Author: Anisha Tiwari

  • मेडिकल काउन्सिलको चुनाव आजदेखि सुरु, ३५ जना चुनावी मैदानमा

    मेडिकल काउन्सिलको चुनाव आजदेखि सुरु, ३५ जना चुनावी मैदानमा

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलको चुनाव आजदेखि सुरु भएको छ । काठमाडौं उपत्यकाबाहिरका ६ मतदान केन्द्रमा आज मतदान हुँदैछ ।

    जसमा कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मतदान केन्द्र तोकिएको छ ।

    एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जना चुनावी मैदानमा छन् । उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी छ । उपाध्यक्ष पदका लागि शिवजी पौडेल, रामपरिक्षण यादव र प्रमोदकुमार यादवले उम्मेदवारी दिएका छन्।

    शनिबार समेत अन्य १२ केन्द्रमा मतदान हुँदैछ । जसमा मेची प्रादेशिक अस्पताल झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, लाहान अस्पताल, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, हेटौंडा अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, पाल्पा अस्पताल तानसेन, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भीम अस्पताल भैरहवा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सेती प्रादेशिक अस्पताल छन् ।

    काठमाडौं विश्वविद्यालय धुलिखेलमा १० गते ,नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र स्थानीय विकास प्रतिष्ठान जावलाखेल ललितपुरमा १० र ११ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ।

     

  • जापानले २०२२ देखि विदेशी कामदार लैजाने, बस्न पाउने पाँचवर्षे सीमा पनि हटाइने

    जापानले २०२२ देखि विदेशी कामदार लैजाने, बस्न पाउने पाँचवर्षे सीमा पनि हटाइने

    टोकियो । कोभिड महामारीले आप्रवासीलाई लामो समयदेखि बन्द रहेको जापानले सन् २०२२ देखि निर्माण र कृषि क्षेत्रका कामदार लैजाने भएको छ । उनीहरु अनिश्चित समयका लागि जापान बस्न पाउने भएका छन् ।

    त्यहाँको कानून मन्त्रालयले बिहीवार सो घोषणा गरेको रोयटर्सले जनाएको छ । सन् २०१९ देखि लागू भएको विशेष सीप भएका कामदारको कानून अन्तर्गत कृषि, नर्सिङ र सरसफाइ क्षेत्रका कामदार पाँचवर्ष मात्र बस्न पाउने प्रावधान थियो र परिवार लैजान पनि अनुमति थिएन ।

    जापान सरकारले अन्य क्षेत्रमा गरेका यस्तो खाले कडाइलाई पनि खुकुलो बनाउने संकेत दिएको छ । यो नयाँ कानून लागू भए नेपाल, चीन, भियतनामसहितका मुलुकका कामदारलाई भिसा नवीकरणसहित परिवारसँग अनिश्चित समयका लागि जापान बस्ने सुविधा हुनेछ ।

    सरकारी प्रवक्ता हिरोकाजू मातसुनोका अनुसार यो सुविधाको अर्थ त्यहाँको स्थायी बसोबासको अनुमति भने होइन । जापानमा अध्यागमन मुद्दा लामो समय विवादित हुँदै आएको छ । तर, कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा जापानमा कामदारको अभाव चुलिएको छ ।

    जापान सेन्टर फर इन्टरनेसनल एक्सचेन्ज थिंक ट्यांकका प्रबन्ध निर्देशक तोसिहिरो मेन्जले रोयटर्ससँग भने, ‘यदि जापानले विदेशी कामदार ल्याउने राम्रो उपाय चाहन्छ भने उनीहरुसँग सम्पर्क बढाउनुपर्छ र आफूकहाँ राम्रो पूर्वाधार र अवस्था छ भन्ने बताउनुपर्छ ।’

    सन् २०१९ मा लागू भएको कानूनको उद्देश्य पाँचवर्षभित्र ३ लाख ४५ हजार दक्ष कामदार त्यहाँ लैजानु थियो । तर, सरकारको तथ्यांकअनुसार कोरोना महामारीले सीमा बन्द भएपछि त्यो उद्देश्य मासिक ३ हजार जनामा झरेको थियो ।

    सन् २०२० को अन्त्यसम्म जापानले १.७२ मिलियन विदेशी कामदारलाई स्वागत गरेको थियो भने जापानको कूल जनसंख्याको २.५ प्रतिशत जनसंख्यामात्र काम गर्न योग्य छन् ।

  • नेपालबाट नदेखिने चन्द्रग्रहणको सूतक नलाग्ने

    नेपालबाट नदेखिने चन्द्रग्रहणको सूतक नलाग्ने

    काठमाडौं । कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । नेपाली समयानुसार दिउँसो १ः०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४ः३२ बजेसम्म देखिने जनाइएको छ ।

    एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्रग्रहण देख्न सकिने नेपाल एष्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

    नेपालबाट विरलै छायाँजस्तो भागमात्र देखिने र नाङ्गो आँखाले त्यो पनि देख्न नसकिने उनले बताए। यसपटकको चन्द्रग्रहण पहिले देखिनेभन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ ।

  • बीजेपी उपाध्यक्ष एवं राजस्थानकी पूर्वमुख्यमन्त्री वसुन्धरा पशुपतिमा

    बीजेपी उपाध्यक्ष एवं राजस्थानकी पूर्वमुख्यमन्त्री वसुन्धरा पशुपतिमा

    काठमाडौं । भारतीय राजनीतिज्ञ एवम् राजस्थानका पूर्व मुख्यमन्त्री वसुन्धरा राजे सिन्धियाले सोमबार पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् ।

    पशुपति र गुहेश्वरी मन्दिर दर्शन गरेको जानकारी दिँदै उनले ट्वीट गरेकी छिन्, ‘नेपालस्थित शक्तिपीठ गुह्येश्वरी मन्दिरमा शिर निहुराएपछि पशुपतिनाथ मन्दिरको दर्शन गर्ने सौभाग्य प्राप्त भयो। युनेस्कोको विश्व सम्पदा क्षेत्र वाग्मती नदीको किनारमा अवस्थित यो मन्दिर सनातन र बौद्ध वास्तुकलाको अद्भुत मिश्रण हो, जसको भ्रमण गर्न पाउँदा म गर्व महसुस गरेको छु ।

    वसुन्धारा तत्कालिन भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीको केन्द्रीय मन्त्रिपरिषद्की सदस्य थिइन् भने उनी सत्तारुढ भारतीय जनता पार्टीकी राष्ट्रिय उपाध्यक्ष पनि हुन् ।

  • मंगलबार ३ सय कोभिड बिरामी थपिए, ४ जनाको मृत्यु

    मंगलबार ३ सय कोभिड बिरामी थपिए, ४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार मुलुकमा ३७७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ५०५ पीसीआर र २ हजार ६४४ जनाको एन्टीजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा १७० जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ७९ हजार ५६९ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ८ लाख १७ हजार ६७२ जना पुगेको छ भने कुल संक्रमितमध्ये ७ हजार ४७६ जना सक्रिय संक्रमित छन्।

    यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ।

     

  • रारा पुगेपछि राजदूतहरुले भने : जलवायु संकटविरुद्ध लड्न हामी नेपालसँगै छौं (तस्बिरहरु)

    रारा पुगेपछि राजदूतहरुले भने : जलवायु संकटविरुद्ध लड्न हामी नेपालसँगै छौं (तस्बिरहरु)

    काठमाडौं । नेपालमा जलवायु संकटको असरबारे अध्ययन गर्न तीन देशका राजदूतहरु यतिबेला रारा ताल पुगेका छन् ।

    अमेरिकी राजदूत र्‍यान्डी बेरी, बेलायती राजदूत निकोला पोलिट र अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्क नेपालको प्रमुख पर्यटकीय स्थल भ्रमण गरिरहेका छन् ।

    राजदूत बेरीले मुगुस्थित रारा तालका दृश्यहरुलाई नियाल्दै नेपाल प्राकृतिक सम्पदाले सम्पन्न रहेको बताएका छन् । राजदूतहरुले राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६)मा जलवायु परिवर्तनका असरसँग लड्ने नेपालको प्रतिबद्धतामा सघाउने वचन पनि दिएका छन् ।

    अवलोकनको क्रममा जलवायु परिवर्तनको विनाशलाई रोक्नको लागि विश्वव्यापी र व्यक्तिगत स्तरमा तत्काल परिवर्तनहरू गर्न आवश्यक रहेको राजदूतहरुले बताएका छन् । यात्राको क्रममा प्लास्टिक प्रयोग नगर्ने र शाकाहारी आहार खाने आफूहरुको प्रतिबद्धता रहेको पनि राजदूत बेरीले उल्लेख गरेका छन् । हेर्नूस तस्बिरहरु :

            

     

  • एमाले महाधिवेशनमा यूरोपबाट सात जना प्रतिनिधि चयन

    एमाले महाधिवेशनमा यूरोपबाट सात जना प्रतिनिधि चयन

    काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनका लागि बेलायतसहित यूरोपबाट सात जना प्रतिनिधि चयन भएका छन् ।

    एमाले निकट प्रवासी नेपाली मञ्चबाट विश्वभर रहेका कार्यकर्तामध्ये ४० जना प्रतिनिधिको कोटा तोकिएकोमा यूरोपबाट ७ जना चयन भएका हुन् ।

    एमाले महाधिवेशनमा बेलायतबाट भक्त गुरुङ चयन भएका छन् । अनेरास्ववियुका पूर्व उपाध्यक्ष गुरुङ प्रवासी नेपाली मन्चका अध्यक्ष पनि हुन् ।

    त्यस्तै स्पेनबाट मुक्तवहादुर गुरुङ, पोर्चुगलबाट गोविन्द पौडेल, बेलायतबाटै कल्पना त्रिपाठी, बेल्जियमबाट सरस्वती चापागाई र रसियाबाट डा. विमला भण्डारी चयन भएका हुन् ।

