Author: Lokendra Prasai

  • भारत नवौँपटक साफ च्याम्पियन

    भारत नवौँपटक साफ च्याम्पियन

    काठमाडौं। कुवेतलाई सडन डेथमा पराजित गर्दै भारत नवौँपटक साफ च्याम्पियन बनेको छ। मंगलबार राती भएको फाइनल निर्धारित र अतिरिक्त समय  १-१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो।

    टाइब्रेकरका सुरुका ५-५ प्रहारमा दुवै टोलीले ४-४ गोल गरेका थिए। छैटौँ प्रहारमा भारतले गोल गरेको थियो भने कुवेतका कप्तान खालेद हजिआले गरेको प्रहार भारतीय गोलरक्षकले रोकेका थिए। त्यसअघि खेलको १४ औँ मिनेटमा कुवेतले अग्रता लिएको थियो। तर ३८ औँ मिनेटमा भारतले खेल बराबरीमा ल्याएको थियो।

    साफ च्याम्पियनसिपका हालसम्म भएका १४ संस्करणमध्ये भारत १३ वटामा फाइनल पुगेको छ भने ९ वटामा विजेता बनेको हो।

    यसपटक कुवेत र लेबनानलाई आमन्त्रित टोलीका रुपमा सहभागी गराइएको थियो। भारतले सेमिफाइनलमा लेबनानलाई पनि टाइब्रेकरमा हराएको थियो। भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९,२०११, २०१५ र २०२१ मा पनि साफ च्याम्पियनसिप जितेको थियो। नेपालले यो प्रतियोगिता हालसम्म जित्न सकेको छैन।

  • गोल गरेपछि सेलिब्रेसन गर्दा रोए डी मारिया

    गोल गरेपछि सेलिब्रेसन गर्दा रोए डी मारिया

    दोहा। विश्वकप फुटबलको अहिले भइरहेको फाइनलमा गोल गरेपछि अर्जेन्टिनाका एन्जेल डी मारिया गोल गरेपछि सेलिब्रेसन गर्नेक्रममा रोएका छन्।

    ३६ औं मिनेटमा डी मारिया गोल गरेपछि रोएका थिए। उनी चोटबाट मुक्त हुँदै फाइनलमा सुरुवाती ११ मा समावेश भएका थिए।

    त्यसअघि डी मारियालाई नै लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। २३ औं मिनेटमा पाएको त्यही पेनाल्टी सदुपयोग गर्दै लियोनल मेस्सीले अग्रता दिलाएका थिए। पहिलो हाफको समाप्तीमा अर्जेन्टिना २-० गोलले अगाडि रहेको छ।

  • अर्जेन्टिना विश्वकपको फाइनलमा, मेस्सीको विश्व च्याम्पियन सपना कायमै

    अर्जेन्टिना विश्वकपको फाइनलमा, मेस्सीको विश्व च्याम्पियन सपना कायमै

    काठमाडौं । दुईपटकको विजेता अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा पुगेको छ। अर्जेन्टिनाले मंगलबार राति भएको सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हरायो।

    अर्जेन्टिनाको जितमा जुलियान अल्भारेजले दुई र लियोनल मेस्सीले एक गोल गरे। ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मेस्सीले अग्रता दिलाएका थिए। ३९ औं मिनेटमा अल्भारेजले आफ्नै क्षेत्रबाट बल अगाडि बढाएर सिक्स यार्ड सर्कलबाट गोल गरेका थिए। ६९ औं मिनेटमा मेस्सीको शानदार असिस्टमा अल्भारेजले अर्जेन्टिनालाई ३–० गोलले अगाडि बढाएका थिए।

    अर्जेन्टिनाले उपाधिका लागि फ्रान्स र मोरक्कोबीच हुने अर्को सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ। अर्जेन्टिना छैटौँपटक विश्वकपको फाइनल पुगेको हो। अर्जेन्टिनाले १९८६ यता विश्वकप उपाधि जित्न सकेको छैन।

    अर्जेन्टिना फाइनल पुगेसँगै सातपटकका फिफा वर्ष खेलाडी मेस्सीको विश्व च्याम्पियन बन्ने सपना कायमै रहेको छ। सन् १९३० मा आयोजित पहिलो विश्वकपमा फाइनल पुगेको अर्जेन्टिना त्यसपछि सन् १९७८, १९९० र २०१४ मा पनि फाइनल पुगेको थियो। सन् १९३०, १९९० र २०१४ मा उपविजेतामा सिमित भएको थियो।

  • मेस्सीले बराबरी गरे म्याराडोनाको विश्वकप कीर्तिमान

    मेस्सीले बराबरी गरे म्याराडोनाको विश्वकप कीर्तिमान

    दोहा। लियोनल मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल असिस्ट गर्ने कीर्तिमान बराबरी गरेका छन्।

    उनले डीएगो म्याराडोनाको नाममा रहेको ८ गोल असिस्टको कीर्तिमान बराबरी गरेका हुन्।

    मेस्सीले जारी विश्वकपको सेमिफाइनलमा क्रोएसियाविरुद्ध ६९ औं मिनेटमा जुलियान अल्भारेजका लागि असिस्ट गरेका हुन्।

  • मेस्सीको असिस्टमा अर्जेन्टिनाको तेस्रो गोल

    मेस्सीको असिस्टमा अर्जेन्टिनाको तेस्रो गोल

    दोहा। विश्वकप फुटबलको अहिले भइरहेको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियाविरुद्ध ३–० गोलको अग्रता लिएको छ।

    ६९ औं मिनेटमा मेस्सीले शानदार मुभ बनाउँदा जुलियान अल्भारेजका लागि पास उपलब्ध गराएका थिए। त्यसअघि मेस्सीले ३४ र अल्भारेजले ३९ औं मिनेटमा गोल गरेका थिए।

  • मेस्सीको खेल हेर्दै ब्राजिलियन लिजेन्ड रोनाल्डो र रोनाल्डिन्हो

    मेस्सीको खेल हेर्दै ब्राजिलियन लिजेन्ड रोनाल्डो र रोनाल्डिन्हो

    दोहा। विश्वकप फुटबलअन्तर्गत अहिले भइरहेको अर्जेन्टिना र क्रोएसियाबीचको खेल ब्राजिलका रोनाल्डो र रोनाल्डिन्होले पनि हेरिरहेका छन्।

    ब्राजिललाई विश्वकप जिताएका दुवै खेलाडी मेस्सीको खेल हेर्न रंगशालामा रहेका छन्।

  • एमबाप्पेसँग मेस्सीले गरे बराबरी, बने सर्वाधिक विश्वकप गोल गर्ने अर्जेन्टिनी खेलाडी

    एमबाप्पेसँग मेस्सीले गरे बराबरी, बने सर्वाधिक विश्वकप गोल गर्ने अर्जेन्टिनी खेलाडी

    दोहा। जारी कतार विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा अर्जेन्टिनाका लियोनल मेस्सीले फ्रान्सका केलियन एमबाप्पेसँग बराबरी गरेका छन्। क्रोएसियाविरुद्ध जारी सेमिफाइनलमा पेनाल्टीमार्फत गोल गर्दै मेस्सीले आफ्नो गोल संख्या ५ पुर्याएका हुन्।

    मेस्सी र एमबाप्पे दुवैले समान ५ गोल गरेका छन्। पहिलो हाफको समाप्तीमा अर्जेन्टिना २–० गोलले अगाडि रहेको छ। मेस्सी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी पनि बनेका छन्।

    उनको गोल संख्या ११ पुगेको छ। यसअघि अघिल्लो खेलमा गोल गर्दै उनले गाब्रियल बाटिस्टुटाको कीर्तिमान बराबरी गरेका थिए।

  • नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    काठमाडौं– अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ।

    नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो। त्यसअघि अतिरिक्त समयको खेल पनि बराबरीमा सकिएपछि खेल टाइब्रकेरमा पुगेको हो।

    निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि दुवै टोलीबाट थप गोल हुन सकेन। त्यसअघि नेदरल्यान्ड्सले अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा धकेलेको थियो।

    टाइब्रेकरमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले सुरुका दुई प्रहार रोकेका थिए। अर्जेन्टिनाको चौथो प्रहार गोल नभएपछि नेदरल्यान्ड्सको सम्भावना कायमै देखिएको थियो।

    तर पाचौँ प्रहारमा अर्जेन्टिनाका लौतारो मार्टिनेज चुकेनन्। टाइब्रेकरमा अर्जेन्टिनाको पहिलो प्रहार मेस्सीले गरेका थिए। नेदरल्यान्ड्सका कप्तान भान डायक भने पहिलो प्रहारमै चुके। दोस्रे प्रहार गर्न पुगेका स्टिभन बर्घुइसलाई पनि मार्टिनेजले निराश बनाएका थिए।

    त्यसअघि ३५ औँ मिनेटमा लियोनल मेस्सीको पासमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका थिए । मोलिनाको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। उत्कृष्ट ड्रिबलिङ गर्दै अगाडि बढाएका मेस्सीले नेदरल्यान्ड्सको अफसाइड ट्रयाप बिट गरेका मोलिनालाई वन भर्सेस वन अवस्थामा पास उपलब्ध गराएका थिए।

    ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गरेका हुन्। ८३ औँ मिनेटमा पहिलो गोल गरेको नेदरल्यान्ड्सले इन्जुरीबापत थपिएको १० मिनेटको अन्तिम समयमा दोस्रो गोल फर्काएर खेल बराबरीमा ल्याएको हो।

    ८३ औं मिनेटमा उट वेघोस्र्टले गोल गरेपछि नेदरल्यान्ड्स खेलमा फर्कने सम्भावना देखिएको थियो। अन्तिम समयमा नेदरल्यान्ड्सका वेघोस्र्टले नै गोल गर्दै अर्जेन्टिनालाई निराश बनाएका थिए। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियासँग खेल्ने छ।

