Author: Anisha Tiwari

  • नवरात्र सुरु भएयता बागलुङको कालिका मन्दिरमा पाँच लाखले गरे दर्शन

    नवरात्र सुरु भएयता बागलुङको कालिका मन्दिरमा पाँच लाखले गरे दर्शन

    बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमामा वडादसैँको अवसरमा भक्तजनको भीड लागेको छ । कालिका मन्दिरमा असोजको दसैँ र चैते दसैँमा बढी भीड देख्न सकिन्छ ।
    घटस्थापनादेखि आजसम्म पाँच लाखभन्दा बढी भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ । गत वर्षको दसैँमा चार लाख पर्यटक आएको उनले बताए ।
    मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटक समेत कालिका मन्दिरमा आउन थालेपछि धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । अध्यक्ष खड्काका अनुसार विगतको तुलनामा यसपटकको दसैँमा भक्तजनको सङ्ख्या बढेको छ भने बलीको सङ्ख्या भने घटेको छ । कालिका मन्दिरमा राँगो, बोको र कुखुराको बली दिने गरिन्छ । परेवाको बली निषेध गरिएको छ ।
    दसैँको फूलपातीदेखि कालिका मन्दिरको पार्किङमा सवारी नअटेपछि वैकल्पिक पार्किङको व्यवस्थापन गरिएको छ । हाल कालिका मन्दिरको पार्किङमा दुई पाङ्ग्रे सवारी र वैकल्पिक पार्किङ व्यवस्थापन गरिएको रामरेखा सामुदायिक वन कार्यालयको प्राङ्गणमा चार पाङ्ग्रे सवारीसाधन पार्किङको व्यवस्था मिलाइएको छ ।
    मन्दिरमा बागलुङसहित छिमेकी जिल्लाहरु म्याग्दी, मुस्ताङ, पर्वत, चितवन, बुटवल, काठमाडौँ, स्याङ्जा, पोखरालगायतका स्थानबाट  मानिसहरु दर्शनका लागि आउनेगरेको अध्यक्ष खड्काको भनाइ छ । पाँच सय वर्ष पुरानो कालिका मन्दिरमा पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका काराण धार्मिक पर्यटक बढेका छन् ।
  • फेरिएको दसैँ : पहिले स्वदेश आउँथे तर अहिले विदेश

    फेरिएको दसैँ : पहिले स्वदेश आउँथे तर अहिले विदेश

    म्याग्दी । म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया गए ।
    म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका गोपाल र मिना गौतम पनि छोरा, बुहारी र नातिनीसँग दसैँ मनाउन अमेरिका लागे । त्यसैगरी बेनीका केसी र दरवाङका गौतम दम्पत्ति आफन्त र घरपरिवारसँग दसैँ मनाउन विदेश जाने उदाहरण मात्रै हुन् ।
    पहिले–पहिले विदेश र सहरबजारबाट दसैँ र तिहार जस्ता पर्व मनाउन जन्मथलो गाउँमा फर्कने चलन थियो । अहिले भने परिवारका सदस्यसँग चाडपर्व मनाउन विदेश जाने चलन सुरु भएको छ ।
    श्रीमती र छोराछोरीसहित दसैँ मनाउन बेलायत पुगेका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोला आफन्तजन सबै विदेशमा भएपछि चाडपर्वमा भेटघाट र भ्रमणको मेसो मिलाएको बताए ।
    ‘हाम्रो परिवारमा नेपालमा हुनेभन्दा विदेशमा हुनेको सङ्ख्या बढी छ’, उनले भने, ‘आफन्त पनि धेरै विदेशमै छन् । आफन्तसँग दसैँ पनि मनाइने र भेटघाट तथा घुमघाम पनि हुने भएकाले यसपाली बेलायतमा दसैँ मनाउने योजना बनायौ ।’
    अध्ययन, रोजगारी, व्यापार, व्यवसायको सिलसिलामा अमेरिका, अष्ट्रेलिया, क्यानडा तथा बेलायतलगायतका मुलुकमा रहेका नेपालीले त्यहाँ पनि नेपालमा जस्तै गरी दसैँ मनाउने गरेको म्याग्दी प्रवासी नेपाली सङ्घ अमेरिकाका अध्यक्ष रघु सुवेदीको भनाइ छ ।
    अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इसान) अमेरिकाका अध्यक्ष राहुल केसीले चाडपर्व मनाउन, विवाह, छेवर, व्रतवन्धका लागि विभिन्न देशमा नौमती बाजा समूह नै गठन गरिएको उनको भनाइ छ ।
    ‘नेपालबाट मौलिक भेषभुषा र बाजा मगाएर कलाकार समूहले विदेशमा नेपाली संस्कृति फैलाएका छन्’, उनले भने, ‘नेपालीहरुको बाहुल्य भएका कम्पनीले नेपाली चाडपर्व मनाउन छुट्टी समेत दिने गरेका छन् ।’
    म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख गोरखबहादुर जिसीले ‘डायसपोरा’मार्फत नेपाली संस्कार र संस्कृति संसारभर फैलिन थालेको बताए । ‘पहिले डायसपोरामार्फत पश्चिमा संस्कृति नेपाल आयो । अहिले नेपाली संस्कृति विदेशमा फैलिनु सकारात्मक हो,’ उनले भने, ‘यसले गर्दा नेपाली संस्कृति अन्तर्राष्ट्रियकरण भइरहेको छ ।’
  • राउटे समुदायका बाजकली र ज्याामिरेको प्रेम कथा समेटिएको प्रकाश दुतराजको ‘रिमै’ सार्वजनिक (भिडिओ)