  • सोमबार ४ सय संक्रमित थपिए, १ जनाको मृत्यु

    सोमबार ४ सय संक्रमित थपिए, १ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार मुलुकमा थप ४१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ५४ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र ४ हजार ४ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २७० जना निको भएका छन् ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख भन्दा बढी पुगेको छ भने कूल मृत्‍यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ । यस्तै ७ लाख ९८ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ जना रहेका छन् । जसमध्ये ६ हजार ७७९ जना होम आइसोलेसन, ५३२ जना संस्थागत आइसोलेसन, २२५ जना आईसीयू र ६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २५ जना कोरोना संक्रमित थपिएका छन् ।

  • चिसोमा रुघाखोकीबाट जोगिन जिंक पाइने आहारा खानूस्

    चिसोमा रुघाखोकीबाट जोगिन जिंक पाइने आहारा खानूस्

    काठमाडौं । मौसम परिवर्तनसँगै रुघाखोकीको संक्रमण देखापर्छ । चिसो मौसम सुरु भएसँगै रुघाखोकीबाट बच्न थप सतर्कता अपनाउनु पर्ने बेला आएको छ । विज्ञहरुका अनुसार खानामा पाइने जिंकले रुघाखोकीबाट बच्न कम गर्छ ।

    जिंकले दुई दिनमै रुघाखोकी निको हुनुका साथै टाउको दुख्ने, सिगाँन बग्ने र ज्वरो आउने लक्षण कम गर्छ । जिंकको सप्लिमेन्ट खाँदा २ दिनमा निको हुने पश्चिमा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको दाबी छ ।

    जिंकले संक्रमण कम गर्नुका साथै रोग लाग्नबाट पनि कम गर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । तर यो कति मात्रा प्रयोग गर्ने भन्ने प्रष्ट भने भइसकेको छैन । वेस्टर्न युनिभर्सिटीका वैज्ञानिकहरुले श्वासप्रश्वासमा हुने संक्रमणको बारेमा अध्ययन गरेका छन् । अनुसन्धानमा जिंकले रुघाखोकी र रुघाखोकीका लक्षणलाई कम गर्नें देखाएको छ । यसले सिगाँन बग्ने, टाउको दुख्ने र शरिरको तापक्रम बढेको पनि कम गर्छ ।

    जिंकले शरिरमा के गर्दछ ?

    जिंक एउटा पोषक तत्व हो जसले शरिरमा धेरै कामहरु गर्दछ । यसले शरिरको इम्यूनिटी बढाउने, पाचन प्रणालीमा सुधार गर्ने काम गर्दछ । जिंक मासु, माछा र चीजमा बढी मात्रामा पाइन्छ ।

    बेलायतको स्वाथ्य एजेन्सी (एनएचएस) ले यो बताएको छ कि खानामा पुरुषले ९.५ मिलिग्राम र महिलाले ७ मिलिग्राम जिंक लिन्छन् । जिंक लिदा धेरै मात्रामा लिनुहुँदैन । जिंकको प्रयोग बढी भयो भने शरिरमा आइरनको कमी हुन्छ र हड्डी कमजोर हुन्छ ।

    अनुसन्धानकर्ताले ५५० जनामा जिंकको २८ वटा परीक्षण गरेको थियो । रुघाखोकीका बिरामीलाई मुख वा नाकबाट स्प्रे गरेर जिंक खुवाउन सकिन्छ । अनुसन्धानको क्रममा जसलाई जिंक दिइएको थियो उनीहरुलाई २ दिनमा सधार भएको थियो । जिंक नदिएको बिरामीमा सात दिनसम्म लक्षण देखा परेको थियो । रुघाखोकीबाट गम्भिर बिरामी भएकालाई दैनिक जिंक सेवनले लक्षण कम नगरेपनि तीन दिनदेखि यसको प्रभाव देखिन थाल्छ ।

    अध्ययनका अनुसार जिंकको साइड इफेक्ट भने देखिएको छैन । त्यसकारण जो चिसो–रुघाखोकीको उपचार खोजिरहेका छन् उनीहरुलाई जिंक एकदमै प्रभावकारी हुन्छ ।

    यी पाँच कुरा खानाले जिंकको मात्रा पुरा हुन्छ ।

    ओखर :

    ओखरमा जिंक र पोटासियम धेरै मात्रामा पाइन्छ । ओखरको वियालाई सुकाएर पिसेर खानामा मिलाएर खान सकिन्छ । यसका साथै दैनिक एक मुठ्ठी ड्राई फ्रुट खान सकिन्छ ।

    माछा :

    यसमा जिंक, प्रोटिन बाहेक पोषण तत्व प्रशस्त मात्रामा पाइन्छ । माछा हप्तामा दुई पटक पकाएर खान सकिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ ।

    अण्डा :

    एउटा अण्डामा ५ प्रतिशतसम्म जिंक हुन्छ । विज्ञहरु भन्छन्ण्ज्ञछण् हरेक दिन डाइटमा अण्डा खाने गर्नुहोस् । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै मांसपेशीलाई पनि बलियो बनाउँछ ।

    दुध :

    यदि नन भेज खाना खान रुचाउनु हुन्न भने दुध धेरै मात्रामा खान सकिन्छ । दुध, दही, चीजले जिंकको कमीलाई पुरा गर्दछ ।

    डार्क चकलेट :

    यसले जिंकको कमी मात्र पूरा गर्दैन, महिलाहरुलाई महिनावारीमा हुने दुखाईलाई पनि कम गर्छ । डार्क चकलेटले मेटाबोलिज्मलाई सुधार्छ र मन मष्तिष्कलाई खुसी राख्दछ ।

  • हैजाविरुद्धको साढे २ लाख डोज खोप नेपाल आइपुग्यो, प्रकोप प्रभावित कपिलवस्तुका बासिन्दालाई लगाइने

    हैजाविरुद्धको साढे २ लाख डोज खोप नेपाल आइपुग्यो, प्रकोप प्रभावित कपिलवस्तुका बासिन्दालाई लगाइने

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको हैजाविरुद्धको साढे दुई लाख डोज ओरल खोप नेपाल आइपुगेको छ । उक्त खोप कपिलवस्तुको पाँच वटा नगरपालिकाका स्थानीयलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार आगामी आइतबार खोप लगाउने तयारी भइरहेको छ। कपिलवस्तुको कृष्णनगरपालिकामा ६० हजार १५६, महाराजगञ्जमा ५३ हजार १५६, शिवराजमा ६४ हजार ७७८, विजयनगरमा ३५ हजार ९०३ र यशोधरामा ३७ हजार ७८३ खोप डोज वितरण गरिनेछ।

    गत असोज १८ गतेदेखि कपिलवस्तुमा झाडापखालाको प्रकोप फैलिएको थियो। मन्त्रालयका अनुसार प्रकोपबाट चार जनाको मृत्यु भइसकेको छ भने हाल त्यहाँ झाडापखाला नियन्त्रणमा रहेको मन्त्रालयले जनाएको छ।

    उक्त खोप स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई डब्लूएचओका स्वास्थ्य पदाधिकारीले हस्तान्तरण गरेका छन् ।

  • २४ वटा अस्पतालमा बालबालिकासहितका दीर्घरोगीलाई फाइजर खोप लगाइँदै (तस्बिरहरु)

    २४ वटा अस्पतालमा बालबालिकासहितका दीर्घरोगीलाई फाइजर खोप लगाइँदै (तस्बिरहरु)

    काठमाडौं । आइतबारदेखि देशभर १२ वर्षदेखि १८ वर्षका बालबालिकासहितका दीर्घरोगीलाई कोभिड-१९ विरुद्ध फाइजर खोप लगाउन थालिएको छ । यो खोप अभियान मंसिर ४ गतेसम्म चल्नेछ ।

    मन्त्रालयका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपण गराएका, डायलाइसिस गराइरहेका, जनुसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सोसम्बन्धी रोग, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप, मधुमेह भई उपचार गराइरहेकालाई फाइजर खोप लगाउन थालिएको छ ।

    काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ वटा गरी मुलुकको २४ वटा खोप केन्द्रबाट फाइजर खोप लगाउन थालिएको हो । काठमाडौंको सिभिल अस्पताल लगायत राजधानीका खोप केन्द्रमा पनि खोप लगाउन थालिएको छ ।

    सिभिलमा अहिलेसम्म १२ बर्ष माथी का ५० जना दीर्घ रोगीले फाइजर खोप लगाइसकेका छन् । नेपालप्रेसकर्मी गौरव पौडेलले सिभिल अस्पतालमा फाइजर खोप लगाइरहेका व्यक्तिहरुको तस्बिर कैद गरेका छन् ।

    हेर्नूस तस्बिरहरु :

             
  • आइतबार ३ सय संक्रमित थपिए, ६ जनाको मृत्यु

    आइतबार ३ सय संक्रमित थपिए, ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार देशभर ३०६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २९१ र एन्टिजेन परीक्षणबाट १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ९ हजार ६०६ जनाकाे नमूना (८००८ पीसीआर र १५९८ एन्टीजेन)परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा ३४८ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।

    अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार २१५ छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ९ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने हालसम्म ७ लाख ९८ हजार २७४ जना कोरोनामुक्त भएका छन् ।

    कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४७७ पुगेको छ ।

    २४ घण्टामा १५ हजार ९०६ जनाले कोभिड(१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

     

  • महामारीमापनि शिक्षा क्यालेन्डरलाई निरन्तरता दिन आवश्यक निर्देशन र नियमावली बनाएका छौं : मन्त्री पौडेल

    महामारीमापनि शिक्षा क्यालेन्डरलाई निरन्तरता दिन आवश्यक निर्देशन र नियमावली बनाएका छौं : मन्त्री पौडेल

    काठमाडौं । महामारीको प्रतिकूल प्रभावका बाबजुद पनि शिक्षा क्यालेन्डरलाई निरन्तरता दिन आवश्यक निर्देशन र नियमावली बनाएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताएका छन् । वैकल्पिक शिक्षामा राम्रो अनुभवका लागि आफूहरू डिजिटल प्लेटफर्म डिजाइन र कार्यान्वयनको प्रयासमा रहेको उनको भनाइ छ ।

