Author: Anisha Tiwari

  • योगाज राजनले छोरीसँग गाए ‘राजा ल्याउँ देश बचाउँ’ (भिडिओ)

    योगाज राजनले छोरीसँग गाए ‘राजा ल्याउँ देश बचाउँ’ (भिडिओ)

    काठमाडौं । राजसंस्था पक्षधरहरुले सडक आन्दोलन गर्दा सबैभन्दा बढी गुञ्जने नारा हो– ‘राजा आउ देश बचाउ’ । यही नारालाई केन्द्रमा राखेर एउटा गीतसमेत रेकर्ड भएको छ, जुन आगामी दिनमा राजावादीहरुबीच लोकप्रिय बन्न सक्छ ।

    राजसंस्थाप्रति झुकाव राख्ने सर्लाहीका संघर्षशील गायक योगाज राजनले यो गीत निर्माण गरेर सार्वजनिक गरेका हुन् । हिजो युट्यूवमा सार्वजनिक भएको गीतमा राजनलाई उनकै छोरी तिलस्मी खड्काले स्वर दिएकी छन् ।

    ‘राजा ल्याउँ देश बचाउँ महाअभियान’ शीर्षकको गीतको भिडियोमा राजनले निकै मिहिनेत गरेका छन् । राजसंस्था पुनस्र्थापनका निम्ति भएका आन्दोलन, राजा महेन्द्रदेखि पारससम्मका भिडियो फुटेज, तथा राजसंस्था पक्षधर विभिन्न नेताहरुका भाषणका क्लीपहरुसमेत राखेर भिडियोलाई रोचक र दर्शनीय बनाइएको छ ।

    गायक खड्का देशमा राष्ट्रिय एकताको प्रतिकका रुपमा राजसंस्थाको आवश्यकता जनतालाई थप महसुस गराउन यो गीत ल्याएको बताउँछन् ।
    उनी भन्छन्, ‘देश गणतन्त्रपछि समृद्ध हुनुका साटो झनै अधोगतितर्फ गइरहेको छ । नेताहरु आफ्नै स्वार्थपूर्तिमा केन्द्रीत छन् । त्यसैले यो व्यवस्था खारेज गरी फेरि राजसंस्थामा फर्कने जनचाहनालाई थप बल पु¥याउन गीत सिर्जना गरेको हुँ,’ उनले भने ।

    गीतले संघीयता र धर्मनिरपेक्षता खारेज हुनुपर्ने वकालत पनि गरेको छ । गीतमा राजनीतिक विषयवस्तु मात्र छैन । बैंक तथा वित्तीय संस्थाहरुले जनतालाई चर्को ब्याजदर थोपरेर मर्नु न बाँच्नुको अवस्थामा पुर्याइरहेको अवस्थालाई पनि गीतले चित्रण गरेको छ ।

    राजनले पहिलोपटक राजनीतिक भाषाको गीत गाएका हुन् । यसअघि उनले २०५७ सालमा उनले ‘गरौं चिनाजानी’ नामको गीति एल्बम ल्याएका थिए । त्यसको ६ वर्षपछि २०६३ सालमा उनले ‘स्कुल क्याम्पस’ नामको दोस्रो एल्बम सार्वजनिक गरे । यी दुवै एल्बमका गीतहरु विसुद्द मनोरञ्जनात्मक थिए ।

    राजनले आफ्नी छोरी तिलस्मीलाई पनि सांगीतिक क्षेत्रमा लाग्न प्रेरणा र हौसला दिइरहेका छन् । तिलस्मीले २०७६ सालमा पौडी खेलाडी गौरीका सिंहमा समर्पित गीत ‘हिप हिप हुर्रे गौरीका’ मा स्वर दिएकी थिइन् । तेह्रौं साग खेलकुदभन्दा ठीक अगाडि राजनले गौरीकालाई प्रोत्साहित गर्ने हेतु सो गीत लेखेर छोरीलाई स्वर दिन लगाएका थिए । गौरीकाले उक्त सागमा चारवटा स्वर्णपदकसहित नौवटा पदक जितेकी थिइन् । पदक जितेपश्चात बधाइ दिन आएकी तिलस्मीलाई गौरीकाले धन्यवाद दिँदै भनेकी थिइन्, ‘तिम्रो गीतले काम गर्यो नि ।’

    अहिले देशको दुरावस्थाका कारण राजनीतिक विषयवस्तुको गीत बनाएको राजन बताउँछन् । यो गीतमा शब्द र संगीत उनको आप्mनै छ । म्युजिक डिजाइन डीजेएलएक्स पौडेलले गरेका छन् भने भिडिओ निर्देशन र सम्पादन अरुण लम्सालको रहेको छ । तिलस्मी खड्काको युट्यूव च्यानलबाट यो गीत सार्वजनिक भएको छ ।

  • जिम्मा लिएर काम नगर्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा

    जिम्मा लिएर काम नगर्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा

    काठमाडौं । विभिन्न सरकारी निकायअन्तर्गतका पूर्वाधार निर्माणका काम र खरिद प्रक्रिया अलपत्र पार्ने २३ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् ।
    विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राख्नका लागि सिफारिस भइआएबमोजिम २३ कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको खरिद अनुगमन कार्यालयले जनाएको छ । कालोसूचीमा परेको अवधिभर यी कम्पनीहरु अरु कुनै पनि सरकारी निकायको खरिद प्रणालीमा संलग्न हुन पाउने छैनन् ।
    कार्यालयका अनुसार सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाको सिफारिसमा पप्पु/कोशी एन्डा न्यौपाने जोइन्ट भेन्चरकम्पनीलाई एक वर्ष छ महिना र पूर्वाधार विकास कार्यालय ललितपुरको काम अलपत्र पार्ने नतासा निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
    सडक डिभिजन कार्यालयअन्तर्गत दाङको सिफारिसमा त्रिवेणी निर्माण सेवालाई एक वर्ष, भरतपुरको सिफारिसमा समृद्ध निर्माण सेवालाई एक वर्ष र भक्तपुरको काम अलपत्र पार्ने नवनिर्माण बिल्डर्सलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनुषाको सिफारिस पछि कार्यालयले चेतना/यु. के. एन् जोइन्ट भेन्चर कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको छ ।
    जलस्रोत तथा सिँचाइ विकास डिभिजन सिन्धुलीको काम अलपत्र पारेपछि बि.के.बि कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई एक वर्षका लागि, सन्धिखर्क नगरपालिकाको सिफारिसमा ब्लुबर्ड डिजाइन एन्ड कन्स्ट्रक्सनलाई एक वर्ष, सडक डिभिजन कार्यालय इलामको सिफारिसमा बुढाथोकी निर्माण सेवालाई एक वर्ष र सडक डिभिजन भरतपुरको सिफारिसमा तीन कम्पनी नयाँ निर्माण सेवा, शुभम् कन्स्ट्रक्सन र जय भगवती निर्माण सेवालाई एक÷एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
    भरतपुर महानगरपालिकाको सिफारिसमा अर्भन कन्स्ट्रक्सन लिमिटेडलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ भने भरतपुर महानगरपालिकाकै सिफारिसमा अन्जल निर्माण सेवा एक वर्ष, अनुष्ठान कन्स्ट्रक्सन डेढ वर्ष र युद्ध निर्माण सेवा एक वर्षका लागि कालोसूचीमा परेका छन् ।
    त्यस्तै दोलखाको बिगु गाउँपालिकाको काम पूरा नगर्ने लामा बुद्ध निर्माण तथा सामग्री सप्लायर्स प्राइभेट लिमिटेडलाई डेढ वर्ष, तनहुँको व्यास नगरपालिकाको काम अपूरो छोड्ने एक्सन बिल्डर्स प्रालि एक वर्ष र बर्दियाको बारबर्दिया नगरपालिकाको काम अलपत्र पार्ने नुरी कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।
  • आईएमई पे बाट हवाई टिकट काट्दा चन्द्रागिरी केवलकारको कुपन निःशुल्क