    प्रतियोगितामा मेस्सीको गोल संख्या ४ पुगेको छ। उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीका रुपमा बाटिस्टुटाको १० गोलको कीर्तिमान पनि बराबरी गर्न सफल भए।

  • अर्जेन्टिना र नेदल्यान्ड्सबीचको खेल टाइब्रेकरमा

    अर्जेन्टिना र नेदल्यान्ड्सबीचको खेल टाइब्रेकरमा

    काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा अहिले भइरहेको अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल टाइब्रेकरमा पुगेको छ।

    अतिरिक्त समयको खेल पनि बराबरीमा सकिएपछि खेल टाइब्रकेरमा पुगेको हो। निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि दुवै टोलीबाट थप गोल हुन सकेन।

    त्यसअघि नेदरल्यान्ड्सले अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा धकेलेको थियो।

  • अन्तिम मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलियो

    अन्तिम मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलियो

    काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा अहिले भइरहेको अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ।

    अन्तिम मिनेटमा नेदरल्यान्ड्सले गोल गर्दै खेल २–२ गोलको बराबरमिा ल्याएपछि अतिरिक्त समयमा खेल धकेलिएको हो।

    नेदरल्यान्ड्स खेलमा २–० गोलले पछाडि रहेर पनि बराबरीमा फर्किएको हो।

    ८३ औँ मिनेटमा पहिलो गोल गरेको नेदरल्यान्ड्सले इन्जुरीबापत थपिएको १० मिनेटको अन्तिम समयमा दोस्रो गोल फर्काएर खेल बराबरीमा ल्याएको हो।

    ८३ औं मिनेटमा उट वेघोस्र्टले गोल गरेपछि नेदरल्यान्ड्स खेलमा फर्कने सम्भावना देखिएको थियो। अन्तिम समयमा नेदरल्यान्ड्सका वेघोस्र्टले नै गोल गर्दै अर्जेन्टिनालाई निराश बनाएका थिए।

    त्यसअघि ३५ आंैं मिनेटमा लियोनल मेस्सीको पासमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका थिए । मोलिनाको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। उत्कृष्ट ड्रिबलिङ गर्दै अगाडि बढाएका मेस्सीले नेदरल्यान्ड्सको अफसाइड ट्रयाप बिट गरेका मोलिनालाई वन भर्सेस वन अवस्थामा पास उपलब्ध गराएका थिए।

     

  • पेनाल्टीमा गोल गर्दै मेस्सीले बनाए अर्जेन्टिनाको अग्रता दोब्बर

    पेनाल्टीमा गोल गर्दै मेस्सीले बनाए अर्जेन्टिनाको अग्रता दोब्बर

    काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा अहिले भइरहेको क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध २–० गोलको अग्रता लिएको छ। पेनाल्टीमा गोल गर्दै मेस्सीले अग्रता दोब्बर बनाए।

    उनले ७३ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन्। त्यसअघि ३५ औं मिनेटमा मेस्सीको असिस्टमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो। । ३५ आंैं मिनेटमा लियोनल मेस्सीको पासमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका हुन्।

    मोलिनाको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। उत्कृष्ट ड्रिबलिङ गर्दै अगाडि बढाएका मेस्सीले नेदरल्यान्ड्सको अफसाइड ट्रयाप बिट गरेका मोलिनालाई वन भर्सेस वन अवस्थामा पास उपलब्ध गराएका थिए। जारी प्रतियोगितामा मेस्सीको गोल संख्या ४ पुगेको छ।

    उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीका रुपमा गाब्रियल बासिस्टुटाको १० गोलको कीर्तिमान पनि बराबरी गर्न सफल भए।

  •  पहिलो हाफमा अर्जेन्टिना १–० गोलले अगाडि

     पहिलो हाफमा अर्जेन्टिना १–० गोलले अगाडि

    काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा अहिले भइरहेको क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध अग्रता लिएको छ।

    पहिलो हाफको समाप्तीमा अर्जेन्टिना १–० गोलले अगाडि छ। ३५ आंैं मिनेटमा लियोनल मेस्सीको पासमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका हुन्। मोलिनाको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

    उत्कृष्ट ड्रिबलिङ गर्दै अगाडि बढाएका मेस्सीले नेदरल्यान्ड्सको अफसाइड ट्रयाप बिट गरेका मोलिनालाई वन भर्सेस वन अवस्थामा पास उपलब्ध गराएका थिए।

  • मेस्सीको पासमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई दिलाए अग्रता

    काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा अहिले भइरहेको क्वार्टरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध अग्रता लिएको छ।

    पहिलो हाफमा लियोनल मेस्सीको पासमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका हुन्।

  • एमबाप्पे, मेस्सीदेखि नेमारसम्म क्वाटरफाइनलमा, के होला रोनाल्डोको यात्रा ?

    एमबाप्पे, मेस्सीदेखि नेमारसम्म क्वाटरफाइनलमा, के होला रोनाल्डोको यात्रा ?

    दोहा । कतारमा जारी विश्वकप फुटबलमा मंगबलार क्वाटरफाइनल समीकरण पूरा हुँदैछ । प्रि-क्वाटरफाइनलका अन्तिम दुई खेलमा मोरक्को र स्पेन तथा स्वीट्जरल्यान्ड र पोर्चुगल भिड्दैछन् । फ्रान्स, अर्जेन्टिना, नेदरल्यान्ड्स, ब्राजिल, क्रोएसिया र इङ्ल्यान्ड क्वाटरफाइनल पुगिसकेका छन् ।

    प्रतियोगितामा नेमार र मेस्सीले पहिलोपटक विश्वकप जित्ने अभियान कायमै राखेका छन्। दुवैको सम्भवत: यो अन्तिम विश्वकप सहभागिता रहेको छ । विश्वकपको उपाधि रक्षा गर्ने अभियानमा केलियन एमबाप्पे अग्रपंक्तिमा रहेर फ्रान्सलाई साथ दिइरहेका छन् ।

    सम्भवत: आफ्नो अन्तिम विश्वकपका रुपमा कतारमा खेलिरहेका रोनाल्डोको टोली पोर्चुगलले जारी प्रतियोगितामा यात्रा कायम गर्छ गर्दैन भन्ने मंगलबार रातिको खेलबाट निर्क्योल हुनेछ ।

    रोनाल्डोले राष्ट्रिय टोलीका लागि खेल्न थालेयता पोर्चुगल एकपटकमात्र विश्वकपमा प्रि-क्वाटरफाइनल पार भएको इतिहास छ । सन् २००६ को विश्वकपमा पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो । सन् २०१० र २०१८ मा प्रि-क्वाटरफाइनलसम्म पुग्दा सन् २०१४ को विश्वकपमा समूहगत चरणबाटै बाहिरिएको थियो ।

    जारी विश्वकपमा सुरुका दुई खेल जितेर नकआउट चरणमा स्थान बनाएको पोर्चुगल अन्तिम खेलमा दक्षिण कोरियासँग पराजित भएको थियो । पाँचपटकका फिफा वर्ष खेलाडी रोनाल्डोले जारी विश्वकपमा एक गोल गरेका छन् ।

  • नेदरल्यान्ड्स, अर्जेन्टिना, ब्राजिल र क्रोएसियामध्ये काे पुग्ला फाइनल ?

    नेदरल्यान्ड्स, अर्जेन्टिना, ब्राजिल र क्रोएसियामध्ये काे पुग्ला फाइनल ?

    दोहा। कतारमा जारी विश्वकप फुटबलमा नेदरल्यान्ड्स, अर्जेन्टिना, ब्राजिल र क्रोएसियामध्ये एक टोली फाइनल पुग्ने भएको छ ।

    प्रतियोगिताअन्तर्गत यी चार राष्ट्रकाे समूहतर्फको क्वाटरफाइनलमा नेदरल्यान्ड्सले अर्जेन्टिना र ब्राजिलले क्रोएसियासँग खेल्नेछ । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा आमनेसामने हुनेछन् ।

    यसको मतलब यी चार टोलीमध्ये दुई टोली क्वाटरफाइनल र एक टोली सेमिफाइनलमा रोकिनेछन् ।

    अर्काे समूहकाे क्वाटरफाइनलमा फ्रान्स र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । मोरक्को र स्पेनबीच हुने खेलको विजेताले पोर्चुगल र स्वीट्जरल्यान्डबीच हुने खेलको विजेतासँग अर्को क्वाटरफाइनल खेल्नेछ ।

    यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा आमनेसामने हुनेछन् । सेमिफाइनलका विजेता राष्ट्रले अर्काे समूहकाे विजेतासँग फाइनलमा उपाधि भिडन्त गर्नेछ ।

  • हारलगत्तै जिम्मेवारी छाडेको दक्षिण कोरियाका प्रशिक्षक बेन्टोको घोषणा

    हारलगत्तै जिम्मेवारी छाडेको दक्षिण कोरियाका प्रशिक्षक बेन्टोको घोषणा

    दोहा। दक्षिण कोरियाका प्रशिक्षक पाउलो बेन्टोले जिम्मेवारीबाट अलग भएको घोषणा  गरेका छन्।

    कतारमा जारी विश्वकपअन्तर्गत सोमबार राती प्रिक्वाटरफाइनलमा ब्राजिलसँग ४-१ गोलले पराजित भएलगत्तै बेन्टोले आफु अब दक्षिण कोरियाको प्रशिक्षक नरहेको घोषणा गरेका हुन्। ५३ वर्षीय पोर्चुगिज बेन्टो सन् २०१८ मा दक्षिण कोरियाको प्रशिक्षक नियुक्त भएका थिए।

