अभियन्ता भन्नेहरु नै विना अध्ययन बोल्छन्

काठमाडौं । नेपालमा अभियान्ता बन्नेको होडबाजी चलिरहेको छ। सामाजिक सन्जालमा ‘भाइरल’ बन्ने नाममा कतिपय मुद्धाहरुमा बिना अध्ययन र तथ्य बोल्ने गरेको पाइएको छ । यसै सन्दर्भमा ग्लोबल युथ पार्लियामेन्टले आज राजधानिमा एक कार्यक्रम आयोजना गरेको छ।

उक्त कार्यक्रममा समाजमा अफवाह फैलाएर नयाँ पुस्ताहरुलाई गलत बाटो तिर तानिरहेका अभियन्ता बारे र त्यसले समजमा पार्ने असरबारे छलफल भएको छ।

कार्यक्रममा बोल्दै पत्रकार टिकाराम यात्रीले अभियन्ताहरुले प्राप्तिको आकंक्षा नराखी काम गर्न सक्दा समाजले अभियन्ताबाट लाभ लिन सक्ने बताएका छन्। त्यस्तै कार्यक्रममा बोल्दै नायिका रेखा थापाले बिगत लामो समय देखि युवालाई राजनितिक दलले प्रयोग मात्र गरेको र उनिहरुको ब्यक्तित्व निर्माणमा बेवस्ता गरेकोले आज समाजमा त्यसको असर देखिएको बताईन्।

कार्यक्रमका टिप्पणीकार पत्रकार राजन कुइकेलले सामाजिक अभियानको नाममा अभियन्ताहरुले आफु ‘पपुलर’ हुन गलत सुचनाको समेत साहारा लिएको र यसले समाजमा बिग्रह ल्याउने बताएका छन्।

ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकार अर्यालले विषयबस्तु माथी राम्रो ज्ञान नराखी प्रचारको लागी मात्र गरिने कामले समाजलाई गलत बाटोमा हिडाउने बताएका छन् । भैरहेका जे जति विकासका आयोजाना, कुटनितीक विषय, राजनितिक तथा प्रशासनिक विषय हरुमा आफ्नो विचार निर्माण गर्दा समाजमा भ्रम नजाने अर्याल भन्छन् । कार्यक्रममा बोल्दै संस्थाका कार्यकारी निर्देशक सबिन लामिछानेले नया पुस्ताका लागी सहि सुचानामा पहुच पुर्याउन सक्नु पर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *