Author: Anisha Tiwari

  • जाउलाखेलमा दशैं लक्षित जुत्ताचप्पल व्यापार मेला, के कस्ता छन् विशेषताहरु ?

    जाउलाखेलमा दशैं लक्षित जुत्ताचप्पल व्यापार मेला, के कस्ता छन् विशेषताहरु ?

    काठमाडौं । ललितपुर महानगरपालिका जाउलाखेलको खेल मैदानमा वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना भएको छ ।

    यहि असोज १० गतेदेखि सुरु हुने मेला कार्तिक ३ गतेसम्म हुनेछ । भने, मेला बिहान ९.०० बजे देखि बेलुकी ७.०० बजेसम्म खुल्ला रहनेछ । जहाँ निशुल्क प्रवेश व्यवस्था मिलाइएको छ ।

    आयोजका अनुसार मेलामा न्युनतम २० प्रतिशत देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइनेछ । मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने आयोजकको दाबी छ ।

    मेलामा विशेषताहरु

    वडादशैं पर्व लक्षित मेला भएकोले नयाँ नयाँ डिजाईनका जुत्ता चप्पल आकर्षक मूल्यमा उपलब्ध हुनेछन् ।

    नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु रोयल शु इण्डष्ट्रिजको उत्पादन –रोयल शुज, वेश फुटवेयरको उत्पादन – वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, लालिगुरास फुटवेयरको – क्रस रोड शुज, शुभकामना फुटवेयरको – फस्टवाक शुज, नमस्ते फुटवेयरको – सिल, आर.डि.कलेक्सनको – हाई लाईफ, केटिएम शुजको –केटिएम, डि.जे. शुज कम्पनीको – डि.जे. शुज, फुड फेशनको – वेली शुज, सर अनिल ट्रेड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको – कोसेली सुज गरि ११ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहनेछ ।

    ३ हजार भन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुनेछन् ।नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् । नयाँ उत्पादनहरु लञ्च गरिने छन् । मेला अवधि भर विषेश छुटको व्यवस्था गरिनेछ । न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइनेछ ।

  • लोकमार्ग विस्तार गर्न अछेतेका घरटहरा भत्काइँदै

    लोकमार्ग विस्तार गर्न अछेतेका घरटहरा भत्काइँदै

    गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्ड अझै सम्पन्न हुन सकेको छैन । दश वर्षदेखि बागलुङ खण्डका सडकमा कालोपत्र सुरु गरिए पनि अझै सम्पन्न हुन सकेको हो । निर्माण व्यवसायीको ढिलासुस्ती र लोकमार्ग छेउछाउका घरटहराहरुले समेत समस्या बनाएका छन् । लोकमार्ग अन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किमी सडक पर्छ ।
    यसका लागि हाल लोकमार्ग निर्माणका लागि अछेते बजारका घरटहरा हटाइने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी तथा इन्जिनियर पवन सुवेदीले यसका लागि हाल मूल्याङ्कन भइरहेको बताए ।
    बागलुङ बजारदेखि बिहुँसम्मको १३ किमी सडकमा अहिले कालोपत्रका लागि पाँचौँ पटक म्याद थप्न लागिएको छ । अन्तिम पटकलाई म्याद थप गर्नेगरी निर्माण कम्पनी काममा फर्किएपछि सडक चौडा पार्न घरटहरा भत्काउनु अघि क्षतिपूर्ति दिनका लागि मूल्याङ्कन भइरहेको हो । सुवेदीका अनुसार अछेतेमा पाँच परिवारका आठ वटा घरटहरा भत्काउन लागिएको हो ।
    यसअघि गत असार १९ गतेको  नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले क्षतिपूर्ती दिएर घरटहरा भत्काउने निर्णय गरेको थियो । “लोकमार्ग विस्तारमा घरटहरा परेमा मात्रै क्षतिपूर्ति दिने व्यवस्था छ, मन्त्रिपरिषद्को निर्णयपछि मात्रै हामीले काम अगाडि बढाएका हौँ, अहिले भत्काउने घरहरुलाई सङ्केत गर्ने, कच्ची वा पक्की छुट्याउने र क्षतिपूर्ति दिने रकम मूल्याङ्कन गरिरहेका छौँ”, सुवेदीले भने ।
    बागलुङका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको क्षतिपूर्ति व्यवस्थापन समितिले सहायक प्रजिअ चित्राङ्गत बरालको संयोजकत्वमा अछेते बजारको घरटहरा भत्काउने प्रायोजनमा उपसमिति बनाइएको छ ।
    उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ साल माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर बनाउन दुई वर्षका लागि गरेको ठेक्का सम्झौता पाँचौं पटक म्याद थपको चरणमा पुगेको छ । घरटहरा भत्काउनका लागि स्थानीयले सहजीकरण गरेकाले समस्या नहुने बागलुङका सहायक प्रजिअ चित्राङ्गत बरालले जानकारी दिए ।
    अछेते बजारका स्थानीय दीपक भण्डारीका अनुसार राज्यले दिने क्षतिपूर्तिका आधारमा घरटहरा भत्काउन दिने सहमति जनाइसकेको बता । भण्डारीका दुईवटा टहरा मापदण्डभित्र परेपछि भत्काइँदै छ । स्थानीयवासीले विकास निर्माणमा सहजीकरण गर्दै आवश्यक क्षतिपूर्ति पाएपछि घरटहरा भत्काउन दिने भएपछि अछेतेमा लोकमार्ग विस्तारसँगै कालोपत्रको काम अगाडि बढ्ने भएको हो ।
  • प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम

    प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम

    बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज चीन पुगेका छन् ।
    चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए ।
    प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै न्यूयोर्कबाट यहाँ आइपुगेका हुन् । प्रधानमन्त्री दाहालले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए ।
    प्रधानमन्त्री दाहाल सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । त्यसैगरी हाङ्गजाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता हुने छ । उनीहरु बीच सो सहरमा उच्चस्तरीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
    प्रधानमन्त्री दाहाल उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउनेछन् । बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उक्त भेटावार्तापछि प्रधानमन्त्री दाहालले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् ।
    सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन् । महानगरपालिकाले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्ने कार्यक्रम छ ।
    यस भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री दाहालले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ । यसैगरी उनले चीनस्थित नेपाली राजदूताबासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरुको सहभागिता रहने छ । सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ । सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरु पनि यहाँ आइपुगेका छन् ।
    त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्किने कार्यक्रम छ ।
  • शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ भन्छन् – देशको प्रधानमन्त्री पढाइरहेको छु

    शिक्षक आन्दोलनका ‘भाइरल गुरु’ होमनाथ भन्छन् – देशको प्रधानमन्त्री पढाइरहेको छु

    काठमाडौं । संसदमा दर्ता भएको शिक्षा विधेयकको विरुद्धको आन्दोलनमा एक शिक्षकको भिडियो सामाजिक सञ्जालभरी सार्वजनिक भयो । सिलाएको झोला बोकेर आन्दोलनमा अगुवाइ गरिरहेका उनको भिडियो भाइरल भएको थियो ।

    सामाजिक सञ्जालमा असल शिक्षकको रुपमा प्रशंसासहित सार्वजनिक भएका तिनै शिक्षक होमनाथ न्यौपानेको बारेमा नेपाल प्रेसले थप जानकारी लिएका छौँ ।

    ४० वर्षका होमनाथ न्यौपाने माध्यामिक तहका शिक्षक हुन् । विज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर न्यौपाने देवचुली नगरपालिका १५ मा रहेको जनज्योती माध्यामिक विद्यालयका गणित शिक्षक हुन् ।

    २०७१ सालको शिक्षक सेवा आयोगमा स्थायी नाम निकालेर माध्यामिक विद्यालयमा अध्यापनको लागि प्रवेश गर्नुअघि उनी निजामती सेवाका कर्मचारी थिए । प्रशासन तर्फका खरिदार पदमा ३ वर्ष सेवा गरेपछि उनी निजामती सेवा छोडेर शिक्षण पेशामा फर्किएका हुन् ।

    ‘जिल्ला हुलाक कार्यालयको खरिदारको रुपमा पोष्टिङ भएपनि मेरो काज प्रधानमन्त्री कार्यालयमा थियो, शिक्षक न्यौपानेले भने, ‘विद्यार्थीबीच रमाउने बानी परिसकेकोले निजामती सेवामा रमाउन सकिन र शिक्षणमै फर्किएँ ।’

    जनज्योती माध्यामिक विद्यालयबाट नै कक्षा १२ सम्म न्यौपानेले विज्ञान विषयमा प्रथम भएर उत्तीर्ण भएका थिए । भरतपुरको बीरेन्द्र बहुमुखी क्याम्पसबाट विज्ञान विषयमा स्नातक उत्तीर्ण हुँदासम्म उनले चितवन र नवलपरासीका विभिन्न विद्यालयमा शिक्षण अनुभव बटुलिसकेका थिए ।

    त्यतिबेलासम्म अध्यापनमा रमाइसकेका उनी जब स्नातकोत्तर पढाइका लागि कीर्तिपुर पुगे त्यहाँ साथीहरु लोकसेवा पढ्ने माहौलले मात्रै उनलाई लोकसेवा तयारीको लागि प्रेरित गरेको थियो । त्यसैले निजामती सेवाभन्दा पढाउने पेशाले नै उनलाई तान्यो ।

    २०७१ सालमा स्थायी बनेर शिक्षण सेवा प्रवेश गरेका उनी विद्यार्थीमाझ लोकप्रिय छन् । धेरैजसो शिक्षकहरु सरकारी पोशाकमा चट्ट परेर विद्यालय जान लाग्दा आफ्ना सन्तानलाई निजी विद्यालय छोडेर निस्किएका दृष्य सामान्य झैँ देखिन्छन् ।

    तर, न्यौपानेको अर्को सिद्धान्त छ । आफूले पढाउने शिक्षा गुणस्तरीय छ भने आफूले पढाउने विद्यालयमा आफ्ना सन्तान पढाउन सक्नुपर्छ । त्यसैले उनको छोरी पनि आफ्नै विद्यालयमा पढाउँछन् ।
    छोरी प्रकृति न्यौपाने कक्षा १० की छात्रा हुन् । उनी कक्षा मात्रै होइन विद्यालयकै प्रथम पनि छन् । जिल्लामा भएका अतिरिक्त क्रियाकलापमा समेत सहभागी हुन्छिन् ।

    न्यौपानेका श्रीमती छविकला न्यौपाने पनि सरकारी विद्यालयकै शिक्षक हुन् । प्राथमिक तह स्थायी उनी घर भएको देवचुली १४, को जनज्योती नमुना माध्यामिक विद्यालयको शिक्षक हुन् ।
    ‘श्रीमान श्रीमती नै भावी प्रधानमन्त्री, प्रशासक, नेता, विज्ञ पढाइरहेका छौँ, न्यौपाने भन्छन्, – सबैभन्दा ठूलो आत्मसम्मान हो, आत्मसन्तुष्टि हो ।

