Author: Anisha Tiwari

  • एसईईमा सर्वोत्कृष्ट ४ जीपीए ल्याउने सम्पन्नले ए लेभलका लागि रोजे जेभियर इन्टरनेशनल

    एसईईमा सर्वोत्कृष्ट ४ जीपीए ल्याउने सम्पन्नले ए लेभलका लागि रोजे जेभियर इन्टरनेशनल

    काठमाडौं । यस वर्षको इसईईमा सर्बोत्कृष्ट ४ जीपीए ल्याएका अर्का विद्यार्थीले पनि उच्च शिक्षाका जेभियर इन्टरनेशनल कलेज रोजेका छन् ।

    लिबर्टी एकेडेमीबाट एसईईमा ४ जीपीए ल्याएका सम्पन्न ढकालले ए लेभलका लागि विश्व टप गरेको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज रोजेका हुन् ।

    एसईईपछि विभिन्न कलेज भ्मण गरेर पठनपाठन र डिजिटल कक्षका साथै राम्रो वातावरण देखेर आफूले ए लेभलका लागि सो कलेज रोजेको बताए ।

    ए लेभलमा जेभियर इन्टरनेशनलले २ पटक विश्वटप गरेको छ । जेभियरबाट पढेका विद्यार्थीले विश्वका ठूला विश्वविद्यालय र नेपालभित्रै इन्जिनियरिङ र मेडिकलमा राम्रो नतिजा ल्याएकोले अफूले कलेज रोजेको उनको भनाइ छ ।

    सर्वोत्कृष्ट विद्यार्थीलाई जेभियरले पूर्ण छात्रवृति दिइरहेको कलेजका संस्थापक लोकवहादुर भण्डारीले बताए । यसअघि ४ जीपीए ल्याएको जेशन गौतमले पनि उच्च शिक्षाका लागि जेभियर इन्टरनेशनल कलेज रोजिसकेका छन् ।

  • डेंगुबाट बच्न के गर्ने ? अपनाउनुस् यी उपाय (भिडि‌ओ)

    डेंगुबाट बच्न के गर्ने ? अपनाउनुस् यी उपाय (भिडि‌ओ)

    काठमाडौं । स्वास्थ्य सेवा विभागले डेंगी रोग नियन्त्रणका लागि सबैलाई आ-आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह गरेको छ ।

    सोमबार डेंगी रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले डेंगी नियन्त्रणमा सबैको भुमिका महत्वपूर्ण हुने बताए ।

    उनले विभागले डेंगी नियन्त्रणका लागि आवश्यक तयारी गरिराखेको भन्दै विभागको तयारी पर्याप्त नहुने बताए । उनले डेंगी नियन्त्रणका लागि घर भित्रैबाट काम गर्नुपर्ने बताए । उनले घरमा सरसफाईमा ध्यान दिने, पानी जम्ने खाल्डाखुल्डी नराख्ने तथा लामखुट्टेहरुको नष्ट गर्ने अभियान घर देखि नै सुरु गर्नुपर्ने बताए ।

    उनले लामखुट्टेले रातमा मात्रै नभई दिनमा पनि टोक्ने भएकाले यसप्रति सजग हुनुपर्ने बताए । डेंगी रोगको सम्बन्धमा विद्यालयदेखि नै सिकाउनुपर्ने उनको भनाई छ । उनले पालिकाहरुमा डेंगी नियन्त्रणका लागि केही बजेट र आवश्यक कुराहरु समेत गएको उल्लेख गरे ।

    अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. विमल शर्मा चालिसेले करिव ८० प्रतिशत बिरामीहरुमा डेंगी लागेपनि कुनै लक्षण नदेखिने बताए । उनले करिब १०/१५ प्रतिशत बिरामीहरुमा सामान्य लक्षण मात्रै देखिने उल्लेख गरे । डेंगीको औषधि नभएको भन्दै उनले लक्षण अनुसारको उपचार गर्ने भएकाले यस रोगप्रति सचेत हुनुपर्ने उनले बताए । जमेको पानीलाई नष्ट गर्नुपर्नेमा उनले ध्यानाकर्षण समेत गराए ।

     

  • प्रधानमन्त्रीले गरे सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु)

    प्रधानमन्त्रीले गरे सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु)

