Author: Ishwor Kaji Khaiju

  • आपतकालीन खोपले मृत्युदरमा ६० प्रतिशत कमी : अध्ययन

    आपतकालीन खोपले मृत्युदरमा ६० प्रतिशत कमी : अध्ययन

    जेनेभा । विगत २५ वर्षमा हैजा, इबोला र दादुरा जस्ता रोगको प्रकोपको समयमा दिइने आपतकालीन खोपले यस्ता रोगबाट हुने मृत्युमा करिब ६० प्रतिशतले कमी आएको एक नयाँ अध्ययनले देखाएको छ ।

    खोपका कारण त्यति नै सङ्ख्यामा सङ्क्रमणलाई पनि रोकथाम गरिएको विश्वास गरिएको छ । यसका लागि अर्बौं अनुमानित आर्थिक लागत खर्च भएको जनाइएको छ ।

    अध्ययनलाई सहयोग गर्ने गाभी भ्याक्सिन एलायन्सले अस्ट्रेलियाको बर्नेट इन्स्टिच्युटका अनुसन्धाताहरूसँग सहकार्य गरेर सार्वजनिक स्वास्थ्य र विश्वव्यापी स्वास्थ्य सुरक्षामा आपतकालीन खोप प्रयासको ऐतिहासिक प्रभावबारे विश्वको ध्यान तानेको बताएको छ ।

    गाभीकी प्रमुख सानिया निस्तारले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्- ‘पहिलो पटक हामी मानवीय र आर्थिक हिसाबले केही घातक सङ्क्रामक रोगको प्रकोपविरुद्ध खोपको प्रयोगबाट हुने फाइदाको विस्तृत मापन गर्न सक्षम भएका छौँ ।’

    विज्ञप्तिमा भनिएको छ, ‘यो अध्ययनले विश्वले प्रकोपबाट सामना गरिरहेको बढ्दो जोखिमको लागत प्रभावी प्रतिकारको रूपमा खोपको शक्ति स्पष्ट रूपमा देखाउँछ ।’

    बेलायती मेडिकल जर्नल (बीएमजे) ग्लोबल हेल्थमा यसै साता प्रकाशित अध्ययनमा सन् २००० देखि २०२३ को बीचमा निम्न आय भएका ४९ देशमा हैजा, इबोला, दादुरा, मेनिन्जाइटिस र एलो फिभर जस्ता पाँच वटा सङ्क्रामक रोगका २१० वटा प्रकोपको परीक्षण गरिएको थियो ।

    यी अवस्थामा खोपको प्रयोगले नाटकीय प्रभाव पारेको र उनीहरूले यी पाँच रोगहरूमा सङ्क्रमण र मृत्युको सङ्ख्या लगभग ६० प्रतिशत कम गरेको जनाइएको हो । केही रोगहरूको लागि खोपको प्रभाव धेरै नाटकीय थियो ।

    खोपले एलोफिभरको प्रकोपको समयमा हुने मृत्युमा पूर्ण ९९ प्रतिशत र इबोलाका लागि ७६ प्रतिशतले कमी ल्याएको अध्धयनले देखाएको छ । यस्तै आपतकालीन खोपले प्रकोपको विस्तारको खतरालाई उल्लेखनीय रूपमा कम गरेको पाइएको पनि बताइएको छ ।

    यसले २१० प्रकोपको समयमा गरिएको खोप प्रयासले अशक्तताका कारण हुने मृत्यु र जीवनबाट बच्न वर्षौंको लागत लगभग ३२ अर्ब अमेरिकी डलर लागेको अनुमान पनि गरेको छ ।

    यद्यपि यो रकम समग्र बचतको महत्वपूर्ण अवमूल्यन हुनसक्छ, यसले प्रकोप प्रतिक्रिया लागत वा ठूला प्रकोपले सिर्जना गरेको व्यवधानको सामाजिक र समष्टिगत आर्थिक प्रभावलाई ध्यानमा राख्दैन ।

    उदाहरणका लागि सन् २०१४ मा अनुमोदित खोपहरू अस्तित्वमा आउनुभन्दा पहिले पश्चिम अफ्रिकामा इबोलाको व्यापक प्रकोप र विश्वव्यापी रूपमा सङ्क्रमण देखापरेको थियो र यसका लागि पश्चिम अफ्रिकी देशहरूलाई मात्र ५३ अर्ब डलरभन्दा बढी खर्च भएको अनुमान गरिएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले गत अप्रिलमा दादुरा, मेनिन्जाइटिस र एलोफिभर जस्ता खोपबाट बच्न सकिने रोगको प्रकोप विश्वव्यापी रूपमा बढिरहेको चेतावनी दिएपछि यो अध्ययन गरिएको हो ।

    विश्वका आधाभन्दा बढी बालबालिकालाई सङ्क्रामक रोगविरुद्ध खोप लगाउन सहयोग गर्ने गाभीले विश्वव्यापी सहायता कटौतीको सामना गर्दै र गत महिना वासिङ्टनले समूहलाई सहयोग नगर्ने घोषणा गरेपछि नयाँ चरणको कोष सुरक्षित गर्ने प्रयास गरिरहेको छ । -रासस/एएफपी

  • लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड, पालना नगरे कारबाही गरिने

    लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड, पालना नगरे कारबाही गरिने

    मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने भन्दै मापदण्ड तोकिएको छ ।

    गाउँपालिका अध्यक्ष लोप्साङछोम्फेल बिष्टले गाउँपालिकाभित्रका ढुङ्गा र माटोले बनेका परम्परागत घरहरूको मौलिक संस्कृति जोगाउन पालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेर मापदण्ड तोकिएको जानकारी दिए ।

    पछिल्लो समय आफूखुसी घर निर्माण गर्दा मौलिकता मासिएको भन्दै घर निर्माणमा निश्चित मापदण्ड तोक्नुपरेको उनले बताए ।

    गाउँपालिकाले कुनै व्यक्ति वा समुदायले घर तथा भवन निर्माण गर्दा भित्तामा सेतो र घरको छत (बोर्डर), झ्याल, ढोकाको रङ कालो हुनुपर्ने नियम बनाएको छ । यो नियम पालना नगरिए त्यस्ता व्यक्तिलाई कारबाही गरिनेसमेत गाउँपालिकाले जनाएको छ ।

    ‘जिल्लाको पहिचान नै यहाँका ढुङ्गा र माटोले निर्मित परम्परागत घरहरू हुन् । पछिल्लो समय आधुनिकताका कारण त्यही पहिचान मासिँदै गएको छ । त्यसैले नियम लागू गर्नुपरेको हो’, अध्यक्ष विष्टले भने ।

    नियम पालनाका लागि पालिकाले आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न वर्ग लक्षित अनुदानको व्यवस्थासमेत गरेको छ ।

    ‘हामीकहाँ गुम्बाको रङ रातो र पहेँलो, व्यक्ति र समुदायका घर सेतो र कालो हुन्छ’, उनले भने, ‘त्यही पुरानो संस्कृति संरक्षण हुनुपर्छ भनेर यस्तो निर्णय गरेका हौँ । क्षमता नभएकालाई सहयोगको नीति पनि छ । पक्कै यसले प्रोत्साहन गर्नेछ ।’

    यहाँ तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्मका ९६ वटै गाउँबस्तीका घरको भौतिक संरचना ढुङ्गा र माटोले निर्मित छन् । यहाँ सदियौंदेखिको घरका छतमाथि लस्करै दाउरा पाँजेर राख्ने प्रचलन छ । पछिल्लो समय यहाँ कङ्क्रिटका घर निर्माण हुने क्रम बढ्दो छ ।

  • बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

    बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

    काठमाडौं । बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- १ छलघाटमा सडक अवरुद्ध भएका हुन् ।

    पहिरोले अवरुद्ध भएका अन्य चार सडक एकतर्फी खुलाइएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।

    रोल्पा र गुल्मी जोड्ने शहीद राजमार्ग, कालीगण्डकी करिडोरका साथै खोड्पे-बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा आएको उनले बताए ।

  • त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी शय्या दोब्बर, स्वास्थ्यमन्त्री पौडेलले शुरु गरे आधुनिक एमआरआई

    त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी शय्या दोब्बर, स्वास्थ्यमन्त्री पौडेलले शुरु गरे आधुनिक एमआरआई

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा थपिएको १५ शय्याको इमर्जेन्सी ग्रीन एरिया वार्ड शुरु गरेका छन् । मन्त्री पौडेलले अस्पतालमा शुरु गरिएको आधुनिक थ्री टेस्ला एमआरआई सेवासमेत शुरु गरेका छन् । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ दिएको थियो ।

    सेवा शुरु गर्दै मन्त्री पौडेलले अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र सुलभ सेवा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे ।

    ‘टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ’, उनले भने ।

    अस्पतालका निर्देशक प्रा.डा. सुवास आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए ।

    बिरामी संख्या अधिक भए पनि इमर्जेन्सीमा शय्या अभाव हुँदा एकै बेडमा दुई जनासम्म भर्ना गर्नुपरेपछि अस्पतालले शय्या थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शय्या पुर्‍याएको हो ।

    यसअघि आठ शय्यामात्र हुँदा कतिपय अवस्थामा एउटै बेडमा धेरैले उपचार गाउनुपर्ने बाध्यता थियो । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउने अस्पतालले जनाएको छ ।

    अस्पतालका अनुसार कम गम्भीर बिरामी रहने एल्लो एरियामा भने अब २० शय्या रहनेछ ।

  • एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

    एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि खेलाडी दर्ता खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी दर्ता खुला भएको जनाएको हो ।

    क्यानका अनुसार खेलाडीले आफ्नो इच्छाअनुसार ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा आफ्नो नाम दर्ता गराउने सक्नेछन् । पहिलो संस्करणबाट रिलिज भएका वा एनपीएलमा सहभागी हुन चाहने नेपाली खेलाडीहरूले https://npl-t20.com/registration मा गएर नाम दर्ता गर्न सक्ने उसले जनाएको छ । दर्ता शुल्क एक हजार कायम गरिएको छ ।

    साउन ६ गतेसम्म दर्ता खुला रहने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

     

  • सवारी चापले नागढुङ्गा-मुग्लिन सडक निर्माण प्रभावित

    सवारी चापले नागढुङ्गा-मुग्लिन सडक निर्माण प्रभावित

    काठमाडौं । नागढुङ्गा-मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभावित भएको छ ।

    नागढुङ्गा-मुग्लिन सडक योजना पूर्वी खण्डका योजना प्रमुख केशवप्रसाद ओझाले यस सडक खण्डमा आवातजावत गर्ने १५ हजारभन्दा बढी सवारीसाधनलाई व्यवस्थापन गरेर निर्माण गर्न समस्या भइरहेको बताए ।

    यस सडक खण्डमा डाइभर्सन पनि नभएको र काठमाडौं जोड्ने सडक बीपी र कान्ति राजमार्गले पनि सोचेको जस्तो सहयोग नगरेको हुँदा सवारी चापका कारण सडक निर्माणले तीव्रता लिन नसकेको उनको भनाइ छ ।

    ‘हालको अवस्थामा निर्माण सामग्रीको समस्या प्रमुख छ । दोस्रोमा १५ हजारभन्दा बढी सवारीसाधनलाई व्यवस्थापन गरेर निर्माण गर्न पनि समस्या भइरहेको छ’, योजना प्रमुख ओझाले भने, ‘यसको डाइभर्सन पनि छैन । काठमाडौं जोड्ने सडक बीपी राजमार्ग र कान्ति राजमार्गले पनि हामीले सोचेको जस्तो सहयोग नगरेको हुँदा सबै सवारी चाप यही सडकमा परेको छ ।’

    उनले दिनमा ८ घण्टा काम गर्ने समय पनि नपाएको भन्दै यसलाई समाधान गर्ने हो भने काम तीव्र रुपमा अगाडि बढ्ने बताए ।

    सवारी धनी, जिल्ला प्रशासन र ट्राफिकहरुसँग समन्वय गरेर गाडीको चाप कम हुने समयमा निर्माणलाई तीव्रता दिने काम भइरहेको उनको भनाइ छ ।

    योजना प्रमुख ओझाले अबको एक वर्षभित्र बाँकी २७ किलोमिटर पहिलो तहको कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखेका जानकारी दिए ।

     

  • खेलको माध्यमबाट खेलाडीले आयआर्जन गर्ने अवस्था बनिरहेको छ: मन्त्री चौधरी

    खेलको माध्यमबाट खेलाडीले आयआर्जन गर्ने अवस्था बनिरहेको छ: मन्त्री चौधरी

    मोरङ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट आयआर्जन गर्ने अवस्था बनाउँदै लगेको बताएका छन् ।

    कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आज विराटनगरमा आयोजित राष्ट्रपति रनिङ, अन्तरप्रदेश, राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी तथा खेलक्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गर्दै उनले खेलाडी खेलमार्फत आयआर्जन गर्न सक्षम बन्नु सुखद विषय भएको बताए ।

    मन्त्री चौधरीले सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा पदक प्राप्त गर्ने खेलाडीलाई ६५–६५ लाख रकम वितरण गरी आयआर्जनको अनुभूति गराएको उल्लेख गरे ।

    ‘नेपालको इतिहासमा पहिलो पटक खेलाडीहरूलाई चार करोड वितरण गरिएको छ । यो अपुग भएकाले मन्त्रालयले थप १५ करोड सरकारसँग माग गरेको छ’, उनले भने, ‘खेलकुदका लागि विनियोजन गरिएको ६ अर्बमध्ये चार अर्ब मुलुकको खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था गरेका छौँ ।’

    मन्त्री चौधरीले हाल मुलुकमा खेलेर बाँच्न सकिने अवस्था बनेकाले युवालाई खेलकुदप्रति विशेष ध्यान दिन आग्रहसमेत गरे ।

    उनले विगतमा कोशी प्रदेश खेलकुद क्षेत्रमा अगाडि रहे पनि पछिल्लो समय केही खस्किएको भन्दै सुधारमा ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराए ।

    प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासका लागि मोरङको सुन्दरहरैचा नगरपालिकास्थित पूर्वाञ्चाल विश्वविद्यालयको खाली जग्गामा खेलकुदग्राम निर्माण सुरु गरेको जानकारी दिए ।

    उनले प्रदेशमा खेलाडीको उच्च भविष्य रहेकाले लगनशीलताका साथ अगाडि बढ्न आग्रह गरे ।

    प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले प्रदेशमा खेल क्षेत्रको विकासका लागि विद्यालयस्तरदेखि पूर्वाधार निर्माण एवं प्रशिक्षणलगायत काम भइरहेको बताए ।

    त्यस अवसरमा १०१ जना खेलाडी, प्रशिक्षक, खेलकुद पत्रकार एवं खेलकुद प्रतियोगितामा सहयोग गर्ने उद्यमीहरूलाई नगदसहित सम्मान गरिएको थियो ।

  • सरकार ढल्छ भनेर कराउनेहरु कराऊन्, गठबन्धन चुनावसम्म जारी रहन्छ: प्रधानमन्त्री ओली

    सरकार ढल्छ भनेर कराउनेहरु कराऊन्, गठबन्धन चुनावसम्म जारी रहन्छ: प्रधानमन्त्री ओली

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धन २०८४ को चुनावसम्म जारी रहने बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकार नढल्ने दाबी गर्दै आफू अझै एक वर्ष प्रधानमन्त्री हुने जिकिर गरे ।

    ‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरु कराऊन् । सरकारको एक वर्ष बित्यो । अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु । त्यसपछि हाम्रो सहमतिबमोजिम नेपाली कांग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘चुनावसम्म यो यात्रा जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु ।’

    झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई आज जग्गाधनी पुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले मुलुकमा स्थिरता कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए ।

    उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै विधेयक पारित गरिने जानकारी दिए ।

    एमाले अध्यक्ष ओलीले देश विकासको गतिमा अग्रसर भएकोले निराशा र कुनै हल्लाको पछि लाग्नु नपर्ने बताउँदै शिक्षा र स्वास्थ्य आदिका क्षेत्रमा ठूलो परिवर्तन भएको जनताले अनुभव गरेको र अझै ठूलो परिवर्तनका लागि सरकारले काम गरिरहेको स्पष्ट गरे ।

    भूमि समस्या समाधान आयोग जिल्ला समिति झापाले गरेको कार्यक्रममा सो पालिकाका २०० जनालाई जग्गाधनी पुर्जा वितरण गर्दै प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गरे ।

  • नासाले ‘अक्सियम मिसन- ४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने

    नासाले ‘अक्सियम मिसन- ४’ को प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने

    ह्युस्टन । अमेरिकी अन्तरिक्ष संस्था नासाले ‘अक्सियम मिसन- ४’ अन्तर्गत अन्तरिक्षबाट फर्किंदै गरेका अन्तरिक्ष यात्रुको प्रस्थान प्रत्यक्ष प्रसारण गर्ने घोषणा गरेको छ ।

    नासाको सहकार्यमा सञ्चालित ‘अक्सियम मिसन- ४’ एक निजी अन्तरिक्ष अभियान हो, जसमा चार अन्तरिक्ष यात्रु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बसेर वैज्ञानिक अनुसन्धान गरेका थिए । यो मिशन सन् २०२५ जुन २५ मा स्पेस एक्सको रकेटमार्फत सुरु भएको थियो । टोलीमा अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सन, पोल्यान्डका स्लावोस उजनान्स्की, हंगेरीका टिबोर कपु र भारतका समूह कप्तान शुभांशु शुक्ला सहभागी थिए । शुक्ला अन्तरिक्षमा पुग्ने पहिलो भारतीय वायुसेना पाइलट हुन् ।

    मिसनका क्रममा करिब ६० भन्दा बढी अनुसन्धान सम्पन्न गरिएको थियो । अब टोली स्पेस एक्सको ड्रागन यानमार्फत पृथ्वी फर्किंदैछ र यसको प्रत्यक्ष प्रसारण नासाले जुलाई १४ मा गर्नेछ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (अअस) मा १७ दिन बिताएका चार सदस्यीय टोलीको नेतृत्व अनुभवी अमेरिकी अन्तरिक्ष यात्री पेगी विट्सनले गरेका छन् ।

    प्रस्थानको प्रत्यक्ष प्रसारण नासाको वेबसाइटमा हेर्न सकिनेछ । शुभांशु शुक्लाको यो सफल यात्रा भारतका लागि ऐतिहासिक उपलब्धि हो, जसले भविष्यमा अन्तरिक्ष क्षेत्रमा भारतीय सहभागिता अझ सशक्त बनाउने अपेक्षा गरिएको छ । -रासस/एएनआई

  • इतर पक्षको भेला लक्षित लिङदेनको टिप्पणी- मेरो गुट छैन, नयाँ मान्छे ल्याउँदा शत्रु ठान्नेबाट पार्टी बन्दैन (भिडिओ)

    इतर पक्षको भेला लक्षित लिङदेनको टिप्पणी- मेरो गुट छैन, नयाँ मान्छे ल्याउँदा शत्रु ठान्नेबाट पार्टी बन्दैन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा आफ्नो कुनै गुट नभएको बताएका छन् । काठमाडौं ५ द्वारा आयोजित जनजागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशनको मिति समय आएपछि तोकिने बताए ।

    अध्यक्ष लिङदेनदेखि असन्तुष्ट महामन्त्री डा. धवलशमशेर राणाको संयोजनमा संस्थापन इतर नेताहरू भेला बसेको थियो । त्यही भेलालाई लक्षित गर्दै उनले भने, ‘म सबैलाई भन्छु, पार्टीभित्र मेरो गुट छैन, मेरो पार्टीभित्र कोही विपक्षी छैन, विपक्षी को हो, जसले पार्टीलाई मुठ्ठीमा राख्न खोज्छ, नयाँ मान्छेहरू आउँदा शत्रु आए जस्तो ठान्छ । ती मानिसहरूसँग मेरो फरक मत छ ।’

    नयाँ मानिसहरू नआई पार्टी ठूलो बन्दै नबन्ने भन्दै अध्यक्ष लिङदेनले कांग्रेस, एमाले, माओवादीबाट मानिसहरू ल्याउनुपर्ने बताए ।

    उनले थपे, ‘अहिले महाधिवेशनमा को अध्यक्ष हुने भनेर लाग्ने बेला भएको छैन । टाइम आएपछि आआफ्नो उम्मेदवारी घोषणा गरेर साथीहरू हिँड्दा भयो । साथीहरूलाई म एक पटक फेरि आउनुपर्छ भन्ने लागे, मलाई पनि त्यस्तो लागे म पनि घोषणा गरुँला । कोही उपयुक्त भयो भने सहयोग गरेर पनि हिँडौँला । पद कसैले जीवनभर पाउने कुरा होइन ।’

    उनले विधानमै एउटा व्यक्ति दुई पटक भन्दा नेतृत्वमा आउन नहुने उल्लेख गरेको बताए ।

    लिङदेनले थपे, ‘मैले अब बेसी पाए एक चोटीमात्रै पाउँछु । एक चोटी म हुन पाउने सुविधा छ, तर नहुँदा मलाई कुनै पश्चाताप छैन । मैले जति सक्छु राम्रो गर्ने हो । पार्टीलाई योगदान गर्न पदमै बस्नुपर्छ भन्ने छैन । त्यसैले हामी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प छैन ।’

    उनले राजावादी आन्दोलन आफ्नो नेतृत्वमा नभएको भन्दै सहयोगमात्रै गरेको भन्ने कुरा पार्टीकै नेताहरूले बुझ्नुपर्ने बताए ।

    उनले भने, अहिले हाम्रो पार्टीभित्रका साथीहरूले राजेन्द्रले आन्दोलन तुहायो, आन्दोलन गरेन भन्नेहरूले राजेन्द्रबाट आन्दोलन हुँदैन नयाँ नेतृत्व चाहिन्छ भनेर नवराज सुवेदी दाइलाई खोजे, उहाँलाई बनाएपछि हुन्छ भने हामीले मान्दियौँ। देशभरको कार्यकर्ता हामीले उभ्यायौं । आन्दोलनको नेतृत्व गर्नेहरूले किन स्थगित भयो भन्ने भन्नुपर्‍यो नि ! मैले आन्दोलन स्थगित भनेर विज्ञप्ति निकालेका छैन ।’

    अध्यक्ष लिङदेनले आजै गणतन्त्र समाप्त भएर राजालाई नारायणहिटीमा राख्ने चाहना रहेको बताए ।

  • बुटवलपछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट

    बुटवलपछि काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट

    काठमाडौं । नेपाली बजारमा हट एन्ड स्पाइसी नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यशोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’को नयाँ शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ ।

    बुटवलमा रहेको करेन्ट पोइन्टको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले शुक्रबारदेखि काठमाडौंको अनामनगरमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।

    सिंहदरबारको विपरीत दिशामा न्यू प्लाजा जाने बाटोमा खोलिएको यस करेन्ट पोइन्टको उद्घाटन अभिनेत्री तथा करेन्ट नुडल्सकी ब्रान्ड एम्बेसडर केकी अधिकारीले गरेकी हुन् । उहाँको उपस्थितिमा ग्राहक तथा शुभचिन्तकहरुको उत्साहजनक भीड लागेको थियो ।

    उक्त अवसरमा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवलमा करेन्ट पोइन्टले पाएको माया र सफलताले आफूहरुलाई काठमाडौंमा शाखा विस्तार गर्न प्रेरित गरेको बताए ।

    उनले भने, ‘काठमाडौंका नुडल्स पारखीहरू विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो । हामी आशा गर्छौं, करेन्ट पोइन्टले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अवश्य पूरा गर्नेछ ।’

    त्यस्तै यशोदा फुड्सका ग्लोबल सीईओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा जानकारी दिएका थिए ।

