Author: Anisha Tiwari

  • डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौंः प्रधानमन्त्री (भिडिओ)

    डेढ वर्षभित्र सिङ्गो नेपाल उज्यालो बनाउँछौंः प्रधानमन्त्री (भिडिओ)

    काठमाडौं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनेको बताएका छन् ।

    शनिबार दिउँसो माओवादी केन्द्रको बुढानिलकण्ठको नगर सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जसचाहिँ अरुहरुले लिएको बताए ।

    उनले भने, ‘‘देशमा विकास र समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य कामहरु हाम्रै पालामा भएका छन्। मैले तीनपटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु। तर, हामीले आफूले गरेका कामको जस लिन सकिरहेका छैनौं। विरोधीले पीठो बेचिरहेका छन्, हामी चामल बेच्न पनि सकेनौं।’

    प्रधानमन्त्रीले आफ्नो तीन वटै कार्यकालमा महत्वपूर्ण कामहरु भए पनि त्यसको स्वामित्व लिन नसकिएको बताए ।

    उनले भने, ‘‘पहिलो कार्यकालमा गरिब किसानको एक लाखसम्मको ब्याज र तीस हजारसम्मको सावा नै मिनाहा गरियो। पुर्व–पश्चिम, उत्तर–दक्षिण परियोजनाहरु अगाडि सारियो। विकासका ठूलठूला आयोजनाहरु सञ्चालनमा आए। प्रत्येक गाविसमा सहकारी निर्माण गरियो। दोस्रो कार्यकालमा उपत्यकामा लोडसेडिङको अन्त्य गरियो। अबको डेढ वर्षमा सिङ्गो देश नै उज्यालो हुने गरी काम गर्ने बताए ।

    सम्मेलनमा प्रधानमन्त्रीले तीन महिने अभियानले जनआधारमा सुदृढ हुँदै गएको भन्दै फागुनमा विधान अधिवेशन गरेर पार्टीमा नयाँ ढङ्गले विचार संश्लेषण गरिने जानकारी दिए।

  • ग्लोबल आइएमई बैंक ‘भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

    ग्लोबल आइएमई बैंक ‘भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ ।

    भिषा इन्टरनेशनलद्वारा बैंकलाई सन् २०२३ मा भिषा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्टतर्फको अवार्ड प्रदान गरिएको हो ।

    बैंकले हालैमात्र भिषासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको शुभारम्भ गरेको छ । क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि पहिलो रहेको छ ।

    ग्लोबल आइएमई बैंकले ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

  • हिमालयन बैंक भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२३ बाट सम्मानित

    हिमालयन बैंक भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२३ बाट सम्मानित

    काठमाडौं । हिमालयन बैंक भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२३ बाट सम्मानित भएको छ।

    हिमालयन बैंकले ‘एक्सिलेन्स इन पीओएस एक्वेरिङ बिजनेस २०२३’ र ‘एक्सिलेन्स इन कन्ज्युमर कार्ड प्रिपेड २०२३’ गरी दुई पुरस्कार प्राप्त गरेको हो।

    नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, नेपालका लागि भिसाका प्रतिनिधि वासु सौम्य लगायतको उपस्थितमा बैंकलाई दुवै अवार्ड प्रदान गरी सम्मान गरिएको हो।

    बैंकले विगतदेखिनै यो विधामा अवार्ड जित्दै आएको छ। विश्वभर प्रचलनमा रहेका प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटीएम, पोस तथा इ–कमर्स गेटवेमार्फत स्वीकार गर्ने भएकाले स्वदेशी तथा विदेशी ग्राहकलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुँदै आएको बैंकले जनाएको छ।

  • खुलामञ्चमा खिचियो ‘महाजात्रा’को गीत

    खुलामञ्चमा खिचियो ‘महाजात्रा’को गीत

    काठमाडौं । गत सोमबारबाट काठमाडौं उपत्यकाको मध्येमा रहेको खुलामञ्चमा ‘महाजात्रा’ नामको मेला लागेको छ । ‘रोमान्टिक डेकोरेसन’ सहितको एउटा कुनामा संगीत बजिरहेको छ, भने खुल्लामञ्चमा नेताको भाषा र चुनावीसभा छ । गाउँघरको मेला र झण्डा र ध्वजापताकाले चुनावी सरगर्मी देखिएको दृश्य ‘महाजात्रा’को छायांकनको लागि हो ।

    सिनेमाको एउटै स्थानमा तीन छुट्टाछुट्टै दृश्यको छायांकन भईरहेको छ । जसले त्यहिँ काम गर्नेलाई पनि रमाइलो आभाष गराएको छ । ‘हामीले गीतसँगै दृश्य एकैपटक खिचिरहेका छौँ । हामी कहाँ प्रोपर स्टुडियो नहुँदा खुल्लामञ्चलाई नै स्टुडियो मानेर तीन विभिन्न दृश्यको छायांकन एकसाथ गरिरहेका छौं’, निर्देशक भट्टराईले भने ।