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेको छन्।

    प्रधानमन्त्रीले निर्माण प्रगतिको जानकारी लिनुका साथै अवलोकन गरेका हुन्। प्रधानमन्त्रीसँग सहरी विकास मन्त्री सीता गुरुङ पनि थिइन्।

    सहरी तथा भवन विभाग मातहतको विशेष भवन निर्माणको काम भइरहेको छ। भवन निर्माणका लागि पटक पटक म्याद थप्दा पनि अझै काम सकिएको छैन।

    आउँदो हिउँदे अधिवेशन नयाँ भवनमा गर्ने लक्ष्य रहेको भन्दै भवन निर्माणको काम छिटो सम्पन्न गर्न दाहालले निर्देशन दिएका छन् ।

    मन्त्री सीता गुरुङले विभिन चूनौतीबीच पनि समयमा नै नयाँ भवन निर्माणको सम्पन्न गर्न आग्रह गरिन् ।

    १ सय ७३ रोपनी क्षेत्रफलमा फैलिने यस परियोजनामा संघीय संसद भवन, प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत ११ भवन हुनेछन् ।

  • मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउन पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा समिति निर्माण

    मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउन पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा समिति निर्माण

    हेटौँडा । बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको नेतृत्वमा प्रदेशको राजधानी हेटौँडामा रहेको सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको रुपमा अघि बढाउनको लागि पाँच सदस्यीय समिति निर्माण भएको छ ।

    क्याम्पसका पूर्वअध्यक्ष समेत रहेको पौडेलेको समितिमा क्याम्पसका पूर्वअध्यक्षहरु माईकल रामचन्द्र अर्याल, प्रल्हाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान रहेको समिति निर्माण भएको हो ।

    समितिको सदस्य सचिवमा क्याम्पसका साहायक क्याम्पस प्रमुख डाक्टर यम सिलवाल रहेका छन् । हेटौँडामा भएको क्याम्पस सञ्चालक समिति तथा सरोकारवालाहरुको बैठकले प्रदेशको राजधानी हेटौँडामा विश्वविद्यालयको आवश्यक्ता रहेको र प्रदेश सरकारले पनि प्रदेश विश्वविद्यालयको अवधारणालाई प्राथमिकताको साथ अघि बढाएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसलाईनै विश्वविद्यालयको रुपमा अघि बढाउनेगरी काम गर्न समिति निर्माण गरिएको क्याम्पसका प्रचार्य डाक्टर डाक्टर शंकरप्रसाद उपाध्ययले बताए ।

    लामो समयबाट क्याम्पसलाई विश्वविद्यालयको रुपमा स्थापित गर्ने प्रयास भएको सन्दर्भमा मकवानपुर बबहुमुखी क्याम्पसलाई प्रदेश विश्वविद्यालय या सार्वजनिक विश्वविद्यालय बनाउने कामलाई अघि बढाउन समितिनै निर्माण गरिएको प्रक्रिया थालनी गरिएको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष अनन्त पौडेलले बताए ।

    देशकै सबैभन्दा धेरै विद्यार्थीहरु अध्ययन गर्ने क्याम्पसको रुपमा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा दश जोड दुई देखि विभिन्न संकायमा स्नाकोत्तरसम्मको अध्यापन हुँदै आएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा मकवानपुर सहित बागमती प्रदेशको सिन्धुली चितवन र मधेश प्रदेशको बारा, पर्सा, रौतहट तथा सर्लाहीसम्मका विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । मकवानपुरलाई शैक्षिक नगरि बनाउने उदेश्यले क्याम्पसले विभिन्न जिल्लामा आफ्ना शैक्षिक कार्यक्रमहरुबारे कार्यशाला गर्दै आएको क्याम्पसले जनाएको छ ।

  • बागमती प्रदेश : मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित, प्रहरीलाई ड्रोन हस्तान्तरण

    बागमती प्रदेश : मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित, प्रहरीलाई ड्रोन हस्तान्तरण

    हेटौँडा । बागमती प्रदेश सरकारले मनसुन सुरु भएसँगै प्रदेशमा हुने क्षति न्यूनिकरणको लागि तयारी स्वरुप मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले कार्ययोजना पारित गरेको हो ।

    कार्यकारी समितिको बैठकले बागमती प्रदेशमा मनसुनको कारणले हुन सक्ने धनजनको क्षतिलाई न्यूनिकरण गर्न अपनाउन पर्ने सावधानी, पूर्वतयारी र उद्दार सम्बन्धि प्रतिकार्यको योजना निर्माण गरेको छ । बैठकले विभिन्न विषयगत क्षेत्रमा कार्य गर्ने गरी प्रदेश सरकारका विषयगत मन्त्रालयहरु र गैरसरकारी संघ संस्थाहरुका लागि विषयगत क्षेत्र तय गरी ती मन्त्रालयको ठोस ठोसमा कार्य जिम्मेवारी समेत तोकेको छ ।

    मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन परिषद्ले प्रदेशमा विपद्सँग सम्बन्धित पूर्वतयारीदेखि पुर्नवाससम्मको कार्यको लागि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिलाइ निर्देशन दिनेछ भने आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले विभिन्न सरोकारवाला निकायहरुसँग निरन्तर समन्वय गरी प्रतिकार्यका लागि चाहिने सामाग्री साथै राहत सामग्रीहरुको प्रवन्ध गर्ने, भण्डारण गर्ने र वितरण गर्ने काम गर्नेछ ।

    त्यस्तै प्रदेश विपद् कोष सञ्चालन समितिले प्रदेश विपद् व्यवस्थापन परिषद् र कार्यकारी समितिबाट निर्देशन भए बमोजिम आवश्यक रकम कोषबाट खर्च गर्नसक्ने छ । बैठकले सम्पूर्ण विषयगत मन्त्रालयहरुका सचिव, सुरक्षा निकायका प्रमुखहरु र गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा पूर्वतयारी तथा प्रतिकार्य योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्री श्रेष्ठले निर्देशन दिए ।

    मन्त्री श्रेष्ठले बागमती प्रदेश प्रहरी कार्यालयको लागि प्रहरी नायव महानिरीक्षक किरण राणालाई ड्रोन हस्तान्तरण गरे । विपद् ब्यवस्थापनमा टेक्नोलोजिको माध्यमबाट पनि काम अघि बढाउनुपर्ने भएकोले प्रदेश सरकारले प्रहरीलाई ड्रोन हस्तान्तरण गरेको हो ।

  • एसईईमा सर्वोत्कृष्ट ४ जीपीए ल्याएका जेशनले उच्च शिक्षाका लागि रोजे जेभियर इन्टरनेशनल (भिडिओ)

    एसईईमा सर्वोत्कृष्ट ४ जीपीए ल्याएका जेशनले उच्च शिक्षाका लागि रोजे जेभियर इन्टरनेशनल (भिडिओ)

    काठमाडौं । यो वर्षको एसईई परीक्षामा सर्वोत्कृष्ट जीपीए ४ ल्याउनेमध्येका विद्यार्थी जेशन गौतमले उच्च शिक्षाका लागि जेभियर इन्टरनेशनल कलेज रोजेका छन् ।

    कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजमा अभिभावकसहित गएर उनले उच्च शिक्षाका लागि आफ्नो नाम लेखाएका हुन् । अघिल्लो वर्ष समेत नेपाल टप गरेर जीपीए ४ ल्याएका ३ जना विद्यार्थीले जिभियर इन्टरनेशनल कलेज रोजेका थिए ।

    काठमाडौंको तारकेश्वरस्थित नर्थ प्वाइन्ट इङलिस बोर्डिङ स्कूलबाट एसईईमा ४ जीपीए ल्याएका जेनशले जेभियर इन्टरनेशनल कलेज आफ्नो विगतदेखिकै सपना भएकाले उच्च शिक्षाका लागि सोही कलेज रोजेको बताए ।

    राम्रो पढाई हुने र विद्यार्थीलाई राम्रो शैक्षिक वातावरण दिने भएकाले आफुले जेभियर इन्टरनेशनल कलेज रोजेको उनले बताए । उनी जेभियरमा साइन्स विषय लिएर पढ्ने भएका छन् ।

    कलेजले उत्कृष्ट विद्यार्थी जेशनलाई पूर्ण छात्रवृति उपलब्ध गराउने कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए । जेभियर इन्टरनेशनल कलेजमा कक्षा ११ मा विज्ञान, म्यानेजमेन्ट र कानुन संकायमा पढाइ हुने गरेको छ भने ए लेभलमा पनि जेभियरले दुई पटक विश्व टप गरेको छ ।

  • देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो : गगन थापा (भिडिओ)

    देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो : गगन थापा (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् ।

    शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ो हो । उनले आफू पुनः काँग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताए ।

    उनले नेपालमा अर्को प्रधानमन्त्री को बन्दैछ भन्नेकुरा सबै नेपालीहरुलाई पहिला नै थाहा हुने भइसकेको भन्दै अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्नेकुरा रोक्न सक्नुपर्ने बताए ।

    उनले आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने बताए । उनले आफू संसदीय दलको नेता बदल्ने कुरामा नथाकेको पनि बताए । उनले संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नेकुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा आफू लागिपर्ने बताए ।

  • एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

    एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ ।
    अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् । बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ । ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय एकाइमा पेस गर्नुपर्ने उक्त सूचनामार्फत जनाइएको छ ।
    परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन् । एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ । गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसइईको नतिजा यही असार २१ गते सार्वजनिक गरिएको थियो । त्यसमा २२ हजार चार सय ७५ विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका थिए ।
  • शिव शिखर सहकारीका घरधनीले खाली गराए कार्यालय

    शिव शिखर सहकारीका घरधनीले खाली गराए कार्यालय

    रुपन्देही । संकटग्रस्त रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको बुटवलस्थित कार्यालय घरधनीले खाली गराएका छन् । संघमा दर्ता भएर बुटवल उपमहानगरपालिका वडा नं १० योगीकुटीमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी सहकारी संस्थाको कार्यालय, सोही भवनमा रहेको गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर र खाद्यान्नको डिलर खाली गराउन लागिएको हो ।

    २०६९ साल असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिव शिखरले ‘गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर्स’ मार्फत् देशका विभिन्न ठाउँमा व्यावसायिक कारोबार सञ्चालन गर्दै आएको थियो । शिव शिखरले बुटवल उपहामहनगर–१०, योगीकुटीमा रकम जम्मा गर्ने काउन्टरसँगै डिपार्टमेन्टल स्टोर्स पनि सञ्चालन गरेको थियो ।

    घरधनी इश्वर मल्लले प्रक्रिया पुर्‍याएर डिपार्टमेन्टल स्टोर खाली गराउन अनुरोध गर्दा समेत खाली नगराएपछि प्रहरी, सहकारीका कर्मचारी, जनप्रतिनिधिको राहवरमा डिपार्टमेन्टल स्टोर खाली गराउन लागेका हुन् । आज बिहान १० बजेदेखि डिपार्टमेन्टल स्टोर खाली गराउने काम भैरहेको छ ।

    यो सहकारी २०७८ साउनमा बुटवल आएको थियो । हाल सहकारीको काउन्टर र डिपार्टमेन्टल स्टोर्स दुबै तीन महिनादेखि बन्द थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रकाश खत्रीले घरधनीले प्रकृया पुराएर नगरपालिकामार्फत खाली गराएको र प्रहरीले सुरक्षाका हिसाबले सहयोग गरेको बताए ।

    बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनालले १५–१६ जना वचतकर्ताले वचत रकम फिर्ता नभएको भनेर निवेदन दिएका भए पनि शिवशिखर सहकारीको बुटवल शाखामा कति बचतकर्ता थिए भन्ने यकिन तथ्यांक नभएको र कानुन नभएकाले खोज्न पनि नमिल्ने बताए ।

    लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र सुवेदीले शिवशिखर सहकारीको दर्ता संघमा भएकाले प्रदेशले कुनै कारबाही गर्न नसक्ने बताए ।
    शिवशिखर सहकारीले बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोपमा त्यसका पूर्वअध्यक्ष केदारनाथ शर्मासहित सञ्चालकहरु पक्राउ परेका छन् ।

    बुटवलमा संघ तथा प्रदेशमा दर्ता रहेका १ दजर्नभन्दा बढी सहकारी संकटग्रस्त भएकाले यहाँका अन्य सहकारीलाई समेत समस्यामा पारेको उर्वर बचत तथा ऋण सहकारीका अध्यक्ष उमेश कुँवर बताउँछन् । बुटवल उपमहानगरका सहकारी शाखा प्रमुख गुणाखर खनालका अनुसार पनि यही दर्ता भएर बुटवलमै कार्यक्षेत्र भएका सहकारीमा समस्या नआएको तर प्रदेश तथा संघमा दर्ता रहेका सहकारीमा समस्या आउँदा यहाँका वचतकर्तामा अन्यौलता बढेको बताए ।