    करेन्ट पोइन्टमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । यहाँ ग्राहकहरूले करेन्ट चाउचाउका विभिन्न नयाँ परिकारहरूको स्वाद लिन पाउनेछन्, जुन उनीहरूले पहिले कहिल्यै चाखेका छैनन् ।

    साथै ग्राहकहरूले आफ्नो रुचिअनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् । विशेषगरी युवा पुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र डेलिसियस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

    सन् २०१७ मा स्थापित यशोदा फुड्स प्रालि नेपालको एक अग्रणी खाद्य तथा पेयपदार्थ उत्पादक कम्पनी हो । कम्पनीले ‘करेन्ट’ ब्रान्डअन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउ उत्पादन गर्छ । ‘करेन्ट’ बाहेक कम्पनीले चिजबल्स, स्टिक्स, पोट्याटो क्राकर्स तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ । कम्पनीले नेपाली उत्पादन २२ भन्दा बढी देशमा निर्यात गर्दै आएको छ ।

  • गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

    गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

    गाजा सहर । गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा भइरहेको अप्रत्यक्ष वार्तामा इजरायलको सेना फिर्तीसम्बन्धी प्रस्तावले ठूलो अवरोध सिर्जना गरेको दुई प्यालेस्टिनी स्रोतले शनिबार बताएका छन् ।

    गत आइतबारदेखि कतारको राजधानी दोहामा दुवै पक्षका प्रतिनिधिहरूबीच २१ महिनादेखिको युद्धमा अस्थायी विराम ल्याउने उद्देश्यले छलफल भइरहेको छ । यो द्वन्द्व सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि आक्रमण भएपछिको हो ।

    हमास र इजरायल दुवैले सो दिन अपहरण गरिएका जीवित १० बन्धकलाई युद्धविरामको सहमति भएमा रिहा गरिने बताएका छन्, तर एक जानकार प्यालेस्टिनी स्रोतका अनुसार इजरायलले गाजाबाट पूर्ण रूपमा सेना फिर्ता गर्न अस्वीकार गरेकाले सहमति टाढिएको छ ।

    ‘हाल दोहामा जारी वार्ता जटिल मोडमा पुगेको छ । इजरायलले जुन नक्सा प्रस्तुत गरेको छ, त्यसले वास्तवमा सेना फिर्ता होइन, पुनः तैनाथीको संकेत गर्छ’, स्रोतले भन्यो ।

    हमासले गाजाबाट इजरायली सेनाको पूर्ण फिर्तीको माग राख्दै आएको छ, जहाँ दुई करोडभन्दा बढी मानिस बसोबास गर्छन्, तर इजरायली पक्षले प्रस्तुत गरेको नक्सामा करिब ४० प्रतिशत क्षेत्रफलमा सैन्य उपस्थिति कायम राख्ने प्रस्ताव गरिएको छ ।

    ‘यस्तो प्रस्तावले गाजा फेरि टुक्रा-टुक्रा पारिएको, सिमाना बन्द भएको र स्वतन्त्रताविहीन क्षेत्रमा परिणत हुने खतरा पैदा गर्छ’, स्रोतले उल्लेख गरेको छ ।

    मध्यस्थकर्ताहरूले वार्ता केही समयका लागि स्थगित गर्न आग्रह गर्दै संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कफ दोहा पुग्नेबित्तिकै छलफल पुनः सुरु गरिने जनाएका छन् ।

    अर्का एक प्यालेस्टिनी स्रोतका अनुसार प्यालेस्टिनी बन्दीहरूको रिहाइ तथा गाजामा मानवीय सहायता पुर्‍याउने विषयमा केही प्रगति भएको छ, तर उनले इजरायली प्रतिनिधिमण्डलमाथि कुनै ठोस निर्णय गर्नसक्ने अधिकार नरहेको र ‘युद्धलाई निरन्तरता दिन वार्ता रोक्ने प्रयास भइरहेको’ आरोप लगाए । -रासस/एएफपी

  • ‘विद्या भण्डारी एमाले नेतृत्वमा आउँदा वामपन्थी एकताको वातावरण बन्नसक्छ’

    ‘विद्या भण्डारी एमाले नेतृत्वमा आउँदा वामपन्थी एकताको वातावरण बन्नसक्छ’

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किँदा वामपन्थी एकताको लागि सकारात्मक वातावरण बन्नसक्ने बताएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले अहिले केपी ओलीले अपहरण गरेर बन्धक बनाएकोले तत्काल वामपन्थी एकताको सम्भावना नभएको बताए ।

    उनले भने, ‘एमालेलाई केपी ओलीले अपहरण गरेर बन्धक बनाउनुभएको छ । एमाले ओलीको अपहरणबाट मुक्त नभइकन वामपन्थीहरुबीच एकता असम्भव छ । एमालेसँग तत्काल सहकार्यको सम्भावना छैन ।’

    संविधानको रक्षा र कार्यान्वयन गर्न एमालेभन्दा कांग्रेसको सहकार्य नै सापेक्षित प्रगतिशील हुने नेता दाहालले बताए ।

    उनले ओली सरकार असफल भइसकेको भन्दै राष्ट्र र जनतालाई हितमा राखेर एउटा पनि काम नगरेको दाबी गरे ।

    प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता दाहालले भने, ‘अङ्कगणितको हिसाबले यो सरकार छ, कानूनी हिसाबले पनि सरकार छ, तर जनताको नजरमा सरकार छैन । ढलिसकेको छ । विकास निर्माणमा सरकार छैन । सार्वजनिक सेवा प्रवाहमा सरकार छैन । अन्तर्राष्ट्रिय जगतमा सरकार छैन । सरकार कहाँ छ त ?’

  • झाँक्रीबारे नेकपा एस- अध्यक्षलाई सिनो भन्नुभयो, माफी मागे एक पटकलाई मौका दिन्छौँ (भिडिओ)

    झाँक्रीबारे नेकपा एस- अध्यक्षलाई सिनो भन्नुभयो, माफी मागे एक पटकलाई मौका दिन्छौँ (भिडिओ)

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष माधव नेपालविरुद्ध बोलेको अभिव्यक्ति गल्ती भयो भनेर माफी मागे पार्टीले कारबाही नगर्ने बताएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अध्यक्षविरुद्धको अभिव्यक्तिले झाँक्रीलाई नै नोक्सानी गरेको दाबी गरे ।

    उनले भने, ‘उहाँले बोल्नुभएको कुरा जगजाहेर छ । जे आफूले बोल्नुभयो, त्यसले उहाँलाई नोक्सान गरेको छ । सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन । माधव नेपाल स्वच्छ रुपमा अहिले पनि देशको अग्रणी भूमिकामा हुनुहुन्छ । उहाँलाई भ्रष्टाचारी भनेको धेरै मान्छेले रुचाउँदैनन्, पत्याउँदैनन् ।’

    सचिव पाण्डेले पार्टीले कस्तो कारबाही गर्ने भन्ने कुरा जवाफमा निर्भर हुने बताए ।

    उनले थपे, ‘उहाँले अध्यक्षविरुद्ध मरेको सिनो भनेरसमेत भन्नुभयो, मानवीय हिसाबले पनि त्यस्तो शब्द प्रयोग गरिन्न । हामी सचिवालय बैठक बस्यौँ । छलफल गर्‍यौँ । यदि उहाँ सुध्रिने हो भने लिखित रूपमा यो कुरा नदोहोर्‍याउने गरी र भोलिका दिनमा अब यस्ता शब्दहरू निस्किँदैनन् भन्नुभयो भने स्पष्टीकरणबाट माफी मिनाहा गर्ने सोचमा छौँ । उहाँले कुन खालको रिपोर्ट दिनुहुन्छ, त्यसमा भर पर्छ । जवाफपछि मात्रै यसको टुङ्गो लाग्छ ।’

    झाँक्रीलाई गएको सचिवालय बैठकले ७ दिनभित्र माफी मागेर स्पष्टीकरणको जवाफ दिन निर्देशन दिएको थियो, तर उनले अभिव्यक्ति गलत भयो भनेर माफी नमाग्ने सार्वजनिक रूपमै बताइसकेकी छन् ।

  • प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई वितरण गरे जग्गाधनी पुर्जा

    प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई वितरण गरे जग्गाधनी पुर्जा

    इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई नगरपालिकाको शितलीमा १५ शय्याको अस्पताल आज उद्घाटन गरेका छन् ।

    बृहत् खानेपानी आयोजनाको शिलान्याससमेत गरेका प्रधानमन्त्री ओलीले सो पालिकाका १७६ अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेका छन् ।

    कार्यक्रममा उनले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहेको उल्लेख गर्दै देखिएका अरु समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए ।

    मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयवासीलाई प्रधानमन्त्री ओलीले आग्रह गरे ।

    प्रधानमन्त्री ओलीलाई मेयर खम्बासिंह लिम्बूले मागपत्र पनि बुझाएका छन् ।

  • मन्त्री गुप्ताले घुस डिल गरेको अडियोबारे छानबिन गर्न कांग्रेस नेताको माग

    मन्त्री गुप्ताले घुस डिल गरेको अडियोबारे छानबिन गर्न कांग्रेस नेताको माग

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली स्नेहीले सरकारका मन्त्रीहरुले घुस काण्ड डिल गरेको अडियो आएको भन्दै छानबिन गर्न माग गरेका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आरोप लागेपछि मन्त्रीहरुले पनि नैतिकता देखाउनुपर्ने बताए ।

    सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो । उनले भूमिमन्त्री बलराम अधिकारीलाई पनि जोडेका छन् । दुवै मन्त्री प्रधानमन्त्री केपी ओली नेतृत्वको एमालेका हुन् ।

    त्यसबारे सांसद स्नेहीले भने, ‘सरकारका मन्त्रीहरुले पनि नैतिकता प्रदर्शन गर्नुपर्छ । मूलधारका मिडियामा सरकारका मन्त्रीहरुको वार्तालाप नै बाहिर आयो । यसले सरकारमाथि चुनौती थपिएको छ । सरकारले यसमा छानबिन पनि गर्नुपर्छ । सरकारका मन्त्रीहरुले नैतिकता पनि देखाउनुपर्छ । यदि भएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ ।’

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै भीआईपी र भीभीआईपी डेक्स

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै भीआईपी र भीभीआईपी डेक्स

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टाछुट्टै भीआईपी र भीभीआईपी डेस्कको व्यवस्था गरिएको छ ।

    अध्यागमन कार्यालयले विशिष्ट (भीआईपी) एवं अति विशिष्ट (भीभीआईपी) व्यक्तिको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन तथा प्रस्थान सरल, सहज, शिघ्र एवं सुविधायुक्त बनाउन कार्यालयले छुट्टाछुट्टै डेस्क व्यवस्था गरिएको हो ।

    नागरिक उड्डयन, पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले शनिबार एक कार्यक्रमबीच उक्त डेस्कको उद्घाटन गरेका छन् ।

    उक्त डेस्क प्रयोग गरी आगमन र प्रस्थान गर्नेले अध्यागमन प्रक्रियामा बायोमेट्रिक लिन नपर्नेले अनिवार्य रूपमा अध्यागमन प्रक्रिया भीआईपी भीभीआईपी डेस्कमा स्वयं उपस्थित भई फोटोसमेत खिचाई पूरा गर्न प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले आग्रह गरेका छन् ।

    उनका अनुसार नेपाल राजपत्रमा उल्लेखित व्यक्तिले मात्र उक्त भीआईपी भीभीआईपी डेस्कको प्रयोग गरी अध्यागमन प्रक्रियालाई सहज बनाइदिनु आग्रह गरिएको छ ।

  • जबजको विचारलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्छ: विद्या भण्डारी (भिडिओ)

    जबजको विचारलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्छ: विद्या भण्डारी (भिडिओ)

    काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को विचारलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित गर्नुपर्ने बताएकी छन् ।

    मदन भण्डारी फाउन्डेसनले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाज रूपान्तरणको लागि विचार नै सबैभन्दा महत्त्वपूर्ण कुरा भएको बताइन् ।

    उनले भनिन्, ‘जबजलाई अन्तर्राष्ट्रिय रूपमा पुर्‍याउने एउटा आधिकारिक माध्यमको लागि प्रयास पनि हो । यसले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रूपमा बुझ्न र व्यावहारिक रूपमा अवलम्बन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन योगदान गर्नसक्छ ।’

    जबज सामाजिक र आर्थिक रूपान्तरणको सिद्धान्त भएको उनले बताइन् ।

    जबजका प्रणेता मदनपत्नी पूर्वराष्ट्रपति भण्डारीले थपिन्, ‘जबजले मार्क्सवाद, लेनिनवादको आधारमा नेपाली समाजको गहिरो विश्लेषण गर्दै यहाँको ऐतिहासिक सामाजिक, सांस्कृतिक तथा भूराजनीतिक विशेषतालाई आत्मसात गरी समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिस्पर्धालाई समावेश गर्दै एउटा विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको छ ।’

  • कैलाली कारागारभित्र कुटपिट: नाइके घाइते, जेलरविरुद्ध नाराबाजी

    कैलाली कारागारभित्र कुटपिट: नाइके घाइते, जेलरविरुद्ध नाराबाजी

    कैलाली । कैलाली कारागारमा शनिबार कुटपिट भएको छ । दिउँसो कारागारका नाइके खगेन्द्र बोगटीमाथि कुटपिट भएको हो ।

    कुटपिटमा परेका बोगटीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको नाक र मुखमा चोट लागेको प्रहरीले जनाएको छ ।

    सामान्य विवादबीच बोगटीमाथि कुटपिट भएको बताइएको छ ।बोगटीमाथि कपिल श्रेष्ठको समूहले कुटपिट गरेको आरोप छ ।

    घटनालगत्तै कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणालगायतको टोली कारागार पुगेको छ । उनीहरूकै अगाडि कैदीबन्दीहरू जेलर वसन्त खत्रीविरूद्ध खनिएका छन् ।

    ‘हामीहरूलाई सुरक्षा दिनुपर्ने जेलर नै बाह्य शक्तिको पछाडि लागेर जेलभित्र विभिन्न समस्या सृजना गर्न लागिपरेका छन्’, उनीहरूले सीडीओ र प्रहरी प्रमुखसमक्ष बताएका थिए ।

    जेलर खत्रीले अघिल्लो दिन दुई व्यक्तिलाई आफ्नो फोनमार्फत बाह्य एक व्यक्तिलाई सम्पर्क गर्न लगाएको र त्यही विषय जेलभित्र प्रवेश गरेपछि कुटपिट भएको उनीहरूले आरोप लगाएका छन् ।

    उनीहरूले सीडीओ र प्रहरी प्रमुखकै अगाडि जेलर खत्रीले मनोमानी गरेको भन्दै उनीविरुद्ध नाराबाजी गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी राणाले कैदीबन्दीहरूबीच सामान्य विवाद भएको बताउँदै अहिले घटना साम्य भइसकेको बताए ।

    ‘सामान्य विवादपछि घटना भएको देखिन्छ । अहिले एक जनाको उपचार भइरहेको छ’, उनले भने, ‘हामीले घटनाबारे बुझिरहेका छौँ छानबिन हुन्छ । दोषीमाथि कारबाही हुन्छ ।’

    सुरक्षा स्रोतका अनुसार बिहीबार प्रमुख जिल्ला अधिकारी हमालले गरेको निरीक्षणको क्रममा ब्लक ‘ए’ मा रहेका कैदीहरूसँग मोबाइल फेला परेको थियो ।

    कारागार प्रशासनकै लापरबाहीका कारण यसअघि पनि यहाँ विभिन्न घटना हुने गरेको छ । यसअघि कारागारभित्रै डडेलधुराका २८ वर्षीय हरिससिंह पालीको रहस्यमय मृत्यु भएको थियो । त्यस्तै कैलालीको घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दीपक विकको पनि कारागारभित्र मृत्यु भएको थियो ।

  • आफैँ खर्च जुटाएर वाद्यवादन सिक्दै महिला

    आफैँ खर्च जुटाएर वाद्यवादन सिक्दै महिला

    पाल्पा । रामपुर नगरपालिका- ५ स्थित बेझाडका महिलाले आफैँ खर्च जुटाएर वाद्यवादनसम्बन्धी सीप सिक्न थालेका छन् । कला, संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले यहाँका १० जना महिलाले वाद्यवादनसम्बन्धी सीप सिक्न थालेका हुन् ।

    शिवकुमारी वाग्लेलाई मादलमा हात कसरी राख्ने भन्ने थाहा थिएन । गाउँघरमा अरुले लय निकालेर मादल बजाएको देख्दा आफूलाई पनि बजाउने रहर लाग्ने गरेको सुनाउँदै उनले १० जनाले संयुक्त रूपमा खर्च उठाएर मादल बजाउने सीप सिक्न थालेको जानकारी दिइन् । यसले कला, संस्कृतिको संरक्षण हुनुका साथै पुस्तान्तरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

    ‘यसअघि सीप सिक्ने इच्छा हुँदाहुँदै पनि उचित वातावरण थिएन । सानैदेखिको मादल बजाउने रहर अहिले आएर पूरा भएको छ । घरमा अहिले प्रायःजसो मादलका धुन गुञ्जिन्छ । मादल बजाउने कार्य एक किसिमको आदत जस्तै बनिसकेको छ’, वाग्लेले भनिन् ।

    सङ्गीत एउटा मन भुलाउने माध्यम हो भन्दै छोराछोरी बढ्दै गएपछि आफ्नो पेसामा व्यस्त हुँदा मादल बजाउने सीपले घरमा एक्लोपन हुन नदिएको वाग्लेले धारणा राखिन् ।

    ‘वाद्यवादन सिकेपछि अहिले घरमा सङ्गीत चलिरहन्छ, यसले मनलाई आनन्द दिनुका साथै समयको सदुपयोग र शरीर फुर्तिलो बन्दै गएको छ’, उनले भनिन् ।

    मादलबाहेक अन्य वाद्यवादनका सीप पनि सिक्दै जाने योजना रहेको उनले बताइन् । वाद्यवादनतिर लाग्न थालेपछि मोबाइलको प्रयोग कम, अनावश्यक रूपमा खर्चिने समयको सदुपयोग र शारीरिक कसरत पनि भइरहेको वाग्लेले बताइन् ।

    गाउँमा अरुले थरीथरीका ताल निकालेर मादल बजाएको देख्दा सरिता अर्याल गैरेलाई पनि आफूले त्यसरी नै मादल बजाउने रहर थियो । आफ्नो मनभित्रका रहर अहिले पूरा हुन थालेको उनले बताइन् । मादलमा हात राम्ररी चलाउन नजान्ने गैरे अहिले थरीथरीका ताल निकालेर बजाउँछिन् ।

    ‘सङ्गीतमा रुचि धेरै छ, गाउँमा सङ्गीत सिक्ने पाठशाला छैन । पहिलेदेखिको रहर अहिले आफ्नै लगानीमा भए पनि सीप सिकेर पूरा गरिएका छौँ, अब मादलबाहेक अन्य वाद्यवादन बजाउने सीप सिकेर एउटा कुशल वाद्यवादक बन्ने अठोट छ, त्यो सपना पूरा गर्ने कोसिसमा छु’, उनले भनिन् ।

    तीज, विवाह, शुभकार्यमा गाउँघरमा युवा जनशक्ति कम हुँदै जाँदा मादल बजाउने व्यक्तिको अभावलाई परिपूर्ति गर्न महिलाहरु मिलेर सामूहिक रूपमा मादल बजाउने सीप सिकेको सीता सिग्देलले बताइन् । मादल तथा प्रशिक्षकको आफैँ व्यवस्थापन गरेर करिब एक महिनासम्म मादल बजाउने सीप सिकेपछि अहिले सबैजसो लयमा बजाउन सक्ने भएको उनको अनुभव छ ।

    सीप सिकेपछि घरमा समय मिलाएर बजाउने र विभिन्न लयमा सिक्ने कार्य भइरहेको तुल्सी रेग्मीले उल्लेख गरिन् । घरमा मादल, हार्मोनियमलगायत विभिन्न थरीका वाद्यवादनका सामग्री रहेको भन्दै एक पटक सीप सिकेपछि विभिन्न लयमा बजाउन समस्या नभएको उनको अनुभव छ ।

    उनले मादलसँगै हार्मोनियम, खैजडी, मुजुरालगायत वाद्यवादनका सामग्री बजाउने गरिरहेकी छन् । घरमै वाद्यवादन भएकाले सो सामग्री व्यवस्थापनमा समस्या नभएको उनको भनाइ छ ।

    रामपुर बेझाडस्थित राधाकृष्ण मन्दिरमा दिउँसोको समयमा यहाँका महिलालाई ऋषि ढकालले प्रशिक्षकका रूपमा सीप सिकाएका हुन् । आफूले जानेको सीप सिकाउन पाउँदा उत्साहित भएको उनले बताए ।

    सुरुमा सिकाउन गाह्रो भए पनि सहभागीले सिक्न थालेपछि सजिलो हुँदै गएको उनको अनुभव छ ।

    ‘सुरुमा कसरी सिक्नुहुन्छ होला भन्ने लागेको थियो, मादलमा हात राम्ररी राख्न थालेपछि विस्तारै सिक्दै जानुभयो । दश दिन मादलमा हात बसाल्नै समय लाग्यो, त्यसपछि विस्तारै तालमा बजाउने सीप सिकेपछि अहिले एउटा वाद्यवादकले जसरी नै मादल बजाउनुहुन्छ । छोटो समयमा पनि राम्रो सीप सिक्नुभएको छ’, प्रशिक्षक ढकालले भने ।

    मादलका लागि सिकारुलाई आठमात्राको ख्याली (जहाँ आठ प्रकारका ख्याली) बजाउन सिकाइने उनले जानकारी दिए । सहभागीले रत्यौली, पूजाआजा, भजनकीर्तनमा प्रयोग हुने मादलसम्बन्धी सीप हासिल गरेको प्रशिक्षक ढकालले उल्लेख गरे ।

    सानै उमेरदेखि वाद्यवादनमा लागेका ढकालले ‘भित्रदेखि सिक्छु’ भनेर लागियो भने सङ्गीत सिकाइ पूरा हुने आफ्नो अनुभव सुनाए । उनले भजनकीर्तन, पूजाआजा, शुभकार्य, विभिन्न कार्यक्रमलगायत विभिन्न कार्यमा सहभागी भएर वाद्यवादकको काम गर्दै आएका छन् ।

    यहाँका महिलाले रत्यौलीमा प्रयोग हुने ख्याम्टा, झ्यारे भाकाको ताल, झ्याउरे भाकालगायत सीप सिकेका छन् । पहिला वाद्यवादन क्षेत्रमा पुरुषकै वर्चश्व हुन्थ्यो । अहिले युवा जनशक्ति गाउँमा बसोबास नगर्दा पुरुष वाद्यवादक पनि कम हुँदै जान थालेको अवस्थामा रत्यौली, पूजाआजा, भजनकीर्तनलगायत विभिन्न कार्यक्रममा महिलाले वाद्यवादकको काम गर्न थालेपछि संस्कृति संरक्षणका साथै पुस्तान्तरण भइरहेको स्थानीय बताउँछन् ।

    वाद्यवादनमा रुचि भएका महिलालाई लक्षित गरेर सीप विकासको तालिम दिएमा कुशल वाद्यवादक उत्पादन हुने प्रशिक्षक ढकालले बताए ।

    ‘वाद्यवादन एउटा मानव मन भुलाउने माध्यम हो । यसले सबैको मनलाई छोएको हुन्छ । त्यसकारण तल्लो तहदेखि सीप विकास गर्न यस्ता खालका कार्यक्रममा सम्बद्ध निकायले जोड दिनुपर्छ’, उनले भने ।