    पौडेलले कोरोनाभाइरस (कोभिड–१९) महामारीको समयमा पनि नेपालले बालबालिकाको शिक्षालाई निरन्तरता दिएको बताएका छन् ।

    फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४१औं महासभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले महामारीको समयमा कम प्रविधिको प्रयोग हुने टेलिभिजन, सामुदायिक रेडियो र घरमा आधारित सिकाइ सामग्रीको प्रयोग गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिएको जानकारी गराए । महामारीले आफूहरूलाई शिक्षामा डिजिटल डिभाइसको महत्त्वको बारेमा सोच्न बाध्य बनाएको उनको भनाइ छ ।

    शिक्षा, स्वास्थ्य, लैंगिक समानता र महिला सशक्तिकरण जस्ता प्रमुख क्षेत्रहरूमा नेपालले महत्त्वपूर्ण सफलता हासिल गरिसकेको बताउँदै मन्त्री पौडेलले दिगो विकासका लक्ष्यहरूलाई अपनाएको जानकारी गराए । विकासका प्रयासहरूलाई निर्देशित गर्न सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय नारा बनाएको पनि उनले बताए ।

    साथै, ‘सिकाइ कहिल्यै रोकिँदैन’ भन्ने दृढ प्रतिबद्धताका साथ सरकारले स्थानीय निकायहरूलाई उपयुक्त निर्णय लिन अनुमति दिने आवश्यक कानुनी प्रक्रियाहरू तयार गरिसकेको उनले बताए ।

    विज्ञान र प्रविधिको विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री पौडेलले आविष्कार र अनुसन्धानलाई बढावा दिनुका साथै युवा वैज्ञानिकहरूलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा अर्को कदम चाल्न प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    त्यसैगरी, हरितगृह ग्यास उत्सर्जनमा नगण्य हिस्सा भए पनि जलवायु परिवर्तनको प्रतिकूल असरबाट नेपाल नराम्ररी प्रभावित बनेको मन्त्री पौडेलले बताए । पेरिस सम्झौताको कार्यान्वयनमा प्रतिबद्ध रहेको जानकारी गराए ।

    मूर्त र अमूर्त सम्पदाको संरक्षण नेपालको राष्ट्रिय प्राथमिकता रहेको बताउँदै उनले सन् २०१५ को भूकम्पका कारण ध्वस्त भएका राष्ट्रिय तथा विश्व सम्पदाको सन् २०२२ सम्ममा पुनर्निर्माणका लागि नेपालले सबै प्रयास गरिरहेको जानकारी गराए । महासभामा शिक्षा सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी र युनेस्कोका लागि नेपालका सहायक महासचिव डा. बाबुराम अधिकारी सहभागी छन् ।

  • कोप-२६ सम्मेलन : पृथ्वीको तापक्रम १.५ डिग्रीभित्र सीमित राखिने, सम्बोधन भएन नेपालको माग

    कोप-२६ सम्मेलन : पृथ्वीको तापक्रम १.५ डिग्रीभित्र सीमित राखिने, सम्बोधन भएन नेपालको माग

    काठमाडौं । स्कटल्यान्डको ग्लास्गोमा गएराती सम्पन्न राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६)मा जलवायु परिवर्तनका असरसँग लड्नेबारे सम्झौता भएको छ ।

    पहिलोपटक ग्लास्गो सम्मेलनले ग्रीनहाउस ग्याँस उत्सर्जन गर्न जिम्मेवार मानिने जीवाश्म इन्धन र कोइलाको प्रयोगलाई घटाउने ऐतिहासिक सम्झौता समेत गरेको छ ।

    जलवायु परिवर्तनका असरसँग जुध्न विकसित मुलुकहरुलाई अधिकतम जलवायु लगानी गर्न र जतिसक्दो चाँडो कार्बन उत्सर्जन गर्न दबाब दिने सम्झौता समेत भएको छ ।

    तर, यी प्रतिबद्धताहरु पृथ्वीको तापक्रमलाई १.५ डिग्री सेल्सियसभित्रै सीमित राख्न पर्याप्त भने छैनन् । यद्यपी, सम्झौतामा तापमानलाई १.५ डिग्री सेल्सियसभित्रै सीमित राख्ने प्रतिबद्धता जनाइएको छ ।

    २०० भन्दा बढी मुलुकले ग्लोबल वार्मिङसँग लड्न यी प्रतिबद्धता गरेपनि पर्याप्त नभएको आवाज उठेको छ । निर्धारित मितिभन्दा एकदिन ढिला सकिएको कोप–२६ शनिबार रातीमात्र सहमती जुटेको थियो ।

    कोइलाको प्रयोगलाई घटाउने प्रस्तावविरुद्ध अन्तिम समयमा भारत उभिएपछि सहमतीमा ढिलाइ भएको थियो । त्यसपछि कोइला इन्धनको प्रयोगमा सीधै रोक लगाउनेभन्दा क्रमशः घटाउने सहमति भएको थियो ।

    साना र टापु राष्ट्रहरुले सहमतिप्रति असन्तुष्टि व्यक्त गरेपनि आफूहरु ठूला राष्ट्रसँगै अघि बढ्न बाध्य भएको जनाएका छन् । कोप–२६ अध्यक्ष आलोक शर्माले सम्मेलनको अन्त्यपछि ती राष्ट्रको माग पुरा गर्न नसकेकोमा क्षमा मागेका छन् ।

    जलवायु संकटबाट प्रभावित मुलुकहरुको कुरा सुनेपछि भावुक भएका अध्यक्ष शर्मा बोल्दाबोल्दै रोकिएका थिए । त्यसपछि उनीहरुले सम्मेलनको आखिरीमा उत्पन्न परिस्थितीप्रति उपस्थित डेलिगेट्ससँग माफी मागेका थिए ।’

    ‘तपाईंहरुले बुझेजस्तो गहिरो निराशालाई मैले पनि बुझेको छु । तरपनि यो प्याकेज सहमतीलाई जोगाउनु महत्वपूर्ण छ ।’

    राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले सहमती महत्वपूर्ण कदम भएपनि पर्याप्त नभएको बताएका छन् । संकटलाई सम्बोधन गर्न जतिसक्दो चाँडो कदमहरु चाल्नु जरुरी भएको उनको भनाइ छ ।

    ‘सहमतिका अक्षरहरु सम्झौतामा आधारित छन् । त्यसले स्वार्थ र पूर्वसर्तहरुलाई झल्काउँछन् । साथै, मतभिन्नता र अहिलेको राजनीतिक इच्छाशक्तिलाई पनि’ महासचिव गुटरेसले भने, ‘सहमती महत्वपूर्ण छ तर, गहिरा मतभेदहरुलाई चिर्न यी राजनीतिक इच्छाशक्ति अपर्याप्त छ ।’

    सहमतिको उद्देश्य पृथ्वीको तापमान १.५ डिग्री सेल्सियसभित्रै राख्ने पेरिस सम्झौता अर्थात पूर्वऔद्योगिक समयकै तापक्रममा सीमित राख्नु हो । सहमतिकर्ताहरुले व्यक्त प्रतिबद्धताहरु ग्रीनहाउस ग्याँस उत्सर्जनलाई रोक्ने पर्याप्त कदमको नजिक भएको बताएका छन् ।

    वैज्ञानिकहरुले पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा वृद्धि भएमा समुन्द्री सतह निकै बढ्ने र तटीय सहरहरु डुब्ने, सुख्खा खडेरी आउने, खतरनाक आँधीहरु आउने, यसअघिका भन्दा बन डढेलोको संकट अझै आउने चेतावनी दिएका छन् ।

    भारतका वातावरण तथा जलवायुमन्त्री भूपेन्दर यादवले उदाउँदा अर्थतन्त्रहरुको राष्ट्रिय परिस्थितीलाई ख्यालमा राख्दै कोइला इन्धन प्रयोगबारेको सहमतिमा पुन:विचार गर्नुपर्ने बताएका थिए । तर, उनले जलवायु सहमति विश्वका लागि राम्रो सन्देश भएको बताए ।

    कोप–२६ सम्मेलनले नेपालजस्ता जलवायु संकटबाट प्रभावितलाई आश्वासनमात्रै दिएको छ, त्यसको सुनिश्चित छैन । साना र टापु राष्ट्रहरुले लामो समयदेखि भन्दै आएको वित्तिय सहयोगलाई दिने मात्र भनिएको छ ।

    विकासोन्मुख विश्वमा यसअघि नै ‘लस एन्ड ड्यामेज’ यथार्थ बनिरहेको बेला अमेरिका र युरोपेली मुलुकले वित्तिय सुविधालाई रोकिदिएपछि साना मुलुकको माग पूरा हुनसकेन । तर, भविष्यका सम्मेलनमा यसलाई मुद्दा बनाउने प्रतिबद्धता मात्र जनाइएको छ ।

    साथै, जलवायु प्रभावित मुलुकलाई वार्षिकरुपमा १ सय बिलियन डलर सहयोग गर्ने विकसित मुलुकहरुको दशकअघिको प्रतिबद्धता पुरा हुन नसकेकोमा पनि साना मुलुकले दुःख व्यक्त गरेका छन् ।

    ‘हाम्रो लागि नोक्सानी र क्षति सम्मेलनको मुद्दामात्र होइन बरु अस्तित्वकै प्रश्न हो’ माल्दिभ्सका वातावरणमन्त्री अमिनाथ साहुनाले भनिन्, ‘ग्लोबल वार्मिङको असरबाट जोगाउन ग्लास्गोमा भएका प्रतिबद्धताहरु पर्याप्त छैनन् । अन्य मुलुकले चाँडै माल्दिभ्सलाई सहयोग नगरे, धेरै ढिला हुनेछ ।’

