Author: Anisha Tiwari

  • ‘भष्मे डन’को ट्रेलरमा विपीनको एकछत्र, वर्षा गयल

    ‘भष्मे डन’को ट्रेलरमा विपीनको एकछत्र, वर्षा गयल

    काठमाडौं। यहीँ कात्तिक ४ गते शनिबारबाट रिलिजको तयारीमा रहेका चलचित्र ‘पश्पति प्रसाद २–भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ। टुकी आर्टसको प्रस्तुतीमा तयार पारिएको चलचित्रको ट्रेलरमा भष्मे डनको भुमिका निर्वाह गरेका अभिनेता विपीन कार्कीले एकछत्र राज गरेका छन्। ट्रेलरमा नायिका स्वस्तिमा खड्का र अर्का दुई नायकहरु सौगात मल्ल र रवीन्द्र सिंह बानियालाई अटाए तापनि अर्की नायिका वर्षा सवाकोटी भने गयल छिन्। उनलाई ट्रेलरमा कहीँकतै अटाईएको छैन।

    ‘पशुपति प्रसाद २–भष्मे डन’ सातवर्ष अघि रिलिज भएको चलचित्र ‘पशुपति प्रसाद’ को सिक्वेल हो। चलचित्र नै भष्मे डनमा समर्पित भएर हुन सक्छ ट्रेलरमा अरुलाई भन्दा विपिन कार्कीलाई बढी फोकस गरिएको छ। ट्रेलरमा नायिका सिवाकोटीलाई कहीँकतै सानो भुमिकामा पनि देखाईएको छैन। ट्रेलरको टाइटलमा समेत उनको नाम राखिएको छैन।

    उनको नाम हेर्न भित्री विवरण नै खोतल्नुपर्छ। ट्रेलरमा उनी नहुनार्ले चलचित्रमा उनको भुमिका के र कति होला भन्ने कौतुहल जगाएको छ। उनी चलचित्रमा हुने नहुनेबारे फाइनल गर्न पनि निर्माण टिमलाई लामै सोच्नु परेको थियो। चलचित्रको घोषणा कार्यक्रममा समेत सिवाकोटी यो सिक्वेलमा हुने नहुने बारे केही फाइनल गरिएको थिएन। हुन त, चलचित्रको पहिलो सिरिजमा पनि उनको खासै लामो भुमिका थिएन। उनलाई बोल्न नसक्ने युवतीको सानो रोलमा प्रस्तुत गरिएको थियो।

    चलचित्रलाई निर्माता खगेन्द्र लामिछानले निर्माण गरेका हुन्। चलचित्रको कथा पनि उनी स्वयंमको हो। बनिश शाहले सम्पादन गरेको चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। चलचित्रमा छायांकनको पाटो कृष्णबहादुर थापाले सम्हालेका छन भने डि.ओ.पी निरज कँडेलको छ।

     

  • वृज सिमेन्टद्वारा ‘ब्यूटी विथ ए पर्पोज’ परियोजनाका लागि सहयोग

    वृज सिमेन्टद्वारा ‘ब्यूटी विथ ए पर्पोज’ परियोजनाका लागि सहयोग

    काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रा. लि. ले मिस वर्ल्ड २०२३ ‘ब्यूटी विथ ए पर्पोज’ परियोजनाका लागि सहयोग गर्ने भएको छ ।

    यही डिसेम्बर २०२३ भारतमा हुन गइरहेको मिस वर्ल्ड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीद्वारा प्रस्तुत गरिने ‘ब्यूटी विथ ए पर्पोज’ परियोजनामा वृज सिमेन्टको सहभागीता रहने जनाइएको छ ।

    मिस नेपाल २०२२ प्रियंकारानी जोशीको परियोजनाका लागि आवश्यक पर्ने सिमेन्ट वृज सिमेन्ट र पुष्पतारा केडिया सेवा फाउण्डेशनले संयुक्त रूपमा प्रदान गर्ने कम्पनीले जनाएको हो ।

    केडिया अर्गनाईजेसन अन्तर्गतको संस्था वृज सिमेन्ट विगत लामो समयदेखि नेपाली बजारमा आफ्नो गुणस्तरीय उत्पादन तथा उत्कृष्ट सेवाको लागि परिचित रहेको छ । भने, पुष्पतारा केडिया सेवा फाउण्डेशनले विभिन्न क्षेत्रहरूमा क्रियाशिल सामाजिक संघसंस्थालाई आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परियोजनाहरूका लागि सहायता प्रदान गर्दै आइरहेको छ । पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको नाफारहित सामाजिक संस्था हो ।

  • ब्रिटिस कलेजमा ‘करिअर क्वेस्ट- २३’ सम्पन्न

    ब्रिटिस कलेजमा ‘करिअर क्वेस्ट- २३’ सम्पन्न

    काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)ले ‘करिअर क्वेस्ट– २३’ सम्पन्न गरेको छ।

    बिहीबारबाट सुरु भएको ‘करिअर क्वेस्ट– २३’ कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

