Author: Anisha Tiwari

  • रविन्द्र मिश्रलाई प्रकाशमानको आरोप : सानो पार्टी जोगाउन नसक्ने ठूला कुरा गर्ने ?

    रविन्द्र मिश्रलाई प्रकाशमानको आरोप : सानो पार्टी जोगाउन नसक्ने ठूला कुरा गर्ने ?

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वैकल्पिक राजनीतिको वकालत गर्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रप्रति कटाक्ष गरेका छन् ।

    नेपाल संवत ११४२ का अवसरमा आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै पूर्व महामन्त्री सिंहले सानो पार्टीसमेत राम्रोसँग चलाउन नसक्नेले ठूला कुरा गरेर जनतालाई भ्रमित बनाएको आरोप लगाए ।

    ‘चुनावको बेला नयाँ पार्टी खोल्ने, चर्का नारा दिने, ठूला कुरा गर्ने तर सानो पार्टीपनि चलाउन नसक्नेले काठमाडौंका जनतालाई झुक्याइरहेका छन्’, सिंहले भने । उनले काठमाडौं क्षेत्र नम्बर १ मा पढेलेखेका शिक्षित जनता रहेको भन्दै कसैले झुक्याउन नसक्ने बताए । फुटको संघारमा रहेको विवकेशी साझा पार्टीका अध्यक्ष मिश्र काठमाडौं क्षेत्र नम्बर १ मा सिंह विरुद्ध नै संसदीय निर्वाचन लडेका थिए ।

    नेता सिंहले देश विकास गर्न कांग्रेसको विकल्प नरहेको पनि दावी गरे । पटक–पटक कम्युनिष्ट सरकार बनेपनि कांग्रेसले नै मुलुकलाई निकास दिनुपरेको बताउँदै सिंहले जनताले अब कांग्रेसलाई बहुमत दिनुपर्ने बताए ।

  • प्रचण्डले जीपलाइन खेल्दा धुलिखेल पर्यटनमा तरङ्ग

    प्रचण्डले जीपलाइन खेल्दा धुलिखेल पर्यटनमा तरङ्ग

    काभ्रेपलाञ्चोक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही कात्तिक पहिलो साता धुलिखेलस्थित साहसिक खेल ‘जीपलाइन’मा रमाएका थिए ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेकाका प्रचण्ड जीपलाइनमा जत्ति रमाए, त्यसको दोब्बर खुशी खेलका सञ्चालकहरुमा देखिएका छन् । कारण थियो, कोरोनाभाइरस संक्र जोखिमका कारण सङ्कटमा परेको पर्यटन क्षेत्रमा एकाएक तरुङ्ग पैदा भइदिनु ।

    आरामका लागि परिवारसहित सिन्धुपाल्चोकको सुकुटे गएर बसेका अध्यक्ष प्रचण्ड भोलिपल्ट फर्कँदा काभ्रेपलाञ्चोकको पर्यटकीय धुलिखेलस्थित जीपलाइन खेलमा रमाएका थिए । उनको जीपलाइन खेलले धुलिखेलको पर्यटन क्षेत्रमा तरङ्ग नै पैदा भएको देखिएको छ । त्यतिबेला अध्यक्ष प्रचण्डले जीपलाइन खेलपछि आफूलाई ‘निकै रमाइलो महसुस’ भएको प्रतिक्रियासमेत दिएका थिए । अहिले जीपलाइन खेल्न पर्यटकको घुइँचो नै लाग्नेगरेको छ । यसले धुलिखेलमा साहसिक खेल जीपलाइन छ भन्ने सन्देश पनि दिएको छ ।

    ‘पूर्वप्रधानमन्त्री प्रचण्डले जीपलाइन चढेपछि यसमा चढ्ने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ, धुलिखेलमा जीपलाइन खेल छ भन्ने सन्देश पनि गएको छ’, वल्ड वाइड एड्भेन्चर प्रालिका अध्यक्ष केदार थापाले भने । उनका अनुसार त्यसदिन अध्यक्ष प्रचण्ड स्वतःस्फूर्त जीपलाइन खेल्न स्टेशन आएका हुन् । जीपलाइनको ‘टेकअफ’ धुलिखेल नगरपालिका–८ थाक्लेडाँडादेखि ‘ल्यान्डिङ स्टेशन’ पाँचखाल नपा–५ स्थित खावासम्म एक हजार १०० मिटर लम्बाइको छ । विसं २०७५ को अन्त्यबाट सञ्चालनमा आएको जीपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) तीन प्रकारको खुल्न पाइन्छ ।

    जीपलाइन खेलले मात्रै एक दिनको धुलिखेल घुमाई नसकिने भएकाले पर्यटकीय देवीस्थान र गोसाइँस्थान डाँडामा रमाउनु आन्तरिक पर्यटकको तालिका नै बन्ने गरेको पाइन्छ । ‘हालका बिदामा साथीहरु मिलेर जीपलाइन जाने र धुलिखेलका डाँडा घुम्ने गर्छौँ’, भक्तपुरका अनिष थापाले भने ।

    धुलिखेलको पर्यटनमा चाडपर्वले पनि चहलपहल बढाएको पाइएको छ । विषेशगरी भक्तपुर, काठमाडौं, ललितपुर र नुवाकोटबाट धुलिखेलमा आन्तरिक पर्यटक आउने गरेको जनाइएको छ ।

    त्यसो त गत भदौ दोस्रो सातादेखि कोरोना संक्रमणदर ओरालो लाग्दै गर्दा धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रनेमा निकै खुशी लाग्दै आएको छ । त्यसयता होटलमा शुक्रबार र शनिबार चहलपहल बढ्दै बितेको एक महिनामा दैनिक आन्तरिक पर्यटकको आउजाउ पनि हुन थालेको उनले बताए । उनले भने, “भदौयता कार्यक्रमका बुकिङसँगै दैकिजसो आन्तरिक पर्यटक आउन थालेका छन् ।” चाडपर्वले पर्यटनमा थप चहलपहल बढेको हुनसक्ने उनको तर्क छ ।

    प्रक्षेपण गरिएअनुसार कोरोना तेस्रो लहर आउला–नआउला तर, कोरोना संक्रमणदर संख्या निकै ओरालो लागेपछि हाल धुलिखेलमा होटल–पर्यटन तङ्ग्रने सुरसारमा रहेको देखिन्छ । ‘अब व्यवसायले रुप फेर्लाझैँ आशा जागेको छ, कोरोना तेस्रो लहरको चिन्ता पनि उत्तिकै त छ तर, हाल होटल–पर्यटन सहज बन्दै गएको छ’, उनले भने । पचास शैय्याको क्षमतामा रहेका होटल सारथीले विभिन्न छुटसहितका प्याकेज कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

    कोरोनाका दुईवटा लहरले होटल व्यवसायीलाई निकै ठूलो घाटा व्यहोर्न बाध्य बनाइरहेका बेला पुनः तेस्रो लहरको महामारी प्रक्षेपण हुने खतरा बढेको धुलिखेलका होटल व्यवसायी बताउँछन् । यद्यपि, व्यवसाय लयमा फर्कनेबारे थप चिन्ताको भारी नबोकाएको भने हैन ।

    कोरोनाको जोखिमपछि हाल पुनः बामे सर्दै गरेका होटल अब बन्द गर्न नपर्ने अपेक्षा गरेको क्षेत्रीय होटल सङ्घ (हान)का अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले बताए । “अब संक्रमणदर निकै घटेर होटल-पर्यटन व्यवसाय लयमा फर्कने भएपछि हामी निकै खुसी छौँ”, धुलिखेल लज रिसोर्टका सञ्चालकसमेत रहेका श्रेष्ठले भने । दैनिक २०० को हाराहारीमा उनको रिसोर्टमा आन्तरिक/बाह्य पर्यटक आउने गरेकामा कोरोनाको दोस्रो लहर वैशाखपछि साउनसम्म शून्यमै झरेको थियो । उनले भने, “अहिले दिनानुदिन आन्तरिक पर्यटक बढ्दैछन्, अब विदेशी पर्यटकको पर्खाइमा छौँ ।” उनका अनुसार अध्यक्ष प्रचण्डले जीपलाइन खेल्दा धुलिखेलको पर्यटनको शान बढ्दै गएको छ ।

    गत वर्षको कोरोना त्रासपछि आन्तरिक एवं बाह्य पर्यटकबाट आत्मनिर्भरतातर्फ लागेको धुलिखेलको होटल–पर्यटन कोरोनाको दोस्रो लहरले निकै प्रभावित बनायो । धुलिखेलमा ठूला–साना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । जिल्लास्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब रु ५० अर्बको लगानी रहेको सङ्घले जनाएको छ । यहाँ करिब तीन हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

    कोभिड–१९ का कारण पर्यटन क्षेत्रले ब्यहोरिरहेको क्षति न्यूनीकरण गर्दै पुरानै लयमा फर्काउन होटल व्यवसायीले गत भदौ महिनामा विशेष तीन प्याकेजसमेत घोषणा गर्नुपरेको थियो । गतसाल कोरोनाभाइरस संक्रमणदर घट्दा होटल–पर्यटनमा बढेको चहलपहलको आभाष यो वर्ष पनि भएको हानका सचिव ज्योत्स्ना सैँजूले बताए । ‘दोस्रो लहरपछि पुनः हाल आन्तरिक पर्यटक बढ्दै गएको छ, सरकारी खोप अभियानका कारण लयमा फर्कने अपेक्षाकृत छौँ’, होटल माउण्ट प्रिन्सेस्का सञ्चालकसमेत रहेका सैँजूले भने ।

    पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौँबाट ३० किलोमिटरको दूरीमा अवस्थित छ । धुलिखेल राजधानीबाट नजिकको पर्यटकीयस्थलसमेत रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको अलावा काठमाडौं, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रमसमेत हुने गर्दछन् ।
    रासस

  • विद्युत सट् हुँदा रिकन्डिसन हाउसमा आगलागी, डेढ करोडको क्षति

    विद्युत सट् हुँदा रिकन्डिसन हाउसमा आगलागी, डेढ करोडको क्षति

    उदयपुर । जिल्ला सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिशन हाउसमा गए राति आगलागी हुँदा रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।

    विद्युत सट् भई रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेर नष्ट भएको सञ्चालक राजकुमार राउतले बताएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले आगलागी भएको खबर प्राप्त हुननासाथ आगो निभाएको जानकारी दिए ।

  • चन्द्रागिरी-चित्लाङ खण्डमा भएको ढुङ्गा व्यापार तत्काल बन्द गर्ने अर्थमन्त्री शर्माको भनाई

    चन्द्रागिरी-चित्लाङ खण्डमा भएको ढुङ्गा व्यापार तत्काल बन्द गर्ने अर्थमन्त्री शर्माको भनाई

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन् ।

    शुक्रबार राजधानीमा विभिन्न पर्वहरूका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘व्यापार’का कारण भइरहेको ढिलासुस्तीको अन्त्य गर्न तत्काल पहल गर्ने बताएका छन् ।

    ‘चन्द्रागिरीको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म म पहल र वातावरण निर्माण गर्ने प्रयत्न गर्नेछु’, मन्त्री शर्माले भने, ‘यहाँको अहिलेको ठूलो समस्या भनेको गणेशमान सिंह मार्गको चित्लाङ खण्डमा ढिलासुस्ती भएर यो मार्ग व्यापारतिर लागेको भन्ने सुनेको छु । त्यो ढुङ्गाको व्यापार अन्त्य गरेर छिटोभन्दा छिटो यो सडक निर्माण गर्न मैले तत्काल पहल कदमी लिनेछु ।’