    पेरिस सहमती जुटाउन महत्वपूर्ण भूमिका खेलेका लाउरेन्स तुबियानाले अहिले असर खेपिरहेका मानिसहरुलाई राहत दिलाउन कोप–२६ असफल भएको बताएका छन् ।

    स्विडेनकी चर्चित वातावरणीय अभियन्ता ग्रेटा थनबर्गले पनि कोप–२६ असफल भएको भन्दै टिप्पणी गरेकी छिन् । ‘वास्तविक काम सम्मेलन हलबाहिर हुन्छ । हामीले कहिल्यै पनि दबाब दिन छाड्ने छैनौं’ उनले ट्वीट गरेकी छिन् ।

    जलवायु परिवर्तनको कारण विश्वमै चौंथो प्रभावित मुलुक नेपालले आश्वासन मात्र पाएको छ । बाढीपहिरो, डढेलो, विपद्, प्रदूषण र हिमालमा हिउँ पग्लिएको जस्ता समस्या भोगेको नेपालले आश्वासन मात्र पाएको छ र कुनै ठोस सुनिश्चितता मिलेको छैन ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले ग्लास्गो सम्मेलनमा विश्व नेताहरुहरुको सम्मेलनलाई सम्बोधन गर्दै नेपालको तर्फबाट जलवायु वित्त, हानीनोक्सानी, क्षतिपूर्ति र हिमाली असरको मुद्दा प्रस्तुत गरेका थिए । निकट भविष्यमै नेपालले सगरमाथा सम्मेलन आयोजना गर्न लागेको जानकारी पनि देउवाले गरेका थिए ।

     

  • छठपछि गौरीघाटमा सात मेट्रिकटन फोहर व्यवस्थापन

    छठपछि गौरीघाटमा सात मेट्रिकटन फोहर व्यवस्थापन

    काठमाडौं । उपत्यकामा सबैभन्दा बढी भक्तजनले छठ पर्व मनाएको गुह्येश्वरी गौरीघाट क्षेत्रमा वागमती सफाइ महाअभियानले सफाइ गरेको छ ।

    छठ मनाएपछि सफा भइनसकेको उक्त क्षेत्रमा महाअभियानको ४४४ औँ हप्ताका अवसरमा आज सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइबाट सात मेट्रिकटन फोहर व्यवस्थापन गरिएको उनले बताए । सो क्षेत्रबाट उठाइएको फोहर काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरेको छ ।

    सफाइमा पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मीको सक्रियता थियो । तिलगङ्गा महिला समूह, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, स्थानीयवासीलगायतको पनि सफाइ अभियानमा संस्थागत सहभागिता थियो ।

    सुन्दरीजलमा डाँडा सम्याउँदा नदी प्रदूषित

    यसैगरी गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा वाग्मती नदीको किनारसँग जोडिएको डाँडाको जमिन सम्याउने क्रममा नदीमा माटो हालिएकामा महाअभियानले आपत्ति जनाएको छ । माटो व्यवस्थापन गरी नदी फोहर नगर्न आज सरोकार भएका निकाय र समूह सहमत भएको अभियानकर्मी शाहीले बताए ।

    आजै गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको दुबै भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथलगायत क्षेत्रमा पनि सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि महाअभियान जारी छ । महाअभियानअन्तर्गत प्रत्येक महिनाको शनिबार बिहान दुई घण्टा ‘देशका लागि दुई घण्टा स्वयंसेवा’ नाराका साथ सफाइ भइरहेको छ ।

    चाडपर्व, जाडो, गर्मीलगायत प्रतिकूल अवस्थामा पनि महाअभियान रोकिएको छैन । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर नै उपत्यकामा यसका सहायक नदी सफाइ सुरु भएको छ । हाल उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ । महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिरका मुख्य शहर, नदी, सांस्कृतिक सम्पदामा पनि सफाइ भइरहेको छ ।

  • माओवादी केन्द्रसँग एकता हुन्छ : विप्लव

    माओवादी केन्द्रसँग एकता हुन्छ : विप्लव

    कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रसँग एकता हुन सक्ने संकेत दिएका छन् ।

    धनगढीमा आयोजित दलित मुक्ति मोर्चाको पाँचौ राष्ट्रिय सम्मेलनमा उनले भने, ‘हामी एकता गर्ने हो। तर, जनतालाई अल्मल्याउने, झुक्याउने, पैसा र पदको प्रलोभन छोडेर जनताका पक्षमा पार्टी लाग्नुपर्छ। कुर्सी कब्जा गर्नका लागि मात्र हामी एकता गर्दैनौं।’

    सरकारले पार्टीलाई प्रतिबन्धबाट हटाउँदै शान्ति प्रक्रिया ल्याउदा गरिएका सर्तहरु लागू नगरेको पनि उनले बताए । सहमति कार्यान्वयनबाट सरकार पछाडि हट्न थालेको आरोप उनको छ । तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उनले सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरि विद्रोह हुने चेतावनी दिएका छन् ।

    ‘सहमति भएको एक वर्षसम्म पनि सरकार आफ्ना वाचा पूरा गर्न आनाकानी गरिरहेको छ,’ विप्लवले भने, ‘सहमति कार्यान्वयन नगर्नु सरकारको कमजोरी हो । हामीलाई घेराबन्दी पार्न खोजे फेरि विद्रोह हुन सक्दछ ।’

  • सिन्धुपाल्चोकको दुवै क्षेत्रबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत (सूचीसहित)

    सिन्धुपाल्चोकको दुवै क्षेत्रबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत (सूचीसहित)

    सिन्धुपाल्चोक । नेकपा एमालेको दशौ महाधिवेशन मा सिन्धुपाल्चोकबाट सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन् । निर्वाचनको प्रक्रिया अघि बढाइएपनि एमाले केन्द्रीय सदस्य समेत रहेका दावा लामाको संयोजकत्वमा दुवै क्षेत्रमा जिल्ला तहका नेताहरु रहेको कार्यदल बनाइएको थियो ।

    कार्यदलले गृहकार्य गरेर सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको एमाले जिल्ला सचिव कमल नेपालले जानकारी दिए । प्रतिनिधि छनोट सर्वसम्मत रुपमा भएको नेताहरुले बताए पनि युवा संघका नेता अशोक चौलागाईले भने प्रतिनिधि छनोटमा आफ्नो असहमती रहेको भन्दै प्रतिनिधि छनोट निर्वाचन समितिमा उजुरी दर्ता गराएका छन् ।

    प्रतिनिधि सभा क्षेत्र नम्बर १

    खुलातर्फ

    निमफुञ्जो शेर्पा
    भुपेन्द्र श्रेष्ठ
    सूर्यबहादुर लामा
    कार्केल लामा
    जेपी सिलवाल
    टपिन्द्र तिमिल्सिना
    कमल नेपाल
    होमनारयण श्रेष्ठ
    केदार क्षेत्री
    सागर घिमीरे

    महिला

    हेमगंगा मोक्तान
    सुशिला पाख्रिन
    सपना थापा
    सकुन्तला माझी
    सीता थापा

    प्रतिनिधि सभा क्षेत्र नम्बर २ खुला

    हस्त पण्डित
    झम्क नेपाल
    बालकृष्ण देउजा
    सुभाष कर्माचार्य
    नेत्रप्रसाद दंगाल
    माधव पाण्डे
    कृष्णगोपाल तामाङ
    इन्द्र नेपाल
    इश्वरीप्रसाद श्रेष्ठ
    मित्रलाल चौलागाई

    महिला

    डोल्मा तामाङ
    बालकुमारी सापकोटा
    सुनिता अधिकारी
    उमा प्रधान
    दलिततर्फ
    चन्द्रबहादुर धिमालकोटी
    रामबहादुर सुनार

  • बाबुरामको ‘चुनावी घरदैलो’ : कतै धान चुट्दै, कतै पदयात्रा (तस्बिरहरु)

    बाबुरामको ‘चुनावी घरदैलो’ : कतै धान चुट्दै, कतै पदयात्रा (तस्बिरहरु)

    काठमाडौं । जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई विगत ६ दिनदेखि गोरखामा छन् । ‘जनभेटघाट कार्यक्रम’ नाम दिएर कार्तिक २२ गते गोरखा यात्रामा निस्किएका भट्टराईको घरदैलो मुलतः चुनाव लक्षित छ ।

    आम चुनाव आउन अझैं समय भए पनि भट्टराईले आफ्नो अवस्था मजबुत पार्न चुनावी क्षेत्रका गाउँवस्तीहरुको भ्रमण बाक्लो बनाएका हुन्। साता लामो घरदैलोमा बाबुराम गोरखाको घ्याल्चोक, तोरीस्वॉरा, बेनीगाउँ, रामपुर, दर्बुंगफाँट,माझीगाँउ, लाप्राक लगायतका ठाउँमा पुगेका छन्।

    त्यस्तै उनी बोर्लांग, नामजुंग, घैरूंग, फुजेल लगायतको गाउँमा पनि पुगेको तस्बिरहरु अपडेट गरिरहेका छन्। श्रीमती हिसिला यमी भट्टराईसहित गोरखा पुगेका उनी दिवंगत परिवारको घरमा पनि पुगेको देख्न सकिन्छ भने कतै धान चुटिरहेका छन् ।

    धेरै विकट ग्रामिण बस्तीहरुमा उनी पैदलै हिँडेको पनि देखिन्छ। हेरौं केही तस्बिरमा उनको चुनावी घरदैलोः

    तस्बिरहरु : बाबुराम भट्टराईको निजी सचिवालय

     

  • काठमाडौंमा पहिलोपटक सक्रिय संक्रमित संख्या ५०० भन्दा कम

    काठमाडौंमा पहिलोपटक सक्रिय संक्रमित संख्या ५०० भन्दा कम

    काठमाडौं । कोभिड–१९ महामारी सुरु भएयता राजधानी काठमाडौं जिल्लामा सक्रिय संक्रमित संख्या आज ५०० भन्दा कम भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं जिल्लामा ४६४ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा ४७३ जना छन् । ललितपुर जिल्ला देशमै सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी हुने जिल्ला बनेको छ ।

    ललितपुरमा ५१२ जना कोभिडका सक्रिय संक्रमित छन् । अहिले मुलुकका मोरङ, सुनसरी, धनुषा, काठमाडौं, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलालीमा मात्र सक्रिय संक्रमित संख्या ५०० भन्दा तल छन् ।

    हुम्ला र डोल्पामा मात्र संक्रमित संख्या शून्य छ ।

  • भिटेनलाई उछिन्दै अस्मिता अधिकारीको गीत शीर्षस्थानमा, यस्तो छ पछिल्लो साता सर्वाधिक हेरिएका नेपाली गीत (भिडिओ)

    भिटेनलाई उछिन्दै अस्मिता अधिकारीको गीत शीर्षस्थानमा, यस्तो छ पछिल्लो साता सर्वाधिक हेरिएका नेपाली गीत (भिडिओ)

    काठमाडौं । खेम सेञ्चुरी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘राम राम मरौटी’ पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । सात दिनमा मात्र यो गीतलाई १६ लाख २१ हजार ४३९ पटक हेरिएको छ । यो गीतको कूल भ्यूज १ करोड ९ लाख ३ हजार ९३३ छ ।

    भिटेनको स्वरमा रहेको गीत ‘गल्ली सडक’ दोस्रो स्थानमा छ । अघिल्ला दुई साता लगातार शीर्ष स्थानमा रहेको भिटेनको गीतलाई पछिल्लो सातामा १० लाख ८९ हजार ३२ पटक हेरिएको छ भने यसको कूल भ्यूज ३० लाख १६ हजार ४१ छ ।

    प्रकाश दूतराजको स्वरमा रहेको ‘जाम भो माइली’ यो सातामा तेस्रो सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । पछिल्लो सातामा मात्र यो गीतलाई १० लाख ५ हजार ५८४ पटक हेरिएको छ भने यसको कूल भ्यूज संख्या ६५ लाख १९ हजार ४३७ छ । रुटिन अफ नेपाल बन्दले तयार पारेको साताको सूची यस्तो छ :

    १) खेम सेञ्चुरी र अस्मिता अधिकारी ‘राम राम मरौटी’ : १६२१४३९

     

    २) भिटेन ‘गल्ली सडक’ : १०८९३२

     

    ३) प्रकाश दूतराज ‘जाम भो माइली’ : १०५५८४

     

    ४) खेम सेन्चुरी ‘मन परेको मान्छे’ : ९६११३४

     

    ५) दिनेश ढकाल ‘कालो केशमा रेलिमई’ : ७९६८६०

     

    ६) प्रितम पोखरेल ‘मुसी’ : ७०१७७९

     

    ७) महेश काफ्ले ‘माया बिरानी-२’ : ६१३३७०

     

    ८) सजन राज वैद्य ‘नगण्य माया’ : ४७७८४५

     

    ९) रचना रिमाल ‘अझै पनि’ : ४५६७६६

     

    १०) मिलन नेवार ‘फूलबुट्टे सारी’ : ४१०७५१

     

  • ६४ लागे हरिवंश : हाँस्य कलाकारहरुले चखाए केक, अमेरिकाबाटै मदनकृष्णले गरे ‘बर्थडे विस’

    ६४ लागे हरिवंश : हाँस्य कलाकारहरुले चखाए केक, अमेरिकाबाटै मदनकृष्णले गरे ‘बर्थडे विस’

    काठमाडौं । अभिनेता हरिवंश आचार्यको जन्मदिनमा नयाँ बानेश्वरस्थित रेडियो अडियोको बुइँगल वर्षेनी गुल्जार बन्छ । जन्मदिनको शुभकामना दिने र केक चखाउनेको भीड थामिनसक्नु हुन्छ ।

    यो दृश्य आजपनि रेडियोको बुइँगलमा देखियो । आजदेखि ६४ वर्ष लागेका कमेडी विधाका अगुवालाई बधाइ दिन हाँस्य कलाकारहरुको उपस्थिती थियो । महजोडीका म अर्थात मदनकृष्ण श्रेष्ठले अमेरिकाबाटै भर्चुअलरुपमा सहयात्रीलाई जन्मदिनको शुभकामना दिए ।

    हरिवंशको मोबाइलमा ह्वाट्स एप लाइभमा जोडिएका मदनकृष्णले हरिवंशलाई दीर्घायुको कामना गरे । मनोज गजुरेल, दीपकराज गिरी, किरण केसी, शैलेन्द्र सिंखडा, राजा राजेन्द्रसहितका कमेडियनले पनि हरिवंशलाई शुभकामना दिए ।

    रेडियो अडियोका प्रबन्ध निर्देशक दीपेन्द्र खनियाँले वर्षेनी जन्मदिनको कार्यक्रम आयोजना गर्दै आएका छन् । हरिवंशले सन्तोष सेनको निर्माणमा सुरु हुन लागेको फिल्म हुतुतु खेल्ने भएका छन् भने प्रदीप भट्टराईले निर्देशन गर्ने एक अनटाइटल फिल्ममा समेत उनी देखिनेछन् ।

    जन्मदिनको सो अवसरमा हरिवंशले नेपाल प्रेससँग कुरा गर्दै आफ्ना आगामी प्रोजेक्टबारे खुलाए । हरिवंशलाई सामाजिक संजालमार्फत पनि प्रशंसकहरुले बधाइ तथा शुभकामना दिइरहेका छन् ।

              
  • प्रथम एलटिके पौडी प्रतियोगिता सुरु, आज ११ विधामा स्पर्धा

    प्रथम एलटिके पौडी प्रतियोगिता सुरु, आज ११ विधामा स्पर्धा

    चितवन । भरतपुरमा राष्ट्रव्यापी विद्यालय स्तरिय प्रथम एलटिके पौडी प्रतियोगिता सुरु भएको छ । पहिलो दिन आज (शनिबार) बिभिन्न ११ विधामा स्पर्धा भएको छ ।

    ९ देखि १० वर्ष उमेर समूहको २५ मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ स्प्रिङ डेल एकेडेमी नेपालगञ्जका बिशेष सिंहले स्वर्ण पदक जिते । उनले उक्त दुरी २३ दशमलव २० सेकेन्डमा पुरा गरे । चितवनका शुभान्स राज केसीले रजत पदक हात पारे । उनले उक्त दुरी ३६ दशमलव ८५ सेकेन्डमा पुरा गरे । नेपालगञ्जकै सुशान्त बोहराले कास्य जिते । उनले उक्त दुरी ४२ दशमलव २० सेकेन्डमा पुरा गरे ।

    ११ देखि १२ वर्ष उमेर समूहको ५० मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ काठमाडौंका जोर्डन श्रेष्ठ स्वर्ण पदक बिजेता बने । उनले उक्त दुरी १ दशमलव ०४ सेकेन्डमा पुरा गरे । नेपालगञ्जका दिवसले उक्त दुरी एक मिनेट ४ दशमलव ८१ सेकेन्डमा पुरा गर्दै रजत पदक हात पारे । १३(१४ वर्षको एक सय मिटर ब्रेस्ट स्ट्रोकमा काठमाडौंका जदेन श्रेष्ठले स्वर्ण जिते । उनले उक्त दुरी एक मिनेट २३ दशमलव ०४ सेकेन्डमा पुरा गरे । काठमाडौंकै अर्थव सिंहले रजत पदक जिते । उनले उक्त दुरी एक मिनेट ३१ दशमलव ८५ सेकेन्डमा पार गरे ।

    १५ वर्ष भन्दा माथिको एक सय मिटर ब्रेस्ट स्ट्रोकमा काठमाडौंका गौरव लामाले स्वर्ण जिते । उनले उक्त दुरी एक मिनेट १८ दशमलव ४९ सेकेन्डमा पुरा गरे । काठमाडौंका यजु महर्जनले रजत तथा नेपालगञ्जका सुमन न्यौपानेले कास्य जिते । उक्त दुरी पार गर्न यजुले एक मिनेट ३५ दशमलव ७६ तथा सुमनले एक मिनेट ४९ सेकेन्ड लगाए ।

    १५ वर्ष माथिको एक सय मिटर ब्रेस्ट स्ट्रोक महिलातर्फ काठमाडौंकी परि भण्डारीले स्वर्ण पदक जितिन् । उनले उक्त दुरु एक मिनेट एक मिनेट ४९ दशमलव ९९ सेकेन्डमा पुरा गरिन् ।

    ९–१० वर्षको २५ मिटर फ्लाईमा नेपालगञ्जका सुबाङ बोहोराले स्वर्ण जिते । उनले उक्त दुरी १९ दशमलव २३ सेकेन्डमा पुरा गरे । नेपालगञ्जकै बिशेष सिंहले रजत जिते । उनले उक्त दुरी २० दशमलव ८६ सेकेन्डमा पुरा गरे । ११–१२ वर्ष उमेर समूहको ५० मिटर फ्लाई पुरुषतर्फ नेपालगञ्जकै अमित रावलले स्वर्ण पदक हात पारे । उक्त दुरी उनले ३९ दशमलव ७७ सेकेन्डमा पुरा गरे । नेपालगञ्जका दिवस रेग्मीले रजतमा चित्त बुझाए । उनले उक्त दुरी एक मिनेट ०८ दशमलव ९५ सेकेन्डमा पुरा गरे ।

    ११–१२ वर्ष उमेर समूहको ५० मिटर फ्लाई महिलातर्फ काठमाडौंकी अश्रेस्ता राईले स्वर्ण जितिन् । उनले उक्त दुरी पुरा गर्न ४८ दशमलव ६४ सेकेन्ड लगाईन् । १३–१४ वर्ष उमेर समूहको एक सय मिटर फ्लाईमा काठमाडौंका प्रारम्भ भण्डारीले स्वर्ण हात पारे । उनले उक्त दुरी एक मिनेट ०९ दशमलव २० सेकेन्डमा पुरा गरे । काठमाडौंका अर्थव सिंह र अभ्यान्तर बिक्रम राईले क्रमशः रजत र कास्य जिते । अर्थव उक्त दुरी एक मिनेट २८ दशमलव २६ सेकेन्डमा पुरा गर्दा अभ्यान्तरले एक मिनेट ३१ दशमलव ०८ सेकेन्ड लगाए ।

