Author: Anisha Tiwari

  • पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्नसक्छ बजाज पल्सर १५० सिसि फेला

    पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्नसक्छ बजाज पल्सर १५० सिसि फेला

    काठमाडौं । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स को नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि. हो। नेपालको सवारीसाधन बजारमा टाटा जेन्युइन पार्ट्स व्यवसायिक सवारी प्रयोगकर्ताहरूको विश्वसनीय छनोट रहँदै आएको छ।

    यही विश्वासलाई अझ मजबुत बनाउन, यसपालीको दसैं, तिहार एवं छठ पर्वको अवसरमा सिप्रदी अटोपार्ट्सले ग्राहकहरूका लागि विशेष “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक आकर्षक लक्की ड्र योजना सार्वजनिक गरेको छ।

    यस विशेष अफरमा सहभागी भएका ग्राहकहरूले बम्पर उपहारसहित थुप्रै शानदार पुरस्कार जित्ने अद्वितीय अवसर पाउनेछन्।

    लक्की ड्रमार्फत पाउन सकिने पुरस्कारहरू:

    – रु. १,००,००० माथिको खरिदमा १५० सिसिको बजाज पल्सर (बम्पर उपहार)

    – रु. ७५,००० माथिको खरिदमा १२५ सिसिको टिभिएस स्कुटर

    – रु. २५,००० माथिको खरिदमा स्मार्ट टिभी

    – रु. ५,००० माथिको खरिदमा स्मार्टफोन

    यसबाहेक, हरेक खरिदमा रु. १,००० सम्मका क्यासब्याक कुपनहरू ग्यारेन्टीका साथ प्राप्त गर्न सकिनेछ।

    सक्कली पार्ट्स प्रयोगको महत्व :

    टाटा जेन्युइन पार्ट्सले गाडीको इन्जिन, ब्रेक, क्लच लगायतका अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्छ। यसले मर्मत खर्च कम गर्नुका साथै गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउन मद्दत गर्दछ।

     

  • संसद भवनको कम्पाउन्डमा पसेका थिए करिब १०० प्रदर्शनकारी, प्रहरीले निकाल्यो

    संसद भवनको कम्पाउन्डमा पसेका थिए करिब १०० प्रदर्शनकारी, प्रहरीले निकाल्यो

    काठमाडौं । जेन जी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले त्यहाँबाट हटाएको छ । प्रहरीका अनुसार झण्डै सय जना प्रदर्शनकारी पर्खाल नाघेर भित्र पसेका थिए ।

    संसद भवनको कम्पाउन्डभित्रै प्रहरी र प्रदर्शनकारीबीच मुठभेड भएको थियो । एक प्रदर्शनकारीले हातमा घरेलु हतियारसमेत बोकेर प्रहरीलाई लखेटेका थिए । केहीले ढुंगा र ईंटा बोकेका थिए ।

    निकै बेरको प्रयासपछि प्रहरीले उनीहरुलाई निकाल्न सफल भएको हो । प्रदर्शनकारीहरु संसद भवनभित्रै छिर्न भने सकेनन् । आन्दोलनका क्रममा पर्खाल नाघेर प्रदर्शनकारीहरु भित्र छिरेका हुन् ।

  • जेन-जीको आन्दोलनले राष्ट्रिय सभा बैठक प्रभावित, बुधवारलाई सारियो

    जेन-जीको आन्दोलनले राष्ट्रिय सभा बैठक प्रभावित, बुधवारलाई सारियो

    काठमाडौं । जेन-जी पुस्ताको जारी आन्दोलनका राष्ट्रियसभा बैठक प्रभावित भएको छ। दिउँसो १ः१५ बजेका लागि बस्ने गरी बोलाइएको बैठक स्थगित गरिएको हो।

    संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणवस् भन्दै बुधावारसम्मको लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन्। जेन जी पुस्ताको आन्दोलन उग्र बनेर संसद् भवन नै प्रवेश गरेपछि कर्फ्यु आदेश जारी गरिएको छ।

  • इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनले गरे स्वागत, प्रधानमन्त्रीकोमा गयल

    इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनले गरे स्वागत, प्रधानमन्त्रीकोमा गयल

    काठमाडौं । वसन्तपुरमा इन्द्रजात्रा मनाइएको छ । इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतका विशिष्ट व्यक्ति सहभागी छन् ।

    वसन्तपुर पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वागत गरेका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा भने उनी गयल देखिए । ओलीको स्वागतमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ गएका थिए ।

    प्रधानमन्त्री ओलीसँग बालेनबीच विगतदेखि नै सौहार्दपूर्ण सम्बन्ध छैन । इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुरलगायत नेवार बस्ती भएका धेरै ठाउँमा भगवान् इन्द्रलाई सम्झेर मनाउने चलन छ ।

    काठमाडौं उपत्यकाको ठूलो पर्व मानिने इन्द्रजात्रा वसन्तपुरमा भने काठमाडौं महानगरपालिका नै आयोजक बनेर विशेष कार्यक्रम गर्ने गरिएको छ ।

     

  • हार्ने डरले अब कांग्रेसले चुनावी गठबन्धन गरेर अर्काको चिह्नमा भोट हाल्दैन : गगन थापा

    हार्ने डरले अब कांग्रेसले चुनावी गठबन्धन गरेर अर्काको चिह्नमा भोट हाल्दैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि पार्टी गलत नहुने बरु पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताएका छन्। काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै कांग्रेसभित्र शुद्धीकरण आवश्यक रहेको बताए।

    उनले भने, ‘कांग्रेस स्थापनाकालदेखिकै राष्ट्रिय पार्टी हो । व्यक्तिले गरेका गल्ती पार्टीले भोग्दैन र जिम्मा लिँदैन, जसले गल्ती गर्छ त्यसैले भोग्नु पर्छ ।’
    महामन्त्री थापाले बिपीको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेकाले बिपीलाई सम्झिनुपर्ने अवस्था भएको उल्लेख गरे। बिपीको सिद्धान्तअनुसार पार्टी र अग्रज नेताहरूले काम गर्नुपर्नेमा जोड दिए।

    उनले थपे, ‘कांग्रेस डर र लोभबाट मुक्त हुनुपर्छ । कांग्रेस सरकारमा रहनु नरहनु ठुलो कुरो होइन । हामी चुनावमा हार्छौँ कि भन्ने डरले गठबन्धन गरेर अर्काको चुनाव चिह्नमा भोट हाल्ने सहमति गर्नुपर्ने लोभबाट बाहिर निस्किनुपर्छ ।’

  • सहकारी क्षेत्रका समस्या नै कांग्रेस-एमालेका नेताहरू हुन्, कारबाही गर्न खोज्दा सरकार ढालियो : प्रचण्ड

    सहकारी क्षेत्रका समस्या नै कांग्रेस-एमालेका नेताहरू हुन्, कारबाही गर्न खोज्दा सरकार ढालियो : प्रचण्ड

    पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी क्षेत्रमा ठगी गर्नेहरूप्रति संकेत गर्दै सहकारी क्षेत्रमा लागेका कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाएका छन्।

    नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्यौँ, तर सरकार ढालियो। त्यसैले त्यो काम अघि बढ्न सकेन।’

    माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा रहेको जिकिर गरे। उनले थपे, ‘हामी मध्यम वर्गकै प्रतिनिधि हौँ। ऋण मिनाहा, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो।’

    संविधान निर्माणको प्रक्रिया कठिन भए पनि अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीको भूमिका निर्णायक रहेको जिकिर गरे। माओवादीले उठाएको सबै उद्देश्य प्राप्त नगरे पनि बाध्यात्मक सम्झौतामार्फत ऐतिहासिक उपलब्धि हासिल गरेको सुनाए।

    उनले अझै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा संरचनात्मक परिवर्तन नआएको स्वीकार गर्दै भने, ‘उही नियम, उही परम्परा चलिरहेको छ। परिवर्तनको लडाइँ अझै बाँकी छ।’

    पछिल्लो समयमा माओवादी घटक र इमानदार कम्युनिस्टबीच एकता र सहकार्य बढ्दै गएको प्रचण्डले बताए । ‘नपत्याउने गरी जनमत बढिरहेको छ। नसोचेका ठाउँमा पनि हामी जितिरहेका छौँ। जनताले बुझ्न थालेका छन्, माओवादी केन्द्र नै जनताको पक्षमा काम गर्ने शक्ति हो’ उनले भने।

  • प्रचण्डको आरोप- ओली सरकार बिचौलियाको धम्कीबाट बनेको हो

    प्रचण्डको आरोप- ओली सरकार बिचौलियाको धम्कीबाट बनेको हो

    पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलाल पुँजीवाद र बिचौलियावादको आलोचना गर्दै कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारबारे कडा टिप्पणी गरेका छन्।

    नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओली सरकार बिचौलियाको धम्कीबाट बनेको दाबी गरे।
    उनले भने, ‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो। कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन।’

    सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको कडा आलोचना गरे। उनले थपे, ‘क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन्। हामी त्यसको वैकल्पिक शक्ति हौं।’

    उनले नेपाल उद्योग व्यापार महासंघका पदाधिकारीहरू सक्षम, जिम्मेवार र देशको उद्योग–व्यापार विकासमा योगदान पुर्याउने समूह भएको उल्लेख गर्दै अझ अध्ययन र लगनशीलता जरुरी रहेको धारणा राखे। उनले भने, ‘२०६४ मा स्थापना भएको संस्था आज देशभर प्रभावशाली ढंगले काम गरिरहेको छ। म महासंघको गतिलाई उच्च मूल्याङ्कन गर्छु।’

    नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी गराए १२३ वटा माओवादी नेतृत्वका पालिकामा प्रशिक्षण अभियान सञ्चालन गरेका गरेको भन्दै ती पालिकाहरू कार्यक्षमता मूल्यांकनमा अगाडि रहेको बताए। पार्टीको विचार, नीतिगत स्पष्टता र व्यावहारिक कार्यदिशाकै कारण ती पालिकामा सफल परिणाम देखिएको जिकिर गरे।

  •  रियलमीको नोट ७० सार्वजनिक, एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा

     रियलमीको नोट ७० सार्वजनिक, एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा

    काठमाडौं । रियलमीको नोट ७० मोडल नेपाली बजारमा सार्वजनीक भएको छ। यस रियलमी नोट ७० मा ६३००mAh को शक्तिशाली ब्याट्री रहेको छ। मिलिटरी-ग्रेडको मजबुती र स्मार्ट फिचरहरू रहेको यस रियलमी नोट ७० ले युवाहरूको मन जित्ने विश्वास गरिएको छ।

    एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चलाउन सकिने सुविधा यसमा रहेको कम्पनीले जानकारी दिएको छ । यसमा १५W को फास्ट चार्जिङ र ६W रिभर्स चार्जिङ सुविधा पनि भएकोले डाउनटाइम कम रहेको छ।

    टिकाउपनका लागि नोट ७० मा मिलिटरी-ग्रेड मजबुती र आर्मरशेल प्रोटेक्सन रहेकोले यो फोन एकदम मजबूत भएको कम्पनीले जानकारी दिएको छ। १.८ मिटरसम्म बाट खस्दा पनि फोन सुरक्षित रहने कम्पनीले जानकारी दिएको छ। यसमा सोनिक वेभ इजेक्सन टेक्नोलोजी र IP५४ डस्ट एण्ड वाटर रेजिस्टेन्स पनि रहेको छ, जसले यसलाई आफ्नो वर्गको सबैभन्दा टिकाउ स्मार्टफोन बनाउँछ।

    डिजाइनमा पनि आकर्षक रहेको यस रियलमी नोट ७० मा ७.९४mm को अल्ट्रा-स्लिम बडी र २०१ ग्राम हलुका फ्रेम समावेश गरिएको छ, जसले शैली र टिकाउपनको सन्तुलन प्रदान गर्छ। ९०Hz को आइ कम्फर्ट डिस्प्लेले लामो समयसम्म प्रयोग गर्दा पनि आँखामा थकान कम गर्दै  स्मूथ भिजुअल अनुभव दिन्छ।

    फोटोग्राफी प्रेमीका लागि १३MP AI क्यामेरा ले स्पष्ट फोटो खिच्न सहयोग गर्छ। युनिसोक T७२५० अक्टा-कोर चिपसेटले स्मूथ मल्टीटास्किङ र प्रदर्शन सुनिश्चित गर्छ भने, एआइ स्मार्ट एक्सपिरियन्स प्रयोगकर्ताको व्यवहार अनुसार इन्टरफेसलाई व्यक्तिगत र प्रभावकारी बनाउँछ।

    मनोरञ्जनको लागि नोट ७० मा ३००% अल्ट्रा बूम स्पिकर राखिएको छ जसले भिडियो, संगीत र गेमिङ अनुभवलाई अझ रमाइलो बनाउँछ।

    पल्स लाइट फीचरले एक अलर्टमै नोटिफिकेसन हेर्न मिल्छ। नोटिफिकेशन हेर्ने तरिका नै बदल्छ—स्मार्ट र स्टाइलिश प्रकाशले प्रत्येक अलर्ट एक नजरमै देखाउन सहयोग पुर्‍याउँछ।

    रियलमीको नोट ७० २ वटा स्टोरेज भेरियन्टमा बीच गोल्ड र अब्सिडियन ब्ल्याक जस्तोआकर्षक रंगमा नेपालभर उपलब्ध छ। ४जीबी+६४जीबीको मूल्य रु. १३,९९९ र ४जीबी+१२८जीबी को मूल्य रु. १४,९९९रहेको छ।

    शक्तिशाली ब्याट्री, मिलिटरी-ग्रेड मजबुती र स्मार्ट फीचरहरूको साथ, नोट ७० एंट्री-लेवल स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापना गर्न तयार छ।

     

  • सरकारमा टिक्नु मात्रै ठूलो होइन, कांग्रेसले लाखौँलाई रोजगारी सिर्जना गर्ने सपना देख्नुपर्छ : गगन थापा

    सरकारमा टिक्नु मात्रै ठूलो होइन, कांग्रेसले लाखौँलाई रोजगारी सिर्जना गर्ने सपना देख्नुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आज नेपालका केटाकेटीहरूलाई देशभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्ने सपना देख्नुपर्ने बताएका छन्।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका लागि सरकारमा टिक्नु र सरकारमा रहने नरहने भनेको गौण कुरा मात्रै हुनुपर्ने बताए।
    उनले भने ‘आजको कांग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरूलाई नेपाल भित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु। यसका निम्ति जे पनि गर्छु, मेरो लागि मुख्य कुरा यो हो अहिले कांग्रेस लागि सरकारमा बस्नु, सरकारमा टिक्नु, सरकारमा रहने नरहने भनेको गौण कुरा हुन्।’

    देशमा थुप्रै कुराहरू बदलिएको भन्दै मान्छेहरूको आकांक्षा पनि बढेको बताए। उनले अगाडि भने, ‘म अस्ति कोरिया गएर आए, कोरियामा एउटा केटोले महिनाको बचत दुई लाख छ कमाई अडाई लाख छ मेरो देशमा अहिले वर्षको पाँच लाख रोजगारी सिर्जना गर्नपर्छ, मैले त्यो दुई लाख दिने, एक लाख दिने तलब दिएर कति जना रोजगारी सिर्जना हुन्छ, देशमा अहिले । ४०/५० हजार मान्छे भन्दा बढीले गुणस्तरको काम पाएको अवस्था छैन।’
    उनले देशमा अहिले लाखौँ मान्छेलाई रोजगारी सिर्जना गर्नुपर्ने अवस्था रहेको बताए।

  • देउवाले भने- पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले राेक्दैन

    देउवाले भने- पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले राेक्दैन

    काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै पूर्वराष्ट्रपतिबारे संविधान नबाेलेकाे बताए।

    उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउने विषयमा मलाई जानकारी छैन। संविधानले केही पनि भनेको छैन। यसबारेमा मलाई त्यति जानकारी छैन ।’
    संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिने भएकाले संशोधन गर्ने विषयमा सहमति भइनसकेको बताए।

  • प्यूठानमा भारतबाट फर्केका एक युवामा हैजा सङ्क्रमण, आइसोलेसनमा राखेर उपचार हुँदै

    प्यूठानमा भारतबाट फर्केका एक युवामा हैजा सङ्क्रमण, आइसोलेसनमा राखेर उपचार हुँदै

    रूपन्देही । प्यूठानमा एक युवामा शंकास्पद हैजाको संक्रमण भेटिएको छ । जिल्लाको मल्लरानी गाउँपालिका २, भैसामरेका स्थानीय ३३ वर्षीया एक युवामा शंकास्पद हैजा देखिएको हो ।

    बुधवार भारतको जलन्धरबाट घर फर्किदै गर्दा बाटोमा स्वास्थ्य समस्या देखिएको उनले बताएका छन्। घरमा पुगेर स्वास्थ्यमा सुधार आउनुको सट्टा समस्या बढ्दै गएपछि बिहीबार राती अस्पताल पुर्याइएको आफन्तले जानकारी दिएका छन् ।

    बिरामीको लक्षण हैजासँग लक्षण मिल्दोजुल्दो भएकोले अहिले उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार भैरहेको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

    प्यूठान अस्पताल विजुवारमा उपचारका क्रममा आराडिटि परीक्षणमा एनटिजिन पोजेटिभ देखिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार अझै जीवाणु पुष्टि भईसकेको छैन ।

    जीवाणु पुष्टिको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवलमा बिरामीको दिशाको नमुना पठाउने तयारी भैरहेको प्रयोगशाला इन्चार्ज संगम कक्षपतिले जानकारी दिए । दुई दिन अगाडि पनि यस्तै बिरामी उपचारको लागि आएकोमा दिशा परीक्षणको लागि पठाइएकोमा अझै रिपोर्ट आइनसकेको उनले बताए ।

    वर्षातको समय स्वास्थ्यको ख्याल गर्न समेत अस्पतालले सुझाएको छ । दुषित खानेपानी, बासी सडेगलेको खानेकुरा लगायतका कारण हैजा तथा पखाला लाग्ने भएकोले यस्ता खानेकुरा प्रयोग नगर्न स्वास्थ्यकर्मीले सुझाएका छन् ।

    भारतबाट उनी सँगसँगै आएका अन्य ५ जनामा पनि पखाला लाग्ने लक्षण देखिएको बताइएको छ। तर उनीहरु अहिलेसम्म अस्पतालको सम्पर्कमा आइनसकेको अस्पतालले जनाएको छ ।

  • पुष्पलाल लोकमार्ग अभियान सुरू गर्न अध्यक्ष प्रचण्ड पोखरामा

    पुष्पलाल लोकमार्ग अभियान सुरू गर्न अध्यक्ष प्रचण्ड पोखरामा

    पोखरा । नेपाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जेठ २ गते बैतडीको पाटनबाट सुरु गरेर बर्खाको मौसम लागेकाले रोकिएको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग ) केन्द्रीत अभियान पुनः सुरु गर्ने भएको छ ।

    बर्खाको मौसमका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान पोखराबाट आज (भाद्र २१ गते) दिउँसो ३ बजे रुपा-१ स्यास्त्री स्थित शहीद पार्कबाट पुनः सुरु हुने भएको हो ।

    साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भदौँ २१ देखि सुरु गर्ने निर्णय गरेको थियो ।