    छायांकनरत गीतमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माले नृत्य गरिरहेका छन् भने अर्कोतर्फ मञ्चमा चाहिँ क्लाइमेक्स दृश्यको छायांकन भईरहेको छ । एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत तथा आशिष र अस्मिता अधिकारीको स्वर रहेको ‘क्या राम्रो गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरिरहेका छन् ।

     सिनेमाका मुख्य कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत अनि एकसय बढी कोरसको प्रयोग गरिएको गीतमा देखिन्छन् । सिनेमाको प्रचारका लागि तयार गरिएको गीत भएकाले सबै कलाकारलाई प्रयोग गरिएको निर्देशक भट्टराईले बताए ।

    गीतमा नाच्दा नाच्दै सहज महसुश गर्न लागेको अभिनेता कार्कीले बताए । ‘पहिला गीत भनेपछि सहजता महसुश गर्दिन थिएँ । तर, अहिले बानि परिसकेको छ । किनकि नृत्यको मेरो आफ्नै शैली छ’, अभिनेता कार्कीले भने । यद्यपि दृश्यको तुलनामा गीतमा असहजता नहुने तथ्यलाई अस्विकार उनले गरेनन् ।

    सिनेमाका निर्माता म्याक्स दीपेश खत्रीले गीतको छायांकन सकिएसँगै इन्डक्ल्याप गरिने बताए । ‘हामी बुधवार साँझ छायांकन सकाउछौं । हामीले तय गरेको तालिका अनुसार नै काम सम्पन्न गरेका छौं । अब हाम्रो तयारी प्रचार प्रसार र रिलिजमा हुनेछ’, निर्माता खत्रीले भने ।

    सिनेमा ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सले तेस्रो शृङखला ‘महाजात्रा’ निर्माण गरिरहेको छ । सिनेमाले जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

    निर्देशक भट्टराईले सिनेमामार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् सिनेमामा हासो र रोदनको मिश्रण छ । अर्गानिक र यथार्थलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ ।नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् ।

    सिनेमामा अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहने छ । म्याक्स दीपेश खत्रीका अलवा यज्ञश्वर पौडेल निर्माता रहेको सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ ।

    आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ । सिनेमामा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायांकान, कुमार महर्जन द्वन्द्व निर्देशक, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृङ्गार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

  • चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो

    चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो

    काठमाडौं । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ ।

    चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ । भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको छ । प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजार भन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ । रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको छ ।

  • पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

    पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

    ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ ।
    पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताए । उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन । यस्तै सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । चाँदीसमेत रिफाइन गरिएको छैन ।
    गत वर्षको भदौ ७ देखि गएको मङ्सिर १६ गतेसम्म मन्दिरमा सङ्कलित उक्त रिफाइन नगरी तौल भएको सुन, चाँदी रिफाइन गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि दुई वर्षको अवधिमा सङ्कलित सुन चाँदीको विवरण यकीन भएको थियो । उक्त विवरणअनुसार २०७७ साल भदौ १८ देखि २०७९ भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल रहेको छ ।
    दुवैपटक तौल गरिएको सुन बिक्री गरिएको छैन । यसपटक सङ्कलित सुन रिफाइन पछि लिलाम बिक्री हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।
    यस्तै पाथीभरामा सङ्कलन भएको भेटी रकमसमेत गणना भइरहेको छ । मन्दिरबाट जम्मा गरेर क्षेत्र विकास समितिको भण्डारमा राखिएका नोट मिलाउने काम भइरहेको कार्यकारी निर्देशक हाङ्बाङले बताए । अपुग कर्मचारी थप गरेर लामो समयदेखि थुप्रिएका नोट मिलाउने र गणना गर्ने कार्य भइरहेको उाको भनाइ छ ।
  • मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

    मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

    काठमाडौं । मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिलकुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
    उनले भने, ‘साहले गएको मङ्सिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आएको, प्रधानको शव नेपाल ल्याइएपछि हत्या गरेको भन्ने उजुरी परेपछि निजलाई पक्राउ गरिएको हो ।’
    मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार पक्राउ परेका साहविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले जानकारी दिए ।
    रासस
  • नवीन डिजिटल प्रणालीमा फड्को मार्दै ग्लोबल आईएमई बैंक- यस्ता छन् ग्राहकलक्षित बैंकिङ सेवा

    नवीन डिजिटल प्रणालीमा फड्को मार्दै ग्लोबल आईएमई बैंक- यस्ता छन् ग्राहकलक्षित बैंकिङ सेवा

    काठमाडौं । नेपालमा डिजिटल बैंकिङ कारोबार बढ्दै जाँदा अधिकांश बैंकहरुले डिजिटल बैंकिङ प्रणालीमा जोड दिँदै आएका छन् । ग्लोबल आइएमई बैंकले पनि ‘डिजिटल बैंकिङ’ प्रणालीको अवधारणामा जोड दिँदै अगाडि बढिरहेको छ ।

    सामान्यतया बैंकहरूमा तीन प्रकारका कारोबार हुने गर्दछन् । पहिलो जहाँ भौतिकरुपमा बैंकको शाखा कार्यालयमा नै उपस्थित भएर बैंकिङ्ग कारोबार गरिन्छ जुनलाई ‘परम्परागत बैंकिङ्ग’ कारोबार भनिन्छ । जस्तै, आफैं टेलरमा गएर पैसा बुझाउने, चेक ल्याएर पैसा निकाल्ने तथा भौचर भरेर गर्ने कारोबारहरु पर्दछन् ।

    दोस्रो डिजिटल बैंकिङ हो । जहाँ प्रयोगकर्ताले ‘भर्चुअल’ बैंकिङ्ग सेवाको पहुँच पाउछन् । यस्तो नवीनतम प्रविधिमा आधारित बैंकिङ्ग सेवाहरु पर्दछन् जहाँ ग्राहकहरुले आफ्नो उपयुक्त स्थानमा बसी बैंकिङ्ग कारोबार गर्न सक्दछन् । जस्तै, इन्टरनेटमा आधारित रहेर मोबाईल बैंकिङ्गबाट उपलब्ध सेवाको प्रयोग गर्ने पर्दछन् ।

    तेस्रो ‘फिजिटल बैंकिङ’ हो । जसलाई डिजिटल र फिजिकलको कम्बिनेसन भनिन्छ अर्थात ‘फिजिटल’ बैंकिङ । जस्तै, व्यक्ति आाफैंले भौतिकरूपमा उपस्थित भई विभिन्न नविनतम प्रविधिको प्रयोग मार्फत बैंकिङ्ग सेवाको उपभोग गर्दछन् । जसमा ग्राहकले भौतिक रुपमा बैंकको शाखा कार्यालयहरु तथा सेवा केन्द्रमा उपस्थित भएर डिजिटल कारोबार गर्दछ । जहाँ भौतिक र डिजिटल कारोबारको संलग्नता हुन्छ । ग्राहकले परम्परागत शैलीमा कागजको प्रयोग गर्नुपर्दैन ।

    जस्तै, बैंक खातामा पैसा जम्मा गर्नलाई बैंकको शाखा कार्यालयमा गई आफुले जम्मा गर्न खोजेको रकम पैसा मेसिनबाट जम्मा गर्न सकिन्छ । पैसा निकाल्नको लागि आफ्नो चेक दाखिला गरेर बैंकको टेलरमा जानुको सट्टा डेबिट कार्डको प्रयोग गरी बिना झन्झट सजिलैसँग एटीएम मेसिनमार्फत उक्त सेवा लिन सकिन्छ ।

    प्रविधिले फड्को मार्दै गर्दा ग्लोबल आइएमई बैंकले पनि भर्चुअल बैंकिङमा जोड दिइरहेको छ । बैंकले ‘बैंक फ्रम होम’ को अवधारणालाई लिएर अगाडि बढिरहेको छ ।

    ग्राहकले भौतिक रुपमा उपस्थित नभइ आफ्नो सजह ठाँउमा रही बैंकिङ कारोबार लिन सक्ने ‘भर्चुअल’ बैंकिङ प्रणालीमा बढी जोड दिइरहेको बैंकले जनाएको छ । यस्तै भर्जुअल बैंकको सेवा विस्तारमा बैंकले नवीनतम प्रविधिमा आधारित मोबाईल बैंकिङ्ग ग्राहकहरुमाझ ल्याई बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

    समय सुहाउँदो र ग्राहकहरुको आवश्यकताबमोजिमको बैंकिङ्ग सुविधा उपलब्ध गराउन समकालिन बैंकहरुभन्दा ग्लोबल आइएमई बैंकको अगाडी नै देखिन्छ । आफ्ना ग्राहकलाई आवश्यकता बमोजिमको बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ग्राहकहरु माझ विभिन्न सेवाहरु ल्याई बैंकको मुल नारा ‘सबैका लागि बैंक’ भन्नेलाई बैंकले थप सार्थकता दिइरहेको देखिन्छ ।

    बैंकमै उपस्थित हुन नसक्ने अवस्थामा आफूलाई अनुकूल पर्ने स्थानबाट कारोबार गर्ने ब्यवस्था सहित सेवा तथा सुविधा विस्तारमा ग्लोबल आईएमई बैंक सदैव अगाडि नै रहेको देखिन्छ । जहाँ बैंकले मुलुकका ७७ वटै जिल्लाहरुमा ३५१ बढी शाखा सहित ११ सय भन्दाबढि सेवाकेन्द्रहरुबाट ४६ लाख बढी ग्राहकहरुलाई सेवा दिँदै आइरहेको छ ।

    ग्लोबल आईएमई बैंकका खाताबाहक मध्य करिब ७० प्रतिशत भन्दा बढी डिजिटल प्लेटफर्म मार्फत बैंकिङ्ग सेवाको उपभोग गरिरहेका छन । बैंकले लिएको डिजिटल कारोबारको विस्तारलाई आम जनमानसले उपभोग गर्दै आइरहेको बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकले आफ्ना सबै ग्राहकहरुलाई डिजिटल कारोबारको अनुभव गराउनका लागि अनवरत काम गरिरहेको छ ।

