Author: Anisha Tiwari

  • काँकडभिट्टाबाट मात्रै ६ अर्बको तरकारी र फलफूल भित्रियो

    काँकडभिट्टाबाट मात्रै ६ अर्बको तरकारी र फलफूल भित्रियो

    झापा । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा ६ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार मूल्य बराबरको ताजा तरकारी र २ अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्य बराबरको फलफूल आयात भएको हो ।

    स्वदेशमा उत्पादन भइरहेको र अझ बढी उत्पादनको सम्भावना रहेको तरकारी र फलफूल नै भारतबाट आयात भएको पाइएको छ । कार्यालयको तथ्याङ्कअनुसार आव २०७९÷८० मा पूर्वी नाका हुँदै ८० करोड ९९ लाख ८४ हजार मूल्य बराबरको २५ हजार तीन सय १२ मेट्रिकटन प्याज, ६० करोड ८१ लाख ६० हजार मूल्य बराबरको ३८ हजार १० मेट्रिक टन गोलभेँडा र ३१ करोड ९८ लाख आठ हजार मूल्य बराबरको १९ हजार ९८८ मेट्रिकटन करेला भारतबाट आयात भएको छ ।

    प्याज, गोलभेँडा र करेला भारतबाट आयात हुने प्रमुख तरकारी हुन् । यसैगरी, सोही अवधिमा काँकडभिट्टाबाट ६८ करोड ५८ लाख मूल्य बराबरको ६ सय ७१ मेट्रिकटन स्याउ र ६२ करोड १२ लाख ४० हजार मूल्य बराबरको १५ हजार पाँच सय ३१ मेट्रिकटन भूइँकटहर नेपालले आयात गरेको छ ।

    भारतबाट आयात हुने प्रमुख फलफूलमा स्याउ, भूइँकटहर, सुन्तला, ड्रागन फ्रुट र काँचो नरिवल रहेका छन् । कार्यालयका सूचना अधिकारी ठाकुरका अनुसार विगत एक वर्षमा भारतबाट ३७ करोड चार लाख ६४ हजार मूल्य बराबरको सात हजार सात सय १८ मेट्रिकटन सुन्तला र १९ करोड ५६ लाख २४ हजार मूल्य बराबरको पाँच सय ५२ मेट्रिक टन काँचो नरिवल आयात भएको थियो ।

    एक वर्षमा पूर्वी नाकाबाट१९ करोड ६६ लाख आठ हजार मूल्यको तीन हजार ७२ मेट्रिकटन अङ्गुर र २६ करोड ५२ लाख ४८ हजार मूल्य बराबरको दुई हजार सात सय ६३ मेट्रिकटन अनार आयात भएको थियो । पछिल्लो समय पूर्वी नेपालको इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा किबी र झापा, मोरङ, सुनसरीलगायत विभिन्न जिल्लामा ड्रागन फ्रुटको व्यावसायिक खेती हुन थाले पनि भारतबाट आउने ती फलफूलको आयात रोकिन सकेको छैन ।

  • अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ३ करोड ३२ लाख ठगी आरोपसहित मुद्दा दायर

    अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ३ करोड ३२ लाख ठगी आरोपसहित मुद्दा दायर

    काठमाडौं। अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध तीन करोड ३२ लाख ठगी गरेको आरोपसहित मुद्दा दायर भएको छ। काठमाडौं प्रहरीले सरकारी वकिलमार्फत ६४ जनाको जाहेरीमा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ।

    सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष अनिल खड्का, उपाध्यक्ष बिजय खड्का, सचिव जिवन बुढाथोकी, कोषाध्यक्ष कुम्भराज जोशी, सदस्य प्रकाश खड्का, शुसिल बिक्रम राणा, शुसिल बोहरा, लेखा समिति सदस्य सुवास बुढाथोकी, बबिता खड्का र संयोजक गोबिन्द बुढाथोकीलाई प्रतिवादी बनाइएको छ। उनिहरुले बचतकर्ताको रकम ठगी गरेको आरोप छ। बचतकर्ताले आफुले जम्मा गरेको रकम फिर्ता नपाएपछि प्रहरीकहाँ पुगेका थिए।

    काठमाडौं महानगरपालिका वडा नं. २२ धर्मपथमा कार्यालय रही सञ्चालनमा रहेको यस सहकारीले ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ ठगी गरेको अभियोग पत्रमा उल्लेख छ । पिडितहरुले आफ्नो लाखौं रकम ठगी गरेकालाई कानून बमोजिम कारवाही र आफ्नो बचत फिर्ताको माग गरेका छन्।

  • नेप्सेमा आज पनि गिरावट

    नेप्सेमा आज पनि गिरावट

    काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा ३६ अंकको गिरावट आएको छ ।

    सोमबार मात्रै २६ अंकले घटेको नेप्से परिसूचक आज ३६.१९ अंकले घटेर २१६४.३१ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ७७ लाख १६ हजार २७७ कित्ता सेयरको खरिदबिक्री हुदाँ २ अर्ब १० करोड ७३ लाख ३२ हजार ४१८ रुपैयाँको कारोबार भएको छ ।

    त्यस्तै, आजको कारोबारमा किसान लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । भने नबिल डेबेन्चर २०८५, पिबीढब्लू लघुवित्त वित्तीय संस्था र सानिमा डेबेन्चर २०८७ ले सर्वाधिक घाटामा रहेका छन् । कारोबारका आधारमा आज सोल्टी होटल्स १५ करोड २७ लाख ७९ हजार ७४ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

    मंगलबार बजार पूँजिकराण ३१ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ ।

  • नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

    नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौंमा बस्ने भएको छ ।

    बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर सङ्गठनलाई थप विस्तार गर्ने तयारी भइरहेकोे जानकारी दिए ।

    बैठकले पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना तथा रणनीति तयार गर्ने उनले बताए ।

    यही साउन १८ र १९ गते बस्ने पोलिट्ब्यूरो बैठकमा पार्टीका सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा गरिने जनाइएको छ । अगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने गरी पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक राजनीतिक गतिविधिसमेत सञ्चालन गर्ने योजना बैठकले तयार गर्ने छ ।

    यही साउन १६ र १७ गते पार्टीको स्थायी कमिटीको बैठक बस्ने छ । यही साउन १५ गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटीको प्रस्ताव तयार पार्ने छ । बैठकको निर्णयलाई मूर्तरूप दिन अनौपचारिक छलफल गरी कार्यान्वयनका लागि शीर्षनेतालाई जिम्मेवारी प्रदान गरिने छ ।

  • सुनको मूल्य २ सयले बढ्यो

    सुनको मूल्य २ सयले बढ्यो

    काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।

    मंगलबार बजारमा छापावाल सुन तोलामा २ सयले बढेर १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • पूर्वराष्ट्रपति भण्डारीको जन्मगाउँ आमबोटेको प्राविधिक शिक्षालयमा १६ जनालाई पालिकाको छात्रवृत्ति

    पूर्वराष्ट्रपति भण्डारीको जन्मगाउँ आमबोटेको प्राविधिक शिक्षालयमा १६ जनालाई पालिकाको छात्रवृत्ति