    आईएमई पे बाट हवाई टिकट काट्दा चन्द्रागिरी केवलकारको कुपन निःशुल्क

    काठमाडौं । आईएमई पे बाट बुद्ध एयरको टिकट काट्दा चन्द्रागिरी केवलकारको कुपन निःशुल्क प्राप्त गर्न सकिने भएको छ ।

    आइतबार आईएमई पे र बुद्ध एयरबिच वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आईएमई पेबाट भुक्तानी गर्न मिल्ने सम्झौता भएको हो ।

    सम्झौता अनुसार यात्रुहरूले आईएमई पे मार्फत पैसा तिर्दा प्रत्येक भुक्तानीमा चन्द्रागिरी केवलकारको निःशुल्क कुपन पनि प्राप्त गर्न सक्ने छन् ।

    आईएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धिधत सेवाहरूको माध्यमबाट क्यासलेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

    उनका अनुसार आफ्ना प्रयोगकर्ताहरूको हवाई यात्राको अनुभवलाई थप सहज तथा सहुलियतपूर्ण बनाउने उद्देश्यले सम्झौता गरिएको हो ।

  • अनैतिक गतिविधि बढेको भन्दै पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न निषेध

    अनैतिक गतिविधि बढेको भन्दै पाटन दरबार स्क्वायरका मन्दिरमा बस्न निषेध

    काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरभित्रका मन्दिरमा बस्न निषेध गरेको छ । मन्दिरका सिँढी र सतलमा प्रेमी–प्रेमिकाहरु मध्यरातसम्म डेटिङ आउने र अनैतिक क्रियाकलाप गर्ने स्थानीयको उजुरीपछि सो निर्णय भएको हो ।

    मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्दै केही स्थानीयले युवा–युवतीलाई प्रहरी बोलाएर हटाएको भिडिओ सामाजिक संजालमा भाइरल भइरहेका बेला महानगरले यस्तो निर्णय गरेको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले पुष्टि गरे ।

    मेयर चिरिबाबु महर्जनको निर्देशनमा मन्दिरमा बस्न रोक लगाइएको उनले बताए । मन्दिर क्षेत्रमा महानगर प्रहरी समेत परिचालन गरिएको छ ।

  • कांग्रेसले अन्याय गरेका संस्थापक नेता सुर्य प्रसादलाई देउवाले न्याय गरे – नवराज सुवेदी

    कांग्रेसले अन्याय गरेका संस्थापक नेता सुर्य प्रसादलाई देउवाले न्याय गरे – नवराज सुवेदी

    काठमाडौं । राष्ट्रिय पञ्चायतका अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ नवराज सुवेदीले नेपाली कांग्रेसले अन्याय र अपमान गरेका संस्थापक नेता सुर्यप्रसाद उपाध्यायप्रति शेरबहादुर देउवाले न्याय गरेको बताएका छन् ।

    सुर्यप्रसाद स्मृति कार्यक्रममा बोल्दै सुवेदीले विपी कोइरालामा पनि सुर्य प्रसादबारे भ्रम परेको भन्दै जेलबाट विपीलगायत कांग्रेस नेताहरु छुटाउन सुर्य प्रसादले तत्कालीन राजा महेन्द्रलाई कन्भिन्स गरेको बताए ।

    कांग्रेसका चार संस्थापकमध्ये एक सुर्य प्रसादलाई अहिले आएर देउवा सभापति भएको बेला चौथो संस्थापकको मान्यता दिएकोमा खुसी व्यक्त गर्दै सुवेदीले देउवाबाहेक अरु सभापति भए यो सम्भव नरहेको बताए ।

    सुवेदीले सुर्य प्रसाद आफ्नो जेठान पर्ने नाताको समेत भएकाले धेरैपटक राजासँग छलफल गरिएको भन्दै प्रधानमन्त्री बनाउने राजाको प्रस्तावमा पनि उनले विपीको रिहाइ र निर्वासनका कांग्रेसीहरुलाई आममाफीको शर्त राखेको स्मरण गरे ।

    रामेछापको चिसापानीमा जन्मिएका सुर्यप्रसाद नेपाली कांग्रेसका संस्थापक थिए । तर राजा महेन्द्रले पन्चायत लागु गरेपछि उनी कांग्रेसको सक्रिय राजनीतिमा छुटे पनि सहयोगी थिए ।

    पछिल्लोपटक कांग्रेस केन्द्रीय कार्य समितिले सुर्य प्रसादलाई विपी, सुर्ण शमसेर, गणेशमानकै लहरमा मान्यता दिने निर्णय गरेको थियो ।

  • सामाजिक संजाल अति नै हुन थाले, नियन्त्रण गर्नुपर्छ भन्ने कुरा आएको छ : कानूनमन्त्री गुरुङ (भिडिओ)

    सामाजिक संजाल अति नै हुन थाले, नियन्त्रण गर्नुपर्छ भन्ने कुरा आएको छ : कानूनमन्त्री गुरुङ (भिडिओ)

    काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सामाजिक सञ्जालले अति नै गर्न थालेको भन्दै यस्ता छाडा गतिविधि नियन्त्रण गर्नेबारे शीर्ष तहमा छलफल भएको स्वीकार गरेका छन् ।

    नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको सूचना प्रविधि विधेयकबारे छलफलमा सहभागी भएका मन्त्री गुरुङले मिडियालाई नभएर सोसल मिडियालाई नियन्त्रण गर्नेबारे शीर्ष नेताहरूको बैठकमा छलफल भएको बताए ।

    उनले भने– म आफू उपस्थित भएको एकदमै सानो तर शीर्ष नेताको बैठकमा त्यो कुरा उठेकै हो । सोसल मिडियाले अति नै गर्न थाले,जे पायो त्यही गरेको छ । मलाई त सुनै सुन लाएर सुन बुढा बनाए भन्ने कुरा उठेको थियो । यो अवस्थालाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा भएको हो । तर मिडियालाई नियन्त्रण गर्ने गरी विधेयक बनाउनुपर्छ भन्ने कुरा आएको छैन।

    सञ्चार मन्त्रालयले सामाजिक सञ्जाल नियन्त्रणका लागि विधेयक मस्यौदा भएको आफूले सुने पनि त्यसबारे थप जानकारी नरहेको उनले बताए । कार्यक्रममा पत्रकार नेताहरूले मिडिया नियन्त्रण गर्ने ढंगले विधेयक आउन लागेको भन्दै विरोध जनाएका थिए ।

  • चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक, भदौ १ गतेबाट प्रदर्शनमा आउने

    चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक, भदौ १ गतेबाट प्रदर्शनमा आउने

    काठमाडौं। आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जुलेबी’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक २ मिनेट लामो ट्रेलरले चलचित्र यौन मनोविज्ञानमा केन्द्रित रहेको संकेत गर्दछ।

    ‘जुलेबी’ लेखक तथा निर्देशकको आफ्नै जीवनको भोगाइबाट उत्पन्न भएको कथा हो। ‘चलचित्रका पात्रहरुलाई रत्नपार्कले जोड्छ र चलचित्रको कथा सात जना पात्रहरुको सम्बन्धको वरिपरि घुमेको छ,’चलचित्रका लेखक तथा निर्देशक गणेश देव पाण्डे बताउँछन्।

    चार जना महिला पात्रको कथा रहेको चलचित्रको निर्माता पनि महिला नै हुन्। महिलाले भोग्ने सम्बन्धको कथा नै चलचित्रले बोल्ने निर्माता आभा शर्मा नेपालले बताइन्।

    एन्थोलोजी जनरामा आधारित चलचित्रमा नवीन भट्ट कार्यकारी निर्माताका रुपमा छन्। फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षित आदि लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको लेखक निर्देशक पाण्डे स्वयं हुन।