    अर्थमन्त्री शर्माले काठमाडौंको ट्राफिक जामलाई कम गर्न चन्द्रागिरी क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहल समेत गर्ने बताए ।

  • देउसी-भैलाेमा रमाउँदै बालबालिका (तस्बिरहरू)

    देउसी-भैलाेमा रमाउँदै बालबालिका (तस्बिरहरू)

    काठमाडौं । यमपञ्चक अर्थात तिहार सुरु भएसँगै लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ । पाँच दिनसम्म हर्षोल्लासपूर्वक मनाइने तिहारको प्रमुख आकर्षण नाचगान र देउसी-भैलो पनि हो ।

    समुहमा मिलेर केटाकेटी, युवायुवती तथा महिला पुरुषले गाउने गीत देउसीभैलो हो । जुन तिहार सुरु भएपछि घर-घर गएर नाचगानसँगै देउसीभैलो खेल्ने गरिन्छ । देउसी भैलो खेल्दा एक जनाले रमाइलो शैलीमा भट्टयाउने र खेलमा सहभागि सबैले देउसीरे र भैलिरे घन्काउँदै सामूहिक रूपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो ।

    यो एउटा पुरानो संस्कृति पनि हो । जसमा बालबालिकादेखि किशोर किशोरीहुदैँ युवा युवतीसम्म जम्मा भएर घर घरमा गएर देउसीभैलो खेल्दै गीत गाउँछन ।

    हेर्नूस् काठमाडौैंका बालबालिकाले देउसीभैलो खेलेका तस्बिरः

  • राष्ट्रबैंकले ब्याजदरमा हस्तक्षेप गर्दा अर्थतन्त्रमा प्रतिकुल प्रभाव, सोधनान्तर घाटा बढ्दै

    राष्ट्रबैंकले ब्याजदरमा हस्तक्षेप गर्दा अर्थतन्त्रमा प्रतिकुल प्रभाव, सोधनान्तर घाटा बढ्दै

    काठमाडौं । पछिल्लो समय बढ्दो आयातका कारण व्यापार घाटा उच्च हुँदा शोधनान्तर स्थितिमा दबाब परेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनाका लागि सार्वजनिक गरेको आर्थिक प्रतिवेदनले शोधान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा देखिएको थियो ।

    बढ्दो शोधनान्तर घाटाका कारण विदेशी मुद्राको सञ्चितिमा चाप परेको छ । हाल विदेशी विनिमयको सञ्चिति करिब ११ अर्ब १४ करोड डलर रहेको र यसले ८ महिनाको वस्तु एवं ७.८ महिनाको बस्तु तथा सेवा आयात धान्ने नेपाल राष्ट्र बैंकको दाबी छ । नेपालमा कोभिड सुरु हुनुभन्दा अगाडि (२०७६ चैत ११) बढ्दो आयातका कारण व्यापारघाटा उच्च रहँदा शोधान्तर घाटा करिब अहिलेको जस्तै अवस्थामा थियो ।

    नेपालको शोधान्तरस्थितिमा सुधार ल्याउनका लागि ब्याजदर माथि राष्ट्र बैंकले हस्तक्षेप कम गर्नुपर्ने जानकारहरु बताउँछन् । अन्तर्राष्ट्रियरुपमा पेट्रोलियम पदार्थमा भइरहेको मूल्यबृद्धिको असर र उर्जा संकटका कारण नेपालमा भइरहेको तथा हुन सक्ने संभावित मूल्यवृद्धिको असरमा सन्तुलन कायम गर्नका लागि नेपाल राष्ट्र बैंकले ब्याजदरमा गरेको हस्तक्षेप अनुचित भएको उनीहरुको भनाइ छ ।

    अर्को चिन्ताको विषय भनेको विप्रेषण आप्रवाहमा आएको गिरावट हो । विप्रेषण आप्रवाह गत वर्षको तुलनामा ६.३ प्रतिशतले घटेर पहिलो दुई महिनामा १ खर्ब ५५ अर्ब ३७ करोडमा सिमित रह्यो । यसले पनि विदेशी मुद्राको सञ्चिति प्रभावित बनेको छ ।

    पेट्रोलियपदार्थ तथा इन्धनमा भएको मूल्यबृद्धिले उत्पादनका सधानहरु रड, छड, सिमेन्ट, भाडा तथा ढुवानी र आयोजनाको लागत बढ्न सुरु गरिसकेको छ । अधिकांश वस्तु तथा सेवाहरु विदेशबाट आयात हुने भएकाले ब्यापार घाटा थप वृद्धि हुँदा शोधान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा दबाब अझै बढ्ने देखिन्छ ।

    पछिल्लो समय अन्तर्राष्ट्रियरुपमा नै कच्चा तेलको मूल्य बढ्दा नेपाल आयल निगमको घाटा निरन्तररुपमा बढेको भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ । भारतको तुलनामा नेपालमा अझै पनि पेट्रोलियम पदार्थ सस्तो रहेको निगमको तर्क छ । विगत एक वर्षदेखि निगमले पेट्रोलियम पदार्थको मूल्य निरन्तररुपमा बढाएकै कारण यातायात भाडा करिब २८ प्रतिशतले बढेको छ ।

    यसैगरी डिजेल र पेट्रोलबाट सञ्चालित आयोजनाहरुको लागत समेत निरन्तररुपमा बढिरहेको छ । भारत, चीनलगायतका देशले इन्धनको चरम अभावको मार खेप्दा कोइलाको मूल्यमा भएको वृद्धिले नेपालका डन्डी तथा सिमेन्टको मूल्य करिब १०० देखि २०० रुपैयाँसम्म बढेको छ । यसैगरी खानेतेलको मूल्य करिब शतप्रतिशतले बढेको छ भने अन्य उपभोग्य वस्तुको मूल्य पनि त्यही अनुपातमा बढेको छ ।

    यस्ता वस्तुको बढ्दो माग धान्नका लागि बढी विदेशी मुद्रा खर्च गर्नुपर्ने हुन्छ । नेपालको निर्यात अवस्था कमजोर रहेकाले विदेशी मुद्रा खासै धेरै नेपालमा भित्रिने अवस्था छैन । फलस्वरुप व्यापार घाटा बढ्दा चालु खाताको घाटासँगै शोधनान्तर स्थितिको घाटा पनि बढ्छ ।

    अर्को चिन्ताको विषय भनेको विप्रेषण आप्रवाहमा आएको गिरावट हो । विप्रेषण आप्रवाह गत वर्षको तुलनामा ६.३ प्रतिशतले घटेर पहिलो दुई महिनामा १ खर्ब ५५ अर्ब ३७ करोडमा सिमित रह्यो । यसले पनि विदेशी मुद्राको सञ्चिति प्रभावित बनेको छ ।

    शोधान्तरस्थित घाटा बढ्ने

    असोज मसान्तसम्ममा नेपालको आयात करिब ६४ प्रतिशत र ब्यापार घाटा करिब ५८ प्रतिशतले बढेको छ । आगामी दिनमा आयात र निर्यातको अन्तराल घट्ने कुनै सम्भावना देखिएको छैन । यसले सोधनान्तर स्थितिमा थप चाप पर्ने निश्चित छ ।

    कोभिड १९ का कारण पुरुत्थानको क्रममा रहेको नेपालको अर्थतन्त्रमा बस्तु तथा सेवाको माग बढिरहेको छ । बढ्दो माग धान्नका लागि आपुर्ति क्षमता वृद्धि गर्नु तत्काल सम्भव नरहेकाले ब्याजदर माथिको हस्तक्षेप खुल्ला छोड्नुपर्ने विश्लेषकहरुको राय छ ।

    शोधान्तर घाटा कम गर्न वस्तु तथा सेवाको आयात घट्नुपर्छ । त्यसको प्रमुख अस्त्र भनेको ब्याजदर वृद्धि हो । मंसिर महिनामा नेपाल राष्ट्र बैंकले कात्तिक ३ गते तोकेको ब्याजदर बृद्धिको १० प्रतिशत सीमाको उपयोग गरेर भए पनि बैंकहरुले निक्षेपको ब्याजदर करिब १०.३० प्रतिशत पुर्‍याउने निश्चित छ । साउन महिनादेखि निरन्तररुपमा निक्षेपको ब्याजदर बढाइरहेका बैंकहरुले विगतका ३ महिनालाई आधार मानेर नयाँ आधार दर निर्धारण गर्ने हुँदा कर्जाको ब्याजदर समेत बढ्ने देखिन्छ ।

    ब्याजदर बढ्दा जनता वचत गर्न प्रोत्साहित हुन्छन् । यसले वस्तुको उपभोग घटाउँछ । नेपालको उपभोग आयातमा आधारित रहेको छ । त्यसैले उपभोग घट्दा आयात स्वतः घट्छ । आयातमा कटौति हुँदा व्यापार घाटा घट्छ भने विदेशी मुद्राको सञ्चिति र शोधान्तर स्थितिमा सुधार हुन्छ ।

    साधारण बचतकर्ता भन्दा संस्थागत बचतकर्तालाई दिने ब्याजदर १ प्रतिशतले कम हुनुपर्ने, एकपटकमा १० प्रतिशतभन्दा बढी ब्याजदर बढाउन नपाइने र अस्वस्थ्यरुपमा बढेको ब्याजदर २४ घण्टाभित्र संसोधन गरी नयाँ ब्याजदर सार्वजिनिक गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

    अर्को तर्फबाट हेर्ने हो भने निक्षेपको ब्याजदर बढाउदा कर्जाको पनि ब्याजदर बढ्छ । व्याजदर बढ्दा कर्जाको माग पनि घट्छ । कर्जाको माग कम हुँदा वस्तु तथा सेवाको आपुर्ती कम हुन्छ । यसले पनि आयातमा कमि आइ शोधान्तर स्थितिमा सुधार आउने सम्भावना रहन्छ ।

    यसका लागि नेपाल सरकार र नेपाल राष्ट्र बैंक मिलेर वित्तीय तथा मौद्रिक उपायहरु अवलम्वन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु सीसीआर, काउन्टर साइक्लिकल बफर र ब्याजदर कोरिडरका सिमाहरुलाई कडाइका कार्यान्वयनमा लैजानुपर्नेमा उनीहरुको जोड छ ।

    बैंक तथा वित्तीय संस्थाले आक्रामक रुपमा विस्तार गरिरहेको कर्जालाई कडाई गरेर ब्याजदर निर्धारण गर्न जिम्मा बजारलाई छोड्दिनुपर्ने धारणा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

    ‘नेपाल राष्ट्र बैंकले ब्याजदरमाथिको हस्तक्षेपको नीति हटाएर नीतिगत दरहरु सीसीआर, काउन्टर साइक्लिकल बफर र ब्याजदर कोरिडरको प्रभावकारी कार्यान्वयन एवम् कर्जा विस्तारमा कडाइ गर्नुपर्छ,’ थापाले भने ।

    अर्थविद् डा.डल्लीराज खनाल सरकारको वर्तमान अर्थव्यवस्थाबारे फितलो मूल्याङ्कनका कारण अहिलेको अवस्था आएको बताउँछन् । नेपालको आर्थिक प्रणालीको रक्षाकवच रहेको बैंकिङ प्रणाली कोभिडको समयमा धराशयी बन्दै गएको उनको भनाइ छ ।

    ’कोभिडको समयमा निकै स्वस्थ र सवल मानिएको बैंकिङ प्रणाली पछिल्लो समय कमजोर बन्दै गएको छ । सरकारले यस विषयमा गम्भीर विश्लेषण गर्दै एउटा बृहत कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने हो । तर, सरकारका पछिल्ला गतिविधि हेर्दा त्यो सम्भावना कम देखिन्छ,’ खनालले भने ।

    वर्तमान अवस्थामा बढ्दो मागलाई कटौति गर्ने भन्दा पनि आपुर्ति प्रणालीको क्षमता विस्तार गरी यसैमा मुलुक विकास खोज्नुपर्ने उनी बताउँछन् ।

    ब्याजदरमाथि हस्तक्षेपका कारण तरलता अभाव

    गत साउन १४ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई तरलताको खासै ठुलो दबाब थिएन । तर साउन २२ गतेसम्म आइपुग्दा बैंकिङ प्रणालीमा तरलताको समस्या देखियो । यसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुले अन्तर बैंकिङ सापटी लिने क्रम तीव्ररुपमा बढ्यो । यसका कारण अन्तर बैंक ब्याजदर ०.९१ प्रतिशतबाट बढेर ह्वातै बढेर ४. ८६ प्रतिशत पुग्यो ।

    यसले नपुगेर बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट ५ प्रतिशत ब्याजदरमा एक हप्ताका लागि सापटी एसएलएफ लिने क्रम पनि बढ्यो । बैंकिङ प्रणालीमा तरलताको खडेरी परेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि रिपो तथा ट्रेजरी बिल जारी गरिरह्यो ।

    गत साउन २९ मा राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमासीसीडी अनुपातका सट्टामा सीडी अनुपात कार्यान्वयनमा ल्याइयो । साविकको ८५ प्रतिशतको सीसीडी हटाएर ९० प्रतिशत सीडी अनुपात कायम गर्दा अधिकांश बैंक वित्तीय संस्थाको सीडी अनुपात ९० प्रतिशत नाघिसकेको हुँदा थप कर्जा विस्तार गर्नका लागि पुँजी बृद्धि वा निक्षेप बृद्धिको मात्रै उपाय बाँकी भयो ।

    निक्षेप बढाउनका लागि बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउन थाले । ब्याजदर बढाउदा पनि निक्षेप बढ्न नसक्दा बैंकहरुले संस्थागत निक्षेपकर्तालाई प्राथमिकतामा राखेर उच्च ब्याजदर घोषणा गरे । त्यसमा केही बैंक वित्तीय संस्था सफल भए भने केहीको निक्षेप खोसिएपछि आक्रामकरुपमा उच्च ब्याजदर घोषणा गरे । वित्तीय संस्थाले निक्षेप ब्याजदर बढाउने प्रतिस्पर्धा अत्यधिक आक्रामक र अस्वस्थ देखिएको भन्दै नेपाल राष्ट्र बैंकले कार्तिक ३ गते ब्याजदरमा हस्तक्षेप गर्यो ।

    साधारण बचतकर्ता भन्दा संस्थागत बचतकर्तालाई दिने ब्याजदर १ प्रतिशतले कम हुनुपर्ने, एकपटकमा १० प्रतिशतभन्दा बढी ब्याजदर बढाउन नपाइने र अस्वस्थ्यरुपमा बढेको ब्याजदर २४ घण्टाभित्र संसोधन गरी नयाँ ब्याजदर सार्वजिनिक गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको थियो । जसकाकारण बैंक वित्तीय संस्थाले ब्याजदर घटाएर भद्र सहमति गर्दै ९.३७ प्रतिशत मुद्दतिको ब्याजदर कायम गरेका छन् ।

  • अरुका कुरा नपत्याउनुस, महाधिवेशन तोकिएकै समयमा हुन्छ : देउवा (भिडिओ)

    अरुका कुरा नपत्याउनुस, महाधिवेशन तोकिएकै समयमा हुन्छ : देउवा (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टी महाधिवेशन स्वस्थ रुपमा हुनुपर्ने भन्दै जित र हारले पार्टी भित्र दुश्मनी बढाउनु नहुनेमा जोड दिए ।

    प्रधानमन्त्री देउवाले भने, ‘अहिले पार्टी अधिवेशन आउँदै छ, यसमा देशभरबाट सर्वसम्मतिमा सभापति बनाउनुस्, हुँदै हुँदैन भने स्वस्थ प्रतिष्पर्धाबाट सभापति बनाउनुस् ।’

    उनले अगाडि थपे, ‘प्रतिस्पर्धामा जित–हार हुन्छ । हार्नेले जित्नेको सहयोग र जित्नेले हार्नेको सहयोग लिनुपर्ने हुन्छ, । जित हारमा दुश्मनी नबढोस् । पार्टी भित्रको मामिला हो । त्यस्तो अधिवेशन हुनुपर्छ । जसले जे भने पनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, हुन्छ । अब अधिवेशन पार्टी सभापतिको हातमा छैन, निर्वाचन समितिको हातमा छ । मैले चाहेर पनि हुँदैन, मैले भनेर पनि हुँदैन,अधिवेशनको तयारीमा लाग्नुहोला ।’

    प्रधानमन्त्री देउवाले पार्टीका नेता, कार्यकर्तालाई महाधिवेशनको तयारीमा लाग्न आग्रह पनि गरे ।

     

  • प्रधान न्यायाधीशविरुद्ध प्रचण्ड-माधव एक ठाउँ, प्रधानमन्त्री देउवा महाअभियोग लगाउन अनिच्छुक

    प्रधान न्यायाधीशविरुद्ध प्रचण्ड-माधव एक ठाउँ, प्रधानमन्त्री देउवा महाअभियोग लगाउन अनिच्छुक

    काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग लगाउनेबारे सत्ता गठबन्धनका नेतामध्ये माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सकारात्मक देखिएको निकट कानून व्यवसायीहरुले बताएका छन् ।

    अहिले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनको अगुवा नै माओवादी र नेकपा एस निकट वकिलहरुले गरिरहेकाले पनि ती नेतामाथि दबाब छ । बिगतमा केपी ओलीविरुद्धको लडाइमा साथ दिएका शम्भु थापा, गोविन्द बन्दी, टीकाराम भट्टराई, रमण श्रेष्ठ लगायतका कानून व्यवसायीले अहिले बार आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

    बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ प्रधान न्यायाधीश हटाउनुपर्ने पक्षमा बलियो ढंगले उभिएका छन् भने कांग्रेसका वकिल विभाजित छन् । डिएलए नेतृत्वसहित कांग्रेसका बहुसंख्यक वकिल विपक्षमा छन् भने बार महासचिव लिलामणी पौडेल प्रचण्ड–माधव पक्षधर वकिलहरुसँगको सहकार्यमा छन् ।

    नेकपा एमाले निकट कानून व्यवसायी भने प्रधान न्यायाधीश एकजनामात्र होइन परमादेश जारी गर्ने अन्य चार जनाले समेत राजिनामा दिनुपर्ने वा न्याय सम्पादन नगरे बापत सबै न्यायाधीश हटाउनुपर्ने पक्षमा छन् ।

    विशेषगरि आन्दोलनकारी वकिलहरुको दबाब सत्ता गठबन्धनका नेताहरुमाथि बढिरहेको छ । दबाबकै कारण नेकपा एसको बिहीबारको सचिवालय बैठकले प्रधान न्यायाधीश प्रकरणबारे सत्ता गठबन्धनको बैठकमा छलफल गर्ने भन्दै त्यसलाई राजनीतिक एजेण्डा बनाएको छ ।

    अहिले प्रधान न्यायाधीशविरुद्ध भइरहेको अभियानको पछाडि माओवादी अध्यक्ष प्रचण्डको मुख्य भूमिका रहको आरोप छ । प्रचण्डले यसबारेमा गठबन्धन बसेर निर्णय हुने बताए पनि प्रधानमन्त्री शेरबहादुर देउवा अदालतमा हस्तक्षेप गर्न अनिच्छुक छन् ।

    देउवाले बेलायत जानुअघि राष्ट्रपतिसँगको भेटमा यसअघि सुशीला कार्कीलाई महाअभियोग लगाउँदा त्यसको दोष आफूले लिनु परेको भन्दै महाअभियोगको हल्ला नचाहिँदो ढंगले चलाइएको बताएका थिए । तर कांग्रेसकै केही नेता राजिनामा वा महाअभियोगको पक्षमा छन् ।

    प्रधान न्यायाधीश राणा अहिले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको ‘मूभ’ हेरिरहेका छन् । उनलाई प्रचण्डले राजिनामा दिन सुझाएको स्रोतले जनाएको छ ।

    सत्ता गठबन्धनले महाअभियोग लगाउनासाथ एमालेले परमादेश जारी गर्ने संवैधानिक इजसालका बाँकी ४ जना न्यायाधीशमाथि पनि महाअभियोग लगाउने निश्चित छ । त्यही भएकाले राणा राजिनामा नदिने मुडमा छन् ।

    अहिले प्रधान न्यायाधीशविरुद्ध बिगतमा संवैधानिक इजलासमा रहेर आफूहरुलाई सहयोग गरेका बरिष्ठ न्यायाधीश, परमादेश जारी गराउन निर्णायक भूमिका खेल्ने बरिष्ठ वकिल तथा ओलीविरुद्धको लडाइमा साथ दिएका नागरिक अभियन्ता तथा मिडिया समेत एकठाउँमा रहेकाले सत्ता गठबन्धनका नेताहरु दबाबमा छन् ।

    यसबीचमा प्रधान न्यायाधीशविरुद्ध महाअभियोग लगाउने वा राजिनामा गर्न दबाब दिने बारेमा प्रचण्ड–माधव लगायतका नेताहरुबीच अनौपचारिक छलफल भए पनि प्रधानमन्त्रीसहितको बैठकमा अब एजेण्डा बन्ने नेकपा एसका उपमहासचिव गंगालाल तुलाधरले बताएका छन् । गठबन्धनका जसपा र राजमो भने प्रचण्ड माधवकै लाइनमा उभिने निश्चित छ ।

    बारले सर्वोच्च अदालतमात्र होइन तल्लो तहका अदालतहरुमा समेत हड्ताल गराएर प्रधान न्यायाधीशविरुद्ध निर्णायक कदम चाल्न सत्ता गठबन्धनलाई बाध्य पार्ने तयारी समेत भइरहेको छ ।

  • शंखधरलाई सम्झिदै प्रधानमन्त्रीले भने : उहाँजस्तो मान्छे बिरलै पाइन्छन् (भिडिओ)

    शंखधरलाई सम्झिदै प्रधानमन्त्रीले भने : उहाँजस्तो मान्छे बिरलै पाइन्छन् (भिडिओ)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार भक्तपुरको थिमीस्थित नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।

    उनले राष्ट्रिय विभूति साख्वाको प्रतिमामा माल्यार्पण गर्दै उनको योगदानको स्मरण गरे । प्रधानमन्त्री देउवाले हरेक नेपालीहरुले राष्ट्रिय विभूति साख्वाको जीवनीबाट सिकेर अघि बढ्न आवश्यक रहेको बताए ।

    प्रधानमन्त्री देउवाले भने, ‘उहाँले ऋणमा रहेका नेपालीहरुलाई ऋणबाट मुक्त गर्नुभयो, उहाँ जस्तो देशका लागि योगदान पुर्याउने व्यक्ति बिरलै पाइन्छन्, उहाँको प्रेरणाबाट हामीले सिक्न जरुरी छ, आज मात्रै सार्वजनिक भएको नेपाल संवतको विद्युतीय पात्रो मोबाइल अब नेपाल संवतको निर्माणले हाम्रो दैनिक जीवनमा विविध सांस्कृतिक बोध गराउँछ, सरकारी कामकाजमा पनि सहयोग हुने विश्वास लिएको छु ।’

    प्रधानमन्त्री देउवाले नेपाल संवतको विद्युतीय पात्रो सार्वजनिक भएकोमा खुशी व्यक्त गर्दै पात्रोले सांस्कृतिक कुराहरुको बोध गराउने बताए ।

     

  • गगन थापालाई विष्णु रिजालको जवाफ : चुनाव घोषणा गरौं, हिम्मत भए सिंगल-सिंगल भिडौं

    गगन थापालाई विष्णु रिजालको जवाफ : चुनाव घोषणा गरौं, हिम्मत भए सिंगल-सिंगल भिडौं

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज विष्णु रिजालले कांग्रेससँग हिम्मत भए चुनाव घोषणा गरेर सिंगल–सिंगल भिड्न चुनौति दिएका छन् ।

    कांग्रेस नेता गगन थापाले सिंगल–सिंगल भिडेर एमालेलाई कुचो र भ्याकुम लगाएर बढार्ने बताएका थिए । त्यसलाई जवाफ दिदै एमाले विदेश विभाग उपप्रमुख समेत रहेका रिजालले विगतमा एमाले मुक्त देश बनाउने भनेका विमलेन्द्र निधी आफैं मधेशमुक्त भएको भन्दै गगन थापाको चुनौति पनि स्वीकार्य रहेको बताएका छन् ।

    रिजालले भने– हिले फेरि कांग्रेस सरकारमा हुँदा गगन थापाजीले ‘चुनावमा एमालेलाई कुचो र भ्याकुम लगाएर बढार्छौं’ भनेछन् । अध्यादेश ल्याएर एमाले फुटाउँदा पनि यसलाई हराउन सकिंदैन भन्ने हतासा यसैबाट स्पष्ट हुन्छ । हाम्रो चुनौती छ९ चुनाव घोषणा गरौं र हिम्मत छ भने ‘सिंगल९सिंगल’ भिडौं । अन्यथा सार्वजनिक खपतका लागि गरिने यस्ता उत्तेजक भाषणले हामीलाई रौं बराबर फरक पार्दैन भन्ने बुझे हुन्छ ।

  • १९ वर्षीया किशोरी बनिन् एमालेको उपाध्यक्ष

    १९ वर्षीया किशोरी बनिन् एमालेको उपाध्यक्ष

    काठमाडौं । राजनीतिमा युवा महिलाको सहभागिता बढिरहेको छ भन्ने उदाहरण बनेकी छन् इलाम माङसेबुङकी १९ वर्षीया सुनिला राई । ‘आइ हेट पोलिटिक्स’ भन्ने पुस्ताको प्रतिनिधित्व गर्दै सुनिला नेकपा एमालेको वडा उपाध्यक्ष निर्वाचित भएकी छन् ।

    माङसेबुङ गाउँपालिका वडा नम्बर ३ को एमालेको अधिवेशनबाट स्नातक अध्ययनरत राई उपाध्यक्षमा निर्वाचित भएकी हुन् । बुधबार सम्पन्न भएको अधिवेशनले टनबहादुर साम्बालाई अध्यक्ष चयन गरेको थियो ।

    बुवा समेत एमालेको राजनीतिमा रहेकाले आफू पार्टीमा आकर्षित भएको बताउँदै उनले आउने स्थानीय चुनावमा भने २१ वर्ष उमेर नपुग्ने भएकाले उम्मेदवार बन्न नपाए पनि पार्टी जिताउन खटिने बताइन् ।

    पढाइ र राजनीतिलाई सँगै लैजान सकिने भन्दै उनले युवा पुस्ताले नै अब केपी ओलीले भन्ने गरेको समृद्ध नेपाल,सुखी नेपालीको नारा साकार पार्ने दावी गरिन् ।

  • जुवाखालबाट ६ लाख रुपैयाँसहित कांग्रेस जिल्ला सभापति पक्राउ

    जुवाखालबाट ६ लाख रुपैयाँसहित कांग्रेस जिल्ला सभापति पक्राउ

    काठमाडौं । बौद्धस्थित एक जुवाखालबाट दोलखाका कांग्रेस जिल्ला सभापति वर्मा लामासहितका जुवाडे पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा बिहीबार राति जुवाघरमा छापा मार्दा कांग्रेस नेता समातिएका हुन्। जुवाखालबाट ६ लाख रुपैयाँ पनि बरामद भएको छ ।

    दशैंअघिमात्र जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित लामा २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए भने त्यसअघि मेलुङ गाउँपालिका अध्यक्ष उठेर एमालेका नरबहादुर श्रेष्ठसँग पराजित भएका थिए ।

    लामासहित कांग्रेसका रामेछाप जिल्लाका केही नेता पनि रहेको तर उनीहरु भने भाग्न सफल भएको बताइएको छ । गत वर्ष पनि तिहारको दिन जुवा अखडामा छापा हान्दा कांग्रेस नेता तथा पूर्व गृहराज्यमन्त्री इन्द्र बानिया, तत्कालीन पर्यटन राज्यमन्त्री तथा हाल नेकपा एसका नेता धनवहादुर बुढा भाग्न सफल भएका थिए भने अन्य प्रतिष्ठित व्यवसायीहरु पक्राउ परेका थिए ।

     

  • काठमाडौंमा पुनः डेंगु संक्रमण पुष्टि, सतर्कता अपनाउन विज्ञको सुझाव

    काठमाडौंमा पुनः डेंगु संक्रमण पुष्टि, सतर्कता अपनाउन विज्ञको सुझाव

    काठमाडौं । काठमाडौंमा एक वर्षपछि डेंगुको संक्रमण पुनः देखा परेको छ । काठमाडौंमा डेंगु फैलाउने एडीस जातको लामखुट्टे र उच्च जनघनत्व भएकाले जोखिम बढेको हो । हाल घट्टेकुलो, मैतीदेबी, कोटेश्वर आदि क्षेत्रमा डेंगुका संक्रमितहरु बढेको दखिएको छ ।

    सन् २०१९ मा डेंगुले महामारीको रूप लिंदा काठमाडौँ शहर प्रभावित भएको थियो । डेंगुको डेन–१, २, ३ र ४ गरी चार सेरोटाईपहरु हुन्छन् । नेपालमा डेंगुका चारै सेरोटाईपहरु देखिइसकेको छ ।

    डेंगुको दोश्रो पटक संक्रमण भए त्यसलाई ‘सेकेण्डरी डेंगु इन्फेक्सन’ पनि भनिन्छ । पहिलो डेंगुको सेरोटाईपभन्दा फरक सेरोटाईपले पुनः संक्रमण गरेको भए संक्रमितमा डेंगु झन कडा हुने अनुसन्धानहरुबाट प्रमाणित भइसकेको छ ।

    त्यसैले, काठमाडौंमा सन् २०१९ मा देखिएको डेंगुको सेरोटाईप–२ भन्दा फरक सेरोटाईप (१ वा ३ वा ४) अहिले देखिदै गरेको डेंगुले संक्रमितलाई दोश्रो पटक संक्रमण गरेको रहेछ भने सो व्यक्तिमा डेंगु कडा हुन सक्ने अनुमान गरिएको छ ।

  • आगामी वर्ष महाकवि देवकोटाको जन्मजयन्ती उनकै कुञ्जमा मनाइने

    आगामी वर्ष महाकवि देवकोटाको जन्मजयन्ती उनकै कुञ्जमा मनाइने

    काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आगामी वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती उनकै कुञ्जमा मनाउने योजना बनाएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा रचना वाचन कार्यक्रममा प्राज्ञहरुले देवकोटा कुञ्ज आफ्नो कार्यकालमा सम्पन्न गरिने बताए ।

    प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले देवकोटा राष्ट्रप्रेमी, भाषाप्रेमी, स्रष्टा, अभियानकर्मी र राजनीतिज्ञ भएको उल्लेख गरे । देवकोटा सानैदेखि साहित्य सिर्जनामा लागेको उनले बताए । उनले भने, ‘अरु साहित्यकार शासकप्रति कतै नै कतै ढल्किएको भए पनि देवकोटाले कहिल्यै त्यसो गर्नुभएन ।’

    प्रतिष्ठानका काव्य विभागका प्रमुख हेमनाथ पौड्यालले आफूहरुको अवधि झण्डै एक वर्ष बाँकी रहेको र यही अवधिमा देवकोटा कुञ्ज निर्माण सम्पन्न गरिने बताए । देवकोटा नेपालमा मात्रै नभएर विश्वमा नै प्रख्यात रहेको उनको भनाइ छ । देवकोटाका सबै कुरा संरक्षण गरिने उनले उल्लेख गरे । उनले भने, “कतिपय प्रतिष्ठानको सङ्ग्रहालय र कतिपय सामग्री उहाँको कुञ्जको सङ्ग्रहालयमा सुरक्षित राखिनेछ ।”

    देवकोटाका छोरा प्रा. डा. पद्मप्रसाद देवकोटाले महाकवि देवकोटाका स्मृति सङ्कलन र संरक्षण गर्नु सरकारको जिम्मेवारी भएको उल्लेख गरे । विगतमा परिवारलाई नै संरक्षण गर्न भनिए पनि अहिले प्रतिष्ठान नै कुञ्ज निर्माणमा लागेको उनले बताए । उनले भने, ‘अहिले रहनुभएकाको अवधि सकिँदा निर्माणमा असर नगरोस् ।’

    स्रष्टा प्रा. डा. मोहनप्रसाद खनालले आफूसँग देवकोटाको स्वर सुरक्षित रहेको बताए । अमेरिकाको एउटा सुदूर गाउँमा पुग्दासमेत देवकोटाका कृति र फोटो भेटिएको उनले बताए ।

  • सूचना नदिने पशुपति विकास कोषका निर्देशकलाई जरिवाना

    सूचना नदिने पशुपति विकास कोषका निर्देशकलाई जरिवाना

    काठमाडौं । सूचना उपलब्ध नगराएको भन्दै पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई १५ हजार रुपैयाँ जरिवाना गराइएको छ ।

    सार्वजनिक निकाय पशुपति क्षेत्र विकास कोषका प्रमुख, डा खतिवडाबाट नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा १ र २ ले प्रदान गरेको नेपाली नागरिकको सूचना माग्ने र पाउने हकको उलङ्घन भएको भन्दै उनलाई जरिवाना गरिएको राष्ट्रिय सूचना आयोगले जानकारी दिएको छ ।

    आयोगका प्रवक्ता कमला ओली थापाका अनुसार झापा जिल्ला, बाह्रदशी गाउँपालिका–६, हाल काठमाडौँ निवासी बलबहादुर प्रधानले पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रमुख डा. खतिवडा र सूचना अधिकारीसमक्ष आफूसँग सरोकार भएको सूचनाको माग गरेका थिए ।

    मागअनुसार कोषले सूचना उपलब्ध नगराएकाले सूचना पाउँ भनी आयोगसमक्ष पुनरावेदन गरेकामा सूचना माग कर्ताको पुनरावेदन साथै संलग्न कागजात, विपक्षीबाट प्राप्त लिखित जवाफ तथा यस आयोगबाट भएका पटक–पटकका आदेशकोसमेत बेवास्ता गरेपछि उनलाई जरिवाना गरिएको हो ।

  • आज सुनको मूल्य तोलामा ५०० ले घट्यो

    आज सुनको मूल्य तोलामा ५०० ले घट्यो

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला ५०० रुपैँयाले घटेर ९१ हजार रुपैयाँ तोकिएको छ । बुधबार उक्त सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ रहेकामा बुधबार प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको थियो ।