    -सुशीला रेग्मी/रासस

  • मधेशमा बजेट विवाद- प्रतिपक्षीद्वारा निरन्तर प्रदेशसभामा अवरोध

    मधेशमा बजेट विवाद- प्रतिपक्षीद्वारा निरन्तर प्रदेशसभामा अवरोध

    जनकपुरधाम । मधेश सरकारले ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा देखिएका त्रुटि सच्याउन बनेको कार्यदलप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरुले आज छैठौं दिन पनि प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् ।

    सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाउँदै संसद अवरुद्ध पारेका हुन् ।

    नेकपा माओवादी केन्द्रका सांसद युवराज भट्टराईले बजेटमा बिचौलियाको प्रवेश भएको विषयमा छानबिन गर्न वा भएको त्रुटि सच्याउन बनाइएको कार्यदलमा मन्त्रीलाई राखेकोमा आपत्ति जनाए । उनले कार्यदलबाट मन्त्रीको नाम नहटाएसम्म संसद चल्न नदिने जानकारी गराए ।

    बजेट पुनर्लेखनको माग राख्दै प्रतिपक्षी दलहरुले निरन्तर संसद बैठक अवरुद्ध पारेपछि सत्तारुढ दल र प्रतिपक्षी दलहरुबीच कार्यदल गठन गर्ने सहमति भएको थियो ।

    मुख्यमन्त्री सतिशकुमार सिंहको आग्रहमा सभामुख मण्डलले आफ्नो संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए, तर उक्त कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई पनि राखिएपछि विवाद भएको हो ।

    प्रदेशसभा बैठकमा आज पनि प्रतिपक्षी दलले अवरोध गरेपछि सभामुख मण्डलले कार्यदलको संयोजकमा नबस्ने घोषणा गरे । उनले बजेटको त्रुटि सच्याउन समयसमेत नरहेकाले आफू कार्यदलको संयोजक नबस्ने स्पष्ट पारे ।

    सभामुख मण्डलले बजेटको विषयको विवाद छलफलकै माध्यमबाट टुंग्याउन प्रतिपक्षी दलहरुलाई आग्रह गरे, तर प्रतिपक्षी दलहरुले नमानेपछि उनले विनियोजन विधेयकमाथिको छलफल अगाडि बढाउन प्रयास गर्दा पनि सम्भव भएन । त्यसपछि उनले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

  • एयर इन्डिया दुर्घटनाकाे प्रारम्भिक प्रतिवेदन: इन्धन आपूर्ति बन्द भएको खुलासा

    एयर इन्डिया दुर्घटनाकाे प्रारम्भिक प्रतिवेदन: इन्धन आपूर्ति बन्द भएको खुलासा

    नयाँ दिल्ली । भारतको अहमदाबादबाट बेलायतका लागि उडेको एयर इन्डियाको यात्रुवाहक विमान जुन १२ मा दुर्घटना हुँदा २६० जनाको ज्यान गएको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । दुर्घटनाको केही क्षणअघि विमानका दुवै इन्जिनमा इन्धन आपूर्ति रोकिएको पुष्टि भएको छ ।

    भारतको विमान दुर्घटना अनुसन्धान विभाग (एएआईबी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विमानले उडानपछि अधिकतम गति लिएको केही सेकेन्डमै इन्जिन-१ र इन्जिन-२ का इन्धन नियन्त्रण स्विचहरू ‘सञ्चालन’ बाट ‘बन्द’ स्थितिमा क्रमशः एक सेकेन्डको अन्तरमा सारिएका थिए ।

    ककपिटमा रेकर्ड गरिएको कुराकानीमा एक पाइलटले अर्का पाइलटलाई सोधेका छन्, ‘तपाईंले इन्धन किन बन्द गर्नुभयो ?’ जवाफमा उनले ‘मैले बन्द गरेको होइन’ भनेका छन् । त्यसपछि विमान केही बेरमै जमिनमा खसेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    दुर्घटनापछि इन्धन आपूर्ति पुनः सुरु भएको र इन्जिन सञ्चालनमा आउने संकेत देखिए पनि पाइलटले ‘आपतकालीन सन्देश’ पठाइसकेका थिए । त्यसपछि विमान पूर्ण रूपमा नियन्त्रण बाहिर गएको थियो ।

    प्राविधिक त्रुटि छैन

    प्रतिवेदनमा सन् २०१८ मा संयुक्त राज्य विमान नियामक निकायले इन्धन नियन्त्रण प्रणालीमा लक गर्ने प्रविधि असफल हुनसक्ने विषयमा जानकारी दिएको स्मरण गरिएको छ, तर यो बाध्यकारी निर्देशन नभएको भन्दै एयर इन्डियाले सो सुझावअनुसार निरीक्षण नगरेको जनाएको छ ।

    प्रतिवेदनमा विमान निर्माता तथा इन्जिन निर्माता कम्पनीको तर्फबाट कुनै प्राविधिक कमजोरी नदेखिएको जनाइएको छ । साथै विमान सञ्चालनसम्बन्धी सम्पूर्ण निर्देशनहरू पालना गरिएको पनि उल्लेख छ ।

    एक जनामात्र बाँच्न सफल

    दुर्घटनामा एक जनामात्र यात्रु जीवित रहेका छन्, जो बेलायतका नागरिक हुन् । उनी विमान दुर्घटनापछि केही दूरी हिँडेर सुरक्षित स्थानमा पुगेका थिए र अहिले स्वास्थ्य संस्थाबाट घर फर्किसकेका छन् ।

    विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य रहेका थिए । दुर्घटनाका कारण जमिनमा रहेका १९ जनाको पनि ज्यान गएको छ भने केही घाइते भएका छन् ।

    अनुसन्धान अझै जारी

    दुर्घटनाको कारण अझै पूर्ण रूपमा पुष्टि भइसकेको छैन । अन्तर्राष्ट्रिय विज्ञ, विमान निर्माता कम्पनी, इन्जिन निर्माता तथा सम्बन्धित निकायहरू मिलेर अनुसन्धान गरिरहेका छन् । बाँकी प्रमाण संकलन तथा विश्लेषणको कार्य जारी छ ।

    एयर इन्डियाले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको जनाएको छ भने विमान निर्माता कम्पनीले प्रभावित सबैप्रति समवेदना व्यक्त गरेको छ । -रासस/एएफपी

  • देशमा केही भएन भन्ने भाष्य गलत: उपप्रधानमन्त्री सिंह

    देशमा केही भएन भन्ने भाष्य गलत: उपप्रधानमन्त्री सिंह

    काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताएका छन् ।

    नेपाली कांग्रेस नागार्जुन नगरपालिका- २ ले आज आयोजना गरेको ‘एसइई सम्मान’ कार्यक्रममा उनले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गरे ।

    उनले भने, ‘देशमा केही भएन, हुँदैन भन्ने गलत भाष्य बनाउन खोजिएको छ । जसले जे भने पनि त्यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन । युवा विद्यार्थीहरूले सत्य-तथ्य बुझेर विवेकको प्रयोग गर्नुपर्छ । विगतमा के थियो र अहिले के परिवर्तन भएको छ, युवा र विद्यार्थीहरूले आफ्ना अग्रज र अभिभावकहरूसँग सोधेमा स्पष्ट हुन्छ । अझै धेरै गर्न बाँकी छ, तर केही नभएको भन्ने भाष्य गलत हो ।’

    उपप्रधानमन्त्री सिंहले नेपालको शिक्षा क्षेत्रमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएको औंल्याए । आफू विद्यार्थी हुँदा विषय छनोटमा सीमितता रहेको स्मरण गर्दै उपप्रधानमन्त्री सिंहले नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरको शिक्षा प्राप्त गर्न सकिने अवस्था सिर्जना भएको बताए ।

    ‘देशलाई विकास र निर्माणको बाटोमा अगाडि बढाउने जिम्मेवारी हाम्रो हो, यसमा हामी गम्भीर भएर काम गर्नुपर्छ र गरिरहेका छौँ’, उनले भने ।

    उपप्रधानमन्त्री सिंहले अध्ययन गर्नमात्र विदेश जानुपर्ने बाध्यता अहिले नरहेको बताउँदै देशमै बसेर उच्च शिक्षा आर्जन गर्न विद्यार्थीहरूलाई आग्रह गरे ।

  • अमेरिका छाडेर रुकुमपूर्व पुगेका युवा डाक्टर खराल- म गाउँमै केही गरेर देखाउन चाहन्छु

    अमेरिका छाडेर रुकुमपूर्व पुगेका युवा डाक्टर खराल- म गाउँमै केही गरेर देखाउन चाहन्छु

    रूपन्देही । अमेरिका जाने धेरै नेपालीको सपना हुन्छ । अमेरिका पुगेपछि स्वदेश फर्कने कमैको चाहना हुन्छ । त्यसमाथि अमेरिकामा अवसर पाएकाहरू सितिमिति फर्किहाल्न तयार नै हुँदैनन्, तर, रूपन्देहीको तिलोत्तमा नगरपालिका- १ नयाँमिलका ३० वर्षीय चिकित्सक डा. कृष्ण खराल स्वदेश फर्किएका छन् ।

    अमेरिका बस्ने सजिलो बाटो हुँदाहुँदै उनी स्वदेश फर्किएर दुर्गम हिमाली जिल्ला रुकुमपूर्वको जिल्ला अस्पतालमा सेवारत छन् । सदरमुकामस्थित अस्पतालमा सेवा भए पनि उनी दुर्गम गाउँमा पुगेका छन्, त्यहाँ स्वास्थ्य सेवा दिइरहेका छन् ।

    किन अमेरिका रोज्नुभएन भन्ने प्रश्नमा उनी विनम्र जवाफ दिन्छन्, ‘देशको मायाले, आफ्नै भूमिमा केही गर्ने उद्देश्यले फर्किएको हुँ ।’

    उनका अनुसार अमेरिका पुग्न अवैध बाटो समाउने रुकुमपूर्वका स्थानीयले पनि यही प्रश्न पटकपटक सोध्ने गरेका छन् । सबैलाई उनले यही जवाफ दिँदै आएका छन् । अधिकांश नेपाली युवाले अमेरिका, अस्ट्रेलिया, क्यानडा र युरोप रोजिरहेका बेला अमेरिका पुगिसकेका एक युवा चिकित्सक त्यहाँको चम्किलो भविष्य त्यागेर रुकुमपूर्वको दुर्गम गाउँ रोजेकोमा धेरै अचम्भित छन् ।

    ‘धेरै यो निर्णय गल्ती भयो भनेको अवस्था छ, तर मैले गल्ती होइन, सही निर्णय लिएको हो । यो मेरो देश हो । यहाँका जनताले पनि सेवा पाउनुपर्छ भन्ने भावना बोकेर आएको हुँ’, उनले सुनाए ।

    डा. खरालका बुवा भागिरथ र आमा शोभा सामान्य पेशा गर्दै तिलोत्तमामै बसोबास गर्छन् । उनका जेठा दाजु नवीन सडक विभाग बुटवलको इन्जिनियर र माइला दाजु लक्ष्मण बुटवल उपमहानगरमा इन्जिनियर छन् ।

    उनले स्नातकसम्मको सम्पूर्ण अध्ययन पूर्ण छात्रवृत्तिमा गरेका थिए । २०६५ सालको एसएलसी परीक्षामा आफू नेपाल तेस्रो भएको उनी बताए ।

    रूपन्देहीकै प्यारामाउन्ट माविबाट एसएलसी गरेका उनले काठमाडौंको पेन्टागन कलेजमा विज्ञान विषय लिएर पढे । त्यसपछि नेपाल सरकारको छात्रवृत्तिमा पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा चिकित्साशास्त्र अध्ययन गरे ।

    पढाइमा अब्बल उनी पढ्दापढ्दै चिकित्सा शिक्षा सुधार आन्दोलन, विभिन्न स्वास्थ्य शिविर, ग्रामीण सेवामा चिकित्सक शिक्षकको भूमिकामा खटिए । कोभिड महामारीका बेला उनी गोरखा जिल्लाको दुर्गम गाउँमा स्वयंसेवी चिकित्सकका रूपमा गए । पहिलो लहरमा त्यहाँ रहे, दोस्रो लहरमा उनी रूपन्देहीको फर्साटिकर गाउँमा महामारी नियन्त्रण अभियानमा जुटे । त्यो बेला थुप्रै निजी अस्पताल बन्द थिए, धेरै चिकित्सक काम गर्न डराइरहेका थिए, तर डा. खरालले जोखिम मोलेर गाउँ-टोलमा पुगेर सेवा गरे ।

    कोभिडपछि डा. खराल अमेरिका लागे । त्यहाँ उनले क्लिनिकल एक्सपोजर, अवलोकन, अनुभव र विश्वस्तरीय स्वास्थ्य प्रणाली अध्ययन गरे । उनलाई मेडिकल परीक्षा दिएर अमेरिकामै जागिर खान सजिलो थियो, तर उनी त्यहा बसेनन् ।

    ‘विदेशमा बस्न सजिलो छ, तर त्यहाँ म नेपाली जनतालाई सेवा गर्न सक्दिनँ । देश हामीले बनाउनुपर्छ । यहाँका जनताले पनि राम्रो स्वास्थ्य सेवा पाउनुपर्छ’, डा. खराल भन्छन् ।

    अमेरिकाबाट फर्किएपछि उनले लोकसेवा आयोगको परीक्षा दिए । कर्णाली प्रदेश लोकसेवामा नाम निकाले पनि । संघीय लोकसेवा आयोगमा पनि उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भए । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्व छनोट गरेर जिल्ला अस्पताल पोस्टिङ भए । अहिले उनी जिल्ला अस्पताल रुकुमपूर्वको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) छन् ।

    अस्पताल छ, विशेषज्ञ छैनन्

    रुकुमपूर्व दुर्गम हिमाली जिल्लामध्ये एक हो । जिल्ला अस्पतालमा ७० जनाको दरबन्दी भए पनि २५ प्रतिशतभन्दा बढी स्वास्थ्यकर्मी टिक्दैनन् । यहाँ एक जनामात्र विशेषज्ञ चिकित्सक छन् ।

    उनले भने, ‘यहाँ बस्न कसैले मान्दैन । साधन, स्रोत, जनशक्ति सबै अभाव छ, तर म यिनै अभावका बीच आशा देख्न चाहन्छु । स्वास्थ्य सुधारको थालनी दुर्गमबाटै हुनुपर्छ ।’

    उनको नेतृत्वमा रुकुमपूर्वमा अपरेसन, एमर्जेन्सी, सुरक्षित मातृत्व, बाल स्वास्थ्य कार्यक्रम र दैनिक ओपीडी सुधार अभियान सञ्चालनमा छ । उनी भन्छन्, ‘हामीसँग सबै कुरा छैन, तर जहाँ जे छ, त्यसैबाट सुरु गर्नुपर्छ । म यहीबाट उदाहरण देखाउन चाहन्छु, हामीले चाहे सबै कुरा सम्भव छ ।’

    स्वास्थ्य नीतिमा सुधार ल्याउनु, ग्रामीण जनतालाई ‘कम्तीमा न्यूनतम सेवा सुनिश्चित’ गराउनु र जिल्लामा सेवा पुग्ने ढोका खोल्नु आफ्नो लक्ष्य भएको डा. खराल बताउँछन् ।

    उनी भन्छन्, ‘अहिलेको पुस्ताले देश बनाउँछ भने त्यो बनाउने ठाउँ गाउँ हो, अस्पताल हो, स्कूल हो, सहर होइन । म गाउँमै केही गरेर उदाहरण देखाउन चाहन्छु ।’

    आफू रुकुमपूर्व आएको धेरै नभए पनि केही सुधारका काम थालेको उनको भनाइ छ । ‘२ वर्ष बसेर केही नयाँपन दिने हो, म आएपछि अप्रेसन यही सुरु भएको छ, अक्सिजन प्लान्ट बन्द थियो, त्यो अघि बढ्यो’, डा. खराल भन्छन्, ‘भवन निर्माण अलपत्र थियो, अहिले कामको गति बढेको छ । नयाँ एम्बुलेन्सको व्यवस्थापन भयो । ब्लड बैंक छैन, त्यसको पहल भएको छ ।’

    खासगरी डाक्टर नै नबस्ने अवस्था भएको र त्यसको वातावरण बनाउन आफू लागिपरेको उनको भनाइ छ । डा. खरालका अनुसार लामो समय युद्ध भएको क्षेत्र भएकाले यहाँ धेरै मानसिक बिरामी भेटिएका छन् ।

    ‘गाउँगाउँमा मानसिक बिरामी धेरै भेटिएका छन्, मैले नै धेरै ठाउँमा शिविर चलाएर मनोरोग विशेषज्ञमार्फत उपचार थालिएको छ’, उनले भने, ‘यसले नागरिकमा अपनत्वको भावना बढेको छ । उनीहरूले आफ्ना समस्या खुलेर बताउन थालेका छन् ।’

    रुकुमपूर्वबाट रिफर गरेर दाङका अस्पताल पुग्न ११ घन्टा लाग्छ । त्यही भएकाले जटिल विषयबाहेकका उपचार गराउने व्यवस्था रुकुमपूर्वमै गर्नुपर्छ भनेर आफू लागिपरेको उनको भनाइ छ ।

    ‘प्रदेश र संघका स्वास्थ्य मन्त्रालयमा यी विषय उठाइरहेको छु । म आएपछि विस्तारै सम्बोधन भएको ठानेको छु’, डा. खराल भन्छन्, ‘जिल्ला अस्पतालमा अहिलेसम्म पूर्ण रूपमा मेसु बसेका छैनन् । अस्पतालमा मात्रै होइन, सबै कार्यालयमा कर्मचारी नै छैनन् । स्थानीयका समस्या निकै रहेछन् । एक ठाउँबाट अर्को ठाउँमा पुग्नै समस्या, आजमात्रै म मैकोटमा शिविर चलाएर आएको हुँ ।’

  • पहिलो महिला उपसभामुख लीला दिदीलाई सम्झिँदा

    पहिलो महिला उपसभामुख लीला दिदीलाई सम्झिँदा

    २०६७ साल असार २७ गते बिहान ५ बजे नेपालकै पहिलो महिला उपसभामुख लीला श्रेष्ठ सुब्बा दिदी बित्नुभएको खबर आधा घण्टाभित्र धरानभरि सनसनी फैलिसकेको थियो । त्यतिञ्जेल मलगायत एमाले नेता कार्यकर्ता र धरानका अन्य दलहरू र सर्वसाधारण तथा आफन्तहरू दिदीको धरान ७ स्थित निवासमा भेला भइसकेका थियौं ।

    दिदीको शव भानुचोक लोकतान्त्रिक चौतारीमा राख्ने अन्तिम श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवासचन्द्र नेम्वाङ, उपसभामुख पूर्णकुमारी सुवेदी आउने तय भएअनुसार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले भानु चोकमा रहेका सवारीसाधन व्यवस्थापनको काम गर्ने नेतृत्वबीच छलफल भएपछि लक्ष्मी बानियाँ, कमल भट्टराईसहितका मजदुर नेताहरू काममा लाग्नुभयो । त्यसै दिन दिदीको अन्त्येष्टि गर्ने तय भएअनुसार पार्टी नेतृत्व ध्रुवलाल श्रेष्ठ (लीला दिदीका श्रीमान) सँग कुराकानीपछि सोहीअनुसार परिचालन भयो ।

    सो बिहानैदेखि अत्यधिक वर्षा भएकाले प्रम, सभामुख र उपसभामुख काठमाडौंबाट कोही पनि आउन सक्नुभएन । अन्तिममा सुनसरीमै रहनुभएको शान्ति तथा पुनःस्थापनामन्त्री रकम चेम्जोङले दिदीको पार्थिव शरीरमा नेकपा एमालेको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । सुनसरी र कोशीमा रहनुभएका नेता र सर्वसाधारण जनताले श्रद्धाञ्जली दिएपछि खत्रीधारामा दिदीलाई सदाका लागि बिदाई गरिएको थियो ।

    दिदीलाई सदाका लागि बिदाई गरिएको पनि आज १५ वर्ष भएछ । दिदीको राजनीतिक समर्पण, त्याग, संघर्ष, जेल जीवन, राजकीय निकायमा प्राप्त गर्नुभएको उच्च ओहदा, जीवनको अन्तिम समयमा बिताउनुभएको पीडादायी अवस्था र साहित्यिक जीवनका आयामहरू सबैलाई सरसरर सम्झिने हो भने प्रेरणाको पुञ्ज बन्छ । उमेरका हिसाबले मभन्दा २७ वर्ष पहिले जन्मनुभएकी दिदीसँग राजनीतिक योगदान र चेतनास्तरको तुलना हुने कुरै आउँदैन । मेरो पुस्ताले धरानको राजनीतिमा लीला दिदीहरूलाई हेर्दै, सुन्दै र पढ्दै दिदीहरूकै पदचापको पछि लागेको हो ।

    दिदीको निधन हुँदा उहाँ ६२ वर्षको हुनुहुन्थ्यो, मेरो उमेर ३५ वर्षको थियो । उहाँ नेकपा एमालेको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो, म सुनसरी जिल्ला कमिटी सदस्य थिएँ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय सचिव र औजार दैनिकको प्रधान सम्पादकका रूपमा काम गरिरहेको थिएँ । त्यति ठूलो राजनीतिक उचाइ भएको दिदी र बढी काठमाडौंमा रहनुभएकाले पनि सरोबर भेटघाट र सम्पर्क हुने कुरै भएन, तर उपसभामुखको जिम्मेवारीबाट बिदाई हुनुभएपछि उहाँसँग भेटघाट बाक्लिएको हो ।

    २०५१ सालदेखि नै दम रोगको लक्षण देखापरेको दिदीलाई २०५५ सालदेखि रोगले थला पार्नेगरी गाँज्यो । बैशाखको गर्मीमा पनि शरीर ढाक्ने ज्याकेट, घाँटी छोप्ने पछ्यौरी, तातो पानीको थर्मस दिदीको पहिचान जस्तै थियो । पार्टी कार्यालय, साहित्यिक कार्यक्रम, अन्य कार्यक्रमहरूमा दिदी त्यही गेटअपमा आक्कलझुक्कल देखिनुहुन्थ्यो, गफिनुहुन्थ्यो । २०६२/०६३ सालको १९ दिने जनक्रान्तिमा समेत दिदी त्यसरी नै उपस्थित हुनुहुन्थ्यो । आन्दोलनमा समेत उहाँ बिरामी अवस्थामा पनि पार्टी कार्यालयमा अक्सर आइरहनुहुन्थ्यो । फुर्सदको समयमा २०४६ अघिका आन्दोलनका किस्साहरू हामीलाई झिजो नमानी सुनाउनुहुन्थ्यो ।

    यसै क्रममा उहाँले पञ्चायतीकालमा धरानमा भएको विद्यार्थी आन्दोलनका क्रममा छाता चोकमा विद्यार्थी नेता मनोज मेयाङ्बोलाई प्रहरीले चारैतिर बाटा घेरेर पक्राउ गर्न खोज्दा ज्याकेटमात्रै प्रहरीको हातमा रहेरको र मनोज मेयाङ्बो उम्किएको राति बीबीसी समाचारमा घटना विवरण प्रशारण गरेको सुनाउनुभएको थियो ।

    जनआन्दोलनपछि दिदीको अवस्था बिग्रँदै गएको थियो । कतिपटक म दिदीको घरमै पुगेर पुराना कुराहरू गरेको छु । दिदीका रचनाहरू दिदीकै मुखबाट सुनेको छु । दिदीको स्वास्थ्य निकै बिग्रिएपछि उहाँले ‘म नरहे पनि’ भन्ने शीर्षकमा कविता लेख्नुभएको रहेछ । मलाई घरमा बोलाउनुभयो, कविता सुनाउनुभयो र यो कविता औजारमा प्रकाशन गर्दा कसो हुन्छ भन्नुभयो । त्यो कविता छापियो कि छापिएन मलाई एकिन भएन । मैले दिदीलाई हतोत्साहित नहुन यस्ता रचनाहरूभन्दा थोरैथोरै भए पनि अनुभवहरू लेख्न सुझाएको थिएँ । दिदीले हुन्छ म लेख्छु भन्नुभएको थियो । लेख्नुभयो कि छैन ध्रुवलाल दाइलाई बुझन बाँकी छ ।

