Author: Anisha Tiwari

  • स्थानीय तहको पैसा निक्षेपमा गणना आइतबारबाट लागू हुने

    स्थानीय तहको पैसा निक्षेपमा गणना आइतबारबाट लागू हुने

    काठमाडौं । सरकारले स्थानीय तहको रकमलाई बैंकहरुले निक्षेपमा गणना गर्न पाउने व्यवस्था आइतबारबाट कार्यान्वयनमा ल्याउँदैछ । अर्थमन्त्रालय स्रोतले स्थानीय तहमा जाने रकम बैंकमा निक्षेपमा गणना गर्न पाउने व्यवस्था गर्न आज (शुक्रबार) राष्ट्र बैंकलाई पत्र पठाएको र आइतबारबाट कार्यान्वयनमा आउने बताएको छ ।

    अर्थमन्त्री डा. प्रकाश शरण महतले स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गर्न पाउने व्यवस्था गरिने निर्णय केही दिन अघि गरेका थिए । तर यसको कार्यान्वयन केन्द्रिय बैंकले गर्ने भएकाले राष्ट्र बैंकलाई अर्थले पत्र पठाउनुपर्ने हुन्छ । सोही कारण आज अर्थले पत्र पठाएको र आइतबारबाट कार्यान्वयनमा आउने बताइएको छ ।

    बैंकहरुले स्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउनु पर्ने माग गर्दै आएका थिए । गत आर्थिक वर्ष (२०७९/८०) स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो । तरल चालु आर्थिक वर्षबाट (२०८०/८१) यो व्यवस्था हटाइएको थियो । बैंकहरुले निक्षेप तान्न ब्याजदर वृद्धिको प्रतिस्पर्धा गर्न थालेपछि अर्थमन्त्रीले उनीहरुसँग अर्थमन्त्रालयमै बोलाएर छलफल गरेका थिए । सरकारी बैंकहरुले समेत अर्थमन्त्रीको चाहना विपरित ब्याजदर बढाएपछि डा. महतको टाउको दुखाइ बनेको थियो ।

    अर्थमन्त्रीले ब्याजदर घटाउने विषयमा राष्ट्र बैंकका प्रतिनिधीसहित बैंकरहरुसँग छलफल गरेपनि ठोस निष्कर्ष नआएपछि अर्थमन्त्री डा. महतले स्थानीय तहमा जाने रकमलाई निक्षेपमा गणना गर्न दिएर उच्च ब्याजदर रोक्ने प्रयास गरेको स्रोतले बतायो ।

  • हिन्दूवादी संस्थाको निवेदनपछि रोकियो ‘एक भगवत् गीता’को सेन्सर सिफारिस, बोर्डले सहयोग नगरेको निर्माताको गुनासो

    हिन्दूवादी संस्थाको निवेदनपछि रोकियो ‘एक भगवत् गीता’को सेन्सर सिफारिस, बोर्डले सहयोग नगरेको निर्माताको गुनासो

    काठमाडौं । आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘एक भगवत् गीता’ले सेन्सर सिफारिस नपाएपछि बिहीबार विकास बोर्डको माहोल तनावपूर्ण बनेको थियो । सिनेमाका निर्माता सुनिलकुमार थापा सेन्सर सिफारिस लिन बोर्डमा ११ घण्टासम्म कुरेका थिए । केही धार्मिक संघसंस्थाले सिनेमालाई प्रदर्शन अनुमति नदिन निवेदन बुझाएपछि बोर्डले सेन्सर सिफारिस रोकेको हो ।

    निर्माता थापा र चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीले पत्रकार सम्मेलन गरे । शीर्षक, कथासार, बजेट, ब्यानर, कलाकारदेखि निर्देशकसम्मको नाम उल्लेख नभएसम्म चलचित्र विकास बोर्डले सिनेमा निर्माण इजाजत दिँदैन । बोर्डबाट इजाजत लिएपछि मात्र सिनेमा निर्माण तथा प्रदर्शन हुन पाउँछ । तर, बोर्ड आफैले निर्माण इजाजत दिएको सिनेमालाई समेत सेन्सर सिफारिस रोकेर दुःख दिन थालेको छ । यही झमेलामा सिनेमा ‘एक भगवत् गीता’ पनि परेको हो ।

    केही हिन्दूवादी संस्थाहरुले सिनेमाको नाम र विषयवस्तुमा आपत्ति जनाउँदै निवेदन दिएपछि सिनेमालाई सेन्सर सिफारिस दिन बोर्ड डराएको छ । बिहीबार दिनभर सिनेमाका निर्माता सुनील कुमार थापा सेन्सर सिफारिसको पत्र कुरेर बोर्डमै बसिरहे । तर, बोर्डले सेन्सर सिफारिस दिनुको सट्टा निर्मातालाई हिन्दूवादी संगठनका प्रतिनिधिहरुसँग सहमति खोज्नका लागि छलफलमा अल्झाई दियो ।