    ग्राहकहरुलाई आधुनिक बैंकिङ प्रणालीको अनुभव गराउनका लागि बैंकले मोबाइल बैंकिङमा विभिन्न सुविधाहरु थप गर्दै विस्तारमा लाागेको छ । जसले गर्दा ग्राहकहरुले पुस्ता र प्रविधि रुपान्तरणसँगै आफ्नो अनुभवलााई पनि रुपान्तरण गर्दै लैजान सकुन् भन्ने मूल सिद्धान्तका साथ काम गरिरहेको छ ।

    परम्परागत बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुलाई पनि नविनतम प्रविधिमा आधारित बैंकिङ्गमा विस्तारै अपडेट गराउदै जाने बैंकले बताएको छ । अहिले बैंकबाट उपलब्ध मोबाईल बैंकिङ्ग सुबिधा मार्फत विभिन्न सेवाहरु जस्तै रकमान्तर, वालेट लोड, क्यूआर स्कान गरी अन्य खातामा रकमान्तर, खाताको विवरण, मुद्धती खाता खोल्ने, मोबाईलको रिचार्ज कार्ड, टिभिको रिचार्ज, खानेपानीको बिल भुक्तानी, बिजुलीको बिल भुक्तानी, इन्स्युरेन्सको प्रिमियम, हवाइजहाको टिकट, डाटा प्याक खरिद, चेक बुकको अनुरोध आदी जस्ता जिबन उपयोगी बैंकिङ्ग सेवाहरु रहको छन् । जस्ले गर्दा बैंकिङ्ग कारोबार गर्न बैंकको सेवा केन्द्रबाट मात्र होईन आफ्नो मोबाईलबाटै सबै सेवाको उपभोग गर्न सकिन्छ । यस्तो सेवाहरुले ग्राहकको आफ्नो सहजतासँगै कारोबार गर्न सम्भव बनाइरहेको छ ।

    ग्लोबल आइएमई बैंकले उपभोक्ताको सहजतालाई मध्यनजर गर्दै कारोबार सुमधुर बनाइरहेको देख्न सकिन्छ ।

  • सांसदहरुको टोली चीन प्रस्थान

    सांसदहरुको टोली चीन प्रस्थान

    काठमाडौं । संघीय संसदका सदस्यहरुको टोली १० दिने चीन भ्रमणका लागि सोमबार दिउँसो बेइजिङ प्रस्थान गरेका छन् । नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २० सदस्यीय टोली एयर चाइनाबाट दिउँसो १२ः५ बजे छेन्दु हुँदै बेइजिङ प्रस्थान गरेका हुन् ।

    भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५–५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना छन् ।

    चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो । चीनमा रहँदा भ्रमण टोलीले बेइजिङ, नानजिङ र गियाङ सहरसमेत भ्रमण गर्ने कार्यतालिका छ ।

    नेपाली कांग्रेसबाट युवराज शर्मा, रामनाथ अधिकारी, ऐनबहादुर शाही, सरस्वती बजिमय र कुसुमदेवी थापा, नेकपा (एमाले)बाट दामोदर बैरागी, मानबीर राई, निर्मला कोइराला, रुक्मिणी राना बराइली र भगवती न्यौपाने, नेकपा (माओवादी केन्द्र)बाट मुख्य सचेतक पाण्डेसहित जगप्रसाद शर्मा र नारायणी शर्मा छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरी रहेका छन् ।

    भ्रमण टोलीमा संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्का, सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी र शाखा अधिकृत जीवन निरौला सहभागी छन् ।
    १० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते काठमाडौं फर्कने कार्यक्रम छ ।

  • ‘मलाई टाढा हुँनु छैन’ भन्दै रोमान्टिक बने किरण र सोफिया

    ‘मलाई टाढा हुँनु छैन’ भन्दै रोमान्टिक बने किरण र सोफिया

    काठमाडौं । केशवराज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको ‘मलाई टाढा हुँनु छैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतको भिडियोलाई केशवले रोमान्टिक शैलीमा बनाएका छन् ।

    यो गीतमा गायिका रानी शाक्य र गायक बल बहादुर राजवंशीको स्वर छ । गीतमा ध्रुब केसीको शब्द, समीरा थपलियाको संगीत छ ।

    भिडियोमा मोडलद्धय किरण भुजेल र सोफिया दरेलले अभिनय गरेका छन् । भिडियोमा यी दुई मोडल रोमान्टिक देखिएका छन् । भिडियोको लोकेशन आकर्षक छ । दिन्सन शाहको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ ।
    हेर्नुस भिडियो :

  • मानव सेवा आश्रमलाई अभिभावकत्व प्रदान गर्छ : प्रधानमन्त्री

    मानव सेवा आश्रमलाई अभिभावकत्व प्रदान गर्छ : प्रधानमन्त्री

    हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताए ।
    प्रधानमन्त्री दाहालले आश्रमबाट भएका कामलाई विस्तार गर्न सबै प्रदेशमा भवन निर्माण तथा उद्धारलगायतका कामका लागि प्रक्रिया अगाडि बढाएको बताए । उनले मानवसेवा आश्रमलाई सात वटा सवारी साधन र प्रतिव्यक्ति रु १० हजार नगद उपलब्ध गराउने जानकारी दिए । आश्रमले मानवता प्रवद्र्धनको पुण्य अभियानका लागि काम गरिरहेकाले आफू उपस्थित भएको बताए ।
    त्यस अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आश्रम व्यवस्थापनका लागि बजेट विनियोजन गरेको बताए ।
    प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले राज्यको सहभागितामा आश्रममार्फत सडक मानवमुक्त प्रदेश बनाउने अभियान सुरु गरिएको बताए । सरकारले आश्रमलाई ध्यान दिँदा वृद्धवृद्धा नागरिकको हेरचाह गर्न सहज हुने उनको भनाइ थियो । मन्त्री मोक्तानले आश्रममा जन्म लिएका बालबालिकाको नागरिकताको विषय जटिल बनेको जनाउँदै यसको समाधानमा सङ्घ सरकारको सहयोग आवश्यक पर्ने उल्लेख गरे । यस विषयमा प्रदेश सरकारले समन्वयको प्रयास गरिरहेको उनका भनाइ थियो ।
    बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँले मानवसेवा आश्रमको माध्यमले हेटौँडाबाट मानवतावादी सन्देश फैलने बताए । सबै मिलेर सडक मावनमुक्त राज्य निर्माणमा लाग्नुपर्नेमा उनले जोड दिए ।
    हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडाको पहिचानका रुपमा आश्रमले मानवताको प्रवद्र्धन गरिरहेको बताए । उनले पालिकाले आश्रमलाई निरन्तर सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।
    मानवसेवा आश्रमको सो भवन १३ करोड ८१ लाख ६६ हजार पाँच सय ८० रुपैयाँ लागतमा निर्माण भएको हो । आश्रमले हालसम्म नौ हजार ७९ जनाको उद्धार गरेकामा हाल १८ जना बालक तीनजना बालिकासहित दुई सय चारजना आश्रित छन् । सडकमा रहेका मानवलाई उद्धार गरी पालनपोषण गर्ने तथा परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो ।
  • बाल यौन दुर्व्यवहार घटना बढ्दो

    बाल यौन दुर्व्यवहार घटना बढ्दो

    चितवन । जिल्लामा बाल यौन दुर्व्यवहारका घटना बढ्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षमा जिल्लामा बाल यौन दुव्यर्वहारका ३४ वटा घटनामा  दुई बालक र ३२ बालिका परेका छन् ।
    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवन शाखाले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । सो तथ्याङ्कअनुसार जिल्लामा सन् २०२३ मा एक सय १४ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।
    इन्सेकका जिल्ला प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार जिल्लामा यस वर्ष जबर्जजस्ती करणीका घटना ४३, जर्बजस्ती करणीको प्रयासका घटना तीन, हत्या छ, बहुविवाह १३ र आत्महत्या दुरुत्साहनका आठवटा निवेदन परेका छन् । यस्तै मानव बेचबिखनका तीन, अपहरण, जातीय भेदभाव तथा बालविवाहका एक–एक निवेदन परेको उनले जानकारी दिए ।
    जिल्लामा गत वर्ष सन् २०२२ मा एक सय ६१ वटा घटना भएका थिए । सो वर्ष जबर्जस्ती करणीका ६६ वटा मुद्दा दर्ता भएका थिए । यस्तै जर्बजस्ती करणीको प्रयासका १६, हत्याका चार, बाल यौन दुव्यर्वहारका २४, बहुविवाहका २९, आत्महत्या दुरुत्साहनका नौ, मानव बेचबिखनका पाँच र अपहरणका दुईवटा मुद्दा दर्ता भएका थिए ।
    गत वर्ष निवेदन नपरेको जातीय भेदभाव र बालविवाहका निवेदन यस वर्ष परेको अधिकारीले बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले परिबन्धमा परेर धेरै मानिस आपराधिक क्रियाकलापमा लाग्ने गरेको बताए । बाल यौन दुव्यर्वहारका घटनामा बढी सङ्ख्यामा विद्यालय पढ्ने उमेरका बालबालिका पर्ने गरेका छन् । समाजमा हुने अपराध नियन्त्रणका लागि प्रहरीले विद्यालयमा पाठ्यक्रम बनाएर पढाउनेदेखि जनचेतनाका कार्यक्रमसम्म गर्दै आएको उनले जानकारी दिए ।
  • सुनीता डंगोल भन्छिन् – महानगरका गौरव र स्वर्णिम योजना सकिएसँगै राजधानीको मुहार फेरिनेछ (भिडिओ)

    सुनीता डंगोल भन्छिन् – महानगरका गौरव र स्वर्णिम योजना सकिएसँगै राजधानीको मुहार फेरिनेछ (भिडिओ)

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले ल्याएका १० गौरव र २५ स्वर्णिम योजनाहरु सम्पन्न भएसँगै संघीय राजधानीको मुहार फेरिने दाबी गरेकी छन् ।

    शुक्रवार २९ औं महानगर दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले काठमाडौं महानगरपालिकाले वृहत्तर विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा हामीले नीति कार्यक्रम र बजेट सोही अनुसार बनाएको बताइन् ।

    उनले नियमितरुपमा सञ्चालन हुने दैनिक प्रशासनिक काम मात्र नभइ नयाँ कामको पनि थालनी गरिरहेको बताइन्। उनले हरेक सेवाग्राहीको न्यायमा सहज र सरल ढंगले पहुँच पुर्‍याउन निःशुल्क कानूनी सेवा उपलब्ध गराएको पनि बताएकी छन् । उनले महानगरका कामबाट महानगरवासी खुशी भएको अनुभुति गरेको बताइन् ।

    उपप्रमुख डंगोलले महानगरपालिकाले विभिन्न नयाँ सँगै सिर्जनात्मक क्रियाकलाप अघि बढाइरहेको बताइन्।

  • बैंक घोटाला गर्ने चिनियाँ बैंकका म्यानेजरलाई जन्मकैद

    बैंक घोटाला गर्ने चिनियाँ बैंकका म्यानेजरलाई जन्मकैद

    काठमाडौ‌ । बैंक घाटाला गर्ने चीनका एक बैंक म्यानेजरलाई जन्मकैदको फैसला सुनाइएको छ । बीबीसीका अनुसार दक्षिणी चीनको एक शाखामा म्यानेजरको रुपमा सन सन १९९३ देखि सन २००१ सम्म काम गरेका सु काओचुनलाई उक्त फैसला गरिएको हो ।

    साढे ३२ करोड अमेरिकी डलर बराबरको रकम किर्ते ऋण बनाएर हिनामिना गरेको पाइएपछि उनलाई जन्मकैद फैसला भएको हो । यसलाई चिनियाँ राष्ट्रपति सी चीनफीङको भ्रष्टाचार विरोधी अभियानको एक अंगकोरुपमा बीबीसीले उल्लेख गरेको छ ।

    सन २००१ मा सु अमेरिका भागेका थिए । तर, उनलाई चीन ल्याएर अदालती प्रकृयामा सामेल गराइएको थियो । चीनमा पछिल्लो समयमा आर्थिक क्षेत्रमा भएका घोटालामा शक्तिशाली अदालती पैmसलाहरु आएका छन् । तीन महिना अगाडि चाइना बीमा संस्थानका अध्यक्ष वाङ पीनलाई मृत्युदण्डको फैसला सुनाइएको थियो ।

  • बेलायती अध्ययन भन्छः मान्छेको स्वाशले ग्लोबल वार्मिङ बढाइरहेको छ

    बेलायती अध्ययन भन्छः मान्छेको स्वाशले ग्लोबल वार्मिङ बढाइरहेको छ

    काठमाडौं । मान्छेले फेर्ने स्वाशबाट ग्लोबल वार्मिङ बढिरहेको एक अध्ययनले देखाएको छ । मान्छेले स्वाश फेर्दा फाल्ने मिथेन र नाइट्रो अक्साइडले ग्लोबल वार्मिङमा ठूलो सहयोग पुर्‍याएको बेलायतको एक अध्ययनले देखाएको छ ।

    बुधबार प्लोसवानमा प्रकाशित एक अध्ययन लेख अनुसार बेलायतमा मिथेन उत्सर्जनको ०.०५ प्रतिसत र नाइट्रो अक्साइमा ०.१ प्रतिसत योगदान दिएको देखिइएको छ ।

    बेलायतका बायुमण्डलिय भौतिकशास्त्री निकोलस कोवन नेतृत्वको अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले यस्तो निचोड दिएको हो । अनुसन्धानकर्ताहरुले ग्लोबल वार्मिङको बारेमा मान्छेको श्वासको योगदानको बारेमा हुनुपर्ने जत्तिको अध्ययन र चिन्ता नभएको समेत उल्लेख गरेको रुसी विश्व समाचार च्यानल आरटीले उल्लेख गरेको छ ।

  • हालसम्म यी वाणिज्य बैंकले घटाए व्याजदर, कसको कति ?

    हालसम्म यी वाणिज्य बैंकले घटाए व्याजदर, कसको कति ?