    ‘हामीले भविस्यबारे सोच्नुपर्छ त्यसैले अब म दक्षिण कोरियाको प्रशिक्षक रहने छैन’, बेन्टोले भनेका छन्। उनले यो निर्णय गत सेप्टेम्बरमै तय भएको पनि बताएका छन्। समूहगत चरणको अन्तिम खेलमा पोर्चुगलमाथी २-१ गोलको रोमान्चक जित हात पार्दै दक्षिण कोरियाले नकआउट चरणमा स्थान बनाएको थियो।

  •  विश्वकप इतिहासमा ३० पेनाल्टी सुटआउट, कतारमा ‘एक्स्ट्रा टाइम’ पनि चाहिएको छैन

     विश्वकप इतिहासमा ३० पेनाल्टी सुटआउट, कतारमा ‘एक्स्ट्रा टाइम’ पनि चाहिएको छैन

    दोहा। नकआउट चरणको रोमान्चकता भनेको निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिए अतिरिक्त समयबापत ३० मिनेट थपिने र त्यसमा पनि बराबरी भए टाइब्रेकरका रुपमा पेनाल्टी सुटआउट हुने हुन्छ।

    तर कतारमा जारी २२ विश्वकप फुटबलमा नकआउट चरणका चार खेलहरु सकिएका छन् तर सबै खेलको नतिजा निर्धारित ९० मिनेटमै आएको छ। कुनैपनि खेल अतिरिक्त समयसम्म पनि पुगेको छैन।

    विश्वकप फुटबलमा सन् १९८२ देखि मात्र टाइब्रेकरको नियम लागु भएको हो। त्यसयता विश्वकपका ३० खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको छ। सन् १९९४ को विश्वकप र २००६ को विश्वकपको फाइनल टाइब्रेकरसम्म पुगेको थियो।

    सन् १९९४ को विश्वकपमा इटालीलाई टाइब्रेकरमा हराएर ब्राजिल चौथोपटक विश्व विजेता बनेको थियो। २००६ को विश्वकपमा फ्रान्सलाई टाइब्रेकरमै हराएर इटाली पनि चौथोपटक विश्व विजेता बनेको थियो। विश्वकपमा पेनाल्टी सुटआउट पहिलोपटक प्रयोग भएको सन् १९८२ को संस्करण हो।

    त्यतिबेला सेमिफाइनलमा पश्चिम जर्मनीले निर्धारित र अतिरिक्त समयको खेल  ३-३ गोलको बराबरीमा सकिएपछि फ्रान्सलाई टाइब्रेकरका रुपमा लिइएको पेनाल्टी सुटआउटमा हराएको थियो। विश्वकप इतिहासमा सबैभन्दा बढी पेनाल्टी सुटआउट खेल्ने टोलीका रुपमा अर्जेन्टिना रहेको छ। अर्जेन्टिनाले हालसम्म ५ पटक टाइब्रेकर खेलेको छ जसमा एउटा मात्र हारेको छ।

    सन् २००६ को विश्वकपमा जर्मनीले क्वाटरफाइनलमा अर्जेन्टिनालाई टाइब्रेकरमा हराएको थियो। जर्मनीले विश्वकप इतिहासमा एकपटक पनि पेनाल्टी सुटआउट हारेको छैन। जर्मनीले सबै ४ पेनाल्टी सुटआउट जितेको छ। यीबाहेक एकभन्दा बढि पेनाल्टी सुटआउट खेल्ने क्रोएसिया मात्र हो। उसले पनि दुईपटक पेनाल्टी सुटआउट खेलेकामा दुवैमा जित हात पारेको छ। इङ्ल्यान्ड र स्पेनले हलासम्म खेलेका समान ४ पेनाल्टी सुटआउटमध्ये ३ वटामा हार ब्यहोरेका छन्।

    पोर्चुगलका रिकार्डो र क्रोएसियाका ड्यानियल सुबासिच विश्वकपको एउटै पेनाल्टी सुटआउटमा सबैभन्दा बढी ‘सेभ’ गर्ने गोलरक्षक हुन्। रिकार्डोले सन् २००६ मा इङ्ल्यान्डविरुद्ध ३ र सुबासिचले सन् २०१८ मा डेनमार्कविरुद्ध ३ वटा पेनाल्टी विफल बनाएका थिए।

    सुबासिचले त्यसै विश्वकपको क्वाटरफाइनलमा पनि एउटा पेनाल्टी रोक्दै एकै विश्वकपमा सर्वाधिक पेनाल्टी रोक्ने कीर्तिमान बराबरी गरेका थिए। य्रकेनका अलेक्जान्डर सोभकोभ्स्की विश्वकपको कुनै एक पेनाल्टी सुटआउटमा एउटै पनि गोल नब्यहोर्ने गोलरक्षक हुन्। सन् २००६ को विश्वकपमा स्वीट्जरल्यान्डका दुईवटा प्रहार उनले रोकेका थिए भने एउटा प्रहार बारमा लागेपछि युक्रेन ३-० ले विजयी भएर क्वाटरफाइनल  पुगेको थियो।

  •  विश्वकप फुटबलमा गोल समान भए गोल्डेन बुट विजेता कसरी छनोट गरिन्छ ?

     विश्वकप फुटबलमा गोल समान भए गोल्डेन बुट विजेता कसरी छनोट गरिन्छ ?

    दोहा। कतारमा जारी विश्वकपमा साविक विजेता फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पे सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने गोल्डेन बुटका लागि बलिया दावेदार बनेका छन्।

    प्रतियोगितामा एमबाप्पेले ५ गोल र दुई असिस्ट गरेका छन्।  अर्जेन्टिनाका लियोनल मेस्सीले ३ गोल  र एक असिस्ट गरेका छन्। स्पेनका अल्भारो मोराटाले पनि ३ गोल र एक असिस्ट गरेका छन्। ३ गोल गर्ने अन्य ५ खेलाडी छन् तीमध्ये इक्वेडरका इनर भ्यालेन्सियाको मात्र यात्रा रोकिएको छ।

    प्रतियोगिताको फाइनल समापन नभएसम्म गोल्डेन बुट कसले जित्छ भनेर अनुमान लगाउन गाह्रो हुन्छ। विश्वकप फुटबल इतिहासमा एकै खेलमा एकै खेलाडीले ५ गोलसम्म गरेको इतिहास छ। रुसका ओलेग सालेन्कोले सन् १९९४ को विश्वकपमा क्यामरुनविरुद्ध ५ गोल गरेका थिए। अन्य ६ खेलमा एकै खेलाडीले ४ गोलसम्म गरेको इतिहास छ।

    विश्वकपको एकै संस्करणमा सर्वाधिक गोल गर्ने फ्रान्सका जस्ट फोन्टाइन हुन्। उनले सन् १९५८ को विश्वकपमा १३ गोल गरेका थिए। सन् १९५४ को विश्वकपमा हंगेरीका सन्दोर कक्सिसले ११ र सन् १९७० को विश्वकपमा तत्कालिन पश्चिम जर्मनीका गर्ड मुलरले १० गोल गरेका थिए। त्यसबाहेक कुनैपनि संस्करणमा एकै खेलाडीले दोहोरो अंकमा गोल गरेको इतिहास छैन।

    सन् १९७४ यताका विश्वकपमा एकै खेलाडीले ६ भन्दा बढी गोल गरेको एउटा मात्र संस्करण छ। सन् २००२ को विश्वकपमा ब्राजिलका रोनाल्डोले ८ गोल गरेका थिए। पछिल्ला २ संस्करणमा ६ गोल गरेका खेलाडीले गोल्डेन बुट जितेका छन्। सन् २००६ को विश्वकपमा ५ गोल गरेका जर्मनीका मिरोस्लाभ क्लोस र सन् २०१० मा ५ गोल नै गरेका जर्मनीका थोमस मुलरले गोल्डेन बुट जितेका थिए।

    दुवै संस्करणमा जर्मनी सेमिफाइनलसम्म पुगेको थियो। सन् २०१४ मा क्वाटरफाइनलबाटै बाहिरिएको कोलम्बियाका हामेस रोड्रिगुएज ६ गोलसहित गोल्डेन बुट जित्न सफल भएका थिए। चार वर्षअघि सेमिफाइनलसम्म पुगेको इङ्ल्यान्डका हेरी केन ६ गोलसहित गोल्डेन बुट विजेता बनेका थिए।

    विश्वकपमा दुई वा सोभन्दा बढी सर्वाधिक गोलकर्ता भए पेनाल्टीबाहेक बढी गोल गर्नेलाई गोल्डेन बुट दिइन्छ। त्यो पनि समान भएको अवस्थामा असिस्ट बढी गर्ने खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ। असिस्ट पनि समान रहेको अवस्थामा जसले कम समय खेलेको छ उसले गोल्डेट बुट पाउँछ। गोल्डेन बुट अफिसियलरुपमा  सन् १९८२ को विश्वकपबाट वितरण सुरु भएको हो। सन् २०१० अघिसम्म गोल्डेन सुका रुपमा यो अवार्ड वितरण हुने गरेको थियो।

    सन् १९९४ को विश्वकपबाट एक जनालाई मात्र गोल्डेन बुट दिनका लागि टाइब्रेकरको नियम ल्याइएको थियो। जसमा समान गोल भए पेनाल्टीबाहेकको गोल जसले बढि गरेको छ त्यसैलाई प्रदान गरिने व्यवस्था थियो। त्यो पनि बराबरी भएको अवस्थामा बढी असिस्ट गर्ने खेलाडीले पाउने नियम बनाइएको थियो। तर यो नियम कार्यान्वयन भएको पहिलो विश्वकपमै दुई जनालाई गोल्डेन बुट प्रदान गर्नुपर्ने अवस्था बन्यो। रुसका ओलेग सालेन्को र बुल्गेरियाका रिस्तो स्टोइचकोभले समान गोल र समान असिस्ट गरेका थिए। दुवैले ६ गोल र एक असिस्ट गरेका थिए।