    छलफलमा हिन्दूवादी संगठनका प्रतिनिधिहरुले व्यावसायिक प्रयोजनका लागि धर्मग्रन्थको नाम प्रयोग गरेर सनातन धर्म-संस्कृतिमा आँच र्पुयाउने काम भएको भन्दै सिनेमाको नाम परिवर्तन गर्नुपर्ने अडान लिएर बसेका थिए । निर्माता थापाले भने सिनेमामा भगवत् र गीता पात्रको नाम मात्र रहेको स्पष्ट पार्दै हिन्दू धर्ममाथि कुनै पनि खालको आघात पुग्ने दृश्य र कथा सिनेमामा नभएको दाबी गरिरहेका थिए ।

    तर, हिन्दूवादी संस्थाहरु नाम परिवर्तन गर्नुपर्ने अडानबाट पछि हटेनन् । जसले गर्दा बोर्ड पनि सिनेमालाई सेन्सर सिफारिस दिन डरायो । आज शुक्रबार यसबारेमा बोर्ड बैठकबाट निर्णय गरिने जानकारी पाएपछि निर्माता थापा केही निराश र आक्रोशित देखिएका छन् । सिनेमाकर्मीको पक्षमा उभिनुपर्ने बोर्ड सेन्सर सिफारिस नदिएर निर्मातालाई नै पेलेर जान खोजेको भन्दै उनले गुनासो व्यक्त गरेका छन् ।

    सिनेमाले प्रदर्शन अनुमति नपाए आफ्नो परिवार सिनेमा क्षेत्र छाडेर अमेरिका पलायन हुन बाध्य हुने निर्माता थापाले बताए । बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उनले निराश हुँदै भने, ‘यदि सिनेमा नै नबना भन्नुहुन्छ भने म यो सिनेमा नै थन्काइदिन्छु । मलाई सिनेमा क्षेत्रमा आउनु पनि छैन । म परिवारसहित अमेरिका गएर खुसीसाथ बस्नेछु । निर्माण इजाजत दिएको बोर्डले अहिले सेन्सर सिफारिस नै दिँदैन ।’

    बोर्डले सिनेमालाई सेन्सर सिफारिस दिनुपर्ने उनको अडान छ । ‘बोर्ड त निर्माताहरुको पक्षमा उभिनुपर्ने होनी । तर, निर्मातालाई नै पेलेर यो र त्यो भएन भन्दै समस्या दिइरहेको छ,’ उनी भन्छन्, ‘मेरो सिनेमाले कुनै पनि हालतमा सेन्सर सिफारिस पाउनुपर्छ । बरु सेन्सर बोर्डले यो नाम नराख्न वा सिनेमा नै प्रदर्शन गर्न मिल्दैन् भन्यो भने म त्यसका लागि तयार छु । तर, सेन्सरमा सिनेमा हेरिनुपर्छ ।’

    विकास बोर्डका सदस्य तथा प्रवक्त केएल बुढाथोकीले भने सिनेमाको सेन्सर सिफारिस नरोकिएको दाबी गरेका थिए । ‘निर्माता सुनिल जी आज सेन्सर सिफारिसका लागि आउनुभएको छ । हामी त्यो प्रक्रियालाई अघि बढाउनेछौं । हामीले सेन्सर सिफारिस रोक्नै मिल्दैन । तर, कुनै विषयमा विवाद श्रृंखला भयो भने एकचरण छलफलबाट सहमति खोज्ने प्रयास बोर्डले गर्छ । बोर्डले त्यही गरेको हो,’ उनले भने ।

    आपत्ति जनाएका संस्था र निर्माताबीच सहमति नभएको अवस्थामा नियमअनुसार बोर्डले आफ्नो निर्णय दिने बुढाथोकीले स्पष्ट पारे । सदस्य बुढाथोकीले अगाडि भने, ‘सेन्सर सिफारिस दिन हामी डराएको हुँदै होइन, संवेदनशील भएको हो । दुवै पक्ष आ-आफ्नो अडानबाट पछि हट्नु भएन भने बोर्ड आफ्नो प्रक्रियामा अगाडि बढ्छ । त्यो प्रक्रिया के हो भन्ने कुरा बोर्ड बैठकबाट निर्णय हुन्छ ।’

    जनकपुरको सेटिङमा खिचिएको झरना थापा निर्देशित सिनेमामा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरको पनि अभिनय छ ।

    सुनिल कुमार थापाको निर्माण रहेको सिनेमाको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको सिनेमामा परिक्षेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

    सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत तथा शंकर अधिकारी घायलको शब्द रचना रहेको छ ।

  • सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि

    सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    आज बजारमा छापावाल सुन तोलामा तीन सयले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदी तोलामा १ हजार ४०५ रुपैयाँ कायम भएको छ ।

  • हुन्डाईको ‘फेष्टिभ डिलाइट २०८०’ सार्वजनिक

    हुन्डाईको ‘फेष्टिभ डिलाइट २०८०’ सार्वजनिक

    काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. दशैं – तिहार लक्षित ‘फेष्टिभ डिलाईट २०८०’ योजना सार्वजनिक गरेको छ ।

    ग्राहकहरुले योजना अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा ६ लाख सम्मको नगद छुट, स्क्राच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा प्रदान प्राप्त गर्न सक्नेछन् । कम्पनीले दशैं तिहार विशेष परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाइ ‘एसयूभी’ लक्की ड्र मार्फत प्राप्त गर्न सक्ने जनाइएको छ ।