    क्वेस्टमा एमबीए, एमएससी आईटी, एमएससी एडभान्स्ड कम्प्युटर साइन्स, बीबीए, बीएससी कम्प्युटिङ र बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक्सका विद्यार्थीहरु सहभागितामा विज्ञहरुसँगै कलेजका डेप्युटी प्रिन्सिपल प्याट्रिक म्याकक्रडेनले एक साताको सशक्तिकरणको कक्षा प्रदान गरीएको कलेजले जनाएको छ ।

    कलेजका अनुसार कार्यक्रममा २६ ठूला कम्पनीहरुको सहभागिता रहेको थियो । कम्पनीहरुमा कलेजका वर्तमान तथा भूतपूर्व गरी २५० जना विद्यार्थीहरुले इन्टर्नसीप तथा कामको लागि अन्तर्वार्ता दिएका थिए।

    कार्यक्रमबारे बोल्दै इन्टर्नसीप प्लेसमेन्ट तथा आल्मुनी अफिसर शिवानी अधिकारीले भनिन्, ‘क्वेस्टमार्फत हामीले शिक्षा र उद्योगको आवश्यकताबीचको ग्यापलाई कम गर्ने प्रयास गरेका छौं र यस प्रयासमा स्थानीयसँगै अन्तर्राष्ट्रिय कम्पनीहरुले हाम्रा विद्यार्थीहरुलाई अवसर प्रदान गरेको छ।’

    त्यसैगरी, कलेजका कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले भने, ‘हामी यस कार्यक्रममार्फत विद्यार्थीहरुलाई स्वदेशमा नै उत्कृट जब तथा अवसरहरुको वातावरण तयार गर्दै आगामी दिनहरुमा हुन लागेको सम्भावित मानवीय स्रोतको ग्यापलाई पूरा गर्ने प्रयासमा लागिरहेका छौं। यो करिअर क्वेस्टलाई हामीले मिसनको रुपमा लिएको र यो प्रयासमा सफल पनि हुँदै आएको छ। म यस कार्यक्रमलाई सम्पन्न गराउने सबैलाई धन्यवाद दिन चाहान्छु र सहभागी हुनुभएका विद्यार्थीहरुलाई शुभकामना पनि दिन चाहान्छु।’

    क्वेस्टमा प्रतिष्ठित कम्पनीहरु अलाया, सुबिसु, लिपफ्रग, ईसेवा, स्प्राउट/क्लाउड फ्याक्ट्री, जेनेस सोलुसन्स, सिप्रदी, एफवान सफ्ट इन्टरनेशनल प्रा.लि. एमएडब्लु, वल्र्डलिङ्क, आईएईएसटीई, खल्ती, क्विक फक्स कन्सल्टिङ, लक्ष्मी ग्रुप, दराज, इन्डेक्स डिस्ट्रिब्युटर्स प्रा.लि. (विशाल ग्रुप), युनाइटेड डिस्ट्रिब्युटर्स नेपाल प्रा.लि. स्पार्क ग्रुप, द्वारिका, पञ्चकन्या, अक्वेर सफ्टवेयर प्रा.लि., हान्सिकर टक्नोलोजीज, जेनेस एकेडेमी, कोड रश र ब्रिटिस कलेज आफैं पनि सहभागी भएको थियो ।

  • नेपालगञ्जको जनजीवन समान्य बन्दै, विद्यालय र कलेज सञ्चालनमा

    नेपालगञ्जको जनजीवन समान्य बन्दै, विद्यालय र कलेज सञ्चालनमा

    रुपन्देही । एक साता अघिदेखि तनावग्रस्त बाँकेको नेपालगञ्जको जनजीवन सामान्य बन्न थालेको छ। जिल्ला प्रशासनले ६ दिअघिबाट लगाएको कर्फ्यु र निषेधाज्ञा पनि क्रमशः खुकुलो बन्दै गएको छ । उपमहानगरपालिकामा दिउँसोको समयमा जारी निषेधाज्ञा र रातिको ‘कर्फ्यु’ खुकुलो बनाइएपछि जनजीवन क्रमशः सामान्य बन्दै गएपनि अझै द्वन्द्वको त्रास हटेको छैन ।

    हिन्दु र मुस्लिम समुदायबीच विवाद बढ्दै गएपछि असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो भने असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइ रातिको कर्फ्यु कायमै राखिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जनजीवन सामान्य बन्दै गएपछि निषेधाज्ञा र कर्फ्युको समयावधि कम गरिएको जनाएका छन् । अहिले विद्यालय र कलेज सञ्चालनमा आएका छन् भने बजारमा पनि केही पसल खुलेका छन्।

    जिल्ला प्रशासन कार्यालय बाँकेले आज सूचना जारी गर्दै बिहान १० देखि राति १० बजेसम्म पाँच जनाभन्दा बढी भेला भई प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा कायम गरेको जनाएको छ। रातीको कर्फ्यु कायम राखिएको छ ।