    यस्तै १५ वर्ष माथिको एक सय मिटर फ्लाईमा काठमाडौंका यजु महर्जन स्वर्ण पदक विजेता बने । उक्त दुरी पुरा गर्न उनले एक मिनेट ३८ दशमलव २६ सेकेन्ड लगाए । नेपालगञ्जका सुमन न्यौपानेले उक्त दुरी दुई मिनेट ०३ दशमलव ९५ सेकेन्डमा पार गर्दै रजत जिते । ८ वर्ष मुनीको ब्याक स्ट्रोक महिला पुरुष तर्फ काठमाडौंका रचित बुढाथोकीले स्वर्ण जिते भए । उनले उक्त दुरी ३८ दशमलव ०४ सेकेन्डमा पुरा गरे । काठमाडौंकै म्रिनल श्रेष्ठले रजत तथा मेहान श्रेष्ठले कास्य जिते । म्रिनलले ५० दशमलव ७३ सेकेन्ड तथा मेहानले एक मिनेट २५ दशमलव १४ सेकेन्डमा उक्त दुरी पुरा गरे ।

    भरतपुर महानगरपालिका ६ देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट ९एलटिके० हवेलीको आयोजनामा सुरु भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ । ८ देखि १५ वर्ष उमेर समूहका पुरुष तथा महिला खेलाडीहरु प्रतियोगितामा सहभागी छन् ।

  • एनआरएनए यूकेको मिडिया संयोजकमा सम्पादक शिव भण्डारी

    एनआरएनए यूकेको मिडिया संयोजकमा सम्पादक शिव भण्डारी

    लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको मिडिया संयोजकमा शिव भण्डारी चयन भएका छन् । एनआरएनएले आफ्नो नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको सय दिन पूरा भएको अवसरमा लन्डन नेपाल न्यूजका प्रधान सम्पादक समेत रहेका भण्डारीलाई संयोजक पदमा मनोनयन गरेको हो ।

    नेपाल पत्रकार महासंघ यूके शाखाका उपाध्यक्ष समेत रहेका भण्डारीले नेपाल पत्रकार महासंघ यूकेको दुई कार्यकाल सचिवमा निर्वाचित भइ उल्लेखनीय काम गरेका छन् ।

    लगनशीलता र मेहेनतका साथ बेलायतस्थित नेपाली समुदायमा सक्रिय पत्रकारको भूमिका निर्वाह गरेका कारण महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका उनले बेलायतमा विगत १२ बर्षदेखि पत्रकारिता गर्दै आएका छन् ।

    गुल्मी धुर्कोट स्थायी घर भएका भण्डारीले अन्य साथीहरुको सद्भाव सहित करिब एक दशक अघि लण्डन नेपाल न्यूज नामक आफ्नै अनलाइन समाचार पोर्टल सुरु गरेका थिए ।

    भण्डारीको नेतृत्वमा सञ्चालित लण्डन नेपाल न्यूज हाल बेलायतमा रुचाइएको अनलाइन पत्रिका मानिन्छ ।

    मिडिया संयोजकको रुपमा जिम्मेवारी दिएको प्रति एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरसहितको कार्यसमितिलाई आभार व्यक्त गर्दै सम्पादक भण्डारीले आफूले पाएको जिम्मेवारी पूर्ण दत्तचित्त भएर पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

    सय दिन पूरा भएको अवसरमा विशेष समारोह

    यस्तै एनआरएनएले कार्यसमितिको सय दिन पूरा भएको उपलक्ष्यमा सल्लाहकारहरुलाई सम्मानसहित विशेष समारोह आयोजना गरेको छ । अल्डरशटको एम्पायर हलमा २० नोभेम्बरको दिन बेलुका ६ बजे विशेष समारोह आयोजना गरिएको अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिए ।

    सय दिनको अवधिमा कार्यसमितिले गरेका कामकारवाहीहरु जानकारी गराउने र भावी रणनीति तय समेत गर्नेगरी कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।

    ‘सेरेमोनी विथ च्यारिटी डिनर’ नाम दिइएको सो कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गरी राखिएका उद्देश्य पूरा गर्नेगरी तयारीको काम अघि बढाइएको च्यारिटी संयोजक समेत रहेका उपाध्यक्ष गोविन्द खरेलले बताए ।

  • उद्योगीलाई कुलमानको आश्वासन : ट्रंकलाइन समस्या छिटै समाधान हुन्छ

    उद्योगीलाई कुलमानको आश्वासन : ट्रंकलाइन समस्या छिटै समाधान हुन्छ

    रूपन्देही । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरूलाई परेको ट्रंक लाइनको समस्या छिटो समाधान हुने बताएका छन् ।

    शनिबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै उनले ट्रिपिङ समस्याको अन्त्य गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने बताएका छन् ।

    विद्युत् प्रसारण लाइन तथा सव स्टेशनहरुको समस्याका कारण अहिले देखिएको विद्युत् ट्रिपिङलाई छिट्टै अन्त्य गरिने घिसिङको भनाई छ ।

    उनले बन्न लागेका सवस्टेशन सम्पन्न भएलगत्तै प्रसारण लाइनहरुको समेत स्तरोन्नति गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउँदै प्रयोगमा प्रोत्साहन गरिने उल्लेख गरे ।

    उत्पादन भएका विद्युत्लाई सकेसम्म नेपालभित्रै उपभोग गर्ने रणनीति अनुसार उद्योगहरुले मागेजति विद्युत् उपलब्ध गराइने उनले बताए । उद्योग, विद्युतीय सवारीको प्रयोग तथा खाना पकाउनका लागि इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्नेगरी शुल्कमा समेत छुटका व्यवस्थालाई जोड दिइने उनले बताए ।

    रुपन्देही, परासी क्षेत्रमा मागअनुसारको विद्युत् उद्योगलाई दिन नसकिएको भन्दै उनले यो समस्या छिटै समधान हुने बताए। सवस्टेशन निर्माण र केही ट्रान्समिसन लाइन विस्तार भइरहेकाले अहिले परीक्षणस्वरूप भारतमा विद्युत् बिक्री गरिएको उनको भनाइ छ । ‘नेपालको विद्युत् सबै यहाँ खपत गर्ने र बाँकी रहे मात्र बिक्री गर्ने लक्ष्य हो ।’ उनले भने । अहिले उत्पादन भइरहेको विद्युत् खपत नभएकाले नागरिकहलाई विद्युतको प्रयोग बढी गर्न पनि घिसिङले आग्रह गरे ।

  • चितवनमा चरेशसहित तीनजना पक्राउ

    चितवनमा चरेशसहित तीनजना पक्राउ

    चितवन । चितवनको प्रहरीले रत्ननगरबाट चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । रत्ननगर–३ को एक पसलको गोदामबाट प्रहरीले १९२ वटा च्यवनप्राशको बट्टामा करिब १ क्विन्टल ८० किलो चरेश लुकाइराखेको अवस्थामा फेला पारेको थियो ।

    तल चरेश राखेर माथीबाट च्यवनप्राशले छोपेर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । साढे दुई किलोको च्यवनप्राशको बट्टामा लुकाएर राखेको अवस्थामा बरामद गरिरएको हो ।

    चरेश जस्तो देखिने पदार्थ बट्टामा रहेकोले नियन्त्रणमा लिइएको र थप परीक्षण पश्चात् मात्रै परिमाण एकिन हुने चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

  • यी हुन् कालिकोट एमालेबाट चुनिएका महाधिवेशन प्रतिनिधि

    यी हुन् कालिकोट एमालेबाट चुनिएका महाधिवेशन प्रतिनिधि

    सुर्खेत । नेकपा एमाले कालिकोटले आज महाधिवेशन प्रतिनिधि छनौट गरेको छ ।

    जिल्ला कमिटीका अध्यक्ष नागेन्द्र शाही नेशनलका अनुसार खुलाबाट नगेन्द्र शाही नेशनल, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम छानिएका छन् ।

    यस्तै महिलाबाट पार्वती सिंह र तारा शाही छानिए भने दलितबाट नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली चुनिएका छन् ।

     

  • फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत

    फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले खोप लगाउन आग्रह गरे ।

    फाइजर खोपको अभियान यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म सञ्चालन हुँदै छ । खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई देशभरिका २४ वटा अस्पतालबाट प्रदान गरिनेछ । विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले दीर्घ रोगीलाई खोप लगाइसकेपछि बालबालिका लगाइने जानकारी दिए ।

    उनका अनुसार बालबालिका लागि फाइजर खोप लगाउनका लागि ६० लाख मात्रा खरिद गरिने छ । उनले पुसमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि फाइजर खोप प्रदान गरिने बताए । नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइरज खोप उपलब्ध गराएको थियो ।

    बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले अन्य खोपभन्दा फाइजर खोप फरक रहेको बताए । फाइजर खोप बाक्लो झोलको रूपमा हुने र खोप लगाउनुभन्दा पहिला घोल्नु पर्दछ । फाइजर खोप नेपालसहित १३२ देशमा प्रयोग गरिएको छ । उनले १३२ देशले कोरोनाविरुद्धको खोपमा फाइजर लगाएकाले सुरक्षित र प्रभावकारी देखिएको बताए ।

    उनका अनुसार खोप लगाउँदा सुरुसुरुमा ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी दुख्ने, खान मन नलाग्ने, थकाई लाग्ने, वाकवाकीजस्ता समस्या देखिए पनि दुई तीन दिनमा सिटामोल खाएपछि सञ्चो हुनेछ । खोप लगाउन जाँदा दीर्घ रोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचारसम्बन्धि पुर्जा लिएर जान भनिएको छ ।