    आजदेखि सुरु भएको हुन्डाई फेष्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्नेले पनि यस योजनामा सहभागिता जनाउन योग्य हुनेछन् । नाडा अटोशो २०२३ मा हुन्डाईको ‘बी ५’ स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्नेछन् । आउदो मंसिर ३ (छठ पर्व) सम्म लागु हुनेगरी हुन्डाईका सबै गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध रहेके कम्पनीले जनाएको छ ।

  • शेयर बजारमा दोहोरो अंकको गिरावट

    शेयर बजारमा दोहोरो अंकको गिरावट

    काठमाडौं । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।

    बिहीबार नेप्से परिसूचक २८.९२ अंकले घटेर १९३२.४५ बिन्दुमा बन्द भएको छ । यसदिन बजारमा ३७ लाख ६९ हजार ३३ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब १५ करोड ९ लाख २० हजार ६०७ रुपैयाँको कारोबार भएको छ ।

    आज शुभम पावर लिमिटेड सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेको छ । भने, बाराही हाइड्रोपापवर प्बलीक र सिटिजन म्युचुअल फण्ड २ ले सर्वाधिक गुमाएका छन् ।

    कारोबारका आधारमा लिबर्टी इर्नेर्जी कम्पनी ६ करोड १५ लाख रुपैयाँको कारोबारका साथ शिर्ष स्थान रहेको छ ।

  • लुम्बिनी सभाको २४ औं बैठक, निजामती कर्मचारी विधेयकको प्रतिवेदन पेश

    लुम्बिनी सभाको २४ औं बैठक, निजामती कर्मचारी विधेयकको प्रतिवेदन पेश

    रूपन्देही । लुम्बिनी प्रदेशसभाको आज बसेको २४ औं बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको प्रतिवेदन पेश भएको छ । प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेश गरेका हुन् ।

    यसअघि विधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर राय सुझाव समेत संकलन गरेको थियो । सुझावको आधारमा प्रतिवेदन तयार पारिएको थियो ।

    सभामा प्रतिवेदन पेस भएको २४ घण्टापछि बस्ने अर्को बैठकले विधेयक पास गर्न सक्ने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए । विधेयक पास गर्नको लागि अर्को बैठक कुर्नुपर्ने देखिएको छ ।

    यस्तै बैठकमा विभिन्न विषयगत समितिका सदस्यहरुको नाम हेरफेर सम्बन्धी जानकारी दिइएको छ भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकबारे सभामुखले जानकारी गराएका छन् ।

    शून्य समयमा प्रतिपक्षी सांसदहरुको गुनासो : सरकार उदासीन भयो

    शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न महत्वका विषय उठान गरेका छन् । प्रतिपक्षी दलका सांसदहरुले जनजीविकासंग प्रत्यक्ष जोडिएका विषयलाई प्रदेश सरकारले प्राथमिकता नदिएको आरोप लगाएका छन् ।

    महँगी, कालाबजारी, अभाव, आर्थिक मन्दी, व्यवसायीमा बढिरहेको निराशा र वितृष्णालगायत प्रदेशमा रहेको गौरवका विभिन्न आयोजनाहरुको प्रभावकारी कार्यान्वयनमा सरकारले उदासिनता देखाएको गुनासो उनीहरूले गरे ।

    शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दलका तर्फबाट प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेशको दीर्घकालीन विकासका लागि अघिल्लो सरकारले अगाडि बढाएका विकास निर्माणका महत्वपूर्ण काममा अहिलेको सरकारले चासो नदिएको बताए ।

    सदनको शून्य समयमा सांसदहरु भूवनेश्वरप्रसाद चौधरी, एमाले सांसद चिन्तामणी पाण्डे, कांग्रेस सांसद विष्णुप्रेम पाठक, एमाले सांसद रामजी घिमिरे, लोसपाका सांसद कन्हैया बानियाँ, नेकपा एसकी भगवती अधिकारी, सांसद बाचा कुर्मी, एमाले सांसद गिरीधारीलाल न्यौपाने, सांसद धनुलक्ष्मी श्रेष्ठलगायतका सांसदहरुले विभिन्न महत्वपूर्ण विषयमा बोलेका थिए ।

  • पाल्पामा ऐतिहासिक भगवती जात्रा, प्रदेश सरकारले दियो सार्वजनिक बिदा

    पाल्पामा ऐतिहासिक भगवती जात्रा, प्रदेश सरकारले दियो सार्वजनिक बिदा

    रूपन्देही । दुई सय वर्ष पहिलेबाट मनाउन थालिएको पाल्पाको भगवती जात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले बिहीबार पाल्पामा सार्वजनिक बिदा दिएको छ। सदरमुकाम तानसेनमा जितगढी युद्धको सम्झनामा आज रणउजिरेश्वरी भगवतीको रथयात्रा निकालिँदै छ।

    २०३औँ संस्करणको रूपमा जात्रा निकाल्न लागिएको हो। विशेषगरी भगवती जात्राको रूपमा प्रचलित छ। भगवतीको रथयात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउँछ। वि.सं.१८७१/७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजिर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो।

    भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारवादको नेतृत्व गरेको अंग्रेज फौजलाई परास्त गरेको खुशीयालीमा विजयोत्सवसहित भगवती रथयात्रा निकाल्ने चलन छ।

    जितगढीको युद्ध ऐतिहासिक मानिन्छ। युद्धमा विजयी प्राप्त गरेपछि खुशीयालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए।

    १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो। साइतअनुसार आज दिउँसो सवा १२ बजेदेखि साढे १२ बजेसम्म भगवतीको रथ उठाइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले बताए।

    जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाको उपस्थिति रहने छ । ५० हजारभन्दा बढी जात्राको अवलोकन गर्न आउने आयोजकको अनुमान छ। पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा, गुल्मी, रूपन्देही अर्घाखाँची, काठमाडौंलगायत ठाउँबाट दर्शनार्थी आउने गरेका छन् । बुधबारदेखि नै यहाँ दर्शनार्थी आउने क्रम सुरू भएकाे छ ।

    नेपाल–अंग्रेज युद्धको सम्झनामा मनाइने भवगती जात्राको अघिल्लो रात (बुधबार) तानसेनमा जाग्राम बसेर सयौं श्रद्धालु जात्रामा सहभागी हुन थालेका छन् । तानसेन मखनटोलमा श्रीकृष्णको र भगवती मन्दिरमा भगवतीको जयजयकारसहित रातभर श्रद्धालुको भीड लागेको थियाे ।

  • ग्रेटवालमा क्षति पुर्‍‍याउने दुईजना पक्राउ

    ग्रेटवालमा क्षति पुर्‍‍याउने दुईजना पक्राउ

    बेइजिङ । चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवालको एक भागमा क्षति पुर्‍‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएकाे छ ।

    राज्य सञ्चालित प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी)लाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार याङकियानहे टाउनशिपमा पर्खालमा ठूलो खाडल खनिएको युयु काउन्टीका अधिकारीहरूले अगस्ट २४ मा जानकारी प्राप्त भएको बताएका छन् । सुरक्षा अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् ।

    बत्तीसौँ ग्रेट वाल खण्डका कारण पर्खाल पारी जान लामो बाटो हिँड्नुपर्ने भएपछि एक जना ३८ वर्षीय पुरुष र ५५ वर्षीया महिलाले उत्खनन यन्त्र प्रयोग गरी पर्खाल भत्काएर छोटो बाटो (सर्टकट) बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अधिकारीहरूले बताएका छन् । यो घटनाबाट राष्ट्रिय अखण्डता र सुरक्षामा खलल पुगेको उनीहरूले बताएका छन् ।

    बत्तीसौँ ग्रेटवाल खण्ड मिङ काल (१३६८–१६४४) बाट बाँकी रहेका केही पूर्ण पर्खाल र वाच टावरहरू मध्ये एक हो । यसलाई प्रान्तीय सांस्कृतिक अवशेष स्मारकका रूपमा सूचीकृत गरिएको छ । सन् १९८७ मा चीनको यो विशाल पर्खाललाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को)ले विश्व सम्पदास्थलका रुपमा घोषणा गरेको हो ।

  • नेपाल-भारतको म्याच हेर्न श्रीलंका पुगिन् वर्षा

    नेपाल-भारतको म्याच हेर्न श्रीलंका पुगिन् वर्षा

    काठमाडौं । श्रीलंकाको क्यान्डीस्थित पाल्केके रंगशालामा हुन गईरहेको एसिया कपमा नेपाली टोलीलाई हौसला दिन अभिनेत्री वर्षा सिवाकोटी कोलम्बो पुगेकी छन् ।

    सिवाकोटीले कोलम्बोबाट राष्ट्रिय झण्डासहितको तस्वीर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् । टीम नेपाललाई शुभेच्छा दिदैँ उनले तस्विर सेयर गरेकी हुन्।

    नेपाली टोलीलाई हौसला दिन सिवाकोटीमात्र नभई रास्वपा अध्यक्ष रवि लामिछानेदेखि काठमाडौं महानगरका मेयर बालेन साह पनि यतिबेला कोलम्बोमै छन् ।

    नेपाली समयानुसार आज दिउँसो ३ बजे सुरु हुने खेलमा नेपाल भारतसँग आमनेसामने हुँदैछ। एसियाको समूह एमा नेपाल भारत र पाकिस्तानसँग एउटै समूहमा छ ।

  • नबिल बैंकले ल्यायो विशेष तीज अफर

    नबिल बैंकले ल्यायो विशेष तीज अफर

    काठमाडौं । नबिल बैंकले महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ ।

    आइतबार देखि लागू गरिएको तिज विशेष अफरमा बैंकको ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । भने, पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ ।

    आगामी असोज १५ गतेसम्मका लागि लागू हुने उक्त आफर बैंकले नजिकिँदै गरेको नारीहरूको महान् चाड तीजलाई लक्षित गर्दै ल्याएको हो ।

    बैंकले हाल देशभर २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

  • भेरीबबई ड्राईभर्सनको काम दुई वर्ष भित्र पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन

    भेरीबबई ड्राईभर्सनको काम दुई वर्ष भित्र पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौं । नेपाल सरकारका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजना भेरी बबई ड्राईभर्सनको काम आगामी दुई वर्षभित्र पूरा गर्ने गरी कार्ययोजना बनाउन निर्देशन दिएका छन् ।

    आईतबार भेरी बबई ड्राईभर्सनको स्थलगत अनुगमन पछि आयोजनाका कर्मचारी, ठेकेदार कम्पनीका कर्मचारीहरुसंगको छलफलका क्रममा मन्त्री बस्नेतले आगामी दुई वर्षमा काम सम्पन्न गर्नका लागि ठोस कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।

    तोकिएको अवधिमा काम सम्पन्न गर्ने अवस्था नभए निर्माण अवधिको म्याद मात्र थपेर नहुने भन्दै मन्त्री बस्नेतले आगामी दिनमा म्याद मात्र थमौती गर्ने काम सरकारले नगर्ने बताए ।

    ड्राईभर्सनको काम चाहे अनुसार अगाडी बढ्न सकेको छैन्, आगामी दुई वर्ष भित्रमा आयोजनाको काम सक्ने गरी कार्ययोजना बनाउनु पर्यो । मन्त्री बसनेतले भने, कार्ययोजना अनुसार काम भए नभएको रिर्पोट अनुसार मात्र म्याद थप्ने बारे कुरा हुन्छ, नत्र जति पनि म्याद थप्ने काम सरकारले गर्न सक्दैन् ।

    आयोजना प्रभावीत क्षेत्रका नागरिकलाई मुआब्जा दिने काम पनि यथासिघ्र अघि बढाउन उनले निर्देशन दिएका छन् । प्रक्रिया पुगेका नागरिकलाई आयोजनाले वा सरकारले अन्याय गर्ने काम हुँदैन, प्रक्रिया पुगेका नागरिकका फाईल अघि बढाई मुआब्जा लिन बञ्चित जनतालाई प्रक्रियामा लैजानुहोस, बस्नेतले भने, नागरिकलाई हाम्रो तर्फबाट मर्का पार्ने काम गरिनु हुँदैन ।

    अनुगमन कार्यक्रममा कर्णाली प्रदेश सरकारका कार्यबाहक मुख्यमन्त्री मंगल शाही, कर्णाली प्रदेश सरकारका प्रवक्ता एर्व आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण बहादुर जिसी, प्रदेश सभा सदस्य बिन्दमान बिष्ट लगायतको पनि उपस्थिति रहेको थियो ।

  • स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान

    स्वास्थ्यमन्त्री बस्नेत इजिप्ट प्रस्थान

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत इजिप्ट प्रस्थान गरेका छन् । मन्त्री बस्नेत जनसङ्ख्या, स्वास्थ्य र विकाससम्बन्धी चार दिने विश्व सम्मेलनमा भाग लिन आज बिहान इजिप्ट प्रस्थान गरेका हुन् ।

    विश्व सम्मेलनका क्रममा मन्त्री बस्नेतले इजिप्टको स्वास्थ्यमन्त्रीसँग द्विपक्षीत भेटघाट गर्ने र दक्षिण पूर्वी एसियाका स्वास्थ्यमन्त्रीसँग भेटघाट गर्ने सम्भावित कार्यक्रम रहेको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए।

    मन्त्री बस्नेतले इजिप्टको कायरोमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले स्वास्थ्य अवस्था सुधारका पक्षमा चालेका कदम र चुनौतीका विषयमा मन्त्रीस्तरीय बैठकमा कुरा राख्ने बताइएको छ । मन्त्री बस्नेतसँगै मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासमेत इजिप्ट प्रस्थान गरेका छन् । मन्त्री बस्नेत आगामी भदौ २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

  • रुसी सेनामा २ लाख ८० हजारको भर्ती

    रुसी सेनामा २ लाख ८० हजारको भर्ती

    मस्को । रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन् । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहनु भएका पूर्वराष्ट्रपतिले आइतबार उक्त जानकारी दिएका हुन् ।

    युक्रेनसँगको आक्रामक कारबाही १९ औँ महिनामा चलिरेहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षितत गर्ने प्रयास भएको बताउँदै उनले केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको बताए ।

    रूसी सेनाले अनलाइन र रूसी सडकहरूमा व्यापक विज्ञापन निकालेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ ।

    सन् २००८ देखि २०१२ सम्म रुसको नेतृत्व गर्नुभएका मेदभदेवले युक्रेन आक्रमणको समर्थन गर्दै आउनुभएको छ ।