    काठमाडौं । हालसम्म आधा दर्जन वाणिज्य बैंकहरुले आफ्नो मुद्दति निक्षेप ब्यजर घटाएका छन् ।

    वाणिज्य बैंकहरुले पुष महिनाका लागि आफ्नो नयाँ ब्याजदर सार्वजर्निक गरेका हुन् भने, केहि बैंकहरुले मंंसीर महिनाको अन्तिमबाटै लागू हुनेगरी नयाँँ ब्यजदर सार्वजनिक गरेका हुन् ।

    एनआईसी एसीया बैंकले मंसिर महिनाको तुलनामा पुष महिनाका लागि आफ्नो मुद्दती निक्षेप ब्यजदर घटाएको छ । बैंकले नयाँ ब्यादर व्यक्तिगत मुद्दति निक्षेपमा अधिक्तम ८.९७ प्रतिशतलाई घटाएर ८.६७ प्रतिशतमा झारेको छ । बैंकले न्युनतम ७ प्रतिशत देखि अधिक्तम ८.६७ प्रतिशतसम्मको ब्यजदर सर्वजनिक गरेको छ । त्यस्तै, एनआईसी एसीया बैंकले पुस महिनाका लागि संस्थागत मुद्दति निक्षेपमा ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशतसम्मको ब्यज दिने भएको छ ।

    एनएमबी बैंकले पनि मंसीर महिनाको तुलनामा आफ्नो ब्यजादर घटाएको छ । एनएमबी बैंकले पुस महिनाका लागि मंसिर २५ गतेदेखि नै लागू हुनेगरी व्यक्तिगत मुद्दति निक्षेपमा अधिक्तम ९ प्रतिशतसम्म्म ब्यज दिने भएको छ । जहाँ मंसीर महिनामा एनएमबी बैंकले अधिक्तम ९.७६ प्रतिशत ब्यादर कायम गरेको थियो । बैंकले न्युनतम ७ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्मको ब्याज तोकेको छ । त्यस्तै, बैंकले संस्थागत मुद्दति निक्षेपमा न्युनतम ६ प्रतिशत देखि अधिक्तम ७ प्रतिशतसम्म ब्यज कायम गरेको छ ।

    मंसीरमा ब्यादर बढाउने एक्लो वाणिज्य बैंक माछापुच्छ्रे बैंकले पनि मंसिर २६ गतेदेखि नै लागू हुनेगरी आफ्नो ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्यजदर मुद्दति निक्षेपतर्फ १०.६० प्रतिशत दिँदै आएको ब्याजदरलाई घटाएर ९.६० प्रतिशतमा झारेको छ । त्यस्तै, संस्थागत तर्फ अधिक्तम ८.६० प्रतिशत रहेको ब्याजदरलाई घटाएर ७.६० प्रतिशत तोकिएको छ ।

    मंंसीर महिनमा ब्यजदर घटबढ नगरेको कुमारी बैंकले पनि आफ्नो ब्यजदर घटाएको छ । कुमारी बैंकले पुष महिनाका लागि नयाँ ब्याजदर मंसीर २४ गते देखि नै लागू हुनेगरी सर्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेप ब्याजदर १०.०१ प्रतिशतलाई घटाएर ९.६१ प्रतिशतमा झारेको हो । बैंकले अघिल्लो महिनको तुलनामा ०.४९ प्रतिशत ब्यजदर घटाएको छ ।

    स्टयाडर्ड चाटर्ड बैंकले पनि मंसीर महिनाको तुलनामा आफ्नो ब्याजदर घटाएको छ । बैंकले पुस १ गतेदेखि लागू हुनेगरी ब्याजदर घटाएको हो । बैंकले पुष महिनाका लागि व्यक्तिगततर्फ अघिक्तम मुद्दति निक्षेप ब्यजदर ८.५६ प्रतिशत तोकेको छ । त्यस्तै, संंस्थागत तर्फ अधिक्तम ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । मंसीर महिनाका लागि बैंकले अधिक्तम ८.९७ प्रतिशत ब्याज कायम गरेको थियो ।

  • ‘दान्भी’को टिजर सार्वजनिक, पूजा शर्माको दमदार एक्सन

    ‘दान्भी’को टिजर सार्वजनिक, पूजा शर्माको दमदार एक्सन

    काठमाडौं । अभिनेत्री पूजा शर्माको मुख्य भुमिका रहेको सिनेमा ‘दान्भी’को टिजर सार्वजनिक भएको छ । उनी पहिलोपटक यो सिनेमामा एक्सन भूमिकामा प्रस्तुत हुँदैछिन् । यहीकारण पनि यो सिनेमा उनका लागि विशेष छ । एक्सनमा राम्रो सम्भावना देखाएको अवस्थामा उनको पहिचान नै फरक बन्नेछ ।

    बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सिनेमाको सार्वजनिक टिजरमा पूजा ‘फुल अन एक्सन’ अवतारमा चित्रित छिन् । १ मिनेट ३३ सेकेण्ड लामो टिजर जलिरहेको चिताको दृश्यबाट सुरु छ । पृष्ठभूमिमा पूजाको ‘भ्वाइस ओभर’ राखिएको छ । उनी टिजरमा समावेश एक्सन दृश्यमा छरितो देखिएकी छन् ।