  • पुरुष वडाध्यक्षलाई महिनावारी प्याड उपहार

    पुरुष वडाध्यक्षलाई महिनावारी प्याड उपहार

    चितवन । सामान्यतया महिनावारी, प्रजनन स्वास्थ्यसँग जोडिएका विषयका सार्वजनिक छलफलहरुमा पुरुषहरु पुग्दैनन् । कार्यालयसँग सम्बन्धित निम्तो भएपनि महिला प्रतिनिधि पठाइदिने गर्छन् । अझ घरभित्र तथा आफ्नै समुदायमा यस विषयमा गरिने छलफलमा त पुरुषहरु सहभागी हुनै खोज्दैनन् ।
    चितवनको एक महिनावारी प्याडसँग जोडिएको एक सार्वजनिक कार्यक्रममा भने पुरुष सहभागी मात्रै भएनन् उनीहरुले महिनावारीमा प्रयोग गर्ने प्याड उपहार पनि लिए ।

    महिनावारीलाई मर्यादित बनाउनुपर्छ र महिनावारी स्वास्थ्य महिलाको सबैभन्दा महत्वपूर्ण पक्ष हो भनेर अभियान चलाउँदै आएको महिलाका निम्ति सक्रिय न्याय मञ्चद्वारा सञ्चालित मितेरी जैविक प्याड उत्पादन केन्द्रले सार्वजनिक कार्यक्रम गरेको थियो ।

    गाउँका महिला समूह, स्थानीय अगुवाहरु सहभागी कार्यक्रममा भरतपुर महानगरपालिका १८ का वडाध्यक्ष बाबुराम रानामगर उपस्थित थिए । संविधानमा लेखिएको प्रजनन स्वास्थ्य अधिकार, कानूनले दिएको महिनावारीमा गरिने विभेदलाई अपराध मान्ने व्यवस्थाबारे छलफल गर्ने कार्यक्रम थियो ।

    मञ्चका अध्यक्ष तथा मितेरी जैविक प्याड उत्पादन केन्द्रको सञ्चालक समेत रहेकी सावित्री भण्डारीले कार्यक्रममा मर्यादित महिनावारीबारे जानकारी गराइन् । उनले स्थानीय तहबाट नै मर्यादित महिनावारीको बारेमा छलफल चलाउनुपर्ने पनि बताएकी थिइन् ।

    त्यसपछि उनले आफूसँग भएको उत्पादन अतिथिहरुलाई उपहार दिने भन्दै वडाध्यक्ष सहित कार्यक्रमका महिला तथा पुरुष सहभागिहरुलाई महिनावारी प्याड उपहार दिइन् । पुरुषलाई प्याड दिएको भनेर सहभागी महिलाहरु हाँसेका थिए ।

    प्याड उपहार लिएपछि वडाध्यक्ष रानाले भने, – यति राम्रो अभियानकोे हिस्सा बन्न पाउँदा खुसी लाग्यो । उनले मर्यादित महिनावारीबारे लाज नमानी छलफल गर्नुपर्ने र वडाले यसमा सहयोग पनि गर्ने बताए ।

    मञ्चले २०७५ सालदेखि चितवनमा जैविक महिनावारी प्याड उत्पादन गर्दै आएको छ । प्रयोग गरेको केही महिनामा नै गलेर माटोमा मिल्ने र महिनावारीको समयमा प्रयोग गर्दा महिलाहरुलाई असर पनि नगर्ने प्याड आफूहरुले उत्पादन गर्दै आएको भण्डारीले जानकारी दिइन् ।

    उनका अनुसार २५ जना महिलाहरुले २५/२५ हजार रुपियाँ उठाएर हाते मेसिनबाट महिनावारी प्याड उत्पादन सुरु गरिएको थियो । पुनस् प्रयोग गर्न मिल्ने र एकपटक मात्रै प्रयोग गर्ने गरि दुई प्रकारका महिनावारी प्याड केन्द्रले उत्पादन गर्दै आएको छ ।

    अहिले जैविक प्याड उत्पादन केन्द्रमा अहिले स्वचालित मेसिन छ । भने, केन्द्रले अहिले १२ हजार पिससम्म उत्पादन गर्न सक्छ । यद्यपि दैनिक उत्पादन खर्चको अभावमा पूर्ण रुपमा उत्पादन गर्न सक्ने अवस्था छैन ।

  • पुर्खाको नियम मान्दै पशुचौपाया लिएर भर्कोबाङ झरे भल्कोटवासी

    पुर्खाको नियम मान्दै पशुचौपाया लिएर भर्कोबाङ झरे भल्कोटवासी

    ढोरपाटन । भल्कोटवासी प्रत्येक वर्ष जेठ पहिलो सातादेखि पशुचौपाया लिएर लेक जान सुरु गर्छन् । चार महिनाअघि लेक चढेका उनीहरु असोज ५ मा मात्रै बेँसी झर्छन् । यसअवधिमा उनीहरु हजारौँ पशुचौपायासहित चार हजार दुई सय मिटर उचाइमा अस्थायी गोठ बनाएर बर्खा गुर्जाछन् । यो भल्कोटीहरुको दशकौँ पुरानो परम्परा हो । पुर्खाले सुरु गरेको परम्परा अहिले नियम बनेको छ । यो नियम भल्कोटवासीले कडाइका साथ पालना गर्छन् ।
    निसीखोला गाउँपालिका–६ भल्कोटका अधिकांश किसान पशुपालनमै छन् । उनीहरु हरेक वर्ष यसैगरी कहिले लेक त कहिले बेँसी गर्दै पशुचौपाया पाल्छन् । आज असोज ५। उनीहरु लेकबाट बेँसी झर्ने दिन । त्यसैले बिहानैदेखि पशुचौपाया लिएर बेँसी झरिरहेका भल्कोटीहरुको लर्को लागेको छ । भर्कोबाङ चौर पशुचौपायाले भरिएको छ ।
    भर्कोबाङ मध्यपहाडी लोकमार्गको माथिल्लो पट्टी सानो पहाडको टुप्पोमा पर्छ । जहाँ समथर भूभागमा फैलिएको ठूलो मैदान छ । पशुचौपाया लिएर लेकबाट झरेका गोठाला बाँसको चित्रा र त्रिपालले अस्थायी गोठ बनाइरहेका छन् ।
    हरेक वर्ष आजकै दिनलाई पर्वका रुपमा मान्ने भल्कोटवासीले लेकबाट पशुचौपाया झार्छन् । शुभ र अशुभ दिन हेर्दा आजको दिन अशुभ भएको भन्दै केही किसानले भने हिजोदेखि नै पशुचौपाया झार्न सुरु गरिसकेका थिए ।
    भर्कोबाङको पाटाहरुमा मकै, गहुँ, जौ का खेती हुन्छन् । केही खेतीयोग्य जमिन बाँझो भइसकेको छ भने केही जग्गामा मकै भित्र्याएर बाँकी रहेका डाँठ मात्रै बाँकी छन् । ती पाटाहरुमा लेकबाट झरेका सयौँको सङ्ख्यामा गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेँडाबाख्राले भरिएका छन् ।
    आज साँझसम्म सयौँ किसानका हजारौँ पशुचौपाया यहाँ जम्मा हुन्छन् । अबका करिब २० दिन भर्कोबाङको चारैतिर काला, खैरा गाईगोरु, भेँडाबाख्राले भरिन्छन् । दर्जनौँ पशुचौपाय पाल्ने स्थानीयले गाउँमा घाँस पुर्‍याउन नसकेपछि लेकमा लैजाने गर्छन् । लेकमा बस्दा पशुचौपाया चराउनुका साथै उनीहरु चोयाबाट विभिन्न किसिमका सामग्री निर्माण गर्छन् । घ्यू उत्पादन र बिक्री पनि गर्छन् ।
    असारपछि बेँसीमा पशुचौपाया राख्न पनि पाइँदैन । यो स्थानीयले बनाएको पुरानो कानून हो । कानून उल्लङ्घन गर्नेलाई कारबाहीसमेत हुने गर्दछन् । त्यसले गर्दा पनि सबैले परम्परादेखि नियमन पालना गर्दै आएको स्थानीय कुलबहादुर घर्तीमगरको भनाइ छ ।
    त्रिचालिस वर्षदेखि गाईभैँसी पाल्दै आएको सुनाउँदै अहिलेसम्म असोज ५ भन्दा अगाडि बेँसी कहिल्यै पनि नझरेको सुनाए । आजभन्दा पछाडि असोजभित्रसम्म आउन पाइने भए पनि अछाडि आउन नपाइने नियम भएको उनले बताए । केही गोठालाहरु निकै लेकमा पुगेको हुँदा असोज १० सम्म बेँसी झरिसक्ने घर्तीको भनाइ छ ।
    लेक जानेबेला त्यहाँ बसुन्जेललाई पुग्ने खर्च बोकेर जाने समयसमयमा गाउँ झर्ने र आवश्यक सामान लिएर फर्किने गरेको घर्ती बताउछन् । उनले पटकपटक लेकबेँसी गर्न गाह्रो हुनेहुँदा चार/पाँच महिनाका लागि पुग्ने खर्च एकैपटक बोकेर जाने गरेको बताए ।
    ‘यो चलन हामीले बसालेको होइन, बाउबाजे र पुर्खाहरुले बसालेको हो, उहाँहरुले जे सिकाउनुभयो हामीहरुले त्यही गर्दै आएका छौँ, उहाँहरुले जे नीति कानून बनाउनुभयो हामीहरुले त्यही पालना गर्दै आएका छौँ, उहाँहरुले बनाएको नीति कानुनलाई मानेनौँ भने हामीहरुलाई कानुन लाग्छ’, घर्तीमगरले भने ।
    यहाँका गोठालाहरु खास गरी गोठ लिएर रोल्पा, रुकुम र बागलुङको सिमाना क्षेत्रसम्म पुग्छन् । उनीहरु गोठ रिग, खोलाखर्क, तिलचन, निसेलढोरको शिरलगायतका ठाउँमा बस्छन् । घर केही टाढा हुनेहरु भर्कोबाङ नै भेट्न पुग्छन् भने केही लेकमै पशुचौपाया झार्न जान्छन् । पशुचौपायालाई अब १५ दिन यही भर्कोबाङमा राख्ने र त्यसपछ आआफ्नो बारीमा लैजाने स्थानीय किसान कुम्बिर घर्तीमगरले बताए ।
    भल्कोटमा धेरै वर्ष अगाडिदेखि किसानले पशुपालन गर्दै आएको र घाँस तथा चरन क्षेत्रको व्यवस्थापनका लागि लेकबेँसी गर्ने प्रचलन सुरु भएको घर्तीमगरको भनाइ छ । हिउँदको समयमा लेकमा घाँस सुक्ने र हिउँपर्ने हुँदा बेँसीमै पशुचौपायाललाई घाँस, दानको व्यवस्थापन गरेर पाल्नुपर्ने उनले बताए ।
    ‘एउटै घरमा भेडाबाख्रा दुई/तीन सयसम्म हुन्छन्, कोहीको गाई धेरै हुन्छन्, कोही भैँसी, एकै ठाउँमा राखेर पाल्न सकिँदैन, त्यही भएर लेक बेँसी गर्नु परेको हो, बर्खाभरि पशुचौपायाले लेकको घाँस खाए, लेकमा घाँस कम हुँदै गयो, जेठदेखि अहिलेसम्म बेँसीमा घाँस पलाएको छ, मकै पाकेर भित्र्याइसके, बारीभरी घाँस छ, अब त्यही घाँसले हिउँद कटाउनुपर्छ, पशु पाल्न त लेकमै ठीक हुन्छ, बेँसीमा घाँस पुर्याउनै गाह्रो हुन्छ’, उनले भने ।
    आज बिहानैदेखि मध्यपहाडी लोकमार्गको भल्कोटदेखि रोल्पा, रुकुम र बागलुङको सिमानामा पातीहाल्नेसम्म हजारौँ  पशुचौपायाको लर्को लागेको छ । अघिपछि गोठालाले किलो, दाम्लो र भाँडाकुँडा बोकेर हिँडिरहेका हुन्छन् भने अघिअघि भेडाबाख्रा, गाईभैँसीको ठूलो लाइन देखिन्छ । बर्खामास बेँसीमा चौपायाहरु पाल्नै गाह्रो हुनेहुँदा लेक लैजानु परेको स्थानीय अम्बर बुढामगरले बताए ।
    बर्खाको समय स्थानीयको सयौँ पशुचौपायाले बारीमा खेतीपाती गर्न नदिने हुँदा लेक लैजानुपर्ने उनको भनाइ छ । हिँउदमा बेँसीमा खासै खेतीपाती नगरिने हुँदा झण्डै सात महिना यही राखिने उनको भनाइ छ । अब भल्कोटीहरु वैशाखसम्म बेँसीमै बस्छन् । वैशाखसम्म गाउँकै बारीमा पशु चौपाया चराउने र जंगलबाट घाँस काटेर खुवाउने गर्छन् ।
    निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढामगरले असोज ५ स्थानीय पशुपालक किसानका लागि नैतिक बन्धन बनेको बताए । परापूर्वककालदेखि घाँस व्यवस्थापनका लागि जेठ तथा असार महिनामा लेक जाने र असोजमा बेँसी झर्ने परम्परा बसालेको हुँदा अहिलेसम्म यो चल्दै आएको उनको भनाइ छ । अहिले अधिकांश बुढापाका नै पशुपालनमा सक्रिय भएको हुँदा उनीहरुले परम्परालाई नियमका रुपमा मान्दै आएको अध्यक्ष बुढामगर बताउछन् ।
    ‘यो हाम्रो महत्वपूर्ण परम्परामध्येको एक हो, यो पर्वले यस क्षेत्रका सयौँ पशुपालक किसानलाई एउटा सूत्रमा बाँधेको छ, उनीहरु योभन्दा दायाँबायाँ गर्दैनन्, पुर्खाको अपमान हुन्छ भन्छन्’, अध्यक्ष बुढामगरले भने, ‘हामीहरुले पनि यो परम्परालाई मान्दै आएका छौँ, राम्रो संस्कार संस्कृतिलाई आत्मसात् गर्ने र कुसंस्कृतिलाई हटाउने हाम्रो प्रयास हो, अहिले यो हाम्रा लागि कानून बनेको छ ।’
  • अरुण ३ जलविद्युत आयोजना निर्माणमा इप्पानको ध्यानाकर्षण