    टक्सार । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले बाली विज्ञान पढ्ने विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने भएको छ । गाउँपालिकामा गत वर्षबाट संचालनमा आएको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयमा बाली विज्ञान पढने विद्यार्थीलाई गाउँपालिकाकाले छात्रवृति सहयोग गर्न लागेको हो ।
    रामप्रसाद राई गाउँपालिका वडा नम्वर ५ मानेभञ्याङ, आमबोटेमा गत वर्षबाट श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय खुलेसँगै बाली विज्ञान कक्षा संचालन हुँदै आईरहेको छ । गाउँपालिका भित्र रहेका ८ वडाका दुई–दुई जना गरी १६ जना विद्यार्थीहरुलाई बाली विज्ञान अध्ययनका लागि गाउँपालिकाले छात्रवृृतिको व्यवस्था गरेको गाउँपालिका प्रशासन शाखाका अनन्त राईले जानकारी दिए । राईका अनुसार बहुप्राविधिक शिक्षालयमा ३ वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) मा अध्ययन गर्ने विद्यार्थीले पालिका मार्फत छात्रवृत्ति पाउने छन् ।
    गाउँपालिका शिक्षा शाखा प्रमुख दान बहादुर भट्टराईका अनुसार छात्रवृत्ति प्रदान गर्ने विषयमा गाउँकार्यपालिका र शिक्षा समितिले निर्णय गरिसकेको छ भने छात्रवृत्तिको लागि आवेदन समेत माग गरिएको छ । गाउँपालिकाका अनुसार छात्रवृत्ति पाउन एसईई परीक्षामा कम्तिमा १.६ जीपीए ल्याएको हुनुपर्ने छ ।
    आफनै पालिकामा शिक्षालय संचालनमा रहेकोले स्थानीय स्तरमा नै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति दिन लागिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । छात्रवृत्तिको लागि परेका आवेदनमा जेहेन्दार र विपन्नलाई प्राथमिकरण गरिने छ । गाउँपालिका अध्यक्ष राईले भने, ‘पालिकाले भोजपुर बहुमुखी क्याम्पसमा पढने विद्यार्थीहरुलाई समेत छात्रवृति उपलब्ध गराई रहेको छ, यो आफनै पालिकामा रहेको बहुप्राविधिक शिक्षालयमा पनि अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि छात्रवृति दिने निर्णय गरिएको हो ।’ यसले प्राविधिक शिक्षा तर्फ आर्कषण पनि बढछ ।
    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा आफनै जन्मगाउँ मानेभञ्याङको आमबोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय खुलेको हो । भोजपुर जस्तो दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न भण्डारीको पहलमा ११ करोड ३९ लाख ७३ हजार आठ सय लागतमा शिक्षालय निर्माण भएको थियो । ५५ रोपनी क्षेत्रफलमा निर्माण भएको प्राविधिक शिक्षालयलाई पूर्वराष्ट्रपति भण्डारीले ३७ रोपनी र उनको अन्य परिवारले १८ रोपनी जग्गा निःशुल्क प्रदान गरेकी छन् ।
    शिक्षालयमा एकाडेमिक भवनका साथै होस्टल, स्टाफ क्वाटर, कम्प्युटर ल्याव, प्रयोगात्मक भवन पनि निर्माण भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सिटीइभिटी)बाट सम्बन्धन प्राप्त शिक्षालयमा बाली विज्ञानको अध्ययन अध्यापन भई रहेको छ ।
  • ‘बगान’ले १० दिनमा कमायो ६९ लाख

    ‘बगान’ले १० दिनमा कमायो ६९ लाख

    काठमाडौं । हलहरुमा प्रदर्शनरत नेपाली फिल्म ‘बगान’ले १० दिनमा ६९ लाख ७८ हजार एक सय ९१ रुपैयाँ कमाइ गरेको छ । यस चलचित्र गएको असार २९ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आएको थियो ।

    फिल्म निर्माण टिमले सामाजिक संजालमा १० दिनको कमाइ सार्वजनिक गर्दै लेखेको छ, ‘हामीलाई वितरकहरु रिच इन्टरटेनमेन्ट, डिसिएन र एफडीले दिएको जानकारी अनुसार ६९ लाख कलेक्सन भएको जानकारी गराउँछौं ।’ असार २९ बाट प्रदर्शनमा आएको ‘बगान’ले बक्स अफिसमा औसत ओपनिङ गरेको थियो । तर, फिल्मले बिस्तारै लय पक्रँदै गएको छ ।

    फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, मिथिला शर्मा लगायत कलाकारको अभिनय रहेको छ । फिल्मको निर्देशक अभिनेता खनाल स्वयंले गरेका हुन् भने निर्माता सुरेश वाग्ले हुन् ।

  • ट्विटरको चरा उड्यो ! नयाँ लोगो ‘एक्स’

    ट्विटरको चरा उड्यो ! नयाँ लोगो ‘एक्स’

    काठमाडौं । चर्चित सामाजिक सञ्जाल नेटवर्क ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको छ । निलो चरालाई प्रतिस्थापन अंग्रेजी अक्षर ‘एक्स’ ले प्रतिस्थापन गरेको हो ।

    ट्विटरका प्रमुख एलन मस्कले आफू चराबाट मुक्त हुन चाहेका थिए । त्यसलगत्तै सोमबार बिहान ट्विटरका कार्यकारी प्रमुख लिन्डा याकारिनोले नयाँ लोगो सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘एक्स इज हियर, लेट्स डु दिस ।’

    मस्कले पनि आफ्नो प्रोफाइल पिक्चरमा नयाँ लोगो राखेका छन् र आफ्नो ट्विटर बायोमा ‘एक्स डट कम’ थपेका छन् । समाचारहरुमा जनाइएअनुसार उनी ‘एक्स’ नामको सुपर एप’ बनाउन चाहन्छन् ।

    आफ्नो विजनेसको नाम फेरेर एक्स कर्प राखेका मस्कले यो परिवर्तन धेरै पहिला नै हुनुपर्ने बताएका छन् ।

    ट्विटरको नयाँ लोगोले प्रयोगकर्ताहरुको राम्रो रेस्पोन्स भने पाइरहेको छैन । धेरैले मस्क आएपछि ट्विटरमा जथाभावि परिवर्तन गरिरहेको भन्दै आलोचना गरेका छन् ।

  • साउने दोस्रो सोमबार डोलेश्वर मन्दिरमा भक्तजनको घुइँचो (भिडिओ)

    साउने दोस्रो सोमबार डोलेश्वर मन्दिरमा भक्तजनको घुइँचो (भिडिओ)

    काठमाडौं । सौरमासअनुसार साउनको दोस्रो सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।

    साउने सोमबारका दिन भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । साउनको १, ८, १५, २२ र २९ गते सोमबार परेको छ ।

    साउन १ गतेबाहेकका सबै सोमबार भने अधिकमासभित्र परेका छन् । प्रत्येक वर्ष साउन महिना र सोमबार भगवान् शिवजीको विशेष पूजा, आराधना गर्ने महिना एवं बार भएकाले व्रत गर्न हुने भन्ने मान्यताका आधारमा अन्य शिवालयमा पनि भक्तजनको भने भीड देखिन्छ । राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

     