    दिउँसो कर्फ्यु हटे पनि उपमहानगरपालिका क्षेत्रभित्र बिहान १० देखि राति १० बजेसम्म कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न पाइने छैन। साथै हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ। हिन्दू र मुस्लिम समुदायको विवाद कम गर्न दुवै धर्मका धर्मगुरुहरु सहमत भएका छन् । यहाँका सबै राजनीतिक दलहरु पनि सहमत छन् तर प्रदर्शन गर्ने समूहको नेतृत्व कसले गरेको छ भन्ने विषय आश्चर्यमा स्थानीय रहेका छन् ।

  • नबिल सेक्यूरिटीजको सीइओमा सुरेश देवकोटा नियुक्त

    नबिल सेक्यूरिटीजको सीइओमा सुरेश देवकोटा नियुक्त

    काठमाडौं । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटीजको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् ।

    आइतबार सेक्यूरिटीजको सञ्चालक समितिले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटालाई सीइओमा चार वर्षका लागि नियुक्त गरेको हो ।

    दुई दशकदेखि बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि बैंकको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत रहेका थिए । आफ्नो बैंकिङ करियर २०६२ सालमा नेपाल बैंक लिमिटेडबाट सुरु गरेका उनले १५ वर्ष लामो समय नेपाल बंगलादेश बैंकको अनुभव रहेको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकको प्राप्ति पश्चात् देवकोटाले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।

    त्यस्तै, व्यवसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्व सदस्य समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् । वित्तीय क्षेत्र र पुँजी बजारमा विशेष दक्खल राख्ने उनको नेतृत्वमा नबिल सेक्यूरिटीजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ ।

  • हेटौंडामा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा एकको मृत्यु

    हेटौंडामा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा एकको मृत्यु

    हेटौंडा । मकवानपुरको हेटौंडामा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

    हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ को मदन भण्डारी राजमार्गमा भएको दुर्घटनामा स्थानीय ५० वर्षका धर्मराज पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    हेटौंडाबाट बकैयातर्फ गइहेको ना ६ प ७७२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकल यात्री पौडेललाइ ठक्कर दिएको थियो ।
    ठक्करबाट घाइते भएका पौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेज लगेकोमा उपचारको क्रममा पौडेलको मृत्यु भएको प्रहरीको भनाइ छ ।

    प्रहरीले मोटरसाइकल चालक बकैया १२ घले गाउँका बलराम घलेलाइ नियन्त्रणमा लिएको छ ।

  • सल्यान बस दुर्घटना : दुईजनाको मृत्यु, १७ घाइते

    सल्यान बस दुर्घटना : दुईजनाको मृत्यु, १७ घाइते

    सुर्खेत । सल्यानको कपुरकोट गाउँपालिका–३ मा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका जादैँ गरेको ना ६ ख ५४६३ नम्बरको बस दुर्घटनामा परेको हो ।

    मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ३१ वर्षीया सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका–६ बस्ने ४० वर्षीया अनिता बोहरा रहेकी छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

    उनका अनुसार चार जनाको अवस्था गम्भीर रहेको जनाए । उनले भने, अर्को गाडिलाई साइट दिने क्रममा दुर्घटना भएको भन्ने बुझिएको छ । चालक पनि घाइते भएको हुँदा दुर्घटनाको बारेमा राम्रोसँग बुझन् सकिएको छैन् ।,

    उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको छ ।

  • इजरायल युद्धमा ९ जना नेपाली घाइते भएकोबारे के भन्छ दूतावास ? परराष्ट्र मन्त्रालयले दिँदैन सूचना

    इजरायल युद्धमा ९ जना नेपाली घाइते भएकोबारे के भन्छ दूतावास ? परराष्ट्र मन्त्रालयले दिँदैन सूचना

    इजरायल । प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणपछि इजरायलमा युद्धको घोषणा भएको छ । यहाँका प्रधानमन्त्री बेन्जामीन नेतान्याहुले यो युद्ध जित्ने बताएका छन् ।

    इजरायलमा २ हजारभन्दा बढी नेपालीहरु जिटुजी अन्तर्गत कृषिलगायत विभिन्न परियोजनामा कार्यरत छन् । यहाँस्थित नेपाली दूतावासले आधारिक रुपमा नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिने क्रममै रहेको जनाएको छ ।

    दक्षिणी एक कृषि फार्ममा भएको लडाकु रकेट हमलामा परी ९ जना नेपाली घाइते भएको खबर आए पनि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन । नेपाली दूतावासले थप जानकारी संकलन गरिरहेको जनाएको छ ।

    अर्न एण्ड लर्न परियोजना अन्तर्गत काम गर्न आएका उनीहरुको अवस्थाबारे अरु जानकारी भइसकेको छैन । बेताबोदमा भने जिटुजीबाट आएका कामदारलाई घरमा असुरक्षित हुनसक्ने भनी एकै ठाउँमा सुरक्षित गरेर राखिएको छ ।

    यता आफ्ना हजारौं नागरिक कार्यरत देश युद्धमा गइसक्दा पनि नेपाल सरकारले औपचारिक जानकारी दिएको छैन । भारतलगायत अन्य देशले आफ्ना नागरिकको सुरक्षाका लागि वक्तव्य जारी गर्नुको साथै सहयोग टिम परिचालन गरिसकेका छन् ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल इजरायलमा कार्यरत नेपाली कामदारको बारेमा जानकारी लिन पटकपटक सम्पर्क गर्दा सम्पर्कमा आउन चाहिनन् । अहिले साँझ ५ बजेपछि मन्त्री एनपी साउदले मन्त्रालयमा बैठक बोलाएको बताइएको छ ।

  • सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई काठमाडौं महानगरले सहयोग गर्ने

    सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई काठमाडौं महानगरले सहयोग गर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्र सार्वजनिक शौचालय सञ्चालन गर्नेलाई सहयोग उपलब्ध गर्ने भएको छ ।
    कामपा सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख डा. शिवराज अधिकारीका अनुसार नयाँ सार्वजनिक शौचालय बनाउन तथा सञ्चालन गर्न इच्छुक सङ्घसंस्थालाई सहयोग गरेर नागरिकलाई सहज सार्वजनिक शौचालयको पहुँच पुर्‍याउने तयारी रहेको छ । उनले भने, ‘यसका लागि ३२ वटै वडाले इच्छा भएको संस्थाको विवरण सङ्कलन गरेर केन्द्रमा पेस गर्न भनिएको छ ।’
    कामपाले विगत ६ वर्षदेखि नागरिकलाई सहज रुपमा सार्वजनिक शौचालय प्रयोग गर्न सक्ने वातारण बनाउने भने पनि हालसम्म सबैतिर सार्वजनिक शौचालयको पहुँच नपुगेको डा अधिकारीले बताए । उनले भने, ‘भएकालाई नियमित गर्ने, सम्झौता भएकाहरुको सञ्चालन अवस्था अनुगमन गर्ने र नयाँ निर्माण गर्ने योजना कार्यान्वयनका लागि वडालाई नै जिम्मा दिइएको छ ।’
    हाल कामपाको क्षेत्रभित्र ५७ वटा सार्वजनिक शौचालयको सूची रहे पनि अधिकांशमा सरसफाइ र पानीकोसमेत व्यवस्था नहुँदा प्रयोग गर्न मिल्ने अवस्थामा नरहेका अधिकारीको भनाइ थियो । उनका अनुसार यसलाई रुपान्तरण गरेर सफा, दुर्गन्धरहित, व्यवस्थित, उज्यालो, हात धुने साबुन, पानीको व्यवस्था भएको शौचालय उपलब्ध गराउने उद्देश्यले कामपाले इच्छुक संस्थालाई सहयोग गर्ने योजना बनाएको हो ।
    ‘विसं २०७९ को प्रारम्भमा व्यक्तिगत तथा संस्थागत रुपमा चलेका एक सय २० शौचालयलाई सार्वजनिक बनाउन सम्झौता भएको छ’, अधिकारीले भने, ‘तिनीहरु कसरी चलेका छन् सक्रिय र नियमित रुपमा सञ्चालन गर्न के गर्नुपर्छ भन्ने विषय अघि बढाइएको छ ।’ उनका अनुसार सहरी क्षेत्रमा हरेक पाँच सय मिटर दूरीमा एउटा सार्वजनिक शौचालय उपलब्ध गराउनुपर्ने नीति रहे पनि कामपाको हकमा त्यो कार्यान्वयन भएको छैन ।
    वडाबाट सञ्चालन भएका शौचालय नियमित र व्यवस्थित गर्ने, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत व्यक्ति, बैङ्क, वित्तीय संस्था र कार्यालयबीच सहकार्य तथा टोल सुधार समितिको सहयोगमा सार्वजनिक शौचालय सञ्चालन गर्ने एकाइको तत्कालको योजना रहेको इकाइका प्रमुख डा अधिकारीले जानकारी दिए ।
    ‘सार्वजनिक शौचालय निर्माणका लागि सहरी योजना आयोगले नक्सा बनाएको छ । यसलाई आधार मानेर वडा र एकाइले नयाँ ठाउँमा शौचालय निर्माण गर्नेछन् । यसमा निजी तथा सार्वजनिक क्षेत्रको लगानी उपयोग गरिने छ’, उनले भने ।
  • नेपालबाट मनसुन बाहिरियो

    नेपालबाट मनसुन बाहिरियो

    काठमाडौं । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भाग भएर यस वर्षको मनसुन बाहिरिएको छ । बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार राति विशेष मौसम बुलेटिन निकालेर नेपालबाट मनसुन बहिर्गमन सुरु भएको जनाएको हो ।
    महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिन अझै केही दिन लाग्नेछ । ‘देशको पश्चिम भेग भएर शुक्रबारबाट मनसुन बाहिरिन सुरु भएको छ । बाँकी भेगमा मनसुन कायमै रहेकाले आगामी तीन दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ’, उनले झाले भने।
    नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिएको झाले बताउनुभयो । उनका अनुसार बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भएको न्यूनचापीय क्षेत्रको प्रभावले मनसुन बहिर्गमनमा ढिलाई भएको थियो ।
    नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो । नेपालको पूर्वी तथा मध्य भू–भागमा हाल बङ्गलादेश र आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावले बदली र वर्षा गराएको महाशाखाले उल्लेख गरेको छ ।
    आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि आइतबार पनि कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
  • टिपरको ठक्करबाट भक्तपुरमा एकको मृत्यु, एक घाइते