    पछिल्लो समय उहाँलाई रोगले सारै नै च्याप्न थाल्यो । दैनिकजसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिरहनुपर्ने अवस्था आयो । कहिलेकाहीँ त रातिराति आकस्मिक उपचार कक्षमा लानुपर्ने अवस्था आयो । ध्रुवलाल दाइलाई तेहोरो पीडा थियो । पहिलो- अस्पताल ओहोरदोहोरको पीडा, दोस्रो- अस्पताल र चिकित्सकहरूले तत्काल रेस्पोन्स नगर्ने र तेस्रो- आर्थिक संकटको । अप्ठेरो पर्नासाथ दिदीले मलाई कल गर्नुहुन्थ्यो । पछिपछि ध्रुवलाल दाइले सम्पर्क गर्नुहुन्थ्यो । हामी सहयोगका लागि तत्काल तयार हुन्थ्यौं र अस्पताल पुग्थ्यौं ।

    म सम्झिन्छु- राजेश विद्रोही, जनऋषि राई, उपेन्द्र चाम्लिङ, विकास चाम्लिङ, रत्न आचार्यलगायतका टोली हामी निरन्तर दिदीको उपचारका लागि बीपी प्रशासन र चिकित्सकहरूसँग अनुरोध गरिहाल्थ्यौँ । बीपी र चिकित्सकहरूले सकेको सहयोगसमेत गरिरहेका थिए । उपचारमा आर्थिक समस्या आएपछि समाचारहरू प्रकाशन भयो, पार्टीको तर्फबाट सहयोग जुट्यो, माधव नेपाल नेतृत्वको सरकारले समेत सहयोग गर्‍यो, तर कसैको केही लागेन दिदीले १६ वर्षअघि आजकै दिन अर्थात् २०६७ साल असार २७ गते बिहान ५ बजे प्राणत्याग गर्नुभयो । रोगको लक्षण २०५१ सालमै देखिएको हो । २०५५ सालमा उहाँलाई रोगले च्याप्यो, जतिवेला उहाँ देशकै पहिलो उपसभामुख हुनुहन्थ्यो । उहाँले चाहनुभएको भए राज्यको खर्चमा देश विदेशमा उपचार गराउन सक्नुहुन्थ्यो, तर उहाँले त्यसो गर्नुभएन, इमानको बाटो रोज्नुभयो ।

    संक्षिप्तमा लीला श्रेष्ठ

    • जन्म २००५ साल कार्तिक ५ गते ताप्लेजुङ जिल्ला सिकैचा गाविस साङमाङ पाँचपात्ले ।
    • आमाबुवाः सुकमती मेयाङवो, अम्बरवहादुर मेयाङवो ।
    • डिपो हाइस्कूल, शिक्षा सदन मावि, बनारस र काठमाडौंमा एमए अध्ययन ।
    • शिक्षकहरू: पदम न्यौपाने, नरेश शाक्यका राजनीतिक प्रेरणा र साहित्यकार वेणु आचार्य र मनमोहन पलिखेको प्रेरणाबाट राजनीतिमा संलग्न ।
    • २०२२ र २०२३ सालमा पञ्चायतविरोधी विद्यार्थी आन्दोलनको प्रभाव । नेपाली भूमि अतिक्रमण र उत्तरी सीमामा भारतले चेकपोस्ट राखेको विरोधमा धरानमा भएको आन्दोलनको प्रभावमा राजनीतिमा संलग्न हुनुभयो ।
    • धरानमा भएको डीआईजी काण्डलगायत विद्यार्थी आन्दोलनमा सहभागी ।
    • शिक्षा सदनमा १७ वर्षकै उमेरमा २०२२ सालमा विद्यार्थी युनियनको सचिव हुनुभयो । त्यतिबेला गठन भएको लोकनृत्य संघमा रहेर नाचगान र नाटकमा अभिनय गर्नुभयो । त्यहाँ रहेर भित्र-भित्र पञ्चायतविरोधी पर्चा पम्प्लेट तयार पार्ने र बाहिर चाहिँ सांस्कृतिक कार्यक्रममार्फत आन्दोलनमा योगदान गर्नुभयो ।
    • ‘गंगालालको चिता’ नामक नाटकमा प्रमुख नायिकाको अभिनय गर्नुभयो, तर त्यो नाटक प्रशासनले देखाउन दिएन । त्यसपछि गोपालराज जोशीले लेखेको नाटक ‘प्रतिशोध’ प्रदर्शन गरियो । यस नाटकमा पनि मुख्य नायिकाको भूमिका निर्वाह गर्नुभयो ।
    • २०२४ सालमा उहाँले काठमाडौंको अस्कल कलेजमा आईएस्सी अध्ययन गर्नुभयो । त्यस समयमा उहाँले अनेरास्वियुमा रहेर काम गर्नुभयो ।
    • नेकपा मालेमा २०३६ सालमा सम्पर्कमा आउनुभयो, बनारसमा पढ्दा बस्दा धादिङका नारायण आचार्यले पार्टी सम्पर्क दिएका थिए । झलनाथ खनाल, सीपी मैनाली र मोदनाथ प्रश्रित आदि नेतासँग उहाँले बनारसमै भेटघाट गर्नुभएको हो ।
    • धरानमा भने डीपी आचार्य, सीता पाठक र राजेश वान्तवामार्फत पार्टी सम्पर्कमा रहनुभएको हो ।
    • २०३७ सालमा धरान अनेमसंघको नगर अध्यक्ष हुनुभयो । त्यसबेला पार्टीले अगुवा महिला कार्यकर्तालाई समेटेर बनाएको क्रान्तिकारी महिला संघको नगर सदस्यसमेत हुनुभयो । यसै समयमा अनेमसंघ जिल्ला तयारी समितिको सदस्य हुनुभयो । २०३८ सालमा जिल्ला आयोजक समितिको संयोजक भएर २०४५ सालमा अनेमसंघको दोस्रो अधिवेशनमा सचिव भएर काम गरेको देखिन्छ । २०४७ सालमा भएको सम्मेलनमा निर्वाचित सचिवले काम गर्न नसकेपछि कुन्ता शर्मा अध्यक्ष रहेको कमिटीमा फेरि पनि सचिव भएर काम गर्नुभयो । अनेमसंघ केन्द्रीय सदस्यमा रहेर बिरामी अवस्थामा पनि काम गर्नुभयो ।
    • पार्टी सदस्यता २०४७ सालमा पाउनुभयो र २०४७ सालमा बनेको नेकपा एमालेको पहिलो धरान नगर कमिटीमा रहेर काम गर्नुभयो ।
    • नेकपा एमाले सुनसरी जिल्ला कमिटीमा २०४८ सालमा सदस्य मनोनीत हुनुभयो । पार्टी सुनसरीको प्रथम र दोस्रो अधिवेशनमा सदस्य निर्वाचित हुनुभयो । त्यसपछि राष्ट्रिय परिषद् सदस्य भई दुई कार्यकाल काम गर्नुभयो ।
    • २०५१ सालमा सुनसरी जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सांसद निर्वाचित हुनुभयो । २०५५ बैशाखमा प्रतिनिधिसभाको उपसभामुख हुनुभयो । नेपालको पहिलो महिला उपसभामुखका रूपमा सफलतापूर्वक जिम्मेवारी पूरा गर्नुभयो ।
    • नेकपा एमालेको सातौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय सल्लाहकारका रूपमा रहनुभयो ।
    • उहाँले २०२२-२०२३ सालदेखि नै कविता लेख्न थाल्नुभएको हो । ‘मेरो झ्यालका पर्दाहरू’ भन्ने कविता बनारसबाट छापिएको उहाँको पहिलो रचना हो । उहाँको ‘फोकल्यान्डको टापु’ कथा सङ्ग्रह प्रकाशित भएको छ । उहाँका अप्रकाशित रचनाहरूसमेत रहेका छन् ।
    • रेडक्रस धरानको आजीवन सदस्य, सरस्वती बाल अनाथालय धरानको आजीवन सदस्य, मानव अधिकार संरक्षण मञ्चको केन्द्रीय सदस्य रहेर समाज सेवा गर्नुभयो ।
    • धरान- ७ निवासी ध्रुव श्रेष्ठसँग उहाँको प्रेमलाई परिवारले स्वीकृति दिएपछि २०२८ सालमा उहाँहरूको विवाह भयो ।
    • लीला श्रेष्ठ सुब्बा जोग्रान्ड्रिम भन्ने (दम) रोगका कारण लामो समयदेखि थलिनुभएको थियो । दम, निमोनियाँका कारण छाँतीमा इन्फेक्सन थियो । वर्षौं एन्टिबायोटिक खाएर बस्नुपरेकोे थियो । घरमा तलमाथि गर्न नसक्ने अवस्था आएपछि घरान छाताचोकको घर बेचेर धरान- ७ मा सर्नुभएको थियो ।
  • एनपीएलको निरन्तरताकै पक्षमा खेलकुदमन्त्री चाैधरी, भन्छन्- कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन्छ

    एनपीएलको निरन्तरताकै पक्षमा खेलकुदमन्त्री चाैधरी, भन्छन्- कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन हुन्छ

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल सरकारले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै सञ्चालन हुने अपेक्षा राखेको बताएका छन् ।

    शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै खेलकुदमन्त्री चौधरीले एनपीएल रोक्न आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएका हुन् ।

    ‘नेपाल सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै सञ्चालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्न मेरो संलग्नता भएको भनी प्रचार गरिनु गलत विषय हो’, विज्ञप्तिमा भनिएको छ ।

    अख्तियारमा परेको उजुरीका विषय छानबिन गर्न पत्राचार भएबमोजिम नियमानुसार छानबिन कार्यदल गठन गरिएको र उक्त समितिले छानबिन गरी प्रतिवेदन बुझाइसकिएको मन्त्री चौधरीले बताए ।

    कार्यदलले बुझाएको प्रतिवेदन मन्त्रालयले अध्ययन गर्ने र कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

    एनपीएलको आगामी संस्करण निरन्तरताकै पक्षमा छानबिन कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको उनको जिकिर छ ।
    खेल संघ-महासंघभित्रको आर्थिक, प्रशासनिक गतिविधि पारदर्शी र प्रचलित कानून नियमानुसार हुनुपर्ने सम्बन्धमा आफू सदैव रहेको मन्त्री चौधरीले सुनाए ।

  • प्रचण्ड र बादलसँगको फोटो राख्दै बाबुराम- माओवादी आन्दोलनसँग जोडिएका एक हुनसके सब ठीक हुन्छ

    प्रचण्ड र बादलसँगको फोटो राख्दै बाबुराम- माओवादी आन्दोलनसँग जोडिएका एक हुनसके सब ठीक हुन्छ

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलसँगको फोटो राख्दै तत्कालीन माओवादीभित्रको गल्ती औँल्याएका छन् । माओवादी आन्दोलनसँग जोडिएका, तर अहिले विभिन्न धारमा छरिएकाले आन्दोलन कमजोर भएको उनले बताए ।

    उनले भने, ‘माओवादी आन्दोलनसँग जोडिएका, तर अहिले विभिन्न धारमा छरिएका साथीहरूबीच एउटा सोच पछिल्लो चरणमा निकै झाँगिँदै गएको प्रतीत हुन्छ, नेताहरू फुटेकाले आन्दोलन कमजोर भयो । त्यसैले सबै जना फेरि एकजुट हुनसके सबै थोक ठीक हुन्छ । यो एकदम पवित्र, तर बाल सुलभ बुझाइ र सोच हो । यसबारे तथ्य र तर्कसहित प्रस्ट पार्न ठूलै ठेली आवश्यक पर्छ ।’

    बाबुरामले औंल्याएका तत्कालीन माओवादीभित्रका मुख्य गल्ती

    राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति सन्तुलनको ठीक मूल्याङ्कन गरेर शान्ति प्रक्रियामा आइसकेपछि पनि मुख्य नेतृत्वमा रहेका क. प्रचण्डको पटकपटकको ढुलमुले र मौकापरस्त अडान र नीतिले गर्दा आन्दोलनमा सम्भावित थप उपलब्धि हासिल गर्न हामी चुक्यौँ ।

    पहिलो- २०६४ श्रावणको काठमाडौँ बालाजु भेला÷बैठकमा क.प्रचण्डले प्रयोग गरेको र पार्टीभित्र जिब्रोमा गडेको मुखमा संविधानसभाको निर्वाचन, मनमा सशस्त्र विद्रोहको दोधारे कुराले पार्टीमा तलसम्म गहिरो विभाजन ल्यायो । जनसमुदायमा समेत भ्रम छर्‍यो र पार्टीलाई पछिसम्म अपूरणीय क्षति पुर्‍यायो ।

    दोस्रो- २०६७ मङ्सिरमा गोरखा पालुङटारमा भएको विस्तारित बैठकमा बाबुराम पक्षको संविधान बनाउने, किरण पक्षको विद्रोहको तयारी गर्ने र प्रचण्ड पक्षको पर्ख र हेर भन्ने अढाई-लाइनको सङ्घर्षमा पार्टीले कुनै निर्णय गर्न सकेन । त्यसको एक महिनापछि २०६७ पुसमा काठमाडौंमा भएको केन्द्रीय समितिको बैठकमा किरणसँग एकता प्रधान, बाबुरामसँग सङ्घर्ष प्रधान भन्ने क. प्रचण्डको अर्को चर्चित महावाणी आयो । केही महिनापछि ( सायद २०६८ वैशाख ?) सिन्धुपाल्चोकको सुकुटेमा भएको बैठकमा क. प्रचण्ड संविधान निर्माण गरेर अघि बढ्ने बाबुरामको लाइनमा आएपछि बल्ल संविधान निर्माणले बाटो समात्यो । त्यति बेलासम्म परिस्थिति निकै प्रतिकूल बन्दै गइसकेको थियो ।

    तेस्रो- २०६९ जेठ २ गते मेरो प्रधानमन्त्रीत्वकालमा कांग्रेस, एमालेसहितको सहभागितामा संविधानका बाँकी सबै प्रमुख असहमतिका बुँदामा सहमति कायम भएको थियो । जस्तैः फ्रान्सेली मोडेलको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र संसद्बाट अनुमोदित प्रम, पहिचानसहितको ११ प्रदेशको सङ्घीयता, संवैधानिक अदालत आदि, तर त्यसमा आफ्नै पार्टीभित्रबाट समेत विरोध भएर अन्ततः भाँडिनु ठूलो गल्तीमात्र नभएर अपराधै भयो ।
    यदि त्यो सहमति कायम भएको भए पहिलो संविधानसभाबाट २०६९ जेठ १४ गते संविधान जारी हुन्थ्यो र माओवादी आन्दोलनको उपलब्धि नेपाली इतिहासमा युगौँयुगसम्म स्थापित हुन्थ्यो ।

    कसरी स्खलित भयो ?

    पूरै क्रान्ति र आन्दोलन स्खलित भएको हैन । समाज विकासको नियमअनुसार क्रान्तिको एउटा चरण आफ्नै मौलिकतासहित पूरा भएर नयाँ चरणमा प्रवेश गरेको हो । नेपालमा आफ्नै मौलिकतासहित माओवादी भाष्यमा भन्दा पुँजीवादी जनवादी क्रान्तिको चरण पूरा भएर नयाँ ढङ्गको समाजवादी रूपान्तरणको चरणमा प्रवेश गरेको हो । यसलाई बुझ्ने र लागू गर्ने विषयमा मूल नेतृत्व पंक्तिमा बुझाइको समस्या र सांस्कृतिक रूपमा भयङ्कर स्खलन र विचलन आजको मुख्य समस्या हो ।

    त्यो स्खलन आज अकस्मात् पलाएको नभई जनयुद्धकालदेखि नै उम्रेको विषवृक्षको विस्तारित रूप हो । खासगरी अति केन्द्रीकृत ढाँचामा बनेको पार्टीको मूल नेतृत्व वरिपरि स्वार्थ समूह हुर्कनु र पछिल्लो सत्तादेखि सत्तासम्मको संसदीय खेलमा त्यो झन् जब्बर बन्दै जानु मुख्य चुनौती हो ।

    त्यसैले सबै चिजको आयु भए झैँ माओवादी आन्दोलनले पनि आफ्नो एउटा चरणको कार्यभार पूरा गरिसकेको सन्दर्भमा अर्को ऐतिहासिक चरणमा समग्र आन्दोलनको नै वैचारिक, राजनीतिक, सांस्कृतिक, साङ्गठनिक ढङ्गले रूपान्तरण गरेर अघि बढ्नुपर्छ भन्ने हाम्रो आग्रह हो ।

    माओवादी आन्दोलन पुनर्गठनबारे

    एक्काइसौँ शताब्दी सँगसँगै चौथो औद्योगिक क्रान्तिको चरणमा प्रवेश गरेको विश्वका नयाँ अर्थ-राजनीतिक अन्तर्विरोधहरू र भर्खरै किनारा पुँजीवादको चरणमा प्रवेश गरेको र भूमण्डलीकृत पुँजीवादको साङ्लोमा बाँधिँदै गएको नेपालका समस्याहरू हल गर्न हिजोको ‘माओवाद’को वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर हुँदैन । पछिल्लो ज्ञान विज्ञानले समृद्ध नयाँ विचार, दर्शन, राजनीतिको पुनर्संश्लेषण जरुरी छ ।

    त्यस निम्ति माओवादी र अन्य कम्युनिष्ट धारका नेता कार्यकर्ताहरूले सृजनशील ढङ्गले सोच्न र पहल लिन जरुरी छ । विगतका कम्युनिष्ट सत्ताहरू किन ढले ? संसदीय कम्युनिज्म किन लोप हुँदै गइरहेछ ? तिनको वस्तुनिष्ठ ढङ्गले सोधखोज गरेर देश काल सापेक्ष नयाँ वैकल्पिक राजनीतिको संश्लेषण गर्नु आजको आवश्यकता हो । केही समयदेखि हामीले पैरवी गर्दै आएको नयाँ शक्ति अभियानको औचित्य र मर्म त्यही हो ।

    ख्याल रहोस्, पहिल्यै बनिबनाउ नेताहरू जम्मा भएर विचार र आन्दोलन बन्ने हैन । प्रारम्भिक विचारले अभियान/आन्दोलन गरेर त्यो आन्दोलनले सक्षम नेता निर्माण गर्ने र नेताले थप सशक्त आन्दोलन र विकसित विचार संश्लेषण गर्दै यो चक्र दोहोर्‍याउँदै जाने नै क्रान्ति/परिवर्तनको आधारभूत नियम हो ।

    (कभर तस्बिर : getty image)

  • प्रधानमन्त्रीको आह्वान- ३० वर्षभित्र तीन सन्तान ! नेपाली महिला तयार छन् ?

    प्रधानमन्त्रीको आह्वान- ३० वर्षभित्र तीन सन्तान ! नेपाली महिला तयार छन् ?

    चितवन । गत जुनको दोस्रो साता चीनका एक प्रोफेसर एलभी योङले पाँच देशका सहभागीहरूबीच चिनियाँ अवस्थाको उल्लेख गर्दै भनेका थिए- ‘अबको केही सय वर्षमा नै विश्वबाट चिनियाँहरू लोप हुनेछन् ।’

    उनको भनाइले कक्षामा धेरै सहभागीको आँखीभौँ उचालिएका थिए । सहभागीलाई प्रतिप्रश्न गर्दै उनले अझ स्पष्ट पारेका थिए- ‘हाम्रो जीवनशैली यति महँगो छ कि घर, बसाइ, बिहे भन्दाभन्दै जीवन नै जान्छ ।’

    उनको यो भनाइको प्रसङ्ग चिनियाँहरूको सन्तान जन्माउने चाहना घट्दै गएकोप्रति थियो । प्रोफेसर योङले मानिसको आम्दानी र सन्तान हुर्काउन लाग्ने खर्चको हिसाब गर्दै सुनाएका थिए- ‘चीनका एक मजदुरको कम्तीमा महिनाको एक हजार युआन कमाइ हुन्छ, तर सन्तान हुर्काउने खर्च बढ्दै गएको छ ।’

    हुन त राज्यले जनसङ्ख्या बढाउन सकारात्मक पहल पनि गरेको छ । उनका अनुसार सुत्केरी भएका महिला काममा जाँदा सरकारले दोब्बर तलब दिन्छ, तर पनि जन्मदर बढाउन मानिस चाहँदैनन् ।

    जसको कारणले पछिल्लो समय किन्डरगार्डेनहरू बन्द हुन थालेका छन् । अहिले भएको जनसङ्ख्याको औसत मानिस ४० वर्ष उमेर समूहका छन् । यो उमेर समूह चीनकै हिसाबमा कुरा गर्ने हो भने सक्रिय उमेरको १० वर्षमात्रै बाँकी रहेको जनसङ्ख्या हो । किनकि चीनमा ५० वर्ष कटेपछि निवृत्त जीवन सुरु हुन्छ । महिला र पुरुषको हकमा भने यो उमेर फरक छ ।

    अहिले चीनको लागि घट्दो जन्मदर टाउको दुखाइको विषय भएको छ । राज्य जनसङ्ख्या बढाउनुपर्ने अवस्थामा छ, तर मानिसहरू यति व्यस्त छन् कि युवाहरू डेटसमेत भर्चुअल गर्न थालेका खबर सार्वजनिक हुन थालेको पाइन्छ । ऋणात्मक अवस्थामा जनसङ्ख्या वृद्धिदर हुन थालेपछि निवृत्त जनसङ्ख्यालाई ‘गो ब्याक लेबर मार्केट’ भन्ने अवस्थामा चीन पुगिसकेको छ ।

    चीनमात्रै होइन, हामी सबैभन्दा प्रभावित हुने छिमेकी देश भारतमा पनि जनसङ्ख्या वृद्धिदरको ग्राफ घट्दो छ । अहिले भारतको जन्मदर २.० रहेको छ । भारतमा पनि जनसङ्ख्या घट्दै जाँदा त्यहाँको एउटा राज्य सिक्किमले कुनै सरकारी सेवामा रहेका महिलाले सन्तान जन्माएमा उनीहरूलाई एक वर्ष तलबी बिदा दिनेसमेत कार्यक्रम ल्याएको छ, तर पनि मानिसमा नयाँ सन्तान जन्माउने इच्छा घट्दो रहेको एक वर्षअघि स्थानीय पत्रकार भीम रावतले बताएका थिए ।

    विश्वस्तरमा प्रजनन् अभावको अवस्थाबाट नेपाल पनि अछुतो रहेन । यहाँका अस्पतालहरूमा समेत आश्चर्यचकित रूपमा नयाँ जन्म घट्दै गएका रेकर्डहरू सार्वजनिक हुन थालेका छन् ।

    एउटा सानो उदाहरणको रूपमा हेर्दा केन्द्रीय अस्पतालको रूपमा सेवा दिइरहेको मध्य नेपालको १५ हाराहारीका जिल्लाका सेवाग्राही आइपुग्ने भरतपुर अस्पतालमा पछिल्लो तीन वर्षमा हजारभन्दा बढीको संख्यामा जन्मदर घटेको छ । आर्थिक वर्ष २०८०/०८१ मा नयाँ सुत्केरी संख्या ९ हजार ३५५ छ । जबकि आर्थिक वर्ष २०७९/०८० मा नयाँ सुत्केरी संख्या ११ हजार ८९४ थियो ।

    राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जन्मदर घट्दो छ । सामान्यतया जनसङ्ख्या सन्तुलनको लागि १० महिलाले २१ सन्तान जन्माउनुपर्ने हुन्छ, तर नेपालमा पछिल्लो दशक १९ बच्चामात्रै जन्मिएका छन् । जसलाई जनसांख्यिक भाषामा प्रजनन् प्रतिस्थापन दर २.१ हुनुपर्नेमा १.९ मात्रै रहेको भन्ने बुझिन्छ । यसको अर्थ नयाँ जन्म संख्या घट्दो छ ।

    यसै सन्दर्भमा जनसङ्ख्या दिवसको अवसर पारेर सरकारले सार्वजनिक गरेको राष्ट्रिय जनसङ्ख्या नीति २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आह्वान गरे- ‘२० वर्ष पुग्नेबित्तिकै बिहे गर्नू । २० देखि ३० वर्षमा तीन सन्तान जन्माउनू !’

    झट्ट सुन्दा राष्ट्रका कार्यकारी प्रमुखले गरेको यो आह्वान मीठो सुनिन्छ । हो त मानिस बढाउनुपर्नेछ भन्ने पनि लाग्छ । हुन पनि राज्य हुनुको मुख्य हिस्सा भनेकै नागरिक हुन्, तर व्यावहारिक रूपमा आमनेपालीको जीवनस्तर हेरौँ, अहिले एउटा सन्तान हुर्काउन कठिनाइको अवस्थामा नेपाली छन् । अझ महिला त झन् तीन गुणाभन्दा बढी जिम्मेवारीमा छन् ।

    सन्तान जन्माइदिएरमात्रै आमाबुवाको दायित्व पूरा हुँदैन । हामी यस्तो शैक्षिक प्रणालीमा छौँ, जहाँ २० वर्षको उमेरमा एउटा व्यक्तिले एक्लै खाना पकाएर खाने सीपसमेत सिकिसकेको हुँदैन । कक्षा १२ पास गर्दासम्म १८-१९ वर्षको भएको व्यक्ति विश्वविद्यालय प्रवेश नगर्दै कसरी सन्तान जन्माउन आर्थिक रूपले सवल हुन्छ ?

    लामो समयदेखि दम्पती बन्न चाहने महिलाको स्वास्थ्य र पुरुषको सन्तानप्रतिको मनोविज्ञान हेरिरहेका प्राध्यापक डाक्टर सुनिलमणि पोखरेल प्रधानमन्त्रीको आह्वान अलि कच्चा झैँ लागेको बताउँछन् ।

    सन्तान जन्माउने चाहना राख्नुमा व्यक्तिको मनोविज्ञान वा शारीरिक स्वास्थ्य सक्षमतामात्रै कारक हुँदैन, त्यहाँ सबैभन्दा ठूलो कुरा सन्तानको पालनपोषणको लागि सक्षमताको कुरा हुन्छ । त्यसपछि आर्थिक र सामाजिक हिसाबले तयार हुनुपर्ने डाक्टर पोखरेलको भनाइ छ ।

    उनले समयको पनि विश्लेषण गरेका छन् । जस्तो नेपाल सरकारले परिवार नियोजनको अभियान चलाउँदा सार्वजनिक सञ्चारमाध्यमहरूबाट दुई सन्तानबीच जन्मको अन्तराल पाँच वर्ष राख्न अनुरोध गरेको छ । प्रधानमन्त्रीले सार्वजनिक आह्वान गरेकै विषयलाई हेर्ने हो भने २० देखि ३० वर्षको उमेर अन्तराल १० वर्ष हुन्छ । १० वर्षको बीचमा तीन सन्तान जन्माउन ३-३ वर्षको अन्तराल चाहिन्छ ।

    डाक्टर पोखरेलले प्रतिप्रश्न गरे- ‘तीन वर्षको अन्तरालमा तीन सन्तान यदि कोही व्यक्तिले जन्माउँछ भने सन्तानलाई उसले कसरी हुर्काउँछ ?’

    स्वास्थ्यकै हिसाबले हेर्ने हो भने पनि ३५ वर्षसम्म महिलाले सन्तान जन्माउँदा उपयुक्त हुने उनको भनाइ छ, तर जनसङ्ख्या बढाउन आवश्यक छ भनेर राज्यले थप बच्चाको हुर्काइका लागि दायित्व लिनेगरी मात्रै सन्तान जन्माउन आह्वान गर्न हुने उनको भनाइ छ ।

    जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती भने प्रधानमन्त्रीको आह्वान नै हास्यास्पद रहेको बताउँछिन् । सन्तान हुर्काउने कुरा व्यक्तिको अधिकार अझ त्यसमाथि महिलाको अधिकारको कुरा हो । नेपाल सरकारले नै प्रजनन् अधिकार कानून बनाएर स्वीकार गरिसकेको अवस्थामा प्रधानमन्त्री स्वयंले यस्तो आह्वान गर्नु गलत भएको उनको बुझाइ छ ।

    अहिले नेपालको जनसांख्यिक पिरामिडमा सक्रिय जनसङ्ख्याको संख्या बढी छ, तर जन्मदर कम हुँदै जाँदा यो संख्या निष्क्रियतर्फ स्वतः मोडिन्छ । यसै पनि नेपालमा फर्केर नआउनेगरी विदेशिने संख्या पनि बढ्दो देखिन्छ । देशका २१ लाख मानिस विदेश रहेको त नेपालको जनगणनाले नै देखाएको छ ।

    समाजशास्त्री डा. मीना पौडेल त वर्तमानमा नेपाली समाज बगेको गतिभन्दा उल्टो दिशामा लैजानेगरी प्रधानमन्त्रीको अभिव्यक्ति आएको टिप्पणी गर्छिन् । अहिले नेपालको परिवारको संरचना नै विदेश र नेपाल हुनेगरी फेरिएको छ ।

    डा. पौडेल भन्छिन्- ‘यस्तो अवस्थामा दोहोरो भारमा महिला छन् । अझ प्रधानमन्त्रीले पुरुषसत्ता केन्द्रित महिलाको यौनिकता नियन्त्रण गर्नेगरी नैतिक आदेश दिन मिल्छ ?

    जनसङ्ख्या सन्तुलनको दृष्टिकोणबाट सन्तानको जन्म बढाउन राज्यका कार्यकारी प्रमुखको अभिव्यक्ति उनको दृष्टिकोणबाट सामान्य होला, तर व्यक्तिको सन्तान प्राप्तिको अनिच्छाको पछाडि एक होइन, बहु कारण रहेका छन् ।

    चीनकै कुरा गरौँ, प्रोफेसर योङलाई अन्तिममा प्रश्न गरेको थिएँ- ‘राज्यले एक सन्तान नीति पनि छोडिसकेपछि पनि किन जन्मदर बढ्न सकेन त ?’ प्रोफेसरले उत्तर दिँदै भनेका थिए- ‘जन्मदर बढाउन एउटामात्रै फ्याक्टरले काम गर्दैन । त्यहाँ जीवन पद्धति, बसोबास, मनोविज्ञान, आर्थिक-सामाजिक अवस्था जस्ता कुराहरू जोडिएका हुन्छन् ।’

    नेपालको हकमा पनि प्रधानमन्त्रीको आह्वानले मात्रै नागरिकका मनोविज्ञानमा प्रभाव पार्न सक्दैन । यद्यपि यस्ता सार्वजनिक आह्वानले जनसङ्ख्या बढाउने विषयमा छलफल गर्ने, नीतिगत व्यवस्थाका लागि अन्तरक्रियाको वातावरण भने सिर्जना गर्नसक्छ ।

  • यसकारण माओवादी नेपाली राजनीतिको संस्थापन र मूलधार

    यसकारण माओवादी नेपाली राजनीतिको संस्थापन र मूलधार

    माओवादी केन्द्र आजको राजनीतिको मूलधार वा सस्थापन हो भन्ने अध्यक्ष प्रचण्डको भनाइ नेपालको पछिल्लो राजनीतिक इतिहास, संविधान निर्माण प्रक्रिया र सामाजिक परिवर्तनका आन्दोलनहरूसँग सम्बन्धित छ । उहाँको भनाइलाई इतिहासका अध्येता, राजनीतिका विद्यार्थी, अनुसन्धानकर्ता, राजनीतिकर्मी र सञ्चार कर्म गरिरहेका व्यक्तित्वहरूले विभिन्न कोणबाट विमर्श गर्न सक्छन् ।

    उहाँको भनाइको सार आजको संसदीय अंकगणितमा माओवादी केन्द्र तेस्रो स्थानमा छ, तर सीटको आधारमा मात्र राजनीतिक ‘संस्थापन’ (mainstream or founding political force) छुट्ट्याउन मिल्दैन भन्ने हो । माओवादी आन्दोलनले नै संघीय लोकतान्त्रिक गणतन्त्रको माग उठायो, उत्पीडित समुदायको पहिचान र अधिकारलाई राजनीतिक मुद्दा बनायो । संविधानमा समावेशी र समानताको अवधारणा जबरजस्त रूपमा स्थापित गरायो । त्यसैले उहाँले भन्नुभएको छ कि सीट संख्या कम भए पनि ‘संविधान र लोकतन्त्रको आधिकारिक शक्ति’ माओवादी नै हो, बाँकी दलहरू त्यसका प्रतिपक्ष हुन् ।

    ऐतिहासिक सन्दर्भ

    १) जनयुद्धको योगदान

    २०५२-२०६३ सालको माओवादी जनयुद्धले राजतन्त्र अन्त्य, गणतन्त्र स्थापनाको माग, संविधानसभामार्फत संविधान लेखन, राज्यको आमूल परिवर्तन र समावेशी तथा समानुपातिक प्रतिनिधित्वसहितको राज्यको पुनर्संरचनाको अवधारणालगायत संस्थागत र संरचनागत परिवर्तनका एजेन्डा राष्ट्रिय राजनीतिमा स्थापित गर्‍यो ।

    २) १२ बुँदे समझदारी (२०६२)

    सामन्ती राजतन्त्रका विरुद्धको नेपाली जनताको अभूतपूर्व त्याग, बलिदान र समर्पण बोकेको माओवादी आन्दोलनले १२ बुँदे समझदारीमार्फत परम्परागत संसदीय शक्तिसँग सहकार्य गरी जनयुद्धलाई जनविद्रोहमा रूपान्तरण गर्‍यो र करिब अढाई सय वर्ष लामो राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्‍यो ।

    सामन्ती राजतन्त्रका विरुद्धको नेपाली जनताको अभूतपूर्व त्याग, बलिदान र समर्पण बोकेको माओवादी आन्दोलनले १२ बुँदे समझदारीमार्फत परम्परागत संसदीय शक्तिसँग सहकार्य गरी जनयुद्धलाई जनविद्रोहमा रूपान्तरण गर्‍यो र करिब अढाई सय वर्ष लामो राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गर्‍यो ।

    ३) २०६३-२०६५ को राजनीतिक परिवर्तन

    राजतन्त्रको समाप्ति, संविधानसभामार्फत संविधान निर्माण, संघीयता, गणतन्त्र यी सबै उपलब्धिहरूको मूल प्रस्तावक र दबाबकर्ता शक्ति माओवादी नै थियो । राजनैतिक आन्दोलनको सफलता, अन्तरिम संविधान, अन्तरिम सरकार र अन्तरिम व्यवस्थापिकाको निर्माण, संविधानसभाको पहिलो निर्वाचन २०६४ मा २४० सीटसहितको अभूतपूर्व जनमतसहितको पहिलो दल माओवादी बन्नु र संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासम्म माओवादी आन्दोलनको दबाब र प्रभाव निर्णायक बन्यो ।

    संविधान निर्माणमा माओवादीको भूमिका

    संविधानसभा १ र २ मार्फत संविधानमा समावेश भएका संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व, सामाजिक न्याय, दलित, महिला, आदिवासी, जनजाति, मधेशी, मुस्लिमको अधिकारलगायतका विषयहरू माओवादी आन्दोलनका एजेन्डा थिए । यिनै एजेन्डाहरू नयाँ संविधान २०७२ का मूल मर्म र भावना बने । संविधानमा उल्लेख गरिएका राज्य पुनर्संरचना, समावेशिता, सामाजिक न्याय, पहिचानमा आधारित अधिकार जस्ता विषय तत्कालीन माओवादी आन्दोलनकै उपलब्धि हुन् ।

    सीट संख्याबारे

    सीट संख्याले मात्र राजनीतिक भूमिका निर्धारण हुँदैन । अहिले संसदमा माओवादी केन्द्र तेस्रो ठूलो दल हो, तर राजनीतिक परिवर्तनको उत्प्रेरक शक्ति र संविधान निर्माणको मूलधारका रूपमा उसकै भूमिका प्रमुख रहेको छ । राजनैतिक परिवर्तनलगत्तै भएको संविधानसभा निर्वाचनमा यो दल २४० सीटको सबैभन्दा ठूलो शक्ति थियो । यस अर्थमा सीट सङ्ख्या घटबढ भए तापनि संस्थापक/संस्थापन शक्ति माओवादीलाई मानिन्छ ।

    राजनैतिक मूलधारका सन्दर्भमा

    २०६२/०६३ सालको राजनैतिक परिवर्तन अगाडि राजतन्त्रात्मक संसदीय व्यवस्था राजनैतिक मूलधार थियो । राजतन्त्रलाई संविधानभन्दा माथि राखेर राजनैतिक दलहरूले राजनैतिक प्रतिस्पर्धा गर्थे । राजालाई मन नपर्दा खोसिन्थ्यो प्रजातन्त्र र दलका नेताहरूको यात्रा जेलतिर हुन्थ्यो । ३० वर्षको पञ्चायत र ज्ञानेन्द्रको शाही शासन आधुनिक नेपालका केही ज्वलन्त उदाहरण हुन्, जहाँ राजतन्त्रको निरंकुश छायाँ जनताले देखे र भोगे ।

    जनक्रान्तिको सफलतासँगै सम्पन्न संविधानसभा निर्वाचन २०६४ ले माओवादीलाई विशाल जनमत प्राप्त भयो । नयाँ राजनैतिक व्यवस्था अर्थात् नयाँ राजनैतिक मूलधारको रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो भने नयाँ व्यवस्थाको मुख्य दल नेकपा माओवादी बन्न पुग्यो ।

    माओवादी जनयुद्धले नेपाली समाजको राजनैतिक नक्सा बदल्यो । जनक्रान्तिको सफलतासँगै सम्पन्न संविधानसभा निर्वाचन २०६४ ले माओवादीलाई विशाल जनमत प्राप्त भयो । नयाँ राजनैतिक व्यवस्था अर्थात् नयाँ राजनैतिक मूलधारको रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो भने नयाँ व्यवस्थाको मुख्य दल नेकपा माओवादी बन्न पुग्यो ।

    अध्यक्ष प्रचण्डको भनाइ केवल दाबी होइन, ऐतिहासिक तथ्यले पुष्टि गर्छः

    • माओवादीले नै व्यवस्था परिवर्तनको नेतृत्व गर्‍यो ।
    • संविधानमा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्‍यो ।
    • नेपाली समाजमा नयाँ मूल्य, सिद्धान्त र संस्थागत आधार निर्माण गर्‍यो ।

    त्यसैले माओवादी नै संस्थापन शक्ति हो भन्ने दाबी ऐतिहासिक दृष्टिकोणले तथ्यसङ्गत र सही छ । बरु समीक्षा यहाँ गर्न जरुरी छ कि नयाँ मूलधारको दल माओवादीभित्रको वैचारिक अस्पष्टताले जन्माएको विग्रह र विभाजनले माओवादीलाई मात्र कमजोर बनाएन, बरु त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै कमजोर बनायो । नयाँ व्यवस्थाका पुराना चालकहरूले यसलाई सुकेनास लागे झैं सुकुटी बनाए । देश बिचौलिया र दलालको सेटिङमा पुग्यो ।

    गणतन्त्रलाई समाजवादउन्मुख दिशामा लैजाने संविधानको मर्म र भावनाको कार्यान्वयन गर्न समाजवादी विचार बोकेको शक्ति व्यवस्थाको चालक हुन पर्थ्यो, तर विडम्बना दलाल पुँजीपति वर्ग र नोकरशाही पुँजीपति वर्गले सत्ताको हालिमुहाली गरिरहेका छन् । दुई तिहाइको प्राविधिक बहुमतले नेपाली जनतामाथि थोपरेको यो कुशासन राजनैतिक परिवर्तनको भावना थिएन । तसर्थ परिवर्तनका सच्चा हिस्सेदार दलहरू एकताबद्ध भई अगाडि बढ्नु नै वर्तमानको उपयुक्त विकल्प हो ।

  • नवलपरासी कांग्रेसमा काउन्टर कारबाही, जिल्लाबाट देवेन्द्र कँडेल ५ वर्षलाई विधानविपरीत निष्कासित

    नवलपरासी कांग्रेसमा काउन्टर कारबाही, जिल्लाबाट देवेन्द्र कँडेल ५ वर्षलाई विधानविपरीत निष्कासित

    रुपन्देही । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन आयोगले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि कांग्रेस नवलपरासीले यसको अगुवाइ गरेका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ ।

    इतर समूहका खनाललाई कारबाही भएको विषय सार्वजनिक भएको अर्को दिन संस्थापन समूहका कँडेललाई जिल्ला समितिले कारबाही गरेको हो । बिहीबार बर्दघाटमा पत्रकार सम्मेलन गरेर जिल्ला कार्यसमितिका कार्यवाहक सभापति विक्रम यादवले केन्द्रीय सदस्य कँडेललाई ५ वर्षको लागि निष्कासन गरिएको जानकारी दिए । यसरी केन्द्रीय सदस्यलाई निष्कासन गर्ने अधिकार जिल्ला समितिलाई छैन ।

    जिल्ला अनुशासन समितिले कँडेललाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको प्रवक्ता राधेश्याम पाठकले बताए । जिल्ला अनुशासन समितिले बैशाख २९ गते कँडेललाई कारबाही गरेको भए पनि बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त कारबहीलाई अनुमोदन गरेको उनको भनाइ छ ।

    विधानमा भएको व्यवस्थामा टेकेर कँडेललाई कारबाही गरिएको र उक्त कारबाहीको जानकारीसहितको पत्र कँडेललाई पठाइने पाठकले जानकारी दिए ।

    केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रदेश महामन्त्री खनाललाई कारबाही गरेको पत्र पठाएपछि नवलपरासीसहित देशैभर काग्रेस तरंगित छ । पत्रकार सम्मेलनमा बर्दघाट नगर समिति, प्रदेश क्षेत्रीय समिति र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय समिति र जिल्ला कार्यसमिति नेतृत्वले खनालमाथिको कारबाही तत्कालै फुकुवा नभए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार केन्द्रीय समिति हुने निर्णय गरेको जानकारी गराइएको छ ।

    निष्कासित विक्रम भन्छन्- १३ वर्षको उमेरदेखि पार्टीमा गरेको लगानीको प्रतिफल पाएँ

    पार्टी केन्द्रको कारबाहीमा परेका प्रदेश महामन्त्री खनालले कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई सम्बोधनका बेला पटक पटक आँसु पुछेका थिए ।

    ‘कांग्रेसलाई १३ वर्षको उमेरदेखि गरेको योगदानको कदर नेतृत्वले कारबाही गरेर देखाएको छ, तर तपाईंहरुको साथले मलाई खुसी बनाएको छ’, उनले भने ।

    पटक पटक भक्कानिएका खनालले धन र डनको बलमा आफूलाई निकालेर तर्साउन खोजिएको भन्दै विकृतिको विरुद्ध लागिरहने बताए ।

    संस्थापन पक्षका नेताहरुविरुद्ध पनि खनालले चर्को आक्रोश व्यक्त गरे । पत्रकार सम्मेलनमा कांग्रेस नेता तथा प्रदेशसभा सदस्य विश्वप्रेम पाठकले पार्टीमा योगदान दिएका खनाललाई कारबाही गरेर पार्टी कता जान खोजको भन्दै प्रश्न गरे ।

    उनले सबै निर्वाचित जनप्रतिनिधिहरु खनालको साथमा रहेको पनि बताए ।

    खनालमाथि कारबाहीका लागि गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विनोद चौधरीलाई असहयोग गरेको कारण देखाइएको छ । कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले खनालले गत निर्वाचनमा असहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए ।

    खनाल नेता डा. शेखर कोइराला निकट छन् । खनालकै विषयलाई लिएर केन्द्रीय समिति बैठकमा नेता कोइराला र संस्थापन पक्षबीच जुहारी चलेको थियो ।

    यसैबीच आज जिल्लामा कांग्रेस सम्बद्ध विभिन्न संघसंगठनले कारबाहीको विरोधमा प्रदर्शनको तयारी गरेका छन्, तर त्यसको विपक्षमा संस्थापन पक्षले विज्ञप्ति जारी गरेर विरोधको कु्नै कार्यक्रम नरहेको भन्दै खण्डन गरेको छ ।

    केन्द्रको निर्णय कार्यान्वयनको विकल्प नभएको भन्दै पार्टीको निर्णयविरुद्ध विरोधका कुनै कार्यक्रम नराखिएकाले सहभागी नहुन आह्वान गरिएको छ । जिल्लामा इतर समूहको वर्चश्व रहेको छ ।

    खनाललाई पार्टीबाट निष्कासन गरिएपछि उनी पक्षका धेरै नेता कार्यकर्ताले कांग्रेसलाई सकाउने कामको थालनी भएको बताएका छन् । २०७९ सालको निर्वाचनमा पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका विनोद चौधरी, देवेन्द्रराज कँडेलसहितका नेताहरुलाई हराउन भूमिका खेलेको आरोपमा बुधबार उनलाई कारबाहीस्वरुप एक वर्षको लागि निष्कासन गरिएको हो ।

    जिल्लामा पार्टीमा इतर समूहको नेतृत्व गरेका खनाल र संस्थापन समूहबाट नेता देवेन्द्रराज कँडेलको दुई गुट छ । दुवै समूहले एकले अर्कोलाई असहयोग गरेको निवेदन केन्द्रमा दिए पनि खनाललाई मात्रै कारबाही गरिएको भन्दै इतर समूहका नेता कार्यकर्ताले आक्रोश पोखेका छन् ।

    कारबाहीपछि नवलपरासीमा मात्रै नभएर प्रदेशभरका नेता कार्यकर्ताहरु एक पक्षले अर्को पक्षलाई छेडछाड गरिरहेका छन् । खनालमाथि कारबाही भएपछि संस्थापन निकटका नेता कार्यकर्ताहरुले खुसी व्यक्त गरेका छन् भने नवलपरासी जिल्लाका धेरै नेता कार्यकर्ताले यसको प्रतिवाद गरेका छन् ।

    समग्र पार्टीको सुदृढीकरणभन्दा पनि संस्थापनको ईगो हर्टमा खनाललाई कारबाही गरिएको आक्रोश कार्यकर्ताले पाेखिरहेका छन् । संस्थापन पक्षका नेता देवेन्द्रराज कँडेल र विनोद चौधरीको दबाबमा नेता खनालमाथि कारबाहीको डण्डा चलाइएको उनीहरु बताउँछन् ।

    खनालमाथिको कारबाहीले जिल्लाका संस्थापन पक्षका नेताहरुले आफ्नो जित भएको महसुस गरे पनि पार्टीका तल्लो तहका कार्यकर्ता भने अबको कांग्रेसको संगठनको मोर्चा र भविष्य कस्तो हुने भन्ने प्रश्न गरेका छ्न् ।

    खनालले नेतृत्व गरेको निर्वाचन क्षेत्र नम्बर १ मा तीनैवटा पालिकामा कांग्रेसले जितेको छ । पूर्वगृहराज्यमन्त्री एवं केन्द्रीय कँडेलको निर्वाचन क्षेत्रका सबै पालिकामा कांग्रेस निल भएको छ । कँडेल आफैं राप्रपाका उपाध्यक्ष ध्रुव प्रधानसँग १६ हजार मतान्तरले पराजित भएका थिए ।