    महासङ्घका अनुसार आज चाँदीको मूल्य बुधबारका तुलनामा स्थिर छ । चाँदी बुधबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।

  • मधुमेह दिवसमा नर्भिकको हेल्थ प्याकेज घोषणा

    मधुमेह दिवसमा नर्भिकको हेल्थ प्याकेज घोषणा

    काठमाडौं । नर्भिक अस्पतालले विश्व मधुमेह दिवसको अवसरमा एक्सक्लूसिभ हेल्थ प्याकेजको घोषणा गरेको छ ।

    मधुमेहको समस्या न्यूनिकरणका लागि आफ्नो तर्फबाट पनि योगदान गर्न सकियोस् र मधुमेहका संभावित बिरामीहरुलाई स्वास्थ्य जाँचका लागि प्रोत्साहित गर्न सकियोस् भन्ने उद्देश्यले नर्भिकले विशेष प्याकेज घोषणा गरेको हो ।

    मधुमेह जाँचको विशेष प्याकेज विश्व मधुमेह दिवसको दिन सहुलियत दरमा खरीद गर्न सकिने अस्पतालले जनाएको छ ।

    विश्व मधुमेह दिवस नोभेम्बर १४ को दिन पर्छ । सो दिन नर्भिकमा आएर वल्र्ड डायबिटिज डे प्याकेज लिन चाहनेले रु. ६००० तिरे पुग्छ । यो शुल्कमा रेन्डम ब्लड सुगर, एचबीए वानसी, एसजीओटी, एसएसजीपीटी, जी जीटी, यूरिया, क्रेटिनाइन, लिपिड प्रोफाइल, यूरिक एसीड, सीआरपी, इएसआर, र सीबीसी जस्ता परीक्षणहरु हुनेछन् । सामान्य अवस्थामा यी सबै परीक्षण गर्दा १० हजार हाराहारी तिर्नुपर्ने हुन्छ । मधुमेह दिवसको दिन १० हजार हाराहारी पर्ने परीक्षणलाई ६ हजारमा सीमित गरी प्याकेज तयार गरिएको हो ।

    नर्भिकले विश्व मधुमेह दिवसको दिन मधुमेह रोग विशेषज्ञ डा. डिना श्रेष्ठको निःशुल्क कन्सलट्यान्ट सेवा समेत संचालन गर्नेछ । कुनै पनि व्यक्तिको रिपोर्ट असामान्य आएको खण्डमा मात्र डा. श्रेष्ठको कन्सलट्यान्ट सेवा निःशुल्क हुने शर्त राखिएको छ ।

    यसैगरी, नर्भिक अस्पतालले विश्व मधुमेह दिवसको अवसर पारेर हाईब्लड सुगरको संभावित समस्या पत्ता लगाउने उद्देश्यले एचबीए वान सी परीक्षणमा समेत छुटको अफर सार्वजनिक गरेको छ । एचबीए वानसी तीन महिनाको सुगर लेभल जाँच गर्ने परीक्षण विधि हो । यो परीक्षण गर्दा लाग्ने शुल्कमा पनि नर्भिकले २५ प्रतिशत छुटको घोषणा समेत गरेको छ ।

  • कागेश्वरीको कागको मूर्तिमा पूजा गरिँदै

    कागेश्वरीको कागको मूर्तिमा पूजा गरिँदै

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाममा रहेको कागको अष्टधातुको मूर्तिमा काग तिहारका अवसरमा विशेष पूजा आराधना गरिएको छ ।

    काग तिहारका अवसरमा कागेश्वरी धामको कागको मूर्तिमा पूजा आराधना गरेमा मनोकामना पूरा हुने, यमदूतका रूपमा कागले परलोकमा पनि सहयोग गर्ने, कागस्पर्शजनित दोषबाट समेत मुक्ति पाइने धार्मिक विश्वास छ । धाममा संविधानसभा सदस्य रामेश्वर फुयाँलको नेतृत्वमा अष्टधातुको कागको मूर्ति बनाई स्थापना गरिएको छ ।

    मन्दिर परिसरमा हाल २२७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण सम्पन्न भएको हाल बागमती प्रदेशसभा सदस्यसमेत रहेका फुयाँलले बताए ।

    एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेको जनाइएको छ । विसं २०७२ मा तत्कालीन संविधानसभा सदस्य एवं हाल बागमती प्रदेशसभा सदस्य फुयाँलको अग्रसरतामा यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते महोत्सवसमेत सुरुआत गरिएको छ ।

    यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा भाद्र शुक्ल अष्टमीका दिनमा पनि मेला लाग्ने गर्छ ।

    यसैगरी बुधबार काग तिहारका अवसरमा पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिर र हनुमानढोका दरबार क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पनि पूजा आराधना गरिएको जनाइएको छ ।

  • बार्सिलोनाको प्रतिनिधिमण्डल जाभीसँग वार्ता गर्न कतार जाँदै

    बार्सिलोनाको प्रतिनिधिमण्डल जाभीसँग वार्ता गर्न कतार जाँदै

    काठमाडौं । बार्सिलोनाका पधादिकारिहरु जाभीसँग क्लबमा खाली मुख्य प्रशिक्षकको पदका लागि वार्ता गर्न कतार गएका छन् ।

    गत बुधबार रायो भाल्लेकानोसँग १-० गोलको नतिजामा र तीन दिन अघि एल क्लसिकोमा २–१ ले पराजित भएपछि बर्खास्त गरिएका प्रशिक्षक रोनाल्ड कोएम्यानको ठाउँमा नयाँ प्रशिक्षक भित्र्याउन बार्सिलोना अझै लागि परि रहेको छ ।

    एथलेटिक्सका अनुसार क्लबका उपाध्यक्ष र खेल निर्देशक कतारमा रहेका जाभीलाई भेट्न जाँदैछन् । तर अध्यक्ष जोन लापोर्टा भने स्पेनमै बसेका छन् ।
    ‘म अल सादसँगको मेरो काममा केन्द्रित छु र म अरु कहीको बारेमा कुरा गर्न चाहान्न ।’ अल सादको प्रेस कन्फ्रेन्समा बार्सिलोनामा प्रशिक्षकको खाली पदको बारेमा बोल्दै जाभीले भनेका थिए ।

    अल सदाले यसै बीच ट्वीटरमा पोष्ट गरेको थियो ‘हालै प्रसारित भएकोे प्रतिक्रियामा, अल सदा ब्यावस्थापनले जाभीसँग दुई वर्षको सम्झौता गरेको छ । र, जाभी लिगको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राख्न र उपाधी रक्षाका लागि टोलीको आगामी खेलहरुमा पूर्ण रुपमा केन्द्रीत छन् ।’

    जाभिले बार्सामा रहँदा ७ सय खेल खेल्दै १ सय ८४ असिस्ट र ८५ गोल गरेका थिए ।

    उनले २०१४ मा स्पेनिस क्लब बार्सिलोना छोडेर कतारको अल सादमा आबद्ध भए र त्याही सकिृय खेल जिबन बाट सन्यास लिए । जाभि अल सादको प्रशिक्षक भएपछि क्लबलाई सात वटा घरेलु ट्रफी जिताए ।

  • नेकपा एस निकट समाजवादी प्रेस संगठनले तोक्यो प्रदेश पदाधिकारी (सूचीसहित)

    नेकपा एस निकट समाजवादी प्रेस संगठनले तोक्यो प्रदेश पदाधिकारी (सूचीसहित)

    काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट पत्रकारहरुको संगठन समाजवादी प्रेस संगठनले प्रदेश कमिटीहरु गठन गर्दै राष्ट्रिय भेलाबाट केन्द्रीय समिति घोषणा गर्ने जनाएको छ ।

    संगठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठले सर्कुलर जारी गर्दै सातै प्रदेशसहित उपत्यका र प्रतिष्ठान तथा एशोसियटका पदाधिकारीको टुंगो लगाएका हुन् ।

    संगठनले पुस ५ गते राष्ट्रिय भेला गर्ने र त्यसले १५१ सदस्यीय केन्द्रीय कमिटी र पदाधिकारी चयन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको पुस ५ लाई कालो दिनका रुपमा मनाउँदै भेला आयोजना गर्न लागिएको उल्लेख छ ।

    समाजवादी प्रेस संगठनको अध्यक्षबाहेक अरु पदाधिकारी अहिलेसम्म चयन भएका छैनन् । संगठनको इन्चार्जमा नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ अतिवडा छन् ।
    नवगठित प्रदेश कमिटीका पदाधिकारी यस प्रकार छन् ।

    प्रदेश १
    १. इञ्चार्ज तीर्थराज सिग्देल, झापा
    २. सहइञ्चार्ज रत्नप्रसाद आचार्य, सुनसरी
    ३. सहइञ्चार्ज बुद्धवीर बाहिङ राई, सोलुखुम्बु
    ४. सहइञ्चार्ज शिव ढुंगाना, ओखलढुंगा
    ५. संयोजक बन्धु पोखरेल, मोरङ
    ६. सचिव भोला प्रधान श्रेष्ठ, सुनसरी

    प्रदेश २

    १. इञ्चार्ज प्रकाश खतिवडा, सप्तरी
    २. संयोजक बृजलाल पासवान, पर्सा

    बागमती प्रदेश

    १. इञ्चार्ज नवराज छत्कुली, धादिङ
    २. सहइञ्चार्ज राजन दाहाल, मकवानपुर
    ३. सहइञ्चार्ज मधुकर लुइँटेल, काठमाडौं
    ४. संयोजक ध्रुव रायमाझी, काभ्रे
    ५. सहसंयोजक मोहन रिजाल, दोलखा
    ६. सचिव भोलाराज पौडेल, नुवाकोट

    गण्डकी प्रदेश

    १. इञ्चार्ज श्रीराम सिग्देल, कास्की
    २. संयोजक गणेश पौडेल, पर्वत
    ३. सहसंयोजक कृपा भण्डारी, कास्की
    ४. सहसंयोजक खगेन्द्र पराजुली, नवलपुर

    लुम्बिनी प्रदेश

    १. इञ्चार्ज विकास बञ्जाडे, कपिलबस्तु
    २. संयोजक शिवलाल सुवेदी, गुल्मी
    ३. सचिव विजयसिंह भारती, प्यूठान

    कर्णाली प्रदेश

    १. इञ्चार्ज दुर्गा थापा, सुर्खेत
    २. सहइञ्चार्ज जीवन सेजुवाल, मुगु
    ३. संयोजक यज्ञराज थापा, दैलेख

    सुदूरपश्चिम प्रदेश

    १. इञ्चार्ज राजेन्द्र कुँवर, अछाम
    २. सहइञ्चार्ज मीन ठकुरी, कैलाली
    ३. सहइञ्चार्ज हरि जोशी, कैलाली
    ४. संयोजक नरेन्द्र भट्ट, बैतडी

    उपत्यका प्रदेश

    १. इञ्चार्ज शन्तराम बिडारी, काठमाडौं
    २. सहइञ्चार्ज टिबी विरही, काठमाडौं
    ३. संयोजक सविन शर्मा, ललितपुर
    ४. सचिव आशिष गुरागाईं, काठमाडौं

    प्रतिष्ठान प्रदेश

    १. इञ्चार्ज नरेश न्यौपाने, Janata Samachar
    २. संयोजक रामकुमार शाही, nepallive.com
    ३. सहसंयोजक देवीप्रसाद सापकोटा, NTV
    ४. सचिव धनवीर दाहाल, NTV

    एसोसिएट्स प्रदेश

    १. इञ्चार्ज तेजप्रसाद वाग्ले
    २. सहइञ्चार्ज निर्मल अधिकारी
    ३. संयोजक नारायण पौडेल
    ४. सचिव अफरोज मन्सुर

  • एमालेले महाधिवेशनमा चन्दा नमाग्ने, कसरी व्यवस्थापन गर्छ खर्च ?