    टिपरको ठक्करबाट भक्तपुरमा एकको मृत्यु, एक घाइते

    भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजनानगर चोकमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
    भक्तपुरबाट काठमाडौँ जाँदै गरेको नम्बर नखुलेको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा.९७प.२९५० नंको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक चौतारा साँगागढी नगरपालिका–८ घर भई हाल सूर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय रामशरण थापामगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
    उनका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई हाल काँडाघारी बस्ने १८ वर्षीय शिव आलेमगर घाइते भएका छन् । घाइते मगरको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको पाठकले जानकारी दिए । घटनापछि फरार रहेका टिपर चालकको खोजी कार्य जारी रहेको र घट्नाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
  • आइतबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

    आइतबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन

    काठमाडौं । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालन गर्नेछन् ।
    आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ ।
    चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।
    ती कम्पनीका काठमाडौं उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ । राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुनेछ ।
    यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सहुलियतपूर्ण पसल रहनेछन् । खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेका प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिइन् ।
    कम्पनीले सञ्चालनमा ल्याएका बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो,  र सबै प्रकारका तेलमा प्रतिकिलो÷प्रतिलिटर सात रुपैयाँ तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन् । उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ ।
    खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्नेछ । कम्पनीले भोलि थापाथालीस्थित बागमती प्रादेशिक कार्यालयका साथै देशभरका बिक्री कक्षबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ ।
    यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाडौं उपत्यकाको सतुङ्गल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ । साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड छुट्याएको छ । साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गर्नेछ । साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।
  • एनआरएनएका नातिनातिनासम्म पनि नेपाली नै हुन् : पुन

    एनआरएनएका नातिनातिनासम्म पनि नेपाली नै हुन् : पुन

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गैरआवासीय नेपालीका छोराछोरी र नातिनातिनासम्मले नेपाली नागरिककै हैसियत पाउने बताएका छन् ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए) र एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) द्वारा शनिबार आयोजित भर्चुअल अन्तरक्रियामा पुनले गैरआवासीय नेपालीका शाखा सन्तानहरुको हैसियत पनि नेपालीकै हुने बताएका हुन् ।

    एनआरएनए र उनीहरुका सन्तानले राजनीतिकबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग पाउने व्यवस्था संविधान र नागरिकता ऐनले स्पष्ट गरेकाले उनीहरु विदेशी हुन नसक्ने पुनको भनाइ थियो । ‘अध्ययनको सिलसिला अवसरको खोजी वा अन्य बाध्यताले नेपालीहरु विभिन्न देशमा पुग्नुभएको छ । एकपटकको नेपाली सधैंको नेपाली भन्ने एनआरएनएको भावनात्मक नाराले हामी नेपालमा भएकाहरुको मन छुन्छ’, पुनले भने, ‘तपाईंहरुको नारामा पूर्ण सहमत हुँदै म भन्न चाहन्छु, एकपटकका नेपालीका छोराछोरी र नातिनातिनासम्म पनि नेपाली नै हुन् ।’

    त्यही कारण धेरै लामो बहस र छलफलपछि संविधानमा गैरआवासीय नागरिकताको प्रावधान राखिएको स्मरण पुनले भने । ‘संविधान लेखनका क्रममा हाम्रो बीचमा धेरै छलफल र बहसहरु भए’, उनले भने, ‘ अन्तिममा हामी विदेशमा रहेका नेपालीलाई गैरआवासीय नागरिकता दिनुपर्छ । राजनीतिक बाहेक बंशज वा अंगीकृत नागरिकले पाउने सबै अधिकार एनआरएनएहरुले पाउनुपर्ने भन्ने व्यवस्था हामीले गरेका छौं ।’ नेपाली नागरिकताको निरन्तरताबारे एनआरएनएले उठाउँदै आएको मागबारे राजनीतिक तहमा र संसदमा छलफल हुन सक्ने उनको भनाइ थियो ।

    एनआरएनएले पाउने भनिएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारबारे ऐन, नियमावली र कार्यविधिमा कुनै अस्पष्ट व्यवस्था भए परिमार्जनमार्फत व्यवहारिक बनाइनुपर्ने धारणा उनले राखे । एनआरएनएहरुले आफू रहँदै आएको मुलुकस्थित नेपाली दूतावास, बाणिज्य दूतावास वा अनलाइन प्रणालीमार्फत पनि एनआरएनए नागरिकताको आवेदन दिन सकिने लचिलो व्यवस्था राखिएकाले कार्यान्वयनमा जटिलता नआउने विश्वास पुनले व्यक्त गरे । अन्तर्क्रियाका सहभागीको चिन्ता सम्बोधनका क्रममा पुनले यसअघि लिएको नेपाली नागरिकता वा नागरिकता नलिएको व्यक्तिका हकमा बाबुआमा, बाजेबज्यैसमेत खुल्ने गरी एनआरएनए नागरिकता वितरण हुने स्पष्ट गरे ।