  • गठबन्धनका दलले बजेट पारित गर्न नसक्ने भनेपछि देउवाको निर्देशन – पूरक बजेटको तयारी गर्नू

    गठबन्धनका दलले बजेट पारित गर्न नसक्ने भनेपछि देउवाको निर्देशन – पूरक बजेटको तयारी गर्नू

    कैलाली । असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रति सत्ता गठबन्धनकै सांसदहरूले तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

    सत्ता गठबन्धनका सांसदहरू केहि दिनदेखि काठमाडौंमा शीर्ष नेताहरूलाई भेटेर बजेट संशोधन नभए पारित गर्न नसकिने अडान राखिरहेका छन् । यस क्रममा आज कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीका सांसदहरूले बजेट माथिको गुनासो राख्दै यथास्थितिमा बजेट पारित गर्न नसक्ने अवस्था रहेको बताएका हुन् ।

    देउवा निवासमा करिब ३० मिनेट सम्म भएको छलफलमा माओवादी संसदीय दलका नेता खगराज भट्ट र सांसद शिवसिंह ओली, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी र प्रमुख सचेतक प्रकाश रावल र नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण चौधरी थिए ।

    उपस्थित सबैले देउवालाई एकै स्वरमा सुदूरपश्चिम प्रदेशको बजेट संशोधन गर्नुपर्ने बताएका थिए । देउवालाई भेट्न पुगेका पाँचै जनाले बजेट माथिको गुनासो पोखेका थिए ।

    देउवा सँगको भेटमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पनि थिए । उनले पनि यहाँका सांसदहरूको सबै गुनासो सुने । सबै सांसदहरूको गुनासो सुनेपछि देउवाले सुदूरपश्चिम प्रदेशको बजेट संशोधन गर्न लगाउने बताएका थिए । बजेट प्रति धेरै गुनासो आइरहेको छ कांग्रेसकै सांसदहरू पनि सन्तुष्ट छैनन् देउवाले भनेका थिए, पूरक बजेट ल्याउन लगाएर भएपनि तपाइहरूको माग सम्बोधन गर्न भन्छु ।

    सुदूरपश्चिम प्रदेशका काङ्ग्रेसकै कमल शाह मुख्यमन्त्री छन् । शेरबहादुर देउवाले सांसदहरूको गुनासो सुनेपछि मुख्यमन्त्री शाहलाई फोन गरेका थिए । उनले मुख्यमन्त्रीलाई फोनमा बजेट प्रति तीव्र गुनासो आएको हुँदा पूरक बजेटको तयारी गर्न निर्देशन दिएका थिए ।

    यहाँ कांग्रेस सांसदहरू पनि बजेट प्रति सन्तुष्ट छैनन् । १२ असारमा कांग्रेसकै ६ जना सांसदहरूले पनि भेटेर देउवालाई बजेट प्रति गुनासो पोखेका थिए। कांग्रेसका सांसदहरूले यस अघि नै बजेट प्रति गुनासो राखेको हुँदा आजको भेटमा कांग्रेसका सांसद गएका थिएनन् । यस अघि बजेटको गुनासो गर्न प्रधानमन्त्रीदेखि माधव कुमार नेपालसम्म पुगेका सभामुख भीम भण्डारी कैलाली फर्किएको हुँदा उनी पनि उपस्थित भएनन् ।

    अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको भ्रमणमा १३ गते कैलालीबाट निस्किएको टोलीले २० गते भ्रमण सकेर बजेट माथिको गुनासो पोख्न शीर्ष नेताहरूलाई काठमाडौँमा भेटघाट गरिरहेको छ ।

    यस अघि प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृह मन्त्री नारायकाजि श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाललाई पनि यस टोलीले भेटघाट गरिसकेको छ ।

    सभामुख घिमिरेबाहेक सबैसँग सांसदहरूले सुदूरपश्चिम प्रदेशको बजेट यथास्थितिमा पारित गर्न नसकिने गुनासो गरिरहेका छन् ।देउवालाई भेटेपछि अब उनीहरु शीर्ष नेताको सन्देश बोकेर कैलाली फर्किने तयारीमा छन् ।

