Author: Anisha Tiwari

  • एमाले केन्द्रीय सदस्यमा कृष्ण दाहालको उम्मेदवारी घोषणा

    एमाले केन्द्रीय सदस्यमा कृष्ण दाहालको उम्मेदवारी घोषणा

    काठमाडौं । नेकपा (एमाले)को १० औं महाधिवेशनमा केन्द्रीय सदस्यका लागि कृष्णप्रसाद दाहालले उम्मेदवारी घोषणा गरेका छन्।

    चितनवमा हुने महाधिवेशनका लागि खुल्ला तर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।

    दाहाल मकवानपुर क्षेत्र नम्बर १ का सभापति तथा संघीय संसदको अर्थ समितिका सभापति हुन्।

  • कांग्रेसको काठमाडौं ३ को क्षेत्रीय सभापतिमा चालिसे निर्वाचित

    कांग्रेसको काठमाडौं ३ को क्षेत्रीय सभापतिमा चालिसे निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा सन्तोष चालिसे निर्वाचित भएका छन् । गोकर्णेश्वर नगरपालिकाका प्रमुखसमेत रहेका चालिसे २ सय ५ मत प्राप्त गरी सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी दिपेन्द्र लामाले १ सय ५९ मत प्राप्त गरे । क्षेत्रीय सचिवमा चालिसे समूहकै दीपक रिसाल र भुवन लामा निर्वाचित भएका छन् । सहसचिवमा पनि सोही समूहका अमृत खड्का र सुदीप पण्डित क्षेत्री विजयी भएका छन् । सदस्यमा मिश्रित परिणाम आएको छ ।

    यसैगरी महाधिवेशन प्रतिनिधि खुलातर्फ कुमारराज सुवेदी, कृष्णजी खड्का, छिरिङदोर्जे लामा, जगन्नाथ धिमाल, डोजाङ शेर्पा, दुर्गा बराल, नारायणबहादुर सुवेदी, परशुराम पोखरेल, रमेश अर्याल र हरिबोल भण्डारी निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधि महिला खुलातर्फ कमला नेपाली, गीता सिम्खडा, विष्णुदेवी पुडासैनी र शान्ति नेपाल निर्वाचित भएका छन् ।

    यस्तै खसआर्यतर्फ महाधिवेशन प्रतिनिधिमा जयराज भण्डारी र रामराज थापा, खसआर्य महिला महाधिवेशन प्रतिनिधिमा रेखा अर्याल र लेखकुमारी पुडासैनी, जनजाति महाधिवेशन प्रतिनिधमा डम्बरबहादुर तामाङ, देवसुन्दर बज्राचार्य र लालबहादुर लामा, जनजाति महिलातर्फ झुमा लामा र सत्यभामा श्रेष्ठ विजयी भएका छन् ।

    दलिततर्फ महाधिवेशन प्रतिनिधिमा विक्रम सुनार र अपाङ्ग एवं अल्पसङ्ख्यकतर्फ महाधिवेशन प्रतिनिधिमा अनिलध्वज कार्की निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

  • सुर्खेतका जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमै पराजित

    सुर्खेतका जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमै पराजित

    सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । संस्थापन इतर पक्षका रेग्मी खुल्ला तर्फको महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

    ३ सय २० मत ल्याएका उनी १२ औं स्थानमा रहे । सुर्खेतको क्षेत्र नम्बर २ बाट जिल्ला सभापति रेग्मी पराजित हुँदा उपेन्द्रबहादुर थापा, कलमबहादुर खत्री, कालीप्रसाद शाक्य, टोपबहादुर रावत, नारायणप्रसाद सापकोटा, तिर्थजंग शाही, निरञ्जन केसी, यज्ञबहादुर बुढा क्षेत्री, विष्णुबहादुर खड्का र श्यामकुमार भारती महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

  • यी हुन् कोरोना संक्रमित नभेटिएका पाँच जिल्ला

    यी हुन् कोरोना संक्रमित नभेटिएका पाँच जिल्ला

    काठमाडौं । मंगलबार काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा संक्रमितको संख्या शून्य छ । जसमा ओखलढुङ्गा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोट छन् ।

    आठ जिल्लामा २०० भन्दा बढी संक्रमित रहेका छन् । जसमा भक्तपुर, मोरङ, सुनसरी, झापा, धनुसा, कास्की, पूर्वीनवलपरासी, बाँके र कैलाली छन् । उपत्यकामा मात्र १६०७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • मंगलबार ३५१ जना संक्रमित थपिए, ९ जनाको मृत्यु

    मंगलबार ३५१ जना संक्रमित थपिए, ९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा मंगलबार मुलुकमा ३५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार १७४ जनामा नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    सोही अवधिमा कोरोनाभाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने २७३ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

    गत २४ घण्टामा ९८ हजार ५११ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०९ पुगेको छ भने अहिलेसम्म ७ हजार ३०० सक्रिय संक्रमित छन् ।

    हालसम्म देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख १९ हजार ६९९ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७० जनामा पुष्टि भएको छ ।

    संक्रमितमध्ये हालसम्म ८ लाख ८९० जना संक्रमणमुक्त भएका छन् ।

    हाल कोरोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने मृत्युदर १.४ छ ।

  • तौल घटाउन खोज्दैहुनुहुन्छ ? दूधको नियमित सेवन गर्दा घट्छ तौल

    तौल घटाउन खोज्दैहुनुहुन्छ ? दूधको नियमित सेवन गर्दा घट्छ तौल

    तौल घटाउनको लागी धेरैजसो मानिसहरु के खाने र नखाने भन्ने अन्योलमा हुन्छन् । तौल घटाउनको लागि धेरै मानिसहरुले दूध पिउँदैनन् । धेरैलाई यो लाग्न सक्छ कि दूध पिउनाले तौल झन् बढ्न सक्छ त्यसले मानिसहरु आहारमा दूध पिउँदैनन् । के साच्चै दुधले तौल बढाउँछ त ? विज्ञहरुका अनुसार दूध पिउनाले तौल बढ्दैन, उल्टो यसले केही किलो तौल घटाउन पक्कै मद्दत गर्छ ।

    दूधले तौल घटाउन मद्दत गर्छ

    दूध उच्च गुणस्तरको प्रोटीनको स्रोत हो । यसमा जिंक, म्याग्रसियम, क्याल्सियम, भिटामिन–बी १२ र भिटामीन डी जस्ता पोषक तत्वहरु प्रशस्त मात्रामा पाइन्छ । दूधले हड्डीलाई बलियो बनाउनुका साथै पाचन र रोग प्रतिरोधात्मक क्षमतालाई पनि राम्रो बनाउँछ । दूध एउटा सन्तुलन आहार हो त्यसैले दूध पिउँदा फाइदा हुन्छ । हाम्रो शरीरलाई आवश्यक पोषण नपाउँदा तौल घटाएपछि समस्या आउन सक्छ ।

    एक अध्ययनका अनुसार कम क्यालोरी आहार लिने व्यक्तिहरूले डेरीबाट उत्पादन हुने दुग्धजन्य पदार्थ सेवन गरेर बढी तौल घटाउँछन् । धेरै अध्ययनहरुका अनुसार जो मानिसहरु डेरी प्रोडक्ट युक्त खानेकुरा खान्छन् उनीहरुले तौल घटाएपनि फाइदा पाउँछन् । दूधमा क्याल्सियम प्रचुर मात्रामा पाइन्छ र यसको सेवनले मोटोपना, मेटाबोलिक सिन्ड्रोम, मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम कम गर्छ ।

    शारिरिक व्यायाम गरेपछि दूध पिउँदा फाइदा

    तौल घटाउनका लागि दूध पिउन सकिन्छ । यसले तौल बढाउँदैन । शारिरिक व्यायाम गरेपछि प्रोटीन शेक लिनुहुन्छ भने दूधमा मिसाएर पिउने गर्नूस् । यदि गाईको दूध पच्दैन भने, सोया र नट मिल्क जस्ता बिरुवामा आधारित दूध उत्पादन लिन सकिन्छ।

  • शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरण : कुन खेलमा कति गोल ?

    शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरण : कुन खेलमा कति गोल ?

    काठमाडौं । शुक्रबारदेखि सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरणका सात खेलमा कुल १६ गोल भए ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज र एपीएफ फुटबल क्लबबिचको खेलमा सर्वाधिक ५ गोल भएको थियो । उक्त खेलमा ब्रिगेड ब्वाइजले एपीएफलाई ३–२ गोलको नतिजामा पराजित गरेको थियो ।

    त्यस्तै फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीचको उद्घाटन खेल गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा हिमालयन शेर्पा र संकटाबीचको खेल १–१ को बराबरी भएको थियो । तेस्रो खेलमा च्यासल युथ क्लब थ्री–स्टार क्लबसँग ३–० गोलको नतिजामा पराजित भएको थियो ।

    पाँचौ खेलमा जावलाखेल युथ क्लब सर्वाधिक सफल क्लब मनाङ मर्स्याङदीसँग १–० को नतिजामा हारेको थियो । छैठौँ खेलमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल पनि १–१ गोलको बराबरीमा रोकिएको थियो । पहिलो चरणको अन्तिम खेलमा सविक विजेता मच्छिन्द्र क्लबले न्यूरोड टिमलाई २–१ को नतिजामा पराजित गरेको थियो ।

    कोरोना भाइरसका कारण दुई वर्षपछि आयोजना सम्भव भएको ए डिभिजन लिगको दोस्रो चरणका खेल शुक्रबारदेखि रंगशालमा हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी लिगमा कम्तिमा तीन मैदानमा खेल गर्ने बताए पनि पहिलो र दोस्रो चरणका सबै खेल दशरथ रंगशालामै हुनेछन् ।

  • कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

    कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन् । उनलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

    कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित भएका हुन्।

    जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिए। उनी पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि गठित स्वास्थ्य समितिका संयोजकसमेत हुन् ।

  • अब गर्भवतीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने

    अब गर्भवतीलाई पनि कोरोनाविरुद्धको खोप लगाइने

    काठमाडौं । सरकारले गर्भवती भएको पहिलो तीन महिना पुगेका सबै गर्भवतीलाई कोरोनाभाइरसविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि संक्रमणको उच्च जोखिममा रहेका गर्भवती महिलाहरूले मात्र कोभिडविरुद्धको खोप लगाइरहेका थिए ।

    चैत मसान्तसम्म लक्षित समूहमा खोप लगाइसक्ने लक्ष्य लिइएकाले सबैलाई स्वास्थ्य संस्थामा गएर सम्पर्क राख्न मन्त्रालयले आग्रह गरेको छ । गर्भवतीमा खोपको प्रभावकारिताबारे अस्पष्टताका कारण खोप लगाउनेको संख्या न्यून रहे पनि बिस्तारै बढ्दै गएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । सरकारले पुस मसान्तसम्म दुई तिहाइ र बैशाख मसान्तसम्म लक्षित जनसंख्यालाई कोभिडविरुद्धको खोप दिने लक्ष्य राखेको छ ।

  • ‘जाम भो माइली’ गीत टीकटकले मात्र हिट भएको होइन : प्रकाश दूतराज

    ‘जाम भो माइली’ गीत टीकटकले मात्र हिट भएको होइन : प्रकाश दूतराज

    काठमाडौं । गायक प्रकाश दूतराजले एक महिनाअघि आफ्नै शब्द र संगीतमा रहेको दोहोरी गीत ‘जाम भो माइली’ सार्वजनिक गरे । शान्तीश्री परियारसँग मिलेर उनले गाएको उक्त गीत अहिले टीकटकदेखि सामाजिक संजालमा हिट छ ।

    युट्युवमा मात्र यसलाई अहिलेसम्म ७७ लाख पटक हेरिएको छ । टीकटक र अन्य सामाजिक संजालको गणना यसमा छैन । लगातार दोस्रो साता युट्युवको शीर्षस्थानमा रहेको गीत रिलिजको एक महिनापछि पनि अझै यसलाई हेर्नेको संख्या उच्च छ ।

    मौसम हिमालीको निर्देशन रहेको भिडिओमा गायक दूतराज, रोशनी कार्की र निक्स शर्माको मुख्य अभिनय छ ।

    गीत सार्वजनिक भएको छोटो समयमै अत्यन्तै रुचाइएको छ टीकटकमा समेत यो गीतमाथि धेरैले भिडिओ बनाएका छन् । संगीतकार एवं गायक दूतराजले गीतमा समाजको थोरै समस्या, थोरै सचेतना अनि धेरै प्रेम समेटिएको कथाको भएको उल्लेख गरेका छन् ।

    गीतमा ग्रामिण जीवनशैली झल्किने गरि वनपाखा, खोलानाला, मेलापातका सुन्दर दृश्यहरु समावेश भएको छ । ग्रामिण जीवनको मौलिकता र ठेट शब्द समावेश भएकाले पनि दर्शक एवं श्रोताले यसलाई रुचाएका छन् ।

    भिडिओमा लाहुरे गाउँमा आएर युवतीहरुलाई ललाईफकाई गरेको देख्न सकिन्छ । गाउँकी सोझी युवतीलाई भगाएर लैजादै गर्दा गाउँलेहरुले ती युवतीलाई फर्काएर लाहुरेलाई गाउँबाट लखेटेको दृश्य समावेश छ ।

    दूतराजले नेपाल प्रेससँग भने, ‘गीत सामाजीक सञ्जालले मात्र चर्चामा आएको होइन । अडियो मेकिङ, भिडिओ मेकिङ सबै कारणले चर्चामा आएको हो । यो गीतमा मौलिकता झल्किएकाले दर्शकले रुचाई दिनुभएको छ । गीतमा खास गरी नेपालीपन छ । समाजमा भइरहेको घटनालाई भिडिओमार्फत देखाइएको छ ।’

    यी समाजमा घटेका घटनाहरु हुन् जुन अहिले पनि यथावत् नै छ । पात्रहरु भिडिओमा आउनुभन्दा अगाडि नै समाजमा यो घटना देखिरहेका छौ । घटना सकारात्मक या नकरात्मक भएपनि गीतमा नेपालीपन समेटिएको उनले बताए ।