    चलचित्रमा विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहेको छ। डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल राइट्स डि।ए।आर मुभिजले खरिद गरेको छ।

    https://www.youtube.com/watch?v=fNzMj7YgRLI

  • गाउँघरबाट लोप हुन थाल्याे पानीघट्ट

    गाउँघरबाट लोप हुन थाल्याे पानीघट्ट

    कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उनले कोदोको पिठो सधैँ घट्टमै पिस्ने गरेकी छन् । उनी मात्र नभएर सिदिङ गाउँका अधिकांश कोदो पिसाउन घट्टमै धाउछन् । पछिल्लो समयमा पानी नपुग्ने तथा भएका घट्टको संरक्षण नहुँदा देउकुमारी चिन्तामा छिन् ।
    आफूले थाहा पाउने समयमा गाउँमै तीन घट्ट भएकामा अहिले एउटा मात्र चालु अवस्थामा रहेको उनले सम्झीइन् । ‘पहिले गाउँले सबैले घट्ट प्रयोग गर्थे । अहिले मिल आएको छ । त्यसले गर्दा यसको महत्व घट्दै गएको छ’, देउकुमारीले भनिन्, ‘हाम्रै गाउँमा पनि तीन घट्ट थियो । अहिले एउटा भत्किसक्यो । अर्को चल्दैन । अब एउटा बाँकी छ । यो पनि कहिलेबाट नचल्ने हुन्छ ।’
    सिदिङकी सरस्वती अधिकारीको परिवारले अझैसम्म पानीघट्ट सञ्चालन गरेकी छन् । परिवारको प्रमुख आयस्रोत पानीघट्टबाट हुने आम्दानी रहेको उनले बताइन् । ‘गाउँमा जग्गा÷जमिन धेरै हुनेले खेती गर्छन्, हामीले घट्ट चलाउँछौँ’, अधिकारीले भनिन्, ‘प्रतिपाथी पिसेको अन्नको ज्यालाबापत तीन पाथीको दुई माना अन्न राख्छौँ, यसैबाट हाम्रो परिवार धानेका छौँ ।’
    परम्परागतरुपमा अन्न पिसानीका लागि घट्ट, जाँतो, ओखल तथा ढिकी प्रयोग हुने गथ्र्यो । पुर्खाले प्रयोग गरेको पानीघट्टले पिसेको पिठो स्वादिलो हुने र पौष्टिक तत्व खेर नजाने भएकाले आफूहरुले पनि यसलाई निरन्तरता दिएको उनको भनाइ थियो । प्रविधिको विकाससँगै बिजुलीबाट चल्ने मिलमा पिस्न छिटो हुने भएकाले पानीघट्टप्रतिको आकर्षण घटेको उनले बताइन् ।
    विकास र प्रविधिको पहुँचसँगै संरक्षणमा चासो नदिँदा कास्कीका ग्रामीण भेगबाट रैथाने सीप र प्रविधिको प्रयोग गरी निर्माण गरिएका पानीघट्ट लोप हुने अवस्थामा पुगेका छन् । कतिपय ग्रामिण भेगमा घट्ट लोप भइसकेको बताउँदै घट्ट सञ्चालिका अधिकारीले यसको संरक्षणका लागि सरकारी पक्षबाट योजना बनाउनुपर्नेमा जोड दिइन् ।
    पछिल्लो समय आफूले आयस्रोतका लागि भन्दा पनि रैथानै सीप र प्रविधि जगेर्ना गर्ने उद्देश्यले घट्ट चलाइरहेको उनले बताइन् । यो सञ्चालनका क्रममा धेरै समस्या भोग्नुपरेकाले यसको संरक्षण गरी निरन्तरताका लागि सरकारले सहयोग गरिदिए आभारी हुने उनको भनाइ थियो ।
    ‘हाम्रो गाउँमा भएका तीन घट्टमध्ये अहिले हामीले मात्र चलाएका छौँ । यसमा पनि कहिले पानी पुग्दैन । काठको मदानी छ बेलाबेलामा भाँच्चिन्छ’, अधिकारीले भनिन्, ‘पानीका लागि पाइप अनि फलामको मदानी पाइन्छ कि भनेर वडामा भनेका छौँ । फलामको मदानी किन्न अनुदान पाइन्छ कि भन्ने आशा छ तर अहिलेसम्म पाएका छैनौँ ।’ अघिल्लो जनप्रतिनिधिका समयमा अनुदानका लागि वडामा गएको भन्दै पनि नयाँ जनप्रतिनिधि आएपछि नगएको उनले सुनाइन् ।
    पानीघट्ट भावी पुस्ताको जानकारीका लागि पनि संरक्षण गर्नु आवश्यक रहेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर अधिकारीले बताए । उनले घट्ट सञ्चालकलाई आवश्यक अनुदानको व्यवस्था गरेर रैथाने सीपको संरक्षण गर्नुपर्नेमा जोड दिए । वडाभित्र रहेका घट्ट सञ्चालनका लागि पानीको स्रोत सुनिश्चितता गर्ने योजना रहेको उनले जानकारी दिए ।
    वडाले फलामको मदानी दिने योजना बनाइरहेको भन्दै पानीको स्रोत, फलामको मदानीलगायत आवश्यक सामग्रीका लागि सहयोग गरिने वडाध्यक्ष अधिकारीले बताए । ‘हाम्रो वडामा भएका तीन वटै घट्ट सञ्चालनमा ल्याउनका लागि पानीको सुनिश्चितता गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘हिउँदमा पनि चलाउन सकुन् भनेर पानीका लागि पाइपको व्यवस्था गर्ने तयारी भइरहेको छ ।”
  • कृषा निर्देशित फिल्म ‘ऐंचो पैंचो’को प्रचार

    कृषा निर्देशित फिल्म ‘ऐंचो पैंचो’को प्रचार

    काठमाडौं । कृषा चौलागाईको निर्देशनमा निर्माण भएको सिनेमा ‘ऐंचो पैंचो’ले प्रचार प्रसारको सुरुवात गरेको छ । बुधबार सिनेमाको निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर सिनेमाको प्रचार आरम्भ गरेको हो ।

    सिनेमाको प्रचार गर्न अभिनेता सुशिल सिटौला, अभिनेता राजाराम पौडल र अभिनेत्री सारदा गिरी काली बुढी बुधबार टेक्सास कलेज पुगेका थिए । ओरिन्टेसन कार्यक्रमका पुगेका तीनजना कलाकारले आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ऐंचो पैंचोको बारेमा जानकारी गराएका थिए, भने सम्पुर्ण विद्यार्थीलाई सिनेमा हेर्न आग्रह समेत गरे । कार्यक्रममा सिनेमाको गीत काले केटाले तीनै जना कलाकारले नृत्य गरेका थिए ।

    निर्देशक चौलागाईका अनुसार अबको केही दिनमा सिनेमाको ट्रेलर सार्वजनिक गर्दै पूर्णरुपमा सिनेमाको प्रचारमा केन्द्रीत हुने बताइन् । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको एक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

    प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

  • शुक्रबारबाट प्रदर्शनमा आयो प्रमोद र रिस्ताको ‘अदृश्य’

    शुक्रबारबाट प्रदर्शनमा आयो प्रमोद र रिस्ताको ‘अदृश्य’

    काठमाडौं । शुक्रबारबाट प्रल्हाद काफ्लेद्वारा निर्देशित नेपाली सिनेमा ‘अदृश्य’ प्रदर्शनमा आएको छ । सिनेमाले काठमाडौंका मल्टीप्लेक्सहरुमा न्यून शो पाएको छ, त्यो पनि केही हलमा मात्रै शो पाएको हो ।

    देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं बाहिरका विराटनगर, नेपालगञ्ज, नारायणगढ, विर्तामोड र दमौलीमा एक एक शो दिएको छ । त्यस्तै, काठमाडौंका विएसआर, आइएनआई, रञ्जना, वान सिनेमाज लगायतले पनि सिनेमालाई एक एक शो मात्रै दिएका छन् । जसले गर्दा हलवालालाई सिनेमाप्रति राम्रो व्यापार गर्ला भन्ने अपेक्षा नभएको देखाउँछ ।