  • प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि राष्ट्रिय सभामा एमालेको अवरोध (भिडिओ)

    प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि राष्ट्रिय सभामा एमालेको अवरोध (भिडिओ)

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटक पटक दिल्ली धाएको भन्ने अभिव्यक्तिप्रति दिएपछि एमालेले सदन अवरोध गर्दै आइरहेको छ।

    एमालेकी सांसद विमला घिमिरेले प्रधानमन्त्रीले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने बताइन्। उनले प्रधानमन्त्री सदनले बनाउँछ कि भारतले बनाउँछ? भन्दै प्रश्न गरिन्।

    राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले तीन दिनदेखि बैठक अबरोध हुँदै आइरहेको उल्लेख गर्दै संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरे।

    उनले उठेको प्रश्न जवाफ दिन प्रधानमन्त्रीलाई सदनमा बोल्ने वातावरण बनाउन आग्रह गरे।

    एमालेले अडान नछाडेपछि बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ। अर्को बैठक आइतबार बिहान ११ः३१ बजे बस्ने अध्यक्ष तिमल्सिनाले बताए।

     

  • इप्पानले प्रधानमन्त्रीलाई भेटेर भन्यो, ‘ऊर्जा विकास दशक घोषणा गरौं,’

    इप्पानले प्रधानमन्त्रीलाई भेटेर भन्यो, ‘ऊर्जा विकास दशक घोषणा गरौं,’

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समग्र उर्जा क्षेत्रको बारेमा छलफल गरेको छ ।

    प्रधानमन्त्रीसँगको भेटमा भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरुको लागि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालले धन्यवाद दिएको छ । इप्पान र प्रधानमन्त्री बीच हिजो छलफल भएको हो ।

    असार १ गते आएको भीषण वर्षापछिको बाढीले सञ्चालनमा रहेका १३३ मेगावाट क्षमताका १३ आयोजना र निर्माणाधिन २७७ मेगावाट क्षमताका १७ आयोजनाहरुमा गम्भीर क्षति भएको इप्पानले बताएको छ ।

    यस्ता छन् इप्पानको प्रधानमन्त्रीसँग माग
    १. क्षतिग्रस्त आयोजनाहरुको पुनः निर्माणको लागि नेपाल राष्ट्र बैंकबाट पुनरकर्जा उपलब्ध गराउनु पर्ने ।
    २. निर्माणाधिन आयोजनाहरुको निर्माण कार्य पूरागरी विद्युत् उत्पादन शुरु गर्नुपर्ने मिति २ वर्ष थप गर्नु पर्ने ।
    ३. संचालनमा रहेको विद्युत् आयोजनाको पुनः विद्युत् उत्पादन नभएसम्म रोयल्टी मिनाहा गर्नु पर्ने ।
    ४. पुनः निर्माणको लागि आवश्यक मेसिनरी एवं पाटपुर्जा आयातमा भन्सार तथा मुअकर छुट गर्नु पर्ने ।
    ५. क्षतिग्रस्त आयोजनाहरुको विद्युत् उत्पादन अनुमती पत्रको अवधी बढाएर ५० वर्ष कायम गर्नु पर्ने ।
    ६.सर्भेयरको प्रारम्भीक रिपोर्टका आधारमा बीमाबाट ५० प्रतिशत पेश्की दिनको लागि निर्देशन बनाउनु पर्ने ।
    ७. आयोजना पुनःनिर्माणको लागि लिने कर्जा २० वर्षसम्म पुनर्तालिका गर्नु पर्ने ।
    ८. ऊर्जा विकास दशक घोषणा गरी संसदबाट पारित गरेर ऊर्जा विकास मैत्री वातावरण गर्नु पर्ने ।
    ९. ऊर्जा क्षेत्रमा बैंकहरुको लगानी १० वर्षमा २५ प्रतिशत पुर्याउनु गर्नु पर्ने ।
    १०. नेपाल विद्युत प्राधिकरणमा आवेदन गरेका सम्पूर्ण आयोजनाहरुको विद्युत खरीद बिक्री संझौता तत्काल गर्नु पर्ने ।
    ११. बजेटमा उल्लेख भए अनुसार निजी क्षेत्रलाई विद्युत् व्यपार गर्न एक नियमावली बनाइ तत्काल कार्यान्वयन गर्नु पर्ने ।
    १२. बजेटमा उल्लेख भए अनुसार वन क्षेत्रको जग्गा उपयोग र रुख कटानमा नियमावली बनाइ तत्काल सहजिकरण गनुृ पर्ने ।
    १३. बिस्फोटक पदार्थको अभावलाई तत्काल सहजिकरण गर्नु पर्ने ।
    १४. विद्युत् ऐन तत्काल पारित गर्ने ।