  • कर्ण थापालाई फरक मत पढ्न दिइएन, आधा घण्टा उभिएर बसे

    कर्ण थापालाई फरक मत पढ्न दिइएन, आधा घण्टा उभिएर बसे

    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने पार्टीको निर्णयमाथि असहमतिसहित फरक मत राख्ने नेता कर्ण थापाको तयारीमा नेतृत्वले रोक लगाएको छ ।

    गोदावरीमा जारी विधान महाधिवेशनको दोस्रो दिन उनी फरक मत वाचनका लागि मञ्चअघि उभिएका थिए । स्थायी कमिटी सदस्यसमेत रहेका नेता थापालाई फरक मत पढ्न दिने कार्यसूची हिजै तय भएको थियो । उनको प्रतिवेदन प्रतिनिधिलाई बाँड्न दिन पनि नेतृत्व तयार भएको थियो ।

    सोहीअनुसार थापा फरक मत पढ्न तयार भए । तर, अध्यक्ष ओलीले केही दिनअघि ३ घण्टा थापा र आफूबीच वान टु वान कुरा भएको तर आफूलाई कन्भिन्स गर्न नसकेको हललाई बताए ।

    एक प्रतिनिधिका अनुसार ओलीले ‘अस्ति १२ देखि ३ बजेसम्म तपाईँ र मेरो कुरा भएकै हो । किताब बाँड्न दिएकै छ । तपाईँले मलाई कन्भिन्स गर्न सक्नुभएन जानुस् ।’ भनेर रोक लगाए ।

    उनी आधा घण्टासम्म उभिएर फरक मत नपढी बसेका थिए ।

    थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनेलगायतको विषय समेटिएको ३२ पृष्ठ लामो फरक ३ दिनअघि च्यासलमा पेश गरेका थिए ।

    बिहीबार साँझको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि भण्डारीको पक्षमा फरक मत राखेका थिए । उनलाई उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि साथ दिएका छन् ।

    विधान महाधिवेशनमा विद्याको सदस्यताको विषय छलफल नहुने ओलीले बताइसकेका छन् ।

  • पार्टी निर्माणमा एमालेले देखेको चुनौती- नेताहरूको भड्किलो जीवनशैली र आचरणमा स्खलन

    पार्टी निर्माणमा एमालेले देखेको चुनौती- नेताहरूको भड्किलो जीवनशैली र आचरणमा स्खलन

    काठमाडौं । नेकपा एमालेले पार्टी निर्माणमा १४ चुनौती देखेका छन्। ललितपुर गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाधिवेशनमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रस्तावमा पार्टी निर्माणको चुनौतीहरूले उल्लेख छ ।

    दस्तावेजमा भनिएको छ, ‘नेकपा (एमाले) कठिन समयमा जनताको बीचमा हुर्किएको पार्टी हो। त्यसक्रममा यस पार्टीका नेता र कार्यकर्ताले उदाहरणीय जनशैलीको विकास गरे। पार्टी काममा उक्त जनशैलीलाई स्थापित गर्ने काम गरे। पार्टीले विकास गरेको सोही जीवनशैलीको बलमा जनतासँगको घनिष्ठ सम्बन्ध कायम गर्न पार्टी सफल रहँदै आएको छ। आज पनि पार्टी र नेतृत्वका विरुद्धमा चौतर्फी घेराबन्दी र आक्रमण भइरहँदा सोही जीवनशैलीसँग परिचित जनताको पङ्क्तिले नेकपा (एमाले) र यसको नेतृत्वको दृढतापूर्वक रक्षा गर्ने गरेको छ ।’

    पछिल्लो समयमा पार्टीका कतिपय नेता–कार्यकर्ताको जीवनशैली भड्किलो बन्दै जानु र आचरणमा समेत स्खलन देखिनु दुःखद विषय भएको उल्लेख छ।

    दस्तावेजमा भनिएको छ, ‘केही कमजोरी नहुँदा त आरोपित गर्ने जत्था खडा भएको अवस्थामा सामान्य कमजोरी भेटेपछि तिललाई पहाड बनाउने अवस्था छ। यस्ता कुरामा पार्टी पङ्क्तिले ध्यान पुर्‍याउन नसक्दा त्यसले पार्टीलाई समेत गम्भीर असर पुर्‍याउने गरेको छ। पार्टीका नेता र कार्यकर्ताहरू हरदम जनताको निगरानीमा हुन्छन् भन्ने तथ्यलाई हृदयंगम् गर्नु पर्दछ। जनता आफूले मन पराएका नेता र पार्टीका बारेमा आरोप लाग्दा चिन्तित बन्ने गर्छन् । नकारात्मक प्रचारले पार्टी पक्षको जनमतलाई समेत प्रभावित गर्दछ ।’

    पार्टीका नेता र कार्यकर्ताले हरदम जनपक्षीय जीवनशैली र असल आचरण अवलम्बन गर्नुपर्ने भन्दै पछिल्ला दिनमा पार्टी जीवनशैली र आका प्रश्नमा सुधारको योजना अघि बढाउन खोजे पनि त्यसलाई प्रभावकारी बनाउन पार्टीपंक्तिलाई ध्यानाकर्षण गराएका छन्। उनले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई अन्त्य गर्ने उद्घोष गरेको भए पनि त्यो समस्या खासै हल हुन नसकेको उल्लेख छ ।

    प्रतिवेदनमा भनिएको छ, ‘नीति र नेतृत्वका प्रश्नमा पछिल्लो समय पार्टीमा खासै समस्या नभए पनि स्थानीय तहका अन्तरविरोधले गुटबन्दीको स्वरूप ग्रहण गर्ने जोखिम बढेको छ। वैचारिक राजनीतिक कामको अभावमा दक्षिणपन्थी अवसरवाद मौलाउने र त्यसले पार्टी जीवनलाई समेत प्रभावित गर्ने अवस्था देखिन्छ ।’

    वैचारिक राजनीतिक स्तर र संगठनात्मक अनुभव कमजोर भएका कार्यकर्ताहरू कमिटीको महत्त्वपूर्ण जिम्मेवारीमा पुग्दा त्यसबाट पार्टी पद्धति र अनुशासनको पक्ष कमजोर बन्न पुगेको उल्लेख छ।

    ‘पछिल्लो समयमा त्यस्ता कार्यकर्ताहरूबाट समर्थनमा होस् वा विरोधमा, अनुशासनको सीमा भत्काउने प्रवृत्ति देखिन्छ । पार्टीमा अवसरवाद र अराजकता गुटबन्दीका स्रोत हुन् । त्यस्ता कुरालाई समयमै समाधान गर्नुपर्दछ । मिसन चौरासीको सफलताका लागि अवसरवाद र संगठनात्मक अराजकताका विरुद्धको सङ्घर्षमा सफलता हासिल गर्नु अपरिहार्य छ’ दस्तावेजमा उल्लेख छ।

  • एमाले विधान महाधिवेशन- प्रस्तावमाथि समूहगत छलफल जारी

    एमाले विधान महाधिवेशन- प्रस्तावमाथि समूहगत छलफल जारी

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशनमा आजबाट समूहगत छलफल सुरू भएको छ। ललितपुर गोदावरीस्थित सनराइज हलमा दोस्रो दिन आज महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरूमाथि छलफल सुरु भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

    महाधिवेशनको पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेपछि समूहगत छलफल थालेका हुन्।

    प्रतिनिधिलाई समूहगत छलफलका लागि १० समूहमा विभाजन गरिएको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित हिजोदेखि एमालेको दोस्रो विधान महाधिवेशन सुरु थियो।

    महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ । महाधिवेशन भोलि आइतबारसम्म सञ्चालन हुनेछ ।

  • सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

    सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८१र८२ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।
    बैंकको कोशी प्रदेशका १९, मधेश प्रदेशका १६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ तथा सुदूरपश्चिम प्रदेशका ९ शाखाहरु मार्पmत विभिन्न उमेर समुहका व्यक्तिहरु, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु र अन्य समुहका गरि विभिन्न वर्गलाई वित्तिय साक्षरताका विभिन्न कार्यक्रमहरुको आयोजना गरी करिब १० औं हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ ।
    कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ ।
    यसबाट बंैकिङ्ग प्रणाली मजवुत हुने र  सर्वसाधारणमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा  स्वस्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एंव असाएहरुको लागि संचालित संस्थाहरुमा सहयोगहरु गरिसकेका छ ।
    विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन रCRN नम्बर सेवा लिन सकिने सुबिधा पनि  ल्याएको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख १२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
  • यी हुन् चीनको ‘भिक्ट्री परेड’मा सहभागी विश्वका शीर्ष कम्युनिस्ट नेता, पुटिनबारे के भन्छन् ?

    यी हुन् चीनको ‘भिक्ट्री परेड’मा सहभागी विश्वका शीर्ष कम्युनिस्ट नेता, पुटिनबारे के भन्छन् ?