  • बिपी विचार हो, अबलम्बन गरौं

    बिपी विचार हो, अबलम्बन गरौं

    नेपालमा मात्र नभई समकालिन विश्वमानै उच्च छवि बनाएका महान राजनितिज्ञ हुन् बिपी कोईराला । नेपाली कांग्रेस पार्टीका सस्थापक नेता कोईराला जीवनभर प्रजातन्त्रका लागि लडिरहे । उनै बिपीका राजनैतिक जीवन र उनका प्रेरणादायी कुराहरुलाई समेटेर आज उनको पुन्य स्मृति दिवसका अवसरमा यो आलेख लेख्ने प्रयास गरिएको छ । हामी सानो हुँदा बिपीबारे प्रशस्त किस्साहरु सुनिन्थ्यो । बिपी यस्ता थिए उस्ता थिए भनेर स्कुलमा सरहरुले सुनाउनुहुन्थ्यो । हामी बुझ्ने भएर स्कुल पढ्न थाल्दा नेपालमा प्रजातन्त्र आइसकेको थियो । त्यसकारणले पनि बिपी सँगसँगै हिंडेका नजिकबाट चिनेका र बिपी बिचारबाट अत्यन्त प्रभावित शिक्षकहरुले हामीलाई पढाउँदा बिपी र उनका विचारहरुबारे भनिररहनुहुन्थ्यो । त्यसकारण बिपीप्रति सानैदेखि सकारात्मक प्रभाव परेको थियो । कक्षा उक्लदै गर्दा बिपीबारे पढ्न पाईयो , उनका राजनैतिक जीवन, उनका सिद्धान्त र बिचारहरुबारे अध्ययन गर्न थालियो ।

    सानैमा पढें मोहन शमशेर र बिपीबिच भएका संवादका कुरा जहाँ मोहन समशेरले बिपीलाई प्रधानमन्त्री भएपछि सोधेका हुन्छन्, ‘बिपी अब तपाई प्रधानमन्त्री हुनुभयो, तपाईको उद्देश्य के छ ? बिपीले सरल उत्तर दिएका थिए, ‘म एउटा मध्यम वर्गीय परिवारको मान्छे हुँ, बिहान बेलुका खान हामीलाई दुःख छैन । मेरो अलिकति खेत पनि छ, त्यहीँबाट गुजारा हुन्छ, मेरो अबको उद्देश्य भनेको हरेक नेपालीलाई मेरै हैसियतमा पु¥याउने हो ।’ बिपीको यस्तो विचार सानैमा पढेको थिए मैले । जुन आजसम्म पनि मनमा अमिट छाप बनेर बसेको छ । यस्ता अनेकौ कुराहरु बिपीका बारेमा पढिन्थ्यो, सुनिन्थ्यो, बिपीका बारेमा अग्रजहरुबाट बुझिन्थ्यो । त्यसकारण त्यतिबेलाको मेरो बाल मस्तिष्कबाट नै बिपी विचार र सिद्धान्तप्रति झुकाव बढेको थियो । अहिले पनि बिपीको त्यो विचार, आर्दश र सिद्धान्तलाई आत्मसात् गरिएको छ ।

    हामीले आत्मकथामा बिपीलाई पढ्यौं, सुन्दरीजलमा पढ्यौं, अन्तर्वार्ताहरु पढ्यौं, लेखहरु पढ्यौं, विचार गोष्ठीहरुमा सहभागी भएर बिपीलाई सुन्यौं । मेरो बा, हजुरबाले रुखमा भोट हाल्थे भनेर म रुखमा भोट हाल्ने भएको होईन । बिपीलाई पढेर, बुझेर, आर्दश, सिद्धान्त र विचार मन परेर रुखलाई भोट हाल्ने भएको हुँ । त्यसकारण मलाई अहिले रुखमा भोट हाल्ने बनाउनुमा कसैको योगदान छैन । म रुखमा भोट हाल्ने हुनुको पछाडि एउटै कारण बिपी विचार हो जसले मलाई उनलाई पछ्याउने बनायो । तर आजको दिनमा नेता भई टोपलेकाहरु कांग्रेसलाई आफनो विर्ता सम्झन्छन् अनि रुखमा भोट हाल्ने नेपालीलाई आफ्ना दास ठान्छन् । जसले गर्दा बिपीले खडा गरेको यो विशाल ईमरात धरमाउन थालेको छ । नयाँ भनिएका,युवा ठानिएका र आशलाग्दा भनिएका नेताहरुबाट समेत ठोस काम हुन नसक्दा यतीबेला बिपीका अनुयायीहरु निराश हुनुपरेको अवस्था छ ।

    बिपी बारेको एउटा प्रसंग करिब ८ बर्ष पहिले एउटा म्यागाजिनमा प्रकाशित भएको थियो । तत्कालीन सोभियत संघले अफगानिस्तानमाथि गरेको हमला, इन्डोनेसियामा साम्यवादी दलले ‘एडिट फर्मुला’ अन्तर्गत सुकार्नोको सत्तापलट गर्ने असफल प्रयास, भारतमा सिक्किमको विलय, भारतमा बढ्दो सोभियत प्रभाव तथा दरबारमा ‘रोयल कम्युनिस्ट’को झाँगिंदो उपस्थितिको विश्लेषण गर्दै बिपीले ‘राष्ट्रिय मेलमिलाप’को नीति अख्तियार गरे । र, ०३३ सालमा नेपाल फर्किने तयारी गर्न थाले । बिपीको त्यो निर्णय भारतिय प्रधानमन्त्री इन्दिरा गान्धीका लागि स्तब्ध पार्ने खालको थियो । इन्दिराको विश्लेषण थियो, आफ्नो देशमा ज्यानको सजाय बोकेको मान्छे, यती सजिलै, त्यो पनि दरबारसँग कुरा नमिलाईकन कसरी जान सक्छ ? पूर्वकांग्रेस नेता बद्रीनारायण बस्नेतले लेखेका थिए, ‘इन्दिराको त्यस बेलाको फर्मुला बेलायतीहरूको जस्तै थियो, फुटाऊ र राज गर । बिपीलाई देखाएर दरबारलाई तर्साउने । दरबार देखाएर बिपीलाई । दरबार पनि चिनियाँ कार्ड देखाएर इन्दिरालाई बेलाबेलामा तर्साउँथ्यो ।’

    बिपी नेपाल फर्किएपछि दरबारलाई तर्साउन इन्दिरासँग कुनै कार्ड नहुने भयो । त्यसैले उनले भारतीय कांग्रेसका अध्यक्ष देवकान्त बरुवालाई बिपीकहाँ पठाइन् । आसामका बरुवा बीएचएूमा पढ्दैताका बिपीका मिल्ने साथी थिए । ‘इन्दिरा इज इन्डिया, इन्डिया इज इन्दिरा’को नारा दिँदै इन्दिराको आशीर्वाद पाएका बरुवाले बिपीलाई फकाउने अनगिन्ती प्रयास नगरेका होइनन् । बस्नेत सम्झन्छन्, ‘तर, बिपीले इन्दिरालाई महारानी मान्नुभन्दा आफ्नै देशको राजा मान्छु भन्दै इन्दिराको प्रस्ताव अस्वीकार गरिदिए ।’

    तत्कालिन भारतकी शक्तीशाली प्रधानमन्त्री ईन्दिरा गान्धीका प्रस्तावलाई ठाडै अस्विकार गर्ने हैसियत राख्थे बिपी, उनीसंग हरेक कुरामा सवाल जवाफ गर्न सक्थे । त्यो थियो बिपीको राजनैतिक उचाई, यसले आजका दिनमा पनि म तिनै बीपीका आर्दश मूल्य मान्यता, नीति र सिद्धान्तलाई मान्ने मान्छे हुँ भन्दा गर्वले छाती फुल्छ ।