    पिताम्बर फिल्मस्को व्यानरमा निर्माण भएको ‘अदृश्य’मा प्रमोद अग्रहरी, सोहित मानन्धर, रिश्ता बस्नेत, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, विकेश प्रजापती, सिएम भारद्वाज सुवेदी, गीत विष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, अभिमान सिंह बस्नेतलगायतको अभिनय छ । सिनेमाको निर्माता मिना बस्नेत र उमारुद्रा काफ्ले छन् ।

    सस्पेन्स थ्रिलर कथामा निर्माण भएको ‘अदृश्य’को सहनिर्माता रविन अधिकारी र रिकेश खत्री हुन् । आकाश उखेडाको पटकथा तथा संवाद, राकेश रनपालको कथा, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर तथा बनिश शाहको सम्पादन रहेको सिनेमालाई आरआर फिल्म्सले देशभर वितरण गरेको छ ।

  • जोसुकैलाई लाग्न सक्छ आँखा पाक्ने रोग, बच्नलाई यस्ता छन् विशेषज्ञ डाक्टरका सुझाव (भिडिओ)

    जोसुकैलाई लाग्न सक्छ आँखा पाक्ने रोग, बच्नलाई यस्ता छन् विशेषज्ञ डाक्टरका सुझाव (भिडिओ)

    काठमाडौं । पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ । काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरु बढ्दै गएका छन् ।

    तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी दिइन् । उनले भाइरल इन्फेक्सन र ब्याक्टेरीयाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताइन् । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेको बताएकी छन् । उनले यो पटक विगतको वर्षहरु भन्दा धेरै नै केसहरु देखिएको बताइन् ।

    उनले भनिन्, ‘यो चाहीँ एउटा भाइरल इन्फेक्सन नै मानिन्छ । आँखा पाक्ने ब्याक्टेरियाको कारणले पनि हुन्छ । तर, जुन समुदायमा इपिडिमीक रुपमा फैलिन्छ । त्यो चाहीँ भाइरल इन्फेक्शनले गर्दा फैलिन्छ । धेरैजसोमा इडीनोभाइरल भन्ने भाइरस हुन्छ । त्यसले गर्दा यो रोग फैलिन्छ र, यो आँखा पाक्ने रोगमा चाहीँ आँखा रातो हुने, पाक्ने गर्छ । आँखा पाक्ने साथै रुघाखोकी, ज्वरो पनि आउन सक्छ । कतिपय व्यक्तिमा भाइरल ज्वरो, भाइरल रुघाखोकी हुन्छ । र, कतिपय व्यक्तिलाई आँखा पाक्ने मात्रै भएर आउँछ । महामारी नै भनेर चाहीँ भन्न मिल्दैन । यो पहिला पहिला पनि देखिराख्ने हो । प्रायजसो अगष्ट, सेप्टेम्बरमा भइरहेको हुन्छ । तर, यो पटक पहिलेको भन्दा धेरै नै केसहरु पाइरहेका छौं । अरु बेलामा पनि आँखा पाक्ने समस्या देखिन्छ । सायद गर्मीकै कारणले भाइरसको इन्फेक्शन बढेको हुनसक्छ । धेरै जसो व्यक्तिहरुलाई सुरुमा आँखाबाट आँसु आउने, बिझाउने हुन्छ । यस्तै, अफ्ठ्यारो महशुस हुने, आँखा रातो हुने, आँखामा चिप्रा आउने हुन्छ । कतिपयमा त चिप्रा आएर आँखा नै टालिने हुन्छ । धेरै जसो बिरामीले बिहान उठ्दा आँखा पुरै टालिएको भनेर भन्नुहुन्छ । उपचार नै नगरेर त्यत्तिकै छोड्यो भने आँखाको भित्री तहमा सेतो रङको पत्रहरु जम्न थाल्छ । लेयरहरु जम्न थाल्छ । त्यो लेयरहरुलाई पनि त्यत्तिकै छोडीदियो भने आँखाको कालो नानीमा पनि घाउ हुनसक्छ । कसै कसैलाई कालो नानीमा घाउ भएर अट्याक गर्नसक्छ ।

    आँखाको नानी विशेषज्ञ डा.लिना बज्राचार्यले भाइरसको कारणले गर्दा इन्फेक्सन भए आँखा पाक्ने समस्या आउने बताइन् । उनले आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्ने र यो एकदम फैलिने बताइन् । उनका अनुसार आँखा पाकिहाले आँखा रातो हुने, अफ्ठयारो महशुस हुने हुन्छ । यसबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने बताइन् । उनले एक व्यक्तिको आँखाको तत्व अर्को व्यक्तिमा पुग्यो भने फैलिनसक्ने भन्दै यो आँसुबाट सर्ने बताइन् ।

    डा.बज्राचार्यले भनिन्, ‘आँखा पाक्ने समस्या जुनसुकै उमेर समूहमा हुनसक्छ । यो एकदम फैलिन सक्छ । आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्छ । आँखा पाकिहाल्यो भने आइसोलेसनमा बस्नुपर्छ । आँखाको आँसुबाट फैलिन्छ । सँगै बसेर सँगै गफ गरेर फैलिने होइन । एक व्यक्तिको आँखाको तत्व अर्को व्यक्तिमा पुग्यो भने फैलिने हो । त्यसकारण कुनै व्यक्तिको आँखा पाकेको छ भने उसले परिवारलाई सर्न नदिनका लागि समय समयमा साबुन पानीले हात धुनुपर्छ, स्यानिटाइजर प्रयोग गर्नुपर्छ । आँखा छोइसकेपछि वा आँखामा ड्रप हालिसकेपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ । क्राउडमा पनि जानुहुँदैन । कसैकसैलाई त आँखा पाक्ने समस्या भइहाल्यो भने आँफैपनि ठिक हुन्छ । बढि रातो भएको छ, धेरै बिझाएको छ, धेरै सुन्नीएको छ भने हामीले चिकित्सकको परामर्शमा औषधिको प्रयोग गर्नसक्छौं । कसै कसैलाई भाइरस इन्फेक्सनसँगै व्याक्टेरियल इन्फेक्शनपनि हुनसक्छ । त्यसो भएको खण्डमा एन्टीबायोटिक प्रयोग गर्नुपर्ने हुन्छ । आँखा पाक्यो भने उज्यालोमा हेर्न अफ्ठयारो हुने हुन्छ । भाइरस कन्जनटिभाइटिसले आँखाको नानीमा पनि संक्रमण भयो भने उज्यालोमा हेर्न गाह्रो हुन्छ । त्यसतो अवस्थामा कालो चस्मा लगाएपछि अलिक सजिलो हुन्छ । कालो चस्मा लगाउँदैमा अरुलाई नसर्ने भन्ने चाहीँ होइन । आँखा धमिलो हुँदै गयो भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।

    आँखा रोग विशेषज्ञहरुले कुनैपनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याँई गर्न नहुने भन्दै आँखा पाकिहाले नजिकको आँखा केन्द्रमा गएर चिकिच्सकको परामर्श लिनुपर्ने र जथाभावी औषधिको प्रयोग गर्न नहुने सुझाव दिएका छन् ।

    आँखा पाक्ने रोगबाट बच्न के गर्ने ?

    आँखा चिसोले तथा बरफले सेक्ने
    सफा पानीले आँखा सफा गर्ने
    घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने
    संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने

    के नगर्ने ?