    अरुण ३ जलविद्युत आयोजना निर्माणमा इप्पानको ध्यानाकर्षण

    काठमाडौं । संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोधप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को ध्यानाकर्षण भएको छ ।

    विदेशी लगानीमा निर्माणाधिन आयोजनामा भइरहेको यस प्रकारको अवरोधले नेपालको जलविद्युत विकासमा विदेशी लगानीलाई निरुत्साहित गर्ने हुँदा स्वतन्त्र ऊर्जा उत्पादकहरु यो विषयमा चिन्तित रहेको बताएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘आयोजना निर्माणका क्रममा निस्किएका कुनै पनि विवादलाई वार्ता र छलफलका माध्यमबाटै समाधान गरेर जान सकिन्छ । यसका लागि आयोजना र स्थानीयका बीचमा सरकारले मध्यस्थता गरेर भएपनि वार्ताबाटै निकास दिन र आयोजनाको काम यथाशक्य चाँडो सुचारु पर्छ । विगतमा पनि आयोजनाको विषयलाई लिएर विवाद हुँदा आयोजना बनाउन अघि सरेको विश्व बैंकले हात झिकेको थियो । अहिले भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन) ले द्रुत गतिमा काम अघि बढाइरहेको बेला भएको अवरोधले ऊर्जा क्षेत्रमा सक्रिय रुपमा लागेका स्वदेशी तथा विदेशी प्रवर्द्धकहरुलाई दुखी बनाएको छ ।’

    आयोजना निर्माणमा भइरहेको अवरोध हटाइ काम सुचारु गराउनका लागि नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयलाई इप्पानले ध्यानाकर्षण गराएको छ ।

     

  • पाकिस्तानको विश्वकप खेल्ने टिमबाट नसिम साह बाहिर, को-को समेटिए ?

    पाकिस्तानको विश्वकप खेल्ने टिमबाट नसिम साह बाहिर, को-को समेटिए ?

    काठमाडौं । पाकिस्तानले अर्को महिना हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ । युवा स्टार बलर नसिम साह विश्वकप टोलीमा छुटेका छन् ।

    साहले चोटका कारण आफ्नो सम्भावित पहिलो विश्वकप गुमाउने भएका हुन् । उनको स्थानमा हसन अलिलाई टिममा समावेश गरिएको छ । पछिल्लो समय पाकिस्तानका लागि साहले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । उनको अनुपस्थितिले टीमलाई ठूलो धक्का पुग्ने आँकलन गरिएको छ ।

    यद्यपि, पाकिस्तानको फास्ट बलिङ अझै पनि धारिलो नै छ । सहिन साह अफ्रिदीलाई ह्यारिसले साथ दिनेछन् । यसैगरी मोहम्मद वसिम जुनियर पनि टिममा परेका छन् । स्पिनतर्फ सदाब खानका साथमा मोहम्मद नजाज र उस्मान मिर रहेका छन् । उनीहरु तीनै जना औसत क्षमताका स्पिनर हुन् ।

    पाकिस्तानले आफ्नो टिममा स्थापित अनुहारहरुलाई नै स्थान दिएको छ । बाबर आजमको कप्तानीमा रहेको टीममा तीन ओपनर छन् । फकार जमान, इमाम उल हक र अब्दुल्ला सफिकमध्ये दुईजनाले ओपनिङ गर्नेछन् । तेस्रो नम्बरमा बाबर र चौंथो नम्बरमा मोहम्मद रिजवानको बलियो पंति छ । उनीहरुपछि भने अलिकति फितलो लाइनअप देखिन्छ ।

    पाकिस्तानले पाचौं, छैटौं र सातौं नम्बरमा साउद सखिल, इफ्तिकार अहमद, सलमान अली आघा, सदाव खान र मोहम्मद नबाजमध्ये तीनजनालाई खेलाउने छ । बलरहरुमा साहिन र ह्यारिस रफ नियमित रहनेछन् । थप एक फास्ट बलरमा मोहम्मद वसिम जुनियर र हसन अलिमध्ये एकले स्थान पाउनेछन् । एक अतिरिक्त स्पिनर राख्न चाहेमा उस्मान मिरको मौका आउने छ । विकेटकिपरको भूमिका रिजवानले निभाउनेछन् ।

    पाकिस्तानले प्रतियोगिताअघि न्यूजिल्यान्ड र अष्ट्रेलियासँग दुईवटा वार्मअप म्याच खेल्नेछ । पाकिस्तानको पहिलो विश्वकप म्याच भने नेदरल्यान्ड्सविरुद्ध ६ अक्टोबरमा रहेको छ, जुन हैदरावादमा हुनेछ ।

  • शिक्षा विधेयकमा धेरै त्रुटी छन्, संसदबाट सच्याउँछौं : गगन थापा (भिडिओ)

    शिक्षा विधेयकमा धेरै त्रुटी छन्, संसदबाट सच्याउँछौं : गगन थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने प्रतिवद्धता जनाएका छन् ।

    काठमाडौंको श्री नंदी माध्यामिक विद्यालयमा कम्युटर ल्याबको उद्घाटन गर्दै थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयक सरकारको प्रस्तावमात्रै भएकाले यसमा रहेका धेरै त्रुटीहरुलाई संसदबाट सच्चाउने प्रतिवद्धता जनाएका हुन् ।

    उनले संसदलाई विश्वास गरेर शिक्षकहरुले आफ्नो आन्दोलन स्थगीत गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउने प्रतिवद्धता गर्नुपर्ने जिकिर गरे । थापाले शिक्षकहरुको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको विधेयक कम्तीमा पनि २० बर्षका लागि हुने भएकाले हतार नगरी संशोधनका आधारमा अन्तिम टुङ्गो लगाउनुपर्ने धारणा राखे ।

    थापाले अहिलेको अवस्थामा देशभरका विद्यालयमा विद्यार्थीहरुलाई सिकाइको अवस्था परिवर्तन गर्नुपर्ने जिकिर गरे । श्री नंदी माध्यामिक विद्यालयमा डेल्टिन नेपाल प्रालिले कम्प्युटर ल्याव स्थापना गरेको हो ।

  • शिक्षक आन्दोलनमा एमालेका प्रमुख सचेतक गिरीको समर्थन, सरकारले बेवास्ता गरेको आरोप

    शिक्षक आन्दोलनमा एमालेका प्रमुख सचेतक गिरीको समर्थन, सरकारले बेवास्ता गरेको आरोप

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले शिक्षक आन्दोलनमा पार्टीको नैतिक समर्थन जनाउँदै उनीहरुका माग सम्बोधन गरेर विद्यालय फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रमुख सचेतक गिरीले शुक्रबार विज्ञप्ति जारी गर्दै देशभरीबाट दुःख कष्ट सहेर काठमाडौंमा सडक आन्दोलन गरिरहेका शिक्षकका माग सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । उनले तत्काल वार्ताबाट समाधान गरी शिक्षकलाई विद्यालयमा फर्काउन आग्रह गरेका छन् ।

    गिरीको विज्ञप्तिमा भनिएको छ– सम्बन्धित सबै पक्षसँग परामर्श गरी शिक्षा विधेयक आउनु पर्थ्यो तर त्यसो भएन । जसका कारण देशैभरीबाट हजारौं गुरुहरु अनेक दुखकष्ट सहेर काठमाडौं आई सडक आन्दोलन गरिरहनु भएको छ । जसका कारण लाखौँ विद्यार्थीहरुको पठन पाठन प्रभावित भएको छ । तसर्थ शिक्षकहरुको न्यायोचित मागहरु यथाशिघ्र पूरा गरी खुसी मनका साथ विद्यालय शिक्षकहरु कार्यस्थलमा फर्कने वातावरण बनाउन सरकारसँग माग गर्दछु ।

    गिरीले ४ दिन सम्म हजारौं शिक्षकहरु काठमाडौंका सडकमा धर्ना दिँदै प्रदर्शन गरिरहँदा सरकारले सार्थक पहल नगरेको आरोप लगाएका छन् ।

  • क्रिकेट संघ चुनाव : सचिवमा पारसको बलियो दाबेदारी, रोशनको आँखा उपाध्यक्ष कि कोषाध्यक्षमै ?