    ईन्दिराकै देशमा बसेर लोकतन्त्रको हत्या गर्दै ‘इमर्जेन्सी’ लगाउने इन्दिराको निर्णयलाई बिपी ‘प्रजातन्त्रमार्फत फासिस्टवाद’तर्फ उन्मुख बताउँथे । त्यसैले उनले धेरै ठाउँमा लेखेका पनि छन्, ‘भारत अब ठूलो जेल भयो । सानो जेल नेपालमै फर्किन्छु ।’ बनारसस्थित मामुरगन्जको निरालानगर कोलोनीमा बस्दा बिपीले भनेका कुरा त्यहाँका जीवित कतिपय अग्रजहरु अझै सम्झन्छन् । भन्छन्, ‘इमर्जेन्सीपछि भारत पनि जेल भइसक्यो । तर, हाम्रो जेल सानो छ, त्यहीँ जान्छु । नभन्दै बिपी मेलमिलापको निति लिएर नेपाल फर्कीए र लगत्तै जेल पनि परे ।’

    बिपी प्रधानमन्त्री हुँदै सीमानजिकै चिनियाँ सेनाको गोलीले नेपाल पुलिसका एक हबलदार बमबहादुर मारिए । त्यतिबेला भारतिय प्रधानमन्त्री जवाहरलाल नेहरुले कडा वक्तव्य दिए, ‘हाम्रो उत्तरी हिमालयन सीमामा जुन हमला भयो, त्यसलाई हिन्दुस्तानले आफूमाथि भएको हमला ठान्छ ।’

    तर, बिपीलाई सार्वभौम राष्ट्रका प्रधानमन्त्रीका रूपमा नेहरुको त्यो प्रतिक्रिया मन परेन । उनले भोलीपल्टै नेपाली संसद्बाट नेहरुलाई प्रत्युत्तर दिए, ‘उत्तरी सीमामा जुन घटना भयो, यसप्रति हिन्दुस्तानले जुन प्रतिक्रिया जनायो, हामी भन्न चाहन्छौ, हाम्रो भूभागको रक्षा गर्न हामी सक्षम छौँ ।’ पछि भारतीय राजधानी नयाँदिल्लीमा पत्रकारहरूले बिपीको प्रत्युत्तरका विषयमा नेहरुलाई सोधेका थिए । नेहरुले जवाफ दिए, ‘बिपीले भनेको ठीक हो ।’ यो घटनामा चीनले आफ्नो गल्ती स्वीकार्दै मारिने पुलिसका परिवारलाई नेपाल सरकारमार्फत ५० हजार रुपैयाँ प्रदान गरेको थियो, जुन पछि महेन्द्रलाई विदेशी राष्ट्रमाझ बिपी चीनतर्फ ढल्किदै गएको ‘प्रोपोगान्डा’ गर्न सजिलो भयो ।

    यसरी राष्ट्रियताको सवालमा बिपीको अडान अविचलित थियो । उनी कुनै पनि दृष्टिकोणबाट भारत या चीनले नेपाललाई हेपेको मन पराउँदैनथे र तत्काल प्रतिक्रिया जनाईहाल्थे, तत्कालिन भारतिय र चीनका शाशकहरु बिपीसँग यसकारण डराउँथे की बिपिले बिस्तारै आफ्नो छवि अन्तर्राष्ट्रिय स्तरमा एक ख्यातप्रिाप्त राजनेताको रुपमा स्थापित गर्दै लगेका थिए ।

    नेपाल र नेपालीका लागि बिपीले थुप्रै विचार, नीति र सिद्धान्तहरु छाडेर जानुभएको छ । जुन अहिले पनि उतिकै सान्दर्भिक छ । विडम्वना आज सबैका प्रिय सान्दाजुको पुण्य स्मृतिमा यो भन्न करै लाग्छ, उनले जीवनभर प्रजातन्त्रका लागि भन्दै लडेर स्थापना गरेको पार्टी नेपाली कांग्रेसले त सान्दाजुका कुरा लागू गर्न सकेन, चाहेन अरुको के कुरा गर्नु । आज कांग्रेस बिपीलाई बेच्छ मात्र, तर बिपीका आर्दश, सिद्धान्त र बिचारहरुलाई व्यवहारमा लागू गर्दैन । यसले बिपीका अनुयायीहरुलाई ठुलो चोट पुगेको छ । कांग्रेस प्रजातन्त्र स्थापनापछि लामो समय सत्तामा बस्यो त्यतिबेला उसले न बिपी सम्झियो न त बिपीका विचार सिद्धान्त र आर्दशहरुनै सम्झियो । जसले गर्दा देशमा कांग्रेसको लोकप्रियता क्रमश घट्दै गयो र कांग्रेस आजको हालतमा पुगेको छ । बिपीका आफ्नै भाई भतिजा यो देशका प्रधानमन्त्री पटक–पटक भए, उनकै शिष्य शेरबहादुर पटक–पटक प्रधानमन्त्री भए, अहिले कांग्रेसको सभापति छन् । बिपीकै कान्छो छोरा डा. शशांक कोईराला कांग्रेसका महामन्त्री बनें । बिपीका भतिजा डा. शेखर कोईराला कांगेसभित्र प्रभावशाली नेताका रुपमा छन् । तर पनि कांग्रेसको नेतृत्व तहले कहिल्यै नेपाली राजनितिमा र सत्ता संचालनमा बिपी विचार र नीति लागू गर्न सकेन । यसले बिपीको अनुयायीहरुलाई त चोट परेको छ नै स्वयम् सान्दाजुको आत्मा समेत पक्कै पनि खुशी भएको छैन होला ।

    बिपीको जिवन संघर्षमानै बित्यो । तर पनि उहाँ कहिल्यै विचलित हुनुभएन । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद प्रति उहाँको सधै निष्ठा रहिरह्यो । तरका आजका कांगेसीहरुमा त्यसप्रतिको निष्ठामा शंका गर्ने पशस्त आधारहरु छन । पत्रकार मणिराज उपाध्यायले बिपीसंग लिएको अन्तर्वार्तामा बिपीले भन्नु भएको छ ः ‘इन्दिरा गान्धिको कुरा मान्ने हो भने म भोलिनै मुलुकको प्रधानमन्त्री बन्न सक्छु । तर, प्रधानमन्त्री भै सकेपछि मैले कस्को कुरा मान्ने ? नेपाली जनताको कि इन्दिरा गान्धीको ?’ राष्ट्रियता प्रति बिपीको यस्तो अविचलित अडान थियो । अहिलेका कांगेस नेतृत्वले यती कुरा मात्र मनन गरिदिने हो भने पनि देश छिट्टै कायापलट हुन्छ । तर बिडम्वना त्यस्तो हुन सकिरहेको छैन । र बिपीले सधै देश रजनताकोहित सोच्नुभयो । उहाँले त्यसैकालागि आजिवन संघर्ष पनि गर्नुभयो । उहाँका बिचार आज पनि उत्तिकै सान्र्दभिक छन् । तत्कालिन समयमा आफ्ना कर्म र विचारका कारण बिपी विश्वभर चर्चित हुनुहुन्थ्यो ।