    राउटे समुदायका बाजकली र ज्याामिरेको प्रेम कथा समेटिएको प्रकाश दुतराजको ‘रिमै’ सार्वजनिक (भिडिओ)

    काठमाडौं । गायक प्रकाश दुतराजको राउटे समुदायको संस्कृति झल्कीने म्युजिक भिडि‌ओ ‘रिमै’ सार्वजनिक भएको छ । गायक दुतराज र चर्चित गायिका मेलिना राईको स्वर रहेको उक्त म्यूजिक भिडिओमा  स्वयम दुतराज र केपिना गोतामेको अभिनय रहेको छ ।

    ज्यामिरेको बुवा मुखियाको निधन भएको दुई दिन भएको छ । उनीहरुको प्रचलन अनुसार मुखियाको निधन भएपछि उनीहरु आफ्नो बासस्थान छोडेर नयाँ बासस्थानतर्फ सर्दैछन् । यो त सबै राउटे समुदायको बसाइसराईको कथा हो । तर, बाजकली भने ज्याामिरेको खोजीमा छन् । बोल्ने शैली फरक, लगाउने भेषभुषा फरक तर, आफ्नालाई गुमाउनुको पिडा सबैलाई एउटै हुने रहेछ भन्ने कथा म्यूजिक भिडिओमा समेटिएको दुतराजले नेपाल प्रेससँग बताए । उनका अनुसार राउटे समुदायको कथा संस्कृति, माया, प्रेम र जिवनको कथा म्यूजिक भिडिओमा देखाउन खोजिएको छ ।

    गायक दुतराजकै लिरिक्स र म्यूजिक रहेको गीतमा म्यूजिक एरेन्ज बीबी अनुरागी, मिक्सिङ श्यामस्वेत रसाइलीको रहेको छ । शनिबार आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको भिडिओ एक दिनमा साढे तीन लाखले हेरिसकेका छन् । राउटे समुदाय नेपालको पश्चिम पहाडी जिल्लामा बस्ने घुमन्ते जाती हो । तीन वटा गोत्रमा समेटिएको राउटे समुदायको जनसंख्या १४१ जना मात्रै र ४१ घरधुरी रहेको छ । उजीहरु काठमा भाँडा, मधुस, ठेकी, कोसी, बनाएर जिवीकोपार्जन गर्दै आएका छन् । समुदायमा सकैको मृत्इु भएमा रितपुर्वक संस्थार गरी केहि दिन भित्रमा बसाई सर्ने उनीहरुको प्रचलन रहेको छ ।

  • फूलपातीको दिन ‘पशुपति प्रसाद २ : भष्मे डन’को २ करोड ४० लाख ग्रस कलेक्सन

    फूलपातीको दिन ‘पशुपति प्रसाद २ : भष्मे डन’को २ करोड ४० लाख ग्रस कलेक्सन

    काठमाडौं – शनिबारबाट प्रदर्शनमा आएको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ले बक्सअफिसमा बम्पर व्यापार गरिरहेको छ । वितरक करण श्रेष्ठका अनुसार सिनेमाले पहिलो दिन शनिबार बक्सअफिसमा २ करोड ४० लाख ग्रस कलेक्सन गरेको हो ।

    नेपालभरका ३०० बढि स्क्रिनमा रिलिज भएको सिनेमाले आज आइतबार पनि हलमा दर्शकको भिड देखिएको छ । हिजो शनिबार दर्शक साक्षात्कार गर्न कलाकारसहित निर्माण टिम हलमा पुग्दा दर्शको हुटिङ पाउनुका साथै कलाकारसँग सेल्फी खिच्न चाहने दर्शकको चाप निकै देखिएको थियो ।

    सिनेमा हेरर हलबाट निस्किँदै गर्दा अधिकांश दर्शकले निर्माण टिमसँग ‘पशुपति प्रसाद ३’ को डिमाण्ड गरिरहेका थिए । दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ ।

    सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिएका छन् । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमालाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, विपिन मल्लको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको सिनेमाका प्रोडक्सन डिजाइनर शंकर पाण्डे हुन् ।

  • दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

    दसैँमा मनकामना केबलकार तीन दिन बन्द हुने

    मुग्लिन । मनकामना केबलकार दसैँमा तीन दिन बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
    नायब प्रबन्धक शेरचनका अनुसार मनकामना केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।–
  • श्रृंखलाले प्रेमी सार्वजनिक गर्दा सिसनमाथि ट्रोलको आँधिहुरी !

    श्रृंखलाले प्रेमी सार्वजनिक गर्दा सिसनमाथि ट्रोलको आँधिहुरी !