    पुनले संयुक्त राज्य अमेरिकासँग दोहोरो करसम्बन्धी सम्झौताको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री, अर्थमन्त्री र सम्वद्ध पक्षको आफूले ध्यानाकर्षण गराउने जानकारी पनि दिए । उनले नेपालमा रहेको पैत्रीक सम्पत्ति बेचबिखन गरेर नलैजान पनि सुझाए । त्यसो गर्दा आफ्नो पुख्र्यौली जरोसँग सम्बन्ध रहिरने र छोराछोरी वा नातिनातिनाहरु नेपाल फर्कने बाटो बन्द नहुने उनको भनाई थियो ।

    नेपाल निर्माणमा स्वदेशमै रहेका नेपालीहरुको प्रयास मात्र पर्याप्त नहुने भन्दै पुनले आफ्नो मातृभूमिको जरोसँगको सम्बन्ध तोड्न नचाहने गैरआवासीय नेपाली मनोविज्ञानप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गरे । विदेशमा आर्जित सिप, ज्ञान र पुँजी नेपालमा लगानी गर्न आग्रह गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले सरकार नेतृत्वकर्ता दलको नेताका हैसियतले आफू जस्तोसुकै सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए । उने नेपालमा लगानी गरेर आर्जन गरेको मुनाफा बाहिर लैजान पाउने व्यवस्थाका लागि सरकार र आफूहरु सकारात्मक रहेको पनि बताए ।

    कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एनआरएनए नागरिकतासम्बन्धी संविधान र ऐनको व्यवस्था व्यवहारिक र लचिलो रहेको बताए । उनले एनआरएनए नागरिकता प्राप्त गरेपछि त्यसअघि लिएको नागरिकता भने प्रयोग नगर्न सुझाए । उले एनआरएनए नागरिकता लिएपछि निर्धक्कसँग नेपालमा लगानी गरी मुनाफा कमाउन र सम्पत्ति किनबेच गर्न सकिने व्यवस्था रहेको जनाए ।

    एनआरएनएका अध्यक्ष विनोद कुँवर, एनआरएनए अमेरिकाका अध्यक्ष सूर्य लम्साल, एसोसिएसन अफ नेप्लिज अमेरिकाका अध्यक्ष खगेन्द्र अधिकारी, उपाध्यक्ष क्रान्ति अर्याल भण्डारी, एनआरएनए अमेरिकाकी सचिव दाजिमा शेर्पा, एनआरएनएका सल्लाहार ऋषि शेर्पा, एनआरएनए अभियन्ता एवं अधिवक्ता केशवराज सेढाईं लगायतले एनआरएनए नागरिकता प्राप्तिको प्रक्रियाबारे प्रश्न सोधेका थिए ।

  • ‘रावायण’ नखेलेका अनमोल ‘फर्कि फर्कि’ को तयारीमा, नयाँ अनुहारमा सम्वृद्धी र रवि

    ‘रावायण’ नखेलेका अनमोल ‘फर्कि फर्कि’ को तयारीमा, नयाँ अनुहारमा सम्वृद्धी र रवि

    काठमाडौं । नायक अनमोल केसीले फिल्म ‘रावायण’मा काम नगर्ने भएपछि अब रोहित अधिकारीको निर्माणमा सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘फर्कि फर्कि’को तयारी अगाडि बढाएका छन् । फिल्मको छायांकन तिहारको फूलपातिबाट सुरु गर्ने तयारी निर्माता रोहितको छ ।

    यो फिल्ममा अनमोलको जोडीको रुपमा नायिका जसिता गुरुङले काम गर्दैछिन् । यसैबीच, फिल्ममा अडिसनबाट अनमोल र जसितापछि २ नयाँ कलाकार सम्वृद्धी अर्याल र रवि काफ्लेले काम गर्ने पक्का भएको छ ।

    नरेन्द्र मैनालीको छायांकन रहने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बू र अनमोल गुरुङको संगीत रहनेछ । फिल्म निर्माणमा रोहितसँग ओएसआर डिजिटलले सहकार्य गरेको छ ।

    ‘फर्कि फर्कि’ ले सपना र विपनाबीचको कन्फ्यूजनको कथा भन्नेछ । अनमोल केसी र जसिता गुरुङले पहिलो पटक एकसाथ पर्दामा काम गर्न लागेका हुन् ।

  • लुम्बिनी चिनाउन नोबेल पुरस्कार बिजेताहरूको सम्मेलन गर्ने प्रदेश सरकारको निर्णय

    लुम्बिनी चिनाउन नोबेल पुरस्कार बिजेताहरूको सम्मेलन गर्ने प्रदेश सरकारको निर्णय

    रूपन्देही । लुम्बिनीलाई विश्वमा चिनाउन प्रदेश सरकारले नोबेल पुरस्कार विजेताहरुको ‘लोरेट एण्ड लिडर’ सम्मेलन आउदो फागुनमा गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मन्त्रिपरिषद् बैठकले फागुन महिनामा बुद्व जन्मस्थल लुम्बिनीमा सम्मेलन आयोजना गर्ने र यसका लागि नेपाल सरकारसँग समन्वय गर्ने निर्णय गरेको प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले बताए ।

    सम्मेलनमा नोबेल पुरस्कार विजेताहरुका साथै शक्ति राष्ट्रका राजकुमार, पूर्व प्रमुखहरुलाई सहभागी गराउने तयारी छ । यो सम्मेलनबाट प्रदेशको पर्यटन, स्वास्थ्य, शिक्षा क्षेत्रमा लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

    बुद्धजन्मस्थल लुम्बिनीमा ‘लोरेट एण्ड लिडर’ कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले चालु आर्थिक पर्षमा ६ करोड ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको छ ।

    नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनेताहरुको सहभागितामा अन्तर्राष्ट्रियस्तरको उक्त कार्यक्रम गर्न बजेटको समेत व्यवस्थापन गरिएको हो ।
    लुम्बिनीलाई विश्व पर्यटन क्षेत्रको महत्वपूर्ण गन्तव्यको रुपमा प्रवद्र्धन गर्न लोरेट एण्ड लिडर कार्यक्रम आयोजना गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

    लुम्बिनीको शान्ति र करुणाको सन्देश विश्वभर फैलाउन सबै सरोकारवालाको सहकार्यमा कार्यक्रम गरिने नीति कार्यक्रममा समावेश गरिएको थियो । लुम्बिनीमा अन्तराष्ट्रिय करुणा तथा शान्ति केन्द्र स्थापना गरिने उल्लेख थियो ।

    नोबेल पुरस्कार प्रत्येक वर्ष रोयल स्वीडिस एकेडमी अफ साइन्सेस, द स्वीडिस एकेडमी, द कारोलिन्स्का इन्स्टिच्युट र द नर्वेजियन नोबेल समितिद्वारा रसायनशास्त्र, भौतिक शास्त्र, साहित्य, शान्ति, र औषधी विज्ञानको क्षेत्रमा अद्वितीय योगदान पु¥याएका व्यक्तिहरू र संस्थाहरूलाई प्रदान गर्ने गरिएको छ ।
    मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको बैठकले करार कर्मचारीको व्यवस्थापन गर्न बनेको कार्यविधि २०८० लाई पारित गरेको छ ।

  • डिसहोमको रिचार्ज गर्दा तामाङले पाए १ लाख पुरस्कार

    डिसहोमको रिचार्ज गर्दा तामाङले पाए १ लाख पुरस्कार

    काठमाडौं । बुकबहादुर तामाङ डिसहोम सुपरस्टार बनेका छन् । डिसहोमको रिचार्ज उनले १ लाख पुरस्कारसहित सम्मान पाएका हुन् ।
    ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत दोस्रो हप्ताको पुरस्कार तामाङले पाएका हुन् । चापागाउँमा डिस मिडिया नेटवर्कले बाजागाजासहित पुरस्कार रकम प्रदान गरेको हो ।

    रिचार्ज कार्ड बेच्ने डिलर दाइ अन्तर्गत शिवानी इलेक्ट्रोनिक्सले १० हजार पाएको छ । डिश मिडिया नेटवर्कले तामाङ सहितको परिवारलाई एक रात रिसोर्टमा राखी बिदाइ गर्ने छ ।

    अघिल्लो हप्ता भोजपुरका भूपाजित राईले १ लाख जितेका थिए । डिसहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान सञ्चालन गरिरहेको छ ।

    योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ‘ड्र’ मार्फत नगद १ लाख प्राप्त गर्न गर्ने छन् । यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् । जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटीझैं जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् ।

    सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारिक फेसबुक पेज र इमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।

  • टिकटकर जोडी आयुष र एलिजेले दुबईमा गरे ईन्गेजमेन्ट

    टिकटकर जोडी आयुष र एलिजेले दुबईमा गरे ईन्गेजमेन्ट

    काठ्माडौँ। चर्चित टिकटकर जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले ईन्गेजमेन्ट गरेका छन् । दुबईमा यी दुईले आफ्नो ईन्गेजमेन्ट समारोह सम्पन्न गरेका हुन्। ईन्गेजमेन्टको लागी केही दिन अघि आयुष दुबई पुगेका थिए।

    यी दुईको ईन्गेजमेन्टको क्लिप्सहरु अहिले टिकटकमा भाइरल भईरहेका छन। दुवैले आफ्नो–आफ्नो अकाउन्टबाट ईन्गेजमेन्ट भएको जानकारी दिएका हुन्। एलिजे सधैँ बुर्कामा नै हुने भएकाले लाइभ हेर्ने कसैले पनि अहिलेसम्म उनको अनुहार देखेका छैनन्। ईन्गेजमेन्टको क्लिप्सहरुमा पनि एलिजेको अनुहार देखाईएको छैन।

    एलिजे पाकीस्तानी हुन भने आयुष नेपाली हुन्। यी दुईको भेट टिकटक लाईभमार्फत भएको थियो। लाइभबाटै यी दुई प्रेमसम्बन्धमा बाँधिएका थिए। आयुषलाई नै भेट्न भनी केही महिना अघि एलिजे आफ्नो परिवारको साथ नेपालसमेत आएकी थिईन्।