  • शंकर पोखरेलको आरोप- सरकारले संविधान र लोकतन्त्रको चीरहरण गर्‍यो

    शंकर पोखरेलको आरोप- सरकारले संविधान र लोकतन्त्रको चीरहरण गर्‍यो

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान र लोकतन्त्रको चीरहरण गरेको आरोप लगाएका छन्। कोशी प्रदेशको सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेपछि उनले यस्तो आरोप लगाएका हुन्।

    उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषदको निर्णयका आधारमा निष्कृय बनेको नागरिकता विधेयक प्रमाणिकरणगर्ने राष्ट्रपतिको कदम, आफुलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र, संविधान र लोकतन्त्रको चीरहरणगर्ने घटनाहरु हुन्।’

    सरकारबाट भएका पछिल्ला घटना र प्रवृत्तिको जति आलोचना गरेपनि कम हुने उनको भनाइ छ।

    ‘घटनाका सन्दर्भमा सत्ता गठवन्धनमा सहभागी दलहरुको बचाउले त्यसवाट नैतिक मुल्यमा भएको क्षतिको भर्पाई हुन सक्तैन । राष्ट्रको गरिमा, संविधान र लोकतत्रको रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरु गम्भीर हुनुपर्यो’ उनले भनेका छन्।

  • नेपाल भित्रिदैँ गरेको अवस्थामा साढे २९ किलो विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ

    नेपाल भित्रिदैँ गरेको अवस्थामा साढे २९ किलो विस्फोटक पदार्थ सहित भारतीय नागरिक पक्राउ

    कैलाली । भारबाट नेपाल भित्रिदैँ गरेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ३ खुनपुरबाट प्रहरी टोलीले २९ किलो ५०० ग्राम विस्फोटक पदार्थ बरामद गरेको हो ।

    सशस्त्र प्रहरीले भारतीय नागरिकसहित विस्फोटक पदार्थ फेला पारेपछि नेपाल प्रहरीलाई जानकारी गराएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले विस्फोटक पदार्थसहित लख्मिपुर खिरी चन्दन चौकी बस्ने ४२ वर्षका शिव गुप्तालाई पक्राउ गरेको हो ।

    भरुवा बन्दुकमा प्रयोग गरिने विस्फोटक पदार्थ सहित पक्राउ परेका गुप्ता विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले जानकारी दिए ।

  • सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?

    सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन सुनको मूल्य घटेको छ ।

    शक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन (बिहिबार) प्रतितोला १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट भएको छ । यसदिन चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम भएको छ ।

  • अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

    अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

    काठमाडौं । स्याङ्गे हाइड्रोपावरको आइपीओ शुक्रबार (असार २२ गते) बाँडफाँड भएको छ । गोलाप्रथामार्फत कुल ५३ हजार ९५० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

    कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ताका सेयर बिक्री खुला गरेको थियो । सो समयमा कुल १२ लाख ४७६ जनाले आवेदन दिएकामा २ हजार ३९९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

    लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, अप्पर स्याङ्गे हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

  • घोराहीको आईपीओ पुन: खुल्यो, आवेदन रद्द गर्न चाहनेलाई आइतबारसम्मको समय

    घोराहीको आईपीओ पुन: खुल्यो, आवेदन रद्द गर्न चाहनेलाई आइतबारसम्मको समय

    काठमाडौ । घोराही सिमेन्टले प्राथमिक सेयर (आईपीओ) पुनः बिक्री खुला गरेको छ । कम्पनीले आज असार २२ गते शुक्रबारदेखि आईपीओ पुनः बिक्री खुला गरेको हो ।

    यस आईपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै आईपीओ बिक्री नभए असार ३१ गतेसम्म आईपीओ खुला हुने कम्पनीले जनाएको छ । यस्तै आवेदन रद्द गर्न चाहनेले आजबाट आइतबारसम्म आवेदन रद्द गर्न सक्नेछन् ।