    उनले काम गर्दै जाँदा दर्शकले गीत मन पराइदिएकोमा खुशि व्यक्त गरे । उनले यसअघि पनि बैनी झ्यालैमा, घर कता हो बैनीको, आरनेजस्ता उनका गीत गाएका छन् । तत्कालै नयाँ गीत ल्याउने आफ्नो योजना नरहेको उनले सुनाए ।

  • काठमाडौंका चारवटा नाकामा एक महिनासम्म खोप अभियान

    काठमाडौंका चारवटा नाकामा एक महिनासम्म खोप अभियान

    काठमाडौँ । महानगरपालिकाले चार नाका कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरेको छ ।

    कामपा स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा आगामाी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यही मङ्सिर ५ गतेबाट सुरु भएको कार्यक्रम आगामी पुस ५ गतेसम्म चल्ने कामपाले जानकारी गराएको छ ।

    काठमाडौँ प्रवेश गर्ने १८ वर्ष उमेर पूरा भएका सबै नागरिकलाई उमेर खुलेको प्रमाण आधारमा खोप दिइने पनि कामपाले जनाएको छ । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको स्वास्थ्य सुरक्षामा आफू सधैँ जिम्मेवार रहेको बताए ।

    कोरोनाको दोस्रो लहरको समयमा पनि कामपाले उपत्यकाको सरकारी र सामुदायिक गरी १२ अस्पताललाई कोभिडविरुद्ध उपचार गर्नका लागि विभिन्न औजार, उपकरण, सामग्री तथा स्रोत परिचालनमा सहयोग गरेको कार्यक्रममा प्रमुख शाक्यले स्मरण गराए ।

    कामपा स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले निर्धारण गरिएको चारवटै खोप केन्द्रबाट केन्द्रबाट भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनेका खोप उपलब्ध हुने जानकारी दिए ।

    यससँगै महानगरका ३२ वटै वडामा यसअघि तोकिएको खोप केन्द्रबाट मङ्सिर ७ र ८ गते कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुनेछ । यसमा १८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकाहरुलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ । यहाँ भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनेका खोप उपलब्ध हुनेछन् ।

  • ललितकला प्रज्ञा प्रतिष्ठानमा मुटु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    ललितकला प्रज्ञा प्रतिष्ठानमा मुटु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मुटु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीले अस्पतालले दिने सेवाहरुसहित मुटु रोग लाग्नुका कारणहरु, अपनाउनु पर्ने सावधानी, उपचार विधीका बारेमा बताए । गंगालाल अस्पतालमा १५ वर्षभन्दा मुनी, ७० वर्षभन्दा माथी, विपन्न वर्गका मानिसहरुका लागि निःशूल्क उपचार हुने भएतापनि विरामीहरु समयमा नै उपचार गर्न नआउने कुरा बताए ।

    प्रतिष्ठानका विभाग प्रमुख प्राज्ञ रमेशनाथ खनालले शरिरमा सम्पूर्ण अंगहरुको आ–आफ्ना महत्वपूर्ण कार्य हुने र त्यसमा पनि मुटु विना केही सेकेण्ड पनि बाँच्न नसकिने भएकोले सचेतना कार्यक्रम आयोजना गरेको बताए ।

    डा. अधिकारीले भने नेपालमा वर्षेनी मृत्यु हुनेहरु मध्ये ३३% मुटु रोगका बिरामीहरु छन् । मुटु रोग वंंशाणुगत र जीवन शैलीका कारणले हुने गर्दछ भने केही जन्मजात पनि हुन्छ । मुटुमा रोग छ कि छैन भनि जानकारी लिनको लागि इको टेस्ट गर्दा सजिलै पत्ता लाग्छ । मुटुमा समस्या आउने बित्तिकै छाती, दायाँ वा बाँया हातमा निक दुखाई हुन्छ । यसो हुँदा १२ घण्टा भित्रमा जति सक्दो छिटो अस्पताल पुग्न सक्यो त्यति नै बाँच्ने सम्भावना बढि हुने बताए ।

    अनुसन्धानका अनुसार हृदयघात भएकाहरु मध्ये २३% मानिसहरु अस्पताल नपुग्दै मर्छन् । १३% मानिसहरु अस्पताल पुगेर मर्छन् । बाँकी ६४% विरामीहरु निको हुन्छन् । ती निको भएका मानिसहरुको आयु पनि त्यति लामो हुँदैन्, कति बाँच्ने भन्ने कुरा हृदयघात भएको कति समयमा उपचार पायो भन्नेमा निर्भर गर्दछ । हृदयघात जुन उमेर समूहमा हुन सक्ने भएपनि उमेर बढ्दै जाँदा हृदयघात हुने सम्भावना पनि बढ्दै जान्छ । यो रोग रक्तचाप, सुगर हुने व्यक्तिहरुमा बढी हुन्छ भने महिलाको तुलनामा पुरुषलाई बढि हुन्छ । जाँड, रक्सी, चुरोट, खैनी, सूर्ति, जम्ने चिल्लो पदार्थ (घ्यू, डाल्डा)खाने, तनाव लिने, मोटो(त्यसमा पनि पेट ठूलो हुने) व्यक्तिलाई मुटु रोगको सम्भावना बढि हुन्छ । डा. अधिकारीका अनुसार चुरोट खाने १०० पुरुषहरु मध्ये ८ जना र १०० महिला मध्ये १३ जनालाई हृदयघात हुने बताए ।

    शरिरको सम्पूर्ण दुखाईको तुलनामा मुटुको दुखाई ज्यादा हुन्छ र ज्यानसमेत जान सक्ने भएकोले समयमै सावधानी अपनाउनु पर्दछ । यसका लागि नुन कम खाने(दिनमा ५ ग्राम), फलफुल, सागपात बढि खाने, दिनहुँ व्यायाम गर्ने, तनावरहित जीवन जिउनु पर्दछ ।

     

  • सोमबार दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    सोमबार दुई जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

    काठमाडौं । सोमबार काठमाडौं र ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा काेराेना संक्रमितको संख्या शून्य छ । जसमा ओखलढुङ्गा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोट छन् ।

    आठ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमा भक्तपुर, मोरङ, सुनसरी, झापा, कास्की, पूर्वीनवलपरासी, बाँके र कैलाली छन् । उपत्यकामा मात्र १५६० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

     

  • सोमबार ३ सय संक्रमित थपिए, ४ जनाको मृत्यु

    सोमबार ३ सय संक्रमित थपिए, ४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार मुलुकमा ३८५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही अवधिमा कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ भने २५८ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

    गत २४ घण्टामा ७१ हजार ४८३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको छ ।

    मन्त्रालयका अनुुसार देशभर पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा ८ लाख १९ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३३२ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन् ।

    हाल कोरोना निको हुनेदर ९७.७ प्रतिशत रहेको छ भने देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित रहेका छन् ।

  • सुनको मूल्य २ सयले बढ्यो

    सुनको मूल्य २ सयले बढ्यो

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेर ९३ हजार ९०० रुपैयाँ तोकिएको छ । आइतबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ जसको मूल्य आइतबार प्रतितोला ९३ हजार २०० रुपैयाँ थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