    काठमाडौं । कुनै ठूला सेलिब्रिटी होइनन्, तर सामाजिक सञ्जालमा अत्यधिक ट्रोल हुने पात्रमा पर्छन् युट्यूवकर्मी सिसन बानियाँ । पूर्व मिस नेपाल श्रृंखला खतिवडासँग जोडेर उनलाई गिज्याउने र लखट्ने काम लामो समयदेखि भइरहेको छ ।

    विगतमा सिसन र श्रृंखलाबीच प्रेम सम्वन्ध रहेको चर्चा हुने गथ्र्यो । उनीहरु दुवैले यसको सार्वजनिक स्वीकारोक्ति त गरेका थिएनन्, तर उनीहरुका तस्वीर र केही भिडिओहरुले अफेयरमा रहेको बुझ्न सकिन्थ्यो । तर, उनीहरुको सम्वन्ध टिकाउ भएन ।

    श्रृंखला पढ्नका लागि अमेरिका गएपश्चात सिसनसँग टाढिएकी थिइन् । त्यसपछि उनीहरुको ब्रेक अपको खबर गर्मायो । अनि सुरु भयो सिसनमाथि ट्रोलको सिलसिला । फेसबुकदेखि टिकटकसम्म उनका फोटो र भिडिओहरु जोडजाड गरेर ट्रोलरहरुले अति छारो उडाए । सिसनले एउटा अन्तरवार्तामा यो विषयलाई लिएर दिक्दारी समेत पोखेका थिए । श्रृंखलाले पनि सामाजिक सञ्जालमा आफूलाई निरन्तर चिढ्याइएको भन्दै दुखेसो गरेकी थिइन् ।

    यतिबेला श्रृंखला आफ्नो नयाँ जीवनको सुरुवात गर्ने सुरसारमा छिन् । केही दिनअघि मात्रै उनले आफ्नो प्रेमीका रुपमा सम्भव सिरोहियालाई चिनाइन् । केही समयदेखि उनीहरुको प्रेमको चर्चाले गसिप बजार गर्माइरहेको थियो । यसपाली भने श्रृंखलाले आफैं पुष्टि गरिदिएकी छन् । त्यसपछि त के थियो । ट्रोलरहरु जागिहाले । उत्पातै ठूलो घटना घटेझैं गरी ट्रोलको बौछार लाग्न थालिहाल्यो ।

    यतिबेला सिसन र श्रृंखलाका पुराना भिडिओ र श्रृंखला–सुसनका नयाँ भिडिओहरु टिकटकमा भाइरल गराइएका छन् । यससँगै एउटा पुरानो गीत पनि चर्चामा ल्याइएको छ– बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गइ ।

    पक्कै पनि यो सीमाहिन ट्रोलले सिसन मात्र होइन, श्रृंखलाको निजी जीवनमा समेत असर परेको हुन सक्छ । यद्यपि, दुवैजना अहिलेसम्म मौन नै बसिरहेका छन् ।

  • मानसराजको मुड फ्रेसमा आश्मा र सरोज (भिडिओ)

    मानसराजको मुड फ्रेसमा आश्मा र सरोज (भिडिओ)

    काठमाडौँ । भाइरल भइदियो बोलको हिट गीतका गायक मानसराज बोहराको नयाँ गीत मुड फ्रेस रिलिज गरिएको छ । सार्वजनिक गीतको शब्द, संगीत र स्वर मानसराजको हो। अर्कै संसारकी प्रेमीकाको मायामा परेका एक प्रेमीको रोमान्टिक प्रेम कहानीलाई देखाइएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्माको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

    भिडियोमा सरोजकी प्रेमीकाका रुपमा देखिएकी आश्मा अर्कै संसारकी राजकुमारीका रुपमा देखा परेकी छिन् । अझै भनै उनी एलियनको भूमिकामा छिन् । जो पृथ्वीमा आएर एउटा वैँशालु उमेरमा युवकलाई माया प्रेममा पारेर आफ्नो संसारमा फर्किन्छिन् । जुन दृश्यलाई निर्देशक सरोज अधिकारीले निकै नै कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । निर्देशक सरोजकै कन्सेप्ट र कोरियोग्राफी रहेको सार्वजनिक गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने मिक्सिगं तथा मास्टरिगं नरेन्द वियोगीले गरेका हुन् ।

    नवराज अधिकारीको छायांकन तथा सुरज अधिकारीको सम्पादन रहेको सार्वजनिक गीत का गायक मानसराज गायनका अलावा थिएटरमा पनि अभिनय गर्न माहिर छन् । उनको रचना रहेको फिल्म रेशम फिलिलिमा समावेश बहुचर्चित गीत पारि त्यो डाडामा हेर घाम लाग्यो घमाईलो, चलचित्र डायरीको माया मायामा, भाईरल भैदियो, हिरो, लैलै राजकुमारी लगायतका छन् । सार्वजनिक गीत मुड फ्रेस कार्टुन क्रुज नामक युट्युबबाट रिलिज गरिएको हो ।

     

  • तीन वर्षदेखि लुम्बिनीको राजधानीमा रोकिएको जग्गा आंशिक फुकुवा गर्ने सरकारको निर्णय

    तीन वर्षदेखि लुम्बिनीको राजधानीमा रोकिएको जग्गा आंशिक फुकुवा गर्ने सरकारको निर्णय

    रूपन्देही । लुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा तीन वर्षअघिबाट रोकेको जग्गा रोक्का आंशिक फुकुवा गरेको छ ।

    स्थानीयले सरकारले अनाहकमा जग्गा रोकेको विरोधमा पटक पटक आन्दोलन गर्दै आएका थिए । तीन वर्षअघि राजधानी कार्यान्वयनका लागि भन्दै शंकर पोख्रेल नेतृत्वको सरकारले राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यकाको जग्गा विक्री वितरण र खण्डीकरणमा रोक लगाएको थियो ।

    मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पूर्णरुपमा जग्गा रोकिराख्दा नागरिकको जनजीवनमा समेत असर पर्न थालेपछि जनताको हितको लागि केही शर्त राखेर राजधानी क्षेत्रको जग्गा फुकुवा गरिएको बताए ।

    प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले राजधानी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केही वडा, अर्घाखाँचीको शितगंगा नगरपालिका र लमही नगरपालिकाका केही वडामा गरिएको जग्गा रोक्कालाई कित्ता काट नहुने र यथाअवस्थामा बिक्री वितरणको लागि फुकुवा गर्ने निर्णय गरेको हो ।

    सरकारका गृहमन्त्री तथा प्रवक्ता सन्तोष कुमार पाण्डेयले सरकारले राजधानी क्षेत्रमा रोक्का भएको जग्गा सरकारले फुकुवा गरेको बताए । शुक्रबार मुख्यमन्त्री कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता पाण्डेयले सरकारको व्यवस्थित राजधानी निर्माणको अवधारणलाई असर नगर्ने, र टुक्राएर बेच्न नपाउने सर्तमा रोक्का जग्गा फुकुवा गर्ने निर्णय भएको जानकारी दिए । स्थानीयको जनजीविका सहज गराउ र नागरिकका समस्या समाधानका लागि सरकारले यो निर्णय गरेको पाण्डेयको भनाई छ ।

  • चितवनमा कैदीबन्दीकाे दसैँ : भन्छन् – जहाँ बस्यो त्यही रमाइलो

    चितवनमा कैदीबन्दीकाे दसैँ : भन्छन् – जहाँ बस्यो त्यही रमाइलो

    चितवन । बडादसैँ घर–घरमा हर्सोल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरू त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएका छन् ।

    कैद जीवन बिताउँदै आएका कैदीबन्दी विगतका वर्षमा जस्तै यस वर्ष पनि दसैँ मनाउने तयारीमा जुटेका छन् । दसैँ सुरु भएसँगै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरिरहेका छन् । कतिपय कैदी नयाँ हुन् भने अधिकांश पुराना छन् ।

    हेटौँडाकी शर्मिला शर्माले (नाम परिवर्तन) घरगाउँको दसैँको सम्झनासमेत हुन छाडेको बताइन् । उनले भनीन्, ‘जहाँ बस्यो त्यही रमाउने हो ।’ घरगाउँको जस्तो नभए पनि यहाँ छुट्टै रमाइलो हुने गरेको उनले बताइन् ।

    ‘चाडपर्वमा परिवारसँग बस्न पाइएन भन्ने हो । विगत आठ वर्षदेखि चाडपर्व कारागारमै मनाइरहेका छौँ’, शर्माले भनीन्, ‘परिवारका सदस्यले कहिलेकाँही टीका लगाइदिन आउने गर्नुहुन्छ । कहिलेकाहीँ परिवारको याद निकै आउँछ ।’ कोही त भेटघाटमा आए पनि परिवार सम्झेर चाडपर्वमा रुने गरेको उनले सुनाए ।

    भरतपुर महानगरपालिकाका रमेश विश्वकर्मा (नाम परिवर्तन)लाई चाडपर्वको समयमा परिवारको यादले सताउने गरेको बताउछन् । सुरुआती दिनमा त निन्द्रासमेत नलागेको भए पनि अहिले बानी परिसकेको उनको भनाइ थियो । चाडपर्वको महत्व कारागारले बुझाएको बताउँदै उनले कारागारमा बसेर दसैं मनाउनु पर्दा निकै दुःख लाग्ने गरेको बताए ।

    विगत १५ वर्षदेखि हरेक पर्वलाई कारागारमा मनाउने गरेको भन्दै विश्वकर्माले आफूहरू जहाँ बस्यो त्यसलाई घर सम्झेर रमाइलो गर्ने गरेको अनुभव सुनाए । कारागारभित्रै उत्साहका साथ दसैँ मनाउने गरेको उनले बताए ।

    विगत चार वर्षदेखि कारागार जीवन बिताइरहेका हरि शर्मा (नाम परिवर्तन)लाई पनि चाडपर्वमा परिवारका सदस्य आएर टीका लगाइदिँदा निकै नरमाइलो लाग्ने गरेको बताए । गाउँघरमा बसेर परिवारका साथ दसैं मनाउन पाउँदा निकै रमाइलो हुने गरेको भन्दै अहिले कारागारमा नै रमाइलो गर्न थालेको उनको भनाइ थियो ।

    शर्माले भने, ‘अब हाम्रा लागि कारागार नै घर हो । यही रमाइलो गरेर दसैँ मनाउने हो ।’ यहाँ चाडपर्वको समयमा हुने गरेका विभिन्न प्रतियोगिताले बाहिरको झल्को मेटाउने गरेको उनको भनाइ थियो ।

    दसैँलाई लक्षित गरेर कारागारभित्र खेलकुद, विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको कारागारका प्रमुख (जेलर) कमलप्रसाद आचार्यले बताए । विगतमा जस्तै गरी यस वर्ष पनि कैदीबन्दीको तर्फबाट खसी, राँगा ल्याउने, मौलो पूजा गर्नेलगायत काम सुरु भइसकेको उनले जानकारी दिए ।