    काठमाडौं । बेइजिङमा आयोजित ८०औँ ‘भिक्ट्री डे’ सैन्य परेडमा चीनले ऐतिहासिक विजयलाई स्मरण गर्दै आधुनिक सैन्य शक्ति प्रदर्शन मात्र गरेन, विश्वका प्रभावशाली नेता र देशहरु आफूसँग रहेको सन्देश समेत दिन खोज्यो ।

    राष्ट्रपति सी जिनपिङको आतिथ्यमा रुस, उत्तर कोरिया, नेपाल, भियतनाम, क्युबा, लाओस, इन्डोनेसिया, मलेसियालगायत समाजवादी र सहयोगी मुलुकका नेताहरूको उपस्थिति थियो ।

    परेडमा राष्ट्रपति सी जिनपिङले चीन र सहभागी राष्ट्रबीचको ऐतिहासिक मित्रता र नयाँ बहु ध्रुवीय विश्व व्यवस्था निर्माणको सन्देश दिए।

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उन, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित भियतनाम, लाओस, क्यूबा र अन्य एससीओ/ब्रिक्स मुलुकका नेताहरू उपस्थित रहे। उनीहरूको सहभागिता चीनले अघि सारेको ‘Global Initiatives’ – विकास, सुरक्षा र सभ्यता-प्रति समर्थनको संकेत मानिएको छ।

    परेडमा अत्याधुनिक मिसाइल, ड्रोन, लडाकु विमान र साइबर क्षमतासहित चीनको सैन्य शक्ति देखाइयो। यसले चीनलाई केवल ऐतिहासिक स्मृतिमा होइन, भविष्यको विश्वव्यवस्थामा प्रमुख शक्ति बनाउन खोजिएको स्पष्ट गर्‍यो।

    चीनको यो परेडले इतिहास सम्झाउँदै वर्तमान भू–राजनीतिक प्रतिस्पर्धामा चीनको भूमिकालाई अझै प्रष्ट पारेको छ ।  सहभागी नेताहरूको उपस्थिति चीनको नेतृत्वमा बहु ध्रुवीय विश्वव्यवस्थाको समर्थनको रूपमै बुझिएको अन्तर्राष्ट्रिय मिडिया विश्लेषणहरू आइरहेका छन् ।

    सहभागी नेताहरू

    यस परेडमा चीनका राष्ट्रपति सी जिनपिङ स्वयं प्रमुख आयोजकका रूपमा उपस्थित थिए। उनीसँगै विश्वभरका प्रभावशाली नेताहरू उपस्थित भए, जसले परेडलाई केवल चीनकै नभई समाजवादी र वैकल्पिक विश्वव्यवस्थाको ऐक्यबद्धताको प्रदर्शनमा परिणत गराएको विश्लेषण भइरहेको छ ।

    किनकि परेडमा सहभागी अधिकांश नेता कम्युनिस्ट विचारधारा, समाजवादी वा राष्ट्रवादी विचार पृष्ठभूमिका थिए ।

    किम जोङ उनले  चीन–उत्तर कोरिया सम्बन्ध अझै मजबुत भएको सन्देश दिए भने भ्लादिमिर पुटिनले आफ्नो ‘रणनीतिक साझेदारी’ चीनसँग पुनः पुष्टि गरेको देखाए । त्यस्तै केपी शर्मा ओलीले एससीओ सम्मेलन र परेड दुवै कार्यक्रममा सहभागी भएर नेपाललाई चीन–भारतबिचको भूराजनीतिक बहसमा सन्तुलन खोज्ने अवसर बनाएका छन्।

    भियतनाम, लाओस र क्यूबाका कम्युनिस्ट नेताहरू भने समाजवादी एकताको प्रतीकका रूपमा सहभागी भएका थिए । केही अन्य एससीओ र ब्रिक्स मुलुकका नेताहरूले पनि उपस्थिति जनाए, जसले चीनले निर्माण गर्न खोजेको बहु ध्रुवीय विश्वव्यवस्थालाई बलियो आधार दिएको देखिन्छ।

    चीनको भिक्ट्री परेडमा सहभागी विश्वका शीर्षस्थ नेता सबै कम्युनिस्ट हुन् ? अवश्य पनि होइनन् । परेडमा चीन, उत्तर कोरिया, भियतनाम, लाओस, क्यूबा जस्ता कम्युनिस्ट/समाजवादी विचारधारा अपनाएका मुलुकका नेता उपस्थित थिए।

    तर त्यहाँ रुसका सर्वकालीक नेता पुटिन पनि थिए ।

    रुस आजको दिनमा सोभियतकालीन कम्युनिस्ट शासन नभएर राष्ट्रवादी–केन्द्रित शासनमा छ । यद्यपि पुटिन सोभियत विचारधाराबाट प्रभावित नेता हुन् उनी साम्यवादी शासनका पक्षधर थिए । हालै पुटिनले स्टालिनको सालिक मस्कोमा पुनर्स्थापित गरेर विश्वलाई नयाँ सन्देश दिएका छन् कि उनी कम्युनिस्ट पार्टीका नेता होइनन् तर त्यो विचार र विरासतबाट टाढा पनि छैनन् ।

    परेडमा सहभागी नेपालका प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टीका अध्यक्ष हुन् तर नेपाल कम्युनिस्टको एकल सत्ताको अभ्यासमा भने छैन । अन्य केही मुलुकका गैर–कम्युनिस्ट नेताहरू पनि सहभागी भएका थिए परेडमा ।

    चीनले यस परेडलाई वैश्विक शक्ति प्रदर्शन र ऐतिहासिक स्मरणको रुपमा प्रस्तुत गरेको हुँदा विभिन्न राजनीतिक पृष्ठभूमिका नेताहरू निमन्त्रणा स्वीकारेर आएका थिए।

    परेडमा सहभागी २६ देशका शीर्षस्थ नेतामध्ये ७ जना कम्युनिस्ट थिए भने अन्यमा राष्ट्रवादी,समाजवादी र मिश्रित लोकतन्त्र मान्ने तथा अधिनायकवादी पनि थिए । चिनियाँ मिडियाहरुलाई निम्न नेतालाई वामपन्थी र कम्युनिस्ट भनेका छन् ।

    १. सी जिनपिङ चीन (चिनियाँ)   कम्युनिस्ट पार्टी

    २. किम जोङ उन  (उत्तर कोरिया)  वर्कर्स पार्टी

    ३. तोम लम  (भियतनाम)     कम्युनिस्ट पार्टी

    ४. थोंगलुन सिसौलिथ (लाओस)  कम्युनिस्ट पार्टी

    ५. मिगुएल डियास कानेल  (क्यूबा) कम्युनिस्ट पार्टी

    ६. केपी शर्मा ओली (नेपाल) कम्युनिस्ट पार्टी (एमाले)

    ७. भ्लादिमिर पुटिन  (रूसी) केन्द्रीकृत राष्ट्रवादी शासन (गैर–समाजवादी, तर सोभियत परम्पराको प्रभाव)

    यसर्थ, सहभागी सबै नेता कम्युनिस्ट वा समाजवादी होइनन्, तर कम्युनिस्ट परम्परासँग नजिक मुलुकका नेताहरूको उपस्थिति बढी थियो।

  • सीजी इलेक्ट्रोनिक्सको चाडपर्व विशेष योजना सार्वजनिक

    सीजी इलेक्ट्रोनिक्सको चाडपर्व विशेष योजना सार्वजनिक

    काठमाडौं । दशैं, तिहार र छठपर्वको अवसरमा सीजी इलेक्ट्रोनिक्सले विशेष चाडपर्व योजना ‘भित्र्याऔँ खुशी र समृद्धि #Level Up With CG’ सार्वजनिक गरेको छ ।

    यस अभियान अन्तर्गत ग्राहकहरूले अत्याधुनिक CG तथा CG Meridia Signature Series का उत्पादनहरूमा रु. १,८१,९०० सम्मको आकर्षक क्यासब्याक, विशेष उपहारहरू तथा बहुपक्षीय सुविधा प्राप्त गर्न सक्नेछन्।

    अफरहरू:

    • माइक्रोवेभ ओभन – निःशुल्क कुकिङ किट
    • सेमी अटोमेटिक / टप लोड वाशिङ मेसिन – एरियल ३ केजी निःशुल्क
    • फ्रन्ट लोड वाशिङ मेसिन – एरियल ६ केजी निःशुल्क
    • डिस्वाशर – निःशुल्क डिस्वाशर वाशिङ ट्याब्लेट
    • एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन सेवा

    थप सुविधा:

    • ९ महिनाको NetTV सब्सक्रिप्सन निःशुल्क ४३ इन्च र त्यसभन्दा माथिका CG र CG Meridia टिभीको खरिदमा
    • CG X-Elex– पुराना उपकरणको उचित मूल्यमा एक्सचेन्ज सुविधा
    • सजिलै 0% EMI सुविधा नागरिकता भएमा ( शर्तहरू लागु हुने)

     कम्पनी प्रतिनिधिको भनाइ अनुसार:

    “दशैं र तिहार नेपालीहरूको मात्र पर्व होइन, खुशी र समृद्धिको पहिचान हो। यसै भावनालाई आत्मसात गर्दै ‘Level Up With CG’ अभियान सुरु गरिएको हो, जसले नेपाली परिवारको जीवनस्तरलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएको छ।”

    सीजी इलेक्ट्रोनिक्स देशभर २० वटा आधुनिक शोरुमहरू, २५ वटा आफ्नै सेवा केन्द्रहरू तथा १५ वटा फ्रेन्चाइज सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।

    यो अफर २०८२ साल भदौ १८ गतेदेखि नेपालभरिका सबै सीजी शोरुम तथा अधिकृत विक्रेताहरूमा सीमित समयको लागि उपलब्ध हुनेछ।

     

  • स्मार्ट च्वाईस टेक्नोलोजिजको थ्रीडीएस एसीएस सेवा सुरु

    स्मार्ट च्वाईस टेक्नोलोजिजको थ्रीडीएस एसीएस सेवा सुरु

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले 3DS Access Control Server (ACS) सेवा सफलतापूर्वक सुरुवात गरेको छ । ACS विश्वव्यापी 3D Secure प्रोटोकलको महत्वपूर्ण अंग हो, जसले कार्डबाहकहरूलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रियालाई सहज बनाउँछ र ठगीविरुद्ध उच्च स्तरको सुरक्षा सुनिश्चित गर्छ ।