  • जनकपुरमा सीता-राम विवाह पञ्चमी महोत्सवको तयारी सुरु

    जनकपुरमा सीता-राम विवाह पञ्चमी महोत्सवको तयारी सुरु

    जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिरमा साताव्यापी सीता–राम विवाह पञ्चमीको तयारी सुरु भएको छ ।

    यसवर्ष आगामी मंसिर २२ मा सिता–राम विवाह पञ्चमी पर्छ । तर एक हप्तासम्म विभिन्न कार्यक्रम गर्नेगरी मंसिर १७ गतेदेखि नै विवाहपञ्चमी महोत्सव सुरु हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।

    गत वर्ष कोरोना महामारीका कारण विवाह पञ्चमी औपचारिकतामा मात्र सिमित भयो । त्यसैले यसवर्ष भव्य रुपमा विवाह पञ्चमी मनाउन विभिन्न १९ वटा समिति एवं उपसमितिहरु गठन गरिएको छ ।
    जानकी मन्दिरमा राखिएको सर्वपक्षीय बैठकमा महन्थ वैष्णवले विवाह पञ्चमी महोत्सवका लागि शान्ति सुरक्षा व्यवस्थापन, प्रचार प्रसार, यातायात व्यवस्थापन, बजार व्यवस्थापन, रंगभुमी मैदानमा पण्डाल एवं गेट व्यवस्थापन, भारतको अयोध्याबाट आउने जन्तीको स्वागत, विद्युत आपूर्ति सहितका समिति गठन गरिएको जानकारी दिए ।

    भगवान रामको जन्मभूमि अयोध्याबाट हरेक पाँच वर्षमा जनकपुर विशेष जन्ती आउने चलन छ । यसपटक औपचारिक रुपमा जन्ती नआएपनि साधुसन्त र ठूला महन्थहरु जन्तीकै रुपमा आउने महन्थ वैष्णवले जानकारी दिए ।

    बैठकमा सहभागीले बाहिरबाट विवाह पञ्चमीमा सहभागी हुन ठूलो संख्यामा मानिस आउने हुनाले जताततै फोहोर हुने गरेकोले सरसफाईमा ध्यान दिन र शौचालयको व्यवस्था मिलाउन महन्थ वैष्णवसँग आग्रह गरेका थिए ।

    फोहोर र शौचालय व्यवस्थापनमा उप–महानगरपालिका र जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्ले समेत ध्यान नदिने गरेको गुनासो गर्दै महन्थ वैष्णवले आफ्नो छोरीको बिहे ठानेर सबैले आफैं गर्नुपर्ने बताए । उनले भने, ‘अरुको भर पर्नु हुँदैन । सबैको साथ चाहियो । म आफैं झाडु बोकेर सडकमा निस्किन्छु ।’

    महन्थ बैष्णवले प्रदेश सरकारले चाहेभने केहि सरसफाई र शौचालय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले महोत्सवलाई भव्य बनाउन आवश्यक सहयोग गर्न प्रदेश सरकारसँग आग्रह समेत गरे ।

    उनका अनुसार मंसिर १७ गते जनकपुर नगर दर्शन, १८ गते फूलवारी लिला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते शुभ–विवाह र २३ गते रामकलेवा कार्यक्रम तय भएको छ ।

  • सल्यानबाट चुनिए आठजना एमाले महाधिवेशन प्रतिनिधि

    सल्यानबाट चुनिए आठजना एमाले महाधिवेशन प्रतिनिधि

    सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा पहिले सल्यान एमालेले महाधिवेशन प्रतिनिधि टुंगो लगाएको छ । जिल्ला इन्चार्ज एवम केन्द्रीय सदस्य गुलावजंग शाहले सल्यानबाट सर्वसम्मत आठजना प्रतिनिधि चुनाएको जानकारी दिए ।

    प्रतिनिधिमा महिलाबाट पुष्पा कुमारी वोहोरा र संञ्चिता कुमारी ओली विसी चयन भएका छन् । त्यस्तै दलितबाट जनक विक छानिएका छन् । उनका अनुसार खुलाबाट पार्टी अध्यक्ष गोविन्द कुमार पुन, उपाध्यक्ष हिमबहादुर सेन, उपसचिव दानबहादुर केसी, पूर्वअध्यक्ष लोकबहादुर डाँगी र प्रदेश कमिटी सदस्य तिलक मल्ल छानिएका हुन् ।

    कर्णालीका हुम्ला, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोटलगायतका जिल्लामा भने भोलि मात्रै महाधिवेशन प्रतिनिधि टुंगिने छ ।

  • प्रधानमन्त्री पत्नीद्वारा जापानमा राजनीतिक तथा कूटनीतिक भेटवार्ता

    प्रधानमन्त्री पत्नीद्वारा जापानमा राजनीतिक तथा कूटनीतिक भेटवार्ता

    टोकियो । प्रधानमन्त्री पत्नी आरजु राणाले जापान भ्रमणको क्रममा राजनीतिक तथा कूटनीतिक भेटघाटलाई तीव्रता दिएकी छिन् । उनले आज राजधानी टोकियोमा लिबरल डेमोक्रेटिक पार्टीको मुख्यालयमा विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गरेकी छन् ।

    उक्त अवसरमा जापान–नेपाल संसदीय मैत्री संघका अध्यक्ष तोसिहिरो निकाइसँग भेटवार्ता गरेकी छिन् । कोरोनाभाइरसको दोस्रो लहरको बेला महामारीविरुद्ध जापानले नेपाललाई उपलब्ध गराएको अस्ट्राजेनेका खोपसहितको सहायताप्रति राणाले धन्यवाद दिएकी छिन् । जलवायु परिवर्तन, विपद् व्यवस्थापन र शिक्षा क्षेत्रमा सहकार्य लगायतका साझा चासोबारे छलफल समेत जनाइएको छ ।

    राणाले सो बैठकमा लिबरल डेमोक्रेटिक पार्टीका अन्तर्राष्ट्रिय ब्यूरोका पूर्वप्रमुख रिउजी कोइजुमी, अन्तर्राष्ट्रिय व्यूरोका निर्देशक कात्सुइ हिरासावा, मुख्य सचिव, जापानको प्रकृति संरक्षक संघका अध्यक्ष लगायतलाई भेटेकी थिइन् ।

  • आगामी वर्षदेखि विश्वभर सुईको अभाव हुनसक्ने डब्लूएचओको चेतावनी

    आगामी वर्षदेखि विश्वभर सुईको अभाव हुनसक्ने डब्लूएचओको चेतावनी

    काठमाडौं । विश्वभर कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहँदा विश्व स्वास्थ्य संगठनले आगामी वर्षदेखि सिरिन्ज (सुई) अभाव हुनसक्ने चेतावनी दिएको छ ।

    संगठनका अनुसार आगामी वर्ष विश्वभरी करिब २०० करोड सुईको कमि हुन सक्छ । डब्लूएचओको एक प्रतिवेदनका अनुसार विश्वभर कोरोना भ्याक्सीनका कारण ठूलो मात्रामा सिरिन्जको प्रयोग भइरहेको छ ।

    अहिलेसम्म विश्वभरी ७२५ करोड डोजभन्दा बढी कोरोनाभाइरसविरुद्धको खोपको प्रयोग भइसकेको छ । जसमध्ये पहिलो डोज, दोस्रो डोज र बुस्टर डोज छन् । खोपको यो मात्रा सामान्यतया एक वर्षमा दिइने कूल खोपहरुको दोब्बर भन्दा बढी हो । प्रत्येक डोजको लागि एउटा सुई प्रयोग हुन्छ त्यसैले सुईको खपत हरेक वर्ष दोब्बर भएको छ ।

    डब्लूएचओको औषधि र स्वास्थ्य उत्पादन विभागकी वरिष्ठ सल्लाहकार लिसा हेडम्यानका अनुसार, ‘अर्काे वर्ष सिरिन्जको कमि हुन सक्ने चिन्ताको विषय बनेको छ । यसले खोपको गति सुस्त हुन जान्छ । साथै यसले धेरै रोगहरुबाट बच्न प्रयासहरुमा गम्भिर प्रभाव पार्छ ।’

    सिरिन्जको अभाव हुन सक्ने भएकाले उत्पादनलाई तीव्रता दिनुपर्ने डब्लूएचओले जनाएको छ । सिरिन्जको आपूर्तीमा कमी आयो भने विश्वभरी त्रास उत्पन्न हुन सक्ने डब्लूएचओले चेतावनी दिएको छ ।

  • चितवनमा थपिए १०१ जना एचआईभी संक्रमित, बालबालिका उच्चजोखिममा

    चितवनमा थपिए १०१ जना एचआईभी संक्रमित, बालबालिका उच्चजोखिममा

    चितवन । चितवनमा पछिल्लो १० महिनामा १०१ जना एचआईभी संक्रमित थपिएका छन् । भरतपुर अस्पताल एआरटी क्लिनिकका फोकल पर्सन तथा वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौलाका अनुसार सन् २००७ देखि २०२१ अक्टोबरसम्म २ हजार २५ जनामा संक्रमण देखिएको छ । भरतपुर अस्पतालमा ७ हजार ८ सय ३५ जनामा परीक्षण गर्दा ५२ जना र समुदायस्तरमा गरिएको १ सय ५३ जनाको परीक्षणमा ४ जना नयाँ संक्रमित भेटिएका छन् ।

    नयाँ पहिचान भएका संक्रमितलाई निःशुल्क एआरटी औषधि दिइएको छ । अस्पतालको एआरटी क्लिनिकबाट १ हजार २९ जनाले नियमित एआरटी औषधि लिएका छन् । जसमध्ये ४ सय ९५ जना पुरुष, ४ सय ९० जना महिला र ४४ जना बालबालिका छन् । बसौलाका अनुसार कोभिड संक्रमण रोकथामका लागि गरिएको लकडाउनको अवधिमा ४ सय २८ जनाको घरमै पुगेर औषधि वितरण गरिएको थियो । १ सय ३३ जनालाई खाद्यान्न सहयोग गरिएको थियो ।