    संक्रमित आँखालाई सकेसम्म नचलाउने
    स्कुल,कलेज र अन्य भीडभाड भएको ठाउँमा नजाने
    अरुले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने
    आफूखुशी औषधिको प्रयोग नगर्ने

     

  • नागेन्द्रको ‘वैशाखे घाम’ मा समारिका र सुरेश

    नागेन्द्रको ‘वैशाखे घाम’ मा समारिका र सुरेश

    काठमाडौं । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको ‘वैशाखे घाम’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतकार लाल कार्की अन्जानको शब्द सिर्जना रहेको छ । नागेन्द्रकै गायन तथा संगीत रहेको गीतमा एरेन्ज विक्क्ल खड्काले गरेका हुन् ।

    जसमा मिक्सिङ तथा मास्टरिङ सागर सुब्बाको रहेको छ । गीतमा गायिका सुनिता कार्कीको स्वर रहेको छ । भिडिओमा मोडल तथा टिकटकर समारिका ढकाल र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ । भिडिओको निर्देशन शिवाजी क्षेत्रीले गरेका हुन् ।

    प्रेम, रोमान्स र विछोडले भरिएको प्रेम कथालाई भिडिओमा देखाइएको निर्देशक क्षेत्री बताउँछन् । भिडिओको छायांकन करण चैसीरले गरेका हुन् भने सम्पादन मनोज कार्कीको रहेको छ । सार्वजनिक गीत संगीतकार नागेन्द्र श्रेष्ठकै अफिसियल युट्युव च्यानलबाट बजारमा आएको हो ।

  • आज यस्तो छ सुनको कारोबार

    आज यस्तो छ सुनको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन सुनको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ, भने बजारमा अघिल्लो दिन बिहीबार मात्रै प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको कारोबार स्थिर रहेको छ ।

    त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । यसदिन बजारमा चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

  • ताप्लेजुङमा आँखा पाक्ने बिरामीको संख्या बढ्दै

    ताप्लेजुङमा आँखा पाक्ने बिरामीको संख्या बढ्दै

    ताप्लेजुङ । ताप्लेजुङमा आँखा पाक्ने बिरामीको संख्या बढ्दै गएको छ । विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले जनाएको छ ।
    आँखा उपचार केन्द्रका अनुसार गत मङ्गलबार उपचारका लागि आएका ३३ आँखाका बिरामीमध्ये १२ मा आँखा पाक्ने समस्या देखिएको छ । दैनिकजसो १२–१३ मा आँखा पाक्ने समस्या देखिने गरेको आँखा उपचार केन्द्रका ‘क्लिनिक इञ्चार्ज ’ काजी गुरुङले जानकारी दिएका छन् ।
    आँखा पाक्ने रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीभित्रको भाग पोलेको र बिझाएको महसुस हुने तथा आँखा रातो र फुस्रो हुने जनाइएको छ  । धेरै आँसु आउने, बिहान उठ्ने समयमा आँखाको ढकनी एकआपसमा टाँसिने, चिलाउने जस्ता समस्या देखिने स्विास्थ्यकर्मीले जनाएका छन् ।
    आँखा पाक्ने समस्याबाट बच्न सरसफाइमा ध्यान दिने, धुलो धुवाँबाट टाढै रहन स्वास्थ्यकर्मीको सुझाव छ । यस्तै आँखामा समस्या आइहाले आँखा उपचार केन्द्रमा गई जाँच तथा उपचार गराईहाल्नसमेत  केन्द्रले आग्रह समेत गरेको छ ।
  • खुफिया एजेन्सी बन्न खोज्दै प्राधिकरण, टेरामक्स लागू भए यसरी चुहिनेछ व्यक्तिको गोप्य कुराकानी

    खुफिया एजेन्सी बन्न खोज्दै प्राधिकरण, टेरामक्स लागू भए यसरी चुहिनेछ व्यक्तिको गोप्य कुराकानी

    काठमाडौं । ठूलो आर्थिक चलखेल गरी भित्र्याइएको टेरामक्स (TERAMOCS) प्रणाली जसरी पनि लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरण कम्मर कसेर लागेको छ । प्राधिकरणका एक पदाधिकारीका अनुसार टेरामक्स प्रणाली आपूर्तिकर्तासँगको सेटिङमा बाँकी रकम भुक्तानी गर्ने मुख्य अभिप्रायका साथ प्राधिकरणले अहिले अन्तिम प्रयास गरिरहेको छ।

    यो प्रविधि किन्दा ठूलो आर्थिक लाभ हुने भएकाले प्राधिकरण नेतृत्व दृढ भएर लागेको छ ।

    के हो टेरामक्स प्रणाली ?

    नेपाल दूरसञ्चार प्राधिकरणले Telecommunication Traffic Monitoring and Fraud Control System नामक प्रणाली जडान गर्न ३ अर्बभन्दा माथिको ठेक्का लगायो।  www.researchgate.net  मा उल्लेखित जानकारीमा टेरामक्स प्रणालीबारे भनिएको छ,  ‘TERAMOCS is a complete system conceptualized for the lawful interception [1], ILD and domestic voice/data traffic monitoring [2] with fraud detection and control over the network of telecom service operators of Nepal who are providing telecom and internet services to the public.’ 

    यो प्रणालीले माथि भनिए जस्तै वैधानिक रुपमा रोक्ने अर्थात् रेकर्ड गर्ने कार्य गर्ने प्राविधिक क्षमता राख्छ । यसको दुरुपयोग भएको खण्डमा राज्यका जो कोहीको पनि सूचना चुहावट गर्न सकिन्छ । जसले गर्दा जो कोहीको पनि जिउधनको सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन सक्छ । यसको जिम्मा दूरसञ्चार प्रधिकरणले लिन सक्छ ?

    Lawful interception को काम राष्ट्रको सुरक्षा निकायको हो, त्यो पनि सरकार र अदालतबाट पूर्वस्वीकृति लिएरमात्र । यस्तो गम्भीर विषयमा जानकार हुँदै पनि नेपाल दूरसञ्चार प्राधिकरणले सम्पूर्ण नेपालीको जिउधनको सुरक्षमा चुनौती हुन सक्ने यस्तो प्रविधि जडान गर्न खोजेकोमा सुरुदेखि नै प्राधिकरणभित्रैबाट आवाज उठाउँदासमेत आवाज दबाउने मात्र काम भएको प्राधिकरणका अधिकृत बताउँछन् ।

    उनका अनुसार यसमा ठूलो आर्थिक अनियमितताको चलखेल भएको छ । त्यस्तै उपभोक्ताको भ्वाइस र डाटा मोनिटरिङ गर्ने उद्देश्यसहित भित्र्याइएको यस्तो प्रणालीले संविधान प्रदत्त गोपनीयताको हकसमेत कुण्ठित पार्दै हरेक नागरिकको भ्वाइस र डाटाको अनुगमन गरी नागरिकमाथि सुराकी गर्ने र उसको व्यक्तिगत सुरक्षामा समेत गम्भीर चुनौती पैदा गर्नसक्छ ।

    के भन्छन् प्राधिकरणका पदाधिकारी ?

    प्राधिकरणका जिम्मेवार पदाधिकारीले टेरामक्सले टेलिकम्युनिकेसन सेवाबाट राज्यलाई प्राप्त हुने राजस्वको वृद्धि गर्ने भने तापनि त्यो सम्भव नभएको र ठूलो भ्रम रहेको बताए ।

    उनले भने, ‘अहिले संसारभर भ्वाइस अपरेटरको राजस्व घटेको अवस्था छ । भ्वाइसको राजस्व सरेर डाटातिर सिफ्ट भएको छ । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई तिर्नु बुझाउनु पर्ने राजस्व स्वयम् प्राधिकरणले नै चुहावट गरिरहेको छ । अनि टेरामक्स ल्याएर के हेर्ने ? मोबाइल अपरेटरहरुको घटेको राजस्व हेर्ने ? यस्तो कुराको पनि हेक्का नभएको वर्तमान प्राधिकरण नेतृत्वलाई सरकारले किन अझै राखिरहेको हो मलाई अचम्म लाग्छ।

    टेरामक्सको दुरुपयोग कहाँ र कसरी हुनसक्छ ?

