प्रदेश २ मा एमालेका ११ सांसदको एकीकृत समाजवादीमा सनाखत (सूचीसहित)

जनकपुरधाम । नेकपा एमाले प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोसहितका ११ सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एमालेका सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । १० सांसद निर्वाचन कार्यालयमा सशरीर उपस्थित भए भने डिल्लीप्रसाद उप्रेतीले भारतको दिल्लीबाटै सनाखत गरेका छन् ।

सांसद शत्रुधन महतोले भने, ‘जसरी झलनाथ खनाल कमरेड दिल्लीबाटै सनाखत गर्नुभयो, त्यसरी नै सांसद उप्रेतीको पनि सनाखत भएको छ ।’

प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए । माधव पक्षका भनिएका सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले भने सनाखत गराएनन् । उनीहरु अहिले काठमाडौंमा छन् । महतोले उनीहरुको भोलिसम्ममा सनाखत हुने बताए ।

आज सनाखत गराउने सांसदहरु

१) शत्रुधन महतो
२) अशोक यादव
३) प्रमोद यादव
४) मदनसेन श्रीवास्तव
५) नागेन्द्र यादव
६) गोविन्द न्यौपाने
७) रवीन्द्र बैठा
८) मञ्जु यादव
९) हसिना खातुन
१०) बेची लुङ्गेली
११) डिल्ली उप्रेती

Comments

One response to “प्रदेश २ मा एमालेका ११ सांसदको एकीकृत समाजवादीमा सनाखत (सूचीसहित)”

  1. आगो Avatar
    आगो

    मन्त्री खाने लोभमा अब भाडभैलो हुने भयो।🤣

Leave a Reply

Your email address will not be published. Required fields are marked *