    एमालेले महाधिवेशनमा चन्दा नमाग्ने, कसरी व्यवस्थापन गर्छ खर्च ?

    काठमाडौं। नेकपा (एमाले)ले चितवनमा गर्न गइरहेको १० औं महाधिवेशनमा चन्दा नउठाउने भएको छ। यद्यपि स्थानीय कमिटीले नै यातयात खर्च व्यर्होनु पर्ने भएकाले केन्द्रको अनुमतिमा उनीहरुले संकलन गर्न सक्ने एमाले सचिव योगश भट्टराई बताउँछन् ।

    ‘यस पटकको महाधिवेशनमा हामीले सार्वजनिक ढंगले चन्दा आह्वान गरेका छैनौं, महाधिवशेनबारे जानकारी दिन बुधबार राजधानीमा गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘तर स्थानीय पार्टी कमिटीले त्यो काम केन्द्रको अनुमतिमा गर्न सक्छन् ।’

    ‘यातायात खर्चदेखि कतिपय खर्च स्थानीय कमिटीले जुटाउनुपर्ने भएकाले उनीहरुले त्यो गर्न सक्छन् । तर, त्यसको निम्ति केन्द्रीय कार्यालयसँग, केन्द्रीय आर्थिक विभागसँग पूर्व अनुमति लिनुपर्छ,’ भट्टराईले थपे । उनका अनुसार स्थानीय कमिटीले खर्च जुटाउन स्वेच्छिक ढंगले सहयोगका लागि कार्यकर्तामा आह्वान गर्न सक्छन्।

    आन्तरिक स्रोतमै भर

    पार्टीको संगठित सदस्यहरुबाट उठ्ने रकम र महाधिवेशन प्रतिनिधिहरुबाट उठाने रकम नै मुख्य स्रोत हुने भट्टराईको भनाइ छ । ‘यो पटक हाम्रो पार्टीको संगठित सदस्यता शुल्क र नवीकरण शुल्क नै मुख्य स्रोत हुन,’ उनको भनाइ छ, ‘त्यो बाहेक पनि एमालेले वार्षिक करोडौं रुपैयाँ कोषमा जम्मा गर्छ ।’

    एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार संगठित सदस्य हुनेहरुले पार्टीलाई मासिक २५ रुपैयाँ तिनुपर्ने हुन्छ । त्यसमध्य ५ रुपैयाँ सिधै केन्द्रमा आउँछ । बाँकी रहेको २० रुपैयाँको पनि ४० प्रतिशत केन्द्रमा आउँछ र बाँकी ६० प्रतिशत स्थानीय, जिल्ला र प्रदेश कमिटीबीच २० प्रशितका हिसाबले बाँडिन्छ ।

    कति उठ्छ पैसा

    एमालेले केन्द्रीय कमिटी सदस्य र केन्द्रीय निकायबाट स्वतः महाधिवेशन प्रतिनिधि बन्नेबाट प्रतिव्यक्ति तीन हजार उठाउने छ। एमालेको १० औं महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि हुने छ । जसमध्य २ सय ६२ जना स्वतः प्रतिनिधि हुनेछन् । उनीहरुबाट ७ लाख ८६ हजार रुपैयाँ उठ्ने छ।

    त्यस्तै अन्य निर्वाचित भएर आउने १ हजार ७ सय ३७ महाधिवेशन प्रतिनिधिले प्रतिव्यक्ति दुई हजार शुल्क तिनुपर्ने छ । जसबाट ३४ लाख ७४ हजार रुपैयाँ उठ्ने छ।

    एमालेले आफ्ना ७ लाख २१ हजार संगठित सदस्य रहेको बताएको छ। प्रति सदस्य २५ रुपैयाँका दरले मासिक १ करोड ८० लाख २५ हजार रुपैयाँ उठ्छ।

     

  • राखेपको सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन

    राखेपको सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन

    काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरीएको हो ।

    राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाणगंगा १, पिपरा कपिल्वस्तु) र हरिबहादुर श्रेष्ठ काठमाडौं नगरपालिका १३, ताहचल सदस्य रहने गरी समिति गठन गरीएको हो ।

    यसअघि मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले अर्को ब्यवस्था नहुदासम्मकोलागि मन्त्रालयका सहसचिव विष्णुराज ढकाललाई राखेपको निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको थियो ।

     

  • नेपाल प्रेसको आँगनमा चर्चित कलाकारहरुको देउसी-भैलो, हेर्नूस् ४० तस्बिर

    नेपाल प्रेसको आँगनमा चर्चित कलाकारहरुको देउसी-भैलो, हेर्नूस् ४० तस्बिर

    काठमाडौं । कोरोनाका कारण गत वर्ष चाडवाडहरु खल्लो भए । यसपाली भने कोरोनाको प्रभाव मत्थर हुँदै गएकाले दशैं र तिहारको माहोल उल्लासमय बनेको छ । यही माहोलमा रौनक थप्न नेपाल प्रेसले देउसी–भैलोसहितको सांस्कृतिक कार्यक्रम मंगलबार साँझ आयोजना गर्‍यो ।

    देशका चर्चित कलाकारहरुले नेपाल प्रेसको मिनभवनस्थित प्रधान कार्यालयको प्रांगणमा देउसी–भैलो खेलेका थिए । कलाकार टोलीको नेतृत्व गरेका थिए प्रख्यात लोकगायक बद्री पंगेनीले । उनले देउसी भट्याए भने अन्य कलाकारहरुले साथ थिए ।

    कार्यक्रममा कलाकारहरुले विभिन्न गीत-संगीत, नृत्य तथा कमेडीसमेतको प्याकेज प्रस्तुत गरेका थिए । हास्यव्यंग्य कलाकार राजा राजेन्द्रले नेताहरुको क्यारिकेचरसहित प्यारोडी देउसी खेलेर पेट मिचिमिची हँसाए । उनको प्रस्तुतिमा राजनीतिक घोचेपेचका साथै सामाजिक सञ्जालमा भाइरल भएका विषयवस्तु पनि समावेश थिए ।

    कार्यक्रममा अहिलेका चर्चित गायिकाहरु एञ्जिला रेग्मी, अनिता चलाउने, सिर्जु अधिकारी, डिजराज पौडेल र सुरेश रावलले विभिन्न गीतसंगीत प्रस्तुत गरेका थिए । यसैगरी नृत्यांगना कविता नेपालीको कार्यक्रमको बेल्ली डान्स विशेष आकर्षण बन्यो ।

    कार्यक्रमको अन्त्यमा बद्री पंगेनी शिला आले र सिर्जु अधिकारीले दोहोरी गाएर कार्यक्रमलाई थप रमाइलो बनाए । कार्यक्रममा नेपाल प्रेसका संस्थापक निर्देशक ध्रुव शर्मा र प्रधान सम्पादक मात्रिका पौडेलले तिहारको शुभकामनासहित कलाकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।






  • आजदेखि यमपञ्चक सुरु, घर घरमा यमदीपदान

    आजदेखि यमपञ्चक सुरु, घर घरमा यमदीपदान

    काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहारअर्थात् यमपञ्चक सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ ।

    यमदीपदान परिवार सदस्य संख्याका आधारमा प्रत्येकको छुट्टाछुट्टै दिनुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । यमदीपदान सुरु भएसँगै आजैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिएको छ । तिहारलाई दीपको पर्व पनि भनिन्छ । यो नेपालीको दोस्रो ठूलो चाड हो ।

    यमदीपदान गरी आज शुरु भएको तिहारको दोस्रो दिन बुधबार काग र कुकुरको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ । बिहीबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ । चौँथो दिन गाई, गोरु, गोवद्र्धन पूजा गरिन्छ । पाँचौँ दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि पाँच दिन लामो तिहार पर्व समापन हुन्छ ।

    मनाइयो धनवन्तरी जयन्ती

    यसैबीच आज धनवन्तरी जयन्ती मनाइएको छ । वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती मनाइएको हो ।

    देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।

    आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९८५ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रुपमा सञ्चालनमा थियो ।

    आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको हो । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधीको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

    धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड।, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाइँदैछ । कोरोना भाइरसको सङ्क्रमणका कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर कार्यक्रम आयोजना गरिएको छ । वैद्यखाना विकास समितिमा पूजाआराधना गरी आन्तरिकरुपमा कार्यक्रम गरिएको छ ।

    नयाँ भाडा किनेर मनाइयो धनतेरस

    यसैगरी कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ । यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन समेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।

    आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको थियो । गत वर्षजस्तो कोरोना त्रास नभएकाले पनि यस वर्ष भाण्ड त्रयोदशीका अवसरमा भाडा पसलमा भीड लागेको हो । भाडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाडा आकर्षक रुपमा साजसज्जा गरी राख्ने गरिन्छ ।

    रासस

  • विप्लवको दावी : प्रधान न्यायाधीशकै आँगनमा न्यायाधीशबीच कुटाकुट भए आश्चर्य नमानौं

    विप्लवको दावी : प्रधान न्यायाधीशकै आँगनमा न्यायाधीशबीच कुटाकुट भए आश्चर्य नमानौं

    घोराही । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताबाट टाढा जाँदा माओवादी आन्दोलनमा बिचलन आएको टिप्पणी गरेका छन् ।

    विप्लव नेतृत्वको नेकपा निकट युवक संगठन नेपालको चौथो रास्ट्रिय सम्मेलनलाई शुक्रबार दाङको घोराहीमा उद्घाटन गर्दै प्रचण्ड, बादल र बाबुरामले मुक्तिको सपना भरिदिँदा जनयुद्धमा हाम फालेको स्मरण गरे ।

    उनले सपनाबाट बिचलन हुँदा जनताकोबीचबाट माओबादी आन्दोलन कमजोर बनेको उल्लेख गरे । पूर्व माओवादी मात्र नभएर समग्र कम्युनिष्ट विचारधाराहरुको ध्रुविकरण जरुरी भएको उनले बताए ।

    फरक प्रसङ्गमा उनले प्रधानन्यायधीश चोलेन्द्र शमसेर राणाको आँगनमा कुटाकुटले मुलुक असफल भइसकेको बताए । उनले कुनैदिन न्यायाधीशबिच नै कुटाकुट भएको खबर सुन्नुपर्ने अवस्था आएमा कुनै आश्चर्य नमान्ने बताए ।

     

  • शनिबार ३७२ जना कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

    शनिबार ३७२ जना कोभिड बिरामी थपिए, ११ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा थप ३७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,३१६ पीसीआर परीक्षणमा २९७ जना र २,५९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९,५२६ जना रहेका छन् ।

    हालसम्म ७ लाख ९१ हजार २६९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३९९ पुगेको छ।

  • विप्लव समूहका नेता कार्यकर्ता रिहाइको पहल भइरहेको कार्यबाहक प्रधानमन्त्री खाँणको भनाइ

    विप्लव समूहका नेता कार्यकर्ता रिहाइको पहल भइरहेको कार्यबाहक प्रधानमन्त्री खाँणको भनाइ

    काठमाडौं । कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् ।

    गृहमन्त्री समेत रहेका खाँणले मुद्धा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्धा फिर्ता लिने प्रक्रिया कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे ।