    टेरामक्स प्रणालीबाट भ्वाइस र डाटासमेत नियन्त्रण गर्ने भनिएकाले यसले हरेक नागरिकको भ्वाइस र डाटाको २४ सै घण्टा निगरानी गर्छ । यसले संविधानप्रदत्त गोपनियताको हक कुण्ठित मात्र नभएर राष्ट्रप्रमूख, सरकार प्रमुखदेखि प्रमुख विपक्षी दलका नेता, मुलुकका विशिष्ट व्यक्तित्वहरु, औद्योगिक घराना, सेलिब्रेटीहरु, मिडियाकर्मीलगायतका व्यक्तिहरुको कल र डाटा निगरानी गर्नेछ ।

    जसले गर्दा गोपनियता नरहने साथै जो कोहीको जिउधनको सुरक्षाको जोखिम जहिल्यै पनि भैरहने हुन्छ ।  त्यसैले यो प्रणाली नागरिकहरुको संविधान प्रदत्त मौलिक हकको प्रतिकूल रहेकोले लागू गर्न नहुने जानकारहरु बताउँछन् ।

    टेरामक्स गैरकानूनी रहेको भन्दै लागू गर्न नहुने विज्ञहरुले भनिरहँदा प्राधिकरणले हठ गर्नु र सञ्चार मन्त्रालय मुकदर्शक भएर बस्नुलाई संयोगमात्र मान्न नसकिने बरु प्राधिकरण र मन्त्रालय नै आर्थिक चलखेल र नागरिकको गोपनियता भंग गरी नागरिकलाई असुरक्षित बनाउन लागिपरेको जानकारहरु बताउँछन् ।

    कुन कुन देशमा छ टेरामक्स जस्तै प्रणाली ?

    हाल केही देशहरु, जहाँ कि सैनिक शासन छ, कि तानाशाहहरुले शासन गरिरहेका छन् कि त एकदलीय कम्युनिट राष्ट्रहरु हुन् । तिनमा मात्र यस्तो प्रणाली लागू गरिएको छ । उदाहरणको लागि चीन, रुस, उत्तर कोरिया, युगाण्डा, वर्मा जस्ता देशहरुमा यस्तो प्रणाली जडान गरिएको छ ।

    ती देशहरुमा पनि दूरसञ्चारको नियामक निकायले नभई ती देशहरुका खुफिया एजेन्सी तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित जासुसी निकायहरुले मात्र यस्तो प्रणाली राखेका छन् ।

    नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको पालामा पनि नागरिकमाथि जासुसी गरिएको थिएन । अहिले किन गरिँदैछ ? त्यो गम्भीर र रहस्यमय रहेको देखिन्छ । अहिले नेपाल सरकारले दूरसञ्चार प्राधिकरणलाई खुफिया एजेन्सी जस्तो कार्य गर्ने गरी किन छुट दिइरहेको छ ?

    खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारहरुले गत आम निर्वाचनमा पाएको सफलता तथा गत उपनिर्वाचनमा रास्वपाप्रति आममतदाताहरुको झुकाव देखेपछि हालको राज्यसत्ता डराएको र उसले अहिले आमनागरिकदेखि प्रतिपक्ष दल र तिनको नेतृत्व, व्यापारी, समाजसेवी तथा नागरिक समाजका अगुवा सबैको निगरानी गर्न खोजेको आरोपसमेत छ ।

    के भन्छ एनसेल  ?

    एनसेलका एक पदाधिकारीका अनुसार टेरामक्स भनेको दूरसञ्चार नियामक निकायले जडान गर्ने प्रणाली होइन । यस्तो प्रणाली मुलुकको सुरक्षा निकाय वा खुफिया एजेन्सीले राष्ट्रविरुद्ध आपराधिक गतिविधिहरु तथा षड्यन्त्रउपर हरदम निगरानी गर्न राखिन्छ ।

    तर, यो नेपाल दूरसञ्चार प्राधिकरणले गर्ने काम होइन, प्राधिकरणकाे कोर विजनेस यो होइन’, उनले भने, ‘टेरामक्सले टेलिकम्युनिकेसन ट्राफिकको निगरानी गर्ने भनेको छ । अहिले हामी र नेपाल टेलिकमसँग यसको निगरानी गर्ने त्योभन्दा विश्वसनीय प्रणाली मौजुद छ । किनभने हामीले प्राप्त गर्ने राजस्वको बारेमा हामीले निरन्तर निगरानी गर्नुपर्ने हुन्छ । त्यस्तै नेपाल सरकारको अनुसन्धान निकाय वा सम्मानित अदालतबाट आदेश आउँदा हामीले सीडीआर उपलब्ध गराएका छौं । त्यसैले टेरामक्स जस्तो असंवैधानिक र अनावश्यक प्रणाली प्राधिकरणले लागू गर्दा सम्पूर्ण नागरिकको गोपनियताको हक असुरक्षित हुने हुँदा यसमा सरकार र न्यायालयले हस्तक्षेप गर्नुपर्ने हुन्छ ।’

    एनसेल र टेलिकमलाई सहजीकरण बन्द गर्ने धम्की

    अहिले टेरामक्स प्रणाली लागू नगरेको खण्डमा एनसेल र नेपाल टेलिकमलाई सहजीकरण बन्द गर्ने भनी प्राधिकरणले चेतावनी दिइरहेको बताइएको छ । नेपाल टेलिकमका एक निर्देशकले भने, ‘हामीलाई दूरसञ्चार ऐन, २०५३ को परिच्छेद ६ ले ‘अनुमतिपत्र प्राप्त व्यक्तिले पाउने सुविधा’ भनी कानूनमा नै स्पष्ट गरिदिएकाले  प्राधिकरणले त्यसको खिलाफ कार्य गरेमा कानूनी उपचारमा जान्छौं र प्राधिकरणलाई अराजक बन्नबाट रोक्छौं ।’

    तर प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ कै दफा १५, १७ को आधारमा टेरामक्स प्रणाली लागू गरेको भनिरहेको छ ।

    टेलिकमका ती अधिकारीले यसबारे भने, ‘प्राधिकरणले जनमानसमा भ्रम फैलाइरहेको छ । दूरसञ्चार ऐन, २०५३ को दफा १५ मा अनुमतिपत्र प्राप्त व्यक्तिले दूरसञ्चार सेवासम्बन्धी विवरण माग्न सक्ने र त्यस्तो विवरण सेवा प्रदायकले उपलब्ध गराउनुपर्ने व्यहोरा उल्लेख छ । हामीले उपलब्ध गराएको दूरसञ्चार सेवाको कानूनले दिन नमिल्ने भनेकाबाहेक सबै विवरण हामी दिन तयार छौं । तर, प्राधिकरणले व्यक्तिकै गोप्य सूचना मागेमा वा निगरानी गर्छु भनेमा हामी दिन सक्दैनौं । किनभने कानूनले त्यस्तो सूचना दिन हामीलाई बन्देज गरेको छ ।’

    प्राधिकरणको खण्डन

    यसैबीच नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल प्रेसले उजागर गरेजस्तो टेरामक्स प्रविधिले ग्राहकको गोपनियता नरहने तथा फोन रेकर्ड हुने भन्ने असत्य रहेको दावी गरेको छ ।

    प्राधिकरणका अध्यक्ष पुरुषोत्तम भट्टराईले नेपाल प्रेस काउन्सिललाई समेत बोधार्थ दिएर पठाएको खण्डनमा नियामक निकायको आवश्यकता अनुरुप डिजाइन गरिएको प्रविधि रहेकाले यसबाट ग्राहकको गोपनीयता भंग नहुने उल्लेख छ ।

    प्राधिकरणले जनाए अनुसार यसले कुनै पनि ग्राहकको भ्वाइस ट्यापिङ नगर्ने बरु अपरेटरले गरे बमोजिम राष्ट्रिय अन्तर्राष्ट्रिय भ्वाइस कल र एसएमसको भोल्युम ठिक छ कि छैन भनेर नियमन गर्नेछ ।
    यसले भिओआइपी कल बाइपास लगायत गलत क्रियाकलाबाट हुने अर्बौको क्षतिलाई न्युनिकरण गरी राजश्व बृद्धि गर्न मद्दत गर्ने प्राधिकरणको दावी छ ।

