क्षमता भएकालाई नेतृत्वमा आउन नदिएको भन्दै सुर्खेतका माओवादी युवाको नेतृत्वप्रति आक्रोस

सुर्खेत । नेकपा माओवादी केन्द्रले प्रदेश कमीटीका पदाधिकारी टुंगो लगाएपछि सुर्खेत माओवादी केन्द्रका युवाहरु आक्रोशित भएका छन् ।

जहिलेपनि सुर्खेत, दैलेखका नेतालाई नेतृत्वमा जान नदिने गरिएको, जिल्ला केन्द्रीत गर्न खोजिएको भन्दै युवाहरुले नयाँ निर्माण गरिएको पदाधिकारीमा हेरफेर नगरे आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।

नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जमा जाजरकोटका शक्तिबहादुर बस्नेत, सह इन्चार्जमा कालिकोटका महेन्द्रबहादुर शाही, जाजरकोटका कालिबहादुर मल्ल र सल्यानका टेकबहादुर बस्नेतलाई मनोनयन गरेको छ । प्रदेश अध्यक्षमा रुकुम पश्चिमका राजकुमार शर्मा र सचिवमा जाजरकोटकै रामदिप आचार्य चयन भएपछि सुर्खेत माओवादमिा हलचल ल्याइदिएको हो ।

‘कर्णाली प्रदेश के सँधै रुकुम पश्चिम, जाजरकोट र कालिकोटले मात्रै चलाउने हो ? अरु बाँकी जिल्लामा माओवादी पार्टी खारेज गरिदिए भैगो नि त उसो भए ।’ युवा राज पौडेल भन्छन्, ‘हिजोका दिनदेखि निरन्तर पार्टीमा लागेका, शरिर भरि गोली र छर्रा बोकेर किन उपेक्षामा नरबहादुर विष्टलाई पारिएको हो ?’ उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विरुद्धमा उपसभामुखले अविश्वासको प्रसतावमा हस्ताक्षर गर्नुको कारण अहिले आएर प्रष्ट भएको बताए ।

योङ्ग कम्युनिष्ट लिग सुर्खेतका अध्यक्ष पदम बनले माओवादी नेतृत्वले त्याग, तपस्या गरेका क्षमतावान नेतालाई पाखा लगाएको प्रतिक्रिया दिए । ‘सुर्खेती जनताका प्यारा नेतालाई नेतृत्वले जहिले पनि हेला गर्दै आइरहेको छ । योगदानका हिसाबमा पनि नरबहादुर विष्टको अन्यको भन्दा धेरै छ । तर राजनीतिक रुपमा उहाँलाई सिध्याउन खोजिएको छ ।’ नेपालप्रेससँग कुरा गर्दै उनले भने, ‘उहाँलाई अध्यक्ष वा इन्चार्ज नबनाएसम्म हामी सुर्खेतमा विरोध गरिहन्छौं । ’

Comments

One response to “क्षमता भएकालाई नेतृत्वमा आउन नदिएको भन्दै सुर्खेतका माओवादी युवाको नेतृत्वप्रति आक्रोस”

  1. Lekhnath yogi Avatar
    Lekhnath yogi

    Testo youth lie ktm ko lord club ma ramauna hardie nimantrana xa birodh ta bagh banda napugera ho uhha haru lie khasi ko bag laye jhai bagh launa kina xuta ko .

Leave a Reply

Your email address will not be published. Required fields are marked *