    खाँणले पार्टीका एउटै बन्दीलाई ६/७ वटासम्म मुद्धा लागेको पाइएको उल्लेख गर्दै उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भईरहेको जानकारी समेत दिए । उनले सो पार्टीको मुद्धा लागेका, बन्दी जीवन बिताईरहेकाहरुको संख्या एकीन गर्ने काम सरकारले गरिरहेको बताए । सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिबद्ध रहेको कार्यबहाक प्रधानमन्त्री खाँणको भनाई थियो ।

    उनले भने, ‘मुद्धा लागेकाहरुलाई चाँही कानुनी प्रक्रियाबाटै त्यो मुद्धा टुंगियोस्, फिर्ता लिन सकियोस् र बन्दीहरु पनि प्रक्रियागत रुपमै मुक्त हुन् भन्ने हाम्रो चाहना छ । त्यसका लागि अहिले गृहकार्य भएको छ । एट्टोर्नी जनरलको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा उहाँहरु कति जना बन्दी हुनुहुन्छ ? उहाँहरुलाई पनि हामीले भनेका छौं– कानुनी अवस्था कस्तो छ, कति जना हुनुहुन्छ ? कहाँकहाँ हुनुहुन्छ ? त्यसको बारेमा अब स्पेसिफिक रुपमा छलफल गरौं । एउटै व्यक्तिलाई ६ वटा, ७ वटा मुद्धा पनि छ । कुनै ठाउँमा घटना हुन्छ, त्यसैको नाममा अनेकौंको नाम जोडिएको हुन्छ । यसले गर्दा बन्दी भन्दा मुद्धा धेरै रहेछ । त्यसलाई हामीले अब कसरी सम्बोधन गर्ने भन्नेमै छलफलमा छौ । सरकार सबै राजनीतिक पार्टीहरुसँग संवाद गर्ने, छलफल गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएरै शान्ति स्थापना गर्न प्रतिबद्ध छ ।’

    खाँणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने काममा सरकारले राजनीतिक दलहरुसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिईरहेको बताए ।

  • लुम्बिनीका मुख्यमन्त्रीको अर्को विवादास्पद निर्णय : माओवादी निकटका घिमिरेलाई तेहेरो सुविधा दिँदै प्राधिकरणमा नियुक्ति

    लुम्बिनीका मुख्यमन्त्रीको अर्को विवादास्पद निर्णय : माओवादी निकटका घिमिरेलाई तेहेरो सुविधा दिँदै प्राधिकरणमा नियुक्ति

    रुपन्देही । साउन २८ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले गरेको एकपछि अर्को निर्णय विवादमा पर्दै गएको छ ।

    मध्यपश्चिम विश्वविद्यालयका डीनमा कार्यरत रही ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादक कम्पनीको म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) पदमा अनन्तराम घिमिरेलाई प्रदेश सरकारको पूर्वाधार विकास प्राधिकरणको कार्यकारी अधिकृतमा नियुक्ति गरेपछि अर्को विवाद बाहिर आएको हो ।

    केही दिनअघि आफू निकटका व्यक्तिलाई रकम बाँडेको सत्ता गठबन्धनबाटै आलोचना खेपेका मुख्यमन्त्री केसीले यसअघि नै विवादित बनेका व्यक्तिलाई प्राधिकरणको जिम्मा दिएका हुन् ।

    प्राधिकरणको प्रमुखमा नियुक्त भएका अनन्तराज घिमिरे यसअघि नै नियुक्तिको विषयमा विवादित बनिसेका छन् ।

    माओवादी निकट भएकै कारण कानून विपरीत घिमिरेलाई तेहेरो सुविधा प्राप्त हुनेगरी सरकारले नियुक्ति गरेपछि आलोचना सुरु भएको छ । यसअघि नै विद्युत कम्पनीले विश्वविद्यालयको डिनको रुपमा रहेको व्यक्तिले दोहोरो सुविधा लिन नमिल्ने भन्दै काम गर्न रोक लगाएको थियो ।

    राजनीतिक आडमा उनले पुनः पूर्वाधार विकास प्राधिकरणमा नियुक्ति लिएका छन् । सहप्राध्यापक घिमिरेले एकवर्षे अध्ययन बिदा लिएर चार वर्षे अवधि रहने विद्युत कम्पनीको (प्रबन्ध निर्देशक) तथा पूर्वाधार विकास प्राधिकरणको प्रमुख पदमा नियुक्ति लिएका हुन् । सुर्खेत सहकर्मी शेरबहादुर थापाका अनुसार उनी मध्यपश्चिम विश्वविद्यालयको डिन पदमा छन् ।

    उनलाई २०७७ मंसिर २५ गतेदेखि लागू हुने गरी विश्वविद्यालयले एक वर्षका लागि अध्ययन बिदा स्वीकृत गरिदिएको थियो । सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ केन्द्रीय क्याम्पसको सहप्राध्यापक घिमिरेले मलेसियाको लिंकन विश्वविद्यालयबाट पीएचडी (विद्यावारिधि) गर्ने भनेर बिदा लिएका थिए । डीन घिमिरेले यसरी नियम विपरित दोहोरो सुविधा उपभोग गरेको थाहा पाएपछि विद्युत कम्पनीले काम गर्न रोक लगाएको थियो । कम्पनीको सञ्चालक समितिको गत साउन ५ गतेको बैठकले उनलाई काम गर्न रोक लगाएको थियो ।

    केही समय नेकपा माओवादी नेतृ तथा हालका ऊर्जामन्त्री पम्फा भुसालको सचिवालयमा समेत रहेर काम गरेका घिमिरेलाई नियम विपरित सरकारले राजनीतिक नियुक्ति दिएको छ । यस विषयमा कुरा गर्दा आफू १०/१२ दिन अघि मात्रै पूर्वाधार विकास प्राधिकरणको प्रमुखमा नियुक्त भएको घिमिरेले स्वीकार गरेका छन् । आफूले विश्वविद्यालय र विद्युत कम्पनीमा समेत काम गरेको बताएका उनले कानूनी प्रश्नगर्दा भने विद्युत कम्पनी र विश्वविद्यालयबाट राजीनामा दिइसकेको बताए ।

  • ‘बडो क्लियर हुनुहोला अर्ली इलेक्सन हुँदैन, प्रधान न्यायाधीशबारे गठबन्धनको साझा धारणा आउँछ’ (भिडिओ)

    ‘बडो क्लियर हुनुहोला अर्ली इलेक्सन हुँदैन, प्रधान न्यायाधीशबारे गठबन्धनको साझा धारणा आउँछ’ (भिडिओ)

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनले प्रधान न्यायाधीशको राजीनामा र महाअभियोगका सम्बन्धमा सत्ता गठबन्धनले सामुहिक धारणा बनाउने प्रष्ट पारेका छन् ।

    अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाई भएको बताए ।

    शनिबार जनकपुरमा विमानस्थलमा प्रचण्डले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरुले दृष्टिकोण बाहिर ल्याउने समेत बताए ।

    उनले भने, ‘काठमाडौंमा अहिले नेताहरु कोहि कता, कोही कता भएको हुनाले हामीले बैठक बस्न १/२ दिन ढिला भएको छ । बैठक बस्ने वित्तिकै हामी आफ्नो धारणा बाहिर ल्याउँछौं । यसलाई समाधान गर्ने दृष्टिकोणले नै हामी हल गर्छौं । गठबन्धन स्मुथ्ली चलिराख्या छ । कुनै विवाद राजनीतिक वा अन्य विवाद आएको छैन ।’

    अध्यक्ष प्रचण्डले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताउ । संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उनको दावी छ ।

    अध्यक्ष प्रचण्डले भने, ‘अर्ली इलेक्सन हुँदैन । बडो क्लियर हुनुहोला । अर्ली इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन । दोस्रो कुरा सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्ली ईलेक्सन हुँदैन । कोही कन्फ्युज हुनु पर्दैन ।’

    प्रचण्डले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लड्ने सैद्धान्तिक सहमति भईसकेको जानकारी दिए ।

     

  • सरकारले मिडिया चलाउनुहुँदैन : मुख्यमन्त्री पाण्डे

    सरकारले मिडिया चलाउनुहुँदैन : मुख्यमन्त्री पाण्डे

    चितवन । नेपाल पत्रकार महासंघ वागमती प्रदेशको प्रादेशिक सम्मेलन सौराहामा सुरु भएको छ । सम्मेलनको आज वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका छन् ।

    सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले सरकारले मिडिया चलाउन नहुने बताएका छन् । तत्कालीन प्रदेश मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सरकारले प्रदेश स्तरीय मिडिया सेन्टर बनाउन खोजेपछि आलोचना भएको थियो ।

    ‘सञ्चार माध्यम प्रदेशले चलाउने गरि १० करोड पनि राखियो, त्यसको व्यापक विरोध पनि भयो, हामीले पनि प्रतिवाद गर्यौ’, उनले भने, ‘राम्रो काम गरेपछि मिडियाले नराम्रो भनेर लेख्न मिल्दैन, मिडिया राज्यले सञ्चालन गरिरहनुपर्दैन ।’ उनले फ्रिज भएर बसेर १० करोड बजेटलाई पत्रकार महासंघसँग छलफल गरेरै ठिक काममा लगाउने प्रतिबद्धता जनाए ।

    उनले चितवनमा आमसञ्चार प्रतिष्ठान र हेटौंडामा पत्रकारहरुको प्रदेशस्तरिय कार्यालय बनाउन केन्द्रसम्म पहल गर्ने बताए । उनले राज्यव्यवस्था सिध्याउनुपर्छ भनेर लेख्नेहरुलाई माया नगर्ने अभिव्यक्ति दिए । ‘संघीयता, संविधान, समावेशीता, लोकतन्त्र विरोधी हुनुभयो भने तपाईहरुलाई माया हुँदैन’, उनले भने, ‘राजनीतिक स्थिरता कायम गर्न भूमिका खेल्नुहोस् ।’ उनले प्रदेशभित्रका हरेका १ सय १९ पालिकामा रहेका लोपोन्मुख, सिमान्तकृत र दलित समुदाय मध्येबाट एसईई पछि ३ वर्षे प्राविधिक कोर्स निशुल्क पढाउने गरि निर्णय भएको बताए ।

    उनले एकल पार्टीको बहुमत सरकारमा नभएकाले साझा विचार बोकेरै सरकारले काम गर्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासंघ प्रेस स्वतन्त्रताको पक्षमा सदैव अडिग रहने बताए । सञ्चार नीति बनाउदा अंकुश लगाउने प्रयास भैरहेकाले खबरदारी गर्न आग्रह गरे ।

    वागमती प्रेस कार्यालयका प्रेस रजिस्ट्रार रेवती सापकोटाले पत्रकारको क्षमता अभिवृद्धि गर्ने कामलाई जोड दिनुपर्ने बताए । नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकारहरुका समस्या सम्बोधन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्ने बताए । पत्रकार महासंघ बागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप विष्टले चितवनमा आमसञ्चार प्रतिष्ठान बनाउन पहल गर्नुपर्ने बताए। विगतमा सञ्चार क्षेत्रमा उपेक्षा पर्यो, उनले भने–अब पत्रकारलाई पेन्सन र सुत्केरी भत्ता दिने व्यवस्था पनि गरौं, मिडिया क्षेत्रको वृद्धि विकासमा प्रदेश सरकार लाग्नुपर्छ ।