  • एक जिल्लामा मात्र ५०० भन्दा बढी सक्रिय  संक्रमित ‍

    एक जिल्लामा मात्र ५०० भन्दा बढी सक्रिय संक्रमित ‍

    काठमाडौं । आइतबार ललितपुरमा मात्र ५०० भन्दा बढी सक्रिय  संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा काेराेना संक्रमितको संख्या शून्य छ । जसमा ओखलढुङ्गा, मनाङ, हुम्ला, जाजरकोट र मुगु छन् ।

    काठमाडौं, भक्तपुर, मोरङ, सुनसरी, झापा, कास्की, पूर्वीनवलपरासी, बाँके र कैलालीमा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकामा मात्र १४७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

     

  • आइतबार ३७० जना निको हुँदा २३८ जना कोरोना संक्रमित थपिए

    आइतबार ३७० जना निको हुँदा २३८ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार मुलुकमा २३८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार ८४५ पीसीआर र १२ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा४० हजार १४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

    अहिलेसम्म ७ हजार १६४ जना संक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ९ लाख भन्दा बढी पुगेको छ भने ८ लाख भन्दा बढी निको भएका छन् ।

    नेपालमा दैनिक कोरोना संक्रमणदर २.६ प्रतिशत छ । मृत्युदर १.४ प्रतिशत छ निको हुनेको दर भने ९७.७ प्रतिशत छ ।

  • सुडानका प्रधानमन्त्री हामडोक सम्झौतापछि पुनर्बहाली हुने

    सुडानका प्रधानमन्त्री हामडोक सम्झौतापछि पुनर्बहाली हुने

    सुडान । सुडानमा गत महिनाको सैन्य विद्रोहपछि पक्राउ परेका नागरिक नेतृत्वलाई रिहा गर्ने जनरल अब्देल फताह अल-बुर्हान र प्रधानमन्त्री अब्दल्ला हमडोक सम्झौता भएको छ ।

    यस सम्झौतापछि सुडानका प्रधानमन्त्री हामडोक सरकारको नेतृत्वमा फिर्ता हुन लागेको मध्यस्थकर्ताहरूले जनाएका छन् ।

    जनरल बुर्हान प्रधानमन्त्री हामडोक, राजनीतिक शक्तिहरु र नागरिक समाज संगठनहरुबीच हमडोकलाई आफ्नो पदमा फर्काउने र राजनीतिक बन्दीहरूको रिहाइका लागि राजनीतिक सहमति भएको वरिष्ठ सुडानी मध्यस्थकर्ता फदलाल्लाह बर्माले एएफपीलाई बताएका छन् ।

    सुडानी मध्यस्थकर्ताहरूको समूहले पनि सम्झौताको पुष्टि गर्दै एक विज्ञप्ति जारी गरेको समाचारमा जनाइएको छ ।

    रासस

  • १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइने

    १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाइने

    काठमाडौं । सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाभाइरस विरुद्धको खोप दिने भएको छ । देशभर खोप लगाउन प्रदेशहरूमा खोप पठाउने काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सरकारले खोप उमेर र पेसालाई वर्गीकरण गरेर लगाउँदै आएको थियो ।

    अहिले नेपालमा झण्डै ३६ लाख खोप उपलब्ध छ । खोप लगाउन बाँकी १८ वर्षभन्दा कम उमेरका बालबालिका लागि खरिद सम्झौता गरिएको खोप डिसेम्बरभित्र आउने मन्त्रालयले जनाएको छ ।

    फाइजर खोप १२ वर्षदेखि १८ वर्षका बालबालिका र दीर्घरोगीलाई लगाउनका लागि सरकारले खरिद सम्झौता गरिसकेको छ। ६० लाखको खरिद सम्झौता भएको र १० वा १५ लाखको दरले भण्डार क्षमता अनुसार आउने छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार कूल १ करोड ६९ लाख ८६ हजार ३६९ लगाएको खोपमध्ये ९१ लाखले mएक मात्रा र ७८ लाखभन्दा बढीले दोस्रो मात्रा खोप लगाइसकेका छन् । १८ वर्षभन्दा तलका धेरै नागरिकले खोप नलगाएको मन्त्रालयले जनाएको छ।

  • गायिका प्रविशा र प्रेमी निर्माणले कसे लगनगाँठो

    गायिका प्रविशा र प्रेमी निर्माणले कसे लगनगाँठो

    काठमाडौं । गायिका प्रविशा अधिकारीले प्रेमी निर्माण सिटौलासँग आज लगनगाँठो कसेकी छन् । आइतबार झापास्थित घरमा उनीहरुले विवाह गरे ।

    लामो समय अमेरिकामा रहेका निर्माण प्रविशासँग बिहे गर्न दशैंँअघि नेपाल आएका थिए । निर्माण झापा चारपानेका हुन् ।

    दुबै जनाको पारिबारिक उपस्थितिमा बिहे कार्यक्रम आयोजना भएको हो । उनिहरु एक बर्षयता सम्बन्धमा थिए ।

  • अस्पतालको स्तरवृद्धिसँगै दुर्गममा छुट्टै स्वास्थ्यचौकी बनाउँनेछौं : स्वास्थ्यमन्त्री

    अस्पतालको स्तरवृद्धिसँगै दुर्गममा छुट्टै स्वास्थ्यचौकी बनाउँनेछौं : स्वास्थ्यमन्त्री

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सङ्घीय तथा प्रदेश सरकारको मातहतमा रहेका अस्पताललाई आवश्यक चिकित्सकको दरबन्दी खुल्ला गरेर गुणस्तरीय बनाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।

    मकवानपुरस्थित समाजवादी प्रेस सङ्गठनद्वारा आज हेटौँडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कोरोना संक्रमणबाट पीडित र अन्य नागरिकले पनि सम्बन्धित उपकेन्द्रमा गएर खोप लगाउन सजक हुनुपर्ने धारणा व्यक्त गरे ।

    मन्त्री खतिवडाले छिमेकी राष्ट्र भारत, चीन र अमेरिकाबाट कोभिडविरुद्धको खोप ल्याई सबै नेपाली नागरिकलाई उपलब्ध गराउन थालिसकेको र अहिले १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने जानकारी दिए ।

    दुर्गम भेगका जनतालाई स्वास्थ्य सेवा सुलभ ढङ्गबाट उपलब्ध गराउन पायक पर्ने स्थानमा छिट्टै स्वास्थ्यचौकी स्थापना गरिने र सरकारको छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई करार सेवामा नियुक्त गरी उपचार सेवालाई तीव्रता दिने लक्ष्यका साथ गृहकार्य भइरहेको पनि उनले जानकारी दिए ।

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको आजै निरीक्षण गर्दै मन्त्री खतिवडाले गुणस्तरीय स्वास्थ्यसेवा छिटोछरितो उपलब्ध गराउन आग्रह गरे । उनले एक अत्याधुनिक एम्बुलेन्स आजै सरकारका तर्फबाट हेटौँडा अस्पतालका रजिष्टार राजेशप्रसाद प्रसाईलाई हस्तान्तरण गरे ।

  • सन्तानको पालनपोषण कसरी गर्ने ? यी हुन् अभिभावकलाई १० टिप्स !

    सन्तानको पालनपोषण कसरी गर्ने ? यी हुन् अभिभावकलाई १० टिप्स !