    आगामी २०२४ मा प्रदर्शन लक्ष्य राखिएको सिनेमामा पूजाको जोडी डेव्यु-अभिनेता कुन्साङ बम्जनसँग बाँधिएको छ । टिजरको एक सिनमा उनलाई बचाउन पूजा गाडीले भित्ता फोडेर निस्किएकी छन् । मेशिनगन चलाउँदै प्रस्तुत छिन् । बदलाको कथामा बनेको सिनेमालाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।

    सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । देव मगर र अनुप गडाल निर्माता, पवन राना मगर कार्यकारी निर्माता तथा कमला लिम्बु, पञ्च बहादुर तामाङ र श्रवणकुमार श्रेष्ठ सह-निर्माता रहेको सिनेमामा हरि लामा ‘घले’को छायांकन छ ।

    संजोग कुँवर रानाको पटकथा तथा संवाद लेखन, बन्दे प्रसादको सम्पादन, सत्यम राना र श्रीकृष्ण श्रेष्ठको भीएफक्स तथा गीतहरुमा अर्जुन पोखरेल, नरेश योगी र केदारराज नेपालीको संगीत सिनेमामा रहेको छ ।

  • ग्लोबल आईएमई बैंकको साधारण सभा- ९ प्रतिशत लाभांश प्रस्ताव पारित (भिडिओ)

    ग्लोबल आईएमई बैंकको साधारण सभा- ९ प्रतिशत लाभांश प्रस्ताव पारित (भिडिओ)

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

    बिहीबार काठमाडौं बैंकले आफ्नो १७औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को कूल मुनाफाबाट शेयर धनीहरुलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनश शेयर गरी जम्मा ९ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

    त्यस्तै, साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको बोनश शेयर तथा नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

    बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन मुनाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ ।

    त्यस्तै, साधारणसभाले संस्थापक शेयरधनी समूहबाट ३ जना र सर्वसाधारण शेयरधनी समूहबाट ३ जना समेत जम्मा ६ जना संचालकको निर्वाचन गरेको छ । संस्थापक शेयरधनीहरुमध्येबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका छन् । भने, सर्वसाधारण शेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित र सबै सञ्चालक समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

  • अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो

    अस्ट्रेलियामा बेरोजगारी दर ३.९ प्रतिशत पुग्यो

    काठमडौं । नोकरीमा वृद्धि भए पनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ ।
    अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ । यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो ।
    यद्यपि अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या ६१ हजारले बढेको एबिसीको आँकडामा उल्लेख छ । उक्त वृद्धिको भर्पाइ सहभागिता दरमा भएको वृद्धिबाट भएको छ र यसले कामकाजी उमेरको जनसङ्ख्याको अनुपातलाई मापन गर्दछ । कार्यरत वा सक्रियरूपमा कामको खोजीमा रहेका मानिसको सङ्ख्या अक्टोबरमा ६७ प्रतिशतबाट बढेर ६७ दशमलव दुई प्रतिशतको कीर्तिमानी स्तरमा पुगेको छ ।
    एबिएसद्वारा बेरोजगारी दर गणना गर्नका लागि व्यक्ति कामविहीन हुनुपर्छ वा सक्रियरूपमा नोकरीको खोजी गरेको हुनुपर्छ । एबिएसका अनुसार नोभेम्बरमा एक करोड ४२ लाख ६० हजार अस्ट्रेलियाली रोजगारीमा छन् । यो कामकाजी उमेरको जनसङ्ख्याको ६४ दशमलव छ प्रतिशत हो ।
    अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या बढे पनि यो अवधिमा सबै नोकरीमा अस्ट्रेलियालीले काम गरेको घन्टाको कूल सङ्ख्या शून्य दशमलव एक प्रतिशतले घटेको छ ।
  • ९ प्रतिशत बोनस बाँड्ने ग्लोबल आईएमई बैंकको घोषणा (भिडिओ)

    ९ प्रतिशत बोनस बाँड्ने ग्लोबल आईएमई बैंकको घोषणा (भिडिओ)

    काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरुलाई सेवा पुर्‍याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताएका छन् ।

    ग्लोबल आईएमई बैंकको १७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले बताएका हुन् । उनले बैंकको ७७ जिल्लाहरुमा शाखा विस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामिण क्षेत्रमा बैंकको पहुँच पुर्‍याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताए । अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकलेआर्थिक वर्ष २०७९/०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको बताए ।

    उनले कुल मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको बताए । उनले बैंकले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरिएको बताए । उनले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १ प्रतिशत बानेस सेयर वितरण प्रश्चात बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्ने उल्लेख गरे ।

    उनले गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब र कर्जा ३ खर्ब ७४ अर्ब रहेको दाबी गरे । उनले गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भएको जानकारी दिए । उनले बैंकले ३५५ वटा शाखा, राजश्व शाखा ६५ लगायत अन्य सबै गरी १ हजार ७२ वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आइरहेको बताए । उनले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब,कर्जा ३ खर्ब ७५ अर्ब पुगेको उल्लेख गरे ।

    उनले बैंकले पहिलो त्रैमासमा १ अर्ब २२ करोड बढी मुनाफा कमाएको बताए । उनले कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको बताए ।