    वर्षको एक दुई दिन बिपीलाई सम्झिएर चर्को भाषण गर्ने, उनकै आदर्शको बाटोमा हिड्ने प्रण गर्ने तर भाषण गरेको ५ मिनेटमानै सबै कुरा भुल्ने कांग्रेस नेतृत्वको प्रवृत्तिनै समस्याको मुल जड हो । हरेक वर्ष श्रावण ६ गते कांग्रेसले देशभरी वृक्षारोपण गर्छ, आजसम्म कति बिरुवा रोपिए, ती कति हुर्किए र कति मरेर गए भन्ने कुराको लेखाजोखा नभए जस्तैं कांग्रेस नेतृत्व पनि अन्धाधुन्द रुपमा बिपीलाई बेचिरहेको छ । बिपीका विचार र सिद्धान्तको धज्जी उडाईरहेको छ । कांग्रेसले अब पनि बोलीमा मात्र होईन व्यवहारमानै बिपीको सिद्धान्त अंगिकार गर्न सकेन भने कांग्रेस फेरी पनि वामपुड्के हुँदै जानेमा दुईमत छैन । यही सन्दर्भमा स्वयम् बिपीले भनेको एउटा भनाई स्मरण हुन्छ, एक दिन एकजना कार्यकर्ताले बिपीलाई सोधेछन्, सान्दाजु प्रजातन्त्र आएपछि हामी जस्ता कार्यकर्तालाई के हुन्छ, बिपीले भनेछन्, प्रजातन्त्र आएपछि एकपटक फेरी पार्टीभित्र सुकिला मुकिलाहरु हावी हुन्छन्, तिनले आर्दश बिर्सन्छन्, त्यस्ताहरुका विरुद्ध पार्टीभित्रै फेरी तिमिजस्ता कार्यकर्ताहरुले संघर्ष गर्नुपर्दछ । बिपी कति दुरदर्शी थिए भन्ने यही कुराले पुष्टी गर्छ, नभन्दै प्रजातन्त्र आएपछि त्यस्तै भयो, बिपीका आर्दश र सिद्धान्तहरु बिर्सिन थालियो र सुकिला मुकिलाहरु हाबी भए । तर ईमान्दार कार्यकर्ताहरुले अझै तिनिहरु विरुद्ध संघर्ष गरेका छैनन् । अति हुँदै गयो भने एक दिन त्यो पनि अवश्य हुन्छ । त्यसकारण कांग्रेस नेतृत्वले यसबारेमा बेलैमा सोचोस् । बिपी व्यक्ती मात्र नभएर विचार र सिद्धान्त हो तसर्थ बिपीलाई अब कांग्रेसले व्यवहारमानै अबलम्वन गर्न आवश्यक छ । आफु पनि केहि नयाँ दिन नसक्ने अनि ७ दशक भन्दा अगाडी बिपीले अघी सारेका सिद्धान्तलाइ पनि व्यववहारमा अबलम्बन नगर्दा कांग्रेस नेतृत्व चक्रव्युहमा फसेको छ । चक्रव्युहबाट निस्कने एकमात्र सुत्र बिपीकै आर्दश नीति र सिद्धान्त हो । यसलाई तुरुन्त व्यवहारमानै अबलम्बन गर्न एकपटक सबै इमान्दार देशप्रेमी नेपाली र कांग्रेसजनहरुले नेतृत्वलाई दबाब दिन आबश्यक छ ।

     

  • एनआइसी एसिया बैंक २६औं  वर्षमा प्रवेश

    एनआइसी एसिया बैंक २६औं वर्षमा प्रवेश

    काठमाडौं । एनआइसी एसिया बैंक लिमीटेड आजबाट २६ वर्षमा प्रवेश गरेको छ ।

    बैंकले आफ्नो २६औं वार्षिकोत्समा सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने संकल्पमा देशकै सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै गएकोप्रति आभार प्रकट गरेको छ ।

    यस्तै ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकाय, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवालाहरूप्रति बैंकले आभार व्यक्त गरेको छ ।

    त्यसैगरी बैंकले आगामी दिनहरूमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम थप्ने अठोट समेत व्यक्त गरेको छ ।