    खनालमाथि कारबाही भएपछि जिल्ला कार्य समिति र भ्रातृ संस्थाहरुले आकस्मिक बैठक डाकेका छन् ।

    अनुशासन समितिमा शेखर कोइराला समूहका सञ्जय गौतमले उजुरी गर्नुलाई इतर समूहका नेताले आश्चर्य व्यक्त गरेका छन् । शेखर कोइराला समूहका विश्वास पात्र मानिएका नेता खनाललाई कोइरालाले आउँदो महाधिवेशनमा लुम्बिनी प्रदेशको सभापतिको रुपमा अघि सार्ने तयारी गरेकाले कोइराला निकटकै गौतम आन्तरिक रुपमा रुष्ट भएकाले गौतम आफैंले कारबाहीको सिफारिस गरेको हुनसक्नेसमेत इतर समूहका केही नेताको दाबी छ ।

    कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु पोखरेल खनालमाथिको कारबाहीप्रति आपत्ति जनाएका छन् ।

    ‘केन्द्रीय समितिको बैठक सकिएको दुई दिनमै लोकतन्त्रको लाज पचाइयो, बैठकमा न विक्रम खनालको कारबाहीबारे छलफल भयो, न त निर्णय गरियो, तर बुधबार अनुशासन समितिको हुकुमी पत्र बाहिरियो- एक इमानदार जीवन्त, आन्दोलनकारी, सिद्धान्तवादी नेता खनाललाई निष्कासन ?’, उनले भने ।

    उनले विक्रम खनालकै जोडबलमा विनोद चौधरी संघीय सांसद भएकाेमा अहिले उनैमाथि कारबाही गरिएकाे आश्चर्य व्यक्त गरेका छन् ।

  • विद्यासँग मदन भण्डारीको पहिलो भेट

    विद्यासँग मदन भण्डारीको पहिलो भेट

    चारपाँच जना पाहुनाको लागि केही दिनदेखि त्यो झुपडीमा साँझ-बिहानको खाना पाकिरहेको थियो । सदा झैँ झमक्क साँझ परेपछि ती पाहुनाहरू हाम्रो मूलघरसँग आँगन जोडिएको त्यो झुपडीमा खानाका लागि पसे ।

    हाम्रो टोलमा २०३० सालदेखि बिजुली बल्न थालेको हो, तर त्यो झुपडीमा भने कहिल्यै बिजुली बलेन । बिजुली राख्नसक्ने आर्थिक हैसियत पुग्न नसकेपछि त्यो झुपडी टुकी युगबाट मुक्त हुनसकेन । त्यही टुकीको उज्यालोमा खाना खान ती पाँच जना पाहुना त्यो साँझ पनि झुपडीभित्र पसे । उनीहरू त्यो घरमा खाना खानमात्रै पस्थे । दिनभर वा रातभर हाम्रो अर्को घरमा उनीहरू ढोका लगाएर बस्थे । प्रायः ‘उठ…जाग…’ भावका गानाबजाना चल्ने हाम्रो त्यो घरमा त्यस्ता पाहुनाहरू आएका बेला गानाबजाना बन्द हुन्थे । उनीहरू बाटो लागेपछि फेरि सुरु हुन्थ्यो, ‘उठ…जाग…’ ।

    म पनि दिदीहरूसँग त्यस साँझ पाहुनाले खाएको हेर्न पुगेँ । उनीहरूले खाना सुरु गर्नुअघि र खानापछि गर्ने गतिविधि दिदीहरूका लागि एक रमिताको विषय बनेको रहेछ । त्यहीँ रमिता हेर्न म दिदीहरूको समूहमा मिसिएको थिएँ । खाना खानुअघि ती पाँचै जनाले एकापसमा दह्रोसँग हात मिलाए । अनि कस्सिएको मुठ्ठी जुरुक्क उचालेर आआफ्नो काननेर तेर्स्याइसकेपछि मुठ्ठी खोलेर मकैको खोस्टाले बुनेको पिरामा पलेटी कसेर चुपचाप खान थाले ।

    खाना खाइसकेपछि आफूले खाएको जुठा थाल बोकी आँगनमा गएर माझी सफा बनाए । साबुन होइन, त्यसबेला खरानी र मकैको खोस्टा प्रयोग हुन्थ्यो, जुठा भाँडा माझ्न । थाल माझिसकेर थन्को लगाएपछि फेरि उसैगरी करप्प पारेर हात मिलाए, अनि पहिले जस्तै मुठ्ठी उज्याएर आआफ्नो काननेर पुर्‍याए । त्यति रीत पूरा गरिसकेपछि उनीहरू झुपडीबाट निस्के ।

    २०३८ सालको कुरा हो यो । म कक्षा ३ मा पढ्थेँ । उनीहरू किन बेलाबेलामा हाम्रो घरमा आउँछन् ? त्यो बेलाको फुच्चे मलाई यसबारे गहिरो जानकारी हुने कुरा भएन, तर दाइहरू गरिब दुःखीहरूको अनुहारमा खुसी ल्याउने दिन आउँछ भन्थे । त्यहीअनुसारको गीत गाउँथे, कविता लेख्थे, नाटक देखाउँथे । हामी उनीहरूले गाउने गीतलाई जनवादी गीत भन्थ्यौँ । हाम्रो टोलमा यस्ता गीत निर्वाध घन्कन्थे । त्यो समय हाम्रो घरमा हुने यस्तै गतिविधिमा संलग्न दाइ र दिदीहरूको प्रेरणाले मलाई पनि एउटा मामुली लेखक बनायो ।

    एक पटक तीनचार दिनसम्म चारपाँच जनाको टोली आएर बसेको र हाम्रो छिमेकीको घरमा गाँसको र हाम्रो घरमा चाहिँ बासको व्यवस्था गरिएकोबारे जिज्ञासा राख्दा राजेश दाइबाट थाहा भयो, त्यसबेला तत्कालीन भूमिगत माले कोशी अञ्चल क्षेत्रीय कमिटीको बैठक रहेछ । बैठकमा मदन भण्डारी, अशोक राई, चित्र निरौला, राजेश बान्तवा र गोपाल गुरागाईं सहभागी भएका रहेछन् ।

    टोलका पढालेखा छिमेकी दाइ रेख ब्लोन र मेरा सहोदर दाजु डम्बर यस्ता गानाबजानाका अगुवा थिए । थुप्रै युवालाई उनीहरूले परिचालन गरेका थिए । कुनै बेला उनीहरू रातिराति पोस्टर टाँस्न टोली-टोली भएर निस्कन्थे । म फुच्चेलाई उनीहरूको यस्तो गतिविधि नियाल्ने छुट थियो । कहिलेकाहीँ मलाई पनि उनीहरूबाट जिम्मेवारी आइपर्थ्यो । गोप्य रूपमा आएका पाहुनालाई जङ्गलको बाटो हुँदै नुहाइधुवाइ गर्न कुवा-पधेँरातिर लैजानुपर्ने, कहिलेकाहीँ उनीहरूलाई चिया पकाएर खुवाउनुपर्ने, उनीहरू कोठामा ढोका लगाएर बस्दा बाहिर फेरो कोही नयाँ मान्छे आए सुटुक्क खबर गर्नुपर्ने जस्ता केही जिम्मेवारी दाइहरूबाट पाउँथेँ ।

    २०५१ सालमा धरानमा पुराना वामपन्थी नेता राजेश बान्तवासँग परिचय भयो । जब मैले आफ्नो घर बताएर दाइहरू रेख ब्लोन र डम्बर सुब्बाको नाम लिएँ, तब राजेश दाइ नोस्टाल्जिक बनिहाले, ‘म तपाईंहरूको घरमा त धेरै पटक आएको छु नि ! त्यो बेला तपाईं सानै हुनुहुन्थ्यो, अलि लज्जालु हुनुहुन्थ्यो ।’

    एक पटक तीनचार दिनसम्म चारपाँच जनाको टोली आएर बसेको र हाम्रो छिमेकीको घरमा गाँसको र हाम्रो घरमा चाहिँ बासको व्यवस्था गरिएकोबारे जिज्ञासा राख्दा राजेश दाइबाट थाहा भयो, त्यसबेला तत्कालीन भूमिगत माले कोशी अञ्चल क्षेत्रीय कमिटीको बैठक रहेछ । बैठकमा मदन भण्डारी, अशोक राई, चित्र निरौला, राजेश बान्तवा र गोपाल गुरागाईं सहभागी भएका रहेछन् ।

    मैले पहिलो पटक त्यही बेला मदन भण्डारीलाई देखेको रहेछु । त्यो बेला कोशी अञ्चल क्षेत्रीय कमिटीको सचिव रहेछन् उनी ।

    माननीयको भेषमा मदन

    टुक्राटुक्रामा विभाजित कम्युनिष्टहरूलाई एकताबद्ध गर्ने प्रयासस्वरूप उनी रातो झन्डा समूहसँग वार्ता गर्न धनकुटा, खाल्सा क्षेत्रको अखुवाटार आएका रहेछन्, मुक्तिमोर्चाको प्रतिनिधि भएर । त्यसबेला उनीसँग एकता वार्ता गर्न रातो झन्डाका नेता आनन्दसन्तोषी राईका साथ गोपाल गुरागाईं, जीवप्रसाद पोखरेलहरू अखुवाटार पुगेका रहेछन् ।

    त्यो बेला धनकुटा नगर क्षेत्रमा हाम्रो घरबाहेक वारीपात्लेका कुलकेशर वाग्ले, गोपाल वाग्ले, सिप्तिङका गणेश राई, निगालेका भक्त थापा, माथिल्लो कोप्चेका चिरञ्जीवीमान श्रेष्ठ आदिको घरमा भूमिगत नेताका लागि सेल्टरको व्यवस्था थियो । हात्तीखर्कको सल्लेमा धनीमाया सिँजालीको घरमा व्यवस्था गरिएको सेल्टरमा पनि धेरै पटक मदनले आश्रय लिएका थिए ।

    पार्टी कामको क्रममा भएका ओहोरदोहोरमा सुरक्षाकर्मीको आँखा छल्न मदनले अनेक उपाय निकाल्ने गरेका थिए । कवि अनिल पौडेलले एक पटक बताएअनुसार धनकुटामा राजाको भ्रमणताका उनी पञ्चायती व्यवस्थाका माननीयको रूपमा धनकुटा छिरेका थिए ।

    पार्टी कामको क्रममा भएका ओहोरदोहोरमा सुरक्षाकर्मीको आँखा छल्न मदनले अनेक उपाय निकाल्ने गरेका थिए । कवि अनिल पौडेलले एक पटक बताएअनुसार धनकुटामा राजाको भ्रमणताका उनी पञ्चायती व्यवस्थाका माननीयको रूपमा धनकुटा छिरेका थिए । २०३९ सालमा पूर्वाञ्चल क्षेत्रमा राजा वीरेन्द्रको भ्रमण हुँदा मुकाम धनकुटामा थियो । सुरक्षा जाँच असाध्यै कडा थियो । धनकुटा छिर्ने मुख्य नाका भेडेटारमा कडाइका साथ सुरक्षा जाँच हुन्थ्यो ।

    उनलाई धनकुटा हुँदै पहाडी इलाकामा जानुपर्ने थियो । साथमा ‘वर्ग सङ्घर्ष’ का केही प्रतिहरू पनि थिए । बसबाट ओर्लेर सुरक्षा जाँचमा जानुअघि उनी पिसाबको बहानामा झाडीतिर गएछन्, अनि झोलामा रहेका ‘वर्ग सङ्घर्ष’का प्रतिहरू आफ्नो भुँडीतिर राखेछन् । दौरा सुरुवालमा ठाँटिएका उनले गोप्य प्रकाशन जति भुँडीमा राखेर मज्जाले इजार कसेछन् । अनि सुरक्षाजाँचको लाइनमा बस्दा सुरक्षाकर्मीहरूलाई ‘भाइहरू, महाराजाधिराजको सवारी चलिरहेछ, सुरक्षा व्यवस्थामा त कुनै कमजोरीहरू छैनन् नि ?’ भन्ने जिज्ञासा राखेछन् । सुरक्षाकर्मीहरूलाई लागेछ, उनी कुनै माननीय हुन् । सुरक्षाकर्मीहरूले जाहेर गरेछन्, ‘कुनै समस्या छैन हजुर ।’

    सुरक्षाकर्मीले उनलाई माननीय नै ठानेपछि उनको शरीरमा खानतलासी गर्ने कुरै भएन । यस्तो चलाखी नहुँदो हो त, उनी कसरी पो नेता बन्थे ?

    विद्यासँग पहिलो भेट

    विराटनगरलाई पार्टी कामको आधार क्षेत्र बनाएर मदन भण्डारी भूमिगत रूपमा सक्रिय थिए । उनी कोशी अञ्चल क्षेत्रीय कमिटीका सचिव थिए भने उपसचिव थिए राजेश बान्तवा । पार्टी कामको सिलसिलामा उनी २०३७ सालको सुरुमा भोजपुर पुगेका थिए । त्यहाँ कमरेडहरूसँगको अनौपचारिक कुराकानीमा जीवन र जगतलाई क्रान्तिसँग जोड्ने कुरा भयो । यसको आसय हो, क्रान्तिसम्म पुग्न साथ दिने महिला कमरेडसँग सहजीवन सुरु गर्ने अर्थात् विवाह बन्धनमा बाँधिने ।

    भूमिगतकालमा बायाँबाट क्रमशः डिल्ली मैनाली, मदन भण्डारी, विद्या भण्डारी, अशोक राई र चित्र निरौला । तस्बिर: राजेश बान्तवा

    मदनको सहजीवनका लागि उपयुक्त कमरेडको खोजी भयो । यसका लागि एक जना कमरेडले लमीको भूमिका खेले । त्यतिबेला बासु नेपाल (प्रदीप नेपालका जेठा दाजु) भोजपुर क्याम्पसमा लाइब्रेरिन पदमा कार्यरत थिए । उनकी एक छोरी भोजपुर क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । बासुका भाइ मञ्जुलले त्यतिखेरदेखि नै कवि तथा जनकलाकारका रूपमा नाम कमाइसकेका थिए । प्रदीप राम्रै जिम्मेवारीमा भूमिगत भइसकेका थिए । जीवन र जगत क्रान्तिसँग जोड्न यो परिवार उपयुक्त छ भनेरै कमरेडहरूले मदनका लागि त्यतातिर सम्बन्ध गाँस्न सुझाए ।

    तर एउटा ब्रिफिङमा लमी कमरेडले मदनका लागि हेरिएको पात्रले घरायसी परिस्थितिका कारण तत्काल आफूले विवाह गर्न नसक्ने जवाफ दिएको मदनलाई जानकारी गराए । बासुसँग पहिले यो विषयमा कुराकानी भएछ । उनले लमीलाई भनेछन्, ‘यस विषयमा निर्णय गर्न छोरी स्वतन्त्र छिन् । उनको जो विचार ।’

    त्यतिखेर एक जना महिला कमरेडलाई अनेरास्ववियू र महिला फाँट दुवैमा सक्रिय गराउन भोजपुरबाट विराटनगर ल्याउने निर्णय पार्टीभित्र भयो । त्यसका लागि मानेभञ्ज्याङकी विद्या पाण्डेलाई तयार पारियो । उनले भर्खरै प्रमाणपत्र तहको अध्ययन सकेकी थिइन् ।

    छोरीले आमा बिरामी भएका कारण आमाको स्याहारसुसारमा समय दिनुपर्ने भएकोले तत्काल आफू विवाहको लागि तयार नभएको बताइन् । त्यो विवाह टरेर गयो । लमीको भूमिकामा चाहिँ पार्टीका तत्कालीन भोजपुर जिल्ला सचिव अशोक राई थिए । यो विवाह तत्काललाई टर्‍यो ।

    त्यतिखेर एक जना महिला कमरेडलाई अनेरास्ववियू र महिला फाँट दुवैमा सक्रिय गराउन भोजपुरबाट विराटनगर ल्याउने निर्णय पार्टीभित्र भयो । त्यसका लागि मानेभञ्ज्याङकी विद्या पाण्डेलाई तयार पारियो । उनले भर्खरै प्रमाणपत्र तहको अध्ययन सकेकी थिइन् । पार्टी कामका लागि घरमा खासै अनुकूल पनि थिएन उनलाई । त्यसैले उनी घरबाट एकप्रकारले भागेरै भए पनि विराटनगर जान उत्सुक भइन् । अब उनलाई धरान हुँदै विराटनगर सुरक्षित रूपमा पुर्‍याउनुपर्ने भयो । पार्टीका कोशी अञ्चल क्षेत्रीय कमिटीका सदस्य चित्र निरौला र सुशीला श्रेष्ठले एस्कर्टिङ गर्दै विद्यालाई भोजपुरबाट विराटनगर पुर्‍याए । त्यसबेला विद्या अनेरास्ववियूको कार्यकर्ता थिइन् ।

    विद्यालाई भोजपुरबाट विराटनगर पु¥याउन जाँदै चित्र निरौला र सुशीला श्रेष्ठ । तस्बिर : चित्र निरौला

    इलाममा रत्नकुमार बान्तवा मारिँदा बडो मुस्किलले ज्यान जोगाएर उम्किएकी सुशीला श्रेष्ठलाई पार्टीले भोजपुर खटायो । भोजपुर जाँदा धनकुटामा गोपाल गुरागाईंले रिसिभ गरी कागतेको आफ्नो घरमा एक रात बास दिएर भोजपुर पठाएका थिए । उनले अशोक राईसँग जनवादी विवाहमार्फत भोजपुरबाटै सहजीवन सुरु गरिन् । पार्टीले सुम्पिएको अभिभारा वहन गर्न खटिएको संस्मरण व्यक्त गर्ने क्रममा चित्र निरौलाले आफ्नो फेसबुक वालमा भनेका छन्, ‘वी ह्याड टु एस्कर्ट हर फ्रम भोजपुर टु विराटनगर, विकज् मदनजी ह्याड फलन इन् लभ एट् फर्स्ट साइट, ह्वेन हि भिजिटेड भोजपुर इन् द पार्टी वर्क ।’

    त्यसबेलाका साक्षी राजेश बान्तवाले व्यक्त गरेको सम्झनाअनुसार पार्टी कामको सिलसिलामा मदन भोजपुर पुग्दा उनले विद्यालाई पहिलोपल्ट देखेका रहेछन् । विद्या पार्टीको काम गर्ने गरी विराटनगर आएपछि मदन आफैंले उनीसँग जीवन र जगतलाई क्रान्तिसँग जोड्ने गरी सहजीवनका लागि प्रस्ताव राखे । एक वर्षपछि मात्र विद्याले स्वीकृति जनाइन् र उनीहरूबीच विराटनगरको तिनटोलियाको एउटा सेल्टरमा जनवादी विवाह भयो । विवाहमा राजेश बान्तवा, चित्र निरौला, डिल्ली मैनाली, सुनिता उपनामकी एक कमरेडलगायत १५ जना जति जम्मा भएका थिए । भोजमा खसीको मासु र भात चलाइएको थियो । २०३९ सालमा यो जनवादी विवाह भएको थियो । केही क्षण नाचगान पनि चल्यो ।

    सौन्दर्यको हिसाबले पनि महेन्द्र मोरङ आदर्श क्याम्पसका युवा विद्यार्थी कार्यकर्ताहरू विद्यासँग आकर्षित थिए, तर जिम्मेवार विद्यार्थी नेताहरू विद्याको विवाहबारे जानकार थिए । त्यसैले मदन र विद्याबीचको सहजीवनपछि कतिपय विद्यार्थी नेताहरू भित्रभित्रै दिल्लगी (कतिपय ईर्ष्या) गर्दै मदनलाई त्यतिखेरका एक चर्चित भारतीय पात्र मलखान सिंहसँग तुलना गरेर हाँस्थे ।

    कुनै बेला मलखान सिंह डरलाग्दो डाकाका सरदार थिए । उनी समातिएर जेल परेपछि जेलमा भारतीय मार्क्सवादीहरूसँगको सम्पर्कपछि रिहा हुँदा उनी कम्युनिष्ट भएर निस्केका थिए । त्यसैले मदनको बारेमा दिल्लगी गर्ने जिम्मेवार विद्यार्थी नेताहरू उनलाई कुनै बेलाका डरलाग्दो डाकाका सरदार मलखान सिंहकै अनुभूति हुने गरी पार्टी नेतृत्व र सुन्दरी कार्यकर्ता सबै सोहोरपटार पारेको भन्दै हाँस्ने गरेको राजेश बान्तवा अहिले पनि सम्झिरहेछन् ।

  • ‘बैंकहरूले नक्कली तथ्यांक सार्वजनिक गरिरहेका छन्, वास्तविक अवस्था भयावह छ’ (भिडिओ)

    ‘बैंकहरूले नक्कली तथ्यांक सार्वजनिक गरिरहेका छन्, वास्तविक अवस्था भयावह छ’ (भिडिओ)

    काठमाडौं । मौद्रिक नीति विश्लेषक तथा अर्थविद् हुन् नरबहादुर थापा । उनी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक पनि हुन् । असिस्टेन्ट रिसर्चरबाट राष्ट्र बैंकमा जागिर शुरु गरेका उनले कार्यकारी निर्देशकसम्म ३० वर्ष बिताए ।

    नेपालको बैंकिङ क्षेत्रलाई नजिकबाट नियालेका थापाले राष्ट्र बैंकबाट अवकाश पाएपछि अहिले अर्थतन्त्रका विविध पक्षहरूबारे विज्ञका रूपमा काम गर्दै आएका छन् । मौद्रिक अर्थशास्त्रमा एमफिल गरेका उनै नरबहादुर थापासँग नेपालप्रेसकर्मी रिता राउतले नेपालको बैंकिङ क्षेत्रको वर्तमान अवस्था, देखिएका समस्या र समाधानका पाटाबारे गरेको कुराकानीको सम्पादित अंशः

    – लामो समयदेखि सरकारले बैंकर र व्यवसायी छुट्ट्याउन खोजेको छ । यस्तो व्यवस्था गर्न बनाइएको विधेयक अहिले अर्थ समितिमा छलफलको क्रममा छ । तपाईंको विचारमा बैंकर र व्यवसायी छुट्ट्याउन पर्छ कि पर्दैन ?