    क्रिकेट संघ चुनाव : सचिवमा पारसको बलियो दाबेदारी, रोशनको आँखा उपाध्यक्ष कि कोषाध्यक्षमै ?

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय नेतृत्वका लागि अम्तिम दौड आरम्भ भएको छ । अध्यक्षमा चतुरबहादुर चन्दको दोहोरिने सम्भावना बलियो देखिँदा पदाधिकारीको खाका भने स्पष्ट भइसकेको छैन ।

    क्यानमा पदाधिकारी संख्या सिमिति छन् । केन्द्रीय कार्यसमितिमा एक उपाध्यक्ष, एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । कुर्सी तीनवटा मात्रै भए पनि आकांक्षी धेरै देखिएका छन् । अध्यक्षका प्रत्याशी चन्दले को–कोलाई छान्छन् भन्ने मुख्य कौतुहलको विषय हो ।

    क्यानभित्र अहिले कोषाध्यक्ष रोशन सिंह र बाग्मती अध्यक्ष पारस खड्काका दुईवटा गुट सतहमा देखिएका छन् । उनीहरु दुवै चतुरसँग मिलेर जान इच्छुक छन् । पारस खड्का केन्द्रीय सचिवका आकांक्षी हुन् । यदि चतुरले आफूलाई सचिवमा सहयोग गरेर अध्यक्षमा उनलाई समर्थन गर्ने पारसको रणनीति छ ।

    कोषाध्यक्ष रोशन सिंह पनि चन्दमै निर्भर देखिएका छन् । उनले केही समय अगाडि नै चन्दसँग भित्री समझदारी पनि गरिसकेका थिए । जसअनुसार उनले पदाधिकारीमा आफ्नो स्थान सुनिश्चित गर्दै अध्यक्षमा चन्दलाई समर्थन गर्नेछन् ।

    सिंहले कुन पदमा उम्मेदवारी दिनेछन् भन्ने निधो भइसकेको छैन । निकट स्रोतका अनुसार उनी उपाध्यक्ष वा कोषाध्यक्षमध्ये एउटामा लड्ने मनस्थितिमा छन् ।
    नेपाल प्रेससँगको कुराकानीमा सिंहले आज बेलुकासम्ममा आफ्नो उम्मेदवारीबारे टुंगो लगाउने बताए ।

    ‘अहिले पनि टिमसँग छलफलमै छु । टीमको सल्लाहअनुसार नै उम्मेदवारी दिने हो,’ उनले भने । पदाधिकारीमा नै उम्मेदवारी दिनुहुन्छ नि भन्ने प्रश्नमा सिंहले जवाफ दिए, ‘अँ, त्यस्तै होला ।’

    यता अध्यक्ष चतुर भने दुवै समूहलाई समेट्ने मनस्थितिमा देखिन्छन् । पारस र रोशन दुवैलाई उनले कुनै वचन दिइसकेका छैनन् । तर उनीहरु दुवैलाई पदाधिकारीमा समेटेर लैजाने सोच रहेको निकट स्रोतको दाबी छ ।

  • रियलमीको फ्यान फेस्ट हुँदै, भेक र यावेशको लाइभ प्रस्तुतिमा फ्री इन्ट्री

    रियलमीको फ्यान फेस्ट हुँदै, भेक र यावेशको लाइभ प्रस्तुतिमा फ्री इन्ट्री

    काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले ठमेल स्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गरेको छ । कम्पनीले भोलिका लागि (असोज ५ गते शुक्रबार) ठमेल स्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गरेको हो ।

    फेस्टमा भेक र यावेशको लाइभ प्रस्तुतिको साथै आकाश खड्काको पनि प्रस्तुती हुने कम्पनीले जनाएको छ । भने, ग्राहककहरुलाई एन्ट्रि फ्री रहेको छ ।

    त्यस्तै, फ्यान फेस्टमा रियलमीले नयाँ बजेट–फ्रेण्डली स्मार्टफोन मोडलहरू रियलमी ११ एक्स र रियलमी ११ ५जी बजारमा सार्वजनिक गर्नेछ । सुवेच्छा खड्काले सन्चालन गर्ने फ्यान फेस्टमा एभरेष्ट क्रुको नृत्य पनि रहनेछ । भने, विभिन्न रमाईला गेमहरु राखिएको र सहभागिले आकर्षक उपहारहरु पनि जित्न सक्ने जनाइएको छ ।

  • ‘अबको शिक्षक दलको बफादार कार्यकर्ता हुनु हुँदैन’

    ‘अबको शिक्षक दलको बफादार कार्यकर्ता हुनु हुँदैन’

    काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको हकहीतका विषयहरु उल्लेख नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरुले आज (बुधवार) देखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन् । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग राखेर शिक्षकहरु आन्दोलित छन् । शिक्षकको आन्दोलन र विधेयकमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालले शिक्षाविद् डा.विद्यानाथ कोईरालासँग गरेको कुराकानीको सम्पादित अंशः

    शिक्षा विधेयक संसद्मा दर्ता भएको छ, कसरी लिनुहुन्छ ?

    पहिलेको तुलना गर्दा विधि अथवा प्राविधिक हिसाबले ठिक भएर आएको छ । केही मुद्दाहरु मैले बारम्बार उठाइरहेको थिएँ त्यसलाई सल्टाउन विधेयकले बल गरेको छ । जस्तो एउटा उदाहरण भनौँः निजी विद्यालय । निजी विद्यालयहरुलाई ठाउँ दिने राजनीतिक दलहरुबीच सहमति भयो । यसो हुनुको कारण के हो भने राजनितिक दलहरुले आफूले पनि विद्यालय खोलेका छन् । निजीको पैसा पनि खाएका छन् । त्यो भएपछि उनीहरुले निजी विद्यालयप्रति आफ्नो बफादार जनाएका छन् । एउटा कुरा छुट्यो निजी र सामुदायिक विद्यालयको सहकार्यको कुरा । त्यहाँको शिक्षकको सहकार्य, विद्यार्थीको सहकार्य, गरिब विद्यार्थीले निजीमा पढ्न पाउने बन्दोबस्त । निजीका प्राविधिक ज्ञानका कुरा सरकारी स्कुलमा पठाउने कुरा । सरकारी स्कुलको शिक्षकको तालिम निजीमा पुर्‍याउने कुरा । यो बारेमा विचारणीय पक्ष छ । यो कुरा टुंगोमा पुर्‍याउनु पर्छ । मलाई लाग्छ यो विषय समितिमा गएपछि टुंगो लाग्ला ।

    शिक्षकले ट्रेड युनियन खोल्न नपाउने भन्ने कुरापनि विधेयकमा उल्लेख छ नि ?

    विधेयकमै अब शिक्षकको पेशाकर्मी बन्ने भन्नेकुरा उल्लेख भयो । यो राम्रो पक्ष हो । राजनीतिक चेतना भएको तर राजनितिक दलप्रति मरिहत्ते गर्ने शिक्षक चाहिँदैन । अब चाहिने शिक्षक भनेको राजनितिक चेतना भएको, राजनीतिलाई विश्लेषण गर्नसक्ने, समालोचकीय दृष्टिकोणबाट हेर्नसक्ने, आफूले बोकेको दर्शनमात्रै ठिक हो भनेर नबुझ्ने अर्काको दर्शनमा के रहेछ त्यो पनि हेर्ने र मार्क्स, माओ, लेनिनले भनेको कुरा नेपालमा काम गर्छ की गर्दैन । अथवा बिपी, पुष्पलालले भनेको कुरा काम गर्छ की गर्दैन भनेर विश्लेषण गर्ने किसिमको राजनितिकक चिन्तन भएको शिक्षक अब चाहिन्छ । अबको शिक्षक अहिलेको जस्तो भाट हुनुहुँदैन । भाट भनेको कस्तो भन्दा दलको बफादार कार्यकर्ता । यस्तो शिक्षक चाहिँदैन ।

    चाहिने नै हो भने अर्को कुरा पनि छ । दलकै हुने हो भने दलले सोचेको शिक्षाको कार्यान्वयन गर्ने । माओवादी हो भने, उसले जनवादी शिक्षा लागू गर्नुपर्‍यो । चन्दवादी छ भने वैज्ञानीक समाजवादी शिक्षा लागू गर्नुपर्‍यो । एमाले छ, जनमुखी शिक्षा लागू गर्नुपर्‍यो । काँग्रेस छ, समाजवादी शिक्षा लागू गर्नुपर्‍यो । राप्रपा छ, राष्ट्रवादी शिक्षा लागू गर्नुपर्‍यो । यसले पनि समाधान निकाल्छ ।

    शिक्षकहरु आन्दोलित हुनुको पछाडी उनीहरुले राजनीतिक फाईदा लिइरहेको बुझिन्छ । नेपाली काँग्रेसको भए महासमितिमा जान पाउने, एमाले, माओवादीमा भएको भए पोलिटब्यूरोमा जान पाउने । त्यो त मौका पाएका छन् नि त । राजनितिक दलले शिक्षकलाई गाली गर्ने हो की, अब भातृ संगठन खोल्दैन भनेर भन्ने हो । शिक्षकको भातृ संगठन चाहिएन, कर्मचारीको भातृ संगठन चाहिएन, जो अपराध गर्‍यौँ,गर्‍यौँ भन्ने किसिमको दृष्टिकोण नेतृत्वमा आयो भने सबै कुरा सल्टिन्छ ।

    शिक्षकले भनेको अर्को कुरा हो हामी स्थानीय तहको अधिनमा बस्दैनौँ । त्यसो भए शिक्षक संघले भन्नुपर्‍यो, संघीयता चाहिएको हो की नचाहिएको हो । विकेन्द्रिकरण चाहिएको हो की नचाहिएको हो । विकेन्द्रिकरण र संघीयता भनेको के त ? त्यसो भए । कुन तहलाई विकेन्द्रिकरण भनिएको हो ? भन्नुपर्‍यो नि । जस्तैः भारतको उदाहरण दिन्छु, भारतले विकेन्द्रीकरण भनेको प्रदेश मात्रै हो । त्यहाँ स्थानीय तहलाई अधिकार दिइएको छैन । उनीहरुले अधिकार प्रत्यायोजन गर्छन् । नेपालको विकेन्द्रीकरण भनेको पालिका हो । पालिका सरकार हो । त्यस्तो किसिमको कुरा हो भने त संविधान संशोधन गर्नुपर्‍यो । शिक्षक स्थानीय तह मातहत बस्न चाहँदैनौं, संविधान संशोधन गर्नुपर्‍यो भनेर भन्नुपर्‍यो । केही पालिकाको अधिकार प्रदेश सरकारलाई दिइएको छ । जस्तैः विशेष प्रकृतिको शिक्षा, शिक्षक तालिम, प्राविधिक शिक्षालय खोल्ने अधिकार ।

    अर्को माग स्वतः स्थायी हुनुपर्ने भन्ने छ । विशेष गरेर राहतहरुको । यो नचाहिने काम मध्येको हो । नचाहिने किन भने त्रिभुवन विश्वविद्यालयले शिक्षालाई बिगार्न स्वतः स्थायी गर्ने कुकर्म गर्‍यो । त्यसको परिणाम सरकारमा पर्‍यो, सरकारी कर्मचारीमा प¥यो । यो तरिका बिस्तारै शिक्षकमा पनि गयो, यसले गर्दा घात भयो । शिक्षकहरुले भनिरहेका छन्, कृष्णप्रसाद भट्टराईको पालामा हुने अहिले नहुने भनेर । जुन बढो गल्ति बोलिरहनुभएको छ । उहाँहरुले बोलेको गल्ती हो भनेर बुझ्छु म । उहाँहरुले के बुझ्नुपर्‍यो भने अहिलेको विद्यार्थी पहिलेको विद्यार्थी जस्तो छैन । अहिलेको शिक्षकको तागतले विद्यार्थीलाई पढाउन सक्दैन । शिक्षकको तलव सुविधाको कुरा गर्दा न्युनतम तलव यो हुन्छ । अधिकतम तपाईंले गरेको कामको आधारमा हुन्छ भन्नुपर्‍यो । त्यो कुरा विधेयकमा छुटेको छ ।

    विद्यालय व्यवस्थापन समीतिबारे विधेयकमा प्रस्तुत विषयलाई कसरी लिनुभएको छ ?