  • शिथिल अर्थतन्त्रको उत्थानका लागि लचिलो मौद्रिक नीतिको प्रतिक्षा

    शिथिल अर्थतन्त्रको उत्थानका लागि लचिलो मौद्रिक नीतिको प्रतिक्षा

    काठमाडौं । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान गरिरहेको तथा देशमा ९० प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरिरहेको निजी क्षेत्र अहिले चरम आर्थिक मन्दीबाट गुज्रिरहेको छ । मागमा आएको अकल्पनीय कमीका कारण उद्योगहरुले आफ्ना उत्पादन घटाउनु परेको छ भने ती उत्पादन, वितरण र बिक्रीमा संलग्न लाखौँ व्यावसायी तथा पेशाकर्मीहरुको आयमा त्यसले प्रत्यक्ष असर पारेको छ ।
    नेपाल राष्ट्र बैंककै अध्ययनले उद्योगहरुले ६० प्रतिशतसम्मले उत्पादन कटौति गर्नुपरेको देखाएको छ । यसले सरकारले सङ्कलन गर्ने राजस्वमा समेत नकारात्मक असर गरेको छ । केन्द्रीय तथ्याङ्क कार्यालयले जारी गरेको चालु वर्षको कुल ग्राहस्थ्य उत्पादन (जिडिपी)को अनुमानअनुसार अर्थतन्त्रका तीन मुख्य क्षेत्र उत्पादन, निर्माण र व्यापार क्षेत्रको वृद्धिदर दुई प्रतिशतभन्दा बढीले नकारात्मक हुने अवस्था छ । देशको अर्थतन्त्रको स्वास्थ्यको मापन गर्दा यी लक्षण शुभसङ्केत होइनन् । समग्र अर्थतन्त्रकै न्यून वृद्धिले पनि निजी क्षेत्र सहज अवस्थामा छ भन्ने देखाउँदैन ।
    अर्कोतर्फ निरन्तर बढ्दो ब्याजदरका कारण धेरै बचतकर्ताले बचत निक्षेपलाई मुद्दतिमा परिणत गर्दा कर्जाको ब्याजदर बढेको छ । यसले गर्दा अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्र अहिलेको चर्को ब्याजदरमा ऋण लिएर लगानी गर्न सक्ने अवस्थामा छैन । विगतको तथ्याङ्कले ब्याजदर न्यून हुँदा निजी क्षेत्रमा हुने कर्जा प्रवाह बढेको देखाउँछ ।
    आर्थिक वर्ष २०७७÷७८ मा आठ प्रतिशतको हाराहारीमा ब्याजदर हुँदा त्यस्तो कर्जा प्रवाह २६ प्रतिशतले बढेको थियो भने यो वर्ष २०७९÷८० मा ब्याजदर करिब १३ प्रतिशतसम्म पुग्दा कर्जा परिचालन तीन प्रतिशतले मात्र बिस्तार भएको छ । त्यसैगरी, निजी क्षेत्रमा कर्जा विस्तार हुँदा आर्थिक वृद्धिदरको अवस्था सकारात्मक देखिएको विगत खोज्न पनि धेरै टाढा जानुपर्दैन । कर्जाको ब्याजदरले लगानीको वृद्धि, व्यापार व्यवसायको विस्तारदेखि रोजगारी सिर्जना र आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पार्छ भन्नेमा दुई मत छ भन्ने मलाई लाग्दैन ।
    अहिले अर्थतन्त्रमा देखिएको शिथिलता र समग्र मागमा आएको कमीका कारण उद्योग तथा व्यवसाय सङ्कटमा छन् । कतिपयलाई त तत्कालै सहयोग गर्नुपर्ने आवश्यकतासमेत देखिएको छ । त्यसैले यस्तो अवस्थामा निजी क्षेत्रले आशा र भरोसाका साथ नेपाल राष्ट्र बैंकतर्फ हेरिरहेको छ, हेर्ने पनि त्यतै हो ।
    विशेष परिस्थितिमा त्यस्तै विशिष्ठ प्रकारको आशा राख्नु पनि अन्यथा होइन । यसै विशेष आशाका साथ नै निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुले केन्द्रीय बैंकलाई संयुक्तरुपमा सुझाव पनि पेस गरिसकेका छन् । आफ्ना अप्ठ्यारा र तिनको समाधानका लागि राज्यले गर्नुपर्ने दायित्वका विषयलाई ती सुझावमा प्रकाश पारिएकै छ ।
    गएको एक दशक नेपाली अर्थतन्त्रका लागि ज्यादै चुनौतिपूर्ण र उतारचढावपूर्ण रह्यो । शक्तिशाली भूकम्प, नाकाबन्दी र कोरोनाभाइरस महामारीसँग जुध्दै उच्च आर्थिक वृद्धिको अपेक्षाका साथ अघि बढिरहेका बेलामा देखिएको अन्तर्राष्ट्रिय मन्दी, आपूर्ति श्रृङ्खलामा अवरोध र रुस–युक्रेन युद्धका कारण भएको चर्को मूल्यवृद्धिले अर्थतन्त्रलाई पुनः मन्दीतर्फ धकेलेको स्पष्टै छ । त्यस्तो सङ्कटको अवस्थामा केन्द्रीय बैंकले बैंकदर, नीतिगत दर, ब्याजदर तथा विभिन्न प्रकारका मौद्रिक उपकरणमार्फत निजीक्षेत्रको वृद्धि र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ । कोभिडकालमा ठूलो मात्रामा व्यवसाय गुमाउन पुगेका पर्यटनलगायत क्षेत्रको उत्थानमा पनि राष्ट्र बैंकको भूमिकालाई निजी क्षेत्रले सराहना गरेकै हो ।
    त्यसैले अहिलेको अन्यौलको अवस्थामा मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बजारमा विश्वास बढाउने खालका नीतिहरु ल्याउनुपर्छ । हालका लागि अनिवार्य नगद अनुपात, बैंकदर र नीतिगत दर बजारको आवश्यकताअनुसार घटाउनु पर्छ भने जोखिमको आधारमा ‘नेट लिक्विड एसेट्स’को व्यवस्थापन गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । ठूलो मात्रामा बचत खाताको रकम मुद्दतिमा परिणत गरिएकाले अब मुद्दति निक्षेपको समयावधिअनुसार ब्याजदर फरक हुनसक्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ । त्यसमा पनि बचत निक्षेप र मुद्दति निक्षेपमा ब्याजदरको अन्तर पाँच प्रतिशत हुनुपर्ने व्यवस्था हटाउनुपर्छ । बजारको मनोबल कमजोर र मागमा उच्च गिरावट भएका बेलामा उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा सङ्कुचन आएकाले ‘डेब्ट इक्विटी’ अनुपातमा कम्तीमा आगामी एक वर्षका लागि लचकता अपनाउनुपर्छ । कर्जा बिस्तारका लागि लचिलो मौद्रिक नीति निजी क्षेत्रको आफ्नो मात्र अजेण्डा होइन, समग्र बजारलाई चलायमान गराउन पनि मौद्रिक नीतिले लचिलो बन्नुपर्ने आवश्यकता रहन्छ ।
    आमजनतालाई ज्यादै प्रभावित गर्ने नीतिगत परिवर्तनमध्ये रेमिट्यान्स कम्पनीमार्फत् स्वदेशमा पैसा पठाउन नपाउने व्यवस्था हो । रेमिट्यान्स कम्पनीमार्फत् आन्तरिकरुपमा नगद पठाउने विगतको सीमा रु तीन लाखबाट घटाउँदै गएर रु २५ हजार गरिएको थियो तर अहिले कुनै पनि प्रकारको रकम पठाउन नपाउने व्यवस्था छ । यसले मजदुर, विद्यार्थीलगायत अनौपचारिक क्षेत्रमा काम गरिरहेका लाखौँ मानिस प्रभावित भएका छन् । अझै पनि ग्रामीण क्षेत्रका धेरै स्थानमा इन्टरनेटको सहज पहुँच छैन र बैंकका शाखामा पनि सहज पहुँच पुग्न सकेको छैन । यस्तो अवस्थामा रेमिट्यान्स कम्पनीमार्फत् पैसा पठाउन रोक्नु भनेको निम्न वर्ग र दुर्गमका जनतालाई सास्ती थप्नु मात्र हो । यो सेवा बन्द गरिदिँदा रेमिट्यान्स कम्पनीका हजारौँ आउटलेट बन्द भएका छन् । त्यसैले परिचय पत्रको आधारमा त्यस्ता कम्पनीमार्फत् कम्तीमा पनि रु एक लाखसम्म आन्तरिकरुपमा पठाउने व्यवस्था हुनुपर्छ ।
    कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा व्यवसायको प्रकृतिअनुसार लगातार कम्तीमा सात दिन शून्य वक्यौता कायम गर्नुपर्ने व्यवस्था पनि व्यवहारिक छैन । त्यस्तो व्यवस्था हटाउनु पर्छ भन्ने निजी क्षेत्रको माग हो । त्यस्तै चालु पुँजी कर्जाका लागि दुई फरक खाताको आवश्यकता पर्ने गरी हाल गरिएको व्यवस्था पनि अव्यवहारिक छ । यस्तो कर्जाका लागि एक वर्षको कारोबारलाई मात्र आधार मान्दा चालु पुँजीको यथार्थ आँकलन हुन नसक्ने भएकाले अघिल्लो चार आर्थिक वर्षको कारोबारलाई आधार मानी धेरै कारोबार हुने वर्षको आधारमा गणना गर्नुपर्छ ।
    यसका साथै उत्पादमूलक उद्योगले वर्षको दुई उत्पादन चक्रसमेत पूरा गर्न मुश्किल परिरहेको अवस्थामा चालु पुँजी कर्जाको २५ प्रतिशतको सीमालाई बढाउनुपर्छ । उत्पादनमूलक उद्योग र व्यापारका लागि कर्जाको मापदण्ड फरक हुनुपर्छ र यो व्यवस्था चालु पुँजी कर्जामा पनि लागू गर्नुपर्छ । स्थायी प्रकृतिको चालुपुँजी कर्जाको व्यवस्था गर्नुपर्छ ।
    हालको विषम् परिस्थितिमा उद्योग व्यवसाय बन्द गर्नुपरेमा साँवा ब्याजको किस्ता तिर्ने प्रतिवद्धता व्यक्त गरेका उद्योगलाई बन्द गर्न दिइ सहज कर्जा राफसाफको व्यवस्था गर्नुपर्छ । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल राष्ट्र बैंकलाई दिएको सुझावअनुसार साना तथा मझौला उद्योगलाई परियोजना कर्जा दिने व्यवस्था गर्नुपर्छ । निजी क्षेत्र र विज्ञहरुले समेत लामो समयदेखि माग गर्दै आए पनि ‘स्टार्टअप’ तथा साना एवम् मझौला उद्यमको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने यो व्यवस्था लागु गर्न अब ढिला गर्नुहुँदैन भन्ने हाम्रो सुझाव हो । त्यस्ता उद्यमलाई दिइने कर्जाको सीमा पनि बढाएर कम्तीमा रु पाँच करोड बनाउनुपर्छ । ब्याजदरमा विशेष सहुलियतमार्फत उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ भन्ने त हाम्रो विगतदेखिकै माग हो । त्यसैगरी हामीहरुले कर्जाको ब्याजदरमा लिइने प्रिमियमा पनि न्यून हुनुपर्छ भनेर भनिरहेका छौँ ।
    यसबाहेक प्राथमिकता प्राप्त क्षेत्र, उत्पादनमूलक, साना तथा मझौला एवम् निर्यातमूलक उद्योग, पर्यटन पूर्वाधार, केवलकार, महिला उद्यमीले सञ्चालन गरेका व्यवसायलगायतका क्षेत्रमा पुनः कर्जाको व्यवस्था गर्नुपर्छ भन्ने निजी क्षेत्रको माग रही आएको छ ।
    हामीले अहिले कुरा गरिरहेको यो अवस्था अर्थात समय सामान्य समय होइन भन्ने कुरा त सबैलाई विदितै छ । त्यसैले यस्तो विशिष्ठ परिस्थितिका बेलामा परम्परा धान्ने मात्र भन्दा पनि समयलाई सम्बोधन गर्न सक्ने खालको नविनतम् मार्ग नेपाल राष्ट्र बैंकले प्रशस्त गर्न सकोस् भन्ने निजी क्षेत्रको चाहना हो । समय सापेक्ष यस्तो नीतिले नै समयले निर्माण गर्न पुगेको जटिल अवस्थालाई चिर्न सक्छ भन्ने हाम्रो आँकलन छ ।
    नरम मौद्रिक नीतिले नै निजीक्षेत्रका लागि वृद्धि र विस्तारको मार्ग प्रशस्त गर्नुका साथै सङ्कटको डिलमा उभिएको देशको अर्थतन्त्रलाई लड्नबाट बचाउन सक्ने अपेक्षा हाम्रो छ । मलाई लाग्छ नेपाल राष्ट्र बैंकले हाल मस्यौदा गरिरहेको मौद्रिक नीति यस्तै समय सापेक्ष एवम् पहिचान भइसकेका समस्याहरुको सम्बोधन र निदान गर्न सक्ने पक्षमा आउनेछ भन्ने प्रतिक्षामा हामी समग्र निजी क्षेत्र छौँ र मुलुकको अर्थ व्यवस्था पनि छ ।
    (नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालसँग राससका समाचारदाता रमेश लम्सालले गरेको कुराकानीमा आधारित)
  • यी हुन् २०७९/८० मा धेरै कमाउने ७ नेपाली चलचित्र, कुनको ग्रस कलेक्सन कति ?