    लामो बहसपछि यो विधेयकको रूपमा आएको हो । राष्ट्र बैंकले विगत २० वर्षयता बैंकर र व्यवसायी छुट्टिनुपर्छ, छुट्ट्याउनुपर्छ, कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भयो, वित्तीय क्षेत्र गतिशील हुन सकेन, वित्तीय क्षेत्रको दायरा विस्तार हुन सकेन भनिरहेको छ । केही सीमित व्यक्तिहरूमा कर्जामाथिको पहुँच हुँदै आएको छ । उसले आफ्नो बैंकबाट लिन पाउँदैन र अर्को बैंकबाट कर्जा लिँदै एकापसमा कर्जाको उपयोग गर्ने प्रवृत्ति नेपालमा व्यापक छ । त्यसको प्रयोजन पनि स्पष्ट नभइरहेको अवस्था छ ।

    चालू पुँजीको नाममा केही सीमित व्यक्तिहरूले झण्डै ७० खर्ब बराबरको जुन निक्षेप छ, त्यो उपयोग भयो, तर त्यसको ट्रान्सलेसन चाहिँ इकोनोमिक ग्रोथमा भएन । त्यसको ट्रान्सलेसन कृषि क्षेत्रको विकासमा भएन, त्यसको ट्रान्सलेसन आईटी सेक्टरको जुन अपेक्षित विकास हुन सकेन, त्यसको ट्रान्सलेसन एसएमई फाइनान्सिङमा हुन सकेन, त्यसको ट्रान्सलेसन वित्तीय पहुँच, वित्तीय समावेशीको मुद्दामा हुन सकेन ।

    यदि बैंकर र व्यवसायी छुट्ट्याउने हो भने बैंकहरू व्यावसायिक ढंगले सञ्चालित हुन्छन् । अनि व्यवसायीहरू पनि व्यावसायिक ढंगले एउटा कर्पोरेट कल्चरसहित सञ्चालित हुन्छन् । अनि देशको विकास हुन्छ भन्ने भावनाबाट, सिद्धान्तबाट यो बैंकर र व्यवसायी छुट्ट्याउनुपर्छ भन्ने विषयको उठान भएको हो । अहिले विधेयकको रूपमा संसदमा पेश भएको चाहिँ छ ।

    मेरो विचारमा बैंकर र व्यवसायी छुट्टिनुपर्छ । यदि यसलाई नछुट्ट्याउने हो भने वित्तीय क्षेत्रको स्थायित्व सधैँ जोखिममा रहिरहने र उनीहरूका गुनासा, व्यवसायीका गुनासाहरू के हुन् र बैंकरका गुनासाहरू, सहयोगहरू सरकारले के गर्नुपर्छ, राष्ट्र बैंकले के गर्नुपर्छ भन्ने कुराहरू समेत स्पष्ट नहुने भएकाले गर्दा पनि यो आवश्यक छ ।

    यदि बैंकर र व्यवसायी छुट्ट्याइयो, व्यवसायीहरूले एकोहोरो ढंगले काम गर्न थाले अनि बैंकरहरू अब बैंकरकै रूपमा सीमित भए भने उनीहरू बैंकलाई कसरी अन्तर्राष्ट्रिय असल अभ्यासमा रिकास्ट गर्ने भन्ने सोचमा जान्छन् । कर्पोरेट कल्चरको विकास हुन्छ । एउटा पारिवारिक व्यवसायभन्दा पनि प्रोफेसनल अर्गनाइजेसनको रूपमा बैंकलाई लिने गरिन्छ ।

    पछिल्लो समयमा बैंकलाई मालिकहरूले एउटा घरपरिवारको व्यवसायको रूपमा नितान्त एउटा गैरवित्तीय क्षेत्र जसरी सञ्चालन गरिरहेका छन् । त्यो रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न खोज्दा, अत्यधिक जोखिम मोल्न खोज्दा वित्तीय क्षेत्र, केही बैंकहरूमा ठूलो संकट आएको हाम्रोसामु विदित्तै छ । त्यसैले प्रोफेसनल्ली रन गर्ने हिसाबकिताबले र एउटा कर्पोरेट कल्चरको विकास गर्ने हिसाबकिताबले पनि यो छुट्टिन आवश्यक छ ।

    – अहिले बैंकर र व्यवसायी एउटै हुँदा त्यसले कस्तो असर पारिरहेको छ र पछि छुट्याउँदा त्यसले कस्तो प्रभाव पार्छ ?

    राष्ट्र बैंकलाई नियमन गर्न अत्यन्त सजिलो हुन्छ । राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थाहरूको सुपरिवेक्षण गर्न अत्यन्त सहज हुन्छ । बैंकर र व्यवसायीको इन्ट्रेस्ट त्यहाँ घुलित हुन जाँदा राष्ट्र बैंकलाई रेगुलेसन गर्न गाह्रो र सुपरिवेक्षण गर्न पनि गाह्रो हुन्छ । त्यसैले अब अन्तर्राष्ट्रिय असल अभ्यासको कार्यान्वयन गर्न राष्ट्र बैंकलाई अत्यन्त सरल हुन्छ ।

    बैंकर र व्यवसायी छुट्टिइसकेपछि यी दुइटा समूह आआफ्नो क्षेत्रको हित कसरी प्रवर्द्धन गर्न सकिन्छ, कुन किसिमको प्रविधि अवलम्बन गर्ने, कुन किसिमको विकास मोडल, बैंकरले आफ्नो बैंकको वित्तीय विकास रणनीति के हो ? ताकि यो सुरक्षित पनि होस्, गतिशील पनि होस् भन्ने सोचका साथ एउटा रणनीति तयार गर्छ ।

    व्यवसायीहरू छुट्टिएर गइसकेपछि अब आफ्नो व्यवसाय, गैरवित्तीय व्यवसायको प्रवर्द्धन कसरी गर्ने, बैंकहरूबाट कस्तो कर्जा लिने, कर्जा लिँदा के-के कुराको होस पुर्‍याउने, के-के मापदण्ड पूरा गर्ने भन्ने सोचका साथ उनीहरूले वित्तीय स्रोतको माग गर्ने, कर्जाको माग गर्ने, तदनुरूप योजना बनाउने भएको हुनाले त्यो प्रस्तुति, त्यो अनुशासनको विकास हुने भएकोले देशलाई फाइदै हुन्छ ।

    एउटा कर्पोरेट कल्चरको विकास हुन्छ । बैंकहरू पनि एउटा कर्पोरेट कल्चरमा नेपालमा अगाडि आइराखेका छन् । अब थप विकास गर्न आवश्यक छ । गैरवित्तीय संस्थाहरूमा कर्पोरेट कल्चरको विकास भएको छैन । संस्थागत विकास हुन सकिराखेको छैन । एउटा कर्पोरेटाइजेसन भन्छन् नि, त्यो हुन सकिराखेको छैन । हामी निजी क्षेत्र भन्छौँ, निजी क्षेत्र भनेको इन्डिभिजुअल हो । कुनै घरपरिवारको बिजनेस हो ? निजी क्षेत्र भनेको त्यो कर्पोरेट सेक्टर हो ।

    यदि बैंकर र व्यवसायी छुट्ट्याउने हो भने बैंकहरू व्यावसायिक ढंगले सञ्चालित हुन्छन् । अनि व्यवसायीहरू पनि व्यावसायिक ढंगले एउटा कर्पोरेट कल्चरसहित सञ्चालित हुन्छन् ।

    जसरी बैंकहरूमा एउटा बोर्ड अफ डिरेक्टर, सञ्चालक समिति हुन्छ, त्यसमा सीईओ हुन्छ, सिनियर व्यवस्थापन हुन्छन्, कर्मचारीको तह हुन्छ, अनि राष्ट्र बैंकको नियमनमा बसिराखेका हुन्छन् । त्यही ढंगले यो तथाकथित निजी क्षेत्र, तथाकथित बैंक तथा वित्तीय संस्थाबाहेकको निजी क्षेत्रको कर्पोरेटाइजेसन आवश्यक छ । कर्पोरेटाइजेसन नभएकै कारणले गर्दा विश्वस्तरमा हाम्रा उद्योग व्यवसायहरू प्रतिस्पर्धी हुन सकिराखेका छैन ।

    हाम्रा कर्पोरेट सेक्टर्स, हाम्रो निजी क्षेत्र, उद्योग व्यवसायहरू इनोभेटिभ हुन सकिराखेका छैनन् । उनीहरूले इनोभेटिभ ढंगले आफ्नो बिजनेस सञ्चालन गरिराखेका छैनन् । एउटा खुट्टा बैंकमा र अर्को खुट्टा गैरबैंक बिजनेसमा हुँदा ढुलमुलको कारणले यो राष्ट्र अगाडि नबढेको र निजी क्षेत्रको विकास नभएको हो । निजी क्षेत्र भनेको के हो ? कर्पोरेट सेक्टर हो, बिजनेस फर्म्स हो, कर्पोरेट कल्चर हुनुपर्‍यो नि ! उनीहरूले पनि मुलुकको रेगुलेसन, नीति, नियम मान्नुपर्‍यो, त्यो संस्कारको विकास गर्नुपर्‍यो, अनुशासित हुनुपर्‍यो, यो ढंगले काम गर्दा, एउटा स्केलमा काम गर्दा इकोनोमिज अफ स्केलको फाइदा हुन्छ, इनोभेसनको फाइदा हुन्छ, नयाँ प्रविधिबाट मुलुकले लाभ लिनसक्छ ।

    अहिले त बैंकले पनि एउटा इन्कम दिइराखेको छ, व्यवसायले पनि एउटा इन्कम दिइरहेछ । ठीकै छ भनेर सन्तुष्टिको अवस्थामा छन् । यो तालले देशको उच्च, द्रुततर विकास हुँदैन ।

    – एकताका बैंकमा लगानी गर्ने नहुँदा लगानी गर्न आइज भनेर बोलाए र अहिले जा भन्नु न्यायोचित होइन भन्ने पनि छन् नि ?

    नेपाल बैंक लिमिटेडमा यो समस्या भएन । राष्ट्रिय वाणिज्य बैंकमा यो समस्या भएन । कृषि विकास बैंकमा यो समस्या भएन । स्ट्यान्डर्ड चार्टर बैंकमा यो समस्या भएन । एसबीआई बैंकमा यो समस्या भएन । एभरेस्ट बैंकमा यो समस्या भएन । तीन सरकारी बैंक र तीन निजी क्षेत्रका ज्वाइन्ट भेन्चरका बैंकमा बैंकर र व्यवसायी छुट्ट्याउने जुन मुद्दा छ यो मुद्दै रहेन । उनीहरूमा समस्या भएन ।

    यी ६ वटाबाहेकका अरु बैंकहरूमा यो समस्या आएको न हो ? त्यसैले यदि नबिल बैंक पनि पहिले जुन रूपमा स्थापना भएको थियो, त्यो ज्वाइन्ट भेन्चर बैंकमा त्यही रूपमा भएको भए नबिल बैंकमा पनि बैंकर र व्यवसायी छुट्ट्याउने मुद्दाको रूपमा हुँदैनथ्यो । पहिले विदेशी लगानीका इन्डो-स्वेज बैंक थियो । त्यही रूपमा रहिरहेको भए यो समस्या हुँदैनथ्यो ।

    अहिले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको रूपमा छ । केही नेपाली शेयर होल्डर छन् । उनीहरूले समस्याको रूपमा उठाइराखेका छन् । अब ग्लोबल बैंक ठूलो बैंक भइराखेको छ । त्यसैले केही बैंकवालाहरूले यो समस्याको रूपमा लिइराखेको र केही बैंकहरू स्ट्यान्डर्ड चार्टर, एभरेस्ट बैंक, एसबीआई बैंक, सरकारी बैंकहरूमा यो समस्याको कुरै भएन । त्यसैले केही सीमित बैंकका मालिकको हित हेर्ने कि देशको हित हेर्ने भन्ने प्रश्न छ ।

    हिजो उनीहरूले लगानी गरे भन्ने नाममा सधैँभरि उनीहरूको कब्जामा सर्वसाधारणको निक्षेप परिचालन गर्ने वित्तीय संस्था राख्ने हो ? व्यवसायी आउँछ जान्छ । त्यो हिसाबकिताबले लिने कि परम्परावादी ढंगले हिजो मेरो बुवाले मेरो हजुरबाले यो बैंक स्थापना गरेका थिए, लगानी गरेका थिए, म नाति, पनातिले पनि पाइराख्नुपर्छ भन्ने विकासको मोडलले देश जाने ?

    यो त प्रतिस्पर्धाको जमाना हो । कुनै बेला कसको के भूमिका हुन्छ । देशको विकासको लागि देशमा समस्या आयो । त्यो समस्या समाधानको लागि यदि मुलुकले बैंकर र व्यवसायी छुट्ट्याउनुपर्छ । यसले अहिलेको वित्तीय क्षेत्रको समस्या हल गर्छ भनेर राष्ट्रको हित हेर्ने कि केही सीमित व्यक्तिहरूको हितमा राखेर देश विकासलाई बन्धकमा राख्ने भन्ने चुनौती छ ।

    – राष्ट्र बैंकमा रहँदा तपाईंले देख्नुभएको बैंकिङ क्षेत्र र अहिलेको बैंकिङ क्षेत्रको अवस्थामा कस्तो छ ?

    अहिले दिन प्रतिदिन बैंकिङ क्षेत्र अलिकति रेगुलेटरी क्याप्चरमा गएको हो कि जस्तो लाग्छ । केही सीमित बैंकरहरूले राष्ट्र बैंकले बनाउने नीति नियमलाई कब्जामा लिएको जस्तो देखिन्छ । नयाँ कुराहरू गर्न नदिइरहेका छन् । लबिङ गरेर राम्रा नियमहरू उल्ट्याउन खोज्ने, हिजोको भन्दा बढी चलखेल भएको जस्तो मलाई लाग्छ । हिजो यस्तो देखिँदैनथ्यो । राष्ट्र बैंक बलियो देखिन्थ्यो ।

    अहिले राष्ट्र बैंकलाई हास्यास्पद बनाउने, खिल्ली उडाउने काम भइरहेको छ । कतिपय बैंकरहरूले त राष्ट्र बैंकले कुनै नीति ल्याउँदा पेटको दुखेको छ, टाउकोको औषधि दिने, टाउको दुखेको छ, नाइटोको औषधि दिइराखेको छ भनेर अत्यन्त लज्जास्पद ढंगले अत्यन्त तल्लो स्तरको टिप्पणी गरेर राष्ट्र बैंकको स्वायत्तता, छवि र राष्ट्र बैंकले पाउनुपर्ने जुन रेस्पेक्ट छ, त्यसमा धावा बोलेको स्थिति अहिले छ । हिजो यस्तो हुँदैनथ्यो ।

    तथाकथित निजी क्षेत्र, तथाकथित बैंक तथा वित्तीय संस्थाबाहेकको निजी क्षेत्रको कर्पोरेटाइजेसन आवश्यक छ । कर्पोरेटाइजेसन नभएकै कारणले गर्दा विश्वस्तरमा हाम्रा उद्योग व्यवसायहरू प्रतिस्पर्धी हुन सकिराखेका छैन । हाम्रा कर्पोरेट सेक्टर्स, हाम्रो निजी क्षेत्र, उद्योग व्यवसायहरू इनोभेटिभ हुन सकिराखेका छैनन् ।

    राष्ट्र बैंकको नीति नियमलाई खिल्ली उडाउने नाममा विभिन्न उखानटुक्का गरेर जुन सार्वजनिक तरिकाले भाषण गरिराखेका छन्, यसले राष्ट्र बैंकको क्रेडिबिलिटी, राष्ट्र बैंकको इज्जतलाई अन्डरमाइन गर्न खोजेको जस्तो देखिन्छ । हिजो यस्तो हुँदैनथ्यो । सरकारले राष्ट्र बैंकको स्वायत्ततालाई आदर गर्नुपर्छ । नचाहिँदो किसिमले लबिङ ग्रुपले, स्वार्थ समूहको लहैलहैमा लागेर राष्ट्र बैंकलाई निर्देशन दिने, दबाबमा राख्ने काम गर्नुहुँदैन ।

    अहिले नयाँ गभर्नर आउनुभएको छ । उहाँले प्रोफेसनल्ली राष्ट्र बैंकलाई सञ्चालन गर्ने किसिमका अभिव्यक्ति दिइरहनुभएको छ । सरकारलाई विश्वासमा लिन सक्नुभयो भने यी स्वार्थ समूहले जुन चलखेल गरिराखेका छन्, राष्ट्र बैंकको स्वायत्ततामाथि जुन धावा बोल्ने काम गरिराखेका छन्, त्यसलाई नयाँ गभर्नरले रोक्न सक्नुभयो भने उहाँको ठूलो कन्ट्रिब्युसन हुनेछ ।

    – अहिले बैंकिङ क्षेत्र सकसमा देखिन्छन् । नाफा घट्दो छ, नयाँ लगानी बढ्न सकेको छैन, भएको लगानी उठ्न सकेको छैन । गैर बैंकिङ सम्पत्तिको बोझ पनि उस्तै छ । यी कुुराहरूले बैंकिङ क्षेत्र समस्याको भूमरीमा परेका हुन् ?

    वि.सं. २०७२/७३ तिर बैंकहरूको कर्जा टु जीडीपी रेसियो, कर्जाको कुल गार्हस्थ उत्पादनसँगको अनुपात ६५ प्रतिशतको वरिपरि थियो । अहिले ९१-९२ प्रतिशत छ । ९४-९५ प्रतिशतसम्म पुगेको थियो, अलिकति घटेर ९१-९२ प्रतिशत छ । जीडीपीको तुलनामा यो ३०-३५ प्रतिशत हो । यो १० वर्षमा क्रेडिट एक्स्पान्सन भयो । यसले बैंक तथा वित्तीय संस्थाहरूलाई ठूलो धक्का दिएको छ । क्रेडिट टु जीडीपी रेसियो ६५ प्रतिशतबाट ९४ प्रतिशत पुग्यो- १० वर्षमा झण्डै ३० प्रतिशत ।

    चाहिनेभन्दा बढी कर्जा प्रवाह भएको र कर्जा लिएको अवस्था छ । आफूलाई आवश्यक पर्नेभन्दा बढी कर्जा लिँदा कर्जा तिर्ने, किस्ता तिर्ने समस्या त हुने नै भइहाल्यो । बैंकर र व्यवसायी पहिले नै छुट्ट्याएको भए यस प्रकारको स्थिति, क्रेडिट ओभरह्याङको स्थिति आउने थिएन ।

    निजी क्षेत्र अहिले कर्जा लिनसक्ने स्थितिमै छैन । अधिक तरलता छ, अत्यन्त न्यून ब्याजदर छ । पहिले नै चाहिनेभन्दा बढी कर्जा लिएको कारणले गर्दा उनीहरू हल न चलको स्थितिमा छन् । ढलेको अवस्थामा छन् ऋणीहरू । धेरै कर्जा लिएर ढलेको, सुतेको अवस्था छ । अहिले उनीहरूले हामीलाई उठाउ, हामीले यति ऋणको बोझ भो, हामी सर्भिस गर्न सक्दैनौँ, सावाँ र ब्याज भुक्तानी गर्न सक्दैनौँ, हामीलाई राहत देऊ, हामीलाई छुट देऊ, लोनको पुनर्संरचना गर, रिस्ट्रक्चरिङ गर, रि-सेड्युलिङ गर भनिराखेका छन् ।

    यो चार-पाँच वर्ष भयो राष्ट्र बैंक लोनको रि-सेड्युलिङ र पुनर्संरचना गरेको गरेयै छ । कुनै पनि राम्रा नीति-नियम ल्याउन खोज्छ, स्थगन गरेको छ, स्थगन गरेको छ । कुनै राम्रा कामहरू, राम्रा नीति-नियमहरू कार्यान्वयन गर्न सकिराखेको छैन । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रभावित हुने कर्जाको दुरूपयोग भयो । चाहिनेभन्दा बढी लिए । त्यसैले यो १० वर्षमा जुन ३० प्रतिशत बिन्दुले जीडीपीको तुलनामा कर्जा विस्तार भएको छ, यो कर्जा विस्तारले अर्थतन्त्रलाई गतिहीन अवस्थामा पुर्‍यायो ।

    तथाकथित ठूला ऋणीहरू र केही सीमित व्यक्तिहरूले अत्यधिक कर्जा लिएको कारणले गर्दा अहिले बैंकहरूको कर्जा प्रवाह हुन सकिराखेको छैन । यस्तो अवस्थालाई चिर्न पनि बैंकर र व्यवसायी छुट्ट्याउन अत्यन्त आवश्यक छ । यदि बैंकर र व्यवसायी छुट्ट्याइदिएको भए, यस प्रकारको जोखिम बैंकहरूले मोल्ने थिएन ।

    मालिक नै बैंकर भएको कारणले नाफा कमाउने जुन नशाको कारणले उनीहरूले सर्वसाधारणको निक्षेपलाई जोखिममा पारेको अवस्था छ । बैंकर र व्यवसायी छुट्ट्याएको भए बैंकहरू प्रोफेसनल रूपमा सञ्चालन गरेको भए यो अवस्था आउँदैनथ्यो । त्यसैले पनि कर्जा प्रवाह गर्न र अर्थतन्त्रलाई गतिशील बनाउन पनि बैंकर र व्यवसायी छुट्ट्याउनुपर्छ भन्ने कुरो यसले सावित गर्छ ।

    – बैंकर र व्यवसायी एउटै भएका कारणले बैंकिङ क्षेत्र समस्यामा फसेको हो र ?

    हो, कारण नै त्यही हो । यस्तो खालको समस्या स्ट्यान्डर्ड चार्टरमा कुनै छैन । एभरेस्ट बैंकमा समस्या छैन । एसबीआई बैंकमा समस्या छैन, सरकारी बैंकहरूले पनि समस्या भयो भनेर भनिराखेका छैनन् । अरु निजी क्षेत्रका बैंकहरूले मात्रै हामीलाई गाह्रो भयो, समस्या भयो भनिरहेका छन् । उनीहरूको एनपीए बढी हुने, उनीहरूको बेसरेट बढी हुने, उनीहरूको कस्ट अफ फन्ड बढी हुने प्रकारको जुन स्थिति छ, यो किन भयो भनेर अध्ययन हुन आवश्यक छ । त्यो अध्ययनले कता पुर्‍याउँछ, त्यसको आधारमा हामीले निर्णय लिनुपर्ने हुन्छ ।

    – बैंकहरूको खराब कर्जा बढेको बढेयै छ । यसले नेपालको बैंकिङ क्षेत्रमा कस्तो जोखिम ल्याउँदैछ ?

    एनपीए बढ्नु त कदापि राम्रो होइन । अहिले वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्यांकमा निष्क्रिय कर्जा अनुपात ५ प्रतिशत छ, तर यो सही होइन, यो फेक हो । यो नक्कली हो ।

    बैंक तथा वित्तीय संस्थाहरूबाट प्रभावित हुने कर्जाको दुरूपयोग भयो । चाहिनेभन्दा बढी लिए । त्यसैले यो १० वर्षमा जुन ३० प्रतिशत बिन्दुले जीडीपीको तुलनामा कर्जा विस्तार भएको छ, यो कर्जा विस्तारले अर्थतन्त्रलाई गतिहीन अवस्थामा पुर्‍यायो ।

    यो मुलुक कृत्रिमतामा गएको छ । हाम्रो एनपीए नक्कली, बैंकको नाफा नक्कली, बैंकले वितरण गर्ने लाभांश नक्कली, हाम्रो निर्यात ७७ प्रतिशत र ७८ प्रतिशतको ग्रोथ नक्कली ! हामी कृत्रिमता, आर्टिफिसियल गइराखेका छौँ । अन्ततः यो तदर्थवादको तरिकाले बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने, देश सञ्चालन गर्ने प्रवृत्तिको कारणले पनि यस्तो भएको हो ।

    – बैंकको तथ्यांकदेखि आयात-निर्यातको तथ्यांकसम्म नक्कली हो भन्नुभयो, यसका आधारहरू के हुन् ?