    औषधि अभाव कायमै

    एचआईभी संक्रमितले नियमित खानुपर्ने ३ प्रकारका औषधिको अभाव देखिएको छ । संक्रमित आमाबाट जन्मेका उच्च जोखिममा रहेका बालबालिकालाई ३ महिना खुवाइने जिडोभुडिन (सिरफ) औषधि ६ महिनादेखि छैन । एआरटी औषधि खाएको ८ हप्ता कम वा नियमित नखाएका, सुत्केरी अवस्थामा संक्रमण पहिचान भएकाबाट जन्मेका बालबालिकालाई संक्रमणबाट जोगाउन यो औषधि खुवाउने गरिन्छ ।

    यो वर्ष संक्रमित आमाबाट जन्मेका १३ बालबालिकामध्ये ५ जना उच्चजोखिममा छन् । कम जोखिमका बालबालिकालाई ६ हप्ता खुवाउने नेभिरापिन औषधिको भने अभाव छैन । उच्च जोखिमका बालबालिकालाई यी दुबै औषधि खुवाउनुपर्छ । यस्तै संक्रमित व्यक्तिलाई अन्य रोगको संक्रमणबाट जोगाउन दिइने कोर्टिमोक्साजोल र क्षयरोग रोकथामका लागि खुवाइने आइपीटी औषधिको १० महिनादेखि अभाव छ । जसबाट करिब ३ सय संक्रमित बिरामी प्रभावित छन् ।बसौलाले भने, ‘यी औषधि सरकारले छिटै उपलब्ध गराउनुपर्छ । निःशुल्क पाइने यी औषधि तत्काल व्यवस्था हुनुपर्छ।’

    संक्रमितमा यौन रोग बढ्यो

    सन् २०११ देखि भरतपुर अस्पतालको एआरटी क्लिनिकमा सहयोग गर्दै आइरहेको एड्स हेल्थ केयर फाउन्डेसन (ए एचएफ नेपाल)ले संक्रमितमा यौन रोग बढ्न लागेको जनाएको छ । फाउन्डेसनका क्षेत्रीय प्रमुख कृष्णहरि सापकोटाले एआरटी नियमित सेवन गर्नेमा रोगप्रतिरोधात्मक क्षमता बढेपनि लापरबाहीका कारण यौन रोगहरु देखिएको बताए ।

    उनका अनुसार १ सय २ जना संक्रमितमा गरिएको परीक्षणमा ९ जनामा यौन रोग पाइएको बताए । उनले भने, ‘असुरक्षित यौनसम्पर्क गर्दा यौन रोगहरु सरेको पाइयो । अझै जनचेतना फैलाउनुपर्छ । संक्रमित १० जनामा क्षयरोगको संक्रमण पनि देखिएको छ । एचआईभी संक्रमितले नियमित स्वास्थपरीक्षण गराउनुपर्छ । बेलैमा अन्य रोग पहिचान भएमा जोखिमबाट बच्न सकिन्छ ।’ करिब १ सय जनाले १६ वर्षदेखि नियमित रुपमा एआरटी औषधि खाँदै आएका छन् ।

    संक्रमितलाई निःशुल्क क्यान्सर परीक्षण

    भरतपुर अस्पतालले एचआईभी संक्रमितको निःशुल्क पाठेघर मुखको क्यान्सर परीक्षण सुरु गरेको छ । गत महिनादेखि सुरु भएको परीक्षणमा हालसम्म ९ जना महिलाले परीक्षण गरेका छन् । डा. बसौलाका अनुसार २१ वर्ष माथिका संक्रमित महिलाले स्क्रनिङ गर्न पाउनेछन् । वर्षमा कम्तिमा एकपटक संक्रमित महिलाले निःशुल्क स्क्रिनिङ गर्न पाउने बताए ।

    संक्रमित बिमामा आकर्षित भएनन्

    सरकारले एचआईभी संक्रमितलाई निःशुल्क स्वास्थ बिमाको नीति ल्याएपनि संक्रमितहरु बिमामा आकर्षित हुन सकेका छैनन् । भरतपुर अस्पतालका प्रमुख मेसु डा. कृष्णप्रसाद पौडेलले संक्रमितको बिमा अभियान चलाउनुपर्ने बताए । उनले भने, ‘सरकारले निःशुल्क बिमाको सुविधा दिएको छ, तर उहाँहरु बिमा गर्न मान्नुहुन्न । अन्य रोगको उपचारको खर्च अस्पतालले बेहोर्नुपरेको छ, अब बिमा अभियान चलाउनुपर्छ ।’ ६ सय ५० जनाले संक्रमितले बिमा गरेपनि नयाँ थपिएका संक्रमितले बिमा गर्न इच्छुक देखिएका छैनन् । स्वास्थ कार्यालय चितवनका प्रमुख दिपक तिवारीले एचआईभी संक्रमितको बिमालाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।

  • शुक्रबार ३९७ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

    शुक्रबार ३९७ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा शुक्रबार मुलुकमा ३९७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११०६६ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा थप ३ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ भने ३८९ जना निको भएका छन् ।

    गत २४ घण्टामा ९३ हजार ६९५ जनाले कोभिडविरुद्ध खोप लगाएका छन् भने अहिलेसम्म सक्रिय संक्रमित संख्या ७४९८ छ ।

    काठमाडौं र ललितपुरमा ५०० भन्दा सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मुगु, हुम्ला र डोल्पामा संक्रमित संख्या शून्य छ ।

    कूल संक्रमित संख्या ९ लाख भन्दा बढी छ भने ७ लाख भन्दा बढी संक्रमणमुक्त भएको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ४६९ छ ।

  • फेसबुकमा गाली गरेको भन्दै वडाध्यक्षद्वारा सेवा प्रतिबन्ध !

    फेसबुकमा गाली गरेको भन्दै वडाध्यक्षद्वारा सेवा प्रतिबन्ध !

    सुर्खेत । सल्यानको बाघचौर नगरपालिकाका वडाअध्यक्ष प्रेमबहादुर पुनले सामाजिक सञ्जालमा आफूलाई ‘छोटेराजा’ लेखेको भन्दै स्थानीय दिल केसीलाई वडा कार्यालयबाट कुनै सेवा नदिने विज्ञप्ति टँसाएका छन् ।

    वडाअध्यक्ष पुनले कुनै कानूनी कारबाहीका लागि प्रक्रिया नगरी सोझै सेवाबाट बञ्चित गरेका हुन् । उनको उक्त विज्ञप्ती सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    केसीले सामाजिक सञ्जालमा वडाअध्यक्षमाथि विभिन्न टिकाटिप्पणी लेख्ने गरेका थिए । केसीले उक्त वडाका वडाध्यक्ष र सदस्यलाई ‘छोटेराजा’ भन्दै फेसबुकमा विभिन्न खाले टिप्पणी गरेका थिए ।

    उक्त टिप्पणी अमर्यादित भएको भन्दै बिहीबार वडाध्यक्ष पुनले प्रेस विज्ञप्तिमार्फत केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवाबाट बन्चित गरिएको बताएका छन् । केसीले सामाजिक संजालमा लेखिएका अभिव्यक्तहरु सच्याउनुपर्ने वडाध्यक्षको भनाइ छ ।

     

  • दाङ कांग्रेसमा क्षेत्रीय सभापतिहरुको उम्मेदवारी घोषणा, दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने

    दाङ कांग्रेसमा क्षेत्रीय सभापतिहरुको उम्मेदवारी घोषणा, दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने

    घोराही । नेपाली कांग्रेसको दाङ जिल्ला क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा भीमप्रकाश खड्काले उम्मेदवारी घोषणा गरेका छन् । घोराहीमा बिहीबार बसेको सभापति शेरबहादुर देउवा र स्व. खुमबहादुर खड्का समूहका नेताहरूको बैठकले खड्कालाई सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले जानकारी दिए ।

    कांग्रेस क्षेत्र नम्बर २ ‘क’को सभापतिमा प्रकाश श्रेष्ठ ‘लाला’लाई उम्मेदवार बनाउने सहमति भएको छ । सभापतिका उम्मेदवारहरू बनाउन कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका सांसद राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको ठूलो भूमिका रहेको नेता खनालले बताए ।

    सभापति देउवा र स्व. खुमबहादुर खड्का निकटका नेताहरू मिलेर दाङको अधिवेशनमा प्रतिस्पर्धा गर्ने रणनीति बनाएका छन् ।

    क्षेत्र नम्बर २ ‘ख’को सभापतिमा शुक्रबार टुंगो लगाउने तयारी भएको छ । त्यसका लागि नेताहरू आन्तरिक परामर्शमा छन् ।

    बिहीबारको बैठकमा पूर्वसांसद राजु खनाल, लुम्बिनी प्रदेशका सांसद अर्जुनकुमार श्रेष्ठ, भुपबहादुर डाँगी, गोपालराज शर्मा, भरतराज न्यौपाने, श्याम रेग्मी, हरिनाथ योगी, पुरुषोत्तम शर्मा, रमेश पाण्डे लगायतका नेताहरूको उपस्थिति थियो ।

    त्यस्तै सस्थापनइतर समूहबाट कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा घोराही १० का वडाअध्यक्ष निर्मल डाँगी र २ ‘ख’को प्रदेश सभापतिमा अभियान बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् ।

    यहाँ डागी र खड्काबीच कडा प्रतिस्पर्धा हुनेछ । डागि र बस्नेतलाई कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिपक गिरी, रास्ट्रियसभाका मुख्य सचेतक अनिता देवकोटा, नेताहरु किरणकिशोर घिमिरे, कमल किशोर घिमिरे, गिरिराज सुवेदी, भोजराज पाण्डे, बिरकेश्वरि गौतम लगायतका नेताहरुको समर्थन रहेको छ ।