    यी हुन् २०७९/८० मा धेरै कमाउने ७ नेपाली चलचित्र, कुनको ग्रस कलेक्सन कति ?

    काठमाडौं । चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९/८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ । सो तथ्याङ्कअनुसार स्वदेशी ५७ र विदेशी ७८ चलचित्र प्रदर्शन भएका छन् । स्वदेशी ५७ चलचित्र प्रदर्शन भएबापत रु ७६ करोड ७२ लाख ५७ हजारको व्यापार भएको छ ।
    स्वदेशी चलचित्रतर्फ सर्वाधिक व्यापार गर्न सफल चलचित्रको सूचीमा हेमराज विसीले निर्देशन गरेको ‘छक्का पञ्जा ४’ पहिलो स्थानमा छ । बोर्डको विवरणअनुसार छ लाख २९ हजार सात सय ५० टिकट बिक्री भएबापत ‘छक्का पञ्जा ४’ को रु १७ करोड ५२ लाख ९९ हजार एक सय ५९ ग्रस व्यापार भएको छ ।
    हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलो पर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण सुरु गरेका थिए । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेको छ ।
    सर्वाधिक कमाई गर्ने दोस्रो स्थानमा उपेन्द्र सुब्बाले निर्देशन गरेको चलचित्र ‘जारी’ रहेको छ । शनिबार प्रदर्शनको सय दिन पूरा गर्ने चलचित्रको गत असार ३१ सम्म बोर्डको विवरणअनुसार छ लाख १९ हजार दुई सय २१ टिकट बिक्री भएबापत रु १७ करोड १७ लाख ९९ हजार १८ ग्रस व्यापार भएको छ ।
    सर्वाधिक कमाई गर्ने सूचीको तेस्रो स्थानमा सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको ‘प्रेमगीत ३’ रहेको छ । ‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । चलचित्रको नेपाली भाषामा दुई लाख ६९ हजार आठ सय आठ टिकट बिक्री भएबापत रु सात करोड ७० लाख ३५ हजार पाँच सय ५८ र हिन्दी भाषामा ८३ हजार एक सय ६९ टिकट बिक्री भएबापत रु दुई करोड २७ लाख २९ हजार आठ सय ६७ को ग्रस व्यापार भएको छ ।
    चौथो नम्बरमा प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेका चलचित्र ‘महापुरुष’ रहेको छ । चलचित्रको दुई लाख ४७ हजार सात सय २८ टिकट बिक्री भएबापत रु सात करोड ३८ लाख ९१ हजार नौ सय २० को ग्रस व्यापार गरेको छ ।
    पाँचौँ स्थानमा रहेको दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेको चलचित्र ‘दुई नम्बरी’ को एक लाख ४१ हजार सात सय १३ टिकट बिक्री भएबापत रु तीन करोड ८४ लाख ७५ हजार सात सय ७० को ग्रस व्यापार भएको छ ।
    यस्तै छैटौँ स्थानमा रहेको रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ को एक लाख २६ हजार पाँच सय ४९ टिकट बिक्री भएबापत रु तीन करोड ५३ लाख २० हजार चार सय ७९ को ग्रस व्यापार भएको छ ।
    सार्वजनिक विवरणमा सर्वाधिक व्यापार गर्ने सातौं स्थानमा रहेको ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘झिङ्गेदाउ’ को एक लाख २२ हजार तीन सय २७ टिकट बिक्री भएबापत रु तीन करोड ४१ लाख १३ हजार दुई सय २३ ग्रस व्यापार गरेको छ ।
    बोर्डले सार्वजनिक गरेको तथ्याङ्कले पनि दर्शकले स्वदेशी चलचित्रतर्फ मौलिक विषयवस्तुलाई रुचाएको प्रस्टिएको छ ।
  • सुन तस्करीमा गलत मनसायले महराको नाम जोडियोः मन्त्री शर्मा (भिडिओ)

    सुन तस्करीमा गलत मनसायले महराको नाम जोडियोः मन्त्री शर्मा (भिडिओ)

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुन तस्करी प्रकरणमा पूर्व सभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता नरहेको दाबी गरेकी छन् ।

    शुक्रबार जनकपुरमा पुगेकी शर्माले सुन तस्करीमा महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत मनसायले आएका दाबी गरिन् । मन्त्री शर्माले मुलुकमा देखिएको हरेक प्रकारको बेथितिलाई समाप्त गर्न सरकार दृढ रहेको बताउँदै यही सरकारले नागरिकता समस्या समाधान गरेका बताइन् ।

  • कोरियामा काम गरेर आएकाहरुलाई पुनः खुल्यो ईपीएस भाषा परीक्षाको आवेदन

    कोरियामा काम गरेर आएकाहरुलाई पुनः खुल्यो ईपीएस भाषा परीक्षाको आवेदन

    काठमाडौं । कोरियामा काम गरेर फर्किएकालाई पुनः कोरिया जानको लागि ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ ।