    Global IME Bank नेपालमा SCT को 3DS ACS सेवामा आबद्ध हुने पहिलो बैंक बनेको छ । त्यससँगै, NMB Bank लाई पनि यो सेवा प्रदान भइसकेको छ, जसले यस सेवाको पहुँच अझ विस्तार गरेको छ । यी सहकार्यहरुमार्फत Global IME Bank र NMB Bank का कार्डबाहकहरूले अब अनलाइन कारोबार गर्दा अझ सुरक्षित र सहज प्रमाणीकरण सुविधा पाउनेछन् ।

    SCT ले सुरु गरिएको ACS सेवा नेपालमा डिजिटल भुक्तानी क्षेत्रमा नयाँ प्रगतिका रुपमा स्थापित भएको छ । यसले अनलाइन कारोबार गर्दा रियल–टाइम प्रमाणीकरणठगी रोकथाममा सहयोग प्रदान गर्ने भएकाले अनलाइन किनमेल, टिकटिङ, र अन्य भुक्तानी अनुभवलाई अझ सुरक्षित र विश्वासिलो बनाउने छ । यसले ग्राहकको डिजिटल च्यानलमा विश्वास बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रादायक संस्थाहरूको सुरक्षाका मापदण्डसँग नजिक ल्याउँदै, नगदविहीन अर्थतन्त्रतर्फको यात्रालाई पनि टेवा पुर्‍याउने छ  ।

     

  • मधेश केन्द्रित दलको निचोड- अब फुटेर होइन, एक भएर आन्दोलनमा जानुकाे विकल्प छैन

    मधेश केन्द्रित दलको निचोड- अब फुटेर होइन, एक भएर आन्दोलनमा जानुकाे विकल्प छैन

    काठमाडौं । सङ्घीय लोकतान्त्रिक मोर्चाले आज विराटनगरमा वर्तमान राजनीतिक अवस्थाबारे जागरण अभियान गरेको छ। कार्यक्रमलाई मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गरे।

    कार्यक्रममा बोल्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनै समय एउटै पार्टीमा रहेका नेताहरू अलग भएकाले अहिले फेरि मोर्चा बनाउनुपरेको बताए।
    उनले भने, यहाँ मञ्चमा बसेका सबै नेता कुनै बेला एउटै पार्टीमा हुनुहुन्छ। तर सँगै काम चलेन भनेर विभाजित हुनभयो। सबै उत्पीडितहरूले आ–आफ्नो राष्ट्रिय पहिचान अर्थात् जातीय पहिचान खोजेका छन् । त्यसकारण राष्ट्रिय पहिचानसँगै सबै समुदायले प्रतिनिधित्व र स्वायत्तता खोजेका छन्।

    देशमा सबैको हक मारेर बसे सबै उत्पीडितहरू उसैकाेपछि भ्रममा परेर अवसरको कारण लागेको बताए। उनले थपे, ‘जोसँग लडेर अधिकार लिनुपर्ने उसैको पछि लागेपछि कहाँ अधिकार पाइन्छ ? भूमि ऐन ल्याउनु भनेको देशलाई वनजंगल मुक्त बनाउने हो। यो धन कमाउने योजनामा ल्याइएको छ।’

    राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आदिवासी जनजाति मधेसीहरू देशमा राज्यविहीन भएर बाँच्न बाध्य भएको बताए। कांग्रेस र एमालेले आफूहरूलाई विभाजित गराइरहेको आरोप लगाए ।

    उनले भने, ‘विगतको दिनमा मधेसी, थारु, आदिवासी जनजाति, दलित, पिछडावर्गहरूले छुट्टाछुट्टै एक्ला एक्लै सङ्घर्ष गरेकाले असफल भयौँ । त्यसकारण यदि उत्पीडितहरूले अधिकार, पहिचानका लागि मिल्नुको विकल्प छैन। नश्लिय शासन सत्ताबाट मुक्ति चाहिएको छ भने राष्ट्रिय मुक्ति आन्दोलन अपरिहार्य छ ।’
    कार्यक्रममा बोल्दै लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अधिकार पहिचानको लागि भएको आन्दोलनमा सङ्घर्ष गरेका योद्धा साथीहरू माथि झुटा मुद्दा लगाई सरकारले जेलमा राख्ने काम गरेको बताए ।

    उनले भने, ‘हाम्रो बारम्बारको सङ्घर्षले मधेश शब्दले मान्यता पाएको छ। देशबाट राजा फाल्नु र गणतन्त्र ल्याउनु उपलब्धि हो ।’ उनले उखु किसानलाई सरकारले बेवास्ता गर्नु ठिक नरहेको बताए। हैजा फैलिनु र खानेपानी अभाव हुनु भनेको सरकार लापरवाह बन्नु रहेको बताए।

    जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले देश हाम्रो भएकोले राज्य पनि हाम्रो हुनु पर्ने बताए। मधेसीहरू सामाजिक र राजनीतिक रूपमा विभाजित रहेकोले एक हुनुपर्ने बताए।

    राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले संविधान संशोधनको पक्षमा जनमत तयार गर्नुपर्ने बताए। उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउन, आन्दोलनकारीहरू माथिको मुद्दा खारेज गराउन, आन्दोलनकारी राजबन्दी रिहाइ गराउन, भूमि विधेयक षड्यन्त्रपूर्वक आएको छ त्यसको विरोध गरी भूमिको रक्षा गर्न, भ्रष्टाचारको विरोध गर्न, जनजीविकाको सवालमा जनचाहना अनुसार कार्य गर्न मोर्चा एकजुट हुनुपर्छ ।’

    तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले संविधानको संशोधन समावेशिताको ग्यारेन्टीको लागि चाहिने, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि संशोधन चाहिने, संशोधन अधिकार प्राप्तिको लागि चाहिने बताए। जनताले समर्थन गर्ने हो भने मोर्चालाई एक ढिक्का बनाएर अगाडि बढाउने बताए।

    नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव चन्द्र कुमार चौधरीले यो मोर्चा गठनले थारु, मधेसी, आदिवासी जनजाति बीच उत्साह बढेको बताए। मोर्चा एकजुट भएको सन्देश छिट्टै रुपन्देही ३ को चुनावी परिणामले पनि दिने विश्वास व्यक्त गरे।

    मोर्चाले पहिलो चरणमा देशको आठ ठाउँमा जनजागरण अभियान सञ्चालन गर्ने तय गरेको थियो । जसअनुसार अब १८ गते राजविराज र २० गते जनकपुरधाममा कार्यक्रम हुनेछ ।

  • सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटेलमा २० प्रतिशत छुट

    सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटेलमा २० प्रतिशत छुट

    काठमाडौं । सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेल प्रा. लि. बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    सम्झौता अनुसार पोखरा स्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

  • निजी क्षेत्रलाई मुख्यमन्त्री शाहका प्रस्ताव- सुदूरपश्चिममा लगानी गर्नुहोस्, जग्गा, बाटो र बिजुली–पानी हामी दिन्छौँ

    निजी क्षेत्रलाई मुख्यमन्त्री शाहका प्रस्ताव- सुदूरपश्चिममा लगानी गर्नुहोस्, जग्गा, बाटो र बिजुली–पानी हामी दिन्छौँ

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । आगामी मङ्सिर १ र २ गते कैलालीको धनगढीमा हुने लगानी तथा विकास सम्मेलनसम्बन्धी नेपाल उद्योग परिसंघमा आयोजित कार्यक्रममा उनले लगानीकर्ताहरूलाई सुदूरपश्चिममा स्वागत गर्न आफूहरू पर्खिरहेको बताएका थिए ।

    ‘हामी सरकार होइनौँ, सेवक हौँ । हामीलाई सुदूरपश्चिम बनाउनु छ, त्यसमा तपाईंहरूको साथ हामीले खोजेका छौँ,’ मुख्यमन्त्री शाहले भने, ‘तपाईंहरूले कति उद्योग बनाउनुहुन्छ भन्नुहोस्, जग्गा मात्र होइन, बाटो, बिजुली र पानी प्रदेश सरकारले व्यवस्था गर्छ ।’

    सुदूरपश्चिमलाई समृद्ध बनाउन निजी क्षेत्रको लगानी आवश्यक रहेको मुख्यमन्त्री शाहले बताएका थिए । ‘एउटा सिंगो प्रदेशको सरकार केन्द्रको राजधानीमा हरेक निजी क्षेत्रसँग, संघीय सरकारसँग लगानीका लागि अपिल गरिरहेको छ,’ उनले भने, ‘लगानीमैत्री वातावरण निर्माण गर्न सिंगो सरकार र सदनको विश्वास लिएर हामी लागिरहेका छौँ ।’

    मुख्यमन्त्री शाहले सुदूरपश्चिममा निजी क्षेत्रको लगानी सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

    ‘सुदूरपश्चिममा धेरै सम्भावनाहरू छन् । हामी ती सम्भावनामार्फत प्रदेशलाई समृद्ध बनाउन चाहन्छौँ,’ मुख्यमन्त्री शाहले भने, ‘लगानीमैत्री वातावरण हामी बनाउँछौँ, तपाईंहरू आउनुहोस्, लगानी गर्नुहोस्, तपाईंहरूको लगानीको सुनिश्चितता हामी गर्छौँ ।’

    भारत भ्रमणका बेला पनि आफूले सुदूरपश्चिमको विकास र समृद्धिबारे छलफल गरेको भन्दै उनले अहिले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका थिए ।

    ‘हामीसँग अपार सम्भावनाहरू छन् । हामी ती सम्भावनामाझ हराइरहेका छौँ, अलमलिइरहेका छौँ । अब त्यो कमजोरी गर्ने छुट छैन,’ उनले भने, ‘तपाईंहरू साथ दिनुहोस्, हामी सुदूरपश्चिमलाई समृद्ध बनाएरै छाड्छौँ ।’