    सुरुवाती दिनबाटै यी दुईको जोडी चर्चाको विषय बनेको थियो। पाकिस्तान र नेपाल दुई देशको नागरिक भएकाले पनि यो जोडीको प्रेमलाई लिएर दर्शकहरुमा कौतुहल थियो।

  • यस वर्षको नोबेल शान्ति पुरस्कार महिला मानवअधिकारकर्मी नर्गिसलाई

    यस वर्षको नोबेल शान्ति पुरस्कार महिला मानवअधिकारकर्मी नर्गिसलाई

    काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइने भएको छ ।

    इरानमा महिलामाथि हुने गरेको दमनविरुद्ध संघर्ष गर्दै मानवअधिकारको रक्षाका लागि लडेका कारण उनलाई यो पुरस्कार प्रदान गरिने भएको हो । तर, नर्गिस भने अहिले इरानको जेलमा छिन् । उनलाई इरानको सरकारले १३ पटा पक्राउ गरिसकेको छ भने पाँच पटक दोषी ठहर्याइसकेको छ ।

    नोबेल पुरस्कार समितिले भने नर्गिस छिट्टै जेल मुक्त भएर पुरस्कार वितरण समारोहमा उपस्थित हुने विस्वास समेत व्यक्त गरेको छ । पुरस्कार आगामी १० डिसेम्बरमा वितरण हुनेछ ।

  • दसैंमा घर जानेलाई बस सेवाको अग्रिम बुकिङ खुल्ला

    दसैंमा घर जानेलाई बस सेवाको अग्रिम बुकिङ खुल्ला

    काठमाडौं । अहिले धमा–धम दसैं तिहारको लागि ‘बस सेवा डटकम’ बाटै टिकट काटेर यात्रुहरु घर गइरहेका छन् ।

    बस सेवा डटकमका सीईओ पीआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको बताए । उनले भने, ‘छोटो दूरीदेखि लामो दूरीसम्मका ६० भन्दा बढी जिल्लाहरुका लागि अनलाइनमा टिकट उपलब्ध रहेका छन् । घटस्थापना अर्थात यही असोज २८ गतेसम्मका लागि अनलाइनबाटै टिकट काट्न सुरु भइसकेको छ । भने, त्यसपछिका लागि केही दिनमा खुल्ने बससेवा डटकमले जनाएको छ ।’

    बससेवा डटकममा ऐसी बसदेखि डिलक्स लगायतका सम्पूर्ण बसहरु उपलब्ध रहेका छन् । सरकारले भने अग्रिम टिकट खुल्ला गर्न सकेको छैन ।

    यातायात व्यवसायीहरुले दसैंको बेला नै सार्वजनिक यातायातको भाडा वृद्धि गर्न माग गरेपछि सरकारले अग्रिम टिकट बुकिङ खुलाउन नसेको हो ।

    यातायात व्यवस्था विभाग र यातायातमन्त्री दसैंमा भाडा बढाउने पक्षमा छैनन् भने, यातायात व्यवसायीले भाडा वृद्धि नगरी अग्रिमा टिकट खुल्ला नगर्ने बताइरहेका छन् ।

  • नेतृत्वलाई समूहगत जोडेर विभाजन गर्ने खेल भइरहेका छन्, प्रतिस्पर्धा गर्दा ख्याल गर्नुस् : शंकर पोखरेल

    नेतृत्वलाई समूहगत जोडेर विभाजन गर्ने खेल भइरहेका छन्, प्रतिस्पर्धा गर्दा ख्याल गर्नुस् : शंकर पोखरेल

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई समूहगत रुपमा विभाजित गर्ने षड्यन्त्र भइरहेको बताएका छन्। एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोकतन्त्र भनेको उन्नत एकताको आधार भएको बताए।

    उनले भने, ‘अहिले हामीले आन्तरिक लोकतन्त्रलाई अबलम्बन गर्ने कुरा गरिराख्दा बाहिरबाट पार्टीलाई समूहगत रुपमा विभाजित गर्ने प्रयत्न भइरहेका छन्। सामाजिक सञ्जाल र आम सञ्चारमाध्यममा नेताहरुलाई जोडेर विभाजन गर्ने खेल भइरहेका छन्।’

    पार्टीभित्र आन्तरिक प्रतिस्पर्धामा एकपटकको प्रतिस्पर्धी सधैंको प्रतिस्पर्धी बन्न पुग्ने भएकाले त्यो कमजोरीबाट जोगाउनुपर्ने बताए।
    उनले भने, ‘हामीले अबलम्बन गर्ने लोकतन्त्रले उन्नत किसिमको एकताको माग गर्दछ भन्ने कुरालाई आत्मसाथ गर्न जरुरी छ। अहिले एउटालाई छाडेर सहमतिमा जाऔं भन्ने कोही प्रतिनिधिमा छैन।’

    उनले भएसम्म समझदारीमा नभएर उन्नत लोकतन्त्रलाई अबलम्बन गरेर अघि बढ्न आग्रह गरे। उनले कामचोर र निष्क्रियलाई नेतृत्वमा नपुर्याउन आग्रह गरे।