    बच्चाहरूको सही पालन-पोषणको लागि परिस्थिति अनुसारको सोचाइ–बुझाइ हुन आवश्यक छ । निश्चय नै सबै बच्चाहरूमा एउटै नियम लागू हुन सक्दैन । चाहे बच्चाहरूको ख्याल राख्ने कुरा होस्, माया जताउने कुरा होस् वा कडा रूपमा प्रस्तुत हुने कुरा होस् । हरेक बच्चासँग भिन्न–भिन्न तरिकाले प्रस्तुत हुन जरूरी छ । तपाईंले यो हेर्नुपर्छ कि तपाईंको सन्तानलाई के आवश्यक छ ।

    १)  बच्चामाथि अधिकार नजमाउनूस्

    तपाईं बच्चाहरूमाथि अधिकार जमाउन नखोज्नुहोस् । उनीहरूलाई सहारा दिँदै हुर्काउनुहोस् अनि उनीहरूको साथको आनन्द लिनुहोस् । तपाईं आफ्ना बच्चाहरूलाई भविष्यको लागि गरिने लगानी नबनाउनुहोस् ।

    २)  उनीहरू जे बन्न चाहन्छन्, त्यही बन्न दिनुहोस्

    उनीहरूलाई जे बन्नु छ, त्यही बन्न दिनुहोस् । तपाईंले जीवनलाई जुन रूपमा बुझ्नुभएको छ, त्यसलाई आफ्ना बच्चाहरूमाथि थोपर्ने प्रयास नगर्नुहोस् । तपाईंले आफ्नो जीवनमा जे–जति गर्नुभयो, तपाईंको बच्चाले पनि त्यही गर्न आवश्यक छैन । तपाईका बच्चाहरूले केही यस्तो चीज गर्नुपर्छ, जसको बारेमा तपाईंले आफ्नो जीवनमा कल्पना गर्ने हिम्मत समेत गर्नुभएन । तबमात्र, यो संसार अगाडि बढ्नेछ ।

    ३)  साँचो माया दिनुहोस, जे चीज माग्यो त्यही होइन

    मानिसहरूमा यो गलत बुझाइ रहेको छ कि बच्चाहरूलाई माया गर्नु भनेको उनीहरूको हरेक इच्छा पूरा गर्नु हो । उनीहरूले जे–जे माग्छन्, तपाईं सबैथोक दिँदै जान थाल्नुभयो भने, यो ठूलो मूर्खता हो । जब तपाईं स्नेह र प्रेमले भरिनुहुन्छ, तपाईं त्यही मात्र गर्न सक्नुहुन्छ जे आवश्यक छ । जब तपाईं कसैलाई साँच्चिकै माया गर्नुहुन्छ, तपाईं उसको नजरमा अप्रिय हुन तयार रहनुहुन्छ । साथै, तपाईं त्यही गर्नुहुन्छ, जे उसको लागि उत्तम हो ।

    ४)  बच्चाहरूलाई ठूलो बनाउन हतार नगर्नुहोस्

    यो एकदमै महत्त्वपूर्ण छ कि एउटा बच्चालाई बच्चा नै हुन दिनुपर्छ बच्चालाई एकैचोटि जवान बनाउने हतार नगर्नुहोस्, किनकि पछि त्यसलाई उल्ट्याउन सकिँदैन । ऊ बच्चा छँदा, बच्चाको जस्तो व्यवहार गर्छ भने, यो राम्रो कुरा हो । तर, जवान भइसकेपछि पनि बच्चाको जस्तो व्यवहार गर्न थाल्यो भने, त्यो उचित होइन । बच्चालाई आरामले हुर्किन दिनुहोस; बच्चा हतार–हतारमा जवान हुनुपर्ने कुनै आवश्यकता छैन ।

    ५)  यो सिक्ने बेला हो, न कि सिकाउने

    आफ्ना बच्चाहरूलाई सिकाउनको लागि तपाईंले जीवनको बारेमा के नै जान्नुभएको छ ? तपाईंले जीविको–पार्जनका केही तरिकाहरू मात्र सिकाउन सक्नुहुन्छ । कृपया आफूलाई आफ्ना बच्चाहरूसँग दाँज्नुहोस् अनि हेर्नुहोस् को चाहिँ बढी आनन्दित छ ? तपाईंको बच्चा, होइन त ? यदि तपाईंभन्दा तपाईंको बच्चा बढी आनन्दित रहन सक्छ भने, जीवनको बारेमा सल्लाह दिनका लागि को बढी सक्षम छ तपाई वा तपाईंको बच्चा ? जब तपाईंको जीवनमा बच्चाको आगमन हुन्छ, यो केही सिक्ने समय हो, न कि सिकाउने । जब घरमा बच्चा आउँछ, नजानिकनै तपाईं हाँस्नुहुन्छ, खेल्नुहुन्छ, गाउँनुहुन्छ, उसको लागि जे पनि गर्नु हुन्छ । तपाईं ती सबै चीजहरू गर्नुहुन्छ, जुन तपाईंले बिर्सिनु भइसकेको थियो । त्यसैले, यो जीवनको बारेमा सिक्ने समय हो ।

    ६)  बच्चाहरू स्वाभाविक रूपमा आध्यात्मिक हुन्छन्

    यदि बच्चाहरूलाई जथाभावी नसिकाइने हो भने, उनीहरू आध्यात्मिक सम्भावनाप्रति एकदमै नजिक हुन्छन् । सामान्यतया, कि त आमाबुबा, शिक्षकहरू, समाज वा टेलिभिजन अथवा कसै न कसैले उनीहरूमा केही न केही थोपरिरहेका हुन्छन् । यस्तो परिवेश सृजना गर्नुहोस्, जहाँ यस्तो बाहिरी हस्तक्षेप निकै कम हुन्छ— जहाँ, बच्चालाई कुनै धर्मसँग पहिचान स्थापित गर्नको लागि नभई आफ्नो प्रज्ञा वा बुद्धिमतामा बढ्न प्रोत्साहन गरिन्छ । त्यसबेला, अध्यात्म शब्द नजानिकनै बच्चा स्वतः आध्यात्मिक बन्दछ ।

    ७)  प्रेम र सहाराले भरिएको वातावरण बनाउनुहोस्

    यदि तपाईं आफैँ डर, निराशा, रिस, जलन वा चिन्ताको उदाहरण बन्नुहुन्छ भने, तपाईं कसरी आफ्नो बच्चाबाट खुसी र आनन्द अपेक्षा गर्न सक्नुहुन्छ ? उनीहरूले पनि त्यही सिक्ने छन् । तपाईंले गर्न सक्ने सबैभन्दा उत्तम काम भनेको माया, प्रेम, स्नेह, हाँसो र खुसीको माहोल सृजना गर्नु हो ।

    ८)  बच्चालाई आफ्नो साथी बनाउनुहोस्

    बच्चाहरूमाथि आफ्नो कुरा थोपर्ने काम बन्द गर्नुहोस् । साथै, उनीहरूको अगाडि आफ्नो नजिकको साथी बन्नुहोस् । आफूलाई बच्चाभन्दा माथि राखेर उनीहरूमाथि शासन नगर्नुहोस् । बरु, आफूलाई उनीहरूभन्दा मुनि राख्नुहोस्, ताकि उनीहरू तपाईंसँग सहज भई कुरा गर्न सकून् ।

    ९)  मान–प्रतिष्ठा नखोज्नुहोस्

    तपाईं आफ्नो बच्चाहरूबाट माया र प्रेम चाहनुहुन्छ, होइन र ? तर, थुप्रै आमाबुबाहरू यो भन्नुहुन्छ कि, “मेरो इज्जत गर्न सिक्नू ।” तपाईं यो संसारमा केही समय अगाडि आउनुभयो, शारीरिक रूपमा तपाईं बच्चाभन्दा ठुलो हुनुहुन्छ, अनि तपाईंले जीवन निर्वाह गर्ने केही तरिकाहरू जान्नुभएको छ— योबाहेक अरू के कुरामा तपाईं आफ्ना बच्चाहरूभन्दा उत्तम जीवन हुनुहुन्छ, ?