    ११ महिनामा निर्यातमा ७८ प्रतिशतको ग्रोथ छ । एक वर्षमा ७८ प्रतिशतले नेपालको निर्यात बढ्यो । यो त अत्यन्त राम्रो कुरो हो, तर हामी यसलाई सस्टेनेबल बनाउन सक्छौँ ? यो ७८ प्रतिशतको निर्यातमा वृद्धि कसरी भयो ? पश्मिनाको निर्यात बढेर हो ? गार्मेन्टको निर्यात बढेर हो ? अदुवाको निर्यात बढेर हो ? अलैँचीको निर्यात बढेर हो ? कार्पेटको निर्यात बढेर हो ? गोल्डस्टार जुत्ताको निर्यात बढेर हो ? धान-चामलको निर्यात बढेर हो ? कफीको निर्यात बढेर हो ? चियाको निर्यात बढेर हो ? होइन, यो त भटमासको तेलले हो ।

    ब्राजिल, युक्रेनबाट ल्याउने कच्चापदार्थ ल्याएर बोर्डरमा मेड इन नेपाल भन्दै छाप लगाउँदै इन्डियातिर निर्यात गरिएको छ । भोलि भारतले तेलमा लगाएको जुन ट्यारिफ भन्सार घटाउना साथमा हिजोको वनस्पति घिउ जस्तो, हिजोको पाम आयलको निर्यात जस्तो, यो भटमासको तेल हुनसक्छ । त्यसैले यो ७८ प्रतिशत जुन निर्यात वृद्धि भएको छ, यो त फेक होइन र ? यो नक्कली होइन र ? यसको न स्वदेशी अर्थतन्त्रमा ब्याकवार्ड लिङ्केज छ, न त यसको फर्वार्ड लिङ्केज छ । यो निर्यातको ब्याकवार्ड लिङ्केज हो ।

    हामीले भटमास उत्पादन गरेर भटमासको तेल निर्यात बढाएका हौँ र ? पाम आयलको पाम उत्पादन गरेर पाम आयलको निर्यात बढाएका हौँ र ? यो त कच्चापदार्थ ल्याएर गरेको हो । प्याकेजिङबाहेक त केही पनि छैन यहाँको । यो दिगो हुनसक्दैन । भारतले भोलि भटमासको तेलमा लगाएको भन्सार घटायो भने हाम्रो भटमासको तेलको निर्यात हिजोको जस्तै ७८ प्रतिशतले वृद्धि हुँदैन ।

    हाम्रो रियल निर्यात त नेगेटिभमा छ । घटेको छ । १०० अर्बभन्दा बढी भटमास तेलको आयात भएको छ । त्यही १०० अर्ब, ९८ अर्ब बराबरको भटमास तेलको निर्यात भएको छ । आयात पनि बढ्यो, निर्यात पनि बढ्यो, यसमा हामी मख्ख ! १३ प्रतिशतले त्यो टोटल आयात बढेको छ । अनि एक्सपोर्टको बेस सानो भएको हुनाले हाम्रो कुल निर्यात ७८ प्रतिशतले वृद्धि भएको छ । यसको मुख्य कारण भनेकै जिरो, हिजो जिरो भटमास तेलको निर्यात हुन्थ्यो भने अहिले त १०० अर्ब बराबर निर्यात भइरहेको छ । त्यही कारणले मैले यसलाई फेक भनेको हो ।

    यदि एनपीए सही तरिकाले क्यालकुलेट गरेको भए, सार्वजनिक गरेको भए एनपीए त १०-१२, १४-१५ प्रतिशत पुग्ने स्थिति छ नेपालको । त्यो भइदिएको भए एनपीए ५ नभएर डबल डिजिटको हुन्थ्यो । त्यो हुँदा बैंकहरूको नाफा अलिकति संकुचित हुन्थ्यो । बैंकको नाफै भएन भने लाभांश वितरणका कुराहरू हुँदैनथे, तर बैंकहरूको एनपीए अत्यन्त न्यून ५ प्रतिशत र बैंकहरूको नाफा ठीकठीकै छ । अनि बैंकहरूले लाभांश पनि वितरण गरिरहेछन्, सब ठीकठाक छ भन्ने वातावरण देखाइरहेछन् । बैंकहरू ठीक छन् । कम्तीमा लाभांश त वितरण गरिरहेछन् । यति अर्ब, उति अर्ब, ५०-६० अर्ब नाफा त गरिरहेछन् भन्ने कुरो छ । यदि सही पिक्चर, सही ढंगले एनपीए देखाएको भए उनीहरूको यो स्थिति हुँदैनथ्यो ।

    – नेपालको बैकिङ क्षेत्र राष्ट्र बैंकको कडा नियमनमा रहेको भन्ने गरिन्छ । बैंकहरूले हरेक दिन राष्ट्र बैंकमा तथ्यांक पठाइरहेका हुन्छन् । तैपनि बैंकहरू समस्यामा पर्ने गरेका छन् । यसमा राष्ट्र बैंकको कमजोरी पनि होला नि ?

    कमजोरी त कर्णालीमै देखियो नि ! दुई महिना अगाडि एनपीए आठ-दस प्रतिशत भएको बैंक, दुई-तीन महिना पछाडि ४० प्रतिशत एनपीए कसरी भयो ? यसमा जनताले प्रश्न गर्ने ठाउँ चाहिँ छ । बैंकहरूको सही ढंगले सुपरिवेक्षण नभएकै कारणले गर्दा यो भएको हो । रेगुलेसन, नियमनहरू त छन्, तर ती नियम जुन राष्ट्र बैंकले जारी गरेको छ, ती नियमहरूको अनुपालना भएको छ कि छैन ? परिपालना भएको छ कि छैन भन्ने हेर्न त सुपरिवेक्षण गर्नुपर्‍यो ।

    राष्ट्र बैंकको यदि सुपरिवेक्षण बैंकहरूको ब्यालेन्स शीटमा सीमित भयो । बैंकहरूको शाखा कार्यालय भिजिटमै सीमित भयो । बैंकहरूको केन्द्रीय कार्यालय, प्रधान कार्यालयमै गएर सीमित भयो भने त्यो सही ढंगको सुपरिवेक्षण होइन । सही किसिमको सुपरिवेक्षण भनेको ऋणीहरूले लिएको ऋणको सदुपयोगिता, त्यसको जोखिमको मूल्यांकन हो । यो राष्ट्र बैंकले गर्नुपर्छ ।

    – अहिले बैंकहरूमा पैसा थुप्रिएको छ । लगानी बढ्न सकेको छैन । लगानी हुनुपर्ने खर्बौं रकम राष्ट्र बैंकले तानेर राखिदिएको छ । किन लगानी बढ्न सकेन ?

    बैंकहरू ठूला भए । त्यहाँ ठूल्ठूलो डिपोजिट छ । उनीहरूले ठूल्ठूलो कर्जा दिन्छन् । उनीहरूले खुलमखुला के भनिरहेछन् भने गोजीमा दाम हुनेलाई मात्र हामी ऋण दिन्छौँ, सडक छापलाई हामी ऋण दिँदैनौँ । गोजीमा दाम भएको व्यक्तिले ऋण तिर्नसक्छ । अब गोजीमा जसको दाम छ, धनी छ, व्यवसायी छ, उसलाई ऋण दिन्छौँ । तीबाहेक अरु गोजीमा दाम नहुनेहरूलाई, सडकमा भौँतारिराखेको, उद्यमी बन्न गर्न खोजेको, तर केही पनि छैन भन्ने व्यक्ति, तथाकथित व्यवसायलाई हामी ऋण दिन सक्दैनौँ भनेर खुलमखुला भनेको भनै छन् ।

    अब ती ठूला दाम भएका जुन ऋणीहरूले पहिले नै धेरै ऋण लिसके । उनीहरूमा थप ऋण लिनसक्ने क्षमतै छैन । आवश्यक पनि छैन । ऋणले टन्न अघाएका मानिसहरू छन् । यही कारणले गर्दा अधिक तरलता हुँदाहुँदै पनि कर्जा नगएको हो । त्यसैले हाम्रो बैंकिङ बिजनेस मोडलमा डिफेक्ट छ ।

    बैंकहरू ठीक छन् । कम्तीमा लाभांश त वितरण गरिरहेछन् । यति अर्ब, उति अर्ब, ५०-६० अर्ब नाफा त गरिरहेछन् भन्ने कुरो छ । यदि सही पिक्चर, सही ढंगले एनपीए देखाएको भए उनीहरूको यो स्थिति हुँदैनथ्यो ।

    वाणिज्य बैंक भए पुग्छ भन्ने मोडलमा हामी गयौँ । युनिभर्सल बैंकिङ बिजनेस मोडलमा गयौँ । वाणिज्य बैंकहरू सुरक्षित छन्, नाफा कमाइराखेका छन्, कम लागतमा काम गरिराखेका छन्, कुनै समस्या छैन, लघुवित्तमा समस्या छ, विकास बैंकमा समस्या छ, वित्त कम्पनीमा समस्या छ, सहकारीमा समस्या छ । त्यसैले यी समस्याहरूलाई खारेज गर्नुपर्छ, बैंकहरूमा विलय गर्नुपर्छ भन्ने मोडलमा हामी गयौँ ।

    अब सहकारीले गोजीमा दाम नभएको एउटा सिम्पल सदस्यलाई पनि केही सानोतिनो कर्जा दिन्छ । बैंकहरूले त दिँदैन । लघुवित्तले अब धितो राख्न नसक्ने, सामूहिक जमानीको आधारमा पनि पाँच लाख दिन्छ । व्यवसायी गर्छु भने अलिअलि धितो छ भने सात लाखसम्म दिने व्यवस्था छ । विकास बैंकहरूले पनि अलिअलि धितो हुनेहरूलाई, व्यवसायी गर्छु भन्नेहरूलाई कर्जा दिन्छन् ।

    आमनागरिकले अनौपचारिक क्षेत्रबाट कर्जा लिनु परिराछ, भोटाहिटी मार्केटबाट, असनबाट, साहु महाजनबाट कर्जा लिएर विदेश जानु परिरहेछ । चार-पाँच लाख बैंकहरूले पत्याउँदैन, दिँदैन । अब उनीहरूले उच्च ब्याजदरमा, मिटरब्याजीमा, गाउँघरमा त मिटरब्याज चलिराखेको छ । त्यो मिटरब्याजमा पनि कर्जा पाउँदैनन् ।

    ठूला ऋणीहरूलाई कर्जाको कुनै समस्या छैन । स्वःस्फूर्त ढंगले कर्जा उपलब्ध हुने भएको हुनाले उनीहरूले पहिले नै लिसके । त्योबेला बुद्धि पुर्‍याएनन्, अहिले ढलेको ढलै छन् । तिर्न सकिरहेका छैनन् । त्यसैले यो विशिष्टीकृत, डिफरेन्सिएटेड, विविधतायुक्त बैंक तथा वित्तीय संस्थाहरूको विकास नगरेको कारणले गर्दा पनि तरलता एक ठाउँमा थुप्रियो । वित्तीय स्रोत एक ठाउँमा थुप्रियो । यसको विकेन्द्रीकरण भएन ।

    मुलुक संघीयतामा गए पनि वित्तीय संघीयतामा गइसकेको छैन । संघीय ढाँचामा बैंक तथा वित्तीय संस्थाहरूको विकास भएको छैन । केन्द्रीयतामै आधारित छ । हाम्रो वित्तीय क्षेत्रको विकास रणनीतिमा मैले खोट देख्छु, यो त्रुटिपूर्ण छ । त्यसैले यदि वित्तीय समावेशीमा विस्तार ल्याउने हो, वित्तीय पहुँच विस्तार गर्ने हो, कर्जामाथिको पहुँच बढाउने हो भने विविधतायुक्त बैंकिङ, बैंक तथा वित्तीय संस्थाको मोडलमा जानुपर्छ ।

    – नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदैछ । देशको वर्तमान अवस्थालाई सम्बोधन गर्नेगरी कस्तो आउनुपर्छ मौद्रिक नीति ?

    अब मौद्रिक नीति, वित्तीय नीति ल्याउँदा अल्पकालीन सोच होइन कि दीर्घकालीन सोचका साथ ल्याउनुपर्छ । अहिलेको अवस्था हेरेरमात्रै होइन कि ५-६ वर्ष, १० वर्षको स्थिति हेरेर, परिदृश्य बनाएर मौद्रिक नीति ल्याउनुपर्छ । लङटर्म, मिडियम टर्म सोचका साथ मौद्रिक नीतिको लेखन हुनुपर्छ । त्यसको रणनीति तय गर्नुपर्छ भन्ने मेरो सुझाव छ ।

    मौद्रिक नीतिको फोकस भनेको वित्तीय क्षेत्रको स्थायित्व र वित्तीय क्षेत्रको विकासमा हुनुपर्छ । मूल्य स्थिरतामा समस्या छैन । अत्यन्त न्यून मुद्रास्फीति छ । अनि ब्यालेन्स अफ पेमेन्ट्समा, विदेशी विनिमयमा कुनै समस्या छैन ।

    आर्थिक वृद्धिमा अलिकति ग्रोथ कम भएको छ । राष्ट्र बैंकले मूल्य स्थिरता, बाह्य क्षेत्र स्थायित्व र वित्तीय क्षेत्र स्थायित्व कायम गरेर नेपाल सरकारलाई उच्च आर्थिक वृद्धिको उसको प्रयत्नको बाटो प्रशस्त गर्ने नै हो । त्यसैले यदि बैंक तथा वित्तीय संस्थाहरूमा समस्या रहिरह्यो, सपोर्ट हिसाबकिताबले काम गर्न सकेनन् भने नेपाल सरकारको उच्च आर्थिक वृद्धिको जुन सपना छ, त्यो साकार हुन सक्दैन ।

    ठूला दाम भएका जुन ऋणीहरूले पहिले नै धेरै ऋण लिसके । उनीहरूमा थप ऋण लिनसक्ने क्षमतै छैन । आवश्यक पनि छैन । ऋणले टन्न अघाएका मानिसहरू छन् । यही कारणले गर्दा अधिक तरलता हुँदाहुँदै पनि कर्जा नगएको हो । त्यसैले हाम्रो बैंकिङ बिजनेस मोडलमा डिफेक्ट छ ।

    राष्ट्र बैंकको आगामी वर्षको मौद्रिक नीतिले यो वित्तीय क्षेत्रको स्थायित्वलाई थप कसरी मजबुत गर्ने र क्रेडिट फ्लोलाई पुनःस्थापित कसरी गर्ने, के गर्दा अर्थतन्त्रमा आजको भन्दा बढी कर्जा प्रवाह गर्न सकियोस्, त्यो रणनीतिमा राष्ट्र बैंक जानुपर्छ । त्यो रणनीति आगामी वर्षको मौद्रिक नीतिले लिनुपर्छ ।

    अहिले हामीले चर्चा गरेको भनेको स्टार्टअप हो । स्टार्टअपहरूले कर्जा पाइराखेका छैनन् । स्टार्टअपलाई फन्डिङ गर्ने भनेको भेन्चर क्यापिटल, प्राइभेट इक्विटी जस्ता वैकल्पिक लगानी कोषहरूले गर्ने हुन् । जस्तै डोल्मा, बिजनेस अक्सिजन भन्ने जस्ता छन्, २०-२५ वटा भेन्चर क्यापिटलहरू, प्राइभेट इक्विटीहरू । अब यस्ता भेन्चर क्यापिटल, प्राइभेट इक्विटीमा बैंक तथा वित्तीय संस्थाहरूले लगानी गर्ने व्यवस्था मौद्रिक नीतिले गर्नुपर्‍यो ।

    अर्थतन्त्र चलायमान गर्ने, उद्यमशीलताको विकास गर्ने, स्टार्टअपको विकास गर्ने, रोजगारी, स्वरोजगारको सिर्जना गर्ने काम गर्न आवश्यक छ । यस्ता इनोभेटिभ कार्यक्रमहरू नीतिगत हस्तक्षेप मौद्रिक नीतिले समावेश गर्नुपर्छ, समाहित गर्नुपर्छ, लागू गर्नुपर्छ । राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिमा अर्थतन्त्रमा नयाँपन ल्याउने खालको हुनुपर्छ ।

    – हाल बैकिङ क्षेत्रमा देखिएको समस्या समाधान गर्न कसले कस्तो भूमिका खेल्नुपर्छ ?

    सरकार एकदम प्रोएक्टिभ हुनुपर्छ । नेपालको फिस्कल पोलिसी, बजेटरी पोलिसी प्रो-साइक्लिकल भएको छ । अर्थतन्त्रमा शिथिलता आएको छ । बजेटमा पनि शिथिलता आयो । बजेट काउन्टर साइक्लिकल हुनुपर्ने हो ।

    फिस्कल पोलिसी, बजेटरी पोलिसी काउन्टर साइक्लिकल आर्थिक गतिविधिमा कमी आइराखेको छ भने बजेट विस्तारकारी हुनुपर्‍यो । त्यसले फिस्कल स्टिमुलस देओस् भन्ने खालको डेभलपमेन्ट प्याकेज सरकारले ल्याउनुपर्ने हुन्छ, जुन ल्याइरहेको छैन । एउटा कर्मकाण्डी किसिमको बजेट आइराखेको छ । त्यसैले यो बजेटको असफलताको कारणले गर्दा नै यो समस्या आइराखेको छ । जसले गर्दा मौद्रिक नीति प्रभावकारी हुन सकिरहेको छैन ।

    सरकारले केही वर्ष पहिले विभिन शीर्षकमा सहुलियतपूर्ण कर्जाको व्यवस्था गरेको थियो । ती अहिले बन्द छन् । यसमा सरकारले माहोल बिगार्‍यो । लगानीको इकोसिस्टम सरकारले बजेटमार्फत सिर्जना गर्नुपर्छ । जसको आधारमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सरकारका उद्देश्यहरू, विकासका उद्देश्यहरू, समावेशीका उद्देश्यहरू, हरित अर्थतन्त्र निर्माणका उद्देश्यहरू, निर्यात प्रवर्द्धन गर्ने उद्देश्यहरूमा सपोर्ट गर्नसक्छ । जब त्यो माहोल नै हुँदैन, इकोसिस्टम नै हुँदैन, राष्ट्र बैंकको मौद्रिक नीति प्रभावकारी हुन सक्दैन ।

    मौद्रिक नीति र सरकारी वित्त नीतिबीच कोअर्डिनेसन भएन भने देशको विकास हुँदैन । हामी कोअर्डिनेसनको नाममा मौद्रिक नीतिले यो गर्नुपर्छ, कर्जा राहत दिनुपर्छ, सावाँ-ब्याज असुली गर्नुहुन्न, कालोसूचीका कुरा गरिरहेका छौँ, वर्किङ क्यापिटलका कुरा गर्छौँ, अनि त्यही सित्तैमा फ्री मनी दिनुपर्छ भन्ने नाममा हामी को-अर्डिनेसनको, समन्वयको कुरा गर्छौँ । सरकारले राष्ट्र बैंकलाई न्याकुन र व्यापारीको, ऋण नतिर्नेहरूको, आलटाल गर्नेहरूको, बिजुलीको पैसा नतिर्नेहरूको पक्षमा वकालत गरून् भन्ने किसिमको कोअर्डिनेसनको कुरा गर्दा यो देश कहीँकतै अगाडि बढ्न सक्दैन ।

    एक हातले ताली बज्दैन । राष्ट्र बैंकले मात्रै अर्थतन्त्रका समस्याहरू, बेरोजगारीका समस्याहरू, न्यून आर्थिक वृद्धिका समस्याहरू र बैंक तथा वित्तीय संस्थाहरूमा अहिले देखिएको जुन समस्या छ, त्यसको निराकरण गर्न सक्दैन । त्यसैले समन्वयात्मक ढंगले अगाडि बढ्नुपर्ने हुन्छ ।

  • कैलालीमा गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार (भिडिओ)

    कैलालीमा गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार (भिडिओ)

    कैलाली । गोदावरी नगरपालिकास्थित गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा उनीहरुलाई उद्धार गरिएको हो ।

    नदीमा श्राद्ध गर्न गएका उनीहरु वर्षातको कारण एक्कासि बाढी आएपछि बीच भागमा फसेका थिए ।

    इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उद्धार गरिएकाहरूमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ का ६५ वर्षीय पल्लु सार्की, ६५ वर्षीया भागेश्वरी सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय विकट सार्की, ३५ वर्षीय वीर सार्की र बेदकोट नगरपालिका- ७ का २८ वर्षीय अब्दुल सार्की रहेका छन् ।

    मान्छे फसेको सूचना पाएसँगै कैलाली प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा र गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टसहितको टोली घटनास्थल पुगेको थियो ।‌

    घटनापछि समयमै सुरक्षा निकाय परिचालन गरिएकाले कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

  • मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग

    मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग

    जनकपुरधाम । प्रतिपक्षी दलहरुले मधेशको प्रदेशसभा बैठक आज तेस्रो दिन पनि अबरुद्ध पारेका छन् । सभामुख रामचन्द्र मण्डलले बैठकको कारबाही अगाडि बढाएलगत्तै प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एसका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।

    जसपा नेपालका सांसद रामआशिष यादवले माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिए । उनले बजेटमा बिचौलिया हावी भएको र असमान ढंगले बजेट विनियोजन गरिएकोमा आपत्ति जनाए ।

    सांसद यादवले भने, ‘आज संसदमा सत्तापक्षकै अधिकांश सांसद उपस्थित छैनन् । उहाँहरुलाई पनि बजेट मन परेको छैन । आजको अनुपस्थितिले यही देखाउँछ ।’

    बजेटको विषयमा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच निरन्तर प्रयास भए पनि कुरा मिलेको छैन । सहमति नजुटेपछि लगातार तीन दिन संसद चल्न सकेन ।

    सांसद यादवले बजेट पुनर्लेखन नगरेसम्म अन्य कुनै सहमति नहुने स्पष्ट पारे ।

    बजेटमा बिचौलिया हावी भएको र आफ्नो क्षेत्रकै ठूला योजनाहरुमा ५-१० लाख बजेटमात्र विनियोजन गरिएको भन्दै सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीकै अध्यक्ष सीके राउतले विरोध जनाएका थिए ।

    तर पछिल्लो समय उनले बजेटको प्रशंसा गरिरहेका छन् ।

    सत्तारुढ नेपाली कांग्रेस पनि बजेटको विषयमा विभाजित छ । कांग्रेस दलका नेता कृष्णप्रसाद यादव बजेटको पक्षमा छन् भने उपनेता वीरेन्द्र सिंहले विरोध जनाइरहेका छन् ।

    बजेटबारे नेकपा एमाले भने मौन छ ।

  • ‘धनपति’को टीम ८ वर्षपछि एक ठाउँमा- के नयाँ प्रोजेक्टमा सहकार्य हो ?

    ‘धनपति’को टीम ८ वर्षपछि एक ठाउँमा- के नयाँ प्रोजेक्टमा सहकार्य हो ?

    काठमाडौं । ‘धनपति’ प्रदर्शन भएको ८ वर्षपछि निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तको अफिसियल भेट भएको छ । ८ वर्षपछि ‘धनपति’को टीमबीच भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    तीन जनाको भेटको तस्बिर सञ्जालमा सेयर गर्दै सुरक्षाले क्याप्सनमा लेखेकी छन्, ‘धनपतिपछिको भेट । केही पाक्दैछ है !’ दीपेन्द्रले पनि ‘धनपति’ पछिको भेट भन्दै तस्बिर शेयर गरेका छन् । तीन जनासँगै पोस्टर डिजाइनर रोयल भीमसेन पनि छलफलमा सहभागी भएका छन् ।

    स्रोतका अनुसार ‘धनपति’पछि पुनः सहकार्य गर्नेबारे छलफल गर्न तीन जनाको भेट भएको हो । केही समयपछि नै नयाँ प्रोजेक्टको काम अगाडि बढ्नसक्ने सम्भावना छ । उक्त प्रोजेक्टमा ‘धनपति’को टीम नै हुने जनाइएको छ ।

    खनालको केही समयअघि ‘के घर के डेरा ः घर नम्बर २’ प्रदर्शन भएको थियो । त्यस्तै सुरक्षाको अन्तिम चलचित्र ‘महाभोज’ थियो । यस चलचित्रमा उनी छोटो भूमिकामा देखिएकी थिइन् ।

    ‘धनपति’पछि दीपेन्द्रले सुरक्षासँग ‘आमा’ र ‘के घर के डेरा’ चलचित्रमा सहकार्य गरेका थिए । खगेन्द्रसँग ‘पशुपतिप्रसादः भष्मे डन’ र ‘के घर के डेरा २’मा सहकार्य गरेका थिए, तर ‘धनपति’पछि यी तीनै जनाले एकै चलचित्रमा सहकार्य गरेका छैनन् ।