    विद्यालय व्यवस्थापन समितिबारे राम्रो निर्णय गरेको छ । कम्तीमा दुई जना महिला व्यवस्थापन समितिमा बस्ने भन्नेकुरा उल्लेख छ । अभिभावकबाट छान्न पाउने कुरा पनि राम्रो हो । छुटेको कुराचाहीँ शिक्षक महासंघ राख्न मिल्ने तर विद्यालय व्यवस्थापन समिति संघीय तहमा राख्न नपाउने भएको छ । त्यो भनेको त अलिकति राम्रो भएन ।

    भाषाको मामिला छ । भाषामा मातृ भाषामा शिक्षा भनिएको छ । जनजातीको अधिकार भनेको छ । तर, अंग्रेजी, गणित, विज्ञान, कम्प्युटर चार वटा विषय अंग्रेजीमा पढ्नुपर्छ भनेको छ । यो विचारणीय विषयवस्तु हो । त्यो बारेमा जनजाती महासंघसंग बस्यो भने सल्टिन्छ ।

    मैले एकदुई वटा कुरा छुटेको पनि अनुभव गरेको छुु । बाल विकासको शिक्षकहरुको निम्ति, कर्मचारीहरुको निम्ति । यसलाई पालिकामा लगेर राखिदिएको छ । अरुलाई संघले पैसा हाल्ने तीनलाई किन पालिकाले ? त्यो प्रश्न गर्ने ठाउँ छ । यसको उत्तर पालिका कर्मचारी महासंघले गत वर्ष नै दिएको छ । उत्तर के दिएको छ भने हामी पैसा दिन सक्दैनौं । त्यसो भएपछि त संघीय सरकार पैसा नदिने र पालिका दिन नसक्ने । तिनीहरुलाई अन्याय भयो । त्यो बारेमा यसले बुद्धी पुर्‍याएको छैन ।

    मैले हरेक बालबालिकाको वचत गर्नुपर्छ भनेर वकालत गरिरहेको हुन्छु । बालबालिकाले आफूले पनि वचत गरोस्, अभिभावकले पनि वचत गर्दिउन् । दिनको एक रुपैयाँ धेरै पर्दैन । दिनको एक रुपैयाँ मात्रै वचत गर्दिने हो भने यो देशमा कति पैसा हुन्छ भने प्रतिदिन तीन करोड जम्मा हुन्छ । ८० लाख केटाकेटी छन् भने ८० लाख त जम्मा भयो । झन्डै एक करोड रुपैयाँ जति त जम्मा हुँदो रहेछ । यसरी जम्मा गर्दियो भने बच्चाले कमाएको पनि त्यही राख्ने, बाबुआमाले पनि त्यही हाल्दिने । बैंक तथा वित्तीय संस्थाले पनि पैसा त्यही हाल्दिने । पालिकाले पनि त्यही पैसा हाल्दिने हो भने पैसा बचत हुन्छ । बचत भयो भने बालबालिकालाई पैसा कसले दिन्छ होला भनेर छटपटिनु पर्दैन । यो कुरा छुटेको छ ।

    शिक्षकलाई सुविधा अर्को छुटेको विषय हो । शिक्षकलाई ल्यापटप, कम्प्युटर, घर, जमिन चाहिएला । छोराछोरीलाई पढाउन पैसा चाहिएला । भन्नुको मतलव शिक्षकको सुविधाबारे पर्याप्त मात्रामा विधेयक बोलेको छैन ।

    अर्को छुटेको विषयः धार्मिक विद्यालयका शिक्षकहरुको सन्दर्भमा र त्यसको समकक्षताबारे विधेयक केही बोलेको छैन । धार्मिक विद्यालय भनेको गुम्बा छ, मदरसा छ, गुरुकुल छ । ती स्कुलका विद्यार्थीलाई कमसेकम मुलधारमा त जोड्नुपर्छ । मुलधारमा जोडेन भने अन्याय हुन्छ । जोड्ने कला के हो भन्नेबारे केही बोलेको छैन ।दलितको बारेमा विधेयक ठ्याक्कै बोलेन । दलितको बारेमा बोल्दिएको भए जातिय छुवाछुतको अन्त्य, दलितका परम्परागत सिपको आधुनिकी करणमा मद्दत पुग्छ ।

    एसईई खारेजी ठिक हो त ?

    एसईई भनेको नचाइने जाँच हो । आठ कक्षा सम्मको पालिकास्तरीय जाँच भयो । १२ मा राष्ट्रियस्तरको जाँच हुन्छ । एसईई किन गर्नुपर्‍यो ।

    जिल्ला शिक्षा कार्यालय ब्युँताउने कुरा विधेयककमा आएको छ, यो ठिक हो ?

    जिल्ला शिक्षा कार्यालय छुट्टै राख्नुपर्दैनथ्यो । अनावश्यक बोझ थपेको हो । समन्वय गर्नुप¥यो भने प्रदेश सरकार छँदैछ । प्रदेश सरकारलाई समन्वयको जिम्मा दिए भइहाल्छ । प्रदेश सरकार त काम नगरि बसिरहेको छ त । पहिले क्षेत्रिय शिक्षा निर्देशनालयले गर्थ्याे  । प्रदेश सरकारलाई जिम्मेवारी लगाए भइहाल्यो नि । केन्द्रको नाम शिक्षा विभाग राख्ने कुरा ठिक छ । म चाहीँ शिक्षा विभाग नै राख्नुपर्छ भन्ने दृष्टिकोण राख्छु । अष्ट्रेलियामा शिक्षा मन्त्रालय हुँदैन । विभाग हुन्छ विभागले काम गर्छ । निर्देशनालय हुन्छ, त्यसैले काम गर्छ । यदी त्यसो गर्ने हो भने शिक्षा मन्त्रालय झिक्दिएपनि हुन्छ । मन्त्रालय किन पाल्नुप¥यो ? शिक्षा विभागलाई बलियो बनाएर ल काम गर भनेर भन्दा पनि हुन्छ । समितिमा गएर समितिका साथीहरुले अलिकती दृष्टिकोण बनाइदिने हो भने यसले बाटो लिन्छ । समितिमा गएन सिधै फुल हाउसमा गयो भने त जस्तो छ त्यस्तै पास हुन्छ ।

    शिक्षकको योग्यताबारे पनि विधेयकले स्पष्ट बोल्यो ?

    योग्यताको स्फिती हुन्छ । जस्तो मुद्रा स्फिती भनेर पैसाको भाउ घट्यो । त्यसैगरी योग्यताको पनि भाउ घटेको छ त्यो बुझ्नुपर्छ । हिजो एसएलसीले पढाउँथ्यो, आईएले पढाउँथ्यो । आज त्यसैले यो हुनुपर्छ होइन । अबको बालबालिकाको तागत बिए पास गरेको भन्दा सानोतिनोलाई धान्नै सक्दैन । बरु के गर्दिनुपर्छ भने बरु दुर्गम क्षेत्रमा होस् की सुगम क्षेत्रमा शिक्षकको तलव तहमा होइन योग्यतामा हालिदिनुपर्छ । एमए पास गरेको मानिस बाल विकासमा जाओस् न । एमए पास गरेको मानिस आधारभुतमा जाओस् न । ११ र १२ कक्षा क्याम्पसबाट तल झारेको हो । सरकारको लाचारी कहाँनेर देखियो भने क्याम्पसको शिक्षक पनि त सँगै तल झार्नुपथ्र्यो नी । तल कमजोर शिक्षक दिन पाईन्छ, त्यो त बद्मासी हो नी । त्यसो भए अर्को सम्भावना हुन्छ । शिक्षकहरुलाई आफ्नो योग्यता बढाउन अवसर दिऔँ न त । खुला विश्वविद्यालयबाट पढ्ने हो की अथवा कतातिर बाट पढ्ने हो ? उसलाई निश्चित समय दिऔं न त । त्यति गर्दियो भने कुनै समस्या हुँदैन सल्टिन्छ ।

    यो बेलामा शिक्षकको आन्दोलनको कत्तिको तुक देख्नुहुन्छ ?

    अहिले यसरी आन्दोलित हुनुपर्ने अवस्था होइन । बरु सोच्ने विषयवस्तु हो । आन्दोलनकारी शिक्षक हुनुहुन्छ, पेशाकर्मी हो की दलकर्मी ? त्यो चाहीँ भन्दिनुहोस् । दलकर्मी भए आन्दोलित हुनुहोस् ठिक छ । पेशाकर्मी हो भने काँग्रेस, एमाले र माओवादीको नौटंकी गर्नुपर्ने होर अब । होईन । अब त दिन गइसके । राजनीतिक दलहरुको पनि हैसियत थाहा भइसक्यो । निजी विद्यालय मुर्दाबाद भनेको होइन हिजो । आज निजी विद्यालय ठिक छ भन्ने परिस्थिति त । हामीले बनाएको होइन । बरु २१ औं शताब्दीको शिक्षक कस्तो हुन्छ, त्यो बारेमा हामी हाम्रा शिक्षकहरुलाई आन्दोलित बनाउँछौ र २१ औं शताब्दीको शिक्षक बनाउनको निम्ति सरकारले यसो गर्नुपर्छ भनेर भन्दिएको भए हुन्थ्यो नी त । २१ औं शताब्दीको शिक्षक राजनितिक विश्लेषक हुन्छ । २१ औं शताब्दीको शिक्षक अनुसन्धानमुखी हुन्छ । २१ औं शताब्दीको शिक्षक सृजनशिल हुन्छ । २१ औं शताब्दीको शिक्षक प्रविधिसँग जोडिएको हुन्छ । त्यसको निम्ति सरकार के गर्दैछ भनेर आन्दोलित भएको भए राम्रो हुन्थ्यो नी । राहत शिक्षकहरुले स्वतः स्थायी भन्नुभयो गल्ति भयो । किनभने शिक्षकको न्याय गर्ने हो की विद्यार्थीको न्याय गर्ने हो । प्रश्न त्यहाँनेर हो । विद्यार्थी शिक्षक भन्दा गतिलो भइसक्यो है । इमान्दारीताका साथ भनौं शिक्षकको तागत भनेको विद्यार्थीसँग कसरी सिक्ने भन्ने हो । विद्यार्थीलाई कसरी पढाउने होइन । अब त्यो दिन नै गइसक्यो । कीनभने हामीले पढाउने सूचना हो । सूचनाको जानकार विद्यार्थी भयो । प्रविधिका कारण हरेक कुरामा विद्यार्थी जानकार छ । उसलाई शिक्षकले पढाएको वाक्क भइसक्यो ।

    बरु शिक्षक साथीहरुलाई विद्युतको सेयर होल्डर बनाइदिऔं न । इट्टा कारखानाको सेयर होल्डर, सिमेन्ट कारखानाको सेयर होल्डर । अथवा कुनै किसीमको उद्योगको सेयर होल्डर । सेयर होल्डर बनाइयो भने भोलीको निम्ति आर्थिक हिसावले पनि सुरक्षित भयो । त्यसपछि काम गर्ने बाटो पनि भयो । यसरी चिन्तन गर्दियो भने शिक्षकलाई पनि न्याय हुन्छ भोलि विद्यार्थीलाई पनि न्याय हुन्छ । भोलिका उनका सन्ततिहरुलाई पनि न्याय हुन्छ । यो बाटो खोल्नुपर्छ । त्यसैले मैले के देख्छु भने जुन ढंगले आन्दोलन गरिरहनुभएको छ हामी राजनितिक दलको भातृसंगठन बन्न पाउनुपर्छ भनेको हो नि । त्यो माग त गर्नुहुँदैन नि । भातृ संगठन हुने भए अर्को तरीका गरौं न ।

    चाइनीजका भातृसंगठन हुन् शिक्षक । कम्युनिस्ट पार्टीले राखेको सिद्धान्त यो हो । यो अनुसारको विद्यार्थी अब्बल भएकै हुनुपर्छ । भएन भने कारबाही गर्छु भनेर त भन्छन् । त्यो गरौं न । तर, गर्ने के भन्ने बारे यकीन गरौँ । अन्यौलमा बस्ने हिसावले आन्दोलन नगराँै भन्ने मेरो अनुरोध हो ।

    निजी विद्यालय गुठीमा लैजाने विषय अहिले हट्यो अर्थात् समय तोकिएन, राजनितिक दल निजी विद्यालय सञ्चालकको मोहमा परेको आरोपलाई कसरी लिनुहुन्छ ?

    मोहमा परेको होइन । उनीहरु त जागिरदारनै हुन् । निजी विद्यालयको सञ्चालक को हो भनेर नसोध्नुहोस् अब । को होइन भनेर सोध्नुहोस् । उदाहरणका लागि म भन्छु, नेपालका काँग्रेसले निजी विद्यालय खोलेको हो की होइन । एमालेहरुले संस्थागत रुपमा निजी विद्यालयमा लगानी गरेको हो की होइन । माओवादीले आफ्ना मान्छे पठाइ पठाइकन निजीसँग पैसा उठाएको हो की होइन । लाज मान्नुपर्छ अब । अहिले निजि विद्यालय माओवादीको पनि छ, काँग्रेसको पनि छ, एमालेको पनि छ, राप्रपाको पनि छ । अब कसलाई लाज मान्ने । निजी विद्यालय खोल्ने आफू । अनि आफ्नैलाई कराउन लगाउने उहाँहरु । निजिको क्याप्चर भनेको २८ प्रतिशत भइसक्यो । शहरी क्षेत्र ५० देखि ७० प्रतिशत भइसक्यो । अब यो बेला निजीका शिक्षक कहाँ लैजाने ? निजीले बोकेका विद्यार्थी कहाँ राख्ने ? केही त सोच्नुपर्‍यो नी त । देश सोच्ने मान्छेले संवेगमा मात्रै होइन विवेकमा पनि त उपयोग गर्नुपर्‍यो नि ।

  • एल जी फ्ल्यागसिप शोरुम पुनः शुभारम्भ

    एल जी फ्ल्यागसिप शोरुम पुनः शुभारम्भ

    काठमाडौं । चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एल जी ब्राण्डको आफ्नै शोरुम विश्वस्तरिय अपग्रेडपछि पुनः शुभारम्भ भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एल जी ब्राण्डका घरायसी विद्युतीय सामाग्रीहरु उपलब्ध रहेको छ ।

    मिनभवनको गोरखा कम्प्लेक्समा २००५ मा नै शोरुम खोलिएको थियो । अहिले त्यही शोरुमलाई नयाँ र आधुनिक डिजाइनमा पुनः सुरु गरेको हो ।

    यो शोरुम हप्ताको सातै दिन विहान १० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला रहनेछ । यो शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी लगायतको सुविधा रहेको कम्पनीले बताएको छ ।

    No description available.

  • शाहरुख बने एक वर्षमा भारतमै १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

    शाहरुख बने एक वर्षमा भारतमै १ हजार करोड कमाउने पहिलो बलिउड अभिनेता

    काठमाडौं। अभिनेता शाहरुख खान एक वर्षमा भारतमै १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनेका छन् । चार वर्षको लामो ब्रेकपछि ‘पठान’लिएर फर्किएका खानको पुनरामगनले भारतीय बक्स अफिसमा इतिहास रचेको छ। ‘पठान’ र ‘जवान’को सफलताले उनलाई एक वर्षमा १ हजार करोड भारु कमाउने पहिलो बलिउड अभिनेता बनाएको छ।

    ‘पठान’ले रिलिज भए लगत्तैबाट बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो। हिन्दी चलचित्रको लागि ‘पठान’सर्वकालिन ब्लकबस्टर बनेको थियो भने यता हालै रिलिज भएको ‘जवान’ले पनि बक्स अफिसमा तहल्का मच्चाईरहेको छ।

    शाहरुख, नयनतारा र विजय सेतुपति अभिनित ‘जवान’ले हालसम्म भारतीय बक्स अफिसमा ४४२.७३ करोड भारु कमाएको छ भने विश्वब्यापी रुपमा ७०० करोड भारुभन्दा बढीको व्यापार गरिसकेको छ। एट्ली निर्देशित ‘जवान’ ले अझैपनि राम्रो व्यापार गरिरहेको छ।

    एक वर्षमै हजार करोड भारुभन्दा बढी कलेक्सन गरेका शाहरुखको पठान’ले ५४३.०५ करोड भारु माथि कमाएको थियो।

    सन् २०१९ मा चारवटा रिलिजसँगै अभिनेता अक्षय कुमारले बक्स अफिसमा कूल ७५७.१३० करोड भारु कमाएका थिए। शाहरुखले २०२३ मा दुई फिल्मबाटै १०२३.०४० करोड भारु कमाएर अक्षयले बनाएको कीर्तिमान तोडेका छन्।

  • प्रधानन्यायाधीश श्रेष्ठ भन्छन् – संविधान पवित्र दस्तावेज हो, तर कार्यान्वयनमा ध्यान दिनुपर्छ

    प्रधानन्यायाधीश श्रेष्ठ भन्छन् – संविधान पवित्र दस्तावेज हो, तर कार्यान्वयनमा ध्यान दिनुपर्छ

    न्यायालयको नेतृत्व ३१औँ प्रधानन्यायाधीशका रुपमा गत भदौ ५ गतेदेखि औपचारिक जिम्मेवारी सुरु गरेका विश्वम्भरप्रसाद श्रेष्ठले २०३८ चैत २७ गते न्याय सेवामा प्रवेश गरेका थिए । प्रधानन्यायाधीश श्रेष्ठको कानूनमा स्नातक र मानवशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनले २०४५ जेठ ३ गतेदेखि न्यायाधीशका रुपमा दार्चुला जिल्ला अदालतमा काम प्रारम्भ गरेका थिए । त्यसपछि डडलेधुरा, उदयपुर, मकवानपुर, झापा, बाँके र काठमाडौंमा जिल्ला न्यायाधीशका रुपमा काम गरेको लामो अनुभव छ । उनले २०६२ चैत १० गते तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशको जिम्मेवारी लिएका थिए ।

    उनले २०७० साउनमा पुनरावेदन अदालत पोखराको निमित्त मुख्य न्यायाधीश र २०७१ भदौमा पुनरावेदन अदालत हेटौँडाको मुख्य न्यायाधीशका रुपमा काम गरे । २०७३ साउन १७ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशका रुपमा काम गर्न थालेका थिए । प्रस्तुत छ, प्रधानन्यायाधीश श्रेष्ठसँग संविधान दिवसका अवसरमा राससका समाचारदाता कालिका खड्काले गरेको कुराकानीको सारसङ्क्षेपः

    मुलुकको न्याय क्षेत्रको नेतृत्व गर्नुभएका शीर्षस्थ न्यायमूर्तिका हैसियतले हाम्रो संविधान कार्यान्वयनको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

    नेपालको सविधान जारी भएको आठ वर्ष पूरा हुँदैछ । त्यसले मूलरुपमा अङ्गीकार गरेको नीति र सिद्धान्तअनुसार कार्यान्वयन हुँदै गएको अनुभूति भइरहेको छ । यो संविधान राज्यको शासन, प्रशासन, न्यायपालिकाले गर्ने भूमिका र अन्यको भूमिकाको विषयमा स्पष्ट व्यवस्था छ । त्यस हिसाबले यो पवित्र दस्तावेज हो । त्यो कार्यान्वयन गर्ने क्रममा केही कानुन बन्ने क्रममा होलान् । संविधान कार्यान्वयनका क्रममा न्यायलयले संविधानको व्याख्या गर्ने जिम्मेवारी र भूमिका निर्वाह गर्दै आएको छ । संविधानलाई गतिशीलता दिने काम गर्दै आएको छ । संविधानले मौलिक अधिकार र मानवअधिकारका विषयमा न्यायपालिकाले संवेदनशील तरिकाले हेर्दछ । संविधानको व्याख्या गर्ने र आवश्यक कानुनको अभाव देखिएमा कानुन निर्माण गर्नका लागि आवश्यक निर्देशनात्मक आदेश आएको छ ।

    जनताद्वारा निर्वाचित संविधानसभाले बनाएको नेपालको संविधानलाई उत्कृष्टमध्येकै रुपमा लिइन्छ । कार्यान्वयनका क्रममा हाम्रो संविधानको सबल र दुर्वल पक्ष के के हुन् जस्तो महसुस गर्नुभएको छ ?

    संविधान जतिसुकै राम्रो भए पनि केही कमी हुन्छ भनेर नै संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएको छ । न्यायपालिकाले संविधानवाद, नीतिगत सिद्धान्तलाई हेरेर व्याख्या गर्ने काम गर्दछ । छुटेको हुन सक्छ । केही अलपत्र परेको हुन सक्छ । कतै द्विविधा देखिने खालका प्रावधान आउँछ । समग्रमा संविधानमा जहाँजहाँ समस्या वा सुविधा पर्छ । कार्यान्वयनका क्रममा देखिने समस्यालाई अदालतको आदेश वा फैसलाले गाँठो फुकाउने काम गर्छ । जनताले बनाएको उत्कृष्ट संविधान हो । सैद्धान्तिक रुपमा म त्यो मान्दछु । त्यसैले, संविधानको व्याख्या गर्ने अन्तिम जिम्मेवारी न्यायालयलाई दिइएको हो ।

    वर्तमान संविधानको स्प्रिटबमोजिम केही ऐन, कानून बन्न बाँकी को भनिन्छ, यस अवस्थामा न्याय सम्पादन प्रक्रियामा कुनै असर परेको अनुभव गर्नुभएको छ ?

    संविधानबमोजिम बनाउनुपर्ने कानून बनिरहेका छन् । तर केही मौलिक हकका कानूनहरु बन्न बाँकी छ । तर ढिलाइ भएको खण्डमा अदालतमा न्यायका लागि आएमा अदालतबाट आदेश दिएर कानुन बनाउनका लागि निर्देशनात्मक आदेश पनि दिने गरेका छौँ । त्यसले गर्दा पनि कानुन बनाउन सहज हुन्छ भन्ने लागेको छ । समयमा कानून बनाउँदा न्यायका उपभोक्तालाई सहज हुन्छ । कुनै मुद्दामा त यति अवधिभित्र बनाउनु भनेर अवधि पनि हामीले तोकिदिएका छौँ । त्यस्ता कुराले पनि महत्व राख्दछ भन्ने लाग्छ ।

    निकै समयपछि एउटा ‘करियर जज’ ले देशको न्याय क्षेत्रको नेतृत्व गर्ने अवसर प्राप्त गरेको अवस्थामा न्याय क्षेत्रको पद सोपान प्रक्रिया र न्याय सम्पादनको प्रभावकारितालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

    म अधिकृत तहदेखि नै न्याय क्षेत्रमा प्रवेश गरेको हुँ । निश्चय नै ‘करियर जज’ र अरू कानुन व्यवसायीबाट आएका न्यायाधीशमा केही फरक हुँदैन । कर्मचारीबाट आएको न्यायाधीश आएको न्यायाधीश र कानुन व्यवसायीबाट आएको न्यायाधीशमा बुझाइ आ–आफ्नो हुन सक्छ । तर काम गराइको हिसाबमा केही फरक छैन । तर कानून व्यवसायीबाट आएर न्यायाधीशले पनि धेरै राम्रो काम गर्नुभएको छ । न्यायपालिकाले अत्यन्तै राम्रो गरेर जानुभएको छ । न्यायपालिकालाई राम्रो ढङ्गले नेतृत्व र सञ्चालन गर्न सक्नु मुख्य कुरा हो । के कसरी आयो भनेर खास फरक हुँदैन जस्तो मेरो अनुभव छ ।

    मुलुकको न्याय प्रणाली छिटोछरितो र सर्वसुलभ हुन सकेको गुनासो सुनिन्छ । गुणस्तरीय, छिटो न्याय कसरी दिन सकिन्छ ?

    जनताको आस्थाको केन्द्र न्यायालय हो । जनताले न्याय सहज, सर्वसुभल र गुणस्तरीय न्याय हुनुपर्छ भनेर न्यायपालिकाको उद्देश्य नै हो । जनताले छिटोछरितो रुपमा न्याय पाउनुपर्छ । न्यायका लागि धेरे लामो अवधिसम्म कुर्दा न्यायपालिकाप्रति नकारात्मकरुपमा असर पर्छ भन्ने बोध हामीलाई पनि भएको होइन । छिटो न्यायका लागि न्यायपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेका छौँ । मुद्दा मामिलाको रोहमा अन्यायमा परेर आएका सेवाग्राहीलाई चित्तबुझ्दो र छिटो न्याय दिन सकिन्छ भनेर जिल्ला, उच्च अदालतमा प्रभावकारिता बढाइरहेका छौँ । सर्वोच्च अदालतमै चाहिँ गाँठो फुकाउन सकेका छैनौं । तर पनि सर्वोच्च अदालतमा गत वर्ष उल्लेख्य मात्रामा पुराना मुद्दा फछ्र्यौट गर्‍यो । विगत १० वर्षको अवधिमा एक वर्षमा १२ हजार मुद्दा फछ्र्यौट भएको तथ्याङ्क छैन होला । त्यसमा सबै न्यायाधीश, व्यवस्थापक र कर्मचारीहरुको सकारात्मक भूमिकाबाट सम्पन्न भएको हो । छिटो न्यायका लागि हरेक काम गरिरहेका छौँ । जिल्ला र उच्च अदालतमा ‘फरक मुद्दाका लागि फरक व्यवस्थापन’ कार्यक्रम लागू गरिरहेका छौँ । त्यसले निश्चित समयमा काम गर्नुपर्ने व्यवस्था छ । त्यो पनि छिटो न्यायका लागि गरिएकै व्यवस्था छ । तर सत्य कुरा के हो भने न्यायिक प्रक्रियामा लाग्नुपर्ने हुन्छ । आज मुद्दा प¥यो, भोलि नै फैसला गर्नुपर्ने स्थिति रहँदैन । सुनुवाइको मौका दिनुपर्‍यो । उसको भनाइ पनि सुन्नुपर्‍यो । प्रमाण पनि बुझ्नुपर्छ । सर्वोच्चको निर्णय अन्तिम हुने सिद्धान्त भएकाले संवेदनशील भएर आदेश वा फैसला गर्नुपर्ने हुन्छ । तर छिटो न्यायका लागि निरन्तर पहल गरिरहेका छौँ ।

    जनतासँग प्रत्यक्ष सरोकार राख्ने न्यायालयमा विचौलियाको हाबी हुन्छ भन्ने सुनिन्छ, यसमा तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनको अवस्था के छ ?

    न्यायपालिकाको सुधार, शुद्धताका लागि विगत धेरै वर्षदेखि न्यायपालिका गम्भीर भएर लागिरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशकै नेतृत्वमा बेलाबेलामा सुझाव सङ्कलन गर्ने काम गर्दै आएको छ । पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन पनि हामीसँग छ । त्यसको कार्यान्वयन कसरी गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका छौँ । त्यसतर्फ लागिरहेको छु । बहाली भएको सुरुमै पेसी तारिख व्यवस्थापन स्वचालित प्रणालीबाट सुरु भएको छ । जहाँजहाँ अनियमिता देखिएको छ । त्यहाँले अभियान चलाइरहेको छौँ । अनियमिता गर्नेलाई कुनै पनि प्रकारणको छुट हुँदैन । हामी त्यसतर्फ लागिरहेका छौँ । प्रतिवेदनहरु कार्यान्वयन गर्दै र न्यायालयको विचौलिया र अनियमिता अन्त्यका लागि प्रयास गरिरहेका छौँ ।

    जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रियामा बार एसोसिएसनले पनि उचित प्रतिनिधित्व खोजिरहेको छ । न्यायाधीश नियुक्तिसहित समग्र प्रक्रियाको कसरी मूल्याङ्कन गर्नुभएको छ ?

    न्यायाधीश बन्नका लागि आवश्यक विशेष योग्यता, क्षमता, इमान्दारिता र लगनशीलता आवश्यक पर्छ । योग्य र व्यावसायिक व्यक्तिलाई नियुक्ति गर्नुपर्छ । न्यायलाई सहज, छिटोछरितो बनाउनका लागि योग्य हुनुपर्छ । जहाँबाट आए पनि संविधानले दिएको व्यवस्थाअनुसार सक्षम व्यक्ति आउनुपर्छ । बार र न्यायपालिका अभिन्न अङ्ग हो । न्यायपालिकाको दरिलो साथी बार हो । समाजसँग संवाद गर्ने वा समाजमा न्यायपालिकाका बारेमा जानकारी गराउन अभिन्न अङ्ग हो । एउटै सिक्काका दुई पाटा जस्तै हुन् । योग्य र सक्षम न्यायाधीश चाहिँ नियुक्ति हुन जरुरी छ । सेवाबाट आए पनि कानुन व्यवसायीबाट आए पनि न्याय निरुपणका लागि सक्षम, योग्य र न्यायपालिकाको ‘स्प्रिट’लाई बुझ्ने खालको हुनुपर्छ । त्यसले नै न्यायपालिकालाई गतिशीलता दिने काम गर्छ ।

    संविधानले स्थानीय तहमा ‘न्यायिक समिति’ को परिकल्पना गरेको छ । यसले गर्दा अदालतमा मुद्दाको चाप कम गर्न केही सहयोग पुगेको छ ?

    संविधानले सानासाना विवादहरु गाउँस्तर वा नगरस्तरमै व्यवस्थापन गर्न सकोस् भन्ने हो । गाउँपालिका वा नगरपालिका सबैभन्दा पहिला पीडितले भेट्ने ठाउँ हो । त्यो राम्रो पनि हो । आफ्ना जनप्रतिनिधि र चिनेजानेका मानिसहरु त्यहीँ हुन्छन् । जिल्ला न्यायाधीशहरुले काम कारबाहीका बारेमा निरीक्षण पनि गर्नुहुन्छ । राजनीतिक व्यक्तिलाई न्यायाधीश बनाउँदा कठिनाइ त हुन्छ तर न्यायिक समितिले यति मुद्दा फछ्र्यौट ग¥यो भनेर यकिन तथ्याङ्क आएको मैले पाएको छैन । उक्त समितिमा हुने विवादहरु निरुपणका लागि कानुनी ज्ञान भएका मानिस भएमा राम्रो हुन्छ । न्यायपालिकामा आउने मुद्दामा कमी भएको छैन । विगत १० वर्षको तथ्याङ्क हेर्दा न्यायपालिकामा पहिलाभन्दा तेब्बर मुद्दा पर्ने गरेको छ । अहिले पनि मुद्दा दर्ता हुने क्रम जिल्ला, उच्चदेखि सर्वोच्चसम्म उत्तिकै छ । न्यायिक समिति क्रियाशील भएमा केही मुद्दाको कार्यबोझ कम हुन सक्छ । न्यायमा पहुँचको कार्यक्रम पनि न्यायिक समितिमार्फत जनतामा पु¥याउन सहज हुन्छ । बुझाउन सहज हुन्छ । त्यो हिसाबले पनि न्यायिक समितिलाई प्रभावकारी र सहकार्य गरेर जान जरुरी छ ।

    अन्त्यमा संविधान दिवस–२०८० को अवसरमा देशवासीलाई केही सन्देश छ कि ?