  • पाकिस्तानी महिलाले छैटौँ तलाबाट नवजात शिशु फ्याँकेपछि…

    पाकिस्तानी महिलाले छैटौँ तलाबाट नवजात शिशु फ्याँकेपछि…

    इस्लामाबाद ।  एक जना पाकिस्तानी महिलाले आफ्नै नवजात शिशुलाई छैटौँ तलाबाट फ्याँकेकी छन् ।
    कराँचीको लियाकताबाद क्षेत्रमा रहेको एउटा बहुतले भवनको छैटौँ तलाबाट ती महिलाले आफ्नै सन्तानलाई फ्याँकेको प्रहरीलाई उद्धृत गर्दै एआरवाई न्यूजले जनाएको छ । यो घटना शनिबार अपराह्नको हो । कराँची प्रहरीले तत्काल अनुसन्धान थालेको छ ।
    प्रहरीले परिचय सार्वजनिक एक जना महिलालाई आफ्नो नवजात शिशुलाई कराँचीको लियाकताबाद क्षेत्रस्थित भवनको छैठौँ तल्लाबाट फ्याँकेको आरोपमा पक्राउ गरेको एआरवाई समाचारमा उल्लेख छ ।
    प्रहरीले पक्राउ परेकी ती महिलासँग सोधपुछ गरिरहेको तथा उनको मानसिकस्थिति शङ्कास्पद रहेको जनाइएको छ । छिमेकीले ती महिला लागूऔषधको दुव्र्यसनमा फसेकी बताएका छन् । प्रहरीले मनोचिकित्सकबाट उनको स्वास्थ्य परीक्षण गरिने एक विज्ञप्ति निकालेर बताएको छ ।
  • सरु गुरागाईंलाई आर्थिक सहायताको ओइरो, ५ दिनमै ७७ लाख उठेपछि श्रीमानले बढाए लक्ष्य

    सरु गुरागाईंलाई आर्थिक सहायताको ओइरो, ५ दिनमै ७७ लाख उठेपछि श्रीमानले बढाए लक्ष्य

    काठमाडौं । घाँटीको क्यान्सरबाट पिडित लोकप्रिय श्लोकवाचिका सरु गुरागाईंलाई आर्थिक सहयोगको ओइरो लागेको छ । उनका श्रीमान मुरारी गुरागाईंले ‘गो फन्ड मी’ मा सहयोग आह्वान गर्दा ५ दिनमै ५८ हजार डलर (७७ लाख रुपैयाँभन्दा बढी) उठेको हो ।

    मुरारीले ५० हजार डलर उठाउने घोषित लक्ष्यसहित ‘फन्ड रेज’ सुरु गरेका थिए । तर, ४ दिनमै उक्त लिमिट क्रस भएपछि उनले लक्ष्य बढाएका छन् । अब ७५ हजार डलर उठाउने उनको लक्ष्य छ ।

    सरुको कवितावाचनका प्रशंसकहरुले देश-विदेशबाट उनलाई सहयो गरेका छन् । अहिलेसम्मको सूचीमा सर्वाधिक व्यक्तिगत सहायता खेम निरौलाले ४०१ डलर प्रदान गरेका छन् । तीन सय डलरभन्दा बढी सहयोग गर्ने चार जना छन् । यस्तै, २१ जनाबाट २ सय डलरभन्दा बढी सहयोग आएको छ ।

    इलाम निवासी सरु र मुरारी विगत डेढ दशकदेखि अमेरिकामा बस्दै आइरहेका छन् । सरुलाई एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । केही दिनअघि उनको थाइराइडको शल्यक्रिया भएको छ । अहिले उनी रिकभरिको चरणमा छिन् ।

    सरु र मुरारीका सात वर्ष र २२ महिनाका दुई सन्तान छन् ।

  • चन्द्रागिरीमा प्रचण्डले भाषण गर्दागर्दै जब जनार्दनले फोनमा ‘अर्जेन्ट बात’ गराए (भिडिओ)

    चन्द्रागिरीमा प्रचण्डले भाषण गर्दागर्दै जब जनार्दनले फोनमा ‘अर्जेन्ट बात’ गराए (भिडिओ)

    काठमाडौं । जनतासँग माओवादी अभियान अन्तर्गत हरेक नेता एउटा वडामा जानुपर्ने निर्णय अनुसार शनिबार माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंको चन्द्रागिरी नगरपालिका २ मा पुगे ।

    कार्यक्रम सन्चालक सिन्धुपाल्चोक १ का सांसद माधव सापकोटा थिए भने बागमती इन्चार्ज जनार्दन शर्मा फोनमा यता उता कुरा गरिरहेका बेला प्रचण्ड भाषण गर्दै थिए । यत्तिकैमा जनार्दनले आफ्नो मोबाइल फोन प्रधानमन्त्रीलाई दिए ।

    भाषण गरिरहेका प्रधानमन्त्रीलाई जनार्दनले आयोजना प्रमुख फोनमा छन् भन्दै दिएपछि प्रचण्डले ‘हेलो नविनजी’ भन्दै कुरा गर्न थाले । प्रधानमन्त्रीले भाषण रोकेर फोनमा कुरा गरे पनि भाषणसरह दर्शकले सुनरहेका थिए ।

    उनले आफू चन्द्रागिरी नगरपालिका वडा नम्बर २ मा आएको र यहाँका जनताले सुरुङमार्गबाट पीडित भएको गुनासो गरेको भन्दै एक साताभित्र समस्या समाधानको उपायसहित आफूलाई रिपोर्ट दिन फोनबाटै निर्देशन दिए ।

    उनले भने– यो वडा सुरुङमार्गबाट सबैभन्दा प्रभावित रहेछ । यहाँ सुरुङ खन्दाको आवाजले घरहरु चर्किएको कुरा आएको छ । खानेपानीका मुहान सुकेकोलगायत धेरै समस्या रहेछन् । तपाईले एक साताभित्र समस्या समाधानका उपाय र राहतको कुरासहित मलाई भेट्नुस् अरु कुरा भेटमा गरौंला ।

