Author: Anisha Tiwari

  • ४०२ रनको लक्ष्य पाएको पाकिस्तानलाई वर्षा बन्यो लक, डकवर्थमा २१ रनले विजयी

    ४०२ रनको लक्ष्य पाएको पाकिस्तानलाई वर्षा बन्यो लक, डकवर्थमा २१ रनले विजयी

    नयाँ दिल्ली। एकदिवशीय विश्वकपअन्तर्गत शनिबार पाकिस्तानलाई ४ सय २ रनको लक्ष्य दिएको न्युजिल्यान्ड स्तब्ध बनेको छ।

    पाकिस्तान डकवर्थ नियमका आधारमा २१ रनले विजयी भयो। वर्षाका कारण खेल रोकिनुअघि पाकिस्तानले २५.३ ओभरमा एक विकेट गुमाएर २ सय रन जोडेको थियो। त्यसपछि खेल सुचारु हुन सकेन र पाकिस्तान डकवर्थ नियम आधारमा २१ रनले विजयी भयो। पाकिस्तानले २१.३ ओभरमा एक विकेट गुमाएर एक सय ६० रन जोडेको अवस्थामा पनि खेल रोकिएको थियो। त्यसपछि सूचारु भएको खेलमा पाकिस्तानले ४१ ओभरमा ३ सय ४२ रन बनाउनुपर्ने नयाँ लक्ष्य पाएको थियो।

    त्यसको मतलब पाकिस्तानले बाँकी १९.३ ओभरमा एक सय ८२ रन बनाउनुपर्ने थियो। वर्षा फेरी सुरु हुने सम्भावनाबीच पाकिस्तानी ब्याट्सम्यानले तेज गतिमा रन जोडेका थिए। २५ औँ ओभरमा पाकिस्तानले २० रन जोडेको थियो। फाखर जमान एक सय २५ र बाबर आजम ६६ रनमा अविजित रहे। यो जितले पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ।

    ८ खेलबाट ८ अंक भएको पाकिस्तान तालिकाको पाचौँ स्थानमा छ। समान अंक भएको न्युजिल्यान्ड नेट रनरेटमा अगाडि रहँदै चौथोमा छ। अन्तिम खेलमा पाकिस्तानले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ।

    त्यसअघि न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ४ सय १ रनको विशाल योगफल तयार गरेको थियो। रचिन रविन्द्रले एक सय ८, केन विलियमसनले ९५, डेभन कनवेले ३५, ग्लेन फिलिप्सले ४१ र मार्क च्यापम्यानले ३९ रन बनाएका थिए।

  • भूकम्प प्रभावित जिल्लामा उद्धार, राहत तथा खोजीमा जुट्न मानव अधिकार आयोगको आग्रह

    भूकम्प प्रभावित जिल्लामा उद्धार, राहत तथा खोजीमा जुट्न मानव अधिकार आयोगको आग्रह

    काठमाडौं । भूकम्पमा परि घाइते भएकाको उद्धार, निशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवम् खोजी कार्यमा जुट्न राष्ट्रिय मानव अधिकार आयोगले सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ । आयोगले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकार, राजनीतिक दल लगायत सम्बद्ध सबै पक्षलाई यस्तो आग्रह गरेको हो ।

    शुक्रबार राति भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय तथा भौतिक क्षतिप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख व्यक्त गरेको आयोगका सहसचिव एवम प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘भूकम्पमा परि ज्यान गुमाएका व्यक्तिप्रति आयोगले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।’

    आयोगको कर्णाली प्रदेश कार्यालयको टोली भूकम्प प्रभावितको मानव अधिकार अवस्थाबारे अनुगमन गर्न शनिबार नै भूकम्प प्रभावित स्थलतर्फ प्रस्थान गरिसकेको आयोगले विज्ञप्ती मार्फत जानकारी गराउदैँ आयोगले घटनाबारे विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ ।

     

  • डोटीको बोगटान फुड्सिल गाउँपालिकाले भूकम्प प्रभावितलाई दुई लाख सहयोग गर्ने

    डोटीको बोगटान फुड्सिल गाउँपालिकाले भूकम्प प्रभावितलाई दुई लाख सहयोग गर्ने

    डोटी । शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरुका लागि डोटीको बोगटान फुड्सिल गाउँपालिकाले राहत स्वरूप दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । शनिबार गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाद्वा विज्ञप्ति जारी गर्दै सहयोगको घोषणा गरिएको हो ।

    जाजरकोटको बारेकोट गाउँपालिका वडा न. १ रामीडाडाँ केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतको क्षेत्रमा ठुलो मात्रमा जनधनको क्षति भएको घटनाप्रति पालिकाले दुःख व्यक्त गरेको छ ।

    अध्यक्ष गडसिलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘दुःखको यस घडीमा हाम्रो पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागी जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक/एक लाख गरी दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छौँ ।’

    भूकम्पबाट प्रभावितहरूलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न र भूकम्पमा परी पुरिएकाहरूको खोज उद्धार र घाइतेहरूको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न गाउँपालिकाले सबैसँग अपिल गरेको छ ।

  • अमेरिकामा बेरोजगारी दर ३.९ प्रतिशतले बढ्यो

    अमेरिकामा बेरोजगारी दर ३.९ प्रतिशतले बढ्यो

    न्यूयोर्क । अमेरिकी रोजगारदाताले अक्टोबरमा एक लाख ५० हजार रोजगारी थपेको र बेरोजगारी दर ३.९ प्रतिशतसम्म पुगेको अमेरिकी श्रम विभागले जनाएको छ ।

    स्वास्थ्य सेवा, सरकारी र सामाजिक सहायतामा रोजगारीको लाभ भएको छ, श्रम साङ्ख्यिकी विभागो (बीएलएस) ले भनेको छ, “कार निर्माण कम्पनीमा कामदारहरूको हडतालको कारण कार उत्पादन क्षेत्रका करिब ३५ हजार रोजगारी गुमेका छन् ।

    अमेरिकी रोजगारदाताहरूले सेप्टेम्बरमा दुई लाख ९७ हजार रोजगारीहरू थपेका थिए । अगष्टमा पनि आर्थिक वृद्धिदर घटेपछि रोजगारी सङ्ख्या एक लाख ६५ हजारमा झरेको थियो ।

    यी संशोधनहरूको साथ, अगस्त र सेप्टेम्बरमा संयुक्त रूपमा रोजगारी पहिले रिपोर्ट गरिएको भन्दा एक लाख एक हजार सङ्ख्या कम थियो ।

    गत अप्रिलमा ३.४ प्रतिशतको न्यून बिन्दूमा पुगेको बेरोजगारी दर ०.५ प्रतिशत बिन्दूले बढेको छ, जसले श्रम बजारको वृद्धिदर सुस्त भएको सङ्केत गर्छ ।

    अमेरिकी फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले यसै साताको सुरुमा भनेका थिए, ‘श्रम बजार अझै कडा छ तर आपूर्ति र मागको अवस्था राम्रो सन्तुलनमा आउँछ ।’

    पावेलले भने, मुद्रास्फिति घटाउनका लागि सम्भावित वृद्धिदरभन्दा कम हुने र श्रम बजारको अवस्था नरम हुने सम्भावना छ ।

    बीएलएसको प्रतिवेदनले श्रम शक्तिको सहभागिता दर ६२.७ प्रतिशत रहेको देखाएको छ, जुन सेप्टेम्बरको ६२.८ प्रतिशतको तुलनामा केही कम थियो र महामारी पूर्वको स्तर ६३.४ प्रतिशतभन्दा कम थियो ।

    अक्टोबरमा, निजी गैर–कृषि पेरोलमा सबै कर्मचारीहरूको लागि औसत प्रति घण्टा कमाई सात सेन्ट, वा ०.२ प्रतिशतले बढेर ३४ अमेरिकी डलर पुगेको छ । पछिल्लो १२ महिनामा प्रतिघण्टा औसत आम्दानी ४.१ प्रतिशतले बढेको छ ।

  • पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

    पार्टीको नाम र झण्डा प्रयोग नगरी परिचालित हुन रास्वपाको निर्देशन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ ।
    पार्टीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पले पु¥याएको क्षतिप्रति दुःख व्यक्त गरेको छ । भूकम्प प्रभावितको राहत तथा उद्धारमा राज्यका सम्बन्धित संयन्त्रसँग आवश्यक समन्वय गर्दै सक्रियरुपमा परिचालित हुन आह्वान गरेको छ ।
    पार्टीले भूकम्प प्रभावित क्षेत्रमा कुनै किसिमको कमीकमजोरी नहुने गरी पीडितको उद्धार तथा घाइतेको उपचार र राहतका लागि तत्काल राज्यका सबै संयन्त्र सक्रिय बनाई परिचालन गर्न सरकारसँग मागसमेत गरेको छ ।
    पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार राहत तथा उद्धारका लागि पार्टीकातर्फबाट सांसद सुमना श्रेष्ठलाई व्यवस्थापनको जिम्मवारी दिइएको छ । साथै सांसद डा. तोसिमा कार्की र डा. प्रभात अधिकारीले स्वास्थ्य उद्धार तथा विष्णुकुमार श्रेष्ठले राहत तथा उद्धार र केन्द्रीय सदस्य प्रतिभा रावलले टिम व्यवस्थापन एवं अन्य समन्वय समितिको जिम्मेवारीसहित परिचालन गरिएको छ । पार्टीले पाल्पा, गुल्मी र अर्घाखाँचीका लागि तय गरेका खुलासभा तत्कालका लागि स्थगित गरेको  छ ।
  • तिहारमा फूलको मूल्य बढ्ने