    नेपाल उद्योग परिसंघका कार्यकारी निर्देशक घनश्याम ओझाले परिसंघले गरिरहेको लगानी सम्मेलनबारे जानकारी गराएका थिए । सुदूरपश्चिम प्रदेशमा लगानीको सम्भावनाबारे नीति तथा प्रदेश योजना आयोगका सदस्य नृप सुनारले कार्यपत्र प्रस्तुत गरेका थिए  । उनले विकास तथा लगानी सम्मेलनपछि सुदूरपश्चिम प्रदेशमा विकासको ढोका खुल्ने विश्वास व्यक्त गरे ।

    परियोजना विज्ञ दिलीप भट्टले लगानी सम्मेलनबारे जानकारी दिए । कार्यक्रममा सहभागी निजी क्षेत्रका लगानीकर्ताहरुलले सरकारले नीतिगत सुधार गरिदिए आफूहरू लगानी गर्न तयार रहेको बताए ।

    परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले लगानीका लागि नीतिनै समस्या रहेको बताए । ‘लगानीकर्ताहरूलाई नीतिगत समस्या रहेको छ । सरकारले जग्गा र बाटो दिनुपर्छ । औद्योगिक क्षेत्र निर्धारण गरेर त्यहाँ उद्योगबाहेक अन्य काम गर्न दिनु हुँदैन,’ उनले कार्यक्रममा भनेका थिए ।

    उनले प्रदेश संरचनालाई बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै नीतिगत सुधार भएमा आफूले जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाए । ‘२०–३० अर्ब हामी लगानी गर्न सक्छौँ, तर त्यसका लागि हामीलाई जग्गा चाहिन्छ । एकद्वार प्रणालीमार्फत एक हप्ताभित्र इजाजत दिनुहोस्, हामी उद्योग खोलेर तपाईंको कार्यकालमै सञ्चालन गर्छौँ,’ उनले भने ।

    सरदा ग्रुपका प्रतिनिधिहरुले सौर्य उर्जाका लागि आफूहरू लगानी गर्न तयार रहेको बताए । परिसंघका उपाध्यक्ष राजबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा नीतिगत सुधार भए लगानीकर्ताको घुइँचो लाग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा दुई दर्जन बढी निजी क्षेत्रका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो । उनीहरुमध्ये अधिकांशले आफूहरू लगानी गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए ।

  • ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीतः ‘ढाका ढोपी’ सार्वजनिक

    ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीतः ‘ढाका ढोपी’ सार्वजनिक

    काठमाडौं । आउँदो फुलपातिमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको छ । आशिष अविरल र मेलिना राइको स्वर रहेको यो गीतमा दान बहादुर कार्कीको शब्द, दीपक शर्माको संगीत छ ।

    सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्काले नृत्य गरेका छन् । लोक लयमा तयार पारिएको यो गीतमा प्रकाश र स्वस्तिमाले जोडी बाँधेका छन् । गीतको कोरियोग्राफी किरण थापा र रविता मगरको छ ।

    दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, दिव्य देव पन्त, हरिहर शर्मा, दिनेश काफ्ले लगायतका कलाकारहरुको अभिनय छ ।

    सरोज ओली र मोहित वंश आचार्यको निर्माणमा तयार भएको फिल्ममा हरिवंश आचार्यको कथा र पटकथा छ । शैलेस खत्री कार्यकारी निर्माता रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, किरण थापा, विक्रम स्वार र मौसम हिमालीको कोरियोग्राफी छ । फिल्मको टिजर, गीतले दर्शकको साथ पाइसकेको छ ।

  • बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा

    बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा

    काठमाडौँ । लगातारको वर्षा र बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने एक सय ५८ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । सडक विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन ठप्प भएको हो ।

    कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अवरुद्ध सडक तत्काल खुलाउनका लागि निर्देशन दिइसकेका छन् । बाढीपहिरोका कारण अवरुद्ध भएका सडक सञ्चालन गरेर आवतजावत सहज बनाउन निर्देशन दिएका हुन्। आइतबार सिंहको अध्यक्षतामा बसेको बैठकमा उनले सडक अवरुद्ध हुँदा नागरिकलाई समस्या भएको भन्दै तत्कालै सडक सञ्चालन गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिएका हुन् ।

    चाँडोभन्दा चाँडो सडक सञ्चालन गर्ने प्रयत्न भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारी बताउछन् । “अवरुद्ध भएका सडक चाँडोभन्दा चाँडो खुलाउने प्रयास भइरहेको छ, कतिपय राजमार्गमा सुधारको काम भइरहेको छ, कतिपय स्थानमा वर्षा भइरहेको र नदीको बहाबसमेत बढेकाले पहिरो पन्छ्याउने तथा सफाइको काम गर्न अवरुद्ध भइरहेको छ,” उनले भने ।

    पूर्ण अवरुद्ध भएका सडकमध्ये ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकखण्ड रहेको छ । चीनबाट साउन १४ गतेको बाढी आएको कारण नदीले सडक कटान गरेकाले सडक अवरुद्ध भएको हो । हाल एक्साभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको छ ।

    यसैगरी जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध भएको छ । पैमा खोलाको बहाब बढेकाले खोलामा पानीको लेभल घटेपछि राजमार्ग सफा गरिने सडक विभागले जनाएको छ ।

    यसैगरी विभागको तथ्याङ्क अनुसार रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले,लेघुवाघाट–तुम्लिङटार खाँदवारी–नुम–किमाथाङ्का (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विभागका अनुसार बरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माणमा ढलानको कार्य बाँकी रहेको तथा पानीको बहाब बढेको कारण डाइभर्सन पुनःस्थापना गर्न नसकिएको, पानी सतह घटेपछि डाइभर्सन निर्माण गरिने र सँगै ढलानको कामलाई पनि जोड दिइने छ । चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । करिब पाँच वर्ष पहिले रेमिट हाइड्रोबाट तमोर नदीमा निर्मित रानी पुल बेलीब्रिज यही साउन ६ गतेको अविरल वर्षाको बाढीले बगाएकाले अवरुद्ध भएको हो । हाल रेमिट हाइड्रोबाट पुनः बेलीब्रिज निर्माणका लागि पहल भएको छ ।
    यसैगरी ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबँेसी–रसुवागढी सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । असार २४ गते चीनतर्फबाट आएको भीषण बाढीका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो । हाल उपकरण परिचालन गरी नदी कटानको कार्य भइरहेको छ ।

    छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर) पनि पूर्ण रूपमा नै अवरुद्ध भएको छ । शाखा बाटो र खोलाबाट आएको लेदो सहितको बाढीपहिरोको कारण उक्त सडकखण्ड अवरुद्ध भएको भन्दै हाल पहिरो पन्छाउने काम भइरहेको विभागले जनाएको छ ।

    कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम (सहिद मार्ग) पनि पूर्णरूपमा नै अवरुद्ध भएको छ । हाल निरन्तर पानी परिरहेको र पहिरो पनि झरिरहेकोले पहिरो रोकिएपछि सफा गर्ने कार्य सुरु हुने विभागले जनाएको छ ।

    सुर्खेत तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक पनि अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोसँगै ठूला–ठूला ढुङ्गा आई सडक अवरुद्ध भएको विभागले जनाएको छ । ढुङ्गा हटाउने प्रयास भइरहेको तर ढुङ्गा झर्ने क्रम जारी रहेको छ । लगातार सुख्खा पहिरो झरिरहेकाले राति बाटो बन्द हुने र दिउँसो बाटो सञ्चालन गर्ने काम जारी छ ।

    छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर) समेत पूर्ण रूपमा अवरुद्ध छ । पानी पर्न रोकिएपछि, खोला घटेपछि पुनः सडक मर्मतको कार्य अगाडि बढाइने विभागले जनाएको छ ।

  • एलजी नेपालको ‘खुशीको ४० वर्ष’ विशेष दशैँ-तिहार अफर

    एलजी नेपालको ‘खुशीको ४० वर्ष’ विशेष दशैँ-तिहार अफर

    काठमाडौं ।  एलजी ले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै “खुशीको ४० वर्ष” नामक दशैँ–तिहार विशेष अभियान सार्वजनिक गरेको छ। दशैँ–तिहारको उल्लासमा उपभोक्तालाई थप उत्साहित बनाउन एलजीले आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको हो।

    नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध यो अभियानअन्तर्गत, उपभोक्ताले ४०% सम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने अवसर पाउनेछन्।

    मुख्य आकर्षण

    • फ्रन्ट लोड वाशिङ मेसिन (११ के.जि. सम्म) – ६ के.जि. एरियल म्याटिक उपहार
    • फ्रन्ट लोड वाशिङ मेसिन (१३ के.जि.+) – इन्डक्सन चुलो उपहार
    • टप लोड / ट्विन टब वाशिङ मेसिन – ३ लि. एरियल लिक्विड उपहार
    • डिशवाशर – २ प्याक डिशवाशिङ ट्याब्लेट उपहार
    • साइड-बाइ-साइड फ्रिज – माइक्रोवेभ ओभन उपहार
    • डबल डोर फ्रिज (३०८ लि. सम्म) – प्रेशर कुकर उपहार
    • डबल डोर फ्रिज (३४० लि.+) – मिक्सर ग्राइन्डर उपहार
    • माइक्रोवेभ ओभन – कुकिङ किट उपहार
    • एयर कन्डिसनर – निःशुल्क इन्स्टलेसन

    अतिरिक्त सुविधा

    • 0% EMI (अन-द-स्पट, नो-कस्ट) – सजिलो किस्ताबन्दी खरिद
    • ३२” वा सोभन्दा ठूलो टिभी किन्दा – ९ महिनाको नेट टिभी सब्स्क्रिप्सन