    प्रेस सेन्टर नेपाल वागमती प्रदेशका संयोजक लक्ष्मण खड्काले श्रमजीविले भोग्दै आएका समस्या र संकट समाधान गर्न लागिपर्न सुझाए । प्रेस चौतारी नेपाल वागमती प्रदेशका सहसंयोजक शिशिर सिंखडाले पत्रकार हक हित, सुरक्षाकालागि विशेष चासो दिनुपर्ने बताए । कम्तिमा पत्रकार परिचयपत्र जिल्ला तहबाटै बनाउने वातावरण बनाउन आग्रह गरे ।

    महासंघका प्रदेश अध्यक्ष शिव देवकोटाले सम्मेलनबाट १० जिल्लाको सुझाव संकलन गरेर ३ वर्षिय कार्ययोजना बनाइने बताए । पेशागत समस्या समाधानबारे सम्मेलन केन्द्रीत हुने बताए । उनले १० करोड बजेट विनियोजन गरेर स्वरोजगार मिडिया प्रवर्द्धन गर्न मुख्यमन्त्रीसँग माग गरे । पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले आमसञ्चार प्रतिष्ठान र तालिम केन्द्र चितवनमा बनाउन सहयोग गर्न आग्रह गरे । सम्मेलनमा प्रदेश अन्तर्गतका १० जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्ष र प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु सहभागी भएका छन् । सम्मेलन आइतबार सकिनेछ ।

  • कपनमा वडा १२ स्तरीय ब्याडमिन्टन सुरु

    कपनमा वडा १२ स्तरीय ब्याडमिन्टन सुरु

    काठमाडौं । नागेश्वरी युवा क्लबको आयोजनामा बुढानीलकण्ठ नगरपालिका वडा १२ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

    कपनको फैकास्थित हिमाल ब्याडमिन्टन हलमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा पुरुष सिंगल्स र डबल्स स्पर्धा समावेश गरिएको प्रतियोगिता संयोजक प्रजापति दाहालले जनाएका छन् । सिंगल्समा १० र डबल्समा १७ जोडी सहभागी छन् ।

    बूढानीलकण्ठ नगरपालिका वडा १२ कार्यालय मुख्य प्रायोजक रहेको प्रतियोगितामा सिंगल्सतर्फ पहिलो हुनेले ८ हजार र दोश्रोले ४ हजार नगद पुरस्कार पाउने छन् । डबल्सका विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको वडा १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराईले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिता सोमबारसम्म चल्ने छ ।

  • सभामुखप्रति ओलीको टिप्पणी : संसदीय प्रणालीका कलंक अब सिन्धुपाल्चोकबाट जितेर आउन पाउँछन् ? (भिडिओ)

    सभामुखप्रति ओलीको टिप्पणी : संसदीय प्रणालीका कलंक अब सिन्धुपाल्चोकबाट जितेर आउन पाउँछन् ? (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नी प्रसाद सपकोटा संसदीय प्रणालीको लागि कलंक भएको भन्दै अब सिन्धुपाल्चोकबाटै सिंहदरबारको ढोका बन्द गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्कमा मञ्चको भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुखमाथि पदीय गरिमा र संवैधानिक दायित्व बिर्सेर प्रचण्डको धक्का र महाविपत्तिको लाइनमा उभिएको आरोप लगाए ।

    ओलीले भने– अग्नी सापकोटा जस्ता संसदीय प्रणालीका कलंक अब सिन्धुपाल्चोकबाट जितेर संसदमा पाइला टेक्न पाउछन् ? कुनै हालतमा हुँदैन । एमालेविरुद्ध निर्लज्ज षडयन्त्र गर्ने र पार्टी फुटाउन मतियारी गर्ने, संवैधानिक परिषद्का बैठकमा अनुपस्थित हुने यस्ता व्यक्ति ।

    अध्यक्ष ओलीले प्रचण्डको नीति नै धक्का, छलाङ र महाविपत्ति रहेको भन्दै ओलीले एमालेमा ल्याएर सुधार्न सकिन्छ कि भन्दा आफू असफल भएको बताए । प्रचण्डले एमालेलाई धक्का दिएर माओवादी केन्द्रमा फर्किए पनि अब चुनावमा महाविपत्ति देखिने ओलीको दावी छ ।

  • लिलेविरुद्ध पछि परेको पीएसजीले मेसीलाई पहिलो हाफमै किन निकाल्यो ?

    लिलेविरुद्ध पछि परेको पीएसजीले मेसीलाई पहिलो हाफमै किन निकाल्यो ?

    काठमाडौं । शुक्रबार राति भएको पेरिस सेन्ट जर्मन(पीएसजी) र लिले बिचको खेलमा पीएसजीका मुख्य प्रशिक्षक एउरिसिओ पोचेटिनोले लियोनेल मेसीलाई हाफ टाइममा प्रतिस्थापन गरेका थिए ।

    पीएसजीको घरेलु मैदानमा भएको खेलमा जोनाथान डेभिडको गोलमा लिलेले पहिलो हाफमा अग्रता कायम गरिसकेको थियो । किलेन एम्बाप्पे नाक, कान, घाँटीको इन्फेक्सनका कारण उपचारका क्रममा रहेकाले मैदान बाहिर थिए ।

    मेसीले एनजेल डि मारिया र नेइमारसँगै फ्रन्टलाइनबाट खेल सुरुआत गरेका थिए । तर, पीएसजीले पहिलो हाफ अगाडी प्रभावकरी आक्रमण गर्न सकेको थिएन ।

    लिक्यूपका अनुसार, अर्जेन्टीनी स्टार खेलाडी मेसी केही दिनदेखी मसलको समयाले ग्रसित रहेकाले पाचेटिनोले उनको ठाउँमा माउरिको इकाडीलाई खेलाएका थिए ।

    मेसीले उनको टिममेट हरुसँग तालमेल मिलाएर पहिलो हाफ सकिनै लाग्दा लिलेको पेनाल्टी बक्स नजिकै बाट प्रहार गरेको फ्रि-किक फ्रेममा परेको थिएन ।

  • ‘चुच्चे नक्सा छाप्दा प्रचण्ड-माधवको छाती चिरियो, कम्फरटेबल सरकार बनाउछौं भन्दै लम्पसार परे’

    ‘चुच्चे नक्सा छाप्दा प्रचण्ड-माधवको छाती चिरियो, कम्फरटेबल सरकार बनाउछौं भन्दै लम्पसार परे’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा समेटेर आफ्नो सरकारले देशको नक्सा जारी गरेपछि आफूविरुद्ध प्रचण्ड–माधवले कांग्रेस र विदेशीसँग साँठगाँठ थालेको दावी गरेका छन् ।

    एमाले सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्सा जारी गर्दा भारतसँग सम्बन्ध बिगार्यो भनेर आफूमाथि आरोप लगाइएको बताए । उनले ती व्यक्तिहरुमा लेण्डुप दोर्जे मानसिकता रहेको समेत टिप्पणी गरे।

    ओलीले भने- जब नक्सा छापियो, यिनको मुटुमात्र होइन सिंगै छाति चिरियो,कलेजो फोक्सो फुत्त बाहिरि निस्कियो । केपी ओलीले बाह्य सम्बन्ध बिगार्यो भने । त्यसो भए । हाम्रो जमिन छाडेर सम्बन्ध सुधार्ने ? हामीले नक्सा छाप्दा सम्बन्ध बिगार्यो भन्नेहरु लेण्डुप दोर्जे मानसिकताका हुन् । तिनै व्यक्ति केपी ओलीलाई हटाएर हामी कम्फरटेबल सरकार बनाउँछौ भन्दै हामीलाई देऊ भनेर लम्पसार परे ।

    अहिलेको सरकार र गठबन्धनको राष्ट्रवाद महाकालीको तुइन प्रकरणमा देखिएको भन्दै ओलीले जयसिंह धामीलाई तुइट काटेर बगाइदा गृह मन्त्रालयमार्फत भारतको विरोध नगर भनेर धम्की दिइएको ओलीले बताए ।

    म अस्पताल जाँदा यिनको अनुहार चम्किन्छ

    अध्यक्ष ओलीले प्रचण्ड–माधव लगायत अहिलेको सत्ता गठबन्धनका नेताहरुको काम केपी ओली,केपी ओली भन्दै धारे हात लाउने बाहेक अरु केही नरहेको टिप्पणी गरे । ओलीले आफू अस्पताल जाँदा प्रचण्ड–माधवको अनुहारमा चमक देखिने र फर्केर आउँदा अँध्यारो हुने गरेको सुनाए ।

    ओलीले भने– म अस्पताल गएँ भनेपछि नियीहरुको चेहरा उज्यालो हुन्छ । सय वाटको बत्ति बले जस्तो । अस्पतालबाट डिस्चार्ज भयो रे भनेपछि झ्याप्प बत्ति निभेजस्तो हुन्छ । यिनीहरुको राजनीति त्यति हो । एमाले कसरी कमजोर पार्न सकिन्छ,कसरी सिध्याउन सकिन्छ त्यही हो नियहिरुको राजनीति ।

  • विद्युतीय सवारी साधनको प्रयोग गर्न ऊर्जामन्त्रीको आग्रह (भिडिओे)

    विद्युतीय सवारी साधनको प्रयोग गर्न ऊर्जामन्त्रीको आग्रह (भिडिओे)

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतीय सवारी साधन प्रयोग गर्न आह्वान गरेकी छन् । मन्त्री भुसालले मुलुकको व्यापार घाटालाई कम गर्न, मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र स्वच्छ वातावरणसहितको समुन्नत राष्ट्र निर्माण गर्नका लागि पनि अब सबैले विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने बताएकी छन् ।

    शनिबार ललितपुरको जावलाखेलबाट विद्युतीय सवारी साधन र्‍यालीको शुभारम्भ गर्दै उनले विद्युतीय सवारी साधन सबैभन्दा सस्तो हुने र त्यसका लागि आवश्यक विद्युत मुलुक भित्रै पर्याप्त मात्रामा रहेको बताइन् । मन्त्री भुसालले पेट्रोलियम पदार्थको खरिद्बाट मुलुकमा व्यापार घाटा हुने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्दै लैजान पनि विद्युतबाट चल्ने सवारी साधनको प्रयोग आवश्यक रहेको स्मरण गराइन् ।

    उनले भनिन्, ‘विद्युतमा हामी आत्मनिर्भर भएका छौं । देशको सबै क्षेत्रमा चाहे घरायसी होस्, चाहे उद्योग र यातायात क्षेत्रका लागि होस् । त्यसलाई दिने ऊर्जा हामीसँग छ । दोस्रो हाम्रो ठूलो व्यापार घाटा पेट्रोलियम पदार्थको कारणले भएको छ । २ खर्बभन्दा बढि पेट्रोलियम पदार्थको आयात हुन्छ । ४० अर्बभन्दा बढि एलपी ग्याँस आयात हुन्छ । यसलाई केबल विस्थापित गर्न सक्ने भनेको विद्युतीय ऊर्जा हो । त्यसैले यो असन्तुलित व्यापार घाटालाई कम गर्न र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउन सबैले विद्युत सवारी साधनको प्रयोग गरौं र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरौं । यो आफैंमा सस्तो छ ।’

    कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल भित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न ढिलाई गर्न नहुने स्पष्ट पारिन् । उनले विद्युतीय सवारी साधन संचालनका लागि सबै ठाउँमा चार्जिङ स्टेशनहरुको व्यवस्था हुने बताइन् ।

    र्‍यालीमा मुलुकलाई आत्मनिर्भर बनाउन, स्वच्छ वातावरणको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन विद्युतीय सवारी साधन संचालन गर्न उपयुक्त हुने खालको सन्देशसहितको प्लेकार्डहरु प्रर्दशन गरिएका थिए ।