    तिहारमा फूलको मूल्य बढ्ने

    काठमाडौं । विगतका वर्षको तुलनामा यस वर्षको तिहारमा फूलको मूल्य बढ्ने भएको छ । सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेकाले फूलको मूल्य बढ्ने भएको हो ।
    यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ७५ रुपैयाँ र खुद्रा मूल्य एक सय २५ देखि एक सय ५० रुपैयाँसम्म पर्ने देखिएको पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताए । उनका अनुसार सोही माला गत वर्ष उपभोक्ताले एक सयसम्म तिरेर प्रयोग गरेका थिए ।
    त्यस्तै, मखमलीको मालाको मूल्य थोकमा ४५ रुपैयाँ र खुद्रामा ६० देखि ७० रुपैयाँ पर्ने तामाङले बताए । उनका अनुसार मिक्स माला होलसेलमा तीन सय र खुद्रामा पाँच सयसम्म पर्ने देखिएको छ । गोदावरी फूलको माला भने एक हजारदेखि तीन हजार रुपैयाँसम्म पर्ने एसोसिएसनले अनुमान गरेको छ ।
    गत वर्ष नौ लाख माला भारतबाट ल्याइएको थियो भने यस वर्ष पाँच लाखमात्र माला ल्याउन लागिएको छ । गत वर्ष ३१ लाख माला खपत भएको बताइएको छ । गत वर्ष तिहारमा मात्रै २५ करोड फूलको कारोबार भएको थियो । यस वर्ष ३१ करोड २८ लाख कारोबार हुने अनुमान गरिएको छ ।
    पछिल्लो सयम स्वदेशमै फूल उत्पादन बढेकाले विगतका वर्षमा भन्दा यस वर्ष तिहारका लागि ल्याइने फूलमा कमी हुने देखिएको छ ।  यस वर्षको तिहारका लागि ३५ लाख सयपत्री फूलको माला खपत हुने अनुमान गरिएको छ । जसमा ३० लाख माला स्वदेशी उत्पादनले पुग्ने र बाँकी पाँच लाख छिमेकी मुलुक भारतबाट आयात गरिने भएको छ ।
    पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा करिब एक हजार दुई सय व्यवसायीले यसको खेती गर्दै आएका छन् ।
  • कर्णालीका सभामुख र उपसभामुख चढेको स्कारपीओले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते

    कर्णालीका सभामुख र उपसभामुख चढेको स्कारपीओले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते

    पोखरा । बागलुङमा कर्णाली प्रदेशका सभामुख र उपसभामुख चढेको स्कारपीओले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन् ।

    बागलुङ ढोरपाटन नगरपालिका २ मल्कटिबाङमा भिमगिठे बागलुङबाट बुर्तिबाङतर्फ आउँदै गरेको कर्णाली प्रदेश २-००-१झ ००९३ नं. को स्कारपीओले ग११प ८१५७ नं. को मोटरसाइकललाई ठक्कर दिँदा १ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

    स्कारपीओमा सवार सबै जना सकुशल रहेको र मोटरसाइकल चालक निसीखोला गाउपालिका २ तल्लो ब्याङग्रीका १८ वर्षीय बिमल खत्री घाइते भएको बागलुङ प्रहरीका प्रहरी जवान प्रकाश पौडेलले जानकारी दिए ।
    खत्रीको मुलद्धारमा चोट रहेको उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाईएको प्रहरी जवान पौडेलले बताए ।

  • भूकम्पपीडितको उद्धार र राहतको व्यवस्था गर्न पूर्वराष्ट्रपति भण्डारीबाट आह्वान

    भूकम्पपीडितको उद्धार र राहतको व्यवस्था गर्न पूर्वराष्ट्रपति भण्डारीबाट आह्वान

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जाजरकोट र रुकुम (पश्चिम) मा शुक्रबार रातिको भूकम्पमा परी जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेकी छन् ।
    आज बिहान ट्वीट गर्दै उनले भूकम्पमा परी अमूल्य जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।
    पूर्वराष्ट्रपतिले भूकम्पपीडितको खोज, उद्धार र राहतको तत्काल व्यवस्था गर्न सम्बद्ध निकायका साथै स्वयंसेवी सङ्घसंस्थालाई आह्वान गर्दै त्यस क्षेत्रमा परकम्प गइरहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेकी छ ।
  • भूकम्प प्रभावित क्षेत्रमा उद्दारका लागि हिँड्यो लुम्बिनीको टोली

    भूकम्प प्रभावित क्षेत्रमा उद्दारका लागि हिँड्यो लुम्बिनीको टोली

    रूपन्देही । भूकम्प प्रभावित क्षेत्रमा उद्दार र स्वास्थ्य उपचारमा सहयोग पुर्याउन लुम्बिनी प्रदेश सरकारको टोली हिँडेको छ ।

    लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँगको समन्वयमा दाङबाट राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी र विशेषज्ञ चिकित्सक सहितको टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि हिँडेको हो ।

    प्रदेश सरकारको तर्फबाट प्रदेशका गृहमन्त्री सन्तोषकुमार पान्डेयको नेतृत्वमा उद्दार टोली जान लागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

  • सीमामा नियमन र अनुगमन बढाउन उद्योग वाणिज्य संघको ध्यानाकर्षण

    सीमामा नियमन र अनुगमन बढाउन उद्योग वाणिज्य संघको ध्यानाकर्षण

    रुपन्देही । सीमामा नियमन र अनुगमन बढाउन बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवा भन्सार कार्यालयसहित स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ । हालै निर्वाचित पदाधिकारी तथा कार्यसमितिको टोलीले शुक्रबार भैरहवा भन्सार कार्यालय, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई ध्यानाकर्षण गराउँदै उद्योग व्यवसाय बचाइदिने वातावरण बनाउन माग गरे । नेपाली उपभोक्ताले घरायसी प्रयोजनका नाममा बिना भन्सार सामान भित्राउँदा स्वदेशी बजार धराशयी भएको भन्दै उनीहरुले भन्सार कडाई नियमित र निरन्तर गर्न माग गरे ।

    संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई नेतृत्वमा आएको टोलीले भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतम, प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक दिपककुमार थापा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै सिमानाका कडाईलाई यथावत राख्न आग्रह गरे । उनले जेठ १८ गतेदेखि भन्सार नाकामा भएको कडाईका कारण स्थानीय उद्योग व्यवसायमा सकारात्म प्रभाव परेकोले सीमामा नियमन र अनुगमनलाई निरन्तरता दिदै नेपाली उद्योगी व्यवसायीलाई संरक्षण गर्नुपर्ने बताए ।

    भन्सारले सिमानाका कडाई गर्ने नीति लिएसँगै नेपाली बजारमा व्यापार बिस्तार, स्थानीय उत्पादनको प्रवद्र्धन र राजश्व असुलीमा समेत बढोत्तरी भएको तथ्याङक छ, दशैं तिहारको समयमा नाकामा केही खुकुलो परिएको भन्ने सूचना अनौपचारिक रुपमा आएकोले भन्सार नाकामा कडाई यथावत गर्नुपर्ने उपाध्यक्ष भट्टराईको माग छ ।

    भन्सार जाँचपासका ढिलाई, सर्भर डाउन, डिटेन्सन शुल्क, एजेन्ट मार्फत काम गराउनु पर्ने बाध्यत्मक व्यवस्थाका कारण उद्योगी व्यवसायी मर्कामा परेको भन्दै छिटै विग्रने कच्चा पदार्थको भन्सार प्रक्रिया फास्ट ट्रयाकमा गर्ने वातावरण मिलाउन समेत संघले आग्रह गरको छ ।

    संघका वाणिज्य उपाध्यक्ष विमलराज भटराईले भन्सार क्षेत्रलाई थप व्यवस्थापन थप व्यवस्थित गर्नु पर्ने, हामोर्निक कोडमा एकरुपता, भारतिय जिएसटी बिलको आधारमा मुल्याङकन नहुँदा उद्योगी व्यवसायीहरु भन्सारमा सास्ती खेपेको उदाहरणहरु रहेकोले कार्यालयबाट हुने व्यवस्था कार्यालयबाटै गरिदिन र नहुने कुराहरु विभाग मन्त्रालय वा सरोकारवाला निकायमा पहल गरिदिन आग्रह गरे ।