    यो विशेष अफर भाद्र १६ गतेदेखि नेपालभर सीमित अवधिसम्म लागू हुनेछ।

    एलजी नेपालबारे

    नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षको विश्वास बोकेको एलजी नेपाल गुणस्तर र नवीनताको पर्याय हो। घरायसी उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोलुसन लगायतका अत्याधुनिक प्रविधिसहित एलजीले उपभोक्ताको जीवनलाई सहज र आधुनिक बनाउन निरन्तर योगदान दिँदै आएको छ।

  • जोरपाटीमा कजारियाको शोरूम उद्धघाटन

    जोरपाटीमा कजारियाको शोरूम उद्धघाटन

    काठमाडौं । टाइल ब्रान्ड कजारियाले काठमाडौंको जोरपाटीमा एक अत्याधुनिक शोरूम स्थापना गरेर नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाएको छ । जिएनएस ट्रेडर्स द्वारा सञ्चालित यस नयाँ सुविधाले उच्च गुणस्तरका टाइलको बढ्दो मागलाई पूरा गर्न तथा ग्राहकहरूलाई एक उन्नत र उत्तम डिजाइन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
    यस उद्धघाटन समारोहमा प्रमुख अतिथिको रुपमा संघीय सांसद सदस्य सन्तोष चालिसे थिए भने कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको उपस्थिति थियो । यस अवसरमा मुख्य अतिथिले रिबन काटेर सुरुवात गरे ।

    सन्तोष चालिसेले भने , “यो सुरुवात केवल एउटा व्यवसायिक उद्घघाटन मात्र होइन, यो आधुनिक र सुसज्जित काठमाडौंको हाम्रो दृष्टिकोणतर्फ एक ठुलो कदम हो । कजारियाको उपस्थिति यहाको स्थानीय बजार र हाम्रा जनताप्रति राखिएको विश्वासलाई प्रतिबिम्बित गर्दछ ।’

    यस्तै हिमांशु अग्रवालले कम्पनीले नवप्रवर्तन र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएको बताए । उनले भने “काठमाडौंमा नयाँ शोरूम खोल्दै, हामी उत्कृष्ट डिजाइन, टिकाउपन र केहि नयाँ ग्राहकहरूसम्म ल्याउँदैछौं। कजरिया सधैं गुणस्तरको लागि चिनिएको छ, र यो नयाँ शोरूम त्यसैको प्रमाण हो। हामी नेपालजस्तो विकासोन्मुख देशको यात्रामा सहभागी हुन पाउँदा खुशी छौं र यहाँका ग्राहकहरूसँग लामो सम्बन्ध बनाउने आशा राखेका छौं ।’

    काठमाडौंको जोरपाटीमा अवस्थित, यस नयाँ शोरूममा उच्च गुणस्तरका टाइलहरूको व्यापक संग्रह प्रदर्शित गरिएको छ, जसले ग्राहकहरूलाई पहुँच र सुविधा दुवै प्रदान गर्दछ । यो विस्तारले गुणस्तर र डिजाइनप्रतिको काजरियाको निरन्तर प्रतिबद्धता झल्काउँछ र नेपालको निर्माण तथा आन्तरिक डिजाइन क्षेत्रमा यसको स्थानलाई अझ सुदृढ बनाउँछ ।

    यस शोरूमको सुरुवातले नेपालभर उच्च गुणस्तरका टाइलहरू सहज रूपमा उपलब्ध गराउने कजारियाको मिशनलाई अगाडि बढाउँदै एक महत्वपूर्ण उपलब्धिको रूपमा चिन्हित गरेको छ ।

    कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।

    नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६० x १२० सेमी, ६० x ६० सेमी, १९.५ x १२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४० x ४० सेमी) र सिरामिक वाल टाइल्स (३० x ६० सेमी, ३० x ४५ सेमी) उपलब्ध गराउँछ। यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ। गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ ।

     

  • हुन्डाई क्रेटाको १०औँ  वार्षिकोत्सव सम्पन्न

    हुन्डाई क्रेटाको १०औँ  वार्षिकोत्सव सम्पन्न

    काठमाडौं । नेपालमा हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., ले  सेप्टेम्बर २०२५ मा हुन्डाई क्रेटाको १०औँ  वार्षिकोत्सव सम्पन्न भएको छ।

    नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको छ।

    क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट performance मार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको छ। वर्षौंदेखि यसका विभिन्न मोडल तथा अपग्रेडहरू सार्वजनिक भएका छन् जसले हरेक चोटि performance र style मा नयाँ मापदण्ड स्थापना गरेको छ। क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरण मैत्री यात्रालाई एक साथ अगाडि बढाएको छ। अहिलेसम्मको यात्रामा, क्रेटाले नेपालका सडकहरूमा हजारौँ परिवारलाई भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको छ।

    यस महत्त्वपूर्ण अवसरमा, हुन्डाई नेपाल, क्रेटाको सफलताको लागि सम्पूर्ण ग्राहकवर्ग, डिलर तथा साझेदारहरूलाई हार्दिक आभार व्यक्त गर्दछ। आगामी दिनहरुमा पनि आधुनिक प्रविधि र प्रतिबद्धताका साथ, हुन्डाईले नेपालमा समृद्ध जीवन र दिगो यात्राको भविष्य निर्माणमा साथ रहने लक्ष्य राखेको छ।

     

  • सिटी एक्सप्रेसको दशैं तिहार योजना सार्वजनिक

    सिटी एक्सप्रेसको दशैं तिहार योजना सार्वजनिक

    काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०८२ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ९ हप्ता सम्म चल्ने गरी “यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ , हरेक हप्ता १ लाख” उपहार योजना घोषणा गरेको छ । उक्त कार्यक्रममा र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो ।

    सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक हप्ता १ जनालाई रु १ लाख र हरेक दिन सबैलाई सिटी पे बाट क्याश ब्याक पाउने योजनामा रहेको छ ।

    कम्पनीका अनुसार यस “यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ , हरेक हप्ता १ लाख” अफर भाद्र १६ देखी कार्तिक १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

    सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १९ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

  • बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो

    बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो

    दोधारा चाँदनी (कञ्चनपुर) । आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् ।

    यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताए ।

    त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लाका १५ घर डुबावनमा परेका छन् । उनका अनुसार भीमदत्त नगरपालिका–११ स्थित भुजेलामा पनि पाँच घर डुबानमा परेका छन् । “दोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्तापित भएका छन्, उहाँहरूलाई नजिककैको विद्यालयमा राखिएको छ ।” उनले भने, “डुबानमा परेका परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको छ ।”

    दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका घरपरिवारका ५५ जना, उनका सरसामान र चौपायासमेत नजिककैको जमुना आधारभूत विद्यालयमा राखिएको उनले बताए ।

    महाकालीमा बढ्यो जलस्तर

    अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन आवागमन रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले नदीमा पानीको सतह बढेर एक लाख ४० हजार २५० क्युसेक पुगेको बताए ।

    नदीमा पानीको बहाव एक लाख क्युसेकपुेपछि भारतीय पक्षले आवागमनमा रोक लगाउँदै आएको छ ।

  • भदौ २२ गते आइतबार खग्रास चन्द्रग्रहण

    भदौ २२ गते आइतबार खग्रास चन्द्रग्रहण

    काठमाडौ ।  भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति ०१ः४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । साढे तीन घण्टा काठमाडौँबाट चन्द्रग्रहण देखिने पनि उनले सुनाए ।

    यो ग्रहण विसं २०८२ को पहिलो ग्रहण हो । यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको पनि उनले सुनाए । भदौ २२ गते आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुर बाहेकले भोजन गर्नु हुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

  • चितवनका दुई हात्ती कतार पठाइँदै

    चितवनका दुई हात्ती कतार पठाइँदै

    चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार दुई महिनाभित्रमा हात्ती पठाउने गरी काम भइरहेको छ । उनले भने, “हात्ती राख्ने खोर निर्माणको प्रक्रिया अघि बढाइएको छ । खोर बनेपछि हात्ती पठाउँछौ ।” भैरहवा विमानस्थलबाट पठाइने भएकाले खोर निर्माणपछि दाउन्नेको बाटोको अवस्था हेरेर चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने उनले बताए । कतारको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो । रुद्रकली ७ वर्ष र खगेन्द्र प्रसाद ६ वर्षका छावा हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले खोर निर्माणको काम अघि बढाएको छ ।

    कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार कोष र नेपालका लागि कतार राजदूतावासका बीचमा खोर निर्माण गरी भैरहवा विमानस्थल पु¥याएर जहाज चढाउने सम्मको कामका लागि सम्झौता भइसकेको छ । उनका अनुसार ‘कोटेसन’ मार्फत खोर निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । उनले भने, “दसैँअघि सम्ममा खोर बनाउने गरी तयारी गरेका छौँ ।”

    राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरी हात्ती राख्न खोर निर्माणको प्रक्रिया अघि बढाएको हो । खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तरराष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ । लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरी बताउछन् । खगेन्द्रको आमा कोशी कली हुन् भने रुद्रकी आमा पूजा कली हुन् । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन् ।

    यसअघि नेपालले विभिन्न मित्रराष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ ।

    विसं २०४४ सालमा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ वटा हात्तीलाई जन्म दिई सकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएकामध्ये ६ वटाको मृत्यु भएको छ । यहाँ जन्मिएका हात्ती उपहार दिन लागिएको यो पहिलो हो ।

    यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ सालमा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो ।

  • डिशहोमका ग्राहकलाई ‘मेलुङ थकाली’ मा विशेष छुट

    डिशहोमका ग्राहकलाई ‘मेलुङ थकाली’ मा विशेष छुट

     काठमाडौं ।  डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै चर्चित थकाली “मेलुङ थकाली” सँग साझेदारी गरेको छ। यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १०% छुट पाउनेछन्।