    १०)  बच्चाको आकर्षणको केन्द्र बन्नुहोस्

    बच्चालाई थुप्रै कुराहरूले प्रभावित गरिरहेका हुन्छन्न् परिवार, टेलिभिजन, छरछिमेक, शिक्षकहरू, विद्यालय अनि अरू लाखौँ चीजहरूले । बच्चालाई सबैभन्दा बढी जे आकर्षक लाग्छ, उसले त्यही पछ्याउँछ । अभिभावकको रूपमा तपाईंले आफूलाई यस्तो बनाउनुपर्छ कि उसलाई आफ्ना आमाबुबासँग समय बिताउने कुराले सबैभन्दा बढी आकर्षित गरोस् । यदि तपाईं आनन्दित, बुद्धिमानी र अद्भुत मानिस हुनुहुन्छ भने, उसले बाहिर अरूको साथ खोज्दैन । हरेक कुराको लागि, उसले तपाईंलाई नै सोध्ने छ ।

    यदि तपाईं साँच्चिकै आफ्ना बच्चाहरूको निम्ति राम्रो हेरचाह र पालन–पोषण सुनिश्चित गर्न चाहनुहुन्छ भने, सर्वप्रथम तपाईंले आफूलाई एक शान्त, स्नेही र आनन्दित मनुष्यमा रूपान्तरण गर्नु अपरिहार्य छ ।

  • एभरेष्ट ग्यासको  ब्रान्ड एम्बेस्डरमा कलाकार दीपक र दीपा

    एभरेष्ट ग्यासको ब्रान्ड एम्बेस्डरमा कलाकार दीपक र दीपा

    काठमाडौं । कलाकार दीपकराज गिरी र दीपाश्री निरौला एभरेष्ट ग्यास संसारको ब्राण्ड एम्बेसडर बनेका छन् । दशैभर सबैभन्दा धेरै ग्यास बिक्री गर्ने एभरेष्ट कम्पनीले दीपकराज गिरी र दीपाश्री निरौलालाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

    एभरेष्ट संसारले एभरेष्ट, त्रिशूल, कामाख्य, प्रिमा, साहारा, सैपाल र सुगम ग्यास देशैभार बिक्री गरिरहेको छ । ७ बान्डको गरी करिब २० लाख सिलिन्डर भएको कम्पनीले बताएको छ ।

    एभरेष्ट ग्यास संसारका अध्यक्ष शिवप्रसाद घिमिरेले ३० वर्षभन्दा लामो अनुभवका साथ देशैभर ग्यास बिक्री भइरहेको बताए । ७ वटा ब्राण्डको देशैभर गरेर ३ हजार डिलरको सञ्जाल विस्तार गरेको छ ।

    कलाकार निरौला र गिरीले ७ वटा ब्राण्ड भएको एभरेष्ट संसारको ब्राण्ड एम्बेसडर हुँन पाउँदा खुशी लागेको बताए ।

  • परराष्ट्रमन्त्री र ईयुका निर्देशकबीच भेटवार्ता

    परराष्ट्रमन्त्री र ईयुका निर्देशकबीच भेटवार्ता

    काठमाडौं । युरोपियन युनियन (ईयु) को एसिया प्रशान्त क्षेत्रका निर्देशक एच ई पाओला पाम्पालोनी र परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-ईयु साझेदारीका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भेटमा विकास सहयोग, व्यापार तथा नागरिक उड्डयन लगायतका विषयमा साझेदारी गर्नेबारे छलफल भएको बताइएको छ ।

  • चितुवाको छालासहित चारजना पक्राउ

    चितुवाको छालासहित चारजना पक्राउ

    सुर्खेत। बराहताल गाउँपालिका-५ बड्डीचौरबाट चितुवाको छालासहित चारजना पक्राउ परेका छन् ।

    तीन थान चितुवाको छालासहित जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा अछामको पञ्चदेवल नगरपालिका-८ का कमल शाही, चक्रबहादुर शाही, रामारोशन गाउँपालिका-४ का ओपेन्द्र शाह र दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-२ का विमल शाही रहेका छन्।

    बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ बाट उनीहरुलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

  • मनकामनामा दर्शनार्थी बढ्दै, एकैदिन ९ हजारले गरे दर्शन

    मनकामनामा दर्शनार्थी बढ्दै, एकैदिन ९ हजारले गरे दर्शन

    गोरखा । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको छ । कोरोनाभाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन् ।

    हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिए । उनका अनुसार शनिबार एकैदिन नौ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।

    यसैबीच शनिबार मात्र छ हजारभन्दा बढी दर्शनार्थी मनकामना केबलकार चढेर मनकामना दर्शन गर्न पुगेका छन् । मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले शनिबार एकैदिन छ हजार ७०० ले केबलकार चढेको बताए ।

    उनका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि सञ्चालनमा आएको केबलकार एकैदिन छ हजार ७०० जनाले चढेको पहिलोपटक हो । कोरोना महामारीअघि दैनिक चार हजार ५०० भन्दा बढी दर्शनार्थी केबलकार चढेर मनकामना मन्दिर पुग्ने गर्दथे । सार्वजनिक बिदा र शनिबारका दिन भने सोभन्दा बढी सङ्ख्यामा दर्शनार्थीहरू केबलकार चढेर मनकामना मन्दिर पुग्ने गरेको नायब महाप्रबन्धक शेरचनले बताए ।

    मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालनमा रहेको मनकामना केलबकारको तल्लो प्रदेशद्वार चितवनको इच्छाकामना–४ चेरेसमा रहेको छ । केबलकारबाहेक मोटरबाटो र पैदलमार्फत पनि दर्शनार्थी मन्दिर पुग्ने गर्दछन् ।

  • प्राविधिक सहसचिवको खुला प्रतिस्पर्धामा गौरव गिरी बढुवा

    प्राविधिक सहसचिवको खुला प्रतिस्पर्धामा गौरव गिरी बढुवा

    काठमाडौं । नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेशन समूहको सहसचिव पदका लागि भएको खुला प्रतिस्पर्धामा गौरव गिरीले नाम निकाल्न सफल भएका छन् ।

    लामो समय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उपसचिव रहेका गिरीले लिखित र अन्तर्वार्ता दुवै प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेको लोकसेवा आयोगले जनाएको छ ।

    महालक्ष्मी नगरपालिका–५ लतिलपुरका गिरीको सहसचिव दरबन्दी सन्चार मन्त्रालयमा रहेकाले उनको सोही मन्त्रालयमा पदस्थापन हुने बताइएको छ ।