    रुस समूहगत चरणबाटै बाहिरिएपनि सालेन्को गोल्डेन बुट विजेता बने। समूहगत चरणबाटै बाहिरिएका खेलाडीले गोल्डेन बुट जितेको यही एक मात्र घटना हो। गोल्डेन बुट विजेता छुट्याउन सन् २००६ मा अर्को पनि टाइब्रेकर नियम ल्याइयो। असिस्ट पनि बराबरी भएको अवस्थामा जसले कम समय खेलेको छ उसैलाई गोल्डेन बुट दिइने प्रावधान राखियो।

    सन् २०१० को विश्वकपमा चार जनाले सर्वाधिक ५ गोल गरेका थिए। बढी असिस्ट गरेको आधारमा मुलरले अवार्ड विजेता बने। उनले ३ असिस्ट गरेका थिए भने अन्यको नाममा एक एक असिस्ट रहेको थियो। स्पेनका डेभिड भिया कम समय खेलेको आधारमा दोस्रो भएका थिए।

  • जर्मनी र स्पेनलाई हराएर साविक उपविजेता क्रोएसियासँग भिड्न लागेको जापान

    जर्मनी र स्पेनलाई हराएर साविक उपविजेता क्रोएसियासँग भिड्न लागेको जापान

    दोहा। कतारमा जारी विश्वकपको प्रिक्वाटरफाइनलमा सोमबार राती एसियाली पावर हाउस जापानले साविक उपविजेता क्रोएसियासँग खेल्दै छ।

    नेपालीसमयअनुसार राती पौने ९ बजे सुरु हुने खेलमा जित हात पारे जापान पहिलोपटक विश्वकपको क्वाटरफाइनल पुग्ने छ। यसअघि समूहगत चरणमा दुई पूर्व विश्व च्याम्पियन स्पेन र जर्मनीलाई पराजित गरेर जापानले आफुलाई जायन्ट किलरका रुपमा प्रस्तुत गरिसकेको छ।

    समूहगत चरणमा एक जित र दुई बराबरी खेल्दै अपराजित रहेको क्रोएसिया लगातार क्वाटरफाइनल पुग्ने प्रयाशमा छ। जारी विश्वकपमा अब दुई एसियाली टोली मात्र अगाडि बढ्ने दौडमा छन्। जापानबाहेक दक्षिण कोरियाले सोमबार राती नै ब्राजिलसँग खेल्दै छ।

    जारी प्रतियोगितामा जापानले उत्कृष्ट पुनरागमनको नमुना देखाइरहेको छ। पहिलो खेलमा जर्मनीसँग पहिलो हाफमा १-० गोलले पछाडि परेको जापानले दोस्रो हाफमा दुई गोल गरेर जित हात पारेको थियो।

    दोस्रो खेलमा कोस्टारिकासँग पराजित भएको जापानी टोली तेस्रो खेलमा स्पेनसँग पनि पहिलो हाफमा १-० गोलले पछाडि थियो तर दोस्रो हाफमा दुई गोल गरेर अघिल्लो चरणको यात्रा तय गरेको हो।

    यसअघि सन् १९३८ मा ब्राजिल र सन् १९७० मा तत्कालिन पश्चिम जर्मनीले मात्र दुई खेलमा पहिलो हाफमा पछाडि परेर दोस्रो हाफमा उत्कृष्ट पुनरागमनम गरेर खेल जितेका थिए। त्यतिबेला दुवै टोली सेमिफाइनलसम्म पुगेका थिए।

    प्रतियोगितामा जापानका लागि वैकल्पिक खेलाडीका रुपमा उत्रिएका खेलाडीहरुले शानदार प्रदर्शन गरिरहेका छन्। उनिहरुले ३ गोल र एक असिस्ट गरेका छन्। जापानले जर्मनी र स्पेनविरुद्ध समान २-१ गोलको नतिजा निकालेको थियो भने कोस्टारिकासँग १-० गोलले पराजय ब्यहोरेको थियो। जारी प्रतियोगितामा क्रोएसियाले गोल गर्न सजिलो भइरहेको छैन। उसले मोरक्को र बेल्जियमसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडालाई ४-१ गोलले हराएको थियो।

    जापान र क्रोएसिया अन्तर्राष्ट्रिय फुटबलमा तेस्रोपटक भिड्न लागेका हुन्। पछिल्ला द्ई खेलयता जापानले हराउन सकेको छैन। सन् १९९७ मा भएको भिडन्तमा जापान ४-३ गोलले विजयी भएको थियो। अन्तिमपटक सन् २००६ को विश्वकपमा यी दुई टोली समूहगत चरणमा भिडेकामा गोलरहित बराबरीमा खेल सकिएको थियो।

  • दक्षिण कोरियासँग भिडनुअघि नेमार प्रशिक्षणमा फर्किए, गाब्रियल जिसस विश्वकपबाट बाहिर

    दक्षिण कोरियासँग भिडनुअघि नेमार प्रशिक्षणमा फर्किए, गाब्रियल जिसस विश्वकपबाट बाहिर

    दोहा। कतारमा जारी विश्वकपमा चोटका कारण समूहगत चरणका अन्तिम दुई खेल गुमाएका नेमार  प्रिक्वाटरफाइनलमा सोमबार दक्षिण कोरियासँग भिडनुअघि प्रशिक्षणमा फर्किएका छन्। नेमारले पहिलो खेलमा सर्बियासँग खेलेपछि बाँकी खेलमा मैदान उत्रन सकेका थिएनन्।

    डिफेन्डर एलेक्स टेल्लास र स्ट्राइकर गाब्रियल  जिसस चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन्। प्रतियोगितामा सुरुका दुई खेल लगातार जितेर प्रिक्वाटरफाइनलमा स्थान बनाएको ब्राजिलले अन्तिम खेलमा क्यामरुनसँग हार ब्यहोरेको थियो। क्यामरुनसँगको खेलमा टेल्लास र जिसस घाइते भएका थिए।

    दायाँ गोलिगाँठोको लिगामेन्टमा समस्या आएपछि नेमार समस्यामा देखिएका थिए। नेमार ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल  गर्ने पेलेको कीर्तिमान बराबरी गर्नबाट दुई गाेलले मात्र पछाडि छन्। ‘मैले अहिले राम्रो महसुस गरिरहेको छु’, नेमारले भनेका छन्, ‘ मलाई अब के गर्नुपर्छ भन्ने थाहा छ।’

    नेमारले दक्षिण कोरियाविरुद्ध खेल्ने वा नखेल्नेबारे केही बताइएको छैन। यद्यपी प्रशिक्षणका क्रममा नेमार सहज देखिएका थिए। पाँचपटकको विजेता ब्राजिलले सन् २००२ मा यो प्रतियोगिता जित्न सकेको छैन। नेमारका लागि विश्वकप जित्ने सम्भवत यो अन्तिम अवसर हुने छ।

     

     

     

  • भारतमाथी बंगलादेश एक विकेटले विजयी, १० ‍औँ विकेटका लागि ५१ रनको साझेदारी

    भारतमाथी बंगलादेश एक विकेटले विजयी, १० ‍औँ विकेटका लागि ५१ रनको साझेदारी

    नयाँ दिल्ली। बंगलादेशले भारतविरुद्धको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा एक विकेटको रोमान्चक जित हात पारेको छ। एक सय ८७ रनको लक्ष्य बंगलादेशले ४६ ओभरमा ९ विकेट गुमाएर पुरा गर्‍यो।

    बंगलादेशका मेहदी हसन मिराज र मुस्ताफिजुर रहमानले ११० औँ विकेटका लागि अविजित ५१ रनको साझेदारी गरे। मिराज ३८ र मुस्ताफिजुर १० रनमा अविजित रहे। बंगलादेशको पालीमा कप्तान लिटन दासले ४१ र सकिब अल हसनले पनि २९ रन बनाएका थिए। मोहम्मद सिराजको ३ तथा कुलदिप सेन र वासिङ्टन सुन्दरको दुई दुई विकेट मदतमा बंगलादेश दबाबमा आएको थियो।

    त्यसअघि टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको भारतले  ४१ ओभर २ बलमा सबै विकेट गुमाएर एक सय ८६ रन जोड्यो। भारतलाई सस्तोमा समेट्न बंगलादेशका सकिब अल हसन एक्लैले ५ विकेट लिए। एबाटन होसेनले पनि ४ विकेट लिए। भारतका केएल राहुलले ७३ रन जोडे।

    ४ विकेट गुमाएर एक सय ५२ रन जोडेको अवस्थामा भारतले चार रनका लागि पछिल्ला चार विकेट गुमाएको थियो। भारतका केएल राहुल रनमा खेल्दैछन्। रोहित शर्माले २७, श्रेयस अयरले २४ र वासिङ्टन सुन्दरले १९ रन बनाए।

    शिखर धवन ७ र विराट कोहली ९ रनमा आउट भए। सकिबले सुन्दरलाई पाचौँ विकेटका रुपमा आउट गरेपछि भारत संकटमा पर्न थालेको थियो। सकिबले १० ओभरमा २ मेडन राखेर ३६ रन खर्चिए। एबाटनले ८.२ ओभरमा ४७ रन खर्चिए।

  • सकिब अल हसनले ५ विकेट लिएपछि भारत १८६ रनमा अलआउट

    सकिब अल हसनले ५ विकेट लिएपछि भारत १८६ रनमा अलआउट

    नयाँ दिल्ली। बंगलादेशविरुद्धको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली भारत एक सय ८६ रनमा अलआउट भएको छ।

    टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको भारतले  ४१ ओभर २ बलमा सबै विकेट गुमाएर एक सय ८६ रन जोड्यो। भारतलाई सस्तोमा समेट्न बंगलादेशका सकिब अल हसन एक्लैले ५ विकेट लिए। एबाटन होसेनले पनि ४ विकेट लिए। भारतका केएल राहुलले ७३ रन जोडे।

    ४ विकेट गुमाएर एक सय ५२ रन जोडेको अवस्थामा भारतले चार रनका लागि पछिल्ला चार विकेट गुमाएको थियो। भारतका केएल राहुल रनमा खेल्दैछन्। रोहित शर्माले २७, श्रेयस अयरले २४ र वासिङ्टन सुन्दरले १९ रन बनाए।

    शिखर धवन ७ र विराट कोहली ९ रनमा आउट भए। सकिबले सुन्दरलाई पाचौँ विकेटका रुपमा आउट गरेपछि भारत संकटमा पर्न थालेको थियो। सकिबले १० ओभरमा २ मेडन राखेर ३६ रन खर्चिए। एबाटनले ८.२ ओभरमा ४७ रन खर्चिए।

  • सकिब अल हसनको घातक बलिङमा भारतको ब्याटिङ ‘ध्वस्त’

    सकिब अल हसनको घातक बलिङमा भारतको ब्याटिङ ‘ध्वस्त’

    नयाँ दिल्ली। भारतसँगको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा बंगलादेशले शानदार बलिङ गरेको छ।

    टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको भारतले ३६ ओभरमा ८ विकेट गुमाएर एक सय ५९ रन जोडेको छ। बंगलादेशका भेट्रान अलराउन्डर सकिब अल हसन एक्लैले ५ विकेट लिए। एबाटन होसेनले २ र मेहदी हसन मिराजले एक विकेट लिए।

    भारतले चार रनका लागि पछिल्ला चार विकेट गुमाएको थियो। भारतका केएल राहुल ५६ रनमा खेल्दैछन्। रोहित शर्माले २७, श्रेयस अयरले २४ र वासिङ्टन सुन्दरले १९ रन बनाए।

    शिखर धवन ७ र विराट कोहली ९ रनमा आउट भए। एक सय ५२ रन जोड्दा चार विकेट गुमाएको भारत सकिबले सुन्दरलाई पाचौँ विकेटका रुपमा आउट गरेपछि संकटमा पर्न थालेको थियो।

  • जापान, दक्षिण कोरिया र सेनेगललाई एकसाथ फापेको एसियाली मैदान

    जापान, दक्षिण कोरिया र सेनेगललाई एकसाथ फापेको एसियाली मैदान

    दोहा। विश्व फुटबलमा एसिया र अफ्रिकी राष्ट्रको प्रभाव देखिन्छ। विश्वकपमा एसियाली टोली सेमिफाइनल र अफ्रिकी टोली क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको इतिहास छैन।

    २० वर्षअघि एसियाली भूमीमा आयोजित संस्करणमा दक्षिण कोरियाले सेमिफाइनलसम्म पुगेर महादेशीय कीर्तिमान बनाएको थियो। त्यतिबेला पहिलोपटक सहभागी भएको अफ्रिकी टोली सेनेगल पनि क्वाटरफाइनलसम्म पुगेको थियो। सहआयोजक जापान पनि नकआउट चरण पुगेको थियो।

    २० वर्षपछि एसियाली मैदानमा फर्किएको विश्वकपमा अनौठो संयोग बनेको छ। कतारमा जारी विश्वकपमा जापान, दक्षिण कोरिया र सेनेगल तीनवटै टोली नकआउट चरण पुगेका छन्। सेनेगल केवल तेस्रोपटक विश्वकप खेलिरहेको छ। यसअघि सन् २०१८ मा पनि छनोट भएको सेनेगल त्यतिबेला समूहगत चरणबाटै बाहिरिएको थियो।

    यसपटक पहिलो खेलमा नेदरल्यान्ड्ससँग २-० गोलले पराजित भएको सेनेगल त्यसपछिका लगातार दुई खेलमा कतारलाई ३-१ र इक्वेडरलाई २-१ गोलले पराजित गरि नकआउट चरण पुगेको हो। सेनेगलले क्वाटरफाइनल प्रवेशका लागि आइतबार इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ। सेनेगल सन् २००२ मा विश्वकपको क्वाटरफाइनल पुग्दा यस्तो सफलता हात पार्ने केवल दोस्रो अफ्रिकी टोली बनेको थियो। त्यसअघि सन् १९९० को विश्वकपमा क्यामरुनले क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो।

    १२ वर्षपछि नकआउट चरण पुगेको दक्षिण कोरिया यसपटक पोर्चुगल, घाना र उरुग्वेजस्ता टोली रहेको समूहबाट अगाडि बढेको हो। पहिलो खेलमा उरुग्वेसँग बराबरी खेलेको दक्षिण कोरियाले दोस्रो खेलमा घानासँग हार ब्यहोरेपनि तेस्रो खेलमा पोर्चुगललाई २-१ गोलले हराएर नकआउट चरणमा स्थान बनाएको हो।

    विश्वकप इतिहासमा ११ औँ पटक सहभागी हुनेक्रममा दक्षिण कोरिया यसअघि एकपटकभन्दा प्रिक्वाटरफाइनलभन्दा अगाडि बढेको छ। पछिल्ला दुई संस्करणमा समूहगत चरणबाटै बाहिरिएको थियो। अब क्वाटरफाइनल प्रवेशका लागि दक्षिण कोरियाले पाँचपटकको विजेता ब्राजिलसँग खेल्ने छ। यता जापानले यसपटक दुई विश्व च्याम्पियनलाई पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो।

    पहिलो खेलमा जर्मनीलाई हराएको जापानले अन्तिम खेलमा स्पेनलाई स्तब्ध बनाउँदै नकआउट चरणमा ठाउँ बनाएको हो। जापान यसअघि विश्वकपमा क्वाटरफाइनल पुगेको इतिहास छैन। सन् १९९८ को विश्वकपमा पहिलोपटक सहभागी भएको जापान त्यसयताका हरेक संस्करण खेलिरहेको छ। यसबीचमा सन् २००२, २०१० र २०१८ मा प्रिक्वाटरफाइनलस्मम पुगेको थियो। अब हुने खेलमा क्रोएसियालाई पराजित गर्न सके जापान विश्वकपमा पहिलोपटक क्वाटरफाइनल पुग्ने छ।

     

  • विश्वकपमा लेवान्डोस्की र एमबाप्पे भिड्दै !

    विश्वकपमा लेवान्डोस्की र एमबाप्पे भिड्दै !

    दोहा। समूहको  अन्तिम खेलमा अर्जेन्टिनासँग २-० गोलले पराजित भएपनि नकआउट चरणमा स्थान बनाएको पोल्यान्डले प्रिक्वाटरफाइनलमा आइतबार साविक विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्दै छ।

    नेपाली समयअनुसार राती पौने ९ बजे सुरु हुने खेलमा  समूह सीको उपविजेताका रुपमा पोल्यान्डले समूह डीको विजेता फ्रान्ससँग खेल्न लागेको हो। त्यसो त फ्रान्स पनि समूहको आफ्नो अन्तिम खेलमा ट्युनिसियासँग पराजित भएको थियो। यद्यपी फ्रान्स समूह विजेता हुनबाट रोकिएन। पछिल्ला दुईपटकका फिफा वर्ष खेलाडी लेवान्डोस्की ४० वर्षपछि पोल्यान्डलाई कम्तिमा क्वाटरफाइनल पुर्‍याउने प्रयाशमा रहेका छन्।

    यसअघि सन् १९८२ को विश्वकपमा पोल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो। पोल्यान्ड ३६ वर्षपछि पहिलोपटक नकआउट चरण पुगेर प्रिक्वाटरफाइनल खेल्न लागेको हो।

    यसपटक पोल्यान्डले समूहगत चरणमा एक जित, एक बराबरी र एक हारको नतिजा निकालेको थियो। समान अंक भएको मेक्सिकोलाई गोलअन्तरमा पछाडि पार्दै पोल्या्न्डले नकआउट चरणमा स्थान बनाएको हो। पोल्यान्डका सर्वकालिन सर्वाधिक गोलकर्ता लेवान्डोस्कीले जारी विश्वकपमा एक गोल मात्र गरेका छन्। यता सुरुका दुई खेल जितेर नकआउट चरणमा स्थान बनाएको फ्रान्स अप्रत्यासितरुपमा तेस्रो खेलमा पराजित भएको थियो।

    फ्रान्स विश्वकपका पछिल्ला चार संस्करणमा नकआउट चरण पुग्ने पहिलो साविक विजेता टोली हो। प्रशिक्षक डिडियर डेस्च्याम्प्सले लयमा रहेका केलियन एमबाप्पेलाई ट्युनिसियाविरुद्ध सुरुवाती टोलीमा समावेश गरेका थिएनन्। अघिल्लो खेल खेलेका ९ जना खेलाडीलाई ट्युनिसियाविरुद्ध सुरुवाती टोलीमा समावेश गरिएको थिएन। एमबाप्पेले जारी विश्वकपमा ३ गोल र एक असिस्ट गरेका छन्। अघिल्लो विश्वकपका सर्वोत्कृष्ट युवा खेलाडी एमबाप्पे फिफा वर्ष खेलाडी बन्न प्रयाशरत स्ट्राइकर हुन्।