    ‘टीकाको दिन सामूहिक टीका ग्रहण, टीकाअगाडि सामूहिक भोजजस्ता कार्य हुने गरेको छ’, आचार्यले भने, ‘दसैँमा कडा सुरक्षाका साथ परिवारसँग टीका लगाउन दिने गरी तयारी गरेका छौँ । टीकाको दिनदेखि पूर्णिमाको दिनसम्म टीका ग्रहणका लागि समय दिने छौँ ।’

    उनका अनुसार कारागार कार्यालय चितवनमा अहिले सात सय २९ कैदीबन्दी छन् । जसमध्ये ४४ महिला र पाँचजना बालबालिका छन् भने बाँकी पुरुष छन् । पाँच सय पाँच जनाको क्षमता रहेको उक्त कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका आचार्यले बताए । उनका अनुसार यो हिन्दूहरूको महान् पर्व भए पनि सबै धर्म समुदायले आ–आफ्नो हिसाबले मनाउने गर्दछन् ।

  • परदेशी-२ : पहिलो सातामा ३ करोड ३० लाख ग्रस कलेक्सन

    परदेशी-२ : पहिलो सातामा ३ करोड ३० लाख ग्रस कलेक्सन

    काठमाडौैं । गत असोज २६ गते शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘परदेशी-२’ आज शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको छ । पहिलो हप्ता दर्शकबाट अपार माया पाएको सिनेमाले दोस्रो सातामा पनि दर्शको राम्रो साथ पाउने अपेक्षा निर्माण टिमको छ ।

    निर्माण टिमका अनुसार सिनेमाले पहिलो हप्ता बक्स अफिसमा करिब ३ करोड ३० लाख हाराहारी ग्रस कलेक्सन गरेको छ । सुरुवाती दिनमा औसत व्यापार गरेको सिनेमाले विकडेजबाट राम्रो पिकअप लिएको छ ।

    दोस्रो सातामा पाएको शो सङ्ख्याले पनि दर्शकले सिनेमा रुचाएको प्रमाणको रुपमा बुझ्न गाह्रो पर्दैन । हलमा सिनेमा हेरेर निस्कने दर्शकको आँखा रसाएका दृश्य समाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिनुले पनि सिनेमा सफलताको बाटोमा हिडेको बुझिन्छ ।

    दर्शकको राम्रो साथ पाएपछि डेव्यु अभिनेता प्रकाश सपुत अभिनेत्री केकी अधिकारी, वर्षा सिवाकोटीलाई नारायणगढ, बुटवल, र नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गर्नुका साथै दर्शकसँग सिनेमाको खुशी साटेका थिए । दर्शकबाट राम्रो साथ पाएपछि निर्माता राजेश बंशल र निर्देशक नारायण रायमाझिले खुशी व्यक्त गरेका छन् । दर्शकको यो साथ र सर्पोटले आगामी दिनमा अझै राम्रो सिनेमा निर्माण गर्ने उर्जा मिलेको उनीहरु बताउँछन् ।

    उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको सम्झना र पखाईमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको नारायण रायमाझी निर्देशित सिनेमामा प्रकाश र वर्षाका अलवा केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको पनि अभिनय छ ।

    नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको सिनेमानमा गीतकार रमेश बिजीको लेखन छ । निर्देशक रायमाझी र राजेश वंशलले मिलेर सिनेमा निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको सिनेमालाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

  • दसैं लागेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड

    दसैं लागेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

    अघिल्लो दिन बिहीबार सबैभन्दा उच्च मूल्यमा कारोबार भएको सुनको मूल्यले आज पुन नयाँ रेकर्ड कायम गरेको हो ।

    यसअघि गत साउन ४ गते एक लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने हिजो मात्रै हालसम्मकै उच्च प्रतितोला १ लाख १३ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । जसलाई आज उछेल्दै आज प्रतितोला एक लाख १५ हजार ५ सय रुपैयाँ पुगेको छ।

    यसदिन सुनको मूल्य तोलामा ८ सय रूपैयाँले बढेको छ ।

    त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    शुक्रबार चाँदीको मूल्य १ हजार ४ सय रूपैयाँ कायम भएको छ ।

  • होटल एण्ड होमबाट होटलहरू बुक गर्दा ‘आईएमई पे’ मार्फत छुट पाइने

    होटल एण्ड होमबाट होटलहरू बुक गर्दा ‘आईएमई पे’ मार्फत छुट पाइने

    काठमाडौं । होटल एण्ड होमको वेवसाईटबाट होटलहरू बुक गर्दा आईएमई पे ले छुट दिने भएको छ ।

    बुधबार ‘आईएमई पे’ होटल एण्ड होमबीच छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार होटल एन्ड होमको वेबसाइट मार्फत नेपाल भित्रका विभिन्न होटलहरुमा बुकिङ गरी आईएमई पे मार्फत भुक्तानी गर्नेले फ्ल्याट १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

    नजिकिदैँ गरेको राष्ट्रिय चाड दशैं तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको छुट कात्तिकको अन्त्यसम्म लागू हुनेछ ।

  • गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण

    गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण

    पर्वत । पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो ।
    गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ ।
    कृत्रिम गर्भाधानका माध्यमबाट गाईभैँसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्यले बताए । कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाच्छाबाच्छी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।
    ‘कृत्रिम गर्भाधान गराएका गाईभैँसीबाट जन्मिएका पाडापाडी र बाच्छाबाच्छी चार महिना पालेपछि मात्र अनुदान दिने गरिएको छ’ आचार्यले भने, ‘जसले गर्दा कृषकले उन्नत जातका पाडापाडी र बाच्छाबाच्छी पाल्न थालेका छन् ।’
    विशेष गरेर जन्मिँदाबित्तिकै भैँसीका पाडापाडी काटेर खाने (नपाल्ने) चलन हटाएर संरक्षण गर्न कार्यक्रम सञ्चालन गरिएको भन्दै यो कार्यक्रम प्रभावकारी देखिएको पशु सेवा प्राविधिक दिपक श्रेष्ठले बताए । गत आर्थिक वर्ष २०७९/८० मा ७२ जना कृषकलाई पाडापाडी र बाच्छाबाच्छी हुर्काएबापत पोषण भत्ता स्वरुप दुई हजार पाँच सय रुपैयाँका दरले कूल एक लाख ८० हजार वितरण गरेको शाखाले जनाएको छ ।
    जनप्रतिनिधि र पशु सेवा प्राविधिकले बाच्छाबाच्छी र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउने कार्यविधि छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमका अलावा उन्नत जातका राँगो, साँढे र बोकासमेत वितरण गरेको छ । यसका लागि अनिवार्य पशुबीमा गर्नुपर्ने उल्लेख गरिएको छ ।
    पालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन बाख्रा, गाईभैँसी र कुखुरापालनको पकेट क्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । उत्पादन लागत घटाउन घाँसमा आधारित पशुपालनका लागि बहुबर्षे डाले र भुइँघाँस खेती विस्तारका लागि बीउ र बिरुवा वितरण गरेको छ ।
    वार्षिक १९ लाख ५२ हजार ३१४ लिटर दूध आवश्यकपर्ने जलजला गाउँपालिका दूधमा आत्मनिर्भर बनेर निकासी गर्ने अवस्थामा पुगेको पशु स्वास्थ्य प्राविधिक श्रेष्ठले जानकारी दिए । वार्षिक २७ लाख ६३ हजार एक सय ५० लिटर दूध उत्पादन हुने जलजलाबाट आठ लाख १० हजार आठ सय ३६ लिटर दूध निकासी हुने गरेको उनले बताए ।
    वार्षिक तीन लाख तीन सय ५६ किलोग्राम मासु आवश्यकपर्नेमा एक लाख ७१ हजार ५३ किलोग्राम र १० लाख २९ हजार सात सय ९२ वटा अण्डा आवश्यकपर्नेमा छ लाख ५७ हजार दुई सय ८० वटा उत्पादन हुने गरेको जलजलाको पशु सेवा शाखाले जनाएको छ ।
  • प्रस्तावित चलचित्र विधेयकमा चलचित्रकर्मीको आपत्ति, सच्याउन माग

    प्रस्तावित चलचित्र विधेयकमा चलचित्रकर्मीको आपत्ति, सच्याउन माग

    काठमाडौँ । चलचित्र विकास बोर्डले छलफलका लागि सार्वजनिक गरेको चलचित्र विधेयकको मस्यौदाले फिल्म उद्योगको हित नगर्ने फिल्मकर्मीले बताएका छन् । चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रति उनीहरुले आपत्ति प्रकट गरेका हुन् ।

    चलचित्र पत्रकार संघले राजधानीमा आयोजना गरेको चियापान तथा चलचित्र विधेयकको संवाद कार्यक्रममा बागमती प्रदेशका संचार रजिष्टार रेवती सापकोटाले प्रस्तावित मस्यौदा संविधानविपरित रहेको बताए । उनले यसका व्यवस्था, अक्षर र भावना पूर्णतः संविधान विपरित रहेको बताउँदै यसलाई सच्याएर अघि बढ्नुपर्ने धारणा राखे । उनले जिल्ला–जिल्लामा फिल्म सेन्सर बोर्ड गठन गर्ने प्रस्तावप्रति पनि आपत्ति प्रकट गरे ।

    विधेयकका मस्यौदाकार तथा फिल्म निर्माता आकाश अधिकारीले २०२६ सालको ऐनभन्दा अहिलेको विधेयकलाई प्रगतिशिल र समयसापेक्ष बनाउन आफूहरुले प्रयत्न गरेको जनाए । उनले घरेलु फिल्मको संरचनागत सुधारदेखि अन्तर्राष्ट्रियकरण सम्मका चासोलाई विधेयकले समेट्ने बताए ।

    चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले मस्यौदालाई लिएर भएको असन्तुष्टिलाई टुंग्याउन चलचित्र संघसंस्थासँग परामर्श भैरहेको सुनाए । उनले चाँडै नै छलफलबाट निस्कर्स निकाल्ने बताए । प्रस्तावित विधेयकले संचार मन्त्रालयका कर्मचारीको नियन्त्रण झनै कसिलो गराउने र यसले चलचित्र विकास बोर्डको स्वायत्तता खोस्ने उनको धारणा थियो ।

    कार्यक्रममा उपस्थित संचार र अर्थ मन्त्रालयका प्रतिनिधि भने यसबारे बोल्न अनुमति नभएको भन्दै केहि बोल्न चाहेनन् । चलचित्र पत्रकार संघका उपाध्यक्ष कुवेर गिरीको सभापतित्व र महासचिव रघुनाथ सापकोटाले संचालन गरेको कार्यक्रममा संघका अध्यक्ष समीर बलामीले स्वागत मन्तव्य राखेका थिए ।