    मेलुङ थकालीको पाँच आउटलेटहरू एअरपोर्ट, गठ्ठाघर, बानेश्वोर्, बौद्ध र बालुवाटारमा रहेको छ र अरु थप शाखाहरु पनि बिस्तारको क्रममा रहेका छन्। यस नेपालकै चर्चित थकाली ब्रान्डसँगको साझेदारीले डिशहोमका ग्राहकहरूलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुटसहित खान सक्ने सुविधा दिनेछ।

    अफर विवरण:

    • थकाली परिकारमा १०% छुट
    • केवल माइ डिशहोम एप मार्फत सक्रिय ग्राहकहरूका लागि उपलब्ध

    छुट लिनका लागि:
    १. माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।
    २. आफ्नो दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लग–इन गर्नुहोस्।
    ३. होम पेज वा प्रोफाइल सेक्सनबाट भर्चुअल प्रिभिलेज कार्ड खोल्नुहोस्।
    ४. मेलुङ थकालीमा यो कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।

    यस साझेदारीलाई औपचारिकता दिने क्रममा मेलुङ थकालीका सह-संस्थापक बसन्त लामा, डिशहोमका चिफ न्यु प्रोडक्ट डेभ्लपमेन्ट एन्ड इन्टिग्रेसन अफिसर, सबिन महर्जन बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

    “यो साझेदारीले नेपालको मनपर्ने थकाली गन्तव्यलाई हाम्रो ग्राहकहरूको दैनिक जीवनमा अझ मूल्य थप्ने हाम्रो प्रतिबद्धतासँग जोडेको छ,” डिशहोमका सीईओ तारा मानन्धरले बताए । “

    डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड ग्राहकहरूलाई डाइनिङ, आतिथ्य, यात्रा र लाइफस्टाइल क्षेत्रमा विशेष छुट र सुविधा प्रदान गर्नका लागि सुरु गरिएको हो। कम्पनीले आगामी महिनाहरूमा अझ धेरै शीर्ष ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।

  • सुनको मूल्यमा नयाँ किर्तीमान, तोलाको दुई लाख पाँच हजार कट्यो

    सुनको मूल्यमा नयाँ किर्तीमान, तोलाको दुई लाख पाँच हजार कट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर किर्तीमान कायम गरिररहेको छ ।

    आइतबार स्थानीय बजारमा प्रतितोला रू दुई लाख तीन हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा रू एक हजार सात सय बढेको हो । आज सुन प्रतितोला रू दुई लाख पाँच हजार तीन सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ४७० पुगेको छ । आइतबार चाँदी प्रतितोला रू दुई हजार ४२५ मा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको छ ।

  • प्रमोद खरेलको स्वरमा गुन्जियो ‘कातिल नजर’, तातियो गजलको बजार

    प्रमोद खरेलको स्वरमा गुन्जियो ‘कातिल नजर’, तातियो गजलको बजार

    काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा नयाँ गजल कातिल नजर शनिवार सार्वजनिक भएको छ । प्रहरी निरीक्षक बुद्धि सुबेदीको सिर्जना कातिल नजर आश्रीया क्रियशन युट्युव च्यानलबाट शनिवार सार्वजनिक भएको हो ।

    बुद्धि सुवेदीको शब्द र प्रमोद खरेलको स्वर रहेको गजलमा संगीत ध्रुव विश्वकर्माले दिएका छन् भने निर्देशन पनि उनैले गरेका छन् । हेमन्त भट्टराईले निर्माण गरेको म्युजिक भिडिओमा नयाँ र पूराना कलाकारको अभिनय छ । गजल कर्णप्रिय रहेकाले दर्शक स्रोताले रुचाउने अपेक्षा निर्माण पक्षको छ ।

    कातिल नजर– गजल
    शब्द– बुद्धि सुबेदी
    संगीत/ निर्देशक– धुर्व विश्वकर्मा
    स्वर – प्रमोद खरेल
    अभिनय– जीवी चिरन(चिरञ्जीवी सापकोटा), अश्विनी शाही, विकास खनाल, कलेन्द्र सेजुवाल, जगदिश रेग्मी, गोपाल दाहाल लगायत ।
    निर्माता– हेमन्त भट्टराई
    सम्पादन– दिलसन शाह
    छायांकार– दिनेश पराजुली
    कारियोग्राफी– सुरेन्द्र बस्याल

  • वीरगञ्जमा विद्या- उठाइन् महिला र मधेशका मुद्दा

    वीरगञ्जमा विद्या- उठाइन् महिला र मधेशका मुद्दा

    हेटौँडा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मधेश र महिलाका मुद्दा उठाउँदै नेतृत्वकारी भूमिकामा महिलाको हस्तक्षेपकारी उपस्थिति हुनु पर्ने बताएकी छिन् । वीरगन्ज उद्योग वाणिज्य संघको अयोाजनामा भएको ‘वृहत् महिला सम्मेलनः नारी शक्ति समर्पण र सम्मान’ कार्यक्रमा बताएकी हुन् ।

    उनले भनिन्,‘संघले आयोजना गरेका ‘वृहत् महिला सम्मेलन, नारी शक्ति समर्पण र सम्मान’मा सहभागी हुन पाएँ । बारा–पर्सा क्षेत्रका उद्योग, व्यापार, सामाजिक क्षेत्रमा महिलासँग भेटघाट हुने अवसर भयो। महिला शक्ति परिवार निर्माणदेखि शैक्षिक सुधार र समाज रुपान्तरणमा अब्बल छन् तर उनीहरुलाई अझै अपेक्षित सम्मान प्राप्त भएको छैन ।’

    ‘महिला पनि नेतृत्व गर्न र उद्यम सञ्चालन गर्न सक्षम छन् भन्ने बारा–पर्साका महिलाले देखाएका छन्, वीरगन्जको उद्योग व्यापारमा महिलाले अग्रणी भूमिका खेल्नु सिंगो देशको अर्थतन्त्र सुदृढ बनाउने यात्रा हो ।’ भण्डारीले भनिन् ।

    उनले समाजमा बाँकी रहेका लैंगिक असमानता हटाउन परिवर्तनको नेतृत्व महिलाले लिनु पर्ने बताइन् । कृषि, साना तथा मझौला, पर्यटन तथा ठुला उद्यममार्फत अर्थतन्त्र सुधार गर्न सकिने बताइन् । आत्मनिर्भर अर्थतन्त्रको सपना साकार पार्न लाग्नु पर्नेमा जोड दिइन् । वीरगंजले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको तर्क थियो । कार्यक्रममा बारा र पर्साका विभिन्न भूमिकामा रहेका अग्रणी नारीलाई सम्मान गरिएको थियो ।

    मधेशका मुद्दा

    भण्डारीले बारामा माछा, केरा, तरकारी, उखु उत्पादनबाट अर्थतन्त्र सुधार हुने बताइन् । बाराकै ऐतिहासिक सिम्रोनगढ, गढीमाइ र निकुञ्जले बाराको पर्यटकीय विकासमा योगदान दिइरहेको बताइन् ।

    उनले चुरे क्षेत्रको अनियन्त्रित दोहनले मधेश मरुभूमिकरण भइरहेको, उर्वर भूमि नष्ट भएको र  बालीको स्तर घटाइरहेको बताइन् । कृषि, उत्पादन र जनजीवन नै त्रसित भइरहेको बताइन् ।

    उनले उखु किसानका भुक्तानी नहुनुले ग्रामीण अर्थमा गम्भीर असर परेको बताइन् । यस्तै, अझै मिटरब्याजी , साहुहरुको अमानवीय व्यवहार पीडितहरुको समस्यामा सरकारी नियमन फितलो रहेको बताइन् । सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग गरिन् । सहकारी क्षेत्रमा उच्च ब्याजको प्रलोभनमा हजारौँले मेहनतको कमाइ गुमाइरहेका विषय पनि उठाइन् ।

    ५१ किलोको माला

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेका नेता कार्यकर्ताले स्वागत गर्दै ५१ किलोको माला लगाइदिएका थिए । एमाले नेतृत्वले कार्यक्रममा सहभागी नहुन निर्देशन दिए पनि केही नेता कार्यकर्ता विमानस्थल पुगेर भण्डारीलाई स्वागत गरेका हुन् ।

    भण्डारीलाई स्वागतको नेतृत्व गर्नेमा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, सचिवालय सदस्य जयप्रकाश थारु, केन्द्रीय सदस्य केदार न्यौपाने, अरविन्द सिंह, मधेश प्रदेश सचिव मनोज पौडेल, वीरगन्ज महानगर अध्यक्ष नवराज शर्मा, बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारी थिए ।

    पार्टी नेताहरुसँग छलफल छैन

    आइतबार बाराको कलैयामा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा पनि पूर्वराष्ट्रपति भण्डारीको सहभागिता हुनेछ । यसैले भण्डारी वीरगञ्जमै हुनेछिन् । ‘उद्योग वाणिज्य संघको कार्यक्रममा आउनु भएको हो, पार्टीका नेताहरुसँग कुनै औपचारिक भेटघाट र छलफल छैन,’ एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले भने ।

    ‘एमालेले राष्ट्रपति बनाएको र हाम्रो गौरवको विषय हो, यसैले आफ्नो गृहनगरमा आउँदा विमानस्थलमा स्वागत गरेका हौँ,’ एमाले मधेश प्रदेश सचिव मनोज पौडेलले भने, ‘भोलि कलैयामा कार्यक्रम छ भन्ने सुनेका छौँ, योबाहेक अरु पार्टीनिकट कुनै भेला छलफल उहाँसँग छैन, औपचारिक भेटघाट र छलफल पनि कतै छैन ।’

    एमाले पर्साका सचिव महेश दासले भने वीरञ्जजमा औपचारिक कुनै कार्यक्रम नभएकाले विद्या भण्डारी उपस्थित हुने कार्यक्रममा सहभागी नहुन सामाजिक सञ्जालमार्फत आग्रह गरेका थिए ।