    खासमा स्थानीय कार्यकर्ताले नौबिसे नागढुंगा सुरुङमार्गको कारण भएको समस्याबारे सुनाएका रहेछन् । जनार्दन शर्माले प्रधानमन्त्रीले बोल्दा बोल्दै आयोजना प्रमुख नविनमान श्रेष्ठसँग कुरा गराएका रहेछन् ।

    प्रधानमन्त्री प्रचण्डले यसपटक आफू जनताको काम गर्न प्रधानमन्त्री भएको भन्दै कसैले हटाउन प्रयास गरेमा करोडौं जनता सडकमा उतारेर प्रतिवाद गर्ने योजना बनाएको समेत सुनाए । तर परिस्थितिले पाँचै वर्ष प्रधानमन्त्री बन्ने सम्भावना बढेको समेत उनले बताए ।

  • देशको अर्थतन्त्र लयमा फर्काउन प्रयास गरिरहेका छौं : अर्थमन्त्री (भिडिओ)

    देशको अर्थतन्त्र लयमा फर्काउन प्रयास गरिरहेका छौं : अर्थमन्त्री (भिडिओ)

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा फर्काउन आफुले प्रयास गरिरहेको बताएका छन् ।

    नेपाल आर्थिक पत्रकार समाजकोे २५औँ वार्षिक साधारणसभा तथा अधिवेशन कार्यक्रमलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र लिएर निराश हुनुपर्ने अवस्था नरहेको भन्दै यसलाई लयमा फर्काउन आफुले प्रयास गरिरहेको बताएका हुन् ।

    पर्यटन क्षेत्रमा सुधार भइरहेको र विदेशी मुद्राको सन्चित पर्याप्त रहेकाले आर्थिक गतिविधि अगाडि बढाउन देखिएका समस्या समाधान गर्न सरकार लागिरेहेको उनले बताए । अर्थमन्त्री महतले आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जाने भएकाले कुनै दुविधा नराख्न आग्रह गरे ।

    उनले मुलुकको आर्थिक विकासका लागि नीजि क्षेत्रको साथ आवश्यक परेको भन्दै नीजि क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको जिकिर गरे ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघअध्यक्ष चन्द्र ढकालले सरकारले नीजि क्षेत्रलाई दिएको सुझाव कार्यान्वन गर्न नखोज्दा अहिलेको अवस्था आएको हुनसक्ने बताए । मुलुक श्रीलंका जस्तो हुने भन्दै अर्थतन्त्रका नीतिलाई कसिलो पार्न खोज्ला पनि केहि समस्या देखिएको उनको भनाइ छ ।

    ढकालले सरकारले निजी क्षेत्रलाई सरकारले हेर्ने हेर्ने नजर फरक हुदा समस्या देखिएकाले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि सरकारले निजिक्षेत्रसंग सहज ढंगले समन्वय गर्नुपर्नेमा जोड दिए ।

  • आफैँ लथालिङ्ग छन् सरकारी कार्यालयहरु (फोटोफिचर)

    आफैँ लथालिङ्ग छन् सरकारी कार्यालयहरु (फोटोफिचर)

    काठमाडौं । जनतालाई सहज र सरल रुपमा सेवा दिनु सरकारको कर्तव्य र जिम्मेवारी हुन्छ । जनताबाट उठाएको करले नै सरकार चल्छ । त्यसैले जनताप्रति सरकार उत्तरदायी हुनुपर्छ नै । अशक्त र अव्यवस्थित रहेका सरकारी कार्यालयबाट जनताले सहज, सरल र छिटो छरितो सेवा पाइन्छ भनेर कसरी आश गर्ने ?

    यस्तो अव्यवस्थित, फोहोर सरकारी कार्यालयहरु भइदिँदा दिनप्रतिदिन आम नागरिकहरुले सरकारी सेवा लिनबाट वञ्चित हुनुपरेको छ । सरकारी कार्यालय भनेपछि यसै त कुनैपनि काम गर्नको लागि दिनभरको माया मारेर जानुपर्छ, त्यसमाथि व्यवस्थित र सफा भएन भने सेवाग्राही जनताको अवस्था कस्तो होला ? यो आम मानिसको प्रश्न हो ? यस्तो समस्या बाहिरको त कुरै नगरौँ, देशको संघीय राजधानी काठमाडौंकै सरकारी कार्यालयहरुको हरिबिजोग छ ।

    त्रिपुरेश्वरस्थित पशु सेवा व्यावसायी परिषद्को भवनमा वर्षेभेल पसेपछिको अवस्था हेर्नुहोस् वा रेडियो नेपाल परिसरमा झारपातले ढाकेपछिको अवस्था हेर्नुहोस् । सरकारले सरसफाई र व्यवस्थापनको लागि कर्मचारी पनि राखेको हुन्छ । तर उनीहरुले काम गरे/नगरेको निरीक्षण गर्नेहरु आफ्नै धुनमा मस्त हुन्छन् । त्यसैले नै सरकारी कार्यालय वरपर फोहोरको थुप्रो देखिएको छ । भन्सार विभागमा बिग्रेको डिजिटल सूचना बोर्डको अवस्था नियाल्नस् त, तपाई आफैँ छक्क पर्नुहुनेछ । गुठी संस्थान ललितपुरको जिर्ण भवनमा टेको लगाएको देख्न सकन्छ भने लोक बाजा संग्रालयको अवस्था फोटोमा हेर्नुहोस् ।