    सरकारले एकातर्फ भन्सार राजश्वलाई आम्दानीको स्रोत मानेको छ भने अर्कोतर्फ कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट नेपालको कुल ग्राहस्थ उत्पादनको एक तिहाई बराबरको चोरी निकासी हुने गरेको संघको ज्ञापन पत्रमा उल्लेख छ । स्थानीय व्यवसाय तथा उत्पादनलाई टेवा दिन विगत लामो समय देखि भन्सार तथा खुल्ला सीमा नियमनको सन्दर्भमा संज्ञ निरन्तर पहल तथा पैरवी गर्दै आएको छ । खुद्रा उपभोग्य बस्तुमा समेत भन्सार महशुल लिने कार्यको थालनी भएको कारण स्थानीय व्यवसायमा सकारात्मक असर देखिएको सम्बद्ध निकायलाई संघले आभार व्यक्त गर्दै दशै तिहारजस्ता महत्वपूर्ण चाडपर्वको नाममा राजनैतिक तहबाट नै भन्सार खुकुलो पार्नुपर्ने धारणा तथा अभिव्यक्तिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । देशको अर्थतन्त्र दरिलो पार्न भन्सार तथा खुल्ला सिमा नियन्त्रण थप कडाईमा जानुपर्ने नीतिको विपरीत वर्तमान भन्सार कडाईको व्यवस्थालाई रोक्ने प्रयासप्रति स्थानीय उद्योगी व्यवासायीहरुको हितमा नरहेको बताए ।

    नेपालको कुल ग्राहस्थ उत्पादनको ९० प्रतिशत र कुल रोजगारीको ८० प्रतिशत योग्दान निजी क्षेत्रको रहे पनि वेवास्ता गरिएमा अर्थव्यवस्थामा दीर्घकालीन नाकारात्मक असर पर्ने भन्दै संघले राष्ट्र हितको कार्यलाई निरन्तरता दिँदै उत्पादन तथा व्यवसायको प्रवद्र्धनमार्फत राजश्व अभिबृद्धिको लक्ष्य प्राप्तिको लागि हालको भन्सार नियमनलाई कडाई गर्दै सीमामा अनुगमन तथा निगरानी बढाउन अनुरोध गरेको छ । भन्सार नाका तथा सीमा नियमन पुर्ववत यथावत कडाई गरी भन्सार तथा राजश्व असुली समेत अपेक्षा गरिएअनुसार हुन नसक्ने हुदा व्यवसायिक सुरक्षा र राजश्व अभिबृद्धिमा संघको सहयोग र साथ हुने अध्यक्ष हरि प्रसाद अर्यालद्वारा जारी ज्ञापनपत्रमा उल्लेख छ ।
    भन्सार कार्यालय प्रमुख नारद गौतमले चाडपर्वको वा कसैले भनसुनको नाममा भन्सार कार्यालयले कुनै पनि प्रकारको छुट नगर्ने बताउँदै भन्सार ऐन, कानुन अनुसारको मापदण्डमा रहेर काम गर्नेमा कार्यालय प्रतिबद्ध रहेको बताए । उनले अवैध काम गर्ने कही केही सूचना दिन माग गर्दै अवैध काम गर्नेमा छापा हान्ने प्रतिबद्धता जनाए ।

    पूर्वाधारको कारण भन्सारको काममा केही ढिलाई भएको पाएका छौ । भएको जनशक्तिलाई शनिबार पनि उपयोग गरी कार्यालयले नियमित कार्य सम्पादन गरिरहेको छ । हामीले उद्योगलाई प्राथमिकतामा नै राखेर काम गर्ने गरेका छौं, उनले भने । सुरक्षा निकायमा प्रमुखहरुले सीमा क्षेत्रमा निगरानी बढाइएको र अवैध ओसारपसार न्यूनीकरणमा लागिरहेको उनले बताए ।

  • सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले भने- भूकम्प प्रभावित क्षेत्रमा सबै संयन्त्र परिचालन गरेका छौं

    सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले भने- भूकम्प प्रभावित क्षेत्रमा सबै संयन्त्र परिचालन गरेका छौं

    काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताएका छन् । आज सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उपप्रधानमन्त्री खड्काले भूकम्पबाट घाइतेहरुको जीवनरक्षा नै पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सम्पूर्ण स्रोत र साधान परिचालन गरिएको बताए ।
    रक्षामन्त्री समेत रहेका खड्काले घाइतेहरुको उपचारका लागि काठमाडौँबाट नेपाली सेनाको स्काइ ट्रक र एमआई–१७ हेलिकोप्टरलगायत तीन वटा हेलिकोप्टर उद्धार तथा राहतमा प्रयोग भइरहेको जानकारी दिए । ‘हाम्रो पहिलो प्राथमिकता घाइतेको उद्धार गरी अस्पताल पुर्‍याउनु हो’, उनले भने, ‘त्यसपछि राहत वितरणको कामका लागि नेपाली सेनालगायतको सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ ।’
    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले भूकम्प प्रभावित जाजरकोट पुगेको र आवश्यक उद्धार र राहतको काम भइरहेको बताए । उनले उद्धार र राहतमा खट्नका लागि सबैलाई आग्रह गरेका छन् ।
  • मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

    मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको ‘लाइसेन्स’ निलम्बन गरेको छ ।
    आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएपछि उनीहरुको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।
    ‘राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ । विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियमबमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्छ’, उनले भने ।
    एउटै कम्पनीका दुई पाइलटबीच के कति कारणले कुटाकुट भएको त्यो भने खुल्न नसकेको क्यानले जनाएको छ ।
  • विश्वकपमा स्थान बनाउन नेपालले पायो १३५ रनको लक्ष्य, सन्दीप र कुशलको उत्कृष्ट बलिङ

    विश्वकपमा स्थान बनाउन नेपालले पायो १३५ रनको लक्ष्य, सन्दीप र कुशलको उत्कृष्ट बलिङ

    काठमाडौं। आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत भइरहेको सेमिफाइनलमा यूएईले नेपाललाई एक सय ३५ रनको लक्ष्य दिएको छ। मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो।

    यूएईका भृत्य अरविन्दले ६४ रन बनाए। मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे। नेपाली स्पीनरहरुले कँसिलो बलिङ गरे।

    नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिए। सन्दीपले चार ओभरमा एक मेडन राख्दै १४ रन मात्र खर्चिए। कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिए।

    यो खेल जित्ने टोली आगामी वर्ष आयोजना हुने विश्वकपमा छनोट हुने छ। यूएईले उत्कृष्ट सुरुवात गरेको थियो। सुरुका तीन ओभरमा विकेट नगुमाई २९ रन जोडेको यूएईले त्यसपछि एक रनको अन्तरमा दुवै ओपनरलाई गुमाएको थियो। त्यसपछि नेपाली स्पीनरहरुले यूएईका ब्याट्सम्यानहरुलाई लगातार दबाबमा राखेका थिए।

  • बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौं । बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो ।

    स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले देशभरिका महिला स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालेको जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ को नियमितरूपमा पहिलो चरणमा यही कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकाले आज र भोलि खुवाउन थालिएको हो ।

    स्वास्थ्य मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि सातवटै प्रदेश सरकारअन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई यसअघि नै परिपत्र गरिसकेको छ । यस आवको पहिलो चरणमा आज र भोलि तथा दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाखमा महिनामा सञ्चालन गरिन्छ ।

    भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

  • सोमपालको शानदार रन आउट, यूएईले २९ रनमा गुमायो पहिलो विकेट

    सोमपालको शानदार रन आउट, यूएईले २९ रनमा गुमायो पहिलो विकेट

    काठमाडौं। आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा नेपालविरुद्ध यूएईले पहिलो विकेट गुमाएको छ।

    यूएईले २९ रन जोड्दा पहिलो विकेट गुमाएको हो। चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले खालिद शाहलाई रन आउट गरे। आफैले गरेको बलिङमा सोमपालले रन आउट गरेका हुन्।

     

  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन सुनको मूल्य बढेको छ ।

    शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला २ सयले बढेर १ लाख १५ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, बिहीबार मात्रै प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ ।

  • हिमाल जोगाउन जनसांस्कृतिक महासङ्घ ताप्लेजुङको अभियान सम्पन्न

    हिमाल जोगाउन जनसांस्कृतिक महासङ्घ ताप्लेजुङको अभियान सम्पन्न

    विराटनगर । जलवायु परिवर्तनले पारिरहेको प्रभावका बारेमा सबैलाई जानकारी दिने उद्देश्यले प्रकृति जोगाऔँ अर्को पुस्तालाई पनि हिमाल देखाँउ अभियान सम्पन्न भएको छ ।

    राष्ट्रिय जनसांस्कृतिक महासङ्घ जिल्ला कमिटी ताप्लेजुङको आयोजनामा कञ्चनजङ्घा बेसक्याममा कार्यक्रम समापन गरिएको हो । जलवायु परिवर्तनको असरका बारेमा ध्यानाकर्षण गराउन ४८ सय मिटर उचाइमा रहेको कञ्चनजङ्घा बेसक्याम्पमा कार्यक्रमको आयोजना गरिएको महासङ्घका ताप्लेजुङ अध्यक्ष हेमराज निरौलाले बताए ।

    कार्यक्रममा सहभागी हुन नेकपा एमाले पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वो नेकपा एमाले ताप्लेजुङ उपसचिव तथा आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङका अध्यक्ष दिपेन पोमुसमेत बेसक्याम्पमा पुगेका थिए ।

    समापन कार्यक्रममा मेन्याङ्वोले जलवायु परिवर्तनले हिमालमा पारेको असर प्रति चिन्तित भएको बताए । उनले आफ्नो तहबाट जलवायु परिवर्तनको असर सम्बन्धमा पहल गर्ने बताए ।

    कञ्चनजङ्घा आधार शिविर पर्यटकीय दृष्टिले महत्त्वपूर्ण भएकाले कंचनजङ्गा क्षेत्रमा पूर्वाधार र टेलिफोनको लागि विशेष पहल गर्ने बताए । आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष समेत रहेका दिपेन पोमुले जलवायु परिवर्तनका कारण कञ्चनजङ्घा हिमालमा हिउँ कम पर्न थालेको बताए । उनले सबैको हातेमालोमा मात्रै हिमाल जोगाउन सकिने र अर्को पुस्तालाई हिमाल देखाउन सकिने बताए ।

    सांस्कृतिक महासङ्घ ताप्लेजुङका अध्यक्ष हेमराज निरौलाले महासङ्घले जलवायु परिवर्तन रोक्नका लागि सास्कृतीक अभियान सञ्चालन गरिरहेको बताए ।

  • माओवादीको निष्कर्ष- सरकारको अभियानदेखि आत्तिएकाहरु उपलब्धि उल्ट्याउन चलखेल गर्दैछन्

    माओवादीको निष्कर्ष- सरकारको अभियानदेखि आत्तिएकाहरु उपलब्धि उल्ट्याउन चलखेल गर्दैछन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रले चलाइरहेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको एक महिना समय थप गरेको छ। तीन महिनाको लागि थालिएको अभियानको प्रभाकारिकता बढेको निष्कर्ष निकाल्दै आतबार बसेको पदाधिकारी बैठकले एक महिनाको लागि समय थप गरेको हो।

    बैठकको ६ बुँदे निर्णय पार्टीपक्तिमा सर्कुलर गर्दै अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङ भनेका छन्, ‘अभियानलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन जोड दिने । संघीय सांसदहरु संसद नचलेको बेलामा आ-आफ्नै क्षेत्रमा खटिने । आ-आफ्नो कार्यक्षेत्रको जिम्मा अनुसार सबैलाई निरन्तर रुपमा खट्ने र खटाउने कुरामा जोड दिने । खटेको वा नखटेको विषयमा सम्बन्धित तहगत इञ्चार्जहरुबाट नियमित रुपमा आफुभन्दा माथिल्लो कमिटीमा रिपोर्टिङ्को व्यवस्था गर्ने । रिपोर्टिङ् प्रणाली तल्लो वडा तहबाट नै त्यहाँको राजनीतिक पार्टीहरुको स्थिति, हाम्रो पार्टी र हाम्रो पार्टी सम्बद्ध जवस/मोर्चाहरुको संगठनात्मक स्थिति, सामाजिक संघ संस्थाहरुको स्थिति, संगठनात्मक गतिविधिहरु र समग्र वडाको जनमतको स्थिति आदि सबै पक्ष समेटेर आवधिक रुपमा रिपोर्ट गर्ने अभ्यास बसाल्ने ।’

    यस्तै, बैठकले अभियानको रिपोर्ट नियमति रुपमा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ। जवस/मोर्चाका सम्पुर्ण सदस्यहरुलाई अभियानमा जोड्ने । ती मोर्चाहरुको सम्मेलन तथा भेलाहरु अभियानलाई प्रभावित नहुने गरी अभियान सकिएपछि गर्ने व्यवस्था मिलाउने । तर प्राविधिक तथा पेशागत संगठनहरुको हकमा अभियान अवधिमा पनि सम्मेलन तथा भेलाहरु गर्न सकिने छ । सर्कुलनमा भनिएको छ।

    संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, मुलुकको स्वाधीनताको रक्षा, भ्रष्टाचार विरुद्ध सुशासनको अभियान, अर्थतन्त्रको क्षेत्रमा सुधार लगायतका कार्यहरु सरकारको नेतृत्वमा भइरहेको बैठकमा प्रचण्डले ब्रिफिङ गरे।

    उनले भने, ‘देशी विदेशी प्रतिगामी शक्तिहरु षड्यन्त्रमुलक ढंगले विद्यमान उपलब्धिहरुलाई उल्ट्याउन खोज्ने, अस्थिरता र अराजकता पैदा गराई मुलुकमा संकट निम्त्याउन खोज्ने प्रवृत्तिहरु पनि छिटपुट रुपमा देखिएको आदि उल्लेखित रहेका छन् ।’

    संगठनात्मक अभियानको सन्दर्भमा देशभरीनै मूलरुपमा प्रभावकारी ढंगले संचालन भइरहेको, अधिकांश नेता कार्यकर्ता फिल्डमा खटिएको तर अझै पनि सबैलाई फिल्डमा खटाउने र अभियानलाई प्रभावकारी तथा परिणाममुखी बनाउनु पर्ने कुरामा केन्द्रित नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।