    ठुला प्रतियोगितामा पोल्यान्ड र फ्रान्स दोस्रोपटक भिड्न लागेका हुन्। यसअघि सन् १९८२ को विश्वकपमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा भएकामा पोल्यान्ड टाईब्रेकरमा पराजित भएको थियो। फ्रान्सले पोल्यान्डसँग हालसम्म १६ पटक प्रतिस्पर्धा गरेकामा ८ जित, ५ बराबरी र ३ हार ब्यहोरेको छ। पोल्यान्डले अन्तिमपटक सन् १९८२ मा फ्रान्सलाई हराएको थियो। त्यसयता यी दुई टोलिबीच ७ पटक प्रतिस्पर्धा भएकामा फ्रान्सले ३ जित र चार बराबरी खेलेको छ।

  • कतार विश्वकपमा मेस्सीको जोश :  ४ खेल, ३ गोल र दुई प्लेयर अफ दी म्याच अनि केही विश्व कीर्तिमान

    कतार विश्वकपमा मेस्सीको जोश : ४ खेल, ३ गोल र दुई प्लेयर अफ दी म्याच अनि केही विश्व कीर्तिमान

    दोहा। कप्तान लियोनल मेस्सीको निर्णायक प्रदर्शनमा दुईपटकको विजेता अर्जेन्टिनाले जारी कतार विश्वकपमा क्वाटरफाइनलको यात्रा तय गरेको छ। प्रतियोगितामा अर्जेन्टिनाले खेलेका ४ खेलमा मेस्सीले तीन गोल गरेका छन् भने दुई खेलमा प्लेयर अफ दी म्याच भए। उनी तत्कालका लागि गोल्डेन बल र गोल्डेन बुट दुवैको दौडमा देखिएका छन्।

    मेस्सीले समूहगत चरणका सुरुका दुई खेलमा एक एक गोल गरेका थिए। दोस्रो खेलमा मेक्सिकोविरुद्ध एक गोल र एक असिस्ट गरेका मेस्सी त्यस खेलको प्लेयर अफ दी म्याच पनि भएका थिए।  तेस्रो तथा अन्तिम खेलमा पेनाल्टीमा चुकेका मेस्सीले  शनिबार प्रिक्वाटरफाइनलमा अस्ट्रेलियालाई २-१ गोलले हराउँदा एक गोल गरे। विश्वकपमा मेस्सीले पहिलोपटक नकआउट चरणमा गोल  गरेका हुन्। उनी यो खेलको प्लेयर अफ दी म्याच पनि भए।

    जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्षस्थानमा रहेका  फ्रान्सका केलियन एमबाप्पे र मेस्सी दुवैले ३ गोल  र एक असिस्ट गरेका छन्। स्पेनका अल्भारो मोराटाले पनि ३ गोल र एक असिस्ट गरेका छन्। नेदरल्यान्ड्सका कोडी गाक्पो, इङ्ल्यान्डका मार्कस रासफोर्ड र इक्वेडरका इनर भ्यालेन्सियाले पनि ३/३ गोल गरेका छन्।

    मेस्सीले मेक्सिकोविरुद्ध दुईवटा विश्व कीर्तिमान बनाएका थिए। एउटै विश्वकपको एकै खेलमा गोल र असिस्ट दुवै गर्ने जेष्ठ खेलाडीको कीर्तिमान मेस्सीको नाममा बनेको थियो। त्यसै खेलमार्फत उनी पाँच विश्वकपमा असिस्ट गर्ने पहिलो फुटबलर बनेका थिए। शनिबार अस्ट्रेलियाविरुद्धको खेल मेस्सीको क्लब र राष्ट्रिय टोलीका लागि एक हजारौँ खेल थियो। उनले सिनियर क्लब र अन्तराष्ट्रिय फुटबलमामा एक हजार खेल  खेल्दै ७ सय ८९ गोल गरेका छन्। यस्तै अर्जेन्टिनी कप्तानका रुपमा पनि मेस्सीको शनिबार सयौँ खेल थियो।  अर्जेन्टिनी कप्तानका रुपमा उनले गोल  तथा असिस्टसहित सयौँ गोल पनि पुरा गरेका छन्।

    मेस्सीले विश्वकपमा भने आफ्नो गोल  संख्या ९ पुर्‍याएका छन्। उनले अब एक गोल  गर्न सके विश्वकपमा सर्वाधिक गोल  गर्ने अर्जेन्टिनी खेलाडीका रुपमा गाब्रियल बाटिस्टुटाको राष्ट्रिय कीर्तिमान बराबरी गर्नेछन्।

  • अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा, मेस्सी र अल्भारेजले गरे गोल

    अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा, मेस्सी र अल्भारेजले गरे गोल

    दोहा। दुईपटकको विजेता अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ। शनिबार राती भएको प्रिक्वाटरफाइनल भिडन्तमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोलले हरायो। अर्जेन्टिनाको जितमा लियोनल मेस्सी र जुलियान अल्भारेजले गोल गरे।

    खेलको ३५ औँ मिनेटमा  मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनले आफैले सृजना गरेको मुभमा डीबक्सभित्रबाट सेकेन्ड बार च्यापेर गोल गरे। जारी विश्वकपमा मेस्सीको यो तेस्रो गोल हो। उनले क्लब र राष्ट्रिय टोलीका लागि गरि एक हजारौँ खेलमा गोल गरेका हुन्। अल्भारेजले ५७ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए।

    ७७ औँ मिनेटमा अस्ट्रेलियाले एक गोल फर्काएको थियो। अस्ट्रेलियन खेलाडीले प्रहार गरेको बल अर्जेन्टिनाका इन्जो फर्नान्डेजलाई डिफ्लेक्ट भएर गोल भएको थियो। अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग खेल्ने छ।

    जारी विश्वकपका सुरुका दुई खेलमा एक एक गोल गरेका मेस्सीको विश्वकप गोल संख्या ९ पुगेको छ। उनले डीएगो म्याराडोना, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीलाई पछाडि पारेका छन्।

  • अर्जेन्टिनाको अग्रता दोब्बर, अल्भारेजले गरे गोल

    अर्जेन्टिनाको अग्रता दोब्बर, अल्भारेजले गरे गोल

    दोहा। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत अहिले भइरहेको प्रिक्वाटरफाइनल भिडन्तमा अर्जेन्टिनाले अस्ट्रेलियाविरुद्ध २-० गोलको अग्रता लिएको छ। ५७ औँ मिनेटमा जुलियान अल्भारेजले गोल गरेका हुन्। अस्ट्रेलियन गोलरक्षकको गल्तिको फाइदा उठाउँदै उनले गोल गरेका थिए।

    त्यसअघि   खेलको ३५ औँ मिनेटमा लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनले आफैले सृजना गरेको मुभमा डीबक्सभित्रबाट सेकेन्ड बार च्यापेर गोल गरे। जारी विश्वकपमा मेस्सीको यो तेस्रो गोल हो। उनले क्लब र राष्ट्रिय टोलीका लागि गरि एक हजारौँ खेलमा गोल गरेका हुन्।

    मेस्सीको विश्वकप गोल संख्या ९ पुगेको छ। डिएगो म्याराडोना, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीलाई उनले पछाडि पारेका छन्। जारी विश्वकपमा मेस्सीले समूहगत चरणका सुरुका दुई खेलमा एक एक गोल गरेका थिए।

  • मेस्सीले दिलाए अग्रता, पहिलो हाफमा अर्जेन्टिना १-० गोलले अगाडि

    मेस्सीले दिलाए अग्रता, पहिलो हाफमा अर्जेन्टिना १-० गोलले अगाडि

    दोहा। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत अहिले भइरहेको प्रिक्वाटरफाइनल भिडन्तमा अर्जेन्टिना अस्ट्रेलियाविरुद्ध  पहिलो हाफको समाप्तीमा १-० गोलले अगाडि रहेको छ।

    खेलको ३५ औँ मिनेटमा लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाएका हुन्। उनले आफैले सृजना गरेको मुभमा डीबक्सभित्रबाट सेकेन्ड बार च्यापेर गोल गरे।

    जारी विश्वकपमा मेस्सीको यो तेस्रो गोल हो। उनले क्लब र राष्ट्रिय टोलीका लागि गरि एक हजारौँ खेलमा गोल गरेका हुन्।

    मेस्सीको विश्वकप गोल संख्या ९ पुगेको छ। डिएगो म्याराडोना, क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीलाई उनले पछाडि पारेका छन्। जारी विश्वकपमा मेस्सीले समूहगत चरणका सुरुका दुई खेलमा एक एक गोल गरेका थिए।

  • इन्जुरी समयमा सन हिउङ मिनको काउन्टर अट्याकले  दक्षिण कोरियाको नकआउट यात्रा तय

    इन्जुरी समयमा सन हिउङ मिनको काउन्टर अट्याकले दक्षिण कोरियाको नकआउट यात्रा तय

    काठमाडौं। टोट्टनहामका स्टार खेलाडी सन हिउङ मिनले इन्जुरी समयमा आफ्नै क्षेत्रबाट बल अगाडी बढाउँदै डि बक्स नजिकै पुर्‍याएर दिएको पासमा गोल गर्दै दक्षिण कोरियाले कतारमा जारी विश्वकपको नकआउट चरण यात्रा तय गरेको छ।

    समूहको अन्तिम खेलमा शुक्रबार राती पोर्चुगललाई २-१ गोलले पराजित गर्दै दक्षिण कोरिया प्रिक्वाटरफाइनल पुग्यो। ३ खेलबाट ४ अंक भएको दक्षिण कोरियाले समान अंक भएको उरुग्वेलाई पछाडि पार्दै अघिल्लो चरणको यात्रा तय गरेको हो।