    कार्यक्रममा फिल्म निर्माता आकाश अधिकारी, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, चलचित्र संघका पुर्व अध्यक्ष प्रदीप उदय, निर्देशक ऋषि लामिछाने, सेन्सर बोर्डको सदस्य ऋषि राज आचार्य, चलचित्र विकास बोर्ड सदस्य राजु केसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार संघका अध्यक्ष मोहन निरौला, वितरक करण श्रेष्ठ, निर्देशक नवल नेपाल लगायत थुप्रै व्यक्तिको उपस्थिती रहेको थियो ।

  • बंगलादेशविरुद्धको म्याचमा भारतका हार्दिक पाण्ड्या घाइते, उपचारका लागि लगियो

    बंगलादेशविरुद्धको म्याचमा भारतका हार्दिक पाण्ड्या घाइते, उपचारका लागि लगियो

    काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत भारत र बंगलादेशबीच जारी म्याचका क्रममा भारतीय अलराउन्डर हार्दिक पाण्ड्या घाइते बनेका छन् । उनी बलिङ गर्ने क्रममा गोलीगाँठोमा चोट लागेपछि उनलाई मैदानबाट हटाएर उपचारका लागि लगिएको छ ।

    खेलको नवौं ओभरमा पाण्ड्या आफ्नो पहिलो ओभर बलिङ गर्न आएका थिए । ओभरको दोस्रो र तेस्रो बलमा उनलाई बंगलादेशी ओपनर लिट्टन दासले लगातार चौका प्रहार गरे । तेस्रो बल फ्याकेपश्चात फलो थु्रका क्रममा पाण्ड्याको गोडा दोब्रिएर लडेका थिए । त्यसपछि फिजियोले आएर निकै बेर उनलाई हेरे । पाण्ड्याले उठेर खेल्ने प्रयास गरे पनि दुखाइका कारण सफल भएनन् । त्यसपछि उनलाई बाहिर लगिएको थियो ।

    पाण्ड्याको ओभरका बाँकी दुई बल विराट कोहलीले फ्याके । पाण्ड्या आजको म्याचमा नफर्किने घोषणा गरिएको छ । उनलाई स्क्यानका लागि लगिएको बीसीसीआइले जनाएको छ । उनको स्क्यान रिपोर्ट हेरेपछि मात्रै भारतका आगामी म्याचहरुमा उनी उपस्थित हुने/नहुने बारे चिकित्सकले राय दिनेछन् ।

    पाण्ड्या भारतीय टिमका महत्वपूर्ण सदस्य हुन् । विष्फोटक ब्याटिङका लागि चिनिने उनी विश्वकपमा बलिङ पनि राम्रो गरिरहेका छन् । उनी आगामी म्याचमा खेल्न सकेनन् भने भारतका लागि ठूलो धक्का हुने छ ।

  • विश्वविद्यालय सम्बन्धी विधेयक पारित गर्न र ६०० शय्याको अस्पताल सुरु गर्न एमाले सुदूरपश्चिमको माग

    विश्वविद्यालय सम्बन्धी विधेयक पारित गर्न र ६०० शय्याको अस्पताल सुरु गर्न एमाले सुदूरपश्चिमको माग

    कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले गेटामा तत्काल दशरत चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापनको माग गरेको छ । पार्टी प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले आज एक विज्ञप्ति जारी गर्दै तत्काल ६०० शय्या क्षमताको गेटा मेडिकल कलेज सुरु गर्न र दशरत चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय स्थापना गर्न माग गरेका हुन् ।

    बुधवारबाट गेटामा १०० शय्याको अस्पताल सुरु भएको छ । उक्त कार्य प्रति खुसी व्यक्त गर्दै र धन्यवाद प्रकट गर्दै गेटालाई १०० शय्यामा मात्रै केन्द्रित नगर्न ध्यानाकर्षण गराएको छ ।

    ‘१०० शय्या मात्र सञ्चालन गरिने विषयले हामीलाई सशङ्कित बनाएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश परिवार विश्वविद्यालय सम्बन्धी विधेयक शीघ्र पारित होस् र अस्पतालमा ६०० शय्या पूर्ण रुपमा सञ्चालन गरियोस् भन्ने माग सहित शिक्षा र स्वास्थ्यमा पछाडि परेको सुदूरपश्चिमका जनतालाई सहयोग पुगोस् भन्ने आग्रह पनि गर्दछौँ ’ अध्यक्ष जैशीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • ७२ वर्षको उमेरमा नागरिकता

    ७२ वर्षको उमेरमा नागरिकता

    अछाम । अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । मेल्लेख गाउँपालिका वडा नम्बर ७ का साउदलाई बुधबार जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गरे ।
    रोजगारीको सिलसिलामा लामो समयदेखि भारतमा रहेकाले साउदले नागरिकता लिन पाएका थिएना् । बुढेसकालमा नागरिकता पाएपछि बल्ल नेपाली नागरिक भएको महसुस भएको साउदले बताए । आफूले नागरिकता नबनाएका कारण छोराछोरी पनि नागरिकताबिहीन भएको उनको भनाइ छ । ‘ढिलै भएपनि मैले नागरिकता पाएँ, अब छोराछोरीलाई नागरिकता दिलाउँछु’, उनले भने ।
    पछिल्लो समय जिल्ला प्रशासन कार्यालय अछामले कागजपत्र पूरा भएको खण्डमा आधा घण्टामै सेवा दिने अभ्यास सुरु गरेको छ । जसले गर्दा पछिल्लो समय भिडभाड पनि कम भएको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ ।
  • छातीमा जमरा उमारेपछि…