  • कुपिज झापा एफसीमा अनुबन्धित

    कुपिज झापा एफसीमा अनुबन्धित

    काठमाडौं । सर्बियन गोलरक्षक स्टेफन कुपिज दोश्रो संस्करणको नेपाल सुपर लिगको लागि झापा एफ.सीसँग पहिलो विदेशी खेलाडीको रूपमा अनुबन्धित भएका छन् । झापा एफ.सी. ले आफ्नो सामाजिक सञ्जालबाट कुपिज अनुबन्ध गरेको जानकारी दिएको हो ।

    सर्बियाको यु-१७, यु-१९, यु-२१, यु-२३ राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका कुपिजसँग सर्बियन सुपर लिगा, अर्मेनियन प्रिमियर लिगका साथै युरोपियन च्याम्पियन्स लिग क्वालपफायर र युरोपा लिग क्वालिफायर जस्ता चर्चित युरोपियन लिगमा खेलेको अनुभव छ । २९ वर्षिय सर्बियन गोलकिपर कुपिजको एशियन फुटबलमा पहिलो अनुभव हुनेछ । झापा एफ.सी.सँग जोडिन पाउँदा निकै खुशी रहेको र आफुले यसलाई चुनौतीको रूपमा पनि लिगेको उनले बताए ।

    ‘झापा एफ.सी. सँग जोडिन पाउँदा निकै खुशी छु । मेरो लागि यो नँया चुनौती हुनेछ किनकी एशियाली फुटबलमा यो मेरो पहिलो यात्रा हो । अन्य युरोपियन खेलाडीहरू पनि आउने सुनेको छु, नेपाली फुटबलको लागि पनि यो बर्ष महत्वपूर्ण हनेछ । टिमलाई च्याम्पियन बनाउन आफ्नो क्षमताले भ्याए सम्म सबै कुरामा योगदान पुर्याउने छु ।’ कुपिजले बताए ।

    ‘युरोपियन फुटबलमा लामो समय खेलेर अनुभव बटुलिसकेका स्टेफनलाई अनुबन्ध गर्न पाउँदा निकै खुशी छौँ । उनको आगमनले टिममा छुट्टै उर्जा मिल्ने आशा लिगेका छौं । उनको अनुभव टिमको लागि महत्वपूर्ण हनेछ ।’ झापा एफ.सी. का प्रवक्ता तथा महासचिव सुजन गौतमले बताए ।

    ‘हामी नेपाली फुटबलको स्तर उकास्न हरसम्भव प्रयास गरिरहेका छौं । स्टेफनको आगमनले टिम बलियो भएको छ । उनी सँगै थुप्रै युरोपियन खेलाडी नेपाल आउन सक्नेछन् । अनुभवी खेलाडीहरू नेपाल आँउदा नेपाली फुटबलको उचाई पक्कै बढ्नेछ । उनले झापा एफ.सी. लाई पहिलो प्रयासमा नै लिग जिताउन उल्लेखनिय भुमिका खेल्ने छन् भन्ने पूर्ण विश्वास लिएका छौँ ।’ स्टेफनलाई अनुबन्ध गराउनुको कारण बताउदैँ झापा एफ.सी. का अध्यक्ष अर्पण बिक्रम खड्काले भने ।

    झापा एफ.सी. ले मुख्य प्रशिक्षकको रूपमा स्पेनिस ओरिओल मोहेडानो सेगुरालाई नियुक्त गरिसकेको छ । झापा एफ.सी. दोश्रो संस्करणको लागि थपिएको ३ नयाँ टोली मध्ये एक हो । एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाण्डौंको दशरथ रंगशालामा आयोजना हुदैंछ ।

  • नेपालसँग भिड्नुअघि ओमानको लगातार दोस्रो जित

    नेपालसँग भिड्नुअघि ओमानको लगातार दोस्रो जित

    काठमाडौं। आईसिसी टी-२० विश्वकप छनोटमा ओमानले लगातार दोस्रो जित हात पारेको छ। मंगलबार भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गर्यो।

    ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको थियो। ओमानले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५२ रन जोड्यो।

    ओमानका फेयात बट र बिलाल खानले २/२ तथा सकिल अहमद, जिसन मकसुद, अकिब इलियास र मोहम्मद नदिमले एक एक विकेट लिए। त्यसअघि ओमानको पालीमा इलियासले ६३ र प्रतिक अथाभालेले ४२ रन बनाए। ओमानले समूहको अन्तिम खेलमा अब नेपालसँग खेल्दै छ। पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले मंगलबार मलेसियाको सामना गर्दै छ।