकोे थियो । त्यसयता अन्तिम १६ भन्दा माथि स्थान बनाउन सकेको थिएन । अन्तिम पटक रुसमा आयोजना भएको विश्वकपमा अन्तिम १६मा उरुग्वेसँग २–१ गोलको नतिजामा पराजित हुँदै बाहिरिएको थियो ।

    सन् १९३४ र १९३८ मा लगातार दुई पटक कवार्टरफाइनल पुगेको स्विजरल्यान्डले १९५४ यता अन्तिम १६ भन्दा माथिको यात्रा तय गर्न सकेको छैन ।

     

     

  • विश्वकपः पहिलो हाफमा पोर्चुगल २–० ले अघि

    विश्वकपः पहिलो हाफमा पोर्चुगल २–० ले अघि

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तिम १६ अन्तर्गत स्विट्जरल्यान्डविरुद्धको खेलको पहिलो हाफमा पोर्चुगलले २–० गोलको अग्रता लिएको छ ।

    लुसेल रंगशालमा जारी खेलको १७औं मिनेटमा गोनकालो रामोसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । कप्तान राेनाल्डाेकाे स्थानमा सुरुआती ११ मा स्थान बनाएका रामाेसले जिआ‌ओ फेलिक्सकाे पासमा गाेल गरेका थिए ।

     

    राेनाल्डाे बिनै मैदान उत्रिएकाे पाेर्चुगलका लािग ३३औं मिनेटमा पेपेले गाेल गर्दै अग्रता दाेब्बर पारे । उनले ब्रुनाे फर्नान्डेजको पासमा हेडरमार्फत सुन्दर गोल गर्दै पोर्चुगललाई पहिलाे हाफमा २-० काे अग्रता दिलाए ।

    विश्वकपमा पहिलो पटक आमनेसामने भएका पोर्चगल र स्विजरल्यान्डको भेट यूईएफए नेसन्स लिगमा दुई पटक भएको छ । दुई मध्य एक खेल पोर्चुगलले र एक खेल स्विजरल्यान्डले जितेका छन् ।

    याे खेलकाे विजेताले क्वार्टरफाइनलमा माेरक्काेसँग खेल्नरेछ ।