    यसका लागि सम्बन्धित बैंकमा निवेदन दिनुपर्नेछ । यदि आवेदन दिएको भन्दा बढी कित्ता चाहेमा पनि यहि प्रक्रिया अपनाउँन सकिनेछ । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ४ सय ३५ रुपैयाँ आईपीओ जारी गरेको हो ।

    यस कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि आर्इपीओ जारी गरेको थियो । कम्पनीले आईपीओ जारी गरेको ५औं दिनमा धितोपत्र बोर्डले असार ४ गते आईपीओनिष्कासन प्रक्रिया स्थगित गरेको थियो । बोर्डले पुन खुला गर्न पाउने व्यवस्था गरेपछि कम्पनीले आईपीओ बिक्री पुन खुला गरेको हो ।

  • ‘मुटु खाने भो’ मा दिवान्सीसँग दुर्गेशको अभिनय (भिडिओ)

    ‘मुटु खाने भो’ मा दिवान्सीसँग दुर्गेशको अभिनय (भिडिओ)

    काठमाडौं । गायिका जया छन्त्याल पुनले ‘मुटु खाने भो’ बोलको गीतको भिडिओ सार्वजनिक गरेकी छिन् । जसमा गायिका पुनलाई गायक नविन रानाले स्वरमा साथ दिएका छन् । सार्वजनिक गीतमा प्रल्हाद सुवेदीको शब्द रहेको छ भने लय शिव कनौजे मगरको रहेको छ ।

    एचबिएन किस्मतको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ रहेको गीतमा चर्चित मोडल तथा गायक दुर्गेश थापाको सशक्त अभिनय रहेको छ । भिडिओमा दुर्गेशलाई दिवान्सी रोका मगरले अभिनयमा साथ दिएकी छिन् । भिडिओले वैँशालु उमेरमा चोखो माया लगाउने एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएको छ । जसमा माया प्रेममा आउने उतार चढावलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा भिडिओमा देखाएका छन् ।

    भिडिओको छायाकंन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन र कलर मनोज कार्कीले गरेका हुन् । गायिका पुनका यसअघि झ्याम्मै बस्यो साईली, बाग्लुङ पञ्चकोट, लगायतका डेढ दर्जन बढी गीतका भिडिओहरु बजारमा आइसकेका छन् । सार्वजनिक गीतको भिडिओ पनि गायिका पुनकै अफिसियल च्यानल जया छन्त्याल पुनबाट बजारमा आएको हो ।

  • फेरि बढ्यो सुनको भाउ

    फेरि बढ्यो सुनको भाउ

    काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको भाउ बढेको छ। बुधबार प्रतितोला २०० रुपैयाँले बढेर १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो छापावाल सुन प्रतितोला एक लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

    यस्तै तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

     

  • लुम्बिनीमा अन्तरमावि भलिबल प्रतियोगिताको उपाधि न्यू होराइजनलाई

    लुम्बिनीमा अन्तरमावि भलिबल प्रतियोगिताको उपाधि न्यू होराइजनलाई

    रुपन्देही । बुटवलमा जारी लुम्बिनी प्रदेश अन्तरमावि भलिबल प्रतियोगिताको छात्र र छात्रा दुवैतर्फको उपाधि न्यू होराइजन मावि बुटवलले जितेको छ । जितसँगै उसले दुवै विधामा ७०, ७० हजार रुपैयाँ नगद पुरस्कार‚ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा रामनगरस्थित खेलमैदानमा सोमबार भएको फाइनल खेलमा छात्रतर्फ मणिमुकुन्द कलेजलाई पराजित गर्दै होराइजनले उपाधि हात पारेको हो । यस्तै छात्रातर्फ एभरेस्ट माविलाई पछाडि पारेको हो ।

    द्वितीय हुने एभरेस्ट मावि र मणिमुकुन्द कलेजले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाए । छात्रतर्फ सेन्ट जोसेफ मावि र छात्रातर्फ कुवरवर्ती मावि तृतीय भए । दुवै टिमले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र पाए । छात्र र छात्रातर्फ चौथो हुने सिद्धार्थ माविले नगद १५ हजार रुपैयाँ पुरस्कार पायो ।

    असार १४ गतेदेखि सुरु प्रतियोगितामा छात्र १२ र छात्रा ७ टिम गरी १९ टिम सहभागी थिए । मदन जयन्तीको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।