  • चिल्ड्रेन्स डेमा यसरी सजियो धरहरा (तस्बिरहरु)

    चिल्ड्रेन्स डेमा यसरी सजियो धरहरा (तस्बिरहरु)

    काठमाडौं । विश्व बालबालिका दिवसको अवसरमा नवनिर्मित धरहरालाई बालबालिकाको दृश्यांकित प्रकाशले सजाइएको छ ।

    चिल्ड्रेन डे मनाउन धरहरामा बालबालिकाको चित्र प्रस्तुत गरिएको थियो । नीलो प्रकाशमा धरहरा आकर्षक देखिएको छ ।

    साथै, आजै रानीपोखरीलाई पनि सजाइएको थियो । पछिल्लो समय विभिन्न अवसरमा धरहरामा प्रकाशले सजाउने गरिएको छ । विश्व बालबालिका दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ ।

  • साझा उम्मेदवारीबारे सहमति जुट्दैछ : पौडेल

    साझा उम्मेदवारीबारे सहमति जुट्दैछ : पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न महाधिवेशनमा संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बनाउन सार्थक संवाद सुरु भएको बताएका छन् ।

    महामन्त्री डा.शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहसँग शनिबार भएको छलफल सकरात्मक रहेको भन्दै नेता पौडेलले साझा उम्मेदवार बन्नेमा ढुक्क हुन आग्रह गरेका हुन् । ‘आज बल्ल संवाद सुरु भएको छ । यो छलफल निरन्तर रहन्छ । हामीमध्येबाट एकजना साझा उम्मेदवार बन्ने वातावरण बन्दैछ’, पौडेलले नेपाल प्रेससँग भने ।

    विराटनगरमा भएकाले सभापतिका अर्का प्रत्याशी डा.शेखर कोइराला भने बैठकमा उपस्थित थिएनन् । आजको बैठकमा पौडेल, सिंह र कोइरालाले आ-आफ्नै दावेदारी दोहार्याएका थिए । वरिष्ठ नेता पौडेलले पार्टीलाई संस्थागत ढंगले सञ्चालन गर्न, नेतृत्व परिवर्तन गर्न र कांग्रेसलाई बलियो बनाउन सहकार्यको विकल्प नरहेकोमा एकमत रहेको बताए ।

  • भिटेन पाँचौमा झर्दा अस्मिता शीर्षस्थानमा : हेर्नूस पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका नेपाली गीत

    भिटेन पाँचौमा झर्दा अस्मिता शीर्षस्थानमा : हेर्नूस पछिल्लो साता युट्युवमा सर्वाधिक हेरिएका नेपाली गीत

    काठमाडौं । खेम सेञ्चुरी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘रम रम मरौटी’ लगातार दोस्रो साता पनि युट्युवमा सर्वाधिक हेरिने गीत बनेको छ । सात दिनमा मात्र यो गीतलाई १४ लाख ६२ हजार ५५० पटक हेरिएको छ । यो गीतको कूल भ्यूज संख्या १ करोड २३ लाख ६६ हजार ४८३ छ ।

    सहिमा श्रेष्ठ र सन्दिप न्यौपानेको स्वरमा रहेको गीत ‘ओकल दोकल २’ यो साता दोस्रो स्थानमा परेको छ । यो गीतलाई सातामा ११ लाख २४ हजाार ४९९ पटक हेरिएको छ भने कूल भ्यूज संख्या १३ लाख ५९ हजार १८६ छ ।

    यस्तै प्रकाश दूतराजको स्वरमा रहेको गीत ‘जाम भो मार्ईली’ यो साता तेस्रो सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । एक सातामा मात्र यो गीतलाई ९ लाख ११ हजार ३९० पटक हेरिएको छ भने कूल ७४ लाख ३० हजार ८२७ रहेको छ ।

    भिटेनको गीत ‘गल्ली सडक’ पाँचौ स्थानमा छ । यो गीतलाई पछिल्लो साता ८ लाख ९९ हजार पटक हेरिएको छ भने कूल भ्यूज ३९ लाख नाघेको छ । रुटिन अफ नेपाल बन्दले तयार पारेको साताको सूची यस्तो छ :

    १. खेम सेञ्चुरी र अस्मिता अधिकारी ‘रम रम मरौटी’ : १४६२५५०

    २. सहिमा श्रेष्ठ र सन्दिप न्यौपाने ‘ओकल दोकल २’ : ११२४४९९

     

    ३. प्रकाश दूतराज ‘जाम भो माईली’ : ९११३९०

     

    ४. खेम सेञ्चुरी ‘मन परेको मान्छे’ : ९०३९४३

     

    ५. भिटेन ‘गल्ली सडक’ : ८९९२६३

     

    ६. दिनेश ढकाल ‘कालो केशमा रेलिमई’ : ७७३८३२

     

    ७. महेश काफ्ले ‘माया बिरानी–२’ : ५७५७३०

     

    ८. सजन राज वैद्य ‘नगण्य माया’ : ५१८२५०

     

    ९. मिलन नेवार ‘फूलबुट्टे सारी’ : ४८५३७३

     

    १०. मोहित वंश आचार्य ‘हाम्रो माया’ : ४७६०००

     

  • यी पाँच जिल्लामा कोरोनासंक्रमितको संख्या शून्यमा झर्‍यो

    यी पाँच जिल्लामा कोरोनासंक्रमितको संख्या शून्यमा झर्‍यो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । जसमा ओखलढुङ्गा, मनाङ, हुम्ला, जाजरकोट र मुगु छन् ।

    शुक्रबार काठमाडौं र ललितपुरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् र नौ जिल्लामा २०० भन्दाबढी संक्रमित छन् । जसमा मोरङ, सुनसरी, झापा, भक्तपुर, कास्की, पूर्वीनवलपरासी, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।

    अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९९ हजार ५४५ जना रहेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ४९४ जनाको निधन भएको छ ।

    होम आइसोलेशन सात हजार ६०, संस्थागत आइसोलेशनमा ४७९, सघन उपचार कक्ष (आइसीयू)मा २३१ र भेन्टिलेटरमा ५६ जना उपचाररत छन् । यस्तै आज एक लाख ७३ हजार ४९८ ले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म ९० लाख ८१ हजार ६५४ ले पहिलो मात्रा र ७८ लाख एक हजार ५०६ जनाले पूर्णमात्राको खोप लगाएका छन् ।

  • ‘चपली हाइट’बारे स्वस्तिमाकाे जवाफ : स्टारडमको दबाब लिएकी छैन, राम्रो छ चल्छ-नत्र चल्दैन

    ‘चपली हाइट’बारे स्वस्तिमाकाे जवाफ : स्टारडमको दबाब लिएकी छैन, राम्रो छ चल्छ-नत्र चल्दैन

    काठमाडौं । ‘चपली हाइट’ तीन कोरोना महामारीपछि रिलिज हुन लागेको प्रतीक्षित नेपाली फिल्म हो । आगामी पुस २ गते रिलिज हुने फिल्म स्टारकास्टले पनि चर्चामा छ ।