    छातीमा जमरा उमारेपछि…

    झापा । दसैंका बेला घरघरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने चलन छ । ती जमरा मान्यजनका हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ । तर, दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित एक मन्दिर परिसरमा ५१ वर्षीय प्रह्लाद सापकोटाले छातीमा दसैँको जमरा उमारेका छन् ।

    मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले व्रतमा बसेको दुई दिनपछि जमरा उम्रिएको बताए । मन्दिरमा दैनिक पूजापाठ हुने गरेको र छातीमा उम्रिएको जमरा हेर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ । गाउँपालिकाकी उपप्रमुख पुजन न्यौपानेका अनुसार स्थानीय पाथीभरा मन्दिरमा घटस्थापनाका दिनदेखि निराहार व्रत बसेका सापकोटाले दसैँमा टीका लगाउनका लागि छातीमा जमरा उमारेका हुन् ।

    गत असोज २८ गते बिहान पूजापाठ गरेर सापकोटा मन्दिर परिसरमा सुतेका हुन् । जमरा रोप्नुभन्दा दुई दिनअघिदेखि पानी र अन्नसमेत नखाई निराहार व्रतमा रहेका उनले दुर्गा भगवतीको प्रसादको रुपमा जमरा प्रयोग गरिने बताए । छातीमा बालुवामाथि टपरामा जमरा उमार्न मकै, जौँलगायतका अन्नका दाना रोपिएको थियो ।

    यसरी जमरा उमार्दा कुनै शारीरिक कस्ट नभएको सापकोटाले बताए । उनले व्रतका बेला मलमूत्रसमेत त्याग गरेका छैनन् । सापकोटाले आफूलाई पाथीभरा भगवतीको भक्त ‘माता गुरु’ बताउने गरेका छन् । उनका ६ सेवकले मन्दिर क्षेत्रमा आउने भक्तजनको व्यवस्थापन गरिरहेका छन् ।

    स्थानीय तारा गिरीले जीवनमै पहिलोपल्ट छातीमा जमरा उमारेर निराहार व्रत बसेको देख्दा अचम्म लागेको बताए । महानवमीका दिन एक लाख दीप प्रज्ज्वलन गरेर व्रत समापन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । दसैँको महानवमीका दिनसम्म दुर्गा भवानीको विधिपूर्वक पूजा गरेर छातीमा राखिएको मकै र जौँको जमरालाई प्रसादका रुपमा सर्वसाधारणलाई दिइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए ।

  • सुशिल श्रेष्ठको ‘आउट ल’को विदेश प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

    सुशिल श्रेष्ठको ‘आउट ल’को विदेश प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

    काठमाडौं । अभिनेता सुशिल श्रेष्ठको मुख्य भुमिका रहेको सिनेमा ‘आउट ल’को विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्ट प्रालीले खरिद गरेको छ । विदेश अधिकारसँगै सह–निर्माताको रुपमा पनि यो कम्पनि जोडिएको सिनेमाका कार्यकारी निर्माता साहील खानले बताए ।

    केहीदिन अगाडी सेभेज सिजको टिमले सिनेमा हेरपछि राम्रो मुख्यमा विदेश प्रदर्शन अधिकार खरिद गर्नुका साथै सह–निर्माताको रुपमा पनि जोडिएको हो । नेपाल वितरक रिच इन्टरटेनमेन्टका सञ्चालक करण श्रेष्ठले चाँडै सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी भैरहेको जानकारी दिए ।

    रेट्रो ग्रुपको ब्यानरमा निर्माण हुने सिनेमामा सुशिलका अलवा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी र महेश त्रिपाठी लगायतको पनि अभिनय रहेको सिनेमा एक्सन–थ्रिलर जनरामा निर्माण भएको छ । एक्सन थ्रिलर जनरामा निर्माण हुने सिनेमाले कानुन नमान्ने पात्रको कथा भन्छ ।

    अभिनेता सुशिल श्रेष्ठ ‘आउट ल’ आफ्नो करियरकै लागि महत्वपूर्ण सिनेमा रहेको बताउँछन् । आफ्नो करियरलाई कता लैजाने भन्ने पनि यो सिनेमाले निर्धारण गर्ने बुझाई अभिनेता श्रेष्ठको छ । शशांक खड्का, अमित अग्रहरी र बिनोद कठायतको लगानीमा निर्माण भएको सिनेमालाई बिक्की महर्जनले निर्देशन गरेका हुन् ।

    निर्माता कडायतले यसअघि ‘प्रेमगीत ३’मा कला निर्देशकको रुपमा काम गरेका थिए । ‘युवालाई लक्षित गरी कथा बनाइएको हो । पढेका र युवा टिममा भएकाले सिनेमाको नतिजा राम्रो आउने विश्वास छ’, निर्माता कठायतले भने । करिब २ करोडको बजेटमा निर्माण भएको सिनेमालाई नवीन गुरुङले छायांकन गरेका हुन् ।

  • आज १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    आज १३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ ।

    साताको चौथो दिन बजारमा छापावाल सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसदिन बजारमा चाँदी तोलाको १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।