    उरुग्वेसँग गोलअन्तर पनि समान भएको दक्षिण कोरिया समूहमा उसले भन्दा बढी गोल गरेका आधारमा अन्तिम १६ पुगेको हो। उरुग्वेले २ गोल गरेर २ गोल ब्यहोरेको थियो भने दक्षिण कोरियाले चार गोल गरेर चार गोल ब्यहोर्‍यो।

    खेल बराबरीतर्फ धकेलिरहेका बेला कप्तान सन हिउङ मिनले शानदार काउन्टर एट्याकमा ह्वाङ हि चानलाई बल उपलब्ध गराएका थिए। डी-बक्सबाहिर दुई विपक्षी खेलाडीलाई छक्याउँदै उनले ह्वाङलाई बल दिएका थिए। ह्वाङले फर्स्ट टचमै गोल गरेका थिए। त्यसअघि पोर्चुगलले दक्षिण कोरियाको डीबक्स क्षेत्रमा दबाब बढाइरहेका बेला सन हिउङ मिनले बल पाएर तेज गतिमा दौडाएका थिए। सन हिउङ मिन अहिलेका सबैभन्दा ठुला एसियाली फुटबल स्टार हुन्।

    खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएपनि दक्षिण कोरिया पहिलो हाफमै बराबरीमा पुगेको थियो। पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई ६५ औँ मिनेटमा बाहिर निकाल्ने निर्णय प्रशिक्षक फर्नान्डो सान्तोसले लिएका थिए। पोर्चुगल अघिल्ला दुवै खेल जितेर नकआउट चरण पुग्ने पक्का भएको थियो।

    योसँगै एसियाका तीन टोलीले कतार विश्वकपमा नकआउट चरण पार गरेका छन्। एसियाबाटै छनोट खेल्ने अस्ट्रेलियासहित जापानले पनि नकआउट चरणमा स्थान बनाएका छन्।

    एसियाबाट छनोट खेल्ने तीन टोली विश्वकपमा एकैपटक नकआउट पुगेको यो पहिलोपटक हो। यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले विश्वकप आयोजना गर्दा दुवै आयोजक नकआउट चरणमा पुगेका थिए। शुक्रबार दक्षिण कोरिया र पोर्चुगलबीचको खेल सकिएपछि पनि दक्षिण कोरियाको नकआउट चरण पक्का भइसकेको थिएन। समूहको अर्को खेलमा भिडिरहेका घाना र उरुग्वेबीचको खेल अझै ५ मिनेटभन्दा बढी समय बाँकि थियो। २-० गोलले अगाडि रहेको उरुग्वे थप एक गोल गरेको अवस्थामा अगाडि बढ्ने थियो। तर उरुग्वेले गोल थप्न सकेन।

    प्रतियोगितामा साविक विजेता फ्रान्स तथा पूर्व विजेता स्पेन र अर्जेन्टिनाले पनि पहिलो चरणमा एउटा खेल हारेर नकआउट यात्रा तय गरिसकेका थिए। चारपटकको विजेता जर्मनी भने समूहगत चरण पार गर्न असफल भयो।

  • ३९ वर्षको उमेरका ब्राजिलका लागि कप्तानी गरेर विश्वकपमा कीर्तिमान बनाउँदै आल्भेस

    ३९ वर्षको उमेरका ब्राजिलका लागि कप्तानी गरेर विश्वकपमा कीर्तिमान बनाउँदै आल्भेस

    दोहा। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा ब्राजिलले शुक्रबार क्यामरुनसँग खेल्दै छ।

    अघिल्ला दुवै खेल जितेर प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेको ब्राजिल क्यामरुनसँग हारेपनि समूह विजेता हुन सक्ने सम्भावना छ। ब्राजिलको यो खेलमा ड्यानी आल्भेसले टोलीको कप्तानी गर्नेछन्। ३९ वर्षीय आल्भेस विश्वकपमा ब्राजिलको कप्तानी गर्ने सबैभन्दा ज्येष्ठ खेलाडी हुनेछन्।

    ब्राजिलका नियमित कप्तान थियागो सिल्भा हुन्। हाल मेक्सिकन क्लबमा खेलिरहेका आल्भेसले ब्राजिलका लागि खेल्न पाउनु नै खुसिको कुरा भएको बताएका छन्। घुँडाको चोटबाट उनी मुक्त भएपछि ब्राजिलको टोलीमा तेस्रोपटक विश्वकपमा अँटाएका थिए। उनी सन् २००६ देखि ब्राजिलको सिनियर टोलीमा छन्।

    ब्राजिलले हालसम्म अफ्रिकी टोलीसँग विश्वकपमा हारेको छैन। क्यामरुनसँग भएका दुई विश्वकप भिडन्तमा ब्राजिलले दुवैमा जित हात पारेको थियो।

     

     

  • महादेशीय कीर्तिमान मुखैबाट खोसेको उरुग्वेविरुद्ध बदला लिन आँतुर घाना

    महादेशीय कीर्तिमान मुखैबाट खोसेको उरुग्वेविरुद्ध बदला लिन आँतुर घाना

    दोहा। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबार हुने समूहको आफ्नो अन्तिम खेलमा उरुग्वेसँग बराबरी खेलेपनि घाना अगाडि बढ्न सक्ने छ। जित हात पारेको अवस्थामा नकआउट चरणमा स्थान पक्का गर्ने छ।

    घानाको जित वा बराबरीमा दुईपटकको विजेता उरुग्वे भने पहिलो चरणबाटै घर फर्कने छ। यो खेल भइरहँदा सन् २०१० को विश्वकप क्वाटरफाइनलको स्मरण हुने छ। त्यतिबेला यी दुई टोलीबीच भएको क्वाटरफाइनलमा घाना ऐतिहासिक सफलतानजिक देखिएको थियो।

    अतिरिक्त समयको खेल सकिन एक मिनेट मात्र बाँकी रहँदा घानाका खेलाडीले प्रहार गरेको बल उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले गोल लाइनबाट हातले क्लियर गरेका थिए। त्यसपछि स्वारेजलाई रातो कार्ड देखाइयो भने घानाले पेनाल्टी पायो तर आसामोआ ज्ञानको प्रहार बारमा लागेर फर्कियो र खेल टाइब्रेकरमा पुग्यो। टाइब्रेकरमा उरुग्वे विजयी भएर सेमिफाइनल पुग्यो।

    त्यसअघि अतिरिक्त समयको अन्तिम समयमा स्वारेजले त्यसरी हातले बल क्लियर नगरेको भए घाना विश्वकप इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बन्ने थियो। सन् १९९० को विश्वकपमा क्यामरुन र सन् २००२ को विश्वकपमा सेनेगल क्वाटरफाइनलसम्म पुगेर बाहिरिएका थिए।

    ‘जब विश्वकपको ड्र भयो र घाना रहेको समूहमा उरुग्वे पर्‍यो, मानिसको दिमागमा एउटै कुरा आएको थियो, बदला। घाना बदला लिन चाहन्छ। यो उसका लागि प्रोत्साहन हो ‘, आसामोआ ज्ञानले भनेका छन्। उनले समूहमा पोर्चुगल र दक्षिण कोरियताजस्ता टोली रहेको भएपनि घानाले उरुग्वेसँगको खेललाई नै महत्वपूर्ण मानेको बताए। ‘विश्वभरका मानिसलाई थाहा छ त्यतिबेला के भएको थियो। म पनि मानिस हुँ र त्यो कुरा सँधै मेरो दिमागमा रहने छ’, पेनाल्टीमा चुकेको स्मरण गर्दै ज्ञान भन्छन्।

    ३५ वर्षीय स्वारेजलाई घानामा निकै घृणा गरिने गरेको त्यहाँका स्पोर्ट्स ब्रोडकास्टर जुलियट बाउहाले बताए। ‘जब स्वारेज लिभरपुलका लागि खेलिरहेका हुन्थे, उनी घाइते हुन्, पहेलोँ कार्ड पाउन् या रातो कार्ड पाउन् वा फुटबल संघलाई उनलाई कारबाही गरोस् मानिसहरु खुसी हुन्थे। स्वारेजको नाम कसैले सुन्न चाहँदैन थियो’, बाउहा भन्छन्। स्वारेजले भने आफुले सहि काम गरेको भन्दै त्यो अवस्थामा सबै जना तयार हुने बताउँदै आएका छन्। स्वारेज जारी विश्वकप पनि खेलिरहेका छन्। उनी लयबाहिर देखिन्छन्।

    घाना चौथोपटक विश्वकप खेलिरहेको छ। सन् २००६ मा पहिलोपटक विश्वकप खेलेको घाना त्यतिबेला प्रिक्वाटरफाइनलसम्म पुगेको थियो। सन् २०१४ मा पहिलो चरणबाटै बाहिरिएको घाना गत संस्करणमा भने छनोट भएको थिएन।

  • मेस्सीसँग कानेखुसी गर्दै लेवान्डोस्कीले भनेँ- आज अलिक बढी रक्षात्मक खेल्नुपर्ने थियो

    मेस्सीसँग कानेखुसी गर्दै लेवान्डोस्कीले भनेँ- आज अलिक बढी रक्षात्मक खेल्नुपर्ने थियो

    दोहा। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत बुधबार राती समूहको अन्तिम खेलमा दुईपटकको विजेता अर्जेन्टिना पोल्यान्डमाथी पूर्णरुपमा हावी भयो। दुई तिहाई समय बल  आफ्नो पकडमा राखेको अर्जेन्टिना यो खेल  जित्नैपर्ने दबाबमा थियो भने पोल्यान्डलाई बराबरी पर्याप्त थियो।