    संविधान जारी भएको आठ वर्ष हुँदैछ । संविधान एउटा पवित्र दस्तावेज हो । यसको कार्यान्वयनमा र स्वामित्व ग्रहण हरेक देशवासीले गर्नुपर्छ । यसका प्रावधानलाई सम्मान गर्नुपर्छ । यसमा उल्लेख भएका मानवअधिकार र मौलिक हकका विषयमा सचेत हुनुपर्दछ । यस्को कार्यान्वयनमा जनताले पनि खबरदारी गर्नुपर्छ किनकि यो सबै कानुनी व्यवस्था जनताका लागि बनाइएको हो । संविधानको कार्यान्वयनमा राज्यका सबै निकायहरु अनवरतरुपमा लागिरहेका छन् र लाग्छन् । सम्पूर्ण देशवासीलाई म भन्न चाहन्छु कि संविधान एउटा गतिशील दस्तावेज हो । यसको कार्यान्वयनमा सबैले सहयोग भयो भने आफ्नो अधिकार र कर्तव्यमा सचेत रहनुभयो भने राम्रो हुन्छ । यो संविधानले नेपाली जनताले चाहेको दिगो शान्ति, विकास र समृद्धि पूरा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

  • ललितपुर उद्योग वाणिज्य संघको चुनावः विश्वराज बज्राचार्यकाे प्यानल घोषणा

    ललितपुर उद्योग वाणिज्य संघको चुनावः विश्वराज बज्राचार्यकाे प्यानल घोषणा

    काठमाडौं । असोज १९ गते हुने ललितपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा चुनावका लागि विश्वराज बज्राचार्य समूहले उम्मेद्वारीसँगै टिम घोषणा गरेको छ । ललितपुरको पुल्चोकमा एक चुनावी कार्यक्रम गर्दै बज्राचार्य समूहले आफ्नो उम्मेद्वारीसँगै टिम घोषणा गरेको हो ।

    साधारणसभा तथा चुनावका लागि आज उम्मेद्वारी दर्ता हुँदैछ । ललितपुरमा मूख्यगरी तीन प्यानलबीच चुनावी भिडन्त हुने देखिएको छ । यद्यपी, आज दर्ता हुने उम्मेद्वारीबाट चुनावी प्रतिस्पर्धी टुंगो लाग्नेछ ।

    बज्राचार्य समूहबाट संघको अध्यक्ष उम्मेद्वारमा विश्वराज बज्राचार्य छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, संस्थागत उपाध्यक्षमा मुकुन्द महर्जन, उद्योग उपाध्यक्षमा आपुलाल अवाले र वाणिज्य उपाध्यक्षमा रमेशभक्त गुल्मी छन् भने महासचिवमा भूमिनन्दन कमार्चाय र कोषाध्यक्षमा मिलन शाक्य छन् ।

    कुल २२ सदस्यीय कार्यसमिति रहने संघमा १९ सय जना मतदाता छन् । ‘जिल्लामा रहेका सबै उद्योगी व्यवसायीलाई समेटेर प्यानलसहित चुनावमा होमिएका र्छौं,’ उम्मेद्वारी घोषणा कार्यक्रममा बोल्दै बज्रचार्यले भने, ‘जितेपछि सबै उद्योगी व्यवसायीलाई समेटेर ललितपुरको बलियो र मजबुत व्यवसायीक छाता संगठनकारुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउछु ।’

    बज्राचार्यको समूहबाट उद्योग समूह सदस्यतर्फ सजना श्रेष्ठ, सबिन मान जोशी, प्रविन बज्रचार्य, प्रविण ताम्राकार, बिष्णुलाल सिकर्मी र शैशव कृष्ण श्रेष्ठ छन् । यस्तै, वाणिज्य सदस्यतर्फ बिमला शाक्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, राजेश राज बज्रचार्य, प्रविण बहादुर शाक्य, पुष्पकुमार थापा र हरिराम जोशी छन् । संस्थागत सदस्यतर्फ मिलन श्रेष्ठ र एसोसिएसन सदस्यमा रवि महर्जन उम्मेद्वार छन् ।

  • आइएमई गरी रकम पठाउदा १ लाखदेखि १ करोडासम्म पाइने

    आइएमई गरी रकम पठाउदा १ लाखदेखि १ करोडासम्म पाइने

    काठमाडौं । आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, करोडपति बनौं’ योजना सार्वजनिक गरेको छ ।

    आइएमई गरी रकम पठाउने सेवाग्राहीहरु मध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन् । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । यसै गरी दसैँ, तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन् ।

    आइएमई गरी आइएमई पे वालेट र बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउण्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन् । यो योजना २०८० असोज २ गते देखि २०८१ भदौ मसान्तसम्म लागू हुने छ ।

    आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरक बन्ने बताए ।

  • पुष्कर भट्टराईको नेतृत्वमा अखिल रामेछाप सर्वसम्मत, सचिवमा युवराज सुनुवार चयन

    पुष्कर भट्टराईको नेतृत्वमा अखिल रामेछाप सर्वसम्मत, सचिवमा युवराज सुनुवार चयन

    काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियु रामेछापको अध्यक्षमा पुष्कर भट्टराई निर्विरोध चयन भएका छन् । शनिबार मन्थलीमा सम्पन्न अनेरास्ववियुको १३ औं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

    नवनिर्वाचित कमिटीको उपाध्यक्षमा निशान श्रेष्ठ, रिया मगर र गोपाल थोकर चयन भएका छन् भने सचिवमा युवराज सुनुवार चयन भएका छन् ।

    त्यस्तै सहसचिवमा मुकेश भण्डारी, किरण कार्की र सुशील थापा चयन भएका छन् भने कोषध्यक्षमा प्रकाश गौतम निर्विरोध भएका छन् ।कार्यालय सचिवमा विक्रम खड्का चयन भएको स्थायी कमिटी सदस्य सागरहरी अधिकारीले जानकारी दिए । अनेरास्ववियुले जिल्ला सम्मेलनअघि अखिल महोत्सव समेत आयोजना गरेको थियो ।

  • बाल्यकाल र जेलजीवन सम्झिदै बालबालिकासँग केपी ओलीले भने – मेरो जस्तो कष्टपूर्ण जीवन कसैको नहोस् (भिडिओ)

    बाल्यकाल र जेलजीवन सम्झिदै बालबालिकासँग केपी ओलीले भने – मेरो जस्तो कष्टपूर्ण जीवन कसैको नहोस् (भिडिओ)

    काठमाडौं । हरेक मान्छेले आफूलाई राम्रो र अब्बल भन्छ अनि आफ्ना कमजोरी तथा गल्ति सकेसम्म लुकाउन खोज्छ । अझ राजनीतिज्ञहरुको त यो आम चरित्र नै हो ।

    शनिबार केही बालबालिकाले एमाले अध्यक्ष केपी ओलीलाई सोधे– तपाई आफूलाई कति अब्ब राजनीतिज्ञ मान्नु हुन्छ ? तपाईको देशभक्तिजस्तै सफलताको कुरा के हो ?

    जवाफमा ओलीले आम राजनीतिज्ञभन्दा फरक शैलीमा आफू अब्बल राजनीतिज्ञ नभएको भन्दै आफ्ना केही असफलता सुनाए । नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न नसक्नु अहिलेसम्म पनि आफ्नो असफलता रहेको ओलीले सुनाए । ओलीले अब्बल राजनीतिज्ञ नेपाली राजनीतिमा अहिले नरहेको भन्दै त्यस्तो व्यक्ति अब बालबालिकाबाट निस्किनुपर्ने बताए ।

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी छोरी स्वीकृति मोडरेटर बनेर ओलीसँग प्रश्नको संयोजन गरिरहेकी थिइन् । विभिन्न क्षेत्रका बालवालिकाले ओलीलाई राजनीति र राजनीतिबाहिरका प्रश्न गरेका थिए ।

    तीमध्ये एउटा प्रश्नको जवाफ दिने क्रममा ओली यसरी बहकिए

    म आफूलाई अब्बल राजनीतिज्ञ त मान्दिन । पूर्वप्रधानमन्त्री चाहिँ भकै हुँ । अब्बल राजनीतिज्ञ अब तपाइहरुबाट जन्मिनुपर्छ । हामीभन्दा तपाईहरु बढी देशभक्त, विकास प्रेमी, क्लिन, भिजनरी, कर्मठ र क्रियाशील हुनुहुन्छ । त्यस्ता नेताका रुपमा सफल नेताका रुपमा तपाईहरु आउनुपर्छ । मेरा केही असफलताहरु छन् । मैले नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न सकिरहेको छैन । तपाईहरुले ती षडयन्त्रलाई पराजित गर्नुपर्छ र नेपालाई साँच्चिकैको सार्वभौम, स्वतन्त्र र साँच्चैको स्वाधीन आफ्नो भूगोलको रक्षा गर्न सक्ने र राष्टिय हितको रक्षा गर्न सक्ने, राष्ट्रिय स्वाभिमानको झण्डा माथि उठाउन सक्ने हुनुपर्छ । त्यसकारण अब्बल राजनीतिज्ञ त आफूलाई भन्न सक्दिन, यति चाहिँ हो म इमानका साथ काम गर्छु । देश र जनतालाई माया गर्छु । राष्ट्रको सम्पत्ति कुनै हिसाबले पनि धुत्र्याई, छलकपटले सार्वजनिक सम्पत्ति आफ्नो बनाउन हुँदैन भन्ने मान्यता राख्छु ।

    म एउटा सामान्य बालक थिएँ । एकदमै सामान्य बालक । पहाड दुर्गम गाउँको मान्छे । हाम्रोतिर बच्चादेखि नै काम सिक्ने चलन थियो । मैले पनि बच्चादेखि नै थुप्रै काम सिकेँ । घरका कामहरु मलाई सबै आउँछन् । तरकारी केलाउनदेखि लिएर घर सफागर्ने देखि कपडा धुनेदेखि सबै कुरा आउँछ । घाँस दाउरा, हलो कोदालो, खेत रोपेर आएको हुँ । मलाई जे पनि सिक्न मन लाग्छ ।

    मेरी आमा सानैमा म तीन वर्षको हुँदै बित्नुभयो । मेरो बाल्यकाल हजुरआमासँग धेरै बित्यो । मेरी हजुरआमाले जे काम गर्नुहुन्थ्यो ती काम मैले पनि गरेँ । मैले हलोकोदालो गरेँ । मेरो जीवनमा मैले धेरै दुःख पाएँ । तपाईहरु कसैको पनि मेरोजस्तो कष्टपूर्ण जीवन हुँदै नहोस् । जेलमा निर्मम् यातना दिएर काठको तुर्लुङमा खुट्टा राख्दा भतभति पोल्थ्यो । खाने बेला कुटाइ पाइन्थ्यो । १४ वर्ष जेल बस्दा २५ पटक जेल सारियो । यातनाको कुनै सिमा थिएन । मसँग त्यसबेला दुःख सहने कि मर्ने भन्ने दुई विकल्प थिए । मैले धैर्य गुमाइन किनकी मेरो उद्देश्य महान थियो । त्यसैले जस्तासुकै परिस्थिति पनि भोग्न तयार थिएँ ।