    स्वस्तिमा खड्का, अर्पण थापा लगायतका कलाकारहरु समावेश मल्टिस्टारर फिल्मका अघिल्ला दुईवटा प्रिक्वेलहरु व्यवसायिकरुपमा हिट भैसकेका छन् । के ‘चपली हाइट’को तेस्रो सिक्वेलले दर्शकलाई फर्काउन सक्ला भन्ने प्रश्न अहिले सबैजनामा छ ।

    फिल्म रिलिज हुने सोही मितिमा हलिउडको बहुप्रतीक्षित फिल्म स्पाइडरम्यान : नो वे होम पनि प्रदर्शन हुँदैछ । ‘स्पाइडरम्यान’ ‘चपली हाइट’को व्यापारमा चुनौति हुनसक्छ । हलिउड सुपरहिरोको उक्त ट्रेलरले राम्रै चर्चा बटुलेको छ भने चपली हाइटको ट्रेलर आजमात्र रिलिज भएको छ ।

    यस्तोमा, के ‘चपली हाइट’ले जबर्जस्त ओपनिङ गर्ला ? आयोजित पत्रकार सम्मेलनमा निर्माता अर्जुनकुमारले भने, ‘अन्य फिल्मसँग जुध्दा फरक पर्दैन । यो ‘चपली हाइट’ हो । फिल्महरु आउँछन् जान्छन् ।’ उनले ‘स्पाइडरम्यान’ ठूलै फिल्म भएपनि त्यसले आफ्नो फिल्मलाई असर नपार्ने दावी गरिरहेका थिए । यी त भए फिल्म जुध्दा व्यापारमा असर पर्ने कुरा ।

    अर्कोतर्फ, फिल्मको व्यापार स्टारकास्टमा पनि निर्भर हुनेगर्छ । चपली हाइटमा दर्शक तान्न स्वस्तिमा खड्काको स्टारपावर चल्नुपर्छ । सुरुमा स्टारपावर अनि त्यसपछि कन्टेन्ट । स्वस्तिमा यसबारे के भन्छिन ?

    पत्रकार सम्मेलनमा उनले भनिन, ‘स्टारडमको प्रेसर लिएको छैन । राम्रो छ भने चल्छ । छैन भने छल्दैन । प्रेसर छैन ।’ उनले यसअघि फ्लप भएका फिल्म पनि कन्टेन्टकै कारण असफल भएकोतर्फ संकेत गरिन् ।

    नौ वर्षपछि चपली हाइटको तेस्रो सिक्वेल रिलिज हुन लागेको हो । निकेश खड्काले निर्देशन गरेको फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

  • १० हजार नर्सलाई रोजगारीको लागि बेलायत पठाउने सरकारको तयारी

    १० हजार नर्सलाई रोजगारीको लागि बेलायत पठाउने सरकारको तयारी

    काठमाडौं । सरकारले १० हजार नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भएको छ। नर्स पठाउनको लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी अगाडि बढाएको मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताए ।

    शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले काठमाडौंमा गरेको वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिवद्धता विषयक कार्यक्रममा  उनले यस विषयमा बेलायत सरकारसँग नेपालले सम्झौताको तयारी गरिरहेको बताए। उनका अनुसार, ‘यहाँबाट पठाउँदा कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । बेलायतले स्टाफ नर्स लैजान खोजेकाले मन्त्रालयले अन्य निकायसँग पनि छलफल गरेर प्रक्रिया अगाडि बढाउने छ।’

    बेलायतका लागि छानिने नर्सको मासिक तलब २ लाख ५० हजारभन्दा बढी हुने छ। साथै बिमा, आउँदा जाँदाको खर्च लगायतका सुविधा हुनेछ। दुई देशबीच सम्झौता भएमा सन् २०२२ को मध्यतिर बेलायतमा नर्सलाई पठाउन सकिने मन्त्रालयको अनुमान छ।

  • अमेरिकी कूटनीतिज्ञहरुद्वारा बौद्ध स्तुपा भ्रमण (तस्बिरहरु)

    अमेरिकी कूटनीतिज्ञहरुद्वारा बौद्ध स्तुपा भ्रमण (तस्बिरहरु)

    काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र उपसहायक विदेशमन्त्री केली किडरलिङले आज बौद्ध स्तुपाको भ्रमण गरेका छन् ।

    हेर्नूस तस्बिरहरु :

                   
  • क्यानडामा भीषण बाढी : जनजीवन अस्तव्यस्त, १८ हजारभन्दा बढी मानिस उद्धारको पर्खाइमा

    क्यानडामा भीषण बाढी : जनजीवन अस्तव्यस्त, १८ हजारभन्दा बढी मानिस उद्धारको पर्खाइमा

    क्यानडा । पश्चिमी क्यानडामा भीषण बाढी जाँदा त्यहाँका १८ हजारभन्दा बढी मानिसहरु प्रभावित बनेका छन् । उनीहरु उद्धारको पर्खाइमा रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । प्राकृतिक प्रकोपका कारण त्यहाँको सडक, घर, पुलहरुमा ठूलो क्षति पुगेको छ ।

    बिहीबार त्यहाँ आएको बाढीले ब्रिटिश कोलम्बिया प्रान्तका शहरहरू अवरुद्ध गरेको छ । भ्यानकुभरको सबैभन्दा ठूलो क्यानाडाली बन्दरगाहमा बाढीले कटान गरेको विवरणहरुमा जनाइएको छ ।

    केही महिनाअघि तातो वायुले यस प्रान्तको जंगलमा डढेलो लागेको थियो । डढेलोले कोलम्बियाका समुदायहरूलाई ध्वस्त पारेको केही महिनापछि बाढी आएको हो । जलवायु परिवर्तनका कारण मौसमी घटना भएको विज्ञहरूको दाबी छ । जलवायु संकटले यस्ता घटनाहरु पुनः हुने चेतावनी समेत विज्ञहरूले दिएका छन् ।

    मन्त्री बिल ब्लेयरले क्यानडामा आपतकालनको घोषण गरेका छन् । साथै संघीय सरकारले बाढीबाट प्रभावित क्षेत्र र समुदायहरुका पूर्वाधार पुनर्निर्माण र पुनर्स्थापनाका लागि सहयोग गर्ने जनाइएको छ ।

    मन्त्री ब्लेयरले पत्रकारहरूलाई भने, ‘यो समय एकदमै चुनौतीपूर्ण छ । सबै क्यानाडावासीहरूलाई र विशेष गरी ब्रिटिश कोलम्बियाका जनतालाई हामी सहयोग, राहत उपलब्ध गराउने छौं, र हामी सबै तहका सरकारहरूसँग मिलेर काम गर्नेछौं । उनीहरूलाई आवश्यक पर्ने सेवाहरू उपलब्ध गराउन तयार छौं ।’

    भ्यानकुभरदेखि ७० किलोमिटर (४३ माइल) पूर्वमा रहेको सहर एकदमै प्रभावित रहेको अलजजिराले जनाएको छ । पानी घट्दै गएपनि सडक, पुल र राजमार्गहरू भने सुरक्षित छैनन् ।

    आइतबार र सोमबार दुई दिनमा एक महिनाको जति ठूलो पानी परेको कारण कतिपय भूभागहरू अझै पानीमुनि छन् । यस क्षेत्रको आर्थिक गतिविधि नराम्ररी प्रभावित भएको जनाइएको छ ।