  • रोल्पामा खम्बा गाडेको पाँच वर्षसम्म बलेन बिजुली

    रोल्पामा खम्बा गाडेको पाँच वर्षसम्म बलेन बिजुली

    रोल्पा । सुनछहरी गाउँपालिका–२ भित्रीगाममा विद्युत्का खम्बा गाडेको पाँच वर्षसम्म पनि बिजुली बलेको छैन । अन्धकार गाउँमा खम्बा गाड्न थालेपछि बिजुली आउने भयो भन्दै हौसिएका स्थानीय पाँच वर्षसम्म बिजुली नबल्दा निरास भएका छन् ।

    ‘वडा नं २ का करिब ४ सय घरधुरीमा विद्युत् विस्तार गर्ने योजनानुसार पाँच वर्षअघिदेखि काम थालनी भए पनि अहिलेसम्म बिजुली बाल्न पाएका छैनौँ’, स्थानीय अमन बुढामगरले भने, ‘खम्बा गाडेर तार झुन्ड्याएको छ, सुरु–सुरुमा विद्युत् आउने आशा लाग्थ्यो, अब आशा पनि मर्न लागिसक्यो ।’

    झिम्रुक जलविद्युत् आयोजनाअन्तर्गत केन्द्रीय प्रसारण लाइनबाट उक्त लाइन विस्तार गर्न लागिएको हो । विद्युत् विस्तारको जिम्मा लिएको मुख्य निर्माण कम्पनीले साना–साना निर्माण व्यवसायीलाई काम दिँदा योजना निर्माणमा ढिलाइ भएको स्थानीयको भनाइ छ । पेटीमा काम दिँदा समयमै विद्युत् विस्तार हुन नसकेको स्थानीय मनपती विकले बताए ।

    जनआवाज प्राथमिक विद्यालय झेल्कुङका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका विकका अनुसार विद्युत् नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ । ‘हुनेखानेको घरमा सोलार छ, त्यसैको उज्यालोले काम चल्छ, गरिब विपन्नको घर सधैँ अन्धकार हुन्छ’, उनले भने, ‘सोलारले पनि कहिले काम गर्ने कहिले नगर्ने समस्या भइरहन्छ ।’

    भित्रीगाम रोल्पाको सबैभन्दा दुर्गम वडा हो । जिल्ला सदरमुकाम लिवाङबाट २८ कोश टाढा रहेको उक्त वडामा सुनछहरी गाउँपालिको केन्द्र पोवाङबाट समेत एक दिनको पैदलयात्रा गर्नुपर्छ । जिल्लाका अधिकांश वडा कार्यालयसम्म सडक सञ्जाल जोडिए पनि सो वडामा अझैसम्म सडक सञ्जाल जोडिएको छैन । विद्युत्, सडकमात्रै होइन उक्त वडा शिक्षा, स्वास्थ्यजस्ता आधारभूत र अत्यावश्यक सेवाबाट समेत टाढा छ ।

    माध्यमिक तहको विद्यालय नहुँदा यहाँका विद्यार्थी पाँच घन्टा पैदलयात्रा गरी अर्को वडामा रहेको विद्यालयमा अध्ययन गर्न जाने गर्दछन् । मगर र दलित समुदायको बाहुल्यता भएको सो वडा स्वास्थ्य सुविधाबाट समेत बञ्चित छ । वडामा दुई सामुदायिक स्वास्थ्य एकाइ रहे पनि स्वास्थ्यचौकीको सेवा लिन पाँच घन्टाको पैदलयात्रा गरेर बाहिरी गाम जानुपर्छ ।

  • फोनपे अभियानका विजेतालाई ‘आइफोन १३ मिनि’ हस्तान्तरण

    फोनपे अभियानका विजेतालाई ‘आइफोन १३ मिनि’ हस्तान्तरण

    काठमाडौं । नेपालको अनलाइन भुक्तानी प्रणाली फोनपेले ‘फोनपे गर्ने हो, बिजुली को बिल तिर्दा आइफोन १३ जित्ने हो’ नामक योजनका बिजेतालाई ‘आइफोन १३ मिनि’ हस्तान्तरण गरेको छ ।

    गत बिहीबार नेपाल विद्धुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग योजनाका बिजेता अनुप सिकर्मी लाई ‘अमइफोन १३ मिनि’ हस्तान्तरण गरेका हुन् । घिसिङ्गले बिजेतालाई बधाई दिनुको साथसाथै फोनपेले नेपालमा विधुतिय भुक्तानी लाई प्रवर्धन गर्न चालिरहेको विभिन्न कदमहरुको पनि प्रसंशा गरे । ‘भुक्तानीका विभिन्न विधुतिय माध्यमहरुले नेपाललाई नयाँ युगमा प्रवेश गराएको छ । पछिल्ला दिनहरुमा यस्ता प्रविधिहरुले सबैको समय बचाउनुको साथसाथै अन्य धेरै सहुलियत प्रदान गर्दै आएको छ । म नेपाल विधुत प्राधिकरणका सम्पूर्ण ग्राहकहरु माझ बिजुलीको सुल्क तिर्दा विधुतिय भुक्तानीका माध्यमहरु प्रयोग गर्न आग्रह गर्दछु, घिसिङ्गले भने ।’

    गत जेष्ठ महिना भरी लागू गरिएको योजनामा हजारौँको संख्यामा ग्राहकहरुले तोकिएको अवधि भर, बिजुली को बिल तिर्दा आफ्नो मोबाइल बैंकिङ एपमा गई फोनपे को बिल भुक्तानी सेवा प्रयोग गर्नुपर्ने सर्त लागू गरिएको थियो ।

    फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले पनि आफ्नो संस्थाको लक्ष्य भनेकै सम्पूर्ण नेपाली ग्राहकहरुलाई विधुतीय भुक्तानी प्रणालीमा प्रवेश गराई विभिन्न सुविधाहरु थप्दै जाने र पुराना भुक्तानी माध्यमका अफ्ठ्याराहरुलाई सजिलो बनाउदै लैजाने बताए । उनले भने, ‘भुक्तानी क्षेत्रमा फोनपे, आफ्नो नबीन सुविधाहरुको साथमा सधै अग्रसर रहेको देखिन्छ । नेपाललाई क्ययासलेसू बनाउने हेतुको साथ मा ३ वर्ष अगाडी स्थापना भएको फोनपे मा छोटो समयमै ग्राहकहरुको आकर्षण बढेको छ ।’

  • सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक

    सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक

    झापा । झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कुल ६ हजार तीन सय २७ मुद्दा दर्ता भएका थिए । यसमा १ हजार सात सय सात सम्बन्धविच्छेदका मुद्दा थिए ।
    सम्बन्धविच्छेदका एक हजार तीन सय छ मुद्दा फस्र्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार वीरेन्द्र बस्नेतले जानकारी दिए । सो अवधिमा नौ सय ६९ अंशबण्डाका मुद्दा दर्ता भएकामा पाँच सय २१ फछर्यौट भएका थिए । चार सय ४८ मुद्दा अर्को वर्षलाई सरेका छन् ।
    जिल्ला अदालतमा वर्षभरी दर्ता हुने मुद्दामध्ये आधा हाराहारीमा मात्रै फछर्यौट हुने गरेका श्रेष्तेदार बस्नेतले बताए । आर्थिक वर्ष २०७८/८९ मा पनि आधी सङ्ख्यामा मात्र मुद्दा फछर्यौट भएका थिए । सो अवधिमा कुल ६ हजार चार सय १९ मुद्दा विचाराधीन रहेकामध्ये तीन हजार आठ सय ५९ मुद्दा फछर्यौट भएका थिए । दुई हजार पाँच सय ६० मुद्दा अर्को वर्षका लागि सरेका थिए ।
    आव २०७९/८० मा लागु औषधसम्बन्धी कसुरमा तीन सय ७७ मुद्दा दर्ता भएकामा दुई सय २० फछर्यौट भएका थिए । यसैगरी, सम्पत्ति लेनदेनसम्बन्धी दुई सय ३६ मुद्दा परेकामा एक सय १२ फछर्यौट भएका श्रेष्तेदार बस्नेतले जानकारी दिए ।
    यस्तै बलात्कार, चोरी र बहुविवाहसम्बन्धी कसुरमा अदालतमा धेरै मुद्दा पर्ने गरेको तथ्याङुक छ । आव २०७९/८० मा बलात्कार  (करणी) सम्बन्धी कसुरमा तीन सय तीन मुद्दा परेकामा एक सय ५७ फछर्यौट भएका थिए । अदालतको तथ्याङ्क अनुसार बलात्कारसम्बन्धी मुद्दामध्ये जबरर्जस्ती करणीका दुई सय २४ मुद्दा परेकामा एक सय १० फछर्यौट भएका छन् । चोरी तथा डाकासम्बन्धी कसुरमा दुई सय नौ मुद्दा परेकामा एक सय ४७ वटा फछर्यौट भएका जिल्ला अदालतले जनाएको छ । यसैगरी बहुविवाहका ५४ मुद्दा परेकामा ३० वटा फछर्यौट भएका थिए ।
  • राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा

    राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप-२८) मा निमन्त्रणा गरिएको छ ।
    संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गरेको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेश चालिसेले जानकारी दिए ।
    विश्व जलवायु कार्य शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाएको पत्र राष्ट्रपति पौडेललाई राजदूतले हस्तान्तरण गरेका हुन् ।
    राष्ट्रपति पौडेललाई जलवायु सम्मेलनका अवसरमा औपचारिक रूपमा सुरु हुने ‘वल्र्ड क्लाइमेट एक्सन समिट’ तथा डिसेम्बर १ र २ मा आयोजना हुने युएईको ५२औँ राष्ट्रिय दिवसको विशेष समारोहमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।
  • सुदूरपश्चिम विश्वविद्यालयको सिनेट बैठक- प्रतिस्पर्धी जनशक्ति उत्पादनमा प्रधानमन्त्रीकाे जाेड

    सुदूरपश्चिम विश्वविद्यालयको सिनेट बैठक- प्रतिस्पर्धी जनशक्ति उत्पादनमा प्रधानमन्त्रीकाे जाेड

    काठमाडौं । प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११औँ सिनेट बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राज्यको सीमित स्रोत र साधनका बाबजुद विश्वविद्यालयको आफ्नै बलबुतामा आन्तरिक सुधारको काम अगाडि बढाउन निर्देशित गरे ।

    ‘राज्यको साधन स्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजुद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले धेरैहदसम्म सुधार गर्नसकिने शैक्षिक जगतमा प्रशस्त दृष्टान्त छन्’, उनले भने ।

    प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका पदाधिकारीले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के–कस्ता काम गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्न निर्देशन दिए ।

    विश्वविद्यालयले स्थापनाको छोटो अवधिमै नेपालको उच्चशिक्षाको विकासमा प्रशंसनीय भूमिका निर्वाह गरिरहेको चर्चा गर्दै प्रधानमन्त्रीले उच्चशिक्षालाई समयसापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ समयसापेक्ष रुपमा अगाडि बढ्नुपर्ने बताए । सेमेस्टर प्रणालीमा आधारित स्नातक र स्नातकोत्तर तहका कार्यक्रमलाई सुव्यवस्थित बनाउँदै दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रम सञ्चालन गरी अनुसन्धानमूलक गतिविधिलाई प्राथमिकता दिइनु आफैमा महत्वपूर्ण र प्रशंसनीय रहेको उनको भनाइ छ ।

    विश्वविद्यालयले आफूलाई नेपालको उच्चशिक्षाको थलोको रूपमा स्थापित गरी देशको आर्थिक, सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै जानुपर्ने उनको भनाइ छ । अनुसन्धान कार्यलाई आर्थिक तथा सामाजिक विकाससँग जोडी विज्ञान तथा प्रविधिका विषयलाई उच्च प्राथमिकतामा राखेर दक्षजनशक्ति उत्पादन गरी देशको बेरोजगारी र गरीबी न्यूनीकरण गर्नेतर्फ पनि विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो ।

    विश्वविद्यालय विकासको प्रारम्भिक अवस्थामै रहेकाले जनशक्ति, भौतिक संरचनाको अभावसँगै स्रोत साधनसम्बन्धी प्रशस्त समस्या रहेकामा आफू जानकार रहेको उल्लेख गर्दै उनले समस्या पहिचान गरी समाधान गर्न गम्भीर प्रयत्न गर्नुपर्ने बताउए । विद्यमान समस्या समाधान गर्न सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक हुने भएकाले विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारी तथा समुदायसँग छलफल गरी यस शैक्षिक संस्थाको उन्नति, विकास र सहयोगका लागि सरकार सदैव गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ छ ।

    सुदूरपश्चिम प्रदेशभित्रका १५ वटा क्याम्पसलाई आङ्गिक क्याम्पसका रूपमा विश्वविद्यालमा समायोजन गर्ने कार्यलाई पूर्णता दिन गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरी थप ११ वटा क्याम्पसलाई पनि समायोजन गर्नका लागि सरकारका तर्फबाट गर्नुपर्ने काम अगाडि बढाइने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘दक्ष र अर्धदक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने अवस्था रहेको कटु यथार्थ हाम्रो सामू छ । अब हाम्रो शिक्षा नीति र विश्वविद्यालयहरूले रोजगारीका लागि विदेशिनुपर्ने यस अवस्थाको अन्त्य गर्ने योजनाहरू अगाडि बढाउनुपर्दछ । यसरी युवा विदेशिनुको मुख्य कारण शिक्षाको कमजोर गुणस्तर र गरिबी नै हुन् ।’

    उनले शिक्षाको गुणस्तरमाथि उकास्न सके र देशभित्र रोजगारीको अवसर सिर्जना भए युवा विदेशिने क्रमलाई रोक्न सकिने प्रधानमन्त्रीको भनाइ छ । विश्वविद्यालयमा पढ्दै र कमाउँदै कार्यक्रम लागू गर्न सकिए बीचमै विश्वविद्यालयको पढाइ छोडेर विद्यार्थी विदेशिने समस्या एक हदसम्म समाधान हुने सम्भावना आफूले देखेको उनको भनाइ छ ।

    ‘कुन क्षेत्रमा कुन किसिमको कति जनशक्ति आवश्यक पर्दछ भन्ने कुरा अध्ययन गरी त्यसैअनुसार सम्बन्धित विषयमा कोटा निर्धारण गरी विश्वविद्यालयले विद्यार्थी भर्ना लिने र उत्पादित जनशक्तिले प्राप्त गरेको ज्ञान र सीपअनुसार देशभित्र काम पाउने वातावरण निर्माण गर्न सकिए शैक्षिक बेरोजगारीको समस्या व्यवस्थापन गर्न सकिन्छ’, प्रधानमन्त्री प्रचण्डले भने ‘विश्वविद्यालयले देशलाई कुन किसिमको जनशक्तिको आवश्यकता छ त्यसैअनुसार जनशक्ति उत्पादन गर्ने कार्यक्रम सञ्चालन गर्नतिर ध्यन दिनुपर्ने देखिन्छ ।’

    शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएर आधुनिक र मर्यादित तुल्याउन सकिए मात्र २१औँ शताब्दीको आजको विश्वमा प्रतिस्पर्धा गर्न योग्य एवं समाज र राष्ट्रका निम्ति कर्मठ र लगनशील नागरिक उत्पादन गर्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उच्चशिक्षालाई किताबी ज्ञानमा मात्र सीमित नराखी अनुसन्धानमा आधारित बनाउनुपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले त्यस्ता अनुसन्धान देशको सर्वाङ्गीण विकासमा केन्द्रीत हुनुपर्ने बताए । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, विश्वविद्यालयका पदाधिकारीको सहभागिता थियो ।