    ५ वर्ष कोरियामा काम गरेर नेपाल आएका नेपालीले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने छन् । परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ । भने, नतिजा प्रकाशन असोज ३ गते हुने शाखाको सूचनामा उल्लेख छ ।

    शाखाले सूचना, ‘नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको हो,’ उल्लेख गरेको छ ।

    सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदारहरूले आवेदन दिन सक्नेछन् ।

  • नोटको प्रयोग करिब १३ अर्बले बढ्यो

    नोटको प्रयोग करिब १३ अर्बले बढ्यो

    काठमाडौं । बजारमा अहिले सवा ६ खर्ब नोट चलनचल्तीमा रहेको छ । २०८० असार मसान्तसम्म कुल ६ खर्ब २५ अर्ब ७८ करोड ७८ लाख रुपैयाँको नोट चलनचल्तीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    गत असार मसान्तमा ६ खर्ब १२ अर्ब चलनचल्तीमा थियो । गत वर्षभन्दा अहिले करिब १३ अर्बले नोटको प्रयोग बढेको देखिन्छ ।

    विशेष गरी आम सर्वसाधारण, सहकारी, संगठित संस्था लगयात अन्य निकायसँग भएको मुद्रालाई मात्र चलनचल्तीको मुद्राकारुपमा गणना गरिन्छ।

  • भारतले चामलको निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा कस्तो असर पर्छ ?

    भारतले चामलको निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा कस्तो असर पर्छ ?

    काठमाडौं । भारत सरकारले चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै बासमती बाहेकका सबै प्रकारका चामल निर्यात गर्न रोक लगाएको हो ।

    भारतले विश्वका ५० भन्दा धेरै देशहरुमा चामल निर्यात गरिरहेको थियो । भारतमा धानको उत्पादनमा कमी आउने भएपछि चामल निर्यातमा रोक लगाएको हो । भारतमा नै अब चामलको मूल्य वृद्धि हुन थालेको छ ।

    भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा चामलको मूल्यवृद्धि हुने गरेको छ । यसभन्दा पहिले पनि भारतले चामल निर्यातमा रोक लगाउँदा नेपालमा चामलको मूल्य वृद्धि भएको थियो । भारतबाट ठूलो परिणममा नेपालमा चामल आयात हुने गरेको छ ।

    भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा ९ अर्ब ८५ करोड मूल्य बराबरको १६ करोड किलो चामल आयात गरेको थियो ।

  • तोलामा ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन सुनको मूल्य घटेको छ ।

    शुक्रबार बजारमा छापाला सुन तोलामा ८ सयले घटेर १ लाख १२ हजार ८ सय रुपैयाँ कयम भएको छ ।

    यस्तै बिहीबार प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १२ हजार २२५ रुपैयाँ कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

  • काँकडभिट्टा नाकाको व्यापार घाटा २४ अर्बभन्दा बढी

    काँकडभिट्टा नाकाको व्यापार घाटा २४ अर्बभन्दा बढी

    झापा । गत आर्थिक वर्ष २०७९/८० मा  काँकडभिट्टा नाकाको व्यापार घाटा उच्च देखिएको छ । यस नाकाबाट भारत, चीन, बङ्गलादेश र भुटानसँग व्यापार हुने गर्छ । मेची भन्सार कार्यालयका अनुसार गत आवमा मात्रै यस नाकाको व्यापार घाटा  २४ अर्ब ३१ करोड ९४ लाख ४१ हजार रुपैयाँभन्दा बढी छ ।
    गत आवमा काँकडभिट्टा नाका भइ विभिन्न देशबाट  ४६ अर्ब ३६ करोड १३ लाख ३४ हजार रुपैउाँ बराबरको सामान आयात भएको छ भने सोही अवधिमा सो नाकाबाट जम्मा २२ अर्ब चार करोड १८ लाख ९३ हजार बराबरको सामान निर्यात भएको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए ।
    उनका अनुसार यस नाकामार्फत बङ्गलादेशबाट पाँच अर्ब ६५ करोड २० लाख ६५ हजार रुपैयाँको सामान आयात भएको छ भने ४७ करोड ११ लाख ५३ हजारको सामान निर्यात भएको छ । विगत पाँच वर्षदेखि यस नाकाबाट हुने बङ्गलादेशसँगको व्यापार घाटा भएको छ ।
    साथै समीक्षा अवधिमा भुटानसँग एक अर्ब ५६ करोड ८८ लाख ३० हजार बराबरको सामान आयात भएको छ भने ५२ करोड दुई लाख ३६ हजार बराबरको निर्यात भएको छ । सोही अवधिमा भारतबाट ३३ अर्ब १८ करोड ८७ लाख ५६ हजारको सामान आयात भएको छ भने १९ अर्ब ८१ करोड २३ लाख ७१ हजार बराबरको निर्यात भएको छ ।
    गत आवमा यस नाकाबाट चीनसँगको व्यापार घाटा भने शतप्रतिशत प्रतिशत छ । चीनबाट रू तीन अर्ब छ करोड १० लाख १२ हजारको सामान आयात हुँदा निर्यात शून्य छ ।
    नेपालबाट अदुवा, अलैँची, चिया, अम्रिसो, फलाम तथा फलामका सामग्री, प्लाइउड, छुर्पी, दलहन, धातुका सामान, पिनालगायत वस्तु यी देशमा निर्यात हुँदै आएको छ । साथै यस नाकाबाट कोइला, पेट्रोलियम पदार्थ, पशुको आहाराको कच्च पदार्थ, जुट तथा जुटका उत्पादन, ड्राइफुट्स, भटमास, तोरी नरिवल, चिप्स, मार्बल, प्लास्टिकका कच्चापदार्थ, तरकारी, आलु, कपडालगायत सामान आयात हुने गरेको भन्सार कार्यालयको भनाइ छ ।
  • सेनाले नेपाल राष्ट्रको रक्षा गरेको छ, संख्या घटाउनु हुँदैन : वामदेव गौतम (भिडिओ)

    सेनाले नेपाल राष्ट्रको रक्षा गरेको छ, संख्या घटाउनु हुँदैन : वामदेव गौतम (भिडिओ)

    काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउन नहुने बताएका छन् ।

    राष्ट्रियसभाको बिहीबारको बैठकमा गौतमले सेनाले अप्ठ्यारोमा नेपाल राष्ट्रको रक्षा गर्ने काम गरेको इतिहास रहेको भन्दै सेनाको संख्या घटाउन नहुने बताए ।

    उनले सेनाको संख्या दुई लाख थप गर्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि परिचालन गर्नुपर्नेमा जोड दिए । सेनाको संख्या घटाउँदै त्यसबाट बचेको पैसाले देश विकास गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति आपत्ती जनाउँदै गौतमले अहिले संघीय संसदमा सांसदको संख्या घटाउनुपर्ने धारणा राखे ।

    संघीय संसद र स्थानीय तह रहेको अवस्थामा प्रदेश सभाको केही काम नरहेको उनले बताए । गौतमले अहिलको संसद संरचना रहदासम्म नेपालको विकास हुन नसक्ने जिकिर गरे । त्यस्तै उनाले काँग्रेसले लाइभ गरेर केन्द्रीय कमिटी बैठक सुरु गरेको भन्दै कम्युनिष्टहरुले पनि सिक्नुपर्ने बताए

    उनले दलहरुले गोप्य रुपमा बैठक गर्नुपर्ने कुनै कारण नरहेको पनि बताएका छन् ।