    सरकार र सरकारी निकाय भएका संरचनाको संरक्षण होइन, लापरबाहीमै रमाएका छन् । सिंहदरवार अगाडि राखिएको तोपको कुनै महत्व नै छैन । लाग्छ सरकारबाटै सरकारी सम्पती तिरस्कृत छन् । घाँस उम्रिएर छेक्दासमेत कसैले त्यसमाथि ध्यान दिन आवश्यक ठानेका छैनन् । यस्तै संस्कृति, सम्पदा देखाएर विदेशी मुलुकहरु आर्थिकोपार्जन गरिरहेका छन् तर नेपाल आधुनिकताका नाममा भएका सांस्कृति सम्पदा, ऐतिहासिक महत्व बोकेका धरोहरका विषयवस्तुहरुको लापरबाही गरेर बस्छ ।

    राष्ट्रिय सूचना आयोग परिसरमा फ्याँकिएको फोहोर, आन्तरिक राजश्व कार्यालय ललितपुरको जिर्ण साइन बोर्ड, यातयात कार्यालय एकान्तकुनामा च्यातिएको नागरिक बडापत्र, सहकारी विकास बोर्डको साइन बोर्ड जताततै सरकारी सम्पतीहरुको दुरुपयोग र हेलचेक्र्याँइ छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सरकारी सम्पतीमाथि नेतृत्वको हेलचेक्र्याँइ र दुरुपयोग सम्बन्धी यी तस्बिर ।

  • बालेन, के छैन तिम्रो शहरमा ?

    बालेन, के छैन तिम्रो शहरमा ?

    तिमी मेयर भयौ,
    तिम्रो चर्चा छ
    तिमीसँगै तिमिले चलाएको
    बुल्डोजरको चर्चा छ ।

    साँझमा बल्दा बिजुली
    झलमल्ल, उज्यालो देखिन्छ
    झरि परेर उघ्रिएको मौसममा
    गगनचुम्वी महल भव्य र आकर्षक देखिन्छन् ।

    व्यस्त छ, सडक…
    पैदलयात्री ठेलिएर/पेलिएर
    हिडिरहन्छन् फुटपाथमा
    सुत्दैन रातको १२ बजेसम्मै
    भालेको डाको अघि उठिसक्छ ।

    ०००

    यही व्यस्ततालाई, यही कोरा सुन्दरतालाई
    शौम्य शहर भन्दै त छैनौं ?
    साझको बत्तीले भिलिमिलि देखिएजस्तो,

    अग्ला-अग्ला महलको टुप्पाबाट नियाल्दा
    मनोमोहक देखिएजस्तै छ र शहर ?
    भोको पेट पाल्न सडकमा गाउने
    मगन्तेप्रति दया नजाग्नेहरु
    हजारौं उडाउँछन् रेष्टुराँ र बारहरुमा

    हिड्नलाई फुटपाथ छैन
    मुख थुन्नु पर्छ, दुर्गन्धले

    ०००

    पूजा अर्चना गर्न जाँदा
    मन्दिर, शक्तिपीठहरुमा
    भक्तजनहरुका जुत्ता हराउँछन्

    भान्छामा सकिँदा नुन
    पैंचो चल्दैन, छिमेकीको ।
    गाडी चढ्दा जेव काटिन्छन्,
    अगाडीको कोठामा शोक पर्दा
    पछाडी भोज चल्छ ।

    पहिले घर बनाएर,
    खोलामाथि सडक बनाएर
    भव्य विकास गरियो ।
    अहिले घर भत्काएर, सडक भत्काएर
    खोला बनाएर विकास गरिदैछ ।

    ०००

    बाहिर निस्कदा वर्षात्मा
    बढीले बगाउँछ, हिउँदमा धूलोले ढाक्छ
    विद्यालय गएको बच्चो सडकको भेलसँगै बग्छ
    दशक पहिले थालेको अधुरो फ्लाइ ओभर
    दैनिक पैदल यात्रुलाई गिज्याइरहन्छ,

    विभिन्न कोण प्रतिकोणबाट
    मानवता र स्वाभिमानको
    बलात्कार गरिरहन्छ ।
    भन त बालेन, के हुँदैन, तिम्रो शहरमा ?

    ०००

     

     

     

     

  • अस्पताल पुगेर देउवाले लिए उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाको जानकारी

    अस्पताल पुगेर देउवाले लिए उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाको जानकारी

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधानमन्त्री तथा पार्टी उपसभापति पुर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    शनिवार विहान सैनिक अस्पताल पुगेर सभापति देउवाले खडकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्रीका प्रेस सल्लाहकार डिपी उपाध्यायले जानकारी दिए ।

    स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि खड्का अस्पतालमा भर्ना भएका छन् ।