    खेलका क्रममा पोल्यान्डका स्टार स्ट्राइकर तथा दुईपटकका फिफा वर्ष खेलाडी रोबर्ट लेवान्डोस्की पनि डिफेन्समा आएर खेलिरहेका थिए। उनी एकपटक लियोनल मेस्सीलाई फल गर्न पनि पुगे। खेल २-० गोलले अर्जेन्टिनाले जित्यो र प्रिक्वाटरफाइनलमा स्थान बनायो। हारेपनि पोल्यान्ड समूह उपविजेताका रुपमा पहिलो चरण पार गर्न सफल  भयो।

    खेलपछि लेवान्डोस्की र मेस्सीले कानेखुसी गरेको देखिएको थियो। उक्त दृश्यलाई क्यामरामा कैद भएको तस्विर सामाजिक सन्जाालमा भाइरल पनि भयो। कानेखुसीबारे लेवान्डोस्कीले स्पष्ट पार्दै मेस्सीसँग रक्षात्मक खेल्नुपरेको बताएको उनको भनाई उदृत गर्दै डेलीमेलले उल्लेख गरेको छ। ‘हामीले थोरै बोल्यौँ। रमाइलो भयो। मैले मेस्सीलाई सँधैको भन्दा आज बढी रक्षात्मक खेल्नुपरेको बताएँ। टिमका लागि कहिलेकाहीँ यो आवश्यक हुन्छ’, लेवान्डोस्कीको भनाई उदृत गर्दै डेलीमेलले भनेको छ।

    उनले मेस्सीमाथीको फलबारे भनेका छन्, ‘यो दुर्लभ कुरा हो, म डिफेन्सिभ मिडफिल्डमा थिएँ। तर मलाई थाहा थियो मैले टिमलाई सहयोग गर्नुपर्छ’, लेवान्डोस्कीले भनेका छन्। लेवान्डोस्की, मेस्सीले १७ वर्ष खेलेको बार्सिलोनामा अहिले क्लब फुटबल खेलिरहेका छन्। मेस्सीको अभाव पुर्ती गर्ने लक्ष्यसहित बार्सिलोनाले उनलाई भित्र्याएको थियो। प्रिक्वाटरफाइनलमा पोल्यान्डले साविक विजेता फ्रान्स र अर्जेन्टिनाले अमेरिकासँग

  • स्पेन र जर्मनीलाई ढालेर ग्रुप अफ डेथ विजेता बनेको जापान

    स्पेन र जर्मनीलाई ढालेर ग्रुप अफ डेथ विजेता बनेको जापान

    दोहा। २० वर्षअघि एसियामै आयोजित विश्वकपको झल्को दिँदै जापान यसपटक नकआउट चरण पुगेको छ। सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्तरुपमा आयोजना गरेको विश्वकपमा २ एसियाली टोलीले शानदार प्रदर्शन गर्दै पहिलो चरणमा समूह विजेता बनेका थिए।

    त्यतिबेला जापानले समुहमा दुई जित र एक बराबरी खेल्दै अपराजितसहित समूहको शीर्षस्थानमा रहेर अगाडि बढेको थियो। बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको जापानले त्यसपछि रुस र ट्युनिसियालाई हराएर समूहको शीर्षस्थानमा रहेको थियो। अर्को आयोजक दक्षिण कोरियाले पोल्यान्ड र पोर्चुगललाई हराएको थियो भने अमेरिकासँग बराबरी खेलेर समूह विजेता बनेको थियो।

    विश्वकपमा एसियाली टोली समुह विजेता बनेको त्यो नै पहिलो र अन्तिम संस्करण थियो। तर कतारमा जारी विश्वकपमा जापानले अस्वभाविक नतिजा निकालिरहेको छ। दुई पूर्व विजेता रहेको समूहबाट विजेता बन्दै जापान नकआउट चरण पुगेको छ। ग्रुफ अफ डेथ मानिएको यो समुहमा जापानले पुर्व विजेता जर्मनी र स्पेन दुवैलाई पराजित ग¥यो। कोस्टारिकासँग भने पराजित भएको थियो।

    जापानले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेको थियो।। त्यसयताका हरेक संस्करणमा सहभागी हुँदै आएको छ। विश्वकपमा आफ्ना सात सहभागितामा जापान चौथोपटक नकआउट चरण पुगेको हो। जापानी टोली विश्वकपमा प्रिक्वार्टरफाइनलभन्दा अगाडि बढेको भने इतिहास छैन। गत संस्करणमा पनि दोस्रो चरणसम्म पुगेको थियो।

    जारी प्रतियोगितामा जापानका ३९ वर्षीय गोलकिपर ऐजी कावासिमाले शानदार प्रदर्शन गरिरहेका छन्।। कप्तान माया योसिदा र डिफेन्डर युतो नागातोमा सबैभन्दा अनुभवी सदस्य हुन्। जापानका वर्तमान टोलीमा कम्तिमा एक सय अन्तर्राष्ट्रिय खेल खेल्ने यी दुई जना मात्र हुन्। २५ वा सोभन्दा कम उमेरका ११ जना टोलीमा छन्। यस्तै ३० वा सोभन्दा बढी उमेरका ८ जना छन्। जापानको अहिलेको टोलीमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल  गर्ने खेलाडीका रुपमा १७ गोल गरेका ताकुमी मिनामिनो हुन्। उनीपछि दोस्रो स्थानमा १२ गोलसहित कप्तान योसिदा रहेका छन्।

    जापानले अब क्वाटरफाइनल प्रवेशका लागि साविक उपविजेता क्रोएसियासँग खेल्ने छ। पूर्व खेलाडी हाजिमे मोरियासुको प्रशिक्षणमा जापान रहेका छन्। जापानका लागि ३५ अन्तर्राष्ट्रिय खेल पनि खेलेका मोरियासु सन् २०१८ यता राष्ट्रिय टोलीको प्रशिक्षक रहेका छन्।

    उनले खेलाडीका रुपमा सन् १९९२ मा एसिया कपमा फाइनलसम्मको यात्रा तय गरेका थिए। प्रशिक्षकका रुपमा उनले तीनपटक जे लिगको उपाधि जितेका छन् भने तीन वर्षअघि जापानलाई एसिया कपको फाइनलसम्म पुर्‍याएका थिए। यस्तै चार वर्षअघि आयोजित एसियन गेम्समा जापानलाई फुटबलको रजत पदक जिताएका थिए।

  • प्रिक्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो आज, ब्राजिल र पोर्चुगललाई अपराजित रहने चुनौती

    प्रिक्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो आज, ब्राजिल र पोर्चुगललाई अपराजित रहने चुनौती

    दोहा। कतारमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबारदेखि समूहगत चरणका खेलहरु सकिँदैछन्।

    समूहगत चरणको अन्तिम दिन  प्रिक्वाटरफाइनल पुग्ने अन्तिम दुई टोलीको टुंगो लाग्ने छ। समूह जीअन्तर्गत ब्राजिलले क्यामरुन र स्वीट्जरल्यान्डले सर्बियासँग खेल्दै छ। यस्तै समूह एचमा पोर्चुगलले दक्षिण कोरिया तथा उरुग्वेले घानासँग प्रतिस्पर्धा गर्ने छ।

    ब्राजिल र पोर्चुगल अघिल्ला दुवै खेल जितेर नकआउट चरण पुग्ने पक्का भइसकेको छ। समूह जीमा ब्राजिल  ६ अंकसहित शीर्षस्थानमा छ। स्वीट्जरल्यान्डको ३ तथा सर्बिया र क्यामरुनको एक एक अंक छ। यो समूहबाट स्वीट्जरल्यान्ड, सर्बिया र क्यामरुनमध्ये एक टोली अगाडि बढ्नेछन्। ब्राजिललाई पराजित गरेको अवस्थामा क्यामरुन अगाडि बढ्न सक्छ तर त्यसका लागि स्वीट्जरल्यान्डले सर्बियासँग हार ब्यहोर्नुपर्ने छ।

    यस्तै स्वीट्जरल्यान्डलाई पराजित गरेको अवस्थामा सर्बिया पनि अगाडि बढ्न सक्छ तर त्यसका लागि ब्राजिलले क्यामरुनलाई हराउनुपर्ने छ। क्यामरुन र सर्बिया दुवैले जित हात पारेको अवस्थामा यी दुईमध्ये एक टोली गोलअन्तरका आधारमा अगाडी बढ्नेछन्। ब्राजिलले क्यामरुनलाई पराजित गरेको अवस्थामा आफ्नो खेल कम्तिमा बराबरी खेलेपनि स्वीट्जरल्यान्ड अगाडी बढ्ने छ।

    पाँचपटकको विजेता ब्राजिल अपराजित रहँदै अगाडि बढ्ने प्रयाशमा छ। विश्वकप इतिहासका ८ विजेतामध्ये ७ टोली जारी विश्वकपमा सहभागी भएकामा ५ ले पहिलो चरणमा कम्तिमा एउटा हार ब्यहोरेका छन्।

    समूह एचमा २ खेलपछि पोर्चुगलको ६, घानाको ३ तथा दक्षिण कोरिया र उरुग्वेको एक एक अंक छ। उरुग्वेसँग बराबरी खेलेको अवस्थामा पनि घाना अगाडि बढ्न सक्ने छ। यस्तै अगाडि पुग्ने सम्भावना कायम राख्न दुईपटकको विजेता उरुग्वेलाई जितको विकल्प छैन।

    यस्तै पोर्चुगललाई पराजित गरेको अवस्थामा दक्षिण कोरिया पनि अगाडि बढ्न सक्ने सम्भावना छ, त्यसका लागि उरुग्वे र घानाबीचको खेल बढीमा बराबरी हुनुपर्ने छ। उरुग्वे अन्तिमपटक सन् २००२ को विश्वकपमा समूहगत चरणबाटै बाहिरिएको थियो। पोर्चुगलले बराबरी खेलेपनि समूह विजेता बन्ने छ।